८६. स्नेहले आफ्नो विवेक ढाक्न नदिऔँ
सन् २०१५ को जुन महिनामा, म एउटा मण्डलीमा सुसमाचार डिकनको रूपमा सेवा गर्न गएँ। त्यसबेला लि जे नयाँ विश्वासीहरूलाई मलजल गर्ने जिम्मेवारीमा थिइन्, र हाम्रो कर्तव्यको आवश्यकताले गर्दा, हामी प्रायजसो सँगै सहकार्य गर्थ्यौँ। हाम्रो उमेर लगभग उस्तै हुनुका साथै, हाम्रो जीवनशैली र व्यक्तित्व पनि मिल्दोजुल्दो थियो। सबैभन्दा महत्त्वपूर्ण कुरा, चिनियाँ कम्युनिस्ट पार्टीको विश्वासीहरूमाथिको दमनका कारण हामी दुवैका पतिहरू हाम्रो आस्थाको विरोध गर्थे। हाम्रा अनुभवहरू मिल्दोजुल्दा थिए र कुरा गर्नका लागि धेरै साझा विषयहरू थिए, त्यसैले हामी एकदमै मिल्थ्यौँ। त्यसबेला, म त्यो मण्डलीमा भर्खरै पुगेकी थिएँ र अरू ब्रदर-सिस्टरहरूसँग परिचित थिइनँ, र म आफ्नो कर्तव्य निर्वाह गर्दा धेरै चुनौतीहरूको सामना पनि गरिरहेकी थिएँ। लि जे मसँग सङ्गति गर्न र मलाई मदत गर्न निकै उत्साहित थिइन्, र म पनि उनको जीवनका कुनै पनि समस्यामा अक्सर उनलाई मदत गर्थेँ। बिस्तारै हामी एकअर्कालाई आफ्ना भित्री सोच र भावनाहरू बाँड्न थाल्यौँ र हामीले एउटा साँचो घनिष्ठता निर्माण गऱ्याैँ।
पछि, म मण्डली अगुवाको रूपमा चुनिएँ र हाम्रो सम्पर्क पहिलेको जस्तो बाक्लो रहेन। केही महिनापछि, केही ब्रदर-सिस्टरहरूले मसँग लि जेको बारेमा कुरा गरे। उनीहरूले उनी साँच्चै अहङ्कारी र अभिमानी थिइन्, र अरूलाई समस्या पर्दा, उनी धैर्यतासाथ मदत गर्न असफल हुनुका साथै, उनीहरूलाई हप्काउने र तुछ्याउने गर्थिन् भने। यसकारण, सबै उनीद्वारा बाँधिएको महसुस गर्थे। सुपरभाइजर उनलाई यो कुरा औँल्याउँथिन्, तर उनी स्वीकार गर्न मान्दिनथिन् र अविवेकी हुँदै जवाफ फर्काउँथिन्। उनी यति विघ्न बाधापूर्ण थिइन् कि भेलाहरू अघि बढ्नै सक्दैनथे। जब ब्रदर-सिस्टरहरू उनीसँग सङ्गति गर्थे, उनी हठी नै बनिरहन्थिन् र दोष अरूमाथि थुपार्थिन्। उनको सत्यता सङ्गति अस्पष्ट थियो र नयाँ विश्वासीहरू उनले भनेको बुझ्दैनथे, र कहिलेकाहीँ उनी नकारात्मक रूपले बोल्थिन्। ती दुई महिनामा उनले नयाँ विश्वासीहरूलाई मलजल गर्ने काम राम्ररी गरिरहेकी थिइनन्। यो अवस्था सुनेपछि, मैले लि जे अब मलजलको कामका लागि उपयुक्त छैनन् भन्ने महसुस गरेँ। मेरा सहकर्मीहरूले उनलाई बर्खास्त गर्ने सुझाव दिए, र उनी मण्डलीमै रहिरहिन् भने काममा ढिलाइ हुनेछ भन्ने कुरा गरे। यो सुनेर मलाई नराम्रो लाग्यो, किनकि उनले मलाई धेरै मदत गरेकी थिइन् र हामी धेरै असल साथी थियौँ। मैले यदि मैले उनको बर्खास्तीका लागि सहमत भएँ भने उनले मेरो बारेमा के सोच्छिन् होला? के उनले मलाई निष्ठुरी भन्छिन् होला? भन्ने सोचेँ। यसबाहेक, उनमा बलियो आत्म-सम्मानको भावना थियो र बर्खास्त हुँदा उनी चकनाचुर हुनेथिइन्। यो सबै विचार गर्दा, उनलाई बर्खास्त गर्न मेरो मनले मानेन। त्यसैले मैले के बहाना बनाएँ भने लि जे पछिल्लो समय आफ्नो कर्तव्यमा राम्रो गरिरहेकी छैनन्, तर यो पूर्णरूपमा उनको मात्रै गल्ती होइन। उनले मलजल गर्ने नयाँ विश्वासीहरूमा थुप्रै धार्मिक धारणाहरू छन् र उनीहरू ढिला बुझ्छन्, त्यसैले उनको कमजोर नतिजा क्षम्य छ। साथै, उनी कडा परिश्रम गर्छिन् र लामो समयसम्म काम गर्छिन्। यदि हामीले उनलाई बर्खास्त गर्यौँ भने उपयुक्त व्यक्ति भेट्टाउन समय लाग्नेछ, त्यसैले अहिलेलाई उनलाई यही काममा रहन दिनु नै राम्रो हो। मैले भनेको कुरा सुनेर सहकर्मीहरू हिचकिचाए, तर पछि सबैले उनलाई अस्थायी रूपमा कर्तव्यमा रहिरहन दिने र साथसाथै छिटोभन्दा छिटो अर्को व्यक्ति खोज्ने कुरामा अनिच्छापूर्वक सहमती जनाए। यसले मलाई राहत दियो, तैपनि म अहिलेलाई उनलाई बर्खास्त नगरिए पनि उपयुक्त व्यक्ति भेटिएपछि त बर्खास्त गर्नैपर्छ भन्ने सोचेर केही असहज थिएँ। सायद मैले अलि बढी मदत गरिदिएँ भने उनको कामगराइमा सुधार आउँथ्यो कि अनि उनलाई बर्खास्त गर्नुपर्ने थिएन। त्यसैले, त्यस रात म आफ्नो साँझको भेला सकेर सीधै लि जेको घर गएँ, उनको कामगराइ किन प्रभावहीन भयो भन्ने कारणबारे कुरा गरेँ, र उनको कर्तव्यमा रहेका केही समस्याहरू उल्लेख गरेँ। तर उनमा कुनै आत्म-ज्ञान थिएन र लगातार तर्क गरिरहिन्। उनको यस्तो व्यवहार देखेर मलाई निकै दु: ख लाग्यो। त्यहाँभन्दा पछि मैले उनको कर्तव्यका नतिजा सुधारमा मदत गर्न धेरै पटक उनीसँग सङ्गति गरेँ, तर उनको कामगराइमा कहिल्यै सुधार आएन, जसले मलाई धेरै चिन्तित बनायो। केही समयपछि, एक जना माथिल्लो अगुवाले लि जेलाई बर्खास्त गर्ने विषयमा जाँचबुझ गर्न मलाई धेरै पटक सम्पर्क गरे। मैले आफूले उनको ठाउँमा उपयुक्त व्यक्ति नभेट्टाएको बहाना बनाएर उनलाई ढाँटेँ। पछि, लि जेले सल्लाहलाई बेवास्ता गर्दै— पुलिस निगरानीको एकदमै सम्भावना रहेको बेला— सुरक्षा जोखिममा रहेकी एउटी सिस्टरसँग गोप्य रूपमा सम्पर्क गरिन्, त्यसकारण मैले उनलाई कर्तव्य निर्वाह गर्नबाट रोक्नुबाहेक अरू कुनै विकल्प भएन।
पछि मण्डलीले मलाई सुसमाचारको कामको जिम्मेवारी दियो, र मैले तुरुन्तै लि जेलाई सम्झिएँ। उनी कुनै निर्वाह गर्नुपर्ने कर्तव्य नहुँदा, दुःखी भएर घरमै बसिरहेकी थिइन्। उनी सुसमाचार प्रचार गर्न निकै रुचि राख्थिन्, त्यसैले यो एउटा ठूलो अवसर जस्तो प्रतीत हुन्थ्यो। मैले सहकर्मीहरूको भेलामा यो विचार राखेँ। मैले भनेँ, “लि जेले पहिले लामो समयसम्म सुसमाचार प्रचार गरेकी थिइन्; यो उनको विशेष खुबी हो। उनी आफूले गल्ती गरेको कुरा जान्दछिन् र त्यसप्रति अत्यन्तै पछुतो मान्छिन्। हामी उनलाई सुसमाचार प्रचार गर्ने अवसर दिऔँ।” यो सुनेर धेरै सहकर्मीहरू सहमत भए। तर अचम्मको कुरा, धेरै समय नबित्दै ब्रदर-सिस्टरहरूले मलाई लि जे सुसमाचार डिकनप्रति पूर्वाग्रही रहेकी र भेलाहरूमा उनले ती डिकनले विगतमा उनलाई दबाएको भन्ने कुरा प्रचार गरेकी बताए। उनी त्यही कुरा कोट्याइरहन्थिन्। यसले गर्दा ब्रदर-सिस्टरहरू सुसमाचार डिकनप्रति पूर्वाग्रही भए र उनलाई एक्ल्याए। लि जे आफ्नो काम गर्दा डिकनको खण्डन गर्दै उनीमाथि जाइलाग्ने पनि गर्थिन्, र कतिपय सिस्टरहरूले लि जेको पक्ष लिए। यसको मतलब सुसमाचार डिकनले आफ्नो काम गर्न सकिनन्, जसले सुसमाचारको काममा गम्भीर रूपमा बाधा दियो। यो सुनेर म तिनछक परेँ। डिकनले विगतमा भएको कुराबारे लि जेसँग धेरै पहिले नै माफी मागिसकेकी थिइन्। यसबाहेक, मैले उनीसँग सङ्गति गरेकी थिएँ, र उनलाई मामिला अतिविश्लेषण गर्नुको सट्टा आफैलाई चिन्न र अनुभवबाट सिक्न भनेकी थिएँ। तर मैले उनी अझै पनि मनमा ईख पालेर बसेकी होलिन् भन्ने कहिल्यै सोचिनँ। उनको व्यवहार मण्डलीभित्र एकदमै बाधा दिने खालको भइसकेको थियो। यदि उनले पश्चात्ताप गरिनन् र यस्तै चलिरह्यो भने, उनलाई एकान्तमा राखेर आत्म-चिन्तन गराउनुपर्ने हुन्थ्यो। मैले जति यसबारे सोचेँ, त्यति नै म उनीबारे चिन्तित भएँ। पछि मैले उनीसँग धेरै पटक सङ्गति गरेँ। उनले मेरो अगाडि त राम्रै कुरा गर्थिन्, तर भेलाहरूमा पहिलेको जस्तै व्यवहार गरिरहन्थिन्। केही अन्य डिकनहरूले पनि उनीसँग सङ्गति गरेर उनलाई मदत गरे, तर उनमा कुनै आत्म-ज्ञान थिएन र उनी परिवर्तन हुन इच्छुक थिइनन्।
धेरै समय नबित्दै माथिल्लो अगुवाले लि जेको व्यवहारबारे थाहा पाइन्। उनले के भनिन् भने लि जेले मण्डलीको काममा बाधा दिइरहेकी छिन्, पटक-पटकको सङ्गतिपछि पनि पश्चात्ताप गर्दिनन्, र खराब प्रभाव पार्छिन्। सिद्धान्तअनुसार, उनलाई आफ्नो कर्तव्यबाट बर्खास्त गरिनुपर्छ, र उनले अझै पनि पश्चात्ताप गरिनन् भने मण्डलीबाट निकालिनुपर्छ। यो सुनेर मेरो मन भारी भयो। मैले कसरी, लि जेले घर छोडेकी, काम त्यागेकी र यति धेरै दुःख भोगेकी थिइन् भन्नेबारे सोचेँ। यदि उनलाई निकालियो भने त साँच्चै दुःखको कुरा हुनेथियो। विगतमा मलाई समस्याहरू परेका बेला, उनले मलाई धेरै मदत गरेकी थिइन्, र यो मण्डलीमा म नै उनको सबैभन्दा नजिककी व्यक्ति थिएँ। यदि मैले अहिले उनको पक्षमा बोलिनँ, र उनले यसबारे थाहा पाइन् भने, के उनले मलाई पूर्णतया निर्दयी भन्लिन्? यदि उनी साँच्चै निकालिइन् भने म फेरि कसरी उनको सामना गर्न सकूँला र? उनी पक्कै पनि मसँग क्रुद्ध हुनेछिन्, र उनलाई एकदमै चोट पुग्नेछ। यसबारे सोचेर मैले आफ्ना सहकर्मीहरूलाई भनेँ: “लि जेमा केही समस्याहरू छन्, तर उनले सधैँ मण्डलीमा आफ्नो कर्तव्य पूरा गर्दै आएकी छिन् र सुसमाचार प्रचारमा प्रभावकारी थिइन्, त्यसैले उनिप्रति यस्तो व्यवहार गर्नु सायद अलि कठोर हुन्छ कि। के हामीले उनलाई अर्को मौका दिएर अझै मदत गर्नुपर्ला कि, र सायद उनी बुझेर परिवर्तन हुन्छिन् कि?” त्यसपछि एउटी सहकर्मीले मलाई निकै गम्भीरतापूर्वक भनिन्, “सिस्टर, तपाईं सिद्धान्तविना काम गरिरहनुभएको छ र तपाईं आफ्ना भावनामा फस्दै हुनुहुन्छ। लि जे विगतमा सुसमाचार प्रचारमा काफी प्रभावकारी थिइन्, र उनले कडा परिश्रम गरेकी र धेरै दुःख भोगेकी छिन्, तर उनी सत्यता स्वीकार गर्दिनन्। उनी सत्यतालाई घृणा गर्छिन्, र उनी मण्डलीमा सकारात्मक भूमिका खेलिरहेकी छैनन्। उनले पहिले नै मण्डलीको काममा गम्भीर रूपमा बाधा दिइसकेकी छिन्। तपाईंले सधैँ आफ्ना भावनाको आधारमा उनलाई जोगाउन मिल्दैन। आफैलाई हेर्नुहोस्; के यो साँचो होइन र?” उनले यसो भनेपछि, मैले आफूले लि जेको मामिलामा साँच्चै सिद्धान्तहरू पालना गरेकी रहेनछु, तर मलाई यो कुरा छनौट गर्न गाह्रो छ। म अझै पनि उनलाई अर्को मौका दिन चाहन्छु भन्ने महसुस गरेँ। घर फर्कँदै गर्दा, मलाई अचानक संसारै घुमिरहे जस्तो भएर रिंगटा लाग्यो, र म आँखा खोल्नै डराएँ। म हिँड्न समेत सकिनँ। मैले यो सायद परमेश्वरले मलाई ताडना दिइरहनुभएको हो भन्ने महसुस गरेँ। मैले चुपचाप परमेश्वरलाई प्रार्थना गरेँ। ठीक त्यही बेला, परमेश्वरका केही वचनहरू स्पष्ट रूपमा मेरो दिमागमा आए। परमेश्वर भन्नुहुन्छ: “जब मानिसहरूले परमेश्वरलाई ठेस पुर्याउँछन्, कुनै एउटा घटना वा तिनीहरूले बोलेको कुनै एउटा कुराले त्यस्तो भएको नहुन सक्छ, बरु तिनीहरूको मनोवृत्ति वा तिनीहरू जुन स्थितिमा छन् त्यो स्थितिको कारण त्यस्तो भएको हुन सक्छ। यो एकदमै डरलाग्दो कुरा हो” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ७)। परमेश्वरका यी वचनहरू सोच्दा मेरो हृदयमा डर उत्पन्न भयो। मलाई मैले कुनै कुरामा परमेश्वरलाई चिढ्याएकी हुन सक्छु भन्ने थाहा भयो। म आत्म-चिन्तन गर्न थालेँ र मैले आफू लि जेको पक्षमा हठपूर्वक लागिरहेकी रहेछु भन्ने महसुस गरेँ। मलाई उनले मण्डलीमा राम्रो भूमिका नखेलेको थाहा थियो, तैपनि मैले उनलाई बाधा दिन छुट दिएँ। माथिल्लो अगुवा र मेरा सहकर्मीहरूले उनको कर्तव्य रोक्न सुझाव दिँदा, मैले पटक-पटक उनको पक्षमा बोलेँ र मण्डलीको कामको रक्षा गर्न केही पनि गरिनँ। म वास्तवमै ताडना पाउन योग्य थिएँ। यसबारे सोचेर, मैले हतार-हतार परमेश्वरलाई प्रार्थना गरेँ, र म यस मामिलामा आत्म-चिन्तन गर्न तयार छु भनेँ। प्रार्थना गरेपछि, मुस्किलले आफूलाई सम्हाल्दै, म लड्खडाउँदै घर फर्किएँ।
घर पुगेपछि मैले परमेश्वरका वचनको एक खण्ड पढेँ। परमेश्वर भन्नुहुन्छ: “कतिपय मानिसहरू अत्यन्तै भावुक हुन्छन्। हरेक दिन, तिनीहरूले बोल्ने सबै कुरामा, र आफूलाई आचरणमा ढाल्ने र मामलाहरू सम्हाल्ने तिनीहरूको तरिकामा, तिनीहरू आफ्नो भावनाअनुसार जिइरहेका हुन्छन्। तिनीहरूले यो व्यक्ति र त्यो व्यक्तिप्रति भावनाहरू अनुभूत गर्छन्, र तिनीहरूले सम्बन्ध र भावनासम्बन्धी मामलाहरूमा ध्यान दिँदै दिन बिताउँछन्। आफूले सामना गर्ने हरेक काममा, तिनीहरू भावनाको क्षेत्रमा जिउँछन्। … यो भन्न सकिन्छ कि भावनाहरू नै उसको घातक त्रुटि हो। यस्ता व्यक्तिहरू हर मामिलामा भावनाहरूद्वारा नियन्त्रित हुन्छन्, तिनीहरू सत्यता अभ्यास गर्न वा सिद्धान्तअनुसार काम गर्न असक्षम हुन्छन्, र तिनीहरूमा प्राय परमेश्वरविरुद्ध विद्रोह गरिरहने प्रवृत्ति हुन्छ। भावनाहरू नै तिनीहरूका सबैभन्दा ठूला कमजोरी, र घातक त्रुटि हुन्, अनि तिनीहरूका भावनाहरूले तिनीहरूलाई पूर्ण रूपमा बर्बाद र नाश पार्न सक्छन्। अत्यन्तै भावुक मानिसहरू सत्यता अभ्यास गर्न वा परमेश्वरप्रति समर्पित हुन असक्षम हुन्छन्। तिनीहरू देहमा लिप्त हुन्छन्, अनि तिनीहरू मूर्ख र बेवकुफ हुन्छन्। यस्ता व्यक्तिहरूको प्रकृति नै एकदमै भावुक हुने हुन्छ, र तिनीहरू आफ्ना भावनाहरूअनुसार जिउँछन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। यो पढेपछि म एकदमै प्रभावित भएँ र मेरा आँसु अनियन्त्रित रूपमा बग्न थाले। तब मात्र मैले म यस मामिलामा साँच्चै भावनाहरूद्वारा डोऱ्याइएकी रहेछु भन्ने महसुस गरेँ। लि जेको मामिलामा संलग्न हुँदा, केवल उनले मलाई मदत गरेकी र हाम्रो सम्बन्ध राम्रो भएका कारण म सधैँ उनका भावनाहरूको चिन्ता गर्दै र उनको पक्ष लिँदै, आफ्ना भावनाहरूका आधारमा कुरा गर्थेँ। मैले सिद्धान्तअनुसार निष्पक्ष र न्यायसंगत रूपमा मामिलाहरू सम्हाल्न सकिनँ। वास्तवमा, उनी आफ्नो कर्तव्यमा राम्रो गरिरहेकी छैनन्, उनी बाधायुक्त छिन्, उनलाई रहन दिनु मदतभन्दा बढी बाधा हो, र उनलाई तुरुन्तै बर्खास्त गर्नुपर्छ भन्ने मलाई थाहा थियो। तर हाम्रो राम्रो सम्बन्धका कारण, मैले आफ्ना भावनाहरूका आधारमा कुरा गरेँ, उनलाई बर्खास्त नगर्न आफ्ना सहकर्मीहरूलाई मनाउनका लागि सबै प्रकारका कारण र बहानाहरू खोजेँ। मैले त उनले आफ्नो कर्तव्य कायम राखून् भनेर उनको कामगराइमा सुधार ल्याउन मदत गर्न समेत चाहेँ। यदि हाम्रो राम्रो सम्बन्ध नभएको भए, म उनको पक्षमा बोल्न आफूले सक्नेजति प्रयास गर्ने थिइनँ। यदि यो अरू कुनै ब्रदर-सिस्टरको मामिला भएको भए, म सिद्धान्तअनुसार नै यसलाई सम्हाल्ने थिएँ। अन्तत: मैले भावनाहरू मेरा सबै भन्दा ठुला कमजोरी रहेछन्, म सत्यता सिद्धान्तहरूलाई बेवास्ता गर्दै, वचन र कर्ममा आफ्ना भावनाहरूलाई पछ्याइरहेकी रहेछु, हर मोडमा लि जेको रक्षा गरिरहेकी रहेछु भन्ने देखेँ। मैले आधारभूत रूपमा मण्डलीको काम वा हितलाई विचार नै गरिनँ। म कति स्वार्थी र घृणित रहेछु!
मैले परमेश्वरका वचनका अरू दुई खण्डहरू पढेँ जसले मलाई भावनामा आधारित भएर कार्य गर्नु भनेको के हो भन्नेबारे गहिरो अन्तर्दृष्टि दियो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “कस्ता मामलाहरू भावनाहरूसँग सम्बन्धित हुन्छन्? पहिलो त, तैँले आफ्नै परिवारका सदस्यहरूलाई कसरी मूल्याङ्कन गर्छस्, र तिनीहरूले गर्ने कामकुराहरूलाई कसरी लिन्छस् भन्ने हो। यहाँ ‘तिनीहरूले गर्ने कामकुरा’ मा तिनीहरूले मण्डलीको काममा अवरोध र बाधा दिने, पिठ्यूँपछाडि मानिसहरूको आलोचना गर्ने, तिनीहरू अविश्वासीहरूका केही अभ्यासहरूमा संलग्न हुने, इत्यादि कुराहरू स्वतः समावेश हुन्छन्। के तँ यी कामकुराहरूलाई निष्पक्ष रूपमा हेर्न सक्छस्? तैँले तेरो परिवारका सदस्यहरूको मूल्याङ्कन लेख्नुपर्ने हुँदा, के तैँले आफ्ना भावनाहरू पन्छाएर वस्तुगत र निष्पक्ष रूपमा लेख्न सक्छस्? यो तैँले तेरो परिवारका सदस्यहरूलाई कसरी लिन्छस् भन्ने कुरासित सम्बन्धित छ। यसका साथै, के तँ आफूसँग मिल्ने वा आफूलाई पहिला मद्दत गरेका मानिसहरूप्रति भावनाहरू पाल्छस्? के तैँले तिनीहरूका क्रियाकलाप र आचरणलाई वस्तुगत, निष्पक्ष, र सही रूपमा हेर्न सक्छस्? यदि तिनीहरूले मण्डलीको काममा अवरोध र बाधा पुर्याउँछन् भने, के तैँले त्यो कुरा थाहा पाएपछि तुरुन्तै तिनीहरूको रिपोर्ट वा खुलासा गर्न सक्नेछस्? साथै, के तैँले तुलनात्मक रूपमा आफूनिकटका, वा तेरोजस्तै रुचिहरू बोकेका मानिसहरूप्रति भावनाहरू राख्छस्? के तँसँग तिनीहरूका क्रियाकलाप र व्यवहारलाई निष्पक्ष र वस्तुगत मूल्याङ्कन, परिभाषा, अनि व्यवहार गर्ने तरिका छ? मानौँ, तँसित भावनात्मक सम्बन्ध भएका यी मानिसहरूलाई मण्डलीले सिद्धान्तहरूअनुसार तह लगायो, र यसको परिणाम तेरा आफ्ना धारणाहरूअनुरूप भएनन् भने—तैँले यसलाई कसरी लिनेथिइस्? के तैँले पालन गर्न सक्नेथिइस्? के तँ सुटुक्क तिनीहरूसित अल्झिरहनेथिइस्, अनि के तँ तिनीहरूको बहकाउ र उक्साहटमा समेत परेर तिनीहरूका लागि बहानाहरू बनाउने, तिनीहरूलाई जायज ठहराउने र तिनीहरूको प्रतिरक्षा गर्नेथिइस्? के तँ सत्यता सिद्धान्तहरूलाई उपेक्षा गर्दै र परमेश्वरको घरका हितहरूलाई बेवास्ता गर्दै आफूलाई मदत गरेकाहरूलाई सहायता गर्ने र तिनीहरूका लागि गोली थाप्नेथिइस्? के यी विभिन्न समस्याहरू भावनासँग सम्बन्धित होइनन् र? कतिपय मानिसहरू भन्छन्, ‘के भावनाहरू नातागोता र परिवारका सदस्यहरूसँग मात्र सम्बन्धित हुँदैनन् र? के भावनाको दायरामा आफ्ना आमा-बुबा, दाजुभाइ-दिदीबहिनी, र परिवारका अन्य सदस्यहरू मात्र पर्दैनन् र?’ होइन, भावनाले मानिसहरूको ठूलो दायरालाई समेट्छ। आफ्नै परिवारका सदस्यहरूलाई निष्पक्ष रूपमा मूल्याङ्कन गर्ने कुरा बिर्सिदे—कतिपय मानिसहरूले त आफ्ना असल साथी र मित्रहरूलाई समेत निष्पक्ष रूपमा मूल्याङ्कन गर्न सक्दैनन्, र यी मानिसहरूबारे बोल्दा तिनीहरूले तथ्यहरू बङ्ग्याउँछन्। उदाहरणका लागि, यदि तिनीहरूको मित्रले आफ्नो उचित काममा ध्यान दिँदैन र आफ्नो कर्तव्यमा सधैँ कुटिल र दुष्ट अभ्यासहरूमा संलग्न रहन्छ भने, तिनीहरूले उसलाई अलिक चुलबुले भनेर व्याख्या गर्नेछन्, र उसको मानवता अपरिपक्व र अझै स्थिर भइनसकेको भनेर भन्नेछन्। के यी शब्दहरूभित्र भावनाहरू छैनन् र? यो भावनाहरूले ओतप्रोत भएका शब्दहरू बोल्नु हो। यदि आफूसँग कुनै सम्बन्ध नभएको व्यक्तिले आफ्नो उचित काममा ध्यान दिएन र ऊ कुटिल र दुष्ट अभ्यासहरूमा संलग्न भयो भने, तिनीहरूले उसका बारेमा निकै कठोर कुराहरू भन्नेछन्, र उसलाई निन्दा समेत गर्न सक्छन्। के यो भावनाहरूका आधारमा बोल्नु र कार्य गर्नुको प्रकटीकरण होइन र? के आफ्ना भावनाहरूअनुसार जिउने मानिसहरू निष्पक्ष हुन्छन्? के तिनीहरू इमानदार हुन्छन्? (हुँदैनन्।) आफ्ना भावनाहरूअनुसार बोल्ने मानिसहरूमा के समस्या हुन्छ? तिनीहरूले अरूलाई किन निष्पक्ष रूपमा व्यवहार गर्न सक्दैनन्? तिनीहरू किन सत्यता सिद्धान्तहरूमा आधारित भएर बोल्न सक्दैनन्? दुईजिब्रे र आफ्ना शब्दहरूलाई कहिल्यै पनि तथ्यमा आधारित नगर्ने मानिसहरू दुष्ट हुन्छन्। बोल्दा निष्पक्ष नहुनु, सत्यता सिद्धान्तहरूअनुसार नभई सधैँ आफ्ना भावनाहरूअनुसार अनि आफ्नै निम्ति बोल्नु, परमेश्वरको घरको कामबारे नसोच्नु, अनि आफ्ना व्यक्तिगत भावना, ख्याति, प्राप्ति, र हैसियतको मात्र रक्षा गर्नु—यो ख्रीष्टविरोधीहरूको चरित्र हो। ख्रीष्टविरोधीहरू यसरी नै बोल्छन्; तिनीहरूले भन्ने सबथोक दुष्ट, अनि बाधा र अवरोध ल्याउने खालको हुन्छ। देहका प्राथमिकता र रुचिहरूमाझ जिउने मानिसहरू आफ्ना भावनाहरूमाझ जिउँछन्। आफ्ना भावनाहरूअनुसार जिउने मानिसहरू सत्यतालाई पटक्कै नस्विकार्ने र अभ्यास नगर्ने मानिसहरू हुन्” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (२))। “म मानिसहरूलाई उनीहरूका भावनाहरू व्यक्त गर्ने अवसर दिँदिनँ, किनकि म देहगत भावना विहीन छु, र मानिसहरूका भावनाहरूलाई हदैसम्म घृणा गर्ने बनेको छु। मानिसहरूबीचका भावनाहरूको कारण नै म एकातिर पन्साइएको छु, र यसैले म तिनीहरूका आँखामा ‘अरू’ भएको छु; मानिसहरूबीचका भावनाहरूकै कारण मलाई बिर्सिइएको छ; मानिसहरूका भावनाहरूको कारणले नै उसले आफ्नो ‘अन्तस्करण’ चुन्ने मौका पाउँदछ; मानिसहरूका भावनाहरूको कारणले नै ऊ सधैँ मेरो ताडनाबाट वाक्क हुन्छ; मानिसहरूका स्नेहहरूको कारणले नै उसले मलाई अनुचित र अन्यायपूर्ण भन्छ, र परिस्थितिहरूको सामना गर्दा मैले मानिसहरूका भावनाहरूमा ध्यान दिँदिनँ भन्छ। के मेरो पनि पृथ्वीमा आफन्त छन्? मैले जस्तो खाने र पिउने कुरामा ध्यान नदिई कसले मेरो सम्पूर्ण व्यवस्थापन योजनाको निम्ति दिन र रात काम गरेको छ? मानिस कसरी परमेश्वरसित तुलनायोग्य हुन सक्छ? मानिस कसरी परमेश्वरसित मिल्न सक्छ?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय २८)। परमेश्वरको वचन पढेर मैले भावनाका आधारमा कार्य गर्नुको अर्थ के हो भन्नेबारे थप स्पष्टता पाएँ, र मैले परमेश्वर मानिसहरूका भावनाहरूलाई घृणा गर्नुहुन्छ भन्ने देखेँ। भावनाका आधारमा कार्य गर्दा हामी सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्न, दुष्ट काम गर्न र परमेश्वरको प्रतिरोध गर्न सक्छौँ। मण्डली अगुवाको रूपमा, म सत्यता अभ्यास गरिरहेकी थिइनँ वा मानिसहरूसँग निष्पक्ष रूपमा र सिद्धान्तअनुसार व्यवहार गरिरहेकी थिइनँ। बरु, म आफ्ना भावनाहरूका आधारमा व्यक्तिगत सम्बन्धको रक्षा गरिरहेकी थिएँ, बर्खास्त गर्नुपर्ने व्यक्तिलाई बर्खास्त गरिरहेकी थिइनँ, मण्डलीको कामलाई व्यक्तिगत उपकार गर्न प्रयोग गरिरहेकी थिएँ र मण्डलीको हितलाई क्षति पुर्याउँदै आफ्नो छवि जोगाइरहेकी थिएँ। यसले ब्रदर-सिस्टरहरूको जीवनमा हानि पुऱ्यायो र मण्डलीको काममा बाधाबाहेक केही ल्याएन। म जुन थालमा खाएको हो, त्यसैमा थुक्दै थिएँ—के मेरो बफादारी बिचलित भइरहेको थिएन र? के यो परमेश्वरको अनादर गर्ने र उहाँको प्रतिरोध गर्ने कार्य थिएन र? यी कुराहरू महसुस गर्दा म पछुतोले भरिएँ, र हतार-हतार परमेश्वरलाई प्रार्थना गरेर पश्चात्ताप गरेँ। पछि एउटा भेलामा, मैले आफूले लि जेको मामिलामा कसरी भावनाका आधारमा काम गरेकी थिएँ भन्नेबारे खुलेर सङ्गति गरेँ। साथै, उनको व्यवहारको आधारमा, मैले उनलाई उनको कर्तव्यबाट हटाएँ र आत्म-चिन्तन गर्न भनेँ।
झन्डै छ महिना बित्यो, र लि जेले आफ्नो दुष्ट व्यवहारबारे चिन्तन गरेर सचेत हुनुको साटो, आफूमाथि अन्याय भएको जिद्दी गरिरहिन् र अगुवाहरू तथा डिकनहरू निष्पक्ष नभएको गुनासो गरिरहिन्। उनीहरूका पछाडि, उनले उनीहरूले जानाजानी उनलाई सताएको आरोप लगाइन्। मसँग सहकार्य गर्ने एउटी सिस्टरले उनीसँग सत्यतामा सङ्गति गरिन् र उनको व्यवहारको चिरफार गरिन्, तर उनी अटेरी बनिरहिन् र बहाना बनाइरहिन्। लि जे त ती सिस्टरसँग बोल्नसमेत छोडिन्, र विरोधस्वरूप सीधै उनको विपरीत फर्केर बसिन्। उनी आफूले कति धेरै दुःख भोगे पनि त्यसको बदला कुनै आशिष् नपाएकी, जबकि दुःख नभोगेकाहरूले आशिष्को आनन्द उठाइरहेका भन्ने कुरा गर्दै अरूमाझ नकारात्मकता फैलाउँदै थिइन्। उनीसँग सम्पर्कमा रहेका केही व्यक्तिहरू भ्रमित भए, उनको पक्ष लिए, र उनको बचाउ गरे। यी सबै कुराहरूले मलाई परमेश्वरका वचनको एक खण्डको सम्झना गराए: “जसले मण्डलीमा उनीहरूको विषाक्त, द्वेषपूर्ण कुराहरू ओकल्छन्, जसले अफवाह फैलाउँछन्, अराजकता फैलाउँछन्, र भाइ-बहिनीहरूमाझ गुट पैदा गर्छन्—तिनीहरूलाई मण्डलीबाट निष्कासित गरिनुपर्छ। तापनि अहिले परमेश्वरको कामको एक फरक युग भएकोले यी मानिसहरू प्रतिबन्धित छन्, किनकि तिनीहरूलाई निश्चित रूपमा हटाइनुपर्ने हुन्छ। शैतानद्वारा भ्रष्ट पारिएकाहरू जति सबैमा भ्रष्ट स्वभावहरू छन्। कोही-कोहीसँग त भ्रष्ट स्वभावबाहेक अरू केही पनि हुँदैन भने अरू फरक हुन्छन्: केवल उनीहरूसित भ्रष्ट शैतानिक स्वभावहरू मात्र हुँदैन, तर तिनीहरूको प्रकृति पनि अत्यन्तै द्वेषपूर्ण हुन्छ। तिनीहरूका बोलीवचन र व्यवहारहरूले मात्र तिनीहरूको भ्रष्ट, शैतानिक स्वभावहरू प्रकट गरेन, तर यी मानिसहरू खाँटी दियाबलस र शैतान हुन्। तिनीहरूको व्यवहारले परमेश्वरको काममा अवरोध र बाधा पुऱ्याउँछ, त्यसले दाजुभाइ र दिदी-बहिनीहरूको जीवन प्रवेशलाई बाधा दिन्छ, र त्यसले मण्डलीको सामान्य जीवनलाई नोक्सान पुर्याउँछ। ढिलो-चाँडो, भेडाहरूको खाल ओढ्ने यी ब्वाँसाहरूलाई सफाइ गर्नैपर्छ; शैतानका यी नोकरहरूप्रति निष्ठुर मनोवृत्ति, इन्कार गर्ने मनोवृत्ति अपनाउनुपर्छ। परमेश्वरको पक्षमा उभिनु भनेको यही मात्रै हो, र त्यसो गर्न नसक्नेहरू शैतानको साथमा हिलोमा लडीबुडी गर्दैछन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। परमेश्वरका वचनहरू पढेर मैले लि जेलाई अझ धेरै खुट्याउन सकेँ। उनी सत्यतालाई पटक्कै स्वीकार गर्दिनथिन्, अक्सर मण्डलीभित्र नकारात्मकता पोख्थिन्, मण्डलीको जीवनमा बाधा दिन्थिन्, र सकारात्मक भूमिका खेलिरहेकी थिइनन्। उनी एउटा कुहेको स्याउ थिइन् र मण्डलीमा एक अप्रिय वातावरण सिर्जना गर्थिन्। काँटछाँट र बर्खास्त गरिएपछि पनि, उनी अटेरी नै बनिरहिन्, अगुवा र कामदारहरूको गल्ती खोज्ने प्रयास गरिन्, र उनीहरूलाई न्याय गर्दै आलोचना गरिन्। त्यस्तो सत्यतालाई घृणा गर्ने, प्रतिशोधी, आक्रामक, दुष्ट व्यक्ति मण्डलीमा नै रहिरहे तापनि त्यसले कहिल्यै मुक्ति पाउन सक्दैन। उनीहरू दाखबारीमा पसेको फ्याउरोले अङ्गुर चोर्ने र दाखबारीलाई कुल्चीमिल्ची पार्ने गरे जस्तै केवल दुष्ट काम गर्नेछन् र मण्डलीको काममा बाधा दिनेछन्। दुष्ट मानिसहरूलाई पखालेर बगाएपछि मात्र मण्डलीको काम बिनाबाधा अघि बढ्न सक्छ, र ब्रदर-सिस्टरहरूको मण्डली-जीवन सामान्य रूपमा चल्न सक्छ। परमेश्वर धर्मी र पवित्र हुनुहुन्छ। परमेश्वरद्वारा मुक्ति पाउनेहरू सबैमा असल मानवता हुन्छ र उनीहरू सत्यतालाई प्रेम गर्छन्; परमेश्वर दुष्ट मानिसहरूलाई मुक्ति दिनुहुन्न। दुष्ट मानिसहरूको प्रकृति नै सत्यताप्रति वितृष्णा राख्नु र सत्यतालाई घृणा गर्नु हो, र उनीहरूलाई जतिसुकै मौका दिए पनि उनीहरू साँचो रूपमा पश्चात्ताप गर्दैनन्। सत्यतालाई प्रेम गर्नेहरूले भ्रष्ट स्वभाव प्रकट गर्न सक्छन्, केही बाधा उत्पन्न गर्न सक्छन् र केही हदसम्म न्यायी हुन सक्छन्, तैपनि उनीहरू पछि आफूलाई जाँच्न, पश्चात्ताप गर्न र परिवर्तन हुन सक्छन्। मण्डलीले लि जेलाई पहिले धेरै मौकाहरू दियो, तर उनले कहिल्यै पश्चात्ताप गरिनन्। वास्तवमा, उनले अगुवाहरू र डिकनहरूमाथिको आफ्नो आक्रमण र मण्डली-जीवनमाथिको आफ्नो बाधालाई झनै तीव्र बनाइन्। उनी आफ्नो स्वभाव सारले नै एक दुष्ट व्यक्ति थिइन्। मण्डलीका सिद्धान्तहरूका आधारमा उनी निकालिनुपर्थ्यो। मण्डली अगुवाको रूपमा, मलाई मैले ब्रदर-सिस्टरहरूसँग उनको दुष्ट कामको खुलासा गर्न सङ्गति गर्नुपर्नेछ र उनलाई निकाल्ने कागजपत्रमा हस्ताक्षर गर्नुपर्नेछ भन्ने थाहा थियो। तर, जब मैले यसबारे सोचेँ, म अझै पनि हिचकिचाएँ। म उनी साँच्चै मण्डलीबाट निकालिइन् भने त्यसका कारण उनी सक्किनेछिन् भन्नेमा चिन्तित थिएँ। यी विचारहरू आउने बित्तिकै मैले परमेश्वरलाई प्रार्थना गरेँ र उहाँसँग मलाई आफ्ना भावनाहरूको बन्धनलाई जित्न मार्गदर्शन गर्न आग्रह गरेँ।
आफ्नो खोजीमा, मैले परमेश्वरका वचनको एक खण्ड पढेँ: “यदि परमेश्वरमा विश्वास नगर्ने प्रतिरोधीहरू होइनन् भने शैतान को हो, भूतहरू को हुन्, र परमेश्वरका शत्रुहरू को हुन्? के उनीहरू परमेश्वरविरुद्ध विद्रोह गर्ने मानिस नै होइनन् र? के उनीहरू नै ती होइनन् जसले विश्वास भएको दाबी गर्छन्, तैपनि सत्यताको कमी हुन्छ? के उनीहरू परमेश्वरको निम्ति गवाही दिन असक्षम हुँदा पनि आशिष्हरू मात्र प्राप्त गर्न खोज्नेहरू होइनन् र? आज तैँले अझै ती भूतहरूसँग घुलमेल गर्छस् र तिनीहरूसँग विवेक र प्रेमले व्यवहार गर्छस्, तर यस्तो अवस्थामा, के तैँले शैतानप्रति शुभेच्छा बढाइरहेको छैन र? के तैँले भूतहरूसँग साँठगाँठ गरिरहेको छैनस् र? यदि मानिसहरू यो बिन्दुमा पुगेका छन् र अझै असल र खराबबीच भिन्नता छुट्याउन असक्षम छन् भने, र परमेश्वरका अभिप्रायको खोजी गर्ने कुनै चाहनाविना नै अन्धाधुन्ध प्रेमिलो र कृपालु भइरहन्छन् भने वा कुनै पनि किसिमले परमेश्वरका अभिप्रायहरूलाई उनीहरूको आफ्नै झैँ गरी लिन सक्षम हुन्छन् भने, उनीहरूको अन्त झनै दयनीय हुनेछ। देहमा हुनुभएको परमेश्वरलाई विश्वास नगर्ने जो कोही पनि परमेश्वरको शत्रु हो। यदि तैँले शत्रुलाई सम्मान र प्रेम गर्न सक्छस् भने, के तँमा न्याय बोधको कमी छैन र? यदि तँ मैले जे घृणा गर्छु र म जेसँग असहमत हुन्छु, र त्यसैसँग अनुकूल हुन्छस् र उनीहरूप्रति अझै प्रेम वा व्यक्तिगत भावनाहरू वहन गर्छस् भने, तब के तँ विद्रोही होइनस् र? के तैँले जानी-जानी परमेश्वरको प्रतिरोध गरिरहेका छैनस् र? के यस्तो मानिससित वास्तवमै सत्यता हुन्छ? यदि मानिसहरूले शत्रुप्रति सम्मान राख्छन्, भूतहरूलाई प्रेम गर्छन् र शैतानलाई कृपा गर्छन् भने, तब के उनीहरूले परमेश्वरको कामलाई जानी-जानी अवरोध गरिरहेका हुँदैनन् र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्)। परमेश्वरका वचनहरू पढ्दा मलाई धेरै दोषी महसुस भयो। मलाई लि जे मण्डलीको काममा बाधा दिने र कहिल्यै पश्चात्ताप नगर्ने एक समस्या सिर्जना गर्ने व्यक्ति हुन्, र उनी आफ्नो स्वभावले नै सत्यताप्रति वितृष्णा राख्ने र सत्यतालाई घृणा गर्ने एक दुष्ट व्यक्ति हुन् भन्ने राम्ररी थाहा थियो, तर मैले अझै पनि उनको रक्षा र संरक्षण गरेँ, सधैँ उनलाई मण्डलीभित्र राख्न चाहेँ। यसको मतलब म शैतानको पक्षमा उभिएर परमेश्वरको शत्रु बन्दै, एक दुष्ट व्यक्तिलाई मण्डलीको काममा बाधा दिन बल प्रदान गरिरहेकी थिएँ। म “नाताले पक्षपात ल्याउँछ” र “मानिस ढुङ्गा-माटो होइन, ऊ भावनाविहीन कसरी हुन सक्छ र?” जस्ता शैतानी दर्शनहरूद्वारा जिइरहेकी थिएँ। मैले सधैँ के सोचेकी थिएँ भने व्यक्तिगत सम्बन्धहरू नै पहिले आउँछन्, र यो कुरालाई प्राथमिकता दिएमा मात्र कुनै व्यक्ति सामान्य मानवता भएको र ऊ एक असल व्यक्ति भएको प्रमाणित हुन्छ। यदि मैले यसो गरिनँ भने, मलाई निष्ठुरी ठानिनेछ र अरूले मलाई तिरस्कार गर्नेछन्। तर त्यो त कति हाँसोउठ्दो कुरा रहेछ! सांसारिक व्यवहारका त्यस्ता दर्शनहरू सही, र मानवीय धारणाहरूसँग मेल खाने जस्ता देखिन्छन्, तर तिनीहरू सत्यता र सिद्धान्तहरूका विरुद्धमा हुन्छन्। सबैसँग भावनात्मक रूपमा निकट हुनु र सबैलाई प्रेम गर्नु मूर्खतापूर्ण र भ्रमपूर्ण कुरा हो, र यो पूर्ण रूपमा सिद्धान्तविहीन छ। परमेश्वर हामीलाई अरूसँग सत्यता सिद्धान्तहरूद्वारा व्यवहार गर्न, ब्रदर-सिस्टरहरूप्रति मायालु हुन, र परमेश्वरप्रति विवेकशील बन्न भन्नुहुन्छ। उहाँ हामीलाई दुष्ट मानिसहरू, अविश्वासीहरू, दियाबलसहरू र शैतानहरूलाई तिरस्कार गर्न भन्नुहुन्छ। त्यस्ता मानिसहरूसँग भावनात्मक रूपमा निकट हुनु मूर्खतापूर्ण र भ्रमपूर्ण होइन र? त्यस प्रकारको लगावमा खुट्याइ र सिद्धान्तको अभाव हुन्छ—यो मूर्खताबाट उत्पन्न हुन्छ। यसले हामीलाई मार्गबाट भड्काउने मात्र नभई, हामीलाई एक दुष्ट व्यक्तिको पछि लाग्ने र मण्डलीको कामलाई हानि पुऱ्याउनेतिर समेत डोऱ्याउन सक्छ। हामी केवल आफ्ना भावनाहरूमा हराउन मिल्दैन। हामीमा आफूले कसलाई प्रेम देखाउने र कसलाई तिरस्कार गर्ने भन्ने विषयमा खुट्याइ हुनैपर्छ। हामी आफ्नो भावनात्मक लगावमा सिद्धान्तनिष्ठ हुनै पर्छ। मैले म शैतानी दर्शनहरूद्वारा जिइरहेकी रहेछु, र त्यो कति मूर्खतापूर्ण र गरिमाविहीन रहेछ भन्ने देखेँ। मलाई लि जे सत्यता स्वीकार गर्दिनन्, उनी सत्यतालाई घृणा गर्ने र मण्डलीको काममा बाधा दिने एक दुष्ट व्यक्ति हुन्, र उनी निकालिनु जरूरी छ भन्ने स्पष्ट थाहा थियो। तर म भावनाहरूद्वारा बाँधिएँ। मैले उनलाई पटक-पटक बचाइरहेँ। यो मेरा लागि आरामरहित, पीडादायी र थकाउने खालको थियो, तर सबैभन्दा महत्त्वपूर्ण कुरा त, म आफूले स्पष्ट रूपमा जानेका सत्यताहरू अभ्यास गरिरहेकी थिइनँ। म आफ्नो विवेकलाई बेवास्ता गरिरहेकी थिएँ, सिद्धान्तहरूका विरुद्धमा काम गरिरहेकी थिएँ, र एक दुष्ट व्यक्तिलाई मण्डलीको काममा बाधा दिन छुट दिइरहेकी थिएँ। म परमेश्वरविरुद्ध लडिरहेकी र उहाँलाई धोका दिइरहेकी थिएँ! म परमेश्वरको अनुग्रह र मुक्तिको आनन्द लिइरहेकी थिएँ, तर समस्याहरू उत्पन्न हुँदा भने, मेरो बफादारी भड्किन्थ्यो, जसले गर्दा म हर मोडमा शैतानको रक्षा गर्थेँ र एक दुष्ट व्यक्तिलाई बचाइरहन्थेँ। म साँच्चै विवेकहीन र मानवताविहीन थिएँ! अन्तत: मलाई भावनाहरूद्वारा शासित हुनु भनेको परमेश्वर र सत्यतालाई धोका दिनु हो भन्ने स्पष्ट भयो। त्यसपछि मैले कसरी, यति धेरै वर्षसम्म, परमेश्वरले मभित्र यति धेरै काम गरिरहनुभएको थियो र उहाँको मुटुको यति धेरै रगत खर्चनुभएको थियो भन्ने बारे सोचेँ। मैले उहाँलाई बदलामा केही पनि दिएकी थिइनँ, र बरु उहाँविरुद्ध शैतानको पक्षमा उभिएकी थिएँ। यसबारे त्यसरी सोच्दा म पछुतो र अपराधबोधले भरिएँ।
त्यसपछि आफ्नो भक्तिभावको समयमा मैले परमेश्वरका वचनको एक खण्ड पढेँ: “परमेश्वरका वचनहरूले मानिसहरूलाई कुन सिद्धान्तद्वारा अरूसँग व्यवहार गर्न माग गर्छन्? परमेश्वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू: मानिसहरूले पालन गर्नुपर्ने सिद्धान्त यही हो। परमेश्वरले सत्यको पछि लाग्ने र उहाँको इच्छा पछ्याउन सक्नेहरूलाई प्रेम गर्नुहुन्छ; यिनीहरू हामीले पनि प्रेम गर्नुपर्ने मानिस हुन्। परमेश्वरको इच्छा पालन गर्न नसक्नेहरू, परमेश्वरलाई घृणा गर्नेहरू, र परमेश्वरको विरुद्धमा विद्रोह गर्नेहरू—यी मानिसहरूलाई परमेश्वर घिन गर्नुहुन्छ, र हामीले पनि तिनीहरूलाई घिन गर्नुपर्छ। परमेश्वर मानिसबाट यही माग गर्नुहुन्छ। … अनुग्रहको युगमा प्रभु येशूले भन्नुभयो, ‘मेरी आमा को हुन्? र मेरा दाजुभाइहरू को हुन्?’ ‘जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्छन्, उनीहरू नै मेरा दाजुभाइ, दिदीबहिनी, र आमा हुन्।’ यी वचनहरू पहिल्यै अनुग्रहको युगमै अस्तित्वमा थिए, र अहिले परमेश्वरका वचनहरू अझ स्पष्ट भएका छन्: ‘परमेश्वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू।’ यी वचनहरूले मुख्य बुँदालाई सिधै छुन्छन्, तर मानिसहरूले प्रायजसो तिनका वास्तविक अर्थलाई बुझ्न सक्दैनन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ)। परमेश्वरको वचनले मलाई अभ्यासको सिद्धान्त स्पष्ट पार्न मदत गर्यो, “परमेश्वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू।” केवल परमेश्वरमा साँचो रूपमा विश्वास गर्ने, सत्यता पछ्याउने, र आफ्नो कर्तव्यमा समर्पित हुनेहरू नै ब्रदर-सिस्टरहरू हुन्, र हामीले प्रेम देखाउनुपर्ने उनीहरूलाई नै हो। सत्यता पटक्कै स्वीकार नगर्ने र निरन्तर रूपमा मण्डलीको काममा बाधा दिनेहरू, आफ्नो स्वभावैले सत्यता र परमेश्वरलाई घृणा गर्छन्, र ती सबै दुष्ट मानिसहरू, अविश्वासीहरू, दियाबलसहरू र शैतानहरू हुन्। उनीहरू घृणित र तिरस्कृत हुनुपर्छ। मानिसहरूसँग यसरी व्यवहार गर्नु मात्र सिद्धान्तनिष्ठ र परमेश्वरको अभिप्रायअनुसार हुन्छ। पछि, भेलाहरूमा, मैले ब्रदर-सिस्टरहरूसँग दुष्ट व्यक्ति के हो र दुष्ट व्यक्ति कसरी खुट्याउने भन्नेबारे सङ्गति गरेँ, र मैले लि जेका सबै दुष्ट व्यवहारहरू प्रकट गरेँ। मैले मण्डलीबाट कसैलाई निकाल्ने र निष्कासित गर्ने सान्दर्भिक सिद्धान्तहरूबारे पनि सङ्गति गरेँ, र ब्रदर-सिस्टरहरूले सत्यता बुझेपछि, उनीहरूले पनि लि जेको दुष्ट कामको खुलासा गरे। अन्ततः उनी मण्डलीबाट निकालिइन्।
यदि परमेश्वरले प्रकट गरिदिनुभएको कुरा र उहाँका वचनहरूको न्याय र खुलासा नभएको भए, म शैतानका दर्शनहरूद्वारा नै जिइरहने थिएँ। म अरूप्रति अन्धाधुन्ध रूपमा स्नेही र दयालु हुने थिएँ, असल र खराब वा सही र गलत छुट्याउन नसक्ने हुने थिएँ, र थाहै नपाई शैतानको पक्षमा उभिएर परमेश्वरको प्रतिरोध गरिरहेकी हुने थिएँ। परमेश्वरका वचनहरूले नै मलाई आफ्ना कार्यहरूमा व्यक्तिगत भावनाहरूमाथि भर पर्नुको खतरा र परिणामहरू स्पष्ट रूपमा देख्न सक्षम बनाए, र मलाई भावनाहरूद्वारा बाँधिनबाट जोगिन र मानिसहरूसँग सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्न मदत गरे। म परमेश्वरको प्रेम र मुक्तिका लागि आफ्नो हृदयको गहिराइबाट उहाँप्रति आभारी छु।