८२. सही छनोट
म विकट पहाडी गाउँमा, पुस्तौँ पुस्तादेखिको कृषक परिवारमा जन्मेको थिएँ। स्कूलमा छँदा, मेरी आमा प्रायः मलाई सम्झाउनुहुन्थ्यो: “हाम्रो परिवारसँग भर पर्नका लागि केही छैन। यदि तिमी आफ्नो भवितव्य बदल्न र जीवनमा सफल हुन चाहन्छौ भने, तिम्रो साथमा तिमी आफू मात्र छौ। तिम्रो एकमात्र आशा भनेको स्कूलमा राम्रो गर्नु हो।” मैले उहाँका यी शब्दहरू मनमा लिँदै साँच्चिकै एक दिन अरूभन्दा असल बन्ने र पुर्खाको नाम राख्ने आशा गरेको थिएँ। तर स्नातक गरेपछि, मैले स्थिर रोजगारी पाउन नसकेको मात्रै होइन, मेरा आमाबुबा दुवै गम्भीर बिरामी भए। हामीले हाम्रो परिवारका सबै बचत खर्च गर्यौँ र त्यसपछि आफन्तहरूबाट पैसा सापटी लियौँ। मैले समयमै त्यो पैसा फिर्ता दिन सकिनँ, त्यसैले मेरी आफ्नै काकीले मलाई मेरो पिठ्यूँपछाडि रगत-चुसुवासमेत भन्नुभयो। तिनीहरूले मलाई तुच्छ नठानून् भनेर म पैसा कमाउन होमिएँ, तर हाम्रो दरिद्र पारिवारिक अवस्था, साथै आफन्तहरूको हेलाहोचोले मलाई अवसादमा पाऱ्यो, र म धेरै पटक लुकीलुकी रोएँ। मलाई चरम निराशा भइरहेकै बेला एउटा साथीले मलाई सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको सुसमाचार सुनाए। परमेश्वरका वचनहरू पढेर र आफ्ना ब्रदर-सिस्टरहरूसँग भेलामा सङ्गति गरेर, मैले मानिसलाई परमेश्वरले सिर्जना गर्नुभएको हो, र हाम्रो नियति उहाँको हातमा छ भन्ने सिकेँ। मैले के पनि सिकेँ भने जीवन एकदमै पीडादायी छ किनभने शैतानद्वारा भ्रष्ट पारिएपछि मानिसहरूले परमेश्वरको सुरक्षा गुमाए। अहिले, आखिरी दिनहरूमा, परमेश्वर देह बन्नुभएको छ र मानवजातिलाई शैतानको भ्रष्टता र हानिबाट मुक्ति दिन सत्यता व्यक्त गरिरहनुभएको छ। मानवजातिलाई मुक्ति दिने परमेश्वरको अभिप्राय जानेपछि, म भेलाहरूमा अत्यन्तै संलग्न भएँ र सकेजति धेरैपटक परमेश्वरका वचनहरू पढेँ। त्यसपछि चाँडै, मैले मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्न थालेँ।
केही महिनापछि, मेरो उत्साह र सत्यता पछ्याउने चाहना देखेर, मेरा ब्रदर-सिस्टरहरूले मलाई समूह अगुवा बन्नका लागि तालिम लिने अनुमोदन गरे। मैले ब्रदर ली झेङसँग सहकार्य गरेँ, र हामीलाई एकसाथ केही भेला समूहहरूको रेखदेख गर्न दिइयो। त्यति बेलामा मेरो जागिर थियो, त्यसैले ली झेङ दिउँसोको अलि टाढाका भेलाहरूमा जान्थे, र म साँझका भेलाहरूमा जान्थेँ। त्यसरी, सबै कुरा मेरो तालिकासँग मिल्थ्यो। वर्षको अन्त्यतिर, सामान्य मामिलाहरू सम्हाल्न हामीसँग पर्याप्त कर्मचारी थिएन, त्यसैले, ली झेङलाई त्यो काम गर्न खटाइयो, र मलाई अस्थायी रूपमा ती समूहहरूको रेखदेख गर्न दिइयो। मलाई म परमेश्वरमा भर पर्नुपर्छ र मैले आफ्नो भूमिका निभाउनुपर्छ भन्ने थाहा थियो, तर त्यसँगसँगै, मलाई आफू गाह्रो अवस्थामा भएको महसुस भयो। यदि मैले मेरो सबै समय र ऊर्जा आफ्नो कर्तव्य निर्वाहमा लगाएको भए, मसँग आफ्नो जागिरका लागि पर्याप्त समय हुनेथिएन। मेरो कम्पनीले मलाई वर्षको अन्त्यमा दस लाख युआनको बिक्री लक्ष्य तोकिदिएको थियो, र यदि मैले त्योभन्दा बढी गरेँ भने, वर्षको अन्त्यमा झन् धेरै बोनस पाउनेथिएँ। मैले सोचेँ: “यदि मैले यो लक्ष्य पूरा गरेँ भने, आफ्नो ऋण तिर्न सक्ने मात्र होइन, अलि पैसा बचत गर्न पनि सक्छु, र त्यसपछि मेरा साथीसँगी र आफन्तहरूले मलाई तुच्छ ठान्नेछैनन्। सायद पहिले मैले यो पैसा कमाउनुपर्छ, त्यसपछि आफ्नो कर्तव्य निर्वाहलाई ध्यान दिनुपर्छ।” मेरो सुपरिवेक्षक मैले त्यो लक्ष्य पूरा गर्न साँझमा ओभरटाइम काम गरेको चाहन्थे, त्यसैले म राति एक घण्टा वा बढी अतिरिक्त काम गर्थेँ र त्यसपछि भेलाका लागि छुट्टी माग्थेँ, तर चाँडै नै सुपरिवेक्षकले मलाई छुट्टी दिन छोडे र मैले थप ओभरटाइम काम गरूँ भन्ने चाहे। त्यसले गर्दा प्रायः मलाई भेलाहरूका लागि ढिलो हुन्थ्यो। ब्रदर-सिस्टरहरूले मलाई पहिले नै आइपुग्न सम्झाउँथे, र म उनीहरूलाई मन नलागी-नलागी टाउको मात्र हल्लाउँथेँ। त्यसपछि छिट्टै, मैले ५,००,००० युआनभन्दा माथिको अर्डर पाएँ र मैले त्यो महिना ७,००० युआनभन्दा बढी कमाएँ, जसले थप पैसा कमाउने चाहना झन् बढायो। मैले सोचेँ: “वाह, केही पैसा चाँडै कमाइयो! मैले त्यो अर्डरद्वारा आफ्नो वर्ष-अन्त्य लक्ष्यको आधाभन्दा धेरै भाग पूरा गरिसकेको छु। यदि मेरा दस ग्राहकमध्ये पाँचले अरू अर्डरमा हस्ताक्षर गरे भने, म धेरै नगद कमाउन सक्छु! अनि यदि मैले अझ केही ठूला ग्राहकहरू पाएँ भने, सायद केही वर्षमा म घर र गाडी किन्न सक्छु! त्यसपछि म गौरवका साथ घर फर्किन सक्छु, र गाउँलेहरूले मलाई साँच्चै मान गर्नेछन्।” त्यसैले, म प्रायः साँझ ढिलोसम्म ओभरटाइम काम गर्दै धेरै पैसा कमाउने आफ्नो सपना पूरा गर्नमा डुबेँ। कहिलेकाहीँ, म भेलामा आउँछु भनेर कुरिरहेका ब्रदर-सिस्टरहरूबारे सोच्थेँ, र मलाई अलि दोषी महसुस हुन्थ्यो, तर म कामबाट निस्कँदा त असाध्यै ढिलो भइसकेको हुन्थ्यो। म थकित भएर घर पुग्थेँ र सिधै सुत्थेँ, परमेश्वरका वचनहरू पढ्ने ऊर्जा नै हुँदैनथ्यो। कतिपय बिहान त म निकै ढिलो उठ्थेँ, त्यसैले म परमेश्वरका वचनहरू सरसर्ती हेर्थेँ र काममा जान्थेँ। प्रार्थना गर्दा परमेश्वरसँग के भन्ने भनेर मलाई थाहा हुँदैनथ्यो। यस प्रकारको स्थितिमा जिउँदा, म आफ्नो कर्तव्यमा झन्-झन् झाराटारुवा हुँदै गएँ। मेरो जिम्मामा भएका कतिपय नयाँ विश्वासीहरूलाई तुरुन्तै मलजल गर्न आवश्यक थियो, तर मैले अन्य ब्रदर-सिस्टरहरूलाई मेरो ठाउँमा नयाँ विश्वासीहरूको भेलामा जान अनुरोध गरेँ। तर उनीहरूका आफ्नै कर्तव्यहरू थिए, र तिनीहरू कहिलेकाहीँ मेरो कर्तव्य पनि लिन सक्दैनथे। फलस्वरूप, मलजल गर्ने कामको प्रभावकारितामा प्रभाव पर्यो। पछि, ब्रदर-सिस्टरहरूले मसँग आफ्नो कर्तव्यलाई प्राथमिकता दिनुपर्ने बारेमा सङ्गति गरे, र भेलामा केवल झारा टार्दा र आफ्नो कर्तव्यमा गैरजिम्मेवार हुँदा नयाँ विश्वासीहरूको जीवन प्रगतिमा रोकावट आउनेछ भनी सम्झाए। यो सुनेर मलाई डर लाग्यो। यदि नयाँ विश्वासीहरूलाई समयमै मलजल नगरिए, तिनीहरू अफवाहद्वारा बहकिएर छोडेर जान सक्थे, र त्यसपछि म दुष्टता गरिरहेको हुनेथेँ। मलाई म यसरी अघि बढिरहन सक्दिनँ भन्ने थाहा थियो, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ अनि पश्चात्ताप गर्ने र परिवर्तित हुने प्रतिज्ञा गरेँ।
त्यसपछि, म आफ्ना समूहहरूले कस्तो गरिरहेका छन् भनी जाँच्न गएँ। मैले देखेँ, मैले वास्तविक काम नगरेको परिणामस्वरूप, नयाँ विश्वासीहरूका समस्या र कठिनाइहरू समयमै समाधान भएका थिएनन्, जसले गर्दा तिनीहरू खराब स्थितिमा थिए। तिनीहरूमध्ये कतिपय त नियमित रूपमा भेलाहरूमा उपस्थितसमेत भइरहेका थिएनन्। कामकुराहरू कस्ता छन् भन्ने देख्दा मलाई असाध्यै दोषी महसुस भयो। धेरैभन्दा धेरै नयाँ विश्वासीहरूले परमेश्वरको आखिरी दिनहरूको काम स्विकारे, जसलाई तत्काल मलजल र साथको आवश्यकता थियो। तिनीहरूलाई साँचो मार्गमा अझ राम्ररी जग बसाल्नका लागि सहयोग गर्न, मलाई मैले आफ्नो जागिर छोडेर आफूलाई पूर्ण रूपमा आफ्नो कर्तव्यमा अर्पण गर्नुपर्छ भन्नेजस्तो लाग्यो, तर मेरो हाकिमले मलाई केही राम्रा प्रोजेक्टहरू दिइरहेका थिए, र मेरो सुपरिवेक्षकले मलाई थप ग्राहकहरू खोज्न मद्दत गर्ने भनेका थिए। मैले मेरा सहकर्मीहरूलाई जागिर छोड्नेबारे सोचिरहेको छु भनी भन्दा, तिनीहरूले भने: “तपाईँले आफ्नो बिक्री लक्ष्यको आधाभन्दा बढी बाटो पार गर्नुभएको छ, त्यसैले वर्षको अन्त्यसम्म पक्कै पनि त्यो पूरा गर्नुहुनेछ। अहिले हार मान्नु लाजमर्दो हुनेछ।” उनीहरूले त्यसो भनेको सुनेर, मलाई पनि त्यो लाजमर्दो हुनेछ भन्ने लाग्यो, र मैले वर्षको अन्त्यसम्म काम गरिरहन र त्यसपछि राजीनामा दिन चाहेँ। त्यसो भए पनि, मण्डलीमा अझै जनशक्तिको अभाव थियो, त्यसैले आफ्नो जागिरमा पैसा कमाउन मात्रै ध्यान दिनु र मण्डलीको काममा आफ्नो हृदय नलगाउनु असाध्यै स्वार्थीपन हुनेथ्यो। यो मेरो लागि साँच्चै दुबिधा थियो। मैले परमेश्वरलाई प्रार्थना गरेर अन्तर्दृष्टि र मार्गदर्शन मागेँ।
त्यसपछि एकदिन, जब म “तिमीहरूले अहिले जिउने हरेक दिन निर्णायक छ” शीर्षकको परमेश्वरका वचनहरूको भजन सुनिरहेको थिएँ, तब मैले यो सुनेँ: “अहिले, तिमीहरू जिउने प्रत्येक दिन अत्यन्तै महत्त्वपूर्ण छ र तिमीहरूको गन्तव्य र तिमीहरूको नियतिका लागि यो अत्यन्तै महत्त्वपूर्ण छ, त्यसैले तिमीहरूले आफूसँग आज भएका सबै कुराको कदर गर्नैपर्छ र बित्ने प्रत्येक मिनेटलाई महत्त्व दिनैपर्छ। तिमीहरूले यो जीवन व्यर्थमा बाँचेको नहोस् भन्नाका खातिर आफूलाई उच्चतम लाभहरू दिन सकेसम्म धेरै समय निकाल्नैपर्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तँ ठ्याक्कै कोप्रति बफादार छस्?)। मैले “गुमाएको समय फेरि कहिल्यै आउँदैन” पनि सुनेँ: “दाजुभाइ हो, ब्यूँझ! दिदीबहिनी हो, ब्यूँझ! मेरो दिन आउन विलम्ब हुनेछैन; समय नै जीवन हो, अनि समय फिर्ता लिनु भनेकै जीवन बचाउनु हो! समय त्यति टाढा छैन! यदि तिमीहरू कलेजको प्रवेश-परीक्षामा असफल भयौ भने, तिमीहरूले त्यसका लागि फेरिफेरि अध्ययन गर्न सक्छौ। तर, मेरो दिन योभन्दा ढिलो हुनेछैन। याद राख! याद राख! यी मेरो अर्तीका दयालु वचनहरू हुन्। तिमीहरूको आँखाकै अगाडि संसारको अन्त्य प्रकट भएको छ, र महाविपत्ति चाँडै आउनेछ। कुन चाहिँ बढी महत्त्वपूर्ण हो: तिमीहरूको जीवन, कि तिमीहरूको निद्रा, तिमीहरूको खानपिन र वस्त्र? तिमीहरूले यी कुराहरूलाई तौलने समय आएको छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ३०)। परमेश्वरका वचनका यी भजनहरूले ममा छाप छोडे। परमेश्वरको आखिरी दिनहरूको काम यस युगको अन्त्य हो। परमेश्वर प्रत्येक व्यक्तिको परिणाम निर्धारण गर्दै हुनुहुन्छ, तिनीहरूलाई तिनीहरूको प्रकारअनुसार छुट्ट्याउँदै हुनुहुन्छ। अन्ततः सबैलाई या त मुक्ति दिइनेछ र सुरक्षित गरिनेछ, या त सर्वनाश र नाश गरिनेछ। त्यो हामी अहिले सत्यता कसरी पछ्याउछौँ भन्ने कुराले निर्धारण गर्छ। त्यो हाम्रो परिणाम र भवितव्य निर्धारण गर्ने महत्त्वपूर्ण क्षण हो। आज हामी एकपछि अर्को विपत्तिले घेरिएका छौँ— भूकम्प, बाढी, र खडेरी झन्-झन् बढ्दो दरमा बढ्दै गइरहेका छन्। हामीलाई परमेश्वरको काम कहिले अन्तिम रूपमा आउनेछ भन्ने थाहा छैन। यदि मैले राम्ररी सत्यता पछ्याउन आफ्नो समय प्रयोग गरिनँ, त्यसको सट्टा गैरविश्वासीहरूले झैँ पैसा र सहज जीवनको पछि लागेँ भने, सत्यता प्राप्त गर्ने र मुक्ति पाउने मेरो मौका बर्बाद हुनेछ भन्ने मलाई थाहा थियो। मैले लूतकी पत्नीलाई सम्झेँ। स्वर्गदूतहरूले उनको परिवारलाई मार्गदर्शन गरेर सहरबाहिर लगे र तिनीहरूलाई पछाडि नहेर्न भने तर आफ्नो सम्पत्ति र धनको लोभले गर्दा उनले पछाडि हेरिन्। यसो गर्दा उनी नुनको खम्बा, लाजको प्रतीक बनिन्। म ठ्याक्कै लूतकी पत्नीजस्तै थिएँ। मैले धनको लोभ गरेँ र सांसारिक सुखहरू पछ्याएँ, हलोमा हात राखेर पछाडि हेरेँ। म साह्रै मूर्ख र अन्धो थिएँ! मैले आफू यसअघि कसरी संसारमा भट्किरहेको थिएँ, ऋणमा चुर्लुम्म डुबेर बाहिर निस्किने बाटो पाएकी थिइनँ भनेर सम्झेँ। परमेश्वरको मुक्ति ममाथि आयो र त्यसले मलाई मेरो कष्टबाट छुटायो, मलाई सत्यता र मुक्ति पछ्याउने मौका दियो। म परमेश्वरको प्रेममा रमाएको थिएँ तर ममा त्यसलाई चुक्ता गर्ने चाहना थिएन। म आफ्नो कर्तव्यमा लापरवाह थिएँ, त्यसप्रति गैरजिम्मेवार थिएँ। म विवेकविहीन थिएँ। म जिद्दी भएर गलत मार्गमा रहिरहन मिल्दैनथ्यो। बरु, मैले आफ्ना व्यक्तिगत हितहरू त्याग्नुपर्थ्यो, सत्यता पछ्याउनुपर्थ्यो र उचित रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नुपर्थ्यो।
त्यसपछि, मैले किन काम र पैसालाई कहिल्यै त्याग्न सकिनँ भनेर सोच्न थालेँ—यसको जड कारण के थियो? त्यसपछि, एक दिन मैले परमेश्वरका केही वचन पढेँ: “शैतानले मानिसहरूका विचारहरू नियन्त्रण गर्नका लागि ख्याति र प्राप्ति प्रयोग गर्छ, तिनीहरूलाई यी दुई कुराबाहेक अरू केही नसोच्ने बनाउँछ, र तिनीहरूलाई ख्याति र प्राप्तिका लागि सङ्घर्ष गर्न, ख्याति र प्राप्तिका लागि कष्ट भोग्न, ख्याति र प्राप्तिका लागि अपमान सहन र गह्रौँ बोझहरू बोक्न, ख्याति र प्राप्तिका लागि आफूसँग भएका सबै कुराको बलिदान गर्न, अनि ख्याति र प्राप्तिका लागि हरेक फैसला वा निर्णय गर्न लगाउँछ। यसरी, शैतानले मानिसहरूलाई अदृश्य साङ्लाहरू लगाइदिन्छ, र, तिनीहरूमा यी साङ्ला हुँदा, त्यसबाट उम्किन तिनीहरूसँग न त क्षमता हुन्छ न त साहस नै। अनजानमै, तिनीहरू यी साङ्लाहरू बोकेर, ठूलो कठिनाइका साथ एक-एक पाइला गर्दै अगाडि बढ्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्वरबाट टाढिन्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, शैतानको ख्याति र प्राप्तिमाझ एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६)। “‘दुनियाँ पैसाको इसारामा चल्छ’ भन्ने भनाइ शैतानको दर्शन हो। यो सारा मानवजातिमा, हरेक मानव समाजमा हाबी छ; यो प्रचलन नै बनेको छ भनेर भन्न सकिन्छ। यस्तो किन हुन्छ भने यो हरेक व्यक्तिको हृदयमा घुसाइएको छ, र तिनीहरूले सुरुमा त यो भनाइलाई स्वीकार गरेनन्, तर जब तिनीहरू वास्तविक जीवनको सम्पर्कमा आए तिनीहरूले यसलाई मौन रूपमा स्वीकार गरे, अनि यी शब्दहरू वास्तवमा साँचो छन् भन्ने अनुभव गर्न सुरु गरे। के मानिसलाई भ्रष्ट तुल्याउने शैतानको प्रक्रिया यही होइन र? शायद मानिसहरूसँग यो भनाइको एउटै हदको अनुभवात्मक ज्ञान हुँदैन, तर आफ्नो वरिपरि घटेका घटनाहरू र आफ्ना व्यक्तिगत अनुभवहरूको आधारमा यो भनाइलाई हरेकले फरक-फरक हदमा अर्थ्याएका र स्वीकार गरेका छन्। के त्यो यस्तै होइन र? यो भनाइको बारेमा कसैसँग जतिसुकै अनुभव भए तापनि, निजको हृदयमा यसले पार्न सक्ने नकारात्मक प्रभाव के हो त? तिमीहरू प्रत्येक लगायत मानिसहरूको मानव स्वभावबाट यो संसारमा केही न केही कुरा प्रकट हुन्छ। यो के हो त? यो पैसाको आराधना हो। के यसलाई कसैको हृदयबाट हटाउनु कठिन छ त? यो अत्यन्तै कठिन छ! मानिसलाई शैतानले दिएको भ्रष्टता अवश्य नै गहन छ भन्ने देखिन्छ! शैतानले मानिसहरूलाई प्रलोभनमा पार्न पैसाको प्रयोग गर्छ, र तिनीहरूलाई भ्रष्ट पारी पैसाको पूजा गर्ने र भौतिक कुराहरूको मान गर्ने बनाउँछ। अनि, यस्तो पैसा पूजा कसरी मानिसहरूमा प्रकट हुन्छ त? के कुनै पैसा भएन भने तिमीहरू यो संसारमा बाँच्न सक्दैनौ, पैसाविना एक दिन कटाउन समेत असम्भव हुन्छ भन्ने अनुभव गर्छौ त? मानिसहरूको सम्मान जस्तै, तिनीहरूको हैसियत तिनीहरूसँग कति पैसा छ भन्नेमा आधारित हुन्छ। गरिबको ढाड लाजले कुप्रो हुन्छ, तर धनीले आफ्नो उच्च प्रतिष्ठाको आनन्द लिन्छ। तिनीहरू ठाडो गरी अभिमानका साथ उभिन्छन् अनि उच्च स्वरमा बोल्छन् र अहङ्कारी रूपमा जिउँछन्। यो भनाइ र प्रवृत्तिले मानिसहरूकहाँ के ल्याउँछ? के धेरै मानिसले पैसा पाउन कुनै पनि बलि चढाउँछन् भन्ने कुरा साँचो होइन र? के धेरै मानिसहरूले पैसाको पछि लाग्ने क्रममा आफ्नो गौरव र इज्जत गुमाउँदैनन् र? के धेरै मानिसहरूले पैसाको लागि आफ्नो कर्तव्य निभाउने र परमेश्वरलाई पछ्याउने अवसर गुमाउँदैनन् र? के सत्यता हासिल गर्ने र मुक्ति पाउने मौका गुमाउनु मानिसहरूको लागि नोक्सानीहरूमध्येकै सबैभन्दा ठूलो नोक्सानी होइन र? के मानिसहरूलाई त्यस हदसम्म भ्रष्ट तुल्याउनको लागि यो विधि र यो भनाइको प्रयोग गर्न शैतान कुटिल छैन र? के यो दुर्भावनापूर्ण छल होइन र?” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ५)। परमेश्वरका वचनहरूले मलाई पैसा, ख्याति र प्राप्ति पछ्याउनुको जड प्रकट गरिदिए। सानैदेखि, मैले “दुनियाँ पैसाको इसारामा चल्छ” र “अरूभन्दा असल बन र पुर्खाको नाम राख” जस्ता शैतानी दर्शनहरूलाई जिउनुपर्ने वचन ठानेँ। म सोच्थेँ, पैसा भए मानिसहरू आत्मविश्वास र मर्यादाका साथ बोल्न सक्छन्, तिनीहरू शिर ठाडो गर्न, उच्च हैसियत पाउन, र आदर पाउन सक्छन्। मैले त्यो नै सार्थक र सम्मानजनक जीवन पाउने एकमात्र तरिका हो भन्ने सोचेँ। विशेष गरी, मेरा आफन्तहरूले मलाई बेवास्ता गर्दा, मैले कुनै दिन शिर ठाडो पार्ने र गर्वित महसुस गर्ने आशामा, अझ बढी पैसा कमाउन झन् बढी ओभरटाइम गरेँ। आस्था प्राप्त गरेपछि, मैले सत्यता बुझ्न र जीवनमा प्रगति गर्न म अझ बढी भेलाहरूमा उपस्थित हुनुपर्छ र मैले आफ्नो कर्तव्य अझ बढी निर्वाह गर्नुपर्छ भनेर मलाई थाहा भयो, तर मैले अझै पनि पैसा र हैसियत पछ्याउनुलाई त्याग्न सकिनँ। मेरो कर्तव्य र जागिर बाझिँदा, मैले पैसा कमाउनुलाई प्राथमिकता दिएँ, आफ्नो कर्तव्यलाई हल्कासित लिएँ। जब मेरो काम राम्रो भइरहेको थियो र म धेरै पैसा कमाइरहेको थिएँ, तब त्यो चाहना अझ बलियो भयो। म मण्डलीको कामलाई पूर्ण रूपमा बेवास्ता गर्दै अझ ठूलो रकम कमाउन कसरी अझ धेरै ग्राहकहरू पाउने र अझ धेरै अर्डरहरूमा हस्ताक्षर गराउने भन्ने कुरामा पूरै केन्द्रित भएँ। त्यसको अर्थ कतिपय नयाँ विश्वासीहरूलाई समयमै मलजल गरिएन र तिनीहरू झन्डै छोडेर गए, र मलजलको काम गम्भीर रूपले ढिलो भयो। त्यसपछि मात्र मैले के बुझेँ भने यी शैतानी दर्शनहरूद्वारा जिउँदा म अझ स्वार्थी र लोभी बनिरहेको थिएँ— म केवल आफ्नै हितहरूबारे सोचिरहेको थिएँ। मैले परमेश्वरका वचनहरूको मलजल र भरणपोषण पाइरहेको थिएँ, तर आफ्नो कर्तव्यमार्फत उहाँको ऋण चुकाइरहेको थिइनँ। म पूर्ण रूपमा विवेकहीन र समझहीन थिएँ! शैतानले मानिसहरूलाई लोभ्याउन, भ्रष्ट पार्न र हानि गर्न ख्याति, प्राप्ति र हैसियत प्रयोग गर्छ। त्यसले मेरो हृदयलाई परमेश्वरबाट झन् झन् टाढा पुर्यायो, त्यो हदसम्म कि प्रार्थना गर्दा र परमेश्वरका वचनहरू पढ्दासमेत म केवल झारा टारिरहेको हुन्थेँ। यदि त्यस्तै भइरहेको भए, मैले सत्यता प्राप्त गर्नेथिइनँ र परमेश्वरको मुक्त पाउने आफ्नो मौका गुमाउनेथिएँ।
पछि, मैले परमेश्वरका वचनहरू पढेँ: “तिमीहरू परमेश्वरको बोझप्रति अहिले नै सचेत हुनुपर्छ। तिमीहरूले आफू परमेश्वरको बोझप्रति सचेत हुनुअघि उहाँले सम्पूर्ण मानवजातिप्रति आफ्नो धर्मी स्वभाव प्रकट गर्नुभइञ्जेलसम्म पर्खिनु हुँदैन। के त्यति बेलासम्म धेरै ढिलो हुनेछैन र? परमेश्वरद्वारा सिद्ध हुने राम्रो अवसर अहिले नै हो। यदि तैँले यस अवसरलाई आफ्नो हातबाट जान दिइस् भने, मोशाले कनानको असल भूमिमा प्रवेश गर्न असक्षम हुँदा बाँकी जीवनभरि अफसोस गर्दै मरेजस्तै तैँले तेरो बाँकी जीवनभरि अफसोस गर्नेछस्। परमेश्वरले सम्पूर्ण मानवजातिलाई आफ्नो धर्मी स्वभाव प्रकट गर्नुहुँदा तँ अफसोसले भरिनेछस्। परमेश्वरले तँलाई सजाय नदिनुभए तापनि अफसोसले भरिएर तैँले आफूलाई सजाय दिनेछस्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्धता हासिल गर्न परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर)। “यदि तँ परमेश्वरद्वारा सिद्ध हुने अवसरहरू खोज्दैनस् अनि यदि सिद्धताको तेरो खोजीमा अरूभन्दा बढी सफल हुनको निम्ति तैँले संघर्ष गर्दैनस् भने, अन्ततः तँ अफसोसले भरिनेछस्। सिद्धता हासिल गर्ने सर्वोत्तम अवसर अहिले नै हो। अत्यन्तै राम्रो समय अहिले नै हो। यदि परमेश्वरद्वारा सिद्ध तुल्याइनको लागि तैँले गम्भीरतापूर्वक खोजी गर्दैनस् भने, उहाँको काम पूरा भएपछि धेरै ढिलो भइसकेको हुनेछ—तैँले अवसर गुमाइसकेको हुनेछस्। तेरा आकांक्षाहरू जतिसुकै ठूलो भए तापनि, यदि परमेश्वरले उप्रान्त काम गरिरहनुभएको छैन भने, तैँले जतिसुकै प्रयास गरे पनि कहिल्यै सिद्धता हासिल गर्न सक्नेछैनस्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्धता हासिल गर्न परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर)। म परमेश्वरका वचनहरूमार्फत् हामीप्रति उहाँका अपेक्षाहरू महसुस गर्न सक्थेँ। उहाँ हामीले यस अमूल्य समयलाई कदर गर्न, उचित रूपले सत्यता पछ्याउन, आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न, र उहाँको मुक्ति प्राप्त गर्न सकौँ भन्ने आशा गर्नुहुन्छ। यो परमेश्वरद्वारा सिद्ध पारिनुलाई पछ्याउने जीवनमा एकपटक मात्र आउने अवसर, र कर्तव्य निर्वाह गर्ने महत्त्वपूर्ण समय हो। आफ्नो कर्तव्य निर्वाह गर्दा, विभिन्न समस्याहरू समाधान गर्न सत्यता खोज्ने अभ्यासमार्फत्, हामी अझ धेरै सत्यताहरू सिक्न र जीवनमा छिटो प्रगति गर्न सक्छौँ। यदि मैले राम्ररी प्रशिक्षण लिने यो मौका नछोपेको, बरु पैसाको पछि मात्र दौडिरहेको भए, परमेश्वरको कामको अन्त्यमा मसँग केही पनि हुनेथिएन, जतिसुकै पछुतो गरे पनि कुनै कामको हुनेथिएन। वास्तवमा, हामी जीवनमा रोटी र कपडामै सन्तुष्ट रहनुपर्छ। यदि हामी धेरै पेसाका लागि आफ्नो कर्तव्यलाई बेवास्ता गर्छौँ भने, अन्ततः त्यसले हाम्रो जीवनलाई हानी गर्नेछ र हामीले सत्यता प्राप्त गर्ने र परमेश्वरद्वारा सिद्ध पारिने अद्भुत अवसर गुमाउनेछौँ। त्यो ठुलो मूर्खता हुनेछ!
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ: “सामान्य मानिस, र परमेश्वरलाई प्रेम गर्न खोज्ने मानिसहरूका रूपमा, राज्यमा प्रवेश गर्नु र परमेश्वरका मानिसहरू बन्नु तिमीहरूको साँचो भविष्य, र सबैभन्दा मूल्यवान् र महत्त्वपूर्ण जीवन हो; तिमीहरूजत्तिको आशिषित कोही पनि हुँदैन। म किन यसो भन्छु? किनभने परमेश्वरमा विश्वास नगर्नेहरू देहका लागि जिउँछन्, र तिनीहरू शैतानका लागि जिउँछन्, तर आज तिमीहरू परमेश्वरका लागि जिउँछौ, र परमेश्वरको इच्छा पछ्याउनका लागि जिउँछौ। यही कारणले गर्दा नै म भन्छु कि तिमीहरूको जीवन सबैभन्दा अर्थपूर्ण छ। परमेश्वरद्वारा चुनिएका मानिसहरूको यो समूहले मात्रै सबैभन्दा अर्थपूर्ण जीवन जिउन सक्छन्: पृथ्वीमा अरू कोही पनि तिमीहरूको जस्तो त्यस्तो मूल्य र अर्थको जीवन जिउन सक्षम छैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पदचापहरू पछ्याऊ)। परमेश्वरका यी वचनहरू पढ्दा म प्रोत्साहित भएँ। सत्यता पछ्याउनु र परमेश्वरलाई चिन्नु नै साँचो अर्थपूर्ण जीवन पाउने एकमात्र मार्ग हो। पहिले, म पैसा र हैसियत भएमा सबैले मलाई सम्मान गर्नेछन् र त्यसले मेरो जीवनलाई अर्थपूर्ण बनाउनेछ भनेर सोच्दै, सधैँ शैतानी दर्शनहरूअनुसार जिउँथेँ। तर त्यो सब गलत थियो। आस्थाविना, जीवनका रूपमा सत्यता प्राप्त नगरी, मानिसहरूले साँचो रूपमा केही पनि बुझ्न सक्दैनन्। उनीहरू आफू कहाँबाट आएको हुँ, वा परमेश्वर मानवजातिको भवितव्यमाथि शासन गर्नुहुन्छ भन्नेसमेत जान्दैनन्। उनीहरू आफूले जतिसुकै कष्ट भोगे पनि पछि फर्कने नसोची केवल हैसियत र पैसाको पछि लाग्छन्। जब प्रकोपहरू आउँछन्, तब यस्ता मानिसहरू अवश्यै नष्ट हुन्छन्—त्यसपछि तिनीहरूको पैसा बेकार हुनेछ। तिनीहरूलाई सारा जीवन शैतानले खेलाउनु र चोट पुऱ्याउनु दुःखको कुरा हो। तर, आस्था राख्नु र सत्यता पछ्याउनु फरक कुरा हो। हामीसँग धेरै भौतिक सन्तुष्टि नहुन सक्छ, तर सत्यताहरू सिकेर, हामी कामकुराहरूलाई अझ स्पष्ट रूपमा बुझ्न सक्छौँ, र उप्रान्त पैसाद्वारा परीक्षामा पर्न वा बाँधिन छोड्नेछौँ। हामी शान्ति र अन्तर्दृष्टि प्राप्त गर्न सक्छौँ। अय्यूबसँग धेरै पारिवारिक सम्पत्तिहरू थिए, तर उनलाई आनन्द लाग्ने कुरा त्यो थिएन। उनी सबै कुरामाथि परमेश्वरको सार्वभौमिकता बुझ्नमा अनि परमेश्वरको डर मान्न र दुष्टताबाट अलग रहनमा केन्द्रित थिए। उनीमाथि परीक्षाहरू आइपर्दा, उनले कहिल्यै गुनासो गरेनन्, र उनी गवाहीमा दृढ रहन सक्षम भए। उनले परमेश्वरको अनुमोदन प्राप्त गरे, र अन्त्यमा परमेश्वर उनीसामु देखा पर्नुभयो। अय्यूबको जीवनको अर्थ र मूल्य थियो। यसबारे त्यसरी सोच्दा, मैले आफ्नो राजीनामा पत्र लेखेँ। मैले मन बनाइसकेको देखेर, हाकिमले मलाई रोक्ने प्रयास गरेनन्। मेरो राजीनामा प्रक्रिया सहज भयो। कम्पनीबाट बाहिर निस्कनेबित्तिकै मलाई आराम र स्वतन्त्र महसुस भयो।
त्यसपछि, मैले आफूलाई आफ्नो कर्तव्यमा होमेँ र नयाँ विश्वासीहरूलाई मलजल गर्न ब्रदर-सिस्टरहरूसँग काम गरेँ। केही समयपछि, नयाँ विश्वासीहरू उत्साहपूर्वक भेलामा उपस्थित भइरहेका थिए, र मण्डली जीवनले गति लिइरहेको थियो। मलाई यस्तो शान्तिको अनुभूति भयो! परमेश्वरलाई धन्यवाद!