२०. म फेरि कहिल्यै आफ्नो भाग्यबारे
बाल्यकालमा मेरो परिवार अलि गरिब थियो। आधारभूत आवश्यकताहरूको कहिल्यै ग्यारेन्टी हुन्थेन। आमाले हामीलाई खुवाउन प्रायः छिमेकीसँग अन्नपानी माग्नुहुन्थ्यो, र म धेरैजसो टालेको लुगा लगाउँथेँ। अरूले मलाई धम्काउँथे र भेदभाव गर्थे, अरू बच्चाले मलाई गरिब भन्थे। मलाई अलि अन्याय महसुस हुन्थ्यो, र मलाई आफ्नो भाग्य खोटो भएकाले नै धनी परिवारमा जन्मिनँ भन्ने लाग्थ्यो। म स्कूलमा मिहिनेती थिएँ, सोच्थेँ: “अहिले मेहनत गरेँ भने विश्वविद्यालय जान अनि राम्रो काम पाउन सक्छु, त्यसपछि पक्कै मेरो भाग्य फिर्नेछ र सम्भ्रान्त जीवन जिउनेछु?” म अबेर रातसम्म पढ्थेँ, र कक्षामा उच्च श्रेणीमा पुगेँ। मलाई लाग्यो, यही नै राम्रो जीवनको ढोका हो। तर माध्यमिक तहमा मलाई टाढाको एकदमै नदेख्ने, साथै मोतिबिन्दु, मन्द दृष्टि र धमिलो देख्ने रोग लाग्यो। मैले आफ्नो ख्याल राख्न सकिनँ र स्कूल छोड्नुपऱ्यो। त्यतिबेला, म पूरै चकनाचूर भएँ, मलाई लाग्यो, मेरो जिन्दगी सकियो, मेरो भाग्य तय भइसक्यो। मनमनै म स्वर्गबाट अन्याय भएको गुनासो गर्थेँ र आफ्नो भाग्य खोटो छ भन्ने सोच्थेँ। त्यसरी म डिप्रेसनमा परेँ।
परमेश्वरका आखिरी दिनको काम स्विकारेपछि, र हाम्रा अगुवाले भेला आयोजना गरेर समस्या समाधान गर्न सत्यतामा सङ्गति गरेको तरिका देखेपछि, मलाई इर्ष्या लाग्यो। मैले मनमनै सोचेँ: “कुनै दिन डिकन वा अगुवा भई ब्रदर-सिस्टिरहरूका समस्या सुल्झाउन र तिनीहरूको आदर र साथ पाउन सके कति सानदार कुरा हुनेथ्यो।” त्यसैले, मैले परमेश्वरका वचन पढ्नमा झन् जोड लगाएँ, मण्डलीले दिएका जुनसुकै काम स्विकारेँ, अनि कठिनाइ र गाह्रो काम भोगेँ, कुनै दिन म पनि अगुवा वा डिकन हुन पाउने आस गरेँ। तर निकै वर्षपछि पनि मलाई कुनै पदका लागि चयन गरिएन। मसँगै परमेश्वरको कामको यो चरण स्विकारेकी सिस्टरलाई विश्वासमा प्रवेश गरेको तुरुन्तैपछि अगुवा बनाइयो। ती सिस्टरले भेलाहरूमा समस्या सुल्झाउन परमेश्वरका वचनमा सङ्गति गरेको देखेर मैले मनमनै सोचेँ: “हामीले सँगै कामको यो चरण स्विकारेका थियौँ, र परमेश्वरको घरमा आएको अलि पछि नै उनी अगुवाका रूपमा काम गर्न थालिसकिन् र सबैको आदर र समर्थन पाएकी छिन्। मचाहिँ जति नै प्रयास गरे पनि अगुवा भएकी छैनँ। त्यसैले, मेरो भाग्य नै खोटो होला।” कहिलेकाहीँ मेरो सुझावहरू लागू नगरिँदा म मनमनै सोच्थेँ: “म यसै पनि कहिल्यै अगुवा बन्नेछैनँ, बरु यो सानो समूहमै यसरी नै बस्छु। चाहे मेरो करियरमा होस् वा परमेश्वरको घरमा, मैले कष्ट भोग्ने लेखिएको छ, र यो जीवनमा मेरो पहिचान कहिल्यै बन्नेछैन।” यो निष्कर्षमा पुगेपछि परमेश्वरका वचन पढ्न र सत्यता पछ्याउन मेरो उत्साह बिस्तारै घट्दै गयो।
पछि, मेरा अगुवाले ममा साहित्यिक प्रतिभा देखे र मलाई लेखन कर्तव्य पूरा गर्न लगाए। मेरो खुसीको सीमा रहेन, सोचेँ, आखिरमा मैले आफ्नो पहिचान बनाउने मौका पाएँ। मैले अतिरिक्त समय काम गरेँ र आफ्नो कर्तव्यमा राम्रो नतिजा ल्याएँ। त्यसलगत्तै मलाई बढुवा गरियो। म निकै खुसी भएँ र आफ्नो कर्तव्यमा झन् उत्प्रेरित भएँ। तर त्यसपछि मेरो गर्दनको मेरुदण्डमा समस्या देखापर्यो, त्यसैले मैले आफ्नो कर्तव्य राम्रोसँग गर्न सकिनँ। म आफ्नो पुरानो मण्डलीमा फर्केर आफूले सक्ने कर्तव्य गर्न बाध्य भएँ। म साह्रै खिन्न भएँ: “यो गर्दनको मेरुदण्डको समस्या निको पार्न गाह्रो छ र धेरै बल गरेँ भने समस्या बल्झिन सक्छ। त्यो समस्याले गर्दा मलाई आफ्नो पहिचान बनाउन निकै गाह्रो हुनेछ। मेरो भाग्यमै महत्त्वपूर्ण कर्तव्य पूरा गर्न नसक्नु लेखिएको छ। मेरो भाग्यै खोटो छ, सजिलोसित केही हुँदैन। म अशुभ घडीमा जन्मेको हुनुपर्छ, किनकी म ज्यादै अभागी छु।” मनमा यो सोचेर म नकारात्मक भएँ र आफ्नो कर्तव्यमा सुस्ताएँ, र आफूलाई सीमितसमेतपारेँ, मलाई लाग्यो मेरो भविष्य अन्धकार छ। पछि, म आत्मचिन्तन गर्न परमेश्वरसामु आएँ: मैले किन सधैँ मेरो भाग्य खोटो छ भन्ने सोचेँ र त्यस्तो कष्टमा जिएँ? मैले आफ्नो खोजीका क्रममा परमेश्वरका वचनको एउटा खण्ड भेट्टाएँ, जसले मलाई मेरो अवस्थाबारे अन्तर्दृष्टि दिए।
सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मान्छेले महसुस गर्ने एक किसिमको डिप्रेसनको संवेग तिनीहरूले आफ्नै भयानक भाग्यप्रति गर्ने निरन्तरको विश्वासबाट पैदा हुनसक्छ। के यो एउटा कारण होइन र? (हो।) तिनीहरू साना हुँदा, तिनीहरू गाउँमा वा गरिब क्षेत्रमा हुर्केका थिए, तिनीहरूको परिवार सम्पन्न थिएन, अनि सामान्य मालमत्ताहरूबाहेक तिनीहरूसँग मूल्यवान् कुरा अरू केही थिएन। तिनीहरूसँग लगाउनको लागि एकदुई वटा लुगा हुन्थे जसमा केही प्वालहरू परिसकेका हुन्थे, अनि तिनीहरूले कहिल्यै पनि सामान्य रूपमा राम्रो खाना खान पाउँदैनथे, अनि मासु खानको लागि पनि नयाँ वर्ष वा चाडपर्व पर्खिनुपर्थ्यो। कहिलेकहीँ तिनीहरू भोकै बस्नुपर्थ्यो र तिनीहरूले न्यानो लुगा लाउन पाउँदैनथे र कचौराभरि मासु खान पाउनु ठूलो सपना नै हुन्थ्यो, र फलफूलको एक टुक्रा खान पाउनु पनि गाह्रो हुन्थ्यो। आफू त्यस्तो वातावरणमा हुर्केकोले, तिनीहरूलाई ठूलो सहरमा बस्ने, धनी आमाबुबा भएका, चाहेको जुनसुकै खानेकुरा खान पाउने र जुनसुकै कपडा लाउन पाउने, चाहेको जुनसुकै कुरा जुनसुकै बेला पाउने, र धेरै कुराहरू जान्ने अरू मानिसहरूभन्दा आफू फरक छु जस्तो लाग्छ। तिनीहरूले सोच्छन्, ‘तिनीहरूको भाग्य कति राम्रो छ। किन मेरो भाग्यचाहिँ यति खराब हो?’ तिनीहरू सधैँ भीडभन्दा माथि उठ्न र आफ्नो नियति परिवर्तन गर्न चाहन्छन्। तर आफ्नो नियति परिवर्तन गर्न त्यति सजिलो छैन। जब कुनै व्यक्ति त्यस्तो परिस्थितिमा जन्मन्छ, तब उसले जति नै प्रयास गरे पनि, आफ्नो भाग्य कति नै परिवर्तन गर्न सक्छ र, अनि उसले यसलाई कति नै राम्रो बनाउन सक्छ र? वयस्क बनेपछि, तिनीहरू जहाँ गए पनि समाजमा तिनीहरूलाई विभिन्न बाधाहरूले रोक्छन्, तिनीहरू जहाँ गए पनि तिनीहरू हेपाइमा पर्छन्, र त्यसकारण तिनीहरूलाई सधैँ आफू अभागी छु भन्ने लाग्छ। तिनीहरू सोच्छन्, ‘म किन यति अभागी? म किन सधैँ निर्दयी मानिसहरू भेट्छु? सानो हुँदा पनि जीवन कठिन थियो, र अवस्था ठ्याक्कै यस्तै थियो। अहिले म ठूलो भएर पनि अवस्था त्यस्तै खराब नै छ। मैले गर्न सक्छु भनेर म सधैँ देखाउन चाहन्छु तर कहिल्यै मौका पाउँदिनँ। यदि मैले कहिल्यै मौका पाउँदिन भने, ठीकै छ त्यस्तै होस्। म बस परिश्रम गरेर सुखी जीवन जिउनको लागि पर्याप्त पैसा कमाउन चाहन्छु। तर म त्योसमेत किन गर्न सक्दिनँ? किन सुखी जीवन जिउन यति गाह्रो हुन्छ? मैले हरेक अन्य व्यक्तिभन्दा उच्च जीवन जिउनु जरुरी छैन। तर म कम्तीमा एउटा सहरवासीको जीवन जिउन चाहन्छु र मानिसहरूद्वारा तुच्छ नजरले हेरिन चाहन्नँ, अनि दोस्रो वा तेस्रो दर्जाको नागरिक बन्न चाहन्नँ। कम्तीमा पनि मानिसहरूले मलाई बोलाउँदा, “ओइ, यहाँ आइज!” भन्दै नचिच्याऊन्। कम्तीमा पनि तिनीहरूले मलाई मेरो नामले बोलाएर सम्मानसाथ सम्बोधन गरून्। तर मलाई त सम्मानको साथ सम्बोधनसमेत गरिँदैन। किन मेरो भाग्य यति निर्दयी भयो? कहिले यसको अन्त्य हुन्छ?’ त्यस्ता मानिसहरूले परमेश्वरमा विश्वास नगर्दा भाग्यलाई निर्दयी ठान्छन्। तिनीहरूले परमेश्वरमा विश्वास गर्न र यो नै साँचो मार्ग हो भनेर देख्न थालेपछि यस्तो विचार गर्छन्, ‘पहिलेको सबै दुःख-कष्ट सार्थक थियो। यो सब परमेश्वरले नै योजनाबद्ध गर्नुभएको हो, यो उहाँले नै गर्नुभएको हो, र परमेश्वरले यो एकदमै राम्रो गर्नुभयो। यदि मैले यसरी कष्ट नभोगेको भए, मैले परमेश्वरमा विश्वास गर्नेथिइनँ। अहिले मैले परमेश्वरमा विश्वास गरेँ, त्यसकारण मैले सत्यता स्विकार्न सकेँ भने मेरो नियति परिवर्तन भएर राम्रो बन्नेछ। अब म मेरा विश्वासी दाजुभाइ-दिदीबहिनीहरूसँग मण्डलीमा समान जीवन जिउन सक्छु, र मानिसहरूले मलाई “दाजु वा भाइ” वा “दिदी वा बहिनी” भनेर बोलाउँछन्, र मलाई सम्मानसाथ सम्बोधन गरिन्छ। अहिले मैले अरूको सम्मान पाउँदा कस्तो हुन्छ त्यसको आनन्द लिन पाएको छ।’ यस्तो लाग्छ तिनीहरूको नियति परिवर्तन भएजस्तो छ, र लाग्छ तिनीहरूले अबदेखि कष्ट भोग्नु पर्दैन र तिनीहरूको भाग्य खराब छैन जस्तो देखिन्छ। तिनीहरूले परमेश्वरमा विश्वास गर्न थालेपछि, परमेश्वरको घरमा आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने सङ्कल्प गर्छन्, तिनीहरू कठिनाइ सहन र परिश्रम गर्न सक्ने बन्छन्, कुनै पनि कुरामा अरूले भन्दा धेरै दुःख सहन सक्ने बन्छन्, र तिनीहरू धेरैजसो मानिसहरूको अनुमोदन र सम्मान पाउन लागिपर्छन्। तिनीहरू आफूलाई मण्डली अगुवाको रूपमा, इन्चार्जको रूपमा, वा टोली अगुवाको रूपमा छनौट गरिन सक्छ भन्नेसमेत सोच्छन्, अनि त्यसपछि त के तिनीहरूले आफ्ना पितापुर्खालाई र आफ्नो परिवारलाई सम्मान दिइरहेका हुनेछैनन् र? के तिनीहरूले आफ्नो नियति परिवर्तन गरेका हुँदैनन् र? तैपनि, वास्तविकता तिनीहरूको कामनाअनुसारको हुँदैन र तिनीहरू उदास बन्छन्, र सोच्छन्, ‘मैले परमेश्वरमा विश्वास गरेको वर्षौँ भयो र म मेरा विश्वासी दाजुभाइ-दिदीबहिनीहरूसँग राम्ररी घुलमिल हुन सक्छु, तर किन अगुवा, इन्चार्ज, वा टोली अगुवा छनौट गर्ने बेलामा, मेरो पालो कहिल्यै आउँदैन? के म साह्रै सरल देखिएकोले हो कि, कि मैले राम्ररी काम नगरेकोले मलाई कसैले ध्यान नदिएको हो? निर्वाचन हुँदा हरेक-पटक नै मेरो थोरै भए पनि आशा हुन्छ, र म टोली अगुवाको रूपमा छनौट हुन पाए खुसी नै हुन्थेँ। म परमेश्वरको ऋण तिर्न अत्यन्तै उत्साहित छु, तर पनि निर्वाचन हुँदा हरेक-पटक नै मैले खिन्न हुनुपर्छ र यो सबबाट मलाई छुटाइन्छ। के भएर यस्तो भएको हो? के म मेरो जीवनभरि एउटा साधारण व्यक्ति, सामान्य व्यक्ति, र अनुल्लेखनीय व्यक्ति मात्रै बन्न सक्छु? मेरो बाल्यकाल, जवानी, र अधबैँसे उमेरलाई फर्केर हेर्दा, मैले हिँडेको यो बाटो सधैँ नै सामान्य रहेको थियो र मैले कुनै पनि स्मरणीय काम गरेको छैनँ। मसँग कुनै महत्त्वाकाङ्क्षा नभएकोले वा मेरो क्षमता कम भएकोले यस्तो भएको होइन, र मैले पर्याप्त प्रयास नगर्ने वा कठिनाइ भोग्न नसक्ने भएर पनि यस्तो भएको होइन। मेरा पनि सङ्कल्प र उद्देश्यहरू छन्, र यो भन्न सकिन्छ कि मसँग पनि महत्त्वाकाङ्क्षा छँदै छ। तर पनि किन म भीडभन्दा माथि कहिल्यै उठ्न सक्दिनँ? अन्तिम विश्लेषण गरेर हेर्दा के देखिन्छ भने, मेरो भाग्य नै खराब छ र म कष्ट भोग्न जन्मेको हुँ, र परमेश्वरले मेरो लागि यसरी नै बन्दोबस्त मिलाउनुभएको छ।’ तिनीहरूले यो कुरालाई जति विचार गर्छन्, तिनीहरूलाई तिनीहरूको भाग्य त्यति नै खराब लाग्छ। तिनीहरूले सामान्य रूपमा कर्तव्य निभाउँदै जाने क्रममा, यदि तिनीहरूले केही सुझाव दिन्छन् वा केही दृष्टिकोणहरू व्यक्त गर्छन् र सधैँ खण्डन सामना गर्छन्, अनि कसैले पनि तिनीहरूको कुरा सुन्दैन वा तिनीहरूलाई गम्भीर रूपमा लिँदैन भने, तिनीहरूलाई अझै बढी डिप्रेसन हुन्छ, र तिनीहरूले सोच्छन्, ‘अहो, मेरो भाग्य कति खराब रहेछ! म जुनसुकै समूहमा भए पनि मलाई अघि बढ्न नदिने र मलाई दमन गर्ने छुद्र व्यक्ति सधैँ नै त्यहीँ हुन्छ। कसैले पनि मलाई कहिल्यै गम्भीर रूपमा लिँदैन र म कहिल्यै पनि अरूभन्दा माथि उठ्न सक्दिनँ। अन्त्यमा, यही कुरा लागू हुन्छ: मेरो भाग्य नै खोटो छ!’ तिनीहरूको जीवनमा जेसुकै आइपरे पनि, तिनीहरूले सधैँ भाग्य खोटो भएकोले यस्तो भएको हो भनेर भन्छन्; तिनीहरूले भाग्य खोटो छ भन्ने यो विचारलाई नै सधैँ जोड दिन्छन्, यसलाई गहन रूपमा बुझ्न र जान्न लागिपर्छन्, र यस कुरालाई दिमागमा खेलाइरहने क्रममा, तिनीहरूको संवेग अझै निराशापूर्ण बन्छ। जब तिनीहरूले कर्तव्य निभाउने क्रममा सानो गल्ती गर्छन्, तब यस्तो सोच्छन्, ‘अहो, मेरो भाग्य नै त यति खोटो छ, मैले कसरी पो आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छु र?’ भेलाहरूमा, तिनीहरूका विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई सङ्गति दिन्छन् र तिनीहरूले यसबारेमा बारम्बार विचार गर्छन्, तर केही पनि बुझ्दैनन्, त्यसैले तिनीहरूले यस्तो सोच्छन्, ‘अहो, मेरो भाग्य नै त यति खोटो छ, मैले कसरी पो यस्तो कुरा बुझ्न सक्छु र?’ जब तिनीहरूले भन्दा राम्रो बोल्न सक्ने, आफूले बुझेको कुरा तिनीहरूले भन्दा स्पष्ट र अन्तर्दृष्टिपर्ण रूपमा छलफल गर्न सक्ने कसैलाई देख्छन्, तब तिनीहरूलाई झनै बढी डिप्रेसन हुन्छ। जब तिनीहरूले कठिनाइहरू भोग्न र मूल्य चुकाउन सक्ने, आफ्नो कर्तव्यमा परिणामहरू ल्याउने, र विश्वासी दाजुभाइ-दिदीबहिनीहरूबाट अनुमोदन र बढुवा पाउने कसैलाई देख्छन्, तब तिनीहरूलाई हृदयमा बेखुसी हुन्छ। जब तिनीहरूले कसैलाई अगुवा वा सेवक बनेको देख्छन्, तब तिनीहरूलाई अझै बढी डिप्रेसन हुन्छ, र जब तिनीहरूले आफूभन्दा राम्रो गाउन र नाच्न सक्ने कसैलाई देख्छन्, र आफू त्यो व्यक्तिभन्दा कम भएको महसुस गर्छन्, तब पनि तिनीहरूलाई डिप्रेसन हुन्छ। तिनीहरूले जस्तोसुकै मानिस, घटना, वा वस्तुहरूको सामना गरे पनि, वा तिनीहरू जस्तोसुकै परिस्थितिमा परे पनि, सधैँ यस्तो डिप्रेसनको संवेगमार्फत प्रतिक्रिया दिन्छन्। तिनीहरूले तिनीहरूको भन्दा अलिक राम्रो लुगा लाउने वा अलिक राम्रो कपाल भएको व्यक्तिलाई देख्दा पनि, तिनीहरूलाई सधैँ नरमाइलो लाग्छ, र तिनीहरूको हृदयमा डाहा र ईर्ष्या पैदा हुन्छ, र अन्ततः तिनीहरू फेरि डिप्रेसनको संवेगमै फर्केर जान्छन्। तिनीहरू यस्तो अवस्थामा पुग्नुका कारणहरू के-के हुन्? तिनीहरूले सोच्छन्, ‘अहो, के यो मेरो भाग्यै खोटो भएर यस्तो भएको होइन र? यदि म अलिक राम्रो देखिने भएको भए, यदि म तिनीहरू जस्तै इज्जतदार भएको भए, यदि म राम्रो जिउडालको र अल्गो भएको भए, मसित राम्रो लुगा र धेरै पैसा भएको भए, अनि मेरा आमाबुबा राम्रा भएका भए, के अहिले सबै कुरा फरक हुन्थेन र? के मानिसहरूले मलाई आदर र डाहा गर्थेनन् र? आखिर, मेरो भाग्य नै खराब छ र मैले यसको लागि कसैलाई दोष दिन मिल्दैन। भाग्य नै यस्तो खराब भएपछि, मेरो लागि केही पनि राम्रो हुँदैन, र मैले कुनै कुरामा ठेस नखाई यताउता हिँड्न सक्दिनँ। मेरो भाग्य नै खोटो हो, र मैले यसबारेमा केही पनि गर्न सक्दिनँ।’ त्यसैगरी, जब तिनीहरूलाई काटछाँट गरिन्छ वा जब विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई गाली वा आलोचना गर्छन्, वा तिनीहरूलाई सुझाव दिन्छन्, तब पनि तिनीहरू आफ्नो डिप्रेसनको संवेगमार्फत प्रतिक्रिया दिन्छन्। चाहे जे होस्, चाहे तिनीहरूको जीवनमा भइरहेको केही कुरा होस् वा तिनीहरूवरपरको हरेक कुरा होस्, ती कुराहरूबारे तिनीहरूले सधैँ आफ्नो डिप्रेसनको संवेगबाट पैदा हुने नकारात्मक विचार, दृष्टिकोण, मनोवृत्ति र विचारहरूद्वारा नै प्रतिक्रिया दिन्छन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (२))। परमेश्वरका वचनले मेरो अवस्था राम्ररी प्रकट गर्छन्। विगतमा म सोच्थेँ, सम्भ्रान्त जीवन जिउनु र अरूको आदर र साथ पाउनु भनेको सौभाग्य प्राप्त गर्नु हो, तर गरिब परिवारमा जन्मनु, दीनहीन, दरिद्र जीवन जिउनु र अरूबाट अनादर खेप्नु भनेको खोटो भाग्य पाउनु हो। म गरिबीमा हुर्किएँ, आधारभूत आवश्यकताको ग्यारेन्टी कहिल्यै थिएन; अरूले मलाई आदर गर्दैनथे, र मलाई भेदभाव र होच्याइन्थ्यो। त्यसैले म प्राय: आफ्नो भाग्य खोटो भएको सोच्थेँ। यस्तो पृष्ठभूमिबाट आएकाले मैले आफ्नो भाग्य बदल्न र सम्भ्रान्त जीवन जिउन पढाइमा कडा मेहनत गर्ने निधो गरेँ। तर माध्यमिक तहमा हुँदा मलाई टाढाको नदेख्ने रोगले बेस्सरी च्याप्यो र म आफ्नो पढाइ छोड्न बाध्य भएँ। त्यसैले लाग्यो, सपना पूरा गर्ने कुनै आशा छैन र म निकै निराश भएँ। विश्वासमा जोडिएपछि म साधारण विश्वासी हुनमा सन्तुष्ट भइनँ, र अगुवा वा सेवक बन्न चाहेँ। मलाई लाग्यो, हैसियत पाएर म सबैको आदर र साथ पाउनेछु अनि हैसियत र प्रतिष्ठा हुनु भनेको सौभाग्य प्राप्त गर्नु हो। मैले मेहनत गरेँ र आफ्नो लक्ष्य हासिल गर्न खोजेँ, तर केही वर्षपछि पनि म अगुवा वा सेवक भएकी थिइनँ। मसँगै कामको यो चरण स्विकारेकी सिस्टर चाँडै नै अगुवा भएपछि म आफ्नो भाग्य खोटो छ भनेर झनै विश्वस्त भएँ। कहिलेकाहीँ मेरा सुझावहरू लागु नहुँदा अनि मैले मानिसहरूको आदर पाउन नसक्दा म तबउसो आफ्ना विचार बताउने आँट गर्दिनथेँ, र आफूलाई कुनामा थुनेर चुपचाप आफ्नो खोटो भाग्यलाई कोस्थेँ। पछि, मलाई लेखन कर्तव्यमा बढुवा गरिएपछि म निकै खुसी भएँ। तर त्यसपछि मेरो गर्धनको मेरुदण्डमा समस्या भयो, जसले मेरो कर्तव्य पालनको क्षमतामा असर गऱ्यो, र म आफ्नो पुरानो मण्डलीमा फर्केर आफूले सक्ने कर्तव्य गर्न बाध्य भएँ। मलाई आफू अति अभागी र अन्तत: मेरो भाग्यै खोटो भन्ने लाग्यो। सोचेँ, मैले कहिल्यै आफ्नो पहिचान बनाउने मौका पाउनेछैनँ, म कहिल्यै बढुवा हुनेछैनँ, वा कहिल्यै ठूलो भूमिका पाउनेछैनँ, अनि मैले कहिल्यै अरूको साथ र आदर पाउनेछैनँ। त्यसैले म खिन्न भएँ र आफ्नो कर्तव्यमा सतर्क भइनँ, केवल झारा टारेर दिन कटाएँ। मैले देखेँ, मैले केवल हैसियत अनि सबै मामिलामा अरूको साथ र आदर खोज्थेँ। कामकुरा मैले चाहेअनुसार नहुँदा, म आफ्नो भाग्यै खोटो छ भनी कोस्थेँ, आफ्नो कर्तव्यप्रति उत्साह गुमाउँथेँ, भेलाहरूमा आफ्ना विचार बताउन छोड्थेँ, परमेश्वरबाटका परिस्थिति स्विकार्न र आत्मचिन्तन गर्न सक्दिनथेँ। फलस्वरूप, मेरो जीवन प्रवेश रोकियो। के मेरो नकारात्मक अवस्था परमेश्वरविरुद्धको एकखाले मौन विरोध थिएन र? मेरो विश्वासका यत्तिका वर्षमा म सधैँ हरदिन हुने हरकुरा परमेश्वरको योजनाबद्ध कार्य र बन्दोबस्तको नतिजा हो भन्थेँ, तर कामकुरा मैले चाहेजस्तो नहुँदा, समर्पित भइनँ र परमेश्वरको सार्वभौमिकतालाई भरोसा गरिनँ। के ती गैरविश्वासीका दृष्टिकोण थिएनन् र?
पछि, मैले खोजिरहेँ: किन मैले आफ्नो भाग्य खोटो भएको महसुस गरिरहेँ? मेरो दृष्टिकोणमा के खराबी थियो? त्यसपछि मैले परमेश्वरका वचनका दुई खण्ड भेट्टाएँ: “व्यक्तिको भाग्य के हुनेछ, यो राम्रो हुनेछ कि खराब हुनेछ भन्नेसम्बन्धी परमेश्वरको बन्दोबस्तलाई मान्छेको नजरद्वारा हेर्नु वा मापन गर्नु वा भाग्य बताउने व्यक्तिको नजरले हेर्नु हुँदैन, न त यो कुरालाई व्यक्तिले आफ्नो जीवनकालमा कति सम्पत्ति र वैभव पाउँछ, वा उसले कति धेरै कष्ट भोग्छ वा भावी सम्भाव्यता, ख्याति र सम्पत्ति पछ्याउने क्रममा ऊ कति सफल हुन्छ भन्ने आधारमा मापन गर्नु नै हुन्छ। यसको बाबजुद पनि, आफ्नो भाग्य खराब छ भनेर भन्ने मानिसहरूले गर्ने गम्भीर गल्ती नै यही हो, साथै अधिकांश मानिसहरूले आफ्नो भाग्य मापन गर्न प्रयोग गर्ने तरिका पनि यही हो। त्यसोभए, धेरैजसो मानिसहरूले आफ्नो भाग्य कसरी मापन गर्छन्? व्यक्तिको भाग्य राम्रो छ कि खराब छ भनेर सांसारिक मानिसहरूले कसरी मापन गर्छन्? मुख्य गरी, तिनीहरूले यो कुरालाई व्यक्तिको जीवन सहज रूपमा अघि बढ्छ कि बढ्दैन, उसले सम्पत्ति र वैभव उपभोग गर्न पाउँछ कि पाउँदैन, उसले अरूको भन्दा उच्च जीवनशैली जिउन पाउँछ कि पाउँदैन, उसले आफ्नो जीवनमा कति धेरै कष्ट भोग्नुपर्छ र कति धेरै आनन्द लिन सक्छ, ऊ कति लामो समय बाँच्छ, उसले कुन पेसा अपनाउँछ, उसको जीवन सङ्घर्षले भरिएको छ कि सहज र सजिलो छ भन्ने कुरामा आधारित गर्छन्—तिनीहरूले कुनै व्यक्तिको भाग्य असल छ कि खराब छ भनेर मापन गर्नको लागि यी कुराहरू र यस्तै अन्य कुराहरू प्रयोग गर्छन्। के तिमीहरूले पनि यसरी नै मापन गर्दैनौ र? (गर्छौँ।) त्यसोभए, जब तिमीहरूमध्ये धेरैजसोले आफूलाई मन नपर्ने कुरा सामना गर्छौ, जब समय कठिन हुन्छ, वा तिमीहरूले उच्च जीवनशैली उपभोग गर्न पाउँदैनौ, तब तिमीहरूले पनि आफ्नो भाग्य खोटो छ भनेर सोच्नेछौ, र तिमीहरू डिप्रेसनमा डुब्नेछौ” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (२))। “परमेश्वरले धेरै पहिले नै मानिसहरूको भाग्य पूर्वनिर्धारित गर्नुभएको छ, र ती अपरिवर्तनीय छन्। यो ‘असल भाग्य’ र ‘खराब भाग्य’ व्यक्तिपिच्छे फरक-फरक हुन्छन्, र ती कुरा वातावरणमा र मानिसहरूले कस्तो महसुस गर्छन् र के पछ्याउँछन् भन्ने कुरामा निर्भर हुन्छन्। त्यसकारण कसैको भाग्य असल पनि हुँदैन र खराब पनि हुँदैन। तैँले साह्रै कठिन जीवन जिउन सक्छस्, तर तैँले यस्तो सोच्न सक्छस्, ‘म उच्च जीवन जिउने प्रयास गरिरहेको छैनँ। पुग्दो खान र लाउन पाए म त्यसैमा खुसी हुन्छु। जीवनमा हर-कसैले कष्ट भोग्नुपर्छ। सांसारिक मानिसहरूले भन्छन्, “वर्षा नभई इन्द्रेनी देखिन्न”, त्यसकारण दुःख-कष्टमा पनि मूल्य हुन्छ। यो त्यति खराब कुरा होइन, र मेरो भाग्य खराब छैन। माथिको स्वर्गले मलाई केही पीडा, केही परीक्षा, र केही सङ्कष्ट दिएको छ। यो किन हो भने उहाँ मलाई निकै सम्मान गर्नुहुन्छ। यो राम्रो भाग्य हो!’ कतिपय मानिसहरू कष्ट भोग्नु खराब कुरा हो, र यसको अर्थ तिनीहरूको भाग्य खराब छ, र जीवन कष्टरहित, आराम र सहज छ भने मात्रै तिनीहरूको भाग्य राम्रो हुन्छ भन्ने सोच्छन्। गैरविश्वासीहरू यसलाई ‘विचारको कुरा’ भन्छन्। परमेश्वरका विश्वासीहरूले ‘भाग्य’ सम्बन्धी यो विषयलाई कसरी लिन्छन्? के हामी ‘असल भाग्य’ वा ‘खराब भाग्य’ भनेर कुरा गर्छौँ? (गर्दैनौँ।) हामी यस्ता कुराहरू गर्दैनौँ। मानौँ, तैँले परमेश्वरमा विश्वास गर्ने हुनाले तेरो भाग्य राम्रो छ, तर त्यसपछि यदि तैँले आफ्नो विश्वासमा सही मार्ग पछ्याउँदैनस्, र तँलाई दण्डित, खुलासा गरियो र हटाइयो भने, के त्यसको अर्थ तेरो भाग्य राम्रो छ भन्ने हुन्छ कि नराम्रो? यदि तँ परमेश्वरमा विश्वास गर्दैनस् भने, तँलाई खुलासा गरिने वा हटाइने सम्भावनै हुँदैन। गैरविश्वासीहरू र धर्मका मानिसहरूले मानिसहरूलाई खुलासा गर्ने वा चिन्नेबारेमा कुरा गर्दैनन्, र तिनीहरूले मानिसहरूलाई सफाइ गर्ने वा हटाउनेबारेमा पनि कुरा गर्दैनन्। मानिसहरूले परमेश्वरमा विश्वास गर्न सके भने, तिनीहरूको भाग्य राम्रो छ भन्ने हुन्छ, तर यदि अन्त्यमा तिनीहरूलाई दण्ड भयो भने, के त्यसको अर्थ तिनीहरूको भाग्य खराब छ भन्ने हुन्छ? एक क्षण तिनीहरूको भाग्य असल हुन्छ, र अर्को क्षण खराब हुन्छ—तर खासमा त्यो कस्तो हो, असल कि खराब? कुनै व्यक्तिको भाग्य असल छ कि छैन भन्ने कुरा मूल्याङ्कन गर्न सकिने कुरा होइन, र मानिसहरूले यो कुरा मूल्याङ्कन गर्नै सक्दैनन्। यो सबै परमेश्वरले गर्नुहुने कुरा हो र परमेश्वरले बन्दोबस्त गर्नुहुने सबै कुरा असल हुन्छन्। यति मात्र हो, हरेक व्यक्तिको भाग्यको दिशा, वा तिनीहरूको वातावरण, र तिनीहरूले सामना गर्ने मानिसहरू, घटनाहरू, र परिस्थितिहरू, र आफ्नो जीवनकालमा तिनीहरूले अनुभव गर्ने जीवन मार्ग फरक-फरक हुन्छन्; यी कुराहरू व्यक्तिपिच्छे फरक-फरक हुन्छन्। हरेक व्यक्ति जिउने वातावरण र तिनीहरू हुर्कने-बढ्ने वातावरण दुवै परमेश्वरले नै तय गर्नुभएको हुन्छ, तर ती दुवै वातावरण पूरै फरक हुन्छन्। हरेक व्यक्तिले आफ्नो जीवनकालमा अनुभव गर्ने कुराहरू पूरै फरक हुन्छन्। तथाकथित कुनै असल भाग्य वा खराब भाग्य भन्ने कुरै हुँदैन—यो सब परमेश्वरले नै मिलाउनुभएको, र परमेश्वरले नै गर्नुभएको हुन्छ। यदि हामीले यो सब परमेश्वरले नै गर्नुभएको हो भन्ने दृष्टिकोणले हेर्यौँ भने, परमेश्वरले गर्नुहुने हरेक कुरा असल र सही हुन्छ; यति मात्र हो, मानिसहरूको अभिरुचि, भावना र छनौटहरूको दृष्टिकोणबाट, कतिपय मानिसहरूले सहज जीवन जिउन रोज्दै, ख्याति र सम्पत्ति, असल प्रतिष्ठा, र संसारको समृद्धि प्राप्त गर्ने, अनि आफ्नो जीवन आफै सम्हाल्ने निर्णय गर्छन्। यसको अर्थ तिनीहरूको भाग्य राम्रो छ, र जीवनभरि सामान्य र असफल भएर जिउनु, समाजको तल्लो स्तरमा जिउनु खराब भाग्य हो भन्ने तिनीहरूलाई लाग्छ। सांसारिक कुराहरू पछ्याउने र संसारमा जिउन खोज्ने गैरविश्वासी र सांसारिक मानिसहरूको दृष्टिकोणबाट हेर्दा, विभिन्न कुराहरू यस्तै देखिन्छन्, र असल भाग्य र खराब भाग्यको विचार यसरी नै पैदा भएको हुन्छ। असल भाग्य र खराब भाग्यको विचार भाग्यसम्बन्धी मान्छेको सङ्कीर्ण बुझाइ र सतही अनुभूतिबाट, अनि मानिसहरूले कति भौतिक कष्ट भोग्छन्, र कति धेरै आनन्द, ख्याति र लाभ प्राप्त गर्छन्, र यस्तै अन्य कुराहरूसम्बन्धी तिनीहरूको मूल्याङ्कनबाट मात्रै पैदा भएको हुन्छ। वास्तवमा, मान्छेको भाग्यप्रतिको परमेश्वरको बन्दोबस्त र सार्वभौमिकताको दृष्टिकोणद्वारा हामीले यसलाई हेर्यौँ भने, असल भाग्य वा खराब भाग्य भनेर व्याख्या नै गरिँदैन। के यो सही होइन र? (हो।) यदि तैँले मान्छेको भाग्यलाई परमेश्वरको सार्वभौमिकताको दृष्टिकोणले हेर्छस् भने, परमेश्वरले गर्नुहुने सबै कुरा असल हुन्छ, र ती कुराहरू नै हरेक व्यक्तिलाई चाहिने कुरा हुन्छन्। यस्तो किन हुन्छ भने, विगत र वर्तमान जीवनमा कारण र प्रभावले भूमिका खेलेको हुन्छ, ती कुराहरू परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ, ती कुराहरूमाथि परमेश्वरको सार्वभौमिकता हुन्छ, र परमेश्वरले नै ती कुराहरूको योजना र बन्दोबस्त गर्नुभएको हुन्छ—मानवजातिसँग कुनै विकल्प हुँदैन। यदि हामीले यो दृष्टिकोणले हेर्यौँ भने, मानिसहरूले आफ्नो भाग्यलाई असल वा खराब भनेर मूल्याङ्कन गर्नु हुँदैन, होइन र?” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (२))। परमेश्वरका वचनले मानिसको “राम्रो” र “खोटो” भाग्यबारेको दृष्टिकोणको निरर्थकतालाई स्पष्टसँग औँल्याए। मानिसहरू आफ्नो जीवन सहज हुन्छ कि हुन्न, हैसियत र सम्पत्ति पाइन्छ कि पाइन्न, अनि प्रसिद्धि र धन पाइन्छ कि पाइन्न भन्ने आधारमा आफ्नो भाग्यलाई तौलन्छन्। व्यक्तिगत प्राथमिकताको आधारमा निर्णयहरू गर्नु भनेको गैरविश्वासीको विचार हो र यो सत्यताअनुरूप हुँदैन। परमेश्वरका हकमा, राम्रो वा खोटो भाग्य भन्ने कुरा हुँदैन। परमेश्वर मानिसहरूको विगत र वर्तमान जीवनका आधारमा तिनीहरूको भाग्य निर्धारण गर्नुहुन्छ। परमेश्वरले तिनीहरूको भाग्यको पूर्वनिर्धारण र बन्दोबस्त गर्नुहुन्छ। मैले बुझेँ, मेरो विचार कुनै अविश्वासीको भन्दा फरक छैन। म सारा जीवन धन र हैसियतको पछि लागेँ, विशिष्ट हुन अनि प्रसिद्धि र समृद्धि पाउन खोजेँ। सोचेँ, आदर रसाथ पाउनु भनेको खोटो भाग्यको सङ्केत हो, तर मेरो औसत, साधारण जीवन, गरिबीमा जिउनु अनि आदर र महत्त्व पाउन नसक्नु भनेको खोटो भाग्यको चिन्ह हो। त्यतिबेला मैले देखेँ, मेरो विचार गलत र शैतानबाट आएको आएकोथियो। यो त अविश्वासीहरूद्वारा समर्थित भाग्यको सीमित बुझाइ थियो। मैले बुझेँ, प्रसिद्धि र धेरै धन कमाउनेहरूसँग सम्मान, गौरव अनि अरूको आदर र साथ, र राम्रो भाग्य त होला, तर तिनीहरू आत्मिक रूपमा खोक्रा हुन्छन्, कष्ट भोग्छन्, तिनीहरूलाई जीवन निरस लाग्छ, र कतिपय त लागुपदार्थ सेवन र आत्महत्यासमेत गर्छन्। कोहीचाहिँ आफ्नो अख्तियारको आडमा समस्या निम्त्याउँछन्, दुष्कर्म गर्छन् र कानुन तोड्छन्, जेल पर्छन् र आफ्नो प्रतिष्ठा गुमाउँछन्। के त्यस्ता मानिसको भाग्य साँच्चै राम्रो हुन्छ? मैले देखेँ, मान्छेको भाग्य ऊसँग धन र गौरव छ-छैन वा उसले कति कष्ट भोग्यो भन्नेमा आधारित हुँदैन। कोही कति धनी वा गरिब हुन्छ भन्ने कुरा परमेश्वरले पूर्वनिर्धारण गर्नुहुन्छ। परमेश्वर हाम्रो आवश्यकताको आधारमा हाम्रो जीवन पूर्वनिर्धारण गर्नुहुन्छ र उहाँका सबै बन्दोबस्त राम्रा हुन्छन्। परमेश्वरका लागि राम्रो वा खोटो भाग्य भन्ने हुँदैन। म भने गरिबीमा हुर्किए, कठिनाइ र ठक्कर खेपे, अनि निकै दुःख भोगे पनि दुःखको मेरा सबै अनुभवले मेरो सङ्कल्प मजबुत बनाए; यो मेरो जीवनको एकदमै मूल्यवान क्षमता हो। अझ, म प्रतिष्ठा र हैसियतको अति भोको छु। मैले विश्वविद्यालय गएर ख्याति र धन कमाएको भए म निश्चय नै त्यो दुष्ट प्रवृत्तिमा डुब्नेथेँ। के तब मैले सृष्टिकर्तासामु आएर परमेश्वरको मुक्ति पाउनेथेँ? म अगुवा चुनिनेछैनँ भनेर पनि परमेश्वरले पूर्वनिर्धारण गर्नुभएको थियो। ममा परमेश्वरका वचन बुझ्ने केही क्षमता थियो, र म आफ्ना ब्रदर-सिस्टरहरूका निश्चित समस्याहरू चिन्न सक्थेँ, तर म त्यति निपुण थिइनँ, र ठूला कार्यभार सम्हाल्न सक्दिनथेँ। अगुवाहरूले धेरै काम सम्हाल्नुपर्छ, र समस्याहरू राम्ररी सम्हालिएन भने त्यसले मण्डलीको काममा हानि गर्छ। अहिले म आफूले सक्ने कर्तव्य पूरा गर्छु, यो म र मण्डलीको कामका लागि लाभदायक छ। मैले परमेश्वरले मेरा लागि योजनाबद्ध गर्नुभएको परिस्थितिपछाडि साँचो अभिप्राय देखेको छु। म यी निरर्थक दृष्टिकोणअनुसार जिउँथेँ, सम्भ्रान्त जीवन जिउने चाहना गर्थेँ। कामकुरो आफूले भनेअनुसार र आफ्नो चाहनाअनुरूप नहुँदा, म आफ्नो खोटो भाग्यबारे गुनासो गर्थेँ, डिप्रेसनमा जान्थेँ र परमेश्वरविरुद्ध विद्रोह गर्थेँ। विश्वासीका रूपमा, म परमेश्वरको वचनअनुसार जिइनँ, बरु अविश्वासीहरूका गलत दृष्टिकोण पालन गरेँ। म परमेश्वरविरुद्ध विद्रोह र उहाँको विरोध गरिरहेकी थिएँ! यो महसुस भएछि, आफूले गरेको काम सम्झेर तर्सिएँ, त्यसैले परमेश्वरलाई प्रार्थना गरेँ: “हे परमेश्वर, म सत्यता बुझ्दिनँ र तपाईंको सार्वभौमिकता र बन्दोबस्तमा समर्पित भएकी छैनँ। म साँच्चै अहङ्कारी र अविवेकी छु। म मेरा निर्थरक दृष्टिकोण सच्याउन, तपाईंको सार्वभौमिकता र बन्दोबस्तमा समर्पित हुन र अब तपाईंको प्रतिरोध नगर्न इच्छुक छु।”
पछि, मैले परमेश्वरका वचनका थप दुई खण्ड भेट्टाएँ, जसबाट मैले नकारात्मक भावनाका हानिकारक नतिजाबारे केही मात्रामा बुझेँ। परमेश्वरको वचन भन्छ: “आफ्नो भाग्य खोटो छ भनेर सोच्ने ती मानिसहरूले परमेश्वरमा विश्वास गरे पनि, र विभिन्न कुरा त्याग्न, आफूलाई अर्पित गर्न र परमेश्वरलाई पछ्याउन सक्ने भए पनि, तिनीहरूले परमेश्वरको घरमा स्वतन्त्र, मुक्त र ढुक्क भएर आफ्नो कर्तव्य निर्वाह गर्न सक्दैनन्। किन तिनीहरूले यसो गर्न सक्दैनन्? किनभने तिनीहरूले आफूभित्र कैयौँ चरम र अस्वाभाविक विचार र दृष्टिकोणहरू बोकेर हिँड्छन्, जसले गर्दा तिनीहरूमा चरम संवेगहरू पैदा हुन्छन्। यी चरम संवेगहरूले गर्दा विभिन्न कुराहरू मूल्याङ्कन गर्ने तिनीहरूको तरिका, तिनीहरूको सोच्ने शैली, र हेर्ने दृष्टिकोण चरम, गलत र विकृत तर्कहरूबाट आएको हुन्छ। तिनीहरूले विभिन्न समस्या र मानिसहरूलाई यही चरम र गलत दृष्टिकोणबाट हेर्छन्, र यसरी तिनीहरू यही नकारात्मक संवेगको प्रभाव र असरमा रहेर जिउने, सोहीअनुसार मानिसहरू र परिस्थितिहरूलाई हेर्ने, र सोहीअनुसार आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने गर्छन्। अन्त्यमा, तिनीहरू जे-जसरी जिए पनि, यति थकित हुन्छन् कि तिनीहरूले परमेश्वरमाथिको आफ्नो विश्वास अनि सत्यताको खोजप्रति कुनै जाँगर बटुल्न सक्दैनन्। तिनीहरूले आफ्नो जीवन जे-जसरी जिउने निर्णय गरे पनि, सकारात्मक वा सक्रिय रूपमा आफ्नो कर्तव्य पूरा गर्न सक्दैनन्, र परमेश्वरमा धेरै वर्ष विश्वास गरे पनि, तिनीहरूले आफ्नो कर्तव्य आफ्नो सारा हृदय र प्राणले पूरा गर्नमा वा चित्तबुझ्दो तरिकाले कर्तव्य निभाउनमा कहिल्यै ध्यान दिँदैनन्, झन् तिनीहरूले सत्यता पछ्याउनु, वा सत्यताका सिद्धान्तहरूअनुसार अभ्यास गर्नु त अवश्यै धेरै परको कुरा हो। यस्तो किन हुन्छ? अन्तिम विश्लेषण गरेर हेर्दा, के देखिन्छ भने, तिनीहरूले सधैँ आफ्नो भाग्य खराब छ भन्ने विश्वास गर्ने हुनाले यस्तो हुन्छ, र यसले गर्दा तिनीहरूमा निकै ठूलो डिप्रेसनको संवेग पैदा हुन्छ। तिनीहरू पूर्णतया जोसरहित, र कुनै सकारात्मक वा आशावादी व्यवहार प्रस्तुत नगर्ने जिउँदो लासजस्तै असहाय र शक्तिहीन बन्छन्, झन् तिनीहरूमा आफ्नो कर्तव्य, जिम्मेवारी, र दायित्वमा बफादारी समर्पित गर्न चाहिने सङ्कल्प वा जाँगर हुनु त धेरै परको कुरा हो। बरु, तिनीहरूले विनाउद्देश्य र भ्रमित रूपमा अनि विनाचेतना समय काट्दै, लापरवाही मनोवृत्ति लिएर मन नलागी-नलागी सङ्घर्ष गर्दै दिनहरू बिताउँछन्। यसरी कति समय अल्याङटल्याङ गर्दै अघि बढ्ने हो, त्यो तिनीहरूलाई थाहै हुँदैन। अन्त्यमा, तिनीहरूसँग आफूलाई यसो भन्दै चेतावनी दिनेबाहेक अरू कुनै उपाय हुँदैन, ‘अहो, म जति सक्छु त्यति लामो समयसम्म अल्याङटल्याङ गर्दै अघि बढिरहनेछु! यदि एक दिन म अघि बढ्नै नसक्ने अवस्थामा पुगेँ, र मण्डलीले मलाई निकाल्न र हटाउन चाहन्छ भने, तिनीहरूले मलाई हटाउन सक्नेछन्। किनभने मेरो भाग्य नै खोटो छ!’ देखिस् त, तिनीहरूले बोल्ने कुरा पनि कति हरेसलाग्दो छ। यो डिप्रेसनको संवेग साधारण मनस्थिति मात्रै होइन, बरु अझै महत्त्वपूर्ण कुरा त यसले मानिसहरूको विचार, हृदय, र खोजमा पनि भयानक असर पार्छ। यदि तैँले आफ्नो डिप्रेसनको संवेगलाई समयमै र तुरुन्तै परिवर्तन गर्न सक्दैनस् भने, त्यसले तेरो पूरै जीवनमा असर गर्ने मात्रै होइन, तेरो जीवन नष्ट गरेर तँलाई मृत्युमा समेत पुर्याउँछ। परमेश्वरमा विश्वास गरे पनि, तैँले सत्यता र मुक्ति पाउन सक्नेछैनस्, र अन्त्यमा, तँ नष्ट हुनेछस्” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (२))। “यस्तो खाले डिप्रेसन सरल वा क्षणिक विद्रोह होइन, र यो भ्रष्ट स्वभावको क्षणिक प्रकटीकरण पनि होइन, झन् यो भ्रष्ट स्थितिको प्रकटीकरण हुने त कुरै आउँदैन। बरु, यो त परमेश्वरप्रतिको मौन प्रतिरोध हो, र परमेश्वरले तिनीहरूको लागि तय गर्नुभएको भाग्यप्रति गरिएको असन्तुष्टिपूर्ण मौन प्रतिरोध हो। यो एउटा सरल नकारात्मक संवेग मात्रै हो, तैपनि यसले मानिसहरूमा ल्याउने परिणामहरू भ्रष्ट स्वभावले ल्याउने परिणामहरूभन्दा गम्भीर हुन्छन्। यसले तँलाई आफूले पूरा गर्नुपर्ने कर्तव्यप्रित, र आफ्नो दैनिक जीवन र जीवन यात्राप्रति सकारात्मक र सही मनोवृत्ति अपनाउनबाट रोक्ने मात्रै होइन, अझै गम्भीर रूपमा यसले तँलाई डिप्रेसनमा परी नष्ट हुनेसमेत पार्नेछ” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (२))। परमेश्वरका वचनबाट मैले बुझेँ, कसैले आफ्नो भाग्य खोटो भएको सोच्छ भने, उसले यो गलत र चरम दृष्टिकोणअनुसार परमेश्वरमा विश्वास गर्दा, कर्तव्य निभाउँदा र अरूलाई व्यवहार गर्दा वा परिस्थिति सामना गर्दा, ऊ नकारत्मकता र डिप्रेसनमा डुब्ने, आफ्नो कर्तव्यमा अलमल्ल पर्ने, झारा टार्ने, कुनै सरोकार नराख्ने र अघि बढ्न नचाहने सम्भावना हुन्छ। डिप्रेसनमा डुब्दा अधोगति हुन सक्छ, अन्तत: मुक्तिका सबै मौका नष्ट हुन्छ। मैले बुझेँ, यो दृष्टिकोण त्यागिनँ भने नतिजा एकदमै भयानक हुनेछ! म कसरी आफ्नो भाग्य खोटो छ भन्ने सोचका साथ जिउँथेँ भनी विचार गरेँ। आँखाको समस्याले गर्दा पढाइ छोड्नुपरेपछि, ख्याति र धन कमाउने सपना चकनाचुर भयो, र म धनी व्यक्तिको सम्मानजनक जीवन जिउन सक्नेथिइनँ, त्यसैले मलाई धेरै पीडा भयो र जीवनको आशा गुमाएँ। विश्वासी बनेर आफ्नो कर्तव्य निभाएपछि पनि उच्च हैसियत खोजेँ, अनि बढुवा नगरिँदा र अगुवा नचुनिँदा मैले आफ्ना कमीबारे मनन गरिनँ, आफूलाई चिनिनँ, बरु, निरन्तर आफ्नो खोट भाग्यलाई कोसेँ र नकारात्मक अवस्थामा जिएँ, सत्यता पछ्याउन इच्छुक भइनँ। पछि, गर्दनको मेरुदण्डमा समस्या आएपछि, मलाई भविष्यमा कहिल्यै विशिष्ट बन्न सक्दिनँ भन्ने लाग्यो, त्यसैले आफ्नो कर्तव्यमा सुस्ताएँ, असफलता स्विकारेँ, र बिस्तारै परमेश्वरदेखि टाढिएँ। मैले बुझेँ, राम्रो वा खोटो भाग्य हुने यो दृष्टिकोणले मलाई कसेर बाँधेको र जकडेको थियो, म परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तमा समर्पित हुन सकिनँ र झन्-झन् प्रतिरोधी बन्दै थिएँ। सधैँ आफ्नो भाग्य खोटो छ भन्ने अविश्वासीहरूलाई सम्झेँ। तिनीहरू गरिब र शक्तिहीन थिए, समाजको तल्लो वर्गमा जिउँथे, अरूको सम्मान पाउँदैनथे र प्रायः धम्की पाउँथे, त्यसैले, तिनीहरूले आफ्नो भाग्य बदल्न हरसम्भव प्रयास गरे, तर कामकुरा आफ्नो आशाअनुसार नहुँदा, आफ्नो जीवन अन्त्य गर्नेबारे सोच्थे। अरू अविश्वासीहरूले वर्षौँ मेहनतका साथ पढे पनि हैसियत वा धन कमाउन सकेनन् र आफ्नो भाग्यखोटो छ भन्ने सोचे, केही त चरम डिप्रेसनमा गएर पागलपनको सिकारसमेत बन्थे। मैले देखेँ, मानिसले सत्यता नबुझ्दा र निरर्थक दृष्टिकोणअनुसार जिउँदा, तिनीहरू आफूलाई उचित व्यवहार गर्दैनन् र मानिस, घटना र कामकुरालाई सही रूपमा हेर्दैनन्, अन्तत: डिप्रेसनमा डुब्न पुग्छन्। यी दृष्टिकोण शैतानबाट आउँछन्। शैतानले यी निरर्थक दृष्टिकोण प्रयोग गरेर मानिसलाई छल्छ र हानि गर्छ, जसले गर्दा तिनीहरू डिप्रेसनमा जान्छन्, पतित हुन्छन्, सत्यता पछ्याउँदैनन्, र, अन्तत: हटाइन्छन्। मैले यी सबै बुझेपछि मैले महसुस गरेँ, म अब राम्रो र खोटो भाग्य भन्ने दृष्टिकोणले कामकुरालाई हेर्नु हुँदैन। मैले त्यस्तै गरिरहे, समस्यमा पर्नेथेँ। त्यसैले परमेश्वरलाई प्रार्थना गरेँ: “हे परमेश्वर! तपाईंले योजनाबद्ध गर्ने हरेक परिस्थितिको नियत चोखो हुन्छ र म तिनमा समर्पित हुनेछु। म कर्तव्य निभाउँदा आफ्नो भ्रष्टता हटाउनेछु र आफ्नो कर्तव्यमा सुधार गर्न खोज्नेछु।”
खोज्ने क्रममा, मैले परमेश्वरका वचनको यो खण्ड भेट्टाएँ: “भाग्यप्रति मानिसहरूको मनोवृत्ति कस्तो हुनुपर्छ? तैँले सृष्टिकर्ताको बन्दोबस्त पालना गर्नुपर्छ, सृष्टिकर्ताले यी कुराहरू बन्दोबस्त गर्नुपछाडि उहाँको उद्देश्य र अर्थ के छ भन्नेबारे सक्रियता र मेहनतसाथ खोजी गरेर सत्यताको बुझाइ हासिल गर्नुपर्छ, परमेश्वरले तेरो लागि मिलाउनुभएको यो जीवनमा तैँले आफ्नो उत्कृष्ट भूमिका निर्वाह गर्नुपर्छ, सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य, जिम्मेवारी, र दायित्व पूरा गर्नुपर्छ, र आफ्नो जीवन अझै अर्थपूर्ण र मूल्यवान् बनाउनुपर्छ, र अन्तिममा तैँले यसो गरेर सृष्टिकर्तालाई तँप्रति प्रसन्न तुल्याउनुपर्छ र उहाँलाई तेरो स्मरण गर्ने बनाउनुपर्छ। अवश्य नै, तैँले आफ्नो खोज र मेहनतद्वारा मुक्ति प्राप्त गर्नु अझै राम्रो हुनेछ—यो सबैभन्दा उत्कृष्ट परिणाम हुनेछ। जे होस्, भाग्यको सन्दर्भमा, सृष्टि गरिएको मानवजातिमा हुनुपर्ने सबैभन्दा उचित मनोवृत्ति भनेको अन्धाधुन्ध मूल्याङ्कन र परिभाषा नगर्नु वा यसलाई सम्हाल्न चरम शैली नअपनाउनु हो। अनि अवश्यै मानिसहरूले आफ्नो भाग्यलाई प्रतिरोध, छनौट, वा परिवर्तन गर्ने प्रयास गर्नु नै हुँदैन, बरु तिनीहरूले यसलाई बुझ्न, र यसलाई खोजी, अन्वेषण, र पालन गर्न हृदय प्रयोग गरी यसलाई सकारात्मक रूपमा लिनुपर्छ। अन्त्यमा, परमेश्वरले तेरो लागि तय गर्नुभएको जिउने वातावरण र तेरो जीवन यात्रामा, तैँले परमेश्वरले तँलाई सिकाउनुहुने आचरणको तौरतरिका खोजी गर्नुपर्छ, परमेश्वरले तँलाई हिँड्न लगाउनुहुने बाटो पहिल्याउनुपर्छ, र यसरी परमेश्वरले तेरो लागि मिलाउनुभएको भाग्य अनुभव गर्नुपर्छ, र अन्त्यमा, तँ आशिषित हुनेछस्। जब सृष्टिकर्ताले तेरो लागि मिलाउनुभएको भाग्यलाई तैँले यसरी अनुभव गर्छस्, तब तैँले शोक, दुःख, आँसु, पीडा, निराशा, र असफलता मात्रै होइन, अझै महत्त्वपूर्ण रूपमा, आनन्द, शान्ति, र सान्त्वना, साथै परमेश्वरले तँलाई प्रदान गर्नुहुने सत्यताको अन्तर्दृष्टि र ज्योति पनि अनुभव गर्नेछस्। अनि यति मात्र होइन, जब तँ जीवनको बाटोमा अलमलिएको हुन्छस्, जब तैँले निराशा र असफलता सामना गर्छस्, र जब तैँले छनौट गर्नुपर्ने हुन्छ, तब तैँले सृष्टिकर्ताको अगुवाइ अनुभव गर्नेछस्, र अन्त्यमा तैँले सबैभन्दा अर्थपूर्ण जीवन कसरी जिउने त्यसको बुझाइ, अनुभव र ज्ञान प्राप्त गर्नेछस्” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (२))। मैले परमेश्वरका वचनमार्फत् उहाँको इच्छा बुझेँ र उहाँको मन कति दयालु छ भन्ने देखेँ। हामीलाई जीवनमा कठिनाइ र निराशा आइपरे पनि, त्यसको अर्थ हामीले आफ्नो भाग्यलाई प्रतिरोध गर्नु र बदल्नुपर्छ भन्ने होइन। बरु, हामी परमेश्वरले पूर्वनिर्धारण गर्नुभएको कुरामा समर्पित हुनैपर्छ, परमेश्वरले हाम्रा लागि योजनाबद्ध गर्नुभएका मानिस, घटना र कुराबाट सिक्नैपर्छ र सत्यता पाउनैपर्छ। अनि मात्र हामीले साँचो शान्ति र आराम फेला पार्नेछौँ। मैले परमेश्वरकै अनुमतिले म अगुवा नचुनिएको कुराबारे विचार गरेँ। मसँग राम्रो कार्यकौशल थिएन र मैले एउटा कर्तव्य गर्न अनि साधारण अनुयायी बन्न सुहाउँथ्यो, मेरा लागि सर्वश्रेष्ठ स्थान त्यही नै थियो। अहिले मण्डलीले मलाई मलजलको कर्तव्य सुम्पेको छ। यस कर्तव्यमार्फत् मैले परमेश्वरको काम जान्नेबारे उहाँका धेरै वचन पढेकी छु, मैले सुसमाचार सुनाउने र मानिसहरू खुट्ट्याउनेबारे निश्चित सिद्धान्त बुझेकी छु, मैले आफ्नो भ्रष्ट स्वभावबारे केही ज्ञान पाएकी छु र अब म परमेश्वरले मेरा लागि योजनाबद्ध गर्ने परिस्थितिप्रति समर्पित हुन सक्छु। यी सब साँचो लाभ र सबैभन्दा बहुमूल्य धन हुन्। अब मैले बुझेँ, हाम्रो सारा जीवन परमेश्वरले बन्दोबस्त र पूर्वनिर्धारण गर्नुहुन्छ। समर्पित भएर, हरप्रकारका परिस्थितिमा सत्यता पछ्याएर र पाएर, स्वभाव परिवर्तन गरेर र परमेश्वरको मुक्ति पाएर मात्रै साँच्चै राम्रो भाग्य पाउन सकिन्छ। त्यसपछि मैले परमेश्वरका वचनअनुसार कार्य गरेँ, आफ्नो कर्तव्य बफादारी र भक्तिका साथ निभाएँ, र आत्मचिन्तन गरेँ अनि ठक्कर र असफलताबाट सिकेँ। यसरी अभ्यास गर्दा मैले शान्ति र खुसी पाएँ।
हालै, हाम्रा अगुवाले हामीलाई प्रतिभावान् ब्रदर-सिस्टरहरू सिफारिस गर्न लगाउनुभएको छ, र मैले मनमनै सोचेँ: “बढुवा पाए गर्वको क्षण हुनेथ्यो। म राज्यको सुसमाचार विस्तारमा योगदान दिन सक्थेँ, र मेरो बढुवा भएको सुनेपछि अरूले निश्चय नै मेरो इर्ष्या र आदर गर्नेथे।” तर, अगुवाले मलाई भने, मेरो रोगका कारण म बाहिर गएर गर्नुपर्ने कर्तव्य पूरा गर्न योग्य छैनँ। म अलि खिन्न भएँ र आफैसँग गुनासो पोखेँ: “मेरा सबै ब्रदर-सिस्टर स्वस्थ देखिन्छन्, र तिनीहरू बढुवा हुन र अभ्यास गर्ने अझ धेरै मौका पाउन सक्छन्, म भने घरमै बस्नुपर्छ र मसँग विशिष्ट हुने र यश पाउने मौकै छैन। मेरो भाग्यै खोटो छ।” यी विचारहरू देखापर्न थालेपछि मलाई आफू फेरि खराब स्थितिमा जिइरहेको महसुस भयो, त्यसैले परमेश्वरसामु आएर प्रार्थना र खोजी गरेँ। मैले परमेश्वरका यी वचन देखेँ: “हैसियत मानिसहरूको लागि परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको कुरा होइन; परमेश्वरले मानिसहरूलाई सत्यता, बाटो, र जीवन दिनुहुन्छ, र अन्तिममा तिनीहरूलाई सृष्टी गरिएको स्वीकार्य प्राणी अर्थात् सृष्टि गरिएका साना र महत्त्वहीन प्राणी बनाउनुहुन्छ—हैसियत र प्रतिष्ठा भएको र हजारौँ मानिसहरूले सम्मान गर्ने व्यक्ति बनाउनुहुन्न। त्यसकारण, यसलाई जुन दृष्टिकोणले हेरे पनि, हैसियतको पछि लाग्नु भनेको गन्तव्यहीन मार्गमा हिँड्नु हो। हैसियतको पछि लाग्ने तेरो बहाना जति नै तार्किक भए पनि, यो अझै पनि गलत मार्ग नै हुन्छ, र परमेश्वरले यसलाई अनुमोदन गर्नुहुन्न। तैँले जति धेरै प्रयास गरे पनि वा जति ठूलो मूल्य चुकाए पनि, यदि तँ हैसियत पाउने इच्छा गर्छस् भने, परमेश्वरले तँलाई त्यो दिनुहुनेछैन; यदि परमेश्वरले दिनुहुन्न भने, त्यो प्राप्त गर्न लडाइँ गर्दा तँ असफल हुनेछस्, र यदि तैँले लडाइँ गरिरहिस् भने एउटै मात्र परिणाम आउनेछ: तेरो खुलासा गरिनेछ र तँलाई हटाइनेछ, र यो गन्तव्यहीन मार्ग हो। तँ यो बुझ्छस् नि, हैन?” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। “परमेश्वरको घरले धेरै ख्रीष्टविरोधी र दुष्ट मानिसहरूलाई हटाएको छ, र त्यसैले सत्यता पछ्याउने कतिपय मानिसहरूले ख्रीष्टविरोधीहरूको असफलता देखेर त्यस्ता मानिसहरूले लिएको मार्गबारे चिन्तन गर्छन्, अनि तिनीहरूले आत्मचिन्तन गरेर आफूलाई चिन्ने काम पनि गर्छन्। यसबाट तिनीहरू परमेश्वरको अभिप्राय बुझ्छन्, साधारण अनुयायी बन्ने सङ्कल्प गर्छन्, अनि सत्यता पछ्याउन र आफ्नो कर्तव्य राम्ररी निभाउनमा ध्यान दिन्छन्। परमेश्वरले तिनीहरू सेवाकर्ता वा तल्लो स्तरका महत्त्वहीन मानिसहरू हुन् भनेर भन्नुभए पनि, तिनीहरूलाई त्यो ठिकै लाग्छ। तिनीहरू परमेश्वरको नजरमा तल्लो स्तरका र तुच्छ महत्त्वहीन अनुयायी नै बन्ने प्रयास गर्छन्, जो अन्त्यमा परमेश्वरद्वारा सृष्टि गरिएका स्वीकार्य प्राणी कहलिन सक्छन्। यस्ता व्यक्तिहरू असल हुन्छन्, र यस्ता व्यक्तिहरूलाई परमेश्वरले अनुमोदन गर्नुहुनेछ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरका वचनबाट बुझेँ, मान्छे परमेश्वरको हैसियतविहीन, सानो र महत्त्वहीन प्राणी मात्र हो। समझदार व्यक्तिका रूपमा म व्यावहारिक भई आफ्नो ठाउँमा स्थिर रहनुपर्छ, सत्यता पाउन र आफ्नो जीवन स्वभाव बदल्न खोज्नुपर्छ, किनकि यो परमेश्वरले स्याबासी दिने कुरा हो। मैले प्रतिष्ठा र हैसियत खोजिरहेँ भने, अन्तत: परमेश्वरद्वारा हटाइनेछु। मैले राम्रो भाग्य भएका भनेर प्रशंसा र आदर गर्ने मानिसहरूबारे सोचेँ, जस्तै झाओ जुई, मेरी पहिलेकी सहकर्मी। उनी प्रतिभावान्, निकै राम्रो वक्ता थिइन्, र महत्त्वपूर्ण पदमा बढुवा भएकी थिइन्। तर उनी कर्तव्य निभाउँदा सधैँ प्रतिष्ठा र हैसियत खोज्थिन्, जसले मण्डलीको काममा ठूलो अवरोध पुर्यायो। प्रतिस्थापित गरिएपछि उनी पछुताइनन्, र विभिन्न दुष्कर्म गरेकोमा निकालिइन्। उनको असफलता मेरा लागि चेतावनी थियो। मैले देखेँ, मानिसहरूले सत्यता नपछ्याउँदा र सधैँ प्रतिष्ठा र हैसियतका लागि लागिपर्दा, तिनीहरू खुलासा गरिएर हटाइनेछन्। मैले आफ्नो अवस्थाको कारण बाहिर गएर कर्तव्य निभाउन नसक्ने भएकाले मैले आफैसँग गुनासो गर्न थालेँ; प्रतिष्ठा र हैसियतप्रतिको मेरो चाहना फेरि पलाइरहेकोथ्यो। सोचेँ, बाहिर गएर कर्तव्य निभाउँदा विशिष्ट हुन सक्नेछु र यसको अर्थ मेरो भाग्य राम्रो छ। म अझै प्रतिष्ठा र हैसियत खोजिरहेकी थिएँ र परमेश्वरविरोधी मार्गमा हिँडिरहेकी थिएँ। म परमेश्वरको प्राणीका रूपमा रहेको उहाँ चाहनुहुन्छ, चाहे म बाहिर जाऊँ वा घरमै बसूँ, म सधैँ आफ्नो कर्तव्य निभाउन, अनि सत्यता र स्वभावगत परिवर्तन पछ्याउन सक्छु। मलाई परमेश्वरका योजनाबद्ध कार्यमा समर्पित हुनुपर्छ र इमानदारीसाथ कर्तव्य पूरा गर्नुपर्छ भन्ने थाहा थियो, यसले मात्र मलाई ढुक्क पार्नेथ्यो।
यो अनुभवमार्फत्, मैले आफ्ना गलत दृष्टिकोणबारे केही ज्ञान पाएँ, र आफ्नो तथाकथित खोटो भाग्यबारे मेरो गुनासो कसरी परमेश्वरविरुद्ध विद्रोह र उहाँको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुन अस्वीकार गर्नु हो भन्ने देखेँ। मैले यस गरिरहेँ भने मुक्तिको मौका गुमाउनेथेँ। अघि बढ्दा, मैले आफ्ना गलत दृष्टिकोण त्याग्ने, समर्पित हुने र आफ्नो कर्तव्य राम्ररी निभाउने प्रण गरेकी छु।