अध्याय २६

परमेश्‍वरले बोल्‍नुभएका सबै वचनबाट के देख्‍न सकिन्छ भने, बितेर जाने हरेक दिनसँगै परमेश्‍वरको दिन नजिकिँदैछ। यस्तो लाग्छ, मानौं यो दिन मानिसहरूकै आँखाअगाडि छ, मानौं यो भोलि नै आइपुग्‍नेछ। तसर्थ, परमेश्‍वरका वचन पढिसकेपछि, सबै मानिस आतङ्कित हुन्छन्, र तिनीहरूले हल्‍का वर्षासँगै बतास चल्दा झर्ने पातहरूजस्तै संसारको केही विनाश पनि अनुभूति गर्छन्। मानिसहरूको नामनिसानै मेटिन्छ, मानौं तिनीहरू सबै पूर्ण रूपमा लोप भएका छन्। हरेकले अशुभ अनुभूति गर्छन्, र सबै मानिसले कठिन प्रयास गरे पनि र परमेश्‍वरको इच्‍छालाई सन्तुष्ट पार्ने प्रयास गरे पनि, अनि परमेश्‍वरको इच्‍छा सहज रूपमा र वाधारहित रूपमा अघि बढोस् भनेर हरेक व्यक्तिले परमेश्‍वरको अभिप्रायलाई सन्तुष्ट तुल्याउन आफ्‍नो सारा सामर्थ्यको प्रयोग गरे पनि, त्यस्तो भावनामा सधैँ पूर्वचेतावनीको अनुभूति मिसिएको हुन्छ। आजका वाणीहरूलाई लिऊँ: यदि यी वाणी धेरै मानिसलाई सुनाइएको र समस्त ब्रह्माण्डको निम्ति घोषणा गरिएको भए, सबै मानिस घुँडा टेकेर रुनेथिए, किनभने आत्मिक मामिलाहरूलाई बुझ्‍ने सबैले “म सारा पृथ्वीलाई रेखदेख गर्नेछु र संसारको पूर्वमा धार्मिकता, प्रताप, क्रोध, र सजायसहित देखा पर्दै, असंख्य मानवजातिमाझ आफैलाई प्रकट गर्नेछु” भन्‍ने वचनहरूमा परमेश्‍वरको सजायबाट कोही पनि उम्कन सक्दैन, र सजायको कष्ट भोगिसकेपछि, सबै मानिसलाई तिनीहरूको प्रकारअनुसार अलग गरिनेछ भन्‍ने कुरा देख्छन्। साँच्‍चै नै यो, परमेश्‍वरको कामको एउटा चरण हो, र यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन। जब परमेश्‍वरले संसारको सृष्टि गर्नुभयो, जब उहाँले मानवजातिलाई अगुवाइ गर्नुभयो, तब उहाँले आफ्‍नो बुद्धि र आश्‍चर्यजनकता देखाउनुभयो, र उहाँले यस युगलाई समाप्त गर्नुभएपछि मात्रै मानिसहरूले उहाँको साँचो धार्मिकता, प्रताप, क्रोध र सजायलाई देख्‍नेछन्। यसको साथै, सजायमार्फत मात्रै तिनीहरूले उहाँको धार्मिकता, प्रताप र क्रोधलाई देख्‍न सक्छन्; आखिरी दिनहरूको अवधिमा परमेश्‍वरको देहधारण अत्यावश्यक र अपरिहार्य भएझैँ, यो बाटो पनि हिँड्नु अत्यावश्यक र अपरिहार्य छ। सबै मानवजातिको अन्त्यको घोषणा गरिसकेपछि मात्रै, परमेश्‍वरले मानिसलाई उहाँले आज गर्नुहुने काम देखाउनुहुन्छ। उदाहरणको लागि, परमेश्‍वर भन्‍नुहुन्छ, “पुरानो दिनको इस्राएल अब रहेन, र आजको इस्राएल संसारमा ठाडो हुँदै र उच्‍च हुँदै खडा भएको छ, र सारा मानवजातिको हृदय-हृदयमा खडा भएको छ। आजको इस्राएलले अवश्य नै मेरा मानिसहरूमार्फत अस्तित्वको स्रोत प्राप्त गर्नेछ!” “हे घृणास्पद मिश्र! … तँ मेरो सजायभित्र कसरी अस्तित्वमा नरहन सक्छस्?” परमेश्‍वरले मानिसहरूलाई जानी-जानी उहाँका हातमा परेपछि दुईवटा विपरीत देशहरूले प्राप्त गर्ने परिणामहरू देखाउनुहुन्छ, जसले एक हिसाबमा इस्राएललाई जनाउँछ, जुन भौतिक हो, र अर्को हिसाबमा परमेश्‍वरका सबै चुनिएका मानिसलाई जनाउँछ—भन्‍नुको अर्थ, इस्राएल परिवर्तन हुने क्रममा परमेश्‍वरका चुनिएका मानिसहरू कसरी परिवर्तन हुन्छन् भन्‍ने कुरा देखाउनुहुन्छ। जब इस्राएल यसको मौलिक स्वरूपमा फर्किएको हुन्छ, चुनिएका सबैलाई त्यसपछि पूर्ण तुल्याइनेछ—भन्‍नुको अर्थ, इस्राएल परमेश्‍वरलाई प्रेम गर्नेहरू सबैको अर्थपूर्ण प्रतीक हो। यसबीच, मिश्रले चाहिँ परमेश्‍वरलाई घृणा गर्नेहरूको प्रतिनिधित्व गर्छ। यो जति सड्दै जान्छ, परमेश्‍वरले घृणा गर्नुहुने मानिसहरू त्यति नै भ्रष्ट हुँदै जान्छन्—त्यसपछि बेबिलोनको पतन हुन्छ। यसले एउटा स्पष्ट भिन्‍नता प्रस्तुत गर्छ। इस्राएल र मिश्रको अन्त्यको घोषणा गर्दै परमेश्‍वरले सबै मानिसको गन्तव्यलाई प्रकट गर्नुहुन्छ; तसर्थ, इस्राएलबारे उल्‍लेख गर्ने क्रममा, परमेश्‍वरले मिश्रबारे पनि कुरा गर्नुहुन्छ। यसबाट के देख्‍न सकिन्छ भने, मिश्र विनाश हुने दिन नै संसार नष्ट हुने दिन हो, र परमेश्‍वरले सबै मानिसलाई सजाय दिनुहुने दिन हो। चाँडै नै यस्तो हुनेछ; परमेश्‍वरले यो कार्य पूरा गर्न लाग्नुभएको छ, जुन मानिसको नाङ्गो आँखाको निम्ति अदृश्य तर अपरिहार्य र अपरिवर्तनीय छ। परमेश्‍वर भन्‍नुहुन्छ, “मेरो विरुद्ध खडा हुने सबै जनालाई म अवश्य नै अनन्तसम्‍म सजाय दिनेछु। किनभने म डाही परमेश्‍वर हुँ र म मानिसहरूलाई तिनीहरूले गरेका सबै कुराको निम्ति हल्कासँग छाड्नेछैन।” परमेश्‍वर किन यस्तो कठोर शैलीमा बोल्‍नुहुन्छ? अनि किन उहाँ ठूलो रातो अजिङ्गरको देशमा व्यक्तिगत रूपमा देह बन्‍नुभएको छ? परमेश्‍वरका वचनहरूबाट उहाँको उद्देश्यलाई देख्‍न सकिन्छ: उहाँ मानिसहरूलाई मुक्ति दिन, वा करुणा देखाउन, वा तिनीहरूको हेरचाह गर्न, वा रक्षा गर्न आउनुभएको होइन—उहाँ त उहाँलाई विरोध गर्ने सबै मानिसलाई सजाय दिन आउनुभएको हो। किनभने परमेश्‍वर भन्‍नुहुन्छ, “मेरो सजायबाट कोही पनि उम्कन सक्दैन।” परमेश्‍वर देहमा जिउनुहुन्छ, यसको साथै, उहाँ सामान्य व्यक्ति हुनुहुन्छ, तैपनि उहाँलाई व्यक्तिपरक हिसाबले चिन्‍न नसक्‍ने मानिसहरूको कमजोरीको लागि उहाँले तिनीहरूलाई क्षमा गर्नुहुन्‍न; बरु, उहाँले “सामान्य व्यक्ति” को माध्यमद्वारा, मानिसहरूलाई तिनीहरूको पापको निम्ति दोषी ठहर्‍याउनुहुन्छ, उहाँको देहलाई देख्‍नेहरू सबैलाई उहाँले सजाय पाउनेहरू बनाउनुहुनेछ, र तिनीहरू त्यसरी जो ठूलो रातो अजिङ्गरको देशका मानिसहरू होइनन् तिनीहरूका बलिदान बन्छन्। तर परमेश्‍वरको देहधारणको प्राथमिक उद्देश्यहरूमध्ये यो एक होइन। परमेश्‍वर ठूलो रातो अजिङ्गरसँग देहमा युद्ध गर्नको लागि, र युद्धद्वारा यसलाई लज्जित पार्नको लागि देह बन्‍नुभयो। ठूलो रातो अजिङ्गरसँग आत्मामा भन्दा देहमा युद्ध गर्दा परमेश्‍वरको महान् शक्ति अझ स्पष्ट देखिने हुनाले, परमेश्‍वरले आफ्‍ना कार्यहरू र आफ्‍नो सर्वशक्तिमान्‌ता देखाउन देहमा नै युद्ध गर्नुहुन्छ। अनगिन्ती मानिसलाई परमेश्‍वरको देहधारणले “निर्दोष रूपमा” दोषी ठहराएको छ, र अनगिन्ती मानिसलाई नरकमा फ्याँकिएको र सजायमा पारिएको छ, र तिनीहरूले देहमा कष्ट भोगेका छन्। यो परमेश्‍वरको धर्मी स्वभावको प्रदर्शन हो, र परमेश्‍वरलाई विरोध गर्नेहरू आज जसरी परिवर्तन भए पनि, परमेश्‍वरको धर्मी स्वभाव कहिल्यै पनि परिवर्तन हुनेछैन। एक पटक दोषी ठहरिएपछि, मानिसहरू सदासर्वदाको लागि दोषी ठहरिन्छन्, फेरि कहिल्यै खडा हुन सक्दैनन्। मानिसको स्वभाव परमेश्‍वरको जस्तो हुन सक्दैन। परमेश्‍वरको विरोध गर्नेहरूप्रति, मानिसहरू घरी तातो, घरी चिसो हुन्छन्; तिनीहरू घरी दायाँ, घरी बायाँ जान्छन्, घरी माथि, घरी तल हुन्छन्; तिनीहरू कहिल्यै पनि स्थिर रहन सक्दैनन् र भित्रैदेखि परमेश्‍वरको विरोध गर्नेहरूलाई तिनीहरू कहिले घृणा गर्छन्, कहिले मित्र बनाउँछन्। मानिसहरूले परमेश्‍वरको कामलाई नचिन्‍ने हुनाले आजका परिस्थितिहरू आएका हुन्। परमेश्‍वरले किन यस्ता वचनहरू बोल्‍नुहुन्छ, “स्वर्गदूतहरू आखिर स्वर्गदूतहरू नै हुन्; परमेश्‍वर आखिर परमेश्‍वर नै हुनुहुन्छ; भूतात्माहरू आखिर भूतात्माहरू नै हुन्; अधर्मीहरू अझै पनि अधर्मी नै हुन्; अनि पवित्र जनहरू पवित्र जनहरू नै हुन्”? के तिमीहरू यसलाई बोध गर्न सक्दैनौ? के परमेश्‍वरले गलत रूपमा याद गर्नुभएको हुन सक्छ? तसर्थ, परमेश्‍वर भन्‍नुहुन्छ, “हरेक व्यक्तिलाई उसको प्रकारअनुसार अलग गरिन्छ, र थाहै नपाई तिनीहरू आफ्‍नो परिवारको काखमा फर्कन्छन्।” यसबाट के देख्‍न सकिन्छ भने, आज परमेश्‍वरले सबै कुरालाई तिनीहरूको परिवारमा वर्गीकरण गर्नुभएको छ, त्यसैले अबउप्रान्त यो “असीमित संसार” रहँदैन र मानिसहरूले अबउप्रान्त एउटै ठूलो भाँडाबाट खाना खाँदैनन्, बरु तिनीहरूले आफ्‍नै घरमा आफ्नै भूमिका खेल्दै आफ्‍नो कर्तव्य पूरा गर्छन्। संसारलाई सृष्टि गर्ने क्रममा परमेश्‍वरको मूल उद्देश्य यही थियो; प्रकारअनुसार अलग गरिएपछि, मानिसहरूले “आ-आफ्‍नै खानेकुरा” खानेछन्, अर्थात्, परमेश्‍वरले न्याय सुरु गर्नुहुनेछ। परिणामस्वरूप, परमेश्‍वरको मुखबाट यी वचनहरू आए: “म सृष्टिको पहिलेको स्थितिलाई पुर्नस्थापित गर्नेछु; म हरेक कुरालाई उल्‍लेखनीय रूपमा परिवर्तन गर्दै, सबै कुरालाई तिनीहरूको पहिलेकै रूपमा पुनर्स्थापित गर्छु, ताकि सबै कुरा मेरो योजनाको सामिप्यमा फर्किन सकून्।” परमेश्‍वरका सबै कामको उद्देश्य ठीक यही नै हो, र यो कुरालाई बुझ्‍न कठिन छैन। परमेश्‍वरले आफ्‍नो काम पूरा गर्नुहुनेछ—के मानिस उहाँको कामको मार्गमा खडा हुन सक्छ र? अनि के परमेश्‍वरले उहाँ र मानिसबीच स्थापना गरिएको करारलाई च्यात्‍न सक्‍नुहुन्छ र? परमेश्‍वरका आत्माले गर्नुभएको कामलाई कसले बदल्न सक्छ र? के कुनै पनि मानिसले त्यसो गर्न सक्छ र?

विगतमा, मानिसहरूले परमेश्‍वरका वचनमा एउटा नियम बोध गरेका थिए: जब परमेश्‍वरका वचन बोलिन्छ, तिनलाई चाँडै नै वास्तविक बनाइन्छ। यसमा कुनै पनि झूट छैन। परमेश्‍वरले म सबै मानिसलाई सजाय दिनेछु भनी भन्‍नुभएको हुनाले, यसको साथै उहाँले आफ्‍नो प्रशासनिक आदेशहरूलाई जारी गर्नुभएको हुनाले, परमेश्‍वरको कामलाई निश्‍चित चरणसम्‍म अघि बढाइएको छ भन्‍ने देख्‍न सकिन्छ। सबै मानिसको निम्ति जारी गरिएको संविधानले तिनीहरूको जीवन र परमेश्‍वरप्रतिको तिनीहरूको मनोवृत्तिलाई सम्‍बोधन गरेको थियो। यो जडसम्म भने पुगेको थिएन; यो परमेश्‍वरको पूर्वनिर्धारित गन्तव्यमा आधारित थियो भनेर यसले भनेको छैन, तर त्यो बेलाको मानिसको बानीबेहोरामा आधारित थियो भनेर भनेको छ। आजका प्रशासनिक आदेशहरू असाधारण छन् र तिनले कसरी “सबै मानिसहरूलाई तिनीहरूका आफ्‍नै प्रकारअनुसार अलग गरिनेछ, र तिनीहरूले आफ्‍ना कार्यहरूअनुसारको सजाय पाउनेछन्” भन्‍नेबारे बताउँछन्। ध्यान दिएर नपढुञ्‍जेल, यसमा कुनै समस्या भेट्टाउन सकिँदैन। अन्तिम युगको अवधिमा मात्रै परमेश्‍वरले सबै कुरालाई तिनीहरूको प्रकारअनुसार अलग गर्नुहुने हुनाले, यस वचनलाई पढिसकेपछि, धेरैजसो मानिस अकमक्‍क र अन्योल हुन्छन्; तिनीहरूले अझै पनि समयको आतुरीलाई नहेरीकन उदासीन मनोवृत्ति अपनाउँछन्, त्यसकारण तिनीहरूले यसलाई चेतावनीको रूपमा लिँदैनन्। किन यस बिन्दुमा सम्पूर्ण ब्रह्माण्डको निम्ति घोषणा गरिएको परमेश्‍वरका प्रशासनिक आदेशहरू मानिसलाई देखाइन्छ त? के यी मानिसहरूले समस्त ब्रह्माण्डका सबैलाई प्रतिनिधित्व गर्छन् त? के पछि परमेश्‍वरले यी मानिसहरूलाई अझै बढी कृपा गर्न सक्‍नुहुन्छ त? के यी मानिसहरू दुई-टाउके बनेका छन्? जब परमेश्‍वरले सम्पूर्ण ब्रह्माण्डका मानिसहरूलाई सजाय दिनुहुन्छ, जब सबै किसिमका महाविपत्तिहरूले प्रहार गर्छन्, यी महाविपत्तिहरूको परिणामस्वरूप सूर्य र चन्द्रमामा परिवर्तनहरू आउनेछन्, अनि जब यी महाविपत्तिहरू समाप्त हुन्छन्, सूर्य र चन्द्रमालाई परिवर्तन गरिसकिएको हुनेछ—अनि यसैलाई “परिवर्तनको कार्य” भनिन्छ। अवश्य नै, भविष्यका विपत्तिहरू अझै गम्‍भीर हुनेछन्। रातले दिनको ठाउँ लिन सक्छ, एक वर्षसम्‍म सूर्य देखा नपर्न सक्छ, धेरै महिनासम्‍म अत्याधिक तापक्रम हुन सक्छ, आकार घट्दै जाने चन्द्रमाले मानवजातिलाई सधैँ हेरिरहेको हुन सक्छ, सूर्य र चन्द्रमा एकसाथ उदाउने अनौठो घटना देखा पर्न सक्छ, र यस्तै-यस्तै अन्य कुराहरू हुन सक्छन्। धेरै पटकको चक्रीय परिवर्तनपछि, अन्तिममा समय बित्दै जाँदा, तिनीहरू नवीकरण हुनेछन्। परमेश्‍वरले दियाबलसको स्वामित्वमा हुनेहरूको लागि उहाँले बनाउनुभएको योजनालाई विशेष ध्यान दिनुहुन्छ। तसर्थ, उहाँले जानी-जानी यसो भन्‍नुहुन्छ, “ब्रह्माण्डका मानिसहरूमध्ये, दियाबलसका स्वामित्वमा रहेकाहरू सबैलाई समाप्त पारिनेछ।” यी “मानिसहरू” ले तिनीहरूको साँचो रङ्ग देखाउनुभन्दा पहिले परमेश्‍वरले तिनीहरूलाई सधैँ सेवा गर्न लगाउनको लागि प्रयोग गर्नुहुन्छ; परिणामस्वरूप, उहाँले तिनीहरूका कामलाई कुनै ध्यान दिनुहुन्‍न, तिनीहरूले राम्रो काम गरेको बेला पनि उहाँले तिनीहरूलाई कुनै “इनाम” दिनुहुन्‍न, न त तिनीहरूले नराम्ररी काम गर्दा तिनीहरूको “ज्याला” नै घटाइदिनुहुन्छ। त्यसकारण, उहाँले तिनीहरूलाई अवहेलना गर्नुहुन्छ र तिनीहरूसँग रूखो व्यवहार गर्नुहुन्छ। तिनीहरूको “असलपन” को कारण उहाँ अचानक परिवर्तन हुनुहुन्‍न, किनभने परमेश्‍वर र मानिसको बीचमा स्थापित गरिएको करारजस्तै, अनि “समुद्र सुके पनि र चट्टानहरू टुक्रा-टुक्रा भए पनि कुनै परिवर्तन आउनेछैन” भन्‍ने मानिसको भनाइजस्तै, समय वा स्थान जेसुकै भए पनि, मानिसको सार परिवर्तन हुँदैन। तसर्थ, परमेश्‍वरले यी मानिसहरूलाई तिनीहरूका प्रकारअनुसार वर्गीकरण मात्रै गर्नुहुन्छ र तत्परतासाथ ध्यान दिनुहुन्‍न। सृष्टिको समयदेखि आजको दिनसम्‍म, दियाबलसले कहिल्यै पनि आफ्‍नो राम्रो व्यवहार प्रस्तुत गरेको छैन। यसले सधैँ नै वाधा, खलबली, र विरोध पैदा गरेको छ। जब परमेश्‍वरले काम गर्नुहुन्छ वा बोल्‍नुहुन्छ, दियाबलसले सधैँ सहभागी हुने प्रयास गर्छ, तर परमेश्‍वरले यसलाई कुनै ध्यान दिनुहुन्‍न। दियाबलसबारे उल्‍लेख गर्नेबित्तिकै, परमेश्‍वरको क्रोध दबाउनै नसकिने गरी पैदा हुन्छ; उहाँहरू एउटै आत्माका नहुनुभएको हुनाले, उहाँहरूबीच कुनै सम्‍बन्ध छैन, दूरी र विच्छेद मात्रै छ। सात मोहोरहरूको प्रकाशपछि, पृथ्वीको स्थिति सधैँ झन्-झन् खराब हुँदै जान्छ, र सबै कुरा अलिकति पनि पछि नपरी “सात मोहोरहरूसँग काँधमा काँध मिलाएर अघि बढ्छन्।” परमेश्‍वरका वचनहरूभरि मानिसहरूलाई परमेश्‍वरले स्तब्ध भएको देख्‍नुहुन्छ, तैपनि तिनीहरू बिउँझदै बिउँझदैनन्। उच्‍च बिन्दुमा पुग्‍नको लागि, सबै मानिसको सामर्थ्यलाई अघि ल्याउनको लागि, यसको साथै, परमेश्‍वरको कामलाई यसको चरम सीमामै पूरा गर्नको लागि, परमेश्‍वरले मानिसहरूलाई श्रृङ्खलाबद्ध प्रश्‍नहरू गर्नुहुन्छ, मानौं उहाँले तिनीहरूको पेट फुलाउँदै हुनुहुन्छ, र यसरी उहाँले सबै मानिसलाई पुनः भर्दै हुनुहुन्छ। यी मानिसहरूको कुनै वास्तविक कद नभएको हुनाले, वास्तविक परिस्‍थितिहरूको आधारमा, फुलाइएकाहरू मापदण्डअनुसारका सामान हुन्, तर नफुलाइएकाहरू काम नलाग्‍ने फोहोर हुन्। मानिसलाई परमेश्‍वरले दिनुभएको मापदण्ड, र उहाँले बोल्‍नुहुने विधिको उद्देश्य यही हो। खास गरी, जब परमेश्‍वरले “के पृथ्वीमा हुँदा, म स्वर्गमा जस्तो हुन्छु त्यस्तो नभएकोले हो? के स्वर्गमा हुँदा म पृथ्वीमा आउन नसक्‍ने हुनाले हो? के पृथ्वीमा हुँदा, म स्वर्गमा सर्न योग्य नभएकोले हो?” भनी भन्‍नुहुन्छ, तब यी प्रश्‍नहरूले मानिसले परमेश्‍वरलाई चिन्‍न सक्‍ने स्पष्ट मार्गको रूपमा काम गर्छन्। परमेश्‍वरका वचनहरूबाट, उहाँको अत्यावश्यक इच्‍छा देखिन्छ; मानिसहरू यसलाई प्राप्त गर्न असमर्थ छन्, र परमेश्‍वरले बारम्बार सर्तहरू थप्‍नुहुन्छ, र यसरी सबै मानिसलाई पृथ्वीमा हुनुहुने स्वर्गका परमेश्‍वरलाई चिन्‍न र स्वर्गमा हुनुहुने तर पृथ्वीमा जिउनुहुने परमेश्‍वरलाई चिन्‍नको लागि स्मरण गराउनुहुन्छ।

परमेश्‍वरका वचनबाट मानिसका स्थितिहरूलाई देख्‍न सकिन्छ: “मेरो बाहिरी स्वरूपमा आफै अनुसन्धान गर्दै, सारा मानवजातिले मेरा वचनहरूमा प्रयत्‍न लगाउँछन्, तर तिनीहरू सबै असफल हुन्छन्, तिनीहरूका प्रयासहरूले कुनै फल फलाउँदैन, बरु तिनीहरू मेरा वचनहरूको प्रहारद्वारा लड्छन् र फेरि उठ्ने आँट गर्दैनन्।” परमेश्‍वरको विरहलाई कसले बुझ्‍न सक्छ र? परमेश्‍वरको हृदयलाई कसले सान्त्वना दिन सक्छ र? परमेश्‍वरले माग्‍नुभएको कुरामा को उहाँको हृदयअनुरूपको बन्‍न सक्छ र? जब मानिसहरूले कुनै फल फलाउँदैनन्, तब तिनीहरूले आफैलाई इन्कार गर्छन् र परमेश्‍वरका योजनाबद्ध कार्यहरूमा साँचो रूपमा समर्पित हुन्छन्। क्रमिक रूपमा, तिनीहरूले आफ्नो साँचो हृदय प्रकट गर्ने क्रममा, हरेकलाई उसको प्रकारअनुसार अलग गरिन्छ, र यसरी स्वर्गदूतहरूको सार परमेश्‍वरप्रति पूर्ण रूपमा आज्ञापालन गर्ने हुन्छ भन्‍ने देखिन्छ। त्यसकारण, परमेश्‍वर भन्‍नुहुन्छ, “मानवजातिलाई यसको मूल स्वरूपमा प्रकट गरिन्छ।” जब परमेश्‍वरको काम यो चरणमा पुग्छ, यी सबै पूरा भइसकेका हुनेछन्। परमेश्‍वरले उहाँ आफ्ना पुत्रहरू र मानिसहरूका निम्ति उदाहरण हुनुहुन्छ भन्‍ने कुराबारे केही पनि बताउनुभएको छैन भन्‍ने देखिन्छ, बरु सबै मानिसलाई तिनीहरूको मूल स्वरूप देखाउन लगाउने कार्यमा ध्यान केन्द्रित गर्नुभएको देखिन्छ। के तिमीहरूले यी वचनहरूको साँचो अर्थलाई बुझ्यौ त?

अघिल्लो: अध्याय २४ र २५

अर्को: अध्याय २७

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ

यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भने तैँले परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, सत्यतालाई व्यवहारमा देखाउनुपर्छ र तेरा सबै कर्तव्यहरू पूरा...

परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

मानवजातिलाई व्यवस्थापन गर्ने कामलाई तीन भागमा विभाजन गरिएको छ, जसको अर्थ मानवजातिलाई बचाउने कामलाई तीन चरणहरूमा विभाजन गरिएको छ। यी तीन...

परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

प्रारम्भमा, परमेश्‍वर विश्राममा हुनुहुन्थ्यो। त्यस बेला पृथ्वीमा कुनै मानव वा कुनै अरू थोकहरू थिएनन्, र परमेश्‍वरले अझै कुनै काम गर्नुभएको...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्