अध्याय २८

मानिसहरूको स्थिति कस्तो छ भने तिनीहरूले परमेश्‍वरका वचनहरू जति कम बुझ्छन्, तिनीहरू परमेश्‍वरको कामका वर्तमान माध्यमहरूप्रति त्यति नै शङ्कालु बन्छन्। तर यसले परमेश्‍वरको काममा कुनै प्रभाव पार्दैन; जब उहाँका वचनहरू निश्‍चित बिन्दुमा पुग्छन्, तब मानिसहरूको हृदय प्राकृतिक रूपमै सामान्य अवस्थामा आउँछ। हरेकले आफ्‍नो जीवनमा परमेश्‍वरका वचनहरूलाई ध्यान दिन्छन्, र तिनीहरू उहाँका वचनहरूको तृष्णा पनि गर्न थाल्छन्, अनि परमेश्‍वरले निरन्तर खुलासा गरिदिनुहुने हुँदा, तिनीहरूले आफैलाई घृणा गर्न थाल्छन्। तैपनि परमेश्‍वरले निम्‍नलगायतका धेरै वचनहरू बोल्‍नुभएको छ: “जब उसले मेरा सबै वचनहरूलाई पूर्ण रूपमा बुझेको हुन्छ, मानिसको कद मेरो चाहनाअनुरूप हुन्छ, र उसका बिन्तीहरू फलवान् हुन्छन्, व्यर्थ वा बेकम्‍मा हुँदैनन्; म मानिसका इमानदार, बहानारहित बिन्तीहरूलाई आशिष् दिन्छु।” वास्तवमा, मानिसहरू परमेश्‍वरका वचनहरूलाई पूर्ण रूपमा बुझ्‍न असमर्थ छन्, तिनीहरूले सतहलाई मात्रै बुझ्‍न सक्छन्। तिनीहरूको लागि पछ्याउने उद्देश्य दिन, तिनीहरूलाई परमेश्‍वरले काम-कुराहरू हल्‍कासाथ गर्नुहुन्‍न, उहाँ आफ्‍नो कामप्रति गम्‍भीर हुनुहुन्छ भन्‍ने अनुभूति गराउनको लागि मात्रै परमेश्‍वरले यी वचनहरूको प्रयोग गर्नुहुन्छ; त्यसपछि मात्रै तिनीहरूसँग पछ्याउने विश्‍वास हुन्छ। अनि सबै मानिसहरूले परमेश्‍वरको इच्‍छाको खातिर होइन, तिनीहरूको आफ्‍नै खातिर बिन्ती गर्ने हुनाले तर परमेश्‍वर घरी एउटा घरी अर्को कुरा नगर्नुहुने हुनाले, उहाँका वचनहरू सधैँ मानिसको प्रकृतिप्रति लक्षित छन्। आजका धेरैजसो मानिसहरूले बिन्ती गर्ने भए पनि, तिनीहरू इमानदार छैनन्—यो सबै बहाना मात्रै हुन्। सबै मानिसहरूको स्थिति कस्तो छ भने “तिनीहरूले मेरो मुखलाई प्रशस्‍तताको प्रतीक ठान्छन्। सबै मानिसहरूले मेरो मुखबाट केही न केही प्राप्त गर्ने चाहना गर्छन्। चाहे यो राज्यका रहस्यहरू होऊन् वा स्वर्गका रहस्यहरू होऊन्, वा आत्मिक संसारका गतिशीलता होस् वा मानवजातिको गन्तव्य होस्।” मानिसहरूले आफ्नो उत्सुकताको कारणले गर्दा यी सबै कुराहरूको खोजी गर्न इच्छुक छन्, र परमेश्‍वरका वचनहरूबाट प्राप्त जीवनको बन्दोबस्‍तबाट केही पनि प्राप्त गर्न चाहँदैनन्। तसर्थ परमेश्‍वर भन्‍नुहुन्छ, “मानिसमा धेरै कुराको कमी छ: उसलाई ‘पोषण पूरकहरू’ को मात्र आवश्यकता छैन, तर त्योभन्दा पनि बढी, उसलाई ‘मानसिक साथ’ र ‘आत्मिक आपूर्ति’ चाहिन्छ।” मानिसहरूमा भएका धारणाहरूको कारणले नै आजको नकारात्मकता ल्याएको हो, र तिनीहरूको “सामन्ती” भौतिक आँखाहरूको कारणले गर्दा नै तिनीहरूले भन्‍ने र गर्ने कुरामा कुनै जोस छैन, र तिनीहरू सबै कुरामा झारातिरुवा र लापरवाह छन्। के यी मानिसहरूको अवस्था होइनन् र? के मानिसहरूले यसलाई यसरी नै अघि बढाइरहनुको सट्टा, हतार गरेर यसलाई सुधार गर्नु पर्दैन र? भविष्यलाई जानेर त्यसले मानिसको लागि के फाइदा गर्छ र? किन परमेश्‍वरका कतिपय वचनहरू पढिसकेपछि मानिसहरूमा प्रतिक्रिया आउँछ, तर उहाँका वचनहरूको बाँकी भागले उसमा कुनै प्रभाव पार्दैन? उदाहरणको लागि, जब परमेश्‍वरले “अझै राम्रो प्रभाव हासिल गर्न सकियोस् भनेर म मानिसको रोगको उपचार प्रदान गर्छु, ताकि सबैले स्वास्थ्य लाभ गर्न सकून्, ताकि मेरो उपचारको कारण, तिनीहरू आफ्‍नो सामान्य अवस्थामा फर्कन सकून्” भनेर भन्‍नुहुन्छ, कसरी यी वचनहरूले मानिसहरूमा कुनै प्रभाव पार्दैन? के परमेश्‍वरले गर्नुभएका सबै कुरा मानिसले प्राप्त गर्नुपर्ने कुरा होइनन् र? परमेश्‍वरसँग त गर्नुपर्ने काम छ—किन मानिसहरूसँग चाहिँ हिँड्नको लागि मार्ग छैन? के यो परमेश्‍वरको विपरीत दौडनु होइन र? मानिसहरूले गर्नुपर्ने कामहरू वास्तवमा धेरै छन्—उदाहरणको लागि, “के तिमीहरू साँच्चिकै ठूलो रातो अजिङ्गरलाई घृणा गर्छौ?” भन्‍ने वचनहरूमा उल्‍लेखित “ठूलो रातो अजिङ्गर” को बारेमा तिनीहरूलाई कति थाहा छ? “मैले किन तिमीहरूलाई धेरै पटक सोधेको छु?” भन्‍ने परमेश्‍वरका वचनहरूले के देखाउँछन् भने, मानिसहरू अझै पनि ठूलो रातो अजिङ्गरको प्रकृतिको बारेमा अनजान छन्, र तिनीहरू यसको बारेमा गहिराइमा जान असमर्थ छन्। के मानिसले गर्नुपर्ने काम ठीक यही होइन र? मानिससँग कुनै काम छैन भनेर कसरी भन्‍न सकिन्छ? यदि त्यसो भएको भए त, परमेश्‍वरको देहधारणको महत्त्व के हुनेथियो र? के परमेश्‍वरले काम गरेजस्तो देखाउनको लागि मात्र लापरवाही र झारातिरुवा शैलीमा काम-कुरा गरिरहनुभएको छ? के ठूलो रातो अजिङ्गरलाई यसरी जित्‍न सकिन्छ?

परमेश्‍वर भन्‍नुहुन्छ, “मैले अघिबाटै सुरु गरिसकेको छु, र ठूलो रातो अजिङ्गरको वासस्थानमा म मेरो सजायको कामको पहिलो चरण सुरु गर्नेछु।” यी वचनहरू ईश्‍वरीयताको कामप्रति लक्षित छन्; आजका मानिसहरू पहिले नै अग्रिम रूपमा सजायमा प्रवेश गरिसकेका छन्, तसर्थ यो उहाँको कामको पहिलो चरण हो भनेर परमेश्‍वरले भन्‍नुभएको छ। उहाँले मानिसहरूलाई विपत्तिहरूको सजाय होइन, वचनहरूको सजाय दिइरहनुभएको छ। किनभने, जब परमेश्‍वरका वचनहरूको शैली परिवर्तन हुन्छ, मानिसहरू पूर्ण रूपमा अनजान बन्छन्, त्यसपछि तिनीहरू सबै सजायमा प्रवेश गर्छन्। सजाय भएर गइसकेपछि, “तिमीहरूले औपचारिक रूपले आफ्नो कर्तव्य पूरा गर्नेछौ, र सारा देशहरूभरि औपचारिक रूपमा मेरो सदासर्वदा प्रशंसा गर्नेछौ!” परमेश्‍वरको कामका चरणहरू यिनै हुन्—यी उहाँको योजना हुन्। यसको साथै, परमेश्‍वरका यी मानिसहरूले ठूलो रातो अजिङ्गरलाई सजाय दिने तरिकाहरूलाई व्यक्तिगत रूपमा नै देख्‍नेछन्, त्यसकारण तिनीहरूभन्दा बाहिर, अर्थात्, तिनीहरू वरिपरिको संसारमा महाविपत्ति औपचारिक रूपमा सुरु हुन्छ। परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिनुहुने एउटा माध्यम यही हो। आन्तरिक रूपमा तिनीहरूलाई सजाय दिइन्छ, र बाहिरी रूपमा महाविपत्ति ओइरिन्छन्—भन्‍नुको अर्थ, परमेश्‍वरका वचनहरू पूरा हुन्छन्। यसर्थ, मानिसहरू महाविपत्ति हुँदै जानुभन्दा सजाय हुँदै जान रुचाउँछन्, र यही कारणले गर्दा तिनीहरू रहिरहन्छन्। एकतर्फ, यो परमेश्‍वरको काम आइपुगेको बिन्दु हो; अर्कोतर्फ, मानिसहरू सबैले परमेश्‍वरको स्वभावलाई जान्‍न सकून् भनेर यसो गरिन्छ। तसर्थ, परमेश्‍वर भन्‍नुहुन्छ, “मेरा मानिसहरूले ममा त्यसबेला धेरै आनन्द पाउनेछन् जब त्यो ठूलो रातो अजिङ्गरलाई सजाय दिइन्छ। ठूलो रातो अजिङ्गरका मानिसहरूलाई मेरो योजना अनुसार खडा गरिन्छ र त्यसको विरुद्ध विद्रोह गर्न लगाइन्छ, र यही विधिद्वारा म मेरा मानिसहरूलाई सिद्ध बनाउँछु, र यो मेरा सबै मानिसहरूका निम्ति जीवनमा वृद्धि हुने एउटा ठूलो मौका हो।” परमेश्‍वरले यी वचनहरू बोल्‍नुभए पनि, किन यी वचनले मानिसहरूको ध्यान खिच्दैनन्?

राष्ट्रहरू ठूलो भताभुङ्गताको अवस्थामा रहेका छन्, किनभने परमेश्‍वरको डन्डाले पृथ्वीमा आफ्नो भूमिका खेल्न सुरु गरेको छ। पृथ्वीको स्थितिमा परमेश्‍वरको कामलाई देख्न सकिन्छ। जब परमेश्‍वरले “पानीहरू गर्जनेछ, पहाडहरू ढल्नेछन्, ठूलठूला नदीहरू भङ्गालिनेछन्,” भनेर भन्नुहुन्छ, तब त्यो पृथ्वीमा उक्त डन्डाको प्रारम्भिक काम हो, जसको परिणामस्वरूप “पृथ्वीका सबै परिवार भत्कनेछन्, र पृथ्वीका सबै जातिलाई च्यातेर टुक्रा-टुक्रा पारिनेछ; पति र पत्नी बीच पुनर्मिलनको दिन हुनेछैन, आमा र छोरा फेरि कहिल्यै भेट्नेछैनन्, फेरि कहिल्यै बाबु र छोरीको भेट हुनेछैन। पृथ्वीमा जे हुने गर्थे ती सबैलाई म नष्ट पार्नेछु।” पृथ्वीमा रहेका परिवारहरूको आम अवस्था यस्तै नै हुन्छ। प्राकृतिक रूपमा तिनीहरू हरेकको स्थिति यस्तै हुन त सम्भव नहोला, तर तिनीहरूमध्ये अधिकांशको अवस्थाचाहिँ यस्तै हुन्छ। अर्कोतर्फ, यसले यो धारका मानिसहरूले भविष्यमा भोग्ने परिस्थितिहरूको बारेमा पनि उल्लेख गरिरहेको छ। यसले के भविष्यवाणी गर्छ भने, तिनीहरूले वचनहरूको सजाय भोगिसकेपछि र अविश्‍वासीहरूलाई विपत्तिमा पारिसकिएपछि, पृथ्वीका मानिसहरूमा अबउप्रान्त कुनै पनि पारिवारिक सम्बन्धहरू बाँकी रहनेछैनन्; तिनीहरू सबै नै सिनिमका मानिसहरू हुनेछन्, र तिनीहरू परमेश्‍वरको राज्यप्रति बफादार हुनेछन्। यसरी, पति र पत्नी बीच पुनर्मिलनको दिन हुनेछैन, आमा र छोरा फेरि कहिल्यै भेट्नेछैनन्, फेरि कहिल्यै बाबु र छोरीको भेट हुनेछैन। अनि यसरी पृथ्वीका मानिसहरूका परिवारहरूलाई टुक्राटुक्रा र चकनाचूर पारिनेछ र यो परमेश्‍वरले मानिसमाथि गर्नुहुने अन्तिम काम हुनेछ। अनि परमेश्‍वरले यो कामलाई ब्रह्माण्डभरि नै फैलाउनुहुने भएकोले, उहाँले मानिसहरूलाई “स्‍नेह” भन्‍ने शब्दको अर्थ स्पष्ट पार्न यो अवसरको प्रयोग गर्नुहुनेछ, यसरी तिनीहरूलाई परमेश्‍वरको इच्छा भनेको सबै मानिसहरूका परिवारहरूलाई टुक्राटुक्रा पार्नु हो भन्‍ने देखाउनुहुनेछ र परमेश्‍वरले “पारिवारिक विवादहरू” समाधान गर्नलाई सजायको प्रयोग गर्नुहुन्छ भनी देखाउनुहुनेछ। होइन भने, पृथ्वीमा परमेश्‍वरको कामको अन्तिम भागलाई समाप्त पार्ने कुनै उपाय नै हुनेछैन। परमेश्‍वरका वचनहरूको अन्तिम भागले मानवजातिको सबैभन्दा ठूलो कमजोरीलाई—अर्थात् तिनीहरू सबै स्‍नेहका साथ जिउँछन् भन्‍ने कुरालाई—उदाङ्गो पार्नेछ, त्यसकारण परमेश्‍वरले तिनीहरू एक जनालाई पनि छाड्नुहुनेछैन, र सारा मानवजातिको हृदयमा लुकेका रहस्यहरूको खुलासा गर्नुहुनेछ। किन मानिसहरूलाई स्‍नेहबाट आफूलाई अलग्याउन यति साह्रो गाह्रो हुन्छ? के त्यसो गरेर विवेकका मापदण्डलाई पार गर्न सकिन्छ? के विवेकले परमेश्‍वरको इच्छालाई पूरा गर्न सक्छ? के स्‍नेहले मानिसहरूलाई प्रतिकूल परिस्थितिमा मद्दत गर्न सक्छ? परमेश्‍वरको नजरमा, स्‍नेह उहाँको शत्रु हो—के परमेश्‍वरका वचनहरूमा यो कुरा स्पष्टसँग बताइएको छैन र?

अघिल्लो: अध्याय २७

अर्को: अध्याय २९

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्