अध्याय २८

मानिसहरूको स्थिति यस्तो छ कि तिनीहरूले परमेश्‍वरका वचनहरू जति कम बुझ्छन्, परमेश्‍वरको अहिलेको काम गर्ने तरिकाप्रति तिनीहरू त्यति बढी शङ्कालु हुन्छन्। तर यसले परमेश्‍वरको काममा कुनै प्रभाव पार्दैन; जब उहाँका वचनहरू निश्‍चित बिन्दुमा पुग्छन्, तब मानिसहरूको हृदय प्राकृतिक रूपमै सच्चिनेछ। आफ्‍नो जीवनमा, सबै जना परमेश्‍वरका वचनहरूमा एकाग्र हुन्छन्, र तिनीहरू उहाँका वचनहरूको तृष्णा पनि गर्न थाल्छन्, अनि परमेश्‍वरले निरन्तर खुलासा गरिदिनुहुने हुँदा, तिनीहरू आफैलाई घृणा गर्न थाल्छन्। तैपनि परमेश्‍वरले निम्‍न प्रकारका धेरै वटा वचन बोल्‍नुभएको छ: “जब मानिसले मेरा सबै वचनलाई पूर्ण रूपमा बुझेको हुन्छ, तब उसको कदले मेरा अभिप्रायहरू पूरा गर्छ, र उसका बिन्तीहरू फलदायी हुन्छन्, र व्यर्थ वा बेकम्‍मा हुँदैनन्; म मानिसका त्यस्ता बिन्तीहरूलाई आशिष् दिन्छु जुन सच्चा छन् र ढोँग होइनन्।” वास्तवमा, मानिसहरू परमेश्‍वरका वचनहरूलाई पूर्ण रूपमा बुझ्‍न असमर्थ छन्, तिनीहरू सतही कुरा मात्र बुझ्‍न सक्छन्। परमेश्‍वर तिनीहरूलाई एउटा उद्देश्य पछ्याउन लगाउन, परमेश्‍वरले कामकुराहरू हल्‍का रूपमा नभई गम्भीरतापूर्वक गर्नुहुन्छ भन्‍ने अनुभूति गराउनका लागि मात्र यी वचनहरू प्रयोग गर्नुहुन्छ; त्यसपछि मात्रै तिनीहरूसँग पछ्याउने विश्‍वास हुनेछ। सबै मानिसले परमेश्‍वरको इच्छाका खातिर नभई केवल आफ्‍नै खातिर बिन्ती गर्ने भए पनि, परमेश्‍वर घरी एउटा र घरी अर्को मनोवृत्ति राख्नुहुन्न। बरु, उहाँका वचनहरू सधैँ मानिसको प्रकृतिप्रति लक्षित रहँदै आएका छन्। आजका धेरैजसो मानिसले बिन्ती गर्ने भए पनि, तिनीहरू सच्चा हुँदैनन्—यो ढोँग मात्र हो। सबै मानिसहरूको स्थिति यस्तो छ कि “तिनीहरू मेरो मुखलाई प्रशस्‍तताको स्रोत ठान्छन्। सबै मानिस मेरो मुखबाट केही न केही प्राप्त गर्ने इच्छा गर्छन्, चाहे ती राज्यका रहस्यहरू होऊन् वा स्वर्गका रहस्यहरू होऊन्, वा आत्मिक क्षेत्रका गतिशीलताहरू होऊन् वा मानवजातिको गन्तव्य होस्।” उत्सुकताका कारण सबै मानिस यी कुराहरूको खोजी गर्न इच्छुक छन्, र परमेश्‍वरका वचनहरूबाट जीवनको प्रबन्धको केही पनि प्राप्त गर्न चाहँदैनन्। तसर्थ परमेश्‍वर भन्‍नुहुन्छ, “मानिसमा धेरै कुराको कमी छ: उसलाई ‘पोषण पूरकहरू’ मात्र होइन, त्योभन्दा पनि बढी, उसलाई ‘मानसिक साथ’ र ‘आत्मिक आपूर्ति’ चाहिन्छ।” मानिसहरूमा भएका धारणाहरूका कारणले नै आजको नकारात्मकता निम्तिएको हो, र तिनीहरूको भौतिक आँखा ज्यादै “सामन्ती” भएको कारण तिनीहरूले भन्‍ने र गर्ने कुरामा कुनै जोस छैन, र तिनीहरू सबै कुरामा झाराटारुवा छन्। के मानिसहरूका अवस्थाहरू यिनै होइनन् र? के मानिसहरू यस्तै रहिरहनुभन्दा तिनीहरूले यसलाई चाँडो सच्याउनु पर्दैन र? भविष्य जानेर मानिसलाई के फाइदा छ? किन परमेश्‍वरका कतिपय वचनहरू पढिसकेपछि मानिसहरूमा प्रतिक्रिया आउँछ, तर उहाँका बाँकी वचनहरूले कुनै प्रभाव पार्दैनन्? उदाहरणका लागि, परमेश्‍वरले “अझै राम्रो प्रभाव हासिल गर्न सकियोस् भनेर म मानिसको रोगको उपचार प्रदान गर्छु, ताकि सबैले स्वास्थ्य लाभ गर्न सकून्, र मेरो उपचारका कारण, तिनीहरू आफ्‍नो सामान्य अवस्थामा फर्कन सकून्” भनेर भन्‍नुहुँदा, कसरी यी वचनहरूले मानिसहरूमा कुनै प्रभाव पार्दैनन्? के परमेश्‍वरले गर्नुभएका सबै कुरा मानिसद्वारा प्राप्त गरिनुपर्ने कुरा होइनन् र? परमेश्‍वरसँग गर्नुपर्ने काम छ—भने मानिसहरूसँग चाहिँ हिँड्ने मार्ग किन छैन? के यो परमेश्‍वरको विपरीत चल्नु होइन र? मानिसहरूले गर्नुपर्ने काम वास्तवमा धेरै छ—उदाहरणका लागि, “के तिमीहरू साँच्चिकै ठूलो रातो अजिङ्गरलाई घृणा गर्छौ?” भन्‍ने वचनहरूमा उल्‍लेखित “ठूलो रातो अजिङ्गर” को बारेमा तिनीहरूलाई कति थाहा छ? परमेश्‍वरले “मैले किन तिमीहरूलाई यति धेरै पटक सोधेको छु?” भन्नुले के देखाउँछ भने, मानिसहरू अझै पनि ठूलो रातो अजिङ्गरको प्रकृतिबारे अनजान छन्, र तिनीहरू यसबारे गहिराइमा जान अझै पनि असमर्थ छन्। के मानिसले गर्नुपर्ने काम ठीक यही होइन र? मानिससँग कुनै काम छैन भनेर कसरी भन्‍न मिल्छ? यदि त्यसो हुन्थ्यो भने, परमेश्‍वरको देहधारणको के नै महत्त्व हुनेथियो र? के परमेश्‍वर काम गरेजस्तो देखाउनका लागि मात्र झाराटारुवा शैलीमा कामकुरा गरिरहनुभएको छ? के ठूलो रातो अजिङ्गरलाई यो तरिकाले पराजित गर्न सकिन्छ?

परमेश्‍वर भन्‍नुहुन्छ, “मैले सुरु गरिसकेको छु, र म मेरो सजायको प्रारम्भिक काम ठूलो रातो अजिङ्गरको वासस्थानमा सुरु गर्नेछु।” यी वचनहरू ईश्‍वरीयतामा गरिने कामप्रति लक्षित छन्; आजका मानिसहरू अग्रिम रूपमा सजायमा प्रवेश गरिसकेका छन्, तसर्थ परमेश्‍वर यो प्रारम्भिक काम हो भनेर भन्‍नुहुन्छ। उहाँ मानिसहरूलाई विपत्तिहरूको सजाय होइन, वचनहरूको सजाय भोग्न दिइरहनुभएको छ। किनभने, जब परमेश्‍वरका वचनहरूको सुर परिवर्तन हुन्छ, मानिसहरू पूर्ण रूपमा अनजान बन्छन्, त्यसपछि तिनीहरू सबै सजायमा प्रवेश गर्छन्। सजाय भोगिसकेपछि, “तिमीहरूले औपचारिक रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नेछौ, र औपचारिक रूपमा सारा भूमिभरि सदासर्वदा मेरो प्रशंसा गर्नेछौ!” परमेश्‍वरको कामका चरणहरू यिनै हुन्—ती उहाँका योजना हुन्। यसको साथै, यी परमेश्‍वरका मानिसहरूले ठूलो रातो अजिङ्गरलाई सजाय दिने तरिकाहरू व्यक्तिगत रूपमा देख्‍नेछन्, त्यसकारण विपत्तिहरू औपचारिक रूपमा तिनीहरूभन्दा बाहिर, तिनीहरू वरिपरिको संसारमा सुरु हुन्छन्। यो परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिने उपायहरूमध्येको एक हो। भित्री रूपमा तिनीहरूलाई सजाय दिइन्छ, र बाहिरी रूपमा विपत्तिहरू ओइरिन्छन्—भन्‍नुको अर्थ, परमेश्‍वरका वचनहरू पूरा हुन्छन्। यसर्थ, मानिसहरू विपत्तिको सामना गर्नुभन्दा सजाय भोग्न रुचाउँछन्, र यही कारणले गर्दा तिनीहरू रहिरहन्छन्। एकातर्फ, यो परमेश्‍वरको काम आइपुगेको बिन्दु हो; अर्कोतर्फ, मानिसहरू सबैले परमेश्‍वरको स्वभावलाई जान्‍न सकून् भन्नका लागि हो। तसर्थ, परमेश्‍वर भन्‍नुहुन्छ, “मेरा मानिसहरू ममा त्यसबेला आनन्द लिन्छन् जब त्यो ठूलो रातो अजिङ्गरलाई सजाय दिइन्छ। ठूलो रातो अजिङ्गरका मानिसहरूलाई खडा हुन र त्यसविरुद्ध विद्रोह गर्न लगाउनु नै मेरो योजना हो, र यही विधिद्वारा म मेरा मानिसहरूलाई सिद्ध बनाउँछु, र यो मेरा सबै मानिसका निम्ति जीवनमा वृद्धि हुने एउटा ठूलो अवसर हो।” परमेश्‍वरले यी वचनहरू बोल्‍नुभए पनि, तिनले किन मानिसहरूको ध्यान खिच्दैनन्?

सबै देश ठूलो अस्तव्यस्ततामा रहेका छन्, किनभने परमेश्‍वरको डन्डाले पृथ्वीमा आफ्नो भूमिका निर्वाह गर्न थालेको छ। परमेश्‍वरको कामलाई पृथ्वीको स्थितिमा देख्न सकिन्छ। जब परमेश्‍वर “पानी गर्जनेछ, पहाडहरू ढल्नेछन्, ठूलठूला नदीहरू भङ्गालिनेछन्,” भनेर भन्नुहुन्छ, त्यो पृथ्वीमा उक्त डन्डाको प्रारम्भिक काम हो, जसको परिणामस्वरूप “पृथ्वीका सबै परिवार भत्कनेछन्, र पृथ्वीका सबै देशलाई च्यातेर टुक्रा-टुक्रा पारिनेछ; पति र पत्नीबीच पुनर्मिलनको दिन हुनेछैन, आमा र छोरा फेरि कहिल्यै भेट्नेछैनन्, फेरि कहिल्यै बाबु र छोरीको भेट हुनेछैन। पृथ्वीमा कामकुराहरू जसरी हुने गर्थे ती सबैलाई म चकनाचुर पार्नेछु।” पृथ्वीमा रहेका परिवारहरूको सामान्य स्थिति यस्तै हुनेछ। स्वाभाविक रूपमा, तिनीहरू सबैको स्थिति यस्तो हुनै सक्दैन; अधिकांशको चाहिँ यस्तो हुन्छ भन्ने मात्र हो। अर्कोतर्फ, यसले यो प्रवाहका सबै मानिसले भविष्यमा भोग्ने परिस्थितिहरूलाई जनाइरहेको छ। यसले यो भविष्यवाणी गर्छ कि तिनीहरूले वचनहरूको सजाय भोगिसकेपछि र गैरविश्‍वासीहरू विपत्तिको अधीनमा परेपछि, पृथ्वीका मानिसहरूमा पारिवारिक सम्बन्धहरू बाँकी रहनेछैनन्; तिनीहरू सबै सिनिमका मानिस हुनेछन्, र तिनीहरू सबै परमेश्‍वरको राज्यमा अर्पित हुनेछन्। यसरी, पति र पत्नीबीच पुनर्मिलनको दिन हुनेछैन, आमा र छोरा फेरि कहिल्यै भेट्नेछैनन्, फेरि कहिल्यै बाबु र छोरीको भेट हुनेछैन। त्यसकारण, पृथ्वीका मानिसहरूका परिवारहरू छिन्नभिन्न हुनेछन्, टुक्राटुक्रा हुनेछन्, र परमेश्‍वरले मानिसमाथि गर्नुहुने अन्तिम काम यही नै हुनेछ। अनि परमेश्‍वरले यो कामलाई ब्रह्माण्डभरि नै फैलाउनुहुनेछ, त्यसैले उहाँले यो अवसर पारेर मानिसहरूलाई “भावना” भन्‍ने शब्दबारे स्पष्ट पार्नुहुनेछ, र यसरी तिनीहरूलाई परमेश्‍वरको अभिप्राय भनेको सबै मानिसका परिवारहरूलाई टुक्राटुक्रा पार्नु हो र परमेश्‍वरले मानवजातिका सबै “पारिवारिक विवादहरू” समाधान गर्न सजायको प्रयोग गर्नुहुन्छ भनी देखाउनुहुनेछ। होइन भने, पृथ्वीमा परमेश्‍वरको कामको अन्तिम भागलाई टुङ्गोमा पुर्‍याउने कुनै उपाय नै हुनेछैन। परमेश्‍वरका वचनहरूको अन्तिम भागले मानवजातिको सबैभन्दा ठूलो कमजोरी—तिनीहरू सबै भावनाका स्थितिमा जिउँछन् भन्‍ने कुरा—उदाङ्गो पार्छ, त्यसकारण परमेश्‍वर तिनीहरूमध्ये एक जनाबाट पनि तर्कनुहुन्न, र सारा मानवजातिको हृदयमा लुकेका रहस्यहरूको खुलासा गर्नुहुन्छ। किन मानिसहरूलाई आफ्ना भावनाहरू फाल्न यति गाह्रो हुन्छ? के यसो गर्दा विवेकका मानकहरू नाघिन्छन्? के विवेकले परमेश्‍वरको इच्छा पूरा गर्न सक्छ? के भावनाले मानिसहरूलाई प्रतिकूलता पार गर्न मद्दत गर्न सक्छ? परमेश्‍वरका नजरमा, भावनाहरू उहाँका शत्रु हुन्—के परमेश्‍वरका वचनहरूमा यो कुरा प्रस्ट रूपमा बताइएको छैन र?

अघिल्लो: अध्याय २७

अर्को: अध्याय २९

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्