अध्याय ४०

परमेश्‍वरको लागि, मानिस उहाँको हातको खेलौना जस्तै हो, उहाँको हातमा भएको हातैले तन्काइने नुडल हो—एउटा यस्तो वस्तु जसलाई परमेश्‍वरले चाहेअनुसार पातलो वा बाक्‍लो बनाउन सक्नुहुन्छ, उहाँले चाहेअनुसार गर्न सक्नुहुन्छ। मानिस साँच्‍चै नै एउटी महिलाले बजारमा किनेको पर्सियाली बिरालोजस्तै परमेश्‍वरको हातको एउटा खेलौना हो भन्दा फरक नपर्ला। शङ्कै छैन, ऊ परमेश्‍वरको हातको खेलौना नै हो—त्यसकारण पत्रुसको ज्ञानमा कुनै झूट थिएन। यसबाट के कुरा देख्‍न सकिन्छ भने, परमेश्‍वरका वचनहरू र उहाँले ऊमाथि गर्नुहुने कामहरू सहजता र खुशीसाथ पूरा गरिन्छ। मानिसहरूले कल्‍पना गरेजस्तो उहाँले आफ्‍नो दिमाग खियाउनुहुन्‍न वा योजनाहरू बनाउनुहुन्‍न; उहाँले मानिसलाई भन्नुहुने वाणीहरूजस्तै, उहाँले मानिसमा गर्नुहुने काम पनि अत्यन्तै सामान्य छ। जब परमेश्‍वर बोल्‍नुहुन्छ, उहाँले आफ्‍नो जिब्रोलाई खुला छोडिदिनुहुन्छ, उहाँले बिना कुनै नियन्त्रण आफ्‍नो मनमा जे आयो त्यही बोल्‍नुहुन्छ जस्तो देखिन्छ। तैपनि, परमेश्‍वरका वचनहरू पढिसकेपछि, मानिसहरू पूर्ण रूपमा विश्‍वस्त हुन्छन्, तिनीहरूसँग बोल्‍ने शब्‍द हुँदैन, आँखा ठूला-ठूला हुन्छन् र तिनीहरू चकित हुन्छन्। यहाँ के भइरहेको छ त? यसले परमेश्‍वरको बुद्धि कति महान् छ भन्‍ने कुरालाई देखाउँछ। यदि मानिसहरूले कल्‍पना गरेजस्तै, मानिसमा गरिने परमेश्‍वरको काम स्पष्ट र सही हुनको लागि होसियारीसाथ योजना गरिनुपर्थ्यो भने—यी कल्‍पनाहरूलाई एक कदम अघि बढाएर भन्दा—परमेश्‍वरको बुद्धि, आश्‍चर्यजनकता, र अबोधगम्यताको मात्रा निर्धारण गर्न सकिन्थ्यो, जसले परमेश्‍वरको बारेमा मानिसहरूको मूल्याङ्कन अत्यन्तै न्यून छ भन्‍ने देखाउँछ। मानिसहरूको कार्यमा सधैँ मूर्खता हुने हुनाले, तिनीहरूले परमेश्‍वरलाई पनि उही तरिकाले मापन गर्छन्। परमेश्‍वरले आफ्‍नो कामको योजना बनाउने वा बन्दोबस्त गर्ने गर्नुहुन्‍न; बरु, यसलाई परमेश्‍वरका आत्माले प्रत्यक्ष रूपमा गर्नुहुन्छ—र परमेश्‍वरका आत्माले काम गर्ने सिद्धान्तहरू स्वतन्त्र र असीमित छन्। यस्तो लाग्छ मानौं परमेश्‍वरले मानिसका स्थितिहरूलाई ध्यान दिनुहुन्‍न र उहाँको इच्‍छाअनुसार बोल्‍नुहुन्छ—तैपनि मानिसले आफूलाई परमेश्‍वरका वचनहरूबाट बिरलै अलग गर्न सक्छ, जुन परमेश्‍वरको बुद्धिको कारणले गर्दा भएको हो। आखिर, तथ्यहरू भनेका तथ्यहरू नै हुन्। मानिसहरू सबैमा परमेश्‍वरका आत्माले गर्नुहुने काम अत्यन्तै स्पष्ट भएकोले, यो परमेश्‍वरको कामका सिद्धान्तहरूलाई देखाउनको लागि पर्याप्त छ। यदि सृष्टि गरिएको प्राणीमा गरिने उहाँको काममा परमेश्‍वरले त्यति ठूलो मूल्य चुकाउनु पर्नेथियो भने, के त्यो बेकारको काममा उत्कृष्ट काठको प्रयोग गर्नुसरह हुनेथिएन र? के परमेश्‍वरले व्यक्तिगत रूपमा काम गर्नैपर्छ त? के त्यो काम गर्नलायक हुन्थ्यो त? परमेश्‍वरका आत्माले धेरै लामो समयदेखि काम गर्दैआउनुभएको हुनाले, र युगौंयुगसम्म परमेश्‍वरका आत्माले यसरी कहिल्यै काम नगर्नुभएको हुनाले, परमेश्‍वरले काम गर्नुहुने माध्यम र सिद्धान्तहरूलाई कसैले पनि कहिल्यै जानेको छैन, तिनीहरू कहिल्यै पनि स्पष्ट भएका छैनन्। आज तिनीहरू स्पष्ट भएका छन्, किनभने परमेश्‍वरका आत्माले तिनीहरूलाई व्यक्तिगत रूपमा प्रकट गर्नुभएको छ—र यसमा कुनै शङ्का छैन, यो परमेश्‍वरका आत्माले प्रत्यक्ष रूपमा देखाउनुभएको हो, मानिसले सारांशित गरेको होइन। तेस्रो स्वर्गमा गएर यस्तै भइरहेको छ कि छैन भनेर किन नहेर्ने; यो सबै काम गरेपछि परमेश्‍वरलाई उहाँको परिश्रमले थकित तुल्याएको छ कि छैन, उहाँको ढाड दुखेको र उहाँको खुट्टामा पीडा भएको छ कि छैन, वा उहाँ खान वा सुत्‍न नसक्‍ने हुनुभएको छ कि छैन भनेर किन नहेर्ने; अनि यी सबै वचनहरू बोल्‍नको लागि धेरैभन्दा धेरै सन्दर्भ सामग्रीहरू पढ्नुभएको छ कि छैन, परमेश्‍वरका वाणीहरूका खाकाहरू टेबलभरि छरिएका छन् कि छैनन्, र धेरै कुरा बताइसकेपछि उहाँको मुख सुकेको छ कि छैन भनेर किन नहेर्ने। तथ्यहरू यसको ठीक विपरीत छन्: माथिका वचनहरू परमेश्‍वर बसोबास गर्नुहुने स्थानसँग कुनै पनि हालतमा मिल्दैनन्। परमेश्‍वर भन्‍नुहुन्छ, “मैले मानिसको खातिर धेरै समय खर्च गरेको छु र ठूलो मूल्य चुकाएको छु—तर यस पटक, अज्ञात कारणले गर्दा, मानिसहरूको विवेक तिनीहरूको मूल कार्य गर्न नसक्‍ने अवस्थामा छ।” मानिसहरूसँग परमेश्‍वरको शोकसम्‍बन्धी कुनै बोध भए पनि नभए पनि, यदि तिनीहरू आफ्नो विवेकको विरुद्धमा नगईकन परमेश्‍वरको प्रेमलाई लिन सक्छन् भने, यसलाई तर्कसंगत र उचित मानिनेछ। एउटै मात्र डर भनेको तिनीहरू विवेकको मूल कार्यलाई प्रयोग गर्न अनिच्‍छुक हुनु हो। तँ के भन्छस्, के यो सही हो? के यी वचनहरूले तँलाई सहयोग गर्छन्? म आशा गर्छु, तिमीहरू विवेकहीन काम नलाग्‍ने फोहोरहरू होइन, बरु विवेक भएका कुराहरूको स्वामित्वमा हुनेछौ। तिमीहरू यी वचनहरूको बारेमा के सोच्छौ? के कसैसँग यसको बोध छ? के तिमीहरूको मुटुमा सियो गाड्दा दुख्दैन? के परमेश्‍वरले असंवेदनशील लासमा सियो गाड्नुहुन्छ? के परमेश्‍वरले गल्ती गर्नुभएको छ, के वृद्ध उमेरले उहाँको आँखाको दृष्टि धमिलो बनाएको छ? म त भन्छु, त्यो असम्‍भव छ! जे होस्, यो पक्‍कै पनि मानिसकै गल्ती हुनुपर्छ। अस्पताल गएर किन नहेर्ने? पक्‍कै पनि मानिसको मुटुमा समस्या हुनुपर्छ; यसमा नयाँ “पुर्जाहरू” जोड्नुपर्छ—तिमीहरूलाई के लाग्छ? के तिमीहरूले त्यसो गर्नेछौ?

परमेश्‍वर भन्‍नुहुन्छ, “म तिनीहरूको कुरूप अनुहारहरू र अनौठा स्थितिहरूलाई हेर्छु, अनि म फेरि पनि मानिसबाट बिदा हुन्छु। त्यस्ता परिस्‍थितिहरूमा, मानिसहरू अबुझ अवस्थामा नै रहन्छन्, र मेरो फिर्तीको प्रतीक्षा गर्दै तिनीहरूले मैले तिनीहरूलाई इन्कार गरेका कुराहरू फेरि पनि फिर्ता लिन्छन्।” यो “नयाँ प्रविधिको युग” को अवधिमा, परमेश्‍वरले किन अझै गोरुगाडाको बारेमा कुरा गरिरहनुभएको छ? यस्तो किन हुँदै छ? के परमेश्‍वरलाई गनगन गर्न मन परेर यस्तो भएको हो? के कुनै राम्रो काम नपाएर परमेश्‍वरले यसरी समय बिताइरहनुभएको हो? के परमेश्‍वर टन्‍न खाएर फोकटमा समय बिताउने मानिसजस्तो हुनुहुन्छ? के यी वचनहरूलाई बारम्‍बार दोहोर्‍याउनुको कुनै अर्थ हुन्छ? मानिसहरू दु:खी प्राणीहरू हुन्, तिनीहरूलाई काम गर्न लगाउन सधैँ तिनीहरूको कान तान्नुपर्छ भनेर मैले भनेको छु। आज तिनीहरूलाई वचनहरू सुनाइसकेपछि, तिनीहरूले तिनलाई भोलि तुरुन्तै बिर्सनेछन्—यस्तो लाग्छ मानौं तिनीहरूलाई बिर्सने रोग लागेको छ। तसर्थ, कतिपय वचनहरू नबोलिएका होइनन्, तर के कुरा हो भने तिनलाई मानिसहरूले व्यवहारमा लागू गरेका छैनन्। यदि कुनै कुरालाई एक-दुईपटक बताइयो भने, मानिसहरू अनजान नै रहन्छन्—तीन पटक त बताउनैपर्छ, न्यूनतम सङ्ख्या यही हो। कतिपय यस्ता “वृद्ध मानिसहरू” पनि छन् जसलाई दशदेखि बीस पटकसम्‍म बताउनुपर्छ। यसरी, मानिसहरू परिवर्तन भए कि भएनन् भन्‍ने हेर्नको लागि एउटै कुरालाई बारम्‍बार फरक-फरक तरिकाले बताउनुपर्छ। के तिमीहरूले साँच्‍चै यसरी काम गरेका छौ? म मानिसहरूलाई तर्साउन चाहन्‍नँ, तर तिनीहरू सबैले परमेश्‍वरलाई मूर्ख बनाइरहेका छन्; अझै बढी पोषक तत्वहरू लिनुपर्छ भन्‍ने तिनीहरू सबैलाई थाहा छ, तर परमेश्‍वरको कारण तिनीहरूले व्याकुल महसुस गर्दैनन्—के परमेश्‍वरको सेवा गर्नु भनेको यही हो त? के परमेश्‍वरलाई प्रेम गर्नु भनेको यही हो त? तिनीहरूले सारा दिन संसारको चिन्ता नगरी फोकटमा र केही पनि नगरी बिताउँछन्। तर त्यसो गर्दा पनि, कतिपय मानिसहरूलाई अझै सन्तुष्टि मिल्दैन, र तिनीहरूले तिनीहरूका आफ्‍नै दुःख सिर्जना गर्छन्। सायद म अलिक बढी कठोर भएँ होला, तर आफ्‍नै बारेमा अत्यन्तै भावुक हुनु भनेको यही हो! के तिमीहरूलाई दुःखी बनाउने परमेश्‍वर हुनुहुन्छ त? के यो तिमीहरूले आफैमाथि कष्ट ल्याएको अवस्था होइन र? के परमेश्‍वरका कुनै पनि अनुग्रहहरू तिमीहरूको खुशीको स्रोत बन्‍न योग्य छैनन्? सुरुदेखि नै, तिमीहरूले परमेश्‍वरको इच्‍छालाई ध्यान दिएका छैनौ, र तिमीहरू नकारात्मक, दुर्बल, र व्यथित भएका छौ—किन यस्तो भयो? के तिमीहरूलाई देहमा जिउन लगाउनु परमेश्‍वरको इच्‍छा हो? तिमीहरू परमेश्‍वरको इच्‍छाको बारेमा अनजान छौ, तिमीहरू आफ्नै हृदयभित्र असहज छौ, तिमीहरू गनगन र गुनासो गर्छौ, र दिनभरि भुइँ पुछेर नै समय बिताउँछौ, र तिमीहरूको देहले पीडा र कष्ट भोग्छ—तिमीहरू त्यही पाउन योग्यका छौ! अरूले सजायको बीचमा परमेश्‍वरलाई प्रशंसा गर्नुपर्छ, तिनीहरू सजायबाट सफलतापूर्वक बाहिर आउनुपर्छ, र यसको बन्धनमा पर्नु हुँदैन भनेर तिमीहरू अनुरोध गर्छौ—तर तिमीहरू नै यसमा फसेका छौ र यसबाट उम्कन सक्दैनौ। डोङ्ग कुन्‍रुइको जस्तो यो “आत्मबलिदानको भावना” अनुकरण गर्न वर्षौं लाग्छ। जब तैँले शब्‍द र धर्मसिद्धान्तहरूको प्रचार गर्छस्, के तँलाई लाज लाग्दैन? के तँ आफूलाई चिन्दैनस्? के तैँले आफैलाई पन्छाएका छस्? के तैँले साँच्‍चै नै परमेश्‍वरलाई प्रेम गर्छस्? के तैँले आफ्‍ना सम्‍भावनाहरू र नियतिलाई पन्छाएको छस्? अचम्‍मका र अबोधगम्य त मानिसहरू नै हुन् भनेर परमेश्‍वरले भन्‍नुभएको कुरा स्वभाविकै हो। मानिसभित्र खनेर निकाल्‍न बाँकी त्यति धेरै “गाडधनहरू” छन् भनेर कसले सोचेको थियो र? आज, यसलाई देख्दा मात्रै पनि त्यसले मानिसको “आँखा खोल्छ”—मानिसहरू अत्यन्तै “विलक्षण” छन्! यस्तो लाग्छ म गन्ती गर्न नसक्‍ने बालक हुँ। कति जना मानिसहरूले परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्छन् भन्‍ने कुरा मैले आज समेत पत्ता लगाएको छैन। म कहिल्यै पनि सङ्ख्या स्मरण गर्न सक्दिनँ—त्यसकारण, मेरो “निष्ठा हीनता” को कारण, जब परमेश्‍वरको अघि लेखा दिने समय आउँछ, मेरो हात सधैँ रित्तो हुन्छ, चाहेजस्तो गर्ने अवस्थामा म हुँदिन, म सधैँ परमेश्‍वरप्रति ऋणी हुन्छु। परिणामस्वरूप, जब म लेखा दिन्छु, मलाई परमेश्‍वरले सधैँ “हप्काउनुहुन्छ।” मलाई थाहा छैन मानिसहरू किन यति निर्दयी छन्, र किन यसरी सधैँ मलाई कष्ट भोग्‍न लगाउँछन्। मानिसहरूले यस मौकालाई हाँसोको आवाज दुई गुणा बढाउन प्रयोग गर्छन्, तिनीहरू साँच्‍चै मेरा मित्रहरू होइनन्। जब म समस्यामा हुन्छु, तिनिहरूले मलाई कुनै सहयोग गर्दैनन्, बरु जानी-जानी मेरो गिल्‍ला गर्छन्—तिनीहरूसँग साँच्‍चै नै विवेक छैन!

अघिल्लो: अध्याय ३९

अर्को: अध्याय ४१

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्