अध्याय ८

जब परमेश्‍वरले आत्माको दृष्टिकोणबाट बोल्‍नुहुन्छ, उहाँको शैली सबै मानवजातिप्रति लक्षित हुन्छ। जब उहाँ मानव दृष्टिकोणबाट बोल्‍नुहुन्छ, उहाँको शैली उहाँको आत्माको मार्गनिर्देशनलाई पछ्याउने सबैप्रति लक्षित हुन्छ। जब परमेश्‍वरले तेस्रो व्यक्तिको दृष्टिकोणबाट (मानिसहरूले अवलोकनकर्ताको दृष्टिकोण भनी भन्‍ने दृष्टिकोणबाट) बोल्‍नुहुन्छ, उहाँले मानिसहरूलाई सीधै आफ्‍ना वचनहरू देखाउनुहुन्छ, ताकि तिनीहरूले उहाँलाई एक टिप्‍पणीकर्ताको रूपमा हेरून्, र तिनीहरूलाई उहाँको मुखबाट असीमित कुराहरू आउँछन् भन्‍ने लागोस्, जुन कुराको बारेमा मानिससँग कुनै ज्ञान छैन र जुन कुरालाई तिनीहरूले बुझ्‍न सक्दैनन्। कुरा यही हो नि होइन र? जब परमेश्‍वरले आत्माको दृष्टिकोणबाट बोल्‍नुहुन्छ, सबै मानवजाति अचम्मित हुन्छन्। “मानिसहरूले मलाई गर्ने प्रेम सूक्ष्म छ, र ममाथिको तिनीहरूको विश्‍वास पनि दयालाग्दो रूपमा सानो छ। यदि मैले मानिसहरूका कमजोरीहरूमा मेरा वचनहरूको प्रहार निर्देशित गरिनँ भने, तिनीहरूले घमन्ड र बढाइचढाइ गर्छन्, धाक लगाउँछन् र आडम्बरी सिद्धान्तहरू सिर्जना गर्छन्, मानौं तिनीहरू नै सांसारिक मामिलाहरूको सवालमा सर्वज्ञानी र सर्वज्ञाता हुन्‌।” यी वचनहरूले मानवजातिलाई तिनीहरू वास्तवमा जस्ता छन् त्यही रूपमा प्रकट गर्ने र मानव हृदयमा रहेको परमेश्‍वरको स्थानलाई प्रकट गर्ने मात्रै गर्दैनन्, बरु तिनले त मानवजातिको सम्पूर्ण जीवनलाई पनि उदाङ्गो पार्छन्। हरेक व्यक्तिले आफू असाधारण छु भन्‍ने ठान्छ, तैपनि “परमेश्‍वर” भन्‍ने शब्द पनि छ भन्‍ने समेत जान्दैन। त्यसकारण, तिनीहरूले आडम्बरी सिद्धान्तहरूसँगै उठ्ने आँट गर्छन्। तैपनि, “आडम्बरी सिद्धान्तहरूसँगै उठ्ने” कार्य मानिसहरूले बुझ्‍ने अर्थमा “बोल्‍ने” कार्य होइन। बरु, यसको अर्थ मानवलाई शैतानले भ्रष्ट तुल्याएको छ भन्‍ने हुन्छ। तिनीहरूले गर्ने हरेक काम, तिनीहरूले उठाउने हरेक कार्यभार परमेश्‍वरको विपरीत हुन्छ र त्यसले उहाँलाई प्रत्यक्ष रूपमा नै विरोध गर्छ, अनि तिनीहरूको कामको सार शैतानबाट आउँछ र परमेश्‍वरको विरुद्धमा हुन्छ, अनि त्यसको अभिप्राय भनेको परमेश्‍वरको इच्‍छाविपरीत स्वतन्त्रता हासिल गर्ने हुन्छ। यही कारणले गर्दा, परमेश्‍वर भन्‍नुहुन्छ, सबै मानिसहरू आडम्बरी सिद्धान्तहरूसँगै उठ्ने गर्छन्। उहाँका वचनहरूको प्रभाव मानवका कमजोरीहरूप्रति लक्षित छ भनेर परमेश्‍वरले किन भन्‍नुहुन्छ? किनभने, परमेश्‍वरको अभिप्रायअनुसार, यदि उहाँले मानिसहरूको हृदयको गहिराइमा लुकेका कुराहरूलाई प्रकट गर्नुभएन भने, कोही पनि समर्पित हुनेछैनन्; त्यसकारण, मानिसहरूले आफूलाई बुझ्‍नेछैनन्, र तिनीहरूले परमेश्‍वरलाई आदरको साथ हेर्नेछैनन्। अर्को शब्‍दमा भन्दा, यदि मानिसहरूका धारणाहरूलाई उदाङ्गो पारिएन भने, तिनीहरूले जेसुकै गर्ने आँट गर्नेछन्—तिनीहरूले सीधै स्वर्ग वा परमेश्‍वरलाई सराप्‍ने काम समेत गर्नेछन्। यी मानवजातिका कमजोरीहरू हुन्। त्यसकारण, परमेश्‍वर यसरी बोल्‍नुहुन्छ: “म मेरो आशयसँग मेल खाने र मेरो प्रयोगको लागि योग्य मानिसहरूको निरन्तर खोजीमा ब्रह्माण्डको सबै कुनाहरूमा यात्रा गर्छु।” पछि औपचारिक रूपमा राज्यको सलामी चढाइने बारेमा जे बताइएको छ त्यससँग यो अभिव्यक्तिलाई जोडेर हेर्दा, यसले पृथ्वीमा पवित्र आत्मा नयाँ काममा संलग्‍न हुनुहुन्छ भन्‍ने कुरालाई स्पष्ट पार्छ; यति मात्रै हो कि मानवले यसलाई आफ्‍नो भौतिक आँखाले देख्‍न सक्दैन। पवित्र आत्माले पृथ्वीमा नयाँ काम गरिरहनुभएको छ भनेर भनिएको हुनाले, सम्पूर्ण ब्रह्माण्डमा ठूलो परिवर्तन हुन्छ: परमेश्‍वरका पुत्रहरू र परमेश्‍वरका मानिसहरूले परमेश्‍वरको देहधारणको गवाहीलाई स्वीकार गर्न थाल्छन्, तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, हरेक धर्म र सम्प्रदाय, हरेक पेशा र हरेक स्थानमा रहेका मानिसहरूले यसलाई विभिन्‍न हदसम्‍म स्वीकार गर्छन्। यो आत्मिक क्षेत्रको ब्रह्माण्ड संसारमा हुने ठूलो गतिविधि हो। यसले सम्पूर्ण धार्मिक संसारलाई यसको केन्द्रबिन्दुबाटै हल्‍लाउँछ, र यसभन्दा पहिले उल्‍लेख गरिएको “भूकम्प” ले आंशिक रूपमा यसैलाई जनाउँछ। अर्को कुरा, स्वर्गदूतहरूले औपचारिक रूपमा नै आफ्‍नो काम सुरु गर्छन् र इस्राएलका मानिसहरू फेरि कहिल्यै नभौँतारिने गरी आफ्‍नो घर फर्केर आउँछन्, र समावेश भएका सबैले गोठालोको अगुवाइ स्वीकार गर्छन्। यसको विपरीत, मिश्रीहरू मेरो मुक्तिको क्षेत्रलाई तोडेर बाहिर जान थाल्छन्; अर्थात्, तिनीहरूले मेरो सजाय प्राप्त गर्छन् (तर त्यो काम अहिलेसम्‍म औपचारिक रूपमा सुरु भएको छैन)। त्यसकारण, जब संसारमा यी सबै ठूला-ठूला परिवर्तनहरू भइरहेको बेला नै औपचारिक रूपमा राज्यको सलामी चढाइनेछ, जुन समय “त्यस्तो समय हो जब सात गुणा तीव्र आत्माले काम गर्न थाल्छ” भनी उल्‍लेख गरिएको समय हो। परमेश्‍वरले जब-जब पुनर्प्राप्तिको कार्य गर्नुहुन्छ, यी चरणहरूमा (यी परिवर्तनका अवधिहरूमा), कसैले पनि पवित्र आत्‍माको कार्यलाई अनुभूति गर्न सक्दैनन्। त्यसकारण, “जब मानिसहरूले आशा गुमाउँछन्” भन्‍ने वचनहरू साँचो ठहरिन्छन्। यसको साथै, परिवर्तनका यी हरेक चरणहरूको अवधिमा, जब मानिसहरूले आशा गुमाउँछन्, वा जब तिनीहरूले यो गलत प्रवाह हो भन्‍ने अनुभूति गर्छन्, परमेश्‍वरले नयाँ सुरुवात गर्नुहुन्छ र आफ्‍नो कामको अर्को चरणलाई अघि बढाउनुहुन्छ। सृष्टिदेखि अहिलेसम्‍म, परमेश्‍वरले यसरी नै आफ्‍नो कामको पुनर्प्राप्ति गर्नुभएको छ र आफ्‍नो कामका विधिहरूलाई परिवर्तन गर्नुभएको छ। धेरैजसो मानिसहरूले यो कामको केही पक्षलाई विभिन्‍न हदसम्‍म बुझ्‍न सक्‍ने भए पनि, तिनीहरूलाई अन्त्यमा पानीको भेलले बगाएर लैजान्छ, किनभने तिनीहरू अत्यन्तै सानो कदका छन्; तिनीहरूले परमेश्‍वरको कामका चरणहरूलाई बुझ्‍न सक्दैनन्, त्यसकारण तिनीहरूलाई हटाइन्छ। तैपनि, परमेश्‍वरले मानिसहरूलाई शुद्ध पार्ने पनि यसरी नै हो, र यो मानवजातिका पुरानो भइसकेका धारणाहरूलाई परमेश्‍वरले गर्नुहुने न्याय हो। मानिसहरूसँग जति धेरै जग हुन्छ, तिनीहरूसँग परमेश्‍वरसम्‍बन्धी तिनीहरूको धार्मिक धारणाहरू पनि त्यति नै धेरै हुन्छन्, र ती धारणाहरू पन्छाउन तिनीहरूलाई कठिन हुन्छ; तिनीहरूले सधैँ पुरानै कुराहरूलाई मानिरहन्छन्, र नयाँ ज्योति स्वीकार गर्न तिनीहरूलाई कठिन हुन्छ। अर्कोतर्फ, यदि कुनै व्यक्ति खडा भइरहेको छ भने, उसँग खडा हुने जग हुनैपर्छ, तैपनि आफ्‍ना धारणाहरू त्याग्‍न धेरैजसो मानिसहरूलाई समस्या हुन्छ। आजका देहधारी परमेश्‍वरसम्बन्धी तिनीहरूको धारणाहरूमा यो विशेष गरी लागू हुन्छ, जुन स्पष्टै देख्‍न सकिने कुरा हो।

आजका वचनहरूमा, परमेश्‍वरले ईश्‍वरीय दर्शनहरूको बारेमा धेरै बोल्‍नुहुन्छ, र यसलाई विस्तारमा व्याख्या गर्नुपर्ने कुनै आवश्यकता हुँदैन। परमेश्‍वरले मण्डली निर्माणले कसरी राज्यको निर्माणको लागि जग खडा गर्छ भन्‍नेबारेमा नै मुख्य रूपमा बोल्‍नुहुन्छ। अझै विशिष्ट रूपमा भन्दा, जब मण्डलीको निर्माण हुँदैथियो, मानिसहरूले आफ्‍नै आँखाले देहधारी परमेश्‍वरलाई चिनेका नभए पनि, यसको मुख्य उद्देश्य तिनीहरूलाई हृदय र वचन दुवैमा विश्‍वस्त तुल्याउनु थियो। तिनीहरूले आफ्‍नो हृदयमा विश्‍वास राखेको भए पनि, तिनीहरूले देहधारी परमेश्‍वरलाई चिनेका थिएनन्, किनभने त्यो चरणमा उहाँलाई व्यक्तिबाट छुट्ट्याउन सकिँदैनथियो। राज्यको युगमा, सबैले आफ्‍नो हृदय, आफ्‍नो बोली-वचन, र आफ्‍नो आँखामा दृढ निश्‍चयता देखाउनुपर्छ। यो कुरा के देखाउनको लागि पर्याप्त छ भने, सबैले आफ्‍नो हृदय, बोली-वचन, र आँखामा दृढ निश्‍चयता देखाउनको लागि, तिनीहरूलाई तिनीहरूको शारीरिक आँखाले नै देहमा जिइरहनुभएको परमेश्‍वर देख्‍न दिनुपर्छ—जबरजस्तीले होइन, अनि लापरवाही विश्‍वासले पनि होइन, बरु तिनीहरूको हृदय र मुखबाट आउने दृढ निश्‍चयताबाट आउने ज्ञानद्वारा देख्न दिनुपर्छ। त्यसकारण, निर्माणको यो चरणमा, कुनै लडाइँ र मारकाट हुँदैन। बरु, मानिसहरूलाई परमेश्‍वरका वचनहरूको मार्गद्वारा अन्तर्दृष्टितर्फ डोर्‍याइनेछ, अनि यसमार्फत तिनीहरूले खोजी र अन्वेषण गर्न सक्छन्, ताकि तिनीहरूले अर्धचेतन रूपमा नै देहधारी परमेश्‍वरलाई चिन्‍न सकून्। त्यसकारण, यसले प्रकृतिलाई यसको दिशा लिन दिन्छ र मानवजातिलाई प्रतिरोध गर्दैन भन्‍ने अर्थमा कामको यो चरण निकै सजिलो छ। अन्त्यमा, यसले प्राकृतिक रूपमा नै मानवलाई परमेश्‍वरको ज्ञानतर्फ डोर्‍याउनेछ, त्यसकारण चिन्तित वा व्याकुल नबन। जब परमेश्‍वरले “आत्मिक क्षेत्रको युद्धको अवस्थालाई मेरा सबै मानिसहरूको माझमा प्रस्ट गरिएको छ” भनी भन्‍नुभयो, उहाँले के भनिरहनुभएको थियो भने जब मानिसहरू सही मार्गमा हिँड्छन् र परमेश्‍वरलाई चिन्‍न थाल्छन्, हरेक व्यक्तिलाई शैतानले आन्तरिक रूपमा परीक्षा गर्ने मात्रै होइन, बरु तिनीहरूलाई मण्डलीमा समेत शैतानले परीक्षा गर्न सक्छ। तैपनि, यो हरेकले लिनुपर्ने मार्ग हो, त्यसकारण कोही पनि तर्सिनु पर्दैन। शैतानको परीक्षा विभिन्‍न रूपमा आउन सक्छ। कतिले परमेश्‍वरले भन्‍नुहुने कुरालाई बेवास्ता गर्ने वा त्याग्‍ने गर्न सक्छन्, र अरू मानिसहरूको सकारात्मकतालाई निरुत्साहित गर्नको लागि नकरात्मक कुराहरू भन्‍न सक्छन्; तैपनि, त्यस्तो व्यक्तिले सामान्यतया अरूलाई जितेर आफ्‍नो पक्षमा पार्न सक्नेछैनन्। यो कुरालाई पत्ता लगाउन कठिन हुन्छ। यसको मुख्य कारण यही हो: त्यस्तो व्यक्ति भेलाहरूमा सहभागी हुने कार्यमा अझै पनि सक्रिय हुन सक्छ, तर तिनीहरू ईश्‍वरीय दर्शनहरूका बारेमा अनिश्‍चित हुन्छन्। यदि मण्डली तिनीहरूबाट सचेत भई बस्दैन भने, तिनीहरूको नकारात्मकताले सम्पूर्ण मण्डलीलाई नै परमेश्‍वरप्रतिको प्रतिक्रिया हतारमा दिन लगाउँदै, परमेश्‍वरका वचनहरूमा ध्यान नदिने तुल्याउन सक्छ—अनि यसको अर्थ सीधै शैतानको परीक्षामा पर्नु हो। त्यस्तो व्यक्तिले परमेश्‍वरको विरुद्धमा सीधै विद्रोह गर्न नसक्ला, तर तिनीहरूले परमेश्‍वरका वचनहरूलाई बुझ्‍न नसक्‍ने र परमेश्‍वरलाई नचिन्‍ने हुनाले, तिनीहरू गुनासो वा द्वेषभावले भरिएको हृदय बोकेर हिँड्ने अवस्थासम्‍म पुग्‍न सक्छन्। तिनीहरूले आफूलाई परमेश्‍वरले त्याग्‍नुभएको छ र आफूहरू अन्तर्दृष्टि र ज्योति प्राप्त गर्न नसक्‍ने अवस्थामा छौं भनेर भन्‍न सक्छन्। तिनीहरूले छोडेर जाने इच्‍छा गर्न सक्छन्, तर तिनीहरू अलिक डराएका हुन्छन्, अनि तिनीहरूले परमेश्‍वरको काम परमेश्‍वरबाट आएको होइन, बरु यो त दुष्ट आत्‍माहरूको काम हो भनेर भन्‍न सक्छन्।

किन परमेश्‍वरले पत्रुसको बारेमा बारम्‍बार उल्‍लेख गर्नुहुन्छ? अनि किन उहाँले अय्यूबसमेत तिनको स्तरमा पुगेनन् भनेर भन्‍नुहुन्छ? त्यस कुराले मानिसहरूलाई पत्रुसका कार्यहरूमा ध्यान केन्द्रित मात्र गराउँदैन, यसले त तिनीहरूलाई तिनीहरूको हृदयमा भएको सबै उदाहरणहरू पनि पन्छाउन लगाउँछ, किनभने अय्यूबको उदाहरण—जोसँग सबैभन्‍दा ठूलो विश्‍वास थियो—समेत अपर्याप्त छ। यसरी मात्रै अझै राम्रो परिणाम हासिल गर्न सकिन्छ, किनभने यसमा मानिसहरूले पत्रुसको अनुकरण गर्ने प्रयासमा सबै कुरालाई पन्छाउन सक्छन्, अनि त्यसो गर्ने क्रममा, तिनीहरू परमेश्‍वरसम्‍बन्धी आफ्नो ज्ञानमा एक कदम अघि बढ्छन्। परमेश्‍वरलाई चिन्‍नका लागि पत्रुसले लिएको अभ्यासको मार्ग परमेश्‍वरले मानिसहरूलाई देखाउनुहुन्छ, र त्यसो गर्नुको उद्देश्य मानिसहरूलाई सन्दर्भ बिन्दु प्रदान गर्नु हो। त्यसपछि, परमेश्‍वरले यसो भन्दै शैतानले मानिसहरूलाई परीक्षा गर्ने एउटा मार्गको पूर्वानुमान गर्नुहुन्छ, “तापनि, यदि तँ मेरा वचनहरूप्रति मन्द र लापरवाही हुन्छस्‌ भने, तैंले निःसन्देह मेरो विरोध गर्छस्। यो वास्तविकता हो।” यी वचनहरूमा, परमेश्‍वरले त्यस्ता धूर्त युक्तिहरूको बारेमा बताउनुहुन्छ, जुन युक्तिहरू प्रयोग गर्न शैतानले प्रयास गर्नेछ; ती चेतावनीका रूपमा रहेका छन्। हरेक व्यक्ति परमेश्‍वरका वचनहरूप्रति उदासीन हुनसक्ने कुरा सम्‍भव छैन, तैपनि, यो परीक्षाले कतिपयलाई बन्धनमा पार्नेछ। त्यसकारण, अन्त्यमा, उहाँले यो कुरालाई जोड दिँदै दोहोर्‍याउनुभएको छ, “यदि तिमीहरूले मेरा वचनहरूको बारेमा जान्दैनौ, वा तिनलाई स्वीकार गर्दैनौ, वा तिनलाई अभ्यासमा लगाउँदैनौ भने, तिमीहरू पक्‍कै पनि मेरो सजायका पात्रहरू बन्‍नेछौ! तिमीहरू पक्‍कै पनि शैतानका सिकारहरू बन्‍नेछौ!” यो परमेश्‍वरले मानवजातिलाई दिनुभएको सल्‍लाह हो—तैपनि अन्त्यमा, परमेश्‍वरले भविष्यवाणी गर्नुभएजस्तै, मानिसहरूको एउटा समूह अपरिहार्य रूपमा नै शैतानको सिकार बन्‍नेछन्।

अघिल्लो: पत्रुसको जीवनको बारेमा

अर्को: अध्याय ९

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्ने जान्‍नुपर्छ

छ हजार वर्षभन्दा लामो अवधिमा गरिएको कामको सम्पूर्णता फरक-फरक युग आउने र जाने क्रममा परिवर्तन भएको छ। यो कार्यको परिवर्तन संसारको समग्र...

विजयको कामको भित्री सत्यता (४)

सिद्ध बनाइनु भनेको के हो? जितिनु भनेको के हो? मानिसहरूलाई जित्नका निम्ति कुन मापदण्डहरू पूरा हुनुपर्दछ? र तिनीहरूलाई सिद्ध बनाउनका निम्ति...

परिशिष्ट: परमेश्‍वरको न्याय र सजायमा उहाँ देखा पर्नुभएको घटनालाई हेर्नु

प्रभु येशू ख्रीष्टलाई पछ्याउने अरूहरू करोडौँले जस्तै, हामी बाइबलका नियमहरू र आज्ञाहरूलाई पालन गर्छौं, प्रभु येशू ख्रीष्टको प्रशस्त...

परमेश्‍वर स्वयम् अद्वितीय ५

परमेश्‍वरको पवित्रता (२)भाइ-बहिनीहरू, आज हामी एउटा भजन गाऔं। तिमीहरूलाई मन पर्ने र तिमीहरूले नियमित रूपमा गाउने गरेको भजन निकाल। (हामी...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्