पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई कसरी चिन्ने

तिमीहरू सबै परमेश्‍वरको अगि इनाम पाउने र परमेश्‍वरद्वारा कृपा पाउने इच्छा राख्छौ; परमेश्‍वरमा विश्‍वास गरेको सुरुसुरुमा सबैले यस्तै कुराहरूको आशा राख्छन्, किनकि सबै जना उच्च कुराहरूको खोजीमा व्यस्त हुन्छन्, र कोही पनि अरूभन्दा पछि पर्न चाहँदैन। मानिसहरू यस्तै प्रकारका हुन्छन्। ठीक यही कारणले गर्दा तिमीहरूमध्ये धेरै जना स्वर्गमा हुनुहुने परमेश्‍वरको निरन्तर चापलुसी गरेर कृपा पाउने कोसिस गर्छौ, तापनि वास्तवमा, परमेश्‍वरप्रतिको तिमीहरूको बफादारीता र इमानदारीता तिमीहरूको आफैप्रतिको बफादारीता र इमानदारीभन्दा धेरै कम हुन्छ। म यो कुरा किन भन्दैछु? किनकि परमेश्‍वरप्रतिको तिमीहरूको बफादारीतालाई म पटक्कै स्वीकार गर्दिनँ, त्यसबाहेक, म तिमीहरूका हृदयहरूमा भएका परमेश्‍वरको अस्तित्वलाई अस्वीकार गर्दछु। भन्नुको अर्थ यो हो, कि तिमीहरू जुन परमेश्‍वरको आराधना गर्छौ, जुन अस्पष्ट परमेश्‍वरको तिमीहरू सराहना गर्दछौ, उहाँको अस्तित्व छँदैछैन। तिमीहरू सत्य परमेश्‍वरबाट धेरै टाढा भएको कारणले गर्दा नै म यो निश्चयतापूर्वक भन्न सक्छु। तिमीहरूको वफादारीताको कारण तिमीहरूका हृदयभित्रको मूर्ति हो; मेरो कुरा गर्ने हो भने, अहिले, तिमीहरू जुन परमेश्‍वरलाई हेर्छौ, उहाँ न त महान् न सानो हुनुहुन्छ, तिमीहरू शब्दहरूले मात्र स्वीकार गर्दछौ। जब म तिमीहरू परमेश्‍वरबाट टाढा छौ भन्छु, मेरो भनाइको अर्थ तिमीहरू सत्य परमेश्‍वरबाट टाढा छौ भन्ने हो, त्यो अस्पष्ट परमेश्‍वर भने नजिक छ जस्तो देखिन्छ। जब म “महान् छैन” भन्छु, तब तिमीहरूले यो दिनमा विश्‍वास गरेका परमेश्‍वरको सन्दर्भमा भनेको हुँ, जो कुनै ठूला योग्यताहरू नभएको व्यक्तिजस्तो मात्र देखिनुहुन्छ, यस्तो व्यक्ति, जो त्यत्ति उच्च हुनुहुन्‍न। अनि जब म “सानो छैन” भन्छु, त्यसको अर्थ यो व्यक्तिले बतासलाई बोलाउन र झरीलाई आज्ञा गर्न नसके तापनि उहाँ त्यो काम गर्नका निम्ति परमेश्‍वरका आत्मालाई बोलाउन सक्षम हुनुहुन्छ, जसले आकाश र पृथ्वीलाई हल्लाउनुहुन्छ, जसले मानिसहरूलाई पूर्ण रूपमा अचम्मित बनाउनुहुन्छ। बाहिरी रूपमा पृथ्वीमा तिमीहरू यो ख्रीष्टप्रति धेरै आज्ञाकारी देखिन्छौ, तर वास्तवमा भन्ने हो भने उहाँमा तिमीहरू विश्‍वास गर्दैनौ, न त उहाँलाई प्रेम नै गर्छौ। भन्नुको अर्थ यो हो, कि जसलाई तिमीहरू साँचो रूपमा विश्‍वास गर्छौ, उहाँ तिमीहरूका आफ्नै भावनाको अस्पष्ट परमेश्‍वर हुनुहुन्छ, र तिमीहरूले साँच्चै प्रेम गरेको त्यो परमेश्‍वर, जसको तिमीहरू दिन-रात चाहना गर्दछौ, तापनि उहाँलाई व्यक्तिगत रूपमा कहिल्यै देखेका छैनौं। यस ख्रीष्‍टतर्फ तिमीहरूको विश्‍वास अपूर्ण छ, र तिमीहरूको प्रेम नगण्य छ। विश्‍वास भनेको आस्था वा भरोसा हो; प्रेम भनेको एक व्यक्तिको हृदयमा हुने भक्ति र प्रशंसा हो, जुन कहिल्यै विभाजित हुँदैन। तापनि आजका ख्रीष्टमा तिमीहरूको विश्‍वास र प्रेम योभन्दा धेरै कम छ। जब विश्‍वासको कुरा आउँछ, तब तिमीहरू उहाँमाथि कसरी विश्‍वास राख्छौ? जब प्रेमको कुरा आउँछ, तिमीहरू कस्तो प्रकारले उहाँलाई प्रेम गर्दछौ? तिमीहरूमा उहाँको स्वभावको बुझाइ छैन, अझ उहाँको गुणको बारेमा त तिमीहरूलाई झनै कम थाहा छ, यसैले तिमीहरू कसरी उहाँमा विश्‍वास गर्छौ? उहाँमा तिमीहरूको विश्‍वासको वास्तविकता कहाँ छ? उहाँलाई तिमीहरू कसरी प्रेम गर्छौ? उहाँमा तिमीहरूको प्रेमको वास्तविकता कहाँ छ?

धेरैले अहिलेसम्म कुनै सङ्कोचविना मलाई पछ्याएका छन्। त्यसैले तिमीहरूले विगत धेरै वर्षहरूमा धेरै थकान पनि अनुभव गरेका छौ। तिमीहरू प्रत्येकको जन्मजात चरित्र र बानीहरूलाई मैले स्पष्टतासाथ बुझेको छु; तिमीहरू प्रत्येकसँगको कुराकानी धेरै नै कठिन भएको छ। दुःखको कुरा यो हो कि, यद्यपि मैले तिमीहरूको बारेमा धेरै कुरा बुझे पनि तिमीहरूले चाहिँ मेरो बारेमा केही पनि बुझेका छैनौ। भ्रमको स्थितिमा तिमीहरू जोसुकैको छलमा फस्छौ भनेर मानिसहरूले भन्‍नु स्वभाविक नै हो। साँच्चै, तिमीहरू मेरो स्वभावलाई कति पनि बुझ्दैनौ, मेरो मनमा के छ त्यो त परै जाओस्। आज मबारे तिमीहरूका गलत बुझाइहरू चाँडो-चाँडो फैलिरहेका छन्, र मप्रतिको तिमीहरूको विश्‍वास अन्योलपूर्ण विश्‍वास नै रहिरहन्छ। तिमीहरूको ममा विश्‍वास छ भन्नुको साटो मसित चापलुसी गरेर अनि मलाई चिप्ले घसेर तिमीहरू मेरो कृपा पाउने कोसिस गर्दछौ भन्नु ठीक हुन्छ। तिनीहरूका अभिप्रायहरू साधारण छन्: म उसैको पछि लाग्नेछु, जसले मलाई इनाम दिन सक्छ, र उसैमा विश्‍वास गर्दछु, जसले मलाई ठूला-ठूला विपत्तिहरूबाट उम्काउनेछ, चाहे ऊ परमेश्‍वर वा कुनै पनि परमेश्‍वर नै किन नहोस्। यीमध्ये कुनै पनि मेरो सरोकारको विषय होइन। तिमीहरूमध्ये त्यस्ता धेरै मानिसहरू छन्, र यो अवस्था धेरै गम्भीर छ। यदि एक दिन, तिमीहरूमध्ये कति जनाले ख्रीष्टको सारको जानकारी पाएर उहाँमा विश्‍वास गरेका छौ भनी जाँच गरियो भने, मलाई शङ्का लाग्छ कि तिमीहरूमध्ये एकै जना पनि मेरो निम्ति चित्तबुझ्दो हुनेछैनौ। यसैले यो प्रश्नमाथि विचार गर्दा तिमीहरू प्रत्येकलाई चोट लाग्नेछैन: तिमीहरूले विश्‍वास गरेको परमेश्‍वर मभन्दा धेरै नै फरक छ, अनि यस्तो भएकोले तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको सार के हो? तिमीहरू जति धेरै आफ्नो तथाकथित परमेश्‍वरमा विश्‍वास गर्छौ, त्यत्ति नै मबाट भड्केर टाढा जान्छौ। त्यसो भए यस विषयको सार के हो? यो निश्चित छ, कि तिमीहरूमध्ये कसैले पनि त्यस्तो प्रश्नमाथि कहिल्यै विचार गरेका छैनौ, तर के यसको गम्भीरता तिमीहरूमा उत्पन्न भएको छ? के तिमीहरूले यस्तै प्रकारले विश्‍वास गरिरहँदा उत्पन्न हुने परिणामहरूबारे सोचेका छौ?

आज, तिमीहरूले धेरै समस्याहरूको सामना गर्छौ, र तिमीहरूमध्ये एक जनालाई पनि समस्या समाधान गर्ने बानी परेको छैन। यो अवस्था जारी रहने हो भने, हार्नको लागि खडा हुनेहरू तिमीहरू मात्रै हुनेछौ। म तिमीहरूलाई समस्याहरू पहिचान गर्न सहायता गर्नेछु, तर तिनलाई समाधान गर्ने काम तिमीहरूकै हो।

अरूसँग शङ्का नगर्नेहरूसँग म खुशी हुन्छु, र सजिलैसँग सत्य स्वीकार्नेहरूलाई म मन पराउँछु; यी दुई प्रकारका मानिसहरूलाई म धेरै वास्ता गर्छु, किनकि तिनीहरू मेरो नजरमा इमानदार मानिसहरू हुन्। यदि तँ छली छस् भने, तँ सबै मानिस र विषयहरूप्रति सतर्क बन्नेछस् र शङ्कालु बन्नेछस्, यसैले मप्रतिको तेरो विश्‍वास शङ्काको जगमाथि निर्माण हुनेछ। त्यस्तो विश्‍वासलाई म कहिल्यै स्वीकार्न सक्दिनँ। साँचो विश्‍वासको अभावमा, तिमीहरू अझ बढी साँचो प्रेमरहित बन्छौ। र यदि तँ परमेश्‍वरलाई शङ्का गर्न जिम्‍मेवार छस् र जानी-जानी उहाँको बारेमा अनुमान गर्छस् भने निस्सन्देह तँ सबै मानिसहरूमध्ये सबैभन्दा छली होस्। तँ परमेश्‍वर मानिसजस्तो हुन सक्नुहुन्छ कि सक्‍नुहुन्‍न भनेर अनुमान लगाउँछस्: क्षमा गर्नै नसकिने पापी, क्षुद्र चरित्र भएको, निष्पक्षता र विवेकरहित, न्यायको भावना नभएको, हिंस्रक युक्तिमा लागेको, छलपूर्ण र धूर्त, दुष्ट र अन्धकारद्वारा प्रसन्न, र यस्तै अरू। के मानिसहरूमा परमेश्‍वरको अलिकति पनि ज्ञान नभएको कारण तिनीहरूमा यस्ता विचारहरू आएका होइनन् र? त्यस्तो विश्‍वास पापभन्दा कम होइन! केही यस्ता व्यक्तिहरू पनि छन्, जसले मलाई प्रसन्न तुल्याउनेहरू चापलुसी गर्ने र चिप्लो घस्नेहरू हुन्, अनि त्यस्ता सीपको अभाव हुनेहरूलाई परमेश्‍वरको भवनमा स्वागत गरिँदैन र तिनीहरूले त्यहाँ आफ्नो स्थान गुमाउनेछन् भनी विश्‍वास गर्छन्। यतिका वर्षहरूमा तिमीहरूले प्राप्त गरेको ज्ञान के यही मात्र हो? के तिमीहरूले प्राप्त गरेको यही नै हो? अनि मेरो बारेमा तिमीहरूको ज्ञान यी भ्रमहरूमा रोकिँदैन; अनि त्योभन्दा अझ नराम्रो तिमीहरूले गरेका परमेश्‍वरका आत्माको निन्दा र स्वर्गको बदनाम हो। यसैले म भन्छु, कि तिमीहरूको जस्तो विश्‍वासले तिमीहरूलाई मबाट अझ टाढा बनाउँछ र मेरो विरुद्धमा अझ ठूलो विरोधी बनाउँछ। धेरै वर्ष कामको अवधिमा तिमीहरूले धेरै सत्यहरू देख्यौ, तर मेरा कानले के सुनेको छ के तिमीहरूलाई थाहा छ? तिमीहरूमध्ये कति जना सत्यलाई स्वीकार्न इच्छुक छौ? तिमीहरू सबै जना सत्यका निम्ति मूल्य चुकाउन तयार छौ भनी विश्‍वास गर्दछौ, तर तिमीहरूमध्ये कति जनाले सत्यका लागि साँच्चै दुःख भोगेका छौ? तिमीहरूका हृदयमा अधार्मिकता सिवाय केही छैन, जसको कारण मानिसहरू जो भए पनि सबै जना एकसमान रूपमा छली र कुटिल छन् भनी तिमीहरू सोच्छौ—यसको हद यति छ कि तिमीहरू यो समेत विश्‍वास गर्छौ, कि देहधारी परमेश्‍वर एक सामान्य मानिसजस्तै दयालु हृदयरहित वा दयालु प्रेमरहित हुन सक्‍नुहुन्छ। त्योभन्दा बढी, तिमीहरू महान् चरित्र र कृपालु, परोपकारी स्वभाव स्वर्गमा हुनुहुने परमेश्‍वरको मात्र छ भनी विश्‍वास गर्दछौ। तिमीहरू विश्‍वास गर्दछौ, कि त्यस्तो सन्त अस्तित्वमा छैन, पृथ्वीमा अन्धकार र दुष्टले मात्र शासन गर्दछ, जब कि परमेश्‍वर यस्तो व्यक्ति हुनुहुन्छ, जसको साथमा मानिसहरूले आफ्नो भलाइ र सुन्दरताको चाहना सुम्पिन्छन्, उनीहरूले बनाएका कल्पित व्यक्तित्व हुनुहुन्छ। तिमीहरूको मनमा स्वर्गका परमेश्‍वर उच्च, धार्मिक र महान्, आराधना र प्रशंसाका योग्य हुनुहुन्छ भने अहिले पृथ्वीमा हुनुहुने यो परमेश्‍वर स्वर्गका परमेश्‍वरको एक प्रतिस्थापन, एक साधन हुन्। तिमीहरू यो परमेश्‍वर स्वर्गका परमेश्‍वरको बराबर हुन सक्‍नुहुन्‍न भनी विश्‍वास गर्छौ, उहाँको जस्तो सास छ भनी उल्लेख गर्ने कुरा त परै जाओस्। जब परमेश्‍वरको महानता र सम्मानको कुरा आउँछ, यी स्वर्गमा हुनुहुने परमेश्‍वरको महिमाका हुन्, तर जब मानिसको स्वभाव र भ्रष्टताको कुरा आउँछ, ती त्यस्ता गुणहरू हुन्, जसमा पृथ्वीमा हुनुहुने परमेश्‍वरको हिस्सा छ। स्वर्गमा हुनुहुने परमेश्‍वर सदाका लागि उच्च हुनुहुन्छ, जब कि पृथ्वीमा हुनुहुने परमेश्‍वर सदाको लागि महत्त्वहीन, कमजोर र अयोग्य हुनुहुन्छ। स्वर्गका परमेश्‍वर भावना होइन तर धार्मिकतामा मात्र चल्नुहुन्छ, जब कि पृथ्वीका परमेश्‍वरसँग स्वार्थी उद्देश्यहरू मात्र छन् र उहाँसँग निष्पक्षता वा कारण छैन। स्वर्गका परमेश्‍वरमा अलिकति पनि कुटिल हुनुहुन्‍न र सधैँ विश्‍वासयोग्य हुनुहुन्छ, जब कि संसारका परमेश्‍वरसित सधैँ एउटा गैर-इमानदार पक्ष छ। स्वर्गका परमेश्‍वरले मानिसलाई धेरै प्रेम गर्नुहुन्छ, जब कि पृथ्वीका परमेश्‍वरले मानिसलाई अपर्याप्त वास्ता देखाउनुहुन्छ, यहाँसम्म कि, उहाँले आफैलाई पूर्ण रूपमा बेवास्ता समेत गर्नुहुन्छ। यो गलत ज्ञान लामो समयदेखि तिमीहरूको हृदयमा राखिएको छ र भविष्यमा पनि यो स्थायी नै हुन सक्छ। तिमीहरू ख्रीष्टका सबै कामहरूलाई अधर्मीहरूको नजरबाट हेर्छौ र दुष्टको नजरबाट उहाँका सबै काम, साथै उहाँको पहिचान र सारको मूल्याङ्कन गर्छौ। तिमीहरूले गम्भीर गल्ती गऱ्यौ र जुन तिमीहरूभन्दा अघि आउनेहरूले कहिल्यै गरेनन्। अर्थात्, तिमीहरू शिरमा मुकुट लगाउने स्वर्गमा हुनुहुने उच्च परमेश्‍वरको मात्र सेवा गर्दछौ, र त्यस परमेश्‍वरको सामु कहिल्यै जाँदैनौ, जसलाई तिमीहरू यति तुच्छ ठान्छौ कि उहाँ तिमीहरूका निम्ति अदृश्य हुनुहुन्छ। के यो तिमीहरूको पाप होइन? के यो परमेश्‍वरको स्वभाव विरुद्धको तिमीहरूको उल्‍लङ्घनको उत्कृष्ट उदाहरण होइन र? तिमीहरू स्वर्गमा हुनुहुने परमेश्‍वरको आराधना गर्दछौ। तिमीहरू उच्च मूर्तिहरूको आराधना गर्दछौ र विशिष्ट व्यक्तिहरूलाई तिनीहरूका वाक्पटुताका निम्ति सम्मान गर्दछौ। तेरा हातहरू धन-सम्पत्तिले भरिदिनुहुने परमेश्‍वरका आज्ञाहरूलाई तँ खुशीसाथ स्वीकार गर्छस्, र तँ त्यस परमेश्‍वरको चाहना गर्छस्, जसले तेरा प्रत्येक चाहना पूरा गर्नुहुन्छ। तैँले आराधना नगर्ने एउटै मात्र परमेश्‍वर हुनुहुन्छ, जो उच्च हुनुहुन्‍न; तिमीहरू यो परमेश्‍वरसँग सम्बन्ध राख्नुलाई मात्र घृणास्पद ठान्छौ, जसलाई कुनै पनि मानिसले उच्च सम्मान गर्न सक्दैन। तँ यो परमेश्‍वरको मात्र सेवा गर्न अनिच्छुक हुन्छौ, जसले तँलाई एक पैसा पनि दिनुभएको छैन, अनि तँलाई उहाँको चाहना गर्ने बनाउन नसक्‍ने एक मात्र व्यक्ति यही अप्रिय परमेश्‍वर हुनुहुन्छ। यस प्रकारको परमेश्‍वरले तँलाई आफ्‍ना क्षेत्रहरूलाई विस्तार गर्न, तँलाई सम्पत्ति पाएको जस्तो महसुस गराउन सक्‍नुहुन्‍न, तिमीहरूले इच्छा गरेका कुरा पूरा गर्नु त परै जाओस्। त्यसो भए तँ उहाँको पछि किन लाग्छस्? के तैँले यस्ता प्रश्नहरूमाथि विचार गरेको छस्? तैँले गर्ने कामले यस ख्रीष्टलाई मात्र चिढ्याउँदैन; सबैभन्दा महत्त्वपूर्ण कुरा, त्यसले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई चिढ्याउँछ। मेरो रो विचारमा, परमेश्‍वरमा भएको तिमीहरूको विश्‍वासको उद्देश्य यो होइन!

परमेश्‍वर तिमीहरूमा आनन्दित हुनुभएको तिमीहरू चाहन्छौ, तर तिमीहरू परमेश्‍वरदेखि टाढा छौ। यहाँ के भएको छ? तिमीहरू उहाँका वचनहरूलाई मात्र स्वीकार गर्छौ, तर उहाँको निराकरण वा उहाँको काँटछाँटलाई स्वीकार गर्दैनौ, उहाँका हरेक बन्दोबस्तलाई स्वीकार गर्नु र उहाँमा पूरा विश्‍वास गर्नु त परै जाओस्। त्यसो भए यहाँ के भइरहेको छ? अन्तिम विश्लेषणमा, तिमीहरूको विश्‍वास एउटा खाली अण्डाको खोल हो, त्यसले चल्ला जन्माउन सक्दैन। किनकि तिमीहरूको विश्‍वासले तिमीहरूकहाँ सत्यता ल्याएको छैन वा तिमीहरूलाई जीवन दिइएको छैन, त्यसको साटो तिमीहरूलाई खानपान र आशाको भ्रमात्मक अर्थ दिएको छ। तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य सत्यता र जीवन पाउनु होइन, खानपान गर्नु र आशा पाउनु मात्र हो। यसैले म भन्छु, कि परमेश्‍वरमा तिमीहरूको विश्‍वासको मार्ग चापलुसी र निर्लज्जताको माध्यमद्वारा परमेश्‍वरको अनुग्रहद्वारा आफैलाई सन्तुष्ट पार्ने कोसिस बाहेक अरू केही होइन, अनि यो कुनै पनि हिसाबले साँचो विश्‍वास हुन सक्दैन। यस्तो विश्‍वासबाट कुखुरोको चल्ला कसरी जन्मन सक्छ? अर्को शब्दमा भन्ने हो भने, त्यस्तो विश्‍वासले के हासिल गर्न सक्छ? परमेश्‍वरमा तिमीहरूका विश्‍वासको उद्देश्य भनेको उहाँलाई प्रयोग गरेर तिमीहरूका आफ्नै लक्ष्यहरू प्राप्त गर्नु हो। के यो परमेश्‍वरको स्वभाव विरुद्धको तिमीहरूको उल्‍लङ्घनको थप तथ्य होइन र? तिमीहरू स्वर्गमा हुनुहुने परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्छौ र पृथ्वीमा हुनुहुने परमेश्‍वरको अस्तित्वलाई इन्कार गर्छौ, तापनि म तिमीहरूको विचारलाई बुझ्दिनँ; म ती मानिसहरूको मात्र प्रशंसा गर्छु, जसले आफ्ना खुट्टाहरू जमिनमा राख्छन् र पृथ्वीमा हुनुहुने परमेश्‍वरको सेवा गर्छन्, तर तिनीहरूको कहिल्यै पनि प्रशंसा गर्दिनँ, जसले पृथ्वीमा हुनुहुने ख्रीष्टलाई स्वीकार गर्दैनन्। त्यस्ता मानिसहरू स्वर्गमा हुनुहुने परमेश्‍वरप्रति जत्ति नै बफादार भए पनि अन्त्यमा तिनीहरू मेरो हातबाट उम्कन सक्ने छैनन्, जसले दुष्टहरूलाई दण्ड दिन्छ। यी मानिसहरू दुष्ट हुन्; तिनीहरू ती दुष्टहरू हुन्, जसले परमेश्‍वरको विरोध गर्छन् र कहिल्यै पनि खुसीसाथ ख्रीष्टको आज्ञा पालन गरेका हुँदैनन्। निश्चय नै, तिनीहरूका सङ्ख्यामा ती सबै पनि सामेल छन्, जसले ख्रीष्टलाई चिन्दैनन् र यसको अतिरिक्त उहाँलाई स्वीकार गर्दैनन्। के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरप्रति बफादार रहुञ्‍जेल ख्रीष्टसँग तैले आफूलाई जस्तो मन लाग्छ, त्यस्तै व्यवहार गर्न सक्छस् भनी विश्‍वास गर्छस्? गलत! ख्रीष्टको बारेमा रहेको तेरो अज्ञानता स्वर्गमा हुनुहुने परमेश्‍वरप्रतिको अज्ञानता हो। स्वर्गमा हुनुहुने परमेश्‍वरप्रति तँ जति नै बफादार भए पनि त्यो खोक्रो गफ र बहाना मात्र हो, किनकि पृथ्वीमा हुनुहुने परमेश्‍वर मानिसलाई सत्यता र गहिरो ज्ञान प्राप्त गराउन मात्र होइन, तर त्योभन्दा बढी महत्त्वपूर्ण कुरा, मानिसलाई दोषी ठहराउन अनि पछिबाट दुष्टलाई दण्ड दिने तथ्यहरूमा प्रयोग गरिनको लागि पनि सहायक हुनुहुन्छ। के तैँले यहाँ लाभदायक र हानिकारक परिणामहरूलाई बुझिस्? के तैँले ती कुराको अनुभव गरिस्? मेरो इच्छा छ कि, तिमीहरूले एक दिन चाँडै यो सत्यतालाई बुझ्न सक: परमेश्‍वरलाई चिन्नका लागि तिमीहरूले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई मात्र होइन, तर अझै महत्त्वपूर्ण कुरा, तिमीहरूले पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई पनि चिन्नु पर्दछ। तिमीहरूका प्राथमिकताहरूलाई अलमलमा नपार वा गौण कुरालाई मुख्य कुराको स्थान लिने अनुमति नदेओ। यस प्रकारले मात्र तैँले परमेश्‍वरसँग साँचो सम्बन्ध बनाउन सक्छस्, र तँ परमेश्‍वरको नजिक हुन, र तेरा हृदयलाई परमेश्‍वरको नजिक ल्याउन सक्छस्। यदि तैँले धेरै वर्षदेखि विश्‍वास गर्दै आएको र मसँग लामो समयदेखि जोडिएको भए पनि मबाट टाढै रहिस् भने म भन्छु, कि तैँले धेरै चोटि परमेश्‍वरको स्वभावलाई उल्‍लङ्घन गर्छस्, र तेरो अन्त्यलाई गन्ती गर्नु कठिन हुनेछ। यदि मसँगको धेरै वर्षको सङ्गतले तँलाई मानवता र सत्यता भएको व्यक्तिको रूपमा परिवर्तन गर्न असफल मात्र होइन, तर त्यसले तेरो स्वभावमा खराब चालहरू हालिदिएको छ, र तँ पहिलेको भन्दा दोबर अहङ्कारी भएको छस्, मबारे तेरो गलत धारणाहरू वृद्धि भएका छन्, र त मलाई आफ्नो सहायक जस्तो मात्र मान्ने भएका छस् भने म भन्दछु, कि अब तेरो पीडा छालासम्मको गहिरो मात्र नभएर त्यसले तेरा हाडहरूलाई नै छेडेको छ। अब तिमीहरूले अन्तिम संस्कारको तयारीको लागि प्रतीक्षा गर्नु मात्र बाँकी रहेको छ। त्यसपछि तैँले मलाई आफ्‍ना परमेश्‍वर हुनका निम्ति बिन्ती गर्नुपर्दैन, किनकि तैँले मृत्यु लायकको पाप, क्षमा नहुने पाप गरेको छस्। यदि मैले तँलाई कृपा गर्न सकेँ भने पनि स्वर्गका परमेश्‍वरले तेरो प्राण लिन जोर दिनुहुन्छ, किनकि तैँले परमेश्‍वरको स्वभावको विरुद्धमा गरेको उल्‍लङ्घनको कुनै सानो समस्या होइन, तर यो एउटा अति नै गम्भीर प्रकृतिको छ। जब समय आउँछ, तब मैले पहिलेबाटै बताइनँ भनी मलाई दोष नलगाउनू। यो सबैको आसय यही हो: जब तँ ख्रीष्टसँग—संसारमा हुनुहुने परमेश्‍वर—एक साधारण मानिससँग जस्तो सम्बन्ध राख्छस्, अर्थात् जब तँ यो परमेश्‍वर अरू कोही नभएर एक व्यक्ति हुनुहुन्छ भनी विश्‍वास गर्छस्, तब तँ नाश हुनेछस्। तिमीहरू सबैलाई मेरो एक मात्र सल्लाह यही हो।

अघिल्लो: परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्वपूर्ण हुन्छ

अर्को: एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (१)

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका कामको तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

मानवजातिलाई व्यवस्थापन गर्ने कामलाई तीन भागमा विभाजन गरिएको छ, जसको अर्थ मानवजातिलाई बचाउने कामलाई तीन चरणहरूमा विभाजन गरिएको छ। यी तीन...

देहधारी परमेश्‍वर र परमेश्‍वरद्वारा प्रयोग भएका मानिसहरूका बीचका अत्यावश्यक भिन्नता

परमेश्‍वरका आत्माले पृथ्वीमा काम गर्नुहुँदा, उहाँले धेरै वर्षदेखि खोजिरहनुभएको छ, र युगौँदेखि उहाँको काम गर्नका लागि परमेश्‍वरले धेरै...

के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?

परमेश्‍वरको विश्‍वासी भएर, तिमीहरू हरेकले आखिरी दिनहरूमा परमेश्‍वरको कार्य अनि आज पनि तिमीहरूमा उहाँले गर्नुहुने उहाँको योजनाको कार्य ग्रहण...

प्रार्थनाको अभ्यासको सम्बन्धमा

तिमीहरू आफ्‍नो दैनिक जीवनमा प्रार्थनालाई कुनै महत्त्व दिँदैनौ। मानिसले प्रार्थनाको कुरालाई बेवास्ता गर्दछ। प्रार्थनाहरू लापरवाही हुने...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्