मानिस नयाँ युगभित्र कसरी प्रवेश गर्छ
आजको हाम्रो सङ्गतिको विषय हो—नयाँ युग अर्थात् राज्यको युगमा मानिसको प्रवेश, अनि यो राज्यको युगमा मानिसहरूले कसरी जिउनुपर्छ, यो राज्यको युगमा परमेश्वरको काम अनुभव कसरी गर्नुपर्छ र कसरी यो नयाँ युगमा साँच्चै प्रवेश गर्नुपर्छ। यो नयाँ युगमा मानिस कसरी प्रवेश गर्छ भन्ने विषयको यो छलफल मुख्यत: के कुरामा केन्द्रित हुनेछ? परमेश्वरले राज्यको युगमा कति धेरै वचनहरू व्यक्त गर्नुहुन्छ र उहाँले न्याय र सजायको काम गरिरहनुभएको छ, र परमेश्वरका चुनिएका सबै मानिसहरूले परमेश्वरका मापदण्डहरू पूरा गर्न मानिसले राज्यको युगमा परमेश्वरमा कसरी विश्वास गर्नुपर्छ भनेर ठ्याक्कै थाहा पाउनुपर्छ। विगतमा प्राय: मानिसहरू प्रभुमा विश्वास गर्थे र परमेश्वरको प्रचुर अनुग्रहको आनन्द लिन्थे। अहिले, तिनीहरूले परमेश्वरको न्याय र सजायको काम अनुभव गर्न थालेका छन्, त्यसैले तिनीहरूले कसरी परमेश्वरमाथिको विश्वासबारे आफ्नो पुरानो विचारबाट परमेश्वरका मापदण्डहरू पूरा गर्ने नयाँ विचारमा अवस्थान्तर गर्न सक्छन्? परमेश्वरमाथिको विश्वासबारे तेरा विगतका दृष्टिकोणहरू सही वा गलत जे भए पनि, त्यो अनुसन्धानको विषय हुनेछैन, र तैँले वास्तविकताको सामना गर्नुपर्छ, र अहिले कसरी विश्वास गर्ने र कसरी पछ्याउने भनी तँलाई थाहा हुनैपर्छ। यदि तैँले अनुग्रहको युगमा जसरी विश्वास गरिस्, र त्यही आधारमा पछ्याइरहिस् भने, र तैँले आफ्नो विगतका दृष्टिकोणहरूको आधारमा परमेश्वरमा विश्वास गरिरहिस् भने, तँ नयाँ युगमा प्रवेश गरेको हुनेछैनस्। म पहिला एउटा व्याख्यात्मक वाक्यांश बोल्छु जसले यस मामिलालाई स्पष्ट पार्नेछ। त्यो कुन वाक्यांश हो? त्यो वाक्यांश अनुग्रहको युगमा धेरै बोलिन्थ्यो, र त्यो हो: “जब एक व्यक्तिले परमेश्वरमा विश्वास गर्छ, उसको सम्पूर्ण परिवार आशिषित हुन्छ।” अर्थात, जब एक व्यक्तिले येशूमा विश्वास गर्थ्यो, तब सम्बन्धकै कारण जेठोदेखि कान्छोसम्म उसको सम्पूर्ण परिवार लाभान्वित हुन्थ्यो र तिनीहरू सबैले शान्ति र खुसीको आनन्द उठाउँथे। येशूले छुटकाराको काम गर्नुभएको हुनाले, उहाँ असीम रूपमा सहनशील, धैर्यवान्, क्षमाशील र मानिसलाई पापमुक्त पार्ने हुनुहुन्थ्यो। तेरो जीवन प्रवेश र तेरो क्षमता जे-जस्तो भएको भए पनि, वा तैँले विगतमा जति पापहरू गरेको भए पनि, तैँले बस प्रभुसामु स्वीकार गर्नुपर्थ्यो र सबै पाप क्षमा गरिन्थ्यो, र तँलाई शान्ति र आनन्द प्रदान गरिन्थ्यो। तैँले बस “विश्वास” गर्नुपर्थ्यो र त्यो पर्याप्त थियो—त्यो कति सरल थियो। के अहिले एक व्यक्तिले परमेश्वरमा विश्वास गर्दा उसको सम्पूर्ण परिवार आशिषित हुने अवस्था छ? छैन। त्यो काम अहिले किन भइरहेको छैन? किनकि समय भइसकेको छ, र परमेश्वर न्यायको काम गर्न र मानवजातिलाई शैतानको प्रभावबाट सदाको लागि मुक्ति दिन आउनुभएको छ। त्यसैले परमेश्वर अब मानिसहरूलाई उहाँप्रति बफादार र इमानदार हुन, उहाँको आराधना गर्न र उहाँमा समर्पित हुन, अनि उहाँको डर मान्ने हृदय धारण गर्न माग गर्नुहुन्छ—यी कुराहरू मानिसहरूले गर्नैपर्छ। यदि परमेश्वरमा विश्वास गर्नेहरूले सत्यता बुझ्न, स्वीकार गर्न, सत्यता बुझ्न र प्राप्त गर्न सक्छन् भने, तिनीहरूलाई पूर्ण रूपमा मुक्ति दिइनेछ। तर सत्यता नस्विकार्नेहरू र केवल परमेश्वरको अनुग्रहको लोभ राख्नेहरूलाई निष्कासित गरिनेछ। यदि तँ अझै पनि परमेश्वरमा विश्वास गर्दा तेरो सम्पूर्ण परिवारलाई आशिष् दिइनेछ भन्ने सोच्दै, परमेश्वरलाई अनुग्रहको युगको काम गर्न माग गर्छस् भने, त्यो ठूलो मूर्खता हो! परमेश्वरले अहिले अनुग्रहको युगको काम गरिरहनुभएको छैन। त्यो युग समाप्त भइसक्यो। तैँले कुरा बुझिस् नि, हैन?
शब्दले नै इङ्गित गरेझैँ, यो “नयाँ युगमा प्रवेश गर्नु” भनेको आजको राज्यको युगमा प्रवेश गर्नु हो, र यसमा परमेश्वरमाथिको विश्वासबारे तेरो दृष्टिकोण, तेरा अभिप्राय, तेरो विश्वास, तेरो जीवन जिउने र विभिन्न कुराहरू अनुभव गर्ने तरिका सबै परिवर्तन हुनैपर्छ। यदि तैँले एउटा कुरा मात्र परिवर्तन गरिस् भने, यदि तँ येशूमा विश्वास गर्थिस् तर आज सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्छस्, र तैँले विश्वास गर्ने परमेश्वरको नाम मात्र परिवर्तन भएको छ भने, वास्तविकतामा तेरो विश्वास गर्ने तरिका, तँ हिँड्ने मार्ग, र तैँले पछ्याउने कुराहरू परिवर्तन भएका छैनन्। अर्थात्, तेरो पछ्याइ, बुझाइ, र दृष्टिकोणहरूमा केही परिवर्तनहरू हुनैपर्छ। यस आधारमा सत्यता पछ्याउँदा मात्र तेरो विश्वास शुद्ध र साँचो हुन सक्छ। अहिले किन केही मानिसहरू परमेश्वरमा विश्वास गर्नु अर्थहीन छ, र पहिलेको जस्तो उत्साहजनक छैन भनी सोचेर सधैँ नकारात्मक हुन्छन्? किनभने परमेश्वरमाथिको विश्वासबारे तिनीहरूको दृष्टिकोण अझै परिवर्तन भएको छैन। अलिकति अनुग्रह प्राप्त गर्न वा अलि धेरै परिश्रम गर्न र दौडधुप गर्नमा मात्र ध्यान केन्द्रित गर्दै, तिनीहरू अझै पनि येशूमा विश्वास गर्दाका आफ्ना धारणाहरूमै अल्झिरहन्छन्; तिनीहरू प्रतिभाहरूमा, सतही-स्तरका काम र उपदेशहरूमा, र उत्साहमा मात्र ध्यान दिन्छन्। तैपनि तिनीहरू परमेश्वरको वर्तमान कामको गतिअनुसार अघि बढ्दैनन्, परमेश्वरका वचनहरू खान र पिउनमा ध्यान दिँदैनन्, र तिनीहरूले पवित्र आत्माबाट अन्तर्दृष्टि पाउँदैनन् त्यसैले तिनीहरू सधैँ नकारात्मक महसुस गर्छन्। यस्ता मानिसहरू परमेश्वरमा विश्वास गर्नेझैँ देखिन्छन्, जबकि वास्तवमा, तिनीहरूले आफ्नो हृदयमा सत्यता स्विकारेकै हुँदैनन्, र त्यसैले तिनीहरूको नकारात्मक अवस्था कहिल्यै समाधान हुँदैन। तिनीहरूसँग जीवन प्रवेश कदापि हुँदैन, तिनीहरू अझै पनि कुनै रूपान्तरणबिना, परमेश्वरमाथिको विश्वासबारे आफ्ना पुराना दृष्टिकोणहरूलाई पक्रिरहन्छन्। के कुरा यही होइन र? पवित्र आत्माको काम परिवर्तन भएको छ, र परमेश्वरमाथिको मानिसको विश्वास पनि पवित्र आत्माको कामसँगै परिवर्तन हुनुपर्छ। यदि तेरो पछ्याइ, जीवन शैली, अनुभवको तरिका, परमेश्वरमाथिको विश्वासबारे तेरो मनोवृत्ति, र परमेश्वरमाथिको विश्वासमा तैँले पालेको अभिप्राय र दृष्टिकोण परिवर्तन भएको छैन भने, यसले तैँले पवित्र आत्माको कामका पाइलाहरूसँगै अघि बढिरहेको छैनस् भन्ने देखाउँछ। यदि मानिसहरू पवित्र आत्माको नयाँ कामको गतिसँगै अघि बढ्न, नयाँ तरिकामा परिवर्तित हुन र नयाँ बुझाइहरू प्राप्त गर्न चाहन्छन् भने, तिनीहरूले सत्यता खोज्नैपर्छ, भित्र प्रवेश गर्नैपर्छ, र आफ्ना हरेक चाल र कार्य, विचार र अवाधारणा, हरेक अभिप्राय र दृष्टिकोणजस्ता स-साना कुराहरूमा परिवर्तन ल्याउनैपर्छ—तब मात्र तिनीहरूले प्रगति गर्नेछन्। यदि मानिसहरूले यसका लागि मुख मात्र चलाउँछन्, र व्यवहारमा थोरै मात्र परिवर्तन ल्याउँछन् भने, यसलाई रूपान्तरण मानिँदैन। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तँ आफ्ना विचार र दृष्टिकोण अनि जीवन जिउने तरिकाको रूपान्तरणबाट गुज्रनैपर्छ। यदि तँ आफ्ना पुराना धारणा र कल्पनाहरू त्याग्न सक्छस्, र परमेश्वरमाथिको विश्वासबारे आफ्ना पुराना दृष्टिकोणबारे समझ र ज्ञान प्राप्त गर्न सक्छस् भने, यसले तँ रूपान्तरित भएको प्रमाणित गर्छ। आफैलाई जाँच् र, तेरा कुन भागहरू अझै रूपान्तरित भएका छैनन् भनी हेर्न आफैलाई जाँच्, र हेर् कि तैँले अझै पनि बोल्ने वा विभिन्न कुराहरू हेर्ने पुरानो तरिकाहरू कायम राख्छ्स् कि राख्दैनस्, र तँमा गहिरो गरी गढेका तर अझै उजागर नगरिएका विगतका कुराहरू के-के छन्। यदि तैँले कुनै पनि खोजतलास गरिनस् भने, तँलाई त्यहाँ केही छैन भन्ने लाग्न सक्छ, तर तैँले ध्यानपूर्वक खोजतलास गर्दा उजागर गर्नुपर्ने धेरै कुराहरू पाउनेछस्। किन अहिले केही मानिसहरू परमेश्वरको कामका पाइलाहरूसँगै अघि बढ्न कहिल्यै सक्षम नभएका हुन्? किनभने मानिसहरूभित्र त्यसो गर्नबाट रोक्ने धेरै कुराहरू छन्, र किनभने मानिसहरूमा नयाँ कुराहरूबारे कुनै बुझाइ छैन र तिनीहरू तिनलाई बुझ्न सक्दैनन्। किन मानिसहरू सधैँ परमेश्वरबारे धारणाहरू पाल्छन्? तिनीहरूसँग परमेश्वरको वचन र कामबारे धारणाहरू हुन्छन्, परमेश्वरको न्याय र सजायबारे पनि धारणाहरू हुन्छन्, परमेश्वरले कुन मानिसहरूलाई मुक्ति दिनुहुन्छ र कुन मानिसहरूलाई हटाउनुहुन्छ भन्ने कुरा तिनीहरू बुझ्न सक्दैनन्, र परमेश्वरले चिन्ह र चमत्कारहरू देखाउनुहुन्न भन्ने तथ्यलाई पचाउन सक्दैनन्। यसको खास कारण के हो? एउटा कारण के हो भने यो मानिसहरूको घमण्डी र आत्मधर्मी प्रकृतिद्वारा निर्धारित हुन्छ, किनभने मानिसहरूसँग हरेक मामिलाबारे सधैँ आफ्नै धारणा र कल्पनाहरू हुन्छन्—यो मामिलाको जड यही हो; अर्को कारण वस्तुगत छ, र त्यो के हो भने, मानिसहरूले परमेश्वरमाथिको विश्वासबारे धेरै गलत धारणाहरू पालेर राखेका हुन्छन् जुन रूपान्तरित भएकै हुँदैनन्, र त्यो किन हो भने ती गहिरो गरी गढेका कुराहरू अझै पनि रूपान्तरित गरिएकै हुँदैनन्। येशू वा यहोवामाथिको आफ्नो विश्वासबाट बोलिने ती पुराना तरिकाले अझै पनि तिनीहरूको हृदयमा जरा गाडेका हुन्छन्, त्यसैले तिनीहरूले परमेश्वरको नयाँ काम सामना गर्दा, साँचो मार्गलाई त स्विकार्छन्, तर परमेश्वरको बोल्ने र काम गर्ने नयाँ तरिकाहरू बुझ्न सक्दैनन्। तँ किन यी नयाँ कुराहरू बुझ्न सक्दैनस्? किनभने तँ अझै पनि विगतका ती पुराना कुराहरूमै टाँसिइरहेको छस् र तँ तिनलाई त्याग्न सक्दैनस्, जसले तँलाई यी नयाँ कुराहरूको प्रतिरोध गर्ने तुल्याउँछ। यदि तँभित्र विगतका ती कुराहरू नभएका भए, तँ परमेश्वरको अहिलेको काम स्विकार्न सक्षम हुनेथिस्। यदि तँ विगतका ती कुराहरू त्याग्न सक्दैनस् भने, तैँले परमेश्वरबारे धारणाहरू विकास गर्ने र उहाँविरुद्ध विद्रोह गर्ने सम्भावना हुनेछ, र परिणामस्वरूप तैँले घाटा भोग्नेछस्। यदि तैँले आफूलाई परमेश्वरविरोधी बनाइस् भने, तँ परमेश्वरद्वारा हटाइने सम्भावनामा पर्नेछस्, र परमेश्वरले तँलाई दण्ड दिनुहुनेछ।
कुराहरू गर्ने र बुझ्ने कुन पुराना तरिकाहरूले र विगतका कुन पुराना दृष्टिकोणहरूले अझै पनि तिमीहरूभित्र गहिरो जरा गाडेका छन् भनी हेर्न तिमीहरूले खोजतलास र जाँच गर्नुपर्छ। म तिमीहरूलाई एउटा सरल उदाहरण दिन्छु। केही मानिसहरूले ख्रीष्टलाई कहिल्यै देखेका छैनन् न उहाँले बोल्नुभएको सुनेका नै छन्। तिनीहरूले ख्रीष्टले व्यक्त गर्नुभएका वचनहरू मात्र पढेका छन्, र यी वचनहरू असल र अख्तियारपूर्ण छन्, र ती न्यायका वचनहरू हुन् भन्छन्, तर वास्तविकतामा ख्रीष्टसँग सम्पर्कमा आएपछि, तिनीहरूभित्र धारणाहरू उत्पन्न हुन थाल्छन्, र तिनीहरू यसो सोच्छन्, “परमेश्वर किन यति कडा रूपमा बोल्नुहुन्छ? परमेश्वरले मानिसहरूलाई किन यसरी उपदेश दिनुहुन्छ? उहाँ किन यति आडम्बरपूर्ण रूपमा बोल्नुहुन्छ? मानिसको खुलासा र न्याय गर्दै कुरा गर्ने उहाँको तरिका अति डरलाग्दो छ। त्यसलाई कसले स्विकार्न सक्छ? येशूमाथिको हाम्रो विश्वास फरक छ। सबैजना नम्र भएर बोल्छन् र एकअर्कासँग मिलनसार छन्। उहाँले जसरी कोही बोल्दैन। म त्यस प्रकारको परमेश्वरलाई कदापि स्विकार्न सक्दिनँ र उहाँजस्तो परमेश्वरलाई सहन सक्दिनँ। यदि उहाँ प्रभु येशूजस्तै नरम र सौहार्दपूर्वक रूपमा बोल्नुभयो भने, यदि उहाँ मानिसहरूसँग मिलनसार हुनुभयो भने, म उहाँलाई स्विकार्न सक्षम हुनेछु। तर म यस प्रकारको परमेश्वरलाई स्विकार्न सक्दिनँ। म उहाँसँग संलग्न हुन पनि सक्दिनँ!” तँ यो साँचो मार्ग हो, यी देहधारणका वचनहरू हुन् भनी स्विकार्छस्, र तँ पूर्ण हृदयले विश्वस्त भएको छस्, त्यसोभए, जब तँ ख्रीष्टको सम्पर्कमा आउँछस्, उहाँको स्वरबारे, उहाँले प्रयोग गर्नुहुने वचनहरूबारे, र उहाँ बोल्नुहुने तरिकाबारे किन धारणाहरू राख्छस् जुन तैँले त्याग्नै सकेको छैनस्? यसले के प्रमाणित गर्छ? यसले प्रमाणित गर्छ कि तेरो हृदयलाई ती पुराना कुराहरूले पहिले नै कब्जा गरिसकेका छन् र ती धारणा र प्रावधान बनिसकेका छन्। वास्तवमा, यी सबै कुराहरू मानिसबाट आउँछन्, तिनीहरू सबै मानिसका निर्णय र कल्पनाहरू हुन्, र तिनीहरू सत्यतासँग मेल खाँदैनन्। यदि कसैले आजको परमेश्वरमा यी कुराहरू थोपर्ने प्रयास गऱ्यो भने, तिनीहरू यो गर्न असमर्थ हुने मात्र होइन, तिनीहरूले उहाँको प्रतिरोध गर्ने पनि सम्भावना हुनेछ। परमेश्वरले विभिन्न युगहरूमा गर्नुहुने काम फरक-फरक हुन्छ, त्यसैले उहाँले व्यक्त गर्ने स्वभाव पनि फरक हुन्छ, र परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, जुन उहाँले प्रकट गर्नुहुन्छ, त्यो पनि फरक हुन्छ। तँ यसमा प्रावधानहरू लागू गर्न सक्दैनस्; जब लागू गर्छस्, तब तैँले परमेश्वरबारे धारणाहरू विकास गर्ने सम्भावना हुनेछ, र तैँले परमेश्वरको प्रतिरोध गर्न पनि सक्नेछस्। यदि तैँले आफैबारे मनन गरिनस् र पश्चात्ताप गर्न पूर्ण रूपमा अस्वीकार गरिस् भने, तँ परमेश्वरद्वारा निन्दित हुनेछस् र उहाँले तँलाई दण्ड दिनुहुनेछ। हरेक युगमा उहाँको काम यस्तै हुन्छ—परमेश्वरलाई स्विकार्ने र उहाँमा समर्पित हुने, उहाँद्वारा आशिषित हुने केही मानिसहरू र परमेश्वरको विरोध र निन्दा गर्ने, उहाँद्वारा नष्ट गरिने केही मानिसहरू सधैँ हुनेछन्। परमेश्वरले आफ्नो आखिरी दिनहरूको काममा कति धेरै वचनहरू बोल्नुहुन्छ र कति धेरै सत्यताहरू व्यक्त गर्नुहुन्छ। उहाँ धारणा राख्ने मानिसहरूसँग डराउनुहुन्न, उहाँको डर मानिसहरूले उहाँका वचनहरू पढ्नेछैनन्, वा उहाँले व्यक्त गर्नुभएको सत्यता स्विकार्नेछैनन् भन्ने हो—यो सबैभन्दा डरलाग्दो कुरा हो। यदि तेरा धारणा र दृष्टिकोणहरू परमेश्वरले व्यक्त गर्नुभएको सत्यतासँग मेल खाँदैनन् भने, तिनीहरू सत्यताको विपरीत छन्, तिनले परमेश्वरको विरोध गर्छन्, र तिनीहरू असमर्थनीय छन्। मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ, तिनीहरू विद्रोही र प्रतिरोधी हुन्छन्, र तिनीहरूसँग विचारहरू हुन्छन्—तिनीहरूको विचारमा के हावी हुन्छ? तिनमा मानिसहरूको अभिप्राय, र मानिसहरूले कुराहरूलाई हेर्ने तरिका र दृष्टिकोण हावी हुन्छ, त्यसैले तेरा विचारहरू पवित्र आत्माबाट आउँदैनन्, न त ती सत्यताको आधारबाट पैदा हुन्छन्। म किन भन्छु कि तेरा धारणा र दृष्टिकोण मानिस र देहका कुराहरू हुन्? किनभने तेरा विचारहरूमा सत्यता हावी हुँदैन, न त ती सत्यतामा आधारित चिन्तनबाट पैदा हुन्छन्। केही मानिसहरूका विचारहरू बाइबलमा आधारित चिन्तनबाट आउँछन्, र त्यो झन् गलत हो। हामी बाइबल आफैमा गलत छ भनिरहेका छैनौँ, परमेश्वरले विगतमा गर्नुभएको कामलाई उहाँको नयाँ कामसँग तुलना गर्न अनुपयुक्त छ मात्र भनिरहेका छौँ—तैँले उहाँको कामलाई यसरी तुलना गर्नै हुँदैन। उदाहरणका लागि, के अनुग्रहको युगमा मानिसहरूले यहोवाको कामलाई प्रभु येशूको कामसँग तुलना गर्न उपयुक्त हुने थियो? के तैँले प्रभु येशूको कामलाई राज्यको युगमा हुने परमेश्वरको आजको कामसँग तुलना गर्न उपयुक्त हुन्छ? निस्सन्देह, तिनीहरूलाई तुलना गर्नै सकिँदैन। किनभने परमेश्वरको कामको प्रत्येक चरण अगाडिको चरणभन्दा उच्च छ, र उहाँले आफ्नो काम दोहोऱ्याउनुहुन्न। जब परमेश्वरले नयाँ कामको नयाँ चरण गर्नुहुन्छ र नयाँ युग सुरु गर्नुहुन्छ, तब त्यहाँ सधैँ परमेश्वरको कामको विरोध गर्ने र उहाँको विरुद्धमा खडा हुने मानिसहरूको एक समूह वा ठूलो जमात किन हुन्छ? हरेक युगमा यस्तो किन हुन्छ? किनभने, मानिसहरूले परमेश्वरको नयाँ कामलाई स्विकारे वा नस्विकारे पनि, तिनीहरूले विगतमा गरेका बाइबलको व्याख्याहरू, साथै परमेश्वरको नाम, स्वरूप, अनि परमेश्वरमाथिको विश्वास र परमेश्वरमा विश्वास गर्ने तरिकाहरूबारे तिनीहरूका विचारहरू पहिले नै तिनीहरूका हृदयमा संरचित हुन्छन्। यसबाहेक, तिनीहरू ती कुराहरूलाई कदर गर्छन्, र, आफूले केही लाभहरू कमाएको विश्वास गर्दै, तिनीहरू असीम रूपमा अहंकारी हुन्छन्, र आफूलाई अद्भुत र अति महान् ठान्छन्, र जब परमेश्वरले आज गर्नुहुने काम उहाँले विगतमा गर्नुभएको कामभन्दा कति फरक छ भनी देख्छन्, तिनीहरू त्यसलाई मुल्याङ्कन गर्छन्। तिनीहरूले सधैँ अनुग्रहको युगबाट कुराहरू लिन्छन् र तिनलाई आजको परमेश्वरसँग, परमेश्वरले अहिले गर्नुहुने कामसँग, र आजका सत्यताहरूसँग तुलना गर्छन्—के तिनीहरूलाई तुलना गर्न मिल्छ? कुराहरूमा प्रावधानहरू लागू नगर्, बरु तँमा यो सचेतना हुनैपर्छ: “मैले अब परमेश्वरको नयाँ काम स्विकारेको छु तर त्यहाँ केही कुराहरू छन् जुन बुझ्नम सक्षम छैन। म तिनलाई बिस्तारै अनुभव गर्नेछु र चिन्नेछु, म तिनलाई अलि अलि गरेर पछ्याउनेछु, कमिलाले हड्डी ताछे जस्तै तिनलाई ग्रहण गर्न जारी राख्नेछु र बिस्तारै म तिनीहरूलाई बुझ्नेछु।” परमेश्वरको काम अनन्त रूपमा रहस्यमय छ, र यो अथाह छ; मानिस कहिल्यै यसको जरासम्म पुग्न सक्दैन। एक-दुई वर्षसम्म यो अनुभव गरेपछि, मानिसहरूले केही बुझाइ प्राप्त गर्न सक्लान्; तीन-चार वर्ष पछि, मानिसहरूले अलि बढि बुझाइ प्राप्त गर्न सक्लान्, र अलि अलि गर्दै तिनीहरू बढ्नेछन् र परिवर्तन हुनेछन्। ती पुराना कुराहरूबारे तिनीहरूको दृष्टिकोण बिस्तारै परिवर्तन हुनेछ, र अलि अलि गर्दै तिनीहरूले ती दृष्टिकोणलाई त्याग्नेछन्; जब मानिसहरूले ती पुराना कुरालाई त्याग्छन् तब मात्र तिनीहरूले नयाँ कुराहरू बुझ्नेछन्। ती पुराना कुराहरू अझै पनि तँभित्र गहिरो रूपमा गढिएका छन्, र तैँले ती भेट्टाउन सुरु पनि गरेको छैनस्, र तैपनि तँ जानाजानी आफ्ना धारणाहरू फैलाउन र आफ्नो राय व्यक्त गर्ने हिम्मत गर्छस्, र मनपरि बोल्छस्—यसको कुनै अर्थ लाग्दैन। म किन भन्छु कि मानिस अति अहङ्कारी बन्छन्? कारण यही हो। मानिसभित्रका ती सडेका कुराहरू बेकार छन्, तर तिनीहरू अझै पनि तिनलाई जानीजानी व्यक्त गर्ने र फैलाउने साहस गर्छन्। के यो पूर्ण रूपमा व्यर्थ छैन? तसर्थ, केही मानिसहरूले कामको यो चरणलाई स्विकारेका छन् र परमेश्वरका वचनहरू पढेका छन्, तर तिनीहरूले वास्तवमा आफूभित्र बोकेका ती पुराना कुराहरूलाई त्यागेका छैनन्। कतिपय ठाउँमा अगुवा र सेवकहरूले आफ्नो धारणाअनुसारको काम पूरा र कार्यान्वयन गर्न सक्षम हुन्छन् तर काम आफ्नो धारणाअनुसार भएन र तिनीहरूले त्यो काम गर्न चाहेनन् भने किन कार्यान्वयन गर्दैनन्? यो अवस्था किन आउँछ? किनभने मानिसहरू ती पुराना कुराहरू त्याग्न असमर्थ छन् जुन तिनीहरूले भित्र बोकेका छन्। तँभित्रका ती पुराना कुराहरूले जति आकार लिन्छन्, त्यति नै तीव्र रूपमा तँ प्रतिरोध गर्छस्। के त्यस्तो होइन र? किन अहिले धार्मिक संसारमा केही त्यस्ता अगुवाहरू छन्, जो जति उच्च स्थानमा पुग्छन् र जति धेरै मानिसहरूलाई अगुवाइ गर्छन् त्यति नै अहङ्कारी र त्यति नै परमेश्वरको आखिरी दिनहरूको काम स्विकार्न असक्षम हुन्छन्? किनभने मानिसहरू सधैँ विगतका कुराहरूमा टाँसिन्छन्, तिनीहरूले परमेश्वरका वचनहरूलाई सत्यता र जीवनको रूपमा लिँदैनन्, र परमेश्वरलाई सर्वोच्चतम र महानतम मानेर आदर गर्न सक्षम हुँदैनन्। बरु, तिनीहरूले आफ्नै धार्मिक धारणा र आफ्नै विचार र दृष्टिकोणलाई सत्यता र सत्य मार्गको रूपमा लिन्छन्—के यो भयानक गल्ती होइन? यसरी, के तँ कतैपनि सत्यता भेट्टाउन सक्षम हुनेछस्? यदि तँ आफ्ना ती कुराहरू सत्यता हुन् भनी विश्वास गर्छस् भने, के तँ अझै पनि परमेश्वरबाट सत्यता प्राप्त गर्न सक्षम हुनेछस्? के तँ अझै पनि सत्यता खोज्न र यसको तृष्णा गर्न सक्षम हुनेछस्?
केही मानिसहरू भन्छन्, “मैले परमेश्वरका धेरै वचनहरू पढेको छु, मैले परमेश्वरको आवाज सुनेको छु, म साँचो मार्ग स्विकार्छु र म परमेश्वरको वचन कसरी पढ्ने भनी जान्दछु। म आफ्ना समस्याहरू आफै समाधान गर्छु, मलाई अरूको मद्दत चाहिँदैन, र यसले मेरो जीवन वृद्धि सुनिश्चित गर्छ।” जब तँ त्यसरी कुरा गर्छस्, तँ कुराहरूलाई अतिरञ्जित गर्छस्। यदि तँ आफैमा मात्रै भर परेर परमेश्वरका वचनहरू पढ्छस् र पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिनुहुन्न भने, के तँ तिनलाई बुझ्न सक्षम हुन्छस्? यदि परमेश्वरका वचनहरूले तेरो खुलासा र तँभित्रको भ्रष्टताको विश्लेषण गरेनन् भने, तँ परिवर्तित हुन र बुझ्न असक्षम हुनेछस्—तँलाई कुनै पनि बुझाइमा पुग्न गाह्रो हुनेछ। मानिसहरू उपन्यास पढ्दा, तिनलाई राम्ररी बुझेर धेरै दृश्यहरू सम्झन सक्षम हुन्छन्, र एउटा उपन्यास पढिसक्दा, तुरुन्तै अरूलाई त्यसबारे बताउन सक्छन्। तर जीवनका मामिलाहरू अरु कुनै पनि कुरा भन्दा फरक हुन्छन्। जीवनका मामिलाहरू अत्यन्तै गहन हुन्छन्, र ती थोरै मात्र बुझ्नुअघि पनि तैँले वर्षौँसम्म विश्वास गर्नैपर्छ। तैँले परमेश्वरको एउटा वाणी जीवनभर अनुभव गर्न सक्छस्, तैपनि त्यसलाई पर्याप्त रूपमा अनुभव गर्न चाहिँ सक्दैनस्। परमेश्वरले जेसुकै वाणी उच्चारण गर्नुभए पनि, तैँले बाँचुन्जेल त्यसलाई पर्याप्त रूपमा कहिल्यै अनुभव गर्नेछैनस्; तेरो क्षमता जतिसुकै राम्रो भए पनि, तैँले सत्यता बुझ्नुअघि परमेश्वरका वचनहरूको अनुभव र अभ्यासमा भर पर्नैपर्छ। उदाहरणका लागि, एक इमानदार व्यक्ति बन्नुलाई लिऊँ। तैँले झूट बोल्ने समस्या समाधान गर्न सक्नुअघि कति वर्ष अनुभव गर्नुपर्छ? केवल एक वा दुई वर्षको अनुभवपछि काम सक्कियो, तँ अब झूट बोल्दैनस्, तँ अब छली छैनस्, र अब एक इमानदार व्यक्ति भइस् भन्ने हुँदैन। यो सम्भव छैन। तैँले यो परिणाम देख्नुअघि तँसँग धेरै दशकको अनुभव हुनैपर्छ। किनभने मानिसहरू धेरै जटिल हुन्छन्, तिनीहरूको भ्रष्ट स्वभावले तिनीहरूभित्र गहिरो जरा गाडेको हुन्छ, तिनीहरूका धारणाहरूले तिनीहरूलाई सत्यतामा प्रवेश गर्नबाट, परमेश्वरलाई चिन्नबाट रोक्छ, तिनीहरूको अभिप्रायले तिनीहरूलाई स्वभाव परिवर्तन गर्नबाट, सत्यता अभ्यास गर्नबाट रोक्छ, र तिनीहरूले आफ्नो कार्य र बोलीमा राख्ने दृष्टिकोण र अडानले तिनीहरूलाई सत्यता बुझ्नबाट रोक्छ। यदि तँ सत्यताको पक्षमा, परमेश्वरले राज्यको युगमा मानिसहरूले प्राप्त गरून् भनी माग गर्नुहुने सत्यताको पक्षमा बोल्न र कार्य गर्न सक्षम हुन्छस्ग भने, तँ सजिलैसँग उहाँको काममा समर्पित हुन र परमेश्वरमाथिको विश्वासको सही मार्गमा प्रवेश गर्न सक्षम हुनेछस्। यदि तँ सत्यताको पक्षमा खडा हुँदैनस् भने, तँ परमेश्वरबाट टाढा भड्किसकेको हुनेछस्, वा तँ परमेश्वरको विरोधमा खडा भइरहेको हुनेछस्। तैँले धेरै प्रवचनहरू सुनेको र यति लामो समयसम्म परमेश्वरमा विश्वास गरेकाले तेरो कदमा अझै पनि ठूलो कमी छैन भनेर नसोच्! सत्यता पछ्याउनु भनेको जीवन प्राप्त गर्ने मामला हो, अनन्त जीवन प्राप्त गर्नु हो। सत्यता सदैव अपरिवर्तनीय हुन्छ, सधैँ उपयुक्त हुन्छ, कहिल्यै त्याग्न नमिल्ने, अकाट्य, निर्विवाद हुन्छ,—सत्यताको मूल्य र महत्त्व यही हो। सत्यता सबैभन्दा उच्च, गहन र मूल्यवान कुरा हो। यो बहुमूल्य छ, र व्यक्तिले जीवनभरको अनुभवपछि जे बुझ्न र प्राप्त गर्न सक्छ भन्ने कुराको सीमा हुन्छ।
कसैले भन्छ, “म सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्छु र म मेरो आस्था घरमा एक्लै चलाउँछु, र त्यसैगरी म भजन गाउँछु र परमेश्वरको प्रार्थना गर्छु। काम जुनसुकै चरणमा भए पनि म त्यसलाई पछ्याउँछु र यो विश्वासलाई अन्तिम समयसम्म कायम राख्दा परमेश्वरले मलाई त्याग्नुहुनेछैन।” तँलाई यो कस्तो लाग्छ? तँ घरमा आफ्नो विश्वास चलाएर कसरी सत्यता पछ्याउन सक्छस्? तैँले आफ्नो कर्तव्य ननिभाई परमेश्वरको काम कसरी अनुभव गर्न सक्छस्? यदि तैँले आफ्नो कर्तव्य निभाइनस् भने, केही भ्रष्ट स्वभावहरू खुलासा हुनेछैनन्, अनि त्यसपछि तँ कसरी आत्म-चिन्तन गर्नेछस्? परमेश्वरका वचनहरूको न्याय र सजायलाई तैँले कसरी अनुभव गर्नेछस्? परमेश्वरका वचनहरूले कसरी तेरो खुलासा र काटछाँट गर्नेछन्? मानिसहरू घरमा यी कुरा अनुभव गर्न असमर्थ हुन्छन्। के तँ व्यावहारिक अनुभवबिनै आफैलाई साँच्चै चिन्न सक्छस्? के तँ साँच्चै परिवर्तन हुन सक्छस्? परिवर्तन असम्भव हुनेछ। परमेश्वरको काम अनुभव गर्न, तैँले मण्डली जीवन जिउनैपर्छ, र आफ्नो कर्तव्य निभाएर मात्र तैँले कुराहरू उचित रूपमा अनुभव गर्न सक्छस्। यदि तँ घरमा दस वर्ष वा सोभन्दा बढी, बीस वर्ष वा सोभन्दा बढि आफ्नो विश्वास सञ्चालन गर्छस्, र ठूलो रातो अजिङ्गरलाई ढालियो र ठूला विपत्तिहरू समाप्त भए भने, तब के तँ साँचो अनुभवात्मक गवाहीबारे कुरा गर्न सक्षम हुनेछस्? के तैँले पनि परमेश्वरले कष्ट भोग्नुभएझैँ कष्ट भोगेको हुनेछस्? परमेश्वरका मानिसहरू, जसले यस्तो सुन्दर गवाही दिएका हुनेछन्, तिनीहरू साँच्चै परिवर्तित भएका हुनेछन्, साँच्चै परमेश्वरमा समर्पित हुनेछन् र उहाँप्रति साँच्चै निष्ठावान हुनेछन्—के तँ यस्तो गवाही दिन सक्षम हुनेछस्? मलाई डर छ, त्यतिबेला तँ पूर्ण रूपमा लज्जित हुनेछस्। परमेश्वर किन भन्नुहुन्छ कि धेरैलाई बोलाइन्छ, तर थोरै चुनिन्छन्? किनभने, भ्रष्ट मानवजातिमाझ सत्यतालाई प्रेम गर्नेहरू निकै कम छन्। अधिकांश मानिसहरू सत्यतालाई प्रेम गर्दैनन्, तिनीहरूमा सत्यता स्विकार्ने क्षमता त झनै कम हुन्छ। म किन यसो भन्छु? केही मानिसहरू परमेश्वरमा विश्वास गर्छन्, र घरमा सबै ठीकठाक हुँदा कुनै गुनासो गर्दैनन्। तर, केही गडबड हुँदा, परिवारको कुनै सदस्य बिरामी भएर अस्पतालमा भर्ना हुँदा, वा छोराछोरी कलेजमा भर्ना हुन असफल हुँदा वा कुनै विपत्ति आइपर्दा, तिनीहरूले टेबुलमा मुट्ठी बजार्छन् र यसो भन्दै परमेश्वरबारे गुनासो गर्छन्, “ह्या! परमेश्वरमाथिको विश्वासले मलाई के दियो? परमेश्वरले मलाई आशिष् दिनुभएको छैन! तपाईँले मलाई, मसँग सम्बन्धित सबै कुरालाई, मेरो सम्पूर्ण परिवार, मेरा छोराछोरीहरू, मेरो पति (वा मेरी पत्नी), साथै मेरो आमा र बुबा, सबैजनालाई आशिष् दिनुपर्छ। यदि मेरो परिवारलाई यस्तो नभएको भए, के म गम्भीरताका साठथ सत्यता पछ्याउने थिइनँ र?” सत्यता प्राप्त नगरेकोमा तिनीहरू यस्ता बहाना बनाउँछन्! के तिनीहरूको बहानाले सत्यताको स्थान लिन सक्छ? तिनीहरू आफ्ना बहाना पूर्णतया पर्याप्त र युक्तिसङ्गत छन्, र गुनासो गर्नु सही हो भनी विश्वास गर्छन्। मानिसहरूले परीक्षा र सङ्कष्टहरूको सामना नगर्दा परमेश्वरबारे गुनासो गर्दैनन्। तिनीहरू परमेश्वर कति महान् र अद्भुत हुनुहुन्छ भनेर कराउँछन्। तर परीक्षा र सङ्कष्टहरू आउनेबित्तिकै, परमेश्वरबारे गुनासो गर्ने तिनीहरूको इच्छा जुनसुकै बेला पनि प्रस्फोट हुन सक्छ। तिनीहरू कुराबारे चिन्तन गर्ने र सोच्ने प्रयास नै गर्दैनन्; केवल प्राकृतिक रूपमा आफ्ना भावनाहरू पोख्छन्। केही मानिसहरूका लागि, यो तिनीहरूको परिवारलाई हुने कुरा नभई तिनीहरूका गाईवस्तुलाई हुने कुरा हो र तिनीहरू परमेश्वरबारे गुनासो गर्छन्। के यो अति मूर्खतापूर्ण कुरा होइन र? यदि व्यक्ति आफ्नो परिवारमाथि जेसुकै आइपर्दा पनि, जस्तोसुकै विपत्ति आइपर्दा पनि परमेश्वरबारे गुनासो नगर्ने, कुरालाई मनमा नलिने अवस्थामा पुग्न सक्छ, यदि ऊ जेसुकै आइपर्दा पनि आफ्नो कर्तव्य निभाउने वा आफू परमेश्वरमा समर्पित हुने कार्यमा ढिलाइ गर्दैन, जब परमेश्वरप्रतिको उसको समर्पण प्रभावित हुँदैन, र आइपरेको कुराले उसलाई परमेश्वरको प्रशंसा गर्नबाट रोक्दैन भने, यसले परमेश्वरमाथि विश्वास गर्ने उसको हृदय शुद्ध छ भन्ने प्रमाणित गर्छ। “जब एक व्यक्तिले परमेश्वरमा विश्वास गर्छ, उसको सम्पूर्ण परिवार आशिषित हुन्छ” भन्ने दृष्टिकोण गलत छ। यदि तँ परमेश्वरमाथिको तेरो विश्वासमा सधैँ यो दृष्टिकोणमा टाँसिन्छ्स् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्। आफ्नो अविश्वासी परिवारका सदस्यहरू र आफन्तहरूलाई हेर्, तिनीहरू हरेक दिन आफ्नो जीवन जिउन व्यस्त छन्; जब विपत्तिहरू आउँछन्, के तिनीहरू उम्कन सक्नेछन्? अहँ, तिनीहरू सक्नेछैनन्। यदि तँ परमेश्वरमाथिको तेरो विश्वासमा सत्यता पछ्याउँदैनस् र आफ्ना आफन्तहरू जस्तै विपत्तिहरूको दण्डबाट बच्न असमर्थ रहन्छ्स् भने, तँ तिनीहरूसँगै नष्ट हुनेछस्। यद्यपि, यदि तँ सत्यता पछ्याउँछस्, र तिनको सार बुझ्न सक्षम हुन्छस् भने, तँ शैतानलाई अस्वीकार गर्न सक्षम हुनेछस्, र सोच्नेछस्, “तिनीहरू परमेश्वरमा विश्वास गर्दैनन्। तिनीहरू पिशाच हुन् र तिनीहरू विपत्तिहरूमा नष्ट हुनुपर्छ। तिनीहरू मलाई परमेश्वरमा विश्वास गर्नबाट रोक्न खोज्थे, र तिनीहरूले परमेश्वरको प्रतिरोध गर्ने, परमेश्वरप्रति निन्दनीय कुराहरू भन्थे। विपत्तिमा मरेपछि तिनीहरूले आफ्ना उचित परिणाम पाए। यसमा परमेश्वरका वचनहरू साँच्चै पूरा भएका छन्।” तँसँग पहिला यो विश्वास थिएन र तँ पिशाचहरूलाई सराप्ने हिम्मत गर्दैनथिइस्। अब, तैँले पिशाचहरूको वास्तविक अनुहार देखिस् र तेरो हृदयले यी परमेश्वर-विरोधी पिशाचहरूलाई घृणा गर्न थालेको छ, र यदि तिनीहरू मरे भने, तैँले तिनीहरूलाई गाड्नु मात्र पर्नेछ। तिनीहरूसँग यसरी व्यवहार गर्न सक्षम हुनुले तेरो हृदय साँच्चै परमेश्वरतर्फ फर्केको देखाउँछ। यदि तँ अझै पनि आफ्नो हृदयमा “जब एक व्यक्तिले परमेश्वरमा विश्वास गर्छ, उसको सम्पूर्ण परिवार आशिषित हुन्छ, परिवारले हुर्काएका पशुहरू पनि आशिषित हुन्छन्, घर आशिषित हुन्छ, र त्यो खेतमा भएका बालीहरू आशिषित हुन्छन्,” भन्ने धारणा र कल्पनाहरू बोकेर हिँड्छस् भने, यी कुराहरूले तँलाई सत्यता र परमेश्वरलाई पछ्याउन अनि आफ्नो कर्तव्य निभाउनबाट रोक्नेछन्। यदि कसैको हृदय शुद्ध रूपमा परमेश्वरतर्फ फर्कन्छ, केवल परमेश्वरतर्फ फर्कन्छ भने, तिनीहरूको हृदय निकै शुद्ध र सरल बन्छ, र समय आएपछि तिनीहरूले निकै कम कष्ट भोग्छन्। अहिले तैँले किन यति धेरै कष्ट भोग्छस्? किनभने तँ सारा दिन आफ्नो परिवारका लागि, आफ्ना छोराछोरीहरूका लागि धेरै मेहनत गर्दै, दौडधुप गर्दै र व्यस्ततामा बिताउँछस्। यदि तैँले आफूलाई विशुद्ध रूपमा मण्डलीका लागि समर्पित गरिस् भने, म भन्न सक्छु कि तैँले आराम महसुस गर्नेछस्, होइन र? तँ अहिले पारिवारिक मामिलाहरूमा निकै व्यस्त भएको र मण्डलीका मामिलाहरूमा निकै कम व्यस्त भएको, अनि तेरो घरका मामिलाहरू अति बोझिलो भएको कारणले नै तँ यसलाई सहन सक्दैनस्, र परमेश्वरबारे गुनासो गर्न थाल्छस्। तर वास्तवमा, तैँले परमेश्वरलाई कति अर्पण गरेको छस्? तैँले उल्लेख गर्नलायक केही अर्पण गरेको छैनस्! तँ अझै पनि घर र आफ्नो देहको मामिलामा यति धेरै दौडधुप गर्छस् र व्यस्त हुन्छस्, त्यसोभए तैँले कसरी परमेश्वरबारे गुनासो गर्न सक्छस्? तैँले अबउप्रान्त परमेश्वरबारे गुनासो गर्नै हुँदैन। परमेश्वरमा विश्वास गर्ने जो कोही पनि सत्यता प्राप्त गर्न सक्षम हुन्छ र ऊसँग परमेश्वरलाई चिन्ने मौका हुन्छ—यो महत्त्वपूर्ण छ, अरू कुनै पनि कुरा भन्दा महत्त्वपूर्ण छ, र तैँले मुक्ति प्राप्त गर्नेछस् कि गर्नेछैनस् भन्ने कुरासँग सीधै सम्बन्धित छ। यद्यपि, पहिला तैँले विगतका आफ्ना गलत अभिप्राय, दृष्टिकोण र बुझाइका साथै तैँले आफैभित्र पछ्याउने कुराहरूलाई लिएर, तिनलाई परमेश्वरका वचनअनुसार विश्लेषण गरेर बुझ्नुपर्छ। जब तँ यी कुराहरूलाई स्पष्ट रूपमा देख्न सक्षम हुन्छस्, तब तँ तिनलाई घटाउने र त्याग्ने अभ्यास गर्न सक्छस्। तैँले यी कुराहरूलाई जति धेरै स्पष्ट र तीक्ष्ण रूपमा देख्न सक्छस्, यी सबै पुराना, गलत कुराहरू त्याग्न सक्ने नभएसम्म तैँले त्यति धेरै कुराहरू छोड्नेछ्स्। तैँले त्यसपछि धेरै आराम महसुस गर्नेछस्, र जब तँ आफूले बुझेका सत्यताहरू अभ्यास गर्छस् र तिनको गवाही दिन सक्षम हुन्छस्, तँ अलि अलि गर्दै परिवर्तन हुन थाल्नेछस्। तैँले अब यस दिशामा अभ्यास र प्रशिक्षण सुरु गर्नुपर्छ, र बिस्तारै तँ अबउप्रान्त ती कुराहरूको बन्धन र बाधामा पर्नेछैनस्—त्यसपछि तँ परमेश्वरमाथिको विश्वासको सही मार्गमा प्रवेश गरेको हुनेछस्।
के तिमीहरूले मैले भनेका यी सबै कुरा साँच्चै बुझेका छौ? के तिमीहरूलाई नयाँ युगमा कसरी प्रवेश गर्ने भनेर थाहा छ? अनि तिमीहरूले कुन पक्षहरू परिवर्तन गर्न आवश्यक छ, कुन पक्षहरूबाट प्रवेश गर्ने भनेर के तिमीहरूलाई थाहा छ? सायद तिमीहरूले यो बुझेका छैनौ। मानिसहरूले विगतमा केही प्रवेश पाएका भए पनि, तिनीहरूमा अझै पनि धेरै पक्षहरूको कमी थियो र तिनीहरू परमेश्वरको मागहरू पूरा गर्न असमर्थ थिए। अहिले, परमेश्वरले मानिसहरूलाई नयाँ युगमा लैजान धेरै वचनहरू बोल्नुहुन्छ। किन मानिसहरूले सधैँ परमेश्वरका वचन र उहाँको कामबारे धारणा राख्छन्? यसले तिनीहरूले पहिला सत्यता प्राप्त गरेनन् र तिनीहरू सत्यता वास्तविकतारहित छन् भन्ने देखाउँछ। तैँले अहिले परमेश्वरका वचनहरू पढ्दा ती स्विकार्न सक्षम भए पनि, तँ तेरो वास्तविक जीवनमा सत्यता अभ्यास गर्न किन असमर्थ छस्, र यसको सट्टा सधैँ परमेश्वरप्रति विद्रोही व्यवहार र उहाँको विरोध किन गरिरहन्छस्? तँमाथि कुराहरू आइपर्दा, किन तँसँग सधैँ आफ्नै विचारहरू हुन्छन् र तँ आफ्नै इच्छाअनुसार काम गर्छस्, तैपनि परमेश्वरमा समर्पित हुन असमर्थ हुन्छस्? किनभने तँभित्र धेरै दैहिक र स्वेच्छाका कुराहरू हुन्छन्, तँ सधैँ तेरो मार्ग नै सही मार्ग हो भन्ने सोच्छस्। प्रवचन सुन्दा तिमीहरू राम्रो महसुस गर्छौ र कुनै धारणा राख्दैनौ, तर तिमीहरूलाई केही हुँदा, तिमीहरू सत्यता अभ्यास गर्न चाहन्छौ, तर नियन्त्रण गुमाउँछौ, र तिमीहरूभित्रका विद्रोही कुराहरू आफै प्रकट हुन्छन्। म तिमीहरू अति विद्रोही छौ भनेर भन्छु, र यदि तिमीहरू मलाई विश्वास गर्दैनौ भने, अभिलेख राख्न सक्छौ। तैँले हेरक पटक परमेश्वरको वाणी सुन्दा, तेरो हृदयमा के-कस्ता धारणाहरू उत्पन्न हुन्छन् र तेरा विचारहरू के छन् भन्ने कुराको अभिलेख राख्, अनि त्यसपछि तँभित्रका कुरालाई सतहमा ल्या, तिनलाई विश्लेषण गर्, परमेश्वरको वचनहरूसँग तुलना गर्, र त्यसपछि तैँले तेरो विद्रोहीपन कति टाढासम्म जान्छ भन्ने बुझ्नेछस्। यसरी अभ्यास गर्नु तेरो जीवन प्रवेशका लागि लाभदायक हुन्छ। तैँले तथ्यहरूको सामना गर्ने र आफैलाई खुलासा गर्ने साहस गर्नैपर्छ। जब तँ आफैलाई खुलासा गर्ने हिम्मत गर्छस्, यसले तँसँग सत्यता स्विकार्ने हृदय छ, धारणाहरूलाई छोडेर परमेश्वरमा समर्पित हुने हृदय छ भनेर प्रमाणित गर्छ; तैँले आफूविरुद्ध विद्रोह गर्नैपर्छ; परमेश्वरविरुद्ध निरन्तर विद्रोह नगर्, किनकि त्यो गलत हो। परमेश्वरमा विश्वास चाहिँ गर्ने तर उहाँमा कसरीसमर्पित हुने भनेर नजानेर हुँदैन। यस्तो समयमा तँलाई परमेश्वरमा समर्पित हुन सजिलो लाग्छ, त्यसबेला तेरो हृदयमा शान्ति र आनन्द हुनेछ; तँलाई परमेश्वरका वचनहरू पढ्दा ठूलो आनन्द मिल्नेछ, तैँले परमेश्वरलाई प्रार्थना गर्दा भन्नका लागि शब्दहरू भेट्टाउनेछस्, र उहाँसँग झन्-झन् नजिक हुनेछस्। सधैँ परमेश्वरविरुद्ध विद्रोह गर्नेहरू कहिल्यै सत्यता अभ्यास गर्न चाहँदैनन्, र तिनीहरूले परमेश्वरका वचनहरू पढ्दा तिनलाई बुझ्दैनन्—तिनीहरूको हृदयमा कस्तो शान्ति र आनन्द हुन सक्छ? जब मानिसहरूले समस्याहरू सामना गर्छन्, तिनीहरूका धारणा र कल्पनाहरू सतहमा आउँछन्, र तिनीहरू तीबाट जोगिन असमर्थ हुन्छन्। तब तैँले यसो सोच्दै, चिन्तन र मनन गर्नैपर्छ, “यो समस्या कसरी आयो? यस्तो धारणा कसरी पैदा भयो? यसको स्रोत कहाँ भेट्टाउन सकिन्छ?” तैँले परमेश्वरलाई प्रार्थना गर्नैपर्छ, परमेश्वरका वचनहरू पढ्नैपर्छ, यो मामला बुझ्नैपर्छ, र समस्या समाधान भएपछि तैँले जीवन प्रवेश प्राप्त गरेको हुनेछस्। यदि तैँले आफ्ना समस्याहरू यसरी व्यवहारिक रूपमा समाधान गरिनस्, सधैँ, केही धारणाहरू राख्नु ठूलो कुरा होइन, ती केही दिनपछि आफै हराएर जानेछन्, र ती हराएर गइसकेपछि यसको अर्थ तँमा धारणाहरू बाँकी छैनन् भन्ने विश्वास गरिस् भने, तैँले सधैँ आफूसँग कुनै धारणा नभएको सोच्नेछस्, जबकि वास्तवमा धारणाहरू उत्पन्न हुँदा तैँले तिनलाई बेवास्ता र उपेक्षा गरेको थिइस्। तैँले त्यसबेला त्यसले कुनै हानि नगरेको महसुस गरिस्, र पछि तँमा धारणाहरू रहेको कुरा स्विकारिनस्। सामान्यतया, मानिसहरूले काटछाँट नभोग्दा, कुनै प्रतिकूल परिस्थितिको सामना गर्नु नपर्दा, तिनीहरूले कुनै धारणा राख्दैनन् र आफूमा पहिले धारणाहरू थिए भनेर बिर्सन्छन्। तिनीहरू आफूलाई अद्भूत र वास्तवमै धारणारहित ठान्छन्। यद्यपि, केही आइपर्दा, धारणाहरू पैदा हुन्छन् र तिनीहरूले परमेश्वरको विरोध गर्छन्, अनि केही समयपछि धारणाहरू हराउँछन् र तिनीहरू त्यसलाई बिर्सन्छन्, र एक पटक फेरि आफ़ूमा अद्भूत स्थिति भएको र आफूले परमेश्वरबारे कुनै धारणा नराखेको महसुस गर्छन्—तिनीहरूको समस्या के हो? समस्या यो हो कि, तिनीहरूले वास्तवमा सत्यता बुझ्दैनन् र आफ्ना धारणाहरूलाई स्रोतमै समाधान गरेका छैनन्। त्यसैले कसैले तिनीहरूसँग सत्यताबारे राम्रोसँग सङ्गति नगरेसम्म यस प्रकारका धारणाहरू बारम्बार पैदा हुन्छन्, र सङ्गतिपछि तिनीहरूका धारणा सधैँका लागि समाधान हुन्छन्। जब व्यक्तिको धारणा समाधान गर्ने कुरा आउँछ, तब गम्भीरतासाथ सत्यता नखोज्नुले काम गर्दैन—केवल धर्मसिद्धान्त बुझ्नु बेकार हुन्छ। सत्यता नबुझ्नेहरूसँग आफूबारे सीमित, सतही ज्ञान हुन्छ। कहिलेकाहीँ तिनीहरूमा धारणाहरू पैदा हुँदा तिनीहरू तिनलाई पत्ता लगाउन सक्षम हुँदैनन्, न त तिनलाई महसुस गर्न नै सक्षम हुन्छन्। समाधान नभएको सानोतिनो धारणाले कसैलाई अल्झाएर लडाउनेछैन, तर समाधान नभएको ठूलो धारणाले तिनीहरूलाई तुरुन्तै लडाइदिनेछ। आफैलाई चिन्न, तैँले पहिला आफ्ना धारणा र कल्पनाहरू, अनि प्रायः देखा पर्ने आफ्ना गलत विचारहरू समाधान गर्नैपर्छ। त्यसपछि सतहीदेखि गहन, आफ्ना सबै विविध भ्रष्ट स्वभाव समाधान गर्नुपर्छ, र यसो गर्नाले तँ बिस्तारै सत्यता वास्तविकतामा प्रवेश गर्नेछस्। आफूभित्र अवस्थित धारणा र कल्पनाहरूलाई सबैभन्दा पहिला चिनेर नै आफूलाई चिन्ने कार्य सुरु हुन्छ। सत्यताबारेको तेरो बुझाइ जति गहिरो हुँदै जान्छ, तैँले आफैलाई पनि त्यति नै गहिरो रूपमा चिन्नेछस्। जब आफैलाई चिन्ने कुरा आउँछ, तँ होसियार हुनैपर्छ। यदि तँ आफैलाई चिन्न कहिल्यै सक्षम हुँदैनस् भने, तैँले जीवन प्रवेश पाउनेछैनस्; जीवन प्रवेश आफैलाई चिनेर सुरु हुन्छ। यदि तँ जीवन प्रवेश हासिल गर्न चाहन्छस् भने, तैँले इमानदारीतासाथ सत्यता खोज्नैपर्छ, आफ्ना समस्याहरू समाधान गर्ने अवसरहरू लिनैपर्छ, र एउटा मौकालाई पनि छुटाउनुहुँदैन। तैँले आफ्नो धारणाहरू टिपोट गरिसकेपछि, तैँले सत्यता खोज्नैपर्छ, आफैलाई खुलस्त पार्नैपर्छ र सङ्गतिमा संलग्न हुनैपर्छ, र परमेश्वरका वचनहरूअनुसार धारणाहरूलाई विश्लेषण गर्नुपर्छ। जब तैँले सत्यता बुझ्छस्, त्यस्ता धारणाहरू पूर्ण रूपमा समाधान हुनेछन्। यदि तैँले फेरि उही कुराको सामना गरिस् र तेरा धारणाहरू फेरि उत्पन्न भए, अनि तेरो हृदय अझै पनि तिनको बन्धनमा भयो भने, यसले तैँले साँचो रूपमा सत्यता बुझेको छैनस्, बरु तैँले केवल धर्मसिद्धान्त बुझेको छस् भन्ने देखाउँछ, र त्यसैले तेरा धारणाहरू रहिरहन्छन्। तैँले वास्तवमै सत्यता बुझेपछि मात्र तेरा धारणाहरू पूर्ण रूपमा विलीन हुनेछन्, र ती भविष्यमा पुनः उत्पन्न भए पनि, ती सजिलैसँग समाधान हुनेछन् र तँ तिनीहरूको बन्धनमा पर्नेछैनस्, किनभने तँ सत्यता बुझ्छस्। मलाई भन्, के यसरी आफैलाई चिन्ने र सत्यतामा प्रवेश गर्ने अभ्यास गर्न गाह्रो छ? के यसमा धेरै परिश्रम चाहिन्छ? चाहिन्छ! यदि तेरो आत्मज्ञानमा सतही कुराहरूलाई हतार-हतार पहिचान गर्ने कार्य मात्र समावेश छ भने—यदि तैँले आफू अहङ्कारी र स्वधर्मी छु र आफूले परमेश्वरको विरुद्ध विद्रोह र प्रतिरोध गर्छु भनेर मात्र भन्छस् भने—यो साँचो ज्ञान होइन, यो त धर्मसिद्धान्त हो। तैँले यसमा तथ्यहरूलाई एकट्ठा गर्नुपर्छ: तैँले गलत अभिप्राय र दृष्टिकोण वा विकृत विचारहरू राखेका जुनसुकै कुराहरूलाई सङ्गति र विश्लेषण गर्न प्रकाशमा ल्याउनैपर्छ। यो मात्र आफूलाई वास्तावमै चिन्नु हो। तैँले आफ्ना कार्यहरूको आधारमा मात्र आफू बारे बुझाइ प्राप्त गर्नु हुँदैन; तैँले यसको मूल तत्वलाई बुझ्नैपर्छ र समस्याको जडलाई समाधान गर्नुपर्छ। समयको एक अवधि बितेर गएपछि, तैँले आफ्नै बारेमा चिन्तन गर्नुपर्छ र तैँले कुन-कुन समस्याहरू समाधान गरिस्, र कुन-कुन अझै बाँकी छन् भनी सारसंक्षेप गर्नैपर्छ। र त्यहाँ पनि, यी समस्यालाई समाधान गर्न तैँले सत्यता खोज्नैपर्छ। तँ निष्क्रिय हुनु हुँदैन, कामकुरा गर्न तँलाई सधैँ अरुले फुस्लाउनु, जोड गर्नु वा हात समातेर डोऱ्याउनु हुँदैन; तँसँग जीवन प्रवेशको तेरो आफ्नै बाटो हुनुपर्छ। तैँले भनेका र गरेका कुन-कुन कुराहरू सत्यतासँग मेल खाँदैनन्, तेरा अभिप्रायमध्ये कुन-कुन गलत छन्, र तैँले कुन-कुन भ्रष्ट स्वभावहरू प्रकट गरेको छस् भनी हेर्न आफैलाई बारम्बार जाँच गर्नैपर्छ। यदि तँ सधैँ यसरी अभ्यास र प्रवेश गर्छस्—यदि तँ आफैंबाट कडा मागहरू गर्छस् भने—तँ बिस्तारै सत्यता बुझ्न सक्षम हुनेछस्, र जीवन प्रवेश पाउनेछस्। जब तैँले साँच्चै सत्यता बुझ्छ्स्, तँ आफू वास्तवमा केही पनि होइनस् भन्ने देख्नेछस्। एकातिर, तँमा गम्भीर भ्रष्ट स्वभाव छ; अर्कोतिर, तँमा धेरै कमी छन्, र तँ कुनै पनि सत्यता बुझ्दैनस्। यदि एक दिन तँ साँच्चै यस्तो आत्मज्ञानी भइस् भने, तँ त्यस उप्रान्त अहङ्कारी हुन सक्षम हुनेछैनस्, र धेरै मामलाहरूमा तँमा समझ हुनेछ, र तँ समर्पित हुन सक्षम हुनेछस्। अहिलेको मुख्य कुरा के हो? धारणाहरूको सारको सङ्गति र विश्लेषणद्वारा, मानिसहरूले आफूले धारणाहरू बनाउनुको कारण बुझेका छन्; तिनीहरू केही धारणाहरू समाधान गर्न सक्षम छन्, तर यसको मतलब यो होइन कि तिनीहरू प्रत्येक धारणाको सार स्पष्ट रूपमा देख्न सक्छन्, यसको मतलब यो मात्र हो कि तिनीहरूसँग केही आत्म-ज्ञान छ, तर तिनीहरूको ज्ञान अझै पर्याप्त रूपमा गहिरो वा स्पष्ट छैन। अर्को शब्दमा भन्नुपर्दा, तिनीहरूले अझै पनि आफ्नो प्रकृति सार स्पष्ट रूपमा देख्न सक्दैनन्, न त तिनीहरूको हृदयमा कस्ता भ्रष्ट स्वभावहरूले जरा गाडेका छन् भनी देख्न नै सक्छन्। कुनै व्यक्तिले यसरी आफ्नो बारेमा कत्तिको ज्ञान प्राप्त गर्न सक्छ भन्ने कुराको सीमा हुन्छ। केही मानिसहरू भन्छन्, “मलाई थाहा छ कि मेरो स्वभाव अत्यन्तै अहङ्कारी छ—के यसको मतलब म आफैलाई चिन्छु भन्ने होइन र?” यस्तो ज्ञान अति सतही हुन्छ; यसले समस्या समाधान गर्न सक्दैन। यदि तँ साँच्चै आफैलाई चिन्छस् भने, तँ किन अझै पनि व्यक्तिगत उन्नति खोजिरहेको छस्, तँ किन अझै पनि हैसियत र विशिष्टताको लालसा गर्छस्? यसको मतलब तेरो अहङ्कारी प्रकृति निर्मूल भएको छैन। यसर्थ, परिवर्तनको सुरुवात तेरा बोली र कार्य पछाडिका विचार, दृष्टिकोण र अभिप्रायहरूबाट हुनुपर्छ। मानिसहरूले भन्ने धेरैजसो कुराहरू काँडादार र विषाक्त हुन्छन्, र तिनीहरूले प्रयोग गर्ने बोलीमा अहङ्कारको तत्व हुन्छ भन्ने कुरालाई के तिमीहरू स्विकार्छौ? तिनीहरूका बोली-वचनले तिनीहरूका अभिप्राय र व्यक्तिगत रायहरू बोक्छन्। अन्तर्दृष्टि भएकाहरूले यो सुन्दा यो खुट्ट्याउन सक्षम हुनेछन्। केही मानिसहरू आफ्नो अहङ्कार प्रकट नहुँदा प्रायजसो निश्चित रूपमा बोल्छन् र निश्चित अभिव्यक्तिहरू राख्छन्, तर अहङ्कार प्रकट हुँदा तिनीहरूको व्यवहार निकै फरक हुन्छ। कहिलेकाहीँ तिनीहरू आफ्नै उच्च-सुनिने विचारहरूका बारेमा बोलिरहन्छन्, कहिलेकाहीँ आफ्नो दाह्रा र नङ्ग्राहरू देखाउँछन् र आफ्नो टाउको ठड्याउँछन्। तिनीहरू आफूलाई पहाडको राजा ठान्छन् र यसमा शैतानको कुरूप अनुहारको खुलासा हुन्छ। हरेक व्यक्तिभित्र धेरै प्रकारका अभिप्राय र भ्रष्ट स्वभावहरू हुन्छन्। छली मानिसहरूले कुरा गर्दा आँखा झिम्काएर मानिसहरूलाई आफ्नो आँखाको कुनाबाट हेरे जस्तै—यी कार्यहरूमा भ्रष्ट स्वभाव लुकेको हुन्छ। कतिपय व्यक्तिहरू घुमाईफिराई बोल्छन्, र अरूले तिनीहरूको कुराको अर्थ के हो भनेर कहिल्यै जान्दैनन्। तिनीहरूका शब्दहरूभित्र सधैँ गुप्त अर्थ र जालझेलहरू हुन्छन्, तर बाहिरबाट हेर्दा तिनीहरू निकै शान्त र संयमित हुन्छन्। यस्ता मानिसहरू झन् छली हुन्छन्, र तिनीहरूलाई सत्यता स्विकार्न झन् गाह्रो हुन्छ। तिनीहरूलाई मुक्ति दिन निकै गाह्रो छ।
पहिले, जब मानिसहरू परमेश्वरमा विश्वास गर्थे, तिनीहरू सधैँ शान्तिमय घर भएमा र आफूले गर्ने सबै कुराहरू सहज रूपमा अघि बढेमा सन्तुष्ट हुन्थे, र यसको अर्थ परमेश्वरले तिनीहरूलाई निश्चय नै प्रेम गर्नुहुन्छ र तिनीहरूदेखि प्रसन्न हुनुहुन्छ भन्ने विश्वास गर्थे। यदि तँ यी कुराहरूमै सन्तुष्ट हुन्छस् भने, तँ सत्यता पछ्याउने मार्गमा कहिल्यै लाग्नेछैनस्। बाहिरी रूपमा तेरो जीवन कति राम्रो वा सहज रूपमा चलिरहेको छ भन्ने कुरामा सन्तुष्ट नहो; ती सतही कुराहरू महत्त्वपूर्ण छैनन्। परमेश्वरले अहिले मानिसहरूलाई मुक्ति दिने कुरामा, मानिसहरूभित्र गहिरो रूपमा गढेर बसेका शैतानसँग सम्बन्धित कुराहरूलाई धुने र परिवर्तन गर्ने, तिनलाई जरैदेखि उखेल्ने, र तिनलाई मानिसको सार र प्रकृतिबाट सतहमा ल्याउने कुरा समावेश छ। परमेश्वरले किन मानिसको विचार र अभिप्रायलाई सधैँ विश्लेषण गरिरहनुहुन्छ? किनभने मानिसको स्वभाव अति गहिरो रूपमा गढिएको हुन्छ। परमेश्वरले तँ कसरी काम गर्छस्, वा कस्तो देखिन्छस् वा कति अग्लो छस् भनी हेर्नुहुन्न, न त तेरो परिवार कस्तो छ वा तँसँग जागिर छ कि छैन भनी हेर्नुहुन्छ—परमेश्वरले यी कुराहरू हेर्नुहुन्न। तेरो समस्यालाई सार र जराबाट समाधान गर्नका लागि परमेश्वरले हेर्नुहुने मुख्य कुरा भनेको तेरो सार हो। त्यसकारण, परमेश्वरले आशिष् दिनुहुँदैछ भन्ने सोचेर केवल शान्तिमय घर हुँदैमा र सबै कुरा सहज रूपमा अघि बढ्दैमा सन्तुष्ट नहो—यो गलत हो। यी बाह्य कुराहरू नपछ्या र आफैलाई तिनमा फस्न नदे। यदि तँ यी कुराहरूमै सन्तुष्ट हुन्छस् भने, यसले परमेश्वरमाथिको तेरो विश्वासमा तैँले पछ्याइरहेको उद्देश्य अति नीच र तँ परमेश्वरले तँबाट गर्नुभएको मागभन्दा निकै टाढा छस् भन्ने देखाउँछ। तैँले आफ्नो स्वभाव र मानवता, साथसाथै परमेश्वरमाथिको विश्वासको आफ्ना अभिप्राय र दृष्टिकोणबाट सुरु गर्दै स्वभावगत परिवर्तनमा ध्यान केन्द्रित गर्नैपर्छ। यसरी, जब तँ भर्खरै परमेश्वरमा विश्वास गर्न थालेका वा उहाँलाई नस्विकारेका मानिसहरूको सम्पर्कमा आउँछस्, तिनीहरूले तेरो रूपबाट तँमा बदलाव आएको, र तैँले पछ्याउने कुरा वास्तवमा फरक भएको देख्न सक्षम हुनेछन्। तिनीहरूले भन्छन्, “परमेश्वरमाथिको हाम्रो विश्वासमा हामी धेरै पैसा कमाउने, हैसियत पाउने, हाम्रा छोराछोरीलाई कलेजमा भर्ना गराउने, र हाम्रा छोरीहरूका लागि उपयुक्त जीवनसाथी खोज्ने कुरा पछ्याउँछौँ। तपाईँ किन यी कुराहरू पछ्याउनुहुन्न? तपाईं यी कुराहरूलाई गोबर र पूर्णतः महत्त्वहीन कुराका रूपमा हेर्नुहुन्छ। त्यसोभए, तपाइँ कसरी परमेश्वरमा विश्वास गर्नुहुन्छ?” त्यसपछि तैँले तिनीहरूसँग तेरो अनुभव कस्तो छ, तँसँग कुन कुन भ्रष्ट स्वभावहरू छन्, परमेश्वरले तँलाई कसरी काटछाँट गर्नुहुन्छ, सजाय दिनुहुन्छ र न्याय गर्नुहुन्छ, तैँले कसरी आफैँबारे मनन गर्छस् र कुराहरू बुझ्छ्स्, अनि कसरी पश्चात्ताप गर्छस् र परिवर्तित हुन्छस् भनेर सङ्गति गर्छस्। जब मानिसहरूले तँलाई भेट्छन्, तिनीहरूले तेरो सङ्गति कति धेरै व्यावहारिक छ, यसले तिनीहरूलाई केही हदसम्म भरणपोषण गर्छ र तिनीहरूका लागि लाभदायक छ, र तैँले मानिसहरूलाई मनाउन र अर्ती दिन सतही प्रवचनहरू मात्र दिइरहेको छैनस् भन्ने समझ पाउँछन्। तँ जीवन प्रवेश र आत्म-ज्ञानबारे कुरा गर्न सक्षम हुनेछस्, र यसले तँ साँच्चै नयाँ युगको जन, साँच्चै नयाँ व्यक्ति होस् भन्ने प्रमाणित गर्नेछ। अहिले पनि विगतबारे कुरा गर्ने केही मानिसहरू छन्, जो यसो भन्छन्, “म प्रभु येशूमा विश्वास गर्थेँ, र जहाँ-जहाँ म काम गर्न गएँ, त्यहाँ पवित्र आत्माले ठूलो काम गर्नुभयो। जब मैले सुसमाचार फैलाएँ, धेरै जना मेरो कुरा सुन्न इच्छुक भए, र जस-जसका लागि मैले प्रार्थना गरेँ, तिनीहरू चाँडै निको भए...।” तिनीहरू अझै पनि यी कुराहरूबारे बोल्छन्, र यो अति पछौटे व्यवहार हो! तिमीहरूले सत्यताबारे सङ्गति गर्नमा, र जीवन प्रवेश, स्वभाव परिवर्तन, आत्म-ज्ञान र जीवन प्रवेशसँग सम्बन्धित अन्य महत्त्वपूर्ण कुराहरूका बारेमा कुराकानी गर्नमा अझै बढी समय बिताउनुपर्छ। सत्यतासँग सम्बन्धित नरहेका मामलाहरूका बारेमा कुरा नगर। यदि निरन्तर रूपमा यसरी अभ्यास गर्यौ भने, तिमीहरूले केही सत्यता वास्तविकता प्राप्त गर्नेछौ। तिमीहरूको वर्तमान कदलाई हेर्दा, तिमीहरूले जीवन प्रदान गर्ने काम गर्न वा समस्याहरूको समाधान गर्नको लागि सत्यताको प्रयोग गर्न सक्दैनौ। तिमीहरूले मानिसहरूलाई मनाउन र उपदेश दिन मात्रै सक्छौ, “परमेश्वरविरुद्धविद्रोह गर्ने वा उहाँको विरोध गर्ने नगर। हामी यति भ्रष्ट भए पनि, परमेश्वरले अझै पनि हामीलाई मुक्ति दिनुहुन्छ, त्यसकारण हामीले उहाँका वचनहरूलाई सुन्नुपर्छ र उहाँमा समर्पित हुनुपर्छ।” यो कुरा सुनेपछि, मानिसहरूले धर्मसिद्धान्तहरू त बुझ्छन्, तर तिनीहरूमा अझै पनि ऊर्जाको कमी हुन्छ र परमेश्वरका वचनहरू कसरी अभ्यास गर्ने वा अनुभव गर्ने सो थाहा हुँदैन। यसले अगुवा र सेवकहरूका रूपमा, तिमीहरूसँग पनि सत्यता वास्तविकता छैन भन्ने कुरालाई प्रमाणित गर्छ। यदि तिमीहरू आफैले प्रवेश प्राप्त गरेका छैनौ भने, तिमीहरूले कसरी अरूको भरणपोषण गर्न सक्छौ? तिमीहरूले अरू मानिसहरूको कठिनाइ र भ्रष्ट स्वभावको जडलाई पत्ता लगाउन सक्दैनौ, मुख्य कुरो के हो पत्ता लगाउन सक्दैनौ, किनभने तिमीहरूले अझै आफूलाई चिनेका छैनौ। यस्तो अवस्थामा, मण्डलीमा जीवनको भरणपोषण गर्ने कार्य तिमीहरूको क्षमताभन्दा बाहिरको कुरा हो, र मानिसहरूलाई असल बन्नुपर्छ र गम्भीरता साथ पालन गर्नुपर्छ भन्दै अर्ती दिएर मात्र तिमीहरूले वास्तविक समस्याहरू समाधान गर्न सक्दैनौ। तिमीहरूले साँचो रूपमा सत्यता बुझेका छैनौ वा कुनै जीवन प्रवेश हासिल गरेका छैनौ भन्ने कुराको पर्याप्त प्रमाण हो यो। तिमीहरूमध्ये धेरैजसोलाई आत्मिक धर्मसिद्धान्त र खोक्रा ईश्वरशास्त्रीय सिद्धान्तहरू कसरी प्रचार गर्ने मात्रै थाहा छ, तर तिमीहरूले जीवन प्रदान गर्न सक्दैनौ; त्यसकारण, तिमीहरू अत्यन्तै सानो कदका छौ। परमेश्वरमाथिको विश्वासप्रतिको तेरो दृष्टिकोणमा अझै पनि परिवर्तन आउन बाँकी नै छ। तेरो बुझाइ र अभिप्रायहरू अझै उस्तै रहन्छन्। के तँ आफैले आफ्नो समस्याहरू समाधान नगरी अरूलाई परिवर्तित हुन आग्रह गरेर अघि बढ्ने मार्ग पाउनेछस्? के तँ अरूको भरणपोषण गर्न सक्षम हुनेछस्? के तँ तिनीहरूका समस्याहरू समाधान गर्न सक्षम हुनेछस्? यदि तँ यीमध्ये कुनै पनि काम गर्न सक्षम छैनस् भने, अरूलाई परिवर्तित हुन आग्रह गरेर तैँले के परिणाम प्राप्त गर्न सक्छस्? यदि तँ मानिसहरूलाई भाषण र अर्ती दिनका लागि वचन र धर्मसिद्धान्तहरू प्रचार गर्न मात्र सक्छस् भने, के तँ अरूलाई सत्यता बुझाउन सक्छस्? यदि तँ आफैसँग परमेश्वरको कामको कुनै वास्तविक बुझाइ छैन भने, के परमेश्वरका चुनिएका जनहरू तेरो सङ्गति सुनेर परमेश्वरको काम बुझ्न सक्षम हुनेछन्? यदि तँ आफै सिद्धान्तहरूबिना आफ्नो कर्तव्य निभाउँछस् भने, तैँले कसरी परमेश्वरका चुनिएका जनहरूलाई तिनीहरूको कर्तव्य राम्रोसँग निभाउने तुल्याउनेछस्? तिनीहरूले कसरी परमेश्वरलाई पछ्याउन ऊर्जा जुटाउनेछन्? अगुवा र सेवकका रूपमा काम गर्नेहरूले मण्डलीका विभिन्न प्रकारका मानिसहरूमध्ये कोसँग परमेश्वरका वचन र कामको अनुभव र बुझाइ छ, र कोसँग साँच्चै आत्म-ज्ञान छ र को साँच्चै पश्चात्ताप गर्छ भन्ने कुरा पहिल्याउँदै तिनीहरूको स्थिति बुझेर तिनमा निपुण हुनुपर्छ। यी कुरामा निपुण हुन सक्ने अगुवा र सेवकहरूले केही व्यावहारिक काम गर्न सक्नेछन्। यदि तँसँग कर्तव्यमा सहकार्य गर्नेहरू तँ जस्तै छन्, आत्म-ज्ञान बिना अरूलाई भाषण दिन्छन् भने, त्यसले तँसँग पनि सत्यता वास्तविकता छैन, तँ आफैलाई चिन्दैनस् र तिमीहरूबीच केही भिन्नता छैन भन्ने प्रमाणित गर्छ। के तिमीहरूले यी कुराहरूबारे पहिला कहिल्यै विचार गरेका छौ? तिमीहरू के मात्र जान्दछौ भने, “मलाई यहाँ शक्ति दिइएको छ, मसँग हैसियत छ, म मण्डलीको एक अधिकारी हुँ र मसँग अब अरुलाई भाषण दिने एउटा स्थान छ।” तँ हैसियत र प्रतिष्ठा पाउने, अरूलाई कसरी भाषण र प्रवचन दिने, अरूलाई आफ्नो कुरा सुन्ने तुल्याउन के बोल्ने, धेरै मण्डलीहरूमा आफ्नो प्रभाव जमाउने र उच्च प्रतिष्ठा हासिल गर्ने, अनि दृढतापूर्वक आफ्नो पद स्थापित गर्ने कुराहरूमा मात्र ध्यान केन्द्रित गर्छस्। यी कुराहरूमा मात्र ध्यान केन्द्रित गरेको कुराले तँ विचलित भएको प्रमाणित गर्छ। पुरानो युगबाट नयाँ युगमा प्रवेश गर्नु भनेको मानिसको काम गर्ने र बोल्ने तरिका परिवर्तन हुनु मात्र होइन, तर तिनीहरूसँग अझ उच्च प्रवेश पनि हुनुपर्छ, तिनीहरूले अझ उच्च मूल्य तिर्नुपर्छ, तिनीहरू सधैँका लागि आफ्नो देहविरुद्ध विद्रोह गर्न, देहका पूर्वाग्रहहरू त्याग्न, केवल सत्यतालाई आफ्नो जीवनका स्वरूपमा पछ्याउन र साँचो मानव स्वरूपमा जिउन सक्षम हुनुपर्छ। यसरी मात्र तिनीहरू साँच्चै पूर्णतः रूपान्तरित हुन सक्छन्। नयाँ काम गर्दा, परमेश्वरले अनिवार्य रूपमा मानिसहरूसँग नयाँ मागहरू गर्नुपर्छ, र ती पुराना, परम्परागत धारणाहरूमा टाँसिएर, मानिसले केवल कामकुरालाई सुस्त बनाउँछ। कोही-कोही मानिसहरू बाइबलमा अन्धो विश्वास गर्छन् र त्यसबाट कहिल्यै हट्दैनन्—के तिनीहरू यसो गरेर जीवन हासिल गर्न र परमेश्वरलाई चिन्न सक्षम हुन्छन्? हुँदैनन्, बिल्कुलै हुँदैनन्। पुस्तौँसम्म, फरिसीहरूले बाइबल पढे र अन्ततः सत्यता व्यक्त गरिरहनुभएको प्रभु येशूलाई क्रूसमा टाँगे—यो कसरी हुन सक्यो? यदि बाइबललाई साँच्चै बुझेका भए, तिनीहरूले परमेश्वरलाई चिन्नुपर्थ्यो, र प्रभु येशू आउनुहुँदा, तिनीहरूले उहाँलाई स्वागत गर्नुपर्थ्यो र उहाँको निन्दा गर्नुहुन्थेन। अझै पनि धेरै मानिसहरू यो विषयलाई समझका साथ बुझ्न सक्दैनन्। तिनीहरू हृदयमा परमेश्वरले अहिले जतिसुकै वाणीहरू उच्चारण गर्नुभए पनि बाइबल पढ्नैपर्छ र त्यसबाट टाढा जानुहुँदैन भन्ने सोच्छन्। यसको अर्थ तिनीहरू बाइबलमा लेखिएका धेरै कुराहरू सम्झन सक्षम हुन्छन्, तर परमेश्वरले अहिले व्यक्त गर्नुहुने सत्यताहरू बुझ्न वा ती अभ्यास गर्न सक्षम हुँदैनन्। अन्त्यमा, तिनीहरूले आफ्ना कुनै अनुभवात्मक गवाही दिँदैनन् र तिनीहरूलाई हटाइन्छ। के यो लज्जास्पद छैन? वास्तवमा, अहिले प्रायः बाइबल पढ्ने तर परमेश्वरका वचनहरू निकै कम पढ्ने कैयौँ मानिसहरू अझै पनि छन्—यसो गर्नु बुद्धिमानी हो कि मूर्खता हो? पहिला, जब तिनीहरूले प्रभुमा विश्वास गर्थे, मानिसहरूले ठूलो उत्साह भनेको महान् जीवन र असल विश्वास हो भन्ने विश्वास गर्थे। जब अहिले, केवल उत्साहका साथ र स्वभावगत परिवर्तनबिना व्यक्तिले परमेश्वरको अनुमोदन पाउँदैन भनिन्छ, केही मानिसहरू सधैँ सोच्छन् कि परमेश्वरले त्यस्ता मानिसहरूलाई अन्यायपूर्ण व्यवहार गर्नुहुन्छ। मैले यसअघि पनि त्यस्ता मानिसहरूलाई काटछाँट गरेको छु र तिनीहरूमध्ये कतिपयले त्यसलाई स्विकारेनन्, र त्यस्ता व्यक्तिहरूको प्रतिरक्षा गर्दै यसो भने, “तिनीहरूले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गर्दै आएका छन्। तिनीहरूले मूल्य चुकाएका र ठूलो कष्ट भोगेका छन्, र कुनै योगदान नगरे पनि कडा मेहनत गरेका छन्। तपाईँ कसरी तिनीहरूसँग यस्तो व्यवहार गर्न सक्नुहुन्छ?” कतिपय मानिसहरू आफ्नो विचार सच्याउन सक्षम हुँदैन्। के यो बुझ्न गाह्रो छ र? मानिसहरू अरूले बाह्य रूपमा कसरी काम गर्छन् भन्ने देख्छन्, जबकि परमेश्वरले तिनीहरूको सार देख्नुहुन्छ, र त्यो धेरै फरक कुरा हो। तँ कोही व्यक्ति बाहिर कति धर्मी देखिन्छ, कति राम्रोसँग बोल्न सक्छ, र कति दौडधुप गर्छ र मूल्य चुकाउँछ भन्ने मात्र देख्छस्। तिनीहरूले कति धारणाहरू राखिरहेका छन्, वा तिनीहरू कति आत्मधर्मी र अहङ्कारी छन् भनेर तँ किन भन्दैनस्? तँ ती कुराहरू किन देख्दैनस्? त्यसकारण म भन्छु, कामकुराहरूबारेको तिमीहरूको दृष्टिकोण अझै पनि निकै पुरानो र पछौटे छ। मानिसहरूले बाह्य रूपमा तिर्ने मूल्यलाई परमेश्वरले अहिले हेर्नुहुन्न। उहाँ तैँले चुकाएको मूल्य वा तेरो पूँजीको कुरा गर्नुहुन्न, न त तैँले कत्तिको पीडा भोगेको छस् भन्ने कुरा नै गर्नुहुन्छ—उहाँ तेरो सार हेर्नुहुन्छ। अघिल्लो युगमा मानिसहरूको उपयोग गर्ने सिद्धान्तहरू के-के थिए? जो धेरै जोसिला थिए, दौडधुप र मेहनत गर्न सक्थे, जसले सबै भन्दा लामो समयसम्म परमेश्वरमा विश्वास गरेका थिए, र जो सबैभन्दा वृद्ध र अविवाहित थिए—यो वर्णनसँग व्यक्ति जति मेल खान्थे, तिनीहरूको प्रतिष्ठा त्यति नै धेरै हुन्थ्यो र तिनीहरू अगुवा बन्न त्यति नै योग्य हुन्थे। ती कुराहरू अचेल महत्त्वपूर्ण छैनन्। व्यक्तिको सार महत्त्वपूर्ण छ, किनकि परमेश्वरमा विश्वास गर्नुको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको व्यक्तिको सार कस्तो छ, ऊ परमेश्वरको आराधना गर्न र परमेश्वरको नयाँ काम स्विकार्न सक्षम छ कि छैन भन्ने हो। यदि अहिले परमेश्वर देहमा आउनुहुँदा तँ उहाँलाई चिन्दैनस् भने, यसले तेरो सारबारे के भन्छ? के तेरो सारले परमेश्वरको प्रतिरोध गर्दैन र? यो कुरा तेरा दृष्टिकोण र अभिप्रायहरू परमेश्वरसँग मेल खान्छन् कि खाँदैनन् भन्नेमा निर्भर हुन्छ। यदि तँ साँचो मार्ग स्विकार्न र आफ्नो विगतका अभिप्राय र धारणाहरूविरुद्ध विद्रोह गर्न सक्षम हुन्छस् भने, तँजस्ता मानिसहरू परमेश्वरद्वारा स्वीकृति हुन र आशिषित हुन सक्षम हुनेछन्। परमेश्वरले आफ्नो काममा कसरी मानिसहरूको उपयोग गर्नुहुन्छ भन्नेबारे सिद्धान्तहरू छन्। उहाँ तेरो पुँजी, पारिवारिक पृष्ठभूमि, प्रतिष्ठा वा हैसियत हेर्नुहुन्न। उहाँको विरोध गर्नेहरूको उहाँ उपयोग गर्नुहुन्न—के यसले उहाँको काममा ढिलाइ मात्र गर्नेछैन र? मानिसहरू सधैँ आफ्नो पुँजीबारे कुरा गर्छन्, अमापनीय रूपमा अहङ्कारी छन्—तिनीहरू दियाबलस हुन्! हामी भेटी, आफ्नो समर्पणता, पूँजी र प्रतिष्ठाजस्ता कुराहरूबारे बोल्दैनौँ—तिनको कुरा गर्नु बेकार छ! परमेश्वरप्रति सबैभन्दा इमान्दार हुने र परमेश्वरमा समर्पित हुन सबैभन्दा इच्छुक हुने जो कोहीसँग सत्यता वास्तविकता हुनेछ, र हामी त्यस्ता मानिसहरूलाई स्विकार्छौँ। बाहिरी रूप हेर्नुको कुनै अर्थ छ र? व्यक्तिको बाहिरी रूपमा केही परिवर्तन आउन सक्छ तर तिनीहरूको स्वभावभित्रका धेरै कुराहरू परिवर्तित भएका हुनेछैनन्, र कुनै समय ती प्रकट हुनेछन्। त्यसकारण तैँले यी कुराहरू जान्नु र पत्ता लगाउनु पर्छ। व्यक्तिको स्वभावभित्र कति धेरै कुराहरू हुन्छन्! निस्सन्देह, मानिसको स्वभाव अहङ्कारी, आत्म-धर्मी, र विद्रोही हुन्छ, र यी सबैभन्दा ठूलो, सबैभन्दा जड समस्याहरू हुन्। यीबाहेक, मानिसभित्र कैयौँ भ्रष्ट स्वभावहरू पनि हुन्छन्। तसर्थ, आफूलाई चिन्नु सामान्य कुरा होइन। केही मात्रामा क्षमता भएकाहरू केही गल्ती वा पाप गर्दा सजिलै सचेत हुनेछन् र बुझ्नेछन्। तर, तिनीहरूलाई आफ्नो प्रकृतिभित्रका, स्वभावभित्रका, र विशेषगरी आफ्ना महत्त्वपूर्ण कमजोरीहरूसँग सम्बन्धित कुराहरू हेर्न र बुझ्न सबैभन्दा गाह्रो हुन्छ। तैँले केही गल्ती गरेर परमेश्वरलाई प्रार्थना गर्नु, वा पाप गरेर परमेश्वरसामु स्विकार्नुको अर्थ तैँले आफैलाई चिन्छ्स् भन्ने हो भनी नसोच्—यो आत्म-ज्ञानबाट धेरै टाढा छ! यदि तँ मलाई विश्वास गर्दैनस् भने, अगाडि बढ् र हेर्। सायद कुनै दिन तैँले समस्याको सामना गर्दा लड्नेछस्, वा सायद कुनै समय तँ गिरफ्तार भएर एक रातको अन्तरालमा यहूदा बन्नेछस्, र स्तब्ध हुनेछस्। यदि तँ जीवन प्रवेश हासिल गर्न चाहन्छस् भने, तैँले पहिला आफैलाई चिन्नुपर्छ; यदि तँ स्वभाव परिवर्तन हासिल गर्न चाहन्छस् भने, तैँले परमेश्वरका वचनहरूमार्फत झनै आफूबारे मनन गर्नुपर्छ र आफूलाई चिन्नुपर्छ। जब तँ आत्म-ज्ञानमा अगाडि बढ्छस्, जब तेरो आत्म-ज्ञान गहिरो हुन्छ, र जब तैँले सत्यतालाई कसरी अभ्यास गर्ने भनेर जान्दछ्स्, तैँले प्राकृतिक रूपमा जीवन प्रवेश हासिल गर्नेछस्। स्वभावगत परिवर्तन यस बिन्दुबाट पनि सुरु हुन्छ। यदि तँ साँच्चै आफैलाई चिन्न सक्षम हुन्छस् भने, तब तँसँग जीवन प्रवेश र स्वभावगत परिवर्तनका साथ अगाडि बढ्ने बाटो हुनेछ, र यी कुराहरू तेरो लागि सजिलो हुनेछन्।
सन् १९९५ को अन्तिम