परमेश्‍वरले मानिसहरूका परिणामहरू कसरी निर्धारण गर्नुहुन्छ भन्‍नेसम्बन्धी वचनहरू

अंश ७७

कतिपय मानिसहरू एकदमै कमजोर क्षमताका हुन्छन् र सत्यतालाई प्रेम गर्दैनन्। सत्यताबारे जे-जसरी सङ्गति गरे पनि तिनीहरूले बुझ्न सक्दैनन्। तिनीहरूले परमेश्‍वरमा कैयौँ वर्षदेखि विश्‍वास गरेका भए पनि कुनै वास्तविक अनुभव वा बुझाइबारे कुरा गर्न सक्दैनन्। त्यसैले, तिनीहरूले आफू परमेश्‍वरका पूर्वनिर्धारित र चुनिएका मानिसहरू होइनौँ र जति वर्ष विश्‍वास गरे पनि परमेश्‍वरले आफूहरूलाई मुक्ति दिनुहुन्न भनी निर्क्योल गर्छन्। तिनीहरूले आफ्नो हृदयमा यस्तो विचार राखेका हुन्छन्, “परमेश्‍वरद्वारा पूर्वनिर्धारित र चुनिएकाहरूले मात्र मुक्ति पाउन सक्छन्; र एकदमै कमजोर क्षमता भएका र सत्यता बुझ्न नसक्नेहरू परमेश्‍वरका पूर्वनिर्धारत र चुनिएका मानिसहरू होइनन्; तिनीहरूले विश्‍वास गरेर पनि मुक्ति पाउन सक्दैनन्।” तिनीहरू परमेश्‍वरले मानिसहरूको परिणाम तिनीहरूको प्रकटीकरण र व्यवहारको आधारमा निर्धारण गर्नुहुन्‍न भन्ने सोच्छन्। यदि तैँले यस्तो सोचेको छस् भने, तैँले परमेश्‍वरलाई धेरै नै गलत बुझेको रहेछस्। यदि परमेश्‍वरले साँच्चै यसरी व्यवहार गर्नुहुन्थ्यो भने, के उहाँ धर्मी कहलाउनुहुन्थ्यो र? परमेश्‍वरले एउटै सिद्धान्तको आधारमा मानिसको परिणाम निर्धारण गर्नुहुन्छ: अन्ततः, मानिसहरूको परिणाम तिनीहरूको प्रकटीकरण र व्यवहारको आधारमा निर्धारित हुनेछ। यदि तँ परमेश्‍वरको धर्मी स्वभाव देख्न सक्दैनस्, र सधैँ परमेश्‍वरलाई गलत बुझ्छस् र उहाँको अभिप्राय तोडमोड गर्छस्, र यसरी सधैँ निराशावादी र दुःखी भइरहन्छस् भने, के त्यो आत्मघाती कुरा होइन र? यदि तँ परमेश्‍वरको पूर्वनिर्धारणले कसरी काम गर्छ भन्ने बुझ्दैनस् भने, तैँले परमेश्‍वरसित उहाँका वचनहरूमा सत्यता खोज्नुपर्छ र आफू उहाँको पूर्वनिर्धारित र चुनिएको मानिस नभएको भनेर अन्धाधुन्ध निर्क्योल गर्नु हुँदैन। यो परमेश्‍वरबारे गम्भीर गलतबुझाइ हो! तँलाई परमेश्‍वरको कामबारे केही पनि थाहा छैन, र परमेश्‍वरको इच्छा बुझ्दैनस्, परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन कार्यपछाडिको कठिन प्रयास बुझ्ने त झन् कुरै भएन। तँ हरेस खान्छस्, परमेश्‍वरबारे अनुमान र शङ्का गर्छस्, आफू सेवाकर्ता हुँ र सेवा पूरा गरिसकेपछि हटाइनेछु भनी डराउँछस्, र सदैव यस्तो सोचिरहन्छस्, “मैले आफ्नो कर्तव्य किन पूरा गर्ने? कर्तव्य निर्वाह गर्दा पनि मैले सेवा प्रदान गरिरहेको छु त? मैले सेवा दिने काम सकिएपछि मलाई हटाइयो भने के म कुनै चालमा फसिरहेको हुनेछैन र?” यस्तो सोचलाई तँ कसरी बुझ्छस्? के यसबारे विवेचना गर्न सक्छस्? तँ सधैँ परमेश्‍वरलाई गलत बुझ्छस्, उहाँलाई संसारमा शासन गर्ने पिशाच राजाहरूको कोटीमा राख्छस्, उहाँविरुद्ध हृदय सतर्क राख्छस्, र सधैँ उहाँलाई मानवजत्तिकै स्वार्थी र घृणित सोच्छस्। उहाँले मानवजातिलाई प्रेम गर्नुहुन्छ भन्ने तँ कहिल्यै विश्‍वास गर्दैनस् र मानवजातिलाई मुक्ति दिने उहाँको इमानदारितामा कहिल्यै विश्‍वास गर्दैनस्। यदि तँ सधैँ आफूलाई सेवकर्ताको रूपमा चित्रित गर्छस् र सेवा दिइसकेपछि हटाइनेछु भनेर डर मान्छस् भने, तेरो मानसिकता गैरविश्‍वासीको जस्तै कपटी छ। अविश्‍वासीहरूले परमेश्‍वरमा विश्‍वास गर्दैनन्, किनभने तिनीहरू परमेश्‍वर हुनुहुन्छ भन्ने स्वीकार गर्दैनन्, न त परमेश्‍वरको वचन सत्यता हो भनेर नै स्वीकार गर्छन्। तँ त परमेश्‍वरमा विश्‍वास गर्छस्, तर किन उहाँमा भरोसा गर्दैनस्? परमेश्‍वरको वचन सत्यता हो भनेर किन स्वीकार गर्दैनस्? तँ आफ्नो कर्तव्य पूरा गर्न अनिच्छुक छस्, र सत्यता अभ्यास गर्न कुनै कठिनाइ भोग्दैनस्, र परिणामस्वरूप, धेरै वर्षसम्म परमेश्‍वरमाथिको तेरो विश्‍वासका बाबजुद पनि तैँले अझै सत्यता प्राप्त गरेको छैनस् र यो सबै भएर पनि तँ अन्त्यमा परमेश्‍वरले तँलाई पूर्वनिर्धारित गर्नुभएन, उहाँ तसँग इमानदार हुनुभएन भन्दै उहाँमाथि दोष थोपर्छस्। यो समस्या के हो? तैँले परमेश्‍वरका अभिप्रायहरूलाई गलत बुझेको छस्, र तैँले उहाँका वचनहरूमा विश्‍वास गर्दैनस्, अनि तैँले न त सत्यता अभ्यास गरिरहेको छस्, न त कर्तव्य निभाउँदा आफूलाई समर्पित नै गरिरहेको छस्। कसरी तैँले परमेश्‍वरको इच्छालाई सन्तुष्ट तुल्याउन सक्छस् र? कसरी तैँले पवित्र आत्माको काम प्राप्त गर्न र सत्यता बुझ्न सक्छस् र? त्यस्ता मानिसहरू सेवाकर्ताहरू हुनसमेत योग्य हुँदैनन्, त्यसैले तिनीहरू परमेश्‍वरसित कारोबार गर्न कसरी योग्य हुन सक्लान्? यदि परमेश्‍वर धर्मी हुनुहुन्न भनी तँ सोच्छस् भने, किन तँ उहाँमा विश्‍वास गर्छस्? तँ सधैँ आफूले परमेश्‍वरको घरको खातिर परिश्रम गर्नुपहिले नै परमेश्‍वरले तँलाई व्यक्तिगत रूपमै यसो भन्‍नुहोओस् भन्‍ने चाहन्छस्, “तँ परमेश्‍वरको राज्यका मानिसहरूमध्येको एउटा होस्; यो कुरा कहिल्यै परिवर्तन हुनेछैन,” अनि उहाँले यसो भन्नुभएन भने तैँले उहाँलाई कहिल्यै आफ्नो साँचो हृदय दिनेछैनस्। त्यस्ता मानिसहरू कति विद्रोही र हठी छन्! मैले धेरै मानिसहरू देखेको छु जसले कहिल्यै आफ्नो स्वभाव बदल्ने कुरामा ध्यानकेन्द्रित गरेका छैनन्, तिनीहरूले सत्यता अभ्यास गर्ने कुरामा ध्यानकेन्द्रित गर्ने त झन् कुरै नगरौँ। तिनीहरू हरमोडमा राम्रो गन्तव्य पाउँला कि नपाउँला, परमेश्‍वरले तिनीहरूलाई कसरी व्यवहार गर्नुहोला, उहाँले तिनीहरूलाई उहाँका मानिसहरू हुने पूर्वनिर्धारित गर्नुभएको छ कि छैन अनि चर्चाका अन्य विषयहरू सोध्ने कुरामा मात्रै ध्यानकेन्द्रित गर्छन्। उचित काममा ध्यान नदिने त्यस्ता मानिसहरूले कसरी सत्यता प्राप्त गर्न सक्छन्? कसरी तिनीहरू परमेश्‍वरको घरमा रहन सक्छन्? अब, म तिमीहरूलाई गम्भीर भएर भन्छु: कुनै व्यक्ति पूर्वनिर्धारित हुन त सक्ला, तर यदि उसले परमेश्‍वरप्रतिको समर्पण हासिल गर्न सत्यता स्विकार्न र अभ्यास गर्न सक्दैन भने, निष्कासित हुनु नै उसको अन्तिम परिणाम हुनेछ। आफूलाई इमानदारीपूर्वक परमेश्‍वरप्रति समर्पित गर्ने र आफ्ना क्षमताले भ्याएसम्म सत्यता अभ्यास गर्ने मानिसहरू नै जीवित रहिरहन र परमेश्‍वरको राज्यमा प्रवेश गर्न सक्षम हुनेछन्। अन्य मानिसहरूले तिनीहरूलाई जीवित रहिरहन पूर्वनिर्धारत नगरिएका व्यक्तिहरूको रूपमा हेर्न सक्छन्, तर परमेश्‍वरको धर्मी स्वभावका कारण परमेश्‍वरप्रति कहिल्यै बफादारी नदेखाउने कथित पूर्वनिर्धारित मानिसहरूको भन्दा तिनीहरूको गन्तव्य राम्रो हुनेछ। के तँ यो कुरामा विश्‍वास गर्छस्? यदि तँ यो कुरामा विश्‍वास गर्दैनस् र जिद्दी भएर बरालिइरहन्छस् भने, म तँलाई भन्छु कि तँ निश्‍चय नै जीवित रहन सक्नेछैनस्, किनभने तँ परमेश्‍वरमा साँचो विश्‍वास भएको वा सत्यतालाई प्रेम गर्ने व्यक्ति होइनस्। कुरा यस्तो भएकाले, परमेश्‍वरको पूर्वनिर्धारण महत्त्वपूर्ण हुँदैन। मैले यसो भन्नुको कारण के हो भने, आखिरमा परमेश्‍वरले मानिसहरूको परिणाम तिनीहरूको प्रकटीकरण र व्यवहारको आधारमा निर्धारण गर्नुहुनेछ, तर परमेश्‍वरको पूर्वनिर्धारणले वस्तुगत रूपमा एउटा सानो भूमिका मात्र खेल्छ, मुख्य भूमिका खेल्दैन। के तैँले यो कुरा बुझिस्?

कतिपय मानिसहरू भन्छन्: “मसित नराम्रो स्वभाव छ र जति नै कोसिस गरे पनि म यसलाई बदल्न सक्दिनँ। त्यसैले, प्रकृतिलाई म आफ्नै बाटोमा जान दिनेछु! यदि म सफल हुन सकिनँ भने यसको बारेमा केही पनि गर्न सकिँदैन।” त्यस्ता मानिसहरू अत्यन्तै नकारात्मक हुन्छन्, यतिसम्म कि तिनीहरूले आफ्नै निम्ति आशालाई त्यागिसकेका हुन्छन्। यी मानिसहरूलाई छुटकारा गर्न सकिँदैन। के तैँले कोसिस गरेको छस्? यदि तैँले साँच्चै नै लगाएको छस् भने, अनि तँ कठिनाइ भोग्न इच्छुक छस् भने, किन तैँले बस दैहिकता त्यागिदिन सक्दैनस्? के तँ हृदय र दिमाग भएको मानिस होइनस् र? तँ कसरी हरेक दिन प्रार्थना गर्छस्? के तँ सत्यता खोजेर परमेश्‍वरमाथि भर पर्न सक्दैनस् र? तेरो निम्ति, प्रकृतिलाई आफ्नै बाटो लिन दिनु भनेको निष्क्रिय भएर पर्खिनु हो, तर सक्रिय भएर सहकार्य गर्नु होइन। प्रकृतिलाई यसरी आफ्नै बाटो लिन दिनु भनेको यस्तो भन्‍नुसमान हो, “मैले केही गर्नु जरुरी छैन; जे भए नि, सबै कुरा परमेश्‍वरद्वारा पूर्वनिर्धारित गरिएको हुन्छ।” के यो साँच्चै परमेश्‍वरको इच्छा हो र? यदि होइन भने, बारम्बार नकारात्मक भएर कर्तव्य निभाउने नसक्‍ने हुनुको साटो, तँ किन परमेश्‍वरको काममा समर्पित हुँदैनस्? कतिपय मानिसहरू अलिअलि अपराध गरेपछि यस्तो अनुमान लगाउँछन्, “के परमेश्‍वरले मलाई खुलासा र बहिष्कार गर्नुभएको हो? के उहाँले मलाई प्रहार त गर्नुहुनेछैन?” यसपटक, परमेश्‍वर काम गर्न आउनुभएको हो, मानिसहरूलाई प्रहार गर्न होइन, बरु तिनीहरूलाई जति सम्भव छ, त्यति हदसम्म मुक्ति दिन आउनुभएको हो। कोही पनि त्रुटिरहित छैन—यदि सबैलाई प्रहार गरियो भने, के त्यो मुक्ति हुन्छ र? केही अपराधहरू नियतवश गरिएका हुन्छन्, जबकि अरू अन्जानमा भएका हुन्छन्। यदि तँ अनजानमा गरेका कुराहरू पहिचान गरेर परिवर्तन हुन सक्छस् भने, के परमेश्‍वरले तँ परिवर्तन हुनअघि नै तँलाई प्रहार गर्नुहुन्छ र? के परमेश्‍वरले मानिसहरूलाई त्यसरी मुक्ति दिनुहुन्छ र? उहाँले काम गर्ने तरिका त्यस्तो होइन! तँमा विद्रोही स्वभाव भए पनि वा तैँले अनजानमा काम गरेको भए पनि, यो कुरा याद गर्: तैँले मनन गरेर आफूलाई चिन्‍नुपर्छ। तुरुन्तै आफूलाई परिवर्तन गर्नुपर्छ, र सारा शक्तिले सत्यतामा लागिपर्नुपर्छ—अनि, जस्तोसुकै परिस्‍थिति आइपरे पनि, हताश बन्‍नु हुँदैन। परमेश्‍वरले गरिरहनुभएको काम मान्छेको मुक्तिको काम हो, र उहाँले मुक्ति दिन चाहनुभएका मानिसहरूलाई त्यत्तिकै प्रहार गर्नुहुन्न। यो कुरा निश्‍चित छ। यदि वास्तवमै परमेश्‍वरले उहाँको कुनै विश्‍वासीलाई अन्त्यमा प्रहार गर्नुभयो भने पनि, परमेश्‍वरले गर्नुभएको त्यो काम अवश्य नै धर्मी हुन्छ। समय बित्दै जाँदा, उहाँले तँलाई त्यस व्यक्तिलाई प्रहार गर्नुको कारण बताउनुहुनेछ, अनि तँ पूर्ण रूपमा विश्‍वस्त हुनेछस्। अहिले तँ बस सत्यताप्रति लागिपर्, जीवनप्रवेशमा ध्यान केन्द्रित गर्, र आफ्नो कर्तव्यमा राम्रो कार्यसम्पादन गर्न खोज्। यसमा कुनै गलत छैन! परमेश्‍वरले अन्त्यमा तँलाई जे-जसरी सम्हाल्नुभए पनि, त्यो धर्मी नै हुने कुरा निश्‍चित छ; तैँले यो कुरामा शङ्का गर्नु हुँदैन, र तैँले यसबारे चिन्ता गर्नु पर्दैन। तैँले परमेश्‍वरको धार्मिकता बुझ्न नसके पनि, एक दिन तँ विश्‍वस्त हुनेछस्। परमेश्‍वरले आफ्नो काम न्यायोचित र सम्‍मानजनक ढङ्गले गर्नुहुन्छ; उहाँले सबै कुरा खुल्लमखुल्ला खुलासा गर्नुहुन्छ। यदि तिमीहरूले ध्यानपूर्वक यसबारे चिन्तन गर्छौ भने, परमेश्‍वरको कामले मानिसहरूलाई मुक्ति दिने र तिनीहरूको भ्रष्ट स्वभाव परिवर्तन गर्ने काम गर्छ भन्ने मार्मिक निष्कर्षमा तिमीहरू पुग्नेछौ। परमेश्‍वरको काम मानिसहरूको भ्रष्ट स्वभाव रूपान्तरित गर्ने काम भएकोले, मानिसहरूमा भ्रष्टता प्रकट नहुनु असम्‍भव कुरा हो। आफ्नो भ्रष्ट स्वभाव त्यसरी प्रकट भएको अवस्थामा मात्रै मानिसहरूले आफूलाई चिन्‍न सक्छ, र ऊ आफूसँग भ्रष्ट स्वभाव छ भनेर स्वीकार गर्दै परमेश्‍वरको मुक्ति प्राप्त गर्न इच्‍छुक बन्‍न सक्छ। यदि मानिसहरूले भ्रष्ट स्वभाव प्रकट गरेपछि पनि सत्यता बिलकुलै स्वीकार गर्दैनन्, र आफ्‍नो भ्रष्ट स्वभावमै जिउन जारी राख्छन् भने, तिनीहरूले परमेश्‍वरको स्वभाव चिढ्याउने सम्‍भावना धेरै हुन्छ। परमेश्‍वरले तिनीहरूमाथि विभिन्न हदका सजायहरू बर्साउनुहुनेछ, अनि तिनीहरूले आ-आफ्ना अपराधहरूको मूल्य तिर्नेछन्। यदि बेलाबेला तँ अन्जानमै स्वच्छन्द हुन्छस्, र परमेश्‍वरले तँलाई त्यो कुरा औँल्याइदिनुहुन्छ, तँलाई काटछाँट र निराकरण गर्नुहुन्छ, अनि तँ सुध्रन्छस् भने, परमेश्‍वरले तँलाई यो कुराको लागि जवाफदेही बनाउनुहुनेछैन। यो स्वभाव रूपान्तरणको सामान्य प्रक्रिया हो, र यस प्रक्रियामा मुक्तिको कामको साँचो महत्त्व प्रकट हुन्छ। यो नै कुञ्जी हो। एउटा उदाहरण हेरौँ, लैङ्गिकताबीचको सीमासम्बन्धी सवालमा, मानौँ तँ कसैप्रति आकर्षित भइस्, र तँ सधैँ ऊसँग कुराकानी गर्न चाहन्छस्, र उसलाई फुस्ल्याउने शब्दहरू प्रयोग गरी बोल्छस्। तर पछि, तैँले विचार गर्छस्, “के यो तुच्छ व्यवहार होइन र? के यो पाप होइन र? के लैङ्गिकताबीच स्पष्ट सीमा नराख्नु परमेश्‍वरको अपमान होइन र? मैले कसरी यस्तो गर्न सक्छु?” यो कुरा महसुस गरिसकेपछि, तँ दौडँदै परमेश्‍वरसामु पुग्छस् र प्रार्थना गर्छस्, “हे परमेश्‍वर! मैले फेरि पाप गरेको छु। यो घिनलाग्दो र लज्जास्पद कुरा हो। म यो भ्रष्ट देहलाई घृणा गर्छु। तपाईँ मलाई अनुशासनमा राख्‍नुहोस् र सजाय दिनुहोस्।” तैँले भविष्यमा यस्ता कुराहरूबाट परै बस्ने र विपरीत लिङ्गीहरूलाई एक्लै नभेट्ने निर्णय गर्छस्। के त्यो परिवर्तन होइन र? यसरी बदलिएपछि तेरो पहिलेको अविवेकी कार्यका लागि अब कुनै दण्डाज्ञा हुनेछैन। यदि तँ कसैसँग कुराकानी गर्छस् अनि उसलाई फुस्ल्याउँछस्, र तँलाई यो लाजमर्दो कुरा हो भन्ने लाग्दैन भने, र तैँले आफूलाई घृणा गर्ने, सावधान गर्ने देहसुख छोड्ने निर्णय गर्ने वा परमेश्‍वरसामु आएर पापस्वीकार गरी पश्‍चात्ताप गर्ने कुरा त झनै गर्दैनस् भने, तैँले अझ धेरै दुष्कर्महरू गर्दै जान सक्छस् र परिस्थिति झन्झन् खराब हुँदै जानेछ, अनि तैँले पाप गर्न पुग्नेछस्। यदि तैँले यस्तो गर्छस् भने, परमेश्‍वरले तँलाई दण्डाज्ञा दिनुहुनेछ। यदि तँ बारम्बार पाप गर्छस् भने, यो जानीबुझी गरिएको पाप हो। परमेश्‍वरले जानीबुझी गरेको पापविरुद्ध दण्डाज्ञा दिनुहुन्छ र यसरी जानीबुझी गरिएको पाप सुधार्न नसकिने हुन्छ। यदि तैँले साँच्चै अनजानमै केही भ्रष्ट स्वभाव प्रकट गर्छस्, र त्यसपछि तँ साँचो पश्‍चात्ताप गर्न, देहसुख छोड्न र सत्यता अभ्यास गर्न सक्छस् भने, यसका लागि परमेश्‍वरले तँलाई दण्डाज्ञा दिनुहुनेछैन, र तैँले अझै पनि मुक्ति पाउन सक्नेछस्। परमेश्‍वरको काम भनेकै मानिसलाई मुक्ति दिनु हो र भ्रष्ट स्वभाव प्रकट गर्ने व्यक्तिले निराकरण, काटछाँट, न्याय र सजाय स्विकार्नुपर्छ। जबसम्म ऊ सत्यता स्विकार्न, पश्‍चात्ताप गर्न र परिवर्तन हुन सक्छ, के त्यसले परमेश्‍वरको इच्छा सन्तुष्ट पारेको हुनेछैन र? कतिपय मानिसहरू सत्यता स्विकार्दैनन् र परमेश्‍वरप्रति सधैँ पूर्वसावधानीपूर्ण मनोवृत्ति अपनाउँछन्। यस्ता मानिसहरूले जीवन प्रवेश पाउँदैनन्, र अन्तमा तिनीहरू सबैले नै क्षति बेहोर्नुपर्नेछ।

पहिले उल्लेख गरिएजस्तै, विगतका घटनाहरू एकैचोटिको प्रयासमा मेटाउनसकिन्छ; विगतलाई ढाक्‍ने गरीभविष्यलाई बनाउन सकिन्छ; परमेश्‍वरको सहनशीलता समुद्रजतिकै असीम छ। तापनि यी वचनहरूका सिद्धान्तहरू पनि छन्। तैँले जतिसुकै ठूलो पाप गरे पनि परमेश्‍वरले कुनै पनि पापलाई मेटिदिनुहुनेछ भन्‍ने होइन। परमेश्‍वरले उहाँका सबै काम सिद्धान्तहरूअनुसार गर्नुहुन्छ। विगतमा, यो मुद्दा सम्बोधन गर्ने प्रशासनिक आदेश तय गरिएको थियो: परमेश्‍वरले कसैले उहाँको नाउँ स्वीकार गर्नुअघि गरेका सबै पापहरू क्षमा र माफ गर्नुहुन्छ। तर मण्डलीभित्र प्रवेश गरिसकेपछि पनि निरन्तर पाप गरिरहनेहरूको हकमा भने छुट्टै कुरा लागू हुन्छ: जसले एकपटक पाप दोहोर्‍याउँछ, उसलाई पश्‍चात्ताप गर्ने अवसर दिइन्छ, तर दुईपटक पाप दोहोर्‍याउने वा बारम्बार नसिहत दिँदा पनि सुध्रन नमान्‍नेहरूलाई निष्कासित गरिन्छ, तिनीहरूलाई पश्‍चात्ताप गर्ने कुनै थप अवसर दिइनेछैन। परमेश्‍वरले उहाँको काममा सधैँ मानिसहरूलाई सम्भव भएसम्म सबैभन्दा धेरै हदसम्म सहनुहुन्छ। यो अर्थमा, परमेश्‍वरको काम साँच्चै नै मानिसहरूलाई मुक्ति दिने काम हो भन्‍ने कुरा देख्न सकिन्छ। तथापि, यदि कामको यो अन्तिम चरणमा, तैँले अझै अक्षम्य पापहरू गर्छस् भने, तँ साँच्चै नै सुधार गर्न नसकिने छस् र तेरो उद्धार हुन सक्दैन। परमेश्‍वरसित मानिसहरूका भ्रष्ट स्वभावहरू शुद्धीकरण र परिवर्तन गर्ने एउटा प्रक्रिया छ: मान्छेको भ्रष्ट प्रकृति निरन्तर प्रस्फुटित हुने प्रक्रियाको दौरान नै परमेश्‍वरले मानवजातिलाई धुने र मुक्ति दिने उहाँको लक्ष्य हासिल गर्नुहुन्छ। कतिपय मानिसहरूले यस्तो सोच्छन्: “यो मेरो प्रकृति भएकोले, यो पूरै खुलासा होस्। यो खुलासा भएपछि, म यसलाई चिन्नेछु र सत्यता अभ्यास गर्नेछु।” के यो प्रक्रिया आवश्यक छ? यदि तँ साँच्चै सत्यतालाई अभ्यासमा उतार्ने व्यक्ति होस्, र अरूमा कुनै भ्रष्टता प्रकट भएको र तिनीहरूले कुनै गलत काम गरेको देख्दा आत्मचिन्तन गर्छस् र आफूमा यस्तै समस्याहरू देख्दा त्यसलाई तुरुन्तै सुधार गर्छस् र त्यस्ता कुराहरू भविष्यमा कहिल्यै गर्दैनस् भने, के यो अप्रत्यक्ष परिवर्तन होइन र? अथवा, यदि तैँले कहिलेकाहीँ केही गर्न चाहेको हुन्छस्, तर त्यो गर्नुपहिले नै त्यो गलत हो भन्ने महससु गर्छस्, र तँ देहसुख छोड्न सक्छस् भने, के यसले पनि शुद्धीकरणको परिणाम हासिल गर्दैन र? कुनै पनि पक्षमा सत्यता अभ्यास गर्नका लागि बारम्बार दोहोरिने प्रक्रिया भएर जानुपर्छ। एकपटक सत्यता अभ्यास गरेपछि भ्रष्ट स्वभाव पूर्ण रूपमा हराएर जान्छ भन्ने हुँदैन। भ्रष्ट स्वभाव पूर्ण रूपमा समाधान हुनुभन्दा अघि व्यक्तिले बारम्बार सत्यता खोज्नुपर्छ, बारम्बार काटछाँट र निराकरण, ताडना र अनुशासनका साथै न्याय र सजाय भोग्नुपर्छ, र यसरी उसलाई फेरि सत्यता अभ्यास गर्न कुनै कठिनाइ हुनेछैन। यदि व्यक्ति अन्ततः परमेश्‍वरको इच्छाअनुसार पूर्ण रूपमा सत्यता अभ्यास गर्न सक्षम हुन्छ र निराकरण, काटछाँट, न्याय र सजाय पाइसकेपछि उसले परमेश्‍वरप्रति साँचो आज्ञाकारिता देखाउन सक्छ भने, त्यो उसको स्वभावमा आएको परिवर्तन हो।

अंश ७८

परमेश्‍वरको आखिरी दिनहरूको काममा, उहाँले मानिसहरूको परिणाम तिनीहरूका प्रकटीकरणहरूको आधारमा निर्धारित गर्नुहुन्छ। यहाँ यो “प्रकटीकरणहरू” ले के जनाउँछ, के तिमीहरूलाई थाहा छ? तिमीहरू प्रकटीकरणहरूले मानिसहरूले आफ्‍नो काम गर्दा प्रकट गर्ने भ्रष्ट स्वभावहरूलाई बुझाउँछ भनी सोच्छौ होला, तर वास्तवमा यसको अर्थ त्यो होइन। यहाँ, प्रकटीकरणहरूले तँ सत्यता अभ्यास गर्न सक्‍ने वा नसक्‍ने कुरा; तँ आफ्नो कर्तव्य पूरा गर्ने क्रममा बफादार रहन सक्षम रहेको वा नरहेको कुरा; परमेश्‍वरमा विश्‍वास गर्ने कुराबारे तेरो दृष्टिकोण, परमेश्‍वरप्रतिको तेरो मनोवृत्ति, कठिनाइहरू सहने तेरो संकल्प; न्याय र सजाय स्विकार्ने, र निराकरण र काटछाँट भोग्‍नेबारे तेरो मनोवृत्ति; तैँले गरेका गम्भीर अपराधहरूको सङ्ख्या; र तैँले अन्त्यमा कुन हदसम्म पश्‍चात्ताप र रूपान्तरण हासिल गर्न सक्छस् भन्‍ने कुराहरूलाई जनाउँछ। यी सबै कुरा मिलेर तेरा प्रकटीकरणहरू बन्छन्। यहाँ प्रकटीकरणहरूले तैँले कति वटा भ्रष्ट स्वभावहरू प्रकट गरेको छस्, वा कति वटा नराम्रा कामकुराहरू गरेको छस् भन्‍ने कुराहरूलाई जनाउँदैन, बरु यसले तैंले परमेश्‍वरमाथिको तेरो विश्‍वासमा कति वटा नतिजाहरू निकालेको छस् र तैँले आफूमा कति वास्तविक परिवर्तन हासिल गरेको छस् भन्ने कुरालाई जनाउँछ। यदि मानिसहरूका परिणामहरू तिनीहरूको प्रकृतिले कति धेरै भ्रष्टता प्रकट गरेको छ भन्ने आधारमा निर्धारित गरिन्थ्यो भए, कसैले पनि मुक्ति पाउन सक्दैनथ्यो, किनकि सबै मानिसहरू गहन रूपमा भ्रष्ट छन्, तिनीहरू सबैमा शैतानी प्रकृति छ, र तिनीहरू सबैले परमेश्‍वरको विरोध गर्छन्। परमेश्‍वर सत्यता स्विकार्न र उहाँको काममा समर्पित हुन सक्‍नेहरूलाई मुक्ति दिन चाहनुहुन्छ। तिनीहरूले जति धेरै भ्रष्टता प्रकट गरे पनि, यदि आखिरमा तिनीहरू सत्यता स्विकार्न, साँचो पश्‍चात्ताप गर्न, र साँचो रूपमा परिवर्तन हुन सक्छन् भने, तिनीहरू परमेश्‍वरले मुक्ति दिनुहुने मानिसहरू हुन्। कतिपय मानिसहरूले यो कुरा स्पष्टसित बुझ्न सक्दैनन् र तिनीहरू अगुवाको रूपमा सेवा गर्नेले धेरै भ्रष्ट स्वभावहरू प्रकट गर्छन्, अनि जसले धेरै भ्रष्टता प्रकट गर्छ उसलाई अवश्यै हटाइनेछ र ऊ जीवित रहिरहन सक्दैन भन्ने सोच्छन्। के यो दृष्टिकोण सही छ त? अगुवाहरूले धेरै भ्रष्टता प्रकट गरे पनि, यदि तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन् भने, तिनीहरू परमेश्‍वरको न्याय र सजाय अनुभव गर्न योग्य हुन्छन्, तिनीहरूले मुक्ति पाउने र सिद्ध पारिने मार्ग हिँड्न सक्छन्, र तिनीहरूले अन्त्यमा परमेश्‍वरको लागि सुन्दर गवाही दिन सक्नेछन्। तिनीहरू साँचो रूपमा परिवर्तन भएका मानिसहरू हुन्। यदि मानिसहरूको परिणाम तिनीहरूको कति भ्रष्ट स्वभाव प्रकट भएको छ भन्ने आधारमा निर्धारण गरिन्थ्यो भने, तिनीहरूले जति धेरै अगुवा र सेवकको रूपमा सेवा गर्थे, त्यति नै छिटो तिनीहरू खुलासा हुन्थे। यदि त्यस्तो हुन्थ्यो त, अगुवा र सेवक बन्न कसले आँट गर्थ्यो र? परमेश्‍वरद्वारा प्रयोग गरिने र सिद्ध पारिने बिन्दुसम्म को पुग्न सक्थ्यो र? के यो दृष्टिकोण एकदमै वाहियात छैन र? परमेश्‍वरले मुख्य गरी मानिसहरूले सत्यता स्विकार्न र अभ्यास गर्न सक्छन् कि सक्दैनन्, तिनीहरूले दिने गहावीमा दृढ खडा हुन सक्छन् कि सक्दैनन् र तिनीहरू साँच्चै परिवर्तन भएका छन् कि छैनन् भनी हेर्नुहुन्छ। यदि मानिसहरूसँग साँचो गवाही छ र तिनीहरू साँचो रूपमा परिवर्तन भएका छन् भने, तिनीहरू परमेश्‍वरबाट प्रशंसा पाउने मानिसहरू हुन्। कतिपय मानिसहरूले सतही रूपमा अलिअलि मात्रै भ्रष्टता प्रकट गरेको देखिन सक्छ, तर तिनीहरूसँग साँचो अनुभव गवाही हुँदैन, र तिनीहरू साँचो रूपमा परिवर्तन भएका हुँदैनन् र परमेश्‍वरले तिनीहरूलाई प्रशंसा गर्नुहुन्न।

परमेश्‍वरले कुनै पनि व्यक्तिको परिणाम उसको प्रकटीकरण र सारको आधारमा निर्धारण गर्नुहुन्छ। यहाँ प्रकटीकरण भन्नाले कुनै व्यक्ति परमेश्‍वरप्रति बफादार छ कि छैन, उहाँलाई प्रेम गर्छ कि गर्दैन, सत्यता अभ्यास गर्छ कि गर्दैन र उसको स्वभाव कुन हदसम्म परिवर्तन भएको छ भन्ने कुरालाई बुझाउँछ। यिनै प्रकटीकरणहरू र उसको सारको आधारमा परमेश्‍वरले व्यक्तिको परिणाम निर्धारण गर्नुहुन्छ, उसले कति धेरै भ्रष्टता प्रकट गर्छ भन्ने आधारमा होइन। यदि तँलाई परमेश्‍वरले व्यक्तिको परिणाम उसले कति धेरै भ्रष्टता देखाउँछ भन्ने आधारमा निर्धारण गर्नुहुन्छ भन्ने लाग्छ भने, तैँले उहाँको अभिप्रायलाई गलत व्याख्या गरेको छस्। वास्तवमा, मानिसहरूमा एकै किसिमको भ्रष्ट सार हुन्छ, फरक भनेको तिनीहरूसँग असल वा खराब मानवतामध्ये कुन छ, र तिनीहरू सत्यता स्विकार्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा रहन्छ। चाहे व्यक्तिले जतिसुकै भ्रष्टता प्रकट गरोस्, उसको हृदयको गहिराइमा के छ भन्ने कुरा परमेश्‍वरलाई राम्रोसँग थाहा हुन्छ; तैँले यो लुकाउनै पर्दैन। परमेश्‍वरले मानिसहरूको हृदय र मनभित्र खानतलासी गर्नुहुन्छ। चाहे अरूको अगाडि वा पछाडि तैँले गरेको कुनै कुरा होस्, वा हृदयमा तैँले गर्न चाहेको कुनै कुरा होस्, ती सबै कुरा परमेश्‍वरको सामु उदाङ्गो हुन्छन्। मानिसहरूले गुप्त रूपमा के गर्छन् भन्ने कुरा परमेश्‍वरलाई कसरी थाहा हुन सक्दैन र? के यो आत्मभ्रम होइन र? साँचो भन्‍ने हो भने, व्यक्तिको प्रकृति जतिसुकै छली भए पनि, उसले जतिसुकै झुट बोले पनि, ऊ आफूलाई लुकाउन र चलाकी गर्न जतिसुकै सिपालु भए पनि, परमेश्‍वरले यी सबै कुराहरूबारे आफ्नो हातका औँलाहरूबारे जानेजस्तै जान्‍नुहुन्छ। परमेश्‍वरले अगुवा र सेवकहरूलाई यति राम्रोसँग चिन्नुहुन्छ भने, के उहाँले आफ्ना साधारण अनुयायीहरूलाई पनि त्यति नै राम्ररी चिन्नुहुन्न र? कतिपय मानिसहरूले सोच्छन्, “अगुवाइ गर्ने जोकोही मूर्ख र अज्ञानी हुन्छन्, तिनीहरूले आफ्नै विनाश निम्त्याइरहेका हुन्छन्, किनभने अगुवाको रूपमा काम गर्दा मानिसहरूले अपरिहार्य रूपमै भ्रष्टता प्रकट गर्छन् र परमेश्‍वरले त्यो देख्नुहुन्छ। यदि तिनीहरूले यो काम नगरेका भए त्यहाँ त्यति धेरै भ्रष्टता देखा पर्थ्यो र?” कस्तो वाहियात विचार! यदि तँ अगुवाको रूपमा कार्य गर्दैनस् भने, के तैँलै भ्रष्टता प्रकट गर्दैनस् र? के अगुवा नहुनुको अर्थ, तैँले कम भ्रष्टता देखाए पनि, तैँले मुक्ति पाएको छस् भन्ने हुन्छ र? यो तर्कअनुसार, के अगुवाको रूपमा सेवा नगर्नेहरू सबै जीवित रहिरहन सक्ने र मुक्ति पाउनेहरू हुन् र? के यो भनाइ हास्यास्पद छैन र? अगुवाको रूपमा कार्य गर्ने मानिसहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई परमेश्‍वरका वचनहरू खानपिउन र परमेश्‍वरको कार्य अनुभव गर्न मार्गदर्शन गर्छन्। यो मापदण्ड र मानक उच्च छ, त्यसैले अगुवाहरूले सुरुमा तालिम सुरु गर्दा अपिरहार्य रूपमै केही भ्रष्ट स्थितिहरू देखाउने नै छन्। यो सामान्य कुरा हो र यसको लागि परमेश्‍वरले दण्डाज्ञा दिनुहुन्न। परमेश्‍वरले यसमा दण्डाज्ञा नदिनुहुने मात्र होइन, बरु उहाँले त यी मानिसहरूलाई अन्तर्दृष्टि, ज्योति र मार्गदर्शनसमेत प्रदान गर्नुहुन्छ र तिनीहरूमाथि थप बोझ राखिदिनुहुन्छ। तिनीहरूले परमेश्‍वरको मार्गदर्शन र काममा समर्पित हुन सकुन्जेल जीवनमा साधारण मानिसहरूभन्दा छिटो प्रगति पनि गर्नेछन्। यदि तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन् भने तिनीहरूले परमेश्‍वरद्वारा सिद्ध पारिने मार्ग हिँड्न सक्नेछन्। परमेश्‍वरले सबभन्दा बढी आशिष् दिनुहुने कुरा यही हो। कतिपय मानिसहरूले यो कुरा देख्न सक्दैनन् र तथ्य बङ्याउँछन्। मानव बुझाइअनुसार त अगुवा जतिसुकै परिवर्तन भए पनि परमेश्‍वरले वास्ता गर्नुहुन्न; अगुवा र सेवकहरूले कति धेरै भ्रष्टता प्रकट गर्छन् भन्ने कुरा मात्र उहाँले हेर्नुहुन्छ र यसैको आधारमा तिनीहरूलाई दण्डाज्ञा दिनुहुन्छ। अनि, अगुवा र सेवकहरू नरहेकाहरूको कुरा गर्दा, तिनीहरूले थोरै भ्रष्टता देखाउने हुनाले तिनीहरू परिवर्तन नभए पनि परमेश्‍वरले तिनीहरूलाई दण्डाज्ञा दिनुहुन्न। के यो वाहियात कुरा होइन र? के यो परमेश्‍वरविरुद्धको निन्दा होइन र? यदि तैँले हृदयमा परमेश्‍वरलाई यति गम्भीरता रूपले प्रतिरोध गर्छस् भने के तैँले मुक्ति पाउन सक्नेछस् र? तैँले मुक्ति पाउन सक्नेछैनस्। परमेश्‍वरले मानिसहरूको परिणाम मुख्य गरी तिनीहरूसँग सत्यता र साँचो गवाही छ कि छैन भन्‍ने आधारमा निर्धारित गर्नुहुन्छ र यो मुख्य गरी तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन् कि होइनन् भन्ने कुरामा निर्भर रहन्छ। यदि तिनीहरूले सत्यता पछ्याउँछन् र अपराध गरेकोमा न्याय र सजाय पाएपछि साँचो पश्‍चात्ताप गर्न सक्छन् भने, जबसम्म तिनीहरूले परमेश्‍वरको निन्दा गर्ने शब्द बोल्ने वा कार्य गर्ने गर्दैनन्, तबसम्म तिनीहरू अवश्यै मुक्ति पाउन सक्षम हुनेछन्। तिमीहरूको कल्पनाअनुसार त अन्त्यसम्‍मै परमेश्‍वरलाई पछ्याउने सबै साधारण विश्‍वासीहरूले मुक्ति पाउन सक्छन् र अगुवाको रूपमा काम गर्नेहरू सबैलाई हटाइनुपर्छ। यदि तिमीहरूलाई अगुवा हुन भनिन्थ्यो भने, तिमीहरू यो नगर्नु ठीक नहुने भन्‍ने तिमीहरू सोच्नेथ्यौ, तर तिमीहरूले अगुवाको रूपमा सेवा गर्नुपर्ने भयो भने तिमीहरूले नजानीकनै भ्रष्टता प्रकट गर्नेथ्यौ र त्यो आफैलाई टाउको काट्ने मेसिनमा पठाउनुजस्तै हुन्थ्यो। के यो सबै परमेश्‍वरबारे तिमीहरूको गलतबुझाइको कारण उत्पन्न भएको होइन र? यदि मानिसहरूको परिणाम तिनीहरूले प्रकट गरेको भ्रष्टताको आधारमा निर्धारण हुन्थ्यो भने, कसैले पनि मुक्ति पाउने थिएनन्। त्यस्तो अवस्थामा, परमेश्‍वरले मुक्तिको कार्य गर्नुको अर्थ के हुनेथियो र? यदि साँच्‍चै यस्तो अवस्था हुन्थ्यो त, परमेश्‍वरको धार्मिकता कहाँ हुन्थ्यो र? मानवजातिले परमेश्‍वरको धर्मी स्वभाव देख्न सक्दैनथ्यो। तसर्थ, तिमीहरू सबैले परमेश्‍वरको अभिप्रायलाई गलत बुझेका छौ र यसले तिमीहरूसँग परमेश्‍वरको साँचो ज्ञान छैन भन्ने देखाउँछ।

परमेश्‍वरले मानिसहरूको परिणाम तिनीहरूका प्रकटीकरणहरूको आधारमा निर्धारण गर्नुहुन्छ र यहाँ प्रकटीकरणहरूले तिनीहरूमाथि परमेश्‍वरको कार्यका नतिजाहरू जनाउँछ। म तिमीहरूलाई एउटा तुलनात्मक उदाहरण दिन्छु: एउटा बगैँचामा मालिकले रुखहरूमा पानी र मल हाल्छ र फल पाकेर टिप्ने प्रतीक्षा गर्छ। फल दिने रुखहरू राम्रा रुखहरू हुन् र तिनीहरूलाई जोगाएर राखिन्छ; फल नदिने रूखहरू अवश्यै राम्रा रुखहरू होइनन् र तिनलाई जोगाएर राख्न सकिँदैन। यो अवस्थाबारे विचार गर: एउटा रुखले फल दिन्छ, तर यसमा रोग पनि लाग्छ, र यसका केही खराब हाँगाहरू काट्नुपर्ने हुन्छ। के तिमीहरूलाई यो रुख जोगाएर राख्नुपर्छ जस्तो लाग्छ? यसलाई जोगाएर राख्‍नुपर्छ र यसलाई काटछाँट र उपचार गरिसकेपछि यो ठीक हुनेछ। अर्को अवस्था हेर: एउटा रुखमा रोग लागेको छैन, तर यसले फल दिँदैन—यस्तो रुखलाई जोगाएर राख्नु हुँदैन। यहाँ “फल दिनु”को अर्थ के हो? यसले परमेश्‍वरको कामले नतिजा हासिल गरेको अवस्था बुझाउँछ। मानिसहरू शैतानद्वारा भ्रष्ट तुल्याइएका हुनाले, तिनीहरूले परमेश्‍वरको काम अनुभव गर्ने क्रममा अपरिहार्य रूपमै भ्रष्टता प्रकट गर्नेछन्, र तिनीहरूले अपरिहार्य रूपमै केही अपराध पनि गर्नेछन्। तैपनि, यस क्रममा, परमेश्‍वरको कामले तिनीहरूमा केही न केही नतिजाहरू हासिल गर्छ। यदि परमेश्‍वरले यी नतिजाहरूबारे कुनै विचार गर्नुहुन्थेन, र मानिसहरूले प्रकट हुने भ्रष्ट स्वभावहरू मात्रै हेर्नुहुन्थ्यो भने, मानिसहरूलाई मुक्ति दिने कुरा त कुरै नगरे हुन्थ्यो। मुक्तिका नतिजाहरू मुख्य रूपमा मानिसहरूले आफ्‍ना कर्तव्यहरू पूरा गर्दा र सत्यता अभ्यास गर्दा प्रकट हुन्छन्। परमेश्‍वरले यी क्षेत्रमा तिनीहरूले हासिल गरेका नतिजाहरू, अनि तिनीहरूको अपराधको गम्भीरता हेर्नुहुन्छ। त्यसपछि, उहाँले यी तत्वहरूको विभिन्‍न संयोजनको आधारमा तिनीहरूको परिणाम र तिनीहरू रहनेछन् कि छैनन् भन्‍ने कुरा निर्धारण गर्नुहुन्छ। उदाहरणको लागि, कतिपय मानिसहरूले विगतमा धेरै मात्रामा भ्रष्टता प्रकट गर्थे र आफ्नो देहको बारेमा अत्यन्तै धेरै वास्ता गर्थे; तिनीहरू आफूलाई परमेश्‍वरको लागि अर्पित गर्न इच्‍छुक हुदैनथे, न त तिनीहरूले मण्डलीका हितहरूमा समर्थन नै गर्थे। तथापि, धेरै वर्षसम्‍म प्रवचनहरू सुनिसकेपछि, तिनीहरूमा साँचो परिवर्तन आयो। अहिले, तिनीहरूलाई आफ्नो कर्तव्य पूरा गर्दै सत्यता सिद्धान्तमा कसरी लागिपर्ने भनेर थाहा हुन्छ, र तिनीहरूले कर्तव्यमा झन्झन् बढी नतिजाहरू प्राप्त गर्छन्। तिनीहरू सबै कुरामा परमेश्‍वरको पक्षमा खडा हुन र परमेश्‍वरको घरको काममा साथ दिन सक्दो गर्न पनि सक्षम छन्। आफ्‍नो जीवन स्वभाव रूपान्तरण गर्नु भनेको यही हो, र परमेश्‍वरले मानिसहरूमा चाहनुहुने रूपान्तरण पनि यही हो। यसको साथै, कतिपय मानिसहरूले आफूमा विगतमा धारणाहरू पैदा हुँदा त्यसलाई सधैँ वरपर फैलाउँथे, र यी धारणाहरू अरू मानिसहरूमा पनि पैदा हुँदा मात्र तिनीहरूको हृदय सन्तुष्ट हुन्थ्यो, तर अहिले जब तिनीहरूसँग केही धारणा हुन्छन्, तिनीहरू परमेश्‍वरसित प्रार्थना गर्न, सत्यता खोजी गर्न र आफ्‍ना धारणाहरू नफैलाई वा परमेश्‍वरको प्रतिरोध गर्ने केही नगरी समर्पित हुन सक्षम हुन्छन्। के तिनीहरूमा रूपान्तरण आएको छैन र? कतिपय मानिसहरू विगतमा अरूद्वारा निराकरण र काटछाँट गरिनेबित्तिकै तुरुन्तै प्रतिरोधी बन्थे; तथापि, अहिले जब तिनीहरूलाई त्यस्तो हुन्छ, तिनीहरू त्यो स्वीकार गर्न र आफैलाई चिन्‍न सक्षम हुन्छन्। केही पछि, तिनीहरूमा केही वास्तविक रूपान्तरण हुन्छ। के यो नतिजा होइन र? तथापि, तेरो बदलाव जति नै ठूलो भए पनि, अपराधहरूबाट पूर्ण रूपमा मुक्त हुनु असम्‍भव छ, र तेरो प्रकृतिलाई पूर्ण रूपमा एकैपटक परिवर्तन गर्न सकिँदैन। यदि कुनै व्यक्ति परमेश्‍वरमाथिको विश्‍वासको साँचो मार्गमा लाग्छ, र सबै कुरामा सत्यता खोजी गर्न जान्दछ भने, त्यस्ता व्यक्तिहरूले थोरै अनाज्ञाकारिता देखाए पनि, त्यति नै बेला तिनीहरूले त्यो कुरा महसुस गर्छन्। त्यो कुरा महसुस गरेपछि, तिनीहरूले परमेश्‍वरसित पापस्वीकार र पश्‍चात्ताप गर्न, र परिवर्तन हुन हतारिन्छन्, अनि तिनीहरूको स्थिति बस झन्झन् सुधार हुँदै जानेछ। तिनीहरूले एक-दुईपटक त्यही अपराध फेरि पनि गर्न सक्छन्, तर तेस्रो वा चौथोपटकचाहिँ दोहोर्‍याउनेछैनन्। यही नै रूपान्तरण हो। यसको अर्थ यो व्यक्ति केही हदसम्म परिवर्तन भएकोले अब उसले भ्रष्टता देखाउँदैन वा अबउप्रान्त उसले कुनै अपराध गर्दैन भन्‍ने होइन। यसको अर्थ त्यो होइन। यसप्रकारको रूपान्तरणको अर्थ त परमेश्‍वरको काम अनुभव गरेपछि व्यक्तिले अझ धेरै सत्यता अभ्यास गर्न सक्छ र परमेश्‍वरले तोक्‍नुभएका मापदण्ड अझ धेरै अभ्यासमा ल्याउन सक्छ भन्‍ने हो। त्यस्तो व्यक्तिले कमभन्दा कम अपराध गर्दै जानेछ, उसले थोरैभन्दा थोरै भ्रष्टता प्रकट गर्दै जानेछ र उसका अनाज्ञाकारिताका घटनाहरू कमभन्दा कम गम्भीर हुँदै जानेछन्। यसबाट परमेश्‍वरको कामले प्रभाव हासिल गरेको छ भन्‍ने स्पष्ट हुन्छ; उहाँले मानिसहरूमा यस्तै प्रकारका प्रकटीकरणहरू चाहनुहुन्छ, जसले तिनीहरूमा नतिजारू हासिल भएका छन् भन्‍ने देखाउँछ। त्यसकारण, परमेश्‍वरले मानिसहरूका परिणामहरू जुन जे-जेसरी सम्हाल्नुहुन्छ वा उहाँले हरेक व्यक्तिसँग जे-जसरी व्यवहार गर्नुहुन्छ त्यो पूर्ण रूपमा धर्मी, उचित, र निष्पक्ष हुन्छ। तैँले आफूलाई उहाँको निम्ति अर्पित गर्नमा मात्र आफ्‍नो सारा प्रयास लगाउनुपर्छ, र बिनाचिन्ता, साहससाथ र आश्‍वस्त भई, आफूले अभ्यास गर्नुपर्ने सत्यता अभ्यास गर्नुपर्छ, अनि परमेश्‍वरले तँसँग गलत व्यवहार गर्नुहुनेछैन। यसबारे विचार गर्: के सत्यतालाई प्रेम र अभ्यास गर्नेहरू परमेश्‍वरद्वारा दण्डित हुन सक्छन्? धेरै मानिसहरू आफूले सत्यता अभ्यास गरेपछि पनि दण्ड पाइन्छ भन्‍ने डरले परमेश्‍वरको धर्मी स्वभावप्रति सधैँ शङ्का गर्छन्; तिनीहरू आफूले बफादारी देखाए पनि, परमेश्‍वरले त्यो देख्‍नुहुनेछैन भनेर सधैँ डराउँछन्। त्यस्ता मानिसहरूमा परमेश्‍वरको धर्मी स्वभावबारे कुनै ज्ञान हुँदैन।

केही मानिसहरू आफूलाई काटछाँट र निराकरण गरिएपछि नकारात्मक हुन्छन्; तिनीहरूले आफ्ना कर्तव्यहरू गर्ने सबै उर्जा गुमाउँछन्, र तिनीहरूको बफादारीसमेत गुम्छ। यस्तो किन हुन्छ? यो एकदमै गम्भीर समस्या हो; यो सत्यता स्विकार्न नसकेको अवस्था हो। अनि, तिनीहरूले सत्यता स्विकार्न नसकेको आंशिक रूपमा आफ्ना भ्रष्ट स्वभावहरूको ज्ञान नहुनाले गर्दा हो, र यसले तिनीहरूलाई काटछाँट र निराकरण स्विकार्न नसक्‍ने तुल्याउँछ। यो तिनीहरूको प्रकृतिबाट निर्धारित हुन्छ जुन अहङ्कारी र घमन्डी हुन्छ, र जसले सत्यलाई प्रेम गर्दै गर्दैन। यो आंशिक रूपमा मानिसहरूले काटछाँट र निराकरण गरिनुको महत्त्व नबुझ्नाले गर्दा पनि भएको हो। तिनीहरूले काटछाँट र निराकरण गरिनु भनेको तिनीहरूका परिणामहरू निर्धारण गरिसकिएको हुनु हो भनी विश्‍वास गर्छन्। फलस्वरूप, तिनीहरूले गलत रूपमा यो विश्‍वास गर्छन् कि यदि तिनीहरूले आफूलाई परमेश्‍वरमा अर्पित गर्न आफ्‍नो परिवार त्याग्छन्, र तिनीहरूसित परमेश्‍वरप्रति केही बफादारी छ भने, तिनीहरूलाई निराकरण र काटछाँट गरिनु हुँदैन; र यदि तिनीहरूलाई निराकरण गरियो भने त्यो परमेश्‍वरको प्रेम र धार्मिकता होइन। यसप्रकारको गलतबुझाइले धेरै मानिसहरूलाई परमेश्‍वरप्रति बफादार बन्‍न साहस नगर्ने बनाउँछ। वास्तवमा, निष्कर्ष के हो भने तिनीहरू अत्यन्तै धेरै कपटपूर्ण र कठिनाइ भोग्‍न नचाहने भएकाले यस्तो भएको हो। तिनीहरू केवल सजिलो प्रकारले आशिष्‌हरू प्राप्त गर्न मात्र चाहन्छन्। मानिसहरूले परमेश्‍वरको धर्मी स्वभाव बुझ्दै बुझ्दैनन्। तिनीहरू परमेश्‍वरका सबै कार्य धर्मी छन् वा उहाँले सबैप्रति गर्ने व्यवहार धर्मी छ भनेर कहिल्यै विश्‍वास गर्दैनन्। यस मामिलामा तिनीहरू सत्यता कहिल्यै खोज्दैनन्, बरु यसमा सधैँ आफ्नै तर्क गरिरहन्छन्। चाहे कुनै व्यक्तिले जस्तोसुकै खराब काम गरेको होस्, जति नै ठूलो पाप गरेको होस्, वा जति धेरै दुष्ट्याइँ गरेको नै किन नहोस्, जबसम्म ऊमाथि परमेश्‍वरको न्याय र सजाय बर्सिरहन्छ, तबसम्म उसले स्वर्ग पक्षपाती छ र परमेश्‍वर धर्मी हुनुहुन्न भन्ने नै सोच्नेछ। यदि परमेश्‍वरका कार्यहरू उसका चाहनाअनुसारका छैनन् भने, वा यदि उहाँका कार्यहरू उसका भावनाहरूको ख्याल गर्ने खालका छैनन् भने, मान्छेको नजरमा उहाँ धर्मी हुँदै हुनुहुन्‍न। तर मानिसहरूले आफ्ना कार्यहरू सत्यताअनुरूप छन् कि छैनन् भनेरचाहिँ कहिल्यै जान्दैनन्, न त तिनीहरूले आफ्ना कार्यहरूद्वारा परमेश्‍वरको अवज्ञा र विरोध गर्छन् भनेर नै कहिल्यै महसुस गर्छन्। यदि मानिसहरूले जे-जसरी अपराध गरे पनि परमेश्‍वरले तिनीहरूलाई कहिल्यै पनि निराकरण वा काटछाँट गर्ने वा तिनीहरूको अवज्ञाको निम्ति तिनीहरूलाई गाली गर्ने नगरेर, तिनीहरूसित सदैव शान्त र नम्र रहँदै, अनि प्रेम र धैर्यसाथ व्यवहार गर्दै तिनीहरूलाई उहाँसँग खानपान र रमाइलो गर्न दिनुभएको भए, मानिसहरूले परमेश्‍वरसित कहिल्यै पनि गुनासो गर्ने वा उहाँलाई अधर्मी भनेर आलोचना गर्नेथिएनन्; बरु, तिनीहरूले बेइमानीसाथ उहाँ अत्यन्तै धर्मी हुनुहुन्छ भनेर दाबी गर्नेथिए। के त्यस्ता मानिसहरूले परमेश्‍वरलाई चिन्छन्? के तिनीहरू परमेश्‍वरसित एउटै मन र मस्तिष्कका हुन्छन्? जब परमेश्‍वरले मानिसहरूलाई न्याय, काटछाँट, र निराकरण गर्नुहुन्छ, तब तिनीहरू उहाँमा समर्पित हुन र उहाँलाई प्रेम गर्न सफल हुन सकून् भनेर उहाँले तिनीहरूको जीवन स्वभाव शुद्ध पार्न र रूपान्तरित गर्न चाहिरहनुभएको हुन्छ भनेर तिनीहरूलाई कुनै आभास हुँदैन। त्यस्ता मानिसहरूले परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वासै गर्दैनन्। जबसम्म परमेश्‍वरले मानिसहरूलाई गाली, खुलासा र निराकरण गर्नुहुन्छ, तबसम्म तिनीहरू नकारात्मक र कमजोर भइरहनेछन्, परमेश्‍वरले प्रेम गर्नुहुन्न भनी गुनासो गरिरहनेछन् र मानिसहरूलाई परमेश्‍वरले गर्नुभएको न्याय र सजाय गलत छ भनी गनगन गरिरहनेछन्, तर तिनीहरूले यो परमेश्‍वरले मान्छेलाई शुद्धीकरण गरी मुक्ति दिइरहनुभएको कुरा हो भनेर देख्न सक्‍नेछैनन् रपरमेश्‍वरले मानिसहरूको परिणाम तिनीहरूले देखाउने पश्‍चात्तापको आधारमा निर्धारण गर्नुहुन्छ भनेर विश्‍वास गर्नेछैनन्। तिनीहरू सधैँ परमेश्‍वरलाई शङ्का गर्ने अनि उहाँविरुद्ध प्रतिरक्षात्मक हुने गरिरहन्छन्, अनि यसको नतिजा के हुनेछ? के तिनीहरू परमेश्‍वरको काममा समर्पित हुन सक्नेछन्? के तिनीहरूले साँचो परिवर्तन हासिल गर्न सक्नेछन्? यो असम्भव छ। यदि तिनीहरूको स्थिति निरन्तर यस्तै रहिरह्यो भने यो निकै खतरनाक हुनेछ, र परमेश्‍वरद्वारा तिनीहरू शुद्ध र सिद्ध पारिनु असम्भव हुनेछ।

अघिल्लो: परमेश्‍वरको सेवा गर्नेसम्बन्धी वचनहरू

अर्को: अन्य विषयसम्बन्धी वचनहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्