४. हामीले प्रभुमा धेरै वर्षदेखि विश्‍वास गरेका छौं र सतर्कतासाथ उहाँको पुनरागमनको बाटो हेर्दै सधैँ उहाँको लागि कठोर परिश्रम गरेका छौं। हामीलाई विश्‍वास छ, प्रभुको दोस्रो आगमनको विषयमा प्रकाश पाउने पहिलो मानिसहरू हामी नै हुनुपर्छ। प्रभु येशू फर्केर आउनुभएको छ भनेर तपाईं गवाही दिनुहुन्छ, त्यसोभए हामीले यस विषयमा किन प्रकाश पाएनौं? प्रभु फर्केर आउनुभएको छैन भन्ने बारेमा हामीसित प्रमाणहरू छन्। के हामीले यस्तो सोच्नु गलत हो?

सन्दर्भका लागि बाइबल पदहरू:

“हेर, म ढोकामा खडा हुन्छु र ढक्‍ढकाउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ” (प्रकाश ३:२०)

“आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्” (प्रकाश २:७)

परमेश्‍वरका प्रासंगिक वचनहरू:

अन्तिम दिनहरूमा मानिसहरूलाई सत्यको आत्मा दिइन्छ भनी येशूले घोषणा गर्नुभयो। अन्तिम दिनहरू अहिले यहाँ छ; सत्यको आत्माले वचनहरूलाई कसरी व्यक्त गर्नुहुन्छ भनी तँ बुझ्छस्? सत्यको आत्मा कहाँ देखा पर्नुहुन्छ र काम गर्नुहुन्छ? अगमवक्ता यशैयाको अगमवाणीको पुस्तकमा नयाँ करारको युगमा येशू नाम गरिएको बालक जन्‍मनेछ भनी कहिल्यै पनि बताइएको थिएन; इम्मानुएल नाम गरेको पुरुष बालक जन्‍मनेछ भनी लेखिएको मात्र छ। येशूको नाउँ किन उल्लेख नगरिएको? पुरानो करारभरि यो नाउँ कतै पनि देखा पर्दैन, त्यसो भए तँ किन अझै पनि येशूमा विश्‍वास गर्छस्? पक्कै पनि तैँले येशूलाई आफ्नै आँखाले देखेपछि मात्र विश्‍वास थिइनस्, थिइस् त? वा के तैँले प्रकाश पाएपछि विश्‍वास गर्न थालेको हो? के परमेश्‍वरले तँलाई साँच्चै नै यस्तो अनुग्रह देखाउनुहुन्थ्यो? के उहाँले तँलाई यत्रो आशिष्‌ प्रदान गर्नुहुन्छ? येशूप्रति तेरो विश्‍वासको आधार के हो? आज परमेश्‍वर देह बन्नुभएको छ भन्ने कुरा तँ किन विश्‍वास गर्दैनस्? तँलाई परमेश्‍वरबाट आउने प्रकाशको अभाव छ भन्दैमा उहाँ देहधारी नहुनुभएको कुरा साबित गर्छ भनी तँ कसरी भन्‍न सक्छस्? के परमेश्‍वरले कुनै काम सुरु गर्न अघि मानिसहरूलाई जानकारी दिनु नै पर्छ त? के उहाँले पहिले तिनीहरूबाट स्वीकृति लिनुपर्छ र? यशैयाले डुँडमा पुरुष बालक जन्मिनेछन् भनेर मात्र बताए; तर मरियमले येशूलाई जन्‍माउनेछिन् भनी उनले कहिल्यै पनि अगमवाणी गरेनन्। मरियमबाट जन्मनुभएको येशूप्रतिको तेरो विश्‍वासलाई तैले खास केमा बसाल्छस्? निश्‍चय नै तेरो विश्‍वासमा गडबडी त आएको छैन?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गर्नेले परमेश्‍वरको प्रकाश कसरी प्राप्‍त गर्न सक्छ?

परमेश्‍वरको काम जस्तोसुकै नयाँ होस् यसलाई अगमवाणीहरूले पुष्टि गर्नुपर्छ र यस्ता कार्यको हरेक चरणमा साँचो हृदयले पछ्याउनेहरूलाई प्रकाशहरू पनि प्रकट गरिनु नै पर्छ, नत्र यस्तो काम परमेश्‍वरको काम हुन सक्दैन भनी विश्‍वास गर्नेहरू त अझै धेरै छन्। परमेश्‍वरलाई चिन्नु मानिसको निम्ति सजिलो काम होइन। मानिसको निरर्थक हृदयको अतिरिक्त स्व-महत्त्व र स्व-अहङ्कार भएको उसको विद्रोही स्वभावलाई लिँदा उसलाई परमेश्‍वरको नयाँ कामलाई स्वीकार गर्नु अझ धेरै कठिन हुन्छ। मानिसले न त परमेश्‍वरको नयाँ कामलाई सावधानीपूर्वक छानबिन गर्छ, न यसलाई नम्रतासँग स्वीकार गर्छ; बरु, उसले परमेश्‍वरबाट प्रकाश र मार्गदर्शनको प्रतीक्षा गर्ने क्रममा उसले घृणाको धारणा अङ्गीकार गर्छ। के यो परमेश्‍वरको विरुद्ध विद्रोह गर्ने र उहाँको विरोध गर्नेहरूको आचरण होइन र? यस्ता मानिसहरूले परमेश्‍वरको स्वीकृति कसरी प्राप्‍त गर्न सक्छन्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गर्नेले परमेश्‍वरको प्रकाश कसरी प्राप्‍त गर्न सक्छ?

हामीहरू परमेश्‍वरका पाइलाहरूलाई खोजिरहेका भएकाले, यसले हामीलाई परमेश्‍वरको इच्छा, परमेश्‍वरको वचन, उहाँको वाणी खोज्न बाध्य बनाउँछ—किनकि जहाँ परमेश्‍वरद्वारा बोलिएका नयाँ वचनहरू हुन्छन्, त्यहाँ परमेश्‍वरको आवाज हुन्छ, र जहाँ परमेश्‍वरका पाइलाहरू हुन्छन्, त्यहाँ परमेश्‍वरका कामहरू हुन्छन्। जहाँ-जहाँ परमेश्‍वरको अभिव्यक्ति हुन्छ, त्यहाँ-त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, र परमेश्‍वर जहाँ-जहाँ देखा पर्नुहुन्छ, त्यहाँ-त्यहाँ सत्यता, मार्ग, र जीवन अस्तित्वमा हुन्छ। परमेश्‍वरका पाइलाहरू खोज्दा, तिमीहरूले “परमेश्‍वर सत्यता, मार्ग र जीवन हुनुहुन्छ” भन्ने वचनहरू लाई बेवास्ता गरेका छौ। अनि त्यसकारण, धेरै मानिसहरूले सत्य ग्रहण गर्दा पनि, तिनीहरूले परमेश्‍वरका पाइलाहरू भेट्टाएका छन् भनी विश्‍वास गर्दैनन्, र तिनीहरूले परमेश्‍वर देखा पर्नुभएको कुरालाई स्वीकार गर्नु त परै जाओस्। कस्तो गम्भीर भुल! परमेश्‍वर देखा पर्नुहुने कुरा मानिसको धारणाहरूसँग मेल खान सक्दैन, परमेश्‍वर मानिसको आग्रहमा देखा पर्नुहुन्छ भन्ने कुरा त परै जाओस्। परमेश्‍वरले आफ्‍नो काम गर्नुहुँदा उहाँका आफ्नै छनोटहरू र उहाँका आफ्नै योजनाहरू बनाउनुहुन्छ; यसअलावा, उहाँसँग उहाँका आफ्नै उद्देश्यहरू र उहाँका आफ्नै विधिहरू छन्। उहाँ जुनसुकै काम गर्नुहुँदा, उहाँले यसको बारेमा कुनै मानिससँग छलफल गर्नु वा उसको सल्लाह माग्नु आवश्यक छैन, प्रत्येक र हरेक व्यक्तिलाई उहाँको कामको बारेमा सूचित गर्ने कुरा त परै जाओस्। यो परमेश्‍वरको स्वभाव हो, जसलाई अझ भन्ने हो भने सबैले पहिचान गर्नुपर्छ। यदि तिमीहरू परमेश्‍वर देखा पर्नुहुने घटनालाई देख्‍न, परमेश्‍वरका पाइलाहरूलाई पछ्याउन चाहन्छौ भने, सर्वप्रथम तिमीहरू आफ्नो धारणाहरूबाट टाढा जानुपर्छ। तिमीहरूले परमेश्‍वरलाई यो वा त्यो गर्नू भनी माग गर्नुहुँदैन, उहाँलाई तिमीहरूले आफ्नै सीमित स्थानमा राख्‍न र तिमीहरूका आफ्नै धारणाहरूमा उहाँलाई सीमित गर्न हुने कुरा त परै जाओस्। त्यसको सट्टा, तिमीहरूले परमेश्‍वरका पाइलाहरूलाई कसरी खोज्नुपर्छ, कसरी परमेश्‍वर देखा पर्नुहुने कुरालाई स्वीकार्नुपर्छ, र कसरी परमेश्‍वरको नयाँ काममा समर्पण गर्नुपर्छ आफूले आफैलाई सोध्नुपर्छ: मानिसले गर्नुपर्ने यही हो। मानिस सत्यता होइन, र ऊसँग सत्यता छैन, त्यसैले उसले खोजी गर्नुपर्छ, स्वीकार गर्नुपर्छ, र आज्ञा पालन गर्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ

सन्दर्भको लागि मानिसको सङ्गति:

धेरै वर्षदेखि प्रभुमा विश्‍वास गर्दैआएका, लगातार मेहनत गर्दै र कडा परिश्रम गर्दै अनि जागा रहेर उहाँको दोस्रो आगमनको प्रतीक्षा गर्दै आएका मानिसहरूले जब प्रभु फर्केर आउनुहुन्छ, तिनीहरूले उहाँबाट उहाँको आगमनको बारेमा प्रकाश प्राप्त गर्नेछन् भन्‍ने मान्यता राख्छन्। यो मानिसको धारणा र कल्पना हो; यो परमेश्‍वरको कामको वास्तविकतासँग मिल्दैन। धेरै पहिले, यहूदी धर्मका फरिसीहरू सुसमाचार फैलाउन टाढा-टाढाको यात्रा गर्थे। के प्रभु येशूले तिनीहरूलाई उहाँको आगमनको प्रकाश दिनुभयो? यसबाहेक, प्रभु येशूलाई पछ्याउने चेलाहरूमध्ये कसले उहाँबाट प्रकाश पाएर पछ्याएका थिए? एकै जनाले पनि त्यसरी पछ्याएको थिएन! पत्रुसले परमेश्‍वरबाट प्रकाश प्राप्त गरेको र प्रभु येशू ख्रीष्ट, परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी स्वीकार गरेको भए पनि, त्यो सबै पत्रुसले प्रभु येशूलाई केही समय पछ्याएपछि र उहाँका धेरै सन्देशहरू सुनेपछि भएका थिए; पत्रुसले पहिले नै प्रभु येशूको बारेमा थोरै ज्ञान प्राप्त गरेका थिए, त्यसपछि मात्र तिनले पवित्र आत्माबाट प्रकाश प्राप्त गरे अनि प्रभु येशूको वास्तविक पहिचानलाई चिन्न सके। यसबाट के देख्न सकिन्छ भने, पत्रुसले वास्तवमा प्रभु येशूलाई पछ्याउनुभन्दा पहिले प्रकाश प्राप्त गरेका थिएनन्; यो एउटा तथ्य हो। प्रभु येशूलाई पछ्याउन सक्ने सबै जनाले उहाँका सन्देशहरू सुनेपछि मात्र उहाँलाई आउनेवाला मसीहको रूपमा चिन्न सके; पहिले परमेश्‍वरबाट प्रकाश पाएपछि तिनीहरूले उहाँलाई चिनेका र तिनीहरू उहाँका चेलाहरू बनेका थिएनन्। आखिरी दिनहरूमा, सर्वशक्तिमान् परमेश्‍वर गोप्य रूपबाट आखिरी दिनहरूको न्यायको काम गर्न आउनुभएको छ। लाखौँ मानिसहरूले उहाँलाई स्वीकार गरेका छन् र उहाँलाई पछ्याइरहेका छन्, तर तिनीहरूमध्ये कसैले पनि पवित्र आत्माबाट प्रकाश पाएको परिणाम स्वरूप त्यसो गरेका होइनन्; हामी सबैले परमेश्‍वरको आवाज चिनेका छौं, र उहाँका वचनहरू पढेर र सत्यताको विषयमा सङ्गति गरेर सर्वशक्तिमान् परमेश्‍वरको पछि लाग्ने निर्णय गरेका छौं। तथ्यहरूले स्पष्ट पार्दछ, कि परमेश्‍वर उहाँको काम गर्न देह बन्नुहुँदा कसैले उहाँमा विश्‍वास गरोस् र उहाँलाई पछ्याओस् भनेर उहाँले कसैलाई पनि प्रकाश दिनुहुन्न। यसबाहेक, आखिरी दिनहरूमा परमेश्‍वर सत्यता व्यक्त गर्न र न्यायको काम गर्नका लागि देहधारी हुनुभएको छ; आखिरी दिनहरूको उहाँका वाणीहरू उहाँले सृष्टिको सुरुदेखि सम्पूर्ण ब्रह्माण्ड र सारा मानवजातिका लागि सार्वजनिक रूपमा बोल्नुभएका प्रथम वचनहरू हुन्। सबै मानिसहरूले परमेश्‍वरको आवाज सुन्न सक्छन्, त्यसैले तिनीहरूले प्रभुलाई स्वागत गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा तिनीहरूले परमेश्‍वरको आवाज चिन्न सक्छन् कि सक्दैनन्, साथसाथै तिनीहरूले सत्यलाई प्रेम र स्वीकार गर्छन् कि गर्दैनन् भन्ने कुरामा निर्भर हुन्छ। सबै मानिसहरूले उहाँको आवाज सुन्‍न सक्छन्, त्यसकारण तिनीहरूले प्रभुलाई स्वागत गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरा, तिनीहरूले परमेश्‍वरको आवाज पहिचान गर्न सक्छन् कि सक्दैनन्, साथै तिनीहरूले सत्यतालाई प्रेम गर्ने र स्वीकार गर्ने गर्छन् कि गर्दैनन् भन्‍ने कुरामा निर्भर हुन्छ। यो व्यक्तिगत निर्णयसँग सम्बन्धित हुन्छ; परमेश्‍वरले उहाँमा विश्‍वास गरोस् भनेर कहिल्यै कसैलाई पनि प्रकाश दिनुहुन्न। यो कुरालाई प्रकाशको पुस्तकको २ र ३ अध्यायमा धेरै पटक उल्लेख गरिएको छ: “आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्।” अनि प्रकाश ३:२० मा, “हेर, म ढोकामा खडा हुन्छु र ढक्‍ढकाउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ।” प्रभु येशूले यो पनि भन्नुभयो, “मेरो भेडाले मेरो सोर सुन्छ, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्(यूहन्‍ना १०:२७)। यदि प्रभु आउनुहुँदा उहाँले मानिसहरूलाई उहाँमा विश्‍वास गर्ने प्रकाश दिनुभयो भने किन उहाँले मानिसहरूको ढोकामा उभिएर ढकढक्याउनेछु, र परमेश्‍वरका भेडाहरूले परमेश्‍वरको आवाज सुन्नेछन् भनी भन्नुभयो? के यो आफैमा अमिल्दो कुरा हुँदैन र? आखिरी दिनहरूमा, परमेश्‍वरले आफ्ना भेडाहरू खोज्न उहाँका वाणीहरू र सत्यताका अभिव्यक्तिहरू प्रयोग गर्नुहुन्छ। “परमेश्‍वरका भेडाहरूले परमेश्‍वरको आवाज सुन्छन्”—अर्थात्, जस-जसले परमेश्‍वरको आवाज सुन्छन् र बुझ्छन् तिनीहरू उहाँका भेडाहरू हुन्, तिनीहरू बुद्धिमत्ती कन्याहरू हुन्; जबकि जसले सुन्छन् तर उहाँको आवाज बुझ्दैनन् तिनीहरू निश्चय नै निर्बुद्धि कन्याहरू हुन्, र यस तरिकाले मानिसहरू प्रत्येकलाई तिनीहरूका प्रकारअनुसार वर्गीकृत गरिनेछ। यसले परमेश्‍वर कति उत्कृष्ट रूपमा बुद्धिमान् र धर्मी हुनुहुन्छ भन्‍ने स्पष्ट पार्छ!

यसैले साँचो मार्गको अनुसन्धान गर्ने कार्य त्यो व्यक्तिले परमेश्‍वरबाट प्रकाश पाएको छ कि छैन भन्ने कुरासित सम्बन्धित हुँदैन; त्यो व्यक्तिले सर्वशक्तिमान् परमेश्‍वरद्वारा बोलिएका वचनहरूमा परमेश्‍वरको आवाज चिन्न सक्छ कि सक्दैन त्यही नै यस विषयको मुख्य कुरा हो। आखिरी दिनहरूमा, सर्वशक्तिमान् परमेश्‍वरले लाखौँ वचनहरू व्यक्त गर्नुभएको छ। यी वाणीहरू सत्यता हुन्; ती परमेश्‍वरको आवाज हुन्। प्रभुमा इमानदार विश्‍वास भएका विभिन्न सम्प्रदायका धेरै जना मानिसहरूले परमेश्‍वरको आवाज सुनेका छन् र तिनीहरू सर्वशक्तिमान् परमेश्‍वरमा फर्केका छन्। निश्चित रूपमा यी मानिसहरू नै “चोरिएका” गाडधन हुन्; प्रभुको गुप्त आगमनको उद्देश्य यी गाडधनहरू प्राप्त गर्नु हो, र पहिले परमेश्‍वरको सिंहासनको सामुन्ने उठाइलगिएका यी मानिसहरूलाई विपत्तिहरूभन्दा अघि विजेताहरूमा रूपान्तरण गर्नु हो। तापनि, जब मानिसहरू परमेश्‍वरबाट प्रकाश प्राप्त गर्नका लागि त्यसै पर्खेर बस्छन् र सर्वशक्तिमान् परमेश्‍वरद्वारा व्यक्त गरिएका वचनहरूमा उहाँको आवाज चिन्न असमर्थ हुन्छन्, तब त्यस कुराले तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन् वा प्रभुलाई चिन्दैनन्, र तिनीहरू परमेश्‍वरका भेडाहरू बिलकुलै होइनन् भन्ने देखाउँछ। यी मानिसहरू नै स्वाभाविक रूपले ती निसानाहरू हुनेछन् जसलाई परमेश्‍वरले त्याग्नुहुनेछ र नाश पार्नुहुनेछ, र तिनीहरू रुँदै र दाह्रा किट्दै विपत्तिमा पर्नेहरू मध्येका पनि हुनेछन्। यो प्रभु येशूले थोमालाई भन्नुभएको कुराजस्तै हो: “तिमीले मलाई देखेको कारण विश्‍वास गरेको छौ: तिनीहरू आशिषित् हुन् जसले देखेका छैनन्, र पनि विश्‍वास गरेका छन्(यूहन्‍ना २०:२९)

अघिल्लो: ३. तपाईंले प्रभु येशू शरीरमा फर्केर आउनुभएको छ भनी गवाही दिनुहुन्छ। त्यसो भए प्रभु अहिले कहाँ हुनुहुन्छ? हामीले किन उहाँलाई देखेका छैनौं? देख्नु नै विश्‍वास गर्नु हो, त्यसैले हामीले उहाँलाई नदेखेका तथ्यले प्रभु अझै आउनुभएको छैन भनी प्रमाणित गर्दछ। जब म देख्छु, तब मात्र यस कुरामा विश्‍वास गर्नेछु।

अर्को: ५. पुरानो र नयाँ करारको दुवै युगमा, परमेश्‍वरले इस्राएलमा काम गर्नुभयो। प्रभु येशूले उहाँ आखिरी दिनहरूमा फर्कनुहुनेछ भनी अगमवाणी गर्नुभयो, त्यसैले जब उहाँ फेरि आउनुहुन्छ, उहाँ इस्राएलमा आउनुपर्छ। तैपनि तपाईं प्रभु येशू पहिले नै फर्केर आइसक्नुभएको छ, उहाँ शरीरमा प्रकट हुनुभएको छ र चीनमा आफ्नो काम गर्दैहुनुहुन्छ भनी गवाही दिनुहुन्छ। चीन एक नास्तिक राजनीतिक दलले शासन गरेको देश हो। कुनै पनि देशमा यहाँ जतिको परमेश्‍वरको ठूलो विरोध र इसाईहरूको सतावट छैन। प्रभुको पुनरागमन चीनमा कसरी हुन सक्छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्