“प्रेमका लागि” भन्‍ने भजनबारे सङ्गति
(भजन समूहसँगको सङ्गति)

मैले सुनेको मण्डली जीवनसम्‍बन्धी तिमीहरूले गाउने भजनहरूमध्ये, व्यावहारिक अनुभव भएका बारेमा एकदमै थोरै भजन छन्। धेरैजसो भजनमा, अनुभवहरू एकदमै सतही छन्; ती गाउँदा मानिसहरूलाई त्यति फाइदा पुग्दैन। केही भजनमा त अलिकति पनि व्यावहारिकता नभएको खोक्रो सिद्धान्त मात्र हुन्छ। उदाहरणका लागि, “प्रेमका लागि,” “परमेश्‍वर हामीलाई सबैभन्दा गहन रूपमा प्रेम गर्नुहुन्छ,” र “अनन्त प्रेम,” यी सबै खोक्रा, सैद्धान्तिक हुन्छन् र रित्ता शब्दहरूद्वारा बनेका हुन्छन्; ती पटक्‍कै व्यावहारिक हुँदैनन्। यी तीन भजनका शब्‍दहरू तिमीहरूलाई कस्तो लाग्छ? ती सबै बकवास हुन्, ती सबै मानिसहरूका धारणा र कल्पनाका शब्दहरू हुन्; तिनले व्यावहारिक अनुभवका कुनै पनि शब्दहरू पटक्कै प्रस्तुत गर्दैनन्। यदि कसैले अनुभवबारे भजनहरू लेख्‍नसमेत सक्दैन, तर पनि परमेश्‍वरको प्रशंसाका भजनहरू लेख्‍न चाहन्छ भने, के त्यो घाँटी नहेरी हाड निल्‍नु होइन र? के एक साधारण व्यक्तिले परमेश्‍वरसँग के छ र उहाँ के हुनुहुन्छ भनेर गवाही दिनु र उहाँको सारको गवाही दिनु सम्भव छ? कति जना मानिसहरू यसो गर्न सक्छन् त? यदि तँलाई परमेश्‍वरबारे केही थाहा छैन र यी सबै धारणा र कल्पनाहरू कागजमा लेखेर राख्छस् भने, के यो परमेश्‍वरको सारसँग मेल खान्छ? के यो परमेश्‍वरको कामको तथ्यसँग मेल खान्छ? के यी धारणा र कल्पनाहरू व्यक्त गर्नु परमेश्‍वरको प्रशंसा गर्नु हो? यदि तँसँग परमेश्‍वरबारे कुनै ज्ञान छैन भने, तैँले लेख्‍ने उहाँको प्रशंसाका भजनहरू व्यावहारिक हुनेछैनन्। बरु तैँले आफ्नो वास्तविक अनुभव, वास्तविक ज्ञान, र व्यक्तिगत बुझाइबारे लेख्‍नुपर्छ, यथार्थवादी र ठोस कुराहरूबारे विनम्रतापूर्वक बोल्नुपर्छ, ठूलो कुरा र बढाइचढाइ गर्नबाट टाढा रहनुपर्छ। तँ यी शब्दहरू अर्थात् परमेश्‍वरको व्यवस्थापन योजना, उहाँको धर्मी स्वभाव, उहाँको प्रेम, उहाँको मर्यादा, उहाँको महानता, उहाँको सर्वोच्चता, र उहाँको विशिष्टताजस्ता विषयहरू लेख्छस्—के तैँले वास्तवमा यी कुराहरू बुझेको छस्? के तैँले ती जानेको छस्? यदि तैँले ती बुझेको छैनस् तर पनि तीबारे लेख्‍न जिद्दी गर्छस् भने, तैँले केवल अन्धाधुन्ध लेखिरहेको, आफूलाई प्रदर्शन गरिरहेको र धाक देखाइरहेको हुन्छस्। यसले गर्दा मानिसहरू सँगै गाउँदा अलमल्ल पर्छन्, यस्ता खोक्रा शब्दहरू गाउँदा प्रदर्शन गर्नमा तेरो सिको गर्छन्, र गाइसकेपछि यसबाट कसैलाई फाइदा पुग्दैन। यसको परिणाम के हुन्छ? के यो मानिसहरूसँग खेलबाड गर्नु र तिनीहरूको समय बरबाद पार्नु होइन र? के यो परमेश्‍वरलाई धोका दिनु र छल गर्नु होइन र? के तँलाई लाज लाग्दैन?

हेर् त, “प्रेमका लागि” भन्‍ने भजनका शब्दहरू के भन्छन्? “प्रेमका लागि, परमेश्‍वरले मानवजाति बनाउनुभयो र सधैँ तिनीहरूको हेरचाह र रेखदेख गर्नुभयो।” के त्यो वाक्यमा कुनै सही कुरा छ? के यसमध्ये कुनै शब्‍द सत्यतासँग मेल खान्छ? प्रेमको कारण, परमेश्‍वरले आदम र हव्वालाई सृष्टि गर्नुभयो, होइन र? (होइन।) त्यसोभए उहाँले तिनीहरूलाई किन सृष्टि गर्नुभयो? (परमेश्‍वरको व्यवस्थापन योजनाको कारणले गर्दा।) परमेश्वरको इच्छा आफूले सृष्टि गरेको मानवजातिमार्फत व्यवस्थापन योजना पूरा गर्नु हो—६,००० वर्षे व्यवस्थापन योजना। यस ६,००० वर्षको व्यवस्थापन योजनाको मार्ग जेजस्तो भए पनि, परमेश्‍वरले अन्त्यमा मानिसहरूको एक समूहलाई प्राप्त गर्नुहुनेछ, जसले उहाँको आज्ञा पालन गर्न र उहाँको गवाही दिन सक्छन्, जो सृष्टि गरिएका साँचो प्राणी र सबै कुराको साँचो मालिक बन्‍न सक्छन्। के परमेश्‍वरसँग पहिले व्यवस्थापन योजना थियो अनि त्यसपछि संसार र मानवजाति सृष्टि गर्नुभयो भन्‍ने तथ्यसँग प्रेमको कुनै सम्बन्ध छ? यो परमेश्‍वरको विचारहरूमध्ये एउटा थियो, र यो उहाँको योजनाको भाग थियो। यो मानिसहरूको मनसाय र योजनाजस्तै हो; उदाहरणका लागि, कुनै व्यक्तिको दश वर्षभित्र प्रबन्धक बन्‍ने र १००,००० युआन कमाउने योजना हुन सक्ला, वा दश वर्षभित्र निश्‍चित शैक्षिक योग्यताहरू वा निश्‍चित पारिवारिक जीवन बनाउने योजना हुन सक्ला—के प्रेमसँग यिनको कुनै सम्‍बन्ध हुन्छ? हुँदैन; दैनिक जीवनमा, मानिसहरूसँग चरणबद्ध, क्रमबद्ध योजना, खाका, लक्ष्य, आदर्श हुन्छ। परमेश्‍वरका सन्दर्भमा भन्नुपर्दा, उहाँले ब्रह्माण्ड र सबै कुरामा सार्वभौम शासन गर्नुहुँदा नै, उहाँसँग पृथ्वीका लागि एउटा योजना हुन्छ, र त्यो योजना परमेश्‍वरले सबै कुरा, अनि जीवित प्राणीहरू सृष्टि गरेर सुरु भयो; त्यसपछि, परमेश्‍वरले दुई मानवलाई सृष्टि गर्नुभयो। के वास्तवमा त्यही भएको होइन र? परमेश्‍वरले यस्तो योजना निर्माण गरेको तथ्यसँग प्रेमको के सम्बन्ध छ? केही सम्बन्ध छैन। त्यसोभए, तिमीहरूका दृष्टिकोणमा, के “प्रेमका लागि, परमेश्‍वरले मानवजाति बनाउनुभयो र सधैँ तिनीहरूको हेरचाह र रेखदेख गर्नुभयो” भन्‍ने भनाइ सही हो? परमेश्‍वरले मानवजातिलाई सृष्टि गर्नुअघि कसरी प्रेम गर्न सक्‍नुहुन्थ्यो? के त्यस्तो प्रेम खोक्रो हुनेथिएन र? तैँले परमेश्‍वरले मानवजाति सृष्टि गर्नुलाई उहाँको प्रेमको कार्यका रूपमा परिभाषित गर्छस्—के त्यो परमेश्‍वरको निन्दा गर्नु होइन र? के त्यो ईश्‍वरनिन्दा होइन? के यो अत्यन्तै व्यक्तिपरक कुरा होइन र? यो व्यक्तिपरकतालाई कसरी चित्रण गर्ने? के यो समझको कमी हुनु हो? (हो।) परमेश्‍वरले ६,००० वर्षे व्यवस्थापन योजनाको रहस्य र आफ्‍नो तीन चरणको कार्यको रहस्य प्रकट गर्नुभएको छ। तँलाई आफूले अलिकति बुझेको छु, आफूसँग परमेश्‍वरबारे केही सतही बुझाइ छ भन्‍ने लाग्छ, तर त्यो त शाब्दिक बुझाइ मात्र हो। तैपनि तँ परमेश्‍वर प्रेमका लागि नै केही गर्नुहुन्छ, कुनै निश्‍चित काम गर्नुहुन्छ, वा उहाँसँग कुनै निश्‍चित योजना छ भनेर दाबी गर्दै, यस्तो तरिकाले परिभाषित गर्ने साहस गर्छस्। के त्यो सब अत्यन्तै मूर्ख र अनुचित कुरा होइन र? के त्यसोभए “प्रेमका लागि, परमेश्‍वरले मानवजाति बनाउनुभयो” भन्‍ने भनाइमा कुनै सही कुरा छ? (छैन। यो सत्यताअनुरूप छैन।) पहिले यो सत्यताअनुरूप छ कि छैन भन्‍ने कुरालाई एकातिर पन्छाऊँ; बरु, यो वास्तविक परिस्थितिअनुसार छ कि छैन भनेर हेरौँ। के तिमीहरूलाई यो भनाइ व्यावहारिक छ भन्ने लाग्छ? (व्यावहारिक छैन।) के यो अभिलाषी सोचाइ मात्र होइन र? परमेश्‍वरले मानवजाति सृष्टि गर्नुसँग प्रेमको कुनै सम्बन्ध छैन, त्यसैले “प्रेमका लागि, परमेश्‍वरले मानवजाति बनाउनुभयो” भन्‍ने भनाइ आधारहीन छ; यो पूर्ण रूपमा मानिसले कल्पना गरेको कुरा हो, यो बकवास हो। तैँले परमेश्‍वरलाई अन्धाधुन्ध रूपमा सीमित पारिरहेको छस्, जुन उहाँको निन्दा र अनादार गर्नु हो, र तैँले उहाँलाई मानवीय दृष्टिकोण अनि मानव कल्पना र धारणाले नापिरहेको छस्, जुन ठूलो गल्ती, अनुचित र निर्लज्जपन हो। तसर्थ, “प्रेमका लागि, परमेश्‍वरले मानवजाति बनाउनुभयो” भन्‍ने वाक्यांश वाहियात कुरा मात्र हो।

त्यसपछिका शब्‍दहरू यस्ता छन्, “परमेश्‍वरले मानवजाति बनाउनुभयो र सधैँ तिनीहरूको हेरचाह र रेखदेख गर्नुभयो।” यो भजन लेख्‍ने व्यक्तिले यो पनि प्रेमको कारणले नै हो भनेर सङ्केत गरिरहेको छ। त्यसोभए, यदि परमेश्‍वरले मानवजातिलाई प्रेमको कारण सृष्टि गर्नुभयो भनेर भन्‍नु गलत हो भने, प्रेमको कारण, परमेश्‍वरले सधैँ मानवजातिको हेरचाह र रेखदेख गर्नुभयो भनेर भन्‍नु सही हो त? (होइन।) किन सही होइन? “सधैँ तिनीहरूको हेरचाह र रेखदेख गर्नु” कस्तो व्यवहार हो? यो व्यवहारको सार के हो? के यो जिम्मेवारी हो? (हो।) के परमेश्‍वर भर्खरै सृष्टि गरिएको केही पनि नबुझ्‍ने, बोल्न नसक्‍ने, समझ नभएको, र सर्पको प्रलोभनमा पर्न सक्‍ने मानिसलाई प्रेम गर्न सक्‍नुहुन्छ? अनि कसरी प्रेम दिइन्छ, यो कसरी प्रकट गरिन्छ, कसरी देखाइन्छ, कसरी व्यक्त गरिन्छ भन्नेबारे नि—के यसबारे कुनै निर्द्धिष्ट विवरणहरू छन्? छैनन्। यो जिम्मेवारी हो; यहाँ रहेको साँचो भावना परमेश्‍वरको जिम्मेवारी नै हो। परमेश्‍वरले मानवजाति सृष्टि गर्नुभएको हुनाले, उहाँले तिनीहरूको रेखदेख, हेरचाह र सुरक्षा, अनि अगुवाइ गर्नैपर्छ। यो परमेश्‍वरको जिम्मेवारी हो; उहाँ प्रेमका लागि यसो गर्नुहुन्‍न। यदि तँ यसलाई परमेश्‍वरको प्रेमको कारण हो भनी चित्रण गर्छस् भने, तँमा परमेश्‍वरबारे गम्भीर गलतफहमी छ; उहाँलाई यसरी बुझ्नु गलत हो। ती भर्खरै सृष्टि गरिएका दुई मानिसलाई के थाहा थियो? परमेश्‍वरले तिनीहरूलाई दिएको सासबाहेक, तिनीहरूले केही पनि बुझेका थिएनन्, तिनीहरूलाई केही पनि थाहा थिएन; तिनीहरूलाई विशेष गरी परमेश्‍वरबारे कुनै ज्ञान थिएन, तिनीहरूलाई परमेश्‍वर को हुनुहुन्छ वा उहाँ के हुनुहुन्छ भन्‍ने थाहा थिएन, र तिनीहरूलाई परमेश्‍वरका वचनहरू र उहाँको आज्ञा कसरी पालन गर्ने भन्‍ने थाहा थिएन—तिनीहरूलाई परमेश्‍वरबाट टाढिनु र उहाँदेखि लुक्‍नु समस्या हो भन्‍नेसमेत थाहा थिएन। कसरी परमेश्‍वर उहाँलाई यसरी इन्कार प्रतिरोध गर्ने मानवजातिलाई प्रेम गर्न सक्‍नुहुन्छ? के उहाँ तिनीहरूलाई प्रेम गर्न सक्‍नुहुन्छ? मूलतः परमेश्‍वर मानवजातिको हेरचाह र रेखदेख गर्नुहुन्छ, र परमेश्‍वरले जे गर्नुहुन्छ त्यसले उहाँको एउटा जिम्मेवारीलाई मात्र दर्साउन सक्छ। परमेश्‍वरको हृदयमा योजना र इच्छा भएको हुनाले, उहाँले आफूले सृष्टि गरेको मानवजातिको रेखदेख र सुरक्षा गर्नैपर्छ। यदि तँ परमेश्वर मानवजातिलाई प्रेमका लागि सुरक्षा र हेरचाह गर्नुहुन्छ भनेर तैँले कठोरतासाथ र सोचविचार नगरी भन्छस् भने, त्यो प्रेममा वास्तवमा कति धेरै कुरा समावेश हुनैपर्छ? के मानिसहरू साँच्‍चै परमेश्‍वरले यसरी प्रेम गर्नुको योग्य छन्? कम्‍तीमा पनि, मानिसहरूका हृदयमा परमेश्‍वरप्रति साँचो प्रेम हुनैपर्छ र तिनीहरूले साँचो रूपमा उहाँमा भरोसा गर्नुपर्छ, तब मात्र परमेश्‍वरले तिनीहरूलाई प्रेम गर्नुहुनेछ। यदि मानिसहरू परमेश्‍वरलाई प्रेम गर्दैनन् तर उहाँको विरोध गर्छन्, उहाँलाई धोका दिन्छन्, र उहाँलाई क्रूसमा समेत टाँग्छन् भने, के तिनीहरू परमेश्‍वरको प्रेम पाउनयोग्य हुन्छन्? परमेश्‍वर मानिसहरूलाई केका आधारमा प्रेम गर्नुहुन्छ? परिस्थिति जे भए पनि, मानिसहरू सधैँ परमेश्‍वर तिनीहरूलाई प्रेम गर्नुहुन्छ भनेर भन्छन्; यो तिनीहरूको कल्पना हो, र मनको लड्डु घिउसँग खानु मात्र हो।

अर्को हरफ यस्तो छ, “प्रेमका लागि, परमेश्‍वरले पृथ्वीमा मानिसको जीवनलाई मार्गदर्शन गर्न व्यवस्था र आज्ञाहरू जारी गर्नुभयो। प्रेमका लागि, परमेश्‍वर देहधारी हुनुभयो र मानवजातिलाई छुटकारा दिन आफ्नो जीवन दिनुभयो।” यसले निकै विस्तृत रूपमा कुराहरूलाई सारांश गरेको छ। यी दुई हरफले संसारको सृष्टिदेखि व्यवस्थाको युगसम्म, त्यसपछि परमेश्‍वर छुटकाराको काम गर्न देह बन्दाको अनुग्रहको युगसम्म, परमेश्‍वरको कार्यको दुई चरणलाई समेट्छन्। दुःखको कुरा, यो भजनलाई “प्रेमका लागि” भन्‍ने दुई शब्‍दलाई दिशा सूचकका रूपमा प्रयोग गरेर चित्रण गर्नु गल्ती थियो। परमेश्‍वरले मानवजाति सृष्टि गर्नुभएपछि, चाहे मानवजातिलाई अगुवाइ गर्न नियमहरू जारी गर्नु होस् वा मानवजातिलाई छुटकारा दिनु, यो सबै उहाँको व्यवस्थापन योजना, उहाँका इच्छा र उहाँले पूरा गर्न चाहने कुराको कारण गरिएको थियो; यो केवल प्रेमका लागि थिएन। कतिपय मानिस भन्छन्, “त्यसोभए के तपाईं परमेश्‍वरले यी कामहरू गर्नुहुँदा प्रेमको कुनै तत्व थिएन भनेर भनिरहनुभएको छ?” के त्यो सही हो? (होइन।) परमेश्‍वरसँग प्रेमको सार छ, तर यदि तँ परमेश्‍वरले आफ्नो तीन चरणको काम गर्नुको सार प्रेमको कारण हो भनेर भन्छस् भने, त्यो अत्यन्तै गलत हो; यो निन्दा र ईश्‍वरनिन्दा हो। त्यसोभए परमेश्‍वरले आफ्नो तीन चरणको काम गर्नुको मुख्य कारण के हो? यो परमेश्‍वरको व्यवस्थापन योजना, उहाँका इच्छा, र उहाँले पूरा गर्नलागेको कुराको कारणले हो; मूल कारण यिनैमा छ, प्रेममा मात्र होइन। अवश्य नै, परमेश्‍वरको तीन चरणको कार्यका अवधिमा, उहाँले प्रकट गर्ने भावना र स्वभावमा प्रेम समावेश छ। “प्रेम” का ठोस अभिव्यक्तिहरू केके हुन्? त्यो सहनशीलता र धैर्य हो, होइन र? अनि करुणा नि? अनि मानिसहरूलाई अनुग्रह र आशिष् दिनु? के यो अन्तर्दृष्टि र मार्गदर्शन होइन र? के यो न्याय र सजाय होइन? यी सबै हुन्। निराकरण र काटछाँट गर्ने, न्याय र सजाय दिने, खुलासा र विच्छेदन गर्ने, परीक्षा र शोधन गर्ने इत्यादि कुरा सबै प्रेम हुन्—यो प्रेम अत्यन्तै व्यापक छ। तर, यदि मानिसहरू परमेश्‍वरको तीन चरणको कामलाई प्रेमका लागि गरिएको भनी सीमित गर्छन्, र प्रेमलाई मात्रै जोड दिन्छन् भने, यो साह्रै एकतर्फी कुरा हो; यो परमेश्‍वरलाई सीमित गर्नु हो। जब मानिसहरू यी हरफहरू सुन्छन्, तब तिनीहरूले सोच्नेछन्, “परमेश्‍वर प्रेमबाहेक अरू केही हुनुहुन्‍न।” तिनीहरूले परमेश्‍वरबारे गलतफहमीहरू विकास गर्नेछन्, होइन र? (हो।) त्यसकारण, यो भजनले वास्तवमा मानिसहरूलाई परमेश्‍वरका उपस्थितिमा नल्याउने मात्र होइन, तर यसको विपरीत, यसले मानिसहरूलाई उहाँलाई गलत रूपले बुझ्न लगाउँछ। यदि मानिसहरूले सधैँ “प्रेमका लागि, प्रेमका लागि” भनेर गाइरहन्छन् भने, तिनीहरूमा कस्तो स्थिति उत्पन्न हुनेछ? यसले कस्ता भावनाहरू जन्माउनेछ? यी भावनाहरू अन्त्यमा परमेश्‍वरको स्वभावको बुझाइ हुनेछन् कि गलतफहमी? यदि कसैले यस कुरालाई पूर्ण रूपमा बुझ्न सक्दैन, तैपनि यसरी बोल्छ र गाउँछ भने, यो मनको लड्डु मात्र हो, जुन झनै अतार्किक छ। जब मानिसहरू मनको लड्डु खाने, तर्कहीनता, र हीनताबोधको स्थितिमा पर्छन्, तब त्यो कष्टकर हुन्छ। के त्यस्ता मानिसहरूले आफ्ना हृदयमा साँचो रूपले परमेश्‍वरको प्रशंसा गर्न सक्छन्? यो असम्भव छ। यो भजनले साँचो रूपमा परमेश्‍वरको प्रशंसा गर्दैन; यसले मानिसहरूलाई बहकाउन मात्र सक्छ।

हामी त्यसपछिको कोरसलाई हेरौँ। कोरसले यसको “प्रशंसा” लाई चरमोत्कर्षमा पुऱ्याउने तरिका झनै वाकवाकलाग्दो छ। के “हे परमेश्‍वर! तपाईंको काम र तपाईंका वचनमा प्रकट हुने सबै कुरा प्रेम हो” भन्‍ने हरफ सही हो? (होइन।) यो कुन तरिकाले गलत हो? (यसले परमेश्‍वरको वचन र कार्यलाई निर्धारित गर्छ।) यसले तिनलाई केमा निर्धारित गर्छ? (प्रेमका लागि नै गरिएको भन्‍ने कुरामा।) परमेश्‍वरका वाणी र वचनहरू सबैले उहाँको स्वभाव प्रकट गर्छन्, जुन धार्मिकता र पवित्रता हो। प्रेम त संवेगको एक पक्षभन्दा बढी केही होइन—यो एक प्रकारको भावना हो—यो परमेश्‍वरको साँचो सार होइन। के प्रेमलाई परमेश्‍वरको सारका रूपमा चित्रण गर्नु सही हुन्छ? त्यसो गर्नु परमेश्‍वरलाई कस्ता रूपमा लिनु हुनेछ? त्यो उहाँलाई सजिलै फाइदा लुट्न र ठग्न सकिने परोपकारीका रूपमा लिनु हुनेछ। अन्त्यमा, परमेश्‍वरको सार के हो? (धार्मिकता, पवित्रता, कृपा, कोमल दया, क्रोध—पूर्णतया समेटिएको।) धार्मिकता, पवित्रता, कृपा, र कोमल दया, साथै प्रताप र क्रोध—यी सबै परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो हो, र तिनले परमेश्‍वरको सारलाई प्रतिनिधित्व गर्छन्। यदि कसैले परमेश्‍वरको सारको निश्‍चित पक्षलाई एकतर्फी रूपमा चित्रण गर्दछ भने, त्यसले अनुग्रहका युगमा मानिसहरूमा रहेको एकतर्फी बुझाइलाई झल्काउँछ, किनभने परमेश्‍वरको कामबारे तिनीहरूको अनुभव सीमित र एकतर्फी हुन्छ, अनि तिनीहरूको ज्ञान पनि त्यस्तै हुन्छ। त्यसकारण, परमेश्‍वरको सारबारे तिनीहरूको बुझाइ अनुग्रहका युगमा परमेश्‍वरका काममा आधारित छ, जसले तिनीहरूको चित्रणको आधारलाई एकतर्फी बनाउँछ। परमेश्‍वरको कामको कुनै अंशमा आधारित भएर परमेश्‍वरको सारलाई चित्रण गर्नु एकदमै एकतर्फी कार्य हो, यो तथ्यसँग मिल्दैन, र परमेश्‍वरको सारबाट यो अति नै तर्केर जान्छ।

अब दोस्रो हरफलाई हेरौँ। “हे परमेश्‍वर! तपाईंको प्रेम त कृपा र कोमल दया मात्रै होइन, त्योभन्दा पनि बढी, यो दण्ड र न्याय हो।” यो पनि सिद्धान्त नै हो; भनाइ सही हो, तर यो धर्मसिद्धान्त हो, त्यसैले यसलाई त्यहाँ राख्‍नुको कुनै उद्देश्य छैन। यो हरफले के बताउँछ भन्‍नेबारे थाहा नहुने कोही छ? परमेश्‍वरले यत्तिका धेरै काम गर्नुभएको छ, र धेरैजसो मानिसले यो अनुभव गरेका छन् र यो कुरा जान्दछन्, त्यसैले यो बकवास र खोक्रो कुरा हो, र यसले मानिसहरूलाई सुधार गर्ने काम त्यति गर्दैन। अझ तल यस्तो छ: “हे परमेश्‍वर! तपाईंको न्याय र सजाय सबैभन्दा साँचो प्रेम र सबैभन्दा ठूलो मुक्ति हो।” “सबैभन्दा ठूलो मुक्ति” को अर्थ के हो? यसको अर्थ न्याय र सजाय साधारण मुक्ति होइन, तर सबैभन्दा ठूलो मुक्ति हो। यदि परमेश्‍वरले न्याय र सजायको काम नगर्नुभएको भए, उहाँले मानवजातिलाई दिने छुटकारा सबैभन्दा ठूलो मुक्ति हुनेथिएन र? के उहाँले व्यवस्था जारी गर्नु सबैभन्दा ठूलो मुक्ति हुनेथिएन र? तैँले परमेश्‍वरको तीन चरणको कामलाई श्रेणीमा विभाजन गरेको छस्, मानौँ व्यवस्था जारी गर्नु मुक्तिको पहिलो श्रेणी हो, क्रूसीकरण मुक्तिको दोस्रो श्रेणी हो, अनि न्याय र सजाय सबैभन्दा ठूलो मुक्ति हो। के यो बकवास होइन र? के यस्तो कुरा भन्‍नु उचित हुन्छ? के यो सही हो? यदि तैँले यी खोक्रा शब्दहरू धर्मको कुनै व्यक्तिलाई भनिस् भने, तिनीहरूले त्यसमा कुनै समस्या फेला पार्न सक्‍नेछैनन्। तिनीहरू बुझ्दैनन्; तिनीहरूले तैँले तिनीहरूलाई बताउने यी कुनै पनि कुराबारे सुनेका हुँदैनन्, तिनीहरूलाई तीबारे थाहा हुनेछैन—तिनीहरूले यो सबै ताजा, मौलिक र निकै राम्रो छ भन्‍ने ठान्नेछन्। तर यदि तैँले सत्यता बुझ्ने कसैलाई त्यही शब्दहरू भनिस् भने, तिनीहरूले यी खोक्रा शब्द र सारांशीकृत सिद्धान्त हुन्, तिनमा कसैको अत्यावश्यक वा अनुभवात्मक बुझाइ छैन भनेर तुरुन्तै थाहा पाइहाल्‍नेछन्। अझ तल हेर्दा, यसले भन्छ, “हामी तपाईंको पवित्र र धर्मी प्रेमको गवाही दिनेछौँ।” यहाँ, परमेश्‍वरको प्रेमलाई पवित्र र धर्मी प्रेमको रूपमा चित्रण गरिएको छ। भजन लेखकले परमेश्‍वरको सार पवित्र र धर्मी छ भनेर बताउँदैन, बरु परमेश्‍वरको प्रेम पवित्र र धर्मी छ भनेर भन्छ, यसरी परमेश्‍वरले मानिसलाई प्रेम गर्नुपर्छ भनेर वकालत गरिरहेको छ। उसले भन्नुको मतलब हो: परमेश्‍वरले न्याय र सजाय व्यक्त गर्नु हुँदैन, र उहाँले क्रोध र प्रताप व्यक्त गर्नु हुँदैन; उहाँको प्रेमको अभिव्यक्ति मात्र सही हो, र त्यो प्रेम पवित्र र धर्मी छ। त्यसको तुरुन्तैपछि, यसले भन्छ, “तपाईं हाम्रो अनन्त प्रशंसाको योग्य हुनुहुन्छ।” भजन लेखक किन परमेश्‍वरको प्रशंसा गर्छ? परमेश्‍वरले मानिसलाई प्रेम गर्नुहुने भएकाले मात्रै ऊ परमेश्‍वरको प्रशंसा गर्छ। के यी शब्दहरूमा रहेको समस्या ठूलो हो? (हो।) किन हामी यहाँ ठूलो समस्या छ भनेर भन्छौँ? (किनभने यो त मानव धारणा र कल्पनाअनुसार मामिलाहरूलाई हेर्नु हो; यसमा परमेश्‍वरबारे बुझाइको कमी छ, र यसले उहाँलाई सीमित पार्ने प्रयास गर्दछ।) यो त परमेश्‍वरलाई सीमित पार्नु हो। सत्यता नबुझ्ने र परमेश्‍वरको साँचो ज्ञान नहुने भए पनि, सारांश गर्ने प्रयास गर्नुले गर्दा, तेरो सारांश परमेश्‍वरका वचनसँग मिल्दैन र सत्यताबाट टाढिन्छ, अनि यसले मानिसहरूलाई केही हदसम्म बहकाउँछ पनि। यो परमेश्‍वरको आलोचना गर्नुसरह हो। मानिसहरूले यस भजनको पहिलो हरफ गाएर के प्राप्त गर्न सक्छन् भन्ने तँलाई लाग्छ? (तिनीहरूले परमेश्‍वरबारे धारणाहरू प्राप्त गर्नेछन्।) कस्ता धारणाहरू? (तिनीहरूलाई परमेश्‍वर प्रेम हुनुहुन्छ, र परमेश्‍वरसँग प्रेमबाहेक अरू केही छैन भन्‍ने लाग्नेछ।) मानिसहरूले यस्तो महसुस गर्नुमा के गलत छ? मानिसहरू परमेश्‍वरको प्रेम अँगालेर जिउनुमा, परमेश्‍वरको प्रेमले घेरिनु र त्यसको साथ लाग्नुमा के गलत छ? मानिसहरूले परमेश्‍वरको प्रेम र ख्यालको पूर्ण आनन्द लिनुमा के गलत छ? (यसरी परमेश्‍वरलाई बुझ्नु अत्यन्तै आंशिक हुन्छ, किनकि परमेश्‍वरको स्वभावभित्र प्रेमबाहेक अरू धेरै कुरा हुन्छन्।) के यो आंशिक मात्र हो? ठ्याक्‍कै भन्नुपर्दा, मानिसले परमेश्‍वरको प्रेम मात्र जान्‍नु एकदमै खोक्रो कुरा हो; यो त रित्तो, एकतर्फी, सैद्धान्तिक, भावनात्मक प्रकारको अनुभूति हो। यो कुरा विचार गर्: यदि मानिसहरू परमेश्‍वर प्रेम हुनुहुन्छ भनेर विश्‍वास गर्नु र जान्‍नु नै पर्याप्त छ भन्‍ने सोच्छन् भने, के तिनीहरूलाई परमेश्‍वरको न्याय र सजाय अनुभव गर्दा साँचो आज्ञाकारिता प्राप्त गर्न सजिलो हुनेछ? (हुनेछैन।) तर तिनीहरूसँग जगका रूपमा परमेश्‍वरको प्रेम हुन्छ—किन आज्ञा पालन गर्न सजिलो हुँदैन? के यसरी परमेश्‍वरको प्रेमको गवाही दिनुले मानिसहरूलाई न्याय र सजाय स्विकार्नमा प्रभाव पार्छ? (पार्दैन।) त्यसोभए मलाई भन्, वास्तविक परिस्थिति र यसमा समावेश व्यावहारिक कठिनाइहरू केके हुन्? (मानिसहरू सधैँ परमेश्‍वर प्रेम हुनुहुन्छ भनी सोच्छन्, त्यसैले तिनीहरू हरेक दिन परमेश्‍वरको अनुग्रह पाउन चाहन्छन्। जब परमेश्‍वरको न्याय र सजायले मानिसहरूलाई शारीरिक कष्ट दिन्छ, तब तिनीहरू परमेश्‍वर तिनीहरूलाई प्रेम गर्नुहुन्‍न भन्‍ने सोच्छन्, त्यसैले तिनीहरूलाई परमेश्‍वरको न्याय र सजाय स्वीकार गर्न र त्यसमा समर्पित हुन गाह्रो लाग्छ।) जारी राख्; अरू केही छ? (मानिसहरू परमेश्‍वर प्रेम हुनुहुन्छ भनी विश्‍वास गर्छन्, त्यसैले जब तिनीहरू परमेश्‍वरविरुद्ध विद्रोह गर्छन् र उहाँलाई विश्‍वासघात गर्छन्, तब परमेश्‍वरले तिनीहरूलाई अझै प्रेम गर्नुहुन्छ, अनि दया र क्षमा देखाउनुहुनेछ भन्‍ने तिनीहरूहरू ठान्छन्। फलस्वरूप, तिनीहरू पश्चात्ताप गर्दैनन्।) यदि मानिसहरू सधैँ परमेश्‍वरले तिनीहरूलाई विशेष गरी प्रेम र निगाह गर्नुहुन्छ भनी कल्पना गर्दै मानिलिने स्थितिमा जिइरहन्छन् भने, के तिनीहरूले आफूमा भ्रष्ट स्वभाव छ भन्‍ने तथ्य स्विकार्न सक्छन्? के तिनीहरू परमेश्‍वरका वचनमा प्रकट गरिने मानिसका विभिन्‍न स्थिति र भ्रष्टताहरूलाई स्वीकार गर्न सक्छन्? (सक्दैनन्।) तिनीहरूलाई त्यो स्थितिबाट आज्ञाकारिताका स्थितिमा जानु, परमेश्‍वरको न्याय र सजाय स्वीकार्नु गाह्रो हुन्छ; तिनीहरू परमेश्‍वर सधैँ तिनीहरूको पापबलि बन्‍नुहुनेछ, र तिनीहरूका लागि यो पापबलि प्रेमको, अक्षय र अनन्त प्रेमको रूप हो भन्‍ने विश्‍वास गर्दै अनुग्रहका युगमा अल्झिरहन मात्रै सक्छन्। यदि तिनीहरूले परमेश्‍वरको प्रेमलाई यसरी बुझे भने, परिणाम के हुनेछ? परिणाम धर्मका मानिसहरूको जस्तै हुनेछ: तिनीहरू आफूले कसरी पाप गर्छन् भन्‍ने वास्ता गर्दैनन्; तिनीहरू केवल राती प्रार्थना गर्छन् र आफ्ना पापहरू स्विकार्छन्, र त्यो कुरा त्यहीँ समाप्त हुन्छ। तिनीहरू के सोच्छन् भने, परमेश्‍वरले तिनीहरूलाई निरन्तर क्षमा दिनुहुनेछ अनि कृपा र कोमल दया देखाइरहनुहुनेछ, र अनुग्रह प्रदान गर्नुहुनेछ। यसले गर्दा तिनीहरूलाई आफूमा भ्रष्ट स्वभाव छ भनेर स्विकार्न, परमेश्‍वरको न्याय र सजाय स्वीकार गर्न, र परमेश्‍वरका काममा समर्पित भएर उहाँको मुक्ति प्राप्त गर्न सक्‍ने बिन्दुमा पुग्‍न गाह्रो हुन्छ। यस अवस्थामा रहने मानिसहरूलाई कस्ता परिणामहरू हुनेछन्? के तिनीहरूले परमेश्‍वर फेरि नयाँ काम गर्न आउनुहुँदा उहाँलाई प्रतिरोध र इन्कार गर्नेछन्? (गर्नेछन्।) त्यसोभए के तिनीहरूले परमेश्‍वरको पुनरागमनलाई स्वागत गर्न सक्‍नेछन्? किन धर्मको संसारले परमेश्‍वरको अन्तिम समयको कार्य स्वीकार गर्न सक्दैन? के यो परमेश्‍वरबारे भ्रामक बुझाइकै कारणले होइन र? यो सबैभन्दा डरलाग्दो परिणाम हो! यदि मानिसहरू परमेश्‍वरलाई चिन्दैनन् भने, तिनीहरूलाई उहाँको आज्ञा पालन गर्न एकदमै गाह्रो हुनेछ—यो तथ्यले के देखाउँछ? यसले मानिसहरूमा भ्रष्ट स्वभाव छ, अनि परमेश्‍वरको प्रतिरोध र विद्रोह गर्नु, उहाँसँग नमिल्नु तिनीहरूको अन्तर्निहित प्रवृत्ति हो भन्‍ने देखाउँछ। मानिसहरू हरेक मोडमा परमेश्‍वरको इच्छाविरुद्ध जान, र हरेक मोडमा सत्यताविरुद्ध जान सक्छन्। मानिसहरूको स्वभाव र अन्तर्निहित प्रवृत्ति नै सत्यतालाई मन नपराउनु हो; तिनीहरूको अन्तर्निहित प्रवृत्ति परमेश्‍वरको प्रतिरोध गर्नु र उहाँविरुद्ध विद्रोह गर्नु हो। के परमेश्‍वर त्यस्तो व्यक्तिलाई प्रेम गर्न सक्‍नुहुन्छ? (सक्‍नुहुन्‍न।) परमेश्‍वरले तिनीहरूलाई प्रेम गर्नुभए पनि नगर्नुभए पनि, तिनीहरू परमेश्‍वरको प्रेम पाउन योग्य भए पनि नभए पनि, परमेश्‍वर यस्तो व्यक्तिलाई प्रेम गर्न सक्‍नुहुन्‍न। के यो वास्तविकता होइन र?

परमेश्‍वरले न्यायको काम थालेर मानवजातिको भ्रष्‍टताको सार प्रकट गर्न थाल्नुभएदेखि अहिलेसम्‍म, सत्यता व्यक्त गरिरहनुभएको छ; उहाँले मानवजातिलाई मुक्ति दिन धेरै वचन बोल्नुभएको छ र न्यायको कठोर वचन पनि धेरै बोल्नुभएको छ। के तिमीहरू मानवजातिप्रति परमेश्‍वरको साँचो मनोवृत्तिलाई बुझ्न सक्छौ? अन्त्यमा, परमेश्‍वरले मानवजातिलाई प्रेम गर्नुहुन्छ कि घृणा? कतिपयले यसो भन्छन्, “परमेश्‍वरले आदम र हव्वालाई छालाले बनेको लुगा दिनुभएको तथ्यबाट, मैले के पत्ता लगाएको छु र सिकेको छु भने, परमेश्‍वर मानिसहरूलाई प्रेम गर्नुहुन्छ, र मानवजातिप्रतिको उहाँको मनोवृत्ति प्रेमको मनोवृत्ति हो; त्यसमा कुनै घृणा छैन।” के यसरी कुरा बुझ्नु सही तरिका हो? (होइन।) यसमा के गलत छ? यसले मानवजातिप्रतिको परमेश्‍वरको विभिन्‍न जिम्मेवारी, कर्तव्य, र दायित्वलाई परमेश्‍वरले मानिसलाई प्रेम गर्नुहुने भएकाले, अनि मानिस सुन्दर, प्रेमको योग्य, र परमेश्‍वरको प्रेम पाउन योग्य हुनाले ती पूरा गरिएका हुन भनेझैँ ठान्छन्। के यो कुरा बुझ्ने भ्रामक तरिका होइन र? (हो।) परमेश्‍वर सबै कुरा जिम्मेवारी र दायित्वको कारण गर्नुहुन्छ, अनि उहाँको सारको कारण पनि त्यो गर्नुहुन्छ। सर्वप्रथम यो उहाँको योजनाको कारणले हो, र त्यसपछि यो उहाँको दायित्वको कारणले हो। अवश्य नै, जब परमेश्‍वर यो दायित्व पूरा गर्नुहुन्छ, तब आफ्नो सारका साथै स्वभाव पनि प्रकट गर्नुहुन्छ। त्यसोभए, उहाँको स्वभाव र सार के हो? यो धार्मिकता, पवित्रता, प्रताप, र चिढ्याउन नसकिने हुनु हो। परमेश्वरसँग यस्तो स्वभाव र सार भएकाले, अनि शैतानले यति गहन रूपमा भ्रष्ट पारेको मानवजातिको सामना गर्दा, मानवजातिप्रति उहाँको सबैभन्दा सही मनोवृत्ति र विचारहरू कस्तो हुनुपर्छ? के त्यो उहाँ मानवजातिबाट अलग नै हुन नसक्‍ने गरी तिनीहरूलाई प्रेम गर्ने हुनुपर्छ (यो त अझ बढी जिम्मेवारी पो हुनुपर्छ।) उहाँको जिम्मेवारी नै उहाँको काम हो। उहाँ मानवजातिलाई तिनीहरूबाट टाढिनै नसक्‍ने गरी, तिनीहरूलाई हदै मन पराउने गरी प्रेम गर्नुहुन्‍न; उहाँ तिनीहरूप्रतिको प्रेमका वशमा पर्नुहुन्‍न, न त उहाँ तिनीहरूलाई आफ्नो आँखाको नानीजस्तो बहुमूल्य नै ठान्नुहुन्छ—यस्तो मानवजातिप्रति परमेश्‍वरको साँचो मनोवृत्ति त उहाँलाई भित्रैदेखि दिक्‍क लाग्नु हो। त्यसोभए, म यो भजन भित्रैदेखि घृणित छ भनेर किन भन्छु? किनभने यसले मानिसहरूको कोरा आशा व्यक्त गर्दछ। परमेश्‍वरसँग प्रेम छ, त्यसैले मानिसहरू के सोच्छन् भने मानिस सुन्दर र प्रेमको योग्य भएको हुनाले उहाँले यो सब गर्नुभएको हो। तँ गलत छस्, र आफूमा अति लिप्त भएर भावुक होस्! परमेश्‍वर यो सब आफ्नो योजना र जिम्मेवारीको कारण गर्नुहुन्छ, अनि यो सब गर्ने क्रममा उहाँले प्रकट गर्ने स्वभाव र सार धार्मिकता र पवित्रता हो। परमेश्‍वरले जे प्रकट गर्नुभए पनि, अवश्यै उहाँका सारमा प्रेम हुन्छ, र परमेश्‍वर मानवजातिप्रति जे गर्नुहुन्छ त्यो केवल उहाँका सारमा प्रेम भएको कारणले हो। तर परमेश्‍वर मानिसहरूलाई आफ्नो व्यक्तिपरक इच्छाले प्रेम गर्नुहुन्‍न; उहाँ भ्रष्ट मानवजातिलाई प्रेम गर्नुहुन्‍न, उहाँ भ्रष्ट मानवजातिलाई घृणा गर्नुहुन्छ। किन परमेश्‍वर आखिरी दिनहरूमा न्यायको काम गर्नुहुन्छ? भ्रष्ट मानवजातिलाई प्रकट गर्ने क्रममा परमेश्‍वरसँग किन यस्तो मनोवृत्ति हुन्छ? यो परमेश्‍वरको सार र स्वभावद्वारा निर्धारित हुन्छ, यसबाहेक यसले एक व्यावहारिक मामलालाई चित्रण गर्न सक्छ: मानवजाति शैतानका शासनमा जिउँछन् र सबै जना शैतानका अनुयायी र उपासक हुन्; तिनीहरू साँचो रूपमा परमेश्‍वरको आज्ञापालन र आराधना गर्दैनन्, तिनीहरू उहाँका शत्रु हुन्। के परमेश्‍वर आफ्ना शत्रुहरूलाई प्रेम गर्न सक्‍नुहुन्छ? (सक्‍नुहुन्‍न।) परमेश्‍वर प्रेम प्रकट गर्नुहुन्छ, र उहाँसँग प्रेमको सार छ, तर उहाँ यो सबै प्रेमका लागि भने गर्नुहुन्‍न। यदि तँलाई परमेश्‍वर यो सबै प्रेमका लागि गर्नुहुन्छ भन्‍ने लाग्छ भने, म तँलाई बताउँदै छु, त्यो पूर्ण रूपमा गलत र निर्लज्ज सोच हो। यदि तँ त्यही सोच्छस् भने, तैँले परमेश्‍वरको निन्दा गरिरहेको छस्। आफूलाई असाध्यै राम्रो नठान्, अत्यधिक भावुक नबन्! कतिपय मानिस भन्छन्, “परमेश्‍वरले यो सबै प्रेमका लागि गर्नुभएको होइन, त्यसैले त्यस अर्थमा, के परमेश्‍वरका सारमा प्रेम छैन त?” के त्यो ठिक कुरा हो? (होइन।) यो कहाँ गलत छ? (परमेश्‍वरका स्वभावमा कोमल दया र कृपा छ।) परमेश्‍वरसँग प्रेम छ, तर उहाँ जथाभाबी प्रेम गर्नुहुन्‍न। परमेश्‍वर धर्मी र पवित्र हुनुहुन्छ, उहाँका लागि शैतानद्वारा यति गहन रूपमा भ्रष्ट पारिएको मानवजातिलाई प्रेम गर्नु असम्भव छ—वास्तवमा, परमेश्‍वर यस मानवजातिलाई तिरस्कार र घृणा गर्नुहुन्छ। कतिपय मानिस सोध्छन्, “परमेश्‍वर यस मानवजातिलाई तिरस्कार र घृणा गर्नुहुन्छ भने, उहाँ अझै पनि तिनीहरूमा यो सबै काम किन गर्नुहुन्छ?” परमेश्‍वरसँग व्यवस्थापन योजना छ, र उहाँ यो जिम्मेवारी लिन र पूरा गर्न इच्छुक हुनुहुन्छ, त्यसैले उहाँले यो काम गर्नुहुनेछ—त्यो परमेश्‍वरको अधिकार हो, र मानिसले हस्तक्षेप गर्न मिल्दैन। परमेश्‍वरसँग यो शक्ति छ, र उहाँसँग यो व्यवस्थापन योजना पूरा गर्ने अख्तियार पनि छ, जसको अन्तिम लाभार्थी मानवजाति, तिमीहरू सबै हौ। मानिसले त्यस्ता फाइदाहरू पाउनु र त्यस्ता ठूला आशिष्‌हरू प्राप्त गर्नु आफैमा निकै ठूलो कुरा हो; परमेश्‍वरसँग यस्तो माग नगर्: “तपाईंसँग प्रेम छ, त्यसैले तपाईंले हामीलाई प्रेम गर्नुपर्छ।” तँलाई कुन कारणले प्रेम गर्ने? परमेश्‍वरले तँलाई चुन्‍नुभएकाले? त्यस्तो हुन सक्दैन, सक्छ त? तेरो सुन्दरताको कारणले? तँमा त्यस्तो सुन्दर कुरा के छ? तैँले परमेश्‍वरलाई धोका दिने कारणले? तैँले परमेश्‍वरको आज्ञा पालन नगर्ने हुनाले? तँ शैतानको भ्रष्ट स्वभावले भरिपूर्ण हुने हुनाले? तैँले परमेश्‍वरको विरोध गर्ने हुनाले? तैँले हरेक मोडमा परमेश्‍वरको प्रतिरोध गर्ने हुनाले? यो सबै हुँदाहुँदै पनि, के परमेश्‍वर अझै पनि तँलाई प्रेम गर्न सक्‍नुहुन्छ? के उहाँ उहाँको विरोध गर्नेहरूलाई अझै प्रेम गर्न सक्‍नुहुन्छ? के उहाँ अझै पनि दियाबलस र शैतानलाई प्रेम गर्न सक्‍नुहुन्छ? यदि तँ परमेश्‍वर अझै पनि उहाँको विरोध गर्नेहरूलाई प्रेम गर्न सक्‍नुहुन्छ, र उहाँ अझै पनि दियाबलसहरू र शैतानलाई प्रेम गर्न सक्‍नुहुन्छ भनेर भन्छस् भने, के यो परमेश्‍वरको निन्दा होइन र? तिमीहरूका दृष्टिकोणमा, के परमेश्‍वर दियाबलसहरू र शैतानलाई प्रेम गर्न सक्‍नुहुन्छ? के परमेश्‍वर आफ्ना शत्रुहरूलाई प्रेम गर्न सक्‍नुहुन्छ? के परमेश्‍वर भ्रष्ट मानवजातिले जस्तो जथाभाबी तरिकाले प्रेम गर्न सक्‍नुहुन्छ? उहाँ अवश्य नै त्यसो गर्न सक्‍नुहुन्‍न। परमेश्‍वरको प्रेम सिद्धान्तमा आधारित छ। त्यसकारण, मानिसको कल्पनाको यो प्रेम अस्तित्वमा छैन, यो पूर्ण रूपमा अभिलाषी र अत्यधिक भावनात्मक सोचाइ हो; यो मानिसको धारणासँग सम्बन्धित छ र तथ्यसँग पटक्‍कै मिल्दैन, त्यसैले मैले यस कुरालाई यहाँ स्पष्ट पार्नैपर्छ। किन परमेश्‍वर तँलाई प्रेम गर्नुहुन्‍न? (किनभने मानिसको स्वभाव पूर्ण रूपमा भ्रष्ट छ, र ऊ परमेश्‍वरको प्रेमको योग्य छैन।) “परमेश्‍वरको प्रेमको योग्य छैन” एक सामान्य उक्ति हो। के परमेश्‍वरले तँलाई सृष्टि गर्नुभयो भन्दैमा तँलाई प्रेम गर्नुपर्छ? त्यस्तो होइन, हो त? परमेश्‍वरले सबै कुरा र सम्पूर्ण ब्रह्माण्ड सृष्टि गर्नुभयो; के उहाँले प्रत्येक कुरालाई प्रेम गर्नैपर्छ? परमेश्‍वर तँलाई प्रेम गर्न रोज्न सक्‍नुहुन्छ, र उहाँ तँलाई प्रेम नगर्न रोज्न सक्‍नुहुन्छ; त्यो परमेश्‍वरको अधिकार हो—यो वास्तविकता हो। अर्को वास्तविकता के हो भने, यदि तँ परमेश्‍वरलाई तँलाई प्रेम गर्न लगाउन चाहन्छस् भने—यदि तँ परमेश्‍वरको प्रेम प्राप्त गर्न चाहन्छस् भने—तैँले उहाँको प्रेम पाउने योग्य कुरा गर्नुपर्छ। के तैँले उहाँको प्रेम पाउने योग्य कुनै काम गरेको छस्? के तँसँग परमेश्‍वरलाई खुसी पार्ने व्यवहार, मानवता, वा स्वभाव छ? (छैन।) सायद परमेश्‍वरमा विश्‍वास गरेको पहिलो केही वर्षमा होइन, तर पछिल्ला वर्षहरूमा कतिपय मानिसले यी केही व्यवहारहरू देखाउँछन्: आफ्नो कर्तव्य र काम झन्-झन् कम लापरर्बाह हुँदै र झन्-झन् कम झारा टार्दै पूरा गर्छन्, सिद्धान्तहरू खोज्न सक्‍ने हुन्छन्, पालन गर्न र समर्पित हुन सिक्छन्, र मनमानी रूपमा कार्य गर्दैनन्; कुनै कुरा सामना गर्दा कल्पना र धारणामा भर पर्दैनन्, परमेश्‍वरलाई प्रार्थना गर्न र खोजी गर्न सक्छन्, दाजुभाइ-दिदीबहिनीहरूसँग सहकार्य गर्छन् र तिनीहरूसँग अझै बढी सङ्गति खोज्छन्, अनि अझ नम्र र सख्त मानसिकता राख्छन्; तिनीहरू परमेश्‍वरको घर र परमेश्‍वरको आदेशद्वारा सुम्पिएको कामप्रति वफादार हुन्छन् भनेर भन्‍न नसकिए पनि, तिनीहरूमा थोरै इमानदारी र परमेश्‍वरप्रति अलिकति साँचो विश्‍वास हुन्छ; अनि सत्यताका खोजीमा ध्यान केन्द्रित गर्न र आफ्नो स्वभाव परिवर्तनप्रति ध्यान दिन सक्षम हुन्छन्, आफ्नो भ्रष्‍टता, आफ्नो अहङ्कार र छलीपन थाहा पाउन अग्रसर हुन्छन्, परमेश्‍वरलाई बारम्बार प्रार्थना गर्छन्, उहाँलाई परिस्थिति तय गरी, उहाँको अनुशासन स्वीकार गर्छन्, र आफूभित्र अझ बढी सकारात्मक कुराहरू राक्छन्। परमेश्‍वरका नजरमा, यी व्यवहारहरू बहुमूल्य छन्। तर जब परमेश्‍वर मानिसहरूलाई प्रेम गर्नुहुन्छ कि गर्नुहुन्‍न भन्‍ने कुरा आउँछ, तब के तिनीहरूले जिद्दी गर्नुपर्छ? (गर्नु हुँदैन।) यदि मानिसहरूका व्यवहारमा यी सकारात्मक पछ्याइहरू, यी सुधारहरू, यी परिवर्तनहरू देखिन्छ भने, मानव दृष्टिकोणबाट हेर्दा, तिनीहरूसँग थोरै सुन्दरता र केही आज्ञाकारिताको अभिव्यक्ति छ। तर यी व्यवहारहरू हुनु भनेको तिमीहरूमा देखिने आशा मात्र हो। यो आशा के हो भने परमेश्‍वरको काम र नेतृत्वमार्फत, मानिसहरू सकारात्मक, सक्रिय र सहयोगी मनका हुनेछन्, अनि यसका साथै, यी व्यवहार र प्रकटीकरणहरूले शैतानसामु परमेश्‍वरको गवाही दिनेछन्। यस दृष्टिकोणबाट अर्थात् जब म यसलाई मानव दृष्टिकोणबाट हेर्छु, तब मानिसहरूमा अलिकति सुन्दरता हुन्छ—तर परमेश्‍वरको आत्माको दृष्टिकोणबाट हेर्दा, के अन्त्यमा परमेश्‍वर तँलाई प्रेम गर्नुहुन्छ कि गर्नुहुन्‍न? तिमीहरूमा केही प्रिय पक्षहरू छन् कि छैनन्? यदि तैँले मलाई सोधिस् भने, तिमीहरू अझै पनि त्यो स्तरमा एकछेउ पुगेका छैनौ। किनभने मानिसहरू आफ्नो क्षमता, प्रतिभा र तिनीहरू जिउने परिस्थितिहरूका आधारमा, अझ राम्रो काम गर्न सक्षम हुनुपर्छ। वास्तवमा, तिमीहरूले अहिले जे अनुभव गरेका, प्राप्त गरेका, र पहिचान गरेका छौ त्यो, साथै तिमीहरूले गरेका परिवर्तनहरू त यदि तिमीहरूले आफ्नो सम्पूर्ण शक्तिले ती पछ्यायौ भने पाँच वर्षमै प्राप्त गर्न सकिन्छ, तर यी परिणामहरू प्राप्त गर्न तिमीहरूलाई पूरा दश वर्ष लाग्यो। के त्यो धेरै लामो समय भएन र? तिमीहरूको दिमाग अलि भावशुन्य छ, तिमीहरूको प्रतिक्रिया ढिलो छ, तिमीहरूको कार्य सुस्त छ; धेरै ठाउँमा, माथिबाट तुरुन्तै निराकरण, काटछाँट, अनुशासन, र रेखदेख गरिएको हुनाले मात्रै तिमीहरूले केही कुरा प्राप्त गरेका हौ। यी उपलब्धिहरू कडा प्रयासले प्राप्त भएका हुन्, मानिसहरूले निश्‍चित मूल्य चुकाएका छन्, र प्राप्त परिणामहरू हेर्दा, मानिसहरूको व्यवहार र अभिव्यक्तिहरूका केही पक्ष छन् जसलाई हेरेपछि केही सान्त्वना मिल्छ। तर, तिनीहरू अझै पनि परमेश्‍वरले भनेको सुन्दरताको स्तरबाट धेरै टाढा छन्। के तिमीहरू सबैलाई अहिले आफू पहिलेको भन्दा अझ सुन्दर भएको महसुस हुन्छ? (हुँदैन।) अहिलेसम्म त्यस्तो भएका छैन। तैँले आफूबारे के कुराहरू प्रकट गर्छस् भनेर थोरै आत्मजाँचद्वारा पत्ता लगाउनेछस्: “अहो, मभित्र अझै धेरै अशुद्धता रहेछ, मैले कुनै कुराबारे सोच्नेबित्तिकै, मेरो मनमा धूर्त योजनाहरू उत्पन्‍न हुन्छन्, र म कामकुरालाई लापरवाह र झारा टार्ने तरिकाले लिन्छु। म यसरी अन्योलमा परेपछि, समस्याहरू फेरि देखापर्छन् र, तीबारे सोचेपछि, ती धूर्त योजनाहरू फेरि उत्पन्न हुन्छन्, र म जिम्मेवारी पन्छाउँछु अनि फर्केर मानिसहरूलाई खुसी पार्न पुग्छु।” हेर् त, तैँले दिनभरि सामान्य रूपमा मनन गरेर, निकै भ्रष्‍टता प्रकट गरिस्—त्यसोभए तँमा त्यस्तो के सुन्दर कुरा छ? तँ अझै पनि परमेश्वरलाई प्रेम गर्नुहोस् भनेर अनुरोध गर्छस्, तर आफूलाई तुच्छ ठान्छस्; तँलाई आफू एकदमै बेकार छु र आफूमा अरूले प्रशंसा गर्ने वा मन पराउने लायकको केही छैन भन्‍ने लाग्छ। यदि मानिसहरूले त तँलाई प्रेम गर्न सक्दैनन् भने, परमेश्‍वरले तँलाई प्रेम गर्नुहुन्छ भनेर कसरी अपेक्षा गर्न सकिन्छ? के त्यो सम्भव छ? (छैन।) अहिले हामीले यी तथ्यहरूलाई पर्याप्त रूपमा प्रस्ट परिसकेका हुनाले, के यो भजनलाई खारेज गर्नु पर्दैन र? पर्छ। यो धारणा र कल्पनाका शब्‍दहरू र धर्मका शब्दहरूले भरिएको छ; त्यसोभए के तिमीहरूले यो भजन गाउँदा अरूलाई कुनै फाइदा पुग्छ? के तिमीहरूलाई यो भजन गाउन र सुन्‍न मन पर्छ? यो भजन गाउँदा सत्यता बुझ्न नसकिने मात्र होइन, मानिसहरू बहकिन्छन् पनि; यसले तिनीहरूलाई तिनीहरूको धारणाबाट मुक्त गर्न नसक्‍ने मात्र होइन, तर यसले ती धारणालाई गहन र बलियो बनाउँछ। के यसले मानिसहरूलाई हानि गर्दैन र? यो भजन गाउँदा, तँलाई सत्यता बुझ्न अझ गाह्रो हुने मात्र होइन; तँलाई परमेश्‍वरबारेका आफ्ना धारणा र कल्पनामा जिउन झनै सजिलो हुन्छ; यस्तो भजनले कसैलाई पनि फाइदा गर्दैन। त्यसकारण, जब म तिमीहरू सबैले यो भजन गाएको सुन्छु, तब मेरो हृदय क्रोधित हुन्छ—तिमीहरूले यतिका वर्ष प्रवचन सुनेको व्यर्थ भयो, तिमीहरूले परमेश्‍वरका यतिका वचनहरू पढेको व्यर्थ भयो; अहिले पनि तिमीहरूमा परमेश्‍वरको स्वभावबारे साँचो ज्ञान छैन, म तिमीहरूलाई साँच्‍चै एक-दुई थप्पड हान्न चाहन्छु। त्यस्ता धारणा र कल्पनाहरूले भरिएका शब्दहरू कसले लेख्छन्? अनि अझै पनि तिमीहरू खुबै आसक्त भएर गाउँछौ। के तिमीहरूमा कुनै समझ छैन? तिमीहरू मलाई साह्रै निराश पार्छौ। तिमीहरू कुनै पनि सत्यता वास्तविकता प्राप्त नगरी अहिलेसम्म विश्‍वास गर्दै आएका छौ; तिमीहरू धारणा, कल्पना, वा निरर्थक शब्दहरूलाई छुट्याउनसमेत सक्दैनौ, तैपनि तिमीहरू ती सबै त्यसरी नै गाउँछौ। तिमीहरूको विश्‍वास साँच्‍चै भ्रमित छ! म योभन्दा बढी के भन्‍न सक्छु र!

“प्रेमका लागि” भन्‍ने भजनको दोस्रो अन्तरा हेर। “प्रेमका लागि, परमेश्‍वर आखिरी दिनहरूमा देहमा फर्कनुभयो र ठूलो रातो अजिङ्गरका देशमा आउनुभयो।” परमेश्‍वरको प्रेम कति महान् हुनैपर्छ? के तैँले परमेश्‍वरलाई प्रेमको कारण अपमान सहन, मानिसहरूलाई प्रेम गर्न र मुक्ति दिनका लागि देहधारी भई ठूलो रातो अजिङ्गरको देशमा आएर, धेरै अपमान सहन लगाएको होस् भनेर सोच्नु ठिक हुन्छ? के परमेश्‍वर यो सबै कुरा प्रेमको कारण मात्र गर्नुहुन्छ? तैँले केवल असल कुराबारे सोचिरहेको हुन्छस्—परमेश्‍वर आफ्‍नो व्यवस्थापन योजनाको कारण यो गर्नुहुन्छ। यो अभिव्यक्तिले समेटेको परमेश्‍वरको स्वभावको एउटा सार छ, “उहाँ आफ्नो वचन जत्ति नै असल हुनुहुन्छ, अनि उहाँको वचन पूरा हुनेछ, र उहाँ जे हासिल गर्नुहुन्छ त्यो सदासर्वदा रहिरहन्छ।” यो परमेश्‍वरको अख्तियारको प्रकाश हो; यो कसरी प्रेमको कारणले हुन सक्छ? मलाई भन् त, के यी भ्रष्ट मानिसहरू परमेश्‍वरलाई ठूलो रातो अजिङ्गरका राष्ट्रमा आएर ठूलो अपमान भोग्न लगाउनु योग्य छन्? (छैनन्।) तिनीहरू योग्य छैनन्, तिनीहरू कमिला र किराभन्दा खराब छन्, र तिनीहरू अयोग्य छन्। के तेरो भन्नुको मतलब, परमेश्‍वरले यस भ्रष्ट मानवजातिलाई निरन्तर प्रेम गर्दै, उहाँ देहधारी बनी शैतानको अपमान र सतावट सहिरहनु पर्छ भन्ने हो? के तैँले भन्‍न खोजेको यही हो? यो विचार हास्यास्पद छ। वास्तवमा, यो परमेश्‍वरको व्यवस्थापन योजना हो। चाहे परमेश्‍वर देहमा फर्केर ठूलो रातो अजिङ्गरका देशमा आउनुभए पनि वा उहाँले अरू कुनै प्रकारको काम गर्नुभए पनि, यो उहाँको कामको एउटा चरण हो; अहिले त्यो चरण यस बिन्दुमा पुगेको हुनाले, परमेश्‍वरले यो काम गर्नु नै पर्छ। परमेश्‍वर यो काम किनचाहिँ गर्नुहुन्छ? उहाँ यो आफ्नो व्यवस्थापन योजनाका लागि गर्नुहुन्छ, र उहाँको व्यवस्थापन योजनामा उहाँको मुक्ति पाउने त भ्रष्ट मानवजाति हो। कुनै पनि दृष्टिकोणबाट हेर्दा, भ्रष्ट मानवजाति—जुनसुकै देश वा जातिका भए पनि—परमेश्‍वरको व्यवस्थापन योजनामा कामको पात्र, वा प्रतिभार मात्र हो। के कुनै प्रतिभार परमेश्‍वरले आफ्नो सम्पूर्ण प्रेम प्रदान गर्न योग्य हुन्छ? अहँ, हुँदैन। यसो भन्‍नु गलत हो, र यसलाई त्यसरी चित्रण गर्नु हुँदैन। परमेश्‍वरसँग व्यवस्थापन योजना भएकाले र उहाँले आफ्नो व्यवस्थापन कार्यमा पूरा गर्ने तथ्यको कारणले गर्दा, तँ एक मानवका रूपमा यो तथ्यमा सहभागी हुन योग्यको छस्, जुन ठूलो आशिष् हो। तैपनि, तँ निर्लज्ज भई भन्छस्, “परमेश्‍वर हामीप्रतिको प्रेमका कारण नै यो सब गर्नुहुन्छ।” यो गम्भीर त्रुटि हो, यो भ्रमित कुरा हो, र यो पूर्ण रूपमा बकवास हो।

अर्को हरफ हेर। “प्रेमका लागि, परमेश्‍वर इन्कार र निन्दा सहनुहुन्छ, र ठूला सतावट र कष्टहरू भोग्‍नुहुन्छ।” के त्यो सही हो? परमेश्‍वर इन्कार र निन्दा सहनुहुन्छ, र ठूला सतावट र कष्टहरू भोग्‍नुहुन्छ। उहाँले जे सहनुभए पनि, उहाँको हृदयको सोच, इच्छा र लक्ष्य आफ्नो व्यवस्थापन योजना पूरा गर्नु हो। परमेश्‍वरको ठूलो लक्ष्य छ, तर उहाँ यो सब मानवजातिप्रति समर्पणका रूपमा, प्रेमको भेटीका रूपमा वा भ्रष्ट, उहाँप्रति शत्रुवत, र उहाँलाई शत्रु ठान्‍ने यस मानवजातिलाई आफ्नो सबै कुरा दिने कार्यका रूपमा गर्नुहुन्न—यसको कारण यो होइन। कतिपय मानिस यसो भन्छन्, “परमेश्‍वर यो सब काम मानवजातिप्रतिको प्रेमका कारण गर्नुहुन्‍न, अनि उहाँले आफ्‍नो व्यवस्थापन योजनाका लागि अस्वीकार, निन्दा र कष्टहरू सहनुहुन्छ, त्यसैले परमेश्‍वर मानिसको प्रेमको योग्य हुनुहुन्‍न।” के यो सही हो? (होइन।) यो कहाँ गलत छ? तिमीहरूलाई के लाग्छ मलाई भन। (परमेश्‍वर यो सब काम आफ्नो व्यवस्थापन योजनाको खातिर नै गर्नुहुन्छ, तर वास्तवमा यस प्रक्रियामा मानिसहरूले धेरै लाभ उठाउँछन्, केही सत्यता बुझ्छन्, र केही परिवर्तन गर्छन्।) त्यति मात्र हो? मलाई बताऊ त, परमेश्‍वर आफ्‍नो व्यवस्थापन योजनाको खातिर अस्वीकार र निन्दा भोग्‍नुहुन्छ, अनि ठूला सतावट र कष्टहरू सहनुहुन्छ भन्‍ने तथ्य सकारात्मक कुरा हो कि नकारात्मक कुरा? (यो सकारात्मक कुरा हो।) परमेश्‍वर आफ्‍नो व्यवस्थापन योजनाको खातिर अस्वीकार र निन्दा सहनुहुन्छ, र ठूलो अपमान भोग्‍नुहुन्छ; यो सकारात्मक कुरा हो। यो किन सकारात्मक कुरा हो भन्‍ने के तिमीहरूलाई थाहा छ? परमेश्‍वरको व्यवस्थापन योजनाको विषयवस्तु के हो? (शैतानलाई पराजित गर्नु र मानिसहरूलाई शैतानको बन्धनबाट मुक्त गर्नु।) शैतानलाई कसरी पराजित गरिन्छ? निश्‍चित विषयवस्तु के हो? निर्द्धिष्ट कार्य योजना के हो? मानवजातिलाई मुक्ति दिनु। त्यो अस्पष्ट छैन, छ त? शैतानलाई जित्‍नु एउटा पक्ष हो; परमेश्‍वरको व्यवस्थापन योजनाको निर्द्धिष्ट विषयवस्तु अर्थात् परमेश्‍वरको कार्यको निर्द्धिष्ट योजना भनेको मानवजातिलाई मुक्ति दिनु हो। मानव शब्‍दमा भन्दा, के मानवजातिलाई मुक्ति दिने कुरा उचित कारण हो कि अनुचित कारण? (उचित कारण।) यो उचित कारण हो। के परमेश्‍वरले मानवजातिलाई मुक्ति दिन अस्वीकार र निन्दा अनि सबै प्रकारका पीडा र अपमान सहनु गलत हो? (होइन।) के यो सकारात्मक कुरा होइन र? के यो स्वार्थी कुरा हो? (यो स्वार्थी कुरा होइन।) त्यसोभए तिमीहरू कसरी यसलाई स्पष्ट रूपमा व्याख्या गर्न सक्दैनौ? तिमीहरू त्यस्ता स्पष्ट र छर्लङ्‍ग मामिलाहरूलाई व्याख्या गर्न सक्दैनौ; यसको सट्टा तिमीहरू तिनलाई अन्धाधुन्ध अर्थ्याउँछौ र मनमानी ढङ्गले नियमहरू तय गर्छौ—के यो मूर्खता र अज्ञानताको चरमसीमा होइन र? परमेश्‍वरको व्यवस्थापन योजनाको काम एक भव्य परियोजना हो, र यस विशेष परियोजनामा मानवजातिलाई मुक्ति दिने काम समावेश छ। कतिपय मानिस यसो भन्छन्, “परमेश्‍वर आफ्नो इच्छा पूरा गर्न, आफ्नो योजना पूरा गर्न मानवजातिलाई मुक्ति दिनुहुन्छ; परमेश्‍वर यो सबै मानवजातिका लागि होइन तर आफ्नै लागि गर्नुहुन्छ। के यो स्वार्थीपन होइन र?” के यो स्वार्थीपन हो? (होइन।) किन यो स्वार्थीपन होइन? परमेश्‍वरले गर्दैगरेको कार्य सकारात्मक र अर्थपूर्ण छ। यो अर्को युगमा सबै मानवजातिको अस्तित्व, गन्तव्य, परिणाम र अस्तित्वको अवस्थाका लागि अत्यन्त मूल्यवान् र अर्थपूर्ण छ। यी बुँदाहरूलाई हेर्दा, के परमेश्‍वरले आफ्‍नो व्यवस्थापन योजना पूरा गर्न यी सबै सहनु र यो सबै दिनु स्वार्थीपन हो? (होइन।) परमेश्‍वरको व्यवस्थापन योजनाको उद्देश्य मानवजातिलाई मुक्ति दिनु हो, र उहाँका अभिप्रायहरू असल र सुन्दर छन्, र ती साँचो प्रेम हुन्; त्यसैले परमेश्‍वरलाई उहाँले आफ्‍ना अभिप्रायहरू पूरा गर्नुभएकोमा स्वार्थी भन्‍न मिल्दैन। परमेश्‍वरले गरेको यस कार्य, उहाँले योजना गरेको यस कार्यबाट मात्र, परमेश्‍वरको सार देख्‍न सकिन्छ अनि उहाँको हृदय सुन्दर र असल छ भनेर देख्‍न सकिन्छ। यो मानवजाति चरित्रभ्रष्ट भएको भए पनि, तिनीहरू शैतानको पछि लागेका भए पनि र शैतानको भ्रष्ट स्वभावले भरिएका भए पनि, परमेश्‍वरको पूरै अवाज्ञा र प्रतिरोध गर्ने भए पनि, ईश्‍वरनिन्दा र शत्रुताले भरिएका भए पनि, परमेश्‍वर अझै पनि धैर्यपूर्वक र कहिल्यै हार नमानी मानवजातिलाई मुक्ति दिन सक्‍नुहुन्छ। यो सबै केबाट उत्पन्‍न हुन्छ? यो परमेश्‍वरको व्यवस्थापन योजना अनि उहाँको इच्छाबाट उत्पन्‍न हुन्छ। के यो स्वार्थी कुरा हो? परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन योजनाको सबैभन्दा ठूलो र अन्तिम लाभार्थी मानवजाति नै हो। परमेश्‍वरले मानवजातिलाई दिएका प्रतिज्ञा, आशिष्‌ र असल गन्तव्यहरूका एकमात्र वाहक र उत्तराधिकारी तिमीहरू नै हौ। त्यसोभए मलाई भन त, के परमेश्‍वर स्वार्थी हुनुहुन्छ? (हुनुहुन्‍न।) परमेश्‍वर स्वार्थी हुनुहुन्‍न। तर के परमेश्‍वर यो सबै कुरा प्रेमका लागि मात्र गर्नुहुन्छ? (गर्नुहुन्न।) यहाँ मानिसहरूले बुझ्नुपर्ने महत्त्व, मूल्य र सत्यताहरू एकदमै गहिरा छन्—यो कसरी अलिकति प्रेमका लागि मात्रै हुन सक्छ? प्रेम भावनात्मक अभिव्यक्तिको सानो अंश, भावना र भावुकतामा प्रकट हुने एउटा हिस्सा हो, सम्पूर्णता होइन। तर परमेश्‍वरले आफ्‍नो व्यवस्थापन योजना पूरा गर्ने क्रममा, र उहाँले मानवजातिलाई मुक्ति दिने क्रममा, वास्तवमा प्रकट हुने कुरा भनेकै उहाँको सम्पूर्ण स्वभाव हो। र उहाँको स्वभाव प्रेम मात्र होइन, अर्थात् यो केवल कोमल दया र कृपा मात्र होइन; यसमा धार्मिकता र प्रताप, क्रोध र श्राप, अनि अन्य धेरै पक्ष पनि समावेश छन्। अवश्य नै, तोकेरै भन्‍नुपर्दा, परमेश्‍वरको तीन चरणको कार्यको अवधिमा नै उहाँको स्वभाव र सार बिस्तारै प्रकट हुन्छ र मानिसहरूले देख्‍न सक्‍ने बन्छ। तर मानिसहरू तिनलाई चिन्‍न सक्दैनन्, र तिनीहरू यसोसमेत भन्छन्, “परमेश्‍वरले यो सबै गर्नुभयो किनभने उहाँ हामीलाई प्रेम गर्नुहुन्छ।” मानिसहरूले अङ्गालेको यो “प्रेम” को धारणा—यो किन यति अप्ठ्यारो, यति वाकवाकी लाग्ने सुनिन्छ? परमेश्‍वरको यस्तो सार्थक कार्यलाई, मानवजातिको गन्तव्य र नतिजामा यति ठूलो प्रभाव पार्ने कामलाई केवल सानो भावना अर्थात् प्रेमको रूपमा परिभाषित गर्नु, के यो परमेश्‍वरको अभिप्रायलाई बदनाम गर्नु, अनि मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको गम्भीर र विचारशील प्रयासहरूलाई बदनाम गर्नु होइन र?

अर्को पङ्तिले भन्छ: “प्रेमका लागि, परमेश्‍वर भ्रष्ट मानवजातिसँग विनम्र र गुप्त रूपले बस्‍नुहुन्छ।” यहाँ, भजन लेखक यो पनि प्रेमका लागि गरिएको हो भनेर भन्छ। परमेश्‍वर आफ्‍नो कामका लागि आवश्यक भएकाले यो गर्नुहुन्छ; यो प्रेमका लागि कसरी हुन सक्छ? के परमेश्‍वर मानवजातिसँग तिनीहरूप्रतिको प्रेमको खातिर बस्‍नु, र उहाँ तिनीहरूप्रतिको प्रेमको खातिर नम्र र गुप्त भएर बस्‍नुको कुनै अर्थ हुन्छ? परमेश्‍वरलाई मानवजातिसँग जिउन यति अधीर र इच्छुक बनाउन, अनि देह बनी नम्र र गुप्त रूपमा बस्नसमेत लगाउन मानवजाति कति लोभ्याउने र मनमोहक हुनैपर्छ? के यी तथ्य हुन्? (होइनन्।) तथ्यहरू के हुन् त? (परमेश्‍वर आफ्‍नो व्यवस्थापन योजनाको कारण देहधारी बन्‍नुभयो, नम्र र गुप्त हुनुभयो, अनि सत्यता व्यक्त गर्न र मानिसहरूलाई मुक्ति दिन पृथ्वीमा आउनुभयो।) सिद्धान्तको हिसाबले, यो परमेश्‍वरको व्यवस्थापन योजनाको कारणले हो। मानिसहरूका दृष्टिकोणमा, भ्रष्ट मानवजातिसँगको परमेश्‍वरको नम्र र गुप्त जीवनले उहाँलाई धेरै खुसी बनाउँछ, उहाँ निकै आरामसँग जिउनुहुन्छ, हरेक दिन आनन्दित महसुस गर्नुहुन्छ, अनि मानिसको प्रत्येक चाल, र तिनीहरूले देखाउने व्यवहार देखेर एकदमै सन्तुष्ट बन्‍नुहुन्छ जस्तो देखिन्छ। के यस्तै हुन्छ? (हुँदैन।) वास्तवमा, यो कस्तो हुन्छ? (परमेश्‍वर यो आफ्‍नो कामको मागको कारण यसो गर्नुहुन्छ।) किनभने उहाँको कामले यो माग गर्छ; यो सिद्धान्त हो। वास्तवमा, के मानवजातिसँग जिउँदा परमेश्‍वरलाई आनन्द मिल्छ? खुसी मिल्छ? सुखचैन मिल्छ? (मिल्दैन।) त्यसोभए परमेश्‍वर कस्तो महसुस गर्नुहुन्छ? उदाहरणका लागि, तिमीहरू सबै परमेश्‍वरमा विश्‍वास गर्छौ र आफूलाई निकै सज्‍जन ठान्छौ, तर यदि तिमीहरू सडकछाप युवाहरू, बदमास, गुन्डा, र भूमिगत ठगहरूसँग जिउने हो, तिनीहरूकै बोली बोल्ने, तिनीहरूले जस्तै खानेकुरा खाने, र हरेक दिन एउटै कामकुरा गर्ने हो भने, तिमीहरूलाई कस्तो लाग्नेथ्यो? (वाक्कदिक्‍क।) यदि तिमीहरू बलात्कारकी र हत्याराहरूसँग जिउने हो भने, तिमीहरू कुन मानसिकतामा हुनेथ्यौ? (दिक्क लाग्ने।) त्यसोभए दिक्क मान्‍नु भनेको के हो भन्‍ने तिमीहरूलाई थाहा रहेछ—त्यसोभए, मलाई भन त, के परमेश्‍वर भ्रष्ट मानवजातिसँग जिउँदा खुसी हुन सक्‍नुहुन्छ? के उहाँ आनन्दित हुन सक्‍नुहुन्छ? (सक्‍नुहुन्‍न।) त्यहाँ न त खुसी हुन्छ न त आनन्द—त्यसोभए प्रेम कहाँबाट आउँछ? यदि कुनै आनन्द, खुसी, वा सुखचैन छैन भने, के परमेश्‍वरले मानिसहरूलाई आफूलाई जस्तै प्रेम गर्नु, तिनीहरूबाट छुट्टिन नसक्‍ने गरी तिनीहरूलाई प्रेम गर्नु भन्‍ने कुरा विरोधाभास छैन र? के त्यसमा ढोँगको गन्ध आउँदैन र? वास्तवमा सत्यता के हो? परमेश्वरलाई मानवजातिमाझ जिउँदा कुनै खुसी, कुनै सुखचैन र कुनै आनन्द नहुनुबाहेक, वास्तवमा के महसुस हुन्छ? (पीडा।) पीडा, यो अत्यन्तै ठोस अनुभूति हो। अरू केही छ? (घृणा।) घृणा, त्यो अर्को अनुभूति हो। अरू केही छ? (मानिसको भ्रष्ट स्वभावप्रति घृणा।) घृणा, दिगमिगी र तिरस्कार। सबैभन्दा सच्‍चा अनुभूति पनि छ, त्यो के हो भने भ्रष्ट मानवजातिमाझ जिउँदा, विशेष गरी मानवजातिसँग मिलेर बस्‍ने, कुराकानी गर्ने, सँगै काम गर्ने र सङ्गत गर्ने कुरा आउँछ, तब यो अविश्‍वसनीय अपमानजस्तो लाग्छ। यस्तो अवस्थामा, त्यस्तो भइरहने अवस्थामा, के सामान्य व्यक्तिसँग अझै पनि प्रेम हुन सक्छ भन्ने तँलाई लाग्छ? (लाग्दैन।) तिनीहरूसँग प्रेम हुन सक्दैन। प्रेमको अभावमा, तिनीहरू के गर्छन्? (पछि हट्छन्।) पछि हट्नु एउटा इच्छा हो, र यो एउटा मानसिकता हो; तर, वास्तविकता सामना गर्न के गर्नुपर्छ? के यी मानिसहरूलाई परिवर्तन गर्ने प्रयास गर्नु पर्दैन र? (पर्छ।) यस्तो मानवजातिलाई भरणपोषण गर्ने, शिक्षा दिने, हप्काउने, खुलासा गर्ने, निराकरण गर्ने, काटछाँट गर्ने, कहिलेकाहीँ अनुशासनमा राख्‍ने इत्यादि गर्नु आवश्यक हुन्छ; यो आवश्यक छ र यसलाई अनावश्यक ठान्न मिल्दैन। तर के त्यस्ता कार्यहरूले तत्काल परिणामहरू प्राप्त गर्न सक्छन्? (सक्दैनन्।) त्यसोभए के गर्नुपर्छ? (तिनीहरूलाई लामो समयसम्म काटछाँट र निराकरण गर्नैपर्ने, अनि न्याय र सजाय दिनैपर्ने हुन्छ।) के मानिसहरूलाई लामो समयसम्‍म काटछाँट गर्नु, निराकरण गर्नु, न्याय गर्नु र सजाय दिनु सजिलो छ? यसो गर्न परमेश्‍वरले के सहनुपर्छ? (अपमान र पीडा।) परमेश्‍वर असाध्यै धैर्यका साथ काम गर्नुहुन्छ। यो धैर्यले के ल्याउँछ? यसले पीडा ल्याउँछ। त्यसकारण, जब परमेश्‍वर भ्रष्ट मानवजातिसँग जिउनुहुन्छ, तब उहाँका हृदयमा न त आनन्द हुन्छ न त खुसी नै। आनन्द र खुसीविना, के उहाँ आफ्नो हृदयमा मानिसहरूलाई प्रेम गर्न सक्‍नुहुन्छ? उहाँले आफूलाई तिनीहरूलाई प्रेम गर्न लगाउन सक्‍नुहुन्‍न। त्यसोभए उहाँ आफ्नो काम कसरी गर्न सक्‍नुहुन्छ? केका आधारमा? उहाँले आफ्नो जिम्मेवारी मात्रै पूरा गरिरहनुभएको हुन्छ। यो देहधारी परमेश्‍वरको सेवकाइ हो; यसको प्रकृति यो हो। आफ्नो जिम्मेवारी पूरा गर्नु भनेको आफूले देखेको, थाहा पाउने, भन्‍नुपर्ने, र गर्नुपर्ने सबै कुरा आफ्नो क्षमताले भ्याएसम्‍म पूर्णतया पूरा गर्नु हो। आफ्नो जिम्मेवारी पूरा गर्नु भनेको यही हो। यो जिम्मेवारी पूरा गर्न किन सम्भव छ? परमेश्‍वरको पहिचान र सारको कारण, देहधारी परमेश्‍वरसँग यो कार्यभार र जिम्मेवारी भएकाले, अवश्य नै परमेश्‍वरसँग मानवजातिका लागि यो बोझ छ। त्यसकारण, उहाँ जुनै प्रकारका मानिसहरू र भ्रष्ट मानिसहरूसँग जिउनुभए पनि, अवस्था यही हो। यो अवस्था के हो भन्‍ने के तँलाई थाहा छ? यो यस्तो अवस्था हो जसमा परमेश्‍वरसँग न त खुसी हुन्छ न त आनन्द, र उहाँले अपमान सहनु नै पर्छ; यसका साथै, उहाँले अथक र बारम्बार सबै प्रकारका मानव भ्रष्‍टता र अनाज्ञाकारिता सहनैपर्छ। यी सबै कुरा सहने क्रममा, उहाँले आफूले भन्‍नुपर्ने र गर्नुपर्ने कुरा अथक रूपमा भर्नैपर्छ र गर्नैपर्छ; उहाँले मानिसहरूले नबुझ्ने कुराहरूलाई स्पष्ट रूपमा व्याख्या गर्नैपर्छ, र जानाजानी अपराध गर्नेहरूलाई उहाँले केही अनुशासन, केही न्याय र सजाय दिनैपर्छ। परमेश्‍वरले गर्ने यी सबै कुरा उहाँको व्यवस्थापन योजना र उहाँको कामका चरणहरूसँग सम्बन्धित छन्। अवश्य नै, यो मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको विशेष कार्य परियोजनासँग झनै बढी सम्बन्धित छ। छोटकरीमा, यो परमेश्‍वरका आफ्नै जिम्मेवारीहरूसँग सम्बन्धित छ। परमेश्‍वरले यो सबै कुरा गर्नु उहाँले आफ्नो जिम्मेवारी पूरा गर्नु हो; अवश्य नै, आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा उहाँले प्रकट गर्ने कुरा उहाँको सार र स्वभाव हो। त्यसोभए, देहधारी परमेश्‍वरको सार, अर्थात् यस साधारण व्यक्तिको सार के हो? उहाँ विशेष गरी आफ्नो कार्यको यो अन्तिम समयको चरणको काम गर्दा, चिन्हहरू देखाउनुहुन्न र आश्चर्यकर्महरू गर्नुहुन्‍न, न त कुनै चमत्कार नै देखाउनुहुन्छ; उहाँले गर्ने भनेकै मानिसहरूलाई तिनीहरूमा हुनुपर्ने र तिनीहरूले बुझ्नुपर्ने सत्यताहरू बताउनु हो। उहाँ मानिसहरूलाई तिनीहरूले पहिचान गर्न नसक्‍ने भ्रष्ट स्वभाव प्रकट गरिदिनुहुन्छ, ताकि तिनीहरूले यसलाई जान्न र पहिचान गर्न सकून्, अनि तिनीहरूले मानवजातिको भ्रष्‍टताका सार र वास्तविक तथ्यहरू जान्‍न सकून्; ताकि मानिसहरूले साँचो पश्चात्ताप गर्न सकून् र तिनीहरूलाई सही मार्गमा ल्याउन सकियोस्। जब मानिसहरू साँचो रूपमा पश्चात्ताप गर्न सक्छन्, जब तिनीहरू सत्यता बुझ्न र अभ्यास गर्न सक्‍ने हुन्छन्, तब तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्छन् र मुक्ति पाउने आशा पाउँछन्, अनि देहधारी परमेश्‍वरको काम र जिम्मेवारी पूरा हुन्छ। मानिसहरू सही मार्गमा हिँडैपछि, परमेश्‍वरको परीक्षा र शोधन पाउनु बाँकी रहन्छ—देहधारी परमेश्‍वरको काम समाप्त हुन्छ; उहाँका जिम्मेवारीहरू र काम पूरा हुन्छन्। जब देहधारी परमेश्‍वरको काम पूरा हुन्छ, तिमीहरूलाई सही मार्गमा ल्याइन्छ, तब त्यसको मतलब उहाँको सेवकाइ पूरा हुन्छ, र तबउसो तिमीहरूप्रति उहाँको कुनै दायित्व हुँदैन। दायित्व नहुनुको अर्थ के हो? यसको मतलब उहाँ अब यी मानिसहरूसँग रहनुपर्दैन र उहाँले तिनीहरूको भ्रष्‍टता, धारणा, अनाज्ञाकारिता, प्रतिरोध, अस्वीकार आदि कुरा सहनुपर्दैन।

परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन योजनाको दृष्टिकोणबाट हेरे पनि वा देहधारी परमेश्‍वरले गर्ने कुनै विशेष कार्यको दृष्टिकोणबाट हेरे पनि, के यी दुई कुनै पनि प्रेमकै लागि मात्र गरिएको हुन्छ? तीमध्ये कुनै पनि गरिँदैन। परमेश्‍वरको आत्माले मानवजातिलाई स्वर्गबाट कुनै निश्‍चित तरिकामा अवलोकन गर्नुहुन्छ, र पृथ्वीमा देहधारी परमेश्‍वरको पनि लगभग उही दृष्टिकोण हुन्छ। किन म “लगभग” भनेर भन्छु? पृथ्वीमा देहधारी परमेश्‍वर आफ्नो मानवता, सृष्टि गरिएको मानवजातिसँग एकै स्थानमा आफ्नो सह-अस्तित्वको कारणले, र भ्रष्ट मानवजातिको जस्तै उहाँमा मानव हुनुको बाहिरी गुण भएको कारणले पनि मानवजातिको कमजोरीलाई तुलनात्मक रूपमा अलिक विचारशील तरिकाले हेर्न सक्‍नुहुन्छ। फलस्वरूप, स्वर्गमा हुनुहुने परमेश्‍वरका तुलनामा देहधारी परमेश्‍वर मानिसहरूसँग अलिक बढी मिलेर जिउन सक्‍नुहुन्छ। यसलाई यसरी हेर्दा, यदि परमेश्‍वर देहधारी नहुनुभएको भए, के तिमीहरू सबै अहिले यहाँ बसिरहेका हुनेथियौ? हुनेथिएनौ। यो सबै परमेश्‍वरको कामको आवश्यकताहरूको कारणले गर्दा हो—उहाँले यस्तो ठूलो मूल्य चुकाउनुको एउटै मात्र कारण यही हो, र उहाँ यो काम आफै गर्न यहाँ आउनुभयो। यदि परमेश्‍वरले स्वर्गबाट नै मानिसहरूसँग कुरा गर्नुभएको भए, एक अर्थमा, स्थान फरक-फरक भएकाले, उहाँका वचनहरू सुन्‍न तिनीहरूलाई असुविधा हुनेथियो। अर्को अर्थमा, आखिरी दिनहरूमा परमेश्‍वरले बोल्ने व्यापक र असाध्यै धेरै वाणीहरूलाई विचार गर्दा, यदि उहाँले स्वर्गबाट यसरी बोल्नुभएको भए, तैँले यसलाई जुनै दृष्टिकोण वा कोणले हेरे पनि यो अनुपयुक्त हुनेथियो। त्यसकारण, एकमात्र र सर्वोत्कृष्ट छनौट, अनि मानवजातिका लागि, परमेश्‍वरको व्यवस्थापन योजनाका लागि, र मानवजातिलाई मुक्ति दिने कार्यका लागि सबैभन्दा लाभदायक विकल्प भनेको परमेश्‍वर देहधारी बन्नु हो; परमेश्‍वर देहधारी हुनु नै एकमात्र विकल्प र काम गर्ने एकमात्र तरिका हो। यो काम गर्न सक्‍ने, यो काम गर्न सक्षम, र यी परिणामहरू प्राप्त गर्न सक्‍ने देहधारी परमेश्‍वर मात्रै हुनुहुन्छ। यदि तैँले आखिरी दिनहरूमा परमेश्‍वरले बोलेका यी वचनहरूलाई परिमाणको हिसाबले हेरिस् भने, असाध्यै धेरै वचन बोलिएका छन्; देह बन्ने विधिविनाकसरी यति धेरै वचन व्यक्त गर्न सकिन्थ्यो र? यदि परमेश्‍वरले स्वर्गबाट मेघगर्जनका रूपमा बोल्नुभएको भए, उहाँले हरेकपटक दुष्टहरूलाई न्याय गर्नुहुँदा र दोषी ठहऱ्याउनुहुँदा कति मानिसहरू मारिनेथिए? त्यति धेरै जीवित रहनेथिएनन्। यदि परमेश्‍वरले आँधीबेहरीबाट वा आगोको ज्वालाबाट बोल्नुभएको भए, उहाँले यी वचनहरू बोलिसक्नुअघि कति आँधीबेहरी आउनुपर्थ्यो र आगो दन्कनुपर्थ्यो? यसरी त सम्पूर्ण मानवजाति आकुलव्याकुल हुनेथिए। अनि यतिका वर्ष बोलिसकेपछि, के देहधारी परमेश्‍वरका वचनहरूले मानवजातिको सामान्य जीवनमा असर गरेका छन्? पटक्कै छैनन्, र सारा संसार न त पर्बाह गर्छ न त अलिकति प्रभावित नै छ। यसले देहधारी परमेश्‍वरले गरेको कार्यको उद्देश्य पूर्ण रूपमा हासिल गर्दछ; देहधारी परमेश्‍वरविना, यो कार्य वास्तवमा असम्भव हुनेथियो। देहधारी परमेश्‍वरको काम नै गोप्य प्रकृतिको छ। परमेश्‍वर सारा संसार र सबै मानवजातिले यसबारे जानेको चाहनुहुन्‍न; उहाँ परमेश्‍वरद्वारा नचुनिएका अविश्‍वासीहरूले यो थाहा पाएको चाहनुहुन्न। उहाँ यी वचनहरू गुप्त अवस्थामा मात्र व्यक्त गर्न सक्‍नुहुन्छ, त्यसैले देह बन्‍ने विधि अपनाउनु नै सबैभन्दा अर्थपूर्ण हो; यो सबैभन्दा बुद्धिमानी विधि पनि हो। परमेश्‍वर देहधारी बन्दा मात्र यो गोप्य रहन सक्छ। देहधारी परमेश्‍वर मानवजाति जिएकै ठाउँमा जिउनु, मानवजातिलाई मानवभाषामा, मानवजातिले स्वीकार गर्न सक्‍ने तरिका र रूप सत्यता प्रदान गर्नु उहाँको बुद्धिमत्ता र सर्वशक्तिमत्ता हो। यो परमेश्‍वर मात्र गर्न सक्ने कुरा हो; यो मानवजातिको क्षमताबाहिर छ। यो सबै परमेश्‍वरको महान् व्यवस्थापन योजनासँग सम्बन्धित छ। यदि मानिसले परमेश्‍वरको यस्तो ठूलो व्यवस्थापन योजनालाई एकतर्फी रूपमा प्रेमका लागि मात्र गरिएको भनेर वर्णन गरेको भए यो अति सरल, तथ्यविपरीत, र एकदमै अनुचित हुनेथ्यो। छोटकरीमा भन्नुपर्दा, गरिँदै गरेको कामको विषयवस्तु जे भए पनि, यसपटक परमेश्‍वर यसरी देह बन्ने तरिकाले वास्तवमै ठूलो हलचल मच्चाएको छ अनि विश्‍वभर र सम्पूर्ण मानवजातिमाझ महत्त्वपूर्ण प्रभाव पारेको छ, जसले यो तथ्य कति ठूलो घटना हो भन्‍ने देखाउँछ। परमेश्‍वर देह बन्‍नुको तथ्य र रूप आफैमा सम्पूर्ण संसार र सम्पूर्ण धार्मिक समुदायका लागि विवादको विषय हो; यो यस्तो घटना हो जुनप्रति मानवजाति शत्रुता राख्छन्, जसलाई मानवजातिले निन्दा र अस्वीकार गर्दछ, र जुन मानवजातिका लागि बुझ्न र कल्पना गर्न सबैभन्दा गाह्रो हुन्छ। परमेश्‍वरले यसरी काम गर्न सक्‍नुले उहाँको बुद्धि, उहाँको शक्ति, उहाँको सर्वशक्तिमानता र उहाँको अख्‍तियारलाई देखाउँछ; यो कुनै सानो प्रेमका लागि, वा कुनै नगण्य कुरा वा तिलको दाना जत्रो सानो कारणका लागि बिलकुलै गरिँदैन। भन्नुको मतलब, सम्पूर्ण धार्मिक संसार, सम्पूर्ण राजनीतिक संसार, सम्पूर्ण मानवजाति र सम्पूर्ण ब्रह्माण्डलाई समेत हल्लाउन सक्‍ने यत्रो प्रमुख घटना, प्रेमको कारणले पैदा हुँदैन, तर परमेश्‍वरको व्यवस्थापन योजना र मानवजातिलाई मुक्ति दिने उहाँको चाहनाले गर्दा उत्पन्‍न हुन्छ। यो नै परमेश्‍वरको कार्यको तेस्रो चरणको सबैभन्दा ठूलो दर्शन हो; यो नै मानिसहरूले बुझ्नुपर्ने, जान्‍नुपर्छ र बोध गर्नुपर्ने सबैभन्दा ठूलो दर्शन हो। यदि तँ यस दर्शनलाई, “यो परमेश्‍वरको प्रेमको कारणले भएको हो; परमेश्‍वर हामीलाई प्रेम गर्नुहुन्छ। हेर, परमेश्‍वर देहधारी भइसक्नुभयो र एकपटक हाम्रा लागि प्रेमको कारण क्रूसमा टाँगिनुभयो, र यसपटक उहाँ देहधारी हुनुभयो र फेरि हामीलाई प्रेम गर्न आउनुभयो” भनेर मात्रै परिभाषित गर्छस् भने, के यो गम्भीर त्रुटि होइन र? परमेश्‍वरको कामको यस्तो ठूलो दर्शनलाई प्रेमको खातिर गरिएको हो भनी परिभाषित गर्नु अति सतही कुरा हो। यदि तँ परमेश्‍वरलाई चिन्दैनस् भने, ठिकै छ; तर तुरुन्तै आफ्नो मुख बन्द गर्, बकवास कुरा नबोल्, र जथाभाबी राय व्यक्त नगर्। मैले तिमीहरूलाई पहिले नै भनेको छु, मानिसहरूले परमेश्‍वरको स्वभाव, परमेश्‍वरको सार र परमेश्‍वरको कामको दर्शनसँग सम्बन्धित कुनै पनि कुरालाई सोचविचार नगरी आलोचना गर्ने, मनमानी रूपमा निष्कर्ष निकाल्‍ने, वा लापरवाहीपूर्वक सीमित पार्ने काम गर्नु हुँदैन। यदि तैँले बुझिनस् भने, बुझिनँ भनेर स्वीकार गर्। यदि तैँले थोरै बुझिस् भने, तुरुन्तै यसो भन्, “मैले यति मात्र बुझेँ; म मनमानी रूपमा सीमित पार्ने हिम्मत गर्दिनँ र यो सही छ कि छैन मलाई थाहा छैन।” तैँले यस्ता व्याख्या र स्पष्टीकरणहरू दिनैपर्छ—विचार नगरी नबोल्। यदि तँ विचार नगरी बोल्छस् भने सानो कुराको रूपमा लिँदा, तैँले अरूलाई गलत प्रभाव पार्न सक्छस्, तिनीहरूलाई गलत धारणा दिन र भ्रमाउन सक्छस्; ठूलो कुराको रूपमा हेर्दा, तैँले परमेश्‍वरको स्वभावलाई चिढ्याउन सक्छस्। तँ परमेश्‍वरको व्यवस्थापन योजना र मानवजातिलाई मुक्ति दिने यस्तो महान् कार्यलाई प्रेमको रूपमा चित्रण गर्छस्—के यो बकवास गर्नु होइन र? के यस्तो भन्‍ने मानिसहरूलाई थप्पड हान्‍नुपर्छ? (पर्छ।) किन तिनीहरूलाई थप्पड हान्‍नुपर्छ? किनकि यो नसोची बोल्‍नु, र कुरालाई सन्दर्भबाहिर लैजानु हो। के यो अहङ्कारी स्वभावले गर्दा होइन र? के तैँले केही दिनअघि मात्र परमेश्‍वरमा विश्‍वास गर्न थालेको होइनस्? के तैँले उहाँलाई देखेको छस्? के तैँले उहाँको स्वभाव बुझेको छस्? तँ परमेश्‍वरको व्यवस्थापन योजनाको दर्शनसम्बन्धी सत्यतालाई स्पष्टसँग वा राम्ररी व्याख्या गर्न सक्दैनस्, तैपनि तँ परमेश्‍वरको सार र स्वभावलाई परिभाषित गर्ने साहस गर्छस्। के यो हदै दुस्साहस होइन र? तँ यस्तो ठूलो कुरालाई परिभाषित गर्न “प्रेम” शब्द प्रयोग गर्ने साहस गर्छस्; यो परमेश्‍वरको स्वभावलाई चिढ्याउने कुरा हो। के परमेश्‍वरको स्वभावलाई चिढ्याउनु ठूलो अपराध हो? वास्तवमै हो। कतिपय मानिस यसो भन्छन्: कतिपय मानिसहरूले यसो भन्छन्: “मलाई थाहा छैन; म बुझ्दिनँ पनि।” ठिक भनिस्। तँ बुझ्दैनस् र जान्दैनस्, अनि तँ अज्ञानी र मूर्ख छस्, त्यसैले नै तँ विचार नगरी बोल्छस्। के एक साधारण व्यक्ति तैँले परमेश्‍वरको मामिलालाई मनमानी ढङ्गले आलोचना गर्न वा लापरवाही रूपमा त्यसको निष्कर्ष निकाल्न मिल्छ? सबै मानवजातिले मिलेर र एकजुट भएर पनि परमेश्‍वरका मामिलाहरूलाई स्पष्ट रूपमा व्याख्या गर्न सक्दैन, तैपनि तँ एक्लै परमेश्‍वरको स्वभाव, उहाँको काम र उहाँको सारलाई केवल एक-दुई शब्दमा परिभाषित गर्न चाहन्छस्। के यो परमेश्‍वरको स्वभावलाई चिढ्याउनु होइन र? (हो।) त्यसोभए यो भजनमा गम्भीर समस्या छ। यो भ्रमित, खोक्रा, निन्दापूर्ण शब्दहरूले भरिभराउ छ मात्र होइन, तर सबैभन्दा महत्त्वपूर्ण कुरा, यसले मानिसहरूलाई बहकाउन सक्छ, तिनीहरूलाई धोका दिन सक्छ, र तिनीहरूलाई तिनीहरूको धारणामा फसाउन सक्छ। यो भजनले ल्याउने गम्भीर परिणामहरूलाई विचार गर्दा, के यसलाई कायम राख्‍न सकिन्छ? पटक्कै सकिँदैन; यसलाई खारेज गर्नुपर्छ।

त्यसपछि यस्तो छ: “प्रेमका लागि, परमेश्‍वर सत्यता व्यक्त गर्नुहुन्छ र अनन्त जीवनको बाटो ल्याउनुहुन्छ।” के यी शब्दहरूले कामकुरालाई सीमित गर्ने तरिका हेर्दा वाकवाकी लाग्दैन र? (लाग्छ।) त्यसपछि यस्तो लेखिएको छ: “प्रेमका लागि, परमेश्‍वर आफ्‍ना वचनहरूद्वारा मानवजातिको शैतानी प्रकृतिको न्याय र खुलासा गर्नुहुन्छ।” मलाई भन त, जब परमेश्‍वर मानिसको भ्रष्ट स्वभाव खुलासा गर्न कठोर वचनहरू व्यक्त गर्नुहुन्छ, के यो परमेश्‍वरले मानिसलाई प्रेम गर्नुभएकाले हो कि परमेश्‍वरले मानिसलाई घृणा गर्नुभकाले र घिनाउनुभकाले हो? (परमेश्‍वरले मानिसलाई घृणा गर्नुभएकाले र घिनाउनुभएकाले हो।) त्यसोभए, यदि परमेश्‍वर मानिसलाई घृणा गर्नुहुन्छ भने, यो परमेश्‍वरको कुन स्वभाव हो? (धार्मिकता, पवित्रता।) ठिक भन्यौ; यो प्रेमको कारणले होइन। के मानिसहरूले कुनै कुरालाई यसरी परिभाषित गर्नु त्यसलाई गलत स्थानमा राख्नु र गलत बुझ्नु होइन र? के यस भनाइमा सत्यताको कुनै वास्तविक ज्ञान छ? यो विकृत र एकतर्फी बुझाइ, गलत व्याख्या, भ्रामक बुझाइ हो; यो हरफ एक गलत चित्रण हो। त्यसभए यो हरफलाई हेर त, “प्रेमका लागि, परमेश्‍वर हाम्रो भ्रष्‍टता पखाल्न हाम्रो परीक्षा, शोधन, काटछाँट र निराकरण गर्नुहुन्छ।” के यसको समस्या पनि अघिल्लो हरफको जस्तै छैन र? (छ।) समस्या उस्तै छ। अनि अझै तल यस्तो छ, “हे परमेश्‍वर! तपाईंको काम र तपाईंको वचनमा प्रकट हुने सबै कुरा प्रेम नै हो।” के यो फेरि परमेश्‍वरलाई सीमित पार्नु होइन र? परमेश्‍वर के प्रकट गर्नुहुन्छ? उहाँको पवित्रता र सुन्दरता, अनि उहाँको धर्मी स्वभाव। परमेश्‍वरसँग क्रोध, प्रताप, साथै कृपा र कोलदया छ, त्यसोभए यो सबै प्रेमकै कारणले हो भनेर कसरी भन्‍न सकिन्छ? यो सीमाङ्कन साह्रै वाकवाकी लाग्ने र मनमानी किसिमको छ! के यो अहङ्कारको कारण हुने होइन र? भजन लेखकले व्याख्या गरेको र सारांश गरेको कुरासँग परमेश्‍वरको वचन र वाणीहरूद्वारा प्रकट गरिएको स्वभाव र सारको कुनै सम्बन्ध छैन। त्यसपछि यसले सबै कुरा प्रेम हो भनेर भन्छ, जुन असान्दर्भिक छैन मात्र होइन तर विकृत र गलत पनि छ—यो पूर्ण रूपमा गलत चित्रण हो। प्रेम एउटा भावना हो, र यसले कार्य वा व्यवहारका रूपमा पनि काम गर्न सक्छ, तर यो परमेश्‍वरको प्रमुख सार होइन; परमेश्‍वर मानिसहरूलाई जथाभाबी प्रेम गर्नुहुन्‍न। के परमेश्‍वरको प्रेम ठाउँ नै नरहने गरी यति साह्रो छेलोखेलो छ, यहाँसम्म कि जसले गर्दा उहाँ शैतान, भ्रष्ट मानवजाति र आफ्ना शत्रुहरूलाई पनि प्रेम गर्न सक्नुहुन्छ? के त्यस्तो हो र? परमेश्‍वरको प्रेम सिद्धान्तविहीन छैन; यो सिद्धान्तबद्ध छ। उहाँ सकारात्मक कुरालाई प्रेम गर्नुहुन्छ अनि नकारात्मक र खराब कुरालाई घृणा गर्नुहुन्छ। मलाई भन त, के परमेश्‍वर उहाँलाई इमानदारीपूर्वक विश्‍वास गर्ने मानिसहरूलाई प्रेम गर्नुहुन्छ? के उहाँ आफ्नो कर्तव्य वफादार भई निर्वाह गर्नेहरूलाई प्रेम गर्नुहुन्छ? के उहाँ उहाँप्रति बफादार रहनेहरूलाई प्रेम गर्नुहुन्छ? के परमेश्‍वर उहाँको न्याय र सजाय पाएर साँचो पश्चात्ताप गर्ने, परमेश्‍वरप्रति साँचो रूपमा समर्पित हुने, र हृदयमा परमेश्‍वरलाई साँचो प्रेम गर्ने मानिसहरूलाई प्रेम गर्नुहुन्छ? यदि मानिसहरू सत्यता बुझ्छन् र आफ्नो भ्रष्ट स्वभावलाई घृणा गर्छन् भने, तिनीहरूको “घृणा” सकारात्मक कुरा हो। अनि के परमेश्‍वर तिनीहरूलाई प्रेम गर्नुहुन्छ? (गर्नुहुन्छ।) सत्यता स्वीकार गर्न सक्‍नेहरू सकारात्मक मानिस हुन्, र परमेश्‍वरको आज्ञा पालन गर्न सक्‍नेहरू झनै सकारात्मक हुन्। परमेश्‍वरले प्रेम गर्ने हरू सकारात्मक मानिस हुन्; उहाँ दियाबलसहरू र शैतानलाई घृणा गर्नुहुन्छ। जसलाई उहाँ सराप्नुहुन्छ र सजाय दिनुहुन्छ तिनीहरू सबै दुष्कर्मी हुन्, तर जसलाई परमेश्‍वर प्रेम गर्नुहुन्छ तिनीहरू सबै इमानदार, सत्यता पछ्याउने मानिस हुन्। त्यसकारण, परमेश्‍वरको प्रेम सिद्धान्तबद्ध छ; यो सिद्धान्तविहीन छैन। कतिपय मानिसका लागि, परमेश्‍वर कृपालु मात्र हुनुहुन्छ, जसको मतलब उहाँ ती मानिसहरूलाई प्रेम गर्नुहुन्छ भन्‍ने होइन। यी कुरालाई स्पष्ट रूपमा बुझ्नैपर्छ; कसैले पनि परमेश्‍वरको प्रेमलाई अन्धाधुन्ध परिभाषित गर्नु मिल्दैन। परमेश्‍वरको प्रेमबारे लापरवाहीपूर्वक बोल्नु र यसलाई अन्धाधुन्ध परिभाषित गर्नु निस्सन्देह परमेश्‍वरको आलोचना गर्नु र निन्दा गर्नु हो।

अझ तल हेर: के यसो भन्‍नु सही हो, “हे परमेश्‍वर! तपाईंको प्रेम त कृपा र दया मात्रै होइन, त्योभन्दा पनि बढी, यो दण्ड र न्याय हो”? (सिद्धान्तमा त यो सही हो, तर यो व्यावहारिक छैन।) सिद्धान्तमा कुनै समस्या छैन, तर यसलाई परमेश्‍वरको प्रेमसँग जोड्नुचाहिँ निकै नै बढाइचढाइ गर्नु हो। यी शब्दहरूलाई गलत मान्‍नु हुँदैन, तर तिनलाई सही पनि मान्‍नु हुँदैन; ती बकवास हुन्, जुन भनिरहनु पर्दैन। अझै तल यस्तो छ: “हे परमेश्‍वर! तपाईंको न्याय र सजाय सबैभन्दा साँचो प्रेम र सबैभन्दा ठूलो मुक्ति हो।” तिमीहरू सबैलाई यसबारे कस्तो लाग्छ? (त्यो हरफ गलत छ; यसले परमेश्‍वरको न्याय र सजायलाई सबैभन्दा ठूलो मुक्तिका रूपमा स्थापित गर्छ, तर वास्तवमा, परमेश्‍वरका मुक्तिमा यी कुरा मात्र हुँदैनन्।) के देहधारी परमेश्‍वरको क्रूसीकरण र सबै मानवजातिका पापका लागि उहाँले प्रायश्‍चित गर्नु र ती पाप बोक्‍नु सबैभन्दा साँचो प्रेम होइन? के ती सबैभन्दा ठूलो मुक्ति होइनन्? (हो।) त्यसोभए, न्याय र सजायलाई तुलना गर्दा, “सबैभन्दा ठूलो” कुन हो? वास्तवमा, गम्भीर विश्लेषण गरेर हेर्दा, यो भनाइ गलत, अनुचित छ र सख्त रूपमा सीमित छ; यस कुरालाई यसरी भन्‍नु हुँदैन। परमेश्‍वरले गर्ने सबै कुरा प्रेम हो भनेर भन्‍नु हुँदैन, बरु परमेश्‍वरले गर्ने सबै कुराले मानिसहरूमा सकारात्मक प्रभाव पार्छ, र यो सबै मानिसहरूका लागि मुक्ति र कृपा हो भनेर भन्‍नुचाहिँ सही हो, किनभने यो सबै मानवजातिका लागि गरिन्छ। यदि तँ परमेश्‍वरको न्याय र सजायबारे “सबैभन्दा” भनेर भन्छस् र यसलाई सबैभन्दा माथि उचाल्छस् भने, त्यो सही होइन। “सबैभन्दा” भन्ने कुरा त एउटै मात्र, तुलना नै गर्नु नपर्ने हुनुपर्छ; परमेश्‍वरको न्याय र सजायलाई परमेश्‍वरका अन्य कार्यहरूसँग तुलना गर्दा तिनलाई “सबैभन्दा” भन्‍न मिल्दैन। कसैले एकपटक भजन लेखेको थियो, र एउटा हरफ यस्तो थियो “म परमेश्‍वरको कोमल दया र कृपालाई भन्दा बढी उहाँको धर्मी स्वभावलाई प्रेम गर्छु।” यी शब्दहरू सही हुन् कि गलत? (ती गलत हुन्।) तिनमा के गलत छ? (तिनले परमेश्‍वरको धार्मिकता, पवित्रता, कोमल दया र कृपालाई दर्जामा विभाजित गर्छन्।) वास्तवमा, यो भनाइ सही हो, अनि यो मानिसहरूले परमेश्‍वरको न्याय र सजाय अनुभव गरेपछि पाउने साँचो अनुभव हो। यो साँचो अनुभवको पृष्ठभूमि के हो? एउटा कथा छ, अर्थात्: जब कसैले परमेश्‍वरको दया र कृपा पाउँछ, तब तिनीहरूले अनुग्रह मात्र प्राप्त गर्न सक्छन्; तिनीहरूले आफ्नो भ्रष्ट स्वभाव कहिल्यै चिन्‍न सक्दैनन् र तीबाट कहिल्यै छुटकारा पाउन सक्दैनन्। तिनीहरूले गर्न सक्‍ने भनेकै परमेश्‍वरको सजाय र न्याय अनुभव गर्नु अनि धेरै परीक्षा र शोधनको पीडा सहनु मात्र हो—तब मात्र तिनीहरूले आफूलाई यी भ्रष्ट स्वभावहरूबाट मुक्त गर्न सक्छन्। त्यसकारण, यस आधारमा र यस सन्दर्भमा, मानिसहरूको बुझाइ यही हो; यो सही छ, तथ्यसँग मिल्छ, र यो सैद्धान्तिक तर्क होइन। यो भजन रचनात्मक छ, तर तिमीहरू कसैले पनि यसलाई बुझ्न सक्दैनौ; तिमीहरूमा साँच्‍चै समझशक्तिको कमी छ। समझशक्तिको यो कमीले के पुष्टि गर्दछ? यो कमीको कारण के हो? कारण सत्यता नबुझ्नु हो। “प्रेमका लागि” भन्‍ने भजन बकवासले भरिएको छ: यो व्यावहारिक छैन, मलाई यो मन पर्दैन, र म यसको एक शब्द पनि गाउँदिनँ। तिमीहरू यसलाई यति ठूलो उत्साह र मक्ख पार्ने पाराले गाउँछौ, त्यसकारण तिमीहरूको कद कति सानो होला त! तिमीहरू कुनै कुरा बुझ्‍न सक्दैनौ, र मानिसहरू प्रवेश गर्नुपर्ने सत्यताहरूसमेत बुझ्दैनौ, तैपनि तिमीहरू परमेश्‍वरको सार र उहाँको व्यवस्थापन योजनाबारे टिप्पणी गर्न चाहन्छौ। के यो समझको कमी होइन र? बिना कारण बोल्न नहुने कुरा बोल्न हिम्मत गर्ने मानिसहरू आफूले गर्नुपर्ने उचित काम गरिरहेका हुँदैनन्; तिनीहरू अलिकति पनि व्यावहारिक हुँदैनन्।

अझ तल यस्तो छ: “हामी तपाईंको पवित्र र धर्मी प्रेमको गवाही दिनेछौं र तपाईं हाम्रो अनन्त प्रशंसाको योग्य हुनुहुन्छ।” परमेश्‍वर अनन्त प्रशंसाको योग्य हुनु आवश्यक कुरा हो, तर यदि मानिसहरूले उहाँलाई यसरी चिन्छन् भने, के यसलाई परमेश्‍वरको प्रशंसा मान्‍न सकिन्छ? मानौँ परमेश्‍वर कुनै व्यक्तिलाई प्रेम गर्नुहुन्‍न; उहाँ उसलाई घृणा गर्नुहुन्छ र सबभन्दा बढी घिनाउनुहुन्छ। तैपनि यदि यो व्यक्ति परमेश्‍वरलाई प्रेम गर्न र उहाँको प्रशंसा गर्न सक्छ भने, त्यस व्यक्तिसँग केही कद र परमेश्‍वरबारे केही साँचो ज्ञान छ। “हामी तपाईंको पवित्र र धर्मी प्रेमको गवाही दिनेछौँ र तपाईं हाम्रो अनन्त प्रशंसाको योग्य हुनुहुन्छ” भन्‍ने हरफमा कुन-कुन विशेषणले “परमेश्‍वरको प्रेम” को विशेषता बताउँछन्? “पवित्र” र “धर्मी।” हेर त, भजन लेखकले परमेश्‍वरको प्रेमलाई धर्मी र पवित्र प्रेम हो भन्दै, परमेश्‍वरको प्रेमलाई परिभाषित गर्नका लागि परमेश्‍वरको सारको प्रयोग गर्दै, परमेश्‍वरको प्रेमलाई कति ठूलो मानेका छन्—के यो स्वतः स्पष्ट छैन र? मानिसहरू सामान्य प्रेमको आनन्द लिन इच्छुक छैनन्, न त तिनीहरूले कृपालु प्रेम वा मानिसहरूको कदर गर्ने प्रेमको आनन्द नै उठाउँछन्; तिनीहरू परमेश्‍वरको पवित्र र धर्मी प्रेमको आनन्द लिँदा मात्र परमेश्‍वरको प्रशंसा गर्छन्, र त्यसैले तिनीहरू परमेश्‍वर अनन्त प्रशंसाको योग्य हुनुहुन्छ भनेर भन्छन्। के यो सही हो? तथ्यका आधारमा होस् वा तार्किक समझका आधारमा, यो अभिव्यक्ति अत्यन्तै गलत छ, यो बकवास मात्र हो; यो त मानिसहरूलाई भ्रमित गर्नका लागि मानसिक रूपमा अस्तव्यस्त शब्दजाल मात्र हो। के यो बाहिरी संसार हो जस्तो तँलाई लाग्छ? संसारमा, सबै प्रकारका दुष्ट र फोहोरी आत्माहरू, सबै प्रकारका पात्र र समस्या पैदा गर्ने तुच्छ व्यक्तिहरू, र थोरै सीप भएका, अलि वाक्पटु, वा निर्लज्जहरू सबै आफ्नो कुरा जबरजस्ती बताउने र प्रस्तुति दिने साहस गर्छन्; तर परमेश्‍वरका घरमा सत्यताको अख्तियार चल्छ। ती सबै पिशाचहरूलाई धपाउनुपर्छ; तिनीहरूलाई मण्डलीबाट हटाउनैपर्छ। तिनीहरूका सबै झूटा शिक्षा र भ्रमलाई चिरफार गर्नैपर्छ, ताकि सबैले तिनीहरूलाई खुल्लमखुल्ला चिनेर चित्रण गर्न सकून्। अब यसलाई हेर्दा, परमेश्‍वरको प्रेम के हो त? यदि तँ यो धार्मिकता र पवित्रता हो भन्छस् भने, के त्यो सही हो? (होइन; परमेश्‍वरको प्रेम यी कुरा मात्र होइनन्।) त्यसोभए परमेश्‍वरको प्रेम के हो त? (त्यसमा न्याय र सजाय, अनि प्रताप र क्रोध पनि छ; यी सबै परमेश्‍वरका प्रेम हुन्।) परमेश्‍वरको प्रेम भनेको परमेश्‍वरको प्रेम नै हो, र परमेश्‍वरको सार भनेको परमेश्‍वरको सार नै हो। परमेश्‍वरको प्रेम उहाँको हृदय र मनमा, उहाँका भावना, उहाँको सार र उहाँका कामहरूमा छ। के तँ त्यसलाई स्पष्ट रूपमा व्याख्या गर्न सक्छस्? तैपनि तँ परमेश्‍वरको प्रेमलाई धार्मिकता र पवित्रता हो भनी भन्छस्, तँ यसलाई त्यसरी परिभाषित गर्ने साहस गर्छस्—तँ कत्ति निर्लज्ज! के तैँले उहाँको प्रशंसा गर्न चलाएका त्यस्ता परिभाषाहरूलाई परमेश्‍वर स्वीकार गर्नुहुन्छ? (गर्नुहुन्‍न।) किन गर्नुहुन्‍न? (किनभने यो उहाँविरुद्धको ईश्‍वरनिन्दा हो।) परमेश्‍वरलाई घिन लाग्छ, तर तँ सरासर र बिलकुलै बकवास कुरा गरिरहेको छस्! तेरो अन्धो प्रशंसा बेकार हुन्छ, र परमेश्‍वर यसमा खुसी हुनुहुन्‍न। परमेश्‍वरलाई मानवजातिबाट त्यति प्रशंसाको खाँचो छैन। उहाँलाई यसको कुनै चाह छैन; आरामसँग जिउन वा आत्मविश्‍वास प्राप्त गर्न उहाँलाई मानिसको प्रशंसा चाहिन्छ भन्‍ने होइन। के उहाँलाई यो चाहिन्छ? (चाहिँदैन।) परमेश्‍वरले गर्ने काम मानवजातिलाई मुक्ति दिनु, मानवजातिलाई राम्रो गन्तव्य दिनु हो, र उहाँ अर्को युगमा मानवजातिको अस्तित्वका लागि केही काम गर्नुहुन्छ; यसको उद्देश्य मानिसहरूको प्रशंसा पाउनु होइन। यति मात्र हो, परमेश्‍वरको कामको एउटा परिणाम के हो भने मानवजातिले उहाँको प्रशंसा गर्छ, तर यदि मानिसहरूमा परमेश्‍वरबारे गलतफहमी छ र तिनीहरू अन्धाधुन्ध उहाँको प्रशंसा गर्छन् भने, परमेश्‍वरले यसलाई अनुमति दिनुहुनेछैन, र यसलाई स्वीकार गर्नुहुनेछैन। यदि मानिसहरू आफूमा अत्यन्तै लिप्त भएर परमेश्‍वरलाई मानवजातिले दिने प्रशंसा एकदमै महत्त्वपूर्ण छ भन्‍ने महसुस गर्छ भने, के त्यो गलत अर्थ लगाउनु होइन र? मानवजातिमा परमेश्‍वरका लागि यो थोरै प्रशंसा छ र यो थोरै गवाही छ, त्यसकारण तिनीहरू यसले परमेश्‍वरको मन छुन्छ भन्‍ने सोच्छन्, तर वास्तवमा, उहाँको मन पटक्‍कै छुँदैन। के परमेश्‍वरले पाउनलायक कुरा यही होइन? यो एकदमै सामान्य कुरा हो।

अझ तल हेर: प्रेमको लागि, हामीले सत्यता र जीवन प्राप्त गर्न सकौँ भनेर परमेश्‍वर मानिसहरू, मामिला र विभिन्‍न कुराहरूलाई सेवामा लगाउनुहुन्छ। के यो हरफ सही छ? (छैन।) यसमा के गलत छ? के त्यो “प्रेमको लागि” भन्‍ने शब्‍दहरू हो? सबै कुरा पहिलो दुई शब्दको कारणले हो, जुन यति भ्रामक र अन्योलमा पार्ने किसिमका छन् कि तिनले मानिसहरूको दिमागलाई भ्रमित पार्छन्, जसले गर्दा तिनीहरू सही र गलतबीच भिन्‍नता छुट्याउन सक्दैनन्। अबदेखि, “प्रेमका लागि” भन्‍ने शब्दहरूको दुरुपयोग नगर। ती दुई शब्दपछिका शब्‍दहरू, “हामीले सत्यता र जीवन प्राप्त गर्न सकौं भनेर, परमेश्‍वरले मानिसहरू, मामिला र विभिन्‍न कुराहरूलाई सेवामा लगाउनुहुन्छ” साँचो हुन्। परमेश्‍वरको काममा यस्तो कुरा हुन्छ नै, तर यसलाई परमेश्‍वरको प्रेमका रूपमा चित्रण गर्नु गलत हुनेछ। यो परमेश्‍वरको शक्ति, परमेश्‍वरको अख्तियार र परमेश्‍वरको बुद्धि हो; यो प्रेमको कारण हुने होइन। ठ्याक्‍कै भन्‍नुपर्दा, यो परमेश्‍वरको प्रेमको कारणले मात्र हुने होइन। परमेश्‍वरसँग आफूले मुक्ति दिन चाहेको मानवजातिको सेवा गर्न सबै मानिस, मामिला र कामकुरालाई परिचालन गर्ने यो शक्ति छ। उहाँ आफूले मुक्ति दिन चाहेको मानवजातिलाई सेवा गर्न र आफ्‍नो व्यवस्थापन कार्यको सेवा गर्न सबै कुरा र मामिलाहरूलाई परिचालन गर्नुहुन्छ, अनि यसको अन्तिम लाभार्थी मानवजाति नै हो—मानिसहरू सत्यता र जीवन प्राप्त गर्छन्। यदि तँ यो केवल प्रेमको कारणले मात्र हो भनेर भन्छस् भने, के परमेश्‍वरको बुद्धि, अख्‍तियार र शक्ति अब अस्तित्वमा छैन? यो प्रेमको कारणले नै हो भन्‍नु सही होइन, त्यसैले त्यस्ता भनाइहरूको शिक्षा र स्थिति पनि गलत छन्। ती सबै गलत छन् भन्‍नुको अर्थ के हो? ती सत्यताअनुरूप छैनन्; तिनलाई विकृत तरिकाले भनिएको छ; ती सत्यताको वास्तविकता होइनन्; र ती मानिसहरूले अनुभव गर्ने सत्यताको व्यावहारिक पक्ष होइनन्।

अर्को पङ्क्तिलाई हेर: “प्रेमका लागि, परमेश्‍वरको न्याय र सजायले हामीलाई शैतानको प्रभाव त्याग्‍न र मुक्ति प्राप्त गर्न सक्‍ने तुल्याउँछ।” के यसमा कुनै समस्या छ? यहाँ पनि “प्रेमका लागि” भन्‍ने दुई शब्द अनुचित आधार हुन्। “परमेश्‍वरको न्याय र सजायले हामीलाई शैतानको प्रभाव त्याग्‍न र मुक्ति प्राप्त गर्न सक्‍ने तुल्याउँछ” भन्‍ने वाक्यांशमा कुनै गलत कुरा छैन, किनकि यो परमेश्‍वरको कामको परिणाम हो—तर भजन लेखकले किन त्यसअगाडि “प्रेमका लागि” भन्ने शब्दहरू थपे? यसबाट तिमीहरूले के पाठ सिक्यौ? परमेश्‍वरको स्वभाव र सारबारे टिप्पणी गर्ने, परिभाषित गर्ने वा सीमाङ्कन गर्ने कुरामा, तिमीहरू निश्‍चित रूपमा सावधान हुनैपर्छ अनि नम्र र बुद्धिमानी मनोवृत्ति अपनाउनैपर्छ। यदि तिमीहरू बेलगाम भई वाहियात कुरा गर्न सक्छौ, अनि यदि तिमीहरूले भन्‍ने सबै कुरा बकवास र खोक्रा शब्दहरू, बढाइचढाइको गफ र ईश्‍वरनिन्दा हो भने, तिमीहरूले परमेश्‍वरको स्वभावलाई चिढ्याउनेछौ जसले गर्दा उहाँले तँलाई घृणा र तिरस्कार गर्नुहुनेछ। परमेश्‍वरको सारसँग तुलना गरेर यसलाई अलि धेरथोर रूपमा भन्दा, परमेश्‍वरबारे मानिसको ज्ञानलाई समुद्रमा एक थोपा पानी वा समुद्री किनारको बालुवाका रासमा एउटा कण मात्र भन्न सकिन्छ। यी दुई बीचको भिन्‍नता ठूलो छ, र यदि मानिसहरू अझै पनि कामकुरालाई सीमित पार्ने र आफूखुसी निष्कर्ष निकाल्ने, आफ्‍ना धारणाहरूलाई मनमानी रूपमा सत्यता ठान्ने र तिनलाई वचन बनाउने हिम्मत गर्छन् भने, ठूलो समस्या हुनेछ। त्यो कस्तो ठूलो समस्या हो? (परमेश्‍वरविरुद्ध निन्दा।) परमेश्‍वरको निन्दा गर्नु समस्यापूर्ण र गम्भीर प्रकृतिको कुरा हो। यदि तँ आफ्नो व्यक्तिगत इच्छाको हिसाबले परमेश्‍वरको निन्दा गर्न चाहँदैनस् भने, तैँले मैले भर्खरै भनेको कुरालाई बलियो गरी पक्रनुपर्छ, अर्थात् होसियार बस् र आफ्नो मुख सम्‍हाल्। आफ्नो मुख सम्‍हाल्नु भनेको के हो? (परमेश्‍वरबारे आफूखुसी टिप्पणी नगर् र उहाँलाई सीमित नपार्।) ठिक भनिस्। दर्शनहरू समावेश मामिलाहरूका हकमा, “दर्शनहरू समावेश” एउटा सामान्य अभिव्यक्ति मात्र हो; अझै तोकेर भन्नुपर्दा, यो परमेश्‍वरको व्यवस्थापन योजना, काम, स्वभाव र सार समावेश हुने मामिलाहरूसँग सम्बन्धित छ। त्यसैले, यी दर्शनहरूसँग सम्बन्धित मामिलाहरूबारे सावधानीपूर्वक बोल् र कार्य गर, अनि मनमानी ढङ्गले सीमित पार्ने वा आलोचना गर्ने नगर। कतिपय मानिस भन्छन्, “मेरो सोचाइ त्यस्तै छ,” तर के तैँले त्यस्तो सोच्नु सही हो? अति अहङ्कारी र आत्मधर्मी नबन्। यदि तैँले सोच्ने कुरा गलत छ र तँ अझै पनि बकवास कुरा गर्छस् र मनमानी तरिकाले कामकुरालाई सीमित पार्छस् भने, त्यो आलोचना गर्नु, निन्दा गर्नु र ईश्‍वरनिन्दा गर्नु हो—र तैँले सोचेभन्दा ठूलो नतिजा भोग्लास्। कतिपय मानिस यसलाई स्विकार्न सक्दैनन्, र भन्छन्, “म परिस्थितिलाई त्यसरी नै हेर्छु, र यदि तपाईं मलाई बोल्न दिनुहुन्न भने, तपाईंले मलाई आफ्‍नो भेष बदल्न लगाइरहनुभएको छ।” त्यो कसरी तँलाई आफ्‍नो भेष बदल्न लगाउनु हो र? यो त तँलाई सतर्क रहन र आफूले नसोचेको र पुष्टि गर्न नखोजेको कुनै पनि कुरा नगर्न सल्लाह दिनु हो। यो तेरो फाइदाका लागि हो; यो तेरो सुरक्षाका लागि हो। यदि तैँले सोच्ने कुरा गलत हो भने, आफूले बोलेपछि परिणाम के हुनेछ भन्‍ने तँलाई थाहा छ? तैँले आफ्‍ना बोलीको जिम्मेवारी लिनुपर्नेछ। ख्रीष्टविरोधीले धेरै दुष्ट काम गरेको हुन्छ; र उसको अन्तिम परिणाम के भएको छ? उसले आफ्‍नो कामको जिम्मेवारी लिनुपरेको छ, र मण्डलीले उसलाई सम्हाल्नु परेको छ। त्यसकारण, यदि तँसँग कुनै विचार वा निश्‍चित बुझाइ छ भने, तैँले बोल्नुअघि यसलाई पुष्टि गर्नु सबैभन्दा राम्रो हुन्छ। तैँले यसलाई कुनै लेखमा राख्न, अक्षरमा उतार्न, वा भजनको रूपमा रचना गर्नअघि तँलाई पर्याप्त तथ्यात्मक आधार र सैद्धान्तिक समर्थन चाहिन्छ। यदि तँसँग पर्याप्त तथ्यहरू र सैद्धान्तिक समर्थन छैन भने, तैँले स्थापित गर्न चाहेको तथ्य वा तैँले “सत्यता” मान्ने तथ्यहरू अत्यन्तै अव्यावहारिक हुन्छन्; ती त खोक्रा सिद्धान्त र भ्रामक शब्द मात्र हुन्छन्। तँ दुस्साहसी लापरवाह होस्, र निन्दापूर्ण शब्दहरू बोलिरहेको छस् भनेर भन्‍न सकिन्छ।

परमेश्‍वरले आफ्नो कामको सुरुदेखि अहिलेसम्म धेरै सत्यता व्यक्त गर्नुभएको छ, अनि त्यसमा मानिसहरूका विभिन्‍न स्थिति र भ्रष्ट स्वभावहरू, साथै मानिसहरूका विभिन्‍न आवश्यकतासँग सम्‍बन्धित धेरै वचन छन्। मैले यसो भन्‍नुको अर्थ के हो? यसको अर्थ हो, त्यसमा मानिसहरूको अनुभव, परमेश्‍वरको वचनसम्बन्धी मानिसहरूको ज्ञान, र परमेश्‍वरका मापदण्डसम्बन्धी मानिसहरूको ज्ञानसँग सम्‍बन्धित विषयहरूबारे लेख्‍न सकिने धेरै भजन छन्। तैँले आफूमा अनुभव भएको क्षेत्रबारे लेख्‍न सक्छस्; यदि तँसँग अनुभव छैन भने, जथाभाबी नलेख्। यदि तँसँग अनुभव त छ तर भजन लेख्‍न आउँदैन भने, लेख्‍नुअघि भजन बुझ्ने व्यक्तिलाई मार्गदर्शन माग्। भजन नबुझ्ने मानिसहरूले निश्चय नै पन्ना भर्नका लागि मात्र त्यो लापरवाहीपूर्वक लेख्‍नु हुँदैन। भजन लेख्‍ने मानिसहरूसँग अनुभव हुनैपर्छ र तिनीहरूले सिद्धान्तहरू पनि बुझेको हुनैपर्छ; तिनीहरू हृदयबाटै बोल्नुपर्छ र व्यावहारिक शब्दहरू भन्नैपर्छ, ताकि लेखिने भजन मानिसहरूलाई उपयोगी हुन सकोस्। केही भजनले त्यस्ता कुराहरू भन्छन् जुन बिलकुलै व्यावहारिक हुँदैनन् तर त्यसमा मानिसहरूका लागि केही पनि नगर्ने शब्‍द र धर्मसिद्धान्तहरू मात्र हुन्छन्; यस्ता भजनहरू नलेख्‍नु नै राम्रो हुन्छ। कतिपय मानिस भजन लेख्छन् र अरू मानिसलाई परिमार्जन गर्न लगाउँछन्, अनि भजन परिमार्जन गर्नेहरूसँग झूटो अनुभव र साहित्यिक प्रतिभाबाहेक कुनै अनुभव हुँदैन। के यो धोका होइन र? तिनीहरूसँग आफ्नै अनुभव हुँदैन, तैपनि तिनीहरू अरूका लागि भजन परिमार्जन गर्न चाहन्छन्—तिनीहरू आफूलाई चिन्दैनन्। त्यसकारण, अनुभव वा साँचो ज्ञान नहुनेहरूले कहिल्यै भजन लेख्‍नु हुँदैन। एकातिर, तिनीहरूले कसैलाई कुनै भलाइ पटक्कै गर्नेछैनन्, र अर्कोतिर तिनीहरूले आफूलाई मूर्ख बनाइरहेका हुनेछन्।

भजन गाउनु भनेको आंशिक रूपमा परमेश्‍वरको प्रशंसा गर्नु हो, र आंशिक रूपमा आत्मिक भक्ति र आत्मचिन्तनमा संलग्‍न हुनु हो, जसले गर्दा आफूले यसबाट लाभ उठाउन सक्छ। भजनको मूल्य छ कि छैन भन्‍ने कुराको कडी त्यसका शब्‍दहरू मानिसहरूका लागि फाइदाजनक र तिनीहरूलाई भलाइ गर्ने किसिमका छन् कि छैनन् भन्‍ने नै हो। यदि यो राम्रो अनुभवात्मक भजन हो भने, त्यसमा मानिसहरूलाई भलाइ गर्ने र उपयोगी धेरै शब्‍दहरू हुन्छन्। उपयोगी शब्दहरूले केलाई जनाउँछन्? यसले ती शब्‍दहरूलाई जनाउँछ जसबारे तैँले हरेकपटक आफ्ना अनुभवहरूमा कुनै कुरा सामना गर्दा सोच्न सक्छस्। यी शब्दहरूले तँलाई अभ्यासको दिशा र मार्ग दिन सक्छन्; तिनले तँलाई निश्चित सहयोग, प्रेरणा र मार्गदर्शन दिन सक्छन्, वा तिनले तँलाई केही प्रकाश दिन सक्छन्, ताकि तैँले व्यावहारिक अनुभवहरूबाट आउने यी शब्दहरूबाट आफू खडा हुनुपर्ने स्थान, आफूले अपनाउनुपर्ने मनोवृत्ति, आफूले लिनुपर्ने दृष्टिकोण, आफूमा हुनुपर्ने विश्‍वास र आफूले अभ्यास गर्नुपर्ने मार्ग भेट्टाउन सक्छस्। अथवा, तैँले ती शब्‍दहरूबाट, आफ्ना विकृतिका केही पक्ष, र आफ्ना भ्रष्ट अवस्थाका केही पक्ष, आफ्नो भ्रष्‍टताको प्रकटीकरण, वा आफ्नो सोच र विचारहरू चिन्‍न सक्छस्। यी सबै मानिसहरूका लागि उपयोगी छन्। किन ती मानिसहरूका किन उपयोगी छन्? किनभने ती सत्यताअनुरूप छन्, अनि ती मानिसहरूका अनुभव र अनुभूति हुन्। यदि शब्दहरूमा तेरो जीवन अनुभवका लागि उपयोगी हुन सक्‍ने, तँलाई तेरो भ्रष्ट स्वभाव समाधान गर्ने सन्दर्भमा सहयोग दिने, मार्गर्शन गर्ने, अन्तर्दृष्टि दिने, वा चेतावनी दिने साँच्चै व्यावहारिक कुराहरू छन् भने, यी शब्दहरू बहुमूल्य र व्यावहारिक हुन्। कतिपय शब्‍दहरू सामान्य भए पनि, ती व्यावहारिक हुन्छन्; कतिपय शब्‍दहरू त्यति सानदार तरिकाले लेखिएका नहोलान्, ती कविता वा गद्यसँग मिल्दोजुल्दो नहोलान्, र ती सबै स्थानीय भाषामा र हृदय छुने होलान्, तर यदि ती शब्दहरूले सत्यताको बुझाइ व्यक्त गर्छन्, र यदि तिनले सत्यताको साँचो अनुभव व्यक्त गर्छन् भने, तिनले तेरो सुधार गर्छन्, ती व्यावहारिक र मूल्यवान् हुन्छन्। अहिले तिमीहरूको सबैको सबैभन्दा ठूलो कठिनाइ के हो भने, तिमीहरूलाई खुट्याउन आउँदैन; तिमीहरू शब्‍दहरू खोक्रा शब्दहुन् कि शब्द र धर्मसिद्धान्त हुन् भनेर बुझ्न सक्दैनौ। जुनसुकै शब्दहरू गाइए पनि त्यो तिमीहरूलाई ठिकै लाग्छ; तिमीहरू ती शब्‍दहरू व्यावहारिक छन् कि छैनन्, तिनमा सत्यताको ज्योति छ कि छैन, तिनले मानिसहरूलाई भलाइ गर्छन् कि गर्दैनन्, वा ती तिमीहरूका लागि फाइदाजनक छन् कि छैनन् भनेर विचार गर्दैनौ—यी कुनै पनि विचार तिमीहरूले मनमा आउँदैनन्। अनि अझै तँ भजनहरू गाइसकेपछि ती एकदम राम्रो र सुन्दर छन् भन्‍ने सोच्छस्, तर तिनले तँमा कस्तो प्रभाव पारेका छन् भन्‍ने तँलाई थाहा हुँदैन। के यो विवेकहीन व्यक्ति होइन र?

“कुनै पनि हृदय परमेश्‍वरको भन्दा असल हुँदैन” भन्‍ने एउटा भजन छ, र त्यो भजनको प्रत्येक पङ्क्ति व्यावहारिक अनुभवबाट आएको अनुभूति हो, यसले मानिसहरूलाई ठूलो सहयोग गर्छ—के तिमीहरूमध्ये कसैले यसबारे सुनेका छौ? गीति शब्दहरू जति राम्रो र सुधार गर्ने हुन्छन्, तिनलाई स्वीकार गर्न तिमीहरूलाई त्यति नै मन लाग्दैन। तिमीहरू तिनलाई हेर्दैनौ वा कुनै ध्यान दिँदैनौ, तिमीहरू यी असल कुराहरूलाई कदर गर्दैनौ, कुनै मूल्यवान् कुरालाई कसरी जतन गर्ने भन्‍ने तिमीहरूलाई थाहा छैन—तिमीहरूले यो प्राप्त गरेपछि यो तिमीहरूको पकडबाट फुत्किन्छ। तिमीहरू सबै साँच्‍चै कति विपन्‍न र दयनीय छौ! मैले जमघटहरूमा धेरैपटक यो भजन सिफारिस गरेको छु। त्यस्ता भजनहरू गाउँदा तिमीहरूको प्रवेशमा, परमेश्‍वरप्रति तिमीहरूको विश्‍वास वृद्धिमा, र परमेश्‍वरप्रति तिमीहरूले साँचो आज्ञाकारिता देखाउन सधैँ सजिलो बनाउने प्रभाव पार्छ। यी प्रभावहरू अतुलनीय हुन्छन्। यो एक बहुमूल्य भजन हो, त्यसैले म यसलाई सिफारिस गर्दछु, तैपनि तिमीहरूकसैले यो गाउँदैनौ। तिमीहरूलाई अझै वास्तविकता के हो अनि केचाहिँ शब्द र धर्मसिद्धान्तहरू मात्र हुन् भन्‍ने थाहा छैन, त्यसैले तिमीहरूले यी भजनहरू अझ बारम्बार गाउनुपर्छ र तिनलाई साँच्चै महसुस गर्नुपर्छ। हामी यसलाई विश्लेषण गरौँ।

भजनको पहिलो पङ्क्ति यस्तो छ, “परमेश्‍वरलाई प्रेम गर्ने निर्णय गरेको हुनाले, उहाँले मबाट जे लिनुभए पनि, म उहाँको आज्ञापालन गर्नेछु।” के लिनुहुन्छ? व्यक्तिको हैसियत, परिवार, छवि, र मर्यादासमेत। अय्यूबमाथि आइपरेका शोधनका तत्वहरू के थिए? परमेश्‍वरले के गर्नुभयो? (उहाँले अय्यूबको सम्पत्ति र छोराछोरी लिनुभयो।) परमेश्‍वरले ऊबाट सबै कुरा लिनुभयो, र क्षणभरमै, तिनीसँग केही थिएन र तिनको सम्पूर्ण शरीर खटिराले भरिएको थियो। त्यसलाई वञ्चित गरिको भनिन्छ। निश्चय नै, यो वञ्चित गरिएको हो, र यस कार्यको समग्र निचोड के हो भने परमेश्‍वर अय्यूबलाई जाँच्‍न चाहनुहुन्थ्यो; यो एउटा परीक्षा थियो, र परीक्षाका निर्द्धिष्ट कार्यहरूमध्ये अभाव एउटा थियो। अझ तल हेर्दा: “अलि दुःखी भए पनि, म कुनै गुनासो गर्दिनँ।” के यो मानव मनोवृत्ति होइन र? (हो।) “थोरै दुःखी हुनु।” तिमीहरूको विचारमा, के परमेश्‍वरले मानिसहरूबाट कुनै कुरा लैजानुहुँदा तिनीहरूलाई गाह्रो हुन्छ? (हुन्छ।) तिनीहरूलाई यो गाह्रो हुन्छ, तिनीहरूलाई पीडा हुन्छ, तिनीहरू दुःखी, असहाय, र निराश हुन्छन्; तिनीहरूलाई रुन, रिस पोखाउन, र विद्रोह गर्न मन लाग्छ। यस उदासीमा धेरै कुरा हुन्छन्, त्यसोभए के यो भनाइ यथार्थ हो? (होइन।) “म कुनै गुनासो गर्दिनँ” के कुनै गुनासो नगर्ने मानिस हुन्छ? यो असम्भव छ, तर मानिसहरू यसरी उँभो उठ्ने प्रयास गर्नुपर्छ; तिनीहरूले यो अनुभव गर्न र यस्तो मनोवृत्ति अपनाउन आवश्यक छ। के यी शब्दहरूमा मानिसहरूका लागि कुनै सकारात्मक मार्गदर्शन छ? (छ।) “म कुनै गुनासो गर्दिनँ।” मानिसहरू कुनै गुनासो नगर्ने हुनैपर्छ; व्यक्तिसँग गुनासो हुनु हुँदैन। यदि मानिसहरूसँग गुनासो छ भने, तिनीहरूले आफूलाई चिन्‍नुपर्छ र परमेश्‍वरलाई दोष दिनु हुँदैन, तिनीहरू समर्पित हुनुपर्छ—यो परमेश्‍वरप्रति मानिस समर्पित हुने मनोवृत्ति हो। मानिसहरूले गुनासो गर्नु हुँदैन; गुनासो गर्नु भनेको परमेश्‍वरको काम र परीक्षाविरुद्ध गरिने एक प्रकारको विद्रोह हो, र यो साँचो समर्पण होइन। अर्को पङ्क्तिले भन्छ: “भ्रष्ट स्वभावले गर्दा, मानिस न्याय र सजायको योग्य छ।” के यो तथ्य होइन र? (हो।) यो मानिसहरूमा भ्रष्ट स्वभाव छ भन्‍ने तथ्य हो, तर यदि तिनीहरू यो तथ्य चिन्दैनन् भने, के यो भनाइ व्यक्त गर्न सक्छन्? यदि मानिसहरूले यसलाई पहिचान गरेनन् भने, यसलाई स्वीकार गर्नेछैनन्; यदि तिनीहरू यसलाई स्वीकार गर्दैनन् भने, तिनीहरूले त्यस्ता भनाइहरू बनाउनेछैनन्, त्यसैले यो हरफ मानिसहरूको साँचो अनुभवबाट लिइएको हो। “मानिस न्याय र सजायको योग्य छ” भन्‍ने वाक्यांश एकदम सरल देखिन्छ, तर यसको निहित अर्थ के हो? यसको अर्थ हो, मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ, तिनीहरू परमेश्‍वरको अवज्ञा र विरोध गर्छन्, र तिनीहरू न्याय र सजायको योग्य छन्। यसमा जतिसुकै कष्ट हुने भए पनि त्यो उचित हुन्छ—परमेश्‍वरले गर्ने सबै कुरा सही हुन्छ। के यी शब्दहरू यथार्थ छन्? (छन्।) यो त आफूमा भ्रष्ट स्वभाव भएको कुरा पूर्णतया व्यक्तिगत रूपमा स्विकार्नु, त्यसका साथै सजिलै न्याय र सजाय स्वीकार गर्नु, परमेश्‍वरको न्याय र सजाय मानिसहरूका लागि मुक्ति हो, र परमेश्‍वरले यसरी कार्य गर्नुपर्छ भनी स्विकार्नु हो। यो न्याय र सजायमा परमेश्‍वरले गर्ने कामको विधिप्रति आज्ञाकारिता देखाउने मनोवृत्ति हो। के मानिसहरूमा यस्तो मनोवृत्ति हुनुपर्छ? (पर्छ।) तिनीहरूमा वास्तवमै हुनुपर्छ। त्यसोभए, यो भजन गाएपछि, के मानिसहरूलाई फाइदा पुग्छ? (पुग्छ।) यसले के-कस्ता फाइदाहरू ल्याउँछ? यदि तँ यी शब्दहरू गाउँदैनस् भने, तँलाई यो तथ्य थाहा हुँदैन, तँलाई आफूले कस्तो दृष्टिकोण राख्‍नुपर्छ, कसरी आज्ञापालन गर्नुपर्छ, वा परमेश्‍वरको न्याय र सजाय पालन र स्वीकार गर्न कस्तो मनोवृत्ति अपनाउनुपर्छ भन्‍ने तँलाई थाहा हुनेछैन। तर, यदि तँ यो भजन गाउँछस् र यसका शब्‍दहरूलाई मनन गर्छस् भने, तँलाई ती शब्दहरू एकदमै राम्रा रहेछन्—ती सही छन् भन्ने महसुस हुनेछ, तैँले तिनमा “आमेन” भन्‍न सक्छस्, र ती अनुभवबाट आएका हुन् भनी स्विकार्न सक्छस्। के ती उच्च शब्दहरू जस्ता देखिन्छन्? (देखिँदैनन्।) तर तिनले तँलाई सकारात्मक मार्गदर्शन दिन्छन्, अनि सक्रिय र सकारात्मक मार्ग प्रदान गर्छन्। जब तँ आफमा भ्रष्ट स्वभाव छ, र परमेश्‍वरले तँलाई न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ भन्‍ने कुरा पत्ता लगाउँछस्, तब तिनले तँलाई सही दृष्टिकोण र अभ्यासको मार्ग दिनेछन्। सर्वप्रथम, तैँले के बुझ्नुपर्छ भने, जब मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ, तब तिनीहरूले परमेश्‍वरको न्याय र सजाय स्वीकार गर्नुपर्छ। त्यसमा केही छैन; परमेश्‍वरसँग बहसचाहिँ नगर्। तैँले उहाँको इच्छा बुझ्न सके पनि वा नसके पनि, पहिले तँ समर्पित हुनैपर्छ। कसले तँमा भ्रष्ट स्वभाव पैदा गर्‍यो? कसले तँलाई परमेश्‍वरको प्रतिरोध गर्न लगायो? तँ न्याय र सजाय पाउन योग्य छस्। यो समर्पण कहाँबाट आउँछ? के यो व्यावहारिक मार्ग होइन र? यो अभ्यासको मार्ग हो। गीतका यी शब्‍दहरू गाएपछि कस्तो महसुस हुनेछ? के ती अत्यन्तै व्यावहारिक छैनन् र? ती पृथ्वी हल्‍लाउने वा अत्यन्तै उत्कृष्ट छैनन्, ती एकदम साधारण छन्, तर तिनले तथ्य बताउँछन्, र यसका साथै तिनले यो भजन गाउने सबैलाई अभ्यासको मार्ग दिन्छन्। ती शब्‍दहरू त्यति सुन्दर ढङ्गमा लेखिएका नहोलान्, तर ती व्यावहारिक छन्।

अर्को पङ्क्तिलाई हेर: “परमेश्‍वरको वचन सत्यता हो; मैले उहाँको इच्छालाई गलत अर्थ लगाउनै हुँदैन।” के यो अभिव्यक्ति सही छ? (छ।) यसमा के सही छ? कतिपय मानिस यसो भन्छन्, “‘परमेश्‍वरको वचन सत्यता हो,’ के यो कुरा भनिरहनु पर्छ र? के त्यो धर्मसिद्धान्त होइन र?” यो हरफले अर्को हरफको जगका रूपमा काम गर्छ: “मैले उहाँको इच्छालाई गलत अर्थ लगाउनै हुँदैन।” यो वाक्यांश कसरी आयो? कुन मनस्थिति र कुन स्थितिले यसलाई जन्म दियो? (यदि मानिसहरू परमेश्‍वरको वचन सत्यता हो भनी साँच्‍चै विश्‍वास गर्छन् भने, तिनीहरूले परमेश्‍वरलाई गलत अर्थ लगाउनेछैनन्।) तैँले परमेश्‍वरको वचनलाई सत्यता मान्ने हुनाले, परमेश्‍वरको इच्छालाई गलत रूपमा अर्थ्याउनु हुँदैन। त्यसोभए, यदि गलतफहमी उत्पन्‍न भयो भने तैँले के गर्नुपर्छ? तुरुन्तै आफ्नो इच्छा पन्छाएर सत्यता खोजी गर्। धर्मसिद्धान्तका सन्दर्भमा भन्नुपर्दा, यदि तँलाई परमेश्‍वरको वचन सत्यता हो भन्‍ने थाहा छ, तैपनि तँ अझै परमेश्‍वरको इच्छालाई गलत रूपमा अर्थ्याउँछस् भने, यहाँ गल्ती कहाँ छ? (सत्यता स्वीकार नगर्नु।) ठिक भनिस्। त्यसकारण, मानिसहरू आज्ञाकारी हुनुपर्छ र परमेश्‍वरको इच्छालाई गलत अर्थ लगाउनु हुँदैन। तैँले परमेश्‍वरको वचनलाई सत्यता मान्ने हुनाले—यो तैँले बुझ्ने सिद्धान्त हो—किन तँ वास्तविक घटनाहरू आइपर्दा परमेश्‍वरको हृदयलाई गलत अर्थ लगाउँछस्? यसले के प्रमाणित गर्छ भने तैँले परमेश्‍वरको वचन सत्यता हो भन्‍ने तथ्यलाई साँचो रूपमा स्वीकार गरेको छैनस्। के त्यसोभए यो हरफले एउटा सङ्केतका रूपमा काम गर्दैन र? यसले तँलाई के बताउँछ? (हामीले परमेश्‍वरको वचन सत्यता हो भनेर विश्‍वास गर्नैपर्छ, र हामीले यस तथ्यलाई दृढतापूर्वक चिन्नैपर्छ।) तैँले परमेश्‍वरको वचन सही छ, यो सत्यता हो भनेर विश्‍वास गर्नु नै पर्छ। तैँले परमेश्‍वरको वचनलाई सत्यता मान्ने हुनाले, परिस्थितिहरू आइपर्दा आफ्नो इच्छालाई सत्यताका रूपमा वा उद्देश्यको रूपमा नले; यसको सट्टा, तैँले परमेश्‍वरको इच्छा के हो भनेर ध्यान दिनैपर्छ। यसबाहेक, के परमेश्‍वरले तँलाई जाँच्‍न चाहनुहुन्छ भन्‍ने कुरा सत्यता हो? (हो।) यदि तँ यसलाई सत्यता मान्छस् भने, के परमेश्‍वरको इच्छालाई गलत अर्थ लगाउन सक्छस्? मानौँ तैँले यस्ता वाक्यांशहरूबारे मनमनै विचार गर्छस्, “के परमेश्‍वरले मलाई दोषी ठहराउनुहुन्छ? यदि मलाई दोषी ठहऱ्याइयो भने, के म दण्डित हुनेछु? के परमेश्‍वरले मलाई अप्रिय ठानेर नष्ट गर्नुहुनेछ?” के यी सबै गलतफहमी होइनन्? (हुन्।) ती सबै गलतफहमी हुन्। त्यसोभए, के “परमेश्‍वरको वचन सत्यता हो; मैले उहाँको इच्छालाई गलत अर्थ लगाउनै हुँदैन” भन्‍ने वाक्यले तिमीहरू सबैलाई केही कुरा महसुस गराउँदैन र? के यो तिमीहरू आफ्नो गलतफहमीबाट बाहिर निस्‍कनुपर्छ, र परमेश्‍वरले तँलाई दिने परीक्षा, उहाँको न्याय र सजाय स्वीकार गर्नुपर्छ भन्‍ने होइन र? (हो।) स्वीकार गर्नु आधार के हो? यो परमेश्‍वरका वचनहरू सही छन्, ती सत्यता हुन् भन्‍ने तेरो दृढ स्वीकृति हो। मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ, र तिनीहरू नै गलत छन्। मानिसहरूले परमेश्‍वरको इच्छाबारे अनुमान लगाउन आफ्नो इच्छा प्रयोग गर्न मिल्दैन; परमेश्‍वर गलत हुनुहुन्‍न। परमेश्‍वर गलत हुनुहुन्‍न भन्‍ने कुरा प्रमाणित भइसकेको हुनाले, मानिसहरूले उहाँले गर्ने सबै कुरा स्वीकार गर्नुपर्छ।

अझ तल यस्तो छ: “आत्मचिन्तन गर्दा, म प्रायजसो असाध्यै धेरै अशुद्धता भेट्छु।” यो अशुद्धतालाई कसरी आत्मचिन्तनद्वारा पहिचान गरिन्छ? (जब मानिसहरू आफ्नो भ्रष्टता प्रकट गर्छन्।) मानिसहरूले आफ्नो भ्रष्‍टता प्रकट गर्दा यसको पहिचान हुन्छ; त्यो यसको एउटा पक्ष हो। जब परमेश्‍वर मानिसहरूलाई जाँच्नुहुन्छ, जब उहाँले मानिसहरूका लागि तय गर्ने परिस्थितिहरू तिनीहरूलाई मन पर्दैन, तब मानिसहरू प्रायजसो यस्तो सोच्छन्, “के अब परमेश्‍वर मलाई प्रेम गर्नुहुन्‍न? के परमेश्‍वर धर्मी हुनुहुन्‍न? यसो गर्दा उहाँ धर्मी हुनुहुन्‍न—उहाँका कार्यहरू सत्यतासँग मेल खाँदैनन् र उहाँ मानिसहरूका कठिनाइप्रति विचारशील भइरहनुभएको छैन।” मानिसहरू सधैँ परमेश्‍वरविरुद्ध षड्यन्त्र गरिरहेका हुन्छन्, सबै प्रकारका भ्रष्ट स्वभाव, सोच, विचार, दृष्टिकोण, र उहाँबारे शङ्काहरू पैदा गर्छन्। के यी अशुद्धताहरू होइनन् र? (हुन्।) अवश्य नै, यो पनि मानिसहरूको भ्रष्‍टताको सूचक हो। अर्को पङ्क्तिमा यस्तो छ, “यदि मैले सम्पूर्ण शक्तिले प्रयास गरिनँ भने, सिद्ध हुन गाह्रो हुन सक्छ,” यी शब्दहरू भजन लेखकका विचार हुन्, जसलाई तिनीहरूले आत्मविश्लेषणद्वारा पहिचान गरेका हुन्। तँ आफ्नो अशुद्धताबारे आत्मचिन्तन गर्दैनस्, सधैँ परमेश्‍वरलाई गलत रूपमा बुझ्छस् र उहाँ सत्यता हुनुहुन्छ भनेर मुखले मात्र स्वीकार गर्छस्, तैपनि जब तँमा घटनाहरू आइपर्छन्, तब तँ आफ्नै विचारमा ढिपी कसेर अडिग रहन्छस्, परमेश्‍वरविरुद्ध विद्रोह गर्छस्, उहाँबारे गुनासो गर्छस्, उहाँलाई गलत रूपमा अर्थ्याउँछस्, अनि उहाँको न्याय र सजाय स्वीकार गर्दैनस्। यदि तैँले यी कुरा त्यागिनस् भने, तँलाई सिद्ध बन्‍न धेरै गाह्रो हुनेछ; अर्थात्, सिद्ध हुन असम्भव हुनेछ, र कुनै आशा हुनेछैन, किनभने तँ सत्यता स्वीकार गर्न सक्दैनस्। तेरो विचारमा, के यी गीति शब्‍दहरूको व्यावहारिक पक्ष छैन? (छ।) यस भजनको प्रत्येक पङ्क्तिमा मानिसहरूले वास्तवमै परिस्थितिहरू अनुभव गर्दा देखा पर्ने भाषा रवास्तविक अवस्थाहरूको वर्णन समावेश छ।

अर्को पङ्क्तिलाई हेरौँ: “आज दुःखकष्ट धेरै भए पनि, परमेश्‍वरको प्रेममा पाउनु सम्मानको कुरा हो।” यहाँ, कठिनाइहरूलाई परमेश्‍वरको प्रेम र सम्मानसँग जोडिएको छ। के यो वास्तविक अनुभवबाट जन्मेको कुरा होइन र? के यो कसैको वास्तविक कार्य र अनुभवहरूबाट विकसित भएको एक प्रकारको साँचो आस्था र मनोवृत्ति होइन र? यी शब्दहरू छुमन्तर गरेर निकालिएका होइनन्, ती त मनस्थिति, वातावरण, घटनाको पृष्ठभूमिबाट उत्पन्न हुन्छन्। तँलाई यो मनोवृत्ति कस्तो लाग्छ? मानिसहरूले धेरै कठिनाइ सहन्छन्, र यी कठिनाइहरूले गर्दा निष्ठा र मर्यादा गुमाउनुपर्ने हुन्छ, मानिसहरू आफ्नो हैसियत र रुचिबाट वञ्चित हुन्छन्, अन्य कठिनाइहरूबीच, तिनीहरूलाई ठूलो पीडा हुन्छ। तर यतिसम्म पुगेपछि, तिनीहरू परमेश्‍वरप्रति साँचो विश्‍वास र उहाँबारे ज्ञान विकास गर्छन्; तिनीहरूलाई यी सब परमेश्‍वरको प्रेम पाउनु हो, परमेश्‍वरको विशेष निगाह हो, र परमेश्‍वरले तिनीहरूलाई कठिनाइमा पारिरहनुभएको छैन भन्‍ने लाग्छ। तिनीहरू यो सम्मान हो र परमेश्‍वरले तिनीहरूलाई माया गरिरहनुभएको छ, त्यसैले उहाँ यसरी काम गर्नुहुन्छ, तिनीहरूलाई वञ्चित पार्नुहुन्छ र परीक्षण गर्नुहुन्छ, र तिनीहरूलाई यसरी न्याय र सजाय दिनुहुन्छ भन्‍ने सोच्छन्। यो त मानिसहरूमा हुनुपर्ने र वास्तविक जीवनबाट आएको वास्तविक, सकारात्मक मनस्थिति हो। कस्तो व्यक्तिले “आज दुःखकष्ट धेरै भए पनि, परमेश्‍वरको प्रेम पाउनु सम्मानको कुरा हो” भनेर भन्‍नेछ? यो “प्रेमका लागि” भन्‍ने भजन लेख्‍ने प्रकारको व्यक्ति होइन। तिनीहरूले भन्‍न सक्‍ने भनेकै भ्रमित, खोक्रा शब्द, सानदार लाग्ने वाक्यांश र नाराहरू मात्र हुन्। के तिनीहरूले यसो भन्‍न सक्‍नेछन्, “आज दुःखकष्ट धेरै भए पनि, परमेश्‍वरको प्रेम पाउनु सम्मानको कुरा हो?” के तिनीहरूले आफ्नो हृदयबाट ती शब्दहरू बोल्न सक्‍नेछन्? सक्नेछैनन्। तिनीहरूले भनेका कुरा त सबै खोक्रा शब्द, बढाइचढाइ गरिएका शब्द, र मानिसहरूले सुन्‍न चाहनेशब्‍दहरू थिए, र अन्त्यमा तिनीहरूले हतारपतार एउटा भजन बनाए अनि आफूलाई एकदम सक्षम र चतुर ठाने। मेरो दृष्टिकोणमा, ती गीति शब्‍दहरूको एउटा शब्द पनि कुनै मूल्यको छैन। ती सबै बकवास हुन्, ती खारेज गर्नुपर्छ, र भविष्यमा कसैलाई पनि यस्तो भजन गाउन दिनु हुँदैन। यदि तँ गाउन चाहन्छस् भने, तैँले “कुनै पनि हृदय परमेश्‍वरको भन्दा असल हुँदैन” जस्ता भजनहरू गाउनुपर्छ, जसमा साँचो, हार्दिक शब्दहरू छन्—यी शब्दहरूले मानिसहरूलाई सुधार गर्छन्।

पहिलो पदको अन्तिम पङ्क्ति यस्तो छ: “दुःखकष्टमार्फत्, म समर्पित हुन सिक्छु,” यसको अर्थ दुःखकष्टले नै मानिसहरूलाई समर्पित हुन सिकाउँछ। त्यसपछि यस्तो लेखिएको छ, “कुनै पनि हृदय परमेश्‍वरको भन्दा असल हुँदैन।” यो हरफ वास्तवमै विषयको सान्दर्भिक छ। यो त यी सबै कुराबाट गुज्रेर प्राप्त हुने अन्तिम बुझाइ र अनुभव, अर्थात् परमेश्‍वरको अभिप्राय मानिसहरूलाई मुक्ति दिनु हो भन्‍ने तथ्य हो। मानिसहरूले के बुझ्नुपर्छ भने मानिसहरूका लागि परमेश्‍वरको हृदय योभन्दा राम्रो हुन सक्दैन, र उहाँले गर्ने सबै कुरा तिनीहरूका लागि लाभदायी हुन्छ; उहाँ मानिसहरूलाई दुःख दिनुहुन्न वा सताउनुहुन्न, बरु शुद्ध पार्नुहुन्छ। त्यसकारण भजन लेखकले आफ्‍नो हृदयबाट यसो भन्‍न सक्यो: कुनै पनि हृदय परमेश्‍वरको भन्दा असल हुँदैन। यो मानवजातिको भाषा हो। निश्‍चित मात्रामा अनुभव र बुझाइ प्राप्त नगरी, परमेश्‍वरको काम र मानिसहरूलाई मुक्ति दिने उहाँको तरिकाबारे निश्चित मात्रामा अनुभव र बुझाइ नभई, अनि यी निर्द्धिष्ट कुराहरूविना, के कसैले “कुनै पनि हृदय परमेश्‍वरको भन्दा असल हुँदैन” भन्‍ने जस्ता शब्दहरू भन्न सक्छ? कसैले पनि बिलकुलै सक्दैन। फेरि यो वाक्यांशलाई हेर, “दुःखकष्टमार्फत, म समर्पित हुन सिक्छु।” के यस हरफमा व्यावहारिक पक्ष छ? के यो मानिसहरूले सत्यता वास्तविकतामा प्रवेश गरेपछि प्राप्त गर्ने वा कटनी गर्ने कुरा होइन र? (हो।) त्यसोभए कठिनाइ भनेको के हो? के यसको मतलब पर्याप्त खानेकुरा नहुनु, प्रशस्त लुगाफाटा नहुनु, वा कैदको कष्ट भोग्नु हो? यसले यी तरिकामा शारीरिक कष्टलाई जनाउँदैन; बरु, यो त मानिसहरूले सत्यता, परमेश्‍वरको काम, उहाँकोको मुक्ति, र उहाँको श्रमसाध्य अभिप्रायसम्बन्धी आफ्ना हृदयमा अनुभव गर्ने युद्ध हो। मानिसहरूले यो अनुभव गरेपछि, आफ्नो आशाको सन्दर्भणा आफूले हृदयमा धेरै कष्ट भोगेको महसुस गर्छन्; अन्त्यमा तिनीहरू परमेश्‍वरको इच्छा बुझ्छन्, तिनीहरू परमेश्‍वरप्रति समर्पित हुनुपर्छ भन्‍ने जान्दछन्, परमेश्‍वरमा समर्पित हुन सिक्छन्, र परमेश्‍वर के गर्ने कुरा बारे गहन अनुभव प्राप्त गर्छन्, तब मात्र तिनीहरूले यसो भन्‍न सक्छन्, “कुनै पनि हृदय परमेश्‍वरको भन्दा असल हुँदैन।” धेरैजसो मानिस यस्तो वाक्य भन्न सक्दैनन्। मलाई यो भजन मन पर्छ; मलाई यस्तो भजन मन पर्छ। यदि तिमीहरूले नियमित रूपमा यो भजन गायौ भने तिमीहरूका लागि यो एकदमै उपयोगी हुनेछ। यसको प्रत्येक हरफले तिमीहरूको दैनिक जीवनमा प्रकट हुने भ्रष्ट स्वभाव नियन्त्रण गर्ने प्रभाव पार्छ, यो तिमीहरूको व्यावहारिक अनुभव र सत्यता वास्तविकता प्रवेशका लागि मार्गदर्शक र सहायता दुवै हो। तिमीहरूले फुर्सद हुँदा यी शब्‍दहरू बारम्बार पढ्नु कति राम्रो हुनेछ! के यस भजनमा कुनै त्यस्तो पङ्क्ति छ जुन कुनै निश्‍चित स्थिति वा प्रसङ्गमा भनिँदैन? के त्यसमा कुनै पङ्क्ति छ जुन सत्यता केही पक्षमा प्रवेश गर्नुसँग सम्‍बन्धित छैन? प्रत्येक पङ्क्ति सम्‍बन्धित छ—तीमध्ये कुनैमा पनि खोक्रा शब्दहरू छैनन्। अन्तिम केही पङ्क्तिलाई हेर: “मैले परमेश्‍वरलाई प्रेम गर्ने निर्णय गरे पनि, मेरो प्रेम आफ्नै विचारहरूले अशुद्ध छ।” परमेश्‍वरलाई प्रेम गर्ने निर्णय गर्नु एक व्यापक, सामान्य, सैद्धान्तिक भनाइ हो। वास्तवमा यसको अर्थ परमेश्‍वरको आज्ञा स्वीकार गर्नु, आफ्नो कर्तव्य निभाउनु, र परमेश्‍वर लागि आफ्नो जीवन समर्पित गर्नु हो, जुन यहाँ “परमेश्‍वरलाई प्रेम गर्नु” भन्‍ने वाक्यांशमा समेटिएको छ। मानिसहरूलाई आफू अझै पनि आफ्नै विचारहरूद्वारा अशुद्ध छु भन्‍ने महसुस हुन्छ; आफूलाई नचिनी र सत्यता अनुभव गर्दै नगरी, त्यस्तो वाक्यांश कसले भन्न सक्छ? तिमीहरू पक्‍कै पनि यो उच्‍चारण गर्न सक्दैनौ, किनभने तिमीहरूमा त्यो अनुभवको कमी छ। यसपछि यस्तो छ: “मैले पत्रुसको जस्तो आत्मा प्राप्त गर्ने प्रयास गर्नैपर्छ”—भजन लेखकको उद्देश्य पत्रुसजस्तै हुनु हो। तिमीहरूले पनि, मापदण्ड र लक्ष्य तय गरेका छौ, तिमीहरू पनि पत्रुसजस्तै हुन चाहन्छौ—त्यसोभए तिमीहरूको मार्ग के हो? तिमीहरू पनि लागिपर्नुपर्छ, तर के तिमीहरू “मेरो प्रेम आफ्नै विचारहरूले अशुद्ध छ” भन्‍ने वाक्यांश भन्न सक्छौ? यदि तँलाई तेरो प्रेम आफ्नै विचारहरले दूषित हुनुको अर्थसमेत थाहा छैन भने, तैँले पत्रुसको जस्तो आत्मा कसरी प्राप्त गर्नेछस्? यस वाक्यांशको एउटा व्यावहारिक पक्ष छ। अझ अघि अझै राम्रो कुरा लेखिएको छ: “परमेश्‍वरले मेरो प्रेमलाई जसरी ग्रहण गर्नुभए पनि, मेरो एक मात्र इच्छा उहाँलाई सन्तुष्ट पार्नु हो।” मानिसहरूले कठिनाइ र परीक्षाहरू अनुभव गरेपछि आफूबाट माग गर्ने कुरा यही हो; यो परमेश्‍वरको इच्छा सन्तुष्ट पार्ने मनोवृत्ति, परमेश्‍वरको अधीनमा रहने र सत्यता पछ्याउने मनोवृत्ति हो; अर्थात्, परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्षम हुनु भनेको आफूले जतिसुकै हदमा हासिल गर्न सके पनि, आफ्‍नो लक्ष्य हासिलगर्नु हो। यी शब्दहरूको व्यावहारिक पक्ष छ। के तँ ती पढेपछि प्रोत्साहित र उत्प्रेरित हुन्छस्? (हुन्छु।) मानिसहरू ती पढेपछि लक्ष्य, प्रेरणा, दिशा पाउँछन्। कहिलेकाहीँ मानिसहरूलाईआफूले जसरी कार्य गरे पनि, यसलाई राम्रोसँग गर्न सकिँदैन भन्ने लाग्छ, र तिनीहरू नकारात्मकतामा डुब्न थाल्छन्। तर जब तिनीहरू यी शब्दहरू पढ्छन् र परमेश्‍वर मानिसबाट धेरै अपेक्षा गर्नुहुन्‍न भन्ने देख्छन्, तब सोच्छन्, “मैले गर्नुपर्ने भनेकै परमेश्‍वरलाई सन्तुष्ट पार्नु हो। म अरू केही माग्दिनँ; म केवल आफ्‍ना शारीरिक इच्छा र रुचिहरू त्याग्‍न, अनि परमेश्‍वरलाई सन्तुष्ट पार्न खोज्छु—त्यति भए पुग्यो।” अन्त्यमा, योसब कुराको महत्त्वपूर्ण पक्ष यी शब्‍दहरू हुन्, “आज दुःखकष्ट धेरै भए पनि, परमेश्‍वरको प्रेम पाउनु सम्मानको कुरा हो। दुःखकष्टमार्फत, म समर्पित हुन सिक्छु। कुनै पनि हृदय परमेश्‍वरको भन्दा असल हुँदैन।” यी शब्दहरू निकै व्यावहारिक छन्।

समग्रमा, “कुनै पनि हृदय परमेश्‍वरको भन्दा असल हुँदैन” भन्‍ने भजनले साँचो अनुभवबारे बताउँछ। मानिसहरूले परमेश्‍वरको काम, उहाँको सजाय, न्याय र परीक्षाहरू अनुभव गरेपछि, समर्पित हुन सिक्छन्, परमेश्‍वरको इच्छा बुझ्छन्, र कुनै पनि हृदय उहाँको भन्दा असल हुँदैन भन्‍ने जान्दछन्। यो परमेश्‍वरको सुन्दर पक्ष हो, र यो मानिसहरूले अनुभव गर्ने कुरा हो; यो मानिसहरूले ज्ञान लिनुपर्ने कुरा पनि हो। यदि तिमीहरूले व्यावहारिक अनुभव र ज्ञानका शब्दहरूलाई धुनमा हालेर बारम्बार गायौ भने, तिनले तिमीहरूलाई धेरै भलाइ गर्नेछन्। एक अर्थमा, परमेश्‍वरका वचनहरूको भजन गाउँदा मानिसहरूलाई सत्यता अझ राम्ररी बुझ्न र सत्यता वास्तविकतामा छिटो प्रवेश गर्न सहयोग मिल्न सक्छ; अर्को अर्थमा, वास्तविकता भएका मानिसहरूले लेखेका यी अनुभवात्मक भजनहरू गाउँदा, तिमीहरूको अनुभव र समझमा अझ छिटो प्रगति हुनेछ। यी शब्‍दहरू मानिसहरूले केही अनुभव पाएपछि लेखेका अन्तर्दृष्टि र बुझाइ हुन्, अनि तिनमा मानिसहरूमा हुनुपर्ने प्रवेशको मार्ग र दिशा पनि समावेश छन्। ती तिमीहरूका लागि तम्तयार छ छन्, र तिनले तँलाई ठूलो सहयोग गर्नेछन्। त्यस्ता अनुभवात्मक शब्‍दहरूलाई साथ दिन किन तिमीहरू सङ्गीत रच्दैनौ? किन तिमीहरू सधैँ खोक्रा, अव्यावहारिक र साधारण शब्दहरूका लागि सङ्गीत रच्छौ? तिमीहरू साह्रै नासमझ छौ, तिमीहरूलाई के कुराले भजनलाई राम्रो बनाउँछ भन्ने थाहा छैन—तिमीहरू निराशलाग्दा छौ! यी अनुभवात्मक भजनहरूले मानिसहरूलाई धेरै भलाइ गर्छन्; यी व्यावहारिक शब्दहरू नियमित रूपमा गाउँदा, तिनले हृदयमा छाप पार्छन्, तिनीहरूको जीवन प्रवेश र स्वभाव परिवर्तनमा महत्त्वपूर्ण रूपमा सहयोग पुऱ्याउँछन्। यदि तिमीहरू अनुग्रहको युगका चरणमा सदाका लागि अड्किएका छौ—परमेश्‍वरको अनुग्रह, उहाँको प्रेम, उहाँका आशिष्‌, र उहाँको कृपा र कोमल दयाको प्रशंसा गरिरहन्छौ—भने के तिमीहरू कहिल्यै सत्यता वास्तविकतामा प्रवेश गर्न सक्‍नेछौ? तिमीहरूको कद र स्थिति अत्यन्तै सानो रहिरहन्छ, सधैँ सतही स्तरमा अड्किन्छ; तिमीहरूलाई मार्गदर्शन गर्ने केही राम्रा भजनहरू छैन भने, आफै सत्यता वास्तविकतामा प्रवेश गर्न तिमीहरूलाई साह्रै गाह्रो हुनेछ। “कुनै पनि हृदय परमेश्‍वरको भन्दा असल हुँदैन” भन्‍ने भजनलाई हेर, यसलाई आफ्नो फुर्सदका समयमा प्रार्थना गरी पढ। यसमा तँलाई र मार्गदर्शन गर्ने र तँलाई सत्यता वास्तविकतामा प्रवेश गर्न सहयोग गर्ने मार्ग छ; यसले तँलाई तँसँग सही दृष्टिकोण होस् भनेर सही दिशा दिन सक्छ। केही सही दृष्टिकोणहरू केके हुन्? “भ्रष्ट स्वभावले गर्दा, मानिस न्याय र सजायको योग्य छ।” के यो मानिसहरूमा हुनुपर्ने सही र विशुद्ध दृष्टिकोण होइन र? त्यसबाहेक, के “परमेश्‍वरको वचन सत्यता हो; मैले उहाँको इच्छालाई गलत अर्थ लगाउनै हुँदैन” भन्‍ने शब्दहरू सही हुन्? (ती सही हुन्।) वास्तवमा, तैँले ती स्वीकार गर्नुपर्छ, तैँले आफूलाई तिनमा संलग्न गराएर ती अनुभव गर्नुपर्छ, र तँमा घटनाहरू आइपर्दा, तेरा लागि हिँड्ने मार्ग हुनेछ; यी शब्दहरू तेरो कार्य र व्यवहारका लागि दिशा बन्‍नेछन्। र त्यसपछि यस्तो छ, “यदि मैले आफ्नो सम्पूर्ण शक्तिले प्रयास गरिनँ भने, सिद्ध हुन गाह्रो हुन सक्छ।” यसले पनि सही दृष्टिकोणलाई प्रतिनिधित्व गर्छ। यी शब्‍दहरूचाहिँ कस्ता छन्, “दुःखकष्टमार्फत, म समर्पित हुन सिक्छु। कुनै पनि हृदय परमेश्‍वरको भन्दा असल हुँदैन”? के यो व्यक्तिमा हुनुपर्ने दृष्टिकोण हो? (हो।) ध्यान दिएर हेर: यहाँ एउटा वाक्य पनि खोक्रो गफ वा केवल शब्द र धर्मसिद्धान्तहरू होइनन्; ती सबैले साँचो अनुभवबाट पैदा हुने समझ र अन्तर्दृष्टिबारे बताउँछन्। ठिक यसअघिको “प्रेमको लागि” भन्‍ने भजनसँग तुलना गर्दा, तिमीहरूलाई कुनचाहिँ व्यावहारिक लाग्छ? व्यावहारिक कुरालाई कायम राख्‍नुपर्छ, जबकि खोक्रो कुरालाई हटाउनुपर्छ र फ्याँक्नुपर्छ; यसलाई बढावा दिनु हुँदैन। कतिपय भन्छन्, “मलाई ती भजनहरू गाउने बानी परेको छ; ती मेरो हृदयमा गढेका छन् र म ती नगाई सक्दिनँ।” यदि तिमीहरू ती नगाई सक्दैनौ भने, गाइरहो। तैँले बीस वर्षसम्म ती गाएपछि के पाएको हुन्छस्, तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छस् कि सक्दैनस् भनेर म हेर्नेछु। यदि तैँले “कुनै पनि हृदय परमेश्‍वरको भन्दा असल हुँदैन” भन्‍ने भजन गाइस् भने, एकदुई पटक गाएपछि यसले तेरो हृदयलाई पकडमा राख्‍नेछ। यसलाई एकदुई महिनासम्म गाएपछि, तेरो स्थिति केही हदसम्म परिवर्तन हुनेछ, र यदि तैँले यसका शब्दहरूलाई हृदयबाट स्वीकार गरिस् भने, तेरो भित्री अवस्था फरक हुनेछ, र तैँले यसलाई पूर्ण रूपमा परिवर्तन गरेको हुनेछस्। तैँले खोक्रा सिद्धान्त र निरर्थक शब्‍दहरू भएका ती भजनहरू आफ्नो जीवनभरि गाउन सक्छस्, तर त्यो कुनै कामको हुनेछैन। अनुग्रहको युगका मानिसहरूले पनि ती खोक्रा र सतही भजनहरू गाए, र आफ्नो जीवनभरि गाए तर सत्यता प्राप्त गरेनन्—ठिक त्यस्तै यो समयको बरबादी मात्र हो।

जनवरी १२, २०२२

अघिल्लो: सत्य बुझ्नेहरूले मात्र आत्मिक कुराहरू बुझ्छन्

अर्को: सत्यता र परमेश्‍वरलाई कसरी लिने भन्‍नेसम्बन्धी वचनहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्