सत्यता र परमेश्‍वरलाई कसरी व्यवहार गर्ने भन्‍नेसम्बन्धी वचनहरू

अंश १

कतिपय मानिस परमेश्‍वरले व्यक्त गर्ने वचनहरू वास्तवमा सत्यता हुन् भन्ने देखेपछि उहाँमा विश्‍वास गर्छन्। तर, जब तिनीहरू परमेश्‍वरको घरमा पुग्छन् र परमेश्‍वर त साधारण व्यक्ति मात्रै हुनुहुँदो रहेछ भनी देख्छन्, तब तिनीहरू आफ्नो हृदयमा धारणाहरू विकास गर्छन् र परमेश्‍वरले व्यक्त गर्ने सत्यताहरूलाई शङ्का गर्न थाल्छन्। तिनीहरूका शब्द र कार्यहरू अनियन्त्रित बन्छन्—तिनीहरू गैरजिम्मेवार रूपमा बोल्न थाल्छन्, आफूलाई जस्तो मन लाग्यो त्यस्तै गरी परमेश्‍वरलाई गलत ठहराउँछन् र बदनाम गर्छन्। अनि त्यस्ता दुष्ट मानिसहरू ठ्याक्कै यसरी नै प्रकट हुन्छन्। मानवताविनाका यी प्राणीहरू प्रायजसो दुष्टता गर्छन् र मण्डलीको काममा बाधा दिन्छन्, र तिनीहरूलाई केही पनि राम्रो हुनेछैन! तिनीहरू खुलेआम परमेश्‍वरको प्रतिरोध गर्छन्, खुलेआम परमेश्‍वरको बदनामी गर्छन्, खुलेआम परमेश्‍वरलाई गलत ठहराउँछन् र उहाँको बदख्वाइँ गर्छन् अनि यसरी खुलेआम परमेश्‍वरको निन्दा गर्छन्, फलस्वरूप आफूलाई उहाँको विरोधमा खडा गर्छन्। त्यस्ता मानिसहरू कडा दण्डको पात्र हुनेछन्। कतिपय मानिस झुटा अगुवाहरू हुन्छन् र बर्खास्त गरिएपछि, तिनीहरू परमेश्‍वरप्रति निरन्तर रुष्ट हुन्छन्। तिनीहरू आफ्ना धारणाहरू निरन्तर रूपमा फैलाउन र आफ्ना गुनासाहरू पोख्न भेलाहरूको मौका छोप्छन्; तिनीहरूले कुनै पनि कठोर शब्दहरू वा आफ्नो घृणा पोख्ने शब्दहरूसमेत फुत्त बोल्न सक्छन्। के त्यस्ता मानिसहरू पिशाच होइनन् र? परमेश्‍वरको घरद्वारा निकालिएपछि, तिनीहरूलाई पछुतो हुन्छ, आफूले एकैछिनको मूर्खतावश केही गलत कुरा भनेको दाबी गर्छन्। कतिपय मानिस तिनीहरूलाई खुट्ट्याउन असफल हुन्छन्, भन्छन्, “तिनीहरू निकै दयनीय छन् र तिनीहरू हृदयमा पछुतो मान्छन्। तिनीहरू आफू परमेश्‍वरप्रति ऋणी छु र उहाँलाई चिन्दिनँ भनेर पनि भन्छन्, त्यसैले कृपया तिनीहरूलाई क्षमा गर्नुहोस्।” के क्षमा यति सजिलै दिन सकिन्छ? मानिसहरूको त आफ्नो मर्यादा हुन्छ भने, झन् परमेश्‍वरको नहुने त कुरै भएन नि! यी मानिसहरूले परमेश्‍वरलाई निन्दा र बदनाम गरिसकेपछि, के तिनीहरूलाई पछि तिनीहरूले थोरै पछुतो महसुस गरेकै कारण क्षमा गर्न सकिन्छ र? तिनीहरू त्यो क्षणिक मूर्खता मात्रै थियो भनेर दाबीसमेत गर्छन्—के कुरा त्यही थियो त? तिनीहरू सधैँ कुनै प्रकारको अभिप्रायका साथ बोल्छन् र तिनीहरू परमेश्‍वरलाई गलत ठहराउने आँटसमेत गर्छन्। जब परमेश्‍वरको घरले तिनीहरूलाई बर्खास्त गर्छ, तब तिनीहरू हैसियतका फाइदाहरू गुमाउँछन् र आफूलाई हटाइनेछ भनी डराउँछन्, त्यसैले तिनीहरू धेरै गुनासा गर्छन्। पछि तिनीहरूलाई पछुतो हुन्छ र तिनीहरू नराम्रो गरी रुन्छन्। के यसले कुनै फाइदा गर्छ र? तेरा शब्दहरू बोलिसकेपछि, ती भुइँमा पोखिएको पानीजस्तै हुन्, जसलाई उठाउन सकिँदैन। के परमेश्‍वर मानिसहरूले आफूलाई मन लागेअनुसार उहाँको प्रतिरोध गर्नुलाई, उहाँलाई गलत ठहराउनुलाई र उहाँको निन्दा गर्नुलाई सहन र त्यसलाई बेवास्ता गर्न सक्नुहुन्छ र? यदि त्यसो गर्नुहुन्छ भने परमेश्‍वरको कुनै इज्जत हुनेछैन। केही मानिस आफ्नो प्रतिरोधपश्चात् भन्‍ने गर्छन्, “परमेश्‍वर, तपाईँको अमूल्य रगतले मलाई छुटकारा दियो। तपाईँ हामी मानिसहरूलाई सत्तरी गुणा सात पटक क्षमा गर्न लगाउनुहुन्छ—तपाईँले पनि मलाई क्षमा गर्नुपर्छ!” कस्तो लाजमर्दो! कतिपय मानिस परमेश्‍वरबारे आधारहीन अफवाह फैलाउँछन् र उहाँको निन्दा गरेपश्चात् डराउँछन्। दण्डित हुने डरले तिनीहरू तुरुन्तै घुँडा टेकेर यसरी प्रार्थना गर्छन्, “परमेश्‍वर! मलाई नत्याग्नुहोस्, मलाई दण्ड नदिनुहोस्। म कबुल गर्छु, म प्रायश्चित गर्छु, म तपाईँप्रति ऋणी छु, मैले गल्ती गरेँ।” ल भन् त, के त्यस्ता मानिसहरूलाई क्षमा गर्न सकिन्छ? सकिँदैन! किन सकिँदैन? तिनीहरूले पवित्र आत्माविरुद्ध अपराध गरेका छन् र पवित्र आत्मालाई निन्दा गर्ने पाप कहिल्यै माफ हुँदैन, चाहे त्यो यो जन्ममा होस् वा आउँदो संसारमा! परमेश्‍वरले उहाँका वचनहरू पूरा गरेरै छाड्नुहुन्छ। उहाँसँग इज्जत, क्रोध र धर्मी स्वभाव छ। के तँलाई परमेश्‍वर मानवसमान हुनुहुन्छ र कसैले उहाँप्रति अलिकति राम्रो व्यवहार गर्‍यो भने उहाँले उसले पहिले गरेका अपराधहरूलाई बेवास्ता गरिदिनुहुन्छ भन्‍ने लाग्छ? त्यस्तो हुँदैन! यदि तैँले परमेश्‍वरको प्रतिरोध गरिस् भने, के तेरा लागि ठिक हुनेछ त? यदि तँ क्षणिक मूर्खताको कारण केही गलत कार्य गर्छस् वा कहिलेकाहीँ अलिकति भ्रष्ट स्वभाव प्रकट गर्छस् भने, त्यो क्षमायोग्य हुन्छ। तर यदि तँ सिधै परमेश्‍वरको प्रतिरोध गर्छस्, उहाँविरुद्ध विद्रोह गर्छस् र आफूलाई उहाँविरुद्ध खडा गर्छस्, र तँ उहाँलाई बदनाम र ईशनिन्दा गर्छस् र उहाँबारे आधारहीन अफवाह फैलाउँछस् भने तँ पूर्ण रूपमा नष्ट हुनेछस्। त्यस्ता मानिसहरूले अबउप्रान्त प्रार्थना गरिरहनुपर्दैन; तिनीहरूले दण्डित हुन प्रतीक्षा मात्र गरे हुन्छ। तिनीहरू अक्षम्य छन्! जब त्यो समय आउँछ, तब लाज पचाएर यसो नभन्, “परमेश्‍वर, कृपया मलाई माफ गर्नुहोस्!” तैँले जसरी बिन्ती गरे पनि, दुःखको कुरो त्यो व्यर्थ हुनेछ। मानिसहरूले केही सत्यता बुझेपछि पनि, जानीजानी अपराध गर्छन् भने, तिनीहरूलाई क्षमा गर्न सकिँदैन। परमेश्‍वरले व्यक्तिका अपराधहरू सम्झनुहुन्‍न भनेर विगतमा भनिएको छ। त्यस कुराले परमेश्‍वरका प्रशासनिक आदेशहरूसँग सम्बन्धित नभएका र परमेश्‍वरको स्वभावलाई नचिढ्याउने सानातिना अपराधहरूलाई जनाउँछ। यिनलाई परमेश्‍वरको निन्दा र बदनामी गरेको ठानिँदैन। तर यदि तैँले केवल एक पटक परमेश्‍वरको निन्दा गरिस्, उहाँलाई गलत ठहराइस् वा बदनाम गरिस् भने, त्यो मेटाउनै नसकिने स्थायी दाग हुनेछ। मानिसहरू आफूखुसी परमेश्‍वरलाई निन्दा र मौखिक रूपमा दुर्व्यवहार गर्न अनि त्यसपछि आशिषहरू पाउन उहाँबाट फाइदा उठाउनसमेत चाहन्छन्। दुनियाँमा कुनै पनि कुरा त्यति सस्तो छैन! मानिसहरू सधैँ परमेश्‍वर कृपालु र प्रेमिलो हुनुहुन्छ, उहाँ हितकारी हुनुहुन्छ, उहाँसँग विशाल र अमापनीय हृदय छ, उहाँ मानिसका अपराधहरू सम्झनुहुन्‍न र तिनीहरूका पहिलेका अपराध र कार्यहरूलाई कोट्याउनुहुन्‍न भनी सोच्ने गर्छन्। बितेका कुरालाई नकोट्याउने काम सानातिना कुराहरूमा मात्र लागु हुन्छ, तर परमेश्‍वरले उहाँको खुलेआम प्रतिरोध र निन्दा गर्नेहरूलाई कहिल्यै क्षमा गर्नुहुनेछैन।

मण्डलीका धेरैजसो मानिसले परमेश्‍वरमा सच्चा रूपले विश्‍वास गर्ने भए तापनि, तिनीहरूसँग परमेश्‍वरको डर मान्‍ने हृदय हुँदैन। यसले धेरैजसो मानिससँग परमेश्‍वरको स्वभावबारे साँचो ज्ञान हुँदैन भन्‍ने देखाउँछ, त्यसैले तिनीहरूलाई परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग बस्‍न गाह्रो हुन्छ। परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा, मानिसहरू परमेश्‍वरको डर मान्दैनन् वा उहाँदेखि डराउँदैनन्; परमेश्‍वरको कामले तिनीहरूका हितहरूलाई असर गरेपछि, तिनीहरू आफूलाई जे मन लाग्यो त्यही भन्छन्। जब तिनीहरू बोलिसक्छन्, तब के त्यतिमै कुरा सकिन्छ त? त्यसपछि तिनीहरूले आफूले भनेको कुराको मूल्य चुकाउनैपर्छ र यो सामान्य कुरा होइन! जब कतिपय मानिस परमेश्‍वरको निन्दा गर्छन्, जब तिनीहरू परमेश्‍वरलाई गलत ठहराउँछन्, तब के तिनीहरूलाई आफूले के भनिरहेको छु भनेर हृदयमा थाहा हुन्छ? यी कुराहरू भन्‍ने सबैलाई आफूले के भनिरहेको छु भनेर हृदयमा थाहा हुन्छ। दुष्टात्माहरूले कब्जा गरेका र असामान्य समझ भएकाहरूलाई मात्रै थाहा हुँदैन—सामान्य मानिसहरूलाई आफूले के भनिरहेको छु भनेर हृदयमा थाहा हुन्छ। यदि तिनीहरू आफूलाई थाहा छैन भनेर भन्छन् भने, तिनीहरूले झुट बोलिरहेका हुन्छन्। जब तिनीहरू बोल्छन्, तब तिनीहरू यस्तो सोच्छन्, “तपाईँ ईश्‍वर हुनुहुन्छ भन्‍ने मलाई थाहा छ। म तपाईँले गरिरहेको कुरा सही होइन भनेर भनिरहेको छु—तपाईँ मलाई के गर्न सक्नुहुन्छ र? मैले बोलिसकेपछि तपाईँ के गर्नुहुनेछ?” तिनीहरूले त्यो केही हदसम्म जान्दाजान्दै गरिरहेका हुन्छन्—जानाजानी अरूलाई बाधा दिने, अरूलाई आफ्नो पक्षमा तान्ने र अरूलाई त्यसरी नै बोल्न र काम गर्न लगाउने गरिरहेका हुन्छन्। तिनीहरूलाई आफूले भनेको कुरा परमेश्‍वरको खुला प्रतिरोध हो, त्यसले आफूलाई परमेश्‍वरविरुद्ध खडा गरिरहेको छ र परमेश्‍वरको निन्दा गरिरहेको छ भन्‍ने थाहा हुन्छ। तिनीहरूले यसबारे विचार गरिसकेपछि, केही गलत छ भनी महसुस गर्छन्: “मैले के भनिरहेको थिएँ? त्यो आवेगको क्षण थियो र म साँच्चै त्यसको पछुतो गर्छु!” तिनीहरूको पछुतोले तिनीहरूलाई त्यतिबेला आफूले के गरिरहेको थिएँ भनेर ठ्याक्कै थाहा थियो भन्‍ने प्रमाणित गर्छ; तिनीहरूलाई थाहा नभएको होइन। यदि तँ तिनीहरू क्षणिक रूपमा मूर्ख र अन्योलमा परेका थिए, तिनीहरूले कुराहरू स्पष्ट रूपमा देखेका थिएनन् भनेर सोच्छस् भने, यो पूर्णतया सही होइन। मानिसहरूले कामकुराहरू स्पष्ट रूपमा नदेखेका भए पनि, यदि तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्छन् भने तिनीहरूसँग कम्तीमा पनि सामान्य ज्ञान हुनैपर्छ। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू उहाँदेखि डराउनुपर्छ र उहाँको डर मान्‍नुपर्छ। तिनीहरूले परमेश्‍वरको निन्दा गर्न, वा आफूलाई मन लागेअनुसार उहाँलाई गलत ठहराउन वा बदनाम गर्न मिल्दैन। के तँलाई “गलत ठहराउनु,” “निन्दा गर्नु” र “बदनाम गर्नु” को अर्थ के हो भन्‍ने थाहा छ? के तँलाई आफूले बोल्ने शब्दहरूले परमेश्‍वरलाई गलत ठहराइरहेका छन् कि छैनन् भन्‍ने थाहा छैन? कतिपय मानिस सधैँ आफूले परमेश्‍वरलाई अतिथिसत्कार गरेको र प्रायजसो परमेश्‍वरलाई देखेको र परमेश्‍वरको आमनेसामनेको सङ्गति सुनेको तथ्यबारे कुरा गर्छन्। तिनीहरू आफूले भेट्ने जोकोहीसँग यी कुराहरूबारे कुरा गर्छन्, बाहिरी कुराहरूका बारेमा मात्रै बोलेका बोलेकै गर्छन्; तिनीहरूसँग साँचो ज्ञान पटक्कै हुँदैन। तिनीहरूले यी कुराहरू भन्दा तिनीहरूमा कुनै खराब अभिप्रायहरू नहुन सक्छन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूका लागि भलो चिताएका र सबैलाई उत्प्रेरित गर्न चाहेका हुन सक्छन्। तर तिनीहरू कुरा गर्नका लागि किन यी कुराहरू नै छान्छन्? यदि तिनीहरू सक्रिय रूपमा यी कुराहरू उठाउँछन् भने, तिनीहरूसँग कुनै अभिप्राय हुन्छ: मुख्यतया, देखावटी गर्ने र मानिसहरूलाई आफ्नो मान गर्न लगाउने अभिप्राय हुन्छ। यदि तिनीहरूले मानिसहरूलाई आस्था राख्न र परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा उत्प्रेरित गर्न चाहेका भए, तिनीहरूले उहाँका वचनहरू, जुन सत्यता हुन्, अझ धेरै पढेर सुनाउन सक्थे। त्यसोभए तिनीहरू किन त्यस्ता बाहिरी कुराहरूबारे कुरा गर्न जिद्दी गर्छन् त? तिनीहरूले यी कुराहरू भन्नुको मूल कारण के हो भने तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय पटक्कै हुँदैन। तिनीहरू परमेश्‍वरदेखि डराउँदैनन्। मानिसहरू कसरी परमेश्‍वरसामु मनपरी व्यवहार गर्न र जथाभाबी बोल्न सक्छन्? परमेश्‍वरको मर्यादा छ! यदि तिनीहरूले यो बुझेका भए, के अझै पनि त्यस्ता कुराहरू भन्नेथिए र? मानिसहरूसँग परमेश्‍वरको डर मान्‍ने हृदय हुँदैन। तिनीहरू आफ्नै मनसाय र चाहनाहरूका लागि, अरूलाई तिनीहरूलाई उच्च ठान्न लगाउने आफ्नो लक्ष्य हासिल गर्न परमेश्‍वर कस्तो हुनुहुन्छ र उहाँ के जस्तो हुनुहुन्छ भनी मनपरी रूपमा भन्छन्। यो केवल परमेश्‍वरलाई गलत ठहराउनु र परमेश्‍वरको निन्दा गर्नु हो। त्यस्ता मानिसहरूमा परमेश्‍वरको डर मान्‍ने हृदयको अलिकति पनि सङ्केत हुँदैन। ती सबै परमेश्‍वरलाई प्रतिरोध र ईशनिन्दा गर्ने मानिसहरू हुन्। तिनीहरू सबै दुष्टात्मा र पिशाच हुन्। केही मानिसहरूले केही वर्षदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएका हुन्छन्, तर ठूलो रातो अजिङ्गरको कब्जामा परेपछि, तिनीहरू यहूदा बन्छन्, परमेश्‍वरको ईशनिन्दा गर्ने कार्यमा तिनीहरूले ठूलो रातो अजिङ्गरलाई पछ्याउने काम समेत गर्छन्। केही मानिसहरू सुसमाचार सुनाउँछन् र धार्मिक मानिसहरूको सुरमा सुर मिलाउँदै परमेश्‍वरका कार्यहरू मूल्याङ्कन गर्ने र उहाँको निन्दा गर्ने कुराहरू बोल्ने गर्छन्। तिनीहरूलाई यसरी बोल्नु भनेको परमेश्‍वरको विरोध र ईशनिन्दा गर्नु हो भन्‍ने कुरा थाहा हुन्छ, तर तिनीहरू यसबारे निश्चिन्त हुन्छन्। तेरो मनसाय जेसुकै भए पनि यसरी बोल्नु अनुचित हुन्छ। तैँले अरू नै केही कुरा बोले हुन्‍न र? तँलाई यी कुराहरू नै किन बोल्नुपर्छ? के यो परमेश्‍वरविरुद्धको ईशनिन्दा होइन र? यदि तेरो मुखबाट त्यस्तो बोली निस्किन्छ भने, तँ परमेश्‍वरलाई ईशनिन्दा गरिरहेको छस्। तैँले यस्ता कुराहरू गर्नु भनेको अधर्मी कार्य हो, चाहे तैँले जानीबुझी त्यस्तो गरेको होस् वा नजानेर। तँमा परमेश्‍वरको डर मान्‍ने हृदय छैन। तँ अरूलाई रिझाउन र मानिसहरूलाई आफ्नो पक्षमा ल्याउन हो मा हो मिलाउँछस् र परमेश्‍वरको ईशनिन्दा गर्ने शब्दहरू बोल्छस्। तँ कति अधर्मी छस्; तँ दियाबलससँग मिलेको छस्! के तैँले जथाभावी परमेश्‍वरसँग ख्यालठट्टा गर्न, उहाँको मूल्याङ्कन गर्न, उहाँलाई सीमित गर्न र उहाँको निन्दा गर्न मिल्छ र? त्यसो गर्नु अत्यन्तै खराब काम हो! यदि तँ केही गलत कुरा बोल्छस् र त्यसले परमेश्‍वरको स्वभावलाई चिढ्याउँछ भने तेरो खैर छैन। यो एकदमै घातक कुरा हो! केही मानिसहरू सोच्छन्, “धर्मका मानिसहरू पाष्टर र एल्डरहरूद्वारा बहकिन्छन्, र तिनीहरूमध्ये अधिकांशले परमेश्‍वरको ईशनिन्दा गर्ने र उहाँका कार्यहरूको मूल्याङ्कन र निन्दा गर्ने कुरा बोलेका हुन्छन्। केही मानिसहरूले आखिरी दिनहरूमा परमेश्‍वरको काम स्वीकार गरेर पश्चात्ताप गरेका छन्। त्यसोभए, के तिनीहरूले मुक्ति पाउनेछन् त? यदि तिनीहरू सबै परमेश्‍वरद्वारा त्यागिएका भए मुक्ति दिइने मानिसहरू निकै कम हुनेथिए; सायदै कसैले मुक्ति पाउनेथ्यो।” तँ यो मामिलालाई स्पष्ट रूपमा बुझ्न सक्दैनस्, सक्छस् त? परमेश्‍वरको स्वभाव भनेको धार्मिकता हो, र उहाँ सबैप्रति धर्मी हुनुहुन्छ। नोआको समयमा नाउमा आठ जना मानिसहरूलाई मात्र बचाइएको थियो; बाँकी सबै नष्ट गरिएका थिए। के तँसित परमेश्‍वर अधर्मी हुनुहुन्छ भनेर भन्‍ने हिम्मत छ? मानवजाति गहिरो रूपमा भ्रष्ट तुल्याइएको छ। तिनीहरू सबै शैतानका हुन्; तिनीहरू सबैले परमेश्‍वरलाई प्रतिरोध गर्छन्, र तिनीहरू सबै नीच र नालायक छन्। यदि तिनीहरू परमेश्‍वरको काम स्विकार्न सक्दैनन् भने सधैँझैँ तिनीहरूलाई पनि नष्ट गरिनेछ। केही मानिसहरू मनमनै यस्तो सोच्लान्: “यदि हामीमध्ये कसैले पनि परमेश्‍वरको मुक्ति पाउन सक्दैनौँ भने, के परमेश्‍वरको काम व्यर्थमा जानेछैन र? मलाई लाग्छ, परमेश्‍वरले मानवबिना मानवजातिलाई मुक्ति दिन सक्नुहुन्‍न। यदि परमेश्‍वरले मानवलाई त्याग्नुभयो भने उहाँको व्यवस्थापन पनि हराएर जानेछ।” तँ गलत छस्। परमेश्‍वरले मानवबिना पनि आफ्नो व्यवस्थापन योजना उही तरिकामा जारी राख्नुहुनेछ। मानिसहरू आफैलाई अति मूल्यवान ठान्छन्। मानिसहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय नै छैन, तिनीहरू परमेश्‍वरप्रति भक्तालु त छँदै छैनन्, र तिनीहरूसँग शिष्ट मनोवृत्ति पनि छैन। मानिसहरू शैतानको शक्तिअन्तर्गत जिउने र शैतानकै हुने हुनाले, तिनीहरू जुनै पनि बेला र जहाँकहीँ पनि परमेश्‍वरको मूल्याङ्कन र ईशनिन्दा गर्न सक्छन्। यो एकदमै खराब कुरा हो—यो परमेश्‍वरको स्वभावविरुद्धको चिढ्याइ हो!

अंश २

परमेश्‍वरमा विश्‍वास गर्दा, मानिसहरूले केही मुख्य कुरा बोध गर्नैपर्छ। कम्तीमा पनि, तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो; परमेश्‍वरप्रतिको आफ्नो विश्‍वासमा आफूले कुन सत्यताहरू बुझ्नुपर्छ; आफूले परमेश्‍वरप्रतिको समर्पण कसरी अभ्यास गर्नुपर्छ; साथै, परमेश्‍वरप्रति समर्पित हुँदा, उहाँलाई सन्तुष्ट पार्न आफूले कुन सत्यताहरू र उहाँका कुन वचनहरू बुझ्नुपर्छ अनि आफूसँग कुन वास्तविकताहरू हुनुपर्छ भनेर आफ्नो हृदयमा थाहा हुनैपर्छ। यदि तँसँग परमेश्‍वरप्रति समर्पित हुन र उहाँलाई सन्तुष्ट पार्न सक्षम हुनुलाई पछ्याउने यो आस्था र यो सङ्कल्प छ भने, कहिलेकाहीँ तँमा केही धारणा भए पनि वा तैँले निश्‍चित अभिप्रायहरू पाले पनि, ती त्याग्‍न सजिलो हुनेछन्। यो आस्था नहुनेहरूले आफू कसरी समर्पित हुने भन्‍ने कुरामा सधैँ रोजीछानी गर्नेछन् र कहिलेकाहीँ खोट पनि निकाल्नेछन्, परमेश्‍वरसँग जुध्ने प्रयास गर्नेछन्, रिस पाल्नेछन्, गुनासाहरू गर्नेछन्...। तिनीहरूले समय-समयमा सबै प्रकारका विद्रोहीपन देखाउनेछन्! यो एक वा दुई पटक मात्रै हुनेछैन, न त यो तिनीहरूले थोरै मात्र सोच्ने कुरा नै हुनेछ; बरु तिनीहरू विद्रोही शब्दहरू बोल्न र विद्रोही कुराहरू गर्न सक्षम हुनेछन्। यसले विशेष गरी गम्भीर विद्रोही स्वभावलाई सङ्केत गर्छ। मानिसहरूमा भ्रष्ट स्वभावहरू हुन्छन्—तिनीहरूसँग परमेश्‍वरप्रति समर्पित हुने सङ्कल्प भए पनि, तिनीहरूको समर्पण सीमित र सापेक्ष, साथै कहिलेकाहीँ मात्रै हुने, क्षणिक र ससर्त हुन्छ। यो पूर्ण हुँदैन। मानिसहरूमा भ्रष्ट स्वभावहरू हुन्छन् र तिनीहरूको विद्रोहीपन विशेष गरी गम्भीर हुन्छ। तिनीहरू परमेश्‍वरलाई स्वीकार त गर्छन् तर उहाँप्रति समर्पित हुन सक्दैनन्, र तिनीहरू उहाँका वचनहरू सुन्‍न इच्छुक त हुन्छन् तैपनि समर्पित हुन सक्दैनन्। तिनीहरू परमेश्‍वर असल हुनुहुन्छ भन्ने जान्दछन् र उहाँलाई प्रेम गर्न चाहन्छन्, तर तिनीहरू यो प्रेम जुटाउन सक्दैनन्। तिनीहरू सबै कुरामा परमेश्‍वरको कुरा सुन्‍न वा उहाँलाई सबै कुरा योजनाबद्ध गर्न दिन सक्दैनन् र तिनीहरूसँग अझै पनि आफ्नै छनौटहरू हुन्छन्, तिनीहरू आफ्नै अभिप्राय र मनसायहरू पाल्छन् अनि तिनीहरूका आफ्नै युक्ति, विचार र तय गरिएको तरिका हुन्छ। तसर्थ, तिनीहरू परमेश्‍वरमा समर्पित हुन सक्ने कुनै उपाय हुँदैन। तिनीहरू आफ्नै इच्छाअनुसार काम गर्न मात्रै सक्छन् र परमेश्‍वरविरुद्ध विद्रोह गर्न मात्रै सक्छन्। यसले मानिसहरू कति विद्रोही छन् भन्‍ने देखाउँछ! त्यसैले, मानव प्रकृति सतही आत्म-धार्मिकता, अहम्‌ता र अभिमान वा कहिलेकाहीँ झुट बोल्ने र परमेश्‍वरलाई धोका दिनेजस्ता साधारण भ्रष्ट स्वभावहरूले मात्रै बनेको हुँदैन; वास्तवमा, मानिसको सार शैतानको सार बनिसकेको छ। त्यतिबेला प्रधान स्वर्गदूतले परमेश्‍वरलाई कसरी विश्‍वासघात गर्‍यो? अनि आजकालका मानिसहरू नि? खुलेर भन्नुपर्दा, तिमीहरूले यो स्विकार्न सके पनि वा नसके पनि, आजकाल मानिसहरूले शैतानले गरेजस्तै परमेश्‍वरलाई पूर्ण रूपमा विश्‍वासघात गरिरहेका मात्रै छैनन्, तिनीहरू आफ्नो हृदय, आफ्नो सोचाइ र आफ्ना विचारधाराहरूमा परमेश्‍वरप्रति सिधै शत्रुवत् पनि छन्। यो त शैतानले मानिसहरूलाई भ्रष्ट पारेर दियाबलस बनाउनु हो; मानिसहरू साँच्‍चै नै शैतानका वंशज बनेका छन्। सायद तिमीहरूले यसो भन्‍नेछौ: “हामीले परमेश्‍वरको प्रतिरोध गरेका छैनौँ। परमेश्‍वर जे भन्‍नुहुन्छ हामी त्यही सुन्छौँ।” त्यो बाहिरी रूपमा मात्रै हो; तैँले परमेश्‍वर जे भन्‍नुहुन्छ त्यही सुन्ने गरेको जस्तो लाग्छ। वास्तवमा, जब म औपचारिक रूपमा सङ्गति गरिरहेको र बोलिरहेको हुन्छु, तब धेरैजसो मानिसमा धारणाहरू हुँदैनन्, र तिनीहरू शिष्ट र आज्ञाकारी हुन्छन्। तर, जब म आफ्नो सामान्य मानवतामा बोलिरहेको र कामकुराहरू गरिरहेको हुन्छु वा आफ्नो सामान्य मानवतामा जिइरहेको र गतिविधिहरूमा भाग लिइरहेको हुन्छु, तब तँ धारणाहरू विकास गर्छस् र तँ आफ्नो हृदयमा ती त्याग्‍न चाहे पनि त्याग्‍न सक्दैनस्, न त जसरी नै सत्यता सङ्गति गरे पनि ती त्याग्‍न नै सक्छस्। यसले मानिसहरू परमेश्‍वरप्रति पूर्ण रूपमा नभई सापेक्षिक रूपमा मात्रै समर्पित हुन सक्छन् भन्‍ने देखाउँछ। तँलाई उहाँ परमेश्‍वर हुनुहुन्छ भन्‍ने थाहा छ र तँ देहधारी परमेश्‍वरमा सामान्य मानवता हुनैपर्छ भन्‍ने जान्दछस्, त्यसोभए किन तँ परमेश्‍वरप्रति पूर्ण रूपमा समर्पित हुन सक्दैनस्? देह बन्‍नुभएको परमेश्‍वर नै ख्रीष्ट, मानिसको पुत्र हुनुहुन्छ; उहाँमा ईश्‍वरत्व र सामान्य मानवता दुवै छ। बाहिरी रूपमा, उहाँमा सामान्य मानवता हुन्छ, जबकि उहाँको ईश्‍वरत्व यस सामान्य मानवताभित्र जिउँछ र काम गर्छ। वर्तमानमा, परमेश्‍वर ख्रीष्टका रूपमा देह बन्‍नुभएको छ र उहाँमा ईश्‍वरत्व र मानवता दुवै छ। तैपनि कतिपय मानिस उहाँका केही ईश्‍वरीय वचन र कामप्रति मात्रै समर्पित हुन सक्छन्, उहाँको ईश्‍वरीय र गहन भाषालाई मात्रै परमेश्‍वरको वचनका रूपमा लिन्छन्, जबकि उहाँले आफ्नो सामान्य मानवतामा भन्‍ने केही कुरा र गर्ने कामलाई बेवास्ता गर्छन्। कतिपय मानिसको हृदयमा केही विचार र धारणा पनि हुन्छन्, तिनीहरू उहाँको ईश्‍वरीय भाषा मात्रै परमेश्‍वरको वचन हो, जबकि उहाँको मानवीय भाषा परमेश्‍वरको वचन होइन भन्ने विश्‍वास गर्छन्। के त्यस्ता मानिसहरू परमेश्‍वरले व्यक्त गर्ने सबै सत्यता स्विकार्न सक्छन्? के तिनीहरू परमेश्‍वरद्वारा शुद्ध र सिद्ध पारिन सक्छन्? त्यो असम्भव हुनेछ, किनभने यिनीहरू बेतुके बुझाइ भएका मानिस हुन्, र तिनीहरू सत्यता प्राप्त गर्न असमर्थ हुन्छन्। छोटकरीमा भन्दा, मानिसहरूको भित्री संसार अत्यन्तै जटिल हुन्छ र यी विद्रोही कुराहरू पनि अत्यन्तै जटिल हुन्छन्—यसबारे विस्तृत रूपमा बताइरहनु आवश्यक छैन। मानिसहरू परमेश्‍वरको ईश्‍वरत्वप्रति समर्पित हुन सक्षम हुन्छन्, तर उहाँको सामान्य मानवताका केही काम र वचनप्रति समर्पित हुन सक्दैनन्, जसले तिनीहरू परमेश्‍वरप्रति साँचो रूपमा समर्पित भएका छैनन् भन्‍ने देखाउँछ। परमेश्‍वरप्रतिको मानिसहरूको समर्पण सधैँ ससर्त हुन्छ; तिनीहरू आफूलाई जे सही र उचित लाग्छ त्यही सुन्छन् अनि आफूलाई गलत र अनुचित लाग्ने कुरा सुन्‍न चाहँदैनन्। तिनीहरू आफू सुन्‍न अनिच्छुक भएको वा आफूले गर्न नसक्ने कुराप्रति समर्पित हुँदैनन्। के यसलाई साँचो समर्पण भन्‍न सकिन्छ? बिलकुलै सकिँदैन। यसले मानिसहरूका स्वभावहरू असल छैनन्, तिनीहरूको स्वभाव अत्यन्तै दुष्ट र खराब छ भन्‍ने देखाउँछ—यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो! अर्थात्, मानिसहरू परमेश्‍वरप्रति थोरै समर्पित हुँदासमेत, त्यो सधैँ चयन गरिएको र ससर्त समर्पण हुन्छ अनि परमेश्‍वरप्रतिको पूर्ण समर्पण कहिल्यै हुँदैन। यदि कुनै व्यक्तिले सुन्छ र ऊ समर्पित हुन्छ भनेर भनिन्छ भने, त्यो सापेक्षिक रूपमा मात्रै भनिएको हो, किनभने तैँले उसको हितलाई छोएको छैनस् वा उसलाई साँचो रूपमा काँटछाँट गरेको छैनस्, तैँले उसलाई स्पष्ट र सिधै काँटछाँट गरेको छैनस्। तैँले तिनीहरूलाई साँचो रूपमा काँटछाँट गरेपछि, तिनीहरूले आफूलाई तँविरुद्ध खडा गर्नेछन् र दिनभरि अँध्यारो अनुहार बनाउनेछन्। यदि तैँले तिनीहरूलाई केही सोधिस् भने तिनीहरूले जवाफ दिनेछैनन् र यदि तैँले तिनीहरूलाई केही गर्न भनिस् भने तिनीहरू त्यो गर्न इच्छुक हुनेछैनन्। जब तँ तिनीहरूलाई तिनीहरू गर्न अनिच्छुक भएको कुरा गर्न भन्छस्, तब तिनीहरूले चिजबिजहरू फुटाउन थाल्नेछन् र तँसँग हठ गर्नेछन्। मानिसको स्वभाव कति खराब बन्न सक्छ! उहाँ परमेश्‍वर हुनुहुन्छ भन्‍ने जानेर पनि, तँ किन उहाँलाई त्यस्तो व्यवहार गर्छस्? यो त्यसबेलाका फरिसीहरू र पावलभन्दा फरक होइन। के पावललाई येशू परमेश्‍वर हुनुहुन्छ भन्‍ने थाहा थियो? उसले किन येशूका चेलाहरूलाई सतायो? उसले किन तिनीहरूमध्ये त्यति धेरैलाई पक्राउ गर्‍यो? अन्त्यमा, येशूले पावलले अति नै सताएको देख्नुभयो र दमास्कसको बाटामा, उहाँले पावललाई ढाल्नुभयो। पावलको वरिपरि एउटा ज्योति चम्कियो र ऊ भुइँमा लड्यो। लडेपछि, उसले येशूलाई सोध्यो: “तपाईँ को हुनुहुन्छ, प्रभु?” येशूले उसलाई भन्‍नुभयो: “म येशू हुँ जसलाई तिमी सताउँछौ” (प्रेरित ९:५)। त्यसबेलादेखि, पावल धेरै नै आज्ञाकारी भयो। यदि येशूले उसलाई “ज्योति” नदिनुभएको र नढाल्नुभएको भए, पावलले येशूलाई स्वीकार गर्नेथिएन, झन् उहाँका लागि प्रचार गर्नु त परै जाओस्। यसले के प्रमाणित गर्छ? यसले मानिसहरूको प्रकृति सकेसम्म खराब हुन्छ भन्‍ने प्रमाणित गर्छ।

मानिसहरू प्राय भन्छन्: “हामी सबै मानवहरूमा भ्रष्ट स्वभाव हुन्छ; हामी कसैले पनि परमेश्‍वरलाई सन्तुष्ट बनाउन सक्दैनौँ,” र “मानवहरू एकदमै आत्मधर्मी र अभिमानी हुन्छन्। तिनीहरू सधैँ आफूलाई राम्रो र अरूभन्दा उत्कृष्ट ठान्छन्!” वास्तवमा, यो सबैभन्दा सतही बुझाइ हो; यो त भ्रष्ट स्वभावको सानो पक्ष मात्र हो। किन तँ आफ्नै स्वभावमा रहेको परमेश्‍वरविरुद्ध विद्रोह र प्रतिरोध गर्ने ती सोच र अभिप्रायबारे छलफल गर्दैनस्? परमेश्‍वर तैँले कुनै कुरा एक तरिकाले गरोस् भन्‍ने माग गर्नुहुन्छ, तर तँलाई त्यो अर्को तरिकाले गर्नुपर्ने हुन्छ। परमेश्‍वर एक तरिकाले काम गर्नुहुन्छ, तर तँलाई उहाँले अर्को तरिकाले काम गर्नुहोओस् भन्‍ने माग गर्नुपर्ने हुन्छ। के यो परमेश्‍वरसँग लड्नु होइन र? सबैको यस्तै स्वभाव हुन्छ; यसबाट कोही पनि उम्कन सक्दैन। सायद केही मानिसहरूले यसो भन्लान्: “यो कुरा ममा लागू हुँदैन, मलाई थाहा थिएन!” यस्तो किन हुन्छ भने, तँ परमेश्‍वरको सम्पर्कमा आएको छैनस्। तँ सम्पर्कमा आएपछि, र उहाँलाई क्रमिक रूपमा चिन्दै गएको एक हप्तापछि, तँ निश्चित रूपमा परिवर्तन हुनेछ्स् र तेरो आफ्नो वास्तविक स्वरूप प्रकट हुनेछ। यो कुनै बढाइचढाइ गरिएको होइन, न त यो तँलाई कम आँकलन नै गरिएको हो। आजकल, मानिसहरूमा भ्रष्ट स्वभाव हुने मात्र होइन; तिनीहरूको प्रकृति पनि भ्रष्ट भएको छ। तिनीहरूको सामान्य मानवता यति भ्रष्ट भइसकेको छ कि यो चकनाचूर र पूर्ण रूपमा लुप्त नै भइसकेको छ; अर्थात्, मानिसहरूमा अब सामान्य मानवता छैन। देहधारी परमेश्‍वरमा सामान्य मानवता छ, तर सबै मानिसको स्वभाव भ्रष्ट छ, र तिनीहरू सामान्य मानवताको बाटोमा त्यति छैनन्, जसले गर्दा तिनीहरू परमेश्‍वरसँग मिलापमा रहन असम्भव हुन्छ। तिनीहरूको पक्कै पनि परमेश्‍वरसँग धेरै कुरामा मतभेद र विवाद हुनेछन्, यहाँसम्म कि तिनीहरूले उहाँसँग शत्रुतासमेत मोल्छन्। यस्तो किन हुन्छ भने, मानिसहरूमा परमेश्‍वरको डर मान्ने हृदय वा परमेश्‍वरमा समर्पित हुने हृदय छैन। कसैले पनि मानिसहरूलाई “तैँले उहाँ परमेश्‍वर हुनुहुन्छ भनेर स्वीकार गरेकोले, उहाँले जे भन्नुभए पनि, तँ उहाँप्रति समर्पित हुनुपर्छ,” भनेर माग गर्न मिल्दैन, झन् तिनीहरू हरेक मामलामा परमेश्‍वरसँग झुक्नुपर्छ भन्‍ने माग गर्न मिल्नु त परको कुरा हो। यो झुक्ने कुरा होइन; मानिसहरू सृष्टि गरिएका प्राणी हुन्, र आखिर, परमेश्‍वर परमेश्‍वर हुनुहुन्छ र मानिस मानिस नै हो—तिनीहरूबीच सीमा हुनैपर्छ। व्यवस्थाको युगमा अब्राहामको सेवकले कसरी यहोवा परमेश्‍वरलाई प्रार्थना गर्‍यो? “मेरा गुरु अब्राहामका यहोवा परमेश्‍वर” (उत्पत्ति २४:१२)। उहाँले पदको भिन्नता एकदमै स्पष्ट पार्नुभयो, जबकि आजकलका मानिसहरू विश्‍वास गर्छन्: “परमेश्‍वर हामीभन्दा त्यति फरक हुनुहुन्न। उहाँसँग पनि सामान्य मानवता र आवश्यकताहरू, र सबै प्रकारका भावना, जीवन र सामान्य मानवताका गतिविधिहरू छन्। उहाँले ईश्‍वरीय कार्य गर्नुहुने भए पनि, उहाँको सामान्य मानवता अपरिहार्य छ!” मानिसहरूभित्र “सामान्य मानवता” बारे यस्तो अस्पष्ट विचार आउनेबित्तिकै, तिनीहरू परमेश्‍वरको काम, उहाँका वचन, र उहाँको स्वभावलाई मानिसको सामान्य मानवताको रूपमा निर्धारण गर्ने झुकाव राख्नेछन्, र उहाँको ईश्‍वरीय सारलाई नकार्नेछन्। यो ठूलो गल्ती हो; यसले परमेश्‍वरलाई चिन्न असम्भव बनाउँछ, होइन र? तिमीहरू परमेश्‍वरको सम्पर्कमा आएका छैनौ; तिमीहरूमध्ये कसकोमा यसो भन्‍ने साहस छ, “यदि म एक वर्षसम्म परमेश्‍वरसँग सम्पर्कमा रहेको भए, म पटक्कै विद्रोही हुन्थिनँ भनेर ठोकुवा गर्नेथेँ”? कोही पनि यति निश्चित हुन सक्दैन। धेरैजसो मानिसहरूले १० वा २० वर्षभन्दा बढी समयदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएका छन्, तर पनि कसैले उहाँप्रति साँचो समर्पण गर्न सक्दैन। शैतानले मानिसहरूलाई गहन रूपमा भ्रष्ट पारेको छ र शैतानको स्वभाव मानिसहरूको हृदयमा गढिसकेको छ भनेर देखाउन यही काफी छ; अनि कतिपय भ्रष्ट कुरालाई तिमीहरू आफैले पनि पत्ता लगाउन सक्दैनौ। मैले अत्यन्तै धेरै वचनहरू बोलेको छु, अत्यन्तै धेरै सत्यताहरू व्यक्त गरेको छु, तर सायदै कसैले सत्यता वास्तवमा बुझ्छ होला। मानिसहरू हाल जिद्दी हठी छन्; तिनीहरू चरम हदसम्म भावशून्य र मन्दबुद्धिका छन्। तिनीहरू अलि अज्ञानी मात्र होइन—तिनीहरूको विद्रोही स्वभावले पहिले नै आकार लिइसकेको समेत छ, तर तिमीहरूले त्यो अझै स्पष्ट रूपमा नदेखेको मात्र हो।

कतिपय मानिसहरू ख्रीष्टलाई एकदुई दिन भेट्दा, उहाँलाई अपरिचित पाउँछन् र केही हदसम्म बन्धनमा परेको महसुस गर्छन्: “यहाँ परमेश्‍वर हुनुहुन्छ!” तिनीहरू मनमा यस्तो सोच्छन्, तर उहाँसँग १० दिन वा दुई हप्तासम्म सम्पर्कमा रहेपछि, जसै तिनीहरू अलिअलि गर्दै उहाँसँग अझ परिचित र नजिक हुँदै जान्छन्, तब तिनीहरूलाई हृदयमा बन्धनमा परेको महसुस हुँदैन अनि आफ्नो र उहाँको हैसियतमा फरक पाउन छोड्छन्। यस्तो लाग्छ, मानौँ त्यहाँ पूर्ण समानता छ, कुनै दर्जानुक्रम छैन; तिनीहरूलाई परमेश्‍वरले तिनीहरूसँग जीवन र आनन्द बाँड्नु उचित हो भन्‍ने लाग्छ। कहिलेकाहीँ म सोच्छु, कसरी यी मानिसहरू यस्ता हुन सक्छन्? यदि मैले सधैँ तिनीहरूलाई काटछाँट गरेको र अर्ती-उपदेश दिएको भए, तिनीहरू पक्कै पनि सुशील र समर्पित हुनेथिए। कहिलेकाहीँ म कसैसँग समान भई कुरा गर्दा, तिनीहरू सोच्छन्: “अँ, हेर परमेश्‍वर मप्रति कति असल हुनुहुन्छ!” तँप्रति असल हुनुले तँमा विद्रोही स्वभाव छैन वा तेरो प्रकृति सार राम्रो छ भन्‍ने प्रमाणित गर्दैन। के कुरा यही होइन र? कतिपय मानिसहरूको कुरा गर्नुपर्दा, जब म तिनीहरूलाई अलि राम्रो व्यवहार गर्छु र तिनीहरूसँग हल्का मुस्कुराउँछु, तब तिनीहरू ब्रह्माण्डमा आफ्नो हैसियत बिर्सन्छन्, आफू कहाँबाट आएको र आफ्नो पहिचान र सार के हो भनेर बिर्सन्छन्—तिनीहरू यी सब बिर्सन्छन्। मानिसहरूको प्रकृति हदैसम्म खराब हुन्छ; तिनीहरूमा पटक्कै समझ हुँदैन! यदि केही मानिसहरू आफूलाई एकदमै असल ठान्छन् भने, अगाडि गएर केही समय परमेश्‍वरसँग अन्तरक्रिया गर्, अनि कसरी आफूभित्रका ती सबै विद्रोह र प्रतिरोध खुलासा हुन्छ, हेर्। परमेश्‍वरसँग केही समय संलग्न बन्—म तँलाई सम्झाउने, हप्काउने, वा काटछाँट गर्नेछैनँ, र कसैले पनि तसँग सङ्गति गर्नेछैन; तँ आफैले अनुभव गर्नेछस्, र हामी तँ कुन हदसम्म अनुभव गर्न सक्छस, त्यो हेर्नेछौँ। सत्यता प्राप्त नगरी, तँ पक्कै पनि नराम्ररी असफल हुनेछस्, परिणामहरू अकल्पनीय हुनेछन्। मानिसहरूको विद्रोही स्वभाव अति गम्भीर हुन्छ; तिनीहरूको हृदयले अरूलाई ठाउँ दिन सक्दैन! तेरो विद्रोही स्वभाव, शैतानी प्रकृति, र अहङ्कारी हृदयले अरू मानिसलाई ठाउँ दिन सक्दैन। सायद कतिपय मानिसहरूले मसँग केही समय अन्तरक्रिया गरेपछि केही गलत सोच विकास गर्न सक्छन्; यदि ती सोचहरू सुल्झाइएन भने, ती धारणा वा निर्णय बन्छन् र त्यसपछि तिनीहरू खतरामा पर्नेछन्। केही मानिसहरू भन्छन्: “तपाईं एकदमै साधारण र सामान्य हुनुभएकोले त्यस्तो भएको हो। प्रभु येशूप्रतिको विश्‍वासमा त म त्यस्तो छैनँ।” तेरो येशूमाथिको विश्‍वास पनि त्यस्तै नै छ। यदि तिमीहरूलाई येशूको युगमा राखिन्थ्यो भने, तिमीहरूले फरिसीहरूभन्दा राम्रो गर्नेथिएनौ, तिमीहरूको दिमाग पनि धारणाहरूले नै भरिएको हुनेथियो। तैँले यहूदाभन्दा राम्रो हुनेथिएँ भनी नसोच्‌। उसले प्रभुलाई धोका दिन सक्यो र आफ्नो लागि उहाँको पैसा चोर्न सक्यो; तैँले उहाँलाई धोका दिनेथिनस् होला वा मण्डलीको पैसा लापरवाहीपूर्वक खर्च गर्दैनथिस् होला, तर तँ प्रभुमा समर्पित व्यक्ति हुनेथिनस्, र तँ निश्‍चय नै धारणा, विद्रोह र प्रतिरोधले भरिएको हुनेथिस्। प्रभु येशूका वचनहरू र काम परमेश्‍वरको देखापराइ र काम हुन्। किन यहूदाले प्रभुको विरोध गर्‍यो? उसको प्रकृति असाध्यै खराब थियो; उसले ख्रीष्टलाई ठाउँ दिन सकेन र जिद्दी गर्दै उहाँसँग शत्रुता मोल्यो। के त्यतिबेला पत्रुसले पनि धेरै कष्ट भोगेन र? अन्त्यमा, उसको मानवता त्यतिबेला तुलनात्मक रूपले अरूको भन्दा अलि राम्रो भएकोले, अनि उसले प्रेमिलो परमेश्‍वरलाई पछ्याउन सकेकोले, उसलाई अन्ततः सिद्ध तुल्याइयो। त्यसबेला, ऊसँग पनि येशूबारे केही धारणा र राय थिए, तर प्रेमिलो प्रभुलाई पछ्याउन सकेकोले, उसले अन्त्यमा प्रभु येशूबारे केही ज्ञान प्राप्त गऱ्यो। त्यसैले घमण्ड नगर्; आफूले अनुभव नगरेको कुरामा आफू सफल हुन सक्छु र पूर्णाङ्क ठोकिदिन्छु भनेर ठोकुवा नगर्। यो सत्य वा वास्तविकता होइन। तैँले पहिला यो कुरा अनुभव गर्नैपर्छ; त्यसपछि मात्र तैँले बाँड्ने ज्ञान र अन्तर्दृष्टि व्यावहारिक हुनेछ। यसो नभन्: “परमेश्‍वर, मेरो घरमा आउनुहोस्, अरूले जस्तो म तपाईंलाई रिस नउठाउने वाचा गर्छु। म अरूजस्तो अमानवीय नहुने वाचा गर्छु।” यस्तो कुरा निश्चित हुँदैन, किनभने मानिसहरूभित्रका सामान्य मानवताका तत्वहरू पहिले नै नष्ट पारिएका हुन्छन्; तिनीहरूको सामान्य मानवता गुमिसकेको हुन्छ, त्यसै गरी तिनीहरूको विवेक र समझ पनि गुमिसकेको हुन्छ—सामान्य मानवताको सामान्य सुझबुझ, सरल ढङ्गमा र इमानदारीपूर्वक बोल्नु, अनि सुन्‍न र समर्पित हुन सक्नु, यी सबै सकारात्मक कुराहरू मानिसहरूभित्रबाट गुमिसकेको हुन्छ। त्यसकारण, मानिसहरूका जिउने सिद्धान्त र जीवन लक्ष्यहरू पहिले नै परिवर्तन भइसकेका हुन्छन्; तिनीहरू सबैले शैतानी दर्शन् पछ्याउँछन् र तिनीहरूमा शैतानको प्रकृति हाबी हुन्छ। तिनीहरूको बोली धूर्त र छली हुन्छ, तिनीहरू जता मल्खु उतै ढल्खु हुन्छन्, र तिनीहरू मिठोसुनिने भनाइहरू चलाउन उत्कृष्ट हुन्छन्—तिनीहरू यसरी जिउनु ठूलो कुरा हो भन्‍ने ठान्छन्। मानिसहरू गहन रूपमा भ्रष्ट छन् भनी किन भनिन्छ? यति गहन रूपमा भ्रष्ट भएकाले के मानिसहरूमा कुनै सामान्य मानवता अझै हुन्छ? तँलाई लाग्छ तँमा भ्रष्ट स्वभाव छ, जसलाई तँ अलि अहङ्कारी, आत्मधर्मी र घमण्डी हुनु, बोलीमा अलि छली हुनु, वा आफ्नो कर्तव्यनिर्वाहमा अलि लापरवाह र झाराटारुवा हुनु हो, र बस त्यति नै हो भन्ठान्छस्। तर यो एकदमै सतही ज्ञान हो; यसले सतहलाई मात्र कोट्याउँछ। मुख्य कुरा त, मान्छे स्वभावले नै दुष्ट हुन्छ, र मानिसहरू सबैले दुष्टताप्रति श्रद्धा गर्छन्, अनि परमेश्‍वरलाई नकार्ने र प्रतिरोध गर्ने गरिरहेका हुन्छन्, र तिनीहरूको सामान्य मानवता पहिले नै पृथ्वीबाट हराइसकेको हुन्छ। कुरा यही होइन र? त्यसोभए, मानिसहरूले सृष्टि गरिएको प्राणीको स्तर पूरा गर्न के गर्नुपर्छ? मुख्य कुरा भनेको परमेश्‍वरका वचनहरूमा अभ्यासको मार्ग, अभ्यासको उपयुक्त विधि खोज्नु हो। तिमीहरू सबैलाई मानवजातिमाझ असाध्यै असल मानिसहरू हुदैनन् भन्‍ने थाहा छ, त्यसोभए केही मानिसहरूमा मानवता छ र अरूमा छैन भनी अब किन भनिन्छ त? के मानवता भएका मानिसहरूले यी सत्यताहरू साँच्चै अभ्यास गर्न सक्छन् त? तिनीहरूले पनि ती अभ्यास गर्न सक्दैनन्; यति हो कि, तुलनात्मक रूपमा भन्नुपर्दा तिनीहरू हृदयमा अलि दयालु र कोमल हुन्छन्, र आफ्नो काममा तिनीहरू अलि बढी जिम्मेवार हुन्छन्—तर यो सबै सापेक्षिक हो, निरपेक्ष पूर्ण कुरा होइन। यदि तैँले कसैलाई मूल्याङ्कन गरेर यो व्यक्ति पूर्ण रूपमा राम्रो छ र उसमा कुनै दोष वा विद्रोह छैन, ऊ पूर्णतया आज्ञाकारी र समर्पित छ, र आफ्नो कर्तव्यनिर्वाहमा पटक्कै लापरवाह र झाराटारुवा छैन भनी भन्छस् भने, के यो बढाइचढाइ गरेको हुँदैन र? के यो तथ्यअनुसार हुन्छ? के साँच्चै यस्तो मान्छे हुन्छ? यदि तिमीहरू कुरा यसरी बुझ्छौ भने, त्यो विकृत बुझाइ हो। तर यदि तिमीहरू “हामी मानिसहरू त खतम भयौँ। हामीमध्ये कोही पनि असल छैन, त्यसैले परमेश्‍वरमा विश्‍वास गर्नुको के अर्थ? म त बस अब विश्‍वास गर्न छोडेर मृत्यु कुरेर बस्नेछु!” भनेर सोच्छौ भने, यो पनि निरर्थक कुरा हो। तिमीहरू जहिले पनि चरमसीमामा पुग्छौ, मानौँ तिमीहरू सोझो बोली बुझ्दैनौ, र तिमीहरू सधैँ कहिले यता त कहिले उता ढल्किरहेका हुन्छौ। यदि म अझ बढी नरम र कोमल भएर बोलेँ भने, तिमीहरू आफूलाई चिन्न सक्नेछैनौ, तर यदि म अति कडा र कठोर भएर बोलेँ भने, तिमीहरू आफ्नो टाउको निहुराउनेछौ, नकारात्मक हुनेछौ, र हरेससमेत खानेछौ। जब कतिपय मानिसहरू परमेश्‍वरको न्याय र निन्दाका वचनहरू सुन्छन्, तब तिनीहरू तुरुन्तै लल्याकलुलुक हुन्छन् र आफू खतम भइयो, आफूले मुक्ति पाउने आशा छैन भन्‍ने ठान्छन्। वास्तवमा यीनै मानिसहरूलाई मुक्ति दिन सबैभन्दा गाह्रो हुन्छ, किनकि तिनीहरू सोझो बोली बुझ्दैनन्! अब, जब परमेश्‍वर बोल्नुहुन्छ र मानिसहरूलाई खुलासा गर्नुहुन्छ, तब त्यसको उद्देश्य तिनीहरूलाई मानिसको भ्रष्ट प्रकृतिको जडबारे र किन मानिस परमेश्‍वरविरुद्ध विद्रोह गर्न सक्षम हुन्छ भनी बुझाउनु हो। यी कुराहरू खुलासा गर्दा मानिसहरूलाई फाइदा हुन्छ। यदि यी कुराहरू खुलासा गरिएन भने, तैँले आफूलाई कहिल्यै नचिनी त्यसलाई अन्त्यसम्म विश्‍वास गर्नेथिस्, प्रधान स्वर्गदूत त आफूलाई मै हुँ ठान्छ भनेर सधैँ भन्‍नेथिस्, वा यो व्यक्ति अहङ्कारी छ र त्यो व्यक्ति विद्रोही छ भनेर भन्‍नेथिस्। अनि तेरो बारेमा चाहिँ कुरा के छ नि? सधैँ यसो भन्‍ने मानिसहरू पनि छन्, “हामी वास्तवमा परमेश्‍वरप्रति विद्रोही छौँ,” तर अझै पनि तिनीहरूलाई आफ्नो विद्रोहको जड थाहा हुँदैन र तिनीहरू ती स्थितिको सार भित्रैसम्‍म देख्दैनन् वा बुझ्दैनन्। यसको मतलब तिनीहरू परिवर्तन हुन सक्दैनन् र तिनीहरूलाई मुक्ति दिन सकिँदैन। के तिमीहरू यी वचनहरू बुझ्न सक्छौ? (सक्छौँ।)

मैले भर्खरै सङ्गति गरेको कुरामा दुई प्रमुख पक्षहरू छन्। एउटा पक्ष हो, परमेश्‍वरमा विश्‍वास गर्दा, व्यक्तिले सृष्टि गरिएको प्राणीको स्तर पूर्णतया पूरा गर्दै साँचो समर्पण हासिल गर्नुपर्छ। अर्को पक्ष हो, मानिसहरूभित्रको विद्रोहीपन र तिनीहरूको प्रकृति खुलासा गर्दा तिनीहरूले आफूलाई चिन्न मद्दत पाउँछन्। यदि तिनीहरूलाई यसरी खुलासा गरिएन र आफूलाई चिन्न लगाइएन भने, सबैले तिनीहरूलाई असल र अरूभन्दा राम्रा भन्‍नेछन्। उदाहरणको लागि, कतिपय मानिसहरू भन्छन्, “म पनि एकदमै गहन रूपमा भ्रष्ट छु,” तर जब तिनीहरू केही समय अरूसँग अन्तरक्रिया गर्छन्, तब तिनीहरूले अझै आफूलाई अरूभन्दा उत्तम ठान्दै, यस्तो सोच्छन्: “म त्यति राम्रो छैनँ; तर यसो हेर्दा तिमी पनि त्यति राम्रो छैनौ, वास्तवमा मभन्दा पनि नराम्रो छौ!” तैँले आफूलाई अरूभन्दा राम्रो नठान्। तँ अरूभन्दा कुनै हालतमा पनि राम्रो छैनस्; सबै मानिसहरूको विद्रोही स्वभाव समान हुन्छ। के यो सब स्पष्ट भयो? अब हामीले यो सङ्गति समाप्त गरिसकेका छौँ, तिमीहरू सबै के सोच्छौ? के तिमीहरू यस्तो सोच्दै छौ: “मैले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको छु, र मलाई आफू परमेश्‍वरप्रति समर्पित व्यक्ति हुँ भन्‍ने लाग्थ्यो। आज, अहिले परमेश्‍वरले सङ्गति समाप्त गर्नुभएको छ, र मलाई बल्ल आफूमा परमेश्‍वरप्रति साँचो समर्पण छैन, र म अझै पनि उहाँलाई परमेश्‍वरको रूपमा व्यवहार गर्दिनँ भन्‍ने महसुस भयो। म परमेश्‍वरमा समर्पित हुनसमेत सक्दिनँ—ममा पटक्कै समझ छैन र मेरो आस्था एकदमै अन्योलपूर्ण छ!” यदि तिमीहरूसँग साँच्चै यस्तो ज्ञान छ भने, तिमीहरूको लागि परमेश्‍वरप्रतिको विश्‍वासको सही मार्गमा प्रवेश गर्ने र उहाँमा समर्पित व्यक्ति बन्ने आशा हुन्छ; तबमात्र तिमीहरूले मुक्ति प्राप्त गर्न सक्छौ।

अंश ३

धेरै मानिस परमेश्‍वरमा विश्‍वास गर्दा आफ्नो जीवन स्वभावको रूपान्तरणलाई महत्त्व दिँदैनन्, बरु तिनीहरूप्रतिको परमेश्‍वरको मनोवृत्ति र तिनीहरूले परमेश्‍वरको हृदयमा ठाउँ ओगट्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरामा ध्यान केन्द्रित गर्छन् र चासो राख्छन्। तिनीहरू सधैँ परमेश्‍वरको नजरमा आफू कस्तो देखिन्छु र उहाँको हृदयमा आफ्नो स्थान छ कि छैन भनेर अनुमान लगाउने प्रयास गर्छन्। धेरै मानिस यस प्रकारका सोचहरू राख्छन् र यदि तिनीहरू परमेश्‍वरको आमनेसामने भए भने, उहाँ तिनीहरूसँग बोल्दा खुसी हुनुहुन्छ कि रिसाउनुहुन्छ भनेर सधैँ नियाल्छन्। त्यसबाहेक यस्ता मानिसहरू हुन्छन्, जो सधैँ अरूलाई यस्तो सोधिरहन्छन्, “के परमेश्‍वरले मेरा कठिनाइहरू उल्लेख गर्नुभएको छ? जे होस्, उहाँ मेरो बारेमा के सोच्नुहुन्छ? के उहाँ मेरा लागि कुनै चासो देखाउनुहुन्छ?” कतिपयसँग झनै गम्भीर समस्याहरू हुन्छन्—यदि परमेश्‍वरले तिनीहरूलाई एक झलक मात्रै हेर्नुभयो भने पनि, तिनीहरूलाई त्यो कुनै नयाँ समस्या पत्ता लगाएझैँ हुन्छ: “बर्बाद भयो, परमेश्‍वरले मलाई भर्खरै एक झलक हेर्नुभयो र उहाँको नजर त्यति खुसी देखिँदैनथ्यो, यो राम्रो सङ्केत होइन।” मानिसहरू यस्ता कुराहरूलाई धेरै महत्त्व दिन्छन्। कतिपय मानिस यसो भन्छन्: “हामीले विश्‍वास गर्ने परमेश्‍वर देहधारी परमेश्‍वर हुनुहुन्छ, त्यसैले यदि उहाँले हामीलाई ध्यान दिनुभएन भने, के त्यसले हाम्रो अन्त्य निम्त्याउनेछैन र?” तिनीहरूले यसो भन्नुको अर्थ हो, “यदि परमेश्‍वरको हृदयमा हाम्रो कुनै ठाउँ छैन भने, हामीले विश्‍वास गर्ने कष्ट किन गर्ने? हामीले विश्‍वास गर्न नै छोडिदिनुपर्छ!” के यो समझहीन कुरा होइन र? के तिनीहरूलाई मानिसहरूले परमेश्‍वरमा किन विश्‍वास गर्नुपर्छ भन्‍ने थाहा छ? मानिसहरू आफ्नो हृदयमा परमेश्‍वरका लागि ठाउँ छ कि छैन भन्नेबारे कहिल्यै मनन गर्दैनन्, तैपनि तिनीहरू परमेश्‍वरको हृदयमा ठाउँ चाहन्छन्। तिनीहरू कति अहङ्कारी र अभिमानी छन्! तिनीहरूमा समझको सबैभन्दा बढी कमी भएको पाटो यही हो। कतिपय त यतिसम्म समझहीन हुन्छन् कि जब परमेश्‍वर अरू कसैको हालखबर सोध्नुहुन्छ र तिनीहरूको नाम लिनुहुन्न वा तिनीहरूलाई भन्दा बरु अरूको वास्ता वा ख्याल गर्नुहुन्छ, तब तिनीहरू असन्तुष्ट महसुस गर्छन् र परमेश्‍वर अधर्मी हुनुहुन्छ अनि निष्पक्ष र विवेकीसमेत हुनुहुन्न भन्दै, उहाँबारे गनगन गर्न र गुनासो गर्न थाल्छन्। यो तिनीहरूको समझको समस्या हो र तिनीहरूको मन पनि केही हदसम्म असामान्य हुन्छ। सामान्य परिस्थितिहरूमा, मानिसहरू सधैँ आफू परमेश्‍वरका बन्दोबस्त र योजनाबद्ध कार्यहरूप्रति समर्पित हुने, परमेश्‍वरले आफूलाई जसरी व्यवहार गर्नुभए पनि आफूले कहिल्यै गुनासो नगर्ने र आफूलाई परमेश्‍वरले काटछाँट, न्याय वा सजाय गर्नुहुँदा आफूलाई कुनै आपत्ति नहुने दाबी गर्छन्, तर तिनीहरूले वास्तवमा यस्ता कुराहरू सामना गर्दा ती स्वीकार गर्दैनन्। के मानिसहरूमा समझ हुन्छ? मानिसहरू आफूलाई यति उच्च र आफूलाई यति महत्त्वपूर्ण ठान्छन् कि यदि तिनीहरूलाई परमेश्‍वरले आफूलाई गलत तरिकाले हेर्नुभएको छ भन्‍ने अलिकति मात्रै लाग्यो भने, तिनीहरू आफूले मुक्ति प्राप्त गर्ने कुनै आशा छैन भन्‍ने महसुस गर्छन्, झन् परमेश्‍वरले तिनीहरूलाई काँटछाँट गर्नुभयो भने तिनीहरू के महसुस गर्लान् भन्‍ने त कुरै नगरौँ। अथवा, यदि परमेश्‍वरले तिनीहरूलाई अलिक कडा लबजमा केही भन्‍नुभयो र त्यसले तिनीहरूको हृदयलाई घोच्यो भने, तिनीहरू नकारात्मक बन्छन् र परमेश्‍वरमा विश्‍वास गर्नु निरर्थक छ भनी सोच्न थाल्छन्। तिनीहरू सोच्छन्, “यदि परमेश्‍वर मलाई बेवास्ता गर्नुहुन्छ भने म कसरी उहाँमा विश्‍वास गरिरहन सक्छु र?” कतिपयसँग यस प्रकारको व्यक्तिलाई खुट्ट्याउने क्षमता हुँदैन र तिनीहरू यसोसमेत सोच्छन्, “तिनीहरू एकदमै सचेत छन्! तिनीहरू परमेश्‍वरको एक नजरको अर्थसमेत पढ्न सक्छन्। हेर् त, तिनीहरू पृथ्वीमा हुनुहुने परमेश्‍वरबारे साँच्चै निश्चित भएका छन् र साँच्चै परमेश्‍वरलाई परमेश्‍वरका रूपमा व्यवहार गर्छन्।” के कुरा साँच्चै यही हो त? यी मानिसहरू अत्यन्तै अन्योलमा छन् र कुनै पनि कुरा स्पष्टसँग देख्न सक्दैनन्! मानिसहरूको कद अत्यन्तै सानो छ र तिनीहरू साँच्चै सबै प्रकारका कुरूपता प्रकट गर्छन्। तिनीहरूमा यस्तो कमजोर समझ हुन्छ—तिनीहरूले परमेश्‍वरबाट गर्ने मागहरू अत्यन्तै धेरै र अत्यन्तै अत्यधिक हुन्छन्, तिनीहरूमा अलिकति पनि समझ हुँदैन। मानिसहरू सधैँ परमेश्‍वरले यो वा त्यो गर्नुहोओस् भनी माग गरिरहेका हुन्छन् र उहाँप्रति पूर्ण रूपमा समर्पित हुन वा उहाँको आराधना गर्न असक्षम हुन्छन्। बरु, तिनीहरू आफ्नै रुचिहरूका आधारमा परमेश्‍वरसँग अनुचित मागहरू गर्छन्, उहाँ दिलदार हुनुपर्छ, उहाँ कुनै पनि कुरामा कहिल्यै रिसाउनु हुँदैन र उहाँ मानिसहरूलाई देखेपिच्छे सधैँ मुस्कुराइरहेको हुनुपर्छ र उहाँले सधैँ तिनीहरूसँग कुरा गर्नुपर्छ अनि तिनीहरूलाई सत्यता प्रदान गर्नुपर्छ र तिनीहरूसँग सत्यता सङ्गति गर्नुपर्छ भन्ने माग गर्छन्। तिनीहरू उहाँ सधैँ धैर्यवान् हुनुपर्छ र उहाँ तिनीहरूको वरिपरि प्रसन्न मुद्रामा हुनुपर्छ भन्ने पनि माग गर्छन्। मानिसहरूका मागहरू अत्यन्तै धेरै छन्; तिनीहरू अत्यन्तै नाटीकुटी गर्छन्! तिमीहरूले यी मामलाहरू जाँच्नुपर्छ। मानव समझ अत्यन्तै कमजोर छ, होइन र? मानिसहरू परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति पूर्ण रूपमा समर्पित हुन वा परमेश्‍वरबाट आउने सबै कुरा स्वीकार गर्न असक्षम हुने मात्र होइन, बरु, तिनीहरू परमेश्‍वरमाथि थप मागहरू लाद्छन्। यस्ता मागहरू भएका मानिसहरू कसरी परमेश्‍वरप्रति बफादार हुन सक्छन्? तिनीहरू कसरी परमेश्‍वरका बन्दोबस्तहरूप्रति समर्पित हुन सक्छन्? तिनीहरू कसरी परमेश्‍वरलाई प्रेम गर्न सक्छन्? मानिसहरू सबैसँग परमेश्‍वरले कसरी तिनीहरूलाई प्रेम गर्नुपर्छ, सहनुपर्छ, रेखदेख गर्नुपर्छ, सुरक्षा दिनुपर्छ अनि चासो देखाउनुपर्छ र ख्याल गर्नुपर्छ भन्ने मागहरू त हुन्छन्, तैपनि तिनीहरू कसैसँग पनि आफूले कसरी परमेश्‍वरलाई प्रेम गर्नुपर्छ, परमेश्‍वरबारे सोच्नुपर्छ, परमेश्‍वरको ख्याल गर्नुपर्छ, परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्छ, आफ्नो हृदयमा परमेश्‍वरलाई राख्नुपर्छ र परमेश्‍वरको आराधना गर्नुपर्छ भन्‍नेसम्बन्धी कुनै मागहरू हुँदैनन्। के यी कुराहरू मानिसहरूको हृदयमा छन्? यी नै मानिसहरूले हासिल गर्नुपर्ने कुराहरू हुन्, त्यसोभए तिनीहरू किन यी कुराहरूमा आफ्नो हृदय लगाउँदैनन्? कतिपय मानिस केही समयका लागि उत्साहित हुन सक्छन् र केही हदसम्म कामकुराहरू त्याग्‍न र आफूलाई अर्पण गर्न सक्छन्, तर त्यो दिगो हुँदैन; सानो रोकावट आइपर्दा तिनीहरू निरुत्साहित हुन, आशा गुमाउन र गुनासो गर्न सक्छन्। मानिसहरूका अत्यन्तै धेरै कठिनाइ छन् र सत्यता पछ्याउने अनि परमेश्‍वरलाई प्रेम गर्न र सन्तुष्ट पार्न खोज्ने मानिसहरू अत्यन्तै थोरै छन्। मानवहरूमा समझको पूर्णतया कमी छ; तिनीहरू गलत स्थानमा खडा हुन्छन्। त्यसबाहेक, तिनीहरू आफूलाई अत्यन्तै मूल्यवान् ठान्छन्। यसो भन्‍नेहरू पनि छन्, “परमेश्‍वर हामीलाई उहाँको आँखाको नानीका रूपमा हेर्नुहुन्छ। उहाँ मानवजातिलाई छुटकारा दिनका लागि आफ्नो एकमात्र पुत्रलाई क्रूसमा टाँगिन दिन हिचकिचाउनुभएन। परमेश्‍वरले हामीलाई किनेर फिर्ता ल्याउन ठूलो मूल्य चुकाउनुभयो—हामी अत्यन्तै मूल्यवान् छौँ! परमेश्‍वरको हृदयमा हामी सबैका लागि ठाउँ छ। हामी मानिसहरूको विशेष समूह हौँ र गैरविश्‍वासीहरूको भन्दा हाम्रो हैसियत निकै उच्च छ—हामी स्वर्गको राज्यका मानिसहरू हौँ।” तिनीहरू आफूलाई निकै उच्च र महान् ठान्छन्। विगतमा, धेरै अगुवामा यही मानसिकता थियो; बढुवा भएपछि, तिनीहरूले परमेश्‍वरको घरमा आफ्नो निश्‍चित हैसियत र स्थान छ भनी विश्‍वास गर्थे। तिनीहरू सोच्थे, “परमेश्‍वर मलाई मूल्यवान् ठान्नुहुन्छ र मेरा बारेमा राम्रो सोच्नुहुन्छ अनि उहाँले मलाई अगुवाका रूपमा सेवा गर्न दिनुभएको छ। मैले उहाँका लागि दौडधुप गर्न र काम गर्न सक्दो प्रयास गर्नैपर्छ।” तिनीहरू आफूसँग अत्यन्तै प्रसन्न थिए। तर, केही समयपछि, तिनीहरूले केही खराब काम गरे र तिनीहरूको वास्तविक रूप देखियो र त्यसपछि तिनीहरूलाई बर्खास्त गरियो अनि तिनीहरू खिन्न भए र तिनीहरूले आफ्नो शिर निहुराए। जब तिनीहरूको कुरूपता खुलासा र काँटछाँट गरियो, तब तिनीहरू अझ बढी नकारात्मक बने र विश्‍वास गरिरहन असक्षम भए। तिनीहरूले मनमनै सोचे, “परमेश्‍वरले गर्ने कुराले मेरा भावनाहरूको एकदमै ख्याल गर्दैन, उहाँ मेरो अभिमान जोगाउने कुराको पर्वाह गर्नुहुन्न। तिनीहरू परमेश्‍वर मानिसका कमजोरीहरूप्रति सहानुभूतिशील हुनुहुन्छ भनेर भन्छन्, त्यसोभए केही साना अपराधपछि मलाई किन बर्खास्त गरियो त?” त्यसपछि तिनीहरू निरुत्साहित भए र आफ्नो विश्‍वास त्याग्‍न चाहे। के त्यस्ता मानिसहरूमा परमेश्‍वरप्रति साँचो आस्था हुन्छ? यदि तिनीहरू काटछाँटसमेत स्वीकार गर्न सक्दैनन् भने, तिनीहरूको कद अत्यन्तै सानो छ र तिनीहरूले भविष्यमा सत्यता स्वीकार गर्न सक्‍नेछन् कि सक्नेछैनन् भन्‍ने कुरा अनिश्चित छ। त्यस्ता मानिसहरू खतरामा छन्।

मानिसहरू आफूसँग उच्च मागहरू गर्दैनन्, तर तिनीहरू परमेश्‍वरसँग उच्च मागहरू गर्छन्। तिनीहरू उहाँलाई विशेष दया देखाइदिन, तिनीहरूप्रति धैर्यवान् र सहनशील हुन, तिनीहरूलाई प्रेम गर्न, सुरक्षा दिन र भरणपोषण गर्न, तिनीहरूप्रति मुस्कुराउन, तिनीहरूप्रति सहनशीलता अभ्यास गर्न र उदार हुन, धेरै तरिकाले तिनीहरूको ख्याल गर्न भन्छन्। तिनीहरू आफूप्रति उहाँ पटक्कै कडा नहुने वा उहाँले तिनीहरूलाई अलिकति पनि दुःखी बनाउने कुनै कुरा नगर्नुहुने अपेक्षा गर्छन् र यदि उहाँले हरेक दिन तिनीहरूसँग मिठो कुरा गर्नुभयो भने मात्रै तिनीहरू सन्तुष्ट हुन्छन्। मानिसहरूमा त्यति खराब समझ हुन्छ! परमेश्‍वरमा विश्‍वास गर्दा, तिनीहरू आफूले कस्ता दृष्टिकोणहरू राख्नुपर्छ, आफूले के गर्नुपर्छ, आफूले के हासिल गर्नुपर्छ, परमेश्‍वरको सेवा गर्न आफू कुन स्थानमा खडा हुनुपर्छ र आफूलाई कुन स्थानमा राख्नु उपयुक्त हुन्छ भन्‍नेबारे स्पष्ट हुँदैनन्। थोरै हैसियत भएका मानिसहरू आफूलाई एकदमै उच्च ठान्छन् र हैसियत नभएकाहरू पनि आफूलाई निकै उच्च नै ठान्छन्। मानिसहरू आफूलाई कहिल्यै चिन्दैनन्। तँ परमेश्‍वरप्रतिको आफ्नो विश्‍वासमा यस्तो बिन्दुमा पुग्नैपर्छ जहाँ तैँले उहाँ तँसँग जसरी बोल्नुभए पनि, उहाँ तँप्रति जतिसुकै कडा हुनुभए पनि र उहाँले तँलाई ध्यान दिनुभए पनि वा नदिनुभए पनि विश्‍वास गरिरहन, गुनासाहरू नगर्न र सदाझैँ आफ्नो कर्तव्य निर्वाह गरिरहन सक्छस्। त्यसपछि तँ परिपक्व र अनुभवी व्यक्ति बन्‍नेछस् अनि तँसँग साँच्चै केही कद र सामान्य व्यक्तिको थोरै समझ हुनेछ। तैँले परमेश्‍वरसँग मागहरू गर्नेछैनस्, तँसँग उप्रान्त अत्यधिक चाहनाहरू हुनेछैनन् र तैँले उप्रान्त आफ्नै रुचिहरूका आधारमा अरूसँग वा परमेश्‍वरसँग अनुरोधहरू गर्नेछैनस्। यसले तँमा मानव रूपको सानो अंश छ भन्‍ने देखाउनेछ। हाल, तिमीहरूका मागहरू अत्यन्तै धेरै छन्, यी मागहरू अत्यन्तै अत्यधिक छन् र तिमीहरूमा आफ्नै इच्छा अत्यन्तै धेरै छ। यसले तँ सही स्थानमा उभिरहेको छैनस् भन्‍ने प्रमाणित गर्छ; तँ उभिरहेको स्थान अत्यन्तै उच्च छ र तँ आफूलाई अत्यन्तै आदरणीय ठान्छस्—मानौँ तँ परमेश्‍वरभन्दा धेरै तल्लो स्थानमा छैनस्। त्यसकारण तँसँग व्यवहार गर्न गाह्रो हुन्छ र यो ठ्याक्कै शैतानको प्रकृति हो। यदि तँभित्र यस्ता स्थितिहरू छन् भने, तँ निश्चित रूपमा घरिघरि नकारात्मक भइरहनेछस् र कमै मात्र सामान्य हुनेछस्, त्यसैले तेरो जीवन प्रगति सुस्त हुनेछ। यसको विपरीत, अरू मानिसहरू शुद्ध हृदयका हुन्छन् र कम नाटीकुटी गर्छन्, त्यसैले तिनीहरू सजिलै सत्यता स्विकार्छन् र अझ छिटो प्रगति गर्छन्। शुद्ध हृदय भएकाहरू त्यति धेरै कष्ट भोग्दैनन्, तर तँ एकदमै भावुक छस्, तँ अत्यन्तै नाटीकुटी गर्छस् र तँ सधैँ परमेश्‍वरसँग मागहरू गर्छस्, त्यसैले तँ सत्यता स्वीकार गर्नमा ठूला अड्चनहरू सामना गर्छस् र तेरो जीवन प्रगति सुस्त हुन्छ। कतिपय मानिस आफूलाई अरूले जतिसुकै आक्रमण र बहिष्कार गरे पनि, अझै पनि सत्यता पछ्याउँछन् र तिनीहरू यसबाट अलिकति पनि प्रभावित हुँदैनन्। यस्ता मानिसहरू दिलदार हुन्छन्, त्यसैले तिनीहरू आफ्नो जीवन प्रवेशमा अलि कम कष्ट भोग्छन् र अलि कम अड्चनहरू सामना गर्छन्। तँ नाटीकुटी गर्छस् र सधैँ कुनै न कुनै कुराद्वारा प्रभावित हुन्छस्—कसले तँलाई गलत तरिकाले हेर्‍यो, कसले तँलाई तुच्छ ठान्यो, कसले तँलाई बेवास्ता गर्‍यो वा परमेश्‍वरले भनेको कुन कुराले तँलाई बिझायो वा उहाँले भनेका कुन कठोर शब्दहरूले तँलाई घोचे र तेरो आत्मसम्मानमा चोट पुर्‍याए वा उहाँले अरू कसैलाई के-कस्तो राम्रो कुरा दिनुभयो र तँलाई दिनुभएन—अनि त्यसपछि तँ नकारात्मक बन्छस् र परमेश्‍वरलाई गलतसमेत बुझ्छस्। यस्ता मानिसहरू नाटीकुटी गर्ने र अलि नासमझ हुन्छन्। तिनीहरूसँग जति नै सत्यता सङ्गति गरे पनि, तिनीहरूले अझै पनि त्यो स्वीकार गर्नेछैनन् र तिनीहरूका समस्याहरू समाधान हुनेछैनन्। यी मानिसहरूसँग व्यवहार गर्न सबैभन्दा गाह्रो हुन्छ।

म प्रायः तिमीहरूले यसरी सङ्गति गरेको सुन्छु: “केही काम गर्दा म लड्खडाएँ, अनि पछि केही कष्ट भोगेपछि, मैले केही बुझाइ प्राप्त गरेँ।” अधिकांश मानिसहरूलाई यस्तै खाले अनुभव भएको हुन्छ—यो अनुभव एकदम सतही हुन्छ। मानिसहरूले यो बुझाइ वर्षौँको अनुभवपछि पाएका हुन सक्छन्, अनि तिनीहरूले यो थोरै बुझाइ र रूपान्तरण पाउन धेरै कष्ट अनुभव गरेका अनि जाँतोमा पिसिएका पनि हुन सक्छन्। यो कति दयालाग्दो कुरा हो! मानिसहरूको आस्थामा कति धेरै अशुद्धताहरू हुन्छन्, तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्न कति गाह्रो हुन्छ! आजसम्म पनि, हरेक व्यक्तिभित्र अझै पनि धेरै अशुद्धताहरू छन्, अनि तिनीहरू अझै पनि परमेश्‍वरबाट धेरै मागहरू गर्छन्—यी सबै मान्छेका अशुद्धताहरू हुन्। यस्ता अशुद्धताहरू हुनु भनेको तिनीहरूको मानवतामा समस्या छ भन्‍ने प्रमाण हो, र यो तिनीहरूको भ्रष्ट स्वभावको प्रकटीकरण हो। मान्छेले परमेश्‍वरबाट गर्ने उचित र अनुचित मागहरूमा भिन्नता हुन्छ—यसलाई स्पष्ट रूपमा खुट्ट्याइनैपर्छ। मान्छेले कुन स्थानमा उभिनुपर्ने हो अनि उसमा कस्तो समझ हुनुपर्ने हो भन्‍नेबारे स्पष्टता हासिल हुनैपर्छ। मैले के याद गरेको छु भने, म मानिसहरू वरिपरि हुँदा मेरो मुखाकृति कस्तो छ भन्‍ने कुरामा केही मानिसहरू सधैँ ध्यान दिइरहन्छन्, र परमेश्‍वरले कसलाई राम्रो व्यवहार गर्नुहुन्छ अनि कसलाई खराब व्यवहार गर्नुहुन्छ भनी अध्ययन गरिरहन्छन्। यदि तिनीहरूले परमेश्‍वरले आफूलाई नकारात्मक ढङ्गले हेर्नुभएको देखे भने, वा उहाँले तिनीहरूको खुलासा वा निन्दा गर्नुभएको सुने भने, तिनीहरू त्यसलाई यतिकै भुल्‍न सक्दैनन्—तिनीहरूसँग तैँले जसरीसुकै सङ्गति गरे पनि काम लाग्दैन, अनि जति नै समय बिते पनि, तिनीहरू बदलिन सक्दैनन्। तिनीहरूले आफैमाथि फैसला गर्छन्, र त्यही एउटा क्षणिक वाक्यांश पकडेर अनि त्यसैलाई प्रयोग गरेर आफूप्रति परमेश्‍वरको मनोवृत्ति निर्धारण गर्छन्। तिनीहरू नकारात्मकतामा डुब्छन्, र तिनीहरूसँग जोसुकैले जसरीसुकै सत्यता सङ्गति गरे पनि, त्यो स्विकार्न इच्छुक हुँदैनन्। यो एकदमै अव्यावहारिक कुरा हो। मान्छेमा परमेश्‍वरको धर्मी स्वभावबारे अलिकति पनि ज्ञान छैन, र उसले त्यसलाई बुझ्दै बुझ्दैन भन्‍ने कुरा स्पष्ट छ। जबसम्म मानिसहरू पश्चाताप गर्न र रूपान्तरित हुन सक्छन्, तिनीहरूप्रति परमेश्‍वरको मनोवृत्ति पनि परिवर्तन हुनेछ। यदि परमेश्‍वरप्रति तेरो मनोवृत्ति परिवर्तन हुँदैन भने, के तँप्रति परमेश्‍वरको मनोवृत्ति परिवर्तन हुन सक्छ त? यदि तँ परिवर्तित हुन्छस् भने, तँसित व्यवहार गर्ने परमेश्‍वरको तरिका पनि परिवर्तन हुनेछ, तर यदि तँ परिवर्तन हुँदैनस् भने, तँसित गर्ने व्यवहार परमेश्‍वरको तरिका पनि परिवर्तन हुनेछैन। केही मानिसहरूमा परमेश्‍वर केलाई घृणा गर्नुहुन्छ, के मन पराउनुहुन्छ, र उहाँको हर्ष, रिस, शोक र खुसी, उहाँको सर्वशक्तिमान्‌ता, अनि उहाँको बुद्धिबारे अझै पनि ज्ञान छैन, अनि तिनीहरू कुनै बोधात्मक ज्ञानबारे पनि केही बताउन सक्दैनन्—मान्छेलाई सम्हाल्न एकदमै कठिन हुने यही भएर नै हो। मान्छेले परमेश्‍वरले ऊसँग असल नियतले बोल्नुभएका सबै वचनहरू बिर्सिन्छ, तर यदि उहाँले केवल एउटै मात्र कडा टिप्पणी गर्नुभयो वा काँटछाँट वा न्यायको एक वाक्य मात्र बोल्नुभयो भने पनि, त्यसले मान्छेको हृदय बिझाउँछ। मानिसहरू किन सकारात्मक अगुवाइका वचनहरूलाई चाहिँ गम्भीर रूपमा लिँदैनन् अनि न्याय र काँटछाँटका वचनहरू सुन्दाचाहिँ निराश, नकारात्मक हुन्छन्, र फेरि पूर्वावस्थामा फर्कन सक्दैनन्? अन्ततः, तिनीहरू बदलिनलाई लामो अवधिसम्म चिन्तन गर्नुपर्ने हुन सक्छ, र यसलाई परमेश्‍वरका केही सान्त्वना दिने वचनहरूसँग मिसाएपछि मात्र तिनीहरू ब्युँझिनेछन्। यी सान्त्वना दिने वचनहरूविना, तिनीहरू आफ्नो नकारात्मकताबाट बाहिर निस्कन सक्नेछैनन्। जब मानिसहरूले परमेश्‍वरको काम भर्खरै अनुभव गर्न थालेका हुन्छन्, तिनीहरूमा परमेश्‍वरबारे धेरै त्रुटिपूर्ण ज्ञान र गलतफहमीहरू हुन्छन्। तिनीहरू सधैँ आफै सही छु भन्‍ने विश्‍वास गर्छन्, सधैँ आफ्नै विचारमा अडिग रहन्छन्, अनि अरूले भनेको कुनै कुरा आफूभित्र लिँदैनन्। तिनीहरूले तीनदेखि पाँच वर्ष अनुभव पाइसकेपछि मात्र बिस्तारै बुझ्न, अन्तर्ज्ञान पाउन, आफू गलत थिएँ भनेर चिन्न, र आफूसँग व्यवहार गर्न कति गाह्रो थिएछ भन्‍ने महसुस गर्न थाल्छन्। यस्तो लाग्छ, मानौँ तिनीहरू त्यसपछि बल्ल हुर्किएका हुन्। अनि तिनीहरूले थप अनुभव पाउँदै जाँदा, तिनीहरू परमेश्‍वरलाई बुझ्छन्, र परमेश्‍वरबारे तिनीहरूका गलतफहमीहरू घट्दै जान्छन्, तिनीहरू अबउप्रान्त गुनासो गर्दैनन्, अनि परमेश्‍वरमा तिनीहरूको आस्था सामान्य हुन थाल्छ। विगतको तुलनामा, तिनीहरूको कद अलि पाकोजस्तो हुन्छ। पहिले त तिनीहरू बच्चाजस्तो हुने गर्थे—ठुस्स पर्थे, नकारात्मक हुन्थे, अनि कहिलेकाहीँ परमेश्‍वरबाट टाढिन सक्थे। तिनीहरूले निश्चित मामिलाहरू सामना गर्दा गुनासो पनि गर्न सक्थे, परमेश्‍वरका केही निश्चित वचनहरू तिनीहरूको ताजा धारणाको विषय पनि बन्‍न सक्थे, अनि तिनीहरूले कहिलेकाहीँ परमेश्‍वरलाई शङ्का गर्न थालेका पनि हुन सक्थे—कसैको कद अति सानो हुँदा यस्तै हुने हो। अहिले तिनीहरूले यति धेरै अनुभव गरिसकेपछि अनि वर्षौँ परमेश्‍वरका वचनहरू पढिसकेपछि, तिनीहरूले प्रगति गरेका छन्, र विगतमा भन्दा धेरै स्थिर भएका छन्। यो सबै सत्यता बुझेको नतिजा हो—यो तिनीहरूभित्र सत्यताले प्रभाव पारिरहेको अवस्था हो। त्यसैले, मानिसहरूले जति लामो समय अनुभव गरे पनि, सत्यता बुझुन्जेल र त्यसलाई स्विकार्न सकुन्जेल, तिनीहरूले समाधान गर्न नसक्ने कुनै कठिनाइ हुँदैन, र तिनीहरूले सधैँ केही न केही पाउने नै छन्। पक्कै पनि, तिनीहरूले काफी समयसम्म अनुभव गरेनन् भने, त्यो प्रभावकारी हुनेछैन, तर तिनीहरूले आफ्ना हरेक अनुभवहरूबाट लाभ पाउन सकुञ्जेल, तिनीहरूले जीवनमा चाँडै प्रगति गर्नेछन्।

तिमीहरूलाई अहिले अगुवा, सेवक, वा सुपरिवेक्षक बन्‍नका लागि, वा महत्त्वपूर्ण कर्तव्य निर्वाह गर्नको लागि जगेर्ना गरिँदै छ भन्ने तथ्यले तिमीहरूको कद ठूलो छ भन्‍ने पुष्टि गर्दैन। यसको अर्थ, तिमीहरूमा औसत व्यक्तिभन्दा अलिक राम्रो क्षमता छ, तिमीहरू आफ्नो पछ्याइमा अलिक बढी गम्भीर छौ, र तिमीहरूलाई जगेर्ना गर्नु अलिकति बढी मूल्यवान् हुन्छ भन्‍ने मात्र हो। यसको अर्थ, तिमीहरू परमेश्‍वरमा समर्पित हुन वा उहाँका योजनाबद्ध कार्यहरूमा आफूलाई सुम्पिन सक्छौ भन्‍ने पक्कै होइन, र यसको अर्थ तिमीहरूले आफ्नो भविष्य र आशाहरू छेउ लगाएका छौ भन्‍ने पनि होइन। मानिसहरूमा अझै पनि यस खालको समझ छैन। तिमीहरू अझै पनि काम गर्दा आफूसँग केही नकारात्मकता, साथै आशिष् पाउने अभिप्राय र आकाङ्क्षाहरू, अनि मानव धारणा र कल्पनाहरू बोक्छौ। यसको साथै, तिमीहरू आफ्नो काम गर्दा केही गह्रुङ्गो भार पनि बोक्छौ, र यस्तो लाग्छ मानौँ तिमीहरू खुशीसाथ इच्छुक भएर काम गरिरहेका छैनौ, बरु असल कार्यद्वारा विगतका पापहरूको प्रायश्चित मात्र गरिरहेका छौ। तिमीहरू त्यस अवस्थामा पनि पुगेका छैनौ, जहाँ परमेश्‍वरले तिमीहरूलाई जसरीसुकै व्यवहार गरे पनि, तिमीहरू उहाँका अभिप्राय र मागहरूअनुसार कार्य गर्नेबारे मात्र चासो दिन्छौ। के तिमीहरू यो हासिल गर्न सक्छौ त? मानिसहरूमा यो समझ छैन। तिनीहरू सबैजना यस्तो सोच्दै परमेश्‍वरको मन पढ्न मात्र चाहन्छन्: “मप्रति परमेश्‍वरको मनोवृत्ति ठ्याक्कै कस्तो होला त? के उहाँ मलाई सेवा प्रदान गर्न प्रयोग गर्दै हुनुहुन्छ, कि मलाई मुक्ति दिँदै र सिद्ध पार्दै हुनुहुन्छ?” तिनीहरू सबैजना यसरी नै मन पढ्न चाहन्छ्न्, तर भन्‍ने आँट गर्दैनन्। तिनीहरूले भन्‍ने आँट गर्दैनन् भन्‍ने तथ्यले तिनीहरूमा अझै पनि यस्तो विचार हाबी छ भन्‍ने पुष्टि हुन्छ: “यसबारे कुरा गर्नु नै व्यर्थ छ—यो केवल मेरो प्रकृति हो, र यसलाई परिवर्तन गर्न सम्भव छैन। मैले केही खराब नगरे पुगिहाल्छ—म आफूबाट धेरै माग गर्दिनँ।” तिनीहरू आफूलाई सकेसम्म तलको स्थानमा सीमित गर्छन्, अनि अन्ततः कुनै पनि प्रगति गर्दैनन्, र साथमा, आफ्नो कर्तव्य निर्वाह गर्दा झाराटरूवा सोचाइ बोकिरहन्छन्। तिमीहरूसँग दुईचारपटक सङ्गति गरेपछि मात्र तिमीहरूले अलिकति सत्यता बुझ्न थाल्छौ, र अलिकति सत्यता वास्तविकताबारे जान्‍न पुग्छौ। तँ प्रयोग भइरहेको छस् छैनस्, वा तँप्रति परमेश्‍वरको मनोवृत्ति कस्तो छ—यी कुराहरू महत्त्वपूर्ण छैनन्। मुख्य कुरा त तेरा सक्रिय प्रयासहरू, तैँले चुन्ने मार्ग, अनि तँ अन्ततः रूपान्तरण हुन सक्छस् कि सक्दैनस् भन्‍ने हो—सबैभन्दा महत्त्वपूर्ण कुराहरू यिनै हुन्। तँप्रति परमेश्‍वरको मनोवृत्ति जतिसुकै राम्रो भए पनि, तँ रूपान्तरण भइनस् भने त्यो काम लाग्दैन। यदि तँलाई केही आइपर्दा तँ लडबडाउँछस्, अनि तँमा अलिकति पनि बफादारी छैन भने, तँप्रति परमेश्‍वरको मनोवृत्ति जतिसुकै राम्रो भए पनि, त्यो व्यर्थ हुनेछ। सबैभन्दा महत्त्वपूर्ण कुरा त तैँले हिँड्न रोजेको मार्ग हो। परमेश्‍वरले विगतमा तँलाई सराप्नुभएको हुन सक्छ, र तँप्रति घृणा र तिरस्कारको वचन पनि बोल्नुभएको हुन सक्छ, तर तँ अहिले परिवर्तन भएको छस् भने, तँप्रति परमेश्‍वरको मनोवृत्ति पनि परिवर्तन हुनेछ। मानिसहरू सधैँ त्रसित र असहज महसुस गर्ने, र साँचो आस्था नभएका हुन्छन्, र यसले तिनीहरूले परमेश्‍वरका अभिप्रायहरू बुझ्दैनन् भन्‍ने सङ्केत गर्छ। अब तिमीहरूले धेरथोर बुझेपछि, के भविष्यमा तिमीहरूलाई केही आइपर्दा अझै पनि तिमीहरू नकारात्मक र कमजोर बन्नेछौ त? के तिमीहरू सत्यता अभ्यास गर्न अनि आफ्नो गवाहीमा दृढ रहन सक्नेछौ त? के तिमीहरू परमेश्‍वरमा साँच्चै समर्पित हुन सक्नेछौ त? यदि तिमीहरूले यी कुराहरू हासिल गर्न सक्छौ भने, तिमीहरूमा सामान्य मानवताको समझ हुनेछ। के अब तिमीहरूसँग मान्छेका भ्रष्ट स्वभावहरू, अनि परमेश्‍वरले दिनुहुने मुक्ति र उहाँका अभिप्रायहरूबारे केही ज्ञान छैन त? तिमीहरूसँग कम्तीमा एउटा मोटामोटी विचार त छ। जब कुनै दिन तिमीहरू सत्यताका हरेक पक्षहरूका केही वास्तविकताहरूमा प्रवेश गर्न सक्नेछौ, तिमीहरूले पूर्णतया सामान्य मानवता जिइरहेका हुनेछौ।

अंश ४

सत्यता पछ्याउने सबभन्दा महत्त्वपूर्ण पाटो भनेको परमेश्‍वरका वचनहरू पढ्नमा केन्द्रित हुनु हो। परमेश्‍वरका वचनहरू पढेर व्यक्तिले कति मात्रामा लाभ प्राप्त गर्न सक्छ भन्‍ने कुरा उसको बोध गर्ने क्षमतामा निर्भर रहन्छ। सबैले परमेश्‍वरका वचन पढे पनि केहीले मात्र त्यसबाट वास्तविक अर्थ बुझ्न र ज्योति पाउन सक्छन्, अनि परमेश्‍वरका वचनहरू पढिरहेसम्‍म, तिनीहरूले केही न केही पाई नै रहनेछन्। तर अरू यस्ता हुँदैनन्। परमेश्‍वरका वचनहरू पढ्दा तिनीहरू धर्मसिद्धान्त बुझ्न मात्र ध्यान केन्द्रित गर्दछन्। यसको नतिजा के हुन्छ भने, तिनीहरूले परमेश्‍वरका वचनहरू पढेको वर्षौँपछि धर्मसिद्धान्त त धेरै बुझ्छन्, तर जब जब तिनीहरू समस्यामा पर्छन्, तिनीहरूले ती समस्या समाधान गर्न सक्दैनन्; तिनीहरूले सिकेका कुनै पनि कुरा काम लाग्दैनन्। यहाँ के भइरहेको छ? मानिसहरू सबैले परमेश्‍वरका वचनहरू पढे पनि नतिजा फरक फरक हुन्छन्। सत्यतालाई प्रेम गर्नेहरूले सत्यता स्विकार्न सक्छन्, जबकि सत्यतालाई प्रेम नगर्नेहरूले परमेश्‍वरका वचनहरू पढेपछि पनि सत्यता स्विकार्न सक्दैनन्। तिनीहरूले जस्तोसुकै समस्या सामना गरे पनि परमेश्‍वरका वचनहरूमा सत्य खोजी गर्दैनन्। अलिअलि अनुभव भएका मानिसहरूले परमेश्‍वरका वचनहरू पढ्दा केही व्यावहारिक कुराबारे छलफल गर्न र सत्यतासम्बन्धी आफ्ना व्यावहारिक ज्ञानहरू बताउन सक्छन्—यो सत्यताको बुझाइ हो। अनुभव नभएकाहरूले परमेश्‍वरका वचनहरूको शाब्दिक अर्थ मात्र बुझ्छन्, तर तिनीहरूसँग थोरै पनि अनुभवात्मक ज्ञान हुँदैन—यसलाई सत्यताको बुझाइ मान्‍न सकिँदैन। कतिपय अगुवाहरूले आफू मण्डली जानुको कारण विशेष गरी सत्यता प्रदान गर्न हो भनेर प्रायः अरूलाई भनिरहेका हुन्छन्। के यो भनाइ सही हो त? “सत्यता प्रदान गर्न” भन्‍ने शब्दहरू हल्का रूपमा बोल्‍नु हुँदैन। सत्यता कोसँग हुन्छ? सत्यता प्रदान गर्छु भनेर दाबी गर्ने कसले हिम्मत गर्छ? के यो दाबी अति नै ठूलो छैन र? जब तिमीहरू परमेश्‍वरमा विश्‍वास गरी उहाँलाई पछ्याउँछौ, तब तिमीहरू सत्यता स्विकार्ने र सत्यता पछ्याउने व्यक्ति मात्र हुन्छौ। यदि तिमीहरू यसो गर्न सक्छौ भने यो पहिले नै धेरै राम्रो कुरा हो। यदि व्यक्तिले केही सत्यता बुझ्न र सत्यताको केही अनुभवात्मक ज्ञानबारे बोल्न सके पनि, तिनीहरूले सत्यता आपूर्ति गर्छन् भनेर भन्‍न सकिँदैन, किनभने कुनै पनि व्यक्तिसँग सत्यता हुँदैन। केही अनुभवात्मक ज्ञानबारे बोल्दैमा कसरी सत्यता आपूर्ति गरेको भयो र? तसर्थ, यो मात्र भन्‍न सकिन्छ कि, अगुवा र सेवकहरूले मलजलको काम मात्र गरिरहेका हुन्छन् र तिनीहरू मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा विशेष जिम्मेवार भइरहेका मात्र हुन्छन्। तिनीहरूले सत्यता आपूर्ति गरिरहेका हुन्छन् भन्‍न सकिँदैन। कुनै व्यक्तिसँग केही कद भए पनि उसले अरूलाई सत्यता आपूर्ति गरिरहेको हुन्छ भन्‍न सकिँदैन। यस्तो बिलकुलै भन्‍न सकिँदैन। कति मान्छेले सत्यता बुझ्छन्? के कुनै व्यक्तिको कदले उसलाई सत्यता आपूर्ति गर्न सक्षम बनाउँछ? यदि कसैसँग सत्यताको केही अनुभव र ज्ञान छ नै भने पनि, उसले सत्यता आपूर्ति गर्न सक्छ भन्‍न सकिँदैन। यस्तो बिलकुलै भन्‍न सकिँदैन, यो त अति नै तर्कहीन कुरा हो। कतिपय मानिसहरू मण्डलीमा मलजल र सत्यता आपूर्ति गर्न गर्व महसुस गर्छन्, मानौँ तिनीहरूले धेरै नै सत्यता बुझेका छन्। तर, तिनीहरूले झुटा अगुवा र ख्रीष्टविरोधीहरू चिन्‍न सक्दैनन्। के यो विरोधाभास होइन र? यदि कसैले तँलाई सत्यता के हो भनेर सोध्यो र तैँले “परमेश्‍वरको वचन नै सत्यता हो; सत्यता नै परमेश्‍वरको वचन हो” भनेर जबाफ दिइस् भने, के तैँले सत्यता बुझेको हुन्छस्? तैँले शब्द र धर्मसिद्धान्त मात्र बोल्न सक्छस् तर सत्यता के हो भन्‍नेबारे तँसँग अनुभवात्मक ज्ञान हुँदैन, त्यसैले तँ अरूलाई सत्यता आपूर्ति गर्न सक्षम हुँदैनस्। अहिले, अगुवाको रूपमा सेवा गर्ने व्यक्तिहरू सबैसँग अनुभवको कमी छ; तिनीहरूसँग सत्यता पछ्याउने थोरै क्षमता र तत्परता मात्र छ। तिनीहरू संवर्धन र तालिमका लागि योग्य छन् र तिनीहरूले कर्तव्य पूरा गर्ने कुराको नेतृत्व लिन सक्छन्। तिनीहरूले केही ज्ञानबारे सङ्गति गर्न सके पनि, सत्यता आपूर्ति गर्छन् भनेर कसरी भन्‍न सकिन्छ? धेरैजसो अगुवा र सेवकहरूले केही ज्ञानको कुरा गर्न सक्छन्, तर त्यसको अर्थ तिनीहरूसँग सत्यता वास्तविकता छ भन्‍ने होइन। आखिर, तिनीहरूले धेरै वर्षसम्म प्रवचन सुनेका छन् र तिनीहरूसँग केही सतही ज्ञान छ; तिनीहरू सत्यता सङ्गति गर्न इच्छुक छन् र अरूलाई केही हदसम्म सहयोग पनि गर्छन्, तर तिनीहरूले सत्यताको आपूर्ति गरिरहेका छन् भनेर भन्‍न सकिँदैन। के अगुवा र सेवकहरू सत्यता आपूर्ति गर्न सक्षम हुन्छन्? बिलकुलै हुँदैनन्। अगुवा र सेवकहरूले मण्डलीमा प्रचार र मलजल गर्छन्; सबभन्दा महत्त्वपूर्ण कुरा तिनीहरूले व्यावहारिक समस्याहरू हल गर्न सक्नुपर्छ र यो नै तिनीहरूले साँचो रूपमा मण्डलीमा मलजल गर्न सक्ने एकमात्र तरिका हो। अहिले, धेरैजसो अगुवा र सेवकहरू अझै पनि कैयौँ व्यावहारिक समस्या हल गर्न सक्दैनन्। सत्यताको केही ज्ञानबारे सङ्गति गर्न सके पनि, तिनीहरूले धेरैजसो बोल्ने कुराहरू अझै पनि शब्द र धर्मसिद्धान्त मात्र हुन्। तिनीहरूले सत्यता वास्तविकताबारे त स्पष्टसँग सङ्गति गर्न सक्दैनन्, अनि के साँच्चै समस्याहरू समाधान गर्न सक्छन् त? धेरैजसो अगुवा र सेवकहरूसँग बोध गर्ने क्षमता थोरै मात्र हुन्छ र अझै पनि त्यति धेरै व्यावहारिक अनुभव हुँदैन। के तिनीहरूले अरूभन्दा बढी सत्यता बुझ्छन् र तिनीहरूसँग अरूभन्दा बढी सत्यता वास्तविकता हुन्छ भन्‍न सकिन्छ? यसो भन्‍न सकिँदैन, तिनीहरूको स्तर यतिको हुँदैन। कतिपय अगुवा र सेवकहरूलाई संवर्धनको प्रयोजनका लागि मात्रै बढुवा गरिएको हुन्छ; तिनीहरूलाई अभ्यास गर्न दिइन्छ, किनभने तिनीहरूसँग केही क्षमता र बोध गर्ने सामर्थ्य हुन्छ, र तिनीहरूको पारिवारिक वातावरण पनि उपयुक्त हुन्छ। कसैलाई बढुवा गर्नुको अर्थ तिनीहरूसँग सत्यता वास्तविकता छ र तिनीहरूले सत्यता आपूर्ति गर्न सक्छन् भन्‍ने होइन। यति मात्र हो कि सत्यता पछ्याउनेहरूले अरूभन्दा पहिले अन्तर्दृष्टि र ज्योति प्राप्त गर्छन्, तर यो थोरै ज्योति सत्यता होइन, यो सत्यताको अंश पनि होइन, यो सत्यताअनुरूप कुरो मात्र हो। परमेश्‍वरबाट प्रत्यक्ष व्यक्त भएको कुरो मात्र सत्यता हो। पवित्र आत्माको अन्तर्दृष्टि सत्यताअनुरूपको कुरो मात्र हो, किनभने पवित्र आत्माले मानिसलाई तिनीहरूको कदअनुसार अन्तर्दृष्टि दिनुहुन्छ। उहाँले मानिसहरूसँग प्रत्यक्ष रूपमा सत्यता बोल्नुहुन्‍न। बरु, उहाँले तिनीहरूलाई तिनीहरू जुन ज्योति प्राप्त गर्न सक्षम छन् त्यही ज्योति दिनुहुन्छ। तैँले यो कुरा बुझ्नैपर्छ। यदि कुनै व्यक्तिसँग परमेश्‍वरका वचनहरूबारे केही अन्तर्दृष्टि छ र ऊसँग केही अनुभवात्मक ज्ञान छ भने, के यसलाई सत्यता मानिन्छ? मानिँदैन। बढीमा, तिनीहरूसँग सत्यताको केही बुझाइ हुन्छ। पवित्र आत्माका अन्तर्दृष्टिका वचनहरूले परमेश्‍वरका वचनहरूको प्रतिनिधित्व गर्दैनन्, तिनले सत्यता प्रतिनिधित्व गर्दैनन् र ती सत्यता होइनन्। बढीमा, त्यो व्यक्तिसँग सत्यताको केही बुझाइ हुन्छ र उसलाई पवित्र आत्माद्वारा केही मात्रामा अन्तर्दृष्टि दिइएको हुन्छ। यदि कुनै व्यक्तिले सत्यताको केही बुझाइ प्राप्त गर्छ र त्यो बुझाइ अरूलाई आपूर्ति गर्छ भने उसले आफ्नो अनुभवात्मक बुझाइ मात्र आपूर्ति गरिरहेको हुन्छ। उसले अरूलाई सत्यता आपूर्ति गरिरहेको छ भनेर भन्‍न मिल्दैन। उसले सत्यता सङ्गति गरिरहेको छ भनेर तँ भन्छस् भनेचाहिँ त्यो ठीकै हुन्छ; त्यो उपयुक्त व्याख्या नै हो। म किन यसो भन्दै छु? किनभने तैँले सत्यताबारे आफूले बुझेका कुराहरू सङ्गति गर्दै छस्; तर त्यो आफैचाहिँ सत्यता होइन। तसर्थ, तैँले केही अनुभवात्मक बुझाइ सङ्गति गरिरहेको छु भन्‍न मात्र सक्छस्; तैँले सत्यता आपूर्ति गरिरहेको छु भनेर कसरी भन्‍न सक्छस्? सत्यता आपूर्ति गर्नु त्यति सरल कुरो होइन। यस्तो वाक्य बोल्न योग्य को छ? परमेश्‍वर मात्र मानिसहरूलाई सत्यता आपूर्ति गर्न सक्षम हुनुहुन्छ। के मानिसहरू सक्षम छन् र? तसर्थ, तैँले यो कुरा स्पष्ट रूपमा बुझ्नुपर्छ। यो गलत शब्दहरू प्रयोग गर्नुको मात्र समस्या होइन, चुरो कुरो त के हो भने, तैँले तथ्यहरूको उल्लङ्घन र तोडमोड गर्दै छस्। तैँले गरेको दाबी अतिशयोक्ति छ। मानिसहरूसँग परमेश्‍वरका वचनहरूबारे केही अनुभवात्मक बुझाइ हुन सक्ला, तर तैँले तिनीहरूसँग सत्यता छ, वा तिनीहरू सत्यताकाहरू हुन् भन्‍न सक्दैनस्। तैँले यो बिलकुलै भन्‍न सक्दैनस्। सत्यताबाट मानिसले जतिसुकै बुझाइ हासिल गरेको भए पनि, तैँले तिनीहरूसँग सत्यताको जीवन छ भनेर भन्‍न सक्दैनस्, तिनीहरू सत्यताकाहरू हुन् भन्‍न सक्‍ने त कुरै नगरौँ। तैँले यो बिलकुलै भन्‍न सक्दैनस्। मानिसले सत्यताको केही अंश मात्र बुझेका हुन्छन्, तिनीहरूसँग केही ज्योति र अभ्यासका केही तरिका मात्र हुन्छन्। तिनीहरूसँग समर्पणताको केही वास्तविकता र केही साँचो परिवर्तन मात्र हुन्छन्। तर तिनीहरूले सत्यता प्राप्त गरेका छन् भनेर तैँले भन्‍न सक्दैनस्। परमेश्‍वरले सत्यता व्यक्त गरेर मानिसलाई जीवन दिनुहुन्छ। उहाँले मानिसहरूलाई उहाँको सेवा गर्न र उहाँलाई सन्तुष्ट तुल्याउनको लागि मानिसहरूले सत्यता बुझून् र सत्यता प्राप्त गरून् भन्‍ने मापदण्ड पनि दिनुहुन्छ। मानिसहरूले परमेश्‍वरको काम एक हदसम्म अनुभव गरेर साँच्चै सत्यता प्राप्त गरेका छन् भन्‍ने दिन आए पनि, तैँले अझै पनि मानिसहरू सत्यताकाहरू हुन् भन्‍न सक्दैनस्, मानिसहरूसँग सत्यता हुन्छ भनेर भन्‍न त झन् सक्दै सकिँदैन। किनभने मानिससँग धेरै वर्षको अनुभव भए पनि तिनीहरूले प्राप्त गर्न सक्ने सत्यताको सीमा हुन्छ र यो निकै थोरै मात्रामा मात्रै हुन्छ। सत्यता सबभन्दा गहिरो र रहस्यमय कुरा हो; परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, यो त्यही हो। मानिसहरूले जीवनकालभरि सत्यता अनुभव गरे पनि, तिनीहरूले त्यसबाट प्राप्त गर्ने कुरा अत्यन्तै सीमित हुन्छ। मानिसहरू कहिल्यै पनि पूर्ण रूपमा सत्यता प्राप्त गर्न, यसलाई पूर्ण रूपमा बुझ्न वा यसलाई पूर्ण रूपमा जिउन सक्नेछैनन्। परमेश्‍वरले मानिसहरू उहाँसामु सधैँ बच्चा रहनेछन् भनेर भन्‍नु को अर्थ यही हो।

कतिपय मानिसहरू के विश्‍वास गर्छन् भने, एकपटक तिनीहरूसँग परमेश्‍वरले व्यक्त गर्नुभएको सत्यताको अनुभव र ज्ञान भइसकेपछि र तिनीहरूले सत्यताको हरेक पक्ष गहन रूपमा बुझिसकेपछि र तिनीहरू सत्यताअनुसार कार्य गर्न सक्ने भइसकेपछि, तिनीहरू सत्यता व्यक्त गर्न सक्षम बन्‍नेछन्। यसो गरेर तिनीहरू आफू ख्रीष्टको रूपमा जिइरहेको छु भन्‍ने सोच्छन्, ठीक त्यसरी नै जसरी पावलले “मेरा लागि जिउनु ख्रीष्ट हो” (फिलिप्‍पी १:२१) भनेर भनेका थिए। के यो दृष्टिकोण सही हो त? के यो “परमेश्‍वर-मानिस” विवादको अर्को समर्थन होइन र? यो बिलकुलै गलत हो! मानिसले एउटा कुरा बुझ्‍नुपर्छ: तँसँग सत्यताको जति धेरै ज्ञान र अनुभव भए पनि वा तैँले सत्यता वास्तविकतामा प्रवेश गरिसकेको र तँ परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तप्रति समर्पित हुन सक्षम भएको भए पनि, र तँ परमेश्‍वरप्रति समर्पित हुन र परमेश्‍वरको लागि गवाही दिन सक्ने भए पनि, अनि तेरो जीवन प्रवेश जतिसुकै उच्च वा गहन भए पनि, तेरो जीवन अझै पनि मानव जीवन हो र मानव कहिल्यै परमेश्‍वर बन्‍न सक्दैन। यो मानिसहरूले बुझ्नैपर्ने निरपेक्ष परम तथ्य हो। अन्त्यमा, तँसँग सत्यताको हरेक पक्षको अनुभव र बुझाइ भए पनि र तँ तैँले परमेश्‍वरलाई तँलाई योजनाबद्ध गर्न दिए पनि र सिद्ध पारिएको व्यक्ति बने पनि, तँ अझै पनि सत्यताको होस् भनेर भन्‍न सकिँदैन। तैँले साँचो अनुभवात्मक गवाही बोल्न सके पनि यसको अर्थ तैँले सत्यता व्यक्त गर्न सक्छस् भन्‍ने होइन। विगतमा, धार्मिक समूहहरूमाझ व्यक्तिभित्र “ख्रीष्टको जीवन” हुन्छ भन्‍ने भनाइ प्रचलित थियो। यो एक गलत र अस्पष्ट अभिव्यक्ति थियो। अहिले मानिसहरूले यसो नभने पनि यसबारे तिनीहरूको बुझाइ अस्पष्ट नै रहेको छ। केही मानिसहरू सोच्छन्, “हामीले सत्यता प्राप्त गरेकोले र सत्यता हामीभित्र भएकोले, हामीसँग सत्यता छ, हाम्रो हृदयमा सत्यता छ र हामी पनि सत्यता व्यक्त गर्न सक्छौँ।” के यो पनि गलत होइन र? मानिसहरूले अक्सर आफूसँग सत्यता छ वा छैन भन्‍नेबारे कुरा गर्छन्, र यसले मुख्य गरी तिनीहरूसँग सत्यताको अनुभव र ज्ञान छ वा छैन र तिनीहरू सत्यताअनुसार अभ्यास गर्न सक्छन् वा सक्दैनन् भन्‍ने कुरा इङ्गित गर्छ। हरेक व्यक्तिले सत्यता अनुभव गर्छ तर हरेकले अनुभव गर्ने स्थिति फरक फरक हुन्छ। सत्यताबाट प्रत्येक व्यक्तिलाई प्राप्त हुने कुरा पनि फरक फरक नै हुन्छ। यदि तैँले सबैको अनुभवात्मक बुझाइलाई जोड्ने हो भने पनि यसले पूर्ण रूपमा सत्यताको सार प्रतिबिम्बित गर्नेछैन। सत्यता यति गहन र रहस्यमय छ! तैँले प्राप्त गरेका हरेक कुरा र तेरो सबै बुझाइले सत्यताको ठाउँ लिन सक्दैन भनेर मैले किन भनेको हुँ? तेरा केही अनुभवात्मक बुझाइबारे तेरो सङ्गति सुनिसकेपछि मानिसहरूले यसलाई बुझ्नेछन्, र यसलाई पूर्ण रूपमा बुझ्न र प्राप्त गर्नको लागि तिनीहरूले लामो समयसम्म अनुभव गर्नुपर्दैन। यो केही गहन भए पनि तिनीहरूलाई कयौँ वर्षको अनुभव चाहिँदैन। तर सत्यताको हकमा भने मानिसहरूले आफ्नो पूरै जीवनकालमा पनि यसको सम्पूर्णता अनुभव गरिसक्‍नेछैनन्। तैँले सबै जनालाई एकसाथ जोडिस् भने पनि तिनीहरूले यो सबै अनुभव गरेका हुनेछैनन्। तैँले देख्न सकेझैँ, सत्यता निकै गहन र रहस्यमय छ। शब्दहरूले पनि सत्यतालाई पूर्ण रूपमा व्याख्या गर्न सक्दैनन्। मानव भाषामा भन्नुपर्दा, सत्यता नै मानवहरूका लागि सत्यता हो। मानवले यो सबै कुरा कहिल्यै अनुभव गर्न सक्‍नेछैन र सत्यतालाई पूर्ण रूपमा जिउन पनि कहिल्यै सक्नेछैन। यस्तो किन हुन्छ भने, मानिसहरूले हजारौँ वर्ष बिताए पनि, तिनीहरूले सत्यताको एउटा तत्त्व पनि पूर्ण रूपमा अनुभव गरेका हुनेछैनन्। मानिसहरूले जतिसुकै वर्ष अनुभव गरे पनि तिनीहरूले बुझ्ने र प्राप्त गर्ने सत्यता अझै पनि सीमित नै हुनेछ। के भन्‍न सकिन्छ भने, सत्यता मानवताको जीवनको अनन्त मूल हो। परमेश्‍वर सत्यताको स्रोत हुनुहुन्छ र सत्यता वास्तविकताहरूमा प्रदेश गर्नु एक यस्तो कार्य हो जसको कुनै अन्त्य नै हुँदैन।

परमेश्‍वर स्वयमको जीवन नै सत्यता हो; यसले उहाँको स्वभाव, उहाँको सार, अनि उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ ती सबको प्रतिनिधित्व गर्छ। केही अनुभवात्मक ज्ञान भएकाले यदि तँ आफूसँग सत्यता छ भनेर भन्छस् भने, के तैँले पवित्रता प्राप्त गरेको हुन्छस्? तैँले अझै किन भ्रष्टता प्रकट गर्छस्? किन तैँले फरक फरक प्रकारका मानिसहरूका बीचमा भिन्‍नता छुट्याउन सक्दैनस्? तैँले किन परमेश्‍वरको गवाही दिन सक्दैनस्? तैँले केही सत्यता प्राप्त गरे पनि, के तैँले परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्छस्? के तँ परमेश्‍वरको स्वभावमा जिउन सक्छस्? तँसँग कुनै सत्यताको कुनै निश्‍चित पक्षबारे केही अनुभवात्मक ज्ञान हुन सक्छ र तैँले आफ्नो वाणीमा केही ज्योति घुसाउन सक्छस् होला, तर तैँले मानिसहरूलाई प्रदान गर्न सक्‍ने कुरा अत्यन्तै सीमित हुन्छ, र त्यो दीर्घकालीन रूपमा रहन सक्दैन। यस्तो किन हुन्छ भने तेरो बुझाइ र तैँले प्राप्त गरेको ज्योतिले सत्यताको सार र सत्यताको सम्पूर्णतालाई प्रतिनिधित्व गर्दैन। यसले सत्यताको एउटा वा सानो पक्षलाई मात्रै प्रतिनिधित्व गर्छ, यो मानवले हासिल गर्न सक्‍ने स्तर मात्रै हो, र यो अझै पनि सत्यताको सारबाट टाढै हुन्छ। यो थोरै ज्योति, अन्तर्दृष्टि, अनुभवात्मक ज्ञानले कहिल्यै सत्यताको स्थान लिन सक्दैन। सबै मानिसहरूले सत्यता अनुभव गरेर केही परिणाम हासिल गरे पनि, र तिनीहरूका सबै अनुभवात्मक ज्ञानलाई एकै ठाउँमा राखे पनि, त्यो यो सत्यताको एक हरफको सम्पूर्णता र सारसम्म पुग्‍न सक्दैन। विगतमा यस्तो भनिएको थियो, “म यस कुरालाई मानव संसारको लागि यो उक्तिद्वारा सारांशित गर्छु: मानिसहरूका बीचमा, मलाई प्रेम गर्ने कोही पनि छैन।” यो वाक्य सत्यता हो, जीवनको साँचो सार, सबैभन्दा गहन कुरा, अनि परमेश्‍वर स्वयम्‌को एक अभिव्यक्ति हो। तँ अनुभवहरूबाट गुज्रिन्छस्, र तीन वर्षको अनुभवपछि, तैँले थोरै सतही बुझाइ प्राप्त गरेको हुन सक्छस्, र सातआठ वर्षपछि, तैँले अलिक बढी बुझाइ प्राप्त गरेको हुन सक्छस्, तर यो बुझाइले सत्यताको यो हरफको स्थान कहिल्यै लिन सक्दैन। कोही अर्कोले पनि दुई वर्षपछि थोरै बुझाइ वा दश वर्षपछि थप बुझाइ प्राप्त गर्न सक्छ, वा जीवनभरमा तुलनात्मक रूपमा निकै उच्‍च बुझाइ प्राप्त गर्न सक्छ, तर तिमीहरू दुवैको समग्र बुझाइले पनि सत्यताको यो हरफको स्थान लिन सक्दैन। तिमीहरू दुवैले समग्र रूपमा जति धेरै अन्तर्ज्ञान, ज्योति, अनुभव, वा ज्ञान बटुले पनि, त्यो कुराले सत्यताको यो हरफको स्थान लिन सक्दैन। भन्‍नु को अर्थ, मानव जीवन सधैँ मानव जीवन नै हुन्छ, र तेरो ज्ञान सत्यता, परमेश्‍वरका अभिप्राय, वा परमेश्‍वरका मागहरूसँग जति मिले पनि, त्यसले कहिल्यै पनि सत्यताको स्थान लिन सक्दैन। मानिसहरूसँग सत्यता छ भन्‍नु को अर्थ मानिसहरूले साँचो रूपमा सत्यता बुझेका छन्, तिनीहरू परमेश्‍वरको वचनका केही वास्तविकताहरूमा जिउँछन्, तिनीहरूसँग परमेश्‍वरबारे केही वास्तविक ज्ञान छ, र तिनीहरूले परमेश्‍वरलाई उचाल्‍न र सन्तुष्ट पार्न सक्छन् भन्‍ने हुन्छ। तर मानिसहरूसँग पहिल्यैदेखि सत्यता छ भनेर भन्‍न सकिँदैन, किनभने सत्यता अत्यन्तै प्रगाढ हुन्छ। परमेश्‍वरको वचनको एउटा हरफलाई अनुभव गर्नसमेत जीवनभरिको समय लाग्‍न सक्छ, र धेरै जीवनकालको अनुभवपछि, वा हजारौँ वर्षपछि पनि, परमेश्‍वरको वचनको एउटा हरफलाई पूर्ण रूपमा अनुभव गर्न सकिँदैन। यो स्पष्ट छ कि सत्यतालाई बुझ्‍ने र परमेश्‍वरलाई चिन्‍ने प्रक्रिया वास्तवमै अनन्त हुन्छ, र मानिसहरूले जीवनकालभरिको अनुभवमा कति सत्यता बुझ्‍न सक्छन् भन्‍ने कुराको पनि सीमा हुन्छ। कतिपय मानिसहरूले परमेश्‍वरको वचनको पाठ्य तहको अर्थ बुझ्‍नासाथ तिनीहरूसँग सत्यता छ भनेर भन्छन्। के यो बकवास होइन र? ज्योति र ज्ञान दुवैको हकमा, गहनताको कुरा आउँछ। व्यक्तिले जीवनकालमा प्रवेश गर्न सक्‍ने सत्यता वास्तविकताहरू सीमित हुन्छन्। त्यसकारण, तँसँग केही ज्ञान र ज्योति छ भन्दैमा तँसँग सत्यता वास्तविकताहरू छन् भन्‍ने हुँदैन। मुख्य कुरा यो ज्योति र ज्ञानले सत्यताको सारलाई छुन्छ कि छुँदैन भन्‍ने हो। यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। कतिपय मानिसहरूलाई तिनीहरूले कुनै कुरा प्रकाश पार्न सकेपछि वा थोरै सतही बुझाइ प्रदान गर्न सकेपछि तिनीहरूसँग सत्यता छ भन्‍ने लाग्छ। यो कुराले तिनीहरूलाई खुसी तुल्याउँछ, त्यसकारण तिनीहरू आफैप्रति गर्व र घमण्ड गर्छन्। वास्तवमा, तिनीहरू अझै पनि सत्यता वास्तविकतामा प्रवेश गर्नबाट टाढै हुन्छन्। मानिसहरूले के-कस्ता सत्यता प्राप्त गर्न सक्छन्? के सत्यता धारण गरेका मानिसहरू कुनै पनि समय र स्थानमा लड्न सक्छन्? मानिसहरूसँग सत्यता हुँदा, कसरी तिनीहरूले अझै पनि परमेश्‍वरलाई चुनौती र धोका दिन सक्छन्? यदि तैँले तँसँग सत्यता छ र यसले तँभित्र ख्रीष्‍टको जीवन भएको प्रमाणित गर्छ भनेर दाबी गर्छस् भने, यो त निर्लज्‍जताको पराकाष्ठा हो! के तँ प्रभु भएको छस्, ख्रीष्‍ट बनेको छस् र? यो हास्यास्पद अभिव्यक्ति हो, र यो पूर्णतया मानिसको अनुमान मात्र हो; यो मानव धारणा र कल्‍पनाहरूबाट आएको कुरा हो, र यो परमेश्‍वरसामु टिक्‍न सक्‍दैन।

मानिसहरूले सत्यता बुझ्‍ने, र त्यसलाई आफ्नो जीवन बनाउनेबारे कुरा गर्नुपर्दा, यस सन्दर्भमा “जीवन” को अर्थ के हो? यसको अर्थ तिनीहरूको हृदयमा सत्यताले शासन गर्छ, तिनीहरू परमेश्‍वरको वचनको आधारमा जिउन सक्छन्, र तिनीहरूमा परमेश्‍वरका वचनहरूको वास्तविक ज्ञान र सत्यताको सच्‍चा बुझाइ छ भन्‍ने हुन्छ। जब मानिसहरूभित्र यो नयाँ जीवन हुन्छ, यो पूर्णतया परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गरेर हासिल गरिएको हुन्छ, यो परमेश्‍वरका वचनहरूको सत्यताको जगमा निर्मित भएको हुन्छ, र यो सत्यताको क्षेत्रमा तिनीहरूको जियाइमार्फत प्राप्त भएको हुन्छ; मानिसहरूको जीवनमा हुने सबै कुरा भनेकै सत्यतासम्बन्धी तिनीहरूको ज्ञान र अनुभव हुन्छ। यो यही दायराभित्र पर्छ; जीवन प्राप्त गर्नुले सत्यता प्राप्त गर्नुलाई जनाउँछ। परमेश्‍वरका वचनहरूको सत्यताअनुसार जिउन सक्‍नु भनेको मानिसहरूभित्र सत्यताको जीवन छ भन्‍ने हुँदैन, न त मानिसहरूसित तिनीहरूको जीवनको रूपमा सत्यता छ भन्दैमा तिनीहरू सत्यता बन्छन्, र तिनीहरूको आन्तरिक जीवन सत्यताको जीवन बन्छ भन्‍ने नै हुन्छ; झन् तिनीहरू सत्यता र जीवन हुन् भनेर भन्‍न सकिनु त परै जाओस्। आखिर, तिनीहरूको जीवन मूलभूत रूपमा मानव जीवन नै हुन्छ। भन्नुको अर्थ, यदि तँ परमेश्‍वरका वचनहरूअनुसार जिउन सक्छस्, तँसित सत्यताको ज्ञान छ, यदि यो ज्ञानले तँभित्र जरा गाड्छ र यो तेरो जीवन बन्छ, र तैँले अनुभवमार्फत प्राप्त गरेको सत्यता तेरो अस्तित्वको जग बन्छ, यदि तँ परमेश्‍वरका यी वचनहरूअनुसार जिउँछस् भने, तँलाई कसैले पनि परिवर्तन गर्न सक्दैन, र शैतानले तँलाई बहकाउन वा भ्रष्ट तुल्याउन सक्दैन, तब तैँले सत्यता र जीवन प्राप्त गरेको हुनेछस्। यसको मतलब, तेरो जीवनमा सत्यता, सत्यतासम्‍बन्धी तेरो बुझाइ र अनुभव मात्र हुन्छ; र तैँले जे गरे पनि, तँ यिनै सत्यताहरूअनुसार जिउँछस्, र तँ तिनको क्षेत्रभन्दा बाहिर जाँदैनस्। त्यसपछि तँसँग सत्यता वास्तविकता हुन्छ, र परमेश्‍वरले आफ्‍नो काममार्फत अन्तिममा प्राप्त गर्न चाहने मानिसहरू यिनै हुन्। तर मानिसहरूले सत्यलाई जति नै राम्ररी बुझे पनि तिनीहरूको सार अझै पनि मानवताकै हुन्छ, र त्यसलाई परमेश्‍वरको सारसँग कदापि तुलना गर्न सकिँदैन। यस्तो किन हो भने, तिनीहरूले कहिल्यै सबै सत्यता अनुभव गर्न सक्दैनन्, र तिनीहरूले सत्यमा पूर्ण रूपमा जिउन असम्भव हुन्छ; तिनीहरूले मानिसहरूले प्राप्त गर्न सक्ने सत्यताको अति सीमित भाग मात्र जिउन सक्छन्। अनि, तिनीहरू कसरी परमेश्‍वरमा परिणत हुन सक्छन् र? यदि परमेश्‍वर आफैले मानिसहरूको एउटा समूहलाई सिद्ध बनाएर ठूला परमेश्‍वर र साना परमेश्‍वरहरू बनाउनुहुन्थ्यो भने, के त्यो अराजकता हुन्थेन र? यसबाहेक, यो असम्भव र बेतुकको कुरो हो—यो मानिसहरूको बेतुके विचार हो। परमेश्‍वरले स्वर्ग, पृथ्वी र सबथोक सृष्टि गर्नुभयो, र त्यसपछि उहाँले मान्छेको सृष्टि गर्नुभयो, ताकि मान्छे उहाँप्रति समर्पित होओस् र उहाँको आराधना गरोस्। परमेश्‍वरले मान्छेको सृष्टि गर्नु सबभन्दा सार्थक कार्य थियो। तर परमेश्‍वरले मान्छेको मात्र सृष्टि गर्नुभयो; उहाँले ईश्‍वरहरूको सृष्टि गर्नुभएन। परमेश्‍वरले देहधारी भएर काम गर्नुहुन्छ, तर यो उहाँले परमेश्‍वरको सृष्टि गरेजस्तो होइन। परमेश्‍वरले आफैलाई सृष्टि गर्नुभएको होइन। उहाँको आफ्नै सार छ र यो अपरिवर्तनीय छ। मानिसहरू परमेश्‍वरलाई चिन्दैनन्, त्यसैले तिनीहरूले परमेश्‍वरका वचनहरू अझ धेरै पढ्नुपर्छ; मानिसहरूले सत्यता तब मात्र बुझ्न सक्छन्, जब तिनीहरूले अक्सर यसको खोजी गर्छन्। कल्पनाको आधारमा मानिसहरूले जथाभाबी बोल्नुहुँदैन। यदि तँमा परमेश्‍वरका वचनहरूको अलिअलि अनुभव छ भने, र तँ सत्यताको सच्‍चा अनुभववात्मक ज्ञानअनुसार जिइरहेको छस् भने, परमेश्‍वरका वचनहरू क्रमिक रूपमा तेरो जीवन बन्‍नेछन्। तापनि, तैँले अझै पनि सत्य नै तेरो जीवन हो वा तैँले व्यक्त गरिरहेका कुराहरू सत्य हुन् भनेर भन्‍न सक्दैनस्; यदि तेरो विचार त्यस्तो छ भने, तँ गलत छस्। यदि तँसँग सत्यको एउटा खास पक्षबारे मात्रै अनुभव छ भने, के त्यसले तैँले सत्यता धारण गरेको अवस्था प्रतिनिधित्व गर्न सक्छ? के यसलाई सत्यता प्राप्त गरेको रूपमा लिन सकिन्छ? के तैँले सत्यको पूर्ण रूपमा वर्णन गर्न सक्छस्? के तैँले सत्यताबाट परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनहुन्छ त्यो पत्ता लगाउन सक्छस्? यदि यी प्रभावहरू हासिल गर्न सकिएन भने, यसले के प्रमाणित गर्छ भने सत्यताको कुनै पक्षलाई अनुभव गर्ने कार्यलाई मात्रै साँचो रूपमा सत्यता बुझेको वा परमेश्‍वरलाई चिनेको मान्‍न सकिँदैन, यसलाई सत्यता प्राप्त गरेको भनेर भन्‍न सकिनु त परको कुरा हो। प्रत्येक व्यक्तिसँग सत्यको एक पक्ष र क्षेत्रको मात्र अनुभव हुन्छ; उसले यसलाई सीमित क्षेत्रभित्र अनुभव गर्छ, तर सत्यको सबै अनगन्ती पक्षहरूलाई छुन सक्दैन। के मानिसहरू सत्यताको वास्तविक अर्थअनुसार जिउन सक्छन्? तेरो थोरै अनुभवको परिमाण कति हुन्छ? समुद्र किनारको बालुवाको केवल एउटा कण जति; समुद्रको पानीको केवल एक थोपा जति। त्यसकारण तैँले आफ्ना अनुभवहरूबाट प्राप्त गरेको त्यो ज्ञान र ती भावनाहरू जति नै मूल्यवान् भए पनि, तिनलाई पनि अझै सत्यताको रूपमा गन्ती गर्न सकिँदैन। तिनलाई सत्यताअनुरूपका छन् भनेर मात्रै भन्‍न सकिन्छ। सत्यता परमेश्‍वरबाट आउँछ, र सत्यताले समावेश गर्ने भित्री अर्थ र वास्तविकताहरू एकदमै व्यापक हुन्छन्, र तिनलाई कसैले पनि बुझ्‍न वा खण्डन गर्न सक्दैन। जबसम्म तँसँग सत्यता र परमेश्‍वरको बारेमा वास्तविक बुझाइ हुन्छ, तबसम्म तैँले केही सत्यता बुझ्‍नेछस्; कसैले पनि यी वास्तविक बुझाइको खण्डन गर्न सक्‍नेछैन, र सत्यता वास्तविकता भएका गवाहीहरू सदासर्वदा टिकिरहनेछन्। सत्यता वास्तविकताहरू भएका मानिसहरूलाई परमेश्‍वरले अनुमोदन गर्नुहुन्छ। जबसम्म तैँले सत्यताको खोजी गर्छस्, र तँ जस्तोसुकै परिस्थितिमा भए पनि परमेश्‍वरका वचनहरूलाई अनुभव गर्न परमेश्‍वरमा भरोसा गर्न र सत्यतालाई तेरो जीवनको रूपमा स्वीकार गर्न सक्छस्, तबसम्म तँसँग मार्ग हुनेछ, तँ बाँच्‍न सक्‍नेछस्, र तैँले परमेश्‍वरको अनुमोदन प्राप्त गर्नेछस्। तर मानिसहरूले प्राप्त गर्ने थोरै कुरा सत्यताअनुरूप भए पनि, त्यसलाई सत्यता हो भनेर भन्‍न सकिँदैन, तिनीहरूले सत्यता प्राप्त गरेका छन् भनेर भन्‍न सकिनु त परको कुरा हो। मानिसहरूले प्राप्त गरेका थोरै ज्योति तिनीहरू आफै वा निश्‍चित क्षेत्रमा रहेका अरू केहीका निम्ति मात्रै उपयुक्त हुन्छन्, तर फरक क्षेत्रमा रहेका मानिसहरूका निम्ति उपयुक्त हुँदैनन्। कुनै व्यक्तिको अनुभव जति नै गहन भए पनि, त्यो अझै अत्यन्तै सीमित हुन्छ, र तिनीहरूको अनुभव कहिल्यै पनि सत्यताको गहिराइसम्म पुग्दैन। व्यक्तिको ज्योति र व्यक्तिको बुझाइलाई सत्यतासँग कहिल्यै पनि तुलना गर्न सकिँदैन।

जब मानिसहरूले परमेश्‍वरका वचनहरूको केही अनुभव गर्छन्, र केही सत्यता र परमेश्‍वरका थोरै अभिप्राय बुझ्छन्, जब तिनीहरूसँग परमेश्‍वरबारे केही ज्ञान हुन्छ र तिनीहरूको स्वभाव केही परिवर्तन वा धोइपखाली हुन्छ, तब पनि अझै तिनीहरू व्यक्ति र सृष्टि गरिएका मानवजाति नै हुन् भनेर मात्र भन्‍न सकिन्छ, तर त्यस्तो व्यक्ति ठ्याक्कै परमेश्‍वरले प्राप्त गर्न चाहनुभएको सामान्य प्रकारको व्यक्ति हो। अनि, तँचाहिँ कस्तो प्रकारको व्यक्ति होस्? कतिपय मानिसहरू भन्छन्, “म सत्यता भएको व्यक्ति हुँ।” यस्तो भन्‍नु उचित हुँदैन। तैँले केवल यसो भन्‍न सक्छस्, “म शैतानले भ्रष्ट पारेको, र परमेश्‍वरका वचनहरूको न्याय र सजाय अनुभव गरेको व्यक्ति हुँ। मैले अन्ततः सत्यता बुझेँ र मेरो भ्रष्ट स्वभाव पखालिएको छ। म त बस परमेश्‍वरले मुक्ति दिनुभएको एक व्यक्ति मात्र हुँ।” यदि तैँले “म सत्यता भएको व्यक्ति हुँ। मैले परमेश्‍वरका सबै वचनहरू अनुभव गरेको छु र ती सबै बुझेको छु। परमेश्‍वरले भन्‍नु भएका सबै कुराको अर्थ र ती वचनहरू बोलिएका सन्दर्भ र परिवेश मलाई थाहा छ। म यो सबै जान्दछु। यसको अर्थ मसँग सत्यता छ भन्‍ने होइन र?” भनेर भन्छस् भने, तँ फेरि गलत हुनेछस्। परमेश्‍वरका वचनहरूको केही अनुभव हासिल गर्नु र ती वचनबाट केही ज्योति प्राप्त गर्नुले तँलाई सत्यता भएको व्यक्ति बनाउँदैन। केही धर्मसिद्धान्त मात्र बुझ्न र छलफल गर्न सक्ने व्यक्ति त झन् यस्तो दाबी गर्न कमै योग्य हुन्छ। परमेश्‍वरसामु र सत्यतासामु व्यक्तिले कुन स्थान लिनुपर्छ, मानिसहरू के हुन्, मान्छेभित्र कस्तो जीवन छ र परमेश्‍वरको जीवन कस्तो छ भन्‍ने कुराको बोध मानिसहरूले राम्रोसँग गर्नुपर्छ। तिनीहरूले मान्छेको सार के हो भनेर बुझ्नुपर्छ। केही दिनसम्म परमेश्‍वरको काम अनुभव गरेपछि र केही शब्द र धर्मसिद्धान्त बुझेपछि कतिपय मानिसहरूले आफूसँग सत्यता भएको ठान्छन्। तिनीहरू सबभन्दा अहङ्कारी मानिसहरू हुन् र तिनीहरूमा विवेक हुँदैन। यो मामिलालाई विश्‍लेषण गर्नु आवश्यक छ, ताकि मानिसहरूले आफूलाई राम्रोसँग बुझ्न र मानवजातिलाई जान्‍न सकून्, र ताकि तिनीहरूले भ्रष्ट मानवजाति कस्तो हुन्छ, सिद्ध पारिएपछि अन्ततः मानिसहरूले कुन स्तर हासिल गर्छन्, र तिनीहरूलाई सम्बोधन गर्ने र नाम दिने उपयुक्त तरिका के हो भनी बुझ्न सकून्। मानिसहरूले यी कुराहरू जान्‍नु पर्छ र कल्पनाको उडानमा लिप्त हुनुहुँदैन। मानिसहरू आफूलाई कसरी आचरणमा ढाल्ने भन्‍ने कुरामा अलि बढी यथार्थवादी हुनुपर्छ र यसरी तिनीहरू अलिक बढी व्यावहारिक हुनेछन्। परमेश्‍वरमा विश्‍वास गर्ने केही मानिसहरू आफ्नै सपनाहरू पछ्याउँछन्, र सधैँ परमेश्‍वरको जीवन र छवि जिउन चाहन्छन्। के यो यथार्थपरक छ? मानिसहरू सधैँ परमेश्‍वरको जीवन प्राप्त गर्न चाहन्छन्—के यो खतरनाक कुरा होइन र? यो त मानवको अहङ्कारी महत्त्वाकाङ्क्षा हो र यो ठ्याक्‍कै शैतानको अहङ्कारी महत्त्वाकाङ्क्षा जस्तै कुरा हो। कतिपय मानिसहरू मण्डलीमा केही समय काम गरेपछि यस्तो विचार गर्न थाल्छन्, “सत्ताबाट ठूलो रातो अजिङ्गर हटेपछि के हामीले राजा बनेर सत्ता चलाउनुपर्ने हो? हामीमध्ये प्रत्येकले कति वटा सहरको नियन्त्रण गर्नुपर्ने होला?” यदि एउटा व्यक्तिले यस्ता कुराहरू प्रकाश गर्न सक्छ भने त्यो भयानक कुरा हो। अनुभव नभएका मानिसहरूले धर्मसिद्धान्तबारे कुरा गर्न र कल्पनामा लिप्त हुन मन पराउँछन्। अनि यस्तो गर्ने क्रममा, तिनीहरूले आफूलाई चलाख रहेको पनि महसुस गर्छन्, मानौँ तिनीहरूले परमेश्‍वरमाथिको विश्‍वासमा सफलता पाएका छन्, मानौँ तिनीहरू ख्रीष्ट र परमेश्‍वरझैँ जिइरहेका छन्। तिनीहरू सबै पावलका चेला हुन् र तिनीहरू पावलको मार्गमै हिँड्दै छन्। यदि यस्ता मानिसहरू निरन्तर अपश्‍चात्तापी रहिरहे भने, तिनीहरू सबै नै ख्रीष्टविरोधी बनेर कठोर सजायको भागीदार बन्‍नेछन्।

अंश ५

परमेश्‍वरले बोलेका यी वचनहरूको सन्दर्भमा भन्‍नुपर्दा, के तिमीहरू ती सुनेपछि, तिनको तुलना आफूसँग गर्छौ वा तिनलाई केवल धर्मसिद्धान्तको रूपमा सुन्छौ, र तिनको अर्थ बुझ्न तिनलाई एकचोटी दिमागमा खेलाउँछौ? अनि के कुरा त्यति हो? तिमीहरू कुन मनोवृत्ति र के अभिप्रायले यी वचनहरू सुन्छौ? यदि तिमीहरूले परमेश्‍वरले भनेको कुरा—सत्यता अभ्यास नगर्नेहरू हटाइनेछन्; सत्यता अभ्यास नगर्नेहरू परमेश्‍वरको नजरमा असल नभई दुष्ट हुन्—साँच्चै बुझ्यौ भने आत्मचिन्तन गर्नुपर्छ अनि आफ्ना कुन कार्यहरूमा सत्यता अभ्यास भइरहेको छैन र परमेश्‍वरको नजरमा तिमीहरूको कुन तरिका र मनोवृत्ति सत्यता अभ्यास नभएको अभिव्यक्ति हुन् भन्‍ने कुरा थाहा पाउनुपर्छ। के तिमीहरूले यी कुराहरू बुझ्ने कहिल्यै प्रयास गरेका छौ? के तिमीहरूले आत्मचिन्तन गरेका छौ? परमेश्‍वरका वचनहरू सतही रूपमा पढ्नु मात्र पर्याप्त हुँदैन; तिमीहरूले तीबारे मनन गर्नैपर्छ, आत्मचिन्तन गर्नैपर्छ अनि आफ्नो विचार र कार्यलाई परमेश्‍वरले प्रकट गरेका वचनहरूअनुसार तुलना गर्नुपर्छ र आफूलाई चिन्‍नुपर्छ—यसरी मात्र तिमीहरू साँचो पश्चात्ताप गर्न र परिवर्तित हुन सक्छौ। यदि तिमीहरू परमेश्‍वरको वचन पढ्छौ तर ती मनन र आत्मचिन्तन गर्दैनौ, तर सिद्धान्त बुझ्न मात्र ध्यान लगाउँछौ, भने, परमेश्‍वरप्रतिको तेरो विश्‍वासमा जीवन प्रवेश हुनेछैन, न त तँमा कुनै वास्तविक परिवर्तन नै हुनेछ। त्यसकारण, परमेश्‍वरका वचनहरू पढ्दा मनन गर्नु, सत्यता खोजी गर्नु र आत्मचिन्तन गर्नु अत्यावश्यक हुन्छ। परमेश्‍वरका वचनहरू के हुन् त? ती त सबै सकारात्मक कुराको वास्तविकता, मार्ग र परमेश्‍वरले मानवलाई प्रदान गरेको जीवन हुन्। परमेश्‍वरका वचनहरू धर्मसिद्धान्त वा नारा होइनन्, ती कुनै मत होइनन्, न त दार्शनिक ज्ञान नै हुन्; बरु, ती त मानिसले बुझ्नैपर्ने र प्राप्त गर्नैपर्ने सत्यता अनि हासिल गर्नैपर्ने जीवन हुन्। त्यसकारण, परमेश्‍वरको वचन मानिसको जीवन र स्वयं जीवन, तिनीहरू हिँड्नुपर्ने मार्ग र तिनीहरूको परिणाम र गन्तव्यसँग घनिष्ठ रूपले सम्बन्धित छ। यदि कसैले वास्तवमै सत्यता बुझ्छ र त्यसलाई प्राप्त गरेको छ भने, उसका सम्पूर्ण कुरा तदनुसार परिवर्तन हुनेछन्। यदि कसैले कहिल्यै सत्यता बुझ्न वा परमेश्‍वरको वचनअनुसार जिउन सक्दैन भने, सम्भवतः सच्चा परिवर्तन वा परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्दैन। त्यस्तो व्यक्तिको परिणाम र गन्तव्य अनन्त कष्ट भोग्नु र विनाश हुनु मात्रै हुन सक्छ। परमेश्‍वरको वचन र उहाँले व्यक्त गरेको सत्यता मानिसहरूका लागि यस्तो महत्त्वपूर्ण छ। यदि तँ परमेश्‍वरको वचन पढ्छस् तर त्यो मनन गर्दैनस्, आत्मचिन्तन गर्दैनस् वा त्यसलाई आफ्नो वास्तविक समस्या र कठिनाइसँग जोडेर हेर्दैनस् भने, तैँले सतही कुरा मात्र बुझ्न सक्छस्, र सायद सत्यता र परमेश्‍वरका अभिप्राय बुझ्न सक्दैनस्। त्यसकारण, तैँले सत्यता बुझ्न परमेश्‍वरको वचन मनन गर्ने तरिका सिक्नैपर्छ। यो अत्यन्तै जरुरी छ। परमेश्‍वरका वचनहरूलाई चिन्तन गर्ने धेरै तरिकाहरू छन्: तैँले तिनलाई चुपचाप पढ्न सक्छस् र पवित्र आत्माको अन्तर्दृष्टि र ज्योतिको खोजी गर्दै हृदयभित्र प्रार्थना गर्न सक्छस्; तैँले सत्यताको खोजी गर्ने व्यक्तिहरूको साथमा सङ्गति र प्रार्थना-वाचन पनि गर्न सक्छस्; र अवश्य नै, तैँले परमेश्‍वरका वचनहरूको बुझाइ र बोध गहिर्‍याउनको लागि तेरो चिन्तनमा सङ्गति र उपदेशहरूलाई पनि समावेश गर्न सक्छस्। यी तरिकाहरू धेरै र विविध प्रकारका छन्। छोटकरीमा भन्‍नु पर्दा, परमेश्‍वरका वचनहरूलाई पढ्दा, यदि व्यक्तिले तिनीहरूको बुझाइ हासिल गर्न चाहन्छ भने, परमेश्‍वरका वचनहरूलाई चिन्तन र प्रार्थना-वाचन गर्न अत्यन्तै जरुरी हुन्छ। परमेश्‍वरका वचनहरूको प्रार्थना-वाचन गर्नुको उद्देश्य त्यसलाई नहेरी वाचन गर्न सक्षम हुनु होइन, न त त्यसलाई घोक्नु नै हो, बरु यो त तिनलाई प्रार्थना-वाचन र चिन्तन गरेपछि तिनीहरूको बारेमा सही बुझाइ प्राप्त गर्नु, र परमेश्‍वरले बोल्नुभएका यी वचनहरूको अर्थका साथै उहाँको अभिप्रायलाई जान्‍नु हो। यो तिनीहरूमा अभ्यासको मार्ग पत्ता लगाउनु र आफूलाई आफ्नै बाटोमा हिँड्नबाट रोक्नु हो। यसअलावा, यो परमेश्‍वरका वचनहरूमा खुलासा गरिएका विविध प्रकारका स्थितिहरू र विभिन्‍न ढङ्गका मानिसहरूबीचको भेद खुट्ट्याउन सक्‍नु, र हरेक प्रकारको व्यक्तिसँग सिद्धान्तअनुसार व्यवहार गर्न सक्नु, अनि साथसाथै, बाटो बिराउनबाट जोगिनु हो। तैँले परमेश्‍वरका वचनहरूलाई कसरी प्रार्थना-वाचन र चिन्तन गर्ने भनी जानिसकेपछि र यस कार्यलाई बारम्बार गर्न थालेपछि मात्र परमेश्‍वरका वचनहरूले तेरो हृदयमा जरा गाडेर ती तेरो जीवन बन्‍नेछन्।

अंश ६

सृष्टिकर्ताले आखिरी दिनहरूमा यी सबै वचनहरू सार्वजनिक रूपमा बोल्नुभयो र सबै प्रकारका मानिसहरूलाई प्रकट गर्नुभयो। अहिले, सबै प्रकारका मानिसहरू सत्यताको, साँचो मार्गको र सृष्टिकर्ताका वाणीहरूको सामना गर्छन्, र सबै खालका अभिव्यक्ति तथा विचारहरू प्रकट गरिन्छन्: केही सोच तथा विचारहरू करिब करिब विकृत हुन्छन्, केही आत्म-धर्मी र अहङ्कारी हुन्छन्, केही रुढीवादी, परम्परागत संस्कृति पछ्याउने र कुहिएका हुन्छन्, र तीमध्ये धेरै त मूर्खतापूर्ण र घामड हुन्छन्। केही त्यस्ता मानिसहरू पनि छन्, जो सत्यतालाई घृणा गर्छन् र सत्यताप्रति शत्रुवत् छन्, बहुला कुकुरझैँ उन्मत्त भएर झम्टिन्छन्, अनि सत्यता र सकारात्मक कुराहरूलाई त्यत्तिकै मूल्याङ्कन गर्छन् र जथाभावी निन्दा गर्छन्। तिनीहरू कुनै पनि सकारात्मक कुरा तथा सत्यताको अभिव्यक्तिलाई जथाभाबी मूल्याङ्कन गर्छन् र निन्दा गर्छन्, र त्यसो गर्नु ठीक हो कि होइन, वा त्यसमा सत्यता समावेश छ कि छैन भनेर खुट्ट्याउने प्रयास गर्दैनन्। यी मानिसहरू पशु र दियाबलस हुन्। जब मानिसहरूलाई सत्यता र साँचो मार्गको सामना गराइन्छ, तब तिनीहरूमा विभिन्‍न विचारहरू देखापर्छन्, जसले तिनीहरूको सङ्कीर्णता, जिद्दीपन, हठ र अहङ्कारको शैतानी कुरूपतालाई प्रकट र खुलासा गर्दछन्। तिमीहरूले विवेकी बन्‍न, यसबाट आफ्नो अन्तर्ज्ञानलाई फराकिलो बनाउन सिक्नुपर्छ र सँगसँगै यसबाट केही सत्यता खोज्नु पनि पर्छ। यदि यी कुराहरू अविश्‍वासीहरू र परमेश्‍वरका आखिरी दिनहरूका कामहरूलाई स्वीकार नगरेकाहरूमा प्रकट गरियो भने, के तिमीहरू आफैँले पनि यी कुराहरू प्रदर्शन गर्छौँ त? कहिलेकाहीँ तिमीहरूले तिनलाई प्रदर्शन गर्ने तरिका फरक हुन्छ र तिमीहरूले तिनलाई व्यक्त गर्ने तरिका फरक हुन्छ, तर वास्तवमा तिमीहरू पनि गैरविश्‍वासीहरूले प्रकट गर्ने स्वभावहरू नै प्रकट गर्छौ। यो केही मानिसहरूले प्रभु येशूलाई स्वीकार गरेपछि उहाँलाई स्वीकार नगर्ने दुनियाँभरिका हरकोही पनि निकृष्ट हुन् भनेर सोचेजस्तै हो। तिनीहरू आफूले प्रभु येशूको क्रूसको मुक्ति स्विकारेकाले आफूलाई उन्‍नत व्यक्ति ठान्छन्, र अरू सबैलाई हेयदृष्टिले हेर्छन्। यो कस्तो खालको स्वभाव हो? तिनीहरूसँग अन्तर्ज्ञानको कमी छ; तिनीहरूको सोच अति सङ्कीर्ण छ र तिनीहरू अत्यन्तै अहङ्कारी र आत्म-धर्मी छन्। तिनीहरू अरूले भ्रष्ट स्वभाव प्रकट गरिरहेको त देख्छन्, तर आफैंले पनि त्यही भ्रष्ट स्वभावहरू प्रकट गरिरहेको चाहिँ देख्दैनन्। त्यसैले, के तिमीहरू यी कुराहरू प्रदर्शन गर्छौ त? तिमीहरू निश्चय नै गर्छौ, किनभने मानिसका सबै भ्रष्ट स्वभावहरू ठ्याक्कै एउटै हुन्छन्, र केवल परमेश्‍वरको काम र मुक्ति, उहाँको कामका आवश्यकताहरू, वा उहाँको पूर्वनिर्धारणका कारण हरेक प्रकारको व्यक्तिको प्रकृति सार, पछ्याइ र चाहना फरक हुन्छन्। केही मानिसहरूमा हृदय वा आत्मा नै हुँदैन। तिनीहरू मरेका मानिस र पशु हुन्, जसले आस्था बुझ्दैनन्। यी मानिसहरू मानवजातिमध्येका सबैभन्दा नीच हुन् र यिनीहरूलाई मानवको रूपमा गणना गर्न सकिँदैन। परमेश्‍वरको नयाँ कामलाई स्विकार्नेहरूले सत्यताबारे बढी बुझेका हुन्छन्, तिनीहरूको अन्तर्ज्ञान र परमेश्‍वरबारे तिनीहरूको बुझाइ बढी हुन्छ र तिनीहरूका सिद्धान्त र विचारहरू एक स्तर माथि हुन्छन्। व्यवस्था पालना गर्ने, यहोवामा विश्‍वास गर्ने विश्‍वासीहरूभन्दा इसाई जगतमा विश्‍वास गर्नेहरूसँग परमेश्‍वरबारे बढी बुझाइ र सृष्टिकर्ताका सृष्टि तथा कामबारे बढी ज्ञान भएजस्तै, इसाई जगतमा विश्‍वास गर्नेहरूभन्दा कामको तेस्रो चरण स्विकार्नेहरूसँग परमेश्‍वरबारे बढी ज्ञान हुन्छ। परमेश्‍वरको कामका हरेक चरण पहिलेको चरणभन्दा उच्च हुने भएकोले मानिसहरूको बुझाइ पनि निश्चय नै बढ्दै जानु पर्ने हुन्छ। तर तैँले यसलाई अर्को नजरबाट हेर्ने हो भने तैँले देख्नेछस् कि तिमीहरूले कामको यस चरण स्विकारेपछि प्रकट गर्ने भ्रष्ट स्वभावहरू सारमा धर्ममा रहेकाहरूले प्रकट गर्ने भ्रष्ट स्वभावसमान हुन्छन्। एकमात्र भिन्‍नता के हो भने तिमीहरूले कामको यो चरण स्विकारिसकेका छौ, धेरै प्रवचनहरू सुनिसकेका छौ, धेरै सत्यताहरू बुझिसकेका छौ, आफ्नो प्रकृति सारबारे साँचो ज्ञान हासिल गरिसकेका छौ र सत्यतालाई स्विकारेर अनि अभ्यास गरेर केही हदसम्म साँच्चिकै बदलिएका छौ। त्यसैले, धर्म मान्‍नेहरूले प्रदर्शन गर्ने व्यवहारलाई तिमीहरूले फेरि हेर्दा तिमीहरूलाई लाग्छ कि तिनीहरू तिमीहरूभन्दा बढी भ्रष्ट छन्। तर यथार्थमा, यदि तिमीहरूलाई तिनीहरूकै छेउमा राखियो भने तिमीहरूले देख्नेथ्यौ कि परमेश्‍वर र सत्यताप्रति मानिसहरूको मनोवृत्ति एउटै हुन्छ; तिमीहरू सबै धारणा र कल्पना अनि आफ्नो प्राथमिकताअनुसार कार्य गर्छौ, र तिमीहरूका भ्रष्ट स्वभावहरू उही हुन्छन्। यदि तिनीहरूले कामको यो चरण स्विकारेको भए, यी प्रवचनहरू सुनेको भए र यी सत्यताहरू बुझेको भए, तिनीहरू र तिमीहरूबीच खासै ठूलो भिन्‍नता हुनेथिएन। यस मामिलाबाट तिमीहरू के देख्न सक्छौ? तिमीहरू देख्न सक्छौ कि सत्यताले मानिसहरूमा परिवर्तन ल्याउँछ, परमेश्‍वरले बोल्नुहुने यी वचन र प्रचार गर्नुहुने यी प्रवचनहरू सम्पूर्ण मानवजातिका लागि मुक्ति हुन्, र ती सम्पूर्ण मानवजातिलाई आवश्यक पर्ने कुराहरू हुन्। निश्चित समूह, जाति, वर्ग वा वर्णका मानिसहरूलाई मात्र सन्तुष्ट पार्नको खातिर मात्र होइनन्। सम्पूर्ण मानवजाति नै शैतानद्वारा भ्रष्ट तुल्याइएको छ र तिनीहरूमा भ्रष्ट स्वभावहरू छन्। तिनीहरूका भ्रष्ट सारहरूको सन्दर्भमा कुनै ठूलो भिन्‍नता छैन; यत्ति मात्र हो कि तिनीहरूको वर्ण, जाति र तिनीहरू हुर्केको वातावरण र सामाजिक व्यवस्थाहरू एकै होइनन्, वा तिनीहरूको परम्परागत संस्कृति, पृष्ठभूमि र तिनीहरूले पाएका शिक्षामा थोरै भिन्‍नता छन्। तर यी सबै बाहिरी स्वरूप मात्र हुन्—सम्पूर्ण मानवजातिलाई एउटै शैतानले भ्रष्ट तुल्याएको छ, र तिनीहरूको भ्रष्ट प्रकृति सार उस्तै छ। त्यसकारण, परमेश्‍वरले व्यक्त गर्ने यी वचनहरू र उहाँले गर्ने यो काम कुनै निश्चित जातीय समूह वा देशका मानिसहरूप्रति लक्षित छैनन्, बरु सम्पूर्ण मानवजातिप्रति लक्षित छन्। विभिन्‍न जातिहरूको संस्कृति र पृष्ठभूमि, वा तिनीहरूले पाएको शिक्षामा भिन्‍नता भए पनि, परमेश्‍वरको नजरमा तिनीहरूको भ्रष्ट स्वभाव ठ्याक्कै उही हुन्छ। त्यसैले, उहाँको कामको एक चरण सुरुमा एउटा ठाउँमा मात्र गरिए पनि, उहाँका वचनलाई अन्य ठाउँमा फैलाउने नमुनाको रूपमा यो सम्पूर्ण मानवजातिमा लागु हुन्छ, र यसले सम्पूर्ण मानवजातिलाई मुक्ति दिन र भरणपोषण गर्न सक्छ। केही मानिसहरू यसो भन्छन्, “युरोपेली तथा अन्य मुलुकका मानिसहरू ठूलो रातो अजिङ्गरका सन्तति नभएकाले परमेश्‍वरले सम्पूर्ण मानवजाति नै गहन रूपमा भ्रष्ट तुल्याइएको छ भनी भन्‍नु अनुपयुक्त हुँदैन र?” के यी वचनहरू सही छन्? (अहँ, ती सही छैनन्। सम्पूर्ण मानवजातिमा एउटै प्रकृति सार छ, जसलाई शैतानद्वारा भ्रष्ट तुल्याइएको छ।) हो—“ठूलो रातो अजिङ्गरका सन्तति” भनेको एउटा जातिका मानिसहरूको नाम मात्र हो; यसको अर्थ यो नाम भएका र यो नाम नभएका मानिसहरूको सार फरक हुन्छ भन्‍ने होइन। वास्तवमा, तिनीहरूको सार एकैनासको हुन्छ। सम्पूर्ण मानवजाति त्यो दुष्टको पन्जामुनि रहेको छ; तिनीहरू सबै शैतानद्वारा भ्रष्ट तुल्याइएका छन्, र तिनीहरूको भ्रष्ट प्रकृति सार ठ्याक्कै एउटै हुन्छ। अहिले, जब चिनियाँ मानिसहरूले परमेश्‍वरले बोल्नुहुने यी वचनहरू सुन्छन्, तब तिनीहरूले विद्रोह र प्रतिरोध गर्छन्; तिनीहरूसँग धारणा र कल्पनाहरू हुन्छन्; तिनीहरूले यिनै कुराहरू प्रदर्शन गर्छन्। जब यी वचनहरू अन्य जातिका मानिसहरूलाई सुनाइन्छ, तब तिनीहरू पनि कल्पना, धारणा, विद्रोहीपन, अहङ्कार, आत्म-धार्मिकता र यहाँसम्म कि प्रतिरोध पनि प्रदर्शन गर्छन्—यो सबै ठ्याक्कै मिल्दोजुल्दो छ। जातीय तथा सांस्कृतिक पृष्ठभूमि जुनसुकै भए पनि, सम्पूर्ण मानवजातिले परमेश्‍वरले खुलासा गर्नुहुने भ्रष्ट मानिसहरूको व्यवहार नै प्रदर्शन गर्छन्।

भ्रष्ट स्वभावहरू सम्पूर्ण मानवजातिका लागि साझा कुरा हुन्; ती सबै एकैनासका हुन्छन्, तिनीहरूबीच भिन्‍नताको तुलनामा समानताहरू धेरै हुन्छन् र तिनीहरूबीच कुनै स्पष्ट भिन्‍नता हुँदैन। परमेश्‍वरले बोल्ने यी वचन र व्यक्त गर्ने सत्यताहरूले एउटा जाति, देश वा समूहलाई मात्र मुक्ति दिने होइन—परमेश्‍वरले सम्पूर्ण मानवजातिलाई मुक्ति दिनुहुन्छ। यसले तिमीहरूलाई के देखाउँछ? के मानवजातिमध्ये त्यस्तो कोही छ, जसले शैतानको भ्रष्टता अनुभव गरेको छैन, र जो मानिसहरूको भिन्नै श्रेणी वा वर्गमा पर्छ? के त्यस्तो कोही मान्छे छ, जो परमेश्‍वरको सार्वभौमिकताको पात्र होइन? (अहँ, छैन।) मैले बोल्ने यी वचनहरूको अर्थ के हो त? परमेश्‍वरले सम्पूर्ण मानवजातिमाथि सार्वभौमिकता राख्नुहुन्छ, र सम्पूर्ण मानवजातिलाई एउटै परमेश्‍वरले सृष्टि गर्नुभएको हो। तिनीहरू जुनसुकै जातिका, जुनसुकै प्रकारको मानिस वा जतिसुकै योग्य भएता पनि तिनीहरू सबै परमेश्‍वरद्वारा नै सृष्टि गरिएका हुन्। मानिसको नजरमा केही मानिसहरू अरूभन्दा फरक र उन्‍नत हुन्छन्, तर परमेश्‍वरको नजरमा तिनीहरू सबै समान हुन्छन्; परमेश्‍वरको नजरमा हरेक मान्छे समान छन्। तिमीहरूले यो कुरा कहाँ देख्छौ? वर्ण र भाषाका भिन्‍नताहरू फगत रूपहरू मात्र हुन्, तर मानिसहरूका भ्रष्ट स्वभाव र तिनीहरूको प्रकृति सार एकैनासका छन्; यही नै सत्यता हो। भ्रष्ट शैतानी स्वभाव भएका मानिसहरूका लागि परमेश्‍वरका वचनहरूले फल हासिल गर्न सक्छन्, उहाँका वचनहरू तिनीहरूको भ्रष्ट स्वभावप्रति लक्षित हुन्छन् र तिनले तिनीहरूका सम्पूर्ण भ्रष्ट स्वभावहरू समाधान गर्न सक्छन्। यसले परमेश्‍वरका सबै वचनहरू सत्यता हुन्, तिनले मानवजातिलाई भरणपोषण गर्न, शुद्ध पार्न र मुक्ति दिन सक्छन् भन्‍ने कुरा देखाउँछ; यो कुरालाई नकार्न सकिँदैन। परमेश्‍वरले आखिरी दिनहरूमा व्यक्त गर्नुहुने वचनहरू अहिले संसारका सबै राष्ट्र र जातिहरूबीच फैलिसकेको छ—यो एक तथ्य हो! अनि मानिसको प्रतिक्रिया कस्तो रहेको छ त? (सबै प्रकारका प्रतिक्रियाहरू व्यक्त गरिएका छन्।) अनि यस्ता प्रतिक्रियाहरूले मानिसको सारबारे कस्तो सङ्केत वा प्रतिबिम्ब देखाउँछन्? तिनले मानवको प्रकृति सार एउटै रहेको, तिनीहरूको प्रतिक्रिया पनि प्रभु येशू काम गर्न आउनुहुँदा फरिसी र यहुदीहरूको जस्तै रहेको तथ्यलाई देखाउँछन्: तिनीहरूलाई सत्यताप्रति वितृष्णा छ, तिनीहरू परमेश्‍वरबारे कल्पना र धारणाहरूले भरिएका छन्, र उहाँमा तिनीहरूको विश्‍वास भ्रामक कल्पना र धारणाहरू मातहत रहेका छन्। समग्र मानवजातिले नै परमेश्‍वरलाई चिन्दैन र तिनीहरू उहाँलाई प्रतिरोध गर्छन्। परमेश्‍वरका वचनहरू सुनेपश्चात् तिनीहरूको पहिलो प्रतिक्रिया, वा तिनीहरूले स्वभावतः प्रकट गर्ने आफ्नो प्रकृति सारमा रहेका कुरा भनेको परमेश्‍वरप्रति प्रतिरोध र वैमनस्यता हुन्; यो तिनीहरू सबैमा रहेको साझा कुरा हो। परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यताहरूको सामना गर्दा प्रकट हुने तिनीहरूका नकारात्मक अभिव्यक्ति र विचारहरू भ्रष्ट मानवजातिको प्रकृति सारबाट उत्पन्‍न हुन्छन्, र तिनले यस मानवजातिको प्रतिनिधित्व गर्छन्। तिनीहरूका धारणा तथा कल्पनाहरू प्रभु येशू आउनुहुँदा प्रमुख धर्मगुरु, शास्त्री तथा फरिसीहरूले परमेश्‍वरबारे राखेका धारणा र कल्पनाहरू जस्तै छन्; ती बदलिएका छैनन्। धर्ममा रहेका मानिसहरूले २,००० वर्षदेखि क्रूस बोक्दै आएका छन्, तर तिनीहरू अझै पनि उस्तै छन्, र अलिकति पनि बदलिएका छैनन्। जब मानिसहरूले सत्यता प्राप्त गरेका हुँदैनन्, तब तिनीहरूले यिनै कुराहरू स्वतः प्रकट गर्छन् र तिनीहरूबाट स्वभावतः यिनै कुराहरू निस्किने गर्छ, र परमेश्‍वरप्रति तिनीहरूको मनोवृत्ति यही नै हो। त्यसैले, यदि कुनै व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्छ, तर सत्यतालाई पछ्याउँदैन भने, के उसको भ्रष्ट स्वभावलाई ठीक पार्न सकिन्छ त? (अहँ, सकिँदैन।) यदि तिनीहरूले सत्यतालाई पछ्याएनन् भने, तिनीहरूले जतिसुकै लामो समयदेखि विश्‍वास गर्दै आएको भए पनि तिनीहरूले आफ्नो भ्रष्ट स्वभावको समस्यालाई समाधान गर्न सक्नेछैनन्। दुई हजार वर्षअघि फरिसीहरूले उग्र रूपमा प्रभु येशूको प्रतिरोध र निन्दा गरेर उहाँलाई क्रूसमा टाँगेका थिए। अहिले, धार्मिक संसारका पाष्टर, एल्डर, फादर तथा बिशपहरू अझै पनि उग्र रूपमा त्यसरी नै देहधारी परमेश्‍वरको प्रतिरोध र निन्दा गर्छन्, जसरी फरिसीहरूले गरेका थिए। यदि कुनै व्यक्तिले तिनीहरूमाझ गएर परमेश्‍वर देहधारी हुनुभएको गवाही दिएमा, शायद उसलाई पक्रेर मृत्युदण्ड दिइनेथ्यो होला, र यदि देहधारी परमेश्‍वर हरेक मुख्य धर्मका आराधना स्थलहरूमा प्रचार गर्न जानुभयो भने, तिनीहरूले निश्चय नै उहाँलाई क्रूसमा टाँग्ने थिए वा उहाँलाई सत्ताधारीहरूको हातमा सुम्पनेथिए। तिनीहरूले पक्कै पनि उहाँलाई नरम व्यवहार गर्नेथिएनन्, किनभने भ्रष्ट मानिसहरूका प्रकृति सारहरू एकै हुन्छन्। यी शब्दहरू सुन्दा के तिमीहरूभित्र कुनै प्रतिक्रिया उत्पन्‍न हुन्छ? के तिमीहरूलाई लाग्छ कि परमेश्‍वरमा वर्षौँदेखि विश्‍वास गर्दै आएका तर कुनै पनि हदसम्म सत्यतालाई नपछ्याएका मानिसहरू निकै भयानक हुन्छन्? (हल्का।) यो एकदमै भयानक कुरा हो नि! बाइबल र क्रूस बोक्नु, व्यवस्थामा भर पर्नु, फरिसीहरूका लुगा वा पुजारीका वस्त्रहरू लगाउनु, र मन्दिरहरूमा सार्वजनिक रूपमै परमेश्‍वरको प्रतिरोध र निन्दा गर्नु—के यी परमेश्‍वरमा विश्‍वास गर्नेहरूले दिनदहाडै गर्ने कुराहरू होइनन् र? परमेश्‍वरको निन्दा र प्रतिरोध गर्नेहरू कहाँ छन्? धेरै पर हेर्नुपर्दैन। उहाँका विश्‍वासीहरूमध्ये सत्यतालाई नस्विकार्ने र सत्यताप्रति वितृष्णा राख्ने जोकोही पनि परमेश्‍वरको प्रतिरोधी, ख्रीष्टविरोधी र फरिसी हो।

यदि मानिसहरू सत्यतालाई पछ्याउँदैनन् र त्यसलाई प्राप्त गर्न सक्दैनन् भने तिनीहरूले परमेश्‍वरलाई कहिल्यै चिन्‍ने छैनन्। मानिसहरूले परमेश्‍वरलाई चिनेनन् भने तिनीहरू सधैँ नै उहाँप्रति शत्रुवत् रहनेछन् र तिनीहरूलाई उहाँसँग मिल्ने हुन सम्भव हुँदैन। तेरो हृदयले परमेश्‍वरलाई प्रेम गर्ने र उहाँको प्रतिरोध नगर्ने जतिसुकै आत्मगत चाहना राखे पनि, त्यो बेकार हुन्छ। यो मानिसहरूको प्रकृतिले निर्धारण गर्ने अस्वैच्छिक मामिला भएकोले चाहना मात्र राख्नु, वा आफूलाई नियन्त्रण गर्न मात्र चाहनु बेकार हुन्छ। त्यसैले तैँले सत्यता प्राप्त गरेको व्यक्ति बन्‍ने प्रयास गर्नुपर्छ, सत्यताको अभ्यास गर्ने प्रयास गर्नुपर्छ, आफ्नो भ्रष्ट स्वभाव फाल्नुपर्छ, सत्यता वास्तविकताहरूमा प्रवेश गर्नुपर्छ र परमेश्‍वरसँग अनुकूलता हासिल गर्नुपर्छ; यही नै सही मार्ग हो। परमेश्‍वरमा विश्‍वास गर्नुको सबैभन्दा महत्त्वपूर्ण पक्ष सत्यतालाई पछ्याउनु हो भन्‍ने कुरा तिमीहरूले हृदयदेखि जान्नैपर्छ, र सत्यतालाई पछ्याउँदा कुन पाटोबाट सुरु गर्नुपर्छ, त्यसका साथै तिमीहरूले के गर्नु आवश्यक छ, आफ्नो कर्तव्यलाई कसरी लिनुपर्छ, आफ्नो वरिपरि रहेका हरप्रकारका व्यक्तिसँग कसरी व्यवहार गर्नुपर्छ, हरप्रकारका मामिला तथा कामकुराहरूलाई कसरी व्यवहार गर्नुपर्छ, तीसँग व्यवहार गर्दा तिमीहरूले कस्तो दृष्टिकोण अपनाउनुपर्छ, र कुन पद्धति सत्यता सिद्धान्तअनुरूप छन् भन्‍ने कुराहरूबारेका व्यावहारिकताहरूलाई बुझ्नैपर्छ। यदि तँ सत्यताको खोजी गर्दैनस् वा सत्यता सिद्धान्तहरू बुझ्दैनस्, र तिनका साथै तर्क, धारणा तथा कल्पनाअनुसार प्रावधानहरू पालना गर्न र वस्तुहरूको व्याख्या गर्न मात्र सक्छस् भने, तेरो अभ्यासको तरिका गलत छ, र त्यसले परमेश्‍वरमा तैँले विश्‍वास गरेका वर्षहरूमा प्रावधानहरूको अक्षरशः पालना मात्र गरेको छस्, तर तैँले सत्यता बुझेको छैनस् र तँसँग वास्तविकता छैन भन्‍ने कुरालाई प्रमाणित गर्छ। प्रावधानहरू पछ्याउनु अनि धारणा र कल्पनाहरूअनुसार जिउनु तेरो लागि थकाइलाग्दो र परिश्रमपूर्ण हुन्छ, तर यो सबै व्यर्थको प्रयत्न मात्र हो र परमेश्‍वरले तँलाई रत्तीभर पनि अनुमोदन गर्नुहुनेछैन। तँ थकित हुनकै लायक छस्! यदि तँसँग आत्मिक बुझाइ छ, र परमेश्‍वरका वचनहरू पढ्दा वा प्रवचन र सङ्गति सुन्दा तैँले शुद्ध रूपमा बुझ्छस् भने, तैँले जति धेरै अनुभव गर्छस्, त्यति नै धेरै बुझ्नेछस् र प्राप्त गर्नेछस्, र तैँले बुझेका कुराहरू सबै व्यावहारिक र सत्यताअनुरूप हुनेछन्। त्यतिबेला, तैँले सत्यता र जीवन प्राप्त गरेको हुनेछस्। यदि तैँले वर्षौँ परमेश्‍वरमा विश्‍वास गरेपछि प्राप्त गरेका र बुझेका कुराहरू अझै पनि तँलाई बाँधेर राख्ने धर्मसिद्धान्त र प्रावधान, धारणा र कल्पना, र नियम र कानुनसँग सम्बन्धित कुराहरू नै हुन् भने, तँ त सक्किइस्। यसले तैँले सत्यता प्राप्त नगरेको र तँसँग जीवन नभएको तथ्यलाई प्रमाणित गर्छ। तैँले परमेश्‍वरमा जतिसुकै वर्ष विश्‍वास गरेको भए पनि, र तैँले जतिसुकै वचन र धर्मसिद्धान्त प्रचार गर्न सक्ने भए पनि, तँ अझै पनि एक वाहियात र अन्योलमा परेको व्यक्ति नै होस्। यसरी भन्दा नराम्रो सुनिए पनि, यो तथ्य हो। त्यस्ता धेरै मानिसहरू छन्, जसले वर्षौँदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएका छन्, तैपनि परमेश्‍वरको घरमा सत्यता र ख्रीष्ट नै सत्तासीन हुनुहुन्छ, र पवित्र आत्माले सबैमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्‍ने कुरा देख्दैनन्। यस्ता मानिसहरूसँग रत्तीभर पनि बुझाइ हुँदैन, र यिनीहरू अन्धोसमान हुन्छन्। केहीले परमेश्‍वरले मानिसहरूलाई न्याय गर्नुभएको र सजाय दिनुभएको, मानिसहरूको एउटा समूहलाई सिद्ध पार्नुभएको, तर अन्य धेरैलाई हटाउनुभएको देख्छन्, र त्यसैले तिनीहरू परमेश्‍वरको प्रेम र उहाँको धार्मिकतालाई समेत शङ्का गर्छन्। के यस्ता मानिसहरूसँग बुझ्ने क्षमता हुन्छ? के तिनीहरूमा कुनै बुझाइ छ? यो भन्‍नु जायज नै हुन्छ कि तिनीहरू वाहियात मान्छे हुन्, जोसँग बुझाइ प्राप्त गर्ने अलिकति पनि क्षमता छैन। वाहियात मान्छेहरू सधैँ नै वाहियात ढङ्गबाट मामिलाहरूलाई हेर्ने गर्छन्; सत्यता बुझ्नेहरूले मात्र मामिलाहरूलाई सही रूपमा र तथ्यअनुसार हेर्न सक्छन्।

अंश ७

सुसमाचार प्रचार गर्ने, परमेश्‍वरको काम फैलाउने अनि त्यसको गवाही दिने केही मानिसहरूले एउटा गम्भीर गल्ती गर्छन्—तिनीहरू परमेश्‍वरका ती वचनहरू निकाल्दिन्छन् जसद्वारा धर्ममा रहेका मानिसहरूले धारणा विकास गर्न सक्ने सबैभन्दा धेरै सम्भावना हुन्छ, त्यसो गरेर सुसमाचार स्विकार्ने सम्भावना भएका मानिसहरूलाई परमेश्‍वरका वचनहरूको संक्षिप्त, छोटो संस्करण दिन्छन्। तिनीहरूले मानिसहरूलाई धारणा र गलतफहमीहरू विकास गर्नबाट रोक्नका लागि यसो गरेको भन्‍ने बहाना दिन्छन्, तर के यो सही हो त? परमेश्‍वरका सबै वचनहरू सत्यता हुन्। मानिसहरूमा धारणा भए वा नभए पनि वा ती वचनहरू तिनीहरूले स्विकारे वा नस्विकारे पनि, सत्यता सत्यता नै हो; त्यसलाई स्विकार्ने मानिसहरूलाई मुक्ति दिन सकिन्छ, जबकि नस्विकार्नेहरू नष्ट हुनेछन्। सत्यता इन्कार गर्ने जोकोही पनि मर्न र नष्ट हुन लायक हुन्छन्। यसको सुसमाचार फैलाउने मानिसहरूसँग के सम्बन्ध हुन्छ त? सुसमाचार फैलाउनेहरूले मानिसहरूमा धारणा पैदा हुनेछ भन्‍ने डरले परमेश्‍वरका वचनहरू संक्षिप्त बनाउनुको सट्टा तिनीहरूलाई उहाँका मूल वचनहरू नै पढ्न दिनुपर्छ। मानिसहरूले साँचो मार्गको अनुसन्धान गर्दा, तिनीहरू परमेश्‍वरका मूल वचनहरू कसरी बोलिएका छन्, तिनमा कस्ता विषयवस्तुहरू समावेश छन्, अनि निश्चित मामिलाहरूबारे उहाँका सबैभन्दा मूल भनाइ के-कस्ता छन् भनी हेर्न चाहन्छन्। मानिसहरू यो जान्‍न चाहन्छन्: “तिमीहरू परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ भन्छौ, त्यसोभए उहाँले बोल्ने वचनहरू के-के हुन्? उहाँको बोल्ने शैली कस्तो छ त?” धार्मिक मानिसहरूले बाइबल व्याख्या गर्दा बोल्ने सबै कुरा मानव धारणाअनुरूप भएझैँ, तिमीहरू मानव धारणाअनुरूप नहुने परमेश्‍वरका वचनहरूलाई हेरफेर गर्नमा जोड लगाउँछौ; तिमीहरू मानिसहरूलाई परमेश्‍वरका वचनहरू मूल रूपमै हेर्न नदिई छेडछाड गरिएका परमेश्‍वरका वचनहरूको संस्करण देखाउनमा जोड लगाउँछौ। यो सब किन गर्छौ? के तिमीहरूमा पनि परमेश्‍वरका यी वचनहरूबारे धारणाहरू छन्? के तिमीहरू पनि धर्ममा रहेका मानिसहरूजस्तै मानव धारणाअनुरूप नहुने उहाँका वचनहरू सत्यता होइन, अनि सत्यता ती वचन मात्र हुन् जुन मानव धारणाहरूअनुरूप हुन्छन् भन्‍ने विश्‍वास गर्छौ? यदि त्यसो हो भने, त्यो मानव गल्ती हो। परमेश्‍वरका वचनहरू जसरीसुकै बोलिए पनि अनि ती मानव धारणाअनुरूप भए वा नभए पनि, ती सत्यता नै हुन्छन्। भ्रष्ट मानवहरूमा सत्यता नहुने र तिनीहरूलाई सत्यता थाहा नहुने भएकाले मात्र तिनीहरूले परमेश्‍वरका वचनहरूबारे धारणाहरू विकास गर्छन्—यो मानवको मूर्खता अनि अज्ञान हो। परमेश्‍वरका वचनहरू केही निश्चित प्रभावका लागि विशेष रूपमा व्यावहारिक अनि ठोस हुन्छन् भन्‍ने तिमीहरूले स्पष्टसँग देख्न सक्दैनौ, अनि मानिसको क्षमता कति कमजोर हुन्छ, र परमेश्‍वरका वचनहरू अति संक्षिप्त अनि सैद्धान्तिक भए भने तिनीहरूलाई बुझ्न कति गाह्रो हुन्छ भन्‍नेबारे तिमीहरू झनै कम सचेत छौ। सम्झ त, प्रभु येशू काम गर्न देखा पर्नुहुँदा, धेरै शिष्यहरूले उहाँका वचनहरू बुझ्न सकेनन् अनि तिनीहरूले तिनको अर्थ बुझ्नका लागि उहाँलाई उदाहरण दिन र कथाहरू सुनाउन आग्रह गर्नुपरेको थियो। होइन त? आज, मैले एकदमै विस्तृत र ठोसपूर्वक बोल्दा, तिमीहरू यो अति घुमाउरो भयो भनी गुनासो गर्छौ। मैले गहन कुरा बोल्दा तिमीहरू बुझ्दैनौ, तर जब म त्यसलाई सामान्यीकरण गर्छु अनि सिद्धान्तहरूबारे बोल्छु, तिमीहरू त्यसलाई धर्मसिद्धान्त मान्छौ। मानवहरू यसरी अप्ठेरो हुन्छन्। परमेश्‍वरका वचनहरूमा, अहिले ईश्‍वरीय भाषाका साथसाथै मानव भाषा पनि हुन्छ, यसमा संक्षिप्तता अनि ठोसता दुवै हुन्छ, अनि यसमा मानिसहरूका विभिन्‍न स्थितिहरूको खुलासा गर्ने धेरै उदाहरणहरू दिइएका हुन्छन्। सत्यता बुझिसकेकाहरूलाई केही वचनहरू अति विस्तृत लाग्छ, तर नयाँ विश्‍वासीहरूका लागि ती ठिक्क हुन्छन्, अनि यस तहको विस्तृतता र ठोसता नभए नतिजाहरू हासिल गर्न कठिन हुने थियो। यो भनेको आमाबुबाले बालबच्चा हुर्काएकोजस्तै हो; बालबच्चा साना हुँदा आमाबुबाले धेरै विस्तृत कुराहरू रूपमा गर्नुपर्छ, तर बालबच्चा अलिक समझदार अनि आफ्नो ख्याल राख्न सक्ने भइसकेपछि ती कुराहरू नगर्दा पनि हुन्छ। यो कुरा मानिसहरूले बुझ्छन्, त्यसोभए तिनीहरूले परमेश्‍वरको कामको मामिला चाहिँ किन बुझ्न सक्दैनन् त? नयाँ विश्‍वासीहरूले अलिक सतही अनि उदाहरणले भरिएका, तुलनात्मक रूपमा बढी विस्तृत अनि सूक्ष्मतामा केन्द्रित वचनहरू पढ्नैपर्छ। परमेश्‍वरमा वर्षौँ विश्‍वास गरेका अनि केही सत्यताहरू बुझ्ने मानिसहरूले तुलनात्मक रूपमा गहन अनि आफूले बुझ्न सक्ने वचनहरू पढ्नैपर्छ। परमेश्‍वरले जसरीसुकै बोले पनि, त्यो सब मानिसहरूले सत्यता बुझून्, आफ्नो भ्रष्ट स्वभावहरू फालून्, अनि सत्यता वास्तविकतामा प्रवेश गरून् भन्‍नका लागि हुन्छ। उहाँ यी नतिजाहरू हासिल गर्नका लागि बोल्नुहुन्छ। उहाँका वचनहरू गहिरो वा सतही जे भए पनि, मानिसहरूले बोध गर्न सके वा नसके पनि, सत्यता बुझ्न र सत्यता वास्तविकतामा प्रवेश गर्न सजिलो हुँदैन। तेरो क्षमता राम्रो छ अनि तैँले गहन सत्यताहरू बुझ्न सक्छस् भन्दैमा तँसँग सतही सत्यताहरू र वास्तविकता चाहिँ पक्कै हुन्छ भन्‍ने नसोच्। के यस्तो हुन्छ त? इमानदार व्यक्ति बन्‍नेबारे सत्यता नै जीवनभरको अनुभवका लागि काफी हुन्छ। परमेश्‍वरका वचनहरू जतिसुकै सतही भए पनि, उहाँले जति वटा उदाहरणहरू दिए पनि, तँ आठ-दस वर्षको अनुभवपछि पनि वास्तविकतामा प्रवेश नगर्न सक्छस्। त्यसैले, परमेश्‍वरका वचनहरूलाई तिनको गहिराइ अनुसार व्यवहार गर्नु गलत हुन्छ। यो दृष्टिकोण गलत हुन्छ। व्यक्तिले वास्तविकतालाई एकदमै ध्यान दिँदा नै उत्तम हुन्छ; तँमा बुझ्ने क्षमता छ अनि तँ सत्यता बुझ्न सक्छस् भन्दैमा तँमा वास्तविकता हुने होइन। यदि तँ सत्यता अभ्यास गर्न सक्दैनस् भने, तेरो सर्वोत्तम बुझाइ पनि तेरो लागि केवल खोक्रा धर्मसिद्धान्तहरू हुनेछन्। तैँले सत्यता अभ्यास गर्नैपर्छ, अनि तँमा अनुभव अनि ज्ञान हुनैपर्छ—यसरी मात्र तेरो बुझाइ व्यावहारिक हुन्छ। परमेश्‍वरका वचनहरू अति विस्तृत वा साधारण हुन्छन् भनी गुनासो गर्ने सबैजना अहङ्कारी अनि आत्म-धर्मी हुन्छन् अनि तिनीहरूमा कुनै सत्यता वास्तविकता हुँदैन। के मानिसले परमेश्‍वरका वचनहरू अनि उहाँका सोचहरूको बुद्धिमानी बुझ्न सक्छ त? धेरै मानिसहरू, आफूसँग धेरै सत्यता वास्तविकता भएझैँ नाटक गर्दै, परमेश्‍वरका वचनहरूप्रति अहङ्कारी र मूर्खतापूर्ण मनोवृत्ति राख्छन्, तर वास्तवमा तिनीहरू सत्यता अभ्यास गर्दैनन् अनि कुनै वास्तविक गवाहीबारे पनि बताउन सक्दैनन्। तिनीहरू सिद्धान्तका खोक्रा वचनहरू मात्र बोल्न सक्छन्; तिनीहरू सिद्धान्तवादी अनि धोखेबाज हुन्छन्। साँच्चै सत्यता पछ्याउनेहरूले परमेश्‍वरका वचनहरू कसरी पढ्नुपर्छ त? तिनीहरूले सत्यता खोज्नुपर्छ। सत्यताको खोजीले धेरै कुराहरू समेट्छ अनि यसमा धेरै कुराहरू समावेश हुन्छन्, त्यसैले के विस्तृत नभई यसबारे बोल्न सकिन्छ त? ठोसपूर्वक अनि सविस्तार नबोलीकन नतिजाहरू हासिल गर्न सकिन्छ त? के धेरै उदाहरणहरूको सहयोगविना नै मानिसहरूले साँच्चै बुझ्न सक्छन् त? धेरै मानिसहरू परमेश्‍वरका वचनहरू अति सतही हुन्छन् भन्‍ने ठान्छन्—त्यसोभए, यी सतही वचनहरूमध्ये कति वटामा तैँले प्रवेश गरेको छस् त? तँ कुन अनुभवात्मक गवाही दिन सक्छस् त? यदि तँ यही सतही वचनहरूमा समेत प्रवेश गरेको छैनस् भने के तैँले गहन वचनहरू बुझ्न सक्छस् त? के तैँले ती साँच्चै बुझ्न सक्छस् त? आफूलाई चलाख नठान्, अहङ्कारी अनि आत्म-धर्मी नबन्!

हामी परमेश्‍वरका वचनहरूसँग छेडछाड गर्ने विषयतिर फर्कौँ। परमेश्‍वरको घरले “वचन देहमा देखा पर्नुहुन्छ” किताबको मानकीकृत संस्करण प्रकाशित गरेको छ, अनि कसैलाई पनि त्यसमा अलिकति पनि हेरफेर गर्ने अनुमति छैन। परमेश्‍वरका वचनहरूको कुनै पनि मानकीकृत संस्करणलाई कसैले हेरफेर गर्न मिल्दैन, अनि यदि कसैले सो गर्छ भने, त्यसलाई उहाँका वचनहरूमा छेडछाड गरेको सरी व्यवहार गरिनेछ। परमेश्‍वरका वचनहरूसँग छेडछाड गर्ने मानिसहरूले सत्यताको तृष्णा गर्ने अनि परमेश्‍वरका वचनहरू पढ्न उत्सुक भएका मानिसहरूको चाहना कत्ति पनि बुझ्दैनन्। यी मानिसहरू उहाँका वचनका सही, मानकीकृत संस्करण पढ्न चाहन्छन्, जुन परमेश्‍वरका मूल वचनहरू, उहाँको मूल अर्थ र अभिप्रायको अभिव्यक्ति हुन्। सत्यतालाई प्रेम गर्ने मानिसहरू सबै यस्तै हुन्छन्। मानिसहरूले परमेश्‍वरले यो सबै काम गर्नु अनि यी सबै वचनहरू बोल्नु पछाडिको मूल अभिप्राय, उद्देश्य र अर्थ बुझ्दैनन्, न त उहाँ यति सविस्तार किन बोल्नुहुन्छ भन्‍ने नै बुझ्छन्। मानिसहरू बुझ्दैनन्, तैपनि आफ्नो मनले विश्लेषण र सार-सङ्क्षेप गर्छन्, अनि मानव धारणाअनुरूप नहुने परमेश्‍वरका मूल वचनहरूलाई छेडछाड गर्न पुग्छन्। परिणामस्वरूप, अरूले छेडछाड भएका परमेश्‍वरका ती वचनहरू पढेर सक्काउँदा, तिनीहरूलाई उहाँको मूल अर्थ बुझ्न कठिन हुन्छ। के यसले तिनीहरूको सत्यताको बुझाइ अनि जीवन प्रवेशमा असर गर्दैन त? यहाँ समस्या के हो त? समस्या के हो भने परमेश्‍वरका वचनहरू हेरफेर गर्ने मानिसहरूमा उहाँको डर मान्‍ने हृदय हुँदैन। तिनीहरूको यो तरिका अविश्‍वासीको तरिका हो; तिनीहरूले कार्य गर्नेबित्तिकै तिनीहरूको शैतानी स्वभाव प्रकट हुन्छ। तिनीहरू सधैँ परमेश्‍वरले भन्‍नु अनि गर्नुभएको कुराहरूबारे राय र अवधारणाहरू राख्छन्, अनि सधैँ यी कुराहरूलाई सम्हाल्न अनि केलाउन, अनि आफ्ना काला शैतानी नङ्ग्राहरू फैलाएर परमेश्‍वरका वचनहरूलाई आफ्नै भनाइमा परिवर्तन गर्न चाहन्छन्। यो शैतानको प्रकृति—अहङ्कार हो। जब परमेश्‍वर केही वास्तविक वचन, मानवतासँग नजिकका केही साधारण वचनहरू बोल्नुहुन्छ, तब मानिसहरू ती वचनलाई उपेक्षा गर्छन् अनि हेयको दृष्टिले हेर्छन्, तिनलाई घृणाको मनोवृत्तिसाथ व्यवहार गर्छन्। तिनीहरू सधैँ मानव ज्ञान अनि कल्पना प्रयोग गरेर केही संशोधन गर्न अनि शैली परिवर्तन गर्न चाहन्छन्। के यो घिनलाग्दो कार्य होइन त? (हो।) तिमीहरूले चाहिँ केही गरी पनि यो गर्नै हुँदैन। तिमीहरूले कर्तव्यअनुरूप कार्य गर्नैपर्छ। परमेश्‍वरका वचनहरू परमेश्‍वरका वचनहरू हुन्, अनि उहाँले जसरीसुकै बोले पनि, तिनको मूल रूप कायम हुनैपर्छ र तिनलाई हेरफेर गरिनै हुँदैन। प्रत्यक्ष दिइने प्रवचनहरूलाई मात्र हल्का मिलाउन सकिन्छ, तर यो सानो संशोधन मात्र हुनुपर्छ अनि त्यसले मूल अर्थ परिवर्तन गर्नुहुँदैन। मूल अर्थ बिलकुलै परिवर्तन हुनुहुँदैन। यदि तँसँग सत्यता छैन भने हेरफेर नै नगर्; जसले हेरफेर गर्छ उसले जिम्मेवारी लिनुपर्ने हुन्छ। परमेश्‍वरको घरले विभिन्‍न मानिसहरूलाई प्रवचन अनि सङ्गतिहरू आयोजना गर्ने जिम्मेवारी दिन्छ, तर तिनीहरूले तिनलाई सिद्धान्तहरूअनुसार आयोजना गर्नुपर्छ, अनि कुनै कुरामा पनि पटक्कै छेडछाड गर्नुहुँदैन। आत्मिक बुझाइ नभएका अनि सत्यता नबुझ्ने मानिसहरूले हस्तक्षेप गर्नुहुँदैन, अन्यथा तिनीहरूले सजाय भोग्नुपर्छ। तँ परमेश्‍वरका चुनिएका मानिसहरूमध्ये एक भएकाले, तैँले परमेश्‍वरका वचन वा सत्यतालाई शङ्का गर्नु हुँदैन, सत्यता बुझ्न अनि वास्तविकतामा प्रवेश गर्नमा ध्यान दिनुपर्छ। सबैभन्दा ठूलो कुरा, आफ्नो दिमाग र ज्ञान परमेश्‍वरका वचनहरूको छानबिन गर्नमा प्रयोग नगर्। सधैँ दुष्ट अभ्यासमा संलग्न हुनु राम्रो होइन; तैँले एकपटक परमेश्‍वरको स्वभावलाई चिढ्याइस् भने, तेरो लागि त्यो धेरै समस्याजनक हुनेछ। केही मानिसमा बाइबलको थोरबहुत ज्ञान हुन्छ; तिनीहरू केही दिन धर्मशास्त्र अध्ययन गर्छन् र केही किताबहरू पढ्छन्, अनि सत्यता बुझ्छु, आफूलाई धेरै आउँछ, अनि सक्षम छु भन्‍ने ठान्छन्। तर तेरो यो मामुली सक्षमताले के फाइदा हुन्छ र? के तँ परमेश्‍वरको गवाही दिन सक्छस्? के तँमा सत्यता वास्तविकता हुन्छ? के तँ मानिसहरूलाई परमेश्‍वरको उपस्थितिभित्र ल्याउन सक्छस्? तेरो थोरै सिद्धान्त र विद्वत्ताले सत्यताको अलिकति पनि प्रतिधिनित्व गर्दैन। परमेश्‍वरले आफ्नो मानवतामा मानिसहरूले बुझ्न सक्ने, मानवजातिलाई बुझ्न सजिलो हुने केही वचनहरू बोल्नुहुन्छ, तर मानिसहरू कहिल्यै विश्‍वस्त हुँदैनन्, र उहाँका वचनहरू परिवर्तन गर्न चाहन्छन्। तिनीहरू उहाँका वचनहरू आफ्ना धारणाअनुरूप, तिनीहरूको प्राथमिकता र चाहनालाई उपयुक्त हुने गरी, तिनीहरूलाई सुन्‍न आरामदायी अनि आँखा र हृदयलाई सजिलो हुनेगरी परिवर्तन गर्न चाहन्छन्। यो कस्तो खालको स्वभाव हो त? यो अहङ्कारी स्वभाव हो। कुनै पनि सत्यता सिद्धान्तविनै कामकुरा गर्नाले, अनि शैतानको तरिकाहरूअनुसार कार्य गर्नाले परमेश्‍वरको घरको काममा सजिलै बाधा र अवरोध सृजना हुनेछ। यो एकदमै खतरनाक मामिला हो! तैँले एकपटक परमेश्‍वरको स्वभावलाई चिढ्याइस् भने, यो एकदमै समस्याजनक हुनेछ, अनि तँ हटाइने खतरामा पर्नेछस्।

केही मानिसहरूलाई परमेश्‍वरका वचनहरूले जीवन प्रवेशको मार्गबारे सविस्तार बताएको देख्दा वितृष्णा महसुस हुन्छ। त्यस अवस्थामा, तिनीहरूले पुरानो करारमा परमेश्‍वरले जारी गर्नुभएको ती सबै व्यवस्था, आदेश, अनि विधानहरू देखे भने, के तिनीहरूलाई झनै वितृष्णा महसुस हुने थिएन र? अनि त्यसपछि तिनीहरूले बाइबलको मूल आज्ञाहरूका अझै विस्तृत वचनहरू पढे, के तिनीहरूले धारणाहरू विकास गर्दैनथे त? तिनीहरू यसो सोच्ने थिए: “यी वचनहरू अति साधारण छन्। एउटै वाक्यमा स्पष्ट रूपमा भन्‍न सकिने कुरा तीन वा चार वाक्यमा लम्बाइएको छ। ती वचनहरू अझै संक्षिप्त अनि सिधा हुनुपर्छ, ताकि मानिसहरूले सबै कुरा एक झलकमै देख्न अनि एक वाक्य सुन्‍नेबित्तिकै बुझ्न सकून्। ती यदि लामो-घुमाउरो नभइदिएका भए, बरु सरल, र बुझ्न अनि अभ्यास गर्न सजिलो भइदिएका भए कति राम्रो हुन्थ्यो। के तिनले अझ प्रभावकारी रूपमा परमेश्‍वरको साक्षी दिने अनि उहाँलाई महिमित गर्ने थिएनन् र?” यो सोचाइ सहीजस्तो लाग्छ, तर के तँ परमेश्‍वरका वचनहरू पढ्नु कुनै उपन्यास पढ्नुजस्तै हुनुपर्छ, अनि जति सहज त्यति राम्रो हुन्छ भन्‍ने ठान्छस्? परमेश्‍वरका वचनहरू सत्यता हुन्; तिनलाई चिन्तन गर्नु आवश्यक हुन्छ, अनि व्यक्तिले सत्यता बुझ्न र प्राप्त गर्न तिनलाई अभ्यास र अनुभव गर्नैपर्छ। परमेश्‍वरका वचनहरू मानव धारणाअनुरूप जति कम हुन्छन्, त्यति नै धेरै तिनमा सत्यता हुन्छ। वास्तवमा, सत्यताका कुनै पनि पक्ष मानव धारणाअनुरूप हुँदैनन्; ती मानिसले पहिल्यै देखेका वा अनुभव गरेका नभई, ताजा वचनहरू हुन्छन्। तर, तैँले वर्षौँ तिनलाई पढेपछि र अनुभव गरेपछि, तँलाई परमेश्‍वरका सबै वचनहरू सत्यता हुन् भन्‍ने थाहा हुनेछ। केही मानिसहरूमा परमेश्‍वरका वचनहरूबारे सधैँ धारणाहरू हुन्छन्। यो समस्या कहाँबाट उत्पन्‍न हुन्छ त? तिनीहरू कहाँनेर गलत भइरहेका छन् त? यस समस्याले मानिसहरू परमेश्‍वरको काम वा उहाँको स्वभाव जान्दैनन् भन्‍ने देखाउँछ। उहाँले बोल्ने हरेक वाक्य व्यावहारिक अनि तथ्यपरक हुन्छ; अनि उहाँ हरेक वाक्यमा सैद्धान्तिक वा ज्ञानपूर्ण भाषा नभई, मानवहरूको सामान्य भाषा प्रयोग गर्नुहुन्छ। मानिसहरूलाई सत्यता बुझ्नका लागि यो सबैभन्दा लाभदायी हुन्छ। यो मामिला कसैले स्पष्टसँग बुझ्न सक्दैन—परमेश्‍वरको काम र उहाँका वचनहरू मात्र सबैभन्दा व्यावहारिक अनि यथार्थपूर्ण हुन्छन्। मानिसहरू बोलीले त स्विकार्छन्: “परमेश्‍वरका सबै वचनहरू सही हुन्छन्। उहाँ वचनहरू मानिसका लागि लाभदायी हुन्छन् तर मानिसहरू उहाँलाई बुझ्दैनन्। मानिसहरूका खाँचोहरू के-के हुन् भनेर उहाँलाई नै सबैभन्दा राम्रोसँग थाहा हुन्छ, अनि मानिसहरूले बुझ्ने गरी कसरी बोल्ने भनेर उहाँलाई थाहा छ। उहाँले मानिसहरूलाई चेताउने र बताउने तरिका स्विकार्न बढी सजिलो हुन्छ। परमेश्‍वरलाई मानिसहरूको भित्री संरचना अनि तिनीहरूमा कस्ता खालका सोच र धारणा हुन्छन् भन्‍ने थाहा छ, अनि मानिसलाई सबैभन्दा धेरै के कुराको खाँचो छ भन्‍ने उहाँलाई अझ राम्ररी थाहा छ, जबकि मानिसहरू आफैँलाई भने केही थाहा हुँदैन।” तर तैँले परमेश्‍वरका वचनहरू हेर्दा, तँ तिनलाई सरलीकरण गर्न अनि मानव धारणा र प्राथमिकताहरूअनुसार परिवर्तन गर्न चाहन्छस्। त्यसपछि पनि परमेश्‍वरका वचनहरू सत्यता नै रहन्छन् त? के ती अझै पनि उहाँका वचनहरू हुन सक्छन् त? के ती त्यसपछि मानिसका वचनहरू बन्दैनन् र? के यस प्रकारको सोच अति अहङ्कारी र आत्म-धर्मी हुँदैन त? परमेश्‍वरका वचनहरू मानव धारणा र कल्पनाहरूसँग मिले वा नमिले पनि सत्यता नै हुन्छन्। उहाँले जति नै धेरै वचनहरू बोले पनि अनि ती जति नै विस्तृत भए पनि, परमेश्‍वरका वचनहरू व्यर्थमा बोलिँदैनन्। यदि उहाँले एउटा वाक्य थप्नुहुन्छ भने, त्यसले मानिसहरूलाई बुझ्न मद्दत गर्छ भनेर हो, जुन तिनीहरूका लागि लाभदायी हुन्छ। यदि उहाँले एउटा वाक्य छुटाउनुभयो भने, मानिसहरूले त्यति राम्रोसँग बुझ्ने थिएनन् अनि शैतानलाई त्यो परिस्थितिको फाइदा उठाउन सजिलो हुनेथ्यो। अधिकांश मानिसहरू कमजोर क्षमताका हुन्छन्, अनि परमेश्‍वरले सविस्तार नगरी अनि विस्तृतमा नबोलेसम्म तिनीहरूले उहाँका वचनहरू बुझ्नै सक्दैनन्। मानिसहरू सबै बोधो अनि मन्द-बुद्धिका हुन्छन्, त्यसैले एउटा वाक्य पनि छुटाउनुहुँदैन; कुनै पनि पक्षलाई सविस्तार गरिएन भने, मानिसहरूले त्यो पक्ष बुझ्ने थिएनन्—तैँले बुझ्न सक्लास्, तर अर्को व्यक्तिले बुझ्नेछैन; तिमीहरूमध्ये एउटा समूहले बुझ्ला, तर अर्को समूहले नबुझ्न सक्छ। नबुझ्नेहरू सधैँ हुनेछन्। परमेश्‍वर तँ एक जनासँग मात्र बोल्नुहुन्‍न; उहाँ सारा मानवजाति, कान हुने अनि उहाँले भनेको कुरा बुझ्न सक्ने सबैसँग बोल्नुहुन्छ। के तेरो दृष्टिकोण अति साँघुरो छ? मानिसहरू आफ्नो आँखै अगाडि जे छ त्यही मात्र देख्न सक्छन्, अनि यसो सोच्छन्: “म यो वाक्य बुझ्छु; परमेश्‍वरले अझै पनि किन यसलाई त्यति सविस्तार वर्णन गर्नुपर्छ र?” यदि वचन अति सरल छ भने, राम्रो क्षमता भएकाले बुझ्नेछन्, तर औसत क्षमता भएकाले बुझ्न सक्नेछैनन्; यदि परमेश्‍वरले औसत क्षमता भएका मानिसहरूका लागि दुईचार वाक्य व्याख्या गर्नुभयो भने, तँ आपत्ति व्यक्त गर्छस्। के त्यसको अर्थ तँ सत्यता स्विकार्ने व्यक्ति होस् त? तेरा यी आपत्तिहरू कहाँबाट आउँछन् त? के यो शैतानको अहङ्कारी स्वभाव होइन र? जब परमेश्‍वरले तेरो धारणाहरूसँग अलिकति मात्रै नमिल्ने केही गर्नुहुन्छ, जब उहाँले उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको अलिकति प्रकट गर्नुहुन्छ—मानिसलाई कदर गर्दा, बुझ्दा, तिनीहरूको ख्याल, चासो राख्दा, अनि तिनीहरूलाई विस्तृत रूपमा हेरचाह गर्दा—तँ परमेश्‍वर घुमाउरो भइरहनुभएको छ, अनि उहाँले धेरै बोलिरहनुभएको छ, मामुली कुरामा समय खेर फालिरहनुभएको छ, अनि उहाँले त्यसो गर्नुहुन्‍न ठान्छस्; तैँले आफ्ना धारणाहरूमा विश्‍वास गर्ने ठ्याक्कै यसरी नै हो। परमेश्‍वरबारे तेरो छाप, ज्ञान यही हो, अनि तैँले उहाँलाई यसरी नै हेर्छस्। त्यसोभए, के तेरो “परमेश्‍वरले गर्ने सबथोक सही हुन्छ, मानिसलाई सबैभन्दा राम्रोसँग परमेश्‍वरले बुझ्नुहुन्छ” भन्‍ने विश्‍वास केवल धर्मसिद्धान्त मात्र हो त? तेरा लागि, यो धर्मसिद्धान्त बनेको छ; परमेश्‍वरबारे तेरो ज्ञान उहाँले प्रकट गर्ने कुरासँग मिल्दैन, तीबीच कुनै सम्बन्ध नै हुँदैन। त्यो भन्दा पनि बढी त, तैँले परमेश्‍वरलाई त्यसरी व्यवहार नै गर्दैनस्; तँ उहाँका वचन र कामलाई आफ्नो धारणा र कल्पनाहरूअनुसार, आफ्नो अहङ्कारी स्वभावअनुसार व्यवहार गर्छस्। के तँ सत्यता स्विकार्ने व्यक्ति होस् त? तँ सत्यता स्विकार्ने व्यक्ति होइनस्, न त परमेश्‍वरको डर मान्‍ने हृदय भएको व्यक्ति होस्। परमेश्‍वरका वचन अनि कार्यहरूको सामना गर्दा, तँ मूल्याङ्कन, गुनासो, अनुमान, शङ्का, इन्कार, प्रतिरोध अनि छनौट गर्न सक्छस्। के तँ परमेश्‍वरमा साँच्चै विश्‍वास गर्ने व्यक्ति होस् त? यदि तँ परमेश्‍वरको काममा समर्पित हुन सक्दैनस् भने, के तैँले सत्यता पाउन सक्छस् त? यदि तैँले परमेश्‍वरका वचनहरू, उहाँका काम, सत्यता, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, उहाँबाट आउने सबथोकलाई यसरी व्यवहार गर्छस् भने, के तैँले उहाँको मुक्ति प्राप्त गर्न सक्छस् त? यदि तैँले सत्यता पाउन सक्दैनस् भने, तँ दण्डको भागीदार हुनेछस्।

परमेश्‍वरका वचनहरूसँग व्यवहार गर्दा, तिनलाई विश्लेषण वा छानबिन नगर्, धूर्त नबन्, शङ्का नगर्, धेरै दिमाग नचला। तिनलाई सत्यतालाई जसरी नै व्यवहार गर्—यो सबैभन्दा समझदार तरिका हुन्छ। जे गरे पनि, आफूलाई यसो नभन्: “म आधुनिक व्यक्ति हुँ, मसँग ज्ञान छ, म शिक्षित छु, मलाई व्याकरण आउँछ, मैले यो-त्यो विषयमा विशेषज्ञ हुन अध्ययन गरेको थिएँ, म कुनै निश्चित सीप वा व्यवसायमा कुशल छु, म बुझ्छु, जान्दछु। परमेश्‍वरलाई थाहा छैन। परमेश्‍वरले सारा मानवजातिलाई बुझे पनि, उहाँसँग सत्यताबाहेक अरू केही पनि छैन, उहाँ व्यावसायिक मामिलाहरू बुझ्नुहुन्‍न, उहाँ कुनै पनि कुरामा दक्ष हुनुहुन्‍न, उहाँलाई केवल सत्यता व्यक्त गर्न मात्र आउँछ।” ठिक हो। परमेश्‍वरले सत्यता व्यक्त गर्न मात्र सक्नुहुन्छ, अनि उहाँ सबै कुराहरू छर्लङ्ग देख्न सक्नुहुन्छ किनकि उहाँ नै सत्यता हुनुहुन्छ। उहाँ मानवताको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ, अनि तेरो नियति नियन्त्रण गर्नुहुन्छ। परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरूबाट कोही पनि उम्कन सक्दैन। परमेश्‍वरका वचनहरूप्रति मानिसहरूको मनोवृत्ति कस्तो हुनुपर्छ? पूर्णतः पालन गर्दै सुन्‍ने, समर्पित हुने, स्विकार्ने, अनि अभ्यास गर्ने—मानिसमा हुनुपर्ने मनोवृत्ति यो हो। तैँले जेसुकै गरे पनि, छानबीन नगर्। मैले तिमीहरूलाई धेरै वचनहरू बताएको छु, तर तिमीहरू त्यसको केही अंशलाई मात्र स्विकार्न सक्छौ। तिमीहरू मानव धारणाअनुरूप नहुने कुनै वचनहरू स्विकार्दैनौ—तिमीहरू आफ्नो हृदयमा तिनलाई प्रतिरोध र इन्कार समेत गर्छौ। तिमीहरू मानव धारणाअनुरूप हुने वचनहरूलाई मात्र स्विकार्छौ अनि नहुने वचनहरूलाई अस्वीकार गर्छौ। के तिमीहरूले यसरी सत्यता पाउन सक्छौ त? के मानव धारणाअनुरूप नहुने वचनहरू साँच्चै सत्यता होइनन् त? के तँ यसबारे पक्का हुने आँट गर्छस् त? त्यसोभए मैले तँलाई सोध्नैपर्छ, तँ कतिको सत्यता बुझ्छस्? तँसँग कुन सत्यताहरू छन्? त्यसोभए आफूले बुझ्ने सबै सत्यताहरूको गवाही दे, अनि ती सत्यता हुन् कि होइनन् भनी सबैलाई निर्धारण गर्न दे। यदि तँ आफूसँग सत्यता छैन भनी स्विकार्न सक्छस् भने तँमा समझ छ। यदि तँमा साँच्चै समझ छ भने, के त अझै पनि मानव धारणाअनुरूप नहुने वचनहरू सत्यता होइनन् भनी निष्कर्ष निकाल्ने साहस गर्छस् त? के तँ अझै पनि परमेश्‍वरसँग जोखिम मोल्ने साहस गर्छस् त? सृजित मानव भएर, अति अहङ्कारी र आत्म-धर्मी नबन्, आफूलाई त्यति उच्च नठान्। तँलाई सत्यता बिलकुलै थाहा छैन; परमेश्‍वरका वचनहरूको एउटै वाक्य पूर्ण रूपमा अनुभव गर्न तैँले आफ्नो जीवनकालभरमा पनि सक्ने थिइनस्, न तैँले तिनलाई आफ्नो जीवनकालभरमा बुझ्न वा जिउन नै सक्ने थिइस्। यदि तैँले तिनको एउटा अंश बुझेर अभ्यास गर्न सकिस् भने, त्यति पनि राम्रै हुन्छ। मानवहरू कति दरिद्र अनि दयनीय हुन्छन्—यो यथार्थ हो। तिनीहरू यदि दरिद्र र दयनीय हुँदा पनि, किन अहङ्कारी र आत्म-धर्मी पनि हुन्छन्? तिनीहरूलाई दयनीय अनि घृणित बनाउने यसैले हो। म मानिसहरूलाई परमेश्‍वरका वचनहरू आज्ञाकारी रूपमा पढ्ने, आफ्ना धारणाहरू पैदा हुनेबित्तिकै तिनलाई त्याग्ने, अनि परमेश्‍वरका वचनहरूलाई सत्यताको रूपमा व्यवहार गर्ने र आफूले सकेसम्म तिनमाथि मनन गर्ने, अनि त्यसपछि तिनलाई अनुभव गर्ने सल्लाह दिन्छु; सायद त्यसपछि तिनीहरूले सत्यता के हो भन्‍ने बुझ्न सक्नेछन्। परमेश्‍वरका वचनहरू कतिको विस्तृत र लामो-घुमाउरो छन् भनी वास्ता नगर्। यदि तैँले तिनलाई बुझ्न र अनुभव गर्न, अनि तिनको गवाही दिन सक्छस् भने मात्र तँलाई क्षमतावान् र मान्‍न सकिन्छ। यो कुरा मानिसहरूले कुनै खानेकुरा मिठो अनि कुनै नमिठो भनी सोचेर छान्‍नु जस्तै हो। अनि यसबाट के प्रतिफल आउँछ त? मिठो खानेकुरा धेरै पोसिलो नहुन सक्छन्, अनि तँलाई मन नपर्ने खानेकुरा कम पोसिलो नहुन सक्छन्; अझ ती खानेकुरा बढी पोसिलो पनि हुन सक्छन्। मानिसहरूलाई के सत्यता हो र के होइन, के परमेश्‍वरबाट आउँछ अनि के मानिसबाट आउँछ भनी छुट्याउन गाह्रो हुन्छ। सत्यता बुझिसकेपछि मात्र तिनीहरूले त्यसको केही अंशलाई खुट्ट्याउन सक्छन्; सत्यता नबुझ्नेहरूले केही कुरा पनि छर्लङ्ग देख्न सक्दैनन्। यदि तँलाई तँमा बोध छैन भन्‍ने थाहा छ भने, तँ विनम्र, शान्त रहनुपर्छ, अनि तैँले अझ धेरै सत्यता खोज्नुपर्छ। समझदार व्यक्तिले यही गर्छ। यदि तैँले कुनै पनि कुरा छर्लङ्ग देख्न सक्दैनस्, तैपनि अन्धो अहङ्कार बोकिहिँड्छस्, सबथोकलाई मूल्याङ्कन गर्ने अनि जोकोही बोल्दा पनि आलोचना गर्ने दुस्साहस गर्छस् भने, तँ पूर्णतः समझ रहित छस्। के तिमीहरू यसमा सहमत छैनौ त? व्यक्तिले जेसुकै गरे पनि, उसले सत्यताको उपस्थितिमा आफ्नो दाह्रा देखाउनै हुँदैन। उसले परमेश्‍वरको डर मान्‍ने हृदय कायम राख्नुपर्छ अनि सबथोकमा सत्यता खोज्नुपर्छ—केवल यस्तो व्यक्ति साँच्चै बुद्धिमान र बुद्धिमान् हुन्छ।

अंश ८

परमेश्‍वरका वचनमा छेडछाड गर्नु कस्तो प्रकृतिको समस्या हो? यदि तँ परमेश्‍वरका वचनलाई बदल्छस् र उहाँको बोलीलाई छेडछाड गर्छस् भने त्यो परमेश्‍वरप्रति सबैभन्दा गम्भीर विरोध र निन्दा हुन्छ। शैतान वर्गका मानिसहरूले मात्रै यस्तो दुष्कर्म गर्न सक्छन्, र तिनीहरू प्रधान स्वर्गदूतजस्तै हुन्। प्रधान स्वर्गदूतले भनेको थियो: “परमेश्‍वर, तपाईँ स्वर्ग, पृथ्वी र यावत् थोक सृष्टि गर्न सक्नुहुन्छ, अनि चिन्ह र आश्चर्यकर्महरू देखाउन सक्नुहुन्छ—यो त म पनि गर्न सक्छु। तपाईँ सिंहासनमा विराजमान हुनुहुन्छ, र म पनि विराजमान हुनेछु। तपाईँ सारा राष्ट्रमाथि शासन गर्नुहुन्छ, र म पनि गर्छु। तपाईँले मानव सृष्टि गर्नुभयो, र म तिनीहरूलाई व्यवस्थापन गर्छु!” प्रधान स्वर्गदूत यत्तिको अहङ्कारी छ; उसमा रत्तिभर समझ छैन। परमेश्‍वरका वचनमा छेडछाड गर्नुको प्रकृति र प्रधान स्वर्गदूतको प्रकृति उस्तै छ, अर्थात् त्यो त परमेश्‍वरको प्रत्यक्ष विरोध र निन्दा गर्नुको प्रकटीकरण हो। परमेश्‍वरका वचनमा छेडछाड गर्ने मानिसहरूले नै सबैभन्दा बढी उहाँको विरोध गर्छन्, र उहाँको स्वभावलाई प्रत्यक्ष रूपमा चिढ्याउँछन्। परमेश्‍वर उहाँका वचनलाई छेडछाड गर्ने मानिसहरूभन्दा बढी अरू कसैलाई घृणा गर्नुहुन्‍न। परमेश्‍वरका वचनमा छेडछाड गर्नु नै उहाँको र पवित्र आत्माको निन्दा गर्नु हो, र यो अक्षम्य पाप हो भनेर भन्‍न सकिन्छ। मानिसहरूले परमेश्‍वरका वचनमा छेडछाड गर्नुबाहेक उहाँको स्वभावलाई चिढ्याउने अर्को कुरा पनि छ, त्यो हो, मानिसले कार्य प्रबन्धलाई यतिकै बदल्ने हिम्मत गर्नु, अनि त्यसपछि परमेश्‍वरका चुनिएका जनलाई बहकाउन ती बदलाव मण्डलीमा सिकाउनु, र मण्डलीको काममा बाधा र अवरोध ल्याउनु। यो पनि परमेश्‍वरप्रति प्रत्यक्ष विरोधको प्रकटीकरण र उहाँको स्वभावलाई चिढ्याउने कुरा हो। कतिपय मानिसमा परमेश्‍वरको डर मान्‍ने हृदय फिटिक्कै हुँदैन। तिनीहरू कार्य प्रबन्धहरू मानव-लिखित हुन् र ती मानवबाट आउँछन् भनेर विश्‍वास गर्छन् अनि ती यी मानिसका धारणाहरूअनुरूप नहुँदा आफूखुसी ती परिवर्तन गर्छन्। के तिमीहरूलाई यसले परमेश्‍वरका कुन-कुन प्रशासनिक आदेश उल्लङ्घन गर्छ भनेर थाहा छ? (७. “मण्डलीको काम र मामिलाहरूमा, परमेश्‍वरप्रति समर्पित हुनुबाहेक, सबै कुरामा पवित्र आत्माले प्रयोग गर्नुभएको व्यक्तिका निर्देशनहरू पालना गर्। सानोभन्दा सानो उल्‍लङ्घन पनि स्वीकार्य छैन। पूर्ण रूपले आज्ञापालन गर्, र सही वा गलतको विश्लेषण नगर्; सही वा गलतको तँसँग कुनै सम्बन्ध छैन। तैँले पूर्ण समर्पण गर्ने कुरामा मात्र ध्यान दिनैपर्छ” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरले चुन्‍नु भएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश)।) प्रशासनिक आदेशहरू उल्लङ्घन गर्ने कुराहरू परमेश्‍वरको स्वभावलाई चिढ्याउने कुरा हुन्। के तिमीहरू यो स्पष्टसँग देख्न सक्दैनौ? कतिपय मानिस माथिका कार्य प्रबन्धहरूप्रति अत्यधिक धृष्ट हुन्छन्। तिनीहरूलाई यस्तो लाग्छ, “माथिले कार्य प्रबन्धहरू मिलाउनुहुन्छ, र हामी मण्डलीमा कार्य गर्छौँ। कतिपय शब्द र मामिलालाई लचिलो तरिकाले कार्यान्वयन गर्न र सम्हाल्न सकिन्छ। तिनलाई खास गरी कसरी गर्ने भन्‍ने कुरा हामीमा निर्भर हुन्छ। माथिले केवल बोल्नुहुन्छ र कार्य प्रबन्धहरू मिलाउनुहुन्छ; त्यसलाई व्यवहारमा लागू गर्ने त हामी हौँ। त्यसैले, माथिले हामीलाई काम खटाउनुभएपछि हामी त्यसलाई आफूले चाहेअनुसार गर्न सक्छौँ। यसलाई जसरी गरिए पनि फरक पर्दैन। हस्तक्षेप गर्ने अधिकार कसैलाई छैन।” तिनीहरूले काम गर्ने सिद्धान्तहरू यस्ता हुन्छन्: यदि तिनीहरू कुनै कुरा सही छ भनी विश्‍वास गर्छन् वा यदि तिनीहरूलाई त्यो मन पर्छ भने, तिनीहरू त्यो स्वीकार गर्छन्; यदि तिनीहरू कुनै कुरा बेठिक छ भनी विश्‍वास गर्छन् वा तिनीहरूलाई त्यो मन पर्दैन भने, त्यो सत्यता सिद्धान्तहरूसँग मिले पनि, तिनीहरू त्यो स्वीकार गर्दैनन्। तिनीहरू जे विश्‍वास गर्छन्, तिनीहरूका सिद्धान्त र मानकहरू तिनै हुन्छन्। यदि कुनै कुरा तिनीहरूको इच्छाअनुरूप हुँदैन भने, तिनीहरू त्यो बेठिक छ भनी विश्‍वास गर्छन्। तिनीहरूले त्यसलाई स्वीकार गर्न नमान्ने मात्र होइन, तर तिनीहरू त्यसको प्रतिरोध पनि गर्छन् र अरूको कट्टर विरोधी बन्छन्। यदि माथिका वचन वा प्रबन्धहरू तिनीहरूको इच्छाअनुरूप भएनन् भने, तिनीहरू ती परिवर्तन गर्न चाहन्छन् र आफ्नो सहमति भएपछि मात्रै तिनलाई तल पठाउँछन्। तिनीहरूको सहमतिविना, कसैले पनि तिनलाई तल पठाउन पाउँदैन। अन्य क्षेत्रमा माथिका कार्य प्रबन्धहरू जस्ताको तस्तै पठाइने भए पनि, यी मानिसहरू चाहिँ आफ्नो रेखदेखमा रहेका मण्डलीहरूलाई कार्य प्रबन्धहरूका आफ्नो परिवर्तित संस्करणहरू पठाउँछन्। यस्ता मानिसहरू जहिले पनि परमेश्‍वरलाई पन्छाउन चाहन्छन्; तिनीहरू सबैलाई आफूमा विश्‍वास गराउन, आफूलाई पछ्याउन र समर्पित हुन लगाउन उत्सुक हुन्छन्। तिनीहरूको मनमा, कतिपय पक्षमा परमेश्‍वर तिनीहरूको बराबर हुनुहुन्‍न भन्‍ने हुन्छ, तिनीहरू आफै ईश्‍वर बन्‍नुपर्छ र अरूले तिनीहरूमा विश्‍वास गर्नुपर्छ। यो नै तिनीहरूले गर्ने कुराको प्रकृति हो। यदि तिमीहरूले यो कुरा बुझेका भए, तिनीहरूलाई बर्खास्त गरिँदा के तिमीहरू अझै रुनेथ्यौ? के तिमीहरू अझै पनि तिनीहरूका लागि दुःखी हुनेथ्यौ? कतिपय मानिस भन्छन्, “माथिले अनुचित व्यवहार गर्नुभयो। उहाँ मानिसहरूलाई अन्यायपूर्ण व्यवहार गर्नुहुन्छ। उहाँ कसरी यति धेरै कष्ट भोगेको व्यक्तिलाई बर्खास्त गर्न सक्नुहुन्छ?” यो भन्‍नेहरू नासमझ हुन्। तिनीहरू कसका लागि कष्ट भोगिरहेका छन्? परमेश्‍वरका लागि? मण्डलीको कामका लागि? तिनीहरू आफ्नो हैसियत बलियो पार्न कष्ट भोगिरहेका छन्; तिनीहरू स्वतन्त्र राज्यहरू स्थापना गर्न कष्ट भोगिरहेका छन्। के तिनीहरू परमेश्‍वरको सेवा गरिरहेका छन्? के तिनीहरू आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन्? के तिनीहरू परमेश्‍वरप्रति बफादार र समर्पित छन्? तिनीहरू पूर्ण रूपमा शैतानको नोकर हुन् र तिनीहरूले काम गर्दा, दियाबलसहरूले शक्ति हातमा लिन्छन्। तिनीहरू परमेश्‍वरको व्यवस्थापन योजनालाई हानि गर्छन् र परमेश्‍वरको काममा बाधा पुऱ्याउँछन्। तिनीहरू ठेट ख्रीष्टविरोधी हुन्! कतिपय मानिस भन्छन्, “हेर त, तिनीहरू कति मेहनत गरिरहेका छन्—ती सब लेख्न र ती मण्डलीहरूमा सिकाउन निकै परिश्रम चाहिन्छ।” त्यसोभए, म तिमीहरूलाई सोध्न चाहन्छु, के तिनीहरूले लेख्ने कुरा मानिसका लागि शिक्षाप्रद हुन्छन्? तिनीहरूले ठ्याक्कै हासिल गर्न खोजेको लक्ष्य के हो? के तैँले यी मामिला बुझेको छस्? यदि तँ तिनीहरूको बहकाउमा परिस् भने परिणाम के हुनेछ? के तिमीहरूले त्यो विचार गरेका छौ? कतिपयलाई यस्ता मानिसप्रति दया जाग्छ, र तिनीहरू भन्छन्: “तिनीहरू धेरै मेहनत गर्छन् र यी सब लेख्न सजिलो छैन, त्यसैले तिनीहरूले लेखेका कुरामा केही विचलन र विकृत कुरा छन् भने परमेश्‍वरको घरले तिनीहरूलाई माफ गर्नुपर्छ।” तिनीहरूले यसो भन्‍नु मा के समस्या छ? के मेहनत गरेर मात्रै परमेश्‍वरको अनुमोदन पाउन सकिन्छ? ती मानिसहरू कसका लागि मेहनत गरिरहेका छन्? यदि तिनीहरू परमेश्‍वरलाई सन्तुष्ट पार्न र महिमित तुल्याउन नभई हैसियत प्राप्त गर्न सक्न मेहनत गरिरहेका छन् भने, तिनीहरूले जति नै मेहनत गरे पनि के त्यसको कुनै महत्त्व वा मूल्य हुन्छ? यस्तो मेहनत स्वार्थी र नीच, दुष्ट र निर्लज्ज हुन्छ! यदि यस्तो ख्रीष्टविरोधीलाई बर्खास्त गरिएन भने परिणाम के हुनेछ? मानिसहरूले आफूखुसी मण्डलीको काममा बाधा पुर्‍याउनेछन् र तिनीहरू थाहा नपाई नै परमेश्‍वरविरोधी बन्‍नेछन्। के यो परमेश्‍वरको काममा बाधा र अवरोध पुऱ्याउनु होइन र? यदि तिनीहरू आफ्नै उद्देश्य प्राप्तिका लागि मेहनत गर्छन् भने के तिनीहरूलाई परमेश्‍वरको विरोध गर्ने अधिकार हुन्छ? के त्यसपछि तिनीहरूले उहाँको विरोध र उहाँविरुद्ध विद्रोह गर्नुपर्छ? के तिनीहरूले स्वेच्छाचारी र लापर्बाह भई उहाँप्रति समर्पित हुन अस्वीकार गर्नुपर्छ? के तिनीहरूले आफूलाई जे मन लाग्यो त्यही गर्दा हुन्छ? सत्यता नहुने, परमेश्‍वरप्रति समर्पित नहुने, र आफूले गर्ने सबै कुरा उचित र सही ठान्दै अन्धाधुन्ध काम गर्न मात्र चाहनेहरू मण्डलीको काममा बाधा र अवरोध पुऱ्याउने खाँटी दियाबलस र शैतानका नोकर हुन्! यदि तँ यस्ता मानिसलाई खुट्टयाउन सक्दैनस् मात्र होइन, उल्टै सहानुभूति पनि देखाउँछस्, तिनीहरूका लागि आँसु बगाउँछस् र तिनीहरूको बचाउमा उत्रिन्छस् भने, तँ निकम्मा, दिग्भ्रमित र मन्द बुद्धिको व्यक्ति पनि होस्। तँ अझै सोच्लास्: “माथिले तिनीहरूको भावनालाई वास्ता गरिरहनुभएको छैन। त्यो व्यक्तिले कडा मेहनत गर्‍यो, तर माथिले उसलाई यतिकै हटाउनुभयो।” यदि तँ यसो भन्छस् भने तँ पनि शैतानको नोकर होस् र तँ दियाबलसको होस्। धेरै मानिस शैतानी दर्शनअनुसार जिउँछन्, कहिल्यै झूटा अगुवा र ख्रीष्टविरोधीहरूको खुलासा र रिपोर्ट गर्दैनन्, अनि एक दिन कुनै ख्रीष्टविरोधीले विनाशकारी कार्य गरेपछि बल्ल तिनीहरूले यो त ख्रीष्टविरोधीले मानिसलाई साँच्चै बहकाइरहेको हो भन्‍ने महसुस गर्छन्। कतिपय मानिसमा अझै पनि यसबारे धारणाहरू हुन्छन्, तिनीहरू यस्तो सोच्छन्: “परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ, त्यसैले मण्डलीमा कति जना ख्रीष्टविरोधी छन् भन्‍ने कुरा देहधारी परमेश्‍वरलाई थाहा हुनुपर्छ। के हामीले तिनीहरूबारे रिपोर्ट गर्नु आवश्यक छ?” यसो भन्‍ने मानिसहरू निरर्थक होइनन् र? अहिले, परमेश्‍वर मानवत्वभित्र काम गरिरहनुभएको छ, र परमेश्‍वरद्वारा प्रयोग गरिएको मान्छे सामान्य मान्छे हो, त्यसैले यदि उहाँ मण्डलीका मामिलासँग प्रत्यक्ष सम्पर्कमा आउनुभएन भने, उहाँलाई कसरी यी कुराबारे थाहा हुन सक्छ र? धेरै पटक ख्रीष्टविरोधीसम्बन्धी घटनामा कतिपय मानिसले तिनीहरूको रिपोर्ट र खुलासा गरेपछि मात्रै समस्या समाधान भएको थियो, र माथिले छानबिन गर्ने आदेश दिनुभएको थियो। परमेश्‍वर सामान्य मानवत्वमा काम गर्नुहुँदा र मानिसहरूको अगुवाइ लिनुहुँदा पटक्कै अलौकिक हुनुहुन्‍न र उहाँ एकदमै व्यावहारिक हुनुहुन्छ, तर उहाँ शैतानलाई जित्नुहुन्छ, हराउनुहुन्छ र लज्जित पार्नुहुन्छ। यसरी मात्रै उहाँको सर्वशक्तिमानता र बुद्धि प्रकट हुन सक्छ। परमेश्‍वरको काम यस्तो व्यावहारिक छ; उहाँ यी सबै मानिस, घटना र कामकुराको प्रबन्ध मिलाउनुहुन्छ, ताकि उहाँका चुनिएका जनहरूले पाठ सिकून्, समझ प्राप्त गरून् र आफ्नो ज्ञान फराकिलो पारून्। उहाँका चुनिएका जनहरूले समझ प्राप्त गरिसकेपछि झूटा अगुवा, ख्रीष्टविरोधी र दुष्ट मानिसहरू “कानुनको लामो हात” बाट उम्कन सक्नेछैनन्। परमेश्‍वरले तिनीहरूलाई प्रकाश गर्न र आफ्ना सबै चुनिएका जनलाई स्पष्ट रूपमा देख्ने र बुझ्ने सक्षम पार्न यी तथ्यहरू प्रयोग गर्नुहुनेछ। के विगतमा धेरै दुष्ट मानिस र ख्रीष्टविरोधीहरूलाई प्रकाश गरेर हटाइएको थिएन र? के कसैले यस मामिलालाई स्पष्टसँग देख्न सक्दैन र? त्यसोभए तिमीहरू एकदमै दिग्भ्रमित छौ।

कतिपय मानिसले परमेश्‍वरको घरको कार्य प्रबन्धका केही भागहरू नबुझे पनि, तिनीहरू यसो भन्दै समर्पित हुन सक्षम हुन्छन्: “परमेश्‍वरले गर्ने सबै कुरा सही र अर्थपूर्ण हुन्छ। यदि हामी कार्य प्रबन्धहरू पूर्ण रूपले बुझ्दैनौँ भने पहिले तिनमा समर्पित हुनुपर्छ। हामी परमेश्‍वरको आलोचना गर्न सक्दैनौँ! कार्य प्रबन्धहरू हाम्रा धारणासँग मेल नखाए पनि हामीले ती मान्‍नु पर्छ, किनभने हामी मानव हौँ, र मानव मनले के देख्न सक्छ? हामी खुरुक्क परमेश्‍वरका प्रबन्धहरूमा समर्पित हुनुपर्छ; हामीले तिनलाई बुझ्ने दिन आउनेछ। त्यो दिन आउँदा हामीले तिनलाई पूर्ण रूपले बुझ्न सकेनौँ भने पनि हामी स्वेच्छाले समर्पित हुनुपर्छ। हामी मानिस हौँ, र हामी परमेश्‍वरमा समर्पित हुनुपर्छ। हामीले यसै गर्नुपर्छ।” तर कतिपय मानिस फरक हुन्छन्, र तिनीहरूले परमेश्‍वरको घरका कार्य प्रबन्धहरू देख्दा सुरुमा यसो भन्दै ती अध्ययन गर्नेछन्: “परमेश्‍वर यसो भन्‍नु हुन्छ, र यी उहाँका माग हुन्। पहिलो माग ठिकै देखिन्छ, तर दोस्रो भने त्यति उपयुक्त छैन। म यसलाई परिवर्तन गरिहाल्नेछु।” के यस्ता मानिसहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय हुन्छ? यदि तँ आफूखुसी कार्य प्रबन्धहरू परिवर्तन गर्छस् भने, यो कस्तो प्रकृतिको समस्या हो? के यो परमेश्‍वरको घरको काममा बाधा र अवरोध पुऱ्याउनु होइन र? के तँसँग भएका कुरा सत्यता हुन्? यदि तँसँग साँच्चै सत्यता छ भने, तँ त्यो किन व्यक्त गर्दैनस् त? किन तँ परमेश्‍वरका वचनलाई बदल्छस्? यसो गरेर तैँले कस्तो स्वभाव प्रकट गर्छस्? यो कसैलाई नटेर्ने अहङ्कारी र आत्मधर्मी स्वभाव हो। यदि तँ परमेश्‍वरका प्रबन्धहरूको मामिलामा नाटीकुटी गरेर छनोट गर्ने हिम्मत गर्छस् भने तेरो मनस्थिति र स्वभावमा गम्भीर समस्या छ। परमेश्‍वरका चुनिएका जनले यस्ता मानिसलाई खुट्ट्याउनुपर्छ। सर्वप्रथम, त्यस्ता मानिसहरू समस्या समाधान गर्न सत्यताबारे सङ्गति गर्न सक्दैनन्, तैपनि तिनीहरूलाई आफूले सत्यता बुझ्छु भन्‍ने लाग्छ र तिनीहरूले कसैलाई टेर्नेछैनन्। दोस्रो, तिनीहरूमा कार्य प्रबन्धबारे धारणा हुँदा तिनीहरू परमेश्‍वरको घरलाई बताउँदैनन्, बरु चारैतिर फैलाउँछन्। तेस्रो, तिनीहरूले आफूमा परमेश्‍वर र परमेश्‍वरको घरबारे धारणा हुँदा ती समाधान नगर्ने मात्र होइन, उहाँलाई तिनीहरूको इच्छाअनुसार काम गर्न र अन्ततः उहाँलाई कुरा मान्‍न बाध्य पार्न परमेश्‍वरका चुनिएका जनलाई उहाँबारे धारणा विकास गर्न र उहाँविरुद्ध खडा हुन उक्साउँछन्। यी तीन व्यवहारका आधारमा यी मानिसहरू कस्ता खालका हुन् भनेर निश्चित हुन सकिन्छ। के तिनीहरू सत्यता खोजी गर्ने र परमेश्‍वरमा समर्पित हुने मानिस हुन्? कदापि होइनन्। तिनीहरू रत्तिभर सत्यता खोजी गर्दैनन् र तिनीहरू परमेश्‍वरसँग असन्तुष्टसमेत हुन्छन्। तिनीहरूमा परमेश्‍वरबारे धारणाहरू हुन्छन्, अनि तिनीहरू यी धारणाहरू फैलाएर सबैलाई उहाँबारे धारणाहरू विकास गर्न र उहाँविरुद्ध खडा हुन अनि उहाँको विरोध गर्न लगाउँछन्। यस आधारमा तिनीहरूलाई खाँटी, पूर्ण ख्रीष्टविरोधीका रूपमा चित्रण गर्न सकिन्छ। यस्ता मानिसहरूलाई कसरी सम्हाल्नुपर्छ? के तिनीहरूलाई प्रेमपूर्वक मद्दत गर्नुपर्छ? यसो गर्नु वाहियात हो, किनभने तिनीहरू सत्यता स्विकार्दैनन्। तिनीहरूलाई काटछाँट गर्दा कसो होला? यो पनि वाहियात कुरा हो, किनभने तिनीहरू सत्यता स्विकार्दैनन्। यदि परमेश्‍वरमा विश्‍वास गर्नेहरू सत्यता स्विकार्न सक्दैनन् भने यो गम्भीर समस्या र अत्यन्तै खराब कुरा हो! यदि तँ यस मामिलालाई अति हल्का रूपले हेर्छस् र यसलाई ठूलो कुरा ठान्दैनस् भने, तैँले एक दिन परमेश्‍वरलाई चिढ्याउनेछस्। मैले यस्ता कतिपय मानिस देखेको छु, र तिनीहरूलाई अहिलेसम्म नहटाइएको भए पनि, तिनीहरूको परिणाम निर्धारित गरिसकिएको छ: तिनीहरू हटाइनेछन्।

परमेश्‍वरलाई विश्‍वास गर्नेहरूमा कम्तीमा पनि परमेश्‍वरको डर मान्‍ने हृदय हुनैपर्छ। अनि परमेश्‍वरको डर मान्‍नु भनेको चाहिँ के हो? मानिसहरू परमेश्‍वरदेखि डराउनैपर्छ, तिनीहरूले सबै कुरा सावधानीसाथ र ध्यान दिएर गर्नैपर्छ, आफ्ना कामकुरा यताउता मिलाउन अलि ठाउँ छोड्नुपर्छ, र आफूलाई जे मन लाग्यो त्यही मात्र गर्नु हुँदैन। उदाहरणका लागि, परमेश्‍वरको घरले केही झूटा अगुवालाई बर्खास्त गर्दा कतिपय मानिस भन्छन्: “म यस मामिलाबारे पक्कापक्की भन्‍न सक्दिनँ। तिनीहरूले ठ्याक्कै के गरे भनेर हामीलाई थाहा छैन, र हामीलाई थाहा भएको भए पनि, तिनीहरूले गरेका कामकुराको प्रकृति हामीले गहन रूपमा बुझ्न सक्थेनौँ। परमेश्‍वरले गर्ने सबै कुरा सही हुन्छन्, र एक दिन उहाँले कुरा प्रस्ट पार्नुहुनेछ र हामीलाई उहाँको अभिप्राय बुझ्न दिनुहुनेछ।” यदि तँ परमेश्‍वरको घरले किन यसरी कामकुरा गर्छ भनेर बुझ्दैनस्, तर पनि समर्पित हुन सक्छस् भने, तँ ठिकठिकैको भक्त व्यक्ति होस्, जोसँग अलि परमेश्‍वरको डर मान्‍ने हृदय छ भन्‍न सकिन्छ। यदि तैँले नबुझे पनि आफूलाई परमेश्‍वरविरुद्ध उभ्याउँछस् र मण्डलीको काममा बाधा पुर्‍याउँछस् भने, तँ समस्यामा पर्नेछस्। मण्डलीले केही झूटा अगुवा र ख्रीष्टविरोधीलाई हटाउँदैपिच्छे तिनीहरूका कट्टर अनुयायी तिनीहरूका पक्षमा उभिएर तिनीहरूको बचाउ गर्छन्, यसका लागि सार्वजनिक रूपमा परमेश्‍वरको आलोचना गर्छन्, उहाँलाई अधर्मी भन्छन्, र पवित्र आत्मालाई यो मामिला खुलासा गरिमाग्छन्। यस्ता मानिसहरूले सुसमाचार सुनाउँदा र आफ्नो कर्तव्य निर्वाह गर्दा असाधारण सेवा प्रदान गरे पनि यी कुनै कुराले महत्त्व राख्दैनन्। एउटा विश्‍वासघातले सधैँका लागि तेरो भाग्य निर्धारण गर्नेछ। तैँले विश्‍वासघातको सारलाई स्पष्टसँग बुझ्नैपर्छ; यो कुनै ठूलो कुरा होइन भनेर नसोच्। तिमीहरू सबैले परमेश्‍वरको विरोध गरेका छौ, तिमीहरू सबैले अपराध गरेका छौ भनेर भन्‍न सकिन्छ। तर, तिमीहरूको विरोध र अपराधको प्रकृति फरक-फरक छ। मैले भर्खरै बताएको विषय निकै गम्भीर प्रकृतिको छ र यसमा परमेश्‍वरप्रतिको सार्वजनिक आलोचना र विरोध समावेश छ। कतिपय मानिसलाई सधैँ केही न केही, केही चिठीपत्र लेख्न मन पर्छ, जुन तिनीहरू त्यतिकै मण्डलीमा बाँड्छन्। के यो सिद्धान्तअनुरूप हो? के तिनीहरूले लेख्ने कुरा साँचो गवाही हो? के त्यो जीवन अनुभव हो? के त्यो परमेश्‍वरका चुनिएका जनका लागि शिक्षाप्रद छ? यदि त्यो त्यस्तो छैन, र पनि यी मानिसहरू त्यो त्यतिकै मण्डलीमा बाँड्छन् भने तिनीहरूले मानिसलाई बहकाइरहेका हुन्छन्, झूटो शिक्षा र भ्रम फैलाइरहेका हुन्छन्, तथ्यलाई तोडमोड गरिरहेका हुन्छन्, सही र गलतलाई छ्यासमिस पारिरहेका हुन्छन्, अनि एकदमै बकवास कुरा बोल्नसम्म बोलिरहेका हुन्छन्। कतिपय मानिस त आफ्नै किताब लेख्न, त्यसलाई मण्डलीमा पठाउन र प्रसिद्धि कमाउनसमेत चाहन्छन्। के मानिसहरूले पावलको उदाहरणबाट गतिलो पाठ सिकेका छैनन् र? तँ अझै किताब लेख्न, “सेलेब्रिटी आत्मकथा” लेख्न र “सत्यताको सारांश” बनाउन चाहन्छस्। तैँले त्यसो गर्नुको कुनै कारण छैन! यदि तँ सक्छस् भने केही अनुभवात्मक गवाहीहरू लेख्। तैँले परमेश्‍वरमा विश्‍वास गरेको यत्तिका केही वर्षमा पर्याप्त न्याय र कष्ट भोगेको छैनस् र? के तँ अझै पनि यो मामिलालाई स्पष्टसँग देख्न सक्दैनस्? मानिसहरू के बुझ्छन्? तैँले बोल्ने वचन र धर्मसिद्धान्तले तेरा आफ्नै समस्यासमेत समाधान गर्न सक्दैनन्, तैपनि तँ ती अरूलाई बाँड्न चाहन्छस्। तँ आफूलाई पटक्कै चिन्दैनस्! किन परमेश्‍वरको घरले समान रूपमा किताबहरू छापेर बाँड्छ? किनभने यस्ता अधिकांश किताबहरू परमेश्‍वरका वचन हुन्, र बाँकी सबै परमेश्‍वरका चुनिएका जनका साँचो अनुभवात्मक गवाही हुन्। यी सबै परमेश्‍वरका चुनिएका जनलाई चाहिने सकारात्मक कुरा हुन्, र त्यसैले परमेश्‍वरको घरले समान रूपमा प्रकाशित गर्ने किताबहरू मण्डलीको काम र परमेश्‍वरका चुनिएका जनको जीवन प्रवेशका लागि आवश्यक हुन्छन्। काम गर्ने यो तरिका पनि पवित्र आत्माको मार्गदर्शनबाट उत्पन्‍न हुन्छ। परमेश्‍वरको घरले समान रूपमा प्रकाशित गर्ने किताबहरू अत्यन्तै मूल्यवान् र आवश्यक छन् भन्‍ने कुरा तिमीहरू सबैले बुझेका छौ। प्रवचन सुनेर के लाभ हुन सक्छ भनेर तिमीहरूलाई राम्रोसँग थाहा छ, त्यसैले यदि तिमीहरूले झूटा अगुवा र ख्रीष्टविरोधीहरूले फैलाएका कुराहरू खुट्ट्याउँछौ भने, झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई साँच्चै खुट्ट्याउन सक्नेछौ। तर तिमीहरूको अहिलेको कदअनुसार तिमीहरू परमेश्‍वरप्रतिको विश्‍वासबारे केही धर्मसिद्धान्त मात्र बुझ्छौ, र सत्यताबारे अझै पनि स्पष्ट छैनौ। तिमीहरूले अझै पनि बुझ्न नसक्ने महत्त्वपूर्ण कुराहरू छन्, जुन तिमीहरूलाई अस्पष्ट र धमिलो लाग्छ, त्यसैले तिमीहरूमा अझै पनि कुनै सत्यता वास्तविकता छैन, र तिमीहरू अझै पनि त्यति धेरै खुट्ट्याउन सक्दैनौ। मण्डलीमा जो कोहीले जस्तो व्यवहार गरे पनि वा जसरी बोले पनि तिमीहरू त्यो स्पष्टसँग खुट्ट्याउन सक्दैनौ। कतिपय मानिसलाई लाग्छ, वाक्पटु भइयो भने, परमेश्‍वरको गवाही दिन सकिन्छ, र वाक्पटुता नहुनेहरू आफूसँग अनुभवात्मक गवाही भए पनि त्यसबारे बोल्न सक्दैनन्। के तिनीहरू यो कुरामा सही छन्? तिनीहरू धेरै गलत छन्; जसरी व्यक्त गरिए पनि अनुभवात्मक गवाही व्यावहारिक हुन्छ, अनि यदि कसैसँग अनुभवात्मक गवाही छैन भने उसले धर्मसिद्धान्तबारे जति नै राम्ररी बोल्न सके पनि, उसले बोल्ने कुरा व्यावहारिक हुँदैन। यस्तो किन? वचन र धर्मसिद्धान्तबारे बोल्नुको अर्थ व्यक्तिसँग सत्यता वास्तविकता छ भन्‍ने होइन, र उसले अलि सत्यता बुझे पनि त्यो बुझाइ निकै सतही र सीमित हुन्छ, अनि उसले अनुभवात्मक गवाहीबारे लेख्न सक्दैन। यदि कसैले आफूसँग अनुभवात्मक गवाही नभए पनि वचन र धर्मसिद्धान्तहरू निर्लज्जसँग बोल्छ र मानिसहरूलाई भाषण छाँट्छ भने, ऊ पाखण्डी फरिसी भएको छ। उसले मानिसलाई बहकाउन झूटो गवाही बनाउन मात्र सक्छ। यसो गर्नेहरू परमेश्‍वरद्वारा श्रापित हुनेछन्। कसैले साँचो गवाही दिन सक्नु-नसक्नु उसको वाक्पटुतामा निर्भर हुँदैन। हेर् त, पत्रुससँग कति धेरै अनुभवात्मक गवाही थियो—उसले कति वटा पत्र लेख्यो? उसले गवाहीका कति वटा लेख लेख्यो? थोरै मात्र लेख्यो होला, तर परमेश्‍वरले पत्रुसलाई उहाँलाई सबैभन्दा राम्ररी जान्‍ने र साँच्चै प्रेम गर्ने व्यक्तिको रूपमा अनुमोदन गर्नुभयो। यदि तँसँग साँच्चै अनुभवात्मक गवाही छ भने तँ अवश्यै बदलिएको हुनेछस् र अझ धेरै शिष्ट बनेको हुनेछस्। त्यसउप्रान्त तैँले ती उत्साहजनक कुरा, आफूलाई असल लाग्ने कुराहरू गर्नेछैनस्। तैँले मान्छे कति महत्त्वहीन, दरिद्र र दयनीय छ भन्‍ने देखेपछि स्वेच्छाचारी ढङ्गले कार्य गर्ने, वा किताब वा आत्मकथा लेख्ने हिम्मत गर्नेछैनस्। किताब वा आत्मकथा लेख्न, वा कुनै योगदान दिने बहानामा प्रतिष्ठा कमाउन चाहनेहरू सबै आफ्नो क्षमतालाई बढी ठान्‍ने, परमेश्‍वरको डर मान्‍ने हृदय नभएका, अनि आफ्नो इच्छाअनुसार काम गर्न रुचाउने अहङ्कारी, घमण्डी र महत्त्वाकाङ्क्षी मानिस हुन्। सत्यतालाई साँचो रूपले पछ्याउनेहरू आफ्नो कर्तव्य राम्ररी निभाउनमा, सत्यता बुझ्नमा र सिद्धान्तअनुरूप कार्य गर्नमा केन्द्रित हुन्छन्। तिनीहरू आफ्नो कर्तव्य राम्ररी निभाउनु, स्वभाव परिवर्तन गर्नु, सत्यता वास्तविकतामा प्रवेश गर्नु र साँचो अनुभवात्मक गवाही हुनुलाई अन्य कुनै कुराभन्दा राम्रो ठान्छन्। यसरी सत्यता पछ्याउन सक्नेहरू सबैभन्दा बाठा मानिस हुन्, र तिनीहरूमा सबैभन्दा बेसी समझ हुन्छ।

अंश ९

बाइबलको पुरानो करारमा अभिलेख गरिएका नोआ अब्राहम र अय्यूबको मानवताका विशेषता के-कस्ता थिए? तिनीहरूसँग सामान्य मानवताका के-कस्ता विशेषता थिए, जसका कारण परमेश्‍वरले तिनीहरूलाई स्वीकारयोग्य ठान्‍नु भयो? (तिनीहरूसँग विशेष गरी विवेक र समझ थियो।) यो कुरा पूर्णतः सही हो। अय्यूब लामो उमेरसम्म जिउँदा पनि परमेश्‍वरले व्यक्तिगत रूपमा उनीसँग कुरा गर्दै गर्नुभएन र उहाँ व्यक्तिगत रूपमा उनको सामु प्रकट हुनुभएन, तर उनले परमेश्‍वरले गर्ने सबै कुरा बुझ्न र महसुस गर्न सक्थे। अन्त्यमा, उनले निष्कर्षमा परमेश्‍वरसम्बन्धी आफ्नो ज्ञान प्रदर्शित हुने यस्तो कथन भने: “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। यी शब्दहरूको अर्थ के हो? तिनको अर्थ हो: “यहोवा नै परमेश्‍वर हुनुहुन्छ। उहाँ नै सृष्टिकर्ता हुनुहुन्छ। उहाँ मेरो परमेश्‍वर हुनुहुन्छ, अनि उहाँ बोल्नुहुँदा, उहाँले बोलेको कुरा आधा मात्र बुझे पनि, मैले त्यसलाई सुन्‍नु पर्छ र अक्षरशः पालना गर्नुपर्छ।” परमेश्‍वरबारे अय्यूबको ज्ञान यो स्तरसम्म पुगेपछि मात्रै उहाँले उनलाई स्वीकारयोग्य पाउनुभयो। अय्यूबसँग त्यस्ता अनुभवहरू थिए, र परमेश्‍वरले उनलाई जुन परीक्षाहरूमा पार्नुभयो उनले तिनलाई स्विकार्न र उनी तिनमा समर्पित हुन पनि सक्थे—यी सबै कुरा उनीसँग सामान्य मानवताको विवेक र समझ भएको आधारमा हासिल भएको थियो। उनले परमेश्‍वरलाई देखेको वा नदेखेको भए पनि, परमेश्‍वरले उनलाई जेसुकै गर्नुभएको भए पनि, र चाहे परमेश्‍वरले उनलाई जाँच गर्नुभएको वा उहाँ उनीसामु प्रकट हुनुभएको भए पनि नभए पनि, उनले सधैँ यस्तो मान्थे: “यहोवा नै मेरो परमेश्‍वर हुनुहुन्छ, र परमेश्‍वरले जे निर्देश गर्नुहुन्छ र उहाँ जे कुरामा हर्षित हुनुहुन्छ मैले त्यो कुरा पालना गर्नैपर्छ, चाहे म त्यसलाई बुझूँ वा नबुझूँ; मैले उहाँको मार्ग पछ्याउनुपर्छ, र मैले उहाँलाई सुन्‍नु पर्छ र उहाँप्रति समर्पित हुनुपर्छ।” अय्यूबको पुस्तकमा लेखिएको छ कि अय्यूबका सन्तान प्रायः भोजभतेर गर्ने गर्थे, तर अय्यूब कहिल्यै ती भोजभतेरमा सहभागी हुँदैन थिए, बरु उनी तिनीहरूका लागि प्रार्थना गर्थे र होमबलि दिन्थे। अय्यूबले बारम्बार यसो गर्नुले परमेश्‍वरले खान, पिउन र मनोरञ्जन गर्नमा मानवजातिको आसक्ति, अनि मानवजातिको भोजभतेरयुक्त जीवनलाई घृणा गर्नुहुन्छ भनेर उनलाई हृदयदेखि नै थाहा थियो भन्‍ने कुरा प्रमाणित गर्छ। अय्यूबले आफ्नो हृदयमा यो कुरा नै सत्यता हो भनेर बुझ्थे, र उनले परमेश्‍वरले यो कुरा बोल्नुभएको प्रत्यक्ष रूपमा नसुनेको भए पनि, उनलाई हृदयमा परमेश्‍वरको चाहना यही थियो भनेर थाहा थियो। अय्यूबले परमेश्‍वरको चाहना के हो भनेर बुझेपछि, उहाँलाई सुन्‍न र उहाँप्रति समर्पित हुन सके, उनी सधैँ यसमा अडिग रहे, र खानपिन तथा भोजभतेरमा कहिल्यै सहभागी भएनन्। के अय्यूब सत्यता बुझ्थे? उनी बुझ्दैनथे। उनीसँग सामान्य मानवताको विवेक र समझ भएकाले उनले त्यसो गर्न सके। विवेक र समझबाहेक, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको, उनी परमेश्‍वरमा साँचो विश्‍वास राख्थे। उनले परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ र सृष्टिकर्ताले जे भन्नुहुन्छ त्यो परमेश्‍वरको इच्छा हो भनेर हृदयको गहिराइदेखि नै बुझेका थिए। वर्तमान सन्दर्भमा, यो नै सत्यता हो, यो नै सर्वोच्च निर्देशन हो, र यो नै मानिसले पालना गर्नैपर्ने कुरा हो। त्यो मानिसले बुझ्न सक्ने परमेश्‍वरको चाहना भए पनि, वा परमेश्‍वरले बोल्नुभएको थोरै मात्र वचन भए पनि, मानिसले त्यसलाई स्विकार्नुपर्छ र पालना गर्नुपर्छ। मानिसमा हुनुपर्ने समझ ठ्याक्कै यही नै हो। जब मानिससँग यो समझ हुन्छ, उसलाई परमेश्‍वरको वचन पालना गर्न, उहाँको वचनलाई अभ्यास गर्न, अनि उहाँको वचनप्रति समर्पित हुन अझ धेरै सजिलो बन्छ। त्यसो गर्दा कुनै कठिनाइहरू वा कष्ट हुनेछैन, अड्चनहरू त झनै हुनेछैनन्। के अय्यूब धेरैजसो सत्यता बुझ्थे? के उनी परमेश्‍वरलाई चिन्थे? के उनीसँग परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, वा उहाँको स्वभाव सारबारे ज्ञान थियो? आजका मानिससँग तुलना गर्दा, उनी उहाँलाई चिन्दैनथे, र उनी निकै कम बुझ्थे। तर, अय्यूबसँग एउटा कुरा चाहिँ थियो: उनले जे बुझ्थे त्यसलाई व्यवहारमा लागु गर्थे। केही कुरा बुझेपछि उनी त्यसप्रति आज्ञाकारी हुन्थे र त्यसलाई पालना गर्थे। यो उनको मानवताको सबैभन्दा आदर्शमयी पक्ष थियो, तर मानिसले सबैभन्दा बढी नकार्ने पक्ष पनि यही नै थियो। मानिसहरू सोच्छन्, “के अय्यूब भोजभतेरमा सहभागी नभएका मात्र होइनन् र? के उनले परमेश्‍वरसामु नियमित रूपमा होमबलि चढाएका मात्र होइनन् र? आजको दृष्टिकोणबाट हेर्दा के उनी दैहिक सुख-सुविधामा लिप्त नभएका मात्र होइनन् र?” यी त बाहिरी रूपमा प्रकट हुने कुरा मात्र हुन्, तर जब तैँले यी कामकुराका पछाडि अय्यूबको स्वभाव, सार अनि मानवतालाई हेर्छस्, तब तैँले यी सहज मामला होइनन्, न त तिनलाई हासिल गर्न नै सजिलो छ भनेर बुझ्नेछस्। कुनै साधारण व्यक्ति पैसा जोगाउन भोजभतेरमा सहभागी नभएको भए, त्यसो गर्न सजिलो हुनेथियो। तर अय्यूब त्यस बेलाका सम्पन्‍न व्यक्ति थिए। कस्तो प्रकारको सम्पन्‍न व्यक्तिले भोजभतेर नगर्ने छनौट गर्छ? त्यसोभए, अय्यूब किन भोजभतेरदेखि टाढा रहे? (परमेश्‍वरले त्यसलाई घृणा गर्नुहुन्छ भनेर उनलाई थाहा थियो। उनी परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग बस्न सके।) निश्चय नै। परमेश्‍वरको डर मान्दा र दुष्टताबाट अलग बस्दा अय्यूबले खास गरी के अभ्यास गरे? उनलाई परमेश्‍वरले घृणा गर्नुहुने ती सबै कुरा दुष्टता हुन् भनेर थाहा थियो, त्यसैले उनले परमेश्‍वरको वचन पालना गरे, अनि परमेश्‍वरले घृणा गर्नुहुने कुनै पनि कामकुरा गर्दैनथे। जसले जेसुकै भने पनि, उनी कुनै पनि हालतमा ती कामकुरा गर्दैनथे। यसको अर्थ अय्यूब परमेश्‍वरको डर मान्थे र दुष्टताबाट अलग बस्थे भन्ने हो। अय्यूब किन परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग बस्न सक्षम भए? उनी मनमनै के सोचिरहेका थिए? उनले कसरी यी दुष्कर्महरू नगर्न सक्षम भए? उनीसँग परमेश्‍वरको डर मान्‍ने हृदय थियो। परमेश्‍वरको डर मान्‍ने हृदय हुनुको अर्थ के हो? यसको अर्थ के हो भने हृदयमा उनी परमेश्‍वरदेखि डराउँथे, उनले परमेश्‍वरलाई नै महान् मानेर सम्मान गर्न सक्थे, अनि उनको हृदयमा परमेश्‍वरका लागि ठाउँ थियो। उनी परमेश्‍वरले दुष्ट कुराहरू देख्नुहुनेछ वा उहाँ यसमा रिसाउनुहुनेछ भन्‍ने डरका कारण ती कुराहरूबाट टाढा बसेका होइनन्। बरु उनी परमेश्‍वरलाई नै महान् मानेर हृदयदेखि नै सम्मान गर्थे, अनि परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन र परमेश्‍वरका वचनलाई दृढतापूर्वक पालना गर्न इच्छुक थिए। त्यसैले उनी परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग बस्न सके। अहिले जसले पनि “परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट अलग बस्नु” भन्‍ने वाक्यांश उच्चारण गर्न सक्छ, तैपनि तिनीहरूलाई अय्यूबले त्यो कसरी पूरा गरे भन्‍ने कुरा थाहा छैन। वास्तवमा, अय्यूबले “परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट अलग बस्नु” लाई परमेश्‍वरप्रतिको विश्‍वासको सबैभन्दा आधारभूत र महत्त्वपूर्ण कुराका रूपमा लिएका थिए। त्यसैले, उनले परमेश्‍वरको आज्ञा नै पालन गरिरहेझैँ यी वचनहरू पालन गर्न सके। उनी परमेश्‍वरका वचन सुन्थे, किनभने हृदयमा उनले परमेश्‍वरलाई नै महान् मानेर सम्मान गर्थे। मानिसका नजरमा परमेश्‍वरका वचन जतिसुकै मामुली देखिए पनि, ती साधारण वचन मात्र भए पनि, अय्यूबको हृदयमा यी वचन सर्वोच्च परमेश्‍वरबाट आएका थिए; ती सबैभन्दा महान् र सबैभन्दा महत्त्वपूर्ण वचन थिए। यी वचनलाई मानिसले तिरस्कार गरे पनि, यदि ती परमेश्‍वरका वचन हुन् भने मानिसहरूले तिनलाई पालना गर्नुपर्छ। तिनीहरूलाई गिज्याइए वा निन्दा गरिए पनि तिनीहरूले उहाँका वचनहरू पालना गर्नैपर्छ। तिनीहरूलाई सङ्कष्ट आइपरे पनि वा तिनीहरू सतावटमा परे पनि, तिनीहरू अन्त्यसम्मै उहाँका वचनहरूमा दृढ रहनुपर्छ र तिनीहरूले ती त्याग्नु मिल्दैन। परमेश्‍वरको डर मान्‍नु भनेको यही नै हो। तँ परमेश्‍वरले मानिसबाट माग गर्नुहुने हरेक शब्दप्रति दृढ रहनुपर्छ। जहाँसम्म परमेश्‍वरले निषेध गर्नुहुने वा उहाँले घृणा गर्नुहुने कुराहरूको सवाल छ, यदि तँलाई तिनका बारेमा थाहा नभए पनि नहोस्, तर तैँले तिनका बारेमा थाहा पाएपछि तैँले ती काम बिलकुलै नगर्न सक्नुपर्छ। तँलाई तेरो परिवारले अस्वीकार गरे पनि, गैरविश्‍वासीहरूले गिज्याए पनि, वा तेरा नजिकका मान्छेले तेरो उपहास गरे पनि वा तँलाई जिस्काए पनि, तँ दृढ रहन सक्नुपर्छ। तँ किन दृढ रहनुपर्छ? तेरो प्रेरणा के हो? तेरा सिद्धान्त के हुन्? त्यो हो: “म परमेश्‍वरका वचनप्रति दृढ रहनुपर्छ र मैले उहाँका चाहनाअनुसार काम गर्नुपर्छ। म परमेश्‍वरले मन पराउनुहुने काम गर्नमा दृढ रहनेछु, र उहाँले घृणा गर्नुहुने कामकुरा त्याग्नमा अविचल रहनेछु। यदि मलाई परमेश्‍वरको अभिप्राय थाहा छैन भने पनि नहोस्, तर यदि मलाई उहाँको अभिप्राय के हो भन्‍ने थाहा छ अनि म त्यसलाई बुझ्छु भने, म उहाँका वचन सुन्‍न र तिनमा समर्पित हुनमा दृढ रहनेछु। मलाई कसैले पनि रोक्न सक्नेछैन। म परमेश्‍वरका वचनहरूप्रति दृढ रहनेछु र म समयको अन्त्यसम्म पनि डगमगाउने छैनँ।” परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट अलग बस्नुको अर्थ यही हो।

मानिस दुष्टताबाट अलग बस्न सक्षम हुनका निम्ति पूर्वसर्त भनेको परमेश्‍वरको डर मान्‍ने हृदय हुनु हो। परमेश्‍वरको डर मान्‍ने हृदय कसरी निर्माण गरिन्छ? परमेश्‍वरलाई नै महान् मानेर सम्मान गरेर। परमेश्‍वरलाई नै महान् मानेर सम्मान गर्नुको अर्थ के हो? यसको अर्थ व्यक्तिलाई परमेश्‍वरले यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भनी थाहा हुने र उसले हृदयमा परमेश्‍वरको डर मान्ने हुनाले उसले हरेक कुरालाई परमेश्‍वरका वचनहरू प्रयोग गरी मूल्याङ्कन गर्न र उहाँका वचनहरूलाई आफ्नो मानक र मापदण्डका रूपमा लिन सक्छ भन्ने हो। परमेश्‍वरलाई नै महान् मानेर सम्मान गर्नुको अर्थ यही नै हो। सरल शब्दमा भन्दा, परमेश्‍वरलाई नै महान् मानेर सम्मान गर्नु भनेको तेरो हृदयमा परमेश्‍वर हुनु, परमेश्‍वरलाई मनमा राख्नु, आफूले गर्ने काममा आफूलाई नभुल्नु, अनि आफै कामकुरा गर्ने पहल नगर्नु, बरु परमेश्‍वरलाई कामकुराको नेतृत्व गर्न दिनु हो। तँ सबै कुरामा यस्तो सोच्छस्, “म परमेश्‍वरमा विश्‍वास गर्छु र उहाँलाई पछ्याउँछु। म परमेश्‍वरले चुन्‍नु भएको एउटा सानो सृजित प्राणी बाहेक केही पनि होइन। मैले आफ्नै इच्छाबाट उत्पन्‍न हुने दृष्टिकोण, सुझाव र निर्णयहरूलाई त्याग्नुपर्छ, अनि परमेश्‍वरलाई नियन्त्रण गर्न दिनुपर्छ। परमेश्‍वर मेरो प्रभु, मेरो सहारा, अनि मैले गर्ने सबै कामकुरामा मलाई मार्गदर्शन गर्ने उज्यालो ज्योति हुनुहुन्छ। मैले उहाँका वचन र उहाँका चाहनाअनुसार कामकुराहरू गर्नैपर्छ, र आफैलाई प्राथमिकता दिनु हुन्‍न।” आफ्नो हृदयमा परमेश्‍वर हुनु भनेको यही हो। तँलाई केही गर्ने चाहना भएमा, आवेगमा आएर वा असावधानीपूर्वक कार्य नगर्। पहिला, परमेश्‍वरका वचनहरू के भन्छन्, अनि तेरा कार्यहरू उहाँको अभिप्रायअनुरूप छन् कि छैनन् र तिनलाई उहाँ घृणा गर्नुहुन्छ कि गर्नुहुन्न त्यसबारे सोच्। पहिला हृदयमा, आफैलाई सोधपुछ गर्, सोच् अनि मनन गर्; हतार नगर्। हतार गर्नु भनेको आवेगमा आउनु, अनि गरम मिजासीपन र मानव इच्छाद्वारा उत्प्रेरित हुनु हो। यदि तँ सधैँ हतार गर्छस् र आवेगमा आउँछस् भने, यसले तेरो हृदयमा परमेश्‍वर हुनुहुन्‍न भन्‍ने कुरालाई देखाउँछ। अनि जब तँ परमेश्‍वरलाई नै महान् मानेर सम्मान गर्छु भन्छस्, के यी खोक्रा शब्द हुँदैनन् र? तेरो वास्तविकता खोइ? तेरो कुनै वास्तविकता छैन, अनि तैँले परमेश्‍वरलाई नै महान् मानेर सम्मान गर्न सक्दैनस्। तँ हरेक कुरालाई आफैले नियन्त्रण गर्छस्, हरेक मोडमा आफूखुसी गर्छस्। त्यसोभए, यदि तँ आफूसँग परमेश्‍वरको डर मान्‍ने हृदय छ भन्छस् भने, के यो बकवाद होइन र? यी शब्दहरू प्रयोग गरेर तँ मानिसलाई छल गर्दैछस्। परमेश्‍वरको डर मान्‍ने हृदय भएको व्यक्तिको ठोस प्रकटीकरण के हो? परमेश्‍वरलाई नै महान् मानेर सम्मान गर्नु। परमेश्‍वरलाई नै महान् मानेर सम्मान गर्नुको ठोस प्रकटीकरण भनेको आफ्नो हृदयमा परमेश्‍वरका लागि स्थान हुनु—अग्र स्थान हुनु हो। ऊ परमेश्‍वरलाई आफ्नो मालिक हुन र आफ्नो हृदयमा शासन गर्न दिन्छ। त्यसैले केही आइपर्दा, उसमा परमेश्‍वरप्रति समर्पणको हृदय हुन्छ। ऊ न त लापरवाही गर्छ, न त हतार गर्छ अनि ऊ उग्र रूपमा कार्य पनि गर्दैन; बरु तिनीहरू शान्त भएर त्यसलाई सामना गर्न, अनि सत्यता सिद्धान्तहरू खोज्नका लागि आफूलाई परमेश्‍वरसामु शान्त राख्न सक्छन्। तँ कामकुरा परमेश्‍वरका वचनअनुसार गर्छस् कि आफ्नै इच्छाअनुसार, अनि तैँले परमेश्‍वरको वचनलाई नेतृत्व गर्न दिन्छस् कि आफ्नै इच्छालाई भन्‍ने कुरा तेरो हृदयमा परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्‍न भन्‍ने कुरामा भर पर्छ। तँ तेरो हृदयमा परमेश्‍वर हुनुहुन्छ भन्छस्, तर केही आइपर्दा, तँ अन्धाधुन्ध काम गर्छस्, अन्तिम निर्णय आफैलाई गर्न दिन्छस्, अनि परमेश्‍वरलाई पाखा लगाउँछस्। के यो तेरो हृदयमा परमेश्‍वर हुनुभएको प्रकटीकरण हो त? कतिपय मानिसहरू केही आइपर्दा परमेश्‍वरलाई प्रार्थना गर्छन्, तर प्रार्थना गरिसकेपछि मनमा कुरा खेलाउँछन्, र सोच्छन्, “मलाई लाग्छ मैले यही नै गर्नुपर्छ। मलाई लाग्छ मैले त्यही नै गर्नुपर्छ।” तँ सधैँ आफ्नै इच्छा पछ्याउँछस्, र तँसँग जसले सङ्गति गरे पनि तैँले सुन्दैनस्। के यो परमेश्‍वरको डर नमान्‍ने हृदयको प्रकटीकरण होइन र? तैँले सत्यता सिद्धान्तहरू नखोज्ने हुनाले अनि सत्यता अभ्यास नगर्ने हुनाले, जब तँ परमेश्‍वरलाई नै महान् मानेर सम्मान गर्छु र मसँग परमेश्‍वरको डर मान्ने हृदय छ भनेर भन्छस्, तब ती खोक्रा शब्द मात्र हुन्छन्। जुन मानिसहरूका हृदयमा परमेश्‍वर हुँदैन, र जसले हृदयमा परमेश्‍वरलाई नै महान् मानेर सम्मान गर्न सक्दैनन् तिनीहरू परमेश्‍वरको डर मान्‍ने हृदय नभएका मानिस हुन्। केही आइपर्दा सत्यता खोज्न नसक्ने मानिसहरू, अनि परमेश्‍वरप्रति समर्पणताको हृदय नभएका मानिसहरू सबै, विवेक र समझ नभएका मानिस हुन्। यदि कसैसँग साँच्चै विवेक र समझ छ भने, केही आइपर्दा उसले स्वाभाविक रूपमै सत्यता खोज्न सक्नेछ। उसले सबैभन्दा पहिले यस्तो सोच्नैपर्छ, “म परमेश्‍वरमा विश्‍वास गर्छु। म परमेश्‍वरको मुक्ति पछ्याउन आएको छु। मेरो स्वभाव भ्रष्ट भएकाले, र मैले जे गर्दा पनि त्यसमा आफूलाई एक्लो अख्तियार ठान्ने र म सधैँ परमेश्‍वरका अभिप्रायविरुद्ध जाने भएकाले, मैले पश्चात्ताप गर्नैपर्छ। मैले यसरी परमेश्‍वरविरुद्ध विद्रोह गरिरहनु हुँदैन। मैले परमेश्‍वरप्रति समर्पणकारी हुन सिक्नैपर्छ। मैले परमेश्‍वरका वचनले के भन्छन्, अनि सत्यता सिद्धान्तहरू के हुन् भनेर खोज्नैपर्छ।” सामान्य मानवताको समझ भएकाहरूभित्र उत्पन्‍न हुने सोचहरू र सङ्कल्प यिनै हुन् अनि ती नै तिनीहरूका कार्यहरूपछाडिका सिद्धान्तहरू र मनोवृत्ति हुन्। जब तँसँग सामान्य मानवताको समझ हुन्छ, तब तेरो मनोवृत्ति यस्तो हुन्छ; जब तँसँग सामान्य मानवताको समझ हुँदैन, तब तेरो मनोवृत्ति यस्तो हुँदैन। त्यसैले सामान्य मानवताको समझ हुनु निर्णायक र अत्यन्तै महत्त्वपूर्ण हुन्छ। यो सिधै मानिसहरूले सत्यता बुझ्नु र मुक्ति प्राप्त गर्नुसँग सम्बन्धित हुन्छ।

अघिल्लो: “प्रेमका लागि” भन्‍ने भजनबारे सङ्गति
(भजन समूहसँगको सङ्गति)

अर्को: सत्यता खोज्‍ने र सत्यता अभ्यास गर्नेसम्बन्धी वचनहरू

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्