परमेश्‍वरलाई चिन्‍नु (४)

परमेश्‍वरका दैनिक वचनहरू   अंश १२०

बृहत् र सूक्ष्‍म दृष्टिकोणहरूबाट परमेश्‍वरको अख्तियारलाई बुझ्ने

परमेश्‍वरको अख्तियार अद्वितीय छ। यो परमेश्‍वर स्वयम्‌को चारित्रिक अभिव्यक्ति, विशेष सार, र पहिचान हो, जुन सृष्टि गरिएको वा नगरिएको कुनै पनि प्राणीमा छैन; सृष्टिकर्तामा मात्रै यस प्रकारको अख्‍तियार छ। यसो भन्‍नुको अर्थ, सृष्टिकर्ता—अद्वितीय परमेश्‍वरलाई मात्रै यसरी व्यक्त गर्न सकिन्छ र उहाँमा मात्रै यो सार छ। त्यसो भए, हामीले किन परमेश्‍वरको अख्‍तियारको बारेमा कुरा गर्नुपर्छ त? कसरी परमेश्‍वर स्वयम्‌को अख्तियार मानिसले आफ्‍नो मनमा विचार गर्ने “अख्‍तियार” भन्दा फरक छ? यसमा के विशेष छ? यसको बारेमा यहाँ कुरा गर्नु किन विशेष रूपमा महत्त्वपूर्ण छ? तिमीहरू प्रत्येकले यो विषयलाई ध्यानपूर्वक विचार गर्नुपर्छ। धेरैजसो मानिसहरूका लागि, “परमेश्‍वरको अख्‍तियार” भनेको बुझ्‍नको लागि निकै प्रयासको आवश्यकता पर्ने अस्पष्ट विचार हो, अनि यस सम्‍बन्धी जुनसुकै छलफल अमूर्त हुने सम्‍भावना हुन्छ। त्यसकारण, मानिसले प्राप्त गर्न सक्‍ने परमेश्‍वरको अख्‍तियारको ज्ञान र परमेश्‍वरको अख्‍तियारको सारको बीचमा सधैँ नै भिन्नता रहेको हुनेछ। यो भिन्नतालाई मिलान गर्नका लागि, मानिसहरूको पहुँचभित्र रहेका अनि तिनीहरूको वास्तविक जीवनमा तिनीहरूले बुझ्‍ने क्षमताभित्र रहेका मानिसहरू, घटनाहरू, काम-कुरा, र विभिन्‍न प्रक्रियाहरूद्वारा परमेश्‍वरको अख्‍तियारलाई हरेकले क्रमिक रूपमा बुझ्‍नुपर्छ। “परमेश्‍वरको अख्‍तियार” भन्‍ने वाक्यांश बुझ्‍न नसकिने जस्तो देखिए तापनि, परमेश्‍वरको अख्तियार अमूर्त छैन। उहाँ मानिसलाई हरेक दिन डोर्‍याउँदै, उसको जीवनको हरेक क्षणमा उपस्थित हुनुहुन्छ। तसर्थ, वास्तविक जीवनमा, हरेक व्यक्तिले परमेश्‍वरको अख्‍तियारको सबैभन्दा मूर्त पक्षलाई अवश्य देख्‍नेछ र अनुभव गर्नेछ। यो मूर्त पक्ष नै परमेश्‍वरको अख्तियार साँचो अर्थमा अस्तित्वमा छ भन्‍ने कुराको पर्याप्त प्रमाण हो, र यसले व्यक्तिलाई परमेश्‍वरमा त्यस्तो अख्‍तियार रहेछ भन्‍ने तथ्यलाई पहिचान गर्न र बुझ्न सम्पूर्ण अवसर दिन्छ।

परमेश्‍वरले सबै कुराको सृष्टि गर्नुभयो, र उहाँले नै यसलाई सृष्टि गर्नुभएको हुनाले, यावत् थोकमाथि उहाँकै प्रभुत्व छ। यावत् थोकमाथि उहाँको प्रभुत्व हुने बाहेक, उहाँले सबै थोक नियन्त्रण गर्नुहुन्छ। “परमेश्‍वरमा सबै थोकको नियन्त्रण छ” भन्‍ने यो अवधारणाको अर्थ के हो? यसलाई कसरी व्याख्या गर्न सकिन्छ? वास्तविक जीवनमा यो कसरी लागू हुन्छ? परमेश्‍वरमा सबै थोकको नियन्त्रण छ भन्‍ने तथ्यलाई बुझेमा यसले कसरी उहाँको अख्‍तियारको बुझाइमा डोर्‍याउन सक्छ? “परमेश्‍वरमा सबै थोक नियन्त्रण छ” भन्‍ने यही वाक्यांशबाट नै हामीले के देख्‍नुपर्छ भने परमेश्‍वरले न त ग्रहहरूको एउटा भाग, न त सृष्टिको एउटा भाग, न त मानवजातिको एउटा भागलाई मात्रै नियन्त्रण गर्नुहुन्छ तर उहाँले त सबै कुरालाई नियन्त्रण गर्नुहुन्छ: विशालदेखि सूक्ष्मसम्म, देख्‍न सकिनेदेखि अदृश्यसम्‍म, आकाशमण्डलका ताराहरूदेखि पृथ्वीका जीवित प्राणीहरूसम्‍म, साथै नाङ्गो आँखाले देख्‍न नसकिने र अन्य स्वरूपमा अस्तित्वमा रहने सूक्ष्म जीवहरूसम्‍म। परमेश्‍वरको “नियन्त्रणमा रहेका” “सबै कुराहरू” को सटीक परिभाषा यही नै हो; उहाँको अख्‍तियारको कार्यक्षेत्र, उहाँको सार्वभौमिकता र शासनको प्रसार यही नै हो।

यस मानवजाति अस्तित्वमा आउनुभन्दा पहिले नै, आकाशमण्डल—स्वर्गमा भएका सबै ग्रहहरू र ताराहरू—पहिले नै अस्तित्वमा थिए। बृहत् स्तरमा, यी स्वर्गीय पिण्डहरू परमेश्‍वरको नियन्त्रणमा रही आफ्‍ना अस्तित्वको लागि नियमित रूपमा परिक्रमा गरिरहन्छन्, चाहे त्यो जति नै वर्ष भइसकेको होस्। कुनै निश्‍चित समयमा कुन ग्रह कहाँ जान्छ; कुन ग्रहले कुन काम, र कहिले गर्छ; कुन ग्रहले कुन परिक्रमा पथमा चक्‍कर लगाउँछ, र कहिले यो हराउँछ वा प्रतिस्थापित हुन्छ—यी सबै कुराहरू सानोभन्दा सानो गल्तीविना नै अघि बढिरहन्छन्। ग्रहहरूको स्थान र तिनीहरूबीचको दूरीले निश्‍चित ढाँचालाई पछ्याउँछन्, र यी सबैलाई सटीक आँकडाद्वारा व्याख्या गर्न सकिन्छ; तिनीहरूले यात्रा गर्ने मार्ग, परिक्रमा पथको गति र ढाँचा, तिनीहरू विभिन्‍न स्थानमा रहने समय—यी सबैलाई विशेष नियमहरूद्वारा सटीक रूपमा गणना र व्याख्या गर्न सकिन्छ। युगौंदेखि ग्रहहरूले अलिकति दायाँ-बायाँ नगरिकन यी नियमहरू पालना गरेका छन्। तिनीहरूको परिक्रमा पथ वा तिनीहरूले पछ्याउने ढाँचालाई कुनै पनि शक्तिले परिवर्तन गर्न वा भङ्ग गर्न सक्दैन। तिनीहरूको चाल नियन्त्रण गर्ने विशेष नियमहरू र तिनीहरूलाई व्याख्या गर्ने सटीक आँकडा सृष्टिकर्ताको अख्‍तियारद्वारा पूर्वनिर्धारित गरिएका हुनाले, सृष्टिकर्ताको सार्वभौमिकता र नियन्त्रण अन्तर्गत तिनीहरूले आफ्‍नै तरिकाले यी नियमहरूको पालना गर्छन्। बृहत् स्तरमा, मानिसले केही ढाँचा, केही आँकडा, र केही अनौठा र व्याख्या गर्न नसकिने नियम वा प्रक्रियाहरूलाई पत्ता लगाउनु कठिन छैन। परमेश्‍वरको अस्तित्वलाई मानवजातिले मान्दैन न सृष्टिकर्ताले सबथोक बनाउनुभयो र तीमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्‍ने नै स्विकार्छ, साथै उसले सृष्टिकर्ताको अख्‍तियारको अस्तित्वलाई पहिचान गर्दैन, तथापि मानव वैज्ञानिक, खगोल र भौतिकशास्‍त्रीहरूले झन् झन् बढी पत्ता लगाइरहेका छन् कि, यावत् थोकको अस्तित्व र चाललाई निर्धारण गर्ने सिद्धान्त र ढाँचाहरूलाई व्यापक र गुप्त अँध्यारो ऊर्जाले शासन र नियन्त्रण गर्छ। यो तथ्यले मानिसलाई यी चालका ढाँचाहरूको बीचमा सबै कुरालाई योजनाबद्ध गर्नुहुने सर्वशक्तिमान् हुनुहुन्छ भन्‍ने कुराको सामना र स्वीकार गर्न बाध्य गर्छ। उहाँको शक्ति असाधारण छ, अनि उहाँको साँचो मुहारलाई कसैले देख्‍न नसके पनि, उहाँले हरेक क्षणमा हरेक कुरामाथि सार्वभौम शासन र नियन्त्रण गर्नुहुन्छ। उहाँको सार्वभौमिकतापार कुनै पनि मानिस वा शक्ति पुग्न सक्दैन। यो तथ्यलाई सामना गर्दा, यावत् थोकको अस्तित्व निर्देशन गर्ने व्यवस्थाहरूलाई मानिसले नियन्त्रण गर्न सक्दैन, कसैले पनि त्यसलाई परिवर्तन गर्न सक्दैन भन्‍ने कुरालाई मानिसले पहिचान गर्नुपर्छ; मानिसले यी नियमहरूलाई पूर्ण रूपमा बुझ्‍न सक्दैन, र ती प्राकृतिक रूपमा नै घटिरहेका हुँदैनन्, तर सार्वभौमबाट नियन्त्रित हुन्छन् भन्‍ने कुरालाई पनि उसले स्वीकार गर्नैपर्छ। यी सबै नै मानवजातिले बृहत् स्तरमा बुझ्‍न सक्‍ने परमेश्‍वरको अख्‍तियारका अभिव्यक्तिहरू हुन्।

सूक्ष्‍म स्तरमा, मानिसले पृथ्वीमा देख्‍न सक्‍ने सारा पहाड-पर्वत, नदी-नाला, ताल-तलैया, समुद्र अनि ठूला भूमिहरू, उसले अनुभव गर्ने सबै ऋतु, वनस्पति, पशु-प्राणी, सूक्ष्‍म जीव, र मानिस लगायत पृथ्वीमा बसोबास गर्ने सबै थोक परमेश्‍वरको सार्वभौमिकता र नियन्त्रणको अधीनमा छन्। परमेश्‍वरको सार्वभौमिकता र नियन्त्रणमा, उहाँकै सोचहरू अनुसार सबै थोक अस्तित्वमा आउँछन् वा हराउँछन्; तिनीहरूको अस्तित्वलाई शासन गर्ने नियमहरू उत्पन्‍न हुन्छन्, अनि त्यही नियमहरूलाई पालना गर्दै तिनीहरू बढ्छन् र फैलिन्छन्। कुनै पनि मानवजाति वा थोक यी नियमहरूभन्दा माथि छैन। किन यसो भयो? एउटै मात्र उत्तर यही हो: यो परमेश्‍वरको अख्‍तियारको कारणले गर्दा हो। अथवा, अर्को तरिकाले भन्दा, यो परमेश्‍वरको सोच र परमेश्‍वरका वचनहरूले गर्दा भएको हो; परमेश्‍वर स्वयम्‌को व्यक्तिगत कार्यहरूको कारणले गर्दा हो। यसको अर्थ के हो भने यी नियमहरूलाई उत्पन्‍न गर्ने परमेश्‍वरको अख्‍तियार र परमेश्‍वरको मन हुन्, जुन उहाँका सोचहरू अनुसार स्थानान्तरण र परिवर्तन हुन्छन्, अनि उहाँकै योजनाको खातिर स्थानान्तर र परिवर्तन हुन्छन् वा हराएर जान्छन्। उदाहरणको लागि, महामारीलाई लिऊँ। कुनै पनि चेतावनीविना नै ती फैलिन्छन्। तिनको उत्पत्ति कहाँ भयो वा त्यसो हुनुको कारण के हो सो कसैलाई थाहा हुँदैन, र जब महामारी कुनै निश्‍चित स्थानमा पुग्छ, अभिशप्त भइसकेकाहरू त्यो विपत्तिबाट उम्कन सक्दैनन्। महामारीहरू घातक वा हानिकारक जीवाणुहरूको फैलावटको कारण पैदा हुन्छन् भन्‍ने मानव विज्ञानले बुझ्छ, र तिनीहरूको गति, सर्ने क्षेत्र, र विधिलाई मानव विज्ञानले अनुमान वा नियन्त्रण गर्न सक्दैन। मानिसहरूले सम्‍भव भएको हरेक माध्यमद्वारा महामारीलाई रोक्‍ने भए तापनि, यो फैलिएपछि कुन-कुन मानिसहरू वा पशु-प्राणीलाई निश्चित रूपमा प्रभाव पार्छ भन्‍ने कुरालाई तिनीहरूले नियन्त्रण गर्न सक्दैनन्। मानिसहरूले गर्न सक्‍ने एउटै मात्र कुरा भनेको, त्यसको रोकथाम गर्ने, प्रतिरोध गर्ने र त्यसको अनुसन्धान गर्ने मात्रै हो। तर कुनै पनि व्यक्तिगत महामारीको सुरुवात वा अन्त्यको मूल कारण कसैलाई पनि थाहा हुँदैन, र कसैले पनि तिनलाई नियन्त्रण गर्न सक्दैन। महामारीको सुरुवात र फैलावटको सामना गर्न थालेपछि, मानिसहरूले अपनाउने सुरुवाती उपाय खोपको विकास गर्नु हो, तर खोप तयार हुनुभन्दा पहिले नै महामारी प्रायजसो आफै हराएर जान्छ। महामारीहरू किन आफै हराएर जान्छन्? कतिपयले किटाणुहरूलाई नियन्त्रणमा ल्याइयो भनेर भन्छन्, अरूले मौसम परिवर्तनको कारण ती मरेर जान्छन् भनेर भन्छन्…। यी अनेक किसिमका अनुमानहरू न्यायसङ्गत भए पनि नभए पनि, विज्ञानले कुनै व्याख्या दिन सक्दैन र कुनै सटीक उत्तर दिन सक्दैन। मानवजातिले यी अनुमानहरूलाई मात्रै होइन, तर महामारीहरू सम्‍बन्धी मानवजातिको बुझाइको कमी र डरलाई पनि महत्त्वपूर्ण ठान्‍नुपर्छ। अन्तिम विश्‍लेषणमा, किन महामारीहरू सुरु हुन्छन् वा ती किन अन्त्य हुन्छन् भन्‍ने कसैलाई थाहा हुँदैन। मानवजातिले विज्ञानमा मात्रै विश्‍वास गर्ने, यसमा मात्रै पूर्ण रूपमा भरोसा गर्ने, र सृष्टिकर्ताको अख्‍तियारलाई पहिचान नगर्ने वा उहाँको सार्वभौमिकतालाई स्वीकार नगर्ने भएकाले, तिनीहरूले कहिल्यै पनि कुनै उत्तर पाउने छैनन्।

परमेश्‍वरको सार्वभौमिकताअन्तर्गत, उहाँको अख्‍तियारका कारण, र उहाँको व्यवस्थापनका खातिर नै यावत् थोक जन्‍मिन्छन्, जिउँछन्, र नाश हुन्छन्। कतिपय थोकहरू चुपचाप आउँछन् र जान्छन्, अनि मानिसले ती कहाँबाट आए भनेर देख्न वा तिनले पछ्याउने पद्धतिहरू बुझ्‍न सक्दैन, ती आउनु र जानुका कारणहरू बुझ्‍न त झनै सक्दैन। यावत् थोकमाझ आइपर्ने सबथोक मानिसका आफ्‍नै आँखाले देख्‍न सकिने, र आफ्नै कानले सुन्‍न सकिने, वा मानिसद्वारा व्यक्तिगत रूपमा अनुभव गर्न सकिने भए पनि, यो मानिससँग सम्बन्धित भए पनि, र मानिसले विभिन्‍न घटनाहरूको असामान्यता, नियमितता वा अनौठोपनलाई समेत अवचेतन रूपमा अनुभव गर्न सक्ने भए पनि, यावत् थोकमाझ आइपर्ने सबथोकका पछाडि सृष्टिकर्ताका अभिप्राय र सोचहरूबारे उसलाई अझै केही पनि थाहा हुँदैन। त्यसमा धेरैवटा कथाहरू, धेरैवटा लुकेका सत्यताहरू हुन्छन्। मानिस सृष्टिकर्ताबाट बरालिएर धेरै टाढा गएको हुनाले र सृष्टिकर्ताको अख्‍तियारले यावत् थोकमाथि सार्वभौमिकता राख्छ भन्‍ने तथ्यलाई उसले स्वीकार नगर्ने हुनाले, सृष्टिकर्ताको अख्‍तियारको सार्वभौमिकताअन्तर्गत आइपर्ने सबै कुरालाई उसले कहिल्यै बुझ्न र बोध गर्न सक्दैन। सारांशमा भन्नुपर्दा, परमेश्‍वरको नियन्त्रण र सार्वभौमिकताले मानव कल्‍पना, मानव ज्ञान, मानव बुझाइ, अनि मानव विज्ञानले प्राप्त गर्न सक्‍ने कुराका परिधिहरूलाई उछिन्छ; ती कुराहरू सृजित मानवजातिको क्षमताभन्दा बाहिर हुन्छन्। कतिपय मानिसहरू भन्छन्, “तिमीले परमेश्‍वरको सार्वभौमिकता देखेका छैनौ—यो सबै उहाँकै अख्‍तियारको नतिजा हो भनेर तिमी कसरी विश्‍वास गर्न सक्छौ?” देख्‍नु भनेको विश्‍वास गर्नु, वा मान्नु र बुझ्‍नु नै भन्‍ने होइन। त्यसोभए, विश्‍वास गर्ने कुरा कहाँबाट आउँछ? म निश्चितताका साथ भन्‍न सक्छु कि विश्‍वास भनेको कामकुराका मूल कारणहरू र वास्तविकतासम्‍बन्धी मानिसहरूको बुझाइ र अनुभवको मात्रा र गहिराइबाट आउँछ। यदि तँ परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भन्‍ने विश्‍वास गर्छस्, तर तँ यावत् थोकमाथि परमेश्‍वरको सार्वभौमिकता र परमेश्‍वरको नियन्त्रणको तथ्यलाई देख्नु त के, मान्न समेत सक्दैनस् भने, परमेश्‍वरमा यस प्रकारको अख्तियार छ र परमेश्‍वरको अख्तियार अद्वितीय छ भन्‍ने कुरालाई तैँले हृदयमा कहिल्यै मान्नेछैनस्, र सृष्टिकर्तालाई कहिल्यै साँचो रूपमा आफ्नो प्रभु र आफ्नो परमेश्‍वरका रूपमा स्विकार्नेछैनस्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरका दैनिक वचनहरू   अंश १२१

मानवजातिको नियति र ब्रह्माण्डको नियतिलाई सृष्टिकर्ताको सार्वभौमिकताबाट अलग गर्न सकिँदैन

तिमीहरू सबै वयस्क हौ। तिमीहरूमध्ये कोही आधा उमेरका छौ; कोही वृद्ध अवस्थामा प्रवेश गरिसकेका छौ। तिमीहरू परमेश्‍वरमा विश्‍वास नगर्नेदेखि उहाँमा विश्‍वास गर्ने भएका छौ, अनि परमेश्‍वरमा विश्‍वास गर्नेदेखि उहाँको वचनलाई स्वीकार गर्ने अनि उहाँको काम अनुभव गर्ने भएका छौ। परमेश्‍वरको सार्वभौमिकताको बारेमा तिमीहरूमा कति ज्ञान छ? तिमीहरूले मानव नियति सम्‍बन्धी के अन्तर्ज्ञान प्राप्त गरेका छौ? के तिमीहरूको जीवनका सबै कुरा आफ्नो चाहनाअनुसार हुन सक्छ? तिमीहरूले आफ्नो अस्तित्वका केही दशकको अवधिमा कति वटा कुरा आफूले चाहेअनुसार भएका छन्? तिमीहरूले कति वटा घटनाहरूको अनुमान गर्न सकेका छैनौ? के-कति कुराहरू मनोहर आश्‍चर्यका रूपमा आए? तिमीहरू अझै पनि कति वटा कुराको नतिजा हेर्न प्रतीक्षारत छौ, वा अझै पनि अवचेतन रूपमा सही क्षणको प्रतीक्षा गर्दै, स्वर्गको इच्‍छाको प्रतीक्षा गरिरहेका छौ? कति कुराहरूले तिमीहरूलाई असहाय महसुस गर्ने र कसरी अघि बढ्ने भन्नेबारे केही थाहा नहुने तुल्याउँछन्? सबै जना आफ्नो जीवनमा सबै कुरा आफूले चाहेअनुसार हुनेछन्, आफूलाई खानेकुरा वा लत्ताकपडाको कमी हुनेछैन, र आफ्नो सौभाग्यमा शानदार वृद्धि हुनेछ भन्‍ने आशा गर्दै सबै आफ्‍नो नियतिबारे अपेक्षाहरूले भरिएका छन्। कोही पनि जीवनमा गरिब र तुच्छ हुन, अनि दुःख-कष्ट र निरन्तरका विपत्तिहरूले घेरिन चाहँदैन। तर यी कुराहरूलाई मानिसहरूले अगाडि नै देख्‍न वा नियन्त्रण गर्न सक्दैनन्। सायद कतिपयको लागि, विगत भनेको अनुभवहरूको एउटा पोको मात्रै हो; स्वर्गको इच्‍छा के हो भन्‍ने तिनीहरूले कहिल्यै सिक्दैनन्, न त तिनीहरूले यो के हो भन्‍ने कुरालाई नै मतलब गर्छन्। तिनीहरू मानवजातिको नियतिको बारेमा वा मानिसहरू किन जीवित छन् वा तिनीहरू कसरी जिउनुपर्छ भन्‍ने बारेमा वास्तै नगरीकन दिन-प्रतिदिन पशुजस्तै केही नसोची आफ्‍नो जीवन जिउँछन्। त्यस्ता मानिसहरू मानव नियतिको बारेमा केही नबुझीकन नै वृद्ध उमेरमा पुग्छन्, अनि तिनीहरूलाई आफ्नो मृत्युको घडीसम्‍मै जीवन के हो, थाहै हुँदैन। त्यस्ता मानिसहरू मरेतुल्य हुन्; तिनीहरू आत्माविनाका प्राणीहरू हुन्; तिनीहरू पशुहरू हुन्। मानिसहरू सृष्टिभित्रै जिउने भए तापनि र संसारले तिनीहरूका भौतिक आवश्यकताहरूलाई पूरा गर्ने गरी विभिन्‍न तरिकाले तिनीहरूले आनन्द लिने भए तापनि, र यो भौतिक संसार अटुट रूपमा विस्तार हुँदैछ भन्‍ने तिनीहरूले देखे पनि, भौतिक कुराहरूसँग तिनीहरूको आफ्‍नै अनुभवको अर्थात्, तिनीहरूको हृदय र तिनीहरूको आत्माले के आभास र अनुभव गर्छ त्यसको कुनै सम्‍बन्ध छैन, र कुनै पनि भौतिक कुराले अनुभवलाई प्रतिस्थापन गर्न सक्दैन। अनुभव भनेको व्यक्तिले आफ्‍नो अन्तस्करणमा पहिचान गर्ने, नाङ्गो आँखाले देख्‍न नसक्‍ने कुरा हो। यो पहिचान मानव जीवन र मानव नियति सम्‍बन्धी व्यक्तिको बुझाइ र उसको दृष्टिकोणमा रहेको हुन्छ। अनि यसले व्यक्तिलाई प्रायजसो, एक अदृश्य सार्वभौमले मानिसकै लागि सबै थोकको व्यवस्थापन गरिरहनुभएको छ, सबै कुरा योजनाबद्ध तुल्याइरहनुभएको छ भन्‍ने कुरा बोध गराउँछ। यी सबै कुराहरूका बीचमा, व्यक्तिले नियतिको बन्दोबस्त र योजनाबद्ध कार्यलाई स्वीकार गर्ने बाहेक केही गर्न सक्दैन; सृष्टिकर्ताले तय गर्नुभएको अगाडिको मार्गलाई, व्यक्तिको नियतिमाथिको सृष्टिकर्ताको सार्वभौमिकतालाई स्वीकार गर्ने बाहेक व्यक्तिले केही गर्न सक्दैन। यो निर्विवाद तथ्य हो। नियतिको बारेमा व्यक्तिले जस्तोसुकै अन्तर्दृष्टि र मनोवृत्ति राखे पनि, कसैले पनि यो तथ्यलाई परिवर्तन गर्न सक्दैन।

एउटा मानिस कहाँ जानेछ, उसले के गर्नेछ, उसले कस्ता मानिस वा अवस्थाहरू सामना गर्नेछ, उसले के-कस्ता कुराहरू भन्‍नेछ, र हरेक दिन के हुनेछ—के यी उसले पूर्वानुमान गर्न सक्ने कुरा हुन्? यो भन्न सकिन्छ कि मानिसले यी सबै घटनाको भविष्यवाणी गर्न नसक्‍ने मात्र होइन, योभन्दा पनि बढी, उसले परिस्थितिहरू कसरी विकसित हुनेछन् भन्‍ने कुरालाई नियन्त्रण गर्न सक्दैन। मानिसको दैनिक जीवनमा, यस्ता पूर्वानुमान गर्न नसकिने घटनाहरू नौलो हुँदै होइनन्, ती त आम रूपमा घट्ने घटना हुन्। यस्ता “दैनिक जीवनका सानातिना मामलाहरू” सम्बन्धी घटनाहरू र ती विकसित हुने तरिका र नियमहरू मानवजातिका लागि निरन्तर सम्झौटा हुन्: कुनै पनि घटना संयोग होइन; हरेक घटनाको विकासक्रम र अपरिहार्यतालाई मानव इच्‍छाद्वारा परिवर्तन गर्न सकिँदैन। आइपर्ने हरेक घटनाले मानवजातिलाई सृष्टिकर्ताको चेतावनी सुनाउँछ र यसले उनीहरू आफ्नै नियतिलाई नियन्त्रण गर्न सक्दैनन् भन्‍ने सन्देश दिन्छ। यसका साथै, यो नियतिलाई आफ्‍नै हातमा लिने मानवजातिको धृष्ट महत्त्वाकाङ्क्षा र चाहनाविरुद्धको प्रतिप्रहार हो। यो प्रहार मानवजातिको अनुहारमा बारम्बार हानिएको शक्तिशाली झापड जस्तै हो, जसले तिनीहरूलाई तिनीहरूको नियतिमाथि ठ्याक्कै कसले सार्वभौमिकता राख्छ र त्यसलाई कसले नियन्त्रण गर्छ भनी आत्मचिन्तन गर्न बाध्य पार्छ। अनि जब मानिसहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू बारम्‍बार धराशायी र चकनाचुर हुन्छन्, तब तिनीहरूसँग अचेतन रूपमै भाग्यका प्रबन्धहरूअनुसार चल्नु, साथै वास्तविकता, स्वर्गको इच्छा, र सृष्टिकर्ताको सार्वभौमिकतालाई स्विकार्नुको विकल्प नै हुँदैन। दैनिक जीवनका सानातिना मामिलाहरूसम्बन्धी दोहोरिरहने घटनाहरूदेखि मानवजातिको जीवनको नियतिसम्म, यस्तो कुनै कुरा छैन जसले सृष्टिकर्ताको सार्वभौमिकता र उहाँका प्रबन्धहरू प्रकट नगरोस्; यस्तो कुनै कुरा छैन जसले सृष्टिकर्ताको अख्तियारलाई उछिन्न सकिँदैन भन्ने सन्देश नदेओस्, सृष्टिकर्ताको अख्तियार सर्वोच्च छ भन्ने सर्वदा अपरिवर्तनीय सत्यता व्यक्त नगरोस्!

मानवजाति र यावत कुराहरूका भाग्य सृष्टिकर्ताको सार्वभौमिकतासँग घनिष्ट रूपले गाँसिएका र सृष्टिकर्ताका योजनाबद्ध कार्यहरूसँग अभिन्न रूपले जोडिएका हुन्छन्; अन्त्यमा, ती सृष्टिकर्ताको अख्तियारसँग अविभाज्य हुन्छन्। सबै कुराहरूका नियमहरूमा, मानिसले सृष्टिकर्ताका योजनाबद्ध कार्यहरू र उहाँको सार्वभौमिकतालाई बुझ्‍न पुग्छ; यावत् थोकहरूको अस्तित्वका नियमहरूमा, उसले सृष्टिकर्ताको शासनलाई जान्‍न पुग्छ; यावत् थोकहरूका नियतिहरूमा, उसले सृष्टिकर्ताले कसरी तिनीहरूउपर आफ्‍नो सार्वभौमिकता र नियन्त्रण प्रयोग गर्नुहुन्छ सो निष्कर्ष निकाल्न पुग्छ; अनि मानवजाति र यावत् थोकका जीवन चक्रहरूमा मानिसले साँच्‍चै नै यी यावत् थोक र जीवित प्राणीहरूका निम्ति सृष्टिकर्ताका योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूको अनुभव गर्न पुग्छ, कसरी ती योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूले सारा सांसारिक कानुनहरू, नियमहरू, र संस्थाहरू, अन्य सारा शक्तिहरू र सामर्थ्यहरूलाई नाघ्छन् भन्‍ने कुरा देख्‍न पुग्छ। त्यसो हुनाले, सृष्टिकर्ताको सार्वभौमिकतालाई कुनै पनि सृष्टि गरिएको प्राणीले उल्‍लङ्घन गर्न सक्दैन, सृष्टिकर्ताले पूर्वनिर्धारित गर्नुभएका घटना र काम-कुराहरूलाई कुनै पनि शक्तिले बाधा दिन वा परिवर्तन गर्न सक्दैन भन्‍ने कुरा स्वीकार गर्न मानवजाति बाध्य छ। यिनै स्वर्गका व्यवस्था र नियमहरूमा नै मानवजाति अनि यावत् थोक जिउँछन् र एक पुस्तादेखि अर्को पुस्तासम्‍म पुनरुत्पादन गर्दै जान्छन्। के सृष्टिकर्ताको अख्तियारको साँचो मूर्त रूप यही होइन र? मानिसले वस्तुगत नियमहरूमा, सृष्टिकर्ताको सार्वभौमिकता र सबै घटना र यावत् थोकमा उहाँको पूर्वनिर्धारणलाई देख्‍ने भए तापनि, यावत् थोकहरूमाथि सृष्टिकर्ताको सार्वभौमिकताको सिद्धान्तलाई कति जना मानिसहरूले पूर्ण रूपमा बुझ्‍न सक्छन्? कति मानिसहरूले तिनीहरूको आफ्नै नियतिमाथिको सृष्टिकर्ताको सार्वभौमिकता र बन्दोबस्तलाई साँचो रूपमा चिन्न, मान्न, स्वीकार गर्न, र तिनमा समर्पित हुन सक्छन्? कसले चाहिँ यावत् थोकमाथि सृष्टिकर्ताको सार्वभौमिकताको तथ्यमा विश्‍वास गरेकोले, मानिसको जीवनको नियतिमाथि पनि सृष्टिकर्ताले सार्वभौमिकता राख्‍नुहुन्छ भन्‍ने कुरालाई साँचो रूपमा विश्‍वास र स्वीकार गर्न सक्छ? कसले मानिसको नियति सृष्टिकर्ताको हतकेलामा छ भन्‍ने तथ्यलाई साँचो रूपमा बुझ्‍न सक्छ? उहाँले मानवजातिको नियतिलाई शासन र नियन्त्रण गर्नुहुन्छ भन्‍ने तथ्यलाई ध्यानमा राख्दै, मानवजातिले सृष्टिकर्ताको सार्वभौमिकतामाथि कस्तो मनोवृत्ति राख्‍नुपर्छ? अहिले यो तथ्यको सामना गर्ने हरेक मानवजातिले आफ्‍नो लागि गर्नैपर्ने निर्णय त्यही नै हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरका दैनिक वचनहरू   अंश १२२

मानव जीवनका छ महत्त्वपूर्ण मोडहरू (छनौट गरिएका खण्डहरू)

आफ्‍नो जीवनकालमा, हरेक व्यक्ति नै महत्त्वपूर्ण मोडहरूको श्रृंखलामा पुग्‍छन्। व्यक्तिको जीवनको नियतिलाई निर्धारण गर्ने अत्यन्तै आधारभूत, र अत्यन्तै महत्त्वपूर्ण चरणहरू यिनै हुन्। हरेक व्यक्तिले आफ्‍नो जीवनकालमा पार गर्नैपर्ने यी मार्गचिन्‍हहरूको छोटकरी व्याख्या निम्‍नानुसार दिइएको छ।

पहिलो महत्त्वपूर्ण मोड: जन्‍म

व्यक्तिको जन्‍म कहाँ हुन्छ, तिनीहरू कुन परिवारमा जन्‍मन्छन्, उसको लिङ्ग, रूप, अनि जन्‍मको समय—व्यक्तिको जीवनको पहिलो महत्त्वपूर्ण मोडका विवरणहरू यिनै हुन्।

कसैले पनि यो मोडको निश्चित विवरण छनौट गर्न सक्दैन; ती सबै सृष्टिकर्ताले धेरै पहिले नै अग्रिम रूपमा निर्धारित गर्नुभएको हुन्छ। कुनै पनि हालतमा बाहिरी वातावरणले तिनलाई प्रभावित गर्दैन, अनि कुनै पनि मानव निर्मित तत्वहरूले यी तथ्यहरूलाई परिवर्तन गर्न सक्दैनन्, जसलाई सृष्टिकर्ताले पहिले नै पूर्वनिर्धारित गर्नुभएको हुन्छ। व्यक्तिको जन्‍म हुनु भनेको त्यस व्यक्तिको लागि सृष्टिकर्ताले बन्दोबस्त गर्नुभएको नियतिको पहिलो चरणलाई उहाँले पहिले नै पूरा गरिसक्‍नुभएको छ भन्‍ने हो। यी सबै कुराहरूलाई धेरै पहिले नै अग्रिम रूपमा उहाँले पूर्वनिर्धारित गरिसक्‍नुभएको हुनाले, तीमध्ये कुनै पनि कुरालाई परिवर्तन गर्ने शक्ति कसैसँग हुँदैन। व्यक्तिको पछिको नियति जस्तोसुकै भए तापनि, व्यक्तिको जन्‍मका परिस्थितिहरू पूर्वनिर्धारित हुन्छन्, र ती त्यस्तै रहन्छन्; तिनलाई व्यक्तिको जीवनको नियतिले कुनै पनि हालतमा प्रभावित गर्दैन, न त तिनले व्यक्तिको जीवनको नियतिमाथि रहेको सृष्टिकर्ताको सार्वभौमिकतालाई नै प्रभाव पार्छ।

१) सृष्टिकर्ताका योजनाहरूद्वारा एउटा नयाँ जीवन जन्‍मन्छ

पहिलो महत्त्वपूर्ण मोडको कुन विवरणलाई—जन्‍मने स्थान, उसको परिवार, उसको लिङ्ग, शारीरिक रूप, ऊ जन्‍मने समयमध्ये कुनलाई—व्यक्तिले छनौट गर्न सक्छ? अवश्य नै, व्यक्तिको जन्‍म एउटा निष्क्रिय घटना हो। कुनै व्यक्ति कुनै स्थानमा, कुनै निश्‍चित समयमा, कुनै निश्‍चित परिवारमा, कुनै निश्‍चित शारीरिक रूप लिएर अनायासै जन्‍मन्छ; कुनै व्यक्ति अनायासै कुनै निश्‍चित परिवारको सदस्य, कुनै निश्‍चित पारिवारिक वृक्षको हाँगा बन्छ। जीवनको यो पहिलो महत्त्वपूर्ण मोडमा व्यक्तिसँग कुनै विकल्‍प हुँदैन, बरु ऊ त सृष्टिकर्ताका योजनाहरू अनुसार निश्‍चित गरिएको वातावरणमा, व्यक्तिको जीवनकालसँग घनिष्ट रूपमा सम्‍बन्धित रहेको निश्‍चित परिवार, निश्‍चित लिङ्ग र स्वरूपमा, र निश्‍चित समयमा जन्मन्छ। यो महत्त्वपूर्ण बिन्दुमा व्यक्तिले के गर्न सक्छ? स्पष्टै छ, व्यक्तिको जन्मसम्‍बन्धी यीमध्ये कुनै पनि विवरणलाई व्यक्तिले छनौट गर्न पाउँदैन। सृष्टिकर्ताको पूर्वनियोजन र उहाँको मार्गनिर्देशन नभएको भए, यस संसारमा प्रवेश गर्ने नवजात व्यक्तिलाई कहाँ जाने वा कहाँ बस्‍ने भन्ने कुरा थाहा हुनेथिएन, उसका कुनै आफन्त हुनेथिएनन्, ऊ कहीँको पनि हुनेथिएन, र उसको वास्तविक घर हुनेथिएन। तर सृष्टिकर्ताका सूक्ष्म प्रबन्धहरूका कारण, उसले बस्‍ने ठाउँ, आमाबाबु, आफूले आफ्‍नो भन्‍न सक्‍ने ठाउँ, र आफन्त पाउँछ, अनि त्यसपछि उसले आफ्नो जीवन यात्रालाई अघि बढाउँछ। यो प्रक्रियाभरि, यस नयाँ जीवनको उद्भव सृष्टिकर्ताका योजनाहरूले निर्धारित गर्छन्, अनि यसले पछि प्राप्त गर्ने सबै कुरा सृष्टिकर्ताले नै यसलाई दिनुहुन्छ। आफ्‍नो नाममा केही पनि नरहेको त्यत्तिकै तैरिरहेको शरीर, क्रमिक रूपमा देह र मासु, देख्‍न सकिने, मूर्त मानव प्राणी, परमेश्‍वरका सृष्टिहरूमध्ये एउटा बन्छ, जसले विचार गर्छ, सास फेर्छ, अनि तातो र चिसोको अनुभव गर्छ; जसले भौतिक संसारमा सृष्टि गरिएको प्राणीका सामान्य क्रियाकलापहरूमा सहभागिता जनाउन सक्छ; अनि जसले सृष्टि गरिएको मानवले जीवनमा अनुभव गर्नुपर्ने सबै कुराहरूलाई अनुभव गर्नेछ। व्यक्तिको जन्‍मलाई सृष्टिकर्ताले पूर्वनियोजन गर्नुको अर्थ उहाँले त्यस व्यक्तिलाई बाँच्‍नका लागि चाहिने सबै कुरा दिनुहुन्छ भन्‍ने हो; अनि त्यसरी नै, व्यक्तिको जन्मको अर्थ उसले बाँच्‍नका लागि चाहिने सबै कुरा सृष्टिकर्ताबाट प्राप्त गर्नेछ, अनि त्यस बिन्दुदेखि, ऊ सृष्टिकर्ताले दिनुभएको र सृष्टिकर्ताको सार्वभौमिकताको अधीनमा रहेको अर्को स्वरूपमा जिउनेछ भन्‍ने हो।

२) किन फरक-फरक मानवजाति फरक-फरक परिस्‍थितिहरूमा जन्‍मन्छन्

मानिसहरूले प्रायजसो यदि तिनीहरूको पुनर्जन्‍म भयो भने, यो एउटा विशिष्ट परिवारमा हुनेछ भनेर कल्‍पना गर्न मन पराउँछन्; यदि तिनीहरू महिलाको रूपमा जन्‍मेका थिए भने, तिनीहरू हिउँजस्तै सेतो देखिन र तिनीहरूलाई सबैले माया गरुन् भन्‍ने चाहन्छन्, अनि तिनीहरू पुरुष थिए भने कुनै कुराको पनि कमी नभएको सारा संसार आफ्‍नो चुट्कीमा नियन्त्रण गर्ने राजकुमार बन्‍न चाहन्छन्। आफ्‍नो जन्‍मको बारेमा विभिन्‍न भ्रमहरू बोकी कष्ट भोग्‍नेहरू, अनि आफ्‍नो परिवार, आफ्‍नो रूप, आफ्‍नो लिङ्ग, अनि आफू जन्‍मेको समयप्रति अत्यन्तै असन्तुष्ट हुनेहरू पनि छन्। तैपनि मानिसहरूले तिनीहरू किन निश्‍चित परिवारमा जन्‍मे वा किन तिनीहरूको रूप निश्‍चित प्रकारको छ भन्‍ने कहिल्यै बुझ्दैनन्। तिनीहरूलाई तिनीहरू जहाँ जन्‍मे पनि वा तिनीहरूको रूप जस्तो भए पनि, तिनीहरूले विभिन्‍न भूमिका निर्वाह गर्नुपर्छ र सृष्टिकर्ताको व्यवस्थापनका फरक-फरक मिसनहरू पूरा गर्नुपर्छ, र यो उद्देश्य कहिल्यै परिवर्तन हुनेछैन भन्‍ने थाहा हुँदैन। सृष्टिकर्ताको नजरमा, व्यक्ति कहाँ जन्मन्छ, ऊ पुरुष हो कि महिला, र ऊ कस्तो देखिन्छ भन्ने कुराले मतलब राख्दैनन्—यी सबै अस्थायी कुरा हुन्। ती सारा मानवजातिप्रतिको उहाँको व्यवस्थापनको हरेक चरणभित्रका साना चिह्न र सङ्केतहरूबाहेक केही होइनन्। अनि व्यक्तिको साँचो गन्तव्य र परिणामलाई कुनै पनि निश्‍चित चरणमा भएको तिनीहरूको जन्‍मले होइन, बरु तिनीहरूले हरेक जीवनमा पूरा गर्ने मिसनले, र सृष्टिकर्ताको व्यवस्थापनको योजना समाप्त भएपछि तिनीहरूमाथि उहाँले गर्ने निर्धारणले निर्धारित गर्छ।

हरेक प्रभावको लागि एउटा कारण हुन्छ, र कारणविना कुनै प्रभाव हुँदैन भन्‍ने भनाइ छ। तसर्थ, व्यक्तिको जन्‍म उसको वर्तमान जीवन र उसको पहिलेको जीवन दुवैसँग अत्यावश्यक रूपमा नै जोडिएको हुन्छ। यदि व्यक्तिको मृत्युले उसको हालको जीवन अवधिलाई समाप्त गर्छ भने, व्यक्तिको जन्‍म ताजा चक्रको सुरुवात हो; यदि पुरानो चक्रले व्यक्तिको अघिल्‍लो जीवनलाई प्रतिनिधित्व गर्छ भने, नयाँ चक्र स्वाभाविक रूपमा नै तिनीहरूको वर्तमान जीवन हो। व्यक्तिको जन्‍म उसको विगतको जीवनका साथै उसको वर्तमान जीवनसँग जोडिएको हुने हुनाले, व्यक्तिको जन्‍मसँग सम्‍बन्धित स्थान, परिवार, लिङ्ग, स्वरूप, र अरू त्यस्तै तत्वहरू सबै नै व्यक्तिको विगत र वर्तमान जीवनसँग सम्‍बन्धित हुन्छन्। यसको अर्थ के हो भने व्यक्तिको जन्‍म सम्‍बन्धी तत्वहरूलाई व्यक्तिको अघिल्‍लो जीवनले मात्रै प्रभाव पार्ने होइन, बरु तिनलाई त व्यक्तिको वर्तमान जीवनको नियतिले पनि निर्धारित गर्छ, जसले मानिसहरू किन विभिन्‍न परिस्‍थितिहरूमा जन्‍मन्छन् भन्‍ने कुरालाई स्पष्ट पार्छ: कति जना गरिब परिवारमा जन्‍मन्छन्, अरू धनी परिवारमा। कति जना सर्वसाधारण वर्गका हुन्‍छन्, अरू विशिष्ट घरानाका। कति जना दक्षिणमा जन्‍मन्छन्, अरू उत्तरमा। कति जना मरुभूमिमा जन्‍मन्छन्, अरू हराभरा जमिनमा। कतिपय मानिसहरूको जन्‍म हुँदा हर्ष, खुशी, र धूमधाम हुन्छ; अरूको जन्‍मले आँसु, संकष्ट, र विपत्ति ल्याउँछ। कति जना प्यारो बन्न जन्‍मन्छन्, अरू झारजस्तो पन्छाइनको लागि जन्‍मन्छन्। कति जना उत्कृष्ट विशेषताहरू लिएर जन्‍मन्छन्, अरू कुटिल मतिका भई जन्‍मन्छन्। कति जना हेर्दा सुन्दर देखिन्छन्, अरू कुरूप देखिन्छन्। कति जना आधारातमा जन्‍मन्छन्, अरू मध्य दिनको तातो घाममा जन्‍मन्छन्। … सबै वर्गका मानिसहरूको जन्‍म सृष्टिकर्ताले तिनीहरूका निम्ति साँचिराखिदिनुभएको नियतिद्वारा निर्धारित गरिन्छन्; तिनीहरूको जन्‍मले तिनीहरूको वर्तमान जीवनको नियतिका साथै तिनीहरूले निर्वाह गर्ने भूमिका अनि तिनीहरूले पूरा गर्ने मिसनलाई निर्धारित गर्छ। यो सृष्टिकर्ताको सार्वभौमिकताको अधीनमा हुन्छ, उहाँले नै यसलाई पूर्वनिर्धारित गर्नुभएको हुन्छ; पहिलेबाटै निर्धारित गरिएको यो नियतिबाट कोही पनि उम्कन सक्दैन, कसैले पनि आफ्‍नो जन्‍मलाई परिवर्तन गर्न सक्दैन, अनि कसैले पनि आफ्‍नो नियतिलाई छनौट गर्न सक्दैन।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरका दैनिक वचनहरू   अंश १२३

मानव जीवनका छ महत्त्वपूर्ण मोडहरू (छनौट गरिएका खण्डहरू)

दोस्रो महत्त्वपूर्ण मोड: हुर्कनु-बढ्नु

मानिसहरू जुन प्रकारको परिवारमा जन्‍मन्छन् त्यसको आधारमा, तिनीहरू घरको फरक-फरक वातावरणमा हुर्कन्छन् र तिनीहरूले आफ्‍ना आमाबाबुबाट फरक-फरक पाठहरू सिक्‍छन्। व्यक्ति कसरी वयस्क हुँदै जान्छ त्यसका अवस्थाहरूलाई यी तत्वहरूले निर्धारित गर्छन्, र हुर्कनु-बढ्नुले व्यक्तिको जीवनको दोस्रो महत्त्वपूर्ण समयबिन्दुलाई प्रतिनिधित्व गर्छ। अवश्य नै, यो मोडमा पनि मानिसहरूसँग कुनै विकल्‍प हुँदैन। यो पनि निश्‍चित र पूर्वनिर्धारित हुन्छ।

१) सृष्टिकर्ताले हरेक व्यक्ति वयस्क हुनको लागि निश्‍चित अवस्थाहरूको योजना बनाउनुभएको हुन्छ

व्यक्तिले आफू हुर्कने क्रममा उसलाई शिक्षा दिने र प्रभाव पार्ने मानिस, घटना, वा काम-कुराहरूलाई छनौट गर्न सक्दैन। व्यक्तिले कस्तो ज्ञान वा सीपहरू प्राप्त गर्छ, उसले के-कस्ता बानी-व्यहोराको विकास गर्छ त्यसलाई उसले छनौट गर्न सक्दैन। व्यक्तिको आमाबाबु र इष्टमित्र को हुन्छन्, ऊ कस्तो प्रकारको वातावरणमा हुर्कन्छ त्यसको बारेमा व्यक्तिले केही पनि बोल्‍न पाउँदैन; व्यक्तिको वरिपरिका मानिस, घटना, र काम-कुराहरूसँगको उसको सम्‍बन्ध, र तिनले उसको विकासमा कसरी प्रभाव पार्छन्, यी सबै व्यक्तिको नियन्त्रणभन्दा बाहिरका कुराहरू हुन्। त्यसो भए, कसले यी कुराहरूको निर्णय गर्छ? कसले तिनको व्यवस्थापन गर्छ? मानिसहरूसँग यस विषयमा कुनै विकल्‍प नहुने हुनाले, तिनीहरूले यी कुराहरू आफ्‍नो लागि निर्णय गर्न नसक्‍ने हुँदा, र अवश्य पनि तिनले स्वाभाविक रूपमै आकार नलिने हुँदा, भन्नै पर्दैन, यी मानिसहरू, घटनाहरू, र काम-कुराहरूको निर्माण सृष्टिकर्ताकै हातमा छ। जसरी सृष्टिकर्ताले हरेक व्यक्तिको जन्‍मका खास परिस्‍थितिहरूको प्रबन्ध गर्नुहुन्छ, त्यसरी नै उहाँले अवश्यै हरेक व्यक्ति हुर्कने खास परिस्‍थितिहरूको पनि प्रबन्ध गर्नुहुन्छ। यदि व्यक्तिको जन्‍मले उसको वरिपरिका मानिस, घटना, र कामकुराहरूलाई परिवर्तन गर्छ भने, त्यस व्यक्तिको हुर्काइले तिनलाई पनि अनिवार्य रूपमै प्रभाव पार्नेछ। उदाहरणका लागि, कतिपय मानिस गरिब परिवारमा जन्‍मन्छन्, तर धनसम्पत्तिले घेरिएर हुर्कन्छन्; अन्य मानिसहरूको जन्मले उनीहरूको सुरुदेखिको सम्पन्न परिवारमा पतन ल्याउँछ, जसले गर्दा तिनीहरू गरिब वातावरणमा हुर्कन्छन्। कसैको पनि जन्‍म निश्‍चित नियमद्वारा सञ्चालित हुँदैन, र कुनै पनि व्यक्ति हुर्कने परिस्‍थितिहरूमा कुनै नियम वा अपरिहार्यताहरू हुँदैनन्। यीमध्ये कुनै पनि कुराहरू व्यक्तिले कल्‍पना गरेर अस्तित्वमा ल्याउन सक्ने वा नियन्त्रण गर्न सक्‍ने कुरा होइनन्; ती त व्यक्तिको नियतिका उपजहरू हुन्, र व्यक्तिकै नियतिद्वारा निर्धारित हुन्छन्। अवश्‍य नै, मूल रूपमा, यी कुराहरू सृष्टिकर्ताद्वारा गरिएको हरेक व्यक्तिको नियतिको पूर्वनियोजनद्वारा निर्धारित हुन्छन्; ती कुराहरू त्यस व्यक्तिको नियतिमाथि सृष्टिकर्ताको सार्वभौमिकता अनि उहाँद्वारा गरिएको यसको प्रबन्धद्वारा निर्धारित हुन्छन्।

२) मानिसहरू हुर्कने विभिन्‍न परिस्‍थितिहरूले फरक-फरक भूमिकाहरू पैदा गर्छन्

व्यक्तिको जन्‍मका परिस्‍थितिहरूले आधारभूत रूपमा तिनीहरू हुर्कने वातावरण र परिस्‍थितिहरूलाई स्थापित गर्छन्, त्यसै गरी, व्यक्ति जुन परिस्‍थितिहरूमा हुर्कन्छ ती उसको जन्‍मका परिस्‍थितिहरूका उपज हुन्। यस अवधिमा, व्यक्तिले भाषा सिक्‍न सुरु गर्छ, र व्यक्तिको मस्तिष्कले विभिन्‍न नयाँ कुराहरू भेट्ने र आत्मसात् गर्ने गर्छ, जुन प्रक्रियाको अवधिमा व्यक्ति निरन्तर वृद्धि भइरहेको हुन्छ। व्यक्तिले आफ्‍नो कानले सुन्‍ने, आफ्‍नो आँखाले देख्‍ने, र आफ्‍नो मस्तिष्कले लिने कुराहरूले बिस्तारै उसको भित्री संसारलाई भर्छ र चलायमान बनाउँछ। व्यक्तिको सम्पर्कमा आउने मानिसहरू, घटना, र विभिन्‍न कुराहरू; उसले सिक्‍ने सामान्य चेतना, ज्ञान, र सीपहरू; अनि व्यक्तिलाई सिकाइने वा उसको मस्तिष्कमा हालिने उसलाई प्रभाव पार्ने विचार-शैलीहरूले व्यक्तिको जीवनको नियतिलाई निर्देशित गर्नेछ र प्रभाव पार्नेछ। व्यक्ति हुर्कँदै गर्दा, उसले सिक्ने भाषा र उसमा विकसित हुने विचारहरू उसको वातावरणबाट अभिन्न हुन्छन्, जसमा उसका आमाबुबा र दाजुभाइ-दिदीबहिनीहरू, साथै उसको वरिपरिका विभिन्न मानिस, घटना र कामकुराहरू समावेश हुन्छन्। त्यसैले, व्यक्ति कसरी हुर्कन्छ भन्‍ने कुरा ऊ जिउने वातावरणद्वारा निर्धारित हुन्छ, र यो यस अवधिमा उसको सम्पर्कमा आउने मानिस, घटना र कामकुराहरूमा निर्भर हुन्छ। व्यक्ति हुर्कने परिस्थितिहरू धेरै अघिदेखि नै पूर्वनियोजित हुने हुनाले, यस क्रममा ऊ जिउने वातावरण पनि स्वाभाविक रूपमा पूर्वनियोजित नै हुन्छ। यो उसका छनौट र प्राथमिकताहरूमा निर्भर हुँदैन, बरु सृष्टिकर्ताका योजनाहरू, सृष्टिकर्ताका सूक्ष्म प्रबन्धहरू, र व्यक्तिको जीवनको नियतिमाथिको सृष्टिकर्ताको सार्वभौमिकतामा निर्भर हुन्छ। त्यसैले, हुर्कने क्रममा कुनै पनि व्यक्तिले भेट्ने मानिसहरू, र उसको सम्पर्कमा आउने कुराहरू, सबै स्वाभाविक रूपमा सृष्टिकर्ताका योजनाबद्ध कार्य र प्रबन्धहरूसँग जोडिएका हुन्छन्। मानिसहरू यस प्रकारका जटिल अन्तरसम्बन्धहरूलाई पहिले नै देख्न सक्दैनन्, न त तिनीहरू तिनलाई नियन्त्रण गर्न वा बुझ्न नै सक्छन्। हरेक व्यक्ति हुर्कने परिस्थितिहरूमा सबै प्रकारका कुरा र मानिस समावेश हुन्छन्—र ती ठूलो सङ्ख्यामा हुन्छन्। कुनै पनि मानव यस्तो विशाल सञ्जालको जालोको प्रबन्ध वा योजनाबद्ध गर्न सक्षम हुँदैन। सृष्टिकर्ताबाहेक कुनै पनि व्यक्ति वा कुराले सबै मानिस, घटना र कामकुराहरूको उदय, निरन्तरता र अन्त्यलाई नियन्त्रण गर्न सक्दैन, र यस्तै विशाल सञ्जालका जालोहरूले नै सृष्टिकर्ताको पूर्वनियोजनअन्तर्गत हरेक व्यक्ति कसरी हुर्कन्छ भन्‍ने कुरालाई आकार दिन्छन्, र तिनीहरू हुर्कने विभिन्न वातावरण निर्माण गर्छन्, साथै सृष्टिकर्ताको व्यवस्थापनको कार्यका लागि आवश्यक विभिन्न भूमिकालाई आकार दिँदै, मानिसहरूलाई आफ्ना मिसनहरू सहज रूपमा पूरा गर्नका लागि एउटा दृढ, र शक्तिशाली जग बसाल्छन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरका दैनिक वचनहरू   अंश १२४

मानव जीवनका छ महत्त्वपूर्ण मोडहरू (छनौट गरिएका खण्डहरू)

तेस्रो महत्त्वपूर्ण मोड: स्वतन्त्रता

व्यक्ति बाल्यकाल, किशोरावस्था पार गरेर, क्रमिक रूपमा र अपरिहार्य रूपमा परिपक्‍वतामा पुगेपछि, उसले लिने अर्को चरण भनेको आफ्‍नो जवान अवस्थाबाट अलग भएर, आफ्‍ना बाबुआमालाई बिदा गर्नु अनि अगाडिको बाटोलाई स्वतन्त्र वयस्कको रूपमा सामना गर्नु हो। यस विन्दुमा, वयस्कले सामना गर्नै पर्ने सबै मानिसहरू, घटना, अनि अन्य कुराहरूलाई तिनीहरूले सामना गर्नुपर्छ, तिनीहरूका अघि आफै प्रस्तुत हुँदै आउने तिनीहरूको नियतिका सबै भागहरूलाई सामना गर्नुपर्छ। व्यक्तिले पार गरेर जानैपर्ने तेस्रो समयबिन्दु यही हो।

१) स्वतन्त्र बनिसकेपछि, व्यक्तिले सृष्टिकर्ताको सार्वभौमिकतालाई अनुभव गर्न थाल्छ

यदि व्यक्तिको जन्‍म र हुर्काइ व्यक्तिको नियतिको लागि जग बसाल्‍ने उसको जीवन यात्राको “तयारी अवधि” हो भने, व्यक्तिको स्वतन्त्रता उसको आफ्‍नो जीवनको नियतिसँगको उसको आत्मलापको सुरुवात हो। यदि व्यक्तिको जन्‍म र हुर्काइ तिनीहरूको जीवनको नियतिको लागि तिनीहरूले साँचेर राख्‍ने सम्पत्ति हो भने, व्यक्तिको स्वतन्त्रता उनीहरूले त्यो धन खर्चन सुरु गर्ने वा धन थप्‍न सुरु गर्ने समय हो। जब कुनै व्यक्ति आफ्‍ना आमाबाबुलाई छोडेर स्वतन्त्र बन्छ, तब उसले सामना गर्ने सामाजिक वातावरण, र उसलाई आइपर्ने सबै प्रकारका काम र करियर पूर्वनिर्धारित हुन्छन् र उसका आमाबाबुसँग यसको कुनै सम्‍बन्ध हुँदैन। कतिपय मानिसहरूले कलेजमा राम्रो मुख्य विषय छान्छन् र स्नातक गरेपछि उत्कृष्ट जागिर पाउँछन्; तिनीहरूले जीवनको मार्गमा उत्कृष्ट सुरुवात गर्छन् भन्न सकिन्छ। अरू कतिले धेरै फरक-फरक सीपहरू सिक्छन् र तिनमा पोख्त हुन्छन्, तैपनि तिनीहरूले आफूलाई सुहाउने जागिर वा पद कहिल्यै भेट्टाउँदैनन्, तिनीहरूले आफ्नै करियर त झनै बनाउँदैनन्; यो भन्न सकिन्छ कि यस्ता मानिसहरूको जीवनको पहिलो कदम नै बाधा-अड्चन र कठिनाइहरूले भरिएको हुन्छ, तिनीहरूको भविष्य निराशाजनक र जीवन अनिश्चित हुन्छ। अरू कतिपय लगनशीलताका साथ अध्ययनमा लागिपर्छन्, तैपनि उच्च शिक्षा प्राप्त गर्ने हरेक अवसरलाई झिनो अन्तरले गुमाउँछन्; तिनीहरूको नियति नै कहिल्यै सफलता हासिल गर्न नसक्ने देखिन्छ—यो भन्न सकिन्छ कि तिनीहरूको जीवनको मार्गका सबैभन्दा पहिलो आशाहरू धुवाँझैँ उडेर जान्छन्। अगाडिको बाटो सहज छ कि चट्टानी छ भन्ने थाहा नपाएर, तिनीहरूले पहिलो पटक मानव नियति कति अप्रत्याशित छ भनी महसुस गर्छन्, र यसरी डर र अपेक्षाको मिश्रित भावले जीवनको सामना गर्छन्। अरू कतिपय त्यति धेरै शिक्षित हुँदैनन्, तैपनि तिनीहरूले पुस्तकहरू लेख्न सक्छन्, र केही हदसम्म ख्याति कमाउँछन्। अनि अरू कतिपय त लगभग पूर्ण रूपमा निरक्षर हुन्छन्, तैपनि तिनीहरूले व्यापारमा पैसा कमाउन सक्छन् र त्यसरी तिनीहरू आफूलाई पाल्न सक्षम हुन्छन्। … व्यक्तिले कुन पेसा रोज्छ, कसरी जीविका चलाउँछ, उसले गर्ने छनौटहरू राम्रा छन् कि नराम्रा छन्—के मानिसहरूले यी कुराहरूमा कुनै छनौट गर्न पाउँछन्? के ती मानिसहरूका चाहना र निर्णयहरूमा आधारित हुन्छन्? धेरैजसो मानिसहरू थोरै काम गर्ने र धेरै कमाउने, घामपानीमा परिश्रम नगर्ने, सम्मानजनक पहिरन लगाउने, जहाँ गए पनि चम्किलो देखिने, सबैभन्दा माथि पुग्ने, र आफ्ना पुर्खाको नाम राख्ने इच्छा राख्छन्। मानिसहरूका यस्ता “सिद्ध” इच्छाहरू हुन्छन्, तर जब तिनीहरूले जीवनको मार्गमा आफ्नो पहिलो कदम चाल्छन्, तब तिनीहरूले मानव नियति कति असिद्ध छ भनी बिस्तारै देख्न थाल्छन्, र पहिलो पटक साँच्चै के महसुस गर्छन् भने, व्यक्तिले आफ्नो भविष्यका लागि साहसी योजनाहरू बनाउन र मनोमानी रूपमा सबै प्रकारका सपनाहरू पाल्न सक्ने भए पनि, आफ्ना सपनाहरू साकार पार्ने क्षमता वा शक्ति कसैसँग हुँदैन, न त आफ्नै भविष्यलाई नियन्त्रण गर्ने क्षमता नै हुन्छ। व्यक्तिका सपना र उसले सामना गर्ने वास्तविकताहरूका बीचमा सधैँ एउटा अन्तर हुन्छ; परिस्थितिहरू कहिल्यै पनि व्यक्तिले कल्पना गरेजस्तो हुन सक्दैनन्, र यस्ता वास्तविकताहरूको सामना गर्दा, मानिसहरूले कहिल्यै सन्तुष्टि वा तृप्ति पाउन सक्दैनन्। कतिपय मानिसहरू त आफ्नो जीविका र भविष्यको खातिर, र आफ्नो भाग्य परिवर्तन गर्ने खातिर, बारम्बार सबै प्रकारका उपायहरू सोच्ने प्रयास गर्छन् र हरेक सम्भावित माध्यमको खोजी गर्छन्, साथै सबै प्रकारका प्रयास र त्यागहरू गर्छन्। तर अन्त्यमा, तिनीहरूले आफ्नै कडा परिश्रमद्वारा आफ्ना सपना र चाहनाहरू साकार पार्न सके पनि, तिनीहरूले आफ्नो भाग्य कहिल्यै परिवर्तन गर्न सक्दैनन्, र तिनीहरूले जतिसुकै सङ्घर्ष गरे पनि, तिनीहरू आफ्नो नियतिभन्दा बाहिर कहिल्यै जान सक्दैनन्। तिनीहरूको क्षमता र बौद्धिकतामा भिन्‍नताहरू भए पनि, र तिनीहरूमा सङ्कल्प भए पनि वा नभए पनि, सबै मानिसहरू भाग्यको अगाडि समान हुन्छन्, जहाँ तिनीहरूलाई ठूलो र सानो, उच्च र नीच, सम्मानित र तुच्छ भनेर छुट्याइँदैन। व्यक्ति कुन पेसामा संलग्न हुन्छ, उसले जीविकाका लागि के गर्छ, र जीवनमा ऊसँग कति धन छ भन्‍ने कुरा उसका आमाबुबा, उसको प्रतिभा, वा उसको प्रयास र महत्त्वाकाङ्क्षाहरूमा निर्भर हुँदैन—यो सृष्टिकर्ताको पूर्वनियोजनमा निर्भर हुन्छ।

२) आफ्‍ना बाबुआमालाई छोडेर जीवन-मञ्‍चमा उत्सुकताका साथ आफ्‍नो भूमिका खेल्‍न सुरु गर्नु

जब कुनै व्यक्ति परिपक्वतामा पुग्छ, तब ऊ आफ्ना आमाबुबालाई छोडेर आफ्नै खुट्टामा उभिने अवस्थामा पुगेको हुन्छ। यही बेला उसले जीवनमा आफ्नो भूमिका साँच्चै खेल्न थाल्छ, र ठीक यही बेला उसको जीवनको मिसन बिस्तारै अस्पष्ट र धमिलो अवस्थाबाट स्पष्ट र प्रस्ट हुँदै जान्छ। बाहिरी रूपमा उसले आफ्ना आमाबुबासँग घनिष्ठ सम्बन्ध कायम राखे पनि, उसले खेल्ने भूमिका र उसको जीवनको मिसनको उसका आमाबुबासँग कुनै सरोकार नहुने हुनाले, सारमा ऊ बिस्तारै आत्मनिर्भर हुने क्रममा यो घनिष्ठ सम्बन्धमा अलिअलि गर्दै चिरा पर्छ। दैहिक दृष्टिकोणबाट हेर्दा, ऊ अवचेतन रूपमा आफ्ना आमाबुबामा निर्भर भइरहनबाट जोगिन सक्दैन, तर एउटा वस्तुगत तथ्यको रूपमा, जब कोही पूर्ण रूपमा हुर्किसकेको हुन्छ, तब ऊ सबै तरिकाले आफ्ना आमाबुबाबाट पूर्ण रूपमा अलग हुन्छ, र उसले ग्रहण गर्ने भूमिका ऊ आफैले स्वतन्त्र रूपमा पूरा गर्नेछ। जन्म दिने र हुर्काउनेबाहेक, व्यक्तिको जीवनमा आमाबुबाले बोक्ने जिम्मेवारी भनेको उसलाई हुर्कनका लागि बाहिरी रूपमा वातावरण प्रदान गर्नु मात्रै हो, र त्यो त्यहीँ सकिन्छ, किनभने कुनै पनि व्यक्तिको भाग्यमा सृष्टिकर्ताको पूर्वनियोजनले मात्रै प्रभाव पार्छ। कसैको भविष्य कस्तो हुनेछ भन्‍ने कुरा कुनै पनि व्यक्तिले नियन्त्रण गर्न सक्ने कुरा होइन; यो धेरै अघि नै पूर्वनियोजित हुन्छ, र व्यक्तिका आमाबुबाले समेत उसको भाग्य परिवर्तन गर्न सक्दैनन्। भाग्यको हकमा, सबै जना स्वतन्त्र हुन्छन्; सबैको आफ्नै भाग्य हुन्छ। त्यसैले, कसैका आमाबुबाले उसको जीवनको भाग्यलाई पटक्कै विफल पार्न सक्दैनन्, न त उसले जीवनमा खेल्ने भूमिकाको हकमा तिनीहरूले उसलाई कुनै मद्दत नै गर्न सक्छन्। व्यक्ति जुनसुकै परिवारमा जन्मन पूर्वनियोजित भए पनि, र ऊ जुनसुकै वातावरणमा हुर्के पनि, यी कुराहरू उसको जीवनको मिसन पूरा गर्नुका पूर्वसर्तहरू भन्दा बढी केही होइनन् भन्न सकिन्छ। तिनले कुनै पनि हिसाबमा व्यक्तिको जीवनको भाग्य वा उसले आफ्नो मिसन पूरा गर्ने नियतिको प्रकारलाई निर्धारण गर्दैनन्। यसर्थ, कसैका पनि आमाबुबाले उसलाई उसको जीवनको मिसन पूरा गर्न सहयोग गर्न सक्दैनन्, न त कुनै नातेदारले उसलाई जीवनमा आफ्नो भूमिका पूरा गर्न मद्दत गर्न सक्छ। व्यक्तिले आफ्नो मिसन कसरी पूरा गर्छ र उसले कस्तो प्रकारको जियाइ वातावरणमा आफ्नो भूमिका लिन्छ भन्‍ने कुरा पूर्ण रूपमा उसको जीवनको भाग्यमा निर्भर हुन्छ। अर्को शब्दमा भन्नुपर्दा, कुनै पनि वस्तुगत परिस्थितिहरूले सृष्टिकर्ताद्वारा पूर्वनियोजित कसैको मिसनलाई प्रभाव पार्न सक्दैनन्। सबै जना आफू हुर्केको विशेष वातावरणमा परिपक्वतामा पुग्छन्; त्यसपछि, एक-एक कदम गर्दै, तिनीहरू जीवनमा आफ्नै मार्गमा हिँड्न थाल्छन् र तिनीहरूका लागि सृष्टिकर्ताद्वारा प्रबन्ध गरिएको नियति पूरा गर्छन्। स्वाभाविक र स्वचालित रूपमा, तिनीहरू मानवजातिको विशाल सागरमा प्रवेश गर्छन् र जीवनमा आफ्नो स्थान ग्रहण गर्छन्, र, सृष्टिकर्ताको पूर्वनियोजनको खातिर र उहाँको सार्वभौमिकताको खातिर, तिनीहरूले सृजित प्राणीका रूपमा आफ्ना जिम्मेवारीहरू पूरा गर्न थाल्छन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरका दैनिक वचनहरू   अंश १२५

मानव जीवनका छ महत्त्वपूर्ण मोडहरू (छनौट गरिएका खण्डहरू)

चौथो महत्त्वपूर्ण मोड: विवाह

व्यक्तिको उमेर बढ्दै गएपछि र ऊ परिपक्‍व भएपछि, ऊ आफ्‍ना बाबुआमा र ऊ जन्‍मेको र हुर्केको वातावरणबाट अझै टाढा जान्छ, अनि जीवनको दिशा खोज्‍न र आफ्‍नो बाबुआमाको भन्दा फरक शैलीमा जीवनका आफ्‍नै उद्देश्यहरूको खोजी गर्न थाल्छ। यो समयमा, अबउप्रान्त उसलाई उसका बाबुआमाको खाँचो हुँदैन, बरु उसलाई उसले आफ्‍नो जीवन बिताउन सक्‍ने जीवनसाथी, अर्थात् पति वा पत्‍नीको खाँचो हुन्छ, जोसँग उसको नियति घनिष्ठ रूपमा गाँसिएको हुन्छ। त्यसैले, स्वतन्त्रतापछिको जीवनको पहिलो घटना विवाह हो, जुन व्यक्तिले पार गर्नैपर्ने चौथो महत्त्वपूर्ण मोड हो।

१) विवाहमा व्यक्तिगत छनौटको कुनै ठाउँ हुँदैन

विवाह हरेक व्यक्तिको जीवनको एउटा प्रमुख घटना हो; यो त्यस्तो समय हो, जब व्यक्तिले साँच्चै नै विभिन्न जिम्मेवारी लिन थाल्छ, र बिस्तारै विभिन्न मिसन पूरा गर्छ। मानिसहरूले आफैले अनुभव गर्नुअघि विवाहबारे धेरै मनोकल्पना पालेका हुन्छन्, र ती सबैले अत्यन्तै सुन्दर चित्र कोर्छन्। महिलाहरू आफ्नो जीवनसाथी कुनै आकर्षक राजकुमार हुनेछ भनी कल्पना गर्छन्, र पुरुषहरू आफूले कुनै परीकथाकी राजकुमारीसँग विवाह गर्नेछु भनी कल्पना गर्छन्। यी मनोकल्पनाहरूले विवाहको कुरा आउँदा हरेक व्यक्तिसँग आफ्नै माग गरिएका मानकहरू हुन्छन् भन्‍ने कुरा देखाउँछन्। यस दुष्ट युगमा, सबै प्रकारका जानकारीले मानिसहरूमा विवाहबारे विभिन्न विकृत दृष्टिकोण निरन्तर रोपिदिने भए पनि, र त्यसले गर्दा मानिसहरूमा विवाहप्रति अझ धेरै माग हुने र विवाहबारे सबै प्रकारका बोझ र अनौठा मनोवृत्तिहरू विकास हुने भए पनि, विवाह गरेको जोकोहीलाई के थाहा हुन्छ भने, व्यक्तिले विवाहलाई जसरी बुझे पनि, यसबारे उसको मनोवृत्ति जेसुकै भए पनि, विवाह व्यक्तिगत छनौटको विषय होइन।

व्यक्तिले जीवनमा धेरै मानिसलाई भेट्नेछ, तर अन्ततः विवाहमा उसको जीवनसाथी को हुनेछ भन्‍ने कुरा कसैलाई पनि थाहा हुँदैन। विवाहको विषयमा हरेकका आफ्नै दृष्टिकोण र विचारहरू भए पनि, अन्तमा साँच्चै नै आफ्नो अर्को जीवनसाथी को बन्नेछ भनी कसैले पनि पहिले नै देख्न सक्दैन, र यस मामलामा मानिसहरूको आफ्नो कुनै नियन्त्रण हुँदैन। आफूलाई मन पर्ने व्यक्तिलाई भेटेपछि, तिमी उसलाई पछ्याउन सक्छौ; तर उसलाई तिमीप्रति रुचि छ कि छैन, र ऊ तिम्रो जीवनसाथी बन्छ कि बन्दैन भन्‍ने कुराको निर्णय तिमीले गर्ने होइन। तिमीलाई मन पर्ने व्यक्ति नै तिमीले जीवन बिताउने व्यक्ति हुन्छ भन्‍ने छैन। बरु, यस्तो हुन सक्छ कि, तिमीले थाहै नपाई, तिमीले कहिल्यै अपेक्षा नगरेको व्यक्ति तिम्रो जीवनमा प्रवेश गर्छ र तिम्रो जीवनसाथी बन्छ, तिम्रो नियतिको सबैभन्दा महत्त्वपूर्ण भाग, तिम्रो अर्को आधा भाग बन्छ, जसको नियति तिम्रो नियतिसँग अभिन्न रूपमा बाँधिएको हुन्छ। त्यसैले, संसारमा अनगिन्ती विवाह भए पनि, हरेक विवाह फरक हुन्छ: कतिपय निराशाजनक हुन्छन्, कतिपय आनन्ददायी हुन्छन्; कतिपय पूर्व र पश्चिमसम्म फैलिन्छन्, कतिपय उत्तर र दक्षिणसम्म; कतिपय आदर्श जोडी हुन्छन्, कतिपय समान सामाजिक स्तरका हुन्छन्; कतिपय परमानन्दले भरिएका हुन्छन्, कतिपय त्रासदीले भरिएका हुन्छन्; कतिपयले अरूको प्रशंसा र डाहा जगाउँछन्, कतिपयले मानिसहरूलाई अलमल्लमा पार्छन् र तिरस्कार जगाउँछन्; कतिपय खुसीले भरिएका हुन्छन्, कतिपयले अनन्त आँसु र निराशा ल्याउँछन्...। यी असङ्ख्य प्रकारका विवाहहरूमा, मानिसहरू विवाहप्रति बफादारी र अनन्त, अटल प्रतिबद्धता देखाउँछन्; तिनीहरू ठूलो वास्ता, दृढ लगाव, र आफ्नो जीवनसाथीको साथमा रहिरहने प्रतिबद्धता देखाउँछन्; तिनीहरू असहायपन र अबोध देखाउँछन्; तिनीहरू विश्वासघात र शत्रुता समेत देखाउँछन्। विवाहले खुसी ल्याए पनि वा पीडा ल्याए पनि, विवाहमा सृष्टिकर्ताद्वारा पूर्वनियोजित हरेकको मिसन परिवर्तन हुँदैन—यो मिसन सबैले पूरा गर्नैपर्ने कुरा हो। अनि हरेक विवाहको पछाडि रहेको हरेक व्यक्तिको नियति पनि परिवर्तन हुँदैन; यो सृष्टिकर्ताद्वारा धेरै अघि नै पूर्वनियोजित हुन्छ।

२) विवाह दुवै पक्षका नियतिबाट पैदा हुन्छ

विवाह व्यक्तिको जीवनको एउटा महत्त्वपूर्ण मोड हो। यो व्यक्तिको जीवनको नियतिको नतिजास्वरूप आउँछ, र यो नियतिको एउटा महत्त्वपूर्ण भाग हो। यो कसैको व्यक्तिगत इच्‍छा वा रुचिमा स्थापित हुँदैन, र यो कुनै पनि बाहिरी तत्त्वहरूद्वारा प्रभावित हुँदैन, बरु यो पूर्णतया दुवै मानिसहरूको नियतिद्वारा, लोग्‍ने-स्वास्नी दुवैको नियतिसम्‍बन्धी सृष्टिकर्ताका पूर्वनियोजन र बन्दोबस्तहरूद्वारा निर्धारित हुन्छ। बाहिरी रूपमा हेर्दा, मानिसहरूले प्रजनन गर्न सकून् भनेर विवाह अस्तित्वमा छ, तर वास्तवमा विवाह भनेको व्यक्तिको मिसन पूरा गर्ने एउटा समारोहबाहेक केही होइन। विवाहमा, मानिसहरूले खेल्ने भूमिका अर्को पुस्तालाई हुर्काउने मात्रै होइन; तिनीहरू विवाहलाई कायम राख्न मद्दत गर्ने सबै भूमिका, साथै आफूले पूरा गर्नुपर्ने तदनुरूपका मिसनहरू वहन गर्छन्। व्यक्तिको जन्मले उसको वरिपरिका मानिस, घटना र कामकुराहरूमा हुने परिवर्तनहरूलाई प्रभाव पार्ने हुनाले, व्यक्तिको विवाहले पनि अनिवार्य रूपमा यी कुराहरूलाई प्रभाव पार्छ, र यसले तिनमा सबै प्रकारका रूपान्तरणहरू अझ बढी ल्याउनेछ।

जब कुनै व्यक्ति स्वतन्त्र बन्छ, तब ऊ जीवनको मार्गमा हिँड्न सुरु गर्छ, जसले उसलाई उसको विवाहसँग सम्बन्धित मानिस, घटना, र कामकुराहरूतर्फ चरणबद्ध रूपमा डोर्‍याउँछ। साथसाथै, उसको भविष्यको विवाहको जोडी तिनै मानिस, घटना, र कामकुराहरूतर्फ चरणबद्ध रूपमा अघि बढिरहेको हुन्छ। सृष्टिकर्ताको सार्वभौमिकतामा, दुई असम्बन्धित मानिस—तिनीहरूको एकआपससँग सम्बन्धित नियतिका कारण—क्रमिक रूपमा एउटै विवाहमा प्रवेश गर्छन् र आश्‍चर्यजनक रूपमा एउटै परिवार: “एउटै नाउका दुई सहयात्री” बन्छन्। त्यसैले, जब कुनै व्यक्ति विवाहमा प्रवेश गर्छ, तब उसको जीवनको मार्गले उसको जीवनसाथीलाई प्रभावित गर्छ र समावेश गर्छ, जबकी उसको जीवनसाथीको जीवनको मार्गले उसको आफ्‍नै जीवनको नियतिलाई प्रभाव पार्छ र समावेश गर्छ। अर्को शब्‍दमा भन्दा, मानिसहरूको नियति अन्तर्सम्बन्धित हुन्छन्, र कसैले पनि अरूबाट पूर्ण रूपमा स्वतन्त्र रहेर आफ्नो जीवनको मिसन पूरा गर्न वा आफ्‍नो भूमिका निर्वाह गर्न सक्दैन। व्यक्तिको जन्‍मले सम्‍बन्धहरूको ठूलो जालोलाई प्रभाव पार्छ; हुर्काइ-बढाइमा पनि सम्‍बन्धहरूको जटिल जालो संलग्‍न हुन्छ; अनि त्यसरी नै, विवाह मानव सम्‍बन्धहरूको विशाल र जटिल जालोभित्र अनिवार्य रूपमै अस्तित्वमा रहन्छ र त्यसैमा यसलाई कायम राखिन्छ, जसमा त्यस जालोको हरेक सदस्य संलग्‍न हुन्छ र त्यसले यसमा संलग्‍न हरेक व्यक्तिको नियतिलाई प्रभाव पार्छ। विवाह व्यक्तिको परिवार, तिनीहरू हुर्केका परिवेश, तिनीहरूको रूप, उमेर, क्षमता, प्रतिभा, वा अन्य कुनै पनि तत्त्वहरूको उपज होइन; बरु, यो त साझा मिसन र सम्‍बन्धित नियतिको उपज हो। सृष्टिकर्ताले योजनाबद्ध र बन्दोबस्त गर्नुभएको मानव नियतिभित्र उत्पन्न भएको विवाहको स्रोत यही हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरका दैनिक वचनहरू   अंश १२६

मानव जीवनका छ महत्त्वपूर्ण मोडहरू (छनौट गरिएका खण्डहरू)

पाँचौं महत्त्वपूर्ण मोड: सन्तान

विवाह गरिसकेपछि, व्यक्तिले अर्को पुस्ताको सन्तान हुर्काउन सुरु गर्छ। आफूले कति जना र कस्ता बालबच्‍चा जन्‍माउने भन्‍ने बारेमा व्यक्तिले कुनै निर्णय गर्न सक्दैन; यो पनि सृष्टिकर्ताले पूर्वनिर्धारित गर्नुभएको व्यक्तिको नियतिद्वारा नै निर्धारित हुन्छ। व्यक्तिले पार गरेर जानैपर्ने पाँचौं महत्त्वपूर्ण मोड यही हो।

यदि कुनै व्यक्ति कसैको सन्तान हुने भूमिका पूरा गर्नका लागि जन्‍मन्छ भने, उसले अभिभावक हुने भूमिका पूरा गर्न अर्को पुस्तालाई हुर्काउँछ। भूमिकामा हुने यो परिवर्तनले व्यक्तिलाई फरक-फरक दृष्टिकोणबाट जीवनका फरक-फरक चरणहरूलाई अनुभव गर्न अनुमति दिन्छ। यसले उसलाई फरक-फरक प्रकारका जीवन अनुभव पनि प्रदान गर्छ, जसमार्फत उसले प्रत्यक्ष रूपमा सृष्टिकर्ताको सार्वभौमिकता जान्‍न पुग्छ, जुन सधैँ उही तरिकाले अभ्यास गरिन्छ, र जसमार्फत उसले सृष्टिकर्ताका पूर्वनिर्धारणहरूलाई कसैले पनि नाघ्‍न वा परिवर्तन गर्न सक्दैन भन्‍ने तथ्य अनुभव गर्छ।

१) आफ्‍नो सन्तान के बन्‍छ भन्‍ने कुरालाई कसैले पनि नियन्त्रण गर्न सक्दैन

जन्‍म, हुर्काइ-बढाइ, विवाह सबैले फरक-फरक हदमा विभिन्‍न प्रकारका निराशाहरू ल्याउँछन्। कतिपय मानिसहरू आफ्‍ना परिवार वा आफ्‍नो शारीरिक रूपप्रति असन्तुष्ट हुन्छन्; कतिले आफ्‍ना बाबुआमालाई मन पराउँदैनन्; कति आफू हुर्केको वातावरणको बारेमा बेखुसी हुन्छन् र गुनासो गर्छन्। अनि धेरैजसो मानिसहरूका लागि, यी सबै निराशाहरूमध्ये विवाह सबैभन्दा बढी असन्तुष्टिपूर्ण हुन्छ। आफ्‍नो जन्‍म, हुर्काइ, वा विवाहबारे व्यक्ति जति नै असन्तुष्ट भए पनि, यी कुराहरू अनुभव गरेका सबैलाई तिनीहरू कहाँ र कहिले जन्‍मन्छन्, तिनीहरूको रूप कस्तो हुन्छ, तिनीहरूका आमाबाबु को हुन्छन्, र तिनीहरूको पति वा पत्‍नी को हुन्छन् भन्‍ने कुरा कसैले पनि छनौट गर्न सक्दैन, बरु तिनीहरू त स्वर्गको इच्‍छा स्वीकार गर्न मात्र सक्छन् भन्ने थाहा हुन्छ। तैपनि जब मानिसहरूले अर्को पुस्तालाई हुर्काउने समय आउँछ, तब तिनीहरू आफ्ना सन्तानले आफ्‍नै जीवनको अघिल्‍लो भागमा आफूले भोगेका निराशाहरू सबैलाई पूर्ति गर्नेछन् भन्‍ने आशा गर्दै, आफ्‍नो जीवनको पहिलो भागमा आफूले पूरा गर्न नसकेका सबै चाहना आफ्‍ना सन्तानलाई सुम्पिन्छन्। त्यसकारण, मानिसहरू आफ्‍ना छोराछोरीका बारेमा अनेक किसिमका कल्‍पनाहरू गर्छन्: तिनीहरूका छोरीहरू अत्यन्तै सुन्दर हुनेछन्, तिनीहरूका छोरा आकर्षक भलाद्मी बन्‍नेछन्; तिनीहरूका छोरीहरू सभ्य र प्रतिभावान् बन्‍नेछन् र तिनीहरूका छोराहरू उत्कृष्ट विद्यार्थी र उत्कृष्ट खेलाडी बन्‍नेछन्; तिनीहरूका छोरीहरू विनम्र, चरित्रवान्, र समझदार बन्‍नेछन्, अनि तिनीहरूका छोराहरू बुद्धिमानी, सक्षम, र संवेदनशील बन्‍नेछन्। तिनीहरूले आफ्‍ना सन्तान, चाहे तिनीहरू छोरी हुन् वा छोरा, तिनीहरूले आफूभन्दा ठूलालाई आदर गर्नेछन्, आफ्‍ना बाबुआमाको वास्ता गर्नेछन्, हरेकले तिनीहरूलाई माया र तारिफ गर्नेछन् भन्‍ने आशा गरेका हुन्छन्…। यस विन्दुमा, जीवन सम्‍बन्धी तिनीहरूको आशा ताजा बन्छ, अनि मानिसहरूको हृदयमा नयाँ जोसको दियो बल्छ। मानिसहरूलाई थाहा छ, तिनीहरू यस जीवनमा क्षमताविहीन छन् र कुनै काम लागेका छैनन्, भीडभन्दा अलग देखिनका लागि तिनीहरूसँग अर्को मौका वा अर्को आशा हुनेछैन, र तिनीहरूसँग आफ्‍नो नियति स्वीकार गर्नुबाहेक कुनै विकल्प नै छैन। अनि त्यसैले तिनीहरू आफ्‍ना सबै आशा, आफ्‍ना पूरा नभएका चाहना र आकाङ्क्षाहरू अर्को पुस्तालाई सुम्पन्छन्, र आफ्ना सन्तानले आफ्ना सपनाहरू पूरा गर्न अनि आफ्ना चाहनाहरू साकार पार्न आफूलाई सहयोग गर्न सक्ने आशा गर्छन्; तिनीहरू आफ्ना छोराछोरीहरूले परिवारको नामलाई महिमित पार्ने, विशिष्ट हैसियत पाउने, अथवा धनी वा प्रसिद्ध बन्‍ने आशा गर्छन्। छोटकरीमा भन्नुपर्दा, तिनीहरू आफ्‍ना छोराछोरी उच्च शिखरमा पुगेको हेर्न चाहन्छन्। मानिसहरूका योजना र कल्‍पनाहरू पूर्ण छन्; के तिनीहरूलाई आफूले जन्माउने सन्तानहरूको सङ्ख्या, आफ्ना छोराछोरीको रूप, क्षमता, इत्यादि आफूले निर्णय गर्ने कुरा होइनन्, अनि आफ्ना सन्तानको नियति आफ्नो हातमा त झनै छैन भन्‍ने कुरा थाहा छैन र? मानिसहरू आफ्‍नै नियतिका मालिक होइनन्, तैपनि तिनीहरू युवा पुस्ताको नियति परिवर्तन गर्ने आशा गर्छन्; तिनीहरू आफ्‍नै नियतिबाट उम्कन असमर्थ छन्, तैपनि तिनीहरू आफ्‍ना छोराछोरीहरूको नियति हेरफेर गर्ने प्रयास गर्छन्। के तिनीहरू आफूलाई बढ्ता आँकिरहेका छैनन् र? के यो मानवीय मूर्खता र अज्ञानता होइन र? मानिसहरू आफ्‍ना सन्तानका लागि ठूला कष्ट उठाउँछन्, तर आखिरमा, व्यक्तिका कति सन्ततिहरू हुनेछन् र तिनीहरू कस्ता हुनेछन् भन्ने कुरा मानिसहरूका योजना र चाहनाहरूले निर्धारण गर्दैनन्। कतिपय मानिसहरूसँग सुक्‍को हुँदैन तैपनि धेरै जना सन्तान जन्‍माउँछन्; कतिपय मानिसहरू धनी हुन्छन् तैपनि एउटै बच्‍चा जन्‍माएका हुँदैनन्। कतिले छोरी चाहन्छन् तर त्यो इच्‍छा पूरा हुँदैन; कति जना छोरा चाहन्छन् तर छोरा जन्‍माउन सक्दैनन्। कतिका लागि छोराछोरी आशीर्वाद हुन्; अरूका लागि, ती श्राप हुन्। कतिपय दम्पतीहरू बुद्धिमान हुन्छन्, तैपनि सुस्त मस्तिष्क भएको बच्‍चा जन्‍माउँछन्; कतिपय आमाबाबु मेहनती र इमानदार हुन्छन्, तैपनि तिनीहरूले हुर्काउने सन्तान अल्छी हुन्छन्। कतिपय बाबुआमा दयालु र सीधा हुन्छन् तर तिनीहरूका छोराछोरी कुटिल र बदमास हुन्छन्। कतिपय बाबुआमाको मस्तिष्क र शरीर तन्दुरुस्त हुन्छ तर तिनीहरूले अपाङ्ग सन्तान जन्‍माउँछन्। कतिपय बाबुआमा साधारण र असफल हुन्छन्, तर तिनीहरूका छोराछोरीले ठूला-ठूला कुराहरू हासिल गर्छन्। कतिपय बाबुआमा न्यून प्रतिष्ठाका हुन्छन् तर तिनीहरूका छोराछोरीले उच्‍च प्रतिष्ठा प्राप्त गर्छन्। …

२) अर्को पुस्ताका सन्तान हुर्काइसकेपछि, मानिसहरूले नियति सम्‍बन्धी नयाँ बुझाइ प्राप्त गर्छन्

विवाह-बन्धनमा प्रवेश गर्ने धेरैजसो मानिसहरूले प्रायजसो तीस वर्षको हाराहारीमा विवाह गर्छन्, जुन जीवनको त्यो समय हो जुन बेला व्यक्तिले मानव नियतिको बारेमा कुनै बुझाइ प्राप्त गरेको हुँदैन। तर जब मानिसहरूले सन्तान हुर्काउन थाल्छन्, र तिनीहरूका सन्तान हुर्कन्छन्, तब तिनीहरूले नयाँ पुस्ताले पनि अघिल्‍लो पुस्ताकै जीवन र सबै अनुभवहरूलाई दोहोर्‍याएको देख्छन्, अनि तिनीहरूले नयाँ पुस्ताको जीवनमा तिनीहरूकै आफ्‍नो विगत प्रतिबिम्‍बित भएको देख्दा, नयाँ पुस्ताले हिँड्ने मार्ग पनि तिनीहरूको आफ्‍नो मार्गजस्तै योजना र छनौट गर्न नसकिने किसिमको रहेछ भन्‍ने महसुस गर्छन्। यो तथ्यलाई सामना गरेपछि, हरेक व्यक्तिको नियति पूर्वनिर्धारित हुन्छ भन्‍ने कुरालाई स्वीकार गर्नुबाहेक तिनीहरूसँग केही विकल्‍प हुँदैन, अनि तिनीहरूले महसुस समेत नगरीकन तिनीहरूका आफ्‍नै इच्‍छाहरूलाई बिस्तारै पन्छ्याउन थाल्छन्, अनि तिनीहरूको हृदयमा भएका लालसाहरू फुट्दै मरेर जान्छन्…। आधारभूत रूपमा जीवनका महत्त्वपूर्ण विन्दुहरूलाई पार गरिसकेपछि, यो अवधिमा मानिसहरूले जीवनको बारेमा नयाँ बुझाइ हासिल गरेका हुन्छन्, नयाँ मनोवृत्ति धारण गरेका हुन्छन्। यस उमेरको व्यक्तिले भविष्यबाट के अपेक्षा गर्न सक्छ र उनीहरूले अपेक्षा गर्नको लागि उनीहरूसँग के नै आशा हुन्छ र? पचास वर्षकी कुन महिलाले अझै आकर्षक राजकुमारको सपना देखिरहेकी हुन्छे र? पचास वर्षको कुन पुरुषले अझै आफ्‍नी हिउँजस्तै गोरीको खोजी गरिरहेको हुन्छ र? आधा उमेरकी कुन महिलाले अझै कुरूप हाँसबाट सुन्दर चखेवीमा परिवर्तन हुने आशा गरिरहेकी हुन्छे र? के धेरैजसो वृद्ध पुरुषहरूमा जवान पुरुषहरूको जस्तै जीवन सम्‍बन्धी जोस हुन्छ र? समग्रमा भन्दा, चाहे पुरुष होस् वा स्‍त्री, यो उमेरको कुनै पनि व्यक्तिमा विवाह, परिवार, र सन्तानप्रति तुलनात्मक रूपमा तर्कसंगत, व्यवहारिक मनोवृत्ति हुने सम्‍भावना बढी हुन्छ। त्यस्तो व्यक्तिसँग आधारभूत रूपमा कुनै विकल्‍प बाँकी हुँदैन, नियतिलाई चुनौती दिने कुनै हठ हुँदैन। मानव अनुभवको हकमा भन्दा, जब व्यक्ति यो उमेरमा पुग्छ, उसले स्वाभाविक रूपमै निश्‍चित मनोवृत्ति विकास गर्छ: “व्यक्तिले नियतिलाई स्वीकार गर्नैपर्छ; आफ्‍ना छोराछोरीको पनि आ-आफ्‍नै नियति हुन्छ; मानव नियति स्वर्गले तोकेको हुन्छ।” यो संसारका सबै घटना, हैरानी, र कठिनाइहरूलाई सामना गरिसकेपछि पनि सत्यतालाई नबुझ्‍ने मानिसहरूले मानव जीवन सम्‍बन्धी तिनीहरूका अन्तर्दृष्टिलाई यी चार शब्‍दमा सारांशित गर्नेछन्: “नियति भनेको यही हो!” यो वाक्यले मानव नियति सम्‍बन्धी सांसारिक मानिसहरूको बुझाइ र तिनीहरूले निकालेको निष्कर्षलाई संक्षिप्त गर्ने भए तापनि, र यसले मानवजातिको विवशतालाई व्यक्त गर्ने र यसलाई वास्तविक र सही भनेर व्याख्या गर्न सकिने भए तापनि, यो सृष्टिकर्ताको सार्वभौमिकताको बुझाइभन्दा निकै टाढाको कुरा हो, र यो सृष्टिकर्ताको अख्‍तियारको ज्ञानको विकल्‍प हुँदै होइन।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरका दैनिक वचनहरू   अंश १२७

नियतिमा विश्‍वास गर्नु सृष्टिकर्ताको सार्वभौमिकताको ज्ञानको विकल्प होइन

धेरै वर्षसम्‍म परमेश्‍वरलाई पछ्याइसकेपछि, नियतिसम्‍बन्धी तिमीहरूको ज्ञान र सांसारिक मानिसहरूको ज्ञानको बीचमा कुनै आधारभूत भिन्‍नता छ? के तिमीहरूले सृष्टिकर्ताको पूर्वनिर्धारित गन्तव्यलाई साँच्‍चै बुझेका र सृष्टिकर्ताको सार्वभौमिकतालाई साँच्‍चै चिनेका छौ? कतिपय मानिसहरूसँग “नियति भनेकै त्यही हो” भन्‍ने वाक्यको बारेमा उल्‍लेखनीय, गहन बुझाइ हुन्छ, तैपनि तिनीहरूले परमेश्‍वरको सार्वभौमिकतामा अलिकति पनि विश्‍वास गर्दैनन्; परमेश्‍वरले नै मानव नियतिलाई बन्दोबस्त र योजनाबद्ध गर्नुहुन्छ भन्‍नेमा तिनीहरू विश्‍वास गर्दैनन्, र तिनीहरू परमेश्‍वरको सार्वभौमिकतामा समर्पित हुन अनिच्‍छुक हुन्छन्। त्यस्ता मानिसहरूसित छालहरूसँगै यताउता हुत्तिँदै र बहावसँगै बहँदै समुद्रमा तैरिएझैँ, निष्क्रिय रूपले प्रतीक्षा गर्दै आफैलाई नियतिको हातमा समर्पित गर्नेबाहेक अन्य विकल्‍प हुँदैन। तैपनि तिनीहरू मानव नियति परमेश्‍वरको सार्वभौमिकताको अधीनमा छ भनी स्वीकार गर्दैनन्; तिनीहरूले आफै परमेश्‍वरको सार्वभौमिकता जान्‍न पहल गरेर परमेश्‍वरको अख्तियारको ज्ञान हासिल गर्न, परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुन, नियतिको प्रतिरोध गर्न छोड्न, र परमेश्‍वरको हेरचाह, सुरक्षा र मार्गनिर्देशनमा जिउन सक्दैनन्। अर्को शब्‍दमा भन्दा, नियतिलाई स्वीकार गर्नु र सृष्टिकर्ताको सार्वभौमिकतामा समर्पित हुनु एउटै कुरा होइन; व्यक्तिले नियतिमा विश्‍वास गर्छ भन्दैमा उसले सृष्टिकर्ताको सार्वभौमिकतालाई स्वीकार्छ, चिन्छ, र जान्दछ भन्‍ने हुँदैन; नियतिमा विश्‍वास गर्नु भनेको यसको सत्यता र यसको सतही प्रकटीकरणलाई पहिचान गर्नु मात्रै हो। यो कुरा सृष्टिकर्ताले मानवजातिको नियतिमाथि कसरी शासन गर्नुहुन्छ भन्‍ने कुरा जान्‍नुभन्दा फरक छ, सृष्टिकर्ता यावत् थोकको नियतिमाथिको प्रभुत्वको स्रोत हुनुहुन्छ भन्‍ने कुरा पहिचान गर्नुभन्दा फरक छ, र अवश्य नै मानवजातिको नियतिसम्बन्धी सृष्टिकर्ताको योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुनुभन्दा कोसौँ टाढा छ। मानौँ कुनै व्यक्तिले नियतिमा मात्रै विश्‍वास गर्छ, र ऊसँग त्यसबारे गहन बोधसमेत छ, तर ऊ यसरी मानवजातिको नियतिमाथिको सृष्टिकर्ताको सार्वभौमिकता जान्‍न, मान्न, त्यसमा समर्पित हुन, वा त्यो स्वीकार गर्न सक्दैन। त्यस्तो अवस्थामा, उसको जीवन त्रासदी हुनेछ; ऊ अझै पनि यो जीवन व्यर्थमा जिउनेछ—त्यो सबै बेकार हुनेछ। ऊ सृष्टिकर्ताको प्रभुत्वमा आफूलाई समर्पण गर्न, शब्दको सच्‍चा अर्थमा सृजित मानव बन्‍न, अनि सृष्टिकर्ताको मान्यता प्राप्त गर्न असमर्थ रहिरहनेछ। सृष्टिकर्ताको सार्वभौमिकता साँचो रूपमा जान्‍ने र अनुभव गर्ने व्यक्ति सकारात्मक स्थितिमा हुनुपर्छ, नकारात्मक वा लत्तो छाड्ने स्थितिमा हुनु हुँदैन। बरु, सबै कुरा भाग्यमा लेखिएको हुन्छ भनेर उसले मान्दै गर्दा, उसको हृदयमा जीवन र नियतिको सही परिभाषा पनि हुन्छ: मानिसको सम्पूर्ण जीवन सृष्टिकर्ताको सार्वभौमिकताको अधीनमा हुन्छ। जब उसले आफू हिँडेको बाटोलाई फर्केर हेर्छ, जब उसले आफ्‍नो जीवनको हरेक चरणलाई सम्‍झन्छ, तब उसले आफ्नो यात्रा कठिन भए पनि वा सहज भए पनि—हरेक चरणमा—परमेश्‍वरले नै उसलाई मार्गनिर्देशन र उसका लागि प्रबन्ध गरिरहनुभएको थियो, उसले आफूलाई थाहै नपाई आजसम्‍म अगुवाइ गर्ने परमेश्‍वरको सूक्ष्म योजना, साथै उहाँको ध्यानपूर्ण प्रबन्ध नै थियो, जहाँ उसले सृष्टिकर्ताको सार्वभौमिकता र उहाँको मुक्ति स्वीकार गर्न सक्छ भन्ने कुरा बुझ्छ। यो व्यक्तिको जीवनको सबैभन्दा ठूलो आशिष् हो! यदि नियतिप्रति व्यक्तिको मनोवृत्ति नकारात्मक छ भने, ऊ परमेश्‍वरले उसका लागि बन्दोबस्त गर्नुभएका सबै कुराहरूको प्रतिरोध गरिरहेको छ र उसमा समर्पित मनोवृत्ति छैन भन्‍ने प्रमाणित गर्छ। यदि मानव नियतिमाथि परमेश्‍वरको सार्वभौमिकताप्रति कुनै व्यक्तिको मनोवृत्ति सकारात्‍मक छ भने, जब उसले आफूले हिँडेको मार्गलाई फर्केर हेर्छ, जब उसले परमेश्‍वरको सार्वभौमिकता साँच्चै अनुभव गर्छ, तब उसले परमेश्‍वरले बन्दोबस्त गरेका सबै कुरामा समर्पित हुने झन् सच्चा रूपमा इच्‍छा गर्नेछ, र ऊसँग परमेश्‍वरलाई आफ्‍नो नियति योजनाबद्ध गर्न दिन, परमेश्‍वरविरुद्ध विद्रोह गर्न छाड्न थप सङ्कल्प र आस्था हुनेछ। किनकि उसले के देख्छ भने जब मानिसहरूले भाग्य के हो भनेर जान्दैनन् वा परमेश्‍वरको सार्वभौमिकतालाई बुझ्दैनन्, तिनीहरू आफूखुसी सङ्घर्ष गरिरहेका र कुहिरोभित्र ठक्कर खाँदै अघि बढिरहेका हुन्छन्, र त्यो यात्रा अत्यन्तै कठिन हुन्छ, र यसले हृदयलाई ज्यादै चोट दिन्छ। त्यसकारण, जब मानिसहरूले मानवको भाग्यमाथि परमेश्‍वर सार्वभौम हुनुहुन्छ भनेर थाहा पाउँछन्, तब चलाख मानिसहरू भाग्यविरुद्ध सङ्घर्ष गरिरहनु र आफ्ना तथाकथित जीवन लक्ष्यहरू आफ्‍नै तरिकाले पछ्याइरहनुभन्दा बरु परमेश्‍वरको सार्वभौमिकता थाहा पाउन र त्यसलाई स्वीकार गर्न, अनि “आफ्‍नै दुई हातद्वारा सुन्दर जीवन निर्माण गर्ने प्रयास गर्दाका” पीडादायी दिनहरूलाई बिदा गर्न रोज्छन्। जब कुनै व्यक्ति परमेश्‍वरविहीन हुन्छ, जब उसले उहाँलाई देख्‍न सक्दैन, जब उसले परमेश्‍वरको सार्वभौमिकतालाई साँचो र स्पष्ट रूपमा जान्न सक्दैन, तब हरेक दिन अर्थहीन, मूल्यहीन र अवर्णनीय रूपमा पीडादायी हुन्छ। कुनै व्यक्ति जहाँ भए पनि, र उसको जागिर जे भए पनि, उसका जीवन धान्ने उपायहरू र उसले पछ्याउने लक्ष्यहरूले उसलाई अनन्त मनोव्यथा र बिर्सन गाह्रो पीडाबाहेक केही दिँदैनन्, जुन उसले फर्केर हेर्नै नसक्ने अनुभवहरू हुन्। सृष्टिकर्ताको सार्वभौमिकतालाई स्विकारेर, उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित भएर, अनि साँचो मानव जीवनको प्राप्तिलाई पछ्याएर मात्रै, व्यक्ति क्रमिक रूपमा सबै मनोव्यथा र पीडाबाट उम्कन सक्छ, र उसले बिस्तारै आफूलाई मानव जीवनका सबै खोक्रोपनबाट मुक्त गर्न सक्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरका दैनिक वचनहरू   अंश १२८

सृष्टिकर्ताको सार्वभौमिकतामा समर्पित हुनेहरूले मात्रै साँचो स्वतन्त्रता प्राप्त गर्न सक्छन्

मानिसहरूलाई परमेश्‍वरका योजनाबद्ध कार्यहरू र परमेश्‍वरको सार्वभौमिकता थाहा नहुने हुनाले, उनीहरू सधैँ अवज्ञाकारी मनस्थिति र विद्रोही मनोवृत्तिका साथ नियतिको सामना गर्छन्, र उनीहरू सधैँ परमेश्‍वरको अख्तियार र सार्वभौमिकता साथै नियतिमा रहेका कुराहरूबाट मुक्त हुन चाहन्छन्, र आफ्ना वर्तमान परिस्‍थितिहरू परिवर्तन गर्ने र आफ्‍नो नियति बदल्ने व्यर्थको आशा गर्छन्। तर उनीहरू कहिल्यै सफल हुन सक्दैनन् र हर मोडमा पछारिन्छन्। उनीहरूको आत्माको गहिराइमा हुने यस सङ्घर्षले उनीहरूलाई पीडा दिन्छ, र यो पीडा उनीहरूको हड्डीमै खोपिन्छ, र साथसाथै उनीहरूलाई आफ्नो जीवन खेर फाल्ने तुल्याउँछ। यो पीडाको कारण के हो त? के यसको कारण परमेश्‍वरको सार्वभौमिकता हो, वा खराब नियति हुनु हो? अवश्य नै, दुवै सत्य होइनन्। अन्तिम विश्लेषणमा, मानिसहरूले लिने मार्गहरू र उनीहरूले आफ्‍नो जीवन जिउन रोज्ने तरिकाहरूका कारण यस्तो हुन्छ। कतिपय मानिसले यी कुराहरू अनुभव नगरेका हुन सक्छन्। तर जब तँ मानव नियतिमाथि परमेश्‍वरले सार्वभौमिकता राख्नुहुन्छ भनेर साँच्चै जान्दछस् र मान्छस्, जब तँ परमेश्‍वरले सार्वभौमिकता राख्ने र तेरो लागि प्रबन्ध गर्ने सबै कुरा तेरो लागि अत्यन्तै फाइदाजनक र सुरक्षात्मक छ भनी साँच्चै बुझ्छस्, तब तैँले आफ्नो पीडा बिस्तारै हल्‍का भएको अनुभव गर्नेछस्, र तेरो सम्पूर्ण सत्त्व बिस्तारै सहज, स्वतन्त्र र आजाद बन्नेछ। अधिकांश मानिसको स्थितिलाई हेर्दा, तिनीहरूले व्यक्तिपरक स्तरमा पहिले जसरी नै जिउन नचाहे पनि र आफ्नो पीडाबाट मुक्ति पाउन चाहे पनि, वस्तुगत रूपमा तिनीहरू मानव नियतिमाथिको सृष्टिकर्ताको सार्वभौमिकताको व्यावहारिक मूल्य र अर्थ साँचो रूपमा स्वीकार गर्न सक्दैनन्; वस्तुगत रूपमा, तिनीहरू सृष्टिकर्ताको सार्वभौमिकतालाई साँच्चै पहिचान गर्न र त्यसमा समर्पित हुन सक्दैनन्, र सृष्टिकर्ताका योजनाबद्ध कार्य र बन्दोबस्तहरू कसरी खोज्ने र स्वीकार गर्ने भन्‍ने त तिनीहरूलाई झनै थाहा हुँदैन। त्यसकारण, यदि मानिस सृष्टिकर्ताले उसको नियति र उसका सबै कुरामाथि सार्वभौमिकता राख्नुहुन्छ भन्‍ने तथ्य साँच्चै जान्न सक्दैन, र ऊ सृष्टिकर्ताको प्रभुत्वअन्तर्गत साँच्चै समर्पित हुन सक्दैन भने, उसलाई मानिसको नियति आफ्नै हातमा हुन्छ भन्‍ने विचारद्वारा निर्देशित नहुन र नबाँधिन अत्यन्तै गाह्रो हुनेछ, र उसलाई नियति र सृष्टिकर्ताको अख्तियारविरुद्धको उसको तीव्र सङ्घर्षले ल्याएको पीडाबाट मुक्त हुन अत्यन्तै गाह्रो हुनेछ—अवश्य नै, उसलाई साँच्चै आजाद र स्वतन्त्र हुन, परमेश्‍वरलाई आराधना गर्ने जन बन्न पनि अत्यन्तै गाह्रो हुनेछ। यो स्थितिबाट आफूलाई उम्काउने सबैभन्दा सरल तरिका भनेको जीवन जिउने आफ्नो पुरानो तरिकालाई बिदा गर्नु हो; आफ्‍नो जीवनका पहिलेका लक्ष्‍यहरूलाई बिदा गर्नु हो; आफ्‍नो पहिलेको जिउने तरिका, जीवनसम्‍बन्धी दृष्टिकोण, पछ्याइ, चाहना, र आकाङ्क्षाहरूलाई सारांशीकृत र चिरफार गर्नु हो; त्यसपछि तिनलाई मानिसप्रति परमेश्‍वरका अभिप्राय र मागहरूसँग तुलना गरेर तीमध्ये कुनै परमेश्‍वरका अभिप्रायहरूसँग मिल्दो छन् कि छैनन्, तीमध्ये कुनै परमेश्‍वरका मागहरूअनुरूप छन् कि छैनन्, तीमध्ये कुनैले जीवनको सही मूल्य प्रदान गर्छन् कि गर्दैनन्, र तीमध्ये कुनैले व्यक्तिलाई सत्यताको झन्-झन् बढी बुझाइ, अनि मानवता र मानिसको रूपका साथ जिउन सक्षम बनाउँछन् कि बनाउँदैनन् भनेर हेर्नु हो। जब तैँले मानवजातिले जीवनमा पछ्याउने विभिन्‍न लक्ष्य र तिनीहरूका विभिन्न जिउने तरिकालाई बारम्‍बार अनुसन्धान र होसियारीपूर्वक चिरफार गर्छस्, तब तैँले तीमध्ये एउटै पनि मानवजातिलाई सृष्टि गर्दा सृष्टिकर्ताले राख्‍नुभएको प्रारम्भिक अभिप्रायअनुरूप नरहेको पाउनेछस्। ती सबैले मानिसहरूलाई सृष्टिकर्ताको सार्वभौमिकता र हेरचाहबाट टाढा लैजान्छन्; ती सबै मानिसहरूलाई चरित्रभ्रष्ट तुल्याउने र नरकतर्फ डोर्‍याउने पासो हुन्। यो कुरा बुझेपछि, तैँले जीवनसम्‍बन्धी आफ्नो पुरानो दृष्टिकोणलाई छोड्नुपर्छ, विभिन्‍न पासोहरूबाट टाढा बस्‍नुपर्छ, र परमेश्‍वरलाई तेरो जीवन नियन्त्रण गर्न र तेरा लागि प्रबन्धहरू गर्न दिनुपर्छ, कुनै पनि व्यक्तिगत छनौट नगरी परमेश्‍वरका योजनाबद्ध कार्यहरू र मार्गदर्शनमा मात्रै समर्पित हुन खोज्नुपर्छ, र परमेश्‍वरलाई आराधना गर्ने व्यक्ति बन्नुपर्छ। यो सुन्दा सजिलो लाग्छ, तर गर्न गाह्रो कुरा हो। कतिपय मानिसले यसको पीडा सहन सक्छन्, अरूले सक्दैनन्। कतिपय पालन गर्न इच्छुक हुन्छन्, अरू अनिच्छुक हुन्छन्। अनिच्छुक हुनेहरूमा त्यसो गर्ने चाहना र सङ्कल्पको कमी हुन्छ; तिनीहरू परमेश्‍वरको सार्वभौमिकताबारे स्पष्ट रूपमा सचेत हुन्छन्, मानव नियतिको योजना बनाउने र बन्दोबस्त गर्ने परमेश्‍वर नै हुनुहुन्छ भन्‍ने कुरा राम्रोसँग जान्दछन्, तैपनि तिनीहरू अझै पनि खुट्टा बजार्छन् र सङ्घर्ष गर्छन् र आफ्नो नियतिलाई परमेश्‍वरको हातमा सुम्पन र परमेश्‍वरको सार्वभौमिकतामा समर्पित हुन अनिच्छुक नै रहन्छन्; अझ भन्‍ने हो भने, तिनीहरू परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति रुष्ट हुन्छन्। त्यसैले कतिपय यस्ता मानिस सधैँ नै हुनेछन् जो आफू के गर्न सक्षम रहेको भनेर आफै हेर्न चाहन्छन्; परमेश्‍वरको अख्तियारको सीमा नाघ्न र परमेश्‍वरको सार्वभौमिकताभन्दा माथि उठ्न सकिन्छ कि सकिँदैन भनेर हेर्न, तिनीहरू आफ्नै दुई हातले आफ्नो नियति परिवर्तन गर्न, वा आफ्नै शक्तिले खुसी हासिल गर्न चाहन्छन्। मानिसको त्रासदी ऊ सुखी जीवन पछ्याउँछ भन्ने होइन, ऊ ख्याति र प्राप्ति पछ्याउँछ वा ऊ अस्पष्टताको बीचबाट आफ्नै नियतिविरुद्ध सङ्घर्ष गर्छ भन्ने होइन, बरु, सृष्टिकर्ताको अस्तित्व देखिसकेपछि, र सृष्टिकर्ताले मानव नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्‍ने तथ्य थाहा पाइसकेपछि पनि, ऊ गलत मार्गबाट फर्कन सक्दैन, हिलोबाट आफ्ना खुट्टा निकाल्न सक्दैन, बरु आफ्नो हृदयलाई कठोर बनाउँछ र आफ्ना गल्तीहरूमा हठपूर्वक लागिरहन्छ भन्ने हो। ऊ बरु अलिकति पनि पछुतोको मनोवृत्तिविना हिलोमै लडिबुडी गरिरहन, सृष्टिकर्ताको सार्वभौमिकताको विरुद्धमा हठपूर्वक लडिरहन, अन्त्यसम्मै यसको प्रतिरोध गरिरहन रुचाउँछ। जब ऊ क्षतविक्षत र रक्ताम्मे भएर लड्छ, तब मात्र उसले अन्ततः हार मान्ने र फर्कने निर्णय गर्छ। मानिसको साँचो त्रासदी यही हो। त्यसैले म भन्छु, समर्पित हुन छनौट गर्नेहरू बुद्धिमान् हुन्, जबकि मुक्त हुन छनौट गर्नेहरू मूर्ख र हठी हुन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरका दैनिक वचनहरू   अंश १२९

मानव जीवनका छ महत्त्वपूर्ण मोडहरू (छनौट गरिएका खण्डहरू)

छैटौं महत्त्वपूर्ण मोड: मृत्यु

धेरै दौडधूप, धेरै निराशा र विफलताहरूपछि, धेरै आनन्द र शोक अनि उतारचढावपछि, बिर्सनै नसक्‍ने धेरै वर्षहरूपछि, ऋतुहरू आए-गएको हेरेपछि, पत्तै नपाई व्यक्तिले आफ्‍नो जीवनका महत्त्वपूर्ण मोडहरूलाई पार गरिसकेको हुन्छ, अनि एकै क्षणमा उसले आफैलाई जिन्दगीको गोधूलि वर्षहरूमा पुगिसकेको पाउँछ। व्यक्तिको शरीरभरि समयका छापहरू लागेका हुन्छन्: व्यक्ति त्यसउप्रान्त सीधा उभिन सक्दैन, उसको कालो कपाल सेतो भइसकेको हुन्छ, कुनै बेला चम्‍किलो र स्पष्ट देखिने आँखा अँध्यारो र धमिलो बन्छ, अनि नरम, कोमल छाला चाउरी पर्छ र त्यसमा दाग-धब्बा देखिन्छन्। व्यक्तिको श्रवण शक्ति कमजोर बन्छ, उसका दाँतहरू हल्‍लिन्छन् अनि झर्छन्, उसका प्रतिक्रिया सुस्त बन्छन्, उसका हलचल मन्द हुन्छन्…। यस विन्दुमा, व्यक्तिले आफ्‍नो जवानीका जोशिला वर्षहरूलाई बिदा गरेर आफ्‍नो जीवनको गोधूलि अर्थात वृद्ध अवस्थामा प्रवेश गर्नुपर्छ। यसपछि, हामीले मानव जीवनको अन्तिम विन्दु, मृत्युको सामना गर्नेछौं।

१) मानिसलाई जीवन र मृत्यु दिने शक्ति सृष्टिकर्तासँग मात्रै छ

व्यक्तिको जन्मलाई उसको अघिल्लो जीवनले निर्धारित गरेको हुन्छ भने, उसको मृत्युले त्यो नियतिलाई टुङ्ग्याउँछ। व्यक्तिको जन्म यो जीवनमा उसको मिसनको सुरुवात हो भने, उसको मृत्युले त्यो मिसनको अन्त्यलाई जनाउँछ। प्रत्येक व्यक्तिको जन्मका लागि सृष्टिकर्ताले निश्‍चित परिस्‍थितिहरू तय गर्नुभएको हुँदा, पक्‍कै पनि उहाँले तिनीहरूको मृत्युका लागि पनि निश्‍चित परिस्‍थितिहरूको बन्दोबस्त गर्नुभएको हुन्छ। अर्को शब्‍दमा भन्दा, कोही पनि संयोगले जन्‍मँदैन, कसैको पनि मृत्यु अचानक आउँदैन, अनि जन्‍म र मृत्यु दुवै व्यक्तिको अघिल्‍लो जीवन र वर्तमान जीवनसँग अपरिहार्य रूपमा जोडिएका हुन्छन्। व्यक्तिको जन्‍मका परिस्थितिहरू कस्ता हुन्छन् र उसको मृत्युका परिस्‍थितिहरू के हुन् भन्ने कुरा सृष्टिकर्ताले गर्ने पूर्वनियोजनहरूसँग सम्बन्धित हुन्छ; व्यक्तिको नियति, व्यक्तिको प्रारब्ध यही हो। व्यक्तिको जन्‍मसम्‍बन्धी विभिन्‍न व्याख्याहरू रहेका हुनाले, व्यक्तिको मृत्युका पनि विभिन्न विशेष परिस्थिति अवश्य नै हुन्छन्। यसर्थ, मानवजातिका बीचमा फरक-फरक आयु अनि मानिसहरूको मृत्युका फरक-फरक तरिका र समयहरू अस्तित्वमा आए। कतिपय मानिसहरू बलिया र स्वस्थ हुन्छन्, तैपनि तिनीहरू जवानीमै मर्छन्; अरू चाहिँ कमजोर र बिरामी भइरहने हुन्छन्, तैपनि तिनीहरू बुढेसकालसम्म बाँच्‍छन् र शान्तिसाथ मरेर जान्छन्। केही मानिसहरू अप्राकृतिक कारणले मर्छन्, अरूहरू प्राकृतिक रूपमा मर्छन्। कतिपय घरबाट टाढा हुँदा मर्छन्, अरूहरूले आफ्‍ना प्रियजन आफ्‍नै छेउ हुँदा आफ्‍ना आँखाहरू अन्तिम पटक चिम्‍लिन्छन्। कतिपय मानिसहरू मध्याकाशमा मर्छन्, अरूहरू पृथ्वीमुनि मर्छन्। कतिपय मानिसहरू पानीमा डुबेर मर्छन्, अरू विपत्तिमा परेर मर्छन्। कोही बिहान मर्छन्, कोही राती। … हरेक व्यक्तिले चहकिलो जन्‍म, शानदार जीवन, अनि गौरवशाली मृत्यु चाहन्छ, तर कसैले पनि आफ्‍नो नियतिलाई उछिन्न सक्दैन, कोही पनि सृष्टिकर्ताको सार्वभौमिकताबाट उम्‍कन सक्दैन। मानव नियति यही हो। मानिसहरूले आफ्‍नो भविष्यका लागि अनेक किसिमका योजनाहरू बनाउन सक्छन्, तर कसैले पनि आफू जन्मने तरिका र संसारबाट बिदा हुने तरिका र समयको योजना बनाउन सक्दैन। सबै मानिसहरूले मृत्युको आगमनबाट बच्‍न र त्यसलाई प्रतिरोध गर्न सक्दो कोसिस गरे पनि, तिनीहरूले थाहै नपाई मृत्यु चुपचाप नजिक आइपुग्छ। आफ्नो मृत्यु कहिले वा कसरी हुने हो भन्ने कुरा कसैलाई थाहा हुँदैन, यो कहाँ हुनेछ भन्‍ने कुरा थाहा हुनु त परै जाओस्। स्पष्ट रूपमा, आफ्नो जीवन र मृत्युमाथिको सर्वोच्च शक्ति मानिस आफैसँग छैन, न त प्राकृतिक संसारको कुनै प्राणीसँग नै छ, तर सृष्टिकर्तासँग छ, जोसँग अद्वितीय अख्तियार छ। मानवजातिको जीवन र मृत्यु प्राकृतिक संसारको कुनै नियमको उपज होइन, यो त सृष्टिकर्ताको अख्तियारको सार्वभौमिकताको नतिजा हो।

२) सृष्टिकर्ताको सार्वभौमिकतालाई नचिन्‍ने व्यक्ति मृत्युको भयले त्रसित हुनेछ

जब व्यक्ति पाको उमेरमा प्रवेश गर्छ, उसले सामना गर्ने चुनौती भनेको परिवारको भरणपोषण गर्नु वा जीवनमा आफ्‍नो ठूलो लक्ष्‍यलाई पूरा गर्नु होइन, बरु आफ्‍नो जीवनलाई कसरी बिदा गर्नु, आफ्‍नो जीवनको अन्त्यलाई कसरी सामना गर्नु, आफ्‍नो जीवनको वाक्यमा कसरी पूर्ण विराम थप्‍नु हो। झट्ट हेर्दा, मृत्युलाई मानिसहरूले त्यति ध्यान दिँदैनन् भन्‍ने जस्तो देखिए तापनि, यो विषयलाई अन्वेषण गर्नबाट कोही पनि अछुतो रहँदैन, किनभने मृत्युपारि मानिसहरूले बुझ्‍न वा अनुभव गर्न नसक्‍ने, तिनीहरूलाई केही पनि थाहा नभएको अर्को संसार छ कि छैन भन्‍ने कसैलाई पनि थाहा हुँदैन। यसले मानिसहरूलाई मृत्युको सामना गर्नको लागि, तिनीहरूले जसरी सामना गर्नुपर्ने हो त्यसरी त्यसको सामना गर्नको लागि डराउने तुल्याउँछ; बरु, तिनीहरूले त यो विषयबाट पन्छिन सक्दो प्रयास गर्छन्। तसर्थ, यसले हरेक व्यक्तिलाई मृत्युको भयले भरिदिन्छ, अनि हरेक व्यक्तिको हृदयमा अटुट छाया हालिदिदै जीवनको यो अपरिहार्य तथ्यमा रहस्यको पर्दा थपिदिन्छ।

जब व्यक्तिले आफ्‍नो शरीर ह्रास हुँदै गइरहेको अनुभव गर्छ, जब उसले आफू मृत्युको नजिक आइरहेको अनुभव गर्छ, तब उसलाई शब्‍दले नै व्याख्या गर्न नसकिने डर, अस्पष्ट भयको आभास हुन्छ। मृत्युको डरले व्यक्तिलाई झन् एकलो र झन् विवश भएको अनुभव गराउँछ, र यस विन्दुमा, व्यक्तिले आफैलाई प्रश्‍न गर्छ: मानिस कहाँबाट आयो? मानिस कहाँ जाँदैछ? के मानिस आफ्‍नो जीवन आफ्‍नै अगाडि झलक्‍क बितेर गएको हेर्दै यसरी नै मर्छ? के मानिसको जीवनको समाप्तिलाई सङ्केत गर्ने अवधि यही हो? आखिरमा, जीवनको अर्थ के हो? आखिर, जीवनको मूल्य के नै छ र? के यो ख्याति र धनसँग सम्‍बन्धित छ? के यो परिवार हुर्काउनुसँग सम्‍बन्धित छ? … व्यक्तिले यी निश्‍चित प्रश्‍नहरूको बारेमा विचार गरे पनि नगरे पनि, व्यक्तिले मृत्युको बारेमा जति गहन रूपमा डर माने पनि, हरेक व्यक्तिको हृदयमा सधैँ नै रहस्यहरूलाई जाँच्‍ने इच्‍छा, जीवनको बोध नभएको भावना हुन्छ, र यी कुराहरूको साथमा, संसारको बारेमा भावुकता, बिदा भएर जाने अनिच्‍छा पनि मिसिएको हुन्छ। मानिसले केको डर मान्छ, मानिसले केको खोजी गर्छ, केको बारेमा ऊ भावुक हुन्छ र उसले के कुरालाई छोड्न अनिच्छुक हुन्छ त्यसलाई सायद कसैले पनि स्पष्ट रूपमा बुझ्‍न सक्दैन …

मानिसहरूले मृत्युको डर मान्‍ने हुनाले, तिनीहरूमा धेरै नै चिन्ता हुन्छ; तिनीहरूले मृत्युको डर मान्‍ने हुनाले, मानिसहरूले छोड्न नसक्‍ने कुराहरू धेरै नै हुन्छन्। जब तिनीहरू मर्न लागेका हुन्छन्, कतिपय मानिसहरू यो वा त्यो कुराको बारेमा फिक्री गर्छन्; चिन्ता गरेर तिनीहरू मृत्युले ल्याउने कष्ट र भयलाई मेट्न सक्छन् झैँ गरी, जीवितहरूसँग घनिष्ठता कायम गरेर, तिनीहरू मृत्युको साथमा आउने विवशता र एकलोपनबाट उम्कन सक्छन् झैँ गरी तिनीहरू आफ्‍ना छोराछोरी, आफ्‍ना प्रियजन, आफ्‍नो सम्पत्तिको बारेमा चिन्ता गर्छन्। मानव हृदयको अन्तस्करणमा अस्पष्ट डर, प्रियजनहरूबाट अलग हुने, आफ्‍नो नजरले नीलो आकाशलाई कहिल्यै देख्‍न नपाउने, भौतिक संसारमा फेरि कहिल्यै हेर्न नपाउने कुराको डर हुन्छ। प्रियजनहरूको साथमा रहने बानी परेको एकलो आत्मा आफ्‍नो पकडलाई छोडेर अज्ञात र अपरिचित संसारको लागि एकलै बिदा हुन अनिच्छुक हुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरका दैनिक वचनहरू   अंश १३०

ख्याति र प्राप्तिको खोजीमा बिताएको जीवनले व्यक्तिलाई मृत्युको मुखमा अन्योलमा पार्छ

बिलकुलै शून्यबाट सुरु भएको एकलो आत्माले सृष्टिकर्ताको सार्वभौमिकता र नियोजनका कारण आमाबुबा र परिवार, मानवजातिको सदस्य बन्‍ने मौका, अनि मानव जीवन र मानव संसारमा यात्रा अनुभव गर्ने मौका प्राप्त गर्छ; यसले सृष्टिकर्ताको सार्वभौमिकता अनुभव गर्ने, सृष्टिकर्ताको सृष्टिका आश्चर्य कर्महरू जान्ने मौका, अनि, त्योभन्दा पनि बढी, सृष्टिकर्ताको अख्तियारलाई जान्‍ने र त्यसप्रति समर्पित हुने मौका पनि प्राप्त गर्छ। तैपनि धेरैजसो मानिस यो दुर्लभ र क्षणिक मौका साँच्चै छोप्दैनन्। मानिसहरू आफ्‍नो जीवनभरिको ऊर्जा नियतिविरुद्ध लड्दै सकाउँछन्, अनि आफ्‍नो सम्पूर्ण जीवन परिवारको पालनपोषण गर्न भागदौड गर्दै अनि प्रतिष्ठा र नाफाका खातिर यताउता दौडधुप गर्दै बिताउँछन्। मानिसहरूले बहुमूल्य ठान्ने कुराहरू पारिवारिक प्रेम, पैसा, ख्याति र प्राप्ति हुन्, अनि तिनीहरू यी कुराहरूलाई जीवनको सबैभन्दा बहुमूल्य कुराका रूपमा हेर्छन्। सबै मानिस आफ्नो नियति कष्ट र ठक्करले भरिएको भन्दै गुनासो गर्छन्, तैपनि तिनीहरू मानिसहरूले सबैभन्दा बढी बुझ्नुपर्ने र खोजबिन गर्नुपर्ने मामलाहरू: मानिस किन जीवित छ, मानिस कसरी जिउनुपर्छ, र मानव जीवनको मूल्य र अर्थ के हो, भन्ने कुरालाई अझै बेवास्ता गर्छन्। तिनीहरू आफ्नो सम्पूर्ण जीवन जति लामो भए पनि, आफ्नो युवावस्था नगइन्जेल अनि तिनीहरूको कपाल नफुलिन्जेल र अनुहार चाउरी नपरून्जेल, ख्याति र प्राप्तिले तिनीहरूलाई बुढो हुनबाट रोक्न सक्दैन, पैसाले तिनीहरूको हृदयको रित्तोपन भर्न सक्दैन भनी नबुझिन्जेल, अनि कोही पनि जन्म, बुढेसकाल, रोग, र मृत्युका नियमहरूबाट उम्कन सक्दैन, र कोही पनि नियतिका प्रबन्धहरूबाट उम्कन सक्दैन भनी नबुझिन्जेल त्यो जीवन ख्याति र प्राप्ति पछ्याउन केवल दौडधुप गरेर बिताउँछन्। जीवनको अन्तिम विन्दुको सामना गर्नु परेपछि मात्रै तिनीहरूले व्यक्तिसँग धेरै धन भए पनि, व्यक्ति कुलीन हैसियत र उच्‍च दर्जाको भए पनि ऊ मृत्युबाट उम्‍कन सक्दैन, बरु उसले त उसको पहिलेकै स्थिति अर्थात् आफ्‍नो नाममा केही पनि नभएको एकलो आत्माको स्थितिमा फर्कनुपर्छ भन्ने कुरा साँचो रूपमा बुझ्‍छ। जब मानिसहरूका बाबुआमा हुन्छन्, तब तिनीहरू आफ्ना बाबुआमा सबै थोक हुन् भन्‍ने विश्‍वास गर्छन्; जब मानिसहरूसँग सम्पत्ति हुन्छ, तब तिनीहरू पैसा आफ्नो मुख्य आधार र आफूले जिउने पुँजी हो भन्‍ठान्छन्; जब मानिसहरूसँग हैसियत हुन्छ, तब तिनीहरू यसलाई दह्रिलो गरी पक्रिराख्छन् अनि यसका लागि आफ्‍नो ज्यान दिन तयार हुन्छन्। यो संसारलाई छोडेर जान लागेपछि मात्रै मानिसहरूले महसुस गर्छन् कि तिनीहरूले जुन कुराहरूको खोजी गर्दै आफ्‍नो जीवन बिताए ती क्षणिक बादलबाहेक केही पनि होइनन्, तिनीहरूले ती कुनै पनि कुरालाई पक्रिरहन सक्दैनन्, तिनीहरूले ती कुनै पनि कुरालाई आफूसँग लैजान सक्दैनन्, तिनीहरूलाई तीमध्ये कुनै पनि कुराले मृत्युबाट छूट दिलाउन सक्दैन, तीमध्ये कुनै पनि कुराले एक्लो आत्मालाई यसको फिर्ती यात्रामा साथ वा आराम दिन सक्दैन, र त्यसभन्दा पनि बढी, यीमध्ये कुनै पनि कुराले व्यक्तिलाई मुक्ति दिन र उसलाई मृत्यु नाघेर जान सक्षम बनाउन सक्दैन। व्यक्तिले भौतिक संसारमा हासिल गर्ने ख्याति र प्राप्तिले अस्थायी सन्तुष्टि, क्षणिक सुख, र भित्री सुरक्षाको झुटो अनुभूति दिन्छ, जसले गर्दा व्यक्तिले आफ्‍नो बाटो पनि बिराउँछ। त्यसकारण, मानवजातिको विशाल समुद्रमा छटपटिने, हृदयमा शान्ति, सान्त्वना, र चैनको तृष्‍णा गर्ने मानिसहरूलाई एकपछि अर्को छालले स्वात्तै निल्छ। जब मानिसहरूले अहिलेसम्‍म आफूले सबैभन्दा बढी बुझ्‍नुपर्ने प्रश्‍नहरू अझै बुझ्न बाँकी हुन्छन्—तिनीहरू कहाँबाट आए, तिनीहरू किन जीवित छन्, तिनीहरू कहाँ जाँदै छन् आदि इत्यादि—तब तिनीहरू ख्याति र प्राप्तिद्वारा प्रलोभित हुन्छन्, तीद्वारा भ्रमित र नियन्त्रित हुन्छन्, अनि अपरिवर्तनीय रूपले हराउँछन्। समय उडेर जान्छ; आँखा झिमिक्‍क गर्दा वर्षौँ बितेर गइसकेको हुन्छ, अनि व्यक्तिले त्यो थाहै नपाई आफ्‍नो जीवनका सर्वोत्कृष्ट वर्षहरूलाई बिदा गरिसकेको हुन्छ। जब मानिसहरू चाँडै संसारबाट बिदा हुन लागेका हुन्छन्, तब तिनीहरूलाई संसारका सबै कुरा टाढिँदै गइरहेको, सुरुमा आफ्नो रहेका कुनै पनि कुरालाई पक्रिराख्न अब बल नरहेको बिस्तारै थाहा हुन्छ; यतिबेला, तिनीहरूलाई आफू आखिरकार अझै पनि बिलकुलै केही पनि नभएको, बिलौना गरिरहेको नवजात शिशुजस्तै हुँ भन्ने साँच्चै महसुस हुन्छ। यतिबेला, तिनीहरू आफूले जीवनमा के गरेका छन्, जिउँदो हुनुको मूल्य के हो, जीवित हुनुको अर्थ के हो, र मानिसहरू किन संसारमा आए भनेर मनन गर्न थाल्न बाध्य हुन्छन्। अनि ठ्याक्कै यही बेला तिनीहरू साँच्‍चै अर्को जुनी छ कि छैन, स्वर्ग साँच्‍चै अस्तित्वमा छ कि छैन, साँच्चै प्रतिशोध हुन्छ कि हुँदैन भनेर जान्न झन्-झन् धेरै चाहन्छन्…। व्यक्ति मृत्युको जति नजिक पुग्छ, ऊ जीवन वास्तवमा के हो भनी त्यति नै बढी बुझ्न चाहन्छ; व्यक्ति मृत्युको जति नजिक पुग्छ, उसको हृदय त्यति नै रित्तो देखिन्छ; व्यक्ति मृत्युको जति नजिक पुग्छ, ऊ त्यति नै बढी साथ नपाएको महसुस गर्छ; अनि त्यसैले दिन प्रतिदिन मृत्युसम्‍बन्धी उसको डर झन्-झन् बढ्दै जान्छ। मानिसहरू मृत्युको नजिक जाँदै गर्दा तिनीहरूमा त्यस्ता प्रतिक्रियाहरू प्रकट हुनुका दुई कारण छन्: पहिलो, तिनीहरूले आफ्नो जीवन निर्भर रहेको ख्याति वा प्राप्ति गुमाउन लागेका हुन्छन्, तिनीहरूले संसारमा आँखाले देख्ने सबै कुरालाई बिदाइ गर्न लागेका हुन्छन्; अनि दोस्रो, तिनीहरूले एक्लै अपरिचित संसारको, रहस्यमय, अज्ञात क्षेत्रको सामना गर्न लागेका हुन्छन्, जहाँ तिनीहरू पाइला टेक्‍न डराउँछन्, जहाँ तिनीहरूको कुनै प्रियजन र साथ-सहयोग छैन। यी दुई कारणले गर्दा, मृत्युको सामना गर्ने सबैले असहज महसुस गर्छन्, अनि पहिले कहिल्यै अनुभव नगरेको तरिकाले आत्तिन्छन् र पूर्ण रूपमा अलमल्ल पर्छन्। कुनै व्यक्ति वास्तवमा यस विन्दुमा आइपुगेपछि मात्रै उसले के बुझ्छ भने जब कुनै व्यक्ति यस संसारमा प्रवेश गर्छ, तब उसले सुरुमा मानिस कहाँबाट आउँछ, मानिसहरू किन जीवित छन्, मानव नियतिमाथि कसले सार्वभौमिकता राख्छ, र मानव अस्तित्वका लागि कसले भरणपोषण गर्छ र यसमाथि कसको सार्वभौमिकता छ भनेर बुझ्नुपर्छ—यो बुझाइ नै व्यक्ति जिउने पुँजी हो, र यो नै व्यक्ति बाँच्ने अत्यावश्यक आधार हो। उसले सुरुमा आफ्‍नो परिवारको भरणपोषण कसरी गर्ने वा ख्याति र प्राप्ति कसरी पछ्याउने, वा समूहमा अरूभन्दा अब्बल कसरी हुने वा अझै बढी सम्‍पन्‍न जीवन कसरी जिउने भनेर सिक्नु हुँदैन, अरूलाई कसरी उछिन्ने वा विभिन्न प्रकारका प्रतियोगिताहरूमा कसरी सजिलै प्रतिस्पर्धा गर्ने भनेर सिक्नु त झनै हुँदैन। मानिसहरूले आफ्‍नो जीवन बिताएर निपुणता हासिल गर्ने विभिन्न बाँच्ने सीपहरूले तिनीहरूलाई प्रशस्त भौतिक ऐसआराम पाउन सक्षम तुल्याए पनि, ती सीपहरूले तिनीहरूको हृदयलाई कहिल्यै साँचो सान्त्वना र स्थिरता दिँदैनन्। बरु तिनले त मानिसहरूलाई निरन्तर आफ्‍नो दिशा गुमाउन लगाउँछन्, आफूलाई नियन्त्रण गर्न गाह्रो बनाउँछन्, अनि जीवनको अर्थ सिक्‍ने एक पछि अर्को मौका गुमाउन लगाउँछन्, र मानिसहरूमा कसरी सही रूपमा मृत्यु सामना गर्ने भन्नेबारे गुप्त समस्याहरू उत्पन्न गराउँछन्—यसरी मानिसहरूको जीवन बरबाद हुन्छ। हरेक व्यक्तिलाई जीवनभरिको लागि उहाँको सार्वभौमिकताको अनुभव गर्न र त्यसलाई जान्‍ने मौका दिएर सृष्टिकर्ताले हरेक व्यक्तिलाई निष्पक्ष व्यवहार गर्नुहुन्छ, तैपनि मृत्यु नजिक आएपछि मात्रै, यसको कालो छाया देखिएपछि मात्रै व्यक्तिले ज्योति देख्‍न थाल्छ—अनि त्यो बेलासम्‍म ढिला भइसकेको हुन्छ!

मानिस पैसा अनि ख्याति र प्राप्तिको पछि दौडेरै आफ्‍नो पूरै जीवन बिताउँछ; ऊ यी कुराहरूलाई जीवनको अन्तिम सहारा, आफ्नो एक मात्र आड-भरोसाका रूपमा लिन्छ—मानौँ ती हुनुको मतलब ऊ बाँचिरहन र मृत्युबाट उम्कन सक्छ। तर उसले आफू मर्न लागेपछि मात्रै पैसा, ख्याति, र प्राप्ति आफूबाट कति टाढा छन्, र मृत्युको मुखमा ऊ कति कमजोर र शक्तिहीन छ, ऊ कति नाजुक छ, र ऊ कति एक्लो र सहाराविहीन छ, र ऊ कति असहाय छ भन्‍ने कुरा महसुस गर्छ। उसले पैसा वा ख्याति र प्राप्ति जीवनसँग साट्न सकिँदैन, मानिस जति नै धनी भए पनि, उसको हैसियत जति नै उच्च भए पनि, मृत्युको सामुन्ने सबै उत्तिकै गरिब र महत्त्वहीन छन् भन्‍ने महसुस गर्छ। उसले पैसाले जीवन किन्‍न सक्दैन, ख्याति र प्राप्तिले मानिसलाई मृत्युबाट उम्कन सक्षम बनाउन सक्दैनन्, न त पैसाले न त ख्याति र प्राप्तिले मानिसको आयु एक मिनेट वा एक सेकेन्ड मात्रै पनि बढाउन सक्छन् भन्‍ने महसुस गर्छ। मानिसले जति धेरै यस्तो महसुस गर्छ, ऊ त्यति नै जिइरहने तृष्णा गर्छ; मानिसले जति धेरै यस्तो महसुस गर्छ, ऊ मृत्युको आगमनदेखि त्यति नै भयभीत हुन्छ। यस विन्दुमा मात्रै उसले आफ्नो जीवन आफ्नो स्वामित्वमा, आफ्नो नियन्त्रणमा छैन, र व्यक्ति जिउँछ कि मर्छ भन्‍ने कुरा आफ्नो अधीनमा छैन भनी साँचो रूपमा महसुस गर्छ—यो कुनै पनि व्यक्तिको नियन्त्रणभन्दा बाहिर हुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरका दैनिक वचनहरू   अंश १३१

सृष्टिकर्ताको प्रभुत्वमा आफूलाई समर्पित गर आऊ अनि चुपचाप मृत्युको सामना गर

व्यक्तिको जन्‍म भएकै क्षणमा, एउटा एक्लो आत्माले पृथ्वीमा आफ्‍नो जीवनको अनुभव, अनि सृष्टिकर्ताले उसका लागि प्रबन्ध गरिदिनुभएको सृष्टिकर्ताको अख्तियारको आफ्नो अनुभव सुरु गर्छ। भन्ने पर्दैन, यो त्यस व्यक्ति, त्यस आत्माका लागि सृष्टिकर्ताको सार्वभौमिकताबारे ज्ञान प्राप्त गर्ने, उहाँको अख्‍तियार जान्‍न पुग्ने र व्यक्तिगत रूपमा यो अनुभव गर्ने उत्कृष्ट अवसर हो। मानिसहरू आफ्‍नो जीवन आफ्ना लागि सृष्टिकर्ताले बनाउनुभएका नियतिका नियमहरूअन्तर्गत जिउँछन्, अनि विवेक र समझ भएको कुनै पनि व्यक्तिका लागि आफ्नो जीवनका दशकौँको अवधिमा सृष्टिकर्ताको सार्वभौमिकता स्वीकार गर्नु अनि उहाँको अख्तियार जान्‍न पुग्नु त्यति कठिन कुरा होइन। त्यसकारण, हरेक व्यक्तिलाई आफ्नो दशकौँका जीवन अनुभवहरूमार्फत सबै मानव नियति पूर्वनियोजित हुन्छन् भनी जान्न सहज हुनुपर्छ, अनि जिउँदो हुनुको अर्थ के हो भन्ने बोध गर्न वा निष्कर्ष निकाल्न निकै सहज हुनुपर्छ। व्यक्तिले यो जीवन अनुभव पुष्टि गर्दै जाँदा, उसले क्रमिक रूपमा जीवन कहाँबाट आउँछ भनी बुझ्‍न, अनि हृदयलाई वास्तवमा के कुराको खाँचो छ, कुन कुराले व्यक्तिलाई जीवनको साँचो मार्गमा डोर्‍याउँछ, र मानव-जीवनको मिसन र लक्ष्य के हुनुपर्छ भनी बोध गर्न पुग्नेछ। यदि व्यक्तिले सृष्टिकर्ताको आराधना गर्दैन भने, यदि उसले आफूलाई उहाँको प्रभुत्वमा समर्पित गर्दैन भने, जब मृत्युको सामना गर्ने बेला हुन्छ—जब व्यक्तिको आत्माले फेरि एक पटक सृष्टिकर्ताको सामना गर्न लागेको हुन्छ—तब उसको हृदय असीमित भय र आतङ्कले भरिएको हुनेछ भन्‍ने कुरा व्यक्तिले क्रमिक रूपमा पहिचान गर्न थाल्‍नेछ। यदि कुनै व्यक्ति संसारमा आएको केही दशक भइसकेको छ तैपनि उसले मानव जीवन कहाँबाट आउँछ भन्‍ने कुरा बुझेको छैन न त मानव भाग्य कसको हत्केलामा छ भन्‍ने नै बुझेको छ भने, उसले शान्त भएर मृत्युको सामना गर्न सक्दैन भन्नु कुनै आश्‍चर्य होइन। मानव जीवनसम्‍बन्धी आफ्‍नो दशकौँका अनुभवहरूमा सृष्टिकर्ताको सार्वभौमिकताको ज्ञान प्राप्त गरेको व्यक्ति जीवनको अर्थ र मूल्यसम्‍बन्धी शुद्ध बुझाइ भएको व्यक्ति हो। त्यस्तो व्यक्तिसँग सृष्टिकर्ताको सार्वभौमिकता सम्‍बन्धी वास्तविक बुझाइ र अनुभवसहितको जीवनको उद्देश्य सम्‍बन्धी गहन ज्ञान हुन्छ, अनि त्यसबाहेक, ऊ सृष्टिकर्ताको अख्तियारप्रति समर्पित हुन सक्छ। त्यस्तो व्यक्तिले सृष्टिकर्ताले मानिस सृष्टि गर्नुको अर्थ बुझ्छ, मानिसले सृष्टिकर्ताको आराधना गर्नुपर्छ, मानिससँग भएका सबै कुरा सृष्टिकर्ताबाट नै आउँछन् र भविष्यमा कुनै दिन चाँडै नै ती सबै उहाँकहाँ नै फर्कन्छन् भन्‍ने बुझ्छ। यस प्रकारको व्यक्तिले सृष्टिकर्ताले नै मानिसको जन्‍मको बन्दोबस्त गर्नुहुन्छ र मानिसको मृत्युमाथि उहाँको सार्वभौमिकता हुन्छ, अनि जीवन र मृत्यु दुवै सृष्टिकर्ताको अख्तियारद्वारा पूर्वनियोजित हुन्छन् भन्‍ने कुरा बुझ्छ। त्यसकारण, जब कसैले साँच्चिकै यी कुराहरू बोध गर्छ, तब ऊ स्वाभाविक रूपमा मृत्युलाई शान्त भएर सामना गर्न, आफ्‍ना सारा बाहिरी कुराहरूलाई शान्त भएर छोड्न, खुसीसाथ त्यसपछि आउने सबै कुरालाई स्विकार्न र त्यसमा समर्पित हुन, अनि सृष्टिकर्ताले बन्दोबस्त गर्नुभएको जीवनको अन्तिम मोडविरुद्ध लगातार सङ्घर्ष गर्नु र त्यसदेखि डराउनुको सट्टा त्यसलाई सोही रूपमा स्वागत गर्न सक्षम हुनेछ। यदि व्यक्तिले आफ्नो जीवनलाई सृष्टिकर्ताको सार्वभौमिकता अनुभव गर्ने र उहाँको अख्‍तियारलाई चिन्‍ने अवसरका रूपमा लिन्छ भने, यदि व्यक्तिले आफ्‍नो जीवनलाई सृष्टि गरिएको मानवजातिको रूपमा आफ्‍नो कर्तव्य पूरा गर्ने अनि आफ्‍नो मिसन पूरा गर्ने दुर्लभ अवसरका रूपमा लिन्छ भने, ऊसँग अवश्य नै जीवनसम्‍बन्धी सही दृष्टिकोण हुनेछ, ऊ अवश्य नै सृष्टिकर्ताका आशिष् र मार्गदर्शनअन्तर्गत जिउनेछ, ऊ अवश्य नै सृष्टिकर्ताको ज्योतिमा हिँड्नेछ, ऊ अवश्य नै सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्‍नेछ, ऊ आफूलाई अवश्य नै उहाँको प्रभुत्वमा समर्पण गर्नेछ, र ऊ अवश्य नै उहाँका अद्भुत कार्यहरूको साक्षी, उहाँको अख्तियारको साक्षी बन्‍नेछ। भन्नै पर्दैन, त्यस्तो व्यक्तिलाई सृष्टिकर्ताले अवश्यै प्रेम र स्वीकार गर्नुहुनेछ, अनि त्यस्तो व्यक्तिले मात्र मृत्युप्रति शान्त मनोवृत्ति राख्न र खुसीसाथ जीवनको अन्तिम मोडलाई स्वागत गर्न सक्छ। स्पष्ट रूपमै, अय्यूबले मृत्युप्रति यस्तै प्रकारको मनोवृत्ति राखेका थिए। उनले ती सर्तहरू पूरा गरे, जसले उनलाई खुसीसाथ जीवनको अन्तिम मोड स्वीकार गर्न सक्षम बनाए। उनले आफ्‍नो जीवन यात्रालाई सहज निष्कर्षमा पुर्‍याए र आफ्‍नो जीवनको मिसन पूरा गरे, अनि त्यसपछि सृष्टिकर्ताको छेउमा फर्किए।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरका दैनिक वचनहरू   अंश १३२

जीवनमा अय्यूबले गरेको खोजी र प्राप्तिले तिनलाई शान्त भएर मृत्युको सामना गर्ने तुल्यायो

पवित्रशास्‍त्रमा अय्यूबको बारेमा यस्तो लेखिएको छ: “यसरी अय्यूब वृद्ध र दीर्घायु भएर मरे” (अय्यूब ४२:१७)। यसको अर्थ के हो भने, जब अय्यूबको मृत्यु भयो, तिनीसँग कुनै पछुतो थिएन र तिनले कुनै पीडाको महसुस गरेनन्, बरु यो संसारबाट स्वाभाविक रूपमै तिनी बिदा भए। अय्यूब जीवित हुँदा परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मानिस थिए भन्‍ने कुरा सबैलाई थाहा छ। तिनका धर्मी कार्यहरू परमेश्‍वरद्वारा अनुमोदित थिए र अरूद्वारा स्मरण गरिएका थिए, अनि तिनको जीवनको मूल्य र महत्त्व सारा मानवजातिमाझ नै सबैभन्दा बढी थियो भनेर भन्‍न सकिन्छ। अय्यूबले पृथ्वीमा परमेश्‍वरका आशिष्‌हरू प्राप्त गरे र उहाँले तिनलाई धर्मी भन्‍नुभयो, अनि तिनी परमेश्‍वरको जाँच र शैतानको परीक्षामा पनि परे। तिनी परमेश्‍वरको गवाहीमा दृढ रहे र उहाँद्वारा “धर्मी मानिस” भनिन योग्य थिए। परमेश्‍वरले तिनलाई जाँच गर्नुभएको दशकौँपछि, तिनी पहिलेको भन्दा झनै बहुमूल्य, अर्थपूर्ण, स्थिर, र शान्त तरिकाले जिए। तिनका धर्मी कार्यहरूका कारण, परमेश्‍वरले तिनलाई जाँच्‍नुभयो, र तिनका धर्मी कार्यहरूले गर्दा, परमेश्‍वर तिनीसामु देखा पर्नुभयो र तिनीसँग व्यक्तिगत रूपमा कुरा गर्नुभयो। तसर्थ, अय्यूबले आफूलाई जाँच गरिएपछिका वर्षहरूमा जीवनको मूल्य झनै व्यावहारिक रूपमा महसुस गरे र बुझे, सृष्टिकर्ताको सार्वभौमिकताको झनै गहन बुझाइ प्राप्त गरे, अनि सृष्टिकर्ता कसरी उहाँका आशिष्‌हरू दिनुहुन्छ र फिर्ता लिनुहुन्छ भन्‍नेबारेमा झनै सटीक र ठोस ज्ञान प्राप्त गरे। यहोवा परमेश्‍वरले अय्यूबलाई पहिलेभन्दा अझै बढी आशिष्‌हरू दिनुभयो, अनि अय्यूबलाई सृष्टिकर्ताको सार्वभौमिकता चिन्न र शान्त रूपमा मृत्युको सामना गर्न झनै उत्तम स्थानमा राख्नुभयो भनेर अय्यूबको पुस्तकमा उल्‍लेख गरिएको छ। त्यसकारण, वृद्ध भएर मृत्युको सामना गर्दा, अय्यूब आफ्‍नो सम्पत्तिबारेमा निश्चित रूपमै चिन्तित भएनन्। तिनीसँग कुनै चिन्ता थिएन, पछुताउनुपर्ने केही थिएन, र तिनले अवश्य नै मृत्युको डर मानेनन्। तिनले आफ्‍नो सारा जीवन परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्ग पछ्याएकाले, आफ्‍नै परिणामबारे चिन्ता गरेनन्। आजका कति मानिसहरू अय्यूबले आफ्नो मृत्युको सामना गर्दा गरेझैँ व्यवहार गर्न सक्छन्? किन कसैले पनि त्यस्तो सरल बाह्य मनोवृत्ति हासिल गर्न सक्दैन? एउटै कारण छ: अय्यूबले परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्ने, त्यो स्वीकार गर्ने, अनि त्यसमा समर्पित हुने आत्मगत पछ्याइमा आफ्‍नो जीवन जिए, र यही विश्‍वास, स्वीकार, र समर्पणका साथ नै तिनले जीवनका महत्त्वपूर्ण मोडहरू पार गरे, आफ्‍ना आखिरी वर्षहरू बिताए, र आफ्‍नो जीवनको अन्तिम मोडलाई स्वागत गरे। अय्यूबले आफ्नो जीवनमा जेसुकै अनुभव गरे तापनि, तिनको जीवनका पछ्याइ र लक्ष्‍यहरू पीडादायी थिएनन्, बरु सुखद थिए। तिनी सृष्टिकर्ताका आशिष्‌हरू र अनुमोदनका कारण मात्र खुसी थिएनन्, बरु अझै महत्त्वपूर्ण रूपमा, तिनी त आफ्ना पछ्याइ र जीवनका लक्ष्‍यहरूका कारण खुसी थिए, अनि परमेश्‍वरको डर मान्नु अनि दुष्टताबाट अलग बस्नुको पछि लागेर प्राप्त गरेको सृष्टिकर्ताको सार्वभौमिकतासम्‍बन्धी बढ्दो ज्ञान र साँचो अनुभवका कारण खुसी थिए। यसभन्दा पनि बढी, सृष्टिकर्ताको सार्वभौमिकता अनुभव गर्ने क्रममा, तिनले सृष्टिकर्ताका आश्‍चर्यकर्महरूका साथै परमेश्‍वरसँग अन्तरक्रिया गरेको, अनि परमेश्‍वरसँग परिचित भएको र उहाँलाई चिनेको हरेक कोमल तर बिर्सन नसकिने अनुभव र सम्झना व्यक्तिगत रूपमै अनुभव गरेका कारण तिनी खुसी थिए। अय्यूब सृष्टिकर्ताका अभिप्रायहरू जानेपछि प्राप्त हुने सान्त्वना र आनन्दका कारण, र उहाँ महान्, अद्भुत, प्रेमिलो र विश्‍वासयोग्य हुनुहुन्छ भन्‍ने देखेर उनले विकास गरेको परमेश्‍वरको डर मान्ने हृदयका कारण खुसी थिए। अय्यूबले कुनै पनि कष्टविनै मृत्युको सामना गर्न सके किनभने तिनलाई मरेपछि आफू सृष्टिकर्ताकहाँ फर्केर जाने थाहा थियो। जीवनमा तिनले गरेको पछ्याइ र प्राप्तिले नै तिनलाई शान्तिसाथ मृत्युको सामना गर्ने, सृष्टिकर्ताले आफ्नो जीवन फिर्ता लिने कुरालाई शान्तिसाथ सामना गर्ने, र त्यसभन्दा पनि बढी, विशुद्ध र चिन्तारहित रूपमा सृष्टिकर्ताको सामना गर्ने तुल्यायो। के आजका मानिसहरू अय्यूबसँग भएजस्तो खुसी हासिल गर्न सक्छन्? के तिमीहरूसँग त्यसो गर्नका लागि अवस्थाहरू छन्? आजभोलिका मानिसहरूसँग यस्ता अवस्थाहरू भए पनि, किन तिनीहरू अय्यूबजस्तै खुसी भएर जिउन सक्दैनन्? किन तिनीहरू मृत्युको डरको कष्टबाट उम्‍कन सक्दैनन्? मृत्युको सामना गर्दा, कतिपय मानिस आफ्नो कट्टुमै पिसाब फेर्छन्; कतिपय त काँप्छन्, वा बेहोस हुन्छन्, वा स्वर्ग र मानिस दुवैमाथि आक्रोश पोख्छन्; कतिपय त विलाप गर्ने र रुने समेत गर्छन्। यी कुराहरू कुनै पनि हालतमा मृत्यु नजिकिँदा मानिसहरूमा अचानक देखिने प्रतिक्रियाहरू होइनन्। मृत्युको सामना गर्दा मानिसहरूले यस्तो लाजमर्दो किसिमले व्यवहार गर्नुको मुख्य कारण के हो भने, मानिसहरू आफ्‍नो भित्री हृदयमा मृत्युको डर मान्छन्, तिनीहरूसँग परमेश्‍वरको सार्वभौमिकता र उहाँका प्रबन्धहरूबारे स्पष्ट ज्ञान र बोध छैन, झन् तिनीहरू ती कुराहरूप्रति साँचो रूपमा समर्पित हुने त कुरै छाडौँ। मानिसहरू यस्तो प्रतिक्रिया दिन्छन् किनभने तिनीहरू सबै कुरा आफैले प्रबन्ध र सञ्‍चालन गर्न, आफ्‍नो नियति, आफ्‍नो जीवन र मृत्यु आफै नियन्त्रण गर्नबाहेक अरू केही चाहँदैनन्। त्यसकारण, मानिसहरू कहिल्यै मृत्युको डरबाट उम्‍कन नसक्नुमा कुनै आश्‍चर्य छैन।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरका दैनिक वचनहरू   अंश १३३

सृष्टिकर्ताको सार्वभौमिकतालाई स्वीकार गरेर मात्रै व्यक्ति उहाँको क्षेत्रमा फर्कन सक्छ

जब व्यक्तिसँग परमेश्‍वरको सार्वभौमिकता र उहाँका प्रबन्धहरूबारे स्पष्ट ज्ञान र अनुभव हुँदैन, तब नियति र मृत्युसम्‍बन्धी उसको ज्ञान अवश्य नै अन्योलग्रस्त हुनेछ। मानिसहरूले सबै कुरा परमेश्‍वरकै हातमा छ भन्‍ने कुरा स्पष्ट रूपमा देख्‍न सक्दैनन्, सबै कुरा परमेश्‍वरको नियन्त्रण र सार्वभौमिकताको अधीनमा छ भन्‍ने कुरा महसुस गर्दैनन्, र मानिस त्यस्तो सार्वभौमिकता फाल्न वा त्यसबाट मुक्त हुन सक्दैन भन्‍ने कुरा जान्दैनन्। यही कारणले गर्दा, तिनीहरूले मृत्युको सामना गर्ने समय आउँदा, तिनीहरूसँग सधैँ असङ्ख्य आखिरी शब्‍दहरू हुन्छन्, तिनीहरूमा सधैँ चिन्ताहरू हुन्छन्, र तिनीहरूमा सधैँ पछुतोहरू हुन्छन्। तिनीहरू अत्यन्तै धेरै भार, अत्यन्तै धेरै अनिच्‍छा, र अत्यन्तै धेरै अन्योलले थिचिएका हुन्छन्। यसले गर्दा तिनीहरू मृत्युको डर मान्छन्। यस संसारमा जन्‍मने कुनै पनि व्यक्तिका लागि, जन्‍म अत्यावश्यक र मृत्यु अपरिहार्य छ; यी घटनाक्रमहरूभन्दा माथि कोही पनि उठ्न सक्दैन। यदि व्यक्ति यस संसारबाट पीडारहित रूपमा बिदा हुन चाहन्छ भने, यदि ऊ जीवनको अन्तिम बिन्दुलाई त्याग्ने अनिच्‍छारहित वा चिन्तारहित रूपमै सामना गर्न सक्‍ने हुन चाहन्छ भने, एक मात्र तरिका भनेको कुनै पनि पछुतो नराख्‍नु हो। अनि कुनै पछुतोविना बिदा हुने एक मात्र तरिका भनेको सृष्टिकर्ताको सार्वभौमिकता जान्‍नु, उहाँको अख्‍तियार जान्‍नु, र तिनमा समर्पित हुनु हो। यसरी मात्रै व्यक्ति मानव कलह, दुष्टता र शैतानको बन्धनबाट टाढा बस्‍न सक्छ, र यसरी मात्रै ऊ अय्यूबको जस्तो सृष्टिकर्ताद्वारा मार्गनिर्देशित र आशिषित, आजाद र स्वतन्त्र जीवन, मूल्यवान् र अर्थपूर्ण जीवन, सिधा र खुला जीवन जिउन सक्छ। यसरी मात्रै व्यक्ति अय्यूब जस्तै सृष्टिकर्ताका परीक्षा र वञ्चना, अनि सृष्टिकर्ताका योजनाबद्ध कार्य र प्रबन्धहरूमा समर्पित हुन सक्छ। यसरी मात्रै व्यक्तिले अय्यूबले जस्तै आफ्‍नो जीवनभरि सृष्टिकर्ताको आराधना गर्न र उहाँको अनुमोदन हासिल गर्न, उहाँको आवाजलाई सुन्‍न र उहाँ प्रकट हुनुभएको देख्‍न सक्छ। यसरी मात्रै अय्यूबजस्तै अलिकति पनि पीडा, चिन्ता, पछुतोविना नै खुसीसाथ जिउन र मर्न सकिन्छ। यसरी मात्रै व्यक्ति अय्यूब जस्तै ज्योतिमा जिउन, र ज्योतिमा आफ्‍नो जीवनको हर मोड पार गर्न, ज्योतिमा आफ्‍नो यात्रा सहज रूपमा पूरा गर्न, सफलतापूर्वक आफ्‍नो मिसन पूरा गर्न—सृजित प्राणीका रूपमा सृष्टिकर्ताको सार्वभौमिकता अनुभव गर्न र जान्‍न पुग्न—अनि ज्योतिमै बितेर जान, र त्यसपछि सृजित मानवका रूपमा सृष्टिकर्ताको अनुमोदन पाएर उहाँको छेउमा बस्न सक्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरका दैनिक वचनहरू   अंश १३४

सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्‍ने अवसर नगुमाओ

मानव जीवनका धेरै दशकहरूको अवधि लामो पनि होइन, छोटो पनि होइन। जन्‍मदेखि बीस वर्षसम्मको अवधि झिमिक्क गर्दा बितेर जान्छ, अनि जीवनको यो मोडमा व्यक्तिलाई वयस्क मानिने भए पनि, यस उमेर समूहका मानिसहरूलाई मानव जीवन र मानव नियतिको बारेमा लगभग केही पनि थाहा हुँदैन। तिनीहरूले थप अनुभव प्राप्त गर्दै जाँदा, तिनीहरू क्रमिक रूपमा आधा उमेरमा प्रवेश गर्छन्। तीस र चालीसको दशकमा पुगेका मानिसहरूले जीवन र नियतिसम्‍बन्धी कलिला अनुभव प्राप्त गर्छन्, तर यी कुराहरूसम्बन्धी तिनीहरूको विचार अझै पनि अत्यन्तै अस्पष्ट हुन्छ। कतिपय मानिसहरूले चालीस वर्षको उमेर पुगेपछि मात्रै परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजाति र ब्रह्माण्डलाई बुझ्‍न, र मानव जीवन र मानव नियतिको अर्थ के हो भनी बुझ्‍न सुरु गर्छन्। कतिपय मानिसहरू धेरै पहिलेदेखि परमेश्‍वरलाई पछ्याउँदै आएका र अहिले आधा उमेर पुगिसकेको भए तापनि, तिनीहरूसँग अझै पनि परमेश्‍वरको सार्वभौमिकताको सटीक ज्ञान र परिभाषा हुँदैन, साँचो समर्पणको त कुरै नगरौं। कतिपय मानिसहरूले आशिष्‌ प्राप्त गर्नेबाहेक अरू केही कुराको वास्ता गर्दैनन्, र तिनीहरू धेरै वर्ष बाँचिसकेका भए तापनि, तिनीहरूले मानव नियतिमाथिको सृष्टिकर्ताको सार्वभौमिकताको तथ्यलाई अलिकति पनि जानेका वा बुझेका हुँदैनन्, र तिनीहरूले परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुनेसम्‍बन्धी व्यवहारिक पाठतर्फ सानो कदमसमेत चालेका हुँदैनन्। त्यस्ता मानिसहरू पूर्ण रूपमा मूर्ख हुन्छन्, र तिनीहरूको जीवन व्यर्थमा जिइएको हुन्छ।

यदि मानव जीवनका अवधिहरूलाई मानिसहरूको जीवन अनुभव र मानव नियतिसम्‍बन्धी ज्ञानको हदअनुसार विभाजित गर्ने हो भने, तिनीहरूलाई समग्रमा तीन चरणमा विभाजित गर्न सकिन्छ। पहिलो चरण जवानीको चरण हो, जसमा जन्‍मेदेखि आधा उमेरसम्‍मका, वा जन्‍मदेखि तीस वर्षको उमेरसम्‍मका वर्षहरू पर्छन्। दोस्रो चरण परिपक्‍वताको चरण हो, जुन आधा उमेरदेखि वृद्ध अवस्थासम्‍म, वा तीसदेखि साठी वर्षसम्‍मको अवधि हो। अनि तेस्रो चरणचाहिँ व्यक्तिको परिपक्‍व अवधि हो, जुन वृद्ध अवस्था, अर्थात् साठी वर्षदेखि सुरु भएर व्यक्ति संसारबाट बिदा भइञ्‍जेलसम्‍म जारी रहन्छ। अर्को शब्‍दमा भन्दा, जन्‍मदेखि आधा उमेरसम्‍म, धेरैजसो मानिसहरूको नियति र जीवनसम्‍बन्धी ज्ञान अरूका विचारहरूको अनुकरण गर्ने कार्यमा नै सीमित हुन्छ, र यसमा लगभग कुनै वास्तविक, व्यवहारिक सार हुँदैन। यो अवधिमा, जीवनसम्‍बन्धी व्यक्तिको दृष्टिकोण र व्यक्तिले अरू मानिसहरूसित अन्तरक्रिया गर्ने तौरतरिकाहरू निकै नै सतही र मूर्खतापूर्ण हुन्छन्। यो व्यक्तिको किशोर अवस्थाको अवधि हो। व्यक्तिले जीवनका सबै आनन्द र शोकहरू चाखिसकेपछि मात्रै उसले नियतिको बारेमा वास्तविक बुझाइ प्राप्त गर्छ, र—अर्धचेतन रूपमा, आफ्‍नो अन्तस्करणमा—नियति उल्ट्याउन नसकिने तथ्यलाई क्रमिक रूपमा बुझ्‍न, र मानव नियतिमाथिको सृष्टिकर्ताको सार्वभौमिकता वास्तवमै अस्तित्वमा छ भनेर बिस्तारै महसुस गर्छ। व्यक्तिको परिपक्‍वताको अवधि यही हो। जब व्यक्तिले नियतिको विरुद्ध संघर्ष गर्न छोडेको हुन्छ, र जब ऊ त्यसउप्रान्त कलहतिर लाग्‍न इच्‍छुक हुनुको सट्टा, आफ्नो जीवनमा कस्तो नियति छ त्यसलाई जान्‍ने, स्वर्गको इच्‍छाप्रति समर्पित हुने, जीवनमा आफूले प्राप्त गरेका उपलब्धि र गल्तीहरूलाई सारांशित गर्ने, र आफ्नो जीवनमाथि सृष्टिकर्ताले गर्नुहुने न्यायको प्रतीक्षा गर्ने गर्छ, तब ऊ आफ्‍नो परिपक्‍व अवधिमा प्रवेश गर्छ। यी अवधिहरूको बेला मानिसहरूले प्राप्त गर्ने फरकफरक अनुभव र उपलब्धिहरूलाई ध्यानमा राख्दा, सामान्य परिस्‍थितिहरूमा, सृष्टिकर्ताको सार्वभौमिकतालाई व्यक्तिले चिन्‍ने मौका त्यति धेरै हुँदैन। यदि व्यक्ति साठी वर्षसम्‍म बाँच्छ भने, परमेश्‍वरको सार्वभौमिकतालाई जान्‍नको लागि उसँग लगभग तीस वर्ष जति हुन्छ; यदि व्यक्तिले लामो समय अवधि चाहन्छ भने, उसको आयु लामो भए मात्र, ऊ एक शताब्दी बाँच्‍न सक्छ भने मात्र त्यो कुरा सम्‍भव हुन्छ। त्यसैले म भन्छु, मानव अस्तित्वका सामान्य नियमहरूअनुसार, व्यक्तिले सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्‍नेसम्‍बन्धी विषयलाई पहिलोपटक सामना गरेपछि त्यो सार्वभौमिकताको तथ्यलाई उसले पूर्ण रूपमा पहिचान गर्न सकुञ्‍जेल, अनि त्यो समयदेखि ऊ यसमा समर्पित हुन सकुञ्‍जेलसम्‍मको प्रक्रिया निकै लामो हुने भए तापनि, यदि व्यक्तिले वास्तवमा वर्षहरूको गन्ती गर्छ भने, उसले यी इनामहरू प्राप्त गर्ने मौकाको रूपमा तीस वा चालीस वर्षभन्दा बढी समय पाउँदैन। प्रायजसो, मानिसहरू आशिष्‌ प्राप्त गर्ने आफ्‍ना इच्‍छा र महत्वाकांक्षाहरूमा बहकिएर जान्छन्, त्यसैले तिनीहरूले मानव जीवनको सार कहाँ छ भनी देख्‍दैनन् र सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्‍नुको महत्त्व बुझ्दैनन्। मानव जीवन र सृष्टिकर्ताको सार्वभौमिकतालाई अनुभव गर्नको लागि मानव संसारमा प्रवेश गर्ने यो बहुमूल्‍य अवसरलाई त्यस्ता मानिसहरूले बहुमूल्य ठान्दैनन्, र सृष्टि गरिएको प्राणीले सृष्टिकर्ताको व्यक्तिगत मार्गनिर्देशन प्राप्त गर्नु कति बहुमूल्‍य छ भनी तिनीहरूले महसुस गर्दैनन्। त्यसैले म भन्छु, परमेश्‍वरको कार्य शीघ्र रूपमा समाप्त होस् भन्‍ने चाहना गर्ने, उहाँको वास्तविक व्यक्तित्वलाई तुरुन्तै देख्‍न सकूँ र सकेसम्म चाँडो आशिष्‌हरू प्राप्त गर्न सकूँ भनेर परमेश्‍वरले जतिसक्दो चाँडो मानिसको अन्त्यको बन्दोबस्त गरून् भन्‍ने इच्‍छा गर्ने मानिसहरू—तिनीहरू सबैभन्दा खराब अवज्ञाको दोषी हुन्छन् र तिनीहरू घोर मूर्ख हुन्छन्। यसबीच, आफ्‍नो सीमित समय अवधिमा सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्‍ने यो अद्वितीय अवसरको फाइदा लिनेहरू नै मानिसहरूमाझ रहेका बुद्धिमानहरू, सबैभन्दा बढी मानसिक तीक्ष्णता भएकाहरू हुन्। यी दुई फरक इच्‍छाहरूले दुई अत्यन्तै फरक दृष्टिकोण र खोजीको खुलासा गर्छन्: आशिष्‌ खोज्‍नेहरू स्वार्थी र नीच हुन्छन् र तिनीहरू परमेश्‍वरका अभिप्रायहरूप्रति कुनै ध्यान दिँदैनन्, कहिल्यै पनि परमेश्‍वरको सार्वभौमिकतालाई बुझ्‍ने प्रयास गर्दैनन्, यसमा समर्पित हुने इच्‍छा कहिल्यै गर्दैनन्, बरु आफूलाई जस्तो मन लाग्यो त्यस्तै तवरमा जिउन चाहन्छन्। तिनीहरू अनुचित चरित्रहीनहरू हुन्, र मानिसहरूको यही वर्गलाई नै नष्ट गरिनेछ। परमेश्‍वरलाई चिन्‍न खोज्‍नेहरू आफ्‍ना इच्‍छाहरूलाई पन्छाउन सक्छन्, परमेश्‍वरको सार्वभौमिकता र परमेश्‍वरको बन्दोबस्तमा समर्पित हुन इच्‍छुक हुन्छन्, र परमेश्‍वरको अख्तियारको अधीनमा बस्‍ने र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्ने प्रकारका मानिस बन्‍ने प्रयास गर्छन्। यस्ता मानिसहरू ज्योति र परमेश्‍वरका आशिष्‌हरूको माझमा जिउँछन्, र तिनीहरूलाई अवश्य नै परमेश्‍वरले स्याबासी दिनुहुनेछ। जेसुकै भए पनि, मानव छनौट व्यर्थ छ, र परमेश्‍वरको कामको लागि कति लामो समय लाग्छ भन्‍नेबारे मानिसहरूले केही पनि भन्‍न पाउँदैनन्। आफैलाई परमेश्‍वरको कृपामा सुम्पेर उहाँको सार्वभौमिकतामा समर्पित हुनु नै मानिसहरूको लागि उचित हुन्छ। यदि तैँले आफैलाई उहाँको कृपामा समर्पित गर्दैनस् भने, तैँले के गर्न सक्छस् र? के यसको परिणामस्वरूप परमेश्‍वरले कुनै घाटा बेहोर्नुहुनेछ र? यदि तैँले आफैलाई उहाँको कृपामा समर्पित गर्दैनस्, बरु आफैलाई मालिक बनाउने प्रयास गर्छस् भने, तैँले मूर्ख निर्णय गरिरहेको छस्, र आखिरमा घाटा बेहोर्ने तँ नै हुनेछस्। मानिसहरूले जतिसक्दो चाँडो परमेश्‍वरसँग सहकार्य गरे भने मात्रै, तिनीहरूले उहाँको योजनाबद्ध कार्यलाई स्वीकार गर्न, उहाँको अख्‍तियारलाई जान्‍न, र तिनीहरूका लागि उहाँले गर्नुभएका सबै कुरा बुझ्‍न हतार गर्छन् भने मात्रै, तिनीहरूसित आशा हुनेछ। यसरी मात्रै तिनीहरूको जीवन व्यर्थमा जिइएको हुनेछैन, र तिनीहरूले मुक्ति प्राप्त गर्नेछन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरका दैनिक वचनहरू   अंश १३५

मानव नियतिमाथि परमेश्‍वरको सार्वभौमिकता छ भन्‍ने तथ्यलाई कसैले परिवर्तन गर्न सक्दैन

परमेश्‍वरको अख्तियारअन्तर्गत, हरेक व्यक्तिले सक्रिय वा निष्क्रिय रूपमा उहाँको सार्वभौमिकता र उहाँका प्रबन्धहरू स्वीकार गर्छ र उसले आफ्नो जीवनको दौरान जतिसुकै सङ्घर्ष गरे पनि, जतिसुकै कुटिल मार्गहरूमा हिँडे पनि, अन्त्यमा ऊ सृष्टिकर्ताले उसका लागि तय गरेको भवितव्यको कक्षमा नै फर्कनेछ। यो नै सृष्टिकर्ताको अख्तियारको उछिन्न नसकिने गुण र उहाँको अख्तियारले ब्रह्माण्डलाई नियन्त्रण र शासन गर्ने तरिका हो। यो उछिन्न नसकिने गुण, नियन्त्रण र शासनको यो रूप नै यावत् थोकको जीवनलाई निर्देशित गर्ने नियमहरूका लागि जिम्मेवार छ, त्यसले मानिसहरूलाई कुनै हस्तक्षेपविना बारम्बार पुनर्जन्म लिन दिन्छ, त्यसले संसारलाई दिन-प्रतिदिन, वर्षैपिच्छे नियमित रूपमा घुम्न र अगाडि बढ्न दिन्छ। तिमीहरूले यी सबै तथ्य देखेका छौ र तिमीहरू चाहे सतही रूपमा होस् वा गहन रूपमा, तिनलाई बुझ्छौ अनि तिमीहरूको बुझाइको गहिराइ सत्यताबारे तिमीहरूको अनुभव र ज्ञानमा अनि परमेश्‍वरबारे तिमीहरूको ज्ञानमा निर्भर हुन्छ। तँ सत्यता वास्तविकतालाई कति राम्ररी जान्दछस्, तैँले परमेश्‍वरका वचनहरू कति अनुभव गरेको छस्, तँ परमेश्‍वरको सार र स्वभावलाई कति राम्ररी जान्दछस्—यी सबैले परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरूबारे तेरो बुझाइको गहिराइलाई प्रतिनिधित्व गर्छन्। के परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरूको अस्तित्व मानवजाति तीप्रति समर्पित हुन्छन् कि हुँदैनन् भन्‍ने कुरामा निर्भर हुन्छ? के परमेश्‍वरसँग यो अख्तियार छ भन्‍ने तथ्य मानवजाति त्यसप्रति समर्पित हुन्छ कि हुँदैन भन्‍ने कुराद्वारा निर्धारित हुन्छ? परिस्थितिहरू जस्तोसुकै भए पनि परमेश्‍वरको अख्तियार अस्तित्वमा छ। सबै परिस्थितिमा, परमेश्‍वर आफ्ना सोच र आफ्ना चाहनाहरूअनुरूप सबैको भवितव्य र यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ र ती प्रबन्ध गर्नुहुन्छ। यो मानिसहरूमा हुने परिवर्तनहरूअनुरूप परिवर्तन हुनेछैन; यो मानिसको इच्छाबाट स्वतन्त्र छ अनि यसलाई समय, स्थान र भूगोलमा हुने कुनै पनि परिवर्तनहरूद्वारा बदल्न सकिँदैन, किनभने परमेश्‍वरको अख्तियार नै उहाँको सार हो। मानिसले परमेश्‍वरको सार्वभौमिकतालाई जान्न र स्वीकार गर्न सक्छ कि सक्दैन अनि मानिस त्यसप्रति समर्पित हुन सक्छ कि सक्दैन—यसमध्ये कुनै पनि कुराले मानव भवितव्यमाथिको परमेश्‍वरको सार्वभौमिकताको तथ्यलाई अलिकति पनि बदल्दैन। अर्थात्, मानिसले परमेश्‍वरको सार्वभौमिकताप्रति जस्तोसुकै मनोवृत्ति लिए पनि, यसले परमेश्‍वर मानव भवितव्य र यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्‍ने तथ्यलाई परिवर्तन गर्न नै सक्दैन। तँ परमेश्‍वरको सार्वभौमिकताप्रति आफूलाई समर्पित गर्दैनस् भने पनि, तेरो भवितव्य अझै पनि उहाँको सार्वभौमिकताअन्तर्गत नै हुन्छ; तैँले उहाँको सार्वभौमिकतालाई नजाने पनि, उहाँको अख्तियार अझै पनि अस्तित्वमा छ। परमेश्‍वरको अख्तियार र मानव भवितव्यमाथिको परमेश्‍वरको सार्वभौमिकताको तथ्य मानव इच्छाबाट स्वतन्त्र छन् अनि मानिसका रुचि र छनौटहरूअनुरूप परिवर्तन हुँदैनन्। परमेश्‍वरको अख्तियार चारैतिर, हरघडी, हरेक क्षणमा हुन्छ। स्वर्ग र पृथ्वी बितेर जानेछन्, तर उहाँको अख्तियार कहिल्यै बितेर जानेछैन, किनभने उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्छ, उहाँसँग अद्वितीय अख्तियार छ र उहाँको अख्तियार मानिस, घटना वा कामकुराहरूद्वारा, स्थान वा भूगोलद्वारा प्रतिबन्धित वा सीमित छैन। हरसमय, परमेश्‍वर आफ्नो अख्तियार प्रयोग गर्नुहुन्छ, आफ्नो शक्ति प्रकट गर्नुहुन्छ र सदाझैँ आफ्नो व्यवस्थापनको काम जारी राख्नुहुन्छ; हरसमय, उहाँ यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ, यावत् थोकलाई भरणपोषण गर्नुहुन्छ र यावत् थोकलाई योजनाबद्ध गर्नुहुन्छ—ठिक त्यस्तै जस्तो उहाँ सधैँ गर्नुहुन्छ। कसैले पनि यसलाई परिवर्तन गर्न सक्दैन। यो तथ्य हो; यो अनादिकालदेखि नै अपरिवर्तनीय सत्यता रहँदै आएको छ!

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरका दैनिक वचनहरू   अंश १३६

परमेश्‍वरको अख्तियारमा समर्पित हुन चाहनेहरूको लागि उचित मनोवृत्ति र अभ्यास

परमेश्‍वरको अख्तियार र मानव नियतिमाथिको परमेश्‍वरको सार्वभौमिकताको तथ्यलाई अब मानिसले कस्तो मनोवृत्तिले जान्‍नु र लिनुपर्छ? हरेक व्यक्तिको अघि खडा हुने वास्तविक समस्या यही हो। वास्तविक जीवनमा समस्याहरू सामना गर्ने क्रममा, तैँले परमेश्‍वरको अख्तियार र उहाँको सार्वभौमिकतालाई कसरी बोध गर्नुपर्छ र चिन्नुपर्छ? जब तँ यी समस्याहरू सामना गर्छस् र तँलाई तिनलाई कसरी बुझ्‍ने, सम्हाल्ने, र अनुभव गर्ने भन्‍ने थाहा हुँदैन, तब तँसँग परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरूमा समर्पित हुने अभिप्राय र चाहना छ भनेर प्रदर्शन गर्न, अनि यस समर्पणको वास्तविकता देखाउन तैँले कस्तो मनोवृत्ति अपनाउनुपर्छ? पहिले, तैँले प्रतीक्षा गर्न सिक्‍नैपर्छ; त्यसपछि तैँले खोजी गर्न सिक्‍नैपर्छ; र त्यसपछि तैँले समर्पित हुन सिक्‍नैपर्छ। “प्रतीक्षा गर्नु” भनेको परमेश्‍वरको समय प्रतीक्षा गर्नु हो, उहाँले तेरा निम्ति प्रबन्ध गरेका मानिस, घटना र कामकुराहरूको प्रतीक्षा गर्नु हो, अनि उहाँका अभिप्रायहरू तँसामु क्रमिक रूपमा प्रकट हुने प्रतीक्षा गर्नु हो। “खोजी गर्नु” भनेको परमेश्‍वरद्वारा योजनाबद्ध गरिएका मानिस, घटना, र कामकुराहरूमार्फत तँप्रतिका उहाँका श्रमसाध्य अभिप्रायहरूलाई जाँच्नु र बुझ्‍नु हो, तिनमा भएका सत्यताहरू बुझ्‍नु हो, मानिसहरूले गर्नुपर्ने कुरा र तिनीहरूले पालना गर्नुपर्ने मार्गहरू बुझ्‍नु हो, र परमेश्‍वर मानिसहरूमा के-कस्ता नतिजाहरू प्राप्त गर्न र तिनीहरूमा के-कस्ता उपलब्धिहरू हासिल गर्न चाहनुहुन्छ भनेर बुझ्‍नु हो। “समर्पित हुनु” ले चाहिँ अवश्य नै परमेश्‍वरद्वारा योजनाबद्ध गरिएका मानिस, घटना, र कामकुराहरू स्वीकार गर्नुलाई, उहाँको सार्वभौमिकता स्वीकार गर्नुलाई, र यसमार्फत, सृष्टिकर्ता कसरी मानिसको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ, उहाँ कसरी मानिसलाई उहाँको जीवन आपूर्ति गर्नुहुन्छ, र उहाँले कसरी मानिसभित्र सत्यता छिराउनुहुन्छ भनेर अनुभव गर्नुलाई जनाउँछ। परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरूअन्तर्गत रहेका यावत् थोकले प्राकृतिक नियमहरू पालना गर्छन्, र यदि तँसँग परमेश्‍वरले तेरा लागि प्रबन्ध गर्ने र सार्वभौमिकता राख्ने सबै कुरा स्वीकार गर्ने आस्था छ भने, तैँले प्रतीक्षा गर्न सिक्‍नुपर्छ, तैँले खोजी गर्न सिक्‍नुपर्छ, र तैँले समर्पित हुन सिक्‍नुपर्छ। परमेश्‍वरको अख्तियारमा समर्पित हुन इच्छुक हरेक व्यक्तिले अपनाउनुपर्ने मनोवृत्ति यही हो, र यो परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरूलाई स्वीकार गर्न र तिनमा समर्पित हुन इच्छुक हरेक व्यक्तिमा हुनुपर्ने सबैभन्दा आधारभूत गुण पनि हो। त्यस्तो मनोवृत्ति धारण गर्नका लागि, त्यस्तो गुण हुनका लागि, तिमीहरूले अझै बढी परिश्रम गर्नैपर्छ; सत्यता बुझेपछि मात्र साँचो समर्पणता हासिल गर्न र साँचो वास्तविकतामा प्रवेश गर्न सकिन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरका दैनिक वचनहरू   अंश १३७

परमेश्‍वरलाई आफ्नो अद्वितीय सार्वभौमको रूपमा स्वीकार गर्नु नै मुक्ति पाउने पहिलो कदम हो

परमेश्‍वरको अख्तियार सम्‍बन्धी सत्यताहरू हरेक व्यक्तिले गम्‍भीर रूपमा लिनुपर्ने, आफ्‍नो हृदयबाट अनुभव गर्नुपर्ने र बुझ्‍नुपर्ने सत्यताहरू हुन्; किनभने यी सत्यताहरूले हरेक व्यक्तिको जीवनमा प्रभाव पार्दछन्; हरेक व्यक्तिको विगत, वर्तमान, र भविष्यमा प्रभाव पार्दछन्; हरेक व्यक्तिले जीवनमा पार गर्नैपर्ने महत्त्वपूर्ण घडीहरूमा प्रभाव पार्दछन्; परमेश्‍वरको सार्वभौमिकता सम्‍बन्धी मानिसको ज्ञान र परमेश्‍वरको अख्तियारलाई व्यक्तिले सामना गर्नुपर्ने मनोवृत्तिमा प्रभाव पार्दछन्; अनि, स्वाभाविक रूपमै, हरेक व्यक्तिको अन्तिम गन्तव्यलाई प्रभाव पार्दछन्। त्यसकारण, तिनलाई जान्‍न र बुझ्‍नको लागि जीवनभरको मोल आवश्यक पर्छ। जब तैँले परमेश्‍वरको अख्तियारलाई प्रत्यक्ष रूपमा हेर्छस्, जब तैँले उहाँको सार्वभौमिकतालाई स्वीकार गर्छस्, तब तैँले क्रमिक रूपमा परमेश्‍वरको अख्तियारको अस्तित्व सम्‍बन्धी सत्यतालाई महसुस गर्नेछस् र बुझ्‍नेछस्। तर यदि तैँले परमेश्‍वरको अख्तियारलाई कहिल्यै पहिचान गर्दैनस् र उहाँको सार्वभौमिकतालाई कहिल्यै स्वीकार गर्दैनस् भने, तँ जति वर्ष बाँचे पनि, तैँले परमेश्‍वरको सार्वभौमिकताको अलिकति ज्ञान पनि प्राप्त गर्नेछैनस्। यदि तैँले परमेश्‍वरको अख्तियारलाई साँचो रूपमा जान्दैनस् र बुझ्दैनस् भने, तैँले दशकौंसम्‍म परमेश्‍वरमा विश्‍वास गरेको भए पनि, तँ बाटोको अन्त्यमा पुग्दा तँसँग आफ्‍नो जीवनको लागि देखाउने कुरा केही पनि हुँदैन, अनि स्वाभाविक रूपमै तँसँग मानव नियतिमाथिको परमेश्‍वरको सार्वभौमिकताको अलिकति ज्ञान समेत हुनेछैन। के यो अत्यन्तै दुःखलाग्दो कुरा होइन र? त्यसैले तँ जीवनमा चाहे जति नै टाढासम्म हिँडिसकेको भए पनि, तँ अहिले जति नै उमेरको भए पनि, तेरो बाँकी यात्रा जति नै लामो भए पनि, तैँले सर्वप्रथम परमेश्‍वरको अख्तियारलाई अनुमोदन गर्नैपर्छ र त्यसलाई गम्‍भीर रूपमा लिनैपर्छ, अनि परमेश्‍वर तेरो अद्वितीय सार्वभौम हुनुहुन्छ भन्‍ने तथ्यलाई स्वीकार गर्नैपर्छ। मानव नियतिमाथि परमेश्‍वरको सार्वभौमिकता सम्‍बन्धी यी सत्यताहरूको स्पष्ट एवम् सही ज्ञान र बुझाइ प्राप्त गर्नु सबैका लागि अनिवार्य पाठ हुन्; यो पाठ मानव जीवनलाई जान्‍ने र सत्यतालाई प्राप्त गर्ने चाबी हो। यो परमेश्‍वरलाई चिन्‍ने जीवन, उहाँलाई चिन्ने अध्ययनको आधारभूत पाठ पनि हो, जसलाई सबैले प्रत्येक दिन सामना गर्नुपर्छ अनि जसबाट कोही पनि उम्‍कन सक्दैन। यदि यो लक्ष्यमा पुग्‍नको लागि कसैले छोटो बाटो लिने इच्छा गर्छ भने, म तँलाई अहिले नै भन्छु, त्यो असम्‍भव हुन्छ! यदि तँ परमेश्‍वरको सार्वभौमिकताबाट उम्‍कन चाहन्छस् भने, त्यसको सम्‍भावना त झनै कम हुन्छ! परमेश्‍वर मानिसको एक मात्र प्रभु हुनुहुन्छ, परमेश्‍वर नै मानव नियतिको एक मात्र सार्वभौम हुनुहुन्छ, त्यसकारण मानिसले आफ्‍नो नियतिमाथि सार्वभौमिकता राख्‍न असम्‍भव छ, उसले नियतिबाहिर पाइला टेक्न असम्‍भव हुन्छ। व्यक्तिका क्षमताहरू जति नै ठूला भए पनि, उसले अरूको नियतिलाई प्रभाव पार्न सक्दैन, त्यसलाई योजनाबद्ध गर्ने, प्रबन्ध गर्ने, नियन्त्रण गर्ने, वा परिवर्तन गर्ने कुरा त परै जाओस्। अद्वितीय परमेश्‍वर स्वयम् मात्रै मानिसका यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ। मानव नियतिमाथि सार्वभौमिकता राख्‍ने अद्वितीय अख्तियार अद्वितीय परमेश्‍वर स्वयम्सँग मात्रै भएकाले, सृष्टिकर्ता मात्रै मानिसको अद्वितीय सार्वभौम हुनुहुन्छ। सृष्टि गरिएका मानवजातिमाथि मात्रै होइन, कुनै पनि मानिसले देख्‍न नसक्‍ने सृष्टि नगरिएका प्राणीहरू, तारामण्डल, आकाशमण्डलमाथि समेत परमेश्‍वरको अख्तियारको सार्वभौमिकता छ। यो निर्विवाद तथ्य हो, साँचो रूपमा अस्तित्वमा रहेको तथ्य हो, जसलाई कुनै पनि व्यक्ति वा वस्तुले परिवर्तन गर्न सक्दैन। यदि तिमीहरूमध्ये कोही अझै पनि आफूसँग केही विशेष सीप वा क्षमता छ भन्‍ने विश्‍वास गर्दै, र सौभाग्यले आफ्नो वर्तमान परिस्‍थितिहरूलाई परिवर्तन गर्न वा ती परिस्थितिहरूबाट उम्‍कन सक्छु भन्‍ने ठान्दै, हाल अवस्था वा काम-कुराहरू जे-जस्तो रूपमा छन् त्यसप्रति असन्तुष्ट छौ भने, यदि तिमीहरूले आफ्‍नो नियतिलाई मानव प्रयासको माध्यमद्वारा परिवर्तन गरेर आफूलाई आफ्ना साथीसंगीहरूभन्दा राम्रो देखाउने र ख्याति र सम्पत्ति कमाउने प्रयास गर्छौ भने, म तँलाई भन्छु, तैँले आफ्‍नै लागि परिस्थिति कठिन तुल्याइरहेको छस्, तैँले दुःख पाउन मात्र खोजिरहेको छस्, तैँले आफ्‍नै चिहान खनिरहेको छस्! ढिलो-चाँडो, एक दिन तैँले आफूले गलत निर्णय गरेछु र आफ्ना प्रयासहरू व्यर्थ भएछन् भन्‍ने पत्ता लगाउनेछस्। नियति विरुद्ध संघर्ष गर्ने तेरो महत्वाकांक्षा, तेरो इच्‍छा, अनि तेरो आफ्‍नै खराब आचरणले तँलाई फर्की आउनै नसकिने ओरालो बाटोतर्फ डोर्‍याउनेछ, अनि यसको लागि तैँले तीतो मूल्य चुकाउनेछस्। हाल तैँले यी परिणामहरूको गम्‍भीरतालाई नदेख्‍ने भए तापनि, परमेश्‍वर नै मानव नियतिका सार्वभौम हुनुहुन्छ भन्‍ने सत्यतालाई अझै गहन रूपमा अनुभव गर्दै र बुझ्दै जाने क्रममा, तैँले बिस्तारै मैले आज बोलेको कुरा र यसको वास्तविक अर्थहरूलाई महसुस गर्दै जानेछस्। तँसँग साँचो रूपमा हृदय र आत्मा छ कि छैन अनि तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होस् कि होइनस् भन्‍ने कुरा परमेश्‍वरको सार्वभौमिकता र सत्यताप्रति तैँले कस्तो मनोवृत्ति राख्छस् भन्ने कुरामा भर पर्छ। यसले प्राकृतिक रूपमै तैँले परमेश्‍वरको अख्तियारलाई साँच्चै चिन्‍न र बुझ्‍न सक्छस् कि सक्दैनस् भन्‍ने कुरा निर्धारित गर्छ। यदि तैँले आफ्नो जीवनकालमा कहिल्यै परमेश्‍वरको सार्वभौमिकता र उहाँका प्रबन्धहरू महसुस गरेको छैनस्, परमेश्‍वरको अख्तियार त झनै मानेको र स्विकारेको छैनस् भने, तब तँ पूर्णतः बेकामको हुनेछस्, र निःसन्देह परमेश्‍वरद्वारा तिरस्कृत हुनेछस्, यसको कारण तैँले लिएको मार्ग र तैँले गरेको छनौट हुनेछ। तर परमेश्‍वरको काममा उहाँको परीक्षा, उहाँको सार्वभौमिकता स्विकार्न सक्ने, उहाँको अख्तियारमा समर्पित हुन सक्‍ने, अनि बिस्तारै उहाँका वचनहरूको वास्तविक अनुभव प्राप्त गर्न सक्नेहरूले परमेश्‍वरको अख्तियारको वास्तविक ज्ञान, उहाँको सार्वभौमिकताको वास्तविक अनुभव प्राप्त गरेका हुनेछन्; तिनीहरूले साँच्चै आफूलाई सृष्टिकर्तासामु समर्पण गरेका हुनेछन्। त्यस्ता मानिसहरू मात्रै साँच्चै मुक्ति दिइएका हुनेछन्। तिनीहरूले परमेश्‍वरको सार्वभौमिकता बोध गरेका हुनाले, तिनीहरूले यसलाई स्वीकार गरेका हुनाले, मानव नियतिमाथि परमेश्‍वर सार्वभौम हुनुहुन्छ भन्ने तथ्यप्रति तिनीहरूसँग सही, वास्तविक अनुभव र समर्पणता हुन्छ। जब तिनीहरूले मृत्यु सामना गर्छन्, तिनीहरूसँग अय्यूबको जस्तै, मृत्युसँग भयभीत नहुने मन हुनेछ, अनि कुनै पनि व्यक्तिगत छनौट, कुनै पनि व्यक्तिगत चाहनाहरूविना नै तिनीहरू सबै कुरामा परमेश्‍वरको योजनाबद्ध कार्य र उहाँका प्रबन्धहरूमा समर्पित हुनेछन्। त्यस्तो व्यक्ति मात्रै साँचो, सृजित मानवजातिका रूपमा सृष्टिकर्ताको छेउमा फर्केर जान सक्नेछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरका दैनिक वचनहरू   अंश १३८

मानिसलाई यहोवा परमेश्‍वरको आज्ञा

उत्पत्ति २:१५-१७  अनि यहोवा परमेश्‍वरले मानिसलाई लिनुभयो र अदनको बगैँचामा त्यसको हेरचाह गर्न र काटछाँट गर्न राख्‍नुभयो। अनि यहोवा परमेश्‍वरले मानिसलाई आज्ञा गर्दै भन्‍नुभयो, तैँले बगैँचाको हरेक रूखबाट स्वतन्त्र रूपमा खान सक्छस्: तर असल र खराबको ज्ञानको रूखबाट तैँले खानु हुँदैन: किनभने तैँले त्यसबाट खाएको दिन तँ निश्‍चय नै मर्नेछस्।

स्‍त्रीलाई सर्पको प्रलोभन

उत्पत्ति ३:१-५  अब सर्प यहोवा परमेश्‍वरले बनाउनुभएको भूमिको कुनै पनि पशुभन्दा धेरै धूर्त थियो। अनि त्यसले स्‍त्रीलाई भन्यो, हो? के परमेश्‍वरले बगैँचाको हरेक रूखबाट तिमीहरूले खानु हुँदैन भनी भन्‍नुभएको छ? अनि स्‍त्रीले सर्पलाई भनी, हामीले बगैँचाका रूखहरूबाट फल खान सक्छौँ: तर बगैँचाको बीचमा भएको रूखबाट तिमीहरूले खानु हुँदैन, न त तिमीहरूले यसलाई छुनु नै हुन्छ, नत्र तिमीहरू मर्छौ भनेर परमेश्‍वरले भन्‍नुभएको छ। अनि सर्पले स्‍त्रीलाई भन्यो, तिमीहरू निश्‍चय नै मर्नेछैनौ: किनभने परमेश्‍वरलाई थाहा छ, तिमीहरूले त्यसबाट खाएको दिन, तिमीहरूको आँखा खुल्नेछ अनि असल र खराबलाई चिनेर तिमीहरू परमेश्‍वरजस्तै हुनेछौ।

यी दुई खण्डहरू बाइबलमा भएको उत्पत्तिको पुस्तकबाट लिइएका हुन्। के तिमीहरू सबै यी दुई खण्डहरूसँग परिचित छौ? यिनीहरू सुरुमा भएको घटनासँग सम्बन्धित छन्, जुन बेला मानिसलाई पहिलोपटक सृष्‍टि गरिएको थियो; यी घटनाहरू वास्तविक थिए। यहोवा परमेश्‍वरले आदम र हव्वालाई कस्तो किसिमको आज्ञा दिनुभएको थियो भनी पहिला हेरौँ; यो आज्ञामा भएको विषयवस्तु आजको हाम्रो विषयको निम्ति अत्यन्त महत्वपूर्ण छ। “अनि यहोवा परमेश्‍वरले मानिसलाई आज्ञा गर्दै भन्‍नुभयो, तैँले बगैँचाको हरेक रूखबाट स्वतन्त्र रूपमा खान सक्छस्: तर असल र खराबको ज्ञानको रूखबाट तैँले खानु हुँदैन: किनभने तैँले त्यसबाट खाएको दिन तँ निश्‍चय नै मर्नेछस्।” यो खण्डमा मानिसलाई दिइएको परमेश्‍वरको आज्ञाको महत्त्व के हो? सर्वप्रथम, मानिसले के खान सक्छ, अर्थात् विभिन्‍न प्रकारका रूखहरूका फलहरू खान सक्छ भनी परमेश्‍वर भन्‍नुहुन्छ। त्यसमा कुनै खतरा वा विष छैन; सबै खान सकिन्छ र मानिसले चाहेजति चिन्ता र शङ्‍का नगरीकन स्वतन्‍त्रतापूर्वक खान सक्छ। परमेश्‍वरको आज्ञाको एउटा भाग यही हो। अर्को भागचाहिँ चेतावनी हो। यो चेतावनीमा, परमेश्‍वरले मानिसलाई असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ उसले खानु हुँदैन भनी आज्ञा दिनुहुन्छ। यदि उसले यो रूखबाट खायो भने के हुनेछ? परमेश्‍वरले मानिसलाई भन्‍नुभयो: यदि तैँले त्यसबाट खाइस् भने तँ निश्‍चय नै मर्नेछस्। के यी वचनहरू स्पष्‍ट छैनन् र? यदि परमेश्‍वरले तँलाई यो कुरा भन्‍नुभयो तर तैँले किन भनेर बुझिनस् भने, के तैँले उहाँको वचनलाई एउटा नियमको रूपमा लिन्छस् कि पालन गर्नैपर्ने आज्ञाको रूपमा लिन्छस्? यस्ता वचनहरूलाई पालन गर्नैपर्छ। तर मानिस आज्ञापालन गर्न सक्षम होस् कि नहोस्, परमेश्‍वरका वचनहरू स्पष्‍ट छन्। परमेश्‍वरले मानिसलाई उसले के खानु हुन्छ र के खानु हुँदैन, र उसले खान नहुने फल खायो भने के हुनेछ भनी स्पष्‍टसँग बताउनुभयो। परमेश्‍वरले बोल्‍नुभएका यी संक्षिप्‍त वचनहरूमा, के तँ परमेश्‍वरको स्वभावको कुनै कुरा देख्‍न सक्छस्? के परमेश्‍वरका यी वचनहरू सत्य छन्? के यिनमा कुनै छल छ? कुनै झूट छ? कुनै धाकधम्की छ? (छैन।) परमेश्‍वरले इमानदारीसाथ, सत्यतापूर्वक र सच्‍चा रूपले मानिसलाई उसले के खानु हुन्छ र के खानु हुँदैन भनी बताउनुभयो। परमेश्‍वरले स्पष्‍ट र सरल रूपमा बोल्‍नुभयो। के यी वचनहरूमा कुनै गुप्‍त अर्थ छन्? के यी वचनहरू सीधा छैनन्? के अनुमान गर्नुपर्ने कुनै आवश्यकता छ? अनुमान गर्नुपर्ने आवश्यकता छैन। तिनीहरूको अर्थ एक झलकमै स्पष्‍ट हुन्छ। ती पढेपछि तिनीहरूको अर्थ पूर्णतया स्पष्‍ट भएको महसुस गर्न सकिन्छ। त्यसैले, परमेश्‍वरले भन्‍न चाहनुभएको र उहाँले व्यक्त गर्न चाहनुभएको कुरा उहाँको हृदयबाट आउँछ। परमेश्‍वरले व्यक्त गर्नुहुने कुराहरू सफा, सीधा र स्पष्‍ट छन्। तिनमा कुनै गुप्‍त मनसायहरू हुँदैनन्, न त कुनै गुप्त अर्थहरू नै हुन्छन्। उहाँ मानिससँग सीधा रूपमा बोल्‍नुहुन्छ, उसले के खानु हुन्छ र के खानु हुँदैन भनी उसलाई बताउनुहुन्छ। भन्‍नुको अर्थ, परमेश्‍वरका यी वचनहरूमार्फत, परमेश्‍वरको हृदय पारदर्शी र सत्य छ भनी मानिसले देख्‍न सक्छ। यहाँ झूटको कुनै पनि निसान छैन; खानयोग्य खानेकुरा तैँले खानु हुँदैन भनी तँलाई बताउन खोजिएको होइन, वा तैँले खान नहुने खानेकुरा “खा अनि के हुन्छ हेर्” भनी तँलाई बताउन खोजिएको होइन। परमेश्‍वरले यस्तो भन्‍न चाहनुभएको होइन। परमेश्‍वरले आफ्नो हृदयमा जे कुरा सोच्‍नुहुन्छ, उहाँले त्यही कुरा बताउनुहुन्छ। यदि परमेश्‍वर पवित्र हुनुहुन्छ किनकि यी वचनहरूमा उहाँले आफैलाई देखाउनुहुन्छ र प्रकट गर्नुहुन्छ भनी म भन्‍छु भने तँलाई मैले एउटा सानो ढिस्कोलाई पहाड बनाएको वा मैले चाहिनेभन्दा बढी कुरा तन्काएको जस्तो लाग्‍न सक्छ। यदि त्यस्तो लाग्छ भने चिन्‍ता नगर्; हामीले कुराकानीलाई अझै सिध्याइसकेका छैनौं।

अब हामी “सर्पले स्‍त्रीलाई देखाएको प्रलोभन” को विषयमा कुरा गरौँ। सर्प को हो? शैतान। यसले परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन योजनामा प्रतिभारको भूमिका निभाउँछ, र हामीले परमेश्‍वरको पवित्रताको विषयमा सङ्‍गति गर्दा यो भूमिकाको बारेमा उल्लेख गर्नैपर्छ। म किन यसो भन्छु त? यदि तँलाई शैतानको दुष्‍टता र भ्रष्‍टता थाहा छैन भने, यदि तँलाई शैतानको प्रकृतिको बारेमा थाहा छैन भने, तैँले कुनै पनि हालतमा पवित्रतालाई स्वीकार गर्न सक्‍नेछैनस्, न त वास्तवमा पवित्रता के हो भनी जान्‍न नै सक्‍नेछस्। द्विविधामा, मानिसहरू शैतानले गरेको कार्य सही हो भनी विश्‍वास गर्छन्, किनकि तिनीहरू यस किसिमको भ्रष्‍ट स्वभावभित्र जिउँछन्। प्रतिभार नहुँदो हो त, अनि तुलना गर्ने कुनै कुरा नहुँदो हो त, तैँले पवित्रता के हो भनी थाहा पाउन सक्दैनस्। त्यस कारणले गर्दा, यहाँ शैतानको बारेमा उल्लेख गरिनु नै पर्छ। यस किसिमले उल्लेख गर्नु व्यर्थ बातचित होइन। शैतानको बोली र कामहरूद्वारा हामी शैतानले कसरी काम गर्छ, शैतानले कसरी मानवजातिलाई भ्रष्‍ट तुल्याउँछ, र शैतानको प्रकृति र मुहार कस्तो छ भनी हामी देख्‍नेछौँ। त्यसो भए, स्‍त्रीले सर्पलाई के भनिन् त? यहोवा परमेश्‍वरले आफूलाई भन्‍नुभएको कुरा स्‍त्रीले सर्पलाई पुनः सुनाइन्। जब उनले यी वचनहरू भनिन्, तब के परमेश्‍वरले उनलाई भन्‍नुभएको कुरा सत्य थियो भन्‍नेबारेमा उनी निश्‍चित थिइन्? उनी निश्‍चित हुन सकेकी थिइनन्। भर्खरै नयाँ सृष्‍टि गरिएको एक व्यक्तिको रूपमा उनीसँग असल र खराबको भेद छुट्याउने क्षमता थिएन, न त उनलाई आफ्नो वरपर भएका कुनै पनि कुराहरूको बारेमा संज्ञानात्मक अनुभूति नै थियो। उनले सर्पलाई भनेका कुराहरूको आधारमा मूल्याङ्कन गर्दा परमेश्‍वरले भन्‍नुभएको वचन सही थियो भनी उनी आफ्नो हृदयमा निश्‍चित थिइनन् भन्‍ने थाहा हुन्छ; उनको मनोवृत्ति नै यस्तो थियो। परमेश्‍वरका वचनहरूप्रति स्‍त्रीको मनोवृत्ति अनिश्‍चित किसिमको छ भनी जब सर्पलाई थाहा भयो, तब त्यसले भन्यो: “तिमीहरू निश्‍चय नै मर्नेछैनौ: किनभने परमेश्‍वरलाई थाहा छ, तिमीहरूले त्यसबाट खाएको दिन, तिमीहरूको आँखा खुल्नेछ अनि असल र खराबलाई चिनेर तिमीहरू परमेश्‍वरजस्तै हुनेछौ।” के यी वचनहरूभित्र कुनै समस्याग्रस्त कुरा छ? जब तिमीहरू यो वाक्य पढ्छौ तब के तिमीहरूले सर्पका अभिप्रायहरूलाई पत्ता लगाउन सक्छौ? ती अभिप्रायहरू के-के हुन्? त्यसले यस स्‍त्रीलाई प्रलोभनमा पार्न चाहन्थ्यो, परमेश्‍वरका वचनहरूमा ध्यान दिनबाट उनलाई रोक्‍न चाहन्थ्यो। तर त्यसले यी कुराहरू सीधा रूपमा भनेन। त्यसैले, त्यो अति धूर्त हो भनी हामी भन्‍न सक्छौँ। त्यसले आफ्नो भाव धूर्त र छली किसिमले व्यक्त गर्छ ताकि त्यो आफूले चाहेको उद्देश्यसम्म पुग्‍न सकोस्। त्यसले त्यो उद्देश्यलाई मानिसबाट गोप्‍य राख्दै आफ्नो मनभित्र गुनेर राख्छ—सर्पको धूर्तता यस्तो किसिमको छ। शैतानको बोल्‍ने र काम गर्ने तरिका सधैँ यस्तै रहिआएको छ। कुनै एक वा अर्को तरिकालाई सुनिश्‍चित नगरीकन त्यसले “मर्नेछैनौ” भनेर भन्छ। तर यो कुरा सुनेर अज्ञानी स्‍त्रीको हृदय विचलित भयो। त्यो सर्पचाहिँ प्रसन्‍न भयो, किनकि त्यसको वचनले त्यसले चाहेजस्तै प्रभाव पारेको थियो—सर्पको धूर्त अभिप्राय यस्तो थियो। साथै मानवजातिले चाहना गर्ने किसिमको प्रतिफल दिने प्रतिज्ञा गरेर त्यसले स्‍त्रीलाई प्रलोभनमा पारेर भन्यो, “तिमीहरूले त्यसबाट खाएको दिन, तिमीहरूको आँखा खुल्नेछ।” त्यसैले उनले विचार गरिन्: “मेरो आँखा खोल्‍नु भनेको राम्रो कुरा हो!” अनि त्यसपछि त्यसले अझ बढी प्रभावकारी कुरा भन्यो, जुन वचन मानिसलाई पहिले कहिल्यै पनि थाहा नभएको र सुन्‍नेहरूलाई ठूलो प्रलोभनमा पार्ने शक्ति चलाउने वचन थियो: “असल र खराबलाई चिनेर तिमीहरू परमेश्‍वरजस्तै हुनेछौ।” के यी शब्दहरू मानिसलाई प्रबल रूपमा लोभ्याउने किसिमका छैनन् र? यो कसैले तँलाई यसो भनेको जस्तो हो: “तपाईंको अनुहारको आकार अद्‌भूत छ, तर तपाईंको नाकको डाँडी अलि छोटो छ। यदि तपाईंले त्यसलाई सच्याउनुभयो भने तपाईं विश्‍व-सुन्दरी बन्‍नुहुनेछ!” के यी शब्दहरूले पहिला कहिल्यै कस्‍मेटिक सर्जरी गर्ने विचार नगरेको व्यक्तिको हृदयलाई विचलित बनाउन सक्छ? के यी शब्दहरू लोभ्याउने किसिमका छैनन् र? के यो प्रलोभनले तँलाई लोभ्याउँदैन र? अनि के यो परीक्षा होइन र? (हो।) के परमेश्‍वरले यस्तो कुरा भन्‍नुहुन्छ? हामीले अहिले भर्खरै हेरेका परमेश्‍वरका वचनहरूमा यस किसिमको कुनै सङ्‍केत पाइन्छ? के परमेश्‍वरले आफ्नो हृदयमा विचार गर्नुभएको कुरा भन्‍नुहुन्छ? के मानिसले उहाँका वचनहरूमार्फत परमेश्‍वरको हृदयलाई हेर्न सक्छ? (सक्छ।) तर जब सर्पले यी वचनहरू स्‍त्रीसँग बोल्यो, तब के तैँले त्यसको हृदयलाई देख्‍न सकिस्? सकिनस्। मानिस आफ्नो अज्ञानताको कारण सर्पका वचनहरूद्वारा सजिलैसँग प्रलोभनमा परेको थियो, र उसले सजिलैसँग धोखा खाएको थियो। त्यसो भए, के तँ शैतानका अभिप्रायहरूलाई देख्‍न सक्षम थिइस् त? के तँ शैतानले भनेका कुरापछाडिको उद्देश्यलाई देख्‍न सक्षम थिइस् त? के तँ शैतानको धूर्त योजना र छललाई देख्‍न सक्षम थिइस् त? (थिइनँ।) शैतानको कुरा गर्ने तरिकाले कस्तो किसिमको स्वभावलाई प्रतिनिधित्व गरेको छ? यी शब्दहरूमार्फत तैँले शैतानको कस्तो सारलाई देखेको छस्? के यो कपटी छैन र? सायद तेरो अगाडि बाह्य रूपमा त्यो मुस्कुराउँछ होला, वा सायद त्यसले कुनै पनि भाव प्रकट गर्दैन होला। तर त्यसले आफ्नो हृदयमा आफ्नो उद्देश्य कसरी हासिल गर्ने भनी हिसाबकिताब गरिरहेको हुन्छ, र तैँले त्यसको यो उद्देश्यलाई भने देख्‍न सक्दैनस्। त्यसले तँसँग गर्ने सबै प्रतिज्ञाहरू, त्यसले वर्णन गर्ने सबै फाइदाहरू त्यसको प्रलोभनका बाह्य आवरणहरू हुन्। तँ ती कुराहरूलाई असल देख्छस्, त्यसैले तँ परमेश्‍वरले भन्‍नुभएको भन्दा त्यसले भनेको कुरा अझ बढी उपयोगी, अझ बढी महत्वपूर्ण भएको महसुस गर्छस्। जब यस्तो हुन्छ, तब के मानिस समर्पित कैदी बन्दैन र? के शैतानले प्रयोग गरेको यो रणनीति अत्यन्तै दुष्ट प्रकृतिको छैन र? तैँले आफैलाई पतनमा डुब्‍न दिन्छस्। शैतानले एउटा औँला पनि नहल्लाईकन, केवल यी दुई वाक्यहरू बोलेपछि, तँ खुसीसाथ शैतानको पछि लाग्छस्, शैतानको आज्ञापालन गर्न तयार हुन्छस्। यसरी शैतानको उद्देश्य पूरा भएको हुन्छ। के यो अभिप्राय दुष्‍ट छैन र? के यो शैतानको सबैभन्दा प्राचीन रूप होइन र? शैतानका वचनहरूबाट मानिसले त्यसका दुष्‍ट मनसायहरूलाई देख्‍न सक्छ, त्यसको घृणित रूप र त्यसको सार देख्‍न सक्छ। के यस्तै हुँदैन र? कुनै विश्‍लेषण नै नगरीकन यी वाक्यहरूलाई तुलना गर्दा, सायद तँलाई यहोवा परमेश्‍वरका वचनहरू निरस, साधारण र अल्छीलाग्‍दो लाग्छन् होला, यहाँ ती वचनहरूले परमेश्‍वरको इमानदारिताको प्रशंसामा लयबद्ध कविता प्रवाह गर्नैपर्ने औचित्य प्रदान गर्दैनन् होला। तैपनि, जब हामी शैतानका वचनहरू र शैतानको दुष्‍ट रूपलाई एक प्रतिभारको रूपमा लिन्छौँ, तब के परमेश्‍वरका यी वचनहरूले आजका मानिसहरूका निम्ति महत्वपूर्ण अर्थ बोक्दैनन् र? (बोक्छन्।) यो तुलनाद्वारा मानिसले परमेश्‍वरको विशुद्ध त्रुटिरहितता महसुस गर्न सक्छ। शैतानले भन्‍ने हरेक वचन, साथै शैतानका मनसायहरू, त्यसको उद्देश्य र त्यसले बोल्‍ने तरिका—ती सबै अशुद्ध छन्। शैतानको बोल्ने तरिकाको मुख्य विशेषता के हो? शैतानले तँलाई लोभ्याउनको निम्ति शब्‍द-छलको प्रयोग गर्छ, त्यसले त्यसको कपटीपन तँलाई देखाउँदैन, न त त्यसले तँलाई त्यसको उद्देश्यको भेद थाहा पाउने अवसर नै दिन्छ; शैतानले तँलाई बल्छीमा अल्झाउँछ, तर तैँले भने त्यसको श्रेष्ठताको प्रशंसा र गुणगान गाउनुपर्छ। के यो चाल शैतानको रोजाइको अभ्यस्त तरिका होइन र? (हो।)

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ४

परमेश्‍वरका दैनिक वचनहरू   अंश १३९

शैतान र यहोवा परमेश्‍वरबीचको संवाद (छनौट गरिएका खण्डहरू)

अय्यूब १:६-११  अहिले परमेश्‍वरका पुत्रहरू यहोवाको सामु उपस्थित हुन आउने दिन थियो, र शैतान पनि तिनीहरूसँगै आयो। अनि यहोवाले शैतानलाई भन्‍नुभयो, तँ कहाँबाट आइस्? तब शैतानले यसो भन्दै यहोवालाई जवाफ दियो, पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ। अनि यहोवाले शैतानलाई भन्‍नुभयो, के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्? त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने पृथ्वीमा कोही पनि छैन। त्यसपछि शैतानले यहोवालाई जवाफ दियो र भन्यो, के अय्यूबले परमेश्‍वरको भय त्यत्तिकै मान्छ र? के तपाईंले तिनको वरिपरि, र तिनको घरवरिपरि, र तिनीसँग भएका सबै थोकलाई चारैतिरबाट बार हाल्नुभएको छैन र? तपाईंले तिनको हातका कामहरूमा आशिष्‌ दिनुभएको छ र तिनको धनसम्पत्ति मुलुकभरि वृद्धि भएको छ। तर अहिले तपाईंको हात पसार्नुहोस्, र तिनीसँग भएका सबै थोक छोइदिनुहोस्, अनि तिनले तपाईंलाई सोझै सराप्‍नेछन्।

अय्यूब २:१-५  फेरि परमेश्‍वरका पुत्रहरू यहोवाको सामु उपस्थित हुन आउने दिन थियो, र शैतान पनि तिनीहरूसँगै यहोवाको सामु आफूलाई प्रस्तुत गर्न आयो। अनि यहोवाले शैतानलाई भन्‍नुभयो, तँ कहाँबाट आइस्? तब शैतानले यसो भन्दै यहोवालाई जवाफ दियो, पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ। अनि यहोवाले शैतानलाई भन्‍नुभयो, के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्? त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने पृथ्वीमा कोही पनि छैन। अनि, त्यो अझै आफ्नो निष्ठामा दृढ छ, यद्यपि कुनै कारणविना नै त्यसलाई नष्ट पार्न तैँले मलाई त्यसको विरुद्धमा उक्साइस्। अनि शैतानले यहोवालाई जवाफ दियो र भन्यो, छालाको निम्ति छाला, हो, मानिसले आफ्नो जीवनको निम्ति आफूसँग भएको सब थोक दिनेछ। तर अहिले तपाईंको हात पसार्नुहोस् र त्यसको हाड र छालामा छोइदिनुहोस्, अनि त्यसले तपाईंलाई सोझै सराप्‍नेछ।

यी दुई खण्डभरि परमेश्‍वर र शैतानबीचको एउटा संवाद मात्र रहेको छ; यी खण्डहरूमा परमेश्‍वरले के भन्‍नुभयो र शैतानले के भन्यो भन्‍ने कुराको अभिलेख रहेको छ। परमेश्‍वरले धेरै बोल्‍नुभएन, र उहाँले अति सरल रूपमा बोल्‍नुभयो। के हामी परमेश्‍वरका सरल वचनहरूभित्रै उहाँको पवित्रता देख्‍न सक्छौँ? कतिपयले यो सजिलोसँग गर्न सकिँदैन भनेर भन्‍नेछन्। त्यसोभए, के हामी शैतानको जवाफमा त्यसको घिनलाग्दोपन देख्‍न सक्छौँ? पहिले हामी यहोवा परमेश्‍वरले शैतानलाई कस्तो किसिमको प्रश्‍न सोध्‍नुभयो भनेर हेरौँ। “तँ कहाँबाट आइस्?” के यो सिधा प्रश्‍न होइन र? के यसमा कुनै गुप्‍त अर्थ छ त? छैन; यो त एउटा सिधा मात्र प्रश्‍न हो। यदि मैले तिमीहरूलाई “तँ कहाँबाट आइस्?” भनेर सोधेँ भने, तिमीहरू कसरी जवाफ दिनेथियौ? के यो जवाफ दिन गाह्रो प्रश्‍न हो? के तिमीहरू “यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ” भनेर भन्नेथियौ? (भन्नेथिएनौँ।) तिमीहरू यस किसिमले जवाफ दिनेथिएनौ। त्यसोभए, शैतानले यसरी जवाफ दिएको देख्दा तिमीहरूलाई कस्तो महसुस हुन्छ? (हामीलाई त शैतान असङ्गत र छली पनि भएको महसुस हुन्छ।) म के महसुस गरिरहेको छु, तिमीहरू बताउन सक्छौ? हरेकपटक जब म शैतानका यी शब्दहरूलाई देख्छु, तब मलाई वाक्क लाग्छ, किनभने शैतान बोल्छ तर त्यसका शब्दहरूमा कुनै सार हुँदैन। के शैतानले परमेश्‍वरको प्रश्‍नको जवाफ दियो? दिएन, शैतानले बोलेका शब्दहरू जवाफ थिएनन्, ती शब्दहरूको केही अर्थ थिएन। ती परमेश्‍वरको प्रश्‍नको जवाफ थिएनन्। “पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ।” यी शब्‍दहरूबारे तेरो बुझाइ के छ? शैतान ठ्याक्कै कहाँबाट आएको हो? के तिमीहरूले यो प्रश्‍नको कुनै जवाफ पाएका छौ? (छैनौँ।) यो नै शैतानका धूर्त षड्यन्त्रहरूको “प्रतिभा” हो—त्यसले वास्तवमा के भनिरहेको छ भनेर त्यसले कसैलाई पनि पत्ता लगाउन दिँदैन। यी शब्दहरू सुनिसकेपछि, यसले जवाफ दिइसकेको भए पनि, तँ त्यसले के भन्यो भनेर अझै पनि खुट्ट्याउन सक्दैनस्। तर शैतान भने उत्कृष्ट तरिकाले जवाफ दिएको विश्‍वास गर्छ। अनि तँचाहिँ कस्तो महसुस गर्छस्? वाक्क हुन्छस्? (हो।) अब तँ यी शब्दहरूको प्रत्युत्तरमा वाक्क हुन थाल्छस्। शैतानका शब्दहरूको एउटा निश्‍चित विशेषता हुन्छ: शैतानले बोलेको कुराले तँलाई टाउको कन्याउन बाध्य बनाउँछ, तँ त्यसका शब्दहरूको स्रोत पत्ता लगाउन सकिरहेको हुँदैनस्। कहिलेकाहीँ शैतानसँग मनसायहरू हुन्छन् र त्यो जानाजानी बोल्छ, र कहिलेकाहीँ त्यसको आफ्नै प्रकृतिअनुसार चल्दा, त्यस्ता शब्दहरू स्वस्फूर्त रूपमा पैदा हुन्छन् र सिधै शैतानको मुखबाट फुत्किन्छन्। शैतान लामो समयसम्म यी शब्दहरूलाई जोखेर बस्दैन; बरु, यी शब्दहरू सोच्दै नसोची व्यक्त गरिन्छन्। परमेश्‍वरले शैतान कहाँबाट आएको भनी सोध्दा, त्यसले केही अनेकार्थक शब्दद्वारा जवाफ दियो। तँ धेरै अलमल्ल हुन्छस्, शैतान ठ्याक्कै कहाँबाट आएको हो भनी कहिल्यै थाहा पाउँदैनस्। के तिमीहरूमध्ये यस्तै किसिमले बोल्‍ने कोही छ? यो कस्तो खालको बोल्ने तरिका हो? (यो अनेकार्थक हो र यसले कुनै निश्‍चित जवाफ दिँदैन।) यस किसिमको बोल्‍ने तरिकालाई व्याख्या गर्न हामीले कस्ता शब्दहरू प्रयोग गर्नुपर्छ? यसले ध्यान भड्काउँछ र गलत दिशातर्फ डोऱ्याउँछ। मानौँ, कोही हिजो आफूले गरेको काम अरूलाई थाहा दिन चाहँदैन। तँ उसलाई सोध्छस्: “हिजो मैले तिमीलाई देखेको थिएँ। तिमी कहाँ जाँदै थियौ?” ऊ आफू कहाँ गएको भनेर तँलाई सिधै भन्दैन। बरु, ऊ यसो भन्छ: “हिजोको दिन कस्तो व्यस्त भइयो। कस्तो थकान लागेको थियो!” के उसले तेरो प्रश्‍नको जवाफ दियो त? उसले जवाफ त दियो, तर उसले तैँले चाहेको जवाफ दिएन। यो नै मानिसको बोल्ने कलाभित्रको “प्रतिभा” हो। तँ उसले के भन्न खोजेको हो भनी कहिल्यै पत्ता लगाउन सक्दैनस्, न त उसका शब्दहरूको स्रोत र अभिप्राय नै बुझ्छस्। ऊ के कुरा लुकाउन खोजिरहेको छ भन्ने कुरा तँलाई थाहा हुँदैन किनकि उसको हृदयमा उसको आफ्‍नै कथा हुन्छ—यो कपट हो। के तिमीहरूमध्ये पनि प्रायजसो यसरी नै बोल्ने कोही छ? (छ।) त्यसोभए तिमीहरूको उद्देश्य के हो? के त्यो कहिलेकाहीँ तिमीहरूका आफ्नै हितहरूको रक्षा गर्नु, कहिलेकाहीँ तिमीहरूका आफ्नै अभिमान, पद र छवि कायम राख्नु, र तिमीहरूको निजी जीवनका गोप्य कुराहरू सुरक्षित राख्नु हो? उद्देश्य जेसुकै भए पनि, यसलाई तिमीहरूका हितहरूबाट अलग गर्न सकिँदैन, यो तिमीहरूका हितहरूसँग जोडिएको हुन्छ। के यो नै मानिसको प्रकृति होइन र? यस्तो प्रकृति भएका सबै मानिस शैतानको परिवार नभए पनि त्योसँग तिनीहरूको निकट सम्बन्ध हुन्छ। हामी यसलाई यसरी भन्‍न सक्छौँ, सक्दैनौँ र? सामान्यतया भन्‍नुपर्दा, यस्तो प्रकटीकरण तिरस्कारयोग्य र घृणास्पद हुन्छ। अब तिमीहरू पनि वाक्क हुन्छौ, हुँदैनौ त? (हुन्छौँ।)

निम्‍न पदहरूलाई हेरौँ। यसो भन्दै शैतानले यहोवाको प्रश्‍नको जवाफ दिन्छ: “के अय्यूब ईश्‍वरको डर त्यत्तिकै मान्छ र?” यहोवाले अय्यूबमाथि गर्नुभएको मूल्याङ्कनलाई शैतानले आक्रमण गर्न सुरु गरिरहेको छ, यो आक्रमण शत्रुताले भरिएको छ। “के तिमीले तिनको वरिपरि, र तिनको घरवरिपरि, र तिनीसँग भएका सबै थोकलाई चारैतिरबाट बार हालेका छैनौ र?” यो अय्यूबमाथि यहोवाले गर्नुभएको कामको बारेमा शैतानको बुझाइ र मूल्याङ्कन हो। शैतानले यसलाई यसरी मूल्याङ्कन गर्छ, र भन्छ: “तपाईंले तिनको हातका कामहरूमा आशिष्‌ दिनुभएको छ र तिनको धनसम्पत्ति मुलुकभरि वृद्धि भएको छ। तर अहिले तपाईँको हात पसार्नुहोस्, र तिनीसँग भएका सबै थोक नष्ट गरिदिनुहोस्, अनि तिनले तपाईँलाई सोझै परित्याग गर्नेछन्।” शैतानले सधैँ अस्पष्ट रूपमा बोल्छ, तर त्यसले यहाँ भने निश्‍चित शब्दहरू प्रयोग गरेको छ। तैपनि, यी शब्दहरू निश्‍चित अर्थमा बोलिएको भए तापनि त्यो यहोवा परमेश्‍वरमाथिको, अर्थात् परमेश्‍वर स्वयम्‌को विरुद्धमा गरिएको आक्रमण, ईश्‍वर निन्दा र अवज्ञा हो। तिमीहरूले यी शब्दहरू सुन्दा कस्तो महसुस गर्छौ? के तिमीहरूले घृणा महसुस गर्छौ? के तिमीहरूले शैतानका अभिप्रायहरूलाई देख्‍न सक्छौ? सबैभन्दा पहिले, यहोवाले अय्यूबलाई परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मान्छे भनी गर्नुभएको मूल्याङ्कनलाई शैतानले खण्डन गर्छ। त्यसपछि शैतानले अय्यूबले भनेका र गरेका सबै कुराहरूको खण्डन गर्छ, अर्थात्, त्यसले यहोवाप्रतिको अय्यूबको भयलाई खण्डन गर्छ। के यो दोष लगाउने किसिमको छैन र? शैतानले यहोवाले गर्नुहुने र भन्‍नुहुने सबै कुरालाई दोष लगाउँदै छ, खण्डन गर्दै छ र शङ्‍का गर्दै छ। त्यसले विश्‍वास गर्दैन, र भन्छ, “यदि तपाईंले स्थिति यस्तो छ भनेर भन्‍नुहुन्छ भने, मैलेचाहिँ कसरी देखिनछु? तपाईंले उसलाई त्यति धेरै आशिष् दिनुभएको छ, त्यसैले उसले कसरी तपाईंको भय नमान्‍न सक्छ र?” के यो परमेश्‍वरले गर्नुभएको सबै कामको खण्डन होइन र? दोषारोपण, खण्डन र ईश्‍वर निन्दा—के शैतानका शब्दहरू हमला होइनन् र? के यी कुराहरू शैतानले आफ्नो हृदयमा जे विचार गर्छ त्यसैको साँचो अभिव्यक्ति होइनन् र? यी शब्दहरू अहिले भर्खरै हामीले पढेका शब्दहरू “पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ” भन्‍नेजस्ता निश्‍चय नै छैनन्। यी पूर्णतया फरक छन्। यी शब्दहरूद्वारा शैतानले आफ्नो हृदयमा भएका कुराहरूलाई पूर्णतया उदाङ्गो पार्छ—परमेश्‍वरप्रति त्यसको मनोवृत्ति र परमेश्‍वरप्रतिको अय्यूबको भयप्रति त्यसको घृणा। जब यस्तो हुन्छ, त्यसको द्वेष र दुष्‍ट प्रकृति पूर्णतया प्रकट हुन्छ। त्यसले परमेश्‍वरको भय मान्‍ने मानिसहरूलाई घृणा गर्छ, दुष्‍टताबाट अलग बस्‍ने मानिसहरूलाई घृणा गर्छ, र मानिसलाई आशिष् दिनुभएको कारण यहोवालाई झन् धेरै घृणा गर्छ। अय्यूबलाई परमेश्‍वरले आफ्नै हातले माथि उठाउनुभएको थियो, र शैतान अय्यूबलाई विनाश गर्न, उसलाई बरबाद पार्न यो अवसर उपयोग गर्न चाहन्छ, र त्यसले भन्छ: “तपाईं भन्‍नुहुन्छ अय्यूब तपाईंको भय मान्छ र दुष्‍टताबाट अलग बस्‍छ। म यसलाई फरक ढङ्गले हेर्छु।” त्यसले यहोवालाई उक्साउन र परीक्षा गर्न थुप्रै माध्यमहरू प्रयोग गर्छ र थुप्रै चाल चल्छ ताकि यहोवाले अय्यूबलाई शैतानले चाहेजस्तै गरी चालबाजी गर्न, हानि पुर्‍याउन र दुर्व्यवहार गर्न शैतानको हातमा सुम्पिदिऊन्। त्यसले परमेश्‍वरको दृष्‍टिमा धर्मी र सिद्ध ठहरिएको यस मानिसलाई नाश गर्न यो मौकाको फाइदा उठाउन चाहन्छ। के शैतानमा यस्तो किसिमको हृदय हुनुको कारण केवल क्षणिक आवेग मात्रै हो त? होइन, यो त्यस्तो होइन। यो लामो समयदेखिको योजना हो। जब परमेश्‍वर काम गर्नुहुन्छ—जब परमेश्‍वरले कुनै व्यक्तिको हेरचाह गर्नुहुन्छ र उसको छानबिन गर्नुहुन्छ, र जब उहाँले उसलाई योग्य ठान्नुहुन्छ र अनुमोदन गर्नुहुन्छ—तब शैतानले नजिकबाट पछ्याउँछ, र उसलाई बहकाउने र गम्भीर रूपमा हानि गर्ने प्रयास गर्छ। परमेश्‍वर त्यो व्यक्तिलाई प्राप्त गर्न चाहनुहुने हुनाले, शैतानले आफ्नो अवर्णनीय उद्देश्य हासिल गर्नका लागि, बाटो छेक्न आफ्नो भएभरको शक्ति लगाउँछ, र परमेश्‍वरको कामलाई प्रलोभनमा पार्न, बाधा दिन र त्यसमा क्षति पुर्‍याउन विभिन्‍न दुष्ट उपाय प्रयोग गर्छ। यो उद्देश्य के हो त? त्यसले परमेश्‍वरले कुनै पनि व्यक्ति प्राप्‍त गर्नुहोस् भन्ने चाहँदैन; परमेश्‍वरले प्राप्त गर्ने अभिप्राय राख्‍नुभएका सबैलाई त्यसले थुतेर लग्न चाहन्छ, ताकि त्यसले तिनीहरूलाई कब्जा गर्न, नियन्त्रण गर्न, र आफ्नो अधीनमा राख्‍न सकोस्, ताकि तिनीहरूले त्यसको आराधना गरून् अनि परमेश्‍वरको प्रतिरोध गर्नका निम्ति दुष्टता गर्नमा तिनीहरू त्यससँग हात मिलाऊन्। के यो शैतानको दुष्‍ट आशय होइन र? तिमीहरू प्रायजसो भन्छौ, शैतान अत्यन्त दुष्‍ट छ, अत्यन्त खराब छ, तर के तिमीहरूले त्यसलाई देखेका छौ? तिमीहरूले मानवजाति कति खराब छ भनेर देख्‍न सक्छौ; तर वास्तविक शैतान कति खराब छ भनी तिमीहरूले देखेका छैनौ। तर अय्यूबसँग सम्बन्धित मामलामा, तिमीहरूले शैतान कति दुष्‍ट छ भनेर देखेका छौ। यो मामलाले शैतानको घृणित मुहार र यसको सारलाई एकदमै स्पष्‍ट पारेको छ। परमेश्‍वरसँग युद्ध गर्दा, र उहाँको पछि-पछि लाग्दा, शैतानको उद्देश्य परमेश्‍वरले गर्न चाहेका सबै काम ध्वस्त पार्नु, र परमेश्‍वरले प्राप्त गर्न चाहेकाहरूलाई कब्जा र नियन्त्रण गर्नु हुन्छ। त्यसले परमेश्‍वरले प्राप्त गर्न चाहेकाहरूलाई पूर्ण रूपमा नष्ट गर्न चाहन्छ, वा यदि तिनीहरू नष्ट भएनन् भने तिनीहरूलाई आफ्नो बनाएर प्रयोग गर्न चाहन्छ। यसको उद्देश्य यही हो। अनि परमेश्‍वरले के गर्नुहुन्छ? परमेश्‍वरले यो खण्डमा एउटा सरल वाक्य मात्र भन्‍नुहुन्छ; परमेश्‍वरले गर्नुहुने कार्यको बारेमा थप कुनै कुराको विवरण उल्लेख गरिएको छैन, तर शैतानले गर्ने र भन्‍ने कुराहरूको विवरण प्रशस्त छन्। पवित्रशास्‍त्रको निम्‍न खण्डमा यहोवाले शैतानलाई सोध्‍नुहुन्छ, “तँ कहाँबाट आइस्?” शैतानको जवाफ के हो? (अझै पनि “पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ।”) अझै पनि उही वाक्य छ। यो शैतानको नारा, शैतानको परिचय बनेको छ। यो कसरी हुन सक्छ? के शैतान घृणायोग्य छैन र? निश्‍चय नै यो घृणित वाक्य एकपटक उच्‍चारण गर्नु नै पर्याप्‍त छ। किन शैतानले यो बारम्बार दोहोर्‍याइरहन्छ? यसले एउटा कुरालाई प्रमाणित गर्छ: शैतानको प्रकृति अपरिवर्तनीय छ। शैतानले आफ्नो कुरूप अनुहार लुकाउन ढोंगीपनको प्रयोग गर्न सक्दैन। परमेश्‍वरले त्यसलाई प्रश्‍न सोध्‍नुहुन्छ र त्यसले यसरी उत्तर दिन्छ। त्यसैले, कल्पना गर, त्यसले मानिसहरूसँग कसरी व्यवहार गर्छ! शैतान परमेश्‍वरसँग डराउँदैन, परमेश्‍वरको भय मान्दैन, र परमेश्‍वरको आज्ञापालन गर्दैन। त्यसले परमेश्‍वरको सामुन्‍ने अस्वाभाविक रूपमा अहङ्कारी बन्‍ने, परमेश्‍वरको प्रश्‍नलाई पन्साउन उही शब्दहरू प्रयोग गर्ने, परमेश्‍वरको प्रश्‍नको बारम्बार उही जवाफ दिने, यो जवाफ प्रयोग गरी परमेश्‍वरलाई गोलमालमा पार्ने दुष्प्रयास गर्छ—यो शैतानको कुरूप अनुहार हो। त्यसले परमेश्‍वरको सर्वशक्तिमान्‌ता र परमेश्‍वरको अख्तियारमा विश्‍वास गर्दैन, र निश्‍चय नै त्यो परमेश्‍वरको प्रभुत्वमा समर्पित हुन इच्छुक छैन। त्यो निरन्तर रूपमा परमेश्‍वरको विरुद्धमा रहन्छ, परमेश्‍वरले गर्नुहुने सबै कामलाई निरन्तर आक्रमण गर्छ, परमेश्‍वरले गर्नुभएको सबै कामलाई विनाश गर्ने प्रयत्‍न गर्छ—यो नै त्यसको दुष्ट उद्देश्य हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ४

परमेश्‍वरका दैनिक वचनहरू   अंश १४०

शैतान र यहोवा परमेश्‍वरबीचको संवाद (छनौट गरिएका खण्डहरू)

अय्यूब १:६-११  अहिले परमेश्‍वरका पुत्रहरू यहोवाको सामु उपस्थित हुन आउने दिन थियो, र शैतान पनि तिनीहरूसँगै आयो। अनि यहोवाले शैतानलाई भन्‍नुभयो, तँ कहाँबाट आइस्? तब शैतानले यसो भन्दै यहोवालाई जवाफ दियो, पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ। अनि यहोवाले शैतानलाई भन्‍नुभयो, के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्? त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने पृथ्वीमा कोही पनि छैन। त्यसपछि शैतानले यहोवालाई जवाफ दियो र भन्यो, के अय्यूबले परमेश्‍वरको भय त्यत्तिकै मान्छ र? के तपाईंले तिनको वरिपरि, र तिनको घरवरिपरि, र तिनीसँग भएका सबै थोकलाई चारैतिरबाट बार हाल्नुभएको छैन र? तपाईंले तिनको हातका कामहरूमा आशिष्‌ दिनुभएको छ र तिनको धनसम्पत्ति मुलुकभरि वृद्धि भएको छ। तर अहिले तपाईंको हात पसार्नुहोस्, र तिनीसँग भएका सबै थोक छोइदिनुहोस्, अनि तिनले तपाईंलाई सोझै सराप्‍नेछन्।

अय्यूब २:१-५  फेरि परमेश्‍वरका पुत्रहरू यहोवाको सामु उपस्थित हुन आउने दिन थियो, र शैतान पनि तिनीहरूसँगै यहोवाको सामु आफूलाई प्रस्तुत गर्न आयो। अनि यहोवाले शैतानलाई भन्‍नुभयो, तँ कहाँबाट आइस्? तब शैतानले यसो भन्दै यहोवालाई जवाफ दियो, पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ। अनि यहोवाले शैतानलाई भन्‍नुभयो, के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्? त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने पृथ्वीमा कोही पनि छैन। अनि, त्यो अझै आफ्नो निष्ठामा दृढ छ, यद्यपि कुनै कारणविना नै त्यसलाई नष्ट पार्न तैँले मलाई त्यसको विरुद्धमा उक्साइस्। अनि शैतानले यहोवालाई जवाफ दियो र भन्यो, छालाको निम्ति छाला, हो, मानिसले आफ्नो जीवनको निम्ति आफूसँग भएको सब थोक दिनेछ। तर अहिले तपाईंको हात पसार्नुहोस् र त्यसको हाड र छालामा छोइदिनुहोस्, अनि त्यसले तपाईंलाई सोझै सराप्‍नेछ।

अय्यूबको पुस्तकमा उल्लेख गरिएका, शैतानको बोलीका यी दुई खण्डहरू र शैतानले गरेका कार्यहरूले परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन योजनाविरुद्ध त्यो खडा भएको कुरालाई प्रतिनिधित्व गर्छन्—यहाँ शैतानको वास्तविक रङ्गलाई प्रकट गरिएको छ। के तैँले वास्तविक जीवनमा शैतानका वचन र कार्यहरूलाई देखेको छस्? जब तैँले ती कुराहरूलाई देख्छस्, ती तँलाई शैतानले बोलेको जस्तो नलाग्‍न सक्छ, बरु ती कुराहरू मानिसले बोलेको हो भनी तैँले सोच्न सक्छस्। जब मानिसले यस्ता कुराहरू बोल्छन्, त्यसबाट के कुराको प्रतिनिधित्व हुन्छ? शैतानको प्रतिनिधित्व हुन्छ। यदि तैँले त्यसलाई पहिचान गरिस् भने पनि, त्यो कुरा शैतानले नै बोल्दै छ भनी तैँले थाहा पाउन सक्दैनस्। तर अहिले यहाँ शैतान आफैले के भनेको छ भन्‍ने कुरा तैँले स्पष्‍टसँग देखेको छस्। अहिले तँसँग शैतानको घृणित अनुहार र दुष्‍टताको स्पष्‍ट र प्रस्ट बुझाइ छ। के शैतानले बोलेका यी दुई खण्डहरू आज मानिसहरूलाई शैतानको प्रकृतिको विषयमा ज्ञान प्राप्‍त गर्नमा मदत गर्नलाई महत्वपूर्ण छन्? के आज मानवजातिले शैतानको घृणित रूप पहिचान गर्न, शैतानको मौलिक, साँचो अनुहार पहिचान गर्न यी दुई खण्डहरू होसियारीसाथ प्रयोगमा राखिराख्‍न लायक छन्? यसो भन्‍नु उपयुक्त नदेखिए तापनि, यसरी व्यक्त गरिएका यी वचनहरूलाई सही ठान्‍न सकिन्छ। वास्तवमा, यो विचारलाई मैले यसरी मात्रै व्यक्त गर्न सक्छु, र यदि तिमीहरूले यसलाई बुझ्‍न सक्छौ भने त्यो पर्याप्‍त छ। यहोवाले गर्नुहुने कुराहरूलाई बारम्बार शैतानले आक्रमण गर्छ, यहोवा परमेश्‍वरप्रतिको अय्यूबको भयको बारेमा त्यसले दोष लगाउँछ। शैतानले यहोवालाई थुप्रै माध्यमहरूबाट उक्साउने प्रयत्‍न गर्छ, त्यसले अय्यूबलाई परीक्षामा पारेको कुरालाई यहोवाले बेवास्ता गरून् भन्‍ने चेष्टा गर्छ। त्यसैले त्यसका वचनहरूमा उच्‍च रूपमा उक्साउने प्रकृति पाइन्छ। त्यसैले मलाई बताओ, शैतानले यी वचनहरू बोलिसकेपछि, शैतानले के गर्न चाहन्छ भनी के परमेश्‍वरले स्पष्‍टसँग देख्‍न सक्‍नुहुन्छ? (सक्‍नुहुन्छ।) परमेश्‍वरको हृदयमा, परमेश्‍वरले हेर्नुभएको यो मानिस अय्यूब—परमेश्‍वरको यस सेवक, जसलाई परमेश्‍वरले धर्मी मानिस, सिद्ध मानिसको रूपमा लिनुहुन्छ—के ऊ यस किसिमको परीक्षामा खडा भइरहन सक्छ? (सक्छ।) किन परमेश्‍वर यस विषयमा त्यति निश्‍चित हुनुहुन्छ? के परमेश्‍वरले सधैँ मानिसको हृदयको जाँच गरिरहनुहुन्छ? (हो।) के शैतानले पनि मानिसको हृदय जाँच गर्न सक्छ? शैतानले सक्दैन। शैतानले तेरो हृदयलाई देख्‍न सके पनि, त्यसको दुष्‍ट प्रकृतिले त्यसलाई पवित्रता, पवित्रता नै हो वा अपवित्रता, अपवित्रता नै हो भनी विश्‍वास गर्न दिँदैन। दुष्‍ट शैतानले पवित्र, धर्मी वा उज्‍ज्‍वल कुरालाई कहिल्यै पनि मूल्यवान् ठान्‍न सक्दैन। शैतानले आफ्नो प्रकृति, आफ्नो दुष्‍टता र आफ्नो आदतबमोजिम काम गर्न कहिल्यै छोड्दैन। परमेश्‍वरद्वारा दण्ड वा विनाश सहनु परे तापनि त्यो जिद्दी बनेर परमेश्‍वरको विरोध गर्न पछि पर्दैन—यो दुष्‍टता हो, यो शैतानको स्वभाव हो। यो खण्डमा शैतान भन्छ: “छालाको निम्ति छाला, हो, मानिसले आफ्नो जीवनको निम्ति आफूसँग भएको सब थोक दिनेछ। तर अहिले तपाईंको हात पसार्नुहोस् र त्यसको हाड र छालामा छोइदिनुहोस्, अनि त्यसले तपाईंलाई सोझै सराप्‍नेछ।” शैतानले सोच्छ कि मानिसले परमेश्‍वरबाट थुप्रै फाइदाहरू प्राप्‍त गरेको कारण मानिसले परमेश्‍वरको भय मानेको हो। मानिसले परमेश्‍वरबाट फाइदाहरू प्राप्‍त गर्छ, त्यसैले उसले परमेश्‍वर असल हुनुहुन्छ भनी भन्छ। तर परमेश्‍वर असल हुनुभएको कारणले होइन, बरु मानिसले थुप्रै फाइदाहरू प्राप्‍त गरेको कारणले गर्दा उसले यस किसिमले परमेश्‍वरको भय मान्‍न सक्छ। जब परमेश्‍वरले उसलाई यी सबै फाइदाहरूबाट वञ्‍चित गर्नुहुन्छ, तब उसले परमेश्‍वरलाई त्याग्छ। मानिसको हृदयले साँच्‍चिकै परमेश्‍वरको भय मान्‍न सक्छ भनेर आफ्‍नो दुष्ट प्रकृतिभित्र शैतानले विश्‍वास गर्दैन। त्यसको दुष्‍ट प्रकृतिको कारण त्यसलाई पवित्रता के हो भन्‍ने नै थाहा छैन, त्यसलाई डर के हो भन्‍ने थाहा हुनु त परै जाओस्। परमेश्‍वरप्रति समर्पित हुनु भनेको के हो वा परमेश्‍वरको भय मान्‍नु भनेको के हो भन्‍ने त्यसलाई थाहा छैन। त्यसलाई यी कुराहरू थाहा नभएको कारण, मानिसले पनि परमेश्‍वरको भय मान्‍न सक्दैन भनी त्यसले सोच्छ। मलाई भन त, के शैतान दुष्‍ट छैन र? हाम्रो मण्डलीबाहेक अन्य थुप्रै धर्म र सम्प्रदायहरू, वा धार्मिक र सामाजिक समूहहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, तिनीहरूले परमेश्‍वर देहधारी हुनुभयो र उहाँले न्यायको काम गरिरहनुभएको छ भनी विश्‍वास गर्ने त कुरै नगरौँ, त्यसैले तैँले जसमा विश्‍वास गरेको छस् उहाँ परमेश्‍वर हुनुहुन्‍न भनी तिनीहरू सोच्छन्। व्यभिचारी मानिसले आफ्नो वरपर हेर्छ र सबैलाई आफूजस्तै व्यभिचारी देख्‍छ। झूटो बोल्‍ने मानिसले आफ्‍नो वरपर हेर्छ र बेइमान र झूट मात्र देख्छ। दुष्‍ट मानिसले हरेक व्यक्तिलाई दुष्‍ट नै देख्‍छ र उसले देखेका हरेक व्यक्तिसँग झगडा गर्न चाहन्छ। इमानदार व्यक्तिले हरेक व्यक्तिलाई इमानदार नै देख्छ, त्यसैले तिनीहरूलाई सधैँ धोका दिइन्छ, सधैँ ठगिन्छ, र त्यस विषयमा तिनीहरूले केही पनि गर्न सक्दैनन्। तिमीहरूलाई आफ्‍नो सत्यसङ्कल्प सुदृढ बनाउनको लागि मैले यी केही उदाहरणहरू दिएको छु: शैतानको दुष्‍ट प्रकृति क्षणिक बाध्यता होइन, यो परिस्थितिहरूद्वारा निर्धारित हुँदैन, र यो कुनै कारण वा प्रासङ्गिक तत्वहरूबाट उत्पन्‍न भएको अस्थायी प्रकटीकरण पनि होइन। बिलकुलै होइन! शैतानले यस्तो बन्‍नेबाहेक केही पनि गर्न सक्दैन! त्यसले कुनै पनि असल कार्य गर्न सक्दैन। यसले सुन्दा रमाइलो लाग्‍ने कुरा भन्दासमेत, केवल तँलाई लोभ्याउनको लागि यो कुरा भन्छ। त्यो कुरा जति धेरै रमाइलो हुन्छ, त्यसमा त्यति नै धेरै धूर्तता हुन्छ, त्यसका वचनहरू जति धेरै सुमधुर हुन्छन्, यी वचनहरूको पछाडि त्यति नै धेरै द्वेषपूर्ण र घृणित अभिप्राय लुकेको हुन्छ। शैतानले यी दुई खण्डहरूमा कस्तो किसिमको अनुहार र कस्तो किसिमको प्रकृति देखाउँछ? (ढोंगी, द्वेषपूर्ण र दुष्ट।) शैतानको मूल विशेषता दुष्‍टता हो; सबैभन्दा महत्वपूर्ण कुरा, शैतान दुष्‍ट र द्वेषपूर्ण हुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ४

परमेश्‍वरका दैनिक वचनहरू   अंश १४१

परमेश्‍वरले मानिसलाई सृष्‍टि गर्नुभएदेखि, उहाँले सधैँ मानिसको जीवनलाई निर्देशित गर्दै आउनुभएको छ, चाहे त्यो मानवजातिलाई आशिष् दिएर होस्, चाहे त्यो मानवजातिका निम्ति व्यवस्था र आज्ञाहरू स्थापित गरेर होस्, वा चाहे जीवनका निम्ति विभिन्‍न अध्यादेशहरू बनाएर नै होस्—यी कार्यहरू गर्नुपछाडि परमेश्‍वरको अभिप्राय रलक्ष्य के हो? पहिलो, परमेश्‍वरले गर्ने यी सबै कुरा मानवजातिको भलाइका निम्ति हुन् भनी के तिमीहरू निश्‍चयताका साथ भन्‍न सक्छौ? यो अभिव्यक्ति तिमीहरूका निम्ति भव्य, खोक्रा वचनहरूजस्तो लाग्‍न सक्छ, तर त्यसभित्रको विस्तृत विवरणलाई विशेष गरी हेर्ने हो भने, के परमेश्‍वरले गर्ने यी सबै कुराले मानिसलाई सामान्य जीवन जिउन अगुवाइ र मार्गदर्शन गरिरहेको हुँदैन र? मानिसले प्रावधान वा व्यवस्था पालन गरे पनि वा नगरे पनि, मानिस पतन भएर शैतानको आराधना गर्ने नहोस् र शैतानले उसलाई हानि नगरोस् भन्‍ने नै परमेश्‍वरको लक्ष्य हो—यो उहाँको अत्यन्तै आधारभूत लक्ष्य, र उहाँको सुरुको लक्ष्यथियो। सबैभन्दा सुरुमा, जब मानिसले परमेश्‍वरका अभिप्रायहरू बुझेको थिएन, त्यो बेला परमेश्‍वरले केही सरल व्यवस्था र नियमहरू बनाउनुभयो र कल्पना गर्न सकिने सबै कुरा समावेश हुने नीतिनियमहरू बनाउनुभयो। यी नीतिनियमहरू सरल छन्, तैपनि तिनीहरूभित्र परमेश्‍वरका अभिप्रायहरू समावेश छन्। परमेश्‍वरले मानवजातिलाई मूल्यवान् ठान्‍नुहुन्छ, स्‍नेह गर्नुहुन्छ र अत्यन्त धेरै प्रेम गर्नुहुन्छ। त्यसो भए के हामी परमेश्‍वरको हृदय पवित्र छ भनी भन्‍न सक्छौँ? के हामी उहाँको हृदय सफा छ भनी भन्‍न सक्छौँ? (सक्छौं।) के परमेश्‍वरका कुनै थप अभिप्रायहरू छन्? (छैनन्।) के यो उहाँको लक्ष्य सही र सकारात्मक छ? परमेश्‍वरको कामको सिलसिलामा, उहाँले बनाउनुभएका सबै नीतिनियमहरूले मानिसमा सकारात्मक प्रभाव पारेका छन्, मानिसलाई अगुवाइ गरिरहेका छन्। के परमेश्‍वरको मनमस्तिष्कमा कुनै स्वार्थी विचारहरू छन्? मानिसको सन्दर्भमा के परमेश्‍वरका अन्य कुनै थप लक्ष्यहरू छन्? के परमेश्‍वरले मानिसलाई कुनै किसिमले प्रयोग गर्न चाहनुहुन्छ? अलिकति पनि चाहनुहुन्‍न। परमेश्‍वरले जे भन्‍नुहुन्छ, त्यही गर्नुहुन्छ, र उहाँका वचन र कार्यहरू उहाँको हृदयमा भएका उहाँका विचारहरूसँग मिल्छन्। कुनै कलङ्कित उद्देश्य, कुनै स्वार्थी विचारहरू छैनन्। उहाँले गर्नुहुने कुनै कुरा पनि उहाँको आफ्नै निम्ति होइन; उहाँले गर्नुहुने सबै कुरा मानिसकै निम्ति गर्नुहुन्छ, कुनै पनि निजी उद्देश्यहरू छैनन्। उहाँसँग मानिससम्बन्धी योजना र अभिप्रायहरू भए पनि, यो उहाँको आफ्नै निम्ति होइन। उहाँले गर्ने यी सबै कुरा नितान्त रूपमा मानवजातिका निम्ति, मानवजातिको सुरक्षाका निम्ति, मानवजातिलाई गलत बाटोमा लाग्‍नबाट बचाउनका निम्ति हुन्। के उहाँको यो हृदय अनमोल छैन र? के तैँले शैतानमा यस्तो अमूल्य हृदयको सानोभन्दा सानो अंशसमेत देख्‍न सक्छस् र? तैँले शैतानमा यसको सानो अंश पनि देख्‍न सक्दैनस्, तैँले यो विलकुलै देख्‍न सक्दैनस्। परमेश्‍वरले गर्नुहुने सबै कुरा स्वाभाविक रूपमा नै प्रकट हुन्छ। अब हामी परमेश्‍वरले काम गर्नुहुने तरिकालाई हेरौँ; उहाँले आफ्नो काम कसरी गर्नुहुन्छ? के उहाँले यी नीतिनियमहरू र उहाँका वचनहरूलाई पट्टी मन्त्र[क] द्वारा टाउकोको पट्टी कसेझैँ हरेक मानिसको टाउकोमा कसेर हरेक मानवजातिमाथि थोपरिदिनुहुन्छ र? के उहाँले यस किसिमले काम गर्नुहुन्छ? (गर्नुहुन्‍न।) त्यसो भए उहाँले आफ्नो काम कसरी गर्नुहुन्छ त? के उहाँले धम्की दिनुहुन्छ? उहाँ तिमीहरूसँग बोल्‍नुहुँदा के उहाँले घुमाउरो कुरा गर्नुहुन्छ? (गर्नुहुन्‍न।) जब तँ सत्यता बुझ्दैनस्, तब परमेश्‍वर तँलाई कसरी मार्गदर्शन गर्नुहुन्छ? उहाँ तँलाई अन्तर्दृष्टि र ज्योति दिनुहुन्छ, तैँले जे गरिरहेको छस्, त्यो सत्यतासँग मेल खाँदैन, र तैँले के गर्नुपर्छ भनी स्पष्ट रूपमा बताउनुहुन्छ। परमेश्‍वरले काम गर्ने यी तरिकाहरूका आधारमा, परमेश्‍वरसँग तेरो कस्तो किसिमको सम्बन्ध छ भन्‍ने तँलाई लाग्छ? के तिनले तँलाई परमेश्‍वर तेरो पहुँचभन्दा बाहिर हुनुहुन्छ भन्‍ने महसुस गराउँछन्? (गराउँदैनन्।) त्यसोभए तिनले तँलाई कस्तो महसुस गराउँछ? तिनले तँलाई परमेश्‍वरका वचनहरू विशेष रूपमा वास्तविक छन्, मानिससँगको उहाँको सम्बन्ध विशेष रूपमा सामान्य छ, परमेश्‍वर तेरो अत्यन्तै नजिक हुनुहुन्छ, र परमेश्‍वर र तेरो बीचमा कुनै दूरी छैन भन्ने महसुस गराउँछन्। जब परमेश्‍वर तँलाई मार्गदर्शन गर्नुहुन्छ, जब उहाँ तेरो भरणपोषण गर्नुहुन्छ, तँलाई मद्दत र समर्थन गर्नुहुन्छ, तब तैँले परमेश्‍वरको मिलनसारी र सम्माननीयता महसुस गर्छस्, उहाँको प्रेमिलो स्वभाव र न्यानोपन महसुस गर्छस्। तर जब परमेश्‍वर तेरो भ्रष्‍टताका लागि तेरो निन्दा गर्नुहुन्छ, वा तेरो विद्रोहीपनका लागि उहाँ तँलाई न्याय गर्नुहुन्छ र ताडना दिनुहुन्छ, तब उहाँ कुन विधिहरू प्रयोग गर्नुहुन्छ? के उहाँ तँलाई वचनहरूद्वारा निन्दा गर्नुहुन्छ? के उहाँ तँलाई वातावरणद्वारा र मानिस, घटना, र कामकुराहरूद्वारा ताडना दिनुहुन्छ? (हो।) परमेश्‍वर तँलाई कुन हदसम्म ताडना दिनुहुन्छ? के परमेश्‍वरले तँलाई शैतानले मानिसहरूलाई कष्टदा ढङ्गले हानि पुर्‍याउने हदसम्म नै ताडना दिनुहुन्छ? (होइन। परमेश्‍वर मानिसहरूलाई तिनीहरूले सहन सक्‍ने हदसम्म मात्र ताडना दिनुहुन्छ।) परमेश्‍वर कोमल, मिहिन, प्रेमिलो र वास्ता गर्ने तरिकाले काम गर्नुहुन्छ, जुन असाधारण रूपमा सन्तुलित र उचित तरिका हो, अनि जसले तँमा “परमेश्‍वर मलाई यसो गर्न लगाइरहनुभएको छ” वा “परमेश्‍वर मलाई त्यसो गर्न लगाइरहनुभएको छ” जस्ता तीव्र भावनाहरू जगाउँदैन। परमेश्‍वर तँलाई कहिल्यै तेरो हृदयले सहनै नसक्ने त्यस्तो तीव्र अनुभूति वा भावना दिनुहुन्‍न। कुरा यस्तै नै होइन र? जब तँ परमेश्‍वरका न्याय र सजायका वचनहरू स्वीकार गर्छस् तब पनि तँ कस्तो महसुस गर्छस्? जब तँलाई परमेश्‍वरको अख्तियार र बलको अनुभूति हुन्छ, तब तँ कस्तो महसुस गर्छस्? के तँ परमेश्‍वर दिव्य र अनुल्लङ्‍घनीय हुनुहुन्छ भन्‍ने महसुस गर्छस्? के तँ यस्ता समयहरूमा आफू र परमेश्‍वरबीच दूरी महसुस गर्छस्? के तँ परमेश्‍वर कति डरलाग्दो हुनुहुन्छ भनेर महसुस गर्छस्? अहँ—बरु तँ परमेश्‍वरप्रति डर महसुस गर्छस्। के परमेश्‍वरको कामका कारण नै मानिसहरू यी सबै कुरा महसुस गर्दैनन् र? यदि शैतानले चाहिँ काम गरिरहेको भए, के तिनीहरूमा यी सबै भावना हुनेथिए? बिलकुलै हुनेथिएनन्। परमेश्‍वर मानिसलाई निरन्तर भरणपोषण गर्न, मानिसलाई मद्दत गर्न आफ्ना वचन, सत्यता, र आफ्नो जीवन प्रयोग गर्नुहुन्छ। जब मानिस कमजोर हुन्छ, जब मानिसले नकारात्मक महसुस गरिरहेको हुन्छ, तब परमेश्‍वर सशक्त तरिकाले बोल्‍नुहुन्‍न: “नकारात्मक महसुस नगर्। निराश हुनुपर्ने के कुरा छ र? किन तँ कमजोर छस्? नकारात्मक हुनुपर्ने कारण के छ र? तँ सधैँ यति कमजोर हुन्छस्, र तँ सधैँ नकारात्मक हुन्‍छस्—जीवित हुनुको अर्थ के छ र? त्यसोभए जा गएर मर्!” के परमेश्‍वरले यस किसिमले काम गर्नुहोला? (अहँ।) के परमेश्‍वरसँग यस किसिमले काम गर्ने अख्तियार छ? हो, उहाँसँग छ। तैपनि परमेश्‍वर यस किसिमले काम गर्नुहुन्‍न। परमेश्‍वर उहाँको सार, उहाँको सार, अर्थात् पवित्रताका कारण यस किसिमले काम गर्नुहुन्‍न। मानिसका निम्ति उहाँको प्रेम, उहाँले मानिसलाई बहुमूल्य ठान्ने, र स्‍नेह गर्ने कुरालाई मानिसले एक वा दुई वाक्यमा स्पष्‍टसँग व्यक्त गर्न सक्दैन। यी मानिसको सेखीले ल्याएका कुरा होइनन्, यी त परमेश्‍वरले वास्तविक कार्यद्वारा ल्याउने कुरा हुन्; यी परमेश्‍वरको सारका प्रकाश हुन्। परमेश्‍वरले काम गर्नुहुने यी सबै तरिकाहरूबाट के मानिसले परमेश्‍वरको पवित्रतालाई देख्‍न सक्छ? परमेश्‍वरका असल अभिप्रायहरूलगायत, परमेश्‍वरले मानिसमाथि ल्याउन चाहनुभएका प्रभावहरूलगायत, मानिसमा काम गर्न परमेश्‍वरले अपनाउनुहुने विभिन्‍न तरिकाहरूलगायत, उहाँले गर्नुहुने प्रकारको कामलगायत, उहाँ मानिसले जे बुझेको चाहनुहुन्छ सोलगायत परमेश्‍वरले काम गर्नुहुने यी सबै तौरतरिकाहरूमा—परमेश्‍वरका यी असल अभिप्रायहरूमा तैँले कुनै दुष्ट वा छली कुरा देखेको छस्? (छैन।) त्यसो भए, परमेश्‍वरले गर्नुहुने सबै कुरामा, परमेश्‍वरले भन्‍नुहुने सबै कुरामा, उहाँले आफ्नो हृदयमा विचार गर्नुहुने सबै कुरामा, साथै उहाँले प्रकट गर्नुहुने उहाँका सबै सारहरूमा—के हामी परमेश्‍वरलाई पवित्र भन्‍न सक्छौं? (सक्छौं।) के कुनै मानिसले संसारमा वा आफैभित्र यो पवित्रतालाई देखेको छ? के परमेश्‍वरबाहेक तैँले यसलाई कुनै मानवजाति वा शैतानमा देखेको छस्? (छैन।) यहाँसम्मको हाम्रो छलफलको आधारमा के हामी परमेश्‍वरलाई अद्वितीय, पवित्र परमेश्‍वर स्‍वयम्‌ भनी भन्‍न सक्छौं? (सक्छौं।) परमेश्‍वरका वचनहरू, मानिसमा परमेश्‍वरले काम गर्ने विभिन्न माध्यम, मानिसलाई परमेश्‍वरले बताउने कुरा, मानिसलाई परमेश्‍वरले स्मरण गराउने र उपदेश दिने कुरालगायत परमेश्‍वरले मानिसलाई दिने सबै कुरा एउटै सारबाट उत्पन्‍न हुन्छ र त्यो हो परमेश्‍वरको पवित्रता। यदि यस किसिमको पवित्र परमेश्‍वर नहुनुभएको भए, कुनै पनि मानिसले उहाँले गर्नुहुने काम गर्न उहाँको स्थान लिन सक्‍नेथिएन। यदि परमेश्‍वरले यी मानिसहरूलाई पूर्ण रूपमा शैतानको हातमा सुम्पिदिनुभएको भए, आज तिमीहरू सबै जना कस्तो अवस्थामा हुनेथियौ भनी के तिमीहरूले कहिल्यै विचार गरेका छौ? के तिमीहरू सबै जना यहाँ पूर्ण र सुरक्षित भएर बसिरहेका हुन्थ्यौ? के तिमीहरूले पनि यसो भन्थ्यौ: “पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ”? के तिमीहरू दुस्‍साहस, निर्धक्‍क र गर्वसाथ परमेश्‍वरको अगाडि विनालाज यस्ता वचनहरू बोल्‍न सक्थ्यौ? कुनै शङ्का छैन, तिमीहरूले अवश्य नै यसो गर्नेथियौ! मानिसप्रतिको शैतानको मनोवृत्तिले मानिसलाई शैतानको प्रकृति सार परमेश्‍वरको भन्दा पूर्ण रूपमा फरक छ भनी देख्‍न मद्दत गर्छ। शैतानको सारमा त्यस्तो के कुरा छ, जुन परमेश्‍वरको पवित्रताभन्दा विपरीत हुन्छ? (शैतानको दुष्‍टता।) शैतानको दुष्‍ट प्रकृति परमेश्‍वरको पवित्रताको विपरीत छ। अधिकांश मानिसहरूले परमेश्‍वरको प्रकाश र परमेश्‍वरको पवित्रताको यो सारलाई पहिचान गर्न नसक्‍नुको कारण के हो भने, तिनीहरू शैतानको सत्तामा, शैतानको भ्रष्‍टता र शैतानको घेराबन्दीमा जिउँछन्। तिनीहरूलाई पवित्रता भनेको के हो वा पवित्रताको परिभाषा कसरी दिने भन्‍ने थाहा छैन। तैँले परमेश्‍वरको पवित्रतालाई बुझे तापनि, तैँले यो परमेश्‍वरको पवित्रता हो भनी निश्‍चित रूपमा परिभाषित गर्न सक्दैनस्। यो परमेश्‍वरको पवित्रता सम्बन्धमा मानिसको ज्ञानमा निहित रहेको असमानता हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ४

फूटनोटहरू:

क. “पट्टी मन्त्र” एउटा मन्त्र हो जुन भिक्षु ताङ सन्जाङले “पश्‍चिमतर्फको यात्रा” नामक चिनियाँ उपन्यासमा प्रयोग गरेका छन्। उनले सन वुकोङलाई नियन्त्रण गर्न यो मन्त्रको प्रयोग गर्छन्। यसको लागि उनले तिनको टाउकोवरिपरि एउटा धातुको पट्टी बाँधिदिन्छन्, तिनलाई त्यो पट्टीले गम्‍भीर रूपमा टाउको दुखाउँछ, अनि मन्त्र प्रयोग गरी तिनलाई नियन्त्रणमा ल्याउँछन्। यो कुनै व्यक्तिलाई बाँध्‍ने वस्तुको व्याख्या गर्ने एउटा उपमा बनेको छ।


परमेश्‍वरका दैनिक वचनहरू   अंश १४२

मानिसमा गरिने शैतानको कामलाई के कुराले चित्रण गर्छ? तिमीहरूले यो कुरा तिमीहरूका आफ्नै अनुभवहरूमार्फत सिक्‍न सक्‍नुपर्छ—यो शैतानको नमुनामूलक विशेषता हो, त्यसले बारम्बार गर्ने काम र त्यसले प्रत्येक व्यक्तिमा गर्न प्रयास गर्ने काम हो। सायद तिमीहरू यो विशेषता देख्‍न सक्दैनौ, त्यसैले शैतान यति डरलाग्दो र घृणित छ भनी महसुस गर्दैनौ। के कसैलाई यो विशेषता के हो भन्‍ने थाहा छ? (त्यसले मानिसलाई लोभ्याउँछ, प्रलोभन देखाउँछ र जाँच्छ।) त्यो सही कुरा हो; यो विशेषता प्रकट हुने विभिन्‍न तरिका यिनै हुन्। शैतान मानिसलाई भ्रममा पार्ने, आक्रमण गर्ने, र दोष लगाउने काम पनि गर्छ—यी सबै प्रकटीकरणहरू हुन्। अरू पनि छन्? (त्यसले झूट बोल्छ।) शैतानलाई ठग्‍न र झूट बोल्‍न सबैभन्दा स्वाभाविक रूपमै आउँछ। त्यसले प्रायः यी कुराहरू गरिरहन्छ। त्यसै गरी, मानिसहरूमाथि हुकुम चलाउने, तिनीहरूलाई उक्साउने, जबरजस्ती काम गराउने, आदेश दिने, र तिनीहरूलाई जबरजस्ती आफ्नो वशमा पार्ने कुराहरू पनि छन्। अब म तिमीहरूलाई केही कुरा वर्णन गर्नेछु, जसले तिमीहरूको रौँ ठाडो बनाइदिनेछ, तर म तिमीहरूलाई तर्साउन यसो गर्दिनँ। परमेश्‍वरले मानिसमा काम गर्नुहुँदा, उहाँ मानिसलाई आफ्नो मनोवृत्ति र आफ्नो हृदय दुवैमा माया गर्नुहुन्छ। अर्कोतर्फ, शैतान भने मानिसलाई बिलकुलै माया गर्दैन, र त्यो आफ्नो पूरै समय मानिसलाई कसरी हानि पुर्‍याउने भन्नेबारे मात्रै सोचिरहन्छ। कुरा त्यस्तै होइन र? जब त्यसले मानिसलाई हानि पुर्‍याउने विषयमा सोचिरहेको हुन्छ, तब के त्यसको मनस्थिति अत्यावश्यकताको हुन्छ? (हुन्छ।) त्यसैले मानिसमा शैतानले गर्ने कामको सम्बन्धमा, मसँग शैतानको दुष्‍टता र दुर्भावना राम्ररी वर्णन गर्ने दुई वटा वाक्यांश छन्, जसले शैतानको घृणितता बुझ्‍न तिमीहरूलाई साँच्‍चिकै सक्षम बनाउन सक्छन्: शैतानले मानिससँगको आफ्नो व्यवहारमा मानिसलाई पूर्ण रूपमा नियन्त्रण गर्न र गम्भीर हानि पुर्‍याउन सक्ने हदसम्म सधैँ हरेक मानिसलाई जबरजस्ती ओगट्न र आफ्नो वशमा पार्न चाहन्छ, ताकि त्यसले आफ्नो लक्ष्य हासिल गर्न र आफ्नो महत्त्वाकाङ्क्षा पूरा गर्न सकोस्। “जबरजस्ती ओगट्नु” भनेको के हो? यो तेरो सहमतिमा हुने कुरा हो कि तेरो सहमतिबिनै हुने कुरा हो? यो तेरो जानकारीमा हुन्छ कि तेरो जानकारीबिनै हुन्छ? जवाफ चाहिँ के हो भने, यो पूर्ण रूपमा तेरो जानकारीबिनै हुन्छ! यो तँ अनजान भएको परिस्थितिमा हुन्छ, सायद त्यसले तँलाई केही नभनीकनै वा केही नगरीकनै, कुनै आधारविना, कुनै सन्दर्भबिना हुन्छ—शैतान त्यहीँ हुन्छ, तेरो वरिपरि घुमिरहेको, तँलाई घेरिरहेको हुन्छ। त्यसले कमजोरीको फाइदा उठाउने अवसर खोज्छ र त्यसपछि त्यसले तँलाई जबरजस्ती ओगट्छ, तँलाई आफ्नो वशमा पार्ने, तँलाई पूर्ण रूपमा नियन्त्रणमा पार्ने र तँलाई गम्भीर रूपमा हानि पुर्‍याउने आफ्नो उद्देश्य हासिल गर्छ। मानिसलाई परमेश्‍वरबाट खोसेर लैजान सङ्घर्ष गर्ने क्रममा शैतानका सबैभन्दा नमुनामूलक अभिप्राय र प्रकटीकरणहरूमध्ये यो एक हो। जब तिमीहरूले यो कुरा सुन्छौ तब तिमीहरूलाई कस्तो महसुस हुन्छ? (हामी हृदयमा त्रसित र भयभीत हुन्छौँ।) के तिमीहरू घृणाको महसुस गर्छौ? (गर्छौं।) यो घृणाको महसुस गर्ने क्रममा, के तिमीहरूलाई शैतान लाज नभएको हो भन्‍ने लाग्छ? जब शैतान लाज नभएको हो भनी तिमीहरू सोच्छौ, तब तिमीहरूलाई के आफ्‍ना वरपरका त्यस्ता मानिसहरूप्रति घिन लाग्छ जो सधैँ तिमीहरूलाई नियन्त्रण गर्न चाहन्छन्, जो आफ्नो सामाजिक स्थिति र स्वार्थहरूको दुष्‍ट अभिलाषा बोकिहिँड्छन्? (हो।) त्यसो भए, शैतानले मानिसलाई जबरजस्ती आफ्नो बनाउन र जबरजस्ती मानिसमा बास गर्न कस्ता विधिहरू अपनाउँछ त? के तिमीहरू यस विषयमा स्पष्‍ट छौ त? जब तिमीहरूले “जबरजस्ती बास गर्ने” र “आफ्नो बनाउने” यी दुई पदावलीहरू सुन्छौ, तब तिमीहरूले घृणा महसुस गर्छौ र यी पदावलीहरूको दुष्‍टताको भाव अनुभूति गर्न सक्छौ। शैतानले तेरो सहमति वा तेरो जानकारीविना नै तँलाई आफ्नो बनाउँछ, तँमा जबरजस्ती बास गर्छ, र तँलाई भ्रष्‍ट बनाउँछ। तैँले आफ्नो हृदयमा के कुरा अनुभूति गर्न सक्छस्? के तँ घृणा र तिरस्कारको अनुभूति गर्छस्? (हो।) जब शैतानका यस्ता कार्यहरूप्रति तँलाई घृणा र तिरस्कारको महसुस हुन्छ, तब तँमा परमेश्‍वरप्रति कस्तो अनुभूति हुन्छ? (कृतज्ञता।) तँलाई मुक्ति दिनुभएकोमा परमेश्‍वरप्रति कृतज्ञता। त्यसो भए अब, यसै क्षणमा, के तँ आफूसँग भएका सबै थोक र तँ आफू जो होस् त्यो सबैलाई परमेश्‍वरले पूर्ण स्वामित्व र नियन्त्रणमा लिनुभएको चाहन्छस्? (चाहन्छु।) तैँले यस्तो जबाफ कुन सन्दर्भमा दिन्छस्? के शैतानले तँलाई जबरजस्ती अधीनमा पार्छ र आफ्नो बनाउँछ भनी डराएर नै तैँले “हुन्छ” भन्छस्? (हो।) तँसँग यस्तो किसिमको मानसिकता हुनु हुँदैन; यो सही कुरा होइन। तँ नडरा, किनकि परमेश्‍वर यहाँ हुनुहुन्छ। डराउनुपर्ने कुनै कुरा छैन। तैँले शैतानको दुष्‍ट सारलाई बुझिसकेपछि, तँमा परमेश्‍वरको प्रेम, परमेश्‍वरको असल अभिप्राय, परमेश्‍वरको करुणा, मानिसप्रति उहाँको सहिष्णुता, उहाँको धर्मी स्वभावका विषयमा सही बुझाइ वा गहन वास्ता हुनुपर्छ। शैतान अत्यन्त घृणित छ, तैपनि यदि यसले अझै पनि परमेश्‍वरप्रतिको तेरो प्रेमलाई र परमेश्‍वरमाथिको तेरो निर्भरता र भरोसालाई उत्प्रेरित गर्दैन भने तँ कस्तो किसिमको व्यक्ति होस्? के तँ त्यसरी आफूलाई शैतानद्वारा हानि पुर्‍याउन दिन इच्छुक छस्? शैतानको दुष्‍टता र घृणितपनलाई हेरिसकेपछि, हामी फर्केर परमेश्‍वरमा नजर लगाउँछौं। के परमेश्‍वरसम्बन्धी तेरो ज्ञानमा अहिले कुनै परिवर्तन आएको छ? परमेश्‍वर पवित्र हुनुहुन्छ भनी के हामी भन्‍न सक्छौँ? परमेश्‍वरमा कुनै दोष छैन भनी के हामी भन्‍न सक्छौँ? “परमेश्‍वर अद्वितीय पवित्रता हुनुहुन्छ”—के परमेश्‍वर यो पदवीअनुसार जिउन सक्‍नुहुन्छ? (सक्‍नुहुन्छ।) अनि, मानिससँग भएको परमेश्‍वरसम्बन्धी यस बुझाइबमोजिम जिउन सक्‍ने व्यक्ति, के यो संसार र यावत् थोकमाझ केवल परमेश्‍वर मात्र हुनुहुन्‍न र? (हो त।) त्यसो भए, ठ्याक्‍कैसँग भन्दा, परमेश्‍वरले मानिसलाई के कुरा दिनुहुन्छ त? के उहाँले तँलाई थाहा नहुने गरी अलिकति मात्र वास्ता, सरोकार र चासो दिनुहुन्छ? परमेश्‍वरले मानिसलाई के कुरा दिनुभएको छ? परमेश्‍वरले मानिसलाई जीवन दिनुभएको छ, मानिसलाई सबै थोक दिनुभएको छ, र मानिसबाट कुनै कुराको अपेक्षा नगरीकन, कुनै पनि गोप्य मनसाय नराखीकन निसर्त रूपमा यी सबै कुराहरू मानिसलाई दिनुभएको छ। उहाँले मानिसलाई अगुवाइ गर्न र मार्गदर्शन दिन सत्यता, उहाँका वचनहरू र उहाँको जीवन प्रयोग गर्नुहुन्छ, मानिसलाई शैतानको हानिबाट टाढा र शैतानको परीक्षा र बहकाउबाट टाढा लैजानुहुन्छ, र यसरी मानिसलाई शैतानको दुष्‍ट प्रकृति र घृणित मुहार देख्‍ने अवसर दिनुहुन्छ। के मानिसको निम्ति परमेश्‍वरको प्रेम र वास्ता साँचो छ? के यो तिमीहरू प्रत्येकले अनुभव गर्न सक्‍ने कुरा हो? (हो।)

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ४

परमेश्‍वरका दैनिक वचनहरू   अंश १४३

अहिलेसम्मको तिमीहरूको जीवनलाई फर्केर हेर; तेरो विश्‍वासको सबै वर्षहरूमा परमेश्‍वरले तँमा गर्नुभएका सबै कामहरूलाई नियालेर हेर्। यसले तँमा पैदा गर्ने भावनाहरू गहन भए पनि सतही भए पनि, के यो तेरो निम्ति सबैभन्दा आवश्यक कुरा होइन र? के तैँले प्राप्त गर्नुपर्ने सबैभन्दा आवश्यक कुरा यही थिएन र? (यही थियो।) के यो सत्य होइन र? के यो जीवन होइन र? (हो।) के परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिनुभएपछि उहाँले तँलाई दिनुभएका सबै कुराहरूको सट्टामा तँबाट कुनै कुरा माग्‍नुभएको छ? (छैन।) त्यसो भए परमेश्‍वरको उद्देश्य के हो त? परमेश्‍वरले किन यसो गर्नुहुन्छ? के परमेश्‍वरले तँमा जबरजस्ती बास गर्ने उद्देश्य राख्‍नुभएको छ? (छैन।) के परमेश्‍वर मानिसको हृदयभित्र सिंहासन आरोहण गर्न चाहनुहुन्छ? (हो।) त्यसो भए, परमेश्‍वरले आफ्नो सिंहासन आरोहण गर्ने र शैतानले बलपूर्वक तँमा बास गर्ने कुराको बीचमा के भिन्‍नता छ? परमेश्‍वर मानिसको हृदय प्राप्‍त गर्न चाहनुहुन्छ, उहाँ मानिसको हृदयमा बास गर्न चाहनुहुन्छ—यसको अर्थ के हो त? के यसको अर्थ परमेश्‍वरले मानिसलाई आफ्नो कठपुतली, आफ्नो यन्त्र बनाउन चाहनुहुन्छ भन्‍ने हो? (होइन।) त्यसो भए परमेश्‍वरको उद्देश्य के हो त? के परमेश्‍वरले मानिसको हृदयमा बास गर्न चाहनुहुने र शैतानले बलपूर्वक मानिसमा बास गर्ने र उसलाई आफ्नो बनाउने कुराको बीचमा कुनै भिन्‍नता छ? (छ।) के भिन्‍नता छ? के तँ मलाई स्पष्‍टसँग बताउन सक्छस्? (शैतानले जबरजस्ती गर्छ भने परमेश्‍वरले मानिसलाई स्वेच्छामा छोड्नुहुन्छ।) के भिन्‍नता यही हो त? परमेश्‍वरले तेरो हृदयलाई के गर्न प्रयोग गर्नुहुन्छ? परमेश्‍वर तँमा बास गर्नुको प्रयोजन के हो? “परमेश्‍वर मानिसको हृदयमा बास गर्नुहुन्छ” भन्‍ने कुरालाई तिमीहरूले आफ्नो हृदयमा कसरी बुझ्छौ? परमेश्‍वरको विषयमा हामीले जसरी कुराकानी गर्छौँ त्यसमा हामी निष्पक्ष हुनैपर्छ, अन्यथा मानिसहरूले सधैँ गलत रूपमा मात्र बुझ्‍नेछन् र यस्तो विचार गर्नेछन्: “परमेश्‍वर सधैँ ममा बास गर्न चाहनुहुन्छ। उहाँ केको लागि ममा बास गर्न चाहनुहुन्छ? म आफूमा कोही बास गरेको चाहँदिनँ, म आफै मेरो मालिक बन्‍न चाहन्छु। तपाईं भन्‍नुहुन्छ, शैतान मानिसहरूमा बास गर्छ तर परमेश्‍वर पनि मानिसहरूमा बास गर्नुहुन्छ। के यो उस्तै कुरा होइन र? कोही पनि ममा बास गरेको म चाहँदिनँ। म, म आफै रहन चाहन्छु!” यहाँ के कुरा फरक छ? यसको बारेमा केही विचार गर। म तिमीहरूलाई सोध्छु, के “परमेश्‍वर मानिसमा बास गर्नुहुन्छ” भन्‍ने वाक्य खोक्रो वाक्यांश हो? के परमेश्‍वर मानिसमा बास गर्नुहुन्छ भन्‍नुको अर्थ उहाँ तेरो हृदयमा बास गर्नुहुन्छ र तेरो हरेक वचन र चाललाई नियन्त्रण गर्नुहुन्छ भन्‍ने हो? यदि उहाँले तँलाई बस् भन्‍नुहुन्छ भने के तँ खडा हुने आँट गर्दैनस् र? यदि उहाँले तँलाई पूर्वतिर जा भन्‍नुहुन्छ भने के तँ पश्‍चिमतिर जाने आँट गर्दैनस् र? के “बास” ले यस्तै भाव बुझाउँछ त? (होइन, यस्तो बुझाउँदैन। परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, त्यसअनुसार मानिस जिएको उहाँ चाहनुहुन्छ।) परमेश्‍वरले मानिसको व्यवस्थापन गर्नुभएका यी सारा वर्षहरूभरि, अहिलेको यो अन्तिम चरणसम्म मानिसमा उहाँले गर्नुभएका सारा काममा, उहाँले बोल्‍नुभएका सबै वचनहरूले मानिसमा कस्तो प्रभाव हासिल गरून् भन्‍ने अभिप्राय राखिएको छ? के यो मानिस परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसअनुसार जियोस् भन्‍ने हो? “परमेश्‍वरले मानिसको हृदयमा बास गर्नुहुन्छ” भन्‍ने वाक्यको शाब्दिक अर्थलाई हेर्दा, परमेश्‍वरले मानिसको हृदय लिनुहुन्छ र त्यसमा बास गर्नुहुन्छ र उहाँ बाहिर निस्कनुहुन्‍न जस्तो देखिन्छ; यस्तो लाग्छ, उहाँ मानिसको मालिक बन्‍नुहुन्छ र उहाँले आफ्‍नो इच्छामा मानिसको हृदयमा प्रभुत्व जमाउन र यसलाई आफू खुशी चलाउन सक्‍नुहुन्छ, ताकि परमेश्‍वरले मानिसलाई जे गर्न भन्‍नुहुन्छ, उसले त्यही गर्नुपर्छ। यस अर्थमा त, प्रत्येक व्यक्ति परमेश्‍वर बन्छ र उहाँको सार र स्वभाव हासिल गर्छ जस्तो देखिन्छ। त्यसैले यस सन्दर्भमा, के मानिसले पनि परमेश्‍वरका कार्यहरू गर्न सक्छ? के “बास गर्नु” लाई यस किसिमले परिभाषित गर्न सकिन्छ? (सकिँदैन।) त्यसो भए यो के हो त? म तिमीहरूलाई सोध्छु: परमेश्‍वरले मानिसलाई प्रदान गर्नुहुने सबै वचनहरू र सत्यता के परमेश्‍वरको सार अनि उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको प्रकाश हो? (हो।) यो निश्‍चय नै साँचो हो। तर के परमेश्‍वरले मानिसलाई प्रदान गर्नुहुने सबै वचनहरू उहाँ स्वयम्‌ले अभ्यास गर्नु र उहाँमा निहित हुनु अत्यावश्‍यक छ त? यस विषयमा केही विचार गर। जब परमेश्‍वरले मानिसको न्याय गर्नुहुन्छ, किन उहाँले न्याय गर्नुहुन्छ? यी वचनहरू कसरी अस्तित्वमा हुन आए? उहाँले मानिसको न्याय गर्नुहुँदा बोल्‍नुहुने यी वचनहरूको विषयवस्तु के हुन्? यी के कुरामा आधारित छन्? के यी वचनहरू मानिसको भ्रष्‍ट स्वभावमा आधारित छन्? (हो।) के परमेश्‍वरले मानिसउपर गर्नुहुने न्यायले परमेश्‍वरको सारमा आधारित प्रभाव हासिल गरेको छ? (छ।) के परमेश्‍वरद्वारा “मानिसमा बास” एउटा खोक्रो वाक्यांश हो? निश्‍चय नै होइन। त्यसो भए, किन परमेश्‍वरले मानिसलाई यी वचनहरू भन्‍नुहुन्छ? यी वचनहरू भन्‍नुमा उहाँको उद्देश्य के हो? के उहाँले यी वचनहरूलाई मानिसको जीवनको रूपमा काम गर्ने गरी प्रयोग गर्न चाहनुहुन्छ? (चाहनुहुन्छ।) परमेश्‍वरले यी वचनहरूमा बोल्‍नुभएको यो सत्यतालाई मानिसको जीवनको रूपमा काम गर्ने गरी प्रयोग गर्न चाहनुहुन्छ। जब मानिसले यो सत्यता र परमेश्‍वरको वचनको सबै कुरा ग्रहण गर्छ र तिनीहरूलाई आफ्नो जीवनको रूपमा रूपान्तरित गर्छ, के त्यसपछि मानिस परमेश्‍वरप्रति समर्पित हुन सक्छ? के त्यसपछि मानिसले परमेश्‍वरको भय मान्‍न सक्छ? के त्यसपछि मानिसले दुष्‍टताबाट अलग बस्‍न सक्छ? जब मानिस यो अवस्थामा पुग्‍छ, के त्यसपछि मानिस परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुन सक्छ? के त्यसपछि मानिस आफूलाई परमेश्‍वरको अख्तियारमा समर्पण गर्ने अवस्थामा हुन्छ? जब मानिसहरू अय्यूब वा पत्रुसजस्तै आफ्नो बाटोको अन्तिम बिन्दुमा पुग्छन्, जब तिनीहरूको जीवन परिपक्‍वतामा पुगेको मान्‍न सकिन्छ, जब तिनीहरूसँग परमेश्‍वरको साँचो बुझाइ हुन्छ—के शैतानले अझै पनि तिनीहरूलाई बहकाउन सक्छ? के शैतानले अझै पनि तिनीहरूमा बास गर्न सक्छ? के अझै पनि शैतानले तिनीहरूलाई जबरजस्ती आफ्नो बनाउन सक्छ? (सक्दैन।) त्यसो भए यो कस्तो किसिमको व्यक्ति हो त? के यो परमेश्‍वरले पूर्ण रूपमा प्राप्त गरिसक्‍नुभएको व्यक्ति हो? (हो।) यो तहको अर्थमा, परमेश्‍वरले पूर्ण रूपमा प्राप्त गरिसक्‍नुभएको व्यक्तिलाई तिमीहरू कसरी हेर्छौ? परमेश्‍वरको दृष्टिकोणबाट, यी परिस्थितिहरूमा, उहाँ यो व्यक्तिको हृदयमा अघिबाटै बास गर्नुभएको हुन्छ। तर यो व्यक्तिले कस्तो महसुस गर्छ? परमेश्‍वरका वचनहरू, परमेश्‍वरको अख्तियार, र परमेश्‍वरको मार्ग के यो मानिसभित्रको जीवन बन्छ? अनि के यो जीवनले मानिसको सम्पूर्ण अस्तित्वमा बास गर्छ? के उसले जिउने कुराहरू र उसको सार परमेश्‍वरलाई सन्‍तुष्‍ट बनाउन पर्याप्‍त बन्छन्? परमेश्‍वरको दृष्टिकोणबाट, के यो क्षणमा उहाँ मानिसको हृदयमा बास गर्नुभएको हुन्छ? (हुन्छ।) तिमीहरूले यो तहको अर्थलाई अहिले कसरी बुझ्छौ? के परमेश्‍वरका आत्मा तँमा बास गर्नुहुन्छ? (होइन। परमेश्‍वरको वचन हामीमा बास गर्नुहुन्छ।) परमेश्‍वरको मार्ग र वचन तेरो जीवन बनेको छ, र सत्यता तेरो जीवन बनेको छ। यो समयमा, मानिसले परमेश्‍वरबाट आएको जीवन प्राप्‍त गरेको हुन्छ, तर हामी यो जीवन परमेश्‍वरको जीवन हो भनी भन्‍न सक्दैनौं। अर्को शब्दमा, मानिसले परमेश्‍वरको वचनबाट प्राप्‍त गर्ने जीवनलाई हामी परमेश्‍वरको जीवन भन्‍न सक्दैनौं। त्यसैले, मानिसले परमेश्‍वरलाई जति लामो समयदेखि पछ्याएको भए तापनि, मानिसले परमेश्‍वरबाट जतिसुकै वचन प्राप्‍त गरेको भए तापनि मानिस कहिल्यै पनि परमेश्‍वर बन्‍न सक्दैन। परमेश्‍वरले एक दिन “म तेरो हृदयमा बास गर्छु, अब तैँले मेरो जीवन प्राप्‍त गर्छस्” भनेर भन्‍नुभए तापनि, के तँ त्यसपछि परमेश्‍वर भएको महसुस गर्छस् त? (गर्दिनँ।) त्यसो भए, तँ के बन्छस् त? के तँमा परमेश्‍वरप्रति पूर्ण समर्पण हुनेछैन र? के तेरो हृदय परमेश्‍वरले तँलाई दिनुभएको जीवनले भरिपूर्ण भएको हुँदैन र? परमेश्‍वरले मानिसको हृदयमा बास गर्नुभएपछि के हुनेछ भन्‍ने कुराको यो सामान्य प्रकटीकरण हुनेछ। यथार्थ यही हो। त्यसलाई यो दृष्टिकोणबाट नियाल्दा, के मानिस परमेश्‍वर बन्‍न सक्छ त? जब मानिस परमेश्‍वरका सबै वचनहरूको वास्तविकताअनुसार जिउन सक्षम हुन्छ, र परमेश्‍वरको भय मान्‍ने र दुष्‍टताबाट अलग बस्‍ने व्यक्ति बन्छ, तब के मानिसमा परमेश्‍वरको जीवन सार र पवित्रता हुन सक्छ? बिलकुलै हुन सक्दैन। जे सुकै भए तापनि, यी सबै कुरा भनिसकेपछि र गरिसकेपछि पनि मानिस, मानिस नै हुन्छ। तँ सिर्जित प्राणी होस्; जब तैँले परमेश्‍वरबाट परमेश्‍वरको वचन र परमेश्‍वरको मार्ग प्राप्‍त गरिसकेको हुन्छस्, तँमा परमेश्‍वरका वचनहरूबाट आउने जीवन मात्र हुन्छ, तँ परमेश्‍वरद्वारा प्रशंसा गरिने व्यक्ति बन्छस्, तर तँमा कहिल्यै परमेश्‍वरको जीवन सार हुँदैन, र तँमा परमेश्‍वरको पवित्रता हुने कुरा त झन् सोच्दै नसोचे हुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ४

परमेश्‍वरका दैनिक वचनहरू   अंश १४४

शैतानको परीक्षा (छनौट गरिएका खण्डहरू)

मत्ती ४:१-४  तब उजाड स्थानमा दियाबलसबाट परीक्षा गरिनलाई आत्माले येशूलाई लानुभयो। र उहाँले चालीस दिन र चालीस रात उपवास बसिसक्‍नुभएपछि, उहाँ भोकाउनुभयो। अनि परीक्षा गर्ने उहाँकहाँ आयो र भन्यो, यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी बन्‍ने आदेश दिनुहोस्। तर उहाँले जवाफ दिनुभयो र भन्‍नुभयो, यस्तो लेखिएको छ, मानिस रोटीले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्केको हरेक वचनले बाँच्‍नेछ।

यिनै वचनहरूद्वारा दियाबलसले सुरुमा प्रभु येशूलाई परीक्षा गर्ने प्रयास गर्‍यो। दियाबलसले भनेको कुराको विषयवस्तु के हो? (“यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी बन्‍ने आदेश दिनुहोस्।”) दियाबलसले बोलेका यी वचनहरू निकै सरल छन्, तर के तिनको सारमा कुनै समस्या छ? दियाबलसले भन्यो, “यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने,” तर त्यसको हृदयमा, त्यसलाई येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ भन्‍ने थाहा थियो कि थिएन? उहाँ ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने त्यसलाई थाहा थियो कि थिएन? (त्यसलाई थाहा थियो।) त्यसो भए त्यसले किन “यदि तपाई … हुनुहुन्छ भने” भनेर भन्यो? (त्यसले परमेश्‍वरलाई परीक्षा गर्ने प्रयास गरिरहेको थियो।) तर त्यसले त्यसो गर्नुको उद्देश्य के थियो? त्यसले भन्यो, “यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने।” त्यसको हृदयमा त्यसलाई येशू ख्रीष्‍ट परमेश्‍वरका पुत्र हुनुहुन्छ भन्‍ने थाहा थियो, त्यसको हृदयमा त्यो यसबारे अत्यन्तै स्पष्ट थियो, तर यो कुरा जाने तापनि, के त्यो उहाँमा समर्पित भयो र के त्यसले उहाँको आराधना गर्‍यो? (गरेन।) त्यसले के गर्न चाह्यो? प्रभु येशूलाई रिस उठाउन, अनि त्यसका अभिप्रायहरू अनुसार उहाँलाई मूर्ख बनाई काम गर्न लगाउनको लागि त्यसले यो तरिका र यी वचनहरू प्रयोग गर्न चाहन्थ्यो। के दियाबलसका वचनहरूको पछाडि लुकेको अर्थ यही होइन र? शैतानको हृदयमा, त्यसलाई प्रभु येशू ख्रीष्ट उहाँ नै हुनुहुन्छ भन्‍ने स्पष्टै थाहा थियो, तैपनि त्यसले यी वचनहरू बोल्यो। के यो शैतानको प्रकृति होइन र? शैतानको प्रकृति के हो? (धूर्त र दुष्ट बन्‍नु, र परमेश्‍वरप्रति कुनै डर नहुनु।) परमेश्‍वरप्रति कुनै डर नहुनुबाट के-कस्ता परिणामहरू आउँछन्? के त्यसले परमेश्‍वरलाई आक्रमण गर्न चाहँदैन थियो र? यसले परमेश्‍वरलाई आक्रमण गर्न यो तरिकाको प्रयोग गर्न चाहन्थ्यो, त्यसैले त्यसले भन्यो: “यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी बन्‍ने आदेश दिनुहोस्”; के यो शैतानको दुष्ट अभिप्राय होइन र? त्यसले वास्तवमा के गर्ने प्रयास गरिरहेको थियो? त्यसको उद्देश्य अत्यन्तै स्पष्ट छ: त्यसले प्रभु येशू ख्रीष्टको हैसियत र पहिचानलाई इन्कार गर्नको लागि यो तरिकाको प्रयोग गरिरहेको थियो। शैतानले यी वचनहरूबाट यसो भन्‍न खोजिरहेको थियो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यी ढुङ्गाहरूलाई रोटीमा परिवर्तन गर्नुहोस्। यदि तपाईंले त्यसो गर्न सक्‍नुहुन्‍न भने, तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍न, त्यसकारण तपाईंले अब उप्रान्त आफ्‍नो काम गर्नु हुँदैन।” के यही होइन त? त्यसले परमेश्‍वरलाई आक्रमण गर्नको लागि यो तरिकाको प्रयोग गर्न चाहन्थ्यो, त्यसले परमेश्‍वरको कार्यलाई चकनाचूर पार्न र नष्ट गर्न चाहन्थ्यो; शैतानको दुराशय यही हो। त्यसको दुराशय नै त्यसको प्रकृतिको स्वभाविक अभिव्यक्ति हो। प्रभु येशू ख्रीष्ट परमेश्‍वरका पुत्र हुनुहुन्छ, परमेश्‍वर स्वयम्‌को देहधारण हुनुहुन्छ भन्‍ने त्यसलाई थाहा भएको भए पनि त्यसले यस प्रकारको कार्य नगरी त्यो बस्‍न सकेन र परमेश्‍वरलाई नजिकबाटै पिछा गर्ने, उहाँलाई निरन्तर आक्रमण गर्ने र परमेश्‍वरको कार्यलाई बाधा दिन र तोड्नका लागि धेरै प्रयास गर्ने गरिरह्यो।

अब हामी, शैतानले बोलेको यो वाक्यलाई विश्‍लेषण गरौँ: “यी ढुङ्गाहरूलाई रोटी बन्‍ने आदेश दिनुहोस्।” ढुङ्गाहरूलाई रोटीमा परिवर्तन गर्नु—के यसको कुनै अर्थ छ? यदि खानेकुरा छ भने, त्यसैलाई किन नखाने? किन ढुङ्गाहरूलाई खानेकुरामा परिवर्तन गर्नु आवश्यक छ? के यसको कुनै अर्थ छैन भनेर भन्‍न सकिन्छ? यो बेला प्रभु येशू उपवास बसिरहनुभएको भए तापनि, अवश्य नै उहाँसँग खानको लागि खानेकुरा थियो? (उहाँसँग थियो।) त्यसो भए, यहाँ हामी शैतानका वचनहरूको मूर्खतालाई देख्‍न सक्छौं। शैतानको सबै विश्‍वासघात र बदख्वाइँको बाबजुत पनि, हामी त्यसको मूर्खता र निरर्थकतालाई देख्छौं। शैतानले त्यस्ता विभिन्‍न कुराहरू गर्छ जसद्वारा तैँले त्यसको दुर्भावनापूर्ण प्रकृतिलाई देख्‍न सक्छस्; त्यसले परमेश्‍वरको कार्यलाई तोड्ने विभिन्‍न कुराहरू गरिरहेको देख्‍न सक्छस्, अनि यसलाई देखेर, तैँले त्यो घृणास्पद र रिस उठ्दो छ भन्‍ने अनुभव गर्छस्। तर, अर्कोतर्फ, के त्यसका वचनहरू र कार्यहरूका पछाडि तैँले मूर्खतापूर्ण, हास्यास्पद प्रकृतिलाई देख्दैनस्? शैतानको प्रकृति सम्‍बन्धी प्रकाश यही हो; त्यसको प्रकृति नै यही भएकोले, त्यसले यस्तै प्रकारको काम गर्नेछ। आजका मानिसहरूका लागि, शैतानका यी वचनहरू निरर्थक र हाँसउठ्दो छन्। तर शैतानले त्यस्ता वचनहरू बोल्‍न सक्छ। के त्यो अज्ञानी र विवेकहीन छ भनेर हामी भन्‍न सक्छौँ? शैतानको दुष्टता जताततै छ र यसलाई निरन्तर रूपमा प्रकट गरिँदैछ। अनि प्रभु येशूले त्यसलाई कसरी जवाफ दिनुभयो? (“मानिस रोटीले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्केको हरेक वचनले बाँच्‍नेछ।”) के यी वचनहरूमा कुनै शक्ति छ? (छ।) तिनमा शक्ति छ भनेर हामी किन भन्छौँ? किनभने यी वचनहरू सत्यता हुन्। अब, के मानिस रोटीले मात्रै बाँच्‍न सक्छ? प्रभु येशू चालीस दिन र चालीस रातसम्‍म उपवास बस्‍नुभयो। के उहाँ भोकले मर्नुभयो? उहाँ भोकले मर्नुभएन, त्यसकारण उहाँलाई यस्ता कुराहरू भनेर ढुङ्गाहरूलाई खानेकुरामा परिवर्तन गर्नको लागि उहाँलाई उक्साउन शैतान उहाँकहाँ गयो: “यदि तपाईंले ढुङ्गाहरूलाई खानेकुरामा परिवर्तन गर्नुभयो भने, खानका लागि तपाईंसँग यी कुराहरू हुनेछैनन् र? त्यसपछि तपाईंले उपवास बस्‍नु पर्दैन, भोकै बस्‍नु पर्दैन, होइन र?” तर प्रभु येशूले भन्‍नुभयो, “मानिस रोटीले मात्र बाँच्‍दैन,” जसको अर्थ मानिस भौतिक शरीरमा जिए तापनि, उसको भौतिक शरीरलाई बाँच्‍न र सास फेर्न दिने त खाने कुरा होइन, बरु परमेश्‍वरको मुखबाट उच्चारित हरेक वचनहरू हुन्। एकतर्फ, यी वचनहरू सत्य हुन्; परमेश्‍वरमा तिनीहरूले भरोसा गर्न सक्छन् अनि सत्यता उहाँ नै हुनुहुन्छ भन्‍ने अनुभव गराउँदै यी वचनहरूले मानिसहरूलाई विश्‍वास दिलाउँछ। अर्कोतर्फ, के यी वचनहरूको व्यवहारिक पक्ष छ? चालीस दिन र चालीस रात उपवास बसिसकेपछि, के प्रभु येशू अझै खडा हुनुहुन्नथ्यो र, अझै जीवित हुनुहुन्नथ्यो र? के यो वास्तविक उदाहरण होइन र? उहाँले चालीस दिन र चालीस रातसम्‍म कुनै पनि खानेकुरा खानुभएको थिएन, तर उहाँ अझै पनि जीवितै हुनुहुन्थ्यो। यो उहाँका वचनहरूको सत्यतालाई पुष्टि गर्ने शक्तिशाली प्रमाण हो। यी वचनहरू सरल छन्, तैपनि प्रभु येशूको हकमा भन्दा, शैतानले उहाँको परीक्षा गर्दा मात्रै उहाँले ती बोल्‍नुभयो कि ती पहिले नै प्राकृतिक रूपमै उहाँको भाग बनिसकेका थिए? यसलाई अर्को तरिकाले भन्दा, परमेश्‍वर नै सत्यता हुनुहुन्छ, अनि परमेश्‍वर नै जीवन हुनुहुन्छ, तर के परमेश्‍वरको सत्यता र जीवन त्यसपछि थपिएका कुराहरू थिए? के ती पछिका अनुभवबाट पैदा भएका थिए? होइन—परमेश्‍वरमा ती अन्तर्निहित रूपमै छन्। भन्‍नुको अर्थ, सत्यता र जीवन परमेश्‍वरका सार हुन्। उहाँलाई जेसुकै भए तापनि, उहाँले प्रकट गर्नुहुने सबै कुरा सत्यता नै हो। यो सत्यता, यी वचनहरूले—उहाँको बोलीको विषयवस्तु लामो भए पनि छोटो भए पनि—मानिसलाई जिउन सक्षम तुल्याउन सक्छन् र तिनले मानिसलाई जीवन दिन्छन्; तिनले मानिसहरूलाई सत्यता अनि मानव जीवनको मार्गको बारेमा स्पष्टता हासिल गर्न, र तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास राख्‍न सक्षम तुल्याउँछन्। अर्को शब्‍दमा भन्दा, परमेश्‍वरले प्रयोग गर्नुभएका यी वचनहरूको स्रोत सकारात्मक छ। त्यसकारण के हामी यो सकारात्मक कुरा पवित्र छ भनेर भन्‍न सक्छौँ? (सक्छौँ।) शैतानका ती वचनहरू शैतानको प्रकृतिबाट आउँछन्। शैतानले त्यसको दुष्टता र त्यसको दुर्भावनापूर्ण स्वभाव जताततै, निरन्तर रूपमा प्रकट गर्छ। अब, के शैतानले प्राकृतिक रूपमै यिनलाई प्रकट गर्छ? के कसैले त्यसलाई यसो गर्न निर्देशन दिन्छ? के कसैले त्यसलाई सहायता गर्छ? के कसैले त्यसलाई बाध्य गर्छ? गर्दैन। यी सबै कुराहरू त्यसले आफ्‍नै इच्‍छाले प्रकट गर्छ। यो शैतानको दुष्ट प्रकृति हो। परमेश्‍वरले जे गर्नुभए पनि र उहाँले यो जसरी गर्नुभए पनि, शैतानले उहाँलाई नजिकबाट पछ्याउँछ। शैतानले भन्‍ने र गर्ने यी कुराहरूको सार र साँचो प्रकृति नै शैतानको सार हो—त्यो सार जुन दुष्ट र दुर्भावनापूर्ण छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५

परमेश्‍वरका दैनिक वचनहरू   अंश १४५

शैतानको परीक्षा (छनौट गरिएका खण्डहरू)

मत्ती ४:५-७  त्यसपछि दियाबलसले उहाँलाई पवित्र सहरमा लैजान्छ र उहाँलाई मन्दिरको शिरमा खडा गराउँछ अनि उहाँलाई भन्छ, यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने आफैलाई तल फाल्नुहोस्: किनकि यस्तो लेखिएको छ, उहाँले स्वर्गदूतहरूलाई तेरो लागि अह्राउनुहुनेछ: र तिनीहरूले तिमीलाई तिनीहरूका हातहरूमा उठाउनेछन्, नत्रता कुनै पनि बेला तिमीले तिम्रो खुट्टा ढुङ्गामा ठोकाउँछौ। येशूले त्यसलाई भन्‍नुभयो, यस्तो लेखिएको छ, तैँले परमप्रभु तेरा परमेश्‍वरको परीक्षा नगर्नू।

सुरुमा हामी शैतानले यहाँ बोलेको वचनहरूलाई नै हेरौं। शैतानले भन्यो, “यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने आफैलाई तल फाल्नुहोस्,” अनि यसले पवित्र-शास्‍त्रबाट उद्धृत गर्‍यो: “उहाँले स्वर्गदूतहरूलाई तेरो लागि अह्राउनुहुनेछ: र तिनीहरूले तिमीलाई तिनीहरूका हातहरूमा उठाउनेछन्, नत्रता कुनै पनि बेला तिमीले तिम्रो खुट्टा ढुङ्गामा ठोकाउँछौ।” जब तँ शैतानका वचनहरू सुन्छस् तँलाई कस्तो अनुभव हुन्छ? के ती अत्यन्तै मूर्खतापूर्ण छैनन् र? ती मूर्खतापूर्ण, निरर्थक, र घृणास्पद छन्। म किन यसो भन्छु? शैतानले प्रायजसो मूर्ख कुराहरू गर्छ, अनि त्यसले आफैलाई अत्यन्तै चलाख ठान्छ। परमेश्‍वरको कामको योजनालाई तोड्ने आफ्‍नो उद्देश्य हासिल गर्ने प्रयास गर्दै उहाँलाई आक्रमण गर्न र उहाँलाई परीक्षा गर्न यी वचनहरूलाई परमेश्‍वरकै विरुद्ध प्रयोग गर्न त्यसले प्रायजसो धर्मशास्‍त्रका खण्डहरू उद्धृत गर्छ, चाहे त्यो परमेश्‍वर स्वयम्‌ले बोल्‍नुभएको वचन नै किन नहोस्। के शैतानले बोलेका यी वचनहरूमा तैँले कुनै कुरा देख्‍न सक्छस्? (शैतानले दुष्ट अभिप्रायहरू राख्छ।) शैतानले गर्ने सबै कुरामा, त्यसले सधैँ मानवजातिलाई परीक्षा गर्न खोजेको छ। शैतान सोझो रूपमा बोल्दैन, तर परीक्षा, उक्साहट, र प्रलोभनको प्रयोग गरेर घुमाउरो पारामा बोल्छ। परमेश्‍वर पनि अज्ञानी, मूर्ख, अनि मानिसजस्तै काम-कुराहरूको साँचो रूपलाई स्पष्ट रूपमा छुट्याउन नसक्‍ने हुनुहुन्छ भन्‍ने विश्‍वास गर्दै, शैतानले उहाँ सामान्य मानवजाति नै हुनुहुन्छ झैँ गरी परमेश्‍वरको परीक्षा गर्छ। शैतानले के ठान्छ भने, परमेश्‍वर र मानिस दुवैले त्यसको सारलाई अनि त्यसको धोका र त्यसको कुटिल अभिप्रायलाई देख्‍न सक्‍दैनन्। के शैतानको मूर्खता यही होइन र? यसको साथै, शैतानले धर्मशास्‍त्रका खण्डहरूबाट उद्धृत गर्दा त्यसले विश्‍वसनीयता दिलाउँछ र तैँले त्यसका वचनहरूमा भएको कुनै पनि त्रुटिलाई भेट्टाउन वा मूर्ख हुनबाट बच्न सक्‍नेछैनस् भन्‍ने विश्‍वास गर्दै, खुलस्त रूपमा धर्मशास्‍त्रका खण्डहरू उद्धृत गर्छ। के शैतानको बेवकुफी र मूर्खता यही होइन र? यो मानिसहरूले सुसमाचार फैलाउँदा अनि परमेश्‍वरको साक्षी दिँदाको जस्तै छ: के कहिलेकहीँ गैर-विश्‍वासीहरूले पनि शैतानले जस्तै कुरा गर्दैनन् र? के मानिसहरूले यस्तै कुरा भनेको तिमीहरूले सुनेका छौ? त्यस्ता कुराहरू सुन्दा तँलाई कस्तो महसुस हुन्छ? के तँलाई वाक्‍क लाग्छ? (हो।) जब तँलाई वाक्‍क लाग्छ, तब के तँलाई द्वेष र घृणाको पनि महसुस हुन्छ? जब तँमा यस्ता भावनाहरू आउँछन् तब के तैँले शैतान र शैतानले मानिसमा हालिदिने भ्रष्ट स्वभाव दुष्ट छन् भन्‍ने पहिचान गर्न सक्छस्? तेरो हृदयमा, तैँले कहिल्यै यस्तो महसुस गर्छस्: “जब शैतान बोल्छ, त्यसले आक्रमण र परीक्षा गर्न त्यसो गर्छ; शैतानका वचनहरू निरर्थक, हाँसउठ्दो, मूर्खतापूर्ण, र घिनलाग्दा छन्; तैपनि, परमेश्‍वरले कहिल्यै पनि त्यसरी बोल्‍ने वा काम गर्ने गर्नुहुन्‍न, अनि वास्तवमा नै उहाँले कहिल्यै पनि त्यसो गर्नुभएको छैन”? अवश्य नै, यस परिस्थितिमा मानिसहरूले यसलाई हल्‍का रूपमा मात्रै अनुभूति गर्न सक्छन्, अनि तिनीहरू परमेश्‍वरको पवित्रतालाई बुझ्‍न नसक्‍ने नै रहन्छन्। तिमीहरूको हालको कदद्वारा, तिमीहरूले यो मात्रै अनुभव गर्छौ: “परमेश्‍वरले जे भन्‍नुहुन्छ त्यो सबै सत्यता हो, त्यो हाम्रो लागि फाइदाजनक छ, अनि हामीले त्यसलाई स्वीकार गर्नैपर्छ।” तिमीहरूले यसलाई स्वीकार गर्न सके पनि नसके पनि, तैँले परमेश्‍वरको वचन सत्य छ अनि परमेश्‍वर सत्य हुनुहुन्छ भनेर भन्छस् भन्‍नेमा कुनै अपवाद छैन, तर सत्य आफै नै पवित्र छ अनि परमेश्‍वर पवित्र हुनुहुन्छ भन्‍ने तँलाई थाहा छैन।

त्यसोभए, शैतानका यी वचनहरूप्रति येशूको प्रतिक्रिया के थियो? येशूले त्यसलाई भन्‍नुभयो, “यस्तो लेखिएको छ, तैँले परमप्रभु तेरा परमेश्‍वरको परीक्षा नगर्नू।” के येशूले भन्‍नुभएका यी वचनहरूमा सत्यता छ? अवश्य नै छ। झट्ट हेर्दा, यी वचनहरू मानिसहरूले पालन गर्नुपर्ने आज्ञा, सरल वाक्य मात्रै हुन्, तैपनि, मानिस र शैतान दुवैले प्रायजसो यी वचनहरू उल्‍लङ्घन गरेका छन्। त्यसैले, प्रभु येशूले शैतानलाई भन्‍नुभयो, “तैँले परमप्रभु तेरा परमेश्‍वरको परीक्षा नगर्नू,” किनभने शैतानले अथक रूपमा प्रायजसो यसै गर्थ्यो, र शैतानले धृष्टतापूर्वक र निर्लज्ज रूपमा यसो गर्‍यो भनेर भन्‍न सकिन्छ। परमेश्‍वरदेखि नडराउनु अनि परमेश्‍वरको डर मान्‍ने हृदय नहुनु शैतानको प्रकृति सारमै भएको कुरा हो। शैतान परमेश्‍वरको छेउमा खडा भएर उहाँलाई देख्‍न सक्दा समेत परमेश्‍वरलाई जाँच नगरीकन बस्‍न सकेन। त्यसकारण, प्रभु येशूले शैतानलाई भन्‍नुभयो, “तँ परमप्रभु तेरा परमेश्‍वरको परीक्षा नगर्नू।” परमेश्‍वरले शैतानलाई प्रायः भन्‍नुभएका वचनहरू यिनै हुन्। त्यसोभए, के यस वाक्यलाई वर्तमान दिनमा लागू गर्नु उचित हुन्छ? (हुन्छ, किनभने हामी पनि प्रायः परमेश्‍वरलाई जाँच्छौँ।) किन मानिसहरू प्रायः परमेश्‍वरलाई जाँच्छन्? मानिसहरू शैतानका भ्रष्ट स्वभावहरूले भरिएकाले यस्तो भएको होइन र? (हो।) त्यसोभए माथिका शैतानका वचनहरू मानिसहरूले प्रायजसो भन्‍ने कुरा होइनन् र? अनि मानिसहरू कस्ता परिस्थितिहरूमा यी वचनहरू बोल्छन्? मानिसहरूले यस्ता कुराहरू जुनसुकै समय र स्थानमा भन्दै आइरहेका छन् भनेर भन्‍न सकिन्छ। यसले मानिसहरूको स्वभाव शैतानका भ्रष्ट स्वभावहरूभन्दा फरक छैन भन्‍ने कुरा प्रमाणित गर्छ। प्रभु येशूले केही सरल वचन, सत्यतालाई प्रतिनिधित्व गर्ने वचनहरू, मानिसहरूलाई चाहिने वचनहरू बोल्‍नुभयो। तर, के प्रभु येशू शैतानसँग अलिकति पनि तर्क गरिरहनुभएको थियो त? उहाँले शैतानलाई भन्‍नुभएको कुरामा कुनै टकरावपूर्ण कुरा थियो? (थिएन।) प्रभु येशूले आफ्‍नो हृदयमा शैतानको जाँचबारे कस्तो महसुस गर्नुभयो? के उहाँले घिन र घृणा महसुस गर्नुभयो? प्रभु येशूले घिन र घृणा महसुस गर्नुभयो, तैपनि उहाँले शैतानसँग तर्क गर्नुभएन, झन् उहाँले कुनै पनि महान् सिद्धान्तहरूबारे बोल्‍नु त परै जाओस्। किन त्यसो भयो? (किनभने शैतान सधैँ यस्तै हो; त्यो कहिल्यै परिवर्तन हुन सक्दैन।) के शैतानसँग तर्क गर्न सकिँदैन भनेर भन्‍न सकिन्छ? (सकिन्छ।) के शैतानले परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर पहिचान गर्न सक्छ? शैतानले परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर कहिल्यै पहिचान गर्नेछैन अनि परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर कहिल्यै स्वीकार गर्नेछैन; त्यसको प्रकृति नै त्यही हो। शैतानको प्रकृतिको अझै अर्को घिनलाग्दो पक्ष पनि छ। त्यो के हो? प्रभु येशूलाई जाँच्ने प्रयासमा, शैतानले आफू सफल नभए पनि, त्यसो गर्ने प्रयास गर्ने विचार गर्‍यो। त्यसले आफूलाई दण्डित गरिने भए पनि जाँच गर्थ्यो। त्यसले त्यसो गरेर आफूले कुनै पनि फाइदा प्राप्त नगरे पनि, अन्त्यसम्‍मै आफ्‍नो प्रयासमा दृढ रहँदै र परमेश्‍वरको विरोध गर्दै जाँच गर्थ्यो। यो कस्तो प्रकृति हो? के यो दुष्टता होइन र? मानौँ परमेश्‍वरलाई उल्लेख गरिँदा कुनै व्यक्ति अत्यन्तै क्रोधले रातो हुन्छ वा रिसाउँछ: के उसले परमेश्‍वरलाई देखेको छ? के उसलाई परमेश्‍वर को हुनुहुन्छ भनी थाहा छ? उसलाई परमेश्‍वर को हुनुहुन्छ भनी थाहा छैन, ऊ उहाँमा विश्‍वास गर्दैन, परमेश्‍वरले ऊसँग बोल्नुभएको छैन, र परमेश्‍वरले उसलाई कहिल्यै रिस उठाउनुभएको छैन—त्यसोभए ऊ किन रिसाउँछ? के हामी यो व्यक्ति दुष्ट हो भन्न सक्छौँ? सांसारिक प्रवृत्तिहरू, खानपान, र सुखचैनको खोजी, अनि सेलिब्रेटीहरूको पूजा—यीमध्ये कुनै पनि कुराले त्यस्तो व्यक्तिलाई रिस उठाउँदैन। तर, “परमेश्‍वर” भन्‍ने शब्द वा परमेश्‍वरका वचनहरूको सत्यताको उल्लेख गर्नेबित्तिकै, ऊ रिसाउँछ। के यो दुष्ट प्रकृति हुनु होइन र? यो उनीहरूको दुष्ट प्रकृति हो भनी प्रमाणित गर्न यो नै पर्याप्त छ। तिमीहरू कहिल्यै यस्ता समयहरू अनुभव गर्छौ कि गर्दैनौ भन्नेबारे सोच: सत्यता उल्‍लेख हुँदा, वा मानिसलाई परमेश्‍वरले गर्नुभएका परीक्षाहरू वा मानिसलाई न्याय गर्ने परमेश्‍वरका वचनहरू उल्‍लेख हुँदा, तिमीहरूलाई विकर्षण र एक प्रकारको घृणा महसुस हुन्छ, र तिमीहरूलाई त्यस्ता कुराहरू सुन्न मन लाग्दैन, र तिमीहरू सोच्छौ, “के सबै मानिसले परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर भन्दैनन् र? उहाँका कतिपय वचन सत्यता होइनन्! ती त स्पष्ट रूपमै मानिसप्रतिका परमेश्‍वरका हप्कीका वचनहरू मात्रै हुन्!” तिमीहरूमध्ये कति त आफ्‍नो हृदयमा वितृष्णा समेत महसुस गरेर यस्तो सोच्छौ, “यसबारे त दिनहुँ बोलिन्छ—उहाँका परीक्षाहरू, उहाँको न्याय, यो कहिले सकिन्छ? हामीले कहिले असल गन्तव्य प्राप्त गर्नेछौँ?” यो बुझ्नै नसकिने रिस कहाँबाट आउँछ भन्‍ने नै थाहा हुँदैन। यो कस्तो प्रकारको प्रकृति हो? (दुष्ट प्रकृति।) यसलाई शैतानको दुष्ट प्रकृतिले निर्देशित गर्छ। शैतानको दुष्ट प्रकृति र मानिसको भ्रष्ट स्वभावलाई परमेश्‍वरको दृष्टिकोणबाट हेर्दा, उहाँले कहिल्यै पनि मानिसहरूसँग विवाद गर्ने वा तिनीहरूका विरुद्ध ईख राख्‍ने गर्नुहुन्‍न, अनि मानिसहरूले मूर्खतापूर्ण काम गर्दा उहाँले कहिल्यै पनि कोलाहल मच्‍चाउनुहुन्‍न। परमेश्‍वरले वस्तुहरूप्रति र मानवजातिप्रति उस्तै दृष्टिकोणहरू राख्‍नुभएको तैँले कहिल्यै देख्‍नेछैनस्, यसको साथै, समस्याहरूलाई सम्‍हाल्‍नका लागि उहाँले मानवजातिको दृष्टिकोण, ज्ञान, विज्ञान, दर्शनशास्‍त्र वा कल्‍पनाको प्रयोग गरेको तैँले कहिल्यै देख्‍नेछैनस्। बरु, परमेश्‍वरले गर्नुहुने सबै कुरा अनि उहाँले प्रकट गर्नुहुने सबै कुरा सत्यतासँग गाँसिएको हुन्छ। अर्थात्, उहाँले भन्‍नुभएको हरेक वचन अनि उहाँले गर्नुभएको हरेक कार्य सत्यतासँग बाँधिएको हुन्छ। यो सत्यता कुनै आधारहीन कल्‍पनाको उपज होइन; परमेश्‍वरले उहाँको सार र उहाँको जीवनको सद्गुणद्वारा यो सत्यता र यी वचनहरूलाई व्यक्त गर्नुहुन्छ। यी वचनहरू अनि परमेश्‍वरले गर्नुभएको हरेक कुराको सार सत्यता नै भएकोले, परमेश्‍वरको सार पवित्र छ भनेर हामी भन्‍न सक्छौं। अर्को शब्‍दमा भन्दा, परमेश्‍वरले भन्‍नुहुने अनि गर्नुहुने सबै कुराले मानिसहरूमा जीवन-शक्ति र ज्योति ल्याउँछ, मानिसहरूलाई सकारात्मक कुराहरू अनि ती सकारात्मक कुराहरूको वास्तविकतालाई देख्‍ने तुल्याउँछ, अनि मानवजातिको लागि मार्ग देखाउँछ ताकि तिनीहरू सही मार्गमा हिँड्न सकून्। यी सबै कुराहरूलाई परमेश्‍वरको सार र उहाँको पवित्रताको सारले निर्धारित गरेका हुन्छन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५

परमेश्‍वरका दैनिक वचनहरू   अंश १४६

शैतानको परीक्षा (छनौट गरिएका खण्डहरू)

मत्ती ४:८-११  फेरि, दियाबलसले उहाँलाई एकदमै अग्लो पहाडमा लैजान्छ र संसारका राज्यहरू र तिनको महिमा देखाउँछ; अनि उहाँलाई भन्यो, यदि तपाईंले लम्‍पसार परेर मेरो आराधना गर्नुभयो भने, म तपाईंलाई यी सबै थोक दिनेछु। तब येशूले त्यसलाई भन्‍नुभयो, यहाँबाट गइहाल्, शैतान: किनकि यस्तो लेखिएको छ, तैँले परमप्रभु तेरा परमेश्‍वरको आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू। तब दुष्टले उहाँलाई छोड्यो र स्वर्गदूतहरू आएर उहाँको सेवा गरे।

आफ्ना अघिल्‍ला दुई षड्यन्त्रमा असफल भइसकेपछि, दियाबलस शैतानले फेरि अर्को प्रयास गर्‍यो: त्यसले संसारका सबै राज्य र तिनको महिमा प्रभु येशूलाई देखायो अनि उहाँलाई आफ्नो आराधना गर्न भन्यो। यस परिस्थितिबाट तिमीहरू दियाबलसको साँचो मुहारबारे के देख्‍न सक्छौ? के दियाबलस शैतान पूर्णतया निर्लज्ज छैन र? (छ।) यो कसरी निर्लज्ज छ? परमेश्‍वरले नै यावत् थोक सृष्टि गर्नुभएको थियो, तैपनि शैतानले फर्केर परमेश्‍वरलाई यावत् थोक देखायो अनि भन्यो, “यी सबै राज्यका सम्पत्ति र महिमा हेर। यदि तिमीले मेरो आराधना गर्‍यौ भने म ती सबै तिमीलाई दिनेछु।” के यो भूमिकालाई पूर्ण रूपमा उल्ट्याउनु होइन र? के शैतान निर्लज्ज छैन र? परमेश्‍वरले नै यावत् थोक सृष्टि गर्नुभयो, तर के उहाँ यी कुराहरूको आनन्द लिनुहुन्छ? परमेश्‍वरले यावत् थोक मानवजातिलाई प्रदान गर्नुभयो, तर शैतान ती जफत गर्न चाहन्थ्यो अनि ती जफत गरिसकेपछि, त्यसले परमेश्‍वरलाई भन्यो, “मेरो आराधना गर! मेरो आराधना गर अनि म यो सबै तिमीलाई दिनेछु।” शैतानको कुरूप अनुहार यही हो; यो पूर्ण रूपमा निर्लज्ज छ! शैतानलाई “लाज” भन्‍ने शब्‍दको अर्थ समेत थाहा छैन। यो त्यसको दुष्टताको अर्को उदाहरण मात्रै हो। त्यसलाई लाज के हो भन्‍ने समेत थाहा छैन। परमेश्‍वरले यावत् थोक सृष्टि गर्नुभयो र उहाँ यावत् थोकको व्यवस्थापन गर्नुहुन्छ अनि तीमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्‍ने कुरा शैतानलाई स्पष्टै थाहा छ। त्यसलाई यावत् थोक मानिसका होइनन्, अनि शैतानका त झन् हुँदै होइनन्, बरु परमेश्‍वरका हुन् भन्ने कुरा थाहा छ, तैपनि दियाबलस शैतानले धृष्टतापूर्वक ती यावत् थोक परमेश्‍वरलाई दिने भनेर भन्यो। के यो शैतानले बेतुके र निर्लज्ज तरिकाले कार्य गरेको अर्को उदाहरण होइन र? यसले गर्दा परमेश्‍वरले शैतानलाई अझै बढी घृणा गर्नुभयो, गर्नुभएन र? तैपनि शैतानले जस्तोसुकै प्रयास गरे पनि, के प्रभु येशू मूर्ख हुनुभयो त? प्रभु येशूले के भन्‍नुभयो? (“तैँले परमप्रभु तेरा परमेश्‍वरको आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू।”) के यी वचनहरूको व्यावहारिक अर्थ छ? (छ।) कस्तो व्यावहारिक अर्थ? हामीले शैतानको बोलीमा त्यसको दुष्टता र निर्लज्जता देख्छौं। तसर्थ यदि मानिसले शैतानको आराधना गर्‍यो भने, परिणाम के हुनेछ? के उसले सबै राज्यको सम्पत्ति र महिमा प्राप्त गर्नेछ? (गर्नेछैन।) उसले के प्राप्त गर्नेछ? के ऊ शैतानजत्तिकै निर्लज्ज र हाँसउठ्दो बन्‍नेछ? (हो।) ऊ शैतानभन्दा फरक हुनेछैन। त्यसकारण, प्रभु येशूका यी वचनहरू हरेक व्यक्तिका लागि महत्त्वपूर्ण छन्: “तैँले परमप्रभु तेरा परमेश्‍वरको आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू।” यसको अर्थ के हो भने, यदि तैँले प्रभुको बाहेक, परमेश्‍वर स्वयम्‌को बाहेक, अर्कैको सेवा गरिस् भने, यदि तैँले दियाबलस शैतानको आराधना गरिस् भने, तँ पनि शैतान डुबेकै फोहोरमा डुब्‍नेछस्। त्यसपछि तँ शैतानको निर्लज्जता र त्यसको दुष्टतामा सहभागी हुनेछस्, अनि शैतान जस्तै तँ पनि परमेश्‍वरलाई जाँच्नेछस् र आक्रमण गर्नेछस्। त्यसपछि तेरा लागि परिणाम के हुनेछ? तँलाई परमेश्‍वरले घृणा गर्नुहुनेछ, परमेश्‍वरले ढाल्नुहुनेछ, र नाश गर्नुहुनेछ। शैतानले प्रभु येशूलाई कुनै सफलताबिनै केही पटक जाँचेपछि, के त्यसले फेरि प्रयास गर्‍यो त? शैतानले फेरि प्रयास गरेन, अनि त्यसपछि त्यो गयो। यसले के प्रमाणित गर्छ? यसले शैतानको दुष्ट प्रकृति, त्यसको दुर्भावना, अनि त्यसको बेतुकेपन र निरर्थकता परमेश्‍वरको सामुन्ने उल्‍लेख गर्न समेत योग्य छैनन् भन्‍ने प्रमाणित गर्छ। प्रभु येशूले केवल तीन वाक्यले शैतानलाई हराउनुभयो, त्यसपछि लाजले अनुहार देखाउन नसकी आफ्‍नो पुच्छर लुरुक्‍क पारेर, त्यो दगुरेर गयो, अनि प्रभु येशूलाई फेरि कहिल्यै जाँचेन। प्रभु येशूले शैतानको यो जाँचलाई जित्‍नुभएको हुनाले, उहाँले त्यस उप्रान्त आफूले गर्नुपर्ने काम र आफूले वहन गर्नुपर्ने कामलाई बिना कुनै रोकटोक निरन्तरता दिन सक्‍नुभयो। के प्रभु येशूले यस परिस्थितिमा गर्नुभएका र भन्‍नुभएका सबै कुराले वर्तमान दिनमा हरेक व्यक्तिका लागि कुनै व्यावहारिक अर्थ बोक्छ? (बोक्छ।) कस्तो व्यावहारिक अर्थ? के शैतानलाई हराउनु सहज कुरा हो? के मानिसहरूसँग शैतानको दुष्ट प्रकृतिबारे स्पष्ट बुझाइ हुनैपर्छ? के मानिसहरूसँग शैतानका जाँचबारे सटीक बुझाइ हुनैपर्छ? (हुनुपर्छ।) यदि तैँले शैतानका जाँचहरू अनुभव गर्दा शैतानको दुष्ट प्रकृति छर्लङ्ग देख्‍न सकिस् भने, के तँ त्यसलाई हराउन सक्‍नेछैनस्? यदि तँलाई शैतानको बेतुकेपन र वाहियातपन थाहा छ भने, के तँ अझै पनि शैतानको पक्षमा खडा भएर परमेश्‍वरलाई आक्रमण गर्नेछस्? यदि तैँले शैतानको दुर्भावना र निर्लज्जता आफूमा प्रकट हुन्छ भन्‍ने बुझिस् भने—यदि तैँले यो तथ्य स्पष्ट रूपमा पहिचान गरिस् र बुझिस् भने—के तँ अझै पनि यसरी परमेश्‍वरलाई आक्रमण गर्नेछस् र जाँच्नेछस्? (अहँ, हामी गर्नेछैनौँ।) तिमीहरू के गर्नेछौ? (हामी शैतानको विरुद्धमा विद्रोह गर्नेछौँ त्यसलाई फाल्नेछौँ।) के यसो गर्नु सजिलो छ? यो सजिलो छैन। यसो गर्नका लागि, मानिसहरूले बारम्‍बार प्रार्थना गर्नैपर्छ, तिनीहरू बारम्बार परमेश्‍वरसामु आउनैपर्छ अनि आफैलाई जाँच्‍नैपर्छ। अनि तिनीहरूले परमेश्‍वरको ताडना र उहाँको न्याय अनि सजाय आफूमाथि आइपर्न दिनैपर्छ। यसरी मात्रै मानिसहरूले आफूलाई शैतानद्वारा भ्रममा पारिन र नियन्त्रित हुनबाट बिस्तारै मुक्त गर्न सक्‍नेछन्।

अब, शैतानले बोलेका यी वचनहरूलाई हेरेर, हामी शैतानको सार निर्माण गर्ने कुराहरूलाई सारांशित गर्नेछौँ। पहिलो, सामान्यतया शैतानको सार दुष्ट छ भनेर भन्‍न सकिन्छ, जुन परमेश्‍वरको पवित्रताको विपरीत हो। शैतानको सार दुष्ट छ भनेर म किन भन्छु त? यस प्रश्‍नको उत्तर दिनको लागि, मानिसहरूलाई शैतानले जे गर्छ त्यसका परिणामहरूलाई छानबिन गर्नुपर्छ। शैतानले मानिसलाई भ्रष्ट तुल्याउँछ र नियन्त्रण गर्छ, अनि मानिसले शैतानको भ्रष्ट स्वभावको अधीनमा काम गर्छ, अनि ऊ शैतानले भ्रष्ट तुल्याएका मानिसहरूको संसारमा जिउँछ। पत्तै नपाई मानवजातिलाई शैतानले नियन्त्रण गर्छ र आफूमा समाहित गराउँछ; त्यसकारण, मानिसमा शैतानको भ्रष्ट स्वभाव हुन्छ, जुन शैतानको प्रकृति हो। शैतानले भनेको र गरेको सबै कुराबाट, के तिमीहरूले त्यसको अहङ्कार देखेका छौ? के तिमीहरूले त्यसको धोका र बदख्‍वाइँ देखेका छौ? शैतानको अहङ्कार प्राथमिक रूपमा कसरी देखिन्छ? के शैतानलाई सधैँ परमेश्‍वरको स्थान लिने इच्‍छा हुन्छ? शैतानले सधैँ परमेश्‍वरको कार्य, र परमेश्‍वरको स्थानलाई ढलाएर आफ्‍नो निम्ति लिन चाहन्छ, ताकि मानिसहरूले शैतानलाई पछ्याऊन्, साथ दिऊन्, र आराधना गरून्; शैतानको अहङ्कारी प्रकृति यही नै हो। जब शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउँछ, तिनीहरूले के गर्नुपर्छ भनेर त्यसले तिनीहरूलाई सीधै भन्छ र? जब शैतानले परमेश्‍वरको परीक्षा गर्छ, तब के त्यसले आएर “मैले तँलाई परीक्षा गर्न लागेको छु, म तँलाई आक्रमण गर्नेछु” भनेर भन्छ र? त्यसले अवश्य नै यसो भन्दैन। त्यसो भए, शैतानले कुन विधिको प्रयोग गर्छ? यसले प्रलोभनमा पार्छ, परीक्षा गर्छ, आक्रमण गर्छ, अनि पासोहरू थाप्छ, र धर्मशास्‍त्रका खण्डहरूलाई समेत उद्धृत गर्छ। शैतानले आफ्ना कुटिल उद्देश्यहरूलाई हासिल गर्न र आफ्ना अभिप्रायहरूलाई पूरा गर्न विभिन्‍न तरिकाले बोल्छ र कार्य गर्छ। शैतानले यसो गरेपछि, मानिसमा प्रकट हुने कुराबाट के देख्‍न सकिन्छ? के मानिसहरू पनि अहङ्कारी बन्दैनन् र? मानिसले हजारौँ वर्षदेखि शैतानको भ्रष्टतालाई भोगेको छ, त्यसकारण मानिस अहङ्कारी, धोकेबाज, दुर्भावनापूर्ण, र तर्क विहीन बनेको छ। यी सबै कुराहरू शैतानको प्रकृतिको कारण आएका हुन्। शैतानको प्रकृति नै दुष्ट भएको हुनाले, त्यसले मानिसलाई यो दुष्ट प्रकृति दिएको छ अनि मानिसमा यस दुष्ट, र भ्रष्ट स्वभाव ल्याएको छ। त्यसकारण, मानिस भ्रष्ट शैतानी स्वभावमा जिउँछ, अनि शैतानले जस्तै, उसले परमेश्‍वरको विरोध गर्छ, परमेश्‍वरलाई आक्रमण गर्छ, अनि उहाँको परीक्षा गर्छ, यहाँसम्‍म कि मानिसले परमेश्‍वरलाई आराधना गर्नै सक्दैन अनि ऊसँग परमेश्‍वरको डर मान्‍ने हृदय नै हुँदैन।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५

परमेश्‍वरका दैनिक वचनहरू   अंश १४७

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी ज्ञानको प्रयोग गर्छ

के ज्ञानलाई सबैले सकारात्मक कुरा मान्छन्? कम्तीमा पनि, मानिसहरू “ज्ञान” शब्दको अर्थ नकारात्मकभन्दा बरु सकारात्मक छ भनी सोच्छन्। त्यसोभए हामी यहाँ शैतानले मानिसलाई भ्रष्ट तुल्याउन ज्ञान प्रयोग गर्छ भनी किन उल्लेख गर्दै छौँ? के क्रमविकासको सिद्धान्त ज्ञानको एउटा पक्ष होइन र? के न्युटनका नियमहरू ज्ञानको एक भाग होइनन् र? पृथ्वीको गुरुत्वाकर्षण शक्ति पनि ज्ञानको एक भाग हो, होइन र? (हो।) त्यसोभए शैतानले मानवजातिलाई भ्रष्ट तुल्याउन प्रयोग गर्ने कुराहरूमध्ये ज्ञानलाई किन सूचीकृत गरिएको छ? यसबारे तिमीहरूको दृष्टिकोण के हो? के ज्ञानमा अलिकति पनि सत्यता छ? (छैन।) त्यसोभए ज्ञानको सार के हो? मानिसहरूले प्राप्त गर्ने सबै ज्ञानको आधार के हो? के यो क्रमविकासको सिद्धान्तमा आधारित छैन र? के मानिसले अन्वेषण र सङ्कलनमार्फत् प्राप्त गरेको ज्ञान नास्तिकवादमा आधारित छैन र? के यो कुनै पनि ज्ञानको परमेश्‍वरसँग सम्बन्ध छ? के यो परमेश्‍वरको आराधनासँग सम्बन्धित छ? के यो सत्यतासँग सम्बन्धित छ? (छैन।) त्यसोभए कसरी शैतानले मानिसलाई भ्रष्ट तुल्याउन ज्ञान प्रयोग गर्छ? मैले भर्खरै के भनेँ भने यो कुनै पनि ज्ञान परमेश्‍वरको आराधना वा सत्यतासँग सम्बन्धित छैन। कतिपय मानिस यसबारे यस्तो सोच्छन्: “ज्ञानको सत्यतासँग कुनै सम्बन्ध नहुन सक्छ, तर पनि, यसले मानिसहरूलाई भ्रष्ट तुल्याउँदैन।” यसबारे तिमीहरूको दृष्टिकोण के हो? के ज्ञानले तँलाई व्यक्तिको खुसी आफ्नै दुई हातले सिर्जना गर्छन् भनी सिकायो? के ज्ञानले तँलाई मानिसको भवितव्य आफ्नै हातमा छ भनी सिकायो? (हो।) यो कस्तो प्रकारको कुरा हो? (यो दुष्ट कुरा हो।) बिलकुल सही! यो दुष्ट कुरा हो! वास्तवमा ज्ञान निकै जटिल छ। सरल शब्दमा भन्दा, ज्ञान जुनसुकै क्षेत्रको भए पनि, यो मानिसहरूले राम्रो ठान्ने कुरा हो। ज्ञान कसरी आउँछ? सबै ज्ञान परमेश्‍वरलाई नचिन्ने र उहाँको आराधना नगर्ने गैरविश्‍वासीहरूले सारांशीकृत गरेका हुन्। जब मानिसहरू ज्ञानको यो क्षेत्र अध्ययन गर्छन्, तब तिनीहरूले परमेश्‍वरले सबै थोकमाथि सार्वभौमिकता राख्नुभएको देख्न सक्दैनन्; तिनीहरूले परमेश्‍वरले सबै थोकको जिम्मा लिनुभएको वा व्यवस्थापन गर्नुभएको देख्न सक्दैनन्। बरु, तिनीहरूले गर्ने भनेको अनन्त रूपमा अनुसन्धान र अन्वेषण गर्नु, अनि ज्ञानरूपी उत्तरहरू खोज्नु मात्रै हो। तर, यदि मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्दैनन् र बरु केवल अनुसन्धान मात्रै पछ्याउँछन् भने, तिनीहरूले कहिल्यै साँचो उत्तरहरू भेट्टाउनेछैनन् भन्ने कुरा साँचो होइन र? ज्ञानले तँलाई दिन सक्ने भनेको जीविकोपार्जन, जागिर, र आम्दानी मात्रै हो ताकि तँ भोकै नहोस्; तर यसले तँलाई कहिल्यै परमेश्‍वरको आराधना गर्न लगाउनेछैन, र यसले तँलाई कहिल्यै दुष्टताबाट अलग बस्न लगाउनेछैन। मानिसहरूले जति धेरै ज्ञान प्राप्त गर्छन्, त्यति नै धेरै परमेश्‍वरविरुद्ध विद्रोह गर्ने, परमेश्‍वरलाई छानबिन गर्ने, परमेश्‍वरलाई जाँच्ने, र परमेश्‍वरको प्रतिरोध गर्ने चाहना गर्नेछन्। त्यसोभए, अहिले हामी ज्ञानले मानिसहरूलाई के सिकाइरहेको देख्छौँ? त्यो सब शैतानको दर्शन हो। के भ्रष्ट मानवजातिमाझ शैतानले फैलाएका बचाइका दर्शन र नियमहरूको सत्यतासँग कुनै सम्बन्ध छ? तिनको सत्यतासँग कुनै सम्बन्ध छैन र, वास्तवमा, ती सत्यताको विपरीत छन्। मानिसहरू प्रायजसो भन्‍ने गर्छन्, “जीवन चलायमान छ” र “भात स्टील हो भने मानिस फलाम, एक छाक नखाँदा जान खोज्छ प्राण”; यस्ता भनाइहरू के हुन् त? ती भ्रम हुन्, अनि तिनलाई सुन्दा दिक्‍क लागेर आउँछ। मानिसको तथाकथित ज्ञानमा, शैतानले संसारसँग व्यवहार गर्ने दर्शन र त्यसको सोचाइ धेरै नै हालिदिएको हुन्छ। अनि शैतानले यसो गर्ने क्रममा, मानिसले परमेश्‍वरको अस्तित्वलाई इन्कार गर्न, सबै थोकमाथि र मानिसको भाग्यमाथिको परमेश्‍वरको प्रभुत्वलाई इन्कार गर्न सकोस् भनेर त्यसले मानिसलाई त्यसको सोचाइ, सिद्धान्त, र दृष्टिकोण अपनाउने तुल्याउँछ। त्यसकारण मानिसले प्रगतिको अध्ययन गर्ने क्रममा र उसले अझै बढी ज्ञान प्राप्त गर्ने क्रममा, उसले परमेश्‍वरको अस्तित्व अस्पष्ट भएको अनुभव गर्छ, र परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भन्‍ने समेत उसले अनुभव गर्नछोड्छ। शैतानले मानिसको मनमस्तिष्कमा केही निश्‍चित दृष्टिकोण, धारणा, र विचारहरू हालिदिएको हुनाले, जब शैतानले मानिसभित्र यो विष हालिसकेको हुन्छ, तब के मानिस शैतानद्वारा भ्रममा पारिएको र भ्रष्ट तुल्याइएको हुँदैन र? अब तिमीहरू के भन्छौ, आजका मानिसहरू के कुराको आधारमा जिउँछन्? के तिनीहरू शैतानले तिनीहरूमा हालिदिएको ज्ञान र विचाहरूद्वारा जिउँदैनन् र? अनि, यो ज्ञान र यी विचारहरूभित्र लुकेका कुराहरू—के ती शैतानका दर्शन र विषहरू होइनन् र? मानिस शैतानका दर्शन र विषहरूद्वारा जिउँछ। अनि, शैतानका दर्शन र विषहरूको केन्द्रबिन्दुमा के हुन्छ? शैतानले आफूले जस्तै मानिसलाई पनि परमेश्‍वरलाई इन्कार गर्न, विरोध गर्न र उहाँविरुद्ध उभिन लगाउँछ; मानिसलाई भ्रष्ट तुल्याउनुपछाडि रहेको शैतानको लक्ष्य यही हो, र यही नै शैतानले मानिसलाई भ्रष्ट तुल्याउने माध्यम पनि हो।

हामी ज्ञानको सबैभन्दा सतही पक्षलाई सम्‍बोधन गर्दै सुरु गर्नेछौँ। के भाषाहरूका व्याकरण र शब्‍दहरूले मानिसहरूलाई भ्रष्ट तुल्याउन सक्छ त? के शब्‍दहरूले मानिसहरूलाई भ्रष्ट तुल्याउन सक्छ त? शब्‍दहरूले मानिसहरूलाई भ्रष्ट तुल्याउँदैनन्; ती त मानिसहरूले बोल्‍नको लागि प्रयोग गर्ने साधन हुन् र ती मानिसहरूले परमेश्‍वरसँग कुराकानी गर्ने साधन पनि हुन्, वर्तमानमा, परमेश्‍वरले भाषा र शब्‍दहरूद्वारा नै मानिसहरूसँग कुराकानी गर्नुहुन्छ भन्‍ने कुरालाई उल्‍लेख गरिरहनु नपर्ला। ती साधनहरू हुन्, अनि ती अत्यावश्यक कुराहरू हुन्। एक जोड एक दुई हुन्छ, र दुई गुणा दुई चार हुन्छ; के यो ज्ञान होइन र? तर के यसले तँलाई भ्रष्ट तुल्याउन सक्छ? यो आम ज्ञान हो—यो एक निश्‍चित ढाँचा हो—र यसले मानिसहरूलाई भ्रष्ट तुल्याउन सक्दैन। त्यसो भए कस्तो प्रकारको ज्ञानले मानिसहरूलाई भ्रष्ट तुल्याउँछ? भ्रष्ट तुल्याउने ज्ञान भनेको शैतानका दृष्टिकोण र विचारहरूसँग मिश्रित भएको ज्ञान हो। शैतानले ज्ञानको माध्यमद्वारा यी दृष्टिकोण र विचारहरूलाई मानवजातिमा हालिदिन खोज्छ। उदाहरणको लागि, कुनै निबन्धमा, लिखित शब्‍दहरू आफै गलत हुँदैनन्। लेखकले लेख लेख्दा जुन दृष्टिकोण र अभिप्रायले लेख्छ त्यसमा, र साथसाथै तिनीहरूको विचारको विषयवस्तुमा समस्या हुन्छ। यी कुराहरू आत्माका कुराहरू हुन्, अनि तिनले मानिसहरूलाई भ्रष्ट तुल्याउन सक्छन्। उदाहरणको लागि, यदि तैँले टेलिभिजन कार्यक्रम हेरिरहेको थिइस् भने, यसका के-कस्ता कुराहरूले मानिसहरूको दृष्टिकोणलाई परिवर्तन गर्न सक्छन्? के कलाकारले जे भन्छ त्यसले, शब्‍दहरू स्वयम्‌ले मानिसहरूलाई भ्रष्ट तुल्याउन सक्छन्? (सक्दैनन्।) के-कस्ता कुराहरूले मानिसहरूलाई भ्रष्ट तुल्याउँछन्? कार्यक्रमको मूल विचार र विषयवस्तुले यसो गर्ने गर्छ, जसले निर्देशकको दृष्टिकोणहरूलाई प्रतिनिधित्व गर्छ। यी दृष्टिकोणहरूमा रहेको जानकारीले मानिसहरूको हृदय र मनलाई बहकाउन सक्छ। त्यस्तै हो नि होइन र? मानिसहरूलाई भ्रष्ट तुल्याउन शैतानले ज्ञानको प्रयोग गर्छ भन्‍ने सम्‍बन्धी मेरो छलफलमा मैले केलाई उल्‍लेख गरिरहेको छु सो अब तिमीहरूलाई थाहा भयो। तिमीहरूले गलत रूपमा बुझ्‍नेछैनौ, होइन त? त्यसकारण अर्को पटक तैँले उपन्यास वा निबन्ध पढ्दा, के तैँले लिखित शब्‍दहरूमा व्यक्त गरिएका विचारहरूले मानवजातिलाई भ्रष्ट तुल्याउँछन् कि मानवजातिमा योगदान दिन्छन् भनी मूल्याङ्कन गर्न सक्छस्? (सक्छु, थोरै हदसम्‍म।) यो बिस्तारै अध्ययन र अनुभव गर्नुपर्ने कुरा हो, र यो तुरुन्तै सहज रूपमा बुझिने कुरा होइन। उदाहरणको लागि, ज्ञानको क्षेत्र अनुसन्धान गर्ने वा अध्ययन गर्ने क्रममा, ज्ञानका कतिपय सकारात्मक पक्षहरूले मानिसहरूलाई तिनीहरू के कुराबाट अलग बस्‍नुपर्छ भन्‍ने कुरा जान्‍न सक्षम तुल्याउँदै, त्यस क्षेत्रको आधारभूत ज्ञान बुझ्‍न सहायता गर्न सक्छ। उदाहरणको लागि, “विद्युत्” लाई लिऊँ—यो ज्ञानको एउटा क्षेत्र हो, होइन र? विद्युतले मानिसहरूलाई झट्का लगाउन र चोट पुर्‍याउन सक्छ भन्‍ने तँलाई थाहा थिएन भने, के तँ अज्ञानी हुनेथिइनस् र? तर तैँले ज्ञानको यो क्षेत्रलाई बुझिसकेपछि, विद्युतीय करेन्ट बग्‍ने वस्तुहरूलाई छुने बारेमा तँ लापरवाह हुनेछैनस्, अनि विद्युतको प्रयोग कसरी गर्ने भन्‍ने बारेमा तँलाई थाहा हुनेछ। यी दुवै सकारात्मक कुराहरू हुन्। ज्ञानले कसरी मानिसहरूलाई भ्रष्ट तुल्याउँछ भन्‍ने विषयमा हामीले के छलफल गर्दै आइरहेका थियौँ भन्‍ने बारेमा के तँ अब स्पष्ट छस्? संसारमा विभिन्‍न प्रकारका ज्ञान अध्ययन गरिन्छ, र तिनलाई आफ्‍नो लागि अलग गर्नको लागि तिमीहरूले आफै समय निकाल्नुपर्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५

परमेश्‍वरका दैनिक वचनहरू   अंश १४८

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी विज्ञानको प्रयोग गर्छ

विज्ञान के हो? के हरेक व्यक्तिले आफ्‍नो मनमा विज्ञानलाई उच्‍च आदरको साथ हेर्ने र अत्यन्तै गहन ठान्‍ने गर्दैनन् र? विज्ञानलाई उल्‍लेख गर्दा, के मानिसहरूले यस्तो अनुभव गर्दैनन् र: “यो सर्वसाधारण मानिसहरूको पहुँचभन्दा बाहिरको कुरा हो; यो वैज्ञानिक शोधकर्ता वा विशेषज्ञहरूले मात्रै छुन सक्‍ने विषय हो; हामीजस्ता साधारण मानिसहरूसँग यसको कुनै सम्‍बन्ध हुँदैन”? के सर्वसाधारण मानिसहरूसँग यसको कुनै सम्‍बन्ध हुन्छ? (हुन्छ।) मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी विज्ञान प्रयोग गर्छ? यहाँको हाम्रो छलफलमा, हामी मानिसहरूले आफ्‍नो जीवनमा बारम्‍बार भोग्‍ने कुराहरूका बारेमा मात्रै कुरा गर्नेछौँ, र अरू विषयहरूलाई बेवास्ता गर्नेछौँ। “वंशाणु” भन्‍ने एउटा शब्‍द छ। के तिमीहरूले यसको बारेमा सुनेका छौ? तिमीहरू सबैजना यो शब्‍दप्रति परिचित छौ। के विज्ञानद्वारा नै वंशाणु पत्ता लगाइएको थिएन र? मानिसहरूको लागि वंशाणुले खास के अर्थ दिन्छ? के तिनले मानिसहरूलाई शरीर रहस्यमय कुरा हो भन्‍ने अनुभव गराउँदैन र? जब मानिसहरूलाई यो विषयमा परिचित गराइन्छ, के त्यस्ता मानिसहरू हुनेछैनन् र, जो झन्-झन् बढी जान्‍न र थप विवरण पाउन चाहन्छन्, विशेष गरी, जिज्ञासु मानिसहरू? यी जिज्ञासु मानिसहरूले यस विषयमा आफ्‍नो ऊर्जा केन्द्रित गर्नेछन् र तिनीहरूसँग अरू काम नहुँदा, तिनीहरूले यसकै बारेमा थप जान्‍नका लागि पुस्तक-पुस्तिकामा र इन्टरनेटमा जानकारीको खोजी गर्नेछन्। विज्ञान के हो त? सरल रूपमा भन्दा, विज्ञान भनेको मानिस जिज्ञासु भएका कुराहरू, अज्ञात कुराहरू, अनि परमेश्‍वरले नबताउनुभएका कुराहरू सम्‍बन्धी विचार र सिद्धान्तहरू हुन्; विज्ञान भनेको मानिसले अन्वेषण गर्न चाहने रहस्यहरू सम्‍बन्धी विचार र सिद्धान्तहरू हुन्। विज्ञानको क्षेत्र के हो त? तिमीहरूले यो अलि वृहत् छ भनेर भन्‍न सक्छौ; मानिसको रुचि जुन कुरामा छ उसले ती हरेकलाई अनुसन्धान र अध्ययन गर्छ। विज्ञान भनेको यिनै कुराहरूको बारेमा विवरण र नियमहरू अनुसन्धान गर्नु र स्वीकार्य सिद्धान्तहरूलाई अघि सार्नु हो, जसले सबैलाई “यी वैज्ञानिकहरू वास्तवमै सानदार छन्! तिनीहरूलाई यी कुराहरू बुझ्‍न चाहिने धेरै कुरा थाहा छ!” भनी सोच्‍ने तुल्याउँछ। वैज्ञानिकहरूप्रति तिनीहरूसँग धेरै नै सम्‍मान हुन्छ, हुँदैन त? विज्ञानको अनुसन्धान गर्ने मानिसहरू, तिनीहरूको दृष्टिकोण कस्तो हुन्छ त? के तिनीहरूले ब्रह्माण्डको अनुसन्धान गर्न, तिनीहरूको रुचिको क्षेत्रका रहस्यमय कुराहरूको अनुसन्धान गर्न चाहँदैनन् र? यसको अन्तिम परिणाम के हुन्छ त? कतिपय विज्ञानमा, मानिसहरूले अनुमानको आधारमा निष्कर्ष निकाल्छन्, अनि अरूमा निष्कर्षहरू निकाल्‍नको लागि तिनीहरू मानव अनुभवहरूमा भर पर्छन्। विज्ञानको अझै अरू क्षेत्रहरूमा, ऐतिहासिक र पृष्ठभूमि अवलोकनहरूका आधारमा मानिसहरूले निष्कर्ष निकाल्छन्। के यो यस्तै हो नि, होइन त? त्यसो भए, विज्ञानले मानिसहरूका लागि के गर्छ त? विज्ञानले मानिसहरूलाई केवल भौतिक संसारमा भएका वस्तुहरू देख्‍न, मानिसको जिज्ञासा मेटाउन मात्रै अनुमति दिन्छ, तर यसले मानिसलाई परमेश्‍वरले यावत् थोकमाथि राख्ने सार्वभौमिकताका व्यवस्थाहरू देख्न सक्षम बनाउँदैन। मानिसले विज्ञानमा उत्तरहरू भेट्टाए जस्तो देखिन्छ, र ती उत्तरहरू भ्रामक हुन्छन् र तिनले अस्थायी सन्तुष्टि मात्रै ल्याउँछन्, त्यस्तो सन्तुष्टि, जसले मानिसको हृदयलाई भौतिक संसारमा सीमित गर्ने काम गर्छ। मानिसले आफूले विज्ञानबाट उत्तरहरू प्राप्त गरेको महसुस गर्छ, त्यसकारण जुनसुकै मामिलाहरू पैदा भए पनि, ऊ त्यस समस्यालाई पुष्टि गर्न र स्वीकार गर्नका लागि आफ्ना वैज्ञानिक दृष्टिकोणहरू प्रयोग गर्छ। मानिसको हृदय विज्ञानको प्रलोभनमा पर्छ र त्यसको वशमा पर्छ, अनि फलस्वरूप ऊसँग त्यस उप्रान्त परमेश्‍वरलाई चिन्‍ने, परमेश्‍वरको आराधना गर्ने, अनि सबै कुरा परमेश्‍वरबाटै आउँछन्, अनि मानिसले सबै उत्तर परमेश्‍वरबाटै प्राप्त गर्नुपर्छ भनी विश्‍वास गर्ने मन नै हुँदैन। कुरा यस्तै होइन र? व्यक्तिले विज्ञानमा जति धेरै विश्‍वास गर्छ, ऊ त्यति नै बेतुके हुन्छ अनि ऊ हरेक कुराको वैज्ञानिक समाधान हुन्छ, अनुसन्धानले जुनसुकै समस्या पनि समाधान गर्न सक्छ भन्‍ने विश्‍वास गर्छ। ऊ परमेश्‍वरको खोजी गर्दैन र ऊ उहाँ अस्तित्वमा हुनुहुन्छ भनेर विश्‍वास गर्दैन। परमेश्‍वरमा लामो समयदेखि विश्‍वास गर्ने धेरै मानिसले कुनै समस्या सामना गर्दा खोजी गरेर उत्तरहरू पत्ता लगाउन कम्प्युटर प्रयोग गर्छन्; तिनीहरू वैज्ञानिक ज्ञानमा मात्र विश्‍वास गर्छन्। तिनीहरू परमेश्‍वरका वचनहरू सत्यता हुन्, परमेश्‍वरका वचनहरूले मानवजातिका सबै समस्या समाधान गर्न सक्छन् भनेर विश्‍वास गर्दैनन्, र तिनीहरू मानवजातिको हरेक समस्यालाई सत्यताको दृष्टिकोणले हेर्दैनन्। जस्तोसुकै समस्या आइपरे पनि, तिनीहरू कहिल्यै परमेश्‍वरसँग प्रार्थना गर्दैनन् वा परमेश्‍वरका वचनहरूमा सत्यता खोजेर त्यो समाधान गर्ने प्रयास गर्दैनन्। धेरै मामिलामा, तिनीहरू अझै पनि ज्ञानले नै समस्या समाधान गर्न सक्छ, र विज्ञान नै अन्तिम उत्तर हो भन्ने विश्वास गर्छन्। त्यस्ता मानिसहरूको हृदयमा परमेश्‍वर पटक्‍कै रहनुहुन्‍न। तिनीहरू अविश्‍वासी हुन्, र परमेश्‍वरमाथिको विश्‍वाससम्‍बन्धी तिनीहरूको दृष्टिकोण वैज्ञानिक विधिहरू प्रयोग गरी परमेश्‍वरलाई सधैँ अध्ययन गर्ने प्रयास गरिरहेका धेरै उच्च-स्तरीय बौद्धिक र वैज्ञानिकको भन्दा फरक हुँदैन। उदाहरणका लागि, धेरै धार्मिक विज्ञहरूले जहाज अडिएको पर्वतमा गएर त्यसको निरीक्षण गरेका छन्, अनि यसप्रकार तिनीहरूले जहाजको अस्तित्व प्रमाणित गरेका छन्। तर तिनीहरू जहाजको स्वरूपमा परमेश्‍वरको अस्तित्व देख्दैनन्। तिनीहरू कथा र इतिहासमा मात्रै विश्‍वास गर्छन्; तिनीहरूको वैज्ञानिक अनुसन्धान र भौतिक संसारको अध्ययनको नतिजा यही हो। चाहे त्यो सूक्ष्‍मजीव विज्ञान होस्, खगोल विज्ञान होस् वा भूगोल होस्, यदि तँ भौतिक कुराहरूको अनुसन्धान गर्छस् भने, तैँले परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ वा उहाँ यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्‍ने कुरा निर्धारित गर्ने नतिजा कहिल्यै भेट्टाउनेछैनस्। त्यसो भए विज्ञानले मानिसका लागि के गर्छ त? के यसले मानिसलाई परमेश्‍वरबाट टाढा लैजाँदैन र? के यसले मानिसहरूलाई परमेश्‍वरलाई केवल अध्ययनको वस्तुका रूपमा लिने तुल्याउँदैन र? के यसले मानिसहरूलाई परमेश्‍वरको अस्तित्व र सार्वभौमिकताबारे अझै बढी शङ्कालु बनाई परमेश्‍वरलाई इन्कार गर्न र विश्वासघात गर्न लगाउँदैन र? परिणाम यही नै हुन्छ। त्यसैले, मानिसलाई भ्रष्ट तुल्याउनका लागि विज्ञान प्रयोग गर्दा, शैतानले कुन उद्देश्य हासिल गर्न खोजिरहेको हुन्छ? यसले मानिसहरूलाई भ्रममा पार्न र भावशून्य बनाउनका लागि वैज्ञानिक निष्कर्षहरू प्रयोग गर्न, अनि मानिसहरूले परमेश्‍वरको अस्तित्वको खोजी नगरून् वा त्यसमा विश्‍वास नगरून् भनेर तिनीहरूको हृदय ओगट्नका लागि अस्पष्ट उत्तरहरू प्रयोग गर्न चाहन्छ। त्यसैले यही कारणले नै म शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउने तरिकाहरूमध्येको एक विज्ञान पनि हो भनेर भन्छु।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५

परमेश्‍वरका दैनिक वचनहरू   अंश १४९

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी परम्‍परागत संस्कृतिको प्रयोग गर्छ

परम्‍परागत संस्कृतिको भागको रूपमा लिइने कुराहरू धेरै छन् कि छैनन्? (छन्।) यो “परम्‍परागत संस्कृति” को अर्थ के हो? कतिले भन्छन्, यो पुर्खाहरूदेखि चल्दैआएको कुरा हो—यो एउटा पक्ष हो। प्रारम्‍भदेखि नै, जीवनका शैलीहरू, रीतिरिवाज, भनाइ र नियमहरूलाई परिवारहरू, प्रजातीय समूहहरू र सम्पूर्ण मानवजातिमा समेत हस्तान्तरण गरिँदै आएको छ, र ती मानिसहरूको विचारहरूमा बसिसकेका छन्। मानिसहरूले तिनलाई तिनीहरूको जीवनको अभिन्न भाग ठान्छन् र ती जीवनकै भाग हुन् जस्तै गरी पालन गर्दै तिनलाई नियमहरू नै मान्छन्। वास्तवमा, तिनीहरूले यी कुराहरूलाई कहिल्यै परिवर्तन गर्न वा त्याग्‍न चाहँदैनन्, किनभने ती तिनीहरूका पितापुर्खाहरूबाट चल्दैआएका थिए। परम्‍परागत संस्कृतिका अरू पक्षहरू पनि छन् जुन मानिसहरूको मेरुदण्डमै गाडिएर रहेका छन्, जस्तै कन्फ्युसियस र मेन्सियसबाट हस्तान्तरण गरिँदै आएका कुराहरू, र चिनियाँ ताओवाद र कन्फ्युसियसवादले मानिसहरूलाई सिकाउने कुराहरू। के यो यस्तै हो नि, होइन त? परम्‍परागत संस्कृतिमा के-कस्ता कुराहरू समावेश हुन्छन्? के यसमा मानिसहरूले मनाउने चाडपर्वहरू पर्छन्? उदाहरणको लागि: वसन्त पर्व, लालटिन पर्व, चिहान बढार्ने दिवस, ड्र्यागन-डुङ्गा पर्व, साथै भूतप्रेत पर्व र मध्य-शरद पर्व। कतिपय परिवारहरूले घरको वृद्ध-वृद्धा निश्‍चित उमेरमा पुग्दा, वा बच्‍चा एक महिना वा एक सय दिनको उमेरमा पुग्दा समेत उत्सव मनाउँछन्। अनि आदि इत्यादि कुराहरू छन्। यी सबै परम्‍परागत चाडपर्वहरू हुन्। के यी चाडपर्वहरूमा परम्‍परागत संस्कृति अन्तर्निहित छैन र? परम्‍परागत संस्कृतिको मूल-तत्व के हो? के परमेश्‍वरलाई आराधना गर्ने कार्यसँग यसको कुनै सम्‍बन्ध छ? के मानिसहरूलाई सत्यताको अभ्यास गर्न लगाउनुसँग यसको कुनै सम्‍बन्ध छ? के मानिसहरूले परमेश्‍वरलाई बलिदान चढाउनको लागि, परमेश्‍वरको वेदीमा गएर उहाँका शिक्षाहरू प्राप्त गर्नको लागि कुनै चाडपर्वहरू छन्? के यस्ता कुनै चाडपर्व छन्? (छैनन्।) यी सबै चाडपर्वमा मानिसहरूले के गर्छन्? आधुनिक समयमा तिनलाई खाने, पिउने, र रमाइलो गर्ने समयको रूपमा हेरिन्छ। परम्‍परागत संस्कृतिको अन्तर्निहित स्रोत के हो? परम्‍परागत संस्कृति कोबाट आउँछ? यो शैतानबाट आउँछ। यी परम्‍परागत चाडपर्वहरूका पछाडि, शैतानले मानिसको मनमस्तिष्कमा निश्‍चित कुराहरू घुसाइदिन्छ। यी कुराहरू के-के हुन्? मानिसहरूले आफ्‍ना पितापुर्खाको स्मरण गर्ने कुरा निश्‍चित गर्नु—के तीमध्ये एउटा त्यही हो? उदाहरणको लागि, चिहान बढार्ने दिवसमा, मानिसहरूले चिहानहरू सफा गर्छन् र तिनीहरूलाई नबिर्सनको लागि, तिनीहरूका पितापुर्खालाई बलिदान चढाउँछन्। यसको साथै, शैतानले मानिसहरूले देशभक्त बन्‍ने कुरा स्मरण गरून् भन्‍ने सुनिश्‍चित गर्छ, जसको एउटा उदाहरण ड्र्यागन-डुङ्गा पर्व हो। मध्य शरद पर्वचाहिँ केसँग सम्‍बन्धित छ? (परिवारको पुनर्मिलन।) परिवारको पुनर्मिलनको पृष्ठभूमि के हो? यसको कारण के हो? यो भावनात्मक रूपमा संचार गर्न र जोडिनको लागि हो। अवश्य नै, चाहे यो नयाँ वर्षको पूर्णिमाको रातको पर्व होस् वा लालटिन पर्व होस्, यी चाडपर्वहरू मान्‍नुका कारणहरूलाई व्याख्या गर्ने विभिन्‍न तरिका छन्। यी कारणहरूलाई व्यक्तिले जसरी व्याख्या गरे तापनि, ती हरेक नै तिनीहरू परमेश्‍वरबाट टाढा जाऊन् अनि परमेश्‍वर हुनुहुन्छ भन्‍ने नजानून्, र तिनीहरूले कि त आफ्‍ना पितापुर्खालाई कि त शैतानलाई बलिदान चढाऊन्, वा तिनीहरूको देहका इच्‍छाहरूका खातिर खाऊन्, पिऊन्, र रमाइलो गरून् भनेर मानिसहरूको मनमस्तिष्कमा त्यसको दर्शन र त्यसको सोचाइ घुसाउने शैतानको तरिका हो। यी हरेक चाडपर्वहरू मनाउने क्रममा, शैतानका विचार र दृष्टिकोणहरूले मानिसहरूको मनमस्तिष्कमा थाहै नपाई गहिरो जरा गाड्छन्। जब मानिसहरू चालीस, पचासको दशक वा त्योभन्दा बढी उमेरका हुन्छन्, शैतानका यी विचार र दृष्टिकोणहरूले तिनीहरूको हृदयमा पहिले नै गहिरो जरा गाडिसकेको हुन्छ। यसको साथै, यी विचारहरू सही हुन् कि गलत, कुनै भिन्नता नछुट्टयाईकन र कुनै सन्देह नगरीकन, तिनलाई अर्को पुस्तामा हस्तान्तरण गर्नको लागि मानिसहरूले सक्दो प्रयास गर्छन्। यो यस्तै हो नि, होइन र? (हो।) परम्‍परागत संस्कृति र यी चाडपर्वहरूले कसरी मानिसहरूलाई भ्रष्ट तुल्याउँछ? तिमीहरूलाई थाहा छ? (मानिसहरू यी परम्‍पराहरूका नियमहरूको बन्धन र परिधिमा पर्छन्, त्यसकारण तिनीहरूमा परमेश्‍वरलाई खोज्‍ने समय वा ऊर्जा नै हुँदैन।) यो एउटा पक्ष हो। उदाहरणको लागि, नयाँ वर्षको पूर्णिमा पर्व सबैले मनाउँछन्—यदि तैँले मनाइनस् भने, के तँलाई दुःख लाग्दैन र? के तैँले तेरो हृदयमा राख्‍ने कुनै अन्धविश्‍वासहरू छन्? सायद तँलाई यस्तो लाग्छ होला, “मैले नयाँ वर्ष मनाइनँ, र नयाँ वर्षको पूर्णिमा नै खराब दिन भयो भने, के बाँकी पूरै वर्ष खराब हुँदैन र”? के तँ असहज र अलि डराएको महसुस गर्दैनस् र? त्यस्ता मानिसहरू पनि छन् जसले वर्षौंदेखि आफ्‍ना पितापुर्खालाई बलिदान चढाएका छैनन् र जसले सपनामा अचानक एक जना मृतक मानिसले पैसा मागेको देख्छन्। तिनीहरूलाई कस्तो महसुस हुन्छ? “मरिसकेको यो व्यक्तिलाई पैसा चाहिएको रहेछ, कति दुःखको कुरा! म तिनीहरूका लागि कागजका केही रकम जलाउनेछु। यदि मैले त्यसो गरिन भने, त्यो ठीक हुनेछैन। यसले हामी जिउँदाहरूलाई समस्या दिन सक्छ—दशा कहिले लाग्छ, कसले भन्‍न सक्छ र?” तिनीहरूसँग आफ्नो हृदयमा डर र चिन्ताको यो सानो बादल सधैँ नै हुन्छ। कसले तिनीहरूलाई यसरी चिन्ता गराउँछ? यो चिन्ताको स्रोत शैतान नै हो। के मानिसलाई शैतानले भ्रष्ट तुल्याउने तरिकाहरूमध्ये एउटा यही होइन र? तँ बहकाउमा परेर त्यसप्रति समर्पित र राजी बन् भनेर तँलाई नियन्त्रण गर्न, तँलाई धम्की दिन, र तँलाई बन्धनमा पार्न यसले फरक-फरक माध्यम र बहानाहरूको प्रयोग गर्छ; शैतानले मानिसलाई यसरी नै भ्रष्ट तुल्याउँछ। प्रायजसो जब मानिसहरू कमजोर हुन्छन् वा जब तिनीहरूलाई परिस्थितिको बारेमा स्पष्ट ज्ञान हुँदैन, तब तिनीहरूले लापरवाहीको साथ कुनै बेवकुफी काम गर्छन्; अर्थात्, तिनीहरू अनजानमा शैतानको पकडमा पर्छन् अनि अचेतन रूपमा काम गर्न सक्छन्, तिनीहरूले आफूले के गर्दैछु भन्‍ने समेत थाहै नपाई काम गर्न सक्छन्। शैतानले मानिसलाई यसरी नै भ्रष्ट तुल्याउँछ। अहिले गहिरो गरी जरा गाडेको परम्‍परागत संस्कृतिबाट टाढा हुन अनिच्छुक केही मानिसहरू पनि छन्, जसले यसलाई त्याग्‍नै सक्दैनन्। विशेष गरी, तिनीहरू कमजोर र नकारात्मक हुँदा तिनीहरूले आफ्‍नो हृदयमा सहजता ल्याउनको लागि यस्ता चाडपर्वहरू मनाउने इच्‍छा गर्छन् र तिनीहरूले यसरी शैतानलाई भेट्न र शैतानलाई फेरि सन्तुष्ट तुल्याउन चाहन्छन्। परम्‍परागत संस्कृतिको पृष्ठभूमि के हो? के यी दृश्यहरूको पछाडि शैतानको कालो हातले तारहरू तानिरहेको हुन्छ? के शैतानको दुष्ट प्रकृतिले चालबाजी र नियन्त्रण गरिरहेको हुन्छ? के यी सबै कुरालाई शैतानले प्रभाव पारिरहेको हुन्छ? (हुन्छ।) जब मानिसहरू परम्‍परागत संस्कृतिमा जिउँछन् र यस प्रकारका परम्‍परागत चाडपर्वहरू मान्छन्, तब के यो त्यही वातावरण हो जसमा तिनीहरूलाई शैतानले मूर्ख र भ्रष्ट तुल्याउँछ, र यसको साथै, तिनीहरू शैतानद्वारा मूर्ख बनिन र भ्रष्ट तुल्याइन पाउँदा खुशी हुन्छन् भनेर भन्‍न सकिन्छ? (सकिन्छ।) यो तिमीहरू सबैले स्वीकार गर्ने, तिमीहरू सबैले जानेको कुरा हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५

परमेश्‍वरका दैनिक वचनहरू   अंश १५०

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी अन्धविश्‍वासको प्रयोग गर्छ

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी अन्धविश्‍वासको प्रयोग गर्छ? मानिसहरू सबैले आफ्‍नो नियति जान्‍न चाहन्छन्, त्यसकारण शैतानले तिनीहरूलाई प्रलोभनमा पार्न तिनीहरूकै उत्सुकताको प्रयोग गर्छ। मानिसहरू तिनीहरूलाई भविष्यमा के हुनेछ र अगाडि कस्तो बाटो छ भन्‍ने कुरा जान्‍नको लागि जोखना हेर्ने, भविष्य-बताउने, र अनुहार पढ्ने कार्यमा संलग्‍न हुन्छन्। तैपनि, आखिरमा मानिसहरूले त्यति धेरै चिन्ता गर्ने नियति र भविष्य कसको हातमा हुन्छ? (परमेश्‍वरको हातमा।) यी सबै कुरा परमेश्‍वरको हातमा छन्। यी विधिहरूको प्रयोग गर्ने क्रममा, मानिसहरूले के जानून् भन्‍ने शैतान चाहन्छ? शैतानले त्यसलाई उनीहरूको भविष्य थाहा छ, र त्यसलाई ती कुराहरू थाहा मात्रै छैन त्यसले त तिनलाई नियन्त्रण समेत गर्न सक्छ भनेर मानिसहरूलाई बताउनको लागि अनुहार पढ्ने र भविष्य-बताउने कार्यको प्रयोग गर्छ। मानिसहरूले त्यसमाथि अन्धविश्‍वास गर्न सकून् र त्यसका हरेक वचन पालन गरून् भनेर मानिसहरूलाई नियन्त्रण गर्न शैतानले यो मौकाको फाइदा लिन र यी विधिहरूको प्रयोग गर्न चाहन्छ। उदाहरणको लागि, यदि तैँले अनुहार पढ्न लगाइस्, र भविष्य बताउनेले आफ्‍नो आँखा बन्द गरेर तँलाई विगत केही दशकमा के भएको थियो सो स्पष्ट रूपमा बताउँछ भने, तैँले आफूभित्र कस्तो अनुभव गर्छस्? तैँले तत्कालै यस्तो अनुभव गर्नेछस्, “उसले साँच्‍चै ठीक भन्यो! मैले यसभन्दा अघि कहिल्यै कसैलाई पनि मेरो विगतको बारेमा बताएको छैन, उसलाई यो कसरी थाहा भयो? यस भविष्य बताउने व्यक्तिलाई म साँच्‍चै सम्‍मान गर्छु!” के तेरो विगतको बारेमा जान्‍नु शैतानको लागि अत्यन्तै सजिलो हुँदैन र? तँ आज जहाँ छस् परमेश्‍वरले नै तँलाई यहाँसम्‍म डोर्‍याउनुभएको छ, अनि यस अवधिमा शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउँदै आएको र तँलाई पछ्याउँदै आएको छ। तेरो जीवनका दशकहरू बितेर जानु शैतानको लागि केही पनि होइन र यी कुराहरू जान्‍नु शैतानको लागि कठिन छैन। शैतानले भन्‍ने सबै कुरा सही छन् भनी जब तैँले जान्दछस्, के तैँले आफ्‍नो हृदय त्यसलाई सुम्पिरहेको हुँदैनस् र? के तेरो भविष्य र तेरो नियति नियन्त्रण गर्नको लागि तँ त्यसैमा भर परिरहेको हुँदैनस् र? एकै क्षणमा, तेरो हृदयले त्यसको लागि केही सम्‍मान वा श्रद्धाको अनुभव गर्नेछ, र कतिपय मानिसहरूको हकमा, यति बेलासम्‍म त्यसले तिनीहरूको आत्मा खोसिसकेको हुन्छ। अनि तैँले भविष्य बताउनेलाई तुरुन्तै सोध्‍नेछस्: “अब मैले के गर्नुपर्छ? आउँदो वर्षमा म केबाट जोगिनुपर्छ? के-कस्ता कुराहरू मैले गर्नु हुँदैन?” त्यसपछि उसले भन्‍नेछ, “तपाईं त्यहाँ जानु हुँदैन, तपाईंले यसो गर्नु हुँदैन, निश्‍चित रङ्गको लुगा नलगाउनुहोस्, निश्‍चित ठाउँहरूमा तपाईं अलि कम जानुपर्छ, निश्‍चित कुराहरू अझै बढी गर्नुपर्छ…।” के त्यसले भन्‍ने सबै कुरालाई तैँले तुरुन्तै हृदयमा राख्दैनस् र? तैँले परमेश्‍वरको वचनहरूलाई भन्दा उसका वचनहरूलाई तुरुन्तै कण्ठ गरिहाल्छस्। किन तैँले तिनलाई त्यति चाँडै कण्ठ गर्छस्? किनकि तँ राम्रो भविष्यको लागि शैतानमा भर पर्न चाहन्छस्। के त्यसले तेरो हृदयलाई यही बेला पकडमा पार्छ होइन र? जब यसका भविष्यवाणीहरू एकपछि अर्को गर्दै पूरा हुन्छन्, के तँलाई अर्को वर्षले कस्तो भविष्य ल्याउनेछ भनेर पत्ता लगाउन त्यसकहाँ नै फर्केर जाने मन हुँदैन र? (हुन्छ।) शैतानले तँलाई जे गर्न भन्छ तैँले त्यो गर्नेछस् अनि जे कुराबाट अलग बस्‍नू भनेर त्यसले भन्छ तँ त्यसबाट अलग बस्‍नेछस्। यसरी, के तैँले त्यसले बताउने सबै कुराको पालना गरिरहेको हुँदैनस् र? तुरुन्तै, तँ त्यसको अङ्गालोमा पर्नेछस्, भ्रममा पर्नेछस्, अनि त्यसको नियन्त्रणमा आउनेछस्। यस्तो हुन्छ किनभने त्यसले जे भन्छ त्यो सत्य हो भनेर तैँले विश्‍वास गर्छस् र त्यसले तेरो विगतको जीवन, तेरो अहिलेको जीवन, र भविष्यले के ल्याउनेछ सो त्यसलाई थाहा छ भनेर तैँले विश्‍वास गर्छस्। मानिसहरूलाई नियन्त्रण गर्नको लागि शैतानले प्रयोग गर्ने विधि यही नै हो। तर वास्तविकतामा, कसले नियन्त्रण गर्नुहुन्छ? परमेश्‍वर स्वयम्‌ले नियन्त्रण गर्नुहुन्छ, शैतानले होइन। यस हकमा शैतानले अनजान मानिसहरूलाई छल गरेर, भौतिक संसारलाई मात्र देख्‍न सक्‍ने मानिसहरूलाई छल गरेर आफूमा विश्‍वास गर्ने र भरोसा गर्ने तुल्याउनको लागि आफ्नो चतुर षड्यन्त्रको प्रयोग गरिरहेको हुन्छ। त्यसपछि, तिनीहरू शैतानको पकडमा पर्छन् र त्यसको हरेक वचन पालन गर्छन्। तर जब मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेर उहाँलाई पछ्याउन चाहन्छन् तब के त्यसले त्यसको पकडलाई खुकुलो पार्छ र? शैतानले त्यसो गर्दैन। यस अवस्थामा, के मानिसहरू साँच्‍चै शैतानको पकडमा परिरहेका हुन्छन्? (हुन्छन्।) के यस विषयमा शैतानको बानीबेहोरा लाज विहीन छ भनेर हामी भन्‍न सक्छौँ? (सक्छौँ।) हामी किन त्यसो भन्दैछौँ? किनभने यी कपटपूर्ण र छलपूर्ण रणनीतिहरू हुन्। शैतान लाज विहीन छ र त्यसले मानिसहरूलाई गलत मार्गदर्शन गरेर तिनीहरूलाई तिनीहरूका सबै कुरा त्यसले नियन्त्रण गर्छ र त्यसले तिनीहरूको नियतिसमेत नियन्त्रण गर्छ भनेर विचार गर्ने तुल्याउँछ। यसले अनजान मानिसहरूलाई पूर्ण रूपमा त्यसको पालन गर्ने तुल्याउँछ। तिनीहरू एक-दुई वटा शब्दहरूमै मूर्ख बन्छन्। स्तम्भित भई, मानिसहरू त्यसको अघि घुँडा टेक्छन्। त्यसो भए, तँलाई त्यसमा विश्‍वास गर्ने तुल्याउनको लागि शैतानले कस्तो प्रकारको विधि प्रयोग गर्छ, त्यसले के भन्छ? उदाहरणको लागि, तेरो परिवारमा कति जना मानिसहरू छन् भनेर तैँले शैतानलाई बताएको नहुन सक्छस्, तर पनि कति जना मानिसहरू छन् र तेरो बाबुआमा र छोरा-छोरीको उमेर कति हो भनेर त्यसले तँलाई बताउन सक्छ। यसभन्दा पहिले शैतानको बारेमा तैँले अविश्‍वास र शङ्का गरेको हुनसक्‍ने भए तापनि, त्यसले यी कुराहरू बताएको सुनेपछि, के तँलाई यो अलिक विश्‍वासयोग्य रहेछ भन्‍ने लाग्दैन र? त्यसपछि शैतानले तँलाई हालैको समयमा तेरो काम कति कठिन थियो, तैँले पाउन योग्य पहिचान तेरा हाकिमहरूले तँलाई दिएका छैनन् र सधैँ तेरो विरुद्धमा काम गरिरहेका छन्, र आदि इत्यादि भनेर बताउन सक्छ। त्यो सुनेर, तैँले यस्तो विचार गर्नेछस्, “त्यो एकदम ठीक हो! कामका कुराहरू त्यति सहजरूपमा अघि बढिरहेको छैनन्।” त्यसकारण, तँ शैतानलाई अझै बढी विश्‍वास गर्छस्। त्यसपछि तँलाई भ्रममा पार्न, तँलाई अझै बढी विश्‍वास गर्ने तुल्याउनको लागि त्यसले अर्को केही कुरा भन्‍नेछ। अलि-अलि गर्दै, तैँले आफूलाई त्यसलाई विरोध गर्न वा त्यसको बारेमा शङ्का गर्न नसक्‍ने अवस्थामा पाउनेछस्। शैतानले केही स-साना छलहरू, अत्यन्तै साना छलहरू समेत प्रयोग गर्छ, अनि यसरी त्यसले तँलाई भ्रममा पार्छ। जब तँ भ्रममा पर्छस्, तब तैँले तेरो खास स्थितिलाई पत्ता लगाउन सक्‍नेछैनस्, के गर्ने भन्‍ने तँलाई थाहा हुनेछैन, अनि शैतानले जे भन्छ तैँले त्यसैलाई पछ्याउन थाल्‍नेछस्। मानिसलाई भ्रष्ट तुल्याउनको लागि शैतानले प्रयोग गर्ने “सानदार” विधि यही हो, जसले तँलाई अनजानमै त्यसको फन्दामा पर्ने र त्यसको प्रलोभनमा पर्ने तुल्याउँछ। मानिसहरूले असल ठानेका एक-दुई वटा कुराहरू शैतानले तँलाई बताउँछ, त्यसपछि त्यसले तँलाई के गर्ने र केबाट टाढा बस्‍ने भनेर बताउँछ। यसरी, पत्तै नपाई तँ छलमा पर्छस्। जब तँ त्यस्तो छलमा पर्छस्, तेरो लागि सबै कुरा कठिन बन्छ; शैतानले के भन्यो र त्यसले तँलाई के गर्न भन्यो तैँले निरन्तर त्यही मात्रै सोचिरहेको हुनेछस्, र थाहै नपाई तँ यसद्वारा नियन्त्रित भएको हुनेछस्। किन यसो हुन्छ त? किनभने मानवजातिमा सत्यताको कमी छ, त्यसले गर्दा ऊ दह्रिलो गरी खडा भएर शैतानको प्रलोभन र परीक्षालाई इन्कार गर्न सक्दैन। शैतानको दुष्टता र यसको छल, षड्यन्त्र, र बदख्‍वाइँलाई सामना गर्दा, मानवजाति अत्यन्तै अनजान, अपरिपक्‍व र कमजोर हुन्छ, होइन र? के शैतानले मानिसलाई भ्रष्ट तुल्याउने मार्गहरूमध्ये एउटा यही होइन र? (हो।) शैतानका विभिन्‍न विधिहरूले मानिसलाई अलि-अलि गर्दै थाहै नपाई धोका दिन्छ र छल गर्छ, किनभने तिनीहरूमा सकारात्मक र नकारात्मकको बीचमा भिन्‍नता छुट्याउने क्षमताको कमी छ। तिनीहरूमा शैतानमाथि विजय गर्ने यो कद र क्षमताको कमी छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५

परमेश्‍वरका दैनिक वचनहरू   अंश १५१

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी सामाजिक प्रचलनको प्रयोग गर्छ

कहिले सामाजिक प्रचलन अस्तित्वमा आयो? के ती वर्तमान दिनमा मात्रै अस्तित्वमा आए? शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउन थालेपछि सामाजिक प्रचलन अस्तित्वमा आयो भनेर भन्‍न सकिन्छ। सामाजिक प्रचलनमा के समावेश हुन्छ? (वस्‍त्रको स्टाइल र शृङ्गार।) प्रायजसो मानिसहरूको सम्पर्कमा आउने कुराहरू यिनै हुन्। वस्‍त्रको स्टाइल, फेसन, र प्रचलन—यी कुराहरूले एउटा सानो पक्षलाई निर्माण गर्छ। के अरू कुनै कुरा छन्? के मानिसहरूको चलनचल्तीमा आउने प्रचलित वाक्य वा भनाइहरू पनि गनिन्छन्? के मानिसहरूले चाहने जीवनशैली पनि यसमा गनिन्छ? के मानिसहरूले मन पराउने सङ्गीतका उत्कृष्ट कलाकार, सेलिब्रेटी, म्यागजिन, र उपन्यास पनि यसमा पर्छ? (पर्छ।) तिमीहरूको विचारमा, सामाजिक प्रचलनको कुन पक्षले मानिसलाई भ्रष्ट तुल्याउन सक्छ? यीमध्ये कुन प्रचलनले तिमीहरूलाई सबैभन्दा बढी लोभ्याउँछ? कतिपय मानिसहरूले यसो भन्छन्: “हामी सबै निश्‍चित उमेरमा पुगिसकेका छौं, हामी पचास वा साठीको दशकमा, सत्तरी वा असीको दशकमा छौं, र अबउप्रान्त हामी यी प्रचलनहरूमा उपयुक्त हुन सक्दैनौं र तिनले हाम्रो ध्यान त्यति खिच्दैन।” के यो सही हो? अरू भन्छन्: “हामी सेलिब्रेटीको पछि लाग्दैनौं, त्यो त बीस-पच्‍चीस वर्षका जवानहरूले गर्ने कुरा हो; हामी फेसनका कपडाहरू लगाउँदैनौं, त्यो त आफ्‍नो रूपको ख्याल गर्नेहरूले गर्ने कुरा हो।” त्यसो भए, यीमध्ये कुनचाहिँले तिमीहरूलाई भ्रष्ट तुल्याउन सक्छ? (प्रचलित भनाइहरूले।) के यी भनाइहरूले मानिसहरूलाई भ्रष्ट तुल्याउन सक्छन्? म एउटा उदाहरण दिनेछु, अनि यसले मानिसहरूलाई भ्रष्ट तुल्याउँछ कि तुल्याउँदैन सो तिमीहरूले देख्‍न सक्छौ: “दुनियाँ पैसाको इसारामा चल्छ”; के यो एउटा प्रचलन हो? तिमीहरूले उल्लेख गरेका फेसन र स्वादिष्ट भोजनका प्रचलनहरूको तुलनामा, के यो अझ शक्तिशाली छैन र? “दुनियाँ पैसाको इसारामा चल्छ” भन्‍ने भनाइ शैतानको एउटा दर्शन हो। यो मानवजातिमाझ, हरेक समाजमा धेरै प्रचलित छ; यो एउटा प्रचलन हो भनेर भन्न सकिन्छ। किनभने यो हरेक व्यक्तिको हृदयमा हालिएको छ, जसले सुरुमा यो भनाइ स्वीकार गरेन, तर पछि वास्तविक जीवनको सम्पर्कमा आएपछि, उसले यसलाई मौन स्वीकृति दियो, र यी शब्दहरू वास्तवमा साँचो हुन् भनी महसुस गर्न थाल्यो। के यो शैतानले मानिसलाई भ्रष्ट तुल्याउने प्रक्रिया होइन र? सायद मानिसहरूलाई यो भनाइबारे समान स्तरको प्रत्यक्ष ज्ञान छैन, तर सबैमा आफू वरपर घटेका घटनाहरू र तिनीहरूले व्यक्तिगत रूपमा अनुभव गरेका सबै कुराका आधारमा यस भनाइबारे फरक-फरक स्तरको व्याख्या र स्वीकारोक्ति हुन्छन्। त्यसो होइन र? कुनै व्यक्तिसँग यो भनाइबारे जतिसुकै गहन अनुभव भए पनि, यसले उसको हृदयमा कस्तो नकारात्मक असर पार्न सक्छ? त्यो के हो भने, यस संसारको मानवजातिले—र यसमा तिमीहरूमध्ये प्रत्येक पर्छौ—मानवीय स्वभावबाट केही कुरा प्रकट गर्छन्। त्यो के हो? त्यो पैसाको आराधना हो। के यो मानिसको हृदयबाट हटाउन सजिलो छ? अहँ, यो सजिलो छैन! यसले शैतानले मानिसलाई साँच्चै गहन रूपमा भ्रष्ट तुल्याएको छ भन्ने देखाउँछ! शैतानले मानिसहरूलाई लोभ्याउन पैसा प्रयोग गर्छ, र तिनीहरू सबैलाई पैसा र भौतिक चाहनाहरूको आराधना गर्न भ्रष्ट तुल्याउँछ। अनि मानिसहरूमा पैसाको यो आराधना कसरी प्रकट हुन्छ? के तिमीहरूलाई यो संसारमा पैसाविना बाँच्न सकिँदैन, र पैसाविना एक दिन पनि बिताउन सकिँदैन भन्‍ने लाग्दैन र? मानिसहरूसँग कति पैसा छ भन्‍ने कुराले तिनीहरूको हैसियत कति उच्च छ, र तिनीहरू कति प्रतिष्ठित छन् भन्‍ने कुरा निर्धारण गर्छ। गरिबहरूले आफू शिर ठाडो पारेर गर्वका साथ उभिन सकिन्छ भन्‍ने महसुस गर्दैनन्, जबकि धनीहरूको उच्च हैसियत हुन्छ, तिनीहरू शिर ठाडो पारेर गर्वका साथ उभिन्छन्, र ठूलो स्वरले बोल्न र अहङ्कारी र बेलगाम तरिकाले जिउन सक्छन्। यो भनाइ र प्रचलनले मानिसलाई के दिन्छ? धेरै मानिस पैसा कमाउनका लागि कुनै पनि त्याग गर्न इच्छुक हुन्छन् भन्ने कुरा साँचो होइन र? के धेरै मानिसले धेरै पैसाको खोजीमा आफ्नो इज्जत र निष्ठा गुमाउँदैनन् र? के धेरै मानिसहरूले पैसाका खातिर आफ्नो कर्तव्य पूरा गर्ने र परमेश्‍वरलाई पछ्याउने अवसर गुमाउँदैनन् र? के सत्यता प्राप्त गर्ने र मुक्ति पाउने मौका गुमाउनु भनेको मानिसहरूका लागि सबैभन्दा ठूलो हानि होइन र? केवल यो विधि र यो भनाइ प्रयोग गरेर, शैतानले मानिसलाई यस्तो हदसम्म भ्रष्ट तुल्याउँछ। के शैतानको अभिप्राय दुष्ट छैन र? के यो दुर्भावपूर्ण चाल होइन र? यो भनाइ लोकप्रिय भएसँगै, तँ यससँग असहमत हुने अवस्थाबाट अन्ततः यो सत्यता हो भनी विश्‍वास गर्ने अवस्थामा पुग्छस्, र त्यतिबेलासम्म तेरो हृदय पूर्ण रूपमा शैतानको पकडमा परेको हुन्छ, र त्यसैले तँ अचेतन रूपमै त्यस भनाइअनुसार जिउन पुग्छस्। यो भनाइले तँलाई कुन हदसम्म असर गरेको छ? तँलाई साँचो मार्ग थाहा होला, र तँलाई सत्यता थाहा होला, तर तँसँग त्यसलाई पछ्याउने सामर्थ्य छैन। तँलाई परमेश्‍वरका वचनहरू सत्यता हुन् भनी स्पष्ट रूपमा थाहा होला, तर तँ सत्यता प्राप्त गर्नका लागि मूल्य चुकाउन वा कष्ट भोग्न अनिच्छुक हुन्छस्। बरु, तँ अन्तसम्मै परमेश्‍वरको प्रतिरोध गर्न आफ्नो भविष्यलाई नै बलि चढाउन रुचाउँछस्। परमेश्‍वरले जे भन्‍नुभए पनि, परमेश्‍वरले जे गर्नुभए पनि, तँप्रतिको परमेश्‍वरको प्रेम जतिसुकै गहिरो र जतिसुकै ठूलो भए पनि, तैँले त्यो बुझ्न सक्ने हदसम्म, तँ यस भनाइका कारण जिद्दीपूर्वक आफ्नो हड्डी घोट्न जोड दिन्छस्। भन्नुको अर्थ, यो भनाइले तेरा विचारहरूलाई भ्रमित र नियन्त्रण गरिसकेको छ, यसले तेरो व्यवहारलाई शासन गरिसकेको छ, र तँ धनको पछ्याइ त्याग्नुभन्दा बरु त्यसलाई आफ्नो भाग्यमाथि शासन गर्न दिन्छस्। तँ त्यस्तो व्यवहार गर्न सक्नु, तँ शैतानका वचनहरूद्वारा नियन्त्रित हुन र तिनको चालबाजीमा पर्न सक्नु—के यसको अर्थ तँ शैतानद्वारा भ्रमित र भ्रष्ट पारिएको छस् भन्‍ने होइन र? के यसको अर्थ शैतानको दर्शन र विचारहरू, र शैतानको स्वभावले तेरो हृदयमा जरा गाडेको छ भन्‍ने होइन र? जब तँ एकचित्त भएर धनको पछि लाग्छस्, र सत्यताको पछ्याइलाई त्याग्छस्, तब शैतानले तँलाई भ्रमित पार्ने आफ्नो लक्ष्य हासिल गरेको हुँदैन र? कुरा ठ्याक्‍कै यही हो। त्यसोभए, शैतानले तँलाई भ्रममा पार्दा र भ्रष्ट तुल्याउँदा, के तँ त्यो कुरा महसुस गर्न सक्छस्? तँ सक्दैनस्। यदि तँ आफ्नै अगाडि उभिएको शैतानलाई देख्‍न सक्दैनस्, वा अँध्यारोमा काम गर्ने शैतान नै हो भन्‍ने महसुस गर्दैनस् भने, के तँ शैतानको दुष्टता देख्‍न सक्षम हुन्छस् त? के तँ मानवजातिलाई शैतानले कसरी भ्रष्ट तुल्याउँछ भनेर जान्‍न सक्छस् त? शैतानले मानिसहरूलाई जुनसुकै समय र जुनसुकै स्थानमा भ्रष्ट तुल्याउँछ। शैतानले तिनीहरूका लागि यो भ्रष्टताको विरुद्ध प्रतिरक्षा गर्न असम्‍भव बनाउँछ र तिनीहरूलाई यसको विरुद्ध असहाय बनाउँछ। मानिसहरू अनजान भएको बेलामा र आफूलाई के भइरहेको छ भन्ने कुरा तिनीहरूलाई थाहा नभएको बेलामा, शैतानले तिनीहरूलाई त्यसका विचार, त्यसका दृष्टिकोण र त्यसबाट आउने दुष्ट कुराहरू स्वीकार गर्न लगाउँछ, अनि यी कुराहरू स्वीकार गरेपछि, मानिसहरू यीप्रति कुनै आपत्ति जनाउँदैनन्। तिनीहरू यी कुराहरूलाई खजाना जस्तै मनमा सजाएर आफूसँगै राखिरहन्छन्, तिनीहरू यी कुराहरूलाई आफूमाथि चालबाजी र खेलबाड गर्न दिन्छन्; यसरी मानिसहरू शैतानको शक्तिअन्तर्गत जिउँछन्, र अचेतन रूपमै शैतानको आज्ञापालन गर्छन्, र शैतानद्वारा मानिसको भ्रष्टीकरण झन्‍झन् गहिरिँदै जान्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५

परमेश्‍वरका दैनिक वचनहरू   अंश १५२

मानिसलाई भ्रष्ट तुल्याउनको लागि शैतानले यी विभिन्‍न विधिहरूको प्रयोग गर्छ। मानिससँग ज्ञान र केही वैज्ञानिक सिद्धान्तहरूको बुझाइ छ, मानिस परम्‍परागत संस्कृतिको प्रभावमा जिउँछ, अनि प्रत्येक मानिस परम्‍परागत संस्कृतिको उत्तराधिकारी र हस्तान्तरणकर्ता हो। मानिस शैतानले उसलाई दिएको परम्‍परागत संस्कृतिलाई जारी राख्‍न बाध्य छ, र शैतानले मानवजातिलाई प्रदान गरेका सामाजिक प्रचलनहरूलाई पनि मानिसले अनुसरण गर्छ। शैतानले गर्ने सबै कुरा सधैँ अनुसरण गर्ने, त्यसको दुष्टता, छलीपन, बदख्‍वाइँ र अहङ्कारलाई स्वीकार गर्ने हुँदा मानिस शैतानबाट अलग गर्न नसकिने छ। शैतानका यी स्वभावहरूको वशमा परिसकेपछि, मानिस यस भ्रष्ट मानवजातिको बीचमा खुशीसाथ कि दुःखद रूपमा जिइरहेको छ? (दुःखद रूपमा।) तिमीहरू किन त्यसो भन्दैछौ? (मानिस यी भ्रष्ट कुराहरूद्वारा बाँधिएको र नियन्त्रित गरिएको हुनाले, ऊ पापमा जिउँछ र कठिन संघर्षले उसलाई पुरेको छ।) कतिपय मानिसहरू अत्यन्तै बुद्धिजीवी देखिन चश्मा लगाउँछन्; तिनीहरू वाक्पटुता र तर्कको साथ अत्यन्तै सम्‍मानले बोल्‍न सक्छन्, र तिनीहरू धेरै कुराहरूबाट गुज्रेर आएका हुनाले, तिनीहरू अत्यन्तै अनुभवी र परिष्कृत हुन सक्छन्। तिनीहरूले ठूला-साना कुराहरूका बारेमा विस्तृत रूपमा बोल्‍न सक्छन्; तिनीहरूले विभिन्न कुराहरूको विशुद्धता र तर्कलाई पनि मूल्याङ्कन गर्न सक्छन्। कतिले यी मानिसहरूको बानीबेहोरा र स्वरूपलाई, साथै तिनीहरूको चरित्र, मानवता, आनीबानी, र आदि इत्यादि कुराहरूलाई हेर्न सक्छन्, र तिनमा कुनै त्रुटि भेट्टाउँदैनन्। त्यस्ता मानिसहरूले विशेष रूपमा हालको सामाजिक प्रचलनहरूलाई अपनाउन सक्छन्। त्यस्ता मानिसहरू वृद्ध भए तापनि, तिनीहरू समयका प्रचलनहरूबाट कहिल्यै पछि पर्दैनन् र ती कुराहरू सिक्‍नको लागि कहिल्यै पनि अत्यन्तै वृद्ध हुँदैनन्। झट्ट हेर्दा, त्यस्तो व्यक्तिमा कसैले पनि गल्ती भेट्टाउन सक्दैन, तैपनि तिनीहरूलाई तिनीहरूको भित्री सारसम्मै शैतानले अत्यन्तै धेरै र पूर्ण रूपमा भ्रष्ट तुल्याएको हुन्छ। यी मानिसहरूमा कुनै बाहिरी त्रुटि भेट्टाउन नसकिए पनि, सतहमा तिनीहरू भलादमी, उत्कृष्ट भए पनि, र तिनीहरूमा ज्ञान र निश्‍चित नैतिकता भए पनि, र तिनीहरूसँग निष्ठा भए पनि, र ज्ञानको हिसाबमा तिनीहरू जवान मानिसहरूभन्दा कुनै पनि हालतमा कमजोर नभए पनि, तिनीहरूको प्रकृति सारको हिसाबमा, यस्ता मानिसहरू शैतानको पूर्ण र जीवित नमुना हुन्छन्; तिनीहरू शैतानको स्वरूपसँग अत्यन्तै मिल्‍ने हुन्छन्। शैतानले मानिसलाई भ्रष्ट तुल्याएर पाउने “फल” यही नै हो। मैले जे भनेँ त्यसले तिमीहरूलाई चोट पुर्‍याउन सक्छ, तर यो सबै साँचो हो। मानिसले अध्ययन गर्ने ज्ञान, उसले बुझ्‍ने विज्ञान, र सामाजिक प्रचलनसँग मिल्‍नको लागि उसले छनौट गर्ने माध्यमहरू सबै नै मानिसलाई भ्रष्ट तुल्याउने शैतानका औजारहरू हुन्, यसमा कुनै अपवाद छैन। यो पूर्णतया सत्य छ। त्यसकारण, मानिस शैतानले पूर्णतया भ्रष्ट तुल्याएको स्वभावभित्र जिउँछ, र मानिससँग परमेश्‍वरको पवित्रता के हो वा परमेश्‍वरको सार के हो सो जान्‍ने कुनै मार्ग छैन। किनभने सतहमा हेर्दा शैतानले मानिसलाई भ्रष्ट तुल्याउने मार्गहरूमा कुनै गल्ती भेट्टाउन सकिँदैन; कसैको बानीबेहोरालाई हेरेर कुनै कुरा गलत छ भनेर भन्‍न सकिँदैन। हरेक व्यक्तिले सामान्य रूपमा नै आफ्‍नो काम गर्छन् र सामान्य जीवन जिउँछन्; तिनीहरूले सामान्य रूपमै पुस्तक-पुस्तिका र अखबार पढ्छन्, तिनीहरूले सामान्य रूपमै अध्ययन गर्छन् र बोल्छन्। कतिपय मानिसहरूले केही नीतिशास्‍त्र सिकेका हुन्छन् अनि बोल्‍नमा सिपालु हुन्छन्, समझदार र मित्रवत् हुन्छन्, सहयोगी र परोपकारी हुन्छन्, र सानातिना कुरामा झैझगडा गर्ने वा मानिसहरूबाट फाइदा लिने गर्दैनन्। तैपनि, तिनीहरूको भ्रष्ट शैतानी स्वभावले तिनीहरूभित्र गहन रूपमा जरा गाडेको हुन्छ र बाहिरी प्रयासमा भर परेर यो सारलाई परिवर्तन गर्न सकिँदैन। यो सारको कारणले गर्दा, मानिसले परमेश्‍वरको पवित्रतालाई जान्‍न सक्दैन, र परमेश्‍वरको पवित्रताको सारलाई मानिसको निम्ति खुलासा गरिएको भए पनि मानिसले यसलाई गम्‍भीर रूपमा लिँदैन। किनभने विभिन्‍न माध्यमहरूद्वारा शैतानले मानिसको भावना, विचार, दृष्टिकोण र सोचाइहरूलाई नियन्त्रण गरिसकेको छ। यो नियन्त्रण र भ्रष्टता अस्थायी वा कहिलेकहीँ हुने कुरा होइन, बरु यो त जहाँसुकै र जुनसुकै समयमा हुने कुरा हो। तसर्थ, तीन वा चार, वा पाँच वा छ वर्षदेखि परमेश्‍वरलाई विश्‍वास गर्दै आएका धेरै मानिसहरूले तिनीहरूमा शैतानले हालिदिएका यी दुष्ट विचार, दृष्टिकोण, तर्क, र सिद्धान्तहरूलाई मूल्यवान् ठान्छन्, र तिनलाई त्याग्‍न सक्दैनन्। शैतानको प्रकृतिबाट आउने दुष्ट, अहङ्कारी र दुर्भावनापूर्ण कुराहरूलाई मानिसले स्वीकार गरेको हुनाले, मानिसको अन्तर्वैयक्तिक सम्‍बन्धहरूमा प्रायजसो द्वन्द्व, तर्कवितर्क र बेमेल हुन्छ, जुन शैतानको अहङ्कारी प्रकृतिको परिणामस्वरूप आउँछ। यदि शैतानले मानवजातिलाई सकारात्मक कुराहरू दिएको भए—उदाहरणको लागि, मानिसले स्वीकार गरेको परम्‍परागत संस्कृतिको कन्फ्युसियसवाद र ताओवाद असल कुराहरू भएका भए—ती कुराहरूलाई स्वीकार गरिसकेपछि उस्तै प्रकारका मानिसहरू एक-अर्कासँग मिलेर बस्‍नु पर्नेथियो। त्यसो भए, किन उही कुराहरूलाई स्वीकार गर्ने मानिसहरूका बीचमा त्यति ठूलो विभाजन छ त? किन त्यसो भयो त? किनभने यी कुराहरू शैतानबाट आउँछन् अनि शैतानले मानिसहरूका बीचमा विभाजन पैदा गर्छ। शैतानबाट आउने कुराहरू सतहमा हेर्दा जत्ति नै गौरवशाली वा महान् देखिए पनि तिनले मानिसमा र मानिसको जीवनमा अहङ्कार मात्र ल्याउँछ, र छली प्रकारको दुष्ट प्रकृति भन्दा बढी केही पनि ल्याउँदैन। कुरा त्यही होइन र? आफैलाई छदमभेषमा लुकाउन सक्‍ने, प्रचुर ज्ञान भएको वा राम्रो बाल्यकाल बिताएको कुनै पनि व्यक्तिलाई समेत उसको भ्रष्ट शैतानी स्वभावलाई लुकाउन कठिन हुन्छ। भन्‍नुको अर्थ, यस्तो मानिसले आफैलाई जस्तोसुकै तरिकाले वस्‍त्र पहिर्‍याए पनि, तैँले तिनीहरूलाई सन्त ठाने पनि, वा तैँले त्यसलाई सिद्ध छ भन्‍ने ठाने पनि, वा तैँले तिनीहरू स्वर्गदूत हुन् भन्‍ने ठाने पनि, तिनीहरू जति शुद्ध छन् भन्‍ने तैँले ठाने पनि, पर्दापछाडिको तिनीहरूको वास्तविक जीवन कस्तो हुन्छ त? तिनीहरूको स्वभावको प्रकाशमा तैँले कस्तो सार देख्छस्? तैँले शैतानको दुष्ट प्रकृति देख्छस् भन्‍नेमा कुनै शङ्का छैन। के त्यसो भन्‍नु स्वीकार्य छ? (छ।) उदाहरणको लागि, मानौँ तिमीहरूले असल व्यक्ति भनी ठानेको तिमीहरूको नजिकको कुनै व्यक्ति होला, सायद तैँले पूजनीय ठान्‍ने कुनै व्यक्ति होला। तेरो वर्तमान कदद्वारा, तैँले तिनीहरूलाई के ठान्छस्? सबभन्दा पहिले, तैँले यस प्रकारको व्यक्तिमा मानवता छ कि छैन, तिनीहरू इमानदार छन् कि छैनन्, मानिसहरूप्रति तिनीहरूको प्रेम साँचो छ कि छैन, तिनीहरूको बोलीवचन र कार्यले अरूलाई फाइदा र सहयोग पुर्‍याउँछ कि पुर्‍याउँदैन भनेर मूल्याङ्कन गर्छस्। (तिनीहरू त्यस्तो छैनन्।) यी मानिसहरूले प्रकट गर्ने तथाकथित दया, प्रेम वा असलपन के हो त? यो सबै झूट, यो सबै देखावटी हो। यो देखावटीपनभित्र एउटा गोप्‍य दुष्ट उद्देश्य हुन्छ: आफूलाई प्रिय र पूजनीय बनाउनु। के तिमीहरू यसलाई स्पष्ट रूपमा देख्छौ? (देख्छौँ।)

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५

परमेश्‍वरका दैनिक वचनहरू   अंश १५३

मानिसहरूलाई भ्रष्ट तुल्याउन शैतानले प्रयोग गर्ने विधिहरूले मानवजातिमा के ल्याउँछ? तिनले कुनै सकारात्मक कुरा ल्याउँछ? पहिलो कुरा, के मानिसले असल र खराबको बीचमा भिन्‍नता छुट्याउन सक्छ? यो संसारमा चाहे कुनै चर्चित वा महान् व्यक्ति होस्, वा कुनै अखबार वा अरू प्रकाशक होस्, के तिनीहरूले कुनै कुरा असल वा खराब, वा सही वा गलत छ भनी मूल्याङ्कन गर्न प्रयोग गर्ने मापदण्डहरू सही छन् भनेर भन्छस्? के घटना र मानिसहरू सम्‍बन्धी तिनीहरूको लेखाजोखा सही छ? तिनमा सत्यता समावेश छ? के यो संसार, यो मानवजातिले सकारात्मक र नकारात्मक कुराहरूलाई सत्यताको मापदण्डको आधारमा मूल्याङ्कन गर्छ? (गर्दैन।) किन मानिसहरूमा त्यो क्षमता छैन? मानिसहरूले धेरै ज्ञान अध्ययन गरेका छन् र तिनीहरूलाई विज्ञानको बारेमा धेरै थाहा छ, त्यसकारण तिनीहरूमा धेरै क्षमताहरू छन्, छैनन् र? त्यसो भए किन तिनीहरूले सकारात्मक र नकारात्मक कुराहरूको बीचमा भिन्‍नता छुट्याउन सक्दैनन्? किन यसो हुन्छ? (किनभने मानिसहरूसँग सत्यता छैन; विज्ञान र ज्ञान सत्यता होइनन्।) शैतानले मानवतामा ल्याउने सबै कुरा दुष्ट, भ्रष्ट अनि सत्यता, जीवन र मार्गविनाका कुराहरू हुन्। शैतानले मानिसमा ल्याउने दुष्टता र भ्रष्टताको आधारमा, के शैतानसँग प्रेम छ भनेर तैँले भन्‍न सक्छस्? के मानिसमा प्रेम छ भनेर तैँले भन्‍न सक्छस्? कतिपय मानिसहरूले यसो भन्‍न सक्छन्: “तपाईं गलत हुनुहुन्छ; संसारभरि गरिब वा घरबार विहीनलाई सहयोग गर्ने धेरै मानिसहरू छन्। के यिनीहरू असल मानिसहरू होइनन् र? असल कार्य गर्ने परोपकारी संस्थाहरू पनि छन्; के तिनीहरूले गर्ने काम असल होइन र?” त्यसबारेमा तिमीहरू के भन्छौ? मानिसलाई भ्रष्ट तुल्याउनको लागि शैतानले विभिन्‍न विधि र सिद्धान्तहरूको प्रयोग गर्छ; के मानिसको यो भ्रष्टता एउटा अस्पष्ट अवधारणा हो त? होइन, यो अस्पष्ट छैन। शैतानले पनि केही व्यवहारिक कुराहरू गर्छ, र यसले पनि यो संसार र समाजमा दृष्टिकोण वा सिद्धान्तलाई प्रवर्धन गर्छ। हरेक राजवंश र हरेक कालखण्डमा, त्यसले सिद्धान्तको प्रवर्धन गर्छ र मानिसको मनमस्तिष्कमा विचारहरू घुसाइदिन्छ। यी विचार र सिद्धान्तहरूले बिस्तारै मानिसको हृदयमा जरा गाड्छन्, त्यसपछि तिनीहरू तिनकै आधारमा जिउन थाल्छन्। तिनीहरूले यी कुराहरू अनुरूप जिउन थालेपछि, के तिनीहरू पत्तै नपाई शैतान बन्दैनन् र? के त्यसपछि मानिसहरू शैतानसँग एक बन्दैनन् र? जब मानिसहरू शैतानसँग एक बन्छन्, आखिरमा परमेश्‍वरप्रति तिनीहरूको मनोवृत्ति के हुन्छ? के यो परमेश्‍वरप्रति शैतानको जे मनोवृत्ति छ त्यही होइन र? यसलाई स्वीकार गर्न कसैले पनि आँट गर्दैन, गर्छ त? कस्तो भयानक कुरो! शैतानको प्रकृति दुष्ट छ भनेर म किन भन्छु त? म विनाआधार यसो भन्दिन; बरु, त्यसले गरेको काम र के प्रकट गरेका कुराहरूका आधारमा शैतानको प्रकृतिलाई निर्धारित र विश्‍लेषण गरिन्छ। यदि मैले शैतान दुष्ट छ भनेर मात्रै भनेको भए, तिमीहरूले के सोच्‍नेथियौ? तिमीहरूले यो सोच्‍नेथियौ: “अवश्य नै शैतान दुष्ट छ।” म तँलाई सोध्छु: “शैतानको कुन-कुन पक्षहरू दुष्ट छन् त?” यदि तैँले यसो भनिस् भने: “परमेश्‍वर विरुद्ध शैतानले गर्ने विरोध दुष्ट छ,” तैँले अझै पनि स्पष्टताको साथ बोलिरहेको हुनेथिइनस्। अब मैले यसरी निश्‍चित विवरणहरूको बारेमा बताइसकेको हुनाले, के तिमीहरूसँग शैतानको दुष्टताको सारको निश्‍चित विषयवस्तुको बारेमा बुझाइ छ? (छ।) यदि शैतानको दुष्ट प्रकृतिलाई तिमीहरू स्पष्ट रूपमा देख्‍न सक्छौ भने, तिमीहरूले तिमीहरूका आफ्‍नै अवस्थाहरूलाई देख्‍नेछौ। यी दुई कुराका बीचमा कुनै सम्‍बन्ध छ? यो तिमीहरूका लागि उपयोगी छ कि छैन? (छ।) जब म परमेश्‍वरको पवित्रताको सारको बारेमा सङ्गति गर्छु, के मैले शैतानको दुष्ट सारको बारेमा सङ्गति गर्न जरूरी छ र? यसको बारेमा तिमीहरूको विचार के छ? (हो, यो जरूरी छ।) किन? (शैतानको दुष्टताले परमेश्‍वरको पवित्रतालाई स्पष्ट देखिने तुल्याउँछ।) के यो त्यस्तै हो त? शैतानको दुष्टताविना मानिसहरूले परमेश्‍वर पवित्र हुनुहुन्छ भन्‍ने थाहा पाउनेथिएन भन्‍ने अर्थमा यो आंशिक रूपमा सही छ; यसो भन्‍नु सही छ। तैपनि, यदि तैँले परमेश्‍वरको पवित्रता शैतानको दुष्टताको विपरीत भएको कारण मात्रै अस्तित्वमा छ भनेर भन्छस् भने, के यो सही हुन्छ त? यो विरोधाभासपूर्ण सोचाइ गलत छ। परमेश्‍वरको पवित्रता परमेश्‍वरको अन्तर्निहित सार हो; परमेश्‍वरले यसलाई उहाँका कार्यहरूद्वारा प्रकट गर्नुभए पनि, यो परमेश्‍वरको सारको प्राकृतिक अभिव्यक्ति हो र यो परमेश्‍वरको अन्तर्निहित सार नै हो; मानिसले यसलाई देख्‍न नसके पनि यो सधैँ अस्तित्वमा छ र परमेश्‍वरमा यो अन्तर्निहित र स्वाभाविक रूपमा छ। यस्तो हुन्छ किनभने मानिस शैतानको भ्रष्ट स्वभावको बीचमा र शैतानको प्रभावमा जिउँछ, अनि तिनीहरूलाई पवित्रताको बारेमा थाहा छैन, परमेश्‍वरको पवित्रताको निश्‍चित विषयवस्तुको बारेमा थाहा हुनु त परै जाओस्। त्यसकारण, के हामीले सुरुमा शैतानको दुष्ट सारको बारेमा सङ्गति गर्नु आवश्यक छ त? (हो, छ।) कतिपय मानिसहरूले केही शङ्का व्यक्त गर्न सक्छन्: “तपाईंले परमेश्‍वर स्वयम्‌को बारेमा सङ्गति गर्दै हुनुहुन्छ, त्यसकारण तपाईं किन सधैँ शैतानले कसरी मानिसहरूलाई भ्रष्ट तुल्याउँछ र कसरी शैतानको स्वभाव भ्रष्ट छ भनेर कुरा गरिरहनुहुन्छ?” अब तिमीहरूले यी शङ्काहरूलाई रोकिसकेका छौ, छैनौ त? जब मानिसहरूसँग शैतानको दुष्टताको बारेमा बोध हुन्छ र जब तिनीहरूसँग यसको बारेमा सटीक परिभाषा हुन्छ, जब मानिसहरूले दुष्टताको निश्‍चित विषयवस्तु र प्रकटीकरण, दुष्टताको स्रोत र सारलाई स्पष्ट रूपमा देख्‍न सक्छन्, तब मात्रै परमेश्‍वरको पवित्रतासम्बन्धी छलफलमार्फत मानिसहरूले परमेश्‍वरको पवित्रता के हो, पवित्रता आफै के हो भनेर महसुस गर्न वा पहिचान गर्न सक्छन्। यदि मैले शैतानको दुष्टताको बारेमा छलफल गरिन भने, मानिसहरूले समाजमा र मानिसहरूका बीचमा गर्ने कुराहरूले—वा यो संसारमा अस्तित्वमा रहेका निश्‍चित कुराहरूले—पवित्रतासँग केही सम्‍बन्ध राख्छ भनेर कतिपय मानिसहरूले गलत रूपमा विश्‍वास गर्नेछन्। के यो गलत दृष्टिकोण होइन र? (हो, यो गलत हो।)

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५

परमेश्‍वरका दैनिक वचनहरू   अंश १५४

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले ज्ञान प्रयोग गर्छ र उसलाई नियन्त्रण गर्न ख्याति र प्राप्ति प्रयोग गर्छ (छनौट गरिएको खण्ड)

मानिसलाई शैतानले भ्रष्ट तुल्याउने पाँच तरिकाहरूमध्ये, हामीले उल्‍लेख गरेको पहिलो ज्ञान हो, त्यसकारण हाम्रो सङ्गतिको पहिलो विषयको रूपमा ज्ञानलाई लिऔँ। शैतानले ज्ञानलाई चारोको रूपमा प्रयोग गर्छ। ध्यान दिएर सुन्: ज्ञान भनेको एक प्रकारको चारो मात्रै हो। मानिसहरूलाई दिन प्रतिदिन कडा मेहनतसाथ पढ्न र आफूलाई सुधार गर्न, ज्ञानलाई हतियार बनाएर आफैलाई त्यसद्वारा सुसज्‍जित पार्न, र विज्ञानको प्रवेशद्वार खुला गर्न ज्ञानलाई प्रयोग गर्न बहकाइन्छ; अर्को शब्‍दमा भन्दा, तैँले जति धेरै ज्ञान हासिल गर्छस्, तैँले त्यति नै बढी बुझ्‍नेछस्। शैतानले मानिसहरूलाई यी सबै कुराहरू बताउँछ; त्यसले मानिसहरूलाई महत्त्वाकाङ्क्षा र अभिलाषाहरू बढाउँदै लैजान निर्देशन दिँदै तिनीहरूले ज्ञान सिक्‍ने क्रममा उत्कृष्ट आदर्शहरू लिनुपर्छ भनी बताउँछ। मानिसहरूलाई थाहै नभई शैतानले तिनीहरूलाई यस्ता विभिन्‍न सन्देशहरू दिन्छ अनि अचेतन रूपमै यी कुराहरू सही वा लाभदायक छन् भनी महसुस गर्ने तुल्याउँछ। अनजानमै मानिसहरूले यो मार्गमा पाइला चाल्छन्, अनजानमै तिनीहरू आफ्‍नै आदर्शहरू र महत्त्वाकाङ्क्षाहरूद्वारा डोरिँदै जान्छन्। चरणबद्ध रूपमा, अनजानमै तिनीहरूले शैतानद्वारा दिइएको ज्ञानबाट महान् वा चर्चित मानिसहरूको सोच्‍ने शैलीहरू सिक्छन्। तिनीहरूले नायकहरू ठानिने मानिसहरूका कार्यबाट पनि केही कुरा सिक्छन्। यी नायकहरूका कार्यहरूमा शैतानले मानिसको लागि के वकालत गरिरहेको हुन्छ? यसले मानिसको मनमस्तिष्कभित्र के हाल्न चाहन्छ? मानिस देशभक्त हुनैपर्छ, उसमा राष्ट्रिय अखण्डता हुनुपर्छ, र ऊ नायकी उत्साह भएको व्यक्ति हुनुपर्छ। नायकी व्यक्तित्वहरूको ऐतिहासिक कथा वा जीवनीहरूबाट मानिसले के सिक्छ? व्यक्तिगत वफादारीताको भाव धारण गर्न, इष्टमित्र र दाजुभाइको लागि जेसुकै गर्न तयार रहन। शैतानको यो ज्ञानभित्र, मानिसले अनजानमै धेरै कुराहरू सिक्छ, जुन सकारात्मक छँदै-छैनन्। मानिसको अनभिज्ञतामाझ, शैतानद्वारा तयार गरिएका बीउहरू मानिसहरूको अपरिपक्‍व मनमस्तिष्कहरूमा छरिन्छ। यी बीउहरूले तिनीहरूलाई महान् व्यक्ति बन्‍नुपर्छ, चर्चित बन्‍नुपर्छ, नायक बन्‍नुपर्छ, देशभक्त बन्‍नुपर्छ, आफ्‍नो परिवारलाई प्रेम गर्ने व्यक्ति बन्‍नुपर्छ, र साथीको लागि जे पनि गर्ने व्यक्ति बन्‍नुपर्छ र व्यक्तिगत वफादारीताको भाव धारण गर्नुपर्छ भन्‍ने अनुभूति गराउँछ। शैतानको प्रलोभनमा परेर, अनजानमै तिनीहरू त्यसले तिनीहरूका लागि तयार गरेको बाटोमा हिँड्छन्। यो बाटोमा ओरालो लाग्‍ने क्रममा, तिनीहरूले शैतानका जिउने नियमहरू पछ्याउन बाध्य हुन्छन्। पूर्ण रूपमा अनभिज्ञ रहेर, जिउनको लागि तिनीहरूले आफ्‍नै नियमहरू निर्माण गर्छन्, तर ती शैतानका नियमहरू बाहेक केही पनि हुँदैनन् जसलाई त्यसले तिनीहरूको मनमस्तिष्कमा जबरजस्ती हालिदिएको हुन्छ। शैतानले तिनीहरूलाई तिनीहरूको सिकाइ प्रक्रियामा तिनीहरूका आफ्‍नै उद्देश्यहरू हुर्काउन र तिनीहरूका आफ्‍नै जीवन लक्ष्यहरू, जिउने नियमहरू र जीवन दिशा निर्धारित गर्न लगाउँछ र यस क्रममा मानिसहरूलाई तिनीहरू प्रलोभनमा परुन्जेल अलि-अलि गरी कथाहरू, जीवनीहरू र सम्‍भव भएका अरू सबै माध्यमहरूको प्रयोग गरेर तिनीहरूको मनमस्तिष्कमा शैतानका कुराहरू हालिदिन्छ। यसरी, तिनीहरूको सिकाइको अवधिमा, कतिले साहित्य, कतिले अर्थशास्‍त्र, अरूले खगोलविज्ञान वा भूगोल मन पराउँछन्। अनि कतिपयले राजनीतिशास्त्र मन पराउँछन्, कतिले भौतिकविज्ञान मन पराउँछन्, कतिलाई रसायनशास्त्र मन पर्छ, अनि अझै अरूलाई ईश्‍वरशास्‍त्र मन पर्छ। यी सबै वृहत् समग्रता अर्थात् ज्ञानका भागहरू हुन्। तिमीहरूको हृदयमा, यी सबै कुराहरू वास्तवमा केसँग सम्‍बन्धित छन् भन्‍ने तिमीहरू प्रत्येकलाई थाहा छ; तिमीहरू प्रत्येक नै यसभन्दा पहिले तिनको सम्पर्कमा आएका थियौ। तिमीहरू प्रत्येकले नै ज्ञानका एउटा वा अर्को हाँगाहरूका बारेमा अटुट रूपमा कुरा गरिरहन सक्छौ। यसरी मानिसहरूको मनमा यो ज्ञान कति गहिरो गरी प्रवेश गरेको छ भन्‍ने कुरा स्पष्ट हुन्छ; मानिसहरूका हृदयमा यो ज्ञानले लिएको स्थान अनि तिनीहरूमा यसको प्रभाव कति गहन छ भन्‍ने कुरालाई स्पष्टै देख्‍न सकिन्छ। कसैले ज्ञानको एउटा क्षेत्रप्रति आत्मीयता विकास गरिसकेपछि, जब व्यक्तिले यसलाई गहन रूपमा प्रेम गरेको हुन्छ, तब तिनीहरूले अनजानमै महत्त्वाकाङ्क्षाहरूको विकास गर्छन्: कतिपय मानिसहरू लेखक बन्‍न चाहन्छन्, कति जना साहित्यकार बन्‍न चाहन्छन्, कति जना राजनीतिलाई पेसा बनाउन चाहन्छन्, र कति जना अर्थशास्‍त्रमा संलग्‍न भएर व्यापारी बन्‍न चाहन्छन्। त्यसै गरी नायकहरू, महान् वा चर्चित बन्‍न चाहने मानिसहरू पनि छन्। कुनै व्यक्ति जस्तो प्रकारको व्यक्ति बन्‍न चाहे पनि, तिनीहरूको लक्ष्य भनेको ज्ञान सिक्‍ने यो विधिलाई लिएर तिनीहरूका आफ्‍नै फाइदाको लागि, तिनीहरूका आफ्‍नै इच्‍छाहरू, तिनीहरूका आफ्‍नै महत्त्वाकाङ्क्षाहरूको लागि प्रयोग गर्नु हो। यो जति नै राम्रो सुनिए पनि—तिनीहरूले आफ्‍ना सपनाहरू हासिल गर्न, आफ्‍नो जीवन बरबाद नगर्न, वा निश्‍चित पेसा अपनाउन चाहे पनि नचाहे पनि—तिनीहरूले यी उच्च आदर्श र महत्त्वाकाङ्क्षाहरू लिन्छन्, तर वास्तवमा यो सबै केका लागि हो त? के तिमीहरूले यसभन्दा पहिले कहिल्यै यो प्रश्‍नको बारेमा विचार गरेका छौ? शैतानले किन यस्तो कार्य गर्छ? यी कुराहरूलाई मानिसको मनमस्तिष्कमा राखिदिनुमा शैतानको के उद्देश्य छ? यो प्रश्‍नको विषयमा तिमीहरूको हृदय स्पष्ट हुनैपर्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६

परमेश्‍वरका दैनिक वचनहरू   अंश १५५

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले ज्ञान प्रयोग गर्छ र उसलाई नियन्त्रण गर्न ख्याति र प्राप्ति प्रयोग गर्छ (छनौट गरिएका खण्डहरू)

मानिसहरूले ज्ञान प्राप्त गर्ने प्रक्रियाको दौरान, सबै प्रकारका विधिहरू प्रयोग गरेर, चाहे त्यो कथाहरू सुनाएर होस्, तिनीहरूलाई केवल केही ज्ञान दिएर होस्, वा तिनीहरूलाई आफ्ना चाहना वा आकाङ्क्षाहरू पूरा गर्न दिएर होस्, शैतानले मानिसहरूलाई कुन चाहिँ बाटोमा लैजान चाहन्छ? मानिसहरू ज्ञान सिक्नुमा केही गलत छैन, यो पूर्ण रूपमा स्वाभाविक र न्यायोचित छ भन्ने सोच्छन्। आकर्षक लाग्ने तरिकाले भन्दा, उच्च आकाङ्क्षाहरू स्थापित गर्नु वा महत्त्वाकाङ्क्षाहरू राख्नु भनेको सङ्कल्प हुनु हो, र यो जीवनमा सही मार्ग हुनुपर्छ। यदि व्यक्तिले आफ्ना आकाङ्क्षाहरू साकार पार्न सक्छ, वा आफ्नो जीवनकालमा सफल करियर स्थापित गर्न सक्छ भने, के त्यो जिउने अझ गौरवशाली तरिका होइन र? यसरी, व्यक्तिले आफ्ना पुर्खाहरूलाई सम्मान गर्न सक्छ मात्रै होइन तर आउने पुस्ताहरूका लागि आफ्नो छाप छोड्ने मौका पनि पाउन सक्छ—के यो राम्रो कुरा होइन र? यो सांसारिक मानिसहरूको नजरमा राम्रो कुरा हो, र तिनीहरूका लागि यो उचित र सकारात्मक हुनुपर्छ। तर, के शैतानले आफ्ना दुष्ट मनसायहरूले मानिसहरूलाई यस्तो बाटोमा लैजान्छ र त्यसपछि त्यति नै हो त? अवश्य होइन। वास्तवमा, मानिसका आकाङ्क्षाहरू जतिसुकै भव्य भए पनि, मानिसका चाहनाहरू जतिसुकै यथार्थवादी भए पनि वा ती जतिसुकै उचित भए पनि, मानिसले हासिल गर्न चाहेका सबै कुरा, मानिसले खोजेका सबै कुरा दुई शब्दसँग अटुट रूपमा जोडिएको हुन्छ। यी दुई शब्द हरेक व्यक्तिलाई उसको जीवनभरि अत्यन्तै महत्त्वपूर्ण हुन्छन्, र ती शैतानले मानिसमा हालिदिन चाहेका कुरा हुन्। यी दुई शब्द के हुन्? ती “ख्याति” र “प्राप्ति” हुन्। शैतान एउटा एकदमै नरम विधि, मानिसहरूका धारणाहरूसँग एकदमै मिल्ने विधि, र धेरै आक्रामक नभएको विधि प्रयोग गर्छ, जसले गर्दा मानिसहरू अनजानमै यसका बाँच्ने साधन र नियमहरू स्वीकार गर्छन्, जीवनका लक्ष्य र जीवनका दिशाहरू विकास गर्छन्, र जीवनका आकाङ्क्षाहरू राख्छन्। मानिसहरूले आफ्ना जीवनका आकाङ्क्षाहरूको वर्णन जतिसुकै सानदार तरिकाले गर्न सक्ने भए पनि, यी आकाङ्क्षाहरू सधैँ ख्याति र प्राप्तिको वरिपरि घुम्छन्। कुनै महान् वा प्रसिद्ध व्यक्तिले—वा, वास्तवमा, कुनै पनि व्यक्तिले—आफ्नो जीवनभरि पछ्याउने सबै कुरा केवल यी दुई शब्दसँग सम्बन्धित हुन्छन्: “ख्याति” र “प्राप्ति।” मानिसहरू सोच्छन्, तिनीहरूसँग ख्याति र प्राप्ति भएपछि, तिनीहरूसँग उच्च हैसियत र ठूलो धन उपभोग गर्ने, र जीवनको आनन्द लिने पूँजी हुन्छ। तिनीहरू सोच्छन्, तिनीहरूसँग ख्याति र प्राप्ति भएपछि, तिनीहरूसँग सुखचैन खोज्ने र देहको बेलगाम मोजमज्जामा संलग्न हुने पूँजी हुन्छ। तिनीहरूले चाहना गर्ने यस ख्याति र प्राप्तिका खातिर, मानिसहरू खुसीसाथ र अनजानमा आफ्नो शरीर, हृदय, र आफ्ना सम्भावना र भवितव्यलगायत आफूसँग भएका सबै कुरा शैतानलाई सुम्पिदिन्छन्। तिनीहरू निसङ्कोच, अलिकति पनि शङ्काविना, र आफूसँग पहिले भएका सबै कुरा फिर्ता माग्नेबारे कहिल्यै नजानी यसो गर्छन्। के मानिसहरूले यसरी आफूलाई शैतानलाई सुम्पेपछि र त्यसप्रति बफादार बनेपछि आफूमाथि कुनै नियन्त्रण राख्न सक्छन्? निश्चित रूपमा सक्दैनन्। तिनीहरू पूरै र पूर्ण रूपमा शैतानद्वारा नियन्त्रित हुन्छन्। तिनीहरू पूरै र सम्पूर्ण रूपमा यस दलदलमा डुबेका हुन्छन्, र आफूलाई मुक्त गर्न असमर्थ हुन्छन्। कुनै व्यक्ति ख्याति र प्राप्तिमा फसेपछि, उसले उप्रान्त उज्यालो, न्यायवान्, वा सुन्दर र असल कुराहरू खोज्दैन। किनभने ख्याति र प्राप्तिको प्रलोभन मानिसहरूका लागि अत्यन्तै ठूलो हुन्छ, र यी कुराहरू मानिसहरूले आफ्नो जीवनभरि र अनन्तकालसम्म पनि अनन्त रूपमा पछ्याउन सक्ने कुरा हुन्। के यो वास्तविक अवस्था होइन र? कतिपय मानिसले भन्नेछन्, ज्ञान सिक्‍नु भनेको समयको गतिसँग पछि नपर्न वा संसारद्वारा पछाडि नछोडिनका लागि पुस्तकहरू पढ्नु र तिमीलाई पहिल्यै थाहा नभएका केही कुरा सिक्‍नुबाहेक केही पनि होइन। आफ्नो हातमुख जोड्नका लागि, आफ्‍नै भविष्यका खातिर, वा आधारभूत आवश्यकताहरू पूरा गर्नका लागि मात्र ज्ञान सिकिन्छ। के आधारभूत आवश्यकताहरू पूरा गर्नका लागि मात्रै, खानेकुराको समस्या समाधान गर्नका लागि मात्रै, एक दशकसम्‍म कडा अध्ययन गर्ने कुनै व्यक्ति छ? छैन, यस्तो कोही पनि छैन। त्यसो भए, कुनै व्यक्तिले किन यति वर्षसम्‍म यस्ता कष्टहरू सहन्छ? यो ख्याति र प्राप्तिका लागि नै हो। ख्याति र प्राप्तिले तिनीहरूलाई टाढामा पर्खिरहेका हुन्छन्, तिनीहरूलाई बोलाइरहेका हुन्छन्, र तिनीहरू आफ्नो लगनशीलता, कठिनाइ र सङ्घर्षमार्फत मात्रै ख्याति र प्राप्तितर्फ लैजाने बाटोमा हिँड्न सक्छन्, यसरी यी कुराहरू प्राप्त गर्न सक्छन् भनी विश्‍वास गर्छन्। यस्तो व्यक्तिले आफ्नो भावी मार्गका लागि, आफ्नो भावी आनन्दका लागि र राम्रो जीवन प्राप्त गर्न यी कठिनाइहरू भोग्नैपर्छ। आखिर यो ज्ञान के हो—के तिमीहरू मलाई बताउन सक्छौ? के यो शैतानले मानिसमा हालिदिने जिउने नियम र दर्शनहरू होइन, जस्तै “पार्टीलाई प्रेम गर, देशलाई प्रेम गर, र आफ्नो धर्मलाई प्रेम गर” अनि “बुद्धिमानी मानिस परिस्‍थितिअनुसार चल्छ”? के यी शैतानले मानिसमा हालिदिएका जीवनका “उच्च आकाङ्क्षाहरू”, जस्तै महान् मानिसहरूका सोचहरू, प्रसिद्ध व्यक्तिहरूको निष्ठा वा वीर व्यक्तित्वहरूको साहसी आत्मा, वा मार्शल आर्ट उपन्यासहरूका नाइट र तरवारबाजहरूको शौर्य र दया होइनन् र? यी विचार र कथनहरूले एकपछि अर्को पुस्तालाई प्रभाव पार्छन्; धेरै मानिसले यी विचारहरू स्वीकार गर्छन्, र तिनीहरू यी “उच्च आकाङ्क्षाहरू” पूरा गर्नका लागि पछ्याउँछन्, सङ्घर्ष गर्छन्, र आफ्नो जीवन बलिदान दिनसमेत इच्छुक हुन्छन्। यो नै शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउन ज्ञान प्रयोग गर्ने साधन र विधि हो। त्यसोभए शैतानले मानिसहरूलाई यस मार्गमा अगुवाइ गरेपछि, के तिनीहरू परमेश्‍वरमा समर्पित हुन र उहाँको आराधना गर्न सक्षम हुन्छन्? र के तिनीहरू परमेश्‍वरका वचनहरू स्वीकार गर्न र सत्यता पछ्याउन सक्षम हुन्छन्? बिलकुल हुँदैनन्—किनभने तिनीहरूलाई शैतानले बहकाएको हुन्छ। अब यो विचार गरौँ: शैतानले मानिसहरूमा हालिदिएका ज्ञान, विचार, र दृष्टिकोणहरूभित्र, के परमेश्‍वरप्रतिको समर्पण र परमेश्‍वरको आराधनाका सत्यताहरू छन्? के परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने सत्यताहरू छन्? के परमेश्‍वरका कुनै वचनहरू छन्? के तिनीहरूमा सत्यताको कुनै कुरा छ? पटक्कै छैन—यी कुराहरू पूर्ण रूपमा छैनन्। के तिमीहरू मानिसहरूमा शैतानद्वारा हालिदिएका यी कुराहरूमा सत्यता छैन भनेर निश्‍चित हुन सक्छौ? तिमीहरूले निश्‍चित रूपमा भन्ने आँट नगरे पनि केही छैन। यदि तँ शैतानले मानिसहरूलाई लोभ्याएर दुष्टताको मार्गमा ल्याउन प्रयोग गर्ने दुई मुख्य शब्‍द “ख्याति” र “प्राप्ति” नै हुन् भनेर चिन्छस् भने, त्यो नै पर्याप्त हो।

अब पुनरावलोकन गरौँ: शैतानले मानिसलाई दह्रिलो गरी आफ्नो नियन्त्रणमा राख्‍नका लागि के प्रयोग गर्छ? (ख्याति र प्राप्ति।) शैतानले मानिसका विचारहरू नियन्त्रण गर्नका लागि ख्याति र प्राप्ति प्रयोग गर्छ, उसलाई यी दुई कुराबाहेक अरू केही नसोच्ने बनाउँछ, र उसलाई ख्याति र प्राप्तिका लागि सङ्घर्ष गर्न, ख्याति र प्राप्तिका लागि कष्ट भोग्न, ख्याति र प्राप्तिका लागि अपमान सहन र गह्रौँ बोझहरू बोक्न, ख्याति र प्राप्तिका लागि आफूसँग भएका सबै कुरा बलिदान गर्न, अनि ख्याति र प्राप्तिका लागि हरेक फैसला वा निर्णय गर्न लगाउँछ। यसरी, शैतानले मानिसलाई अदृश्य साङ्लाहरू लगाइदिन्छ, र, उसमा यी साङ्लाहरू हुँदा, ऊसँग त्यसबाट उम्किने न त क्षमता हुन्छ न त साहस नै। अनजानमै, ऊ यी साङ्लाहरू बोकेर, ठूलो कठिनाइका साथ एक-एक पाइला गर्दै अगाडि बढ्छ। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्‍वरबाट टाढिन्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, शैतानको ख्याति र प्राप्तिमाझ एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ। अहिले शैतानका कार्यहरूलाई हेर्दा, के यसका कपटी मनसायहरू अत्यन्तै घृणापूर्ण छैनन् र? सायद आज तिमीहरू अझै पनि शैतानका कपटी मनसायहरू छर्लङ्ग देख्‍न सक्दैनौ किनभने तिमीहरूलाई ख्याति र प्राप्तिविना जीवनको कुनै अर्थ हुँदैन, र मानिसहरूले अबउसो अगाडिको बाटो देख्‍न सक्नेछैनन्, उप्रान्त आफ्ना लक्ष्यहरू देख्‍न सक्नेछैनन्, र तिनीहरूको भविष्य अँध्यारो, मधुरो र मलिन बन्नेछ भन्‍ने लाग्छ। तर, बिस्तारै, एक दिन तिमीहरू सबैले ख्याति र प्राप्ति मानिसलाई शैतानले लगाइदिने विशाल साङ्लाहरू हुन् भनी पहिचान गर्नेछौ। जब त्यो दिन आउँछ, तैँले शैतानको नियन्त्रणलाई पूर्ण रूपमा प्रतिरोध गर्नेछस् र शैतानले तँमाथि ल्याइदिएका साङ्लाहरूलाई पूर्ण रूपमा प्रतिरोध गर्नेछस्। जब तँ शैतानले तँमा हालिदिएका यी सबै कुराहरूबाट आफूलाई मुक्त गर्न चाहन्छस्, तब तैँले शैतानसँगको तेरो सम्‍बन्धलाई पूर्ण रूपमा तोड्नेछस् र शैतानले तँमाथि ल्याएका सबै कुरालाई साँचो रूपमा घृणा गर्नेछस्। त्यसपछि मात्र तँसँग परमेश्‍वरका निम्ति साँचो प्रेम र तृष्णा हुनेछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६

परमेश्‍वरका दैनिक वचनहरू   अंश १५६

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले विज्ञान प्रयोग गर्छ

शैतानले मानिसको उत्सुकता, विज्ञानको अन्वेषण गर्ने र रहस्यहरू जाँच्‍ने मानिसको इच्‍छालाई सन्तुष्ट पार्न विज्ञानको नाम प्रयोग गर्छ। विज्ञानको नाममा, शैतानले मानिसका भौतिक खाँचोहरू र जीवनको गुणस्तर निरन्तर सुधार गर्ने मानिसको माग पूरा गर्छ। तसर्थ, यही बहानामा शैतानले मानिसलाई भ्रष्ट तुल्याउन विज्ञानको प्रयोग गर्छ। के शैतानले यसरी विज्ञानको प्रयोग गरी मानिसको विचारलाई मात्र भ्रष्ट तुल्याउँछ कि मानिसको मनमस्तिष्कलाई नै भ्रष्ट तुल्याउँछ? हाम्रो वरिपरिका हामीले देख्‍ने र हाम्रो सम्पर्कमा आउने मानिसहरू, घटनाहरू र विभिन्‍न कुराहरूमध्ये, अरू के-केलाई भ्रष्ट तुल्याउन शैतानले विज्ञानको प्रयोग गर्छ? (प्राकृतिक वातावरणलाई।) सही हो। तिमीहरूलाई यसले गहन रूपमा हानि गरेको र गहन रूपमा असर पारेको छ जस्तो देखिन्छ। शैतानले विज्ञानका विभिन्न खोज र निष्कर्षहरू प्रयोग गरेर मानिसलाई भ्रममा पार्नेबाहेक विज्ञानलाई परमेश्‍वरद्वारा मानिसलाई दिइएको जिउने वातावरण मनपरी विनाश र शोषण गर्ने माध्यमका रूपमा पनि प्रयोग गर्छ। त्यसले यदि मानिसले वैज्ञानिक अनुसन्धान गरेमा, मानिसको जिउने वातावरण र जीवनको गुणस्तर निरन्तर रूपमा सुधार हुनेछ र यसबाहेक वैज्ञानिक विकासको उद्देश्य भनेकै मानिसहरूका दैनिक रूपमा बढ्दो भौतिक आवश्यकताहरू र तिनीहरूको जीवनको गुणस्तर निरन्तर रूपमा सुधार हुनुपर्ने आवश्यकता पूरा गर्नु हो भन्‍ने बहानामा यसो गर्छ। शैतानले विज्ञानको विकास गर्नुको सैद्धान्तिक आधार यही हो। तर, विज्ञानले मानवजातिलाई के दिएको छ त? के हाम्रो जिउने वातावरण—र सारा मानवजातिको जिउने वातावरण—दूषित पारिएको छैन र? के मानिसले सास फेर्ने हावा दूषित पारिएको छैन र? के हामीले पिउने पानी दूषित पारिएको छैन र? के हामीले खाने खाना अझै पनि जैविक र प्राकृतिक छ? धेरैजसो अन्‍न र सागसब्जी आनुवंशिक रूपमा परिमार्जित गरिएका हुन्छन्, ती रासायनिक मलको प्रयोग गरेर उमारिएका हुन्छन् र केही त विज्ञानको प्रयोग गरी सिर्जना गरिएका प्रजाति छन्। हामीले खाने सागसब्‍जी र फलफूल अब प्राकृतिक छैनन्। प्राकृतिक अन्डासमेत अब भेट्टाउन सजिलो छैन र शैतानको तथाकथित विज्ञानद्वारा प्रशोधन गरिसकिएको हुनाले अन्डाको स्वाद अब पहिलेजस्तो छैन। व्यापक दृष्टिकोणबाट हेर्दा, सम्पूर्ण वायुमण्डल नष्ट पारिएको र प्रदूषित गरिएको छ; हिमाल, तालतलैया, वनजङ्गल, नदीनाला, सागर अनि जमिनमाथि र जमिनमुनिका सबै कुरा तथाकथित वैज्ञानिक उपलब्धिहरूद्वारा तहसनहस पारिएका छन्। सङ्क्षिप्तमा भन्नुपर्दा, परमेश्‍वरद्वारा मानवजातिलाई दिइएको सम्पूर्ण पारिस्थितिक वातावरण र जिउने वातावरण तथाकथित विज्ञानद्वारा तहसनहस र बरबाद पारिएका छन्। धेरै मानिसले आफूले खोज्ने जीवनको गुणस्तरको हिसाबमा आफूले सधैँ आशा गरेका कुराहरू प्राप्त गरेका, र यसरी आफ्ना चाहना र देह दुवैलाई सन्तुष्ट पारेका भए पनि, मानिस जिउने वातावरण विज्ञानले ल्याएका विभिन्‍न “उपलब्धिहरू” द्वारा मूलतः नष्ट र तहसनहस पारिएको छ। अब हामीसँग एकपटक स्वच्छ हावाको सास फेर्ने अधिकारसमेत रहेन। के यो मानवजातिको दुःख होइन र? यस्तो स्थानमा जिउनैपर्दा, के मानिससँग अब कुरा गर्नका लागि कुनै खुसी बाँकी छ र? मानिस यस प्रकारको स्थानमा जिउँछ, र पनि मानिसको जिउने वातावरणलाई सुरुमा नै मानिसका लागि परमेश्‍वरद्वारा सृष्टि गरिएको हो। मानिसहरूले पिउने पानी, मानिसहरूले सास फेर्ने हावा, मानिसहरूले खाने विभिन्न खानेकुरा, साथै विभिन्न बोटबिरुवा र सजीव प्राणीहरू अनि पहाड, तालतलैया र सागरहरूसमेत—यस जिउने वातावरणको हरेक भाग परमेश्‍वरद्वारा मानिसलाई दिइएको हो; यो प्राकृतिक हो, र परमेश्‍वरद्वारा स्थापित प्राकृतिक नियमअनुसार चल्छ। विज्ञान नभएको भए, मानिसहरूले अझै पनि परमेश्‍वरद्वारा दिइएका विधिहरू पालना गर्नेथिए, तिनीहरूले निर्मल र प्राकृतिक सबै कुराको आनन्द लिन सक्‍नेथिए र तिनीहरू एकदमै खुसी हुनेथिए। तर, अहिले यो सब शैतानद्वारा नष्ट र तहसनहस पारिएको छ; मानिसको आधारभूत जिउने ठाउँ अब निर्मल रहेन। तर केले गर्दा यो भयो वा यो कसरी भयो भनी कसैले पहिचान गर्न सक्दैन र झन् धेरै मानिस विज्ञानलाई तिनीहरूमा शैतानद्वारा हालिएका विचारहरू प्रयोग गरेर व्याख्या गर्छन् र हेर्छन्। के यो पूर्णतया घृणास्पद र दयनीय कुरा होइन र? अहिले, शैतानले मानिसहरू अस्तित्वमा रहेको ठाउँलाई, साथै तिनीहरू जिउने वातावरणलाई भ्रष्ट तुल्याई यस स्थितिमा पुर्‍याएको छ र मानवजाति निरन्तर यस मार्गमा विकसित भइरहेकाले, के परमेश्‍वरले पृथ्वीका मानिसहरूलाई व्यक्तिगत रूपमा नष्ट गर्नु आवश्यक छ? यदि मानिसहरू निरन्तर यही तरिकाले विकसित हुन्छन् भने, तिनीहरूले कुन दिशा लिनेछन्? (तिनीहरू सखाप पारिनेछन्।) तिनीहरू कसरी सखाप पारिनेछन्? मानिसहरूले लोभी तरिकाले ख्याति र प्राप्ति पछ्याउनेबाहेक, तिनीहरू निरन्तर रूपमा वैज्ञानिक अन्वेषण गर्छन् र गहन अनुसन्धानमा लाग्छन्, र त्यसपछि तिनीहरू आफ्‍नै भौतिक आवश्यकता र चाहनाहरू पूरा गर्न अनवरत रूपमा कार्य गर्छन्; त्यसोभए, मानिसका लागि कस्ता नतिजाहरू हुन्छन्? सर्वप्रथम, पर्यावरणीय सन्तुलन बिग्रिन्छ र जब यो हुन्छ, तब मानिसका भित्री अङ्गहरू यस असन्तुलित वातावरणद्वारा दूषित र क्षतिग्रस्त हुन्छन् अनि संसारभरि विभिन्‍न सङ्क्रामक रोग र महामारीहरू फैलन्छन्। अहिलेको यस अवस्थामाथि मानिसको कुनै नियन्त्रण छैन भन्‍ने कुरा साँचो होइन र? अब तिमीहरूले यो कुरा बुझिसकेकाले, यदि मानवजातिले परमेश्‍वरलाई पछ्याउँदैन, बरु सधैँ शैतानलाई पछ्याउँछ—निरन्तर आफैलाई सम्पन्‍न तुल्याउनका लागि ज्ञानको प्रयोग गर्छ, मानव जीवनको भविष्यको निरन्तर अन्वेषण गर्न विज्ञान प्रयोग गर्छ, निरन्तर जिउन यस प्रकारको विधि प्रयोग गर्छ भने—के तिमीहरू मानवजातिको परिणाम के हुनेछ भनेर बुझ्न सक्छौ? मानवजाति प्राकृतिक रूपमै लोप हुनेछ: एक एक कदम गर्दै मानवजाति विनाशतर्फ, आफ्नै विनाशतर्फ अघि बढ्छ! के यो आफ्नै विनाश निम्त्याउनु होइन र? अनि, के यो वैज्ञानिक प्रगतिको परिणाम होइन र? अब त यस्तो लाग्छ, मानौँ विज्ञान भनेको शैतानले मानिसका लागि तयार पारेको जादुको ओखती हो, ताकि तैँले कामकुराहरू खुट्ट्याउने कोसिस गर्दा, त्यो अन्योलमै गर्छस्; तैँले जति नै जोड गरेर हेरे पनि, कामकुराहरूलाई प्रस्ट देख्‍न सक्दैनस्, अनि तैँले जति नै कठोर प्रयास गरे पनि, तिनलाई बुझ्न सक्दैनस्। तर, शैतानले विज्ञानको नाम प्रयोग गरेर तेरो भोक जगाउँछ र तँलाई पूर्ण नियन्त्रणमा लिएर एकपछि अर्को पाइला सार्दै अतलकुण्ड र मृत्युतर्फ डोर्‍याउँछ। अनि यसो हुँदा, मानिसहरूले के प्रस्ट देख्‍नेछन् भने वास्तवमा मानिसको विनाश शैतानको हातले गराइएको हो—शैतान नै नाइके हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६

परमेश्‍वरका दैनिक वचनहरू   अंश १५७

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले परम्‍परागत संस्कृति प्रयोग गर्छ

शैतानले मानिसलाई भ्रष्ट तुल्याउन परम्‍परागत संस्कृति प्रयोग गर्छ। परम्‍परागत संस्कृति र अन्धविश्‍वासको बीचमा विभिन्‍न समानताहरू छन्, तर भिन्‍नता के हो भने परम्‍परागत संस्कृतिमा निश्‍चित कथा, उपमा, र स्रोतहरू हुन्छन्। शैतानले मानिसहरूमा परम्‍परागत संस्कृति वा अन्धविश्‍वासका व्यक्तित्वहरूको गहन छाप छोड्न विभिन्‍न लोक कथा वा इतिहासका पुस्तकहरूमा देखा पर्ने कथाहरूको कल्‍पना र प्रतिपादन गरेको छ। उदाहरणको लागि, चीनमा “समुद्र तर्ने आठ जना अविनाशीहरू,” “पश्‍चिमतर्फको यात्रा,” सम्राट जेड, “अजिङ्गर राजालाई जित्ने नेझा,” र “देवताहरूको अभिषेक” जस्ता लोक कथाहरू छन्। के यिनले मानिसको मनमा गहिरो जरा गाडेका छैनन् र? तिमीहरूमध्ये कतिलाई यिनको विवरण थाहा नभए पनि, तिमीहरूलाई समग्र कथा थाहा छ, र तेरो हृदय र मनमा टाँस्‍सिने भनेको समग्र विषयवस्तु नै हो, यसरी तैँले तिनलाई बिर्सन सक्दैनस्। शैतानले धेरै पहिले नै मानिसका निम्ति तयार गरेका विभिन्‍न विचार वा दन्त्यकथाहरू यिनै हुन्, र फरक-फरक समयमा यसको प्रचार-प्रसार भएको छ। यी कुराहरूले प्रत्यक्ष रूपमा मानिसहरूको प्राणलाई हानी र नष्ट गर्छन् अनि मानिसहरूलाई एकपछि अर्को गरी मन्त्रमुग्‍ध पार्छ। भन्‍नुको अर्थ, तैँले त्यस्ता परम्‍परागत संस्कृति, कथाहरू, वा अन्धविश्‍वासका कुराहरूलाई स्वीकार गरिसकेपछि, ती तेरो मनमा स्थापित भइसकेपछि, र ती तेरो हृदयमा बसिसकेपछि, तँ मन्त्रको बन्धनमा परेको जस्तै हुनेछस्—तँ यी परम्‍परागत फन्दाहरू, यी विचार र परम्‍परागत कथाहरूको जालमा पर्छस् र त्यसकै प्रभावमा हुन्छस्। तिनले तेरो जीवन, जीवन सम्‍बन्धी तेरो दृष्टिकोण, र कुराहरूप्रतिको तेरो मूल्याङ्कनलाई प्रभाव पार्छन्। त्योभन्दा पनि बढी जीवनको साँचो मार्गको तेरो खोजीलाई तिनले प्रभाव पार्छन्: यो वास्तवमा नै दुष्ट मन्‍त्र हो। तैँले जसरी प्रयास गरे पनि, तैँले तिनलाई हटाउन सक्दैनस्; तैँले तिनलाई काट्छस् तर काटेर ढाल्‍न सक्दैनस्; तैँले तिनलाई प्रहार गर्छस् तर प्रहार गरेर तैँले तिनलाई धपाउन सक्दैनस्। यसको साथै, मानिसहरू अनजानमा यस प्रकारको मन्‍त्रमा परिसकेपछि, तिनीहरूले आफ्‍नो हृदयमा शैतानको स्वरूपलाई जगेर्ना गरेर अनजानमै शैतानको पूजा गर्न थाल्छन्। अर्को शब्‍दमा भन्दा, तिनीहरूले शैतानलाई तिनीहरूको मूर्ति, तिनीहरूले आराधना गर्ने र आदरको साथ हेर्ने वस्तुको रूपमा स्थापना गर्छन्, यहाँसम्‍म कि तिनीहरूले यसलाई परमेश्‍वरकै रूपमा लिन्छन्। अनजानमा, यी कुराहरूले मानिसहरूको बोलीवचन र कार्यहरूलाई नियन्त्रण गर्दै ती तिनीहरूको हृदयमा बस्छन्। यसको साथै, सुरुमा तैँले यी कथा र दन्त्यकथाहरू झूट हुन् भन्‍ने ठान्छस्, तर अनजानमै तिनीहरूलाई वास्तविक व्यक्तिहरू ठान्दै र तिनीहरूलाई वास्तविक, अस्तित्वमा रहेका थोकहरूका रूपमा परिवर्तन गर्दै तँ तिनीहरूका अस्तित्वलाई स्वीकार गर्छस्। तेरो अनभिज्ञतामा, तैँले यी विचारहरूलाई र यी कुराहरूको अस्तित्वलाई अवचेतन रूपमा ग्रहण गर्छस्। तैँले अवचेतन रूपमा दियाबलसहरू, शैतान, र मूर्तिहरूलाई तेरो आफ्‍नै घरमा र तेरो आफ्‍नै हृदयमा ग्रहण गर्छस्—यो वास्तवमा मन्त्र नै हो। के यी शब्‍दहरूले तिमीहरूलाई छोयो? (छोयो।) के तिमीहरूमध्ये कसैले बुद्धको लागि धूप बालेका र त्यसको पूजा गरेका छौ? (छौँ।) त्यसो भए, धूप बाल्‍नु र बुद्धको पूजा गर्नुको उद्देश्‍य के थियो? (शान्तिको लागि प्रार्थना गर्नु।) अहिले विचार गर्दा, शान्तिको लागि शैतानलाई प्रार्थना गर्नु कति मूर्खतापूर्ण थियो होइन र? के शैतानले शान्ति ल्याउँछ? (ल्याउँदैन।) के तिमीहरू त्यो बेला कति अनजान थियौ सो देख्‍छौ? त्यस किसिमको बानीबेहोरा मूर्ख, अज्ञानी र अबुझ हो, होइन र? शैतानले तँलाई कसरी भ्रष्ट तुल्याउने भन्‍ने बारेमा मात्रै चासो राख्छ। शैतानले तँलाई शान्ति दिन सक्दैन, केवल अस्थायी सहजता मात्रै दिन सक्छ। तर यो सहजता प्राप्त गर्नको लागि तैँले भाकल गर्नैपर्छ, र यदि तैँले शैतानलाई गरेको कबुल वा भाकल तोडिस् भने, त्यसले तँलाई कसरी सताउँछ त्यो तैँले देख्‍नेछस्। तँलाई भाकल गर्ने तुल्याउँदा त्यसले वास्तवमा तँलाई नियन्त्रण गर्न चाहन्छ। जब तिमीहरूले शान्तिको लागि प्रार्थना गर्‍यौ, के तिमीहरूले शान्ति प्राप्त गर्‍यौ? (गरेनौँ।) तिमीहरूले शान्ति प्राप्त गरेनौ, तर यसको विपरीत तिमीहरूको प्रयासले दुर्भाग्य र अटुट विपत्ति अर्थात् तिक्तताको साँच्‍चै सीमारहित सागर ल्यायो। शान्ति शैतानको सत्ताभित्र छैन, र सत्य यही हो। सामन्ती अन्धविश्‍वास र परम्‍परागत संस्कृतिले मानवजातिमा ल्याउने परिणाम यही हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६

परमेश्‍वरका दैनिक वचनहरू   अंश १५८

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले सामाजिक प्रचलन प्रयोग गर्छ

शैतानले मानिसलाई सामाजिक प्रचलनमार्फत् भ्रष्ट पार्छ र नियन्त्रण गर्छ। “सामाजिक प्रवृत्तिहरू” ले चर्चित र महान व्यक्तित्वहरूका साथै चलचित्र र सङ्गीत क्षेत्रका आदर्श व्यक्तिहरूको आराधना, सेलिब्रेटीको आराधना, र अनलाइन गेमजस्ता क्षेत्रहरूलगायतका धेरै वटा पक्ष समेट्छन्। यी सबै नै सामाजिक प्रवृत्तिको भाग हुन् र यहाँ विस्तृत रूपमा कुरा गर्न आवश्यक छैन। हामी सामाजिक प्रवृत्तिहरूले मानिसहरूमा ल्याउने विचारहरू, तिनका कारण मानिसहरूले संसारसँग व्यवहार गर्ने तरिका र तिनले मानिसहरूमा ल्याउने जीवनका लक्ष्यहरू र दृष्टिकोणबारे मात्रै कुरा गर्नेछौँ। यी अत्यन्तै महत्त्वपूर्ण छन्; तिनले मानिसहरूका सोच र रायहरूलाई नियन्त्रित गर्न र प्रभावित पार्न सक्छन्। यी प्रवृत्तिहरूमध्ये हरेकले एउटा दुष्ट प्रभाव बोकेको हुन्छ। यस दुष्ट प्रभावले निरन्तर रूपमा मानवजातिलाई अधोगतिमा लैजान्छ र यसले गर्दा मानिसहरू विवेक, मानवता र समझ गुमाइरहन्छन्, निरन्तर रूपमा तिनीहरूको नैतिकता कमजोर बन्छ र तिनीहरूको निष्ठा झन्-झन् कम हुन्छ, यहाँसम्‍म कि हामी अधिकांश मानिसमा अब कुनै निष्ठा, कुनै मानवता, कुनै विवेक छैन, समझ त झनै छैन भनेरसमेत भन्‍न सक्छौँ। त्यसोभए, यी सामाजिक प्रवृत्तिहरू के हुन् त? ती तैँले नाङ्गो आँखाले देख्‍न नसक्‍ने प्रवृत्तिहरू हुन्। जब कुनै नयाँ प्रवृत्ति आउँछ, तब सायद कम मानिसले मात्र यसलाई सुरुमै अपनाउँछन्—तिनीहरू यस प्रकारको कामकुरा गर्नमा, यस प्रकारको विचार स्विकार्नमा र यस प्रकारको दृष्टिकोण स्वीकार गर्नमा अगुवाइ लिन्छन्। तैपनि, बहुसङ्ख्यक मानिस सबैले यस प्रवृत्तिलाई अनजानमै र अनायसै स्वीकार नगरून्जेल, यसमा उनीहरू नडुबुन्जेल र यसद्वारा नियन्त्रित नहोऊन्जेल, यसले उनीहरूलाई थाहै नपाई निरन्तर रूपमा सङ्क्रमित, आकर्षित र समाहित गर्नेछ। एकपछि अर्को गर्दै, त्यस्ता प्रवृत्तिहरूका कारण तन्दुरुस्त शरीर र मन नभएका, सत्यता के हो भनी थाहा नभएका अनि सकारात्मक र नकारात्मक कुराहरूबीच पटक्कै भिन्‍नता छुट्याउन नसक्‍ने मानिसहरू ती प्रवृत्तिहरूलाई, साथै शैतानबाट आउने जीवन दृष्टिकोण र मूल्यमान्यताहरूलाई खुसीसाथ स्वीकार गर्छन्। तिनीहरू शैतानले तिनीहरूलाई जीवनलाई कसरी लिने भन्‍नेबारे बताएको कुरा र शैतानले तिनीहरूलाई “दिएका” बाँच्ने तरिका खुसीसाथ स्वीकार गर्छन्। प्रतिरोध गर्नलाई तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त क्षमता नै हुन्छ, झन् सचेतना हुनु त परै जाओस्। त्यसोभए, यस्ता प्रचलनहरूलाई कसरी पहिचान गर्न सकिन्छ? तिमीहरूले क्रमिक रूपमा बुझ्‍न सक भनेर मैले एउटा सरल उदाहरण छनौट गरेको छु। कसैलाई पनि धोका नदिऊँ भनेर मानिसहरूले विगतमा आफ्‍नो व्यापार सञ्‍चालन गर्थे; जोसुकैले खरिद गरे पनि तिनीहरूले मालसामान उही मूल्यमा बिक्री गर्थे। के यहाँ असल विवेक र मानवताको केही तत्व सम्प्रेषित गरिएको छैन र? जब मानिसहरूले यसरी असल नियतसाथ आफ्‍नो व्यापार सञ्‍चालन गर्थे, त्यस बेला तिनीहरूमा केही विवेक र केही मानवता थियो भनेर देख्‍न सकिन्छ। तर पैसासम्‍बन्धी मानिसको सधैँ बढिरहने मागसँगै, मानिसहरूले पत्तै नपाई पैसा, नाफा, र सुखचैनलाई झन्झन् बढी प्रेम गर्न थाले। के मानिसहरूले पैसालाई पहिलेभन्दा अहिले बढी प्राथमिकता दिँदैनन् र? जब मानिसहरूले पैसालाई अत्यन्तै महत्त्वपूर्ण रूपमा हेर्न थाल्छन्, तिनीहरूले आफ्‍नो मर्यादा, प्रसिद्धि, छवि र निष्ठालाई कम महत्त्व दिन्छन्, के तिनीहरूले त्यसो गर्दैनन् र? जब तँ व्यापारमा संलग्‍न हुन्छस्, तैँले अरूलाई मान्छे ठगेर धनी बनेको देख्छस्। त्यो पैसा नराम्रो तरिकाले कमाइएको भए पनि, तिनीहरू झन्झन् धनी बन्दै जान्छन्। तिनीहरूको परिवारले सबै कुराको मजा लिएको देख्दा, तँलाई नरमाइलो लाग्छ: “हामी सबै नै व्यापार गर्छौँ तर तिनीहरू धनी बने। मचाहिँ किन धेरै पैसा कमाउन सक्दिनँ? म अब यो सहन सक्दिनँ—मैले अझै धेरै पैसा कमाउन, कुनै न कुनै उपाय सोच्‍नुपर्छ।” त्यसपछि त, तैँले गर्ने सबै कुरा भनेकै कसरी धेरै पैसा कमाउने भनेर चिन्तन गर्नु मात्र हो। जब तैँले “पैसा त विवेकअनुसार, र कसैलाई पनि नठगीकन कमाउनुपर्छ” भन्‍ने विश्‍वासलाई त्यागिसकेको हुन्छस्, तब तेरो सोच तेरा आफ्नै स्वार्थहरूद्वारा सञ्‍चालित हुँदै क्रमिक रूपमा बदलिँदै जान्छ र सोहीअनुरूप तेरो कार्यपछाडिका सिद्धान्तहरू पनि बदलिँदै जान्छन्। जब तैँले कसैलाई पहिलोपटक ठग्छस्, तँलाई आफ्नो विवेकले गाली गरेको अनभूति हुन्छ, र तेरो हृदयले तँलाई भन्‍नेछ, “यो सकिएपछि, मैले कसैलाई ठगेको यो नै अन्तिमपटक हुनेछ। मान्छेहरूलाई सधैँ ठग्यो भने यसले प्रतिशोध ल्याउनेछ!” यो मानिसको विवेकको कार्य हो—यसले तँलाई असहज महसुस गराउने र तँलाई धिक्‍कार्ने गर्छ, ताकि तैँले कसैलाई ठग्दा तँलाई अस्वाभाविक महसुस होस्। तर तैँले कसैलाई सफलतापूर्वक धोका दिएपछि, तैँले आफूसँग अहिले पहिलेभन्दा धेरै पैसा भएको देख्छस्, र तँलाई आफ्नो लागि यो तरिका निकै लाभदायक हुन सक्छ भन्‍ने लाग्छ। तेरो हृदयमा भएको हल्‍का पीडाको बाबजुद पनि, तँलाई आफ्नो सफलतामा आफैलाई बधाई दिने मन हुन्छ, र आफैप्रति खुसी महसुस हुन्छ। पहिलोपटक, तैँले आफ्नो व्यवहार, आफ्नो ठग मार्गलाई स्वीकार गर्छस्। यस्तो ठगीद्वारा मानिस एकपटक दूषित भइसकेपछि, यो कुनै व्यक्ति जुवातासमा संलग्‍न भएपछि ऊ जुवाडे बन्‍नुजस्तै हुन्छ। तैँले अचेतन रूपमै, आफ्नो ठगी व्यवहारलाई अनुमोदन गर्छस् र त्यसलाई स्विकार्छस्। अचेतन रूपमै, तैँले ठगी कार्यलाई उचित व्यावसायिक बानीबेहोरा, र तेरो अस्तित्व र जीविकाको सबैभन्दा उपयोगी माध्यमको रूपमा लिन्छस्; तँलाई लाग्छ, यसो गरेर तैँले चाँडै नै सम्पत्ति कमाउन सक्छस्। यो एक प्रक्रिया हो: सुरुमा, मानिसहरूले यस प्रकारको बानीबेहोरालाई स्वीकार गर्न सक्दैनन्, र तिनीहरूले यस्तो बानीबेहोरा र अभ्यासलाई नीच दृष्टिले हेर्छन्। त्यसपछि तिनीहरूले आफै प्रयोग र परीक्षण गर्दै यो बानीबेहोरालाई आफै अभ्यास गरेर हेर्न थाल्छन्, अनि तिनीहरूको हृदय क्रमिक रूपमा रूपान्तरित हुन थाल्छ। यो कस्तो प्रकारको रूपान्तरण हो? यो प्रचलनको स्वीकृति र अङ्गीकार हो, सामाजिक प्रचलनले तँमा राखिदिएको यो विचारको स्वीकृति र अङ्गीकार हो। महसुसै नगरी, तैँले मानिसहरूसँग व्यापार गर्ने क्रममा नठग्दा खराब अनुभूति गर्न थाल्छस्; तैँले मानिसहरूलाई नठग्दा, तँलाई आफूले कुनै कुरा गुमाइरहेको भान हुन्छ। थाहै नपाई, यो ठगी तेरो प्राण, तेरो मेरुदण्ड, तेरो जीवनको सिद्धान्तरूपी अपरिहार्य व्यवहार बन्छ। मानिसले यो व्यवहार र यो सोचाइलाई स्वीकार गरिसकेपछि, के यसले उसको हृदयमा परिवर्तन ल्याएको हुँदैन र? तेरो हृदय परिवर्तन भएको हुन्छ, त्यसकारण के तेरो सत्यनिष्ठा पनि परिवर्तन भएको हुन्छ? के तेरो मानवता परिवर्तन भएको हुन्छ? के तेरो विवेक परिवर्तन भएको हुन्छ? तेरो सम्पूर्ण अस्तित्व, तेरो हृदयदेखि तेरो विचारसम्‍म, तेरो भित्रदेखि बाहिरसम्म परिवर्तन भएको हुन्छ, र यो एक गुणात्‍मक परिवर्तन हुन्छ। यो परिवर्तनले तँलाई परमेश्‍वरबाट झन्‍झन् टाढा तान्छ, र तँ झन्झन् बढी शैतानसँग नजिकिँदै जान्छस्; तँ झन्झन् बढी शैतानजस्तै बन्छस्, र यसको परिणामस्वरूप, शैतानको भ्रष्टताले तँलाई नरपिशाच बनाउँछ।

यी सामाजिक प्रचलनहरूलाई हेर्दा, के तँ मानिसहरूमा तिनको ठूलो प्रभाव हुन्छ भनेर भन्छस्? के तिनले मानिसहरूलाई गहन रूपले हानिकारक प्रभाव पार्छन्? तिनले मानिसहरूलाई गहन रूपले हानिकारक प्रभाव पार्छन्। शैतानले यी प्रत्येक प्रवृत्तिद्वारा मानिसका कस्ता पक्षहरूलाई भ्रष्ट तुल्याउँछ? शैतानले मुख्यतया मानिसको विवेक, समझ, मानवता, नैतिकता, र अस्तित्वसम्बन्धी दृष्टिकोणलाई भ्रष्ट तुल्याउँछ। र के यी सामाजिक प्रवृत्तिहरूले मानिसहरूलाई बिस्तारै पतन गराउँदैनन्, र तिनीहरूलाई झन्-झन् धेरै भ्रष्ट बनाउँदैनन्? शैतानले मानिसहरूलाई क्रमिक रूपमा दियाबलसहरूको चङ्गुलमा लोभ्याएर फसाउन यी सामाजिक प्रवृत्तिहरू प्रयोग गर्छ, ताकि मानिसहरूले थाहै नपाई सामाजिक प्रवृत्तिहरूमाझ पैसा, भौतिक चाहनाहरू, दुष्टता, र हिंसाको पूजा गरून्। यी कुराहरू मानिसहरूको हृदयमा प्रवेश गरेपछि, मानिसहरू के बन्छन्? तिनीहरू दियाबलस र शैतान बन्छन्! किनभने मानिसहरूको हृदय तिनीहरूले पूजा गर्ने कुराले ओगटिएको हुन्छ; जब मानिसहरू नकारात्मक कुराहरूको पूजा गर्छन्, तब तिनीहरू दुष्टता र हिंसालाई प्रेम गर्न थाल्छन्, अनि तिनीहरू सुन्दरता र भलाइ मन पराउँदैनन्, झन् शान्ति मन पराउनु त परै जाओस्। तिनीहरू सामान्य मानवतामा सरल जीवन जिउन अनिच्छुक बन्छन्, बरु उच्च हैसियत र धेरै धनको आनन्द उठाउन, देहमा रमाउन, कुनै प्रतिबन्ध वा बन्धनविना—अर्को शब्दमा भन्दा, आफूले चाहेको जेसुकै गर्न—कुनै कसर बाँकी नराखी आफ्नो देहलाई सन्तुष्ट पार्न चाहन्छन्। त्यसैले जब तँ यी प्रकारका प्रवृत्तिहरूमा फसेको हुन्छस्, तब के तैँले सिकेको ज्ञानले तँलाई आफूलाई मुक्त गर्न मद्दत गर्न सक्छ? के तैँले जानेका परम्परागत संस्कृति र अन्धविश्वासका पक्षहरूले तँलाई यो कठिन परिस्थितिबाट उम्कन मद्दत गर्न सक्छन्? के तैँले जानेको परम्परागत नैतिकता र शिष्टाचारले तँलाई संयम अपनाउन मद्दत गर्न सक्छन्? उदाहरणका लागि, एनालेक्ट्स र ताओ ते चिङलाई लिऔँ। के तिनीहरूले मानिसहरूलाई यी दुष्ट प्रवृत्तिहरूको दलदलबाट बाहिर निस्कन मद्दत गर्न सक्छन्? बिलकुलै सक्दैनन्। यसरी, मानिसहरू झन्-झन् दुष्ट, अहङ्कारी, अत्यन्तै घमण्डी, स्वार्थी र दुर्भावपूर्ण बन्छन्। मानिसहरूमाझ अब कुनै स्नेह र बफादारी हुँदैन, परिवारका सदस्यहरूबीच अब कुनै प्रेम हुँदैन, नातेदार र साथीहरूबीच अब कुनै समझदारी हुँदैन; मानव सम्बन्धहरू हिंसाले भरिएका हुन्छन्। प्रत्येक व्यक्तिले हिंस्रक साधन र विधिहरूले अरूहरूमाझ जिउन, हिंसा प्रयोग गरेर आफ्नो लागि जीविकोपार्जन हत्याउन, हिंसा प्रयोग गरेर आफ्नो पद पाउन र आफ्नो लाभ प्राप्त गर्न, अनि आफूले चाहेका कुनै पनि कुराहरू गर्न हिंस्रक र दुष्ट तरिकाहरू प्रयोग गर्न खोज्छ। के यो मानवजाति डरलाग्दो छैन र? छ, एकदमै धेरै हदसम्म त्यस्तै छ: तिनीहरूले परमेश्‍वरलाई क्रूसमा टाँग्‍ने काम मात्रै गरेका छैनन्, उहाँलाई पछ्याउने सबैको हत्यासमेत गरेका छन्—किनकि मानिस अत्यन्तै दुष्ट छ। मैले भर्खरै भनेका यी सबै कुराहरू सुनिसकेपछि, शैतानले मानिसलाई भ्रष्ट तुल्याउने यो वातावरण, यो संसार, र यस प्रकारका मानिसहरूमाझ जिउन के तिमीहरूलाई अत्यन्तै डरलाग्दो लाग्दैन? (लाग्छ।) त्यसो भए, के तिमीहरूले आफैलाई कहिल्यै बिचरा ठानेका छौ? यो क्षणमा तिमीहरू अलिअलि यस्तो अनुभव गर्छौ, होइन र? (हो।) तिमीहरूको स्वर सुन्दा, तिमीहरूले यस्तो विचार गरिरहेजस्तो लाग्छ, “शैतानसँग मानिसलाई भ्रष्ट तुल्याउने धेरै र विभिन्‍न तरिकाहरू छन्। त्यसले हरेक अवसरको फाइदा उठाउँछ र हामी जता फर्के पनि त्यो त्यतै हुन्छ। के मानिसलाई अझै पनि मुक्ति दिन सकिन्छ?” के मानिसलाई अझै पनि मुक्ति दिन सकिन्छ? के मानिसले आफैलाई मुक्ति दिन सक्छ? (सक्दैन।) के सम्राट जेडले मानिसलाई बचाउन सक्छ? के कन्फ्युसियसले मानिसलाई बचाउन सक्छ? के गुवानिन वोधिसत्वले मानिसलाई बचाउन सक्छ? (सक्दैन।) त्यसो भए, कसले मानिसलाई बचाउन सक्छ? (परमेश्‍वरले।) तैपनि कतिपय मानिसहरूले आफ्‍नो हृदयमा यस्ता प्रश्‍नहरू उठाउनेछन्: “शैतानले हामीलाई यति घोर रूपमा, यति पागलपनको हदसम्म हानि गर्छ कि हामीसँग जीवन जिउने कुनै आशा नै हुँदैन, न त जीवन जिउने कुनै आत्मविश्‍वास नै हुन्छ। हामी सबै भ्रष्टतामाझ जिउँछौँ, र हरेक व्यक्तिले कुनै न कुनै तरिकाले परमेश्‍वरको विरोध गर्छ, र हाम्रो हृदय डुब्‍न सक्‍नेजति गहिराइमा डुबिसकेको छ। यसरी, शैतानले हामीलाई भ्रष्ट तुल्याइरहँदा परमेश्‍वर कहाँ हुनुहुन्छ? परमेश्‍वर के गरिरहनुभएको छ? परमेश्‍वरले हाम्रो लागि जे गरिरहनुभएको छ, त्यो हामीले कहिल्यै महसुस गर्दैनौँ!” कतिपय मानिसहरू अपरिहार्य रूपमै उदास र अलि निरुत्साहित महसुस गर्छन्। तिमीहरूका लागि, यो अनुभव निकै गहिरो हुन्छ किनभने मैले भन्दै आइरहेको यो सबै कुराले मानिसहरूलाई क्रमिक रूपमा यी मामलाहरू बुझ्दै जान मद्त गरेको छ, र यसपछि तिनीहरूले झन्झन् बढी आफू आशाहीन छु र आफूलाई परमेश्‍वरले त्याग्‍नुभएको छ भनी झन्झन् बढी महसुस गर्छन्। तर चिन्ता नगर। “शैतानको दुष्टता” भन्‍ने हाम्रो आजको सङ्गतिको विषय हाम्रो मूल प्रसङ्ग होइन। तैपनि परमेश्‍वरको पवित्रताको सारको बारेमा कुरा गर्नको लागि, मानिस अहिले कस्तो अवस्थामा छ भन्‍नेबारे मानिसहरूलाई स्पष्ट तुल्याउन हामीले सुरुमा शैतानले कसरी मानिसहरूलाई भ्रष्ट तुल्याउँछ भन्‍नेबारेमा र शैतानको दुष्टताको बारेमा छलफल गर्नैपर्छ। यसबारेमा कुरा गर्नुको एउटा उद्देश्य भनेको मानिसहरूलाई शैतानको दुष्टताको बारेमा जान्‍ने मौका दिनु हो, जबकि अर्को उद्देश्यचाहिँ मानिसहरूलाई साँचो पवित्रता के हो सोबारे गहन बुझाइ प्राप्त गर्ने मौका दिनु हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६

परमेश्‍वरका दैनिक वचनहरू   अंश १५९

परमेश्‍वरले मानिसलाई जे गर्नुहुन्छ त्यसमार्फत कसरी उहाँको पवित्रता बुझ्ने (छनौट गरिएको खण्ड)

जब-जब शैतानले मानिसलाई भ्रष्ट तुल्याउँछ वा मानिसलाई अनियन्त्रित रूपमा हानि गर्छ, परमेश्‍वर हात बाँधेर बस्‍नुहुन्‍न, न त उहाँले चुन्‍नुभएकाहरूलाई बेवास्ता गर्ने वा आँखा चिम्‍लने नै गर्नुहुन्छ। शैतानले गर्ने सबै कुरालाई परमेश्‍वरले पूर्ण स्पष्टताको साथ बुझ्‍नुहुन्छ। शैतानले जेसुकै गरे तापनि, यसले जस्तोसुकै प्रचलन पैदा गरे पनि, शैतानले जे गर्ने प्रयास गर्दैछ त्यो सबै परमेश्‍वरलाई थाहा हुन्छ, र उहाँले चुन्‍नुभएकाहरूलाई परमेश्‍वरले त्याग्‍नुहुन्‍न। बरु, कुनै पनि ध्यान नखिचीकन—गोप्य रूपमा, चुपचाप—परमेश्‍वरले आवश्यक सबै कुरा गर्नुहुन्छ। जब परमेश्‍वर कसैमाथि काम सुरु गर्नुहुन्छ, जब उहाँले कसैलाई छान्नुभएको हुन्छ, तब उहाँ यो कसैलाई घोषणा गर्नुहुन्न, न त उहाँ यो शैतानलाई नै घोषणा गर्नुहुन्छ, झन् भव्य प्रदर्शन गर्नु त परको कुरा हो। उहाँ आफूले अभिप्राय राखेको कुरा एकदमै चुपचाप, एकदमै स्वाभाविक रूपमा गर्नुहुन्छ। पहिला, उहाँ तेरा लागि परिवार छान्नुहुन्छ; तेरो पारिवारिक पृष्ठभूमि, तेरा आमाबुबा, तेरा पुर्खाहरू—यो सब, परमेश्‍वर पहिले नै निर्णय गर्नुहुन्छ। त्यसकारण, परमेश्‍वर यी निर्णयहरू आवेगमा गर्नुहुन्न; बरु, उहाँले यो काम धेरै पहिले सुरु गर्नुभयो। परमेश्‍वरले तेरा लागि परिवार छानिसक्नुभएपछि, उहाँ तँ जन्मिने मिति छान्नुहुन्छ। त्यसपछि, परमेश्‍वर तँ जन्मेको र संसारमा रुँदै आएको हेर्नुहुन्छ। उहाँ तेरो आगमन हेर्नुहुन्छ, तैँले तोते बोल्न सिकेको हेर्नुहुन्छ, तँ पाइला-पाइलामा ठेस लाग्दै हिँडेको हेर्नुहुन्छ। अब तँ दौडन, उफ्रन, बोल्न, र आफ्ना भावनाहरू व्यक्त गर्न सक्छस्…। मानिसहरू हुर्कँदै जाँदा, शैतानको नजर तिनीहरू प्रत्येकमाथि बाघले आफ्नो सिकारलाई हेरेजस्तै गडेको हुन्छ। तर आफ्नो काम गर्दा, परमेश्‍वर कहिल्यै कुनै व्यक्ति, घटना, वा कामकुरा, स्थान वा समयबाट उत्पन्न हुने सीमितताहरूको अधीनमा हुनुभएको छैन; उहाँ आफूले गर्नुपर्ने र अभिप्राय राखेको कुरा गर्नुहुन्छ। हुर्कने क्रममा, तैँले बिमार र बाटामा आइपर्ने बाधा-अड्चनहरूलगायत धेरै मन नपर्दा कुराहरू सामना गर्न सक्छस्। तर तँ यस बाटामा हिँड्दा, तेरो जीवन र तेरो भविष्यलाई परमेश्‍वर नजिकबाट हेरचाह गर्नुहुन्छ। परमेश्‍वर तेरो सम्पूर्ण जीवनका लागि साँचो प्रत्याभूति प्रदान गर्नुहुन्छ, किनभने उहाँ तेरै छेउमा हुनुहुन्छ, तँलाई सुरक्षा दिइरहनुभएको छ र तेरो हेरचाह गरिरहनुभएको छ। यो थाहै नपाई तँ हुर्कन्छस्। तँ नयाँ कुराहरूको सम्पर्कमा आउन थाल्छस् र यो संसारलाई र यो मानवजातिलाई चिन्‍न थाल्छस्। सबै कुरा तेरो लागि ताजा र नयाँ हुन्छ। तँलाई गर्न मन पर्ने केही कुराहरू हुन्छन्। तँ तेरो आफ्‍नै मानवताभित्र जिउँछस्, तँ तेरो आफ्‍नै क्षेत्रभित्र जिउँछस् र परमेश्‍वरको अस्तित्वको बारेमा तँलाई अलिकति पनि अनुभूति हुँदैन। तर तँ हुर्कने क्रममा परमेश्‍वरले हरेक पाइला हेर्नुहुन्छ, र तैँले हरेक कदम अगाडि बढाउँदा उहाँले तँलाई हेर्नुहुन्छ। तैँले ज्ञान सिकिरहेको बेला वा विज्ञान अध्ययन गरिरहेको बेलासमेत परमेश्‍वरले तँलाई एक पाइलासमेत कहिल्यै छोड्नुभएको हुँदैन। संसारलाई चिन्‍ने र यसमा संलग्‍न हुने क्रममा, तैँले तेरा आफ्‍नै आदर्शहरू स्थापना गरेको हुन्छस्, तेरा आफ्‍नै रुचिहरू हुन्छन्, तिमीहरूका आफ्‍नै चासोहरू हुन्छन् र तँसँग उच्‍च महत्त्वाकाङ्क्षाहरू पनि हुन्छन् भन्‍ने अर्थमा तँ अरू मानिसहरूजस्तै हुन्छस्। तेरो भविष्य कस्तो देखिनुपर्छ भन्‍ने खाका तयार गर्दै तैँले प्रायजसो आफ्‍नै भविष्यको बारेमा विचार गरिरहेको हुन्छस्। तर अघि बढ्ने क्रममा जेसुकै भए तापनि, यी सबै भइरहेको परमेश्‍वरले स्पष्ट रूपमा देख्‍नुहुन्छ। सायद तैँले आफ्‍नो विगतलाई बिर्सेको हुन सक्छस्, तर परमेश्‍वरको लागि, तँलाई राम्ररी बुझ्‍न सक्‍ने उहाँबाहेक कोही पनि छैन। तँ हुर्कँदै-बढ्दै, परिपक्‍व हुँदै परमेश्‍वरकै नजरमा रहेर जिउँछस्। यो अवधिमा, परमेश्‍वरको सबैभन्दा महत्त्वपूर्ण काम भनेको कसैले कहिल्यै पनि अनुभव नगर्ने, कसैले नजान्‍ने कुरा हो। परमेश्‍वरले अवश्य नै यसको बारेमा कसैलाई भन्‍नुहुन्‍न। त्यसो भए, यो सबैभन्दा महत्त्वपूर्ण कुरा के हो त? यो कुरा परमेश्‍वरले व्यक्तिलाई मुक्ति दिनुहुनेछ भन्‍ने प्रत्याभूति हो भनेर भन्‍न सकिन्छ। यसको अर्थ यदि परमेश्‍वरले उक्त व्यक्तिलाई मुक्ति दिन चाहनुहुन्छ भने, उहाँले त्यसो गर्नु नै हुन्छ। यो कार्य मानिस र परमेश्‍वर दुवैको लागि अत्यन्तै महत्त्वपूर्ण छ। यो के हो, के तँलाई थाहा छ? यस्तो लाग्छ, यसको बारेमा तिमीहरूसँग कुनै अनुभव, वा यसको कुनै अवधारणा छैन, त्यसकारण म आफै तिमीहरूलाई बताइदिनेछु। तँ जन्‍मेको समयदेखि अहिलेसम्‍म, परमेश्‍वरले तँमा धेरै काम गरिसक्‍नुभएको छ, तर उहाँले आफूले गर्नुभएको सबै कुराको विस्तृत विवरण तँलाई दिनुहुन्‍न। परमेश्‍वरले तँलाई सो कुरा जान्‍न दिनुभएन, न त उहाँले तँलाई यसबारे भन्‍नु नै भयो। तैपनि, मानवजातिको लागि, उहाँले गर्नुहुने सबै कुरा महत्त्वपूर्ण छन्। परमेश्‍वरको लागि त, यो उहाँले गर्नैपर्ने कुरा हो। उहाँको हृदयमा उहाँले गर्न आवश्यक रहेको कुनै महत्त्वपूर्ण कुरा छ जुन यी सबै कुराभन्दा अत्यन्तै बढी महत्त्वपूर्ण छ। अर्थात्, व्यक्ति जन्‍मेको समयदेखि वर्तमान दिनसम्‍म, परमेश्‍वरले तिनीहरूको सुरक्षाको प्रत्याभूति दिनु नै हुन्छ। जब तैँले यी वचनहरू सुन्छस्, तँलाई आफूले पूर्ण रूपमा नबुझेजस्तो लाग्‍न सक्छ। तैँले सोध्‍न सक्छस्, “के यो सुरक्षा त्यति महत्त्वपूर्ण छ र?” “सुरक्षा” को शाब्दिक अर्थ के हो? सायद तिमीहरूले यसलाई शान्ति भनेर बुझ्छौ वा सायद तिमीहरूले यसलाई कुनै पनि विपत्ति वा संकष्टको अनुभव कहिल्यै नगर्नु, राम्ररी जिउनु, सामान्य जीवन जिउनु भनेर बुझ्छौ होला। तर तिमीहरूले आफ्नो हृदयमा यो त्यति सरल छैन भन्‍ने जान्‍नैपर्छ। त्यसो भए, परमेश्‍वरले गर्नुपर्ने भनेर मैले भन्दै आइरहेको यो कुरा वास्तवमा के हो त? परमेश्‍वरको लागि सुरक्षाले केलाई जनाउँछ? के “सुरक्षा” को सामान्य अर्थ वास्तवमा नै प्रत्याभूति हो? होइन। त्यसो भए, परमेश्‍वरले गर्नुहुने यो कुरा के हो त? यो “सुरक्षा” को अर्थ तँलाई शैतानले निल्‍नेछैन भन्‍ने हो। के यो महत्त्वपूर्ण छ? शैतानले ननिल्‍नु—के यो तेरो सुरक्षासँग सम्‍बन्धित छ कि छैन? छ, यो तेरो व्यक्तिगत सुरक्षासँग सम्‍बन्धित छ, र त्योभन्दा महत्त्वपूर्ण कुरा अरू केही हुन सक्दैन। शैतानले तँलाई निलिसकेपछि, तेरो प्राण र तेरो देह अबउप्रान्त परमेश्‍वरको स्वामित्वमा हुनेछैन। परमेश्‍वरले अबउप्रान्त तँलाई मुक्ति दिनुहुनेछैन। शैतानले निलेका प्राण र मानिसहरूलाई परमेश्‍वरले त्याग्‍नुहुन्छ। त्यसकारण म भन्छु, परमेश्‍वरले गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तेरो यस सुरक्षाको प्रत्याभूति दिनु, तँलाई शैतानले निल्‍नेछैन भनेर प्रत्याभूति दिनु हो। यो अत्यन्तै महत्त्वपूर्ण छ, होइन र? त्यसो भए, तिमीहरू किन उत्तर दिन सक्दैनौ? परमेश्‍वरको महान् दयालाई तिमीहरू महसुस गर्न सक्दैनौ भन्‍नेजस्तो देखिन्छ!

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६

परमेश्‍वरका दैनिक वचनहरू   अंश १६०

परमेश्‍वरले मानिसलाई जे गर्नुहुन्छ त्यसमार्फत कसरी उहाँको पवित्रता बुझ्ने (छनौट गरिएको खण्ड)

मानिसहरूको सुरक्षाको प्रत्याभूति दिने, तिनीहरूलाई शैतानले निल्‍नेछैन भन्‍ने प्रत्याभूति दिनेबाहेक परमेश्‍वरले धेरै कुरा गर्नुहुन्छ। कसैलाई चुनेर मुक्ति दिनुभन्दा पहिले उहाँले प्रशस्त मात्रामा तयारीको काम गर्नुहुन्छ। पहिलो, तँमा कस्तो प्रकारको चरित्र हुनेछ, तँ कस्तो प्रकारको परिवारमा जन्‍मनेछस्, तेरा बाबुआमा को हुनेछन्, तेरा दाजुभाइ-दिदीबहिनीहरू कति जना हुनेछन्, र तँ जन्‍मने परिवारको अवस्था, आर्थिक अवस्था, र परिस्थितिहरू के-कस्ता हुनेछन् त्यस बारेमा परमेश्‍वरले सावधानीपूर्ण तयारीहरू गर्नुहुन्छ। परमेश्‍वरका चुनिएका बहुसंख्यक मानिसहरू कस्तो परिवारमा जन्‍मन्छन् के तिमीहरूलाई थाहा छ? के ती प्रतिष्ठित परिवारहरू हुन्? प्रतिष्ठित परिवारहरूमा जन्‍मने कोही पनि छैनन् भनेर हामी निश्‍चित रूपमा भन्‍न सक्दैनौँ। केही हुन सक्छन्, तर तिनीहरू अत्यन्तै थोरै छन्। के ती असाधारण सम्पत्ति भएका परिवारहरूमा, अरबपति वा करोडपति परिवारमा जन्‍मेका हुन्छन्? हुँदैनन्, तिनीहरू यस प्रकारका परिवारमा लगभग कहिल्यै जन्‍मेका हुँदैनन्। त्यसो भए, यीमध्ये धेरैजसो मानिसहरूका लागि परमेश्‍वरले कस्तो प्रकारको परिवारको बन्दोबस्त गर्नुहुन्छ? (साधारण परिवार।) अनि कस्ता परिवारलाई “साधारण परिवार” ठान्‍न सकिन्छ? तिनमा काम गरेर खाने परिवार—अर्थात्, बाँच्नको लागि ज्याला-मजदुरीमा भर पर्ने, आधारभूत आवश्यकताहरू पूरा गर्न सक्‍ने, र बढी सम्‍पन्‍न नभएकाहरू पर्छन्; तिनमा किसान परिवारहरू पनि पर्छन्। किसानहरू आफ्‍नो खानाको लागि अन्‍नपात रोप्छन्, खानको लागि तिनीहरूसँग अन्‍न अनि लाउनको लागि लुगा हुन्छ, र तिनीहरू भोकै बस्‍नु वा कठ्याङ्ग्रिनु पर्दैन। त्यसपछि स-साना व्यापार-व्यवसाय सञ्‍चालन गर्ने केही परिवारहरू छन्, र बाबुआमा बुद्धिजीवी भएका कतिपय परिवारहरू छन्, र यिनलाई पनि साधारण परिवारको रूपमा गन्ती गर्न सकिन्छ। कार्यालयमा काम गर्ने वा सानातिना पदमा रही सरकारी काम गर्ने केही बाबुआमा पनि छन्, जसलाई पनि प्रतिष्ठित परिवारमा गन्ती गर्न सकिँदैन। धेरैजसो मानिसहरू साधारण परिवारमा जन्‍मन्छन्, र यी सबैको चाँजोपाँजो परमेश्‍वरले नै मिलाउनुभएको हुन्छ। भन्‍नुको अर्थ, सबैभन्दा पहिलो कुरा, तिमीहरू जिउने यो वातावरण मानिसहरूले कल्‍पना गर्नेजस्तो अत्यधिक स्रोत-साधन नभएको परिवार हो, र परमेश्‍वरले तिमीहरूको लागि निर्णय गरिदिनुभएको परिवार यही हो, र बहुसंख्यक मानिसहरू यस प्रकारको पारिवारिक सीमितताहरूमा जिउँछन्। त्यसो भए, सामाजिक हैसियतको बारेमा चाहिँ के भन्‍ने त? बहुसंख्यक बाबुआमाका आर्थिक अवस्था मध्यम स्तरका छन् र तिनीहरूसँग उच्‍च सामाजिक हैसियत छैन—तिनीहरूको लागि एउटा व्यवसाय हुनु नै राम्रो कुरा हो। के तिनमा गभर्नरहरू पर्छन्? वा राष्ट्रका राष्ट्रपतिहरू पर्छन्? पर्दैनन्, हैन त? बढीमा तिनीहरू स-साना व्यापार-व्यवसायका व्यवस्थापकहरू वा स-साना व्यापार-व्यवसायका मालिकहरू हुन्छन्। तिनीहरूको सामाजिक हैसियत मध्यम स्तरको हुन्छ र तिनीहरूको आर्थिक अवस्था औसत हुन्छ। अर्को तत्व भनेको परिवारको जिउने वातावरण हो। सर्वप्रथम, यी परिवारहरूका बीचमा आफ्‍ना छोराछोरीलाई जोखाना हेर्ने र भविष्य बताउने मार्गमा हिँड्नको लागि स्पष्ट रूपमा प्रभाव पार्ने बाबुआमा हुँदैनन्; यस्ता कुराहरूमा संलग्‍न हुनेहरू एकदमै कम हुन्छन्। धेरैजसो बाबुआमा सामान्य नै हुन्छन्। परमेश्‍वरले मानिसहरूलाई चुन्दाचुन्दै उहाँले तिनीहरूका लागि यस प्रकारको वातावरण स्थापित गर्नुहुन्छ, जुन उहाँले मानिसहरूलाई दिने मुक्तिका लागि अत्यन्तै लाभदायक हुन्छ। झट्ट हेर्दा, परमेश्‍वरले मान्छेका लागि पृथ्वी नै हल्‍लाउने किसिमको केही पनि गर्नुभएको छैन जस्तो देखिन्छ; उहाँले बस हरेक कार्य अरूले थाहा नपाउनेगरी, नदेखिनेगरी, र चुपचाप रूपमा गर्नुहुन्छ। तर वास्तवमा, परमेश्‍वरले गर्नुहुने सबै कुराले तेरो मुक्तिका लागि जग बसालिरहेको, तेरो मुक्तिका लागि अगाडिको बाटो र आवश्यक सबै अवस्थाहरू तयार गरिरहेको हुन्छ। त्यसपछि, परमेश्‍वरले हरेक व्यक्तिलाई निश्‍चित समयमा उहाँको अघि ल्याउनुहुन्छ: तैँले परमेश्‍वरको आवाज सुन्‍ने बेला यही हो; तँ उहाँको सामुन्ने आउने बेला यही हो। यस्तो हुँदाको समयसम्‍म, कतिपय मानिसहरू पहिले नै बाबुआमा भइसकेका हुन्छन्, जबकि अरूचाहिँ अझै पनि कसैका बच्चा नै हुन्छन्। अर्को शब्‍दमा भन्दा, कतिपय मानिसहरूले विवाह गरेर छोराछोरी जन्‍माइसकेका हुन्छन्, तर अरूचाहिँ अझै पनि अविवाहित हुन्छन्, तिनीहरूले अझै आफ्‍नो परिवार सुरु गरेका हुँदैनन्। तर परिस्थिति जे-जस्तो भए पनि, जब परमेश्‍वरको सुसमाचार र उहाँका वचनहरू तँकहाँ पुग्छन्, यो परमेश्‍वरले धेरै पहिलेदेखि पूर्वनिर्धारित गर्नुभएको हुन्छ। तैँले परमेश्‍वरको आवाज सुन्‍न र कुनै निश्चित वातावरणमा उहाँलाई स्विकार्न सक् भनेर परमेश्‍वरले एउटा वातावरण खडा गर्नुभएको हुन्छ र निश्‍चित प्रसङ्गमा तँलाई सुसमाचार प्रचार गर्नका लागि कुनै निश्‍चित व्यक्ति तय गर्नुभएको हुन्छ। यो सबै परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ। परमेश्‍वरले तेरो लागि सम्पूर्ण अत्यावश्‍यक अवस्थाहरू पहिले नै तयारी गरिसक्‍नुभएको हुन्छ। यसरी, मानिसहरू अनजानमा उहाँसामु आउँछन् र परमेश्‍वरको घरतर्फ फर्कन्छन्। तिनीहरू अनजानमा परमेश्‍वरको कामको हरेक चरणमा पनि उहाँलाई पछ्याउँछन् र परमेश्‍वरले मानिसका लागि तयार पार्नुभएको उहाँको कार्यशैलीको हरेक चरणमा प्रवेश गर्छन्। यस बेला मानिसको लागि काम-कुराहरू गर्ने क्रममा परमेश्‍वरले के-कस्ता तरिकाहरू प्रयोग गर्नुहुन्छ? सबभन्दा पहिले, मानिसले प्राप्त गर्ने वास्ता र सुरक्षा नै न्यूनतम कुरा हो। यसबाहेक, परमेश्‍वरले विभिन्‍न मानिसहरू, घटना, र काम-कुराहरू खडा गर्नुहुन्छ ताकि ती कुराहरूद्वारा मानिसले उहाँको अस्तित्व र उहाँका कार्यहरू देख्‍न सकून्। उदाहरणको लागि, आफ्‍नो परिवारको कुनै व्यक्ति बिरामी भएकोले कतिपय मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्। जब अरूले तिनीहरूलाई सुसमाचार प्रचार गर्छन्, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न सुरु गर्छन्, र उक्त परिस्थितिको कारणले गर्दा परमेश्‍वरमाथिको यो विश्‍वास आउँछ। त्यसो भए, कसले यो परिस्थितिको बन्दोबस्त गर्‍यो त? (परमेश्‍वरले।) यस रोग-बिमारको माध्यमद्वारा, कतिपय परिवारमा हरेक व्यक्ति नै विश्‍वासी बन्छन्, अरू कतिमा चाहिँ परिवारका एक-दुई जना मानिसहरूले मात्रै विश्‍वास गर्छन्। झट्ट हेर्दा, तेरो परिवारको कुनै व्यक्ति बिरामी भयो भन्‍नेजस्तो देखिन्छ, तर यो वास्तवमा तँ परमेश्‍वरकहाँ आउन सक् भनेर तँलाई प्रदान गरिएको परिस्थिति हो—यो परमेश्‍वरको दया हो। कतिपय मानिसहरूका लागि परिवार कठिन हुँदा र तिनीहरूले कुनै शान्ति नपाउँदा, अवसर आफै आउँछ—कसैले सुसमाचार सुनाउँछ र भन्छ, “प्रभु येशूमा विश्‍वास गर अनि तिमीले शान्ति पाउनेछौ।” अनभिज्ञ भए पनि, तिनीहरूले अत्यन्तै प्राकृतिक परिस्‍थितिमा परमेश्‍वरलाई विश्‍वास गर्न पुग्छन्, के यो एक प्रकारको परिस्‍थिति होइन र? अनि तिनीहरूको परिवारमा शान्ति छैन भन्‍ने तथ्य परमेश्‍वरले तिनीहरूलाई दिनुभएको अनुग्रह नै होइन र? अन्य कारणहरूले परमेश्‍वरमा विश्‍वास गर्न पुग्‍ने कतिपय मानिसहरू पनि छन्। विश्‍वास गर्ने फरक-फरक कारणहरू र फरक-फरक तरिकाहरू छन्, तर तँलाई जुनसुकै कारणले उहाँमा विश्‍वास गर्ने तुल्याए पनि, यो सबै परमेश्‍वरले नै मिलाउनुभएको र मार्गनिर्देशित गर्नुभएको हो। सबभन्दा पहिले, परमेश्‍वरले तँलाई चुन्‍नको लागि र तँलाई उहाँको परिवारमा ल्याउनको लागि विभिन्‍न तरिकाहरू अपनाउनुहुन्छ। हरेक व्यक्तिलाई परमेश्‍वरले दिनुहुने अनुग्रह यही नै हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६

परमेश्‍वरका दैनिक वचनहरू   अंश १६१

परमेश्‍वरले मानिसलाई जे गर्नुहुन्छ त्यसमार्फत कसरी उहाँको पवित्रता बुझ्ने (छनौट गरिएको खण्ड)

परमेश्‍वरका आखिरी दिनहरूको कामको वर्तमान चरणमा, उहाँले पहिलेजस्तो मानिसलाई अनुग्रह र आशिष् मात्र प्रदान गर्नुहुन्‍न, न त उहाँले मानिसलाई अघि बढ्न फकाउनु नै हुन्छ। यस चरणको कामको अवधिमा, मानिसले अनुभव गरेको परमेश्‍वरको कामका सबै पक्षहरूबाट उसले के देखेको छ? मानिसले परमेश्‍वरको प्रेम साथै परमेश्‍वरको न्याय र सजाय देखेको छ। यस समयावधिमा, मानिसलाई क्रमिक रूपमा परमेश्‍वरका अभिप्रायहरू बुझ्न, उहाँले बोल्नुहुने वचनहरू र उहाँले मानिसलाई दिनुहुने सत्यता बुझ्न मद्दत गर्नका लागि उहाँले मानिसलाई भरणपोषण गर्ने, साथ दिने, अन्तर्दृष्टि दिने र मार्गदर्शन गर्ने विधि पनि प्रयोग गर्नुहुन्छ। जब मानिस कमजोर हुन्छ, जब ऊ नकारात्मक हुन्छ, जब उसको जाने बाटो कतै हुँदैन, तब मानिसको सानो कद क्रमिक रूपमा सामर्थ्यमा वृद्धि होस्, सकारात्मकतामा वृद्धि होस् र ऊ परमेश्‍वरसँग सहकार्य गर्न इच्छुक बनोस् भनेर परमेश्‍वरले मानिसलाई सान्त्वना दिन, सल्लाह दिन, र प्रोत्साहन दिन आफ्ना वचनहरूको प्रयोग गर्नुहुनेछ। तर जब मानिसले परमेश्‍वरविरुद्ध विद्रोह गर्छ वा उहाँको विरोध गर्छ, वा जब मानिसले आफ्नो भ्रष्टतालाई प्रकट गर्छ, परमेश्‍वरले मानिसलाई ताडना दिने र अनुशासनमा राख्ने क्रममा कुनै कृपा देखाउनुहुनेछैन। तैपनि, मानिसको मूर्खता, अज्ञानता, कमजोरी र अपरिपक्वताको लागि परमेश्‍वरले सहनशीलता र धैर्यता देखाउनुहुनेछ। यसरी, परमेश्‍वरले मानिसमा गर्नुहुने सबै कामद्वारा, मानिस क्रमिक रूपमा परिपक्व हुन्छ, वृद्धि हुन्छ, र परमेश्‍वरका अभिप्रायहरूलाई जान्न पुग्छ, निश्चित सत्यताहरूलाई जान्न पुग्छ, के-कस्ता कुराहरू सकारात्मक हुन् र के-कस्ता कुराहरू नकारात्‍मक हुन् सो जान्न पुग्छ, दुष्टता र अन्धकार के हुन् सो जान्न पुग्छ। परमेश्‍वरले मानिसलाई सधैँ ताडना दिने अनि अनुशासनमा राख्ने एउटै तरिका अपनाउनुहुन्न, न त मानिसप्रति सधैँ सहनशीलता र धैर्य देखाउने तरिका नै अपनाउनुहुन्छ। बरु उहाँले हरेक व्यक्तिलाई तिनीहरूका फरक-फरक चरणमा र तिनीहरूका फरक-फरक कद र क्षमताअनुसार फरक-फरक तरिकाले भरणपोषण गर्नुहुन्छ। उहाँ मानिसका लागि धेरै कामकुरा गर्नुहुन्छ र ठूलो मूल्य चुकाउनुहुन्छ; मानिसले यी कुराहरू वा यो मूल्यबारे केही पनि बुझ्दैन, तर परमेश्‍वरले गर्नुहुने सबै कुरा हरेक व्यक्तिमा व्यावहारिक शैलीमा गरिन्छ। परमेश्‍वरको प्रेम व्यावहारिक छ। परमेश्‍वरको अनुग्रहमार्फत, मानिस एकपछि अर्को विपत्तिबाट बच्छ, र मानिसको कमजोरीका कारण, परमेश्‍वरले मानिसलाई बारम्बार सहनशीलता देखाउनुभएको छ। परमेश्‍वरका न्याय र सजायले मानिसहरूलाई बिस्तारै मानवजातिको भ्रष्टता र शैतानी सार जान्न मद्दत गर्छन्। परमेश्‍वरले मानवजातिलाई प्रदान गर्ने कुरा, उहाँको अन्तर्दृष्टि र उहाँले मानवजातिलाई दिनुहुने मार्गदर्शनले मानिसहरूलाई सत्यताको सार झन्-झन् बढी बुझ्न, र मानिसहरूलाई के चाहिन्छ, तिनीहरू कुन मार्गमा हिँड्नुपर्छ, तिनीहरू केका लागि जिउँछन्, तिनीहरूको अस्तित्वको मूल्य र अर्थ के हो, र अगाडिको मार्गमा कसरी हिँड्ने भन्ने कुरा झन्-झन् बढी बुझ्न मदत गर्छन्। परमेश्‍वरले गर्नुहुने यी सबै कुराहरूलाई उहाँको एउटै मूल उद्देश्यबाट अलग गर्न सकिँदैन। त्यसोभए यो उद्देश्य के हो? मानिसमा आफ्नो कार्य गर्नको लागि परमेश्‍वरले किन यी विधिहरूको प्रयोग गर्नुहुन्छ? उहाँले के परिणाम हासिल गर्न चाहनुहुन्छ? अर्को शब्दमा भन्दा, उहाँले मानिसमा के देख्न चाहनुहुन्छ? मानिसबाट उहाँले के प्राप्त गर्न चाहनुहुन्‍छ? मानिसको हृदय पुनर्जीवित हुन सकोस् भन्‍ने नै परमेश्‍वरले हेर्न चाहनुहुन्छ। मानिसमा काम गर्न उहाँले प्रयोग गर्नुहुने यी विधिहरू मानिसको हृदयलाई जगाउने, मानिसको आत्मालाई जगाउने, मानिसलाई ऊ कहाँबाट आएको हो, उसलाई कसले मार्गदर्शन गरिरहेको, साथ दिइरहेको र भरणपोषण गरिरहेको छ, र मानिसलाई कसले आजको दिनसम्म जिउन दिएको छ भनी बुझ्न सक्षम तुल्याउने अटुट प्रयास हुन्; ती कुराहरू मानिसलाई सृष्टिकर्ता को हुनुहुन्छ, उसले कसलाई आराधना गर्नुपर्छ, ऊ कस्तो मार्गमा हिँड्नुपर्छ, र मानिस कुन तरिकामा परमेश्‍वरसामु आउनुपर्छ भनेर बुझाउने उपाय हुन्; ती कुराहरू मानिसले परमेश्‍वरको हृदयलाई बुझोस्, परमेश्‍वरको हृदयलाई बोध गरोस् र मानिसलाई मुक्ति दिनका लागि उहाँले गर्नुभएको कामको पछाडिको श्रमसाध्य अभिप्राय बुझोस् भनेर मानिसको हृदयलाई क्रमिक रूपमा पुनर्जीवित पार्ने उपाय हुन्। जब मानिसको हृदय पुनर्जीवित हुन्छ, तब मानिस कुनै पतित, भ्रष्ट स्वभावमा जिउन चाहँदैन, बरु परमेश्‍वरलाई सन्तुष्ट पार्नका निम्ति सत्यता पछ्याउन चाहन्छ। जब मानिसको हृदय जागृत हुन्छ, तब मानिस आफूलाई शैतानबाट पूर्ण रूपमा अलग गर्न सक्षम हुन्छ। उसलाई अब शैतानद्वारा गम्भीर रूपमा हानी गरिनेछैन, उसलाई अब त्यसद्वारा नियन्त्रण गरिने वा मूर्ख बनाइने छैन। बरु, मानिसले परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्न सक्रिय रूपमा परमेश्‍वरको काम र उहाँका वचनहरूसँग सहकार्य गर्न सक्छ, र यसरी ऊ परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्छ। यो नै परमेश्‍वरको कामको मूल उद्देश्य हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६

परमेश्‍वरका दैनिक वचनहरू   अंश १६२

परमेश्‍वरले मानिसलाई जे गर्नुहुन्छ त्यसमार्फत कसरी उहाँको पवित्रता बुझ्ने (छनौट गरिएको खण्ड)

हामीले शैतानको दुष्टताबारे भर्खरै गरेको छलफलले सबैलाई मानिस अत्यन्तै ठूलो अप्रसन्‍नताको बीचमा जिउँछ र मानिसको जीवनलाई दुर्भाग्यले आक्रान्त पारेको छ भन्‍नेजस्तो महसुस गराउँछ। तर अहिले मैले परमेश्‍वरको पवित्रता र उहाँले मानिसमा गर्ने कामबारे कुरा गर्दै गर्दा, त्यसले तिमीहरूलाई कस्तो अनुभव गराउँछ? (अत्यन्तै खुसी।) हामी अब परमेश्‍वरले गर्ने सबै कुरा, उहाँले मानिसका लागि परिश्रमका साथ प्रबन्ध गर्ने सबै कुरा सटीक छन् भन्‍ने देख्न सक्छौँ। परमेश्‍वरले गर्ने सबै कुरा त्रुटिविहीन छन्, अर्थात् ती गल्तीरहित छन्, तिनलाई सच्याउन, सुझाव दिन वा तिनमा कुनै पनि परिवर्तन गर्न कसैको आवश्यकता छैन। हरेक व्यक्तिका लागि परमेश्‍वरले गर्ने सबै कुरा निस्सन्देह छन्; उहाँ हरेकलाई हात समातेर डोर्‍याउनुहुन्छ, बितेर जाने हरेक क्षण उहाँ तेरो हेरचाह गर्नुहुन्छ र उहाँले तेरो साथ कहिल्यै छोड्नुभएको छैन। मानिसहरू यस प्रकारको वातावरणमा र यस प्रकारको पृष्ठभूमिमा हुर्कने हुँदा, के हामी मानिसहरू वास्तवमा परमेश्‍वरकै हतकेलामा हुर्कन्छन् भनेर भन्‍न सक्छौँ? (सक्छौँ।) त्यसो भए, के तिमीहरू अझै पनि केही गुमाएको महसुस हुन्छ? के कोही अझै पनि नकारात्मक महसुस गर्छ? के कसैलाई परमेश्‍वरले मानवजातिलाई त्याग्‍नुभएको छ भन्‍ने लाग्छ? (लाग्दैन।) त्यसो भए, परमेश्‍वरले ठ्याक्कै के गर्नुभएको छ त? (उहाँले मानवजातिमाथि नजर राख्‍नुभएको छ।) परमेश्‍वरले आफूले गर्ने हरेक कुरामा लगाउने श्रमसाध्य विचार निर्विवाद कुरा हो। यति मात्र कहाँ हो र, उहाँले आफ्‍नो काम गर्दा त्यो सधैँ नै निसर्त गर्नुभएको छ। उहाँप्रति तँलाई अत्यन्तै गहन रूपमा कृतज्ञ महसुस गराउनका लागि, उहाँले तिमीहरूमध्ये कसैले तेरो लागि उहाँले चुकाउने मूल्य जान्‍नुपर्ने माग कहिल्यै गर्नुभएको छैन। के परमेश्‍वरले तँबाट कहिल्यै यस्तो माग गर्नुभएको छ? (छैन।) तिमीहरू सबै यत्तिका धेरै वर्ष जिएका छौ, र तिमीहरूमध्ये लगभग हरेक व्यक्तिले धेरै खतरनाक परिस्थितिसँग जुझेको र धेरै परीक्षा सामना गरेको छ। किनभने शैतान सधैँ तँमाथि लगातार नजर लगाएर तेरै छेउमा खडा भइरहेको हुन्छ। तँमाथि प्रकोप आइपरेको, तँ आपतमा परेको देख्दा, शैतान आनन्दित हुन्छ; त्यो तेरा लागि कुनै पनि कुरा सही नहोस्, तँ शैतानको जालोमा परेस् भन्ने चाहना राख्छ। जहाँसम्म परमेश्‍वर के गरिरहनुभएको छ भन्‍ने कुरा छ, बितेर जाने हरेक क्षणमा उहाँ तँलाई सुरक्षा दिइरहनुभएको छ, एकपछि अर्को दुर्भाग्यबाट र एकपछि अर्को प्रकोपबाट तँलाई टाढा राखिरहनुभएको हुन्छ। त्यसै कारण म भन्छु, शान्ति र आनन्द, आशिष्‌ र व्यक्तिगत सुरक्षालगायत—मानिससम्बन्धी सबै कुरा—वास्तवमा परमेश्‍वरकै नियन्त्रणमा हुन्छन्; उहाँ हरेक व्यक्तिको नियतिलाई मार्गनिर्देशन गर्नुहुन्छ र त्यसमाथि सार्वभौमिकता राख्नुहुन्छ। तर के कतिपय मानिसहरूले भनेजस्तै, परमेश्‍वरसँग आफ्‍नो हैसियतको बारेमा अत्यन्तै उच्‍च धारणा छ र? के परमेश्‍वरले तँलाई यस्तो घोषणा गर्नुहुन्छ, “म सबैभन्दा महान् छु। तिमीहरूमाथि हुकुम चलाउने म नै हुँ। तिमीहरूले मलाई कृपाको लागि बिन्ती गर्नैपर्छ, र अनाज्ञाकारीलाई मृत्युदण्ड दिइनेछ”? के परमेश्‍वरले मानवजातिलाई कहिल्यै यसरी धम्की दिनुभएको छ? (छैन।) के उहाँले कहिल्यै यसो भन्‍नुभएको छ, “मानवजाति भ्रष्ट छ, त्यसकारण तिनीहरूलाई मैले जसरी व्यवहार गरे पनि त्यसको कुनै मतलब हुँदैन, र तिनीहरूलाई जसरी व्यवहार गरे पनि हुन्छ; तिनीहरूको लागि मैले उचित बन्दोबस्त गरिरहनु पर्दैन”? के परमेश्‍वरले यसरी विचार गर्नुहुन्छ? के परमेश्‍वरले यसरी काम गर्नुभएको छ? (छैन।) यसको विपरीत, परमेश्‍वरले हरेक व्यक्तिलाई गर्ने व्यवहार तत्पर र जिम्‍मेवारीपूर्ण छ। उहाँले तँलाई तैँले आफैलाई व्यवहार गर्ने गरेको भन्दा अझै जिम्‍मेवारीपूर्ण व्यवहार गर्नुहुन्छ। के यो यस्तै होइन त? परमेश्‍वर लापरवाही साथ बोल्‍नुहुन्‍न, उहाँले आफ्‍नो उच्‍च पदको सान देखाउनुहुन्न, र उहाँले मानिसहरूलाई क्षुझाराटारुवा व्यवहार गर्नुहुन्न। बरु उहाँ आफैले गर्न आवश्यक रहेका कुराहरूलाई उहाँले इमान्दारीपूर्वक र मौनतामा गर्नुहुन्छ। यी कुराहरूले मानिसमा आशिष्, शान्ति र आनन्द ल्याउँछ। तिनले मानिसलाई शान्तिपूर्ण तरिकाले र खुशीसाथ परमेश्‍वरको नजरमा र उहाँको परिवारमा ल्याउँछ; त्यसपछि तिनीहरू परमेश्‍वरको अघि जिउँछन् र सामान्य तर्क र सोचाइको साथ परमेश्‍वरको मुक्तिलाई स्वीकार गर्छन्। त्यसोभए के आफ्‍नो काममा परमेश्‍वर कहिल्यै मानिसप्रति धोकेबाज हुनुभएको छ? के उहाँले कहिल्यै केही मनोहर कुराहरूले झाराटारुवा तरिकाले मानिसलाई निराकरण गरेर आफ्‍नो पिठ्यूँ फर्काई दयाको झूटो प्रदर्शन गर्नुभएको छ? (छैन।) के परमेश्‍वरले कहिल्यै एउटा कुरा भनेर अर्को कुरा गर्नुभएको छ? के परमेश्‍वरले कहिल्यै रित्ता प्रतिज्ञाहरू गरेर उहाँले तिनीहरूका लागि यसो गर्न सक्‍नुहुन्छ वा तिनीहरूलाई यसो गर्न सहायता गर्नुहुन्छ भनी मानिसहरूलाई भन्दै फाइँफुट्टी लगाएर, गायब हुनुभएको छ? (छैन।) परमेश्‍वरमा कुनै छल, कुनै झूट छैन। परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, र उहाँले गर्नुहुने सबै कुरामा उहाँ साँचो हुनुहुन्छ। मानिसहरूले भरोसा गर्ने एक मात्र व्यक्ति उहाँ नै हुनुहुन्छ; मानिसहरूले आफ्‍नो जीवन र आफूसँग भएका सबै कुरा सुम्‍पन सक्‍ने परमेश्‍वर उहाँ नै हुनुहुन्छ। परमेश्‍वरमा कुनै छल नभएको हुनाले, के परमेश्‍वर नै सबैभन्दा इमानदार हुनुहुन्छ भनेर हामी भन्‍न सक्छौँ? (सक्छौँ।) अवश्‍य नै हामी भन्‍न सक्छौँ! परमेश्‍वरमा लागू गर्दा “इमानदार” भन्‍ने शब्‍द अत्यन्तै कमजोर, अत्यन्तै मानवीय हुने भएकोले, हामीले प्रयोग गर्नको लागि अर्को कुन शब्‍द छ? मानव भाषाका सीमितताहरू यस्तै छन्। परमेश्‍वरलाई “इमानदार” भनी भन्‍नु अलिक अनुचित भए तापनि, अहिलेको लागि हामी यही शब्‍दको प्रयोग गर्नेछौँ। परमेश्‍वर विश्‍वासयोग्य र इमानदार हुनुहुन्छ। त्यसोभए जब हामी यी पक्षहरूका बारेमा कुरा गर्छौं, हामीले केलाई उल्‍लेख गरिरहेका हुन्छौँ? के हामीले परमेश्‍वर र मानिसको बीचमा भएका भिन्‍नताहरू अनि परमेश्‍वर र शैतानको बीचमा रहेका भिन्‍नताहरूका बारेमा उल्‍लेख गरिरहेका हुन्छौँ? हो, हामी त्यसो भन्‍न सक्छौँ। किनभने मानिसले परमेश्‍वरमा शैतानको भ्रष्ट स्वभावको एउटै छाप समेत देख्‍न सक्दैन। के मैले यसो भन्‍नु सही छ? आमेन? (आमेन!) शैतानको कुनै पनि दुष्ट स्वभाव परमेश्‍वरमा प्रकट भएको छैन। परमेश्‍वरले गर्नुहुने र प्रकट गर्नुहुने सबै कुरा पूर्ण रूपमा लाभदायक छ र त्यसले मानिसलाई सहायता गर्छ, सम्पूर्ण रूपले मानिसलाई भरणपोषण गर्नको लागि ती गरिन्छ, ती जीवनले भरिपूर्ण छ र मानिसलाई पछ्याउने बाटो र लिने दिशा प्रदान गर्छ। परमेश्‍वर भ्रष्ट हुनुहुन्‍न, यसको साथै, परमेश्‍वरले गर्नुहुने सबै कुरालाई अहिले हेर्दा, के परमेश्‍वर पवित्र हुनुहुन्छ भनेर हामी भन्‍न सक्छौँ? परमेश्‍वरमा मानवजातिको कुनै पनि भ्रष्ट स्वभाव छैन, न त भ्रष्ट मानवजातिको शैतानी स्वभावसँग मिल्ने कुनै कुरा नै छ, यस दृष्टिकोणबाट हामी परमेश्‍वर पूर्ण रूपमा पवित्र हुनुहुन्छ भनेर भन्‍न सक्छौँ। परमेश्‍वरले कुनै पनि भ्रष्टता प्रदर्शन गर्नुहुन्‍न, र उहाँले कार्य गर्नुहँदा उहाँको सार पनि प्रकट गर्नुहुन्छ जसले सम्पूर्ण रूपमा परमेश्‍वर पवित्र हुनुहुन्छ भन्‍ने कुरा पुष्टि गर्छ। के तिमीहरू यसलाई देख्छौ? परमेश्‍वरको पवित्र सारलाई जान्‍नको लागि, अब हामी यी दुई पक्षलाई हेरौँ: पहिलो, परमेश्‍वरमा भ्रष्ट स्वभावको कुनै अंश छैन, र दोस्रो, मानिसमा परमेश्‍वरले गर्नुहुने कार्यको सारले मानिसलाई परमेश्‍वरको आफ्‍नै सार देख्‍ने तुल्याउँछ, र यो सार पूर्ण रूपमा सकारात्मक छ। किनभने परमेश्‍वरको कार्यको हरेक भागले मानिसमा ल्याउने कुराहरू सबै सकारात्मक छन्। सर्वप्रथम, मानिस इमानदार होस् भन्‍ने माग परमेश्‍वर गर्नुहुन्छ—के यो सकारात्मक कुरा होइन र? परमेश्‍वरले मानिसलाई बुद्धि दिनुहुन्छ—के यो सकारात्मक छैन र? परमेश्‍वरले मानिसलाई असल र खराब छुट्याउन सक्‍ने तुल्याउनुहुन्छ—के यो सकारात्मक छैन र? उहाँले मानिसलाई मानव जीवनको अर्थ र मूल्य बुझ्‍ने तुल्याउनुहुन्छ—के यो सकारात्मक छैन र? उहाँले मानिसलाई सत्यता अनुसार मानिसहरू, घटना, र कुराहरूको सार देख्‍ने तुल्याउनुहुन्छ—के यो सकारात्मक छैन र? छ। अनि यो सबैको परिणाम के हो भने, मानिस उप्रान्त शैतानको भ्रममा पर्दैन, उप्रान्त शैतानको हानी वा नियन्त्रणमा परिरहने छैन भन्‍ने हो। अर्को शब्‍दमा भन्दा, यी कुराहरूले मानिसहरूलाई शैतानको भ्रष्टताबाट आफैलाई पूर्ण रूपमा मुक्त गरेर, क्रमिक रूपमा परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट टाढा बस्‍ने मार्गमा हिँड्ने तुल्याउँछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६

परमेश्‍वरका दैनिक वचनहरू   अंश १६३

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले प्रयोग गर्ने मुख्य चलाखीहरू छ वटा छन्

पहिलो भनेको नियन्त्रण र जबरजस्ती हो। अर्थात्, तेरो हृदयलाई नियन्त्रण गर्नका लागि शैतानले सम्‍भव भएको सबथोक गर्नेछ। “जबरजस्ती” भन्नुको अर्थ के हो? यसको अर्थ धम्कीपूर्ण र जबरजस्ती रणनीति प्रयोग गरेर तँलाई त्यसको आज्ञापालन गराउनु, र यदि तैँले आज्ञापालन गरिनस् भने आउने परिणामहरूका बारेमा तँलाई सोच्न बाध्य पार्नु हो। तँ डराउँछस् र त्यसको अवज्ञा गर्न आँट गर्दैनस्, त्यसैले तैँले हार मान्छस्।

दोस्रो भनेको धोका र छल हो। “धोका र छल” ले के कुरालाई संलग्न गर्दछ? शैतानले तँलाई ती विश्‍वास गर्ने तुल्याउन केही कथा र झूटहरू बनाउँदछ। मानिसलाई परमेश्‍वरले नै सृष्टि गर्नुभएको हो भनेर त्यसले तँलाई कहिल्यै भन्दैन, न त त्यसले सीधै तँलाई तँ परमेश्‍वरद्वारा सृष्टि गरिएको होइनस् भनेर नै भन्छ। यसले “परमेश्‍वर” भन्‍ने शब्‍दको प्रयोग गर्दै-गर्दैन, बरु यसको सट्टामा अर्को कुनै कुराको प्रयोग गर्छ, यसरी परमेश्‍वरको अस्तित्वको बारेमा तँलाई आधारभूतरूपमा केही थाहा नै नहोस् भनेर तँलाई भ्रममा पार्नका लागि यो कुराको प्रयोग गर्छ। अवश्य नै, यो “चलाकी” मा यो मात्रै होइन, धेरै पक्षहरू समावेश हुन्छन्।

तेस्रो भनेको जबरजस्ती सैद्धान्तिकरण गर्नु हो। मानिसहरूलाई केद्वारा जबरजस्ती सैद्धान्तिकरण गरिन्छ? के जबरजस्ती सैद्धान्तिकरण मानिसको आफ्‍नै निर्णयद्वारा गरिन्छ? के यो मानिसको सहमतिमा गरिन्छ? त्यसरी अवश्य नै गरिँदैन। तैँले सहमति जनाइनस् भने पनि, तैँले यसको बारेमा गर्न सक्‍ने केही छैन। तेरो अनभिज्ञतामा, शैतानले त्यसका विचारहरू, जीवन सम्‍बन्धी त्यसका नियमहरू र त्यसको सार तँमा हालिदिँदै, त्यसले तँलाई सैद्धान्तिकरण गर्छ।

चौथो भनेको डरधम्की र छलछाम हो। अर्थात्, तँलाई शैतानले त्यसलाई स्वीकार गर्न, त्यसलाई पछ्याउन, र त्यसको सेवामा काम गर्न लगाउनको लागि विभिन्‍न चलाकीहरूको प्रयोग गर्छ। त्यसका लक्ष्यहरू हासिल गर्नको लागि त्यसले जेसुकै गर्नेछ। यसले कहिलेकाहीँ तँलाई सानो निगाह प्रदान गर्छ, यस क्रममा तँलाई लोभ्याएर पाप गर्न लगाउँछ। यदि तैँले त्यसलाई पछ्याएनस् भने, त्यसले तँलाई कष्ट दिन्छ र दण्ड दिन्छ, अनि तँलाई आक्रमण गर्न र तँविरुद्ध षड्यन्त्र गर्नको लागि विभिन्‍न तरिकाहरूको प्रयोग गर्छ।

पाँचौँ भनेको भ्रममा पार्ने काम र पक्षाघात हो। “भ्रममा पार्ने काम र पक्षाघात” भनेको जब शैतानले मानिसहरूको देहगत अवस्था, तिनीहरूको जीवन र भविष्यको बारेमा त्यो चिन्तित छ भन्‍नेजस्तो तुल्याउनको लागि मानिसहरूका धारणासँग मिल्‍ने र विश्‍वासलाग्दो सुनिने मीठा शब्‍द र विचारहरू मानिसहरूमा घुसाउँछ, जब वास्तविकतामा त्यसको एकमात्र लक्ष्य भनेको तँलाई मूर्ख तुल्याउनु भन्‍ने हुन्छ। त्यसपछि तँलाई सही के हो र गलत के हो भन्‍ने थाहा नहोस् भनेर, तँलाई अनजानमा छल गर्न सकियोस् र तँ त्यसको नियन्त्रणमा आउन सक् भनेर, त्यसले तँलाई पक्षाघात तुल्याउँछ।

छैटौं भनेको शरीर र मनको विनाश हो। शैतानले मानिसको कुन भागलाई नष्ट गर्छ? तँलाई विरोध गर्न नसक्‍ने तुल्याउनको लागि शैतानले तेरो मन नष्ट गर्छ, अर्थात् तेरो इच्‍छा विपरीत अलि-अलि गर्दै तेरो हृदय शैतानतर्फ फर्कन्छ। त्यसले तँमा यी कुराहरू हरेक दिन हालिदिन्छ, र हरेक दिन तँलाई प्रभाव पार्न र प्रशिक्षित गर्नका लागि यी विचार र संस्कृतिहरू प्रयोग गर्छ, तेरो इच्छालाई अलि-अलि गर्दै क्षय हुने तुल्याउँछ, ताकि अन्ततः तैँले उप्रान्त असल व्यक्ति बन्‍ने चाहना नगर्, ताकि तँ उप्रान्त तैँले “इन्साफ” भनी भन्‍ने गरेको कुराका लागि खडा नहो। अनजानमै, तँसँग उप्रान्त प्रवाहको विरुद्ध पौडने इच्‍छा शक्ति हुँदैन, बरु तँ यसैसँग बग्छस्। “विनाश” भनेको मानिसहरू उप्रान्त मानव होइन बरु तिनीहरूको आफ्‍नै छाया बनून् भनेर शैतानले तिनीहरूलाई अत्यन्तै कष्ट दिनु भन्‍ने हो। शैतानले तिनीहरूलाई निल्‍ने मौका छोप्ने बेला यही हो।

मानिसलाई भ्रष्ट तुल्याउनको लागि शैतानले प्रयोग गर्ने यी हरेक जालझेलहरूले मानिसलाई विरोध गर्नै नसक्‍ने तुल्याउँछ; मानिसको लागि तीमध्ये कुनै पनि घातक हुनसक्छ। अर्को शब्‍दमा भन्दा, शैतानले जे गर्छ र त्यसले जुन जालझेल प्रयोग गर्छ, त्यसले तँलाई पतित तुल्याउन सक्छ, तँलाई शैतानको नियन्त्रणमा ल्याउन सक्छ र तँलाई दुष्टता र पापको दलदलमा फसाउन सक्छ। मानिसलाई भ्रष्ट तुल्याउनको लागि शैतानले प्रयोग गर्ने जालझेलहरू यिनै हुन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६

परमेश्‍वरका दैनिक वचनहरू   अंश १६४

अहिलेको लागि, परमेश्‍वरको सार सम्‍बन्धी बुझाइमा केन्द्रित-तिमीहरूको दृष्टिकोणको लागि सिक्‍न, निश्‍चित गर्न, महसुस गर्न र अनुभव गर्नको लागि धेरै समय अवधि लाग्छ, अनि यो कुरा एक दिन तिमीहरूले तिमीहरूको हृदयको अन्तस्करणबाट “परमेश्‍वरको पवित्रता” भनेको परमेश्‍वरको सार त्रुटिहीन छ, परमेश्‍वरको प्रेम निस्स्वार्थ छ, परमेश्‍वरले मानिसलाई प्रदान गर्नुहुने सबै निस्स्वार्थ छ भन्‍ने नजानुञ्जेल हुनेछ, र परमेश्‍वरको पवित्रता निष्खोट र दोषरहित छ भन्‍ने तिमीहरूले जान्‍न पुग्‍नेछौ। परमेश्‍वरको सारका यी पक्षहरू उहाँको पहिचान प्रदर्शन गर्नको लागि उहाँले प्रयोग गर्नुहुने शब्‍दहरू मात्रै होइनन्, बरु हरेक व्यक्तिलाई व्यवहार गर्नको लागि परमेश्‍वरले आफ्‍नो सारको इमानदारीपूर्वक प्रयोग गर्नुहुन्छ। अर्को शब्‍दमा भन्दा, परमेश्‍वरको सार रित्तो छैन, न त यो सूत्रात्मक वा सैद्धान्तिक नै छ, र यो ज्ञानको प्रकार पनि अवश्य नै होइन। यो मानिसको लागि शिक्षाको प्रकार होइन; बरु यो परमेश्‍वरका आफ्नै कार्यहरूको साँचो प्रकाश र परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको प्रकटित सार हो। मानिसले यो सारलाई जान्‍नु र बुझ्‍नुपर्छ, किनभने परमेश्‍वरले गर्नुहुने सबै कुरा र उहाँले भन्‍नुहुने हरेक वचन हरेक व्यक्तिको लागि अत्यन्तै मूल्यवान् र महत्त्वपूर्ण छ। जब तैँले परमेश्‍वरको पवित्रतालाई बुझ्‍न पुग्छस्, तब तैँले परमेश्‍वरमा वास्तवमा नै विश्‍वास गर्न सक्छस्; जब तैँले परमेश्‍वरको पवित्रतालाई बुझ्‍न पुग्छस्, तब “परमेश्‍वर स्वयम् अद्वितीय” भन्‍ने शब्‍दहरूको साँचो अर्थलाई तैँले वास्तवमा नै महसुस गर्न सक्छस्। यस बाहेक तैँले हिँड्न छनौट गर्न सक्‍ने अरू मार्गहरू पनि छन् भनेर सोच्दै, तैँले उप्रान्त कल्‍पना गर्नेछैनस्, र उप्रान्त तँ तेरो लागि परमेश्‍वरले बन्दोबस्त गर्नुभएको सबै कुरालाई धोका दिन इच्‍छुक हुनेछैनस्। परमेश्‍वरको सार पवित्र भएकाले, यसको अर्थ उहाँ मात्रै तँलाई जीवनको सही, उज्ज्यालो मार्गमा हिँड्न सक्षम बनाउन सक्नुहुन्छ; परमेश्‍वर मात्रै तँलाई जिउँदो हुनुको अर्थ बुझ्न सक्षम बनाउन सक्नुहुन्छ; परमेश्‍वर मात्रै तँलाई साँचो मानवतामा जिउन र सत्यता प्राप्त गर्न र बुझ्न सक्षम बनाउन सक्नुहुन्छ। परमेश्‍वर मात्रै तँलाई सत्यताबाट जीवन प्राप्त गर्न सक्षम बनाउन सक्नुहुन्छ। परमेश्‍वर स्वयम् मात्रै तँलाई दुष्टताबाट अलग बस्‍न मद्दत गर्न र तँलाई शैतानको हानि र नियन्त्रणबाट जोगाउन सक्‍नुहुन्छ। तैँले उप्रान्त कष्ट नभोग् भनेर कष्टको समुद्रबाट तँलाई परमेश्‍वरबाहेक कसैले पनि र कुनै पनि कुराले मुक्ति दिन सक्दैन। यसलाई परमेश्‍वरको सारले नै निर्धारित गरेको हुन्छ। परमेश्‍वर स्वयम्‌ले मात्रै त्यति निस्स्वार्थ रूपमा तँलाई मुक्ति दिनुहुन्छ; तेरो भविष्यका लागि, तेरो नियतिका लागि र तेरो जीवनका लागि परमेश्‍वर मात्रै अन्तिमसम्‍म जिम्‍मेवार हुनुहुन्छ, र उहाँले सबै कुरा तेरो लागि मिलाउनुहुन्छ। यो कुनै पनि सृजित वा गैर-सृजित प्राणीले हासिल गर्न सक्‍ने कुरा होइन। कुनै पनि सृजित वा गैर-सृजित प्राणीमा परमेश्‍वरको सारजस्तो सार नहुने हुनाले, कुनै पनि व्यक्ति वा थोकमा तँलाई मुक्ति दिने वा तँलाई अगुवाइ गर्ने क्षमता हुँदैन। मानिसका लागि परमेश्‍वरको सारको महत्त्व यही नै हो। सायद मैले भनेका यी वचनहरूले सिद्धान्तको हिसाबले अलि-अलि सहयोग गर्न सक्छ भन्‍ने तिमीहरूलाई लाग्‍न सक्छ। तर यदि तँ सत्यताको खोजी गर्छस् भने, यदि तँ सत्यतालाई प्रेम गर्छस् भने, तैँले अनुभव गर्नेछस् कि यी वचनहरूले तेरो गन्तव्य परिवर्तन गर्ने मात्रै होइन बरु त्यसभन्दा पनि बढी तिनले तँकहाँ मानव जीवनको सही मार्ग ल्याइदिनेछन्। तैँले यो कुरा बुझ्छस् नि, होइन र?

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६

परमेश्‍वरका दैनिक वचनहरू   अंश १६५

आजको हाम्रो भेलाको सुरुमा तिमीहरूले गरेको कुनै कुराको बारेमा म कुरा गर्न चाहन्छु, जसले मलाई आश्‍चर्यमा पार्‍यो। तिमीहरूमध्ये कतिले सायद कृतज्ञताको अनुभूतिलाई जगेर्ना गरिरहेका थियौ, सायद तिमीहरूले कृतज्ञताको अनुभव गरिरहेका थियौ, र तिमीहरूमा निश्‍चित विचारहरू थिए, जसले तदनुरूप कार्य पैदा गर्‍यो। तिमीहरूले जे गर्‍यौ, त्यो भर्त्सनाको आवश्यकता पर्ने कुरा थिएन; यो सही पनि होइन गलत पनि होइन। तर म तिमीहरूले केही कुरा बुझेको हेर्न चाहन्छु। तिमीहरूले के बुझेको म चाहन्छु त? पहिलो, तिमीहरूले भर्खरै के गर्‍यौ त्यसको बारेमा म तिमीहरूलाई सोध्‍न चाहन्छु। के यो लम्पसार पर्नु वा आराधनाको लागि घुँडा टेक्‍नु थियो? कसैले मलाई बताउन सक्छ? (यो लम्पसार पर्नु नै थियो भन्‍ने हामीलाई विश्‍वास छ।) यो लम्पसार पर्नु नै थियो भन्‍ने तिमीहरू विश्‍वास गर्छौ, त्यसो भए लम्पसार पर्नुको अर्थ के हो? (आराधना गर्नु।) त्यसो भए, आराधना गर्नको लागि घुँडा टेक्‍नु भनेको के हो? मैले यसभन्दा पहिले यसको बारेमा तिमीहरूसँग सङ्गति गरेको छैन, तर आज यसो गर्नु आवश्यक छ भन्‍ने मलाई लाग्छ। के तिमीहरूको सामान्य भेलामा तिमीहरू लम्पसार पर्छौ? (पर्दैनौँ।) जब तिमीहरू प्रार्थना गर्छौ के तिमीहरू लम्पसार पर्छौ? (पर्छौं।) के तिमीहरू हरेक पटक प्रार्थना गर्दा अवस्थाले दिएअनुसार लम्पसार पर्छौ? (पर्छौं।) त्यो राम्रो हो। तर आज म तिमीहरूले के बुझ भन्‍ने चाहन्छु भने परमेश्‍वरले दुई प्रकारका मानिसहरूको घुँडा टेकाइलाई मात्रै स्वीकार गर्नुहुन्छ। हामीले बाइबल वा कुनै पनि आत्मिक व्यक्तित्वको कार्य र आचरणको सहारा लिनु पर्दैन। बरु, यहाँ र अहिले, म तिमीहरूलाई साँचो कुरा बताउनेछु। पहिलो, लम्पसार पर्नु र आराधना गर्नको लागि घुँडा टेक्‍नु एउटै कुरा होइन। लम्पसार पर्नेहरूको घुँडा टेकाइलाई परमेश्‍वरले किन स्वीकार गर्नुहुन्छ? किनभने परमेश्‍वरले कसैलाई उहाँकहाँ बोलाउनुहुन्छ र त्यस व्यक्तिलाई परमेश्‍वरको कार्यभार स्वीकार गर्न लगाउनुहुन्छ, त्यसकारण परमेश्‍वरले उसलाई उहाँको सामुन्ने लम्पसार हुन दिनुहुनेछ। यो पहिलो प्रकारको व्यक्ति हो। दोस्रो प्रकार भनेको आराधना गर्नलाई परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने कुनै व्यक्तिको घुँडा टेकाइ हो। यी दुई प्रकारका मानिसहरू मात्रै छन्। त्यसकारण तिमीहरू कुन प्रकारमा पर्छौ? के तिमीहरू भन्‍न सक्छौ? सत्यता यही हो, यद्यपि यसले तिमीहरूको भावनामा अलि चोट पुर्‍याउन सक्छ। प्रार्थनाको बेला मानिसहरूको घुँडा टेकाइको बारेमा केही भन्‍नु छैन—यो उचित छ र हुनु नै पर्छ, किनभने जब मानिसहरूले प्रार्थना गर्छन्, यो मुख्यतया कुनै कुराको लागि प्रार्थना गर्ने, तिनीहरूको हृदय परमेश्‍वरको सामुन्ने खोल्‍ने र उहाँको आमने-सामने हुने कार्य हो। यो परमेश्‍वरसँगको हृदयदेखि हृदयसँगको कुराकानी र बातचित हो। तिमीहरूले घुँडा टेकेर आराधना गर्नु भनेको केवल औपचारिकता मात्रै हुनुहुन्न। तिमीहरूले आज जे गरेका छौ त्यसको लागि तिमीहरूलाई मैले धिक्‍कार भन्‍न खोजेको होइन। म तिमीहरूलाई यसको बारेमा स्पष्ट पार्न मात्रै चाहन्छु ताकि तिमीहरूले यो सिद्धान्त बुझ्‍न सक—तिमीहरूलाई यो थाहा छ, होइन र? (हो, हामीलाई थाहा छ।) यो फेरि कहिल्यै नहोस् भनेर म तिमीहरूलाई यो बताइरहेको छु। त्यसो भए, के परमेश्‍वरको अघि लम्पसार पर्ने र घुँडा टेक्‍ने कुनै अवसर मानिसहरूले पाउँछन्? यो अवसर कहिल्यै हुनेछैन भन्‍ने होइन। ढिलो-चाँडो त्यो दिन आउनेछ, तर त्यो समय अहिले होइन। के तिमीहरू देख्छौ? के यसले तिमीहरूलाई रिस उठाउँछ? (उठाउँदैन।) त्यो राम्रो हो। सायद यी शब्‍दहरूले तिमीहरूलाई उत्प्रेरित वा उत्साहित गर्नेछ, ताकि तिमीहरूले तिमीहरूको हृदयमा परमेश्‍वर र मानिसबीचको हालको अवस्था र परमेश्‍वर र मानिसबीचमा कस्तो प्रकारको सम्‍बन्ध छ त्यसलाई जान्‍न सक। हामीले हालै यसको बारेमा कुरा गरेर थप छलफल गरेको भए तापनि, परमेश्‍वरसम्‍बन्धी मानिसको बुझाइ पर्याप्ततामा पुग्‍न निकै बाँकी छ। परमेश्‍वरलाई बुझ्‍न खोज्‍ने यो मार्गमा मानिसले अझै धेरै हिँड्न बाँकी नै छ। तिमीहरूलाई आतुरीको रूपमा यसो गर्न लगाउनु, वा यस प्रकारका आकांक्षा वा भावनाहरूलाई हतारमा व्यक्त गर्नु मेरो अभिप्राय होइन। तिमीहरूले आज जे गर्‍यौ त्यसले तिमीहरूको साँचो भावनाहरूलाई प्रकट र व्यक्त गर्न सक्छ, र म त्यसको अनुभूति गर्छु। त्यसकारण जब तिमीहरू यसो गरिरहेका थियौ, म उठेर तिमीहरूलाई शुभकामना दिन चाहन्थेँ, किनभने तिमीहरू सबै ठीक होओ भन्‍ने म चाहन्छु। त्यसकारण, मेरा हरेक वचन र हरेक कार्यमा, म तिमीहरूलाई सहयोग गर्न, तिमीहरूलाई मार्गनिर्देशित गर्न मैले सक्‍नेजति गर्छु, ताकि तिमीहरूले सबै कुराको बारेमा सही बुझाइ र सही दृष्टिकोण प्राप्त गर्न सक। तिमीहरू यसलाई बुझ्‍न सक्छौ, सक्दैनौ त? (सक्छौँ।) त्यो राम्रो हो। मानिसहरूमा परमेश्‍वरका स्वभावहरूको हरेक पक्ष, परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको हरेक पक्ष र परमेश्‍वरले गर्नुहुने कामका बारेमा केही बुझाइ भए पनि, यो बुझाइको अधिकांश भाग शब्दको, धर्मसिद्धान्तको र विचारको तहमै सीमित रहन्छ। मानिसहरूमा वास्तविक अनुभवबाट आउने वास्तविक ज्ञान र अन्तर्ज्ञानको सबैभन्दा कमी छ। मानिसहरूको हृदयलाई जगाउनका लागि परमेश्‍वरले विभिन्‍न विधिहरू प्रयोग गर्नुहुने भए तापनि, मानिसहरू कुन हदसम्म साँच्चिकै जाग्न सक्छन् भन्ने कुरा तिनीहरूका पछ्याइहरूमा भर पर्छ—संक्षेपमा भन्नुपर्दा, तिमीहरू सबैले अझै धेरै लामो बाटो हिँड्नु छ। म कसैले पनि परमेश्‍वरले तिनीहरूलाई चिसोमा छोडेर जानुभएको, परमेश्‍वरले तिनीहरूलाई त्याग्‍नुभएको वा तिरस्कार गर्नुभएको जस्तो महसुस गरेको हेर्न चाहन्न। म के मात्र हेर्न चाहन्छु भने, सबै जना सत्यता पछ्याउने र परमेश्‍वरलाई चिन्न खोज्ने मार्गमा लागून्, नहिचकिचाई वा पछाडि नफर्की, कुनै पनि फिक्री वा भारविना नै दृढतापूर्वक अघि बढून्। तैँले जस्तोसुकै गल्तीहरू गरेको भए पनि, तैँले जुनसुकै गलत मोड लिएको भए पनि वा तैँले जसरीसुकै अपराध गरेको भए पनि, परमेश्‍वर सम्बन्धी ज्ञानको खोजीमा तिनलाई तैँले बोक्नुपर्ने भारी वा भारीमाथि सुपारी बन्‍न नदे। निरन्तर अघि बढिराख्। हर समयमा, मानिसलाई मुक्ति दिने परमेश्‍वरको अभिप्राय कहिल्यै परिवर्तन हुँदैन। परमेश्‍वरको सारको सबैभन्दा बहुमूल्‍य पक्ष यही हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६

अघिल्लो: परमेश्‍वरलाई चिन्‍नु (३)

अर्को: परमेश्‍वरलाई चिन्‍नु (५)

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्