जीवनमा प्रवेश (१)

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३७४

सर्वशक्तिमान्‌ परमेश्‍वर, यावत् थोकका शिरले, सिंहासनबाट आफ्नो राजकीय शक्ति चलाउनुहुन्छ। उहाँले ब्रह्माण्ड र यावत् थोकमाथि शासन गर्नुहुन्छ, र सारा पृथ्वीमा हामीलाई मार्गदर्शन गर्दै हुनुहुन्छ। हर समय उहाँको नजिक होऊ, र चुपचाप उहाँसामु आऊ, एक पल पनि कहिल्यै नगुमाऊ—सिक्नका लागि सधैँ पाठहरू हुन्छन्। वरपरको वातावरण, साथसाथै मानिस, घटना, र कामकुराहरू, उहाँको सिंहासनको अनुमतिद्वारा अस्तित्वमा छन्। तिमीहरूको हृदयमा कदापि गुनासोहरू पैदा हुन नदेओ, नत्र परमेश्‍वरले तिमीहरूमाथि आफ्‍नो अनुग्रह प्रदान गर्नुहुनेछैन। तँमाथि बिमारी आइपर्दा, त्यो परमेश्‍वरको प्रेम हो, र त्योभित्र निश्चय नै उहाँका असल अभिप्रायहरू समावेश हुन्छन्। तेरो देहले अलिकति कष्ट भोग्‍नुपर्ने भए तापनि, शैतानबाट कुनै विचारहरू नस्विकार्। रोगका बीचमा परमेश्‍वरको प्रशंसा गर् र तेरो प्रशंसाका बीचमा परमेश्‍वरको आनन्द लि। रोग सामना गर्दा निराश नबन्, बारम्‍बार खोजी गर् अनि हरेस नखा, अनि परमेश्‍वरले तँलाई ज्योति र अन्तर्दृष्टि दिनुहुनेछ। अय्यूबको आस्था कस्तो थियो? सर्वशक्तिमान्‌ परमेश्‍वर सर्व-शक्तिशाली वैद्य हुनुहुन्छ! बिमारीमा बास गर्नु भनेको बिरामी हुनु हो, तर आत्मामा बास गर्नु भनेको स्वस्थ हुनु हो। तँसँग अझै पनि एक सास बाँकी रहेसम्म, परमेश्‍वरले तँलाई मर्न दिनुहुनेछैन।

हामीभित्रै ख्रीष्टको पुनरुत्थान भएको जीवन छ। परमेश्‍वरका उपस्थितिमा हामीमा साँच्चै आस्थाको कमी हुन्छ: परमेश्‍वरले हामीभित्र साँचो आस्था राखिदिनुहोस्। परमेश्‍वरको वचन साँच्चै मीठो छ! परमेश्‍वरको वचन शक्तिशाली औषधी हो! यसले दियाबलसहरू र शैतानलाई लज्जित बनाउँछ! परमेश्‍वरको वचन बोध गर्दा हामीलाई आड मिल्छ। उहाँको वचनले हाम्रो हृदयलाई बचाउन द्रुत गतिमा कार्य गर्छ! यसले सबै थोक टाढा भगाउँछ र सबै शान्त बनाउँछ। आस्था भनेको साँघु जस्तै हुन्छ: जीवनलाई पक्रिरहने र मृत्युको डर मान्‍नेहरूलाई त्यो पार गर्न कठिनाइ हुनेछ, तर आफ्नो जीवन दिन तयार रहनेहरू, नडगमगाई र निष्फिक्रीसित त्यसलाई पार गर्न सक्छन्। यदि मानिसले डरपोक र भयका विचारहरू राख्छ भने, यो शैतानले उसलाई मूर्ख बनाएकाले हो, हामी आस्थाको पुल पार गरेर परमेश्‍वरभित्र प्रवेश गरौँला भनी त्यो डराएको हुन्छ। शैतानले हरसम्भव तरिकाले हामीकहाँ त्यसका विचारहरू पठाउने कोसिस गरिरहेको हुन्छ। परमेश्‍वरले हामीलाई ज्योति र अन्तर्दृष्टि दिनुहोस् भनी हामीले हरक्षण प्रार्थना गर्नुपर्छ, हामीभित्रबाट शैतानको विष पखाल्नका लागि हामी हरक्षण परमेश्‍वरमा भर पर्नुपर्छ, हामीले हाम्रो आत्माभित्र हरपल परमेश्‍वरको नजिक जाने अभ्यास गर्नुपर्छ, र परमेश्‍वरलाई हाम्रो सम्पूर्ण सत्त्वमाथि प्रभुत्व राख्न र त्यसलाई ओगट्न दिनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ६

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३७५

जब मानिसहरूलाई आफूमाथि आइपरेका परिस्थितिहरूबारे अन्तर्दृष्टि हुँदैन, र गर्नुपर्ने उचित काम के हो भन्‍ने पनि थाहा हुँदैन, तब तिनीहरूले गर्नुपर्ने पहिलो कुरा के हो? तिनीहरूले सर्वप्रथम प्रार्थना गर्नुपर्छ; सुरुमा प्रार्थना नै आउँछ। प्रार्थनाले के कुरा देखाउँछ? यसले तँ भक्त छस्, तँसँग अलिअलि परमेश्‍वरको डर मान्‍ने हृदय छ, र तँलाई तैँले परमेश्‍वरको खोजी कसरी गर्नुपर्छ भन्‍ने थाहा छ भन्‍ने देखाउँछ, र यसले तैँले परमेश्‍वरलाई नै पहिलो स्थानमा राख्छस् भन्‍ने प्रमाणित गर्छ। जब तेरो हृदयमा परमेश्‍वर हुनुहुन्छ र जब त्यहाँ परमेश्‍वरको निम्ति स्थान हुन्छ, र जब तँ परमेश्‍वरमा समर्पित हुन सक्छस्, तब तँ एक भक्त इसाई हुन्छस्। कैयौँ पाका विश्‍वासीहरू छन् जो हरेक दिन एउटै समयमा घुँडा टेकेर प्रार्थना गर्छन्। तिनीहरू हरेकपटक एकदुई घण्टा घुँडा टेकेर बस्छन्, तर जति धेरै वर्षदेखि यसरी घुँडा टेके पनि, यसले तिनीहरूको पापका कैयौँ समस्याहरू समाधान गरेकै हुँदैन। अब हामी एकैछिन त्यस्तो धार्मिक प्रार्थना उपयोगी हुन्छ हुँदैन भन्‍ने कुरालाई पन्छाऔँ। कम्तीमा पनि, यी पाका दाजुभाइ-दिदीबहिनीहरू अलिअलि त भक्त नै छन्। यस हिसाबमा, तिनीहरू जवानहरूभन्दा त धेरै नै असल छन्। यदि तँ परमेश्‍वरको अघि जिउन र परमेश्‍वरको काम अनुभव गर्न चाहन्छस् भने, तँमाथि कुनै कुरा आइपर्दा तैँले गर्नुपर्ने पहिलो कुरा प्रार्थना हो। प्रार्थना गर्नु भनेको घोकेका वाक्यांशहरू बिनासोच भट्याउने, तर त्यसबाहेक अरू केही नगर्ने भन्‍ने होइन; यसरी त तँ कहीँ पनि पुग्‍नेवाला छैनस्। तैँले हृदयदेखि प्रार्थना गर्नमा प्रशिक्षित हुनुपर्छ। तैँले आठ-दशपटक यसरी प्रार्थना गरिसकेपछि पनि खासै केही प्रभाव नदेख्न सक्छस्, तर तँ निरुत्साहित नबन्: तैँले तेरो प्रशिक्षण जारी राख्‍नुपर्छ। जब कुनै कुरा आइपर्छ, पहिले प्रार्थना गर्। पहिले परमेश्‍वरलाई भन्, र उहाँलाई नै परिस्थिति नियन्त्रण गर्न दे। परमेश्‍वरलाई तँलाई मदत गर्न दे, उहाँलाई तँलाई डोर्‍याउन र बाटो देखाउन दे। यसले तँमा परमेश्‍वरको डर मान्‍ने हृदय छ, र तँ परमेश्‍वरलाई पहिलो स्थानमा राख्छस् भन्‍ने प्रमाणित गर्छ। जब तँमाथि कुनै कुरा आइपर्छ वा तैँले केही कठिनाइ सामना गर्छस् र तँ नकारात्मक बन्छस्, अनि रिसाउँछस्, तब यो तेरो हृदयमा परमेश्‍वर हुनुहुन्‍न, र तँमा परमेश्‍वरको डर छैन भन्‍ने कुराको प्रकटीकरण हो। वास्तविक जीवनमा, तैँले जे-जस्ता कठिनाइहरू सामना गरे पनि, तैँले परमेश्‍वरको अघि आउनैपर्छ। तैँले गर्नुपर्ने पहिलो कुरा भनेको प्रार्थनामा परमेश्‍वरसामु घुँडा टेक्‍नु हो। सबैभन्दा महत्त्वपूर्ण कुरा नै यही हो। प्रार्थनाले तेरो हृदयमा परमेश्‍वरको निम्ति ठाउँ छ भन्‍ने देखाउँछ। जब तँलाई कुनै समस्या हुन्छ, तब तैँले परमेश्‍वरतर्फ हेर्नु र उहाँलाई प्रार्थना गर्नु, र उहाँमार्फत खोजी गर्नुले तँमा अलिअलि परमेश्‍वरको डर मान्‍ने हृदय छ भन्‍ने देखाउँछ; यदि परमेश्‍वर तेरो हृदयमा नहुनुभएको भए तैँले यसो गर्ने थिइनस्। कतिपय मानिसहरू भन्छन्, “मैले प्रार्थना त गरेँ तर अझै पनि परमेश्‍वरले मलाई अन्तर्दृष्टि दिनुभएन!” त्यसरी भन्‍ने होइन। तैँले सुरुमा तेरो प्रार्थनापछाडिको मनसाय सही छ कि छैन भनेर हेर्नुपर्छ। यदि तैँले साँच्‍चै नै सत्यता खोजिरहेको छस् र तँ परमेश्‍वरसँग बारम्‍बार प्रार्थना गर्छस् भने, परमेश्‍वरले निश्‍चित मामलामा तँलाई अन्तर्दृष्टि र बुझाइ प्रदान गर्नुहुनेछ। जुनसुकै मामलामा पनि, परमेश्‍वरले तँलाई कुरा बुझाउनुहुनेछ। यदि परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिनुभएन भने, तैँले आफै यो कुरा बुझ्‍नेछैनस्। तँसँग बुझ्‍ने शक्ति भए पनि नभए पनि, वा तेरो क्षमता जति धेरै भए पनि, कतिपय कुराहरू मानव सोचद्वारा हासिल गर्न नसकिने हुन्छन्। जब तैँले कुनै कुरा बुझ्छस्, के त्यो तेरो आफ्‍नै सोचबाट आएको हुन्छ र? परमेश्‍वरका अभिप्रायहरू र पवित्र आत्‍माको कामका अभिप्रायहरूको कुरामा, यदि तँलाई पवित्र आत्‍माले अन्तर्दृष्टि दिनुभएन भने, तैँले त्यसबारे जान्‍ने कोही भेट्टाउनेछैनस्। परमेश्‍वर स्‍वयम्‌ले उहाँको अभिप्राय के हो भनेर बताउनुभएपछि मात्रै तँलाई थाहा हुनेछ। त्यसैले, तँमाथि कुनै कुरा आइपर्दा तैँले गर्नुपर्ने पहिलो कुरा भनेकै प्रार्थना हो। जब तैँले प्रार्थना गर्छस्, तब तैँले आफ्नो विचार, दृष्टिकोण र मनोवृत्ति परमेश्‍वरको अघि व्यक्त गर्नुपर्छ, र समर्पणको मानसिकतासाथ उहाँसित सत्यता खोजी गर्नुपर्छ; मानिसहरूले अभ्यास गर्नुपर्ने कुरा यही हो। यदि तँ झारा टार्ने काम मात्रै गर्छस् भने, तैँले कुनै पनि नतिजा हासिल गर्नेछैनस्, र त्यसपछि तैँले पवित्र आत्‍माले तँलाई अन्तर्दृष्टि दिनुभएन भनेर गुनासो गर्न मिल्नेछैन। मैले देखेको छु, परमेश्‍वरमाथिको विश्‍वासमा कतिपय मानिसहरूले धार्मिक संस्कार मात्र पालना गर्ने र धार्मिक क्रियाकलाप मात्र गर्ने गर्छन्; तिनीहरूको हृदयमा परमेश्‍वरको निम्ति कहीँकतै कुनै स्थान हुँदैन; तिनीहरूले पवित्र आत्‍माको कामलाई समेत इन्कार्छन्। तिनीहरूले प्रार्थना गर्ने वा परमेश्‍वरका वचनहरू पढ्ने गर्दैनन्। तिनीहरू केवल सेवामा गइरहन्छन्, र त्योभन्दा बढी केही गर्दैनन्। के यो परमेश्‍वरमाथिको विश्‍वास हो र? तिनीहरूले विश्‍वास गर्न त जारी नै राख्‍छन्, तर तिनीहरूको विश्‍वासमा परमेश्‍वरको अस्तित्व नै हुँदैन। तिनीहरूको हृदयमा परमेश्‍वर रहनुहुन्‍न, तिनीहरू अबउप्रान्त परमेश्‍वरलाई प्रार्थना गर्न चाहन्‍नन् र तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्‍ने इच्‍छा गर्न छोडेका हुन्छन्। तब, के तिनीहरू गैरविश्‍वासी बनेका हुँदैनन् र? कतिपय अगुवा र सेवकहरू छन् जो विशेष गरी प्राय साधारण कामकाज सम्हाल्छन्। तिनीहरूले कहिल्यै जीवन प्रवेशमा ध्यान दिँदैनन्, बरु यी साधारण कामकाजलाई आफ्‍नो मुख्य काम मान्छन्। तिनीहरू कार्य प्रबन्धकभन्दा बढी अरू केही बनेका हुँदैनन्, र तिनीहरूले अगुवा र सेवकहरूको जरुरी काम एउटै पनि गर्दैनन्। फलस्वरूप, परमेश्‍वरलाई विश्‍वास गरेको बीसतीस वर्षपछि पनि, तिनीहरूसँग सुनाउनको लागि जीवन अनुभवको एक शब्द पनि हुँदैन, र तिनीहरूसँग परमेश्‍वरको बारेमा कुनै साँचो ज्ञान हुँदैन। तिनीहरूले केही वचन र धर्मसिद्धान्तहरू मात्र बोल्‍न सक्छन्। के यसरी तिनीहरू झूटा अगुवा बनेका हुँदैनन् र? यस्तो किन हुन्छ भने, परमेश्‍वरमाथिको विश्‍वासमा तिनीहरूले आफ्‍नो उचित कर्तव्य पूरा गर्ने वा सत्यता पछ्याउने गर्दैनन्। केही वचन र धर्मसिद्धान्तहरूप्रतिको आफ्नो बुझाइमा मात्रै भर परेर कुनै कुरा पनि हल हुँदैन। तिनीहरू जाँच, प्रकोप वा रोगबिमार भोग्नेबित्तिकै परमेश्‍वरविरुद्ध गुनासो गर्छन्। तिनीहरूमा आफ्‍नो बारेमा कुनै साँचो ज्ञान हुँदैन, र तिनीहरूसित अलिकति पनि अनुभवात्मक गवाही हुँदैन। यसले देखाउँछ कि परमेश्‍वरमा विश्‍वास गरेको यतिका वर्षमा तिनीहरूले सत्यता पछ्याएकै छैनन्, तिनीहरू सतही कुराहरूमा मात्रै व्यस्त भएका छन्, र फलस्वरूप तिनीहरूले आफैलाई बरबाद पारेका छन्। मानिसहरूले परमेश्‍वरलाई विश्‍वास गरेको जति वर्ष भए पनि, तिनीहरू पतन नहुने, दुष्कर्म नगर्ने, वा निष्कासित नहुने सुनिश्‍चित गर्न चाहन्छन् भने, तिनीहरूले कम्तीमा पनि केही सत्यताको बुझाइ हासिल गरेको हुनुपर्छ। तिनीहरू कम्तीमा पनि यी कुराहरूद्वारा सुसज्‍जित हुनुपर्छ। कतिपय मानिसहरू प्रवचन सुन्दा आधामनका हुन्छन्, र परमेश्‍वरका वचनहरू मनन गर्दैनन्। तिनीहरू आफूमाथि जे आइपरे पनि सत्यता खोजी गर्दैनन्। आफूले सत्यता प्राप्त गरिसकेको छु भन्ठान्दै, तिनीहरू वचन र धर्मसिद्धान्तहरू बुझ्दा नै सन्तुष्ट हुन्छन्। अनि, जब परीक्षा आउँछ, तिनीहरूमा कुनै ज्ञान हुँदैन, र तिनीहरूको हृदय असन्तुष्टि र गुनासोले भरिएको हुन्छ, र त्यो तिनीहरूलाई पोख्‍न त मन लाग्छ तर बोल्‍न आँटै आउँदैन। के यस्ता मानिसहरू अत्यन्तै दयनीय हुँदैनन् र? कतिपय मानिसहरू कर्तव्यपालनमा सधैँ झाराटारुवा बन्छन्। तिनीहरू आफूलाई काटछाँट गरिँदा आफ्‍नो बारेमा मनन गर्ने वा आफूलाई चिन्‍ने प्रयास गर्दैनन्। तिनीहरूले सधैँ औचित्य साबित गर्न खोजिरहेका हुन्छन्, र त्यसैले तिनीहरूको कुरूपता विभिन्‍न तरिकाले बाहिर आउँछ, अनि अन्त्यसम्मै आफूलाई चिन्‍न नसकी, तिनीहरू खुलासा हुन्छन् र हटाइन्छन्। तब, तिनीहरूले ती धर्मसिद्धान्तहरू बुझेको के अर्थ हुन्छ र? त्यसको कुनै अर्थ हुँदैन। परमेश्‍वरमा जति नै वर्ष विश्‍वास गरे पनि, मानिसहरूले धर्मसिद्धान्तहरू बुझ्‍न र बोल्‍न मात्र सक्‍नु व्यर्थ हुन्छ। तिनीहरूले सत्यता प्राप्त गरेका हुँदैनन् बरु बाटो बिराएका हुन्छन्। त्यसकारण, जब तँमाथि कुनै कुरा आइपर्छ र तैँले परमेश्‍वरका अभिप्रायहरू खोजी गर्दै परमेश्‍वरलाई प्रार्थना गर्छस्, तब यदि समस्या समाधान गर्नु छ भने, मुख्य कुरा भनेको सत्यताको बुझाइ हासिल गर्न सक्‍नु हो। सही मार्ग यही हो, र तैँले निरन्तर यस्तो अभ्यासमा लागिपरिरहनुपर्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा, सत्यता प्राप्त गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३७६

परमेश्‍वरतिर हेर्नु र सबै कुराहरूमा उहाँमाथि भर पर्नु नै सबैभन्दा बुद्धिमानी कुरा हो। सर्वसाधारण मानिसहरूले यसलाई चिन्दैनन्। सबै मानिस आफूले भेलाहरूमा अझ धेरै सहभागिता जनाएँ, अझ धेरै प्रवचनहरू सुनेँ, सत्यताबारे अझ धेरै सङ्गति गरेँ, अझ धेरै त्यागेँ, अझ धेरै कष्ट भोगेँ र अझ धेरै मूल्य चुकाएँ भने, आफूले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न र मुक्ति पाउन सक्छु भन्‍ने सोच्छन्। तर, तिनीहरू एउटा मुख्य समस्यालाई अनदेखा गर्छन्, जुन के हो भने तिनीहरू सत्यता खोजेर, परमेश्‍वरलाई प्रार्थना गरेर र सबै कुरामा परमेश्‍वरमा भर परेर मात्र आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्न र मुक्ति प्राप्त गर्न सक्छन्। मानिसहरू सबैले आफूसँग भएको थोरै चलाखीपनलाई बुद्धि ठान्छन् र मानिसहरूका लागि परमेश्‍वरका मागहरू र मानिसहरूले आफ्ना कर्तव्य निर्वाहमा हासिल गर्नुपर्ने परिणामहरूलाई अनदेखा गर्छन्। यो गलत हो। मानिसहरूले जस्तोसुकै कर्तव्य निर्वाह गरे पनि, तिनीहरूको कद जतिसुकै ठूलो वा सानो भए पनि वा तिनीहरू जुनसुकै प्रकारको वातावरणमा भए पनि, तिनीहरू सत्यता खोजी नगरी रहन कहिल्यै सक्दैनन्, र तिनीहरूले सबै कुरामा परमेश्‍वरलाई प्रार्थना गर्ने, परमेश्‍वरमा आशा राख्ने र परमेश्‍वरमा भर पर्ने गर्नैपर्छ। यो र यो मात्रै सबैभन्दा ठूलो बुद्धि हो। म किन यसलाई सबैभन्दा बुद्धिमानी कुरा भन्छु त? यदि कसैले धेरै सत्यता बुझेको छ भने पनि, यदि उसले परमेश्‍वरमा भरोसा गर्दैन भने के त्यस कामद्वारा केही हुनेछ र? कतिपय मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भएको हुन्छ, र तिनीहरूले धेरै परीक्षा अनुभव गरेका हुन्छन्, तिनीहरूमा केही व्यावहारिक अनुभव हुन्छ, तिनीहरूले केही सत्यता बुझेका हुन्छन्, र तिनीहरूसँग सत्यताका केही व्यावहारिक ज्ञान हुन्छ, तर तिनीहरू परमेश्‍वरमा भर पर्न जान्दैनन्, न त तिनीहरूले कसरी उहाँतिर हेर्ने र उहाँमा कसरी भर पर्ने भन्‍ने नै जानेका हुन्छन्। के त्यस्ता मानिसहरूसँग बुद्धि हुन्छ? तिनीहरू सबैभन्दा मूर्ख मानिसहरू हुन्, र आफैलाई बुद्धिमान् ठान्नेहरू हुन्; तिनीहरू परमेश्‍वरसित डराउँदैनन् र दुष्टतादेखि टाढा बस्दैनन्। कतिपय मानिसहरू भन्छन्, “मैले धेरै सत्यताहरू बुझेको छु र सत्यता वास्तविकता धारण गरेको छु। सिद्धान्तअनुसार काम गरे भइहाल्छ नि। म परमेश्‍वरप्रति बफादार छु, र उहाँको नजिक कसरी जानुपर्छ सो म जान्दछु। मेरो जीवनमा परिस्थितिहरू आइपर्दा मैले सत्यताको अभ्यास गर्नु नै पर्याप्त हुँदैन र? परमेश्‍वरलाई प्रार्थना गर्नु वा परमेश्‍वरको बाटो हेर्नु जरुरी छैन।” सत्यता अभ्यास गर्नु सही कुरा हो, तर त्यस्ता समय र परिस्थितिहरू धेरै हुन्छन् जहाँ मानिसहरूले कुन सत्यता वा के-कस्ता सत्यता सिद्धान्तहरूको कुरा छोइँदै छ भनी जान्दैनन्। व्यावहारिक अनुभव भएकाहरू सबैले यो जान्दछन्। उदाहरणको लागि, जब तैँले कुनै समस्याको सामना गर्छस्, त्यस बेला तँलाई त्यो समस्याले कुन सत्यतालाई छुन्छ वा सान्दर्भिक सत्यतालाई कसरी अभ्यास वा प्रयोग गर्नुपर्छ भन्‍ने थाहा नहुन सक्छ। यस्तो बेला तैँले के गर्नुपर्छ? तँसित व्यावहारिक अनुभव जति धेरै भए पनि, तैँले सबै परिस्थितिहरूमा सत्यता सिद्धान्तहरू बुझ्न सक्दैनस्। तैँले जति धेरै समय परमेश्‍वरमा विश्‍वास गरेको भए पनि, तैँले जति धेरै कुराको अनुभव गरेको भए पनि, तैँले काटछाँट वा अनुशासनको जति धेरै अनुभव गरेको भए पनि, र तैँले सत्यतालाई बुझे पनि, के तैँले तँ नै सत्यता होस् भनेर भन्‍ने आँट गर्छस्? के तैँले तँ नै सत्यताको स्रोत होस् भनेर भन्‍ने आँट गर्छस्? कतिपय मानिसहरू भन्छन्, “मलाई वचन देहमा देखा पर्नुहुन्छ भन्‍ने पुस्तकमा भएका प्रसिद्ध वाणीहरू र खण्डहरू सबै कण्ठ छ; मैले परमेश्‍वरमा भर पर्नु वा उहाँको बाटो हेर्नु आवश्यक छैन। जब समय आउँछ, म परमेश्‍वरका यी वचनहरूमा भर परेर नै सफल हुनेछु।” तैँले कण्ठ गरेका वचनहरू स्थिर छन्, तापनि तैँले सामना गर्ने वातावरणहरू साथै तेरा स्थितिहरू गतिशील छन्। तैँले शब्‍द र सिद्धान्तहरू बोल्‍न सक्छस्, तर तेरो जीवनमा कुनै कुरा आइपर्दा तैँले त्यसबाट केही गर्न सक्दैनस्, जसले तैँले सत्यता बुझेको छैनस् भन्‍ने प्रमाणित गर्छ। शब्द र सिद्धान्तहरू सुनाउन तँ जति नै सिपालु भए पनि, तैँले सत्यता बुझेको छस् भन्‍ने हुँदैन, तैँले सत्यताको अभ्यास गर्न सक्‍नु त परको कुरा हो। यसैले यहाँ सिक्नुपर्ने एउटा महत्त्वपूर्ण पाठ छ। अनि यो पाठ के हो त? त्यो यही हो कि मानिसहरूले सबै कुरामा परमेश्‍वरतर्फ फर्कनुपर्छ, र त्यसो गरेर तिनीहरूले परमेश्‍वरमाथिको निर्भरता हासिल गर्न सक्छन्। परमेश्‍वरको इच्‍छामा भरोसा गरेर मात्रै तिनीहरूले पछ्याउने मार्ग र पवित्र आत्‍माको काम प्राप्त गर्नेछन्। नत्र, तैँले केही कुरा सही रूपमा र सत्यताको उल्लङ्घन नगरी गर्न सक्छस्, तर यदि तँ परमेश्‍वरमा भर पर्दैनस् भने, तेरा कार्यहरू केवल मानिसका असल कार्य मात्र हुन्छन् र ती कार्यहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्‍दैनन्। मानिसहरूमा सत्यताको त्यस्तो सतही बोध हुने भएकोले, विभिन्न परिस्थितिहरूको सामना गर्दा तिनीहरूले नियमहरू पालना गरिरहने र उही सत्यता प्रयोग गर्दै दृढतापूर्वक शब्द र सिद्धान्तहरूमै अल्झिरहने सम्‍भावना हुन्छ। तिनीहरूले सत्यता सिद्धान्तहरूसँग आम रूपमा मिल्‍ने गरी धेरै मामिलाहरू पूरा गर्न सक्छन्, तर त्यसमा परमेश्‍वरको मार्गनिर्देशन देख्न सकिँदैन, न त पवित्र आत्माको काम नै देख्न सकिन्छ। यहाँ एउटा गम्भीर समस्या छ, त्यो के हो भने, मानिसहरूले आफ्नो अनुभवमा र आफूले बुझेका नियमहरूमा र कुनै-कुनै मानवीय कल्पनाहरूमा भर परेर धेरै कुराहरू गर्छन्। परमेश्‍वरको निम्ति साँचो प्रार्थना हासिल गर्नु र तिनीहरूले गर्ने सबै कुरामा साँचो रूपमा परमेश्‍वरको बाटो हेर्नु र उहाँमा भर पर्नु कठिन हुन्छ। व्यक्तिले परमेश्‍वरका अभिप्रायहरू बुझे पनि, परमेश्‍वरको अगुवाइ र सत्यता सिद्धान्तहरूअनुसार काम गर्दा प्राप्त हुने प्रभाव हासिल गर्नु गाह्रो हुन्छ। यसैकारण म भन्छु कि सबैभन्दा बुद्धिमानी कुरा भनेको सबै कुरामा परमेश्‍वरतिर हेर्नु र उहाँमाथि भर पर्नु हो।

मानिसहरूले सबै कुरामा परमेश्‍वरतिर हेर्ने र उहाँमा निर्भर हुने अभ्यास कसरी गर्न सक्छन्? कतिपय मानिसहरू भन्छन्, “म जवान छु, मेरो कद सानो छ, र मैले परमेश्‍वरलाई विश्‍वास गरेको धेरै समय भएको छैन। कुनै कुरा आइपर्दा परमेश्‍वरलाई हेर्ने र उहाँमा भरोसा गर्ने अभ्यास कसरी गर्ने मलाई थाहा छैन।” के यो समस्या हो? परमेश्‍वरमा विश्‍वास गर्दा सामना गर्नुपर्ने धेरै कठिनाइहरू छन्, र तैँले धेरै सङ्कष्ट, परीक्षा, र पीडाहरू सामना गर्नुपर्ने हुन्छ। यी सबै कुराको लागि कठिनाइपूर्ण समयबाट पार पाउन परमेश्‍वरतर्फ हेर्नुपर्छ र उहाँमा भरोसा गर्नुपर्छ। यदि तैँले परमेश्‍वरतर्फ हेर्ने र उहाँमा भरोसा गर्ने अभ्यास गर्न सक्दैनस् भने, तैँले कठिनाइहरूबाट पार पाउन सक्‍नेछैनस्, र तैँले परमेश्‍वरलाई पछ्याउन सक्‍नेछैनस्। परमेश्‍वरतर्फ हेर्नु अनि उहाँमा भरोसा गर्नु खोक्रो सिद्धान्त होइन, न त यो परमेश्‍वरमा विश्‍वास गर्ने मन्त्र नै हो। बरु, यो त महत्त्वपूर्ण सत्यता हो, परमेश्‍वरमा विश्‍वास गर्न र पछ्याउनको लागि तँमा हुनैपर्ने सत्यता हो। कतिपय मानिसहरू भन्छन्, “परमेश्‍वरतर्फ हेर्ने र उहाँमा भरोसा गर्ने कुरा ठूलो घटना घट्दा मात्र लागू हुन्छ। उदाहरणको लागि, सङ्कष्ट, परीक्षा, पक्राउ, र सतावट सामना गर्दा, वा कर्तव्यमा कठिनाइहरू झेल्दा, वा काटछाँट गरिँदा मात्रै परमेश्‍वरतर्फ हेर्नु र परमेश्‍वरमा भर पर्नुपर्छ। व्यक्तिगत जीवनका सानातिना कुराहरूका हकमा परमेश्‍वरतर्फ हेर्नु र परमेश्‍वरमा भर पर्नु जरुरी हुँदैन, किनभने परमेश्‍वरले ती कुरालाई वास्ता गर्नुहुन्‍न।” के यो अभिव्यक्ति सही छ? अवश्य छैन। यहाँ विचलन छ। ठूलाठूला मामलाहरूमा परमेश्‍वरतर्फ हेर्नु अत्यावश्यक हुन्छ, तर के तैँले सिद्धान्तहरूविना जीवनका नगण्य र सानातिना कुराहरूलाई सामना गर्न सक्छस्? लुगा लगाउने र खाना खानेजस्ता मामलाहरूमा, के तैँले सिद्धान्तहरूविना काम गर्न सक्छस्? अवश्य सक्दैनस्। के मानिसहरू र मामलाहरूलाई सामना गर्दा यो विना काम गर्न सक्छस्? अवश्य सक्दैनस्। दैनिक जीवन र नगण्य मामलाहरूमा समेत, मानव स्वरूपमा जिउनको लागि तँमा कम्तीमा पनि सिद्धान्तहरू हुनुपर्छ। सिद्धान्तहरू संलग्‍न हुने समस्याहरू सत्यतासँग सम्‍बन्धित समस्याहरू हुन्। के मानिसहरूले ती समस्याहरू आफै समाधान गर्न सक्छन्? अवश्‍य सक्दैनन्। त्यसकारण, तैँले परमेश्‍वरतर्फ हेर्नु र परमेश्‍वरमा भरोसा गर्नुपर्छ। तैँले परमेश्‍वरको अन्तर्दृष्टि पाएपछि र सत्यता बुझेपछि मात्र यी सानातिना समस्याहरू समाधान गर्न सक्छस्। यदि तिमीहरूले परमेश्‍वरतर्फ हेरेनौ र परमेश्‍वरमा भरोसा गरेनौ भने, के तिमीहरूलाई सिद्धान्तहरूसँग सम्‍बन्धित यी समस्याहरू समाधान गर्न सकिन्छ जस्तो लाग्छ? सहजै त अवश्य सकिँदैन। के भन्‍न सकिन्छ भने मानिसहरूले स्पष्‍ट रूपमा देख्‍न नसक्‍ने र मानिसहरूले सत्यताको खोजी गर्नुपर्ने सबै कुरामा तिनीहरूले परमेश्‍वरतर्फ हेर्नु र परमेश्‍वरमा भरोसा गर्नुपर्छ। सत्यताद्वारा समाधान गर्नुपर्ने कुनै पनि समस्या जति ठूलो होस् या सानो, त्यसको लागि परमेश्‍वरतर्फ हेर्नुपर्छ र परमेश्‍वरमा भरोसा गर्नुपर्छ। यो अत्यावश्यक छ। मानिसहरूले सत्यता बुझे पनि र आफै समस्याहरू समाधान गर्न सके पनि, यी बुझाइ र समाधानहरू सीमित र सतही मात्र हुन्छन्। यदि मानिसहरूले परमेश्‍वरतर्फ हेर्दैनन् र परमेश्‍वरमा भरोसा गर्दैनन् भने, तिनीहरूको प्रवेश कहिल्यै पनि गहन हुन सक्दैन। उदाहरणको लागि, यदि तँ आज बिरामी छस्, र यसले तेरो कर्तव्यपालनमा असर गर्छ भने, तैँले यस विषयमा प्रार्थना गर्दै यसो भन्‍नुपर्छ, “हे परमेश्‍वर, आज मलाई सन्चो छैन, मलाई खान मन हुँदैन, र यसले मेरो कर्तव्यपालनमा असर गरिरहेको छ। मैले आफूलाई जाँच्‍नुपर्छ। म बिरामी हुनुको वास्तविक कारण के हो? के म आफ्‍नो कर्तव्यमा बफादार नभएकोले परमेश्‍वरले मलाई अनुशासनमा राखिरहनुभएको हो? हे परमेश्‍वर, बिन्ती छ, मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस्।” तैँले यसरी पुकार्नैपर्छ। परमेश्‍वरतर्फ हेर्नु भनेको यही हो। तैपनि, जब तैँले परमेश्‍वरतर्फ हेर्छस्, तब तैँले औपचारिकता र नियमहरू मात्रै पछ्याउने गर्नु हुँदैन। समस्याहरू समाधान गर्न तैँले सत्यता खोजी गर्दैनस् भने, तैँले कामकुरामा ढिलाइ गराउनेछस्। परमेश्‍वरलाई प्रार्थना गरेपछि र परमेश्‍वरतर्फ हेरेपछि पनि तैँले बिनाकुनै ढिलाइ आफूले निर्वाह गर्नुपर्ने कर्तव्य पूरा गर्दै आफ्‍नो जीवन जसरी जिउनुपर्ने हो त्यसरी जिउनुपर्छ। यदि तँ बिरामी छस् भने, तैँले डाक्टरलाई भेट्नुपर्छ, र यो उचित कुरा हो। यसको साथै, तैँले प्रार्थना गर्नुपर्छ, आफ्‍नो बारेमा मनन गर्नुपर्छ, र समस्या समाधान गर्न सत्यता खोजी गर्नुपर्छ। यसरी अभ्यास गर्नु मात्रै पूर्ण रूपमा उचित हुन्छ। कतिपय कुराहरूका हकमा, यदि मानिसहरूलाई ती काम उचित रूपमा कसरी गर्ने भन्‍ने थाहा छ भने, तिनीहरूले ती काम गर्नुपर्छ। मानिसहरूले यसरी नै सहकार्य गर्नुपर्छ। तैपनि, यी मामलाहरूमा चाहेको प्रभाव र उद्देश्य पूर्ण रूपमा हासिल गर्न सकिन्छ कि सकिँदैन भन्‍ने कुरा परमेश्‍वरको बाटो हेर्ने र उहाँमा भरोसा गर्ने कार्यमा निर्भर हुन्छ। मानिसहरूले स्पष्ट रूपमा देख्‍न नसक्‍ने र तिनीहरू आफैले सम्‍हाल्‍न नसक्‍ने समस्याहरूका हकमा, तिनीहरूले तिनलाई समाधान गर्न अझै बढी परमेश्‍वरतर्फ हेर्नुपर्छ र सत्यताको खोजी गर्नुपर्छ। यस्तो गर्नसक्‍ने क्षमता नै सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्ने कुरा हो। परमेश्‍वरतर्फ हेर्दा सिक्‍नुपर्ने पाठहरू धेरै छन्। परमेश्‍वरतर्फ हेर्ने प्रक्रियामा, तैँले पवित्र आत्‍माको अन्तर्दृष्टि प्राप्त गर्न सक्छस्, र तँसित मार्ग हुनेछ, वा यदि परमेश्‍वरको वचन तँकहाँ आयो भने, कसरी सहकार्य गर्ने भन्‍ने तँलाई थाहा हुनेछ, वा सायद परमेश्‍वरले तँलाई पाठहरू सिकाउन केही परिस्थितिहरू बन्दोबस्त गर्नुहुनेछ, अनि यी कुरामा परमेश्‍वरका असल इच्‍छाहरू हुन्छन्। परमेश्‍वरतर्फ हेर्ने प्रक्रियामा, तैँले परमेश्‍वरको मार्गदर्शन र अगुवाइ देख्‍नेछस्, र यी कुराहरूले तँलाई धेरै पाठहरू सिक्‍न र परमेश्‍वरबारे अझै राम्ररी बुझ्‍न सहयोग गर्नेछन्। परमेश्‍वरतर्फ हेरेर हासिल गरिने प्रभाव यही हो। त्यसकारण, परमेश्‍वरतर्फ हेर्नु भनेको परमेश्‍वरलाई पछ्याउने मानिसहरूले प्राय सिक्‍नुपर्ने पाठ हो, र यो तिनीहरूले आफ्‍नो जीवनकालमा अनुभव गरेर कहिल्यै नसकिने कुरा हो। अत्यन्तै सतही अनुभव भएका धेरै मानिसहरू छन् र तिनीहरूले परमेश्‍वरका कार्यहरू देख्‍न सक्दैनन्, त्यसकारण तिनीहरू सोच्छन्, “म आफैले गर्न सक्‍ने सानातिना कुराहरू धेरै छन् र ती काममा मैले परमेश्‍वरतर्फ हेर्नु पर्दैन।” यो गलत कुरा हो। कतिपय सानातिना कुराहरूले ठूला कुराहरू निम्त्याउँछन्, र कतिपय सानातिना कुरामा परमेश्‍वरका अभिप्रायहरू लुकेका हुन्छन्। धेरै मानिसहरूले सानातिना कुराहरू बेवास्ता गर्छन्, र परिणामस्वरूप, यिनै सानातिना कुराहरूको कारण तिनीहरूलाई ठूलो बाधा पुगेको हुन्छ। सानोठूलो दुवै कुरामा साँचो रूपमा परमेश्‍वरको डर मान्‍ने हृदय भएकाहरूले परमेश्‍वरतर्फ हेर्छन्, परमेश्‍वरलाई प्रार्थना गर्छन्, सबै कुरा परमेश्‍वरलाई सुम्पन्छन्, त्यसपछि तिनीहरूलाई परमेश्‍वरले कसरी अगुवाइ र मार्गदर्शन गर्नुहुन्छ त्यो हेर्छन्। यस्तो अनुभव प्राप्त गरेपछि, तैँले सबै कुरामा परमेश्‍वरतर्फ हेर्न सक्छस्, र तैँले यसको जति धेरै अनुभव गर्छस्, तँलाई त्यति नै बढी सबै कुरामा परमेश्‍वरतर्फ हेर्नु अत्यन्तै व्यावहारिक हुन्छ भन्‍ने लाग्छ। कुनै मामलामा जब तैँले परमेश्‍वरतर्फ हेर्छस्, तब सायद परमेश्‍वरले तँलाई भावना, स्पष्ट अर्थ, अथवा स्पष्ट निर्देशनहरू नदिन सक्‍नुहुन्छ, तर उहाँले तँलाई यस मामलासँग एकदमै मिल्ने सान्दर्भिक विचार बुझ्‍न सहयोग गर्नुहुनेछ, अनि यसरी परमेश्‍वरले तँलाई फरक तरिकाले अगुवाइ गरिरहनुभएको र तँलाई मार्ग दिइरहनुभएको हुन्छ। यदि तैँले यो कुरा अनुभूति गर्न र बुझ्‍न सक्छस् भने, तँलाई फाइदा हुनेछ। तैँले तुरुन्तै केही पनि बुझ्‍न सक्दैनस् होला, तर तैँले परमेश्‍वरलाई निरन्तर प्रार्थना गरिरहनुपर्छ र उहाँतर्फ हेरिरहनुपर्छ। यसो गर्नु गलत होइन, र ढिलोचाँडो तैँले अन्तर्दृष्टि पाउनेछस्। यसरी अभ्यास गर्नु भनेको नियमहरूको पालना गर्नु होइन। बरु, यो त आत्माका खाँचोहरू पूरा गर्नु हो, र मानिसहरूले यसरी नै अभ्यास गर्नुपर्छ। तैँले परमेश्‍वरलाई प्रार्थना गर्दा र उहाँको बाटो हेर्दा हरेकपटक नै अन्तर्दृष्टि र मार्गदर्शन प्राप्त नगर्न पनि सक्छस्, तर मानिसहरूले यसरी अभ्यास गर्नैपर्छ, अनि यदि तिनीहरूले सत्यता बुझ्‍न चाहन्छन् भने, तिनीहरूले यसरी नै अभ्यास गर्नुपर्छ। यो जीवन र आत्माको सामान्य स्थिति हो, र यसरी मात्रै मानिसहरूले परमेश्‍वरसँग सामान्य सम्‍बन्ध कायम राख्‍न सक्छन्, र त्यसरी तिनीहरूको हृदय परमेश्‍वरको नजिक हुन्छ। त्यसकारण के भन्‍न सकिन्छ भने परमेश्‍वरतर्फ हेर्नु भनेको मानिसहरूले हृदयमा परमेश्‍वरसँग गर्ने सामान्य अन्तरक्रिया हो। तैँले परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शन प्राप्त गर्न सके पनि नसके पनि, तैँले सबै कुरामा परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र उहाँको बाटो हेर्नुपर्छ। यो परमेश्‍वरको अघि जिउने आवश्यक मार्ग पनि हो। जब मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् र परमेश्‍वरलाई पछ्याउँछन्, तब तिनीहरूमा सधैँ परमेश्‍वरको बाटो हेर्ने मनस्थिति हुनुपर्छ। सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्ने मनस्थिति यही हो। कहिलेकाहीँ, परमेश्‍वरलाई हेर्नुको अर्थ निश्‍चित शब्दहरू प्रयोग गरी उहाँलाई केही गर्न वा अगुवाइ प्रदान गरिमाग्न वा उहाँको सुरक्षाका माग्न अनुरोध गर्नु होइन। बरु, यसको अर्थ के हुन्छ भने जब मानिसहरूले कुनै समस्याको सामना गर्छन्, तिनीहरूले उहाँलाई इमानदारिताका साथ पुकार्न सक्छन्। त्यसो भए, मानिसहरूले उहाँलाई पुकार्दा परमेश्‍वरले त्यहाँ के गरिरहनुभएको हुन्छ त? जब कसैको हृदय उत्तेजित हुन्छ र तिनीहरूमा यस्तो विचार आउँछ: “हे परमेश्‍वर, म यो एक्लै गर्न सक्दिन, यो कसरी गर्ने मलाई थाहा छैन, र म कमजोर र नकारात्मक महसुस गर्छु…,” जब तिनीहरूमा यस्तो विचार उत्पन्न हुन्छ, के परमेश्‍वरलाई यसको बारेमा थाहा हुँदैन र? जब मानिसहरूमा यस्तो विचारहरू उत्पन्न हुन्छ, के तिनीहरूको हृदय इमानदार हुन्छ त? जब तिनीहरूले परमेश्‍वरलाई यसरी इमानदारिताका साथ पुकार्छन्, के परमेश्‍वर तिनीहरूलाई सहयोग गर्न ओर्लनुहुन्छ त? तिनीहरूले कुनै शब्‍द नबोलेको हुनसक्‍ने भए पनि, तिनीहरूले इमानदारिता देखाउँछन्, त्यसकारण तिनीहरूलाई सहायता गर्न परमेश्‍वर ओर्लनुहुन्छ। जब कसैले विशेष रूपमा कठिन समस्याको सामना गर्छ, जब तिनीहरूसँग अडेस लाग्ने केही र कोही हुँदैन, र जब तिनीहरूले खास रूपमा विवश भएको महसुस गर्छन्, तिनीहरूले आफ्नो एउटै आशा परमेश्‍वरमा राख्छन्। तिनीहरूको प्रार्थना कस्तो हुन्छ? तिनीहरूको मनस्थिति कस्तो हुन्छ? के तिनीहरू निष्कपट हुन्छन्? त्यो बेला कुनै अपमिश्रण भएको हुन्छ? अन्तिम सहारा उहाँ मात्रै हुनुहुन्छ, अनि उहाँले तँलाई सहयोग गर्नुहुनेछ भनेर आशा गर्दै तैँले परमेश्‍वरमा भरोसा गरिस् भने मात्रै, तेरो हृदय निष्कपट हुन्छ। तैँले त्यति धेरै कुरा नबताएको हुन सक्‍ने भए तापनि, तेरो हृदय पहिले नै चलायमान भइसकेको हुन्छ—तैँले तेरो निष्कपट हृदय परमेश्‍वरलाई दिएको हुन्छस्—र परमेश्‍वर तेरो कुरा सुन्‍नुहुन्छ। जब परमेश्‍वरले सुन्‍नुहुन्छ, उहाँले तेरा कठिनाइहरूलाई देख्‍नुहुनेछ, र उहाँले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ, तँलाई मार्गदर्शन गर्नुहुनेछ, र तँलाई सहयोग गर्नुहुनेछ। मानिसको हृदय कहिले सबैभन्दा इमानदार हुन्छ? उम्‍कने कुनै उपाय नहुँदा जब मानिसले परमेश्‍वरको बाटो हेर्छ तब यो सबैभन्दा बढी इमानदार हुन्छ। परमेश्‍वरको बाटो हेर्दा व्यक्तिमा हुनुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा इमानदार हृदय हो। तँ साँचो रूपमा परमेश्‍वरको खाँचो पर्ने स्थितिमा हुनुपर्छ। भन्‍नुको अर्थ, मानिसहरूको हृदय कम्तीमा पनि इमानदार हुनुपर्छ, झाराटारुवा हुनु हुँदैन; तिनीहरूले मुख मात्र चलाउने, हृदय नचलाउने गर्नु हुँदैन। यदि तँ परमेश्‍वरसँग लटरपटर गर्दै जसोतसो कुराकानी त गर्छस्, तर तेरो हृदयमा स्पर्श भएको छैन भने, तैँले “मैले आफ्ना योजनाहरू बनाइसकेको छु, र परमेश्‍वर, म तपाईंलाई जानकारी मात्रै दिँदै छु। तपाईं सहमत भए पनि नभए पनि म ती लागू गर्ने नै छु। म अल्याङटल्याङ मात्रै गरिरहेको छु” भनेर भनिरहेको हुन्छस् भने, यो समस्या हो। तैँले परमेश्‍वरलाई धोका दिइरहेको र उहाँसँग खेल खेलिरहेको हुन्छस्, र यो परमेश्‍वरप्रतिको अनादरको अभिव्यक्ति हो। यसपछि परमेश्‍वरले तँलाई कस्तो व्यवहार गर्नुहुनेछ? परमेश्‍वरले तँलाई बेवास्ता गर्नुहुनेछ र पन्छाउनुहुनेछ, र तँ पूर्ण रूपमा अपमानित हुनेछस्। यदि तैँले सक्रिय रूपमा परमेश्‍वरको खोजी गर्दैनस् र सत्यता सम्बन्धमा प्रयास गर्दैनस् भने, तँलाई हटाइनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वास संसारका दुष्ट प्रचलनहरूलाई छर्लङ्गै देखेसँगै सुरु हुनुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३७७

परमेश्‍वर स्वयमको जीवन नै सत्यता हो; यसले उहाँको स्वभाव, उहाँको सार, अनि उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ ती सबको प्रतिनिधित्व गर्छ। केही अनुभवात्मक ज्ञान भएकाले यदि तँ आफूसँग सत्यता छ भनेर भन्छस् भने, के तैँले पवित्रता प्राप्त गरेको हुन्छस्? तैँले अझै किन भ्रष्टता प्रकट गर्छस्? किन तैँले फरक फरक प्रकारका मानिसहरूका बीचमा भिन्‍नता छुट्याउन सक्दैनस्? तैँले किन परमेश्‍वरको गवाही दिन सक्दैनस्? तैँले केही सत्यता प्राप्त गरे पनि, के तैँले परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्छस्? के तँ परमेश्‍वरको स्वभावमा जिउन सक्छस्? तँसँग कुनै सत्यताको कुनै निश्‍चित पक्षबारे केही अनुभवात्मक ज्ञान हुन सक्छ र तैँले आफ्नो वाणीमा केही ज्योति घुसाउन सक्छस् होला, तर तैँले मानिसहरूलाई प्रदान गर्न सक्‍ने कुरा अत्यन्तै सीमित हुन्छ, र त्यो दीर्घकालीन रूपमा रहन सक्दैन। यस्तो किन हुन्छ भने तेरो बुझाइ र तैँले प्राप्त गरेको ज्योतिले सत्यताको सार र सत्यताको सम्पूर्णतालाई प्रतिनिधित्व गर्दैन। यसले सत्यताको एउटा वा सानो पक्षलाई मात्रै प्रतिनिधित्व गर्छ, यो मानवले हासिल गर्न सक्‍ने स्तर मात्रै हो, र यो अझै पनि सत्यताको सारबाट टाढै हुन्छ। यो थोरै ज्योति, अन्तर्दृष्टि, अनुभवात्मक ज्ञानले कहिल्यै सत्यताको स्थान लिन सक्दैन। सबै मानिसहरूले सत्यता अनुभव गरेर केही परिणाम हासिल गरे पनि, र तिनीहरूका सबै अनुभवात्मक ज्ञानलाई एकै ठाउँमा राखे पनि, त्यो यो सत्यताको एक हरफको सम्पूर्णता र सारसम्म पुग्‍न सक्दैन। विगतमा यस्तो भनिएको थियो, “म यस कुरालाई मानव संसारको लागि यो उक्तिद्वारा सारांशित गर्छु: मानिसहरूका बीचमा, मलाई प्रेम गर्ने कोही पनि छैन।” यो वाक्य सत्यता हो, जीवनको साँचो सार, सबैभन्दा गहन कुरा, अनि परमेश्‍वर स्वयम्‌को एक अभिव्यक्ति हो। तँ अनुभवहरूबाट गुज्रिन्छस्, र तीन वर्षको अनुभवपछि, तैँले थोरै सतही बुझाइ प्राप्त गरेको हुन सक्छस्, र सातआठ वर्षपछि, तैँले अलिक बढी बुझाइ प्राप्त गरेको हुन सक्छस्, तर यो बुझाइले सत्यताको यो हरफको स्थान कहिल्यै लिन सक्दैन। कोही अर्कोले पनि दुई वर्षपछि थोरै बुझाइ वा दश वर्षपछि थप बुझाइ प्राप्त गर्न सक्छ, वा जीवनभरमा तुलनात्मक रूपमा निकै उच्‍च बुझाइ प्राप्त गर्न सक्छ, तर तिमीहरू दुवैको समग्र बुझाइले पनि सत्यताको यो हरफको स्थान लिन सक्दैन। तिमीहरू दुवैले समग्र रूपमा जति धेरै अन्तर्ज्ञान, ज्योति, अनुभव, वा ज्ञान बटुले पनि, त्यो कुराले सत्यताको यो हरफको स्थान लिन सक्दैन। भन्‍नु को अर्थ, मानव जीवन सधैँ मानव जीवन नै हुन्छ, र तेरो ज्ञान सत्यता, परमेश्‍वरका अभिप्राय, वा परमेश्‍वरका मागहरूसँग जति मिले पनि, त्यसले कहिल्यै पनि सत्यताको स्थान लिन सक्दैन। मानिसहरूसँग सत्यता छ भन्‍नु को अर्थ मानिसहरूले साँचो रूपमा सत्यता बुझेका छन्, तिनीहरू परमेश्‍वरको वचनका केही वास्तविकताहरूमा जिउँछन्, तिनीहरूसँग परमेश्‍वरबारे केही वास्तविक ज्ञान छ, र तिनीहरूले परमेश्‍वरलाई उचाल्‍न र सन्तुष्ट पार्न सक्छन् भन्‍ने हुन्छ। तर मानिसहरूसँग पहिल्यैदेखि सत्यता छ भनेर भन्‍न सकिँदैन, किनभने सत्यता अत्यन्तै प्रगाढ हुन्छ। परमेश्‍वरको वचनको एउटा हरफलाई अनुभव गर्नसमेत जीवनभरिको समय लाग्‍न सक्छ, र धेरै जीवनकालको अनुभवपछि, वा हजारौँ वर्षपछि पनि, परमेश्‍वरको वचनको एउटा हरफलाई पूर्ण रूपमा अनुभव गर्न सकिँदैन। यो स्पष्ट छ कि सत्यतालाई बुझ्‍ने र परमेश्‍वरलाई चिन्‍ने प्रक्रिया वास्तवमै अनन्त हुन्छ, र मानिसहरूले जीवनकालभरिको अनुभवमा कति सत्यता बुझ्‍न सक्छन् भन्‍ने कुराको पनि सीमा हुन्छ। कतिपय मानिसहरूले परमेश्‍वरको वचनको पाठ्य तहको अर्थ बुझ्‍नासाथ तिनीहरूसँग सत्यता छ भनेर भन्छन्। के यो बकवास होइन र? ज्योति र ज्ञान दुवैको हकमा, गहनताको कुरा आउँछ। व्यक्तिले जीवनकालमा प्रवेश गर्न सक्‍ने सत्यता वास्तविकताहरू सीमित हुन्छन्। त्यसकारण, तँसँग केही ज्ञान र ज्योति छ भन्दैमा तँसँग सत्यता वास्तविकताहरू छन् भन्‍ने हुँदैन। मुख्य कुरा यो ज्योति र ज्ञानले सत्यताको सारलाई छुन्छ कि छुँदैन भन्‍ने हो। यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। कतिपय मानिसहरूलाई तिनीहरूले कुनै कुरा प्रकाश पार्न सकेपछि वा थोरै सतही बुझाइ प्रदान गर्न सकेपछि तिनीहरूसँग सत्यता छ भन्‍ने लाग्छ। यो कुराले तिनीहरूलाई खुसी तुल्याउँछ, त्यसकारण तिनीहरू आफैप्रति गर्व र घमण्ड गर्छन्। वास्तवमा, तिनीहरू अझै पनि सत्यता वास्तविकतामा प्रवेश गर्नबाट टाढै हुन्छन्। मानिसहरूले के-कस्ता सत्यता प्राप्त गर्न सक्छन्? के सत्यता धारण गरेका मानिसहरू कुनै पनि समय र स्थानमा लड्न सक्छन्? मानिसहरूसँग सत्यता हुँदा, कसरी तिनीहरूले अझै पनि परमेश्‍वरलाई चुनौती र धोका दिन सक्छन्? यदि तैँले तँसँग सत्यता छ र यसले तँभित्र ख्रीष्‍टको जीवन भएको प्रमाणित गर्छ भनेर दाबी गर्छस् भने, यो त निर्लज्‍जताको पराकाष्ठा हो! के तँ प्रभु भएको छस्, ख्रीष्‍ट बनेको छस् र? यो हास्यास्पद अभिव्यक्ति हो, र यो पूर्णतया मानिसको अनुमान मात्र हो; यो मानव धारणा र कल्‍पनाहरूबाट आएको कुरा हो, र यो परमेश्‍वरसामु टिक्‍न सक्‍दैन।

मानिसहरूले सत्यता बुझ्‍ने, र त्यसलाई आफ्नो जीवन बनाउनेबारे कुरा गर्नुपर्दा, यस सन्दर्भमा “जीवन” को अर्थ के हो? यसको अर्थ तिनीहरूको हृदयमा सत्यताले शासन गर्छ, तिनीहरू परमेश्‍वरको वचनको आधारमा जिउन सक्छन्, र तिनीहरूमा परमेश्‍वरका वचनहरूको वास्तविक ज्ञान र सत्यताको सच्‍चा बुझाइ छ भन्‍ने हुन्छ। जब मानिसहरूभित्र यो नयाँ जीवन हुन्छ, यो पूर्णतया परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गरेर हासिल गरिएको हुन्छ, यो परमेश्‍वरका वचनहरूको सत्यताको जगमा निर्मित भएको हुन्छ, र यो सत्यताको क्षेत्रमा तिनीहरूको जियाइमार्फत प्राप्त भएको हुन्छ; मानिसहरूको जीवनमा हुने सबै कुरा भनेकै सत्यतासम्बन्धी तिनीहरूको ज्ञान र अनुभव हुन्छ। यो यही दायराभित्र पर्छ; जीवन प्राप्त गर्नुले सत्यता प्राप्त गर्नुलाई जनाउँछ। परमेश्‍वरका वचनहरूको सत्यताअनुसार जिउन सक्‍नु भनेको मानिसहरूभित्र सत्यताको जीवन छ भन्‍ने हुँदैन, न त मानिसहरूसित तिनीहरूको जीवनको रूपमा सत्यता छ भन्दैमा तिनीहरू सत्यता बन्छन्, र तिनीहरूको आन्तरिक जीवन सत्यताको जीवन बन्छ भन्‍ने नै हुन्छ; झन् तिनीहरू सत्यता र जीवन हुन् भनेर भन्‍न सकिनु त परै जाओस्। आखिर, तिनीहरूको जीवन मूलभूत रूपमा मानव जीवन नै हुन्छ। भन्नुको अर्थ, यदि तँ परमेश्‍वरका वचनहरूअनुसार जिउन सक्छस्, तँसित सत्यताको ज्ञान छ, यदि यो ज्ञानले तँभित्र जरा गाड्छ र यो तेरो जीवन बन्छ, र तैँले अनुभवमार्फत प्राप्त गरेको सत्यता तेरो अस्तित्वको जग बन्छ, यदि तँ परमेश्‍वरका यी वचनहरूअनुसार जिउँछस् भने, तँलाई कसैले पनि परिवर्तन गर्न सक्दैन, र शैतानले तँलाई बहकाउन वा भ्रष्ट तुल्याउन सक्दैन, तब तैँले सत्यता र जीवन प्राप्त गरेको हुनेछस्। यसको मतलब, तेरो जीवनमा सत्यता, सत्यतासम्‍बन्धी तेरो बुझाइ र अनुभव मात्र हुन्छ; र तैँले जे गरे पनि, तँ यिनै सत्यताहरूअनुसार जिउँछस्, र तँ तिनको क्षेत्रभन्दा बाहिर जाँदैनस्। त्यसपछि तँसँग सत्यता वास्तविकता हुन्छ, र परमेश्‍वरले आफ्‍नो काममार्फत अन्तिममा प्राप्त गर्न चाहने मानिसहरू यिनै हुन्। तर मानिसहरूले सत्यलाई जति नै राम्ररी बुझे पनि तिनीहरूको सार अझै पनि मानवताकै हुन्छ, र त्यसलाई परमेश्‍वरको सारसँग कदापि तुलना गर्न सकिँदैन। यस्तो किन हो भने, तिनीहरूले कहिल्यै सबै सत्यता अनुभव गर्न सक्दैनन्, र तिनीहरूले सत्यमा पूर्ण रूपमा जिउन असम्भव हुन्छ; तिनीहरूले मानिसहरूले प्राप्त गर्न सक्ने सत्यताको अति सीमित भाग मात्र जिउन सक्छन्। अनि, तिनीहरू कसरी परमेश्‍वरमा परिणत हुन सक्छन् र? … यदि तँमा परमेश्‍वरका वचनहरूको अलिअलि अनुभव छ भने, र तँ सत्यताको सच्‍चा अनुभववात्मक ज्ञानअनुसार जिइरहेको छस् भने, परमेश्‍वरका वचनहरू क्रमिक रूपमा तेरो जीवन बन्‍नेछन्। तापनि, तैँले अझै पनि सत्य नै तेरो जीवन हो वा तैँले व्यक्त गरिरहेका कुराहरू सत्य हुन् भनेर भन्‍न सक्दैनस्; यदि तेरो विचार त्यस्तो छ भने, तँ गलत छस्। यदि तँसँग सत्यको एउटा खास पक्षबारे मात्रै अनुभव छ भने, के त्यसले तैँले सत्यता धारण गरेको अवस्था प्रतिनिधित्व गर्न सक्छ? के यसलाई सत्यता प्राप्त गरेको रूपमा लिन सकिन्छ? के तैँले सत्यको पूर्ण रूपमा वर्णन गर्न सक्छस्? के तैँले सत्यताबाट परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनहुन्छ त्यो पत्ता लगाउन सक्छस्? यदि यी प्रभावहरू हासिल गर्न सकिएन भने, यसले के प्रमाणित गर्छ भने सत्यताको कुनै पक्षलाई अनुभव गर्ने कार्यलाई मात्रै साँचो रूपमा सत्यता बुझेको वा परमेश्‍वरलाई चिनेको मान्‍न सकिँदैन, यसलाई सत्यता प्राप्त गरेको भनेर भन्‍न सकिनु त परको कुरा हो। प्रत्येक व्यक्तिसँग सत्यको एक पक्ष र क्षेत्रको मात्र अनुभव हुन्छ; उसले यसलाई सीमित क्षेत्रभित्र अनुभव गर्छ, तर सत्यको सबै अनगन्ती पक्षहरूलाई छुन सक्दैन। के मानिसहरू सत्यताको वास्तविक अर्थअनुसार जिउन सक्छन्? तेरो थोरै अनुभवको परिमाण कति हुन्छ? समुद्र किनारको बालुवाको केवल एउटा कण जति; समुद्रको पानीको केवल एक थोपा जति। त्यसकारण तैँले आफ्ना अनुभवहरूबाट प्राप्त गरेको त्यो ज्ञान र ती भावनाहरू जति नै मूल्यवान् भए पनि, तिनलाई पनि अझै सत्यताको रूपमा गन्ती गर्न सकिँदैन। तिनलाई सत्यताअनुरूपका छन् भनेर मात्रै भन्‍न सकिन्छ। सत्यता परमेश्‍वरबाट आउँछ, र सत्यताले समावेश गर्ने भित्री अर्थ र वास्तविकताहरू एकदमै व्यापक हुन्छन्, र तिनलाई कसैले पनि बुझ्‍न वा खण्डन गर्न सक्दैन। जबसम्म तँसँग सत्यता र परमेश्‍वरको बारेमा वास्तविक बुझाइ हुन्छ, तबसम्म तैँले केही सत्यता बुझ्‍नेछस्; कसैले पनि यी वास्तविक बुझाइको खण्डन गर्न सक्‍नेछैन, र सत्यता वास्तविकता भएका गवाहीहरू सदासर्वदा टिकिरहनेछन्। सत्यता वास्तविकताहरू भएका मानिसहरूलाई परमेश्‍वरले अनुमोदन गर्नुहुन्छ। जबसम्म तैँले सत्यताको खोजी गर्छस्, र तँ जस्तोसुकै परिस्थितिमा भए पनि परमेश्‍वरका वचनहरूलाई अनुभव गर्न परमेश्‍वरमा भरोसा गर्न र सत्यतालाई तेरो जीवनको रूपमा स्वीकार गर्न सक्छस्, तबसम्म तँसँग मार्ग हुनेछ, तँ बाँच्‍न सक्‍नेछस्, र तैँले परमेश्‍वरको अनुमोदन प्राप्त गर्नेछस्। तर मानिसहरूले प्राप्त गर्ने थोरै कुरा सत्यताअनुरूप भए पनि, त्यसलाई सत्यता हो भनेर भन्‍न सकिँदैन, तिनीहरूले सत्यता प्राप्त गरेका छन् भनेर भन्‍न सकिनु त परको कुरा हो। मानिसहरूले प्राप्त गरेका थोरै ज्योति तिनीहरू आफै वा निश्‍चित क्षेत्रमा रहेका अरू केहीका निम्ति मात्रै उपयुक्त हुन्छन्, तर फरक क्षेत्रमा रहेका मानिसहरूका निम्ति उपयुक्त हुँदैनन्। कुनै व्यक्तिको अनुभव जति नै गहन भए पनि, त्यो अझै अत्यन्तै सीमित हुन्छ, र तिनीहरूको अनुभव कहिल्यै पनि सत्यताको गहिराइसम्म पुग्दैन। व्यक्तिको ज्योति र व्यक्तिको बुझाइलाई सत्यतासँग कहिल्यै पनि तुलना गर्न सकिँदैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३७८

यदि तँलाई सत्यता अभ्यास गर्ने र बुझ्ने इच्छा छ भने, तैँले सुरुमा तेरो दैनिक जीवनमा विभिन्‍न कुराहरू आइपर्दा सत्यता खोज्नैपर्छ। अर्थात्, तैँले यस्ता कुराहरूलाई परमेश्‍वरका वचनहरू र सत्यताको आधारमा हेर्नुपर्छ; जब समस्याको सार स्पष्ट हुन्छ, तब तँलाई कसरी सत्यता सिद्धान्तहरूअनुरूप अभ्यास गर्ने भन्‍ने थाहा हुन्छ। अनि यदि तैँले परिस्थितिलाई सधैँ परमेश्‍वरका वचनहरूअनुसार हेर्छस् भने, तेरा वरिपरि घट्ने सबै घटनाहरूमा तैँले परमेश्‍वरको हात, अर्थात् परमेश्‍वरका कार्यहरू देख्‍न सक्‍नेछस्। कतिपय मानिसहरूले तिनीहरूको वरिपरि जे-जस्ता घटनाहरू घटे पनि, तिनीहरूले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास वा सत्यतासँग यसको कुनै सम्‍बन्ध छैन भन्‍ने ठान्छन्; तिनीहरूले शैतानका दर्शनहरूअनुसार प्रतिक्रिया जनाउँदै आफ्‍नै इच्‍छाहरू पछ्याउँछन्। के तिनीहरूले यसरी कुनै पाठ सिक्‍न सक्छन्? अवश्य सक्दैनन्। यही कारणले गर्दा धेरै मानिसहरूले दश-बीस वर्ष परमेश्‍वरमा विश्‍वास गरे पनि सत्यता बुझेका वा जीवन प्रवेश पाएका हुँदैनन्। तिनीहरूले आफ्‍नो दैनिक जीवनमा परमेश्‍वरलाई समाहित गर्न, वा तिनीहरूको वरिपरि घट्ने सबै घटनालाई परमेश्‍वरका वचनहरूअनुसार लिन सक्दैनन्, त्यसकारण जब तिनीहरूको जीवनमा कुनै कुरा आइपर्छ, तब तिनीहरूले यसको वास्तविकता बुझ्‍न सक्दैनन्, न त तिनीहरूले सत्यता सिद्धान्तहरूअनुसार यसलाई सम्‍हाल्‍न नै सक्छन्। त्यस्ता मानिसहरूको जीवन प्रवेश हुँदैन। कतिपय मानिसहरूले भेलाहरूमा परमेश्‍वरका वचनहरू पढ्दा मष्तिष्क मात्रै लगाउँछन्; त्यस्तो बेला, तिनीहरूले थोरै ज्ञानको कुरा बोल्‍न सक्छन्, तर तिनीहरूले परमेश्‍वरका वचनहरूलाई वास्तविक जीवनमा आइपर्ने कुनै पनि कुरामा लागू गर्न सक्दैनन्, न त तिनीहरूलाई सत्यता अभ्यास गर्न नै आउँछ, त्यसकारण तिनीहरूले तिनीहरूको दैनिक जीवनमा घट्ने सबै घटनाहरूको सत्यतासँग कुनै सम्‍बन्ध हुँदैन, परमेश्‍वरका वचनहरूसँग तिनको कुनै सम्‍बन्ध हुँदैन भन्‍ने सोच्छन्। परमेश्‍वरमाथिको तिनीहरूको आस्थामा, यस्तो लाग्छ मानौँ तिनीहरूले परमेश्‍वरका वचनहरू र सत्यतालाई ज्ञानको क्षेत्रको रूपमा हेर्छन्, तिनीहरूको दैनिक जीवनबाट पूर्ण फरक र तिनीहरूको दृष्टिकोण, जीवन उद्देश्य, र जीवनका खोजहरूभन्दा पूर्ण अलग कुराको रूपमा हेर्छन्। परमेश्‍वरमाथिको त्यस्तो स्वरूपको विश्‍वासलाई हामीले कुन रूपमा लिनुपर्छ? के तिनीहरू सत्यता बुझ्‍न र वास्तविकतामा प्रवेश गर्न सक्षम बन्नेछन्? जब तिनीहरूले परमेश्‍वरलाई यसरी विश्‍वास गर्छन्, के तिनीहरू परमेश्‍वरलाई पछ्याउनेहरू हुन्छन्? तिनीहरू परमेश्‍वरलाई साँचो रूपमा विश्‍वास गर्ने मानिसहरू होइनन्, परमेश्‍वरका अनुयायी त झनै होइनन्। परिवार, विवाह, काम वा तिनीहरूको सम्‍भाव्यतासँग सम्‍बन्धित लगायत तिनीहरूको दैनिक जीवनका सबै समस्याहरूलाई तिनीहरूले सत्यतासँग कुनै सम्‍बन्ध नभएका कुराहरूका रूपमा लिन्छन्, त्यसकारण तिनलाई मानव शैलीहरू प्रयोग गरी समाधान गर्ने प्रयास गर्छन्। यसरी अनुभव गरेर, तिनीहरूले कहिल्यै पनि सत्यता प्राप्त गर्नेछैनन्, परमेश्‍वरले मानिसहरूमा कुन कार्य सम्पन्‍न गर्न चाहनुहुन्छ, र तिनीहरूमा कस्तो प्रभाव हासिल गर्न चाहनुहुन्छ भन्‍नेबारेमा कहिल्यै बुझ्‍नेछैनन्। परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिन र तिनीहरूको भ्रष्ट स्वभाव शुद्ध पार्न र परिवर्तन गर्नका लागि सत्यता व्यक्त गर्नुहुन्छ, तर सत्यता स्विकारेर अनि पछ्याएर मात्रै तिनीहरू आफ्‍ना भ्रष्ट स्वभावहरूलाई समाधान गर्न सक्‍ने बन्‍नेछन् भन्‍ने तिनीहरूलाई थाहै छैन; आफ्‍नो वास्तविक जीवनमा परमेश्‍वरका वचनहरू अनुभव र अभ्यास गरेर मात्रै तिनीहरूले सत्यता प्राप्त गर्न सक्छन् भन्‍ने तिनीहरूलाई थाहै छैन। के त्यस्ता मानिसहरू मूर्ख र अज्ञानी हुँदैनन् र? के तिनीहरू सबैभन्दा बुद्धू र हास्यास्पद मानिसहरू होइनन् र? परमेश्‍वरमाथिको आस्थामा कतिपय व्यक्तिले कहिल्यै सत्यता पछ्याएका हुँदैनन्। तिनीहरूलाई परमेश्‍वरमा आस्था राख्नु भनेको भेलामा सहभागी हुनु, प्रार्थना गर्नु, भजन गाउनु, र परमेश्‍वरको वचन पढ्नु मात्र हो; तिनीहरूले धार्मिक विधिलाई ठूलो महत्त्व दिन्छन्, र तिनीहरू कहिल्यै परमेश्‍वरका वचनहरू अभ्यास वा अनुभव गर्दैनन्। धार्मिक मानिसहरू यसरी नै परमेश्‍वरमा विश्‍वास गर्छन्। यी व्यक्तिहरूले परमेश्‍वरमाथिको विश्‍वासजस्तो ठूलो कुरालाई धार्मिक विश्‍वासका रूपमा लिन्छन्—के तिनीहरू अविश्‍वासी होइनन् र? के तिनीहरू गैरविश्‍वासीहरू होइनन् र? सत्यता पछ्याउनका लागि धेरै प्रक्रियाहरू अनुभव गर्नुपर्ने हुन्छ। यसको एउटा सरल पक्ष छ, र त्यसमा एउटा जटिल पक्ष पनि छ। सरल रूपमा भन्दा, हामीले पहिले सत्यताको खोजी गर्नुपर्दछ र हाम्रो वरिपरि आइपर्ने सबै कुरामा परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गर्नुपर्दछ। त्यसपछि, तैँले परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तैँले निकै धेरै सत्यता प्राप्त गर्नुपर्छ र पछ्याउनुपर्छ, र सत्यता अति व्यावहारिक छ र सत्यता नै जीवन हो भनी झन्-झन् बुझ्‍न थाल्‍नेछस्। मानवजातिले सत्यतालाई जीवनको रूपमा प्राप्त गर्न सकोस् भनेर परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिनुहुन्छ। कर्तव्य निर्वाह गर्ने मानिसहरू, अगुवा र कामदारहरू, वा परमेश्‍वरको सेवा गर्नेहरूले मात्रै होइन, सृष्टि गरिएका सारा मानवजातिले नै सत्यतालाई जीवनको रूपमा स्वीकार गर्नुपर्छ। परमेश्‍वरका वचनहरू सारा मानवजातिप्रति लक्षित छन्, र परमेश्‍वर सारा मानवजातिसँग बोल्‍नुहुन्छ। त्यसकारण, सबै सृजित प्राणीले—सारा मानवजातिले—परमेश्‍वरका वचनहरू र सत्यता स्वीकार गर्नुपर्छ, सबै कुरामा सत्यताको खोजी गर्नुपर्छ, अनि त्यसपछि सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गर्नुपर्छ, ताकि तिनीहरू सत्यता अभ्यास गर्न र त्यसमा समर्पित हुन सकून्। यदि अगुवा र सेवकहरूलाई मात्रै सत्यता अभ्यास गर्न लगाइन्थ्यो भने, त्यो पूर्ण रूपमा परमेश्‍वरको अभिप्रायविपरीत हुन्थ्यो, किनभने परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यता सारा मानवजातिका लागि हो, र यो एकदुई जना मानिसहरूलाई मुक्ति दिनका लागि नभई, सम्पूर्ण मानवजातिलाई मुक्ति दिने उद्देश्‍यले व्यक्त गरिएको हुन्छ। यदि त्यस्तो हुन्थ्यो भने, परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरूको अर्थ त्यति धेरै हुन्थेन। के अब तिमीहरूसँग सत्यताको पछि लाग्ने मार्ग छ? सत्यताको पछि लाग्दा अभ्यास गरिनैपर्ने पहिलो कुरा के हो? अरू सबै कुराभन्दा पहिले, तैँले परमेश्‍वरका अझ धेरै वचन खानैपर्छ र पिउनैपर्छ, अझ धेरै प्रवचन र सङ्गति सुन्नैपर्छ, र कामकुराहरू सामना गर्दा अझ धेरै प्रार्थना र खोजी गर्नैपर्छ। जब तिमीहरूले आफैलाई धेरै सत्यताले सुसज्जित पार्छौ, जब तिमीहरू द्रुत रूपमा वृद्धि हुन्छौ र कद प्राप्त गर्छौ, तब तिमीहरूले आफ्नो कर्तव्य निर्वाह गर्न, र केही काम वहन गर्न सक्‍नेछौ, र केही जाँच र परीक्षाहरू सहन सक्नेछौ। त्यस बेला, तिमीहरूले केही सत्यताहरू साँच्चै बुझेका र प्राप्त गरेका छौ भन्‍ने महसुस गर्नेछौ, अनि तिमीहरूले परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरू सबै सत्यता हुन्, ती भ्रष्ट मानवजातिले मुक्ति प्राप्त गर्नका निम्ति सबैभन्दा अत्यावश्यक सत्यता हुन्, र ती अद्वितीय सृष्टिकर्ताले प्रदान गर्नुभएका जीवनका सत्यता नै हुन् भन्‍ने अनुभूति गर्नेछौ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याउनुको महत्त्व र सत्यता पछ्याउने मार्ग

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३७९

परमेश्‍वरमा विश्‍वास गर्दा, यदि मानिसहरू मुक्ति पाउन चाहन्छन् भने, तिनीहरूसँग परमेश्‍वरको डर मान्‍ने हृदय छ कि छैन, तिनीहरूको हृदयमा परमेश्‍वरका निम्ति ठाउँ छ कि छैन, र तिनीहरू परमेश्‍वरसामु जिउन र परमेश्‍वरसँग सामान्य सम्‍बन्ध कायम गर्न सक्षम छन् कि छैनन् भन्‍ने कुरा मुख्य हुन्छ। मानिसहरू सत्यता अभ्यास गर्न र परमेश्‍वरप्रति समर्पित हुन सक्छन् कि सक्दैनन् भन्‍ने कुरा महत्त्वपूर्ण हुन्छ। मुक्ति पाउने मार्ग र सर्तहरू यिनै हुन्। यदि तेरो हृदय परमेश्‍वरको अघि जिउन सक्दैन, यदि तैँले नियमित रूपमा परमेश्‍वरलाई प्रार्थना गर्ने र उहाँसँग सङ्गति गर्ने गर्दैनस्, अनि परमेश्‍वरसँगको सामान्य सम्‍बन्धलाई गुमाउँछस् भने, तैँले कहिल्यै पनि मुक्ति पाउनेछैनस्, किनभने तैँले मुक्तितर्फको मार्ग अवरोध गरेको हुन्छस्। यदि परमेश्‍वरसँग तेरो कुनै सम्बन्ध छैन भने, तँ विनाशको मार्गमा हिँडिरहेको छस्। यदि तेरो हृदयमा परमेश्‍वर हुनुहुन्न भने, तँसँग विश्‍वास छ भनेर दाबी मात्र गर्नु र नाममा मात्र परमेश्‍वरमा विश्‍वास गर्नु बेकार हो। तँ जतिसुकै वरदानयुक्त भए पनि, तैँले जति नै शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्न सके पनि, वा परमेश्‍वरमाथिको विश्‍वासका कारण तैँले जति नै दुःख भोगेको भए पनि, त्यो बेकार हो। जबसम्म तेरो हृदयमा परमेश्‍वरका लागि कुनै ठाउँ हुँदैन, र तँ परमेश्‍वरको डर मान्दैनस्, र सत्यतालाई व्यवहारमा अलिकति पनि लागू गर्न सक्दैनस् भने, तैँले परमेश्‍वरमा जसरी विश्‍वास गरे पनि, त्यो बेकार हो, र परमेश्‍वर भन्नुहुन्छ, “ए दुष्कर्मी, मबाट दूर हो।” त्यस्तो व्यक्तिलाई दुष्कर्मीको वर्गमा राखिन्छ किनभने ऊ सत्यता अभ्यास गर्न सक्दैन र ऊसँग परमेश्‍वरको डर मान्ने हृदय हुँदैन। त्यसकारण, तैँले धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरेको भए पनि, परमेश्‍वरसँग तेरो कुनै सरोकार हुँदैन; परमेश्‍वर तँ गैरविश्‍वासी र दुष्ट व्यक्ति भएको, र उहाँ तेरो प्रभु वा तेरो परमेश्‍वर नभएको भन्नुहुन्छ। तैँले परमेश्‍वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ, र उहाँ नै सृष्टिकर्ता हुनुहुन्छ भनेर स्वीकार गरे पनि, उहाँको आराधना गर्दैनस्, र तँ उहाँको सार्वभौमिकताप्रति समर्पित हुँदैनस्। तँ शैतान र दियाबलसहरूलाई पछ्याउँछस्; शैतान र दियाबलसहरू नै तेरो प्रभु हुन्छन्। यदि तैँले सबै कुरामा आफैमा भरोसा गर्छस्, र आफ्‍नै इच्छा पछ्याउँछस् भने, यदि तँ तेरो भाग्य तेरै हातमा छ भन्ने विश्‍वास गर्छस् भने, तँ आफैमा विश्‍वास गरिरहेको हुन्छस्। तैँले परमेश्‍वरमा विश्‍वास गर्छु र उहाँलाई स्वीकार गर्छु भनेर दाबी गरे पनि, परमेश्‍वर तँलाई स्वीकार गर्नुहुन्‍न। परमेश्‍वरसँग तेरो कुनै सम्‍बन्ध छैन, त्यसकारण निश्‍चय नै उहाँले तँलाई अन्त्यमा तिरस्कार गर्नुहुनेछ, दण्ड दिनुहुनेछ, र हटाउनुहुनेछ; परमेश्‍वर तँजस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्‍न। परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने मानिसहरू ती हुन् जो उहाँलाई मुक्तिदाताका रूपमा स्वीकार गर्छन्, जो उहाँ नै सत्यता, मार्ग, र जीवन हुनुहुन्छ भनेर स्वीकार गर्छन्, र जो उहाँका लागि सच्चा रूपमा आफूलाई उहाँप्रति समर्पित गर्न र एक सृजित प्राणीको कर्तव्य निर्वाह गर्न सक्षम हुन्छन्। तिनीहरूले अनुभव गर्ने कुरा परमेश्‍वरको काम हो; तिनीहरूले अभ्यास गर्ने कुरा उहाँका वचनहरू र सत्यता हुन्; र तिनीहरू हिँड्ने मार्ग सत्यता पछ्याउने मार्ग हो। तिनीहरू परमेश्‍वरका सार्वभौमिकता र प्रबन्धहरूप्रति समर्पित हुने, र उहाँको इच्छा पछ्याउने मानिस हुन्। यसरी परमेश्‍वरमा विश्‍वास गरेर मात्रै व्यक्तिले मुक्ति पाउन सक्छ; यदि त्यसो भएन भने, तिनीहरूलाई दोषी ठहराइनेछ। परमेश्‍वरमाथिको विश्‍वासमा, यदि मानिसहरू मनोकल्पना पाल्छन् र सधैँ आफ्नै धारणाहरू र अस्पष्ट कल्पनाहरूमा टाँसिन्छन् भने, के तिनीहरूले सत्यता प्राप्त गर्न सक्छन्? के तिनीहरूले अन्ततः मुक्ति पाउन सक्छन्? बिलकुलै सक्दैनन्। जब मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्छन्, तब तिनीहरूले परमेश्‍वरका वचनहरू खान र पिउन जरुरी हुन्छ, तिनीहरूले सत्यता स्वीकार गर्न, उहाँका मागहरूअनुसार उहाँमा विश्‍वास गर्न, र परमेश्‍वरको काम अनुभव गर्न सक्ने हुन, र यसरी उहाँका योजनाबद्ध कार्य र प्रबन्धहरूप्रति समर्पण हासिल गर्न जरुरी हुन्छ; त्यसपछि मात्र तिनीहरूले मुक्ति पाउन सक्छन्। तैँले जेसुकै गरे पनि, तैँले मनोकल्पना पाल्नु हुँदैन र आशिष्‌ पाउनका लागि मात्रै परमेश्‍वरमा विश्‍वास गर्नु हुँदैन; त्यो परमेश्‍वरलाई धोका दिनु र उहाँसँग सौदा गर्नु हो, र यसले तँलाई बर्बाद मात्रै पार्नेछ। यस विषयमा सङ्गति गर्नु मानिसहरूका लागि एकदमै महत्त्वपूर्ण छ, छैन त? यो तिमीहरूको लागि चेतावनीको घण्टी हो।

अब तिमीहरूले यी शब्दहरू सुनिसकेका हुनाले, तिमीहरूले सत्यता बुझेको हुनुपर्छ र मुक्ति के हो भन्‍नेबारे स्पष्ट भएको हुनुपर्छ। चाहे मानिसहरूले जे मन पराऊन्, जेसुकै पछ्याऊन्, वा तिनीहरू जुनसुकै कुराबारे उत्साहित होऊन्, यीमध्ये कुनै कुरा पनि महत्त्वपूर्ण छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा सत्यता स्वीकार गर्नु हो। अन्तिम विश्‍लेषण गर्दा, सत्यता प्राप्त गर्न सक्‍नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र तँलाई परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग बस्‍न सक्षम बनाउने कुरा नै सही मार्ग हो। यदि तैँले केही वर्ष परमेश्‍वरमा विश्‍वास गरेको छस् र तैँले सधैँ सत्यतासँग असम्‍बन्धित कुराहरूको पछ्याइमा ध्यान केन्द्रित गरेको छस् भने, तेरो विश्‍वाससँग सत्यता र परमेश्‍वरको कुनै सम्‍बन्ध हुँदैन। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने दाबी गर्लास् र मौखिक रूपमा उहाँलाई स्विकार्लास्, तर परमेश्‍वर तेरो प्रभु हुनुहुन्‍न, उहाँ तेरो परमेश्‍वर हुनुहुन्‍न; तँ तेरो नियतिमाथि परमेश्‍वरको सार्वभौमिकतालाई स्वीकार गर्दैनस्, परमेश्‍वरले तेरा लागि योजनाबद्ध गर्नुभएका सबै कुरामा तँ समर्पित हुँदैनस्, परमेश्‍वर नै सत्यता हुनुहुन्छ भन्‍ने तथ्यलाई तँ स्वीकार गर्दैनस्। यस्तो अवस्थामा, मुक्ति पाउने तेरो आशा चकनाचुर भएको हुन्छ। यदि तँ सत्यता पछ्याउने मार्गमा लाग्दैनस् भने तँ विनाशको मार्गमा हिँड्छस्। यदि तैँले पछ्याउने, ध्यान दिने, प्रार्थना गर्ने, र बिन्ती गर्ने सबै कुरा परमेश्‍वरका वचनहरू, र परमेश्‍वरले आज्ञा गर्नुभएका कुराहरूमा आधारित हुन्छन् भने, र यदि तँलाई आफू सृष्टिकर्ताप्रति समर्पित भइरहेको, र आफूले उहाँको आराधना गरिरहेको छु भन्‍ने अनुभूति झन्-झन् बढी हुन्छ, र तँलाई परमेश्‍वर तेरो प्रभु र परमेश्‍वर हुनुहुन्छ भन्‍ने अनुभव हुन्छ भने, यदि परमेश्‍वरले तेरा लागि योजनाबद्ध र बन्दोबस्त गर्नुहुने सबै कुराप्रति तँ समर्पित हुँदा तँलाई झन्-झन् बढी आनन्द लाग्छ, र परमेश्‍वरसँगको तेरो सम्‍बन्ध झन्-झन् नजिक, र झन्-झन् सामान्य हुँदै जान्छ भने, र यदि परमेश्‍वरप्रतिको तेरो प्रेम पहिलेको भन्दा शुद्ध र साँचो छ भने, परमेश्‍वरप्रतिका तेरा गुनासा र गलत बुझाइहरू, र परमेश्‍वरप्रतिका तेरा लालची इच्छाहरू झन्-झन् कम हुँदै जान्छन्, र तैँले पूर्ण रूपमा परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने स्थिति प्राप्त गरेको हुन्छस्, जसको अर्थ तैँले मुक्तिका मार्गमा पाइला पहिल्यै टेकिसकेको छस् भन्‍ने हुन्छ। मुक्तिका मार्गमा हिँड्दा परमेश्‍वरबाट अनुशासन, काटछाँट, न्याय, र सजाय भोग्‍नुपर्ने भए पनि, र यी कुराले तँलाई धेरै पीडा दिने भए पनि, यो परमेश्‍वरको प्रेम तँमाथि आएको स्थिति हो। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा, यदि तँ आशिष्‌, हैसियत, ख्याति र प्राप्ति मात्र पछ्याउँछस्, अनि तँलाई कहिल्यै पनि अनुशासनमा राखिँदैन, काटछाँट गरिँदैन, वा न्याय गरिँदैन र सजाय दिइँदैन भने—सहज जीवन जिउनुको बाबजुद, तेरो हृदय परमेश्‍वरबाट झन्-झन् टाढा हुन्छ, तैँले परमेश्‍वरसँगको सामान्य सम्‍बन्ध गुमाउँछस्, र तँ परमेश्‍वरको छानबिन स्वीकार गर्न अनिच्‍छुक हुन्छस्, आफ्नो मालिक आफै बन्‍न चाहन्छस्—यो सबै कुराले तैँले हिँड्ने मार्ग सही मार्ग होइन भन्‍ने प्रमाणित गर्छ। यदि तैँले केही समय परमेश्‍वरको काम अनुभव गर्छस् र तँलाई मानवजाति अति गहन रूपमा भ्रष्ट भएको र परमेश्‍वरको प्रतिरोध गर्न अति प्रवृत्त रहेको कुरा झन्झन् बढी आभास हुन्छ भने, र यदि तँलाई एक दिन तैँले परमेश्‍वरको प्रतिरोध गर्ने, र परमेश्‍वरलाई चिढ्याउने र तँ उहाँद्वारा त्यागिने कुनै दिन आउन सक्छ भन्‍ने डर लागेको छ, र यसरी तैँले परमेश्‍वरको प्रतिरोध गर्नु जत्तिको डरलाग्दो कुरा अरू केही छैन भन्‍ने महसुस गर्छस् भने, तँमा परमेश्‍वरको डर मान्‍ने हृदय हुनेछ। तँलाई के लाग्‍नेछ भने, मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेपछि, तिनीहरू परमेश्‍वरबाट टाढा जानु हुँदैन; यदि तिनीहरू उहाँबाट मोडिन्छन् भने, उहाँको अनुशासन, न्याय र सजायबाट मोडिन्छन् भने, यो परमेश्‍वरको सुरक्षा र वास्ता, परमेश्‍वरको आशिष्‌ गुमाउनुसरह हो, र यस्तो अवस्थामा मानिसहरूका लागि सबै कुरा समाप्त हुन्छ; तिनीहरू झन्-झन् भ्रष्ट मात्रै हुन सक्छन्, र परमेश्‍वरमा विश्‍वास गर्दै जाँदा तिनीहरू धार्मिक संसारका मानिसहरूजस्तै उहाँको प्रतिरोध गर्न सक्ने बन्छन्—र यसरी तिनीहरू ख्रीष्टविरोधीहरू बनेका हुन्छन्। यदि तैँले यो कुरा महसुस गर्न सक्छस् भने, तैँले परमेश्‍वरलाई यसो भन्दै प्रार्थना गर्नेछस्, “परमेश्‍वर! कृपया मलाई न्याय गर्नुहोस् र सजाय दिनुहोस्। मैले गर्ने हरेक कुरामा, बिन्ती छ मेरो छानबिन गर्नुहोस्। यदि म सत्यता र तपाईंका अभिप्रायहरूको विरुद्ध गएँ भने, तपाईंले मलाई कठोर न्याय र सजाय दिनुहोस्—म तपाईंको न्याय र सजायविना बाँच्‍न सक्दिनँ।” परमेश्‍वरमाथिका विश्‍वासमा मानिसहरूले हिँड्नुपर्ने सही मार्ग यही हो। त्यसकारण, यो मानकअनुरूप मापन गर: के तिमीहरू आफूहरूले मुक्तिको सही मार्गमा पाइला चालेको छौँ भन्‍ने आँट गर्छौ? आँट गर्दैनौ, किनभने तिमीहरू सत्यता पछ्याउने मानिसहरू बन्‍न अझै बाँकी छ, धेरै कुरामा तिमीहरू सत्यता खोजी गर्दैनौ, र तिमीहरू काटछाँट स्वीकार गर्न र त्यसमा समर्पित हुन सक्षम छैनौ—यसले तिमीहरू मुक्तिका मार्गमा पुग्‍नका लागि अझै धेरै बाटो हिँड्न बाँकी छ भन्‍ने प्रमाणित गर्छ। यदि तिमीहरू सत्यता पछ्याउने व्यक्ति होइनौ भने, के मुक्तिको मार्गमा पाइला चाल्‍न सजिलो हुन्छ? वास्तवमा, यो काम सजिलो छैन। यदि मानिसहरूले परमेश्‍वरको न्याय र सजाय अनुभव गरेका छैनन् भने, यदि तिनीहरूले परमेश्‍वरको अनुशासन, ताडना, र काटछाँट भोगेका छैनन् भने, तिनीहरूलाई सत्यता खोजी गर्ने व्यक्ति बन्‍न सहज हुँदैन, र फलस्वरूप तिनीहरूलाई मुक्तिको मार्गमा पाइला टेक्‍न निकै कठिन हुन्छ। यी शब्दहरू सुनेपछि, यदि तैँले यो सत्यता हो भनेर थाहा त पाउँछस् तर तैँले सत्यता पछ्याउने र मुक्ति प्राप्त गर्ने मार्गमा पाइला टेक्‍नै बाँकी छ भने, र तँलाई यो गम्‍भीर लाग्दैन, बरु तैँले यसमा पाइला चाल्‍ने दिन ढिलोचाँडो आइहाल्छ, हतार गर्नुपर्दैन भन्‍ने लाग्छ भने, यो कस्तो दृष्टिकोण हो? जब तँमा यस्तो दृष्टिकोण हुन्छ, तब तँ समस्यामा हुन्छस्, र तँलाई मुक्तिको मार्गमा पाइला टेक्‍न कठिन हुनेछ। त्यसोभए, यस मार्गमा पाइला टेक्न सक्षम हुनका लागि तैँले कस्तो सङ्कल्प गर्नैपर्छ? तैँले यस्तो भन्‍नुपर्छ, “अँ! अहिले मैले मुक्तिको मार्गमा पाइला टेक्‍नै बाँकी छ—यो निकै खतरनाक कुरा हो! परमेश्‍वर भन्‍नुहुन्छ, मानिसहरू सधैँ उहाँको अघि जिउनुपर्छ, र तिनीहरूले झन्-झन् धेरै प्रार्थना गर्नुपर्छ, र तिनीहरूको हृदय शान्तिमा हुनुपर्छ, आवेगशील हुनु हुँदैन—त्यसकारण मैले अहिले नै यी सबैलाई अभ्यास गर्न थाल्‍नुपर्छ।” यसरी अभ्यास गर्नु भनेको परमेश्‍वरमाथिको विश्‍वासमा सही मार्गमा प्रवेश गर्नु हो; यो यति सरल छ। परमेश्‍वरका वचनहरू सुनेर तिनलाई अभ्यास गर्ने मानिसहरू कस्ता मानिसहरू हुन्? के तिनीहरू असल मानिसहरू हुन्? तिनीहरू असल हुन्—तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिसहरू हुन्। परमेश्‍वरका वचनहरू सुनेपछि, यदि तिनीहरू चेतनाशून्य, उदासीन, अटेरी भएर बस्छन् भने—यदि तिनीहरूले परमेश्‍वरका वचनहरूलाई हल्‍का रूपमा लिन्छन्, र परमेश्‍वरका वचनप्रति आफ्‍नो आँखा-कान बन्द गर्छन् भने तिनीहरू कस्ता व्यक्तिहरू हुन्? के तिनीहरू अन्योलमा परेका मानिसहरू होइनन् र? परमेश्‍वरलाई विश्‍वास गरेपछि मुक्ति पाउने कुनै छोटोमिठो तरिका छ कि भनेर मानिसहरूले सधैँ सोध्‍ने गर्छन्। म तिमीहरूलाई भन्छु, त्यस्तो बाटो छैन, अनि म तिमीहरूलाई यो सरल मार्गबारे बताउँछु, तर यो सुनेपछि तिमीहरू अभ्यास गर्दैनौ—जुन असल कुरा सुन्दा पनि त्यसलाई नचिन्‍नु हो। के त्यस्ता मानिसहरूले मुक्ति पाउन सक्छन्? तिनीहरूका लागि केही आशा भए पनि, यो आशा त्यति ठूलो हुँदैन; तिनीहरूले मुक्ति पाउनु औधी गाह्रो हुन्छ। सायद कुनै दिन तिनीहरू निद्राबाट बिउँझनेछन्, र त्यतिबेला तिनीहरू मनमनै यस्तो सोच्नेछन्, “म त अब जवान छैन, र परमेश्‍वरमा विश्‍वास गरेको यतिका वर्षदेखि मैले आफ्‍ना उचित कर्तव्यहरू पूरा गरिरहेको छैनँ। परमेश्‍वर मानिसहरू सधैँ उहाँसामु जिएको माग गर्नुहुन्छ, तर मैले परमेश्‍वरको अघि जिएको छैनँ। मैले तुरुन्तै प्रार्थना गरिहाल्‍नुपर्छ।” यदि तिनीहरूले हृदयमा चेत खुलेर आफ्‍ना उचित कर्तव्यहरू निभाउन थाले भने, त्यो धेरै ढिलो भएको हुँदैन! तर धेरै ढिला नगर; यदि तिमीहरूले आफ्नो सत्तरी-असीको दशकसम्‍म प्रतीक्षा गर्‍यौ भने, र यदि तिमीहरूको शरीरले काम गर्न छोडेको हुन्छ र तिमीहरूसँग कुनै जाँगर बाँकी हुँदैन भने, के सत्यता खोजी गर्नका लागि ढिलो भइसकेको हुँदैन र? यदि तिमीहरूले आफ्‍नो जीवनका उत्कृष्ट वर्षहरूलाई अर्थहीन कुराहरूमा बितायौ, र अत्यन्तै महत्त्वपूर्ण कुरा, अर्थात् सत्यता पछ्याउने कुरालाई थाती राख्यौ वा छुटायौ भने, के यो अत्यन्तै मूर्खता हुँदैन र? के यो जत्तिको मूर्खता अरू कुनै कुरा छ र? धेरै मानिसहरूलाई साँचो मार्गबारे राम्ररी थाहा हुन्छ तर पनि भविष्यमा स्विकार्छु र पछ्याउँछु भनेर प्रतीक्षा गर्छन्—तिनीहरू सबै मूर्खहरू हुन्। सत्यता खोजी गरेर जीवन प्राप्त गर्नका लागि दशकौँ मेहनत गर्नुपर्छ भन्‍ने तिनीहरूलाई थाहै छैन। तिनीहरूले मुक्ति पाउने आफ्‍नो सर्वोत्तम समय खेर फाले भने तिनीहरूले पछुतो गर्नका लागि धेरै ढिलो भइसकेको हुनेछ!

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको डर मानेर मात्रै मुक्तिको मार्गमा पाइला चाल्‍न सकिन्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३८०

मण्डली अगुवाको रूपमा तैँले समस्याहरू सुल्झाउन केवल सत्यता प्रयोग गर्न सिक्‍नु मात्रै जरुरी हुँदैन, तैँले प्रतिभाशाली मानिसहरू पत्ता लगाउन र उनीहरूलाई संवर्धन गर्न सिक्‍नु पनि जरुरी हुन्छ र तैँले कदापि त्यस्ता व्यक्तिहरूको डाहा गर्नु र उनीहरूलाई दबाउनु हुँदैन। त्यस तरिकाले अभ्यास गर्नु मण्डलीको कामका लागि फाइदाजनक हुन्छ। यदि तँ सत्यता पछ्याउने केही व्यक्तिलाई संवर्धन गरी तिनीहरूलाई तँसँग सहकार्य गर्ने र हरेक काम राम्रोसित गर्ने बनाउन सक्छस्, र अन्त्यमा, तिनीहरू सबैसँग अनुभवात्मक गवाहीहरू हुन्छन् भने, तँ मानकअनुरूपको अगुवा वा कामदार होस्। यदि तँ सबै कुरा सिद्धान्तहरूअनुसार सम्हाल्न सक्षम छस् भने, तँ अर्पित भइरहेको छस्। कतिपय मानिस आफूभन्दा अरू उत्तम होलान् वा उच्‍च होलान्, र आफूलाई बेवास्ता गरिँदा अरूलाई मान्यता मिल्ला भनेर सधैँ डराउँछन्, र यसले गर्दा तिनीहरू अरूलाई आक्रमण र बहिष्कार गर्छन्। के यो प्रतिभावान्‌ मानिसहरूको ईर्ष्या गर्नु होइन र? के त्यो स्वार्थी र नीच कुरा होइन र? यो कस्तो प्रकारको स्वभाव हो? यो एउटा क्रूर स्वभाव हो। आफ्‍ना हितहरूबारे मात्रै सोच्ने, आफ्ना स्वार्थी चाहनाहरू मात्रै पूरा गर्ने, अन्य व्यक्तिहरूबारे वा परमेश्‍वरको घरको हितबारे केही नसोच्ने मानिसहरूसँग खराब स्वभाव हुन्छ र परमेश्‍वरले तिनीहरूलाई मन पराउनुहुन्न। यदि तँ साँच्‍चै परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्न सक्षम छस् भने, तैँले अरू मानिसहरूलाई उचित व्यवहार गर्न सक्‍नेछस्। यदि तैँले असल व्यक्तिलाई सिफारिस गर्छस् र उसलाई तालिम लिन र कर्तव्य निर्वाह गर्न दिन्छस्, र यसरी परमेश्‍वरको घरमा एक प्रतिभावान्‌ व्यक्ति थप्छस् भने, के यसले तेरो काम सहज पार्नेछैन र? तब के तँ आफ्नो कर्तव्यमा अर्पित भइरहेको हुनेछैनस् र? त्यो परमेश्‍वरअघिको असल कार्य हो; अगुवाको रूपमा सेवा गर्ने व्यक्तिमा हुनुपर्ने न्यूनतम विवेक र समझ यही हो। सत्यता अभ्यास गर्न सक्‍नेहरूले आफूले गर्ने कामकुराहरूमा परमेश्‍वरको छानबिन स्विकार्न सक्छन्। जब तँ परमेश्‍वरको छानबिन स्विकार्छस्, तब तेरो हृदय सच्चिनेछ। यदि तँ अरूलाई देखाउनको लागि मात्र काम गर्छस्, र सधैँ अरूको प्रशंसा र आदर पाउन चाहन्छस्, तर परमेश्‍वरको छानबिन स्विकार्दैनस् भने, के अझै पनि परमेश्‍वर तेरो हृदयमा हुनुहुन्छ त? यस्ता मानिसहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुँदैन। सधैँ आफ्नै खातिर काम गर्ने र निरन्तर आफ्नै हितहरूको ख्याल गर्ने नगर्; आफ्नो घमण्ड, ख्याति, र हैसियतको बारेमा सोच्दै नसोच्, र आफ्ना व्यक्तिगत हितहरूको ख्याल नगर्। तैँले सबैभन्दा माथि परमेश्‍वरको घरका हितहरूको ख्याल गर्नुपर्छ, र तिनलाई आफ्नो प्राथमिकता बनाउनुपर्छ। तैँले परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्नुपर्छ र सबैभन्दा माथि तैँले आफ्नो कर्तव्य निर्वाहमा अशुद्धताहरू थिए कि थिएनन्, तँ अर्पित थिइस् कि थिइनस्, तैँले आफ्ना जिम्मेवारीहरू पूरा गरिस् कि गरिनस्, र तैँले आफ्नो सर्वस्व दिइस् कि दिइनस् भनेर मनन गर्नुपर्छ, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामका बारेमा पूर्ण हृदयले सोच्दै आएको छस् कि छैनस् भनी मनन गर्नुपर्छ। तैँले यी कुराहरू विचार गर्नैपर्छ। यदि तैँले यी कुराहरूलाई बारम्बार सोच्छस् र बुझ्छस् भने, तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ। एउटै मात्र अपवाद भनेको, यदि तेरो क्षमता कमजोर छ, वा तेरो अनुभव कम छ, वा तँ आफ्नो व्यावसायिक काममा पर्याप्त रूपमा निपुण छैनस्, र यसले गर्दा तेरो काममा केही गल्ती वा कमीकमजोरीहरू उत्पन्न हुन्छन्, र राम्रा नतिजाहरू हासिल हुँदैनन्, तर तँ आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेकै छस् भन्ने हो। तँ आफ्नै स्वार्थी चाहना वा प्राथमिकताहरू पूरा गर्नका लागि काम गरिरहेको छैनस्। बरु, हरेक पक्षमा तँ मण्डलीको काम र परमेश्‍वरको घरका हितहरूलाई ख्याल गरिरहेको छस्। तैँले आफ्नो कर्तव्यमा राम्रा नतिजाहरू हासिल गरिरहेको नहुन सक्छस्, तर तेरो हृदय सच्चिएको छ; यसमाथि, यदि तँ आफ्नो कर्तव्यमा रहेका समस्याहरू समाधान गर्नका लागि सत्यता खोज्न सक्षम छस् भने, तँ आफ्नो कर्तव्य निर्वाहमा मानकअनुरूप हुनेछस्, र साथसाथै, तँ सत्यता वास्तविकतामा प्रवेश गर्नेछस्। त्यसपछि, तँसँग गवाही हुनेछ।

केही मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्छन् तर सत्यताको खोजी गर्दैनन्। तिनीहरू सधैँ शारीरिक आनन्दमा लिप्त हुँदै देहअनुसार जिउँछन्, र सधैँ आफ्नै स्वार्थी चाहनाहरू पूरा गर्छन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति नै वर्ष भए पनि, तिनीहरू सत्यता वास्तविकतामा कहिल्यै प्रवेश गर्नेछैनन्; यो परमेश्‍वरलाई लज्जित पारिएको सङ्केत हो। तँ भन्छस्, “मैले परमेश्‍वरलाई प्रतिरोध गर्ने केही गरेको छैनँ। मैले कसरी उहाँलाई लज्जित पारेको छु?” तेरा सबै सोच र विचारहरू दुष्ट छन्। तँ जे गर्छस् ती कुराहरूपछाडिका तेरा अभिप्राय, लक्ष्य, र आशयहरू, अनि तेरा कार्यव्यवहारका परिणामहरू सबैले शैतानलाई सन्तुष्ट पार्छन्, तँलाई त्यसको हाँसोको पात्र बनाउँछन्, र त्यसलाई तेरो गोप्य जानकारी लैजान दिन्छन्। तैँले एक इसाइले दिनुपर्ने एउटा पनि गवाही दिएको छैनस्। तँ शैतानको होस्। तँ सबै कुरामा परमेश्‍वरको नाउँलाई लज्जित पार्छस् र तँसँग साँचो गवाही छैन। के तैँले गरेका कार्यहरूलाई परमेश्‍वरले सम्झनुहुनेछ? आखिरमा, परमेश्‍वरले तेरा कार्यहरू, तेरो व्यवहार र तैँले निर्वाह गरेका कर्तव्यहरूबारे कस्तो निष्कर्ष निकाल्नुहुनेछ? के त्यसबाट केही, कुनै प्रकारको अभिव्यक्ति आउनुपर्दैन र? बाइबलमा, प्रभु येशू भन्नुहुन्छ, “त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौँ र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौँ र? अनि म तिनीहरूका निम्‍ति घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२२-२३)। प्रभु येशूले किन त्यसो भन्नुभयो? प्रभुको नाउँमा प्रचार गर्ने, भूतहरू धपाउने, र आश्‍चर्यकर्म गर्नेहरूमध्येका कैयौँ किन दुष्कर्मी बने? किनभने तिनीहरूले प्रभु येशूले व्यक्त गर्नुभएका सत्यताहरू स्वीकार गरेनन्, तिनीहरूले उहाँका आज्ञाहरू पालना गरेनन्, र तिनीहरूको हृदयमा सत्यताप्रति कुनै प्रेम थिएन। तिनीहरू प्रभुको खातिर आफूले गरेको काम, आफूले भोगेको कठिनाइ, र आफूले गरेका बलिदानहरू स्वर्गको राज्यको आशिष्‌सँग साट्न मात्रै चाहन्थे। यसमा तिनीहरू परमेश्‍वरसँग लेनदेन गर्ने प्रयास गरिरहेका थिए, र परमेश्‍वरलाई प्रयोग गर्न र परमेश्‍वरलाई छल्न खोजिरहेका थिए, त्यसैले प्रभु येशू तिनीहरूप्रति वितृष्ण हुनुहुन्थ्यो, उहाँले तिनीहरूलाई घृणा गर्नुभयो, र तिनीहरूलाई दुष्कर्मीहरूको रूपमा दोषी ठहर्‍याउनुभयो। आज, मानिसहरूले परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्विकारिरहेका छन्, तर कतिपय मानिसहरू अझै पनि प्रतिष्ठा र हैसियत पछ्याउँछन्, र सधैँ आफूलाई विशिष्ट बनाउने इच्छा गर्छन्; तिनीहरू सधैँ अगुवा र कामदार बन्‍न चाहिरहेका हुन्छन् ताकि तिनीहरूले प्रतिष्ठा र हैसियत प्राप्त गर्न सकून्, र यसरी हैसियतका लाभहरू लिन सकून्। तिनीहरू सबैले परमेश्‍वरमा विश्‍वास गर्छु र परमेश्‍वरलाई पछ्याउँछु भनेर भने पनि, र परमेश्‍वरका लागि कामकुरा त्यागे र समर्पित भए पनि, तिनीहरू ख्याति, प्राप्ति र हैसियत प्राप्त गर्न आफ्‍नो कर्तव्य निर्वाह गर्छन्, र तिनीहरूसँग सधैँ आफ्नै गुप्त युक्तिहरू हुन्छन्। तिनीहरू परमेश्‍वरप्रति समर्पित वा बफादार हुँदैनन्, तिनीहरू थोरै पनि आत्मचिन्तन नगरी खराब कामकुरा गर्दै बेलगाम जथाभावी गर्न सक्छन्, र त्यसरी तिनीहरू दुष्कर्मी बन्छन्। परमेश्‍वर यी दुष्ट मानिसहरूलाई घृणा गर्नुहुन्छ, र परमेश्‍वर दुष्ट मानिसहरूलाई मुक्ति दिनुहुन्‍न। कुन मापदण्डअनुसार व्यक्तिका कार्य र व्यवहारहरू असल वा खराब हुन् भनी निर्धारित गरिन्छ? यो उसका विचार, प्रकटीकरण, र व्यवहारहरूमा ऊसँग सत्यता अभ्यास गर्ने र सत्यता वास्तविकता जिउने गवाही छ कि छैन भन्‍ने आधारमा गरिन्छ। यदि तँसँग यो वास्तविकता छैन वा तँ यसअनुसार जिउँदैनस् भने, तँ निस्सन्देह नै एक दुष्कर्मी होस्। दुष्कर्मीहरूलाई परमेश्‍वरले कसरी लिनुहुन्छ? परमेश्‍वरको नजरमा, तेरा विचार र बाहिरी कार्यहरूले उहाँको गवाही दिँदैनन्, न त ती कुराहरूले शैतानलाई अपमानित र पराजित नै गर्छन्; बरु, ती कुराहरूले त उहाँलाई लज्जित पार्छन्, र ती उहाँको बेइज्जतीका दागहरूले नै भरिएका हुन्छन्। तैँले परमेश्‍वरको गवाही दिइरहेको हुँदैनस्, आफैलाई परमेश्‍वरप्रति समर्पित गरिरहेको पनि हुँदैनस्, न त तैँले परमेश्‍वरका खातिर आफ्नो जिम्मेवारी र दायित्वहरू नै पूरा गरिरहेको हुन्छस्; बरु, आफ्नै लागि काम गरिरहेको हुन्छस्। यो “तेरो आफ्नै लागि” भन्‍ने वाक्यांशको अर्थ के हो? ठ्याक्‍कै भन्दा, यसको अर्थ हो, शैतानको लागि। त्यसकारण, आखिरमा, परमेश्‍वरले भन्नुहुनेछ, “दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ।” परमेश्‍वरको नजरमा, तेरा कार्यहरू असल कार्य हुनेछैनन्, तिनलाई दुष्ट कार्य मानिनेछ। तिनलाई परमेश्‍वरद्वारा अनुमोदन नदिइने मात्र होइन—बरु दोषीसमेत ठहराइनेछ। परमेश्‍वरमाथिको त्यस्तो विश्‍वास भएको व्यक्तिले के पाउने आशा लिएको हुन्छ? के त्यस्तो विश्‍वास अन्तिममा शून्य हुनेछैन र?

कर्तव्य निर्वाह गर्ने सबैका हकमा, तिनीहरूको सत्यताको बुझाइ जतिसुकै गहन वा सतही भए पनि, सत्यता वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल अभ्यास भनेको हरेक मोडमा परमेश्‍वरको घरका हितहरूका बारेमा सोच्नु, आफ्ना स्वार्थी चाहनाहरू, व्यक्तिगत नियत, मनसाय, इज्जत, र हैसियतलाई त्याग्नु, र परमेश्‍वरको घरका हितहरूलाई पहिलो स्थानमा राख्नु हो—तिनीहरूले गर्नुपर्ने न्यूनतम कुरा यही हो। यदि कर्तव्य निर्वाह गर्ने व्यक्तिले यति पनि गर्न सक्दैन भने, उसले आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ भनेर कसरी भन्न सकिन्छ र? त्यो त आफ्नो कर्तव्य निर्वाह गरेको नै भएन। तैँले सर्वप्रथम परमेश्‍वरको घरको हितबारे सोच्नुपर्छ, परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्नुपर्छ, साथै मण्डलीको कामको बारेमा सोच्नुपर्छ। यी कुराहरूलाई नै सबैभन्दा सुरुमा र पहिलो प्राथमिकतामा राख्; त्यसपछि मात्र तैँले तेरो हैसियतको स्थिरता वा अरूले तँलाई कसरी लिन्छन् सोबारे सोच्न सक्छस्। यसलाई दुई चरणमा विभाजन गर, अलिकति सम्झौता गर—के तिमीहरूलाई यसले कामकुरा अलि सजिलो बनाउँछ जस्तो लाग्दैन? यदि तैँले केही समय यसरी अभ्यास गरिस् भने, तँलाई परमेश्‍वरलाई सन्तुष्ट पार्नु गाह्रो कुरा होइन भन्‍ने महसुस हुन थाल्नेछ। यसबाहेक, यदि तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्छस्; आफ्ना दायित्व र कर्तव्य पूरा गर्न सक्छस्; आफ्ना स्वार्थी चाहना, नियत, र मनसायहरूलाई पन्छाउन सक्छस्; परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्न सक्छस्; र परमेश्‍वरको घरका हितहरू, मण्डलीको काम, र तैँले पूरा गर्नुपर्ने कर्तव्यलाई पहिलो स्थानमा राख्न सक्छस् भने, केही समय यसरी अनुभव गरेपछि, तँलाई यसरी आफूलाई आचरणमा ढाल्नु राम्रो हो, मानिसहरू इमानदार र स्पष्ट तरिकाले जिउनुपर्छ, र तिनीहरूले कायर, फोहोरी, नीच अस्तित्व जिउनु हुँदैन, बरु तिनीहरू सोझो र न्यायवान् हुनुपर्छ भन्‍ने महसुस हुनेछ। तँलाई यो एउटा व्यक्तिले जिउनुपर्ने स्वरूप हो भन्‍ने महसुस हुनेछ। तेरा आफ्नै स्वार्थहरू सन्तुष्ट पार्ने तेरो चाहना क्रमिक रूपमा कम हुँदै जानेछ। अहिले, तिमीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति लामो समय भएको भए पनि, सत्यता पछ्याउने, सत्यता अभ्यास गर्ने, र सत्यता वास्तविकतामा प्रवेश गर्नेसम्‍बन्धी पाठहरूमा तिमीहरूको प्रवेश र अनुभवमा गहिराइको कमी छ, र तिमीहरूसँग तिनको सच्‍चा अनुभव छैन, त्यसकारण तिमीहरूले साँचो गवाही पैदा गर्न सक्दैनौ। मैले अब तिमीहरूलाई एउटा सरल शैली बताइसकेको छु: यस तरिकाले अभ्यास गर्दै सुरु गर, र तिमीहरूले केही समयसम्म यसो गरेपछि, थाहै नभई तिमीहरूभित्रको स्थिति परिवर्तन हुनेछ। तैँले परमेश्‍वरमा विश्‍वास गर्न अति नै चासो पनि नराख्ने र त्यसप्रति वितृष्णा पनि राख्ने मिश्रित अवस्था बदलिएर परमेश्‍वरमा विश्‍वास गर्नु र इमानदार व्यक्ति हुनु राम्रो कुरा हो भनी महसुस गर्ने स्थितिमा, र तैँले एक इमानदार व्यक्ति हुन चासो राख्‍ने र त्यसरी जिउनुमा अर्थ र भरणपोषण छ भनी महसुस गर्ने स्थितिमा परिणत हुनेछ। तँलाई हृदयभित्र स्थिरता, शान्ति र सन्तुष्टि महसुस हुनेछ। तेरो स्थिति ठीक त्यस्तै बन्‍नेछ। यो आफ्ना अभिप्राय, रुचि र स्वार्थी चाहनाहरू त्याग्दा आउने परिणाम हो। यो प्रतिफल हो। यो आंशिक रूपमा मानव सहकार्यको परिणाम हो, र आंशिक रूपमा पवित्र आत्‍माको कार्य हो। पवित्र आत्‍माले मानिसहरूको सहकार्यविना काम गर्नुहुन्‍न।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३८१

स्वभाव परिवर्तनको बारेमा तिमीहरूलाई के थाहा छ? स्वभावका परिवर्तनहरू सारमा व्यवहारका परिवर्तनहरूभन्दा फरक हुन्छन्, र ती अभ्यासका परिवर्तनहरूभन्दा पनि फरक हुन्छन्—ती सबै सारको हिसाबले फरक छन्। धेरैजसो मानिस परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा व्यवहारलाई विशेष जोड दिन्छन्, र परिणामस्वरूप, तिनीहरूको व्यवहारमा केही परिवर्तनहरू आउँछन्। परमेश्‍वरमा विश्‍वास गरेपछि, तिनीहरू चुरोट र रक्सी पिउन छोड्छन्, र तिनीहरू अब अरूसँग जोरी खोज्दैनन्, घाटा नै सहनुपरे पनि सहन तयार हुन्छन्। तिनीहरूको व्यवहारमा केही परिवर्तनहरू आउँछन्। कतिपय मानिस, परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, परमेश्‍वरका वचनहरू खान र पिउनमा ध्यान केन्द्रित गर्छन्, केही सत्यता बुझ्न थाल्छन्, पवित्र आत्माको काम अनुभव गर्छन्, र आफ्नो हृदयमा ठूलो आनन्द महसुस गर्छन्, र यसरी परमेश्‍वरप्रति आफूलाई समर्पित गर्न इच्छुक हुन्छन्, र कुनै पनि कुरा त्याग्न र जस्तोसुकै कष्ट भोग्न समेत सक्षम हुन्छन्। तर यदि, केही वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरेपछि पनि, मानिसहरू सत्यता पछ्याउन लगातार असफल हुन्छन् भने, तिनीहरूको जीवन स्वभावमा कुनै परिवर्तन नआएको हुनाले, तिनीहरू अनिवार्य रूपमा तिनै पुराना गल्तीहरू दोहोर्‍याइरहन्छन्। तिनीहरू आफ्नो शैतानी स्वभाव फाल्न असफल हुने मात्र होइन, यो त अझै खराब बन्छ। तिनीहरू आफ्नो वरिष्ठतामा भर परेर शक्ति र प्राप्तिका लागि प्रतिस्पर्धा गर्छन्, तिनीहरू मण्डलीको पैसाको लालसा गर्छन्, र अरू कसैले परमेश्‍वरको घरको फाइदा उठाइरहेको देख्दा तिनीहरू जहिले पनि ईर्ष्यालु बन्छन्, र आफ्नै लागि अझ ठूला फाइदाहरू सुनिश्‍चित गर्ने आशा मात्र गर्छन्—तिनीहरू परमेश्‍वरको घरभित्र परजीवी र किराफट्याङ्ग्रा बन्छन्। फलस्वरूप, कतिपय त झूटा अगुवा र ख्रीष्टविरोधी बन्छन्, अनि तिनीहरू प्रकाश गरिन्छन् र हटाइन्छन्। अनि यी तथ्यहरूले के प्रमाणित गर्छन्? केवल व्यवहारमा आउने परिवर्तनहरू दिगो हुँदैनन्; यदि मानिसहरूको जीवन स्वभावमा कुनै परिवर्तन आएन भने, ढिलोचाँडो, तिनीहरूले आफ्नो साँचो रूप देखाउनेछन्। किनभने व्यवहारमा आउने परिवर्तनहरूको स्रोत भनेको उत्साह हो, र त्यसमाथि, पवित्र आत्मा यस समयमा केही काम गरिरहनुभएको हुन्छ, र त्यसैले मानिसहरूलाई छोटो समयका लागि जोसिलो बन्न वा केही दया देखाउन अत्यन्तै सजिलो हुन्छ। जसरी गैरविश्‍वासीहरू भन्छन्, “एउटा असल कामकुरा गर्न सजिलो हुन्छ; जीवनभरि असल कामकुराहरू गर्नचाहिँ गाह्रो हुन्छ।” मानिसहरूले किन आफ्‍नो जीवनभरि नै असल कामकुरा गरिरहन सक्दैनन्? किनभने प्रकृतिअनुसार मानिसहरू दुष्ट, स्वार्थी, र भ्रष्ट हुन्छन्। व्यक्तिको व्यवहार उसको प्रकृतिद्वारा निर्देशित हुन्छ; त्यस व्यक्तिको प्रकृति जस्तो छ, उसका प्राकृतिक प्रकटीकरणहरू पनि उस्तै हुन्छन्, र उसले प्राकृतिक रूपमा जे प्रकट गर्छ त्यसले मात्र उसको प्रकृतिको प्रतिनिधित्व गर्दछ। ढोँगहरू टिक्न सक्दैनन्। जब परमेश्‍वरले मानिसलाई मुक्ति दिनका लागि काम गर्नुहुन्छ, त्यो मानिसलाई असल व्यवहारले सिँगार्नका निम्ति हुँदैन—परमेश्‍वरको कामको उद्देश्य मानिसहरूको स्वभावलाई रूपान्तरण गर्नु, तिनीहरूलाई भित्रैदेखि रूपान्तरित गरेर नयाँ मानिस बनाउनु हो। परमेश्‍वरले मान्छेलाई गर्ने न्याय, सजाय, परीक्षा, र शोधन सबैले उसको स्वभाव परिवर्तन गर्न मदत गर्छन् ताकि उसले परमेश्‍वरप्रति समर्पण र बफादारी हासिल गर्न, र साँचो रूपमा उहाँको आराधना गर्न सकोस्। परमेश्‍वरले आफ्नो काममा हासिल गर्न चाहने नतिजा यही हो, र परमेश्‍वरको कामको लक्ष्य पनि यही हो। असल व्यवहार गर्नु भनेको परमेश्‍वरप्रति समर्पित हुनु होइन, यो ख्रीष्टसँग मिल्ने हुनु बराबर त झनै होइन। व्यवहारमा आउने परिवर्तनहरू सिद्धान्तमा आधारित हुन्छन् र उत्साहको कारण उत्पन्न हुन्छन्; ती परमेश्‍वरको साँचो ज्ञान वा सत्यमा आधारित हुँदैनन्, ती पवित्र आत्माको मार्गनिर्देशनमा निर्भर हुनु त झनै परको कुरा हो। कतिपय समयमा मानिसहरूले पवित्र आत्माबाट अन्तर्दृष्टि र मार्गदर्शन पाउने भए पनि, त्यो तिनीहरूको जीवनको प्रकटीकरण होइन। तिनीहरू अझै पनि सत्यता वास्तविकताहरूमा प्रवेश गरेका हुँदैनन्, र तिनीहरूको जीवन स्वभाव किमार्थ परिवर्तन भएको हुँदैन। व्यक्तिको व्यवहार जतिसुकै राम्रो भए पनि, त्यसले ऊ परमेश्‍वरप्रति समर्पित हुन्छ वा ऊ सत्यतालाई व्यवहारमा लागु गर्छ भन्‍ने कुरा प्रमाणित गर्दैन। व्यवहारमा हुने परिवर्तनहरूले जीवन स्वभावका परिवर्तनहरूलाई प्रतिनिधित्व गर्दैनन् र तिनलाई जीवनका प्रकटीकरणहरूमा गन्‍न सकिँदैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३८२

कुनै व्यक्तिले जतिसुकै असल कार्यहरू गरे पनि, यसको अर्थ ऊसँग सत्यता वास्तविकताहरू छन् भन्‍ने हुँदैन। सत्यता अभ्यास गर्नु र सिद्धान्तहरूअनुसार काम गर्नु नै सत्यता वास्तविकताहरू हुनु हो। परमेश्‍वरको डर मान्नु र दुष्टताबाट अलग बस्नु नै सत्यता वास्तविकताहरू हुनु हो। कतिपय त्यस्ता मानिस छन् जो उत्साही हुन्छन्, धर्मसिद्धान्त बोल्न, प्रावधानहरू पालना गर्न, र धेरै वटा राम्रा कामकुरा गर्न सक्छन्, तर तिनीहरूका बारेमा यति मात्र भन्न सकिन्छ कि तिनीहरूमा थोरै मानवता छ। धर्मसिद्धान्तको कुरा गर्न र सधैँ प्रावधानहरू पालना गर्न सक्‍ने मानिसहरूले सत्यता अभ्यास गर्न सक्छन् नै भन्‍ने हुँदैन। तिनीहरूले भन्‍ने कुरा सही र समस्यारहित भएझैँ लागे पनि, सत्यताको सारको बारेमा तिनीहरूसँग भन्‍ने कुरा केही हुँदैन। त्यसकारण, कसैले जति धेरै धर्मसिद्धान्तको कुरा बोल्‍न सके पनि, यसको अर्थ उसले सत्यता बुझेको छ भन्‍ने हुँदैन, र उसले जति धेरै धर्मसिद्धान्त बुझेको भए पनि, उसले कुनै समस्या समाधान गर्न सक्दैन। धार्मिक सिद्धान्तकारहरू सबैले बाइबलको व्याख्या गर्न सक्छन्, तर अन्त्यमा, तिनीहरू सबै पतन हुन्छन्, किनभने तिनीहरू परमेश्‍वरले व्यक्त गर्नुभएको कुनै पनि सत्यतालाई स्वीकार गर्दैनन्। जुन मानिसहरूले आफ्नो स्वभावमा परिवर्तन अनुभव गरेका हुन्छन् तिनीहरू भिन्नै हुन्छन्; तिनीहरूले सत्यतालाई बुझेका हुन्छन्, तिनीहरू सबै विषयलाई खुट्ट्याउन सक्छन्, तिनीहरूले परमेश्‍वरका अभिप्रायहरूअनुसार कसरी काम गर्ने, सत्यता सिद्धान्तअनुसार कसरी व्यवहार गर्ने, र परमेश्‍वरलाई सन्तुष्ट पार्न कसरी कार्य गर्ने भनी जानेका हुन्छन्, र तिनीहरू आफूले प्रकट गर्ने भ्रष्टताको प्रकृति बुझ्छन्। जब तिनीहरूका आफ्नै विचारहरू र धारणाहरू प्रकट हुन्छन्, तिनीहरू विवेकी हुन्छन् र देहविरुद्ध विद्रोह गर्ने बन्‍न सक्छन्। स्वभावमा भएको परिवर्तनलाई यसरी नै प्रकट गरिन्छ। स्वभाव परिवर्तन भएका मानिसहरूको मुख्य प्रकटीकरण भनेको तिनीहरूले सत्यतालाई स्पष्टसँग बुझेका हुन्छन् र कार्यहरू पूरा गर्दा तिनीहरू सत्यतालाई तुलनात्मक रूपमा सटीक रूपले अभ्यास गर्छन् र तिनीहरू बारम्बार भ्रष्टता प्रकट गर्दैनन्। सामान्यतया, जसको स्वभाव रूपान्तरण भएको हुन्छ तिनीहरू विशेष रूपमा समझयुक्त र खुट्ट्याउन सक्ने देखिन्छन्, र तिनीहरूले सत्यता बुझ्ने हुनाले, तिनीहरू त्यति धेरै आत्म-धार्मिकता वा अहङ्कार प्रकट गर्दैनन्। तिनीहरू आफूमा प्रकट भएका धेरैजसो भ्रष्टता छर्लङ्गै देख्न र खुट्ट्याउन सक्छन्, त्यसैले तिनीहरूमा अहङ्कार उत्पन्न हुँदैन। तिनीहरूले कस्तो स्थान लिनुपर्छ, समझ भएको व्यक्ति मानिनका लागि तिनीहरूले के गर्नुपर्छ, तिनीहरूले कसरी आफ्नो कर्तव्य पालना गर्नुपर्छ, के भन्नुपर्छ र के भन्नु हुँदैन, कुन मानिससँग के बोल्नुपर्छ र के गर्नुपर्छ भन्ने कुरामा तिनीहरू सन्तुलित बुझाइ राख्न सक्छन्। यसरी, स्वभाव परिवर्तन भएका मानिसहरू तुलनात्मक रूपमा विवेकशील हुन्छन् र त्यस्ता मानिसहरू मात्रै साँचो तवरले मानव स्वरूपमा जिउँछन्। तिनीहरू सत्यता बुझ्छन्, त्यसैले तिनीहरू सत्यताअनुसार बोल्न र मामलाहरूलाई हेर्न सक्छन्, र आफूले गर्ने सबै कुरामा तिनीहरू सिद्धान्तनिष्ठ हुन्छन्, तिनीहरू कुनै पनि व्यक्ति, घटना वा कामकुराको प्रभावमा परेका हुँदैनन्, र तिनीहरूका आ-आफ्नै विचारहरू हुन्छन् र तिनीहरू सत्यता सिद्धान्तहरूलाई कायम राख्न सक्छन्। तिनीहरूको स्वभाव तुलनात्मक रूपमा स्थिर हुन्छ, तिनीहरू घरी एउटा र घरी अर्को कुरा गर्छन्, र तिनीहरूका परिस्थितिहरू जस्तोसुकै भए पनि, तिनीहरू आफ्ना कर्तव्यहरू राम्रोसँग निर्वाह गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्ने तरिकाले काम गर्न जान्दछन्। जस-जसका स्वभावहरू परिवर्तित भएका हुन्छन्, तिनीहरूले अरूले तिनीहरूको बारेमा राम्रो सोचून् भन्‍ने हेतु बाहिरी रूपमा के गर्नुपर्छ भन्‍ने कुरामा ध्यान लाउँदैनन्; तिनीहरू परमेश्‍वरलाई सन्तुष्ट पार्नका लागि के गर्ने भन्नेबारे हृदयमा प्रस्ट हुन्छन्। त्यसकारण, बाहिरबाट हेर्दा, तिनीहरू त्यत्ति उत्साहित नभएको वा तिनीहरूले खासै धेरै ठूला काम नगरेको जस्तो देखिएला, तर तिनीहरूले गर्ने हरेक कुरा अर्थपूर्ण, मूल्यवान् हुन्छ, र त्यसले वास्तविक नतिजाहरू दिन्छ। ज-जसका स्वभावहरू परिवर्तन भएका छन् तिनीहरूमा निश्‍चित रूपमा धेरै सत्यता वास्तविकताहरू हुन्छन्, र यसलाई विभिन्‍न कुराहरूप्रति तिनीहरूका दृष्टिकोण र कार्यका सिद्धान्तहरूद्वारा पुष्टि गर्न सकिन्छ। जसले सत्यता प्राप्त गरेका छैनन् तिनीहरूले जीवन स्वभावमा बिलकुलै कुनै परिवर्तन हासिल गरेका हुँदैनन्। ठ्याक्‍कै भन्दा, स्वभाव परिवर्तन कसरी हासिल गर्न सकिन्छ? मानिसहरूलाई शैतानले गहन रूपमा भ्रष्ट तुल्याएको छ, तिनीहरू सबैले परमेश्‍वरको विरोध गर्छन्, र तिनीहरू सबैसँग परमेश्‍वरविरोधी प्रकृति छ। परमेश्‍वरले मान्छेलाई मुक्ति दिनु भनेको परमेश्‍वरको प्रतिरोध गर्ने प्रकृति भएका र परमेश्‍वरको प्रतिरोध गर्न सक्ने मानिसहरूलाई परमेश्‍वरप्रति समर्पित हुन र उहाँको डर मान्न सक्ने मानिसमा परिणत गर्नु हो। जुन मानिसहरूका स्वभावहरू परिवर्तन भएका हुन्छन् तिनीहरू यस्ता हुन्छन्। व्यक्ति जति नै भ्रष्ट भए पनि, उसमा जति वटा भ्रष्ट स्वभाव भए पनि, उसले सत्यता स्वीकार गर्न, अनि परमेश्‍वरको न्याय र सजाय, र विभिन्‍न परीक्षा र शोधन स्वीकार गर्न सकुञ्जेलसम्म, उसमा परमेश्‍वरबारे साँचो बुझाइ हुनेछ, साथै उसले आफ्‍नो प्रकृति सारलाई प्रस्ट रूपमा देख्‍न सक्नेछ। जब ऊ साँचो रूपमा आफूलाई चिन्छ, तब उसले आफूलाई र शैतानलाई घृणा गर्न सक्नेछ, र ऊ शैतानविरुद्ध विद्रोह गर्न र परमेश्‍वरप्रति पूर्ण रूपमा समर्पित हुन इच्छुक हुनेछ। जब व्यक्तिसँग यो सङ्कल्प हुन्छ, तब उसले सत्यता पछ्याउनेछ। जब व्यक्तिसँग परमेश्‍वरको साँचो ज्ञान हुन्छ, जब उसको शैतानी स्वभाव पखालिएको हुन्छ, र परमेश्‍वरका वचनहरूले ऊभित्र जरा गाडेका हुन्छन्, र ती उसको जीवन र उसको अस्तित्वको आधार बनेका हुन्छन्, जब ऊ परमेश्‍वरका वचनहरूद्वारा जिउन सक्छ, र पूर्ण रूपमा परिवर्तन भएर नयाँ व्यक्ति बनेको हुन्छ, तब मात्र उसले जीवन स्वभावमा परिवर्तन अनुभव गरेको हुन्छ। स्वभावमा परिवर्तन हुनुको अर्थ परिपक्व र अनुभवी मानवता हुनु वा मानिसहरू स्वभावमा पहिलेभन्दा नम्र भएजस्तो देखिनु होइन—विगतमा अहङ्कारी हुनुबाट अहिले समझका साथ बोल्न सक्ने हुनु, वा विगतमा कसैको कुरा नसुन्नुबाट अहिले अरूको कुरा अलिकति सुन्न सक्ने हुनु होइन। त्यस्ता बाहिरी परिवर्तनहरूलाई स्वभावमा आएको परिवर्तन भन्न मिल्दैन। स्वभावमा आउने परिवर्तनहरूमा त्यस्ता प्रकटीकरणहरू अवश्यै पर्छन्, तर सबैभन्दा महत्त्वपूर्ण तत्त्व भनेको व्यक्तिको भित्री जीवन परिवर्तन भएको हुनु हो। यो पूर्ण रूपमा परमेश्‍वरका वचनहरू र सत्यताले तिनीहरूभित्र जरा गाडेको, तिनीहरूभित्र शासन गर्न थालेको, र ती तिनीहरूको जीवन बनेको कारणले गर्दा हो। कामकुराहरूबारे तिनीहरूको दृष्टिकोण पनि परिवर्तन भएको हुन्छ। तिनीहरू संसार र मानवजातिलाई स्पष्ट रूपमा देख्न सक्छन्। शैतानले मानवजातिलाई कसरी भ्रष्ट तुल्याउँछ, ठूलो रातो अजिङ्गरले कसरी परमेश्‍वरको प्रतिरोध गर्छ, र ठूलो रातो अजिङ्गरको सार के हो भन्ने कुरा तिनीहरूले पूर्ण रूपमा छर्लङ्गै देख्न सक्छन्। तिनीहरू हृदयमा ठूलो रातो अजिङ्गर र शैतानलाई घृणा गर्न सक्छन्, र तिनीहरू पूर्ण रूपमा परमेश्‍वरतर्फ फर्कन र उहाँलाई पछ्याउन सक्छन्। यसको अर्थ तिनीहरूको जीवन स्वभाव परिवर्तन भएको छ, र तिनीहरूलाई परमेश्‍वरले प्राप्त गर्नुभएको छ। जीवन स्वभावमा आउने परिवर्तनहरू आधारभूत परिवर्तनहरू हुन्, जबकि बानीबेहोरामा आउने परिवर्तनहरू सतही परिवर्तनहरू हुन्। जसले जीवन स्वभावमा परिवर्तन हासिल गरेका छन् तिनीहरूले मात्र सत्यता प्राप्त गरेका हुन्छन्, र तिनीहरू मात्र परमेश्‍वरद्वारा प्राप्त गरिएका हुन्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३८३

व्यक्तिको स्वभावमा रूपान्तरण हुनु भनेको व्यवहारमा परिवर्तन हुनु होइन, न त यो बाहिरी परिवर्तनको स्वाङ हो, न जोसका कारण गरिएको अस्थायी परिवर्तन हो। यी परिवर्तनहरू जति नै असल भए पनि, तिनले जीवन स्वभावमा हुने परिवर्तनको ठाउँ लिन सक्दैनन्। यो सबको कारण के हो भने यी बाहिरी परिवर्तनहरू व्यक्तिको आफ्नै प्रयासद्वारा हासिल गर्न सकिन्छ, तर जीवन स्वभावको परिवर्तन मानव प्रयासले मात्रै हासिल गर्न सकिँदैन। यसको लागि परमेश्‍वरको न्याय, सजाय, परीक्षा र शोधनका साथै पवित्र आत्‍माले दिनुहुने सिद्धताको अनुभव गर्नुपर्छ। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले केही असल व्यवहार देखाउने भए पनि, तिनीहरूमध्ये एक जना पनि साँचो रूपमा परमेश्‍वरमा समर्पित हुँदैन, परमेश्‍वरलाई साँचो प्रेम गर्दैन, वा परमेश्‍वरको इच्‍छा पछ्याउन सक्दैन। यस्तो किन हुन्छ? किनभने यसको लागि जीवन स्वभावमा परिवर्तन ल्याउनु जरुरी छ, र व्यवहारमा मात्रै परिवर्तन ल्याउनु पर्याप्त हुँदैन। स्वभावमा परिवर्तन आउनुको अर्थ तैँले सत्यताको ज्ञान र अनुभव पाएको छस्, र सत्यता तेरो जीवन बनेको छ, यसले तँलाई निर्देशित गर्न, र तेरो जीवन र तँबारेका सबै कुरा अधीनमा राख्‍न सक्छ भन्‍ने हुन्छ। तेरो जीवन स्वभावमा आउने परिवर्तन यही हो। सत्यतालाई जीवनको रूपमा प्राप्त गरेका मानिसहरू मात्र स्वभाव परिवर्तन भएका मानिसहरू हुन्। विगतमा, तैँले कतिपय सत्यताहरू बुझ्दा पनि तिनलाई अभ्यास गर्न सक्दैनथिस् होला, तर अहिले तैँले आफूले बुझेको सत्यताको कुनै पनि पक्षलाई कुनै बाधा वा कठिनाइविना नै अभ्यास गर्न सक्छस्। जब तैँले सत्यता अभ्यास गर्छस्, तब आफूलाई शान्ति र खुसीले भरिएको पाउनेछस्, तर तैँले सत्यता अभ्यास गर्न सकिनस् भने, तँलाई पीडा हुन्छ र तेरो विवेक खलबलिन्छ। तँ सबै कुरामा सत्यता अभ्यास गर्न सक्छस्, परमेश्‍वरका वचनहरूअनुसार जिउन सक्छस्, र तँसँग जिउने आधार हुन्छ। यसको अर्थ तेरो स्वभाव परिवर्तन भएको छ भन्‍ने हुन्छ। अब तैँले तेरा धारणा र कल्‍पनाहरू, तेरा देहगत प्राथमिकता र खोजीहरू, अनि तैँले पहिले त्याग्‍न नसकेका कुराहरूलाई सहजै त्याग्‍न सक्छस्। तँलाई परमेश्‍वरका वचनहरू साँच्चै असल छन्, र सत्यता अभ्यास गर्नु सर्वोत्तम कुरा हो भन्‍ने लाग्छ। यसको अर्थ तेरो स्वभाव परिवर्तन भएको छ भन्‍ने हुन्छ। व्यक्तिको स्वभाव परिवर्तन गर्ने कार्य अत्यन्तै सरल भएजस्तो सुनिन्छ, तर वास्तवमा यो धेरै अनुभव चाहिने प्रक्रिया हो। यस अवधिमा, मानिसहरूले धेरै कष्ट भोग्‍नुपर्छ—तिनीहरूले आफ्‍नै शरीरलाई काबुमा राख्‍नुपर्छ र देहविरुद्ध विद्रोह गर्नुपर्छ, तिनीहरूले न्याय, सजाय, काँटछाँट, परीक्षा र शोधनको कष्ट पनि भोग्नुपर्छ, अनि तिनीहरूले धेरै असफलता र पतन पनि अनुभव गर्नुपर्छ, र भित्री सङ्घर्ष र सास्तीको कष्ट पनि सहनुपर्छ। यी अनुभवहरूपछि मात्रै मानिसहरूमा आफ्‍नो प्रकृतिबारे केही बुझाइ हुन सक्छ, तर केही बुझाइबाट तुरुन्तै पूर्ण परिवर्तन हासिल गरिहाल्‍न सकिँदैन; तिनीहरू परीक्षा, शोधन, र काटछाँटको लामो प्रक्रियाबाट गुज्रनुपर्छ, अनि तिनीहरूले निरन्तर सत्यता खोज्नुपर्छ र सत्यता अभ्यास गर्नुपर्छ, तब मात्रै तिनीहरूले आफ्ना भ्रष्ट स्वभावहरू अलिअलि गर्दै फाल्न सक्छन्। त्यसकारण आफ्‍नो स्वभाव परिवर्तन गर्नको लागि जीवनको पूरै अवधि लाग्छ। उदाहरणका लागि, यदि तैँले कुनै मामलामा भ्रष्टता प्रकट गरिस् भने, के तैँले यसलाई महसुस गर्नेबित्तिकै सत्यता अभ्यास गर्न सक्छस् र? सक्दैनस्। बुझाइको यस चरणमा, अरूले तँलाई काँटछाँट गर्छन्, र त्यसपछि तेरो वातावरणले तँलाई सत्यता सिद्धान्तहरूअनुसार काम गर्न बाध्य बनाउँछ। कहिलेकहीँ, तैँले त्यसो गर्ने भनेर मन बनाएको हुँदैनस्, र तैँले मनमनै भन्छस्, “के मैले यो काम यसरी गर्नुपर्छ? किन मैले यसलाई आफूले चाहेअनुसार गर्न सक्दिनँ? किन मलाई सधैँ सत्यता अभ्यास गर्न लगाइन्छ? म यो चाहन्‍नँ, ममा यसका लागि शक्ति छैन!” परमेश्‍वरको काम अनुभव गर्नको लागि निम्‍न प्रक्रिया भएर जानुपर्ने हुन्छ: सत्यता अभ्यास गर्न मन नलाग्‍ने अवस्थादेखि सत्यताको अभ्यास गर्न इच्‍छुक हुने अवस्थासम्‍म; नकारात्मकता र कमजोर अवस्थाबाट सामर्थ्यवान् र देहविरुद्ध विद्रोह गर्ने क्षमतावान्‌ अवस्थासम्‍म। जब मानिसहरू अनुभवको कुनै निश्चित बिन्दुमा पुग्छन्, अनि त्यसपछि केही परीक्षा र शोधनबाट गुज्रन्छन् र अन्त्यमा परमेश्‍वरका अभिप्राय र केही सत्यताहरू बुझ्‍न पुग्छन्, तब उनीहरू केही हदसम्म खुसी हुनेछन् र सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न इच्छुक हुनेछन्। सुरुमा, मानिसहरू अलि अनिच्छुक हुँदै सत्यता अभ्यास गर्छन्। उदाहरणका रूपमा, अर्पित भएर आफ्ना कर्तव्यहरू निर्वाह गर्ने कुरालाई लिऊँ: तँसित आफ्ना कर्तव्यहरू निर्वाह गर्नमा केही समर्पण, परमेश्‍वरप्रति अर्पित हुनुको अर्थ के हो भन्नेबारे केही ज्ञान र सत्यतासम्बन्धी केही बुझाइ छ, तर तँ कहिले परमेश्‍वरप्रति पूर्ण रूपमा अर्पित हुन सक्‍नेछस् अनि कहिले नाम र काम दुवैमा आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्‍नेछस्? यसका लागि एउटा प्रक्रियाको आवश्यकता पर्दछ। यस प्रक्रियाको क्रममा, तैँले धेरै कष्टहरू भोग्‍नुपर्ने हुनसक्छ। कतिपय मानिसहरूले तेरो काटछाँट गर्न सक्छन्, र अरूले तेरो आलोचना गर्न सक्छन्। सबैको आँखा तेरो सूक्ष्म जाँच गर्दै तँमै केन्द्रित हुनेछ, अनि तब मात्र तैँले आफू गलत भएको र दोषी व्यक्ति आफू नै भएको, आफ्नो कर्तव्य निर्वाहमा अर्पण नहुनु अस्वीकार्य हुने र आफू लापरवाह हुन नहुने कुरा थाहा पाउन थाल्नेछस्। पवित्र आत्माले तँलाई भित्रबाट अन्तर्दृष्टि दिनुहुनेछ, र तैँले गल्ती गर्दा तेरो निन्दा गर्नुहुन्छ। यस प्रक्रियाको अवधिमा, तैँले आफ्नै बारेमा केही कुराहरू बुझ्न पुग्छस्, र तँलाई आफूमा अत्यन्तै धेरै अशुद्धता छन्, तँ अत्यन्तै धेरै व्यक्तिगत मनसायहरू पाल्छस्, र तँसँग आफ्ना कर्तव्यहरू निर्वाह गर्दा अत्यन्तै धेरै विलासी चाहनाहरू हुन्छन् भनेर थाहा हुनेछ। तैँले यी कुराहरूको सार बुझेपछि, यदि तँ प्रार्थनामा परमेश्‍वरको सामु आएर साँचो पश्‍चात्ताप गर्न सक्छस् भने, तँ ती भ्रष्ट कुराहरूबाट शुद्ध पारिन सक्छस्। यदि तैँले आफ्ना वास्तविक समस्याहरू समाधान गर्न यस्तै प्रकारले बारम्बार सत्यता खोजी गरिस् भने, बिस्तारै आस्थाको सही मार्गमा पाइला टेक्‍नेछस्; तैँले साँचो जीवन अनुभवहरू प्राप्त गर्न थाल्‍नेछस्, र तेरा भ्रष्ट स्वभावहरू क्रमिक रूपमा पखालिन थाल्‍नेछन्। तेरो भ्रष्ट स्वभावहरू जति बढी पखालिन्छन्, तेरो जीवन स्वभाव उति नै बढी रूपान्तरित हुनेछ।

अहिले धेरै मानिसहरूले आफ्‍ना कर्तव्य निर्वाह गरिरहेका भए पनि, सारगत रूपमा, कति मानिसहरूले आफ्‍नो कर्तव्यमा लटरपटर मात्र गरिरहेका हुन्छन्? कति मानिसहरूले सत्यता स्वीकार गर्न र सत्यता सिद्धान्तहरूअनुसार आफ्‍नो कर्तव्य निर्वाह गर्न सक्छन्? कति मानिसहरूले आफ्‍नो स्वभाव परिवर्तन गरेपछि परमेश्‍वरका मागहरूअनुसार आफ्‍नो कर्तव्य निर्वाह गर्छन्? यी कुराहरूलाई अझै बढी जाँच गरेर, तँ आफ्‍नो कर्तव्य निर्वाह गर्दा साँच्‍चै मानकको स्तरमा पुगेको छस् कि छैनस् भनेर तैँले जान्‍न सक्‍नेछस्, र तैँले तेरो स्वभाव परिवर्तन भएको छ कि छैन भनेर पनि स्पष्ट रूपमा देख्‍न सक्‍नेछस्। व्यक्तिको स्वभावमा रूपान्तरण हासिल गर्नु साधारण कुरा होइन; यसको अर्थ व्यवहारमा केही परिवर्तनहरू हुनु, सत्यताको केही ज्ञान प्राप्त गर्नु, सत्यको प्रत्येक पक्षसँगको आफ्नो अनुभव अलि-अलि बताउन सक्‍नु वा केही परिवर्तन हासिल गर्नु वा अनुशासनमा परेपछि केही समर्पित हुनु मात्र होइन। यी कुराहरूले व्यक्तिको जीवन स्वभावको रूपान्तरणलाई जनाउँदैनन्। म यो किन भन्छु? तँ केही हदसम्म परिवर्तन भएको भए पनि, अझै सच्चा रूपमा समर्पित भइरहेको छैनस्। कहिलेकाहीँ तँ वातावरण अनुकूल भएकाले वा कसैले तेरो सुपरिवेक्षण गरिरहेकाले सत्यता अभ्यास गर्न सक्छस्, अनि त्यसपछि मात्रै तँ केही हदसम्म समर्पित हुन सक्छस्। यसबाहेक, जब तेरो मुड राम्रो हुन्छ र तेरो स्थिति सामान्य हुन्छ, वा जब तँमा पवित्र आत्माको काम हुन्छ, तब तँ सत्यता अभ्यास गर्न सक्छस्। तर यदि तँ परीक्षाको बीचमा छस् भने—जब तैँले परीक्षाको दौरान अय्यूबले जस्तै कष्ट भोगिरहेको छस्, वा जब तँ मृत्युको परीक्षा सामना गर्छस्—के तँ अझै पनि सत्यता अभ्यास गर्न र गवाहीमा दृढ रहन सक्नेछस्? के तँ पत्रुसले भनेको जस्तै कुरा भन्न सक्नेछस्, “तपाईँलाई चिनेपछि म मर्नुपर्छ भने पनि, म त्यो खुसी र आनन्दसाथ किन गर्न नसकुँला र?” पत्रुसले कुन कुरालाई महत्त्व दिन्थे? पत्रुसले समर्पणलाई महत्त्व दिन्थे, र तिनले परमेश्‍वरलाई चिन्‍ने कार्यलाई नै सबैभन्दा महत्त्वपूर्ण कुरा मान्थे, त्यसकारण तिनी मृत्युसम्‍मै समर्पित हुन सके। स्वभावको रूपान्तरण रातारात हुँदैन; त्यो हासिल गर्न जीवनभरिको अनुभव चाहिन्छ। सत्यता बुझ्‍नु तुलनात्मक रूपमा सजिलो छ, तर विभिन्‍न परिस्थितिमा सत्यता अभ्यास गर्न सक्षम हुन कठिन छ। सत्यता अभ्यास गर्दा किन सधैँ केही कठिनाइ हुन्छन्, जबकि आफ्नै इच्छाअनुसार चल्दा कुनै कठिनाइ हुँदैन? यसले के देखाउँछ भने जब मानिसहरू सत्यता अभ्यास गर्छन्, तब तिनीहरूलाई सधैँ आफ्ना भ्रष्ट स्वभावहरूले बाधा दिन्छन्; यसको बाह्य वातावरणसँग खासै कुनै सम्बन्ध छैन। त्यसकारण, सत्यता अभ्यास गर्नमा मानिसहरूको सबैभन्दा ठूलो कठिनाइ भनेको तिनीहरूका आफ्नै भ्रष्ट स्वभावहरू हुन्। कठिनाइ जुनसुकै प्रकारको भए पनि, यो सिधै व्यक्तिका भ्रष्ट स्वभावहरूसँग सम्बन्धित हुन्छ; ती कठिनाइहरू सबै तिनीहरूका भ्रष्ट स्वभावहरू सक्रिय भइरहेका र तिनले रोकावटहरू खडा गरिरहेका कारणले गर्दा हुन्छन्। यसरी, सत्यता अभ्यास गर्नका लागि, देहविरुद्ध विद्रोह गर्नु र आफ्ना भ्रष्ट स्वभावहरूविरुद्ध विद्रोह गर्नु अत्यावश्यक छ; मानिसहरूले सत्यता अभ्यास गर्न सक्नुअघि कष्ट भोग्नु र मूल्य चुकाउनु आवश्यक छ। यदि तिनीहरूमा भ्रष्ट स्वभावहरू नभएका भए, तिनीहरूले सत्यता अभ्यास गर्नका लागि कष्ट भोग्नु र मूल्य चुकाउनु पर्नेथिएनन्। के यो स्पष्ट तथ्य होइन र? कहिलेकाहीँ तैँले सत्यता अभ्यास गरिरहेको छस् भन्‍ने जस्तो देखिन्छ, तर वास्तवमा, तेरा कार्यहरूको प्रकृति सत्यता अभ्यास गर्ने प्रकृति होइन। परमेश्‍वरलाई पछ्याउँदा, धेरै मानिसले आफ्नो परिवार र पेसालाई पन्साएर आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्छन्, र त्यसैले तिनीहरूलाई आफूले सत्यता अभ्यास गरिरहेको छु भन्‍ने विश्‍वास लाग्छ। तर तिनीहरूले साँचो अनुभवात्मक गवाही कहिल्यै दिन सक्दैनन्। यहाँ वास्तवमा के भइरहेको छ? तिनीहरूलाई मानिसका धारणाहरूद्वारा मापन गर्दा, तिनीहरूले सत्यता अभ्यास गरिरहेजस्तो देखिन्छ, तर तिनीहरूले जे अभ्यास गरिरहेका छन् त्यसलाई परमेश्‍वरले सत्यता अभ्यासको रूपमा मान्यता दिनुहुन्‍न। किनभने तिनीहरूले गर्ने सबै कुरा परमेश्‍वरलाई सन्तुष्ट पार्नका लागि होइन, तर आशिष्‌ र इनामहरू प्राप्त गर्नका लागि हो। यदि तैँले गर्ने कुराहरूमा तेरा व्यक्तिगत मनसायहरूको मिसावट छ भने, तँ सिद्धान्तहरूबाट विचलित हुने सम्भावना हुन्छ, र तैँले सत्यता अभ्यास गरिरहेको छस् भनेर भन्न सकिँदैन; यो एक प्रकारको आचरण मात्रै हो। ठ्याक्कै भन्नुपर्दा, तेरो यस प्रकारको आचरणलाई सम्भवतः परमेश्‍वरले दोषी ठहराउनुहुनेछ; यसलाई उहाँले अनुमोदन वा स्मरण गर्नुहुनेछैन। यसको सार र स्रोतलाई थप चिरफार गर्दा यो शैतानको प्रकृतिबाट उत्पन्न हुन्छ भन्‍ने देखिनेछ। त्यसोभए यसले तँलाई दुष्कर्मी बनाउँछ, र तेरो यो आचरण परमेश्‍वरको प्रतिरोध गर्नु ठहरिन्छ। मानव दृष्टिकोणबाट हेर्दा, सायद खुट्ट्याउने क्षमता नभएका कतिपय मानिसहरूले यसो भन्‍नेछन्, “यसलाई दुष्टता गरेको ठानिँदैन, न त यसलाई अवरोध र बाधाहरू खडा गरेको नै ठानिन्छ, र यसले कुनै क्षति पुर्‍याएको छैन। भनिएको र गरिएको कुरा पनि तार्किक र उचित देखिन्छ।” तर मानिसहरूले छर्लङ्गै देख्न नसक्ने कुरा के हो भने तिनीहरूभित्र भएका मिसावट र मनसायहरू दुष्ट तत्त्व हुन्, त्यसकारण तिनीहरूका कार्यहरूलाई दुष्ट कार्य ठानिन्छ, र परमेश्‍वरको प्रतिरोध गर्नु ठानिन्छ। त्यसकारण, तैँले परमेश्‍वरका वचनहरू प्रयोग गरेर र आफ्ना कार्यहरूपछाडिका मनसायहरूलाई हेरेर आफ्नो स्वभाव परिवर्तन भएको छ कि छैन र तैँले सत्यता अभ्यास गरिरहेको छस् कि छैनस् भनेर निर्धारण गर्नुपर्छ। यो कुरा तेरा कार्यहरू आफ्ना मानव कल्पना र विचारहरूसित मेल खान्छन् कि खाँदैनन्, वा ती तेरो रुचिसँग मिल्छन् कि मिल्दैनन्, त्यसमा निर्भर हुँदैन; यो यी कुराहरूमा निर्भर हुँदैन। बरु, यो त तँ परमेश्‍वरका अभिप्रायहरूअनुसार छस् कि छैनस्, तेरा कार्यहरूमा सत्यता वास्तविकता छ वा छैन, र तिनले उहाँले माग गरेका मानकहरू पूरा गर्छन् कि गर्दैनन् भन्‍ने उहाँको भनाइमा निर्भर हुन्छ। परमेश्‍वरका मागहरूको तुलनामा आफैलाई नाप्नु मात्रै सटीक हुन्छ। स्वभावमा रूपान्तरण ल्याउने र सत्यता अभ्यास गर्ने कार्य मानिसहरूले कल्पना गरेजस्तो सरल र सजिलो हुँदैन। के अब तिमीहरूले यो बुझ्यौ? के तिमीहरूसँग यसको बारेमा कुनै अनुभव छ? जब यस मामिलाको सारको कुरा आउँछ, तिमीहरूले यसलाई नबुझ्न सक्छौ; तिमीहरूको प्रवेश अत्यन्तै सतही भएको छ। तिमीहरू चाँडै उठेर ढिलो सुतेर बिहानदेखि बेलुकीसम्‍मै दिनभर दौडधुप गर्छौ, तर तिमीहरूले आफ्नो जीवन स्वभावमा रूपान्तरण प्राप्त गर्न सकेका छैनौ, र स्वभाव रूपान्तरण भनेको के हो भनेर तिमीहरूले बुझ्न सक्दैनौ। यसको अर्थ तिमीहरूको प्रवेश अत्यन्तै सतही छ भन्‍ने हुन्छ, होइन र? तिमीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति लामो समय भए पनि, तिमीहरूले स्वभाव रूपान्तरणसँग सम्बन्धित सारगत र गहन कुराहरूलाई सायद महसुस गरेका छैनौ। के तिमीहरूको स्वभाव परिवर्तन भएको छ भनेर भन्‍न सकिन्छ? परमेश्‍वरले तँलाई अनुमोदन गर्नुहुन्छ कि गर्नुहुन्‍न भनी तैँले कसरी जान्दछस्? कम्तीमा पनि, तैँले आफूले गर्ने सबै कार्यमा आफूलाई अत्यन्तै अटल भएको महसुस गर्नेछस्, र तैँले तेरा कर्तव्यहरू निर्वाह गरिरहेको बेला, परमेश्‍वरको घरमा वा आफ्नो दैनिक जीवनमा कुनै पनि काम गरिरहेको बेला पवित्र आत्माले तँलाई मार्गनिर्देशन र अन्तर्दृष्टि दिइरहनुभएको र तँमा काम गरिरहनुभएको महसुस गर्नेछस्। तैँले आफ्ना कार्यहरू परमेश्‍वरका वचनहरूसँग कसरी मेल खान्छन् भनेर देख्न सक्नेछस्, ती सत्यता सिद्धान्तहरूअनुरूप हुनेछन्, र तैँले कामकुराहरू केही हदसम्म अनुभव गरिसकेपछि, तैँले विगतमा जसरी व्यवहार गरिस् त्यो तुलनात्मक रूपमा उचित थियो भन्‍ने महसुस गर्नेछस्। तर, यदि केही अवधिसम्म कामकुराहरू अनुभव गरेपछि, तैँले विगतमा गरेका केही काम उचित थिएनन् जस्तो लाग्यो भने, र तँ तीप्रति असन्तुष्ट छस्, र ती कार्यहरू सत्यताअनुरूप थिएनन् भन्‍ने महसुस गर्छस् भने, तैँले गरेका सबै कुराहरू परमेश्‍वरको विरोधमा थिए भन्‍ने यसले प्रमाणित गर्छ। यो तेरो सेवा विद्रोहीपन, प्रतिरोध र काम गर्ने मानवीय तरिकाहरूले भरिएको थियो, र तँ स्वभाव परिवर्तन हासिल गर्न पूर्ण रूपमा असफल भएको छस् भन्‍ने कुराको प्रमाण हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। स्वभाव रूपान्तरणबारे के थाहा हुनुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३८४

मानिसहरू परमेश्‍वरमा समर्पित हुन सक्छन् कि सक्दैनन् भनेर मापन गर्दा, तिनीहरूमा कुनै अत्यधिक चाहनाहरू छन् कि छैनन् वा परमेश्‍वरप्रति गुप्त अभिप्रायहरू छन् कि छैनन् भन्‍ने कुरा महत्त्वपूर्ण हो। यदि मानिसहरूले सधैँ परमेश्‍वरसँग माग गरिरहेका छन् भने, त्यसले तिनीहरू उहाँप्रति समर्पणकारी छैनन् भन्‍ने प्रमाणित गर्दछ। चाहे तँलाई जेसुकै आइपरोस्, यदि तँ त्यो कुरा परमेश्‍वरबाट आएको भनी स्विकार्दैनस्, सत्यता खोज्दैनस्, सधैँ आफ्नै लागि तर्क गर्छस् र सधैँ आफूलाई मात्र सही ठान्छस्, र यदि तँ परमेश्‍वर नै सत्यता र धार्मिकता हुनुहुन्छ भन्ने कुरामा शङ्का समेत गर्न सक्छस् भने, तँ समस्यामा पर्नेछस्। त्यस्ता मानिसहरू सबैभन्दा अहङ्कारी र परमेश्‍वरप्रति सबैभन्दा विद्रोही हुन्छन्। सधैँ परमेश्‍वरसँग माग गर्ने मानिसहरू साँचो अर्थमा उहाँमा समर्पित हुन सक्दैनन्। यदि तँ परमेश्‍वरसँग माग गर्छस् भने, यसले तँ परमेश्‍वरसँग सौदाबाजी गर्ने प्रयास गर्दैछस्, आफ्नै इच्छा रोज्दैछस्, र यही इच्छाअनुसार कार्य गरिरहेको छस् भन्‍ने प्रमाणित गर्छ। यो परमेश्‍वरलाई धोका दिनु र समर्पणविहीन हुनु हो। परमेश्‍वरसँग मागहरू गर्नु आफैमा समझविहीन हुनु हो; यदि तँ उहाँ परमेश्‍वर हुनुहुन्छ भनी साँच्चै विश्‍वास गर्छस् भने, तैँले उहाँसँग मागहरू राख्ने आँट गर्नेछैनस्—जुन गर्न तँ योग्य पनि छैनस्—चाहे ती तर्कसङ्गत होऊन् वा नहोऊन्। यदि तँसँग परमेश्‍वरप्रति साँचो विश्‍वास छ, र तँ उहाँ परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्छस् भने, तैँले उहाँको आराधना मात्र गर्नेछस् र तँ उहाँप्रति समर्पित मात्र हुनेछस्—अरू विकल्प नै छैन। आज मानिसहरूले स्वैच्छिक छनौटहरू गर्ने मात्रै होइन, तिनीहरूले परमेश्‍वरलाई तिनीहरूका आफ्‍नै इच्‍छाअनुसार काम गर्नसमेत लगाउँछन्। तिनीहरूले परमेश्‍वरप्रति समर्पित नहुने विकल्प मात्रै रोज्दैनन्, परमेश्‍वरलाई तिनीहरूप्रति समर्पित हुनसमेत लगाउँछन्। के यो समझको साह्रै कमी होइन र? त्यसकारण, यदि कुनै व्यक्तिमा साँचो आस्था छैन र ठोस विश्‍वास छैन भने, उसले कहिल्यै परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्दैन। जब मानिसहरू परमेश्‍वरसित थोरै मागहरू गर्न सक्षम हुन्छन्, तब तिनीहरूले अझ धेरै साँचो विश्‍वास र समर्पण गर्नेछन्, अनि तिनीहरूको समझ तुलनात्मक रूपमा सामान्य हुन्छ। प्रायजसो के हुन्छ भने, मानिसहरू जति बढी तर्क गर्न प्रवृत्त हुन्छन्, तिनीहरूलाई सम्हाल्न उति नै गाह्रो हुन्छ। तिनीहरूका मागहरू धेरै मात्र हुँदैनन्, तर तिनीहरूलाई औँलो दिइयो भने तिनीहरू डुँडुलो निल्न खोज्छन्। जब तिनीहरू एक पक्षमा सन्तुष्ट हुन्छन्, तब अर्को पक्षमा माग गर्छन्। तिनीहरू सबै पक्षमा सन्तुष्ट हुनुपर्दछ, र यदि सन्तुष्ट भएनन् भने, तिनीहरू गुनासो गर्न थाल्छन्, र हार मान्छन् अनि सबथोक टुट्न दिन्छन्। त्यसो गरेपछि, तिनीहरू ऋणी र पछुतो महसुस गर्छन्, र तिनीहरू धरधरी आँसु बगाउँदै रुन्छन्, र मर्न चाहन्छन्। त्यसको के फाइदा हुन्छ? के तिनीहरू अनुचित र निरन्तर झिँजोलाग्दो बनिरहेका छैनन् र? यी श्रृङ्खलाबद्ध समस्याहरूलाई तिनीहरूको भ्रष्ट स्वभावबाटै समाधान गरिनुपर्छ, जुन यो सबै कुराको जड हो। यदि तँमा भ्रष्ट स्वभाव छ र तैँले यसलाई हटाइनस् भने, यदि तँ यो हटाउन समस्यामा नपरुञ्जेल वा विपत्ति पैदा नहुञ्‍जेल पर्खन्छस् भने, तैँले यो घाटालाई कसरी पूर्ति गर्न सक्छस्? के यो त काम बिग्रेपछि मात्रै होस खुल्‍नुजस्तो हुनेछैन र? तेरो भ्रष्ट स्वभावको समस्या पूर्ण रूपमा समाधान गर्नका लागि, यो सुरुमा पैदा हुनेबित्तिकै तैँले यसलाई हटाउन सत्यताको खोजी गरिहाल्‍नुपर्छ। तैँले भ्रष्ट स्वभावलाई कोपिला छँदै समाधान गर्नुपर्छ, यसरी आफूले कुनै गल्ती नगर्ने र भावी समस्याहरू रोक्ने कुरा सुनिश्‍चित गर्न सकिन्छ। यदि कुनै भ्रष्ट स्वभावले व्यक्तिमा जरा गाड्यो र त्यो उसको विचार वा दृष्टिकोण बन्यो भने, यसले उसलाई खराब व्यवहार गर्न निर्देशित गर्न सक्छ। त्यसकारण, आत्मचिन्तन गर्नु र आफूलाई जान्नु मुख्यतः भ्रष्ट स्वभावहरू पत्ता लगाउनु र ती हटाउन तुरुन्तै सत्यता खोज्नुसँग सम्बन्धित कुरा हुन्। तेरो प्रकृतिमा के-कस्ता कुराहरू छन्, तँलाई के मन पर्छ, तँ के पछ्याउँछस्, र तँ के प्राप्त गर्न चाहन्छस् भन्‍ने कुरा तैँले जान्‍नैपर्छ। यी कुराहरू परमेश्‍वरका अभिप्रायहरूअनुसार छन् कि छैनन्, र ती कुन तरिकाले भ्रमपूर्ण छन् भनी हेर्न तैँले तिनलाई परमेश्‍वरका वचनहरूअनुसार चिरफार गर्नुपर्छ। एकपटक तैँले यी कुराहरू बुझेपछि, तैँले तेरो असामान्य समझको समस्या, अर्थात्, तेरो अनुचितता र तारन्तारको झमेलाको समस्या समाधान गर्नैपर्छ। यो तेरो भ्रष्ट स्वभावको समस्या मात्र होइन, यसले तँ समझ भएको व्यक्ति होस् कि होइनस् भन्‍ने मामिलालाई पनि छुन्छ। विशेष गरी ख्याति, प्राप्ति, र हैसियतसँग सम्बन्धित मामिलाहरूमा, जब मानिसहरू ख्याति र प्राप्तिबाट बहकिन्छन्, तब तिनीहरूको समझ असामान्य बन्छ; मानौँ तिनीहरूको स्नायुमा केही गडबडी आएको छ। यो पनि मानिसहरूको मुख्य कमजोरी हो। कतिपय मानिसहरूलाई तिनीहरूसँग निश्‍चित क्षमता र केही प्रतिभा छन् भन्‍ने लाग्छ, अनि तिनीहरू सधैँ अगुवा बन्‍न र अरूभन्दा अलग देखिन चाहन्छन्, त्यसकारण तिनीहरू परमेश्‍वरलाई मलाई प्रयोग गर्नुहोस् भनी अनुरोध गर्छन्। परमेश्‍वरले तिनीहरूलाई प्रयोग गर्नुभएन भने, तिनीहरू भन्छन्, “परमेश्‍वर कसरी मलाई कृपाको नजरले हेर्न सक्‍नुहुन्‍न र? हे परमेश्‍वर, यदि तपाईँले मलाई कुनै महत्त्वपूर्ण काममा प्रयोग गर्नुभयो भने, म प्रतिज्ञा गर्छु, म तपाईँमै समर्पित हुनेछु!” के यस्तो अभिप्राय सही हो? परमेश्‍वरमा समर्पित हुनु राम्रो कुरा हो, तर परमेश्‍वरका लागि समर्पित हुने तिनीहरूको इच्‍छापछाडि अभिप्रायहरू लुकेका हुन्छन्। तिनीहरूले प्रेम गर्ने कुरा त हैसियत हो, र तिनीहरू यसैमा ध्यान लगाउँछन्। जब मानिसहरू साँच्‍चै समर्पण गर्न समर्थ हुन्छन्, र परमेश्‍वरले तिनीहरूलाई प्रयोग गर्नुभए पनि नगर्नुभए पनि पूर्ण हृदयले उहाँलाई पछ्याउँछन्, र आफूसँग हैसियत भए पनि नभए पनि परमेश्‍वरका लागि समर्पित हुन्छन्, तब मात्र तिनीहरूलाई समझ भएको र परमेश्‍वरप्रति समर्पणकारी बनेको मान्‍न सकिन्छ। मानिसहरूले परमेश्‍वरका लागि समर्पित हुन चाहनु राम्रो कुरा हो, र परमेश्‍वरले त्यस्ता मानिसहरूलाई प्रयोग गर्न चाहनुहुन्छ, तर तिनीहरू सत्यताले सुसज्‍जित छैनन् भने, परमेश्‍वरले तिनीहरूलाई कुनै पनि हालतमा प्रयोग गर्न सक्‍नुहुन्‍न। यदि मानिसहरू सत्यताप्रति लागिपर्न र सहकार्य गर्न इच्‍छुक हुन्छन् भने, त्यसमा तयारीको चरण हुनैपर्छ। मानिसहरूले सत्यता बुझेर परमेश्‍वरमा साँचो रूपले समर्पित भएपछि मात्रै, परमेश्‍वरले औपचारिक रूपमा तिनीहरूलाई प्रयोग गर्न सक्‍नुहुनेछ। यो प्रशिक्षण चरण अत्यावश्यक हुन्छ। आज अगुवा र सेवकहरू सबै यो प्रशिक्षण चरणमा हुन्छन्। तिनीहरूमा जीवन अनुभव भएपछि र तिनीहरू सिद्धान्तअनुसार मामिला सम्हाल्न सक्‍ने भएपछि, तिनीहरू परमेश्‍वरद्वारा प्रयोग गरिन योग्य बन्नेछन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसले परमेश्‍वरसँग अत्यन्तै धेरै माग गर्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३८५

सृष्टिकर्ताप्रति सृजित प्राणीमा हुनुपर्ने एक मात्र मनोवृत्ति भनेको समर्पणको मनोवृत्ति, निसर्त समर्पणको मनोवृत्ति हो। यो यस्तो कुरा हो, जसलाई आज केही मानिसले स्विकार्न नसक्लान्। किनभने तिनीहरूको कद निकै सानो हुन्छ र तिनीहरू सत्यता वास्तविकतारहित हुन्छन्। यदि, परमेश्‍वरले तेरा धारणाहरूसँग नमिल्‍ने कामहरू गर्दा, तैँले परमेश्‍वरलाई गलत बुझ्‍ने सम्‍भावना हुन्छ—तैँले परमेश्‍वरविरुद्ध विद्रोह गर्ने, र उहाँलाई विश्‍वासघात गर्नेसमेत सम्‍भावना हुन्छ भने—तँ परमेश्‍वरप्रति समर्पित हुन सक्नबाट धेरै टाढा छस्। मानिसहरूलाई परमेश्‍वरको वचनद्वारा भरणपोषण र मलजल गरिँदा, तिनीहरू वास्तवमा एउटै उद्देश्यका लागि जोड गरिरहेका हुन्छन्, र त्यो अन्त्यमा विनासर्त परमेश्‍वरप्रति पूर्ण समर्पण गर्न सक्नु हो—जुन बेला तँ, यो सृजित प्राणी, मानकअनुरूप हुनेछस्। कहिलेकाहीँ परमेश्‍वरले जानाजानी तेरा धारणासँग नमिल्ने कामकुरा गर्नुहुन्छ, वा उहाँ जानाजानी तेरा इच्‍छाहरूविरुद्ध जाने कामकुरा गर्नुहुन्छ। यी कुराहरू सत्यताअनुरूप नभएका, तँप्रति ख्याल नगरिएको र तेरा आफ्नै रुचिहरूसँग मेल नखाने किसिमका समेत देखिन सक्छन्। यी कुराहरू स्वीकार गर्न तँलाई गाह्रो हुन सक्छ, तेरो दिमागले ती कुरा बुझ्न सक्दैन होला, र तैँले तिनको विश्‍लेषण जसरी गरे पनि, तँलाई ती गलत लाग्‍न सक्छ र तैँले तिनलाई स्वीकार गर्न सक्दैनस्, तँलाई परमेश्‍वरले यसो गर्ने हुनाले उहाँ अनुचित हुनुहुन्छ भन्‍ने लाग्‍न सक्छ—तर वास्तवमा, परमेश्‍वरले यो काम जानाजानी गर्नुहुन्छ। त्यसोभए, परमेश्‍वरले यी कुराहरू गर्नुको उद्देश्य के हो? यो तँलाई जाँच गर्न र प्रकट गर्न, तैँले सत्यता खोजी गर्न सक्छस् कि सक्दैनस्, तँ साँचो रूपमा परमेश्‍वरप्रति समर्पित छस् कि छैनस् भनेर हेर्नका लागि हो। परमेश्‍वरले गर्ने र माग गर्ने सबै कुराको आधार नखोज्, र किन भनेर नसोध्। परमेश्‍वरलाई आफ्नो तर्क पेश गर्नुको कुनै अर्थ छैन। तँ बस परमेश्‍वर सत्यता हुनुहुन्छ भन्ने कुरामा सहमत हुनुपर्छ र पूर्ण रूपमा समर्पित हुन सक्षम हुनुपर्छ। तँ परमेश्‍वर नै तेरो सृष्टिकर्ता र तेरो परमेश्‍वर हुनुहुन्छ भन्ने कुरामा सहमत भइस् भने, यो नै कुनै पनि तर्कभन्दा माथिको कुरा हो, कुनै पनि सांसारिक बुद्धिभन्दा माथिको कुरा हो, कुनै पनि मानव नैतिकता, आचारनीति, ज्ञान, दर्शन, वा परम्‍परागत संस्कृतिभन्दा माथिको कुरा हो—मानव भावना, मानव बफादारी, र कथित मानव प्रेमभन्दा पनि माथिको कुरा हो। यो सबै कुराभन्दा उच्‍च छ। यदि तैँले यो कुरा प्रस्ट रूपमा देख्न सकिनस् भने, ढिलोचाँडो तेरो जीवनमा कुनै परिस्थिति आइपर्ने र तँ पतन हुने दिन आउनेछ। सबैभन्दा उत्तम परिस्थितिमा, तैँले परमेश्‍वरको विरुद्धमा विद्रोह गर्नेछस् र केही घुमाउरो बाटो लिनेछस्; यदि तैँले अन्त्यमा पश्‍चात्ताप गर्न, र परमेश्‍वरको माधुर्यलाई पहिचान गर्न र तँमाथि परमेश्‍वरले गर्ने कामको महत्त्व बुझ्न सकिस् भने, तँसँग अझै पनि मुक्ति पाउने आशा हुन्छ—तर यदि तँ यही कारणले लडिस् र उठ्न सकिनस् भने, तँसँग कुनै आशा हुनेछैन। परमेश्‍वरले मानिसहरूलाई न्याय, सजाय, वा श्राप जे दिनुभए पनि, यो सब तिनीहरूलाई मुक्ति दिनका लागि हो, र त्यसमा डर मान्नु आवश्यक छैन। के कुराको साँच्चै डर मान्‍नुपर्छ? परमेश्‍वरले “म तँलाई तिरस्कार गर्छु” भन्‍नुहोला भन्‍ने डर तैँले मान्‍नुपर्छ। यदि परमेश्‍वरले यसो भन्‍नुभयो भने, तँ समस्यामा हुन्छस्: यसको अर्थ परमेश्‍वरले तँलाई मुक्ति दिनुहुनेछैन र तैँले मुक्ति पाउने आशा पटक्कै हुनेछैन। त्यसकारण, परमेश्‍वरको काम स्वीकार गर्दा, मानिसहरूले परमेश्‍वरको अभिप्राय बुझ्‍नुपर्छ। तँ जेसुकै गर्, तर परमेश्‍वरका वचनहरूका सम्बन्धमा यसो भन्दै शब्दहरूमा अल्झिएर नबस्, “न्याय र सजाय ठीकै छ, तर दोषी ठहराइ, श्राप, विनाश—के त्यसको अर्थ मेरो लागि सब खतम भो भन्‍ने हुँदैन र? त्यसोभए म किन चाहिँ सृजित प्राणी बन्‍नुपर्‍यो र? त्यसकारण अबदेखि म तपाईँको सृष्टि रहनेछैन, र तपाईँ मेरो परमेश्‍वर हुनुहुनेछैन।” यदि तँ परमेश्‍वरलाई इन्कार गर्छस् र आफ्‍नो गवाहीमा दृढ रहँदैनस् भने, परमेश्‍वरले तँलाई साँच्‍चै नै त्याग्न सक्‍नुहुन्छ। के तिमीहरूले यो कुरा बुझेका छौ? मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति धेरै समय भए पनि, तिनीहरूले जति धेरै यात्रा गरेका भए पनि, तिनीहरूले जति धेरै काम गरेका भए पनि, वा तिनीहरूले जति वटा कर्तव्य पूरा गरेका भए पनि, तिनीहरूले यो अवधिमा गरेको सबैथोक एउटै कुराको तयारीको लागि हो। त्यो के हो? तिनीहरूले अन्त्यमा परमेश्‍वरप्रति पूर्ण समर्पण, निसर्त समर्पणको तयारी गरिरहेका हुन्छन्। “निसर्त” को अर्थ के हो? यसको अर्थ तैँले आफ्नो सफाइ नदिनु, र आफ्‍नै वस्तुगत कारणहरूको कुरा नगर्नु हो, यसको अर्थ तँ कुनै पनि कुराको मोलतोल गरिरहेको छैनस् भन्‍ने हो। एक सृजित प्राणीको रूपमा, तँ परमेश्‍वरसँग आफ्नो तर्क पेश गर्न र सर्तहरू राख्न योग्य छैनस्। जब तँ परमेश्‍वरसँग सानातिना मोलतोल गर्छस्, तब तैँले आफ्‍नो स्थानलाई गलत रूपमा बुझेको हुन्छस्, र जब तँ परमेश्‍वरलाई आफ्नो तर्क प्रस्तुत गर्ने प्रयास गर्छस्—तब फेरि पनि, तैँले आफ्‍नो स्थानबारे गलत बुझेको हुन्छस्। परमेश्‍वरसँग तर्क नगर्, सधैँ कारण पत्ता लगाउने प्रयास नगर्, समर्पित हुन सक्नुअघि नै बुझ्न जिद्दी नगर्—यदि तँ बुझ्दैनस् भने, तँ समर्पित हुनेछैनस्। जब तैँले यसो गर्छस्, तब तैँले आफ्‍नो स्थानबारे गलत बुझेको हुन्छस्, र त्यस्तो अवस्थामा परमेश्‍वरप्रतिको तेरो समर्पण पूर्ण समर्पण हुँदैन; यो तुलनात्मक र सर्तमा आधारित समर्पण हुन्छ। के परमेश्‍वरमा समर्पित हुँदा सर्तहरू राख्ने मानिसहरू परमेश्‍वरमा साँचो समर्पण गर्नेहरू हुन्? के तैँले यसरी परमेश्‍वरसँग परमेश्‍वरलाई जस्तो व्यवहार गरिरहेको हुन्छस्? के तैँले परमेश्‍वरलाई सृष्टिकर्ताको रूपमा आराधना गर्छस्? यदि गर्दैनस् भने, परमेश्‍वरले तँलाई स्वीकार गर्नुहुन्‍न। परमेश्‍वरप्रतिको पूर्ण र निसर्त समर्पण हासिल गर्नका निम्ति तैँले के अनुभव गर्नैपर्छ? अनि तैँले कसरी अनुभव गर्नुपर्छ? एउटा कुरा के हो भने, मानिसहरूले परमेश्‍वरको न्याय र सजाय स्वीकार गर्नुपर्छ, अनि तिनीहरूले काटछाँट स्वीकार गर्नैपर्छ। यसबाहेक, तिनीहरूले परमेश्‍वरको आज्ञा स्वीकार गर्नुपर्छ, साथै आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा तिनीहरूले सत्यता पछ्याउनैपर्छ, जीवन प्रवेशसँग सम्‍बन्धित सत्यताका विभिन्‍न पक्षलाई बुझ्नुपर्छ, अनि परमेश्‍वरका अभिप्रायहरू बुझाइ प्राप्त गर्नुपर्छ। कहिलेकाहीँ, यो कुरा मानिसहरूको क्षमताभन्दा बाहिर हुन्छ, र तिनीहरूमा सत्यताको बुझाइ हासिल गर्ने अन्तर्ज्ञान हुँदैन, र अरूले दिएको सङ्गतिमा भर परेर अनि परमेश्‍वरले खडा गर्नुभएका विभिन्‍न अवस्थामार्फत पाठहरू सिकेर मात्रै तिनीहरूले थोरथोरै बुझ्‍न सक्छन्। तर तँलाई के कुराको चेतना हुनुपर्छ भने तँमा परमेश्‍वरप्रति समर्पित हुने हृदय हुनैपर्छ, तैँले परमेश्‍वरकहाँ आफ्नो तर्क प्रस्तुत गर्ने वा सर्तहरू अघि सार्ने प्रयास गर्नु हुँदैन; परमेश्‍वर जे गर्नुहुन्छ ती सबै गरिनुपर्ने कुरा नै हुन्। परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ र तँ सृजित प्राणी होस्, त्यसैले तँमा समर्पणको मनोवृत्ति हुनैपर्छ, र तैँले सधैँ केही हुनुको कारणबारे सोध्ने वा सर्तहरू अघि सार्ने गर्नु हुँदैन। यदि तँमा समर्पणको सबैभन्दा आधारभूत मनोवृत्तिसमेत छैन, र तैँले परमेश्‍वरबारे अनुमान लगाउने र तँ उहाँप्रति सतर्क रहने सम्भावना छ, वा तँ हृदयमा “परमेश्‍वरले मलाई साँच्‍चै मुक्ति दिनुहुन्छ कि दिनुहुन्‍न र परमेश्‍वर वास्तवमै धर्मी हुनुहुन्छ कि हुनुहुन्‍न भनेर मैले हेर्नुपर्छ। सबैले परमेश्‍वर प्रेम हुनुहुन्छ भनेर भन्छन्—ठिक छ त्यसोभए, मप्रति परमेश्‍वरका कार्यहरूमा साँच्‍चै प्रेम संलग्न छ कि छैन, ती साँच्‍चै प्रेम हुन् कि होइनन्, मैले हेर्नुपर्छ” भनेर सोच्छस् भने, यदि तँ परमेश्‍वरले गर्ने काम तेरा धारणा र रुचिहरूसँग, वा तैँले सत्यता भनी ठानेका कुराहरूसँग समेत मिल्छ कि मिल्दैन भनेर निरन्तर छानबिन गर्छस् भने, तँ गलत स्थान सम्हालिरहेको छस्, र तँ समस्यामा छस्—तैँले परमेश्‍वरको स्वभाव चिढ्याउने सम्‍भावना छ। समर्पणसम्बन्धी सत्यता अति महत्त्वपूर्ण हुन्छ, र कुनै पनि सत्यतालाई एक-दुई वाक्यमा पूर्ण र प्रष्टसँग बताउन सकिँदैन; ती सबै मानिसहरूका विभिन्‍न स्थितिहरू र भ्रष्टतासँग सम्‍बन्धित छन्। एक वा दुई, वा तीन वा पाँच वर्षमै सत्यता वास्तविकतामा प्रवेश हासिल गर्न सकिँदैन। यसका लागि धेरै कुराको अनुभव गर्नुपर्छ, परमेश्‍वरका वचनहरूको धेरै न्याय र सजाय अनुभव गर्नुपर्छ, धेरै काटछाँट अनुभव गर्नुपर्छ। तैँले अन्तिममा सत्यता अभ्यास गर्ने क्षमता हासिल गरेपछि मात्रै तेरो सत्यताको खोजी प्रभावकारी हुनेछ, र त्यसपछि मात्रै तैँले सत्यता वास्तविकता प्राप्त गर्नेछस्। सत्यता वास्तविकता प्राप्त गर्ने मानिसहरू मात्रै साँचो अनुभव भएका मानिसहरू हुन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३८६

परमेश्‍वरको काम अनुभव गर्ने क्रममा, तँ जतिपटक असफल भएको, पछारिएको, वा काटछाँट वा प्रकट गरिएको भए पनि, यी नराम्रा कुरा होइनन्। तँलाई जसरी काटछाँट गरिए पनि—अगुवा, कामदार, वा तेरा दाजुभाइ-दिदीबहिनीहरू जो-कसैले गरेका भए पनि—यो सधैँ राम्रो कुरा नै हो। तैँले यो कुरा याद राख्नैपर्छ: तैँले जति नै कष्ट भोगे पनि, तँलाई वास्तवमा फाइदा भइरहेको हुन्छ। अनुभव भएको जोकोहीले यो कुराको पुष्टि गर्न सक्छ। चाहे जे होस्, काटछाँट गरिनु वा प्रकट गरिनु सधैँ राम्रो कुरा हो। यो दोषी ठहराउनु होइन। यो परमेश्‍वरको मुक्ति हो, र आफूलाई चिन्ने सबैभन्दा उत्तम अवसर हो। यसले तेरो जीवनको अनुभवमा एउटा मोड ल्याउन सक्छ। योविना, तैँले आफ्नो भ्रष्टताको सत्यतालाई बुझ्ने न त अवसर, न त अवस्था, न त सन्दर्भ नै पाउनेछस्। यदि तँ साँचो रूपमा सत्यता बुझ्छस्, र तेरो हृदयको गहिराइमा लुकेका भ्रष्ट कुराहरूलाई खोतली निकाल्‍न सक्छस् भने, यदि तँ तिनलाई प्रस्ट रूपमा खुट्ट्याउन सक्छस् भने, यो राम्रो कुरा हो, यसले जीवन प्रवेशको मुख्य समस्या समाधान गरेको हुन्छ, र यो स्वभाव परिवर्तनका लागि एकदमै फाइदाजनक हुन्छ। आफूलाई साँच्चिकै चिन्न सक्ने हुनु भनेको तेरा निम्ति गहिरो रूपमा रूपान्तरित हुने र नयाँ व्यक्ति बन्ने सबैभन्दा राम्रो अवसर हो; एउटा नयाँ जीवन प्राप्त गर्नका लागि यो तेरो सबैभन्दा राम्रो अवसर हो। तैँले साँचो रूपमा आफूलाई चिनेपछि, तैँले के कुरा देख्‍न सक्‍नेछस् भने, जब सत्यता व्यक्तिको जीवन बन्छ, यो साँच्चै एउटा अमूल्य कुरा हुन्छ, र तँ सत्यताका लागि तिर्खाउनेछस्, तैँले सत्यता अभ्यास गर्नेछस् र तँ वास्तविकतामा प्रवेश गर्नेछस्। यो यति राम्रो कुरा हो नि! तँ असफल हुँदा वा लड्दा, यदि तैँले यो अवसर पक्रिन सकिस्, र इमानदारीका साथ आत्मचिन्तन गरिस् र आफूबारे साँचो ज्ञान प्राप्त गरिस् भने, तब नकारात्मकता र कमजोरीका बीचमा, तँ फेरि पनि खडा हुन सक्नेछस्। तैँले यो सँघार नाघेपछि, तैँले एउटा ठूलो अग्रगामी कदम चाल्‍न र सत्यता वास्तविकताभित्र प्रवेश गर्न सक्‍नेछस्।

यदि तँ परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्छस् भने, तैँले हरेक दिन घट्ने घटनाहरू, चाहे ती राम्रा होऊन् वा नराम्रा, ती संयोगवश घट्दैनन् भनेर विश्‍वास गर्नुपर्छ। कसैले जानी-जानी तँसँग कठोर व्यवहार गरिरहेको वा तँलाई निशाना बनाइरहेको हुँदैन; यो सबै परमेश्‍वरले नै प्रबन्ध र योजनाबद्ध गर्नुभएको हो। परमेश्‍वर किन यी सबै कुराहरू योजनाबद्ध गर्नुहुन्छ? त्यो तेरो साँचो रूप खुलासा गर्न वा तँलाई प्रकट गर्न र हटाउनका लागि होइन; तँलाई प्रकट गर्नु अन्तिम लक्ष्य होइन। तँलाई सिद्ध पार्नु र मुक्ति दिनुचाहिँ लक्ष्य हो। परमेश्‍वर तँलाई कसरी सिद्ध पार्नुहुन्छ? अनि उहाँ तँलाई कसरी मुक्ति दिनुहुन्छ? उहाँ तँलाई तेरो आफ्नै भ्रष्ट स्वभावहरूबारे सचेत गराउँदै, र तँलाई तेरो प्रकृति सार, तेरा अपर्याप्तताहरू र तेरो कमी चिनाउँदै सुरुआत गर्नुहुन्छ। यी कुराहरू जानेर र तिनको बुझाइ प्राप्त गरेर मात्र, तँ सत्यता पछ्याउन सक्छस् र बिस्तारै आफ्ना भ्रष्ट स्वभावहरू फाल्न सक्छस्। यो परमेश्‍वरले तँलाई मौका दिनुभएको हो। यो परमेश्‍वरको कृपा हो। तैँले यो मौका छोप्न जान्नुपर्छ। तैँले परमेश्‍वरप्रति प्रतिरोध महसुस गर्ने, उहाँको अवज्ञा गर्ने, वा उहाँलाई गलत बुझ्ने गर्नु हुँदैन। विशेष गरी, तैँले परमेश्‍वरले तेरो वरपर प्रबन्ध गर्नुभएका मानिस, घटना, र कामकुराहरूको सामना गर्दा, ती तैँले चाहना गरेअनुसार छैनन् भनी निरन्तर महसुस नगर्, तीबाट निरन्तर उम्कने इच्छा नगर् वा सधैँ परमेश्‍वरबारे गुनासो गर्ने र उहाँलाई गलत बुझ्ने नगर्। यदि तँ निरन्तर ती कुराहरू गरिरहन्छस् भने, तैँले परमेश्‍वरको काम अनुभव गरिरहेको हुँदैनस्, र तँलाई सत्यता वास्तविकतामा प्रवेश गर्न निकै कठिन हुनेछ। तैँले पूर्ण रूपमा बुझ्न नसकिने वा गाह्रो लाग्ने जुनसुकै कुरा सामना गरे पनि, तैँले समर्पित हुन सिक्नैपर्छ। तैँले सुरुमा परमेश्‍वरसामु आएर अझ बढी प्रार्थना गर्नुपर्छ। त्यसरी, तैँले थाहा पाउनु अघि, तेरो आन्तरिक स्थितिमा परिवर्तन आउनेछ, र तैँले आफ्नो समस्या समाधान गर्नका निम्ति सत्यता खोजी गर्न सक्नेछस्। त्यसरी, तैँले परमेश्‍वरको काम अनुभव गर्न सक्नेछस्। यो हुँदै गर्दा, तँभित्र सत्यता वास्तविकता ढालिनेछ, र तैँले यसरी नै उन्नति गर्नेछस् र तेरो जीवनको स्थितिमा रूपान्तरण अनुभव गर्नेछस्। तैँले यो परिवर्तन भोगेपछि र तँसँग यो सत्यता वास्तविकता भएपछि, तँसँग कद हुनेछ, र कद भएपछि तँसित जीवन हुनेछ। यदि कुनै व्यक्ति सधैँ शैतानी भ्रष्ट स्वभावहरूका आधारमा जिउँछ भने, ऊसँग जतिसुकै उत्साह वा हुटहुटी भए पनि, ऊसँग अझै पनि कद वा जीवन भएको मान्न सकिँदैन। परमेश्‍वरले प्रत्येक व्यक्तिमा काम गर्नुहुँदा, उहाँको विधि जेसुकै भए पनि, उहाँले आफूलाई सेवा प्रदान गर्न लगाउन जस्तोसुकै प्रकारका मानिस, घटना र कामकुराहरू प्रयोग गर्नुभए पनि, वा उहाँका वचनहरूको भाव जस्तो प्रकारको भए पनि, उहाँको अन्तिम लक्ष्य एउटै मात्र हुन्छ: तँलाई मुक्ति दिनु। अनि, उहाँले तँलाई कसरी मुक्ति दिनुहुन्छ? तँलाई परिवर्तन गरेर। त्यसोभए तँ कसरी थोरै दुःख भोग्न सक्दैनस्? तैँले अलिकति दुःख भोग्नैपर्ने हुन्छ। यस दुःखमा धेरै कुरा पर्न सक्छन्। पहिलो, मानिसहरूले परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्वीकार गर्दा दुःख पाउँछन्। जब परमेश्‍वरका वचनहरू अत्यन्तै कठोर र खुलस्त हुन्छन्, तब मानिसहरू परमेश्‍वरलाई गलत बुझ्छन्, तिनीहरूले धारणाहरू समेत विकास गर्छन्, र तिनीहरूले अलिकति दुःख पनि भोग्छन्। कहिलेकाहीँ परमेश्‍वरले मानिसहरूको भ्रष्टता प्रकट गर्न र तिनीहरूलाई आत्म-चिन्तन गर्न र आफैलाई चिन्न लगाउन तिनीहरूका वरिपरि एउटा वातावरण खडा गर्नुहुन्छ, र त्यतिबेला पनि तिनीहरूले अलिकति दुःख पाउँछन्। कहिलेकाहीँ, मानिसहरूलाई सिधै काँटछाँट र खुलासा गर्दा, तिनीहरूले दुःख पाउँछन्। भ्रष्ट स्वभाव समाधान गर्नु भनेको शल्यक्रिया गरिनु जस्तै हो—दुःख नभोगी तैँले कुनै नतिजा प्राप्त गर्न सक्दैनस्। हरेकपटक तँलाई काँटछाँट गरिँदा, र हरेकपटक तँलाई कुनै वातावरणद्वारा प्रकट गरिँदा, यदि यसले तेरो हृदयलाई छुन्छ र तँलाई प्रोत्साहन दिन्छ, र यसरी तँलाई सत्यता खोज्न र आत्मचिन्तन गर्न, तेरो भ्रष्टता र विद्रोहीपन चिन्न, र परमेश्‍वरप्रति साँचो रूपमा पश्चात्ताप गर्न प्रेरित गर्छ भने—यदि तैँले यसरी कामकुरा अनुभव गर्छस् भने, तँ सत्यता वास्तविकतामा प्रवेश गर्नेछस्, र तँसँग कद हुनेछ। हरेकपटक तँलाई काटछाँट गरिँदा, र कुनै वातावरणमार्फत प्रकट गरिँदा, यदि तँलाई कुनै पनि प्रकारको पीडा वा असुविधा अनुभूति हुँदैन, र तँलाई केही पनि महसुस हुँदैन भने, र तँ परमेश्‍वरको सामु उहाँका अभिप्राय खोजी गर्न आउँदैनस्, प्रार्थना गर्दैनस् र सत्यता खोजी गर्दैनस् भने, तँ साँच्चै अति भावशून्य छस्! यदि तँ परमेश्‍वरका वचनहरू पढ्दैनस् र सत्यतालाई बुझ्ने प्रयास गर्दैनस्, कुनै अवस्था सामना गर्नुपर्दा त सत्यता झनै खोज्दैनस्, र मृत व्यक्तिको जस्तै तेरो आत्मामा अलिकति पनि सचेतना वा प्रतिक्रिया हुँदैन भने, परमेश्‍वरले उप्रान्त तँमा काम गर्नुहुनेछैन। उहाँले भन्नुहुनेछ, “यो व्यक्ति अत्यन्तै भावशून्य, र अत्यन्तै गहिरो रूपमा भ्रष्ट छ। उसलाई जति नै नियन्त्रणमा राखियो, काँटछाँट गरियो, वा अनुशासनमा राखियो भने पनि, त्यसले अझै पनि उसको हृदयलाई जागृत गर्दैन र उसको आत्मालाई जगाउँदैन। उसले मुक्ति पाउने सम्भावना छैन।” मानौँ कि परमेश्‍वरले तेरा लागि केही वातावरण, मानिसहरू, घटनाहरू, र काम-कुराहरू खडा गर्नुहुन्छ, वा उहाँले तँलाई काँटछाँट गर्नुहुन्छ र तैँले त्यसबाट पाठ सिक्छस्; तैँले परमेश्‍वरको सामु आउन सिक्छस्, सत्यता खोजी गर्न सिक्छस्, र अनजानमा, अन्तर्दृष्टि र ज्योति पाउँछस् र सत्यता प्राप्त गर्छस्; तैँले यी वातावरणहरूमा परिवर्तन अनुभव गर्छस्, केही प्राप्त गर्छस्, र उन्नति गर्छस्, र तैँले परमेश्‍वरका अभिप्रायलाई अलि-अलि बुझ्न थाल्छस् र गुनासो गर्न छोड्छस्। यसको अर्थ तँ यी वातावरणहरूका परीक्षाहरूका बीचमा दृढ रहेको छस्, र तँ जाँचमा टिकेको छस् भन्‍ने हुन्छ। त्यस अवस्थामा, तँ यो व्यवधान पार गरेको हुनेछस्। परीक्षामा टिक्नेहरूलाई परमेश्‍वरले कसरी लिनुहुनेछ? परमेश्‍वरले तिनीहरूमा साँचो हृदय छ भनेर भन्नुहुनेछ; उहाँले तिनीहरू यस प्रकारको दुःख सहन सक्छन्, तिनीहरू हृदयमा सत्यतालाई प्रेम गर्छन् र तिनीहरू सत्यता प्राप्त गर्न चाहन्छन् भनेर भन्‍नुहुनेछ। यदि परमेश्‍वरले तँलाई यसरी मूल्याङ्कन गर्नुभयो भने, के तब तँ कद भएको व्यक्ति हुँदैनस् र? के त्यसपछि तँसँग जीवन हुँदैन र? अनि यो जीवन कसरी प्राप्त गरिन्छ? के यो परमेश्‍वरले दिनुहुन्छ? परमेश्‍वरले तँलाई विभिन्न तरिकाले आपूर्ति गर्नुहुन्छ र तँलाई तालिम दिनका लागि विभिन्न मानिसहरू, घटनाहरू र कामकुराहरू प्रयोग गर्नुहुन्छ। यस्तो लाग्छ मानौँ परमेश्‍वरले व्यक्तिगत रूपमै तँलाई खाना र पानी दिँदै हुनुहुन्छ, तैँले पेटभरि खाएस् आनन्द लिएस् भनेर व्यक्तिगत रूपमै विविध खाद्यपदार्थ तेरो सामु पुऱ्याउँदै हुनुहुन्छ; त्यसपछि मात्र तँ बढ्न र बलियो भएर खडा हुन सक्छस्। तैँले यी कुराहरूलाई यसरी नै अनुभव गर्नु र बुझ्‍नुपर्छ; परमेश्‍वरबाट आउने हरेक कुराप्रति समर्पित हुनु भन्नुको अर्थ यही हो। तँसित समर्पणकारी मनोवृत्ति हुनैपर्छ, र तैँले सत्यता खोजी गर्न सिक्‍नैपर्छ। तैँले तेरा समस्याहरूका बाहिरी कारणहरू खोज्‍ने वा तिनका लागि अरूलाई निरन्तर दोष दिइरहने र मानिसहरूमा गल्तीहरू खोतलिरहने गर्नु हुँदैन; तैँले परमेश्‍वरका अभिप्रायहरू बुझ्नैपर्छ। बाहिरबाट हेर्दा, कतिपय मानिसहरूसँग तेरो बारेमा रायहरू रहेको वा तेरो विरुद्धमा पूर्वाग्रह रहेको जस्तो देखिन सक्छ, तर तैँले कामकुराहरूलाई त्यसरी हेर्नु हुँदैन। यदि तँ कामकुराहरूलाई यस प्रकारको दृष्टिकोणबाट हेर्छस् भने, तैँले बहस मात्र गर्न खोज्नेछस्, र तैँले केही पनि प्राप्त गर्न सक्‍नेछैनस्। तैँले कामकुराहरूलाई वस्तुगत रूपमा हेर्नुपर्छ र सबै कुरालाई परमेश्‍वरबाट स्वीकार गर्नुपर्छ। जब तैँले कामकुराहरूलाई यसरी हेर्छस्, तब परमेश्‍वरको काममा समर्पित हुन तँलाई सहज हुनेछ, र तैँले सत्यता खोजी गर्न, र परमेश्‍वरका अभिप्राय बोध गर्न सक्‍नेछस्। तेरो दृष्टिकोण र मनस्थितिलाई ठिक पार्नेबित्तिकै, तैँले सत्यता प्राप्त गर्न सक्‍नेछस्। त्यसो भए, यो काम खुसीसाथ किन नगर्ने? तँ किन अवज्ञा गर्दैछस्? यदि तैँले अवज्ञा गर्न छोडेको भए, तैँले सत्यता प्राप्त गर्नेथिइस्। यदि तँ अवज्ञा गर्छस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्, र तैँले परमेश्‍वरलाई पनि दुःखित र निराश तुल्याउनेछस्। परमेश्‍वर किन निराश हुनुहुनेछ? किनभने तँ सत्यता स्विकार्दैनस्, तँसँग मुक्तिको आशा छैन, र परमेश्‍वरले तँलाई प्राप्त गर्न सक्‍नुहुन्‍न। उहाँ निराश नभई कसरी बस्‍न सक्‍नुहुन्छ त? जब तैँले सत्यता स्वीकार गर्दैनस्, तब त्यो परमेश्‍वरले तँलाई व्यक्तिगत रूपमा प्रस्ताव गर्नुभएको खाना इन्कार गर्नुसरह हुन्छ। तैँले तँलाई भोक लागेको छैन र तँलाई यसको खाँचो छैन भनी भन्छस्; परमेश्‍वरले तँलाई बारम्बार खाने सल्लाह दिनुहुन्छ, तर तँ अझै पनि त्यो चाहँदैनस्। बरु तँ भोकै बस्‍न चाहन्छस्। तँलाई तँ अघाएको छस् भन्‍ने लाग्छ, तर वास्तवमा, तँसँग बिलकुलै केही पनि हुँदैन। यस्ता मानिसहरूमा समझको अत्यन्तै कमी हुन्छ, र तिनीहरू अत्यन्तै आत्मधर्मी हुन्छन्; साँच्‍चै नै तिनीहरूले देख्दा पनि एउटै असल कुरा चिन्दैनन् र तिनीहरू सबैभन्दा दरिद्र र दयनीय मानिसहरू हुन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि आफ्नो वरपरका मानिस, घटना र कामकुराहरूबाट पाठहरू सिक्नुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३८७

मण्डलीका अगुवा र कामदारहरूले आफ्नो काममा दुई वटा सिद्धान्तलाई ध्यान दिनैपर्छ: एउटा भनेको ठ्याक्कै कार्य बन्दोबस्तहरूद्वारा तोकिएका सिद्धान्तहरूअनुसार आफ्नो काम गर्नु, ती सिद्धान्तहरूलाई उल्लङ्घन नगर्नु, र कल्पना नगर्नु वा आफ्नै विचारहरूअनुसार काम नगर्नु हो। तिनीहरूले गर्ने हरेक कुरामा, तिनीहरूले मण्डलीको कामलाई ख्याल गर्नुपर्छ, र सधैँ परमेश्‍वरको घरका हितहरूलाई पहिलो स्थानमा राख्नुपर्छ। अर्को कुरा—र सबैभन्दा महत्त्वपूर्ण कुरा—भनेको तिनीहरूले सबै कुरामा पवित्र आत्माको मार्गदर्शनलाई पछ्याउनतर्फ ध्यान दिनुपर्छ र परमेश्‍वरका वचनहरूलाई कडाइका साथ पालन गर्दै कार्य गर्नुपर्छ। यदि तिनीहरू पवित्र आत्माको मार्गदर्शनको विरुद्धमा समेत जान सक्छन्, र आफ्नै विचार र कल्पनाहरूअनुसार जिद्दी गर्दै कामकुराहरू गर्न समेत सक्छन् भने, तिनीहरूका कार्यहरू परमेश्‍वरको विरुद्धमा सबैभन्दा गम्भीर प्रतिरोध हुनेछन्। पवित्र आत्माको अन्तर्दृष्टि र मार्गदर्शनलाई बारम्बार पिठिउँ फर्काउँदा त्यसले निकासहीन मार्गतर्फ डोर्‍याउनेछ। यदि तिनीहरूले पवित्र आत्माको काम गुमाए भने, तिनीहरूले काम गर्न सक्नेछैनन्; र यदि तिनीहरूले मुस्किलले अलिकति काम गर्न सके पनि, यसले कुनै नतिजा दिनेछैन। काम गर्ने क्रममा अगुवा र कामदारहरूले पालन गर्नुपर्ने दुई मुख्य सिद्धान्तहरू यिनै हुन्: एउटा भनेको माथिका कार्य बन्दोबस्तहरूसँग ठ्याक्‍कै मिल्ने गरी आफ्नो काम गर्नु, साथै माथिबाट तोकिएका सिद्धान्तहरूअनुसार व्यवहार गर्नु; र अर्कोचाहिँ आफूभित्र पवित्र आत्माको मार्गनिर्देशनलाई पछ्याउनु। यी दुई वटा सिद्धान्तलाई अपनाएपछि तिनीहरूले आफ्नो काममा गल्तीहरू गर्ने सम्‍भावना निकै कम हुनेछ। तिमीहरूको मण्डलीको काम गरेको अनुभव अझै सीमित छ, र तिमीहरूले काम गर्दा त्यो तिमीहरूका आफ्नै विचारहरूद्वारा निकै दूषित हुन्छ। कहिलेकाहीँ, तिमीहरू पवित्र आत्माबाट आउने आफूभित्रको अन्तर्दृष्टि वा अगुवाइलाई बुझ्न सक्दैनौ; अरू बेला, तिमीहरू त्यो बुझेको जस्तो देखिन्छौ, तर तिमीहरूले त्यसलाई बेवास्ता गर्ने सम्भावना हुन्छ। तिमीहरूभित्र सधैँ आफ्नै कल्पना र अनुमानहरू हुन्छन्, र तिमीहरू पवित्र आत्माका चाहनाहरूलाई पटक्कै ध्यान नदिई आफूलाई जसरी उचित लाग्छ त्यसरी नै कार्य गर्छौ। तिमीहरू पूर्ण रूपमा आफ्नै विचारहरूलाई पछ्याउँछौ र पवित्र आत्माबाट आउने कुनै पनि अन्तर्दृष्टिलाई पन्छाउँछौ। यस्ता अवस्थाहरू बारम्बार आउँछन्। पवित्र आत्माबाट आउने भित्री मार्गदर्शन अलौकिक हुँदैन; वास्तवमा, यो अत्यन्तै सामान्य हुन्छ। अर्थात्, हृदयको गहिराइमा, तिमीहरू यो कार्य गर्ने यो उचित तरिका हो, र यो सबैभन्दा उत्तम तरिका हो भन्‍ने ठान्छौ। यो विचार वास्तवमा निकै स्पष्ट हुन्छ; यो तिमीहरू आफैले सोचेका हुँदैनौ, र कहिलेकाहीँ तिमीहरूले किन यसरी कार्य गर्नुपर्छ भन्‍ने कुरा तिमीहरू पूर्ण रूपमा बुझ्दैनौ। यो प्रायजसो पवित्र आत्माको अन्तर्दृष्टिबाहेक अरू केही हुँदैन। यो अनुभव भएका मानिसहरूलाई सबैभन्दा बढी हुने गर्छ। पवित्र आत्माले मानिसहरूलाई जसरी अन्तर्दृष्टि वा मार्गदर्शन दिनुभए पनि, सामान्य मानिसहरू यसलाई आफ्नो हृदयमा केही हदसम्म महसुस गर्न सक्छन्—पूर्ण रूपमा नभए पनि, तिनीहरू कम्तीमा यसको एउटा अंश चाहिँ महसुस गर्न सक्छन्। यो मानव सोचाइको नतिजा होइन, बरु तिनीहरूको हृदयभित्रकै एउटा भावना हो भन्‍ने कुरा तिनीहरू सबैले बुझ्न सक्छन्: अचानक तिनीहरूले बुझ्छन्, तिनीहरूसँग अघि बढ्ने मार्ग हुन्छ, र तिनीहरूले स्पष्टता प्राप्त गर्छन्। तिनीहरू कुनै निश्चित तरिकाले कार्य गर्नु सबैभन्दा उत्तम हो भन्‍ने महसुस गर्छन्, तर आफूलाई त्यसरी कार्य गर्न मन पर्नुको कारण भने तिनीहरूलाई थाहा हुँदैन। यो पवित्र आत्माबाट आएको हुन सक्छ। एउटा व्यक्तिका विचारहरू प्रायजसो उसको सोचाइबाट आउँछन्, र ती सबै स्वेच्छाद्वारा दूषित हुन्छन्; ऊ सधैँ कुनै कुराले आफूलाई कसरी फाइदा पुर्‍याउँछ र यसले के-कस्ता लाभहरू दिन्छ भन्‍ने बारेमा सोच्छ। मानिसहरू जे-जे कार्यमा मन लगाउँछन् त्यो हरेक कार्यमा यी कुराहरू हुन्छन्। तर, पवित्र आत्माको मार्गदर्शनमा कुनै पनि हालतमा त्यस्ता दूषणहरू हुँदैनन्। पवित्र आत्माको मार्गदर्शन वा अन्तर्दृष्टिमा ध्यान दिनु जरुरी छ; विशेष गरी मुख्य विषयहरूमा, यसलाई पक्रन तिमीहरू सजग हुनैपर्छ। आफ्नो दिमाग प्रयोग गर्न मन पराउने र आफ्नै विचारहरूअनुसार कार्य गर्न मन पराउने मानिसहरूले त्यस्तो मार्गदर्शन वा अन्तर्दृष्टि गुमाउने सम्भावना सबैभन्दा बढी हुन्छ। मानकअनुरूपका अगुवा र कामदारहरू भनेका पवित्र आत्माको काम भएका, हरेक क्षण पवित्र आत्माको कामप्रति ध्यान दिने, र पवित्र आत्माप्रति समर्पित हुने, परमेश्‍वरको डर मान्‍ने हृदय भएका, परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्ने, र सत्यता पछ्याउन लागिपर्ने मानिस हुन्। आफ्नो कर्तव्य पूरा गर्न र राम्रोसँग परमेश्‍वरको साक्षी दिन, तिमीहरूले आफ्नो कर्तव्य निर्वाहमा व्यक्तिगत आशय र दूषण कति छ, तिमीहरूका कुन-कुन विचार र दृष्टिकोणहरू आफ्नै विचारहरूबाट उत्पत्ति हुन्छन्, कुन-कुन चाहिँ पवित्र आत्माको अन्तर्दृष्टिबाट उब्जिन्छन्, र कुन-कुन चाहिँ परमेश्‍वरका वचनहरूअनुरूप छन् भनी बारम्बार चिन्तन गर्नुपर्छ। तिमीहरूले लगातार रूपमा, र सबै परिस्थितिमा, आफ्ना शब्द र कार्यहरू सत्यताअनुरूप छन् कि छैनन् भनी चिन्तन गर्नैपर्छ। यसरी लगातार अभ्यास गर्नाले तिमीहरूलाई परमेश्‍वरको सेवा गर्ने सही मार्गमा पुर्‍याउनेछ। परमेश्‍वरप्रतिको सेवा उहाँकै अभिप्रायहरू अनुरूप प्राप्त गर्नका निम्ति व्यक्तिमा सत्यता वास्तविकताहरू हुनु आवश्यक पर्छ। सत्य बुझेपछि मात्र मानिसहरूसँग तिनीहरूका आफ्नै विचारहरूबाट के आउँछ अनि मानव मनसायहरूबाट के आउँछ भनेर छुट्याउन र चिन्‍न सक्‍ने क्षमता हुन्छ। तिनीहरूले मानिसका अशुद्धताहरू, साथै सत्यको आधारमा काम गर्नुको अर्थ के हो सो बुझ्न सक्छन्। तिनीहरू वास्तविकता छुट्याउन सक्‍ने भएपछि मात्रै तिनीहरू सत्यता अभ्यास गर्न र पूर्ण रूपमा परमेश्‍वरका अभिप्रायअनुरूपका बन्‍न सक्छन् भन्‍ने कुरा सुनिश्‍चित गर्न सकिन्छ। सत्यता नबुझी, मानिसहरूले समझशक्तिको अभ्यास गर्नु असम्‍भव हुन्छ। एउटा भ्रमित व्यक्तिले उसको आफ्नै भ्रष्टता प्रकट हुनु भनेको के हो वा परमेश्‍वरको प्रतिरोध गर्नुको अर्थ के हो भनी नजानी आफ्नो जीवनभरि परमेश्‍वरमा विश्‍वास गरेको हुन सक्छ, किनकि उसले सत्यतालाई बुझ्दैन; त्यो विचार उसको मनमा अस्तित्वमा समेत रहेको हुँदैन। अत्यन्तै कम क्षमता भएका मानिसहरूका लागि, सत्यता तिनीहरूको पहुँचदेखि बाहिर हुन्छ; त्यस विषयमा तैँले उनीहरूसित जति नै सङ्गति गरे पनि उनीहरूले अझै बुझ्दैनन्। त्यस्ता व्यक्तिहरू भ्रममा परेका हुन्छन्। तिनीहरूको विश्‍वासमा, भ्रमित मानिसहरूले परमेश्‍वरको गवाही दिन सक्दैनन्; तिनीहरूले थोरै मात्र श्रम गर्न सक्छन्। यदि अगुवा र कामदारहरूले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न चाहन्छन् भने, तिनीहरूको क्षमता अत्यन्तै खराब हुनु हुँदैन। कम्तीमा पनि, तिनीहरूमा आत्मिक बुझाइ हुनुपर्छ र विशुद्ध रूपमा कुराहरू बोध गर्नुपर्छ, ताकि तिनीहरूले सहजै सत्यता बुझ्‍न र अभ्यास गर्न सकून्। कतिपय मानिसहरूको अनुभव अत्यन्तै सतही हुन्छ, त्यसकारण कहिलेकाहीँ सत्यताप्रतिको तिनीहरूको बुझाइमा विकृति हुन्छ, अनि तिनीहरूमा गल्‍ती गर्ने प्रवृत्ति हुन्छ। जब तिनीहरूको बुझाइमा विकृति हुन्छ, तब तिनीहरू सत्यता अभ्यास गर्ने कार्यको स्तरमा पुगेका हुँदैनन्। जब सत्यतासम्‍बन्धी मानिसहरूको बुझाइमा विकृत हुन्छ, तब तिनीहरूले प्रावधानहरू अनुसरण गर्ने सम्‍भावना हुन्छ, र जब तिनीहरूले प्रावधानहरू अनुसरण गर्छन्, तब सहजै गल्ती हुन सक्छ, र तिनीहरू सत्यता अभ्यास गर्ने कार्यको स्तरमा पुगेका हुँदैनन्। जब बुझाइमा विकृति हुन्छन्, तब ख्रीष्टविरोधीहरूले सहजै बहकाउन र प्रयोग गर्न पनि सक्छन्। त्यसकारण, बुझाइमा विकृति भयो भने धेरै गल्तीहरू हुन सक्छन्। फलस्वरूप, तिनीहरूले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न नसक्‍ने मात्र होइन, तिनीहरू सहजै बरालिन सक्छन्, र त्यसले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा हानि गर्छ। यसरी कसैले आफ्‍नो कर्तव्य पूरा गर्नुको महत्त्व के हुन्छ र? तिनीहरू मण्डलीको काममा बाधा र व्यवधान ल्याउने व्यक्ति बनेका हुन्छन्। अझ भन्‍ने हो भने, यी असफलताहरूबाट पाठहरू सिकिनुपर्छ। परमेश्‍वरले सुम्पनुभएको काम पुरा गर्नको लागि, अगुवा र कामदारहरूले यी दुई वटा सिद्धान्तहरू बुझ्‍नु अत्यावश्यक हुन्छ: कर्तव्य पूरा गर्ने क्रममा माथिबाट दिइएका कार्य बन्दोबस्तहरूलाई कडाइका साथ पालन गर्नुपर्छ, र परमेश्‍वरको वचनअनुसार पवित्र आत्‍माको मार्गदर्शनलाई ध्यान दिनु र तिनमा समर्पित हुनुपर्छ। यी दुई वटा सिद्धान्तहरू बुझेपछि मात्र व्यक्तिको कार्य प्रभावकारी हुन सक्छ र परमेश्‍वरका अभिप्राय पूरा हुन सक्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३८८

पत्रुसले परमेश्‍वरका वचनको शोधनमार्फत र परमेश्‍वरले तिनलाई प्रदान गरेका विभिन्‍न परीक्षाहरूभित्रबाट आफैलाई चिन्‍न अनि आफूमा प्रकट भएको कुरा जाँच्न खोजे। जब पत्रुसले आफैलाई साँचो रूपमा चिने, तब तिनले मानिसहरू कति गहन रूपमा भ्रष्ट भएका छन्, उनीहरू परमेश्‍वरको सेवा गर्नका निम्ति कति धेरै बेकम्मा र अयोग्य छन्, र उनीहरू परमेश्‍वरको सामु जिउन योग्य छैनन् भन्‍ने बुझे। त्यसपछि पत्रुस परमेश्‍वरको सामु लम्‍पसार परे। यसरी कामकुराहरू धेरै अनुभव गरेपछि, पत्रुसले यस्तो अनुभूति गरे, “परमेश्‍वरलाई चिन्‍नु नै सबैभन्दा अनमोल कुरा हो! यदि म उहाँलाई चिन्‍नुभन्दा पहिले नै मरेँ भने, त्यो दुःखको कुरा हुनेछ; परमेश्‍वरलाई चिन्‍नु नै सबैभन्दा महत्त्वपूर्ण, अर्थपूर्ण कुरा हो। यदि मानिसले परमेश्‍वरलाई चिन्दैन भने, ऊ जिउन लायक हुँदैन, ऊ पशुसरह हुन्छ, र ऊसित जीवन हुँदैन।” पत्रुसको अनुभव यस हदमा पुगिसक्दा, तिनले आफ्नो प्रकृति चिनिसकेका थिए र तिनी त्यसलाई तुलनात्मक रूपमा स्पष्ट तरिकाले बुझ्न सक्थे। पत्रुसले आजका मानिसहरूले जस्तो स्पष्ट रूपमा वर्णन गर्न नसके पनि, उनी वास्तवमा यस स्थितिमा पुगेका थिए। त्यसकारण, सत्यता पछ्याइको मार्गमा हिँड्नु र परमेश्‍वरद्वारा सिद्धता प्राप्त गर्न परमेश्‍वरका वचनहरूबाट आफ्नो प्रकृति चिन्‍नु, साथै आफ्‍नो प्रकृतिका विभिन्‍न पक्षहरू जान्नु र त्यसलाई शब्दहरूमा सही तरिकाले वर्णन गर्नु अनि स्पष्ट र सरल रूपमा बोल्नु आवश्यक हुन्‍छ। यो मात्रै आफूलाई साँचो रूपमा चिन्‍नु हो, र यसरी मात्रै परमेश्‍वरले चाहनुभएको परिणाम तैँले प्राप्त गरेको हुन्छस्। यदि तेरो ज्ञान अहिलेसम्म यस बिन्दुमा पुगेको छैन, तर तैँले आफैलाई चिनेको दाबी गर्छस् र तैँले जीवन प्राप्त गरेको छस् भनी भन्छस् भने, के तैँले सेखी गरिरहेको हुँदैनस् र? तँ आफूलाई चिन्दैनस्, न त परमेश्‍वरसामु आफू के हुँ, तैँले मानव हुनुका मानकहरू साँच्‍चै पूरा गरेको छस् कि छैनस् वा तँभित्र अझै पनि कति धेरै शैतानी तत्त्वहरू छन् भनेर जान्दछस्। तँ कसको होस् भन्‍ने विषयमा तँ अझै पनि अस्पष्ट छस्, र तँसँग आत्म-सचेतना समेत छैन—त्यसैले परमेश्‍वरसामु तँसँग कसरी समझ हुन सक्छ? जब पत्रुसले जीवन पछ्याइरहेका थिए, तब तिनले आफ्ना परीक्षाहरूको अवधिमा आफूलाई चिन्न र आफ्नो स्वभाव रूपान्तरित गर्नमा ध्यान केन्द्रित गरे र तिनले परमेश्‍वरलाई चिन्‍ने प्रयास गरे। अन्त्यमा तिनले सोचे, “मानिसहरूले जीवनमा परमेश्‍वरको ज्ञान पछ्याउनैपर्छ; उहाँलाई चिन्‍नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि म परमेश्‍वरलाई चिन्दिनँ भने, म मरेपछि शान्तिमा विश्राम गर्न सक्दिनँ। मैले उहाँलाई चिनेपछि, यदि परमेश्‍वरले मलाई मर्न लगाउनुभयो भने पनि, म अत्यन्तै तृप्त महसुस गर्नेछु। म अलिकति पनि गुनासो गर्नेछैनँ र आफ्नो सम्पूर्ण जीवन सन्तोषजनक भएको महसुस गर्नेछु।” पत्रुसले परमेश्‍वरमा विश्‍वास गर्न थालेलगत्तै तिनी यो ज्ञान प्राप्त गर्न वा यस बिन्दुमा पुग्न सक्षम भएनन्; बरु तिनी धेरै परीक्षाहरूबाट गुज्रे। तिनले निश्‍चित हदमा कामकुराहरू अनुभव गरेपछि र आफूलाई पूर्ण रूपमा चिनेपछि मात्रै परमेश्‍वरलाई चिन्‍नुको मूल्य महसुस गरे। त्यसकारण, पत्रुसले लिएको मार्ग सत्यता पछ्याउने र जीवन प्राप्त गर्ने अनि सिद्ध तुल्याइने मार्ग थियो। तिनको निश्‍चित अभ्यास मुख्य रूपमा यही पक्षमा केन्द्रित थियो।

परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा, तिमीहरू अहिले कुन मार्गमा हिँडिरहेका छौ? यदि तँ पत्रुसले जस्तै जीवन, आफू र परमेश्‍वरबारेको ज्ञानको पपछ्याउँदैनस् भने, तँ पत्रुसको मार्गमा हिँडिरहेको छैनस्। आजभोलि, धेरैजसो मानिसहरू यस्तै प्रकारको अवस्थामा छन्: आशिष्‌हरू प्राप्त गर्नको लागि, मैले आफूलाई परमेश्‍वरमा समर्पित गर्नुपर्दछ र उहाँको निम्ति मूल्य चुकाउनुपर्छ। आशिष्‌हरू प्राप्त गर्नका लागि, मैले परमेश्‍वरका लागि सबै कुरा त्याग्‍नैपर्छ; मैले उहाँले मलाई सुम्पेको कुरा पूरा गर्नैपर्छ र मैले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नैपर्छ। यो आशिष्‌हरू प्राप्त गर्ने अभिप्रायद्वारा प्रेरित हुन्छ र तिनीहरूले परमेश्‍वरप्रति आफूलाई समर्पित गर्नुको उद्देश्य पूर्ण रूपमा उहाँबाट इनामहरू प्राप्त गर्नु र मुकुट हासिल गर्नु हो। त्यस्ता मानिसहरूको हृदयमा सत्यता हुँदैन, र तिनीहरू निश्चित रूपमा केही शब्द र धर्मसिद्धान्त मात्र बुझ्छन् र आफू जाने सबैतिर देखावटी गर्छन्। तिनीहरूको मार्ग ठ्याक्कै पावलकै हो। त्यस्ता मानिसहरूका हकमा भन्दा, परमेश्‍वरमा विश्‍वास गर्नु भनेको निरन्तर रूपमा काम गर्नु मात्रै हो। तिनीहरूलाई मनमा, आफूले जति धेरै काम गऱ्यो, परमेश्‍वरप्रति आफू बफादार भएको त्यति नै बढी प्रमाणित हुन्छ र उहाँ निश्‍चित रूपमा त्यति नै बढी सन्तुष्ट हुनुहुनेछ भन्‍ने लाग्छ; तिनीहरूलाई आफूले जति धेरै काम गऱ्यो, परमेश्‍वरसामु मुकुट प्राप्त गर्न आफू त्यति नै बढी योग्य हुनेछु र आफूले त्यति नै धेरै आशिष्‌हरू पाउनेछु भन्‍ने लाग्छ। तिनीहरू सोच्छन्, यदि तिनीहरूले प्रचार गर्न, कष्ट सहन र ख्रीष्टका लागि आफ्नै जीवन बलिदान गर्न सके अनि यदि तिनीहरूले परमेश्‍वरले तिनीहरूलाई सुम्पेका कर्तव्यहरू पूरा गर्न सके भने, तिनीहरू सबैभन्दा ठूला आशिष्‌हरू प्राप्त गर्नेहरू हुनेछन् र तिनीहरूलाई निश्चित रूपमा मुकुट दिइनेछ। पावलले ठ्याक्कै यही कल्पना गरेका थिए र यही कुरा पछ्याएका थिए। तिनले हिँडेको मार्ग ठीक यही थियो, र यस्तै विचारहरूको मार्गदर्शनमा तिनले परमेश्‍वरको सेवा गर्ने काम गरे। के ती सोच र अभिप्रायहरू शैतानी प्रकृतिबाट उत्पन्‍न हुँदैनन् र? यो त पृथ्वीमा हुँदा आफू ज्ञानको पछि लाग्‍नुपर्छ र त्यो प्राप्त गरेपछि भीडमा उत्कृष्ट देखिन, अधिकारी बन्‍न र हैसियत पाउन सकिन्छ भन्‍ने कुरामा विश्‍वास गर्ने सांसारिक मानिसहरूजस्तै हो। उनीहरूलाई के लाग्छ भने, हैसियत प्राप्त गरेपछि उनीहरूले आफ्नो महत्त्वाकाङ्क्षा पूरा गर्न र आफ्‍ना व्यवसायहरू र पारिवारिक व्यापार-व्यवसायलाई समृद्धिको एक निश्‍चित तहसम्म ल्याउन सक्छन्। के सबै गैरविश्‍वासीहरू यही मार्गमा हिँड्दैनन् र? यो शैतानी प्रकृतिको प्रभुत्वमा परेका मानिसहरू आफ्नो विश्‍वासमा पावलजस्तो मात्र हुन सक्छन्। उनीहरू सोच्छन्: “मैले आफैलाई परमेश्‍वरप्रति समर्पित गर्न सबै कुरा त्याग्‍नैपर्छ। म परमेश्‍वरसामु अर्पित हुनैपर्छ र आखिरमा, मैले ठूलो इनाम र ठूलो मुकुट पाउनेछु।” यो त सांसारिक कामकुराहरू पछ्याउने सांसारिक मानिसहरूको जस्तै सोचाइ हो; ठ्याक्कै त्यस्तै हो र त्यस्तै प्रकृतिद्वारा प्रेरित छ। जब संसारमा मानिसहरूसित यस प्रकारको शैतानी प्रकृति हुन्छ, तब उनीहरूले ज्ञान, विद्या, हैसियत पछ्याउनेछन् र भीडमा अलग देखिन खोज्नेछन्। यदि उनीहरूले परमेश्‍वरमा विश्‍वास गरे भने, ठूला मुकुट र ठूला आशिष्‌हरू पाउन खोज्नेछन्। मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्दा, यदि सत्यता पछ्याएनन् भने, निश्‍चय नै यो मार्ग लिनेछन्। यस तथ्यलाई कुनै व्यक्तिले परिवर्तन गर्न सक्दैन; यो प्राकृतिक नियम हो। सत्यता नपछ्याउने मानिसहरूले हिँड्ने मार्ग पत्रुसको भन्दा बिलकुलै विपरीत मार्ग हो। तिमीहरू सबै अहिले कुन मार्गमा छौ? तैँले पावलको मार्ग अपनाउने योजना गरेको नभए पनि, तेरो प्रकृतिले नै तँ यस बाटोमा हिँड्छस्, र तँ आफै त्यस दिशामा जाँदैछस् भन्‍ने देखाउँछ। तैँले पत्रुसको मार्गमा पाइला टेक्‍न चाहे पनि, यदि कसरी त्यसो गर्ने भन्‍नेबारे तँ स्पष्ट छैनस् भने, तैँले नचाहेर पनि पावलको मार्ग अपनाउनेछस्: परिस्थितिको वास्तविकता यही हो। आजको समयमा व्यक्ति कसरी पत्रुसको मार्गमा हिँड्नुपर्छ? यदि तैँले पत्रुस र पावलका मार्गहरूबीचको भिन्‍नतालाई छुट्याउन सक्दैनस् भने, वा यदि तँ तीप्रति खासै परिचित छैनस् भने, तैँले पत्रुसको बाटोमा हिँड्छु भनेर जति नै दाबी गरे पनि, तेरा शब्दहरू बस खोक्रा हुन्छन्। सबभन्दा पहिले, तैँले पत्रुसको मार्ग के हो र पावलको मार्ग के हो भनेर स्पष्टसित बुझ्नुपर्छ। जब तैँले पत्रुसको मार्ग नै जीवनको पछि लाग्‍ने मार्ग हो, र सिद्धतामा पुग्‍ने एउटै मात्र मार्ग हो भनेर बुझ्छस्, तब मात्र तँ पत्रुसको मार्गमा हिँड्न, तिनले खोजी गरेजसरी नै खोजी गर्न, र तिनले अभ्यास गरेका सिद्धान्तहरू अभ्यास गर्न सक्छस्। यदि तैँले पत्रुसको मार्गलाई बुझ्दैनस् भने, तैँले लिने मार्ग पावलको मार्ग हुने निश्‍चित छ, किनकि तेरो निम्ति अर्को कुनै मार्ग हुनेछैन; तँसँग यस मामिलामा कुनै विकल्प हुनेछैन। सत्यता नबुझ्ने र सत्यता पछ्याउन नसक्‍ने मानिसहरूमा सङ्कल्प छ नै भने पनि उनीहरूलाई पत्रुसको बाटोमा हिँड्न गाह्रो हुनेछ। के भन्न सकिन्छ भने, यो परमेश्‍वरको अनुग्रह र उत्थान हो कि उहाँले अहिले तिमीहरूलाई मुक्ति र सिद्धताको मार्ग प्रकट गरिदिनुभएको छ। तिमीहरूलाई पत्रुसको मार्गमा डोर्‍याउनुहुने उहाँ नै हुनुहुन्छ। परमेश्‍वरको मार्गदर्शन र अन्तर्दृष्टिविना, कसैले पनि पत्रुसको मार्ग लिन सक्‍नेथिएन, र एकमात्र विकल्प भनेको अनन्त विनाशमा जान पावलका पाइलाहरू पछ्याउँदै, पावलको मार्गमा झर्नु मात्र हुनेछ। त्यो बेला पावललाई त्यो बाटोमा हिँड्नु गलत हो जस्तो लागेको थिएन; तिनले यो बाटो नै सही हो भनी पूर्ण विश्‍वास गरेका थिए। तिनले सत्यता प्राप्त गरेनन्, र खास गरी तिनको स्वभावमा परिवर्तन आएन। तिनले आफैमा धेरै नै विश्‍वास गर्थे, र त्यसरी विश्‍वास गर्नुमा अलिकति पनि समस्या छैन भन्‍ने तिनलाई लागेको थियो। तिनी पूर्ण हिम्मतसाथ र पूर्ण आत्मविश्‍वाससाथ निरन्तर अगाडि बढिरहे। अन्त्यमा, तिनी कहिल्यै होसमा आएनन्। तिनले अझै पनि तिनी जिउनु भनेको ख्रीष्ट हो भन्‍ने सोचे। त्यसरी, पावल आखिरीसम्म त्यही ओह्रालो बाटोमा हिँडिरहे, अनि त्यस बेला अन्त्यमा तिनलाई दण्ड दिइयो, र तिनका निम्ति सबै कुरा समाप्त भयो। पावलको मार्गमा तिनी आफैलाई चिन्‍ने कुरा समावेश थिएन, स्वभाव परिवर्तन पछ्याउनु त झनै थिएन। तिनले आफ्नै प्रकृतिको बारेमा कहिल्यै पनि विश्लेषण गरेनन्, न त तिनी के थिए भन्‍ने कुराको बारेमा नै तिनले कुनै ज्ञान प्राप्त गरे। तिनले यति मात्र जान्दथे कि येशूलाई गरिएको सतावटको मुख्य दोषी तिनी नै थिए। तर तिनले आफ्नै स्वभावको बारेमा अलिकति पनि ज्ञान प्राप्त गरेका थिएनन्, र आफ्‍नो काम समाप्त गरेपछि, तिनलाई वास्तवमा आफूले ख्रीष्टको रूपमा जिइरहेको छु र आफूले इनाम पाउनुपर्छ भन्‍ने लागेको थियो। पावलले गरेका काम केवल परमेश्‍वरका निम्ति गरिएको सेवा थियो। किनकि व्यक्तिगत रूपमा, पावलले पवित्र आत्माबाट केही प्रकाश प्राप्त गरेका भए पनि, तिनले एउटै पनि सत्यता वा जीवन हासिल गरेका थिएनन्। त्यसकारण, तिनलाई परमेश्‍वरले मुक्ति दिनुभएको थिएन। बरु, तिनलाई परमेश्‍वरले सजाय दिनुभएको थियो। पत्रुसको मार्गलाई किन सिद्धतामा पुऱ्याउने मार्ग भनेर भनिन्छ? किनकि, पत्रुसको अभ्यासमा तिनले जीवनलाई, परमेश्‍वरलाई चिन्‍न खोज्ने कार्यलाई, र आफैलाई चिन्‍ने कुरालाई विशेष जोड दिए। परमेश्‍वरको कामसम्‍बन्धी तिनको अनुभवबाट तिनले आफैलाई चिन्‍न सके, मानिसका भ्रष्ट अवस्थाहरूको ज्ञान प्राप्त गर्न सके, आफ्नै कमीहरूको बारेमा थाहा पाए, र मानिसहरूले अनुसरण गर्नुपर्ने सबैभन्दा मूल्यवान् कुरा पत्ता लगाए। तिनले परमेश्‍वरलाई साँचो प्रेम गर्न सके, तिनले परमेश्‍वरको ऋण कसरी चुकाउनुपर्छ भन्‍ने कुरा जाने, तिनले केही सत्यता प्राप्त गरे, र परमेश्‍वरले माग गर्नुभएका केही वास्तविकता तिनमा थियो। पत्रुसले आफ्‍ना परीक्षाहरूको अवधिमा बोलेका सबै कुराबाट यो बुझ्न सकिन्छ, कि तिनी वास्तवमा परमेश्‍वरलाई सबैभन्दा धेरै बुझ्ने व्यक्ति थिए। तिनले परमेश्‍वरको वचनबाट धेरै सत्यता बुझ्न सकेका हुनाले, तिनको मार्ग उज्यालो र चहकिलो हुँदै गयो, र झन्-झन् बढी परमेश्‍वरको अभिप्रायसँग मिल्दै गयो। यदि पत्रुसमा यो सत्यता नभएको भए, तिनले लिएको मार्ग त्यत्ति धेरै सही हुनेथिएन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३८९

पत्रुस धेरै वर्षसम्म मप्रति बफादार थियो, तापनि उसले कहिल्यै गनगन गरेन न त उसले कुनै गुनासो नै गर्‍यो; अय्यूब पनि उसको बराबरी थिएन, र युगौँयुगसम्म सन्तहरू समेत पत्रुसको तहसम्म पुग्‍न चुकेका छन्‌। शैतानले आफ्ना छली युक्तिहरू मञ्‍चन गर्दै गरेको समयमा उसले मेरो बारेमा जान्‍न मात्र खोजेन, मेरो बारेमा जान्‍न समेत सक्यो। यसले पत्रुसलाई सदैव मेरा अभिप्रायअनुरूप धेरै वर्षसम्म मेरो सेवा गर्न अभिप्रेरित गर्‍यो र यही कारणले गर्दा, ऊ शैतानद्वारा कहिल्यै शोषित भएन। पत्रुसले अय्यूबको विश्‍वासबाट पाठ सिक्‍यो, तर अय्यूबका कमजोरीहरूलाई पनि प्रस्टै देख्‍यो। अय्यूबसँग ठूलो विश्‍वास भएको भए पनि, ऊसँग आत्मिक क्षेत्रका कुराहरूको बारेमा ज्ञानको अभाव थियो, त्यसैले उसले वास्तविकतासँग मेल नखाने धेरै कुराहरू भन्यो; यसले अय्यूबको ज्ञान सतही र सिद्धताको निम्ति असक्षम रहेको देखाउँछ। त्यसैले, पत्रुसले सदैव आत्माको बुझाइ हासिल गर्ने कुरामा ध्यान केन्द्रित गर्‍यो, र सदैव आत्मिक क्षेत्रका विविध पक्षहरूको अवलोकन गर्ने कार्यमा ध्यान दियो। परिणामस्वरूप, ऊ मेरा अभिप्रायहरूबारे कुराहरू पत्ता लगाउन मात्र सक्षम भएन, उसले त शैतानका छली युक्तिहरूको बारेमा पनि थोरै ज्ञान हासिल गर्‍यो। यही कारणले गर्दा, मेरो बारेमा उसको ज्ञान युगौँयुगभरिका जोसुकैको भन्दा पनि ठूलो हुनपुग्यो।

पत्रुसले गरेको अनुभवबाट, यो देख्‍न कठिन छैन कि यदि मानिसहरूले मलाई जान्‍न चाहन्छन्‌ भने, तिनीहरूले आफ्नो आत्माभित्र नै सचेत भएर हेक्‍का राख्‍ने कुरामाथि जोड दिनुपर्छ। तैँले आफ्नो निश्‍चित मात्रा मलाई बाह्य रूपमा “समर्पण” गर् भनेर म भन्दिनँ; यो त गौण सरोकारको विषय हो। यदि तैँले मलाई चिन्दैनस्‌ भने, तैँले कुरा गर्ने विश्‍वास, प्रेम र निष्ठा सबै नै भ्रमहरू मात्र हुन्छन्; ती व्यर्थका बकबक हुन्छन्, र तँ मेरो सामुन्‍ने निकै ठूलो गर्व गर्ने तर आफैलाई नचिन्‍ने व्यक्ति बन्‍ने निश्‍चित हुन्छ। यसको मतलब, तँलाई फेरि एकपटक शैतानले पासोमा पार्नेछ र तँ आफैलाई मुक्त गर्न असमर्थ हुनेछस्; तँ अनन्त विनाशको पुत्र र विध्वंसको पात्र हुनेछस्। तापनि, यदि तँ मेरा वचनहरूप्रति मन्द र लापरवाही हुन्छस्‌ भने, तैँले निःसन्देह मेरो विरोध गर्छस्। यो वास्तविकता हो, र तैँले मबाट सजाय प्राप्त गरेका धेरै र विविध आत्माहरूलाई आत्मिक क्षेत्रको द्वारबाट चियाएर हेर्नु बेस होला। मेरा वचनहरूको सामना गर्दा, तिनीहरूमध्ये कोचाहिँ नकारात्मक, लापरवाही, र स्वीकार नगर्ने खालको थिएन र? तिनीहरूमध्ये कोचाहीँ मेरा वचनहरूको निन्दा गर्ने व्यक्ति थिएन र? तिनीहरूमध्ये कसले चाहिँ मेरा वचनहरूमा खोट पत्ता लगाउने कोसिस गरेन र? तिनीहरूमध्ये कसले चाहिँ आफैलाई “रक्षा” गर्न मेरा वचनहरूलाई “प्रतिरक्षात्मक शस्‍त्र” को रूपमा प्रयोग गरेन र? तिनीहरूले मेरो बारेमा जान्‍ने माध्यमको रूपमा मेरा वचनहरूमा भएका विषयवस्तुहरूलाई प्रयोग गरेनन्, तर तिनलाई केवल खेल्ने खेलौनाहरूको रूपमा प्रयोग गरे। यसमा, के तिनीहरूले मलाई सीधै विरोध गर्दै थिएनन्‌ र? मेरा वचनहरू को हुन्? मेरो आत्मा को हो? मैले तिमीहरूलाई यस्ता प्रश्‍नहरू धेरैपटक सोधेको छु, तर के तिमीहरूले तीबारे कहिल्यै कुनै अझ उच्‍चतम‌ र स्पष्ट अन्तर्दृष्टि पाएका छौ? के तिमीहरूले कहिल्यै तिनलाई साँच्‍चै अनुभव गरेका छौ? म तिमीहरूलाई फेरि एकपटक स्मरण गराउँछु: यदि तिमीहरूले मेरा वचनहरूको बारेमा जान्दैनौ, वा तिनलाई स्वीकार गर्दैनौ, वा तिनलाई अभ्यासमा लगाउँदैनौ भने, तिमीहरू पक्‍कै पनि मेरो सजायका पात्रहरू बन्‍नेछौ! तिमीहरू पक्‍कै पनि शैतानका सिकारहरू बन्‍नेछौ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय ८

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३९०

धेरै मानिसले परमेश्‍वरमा विश्‍वास गरे तापनि, थोरैले मात्र परमेश्‍वरप्रतिको विश्‍वासको अर्थ के हो र परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन तिनीहरूले कस्तो व्यवहार गर्नुपर्छ भनी बुझ्दछन्। किनभने मानिसहरूलाई “परमेश्‍वर” भन्‍ने शब्द र “परमेश्‍वरको काम” जस्ता वाक्यांश थाहा भए पनि, तिनीहरू परमेश्‍वरलाई चिन्दैनन् र अझ उहाँको काम त झनै चिन्दैनन्। त्यसैले, परमेश्‍वरलाई नचिन्‍नेहरू सबै उहाँमाथिको विश्‍वासमा अलमल्ल पर्नु अचम्मको कुरा होइन। मानिसहरू परमेश्‍वरमाथिको विश्‍वासलाई गम्भीर रूपमा लिँदैनन् र तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्ने कार्य धेरै नै अपरिचित र अनौठो लाग्‍ने कारणले नै पूर्ण रूपमा यसो हुने गर्छ। यसरी, तिनीहरू परमेश्‍वरका मागहरू पूरा गर्नबाट धेरै टाढा हुन्छन्। अर्को शब्दमा भन्‍नुपर्दा, यदि मानिसहरू परमेश्‍वरलाई चिन्दैनन् र उहाँको कामलाई चिन्दैनन् भने, तिनीहरू परमेश्‍वरका निम्ति प्रयोगयोग्य हुन सक्दैनन्, अझ तिनीहरू उहाँका अभिप्रायहरू पूरा गर्न त झनै सक्दैनन्। “परमेश्‍वरमाथिको विश्‍वास” भनेको परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नु हो; परमेश्‍वरमाथिको विश्‍वासको सबैभन्दा सरल अवधारणा यही हो। एक कदम अघि बढेर भन्‍नुपर्दा, परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नु भनेको परमेश्‍वरमा साँचो रूपले विश्‍वास गर्नुसरह होइन; बरु, यो त बलियो धार्मिक भावसहितको साधारण आस्था हो। परमेश्‍वरप्रतिको साँचो विश्‍वासको अर्थ निम्नानुसार छ: परमेश्‍वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भन्‍ने विश्‍वासका आधारमा, कुनै व्यक्तिले उहाँका वचनहरू र उहाँको काम अनुभव गर्छ अनि यसरी आफ्ना भ्रष्ट स्वभावहरू फाल्छ, परमेश्‍वरका अभिप्रायहरू पूरा गर्छ र परमेश्‍वरलाई चिन्छ। यस प्रकारको यात्रालाई मात्र “परमेश्‍वरमाथिको विश्‍वास” भन्‍न सकिन्छ। तैपनि मानिसहरू प्रायः परमेश्‍वरमाथिको विश्‍वासलाई एकदमै साधारण र हल्का कुराका रूपमा हेर्छन्। मानिसहरूले यसरी परमेश्‍वरमा विश्‍वास गर्दा, त्यसको अर्थ गुम्छ र तिनीहरूले अन्त्यसम्मै विश्‍वास गरिरहे पनि, कहिल्यै परमेश्‍वरको अनुमोदन प्राप्त गर्दैनन्, किनकि तिनीहरू गलत मार्गमा हिँड्छन्। आजको दिनसम्म शब्द र खोक्रा धर्मसिद्धान्तमाझ परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई अझै पनि आफूमा परमेश्‍वरमाथिको विश्‍वासको सारको अभाव रहेको र आफूले परमेश्‍वरको अनुमोदन पाउन नसकिने थाहा हुँदैन। तैपनि तिनीहरू आफूलाई शान्ति र पर्याप्त अनुग्रहले आशिषित गर्नुहोस् भनी परमेश्‍वरलाई प्रार्थना गर्छन्। हामी आफ्नो हृदयलाई शान्त पारौँ र गहन रूपमा सोचौँ: के परमेश्‍वरमा विश्‍वास गर्नु पृथ्वीको सबैभन्दा सजिलो कुरा हुन सक्छ? के परमेश्‍वरमा विश्‍वास गर्नु भनेको परमेश्‍वरबाट धेरै अनुग्रह पाउनुबाहेक अरू केही होइन भन्‍ने हुन सक्छ? के परमेश्‍वरलाई नचिनी उहाँमा विश्‍वास गर्ने वा परमेश्‍वरमा विश्‍वास गरे पनि उहाँको विरोध गर्ने मानिसहरूले साँच्चै उहाँका अभिप्रायहरू पूरा गर्न सक्छन्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३९१

मानिसले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि अहिलेसम्म प्राप्त गरेको कुरा के हो? परमेश्‍वरको बारेमा तैँले के थाहा पाएको छस्? परमेश्‍वरमाथिको विश्‍वासका कारण तँ कति परिवर्तन भएको छस्? आज, तिमीहरू सबैलाई थाहा छ, मानिसले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको आत्माको मुक्ति र दैहिक सुस्वास्थ्यका लागि मात्र होइन, न त यो परमेश्‍वरलाई प्रेम गरेर आफ्नो जीवनलाई समृद्ध बनाउन, आदिका लागि नै हो। अहिलेको अवस्थामा हेर्दा, यदि तँ दैहिक सुस्वास्थ्य वा क्षणिक आनन्दका खातिर परमेश्‍वरलाई प्रेम गर्छस् भने, अन्तमा परमेश्‍वरप्रतिको तेरो प्रेम शिखरमा पुगे पनि र तैँले थप केही नमागे पनि, तैँले पछ्याउने यो प्रेम अझै पनि मिसावटी प्रेम नै हो र परमेश्‍वरलाई यो मन पर्दैन। आफ्नो नीरस अस्तित्वलाई समृद्ध बनाउन र आफ्नो हृदयको शून्यता भर्न परमेश्‍वरप्रतिको प्रेम प्रयोग गर्नेहरू सुखसुविधाको लालसा गर्ने खालका मानिस हुन्, साँच्चै परमेश्‍वरलाई प्रेम गर्न खोज्नेहरू होइनन्। यस प्रकारको प्रेम बाध्यात्मक हुन्छ, यो मानसिक सन्तुष्टिको पछ्याइ हो, र परमेश्‍वरलाई यसको कुनै आवश्यकता छैन। त्यसोभए, तेरो प्रेम कस्तो प्रकारको हो? तँ केका लागि परमेश्‍वरलाई प्रेम गर्छस्? अहिले तँभित्र परमेश्‍वरप्रतिको साँचो प्रेम कति छ? तिमीहरूमध्ये बहुसङ्ख्यकको प्रेम माथि उल्लेख गरिएको प्रकारको छ। यस्तो प्रेमले यथास्थितिलाई मात्र कायम राख्न सक्छ; यसले अपरिवर्तनीयता हासिल गर्न सक्दैन, न त यसले मानिसमा जरा गाड्न नै सक्छ। यस प्रकारको प्रेम भनेको फुल्ने तर फल नलागी ओइलाउने फूलजस्तो मात्र हो। अर्को शब्दमा भन्दा, तैँले एक पटकयसरी परमेश्‍वरलाई प्रेम गरेपछि, यदि तँलाई अगाडिको मार्गमा डोर्‍याउने कोही छैन भने, तँ ढल्नेछस्। यदि तँ परमेश्‍वरलाई प्रेम गर्ने समयमा मात्र उहाँलाई प्रेम गर्न सक्छस् तर त्यसपछि तेरो जीवन स्वभाव अपरिवर्तित रहन्छ भने, तँ अन्धकारको प्रभावको घेरामुनि नै रहनेछस्, उम्कन असक्षम हुनेछस्, र तँ शैतानको बन्धनबाट र यसद्वारा मूर्ख बनाइनबाट मुक्त हुन असक्षम नै रहनेछस्। यस्तो कोही पनि परमेश्‍वरद्वारा पूर्ण रूपमा प्राप्त गरिन सकिँदैन; अन्तमा, तिनीहरूको आत्मा, प्राण, र शरीर अझै पनि शैतानकै हुनेछ। यसबारे कुनै शङ्का हुनै सक्दैन। परमेश्‍वरद्वारा पूर्ण रूपमा प्राप्त गरिन नसकिनेहरू सबै आफ्नै मूल स्थानमा फर्कनेछन्, अर्थात्, शैतानकहाँ फर्कनेछन्, र तिनीहरू परमेश्‍वरबाट अर्को चरणको दण्ड स्वीकार गर्न आगो र गन्धकको कुण्डमा जानेछन्। परमेश्‍वरद्वारा प्राप्त गरिएकाहरू ती हुन्, जो शैतानविरुद्ध विद्रोह गर्छन् र त्यसको शक्तिबाट उम्कन्छन्। तिनीहरू आधिकारिक रूपमा राज्यका मानिसहरूमा गनिन्छन्। राज्यका मानिसहरूको उत्पत्ति यहीँबाट हुन्छ। के तँ यस प्रकारको व्यक्ति बन्न इच्छुक छस्? के तँ परमेश्‍वरद्वारा प्राप्त गरिन इच्छुक छस्? के तँ शैतानको सत्ताबाट उम्कन र परमेश्‍वरकहाँ फर्कन इच्छुक छस्? तँ अब एउटा शैतान होस् कि राज्यका मानिसहरूमध्ये एक होस्? यी कुराहरू स्पष्ट भइसक्नुपर्छ र यिनलाई थप व्याख्याको आवश्यकता पर्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासीहरूले कस्तो दृष्टिकोण राख्‍नुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३९२

विगतमा, धेरैले ठूला-ठूला महत्त्वाकाङ्क्षा र धारणाहरूका साथ पछ्याउँथे, तिनीहरूले आफ्नै आशाको परिणामस्वरूप पछ्याउँथे। केही क्षणको लागि हामी त्यस किसिमका कुराहरूलाई पन्छ्याएर राखौं; अहिले हाम्रो लागि प्रमुख महत्त्वको विषय भनेको परमेश्‍वरको अघि सामान्य अवस्था कायम गर्नु र शैतानको प्रभावका बन्धनहरूबाट बिस्तारै स्वतन्त्र हुँदै जान तिमीहरू प्रत्येकलाई सक्षम पार्ने किसिमको अभ्यास पत्ता लगाउनु हो, ताकि तँलाई परमेश्‍वरले प्राप्त गर्न सकून्, र उहाँले तँलाई आज्ञा गर्नुभएअनुसारको जीवन तैँले जिउन सकोस्। यसरी मात्रै तैँले परमेश्‍वरको अभिप्रायहरूलाई सन्तुष्ट पार्न सक्‍नेछस्। धेरैले परमेश्‍वरमा विश्‍वास गर्छन्, तैपनि तिनीहरूलाई न त परमेश्‍वरले के चाहनुहुन्छ भन्‍नेबारे थाहा हुन्छ, न त शैतानले के चाहन्छ भन्‍ने नै थाहा हुन्छ। तिनीहरूले जे पर्छ त्यही टर्छ भन्दै भ्रमित मार्गमा विश्‍वास गर्छन्, जसले गर्दा तिनीहरूले कहिल्यै पनि सामान्य इसाई जीवन जिएका हुँदैनन्; यति मात्र होइन, तिनीहरूका व्यक्तिगत सम्बन्धहरू कहिल्यै पनि सामान्य रहेका हुँदैनन्, परमेश्‍वरसँगको सामान्य सम्बन्धको त कुरै छोडौं। यसबाट हामी के कुरा देख्‍न सक्छौं भने, मानिसका कठिनाइ र कमजोरीहरू, अनि परमेश्‍वरको इच्छालाई वाधा दिन सक्‍ने अन्य तत्वहरू धेरै नै छन्। मानिस परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा आइपुगेको छैन, न त ऊ मानव जीवनको वास्तविक अनुभवमा नै प्रवेश गरेको छ भन्‍ने कुरालाई प्रमाणित गर्न यो नै पर्याप्त छ। त्यसोभए परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा आउनु भनेको के हो? सही मार्गमा आउनु भनेको तैँले परमेश्‍वरसामु आफ्नो हृदयलाई सधैँ शान्त पार्न र परमेश्‍वरसँग सामान्य सङ्गतिमा रमाउन सक्नु, मानिसमा जे कुराको कमी छ त्यसलाई बिस्तारै बुझ्दै जानु र बिस्तारै परमेश्‍वरसम्बन्धी गहन ज्ञान प्राप्त गर्दै जानु हो। यसद्वारा, तेरो आत्माले दैनिक रूपमा नयाँ ज्ञान र नयाँ अन्तर्दृष्टि प्राप्त गर्दै जानेछ; तेरो तृष्णा बढ्दै जान्छ, तँ सत्यतामा प्रवेश गर्ने प्रयास गर्छस्, र हरेक दिन नयाँ ज्योति र नयाँ ज्ञान प्राप्त हुनेछ। यो मार्गद्वारा तँ शैतानको प्रभावबाट बिस्तारै स्वतन्त्र हुँदै जानेछस् र आफ्नो जीवनमा वृद्धि हुँदै जानेछस्। त्यस किसिमका मानिसहरू सही मार्गमा प्रवेश गरेका हुन्छन्। आफ्ना अनुभवहरूको मूल्याङ्कन गर् अनि आफ्नो विश्‍वासमा तैँले खोजेको मार्गलाई जाँच्। जब तैँले आफूलाई माथि उल्‍लेखित कुराहरूसँग दाँज्छस्, के तैँले आफूलाई सही मार्गमा भेट्टाउँछस्? के-कस्ता कुराहरूमा तैँले शैतानका बन्धनहरू र शैतानको प्रभावबाट आफूलाई स्वतन्त्र पारेको छस्? यदि तँ सही मार्गमा आउन बाँकी नै छ भने, शैतानसँगको तेरो बन्धन तोडिएको छैन। यसो हो भने, के परमेश्‍वरलाई प्रेम गर्ने तेरो प्रयासले तँलाई प्रामाणिक, एकचित्त, र शुद्ध प्रेमतर्फ लैजानेछ? परमेश्‍वरप्रतिको तेरो प्रेम अटल किसिमको र हृदयबाट निस्केको प्रेम हो भनेर तैँले भन्छस्, तैपनि शैतानको बन्धनबाट तैँले छुटकारा भने पाएको छैनस्। के तैँले परमेश्‍वरलाई मूर्ख बनाउने प्रयास गरिरहेको छैनस् र? यदि तँ त्यस्तो अवस्थामा पुग्‍न चाहन्छस् जहाँ परमेश्‍वरप्रतिको तेरो प्रेम निष्कलङ्क हुन्छ, यदि तँ पूर्ण रूपमा परमेश्‍वरद्वारा प्राप्त गरिन चाहन्छस् र राज्यका मानिसहरूमध्ये पर्न चाहन्छस् भने, पहिला तैँले आफूलाई परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा लैजानैपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासीहरूले कस्तो दृष्टिकोण राख्‍नुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३९३

सबै मानिसहरूमा हुने एउटा सामान्य समस्या के हो भने, तिनीहरूले सत्यता त बुझ्छन् तर यसलाई व्यवहारमा लागू गर्न असफल हुन्छन्। एकातिर उनीहरू मूल्य चुकाउन अनिच्छुक हुन्छन्, भने अर्कोतिर उनीहरूको विवेक अति नै अपर्याप्‍त हुन्छ; उनीहरूले दैनिक जीवनका धेरै अप्ठ्याराहरू के-के हुन् भन्‍ने कुरा देख्‍न सक्दैनन्, अनि कसरी ठीकसँग अभ्यास गर्ने भन्‍ने कुरा उनीहरूलाई थाहा छैन। मानिसहरूका अनुभवहरू अति सतही हुने भएकोले, उनीहरूको क्षमता अति कमजोर रहेकोले, र उनीहरूले सीमित रूपमा सत्यता बुझ्‍ने हुनाले, तिनीहरूसँग आफ्ना दैनिक जीवनमा सामना गर्ने कठिनाइहरूको समाधान गर्ने कुनै उपाय छैन। तिनीहरूले मुखले मात्र परमेश्‍वरमा विश्‍वास गर्छन्, र आफ्नो दैनिक जीवनमा परमेश्‍वरलाई ल्याउन सक्दैनन्। भन्‍नुको अर्थ, परमेश्‍वर चाहिँ परमेश्‍वर नै हुनुहुन्छ, जीवन भनेको जीवन नै हो, र यो कुरा मानिसहरूको आफ्नो जीवनमा परमेश्‍वरसँग कुनै सम्बन्ध नभएको जस्तै हो। प्रत्येक व्यक्तिले यस्तै विचार गर्छन्। यसरी, वास्तवमा परमेश्‍वरमा विश्‍वास गरेर पनि मानिसहरूलाई उहाँले आफ्नो बनाउनुभएको वा र सिद्ध तुल्याउनुभएको हुँदैन। वास्तवमा, परमेश्‍वरको वचनले पूर्ण अभिव्यक्ति नपाएको होइन, तर उहाँको वचन बोध गर्ने मानिसको क्षमता अति नै अपर्याप्‍त मात्रै भएको हो। के भन्‍न सकिन्छ भने, परमेश्‍वरको मौलिक चाहनाहरू अनुसार प्रायजसो कसैले पनि काम गर्दैन; बरु, आफ्नै चाहनाहरू, आफूले विगतमा पक्रिराखेका धार्मिक धारणाहरू र काम गर्ने आफ्नै तरिका अनुसार तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्। परमेश्‍वरको वचनलाई ग्रहण गरेर रूपान्तरण हुने अनि उहाँका अभिप्रायहरू अनुसार काम गर्न थाल्‍नेहरू थोरै मात्र हुन्छन्। तर, तिनीहरू आफ्नै गलत विश्‍वासमा लागिरहन्छन्। जब मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थाल्छन्, उनीहरूले धर्मको परम्परागत नियमहरूमा आधारित भएर त्यसो गर्छन्, र उनीहरू पूर्ण रूपले सांसारिक कुराहरू सम्‍बन्धी दर्शनमा आधारित भएर जिउँछन् र अरूसँग अन्तरक्रिया गर्छन्। के भन्‍न सकिन्छ भने, दश जना मानिसहरूमध्ये नौ जनाको अवस्था यस्तै हुन्छ। थोरै मानिसहरूले मात्र परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि अर्को योजना बनाएर नयाँ परिवर्तनलाई अङ्गाल्‍न थाल्छन्। मानवजातिले परमेश्‍वरको वचनलाई सत्यताको रूपमा कदर गर्न वा सत्यताको रूपमा लिन, र व्यवहारमा उतार्न असफल भएको छ।

उदाहरणको लागि, येशूमाथिको विश्‍वासलाई लिऊँ। कसैले भर्खरै विश्‍वास गर्न सुरु गरेको होस् वा धेरै समय पहिलेदेखि विश्‍वास गरेको होस्, उनीहरूले आफूसँग भएको प्रतिभालाई प्रयोग गरेका र उनीहरूसँग भएका सीपहरूलाई प्रदर्शन गरेका छन्। मानिसहरूले “परमेश्‍वरमाथिको विश्‍वास” भन्‍ने यी दुई शब्दहरूलाई आफ्नो सामान्य जीवनमा यत्तिकै थपिदिए, तैपनि तिनीहरूको स्वभावमा केही परिवर्तन आएन, र परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास कत्ति पनि वृद्धि भएन। उनीहरूको खोज न तातो थियो न त चिसो नै थियो। उनीहरूले आफ्नो विश्‍वासलाई त्याग्‍ने कुरा गरेनन्, न त उनीहरूले परमेश्‍वरलाई सबै कुरा समर्पण नै गरे। उनीहरूले कहिल्यै पनि परमेश्‍वरलाई साँचो प्रेम गरेनन् अथवा उहाँप्रति समर्पित भएनन्। परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा साँचो र झूटो मिसिएको थियो, तिनीहरूले यसलाई एउटा आँखा खुल्ला र एउटा आँखा बन्द गरेर नियाले, र तिनीहरू आफ्नो विश्‍वास अभ्यास गर्नलाई इमान्दार थिएनन्। तिनीहरूले यस्तो भ्रमपूर्ण अवस्थालाई निरन्तरता दिए, र आखिरमा अस्त व्यस्ततामै मरे। ती सबैको के अर्थ भयो र? आज, तैँले व्यावहारिक परमेश्‍वरमा विश्‍वास गर्नलाई सही मार्गमा पाइला चाल्‍नुपर्छ। यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भने, तैँले आशिषहरू मात्रै खोज्नु हुँदैन, तर परमेश्‍वरलाई प्रेम गर्न र उहाँलाई चिन्‍न खोज्नुपर्छ। उहाँको प्रकाशद्वारा, तेरो आफ्नै व्यक्तिगत खोजीद्वारा, तैँले उहाँको वचन खान र पिउन सक्छस्, परमेश्‍वरप्रतिको वास्तविक बुझाइको विकास गर्न, र परमेश्‍वरको साँचो प्रेम पाउन सक्छस्, जुन तेरो भित्री हृदयबाट आउँछ। अर्को शब्दमा, जब परमेश्‍वरप्रतिको लागि तेरो प्रेम धेरै निष्कपट हुन्छ, र उहाँप्रतिको तेरो प्रेमलाई कसैले नाश पार्न सक्दैन, अथवा कोही तेरो मार्गमा खडा हुन सक्दैन, तब तँ परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा हुन्छस्। यसले तँ परमेश्‍वरको होस् भन्‍ने प्रमाणित गर्छ, किनभने तेरो हृदय अघिबाटै परमेश्‍वरको नियन्त्रणमा रहेको हुन्छ र अरू केही कुराले पनि तँलाई नियन्त्रण गर्न सक्दैन। तेरो अनुभवद्वारा, तैँले चुकाएको मूल्यद्वारा, र परमेश्‍वरको कार्यद्वारा तँ उहाँको लागि अचुक प्रेम विकास गर्न सक्षम भएको हुन्छस्—र जब तैँले यसो गर्छस्, तँ शैतानको प्रभावबाट स्वतन्त्र हुनेछस् र परमेश्‍वरको वचनको प्रकाशमा जिउनेछस्। जब तँ अन्धकारको प्रभावबाट स्वतन्त्र बन्छस्, तब मात्र परमेश्‍वरले तँलाई आफ्नो बनाउनुभएको छ भनी भन्‍न सकिन्छ। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा यो लक्ष्य खोज्न कोसिस गर्नुपर्छ। यो तिमीहरू प्रत्येकको कर्तव्य हो। तिमीहरू कोही पनि अहिलेको अवस्थामा सन्‍तुष्‍ट हुनु हुँदैन। तिमीहरू परमेश्‍वरको कामप्रति दोमनमा पर्नु हुँदैन, न त यसलाई तिमीहरूले हल्का रूपमा लिन सक्छौ। तिमीहरूले परमेश्‍वरको बारेमा पूर्ण श्रद्धाका साथ हरसमय विचार गर्नुपर्छ, र सबै कुराहरू उहाँको खातिर गर्नुपर्छ। र जब तिमीहरू बोल्छौ अथवा काम गर्छौ, तिमीहरूले परमेश्‍वरको घरको हितलाई पहिलो स्थानमा राख्‍नुपर्छ। यसरी मात्रै तिमीहरू परमेश्‍वरका अभिप्राय अनुसारको व्यक्ति बन्‍न सक्छौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले तँ सत्यताको निम्ति जिउनुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३९४

परमेश्‍वरमाथिको आफ्नो विश्‍वासको सम्बन्धमा मानिसहरूको सबै भन्दा ठूलो गल्ती भनेको तिनीहरूले मुखले मात्र विश्‍वास गर्नु, र परमेश्‍वरलाई आफ्नो दैनिक जीवनबाट पूर्ण रूपले टाढा राख्‍नु हो। वास्तवमा, सबै मानिसहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्छन्, तर परमेश्‍वर तिनीहरूको दैनिक जीवनको हिस्सा भने बन्‍नुभएको हुँदैन। मानिसहरूको मुखले परमेश्‍वरलाई धेरै प्रार्थना चढाउँछ, तर उनीहरूको हृदयमा परमेश्‍वरको स्थान थोरै हुन्छ, त्यसैले परमेश्‍वरले तिनीहरूको बारम्बार जाँच गर्नुहुन्छ। मानिसहरू अशुद्ध भएका हुनाले, तिनीहरूको जाँच गर्नु बाहेक परमेश्‍वरसँग अरू कुनै विकल्प हुँदैन, ताकि उनीहरू लाजमा परून् र यी परीक्षाहरूका बीचमा आफैलाई चिन्‍न सकून्। यदि होइन भने, मानवजाति प्रधान स्वर्गदूतको सन्तानहरूको रूपमा परिणत हुन्थे, र अझ धेरै भ्रष्‍ट हुन्थे। परमेश्‍वरमाथिको उनीहरूको विश्‍वासको प्रक्रियामा, परमेश्‍वरको अनन्त शुद्धीकरणको दायरामा हरेक व्यक्तिले आफ्नो व्यक्तिगत अभिप्रायहरू र उद्देश्यहरू ल्याउँछन्। यदि यसो भएन भने, कसैलाई प्रयोग गर्ने कुनै उपाय परमेश्‍वरसँग हुँदैनथ्यो, र उहाँले जे काम मानिसमा गर्नुपर्थ्यो, त्यो कुनै पनि हालतमा हुँदैनथियो। परमेश्‍वरले पहिला मानिसहरूलाई शुद्ध पार्नुहुन्छ, र यो प्रक्रियामार्फत तिनीहरूले आफैलाई चिन्‍न सक्छन् र परमेश्‍वरले तिनीहरूलाई परिवर्तन गर्नुहुन्छ। त्यसपछि मात्रै परमेश्‍वरले आफ्नो जीवनद्वारा तिनीहरूमा काम गर्नुहुन्छ, र त्यसरी मात्रै तिनीहरूको हृदय परमेश्‍वरतिर पूर्ण रूपले फर्किन सक्छ। त्यसैले म भन्छु, परमेश्‍वरमा विश्‍वास गर्ने कार्य मानिसहरूले भनेजस्तो सजिलो छैन। परमेश्‍वरको नजरमा, यदि तँसँग ज्ञान मात्रै छ तर उहाँको जीवनरूपी वचन छैन भने, र यदि तँ आफ्नो ज्ञानमा मात्र सीमित छस् तर सत्यतालाई अभ्यास गर्न र परमेश्‍वरको वचनअनुसार जिउन सक्दैनस् भने, तँसँग परमेश्‍वरलाई प्रेम गर्ने हृदय छैन भन्‍ने कुराको प्रमाण यही हो, तेरो हृदय परमेश्‍वरको होइन भनी यसले देखाउँछ। कुनै व्यक्तिले परमेश्‍वरमा विश्‍वास गरेर उहाँलाई चिन्दछ: यो नै अन्तिम लक्ष्य हो, र मानिसको खोजको लक्ष्य हो। तैँले परमेश्‍वरको वचन अनुसार जिउन प्रयत्‍न गर्नैपर्छ, ताकि तेरो अभ्यासमा ती वचन फलदायी हुन सकून्। यदि तँसँग सैद्धान्तिक ज्ञान मात्र छ भने, परमेश्‍वरमाथिको तेरो विश्‍वास शून्य हुनेछ। यदि तैँले उहाँको वचन अभ्यास गरिस् र त्यसमा जिइस् भने मात्रै तेरो विश्‍वास पूर्ण भएको र परमेश्‍वरका अभिप्रायहरू अनुसार भएको मान्‍न सकिन्छ। यस मार्गमा, धेरै मानिस थुप्रै ज्ञानका कुरा बोल्न सक्छन्, तर तिनीहरूको मृत्युको समयमा, तिनीहरूका आँखा आँसुले भरिन्छन्, र तिनीहरू व्यर्थमा एउटा जीवनकाल खेर फालेकोमा र बुढेसकालसम्म जिएकोमा आफैलाई घृणा गर्छन्। तिनीहरू धर्मसिद्धान्तहरू मात्र बुझ्छन्, तर सत्यता अभ्यास गर्न सक्दैनन् वा परमेश्‍वरको गवाही दिन सक्दैनन्; तिनीहरू केवल यता-उता दौडिन्छन्, काममा घाँटीसम्म डुबेका हुन्छन्, अनि मृत्युको मुखमा पुगेपछि मात्र तिनीहरूले आफूमा साँचो गवाही नभएको र तिनीहरूले परमेश्‍वरलाई बिलकुल नचिनेको कुरा अन्ततः देख्छन्। अनि के यो धेरै ढिलो हुँदैन र? तँ किन आजको सदुपयोग गरेर आफूले प्रेम गर्ने सत्यता पछ्याउँदैनस्? किन भोलिसम्म कुर्छस्? यदि तँ जीवनमा सत्यताका लागि कष्ट भोग्दैनस् वा त्यो प्राप्‍त गर्न खोज्दैनस् भने, के तैँले मृत्युको घडीमा पछुतो महसुस गर्न चाहेको हुन सक्छ? यदि त्यसो हो भने, किन परमेश्‍वरमा विश्‍वास गर्नु? वास्तवमा, मानिसहरूले यदि अलिकति मात्र परिश्रम गरे भने, तिनीहरूले सत्यता अभ्यास गर्न सक्‍ने र परमेश्‍वरलाई सन्‍तुष्‍ट पार्न सक्ने थुप्रै मामलाहरू छन्। मानिसहरूका मन सधैँ धुमिल हुने हुनाले मात्रै तिनीहरूले परमेश्‍वरका खातिर काम गर्न सक्दैनन्, र निरन्तर तिनीहरूको देहका खातिर दौडधुप गर्छन्, अन्त्यमा केही प्राप्‍त गर्दैनन्। यसकारण, मानिसहरू निरन्तर चिन्ता र कठिनाइहरूद्वारा पीडित हुन्छन्। के यी शैतानका यातनाहरू होइनन्? के यो देहको भ्रष्‍टता होइन? तैँले आफ्नो ओठ चलाएर परमेश्‍वरलाई मूर्ख बनाउने कोसिस गर्नु हुँदैन। बरु, तैँले वास्तविक कार्य गर्नुपर्छ। आफैलाई छल नगर्—त्यसको अर्थ के हुन सक्छ? आफ्नो देहका खातिर जिएर अनि ख्याति र प्राप्तिका लागि सङ्घर्ष गरेर तैँले के प्राप्‍त गर्न सक्छस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले तँ सत्यताको निम्ति जिउनुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३९५

अब, तिमीहरूले परमेश्‍वरका मानिसहरू बन्‍ने प्रयास गर्नुपर्छ, र सम्पूर्ण प्रवेशलाई सही बाटोमा सुरु गर्नुपर्छ। परमेश्‍वरका मानिसहरू बन्‍नु भनेको राज्यको युगमा प्रवेश गर्नु हो। आज, तिमीहरू औपचारिक रूपमा राज्यको तालिममा प्रवेश गर्न सुरु गर्छौ, र तिमीहरूको भविष्यको जीवन पहिलेको जस्तो सुस्त र मन्द बन्‍न छोड्नेछ; त्यसरी बाँचेर, परमेश्‍वरले अपेक्षा गर्नुभएका मापदण्डहरूलाई पूरा गर्नु असम्‍भव हुन्छ। यदि तैँले कुनै आतुरी अनुभूति गर्दैनस् भने, तँसँग आफैलाई सुधार गर्ने इच्छा छैन, तेरो प्रयास अन्योल र दोधारमा छ, र तैँले परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न सक्दैनस् भन्‍ने यसले देखाउँछ। राज्यको तालिममा प्रवेश गर्नु भनेको परमेश्‍वरका मानिसहरूको जीवन सुरु गर्नु हो—के तँ त्यस्तो तालिम स्वीकार गर्न इच्‍छुक छस्? के तँ आतुरीको आभास अनुभूत गर्न इच्‍छुक छस्? के तँ परमेश्‍वरको अनुशासनमा जिउन इच्‍छुक छस्? के तँ परमेश्‍वरको सजायमा जिउन इच्‍छुक छस्? जब परमेश्‍वरको वचन तँकहाँ आउँछ र तँलाई जाँच गर्छ, तैँले कसरी व्यवहार गर्नेछस्? अनि तैँले सबै किसिमका तथ्यहरूको सामना गर्दा के गर्नेछस्? विगतमा, तेरो ध्यान जीवनमा केन्द्रित थिएन; आज, तैँले जीवन वास्तविकतामा प्रवेश गर्ने कार्यमा ध्यान केन्द्रित गर्नुपर्छ, र तैँले तेरो जीवन स्वभावमा परिवर्तन गर्ने प्रयास गर्नुपर्छ। राज्यका मानिसहरूले हासिल गर्नैपर्ने कुरा यही हो। जो परमेश्‍वरका मानिसहरू हुन् उनीहरू सबैमा जीवन हुनैपर्छ, उनीहरूले राज्यको तालिम स्वीकार गर्नैपर्छ, र आफ्‍नो जीवनको स्वभावलाई परिवर्तन गर्ने प्रयास गर्नुपर्छ। राज्यका मानिसहरूलाई परमेश्‍वरले दिनुभएको मापदण्ड यही हो।

राज्यका मानिसहरूका लागि परमेश्‍वरका मापदण्डहरू निम्‍नानुसार छन्:

१. तिनीहरूले परमेश्‍वरका आज्ञाहरूलाई स्वीकार गर्नैपर्छ। भन्‍नुको अर्थ, तिनीहरूले आखिरी दिनहरूका परमेश्‍वरको कार्यमा बोलिएका सबै वचनहरूलाई स्वीकार गर्नैपर्छ।

२. तिनीहरू राज्यको तालिममा प्रवेश गर्नैपर्छ।

३. तिनीहरूले आफ्‍नो हृदयमा परमेश्‍वरको छुवाइ प्राप्त गर्ने प्रयास गर्नैपर्छ। जब तेरो हृदय पूर्ण रूपमा परमेश्‍वरमा फर्किएको हुन्छ, र तँसँग सामान्य आत्मिक जीवन हुन्छ, तब तँ स्वतन्त्रताको क्षेत्रमा जिउनेछस्, जसको अर्थ तँ परमेश्‍वरको प्रेमको वास्ता र सुरक्षामा जिउनेछस् भन्‍ने हुन्छ। परमेश्‍वरको वास्ता र सुरक्षामा जिउँदा मात्र तँ परमेश्‍वरको स्वामित्वमा हुनेछस्।

४. तिनीहरू परमेश्‍वरद्वारा प्राप्त गरिनैपर्छ।

५. तिनीहरू पृथ्वीमा परमेश्‍वरको महिमाको प्रकटीकरण बन्‍नैपर्छ।

यी पाँच बुँदाहरू तिमीहरूको लागि मेरा आज्ञाहरू हुन्। मेरा वचनहरू परमेश्‍वरका मानिसहरूको लागि बोलिन्छन्, र यदि तँ यी आज्ञाहरूलाई स्वीकार गर्न अनिच्‍छुक छस् भने, म तँलाई जबरजस्ती गर्नेछैन—तर यदि तैँले तिनलाई साँचो रूपमा स्वीकार गरिस् भने, तँ परमेश्‍वरको इच्छालाई पछ्याउन सक्‍नेछस्। आज, तिमीहरूले परमेश्‍वरका आज्ञाहरू स्वीकार गर्न, र राज्यका मानिसहरू बन्‍ने प्रयास गर्न र राज्यका मानिसहरू बन्‍नका लागि पूरा गर्नुपर्ने मापदण्डहरू पूरा गर्न सुरु गर्छौ। प्रवेशको पहिलो चरण यही हो। यदि तँ पूर्ण रूपमा परमेश्‍वरको इच्छालाई पछ; याउन चाहन्छस् भने, तैँले यी पाँच आज्ञालाई स्वीकार गर्नैपर्छ, र यदि तैँले तिनलाई हासिल गर्न सकिस् भने, तँ परमेश्‍वरका अभिप्रायहरू अनुसारको हुनेछस् र परमेश्‍वरले अवश्य नै तँलाई बृहत् रूपमा प्रयोग गर्नुहुनेछ। राज्यको तालिममा प्रवेश गर्नु नै आजको लागि महत्त्वपूर्ण कुरा हो। राज्यको तालिममा प्रवेश गर्ने कार्यमा आत्मिक जीवन संलग्‍न हुन्छ। यसभन्दा पहिले, आत्मिक जीवनको बारेमा कुनै कुरा उठाइएको थिएन, तर आज, तँ राज्यको तालिममा प्रवेश गर्न सुरु गर्ने क्रममा, तँ औपचारिक रूपमा आत्मिक जीवनमा प्रवेश गर्छस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पदचापहरू पछ्याऊ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३९६

कस्तो प्रकारको जीवन आत्मिक जीवन हो? आत्मिक जीवन भनेको त्यो जीवन हो जहाँ तेरो हृदय पूर्ण रूपमा परमेश्‍वरमा फर्केको र परमेश्‍वरको प्रेमप्रति सचेत हुन सक्‍ने हुन्छ। यो त्यो जीवन हो जसमा तँ परमेश्‍वरका वचनहरूमा जिउँछस्, र तेरो हृदयलाई अरू कुनै कुराले ओगट्दैन, र तैँले आजको परमेश्‍वरको अभिप्रायहरूलाई बुझ्‍न सक्छस्, र तँ तेरो कर्तव्य निर्वाह गर्नको लागि पवित्र आत्माको आजको ज्योतिद्वारा मार्गनिर्देशित हुन्छस्। मानिस र परमेश्‍वरको बीचमा रहेको त्यो जीवन नै आत्मिक जीवन हो। यदि तैँले आजको ज्योतिलाई पछ्याउन सक्दैनस् भने, परमेश्‍वरसँगको तेरो सम्‍बन्धमा दरार उत्पन्‍न भएको छ—यो टुटेको समेत हुन सक्छ—अनि तँ सामान्य आत्मिक जीवनविहीन छस्। परमेश्‍वरसँगको सामान्य सम्‍बन्ध आजको परमेश्‍वरको वचनलाई स्वीकार गर्ने कार्यको जगमा निर्मित हुन्छ। के तँमा सामान्य आत्मिक जीवन छ? के तँमा परमेश्‍वरसँगको सामान्य सम्‍बन्ध छ? के तँ पवित्र आत्‍माको कार्यलाई पछ्याउने व्यक्ति होस्? यदि तँ आज पवित्र आत्माको ज्योतिलाई पछ्याउन सक्छस्, र परमेश्‍वरका वचनहरूभित्रको उहाँका अभिप्रायहरूलाई बोध गर्न, र यी वचनहरूमा प्रवेश गर्न सक्छस् भने, तँ पवित्र आत्माको प्रवाहलाई पछ्याउने व्यक्ति होस्। यदि तँ पवित्र आत्माको प्रवाहलाई पछ्याउँदैनस् भने, तँ सत्यताको पछि नलाग्‍ने व्यक्ति होस् भन्‍नेमा कुनै शङ्का छैन। आफैलाई सुधार गर्न इच्छा नगर्नेहरूभित्र पवित्र आत्माले काम गर्ने कुनै सम्भावना हुँदैन, र परिणामस्वरूप, त्यस्ता मानिसहरूले कहिल्यै पनि आफ्‍नो सामर्थ्य बटुल्‍न सक्दैनन्, र तिनीहरू सधैँ नै नकारात्मक हुन्छन्। आज, के तँ पवित्र आत्माको प्रवाहलाई पछ्याउँछस्? के तँ पवित्र आत्माको प्रवाहमा छस्? के तँ नकारात्मक स्थितिबाट निस्किआएको छस्? परमेश्‍वरको वचनमा विश्‍वास गर्ने, परमेश्‍वरको वचनलाई जगको रूपमा लिने, र पवित्र आत्माको आजको ज्योतिलाई पछ्याउनेहरू सबै—तिनीहरू सबै पवित्र आत्माको प्रवाहमा हुन्छन्। यदि तँ परमेश्‍वरका वचनहरू स्पष्ट रूपमा साँचो र सही छन् भन्‍ने विश्‍वास गर्छस् भने, र यदि तँ उहाँले जे भन्‍नुभए तापनि परमेश्‍वरका वचनहरूमा विश्‍वास गर्छस् भने, तँ परमेश्‍वरको काममा प्रवेश गर्न लागिपर्ने व्यक्ति होस्, र यसरी तैँले परमेश्‍वरका अभिप्रायहरूलाई पूरा गर्छस्।

पवित्र आत्माको प्रवाहमा प्रवेश गर्नका लागि, तैँले परमेश्‍वरसँग सामान्य सम्बन्ध राख्नैपर्छ, र तैँले सुरुमा आफ्नो नकारात्मक स्थितिलाई फाल्नैपर्छ। कतिपय मानिस सधैँ भीडको पछि लाग्छन्, र तिनीहरूको हृदय परमेश्‍वरबाट तर्किएर धेरै टाढा जान्छ; त्यस्ता मानिसहरूमा प्रगति गर्ने कुनै चाहना हुँदैन, र तिनीहरूले पछ्याउने मानकहरू अत्यन्तै न्यून हुन्छन्। परमेश्‍वरलाई प्रेम गर्ने र परमेश्‍वरद्वारा प्राप्त गरिने पछ्याइ मात्र परमेश्‍वरको अभिप्राय हो। कतिपय मानिस यस्ता हुन्छन् जो आफ्नो विवेक प्रयोग गरेर परमेश्‍वरको प्रेमको प्रतिदान मात्र गर्छन्, तर यसले परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न सक्दैन; तँ जति उच्च मानकहरू पछ्याउँछस्, त्यो त्यति नै बढी परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुनेछ। सामान्य मानिस, र परमेश्‍वरलाई प्रेम गर्न खोज्ने मानिसहरूका रूपमा, राज्यमा प्रवेश गर्नु र परमेश्‍वरका मानिसहरू बन्‍नु तिमीहरूको साँचो भविष्य, र सबैभन्दा मूल्यवान् र महत्त्वपूर्ण जीवन हो; तिमीहरूजत्तिको आशिषित कोही पनि हुँदैन। म किन यसो भन्छु? किनभने परमेश्‍वरमा विश्‍वास नगर्नेहरू देहका लागि जिउँछन्, र तिनीहरू शैतानका लागि जिउँछन्, तर आज तिमीहरू परमेश्‍वरका लागि जिउँछौ, र परमेश्‍वरको इच्छा पछ्याउनका लागि जिउँछौ। यही कारणले गर्दा नै म भन्छु कि तिमीहरूको जीवन सबैभन्दा अर्थपूर्ण छ। परमेश्‍वरद्वारा चुनिएका मानिसहरूको यो समूहले मात्रै सबैभन्दा अर्थपूर्ण जीवन जिउन सक्छ: पृथ्वीमा अरू कोही पनि तिमीहरूको जस्तो त्यस्तो मूल्य र अर्थको जीवन जिउन सक्षम छैन। तिमीहरू परमेश्‍वरद्वारा छानिएका हुनाले, र परमेश्‍वरद्वारा उच्च पारिएका हुनाले, र अझै बढी परमेश्‍वरको प्रेमको कारणले गर्दा, तिमीहरूले साँचो जीवन बोध गरेका छौ, र सबैभन्दा मूल्यवान् तरिकाले कसरी जिउने भन्‍ने जानेका छौ। यो तिमीहरूले राम्ररी पछ्याउने भएकाले होइन, बरु परमेश्‍वरको अनुग्रहको कारणले गर्दा हो; परमेश्‍वरले नै तिमीहरूको आत्मिक आँखा खोलिदिनुभयो, र परमेश्‍वरको आत्माले नै तिमीहरूको हृदयलाई स्पर्श गर्नुभयो, र तिमीहरूलाई उहाँसामु आउने सौभाग्य दिनुभयो। यदि परमेश्‍वरको आत्माले तिमीहरूलाई अन्तर्दृष्टि नदिनुभएको भए, तिमीहरू परमेश्‍वरको प्रेमिलो पक्ष देख्न असक्षम हुनेथियौ, न त तिमीहरूले परमेश्‍वरलाई प्रेम गर्न नै सम्भव हुनेथियो। पूर्णतया परमेश्‍वरको आत्माले मानिसहरूको हृदयलाई स्पर्श गर्नुभएको कारणले गर्दा नै तिनीहरूको हृदय परमेश्‍वरतर्फ फर्केको हो। कहिलेकाहीँ, जब तँ परमेश्‍वरका वचनहरूको आनन्द लिइरहेको हुन्छस्, तब तेरो आत्मालाई स्पर्श हुन्छ, अनि तँ परमेश्‍वरलाई बिलकुलै प्रेम गर्नैपर्छ, तँभित्र ठूलो शक्ति छ, र तैँले त्याग्न नसक्ने कुनै कुरा छैन भन्‍ने अनुभूति गर्छस्। यदि तँलाई अनुभूति हुन्छ भने, तँलाई परमेश्‍वरको आत्माले स्पर्श गर्नुभएको छ, र तेरो हृदय पूर्ण रूपमा परमेश्‍वरतर्फ फर्केको छ, अनि तैँले परमेश्‍वरलाई प्रार्थना गर्नेछस् र यसो भन्‍नेछस्, “परमेश्‍वर! हामी साँच्चै नै तपाईंद्वारा पूर्वनिर्धारित गरिएका र चुनिएका हौँ। तपाईँको महिमाले मलाई गौरव दिलाउँछ, र म तपाईँका मानिसहरूमध्ये एक हुन पाउनु सम्मानको कुरा हो भन्‍ने ठान्छु। म तपाईँको इच्छा पछ्याउनका लागि आफूलाई पूर्ण रूपमा अर्पण गर्नेछु र मेरो सबै कुरा चढाउनेछु, र मेरा सबै वर्ष, र यस जीवनमा मसँग भएको सबै ऊर्जातपाईँप्रति समर्पित गर्नेछु।” जब तँ यसरी प्रार्थना गर्छस्, तब तेरो हृदयमा परमेश्‍वरप्रति असीम प्रेम र साँचो समर्पण हुनेछ। के तैँले कहिल्यै यस्तो अनुभव गरेको छस्? यदि मानिसहरूलाई अक्सर परमेश्‍वरको आत्माद्वारा यसरी स्पर्श गरियो भने, तिनीहरूले परमेश्‍वरलाई विशेष समर्पणका प्रार्थनाहरू चढाउनेछन्: “परमेश्‍वर! तपाईँले महिमा प्राप्त गर्नुभएको दिन हेर्ने मेरो इच्छा छ, र तपाईँका लागि जिउने मेरो इच्छा छ—तपाईँका लागि जिउनुभन्दा योग्य वा अर्थपूर्ण कुरा अरू केही हुँदैन, र ममा शैतान र देहका लागि जिउने अलिकति पनि चाहना छैन। आज तपाईँ मलाई तपाईँका लागि जिउन सक्षम तुल्याएर उच्च पार्नुहुन्छ।” जब तैँले यसरी प्रार्थना गरेको हुन्छस्, तब तँलाई तैँले आफ्नो हृदय जसरी पनि परमेश्‍वरलाई दिनैपर्छ, तैँले परमेश्‍वरलाई प्राप्त गर्नैपर्छ, र जिउँदै छँदा परमेश्‍वरलाई प्राप्त नगरी मर्नु तँलाई घृणा लाग्नेछ भन्‍ने महसुस हुनेछ। यस्तो प्रार्थना गरेपछि, तँभित्र कहिल्यै नसकिने शक्ति हुनेछ, र त्यो कहाँबाट आउँछ भन्‍ने कुरा तँलाई थाहा हुनेछैन; तेरो हृदयमा असीमित शक्ति हुनेछ, र तँलाई परमेश्‍वर अत्यन्तै प्रेमिलो हुनुहुन्छ, र उहाँ प्रेम गर्न योग्य हुनुहुन्छ भन्‍ने आभास हुनेछ। यहीबेला तँलाई परमेश्‍वरद्वारा स्पर्श गरिएको हुनेछ। यस्तो अनुभव गरेका सबैलाई परमेश्‍वरद्वारा स्पर्श गरिएको हुनेछ। जसलाई अक्सर परमेश्‍वरद्वारा स्पर्श गरिन्छ तिनीहरूको जीवनमा परिवर्तनहरू आउँछन्, तिनीहरू पूर्ण रूपमा परमेश्‍वरलाई प्राप्त गर्ने सङ्कल्प गर्न सक्षम हुन्छन्, तिनीहरूको परमेश्‍वरलाई प्रेम गर्ने हृदय तुलनात्मक रूपमा बलियो हुन्छ, र तिनीहरूको हृदय पूर्ण रूपमा परमेश्‍वरतर्फ फर्केको हुन्छ। तिनीहरू आफ्नो परिवार, संसार, बन्धनहरू, र आफ्ना भविष्यका सम्भावनाहरूलाई आफ्नो मनबाट पूर्ण रूपमा निकाल्छन्, र तिनीहरू जीवनमा आफूसँग भएको सबै ऊर्जा परमेश्‍वरलाई समर्पित गर्न इच्छुक हुन्छन्। परमेश्‍वरको आत्माद्वारा स्पर्श गरिएकाहरू सबै त्यस्ता मानिस हुन् जो सत्यता पछ्याउँछन्, र जसलाई परमेश्‍वरद्वारा सिद्ध पारिने आशा हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पदचापहरू पछ्याऊ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३९७

परमेश्‍वरलाई पछ्यानुमा प्रमुख महत्त्वको कुरा के हो भने सबै कुरा परमेश्‍वरका वर्तमान वचनहरूअनुसार हुनुपर्छ: तँ जीवन प्रवेश पछ्याइरहेको भए पनि वा परमेश्‍वरका अभिप्रायहरू पूरा गर्ने पछ्याइमा रहेको भए पनि, सबै कुरा परमेश्‍वरका वर्तमान वचनहरूवरिपरि केन्द्रित हुनुपर्छ। यदि तैँले सङ्गति गर्ने र प्रवेश गर्न खोज्ने कुराहरू परमेश्‍वरका वर्तमान वचनहरूवरिपरि केन्द्रित छैनन् भने, तँ परमेश्‍वरका वचनहरूभन्दा बाहिरको व्यक्ति होस्, र तँसँग पवित्र आत्माको काम बिलकुलै छैन। परमेश्‍वर उहाँका पदचापहरू पछ्याउने मानिसहरू चाहनुहुन्छ। तैँले पहिले बुझेको कुरा जतिसुकै अद्भुत र शुद्ध भए पनि, परमेश्‍वर त्यो चाहनुहुन्न, र यदि तँ त्यस्ता कुराहरू त्याग्न असमर्थ छस् भने, ती भविष्यमा तेरो प्रवेशका लागि ठूलो बाधा बन्नेछन्। पवित्र आत्‍माको आजको ज्योतिलाई पछ्याउन सक्‍नेहरू सबै आशिषित हुन्‍छन्। युगौँयुग र पुस्तौँपुस्ताअघिका मानिसहरूले पनि परमेश्‍वरका पदचापहरूलाई पछ्याए, तर तिनीहरूले आजको दिनसम्‍म पछ्याइरहन सकेनन्; आखिरी दिनहरूका मानिसहरूको आशिष्‌ नै यही हो। पवित्र आत्‍माको वर्तमान कार्यलाई पछ्याउन सक्‍ने, र परमेश्‍वरका पदचापहरू पछ्याउन सक्‍नेहरू, परमेश्‍वरले तिनीहरूलाई जहाँ डोर्‍याउनुभए पनि उहाँलाई नै पछ्याउनेहरू—यिनीहरू परमेश्‍वरद्वारा आशिषित मानिसहरू हुन्। पवित्र आत्माको वर्तमान कामलाई नपछ्याउनेहरू परमेश्‍वरका वचनहरूको काममा प्रवेश गरेका हुँदैनन्, र तिनीहरूले जतिसुकै काम गरे पनि, वा तिनीहरूको दुःख जतिसुकै ठूलो भए पनि, वा तिनीहरूले जतिसुकै दौडधुप गरे पनि, परमेश्‍वरका लागि त्यो कुनै पनि कुराको कुनै अर्थ हुँदैन, र उहाँले तिनीहरूलाई अनुमोदन गर्नुहुनेछैन। आज, परमेश्‍वरका वर्तमान वचनहरूलाई पछ्याउनेहरू सबै पवित्र आत्माको प्रवाहमा छन्; परमेश्‍वरका वर्तमान वचनहरूभन्दा बाहिर हुनेहरू पवित्र आत्माको प्रवाहभन्दा बाहिर छन्, र त्यस्ता मानिसहरू परमेश्‍वरद्वारा अनुमोदित हुँदैनन्। पवित्र आत्माका वर्तमान वचनहरूभन्दा बाहिरको सेवा भनेको देहको र धारणाहरूको सेवा हो, र यो परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन असम्भव छ। यदि मानिसहरू धार्मिक धारणाहरूका बीचमा जिउँछन् भने, तिनीहरू परमेश्‍वरका अभिप्रायहरूअनुरूपको कुनै पनि कुरा गर्न असक्षम हुन्छन्, र तिनीहरूले परमेश्‍वरको सेवा गरे पनि, तिनीहरू आफ्ना कल्पना र धारणाहरूका बीचमा रहेर सेवा गर्छन्, र परमेश्‍वरका अभिप्रायहरूअनुरूप सेवा गर्न पूर्ण रूपमा असक्षम हुन्छन्। जो पवित्र आत्माको कामलाई पालन गर्न असक्षम छन् तिनीहरू परमेश्‍वरका अभिप्रायहरू बुझ्दैनन्, र जो परमेश्‍वरका अभिप्रायहरू बुझ्दैनन् तिनीहरू परमेश्‍वरको सेवा गर्न सक्दैनन्। परमेश्‍वर उहाँका अभिप्रायहरूअनुरूपको सेवा चाहनुहुन्छ; उहाँ धारणाहरूको र देहको सेवा चाहनुहुन्न। यदि मानिसहरू पवित्र आत्माको कामका चरणहरू पालन गर्न असमर्थ छन् भने, तिनीहरू धारणाहरूका बीचमा जिउँछन्। त्यस्ता मानिसहरूको सेवाले अवरोध र बाधा दिन्छ, र त्यस्तो सेवा परमेश्‍वरविपरीत हुन जान्छ। तसर्थ जो परमेश्‍वरका पदचापहरू पछ्याउन असक्षम छन् तिनीहरू परमेश्‍वरको सेवा गर्न असक्षम हुन्छन्; जो परमेश्‍वरका पदचापहरू पछ्याउन असक्षम छन् तिनीहरू पक्कै पनि परमेश्‍वरको विरोध गर्छन्, र पक्कै पनि परमेश्‍वरसँग मिल्ने हुन असक्षम हुन्छन्। “पवित्र आत्माको कामलाई पालन गर्नु” को अर्थ परमेश्‍वरका वर्तमान अभिप्रायहरू बुझ्नु, र परमेश्‍वरका वर्तमान मागहरूअनुसार चल्न, आजका परमेश्‍वरप्रति समर्पित हुन र उहाँलाई पछ्याउन, अनि परमेश्‍वरका नवीनतम वचनहरूअनुरूप प्रवेश गर्न सक्षम हुनु हो। यो मात्रै पवित्र आत्माको कामलाई पालन गर्ने र पवित्र आत्माको प्रवाहमा रहने व्यक्ति हो। त्यस्ता मानिसहरू परमेश्‍वरको अनुमोदन प्राप्त गर्न र परमेश्‍वरलाई देख्न सक्षम हुने मात्र होइन, तिनीहरू परमेश्‍वरको नवीनतम कामबाट परमेश्‍वरको स्वभाव पनि जान्न सक्छन्, र उहाँको नवीनतम कामबाट मानिसका धारणाहरू र विद्रोहीपन, र मानिसको प्रकृति र सार जान्न सक्छन्; यसबाहेक, तिनीहरू आफ्नो सेवाको दौरान बिस्तारै आफ्नो स्वभावमा परिवर्तनहरू हासिल गर्न सक्षम हुन्छन्। यस्ता मानिसहरू मात्रै परमेश्‍वरलाई प्राप्त गर्न सक्षम रहेका, र साँच्चिकै साँचो मार्ग भेट्टाएका मानिस हुन्। जो पवित्र आत्माको कामद्वारा हटाइन्छन् तिनीहरू परमेश्‍वरको नवीनतम कामलाई पछ्याउन असक्षम रहेका, र परमेश्‍वरको नवीनतम कामको विरुद्धमा लाग्ने मानिस हुन्। त्यस्ता मानिसहरूले परमेश्‍वरको खुलेर विरोध गर्नुको कारण भनेको परमेश्‍वरले नयाँ काम गर्नुभएको हुनु, र परमेश्‍वरको स्वरूप तिनीहरूका धारणाहरूमा भएको जस्तो नहुनु हो—यसको परिणामस्वरूप, तिनीहरू परमेश्‍वरको खुलेर विरोध गर्छन् र परमेश्‍वरलाई गलत ठहराउँछन्, जसको परिणामस्वरूप परमेश्‍वरले तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ। परमेश्‍वरको नवीनतम कामको ज्ञान राख्नु कुनै सजिलो कुरा होइन, तर यदि मानिसहरू दृढताका साथ परमेश्‍वरको कामप्रति समर्पित हुन र परमेश्‍वरको काम खोज्न सक्छन् भने, तिनीहरूले परमेश्‍वरलाई देख्ने मौका पाउनेछन्, र पवित्र आत्माको नवीनतम मार्गदर्शन प्राप्त गर्ने मौका प्राप्त गर्नेछन्। परमेश्‍वरको कामलाई जानाजानी विरोध गर्नेहरू पवित्र आत्माको अन्तर्दृष्टि वा परमेश्‍वरको मार्गदर्शन प्राप्त गर्न सक्दैनन्। तसर्थ, मानिसहरूले परमेश्‍वरको नवीनतम काम प्राप्त गर्न सक्नु वा नसक्नु परमेश्‍वरको अनुग्रहमा, साथै तिनीहरूको पछ्याइ र तिनीहरूका अभिप्रायहरूमा निर्भर हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पदचापहरू पछ्याऊ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३९८

पवित्र आत्माका हालका वचनहरूप्रति समर्पित हुन सक्‍नेहरू सबै आशिषित् छन्। मानिसहरू पहिले जस्तो हुने गरेका भए पनि, वा पवित्र आत्माले तिनीहरूमा जसरी काम गर्ने गरेको भए पनि—परमेश्‍वरको नवीनतम काम प्राप्त गर्नेहरू सबै नै सबैभन्दा बढी आशिषित् छन्, र आज नवीनतम कामलाई पछ्याउन नसक्‍नेहरू सबै हटाइनेछन्। परमेश्‍वर नयाँ ज्योति स्वीकार गर्न सक्‍नेहरूलाई चाहनुहुन्छ, र उहाँ आफ्नो नवीनतम कामलाई स्वीकार गर्ने र चिन्‍नेहरूलाई चाहनुहुन्छ। तँ एउटी शुद्ध कन्या हुनैपर्छ भनेर किन भनिएको हो? एउटी शुद्ध कन्याले पवित्र आत्माको काम खोज्न र नयाँ कुराहरू बुझ्न सक्छे, र यसबाहेक, पुराना धारणाहरू त्याग्न, र आजका परमेश्‍वरको कामप्रति समर्पित हुन सक्छे। आजको नवीनतम कामलाई स्वीकार गर्ने मानिसहरूको यो समूह युगौँअघि परमेश्‍वरद्वारा पूर्वनिर्धारित गरिएका थिए, र मानिसहरूमा तिनीहरू सबैभन्दा बढी आशिषित् छन्। तिमीहरू परमेश्‍वरको आवाज सिधै सुन्छौ, र परमेश्‍वरको देखापराइलाई हेर्छौ, र त्यसैले, स्वर्ग र पृथ्वीभरि, साथै युगौँयुग र पुस्तौँपुस्ताभरि, तिमीहरू, अर्थात् मानिसहरूको यो समूहभन्दा बढी आशिषित् कोही पनि भएको छैन। यो सबै परमेश्‍वरको कामको कारणले, परमेश्‍वरको पूर्वनिर्धारण र छनौटको कारणले, र परमेश्‍वरको अनुग्रहको कारणले गर्दा भएको हो; यदि परमेश्‍वरले नबोल्नुभएको र आफ्ना वचनहरू व्यक्त नगर्नुभएको भए, के तिमीहरूको अवस्था आजको जस्तो हुन सक्थ्यो र? त्यसैले, सबै महिमा र प्रशंसा परमेश्‍वरलाई नै होस्, किनभने यो सबै परमेश्‍वरको उच्चता हो। यी कुराहरू मनमा राखेपछि, के तँ अझै पनि नकारात्मक हुन सक्छस्? के तेरो शक्ति अझै पनि जागृत नहुन सक्छ र?

तैँले परमेश्‍वरका वचनहरूको न्याय, सजाय, प्रहार, र शोधनलाई स्वीकार गर्न सक्छस्, यसको साथै तँ परमेश्‍वरका आज्ञाहरूलाई स्वीकार गर्न सक्छस् भन्‍ने कुरा युगौंयुग पहिले नै परमेश्‍वरले पूर्वनिर्धारित गरिसक्‍नुभएको थियो, तसर्थ तँलाई सजाय दिइँदा तँ हैरान हुनु हुँदैन। तिमीहरूमा गरिएको काम, र तिमीहरूलाई दिइएका आशिष्‌हरू कसैले पनि खोस्‍न सक्दैन, अनि तिमीहरूलाई दिइएका सबै कुराहरू कसैले पनि खोसेर लैजान सक्दैन। धर्मका मानिसहरूलाई तिमीहरूसँग तुलना गर्न सकिँदैन। तिमीहरूमा बाइबलसम्‍बन्धी विशेषज्ञता छैन, र तिमीहरू धार्मिक धर्मसिद्धान्तहरूद्वारा सुसज्‍जित छैनौ, तर परमेश्‍वरले तिमीहरूभित्र काम गर्नुभएको हुनाले, तिमीहरूले युगौंयुगको अवधिमा अरू कसैले भन्दा बढी प्राप्त गरेका छौ—त्यसकारण, यो तिमीहरूको सबैभन्दा ठूलो आशिष्‌ हो। यही कारणले गर्दा, तिमीहरू परमेश्‍वरप्रति अझै समर्पित हुनुपर्छ, र परमेश्‍वरप्रति अझै निष्ठावान हुनुपर्छ। परमेश्‍वरले तँलाई माथि उठाउनुहुने भएकोले, तैँले आफ्‍नो प्रयासहरूलाई सुदृढ पार्नुपर्छ, र परमेश्‍वरको आज्ञालाई स्वीकार गर्नको लागि तेरो कदलाई तयार गर्नुपर्छ। परमेश्‍वरले तँलाई दिनुभएको स्थानमा तँ दह्रिलो गरी खडा हुनैपर्छ, परमेश्‍वरका मानिसहरूमध्ये एक बन्‍न तँ लागिपर्नुपर्छ, राज्यको तालिमलाई स्वीकार गर्नुपर्छ, परमेश्‍वरद्वारा प्राप्त गरिनुपर्छ र आखिरमा परमेश्‍वरको महिमावान् गवाही बन्‍नुपर्छ। के तँमा यी संकल्‍पहरू छन्? यदि तँमा यस्ता संकल्‍पहरू छन् भने, आखिरमा तँलाई अवश्य नै परमेश्‍वरले प्राप्त गर्नुहुनेछ, र तँ परमेश्‍वरको महिमावान् गवाही बन्‍नेछस्। मुख्य आज्ञा भनेको नै परमेश्‍वरद्वारा प्राप्त गरिनु र परमेश्‍वरको महिमावान् गवाही बन्‍नु हो भन्‍ने कुरालाई तैँले बुझ्‍नुपर्छ। परमेश्‍वरको अभिप्राय नै यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पदचापहरू पछ्याऊ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३९९

पवित्र आत्माको आजका वचनहरू पवित्र आत्माका कार्यका गतिशीलताहरू हुन्, र यो अवधिमा पवित्र आत्माले मानिसलाई निरन्तर अन्तर्दृष्टि दिनु नै पवित्र आत्माको कामको प्रवृत्ति हो। अनि आजको पवित्र आत्माको कामको प्रवृत्ति के हो त? यो परमेश्‍वरको आजको काममा, र सामान्य आत्मिक जीवनमा मानिसहरूको नेतृत्व गर्नु हो। सामान्य आत्मिक जीवनमा गरिने प्रवेशका धेरै चरणहरू छन्:

१. पहिलो, तैँले आफ्‍नो हृदयलाई परमेश्‍वरको वचनमा खन्याउनैपर्छ। तैँले विगतको परमेश्‍वरको वचनलाई पछ्याउनु हुँदैन, र तिनलाई अध्ययन गर्नु हुँदैन, न त तिनलाई आजको वचनहरूसँग नै तुलना गर्नु हुन्छ। बरु, तैँले आफ्‍नो हृदयलाई पूर्ण रूपमा परमेश्‍वरको वर्तमान वचनमा लगाउनुपर्छ। यदि अझै पनि विगतका परमेश्‍वरको वचन, आत्मिक पुस्तकहरू, वा अरू प्रचारका विवरणहरूलाई पढ्न चाहने, तर आजको पवित्र आत्माको वचनलाई नपछ्याउने मानिसहरू छन् भने, तिनीहरू सबैभन्दा मूर्ख मानिसहरू हुन्; परमेश्‍वरले त्यस्ता मानिसहरूलाई तिरस्कार गर्नुहुन्छ। यदि तँ आजको पवित्र आत्माको ज्योतिलाई स्वीकार गर्न इच्‍छुक छस् भने, परमेश्‍वरको आजका वाणीहरूमा आफ्‍नो हृदयलाई पूर्ण रूपमा खन्या। तैँले हासिल गर्नुपर्ने पहिलो कुरा नै यही हो।

२. तैँले आजको परमेश्‍वरले बोल्‍नुभएका वचनहरूको जगमा प्रार्थना गर्नैपर्छ, तँ परमेश्‍वरका वचनहरूमा प्रवेश गरेर परमेश्‍वरसँग कुराकानी गर्नैपर्छ, र तैँले आफूले हासिल गर्न चाहेका मापदण्डहरू स्थापित गर्दै परमेश्‍वरको अघि आफ्‍ना संकल्पहरू गर्नैपर्छ।

३. तैँले पवित्र आत्‍माको आजको कामको जगमा सत्यताभित्र गहन प्रवेशको खोजी गर्नुपर्छ। विगतका पुराना भइसकेका वाणी र सिद्धान्तहरूलाई पक्री नराख्।

४. तैँले पवित्र आत्‍माको छुवाइ प्राप्त गर्ने र परमेश्‍वरका वचनहरूमा प्रवेश गर्ने प्रयास गर्नुपर्छ।

५. तँ आज पवित्र आत्‍माले हिँड्नुभएको मार्गमा प्रवेश गर्न लागिपर्नुपर्छ।

अनि तैँले कसरी पवित्र आत्‍माको छुवाइको खोजी गर्छस्? महत्त्वपूर्ण कुरा भनेको परमेश्‍वरका वर्तमान वचनहरूमा जिउनु, र परमेश्‍वरका मापदण्डहरूको जगमा रही प्रार्थना गर्नु हो। यसरी प्रार्थना गरिसकेपछि, पवित्र आत्‍माले तँलाई अवश्य नै छुनुहुन्छ। यदि तँ आज परमेश्‍वरले बोल्‍नुभएका वचनहरूको जगमा रही खोजी गर्दैनस् भने, यो व्यर्थ हुन्छ। तैँले यसो भन्दै प्रार्थना गर्नुपर्छ: “हे परमेश्‍वर! म तपाईंको विरोध गर्छु, र म तपाईंको धेरै ऋणी छु; म धेरै विद्रोही छु, र म कहिल्यै पनि तपाईंलाई सन्तुष्ट तुल्याउन सक्दिनँ। हे परमेश्‍वर, तपाईंले मलाई मुक्ति दिनुहोस् भन्‍ने मेरो कामना छ, म तपाईंका लागि अन्त्यसम्‍मै श्रम गर्न चाहन्छु, म तपाईंको निम्ति मर्न चाहन्छु। तपाईं मेरो न्याय गर्नुहोस् र मलाई सजाय दिनुहोस्, तर म कुनै गुनासो गर्दिनँ; म तपाईंको विरोध गर्छु र म मर्न योग्य छु, ताकि मेरो मृत्युमा सबै मानिसहरूले तपाईंको धर्मी स्वभावलाई देख्‍न सकून्।” जब तँ हृदयबाटै यसरी प्रार्थना गर्छस्, परमेश्‍वरले तँलाई सुन्‍नुहुनेछ र तँलाई अगुवाइ गर्नुहुनेछ; यदि तँ पवित्र आत्माको आजका वचनहरूको जगमा रही प्रार्थना गर्दैनस् भने, पवित्र आत्माले तँलाई छुनुहुने कुनै सम्‍भावना हुँदैन। यदि तँ परमेश्‍वरका अभिप्रायअनुसार, र आज परमेश्‍वरले जे गर्न चाहनुहुन्छ त्योअनुसार प्रार्थना गर्छस् भने, तैँले यसो भन्‍नेछस्: “हे परमेश्‍वर! म तपाईंका आज्ञाहरूलाई स्वीकार गर्न र तपाईंका आज्ञाहरूप्रति विश्‍वासयोग्य हुन चाहन्छु, अनि म मेरो सम्पूर्ण जीवन नै तपाईंकै महिमामा अर्पण गर्न इच्‍छुक छु, ताकि मैले गर्ने सबै कुरा परमेश्‍वरका मानिसहरूका मापदण्डहरूको स्तरसम्‍म पुग्‍न सकून्। मेरो हृदय तपाईंद्वारा छोइयोस्। तपाईंको आत्माद्वारा मलाई सधैँ अन्तर्दृष्टि मिलोस्, मैले गर्ने सबै कुराले शैतानलाई शर्ममा पारोस्, आखिरमा मलाई तपाईंले प्राप्त गर्नुहोस् भन्‍ने मेरो कामना छ।” यदि तँ यसरी, परमेश्‍वरका अभिप्रायवरिपरि केन्द्रित भई प्रार्थना गर्छस् भने, पवित्र आत्माले अपरिहार्य रूपमै तँमा काम गर्नुहुनेछ। तेरो प्रार्थनाका शब्‍दहरू कति धेरै छन् त्यसले केही फरक पार्दैन—तैँले परमेश्‍वरका अभिप्रायहरू बुझ्छस् कि बुझ्दैनस्, मुख्य कुरा त्यही हो। तिमीहरू सबैले सायद यस्तो अनुभव प्राप्त गरेका छौ होला: भेलामा प्रार्थना गरिरहेको बेला कहिलेकहीँ पवित्र आत्‍माको कार्यका गतिशीलताहरू तिनको चरम अवस्थामा पुग्छन् र त्यसले सबैको सामर्थ्यलाई माथि उठाउँछ। कतिपय मानिसहरू प्रार्थना गर्दागर्दै परमेश्‍वरको अघि पछुतोले भरिएर नराम्ररी रुन्छन् र रुँदै बरर आँसु झार्छन्, र कतिपय मानिसहरूले आफ्नो सङ्कल्प देखाउँछन् र भाकल गर्छन्। पवित्र आत्माको कामले हासिल गर्नुपर्ने प्रभाव त्यस्तै नै हो। आज, सबै मानिसहरूले परमेश्‍वरको वचनमा आफ्‍नो हृदय पूर्ण रूपमा खन्याउनु महत्त्वपूर्ण छ। पहिले बोलिएका वचनहरूमा ध्यान नदे; पहिले जे आएको थियो त्यसलाई नै तँ अझै पक्रिरहन्छस् भने, पवित्र आत्‍माले तँभित्र काम गर्नुहुनेछैन। के तँ यो कति महत्त्वपूर्ण छ भन्‍ने देख्छस्?

के तँ आज पवित्र आत्‍माले हिँड्नुभएको मार्ग चिन्छस्? माथि उल्‍लेख गरिएका विभिन्‍न बुँदाहरू पवित्र आत्माले आज र भविष्यमा पूरा गर्नुपर्ने कुराहरू हुन्; ती पवित्र आत्माले लिनुभएको मार्ग हो, र मानिसले हासिल गर्न खोज्नुपर्ने प्रवेश हो। तेरो जीवन प्रवेशमा, तैँले कम्तीमा पनि तेरो हृदयलाई परमेश्‍वरका वचनहरूमा खन्याउनुपर्छ, र परमेश्‍वरका वचनहरूको न्याय र सजायलाई स्वीकार गर्न सक्‍नुपर्छ; तेरो हृदय परमेश्‍वरको लागि तृषित हुनैपर्छ, तैँले सत्यताभित्रको गहन प्रवेश, र परमेश्‍वरले तोक्‍नुभएका उद्देश्यहरू खोजी गर्नुपर्छ। जब तँमा यस्तो सामर्थ्य हुन्छ, यसले तँलाई परमेश्‍वरले छुनुभएको छ, र तेरो हृदय परमेश्‍वरतर्फ फर्कन थालेको छ भन्‍ने देखाउँछ।

जीवन प्रवेश गर्ने कार्यको पहिलो चरण भनेको तेरो हृदयलाई पूर्ण रूपमा परमेश्‍वरका वचनहरूमा खन्याउनु हो, र दोस्रो चरण भनेको पवित्र आत्‍माको छुवाइलाई स्वीकार गर्नु हो। पवित्र आत्माको छुवाइलाई स्वीकार गरेर के प्रभाव हासिल गरिन्छ? यो अझै गहन सत्यताको तृष्णा गर्न, त्यसको खोजी गर्न, र अन्वेषण गर्न, र सकारात्मक तरिकाले परमेश्‍वरसँग सहकार्य गर्न सक्षम हुनलाई हो। आज, तँ परमेश्‍वरसँग सहकार्य गर्छस्, भन्‍नुको अर्थ, तेरो खोजी, तेरा प्रार्थनाहरू, र परमेश्‍वरका वचनहरूसँग तेरो विचार-मन्थनको उद्देश्य छ, र तैँले तेरो कर्तव्य परमेश्‍वरका मापदण्डहरूअनुसार पूरा गर्छस्—यो मात्रै परमेश्‍वरसँग सहकार्य गर्नु हो। यदि तँ परमेश्‍वरलाई काम गर्न दिनेबारेमा मात्रै बोल्छस्, तर प्रार्थना र खोजी गर्नु त कता हो कता तैँले कुनै काम समेत गर्दैनस् भने, के यसलाई सहकार्य भन्‍न सकिन्छ र? यदि तँमा सहकार्यको कुनै छाप नै छैन, र तँमा उद्देश्यसहितको प्रवेशको तालिमको अभाव छ भने, तैँले सहकार्य गरिरहेको छैनस्। कतिपय मानिसहरूले यसो भन्छन्: “सबै कुरा परमेश्‍वरले गर्नुभएको पूर्वनिर्धारणमा नै निर्भर हुन्छ, यो सबै परमेश्‍वर स्वयमले गर्नुहुन्छ; यदि यो परमेश्‍वरले गर्नुभएको होइन भने, मानिसले कसरी गर्न सक्थ्यो र?” परमेश्‍वरको कार्य सामान्य छ, र अलिकति पनि अलौकिक छैन, र तेरो सक्रिय खोजीद्वारा मात्रै पवित्र आत्माले काम गर्नुहुन्छ, किनभने परमेश्‍वरले जबरजस्ती गर्नुहुन्‍न—तैँले परमेश्‍वरलाई काम गर्ने अवसर दिनैपर्छ, र यदि तँ खोजी वा प्रवेश गर्दैनस् भने, र तेरो हृदयमा अलिकति पनि तृष्णा छैन भने, परमेश्‍वरसँग काम गर्ने कुनै मौका हुँदैन। परमेश्‍वरद्वारा छोइनको लागि तँ कुन मार्गद्वारा खोजी गर्छस्? प्रार्थनाद्वारा, र परमेश्‍वरको नजिक आएर। तर सबैभन्दा महत्त्वपूर्ण कुरा, यो परमेश्‍वरले बोल्‍नुभएका वचनहरूको जगमा नै हुनुपर्छ भन्‍ने कुरा याद गर्। जब तँ बारम्बार परमेश्‍वरद्वारा स्पर्शित हुन्छस्, तब तँ देहको बन्धनमा पर्दैनस्: पति, पत्‍नी, छोराछोरी, र रुपियाँपैसा—ती सबैले तँलाई सीमित पार्न सक्दैनन्, र तँ सत्यताको पछि लाग्‍न र परमेश्‍वरको अघि जिउन मात्रै चाहन्छस्। यसपटक, तँ स्वतन्त्रताको क्षेत्रमा जिउने व्यक्ति बन्‍नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पदचापहरू पछ्याऊ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४००

परमेश्‍वरले मानिसलाई पूर्ण पार्ने संकल्प गर्नुभएको छ, र जुन दृष्टिकोणबाट उहाँ बोल्‍नुभए पनि, यो सबै मानिसहरूलाई सिद्ध पार्नको लागि हो। आत्माको दृष्टिकोणबाट बोलिएका वचनहरू मानिसहरूको लागि बुझ्न कठिन छन्; उनीहरूको बोध गर्ने क्षमता सीमित भएकाले, उनीहरूसँग अभ्यासको मार्ग पत्ता लगाउने साधनहरू छैनन्। परमेश्‍वरको कामले फरक-फरक प्रभावहरू पार्छ, र कामको हरेक कदमको पछाडि उहाँको आफ्नै उद्देश्य हुन्छ। यसका अलाबा, उहाँले फरक-फरक दृष्टिकोणहरूबाट बोल्न अत्यावश्यक छ, किनकि यसो गरेर मात्र उहाँले मानिसलाई सिद्ध पार्न सक्नुहुन्छ। यदि उहाँले आत्माको दृष्टिकोणबाट मात्र आफ्नो वचन बोल्नुथियो भने, परमेश्‍वरको कामको यो चरण पूरा गर्ने कुनै मार्ग हुने थिएन। उहाँले बोल्ने शैलीबाट, तैँले के देख्न सक्छस् भने, मानिसहरूको यो समूहलाई सिद्ध पार्न उहाँ दृढ हुनुहुन्छ। तसर्थ सिद्ध पारिन चाहना राख्ने यी प्रत्येकको लागि पहिलो कदम के हुनुपर्छ? सबैभन्दा मुख्य कुरा, तैँले परमेश्‍वरको काम बुझ्‍नैपर्छ। आज, परमेश्‍वरको काममा नयाँ विधि सुरु भएको छ; युग परिवर्तित भएको छ, परमेश्‍वरले काम गर्ने तरीका पनि बदलिएको छ, र परमेश्‍वरले बोल्ने विधि फरक छ। आज, उहाँको कामको तरीका मात्र बदलिएको छैन, युग समेत बदलिएको छ। अहिले राज्यको युग हो। यो प्रेमिलो परमेश्‍वरको युग पनि हो। यो सहस्राब्दीय राज्यको युगको पूर्वानुभव हो—जुन वचनको युग पनि हो, र जसमा मानिसलाई सिद्ध पार्न परमेश्‍वरले बोल्ने धेरै माध्यमहरू प्रयोग गर्नुहुन्छ, र मानिसलाई आपूर्ति प्रदान गर्न फरक-फरक दृष्टिकोणबाट बोल्नुहुन्छ। सहस्राब्दीय राज्यको युगमा प्रवेश गर्नेबित्तिकै परमेश्‍वरले मानिसलाई सिद्ध पार्न वचनहरू प्रयोग गर्न सुरु गर्नुहुनेछ र मानिसलाई जीवन वास्तविकतामा प्रवेश गर्न दिनुहुनेछ र उसलाई सही मार्गमा अगुवाई गर्नुहुनेछ। परमेश्‍वरको कामका यति धेरै कदमहरू अनुभव गरेर, परमेश्‍वरको काम अपरिवर्तित रहँदैन, बरु नरोकिईकन विकसित हुँदैछ र गहिरिँदैछ भन्‍ने मानिसले देखेको छ। यसलाई मानिसहरूले यति लामो समयदेखि अनुभव गरेपछि, उक्त काम बारम्बार बदलिँदै, निरन्तर परिवर्तन भएको छ। यद्यपि यो जति परिवर्तन भए पनि, मानवजातिलाई छुटकारा दिलाउने परमेश्‍वरको उद्देश्यबाट यो कहिल्यै बाहिर जाँदैन। दश हजार परिवर्तनहरूबाट पनि, यो कहिल्यै यसको मूल उद्देश्यबाट टाढा रहँदैन। परमेश्‍वरको कामको विधि जसरी परिवर्तन भए पनि, यो काम सत्यबाट वा जीवनबाट कहिल्यै अलग हुँदैन। काम गरिएको विधिको परिवर्तनले कामको स्वरूपमा गरिने परिवर्तन, र जुन दृष्टिकोणबाट परमेश्‍वर बोल्नुहुन्छ त्यसलाई मात्र सामेल गर्छ; परमेश्‍वरको कामको केन्द्रीय उद्देश्यमा कुनै परिवर्तन हुँदैन। प्रभाव प्राप्त गर्नको लागि परमेश्‍वरको स्वरको भाव र उहाँको कामको तरिकामा परिवर्तन गरिएका हुन्। स्वरको भावमा परिवर्तनको अर्थ कामको पछि रहेको उद्देश्य वा सिद्धान्तमा परिवर्तन होइन। मानिसहरूले मुख्यतः जीवन खोज्न परमेश्‍वरमा विश्‍वास गर्छन्; यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् तर पनि जीवनको खोजी गर्दैनस् वा सत्यको चाहना वा परमेश्‍वरको खोजी गर्दैनस् भने, यो परमेश्‍वरमाथिको विश्‍वास होइन! र अझै राजा हुनको लागि राज्यमा प्रवेश गर्न खोज्नु वास्तविकतापरक हुन्छ र? जीवनको खोजीद्वारा परमेश्‍वरको लागि साँचो प्रेम प्राप्त गर्नु—केवल यो यथार्थता हो; सत्यको चाहना र अभ्यास—यी सबै यथार्थता हुन्। परमेश्‍वरका वचनहरू पढेर, र यी वचनहरू अनुभव गरेर, वास्तविक अनुभवको बीचमा तैँले परमेश्‍वरको ज्ञान लिन सक्‍नेछस्, र साँच्चिकै खोजी गर्नुको अर्थ यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४०१

अहिले राज्यको युग हो। तँ यो नयाँ युगमा प्रवेश गरेको छस् कि छैनस् त्यो तँ परमेश्‍वरका वचनहरूका यथार्थतामा प्रवेश गरेको छस् कि छैनस्, उहाँका वचनहरू तेरो जीवन वास्तविकता बनेको छ कि छैन त्यसमा निर्भर हुन्छ। हरेक व्यक्तिलाई परमेश्‍वरका वचनहरू परिचित गराइएको छ ताकि, अन्त्यमा, सबै मानिसहरू परमेश्‍वरको वचनको संसारमा जिऊन्, र भित्रैबाट हरेक व्यक्तिलाई उहाँका वचनहरूले अन्तर्दृष्टि र प्रकाश दिऊन्। यदि, यो समयको दौरान, तँ परमेश्‍वरका वचनहरू पढ्नमा लापरवाह भइस् भने, र उहाँका वचनहरूमा तेरो रुची छैन भने, यसले तेरो स्थिति गलत छ भन्‍ने देखाउँछ। यदि तँ वचनको युगमा प्रवेश गर्न सक्दैनस् भने, तँमा पवित्र आत्माले काम गर्नुहुन्न; यदि तँ यो युगमा प्रवेश गरेको छस् भने, उहाँले आफ्नो काम गर्नुहुनेछ। पवित्र आत्माको काम प्राप्त गर्न वचनको युगको प्रारम्भमा तैँले के गर्न सक्छस्? यो युगमा, र तिमीहरूका माझमा, परमेश्‍वरले उल्लिखित तथ्य हासिल गर्नुहुनेछ: हरेक व्यक्तिले परमेश्‍वरका वचनहरू जिउनु पर्नेछ, सत्यतालाई व्यवहारमा लागू गर्न सक्नु पर्नेछ, र परमेश्‍वरलाई गम्भीरतापूर्वक प्रेम गर्नु पर्नेछ; सबै मानिसहरूले परमेश्‍वरका वचनहरूलाई आधारको रूपमा र आफ्नो वास्तविकताको रूपमा प्रयोग गर्नु पर्नेछ, र तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुनुपर्नेछ; र परमेश्‍वरका वचनहरूको अभ्यासद्वारा मानिसले त्यसपछि परमेश्‍वरसँगै राजसी शक्ति चलाउने छ। परमेश्‍वरले हासिल गर्नुपर्ने काम यही हो। के तँ परमेश्‍वरका वचनहरू नपढी रहन सक्छस्? आज, उहाँका वचनहरू नपढी एक वा दुई दिन पनि बिताउन सकिँदैन भन्‍ने अनुभव गर्नेहरू धेरै छन्। उनीहरूले उहाँका वचनहरू हरेक दिन पढ्नुपर्छ, र यदि समयले साथ दिएन भने, तिनीहरूलाई सुन्नु नै काफी हुनेछ। पवित्र आत्माले मानिसहरूलाई दिने आभास यही हो, र उहाँले उनीहरूलाई प्रेरित गर्न सुरु गर्ने तरिका यही नै हो। यसको अर्थ, वचनहरूद्वारा उहाँ मानिसहरूलाई प्रेरित गर्नुहुन्छ, ता कि उनीहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्न सकून्। यदि, परमेश्‍वरका वचनहरू नखाई र नपिई केवल एक दिनपछि तैँले अँध्यारो र तिर्खा अनुभूति गर्छस् र यसलाई सहन सक्दैनस् भने, तँ पवित्र आत्माद्वारा चलायमान भएको छस्, र उहाँ तँबाट फर्किएर जानुभएको छैन भन्‍ने यसले देखाउँछ। अतः, यो प्रवाहमा रहेको तँ नै होस्। यद्यपि, यदि परमेश्‍वरका वचनहरू नखाई र नपिई एक दिन वा दुई दिन पछि, तैँले केही पनि अनुभूति गरिनस् भने, यदि तँलाई तिर्खा छैन, र तँ कत्ति पनि प्रभावित भएको छैनस् भने, पवित्र आत्मा तँबाट फर्किएर जानुभएको छ भन्‍ने यसले देखाउँछ। यसको अर्थ, तँभित्रको स्थितिमा केही खराबी छ भन्‍ने हुन्छ; तँ वचनको युगमा प्रवेश गरेको छैनस्, र तँ पछाडि परेकाहरूमध्ये एक होस्। मानिसहरूलाई शासन गर्न परमेश्‍वरले वचनहरू प्रयोग गर्नुहुन्छ; यदि तैँले परमेश्‍वरका वचनहरू खाइस् र पिइस् भने, तँलाई असल अनुभूति हुन्छ, र यदि तैँले त्यसो गरिनस् भने, तँसँग कुनै हिँड्ने मार्ग छैन। परमेश्‍वरका वचनहरू मानिसहरूका खाना, र उनीहरूलाई प्रेरित गर्ने शक्ति बन्छन्। बाइबल भन्छ, “मानिस रोटीले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्केको हरेक वचनले बाँच्‍नेछ” (मत्ती ४:४)। आज, परमेश्‍वरले यो काम पूरा गर्नुहुनेछ, र उहाँले यो सच्चाइ तिमीहरूमा हासिल गर्नुहुनेछ। विगतमा कसरी, मानिसहरू परमेश्‍वरका वचनहरू नपढी धेरै दिन बिताउन सक्थे र तर पनि सधैँ जस्तै खान र काम गर्न सक्थे, तर आजको अवस्था पनि यस्तै छैन र? यो युगमा, परमेश्‍वरले यावत् थोकलाई शासन गर्न मुख्यतः वचनहरू प्रयोग गर्नुहुन्छ। मानिसलाई परमेश्‍वरका वचनमार्फत न्याय गरिन्छ र सिद्ध पारिन्छ, अनि त्यसपछि यी वचनहरूद्वारा अन्ततः राज्यमा लगिन्छ। खासगरी राज्यको युगमा, परमेश्‍वरका वचनहरूले मात्र मानिसको जीवन आपूर्ति गर्न सक्छन्, र परमेश्‍वरका वचनहरूले मात्र मानिसलाई प्रकाश र अभ्यासको मार्ग दिन सक्छन्। जबसम्म तँ परमेश्‍वरका वचनहरूको वास्तविकताबाट बाहिर जाँदैनस्, हरेक दिन उहाँका वचनहरूलाई खाने र पिउने गर्छस्, तबसम्‍म परमेश्‍वरले तँलाई सिद्ध पार्नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४०२

जीवनको खोज हतारमा पाइने चीज होइन; जीवनको वृद्धि केवल एक वा दुई दिनमा हुँदैन। परमेश्‍वरको काम सामान्य र व्यावहारिक छ, र एउटा प्रक्रिया छ जसबाट भएर यो जानुपर्छ। देहधारी येशूलाई आफ्नो क्रूसीकरणको काम सम्पन्न गर्न साँढे तेत्तीस वर्ष लाग्यो—तसर्थ अत्यन्त कठिन, मानिसलाई शुद्ध पार्ने र उसको जीवनलाई परिवर्तन गर्ने कामबारे के? परमेश्‍वरलाई प्रकट गर्ने सामान्य मानिस बनाउनु सजिलो काम होइन। ठूलो रातो अजिङ्गरको राज्यमा जन्मिएका मानिसहरू, जो कम क्षमताका छन् र परमेश्‍वरका वचनहरू र कामको लामो अवधि चाहन्छन्, तिनीहरूमा यो खासगरी लागू हुन्छ। तसर्थ नतिजाहरू हेर्न अधैर्य नबन्। परमेश्‍वरका वचनहरू खान र पिउन तँ सक्रिय हुनैपर्छ, र परमेश्‍वरका वचनहरूमा अझ बढी प्रयास लगाउनुपर्छ। जब तैँले उहाँका वचनहरू पढिसक्छस्, परमेश्‍वरका वचनहरूमा ज्ञान, अन्तर्दृष्टि, विवेक, र बुद्धिमा विकसित हुँदै, तैँले तिनलाई वास्तविक व्यवहारमा लागू गर्न सक्नुपर्छ। यस मार्फत, यसलाई अनुभूति नगरीकन तँ परिवर्तन हुनेछस्। यदि तैँले परमेश्‍वरका वचनहरूलाई खाने र पिउने, तिनीहरूलाई पढ्ने, तिनीहरूलाई बुझ्ने, तिनीहरूलाई अनुभव गर्ने, र तिनीहरूलाई व्यवहारमा लागू गर्ने कार्यलाई आफ्नो सिद्धान्तको रूपमा लिन सकिस् भने, तिनलाई अनुभव नै नगरिकन तँ परिपक्व हुनेछस्। परमेश्‍वरका वचनहरू पढेर पनि तिनीहरूलाई व्यवहारमा लागू गर्न सक्दैनौं भन्‍नेहरू छन्। तेरो हतार के हो? जब तँ खास कदको नापमा पुग्छस्, तँ उहाँका वचनहरूलाई व्यवहारमा लागू गर्न सक्‍नेछस्। के चार वा पाँच वर्षको बालकले आफ्ना मातापितालाई सहारा दिन वा सम्मान दिन सकिन भनेर भन्छ? तेरो वर्तमान उचाइ कति ठूलो छ त्यो तैँले जान्‍नुपर्छ। तैँले जे व्यवहारमा लागू गर्न सक्छस्, त्यसलाई व्यवहारमा लागू गर्, र परमेश्‍वरको व्यवस्थापनलाई अवरोध गर्ने व्यक्ति नबन्। परमेश्‍वरका वचनहरूलाई मात्र खा र पी, र अब उप्रान्त त्यसलाई आफ्नो सिद्धान्तको रूपमा ली। परमेश्‍वरले तँलाई पूर्ण पार्न सक्नुहुन्छ कि सक्‍नुहुन्न भन्‍ने बारे, अहिलेको लागि, चिन्ता नगर्। त्यसलाई अहिले नै खोजतलास नगर्। परमेश्‍वरका वचनहरू तकहाँ जसरी आउँछन् त्यसरी नै तिनलाई खा र पी, र परमेश्‍वरले अवश्य नै तँलाई पूर्ण बनाउनुहुनेछ। यद्यपि, तैँले उहाँका वचनहरूलाई खाँदा र पिउँदा पालन गर्नुपर्ने एउटा सिद्धान्त छ। अन्धाधुन्ध त्यसो नगर्। परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा एकातिर, तैँले थाहा पाउनु पर्ने वचनहरू खोजेर पत्ता लगा—यसको अर्थ, दर्शनहरूसँग सम्बन्धित वचनहरू—र अर्कोतिर, तैँले वास्तविक व्यवहारमा लागू गर्नुपर्ने वचनहरू खोजेर पत्ता लगा—यसको अर्थ, तँ प्रवेश गर्नुपर्ने कुरालाई। एक पक्षको सम्बन्ध ज्ञानसँग छ, र अर्कोको प्रवेशसँग। तैँले दुवैलाई बुझिसकेपछि—तैँले के बुझ्नु पर्ने हो र के अभ्यास गर्नुपर्ने हो त्यसलाई बुझिसकेपछि—परमेश्‍वरका वचनहरू कसरी खाने र पिउने सो तँलाई थाहा हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४०३

अगाडि बढ्ने क्रममा, परमेश्‍वरका वचनहरूको चर्चा नै तँ बोल्ने सिद्धान्त हुनुपर्नेछ। साधारणतः, जब तिमीहरू भेला हुन्छौ, तब परमेश्‍वरका वचनहरूलाई आफ्नो अन्तरक्रियाको विषयवस्तुका रूपमा लिएर, यी वचनहरूबारे तिमीहरूलाई के थाहा छ, तिनलाई तिमीहरू कसरी व्यवहारमा लागू गर्छौ, र पवित्र आत्माले कसरी काम गर्नुहुन्छ, यसबारे चर्चा गर्दै परमेश्‍वरका वचनहरू सम्‍बन्धी सङ्गतिमा संलग्‍न हुनुपर्छ। जबसम्म तँ परमेश्‍वरका वचनहरूको सङ्गति गर्छस्, पवित्र आत्माले तँलाई ज्योति दिनुहुनेछ। परमेश्‍वरका वचनहरूको संसार प्राप्त गर्न मानिसको सहकार्य आवश्यक पर्छ। यदि तँ यसमा प्रवेश गरिनस् भने, परमेश्‍वरसँग काम गर्ने कुनै उपाय हुनेछैन; यदि तैँले आफ्नो मुख बन्द राखिस् र उहाँका वचनहरूबारे चर्चा गरिनस् भने, उहाँसँग तँलाई ज्योति दिने कुनै उपाय हुनेछैन। जब तँ अन्यथा व्यस्त भएको हुँदैनस्, परमेश्‍वरका वचनहरूबारे चर्चा गर्, र निरर्थक गफसफमा मात्र नअल्‍मली! तेरो जीवनशैली परमेश्‍वरका वचनहरूले भरियोस्—त्यसपछि मात्र तँ सच्चा विश्‍वासी हुनेछस्। तेरो सङ्गति सतही भए पनि त्यसले फरक पर्दैन। सतहीपन विना कुनै गहिराइ हुन सक्दैन। त्यहाँ प्रक्रिया हुनुपर्छ। तेरो तालिमभरि, तैँले पवित्र आत्माको ज्योति आफूमा लिनेछस्, र परमेश्‍वरका वचनहरू कसरी प्रभावकारी ढङ्गले खाने र पिउने सो थाहा पाउनेछस्। खोजतलासको मध्यान्तरपछि, तँ परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नेछस्। यदि तैँले सहकार्य गर्न अठोट गर्छस् भने मात्र तैँले पवित्र आत्माको काम प्राप्त गर्न सक्‍नेछस्।

परमेश्‍वरका वचनहरू खाने र पिउने सिद्धान्तहरूमा, एउटा ज्ञानसँग सम्बन्धित छ, र अर्को प्रवेशसँग। तैँले कुन वचनहरू थाहा पाउनुपर्छ? तैँले दर्शनहरूसँग सम्बन्धित वचनहरू थाहा पाउनुपर्छ (जस्तै, परमेश्‍वरको काम अहिले कुन युगमा प्रवेश गरेको छ सो वर्णन गर्ने वचनहरू, अहिले परमेश्‍वर के प्राप्त गर्ने चाहना राख्नुहुन्छ, देहधारण के हो, र यस्तै-यस्तै; यी सबै दर्शनहरूसँग सम्बन्धित छन्।) मानिस प्रवेश गर्नुपर्ने मार्ग भनेको के हो? यसले मानिसले अभ्यास गर्नुपर्ने र प्रवेश गर्नुपर्ने परमेश्‍वरका वचनहरूलाई जनाउँछ। माथि उल्‍लेखित परमेश्‍वरका वचनहरू खाने र पिउने दुई पक्षहरू हुन्। अब उप्रान्त, यस प्रकारले, परमेश्‍वरका वचनहरू खाने र पिउने गर्नू। यदि तँलाई दर्शनसँग सम्बन्धित उहाँका वचनहरूको बारेमा प्रष्ट बुझाइ छ भने, हर समय पढिरहनु आवश्यक छैन। प्राथमिक महत्त्वको कुरा भनेको प्रवेश गर्दा अझै बढी वचनहरू खानु र पिउनु हो, जस्तै परमेश्‍वरतिर तेरो हृदय कसरी फर्काउने, परमेश्‍वरको सामुन्ने तेरो हृदय कसरी शान्त बनाउने, र कसरी शरीरको विरुद्धमा विद्रोह गर्ने। तैँले व्यवहारमा लागू गर्नुपर्ने कुराहरू यिनै हुन्। परमेश्‍वरका वचनहरू कसरी खाने र पिउने सो थाहा नपाइकन, सच्चा सङ्गति असम्भव छ। उहाँका वचनहरू कसरी खाने र पिउने सो थाहा पाएपछि, चाबी के हो तैँले बुझेपछि, सङ्गति स्वतन्त्र हुनेछ, र जुनसुकै सवाल उठे पनि, तँ सङ्गति गर्न र वास्तविकतालाई बुझ्न सक्‍नेछस्। यदि, परमेश्‍वरका वचनहरूको सङ्गति गर्दा, तँसँग वास्तविकता छैन भने, चाबी के हो तैँले बुझेको छैनस्, जसले परमेश्‍वरका वचनहरू कसरी खाने र पिउने तँलाई थाहा छैन भन्‍ने देखाउँछ। परमेश्‍वरका वचनहरू पढ्दा केही मानिसहरूलाई थकाइ लाग्दो लाग्न सक्छ, जुन सामान्य स्थिति होइन। परमेश्‍वरका वचनहरू पढ्दा कहिल्यै थकाइ नलाग्‍नु, तिनीहरूको लागि सधैँ तृषित रहनु, र परमेश्‍वरका वचनहरू सधैँ असल पाउनुचाहिँ सामान्य हो। वास्तवमै प्रवेश गरेकाले यसरी परमेश्‍वरका वचनहरू खान्छन् र पिउँछन्। जब परमेश्‍वरका वचनहरू अत्याधिक व्यावहारिक छन् र मानिस प्रवेश गर्नु पर्ने ठ्याक्कै यही हो भन्‍ने तँलाई लाग्छ; जब उहाँका वचनहरू मानिसको लागि असाध्यै उपयोगी र लाभदायक छन्, र ती मानिसको जीवनको भण्डार हुन् भन्‍ने तँलाई लाग्छ—तँलाई यो अनुभूति पवित्र आत्माले दिनुहुन्छ, र पवित्र आत्माले तँलाई छुनुहुन्छ। यसले पवित्र आत्माले तँमा काम गरिरहनु भएको छ र परमेश्‍वर तँबाट फर्किएर जानुभएको छैन भन्‍ने प्रमाणित गर्छ। केही मानिसहरू, परमेश्‍वर सधैँ बोलिरहेको देखेर, उहाँका वचनहरूदेखि दिक्क हुन्छन्, र उनीहरूले त्यसलाई पढे पनि वा नपढे पनि यसको कुनै परिणाम छैन भन्‍ने ठान्छन्—जुन सामान्य स्थिति होइन। वास्तविकतामा प्रवेश गर्ने प्यास भएको हृदय उनीहरूसँग छैन, र यस्ता मानिसहरू सिद्ध पारिन न तृष्णा गर्छन् न महत्त्व नै दिन्छन्। जब तैँले आफूमा परमेश्‍वरका वचनहरूको तृष्णा नभएको पाउँछस्, यसले तँ सामान्य स्थितिमा छैनस् भन्‍ने देखाउँछ। विगतमा, परमेश्‍वर तँबाट फर्किएर जानु वा नजानु भन्‍ने कुरा, तँ आफूभित्र शान्तिमा थिइस् वा थिइनस्, र तैँले आनन्द अनुभव गरिस् वा गरिनस् त्यसले निर्धारित गर्न सक्थ्यो। अब तँ परमेश्‍वरका वचनहरूको तृष्णा गर्छस् कि गर्दैनस्, उहाँका वचनहरू तेरो वास्तविकता हो कि होइन, तँ निष्ठावान् छस् कि छैनस्, र तैँले परमेश्‍वरको लागि आफूले गर्न सक्ने सबै गर्न सक्छस् कि सक्दैनस्, चाबी त्यही हो। अर्को शब्दमा, परमेश्‍वरका वचनहरूको वास्तविकताद्वारा मानिसको न्याय गरिन्छ। परमेश्‍वरले आफ्ना वचनहरू सबै मानवजातिप्रति लक्षित गर्नुहुन्छ। यदि तँ ती पढ्न इच्छुक छस् भने, उहाँले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ, तर यदि छैनस् भने, उहाँले दिनुहुनेछैन। धार्मिकताको लागि जो भोका र प्यासा छन् परमेश्‍वरले उनीहरूलाई अन्तर्दृष्टि दिनुहुन्छ, र जसले उहाँलाई खोजी गर्छ उनीहरूलाई उहाँले अन्तर्दृष्टि दिनुहुन्छ। उनीहरूले परमेश्‍वरका वचनहरू पढेपछि पनि उहाँले उनीहरूलाई अन्तर्दृष्टि दिनु भएन भनेर कतिले भन्छन्। तर कुन तरिकाले तैँले ती वचनहरू पढिस्? यदि तैँले उहाँका वचनहरू घोडाको पछाडि सवार मानिसले फूलहरू हेरे जस्तो तरिकाले पढिस् भने, र वास्तविकतालाई कुनै महत्त्व दिइनस् भने, परमेश्‍वरले कसरी तँलाई अन्तर्दृष्टि दिन सक्नुहुन्थ्यो? परमेश्‍वरका वचनहरूलाई बहुमूल्य नमान्नेलाई उहाँले कसरी सिद्ध पार्न सक्‍नुहुन्छ? यदि तँ परमेश्‍वरका वचनहरूलाई बहुमूल्य मान्दैनस् भने, तँसँग न त सत्य हुनेछ न त वास्तविकता। यदि तँ उहाँका वचनहरूलाई बहुमूल्य मान्छस् भने, तँ सत्यलाई व्यवहारमा लागू गर्न सक्छस्, र त्यसपछि मात्र तैँले वास्तविकतालाई बुझ्‍नेछस्। त्यसैकारण तँ व्यस्त भए पनि वा नभए पनि, परिस्थिति अनुकूल भए पनि वा नभए पनि, र तँलाई जाँचिए पनि वा नजाँचिए पनि, तैँले परमेश्‍वरका वचनहरू हमेसा खानु र पिउनु पर्छ। सबै कुरामा, परमेश्‍वरका वचनहरू मानिसको अस्तित्वका जग हुन्। उहाँका वचनहरूबाट कोही पनि फर्किन सक्दैन, तर उहाँका वचनहरू तिनीहरूले एक दिनमा तीन छाक खाना खाए जसरी खानुपर्छ। सिद्ध पारिनु र परमेश्‍वरद्वारा प्राप्त गरिनु त्यति सजिलो हुन सक्थ्यो? वर्तमानमा तैँले बुझे पनि नबुझे पनि, र परमेश्‍वरका कामप्रति तँमा सूक्ष्मदृष्टि भए पनि नभए पनि, तैँले सम्भव भएसम्म धेरै परमेश्‍वरका वचनहरू खानु र पिउनुपर्छ। यो सक्रिय तरिकाले प्रवेश गर्नु हो। परमेश्‍वरका वचनहरू पढिसकेपछि, जेमा तँ प्रवेश गर्न सक्छस् त्यसलाई व्यवहारमा लागू गर्न हतार गर्, र तँ जे सक्छस् त्यसलाई एक क्षणको लागि अलग राख्। सुरुवातमा तैँले बुझ्‍न नसक्‍ने परमेश्‍वरका धेरै वचनहरू हुन सक्छन्, तर दुई वा तीन महीनापछि, सायद एक वर्षपछि तैँले ती बुझ्‍नेछस्। यो कसरी हुन सक्छ? यसको कारण के हो भने, परमेश्‍वरले मानिसहरूलाई एक वा दुई दिनमा सिद्ध पार्न सक्नुहुन्न। अधिकांश समय, जब तँ उहाँका वचनहरू पढ्छस्, तैँले तुरुन्तै नबुझ्न सक्छस्। त्यो समयमा, ती केवल पाठभन्दा बढी केही पनि होइन भन्‍ने लाग्‍न सक्छ; तैँले ती बुझ्नुभन्दा अगाडि तैँले केही समय तिनलाई अनुभव गर्नुपर्छ। परमेश्‍वरले यति धेरै बोलेपछि, उहाँका वचनहरू खान र पिउन तैँले आफ्नो सक्दो कोसिस गर्नुपर्छ, र त्यसपछि, थाहै नपाई तैँले यो बुझ्नेछस्, थाहै नपाई, पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। जब पवित्र आत्माले मानिसलाई अन्तर्दृष्टि दिनुहुन्छ, यो प्रायः मानिसको जानकारी विना नै हुन्छ। जब तँ तृषित हुन्छस् र खोजी गर्छस्, उहाँले तँलाई अन्तर्दृष्टि दिनुहुन्छ र अगुवाइ गर्नुहुन्छ। पवित्र आत्माले काम गर्ने सिद्धान्त तैँले खाने र पिउने परमेश्‍वरका वचनहरूमा केन्द्रित छ। परमेश्‍वरका वचनहरूलाई महत्त्व नदिने र उहाँका वचनहरूका बारेमा सँधै फरक मनोवृत्ति राख्‍ने—तिनीहरूका मूर्ख सोचाइमा, तिनीहरूले वचनहरू पढे पनि वा नपढे पनि यो उदासीनताको कुरा हो भन्‍ने विश्‍वास गर्छन्—तिनीहरू वास्तविकता नभएकाहरू हुन्। यस्ता व्यक्तिमा न त पवित्र आत्माको काम न त उहाँको अन्तर्दृष्टि देख्न नै सकिन्छ। यस्ता मानिसहरू योग्यता विनाका बहाना गर्नेहरू, केही गरेजस्तो गर्नेहरू मात्रै हुन्, दृष्टान्तका नाङ्गुवोजस्तै।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४०४

जब परमेश्‍वरका वचनहरू प्रकट हुन्छन्, तैँले तिनीहरूलाई तत्कालै ग्रहण गर्नुपर्छ, र तिनीहरूलाई खानु र पिउनु पर्छ। तैँले जति बुझे पनि, तैँले पक्रनुपर्ने एउटा दृष्टिकोण भनेको उहाँका वचनहरू खानु र पिउनु, बुझ्नु, र अभ्यास गर्नु भन्‍ने हो। तैँले गर्न सक्नु पर्ने कुरा यही हो। तेरो कद कति महान् बन्ला भनेर कहिल्यै विचार नगर्; उहाँका वचनहरू खाने र पिउनेमा मात्र ध्यान केन्द्रित गर्। मानिसले सहकार्य गर्नुपर्ने यसैमा हो। तेरो आत्मिक जीवनशैली भनेको मूलतः परमेश्‍वरका वचनहरू खाने र पिउने र तिनीहरूलाई व्यवहारमा लागू गर्ने वास्तविकतामा प्रवेश गर्न कोसिस गर्नु हो। अन्य कुनै कुरामा ध्यान केन्द्रित गर्नु तेरो काम होइन। मण्डलीका अगुवाहरूले आफ्ना सबै दाजुभाइ र दिदीबहिनीलाई अगुवाइ गर्न सक्नुपर्छ ताकि उनीहरूले परमेश्‍वरका वचनहरू कसरी खाने र पिउने भनी थाहा पाउन सकून्। यो हरेक मण्डली अगुवाको जिम्मेवारी हो। उनीहरू बालक हुन् वा वृद्ध, सबैले परमेश्‍वरका वचनहरू खानु र पिउनुलाई ठूलो महत्त्वको रूपमा लिनुपर्छ र उहाँका वचनहरू उनीहरूको हृदयमा हुनुपर्छ। यो वास्तविकतामा प्रवेश गर्नुको अर्थ राज्यको युगमा प्रवेश गर्नु हो। आज, अधिकांश मानिसहरू परमेश्‍वरका वचनहरू नखाई र नपिई जिउन नसक्ने अनुभूति गर्छन्, र समय जे भए पनि उहाँका वचनहरू ताजा छन् भन्‍ने अनुभव तिनीहरू गर्छन्। यसको अर्थ उनीहरू सही मार्गमा चल्न सुरु गरेका छन् भन्‍ने हुन्छ। परमेश्‍वरले आफ्ना काम गर्न र मानिसको दिन वचनहरूको प्रयोग गर्नुहुन्छ। जब परमेश्‍वरका वचनहरूप्रति जो कोही लालायित र तृषित हुन्छन्, मानवजाति उहाँका वचनहरूको संसारमा प्रवेश गर्नेछ।

परमेश्‍वरले धेरै कुरा बोल्नुभएको छ। तैँले कति कुरा थाहा पाइस्? तँ कति कुरामा प्रवेश गरेको छस्? यदि मण्डलीको अगुवाइ गर्नेहरूले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई मार्गदर्शन गरेर परमेश्‍वरका वचनहरूको वास्तविकतामा पुऱ्याएका छैनन् भने, तिनीहरू आफ्नो जिम्मेवारीमा चुकेका हुनेछन् र आफ्ना जिम्मेवारीहरू पूरा गर्न असफल भएका हुनेछन्! चाहे तेरो बुझाइ गहन होस् वा सतही, तैँले आफ्नो बुझाइ जुनसुकै हदको भए पनि, उहाँका वचनहरू कसरी खाने र पिउने भनेर जान्नैपर्छ, तैँले उहाँका वचनहरूलाई धेरै ध्यान दिनैपर्छ अनि ती खानु र पिउनुको महत्त्व र आवश्यकतालाई बुझ्नैपर्छ। परमेश्‍वरले यति धेरै कुरा बोल्नुभएपछि, यदि तँ उहाँका वचनहरू खाँदैनस् र पिउँदैनस् वा ती पछ्याउँदैनस् वा ती व्यवहारमा लागु गर्दैनस् भने, यसलाई परमेश्‍वरमा विश्‍वास गरेको भन्न मिल्दैन। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, अनिवार्य रूपमा उहाँका वचनहरू खानु र पिउनुपर्छ, उहाँका वचनहरू अनुभव गर्नुपर्छ र उहाँका वचनहरू जिउनुपर्छ। यसलाई मात्र परमेश्‍वरमाथिको विश्‍वास भन्न मिल्छ! यदि तँ मुखले म परमेश्‍वरमा विश्‍वास गर्छु भन्छस् तर उहाँको कुनै पनि वचन व्यवहारमा लागु गर्न वा कुनै पनि वास्तविकता प्रकट गर्न असक्षम छस् भने, यसलाई परमेश्‍वरमा विश्‍वास गरेको भनिँदैन। बरु, यो त “धित मरुञ्जेल खान खोज्नु” हो। सानातिना गवाहीहरू, व्यर्थका कुराहरू र सतही मामिलाहरूबारे मात्रै कुरा गर्नु, तर अलिकति वास्तविकतासमेत नहुनु: यी कुराहरू परमेश्‍वरमाथिको विश्‍वास होइनन् र तैँले परमेश्‍वरमा विश्‍वास गर्ने सच्चा मार्गलाई पटक्कै बोध गरेको छैनस्। तैँले किन अनिवार्य रूपमा परमेश्‍वरका वचनहरू अझ बढी खानु र पिउनुपर्छ? यदि तँ उहाँका वचनहरू खाँदैनस् र पिउँदैनस् तर स्वर्ग मात्र जान खोज्छस् भने, के त्यो परमेश्‍वरमा विश्‍वास गर्नु हो? परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिले चाल्नुपर्ने पहिलो कदम के हो? परमेश्‍वर कुन मार्गद्वारा मानिसलाई सिद्ध पार्नुहुन्छ? के तँ परमेश्‍वरका वचनहरू नखाई र नपिई सिद्ध पारिन सक्छस्? के परमेश्‍वरका वचनहरू तेरो वास्तविकता नबनी तँलाई राज्यको व्यक्ति मान्न सकिन्छ? आखिर परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो? परमेश्‍वरका विश्‍वासीहरू, कम्तीमा पनि, बाहिरी रूपमा असल व्यवहारको हुनुपर्छ; सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्‍वरका वचनहरू धारण गर्नु हो। तँ कुनै पनि हालतमा उहाँका वचनहरूबाट विमुख हुन सक्दैनस्। परमेश्‍वरलाई चिन्नु र उहाँका अभिप्रायहरू पूरा गर्नु सबै उहाँकै वचनहरूमार्फत हासिल हुन्छन्। भविष्यमा, हरेक राष्ट्र, सम्प्रदाय, धर्म र क्षेत्रलाई परमेश्‍वरका वचनहरूमार्फत विजय गरिनेछ। परमेश्‍वरले सिधै बोल्नुहुनेछ र सबै मानिसले परमेश्‍वरका वचनहरू आफ्नो हातमा लिनेछन् र यसको माध्यमबाट तिनीहरू सिद्ध पारिनेछन्। भित्र र बाहिर, परमेश्‍वरका वचनहरू सर्वत्र व्याप्त हुन्छन्: सबैले आफ्नो मुखले परमेश्‍वरका वचनहरू बोल्नेछन्, परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्नेछन् र परमेश्‍वरका वचनहरूलाई आफूभित्र राख्नेछन्, तिनीहरू भित्र र बाहिर दुवैतिर परमेश्‍वरका वचनहरूमा भिजेका हुनेछन्। यसरी, तिनीहरू सिद्ध पारिनेछन्। परमेश्‍वरका अभिप्रायहरू पूरा गर्ने र उहाँका लागि साक्षी दिन सक्षम हुनेहरूले परमेश्‍वरका वचनहरूलाई आफ्नो वास्तविकताका रूपमा धारण गर्छन्।

सहस्राब्दीय राज्यको युग—वचनको युग—मा प्रवेश गर्ने काम आज समाप्त हुन्छ। अब उप्रान्त, परमेश्‍वरका वचनहरूबारे सङ्गतिमा अभ्यस्त हुँदै अभ्यास गर्। परमेश्‍वरका वचनहरू खाएर र पिएर साथै अनुभव गरेर मात्रै तँ परमेश्‍वरका वचनहरूमा जिउन सक्‍नेछस्। अरूलाई विश्‍वस्त पार्न तैँले केही व्यावहारिक अनुभव पैदा गर्नैपर्छ। यदि तँ परमेश्‍वरका वचनहरूको वास्तविकता जिउन सक्दैनस् भने, कोही पनि विश्‍वस्त हुनेछैनन्! परमेश्‍वरद्वारा प्रयोग गरिएका सबै परमेश्‍वरका वचनहरूको वास्तविकता जिउन सक्छन्। यदि तँ यो वास्तविकता देखाउन र परमेश्‍वरलाई गवाही दिन सक्दैनस् भने, पवित्र आत्माले तँमा काम गर्नुभएको छैन, र तँ सिद्ध परिएको छैनस् भन्‍ने यसले देखाउँछ। परमेश्‍वरका वचनहरूको महत्त्व यही हो। के परमेश्‍वरका वचनहरूको लागि तृषित हुने हृदय तँमा छ? परमेश्‍वरका वचनहरूको लागि तृषित हुने सत्यको लागि तृषित हुन्छन्, र केवल यस्ता मानिसहरू मात्रै परमेश्‍वरद्वारा आशिषित हुन्छन्। भविष्यमा, सबै धर्महरू र सबै सम्प्रदायहरूलाई परमेश्‍वरले भन्नुहुने धेरै वचनहरू छन्। बोल्न र उहाँको आवाजलाई प्रकट गर्न अन्यजातिहरूका माझमा उनीहरूलाई विजय गर्न जानुभन्दा अगाडि तिमीहरूलाई पूर्ण पार्न तिमीहरूको माझमा नै उहाँ पहिले बोल्नुहुन्छ र उहाँको आवाज प्रकट गर्नुहुन्छ। उहाँका वचनहरूद्वारा, सबै शुद्ध हृदयले र पूर्ण रूपले विश्‍वस्त हुनेछन्। परमेश्‍वरका वचनहरूद्वारा र उहाँका प्रकाशद्वारा, मानिसको भ्रष्ट स्वभाव घट्छ, उसले मानिसको स्वरूप प्राप्त गर्छ, र उसको विद्रोही स्वभाव कम हुन्छ। वचनहरूले मानिसमा अख्तियारी साथ काम गर्छन् र परमेश्‍वरका प्रकाशभित्र मानिसलाई जित्छन्। वर्तमान युगमा परमेश्‍वरले गर्ने काम, साथै उहाँको कामका मोडहरू, सबैलाई उहाँका वचनहरूभित्र पाउन सकिन्छ। यदि तँ उहाँका वचनहरू पढ्दैनस् भने, तैँले केही पनि बुझ्‍नेछैनस्। उहाँका वचनहरू तैँले आफै खाएर अनि पिएर, अनि तेरा दाजुभाइहरू र दिदीबहिनीहरूसँगको सङ्गतिको संलग्‍नताबाट र तेरो वास्तविक अनुभवहरूबाट, तैँले परमेश्‍वरका वचनहरूको पूर्ण ज्ञान प्राप्त गर्नेछस्। त्यसपछि मात्र तँ तिनको वास्तविकतामा साँच्चिकै जिउन सक्‍नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४०५

मैले पहिले नै भनेको छु कि “चिन्ह र अचम्‍मका कार्यहरू हेर्नमा ध्यान केन्द्रित गर्ने सबैलाई त्यागिनेछ; तिनीहरू सिद्ध पारिनेमा पर्दैनन्।” मैले यतिका धेरै वचन बोलेको छु, तैपनि मानिसलाई यो कामको रत्तीभर ज्ञान छैन, र, यस बिन्दुमा आइपुगेर पनि, मानिसहरू अझै चिन्ह र अचम्‍मका कार्यहरू माग्छन्। के परमेश्‍वरमाथिको तेरो विश्‍वास चिन्ह र अचम्‍मका कार्यहरूको पछ्याइभन्दा बढी केही पनि होइन, कि यो जीवन प्राप्त गर्नका निम्ति हो? येशूले पनि धेरै वटा वचन बोल्नुभयो, र तीमध्ये कतिपय अझै पूरा हुन बाँकी छन्। के तँ येशू परमेश्‍वर हुनुहुन्न भनेर भन्न सक्छस्? परमेश्‍वरले उहाँ ख्रीष्ट र परमेश्‍वरको प्रिय पुत्र हुनुहुन्छ भनी गवाही दिनुभयो। के तँ यसलाई नकार्न सक्छस्? आज, परमेश्‍वर वचनहरू मात्र बोल्नुहुन्छ, र यदि तँलाई यो कुरा पूर्ण रूपमा थाहा छैन भने, तँ अडिग रहन सक्दैनस्। के तँ उहाँ परमेश्‍वर हुनुभएको कारणले उहाँमा विश्‍वास गर्छस्, कि उहाँका वचनहरू पूरा हुन्छन् कि हुँदैनन् भन्‍ने आधारमा उहाँमा विश्‍वास गर्छस्? के तँ चिन्ह र अचम्‍मका कार्यहरूमा विश्‍वास गर्छस्, कि परमेश्‍वरमा विश्‍वास गर्छस्? आज, उहाँ चिन्ह र अचम्‍मका कार्यहरू देखाउनुहुन्न—के उहाँ साँच्चै परमेश्‍वर हुनुहुन्छ? यदि उहाँले बोल्ने वचनहरू पूरा हुँदैनन् भने, के उहाँ साँच्चै परमेश्‍वर हुनुहुन्छ? के परमेश्‍वरको सार उहाँले बोल्ने वचनहरू पूरा हुन्छन् कि हुँदैनन् भन्‍ने कुराद्वारा निर्धारित हुन्छ? कतिपय मानिस परमेश्‍वरमा विश्‍वास गर्नुअघि किन सधैँ उहाँका वचनहरू पूरा हुने प्रतीक्षा गरिरहेका हुन्छन्? के यसको अर्थ तिनीहरू उहाँलाई चिन्दैनन् भन्‍ने होइन र? त्यस्ता धारणाहरू राख्ने सबै परमेश्‍वरलाई नकार्ने मानिस हुन्। तिनीहरू परमेश्‍वरलाई मापन गर्न धारणाहरू प्रयोग गर्छन्; यदि परमेश्‍वरका वचनहरू पूरा भए भने, तिनीहरू उहाँमा विश्‍वास गर्छन्, र यदि ती पूरा भएनन् भने, तिनीहरू उहाँमा विश्‍वास गर्दैनन्; र तिनीहरू सधैँ चिन्ह र अचम्‍मका कार्यहरू हेर्ने पछ्याइमा लाग्छन्। के यी मानिसहरू आधुनिक समयका फरिसी होइनन् र? तँ दृढ रहन सक्छस् कि सक्दैनस् भन्‍ने कुरा तँ व्यावहारिक परमेश्‍वरलाई चिन्छस् कि चिन्दैनस् भन्‍ने कुरामा निर्भर हुन्छ—यो अति महत्त्वपूर्ण छ! तँमा परमेश्‍वरको वचनको वास्तविकता जति धेरै छ, परमेश्‍वरको व्यावहारिकतासम्बन्धी तेरो ज्ञान त्यति नै ठूलो हुन्छ, र तँ परीक्षाहरूका दौरान त्यति नै बढी अडिग हुन सक्छस्। तँ चिन्ह र अचम्‍मका कार्यहरू हेर्नमा जति धेरै ध्यान केन्द्रित गर्छस्, तँ दृढ रहन त्यति नै कम सक्षम हुन्छस्, र तँ परीक्षाहरूका बीचमा ढल्नेछस्। चिन्ह र अचम्‍मका कार्यहरू जग होइनन्; परमेश्‍वरको व्यावहारिकता मात्र जीवन हो। कतिपय मानिसलाई परमेश्‍वरको कामद्वारा हासिल गरिने प्रभावहरू थाहा हुँदैन। तिनीहरू परमेश्‍वरको कामको ज्ञान नपछ्याई अन्योलमा आफ्ना दिनहरू बिताउँछन्। तिनीहरूको पछ्याइको उद्देश्य सधैँ आफ्ना चाहनाहरू परमेश्‍वरलाई पूरा गर्न लगाउने मात्र हुन्छ, र त्यसपछि मात्र तिनीहरू आफ्नो विश्‍वासमा गम्भीर हुनेछन्। तिनीहरू यदि परमेश्‍वरका वचनहरू पूरा भए भने तिनीहरूले जीवन पछ्याउने, तर यदि उहाँका वचनहरू पूरा भएनन् भने, तिनीहरूले जीवन पछ्याउने कुनै सम्भावना नरहने भनेर भन्छन्। मानिसहरू परमेश्‍वरमाथिको विश्‍वास भनेको चिन्ह र अचम्‍मका कार्यहरू हेर्ने पछ्याइ र स्वर्ग र तेस्रो स्वर्गमा उक्लने पछ्याइ हो भन्‍ने सोच्छन्। तिनीहरूमध्ये कसैले पनि परमेश्‍वरमाथिको आफ्नो विश्‍वास वास्तविकतामा प्रवेश गर्ने पछ्याइ, जीवनको पछ्याइ, र परमेश्‍वरद्वारा प्राप्त गरिने पछ्याइ हो भनेर भन्दैन। यस्तो पछ्याइको के महत्त्व हुन्छ? जो परमेश्‍वरको ज्ञान र परमेश्‍वरको सन्तुष्टि पछ्याउँदैनन् तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने मानिस होइनन्; तिनीहरू परमेश्‍वरलाई ईशनिन्दा गर्ने मानिस हुन्!

के अब तिमीहरूले परमेश्‍वरमाथिको विश्‍वास भनेको के हो भनेर बुझ्छौ? के परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ चिन्हहरू र अचम्‍मका कामहरू हेर्नु हो? के यसको अर्थ स्वर्ग जानु हो? परमेश्‍वरमा विश्‍वास गर्नु कुनै रूपमा सजिलो कुरा होइन। विश्वासका धार्मिक विधिहरूलाई निमिट्यान्न पार्नुपर्छ; बिरामीको चङ्गाइ र पिशाचहरू निकाल्‍ने कामको पछि लाग्नु, चिन्हहरू र अचम्‍मका कामहरूमा ध्यान लगाउनु, परमेश्‍वरको अनुग्रह, शान्ति र आनन्दको अझ बढी लालसा गर्नु, देहको भविष्य र आरामको पछि लाग्नु—यी विश्वासका धार्मिक विधिहरू हुन्, र यस्ता विश्वासका विधिहरू अस्पष्ट किसिमका आस्था हुन्। आज परमेश्‍वरमाथिको व्यावहारिक विश्‍वास भनेको के हो? यो परमेश्‍वरको वचनलाई तेरो जीवन वास्तविकताको रूपमा स्वीकार गर्नु, परमेश्‍वरलाई उहाँको वचनबाट चिन्नु, र यसरी उहाँप्रति साँचो प्रेम हासिल गर्नु हो। प्रस्ट रूपमा भन्नुपर्दा: परमेश्‍वरमा विश्‍वास गर्नु भनेको तँ उहाँमा समर्पित भएस्, तैँले उहाँलाई प्रेम गरेस्, र सृजित प्राणीद्वारा पूरा गरिनुपर्ने कर्तव्य पूरा गरेस् भन्नका लागि हो। परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य यही नै हो। तैँले परमेश्‍वर कति प्रेमिलो हुनुहुन्छ, परमेश्‍वर कति आदर गर्न लायक हुनुहुन्छ, र परमेश्‍वरले उहाँका सृजित प्राणीहरूमा गर्ने काम कसरी तिनीहरूको मुक्ति र तिनीहरूको सिद्धता हो भनेर जान्नैपर्छ—यी तैँले परमेश्‍वरमाथि विश्‍वास गर्नुका अत्यावश्यक तत्त्वहरू हुन्। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको मूल रूपमा देहको जीवनबाट परमेश्‍वरलाई प्रेम गर्ने जीवनमा र भ्रष्टतामा जिउनुबाट परमेश्‍वरका वचनहरूको जीवनमा जिउनुमा सर्नु हो; यो शैतानको सत्ताबाट बाहिर निस्केर परमेश्‍वरको हेरचाह र सुरक्षामा जिउनु हो; यो तँ देहप्रति समर्पित हुनुभन्दा परमेश्‍वरप्रति समर्पित हुन सकेस्, परमेश्‍वरले तेरो सम्पूर्ण हृदय प्राप्त गर्न र तँलाई सिद्ध पार्न सक्नुहोस्, र तँ शैतानी भ्रष्ट स्वभावहरूबाट मुक्त हुन सकेस् भन्नका लागि हो। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको मूलतः परमेश्‍वरको महान् शक्ति र महिमा तँमा प्रकट हुन सकोस्, तैँले परमेश्‍वरको इच्छालाई पछ्याएस्, परमेश्‍वरको योजना पूरा होस्, साथै तैँले शैतानको अगाडि परमेश्‍वरको साक्षी दिन सकेस् भन्नका लागि हो। परमेश्‍वरमाथिको विश्‍वास चिन्हहरू र अचम्‍मका कामहरू हेर्ने चाहनामा केन्द्रित हुनु हुँदैन, न त त्यो तेरो आफ्नै देहको खातिर नै हुनुपर्छ। त्यो परमेश्‍वरलाई चिन्नु, परमेश्‍वरप्रति समर्पित हुन सक्नु, अनि पत्रुसजस्तै मृत्युसम्मै उहाँप्रति समर्पित हुनुको पछ्याइमा केन्द्रित हुनुपर्छ। मुख्य उद्देश्य भनेको यो कुरा हासिल गर्नु हो। व्यक्तिले परमेश्‍वरलाई चिन्न र उहाँलाई सन्तुष्ट पार्नका निम्ति पनि परमेश्‍वरको वचन खान्छ र पिउँछ। परमेश्‍वरको वचन खाँदा र पिउँदा त्यसले तँलाई परमेश्‍वरको बारेमा महान् ज्ञान दिन्छ, त्यसपछि मात्र तँ उहाँमा समर्पित हुन सक्छस्। परमेश्‍वर सम्‍बन्धी ज्ञानद्वारा मात्रै तैँले उहाँलाई प्रेम गर्न सक्छस्, अनि परमेश्‍वरमाथिको मानिसको विश्‍वासमा हुनुपर्ने उद्देश्य यही मात्र हो। यदि परमेश्‍वरमाथिको विश्‍वासमा तँ सधैँ चिन्ह र आश्चर्यकर्महरू हेर्ने कामना गर्छस् भने, परमेश्‍वरमाथिको विश्‍वासको यो दृष्टिकोण गलत छ। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको मूलतः परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवन वास्तविकताका रूपमा स्विकार्नु हो। जब परमेश्‍वरको मुखबाट आउने वचनहरू मानिसहरूद्वारा अभ्यास गरिन्छन् र तिनीहरूमा साकार हुन्छन्, तब परमेश्‍वरको उद्देश्य पूरा हुन्छ। परमेश्‍वरमा विश्‍वास गर्दा, मानिस परमेश्‍वरद्वारा सिद्ध पारिने, परमेश्‍वरप्रति समर्पित हुन सक्षम हुने र परमेश्‍वरप्रति पूर्ण समर्पण हासिल गर्ने पछ्याइमा लाग्नुपर्छ। यदि तँ कुनै गुनासो नगरी परमेश्‍वरप्रति समर्पित हुन सक्छस्, तैँले परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्न, पत्रुसको कद हासिल गर्न, र परमेश्‍वरले भन्नुभएको जस्तो पत्रुसको शैली प्राप्त गर्न सक्छस् भने, तब तैँले परमेश्‍वरमाथिको विश्‍वासमा सफलता हासिल गरेको हुनेछस्, अनि त्यसले तँ परमेश्‍वरद्वारा प्राप्त गरिएको छस् भन्‍ने सङ्केत गर्नेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वचनद्वारा सबै कुरा पूरा हुन्छ

अघिल्लो: जीवनमा प्रवेश

अर्को: जीवनमा प्रवेश (२)

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्