के तँ परमेश्‍वरको साँचो विश्‍वासी होस्?

तैँले परमेश्‍वरप्रतिको विश्‍वासको मार्गमा हिँडेको एक-दुई वर्ष भएको हुनसक्छ र सायद तैँले यी वर्षहरूमा आफ्‍नो जीवनमा धेरै कठिनाइ भोगेको छस् होला; वा सायद तैँले ज्यादा कठिनाइ भोगेको छैनस् होला, र त्यसको सट्टा धेरै अनुग्रह प्राप्त गरेको छस् होला। तैँले न त कठिनाइ न त अनुग्रह नै अनुभव गरेको बरु मामूली जीवन जिएको पनि हुनसक्छ। यसको बाबजुद पनि, तँ अझै परमेश्‍वरको अनुयायी रहेको छस्, त्यसैले हामी परमेश्‍वरलाई पछ्याउने विषयमा सङ्गति गरौं। तैपनि यी वचनहरू पढ्ने सबैलाई मैले याद दिलाउनुपर्छ कि परमेश्‍वरका वचनहरू उहाँलाई स्वीकार गर्ने र पछ्याउनेहरूप्रति लक्षित हुन्छन्, उहाँलाई स्वीकार गर्ने वा नगर्ने सबै मानिसहरूप्रति लक्षित हुँदैनन्। यदि तैँले परमेश्‍वर संसारमा भएका जनसमुदायहरू, सम्पूर्ण मानिसहरूसँग बोल्नुहुन्छ भनी विश्‍वास गर्छस् भने, तँमाथि परमेश्‍वरको वचनको कुनै प्रभाव हुनेछैन। यसरी, तैँले आफ्नो हृदयमा यी सबै वचनहरूलाई सम्झना गर्नुपर्छ र आफूलाई कहिल्यै पनि तिनीहरूबाट अलग गर्नु हुँदैन। जे भए तापनि, हाम्रो घरमा जे भइरहेको छ सोबारेमा कुरा गरौं।

तिमीहरू सबैले अब परमेश्‍वरमाथिको विश्‍वासको साँचो अर्थलाई बुझ्नुपर्छ। मैले यसअघि बताएको परमेश्‍वरमाथिको विश्‍वासको अर्थ तिमीहरूको सकारात्मक प्रवेशसँग सम्बन्धित छ। आज फरक छ: आज, म परमेश्‍वरमाथिको तेरो विश्‍वासको सारतत्वको बारेमा विश्लेषण गर्न चाहन्छु। निश्चय नै, यसले तिमीहरूलाई नकारात्मक पक्षबाट मार्गदर्शन गरिरहेको छ; यदि मैले यसो नगरेको भए, तिमीहरूले कहिल्यै आफ्ना साँचो अनुहार चिन्ने थिएनौ, र सदा आफ्ना भक्ति र विश्‍वसनीयताको बखान गर्थ्यौ। यो भन्नु उचित हुन्छ कि यदि मैले तिमीहरूका हृदयका गहिराइमा भएका कुरूपतालाई उजागर गरिन भने, तिमीहरू हरेकले आफ्ना शिरमाथि मुकुट पहिरिन्थ्यौ र सम्पूर्ण महिमा आफ्नै निम्ति राख्थ्यौ। तिमीहरूका अहङ्कारी र घमण्डी स्वभावहरूले तिमीहरूका आफ्नै विवेकलाई प्रकट गर्न, ख्रीष्टविरुद्ध विद्रोह गर्न र प्रतिवाद गर्न, अनि तिमीहरूका कुरूपता प्रकट गर्न विवश पार्छ र यसरी तिमीहरूका अभिप्राय, धारणा, अनावश्यक लालसा, र लोभले भरिएका आँखाहरूलाई उजागर गरिदिन्छ। तैपनि तिमीहरूले ख्रीष्टको कामको निम्ति आफ्नो जीवनभरिको उत्कट इच्छा र ख्रीष्टले उहिले नै पटक-पटक बताउनुभएका सत्यहरू बकबक गरिरहन्छौ। यो तिमीहरूको “विश्‍वास” हो—तिमीहरूको “विशुद्ध विश्‍वास”। मैले मानिसलाई सँधै नै कडा मापदण्डमा राखेको छु। यदि अभिप्राय र सर्तहरूसहित तेरो बफादारिता आउँछ भने, म बरु तेरो कथित बफादारिताविना रहन चाहन्छु, किनकी मलाई आफ्‍ना अभिप्रायहरूद्वारा धोका दिने र सर्तहरूद्वारा जबरजस्ती गर्नेहरूलाई म घृणा गर्छु। मानिस मप्रति पूर्ण रूपमा बफादार होस्, र उसले एउटै शब्‍द, अर्थात् विश्‍वासको खातिर र त्यसलाई प्रमाणित गर्नको लागि सबै कुरा गरोस् भन्‍ने मात्रै म कामना गर्छु। मलाई खुशी पार्न कोसिस गर्ने तिमीहरूको चापलुसीको प्रयोगलाई म घृणा गर्छु, किनकि मैले सधैँ तिमीहरूलाई इमानदारिताले व्यवहार गरेको छु, र त्यसैले तिमीहरूले पनि मप्रति साँचो विश्‍वासले काम गरेको चाहन्छु। जब विश्‍वासको कुरा आउँछ, धेरैले सोच्न सक्छन् कि तिनीहरूले परमेश्‍वरलाई पछ्याउँछन् किनभने तिनीहरूसँग विश्‍वास छ र नत्रभने तिनीहरूले यस्ता कष्ट सहँदैनथे। त्यसैले म तँलाई यी कुरा सोध्छु: यदि तैँले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्छस् भने, किन तँ उहाँको डर मान्दैनस्? यदि तैँले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्छस् भने, किन तेरो हृदयमा उहाँको थोरै भय पनि छैन? यदि तैँले ख्रीष्ट देहधारी परमेश्‍वर हुनुभएको हो भनी स्वीकार गर्छस् भने, तैँले उहाँलाई किन घृणा गर्छस्? किन तैँले उहाँप्रति श्रद्धाविहीन भई कार्य गर्छस्? किन तैँले उहाँलाई खुल्लम-खुल्ला मूल्याङ्कन गर्छस्? किन तैँले सधैँ उहाँका गतिविधिहरूमाथि जासुसी गर्छस्? किन तँ उहाँका प्रबन्धहरूप्रति समर्पित हुँदैनस्? किन तँ उहाँको वचनअनुरूप काम गर्दैनस्? किन तैँले उहाँबाट उहाँका भेटीहरू जबरजस्ती खोस्ने र लुट्ने कोसिस गर्छस्? किन तँ ख्रीष्टको स्थानबाट बोल्छस्? किन तैँले उहाँको काम र उहाँको वचन सही छ कि छैन भनी मूल्याङ्कन गर्छस्? किन तैँले उहाँको पिठ्यूँपछाडि उहाँको ईश्‍वरनिन्दा गर्ने साहस गर्छस्? के तेरो विश्‍वास यी र अन्य कुराहरूले निर्मित छ?

तिमीहरूका वचनहरू र व्यवहारमा ख्रीष्टमाथिको तिमीहरूको अविश्‍वासका तत्वहरू प्रकट हुन्छन्। तिमीहरूले गर्ने सबै कुराका आशय र लक्ष्यहरूमा अविश्‍वास व्याप्त छ। तिमीहरूको हेराइको भावमा समेत ख्रीष्टमाथिको अविश्‍वास रहेको हुन्छ। हरेक मिनेट तिमीहरू प्रत्येकले अविश्‍वासको तत्वहरूलाई शरण दिन्छौ भनेर भन्‍न सकिन्छ। यसको अर्थ के हुन्छ भने, हरेक क्षण, तिमीहरू ख्रीष्टलाई धोका दिने खतरामा हुन्छौ, किनकि तिमीहरूको शरीरमा बग्ने रगत देहधारी परमेश्‍वरमाथिको अविश्‍वासले भरिएको हुन्छ। त्यसकारण, म त भन्छु, परमेश्‍वरमाथिको विश्‍वासको पथमा तिमीहरूले छाड्ने पाइलाहरू वास्तविक होइनन्; तिमीहरू परमेश्‍वरमाथिको विश्‍वासको पथमा हिँड्दा, तिमीहरूले आफ्नो पाइला दह्रिलो गरी धरातलमा टेक्दैनौ—तिमीहरू केवल अल्याङ्टल्याङ गरिरहेका हुन्छौ। तिमीहरूले कहिल्यै पनि ख्रीष्टको वचनमा पूर्ण विश्‍वास गर्दैनौ र यसलाई तुरुन्तै अभ्यास गर्न सक्दैनौ। तिमीहरूमा ख्रीष्टमाथिको विश्‍वास नहुनुको कारण यही हो। उहाँको बारेमा सधैँ धारणाहरू हुनु पनि तिमीहरूसँग उहाँमाथि विश्‍वास नहुनुको अर्को कारण हो। सदा ख्रीष्टको कामको बारेमा शङ्कालु हुनु, ख्रीष्टका वचनहरूप्रति कानमा तेल हाल्‍नु, ख्रीष्टद्वारा गरिने जुनसुकै कामको बारेमा आफ्‍नै विचार दिनु र यो कामलाई सही तरिकाले बुझ्न नसक्‍नु, तिमीहरूले जुनै व्याख्या प्राप्त गरे पनि तिमीहरूका धारणाहरूलाई पन्छाउन कठिन हुनु, र त्यस्तै अन्य कुराहरू—यी सबै तिमीहरूका हृदयभित्र मिसिएका अविश्‍वासका तत्वहरू हुन्। तिमीहरूले ख्रीष्टको कार्यलाई पछ्याउने र कहिल्यै पछि नपर्ने भए पनि, तिमीहरूका हृदयमा ज्यादै धेरै विद्रोह मिसिएको छ। यो विद्रोह परमेश्‍वरमाथिको तेरो विश्‍वासको अशुद्धता हो। सायद तिमीहरूले मामिला यस्तै हो भनेर सोच्दैनौ होला, तर यदि तँ यसभित्रैबाट तेरा अभिप्रायहरूलाई चिन्‍न सक्दैनस् भने, तँ नाश भइजानेहरूमध्ये एक हुन बाध्य हुन्छस्, किनकि परमेश्‍वरले उहाँमा साँचो रूपमा विश्‍वास गर्नेहरूलाई मात्र सिद्ध पार्नुहुन्छ, उहाँप्रति शङ्का गर्नेहरू र उहाँ परमेश्‍वर हुनुहुन्छ भनी कहिल्यै विश्‍वास नगरे पनि मन नलागी-नलागी उहाँलाई पछ्याउनेहरूलाई होइन।

कतिपय मानिसहरू सत्यमा आनन्दित हुँदैनन्, न्यायको बारेमा त कुरै छोडौं। त्यसको साटो, तिनीहरूले शक्ति र धनसम्पत्तिमा आनन्द लिन्छन्; यस्ता मानिसहरूलाई शक्ति खोज्नेहरू भनिन्छ। तिनीहरूले संसारमा प्रभाव भएका सम्प्रदायहरूको मात्र खोजतलास गर्दछन्, र तिनीहरूले सेमिनरीहरूबाट आएका पाष्टर र शिक्षकहरूलाई मात्र खोजतलास गर्दछन्। तिनीहरूले सत्यको मार्गलाई स्वीकारेका भए पनि, तिनीहरू अर्ध-विश्‍वास गर्नेहरू मात्र हुन्; तिनीहरूले आफ्नो सम्पूर्ण मन र मस्तिष्क दिन सक्दैनन्, तिनीहरू मुखले परमेश्‍वरका निम्ति आफू स्‍वयम्‌लाई समर्पण गर्ने बारेमा वचनहरू बोल्छन्, तर तिनीहरूका नजर महान् पाष्टर र शिक्षकहरूमा केन्द्रित हुन्छन्, र तिनीहरूले ख्रीष्टलाई दोस्रो नजर पनि लगाउँदैनन्। तिनीहरूका हृदय ख्याति, भाग्य र वैभवमाथि केन्द्रित हुन्छन्। तिनीहरूले त्यस्तो कमजोर व्यक्तिले त्यति धेरै मानिसहरूलाई जित्‍न सक्छ, त्यति मामूली व्यक्तिले मानिसलाई सिद्ध पार्न सक्छ भन्‍ने कुरामा प्रश्‍न उठाउँछन्। तिनीहरूले धूलो र गोबरको थुप्रोमध्येका नगन्य मानिसहरू परमेश्‍वरद्वारा चुनिएका मानिसहरू हुन् भन्‍ने कुरामा शङ्का गर्छन्। यदि यस्ता मानिसहरू परमेश्‍वरका मुक्तिका पात्रहरू हुन्थे भने, स्वर्ग र पृथ्वी उलटपुलट हुन्थ्यो र सम्पूर्ण मानिसहरू हाँस्नेथिए भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। यदि परमेश्‍वरले यस्ता नगन्य व्यक्तिहरूलाई सिद्ध पार्न चुन्नुहुन्थ्यो भने, ती महान् मानिसहरू परमेश्‍वर स्वयम बन्नेथिए भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। तिनीहरूका दृष्टिकोणहरू अविश्‍वासले दूषित भएका हुन्छन्; विश्‍वास नगर्ने भन्दा बढी, तिनीहरू बेवकुफ पशुहरू हुन्। किनकि तिनीहरूले दर्जा, मर्यादा र शक्तिलाई मात्र मूल्यवान् ठान्दछन् र तिनीहरूले ठूला समूह र सम्प्रदायहरूलाई मात्र मान्यता दिन्छन्। ख्रीष्टले डोर्‍याउनुभएका मानिसहरूप्रति तिनीहरूसँग अलिकति पनि सम्‍मान हुँदैन; तिनीहरू त ख्रीष्टतर्फ, सत्यतर्फ र जीवनतर्फ आफ्नो पिठ्यूँ फर्काउने विश्‍वासघातीहरू मात्र हुन्।

तैँले सराहना गर्ने कुरा ख्रीष्टको विनम्रता होइन, बरु विख्यात दर्जा भएका झूटा गोठालाहरू हुन्। तैँले ख्रीष्टको प्रेमिलोपन वा बुद्धिलाई होइन बरु संसारका फोहोरमा लडीबडी गर्ने स्वेच्छाचारीहरूलाई श्रद्धा गर्छस्। तँ आफ्‍नो शिर राख्ने ठाउँ नभएका ख्रीष्टको पीडामा हाँस्छस्, तर तँ भेटीहरू खोजी गर्ने र व्यभिचारमा जिउने लासहरूको प्रशंसा गर्छस्। तँ ख्रीष्टसँगै कष्ट भोग्न इच्छुक छैनस्, तर तैँले लापरवाह, ख्रीष्ट विरोधीहरूका हातमा आफूलाई खुशीसाथ सुम्पन्छस्, जबकि तिनीहरूले तँलाई केवल देह, वचनहरू र नियन्त्रण प्रदान गर्छन्। अहिले पनि तेरो हृदय अझै तिनीहरूका ख्यातितर्फ, तिनीहरूका दर्जातर्फ, तिनीहरूका प्रभावतर्फ फर्किन्छ। अनि तँ अझै यस्तो मनोवृत्तिमा अल्झिरहन्छस्, जसले गर्दा तँलाई ख्रीष्टको कामलाई पत्याउन गाह्रो हुन्छ र तँ यसलाई स्वीकार गर्न अनिच्छुक हुन्छस्। यसकारण म भन्छु, ख्रीष्टलाई स्वीकार गर्नको लागि तँमा विश्‍वासको कमी छ। तैँले आजको दिनसम्म उहाँलाई पछ्याउनुको कारण तँसँग अन्य कुनै विकल्प नभएकोले गर्दा हो। गौरवपूर्ण तस्वीरहरूले सधैँ तेरो हृदयमा अग्लो स्तम्भ बनाइरहेको हुन्छ; तैँले तिनीहरूका कुनै पनि शब्द र कामलाई बिर्सन सक्दैनस्, न त तिनीहरूका प्रभावमय शब्द र हातहरूलाई नै बिर्सन सक्छस्। तेरो हृदयमा तिनीहरू सदा सर्वोच्च र सदा नायकहरू हुन्छन्। तर यो कुरा आजको ख्रीष्टको हकमा लागू हुँदैन। तेरो हृदयमा उहाँ सदा नै कम महत्त्वको हुनुहुन्छ, र सदा नै डरको अयोग्य हुनुहुन्छ। किनकि उहाँ अत्यन्तै सामान्य हुनुहुन्छ, उहाँको प्रभाव अत्यन्तै कम छ र उहाँ भव्यताबाट टाढा हुनुहुन्छ।

कुनै पनि अवस्थामा पनि, म त भन्छु, सत्यलाई मूल्यवान् नठान्नेहरू सबै सत्यका लागि गैर-विश्‍वासी र विश्‍वासघातीहरू हुन्। यस्ता मानिसहरूले कहिल्यै ख्रीष्टको स्वीकृति प्राप्त गर्नेछैनन्। के अब तैँले तँभित्र कति धेरै अविश्‍वास छ र तँसँग ख्रीष्टप्रति कति धेरै धोका छ भनी पहिचान गरेको छस्? तसर्थ म तँलाई उत्साह प्रदान गर्छु: तैँले सत्यको मार्गलाई चुनेको हुनाले, तैँले आफूलाई सम्पूर्ण हृदयले समर्पण गर्नुपर्दछ; अस्पष्ट वा हतोत्साहित नबन्। तैँले यो बुझ्नुपर्छ कि परमेश्‍वर संसारको स्वामित्वमा हुनुहुन्न न त उहाँ कुनै व्यक्तिको स्वामित्वमा नै हुनुहुन्छ, बरु उहाँ त साँचो रूपले उहाँमा विश्‍वास गर्नेहरू सबै, उहाँको आराधना गर्नेहरू सबै, र उहाँतर्फ समर्पित र विश्‍वासयोग्य हुनेहरू सबैका हुनुहुन्छ।

आज, धेरैजसो अविश्‍वास तिमीहरूभित्र नै रहिरहन्छ। तिमीहरूले आफैभित्र राम्ररी नियालेर हेर, र तिमीहरूले निश्चय नै जवाफ भेट्टाउनेछौ। जब तैँले वास्तविक जवाफ भेट्टाउँछस्, तब तैँले तँ परमेश्‍वरको विश्‍वासी होइनस्, बरु उहाँलाई छल गर्ने, निन्दा गर्ने र धोका दिने, र उहाँप्रति बफादार नरहने व्यक्ति होस् भनी स्वीकार गर्नेछस्। त्यसपछि तैँले ख्रीष्ट मानिस हुनुहुन्न, परमेश्‍वर हुनुहुन्छ भनी महसुस गर्नेछस्। जब त्यो दिन आउँछ, तैँले ख्रीष्टको डर मान्नेछस्, तँ उहाँदेखि भयभीत हुनेछस् र तैँले साँचो रूपले ख्रीष्टलाई प्रेम गर्नेछस्। हालको समयमा, तिमीहरूका हृदयका तीस प्रतिशत भाग मात्र विश्‍वासले भरिएको छ, जबकि अरू सत्तरी प्रतिशत शङ्काले भरिएको छ। ख्रीष्टले गर्नुहुने र भन्नुहुने हरेक कुराबाट उहाँप्रतिको तिमीहरूका धारणा र रायहरू, अर्थात् उहाँमाथिको तिमीहरूको पूर्ण अविश्‍वासबाट पलाउने धारणा र रायहरू आउँछन्। तिमीहरूले स्वर्गमा हुनुहुने अदृष्य परमेश्‍वरको मात्र सराहना गर्छौ र उहाँदेखि भयभीत हुन्छौ, र पृथ्वीमा हुनुहुने जीवित ख्रीष्टको निम्ति कुनै आदर गर्दैनौ। के यो पनि तिमीहरूको अविश्‍वास होइन र? तिमीहरू विगतमा काम गर्नुहुने परमेश्‍वरको निम्ति मात्र लालायित हुन्छौ, तर आजको ख्रीष्टको सामना गर्दैनौ। यो सबै सदा तिमीहरूका हृदयमा मिसिएको “विश्‍वास” अर्थात् आजको ख्रीष्टमा भरोसा नगर्ने विश्‍वास हो। मैले कुनै पनि तरिकाले तिमीहरूलाई कमको ठानेको छैन, किनकि तिमीहरूभित्र अत्यन्तै धेरै अविश्‍वास छ, अशुद्ध भएका र विच्छेदन गरिनुपर्ने तिमीहरूका धेरै कुराहरू छन्। यी अशुद्धताहरू तिमीहरूसँग कुनै विश्‍वास नै छैन भन्‍ने कुराको संकेत हो; ती त तिमीहरूले ख्रीष्टलाई त्यागेको निशान हो र तिनले तिमीहरूलाई ख्रीष्टको धोकेबाज भनी कलङ्क लगाउँछन्। तिनीहरू ख्रीष्टसम्‍बन्धी तिमीहरूको ज्ञानको निम्ति घुम्टो, ख्रीष्टद्वारा तिमीहरूलाई हासिल गरिने कार्यको लागि बाधा, ख्रीष्टसँगको तिमीहरूको अनुकूलताको लागि रोकावट, र ख्रीष्टले तिमीहरूलाई स्वीकार गर्नुहुन्न भन्‍ने कुराका प्रमाण हुन्। तिमीहरूको जीवनका सम्पूर्ण भागहरूलाई जाँच गर्ने समय अहिले नै हो! त्यसो गरेमा, त्यसले तिमीहरूलाई कल्‍पना गर्न सकिने हरेक तरिकाले फाइदा पुर्‍याउनेछ!

अघिल्लो: तैँले ख्रीष्‍टसँग अनुकूल हुने मार्ग खोजी गर्नुपर्छ

अर्को: ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्