के तँ साँच्चै परमेश्‍वरको विश्‍वासी होस्?

तैँले परमेश्‍वरमाथिको विश्‍वासको मार्गमा हिँडेको एक-दुई वर्षभन्दा बढी भइसकेको हुन सक्ला, र सायद यी वर्षमा तैँले आफ्नो जीवनमा धेरै कष्ट भोगेको होलास्; वा सायद तैँले कुनै कष्ट नसहेको, र त्यसको साटो धेरै अनुग्रह प्राप्त गरेको होलास्। यस्तो पनि हुन सक्छ कि तैँले न त कष्ट न त अनुग्रह नै अनुभव गरेको छस्, बरु निकै सामान्य जीवन जिएको छस्। जे भए पनि, तँ परमेश्‍वरको अनुयायी नै होस्, त्यसैले हामी परमेश्‍वरलाई पछ्याउने विषयमा सङ्गति गरौँ। तर, म यी वचनहरू पढ्ने सबैलाई के कुरा याद दिलाउन चाहन्छु भने परमेश्‍वरको वचन उहाँलाई स्वीकार गर्ने र पछ्याउने हरेक व्यक्तिप्रति लक्षित गरिएको हुन्छ, उहाँलाई स्वीकार गर्ने वा नगर्ने सबै मानिसप्रति होइन। यदि तँ परमेश्‍वर आम मानिससँग, संसारका सबै मानिससँग बोल्नुहुन्छ भनी विश्‍वास गर्छस् भने, परमेश्‍वरको वचनले तँमाथि कुनै प्रभाव पार्नेछैन। त्यसकारण, तैँले यी सबै वचनलाई आफ्नो हृदयमा याद राख्नुपर्छ, र सधैँ आफू ती वचनभन्दा बाहिर रहेको ठान्नु हुँदैन। जे भए पनि, हामी हाम्रो घरमा के भइरहेको छ भन्नेबारे कुरा गरौँ।

अब तिमीहरू सबैले परमेश्‍वरमाथिको विश्‍वासको साँचो अर्थ बुझ्नुपर्छ। मैले पहिले जुन परमेश्‍वरमाथिको विश्‍वासको कुरा गरेको थिएँ त्यसको अर्थ तिमीहरूको सकारात्मक प्रवेशसँग सम्बन्धित थियो। आजको कुरा फरक छ: आज, म परमेश्‍वरमाथिको तिमीहरूको विश्‍वासको सारलाई चिरफार गर्नेछु। अवश्य पनि, यो तिमीहरूलाई नकारात्मक पक्षबाट मार्गदर्शन गर्नु हो; यदि मैले त्यसो गरिनँ भने, तिमीहरूले आफ्नो साँचो मुहार कहिल्यै चिन्नेछैनौ, र सधैँ आफ्नो भक्ति र बफादारीको धाक देखाउनेछौ। यो भन्नु उचित नै हुन्छ कि यदि मैले तिमीहरूको हृदयको गहिराइमा भएको कुरुपतालाई उजागर गरिनँ भने, तिमीहरू हरेकले आफ्नो शिरमा मुकुट लगाउनेछौ र सबै महिमा आफैलाई दिनेछौ। तिमीहरूका अहङ्कारी र अभिमानी प्रकृतिहरूले तिमीहरूलाई आफ्नै विवेकलाई धोका दिन, ख्रीष्टविरुद्ध विद्रोह गर्न र उहाँको प्रतिरोध गर्न, अनि तिमीहरूका कुरुप मुहारहरू प्रकट गर्न प्रेरित गर्छन्, जसमार्फत तिमीहरूका अभिप्राय, धारणा, अधिक चाहनाहरू, र लोभले भरिएका आँखाहरू प्रकाशमा आउँछन्। तैपनि तिमीहरू ख्रीष्टको कामप्रति आफ्नो जीवनभरको लगाव रहेको उद्घोष गरिरहन्छौ, र ख्रीष्टले धेरै अघि बोल्नुभएका सत्यताहरूलाई भनिरहन्छौ र दोहोर्‍याइरहन्छौ। यो तिमीहरूको “विश्‍वास”—तिमीहरूको “अशुद्धताविनाको विश्‍वास” हो। मैले सुरुदेखि नै मानिसका लागि कडा मानक राखेको छु। यदि तेरो बफादारी अभिप्राय र सर्तहरूसहित आउँछ भने, बरु मलाई तेरो तथाकथित बफादारी नभएकै ठिक छ, किनभने मानिसहरूले आफ्ना अभिप्रायहरूद्वारा मलाई धोका दिने र सर्तहरू राखेर मबाट जबरजस्ती असुल्न खोज्ने कुरालाई म घृणा गर्छु। म मानिस मप्रति पूर्ण रूपमा बफादार होस्, र उसले एउटै शब्दको खातिर र त्यसलाई प्रमाणित गर्नका लागि सबै काम गरोस् भन्‍ने मात्र चाहन्छु: त्यो हो विश्‍वास। तिमीहरूले चिप्ला कुरा गरेर मलाई खुसी पार्ने प्रयास गर्दा म त्यसलाई घृणा गर्छु, किनभने मैले तिमीहरूलाई सधैँ सच्चाइका साथ व्यवहार गरेको छु, त्यसैले म तिमीहरूले पनि मप्रति साँचो विश्‍वासका साथ काम गर भन्‍ने चाहन्छु। विश्‍वासको कुरा आउँदा, धेरैले आफूसँग विश्‍वास भएकोले नै आफूले परमेश्‍वरलाई पछ्याएको, नत्र यस्तो कष्ट नसहने भनी सोच्न सक्छन्। त्यसैले म तँलाई यो सोध्छु: यदि तँ परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्छस् भने, तँ किन कहिल्यै उहाँको डर मान्दैनस्? यदि तँ परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्छस् भने, तेरो हृदयमा किन उहाँप्रति रत्तिभर भय छैन? यदि तँ ख्रीष्ट परमेश्‍वरको देहधारी रूप हुनुहुन्छ भनी स्वीकार गर्छस् भने, तँ किन उहाँलाई तुच्छ ठान्छस्? तँ किन उहाँप्रति अनादरपूर्ण व्यवहार गर्छस्? तँ किन खुलेआम उहाँलाई गलत ठहराउँछस्? तँ किन सधैँ उहाँका गतिविधिहरूको जासुसी गर्छस्? तँ किन उहाँका बन्दोबस्तहरूप्रति समर्पित हुँदैनस्? तँ किन आफ्ना कार्यहरूमा उहाँको वचनलाई आफ्नो मापदण्डका रूपमा लिँदैनस्? तँ किन उहाँका भेटीहरू जबरजस्ती असुल्ने र चोर्ने गर्छस्? तँ किन ख्रीष्टको स्थानबाट बोल्ने प्रयास गर्छस्? तँ किन उहाँको काम र उहाँको वचन सही छन् कि छैनन् भनी मूल्याङ्कन गर्छस्? तँ किन उहाँको पिठ्युँ पछाडि उहाँको ईशनिन्दा गर्ने दुस्साहस गर्छस्? के तिमीहरूको विश्वास यी र यस्तै अन्य कुराहरू मिलेर बनेको छ?

तिमीहरूका शब्द र व्यवहारमा ख्रीष्टप्रतिको तिमीहरूको अविश्‍वासका तत्त्वहरू प्रकट हुन्छन्। तिमीहरूले गर्ने सबै कामको मनसाय र उद्देश्यहरूमा अविश्‍वास व्याप्त हुन्छ। तिमीहरूको हेराइको भावमा समेत ख्रीष्टप्रतिको अविश्‍वास रहेको हुन्छ। यसो भन्न सकिन्छ कि हरेक मिनेट, तिमीहरू हरेकले अविश्‍वासका तत्त्वहरू बोकेका हुन्छौ। यसको अर्थ के हो भने, हरेक क्षण, तिमीहरू ख्रीष्टलाई धोका दिने खतरामा हुन्छौ, किनभने तिमीहरूको शरीरमा बग्ने रगत देहधारी परमेश्‍वरप्रतिको अविश्‍वासले भरिएको हुन्छ। त्यसकारण, म भन्छु कि परमेश्‍वरमाथिको विश्‍वासको मार्गमा तिमीहरूले छोड्ने पाइलाहरू वास्तविक हुँदैनन्; परमेश्‍वरमाथिको विश्‍वासको मार्गमा हिँड्दा, तिमीहरू आफ्ना खुट्टा जमिनमा दृढतापूर्वक टेक्दैनौ—तिमीहरू झारा टार्ने काम मात्र गरिरहेका हुन्छौ। तिमीहरू ख्रीष्टको वचनलाई कहिल्यै पूर्ण रूपमा विश्‍वास गर्दैनौ र यसलाई तुरुन्तै व्यवहारमा लागू गर्न असक्षम हुन्छौ। तिमीहरूमा ख्रीष्टमाथि विश्‍वास नहुनुको कारण यही हो। उहाँका बारेमा सधैँ धारणाहरू बोकेर हिँड्नु तिमीहरूमा उहाँमाथि विश्‍वास नहुनुको अर्को कारण हो। ख्रीष्टको कामका बारेमा सधैँ शङ्का गर्नु, ख्रीष्टको वचनलाई बेवास्ता गर्नु, ख्रीष्टले गर्नुहुने हरेक काममा आफ्नो राय राख्नु र त्यसलाई सही रूपमा बुझ्न नसक्नु, जस्तोसुकै स्पष्टीकरण पाए पनि आफ्ना धारणाहरू त्याग्न गाह्रो मान्नु, आदि—यी सबै तिमीहरूको हृदयमा मिसिएका अविश्‍वासका तत्त्व हुन्। तिमीहरू ख्रीष्टको कामलाई पछ्याउने र कहिल्यै पछि नपर्ने भए पनि, तिमीहरूको हृदयमा विद्रोहीपन ज्यादै नै मिसिएको हुन्छ। यो विद्रोहीपन परमेश्‍वरमाथिको तिमीहरूको विश्‍वासमा भएको एउटा अशुद्धता हो। सायद तिमीहरूलाई कुरा यस्तो हो भन्ने नलाग्ला, तर यदि तँ यसभित्रबाटै आफ्ना अभिप्रायहरू पहिचान गर्न असक्षम छस् भने, तँ नष्ट हुनेहरूमध्ये पर्नु निश्चित छ, किनभने परमेश्‍वरले उहाँमा साँचो रूपमा विश्‍वास गर्नेहरूलाई मात्र सिद्ध पार्नुहुन्छ, उहाँमा आधा विश्‍वास गर्नेहरूलाई होइन, र उहाँ परमेश्‍वर हुनुहुन्छ भनी कहिल्यै विश्‍वास नगरे पनि अनिच्छापूर्वक उहाँलाई पछ्याउनेहरूलाई त झनै होइन।

कतिपय मानिसहरू सत्यतालाई प्रेम गर्दैनन्, न्यायलाई त झनै गर्दैनन्। यसको साटो, तिनीहरू शक्ति र धनसम्पत्तिलाई प्रेम गर्छन्; यस्ता मानिसहरूलाई शक्तिपिपासु भनिन्छ। तिनीहरू संसारमा शक्ति भएका सम्प्रदायहरू मात्र खोज्छन्, र सेमिनरीहरूबाट आएका पाष्टर र शिक्षकहरू मात्र खोज्छन्। तिनीहरूले सत्यताको मार्गलाई स्वीकार गरेका भए पनि, तिनीहरू आधा मात्र विश्‍वास गर्छन्, र तिनीहरू आफ्नो सम्पूर्ण शरीर र मन अर्पण गर्न असक्षम हुन्छन्; तिनीहरू मुखले परमेश्‍वरप्रति आफूलाई समर्पित गर्ने कुरा बोल्छन्, तर तिनीहरूका आँखा ठूला पाष्टर र शिक्षकहरूमा केन्द्रित हुन्छन्, र तिनीहरू ख्रीष्टलाई फर्केर पनि हेर्दैनन्। तिनीहरूको दिमाग ख्याति, प्राप्ति, र महिमाका विचारहरूले भरिएका हुन्छन्। तिनीहरू यस्तो सानो व्यक्तिले यति धेरैलाई विजय गर्न सक्छ, यस्तो मामुली व्यक्तिले मानिसलाई सिद्ध पार्न सक्छ भन्‍ने कुरा असम्भव ठान्छन्। तिनीहरू धुलो र गोबरको थुप्रोमा रहेका यी साना मानिसहरू परमेश्‍वरद्वारा चुनिएका मानिस हुन् भन्‍ने कुरा असम्भव ठान्छन्। तिनीहरू यदि यस्ता मानिसहरू परमेश्‍वरको मुक्तिका पात्र हुन्थे भने, स्वर्ग र पृथ्वी उल्टोपुल्टो हुनेथियो, र सबै मानिस हाँसेर मुर्छा पर्नेथिए भन्ने विश्‍वास गर्छन्। तिनीहरू यदि परमेश्‍वरले यस्ता मानिसहरूलाई सिद्ध पार्न चुन्नुभयो भने, ती महान् मानिसहरू परमेश्‍वर स्वयम् बन्नेथिए भन्ने विश्‍वास गर्छन्। तिनीहरूका दृष्टिकोणहरू अविश्‍वासले दूषित हुन्छन्; विश्‍वास नगर्ने मात्र होइन, तिनीहरू त अविवेकी पशु नै हुन्। किनभने तिनीहरू हैसियत, प्रतिष्ठा, र शक्तिलाई मात्र महत्त्व दिन्छन्, र तिनीहरू ठूला समूह र सम्प्रदायहरूलाई सम्मान गर्छन्, र ख्रीष्टद्वारा अगुवाइ गरिएकाहरूलाई अलिकति पनि वास्ता गर्दैनन्। तिनीहरू केवल त्यस्ता विश्वासघाती हुन् जसले ख्रीष्ट, सत्यता, र जीवनप्रति पिठ्युँ फर्काएका छन्।

तँ ख्रीष्टको विनम्रताको प्रशंसा गर्दैनस्, तर तँ प्रमुख हैसियत भएका ती झूटा गोठालाहरूलाई आदर गर्छस्। तँ ख्रीष्टको प्रेमिलोपन वा बुद्धिलाई कदर गर्दैनस्, तर तँ संसारको फोहोरमा लागेका ती उच्छृङ्खल मानिसहरूलाई रुचाउँछस्। तँ ख्रीष्टले विश्राम गर्ने ठाउँ नपाउनुभएको पीडालाई खिसीटिउरी मात्र गर्छस्, तर तँ भेटीहरू चोर्ने र मोजमस्तीमा जिउने ती लासहरूको प्रशंसा गर्छस्। तँ ख्रीष्टका साथमा दुःख भोग्न इच्छुक छैनस्, तर तँ स्वेच्छाले ती लापरवाह र स्वेच्छाचारी ख्रीष्टविरोधीहरूको अँगालोमा बाँधिन्छस्, यद्यपि तिनीहरूले तँलाई देह, शब्द, र नियन्त्रण मात्र आपूर्ति गर्छन्। अहिले पनि, तेरो हृदय तिनीहरूतर्फ, तिनीहरूको प्रतिष्ठातर्फ, तिनीहरूको हैसियततर्फ, तिनीहरूको दलबलतर्फ नै ढल्किन्छ। तैपनि तँ ख्रीष्टको कामलाई स्वीकार गर्न गाह्रो मान्ने र यसलाई स्वीकार गर्न अनिच्छुक हुने मनोवृत्ति अपनाइरहन्छस्। यही कारणले गर्दा मात्र म भन्छु कि तँमा ख्रीष्टलाई स्वीकार गर्ने विश्‍वास छैन। तैँले आजसम्म उहाँलाई पछ्याउनुको कारण तँसँग अरू कुनै विकल्प नभएर मात्र हो। तेरो हृदयमा उच्च छविचित्रहरूको शृङ्खला सधैँ खडा भइरहन्छ; तैँले तिनीहरूका हरेक शब्द र कार्यलाई, साथै तिनीहरूका प्रभावशाली शब्द र हातहरूलाई पनि बिर्सन सक्दैनस्। तिमीहरूको हृदयमा, तिनीहरू सदैव सर्वोच्च र नायकका रूपमा रहन्छन्। तर आजका ख्रीष्टको हकमा यो लागू हुँदैन। तेरो हृदयमा, उहाँ सधैँ तुच्छ हुनुहुन्छ, उहाँ सधैँ डर मान्‍न योग्य नभएको मानव हुनुहुन्छ। किनभने उहाँ धेरै नै साधारण हुनुहुन्छ, उहाँको प्रभाव निकै कम छ, र उहाँ बिलकुलै उच्च हुनुहुन्न।

जे भए पनि, म भन्छु कि जो सत्यतालाई महत्त्व दिँदैनन् तिनीहरू सबै अविश्‍वासी र सत्यताका विश्‍वासघाती हुन्। यस्ता मानिसहरूले कहिल्यै ख्रीष्टको अनुमोदन प्राप्त गर्नेछैनन्। के तैँले अब तँभित्र कति अविश्‍वास छ, र तँमा ख्रीष्टप्रति कति विश्‍वासघात छ भनी पहिचान गरेको छस्? म तँलाई यस्तो अर्ती दिन्छु: तैँले सत्यताको मार्ग रोजेको हुनाले, तैँले आफूलाई पूर्ण हृदयले अर्पित गर्नुपर्छ; दुविधात्मक वा अनुत्साहित नहो। तैँले के बुझ्नुपर्छ भने, परमेश्‍वर संसारको वा कुनै एक व्यक्तिको परमेश्‍वर हुनुहुन्न, बरु उहाँमा साँचो विश्‍वास गर्ने सबैको, उहाँको आराधना गर्ने सबैको, र उहाँप्रति अर्पित र विश्वसनीय हुने सबैको परमेश्‍वर हुनुहुन्छ।

आज, तिमीहरूभित्र धेरै अविश्‍वास बाँकी नै छ। आफैभित्र गहिरिएर हेर, अनि तिमीहरूले पक्कै पनि आफ्नो जवाफ भेट्टाउनेछौ। जब तैँले साँचो जवाफ भेट्टाउँछस्, तब तँ परमेश्‍वरको विश्‍वासी होइनस्, बरु उहाँलाई धोका दिने, ईशनिन्दा गर्ने, र विश्‍वासघात गर्ने व्यक्ति होस्, र उहाँप्रति बफादारी नभएको व्यक्ति होस् भनी तैँले स्वीकार गर्नेछस्। तब तैँले ख्रीष्ट मानव नभई परमेश्‍वर हुनुहुन्छ भनेर बुझ्नेछस्। जब त्यो दिन आउँछ, तब तँ ख्रीष्टको डर मान्‍नेछस्, भय मान्नेछस्, र उहाँलाई साँचो प्रेम गर्नेछस्। वर्तमान अवस्थामा, तिमीहरूको हृदयको तीस प्रतिशत मात्र विश्‍वासले भरिएको छ, जबकि बाँकी सत्तरी प्रतिशत शङ्काले भरिएको छ। ख्रीष्टले गर्नुहुने र भन्नुहुने हरेक कुराले तिमीहरूमा उहाँबारे धारणा र रायहरू पैदा गराउन सक्छ, त्यस्ता धारणा र रायहरू जुन उहाँप्रतिको तिमीहरूको पूर्ण अविश्‍वासबाट उत्पन्न हुन्छन्। तिमीहरू स्वर्गमा हुनुहुने अदृश्य परमेश्‍वरको मात्र प्रशंसा गर्छौ र डर मान्छौ, तर पृथ्वीमा हुनुहुने जीवित ख्रीष्टको कुनै वास्ता गर्दैनौ। के यो पनि तिमीहरूको अविश्‍वास होइन र? तिमीहरू विगतमा काम गर्ने परमेश्‍वरको मात्र चाहना गर्छौ, तर आजका ख्रीष्टको सामना गर्दैनौ। यो सबै तिमीहरूको हृदयमा जरा गाडेर बसेको “विश्‍वास” हो, त्यो विश्‍वास जसले आजका ख्रीष्टमा विश्‍वास गर्दैन। म तिमीहरूलाई कुनै पनि हालतमा कम आँकिरहेको छैन, किनभने तिमीहरूभित्र धेरै अविश्‍वास छ, तिमीहरूमा अशुद्ध र चिरफार गरिनुपर्ने कुरा धेरै छ। यी अशुद्धताहरू तिमीहरूमा पटक्कै विश्‍वास छैन भन्‍ने सङ्केत हुन्; ती कुरा तिमीहरूले ख्रीष्टलाई अस्वीकार गर्नुका सङ्केत हुन्, र तिनले तिमीहरूलाई ख्रीष्टको विश्‍वासघातीका रूपमा चिनाउँछन्। ती ख्रीष्टप्रतिको तिमीहरूको ज्ञानको घुम्टो हुन्, तिमीहरू ख्रीष्टद्वारा प्राप्त गरिनुको तगारो हुन्, ख्रीष्टसँग मिल्‍ने कुरामा तिमीहरूका बाधा हुन्, र ख्रीष्टले तिमीहरूलाई अनुमोदन गर्नुहुन्न भन्‍ने प्रमाण हुन्। अब तिमीहरूको जीवनका सबै पाटोहरू जाँच गर्ने समय हो! यसो गर्दा तिमीहरूलाई हरेक कल्पनीय हिसाबले फाइदा हुनेछ!

अघिल्लो: तैँले ख्रीष्‍टसँग अनुकूलताको मार्ग खोजी गर्नुपर्छ

अर्को: ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्