सम्पूर्ण ब्रह्माण्डको निम्ति परमेश्‍वरका वचनहरू—अध्याय ६

आत्माका कुराहरूप्रति सचेत बन्‌, मेरो वचनमा ध्यान दे, र मेरो आत्मा र मेरो अस्तित्वलाई, मेरो वचन र मेरो अस्तित्वलाई एउटा अविभाज्य सम्पूर्णताको रूपमा मान्न साँच्चै सक्षम बन्‌, ताकि सबै मानिसहरूले मेरो उपस्थितिमा मलाई सन्तुष्ट पार्न सकून्। जे-जति छन्‌ ती सबैमाथि मैले मेरो पाउ राखेको छु, मैले ब्रह्माण्डको अथाह क्षेत्रको वारपार हेरेको छु, र म सबै मानिसहरूको बीचमा, तिनीहरू माझको मिठास र तीतोपना चाख्दै, हिँडेको छु—तापनि मानिसले मलाई कहिल्यै पनि साँचो रूपले चिनेको छैन, मैले यात्राहरू गरेको बेला त्यसले ममा कहिल्यै पनि ध्यान दिएको छैन। म चुप रहेकोले, र मैले कहिल्यै पनि अलौकिक कार्यहरू नगरेकोले, कसैले मलाई कहिल्यै पनि साँचो रूपले देखेन। आज विगत जस्तो छैन: सृष्टिको समयदेखि अहिलेसम्म कहिल्यै नदेखिएका कार्यहरू म गर्नेछु, युगौँसम्म कहिल्यै नसुनिएका वचनहरू बोल्‍नेछु, किनकि सबै मानिसहरूले मलाई शरीरमा चिन्नलाई म भन्नेछु। यी मेरा व्यवस्थापनका कदमहरू हुन्, तर मानिसलाई किञ्चित्‌ आभास छैन। मैले स्पष्ट रूपमा बोलेको छु, तापनि मानिसहरू अबुझ नै रहन्छन्; तिनीहरूलाई बुझाउनु गाह्रो छ। के यो मानिसको तुच्छता होइन र? के मैले बिलकुलै ठीक बनाउन खोजेको कुरा यही होइन र? वर्षौंसम्‍म, मैले मानिसमा केही पनि गरिनँ; वर्षौंसम्‍म, मेरो देहधारी भएको शरीरसँग सोझै सम्पर्कमा भएर पनि मेरो ईश्‍वरत्वबाट सीधै पठाइएको त्यो आवाज कसैले पनि कहिल्यै सुनेन। तसर्थ, निश्चित रूपमा मानिसहरूमा मेरो विषयको ज्ञानको कमी छ, तापनि यसले युगौँदेखि मेरो निम्ति तिनीहरूको प्रेमलाई असर पारेको छैन। तैपनि आज, मैले तिमीहरूमा आश्‍चर्यपूर्ण काम गरेको छु, त्यस्तो काम जुन बुझ्‍न नसकिने र बिना नापको छ, र मैले धेरै वचनहरू बोलेको छु। तापनि, यस्ता परिस्थितिहरूमा, मेरो उपस्थितिमा सीधै मलाई विरोध गर्नेहरू अझै धेरै छन्‌। अब म तँलाई केही उदाहरणहरू दिन्छु।

तँ दिनहुँ मेरो इच्छा बुझ्ने र जीवनको अर्थ प्राप्त गर्ने कोसिस गर्दै अस्पष्ट परमेश्‍वरसँग प्रार्थना गर्छस्‌। तापनि मेरा वचनहरूको सामना गर्दा, तँ तिनलाई भिन्नै प्रकारले हेर्छस्‌; तैंले मेरा वचनहरू र आत्मालाई सम्पूर्णताको रूपमा लिन्छन्‌, तापनि म यस्ता वचनहरू बोल्न मूलभूत रूपमा असक्षम छु भन्ने व्यक्तिलाई विश्‍वास गर्दै मेरो अस्तित्वलाई लात मारेर पन्साउँछन्‌, ती त मेरो आत्माद्वारा निर्देशित छन्। यस्ता परिस्थितिहरूमा तेरो ज्ञानलाई के हुन्छ? तँ एक हदसम्म मेरा वचनहरूमा विश्‍वास गर्छस्‌, तापनि म आफैले वस्त्र धारण गर्ने शरीरप्रति विभिन्न कठोर धारणाहरू राख्छस्‌। तँ त्यो अध्ययन गर्दै हरेक दिन बिताउँछस्‌ र भन्छस्‌, “उहाँले किन त्यस्तो प्रकारले काम गर्नुहुन्छ? के ती साँच्चै परमेश्‍वरबाट आएका हुन्? असम्भव! उहाँ मभन्दा त्यत्ति फरक हुनुहुन्न—उहाँ पनि त एक सामान्य, साधारण व्यक्ति हुनुहुन्छ।” यस्तो परिस्थितिको व्याख्या कसरी गर्न सकिन्छ?

तिमीहरूमध्ये कोसँग माथिका कुराहरू छैनन्? को त्यस्ता कुराहरूमा तल्लीन भएको छैन? ती तैंले च्याप्प पक्रेर राख्ने व्यक्तिगत सम्पत्तिका वस्तुहरू जस्ता देखिन्छन्‌, ती छोड्ने इच्छा कहिल्यै राख्दैनस्‌। तापनि तँ विषयगत कोसिसहरूको पछि त अझ कम लाग्छस्‌; त्यसको साटो, म आफैले यसलाई गरेको होस्‌ भनी तँ पर्खन्छस्‌। सत्य कुरा भन्नुपर्दा, खोजी नगर्ने एकै जना व्यक्तिले पनि मलाई सजिलोसँग चिन्नलाई आउँदैन। मैले तिमीहरूलाई सिकाएका यी वचनहरू ख्याल-ठट्टाका होइनन्। किनकि म तेरो सन्दर्भको लागि अर्को दृष्टिकोणबाट अर्को एउटा उदाहरण दिन सक्छु।

पत्रुसको बारेमा उल्लेख गर्दा, मानिसहरूले उसको बारेमा भन्ने असल कुराहरूको अन्त हुँदैन। तिनीहरू तुरुन्तै उसले परमेश्‍वरलाई तीन पटक इन्कार गरेको, उसले शैतानको सेवा गरेर कसरी परमेश्‍वरको परीक्षा गरेको, र आखिरीमा ऊ परमेश्‍वरको खातिर कसरी क्रूसमा उँधोमुन्टो पारी झुन्ड्याइएको, आदि कुराहरू सम्झन्छन्। अब म तिमीहरूलाई पत्रुसले मलाई कसरी चिने र उसको अन्तिम अवस्था कस्तो थियो भन्ने कुरामा जोड दिन जाँदैछु। पत्रुस असल क्षमता भएको व्यक्ति थियो, तर उसका परिस्थितिहरू पावलका जस्तै थिएनन्: उसका बाबुआमाले मलाई सताए, उनीहरू शैतानको अधिकारमुनि रहने भूतात्माहरू थिए, त्यसैको फलस्वरूप, उनीहरूले पत्रुसलाई परमेश्‍वरको बारेमा कुनै शिक्षा दिएनन्। पत्रुस बुद्धिमान्, प्रतिभाशाली, र सानै उमेरदेखि उसका बाबुआमाद्वारा पुलपुलाइएको थियो। तापनि वयस्क बनेपछि, ऊ उनीहरूका शत्रु बने, किनकि उसले मेरो बारेमा ज्ञानको खोजी गर्न कहिल्यै छोडेन, र फलतः उनीहरूलाई त्यागे। यस्तो किन भयो भने, सबै कुराहरूभन्दा माथि, उसले स्वर्ग र पृथ्वी र त्यसमा भएका सबै थोकहरू सर्वशक्तिमानको हातमा छन् र सबै सकारात्मक कुराहरू परमेश्‍वरबाट आउँछन् र शैतानद्वारा प्रक्रिया नचलाइ सीधै उहाँबाट जारी हुन्छन्‌ भनी विश्‍वास गर्यो। पत्रुसका बाबुआमाको विरोधाभासले उसलाई मेरो दया र कृपाको अझ ठूलो ज्ञान दियो, यसरी मलाई खोज्ने उसको चाहना अझ बढ्यो। उसले मेरो वचन केवल खाने र पिउनेमा मात्र होइन, तर त्यसबाहेक, मेरो इच्छा बुझ्नमा पनि ध्यान दियो, र ऊ आफ्नो हृदयमा सधैँ सतर्क थियो। फलस्वरूप, आफ्नो आत्मामा ऊ सधैँ संवेदनशील थियो, र यसरी, उसले गर्ने सबै कार्यमा ऊ मेरो हृदयअनुसारको व्यक्ति थियो। आफैलाई प्रोत्साहन दिनका निम्ति उसले विगतमा मानिसहरूको असफलताहरूलाई निरन्तर ध्यान दिने काम गर्थ्यो, असफलताको पासोमा परिएला भनी धेरै डराउथ्यो। त्यसैगरी, उसले सबै युगहरूभरि परमेश्‍वरलाई प्रेम गर्ने सबै मानिसहरूको विश्‍वास र प्रेम आत्मसात् गर्ने कुरामा पनि ध्यान दियो। यसरी—नकारात्मक पक्षहरूमा मात्र होइन, तर अझ महत्त्वपूर्ण रूपमा, सकारात्मक पक्षहरूमा पनि—ऊ धेरै चाँडो वृद्धि भयो, यहाँसम्म कि मेरो उपस्थितिमा उसको ज्ञान सबैभन्दा महान् बन्यो। तब, उसले आफूसँग भएका सबै थोकहरू कसरी मेरो हातमा दियो, खाने, लाउने, सुत्ने र ऊ कहाँ बस्ने भन्ने विषयमा लिने निर्णय समेत पनि कसरी समर्पण गर्यो, र त्यसको साटो, सबै कुराहरूमा मलाई सन्तुष्ट पार्ने आधारमा मेरा सम्पत्तिहरूको आनन्द उपभोग गर्यो भन्ने कुरा कल्पना गर्नु गाह्रो छैन। मैले उसलाई अनगन्ती परीक्षाहरू अनुभव गर्न लगाएँ—त्यस्ता परीक्षाहरू, जसले स्वाभाविक रूपमा उसलाई अर्ध मृत बनायो—तर यी सयौं परीक्षाहरूको बीचमा पनि उसले मप्रतिको आफ्नो विश्‍वास कहिल्यै एक पटक पनि गुमाएन वा ममा कहिल्यै निराश भएन। मैले उसलाई त्यागिदिएको छु भन्दा समेत पनि ऊ निरुत्साहित भएन, र व्यावहारिक रूपमा र विगतको अभ्यासको सिद्धान्तहरू अनुसार मलाई प्रेम गरिरह्यो। उसले मलाई प्रेम गरे तापनि म उसको प्रशंसा गर्दिनँ, अन्त्यमा म उसलाई शैतानको हातमा सुम्पिदिनेछु भनेर मैले उसलाई भनेँ। तर त्यस्ता परीक्षाहरूको बीचमा पनि, उसको शरीरमा आएका परीक्षाहरू त होइनन्‌, तर वचनका परीक्षाहरूको बीचमा, उसले अझै पनि मसँग प्रार्थना गर्दै भन्यो, “हे परमेश्‍वर! स्वर्ग र पृथ्वी र सबै थोकहरूको माझमा, तपाईंको हातमा नभएको के कुनै यस्तो मानिस, कुनै प्राणी वा कुनै थोक छ र, हे सर्वशक्तिमान्‌? जब तपाईं मप्रति कृपालु बन्नुहुन्छ, तब तपाईंको कृपाले गर्दा मेरो हृदय अति आनन्दित हुन्छ। जब तपाईंले मेरो न्याय गर्नुहुन्छ, तब म जत्ति नै अयोग्य भएतापनि तपाईंका कामहरूको बुझ्‍न नसकिने अवस्थाको अझ अधिक ज्ञान प्राप्त गर्छु, किनकि तपाईं अधिकार र बुद्धिले भरिनुभएको छ। मेरो शरीरले कष्टहरू भोगे तापनि मेरो आत्माले सान्त्वना पाएको छ। म तपाईंको बुद्धि र कार्यहरूलाई प्रशंसा नगरी कसरी रहन सकुँला र? तपाईंलाई चिनेपछि म मर्नुपर्छ भने पनि, म खुसी र आनन्दसाथ किन त्यसो गर्न नसकुँला र? हे सर्वशक्तिमान्! मैले तपाईंलाई देखेको के तपाईं साँच्चै चाहनुहुन्न र? के म साँच्चै तपाईंको न्याय पाउन योग्य छैन र? के ममा कुनै यस्तो कुरा छ जुन तपाईं देख्न चाहनुहुन्न?” त्यस्ता परीक्षाहरूको समयमा, पत्रुस मेरो इच्छा विशुद्ध प्रकारले बुझ्न सक्षम नभए पनि, यो स्पष्ट थियो कि (उसले मेरो इन्साफ प्राप्त गरेको भएतापनि मानव जातिले मेरो प्रताप र क्रोध देख्न सकोस्‌ भनेर) मद्वारा प्रयोग हुने कुरामा ऊ गौरवान्वित र सम्मानित भयो, र ती परीक्षाहरूद्वारा ऊ दुःखी भएन। मेरो सामुन्ने उसको निष्ठाको कारण र मैले उसमाथि राखिदिएको मेरो आशीषको कारण ऊ हजारौं वर्षसम्म मानिसको निम्ति एउटा उदाहरण र नमुना बनेको छ। के तिमीहरूले अनुकरण गर्नुपर्ने कुरा पनि बिलकुल यही होइन र? मैले पत्रुसको बारेमा यति लामो वृत्तान्त किन बताएँ, त्यसबारे राम्ररी र घनीभूत विचार गर; तिमीहरू जिउनु पर्ने सिद्धान्तहरू यी नै हुनुपर्छ।

मलाई थोरै मानिसहरूले चिने तापनि म मानिसमाथि मेरो क्रोध प्रकट गर्दिनँ, किनकि मानिसहरू अति घटी-कमीमा छन्‌, र मैले तिनीहरूसँग माग गरेको स्तरमा पुग्नु तिनीहरूको निम्ति कठिन छ। यसैले, म हजारौं वर्षदेखि, ठीक आजको दिनसम्म पनि, मानिसप्रति सहनशील भएको छु, तापनि म आशा गर्छु कि तिमीहरू मेरो सहनशीलताको कारण आफू हल्का भएर जानेछैनौ। पत्रुस मार्फत तिमीहरूले मलाई चिन्न र मलाई खोज्न आउनुपर्छ; उसका उपलब्धिहरूबाट तिमीहरूले पहिला कहिल्यै प्राप्त नगरेको अन्तर्दृष्टि प्राप्त गरेको हुनुपर्छ, र यसरी मानिस पहिले कहिल्यै नपुगेका क्षेत्रहरूलाई हात पार्नुपर्छ। यो ब्रह्माण्ड र आकाश-मण्डलभरि, पृथ्वीमाथि र आकाशमा भएका हरेक थोकको बीचमा, पृथ्वीमाथि र आकाशमा भएका सबै कुराहरूले मेरो कामको अन्तिम चरणको निम्ति भरमग्दुर कोसिस गर्छन्। निश्चय नै तिमीहरू शैतानको सेनाद्वारा दिइएको आदेशलाई पालन गर्ने दर्शक बन्ने इच्छा गर्दैनौ। शैतान मानिसहरूको हृदयमा भएको मेरो ज्ञान निल्दै, आफ्ना दाह्राहरू किट्दै र त्यसको अन्तिम मृत्युको यातनामा नङ्ग्राहरू गाड्दै सधैँ हाजिर छ। के तिमीहरू यो समयमा त्यसका धूर्त युक्तिहरूको सिकार बन्न चाहन्छौ? मेरो काम अन्ततः पूरा हुने यो समयमा के तिमीहरू आफ्नो जीवन नाश पार्न चाहन्छौ? के तिमीहरू अझ एकचोटि मैले मेरो सहनशीलता देखाओस्‌ भनी पर्खिरहेका छौ? मेरो बारेमा ज्ञानको खोजी गर्नु नै मुख्य कुरा हो, तर अभ्यासमा ध्यान दिनु अपरिहार्य कुरा हो। मेरा वचनहरू तिमीहरूलाई सीधै प्रकट गरिएका छन्‌, र म आशा गर्छु कि तिमीहरूले मेरो अगुवाइ पछ्याउन सक्छौ, र अबदेखि उसो तिमीहरूको आफ्नै लागि योजनाहरू र महत्त्वाकाङ्क्षाहरू हुनेछैनन्‌।

फेब्रुअरी २७, १९९२

अघिल्लो: सम्पूर्ण ब्रह्माण्डको निम्ति परमेश्‍वरका वचनहरू—अध्याय ५

अर्को: सम्पूर्ण ब्रह्माण्डको निम्ति परमेश्‍वरका वचनहरू—अध्याय ८

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरको कामको दर्शन (३)

परमेश्‍वर पहिलो पटक पवित्र आत्माद्वारा गर्भधारण भई देह बन्नुभयो, र यो उहाँले गर्न चाहनुभएको कामसँग सान्दर्भिक थियो। अनुग्रहको युग येशूको...

देहधारणको रहस्य (३)

जब परमेश्‍वरले आफ्नो काम गर्नुहुन्छ, उहाँ कुनै निर्माण कार्यमा वा अभियानमा संलग्न हुनका लागि आउनुहुन्न, तर आफ्नो सेवकाइ पूरा गर्न...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्