४६. परमेश्‍वरको गवाही दिनु नै साँचो रूपमा कर्तव्य पूरा गर्नु हो

जुडी, दक्षिण कोरिया

हालसालै, मैले नयाँ विश्‍वासीहरूको अनुभव गवाहीका केही भिडियोहरू हेरेँ, र म निकै प्रभावित भएँ। केवल दुईतीन वर्ष विश्‍वास गरेपछि नै तिनीहरूले आफ्ना अनुभव गवाहीहरू बाँड्न सकेका थिए। मलाई निकै लाज लाग्यो, र मैले यतिका वर्ष विश्‍वास गरेर पनि, किन परमेश्‍वरको गवाही दिन सकेकी छैन भनेर आत्मसमीक्षा गर्न थालेँ। एक दिन, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड फेला पारेँ: “तिमीहरूले भोगेका र देखेका कुराहरू सारा युगका सन्तहरू र अगमवक्ताहरूको भन्दा पनि अधिक छन्, तर के तिमीहरूले विगतका यी सन्तहरू र अगमवक्ताहरूका वचनभन्दा ठूलो गवाही दिन सक्छौ त? मैले अहिले तिमीहरूलाई दिने कुराहरूले मोशा र दाऊदलाई दिएका कुरालाई नै उछिन्छ, त्यसरी नै तिमीहरूका गवाही मोशाको भन्दा अधिक र तिमीहरूका शब्दहरू दाऊदका भन्दा महान् होस् भन्‍ने म चाहन्छु। म तिमीहरूलाई सय गुणा दिन्छु—तिमीहरूले उही रूपमा फिर्ता गरेको म चाहन्छु। मानवजातिलाई जीवन दिने म नै हुँ भनी तिमीहरूलाई थाहा हुनुपर्छ, अनि मबाट जीवन पाउने र मेरो निम्ति गवाही दिने तिमीहरू नै हौ। मैले तिमीहरूलाई दिएको कर्तव्य यही हो, जुन तिमीहरूले मेरो निम्ति गर्नुपर्छ। मैले मेरा सबै महिमा तिमीहरूलाई दिएको छु, मेरा चुनिएका मानिसहरू, इस्राएलीहरूले कहिल्यै प्राप्‍त नगरेका जीवन मैले तिमीहरूलाई दिएको छु। अधिकारद्वारा नै, तिमीहरूले मेरो गवाही दिनुपर्छ र तिमीहरूको जवानी र तिमीहरूको जीवन मलाई अर्पण गर्नुपर्छ। जसलाई म मेरो महिमा दिन्छु उसले मेरो गवाही दिनेछ र मेरो निम्ति तिनीहरूको जीवन दिनेछन्। यसलाई मैले उहिले नै निर्धारण गरेको छु। मैले तिमीहरूलाई मेरो महिमा दिनु त तिमीहरूको लागि सौभाग्यको कुरा हो र तिमीहरूको कर्तव्यचाहिँ मेरो महिमाको गवाही दिनु हो। यदि तिमीहरूले आशिष्‌ पाउनलाई मात्र ममा विश्‍वास गरेका थियौ भने, मेरो कामको महत्त्व कम हुन्थ्यो र तिमीहरूले आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुँदैनथियौ। … तिमीहरूले प्राप्‍त गरेको कुरा मेरो सत्यता, बाटो र जीवन मात्र होइन, तर यूहन्नाको भन्दा पनि ठूलो दर्शन र प्रकाश हो। तिमीहरूले धेरैभन्दा धेरै रहस्यहरू बुझ्छौ र मेरो साँचो मुहारमा हेरेका छौ; तिमीहरूले मेरो न्याय धेरै स्वीकार गरेका छौ र मेरो धर्मी स्वभावलाई बढी जान्दछौ। त्यसै गरी, तिमीहरू आखिरी दिनहरूमा जन्मिएका भए तापनि तिमीहरूको बुझाइ विगतको जस्तो छ, र तिमीहरूले आजका कुराहरू पनि अनुभव गरेका छौ र यी सबै म स्वयम्‌ले गरेको थिएँ। मैले तिमीहरूसँग जे मागेको छु त्यो अत्याधिक छैन, किनभने मैले तिमीहरूलाई धेरै दिएको छु, र तिमीहरूले ममा धेरै देखेका छौ। यसैले, तिमीहरूले विगतका सन्तहरूलाई मेरो निम्ति गवाही देओ भन्‍ने म चाहन्छु र मेरो हृदयको एक मात्र इच्छा यही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासको बारेमा तँलाई के थाहा छ?)। परमेश्‍वरको वचन पढेपछि, म निकै उत्साहित भएँ, तर मलाई ग्‍लानि पनि भयो। मैले परमेश्‍वरको काम अनुभव गर्ने र परमेश्‍वरका वचनहरूको भरणपोषण प्राप्त गर्ने सौभाग्य पाएकोमा म निकै उत्साहित थिएँ, तर मैले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भइसकेको थियो र मैले परमेश्‍वरको धेरै अनुग्रह प्राप्त गरेकी थिएँ, तैपनि मैले परमेश्‍वरको कुनै गवाही दिएकी थिइनँ, र त्यसप्रति मलाई ग्‍लानि भयो। मैले सोचेँ, आखिरी दिनहरूमा परमेश्‍वरले यसरी हामीलाई खुला रूपमा धेरै सत्यताहरू प्रदान गर्नुभएको छ, हाम्रो भ्रष्टताको खुलासा र न्याय गरिरहनुभएको छ, र हामीलाई ताकिता, अर्ती, प्रोत्साहन, र सान्त्वाना दिइरहनुभएको छ, तर हामीले सत्यताको खोजी गर्दैनौँ, र हाम्रो बोध क्षमता कमजोर छ, त्यसैले परमेश्‍वरले हामीसँग सत्यताका सबै पक्षहरूको बारेमा विस्तृत सङ्गति दिनुभएको छ, हामीलाई उदाहरण र उपमाहरू दिनुभएको छ, र हामीले बुझ्‍छौँ भन्‍ने सुनिश्‍चित गर्न आधारभूत कुरादेखि नै व्याख्या गर्नुभएको छ। परमेश्‍वरले हाम्रो लागि यति धेरै प्रयास गर्नुभएको छ र यति धेरै मूल्य चुकाउनुभएको छ, र उहाँले यसो गर्नुको कारण के हो भने, उहाँ हामीले सत्यता बुझेको र उहाँलाई चिनेको, हाम्रो भ्रष्ट स्वभावलाई हटाएको, र साँचो रूपमा पश्‍चात्ताप गरी आफूलाई परिवर्तन गरेको चाहनुहुन्छ। परमेश्‍वरले चाहनुहुने गवाही यही हो। उहाँले आफ्‍नो काम सुरु गर्नुभएको ३० वर्ष भएको छ। उहाँले धेरै काम गर्नुभएको छ र धेरै सत्यता व्यक्त गर्नुभएको छ, र उहाँले हामीबाट गवाही आएको देख्‍न चाहनुहुन्छ। यो सतही नै भए पनि, वास्तविक छ भने उहाँले यसलाई स्वीकार गर्नुहुन्छ। हामीले उहाँको कामबाट हासिल भएका प्राप्ति र ज्ञान बाँड्न सकौँ र गवाहीका लेखहरू लेख्‍न सकौँ भन्‍ने आशा उहाँले लिनुभएको छ चाहनुहुन्छ किनभने यो नै परमेश्‍वरको कामको फल र परमेश्‍वरको प्रयासको मूर्तरूप हो। परमेश्‍वरले यस्तो गवाहीलाई विशेष कदर गर्नुहुन्छ। त्यस्तो गवाही नै परमेश्‍वरको लागि सबैभन्दा सान्त्वनादायी हुन्छ। त्यसपछि मैले आफ्‍नै बारेमा विचार गरेँ। मलाई परमेश्‍वरले धेरै कुरा प्रदान गर्नुभएको भए पनि, मैले सत्यताको कुन पक्षलाई बुझेकी छु, र म कुन सत्यता वास्तविकतामा प्रवेश गरेकी छु भन्‍नेबारेमा सोच्‍ने आँट गर्दिनथेँ, किनभने मैले परमेश्‍वरको वचनलाई धर्मसिद्धान्तको हिसाबले मात्रै बुझेकी थिएँ, र त्यसलाई गम्‍भीर रूपमा चिन्तन, अभ्यास वा अनुभव गरेकी थिइनँ। त्यसकारण, जब परमेश्‍वरको गवाही दिने र गवाहीका लेखहरू लेख्‍ने कुरा आयो, म भयभित र सङ्कोची भएँ, र यस विषयमा मैले त्यति धेरै प्रयास गरिनँ। मैले विश्‍वास गरेको वर्षौं भएको थियो, तैपनि मैले आफ्‍नो अनुभवको बारेमा लेख्‍न सकेकी थिइनँ, र मसँग कुनै गवाही थिएन, र यो कुरा कुरा सोच्दा म निकै खिन्‍न भएँ।

एकपटक, एक सिस्टरले मलाई अनुभव गवाही लेख्‍ने अभ्यास गर्न चाहनुहुन्छ कि भनेर सोधिन्। त्यो बेला मैले सहमति त जनाएँ, तर अलिअलि मात्रै लेखेर त्यो काम त्यतिकै थन्क्याइदिएँ। मैले त्यति धेरै कामको जिम्‍मेवारी लिएकी थिइनँ, तैपनि मलाई म सधैँ व्यस्त छु र लेख्‍ने समय छैन जस्तो लाग्थ्यो। त्यसकारण, लेखहरू लेख्‍ने कामलाई मैले दिनददिनै थाती राख्दै गएँ। पछि, मैले लेख लेख्‍ने समयतालिका बनाएँ, तर लेख्‍ने समय आउँदा, म अझै पनि कर्तव्यका अरू काममा व्यस्त रहेँ, अनि मैले लेख्‍नको लागि आफूलाई शान्त पार्न सकिनँ। मसँग धेरै वटा कारण र बहानाहरू हुन्थे। कहिलेकहीँ म त्यति शिक्षित छैन, वा ममा कमजोर क्षमता छ, त्यसकारण मलाई राम्रो लेख्‍न आउँदैन भन्थेँ। अरू बेला म व्यस्त छु र समय छैन, त्यसैले पछि गर्छु भन्थेँ। कहिलेकहीँ, लेखहरू लेख्‍नु त्यति महत्त्वपूर्ण छैन, र सबैभन्दा महत्त्वपूर्ण काम भनेको मेरो दैनिक काम पूरा गर्नु हो, किनभने मैले ढिलाइ गरेँ भने, मलाई काटछाँट र निराकरण गरिनेछ, र गम्‍भीर समस्या भयो भने मलाई बर्खास्त गरिनेछ भनेरसमेत सोच्थेँ। अनुभव गवाही नलेखेकोमा कसैले पनि मलाई केही भन्‍न सक्दैनथ्यो। यसरी सोच्दा, मैले लेखहरू लेख्‍ने कार्यलाई त्यति गम्‍भीर रूपमा लिन छोडेँ, र यस कार्यलाई मेरो कर्तव्यको एउटा महत्त्वपूर्ण भागको रूपमा लिइनँ। यसरी, म जिद्दी र विद्रोही स्थितिमा अल्झिएँ, र अनुभव गवाहीहरू लेख्‍ने विषयमा अत्यन्तै निस्क्रिय रहेँ।

एक दिन, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ, र मेरो दृष्टिकोण अलिक परिवर्तन भयो। परमेश्‍वरका वचनहरूले भन्छन्: “अब तैँले किन ममा विश्‍वास गर्छस् के तँलाई सो साँच्चै थाहा छ त? के तैँले मेरो कामको उद्देश्य र महत्त्वलाई साँच्चै बुझ्छस्? के तँलाई आफ्नो कर्तव्य साँच्चै थाहा छ? के तँलाई मेरो गवाही साँच्चै थाहा छ? यदि तैँले ममा विश्‍वास मात्र गर्छस्, तैपनि तँमा मेरो महिमा वा गवाहीको कुनै सङ्केत छैन भने, मैले तँलाई उहिले नै हटाइसकेको छु। यी सबै कुराहरू जान्नेहरूको हकमा, तिनीहरू मेरो आँखाका र घरको काँडा बाहेक अरू केही होइनन्, तिनीहरू मेरो बाटोका बाधाहरू बाहेक केही होइनन्, तिनीहरू मेरो कार्यबाट निफन्नु पर्ने सामाहरू हुन्, तिनीहरूको कुनै उपयोगीता छैन, तिनीहरू निकम्मा हुन् र मैले तिनीहरूलाई उहिलेदेखि नै तिरस्कार गरेको छु। गवाहीबाट वञ्‍चित गरिएकाहरू सबैमाथि मेरो क्रोध आइपर्छ र तिनीहरूबाट मेरो छडी कहिल्यै दूर हुँदैन। मैले तिनीहरूलाई दुष्टको हातमा सुम्पेको धेरै भइसकेको छ; तिनीहरूलाई मेरा आशिष्‌बाट वञ्‍चित गरिएको छ। जब समय आउँछ, तब तिनीहरूको सजाय मूर्ख स्‍त्रीहरूको भन्दा पनि बढी पीडादायी हुनेछ। आज मैले गर्नु पर्ने मेरो कर्तव्यको काम मात्र गर्छु; म सबै गहुँलाई ती सामाहरूसँगै बाँध्नेछु। अहिलेको मेरो काम यही हो। ती सामाहरू मैले निफन्ने समयमा निफनिनेछन्, अनि गहुँलाई गोदाममा जम्मा गरिनेछन् र ती निफनिएका सामाहरूलाई खरानी हुने गरी जलाउनलाई आगोमा हालिनेछ। अहिलेको मेरो काम भनेको सबै मानिसहरूलाई बिटोमा बाँध्नु मात्रै हो; अर्थात् तिनीहरूलाई पूर्ण रूपमा जित्नु हो। त्यसपछि म सबै मानिसहरूको अन्त प्रकट गर्न निफन्न सुरु गर्नेछु। त्यसैले तैँले अहिले मलाई कसरी तृप्‍त पार्ने र मप्रति तेरो विश्‍वासको सही मार्गमा तँ कसरी लाग्ने सो जान्नुपर्छ। मैले अहिले चाहने भनेको तेरो बफादारी र समर्पण, तेरो प्रेम र गवाही हो। यस बेला गवाही के हो वा प्रेम के हो सो तँलाई थाहा नभए पनि, तैँले आफ्‍नो सबै कुरा ल्याउनुपर्छ र तेरो एक मात्र खजाना मलाई सुम्पनुपर्छ: तेरो बफादारी र समर्पण। जसरी मानिसको पूर्ण विजयमा गवाही हुन्छ, त्यस्तै शैतानलाई पराजित गर्ने गवाही मानिसको बफादारी र समर्पणमा रहन्छ भन्‍ने कुरा तैँले जान्नुपर्छ। मप्रतिको तेरो विश्‍वासको कर्तव्य भनेको नै मेरो निम्ति साक्षी दिनु, म बाहेक अरू कोहीप्रति बफादार नहुनु, र अन्तसम्म नै समर्पित हुनु हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासको बारेमा तँलाई के थाहा छ?)। यस खण्डले स्पष्‍ट रूपमा नै के बताउँछ भने परमेश्‍वरका विश्‍वासीहरूले परमेश्‍वरको गवाही दिनुपर्छ र यो हरेक व्यक्तिको कर्तव्य हो। यदि परमेश्‍वरका विश्‍वासीहरूले गवाही दिन सक्दैनन् भने, तिनीहरू परमेश्‍वरको घृणाको पात्र बन्छन्। परमेश्‍वरको वचनको यो हरफ पढ्दा मैले परमेश्‍वरको क्रोध अनुभव गरेँ, “यदि तैँले ममा विश्‍वास मात्र गर्छस्, तैपनि तँमा मेरो महिमा वा गवाहीको कुनै सङ्केत छैन भने, मैले तँलाई उहिले नै हटाइसकेको छु। यी सबै कुराहरू जान्नेहरूको हकमा, तिनीहरू मेरो आँखाका र घरको काँडा बाहेक अरू केही होइनन्, तिनीहरू मेरो बाटोका बाधाहरू बाहेक केही होइनन्, तिनीहरू मेरो कार्यबाट निफन्नु पर्ने सामाहरू हुन्,” र “गवाहीबाट वञ्‍चित गरिएकाहरू सबैमाथि मेरो क्रोध आइपर्छ र तिनीहरूबाट मेरो छडी कहिल्यै दूर हुँदैन। मैले तिनीहरूलाई दुष्टको हातमा सुम्पेको धेरै भइसकेको छ; तिनीहरूलाई मेरा आशिष्‌बाट वञ्‍चित गरिएको छ। जब समय आउँछ, तब तिनीहरूको सजाय मूर्ख स्‍त्रीहरूको भन्दा पनि बढी पीडादायी हुनेछ।” यतिका वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरेपछि पनि, परमेश्‍वरको धेरै वचन पढेर अनगिन्ती प्रवचन र सङ्गति सुनेपछि पनि, काटछाँट, निराकरण, बाधा, र असफलता अनुभव गर्दै पवित्र आत्‍माको अन्तर्दृष्टि, अगुवाइ, र अनुशासन अनुभव गरेपछि पनि, म अझै परमेश्‍वरको गवाही दिन सक्दिनथेँ। मसँग केही अनुभव र ज्ञान थियो, तर मलाई लेख्‍ने काम गर्न मन थिएन। म दिनभरि बाहिरी कुराहरू सम्‍हाल्दै बिताउँथेँ, तर आफ्‍नो भ्रष्ट स्वभावलाई समाधान गर्न सत्यताको खोजी गर्नमा ध्यान दिँदिनथेँ, र सत्यतामा प्रगति गर्न लागिपर्दिनथेँ। मेरो सधैँको अनुभवबाट, मैले थोरै ज्ञान र ज्योति प्राप्त गर्थेँ, तर म सच्‍चा बुझाइ प्राप्त गर्न सकूँ भनेर चिन्तन गरी स्पष्टता हासिल गर्दिनथेँ, र समय बित्दै जाँदा, मैले आफूले प्राप्त गरेको कुरा पनि गुमाएँ, र पवित्र आत्‍माको अन्तर्दृष्टिसमेत प्रयोजनहीन बन्यो। मैले पहिले नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने अभ्यास गर्दाको क्षण सम्झेँ। म परमेश्‍वरको कामको गवाही दिने सत्यताको बारेमा राम्ररी सङ्गति गर्नसमेत सक्दिनथेँ। मैले बताउने कुराहरू तुलनात्मक रूपमा सतही हुन्थे, र मैले मुख्य बुँदाहरूलाई बुझ्‍न सकेकी हुँदिनथेँ। पछि जब मैले प्रचार गर्न थालेँ, तब पनि म धार्मिक धारणाहरू वा ख्रीष्टविरोधीहरूका भ्रमहरूलाई स्पष्ट रूपमा वा विश्‍वासलाग्दो तरिकाले विश्‍लेषण गर्न मुख्य बुँदाहरू टिप्‍न सक्दिनथेँ। सत्यताको हरेक पक्षको बारेमा, मैले आधा मात्रै बुझेकी हुन्थेँ, र स्पष्ट रूपमा सङ्गति गर्न सक्दिनथेँ। भेलाहरूको बेला जीवन प्रवेशसम्‍बन्धी समस्याहरूमा सङ्गति गर्दा, म मानिसहरूलाई प्रायजसो हरकसैले प्रयोग गर्ने सतही भनाइहरू प्रयोग गरेर कुरा बुझाउने मात्रै गर्थेँ, वा केही खोक्रा सिद्धान्त र सतही बुझाइ मात्रै प्रदान गर्थेँ। मैले समस्याको जड समाधान गर्न सक्दिनथेँ, र परमेश्‍वरसम्‍बन्धी मेरो गवाही अप्रभावकारी हुन्थ्यो। सत्यताको कुनै पनि पक्षसम्‍बन्धी मेरो बुझाइ त केवल धर्मसिद्धान्तहरू मात्रै हुन्थे, त्यसमा सत्यता वास्तविकताहरू हुँदैनथे। परमेश्‍वरमा यतिका वर्ष विश्‍वास गरेर पनि म परमेश्‍वरको गवाही दिन सक्दिनँ भन्‍ने मलाई थाहा भयो। म थोरै प्रयास लगाउँथेँ र अलिअलि मात्रै काम गर्थेँ, तर मैले परमेश्‍वरका वचनहरूको न्याय र सजायलाई वास्तविक रूपमा स्वीकार गरेकी थिइनँ, न त मसँग सत्यताको बुझाइ र मेरो जीवन स्वभाव परिवर्तन भएको कुनै गवाही नै थियो। मलाई परमेश्‍वरले त्यस्ता मानिसहरू कसरी उहाँको “आँखाका कसिङ्गर,” “अवरोध,” र “निफनेर मिल्काउनुपर्ने सामा” हुन् भनेर भन्‍नुभएको छ भन्‍ने कुरा याद आयो। त्यस्ता मानिसहरूप्रतिको परमेश्‍वरको क्रोध कहिल्यै बिलाएर जाँदैन। यस्ता सोचाइहरू आउँदा म व्याकुल भएँ। मैले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भएको थियो तर पनि मैले केही पनि सिकेकी थिइनँ। मलाई आफू निकम्मा अनि लाजको पसारो हुँ जस्तो लाग्यो। परमेश्‍वरले त्यस्ता मानिसहरूलाई विशेष गरी घृणा गर्नुहुन्छ, तिनीहरूलाई सहनुहुन्‍न, र तिनीहरूप्रति क्रोधित बन्‍नुहुन्छ। त्यस्ता मानिसहरूले आफ्‍नो कर्तव्य निर्वाह गरे पनि, तिनीहरूले सत्यताको खोजी गर्दैनन्, त्यसकारण तिनीहरूले पवित्र आत्‍माको काम प्राप्त गर्न सक्दैनन्, र अन्त्यमा, तिनीहरूसित स्वभावगत परिवर्तनको कुनै गवाही हुँदैन र तिनीहरूले परमेश्‍वरबाट मुक्ति पाउन सक्दैनन्। त्यस्ता मानिसहरूप्रतिको परमेश्‍वरको मनोवृत्ति कस्तो हुन्छ भन्‍ने देखेपछि, मेरा धारणाहरू पूर्ण रूपमा चकनाचूर भए। मलाई त के लाग्थ्यो भने यदि मैले मण्डलीले मलाई सुम्पेको काम गरेँ, कुनै दुष्कर्म गरिनँ, आफ्‍नो कर्तव्यमा ठूलो गल्ती गरिनँ, कुनै पनि गम्‍भीर अपराध गरिनँ भने, र मलाई बर्खास्त गरिएन भने, म आधारभूत रूपमा सुरक्षित नै हुन्छु, र मैले मुक्ति पाउने आशा हुन्छ। अहिले मैले यो परमेश्‍वरका मापदण्डहरूअनुरूप छैन भन्‍ने कुरा थाहा पाएँ। यो त मेरो धारणा र कामना मात्रै रहेछ। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको आफ्‍नो कर्तव्यमा परिश्रम गर्नु, केही नियम पालना गर्नु, र कुनै स्पष्ट दुष्कर्म नगर्नु मात्रै होइन। यदि तपाईंले परमेश्‍वरमा विश्‍वास गर्नुभएको धेरै वर्ष भयो र पनि तपाईंसँग गवाही छैन भने, तपाईंलाई अन्तिममा हटाइनेछ। मैले परमेश्‍वरका यी वचनहरू याद गरेँ: “तिमीहरूले आज देखेका सबै कुराहरूको गवाही दिन नसक्‍ने दिन आयो भने तिमीहरूले सृजित प्राणीहरूको कार्य गुमाएको हुनेछौ र तिमीहरूको अस्तित्वको कुनै अर्थ रहनेछैन। तिमीहरू मानिस हुनको निम्ति अयोग्य हुनेछौ। यसो पनि भन्‍न सकिन्छ कि तिमीहरू मानिस हुने छैनौ! मैले तिमीहरूमा मापन नै गर्न नसकिने काम गरेको छु, तर तिमीहरूले अहिले केही पनि नसिकेको, थाहा नपाएको र तिमीहरूका परिश्रमहरूमा अप्रभावी भएको कारण मैले मेरो कामलाई विस्तार समय आउँदा तिमीहरूले खाली नजर, बाँधिएको जिब्रो र पूर्ण रूपमा बेकम्मा भएर हेर्नेछौ। के तिमीहरू इतिहासमा पापीको रूपमा कहलिनेछैनौ र? जब त्यो समय आउँछ, के तिमीहरूले सबैभन्दा गहिरो पश्‍चातापको अनुभव गर्नेछैनौ र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको बारेमा तेरो बुझाइ के छ?)। परमेश्‍वरका वचनहरूले मलाई लज्‍जित पारे, र साथसाथै निकै बेचैन पनि तुल्याए। मलाई अब यसरी जिउनु हुँदैन, बरु परमेश्‍वरको गवाही दिनको लागि लेखहरू लेख्‍ने अभ्यास गर्नुपर्छ भन्‍ने लाग्यो।

जब म वास्तवमै लेख्‍न बस्थेँ, अझै पनि बाधा र अवरोध आउँथे। सुरुमा, म आफ्‍नो अनुभवलाई सीधा रूपमा व्यक्त गर्न सक्दिनथेँ, र कहाँबाट सुरु गर्ने मलाई थाहा हुँदैनथ्यो, यसको साथै अरू अझै अर्जेन्ट काम हुन्थे, त्यसकारण म अरू काममै लाग्थेँ। त्यसपछि, मैले बहानाहरू बनाउँथेँ। म सोच्थेँ, अरूले गवाहीको पूरै लेख आधा दिनमै पूरा गर्न सक्छन्, तर शान्त वातावरण र पर्याप्त समयविना म त्यसो गर्न सक्दिनँ, र लेख लेख्‍ने मेरो क्षमता पनि कमजोर देखिन्छ, र यस्तो सोचेर मैले फेरि पनि लेख्‍न छोडेँ। त्यसपछि मैले यसबारेमा सोचविचार गर्न थालेँ। म गवाही लेखहरू लेख्‍न किन निष्क्रिय छु? मैले किन लेख्‍न सहमति जनाएँ, तर किन केही पनि लेखिनँ? एक दिन, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड हेरेँ, र आफ्‍नो बारेमा केही बुझाइ प्राप्त गरेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “तैँले कसरी शैतानी स्वभावलाई चिन्‍न र छुट्याउन सक्छस्? शैतानलाई जे गर्न मन पर्छ त्यसको आधारमा, साथै यसले काम गर्दा प्रयोग गर्ने विधि र चलाकीहरूको आधारमा बुझ्न सकिन्छ कि यसलाई सकारात्मक कुराहरू कहिल्यै मन पर्दैन, यसलाई दुष्टता मन पर्छ, र यसले सधैँ आफूलाई सक्षम र सबै कुरा नियन्त्रण गर्न सक्‍ने ठान्छ। यो शैतानको अहङ्कारी प्रकृति हो। त्यही कारणले गर्दा शैतानले नीतिभ्रष्ट तरिकाले परमेश्‍वरलाई इन्कार, प्रतिरोध, र विरोध गर्छ। शैतान हर नकारात्मक र दुष्ट कुराहरूको प्रतिनिधि र स्रोत हो। यदि तँ यस मामलालाई स्पष्ट रूपमा देख्‍न सक्छस् भने, तैँले शैतानी स्वभावलाई चिनेको छस्। मानिसहरूले सत्यता स्वीकार र अभ्यास गर्नु त्यति सरल कुरा होइन, किनभने तिनीहरू सबैसँग शैतानी स्वभाव हुन्छ, र तिनीहरू सबै आफ्‍नो शैतानी स्वभावद्वारा बाधित र बाँधिएका हुन्छन्। उदाहरणको लागि, कतिपय मानिसहरूलाई इमानदार व्यक्ति बन्‍नु राम्रो कुरा हो भन्‍ने थाहा हुन्छ, र अरूहरू इमानदार बनेको, सत्य कुरा बोलेको, र सरल र खुला मनले बोलेको देख्दा, तिनीहरूलाई डाहा र ईर्ष्या अनुभूति हुन्छ, तर यदि तिनीहरूलाई इमानदार व्यक्ति बन्‍न अनुरोध गरियो भने, तिनीहरूलाई गाह्रो लाग्छ। तिनीहरू इमानदार शब्‍दहरू बोल्‍न र इमानदार कार्यहरू गर्न सधैँभरि असमर्थ हुन्छन्। के यो शैतानी स्वभाव होइन र? तिनीहरूले राम्रो सुनिने कुराहरू बोल्छन्, तर ती अभ्यास गर्दैनन्। यो सत्यताप्रति वाक्‍क मान्‍नु हो। सत्यताप्रति वाक्‍क मान्‍नेहरूलाई सत्यता स्वीकार गर्न गाह्रो हुन्छ र तिनीहरू सत्यताका वास्तविकताहरूमा कुनै पनि हालतमा प्रवेश गर्न सक्दैनन्। सत्यताप्रति वाक्‍क मान्‍ने मानिसहरूको सबैभन्दा प्रस्ट स्थिति भनेको तिनीहरू सत्यता र सकारात्मक कुराप्रति चासो राख्दैनन्, तिनीहरू ती कुराप्रति द्वेष समेत राख्छन् र तिनलाई घृणा गर्छन्, र विशेष गरी तिनीहरूलाई प्रचलनहरू पछ्याउन मन पर्छ। परमेश्‍वरले प्रेम गर्नुहुने कुराहरू र उहाँले मानिसहरूलाई गर्न लगाउनुहुने कुराहरूलाई तिनीहरूले आफ्‍नो हृदयले स्वीकार गर्दैनन्। बरु, तिनीहरू ती कुरालाई बेवास्ता गर्छन् र उदासीन बन्छन्, अनि कतिपय मानिसहरूले त परमेश्‍वरले मान्छेका लागि तोक्‍नुभएका मापदण्ड र सिद्धान्तहरूलाई प्रायः घृणासमेत गर्छन्। तिनीहरू सकारात्मक कुराहरूप्रति अमन गर्छन्, र ती कुराप्रति तिनीहरूको हृदयमा प्रतिरोध, विरोध, र निन्दै निन्दा हुन्छ। सत्यताप्रति वाक्‍क मान्‍नुको मुख्य प्रकटीकरण यही हो। मण्डली जीवनमा, परमेश्‍वरको वचन पढ्नु, प्रार्थना गर्नु, सत्यता सङ्गति गर्नु, कर्तव्य निभाउनु, र सत्यताद्वारा समस्याहरू समाधान गर्नु सबै नै सकारात्मक कुरा हुन्। ती कुराहरूले परमेश्‍वरलाई प्रसन्‍न तुल्याउँछन्, तर कतिपय मानिसहरूले यी सकारात्मक कुराहरूप्रति अमन गर्छन्, यी कुराको वास्ता गर्दैनन्, र यी कुराप्रति उदासीन हुन्छन्। सबैभन्दा घृणास्पद कुरा त के हो भने, तिनीहरूले इमानदार मानिसहरू, सत्यताको खोजी गर्नेहरू, आफ्‍नो कर्तव्य बफादार ढङ्गले पूरा गर्नेहरू, र परमेश्‍वरको घरको कामको रक्षा गर्नेहरूजस्ता सकारात्मक मानिसहरूप्रति अपमानजनक मनोवृत्ति अपनाउँछन्। तिनीहरूले सधैँ यी मानिसहरूलाई आक्रमण र बहिष्कार गर्ने प्रयास गरिरहेका हुन्छन्। तिनीहरूले आफूमा कमीकमजोरी भएको वा भ्रष्टताको प्रकाश भएको थाहा पाए भने, तिनीहरूले यसको बढाइचढाइ गर्छन्, र तिललाई पहाड बनाउँदै त्यसो गरेकोमा निरन्तर रूपमा उनीहरूलाई होच्याउँछन्। यो कस्तो प्रकारको स्वभाव हो? किन तिनीहरूले सकारात्मक मानिसहरूप्रति शत्रुता राख्छन्? किन तिनीहरूले दुष्ट मानिसहरू, अविश्‍वासीहरू, र ख्रीष्टविरोधीहरूलाई त्यति माया गर्छन् र तिनीहरूसँग मिल्छन्, र किन तिनीहरूले प्रायजसो त्यस्तै मानिसहरूसँग नौटङ्की गर्छन्? जहाँ नकारात्मक र दुष्ट कुराहरूको सवाल आउँछ, तिनीहरू जोसिला र प्रफुल्लित हुन्छन्, तर सकारात्मक कुराहरूका हकमा, तिनीहरूको मनोवृत्तिमा प्रतिरोध पैदा हुन थाल्छ; खास गरी, जब तिनीहरूले मानिसहरूले सत्यताको सङ्गति गरेका वा सत्यता प्रयोग गरी समस्याहरू समाधान गरेका देख्छन्, तब तिनीहरूले हृदयमा वाक्क र असन्तुष्ट अनुभूति गर्छन्, र तिनीहरूले आफ्‍ना गुनासाहरू पोखाउँछन्। के यो स्वभाव सत्यताप्रति वाक्‍क मान्‍ने स्वभाव होइन र? के यो भ्रष्ट स्वभावको प्रकटीकरण होइन र? धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्, उहाँको लागि काम गर्न मन पराउँछन् र उहाँको लागि उत्साहको साथ दौडधुप गर्छन्, अनि आफ्‍ना वरदान र सामर्थ्यहरू प्रयोग गर्नुपर्दा, आफ्ना रुचिहरूमा लिन हुँदा र आफ्‍नो प्रदर्शन गर्दा, तिनीहरूसँग असीमित जोस हुन्छ। तर यदि तैँले तिनीहरूलाई सत्यता अभ्यास गर्न र सत्यता सिद्धान्तअनुसार काम गर्न लगाइस् भने, तिनीहरूको त्यो जोश मरिहाल्छ र तिनीहरूमा कुनै उत्साह हुँदैन। तिनीहरूलाई आफ्‍नो प्रदर्शन गर्न दिइएन भने, तिनीहरू जाँगरहीन र उदास हुन्छन्। आफ्नो प्रदर्शन गर्नलाई किन तिनीहरूमा जोस भएको? अनि सत्यता अभ्यास गर्नलाई चाहिँ किन तिनीहरूसँग कुनै ऊर्जा नभएको? यहाँ समस्या के हो त? मानिसहरू सबैले आफूलाई विशिष्ट देखाउन मन पराउँछन्; तिनीहरू सबै खोक्रो महिमाको लोभ गर्छन्। आशिष्‌ र इनामहरू प्राप्त गर्नका लागि परमेश्‍वरलाई विश्‍वास गर्ने क्रममा हरेकसँग अपार ऊर्जा हुन्छ, तर पनि सत्यता अभ्यास गर्ने र देहको विरुद्धमा विद्रोह गर्ने कुरामा तिनीहरूले किन जोसजाँगर गुमाउँछन्, तिनीहरू किन उदास बन्छन्? किन यस्तो हुन्छ? यसले मानिसहरूको हृदय अशुद्ध छ भन्‍ने प्रमाणित गर्छ। तिनीहरूले पूर्णतया आशिष्‌हरू प्राप्त गर्नकै लागि परमेश्‍वरमा विश्‍वास गर्छन्—सरल रूपमा भन्दा, तिनीहरूले स्वर्गको राज्यमा प्रवेश गर्नका लागि त्यसो गर्छन्। खोजी गर्नको लागि आशिष्‌ वा लाभ नहुँदा, मानिसहरू जाँगरहीन र उदास बन्छन्, र तिनीहरूसँग कुनै उत्साह हुँदैन। यो सबै सत्यताप्रति वाक्‍क मान्‍ने भ्रष्ट स्वभावले निम्त्याएको हुन्छ। यो स्वभावको नियन्त्रणमा परेपछि, मानिसहरू सत्यता पछ्याउने मार्ग छनौट गर्न मान्दैनन्, तिनीहरू आफ्‍नै बाटोमा लाग्छन्, र गलत मार्ग रोज्छन्—प्रतिष्ठा, ख्याति, प्राप्ति र हैसियतको पछि लाग्‍नु गलत कुरा हो भन्‍ने राम्ररी थाहा भएर पनि तिनीहरू यी कुराहरू नगरी, यी कुरालाई नपन्छाई बस्नै सक्दैनन्, र तिनीहरू अझै तिनकै पछि लाग्छन् र शैतानकै मार्गमा हिँड्छन्। यस्तो अवस्थामा, तिनीहरूले परमेश्‍वरलाई होइन, शैतानलाई पछ्याइरहेका हुन्छन्। तिनीहरूले गर्ने हरेक कुरा शैतानको सेवामा गरिएको हुन्छ, र तिनीहरू शैतानका सेवक हुन्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। यसभन्दा पहिले, मैले लेखहरू लेख्‍ने काममा कठिन परिश्रम गरेकी थिइनँ। मलाई यसबारे क्षणिक ग्‍लानि मात्रै भयो, र मैले यसलाई त्यति मतलब पनि गरिनँ। मलाई यो त्यति ठूलो समस्या हो जस्तो लागेन। परमेश्‍वरको वचनको प्रकाशद्वारा मात्रै मैले यो त सत्यतादेखि दिक्‍क मान्‍नु, अनि एक प्रकारको शैतानी स्वभाव हो भन्‍ने थाहा पाएँ। लेखहरू लेख्‍नको लागि अनुभव र ज्ञान चाहिन्छ, र यसको लागि सोच्‍ने समय पनि आवश्यक हुन्छ। हामीले आफूलाई शान्त पारेर, परमेश्‍वरका वचनहरूमा मनन गर्ने, सत्यताको खोजी गर्ने, र आत्मचिन्तन गर्ने गर्नुपर्छ। त्यसैले त, सत्यताको खोजी गर्न, परमेश्‍वरको वचनमा मनन गर्न, र लेखहरू लेख्‍न लगाउँदा, मैले हृदयबाट इन्कार र विरोध गरेँ। परमेश्‍वरको गवाही कसरी दिने भन्‍नेबारेमा उहाँले धेरै सङ्गति दिनुभएको छ, र मेरा सबै ब्रदर-सिस्टरहरूले गवाही लेखहरू लेखिरहेका थिए, तर म उदासीन भएँ, र मैले यसबाट उम्कने बहानासमेत बनाएँ। म एकदमै जिद्दी थिएँ! म सत्यतासँग सम्‍बन्धित कुराहरूलाई इन्कार्थेँ र नकार्थेँ, र तीबारेमा कठिन परिश्रम गर्न अनिच्‍छुक हुन्थेँ। बाहिरी कुराहरूमा, सत्यतासँग सम्‍बन्धित नरहेका कुराहरूमा, म निकै उत्साहित र इच्‍छुक हुन्थेँ। यस्तो किन हुन्थ्यो भने ती कुराहरू गर्नु मेरो व्यक्तिगत सामर्थ्य थियो; ती कुराहरू मलाई सहजै आउँथेँ, र त्यसपछि दाजुभाइ-दिदीबहिनीहरूले मेरो परिश्रमका प्रतिफल स्पष्टसित देख्‍न सक्थे। मलाई काटछाँट वा निराकरण वा बर्खास्त गरिने थिएन। म आफ्नो हैसियत कायम राख्‍न सक्थेँ। त्यस प्रकारको मेरो व्यवहार साँच्‍चै नै सत्यताप्रति दिक्‍क हुनु थियो—त्यो शैतानी स्वभाव थियो। वास्तवमा, लेख लेख्‍ने प्रक्रिया भनेको सत्यताको खोजी गर्ने प्रक्रिया नै हो। समस्याहरू समाधान गर्नको लागि सत्यताको खोजी गर्दा त्यसले सत्यताप्रतिको मानिसहरूको मनोवृत्तिलाई सबैभन्दा राम्ररी प्रकट गर्न सक्छ। मैले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भएको थियो, र मैले आफ्‍नो कर्तव्य पूरा गर्न आफूलाई त्याग्‍न र समर्पित हुन सक्थेँ, र म कैयौँ शब्द र धर्मसिद्धान्तहरूबारे बोल्‍न सक्थेँ, तर मलाई सत्यताप्रति चासो थिएन र म यसको तृष्णा गर्ने वा यसलाई बहुमूल्य ठान्‍ने गर्दिनथेँ, न त ममा परमेश्‍वरप्रतिको सच्‍चा आज्ञापालन नै थियो। म अझै पनि आफ्‍नो शैतानी स्वभावअनुसार जिउँथेँ र परमेश्‍वरप्रति शत्रुको व्यवहार गरेर बस्थेँ। यसबारेमा मनन गरेपछि, मेरो समस्या गम्‍भीर छ भन्‍ने मलाई थाहा भयो। परमेश्‍वरमा वर्षौंदेखि विश्‍वास गरेपछि पनि, परमेश्‍वर र सत्यताप्रतिको मेरो मनोवृत्तिमा वास्तविक परिवर्तन आएको थिएन। म अझै पनि शैतानकै स्वामित्वमा थिएँ, सत्यताप्रति दिक्‍क मान्थेँ, परमेश्‍वरको विरोध गर्थेँ, र मेरो स्वभावमा थोरै पनि परिवर्वन आएको थिएन। यदि यस्तै भइरहेको भए, मैले जति धेरै समय विश्‍वास गरेकी वा मैले यसमा जति नै मेहनत गरेकी भए पनि, मैले कहिल्यै पनि सत्यतालाई बुझ्‍नेथिनँ वा मेरो भ्रष्ट स्वभावलाई समाधान गर्नेथिनँ। मैले अन्त्यसम्‍मै विश्‍वास गरे पनि, मैले कहिल्यै पनि पूर्ण मुक्ति पाउनेथिनँ। त्यो बेला, मलाई अलिक डर लाग्यो, त्यसकारण मैले पश्‍चात्ताप गर्दै परमेश्‍वरसँग प्रार्थना गरेँ। “हे परमेश्‍वर, म सत्यतालाई प्रेम गर्दिनँ, म यसप्रति दिक्‍क मान्छु। म आफ्‍नो कर्तव्यमा मेहनत र परिश्रम गर्न मात्रै मन पराउँछु। मेरो विश्‍वास कति दयनीय छ भन्‍ने मलाई अहिले थाहा भयो। म यसरी अघि बढिरहन चाहँदिनँ। म तपाईंतर्फ फर्केर, सत्यताको खोजी गर्न कडा परिश्रम गर्न चाहन्छु।”

पछि, मैले त्यति राम्रो शिक्षा पाएकी छैन र ममा कमजोर क्षमता छ भनेर मैले गरेको गुनासोको जवाफमा, एक जना सिस्टरले मलाई परमेश्‍वरको वचनको एउटा खण्ड पठाइन्, जुन मलाई निकै लाभदायक लाग्यो। परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरका वचनहरूको न्याय र सजाय अनुभव गरेपछि तँलाई नयाँ कुराहरू र वास्तविक अनुभव प्राप्त हुन्छ—त्यसकारण तैँले परमेश्‍वरको गवाही दिनुपर्छ। परमेश्‍वरको बारेमा गवाही दिँदा, तैँले मुख्य रूपमा परमेश्‍वरले कसरी मानिसहरूलाई न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ, र मानिसहरूलाई शोधन गर्न र तिनीहरूका स्वभावहरू परिवर्तन गर्न उहाँले के-कस्ता परीक्षाहरू प्रयोग गर्नुहुन्छ भन्‍नेबारेमा नै कुरा गर्नुपर्छ। तिमीहरूले तिमीहरूका अनुभवमा कति धेरै भ्रष्टता प्रकट गरिएको छ, तिमीहरूले कति धेरै कष्ट सहेका छौ, परमेश्‍वरको प्रतिरोध गर्न तिमीहरूले कति धेरै कुराहरू गरेका छौ र अन्त्यमा तिमीहरू परमेश्‍वरद्वारा कसरी जितियौ भन्‍ने कुराहरू पनि गर्नुपर्छ। तिमीहरूसँग परमेश्‍वरको कामको कतिसम्म वास्तविक ज्ञान छ, र तिमीहरूले कसरी परमेश्‍वरका लागि साक्षी दिनुपर्दछ र उहाँको प्रेमको ऋण तिर्नुपर्छ भन्‍ने बारेमा कुरा गर्नुपर्छ। तिमीहरूले यस प्रकारको भाषामा ठोसता प्रदान गर्नुपर्छ, साथै यसलाई सरल तरिकाले प्रस्तुत गर्नुपर्छ। खोक्रा सिद्धान्तहरूको बारेमा कुरा नगर। धेरै व्यावहारिक भएर बोल; हृदयबाट बोल। तिमीहरूले विभिन्‍न कुराहरूको अनुभव गर्नुपर्ने यसरी नै हो। आडम्बर देखाउन आफैलाई गम्भीर देखिने, खोक्रा सिद्धान्तहरूले सुसज्जित नपार; त्यसो गर्दा तिमीहरू अत्यन्त अहङ्कारी र मूर्ख देखिन्छौ। तिमीहरूले आफ्नो असली अनुभवबाट वास्तविक कुराहरूका बारेमा बताउनुपर्छ, र अझ बढी हृदयबाट बोल्नुपर्छ; यो अरूका लागि अत्यन्तै फाइदाजनक हुन्छ, र तिनीहरूका लागि निकै उपयुक्त देखिन्छ। तिमीहरू विगतमा परमेश्‍वरलाई सबैभन्दा धेरै विरोध गर्ने र उहाँप्रति समर्पित हुन सबैभन्दा कम झुकाव राख्‍ने मानिसहरू थियौ, तर अब तिमीहरू जितिएका छौ—त्यो कुरा कहिल्यै नबिर्स। तिमीहरूले यी विषयहरूमा धेरै चिन्तन र मनन गर्नुपर्छ। जब मानिसहरूले ती कुराहरू स्पष्ट बुझ्छन्, तब तिनीहरूलाई गवाही कसरी दिनुपर्छ भन्‍ने थाहा हुनेछ, अन्यथा, तिनीहरूले लाजमर्दो र मूर्ख कामहरू गर्न सक्‍नेछन्, जुन परमेश्‍वरको लागि गवाही दिनु होइन, बरु परमेश्‍वरलाई लज्जित तुल्याउनु हो। सच्‍चा अनुभवहरू र सत्यताको बुझाइविना परमेश्‍वरको लागि गवाही दिन सम्‍भव हुँदैन। परमेश्‍वरमाथिको भ्रमित र अन्योलपूर्ण विश्‍वास भएका मानिसहरूले परमेश्‍वरको लागि कहिल्यै गवाही दिन सक्दैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरू पढिसकेपछि, मैले बुझेँ कि परमेश्‍वरको बारेमा सच्‍चा गवाही दिनु भनेको परमेश्‍वरका वचनहरू र कामको बारेमा गवाही दिनु, परमेश्‍वरको वचनद्वारा गरिएको न्याय, सजाय, परीक्षा र शोधनसम्‍बन्धी आफ्‍नो अनुभवको बारेमा सङ्गति गर्नु, आफूले देखाएको भ्रष्टताको बारेमा सङ्गति गर्नु, र परमेश्‍वरको वचनले प्रकट गरेको कुराबाट आफूले आफ्‍नो बारेमा पाएको ज्ञानको बारेमा बताउनु, र आफूले कसरी अभ्यास गरियो र प्रवेश पाइयो भन्‍नेबारेमा बताउनु हो, ताकि अरूले परमेश्‍वरको धर्मी स्वभाव देख्‍न र परमेश्‍वरको काम र प्रेमको बारेमा जान्‍न सकून्। परमेश्‍वरको गवाही दिनको लागि, व्यक्ति वृहत् सिद्धान्तहरूको बारेमा बोल्‍न सक्षम हुनु-नहुनुले केही फरक पार्दैन। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको इमान्दारीपूर्वक र निष्कपट रूपमा बोल्‍नु हो। यो कुरा महसुस गरेपछि, मेरो हृदय अलिक उज्यालो भयो। अनुभव गवाहीहरू लेख्‍ने कार्यमा पनि यही कुरा लागू हुन्छ। तपाईंको शिक्षाको स्तर वा लेख्‍ने शैलीले केही फरक पार्दैन। मुख्य कुरा भनेको सत्यताको खोजी गर्न तपाईंले प्रयास गर्न सक्‍नुहुन्छ कि सक्‍नुहुन्‍न, आफ्‍नो भ्रष्टता र समस्याहरूलाई समाधान गर्न तपाईंले सत्यताको खोजी गर्नुहुन्छ कि गर्नुहुन्‍न, तपाईंले परमेश्‍वरको न्याय र सजाय अनुभव गर्न, परमेश्‍वरको वचन अनुसार आफूलाई विश्‍लेषण गर्न र चिन्‍न सक्‍नुहुन्छ कि सक्‍नुहुन्‍न, समस्याको सारलाई स्पष्ट रूपमा देख्‍न, र साँचो रूपमा पश्‍चात्ताप गरेर परिवर्तन हुन सक्‍नुहुन्छ कि सक्‍नुहुन्‍न भन्‍ने हो। तपाईंमा यी कुराहरू छन् भने, तपाईंले लेख्‍ने लेखहरू राम्रा हुनेछन्। तपाईंको शिक्षाको स्तरसँग यसको कुनै सम्‍बन्ध हुँदैन। तपाईंले दैनिक जीवनमा बोल्‍ने भाषामा व्यवहारिक अनुभाव र ज्ञानका कुराहरू लेखे भइहाल्छ। तपाईंले आफूलाई अनुभव गरेको र बुझेको कुरा मात्रै लेखे पुगिहाल्छ। यदि तपाईंले आफ्‍नो सच्‍चा बुझाइ र भावनाहरूलाई आफ्‍नै शब्‍दहरूमा लेख्‍नुभयो, अरूलाई फाइदा पुग्‍ने जेसुकै कुरा लेख्‍नुभयो भने, तपाईंसँग गवाही हुन्छ। विगतमा, म सधैँ मेरो शिक्षाको स्तर कमी छ र मेरो क्षमता कमजोर छ भनेर सोच्‍ने गर्थेँ, र लेखहरू लेख्‍नको लागि उच्‍च स्तरको ज्ञान वा क्षमता चाहिन्छझैँ गरी बहाना बनाउँदै गवाही लेखहरू लेख्‍ने काम गर्दिनथेँ, तर अहिले मलाई यो दृष्टिकोण गलत हो भन्‍ने थाहा भयो। मैले यस्तो स्थितिमा जिउनु हुँदैनथ्यो। मैले सत्यताको खोजी गर्ने, परमेश्‍वरको वचन अभ्यास र अनुभव गर्ने, र परमेश्‍वरलाई गवाही दिन आफूले अनुभव गरेको र सिकेको कुराको बारेमा लेखहरू लेख्‍ने कार्यमा ध्यान दिनुपर्थ्यो। त्यही नै मेरो कर्तव्य थियो।

एउटा भेलामा मैले परमेश्‍वरको वचनको एउटा खण्ड हेरेँ, जुन खण्डले मलाई सत्यताको खोजी गर्न र गवाही लेख लेख्‍ने कार्यमा बोझ उठाउन मदत गर्‍यो। परमेश्‍वरका वचनहरूले भन्छन्: “अगुवा र सेवकका रूपमा रहेका मानिसहरूको वर्गको उदय हुनुको कारण के हो? तिनीहरूको उदय कसरी भयो? वृहत् रूपमा, परमेश्‍वरको कामका लागि तिनीहरूको खाँचो हुन्छ; सूक्ष्‍म रूपमा, मण्डलीको कामको निम्ति तिनीहरूको खाँचो हुन्छ, परमेश्‍वरका चुनिएका मानिसहरूलाई तिनीहरूको खाँचो हुन्छ। … अगुवा र सेवकहरू अनि परमेश्‍वरका चुनिएका मानिसहरूका साधारण सदस्यहरूका बीचको भिन्‍नता भनेकै अगुवा र सेवकहरूले निर्वाह गर्ने कर्तव्यमा रहेको खास विशेषता मात्र हो। त्यो खास विशेषता मुख्य रूपमा तिनीहरूको नेतृत्वको भूमिकामा देखिन्छ। उदाहरणको लागि, मण्डलीमा जति धेरै मानिसहरू भए पनि, अगुवा नै प्रमुख हुन्छ। त्यसो भए, अन्य सदस्यहरूमाझ यस्तो अगुवाले के भूमिका खेल्छ? तिनीहरूले मण्डलीमा रहेका सबै परमेश्‍वरका चुनिएका मानिसहरूलाई नेतृत्व गर्छन्। त्यसो भए, तिनीहरूले पुरै मण्डलीमा के प्रभाव पार्छन्? यदि त्यस अगुवाले गलत मार्ग लियो भने, त्यस मण्डलीका सबै मानिसहरूले गलत मार्गमा त्यस अगुवालाई पछ्याउँछन्, जसले मण्डलीमा रहेका परमेश्‍वरका सबै चुनिएका मानिसहरूमा ठूलो असर पुर्‍याउनेछ। उदाहरणका लागि, पावललाई लिऊँ। तिनले आफूले स्थापना गरेका धेरै मण्डलीहरू र परमेश्‍वरका चुनिएका जनहरूको नेतृत्व गर्थे। अनि जब पावल बरालिए, तिनले नेतृत्व गरेका मण्डली र परमेश्‍वरका चुनिएका मानिसहरू पनि बरालिए। त्यसैले, जब अगुवाहरूले आफ्‍नै विकृत मार्ग लिन्छन्, तब तिनीहरू आफै मात्र प्रभावित हुँदैनन्, तिनीहरूले नेतृत्व गर्ने मण्डली र परमेश्‍वरका चुनिएका मानिसहरूसमेत प्रभावित हुन्छन्। यदि अगुवा सही छ, ऊ सही बाटोमा हिँड्दैछ र उसले सत्यतालाई पछ्याउने र अभ्यास गर्ने गर्छ भने, त्यस्तो अगुवाले नेतृत्व गर्ने मानिसहरूले सामान्य तरिकाले परमेश्‍वरका वचनहरू खाने र पिउनेछन् र सामान्य तरिकाले सत्यता पछ्याउनेछन्, अनि यसै समयमा, अगुवाको जीवन अनुभव र प्रगति अरूको सामु देखिनेछ, र यसले तिनीहरूलाई प्रभावित पार्नेछ। यसैले, एक अगुवाले लिनुपर्ने सही बाटो के हो? यो अरूलाई सत्यको बुझाइ र सत्यमा प्रवेश गर्नेतर्फ डोर्‍याउन र अरूलाई परमेश्‍वरको अगाडि नेतृत्व गर्न सक्षम हुनु हो। गलत बाटो के हो त? यो हैसियत, ख्याति र प्राप्तिलाई पछ्याउनु, बारम्बार आफूलाई प्रदर्शन गर्नु र आफ्नै साक्षी बन्‍नु, र कहिल्यै पनि परमेश्‍वरको साक्षी नबन्‍नु हो। यसले परमेश्‍वरका चुनिएका मानिसहरूमा कस्तो प्रभाव पार्छ? (यसले तिनीहरूलाई आफूसामु ल्याउँछ।) तिनीहरू बाटो बिराई परमेश्‍वरबाट टाढा हुनेछन् र यस अगुवाको नियन्त्रणमा आउनेछन्। यदि तैँले मानिसहरूलाई तेरो अगाडि आउनलाई नेतृत्व गर्छस् भने तैँले तिनीहरूलाई भ्रष्ट व्यक्तिको अगाडि आउन नेतृत्व गरिरहेको छस् र तैँले तिनीहरूलाई परमेश्‍वरको अगाडि होइन शैतानको अगाडि आउन नेतृत्व गरिरहेको छस्। मानिसहरूलाई सत्यको अगाडि आउन नेतृत्व गर्नु मात्र तिनीहरूलाई परमेश्‍वरको अगाडि आउन नेतृत्व गर्नु हो। अगुवाहरू र कर्मचारीहरूले सही मार्ग हिँडे पनि गलत मार्ग हिँडे पनि, परमेश्‍वरका चुनिएका मानिसहरूप्रति तिनीहरूको प्रत्यक्ष प्रभाव हुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु एक: तिनीहरूले मानिसहरूको हृदय जित्ने प्रयास गर्छन्)। परमेश्‍वरका वचनहरू पढेपछि, म आफ्‍ना जिम्‍मेवारी र कर्तव्यहरूको बारेमा अझै स्पष्ट भएँ। यसको साथै, मलाई मेरो काँधमा जिम्‍मेवारीको ठूलो बोझ आएको अनुभव भयो। परमेश्‍वरले हामीलाई के भन्‍नुभएको छ भने, अगुवा र सेवकहरूले लिने मार्ग र तिनीहरूले खोजी गर्ने कुराले तिनीहरूलाई मात्रै होइन, तिनीहरूले नेतृत्व गर्ने ब्रदर-सिस्टरहरूलाई समेत असर गर्छ। यदि अगुवा र सेवकहरूले सत्यताको खोजी गर्छन् र तिनीहरू सही मानिसहरू हुन् भने, तिनीहरूले सत्यतामा निरन्तर प्रगति गर्नेछन्, दैनिक जीवनमा आफूले के-कस्ता गलत दृष्टिकोण राखेको छु, वा आफू के-कस्तो भ्रष्ट स्वभावमा जिउँछु भन्‍नेबारेमा मनन गर्नेछन्, परमेश्‍वरका वचनहरूअनुसार समस्याको सारलाई बुझ्‍नेछन्, र कुन सिद्धान्तमा प्रवेश गर्ने भन्‍ने कुरा पत्ता लगाउनेछन्। जब अगुवा र सेवकहरूले सही मार्ग लिन्छन्, तब तिनीहरूले ब्रदर-सिस्टरहरूको जीवन प्रवेशको लागि बोझ लिनेछन्, र समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्ने कार्यमा ध्यान दिनेछन्, ताकि तिनीहरूले नेतृत्व गर्ने मानिसहरू पनि यही दिशामा प्रवेश गर्न सकून्। यदि अगुवा र सेवकहरू लापरवाही छन्, सत्यताको खोजी गर्दैनन्, आफ्‍नो सारा समय ख्याति र हैसियत प्राप्त गर्नको लागि मात्रै काम गर्छन्, सत्यता खोजी गर्नमा चासो दिँदैनन्, र समस्याहरू समाधान गर्न सत्यता सङ्गति गर्न सक्दैनन् भने, र यदि तिनीहरू कर्तव्यको बाहिरी मामलामा मात्र व्यस्त रहन्छन् वा तिनीहरूले आफूलाई उचाल्‍न र आफूलाई अरूभन्दा अलग देखाउन शब्द र धर्मसिद्धान्तहरू बोल्छन्, र परमेश्‍वरको गवाही दिने सत्यताको बारेमा सङ्गति गर्न सक्दैन भने, तिनीहरू परमेश्‍वरको विरोध गर्ने मार्ग हिँडिरहेका हुन्छन्, र तिनीहरूले मानिसहरूलाई जुन दिशामा डोर्‍याइरहेका हुन्छन् त्यो दिशा नै गलत हुन्छ। त्यस्ता मानिसहरू थाहै नपाई आफ्‍नै मार्गमा हिँडिरहेका हुन्छन् र अरूलाई सेवा गर्ने मार्गमा लगिरहेका हुन्छन्, जुन परमेश्‍वरलाई विरोध गर्ने पावलको मार्ग हो। यो त काम गर्ने र मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको अभिप्रायविपरीत हुन्छ। मण्डलीले मलाई मैले बाहिरी काम गर्न सकूँ, मैले सेवा र परिश्रम गर्न सकूँ, अनि मैले प्रतिष्ठा र हैसियतको खोजी गर्न सकूँ भनेर मलाई अगुवा बन्‍न अभ्यास गर्ने अवसर दिएको थिएन। मैले त अगुवाको भूमिका निर्वाह गर्नुपर्थ्यो, र दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्‍वरका वचनहरू खान र पिउन अगुवाइ गर्नुपर्थ्यो, तिनीहरूको कर्तव्यमा रहेका समस्याहरू समाधान गर्नको लागि सत्यता खोजी गर्नुपर्थ्यो, अनि क्रमिक रूपमा सत्यता बुझ्‍न र परमेश्‍वरको वचनका वास्तविकताहरूमा प्रवेश गर्न सक्षम बन्‍नुपर्थ्यो। यो मेरो कर्तव्य पनि थियो। त्यसैले, मलाई सत्यताको खोजी गर्न र मेरा भ्रष्ट स्वभावहरू समाधान गर्न ध्यान दिनु महत्त्वपूर्ण छ भन्‍ने लाग्यो। यस विन्दुमा, मसँग सत्यताको अत्यन्तै सतही बुझाइ थियो, र मसँग कुनै सत्यता वास्तविकता थिएन, त्यसैले मैले यसलाई अनुभव गर्दै जाँदा मात्रै यसबारेमा सिक्‍न सक्थेँ। तर जबसम्म मेरो हृदय र मार्ग सही हुन्थ्यो, तबसम्म त मैले परमेश्‍वरको अगुवाइ प्राप्त गर्नेवाला नै थिएँ।

त्यसपछिको अवधिमा, मैले परमेश्‍वरमाथि विश्‍वास गरेपछिका वर्षहरूमा साँचो रूपमा सत्यताको खोजी गरेर के-कस्ता समस्याहरू समाधान गर्न सकेँ, के-कस्ता भ्रष्ट स्वभावहरू समाधान गर्न सकेँ भनेर मनन गरेँ। चिन्तन गरेपछि, मैले आफू अन्योलमा रहेको र आफूमा धेरै प्रश्‍नहरूको आधा बुझाइ मात्र भएको पाएँ। मैले साँचो रूपमा सत्यतालाई बुझेकी थिइनँ र समस्याको सार देख्दिनथेँ, वा अभ्यासका मार्गहरू भेट्टाउँदेनथेँ, न त मैले कहिल्यै प्रभावकारी रूपमा समस्याहरू नै समाधान गर्थेँ। त्यसपछि, मैले तुलनात्मक रूपमा राम्रो बुझाइ प्राप्त गरेका अनुभवहरूको बारेमा लेख्‍ने प्रयास गरेँ, र लेख्‍ने क्रममा म मनन गर्थेँ। समय पाउनेबित्तिकै म मनन गर्थेँ। मैले लेख लेखिसकेपछि, मलाई निकै ढुक्‍क, सुरक्षित, र सहज महसुस भयो। यो लेख लेख्‍ने प्रक्रियामा, सत्यताको खोजी गरेर, मैले प्राकृतिक रूपमै आफ्‍नो स्थिति र आफ्नो समस्याको सारलाई अझै स्पष्ट रूपमा देख्‍न थालेँ, सत्यतासम्‍बन्धी मेरो ज्ञान अझै व्यवहारिक र ठोस बन्यो, र मेरो अभ्यासको मार्ग अझै स्पष्ट भयो। मैले के पनि थाहा पाएँ भने, गवाही लेख लेख्‍नु आफ्‍नो स्थितिलाई बुझ्‍नको लागि र समस्याहरू समाधान गर्न सत्यता खोजी गर्नको लागि अत्यन्तै उपयोगी हुन्छ। यो नै जीवन प्रवेशको मार्ग हो, र सत्यताको खोजी गर्ने र बुझ्‍ने सबैभन्दा उत्कृष्ट मार्ग हो।

पछि, अगुवा र सेवकहरूलगायत धेरैले लेख लेख्‍ने कार्यमा ध्यान दिएका छैनन्, र यस विषयमा कुनै प्रयाससमेत गरेका छैनन् भन्‍ने सुनेँ। कतिले सधैँ आफू काममा व्यस्त भएकोले लेखहरू लेख्‍ने समय छैन भन्थे। मैले सोचेँ, “के मेरो स्थिति पनि यस्तै थिएन र? मैले पनि गलत दृष्टिकोण राखेकी थिएँ, र नलेख्‍नको लागि बहानाहरू बनाउथेँ। यदि मैले आफ्‍नो स्थितिको हल कसरी गरेँ र कसरी आफ्‍नो दृष्टिकोण परिवर्तन गरेँ, सो प्रक्रियाको बारेमा लेख लेखेँ भने, के त्यसले मेरा कतिपय ब्रदर-सिस्टरहरूको समस्यालाई समाधान गर्नेछैन र?” यो महसुस गरेपछि, मलाई मैले अब बोझ लिनुपर्छ भन्‍ने लाग्यो, र यसबारेमा एउटा लेख लेख्‍ने निर्णय गरेँ। मेरो बुझाइ एकदमै सतही र एकपक्षीय भएको भए तापनि, मैले यो लेख लेख्‍नु मेरो कर्तव्य हो, त्यसकारण मैले आफूले बुझेजति लेख्‍ने अभ्यास गर्नुपर्छ भन्‍ने मलाई लाग्यो। सामान्यतया, मेरा ब्रदर-सिस्टरहरूसित भेट्दा वा कुराकानी गर्दा, म उनीहरूसित यस विषयमा सङ्गति गर्थेँ, र खाली समयमा म यसबारेमा सोचविचार गर्थेँ। मेरो बिहानीको भक्तिको समयमा, म यस विषयसँग सम्बन्धित परमेश्‍वरको वचन खाने र पिउने गर्थेँ। केही समयपछि, मैले यस समस्यालाई अलिक स्पष्‍ट रूपमा देख्‍न सकेँ, र यसबारेमा लेख लेख्दा मलाई निकै सजिलो भयो। मैले रूपरेखा तयार गरेपछि, आफ्‍नै बुझाइअनुसार हरेक तहको अर्थलाई व्यक्त गरेँ, र आफ्‍नै शब्दहरूमा मेरा विचार र अनुभवहरू लेखेँ। मलाई त्यसपछि त्यति गाह्रो लाग्‍न छोड्यो, र लेख्‍ने क्रममा मनन गर्दै जाँदा, मैले यो समस्या र सम्‍बन्धित सत्यताका पक्षहरूलाई अझै स्पष्ट रूपमा देख्‍न सक्थेँ। मलाई साँच्‍चै के अनुभव भयो भने, हामीले सत्यताको खोजी गर्ने प्रयास जति धेरै गर्छौँ र जति धेरै लेखहरू लेख्छौँ, र लेखहरू लेख्‍ने प्रक्रियालाई सत्यता खोजी गर्ने र समस्याहरू समाधान गर्ने माध्यमको रूपमा जति धेरै प्रयोग गर्छौँ, हामीले त्यति नै धेरै परमेश्‍वरको अन्तर्दृष्टि र अगुवाइ प्राप्त गर्छौँ र हामीले त्यति नै धेरै आशिष्‌ पनि पाउँछौँ। मलाई परमेश्‍वरको वचनको एउटा खण्ड याद आयो: “तैँले परमेश्‍वरका अभिप्रायहरूलाई जति धेरै ख्याल गर्छस्, तैँले त्यति नै बढी बोझ बोक्नेछस् अनि तैँले बोक्ने बोझ जति ठूलो हुन्छ, तेरो अनुभव त्यति नै बढी समृद्ध हुनेछ। जब तैँले परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्छस्, परमेश्‍वरले तँमाथि एउटा बोझ राखिदिनुहुनेछ, तब उहाँले तँलाई सुम्पिनुभएका बोझहरूको सम्बन्धमा उहाँले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। परमेश्‍वरले तँलाई यो बोझ दिनुहुँदा उहाँको वचनबाट खाँदै र पिउँदै तैँले सबै सम्बन्धित सत्यताहरूलाई ध्यान दिनेछस्। यदि तँसित तेरा दाजुभाइ तथा दिदीबहिनीहरूको जीवनसम्बन्धी बोझ छ भने, यो परमेश्‍वरले तँलाई सुम्पिनुभएको बोझ हो अनि तैँले सधैँ आफ्ना दैनिक प्रार्थनाहरूमा यो बोझ उठाउनेछस्। परमेश्‍वरले जे गर्नुहुन्छ, त्यो तँमाथि लादिएको छ अनि परमेश्‍वरले जे गर्न चाहनुहुन्छ, तँ त्यो गर्न इच्छुक हुन्छस्; परमेश्‍वरको बोझलाई आफ्नो बोझको रूपमा लिनु भनेको यही नै हो। यस अवस्थामा, परमेश्‍वरको वचनबाट तैँले खाँदा र पिउँदा, तैँले यस्तै प्रकारका विषयहरूमा ध्यान दिनेछस्, अनि तैँले सोच्‍नेछस्, म कसरी यी समस्याहरूलाई समाधान गर्नेछु? मेरा दाजुभाइ तथा दिदीबहिनीहरूले छुटकारा हासिल गर्न तथा आत्मिक आनन्द पाउन कसरी म तिनीहरूलाई सक्षम तुल्याउन सक्छु? सङ्गति गर्दै गर्दा तैँले यी समस्याहरू समाधान गर्ने कुरामाथि पनि ध्यान दिनेछस् अनि परमेश्‍वरको वचनबाट खाँदै र पिउँदै गर्दा तैँले यी विषयहरूसँग सम्बन्धित वचनहरू खाने र पिउने कुरामाथि ध्यान दिनेछस्। उहाँका वचनहरूबाट खाँदै र पिउँदै गर्दा तैँले एउटा बोझ पनि बोक्नेछस्। परमेश्‍वरका मागहरूबारे तैँले बुझिसकेपछि, कुन मार्ग लिनुपर्ने हो त्यसबारे तँलाई अझ स्पष्ट हुनेछ। तेरो बोझले ल्याएको पवित्र आत्माको अन्तर्दृष्टि र प्रकाश यही हो अनि यो तँलाई प्रदान गरिएको परमेश्‍वरको निर्देशन पनि हो। किन म यसो भन्छु? यदि तँसित कुनै बोझ छैन भने, परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा तैँले ध्यान दिनेछैनस्; बोझ बोक्दै गर्दा जब तैँले परमेश्‍वरका वचनहरू खान्छस् र पिउँछस्, तब तैँले त्यसको सारलाई राम्ररी बुझ्न सक्छस्, तेरो मार्ग भेट्टाउन सक्छस् अनि परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्न सक्छस्। त्यसैकारण, तेरा प्रार्थनाहरूमा, परमेश्‍वरले तँमाथि अझै बोझहरू राखिदिनुभएको अनि तँलाई अझै ठूलठूला कामहरू सुम्पिनुभएको होस् भनेर तैँले चाहना गर्नुपर्छ, ताकि तेरो अगाडि अभ्यास गर्नका निम्ति तँसित धेरै मार्ग होस्; ताकि परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा त्यसले तँमा अझ ठूलो प्रभाव पार्न सकोस्; ताकि उहाँका वचनहरूको सारलाई राम्ररी बुझ्न सक्षम भएर तँ बढ्न सक्; ताकि तँ पवित्र आत्माद्वारा अझै बढी स्पर्शित हुन सक्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्धता हासिल गर्न परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर)। परमेश्‍वरका वचनहरूले मलाई के महसुस गराए भने, जब हामीले मण्डलीमा आफ्‍नो जीवन प्रवेश र समस्याहरूको निम्ति आफै बोझ उठाउँछौँ, तब समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्नको लागि अझै बढी प्रयास गर्न, र विवेकशील रूपमा परमेश्‍वरको वचन खान, पिउन र अभ्यास गर्न सक्छौँ। त्यसपछि हामी अझै छिटो गरी सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छौँ। यस प्रक्रियामा, हामीले बोझ बोक्दै, तृष्णा गर्दै, र खोजी गर्दै जाने क्रममा, परमेश्‍वरको अन्तर्दृष्टि र अगुवाई प्राप्त गर्न सक्छोँ, सत्यतासम्‍बन्धी हाम्रो बुझाइलाई क्रमिक रूपमा गहन बनाउन सक्छौँ, मामिला र मानिसहरूलाई अझै स्पष्ट र विस्तृत रूपमा देख्‍न सक्छौँ, अनि सत्यता सम्‍बन्धमा अझै ठोस र व्यवहारिक पकड प्राप्त गर्न सक्छौँ। यदि हामीले सत्यताको खोजी गर्न वा लेखहरू लेख्‍ने अभ्यास गर्न परिश्रम गरेनौँ भने, हामीले परमेश्‍वरको वचनको बारेमा केही ज्ञान नै प्राप्त गरे पनि, त्यो शङ्कीर्ण र धारणागत बुझाइ मात्रै हुन्छ, र त्यो सधैँ कुहिरोको आकारजस्तो अस्पष्ट लाग्छ, र यसले हामीसँग कुनै वास्तविक ज्ञान नै छैन भन्‍ने देखाउँछ। हाम्रो वास्तविक ज्ञान र अनुभवको बारेमा लेखेर, परमेश्‍वरको वचनको आधारमा विस्तृत रूपमा मनन गरेर अनि समस्याहरूलाई बुझेर, र अन्तिममा हाम्रो धारणात्मक ज्ञानलाई सही, वास्तविक र ठोस ज्ञानमा उत्थान गरेर मात्रै, हाम्रो बुझाइले बल्‍ल फल दिन सक्छ। लेखहरू लेख्‍नु भनेको सम्‍बन्धित विषयमा स्पष्टता प्राप्त गर्ने, सत्यतालाई बुझ्ने र समस्याहरू समाधान गर्ने प्रक्रिया हो। हामीले जति लेख्छौँ त्यति नै धेरै कुरा सिक्छौँ।

अहिले, म लेखहरू लेख्‍ने कार्यप्रति प्रतिरोध जनाउँदिनँ। म यसमा आनन्द लिन्छु, किनभने लेख्‍ने क्रममा, मैले आफ्‍नै भ्रष्ट स्वभावहरूलाई अझै स्पष्‍ट रूपमा देख्‍न सक्छु, र परमेश्‍वरको वचन बुझ्‍ने क्रममा मेरो दृष्टिकोण र विचारधारा पनि परिवर्तन हुन्छ। यो वास्तविक फाइदा, र सबैभन्दा बहुमूल्य र अर्थपूर्ण कुरा हो। पहिले त, मलाई लेखहरू लेख्‍नु झन्झटिलो र निकै कठिन लाग्थ्यो, र आफ्ना अनुभवहरूबारे लेखहरू लेख्‍ने प्रयास गर्नुभन्दा बाहिरी काम गर्न रुचाउँथेँ। म अत्यन्तै विद्रोही र जिद्दी थिएँ। मलाई त लेखहरू लेख्दा यसले मेरो काममा ढिलाइ गर्छ भन्‍नेसमेत लाग्थ्यो, तर यो दृष्टिकोण वास्तवमा निकै गलत र हास्यास्पद थियो। लेखहरू लेख्दा काममा ढिलाइ हुँदैन। बरु, यसले समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्न उत्प्रेरित गर्छ र आफ्‍नो कर्तव्यमा प्रभावकारिता देखाउन अझ सक्षम बनाउँछ। अहिले, जब-जब मसँग समय हुन्छ, तब-तब म आफूलाई शान्त पारेर आफ्‍नो स्थितिको बारेमा विचार गर्ने प्रयास गर्छु। आफूले स्पष्ट रूपमा देख्‍न वा समाधान गर्न नसकेका समस्याहरूलाई मनन गर्न म अझ धेरै प्रयत्‍न लगाउन पनि इच्छुक हुने गर्छु। मैले आफ्नो जीवन प्रवेशको लागि क्रमिक रूपमा बोझ उठाउन थालेकी छु। मलाई ममा सत्यता खोजी गरेर समाधान गर्नुपर्ने धेरै स्थितिहरू छन् भन्‍ने पनि लाग्छ, र क्रमिक रूपले मभित्र परमेश्‍वरको वचनप्रति तृष्णा जाग्दै आएको छ। यो सबै परमेश्‍वरको अनुग्रहको कारणले हो। धन्यवाद परमेश्‍वर!

अघिल्लो: ४५. पागलखाना छोड्दा

अर्को: ४७. झूट बोल्दा पीडा मात्र हुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्