१००. मेरी आमासँगको भावनात्मक घनिष्ठताको बन्धनहरूबाट म कसरी मुक्त भएँ
गत वर्षको नोभेम्बरमा मैले एक जना अगुवाबाट वर्षौँकी विश्वासी मेरी आमा भेलाहरूमा नियमित रूपमा जान छोड्नुभएको छ भन्ने ब्यहोराको पत्र प्राप्त गरेँ। उहाँ सधैँ पैसा कमाउनमा व्यस्त भइरहनुहुन्थ्यो र कहिलेकहीँ भेलामा जाँदा उहाँ प्रायजसो झुल्नुहुन्थ्यो। उहाँले परमेश्वरका वचनहरू बिरलै पढ्नुहुन्थ्यो, प्रवचनहरू सुन्ने गर्नुहुन्नथियो, अविश्वासीको जस्तै दृष्टिकोण राख्नुहुन्थ्यो, र उहाँका व्यवहारहरू स्पष्ट रूपमा नै गैरविश्वासीको जस्तो थियो। उहाँलाई हटाउने कि नहटाउने भन्ने विषयमा मण्डलीले उहाँको परिस्थितिको बारेमा पुनरावलोकन गरिरहेको थियो, त्यसकारण तिनीहरूले मलाई एउटा मूल्याङ्कन गरेर दिन अनुरोध गरिरहेका थिए। म छक्कै परेँ, र सोचेँ: “के मण्डली अगुवाले गल्ती गरेको हो? झट्ट हेर्दा त, मेरी आमाले यतिका वर्षसम्म केही जोश र उत्साह देखाउनुभएको जस्तो लाग्छ। कहिलेकहीँ त उहाँले ब्रदर-सिस्टरहरूको जीवनमा समस्या आइपर्दा तिनीहरूलाई सहयोग समेत गर्नुहुन्छ। उहाँ निकालिनुपर्ने अवस्थामा त अवश्य नै पुग्नुभएको छैन होला?” तर त्यसपछि मलाई के याद आयो भने मण्डलीले मानिसहरूलाई सधैँ सिद्धान्त अनुसार हटाउँछ र व्यक्तिको समग्र व्यवहार र प्रकृति सारको आधारमा त्यो निर्णय गर्छ—यसले कहिल्यै पनि कसैलाई अनुचित व्यवहार गर्दैन। मेरो कर्तव्यको कारण म निकै वर्षदेखि सहरबाट बाहिर थिएँ, त्यसकारण मण्डलीमा मेरी आमाले कस्तो व्यवहार गर्दै आउनुभएको छ भन्ने बारेमा मलाई निश्चित रूपमा थाहा थिएन। मैले सुरुमा यसलाई स्वीकार गर्नुपर्थ्यो र यसमा समर्पित हुनुपर्थ्यो।
त्यसपछि, मैले हामी सँगै हुँदा मेरी आमाले कस्तो व्यवहार गर्नुहुन्थ्यो भन्ने बारेमा मनन गर्न थालेँ। जब-जब म घर फर्केर आउँथे र उहाँको स्थितिको बारेमा सोध्थेँ, तब-तब उहाँ जानी-जानी मेरो प्रश्नबाट जोगिने प्रयास गर्नुहुन्थ्यो। उहाँले परमेश्वरका वचनहरू पढ्ने वा प्रवचनहरू सुन्ने पनि खासै गर्नुहुन्नथ्यो। उहाँलाई परमेश्वरका वचनहरू पढ्नुको महत्त्वको बारेमा सङ्गति दिँदा म सहमत छु भनेर भन्नुहुन्थ्यो, तर पछि उहाँले त्यही पुरानै बानी दोहोर्याउनुहुन्थ्यो। अझै धेरै पैसा कमाउने ध्याउन्नमा उहाँले नियमित भेलामा समेत सहभागिता जनाउनुहुन्नथियो। त्यस विषयमा धेरै पटक मैले उहाँसँग सङ्गति गरे पनि उहाँले आफ्नो भाग्य सुधार गर्न आफ्नो भरोसा मात्रै गर्न सक्छु भन्दै आफ्नो व्यवहारलाई परिवर्तन गर्न सक्नुभएन। यति मात्र होइन, उहाँ सानातिना कुरामा मेरो बुबासँग प्रायजसो झगडा गरिरहनुहुन्थ्यो। जब-जब बुबाको कडा शैलीको बोलीले उहाँको स्वाभिमानमा चोट पुग्थ्यो, तब-तब उहाँ आक्रोशित बन्नुहुन्थ्यो, र अविश्वासीले जस्तै आफ्नो रिस पोखाउन मेरो बुबालाई सराप्नुहुन्थ्यो। मैले उहाँसँग उचित मानवतामा कसरी जिउने भन्ने विषयमा सङ्गति गर्दा, आफूले यस्तो गर्न नसक्ने बताउँदै उहाँ मेरो कुरा सुन्नुहुन्नथ्यो। पछि, मैले परमेश्वरका वचनहरूको यो खण्ड भेटेँ: “केही यस्ता मानिसहरू छन् जसको विश्वासलाई परमेश्वरको हृदयमा कहिल्यै पनि स्वीकार गरिएको छैन। अर्को शब्दमा भन्ने हो भने, परमेश्वरले तिनीहरूलाई उहाँलाई पछ्याउनेहरूको रूपमा पहिचान गर्नुहुन्न, किनभने उहाँले तिनीहरूका विश्वासको निम्ति तिनीहरूलाई स्याबासी दिनुहुन्न। यी मानिसहरूको सवालमा, तिनीहरूले परमेश्वरलाई जति नै धेरै वर्ष पछ्याएको भए तापनि, तिनीहरूका विचार र दृष्टिकोणहरू कहिल्यै परिवर्तन भएका हुँदैनन्; तिनीहरू मानिसहरूसित अन्तरक्रिया गर्ने गैरविश्वासीहरूका सिद्धान्त र तौरतरिकाहरूलाई अनि गैरविश्वासीहरूको अस्तित्व र विश्वास सम्बन्धी कानुनहरूलाई पालना गर्ने अविश्वासीहरू जस्ता हुन्। तिनीहरूले कहिल्यै पनि परमेश्वरको वचनलाई आफ्नो जीवनको रूपमा लिएका छैनन्, कहिल्यै पनि परमेश्वरको वचनलाई सत्यताको रूपमा विश्वास गरेका छैनन्, कहिल्यै पनि परमेश्वरबाट मुक्ति स्वीकार गर्न चाहेका छैनन्, र कहिल्यै पनि परमेश्वरलाई तिनीहरूको परमेश्वरको रूपमा पहिचान गरेका छैनन्। तिनीहरूले उहाँलाई केवल आत्मिक जीवन-आधारको रूपमा लिँदै परमेश्वरमाथिको विश्वासलाई कुनै प्रकारको अव्यवसायी सोखको रूपमा हेर्छन्; त्यसैले तिनीहरूले परमेश्वरको स्वभाव वा सारलाई प्रयास गरेर बुझ्न लायक कुरो नै सम्झँदैनन्। साँचो परमेश्वरसँग सम्बन्धित हुने सबै कुराहरूसँग यी मानिसहरूको कुनै सम्बन्ध हुँदैन; तिनीहरूसँग परवाह गर्ने रुचि नै हुँदैन, न त तिनीहरूलाई परवाह गर्न लगाउन नै सकिन्छ। यस्तो हुन्छ किनभने तिनीहरूको हृदयभित्रको अन्तस्करणमा एक तीव्र आवाज हुन्छ जसले तिनीहरूलाई सधैँ भन्ने गर्छ, ‘परमेश्वर अदृश्य र अस्पर्शनीय हुनुहुन्छ र उहाँ अस्तित्वमा हुनुहुन्न।’ तिनीहरूले यस प्रकारको परमेश्वरलाई बुझ्ने प्रयास गर्नु तिनीहरूको प्रयत्नको लायक नै छैन भन्ने विश्वास गर्छन् र त्यसो गरेर तिनीहरूले आफूले आफैलाई मूर्ख बनाइरहेका हुन्छन्। तिनीहरू विश्वास गर्छन् कि तिनीहरूले कुनै पनि वास्तविक निर्णय नलिइकनै वा वास्तविक कार्यमा आफूलाई नलगाइकनै परमेश्वरप्रति केवल शब्दहरूद्वारा आभार प्रकट गरेर तिनीहरू निकै नै चलाख बनेका छन्। त्यस्ता मानिसहरूलाई परमेश्वरले कसरी हेर्नुहुन्छ? उहाँले तिनीहरूलाई गैरविश्वासीहरूको रूपमा हेर्नुहुन्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने)। परमेश्वरका वचनहरू पढेर मैले के महसुस गरेँ भने गैरविश्वासीहरूले मुखले मात्र परमेश्वरमा विश्वास गरेको स्वीकार गर्छन् तर कहिल्यै पनि सत्यताको अभ्यास गर्दैनन्। तिनीहरूमा सत्यतालाई घृणा गर्ने प्रकृति सार हुन्छ, र परमेश्वरले तिनीहरूको विश्वासलाई कहिल्यै पनि स्वीकार गर्नुभएको हुँदैन। मेरी आमाले विश्वासीको रूपमा बिताएको वर्षौंको अवधिमा कहिल्यै पनि सत्यतालाई अलिकति पनि स्वीकार गर्नुभएको थिएन र उहाँले विश्वास नगर्ने व्यक्तिले जस्तो सोच राख्नुहुन्थ्यो, बोल्नुहुन्थ्यो र व्यवहार गर्नुहुन्थ्यो—के त्यसले उहाँलाई गैरविश्वासी तुल्याएन र? मैले उहाँको व्यवहारको बारेमा इमानदार स्पष्टीकरण दिनुपर्छ। तर फेरि, मेरी आमाले सधैँ मेरो विश्वासलाई समर्थन गर्नुभएको थियो, परिवारका अरू सदस्यहरूले मेरो विरोध गर्दा वा ममाथि आइलाग्दा पनि मैले शान्तिमा आफ्ना कर्तव्यहरू पूरा गर्न सकूँ भनेर उहाँले सधैँ मेरो प्रतिरक्षा गर्नुभयो। म सहर बाहिर गएर वर्षौंसम्म आफ्नो कर्तव्य पूरा गर्दा उहाँले मलाई आर्थिक रूपमा सहयोग पनि गर्नुभएको थियो। म बिरामी पर्दा मलाई अस्पताल लगेर मलाई भर्ना गर्न र मेरो औषधि लिन उहाँ तलमाथि दौडधूप गर्नुहुन्थ्यो। हरेक पटक म घर जाँदा उहाँले मलाई खाने कुरा र लुगाफाटो किनिदिनुहुन्थ्यो…। यी सबै कुराहरू याद गरेपछि मैले मूल्याङ्कन लेख्नै सकिनँ। मलाई खटपट भयो र के गर्ने, के गर्ने भयो: “उहाँ मेरी आमा हुनुहुन्छ त्यसकारण मेरो मूल्याङ्कनले ठूलो महत्त्व राख्छ। यदि मैले उहाँको व्यवहारको बारेमा इमानदार विवरण दिएँ भने उहाँलाई हटाइने सम्भावना अझै धेरै हुनेछ। के त्यो उहाँको विश्वासको मार्गको अन्त्य हुँदैन र? उहाँको गैरविश्वासीको जस्तो व्यवहारको बारेमा मैले नै लेखेकी हुँ भन्ने थाहा पाएपछि उहाँको मन दुख्नेथियो, र उहाँले अवश्य नै मलाई निर्दयी र अकृतज्ञ ठान्नुहुन्थ्यो।” यो सोच्दा मेरो मुटुमा छुरा हानिएको जस्तै भयो, र मेरो आँखाबाट आँसु झर्न थाले। यसरी कष्ट भोगिरहेको बेला मैले परमेश्वरलाई प्रार्थना गरेँ र सही अडान लिएर त्यसमा दृढ रहन अगुवाइ गर्नुहोस् भनी उहाँलाई अनुरोध गरेँ।
प्रार्थनापछि मलाई निकै शान्त अनुभव भयो। त्यस बेला, मैले परमेश्वरको वचनको एउटा खण्ड भेटेँ: “तैँले यो थाहा पाउनुपर्छ कि तँलाई आइपर्ने हरेक कुरा एउटा ठूलो परीक्षा हो र त्यो परमेश्वरका लागि तैँले साक्षी दिनु आवश्यक हुने समय हो। ती बाहिरबाट नगण्य देखिए पनि, यी कुराहरू आइपर्दा, तिनले तँ परमेश्वरलाई प्रेम गर्छस् कि गर्दैनस् भन्ने कुरा देखाउँछन्। यदि तैँले उहाँलाई प्रेम गर्छस् भने, तँ उहाँप्रतिको गवाहीमा दृढ रहन सक्नेछस्, र यदि तैँले परमेश्वरलाई प्रेम गर्ने अभ्यास गरेको छैनस् भने, यसले तँ सत्यतालाई व्यवहारमा लागू गर्ने व्यक्ति होइनस्, तँ सत्यतारहित छस्, र जीवनरहित छस्, तँ भुस होस् भन्ने देखाउँछ! मानिसहरूलाई आइपर्ने सबै कुरामा, परमेश्वर उनीहरू उहाँप्रतिको गवाहीमा दृढ रहून् भन्ने अपेक्षा गर्नुहुन्छ। अहिले तँलाई कुनै उल्लेखनीय कुरा नभइरहेको भए पनि, र तैँले ठुलो गवाही नदिने भए पनि, तेरो दैनिक जीवनका सारा विवरण नै परमेश्वरलाई दिइने गवाहीसँग सम्बन्धित हुन्छ। यदि तँ तेरा दाजुभाइ र दिदीबहिनीहरू, तेरो परिवारका सदस्यहरू, र तेरो वरिपरिका सबैको प्रशंसा जित्न सक्छस्; यदि, कुनै दिन, गैरविश्वासीहरू आउँछन्, र तैँले गर्ने सबै कुराको प्रशंसा गर्छन्, र परमेश्वरले गर्ने सबै कुरा अद्भुत छन् भन्ने देख्छन् भने, तैँले गवाही दिएको हुनेछस्। … तँ महान् काम गर्न अक्षम भए पनि, तँ परमेश्वरलाई सन्तुष्ट पार्न सक्षम छस्। अरूले उनीहरूका धारणाहरू पन्छाउन सक्दैनन्, तर तँ सक्छस्; अरूले उनीहरूका वास्तविक अनुभवको दौरान परमेश्वरको गवाही दिन सक्दैनन्, तर तँ परमेश्वरको प्रेम चुकाउनका निम्ति र उहाँको जोरदार गवाही दिनका निम्ति आफ्नो वास्तविक कद र कार्यहरू प्रयोग गर्न सक्छस्। यसलाई मात्रै परमेश्वरलाई वास्तवमा प्रेम गरेको रूपमा गणना गरिन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्वरलाई विश्वास गर्नु हो)। परमेश्वरका वचनहरू मनन गरेपछि, मैले के महसुस गरेँ भने, मलाई मेरी आमाको बारेमा यो मूल्याङ्कन लेख्न लगाइनुमा सत्यता सिद्धान्तहरू संलग्न रहेका थिए। मैले परमेश्वरको सुक्ष्म जाँच स्विकाार्नुपर्थ्यो, र यस मामिलामा उहाँको आज्ञापालन गर्नुपर्थ्यो। भावनाहरूको आधारमा व्यवहार गर्नुको सट्टा, मैले मेरी आमाको वास्तविक स्थितिको वस्तुगत चित्रण गर्नुपर्थ्यो। तर आमासँगको मेरो भावनात्मक सम्बन्धको कारण उहाँका कतिपय व्यवहारहरू गैरविश्वासीको जस्तो छ भन्ने कुरा मलाई स्पष्ट रूपमा थाहा भए पनि मलाई मूल्याङ्कन लेख्न मन भएन, किनभने उहाँलाई मण्डलीबाट निकालिनेछ र उहाँले मुक्ति पाउने मौका गुमाउनुहुनेछ भन्ने कुराको मलाई डर थियो। के म सही अडान लिएर गवाही दिन असफल भइरहेकी थिइनँ र? हाम्रो भावनात्मक सम्बन्धको कारण म आफ्नो विश्वासमा सत्यताको पक्षमा खडा भएर मण्डलीको कामलाई रक्षा गर्न अनिच्छुक थिएँ, र मेरी आमालाई समेत रक्षा गर्न चाहन्थेँ—परमेश्वरको भय मान्ने मेरो हृदय कहाँ थियो? विगतमा, मैले ख्रीष्ट-विरोधी, दुष्कर्मी र गैरविश्वासीहरूलाई सक्रिय रूपमा र उत्साहको साथ सम्हालेकी थिएँ, मण्डली सफाइको कामको महत्त्वको बारेमा मेरा ब्रदर-सिस्टरहरूलाई सङ्गति दिने गरेकी, र मण्डलीको कामको रक्षा गर्न नकरात्मक कुराहरूलाई खुलासा गर्ने क्रममा न्यायको शक्ति लिएर बोल्ने गरेकी थिएँ। तैपनि, मेरी आमाको समस्यालाई सामना गर्दा म उहाँसँगको भावनात्मक सम्बन्धको प्रभावमा परेँ र मैले सिद्धान्त अनुसार काम गर्न सकिनँ। मसँग अलिकति पनि सत्यता वास्तविकता थिएन र मेरो आत्मीयताको भावना अत्यन्तै बलियो थियो! यो सबै कुरा महसुस गरिसकेपछि, मलाई त्यति धेरै पीडा भएन र तुरुन्तै मूल्याङ्कन लेख्न थालेँ र सकिएपछि तुरुन्तै अगुवालाई पठाइहालेँ।
भोलि पल्ट, मैले एउटा प्रवचनमा के पढेँ भने यदि कुनै व्यक्तिले सत्यताको खोजी नगरिकन धेरै वर्ष विश्वास गरेको छ, तर उसले कुनै पनि बाधा वा व्यवधान पैदा गरेको छैन भने उसलाई हटाउनबाट केही समय रोक्न सकिन्छ। मेरो हृदयमा आशाको किरण देखा पर्यो। मेरी आमाले सत्यताको खोजी मात्र नगर्नुभएको हो, तर उहाँले मण्डलीको काममा कुनै स्पष्ट बाधा वा व्यवधान पैदा गर्नुभएको थिएन। उहाँको विशेष परिस्थितिमा उहाँले सायद अझै पनि पश्चात्ताप गर्ने मौका पाउन सक्नुहुन्थ्यो। मैले सोचेँ, सायद मण्डली अगुवाले उहाँको अवस्थाको बारेमा बुझेका छैनन्। सायद मैले मेरी आमाले कसरी ब्रदर-सिस्टरहरूलाई उत्साहको साथ सहयोग गर्दै आउनुभएको छ भनेर जोड दिँदै पत्र लेख्न सक्छु वा म तिनीहरूलाई उहाँसँग थप सङ्गति गर्न अनुरोध गर्न सक्छु। अवश्य नै, उहाँलाई हटाउनुभन्दा उहाँलाई मण्डलीमा सेवा गर्न लगाउनु नै राम्रो हुनेथियो। मलाई तुरुन्तै स्थानीय मण्डली अगुवालाई पत्र लेख्न मन लागिहाल्यो, तर लेख्न सुरु गर्नुभन्दा पहिले मेरो मनमा चिन्ताको कुराहरू आउन थाल्यो: “मेरी आमाको वर्तमान व्यवहारको बारेमा मैले राम्ररी बुझेकी छैन। यदि उहाँले साँच्चै नियमित रूपमा परमेश्वरका वचनहरू पढ्नुहुन्न र भेलाहरूमा निदाउनुहुन्छ भने के यसले भेलाहरूमा आउने अरू ब्रदर-सिस्टरहरूलाई प्रभाव पार्दैन र? के मेरी आमासँगको मेरो भावनात्मक सम्बन्धको कारण र मैले उहाँलाई रक्षा गर्न चाहेको कारणले मात्रै मैले यो पत्र लेखिरहेकी छैन र? तर यदि उहाँलाई साँच्चै नै हटाइयो भने उहाँले कहिल्यै पनि मुक्तिको मौका पाउनुहुन्न।” व्याकुल भएर मैले तुरुन्तै परमेश्वरलाई प्रार्थना गरेँ र मेरो अनुचित स्थिति बुझ्न र भावनाहरूको आधारमा व्यवहार गर्नबाट कसरी टाढा बस्ने भन्ने कुरा सिक्न अगुवाइ गर्नुहोस् भनेर उहाँलाई अनुरोध गरेँ। प्रार्थना गरेपछि, मैले परमेश्वरका वचनहरूका दुई वटा खण्ड भेटेँ: “कस्ता मामलाहरू भावनाहरूसँग सम्बन्धित हुन्छन्? पहिलो त, तैँले आफ्नै परिवारका सदस्यहरूलाई कसरी मूल्याङ्कन गर्छस्, र तिनीहरूले गर्ने कामकुराहरूलाई कसरी लिन्छस् भन्ने हो। यहाँ ‘तिनीहरूले गर्ने कामकुरा’ मा तिनीहरूले मण्डलीको काममा अवरोध र बाधा दिने, पिठ्यूँपछाडि मानिसहरूलाई गलत ठहराउने, तिनीहरू अविश्वासीहरूका केही अभ्यासहरूमा संलग्न हुने, इत्यादि कुराहरू स्वतः समावेश हुन्छन्। के तँ यी कामकुराहरूलाई निष्पक्ष रूपमा हेर्न सक्छस्? तैँले तेरो परिवारका सदस्यहरूको मूल्याङ्कन लेख्नुपर्ने हुँदा, के तैँले आफ्ना भावनाहरू पन्छाएर वस्तुगत र निष्पक्ष रूपमा लेख्न सक्छस्? यो तैँले तेरो परिवारका सदस्यहरूलाई कसरी लिन्छस् भन्ने कुरासित सम्बन्धित छ। यसका साथै, के तँ आफूसँग मिल्ने वा आफूलाई पहिला मद्दत गरेका मानिसहरूप्रति भावनाहरू पाल्छस्? के तैँले तिनीहरूका क्रियाकलाप र आचरणलाई वस्तुगत, निष्पक्ष, र सही रूपमा हेर्न सक्छस्? यदि तिनीहरूले मण्डलीको काममा अवरोध र बाधा पुर्याउँछन् भने, के तैँले त्यो कुरा थाहा पाएपछि तुरुन्तै तिनीहरूको रिपोर्ट वा खुलासा गर्न सक्नेछस्? साथै, के तैँले तुलनात्मक रूपमा आफूनिकटका, वा तेरोजस्तै रुचिहरू बोकेका मानिसहरूप्रति भावनाहरू राख्छस्? के तँसँग तिनीहरूका क्रियाकलाप र व्यवहारलाई निष्पक्ष र वस्तुगत मूल्याङ्कन, परिभाषा, अनि व्यवहार गर्ने तरिका छ? मानौँ, तँसित भावनात्मक सम्बन्ध भएका यी मानिसहरूलाई मण्डलीले सिद्धान्तहरूअनुसार तह लगायो, र यसको परिणाम तेरा आफ्ना धारणाहरूअनुरूप भएन भने—तैँले यसलाई कसरी लिनेथिइस्? के तैँले पालन गर्न सक्नेथिइस्? के तँ सुटुक्क तिनीहरूसित अल्झिरहनेथिइस्, अनि के तँ तिनीहरूको बहकाउ र उक्साहटमा समेत परेर तिनीहरूका लागि बहानाहरू बनाउने, तिनीहरूलाई जायज ठहराउने र तिनीहरूको प्रतिरक्षा गर्नेथिइस्? के तँ सत्यता सिद्धान्तहरूलाई उपेक्षा गर्दै र परमेश्वरको घरका हितहरूलाई बेवास्ता गर्दै आफूलाई मदत गरेकाहरूलाई सहायता गर्ने र तिनीहरूका लागि गोली थाप्नेथिइस्? के यी विभिन्न समस्याहरू भावनासँग सम्बन्धित होइनन् र?” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (२))। “उदाहरणका लागि, मानौँ तेरा आफन्त वा आमाबुबा परमेश्वरका विश्वासी हुन्, तर दुष्कर्म गरेको र बाधा दिएको वा सत्यता अलिकति पनि नस्विकारेको कारण, तिनीहरूलाई निकालिन्छ। तर, तैँले तिनीहरूलाई खुट्ट्याउँदैनस्, तँलाई तिनीहरूलाई निकाल्नुको कारण थाहा छैन, तँ निकै दुःखी हुन्छस्, अनि परमेश्वरको घरमा प्रेम छैन र यो मानिसहरूप्रति निष्पक्ष छैन भनेर सधैँ गुनासो गर्छस्। तैँले परमेश्वरसँग प्रार्थना गरी सत्यताको खोजी गर्नुपर्छ, त्यसपछि परमेश्वरका वचनहरूका आधारमा यी आफन्तहरू कस्ता मानिसहरू हुन् भनेर मूल्याङ्कन गर्नुपर्छ। यदि तैँले साँचो रूपमा सत्यता बुझिस् भने, तिनलाई सही रूपमा परिभाषित गर्न सक्नेछस्, र परमेश्वरले गर्ने हरकुरा सही हुन्छ, र उहाँ धर्मी परमेश्वर हुनुहुन्छ भनेर देख्नेछस्। त्यसपछि, तँमा कुनै गुनासो हुनेछैन, तँ परमेश्वरका बन्दोबस्तहरूमा समर्पित हुन सक्नेछस्, अनि तैँले आफ्ना आफन्त वा आमाबुबाको बचाउ गर्ने प्रयास गर्नेछैनस्। यो तिमीहरूको सम्बन्ध तोड्ने कुरा होइन; यो त बस तिनीहरू कस्ता मानिस हुन् भनेर निर्धारित गर्नलाई हो, र तैँले तिनीहरूलाई खुट्ट्याउन, र तिनीहरूलाई किन हटाइयो भनेर जान्न सक् भनेर हो। यदि तँ तेरो हृदयमा यी कुराहरूबारे साँच्चै स्पष्ट छस् र तेरा दृष्टिकोणहरू सही र सत्यताअनुरूप छन् भने, तँ परमेश्वरकै पक्षमा खडा हुन सक्नेछस्, अनि यो मामिलाप्रतिको तेरा दृष्टिकोणहरू परमेश्वरका वचनहरूसँग पूर्ण रूपले मेल खानेछन्। यदि तँ सत्यता स्विकार्न वा परमेश्वरका वचनअनुसार मानिसहरूलाई हेर्न सक्दैनस्, र मानिसहरूलाई हेर्दा अझै पनि दैहिक सम्बन्ध र दृष्टिकोणको पक्ष लिन्छस् भने, तैँले यो दैहिक सम्बन्धलाई कहिल्यै फाल्न सक्नेछैनस्, अनि तैँले यी मानिसहरूलाई अझै पनि आफन्तकै रूपमा व्यवहार गर्नेछस्—तैँले तिनीहरूलाई मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूभन्दा पनि घनिष्ठ ठान्नेछस्, र त्यस स्थितिमा यो मामिलाबारे परमेश्वरका वचन र परिवारप्रतिको तेरो दृष्टिकोण बाझिनेछन्—द्वन्द्व समेत हुनेछ, र यस्तो परिस्थितिमा तँ परमेश्वरको पक्षमा खडा हुन असम्भव हुनेछ, अनि तैँले परमेश्वरबारे धारणा र गलतफहमी पाल्नेछस्। तसर्थ, यदि मानिसहरूलाई परमेश्वरको अनुकूल हुनु छ भने, सर्वप्रथम मामलाहरूबारे तिनीहरूको दृष्टिकोण परमेश्वरका वचनहरू अनुरूप हुनैपर्छ; तिनीहरूले मानिस र कामकुराहरूलाई परमेश्वरका वचनहरूका आधारमा हेर्न, परमेश्वरका वचन सत्यता हुन् भनेर स्विकार्न, र मानिसहरूका परम्परागत धारणाहरूलाई पन्छाउन सक्नैपर्छ। तैँले जुनै व्यक्ति वा मामिलाको सामना गरे पनि, परमेश्वरको जस्तै दृष्टिकोण र सोच कायम राख्न सक्नैपर्छ, अनि तेरा दृष्टिकोण र विचारहरू सत्यताअनुरूप हुनैपर्छ। यसरी, तेरा विचार र मानिसहरूसँग व्यवहार गर्ने तेरो शैली परमेश्वरविरोधी हुनेछैन, र तँ परमेश्वरप्रति समर्पित बन्न र परमेश्वरअनुरूप हुन सक्नेछस्। त्यस्ता मानिसहरूले फेरि कहिल्यै परमेश्वरको विरोध गर्नै सक्दैनन्; परमेश्वरले प्राप्त गर्न चाहने मानिसहरू तिनीहरू नै हुन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पावलको प्रकृति सार कसरी खुट्ट्याउने)। परमेश्वरका वचनहरूले के प्रकट गर्छन् भने देहगत आत्मीयताको बन्धनमा बाँधिएकाहरूले सत्यताको अभ्यास गर्न वा आफ्ना आफन्तहरूलाई निष्पक्ष र उचित रूपमा मूल्याङ्कन गर्न सक्दैनन्, सत्यता सिद्धान्तहरू अनुसार व्यवहार गर्ने कुरा त परै जाओस्। बरु, तिनीहरूले मण्डलीका हितहरूको बारेमा अलिकति पनि विचार नगरी निरन्तर आफ्ना आफन्तहरूको संरक्षण, सुरक्षा र प्रतिरक्षा गर्छन्। परमेश्वरका वचनहरूबाट मैले आफ्नो स्थितिको बारेमा केही बुझाइ प्राप्त गरेँ। मेरी आमाको प्रकृति सार गैरविश्वासीको जस्तो छ, र उहाँ मण्डली जीवनमा बाधा बनिसक्नुभएको छ भन्ने कुरा मलाई राम्ररी थाहा थियो। मैले मण्डलीको कामको रक्षा गर्नको लागि सत्यताको अभ्यास गरेर मेरी आमाको बानीबेहोरालाई खुलासा गर्नुपर्नेथियो। तैपनि म मेरो भावनात्मक सम्बन्धबाट उम्कन सकिनँ र उहाँलाई साँच्चै हटाइयो भने उहाँले मुक्ति पाउने अवसरलाई पूर्ण रूपमा गुमाउनुहुन्छ भन्ने चिन्ता लागेको थियो। त्यसकारण, मलाई उहाँको पक्षमा तर्क गर्न मन लागेको थियो र उहाँले मसँग सधैँ कस्तो व्यवहार गर्नुभएको थियो भन्ने बारेमा विचार गर्दा मलाई उहाँको सुरक्षा गर्न, उहाँको पक्षमा बोलिदिन अनि उहाँको बानीबेहोरालाई खुलासा नगर्न मन लाग्यो। त्यो प्रवचन पढेपछि मैले परमेश्वरको घरबाट मानिसहरूलाई बहिष्कार गर्ने र हटाउने सम्बन्धी सिद्धान्तहरूलाई पूर्ण रूपमा स्वीकार गर्न सकिनँ, तर त्यस नियमको कमजोरीको बिन्दुलाई पक्रिएँ। उहाँले अझै पनि मुक्ति प्राप्त गर्ने मौका पाउनुभएको होस् भन्ने सोच्दै मण्डलीले उहाँप्रति उदार आचरण राखोस् र उहाँलाई बस्न दिओस् भनी मैले चाहना गरेँ। परमेश्वरको घरले मण्डलीको शुद्धताको लागि र हाम्रा ब्रदर-सिस्टरहरूलाई शैतानका बाधाहरूबाट मुक्त सकारात्मक मण्डली जीवनको वातावरण प्रदान गर्नको लागि सफाइको काम गर्छ। तैपनि म मेरो भावनात्मक सम्बन्धको बन्धनमा परेँ अनि मण्डलीको कामको बारेमा वा यसले मेरा ब्रदर-सिस्टरहरूको जीवनमा कसरी असर पुर्याउन सक्छ भन्ने कुरालाई अलिकति पनि चिन्ता नगरी मेरी आमालाई रक्षा गर्ने प्रयास गरेँ। मैले अत्यन्तै स्वार्थी र घृणित व्यवहार गरिरहेकी थिएँ! म शैतानद्वारा पूर्ण रूपमा भ्रष्ट तुल्याइएकी थिएँ र शैतानी दर्शनशास्त्रहरू अनुसार जिउने गरेकी थिएँ, जस्तै “रगत पानीभन्दा गाढा हुन्छ” र “मानिस निर्जीव छैन; ऊ भावनाबाट कसरी मुक्त हुन सक्छ र?” मैले के सोचेकी थिएँ भने मेरी आमाले मलाई राम्रो हेरचाह गर्दै हुर्काउनुभएको र मेरो कर्तव्य पूरा गर्दा मलाई साथ दिनुभएको हुनाले उहाँको कुनै पनि खराब बानीबेहोरालाई सहनुपर्छ। उहाँकी छोरी भएको हैसियतले उहाँलाई हटाइएको कुरा हात बाँधेर हेर्नु भनेको ममा मातृ प्रेम नहुनु हो भन्ने मलाई लागेको थियो। थोरै भए पनि नै जबसम्म आशा हुन्छ, मैले तिनलाई मण्डलीमा रहने मौका दिलाउन सङ्घर्ष गर्नुपर्छ भन्ने लाग्यो। के मैले परमेश्वरलाई चुनौती दिइरहेकी थिइनँ र? विश्वासी भएपछि बिताएका वर्षहरूमा मेरी आमाले कहिल्यै पनि परमेश्वरका वचनहरूलाई कदर गर्ने, भेलाहरूमा नियमित जाने, वा परमेश्वरका वचनहरू अभ्यास गर्ने गर्नुभएको थिएन। बरु, उहाँ सांसारिक कुरा र पैसाको पछि दगुर्नुहुन्थ्यो, र यसो समेत भन्नुहुन्थ्यो: “म सत्यताको खोजी गर्ने झमेलामा पर्दिनँ। सबैभन्दा राम्रो विकल्प भनेको पैसा कमाउनु नै हो।” एक पटक, लगभग एक दशकभन्दा बढी विश्वासी रहेका वृद्ध दम्पतीलाई तिनीहरूले गरेको दुष्कर्म र मण्डलीको काममा पुर्याएको बाधाको कारण निष्कासन गरिँदा मेरी आमाले ब्रदर-सिस्टरहरूलाई भन्नुभयो, “तिनीहरूलाई निष्कासन गरिएको छ—हामीमध्ये थोरै मात्रै आफ्नो विश्वासमा सफल हुनेछौँ। ढिलो-चाँडो मलाई पनि निकालिनेछ।” त्यो बेला, मैले उहाँलाई मण्डलीले कसरी मानिसहरूलाई सिद्धान्त अनुसार अनि तिनीहरूको सामान्य व्यवहार र प्रकृति सार अनुसार हटाउँछ भन्ने बारेमा सङ्गति दिएँ। त्यस प्रकारको टिप्पणी दिएर उहाँले नकारात्मकता फैलाइरहनुभएको छ भनेर पनि मैले उहाँलाई भनेँ। तैपनि, उहाँले आफ्नो बारेमा मनन गर्नुभएन र पूर्ण रूपमा उदासीन देखिनुहुन्थ्यो। मेरी आमाले मण्डली आउन थालेपछिको त्यतिका वर्षमा कहिल्यै पनि सत्यतालाई स्वीकार गर्नुभएको छैन र परमेश्वरमाथि साँचो विश्वास समेत गर्नुभएको छैन—उहाँ एक गैर-विश्वासी मात्र हुनुहुन्छ भन्ने मैले थाहा पाएँ। मैले परमेश्वरका वचनहरू अनुसार उहाँको वास्तविक सारलाई पहिचान गरेकी थिइनँ, र आफ्नै भ्रामक धारणाहरूमै जिद्दी भएर समेत लागिरहेकी थिएँ। मलाई के लागेको थियो भने उहाँले सत्यताको खोजी नगर्नुभएको भए पनि उहाँले प्रत्यक्ष रूपमा बाधा र व्यवधान नल्याउनुभएको हुनाले, उहाँले मण्डलीमा सेवा गर्ने कार्यलाई निरन्तरता दिन सक्नुहुन्छ र सायद उहाँले अझै पनि मुक्तिको मौका पाउन सक्नुहुन्छ। गैरविश्वासीहरूले बाहिरी रूपमा दुष्कर्म गरिरहेजस्तो नदेखिए पनि तिनीहरूको प्रकृति सारले सत्यतालाई कदर गर्दैन तर घृणा गर्छ भन्ने कुरा मैले महसुस गरेकी थिइनँ। तिनीहरू जति धेरै वर्ष मण्डलीमा रहे पनि तिनीहरूले आफ्नो जीवन स्वभावमा कहिल्यै पनि परिवर्तन हासिल गर्दैनन् वा मुक्ति प्राप्त गर्दैनन्। परमेश्वरको आखिरी दिनहरूको काम मानवजातिलाई शुद्ध पार्न र मुक्ति दिनको लागि सत्यता व्यक्त गर्नु हो। यदि मानिसहरूले सत्यतालाई प्रेम गर्दैनन् भने तिनीहरू आफ्नो भ्रष्ट स्वभावबाट कहिल्यै मुक्त हुन सक्दैनन् अनि ढिलो-चाँडो तिनीहरूलाई निकालिनेछ। मैले सत्यतालाई बुझेकी छैन र मेरा दृष्टिकोण र विचारहरू साँच्चै मूर्खतापूर्ण छन् भन्ने मलाई थाहा भयो। मलाई के पनि याद आयो भने गैरविश्वासीहरूले आफ्ना सांसारिक विचारहरू मण्डलीमा फैलाउँछन्, जुन परमेश्वरका वचन र मागहरूभन्दा पूर्ण रूपमा विपरीत हुन्छन्। कमजोर कद भएका र सत्यतालाई नबुझेका ब्रदर-सिस्टरहरूमा समझशक्तिको कमी हुन्छ; तिनीहरू त्यस्ता विचारहरूद्वारा सहजै बाधा र बहकाउमा पर्न सक्छन्। यसले गर्दा तिनीहरूमा कमजोरी र नकारात्मकता देखा पर्न सक्छ, र चरम अवस्थामा तिनीहरूको विश्वास ढलपलिन सक्छ र तिनीहरू परमेश्वरबाट अलग हुन सक्छन्। गैरविश्वासीहरू परमेश्वरको घरका सदस्यहरू हुँदै होइनन्, तिनीहरू हाम्रा ब्रदर-सिस्टरहरू होइनन्; सारगत रूपमा तिनीहरू दियाबलस शैतानको स्वामित्वमा हुन्छन् र तिनीहरू परमेश्वरका शत्रुहरू हुन्। यदि तिनीहरूलाई तुरुन्तै मण्डलीबाट हटाइएन भने तिनीहरूले बरबादी मात्रै ल्याउँछन्। मेरी आमाले विश्वास गर्नुभएको धेरै वर्ष भइसकेको थियो, तर उहाँले अझै पनि परमेश्वरका वचनहरू नियमित रूपमा पढ्नुहुन्नथियो, त्यसलाई अभ्यास गर्ने कुरा त परै जाओस्। मैले उहाँसँग जसरी सङ्गति गरे पनि उहाँ सांसारिक कुराहरू र पैसा कमाउने कार्यकै पछि लाग्नुहुन्थ्यो र स्वभावैले सत्यतालाई मन पराउनुहुन्नथियो। उहाँले प्रायजसो आफ्नो गैरविश्वासी विचार र धारणाहरू फैलाउनुहुन्थ्यो र मण्डली जीवनमा बाधा दिनुहुन्थ्यो। उहाँलाई अर्को मौका दिए पनि उहाँले साँचो रूपमा पश्चात्ताप गर्नुहुन्नथियो। मैले दियाबलसको समूहको सदस्यलाई सुरक्षित गर्ने प्रयास गरेर उहाँ मण्डलीमा नै रहन सक्नुभएको होस् भनेर उहाँको पक्षमा तर्क गर्न चाहेको तथ्यले म साँच्चै मूर्ख रहेको र मलाई सही-गलत के हो भन्ने थाहा नभएको कुरा देखायो।
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड भेटेँ: “परमेश्वरले यो संसार सृष्टि गर्नुभयो र यसमा उहाँले जीवन दिनुभएको जीवित प्राणी, मानिसलाई ल्याउनुभयो। त्यसपछि, मानिसले आमाबुबा र नातेदारहरू पायो, अनि ऊ उप्रान्त एक्लो भएन। मानिसले यस भौतिक संसारलाई पहिलो पटक देखेदेखि नै, उसको भाग्यमा परमेश्वरको नियोजनमा बाँच्न लेखिएको थियो। परमेश्वरबाट आएको जीवनको सासले नै प्रत्येक जीवित प्राणीलाई हुर्काएर वयस्कतासम्म धान्छ। यस क्रममा, मानिस परमेश्वरको हेरचाहमा अस्तित्वमा रहन्छ र हुर्कन्छ भनेर कसैले महसुस गर्दैन; बरु, तिनीहरू मानिस आफ्ना आमाबुबाको लालनपालनको अनुग्रहमा हुर्कन्छ र उसको हुर्काइलाई उसैको जीवनको जन्मजात प्रवृत्तिले अघि बढाउँछ भन्ने विश्वास गर्छन्। यस्तो किन हुन्छ भने, मानिस आफ्नो जीवन आफूलाई कसले दिएको हो वा यो कहाँबाट आउँछ भन्ने कुरा जान्दैन, जीवनको जन्मजात प्रवृत्तिले कसरी चमत्कारहरू सृजना गर्छ भन्ने कुरा जान्नु त परै जाओस्। उसको जीवनलाई निरन्तरता दिने आधार खाना हो, दृढता नै उसको जीवनको अस्तित्वको स्रोत हो, अनि उसको मनमा भएका विश्वासहरू नै पुँजी हुन् जसमाथि उसको अस्तित्व निर्भर हुन्छ भन्ने मात्र ऊ जान्दछ। मानिस परमेश्वरको अनुग्रह र उहाँको आपूर्तिबारे पूर्णतः अनजान हुन्छ र परमेश्वरले उसलाई दिनुभएको जीवन ऊ यसरी नै खेर फाल्छ…। परमेश्वरले दिनरात रेखदेख गर्ने एउटा व्यक्तिले पनि उहाँको आराधना गर्ने पहलकदमी लिँदैन। परमेश्वर आफूले योजना बनाएअनुसार, मानिसमा काम मात्र गर्नुहुन्छ, जसबाट कुनै पनि अपेक्षा गर्न सकिँदैन। कुनै दिन मानिस आफ्नो सपनाबाट ब्युँझनेछ अनि उसले अचानक जीवनको मूल्य र अर्थ, परमेश्वरले उसलाई प्रदान गर्नुभएको सबै कुराका निम्ति उहाँले चुकाउनुभएको मूल्य, र जुन उत्कटताका साथ परमेश्वर मानिस उहाँतर्फ फर्कियोस् भनी व्यग्र अभिलाषा राख्नुहुन्छ, त्यो महसुस गर्नेछ भन्ने आशाका साथ परमेश्वर यसो गर्नुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। परमेश्वरका वचनहरूले मलाई गहिरो रूपमा छोए। मानिसको जीवनको श्रोत परमेश्वर नै हुनुहुन्छ र मैले पाएको सबै कुरा उहाँबाट नै आएको हो। मलाई हेरचाह गरेर पालनपोषण गरी वयस्क बनाउने परमेश्वर नै हुनुहुन्थ्यो। त्यसपछि, परमेश्वरले मलाई अनुग्रह गर्नुभयो, उहाँको सामु आउने र उहाँका वचनहरूको मलजल र भरणपोषण स्विकार्ने मौका दिनुभयो, ताकि मैले सत्यतालाई बुझ्न सकूँ, जीवनको अर्थ के हो र मैले कस्तो व्यवहार गर्नुपर्छ भनेर जान्न सकूँ र सही मार्ग छनौट गर्न सकूँ भनेर मलाई मलजल र भरणपोषण गर्न आफ्ना वचनहरू प्रयोग गर्नुभयो। यो सबै परमेश्वरको प्रेम र मुक्ति थियो। परमेश्वरले मेरी आमालाई मेरो अभिभावक हुन र भौतिक संसारमा मलाई हुर्काउन लगाउन चुन्नुभएको थियो—मैले मप्रतिको उहाँको हेरचाहलाई स्वीकार गर्नुपर्छ किनभने यो परमेश्वरबाट आएको हो, र उहाँकी छोरी भएकीले उहाँलाई आदर गर्नुपर्छ र आफ्नो भूमिका पूरा गर्नुपर्छ। तर सत्यता सिद्धान्तको कुरा आउँदा म भावनात्मक सम्बन्धद्वारा प्रभावित हुनु हुँदैनथियो, बरु सत्यताको अभ्यास गरेर मेरी आमाको गैरविश्वासी व्यवहार सबै खुलासा गर्नुपर्थ्यो। त्यो मात्रै विवेकशील र तार्किक रूपमा, अनि सत्यता सिद्धान्तअनुसार व्यवहार गर्नु हो। यदि मैले मेरो देहगत आत्मीयताद्वारा मेरो व्यवहारलाई प्रभावित हुन दिएँ र मण्डलीको काम वा मेरा ब्रदर-सिस्टरहरूको मण्डली जीवनमा कसरी बाधा पुग्न सक्छ भन्ने कुरालाई अलिकति पनि विचार नगरी मेरी आमासँगको सम्बन्धलाई रक्षा गर्न सत्यता सिद्धान्तहरूलाई परित्याग गर्दै मेरी आमा जस्तो गैरविश्वासीलाई प्रेम, स्नेह, सुरक्षा र संरक्षण दिएँभने त्यो त परमेश्वरको विरुद्धमा काम गर्नु र उहाँलाई विरोध गर्नु हुनेथियो। त्यसपछि म साँच्चै नै विवेकहीन र अकृतज्ञ हुनेथिएँ। यो कुरा महसुस गरेपछि मलाई निकै स्वतन्त्र र मुक्त महसुस भयो।
त्यसको केही समयपछि म केही कामकाज मिलाउन घर गएँ र म सहरमा हुँदा आमाको अवस्था कस्तो थियो भनेर उहाँलाई सोधेँ। त्यस रात हामीले उहाँको वर्तमान परिस्थितिको बारेमा कुराकानी गर्यौँ र उहाँलाई मण्डलीबाट निकाल्न लागिएको छ भन्ने उहाँलाई थाहा रहेछ। मैले उहाँसँग सङ्गति गर्ने प्रयास गर्दा उहाँले केही नभनी विषय परिवर्तन गर्नुभयो। उहाँलाई आफूले गरेको कामप्रति अलिकति पनि ग्लानि रहेनछ भन्ने देखेर म मण्डलीले उहाँलाई हटाउन गरेको निर्णय पूर्ण रूपमा सिद्धान्तअनुरूप रहेछ भन्ने कुरामा अझै बढी विश्वस्त भएँ। दुई महिनापछि मैले स्थानीय अगुवाबाट अर्को पत्र पाएँ जसमा मैले मेरी आमाको बारेमा गरेको मूल्याङ्कनलाई थप व्याख्या गर्न अनुरोध गरिएको रहेछ। त्यो बेला मैले सोचेँ: “के मेरी आमाको गलत व्यवहार उहाँलाई निकाल्नु पर्ने गरी गम्भीर नरहेको हुनसक्छ? यदि त्यसो हो भने के त्यसको अर्थ अहिलेको लागि उहाँलाई निकालिनेछैन? तर फेरि, दुई महिना पहिले मैले मेरी आमासँग सङ्गति गर्दा उहाँले अलिकति पनि खेद प्रकट गर्नुभएको थिएन। के म मण्डली अगुवालाई यसको बारेमा भनूँ?” यस विषयमा मैले घरी एउटा कुरा घरी अर्को कुरा सोचिरहेकी थिएँ, त्यसै बेला मलाई परमेश्वरका वचनहरूको एउटा खण्ड याद आयो: “जसले साँच्चै परमेश्वरमा विश्वास गर्छन्, तिनीहरूले सत्यता र जीवन प्राप्त गर्न बाँकी नै भए पनि, कम्तीमा तिनीहरूले आफ्नो बोली-व्यवहारमा परमेश्वरको पक्ष लिनेछन्; कम्तीमा, परमेश्वरको घरको हितमा हानि पुगेको देख्दा तिनीहरू चुप लागेर बस्नेछैनन्। यदि तिनीहरूले यसलाई बेवास्ता गर्ने प्रयास गरे भने, तिनीहरूको विवेकले हप्की र असहज महसुस गर्नेछ, र तिनीहरूले आफैलाई भन्नेछन्, ‘म चुप लागेर केही नगरी बस्न सक्दिनँ। मैले उठेर केही भन्नैपर्छ, मैले मेरो जिम्मेवारी पूरा गर्नैपर्छ। यो दुष्ट कार्यलाई खुलासा गर्न र रोक्न, परमेश्वरको घरका हितमाथि हानि पुग्नबाट जोगाउन, र मण्डलीको जीवनमा बाधा नआओस् भनी सुनिश्चित गर्न, म अगाडि आउनैपर्छ।’ यदि सत्यता तेरो हृदयमा तेरो जीवन बनेको छ भने, तँसँग यो साहस र दृढ सङ्कल्प मात्रै हुनेछैन, तँ यो मामिलालाई छर्लङ्गै देख्न पनि सक्षम हुनेछस्। यसबाहेक, तँ परमेश्वरको काम र उहाँको घरका हितहरूका लागि आफ्नो जिम्मेवारीको उचित हिस्सा पूरा गर्न सक्षम हुनेछस्, र यसरी, तेरो कर्तव्य पूरा हुनेछ। यदि तँ आफ्नो कर्तव्यलाई आफ्नै जिम्मेवारी र दायित्वका रूपमा, र परमेश्वरको आज्ञाका रूपमा लिन सक्छस्, र यसरी मात्रै तँ आफ्नै विवेकअनुसार जिएको र परमेश्वरलाई निराश नपारेको महसुस गर्छस् भने, तब तँ सामान्य मानवताको निष्ठा र इज्जत जिएको हुनेछैनस् र? तेरा कार्य र व्यवहारहरू परमेश्वरले भन्नुभएको ‘परमेश्वरको डर मान्नु र दुष्टताबाट अलग बस्नु’ हुनेछन्। तैँले यी वचनहरूको सार अभ्यास गरिरहेको र तिनको वास्तविकता जिइरहेको हुनेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूबाट मैले के महसुस गरेँ भने आफ्नो कर्तव्य पूरा गर्दा मैले परमेश्वरको इच्छालाई ध्यानमा राख्नुपर्छ, मण्डली जीवनको सामान्य क्रमलाई जोगाउनुपर्छ र आफूलाई ख्रीष्टविरोधी, दुष्कर्मी र गैरविश्वासीहरूका रूपमा प्रकट गर्नेहरूलाई खुलासा गर्नुपर्छ। त्यसो गरेर मात्रै मैले आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गरिरहेकी हुन्छु। मलाई अय्यूबकी पत्नीले अय्यूबलाई परमेश्वरलाई त्याग्नुहोस् भनी भन्दा तिनले परमेश्वरको पक्षमा खडा भएर आफ्नी पत्नीलाई “मूर्ख स्त्री” भनी हप्काउन सकेको घटनाको बारेमा याद आयो। अय्यूब इमानदार, सीधा बोल्ने मानिस थिए, र आफूले केलाई प्रेम गर्नुपर्छ र केलाई घृणा गर्नुपर्छ भन्ने कुरामा तिनी स्पष्ट थिए। तिनले आफ्नो जीवन जिउने शैलीलाई भावनात्मक सम्बन्धहरूले प्रभाव पार्न दिएनन्। मैले पनि मेरो देहलाई त्याग्नुपर्छ, देखेको सत्यतालाई खुलासा गरेर ढिलाइ नगरिकन मण्डलीबाट गैरविश्वासीलाई हटाउनुपर्छ। यो महसुस गरेपछि मैले अघिल्लो पटक घर जाँदा मेरी आमामा देखेका सबै बानीबेहोराहरूको बारेमा लेखेँ। केही समयपछि नै मैले मेरी आमालाई मण्डलीबाट निकालिएको छ भनेर उल्लेख गरिएको पत्र प्राप्त गरेँ। मैले विस्तृत रूपमा लेखेका उहाँका धेरै बानीबेहोराहरू पत्रमा उल्लेख गरिएको थियो। म आफ्नो भावनाको नियन्त्रणमा परेर मेरो गवाही नगुमाएकोमा म कृतज्ञ भए। मलाई शान्ति र स्थिरताको महसुस भयो।
यो अनुभवबाट मैले मानिसहरूको प्रकृति सार र समग्र व्यवहारको आधारमा कसलाई मुक्ति दिने र कसलाई हटाउने भनेर परमेश्वरले कसरी निर्णय गर्नुहुन्छ त्यसको बारेमा स्पष्ट बुझाइ प्राप्त गरेँ। यो परमेश्वरको धर्मी स्वभावको स्पष्ट प्रकटीकरण हो। हामीले अरूसँग गर्ने व्यवहारलाई भावनात्मक सम्बन्धहरूद्वारा नियन्त्रित हुन दिनु हुँदैन, तर हाम्रो व्यवहारलाई परमेश्वरका वचनहरू र सत्यता सिद्धान्तहरूमा आधारित गर्नुपर्छ। यो मात्रै परमेश्वरको इच्छा अनुरूप हुन्छ। मैले यो नयाँ बुझाइ हासिल गरेँ र यी कुराहरू प्राप्त गर्न सकेकोमा म साँच्चै नै परमेश्वरप्रति आभारी छु।