अध्याय ८७

तैँले तेरो गति बढाउनुपर्छ र मैले चाहेअनुरूपको काम गर्नुपर्छ—तिमीहरूका लागि मैले ठूलो उत्सुकताका साथ चाहेको कुरा यही हो। के तिमीहरूले अहिलेसम्म पनि, मेरा वचनहरूको अर्थ नबुझेको हुनसक्छ? के तिमीहरूले अहिलेसम्म पनि मेरो अभिप्राय नबुझेको हुनसक्छ? मैले बढ्दो स्पष्‍टताका साथ बोलेको छु, र बढीभन्दा बढी कुरा बताएको छु, तर मेरा वचनहरूको अर्थ बुझ्नका लागि तिमीहरूले अझै कुनै पनि प्रयास गरेका छैनौ? शैतान, तैँले मेरो योजना नष्‍ट गर्नसक्छस् भन्‍ने कल्पना नगर्! शैतानका लागि सेवा गर्नेहरू—अर्थात्, शैतानका सन्ततिहरू (यसले शैतानको वशमा भएकाहरूलाई जनाउँछ, तसर्थ, जोसँग निश्‍चित रूपमा शैतानको जीवन हुन्छ, त्यसैले यसको सन्तति भनेर भनिएको हो)—रुँदै र आफ्ना दाह्रा किट्दै, मेरो चरणमा कृपाको भीख माग्छन्। तर, म यस्तो मूर्ख काम गर्दिन! के म शैतानलाई माफी दिन सक्छु? के म शैतानलाई मुक्ति दिलाउन सक्छु? त्यो असम्भव छ! म जे भन्छु त्यही गर्छु, र म यसको बारेमा कहिल्यै पश्‍चात्ताप गर्नेछैन!

मैले बोल्ने कुनै पनि कुरा जीवन्त बन्छ। के यसो हुँदैन र? तथापि, तिमीहरू मलाई अविश्‍वास गरिरहन्छौ, मेरा वचनहरूप्रति शङ्का गर्छौ, र म तिमीहरूसँग मजाक गरिरहेको छु जस्तो सोच्छौ। यो एकदमै वाहियात कुरा हो। म परमेश्‍वर स्वयम् हुँ। के तैँले बुझिस्? म परमेश्‍वर स्वयम् हुँ! यदि मसँग कुनै बुद्धि वा शक्ति नभएको भए, के मैले मलाई इच्छा लागे जस्तो बोल्न र गर्न सक्थेँ होला? तर पनि तँ अझै मलाई विश्‍वास गर्दैनस्। यी कुराहरूलाई मैले तेरो लागि बारम्बार जोड दिएको छु, र मैले तिनीहरू यी कुरा बारम्बार बताएको छु। तिमीहरूमध्ये धेरैजसोले अझैसम्म पनि किन विश्‍वास गर्दैनौ? तँ अझै किन आशङ्का गर्छस्? तँ प्रिय जीवनका लागि किन आफ्नै धारणामा झुन्डिन्छस्? के तिनले तँलाई मुक्त गर्न सक्छन्? म जे भन्छु त्यही गर्छु। मैले तिमीहरूलाई धेरै पटक भनेको छु: मेरा वचनहरूलाई सत्यताको रूपमा लेऊ, र शङ्का नगर। के तिमीहरूले यसलाई गम्भीर रूपमा लिएका छौ? तैँले आफैले, केही पनि गर्न सक्दैनस्, तर पनि तँ मैले गरेको काममा विश्‍वास गर्न सक्दैनस्। यस्तो व्यक्तिको विषयमा के नै भन्न सकिन्छ र? स्पष्ट रूपमा भन्नुपर्दा, यो मैले तिमीहरूको सृष्टि नै नगरेको जस्तै भयो। अर्को शब्दमा, तँ मेरा लागि सेवा-कर्ता हुन, हरेक पक्षमा अयोग्य छस्। प्रत्येकले मेरा वचनहरूमा विश्‍वास गर्नुपर्छ! सबै जना परीक्षामा उत्तीर्ण हुनैपर्छ; म कसैलाई पनि चिप्लिन दिनेछैन। पक्कै पनि, विश्‍वास गर्नेहरू अपवाद हुन्। मेरा वचनहरूमा विश्‍वास राख्ने मानिसहरूले निश्‍चय नै मेरा आशिषहरू पाउनेछन्, जुन तैँले जे विश्‍वास गर्छस् त्यसअनुसार तँलाई प्रदान गरिनेछ र तँमा पूरा गरिनेछ। मेरा ज्येष्ठ पुत्रहरू! अहिले म तिमीहरूलाई मेरा आशिषहरू दिन सुरु गर्दैछु। थोरै-थोरै गर्दै, तिमीहरूले देहका ती सबै घृणित बन्धनहरू त्याग्न सुरु गर्नेछौ: विवाह, परिवार, खुवाइ, लुगा लगाइ, सुताइ, र सबै प्राकृतिक विपदहरू (हावा, सूर्य, वर्षा, चिसो सिरेटो, हिमपातको कष्‍ट, र तिमीहरूले घृणा गर्ने अन्य सबै कुराहरू)। तिमीहरूले स्थान, समय, वा भूगोलको अड्चनबिना, मेरो प्रेमिलो अँगालोमा हृदयदेखि नै आनन्द उठाउँदै र मेरो प्रेमिलो स्याहार अन्तर्गत रहेको सबै कुराको अधीनमा रहेर समुद्रपार, जमिनमाथि, र आकाशमा यात्रा गर्नेछौ।

मैले पूर्ण तुल्याएका ज्येष्ठ पुत्रहरूलाई लिएर को गर्व गर्दैन र? आफ्ना लागि कसले मेरो नामको प्रशंसा गर्दैन र? मैले अहिले किन तिमीहरूलाई यति धेरै रहस्यहरूको खुलासा गर्ने इच्छा गरेँ? अहिले नै किन, र विगतमा किन थिएन? यो आफैमा एउटा रहस्य हो; के तँलाई यो कुरा थाहा छ? चीन मैले श्राप दिएको राष्ट्र हो भनेर किन मैले विगतमा उल्लेख गरिन? र मैले मेरा लागि सेवा गर्नेहरूलाई किन प्रकट गरिन? आज, म तिमीहरूलाई यो कुरा भन्‍नेछु: आज, मेरो विचारमा, सबै कुरा पूरा भइसकेको छ, र म यो मेरा ज्येष्ठ पुत्रहरूको सम्बन्धमा भन्छु। (किनकी आज, मेरा ज्येष्ठ पुत्रहरू मेरो साथ शासन गर्न आएका छन्—र तिनीहरूले आकार मात्रै लिएका छैनन्, बरु वास्तवमा म सँगसँगै शासन गरिरहेका छन्। अहिले, पवित्र आत्माले कार्य गर्नुहुने मानिसहरू मेरो साथमा निश्‍चित रूपमा शासन गर्छन्—र यो अहिले नै खुलासा भइरहेको छ; हिजो होइन, र भोलि होइन।) आज म सामान्य मानवताको सबै रहस्यहरूको खुलासा गर्दैछु, किनभने मैले खुलासा गर्न इच्छा गरेका मानिसहरूको खुलासा भइसकेको छ, र यो मेरो बुद्धि हो। मेरा कार्य यो चरणसम्म अघि बढिसकेको छ: अर्थात्, मैले अहिले, यो अवधिका लागि भनेर विशेष रूपमा तोकेको प्रशासनिक आदेशहरूको योजनालाई लागू गर्नुपर्छ। तसर्थ, म ज्येष्ठ पुत्रहरू, पुत्रहरू, मानिसहरू, र सेवा-कर्ताहरूमा उपयुक्त प्रमाणीकरणहरू प्रदान गर्दैछु, किनभने मसँग अख्तियार छ र म न्याय जारी गर्नेछु, र म फलामको डन्डाले शासन गर्नेछु। आज्ञाकारी भएर मेरा लागि सेवा नगर्ने दुस्साहस कसले गर्नसक्छ? मेरो विरुद्धमा उजुरी गर्ने दुस्साहस कसले गर्नसक्छ? म धार्मिकताको परमेश्‍वर होइन भनेर भन्‍ने दुस्साहस कसले गर्नसक्छ? मलाई थाहा छ, तिमीहरूको राक्षसी स्वभाव मेरो सामने धेरैअघि खुलासा भएको हो: म जोप्रति राम्रो छु त्योप्रति पनि तिमीहरूलाई ईर्ष्या र घृणा लाग्छ। यो निश्‍चय नै शैतानको प्रकृति हो! म मेरा पुत्रहरूप्रति असल छु; के तँ म अधर्मी हुँ भनेर दाबी गर्ने दुस्साहस गर्छस्? म तँलाई पूर्ण रूपमा बाहिर फ्याँकिदिन सक्छु, तर भाग्यवश, तैँले मेरा लागि सेवा गरिरहेको छस्, र अहिले त्यसो गर्ने समय पनि होइन; अन्यथा, मैले तँलाई बाहिर फ्याँकिसकेको हुनेथिए!

शैतानको प्रजाति! जङ्गली हुन बन्द गर्! अब नबोल्! अब काम नगर्! मैले छानेका पुत्रहरू र मानिसहरूमा मेरो काम सुरु भइसकेको छ, र यो सबै राष्ट्र, सम्प्रदाय, धर्म, र चीनबाहिरका जीवनका सबै कालखण्डका मानिसहरूमा फैलँदैछ। मेरा लागि सेवा प्रदान गर्नेहरू आत्मिक रूपमा सधैँ किन अवरुद्ध हुन्छन्? किन तिनीहरूमा कहिल्यै पनि आत्मिक बुझाइ हुँदैन? मेरो आत्माले यी मानिसहरूमा किन कहिल्यै काम गर्नुहुन्‍न? सामान्य रूपमा भन्नुपर्दा, मैले पूर्वनियुक्त वा छनौट नगरेका मानिसहरूउपर म धेरै प्रयास खर्च गर्न सक्दिन। विगतका मेरा सबै कठिनाइहरू, र मेरा सबै पीडादायक स्याहार र प्रयासहरू, मेरा ज्येष्ठ पुत्रहरू र पुत्रहरू र मानिसहरूको सानो हिस्साका लागि रहेका छन्; साथै, मेरो भविष्यको काम अवरोधविना सम्पन्न होस् र मेरा इच्छामा अर्चन नआओस् भन्‍ने हेतुले मैले यी कुराहरू गरेको हुँ। म बुद्धिमानी परमेश्‍वर स्वयम् भएकाले, मैले प्रत्येक चरणका लागि उपयुक्त प्रबन्धहरू मिलाएको छु। कुनै पनि व्यक्तिलाई रोकेर राख्न म कुनै प्रयास गर्दिन (यो पूर्वनियुक्ति वा छनौटमा नपरेकाहरूका लागि निर्देशित छ), न कुनै मानिसलाई यत्तिकै आक्रमण नै गर्छु (यो पूर्वनियुक्त वा छनौट भएकाहरूका लागि निर्देशित छ): यो मेरो प्रशासनिक आदेश हो, जसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन! मैले घृणा गर्नेहरूप्रति, म निर्दयी छु; मैले प्रेम गर्नेहरूप्रति, म सतर्क र रक्षात्मक छु। तसर्थ, म जे भन्छु त्यो गर्छु (मैले छनौट गरेकाहरू, छनौट भएका हुन्छन्, र मैले पूर्वनियुक्त गरेकाहरू, पूर्वनियुक्त भएका हुन्छन्; यी सृष्टिभन्दा पहिले मैले मिलाएका मेरा मामिलाहरू हुन्)।

मेरो हृदय कसले परिवर्तन गर्न सक्छ? मेरो इच्छाअनुसार मैले बनाएका योजनाअनुसार मैले कार्य गर्ने बाहेक, हतारमा कार्य गर्ने र मेरा आज्ञाहरूको पालना नगर्ने दुस्साहस कसले गर्नसक्छ? यी सबै मेरा प्रशासनिक आदेशहरू हुन्; यीमध्ये एउटा पनि मबाट निकाल्ने दुस्साहस कसले गर्नसक्छ? सबै कुरा मेरो हुकुम मुताबिक हुनुपर्छ। केही मानिसहरूले कुनै निश्‍चित मानिसले अति नै दुःख पाएको छ, र ऊ इमानदार छ अनि मेरो हृदयलाई ध्यान दिन्छ भन्‍ने कुरा गर्छन्। त्यसोभए, किन मैले त्यसलाई छनौट गरिन त? यो पनि, मेरो प्रशासनिक आदेश हो। यदि कोही मानिस मेरा अभिप्रायहरू अनुसारको छ भनेर म भन्छु भने, त्यो मानिस मेरा अभिप्रायहरू अनुरूप छ र मैले प्रेम गर्ने मानिस हो; यदि मैले कुनै मानिस शैतानको सन्तान हो भनेर बताएँ भने, त्यो मानिस मैले घृणा गर्ने मानिस हो। कसैलाई पनि निगाह नगर्! के तैँले त्यो मानिसको वास्तविकतालाई देख्न सक्छस् र? यी सबै कुराहरू मैले निर्धारित गरेका कुराहरू हुन्। पुत्र सधैँ पुत्र नै हुन्छ, र शैतान सधैँ शैतान नै हुन्छ; अर्को शब्दमा, मानिसको प्रकृति परिवर्तन हुँदैन। मैले परिवर्तन नगरेसम्म, सबैले आ-आफ्नो प्रजातिको अनुसरण गर्छन्, र अडिग हुन्छन्!

मेरो कामको प्रगति हुँदै गर्दा म तिमीहरूलाई रहस्यहरूको खुलासा गर्छु। मेरो कार्यको प्रगति कुन चरणमा पुगेको छ भनेर के तिमीहरूलाई थाहा छ? के तिमीहरू साँच्चिकै मेरो आत्माको अगुवालाई पछ्याउँछौ, मैले भने जस्तो गर्छौ र मैले बोले जस्तो बोल्छौ? चीन मैले श्राप दिएको राष्ट्र हो भनेर किन उल्लेख गरेँ? पहिलो कुरा, मैले आजका चिनियाँ मानिसहरूलाई मेरो स्वरूपमा सृष्टि गरेँ। तिनीहरूसँग आत्मा थिएन, र प्रारम्‍भमा, तिनीहरू शैतानबाट भ्रष्‍ट भएका थिए र तिनीहरूलाई मुक्त गर्न सकिँदैनथियो। यही कारणले गर्दा, म यी मानिसहरूप्रति क्रोधित भएँ र तिनीहरूलाई श्राप दिएँ। म यी मानिसहरूलाई सबैभन्दा बढी घृणा गर्छु, र तिनीहरूको उल्लेख हुँदा मात्र पनि म क्रोधित हुन्छु, किनकी तिनीहरू ठूलो रातो अजिङ्गरका सन्ततिहरू हुन्। यसले संसारका देशहरूले चीनमाथि आधिपत्य जमाएको त्यो युगलाई सम्झाउँछ। त्यो आजसम्म पनि उस्तै छ, र यो सबै मेरो श्राप हो—ठूलो रातो अजिङ्गर विरुद्धको मेरो सबैभन्दा शक्तिशाली न्याय हो। अन्ततः, मैले अर्को प्रकारका मानिसहरू बनाएँ, जसभित्र मेरा पूर्वनियुक्त गरिएका ज्येष्ठ पुत्रहरू, मेरा पुत्रहरू, मेरा मानिसहरू, र मेरा लागि सेवा प्रदान गर्नेहरू पर्छन्। तसर्थ, आज मैले गर्ने सबै कुराहरू धेरै पहिले मबाट प्रबन्ध गरिएका हुन्। चीनमा शक्तिमा भएका मानिसहरूले तिमीहरूमाथि किन बारम्बार अत्याचार र दमन गर्छन्? यसको कारण ठूलो रातो अजिङ्गर मेरो श्रापप्रति बेखुशी छ, र मेरो विरोध गर्छ। तर, ठ्याक्कै यही प्रकारको सतावट र धम्कीमा म मेरा ज्येष्ठ पुत्रहरूलाई पूर्ण बनाउँछु, ताकि यसले ठूलो रातो अजिङ्गर र त्यसका सन्ततिहरूलाई बलियो प्रत्याक्रमण गर्न सकोस्। म तिनीहरूको निवारण पछि गर्नेछु। अहिले, मेरा वचनहरू सुनेपछि, मैले तिमीहरूलाई मेरो साथमा रहेर शासन गर्न अनुमति दिएको कुराको महत्त्व वास्तवमै बुझ्छौ? ठूलो रातो अजिङ्गरलाई त्यसको मृत्युसम्म पूर्ण रूपमा झारिएको भनेर मैले भनेको समय नै मेरो ज्येष्ठ पुत्रहरूले मसँगै शासन गर्ने समय पनि हो। मेरा ज्येष्ठ पुत्रहरूको ठूलो रातो अजिङ्गरले गर्ने अत्याचारले मलाई ठूलो सेवा गर्छ, र जब मेरा पुत्रहरू हुर्किसकेका हुनेछन् र मेरो घरको मामिलालाई व्यवस्थापन गर्न सक्छन्, ती दुष्‍ट दासहरू (सेवाकर्ताहरू) लाई पाखा लगाइनेछ। मेरा ज्येष्ठ पुत्रहरू मसँगै शासन गरिरहेका हुनेछन् र मेरा अभिप्रायहरू पूरा गरेका हुनेछन्, त्यसकारण म, एक-एक गरी, सेवाकर्ताहरूलाई आगो र गन्धकको कुण्डमा धकेल्नेछु: तिनीहरू, जसरी पनि जानैपर्छ! शैतानका प्रजातिहरूले पनि मेरो आशीर्वादको आनन्द उठाउन खोज्छन्, र शैतानको सत्तामा फर्कन चाहँदैनन् भनेर मलाई राम्ररी थाहा छ; तैपनि, मसँग मेरा प्रशासनिक आदेशहरू छन्, जसको सबैले पालना गर्नुपर्छ र जसलाई लागू गरिनुपर्छ—र कसैलाई पनि छुट हुनेछैन। पछि, तिमीहरूलाई मेरा प्रशासनिक आदेशहरूको उल्लङ्घन गर्न नदिनको लागि, म तिमीहरूलाई मेरा प्रशासनिक आदेशहरू एकपछि अर्को गर्दै बताउनेछु।

अघिल्लो: अध्याय ८६

अर्को: अध्याय ८८

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्