२५. मेरो बारेमा रिपोर्ट गरिएपछि
सन् २०१६ को एक दिन, मैले मेरो बारेमा रिपोर्ट गरिएको पत्र अचानक प्राप्त गरेँ। यो पत्र मैले पहिले बर्खास्त गरेका दुई जना सिस्टरले लेखेका थिए। मैले तिनीहरूको मण्डलीमा कर्तव्य निर्वाह गर्दा निरङ्कुश र स्वेच्छाचारी तरिकामा काम गरेँ, मैले बढुवा गरेका दुई जना मानिस झूटा अगुवा बने, र ती दुईमध्ये झाङ्ग थरका एक जना दुष्कर्मी थिए, जसले अगुवा बनेपछि मण्डलीको काममा बाधा र रोकावट ल्याएर सम्पूर्ण मण्डलीको काम नै झण्डै ठप्प भएको थियो भनी तिनीहरूले रिपोर्ट गरेका रहेछन्। पत्रमा के पनि भनेका रहेछन् भने, यदि मैले त्यो बेला तिनीहरूको सल्लाह सुनेकी भए वा दाजुभाइ-दिदीबहिनीहरूलाई सोध्न थप समय लिएकी भए, मैले ती दुई झूटा अगुवाहरूलाई छनौट गर्नेथिइनँ वा मण्डलीको काममा त्यति ठूलो हानि पुऱ्याउनेथिइनँ। त्यो पत्र पढेर, म तीनछक परेँ र अलिक डर लाग्यो। मैले सोचेँ, “यस्तो कसरी हुन सक्छ? यो पक्कै पनि गल्तीबस भएको हुनुपर्छ।” मैले यस तथ्यलाई एकदमै स्वीकार गर्न सकिनँ। पत्र लेख्ने ती दुई सिस्टरलाई म मन पराउँदिनथिएँ, र तिनीहरूले जानाजानी मसँग बदला लिन खोजिरहेका छन् भन्ने मलाई लाग्यो। तिनीहरू पहिले त्यही मण्डलीका अगुवा थिए, तर तिनीहरूको क्षमता कमजोर थियो र तिनीहरूले वास्तविक काम गर्दैनथिए। तिनीहरूले झूटा अगुवाहरूलाई जोगाउँथे र रक्षा गर्थे, अनि तिनीहरूबारे रिपोर्ट गर्नेहरूलाई दोषी ठहराउँथे र आक्रमण गर्थे, त्यसकारण अन्त्यमा तिनीहरूलाई प्रतिस्थापित गरियो। मैले झाङ्गलाई बढुवा गर्दा कसरी तिनीहरूको राय लिएकी थिएँ र तिनीहरूले केवल झाङ्ग कमजोर मानवताकी छिन् र अरूसँग सहकार्य गर्न सक्दिनन् भनेका थिए भनेर मैले सम्झेँ। तिनीहरूले कहिल्यै पनि तोकेरै उनी दुष्कर्मी हुन् भनेर भनेनन्। तर अहिले झाङ्गको खुलासा भएकोले, तिनीहरूले मेरो रिपोर्ट गरिरहेका थिए। मैले तिनीहरूलाई हटाइएकोले नै तिनीहरूले कटुता बोकेका थिएनन् र? त्यसबाहेक, त्यो बेला चिनियाँ कम्युनिस्ट पार्टीको पक्राउ र परिस्थिति यति चरम थियो कि हामीले सही चुनाव सम्पन्न गर्न सकेनौँ, र केही समयसम्म योग्य उम्मेदवार भेट्टाउन सकिएन। झाङ्गसँग अरूको भन्दा राम्रो क्षमता र अलिक बढी समझशक्ति थियो, त्यसकारण त्यो परिस्थितिमा मैले अरू कसलाई पो छनौट गर्न सक्नेथिएँ र? कुनै न कुनै व्यक्तिलाई त अगुवाको रूपमा छनौट गर्नु नै पर्थ्यो। मैले झाङलाई बढुवा गर्दा धेरै जना ब्रदर-सिस्टरलाई सोधपुछ पनि गरेकी थिएँ, र कसैले पनि उनी दुष्कर्मी हुन् भनेर भनेका थिएनन्। आफ्नो कर्तव्यमा सबैले गल्ती गर्छन्। कसले पो झट्ट हेर्नासाथ कसैको सारलाई बुझ्न सक्छ र? अयोग्य अगुवाहरू छनौट हुनु सामान्य कुरा हो। सधैँ सही व्यक्ति छनौट हुन्छ भनेर कसले ग्यारेन्टी दिन सक्छ र? के तिनीहरूले केवल नाटीकुटी गरिरहेका थिएनन् र? मैले दिमागमा आफूलाई सही साबित गर्ने प्रयास गरिरहेँ। म रिपोर्ट पत्रको अत्यन्तै विरोधमा थिएँ। तर रिपोर्टमा उल्लेखित ती दुई व्यक्ति वास्तवमा झूटा अगुवा, र झाङ्ग दुष्कर्मीको रूपमा खुलासा भएका थिए। तिनीहरूले अगुवाका रूपमा मण्डलीको काम र परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा गम्भीर हानि पुऱ्याएका थिए। मैले तिनीहरूको सामना गर्दा, तथ्यहरूबाट बच्ने कुनै उपाय थिएन। मैले मानिसहरूलाई जाँच्न सकिनँ, म अहङ्कारी, आत्मधर्मी थिएँ, र मानिसहरूलाई आँखा चिम्लेर प्रयोग गरेँ भनेर मन नलागी-नलागी स्वीकार गरेँ। तर मैले साँचो रूपमा मेरा समस्याहरूलाई बुझ्ने र मनन गर्ने प्रयास गरिनँ, अनि अन्त्यमा त्यो मामिला त्यतिकै टरेर गयो।
अचम्मको कुरा, मेरा अगुवालाई यसबारे थाहा भएपछि, उनले मलाई दुष्कर्मीलाई अगुवाको रूपमा प्रयोग गरेकोमा, अरूले सम्झाउँदा नसुनेकोमा, अनि अहङ्कारी र आत्मधर्मी बनेकोमा खुलासा गरे। तब मात्रै मैले केही बुझेँ। के मैले साँच्चै गल्ती गरेकी थिएँ? के म साँच्चै अति अहङ्कारी र आत्मधर्मी थिएँ? तर त्यो परिस्थितिमा, मैले कसरी काम गर्न सक्थेँ र? मैले कहाँ गल्ती गरेँ त्यो मैले बुझिनँ। खोजी गर्दा, मलाई परमेश्वरका वचन याद आयो: “तैँले कुनै निश्चित क्षेत्रमा जति धेरै राम्रो गरेको वा सही कुरा गरेको छस् भन्ने महसुस गर्छस्, र तैँले जति धेरै परमेश्वरका अभिप्रायहरू पूरा गर्न सक्छस् वा निश्चित क्षेत्रमा घमण्ड गर्न सक्छस् भनी सोच्छस्, तैँले ती क्षेत्रमा आफूलाई चिन्नु र तँमा के-कस्ता अशुद्धताहरू छन्, साथै तँभित्र भएका कुन-कुन कुराले परमेश्वरका अभिप्रायहरू पूरा गर्न सक्दैनन् भनेर हेर्नका लागि ती क्षेत्रहरूलाई अझ गहिराइमा खोतल्नु त्यति नै उचित हुन्छ। … किनभने तैँले आफ्ना असल पक्षहरू ठानेका कुराहरू, र आफूले सही तरिकाले गरेको भनी सोच्ने कुराहरू सही छन् भनेर तैँले निर्धारण गर्नेछस्, र तिनलाई शङ्का गर्नेछैनस्, तीमाथि चिन्तन गर्नेछैनस्, वा तिनमा परमेश्वरको विरोध गर्ने कुनै कुरा छ कि छैन भनेर चिरफार गर्नेछैनस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ)। परमेश्वरको वचनले मलाई बिउँझायो र अभ्यासको मार्ग दियो। समय पाउँदा, मैले उक्त मामिलाबारे मनन गरेँ, र खोजी गरेर म साँच्चै नै अत्यन्तै अहङ्कारी र आत्मधर्मी रहेछु भन्ने थाहा पाएँ। मैले पत्र पाएदेखि, आफ्नो तर्क राख्दै आएकी थिएँ—त्यतिबेला परिस्थिति गाह्रो भएको थियो, हामीले सामान्य निर्वाचन गर्न सक्दैनौँ, उचित उम्मेदवारहरू थिएनन्। झाङ्ग नै उपलब्ध रहेको सर्वोत्कृष्ट उम्मेदवार थिइन्, र त्यो स्थितिमा उनलाई चयन गर्नु गल्ती थिएन। पछि उनी दुष्कर्मीको रूपमा प्रकट होलिन् भनेर कसैले पनि पूर्वानुमान गर्न सक्दैनथियो। मैले अवश्य नै मण्डलीको काममा बाधा दिन दुष्कर्मीलाई जानाजानी नियुक्त गरेकी थिइनँ। त्यसकारण, मलाई आफूले कुनै गल्ती गरेको छैनँ भन्ने लाग्यो र मैले आत्मसमीक्षा गरिनँ वा आफूलाई चिन्ने प्रयास गरिनँ, र यो रिपोर्ट पत्र लेख्ने सिस्टरहरूको घोर विरोध गरेँ र उनीहरूलाई मन पराइनँ, अनि तिनीहरूले जानाजानी मेरो गल्ती खोतल्ने प्रयास गरिहेका छन् भनेरसमेत ठानेँ। अहिले त्यसबारे सोच्दा, मैले झाङ्गलाई छनौट गर्दा, ती दुई सिस्टरले वास्तवमा मलाई झाङ्ग कमजोर मानवताकी छिन् भनेर बताएका थिए। गलत व्यक्तिलाई अगुवाको रूपमा छनौट गर्दा त्यसले मण्डलीको काममा हानि गर्नेछ भन्ने तिनीहरूलाई चिन्ता छ भनेर पनि मलाई थाहा थियो, तर त्यतिबेला तिनीहरूले झाङ्गको सारलाई स्पष्टसित देख्न सकेनन्, त्यसकारण तिनीहरूले उनलाई सिधै दुष्कर्मीको रूपमा दोष लगाउने आँट गरेनन्। तर म अत्यन्तै अहङ्कारी र आत्मधर्मी थिएँ अनि तिनीहरूलाई तुच्छ ठानेँ। मलाई लाग्यो, तिनीहरूले आफ्नो समयमा अगुवाका रूपमा छनौट गरेका धेरैजसो मानिस कमजोर छन्—यदि तिनीहरूले मानिसहरूलाई मूल्याङ्कन गर्न सक्दैनन् भने, तिनीहरूको सल्लाह के काम? मैले धेरै प्रयासपछि अन्त्यमा उनीहरूको काम लिने व्यक्ति भेट्टाउँदा, तिनीहरू त्यसमा सहमत भएनन्। तिनीहरूले जानाजानी नाटीकुटी गर्दैछन् भन्ने मैले सोचेँ, त्यसकारण, मैले तिनीहरूको कुरा सुन्दै सुनिनँ। अहिले, मैले आफूलाई पन्छ्याएर, मनन गरेर, सत्यता खोजी गरेर, मैले अगुवाहरू छनौट गरेको तरिकामा वास्तवमै समस्याहरू रहेछन् भन्ने मलाई थाहा भयो। नियमित निर्वाचन गर्न सम्भव नभए तापनि, मैले कुनै अगुवा छनौट गर्नुअघि सत्यता बुझेका मानिसहरूको सहमति लिनुपर्थ्यो। मैले त्यसबारे मेरा सहकर्मीसँग मात्रै छलफल गरेँ, र अरू एक-दुई जनालाई झाङ्ग कस्तो लाग्छ भनेर सोधेँ। यीमध्ये, मेरोबारे रिपोर्ट पत्र लेख्ने ती दुई सिस्टरले मेरो छनौटमा असहमति जनाएका थिए, तैपनि तिनीहरूप्रतिको मेरो पूर्वाग्रहले गर्दा मैले थप खोजी गरिनँ। मैले आफ्नै व्यक्तिगत धारणाहरूमा भर परेर झाङ्ग उपयुक्त व्यक्ति हुन् भन्ने सोचेँ। यस विषयमा, मैले परमेश्वरको घरमा मानिसहरूलाई अगुवा पदमा बढुवा गर्ने सिद्धान्तहरू स्पष्टसित उल्लङ्घन गरेकी थिएँ। मैले झाङ्गको सामान्य कार्यप्रस्तुतिबारे बुझ्न थप चिनेका मानिसहरूलाई खोजिनँ, न त सत्यता बुझेका मानिसहरूलाई सोधपुछ नै गरेँ। अझै महत्त्वपूर्ण कुरा, फरक राय आउँदा, म अहङ्कारी र आत्मधर्मी बनेँ। मैले अरूका सल्लाह इन्कार र बेवास्ता गरेँ अनि आफ्नै इच्छामा झाङ्गलाई स्वेच्छाचारी ढङ्गले अगुवाको रूपमा नियुक्त गरेँ। मैले साँच्चै नै उद्दण्ड व्यवहार गरिरहेकी थिएँ। परमेश्वरको घरले अगुवाहरू चयन गर्दा दुष्कर्मी र छली मानिसहरूलाई छनौट गर्नु सबैभन्दा वर्जित कुरा हो भनेर बारम्बार जोड दिएको छ। मेरा दुई जना सिस्टरले झाङ्गमा कमजोर मानवता छ भनेर भन्दा, यदि मसँग साँच्चै नै परमेश्वरको भय मान्ने हृदय भएको भए, मैले उनलाई चयन गर्नुअघि चिन्ने थप मानिसहरूलाई सोधेर झाङ्गको मानवताको अवस्थाबारे स्पष्ट हुनेथिएँ, र उनी दुष्कर्मी हुन् कि होइनन् भनेर निर्धारण गर्नेथिएँ। यदि अनुसन्धान गरेपछि पनि म निश्चित भइनँ र अरू कुनै उपयुक्त व्यक्ति थिएन भने, मैले उनलाई अवलोकन गर्दै प्रयोग गर्न सक्थेँ, त्यसपछि उनी असल व्यक्ति होइनन् र सही मार्गमा छैनन् भन्ने पत्ता लागेपछि उनलाई बर्खास्त गर्न सक्थेँ। यसले मण्डलीको काममा बाधा पुऱ्याउनेथिएन। यदि मेरो हृदयमा अलिकति पनि परमेश्वरको डर भएको भए, मैले कसैलाई त्यतिकै अगुवा चयन गर्ने, त्यसपछि सबै कुरा ठीक छ भनी सोच्दै त्यस मामिलाबाट हात धुने कुरै आउनेथिएन। मैले सही सोचेको, मैले सही मानेको कुरा पूर्णतया मेरो विचारमा आधारित, त्यो मेरो धारणा र कल्पना रहेछ भनेर मैले अहिले बुझेँ। म आत्मधर्मी बनेकी थिएँ र मैले आफ्नै विचारहरूमा जिद्दी गरेँ, अनि परिणामस्वरूप मैले दुष्कर्मीलाई एक वर्षभन्दा बढी समयसम्म अगुवाको रूपमा सेवा गर्न दिएँ, जसले गर्दा मण्डलीका सबै काम झण्डै ठप्प भएको थियो। त्यसपछि मात्र मलाई बल्ल थाहा भयो, मैले अगुवा चयन गर्ने क्रममा सानो गल्ती गरेकी थिइनँ, दुष्कर्म गरेकी थिएँ, जुन कार्यले गम्भीर रूपमा परमेश्वरको प्रतिरोध गरेको थियो। परमेश्वरका चुनिएका मानिसहरूले परमेश्वरलाई पछ्याउन, सत्यताको पछि लाग्न र मुक्ति पाउन, तिनीहरूसँग असल अगुवा हुनैपर्छ, तर मैले अगुवा छनौट गर्ने कार्यलाई गम्भीर मामिलाको रूपमा लिँदै लिइनँ। ममा परमेश्वरको भय मान्ने हृदय थिएन। म आफ्ना दाजुभाइ-दिदीबहिनीहरूका लागि असल अगुवा छनौट गर्न असफल मात्र भइनँ, तर मैले दुष्कर्मीलाई अगुवाको पदमा राखेँ र उनलाई परमेश्वरका चुनिएका मानिसहरूलाई हानि गर्न पनि दिएँ। मैले जिम्मेवारी लिने वा दाजुभाइ-दिदीबहिनीहरूको जीवनको वास्ता गर्ने वा जिम्मेवारी लिने कार्य पटक्कै गरिरहेकी थिइनँ। आफ्नो कर्तव्यप्रति त्यस्तो मनोवृत्ति राखेर म कसरी अगुवा बन्न योग्यको हुन सक्थेँ र? अगुवा छनौट गर्ने क्रममा, म यत्ति अविचारी, बेपरवाही, लापरवाही, अनि अहङ्कारी र आत्मधर्मी बनेँ कि अरूले मलाई सम्झाउन खोज्दा, मैले तिनीहरूलाई ध्यानै दिइनँ। म निरङ्कुश र स्वेच्छाचारी थिएँ, र परिणामस्वरूप, मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा गम्भीररूपले क्षति पुग्यो। मैले त्यो क्षतिलाई सुधार्ने कुनै उपाय थिएन। मैले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूको लागि दुष्ट अगुवा छनौट गरेकी थिएँ र धेरै दुष्टता गरेकी थिएँ, अनि दुई जना सिस्टरले मेरो रिपोर्ट र खुलासा गर्दा, मलाई कुनै ग्लानि वा पछुतो भएन, बरु मैले आपत्ति जनाएँ र आफ्नो प्रतिरक्षा गरेँ। म अत्यन्तै जिद्दी र घृणित थिएँ!
त्यसपछि, मैले म किन सल्लाह स्वीकार गर्न वा सत्यता सिद्धान्तहरू खोजी गर्न नसक्ने गरी त्यति धेरै अहङ्कारी र निरङ्कुश बनेँ भनेर आत्मसमीक्षा गर्न थालेँ। यो कस्तो प्रकारको स्वभाव थियो? परमेश्वरले त्यस मामिलालाई कसरी हेर्नुभयो? एक दिन, मैले परमेश्वरको वचनको यो खण्ड भेट्टाएँ: “अहङ्कारी र आत्मधर्मी हुनु भनेको मान्छेको सबैभन्दा स्पष्ट शैतानी स्वभाव हो, र यदि मानिसहरूले सत्यता स्विकार्दैनन् भने, तिनीहरूले त्यसलाई पखाल्नै सक्दैनन्। सबै मानिसहरूमा अहङ्कारी र आत्मधर्मी स्वभाव हुन्छ, र तिनीहरू सधैँ अभिमानी हुन्छन्। तिनीहरूले जे सोचे पनि वा जे भने पनि वा कामकुरालाई जसरी हेरे पनि, तिनीहरू सधैँ आफ्नै दृष्टिकोण र मनोवृत्तिहरू सही छन्, र अरूको कुरा आफ्नो जत्तिको राम्रो वा सही छैन भन्ने सोच्छन्। तिनीहरू सधैँ आफ्नै रायमा झुण्डिरहन्छन्, र जसले बोले पनि, तिनीहरूले उसको कुरा सुन्ने छैनन्। अरू कसैले भनेको कुरा सही र सत्यताअनुरूप भए पनि, तिनीहरूले त्यो स्वीकार गर्नेछैनन्; तिनीहरूले सुनिरहेको जस्तो मात्र देखिन्छ, तर त्यो विचारलाई फिटिक्कै अपनाउनेछैनन्, र काम गर्ने समय आउँदा, तिनीहरूले अझै पनि आफ्नै तरिकाले काम गर्नेछन्, सधैँ आफूले भनेको कुरा नै सही र उचित हो भन्ने ठान्छन्। सायद तैँले भन्ने कुरा वास्तवमा सही र उचित नै हुन्छ, वा तैँले जे गरेको छस् त्यो सही र दोषरहित छ, तर तैँले कस्तो प्रकारको स्वभाव प्रकट गरेको छस्? के त्यो अहङ्कार र आत्म-धार्मिकताको स्वभाव होइन र? यदि तैँले यो अहङ्कारी र आत्मधर्मी स्वभावलाई फालिनस् भने, के यसले तेरो कर्तव्य निर्वाहमा असर गर्नेछैन र? के यसले तेरो सत्यता अभ्यासमा असर गर्नेछैन र? यदि तैँले आफ्नो अहङ्कारी र आत्मधर्मी स्वभाव समाधान गरिनस् भने, के यसले तँलाई भविष्यमा गम्भीर झट्काहरू दिनेछैन र? तैँले निश्चय नै झट्काहरू अनुभव गर्नेछस्, यो हुन्छै हुन्छ। ल भन्, के परमेश्वरले मानिसको यस्तो व्यवहार देख्न सक्नुहुन्छ? परमेश्वरले यो देख्न नसक्ने कुरै छैन! परमेश्वरले मानिसहरूका हृदयको गहिराइ छानबिन गर्ने मात्र होइन, हर समय र हर स्थानमा तिनीहरूको हरेक शब्द र कार्यको अवलोकन पनि गर्नुहुन्छ। परमेश्वरले तेरो यस्तो व्यवहार देखेपछि के भन्नुहुनेछ? परमेश्वरले यसो भन्नुहुनेछ: ‘तँ हठी छस्! तँलाई आफू गलत छु भनेर थाहा नहुँदा, तँ आफ्ना विचारहरूमा टाँसिनु स्वाभाविक नै हो; तर जब तँलाई आफू गलत छु भन्ने थाहा छ, र पनि अझै तँ आफ्ना विचारहरूमा टाँसिन्छस् र मरिगए पश्चात्ताप गर्दैनस्, तँ जिद्दी मूर्ख होस्, र तँ समस्यामा पर्छस्। जसले सुझाव दिए पनि यदि तैँले सधैँ त्यसप्रति नकारात्मक, प्रतिरोधी मनोवृत्ति अपनाउँछस्, र अलिकति पनि सत्यता स्विकार्दैनस्, अनि तेरो हृदय पूर्णतया प्रतिरोधी, एकलकाँटे र उपेक्षा गर्ने खालको छ भने तँ अत्यन्तै बेतुके छस्, तँ असङ्गत व्यक्ति होस्! तँसँग व्यवहार गर्न असाध्यै गाह्रो हुन्छ!’ तँसँग व्यवहार गर्न कुन हिसाबमा गाह्रो हुन्छ? तँसँग व्यवहार गर्न गाह्रो हुन्छ किनकि तैँले देखाइरहेको कुरा गलत शैली वा गलत व्यवहार होइन, यो त तेरो स्वभावको प्रकटीकरण हो। कस्तो स्वभावको प्रकटीकरण? तँ सत्यताप्रति वितृष्ण हुने र तैँले सत्यतालाई घृणा गर्ने स्वभाव। तँ सत्यतालाई घृणा गर्ने व्यक्ति भनेर चित्रित भएपछि, परमेश्वरका दृष्टिमा तँ समस्यामा पर्छस्, र उहाँले तँलाई तिरस्कार र बेवास्ता गर्नुहुनेछ। मानिसहरूको दृष्टिकोणबाट, तिनीहरूले बढीमा यसो भन्नेछन्: ‘यस व्यक्तिको स्वभाव खराब छ, ऊ अति जिद्दी, हठी र अहङ्कारी छ! यस व्यक्तिसँग मिलेर बस्न गाह्रो छ र ऊ सत्यतालाई प्रेम गर्दैन। उसले कहिल्यै सत्यता स्विकारेको छैन र सत्यता अभ्यास गर्दैन।’ बढीमा, सबैले तेरो यस्तो मूल्याङ्कन गर्नेछन्, तर के यो मूल्याङ्कनले तेरो भाग्य निर्धारित गर्न सक्छ? मानिसहरूले तँलाई गर्ने मूल्याङ्कनले तेरो भाग्य निर्धारण गर्न सक्दैन, तर तैँले एउटा कुरा भने बिर्सनै हुँदैन: परमेश्वरले मानिसको हृदय छानबिन गर्नुहुन्छ, र साथै उहाँले तिनीहरूको हरेक शब्द र कार्य अवलोकन गर्नुहुन्छ। यदि परमेश्वरले तँलाई यसरी परिभाषित गर्नुहुन्छ र तैँले सत्यतालाई घृणा गर्छस् भनेर भन्नुहुन्छ, यदि उहाँले तँमा थोरै भ्रष्ट स्वभाव छ वा तँ थोरै अनाज्ञाकारी छस् मात्र भन्नुहुन्न भने, के यो निकै गम्भीर समस्या होइन? (यो गम्भीर समस्या हो।) यो त समस्या हो, र यो समस्या मानिसहरूले तँलाई कसरी हेर्छन् वा कसरी मूल्याङ्कन गर्छन् भन्ने कुरामा नभई, सत्यतालाई घृणा गर्ने तेरो भ्रष्ट स्वभावलाई परमेश्वरले कसरी हेर्नुहुन्छ भन्ने कुरामा हुन्छ। त्यसोभए, परमेश्वरले त्यसलाई कसरी हेर्नुहुन्छ? के परमेश्वरले तँ सत्यतालाई घृणा गर्छस्, प्रेम गर्दैनस् भनेर मात्र निर्धारण गर्नुभएको छ, त्यति नै हो? कुरा त्यति सरल छ? सत्यता कहाँबाट आउँछ? सत्यताले कसको प्रतिनिधित्व गर्छ? (यसले परमेश्वरको प्रतिनिधित्व गर्छ।) यसलाई मनन गर्: यदि कुनै व्यक्तिले सत्यतालाई घृणा गर्छ भने, परमेश्वरले आफ्नो नजरबाट उसलाई कसरी हेर्नुहुन्छ? (उहाँको शत्रुको रूपमा हेर्नुहुन्छ।) के यो गम्भीर समस्या होइन र? जब कुनै व्यक्तिले सत्यतालाई घृणा गर्छ, तब उसले परमेश्वरलाई घृणा गर्छ! म किन उसले परमेश्वरलाई घृणा गर्छ भनेर भन्दैछु? के उसले परमेश्वरलाई सरापेको थियो? के उसले उहाँलाई आमनेसामने विरोध गरेको थियो? के उसले उहाँलाई उहाँको पिठ्यूँपछाडि आलोचना वा निन्दा गरेको थियो? ठोकुवा गर्न सकिन्न। त्यसोभए, सत्यतालाई घृणा गर्ने स्वभाव प्रकट गर्नु भनेको परमेश्वरलाई घृणा गर्नु हो भनेर म किन भन्छु? यो तिललाई पहाड बनाउनु होइन, अवस्थाको वास्तविकता नै यही हो। यो त ढोँगी फरिसीहरूले सत्यतालाई घृणा गर्ने भएर तिनीहरूले प्रभु येशूलाई क्रूसमा टाँग्नुजस्तै हो—त्यसका परिणामहरू भयानक थिए। यसको अर्थ के हो भने, यदि कुनै व्यक्तिमा सत्यताप्रति वितृष्णा राख्ने र सत्यतालाई घृणा गर्ने स्वभाव छ भने, उसले यो जुनसुकै समय र स्थानमा प्रकट गर्न सक्छ, र यदि ऊ यसैअनुसार जिउँछ भने, के उसले परमेश्वरलाई विरोध गर्नेछैन र? तिनीहरूले सत्यतासँग सम्बन्धित कुरा वा निर्णय गर्नुपर्ने कुराको सामना गर्दा, यदि तिनीहरूले सत्यता स्विकार्न सक्दैनन् र तिनीहरू आफ्नो भ्रष्ट स्वभावअनुसार जिउँछन् भने, तिनीहरूले स्वाभाविक रूपमा परमेश्वरको विरोध गर्नेछन् र उहाँलाई धोका दिनेछन्, किनभने तिनीहरूको भ्रष्ट स्वभाव परमेश्वर र सत्यतालाई घृणा गर्ने स्वभाव हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरको अघि बारम्बार जिएर मात्रै उहाँसँग सामान्य सम्बन्ध राख्न सकिन्छ)। परमेश्वरको वचनले समस्याको सार र निचोडलाई औँल्याइदियो, विशेष गरी यी वचनहरूले: “तँसँग व्यवहार गर्न कुन हिसाबमा गाह्रो हुन्छ? तँसँग व्यवहार गर्न गाह्रो हुन्छ किनकि तैँले देखाइरहेको कुरा गलत शैली वा गलत व्यवहार होइन, यो त तेरो स्वभावको प्रकटीकरण हो। कस्तो स्वभावको प्रकटीकरण? तँ सत्यताप्रति वितृष्ण हुने र तैँले सत्यतालाई घृणा गर्ने स्वभाव।” यो खण्डले मेरो हृदय छेड्यो, र मलाई निकै कडा प्रहार गर्यो। मैले प्रकट गरेको अहङ्कारी स्वभाव परमेश्वरको लागि सत्यतालाई घृणा गर्ने, तिरस्कार गर्ने, र अस्वीकार गर्ने कार्य हुन्छ भन्ने मैले अपेक्षा गरेकी थिइनँ। यो त दुष्कर्मी र ख्रीष्टविरोधीको स्वभाव हो। यदि परमेश्वरले मलाई सत्यतालाई घृणा र तिरस्कार गर्ने व्यक्तिको रूपमा व्याख्या गर्नुभएको भए, त्यसले मलाई दियाबलस, शैतान, र मुक्ति पाउन नसक्ने व्यक्ति तुल्याउनेथियो। मलाई असाध्यै डर लाग्यो। ममा अहङ्कारी र आत्म-धर्मी स्वभाव छ, मैले अरूको सल्लाह सजिलै स्वीकार गरिनँ र यसले गर्दा केही अपराध गरेँ भन्ने मलाई थाहा भए पनि, यो कुरालाई स्वीकार मात्रै गरेँ। कहिलेकहीँ त मलाई के समेत लाग्थ्यो भने, अहङ्कार र आत्मधर्मीपन त भ्रष्ट मानिसको सामान्य प्रवृत्ति हो र यसलाई परिवर्तन गर्न सहज छैन, त्यसकारण मैले आफूखुसी गरेँ र यसलाई समाधान गर्नुपर्ने गम्भीर समस्याको रूपमा लिइनँ। यसको कारणले गर्दा, मैले आफ्नो कर्तव्यमा प्रायजसो अहङ्कारी र आत्मधर्मी स्वभाव प्रकट गरेँ, तैपनि त्यसलाई स्वीकार गरिनँ। मलाई काटछाँट र निराकरण गरिँदा केवल खिन्न भएँ र पछुतो गरेँ, र त्यसपछि सचेत भएर आफूलाई संयमित राखेँ, तर अझै अनजानमा नै त्यसलाई अक्सर प्रकट गर्थेँ। मलाई चिन्नेहरूले मलाई अहङ्कारी र आत्मधर्मीको रूपमा मूल्याङ्कन गर्थे, र मेरा अगुवाले मलाई दिएको काममा मलाई सधैँ अहङ्कारी र आत्मधर्मी बन्नु हुँदैन, र अरूका विचारहरू अझ धेरै सुन्नुपर्छ भनेर सम्झाउँथे र निर्देशन दिन्थे ताकि मेरो अहङ्कार र आत्मधर्मीपनले मण्डलीको काममा हानि नगरोस्। अहिले, परमेश्वरको वचनले प्रकट गरेको कुराबाट, मैले के बुझेँ भने, म अहङ्कारी र आत्मधर्मी थिएँ अनि मैले सत्यता स्वीकार गरेकी थिइनँ, त्यसकारण अरूको सल्लाह जति नै सही वा मण्डलीको कामको निम्ति फाइदाजनक भए पनि, म जिद्दी भएर आफ्नै विचारहरूमा अल्झिरहेँ। यदि कसैले सत्यता सिद्धान्तहरूबारे सङ्गति गरे वा सुझाव दिए भने, म तिनीहरूलाई मन पराउँदिनथिएँ र विरोध गर्थेँ। मेरो खुलासा गर्ने जोकोहीलाई म घृणा गर्थेँ र सहन सक्दिनथिएँ। यसले मलाई मसँग सत्यतालाई घृणा र तिरस्कार गर्ने ख्रीष्टविरोधी स्वभाव छ भन्ने देखायो। मेरा ती दुई सिस्टरले मलाई सुरुमा नै मैले छनौट गरेकी अनुपयक्त अगुवाबारे सम्झाएका थिए, डरको कारण मैले दुष्ट व्यक्तिलाई मण्डलीमा हानि पुऱ्याउन दिएँ, र पनि मैले तिनीहरूको सल्लाह सुन्दै सुनिनँ र जिद्दी हुँदै आफ्नै दृष्टिकोणहरूलाई जोड दिएँ। अहिले ती दुई सिस्टरलाई उप्रान्त मेरो पदद्वारा विवश पारिएको महसुस भएन, र तिनीहरूले मेरो खुलासा गर्न र मेरा समस्याहरूबारे रिपोर्ट गर्न पत्र लेखे। तिनीहरूले मण्डलीको कामको रक्षा गर्न यसो गरेका थिए, तर यसले मेरो निम्ति चेतावनीको पनि काम गर्यो। तैपनि मैले त्यसलाई स्वीकार गर्ने, वा आत्मा समीक्षा गर्ने वा आफूलाई चिन्ने प्रयास त गरिनँ नै, त्यसका साथै आफ्नो मनमा तिनीहरूलाई तिरस्कार र इन्कार गरेँ, अनि तिनीहरूले मेरो विरुद्धमा केही गर्ने प्रयास गरेको हुन सक्ने ठान्दै तिनीहरूलाई आलोचना गरेँ र दोष दिएँ। के मेरो यो मनोवृत्ति सत्यतालाई तिरस्कार र घृणा गर्ने नै थिएन र? मलाई परमेश्वरको वचनको एउठा खण्ड याद आयो: “तिमीहरूलाई सत्यताप्रति अरुचि राख्नेहरू कस्ता मानिस हुन् भन्ने लाग्छ? के तिनीहरू परमेश्वरलाई प्रतिरोध र विरोध गर्ने मानिसहरू हुन्? तिनीहरूले खुल्लमखुल्ला परमेश्वरको प्रतिरोध नगर्लान्, तर तिनीहरूको प्रकृति सार भनेकै परमेश्वरलाई इन्कार र प्रतिरोध गर्नु हो, जुन परमेश्वरलाई खुलस्त यसो भन्नुसरह हो, ‘मलाई तपाईंको कुरा सुन्न मन लाग्दैन, म यस्तो कुरा स्वीकार गर्दिनँ, र मैले तपाईंका वचनहरूलाई सत्यता हुन् भनेर स्वीकार नगर्ने हुनाले, म तपाईंमा विश्वास गर्दिनँ। मेरो लागि जो फाइदाजनक र लाभदायक हुन्छ म त्यसैलाई विश्वास गर्छु।’ के यो गैरविश्वासीहरूको मनोवृत्ति होइन र? यदि सत्यताप्रति तेरो मनोवृत्ति यस्तो छ भने, के तँ खुलेआम परमेश्वरप्रति शत्रुवत भइरहेको हुँदैनस् र? अनि, यदि तँ खुलेआम परमेश्वरप्रति शत्रुवत छस् भने, के परमेश्वरले तँलाई मुक्ति दिनुहुनेछ र? दिनुहुनेछैन। परमेश्वरलाई इन्कार र विरोध गर्ने सबैप्रति परमेश्वरले क्रोध गर्नुको कारण यही हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य पूरा गर्नका लागि, सत्यता बुझ्नु नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ)। परमेश्वर भन्नुहुन्छ, सत्यताप्रतिको हाम्रो मनोवृत्ति नै उहाँप्रतिको हाम्रो मनोवृत्ति हो, त्यसकारण सत्यतालाई घृणा र तिरस्कार गरेर, के मैले परमेश्वरलाई तिरस्कार गरिरहेकी र उहाँलाई शत्रु ठानिरहेकी थिइनँ र? त्यो त शैतानी स्वभावलाई पूर्णरूपले प्रकट गर्नु थियो! सत्यतालाई घृणा गर्नेहरू दुष्कर्मी, दियाबलस र शैतान हुन्! यदि मेरा ब्रदर-सिस्टरहरूले दिएको सल्लाह पवित्र आत्माको अन्तर्दृष्टिबाट आएको हो, सत्यता अनुरूप छ, मण्डलीको काममा फाइदा पुर्याउँछ, तैपनि म अत्यन्तै अहङ्कारी र आत्मधर्मी बनेँ, मैले खोजी, स्वीकार र समर्पण गरिनँ भने, म पवित्र आत्माको अन्तर्दृष्टिविरुद्ध गइरहेकी, र परमेश्वरको प्रत्यक्ष विरोध गरिरहेकी थिएँ। यो कुरा बुझेपछि, मलाई झनै डर लाग्यो, किनभने मेरो समस्या एकदमै गम्भीर छ भन्ने मलाई थाहा थियो। यो मैले सोचेको जस्तो केही हदसम्म अहङ्कारी र आत्धर्मी बन्नु र अरूको सल्लाह स्वीकार नगर्नु जस्तो सामान्य कुरा थिएन। यो समस्यामा पवित्र आत्मा र परमेश्वरप्रतिको मेरो मनोवृत्ति साथै परमेश्वरप्रतिको मेरो प्रतिरोध समावेश थिए।
पछि, मेरा अगुवाले पनि मलाई यस विषयमा विश्लेषण गरे, र भने, “तपाईंले दुष्कर्मीलाई बढुवा गर्नुहुँदा, अरूले त्यस व्यक्तिमा गम्भीर समस्याहरू छन् भनी तपाईंलाई सम्झाएका थिए, तर तपाईंले सुन्नुभएन, र आफ्नै दृष्टिकोणहरूमा मात्रै भरोसा गर्नुभयो। यदि तपाईंका दृष्टिकोण परमेश्वरको वचनमा आधारित छन् भने, तपाईंले आफूलाई भरोसा गर्न सक्नुहुन्छ। तर यदि आधारित छैनन्, ती तपाईंका आफ्नै निरर्थक धारणा हुन् भने, आफूप्रतिको तपाईंको भरोसा तपाईंको मानवतामा भएको समस्या हो। तपाईंले सिद्धान्तअनुसार काम गर्नुभएन, तपाईंमा निष्पक्षताको बोध छैन। तपाईं विवेकहीन र अव्याहारिक हुनुभयो।” मेरो अगुवाको सङ्गति सुनेपछि, म मर्माहत बनेँ। साँचो हो, ममा अहङ्कारी र आत्मधर्मी स्वभाव मात्रै थिएन, तर मेरो मानवतामा पनि समस्याहरू थिए, र मैले मानिसहरूलाई उचित व्यवहार गर्न सकिनँ। मैले कसैलाई छनौट गरेर प्रयोग गर्ने योजना बनाएपछि, तिनीहरूलाई अरूले गरेको आलोचना स्वीकार गरिनँ, विशेष गरी यदि सुझाव दिने मानिसहरू मैले तुच्छ ठानेका वा बर्खास्त गरिएका व्यक्ति हुन् भने मैले उनीहरूको कुरा सुनिनँ। मैले नाक खुम्च्याएँ र तिनीहरूको सल्लाहलाई ध्यान दिइनँ। आफ्नो काम राम्ररी नगरेकोमा बर्खास्त गरिएकाहरूले कुनै पनि राम्रो सल्लाह दिन सक्दैनन् भन्ने मलाई लागेको थियो। मैले आफ्नो मनमा, ती दुई सिस्टरलाई पूर्णरूपले इन्कार गरेकी थिएँ। म आफ्नै मनोभाव र विचारहरूका आधारमा मानिसहरूलाई व्यवहार र छनौट गर्थेँ। मैले मानिसहरूलाई सत्यता सिद्धान्तअनुसार उचित रूपमा व्यवहार गर्न सकिनँ। यसले मेरो मानवता, चरित्र र स्वभाव सबैमा समस्या थिए भन्ने देखाउँछ। मैले जति धेरै मनन गरेँ, मलाई आफ्नो समस्या उति नै गम्भीर लाग्यो। मेरो अहङ्कार र आत्मधर्मीपनको कारण, मैले मण्डलीको महत्त्वपूर्ण कामबारे मेरा सिस्टरहरूले दिएको सल्लाह सुनिनँ, जसले गर्दा मण्डलीमा धेरै हानि पुग्यो। मैले परमेश्वरमा विश्वास गर्ने क्रममा, यो एउटा थप दुष्कर्म, एउटा थप कलङ्क थियो। मलाई असाध्यै अशान्त र ग्लानि महसुस भयो, र किन मैले सधैँ अनजानमा नै दुष्ट काम गरेँ र परमेश्वरको विरोध गरेँ भनेर सोच्न थालेँ। मूल कारण के थियो? परमेश्वरको वचनले मलाई यसको उत्तर दियो। परमेश्वर भन्नुहुन्छ: “यदि तैँले आफ्नो हृदयमा साँच्चै सत्यतालाई बुझ्छस् भने, सत्यता अभ्यास गर्न र परमेश्वरमा समर्पित हुन जान्नेछस् अनि तँ सत्यताको पछि लाग्ने मार्गमा स्वाभाविक रूपले हिँड्नेछस्। यदि तँ हिँड्ने मार्ग सही र परमेश्वरका अभिप्रायअनुरूप छ भने, पवित्र आत्माको कामले तँलाई त्याग्नेछैन—यस अवस्थामा तैँले परमेश्वरलाई धोका दिने सम्भावना कमभन्दा कम हुँदै जानेछ। सत्यताविना दुष्टता गर्न सजिलो हुन्छ, र तैँले नचाहँदा नचाहँदै पनि त्यो गर्नेछस्। उदाहरणका लागि, यदि तँमा अहङ्कारी र अभिमानी स्वभाव भएको भए, परमेश्वरको प्रतिरोध नगर भनेर भनिँदा कुनै फरक पर्ने थिएन, किनभने तैँले आफूलाई नियन्त्रण गर्न सक्ने थिइनस्—यो तेरा लागि अनायासै हुने कुरा हुनेथियो। तैँले जानाजानी त्यसो गर्ने थिइनस्; तैँले आफ्नो अहङ्कारी र अभिमानी प्रकृतिको प्रभुत्वमा परेर त्यसो गर्ने थिइस्। तेरो अहङ्कार र अभिमानले तँलाई परमेश्वरलाई हेयको नजरले हेर्न र उहाँलाई बेवास्ता गर्न लगाउनेथ्यो; तिनले तँलाई आफूलाई उच्च पार्नतिर प्रवृत्त गर्नेथिए, र तँलाई हरेक मोडमा आफूलाई प्रदर्शन गर्ने तुल्याउनेथिए; तिनले तँलाई अरूलाई हेयको नजरले हेर्न लगाउनेथिए, र तेरो हृदयमा आफूबाहेक अरू कसैलाई नराख्न लगाउनेथिए; तिनले तेरो हृदयबाट परमेश्वरको स्थान खोस्नेथिए, र अन्ततः तँलाई परमेश्वरको स्थानमा बस्न र मानिसहरूलाई तँप्रति समर्पित हुन माग गर्न लगाउनेथिए, र तँलाई आफ्नै विचार, सोच, र धारणाहरूलाई सत्यताका रूपमा पुज्न लगाउनेथिए। आफ्नो अहङ्कारी र अभिमानी प्रकृतिको वशमा पर्ने मानिसहरूले कति धेरै खराबी गरेका छन्!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ)। यो साँचो कुरा थियो। म अत्यन्तै अहङ्कारी र अव्यावहारिक थिएँ। म आफू ठीक छु भनेर सधैँ सोच्थेँ, मानौं मेरा दृष्टिकोण र विचार सत्यता हुन्, र मैले अरूलाई मेरो बारेमा प्रश्न उठाउन दिँदिनथिएँ, फरक सुझाव दिन लगाउनु त परको कुरा थियो। उदाहरणको लागि, अगुवा छनौट गर्ने विषयमा, परमेश्वरको घरले स्पष्ट रूपमा नै दुष्ट र छली मानिसहरूलाई अगुवाको रूपमा चयन गर्न सकिँदैन भनेर बताएको छ। यसो गर्नु निषेधित छ, र यो अत्यन्तै गम्भीर मामिला हो। मेरा दुई सिस्टरले झाङ्गमा कमजोर मानवता छ भनेर सम्झाउँदा, मैले यसबारे एक-दुई जनालाई मन नलागी-नलागी सोधेँ, र त्यहीमाथि मेरो व्यक्तिगत धारणाहरूको कारण, मैले तिनीहरूको सल्लाह आँखा चिम्लेर इन्कार गरेँ। मैले सत्यता बुझेका ब्रदर-सिस्टरहरूलाई सल्लाह मागिनँ, न त मैले कमजोर मानवता भएका र दुष्कर्मीको सार भएको व्यक्तिबीचको भिन्नता नै स्पष्ट पारेँ, न त झाङ्गले अरूसँग सहकार्य गर्न नसक्नुको निश्चित कारणबारे पत्ता लगाउने प्रयास नै गरेँ—यो समस्या कि चाहिँ एउटा भ्रष्ट स्वभाव थियो वा एउटा दुष्ट मानवता थियो। यदि यो, भ्रष्ट स्वभावसँग सम्बन्धित मामिला थियो र उनले सत्यता स्वीकार गर्न सक्थिन् भने, उनी परिवर्तन हुनेथिइन् र उनलाई दुष्ट व्यक्तिको रूपमा परिभाषित गर्न सकिँदैनथियो। यदि उनी सत्यतालाई घृणा र तिरस्कार गर्ने दुष्ट मानवता भएकी व्यक्ति थिइन् भने, उनी दुष्कर्मी थिइन्। उनले गरेका दुष्कर्मका निम्ति उनलाई जसरी निराकरण गरिए पनि, उनले त्यसलाई स्वीकार गर्नेथिइनन्, न त कहिल्यै सच्चा पश्चात्ताप नै गर्नेथिइन्। यदि मैले त्यो बेला सत्यता खोजी गरेर दुष्कर्मीहरूका सार र विशेषताको आधारमा झाङ्गको ठेट व्यवहारलाई मूल्याङ्कन गरेकी भए, मैले उनीबारे केही बुझ्नेथिएँ, उनलाई प्रयोग गर्न जोड दिनेथिइनँ, र मण्डलीमा त्यस्तो हानि पुऱ्याउनबाट बच्न सक्नेथिएँ। त्यसबाट आएका परिणामहरू म अत्यन्तै अहङ्कारी भएर सत्यता खोजी नगरेको कारणले नै भएको थियो। यदि ममा परमेश्वरप्रति अलिकति डर र आज्ञाकारीता भएको भए, मैले त्यति ठूलो गल्ती वा त्यस्तो दुष्ट कार्य गर्नेथिइनँ। तर म अहङ्कारी र आत्मधर्मी बनेकी थिएँ, अनि अगुवा चयन गर्ने यो गम्भिर मामिलामा, मैले सत्यता खोजेकी थिइनँ, न त आफ्ना सिस्टरहरूका सल्लाह नै सुनेकी थिएँ। मैले दुष्ट व्यक्तिलाई अगुवाको रूपमा चयन गरेकी थिएँ, र मण्डलीको सम्पूर्ण कामलाई ठप्प हुने अवस्थामा पुऱ्याएकी थिएँ। त्यसैले, थुप्रै दाजुभाइ-दिदीबहिनीहरूले कष्ट भोगेका थिए र तिनीहरूको जीवनमा हानि पुगेको थियो, र मैले सुधार्न नसकिने अपराध गरेकी थिएँ। म अत्यन्तै कठोर र जिद्दी भएकी थिएँ। मैले आफूलाई हृदयदेखि नै तिरस्कार गरेँ र धिक्कारेँ। मैले साँचो पश्चात्ताप गर्ने चाहना राख्दै परमेश्वरलाई प्रार्थना गरेँ।
मैले परमेश्वरको वचनको अर्को खण्ड पढेँ र अभ्यासको मार्ग भेटेँ। परमेश्वर भन्नुहुन्छ: “जब तैँले सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने र परमेश्वरलाई घिन लाग्ने कुनै कार्य गर्छस्, तब तैँले कसरी आत्मचिन्तन गर्नु र आफैलाई चिन्ने प्रयास गर्नुपर्छ? जब तँ त्यो कार्य गर्न लागेको थिइस्, के तैँले उहाँसँग प्रार्थना गरिस्? के तैँले कहिल्यै यस्तो विचार गरिस्, ‘के यसरी काम गर्नु सत्यताअनुरूप हुन्छ? यो विषयलाई परमेश्वरको सामु ल्याइयो भने, उहाँले यसलाई कसरी हेर्नुहुनेथियो होला? यदि उहाँले यस विषयमा थाहा पाउनुभयो भने, उहाँ खुसी हुनुहुनेथियो वा दिक्क मान्नुहुनेथियो? के उहाँले त्यसलाई घृणा वा तिरस्कार गर्नुहुनेथियो?’ तैँले यसको खोजी गरिनस्, गरिस् त? अरूले तँलाई सम्झाउँदा पनि, तैँले यो कुनै ठूलो विषय होइन, र यो कुनै पनि सिद्धान्तको विरुद्धमा छैन र यो पाप होइन भन्ने सोचिस्। फलस्वरूप, तैँले परमेश्वरको स्वभावलाई चिढ्याइस् र उहाँमा ठूलो क्रोध उत्पन्न गराइस्, यहाँसम्म कि उहाँले तँलाई घृणासमेत गर्नुभयो। यो मानिसहरूको विद्रोहीपनबाट आउने कुरा हो। त्यसकारण, तैँले सबै कुरामा सत्यताको खोजी गर्नुपर्छ। तैँले पछ्याउनुपर्ने कुरा यही हो। यदि तँ इमानदारीसाथ पहिले नै परमेश्वरको अघि प्रार्थना गर्न आउन सक्छस्, र त्यसपछि परमेश्वरका वचनहरूअनुसार सत्यताको खोजी गर्न सक्छस् भने, तँ गलत हुनेछैनस्। तैँले सत्यता अभ्यास गर्दा अलिअलि विचलन गर्न सक्छस्, तर यस्तो हुन नदिन कठिन नै हुन्छ, र तैँले केही अनुभव प्राप्त गरेपछि सही तरिकाले अभ्यास गर्न सक्नेछस्। तैपनि, तँलाई सत्यताअनुसार कसरी काम गर्ने भन्ने थाहा छ, र पनि तैँले अभ्यास गर्दैनस् भने, यसमा समस्या भनेको तैँले सत्यतालाई मन नपराउनु हो। सत्यतालाई प्रेम नगर्नेहरूले कहिल्यै पनि यसको खोजी गर्नेछैनन्, चाहे तिनीहरूमाथि जेसुकै नै किन आइनपरोस्। सत्यतालाई प्रेम गर्नेहरूसँग मात्रै परमेश्वरको डर मान्ने हृदय हुन्छ, र तिनीहरूले नबुझेका कुनै कुरा भइपरी आउँदा, तिनीहरूले सत्यताको खोजी गर्न सक्छन्। यदि तैँले परमेश्वरका अभिप्राय बुझ्न सक्दैनस् र कसरी अभ्यास गर्ने तँलाई थाहा छैन भने, तैँले सत्यता बुझ्ने कतिपय मानिसहरूसँग सङ्गति गरेर सत्यता खोजी गर्नुपर्छ। यदि तैँले सत्यता बुझ्ने व्यक्तिहरू भेट्टाउन सक्दैनस् भने, तैँले विशुद्ध बुझाइ भएका केही मानिसहरू खोजेर एउटै मन र एउटै हृदयको भएर परमेश्वरसँग प्रार्थना गर्नुपर्छ, परमेश्वरसित खोजी गर्नुपर्छ, परमेश्वरको समय पर्खनुपर्छ, र परमेश्वरले तेरो लागि ढोका खोलिदिनुहुने समयको प्रतीक्षा गर्नुपर्छ। तिमीहरू सबैले सत्यताको तृष्णा, सत्यताको खोजी, र सँगै मिलेर सत्यताको बारेमा सङ्गति गरेसम्म, कुनै दिन तिमीहरूमध्ये कसै न कसैले राम्रो समाधान भेट्टाउन सक्नेछ। यदि तिमीहरू सबैले समाधान उपयुक्त भएको र असल तरिका भएको महसुस गर्यौ भने, यो पवित्र आत्माको अन्तर्दृष्टि र ज्योतिको कारण आएको हुन सक्छ। त्यसपछि तिमीहरूले अझै सही अभ्यासको मार्ग भेट्टाउनको लागि सँगै मिलेर सङ्गति गरिरह्यौ भने, यो अवश्य नै सत्यता सिद्धान्तहरूअनुरूप हुनेछ। आफ्नो अभ्यासमा, तिमीहरूले आफ्नो अभ्यासको तरिका अझै अलि अनुचित छ भन्ने पत्ता लगायौ भने, तिमीहरूले यसलाई तुरुन्तै सुधार गर्नुपर्छ। यदि तिमीहरूले सानो गल्ती गर्यौ भने, परमेश्वरले तिमीहरूलाई दोषी ठहर्याउनुहुनेछैन, किनभने आफूले गर्ने कामप्रति तिमीहरूको अभिप्राय सही हुन्छ, र तिमीहरूले सत्यताअनुरूप अभ्यास गरिरहेका हुन्छौ। तिमीहरू केवल सिद्धान्तहरूका बारेमा अलि अन्योल भएका हुन्छौ र अभ्यासमा सानो गल्ती गरेका हुन्छौ, जुन क्षमायोग्य नै हुन्छ। तर जब धेरैजसो मानिसहरूले कामकुरा गर्छन्, तब तिनीहरूले कल्पना गरे अनुसार ती काम गर्छन्। तिनीहरूले सत्यताअनुसार कसरी अभ्यास गर्ने वा परमेश्वरको अनुमोदन कसरी प्राप्त गर्ने भन्ने विषयमा चिन्तन गर्ने आधारको रूपमा परमेश्वरका वचनहरूलाई प्रयोग गर्दैनन्। बरु, तिनीहरूले आफूलाई कसरी फाइदा पुर्याउने, र अरूलाई कसरी आफूलाई उच्च नजरले हेर्न र आफ्नो श्रद्धा गर्न लगाउने भन्नेबारेमा मात्रै विचार गरिरहेका हुन्छन्। तिनीहरूले पूर्ण रूपमा आफ्नै विचारहरूको आधारमा र आफूलाई सन्तुष्ट पार्नको लागि नै कामकुरा गर्छन्, जुन समस्यापूर्ण कुरा हो। त्यस्ता मानिसहरूले कहिल्यै पनि सत्यता अनुसार कामकुरा गर्दैनन्, र परमेश्वरले तिनीहरूलाई सधैँ घिनाउनुहुनेछ। यदि तँ साँच्चै नै विवेक र समझ भएको व्यक्ति होस् भने, जेसुकै आइपरे पनि, तँ प्रार्थना र खोजी गर्न परमेश्वरको अघि आउन सक्नुपर्छ, तेरा कार्य-व्यवहारका मनसाय र अशुद्धताहरूलाई गम्भीर रूपमा जाँच्न, परमेश्वरका वचनहरू र मापदण्डहरूअनुसार उचित कुरा के हो सो निर्धारित गर्न, र के-कस्ता कामलाई परमेश्वरले मन पराउनुहुन्छ, के-कस्ता कामलाई परमेश्वरले घृणा गर्नुहुन्छ, र के-कस्ता कामलाई परमेश्वरले अनुमोदन गर्नुहुन्छ भनेर बारम्बार मूल्याङ्कन र चिन्तन गर्न सक्नुपर्छ। तैँले यी कुराहरूको बारेमा स्पष्ट नबुझेसम्म बारम्बार मनमा सोचिरहनुपर्छ। यदि कामकुरा गर्नुको पछाडि तेरा आफ्नै मनसायहरू छन् भन्ने तँलाई थाहा भयो भने, तैँले तेरा अभिप्रायहरू के हुन्, यो तँलाई सन्तुष्ट पार्नको लागि हो कि परमेश्वरलाई सन्तुष्ट पार्नको लागि हो, यो तेरो लागि फाइदाजनक छ कि परमेश्वरका चुनिएका मानिसहरूका लागि फाइदाजनक छ, र यसले के-कस्ता परिणामहरू ल्याउँछ भन्नेबारेमा मनन गर्नुपर्छ…। यदि तैँले आफ्ना प्रार्थनाहरूमा यसरी नै अझै खोजी र मनन गरिस्, र सत्यता खोजी गर्न आफैलाई यस्ता धेरै प्रश्नहरू गरिस् भने, तेरो काममा आउने विचलनहरू झन्झन् साना हुँदै जानेछन्। यसरी सत्यताको खोजी गर्न सक्ने मानिसहरू मात्रै परमेश्वरको अभिप्रायलाई ख्याल गर्ने र उहाँको डर मान्ने मानिसहरू हुन्, किनभने यसरी तैँले परमेश्वरका वचनहरूका मापदण्डहरूअनुसार र समर्पित हृदयले खोजी गरिरहेको हुन्छस्, र यसरी तैँले निकाल्ने निष्कर्षहरू सत्यता सिद्धान्तहरू अनुरूप हुनेछन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरको वचनले मलाई अभ्यासका सिद्धान्तहरू प्रदान गर्यो: मैले जे गरे पनि, ममा परमेश्वरको भय मान्ने हृदय हुनैपर्छ, अनि मैले काम गर्नेसम्बन्धी सत्यता र सिद्धान्तहरूलाई खोज्नैपर्छ। विशेष गरी मण्डलीको काम र हितसँग सम्बन्धित मामिलाहरूमा, मैले आफ्नै विचारहरूका आधारमा अन्धाधुन्ध काम गर्नु हुँदैन। अन्यथा, मैले मण्डलीमा गम्भीर हानि गरेपछि वा यसको काममा बाधा पुर्याएपछि, मैले दुष्कर्म गरेकी र परमेश्वरविरुद्ध पाप गरेकी हुनेछु। यसको साथै, मैले मेरा कर्तव्यहरू निर्वाह गर्दा, एकलै निर्णय लिनु हुँदैन, न त आफ्नै तरिकाले कामकुरा गर्नु हुन्छ र निरङ्कुश बन्नु हुन्छ। मैले कामकुराबारे मेरा सहकर्मी ब्रदर-सिस्टरहरूसँग छलफल गर्नैपर्छ, सत्यता बुझ्ने दाजुभाइ-दिदीबहिनीहरूसँग थप खोजी र सङ्गति गर्नैपर्छ, र आफ्नो भन्दा फरक विचारहरूलाई सुन्नैपर्छ। कुनै व्यक्तिसँग हैसियत, विशेष वरदान वा प्रतिभा भए पनि, मैले नम्र भएर तिनीहरूको सल्लाह सुन्नुपर्छ। आफूले नबुझ्ने मामिलाहरूमा, मैले तुरुन्तै मेरा अगुवाहरूको डोऱ्याइ खोज्नुपर्छ, त्यसमा मुछिएका सिद्धान्तहरूमा स्पष्ट हुनुपर्छ, र काम गर्नुअघि सत्यताअनुसार र परमेश्वरलाई नचिढ्याइकन कसरी काम गर्ने सो सिक्नुपर्छ। मैले आफूलाई इन्कार गर्न पनि सिक्नैपर्छ। म कुनै कुरालाई जति सही ठान्छु, उति नै कम त्यसमा टाँसिन सक्छु, अनि त्यो सत्यता सिद्धान्तअनुसार छ कि छैन भनेर मैले खोजी गर्नैपर्छ। यसले अहङ्कार र आत्मधर्मीपनको समस्या समाधान गर्न सक्छ, अनि मलाई दुष्ट काम गर्न र परमेश्वरको स्वभावलाई चिढ्याउनदेखि जोगाउन सक्छ। पहिला मैले आफूलाई चिनेकी थिइनँ, ममा कुनै आत्म-चेतना थिएन र आफूलाई अत्यन्तै भरोसा गर्थेँ। यो पीडादायी विफलतापछि मात्रै मलाई के थाहा भयो भने, आफूलाई भरोसा गर्दा, मैले सम्भवतः गल्ती गर्न सक्छु भन्ने नलाग्दा, र म सही छु भनेर सोच्ने दह्रिलो आधार हुँदा समेत, म गलत मात्र होइन, तर म खतरनाक, निरर्थक, र घृणित रूपमा गलत थिएँ भन्ने कुरा तथ्यहरूले देखाए र यसका परिणामहरू अत्यन्तै भयानक थिए। विगतमा, मैले आफ्नो अहङ्कारको कारण धेरै अपराध गरेँ। त्यो बेला, मलाई आफू सही छु भन्ने लागेको थियो, र कहिलेकहीँ त परमेश्वरका वचनहरूलाई आधारको रूपमा समेत प्रयोग गरेँ। तर पछि, म गलत छु भन्ने कुरा तथ्यहरूले प्रकट गरे, किनभने मैले परमेश्वरको वचन वा सिद्धान्तहरूलाई साँचो अर्थमा बुझेकी थिइनँ। बरु, मैले परमेश्वरको वचनलाई सोचविचार नगरी प्रयोग गरेँ र नियमहरूलाई अन्धाधुन्ध लागू गरेँ। मैले यो कुरा महसुस गरिसकेपछि, ममा सत्यता वास्तविकता रहेनछ, मानिसहरू वा अवस्थालाई राम्ररी बुझ्न सकिनँ, र मेरा कतिपय दृष्टिकोण निरर्थक र हास्यस्पद रहेछ भन्ने कुरा स्वीकार गरेँ। यसको साथै, मेरो क्षमता कमजोर थियो, म निर्बुद्धि थिएँ र कामकुराबारे राम्ररी सोचिनँ वा सत्यतालाई बुझिनँ। मलाई केही धर्मसिद्धान्त मात्रै थाहा थियो र म केही नियमहरू कडाइकासाथ पछ्याउँथेँ। त्यो बेला, आफू पूर्ण रूपमा व्यर्थ, कमजोर र दयनीय रहेछु भनेर म विश्वस्त भएँ, अनि उप्रान्त मैले आफ्नै दृष्टिकोणहरूलाई जोड दिन चाहिनँ।
त्यसपछि, अरूले मेरोभन्दा फरक सुझाव दिँदा, मलाई आफ्नै तरिकामा जोड दिन मन लाग्दा, म यी पीडादायी पाठ सम्झन्छु। मलाई याद छ, मैले निश्चित रूपमा सही ठानेका धेरै दृष्टिकोणहरू सत्यताको आधारमा नाप्दा गलत थिए, र त्यसलाई परमेश्वरले निन्दा गर्नुभएको थियो। म उप्रान्त आफ्नै दृष्टिकोणहरूमा जोड दिदिनँ, र तुरुन्तै अरूका दृष्टिकोण र सल्लाह खोजी गर्छु। कहिलेकहीँ, कामकुराबारे छलफल गर्दा, म अनजानमा अरूका सल्लाह इन्कार गर्छु, तर आफूले के गरेँ भनेर थाहा भएपछि, धेरैजसो मानिसहरूले के विचार गर्छन् भनेर म तुरुन्तै सोधिहाल्छु, ताकि मैले सही सल्लाह स्वीकार नगरेर मण्डलीको काममा हानि नपुगोस्। मैले सही ठानेका मामिलाहरूमा, मलाई उप्रान्त आफै निर्णय गर्ने आँट आउँदैन, र म सचेत रूपमा आफ्ना सहकर्मी ब्रदर-सिस्टरहरूको सल्लाह लिन्छु वा मेरा अगुवाको डोऱ्याइ खोज्छु। यसो गर्दा मलाई अझै सहज महसुस हुन्छ, र निरङ्कुश तरिकाले काम गरेर मण्डलीको काममा हानि पुऱ्याउनदेखि पनि बच्छ। मैले अहिले पनि अझै अहङ्कारी र आत्मधर्मी स्वभाव देखाउन सक्ने भए पनि, त्यो पहिलाको जत्तिको चाहिँ हुँदैन।
म असाध्यै अहङ्कारी र आत्मधर्मी व्यक्ति हुँ। मैले आफूलाई सही ठान्दा, आफूलाई इन्कार गर्न वा अरूका सल्लाह सुन्न गाह्रो हुन्छ। यदि परमेश्वरका वचनहरूको न्याय र प्रकाश, मेरा दाजुभाइ-दिदीबहिनीहरूले गरेका रिपोर्ट र खुलासा, अनि परमेश्वरले मलाई बारम्बार गर्नुभएको खुलासा र निराकरण नभएको भए, मैले आफूलाई कहिल्यै चिन्न र इन्कार गर्न सक्नेथिइनँ। आज मैले गरेको थोरै परिवर्तन, मसित भएको केही समझ र मानव स्वरूप, पूर्ण रूपमा परमेश्वरको अथक कार्यको परिणाम र उहाँका वचनहरूको अन्तर्दृष्टि र मार्गदर्शनको फल हो। मलाई बचाउनुभएकोमा म परमेश्वरलाई हृदयको गहिराइबाट नै धन्यवाद दिन्छु।