635 शैतानको प्रभाव हटाउन परमेश्‍वरको न्याय अनुभव गर

पद १

मानिसले जीवन शैतानको राज्यक्षेत्रमा जिउँछ।

सबै भ्रष्टतामा जिउँछन्।

कसैले आफैलाई शैतानबाट मुक्त गर्न सक्तैन।

फोहोर संसारमा देह, वासना र शैतानको लागि

मूल्य र अर्थरहित लापरवाह जीवन जिउँछन् सबै।


पद २

मानिसले परमेश्‍वरमा विश्‍वास गरेर बाइबल पढेपनि,

शैतानबाट मुक्त हुने सत्यता भेट्टाउन सक्तैन।

युगौँदेखि थोरैले मात्र यो रहस्य बुझेका छन्।

मानिसले शैतान र देहलाई घृणा गरेपनि

त्यसको पकडबाट मुक्त हुन सक्तैन।


पूर्व कोरस १

मानिस अझै शैतानको पासोमा परेको छ।


कोरस

यदि सिद्ध पारिन चाहन्छौ भने,

तिमीले उहाँको काम र

मानिसलाई गर्नुहुने न्यायको महत्व बुझ्नुपर्छ।

के तिमी उहाँको सजाय र न्याय स्वीकार्न सक्षम छौ?

के तिमी पत्रुसको ज्ञान र अनुभव प्राप्त गर्न सक्षम छौ?

यदि उहाँलाई र पवित्र आत्माको कामलाई जान्ने लक्ष्य राख्छौ

र आफ्नो स्वभाव परिवर्तन गर्न खोज्छौ भने,

तिमीसँग सिद्ध पारिने मौका छ।


पद ३

शुद्ध नपारिएमा मानिस फोहोर हुन्छ।

उहाँको सुरक्षामा नभए,

ऊ शैतानको कैदी हो।

उसलाई सजाय दिइएको छैन, न्याय गरिएको छैन भने,

शैतानको अँध्यारो प्रभावबाट उम्कन सक्तैन।


पूर्व कोरस २

मानिसलाई उहाँको सुरक्षा चाहिन्छ।


ब्रिज

तिम्रो विचार र दिमाग धोइएका छैनन् भने,

ती शैतानको हातद्वारा नियन्त्रित छन्।

तिम्रो विचार र दिमाग धोइएका छैनन् भने,

तिम्रो स्वभावमा न्याय गरिएको छैन भने,

तिम्रो पूरै अस्तित्व शैतानको चालवाजीद्वारा नियन्त्रित छ।


कोरस

यदि सिद्ध पारिन चाहन्छौ भने,

तिमीले उहाँको काम र

मानिसलाई गर्नुहुने न्यायको महत्व बुझ्नुपर्छ।

के तिमी उहाँको सजाय र न्याय स्वीकार्न सक्षम छौ?

के तिमी पत्रुसको ज्ञान र अनुभव प्राप्त गर्न सक्षम छौ?

यदि उहाँलाई र पवित्र आत्माको कामलाई जान्ने लक्ष्य राख्छौ

र आफ्नो स्वभाव परिवर्तन गर्न खोज्छौ भने,

तिमीसँग सिद्ध पारिने मौका छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान” बाट परिमार्जित

अघिल्लो: 634 तिमीहरू सुरक्षित छौ किनभने तिमीहरूलाई सजाय दिइएको छ र न्याय गरिएको छ

अर्को: 637 के संसार तिम्रो विश्रामस्थान हो?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्