१. मानवजातिलाई मुक्ति दिनको निम्ति परमेश्‍वरका तीन चरणहरूका काम सम्बन्धी वचनहरू

१. मेरो सम्पूर्ण व्यवस्थापन योजना, छ-हजार-वर्षको व्यवस्थापन योजनामा, तिन चरणहरू छन्, या तिन युगहरू छन्: सुरुवातको व्यवस्थाको युग; अनुग्रहको युग (जुन उद्धारको युग पनि हो); र अन्तिम दिनहरूको राज्यको युग। यी तिन युगहरूमा मेरो कार्य हरेक युगको प्रकृति अनुसारको अन्तर्वस्तु भिन्न-भिन्न छन्, तर प्रत्येक चरणमा यस कार्यले मानिसको आवश्यकताहरूलाई पूरा गर्छ—वा, अझै स्पष्ट रूपमा भन्दा, यो शैतानले त्यो युद्धमा चाल्ने युक्ति अनुसार गरिन्छ जुन युद्ध म त्यसको विरुद्धमा सुरु गर्छु। मेरो कार्यको उदेश्य शैतानलाई पराजित गर्नु हो, मेरो विवेक र सर्वशक्तिमान्‌तालाई प्रकट गर्नु, शैतानको सबै युक्तिहरूलाई उजागर गर्नु, र फलस्वरूप सम्पूर्ण मानव जातिलाई मुक्ति दिनु हो, जो शैतानको अधिकार क्षेत्रभित्र जिउँछन्। यो मेरो विवेक र सर्वशक्तिमान्‌ता देखाउनु, र शैतानको असहनीय उग्रतालाई प्रकट गर्नुको लागि हो; र अझै त्यो भन्दा पनि बढि, यो सृजित प्राणीहरूलाई असल र दुष्टको बीच भेदभाव गर्न अनुमति दिनको लागि हो, यो थाहा दिनको लागि कि म नै सबै थोकको शासक हुँ, यो स्पष्ट रूपमा देखाउन कि शैतान मानव जातिको शत्रु हो, एउटा पतित, एउटा दुष्ट हो, र तिनीहरूलाई असल र दुष्ट, सत्य र झूट, पवित्रता र अपवित्रता, र के महान् हो र के नीच हो सोको बीचको अन्तरलाई पूर्ण निश्चितताका साथ भन्न दिनको लागि हो। यस प्रकारले अज्ञानी मानवजाति मेरो लागि यस कुरामा गवाही दिन सक्षम हुनेछन् कि मानव जातिलाई भ्रष्ट गराउने म होइन, र केवल म—सृष्टिकर्ताले—मात्रै मानवजातिलाई मुक्ति दिन सक्छु, मानिसहरूलाई ती कुराहरू दिन सक्छु जुन कुराको तिनीहरूले आनन्द लिन सक्छन्; र तब तिनीहरूले जान्नेछन् कि म नै सबै थोकको शासक हुँ र शैतान केवल ती प्राणीहरू मध्ये एक हो जसलाई मैले सृजना गरे र पछि मेरो विरुद्धमा खडा भयो। मेरो छ-हजार-वर्ष व्यवस्थापनको योजना तिन वटा चरणहरूमा विभाजित छन्, र सृजित प्राणीहरूलाई मेरो गवाही दिनको लागि, र मेरो इच्छा बुझ्न, र म नै सत्य हुँ भनी जान्नको लागि सक्षम बनाउने प्रभावलाई प्राप्त गर्नको निम्ति म काम गर्दछु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। छुटकाराको युगको कार्यपछाडिको साँचो कथा

२. मानवजातिलाई व्यवस्थापन गर्ने कामलाई तीन भागमा विभाजन गरिएको छ, जसको अर्थ मानवजातिलाई बचाउने कामलाई तीन चरणहरूमा विभाजन गरिएको छ। यी तीन चरणहरूमा संसारलाई सृष्टि गरिएको कार्य पर्दैन, तर व्यवस्थाको युग, अनुग्रहको युग र राज्यको युगका कामका तीन चरणहरू हुन्। संसारलाई सृष्टि गर्ने काम सारा मानवजातिलाई पैदा गर्ने काम थियो। यो मानिसलाई मुक्ति दिने काम थिएन, मानवजातिलाई मुक्ति दिने कार्यसँग यसको कुनै सरोकार छैन, किनभने संसार सृष्टि गर्दा मानवजाति शैतानद्वारा भ्रष्ट पारिएका थिएनन्, त्यसैले मानवजातिको मुक्तिको कार्यलाई अघि बढाउनु आवश्यक थिएन। जब मानवजाति शैतानद्वारा भ्रष्ट भयो तब मात्र मानवजातिलाई मुक्ति दिने कार्य सुरु भयो, त्यसैले मानवजाति भ्रष्ट भएपछि मात्र मानवजातिको व्यवस्थापनको कार्य सुरुवात भयो। अर्को शब्दमा, परमेश्‍वरको मानव व्यवस्थापनको कार्य मानवजातिलाई उद्धार गर्ने कार्यको परिणामस्वरूप प्रारम्भ भयो र यो संसारलाई सृष्टि गर्ने कुराबाट उदय भएन। मानवजातिले भ्रष्ट स्वभाव प्राप्त गरेपछि मात्र व्यवस्थापनको कार्य अस्तित्वमा आयो, त्यसैले मानवजातिलाई व्यवस्थापन गर्ने कार्यमा चार चरणहरू वा चार युगहरूभन्दा पनि तीन भागहरू पर्छन्। परमेश्‍वरले मानवजातिको व्यवस्थापन गर्ने कार्यलाई जनाउने उपयुक्त तरिका यही मात्र हो। जब अन्तिम युगको अन्त आउँछ, तब मानवजातिको व्यवस्थापन कार्यको पूर्ण अन्त आएको हुनेछ। व्यवस्थापन कार्यको समाप्तिको अर्थ सबै मानवजातिलाई उद्धार गर्ने कार्य पूर्ण रूपमा सिद्धिनु र मानवजाति तिनीहरूको यात्राको अन्तमा पुगिसकेको हुनु भन्‍ने हो। सारा मानवजातिलाई मुक्ति दिने कार्यविना मानवजातिको व्यवस्थापनको कार्य अस्तित्वमा रहने थिएन, न त कार्यका तीन चरणहरू नै हुनेथिए। यो त मानवजातिको भ्रष्टताकै कारणले थियो र मानवजाति मुक्तिको तत्काल आवश्यकतामा थियो त्यसकारण परमप्रभुले सृष्टिको काम टुङ्ग्याउनुभयो र व्यवस्थाको युगको काम सुरुवात गर्नुभयो। त्यसपछि मात्र मानवजातिको व्यवस्थापन गर्ने कार्य सुरुवात भयो, जसको अर्थ त्यसपछि मात्र मानवजातिलाई मुक्ति दिने कार्य सुरु भयो भन्‍ने हुन्छ। “मानवजातिको व्यवस्थापन” को अर्थ पृथ्वीमा भर्खरै सृष्टि गरिएका मानवजातिको जीवनको अगुवाइ गर्नु होइन (जसको तात्पर्य, मानवजाति अझै भ्रष्ट भएको थिएन)। बरु, यो त शैतानद्वारा भ्रष्ट पारिएको मानवजातिको मुक्ति हो, जसको तात्पर्य, यो भ्रष्ट मानवजातिलाई रूपान्तरण गर्नु हो। “मानवजातिको व्यवस्थापन” को अर्थ यही हो। मानवजातिलाई मुक्ति दिने कार्यमा संसार सृष्टि गर्ने कुरा पर्दैन, त्यसरी नै मानवजातिलाई व्यवस्थापन गर्ने कार्यमा संसारलाई सृष्टि गर्ने काम पर्दैन, तर यसमा संसारको सृष्टिभन्दा अलग कार्यका तीन चरणहरू मात्र पर्छन्। मानवजातिको व्यवस्थापनको कार्यलाई बुझ्न कार्यका तीन चरणहरूका इतिहासप्रति सजग हुनु आवश्यक हुन्छ—मुक्ति पाउनको निम्ति हरेक व्यक्ति यही कुरामा सजग हुनुपर्छ। परमेश्‍वरको सृष्टिहरू भएको हैसियतले, मानिसलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो भनी तिमीहरूले जान्नुपर्छ र मानवजातिको भ्रष्टताको स्रोत र यसको अलाबा, मानिसको मुक्तिको प्रक्रियालाई तिमीहरूले पहिचान गर्नुपर्छ। यदि तिमीहरूलाई परमेश्‍वरको कृपा पाउने प्रयासमा सिद्धान्तअनुसार काम गर्न मात्र आउँछ, तर परमेश्‍वरले मानिसलाई कसरी मुक्ति दिनुहुन्छ वा मानवजातिको भ्रष्टताको स्रोतको बारेमा थाहा छैन भने, परमेश्‍वरको प्राणी भएको हैसियतले तिमीहरूमा यही कुराको कमी छ। परमेश्‍वरको व्यवस्थापन कार्यको व्यापक क्षेत्रप्रति अनभिज्ञ रहँदा पनि व्यवहारमा उतार्न सकिने ती सत्यताहरूको बुझाइसित मात्र तँ सन्तुष्ट हुनु हुँदैन—यदि यस्तै अवस्था हो भने तँ अत्यन्त कट्टर छस्। कार्यका तीन चरणहरू मानिसलाई व्यवस्थापन गर्ने परमेश्‍वरको कार्य, समग्र ब्रम्‍हाण्डमा सुसमाचारको आगमन, सबै मानवजाति माझ महान्‌ रहस्यका भित्री कथा हुन्, र तिनीहरू सुसमाचार फैलाउने क्रियाको जग पनि हुन्। यदि तँ आफ्नो जीवनसँग सम्बन्धित साधारण सत्यताहरू बुझ्नमा मात्र ध्यान दिन्छस् र सारा रहस्यहरू र दर्शनहरूभन्दा महान्‌ यो कुराबारे केही जान्दैनस् भने त, के तेरो जीवन हेर्नको लागि बाहेक केही कामको नहुने बिग्रेको सामग्रीजस्तो छैन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

३. परमेश्‍वरको ६,००० वर्षको व्यवस्थापनको कामलाई तीन चरणमा विभाजन गरिएको छ: व्यवस्थाको युग, अनुग्रहको युग र राज्यको युग। कामका यी तीन चरणहरू सबै मानव जातिको मुक्तिको लागि हो, भन्नुको तात्पर्य, ती शैतानले गम्भीर रूपमा भ्रष्ट पारेका मानव जातिको मुक्तिको लागि हो। तर परमेश्‍वरले शैतानको विरुद्धमा लडाइँ गर्न सक्‍नुभएको होस् भनेर ती अस्तित्वमा छन्। तसर्थ, जसरी मुक्तिको काम तीन चरणमा विभाजित हुन्छ, त्यसरी नै शैतानसँगको लडाइँ पनि तीन चरणमा विभाजित हुन्छ, र परमेश्‍वरको कामका यी दुई पक्षहरू एकैसाथ सञ्चालन हुन्छन्। शैतानसँगको लडाइँ वास्तवमा मानव जातिको मुक्तिको लागि हो र मानव जातिको मुक्तिको काम सफलतापूर्वक एकै चरणमा पूरा गर्न सकिने कुरा होइन। शैतानसँगको लडाइँ पनि चरणहरू र कालहरूमा विभाजित गरिएको छ, र शैतान विरुद्धको लडाइँ मानिसको आवश्यकता र शैतानले उसलाई कति हदसम्‍म भ्रष्ट बनाएको छ त्यस अनुसार हुन्छ। सायद, जसरी दुई सेनाले एक-अर्कोसँग लड्छ त्यसरी यो लडाइँमा परमेश्‍वरले शैतानको विरुद्धमा हतियार उठाउनुहुनेछ भनी मानिसले आफ्नो कल्‍पनामा विश्‍वास गर्छ । मानिसको बुद्धिले कल्पना गर्न सक्‍ने यही मात्रै हो; यो एक अत्यन्त अस्पष्ट र अवास्तविक विचार हो, तापनि मानिसले यसैमा विश्‍वास गर्दछ। अनि मैले यहाँ मानिसको मुक्ति शैतानसँगको लडाइँको माध्यमद्वारा हुन्छ भनेकोले मानिसले लडाइँ यसरी नै संचालन हुन्छ भनी कल्पना गर्छ। मानिसको मुक्तिको कार्यका तीन चरण छन्, भन्नुको अर्थ शैतानलाई एकै पटकमा सधैँका निम्ति पराजित गर्नका निम्ति त्योसितको लडाइँ तीनवटा चरणमा बाँडिएको छ। तापनि शैतानसँगको लडाइँको सम्पूर्ण कार्यको भित्री सत्यता के हो भने, यसका प्रभावहरू कामको धेरै चरणहरूद्वारा हासिल गरिन्छ: मानिसलाई अनुग्रह प्रदान गर्नु, मानिसको पापबलि हुनु, मानिसका पापहरू क्षमा गर्नु, मानिसलाई जित्नु र मानिसलाई सिद्ध बनाउनु। वास्तवमा, शैतानसँग लडाइँ गर्नु भनेको शैतानको विरुद्ध हतियार उठाउनु होइन, तर मानिसको मुक्ति, मानिसको जीवनको काम र मानिसको स्वभाव परिवर्तन गर्नु हो, यसैले कि उसले परमेश्‍वरको साक्षी दिन सकोस्। शैतानको पराजय यसरी नै हुन्छ। मानिसको भ्रष्ट स्वभावलाई परिवर्तन गरेर शैतानलाई हराइन्छ। जब शैतान पराजित भएको हुन्छ, अर्थात्, जब मानिसले पूर्ण रूपमा मुक्ति पाएको हुन्छ, तब अपमानित भएको शैतान पूर्ण रूपमा बन्धनमा हुनेछ, र यस प्रकार, मानिसले पूर्ण रूपमा मुक्ति पाएको हुनेछ। यसैले, मानिसको मुक्तिको सार भनेको शैतान विरुद्धको लडाइँ हो र त्यो लडाइँ मुख्य रूपले मानिसको मुक्तिमा झल्किन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

४. कार्यको तीन चरणहरूको लक्ष्य सारा मानवजातिको मुक्ति हो—यसको अर्थ शैतानको अधिकार क्षेत्रबाट मानिसको पूर्ण मुक्ति हो। कार्यका हरेक तीन चरणहरूको फरक-फरक उद्देश्य र महत्त्व रहेको भए तापन, ती प्रत्येक नै मानवजातिको मुक्तिको कार्यको हिस्सा हो र ती प्रत्येक मानवजातिको आवश्यक अनुसार गरिने मुक्तिका विभिन्न काम हुन्। तँलाई कार्यका यी तीन चरणहरूबारे स्पष्ट भएपछि, ती कार्यका हरेक चरणको सराहना कसरी गर्ने भन्‍ने कुराप्रति तँ सचेत हुनेछस् र कसरी परमेश्‍वरको इच्छा पूरा गर्ने सो कुरालाई पहिचान गर्नेछस्। यदि तँ यस चरणमा पुग्‍न सक्छस् भने, यी सबैभन्दा महान् दर्शनहरू नै परमेश्‍वरप्रतिको तेरो विश्‍वासको जग बन्नेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

५. यी तीन वटा चरणहरूको कार्यको केन्द्र भनेको मानिसको मुक्ति हो—अर्थात्, सारा सृष्टिलाई सृष्टिकर्ताको आराधना गर्ने बनाउनु हो। तसर्थ, कामको हरेक चरणको ठूलो अर्थ हुन्छ; परमेश्वरले अर्थ वा मूल्य विनाको केही पनि गर्नुहुन्न। एकतर्फ, कामको यो चरणले नयाँ युगलाई प्रारम्भ गर्छ र अघिल्ला दुई वटा युगहरूलाई समाप्त गर्छ; अर्कोतर्फ, यसले सारा मानव धारणाहरू र मानव विश्वास र ज्ञानको सबै पुराना शैलीहरूलाई तोड्छ। अघिल्ला दुई युगहरूको कार्य फरक मानव धारणाहरू अनुसार गरियो; तैपनि, यो चरणले मानव धारणाहरूलाई पूर्ण रूपमा हटाउँछ, जसद्वारा यसले मानवजातिलाई पूर्ण रूपमा जित्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर सारा सृष्टिका प्रभु हुनुहुन्छ

६. यहोवाको कामदेखि लिएर येशूको कामसम्म, र येशूको कामदेखि अहिलेको चरणसम्म, यी तीन चरणले परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन कार्यलाई एउटै लहरमा गाँस्दछ र ती सबै एउटै आत्माको काम हुन्। संसारको सृष्टि भएदेखि नै परमेश्‍वर सधैँ मानव जातिको व्यवस्थापन गर्ने काममा लाग्नुभएको छ। सुरु र अन्त्य उहाँ नै हुनुहुन्छ, पहिलो र अन्तिम उहाँ नै हुनुहुन्छ, र युग सुरु गर्ने उहाँ नै हुनुहुन्छ र युगलाई समाप्त गर्ने पनि उहाँ नै हुनुहुन्छ। विभिन्न युगहरूमा र विभिन्न स्थानहरूमा हुने कार्यका तीन चरणहरू आत्माले गर्नुहुने काम नै हुन् भन्‍ने कुरा स्पष्ट छ। ती तीन चरणहरूलाई अलग गर्ने सबै मानिसहरू परमेश्‍वरकै विरोधमा खडा हुन्छन्। अब, यसले तँलाई पहिलो चरणदेखि आजसम्मका सबै कामहरू एउटै परमेश्‍वरको, एउटै आत्माको काम हो भनी बुझ्न सक्ने बनाउँछ। यस कुरामा कुनै शङ्का छैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

७. कार्यका तीन चरणलाई एउटै परमेश्‍वरले गर्नुभएको थियो; सबैभन्दा ठूलो दर्शन यही नै हो, र परमेश्‍वरलाई चिन्‍ने एउटै मार्ग यही नै हो। कार्यका तीन चरणलाई परमेश्‍वर स्वयम्‌ले मात्र गर्न सक्‍नुहुन्थ्यो, र उहाँको तर्फबाट कुनै पनि मानिसले त्यसो गर्न सक्दैनथियो—भन्‍नुको अर्थ सुरुदेखि आजको दिनसम्‍म परमेश्‍वरले मात्रै उहाँको आफ्‍नो काम गर्न सक्‍नुहुन्थ्यो। परमेश्‍वरको कार्यका तीन चरणहरूलाई फरक-फरक युग र स्थानहरूमा गरिएको भए तापनि, र हरेक चरणको काम फरक भए तापनि, यो सबै एउटै परमेश्‍वरले गर्नुभएको कार्य हो। सबै दर्शनहरूमध्ये, मानिसले जान्‍नुपर्ने सबैभन्दा ठूलो दर्शन यही नै हो, र यदि यसलाई मानिसले पूर्ण रूपमा बुझ्‍न सक्यो भने, ऊ दृढ रूपमा खडा हुन सक्‍नेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

८. कार्यका तीन चरणहरू परमेश्‍वरको समग्र व्यवस्थापनको मर्म हुन् र तिनीहरूमा नै परमेश्‍वरको स्वभाव र उहाँ जे हुनुहुन्छ सो व्यक्ति गरिन्छ। परमेश्‍वरका कार्यका तीन चरणहरू नजान्नेहरूले परमेश्‍वरले उहाँको स्वभाव कसरी व्यक्त गर्नुहुन्छ भन्ने जान्दैनन्, न त तिनीहरूले परमेश्‍वरको कार्यको बुद्धिलाई नै जान्दछन्। उहाँले मानवजातिलाई मुक्ति दिने धेरै तरिकाहरू र समग्र मानवजातिको निम्ति उहाँको इच्छाबारे पनि तिनीहरू अनभिज्ञ नै हुन्छन्। कार्यका तीन चरणहरू मानवजातिलाई बचाउने कार्यको पूर्ण अभिव्यक्ति हुन्। कार्यका तीन चरणहरू नजान्‍नेहरू पवित्र आत्माको कामको विभिन्न विधिहरू र सिद्धान्तहरूबारे अनभिज्ञ हुन्छन् र कार्यको कुनै चरणबाट बाँकी रहेको सिद्धान्तमा नै कठोरतापूर्वक टाँसिरहनेहरू परमेश्‍वरलाई सिद्धान्तमा सीमित पार्ने मानिसहरू हुन् र परमेश्‍वरप्रति तिनीहरूको विश्‍वास अस्पष्ट र अनिश्‍चित हुन्छ। यस्ता मानिसहरूले कहिल्यै पनि परमेश्‍वरको मुक्ति प्राप्‍त गर्नेछैनन्। परमेश्‍वरका कार्यका तीन चरणहरूले मात्र परमेश्‍वरको समग्र स्वभावलाई पूर्ण रूपमा व्यक्त गर्न सक्छ र सारा मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको अभिप्राय साथै मानवजातिको मुक्तिको समग्र प्रक्रियालाई पूर्ण रूपमा व्यक्त गर्न सक्छ। उहाँले शैतानलाई पराजित गर्नुभएको छ र मानवजातिलाई प्राप्‍त गर्नुभएको छ भन्ने कुराको प्रमाण यही हो; यो परमेश्‍वरको विजयको सबुत हो र परमेश्‍वरको सम्पूर्ण स्वभावको अभिव्यक्ति हो। परमेश्‍वरका कार्यका तीन चरणहरूमध्ये एक चरणलाई मात्र बुझ्नेहरूले परमेश्‍वरको आंशिक स्वभावलाई मात्र जान्दछन्। मानिसको धारणामा, यो कार्यको एक चरण सजिलै सिद्धान्त बन्न सक्छ, र मानिसले परमेश्‍वरबारे निर्दिष्ट नियमहरू स्थापित गर्ने र परमेश्‍वरको स्वभावको यही एउटा हिस्सालाई परमेश्‍वरको सम्पूर्ण स्वभावको प्रतिनिधित्वको रूपमा प्रयोग गर्ने सम्भावना हुन्छ। यसको अलाबा, यसभित्र मानसको धेरै कल्पना मिसिन्छ, यहाँसम्‍म कि कुनै समय परमेश्‍वर यस्तो हुनुहुन्थ्यो, अनि उहाँ हरसमय यस्तै रहनुहुनेछ र कहिल्यै परिवर्तन हुनुहुनेछैन भन्ने विश्‍वास गरेर यस्ता मानिसले परमेश्‍वरको स्वभाव, अस्तित्व र बुद्धिलाई साथै परमेश्‍वरको कार्यको सिद्धान्तहरूलाई सीमित मापदण्डहरूभित्र कठोरतापूर्वक कैद गर्छन्। कार्यका तीन चरणहरू जान्‍नेहरूले मात्र परमेश्‍वरलाई पुर्ण रूपमा र सही रूपमा चिन्न सक्छन्। कम्तीमा पनि, तिनीहरूले परमेश्‍वरलाई इस्राएलीहरू वा यहूदीहरूका परमेश्‍वरको रूपमा परिभाषित गर्दैनन् र उहाँलाई मानिसको खातिर सदासर्वदा क्रूसमा टाँगिएको परमेश्‍वरको रूपमा हेर्नेछैनन्। यदि कसैले परमेश्‍वरलाई उहाँको कार्यको एक चरणबाट मात्र चिन्छ भने तिनीहरूको ज्ञान अत्यन्तै सानो र महासागरको एक थोपाभन्दा बढी हुँदैन। होइन भने, धेरै पुरानो धार्मिक रक्षकहरूले परमेश्‍वरलाई किन जीवितै क्रूसमा टाँग्थे? के मानिसले परमेश्‍वरलाई कुनै मापदण्डहरूभित्र सीमित गर्ने गरेकोले होइन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

९. कामका तीन चरणहरू परमेश्‍वरको सम्पूर्ण कामको अभिलेख हो; ती मानवजातिको निम्ति परमेश्‍वरको मुक्तिको अभिलेख हुन् र तिनीहरू काल्पनिक कुरा होइनन्। यदि तँ परमेश्‍वरको सम्पूर्ण स्वभावको ज्ञान खोज्ने इच्छा गर्छस् भने, परमेश्‍वरले गर्नुभएको कार्यको तीन चरणहरूलाई तिमीहरूले जान्नुपर्छ, यसको अलाबा, तिमीहरूले कुनै पनि चरणलाई छोड्नु हुँदैन। परमेश्‍वरलाई चिन्न चाहनेहरूले हासिल गर्नुपर्ने न्यूनतम कुरा यही हो। मानिस स्वयम्‌ले परमेश्‍वरको साँचो ज्ञान निर्माण गर्न सक्दैन। यो मानिस स्वयम्‌ले कल्पना गर्न सक्‍ने कुरा होइन, न त यो कुनै एक जनालाई गरिएको पवित्र आत्माको विशेष कृपाको परिणाम नै हो। बरु, यो त परमेश्‍वरको कामलाई अनुभव गरेपछि मानिसमा आउने ज्ञान हो र यो परमेश्‍वरको कामका तथ्यहरूलाई अनुभव गरेपछि मात्र आउने परमेश्‍वरको ज्ञान हो। यस्तो ज्ञान हतारमा हासिल गर्न सकिँदैन, न त यो सिकाउन सकिने कुरा नै हो। यो पूर्ण रूपमा व्यक्तिगत अनुभवसँग सम्बन्धित कुरा हो। मानवजातिको निम्ति परमेश्‍वरको मुक्ति कार्यका यी तीन चरणहरूको सार हो, तैपनि मुक्तिको कामभित्र परमेश्‍वरको स्वभाव व्यक्त गरिने कामका केही विधिहरू र केही माध्यमहरू समावेश छन्। मानिसले पहिचान गर्नको लागि सबैभन्दा कठिन यही हो र मानिसले बुझ्नको लागि जटिल कुरा यही हो। युगहरूको विभाजन, परमेश्‍वरको कामका परिवर्तनहरू, कामको अवस्थितिमा हुने परिवर्तनहरू, यो कार्यको प्रापकहरूमा आउने परिवर्तन र अरू यस्तै कुराहरू सबैलाई कामको तीन चरणहरूमा समावेश गरिएका छन्। निश्‍चित रूपमा, पवित्र आत्माको काम गर्ने तरिकामा भिन्नता, साथै परमेश्‍वरको स्वभाव, स्वरूप, नाउँ, पहिचान वा अन्य परिवर्तनहरूमा हुने बदलावहरू सबै कार्यको तीन चरणहरूका हिस्सा हुन्। कामको एउटा चरणले एक भागको मात्र प्रतिनिधित्व गर्न सक्छ, र यो निश्‍चित क्षेत्रभित्र सीमित हुन्छ। अन्य पक्षहरूको त कुरै छोडौं, यसले युगहरूको विभाजन वा परमेश्‍वरको काममा परिवर्तनलाई पनि समेट्दैन। यो स्पष्ट तथ्य हो। कामका तीन चरणहरू परमेश्‍वरले मानवजातिलाई मुक्ति दिने कामको पूर्णता हो। मुक्तिको काममा परमेश्‍वरले गर्नुहुने काम र परमेश्‍वरको स्वभावलाई मानिसले जान्नुपर्छ; यो तथ्य विना, परमेश्‍वर सम्‍बन्धी तेरो ज्ञान खोक्रा शब्दहरू बाहेक अरू केही पनि होइन, यो अव्यवहारिक धर्माध्यक्षताभन्दा केही पनि होइन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

१०. परमेश्‍वरको सम्पूर्ण स्वभाव छ हजार वर्षको व्यवस्थापन योजनाको क्रममा प्रकट भएको छ। यो अनुग्रहको युगमा मात्र प्रकट भएको छैन, न त व्यवस्थाको युगमा मात्र प्रकट गरिएको छ, आखिरी दिनहरूमा मात्रै यसलाई प्रकट गरिएको छ भन्‍ने कुरा त परै जाओस्। आखिरी दिनहरूमा गरिएको कार्यले न्याय, क्रोध र सजायलाई प्रतिनिधित्व गर्दछ। आखिरी दिनहरूमा गरिएको कामले व्यवस्थाको युगको वा अनुग्रहको युगको कामको स्थान लिन सक्दैन। यद्यपि, यी तीन चरणहरू एकसाथ जोडिएका छन्, एउटै अस्तित्वमा छन्, र सबै एउटै परमेश्‍वरका काम हुन्। स्वाभाविक रूपमा, यस कामको कार्यान्वयनलाई अलग-अलग युगहरूमा विभाजित गरिएको छ। आखिरी दिनहरूमा गरिएको कामले सबै कुराको अन्त्य गर्दछ; व्यवस्थाको युगमा गरिएको काम सुरुवातको काम थियो; अनि अनुग्रहको युगमा गरिएको काम छुटकाराको काम थियो। छ हजार वर्षको व्यवस्थापन योजनाको कामका दर्शनहरूको कुरा गर्ने हो भने कसैले पनि त्यसको अन्तर्दृष्टि वा समझ प्राप्त गर्न सक्दैन, र यी दर्शनहरू पहेलीहरू नै रहन्छन्। आखिरी दिनहरूमा, राज्यको युगलाई प्रारम्‍भ गर्नका लागि वचनको काम मात्र गरिन्छ, तर यसले सबै युगको प्रतिनिधित्व गर्दैन। आखिरी दिनहरू आखिरी दिनहरूभन्दा बढी केही होइनन्, र परमेश्‍वरको राज्यको युगभन्दा बढी होइन, र तिनले अनुग्रहको युग वा व्यवस्थाको युगलाई प्रतिनिधित्व गर्दैन। यति मात्र हो, कि आखिरी दिनहरूमा, छ हजार वर्षे व्यवस्थापनको योजनाका सबै काम तिमीहरूलाई प्रकट गरिएको छ। यो रहस्यको घुम्टो उठाउनु हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

११. छ हजार वर्षको व्यवस्थापन योजनाको कामलाई तीन चरणमा विभाजन गरिएको छ। कुनै पनि एउटा चरणले मात्र तीनवटा युगको कामको प्रतिनिधित्व गर्न सक्दैन, तर सम्पूर्णको केवल एक भागलाई मात्र प्रतिनिधित्व गर्दछ। यहोवाको नाउँले परमेश्‍वरको सम्पूर्ण स्वभावलाई प्रतिनिधित्व गर्न सक्दैन। उहाँले व्यवस्थाको युगमा आफ्नो काम गर्नुभयो भन्ने तथ्यले परमेश्‍वर व्यवस्थाको अधीनमा मात्र परमेश्‍वर हुन सक्नुहुन्छ भनी प्रमाणित गर्दैन। यहोवाले मानिसका लागि व्यवस्था दिनुभयो र मानिसलाई आज्ञाहरू सुम्पनुभयो र मानिसलाई मन्दिर र वेदीहरू बनाउन लगाउनुभयो; उहाँले गर्नुभएको कामले व्यवस्थाको युगलाई मात्र प्रतिनिधित्व गर्दछ। उहाँले गर्नुभएको कामले परमेश्‍वर मानिसलाई व्यवस्था पालन गर्न लगाउने परमेश्‍वर मात्र हुनुहुन्छ, वा उहाँ मन्दिरमा आउनुहुने परमेश्‍वर हुनुहुन्छ वा उहाँ वेदीको सामने आउनुहुने परमेश्‍वर हुनुहुन्छ भनी प्रमाणित गर्दैन। त्यसो हो भनी भन्‍नु असत्य हुनेथियो। व्यवस्था अन्तर्गत गरिएको कामले केवल एउटा युगलाई मात्र प्रतिनिधित्व गर्न सक्छ। त्यसकारण, यदि परमेश्‍वरले व्यवस्थाको युगमा मात्र काम गर्नुभएको थियो भने, मानिसले परमेश्‍वरलाई निम्नलिखित परिभाषाभित्र सीमित तुल्याउनेथियो, “परमेश्‍वर मन्दिरमा बस्नुहुने परमेश्‍वर हुनुहुन्छ, र परमेश्‍वरको सेवा गर्न हामीले पूजाहारीको पोसाक लगाउनुपर्छ र मन्दिरभित्र प्रवेश गर्नुपर्दछ।” यदि अनुग्रहको युगमा यो काम कहिल्यै नभएको भए र व्यवस्थाको युग अहिलेसम्म जारी नै रहेको भए मानिसले परमेश्‍वर दयालु र प्रेमिलो पनि हुनुहुन्छ भनी जान्ने थिएन। यदि व्यवस्थाको युगमा काम नगरिएको भए, त्यसको साटो अनुग्रहको युगमा मात्र काम भएको भए, परमेश्‍वरले मानिसलाई छुटकारा दिन र मानिसका पापहरू क्षमा गर्न मात्र सक्नुहुन्छ भनेर मात्रै मानिसले जान्नेथिए। मानिसले उहाँ पवित्र र निर्दोष हुनुहुन्छ, र मानिसको खातिर उहाँले आफैलाई बलिदान गर्न र क्रूसमा टाँगिन सक्‍नुहुन्छ भनेर मात्र जान्नेथियो। मानिसले यी सबै कुराहरू मात्र जान्नेथियो, तर अरू केही पनि बुझेको हुनेथिएन। त्यसकारण हरेक परमेश्‍वरको स्वभावको एउटा भागलाई प्रतिनिधित्व गर्छ। व्यवस्थाको युगमा, अनि अनुग्रहको युगमा, र यस वर्तमान चरणमा परमेश्‍वरको स्वभावका कुन-कुन पक्षहरूको प्रतिनिधित्व गरियो भन्ने सम्बन्धमा चाहिँ: जब ती सबै तीन चरणहरूलाई एकट्ठा गरिन्छ, तब मात्र परमेश्‍वरको स्वभावको सम्पूर्णता प्रकट हुन सक्दछ। मानिसले तीन वटै चरणहरूलाई जानिसकेपछि मात्रै उसले यसलाई पूर्ण रूपमा बुझ्‍न सक्छ। यी तीन चरणमध्ये कुनैलाई पनि हटाउन सकिँदैन। तैंले यी तीन चरणको कार्यलाई बुझिस् भने मात्र परमेश्‍वरको स्वभावलाई पूर्ण रूपमा बुझ्नेछस्। परमेश्‍वरले व्यवस्थाको युगमा उहाँको आफ्नो काम पूरा गर्नुभयो भन्ने तथ्यले उहाँ व्यवस्थाको अधीनमा हुनुहुने परमेश्‍वर मात्र हुनुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्दैन, र उहाँले आफ्नो छुटकाराको काम पूरा गर्नुभयो भन्ने तथ्यको अर्थ परमेश्‍वरले मानवजातिलाई सधैँ छुटकारा दिइरहनुहुन्छ भन्ने हुँदैन। यी सबै मानिसका निष्कर्षहरू हुन्। अनुग्रहको युग समाप्त भइसकेपछि, तैंले परमेश्‍वर केवल क्रूसको स्वामित्वमा हुनुहुन्छ र क्रूसले मात्र परमेश्‍वरको मुक्तिलाई प्रतिनिधित्व गर्दछ भन्न सक्दैनस्। त्यसो गर्नु भनेको परमेश्‍वरलाई परिभाषित गर्नु हो। वर्तमान चरणमा, परमेश्‍वरले मुख्य रूपमा वचनको काम गरिरहनुभएको छ, तर तँ परमेश्‍वर मानिसप्रति कहिल्यै कृपालु हुनुभएको छैन र उहाँले सजाय र न्याय मात्र ल्याउनुभएको छ भन्न सक्दैनस्। आखिरी दिनहरूका कामले यहोवाको र येशूका कामलाई साथै मानिसले नबुझेका सबै रहस्यहरूलाई प्रकट गर्दछ, जसले मानवजातिको गन्तव्य र अन्त्य, र मानवजातिको माझमा मुक्तिका सबै काम समाप्त भएको कुरालाई प्रकट गर्दछ। आखिरी दिनहरूमा गरिने कामको यो चरणले सबै कुरालाई समाप्त गर्दछ। मानिसले नबुझेका सबै रहस्यहरू प्रकट गर्नु, मानिसहरूलाई ती कुराहरू गहिरो रूपले बुझ्न दिनु र तिनीहरूका हृदयमा पूर्ण रूपमा स्पष्ट बुझाइ हुन दिनु आवश्यक छ। त्यसपछि मात्र मानवजातिलाई तिनीहरूका प्रकारअनुसार वर्गमा छुट्ट्याउन सकिन्छ। छ हजार वर्षको व्यवस्थापन योजना पूरा भएपछि मात्र मानिसले पूर्ण रूपमा परमेश्‍वरको स्वभावलाई बुझ्न सक्नेछ, किनकि त्यस बेला उहाँको व्यवस्थापन योजना अन्त्य भएको हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

१२. आजको कार्यले अनुग्रहको युगको कार्यलाई अगाडि बढाएको छ; अर्थात्, सम्पूर्ण छ हजार वर्षे व्यवस्थापन योजनाको कार्य अघि बढेको छ। अनुग्रहको युग समाप्त भइसकेको भए तापनि, परमेश्‍वरको काममा प्रगति भएको छ। कामको यो चरण अनुग्रहको युग र व्यवस्थाको युगको जगमा स्थापित छ भनेर म बारम्‍बार किन भन्छु? किनभने आजको दिनको काम अनुग्रहको युगमा गरिएको कामको निरन्तरता हो, र व्यवस्थाको युगमा गरिएको कार्यको वृद्धि हो। तीन चरणहरू कसिलो गरी एक-अर्कासँग सम्‍बन्धित छन्, यो साङ्‍लाको हरेक जोडन अर्कोसँग राम्ररी जोडिएको छ। कार्यको यो चरण येशूले गर्नुभएको काममा निर्माण हुन्छ भनेर म किन भन्छु? यो चरण येशूले गर्नुभएको काममा निर्माण भएन भन्‍ने मान्यता राख्दा, यो चरणमा क्रूसीकरणको अर्को घटना घट्ने थियो, र अघिल्‍लो चरणको उद्धारको काम फेरि गरिनुपर्नेथियो। यो अर्थहीन हुनेथियो। त्यसकारण काम पूर्ण रूपमा पूरा भएको होइन, तर युग अघि बढेको छ र कामको स्तर पहिलेको भन्दा माथि उठेको छ। कामको यो चरण व्यवस्थाको युगको जगमा र येशूको कार्यको चट्टानमा निर्माण गरिएको छ भनेर भन्‍न सकिन्छ। परमेश्‍वरको कार्य एकपछि अर्को चरण गर्दै निर्माण हुन्छ, र यो चरण नयाँ सुरुवात होइन। कार्यका तीन वटा चरणहरूको संयोजनलाई मात्रै छ हजार वर्षे व्यवस्थापन योजनाको रूपमा लिन सकिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्

१३. तीन चरणहरूमध्ये कुनै पनि एउटा चरणलाई सबै मानवजातिले जान्‍नैपर्ने एक मात्र दर्शनको रूपमा लिन सकिँदैन, किनभने मुक्तिको कामको सम्पूर्णता कार्यका तीन चरण हुन्, तीमध्ये एउटा चरण मात्रै होइन। जबसम्‍म मुक्तिको काम पूरा हुँदैन, तबसम्‍म परमेश्‍वरको व्यवस्थापन पूर्ण समाप्तिमा पुग्‍न सक्‍नेछैन। परमेश्‍वरको अस्तित्व, उहाँको स्वभाव, र उहाँको बुद्धिलाई मुक्तिको कामको सम्पूर्णतामा व्यक्त गरिन्छ; मानिसलाई ती सुरुमा नै प्रकट गरिँदैन, तर मुक्तिको काममा क्रमिक रूपमा व्यक्त गरिएको छ। मुक्तिको कामको हरेक चरणले परमेश्‍वरको स्वभावको भाग, र उहाँको अस्तित्वको भागलाई व्यक्त गर्छ; कामको हरेक चरणले प्रत्यक्ष रूपमा र पूर्ण रूपमा परमेश्‍वरको अस्तित्वको सम्पूर्णतालाई व्यक्त गर्न सक्दैन। त्यसैले, कार्यका तीन चरण पूरा गरिसकिएपछि मात्रै मुक्तिको कामलाई पूर्ण रूपमा समाप्त गर्न सकिन्छ, त्यसकारण परमेश्‍वरको सम्पूर्णता सम्‍बन्धी मानिसको ज्ञानलाई परमेश्‍वरको कार्यका तीन चरणहरूबाट अलग गर्न सकिँदैन। कामको एउटा चरणबाट मानिसले प्राप्त गर्ने कुरा भनेको उहाँको कामको एउटा भागमा व्यक्त गरिने परमेश्‍वरको स्वभाव मात्रै हो। पहिलेको वा पछिको चरणहरूमा व्यक्त गरिने स्वभाव र अस्तित्वलाई यसले प्रतिनिधित्व गर्न सक्दैन। किनभने मानवजातिलाई मुक्ति दिने कामलाई एउटै समयको अवधिमा, वा एउटै स्थानमा सीधै समाप्त गर्न सकिँदैन, तर यो फरक-फरक समय र फरक-फरक स्थानमा मानिसको विकासको स्तर अनुसार क्रमिक रूपमा गहिरो-गहिरो बन्दै जान्छ। यो चरण-चरणमा अघि बढाइने कार्य हो, र यसलाई एउटै चरणमा पूरा गरिँदैन। त्यसकारण, परमेश्‍वरको सम्पूर्ण बुद्धिलाई एउटै व्यक्तिगत चरणमा होइन, तर तीन चरणहरूमा स्पष्ट गरिन्छ। उहाँको सम्पूर्ण अस्तित्व र उहाँको सम्पूर्ण बुद्धिलाई यी तीन चरणमा प्रस्तुत गरिन्छ, र हरेक चरणमा उहाँको अस्तित्व समावेश हुन्छ, अनि हरेक चरण नै उहाँको कामको बुद्धिको विवरण हो। यी तीन चरणमा व्यक्त गरिने परमेश्‍वरको सम्पूर्ण स्वभावलाई मानिसले जान्‍नुपर्छ। परमेश्‍वरको अस्तित्वको यो सबै कुरा सारा मानवजातिको लागि सबैभन्दा महत्त्वपूर्ण छ, र यदि परमेश्‍वरलाई आराधना गर्दा मानिसहरूमा यो ज्ञान हुँदैन भने, तिनीहरू बुद्धलाई आराधना गर्नेहरूभन्दा फरक हुँदैनन्। मानिसको बीचमा परमेश्‍वरले गर्नुहुने कार्य मानिसबाट लुकेको छैन, र परमेश्‍वरको आराधना गर्ने सबैले यसलाई जान्‍नुपर्छ। परमेश्‍वरले मानिसको बीचमा मुक्तिको कामका तीन चरणलाई अघि बढाइसक्‍नुभएको हुनाले, कार्यका तीन चरणमा मानिसले उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको अभिव्यक्तिलाई जान्‍नुपर्छ। मानिसले गर्नैपर्ने कुरा यही नै हो। मानिसबाट परमेश्‍वरले लुकाउनुहुने कुरा मानिसले हासिल गर्न नसक्‍ने र मानिसले जान्‍नु नपर्ने कुरा हो, जबकी परमेश्‍वरले मानिसलाई देखाउनुहुने कुरा मानिसले जान्‍नुपर्ने, र मानिसमा हुनुपर्ने कुरा हो। कार्यका तीन चरणमध्ये हरेकलाई अघिल्‍लो चरणको जगमा नै अघि बढाइन्छ; यसलाई स्वतन्त्र रूपमा, मुक्तिको कामभन्दा अलग रूपमा अघि बढाइँदैन। गरिने कार्यको युग र प्रकारमा ठूला भिन्‍नताहरू भए तापनि, मूल रूपमा यो मानवजातिको मुक्ति नै हो, र मुक्तिको कामको हरेक चरण अघिल्‍लोभन्दा अझ गहन हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

१४. परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन तीन चरणमा विभाजित छन्, र हरेक चरणमा, मानिसलाई उचित मागहरू गरिन्छ। यसको साथै, युगहरू बितेर जाने र अघि बढ्ने क्रममा, सारा मानवजातिको निम्ति परमेश्‍वरको मागहरू झन्-झन् उच्‍च हुँदै जान्छन्। यस प्रकारले, चरणबद्ध रूपमा, परमेश्‍वरको व्यवस्थापनको यो कार्य यसको शिखरमा पुग्छ, तब मानिसले “वचन शरीरमा देखा पर्नुभएको” तथ्यलाई देख्छ, र यसरी गवाही दिने सम्‍बन्धी मानिसका मागहरू जस्तै, मानिसका मागहरू पनि अझै उच्‍च बन्छ। परमेश्‍वरसँग साँचो रूपमा सहकार्य गर्न मानिस जति सक्षम हुन्छ, उसले परमेश्‍वरलाई त्यति नै महिमित तुल्याउँछ। मानिसको सहकार्य भनेको उसले दिनुपर्ने गवाही हो, र उसले दिने गवाही मानिसको अभ्यास हो। त्यसकारण, परमेश्‍वरको कार्यले पर्याप्त प्रभाव पार्छ कि पार्दैन, र यो साँचो गवाही हुन सक्छ कि सक्दैन भन्‍ने कुरा अपरिहार्य रूपमा नै मानिसको सहकार्य र गवाहीसँग जोडिएका हुन्छन्। जब काम समाप्‍त हुन्छ, भन्‍नुको अर्थ, जब परमेश्‍वरको सबै व्यवस्थापन यसको समाप्तिमा पुग्छ, मानिसले उच्‍च गवाही दिनु आवश्यक हुनेछ, र जब परमेश्‍वरको कार्य यसको समाप्तिमा पुग्छ, मानिसको अभ्यास र प्रवेश यसको शीर्ष विन्दुमा पुग्‍नेछ। विगतमा, मानिसले व्यवस्था र आज्ञाहरू पालन गर्नुपर्थ्यो, र ऊधैर्य र नम्र हुनुपर्थ्यो। आज, मानिसले परमेश्‍वरका सारा प्रबन्धहरूलाई पालन गर्नुपर्छ र उसँग परमेश्‍वरको सर्वोच्‍च प्रेम हुनुपर्छ, र अन्तिममा संकष्टको बीचमा पनि उसले परमेश्‍वरलाई प्रेम गर्नुपर्छ। यिनीहरू परमेश्‍वरले आफ्‍नो सम्पूर्ण व्यवस्थापनमा चरणबद्ध रूपमा मानिसलाई दिनुहुने मागहरूका तीन वटा चरणहरू हुन्। परमेश्‍वरको कार्यको हरेक चरण पछिल्‍लोभन्दा अझै गहन हुन्छ, र हरेक चरणमा मानिसलाई दिइने मागहरू पछिल्‍लोभन्दा अझै गहन हुन्छ, र यसरी, परमेश्‍वरको सम्पूर्ण व्यवस्थापनले आकार लिँदै जान्छ। मानिसलाई दिइएका मागहरू अझै उच्‍च छन् भन्‍ने ठीक त्यही कारणले मानिसको स्वभाव परमेश्‍वरले माग गर्नुभएको मापदण्डहरूको नजिक आउँछ, त्यसपछि मात्रै सारा मानवजाति शैतानको प्रभावबाट तबसम्‍म क्रमिक रूपमा टाढा हुन्छ, जबसम्‍म परमेश्‍वरको काम पूर्ण रूपमा समाप्त हुँदैन, र सारा मानवजाति शैतानको प्रभावबाट बचाइएको हुँदैन। जब त्यो समय आउँछ, तब परमेश्‍वरको काम यसको अन्त्यमा पुगेको हुनेछ, र आफ्‍नो स्वभावमा परिवर्तन हासिल गर्नको लागि त्यस उप्रान्त परमेश्‍वरसँगको मानिसको सहकार्य हुनेछैन, र सारा मानवजाति परमेश्‍वरको ज्योतिमा जिउनेछ, र त्यसपछि, परमेश्‍वरको विरुद्धमा कुनै विद्रोह वा विरोध हुनेछैन। परमेश्‍वरले मानिसबाट मागहरू पनि गर्नुहुनेछ, र मानिस र परमेश्‍वरको बीचमा अझै मैत्रीपूर्ण सहकार्य हुनेछ, जुन एकसाथ मानिस र परमेश्‍वरको जीवन, अर्थात् परमेश्‍वरको व्यवस्थापन पूर्ण रूपमा समाप्त भएपछि, र शैतानका पकडहरूबाट परमेश्‍वरद्वारा मानिसलाई पूर्ण रूपमा बचाइएपछिको जीवन हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

१५. परमेश्‍वरको व्यवस्थापन यस्तै छ: मानवजातिलाई शैतानको हातमा सुम्‍पिने—परमेश्‍वर को हुनुहुन्छ, सृष्टिकर्ता के हो, परमेश्‍वरलाई कसरी आराधना गर्ने, वा परमेश्‍वरमा समर्पित हुनु किन अत्यावश्यक छ सो नजान्‍ने मानवजातिलाई—अनि उसलाई भ्रष्ट तुल्याउन शैतानलाई अनुमति दिने। त्यसपछि चरणबद्ध रूपमा, मानिसले परमेश्‍वरलाई पूर्ण रूपमा आराधना गरेर शैतानलाई इन्कार नगरुञ्जेल, परमेश्‍वरले मानिसलाई शैतानको हातबाट पुन: प्राप्ति गर्नुहुन्छ। परमेश्‍वरको व्यवस्थापन यही हो। यो काल्‍पनिक कथाजस्तो सुनिन सक्छ, र यो अचम्‍मको सुनिन सक्छ। मानिसहरूलाई यो काल्पनिक जस्तो लाग्छ किनभने विगतका हजारौं वर्षको अवधिमा मानिसलाई के भएको छ तिनीहरूलाई त्यसको आभास छैन, ब्रम्‍हाण्ड र आकाश मण्डलमा कति वटा कथाहरू पैदा भए तिनीहरूले त्यो थाहा पाउने कुरा त परै जाओस्।यसको साथै, यसको कारण के हो भने, भौतिक संसारभन्दा बाहिर अझै अचम्‍मको, अझै डरलाग्दो संसार अस्तित्वमा छ, तर जसलाई देख्‍नबाट तिनीहरूलाई आफ्ना मरणशील आँखाले रोक्छ भन्‍ने तिनीहरूले बुझ्‍न सक्दैनन्। मानिसको लागि यो समझले नै नभ्याउने जस्तो लाग्छ किनभने मानवजातिलाई परमेश्‍वरले गर्नुभएको मुक्तिको महत्त्व वा उहाँको व्यवस्थापनको कार्यको महत्त्वलाई मानिसले बुझ्दैन, र आखिरमा मानिस कस्तो भएको परमेश्‍वर चाहनुहुन्छ सो बुझ्दैन। के यो आदम र हव्‍वाजस्तै शैतानद्वारा अत्यन्तै भ्रष्ट गरिनको लागि हो? होइन! परमेश्‍वरको व्यवस्थापनको उद्देश्‍य भनेको परमेश्‍वरलाई आराधना गर्ने र उहाँमा समर्पित हुने मानिसहरूको समूहलाई प्राप्त गर्नु हो। यी मानिसहरू शैतानद्वारा भ्रष्ट तुल्याइएका भए पनि, तिनीहरूले त्यस उप्रान्त शैतानलाई आफ्‍ना पिताका रूपमा हेर्दैनन्; तिनीहरूले शैतानको घिनलाग्दो मुहारलाई पहिचान गर्छन् र यसलाई इन्कार गर्छन्, अनि परमेश्‍वरको न्याय र सजायलाई स्वीकार गर्नको लागि तिनीहरू परमेश्‍वरको सामु आउँछन्। कुरूप के हो र यो कसरी पवित्रको विपरीत छ त्यसलाई, र परमेश्‍वरको महान्‌ता र शैतानको दुष्टतालाई पहिचान गर्न तिनीहरूले जान्दछन्। यस्ता मानवजातिले त्यस उप्रान्त शैतानको निम्ति काम गर्ने, वा शैतानको आराधना गर्ने वा शैतानलाई पवित्र मान्‍ने छैन। यो त्यसैले हो किनभने तिनीहरू परमेश्‍वरले साँच्‍चै प्राप्त गर्नुभएका मानिसहरूका समूह हुन्। मानवजातिलाई व्यवस्थापन गर्ने परमेश्‍वरको कार्यको महत्त्व यही नै हो। यस पटकको परमेश्‍वरको व्यवस्थापनको कार्यको अवधिमा, मानवजाति शैतानको भ्रष्टता र परमेश्‍वरको मुक्ति दुवैको लक्षित पात्र हो, र मानिस त्यो उपज हो जसको लागि परमेश्‍वर र शैतानले लडाइ गरिरहेको छ। परमेश्‍वरले आफ्‍नो काम गर्ने क्रममा, उहाँले मानिसलाई क्रमिक रूपमा शैतानको हातबाट पुन: प्राप्ति गर्दैहुनुहुन्छ, र त्यसकारण मानिस परमेश्‍वरको झन्-झन् नजिक आउँछ …

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ

१६. जब परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन समाप्तितिर आइरहेको हुन्छ, परमेश्‍वरले सबै थोकलाई प्रकार अनुसार वर्गीकरण गर्नुहुनेछ। मानिसलाई सृष्टिकर्ताको हातले बनाएको थियो, र अन्त्यमा उहाँले मानिसलाई उहाँको प्रभुत्वमा पूर्ण रूपमा फर्काउनुपर्छ; कार्यका तीन चरणको निष्कर्ष यही हो। आखिरी दिनहरूको कामको चरण, र इस्राएल र यहूदियामा भएका अघिल्‍ला दुई चरणहरू सम्पूर्ण ब्रह्माण्डमा परमेश्‍वरको व्यवस्थापन योजना हुन्। कसैले पनि यसलाई इन्कार गर्न सक्दैन, र परमेश्‍वरको कार्यको तथ्य यही हो। मानिसहरूले यो कामको धेरै भाग अनुभव गरेका वा देखेका छैनन्, तैपनि तथ्यहरू भनेका तथ्यहरू नै हुन्, र यसलाई कुनै पनि मानिसले खण्डन गर्न सक्दैन। ब्रह्माण्डको हरेक देशमा परमेश्‍वरलाई विश्‍वास गर्ने मानिसहरू सबैले कार्यका तीन चरणलाई स्वीकार गर्नेछन्। यदि तँलाई कामको निश्‍चित चरण मात्रै थाहा छ, तर कामको अरू दुई चरणको बारेमा थाहा छैन भने, विगतमा परमेश्‍वरले गर्नुभएको कामलाई तैँले बुझ्दैनस् भने, तैँले परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन योजनाको बारेमा बोल्‍न सक्दैनस्, र परमेश्‍वर सम्‍बन्धी तेरो ज्ञान एकतर्फी हुन्छ, किनभने परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तैँले उहाँलाई जान्दैनस् वा बुझ्दैनस्, त्यसकारण तँ परमेश्‍वरको साक्षी दिन योग्य छैनस्। यी कुराहरू सम्‍बन्धी तेरो हालको ज्ञान गहन भए पनि वा सतही भए पनि, आखिरमा, तिमीहरूमा ज्ञान हुनैपर्छ, र पूर्ण रूपमा विश्‍वस्त हुनैपर्छ, अनि सबै मानिसहरूले परमेश्‍वरको कार्यको सम्पूर्णतालाई देख्‍नेछन् र तिनीहरू परमेश्‍वरको प्रभुत्वमा समर्पित हुनेछन्। यो कामको अन्त्यमा, सबै धर्महरू एउटै हुनेछ, सबै सृष्टिहरू सृष्टिकर्ताको प्रभुत्वमा फर्किनेछन्,सबै सृष्टिहरूले एउटै साँचो परमेश्‍वरलाई आराधना गर्नेछन्, र सबै दुष्ट धर्महरू कहिल्यै देखा नपर्ने गरी सुन्यतामा पुग्‍नेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

१७. किन कार्यका तीन चरणको बारेमा यसरी निरन्तर उल्‍लेख गर्ने? युगहरू बितेर जाने कार्य, सामाजिक विकास, र प्रकृतिको परिवर्तनशील मुहार यी सबैले कार्यका तीन चरणका परिवर्तनहरूलाई पछ्याउँछन्। मानवजाति परमेश्‍वरको काम अनुसार समयसँगै परिवर्तन हुन्छ, र यो आफै विकास हुँदैन। सबै सृष्टि र हरेक धर्म र सम्प्रदायका सबै मानिसहरूलाई एउटै परमेश्‍वरको प्रभुत्वमा ल्याउनको लागि परमेश्‍वरको कार्यका तीन चरणहरूको बारेमा उल्‍लेख गरिएको हो। तँ जुनसुकै धर्मको भए तापनि, आखिरमा तिमीहरू सबै परमेश्‍वरको प्रभुत्वमा समर्पित हुनेछौ। परमेश्‍वर स्वयम्‌ले मात्रै यो काम गर्न सक्‍नुहुन्छ; यो कुनै पनि धार्मिक प्रमुखले गर्न सक्दैन। संसारमा धेरै मुख्य धर्महरू छन्, र हरेकको आ-आफ्‍नै प्रमुख वा अगुवा छन्, र अनुयायीहरू संसारका विभिन्‍न देश र क्षेत्रहरूमा छरिएका छन्; ठूलो होस् कि सानो होस्, हरेक देशभित्र फरक-फरक धर्महरू हुन्छन्। तैपनि, संसारभरि जति धेरै धर्महरू भए तापनि, ब्रह्माण्डभित्रका सारा मानिसहरू आखिरमा एउटै परमेश्‍वरको अगुवाइमा अस्तित्वमा रहन्छन्, र तिनीहरूको अस्तित्वलाई धार्मिक प्रमुख हरू वा अगुवाहरूले अगुवाइ गर्दैनन्। यसो भन्‍नुको अर्थ के हो भने मानवजाति निश्‍चित धर्मको प्रमुख वा अगुवाद्वारा अगुवाइ गरिएको हुँदैन; बरु, सारा मानवजातिलाई सृष्टिकर्ताले नै अगुवाइ गर्नुहुन्छ, जसले स्वर्गहरू र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुभयो, र जसले मानवजातिलाई पनि सृष्टि गर्नुभयो—तथ्य यही नै हो। संसारमा धेरै मुख्य धर्महरू भए तापनि, तिनीहरू जति नै ठूलो भए तापनि, तिनीहरू सबै सृष्टिकर्ताको प्रभुत्वमुनि अस्तित्वमा रहन्छन्, र तिनीहरू कसैले पनि यो प्रभुत्वको क्षेत्रलाई नाघ्‍न सक्दैनन्। मानवजातिको विकास, सामाजिक प्रगति, प्राकृतिक विज्ञानहरूको विकास—प्रत्येकलाई नै सृष्टिकर्ताको बन्दोबस्तबाट अलग गर्न सकिँदैन, र यो कार्य कुनै पनि निश्‍चित धर्मको प्रमुखले गर्न सक्‍ने कुरा होइन। धार्मिक प्रमुखहरू निश्‍चित धर्मका अगुवाहरू मात्रै हुन्, र तिनीहरूले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैनन्, न त तिनीहरूले स्वर्गहरू र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुहुनेलाई नै प्रतिनिधित्व गर्न सक्छन्। धार्मिक प्रमुखहरूले त्यस धर्मका सबैलाई नेतृत्व गर्न सक्छन्, तर तिनीहरूले स्वर्गहरू मुनिका सबै सृष्टिहरूमाथि हुकुम चलाउन सक्दैनन्—यो विश्‍वव्यापी रूपमा स्वीकार्य तथ्य हो। धार्मिक प्रमुखहरू अगुवाहरू मात्रै हुन्, र परमेश्‍वर (सृष्टिकर्ता) कै दर्जामा खडा हुन सक्दैनन्। सबै थोक सृष्टिकर्ताकै हातमा छ, र आखिरमा तिनीहरू सृष्टिकर्ताकै हातमा फर्कनेछन्। मानवजातिलाई सुरुमा परमेश्‍वरले नै बनाउनुभयो, र धर्म जुनसुकै भए तापनि, हरेक व्यक्ति परमेश्‍वरको प्रभुत्वमा फर्कनेछन्—यो अपरिहार्य छ। सबै थोकका बीचमा परमेश्‍वर मात्रै सर्वोच्‍च हुनुहुन्छ, र सबै सृष्टिहरूका बीचमा रहेका उच्‍च शासक पनि उहाँकै प्रभुत्वमा फर्कनुपर्छ। मानिसको हैसियत जति नै उच्‍च भए तापनि, त्यो मानिसले मानवजातिलाई उचित गन्तव्यमा पुर्‍याउन सक्दैन, र कसैले पनि सबै थोकलाई प्रकार अनुसार वर्गीकरण गर्न सक्दैन। यहोवा स्वयम्‌ले मानवजाति सृष्टि गर्नुभयो र हरेकलाई प्रकार अनुसार वर्गीकरण गर्नुभयो, अनि जब अन्त्यको समय आउँछ, उहाँले सबै थोकलाई प्रकार अनुसार वर्गीकरण गर्दै आफ्‍नो काम अझै पनि आफै गर्नुहुनेछ—परमेश्‍वर बाहेक कसैले पनि यो काम गर्न सक्दैन। सुरुदेखि अहिलेसम्‍म गरिएका कार्यका तीन चरणलाई परमेश्‍वर स्वयम्ले अघि बढाउनुभएको थियो, र एउटै परमेश्‍वरले अघि बढाउनुभएको थियो। कार्यका तीन चरणको तथ्य सारा मानवजातिमाथि रहेको परमेश्‍वरको नेतृत्वको तथ्य, अर्थात् कसैले पनि इन्कार गर्न नसक्‍ने तथ्य हो। कार्यका तीन चरणको अन्त्यमा, सबै थोकलाई प्रकार अनुसार वर्गीकरण गरिनेछ र सबै परमेश्‍वरको प्रभुत्वमा फर्कनेछन्, किनभने सम्पूर्ण ब्रह्माण्डभरि यही एक मात्र परमेश्‍वर मात्रै अस्तित्वमा हुनुहुन्छ, र अरू कुनै धर्महरू छैनन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

१८. सायद, मानवजातिलाई कार्यको तीन चरणहरूको अड्को प्रकट गरिँदा परमेश्‍वरलाई चिन्ने प्रतिभाशाली मानिसहरूको एउटा समूह अनुक्रममा देखा पर्नेछ। अवश्य नै, त्यही होस् भन्ने म आशा गर्छु, यसको साथै, म यो काम कार्यान्वयन गर्ने क्रममा छु र निकट भविष्यमा यस्ता धेरै प्रतिभाशाली मानिसहरू देखा परेको देख्ने आशा गर्छु। तिनीहरू कार्यका यी तीन चरणहरूको तथ्यको गवाही दिनेहरू बन्नेछन् र अवश्य नै, तिनीहरू कामको यी तीन चरणहरूको गवाही दिनमा पहिलो पनि हुनेछन्। तर परमेश्‍वरको काम अन्त हुने दिनमा यस्ता प्रतिभाशाली मानिसहरू देखा परेनन् भने वा देहधारी परमेश्‍वरले सिद्ध तुल्याएर व्यक्तिगत रूपमा स्वीकार गर्नुहुने व्यक्ति एक वा दुई जना मात्र भए भने त्योभन्दा अरू कष्टदायी र खेदपूर्ण कुरा केही पनि हुँदैन। तथापि, यो एक खराब घटनाको परिदृश्य मात्रै हो। मामला जेसुकै होस्, उहाँलाई साँचो रूपमा अनुसरण गर्नेले यो आशिष्‌ पाउन सक्छ भन्ने म अझै आशा गर्छु। समयको सुरुवातदेखि नै यस्तो काम कहिल्यै भएको छैन; मानव विकासको इतिहासमा यस्तो कार्य कहिल्यै पनि भएको छैन। यदि तँ परमेश्‍वरलाई चिन्नेहरूमध्ये पहिलो हुन सक्छस् भने, के यो सारा सृष्टिहरू माझ सबैभन्दा उच्च आदरको कुरा हुँदैनथ्यो र? के मानिसहरूमाझ परमेश्‍वरले कदर गर्ने अरू कुनै सृष्टि हुन्थ्यो? यस्तो काम हासिल गर्न सहज छैन, तर अझै अन्तमा इनामको कटनी गर्नेछ। तिनीहरूको लिङ्ग वा राष्ट्रियता जे भए तापनि परमेश्‍वरको ज्ञान हासिल गर्न सक्षम हुनेहरू सबैले अन्तमा परमेश्‍वरको ठूलो सम्मान प्राप्‍त गर्नेछन् र परमेश्‍वरको अधिकार हासिल गर्ने तिनीहरू मात्र हुनेछन्। आजको काम यही हो र भविष्यको काम पनि यही नै हो; ६,००० वर्षको काममा पूरा गरिने अन्तिम र सबैभन्दा उच्च काम यही हो अनि मानिसको हरेक वर्गलाई प्रकट गर्ने कामको तरीका यही हो। मानिसलाई परमेश्‍वर चिन्ने तुल्याउँदा विभिन्न वर्गका मानिसहरूलाई प्रकट गरिन्छ: परमेश्‍वरलाई चिन्नेहरू परमेश्‍वरको आशिष्‌ पाउन र उहाँका प्रतिज्ञाहरू स्वीकार गर्न योग्यका हुन्छन्, जबकी परमेश्‍वरलाई नचिन्नेहरू उहाँको आशिष्‌ प्राप्‍त गर्न र उहाँका प्रतिज्ञाहरू स्वीकार गर्न अयोग्य हुन्छन्। परमेश्‍वरलाई चिन्नेहरू परमेश्‍वरका घनिष्ठ व्यक्तिहरू हुन् र परमेश्‍वरलाई नचिन्‍नेहरूलाई परमेश्‍वरका घनिष्ठ व्यक्तिहरू भनी भन्‍न सकिँदैन; परमेश्‍वरका घनिष्ठ मानिसहरूले उहाँका कुनै पनि आशिष्‌हरू प्राप्‍त गर्न सक्छन्, तर उहाँसँग घनिष्ठ नभएकाहरू उहाँको कामको योग्यका हुँदैनन्। संकष्टहरू, शुद्धीकरण वा न्यायहरू यी सबै अन्तमा परमेश्‍वरको ज्ञान हासिल गर्नको निम्ति नै हुन्, ताकि मानिस परमेश्‍वरको अधीनमा रहन सकोस्। अन्तमा हासिल गरिने एक मात्र प्रभाव यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

१९. जब कार्यका तीन चरण अन्त्यमा पुग्छ, परमेश्‍वरको गवाही दिनेहरूको समूह, परमेश्‍वरलाई चिन्‍नेहरूको समूहलाई निर्माण गरिनेछ। यी मानिसहरू सबैले परमेश्‍वरलाई चिन्‍नेछन् र तिनीहरूले सत्यतालाई अभ्यास गर्न सक्‍नेछन्। तिनीहरूमा मानवता र चेतना हुनेछ, र सबैले परमेश्‍वरको मुक्तिको कार्यका तीन चरणहरूलाई जान्‍नेछन्। यो अन्त्यमा पूरा गरिने काम हो, र यी मानिसहरू ६,००० वर्षको व्यवस्थापन कार्यका उत्कृष्टता हुन्, र शैतानको अन्तिम हारको सबैभन्दा शक्तिशाली गवाही हुन्। परमेश्‍वरको गवाही दिन सक्‍नेहरूले परमेश्‍वरको प्रतिज्ञा र आशिषलाई प्राप्त गर्न सक्‍नेछन्, र तिनीहरू अन्त्यसम्‍मै रहिरहने समूह, परमेश्‍वरको अख्‍तियार पाएको र परमेश्‍वरको गवाही दिने समूह बन्‍नेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

२०. वर्तमानको दिनसम्‍म आफ्‍नो छ हजार वर्षे कामलाई अघि बढाइसकेपछि, परमेश्‍वरले पहिले नै उहाँका धेरै कार्यहरू प्रकट गरिसक्‍नुभएको छ, जसको प्राथमिक उद्देश्‍य भनेको शैतानलाई हराउनु र सारा मानवजातिमा मुक्ति ल्याउनु हो। उहाँले स्वर्गमा भएको सबै कुरालाई, पृथ्वीका सबै कुरालाई, समुद्रका सबै कुरालाई, र पृथ्वीमा भएका परमेश्‍वरका सृष्टिका हरेक अन्तिम वस्तुलाई उहाँको सर्वशक्तिमानता देख्‍न र उहाँका कार्यहरू अवलोकन गर्न दिनको लागि यो मौकाको प्रयोग गरिरहनुभएको छ। मानिसहरूलाई आफ्‍ना सबै कार्यहरू प्रकट गर्न, अनि शैतानलाई हराउने कार्यमा उहाँलाई प्रशंसा गर्न र उहाँको बुद्धिलाई उचाल्‍न तिनीहरूलाई सक्षम गर्नको लागि शैतानमाथिको उहाँका जीतले प्रदान गरेकोमौकाको प्रयोग गरिरहनुभएको छ। पृथ्वीमा, स्वर्गमा, अनि समुद्रमा भएका यावत् थोकले परमेश्‍वरमा महिमा ल्याउँछन्, उहाँको सर्वशक्तिमान्‌ताको प्रशंसा गर्छन्, उहाँका हरेक कार्यको प्रशंसा गर्छन्, र उहाँको पवित्र नाउँलाई पुकार्छन्। शैतानलाई उहाँले हराउनुभएको कुराको प्रमाण यही हो; उहाँले शैतानलाई जित्दैहुनुहुन्छ भन्‍ने कुराको प्रमाण यही हो। अझै महत्त्वपूर्ण कुरा, यो मानवजातिलाई उहाँले दिनुभएको मुक्तिको प्रमाण हो। परमेश्‍वरका सम्पूर्ण सृष्टिले उहाँमा महिमा ल्याउँछ, उहाँले आफ्‍नो शत्रुलाई हराएर विजयको साथ फर्कनुभएकोमा उहाँको प्रशंसा गर्छ, अनि उहाँलाई महान् विजयी राजाको रूपमा उचाल्छ। उहाँको उद्देश्य भनेको शैतानलाई हराउनु मात्रै होइन, त्यही कारणले उहाँले छ हजार वर्षसम्‍म निरन्तर रूपमा काम गर्नुभएको छ। उहाँले मानवजातिलाई मुक्त गर्नको लागि शैतानको हारलाई प्रयोग गर्नुहुन्छ; उहाँका सबै कार्य र उहाँका सारा महिमा प्रकट गर्नको लागि उहाँले शैतानको हारलाई प्रयोग गर्नुहुन्छ। उहाँ महिमित हुनुहुनेछ, अनि स्वर्गदूतहरूका सारा भीडले उहाँका सारा महिमा देख्‍नेछन्। स्वर्गका दूतहरू, पृथ्वीका मानिसहरू, अनि पृथ्वीका सृष्टिका यावत् थोकले सृष्टिकर्ताको महिमा देख्‍नेछन्। उहाँले गर्नुहुने काम यही नै हो। स्वर्ग र पृथ्वीको उहाँको सृष्टि सबैले उहाँको महिमा देख्‍नेछ, अनि शैतानलाई पूर्ण रूपमा हराएपछि उहाँ विजयको साथ फर्कनुहुनेछ, अनि मानवजातिलाई उहाँको प्रशंसा गर्न दिनुहुनेछ, जसद्वारा आफ्‍नो काममा उहाँले दोबर विजय हासिल गर्नुहुनेछ। अन्त्यमा, सारा मानवजाति उहाँद्वारा विजय गरिनेछ, र विरोध गर्ने वा विद्रोह गर्ने जोकोहीलाई उहाँले मेटाउनुहुनेछ; अर्को शब्‍दमा भन्दा, शैतानका स्वामित्वमा हुने सबैलाई उहाँले मेटाउनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्‍ने जान्‍नुपर्छ

अर्को: क. व्यवस्थाको युगको आफ्नो कामको बारेमा परमेश्‍वरको प्रकाश सम्बन्धमा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्