103 मानिसलाई व्यवस्थापन गर्ने काम शैतानलाई पराजित गर्ने काम हो
पद १
परमेश्वरको सब काम, चाहे न्याय होस् वा सजाय,
शैतानतिर निर्देशित छ; मानवलाई मुक्ति दिन, शैतानलाई हराउन।
यसको एउटै लक्ष्य छ: अन्त्यसम्म शैतानसँग लड्नु।
उहाँ विजयी नभई विश्राम गर्नुहुन्न।
पद २
उहाँको काम शैतानतर्फ ताकिएकोले,
र भ्रष्ट तुल्याइएका त्यसको राज्यक्षेत्रमुनि भएकाले,
उहाँले त्यो विरुद्ध लडाइँ नगरी वा त्यसको
मानवसँग सम्बन्ध नतोडी, मानव लिइन सकिने थिएन।
पूर्व कोरस
मानिसलाई शैतानबाट प्राप्त नगरिएको भए,
यसले त्यो पराजित नभएको पुष्टि गर्ने थियो।
कोरस
उहाँको ६००० वर्षे कामको सार
ठूलो रातो अजिङ्गर विरुद्धको लडाइँ हो,
र मानव व्यवस्थापन गर्ने काम
शैतानलाई हराउने काम पनि हो।
पद ३
उहाँले ६००० वर्ष लडाइँ गरी,
उसलाई नयाँ क्षेत्रमा
ल्याउनुभएको छ, जहाँ ऊ स्वतन्त्र हुनेछ।
प्रत्येक चरण मानिसको वास्तविक आवश्यकतासँग मिल्छ,
ताकि उहाँ शैतानलाई हराउनुहोस्।
पूर्व कोरस
मानिसलाई शैतानबाट प्राप्त नगरिएको भए,
यसले त्यो पराजित नभएको पुष्टि गर्ने थियो।
कोरस
उहाँको ६००० वर्षे कामको सार
ठूलो रातो अजिङ्गर विरुद्धको लडाइँ हो,
र मानव व्यवस्थापन गर्ने काम
शैतानलाई हराउने काम पनि हो।
ब्रिज
६००० वर्षे व्यवस्थापनको योजनामा,
पहिलो चरणमा व्यवस्थाको काम गर्नुभयो।
दोस्रो अनुग्रहको युगको काम थियो।
तेस्रो चरणमा मानवलाई विजय गर्नुहुनेछ।
यो काम शैतानले मानिसलाई भ्रष्ट
तुल्याउने हदमा निर्देशित छ।
शैतानलाई हराउनु यो कामको लक्ष्य हो,
र यी तीनै चरण यसकै लागि हुन्।
कोरस
उहाँको ६००० वर्षे कामको सार
ठूलो रातो अजिङ्गर विरुद्धको लडाइँ हो,
र मानव व्यवस्थापन गर्ने काम
शैतानलाई हराउने काम पनि हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु” बाट परिमार्जित