सत्यतालाई बुझिसकेपछि त्यसलाई अभ्यास गर्नुपर्छ

परमेश्‍वरको काम र वचनको उद्देश्य तिमीहरूको स्वभावमा परिवर्तन ल्याउनु हो; उहाँको लक्ष्य तिमीहरूलाई बुझाइ वा ज्ञान प्राप्त गर्न लगाउनु र त्यतिमै सीमित राख्नु होइन। बोध सामर्थ्य भएको व्यक्तिले परमेश्‍वरका वचनहरूको कुरा आउँदा, कुनै कठिनाइ सामना गर्नु पर्दैन, किनभने परमेश्‍वरका धेरैजसो वचन मानिसहरूको भाषामा व्यक्त गरिन्छन् र उहाँ अत्यन्तै स्पष्ट रूपमा बोल्नुहुन्छ। उदाहरणका लागि, परमेश्‍वर तिनीहरूले के बुझेको र अभ्यास गरेको चाहनुहुन्छ भन्‍ने कुरा थाहा पाउन तिनीहरू सक्षम हुन्छन्; यो बोध सामर्थ्य भएको सामान्य व्यक्तिले गर्न सक्नुपर्ने कुरा हो। विशेष गरी, परमेश्‍वरका आजका वचनहरू अझ बढी स्पष्ट र पारदर्शी छन्; मानिसहरूले ख्याल नगरेका धेरैवटा कुरा, साथै मानिसहरूमा हुने सबै प्रकारका स्थिति परमेश्‍वरले औँल्याउनुभएको छ। उहाँका वचनहरू सबै कुरा समेट्ने खालका छन् र पूर्णिमाको ज्योति जत्तिकै प्रस्ट छन्। त्यसैले अब, मानिसहरू धेरैवटा विषयबारे स्पष्ट छन् र तिनलाई बुझ्छन्, तिनीहरूले गर्न बाँकी कुरा भनेको उहाँका वचनहरूलाई व्यवहारमा उतार्नु मात्र हो। सत्यताका सबै पक्षलाई मानिसहरूले विस्तृत रूपमा अनुभव गर्नैपर्छ। मानिसहरूले अझ विशेष रूपमा अन्वेषण र खोजी गर्नुपर्छ, केवल पर्खिरहने र सबै कुरा हातमै थमाइदिऊन् भन्‍ने आशामा बस्ने गर्नु हुँदैन। यदि मानिसहरू त्यसरी नै चलिरहे भने, तिनीहरू सित्तैमा खाने बन्नेछन्। परमेश्‍वरको वचन जान्ने तर त्यसलाई अभ्यास नगर्नेहरू सत्यतालाई प्रेम नगर्ने मानिस हुन् र तिनीहरू अन्ततः हटाइनेछन्। तिमीहरूलाई १९९० को दशकको पत्रुसको शैली सिर्जना गर्न भन्नुको अर्थ तिमीहरू प्रत्येकले परमेश्‍वरको वचन अभ्यास गर्नुपर्छ, आफ्ना अनुभवहरूमा साँचो प्रवेश गर्नुपर्छ अनि अझ बढी र अझ ठूलो अन्तर्दृष्टि प्राप्त गर्न परमेश्‍वरसँग सहकार्य गर्नुपर्छ, जुन तिमीहरूकै जीवनका लागि बढी लाभदायक हुनेछ भन्‍ने हो। यदि तैँले परमेश्‍वरका वचनहरू धेरै पढेको छस् तर तँ शाब्दिक अर्थ मात्र बुझ्छस् र वास्तविक सामनाहरूमार्फत परमेश्‍वरका वचनहरू अनुभव गर्ने प्रयास गर्दैनस् भने, तैँले परमेश्‍वरका वचनहरू जान्नेछैनस् अनि तेरा लागि परमेश्‍वरका वचनहरू जीवन हुनेछैनन्, केवल मृत शब्द हुनेछन्। अनि यदि तँ मृत शब्दहरूमा मात्र अडिग रहन्छस् भने, तैँले न त परमेश्‍वरका वचनहरूको सार समात्न सक्नेछस्, न त उहाँका अभिप्रायहरू नै जान्नेछस्। जब तँ आफ्ना वास्तविक अनुभवहरूमा उहाँका वचनहरू अनुभव गर्छस्, तब मात्र परमेश्‍वरका वचनहरूको आत्मिक अर्थ तँसामु खुल्नेछ। तँ अनुभवमार्फत मात्र धेरैवटा सत्यताको आत्मिक अर्थ बुझ्न र परमेश्‍वरका वचनहरूका रहस्यहरू खोल्न सक्छस्। यदि तँ परमेश्‍वरका वचनहरूलाई व्यवहारमा लागु गर्दैनस् भने, परमेश्‍वरले जतिसुकै स्पष्ट रूपमा बोल्नुभए पनि, तेरो हातमा खोक्रा शब्द र धर्मसिद्धान्तहरू मात्र रहन्छन् र ती नै तेरा धार्मिक प्रावधानहरू बन्छन्। के फरिसीहरूले ठ्याक्कै यही गरेका थिएनन् र? यदि तिमीहरू परमेश्‍वरको वचन अभ्यास र अनुभव गर्छौ भने, यो तिमीहरूका लागि व्यावहारिक बन्छ; यदि तिमीहरू यो अभ्यास गर्न खोज्दैनौ भने, तिमीहरूका लागि परमेश्‍वरको वचन तेस्रो स्वर्गको किंवदन्तीभन्दा बढी केही हुँदैन। वास्तवमा, तिमीहरूका लागि परमेश्‍वरमा विश्‍वास गर्ने प्रक्रिया भनेको उहाँका वचनहरू अनुभव गर्ने र उहाँद्वारा प्राप्त गरिने प्रक्रिया हो। यसलाई अलि प्रस्ट्याउनुपर्दा, परमेश्‍वरमा विश्‍वास गर्नु भनेको उहाँका वचनहरू चिन्नु र बुझ्नु अनि उहाँका वचनहरू अनुभव गर्नु र जिउनु हो; परमेश्‍वरमाथिको तिमीहरूको विश्‍वासको वास्तविकता यही हो। यदि तिमीहरू परमेश्‍वरका वचनहरू अभ्यास गर्ने र सत्यता वास्तविकतामा प्रवेश गर्ने पछ्याइमा नलागी, अनन्त जीवनको आशा मात्र गरेर परमेश्‍वरमा विश्‍वास गर्छौ भने, तिमीहरू सबै मूर्ख हौ। यो त भोजमा गएर स्वादिष्ट परिकारहरूमध्ये कुनै पनि वास्तविक रूपमा नचाखी वा तीमध्ये कुनै पनि नखाई र नपिई केवल तिनलाई हेर्नु र मनमा राख्नुजस्तो हो। के त्यस्तो व्यक्ति मूर्ख हुँदैन र?

परमेश्‍वरका वचनहरूभित्र मानिसहरूमा हुनुपर्ने सत्यताहरू छन्, जुन कुराहरू मानिसहरूका लागि सबैभन्दा बढी लाभदायक र सहयोगी हुन्छन्। ती कुराहरू तिमीहरूको शरीरलाई चाहिने टोनिक र पोषण हुन्, मानिसहरूलाई तिनीहरूको सामान्य मानवता पुनर्स्थापित गर्न मद्दत गर्ने कुरा हुन्, र त्यस्ता सत्यता हुन् जुनद्वारा मानिसहरू सुसज्जित हुनुपर्छ। तिमीहरूले परमेश्‍वरका वचनहरू जति धेरै अभ्यास गर्छौ, तिमीहरूको जीवन त्यति नै छिटो वृद्धि हुनेछ; तिमीहरूले परमेश्‍वरका वचनहरू जति धेरै अभ्यास गर्छौ, सत्यता तिमीहरूका लागि त्यति नै प्रस्ट हुनेछ। तिमीहरूको कद वृद्धि हुँदै जाँदा, तिमीहरूले आत्मिक क्षेत्रका कुराहरू अझ प्रस्ट रूपमा देख्नेछौ, र शैतानमाथि विजय प्राप्त गर्नलाई तिमीहरूसँग अझ बढी शक्ति हुनेछ। तिमीहरूले नबुझेका बढीजसो सत्यता तिमीहरूले परमेश्‍वरका वचनहरू अभ्यास गर्दा प्रस्ट पारिनेछन्। धेरैजसो मानिस परमेश्‍वरका वचनहरूको शाब्दिक पक्ष मात्र बुझेर नै सन्तुष्ट हुन्छन्, र अनुभव गर्न र गहिरो अभ्यासमा जानुभन्दा आफूलाई धर्मसिद्धान्तहरूले सुसज्जित गर्नमा ध्यान केन्द्रित गर्छन्—के त्यो फरिसीहरूको तरिका होइन र? के यसो गरेर कसैले “परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवन बनाउने” भन्‍ने वाक्यांशको वास्तविकता प्राप्त गर्न सक्छ? मानिसहरूको जीवन परमेश्‍वरका वचनहरू अभ्यास गरेर मात्र वृद्धि हुन सक्छ; त्यो ती वचनहरू पढेर मात्र वृद्धि हुँदैन। यदि तँ आफूले परमेश्‍वरका वचनहरू बुझेसम्म आफूसँग जीवन र कद हुने विश्‍वास गर्छस् भने, तेरो बुझाइ टेढो छ। परमेश्‍वरका वचनहरू साँच्चै बुझ्न तब सम्भव हुन्छ जब तैँले सत्यता अभ्यास गर्छस्; तैँले “सत्यता अभ्यास गरेर मात्र यसलाई बुझ्न सकिन्छ” भन्‍ने कुरा बुझ्नैपर्छ। आज, परमेश्‍वरका वचनहरू पढेपछि, तँ परमेश्‍वरका वचनहरूबारे सचेत छु भनेर मात्र भन्न सक्छस्, तर तँ तिनलाई बुझ्छु भनेर भन्न सक्दैनस्। कतिपयले सत्यता अभ्यास गर्न सक्नुअघि व्यक्तिले पहिले सत्यता बुझ्नैपर्छ भन्छन्, तर यो आंशिक रूपमा मात्र सही हो, पूर्ण रूपमा सही होइन। तैँले कुनै निश्चित सत्यता अनुभव नगरेसम्म तँलाई त्यसको ज्ञान हुँदैन। कुनै प्रवचनमा त्यो सत्यताबारे सुन्दा तैँले त्यो बुझेको महसुस गर्नु भनेको त्यसलाई साँच्चिकै बुझ्नु होइन—यो त उक्त सत्यताभित्रको साँचो अर्थ नबुझी त्यसको शाब्दिक पक्षलाई मात्र पक्रिनु हो। सत्यताको बाहिरी तह मात्र जान्नुको अर्थ वास्तवमा तँ सत्यता बुझ्छस् वा तँसँग यसको ज्ञान छ भन्‍ने होइन; सत्यताको साँचो अर्थ यसलाई अनुभव गरेपछि आउँछ। त्यसकारण, जब तँ सत्यता अनुभव गर्छस् तब मात्र तँ यसलाई बुझ्न सक्छस्, र अनुभवमार्फत मात्र तैँले यसका लुकेका पाटोहरू बोध गर्न सक्छस्। आफ्नो अनुभवलाई गहिरो बनाउनु नै सत्यताको मौलिक अर्थ बोध गर्ने, र सत्यताको सार बुझ्ने एक मात्र तरिका हो। त्यसकारण, तँसँग सत्यता हुँदा मात्र तँ संसारभरि स्वतन्त्र रूपमा घुमफिर गर्न सक्षम हुन्छस्। यदि तँसँग सत्यता छैन भने, धार्मिक मानिसहरू धेरैलाई तेरो कुरा मान्न लगाउनु त परै जाओस्—तेरो परिवारका सदस्यहरूले समेत तेरो कुरा मान्नेछैनन्। सत्यताविना तँ उडिरहेको हिउँको कण स्तै हुन्छस्, तर सत्यता हुँदा तँ खुसी र स्वतन्त्र हुन सक्छस्, र कसैले पनि तँलाई आक्रमण गर्न सक्दैन। कुनै सिद्धान्त जतिसुकै बलियो भए पनि, त्यसले सत्यतालाई जित्न सक्दैन। सत्यता साथमा भएपछि, तैँले स्वर्ग र पृथ्वीलाई उल्ट्याउन सक्छस् र पहाड र समुद्रहरू सार्न सक्छस्; सत्यता छैन भने, औँसाहरू समेत तेरो सहरको किल्ला तोडेर भित्र छिर्न सक्छन्। यो एउटा स्पष्ट तथ्य हो।

आज, सत्यताबारे थाहा पाइसकेपछि, तिमीहरूले यसलाई व्यवहारमा लागु गर्न र अझ धेरै सत्यताहरूको साँचो अर्थले आफूलाई सुसज्जित गर्न अति आवश्यक छ। तिमीहरूले साँच्चै हासिल गर्नुपर्ने कुरा यही हो। अरूलाई तेरा वचनहरू पालन गराउन मात्र खोज्नुको सट्टा, तैँले तिनीहरूलाई तेरो अभ्यास पालन गराउनुपर्छ। साँच्चै अर्थपूर्ण कुरा त यो हो। चाहे तँलाई जेसुकै आइपरोस्, चाहे तैँले जोसुकैलाई भेट्, यदि तँसँग सत्यता छ भने मात्र तँ दृढ रहन सक्षम हुनेछस्। परमेश्‍वरका सबै वचनको उद्देश्य मानिसहरूलाई जीवित बनाउनु हो, तिनीहरूलाई मर्न लगाउनु होइन। यदि, परमेश्‍वरका वचनहरू पढेपछि, तँ जीवित हुँदैनस्, बरु मृत नै रहन्छस् भने, तँमा केही खराबी छ। यदि केही समयपछि तैँले परमेश्‍वरका धेरै वटा वचन पढेको छस् र वास्तविकता भएका धेरै वटा प्रवचन सुनेको छस्, तर तेरो मृत अवस्था अझै परिवर्तन भएको छैन भने, यसले तँ सत्यतालाई प्रिय ठान्ने व्यक्ति होइनस्, न त तँ सत्यता पछ्याउने व्यक्ति नै होस् भन्‍ने प्रमाणित गर्छ। यदि तिमीहरूसँग साँच्चै परमेश्‍वरलाई प्राप्त गर्ने पछ्याइमा लाग्ने हृदय भएको भए, तिमीहरूले आफूलाई धर्मसिद्धान्तहरूले सुसज्जित गर्न र अरूलाई उच्च धर्मसिद्धान्तहरूले उपदेश दिनमा ध्यान केन्द्रित गर्नेथिएनौ, बरु यसको सट्टा परमेश्‍वरका वचनहरू अनुभव गर्न र सत्यतालाई व्यवहारमा लागु गर्नमा ध्यान केन्द्रित गर्नेथियौ। के तिमीहरू अहिले यसमै प्रवेश गर्न खोजिरहेको हुनुपर्ने होइन र?

परमेश्‍वरले मानिसमा गर्नुहुने कामको समयसीमा हुन्छ—यदि तैँले उहाँसँग सहकार्य गरिनस् भने के-कस्ता नतिजाहरू आउन सक्छन्? परमेश्‍वरले किन सधैँ तिमीहरूलाई उहाँका वचनहरू बुझेपछि ती अभ्यास गर्न भन्नुहुन्छ? यसले के देखाउँछ भने एकपटक परमेश्‍वरले आफ्ना वचनहरू तिमीहरूलाई प्रकट गर्नुभएपछि, अर्को चरण भनेको तिमीहरूले तिनलाई अभ्यास गर्नु हो। तिमीहरूले यी वचनहरू अभ्यास गर्दै जाँदा, परमेश्‍वरले अर्को चरणको काम गर्नुहुन्छ, त्यो हो तिमीहरूलाई अन्तर्दृष्टि र मार्गदर्शन दिने। कुराहरू यसरी नै पूरा हुन्छन्। परमेश्‍वरका सबै वचनले मानिसहरूलाई जीवनमा वृद्धि हुन मद्दत गर्छन्; तिनमा मानिसहरूलाई विचलित गराउने कुनै तत्त्व हुँदैन, न त मानिसहरूलाई नकारात्मक बनाउने कुनै पाटो नै हुन्छ। तँ परमेश्‍वरका वचनहरू पढेको छु र तिनलाई अभ्यास गरेको छु भन्छस्, तर तैँले अझै पनि पवित्र आत्माबाट कुनै काम प्राप्त गरेको छैनस्। तेरो कुराले बच्चालाई मात्र मूर्ख बनाउन सक्छ। तेरा अभिप्रायहरू सही छन् कि छैनन् भन्‍ने कुरा अरू मानिसहरूलाई थाहा नहुन सक्छ, तर के तँलाई परमेश्‍वरलाई थाहा नहुन सम्भव छ भन्ने लाग्छ? अरूले परमेश्‍वरका वचनहरू अभ्यास गर्दा किन पवित्र आत्माको अन्तर्दृष्टि प्राप्त गर्छन्? तैँले उहाँका वचनहरू अभ्यास गर्दा किन पवित्र आत्माको अन्तर्दृष्टि प्राप्त गर्दैनस्? के परमेश्‍वरसँग दैहिक भावनाहरू हुन सक्छन्? यदि तेरा अभिप्रायहरू साँच्चै ठीक छन् र तँ सहयोगी छस् भने, परमेश्‍वरको आत्मा तेरो साथमा हुनुहुनेछ। कतिपय मानिस सधैँ आफ्नै झण्डा गाड्न चाहन्छन्, तर परमेश्‍वरले तिनीहरूलाई किन उठ्न र मण्डलीको अगुवाइ गर्न दिनुहुन्न? कतिपय मानिस केवल आफ्नो प्रकार्य सम्पादन गर्छन् र आफ्नो कर्तव्य निर्वाह गर्छन्, र तिनीहरूले थाहा पाउनुअघि नै, तिनीहरूलाई परमेश्‍वरले योग्य पाउनुभएको हुन्छ। त्यो कसरी हुन सक्छ? परमेश्‍वरले मानिसको सबैभन्दा भित्री हृदयको छानबिन गर्नुहुन्छ, र सत्यता पछ्याउने मानिसहरूले सही अभिप्रायका साथ पछ्याउनुपर्छ। सच्चा अभिप्राय नभएका मानिसहरू पक्कै पनि दृढ रहन सक्दैनन्। तिमीहरूले पछ्याउनुपर्ने सबैभन्दा आधारभूत कुरा भनेको परमेश्‍वरको वचनलाई तिमीहरूमा प्रभाव पार्न दिनु हो—अर्को शब्दमा भन्दा, तिमीहरूले त्यो अभ्यास गर्दा परमेश्‍वरको वचनको साँचो बुझाइ प्राप्त गर्नु हो। सायद परमेश्‍वरको वचन बोध गर्ने तिमीहरूको क्षमता कमजोर होला, तर तिमीहरूद्वारा उहाँको वचनको अभ्यासमार्फत, उहाँ त्यो कमीलाई निवारण गर्न सक्नुहुन्छ, त्यसैले तिमीहरूले धेरै सत्यता जान्ने मात्र होइन, अझ बढी त तिमीहरूले तिनको अभ्यास गर्नैपर्छ। यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र यसलाई बेवास्ता गर्न सकिँदैन। येशूले आफ्नो साढे तेत्तीस वर्षमा धेरै अपमान र धेरै दुःख सहनुभयो। उहाँले सत्यता अभ्यास गर्नुभएको, सबै कुरामा परमेश्‍वरको इच्छा पालन गर्नुभएको, र परमेश्‍वरका अभिप्रायहरूलाई मात्र ख्याल गर्नुभएकोले गर्दा नै उहाँले यति धेरै दुःख भोग्नुभयो। यदि उहाँले सत्यता जान्नुभएको मात्र थियो तर अभ्यास गर्नुभएको थिएन भने, उहाँ यो दुःखमा पर्नुहुनेथिएन। यदि येशूले यहूदीहरूको शिक्षा पालन गर्नुभएको र फरिसीहरूलाई पछ्याउनुभएको भए, उहाँले दुःख पाउनुभएको हुनेथिएन। तैँले येशूका कार्यहरूबाट थाहा पाउन सक्छस् कि मानिसमा परमेश्‍वरको कामको प्रभाव मानिसको सहकार्यमार्फत हासिल हुन्छ, र यो तिमीहरूले बुझ्नैपर्ने कुरा हो। यदि येशूले सत्यता अभ्यास नगर्नुभएको भए के उहाँले त्यसरी क्रूसमा दुःख पाउनुहुनेथियो? यदि उहाँले परमेश्‍वरका चाहनाहरूअनुसार काम नगर्नुभएको भए के उहाँले त्यस्तो दु:खका साथ प्रार्थना गर्न सक्नुहुन्थ्यो? त्यसकारण, तिमीहरूले सत्यता अभ्यास गर्नका खातिर दुःख भोग्नुपर्छ; व्यक्तिले यस्तै प्रकारको दुःख भोग्नुपर्छ।

अघिल्लो: परमेश्‍वरले मानिसलाई प्रयोग गर्नुहुने सम्बन्धमा

अर्को: मुक्ति पाउने व्यक्ति त्यो हो जो सत्यको अभ्यास गर्न इच्छुक हुन्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्