मुक्ति पाउने व्यक्ति त्यो हो जो सत्यको अभ्यास गर्न इच्छुक हुन्छ

उचित मण्डलीको जीवन हुनुको आवश्यकताको बारेमा प्रवचनहरूमा प्रायजसो उल्लेख गरिन्छ। त्यसो भए किन मण्डलीको जीवन अझै सुधार भएको छैन, र अझै पनि यो उही पुरानो कुरा नै हो? किन त्यहाँ जीवनको पूर्ण नयाँ र फरक तरिका छैन? के नब्बेको दशकको उमेर भएको व्यक्ति बितेको युगको एक सम्राट जस्तै जिउनु सामान्य कुरा हुन सक्छ? मानिसहरूले अहिले खाने र पिउने स्वादिष्ठ कुराहरू विगतका युगहरूमा बिरलै पाइएको थियो, तैपनि मण्डलीको जीवनमा कुनै ठूलो परिवर्तन आएको छैन। यो नयाँ बोतलहरूमा पुरानो दाखमद्य राख्नु जस्तै भएको छ। त्यसोभए, परमेश्‍वरले यति धेरै कुरा भन्नुको के फाइदा हुन्छ? प्रायः स्थानहरूका मण्डलीहरू परिवर्तन भएको छैन। मैले यो मेरो आफ्नै आँखाले देखेको छु, र मेरो हृदयमा यो स्पष्ट छ; मैले आफैले मण्डलीको जीवनको अनुभव नगरेको भए तापनि, मण्डलीका भेलाहरूको अवस्थाको बारेमा मलाई राम्ररी थाहा छ। तिनीहरूले धेरै प्रगति गरेका छैनन्। यो त्यही भनाइमा फर्केर जान्छ—यो पुरानो दाखमद्यलाई नयाँ बोतलहरूमा हाल्नु जस्तै हो। केही परिवर्तन भएको छैन! जब कसैले तिनीहरूलाई गोठालो गरिरहेको हुन्छ, तिनीहरू आगोजस्तै दन्किन्छन्, तर जब तिनीहरूलाई सहायता गर्ने कोही हुँदैन, ती बरफको टुक्राजस्ता हुन्छन्। धेरैले व्यावहारिक थोकहरूको बारेमा कुरा गर्न सक्दैनन्, र अत्यन्तै बिरलै मात्रामा कसैले नेतृत्व गर्न सक्छन्। प्रवचनहरू उत्कृष्ट हुने भए तापनि, कसैले बिरलै प्रवेश पाएका हुन्छन्। परमेश्‍वरको वचनलाई थोरै मानिसहरूले मात्र कदर गर्दछन्। तिनीहरूले परमेश्‍वरको वचन लिँदा आँसु सरि हुन्छन्, त्यसलाई पन्छाउँदा आनन्दित हुन्छन्, र त्यसबाट अलग हुँदा स्वादहीन र चमकहीन बन्छन्। खुलस्त भन्नुपर्दा, तिमीहरू परमेश्‍वरको वचनलाई कदर नै गर्दैनौ, र तिमीहरूले उहाँको आफ्नै मुखबाट बोल्नुभएका वचनहरूलाई सम्पत्तिको रूपमा कहिल्यै हेर्दैनौ। तिमीहरू उहाँको वचन पढ्दा चिन्तित मात्र हुन्छौ, र त्यो कण्ठ गर्दा कठिन महसुस गर्छौ, र जब परमेश्‍वरको वचन लागू गर्ने कुरा आउँछ, तब त्यो घोडाको पुच्छरको कपालले हाते पम्प बाँधेर उखेल्ने कोसिस गर्नु जस्तो हुन्छ—तिमीहरूले जति नै कोसिस गरे पनि, तिमीहरूले पर्याप्त ऊर्जा लगाउन गर्न सक्दैनौ। परमेश्‍वरको वचन पढ्दा तिमीहरू सधैँ उत्साहले भरिन्छौ, तर त्यसलाई अभ्यास गर्दा बिर्सन्छौ। वास्तवमा, यी वचनहरू धेरै होसियारीसाथ बोल्नुपर्छ र धैर्यपूर्वक दोहोऱ्याउनु पर्छ; तर तथ्य के हो भने, मानिसहरूले परमेश्‍वरको वचनलाई सुनेर अभ्यास नगर्नु उहाँको कामका लागि बाधा भएको छ। म यो कुरा उठाउन सक्दिनँ, म यसको बारेमा कुरा गर्न सक्दिनँ। म त्यसो गर्न बाध्य छु; यो होइन कि म अरूका कमजोरीहरू पर्दाफास गर्न पाउँदा आनन्दित हुन्छु। तिमीहरू सोच्छौ, तिमीहरूको अभ्यास लगभग पर्याप्त छ—त्यसोभए के जब प्रकाशहरू शिखरमा हुन्छन्, तब तिमीहरूको प्रवेश पनि पराकाष्ठामा हुन्छ? के यो यति सरल छ? तिमीहरूको अनुभव जुन जगमाथि निर्माण भएको छ त्यसलाई तिमीहरूले कहिल्यै जाँच गर्दैनौ! यस क्षणमा, तिमीहरूका जमघटहरूलाई उचित मण्डलीको जीवन भनेर भन्न पटक्कै मिल्दैन, न त ती कुराले थोरै मात्रामा पनि उचित आत्मिक जीवन नै निर्माण गर्छ। यो त बातचित गर्न र गाउन मन पराउने मानिसहरूको भेला मात्र हो। सही कुरा गर्नु पर्दा, त्यसमा त्यति धेरै वास्तविकता छैन। अझ स्पष्ट भन्नुपर्दा, यदि तैँले सत्यता अभ्यास गर्दैनस् भने, वास्तविकता कहाँ छ? के तँसँग वास्तविकता छ भन्नु घमण्ड होइन र? जसले सधैँ काम गर्दछन् तिनीहरू अहङ्कारी र घमण्डी हुन्छन्, जसले सधैँ आज्ञा पालन गर्छन् तिनीहरू चुप लाग्छन् र आफ्नो शिर निहुराउँछन्, अनि तिनीहरूले तालिमको कुनै अवसर पाएका हुँदैनन्। काम गर्ने मानिसहरू केवल कुराबाहेक अरू केही गर्दैनन्, तिनीहरू ठूलठूला भाषण दिइरहन्छन्, र अनुयायीहरू सुन्छन् मात्र। कुनै रूपान्तरण नै हुँदैन; यी सबै विगतका मार्गहरू मात्र हुन्! आज, परमेश्‍वरको प्रशासनिक आदेशको कारण तँ अधीनमा बस्न सक्छस् र तैँले कुनै हस्तक्षेप गर्न वा तँलाई मन परेको जस्तो प्रकारले काम गर्न सक्दैनस्; यो तैँले अनुभवहरूबाट गुज्रेर पाएको रूपान्तरण होइन। तथ्य के हो भने आज तँ प्रशासनिक आदेशहरू उल्लङ्घन गर्ने कुनै कार्य गर्ने साहस गर्दैनस्, किनकि परमेश्‍वरका वचनहरूको कामको स्पष्ट प्रभाव थियो र यसले मानिसहरूलाई जितेको थियो। म कसैलाई सोध्छु: आजको तेरो कति उपलब्धि तेरो आफ्नै कठोर परिश्रमको पसीनाले कमाएको थियो? तीमध्ये कति वटा तँलाई प्रत्यक्ष रूपमा परमेश्‍वरले भन्नुभएको थियो? तँ कसरी जवाफ दिन्छस्? के तँ अवाक् र शब्दहीन बन्नेछस्? किन अरूले तँलाई भरणपोषण प्रदान गर्न आफ्नो वास्तविक अनुभवहरूको बारेमा कुरा गर्न सक्छन्, तर तँ भने केवल अरूले पकाएको भोजनको आनन्द लिन्छस्? के तँलाई लाज लाग्दैन? तुलनात्मक हिसाबले राम्रा व्यक्तिहरूलाई जाँच्दै तिमीहरूले तथ्य पत्ता लगाउने जाँच गर्न सक्छौ: तैँले कति धेरै सत्यता बुझ्छस्? तैले आखिरमा कति अभ्यास गर्छस्? तँ कसलाई धेरै प्रेम गर्छस्, परमेश्‍वरलाई कि आफैलाई? के तैँले धेरै पटक दिन्छस् कि धेरै पटक लिन्छस्? कति वटा अवसरमा तेरो अभिप्राय गलत हुँदा तैँले आफ्नो पुरानो स्वभाव त्यागेर परमेश्‍वरको इच्छालाई पूरा गरेको थिइस्? यी केही प्रश्‍नहरूले नै धेरै मानिसलाई चकित पार्नेछ। धेरै मानिसहरूले आफ्नो अभिप्राय गलत हो भनी बुझे पनि, जानी-जानी गल्ती गर्दछन्, र तिनीहरू आफ्नो देहलाई त्याग्ने अवस्थामा पुगेकै हुँदैनन्। अधिकांश मानिसहरूले पापलाई आफूभित्र व्याप्त हुन दिन्छन्, जसले गर्दा तिनीहरूले पापलाई उनीहरूको हरेक कार्यलाई निर्देशित गर्न दिन्छन्। उनीहरू आफ्ना पापहरूलाई जित्न सक्दैनन्, र तिनीहरू पापमा नै जिइरहन्छन्। यस वर्तमान चरणमा आइपुगेपछि, उनीहरूले कति वटा दुष्ट कामहरू गरेका छन् भनेर कसलाई थाहा हुँदैन र? यदि तैँले तँलाई थाहा छैन भन्छस् भने, तँ झूटो बोल्दैछस्। स्पष्ट भन्‍ने हो भने, ती सब तेरो पुरानो स्वभाव त्याग्ने अनिच्छा हो। पश्‍चात्तापका त्यत्ति धेरै “हृदयका शब्दहरू” भन्नु के फाइदा छ र, जुन व्यर्थका छन्? के त्यसले तेरो जीवनमा बढ्न सहायता गर्दछ? यो भन्न सकिन्छ, कि तैँले आफैलाई चिन्नु नै तेरो पूर्णकालीन काम हो। म मानिसहरूलाई तिनीहरूको अधीनता र तिनीहरूले परमेश्‍वरका वचनहरूको अभ्यास गरेको कार्यबाट तिनीहरूलाई सिद्ध बनाउँछु। यदि तँ राम्रो र आकर्षक देखिनलाई आफ्नो कपडा लगाए जस्तो मात्र परमेश्‍वरको वचनलाई धारण गर्छस् भने, के तैँले आफैलाई र अरूलाई धोका दिइरहेको हुँदैनस् र? यदि तँ कुरा मात्र गर्छस्, त्यसलाई तँ कहिल्यै अभ्यास गर्दैनस् भने, तैँले के प्राप्त गर्नेछस्?

धेरै मानिसहरूले अभ्यासको बारेमा थोरै कुरा गर्न सक्दछन् र उनीहरू आफ्ना व्यक्तिगत प्रभावहरूको बारेमा कुरा गर्न सक्छन्, तर त्यसको अधिकांश भाग अरूको वचनहरूबाट प्राप्त ज्ञान हुन्छन्। त्यसमा उनीहरूको व्यक्तिगत अभ्यासको कुनै पनि कुरा समावेश भएको हुँदैन, न त त्यसमा उनीहरूले आफ्ना अनुभवहरूबाट देख्‍ने कुराहरू नै समावेश हुन्छ। मैले पहिले नै यस विषयको विश्लेषण गरिसकेको छु; मलाई केही पनि थाहा छैन भनी नसोच्। तँ त हेर्दाको डाल मात्र होस्, तैपनि तँ शैतानलाई जित्ने, विजयी गवाहीहरू दिने, र परमेश्‍वरको स्वरूपमा जिउने कुरा गर्छस्? यो व्यर्थ छन्! के आज परमेश्‍वरले बोल्नुभएका सबै वचनहरू तैँले सराहना गर्नका लागि हुन् भन्‍ने ठान्छस्? तेरो मुखले तेरो पुरानो स्वभाव त्याग्ने र सत्यको अभ्यास गर्ने कुरा गर्दछ, तर तेरा हातहरूले अन्य काम गरिरहेका हुन्छन् र तेरो हृदयले अन्य योजनाहरू बनाइरहेको हुन्छ—तँ कस्तो किसिमको व्यक्ति होस्? तेरो हृदय र तेरा हातहरू किन एउटै र उस्तै प्रकारका छैनन्? त्यति धेरै प्रचार केवल खोक्रा वचनहरू बनेका छन्; के यो हृदय दुखाउने कुरा होइन र? यदि तँ परमेश्‍वरको वचनलाई अभ्यास गर्न सक्दैनस् भने, त्यसले तँ अझसम्म पवित्र आत्माले काम गर्नुहुने मार्गमा प्रवेश गरेको छैनस्, तैँले अझै आफूभित्र पवित्र आत्माको काम प्राप्त गरेको छैनस्, र तैँले अझै उहाँको अगुवाइ पाएको छैनस् भन्‍ने प्रमाणित गर्दछ। यदि तैँले परमेश्‍वरको वचन बुझ्न मात्र सक्छु, तर तिनलाई अभ्यास गर्न सक्दिनँ भनी भन्छस् भने, तँ सत्यतालाई प्रेम नगर्ने व्यक्ति होस्। परमेश्‍वर यस किसिमको मानिसलाई मुक्ति दिन आउनुहुन्न। पापीहरूलाई बचाउन, गरिबहरूलाई बचाउन र ती सबै नम्र मानिसहरूलाई बचाउन क्रूसमा टाँगिने क्रममा येशूले ठूलो कष्ट भोग्नुभयो। उहाँको क्रूसीकरण पापबलि बन्यो। यदि तैँले परमेश्‍वरको वचन अभ्यास गर्न सक्दैनस् भने तँ जति सक्दो चाँडो छोडेर गइहाल्‍नुपर्छ; परमेश्‍वरको घरमा सित्तैँमा भोगचलन गर्ने व्यक्ति बनेर बसी नराख्। स्पष्ट रूपमा परमेश्‍वरको विरोधमा रहेको काम गर्नबाट आफूलाई रोक्न समेत धेरै जना मानिसहरूलाई कठिन हुन्छ। के तिनीहरूले मृत्युको माग गरिरहेका हुँदैनन् र? तिनीहरूले परमेश्‍वरको राज्यमा प्रवेश गर्ने कुरा कसरी गर्न सक्छन्? के तिनीहरूसँग परमेश्‍वरको अनुहार हेर्ने साहस हुन्छ? परमेश्‍वरले तेरो निम्ति जुटाउनुहुने भोजन खान्छस्, अनि परमेश्‍वरले तँलाई दिनुहुने आशिषहरू उपभोग गर्न उहाँले तँलाई अनुमति दिइरहनुभएको बेला समेत, परमेश्‍वरको विरोध हुने कुटिल कामहरू गर्दछस्, द्वेषपूर्ण, कपटी बन्छस् र षडयन्त्र गर्छस्—के ती प्राप्त गर्दा तँलाई तेरा हातहरू पोलेको महसुस गर्दैनस्? के तैँले तेरो अनुहार रातो भएको महसुस गर्दैनस्? परमेश्‍वरको विरुद्धमा केही गरेपछि, “अटेरी हुने” योजनाहरू अगाडि बढाएपछि, के तँ भयभीत हुँदैनस्? यदि तैँले केही पनि महसुस गर्दैनस् भने, तैँले कसरी कुनै पनि भविष्यको कुरा गर्नसक्छस्? धेरै पहिलेबाटै तेरो लागि कुनै भविष्य थिएन, त्यसैले तैँले अझै कुन ठूलो आशा गर्न सक्छस् र? यदि तैँले कुनै लाजमर्दो कुरा भन्छस् र पनि धिक्‍कार महसुस ग गर्दैनस्, र तेरो हृदयमा जागरूकता छैन भने, के त्यसको अर्थ तँलाई परमेश्‍वरले पहिले नै त्यागिसक्‍नुभएको छ भन्‍ने हुँदैन र? अति लापरवाही र अनियन्त्रित भएर बोल्नु र व्यवहार गर्नु तेरो प्रकृति नै बनेको छ; यस्तो प्रकारले परमेश्‍वरले कहिले तँलाई सिद्ध बनाउन सक्‍नुहुन्छ र? के तँ फेरि संसारमा हिँड्डुल गर्न सक्छस्? तेरो कुरा कसले पत्याउँछ? तेरो वास्तविक प्रकृति जान्नेहरू तँबाट टाढा बस्‍नेछन्। के यो परमेश्‍वरको दण्ड होइन र? समग्रमा, यदि कुरा मात्र हुन्छ र अभ्यास हुँदैन भने कुनै वृद्धि हुँदैन। तैँले बोल्दा पवित्र आत्माले तँमा काम गरिरहनुभएको हुनसक्‍ने भए पनि, यदि तैँले अभ्यास गर्दैनस् भने, पवित्र आत्माले काम गर्न छोड्नुहुनेछ। यदि तँ यसरी नै अघि बढी रहिस् भने, भविष्यको बारेमा वा तेरो सम्पूर्ण अस्तित्व परमेश्‍वरको काममा दिने बारेमा कसरी कुरा हुन सक्छ? तँ आफ्नो सम्पूर्ण अस्तित्व अर्पण गर्ने कुरा मात्र गर्न सक्छस्, तैपनि तैँले परमेश्‍वरलाई प्रेम गर्ने आफ्नो हृदय उहाँलाई दिएको छैनस्। उहाँले तँबाट मौखिक भक्ति मात्र प्राप्त गर्नुहुन्छ; तैँले उहाँलाई सत्य अभ्यास गर्ने तेरो अभिप्राय दिएको छैनस्। के यो नै तेरो वास्तविक कद हुन सक्छ? यदि तँ यस्तै रहिरहन्छस् भने, तँलाई परमेश्‍वरले कहिले सिद्ध बनाउनुहुनेछ? के तँ आफ्नो अन्धकार र निराश भविष्यको लागि चिन्तित छैनस्? के परमेश्‍वरले तँमा आशा गुमाउनुभएको छ भन्‍ने तँलाई लाग्दैन? के परमेश्‍वर अझ धेरै र नयाँ मानिसहरूलाई सिद्ध बनाउन चाहनुहुन्छ भन्‍ने तँलाई थाहा छैन? के पुराना थोकहरू आफै रहिरहन सक्छन्? आज तैँले परमेश्‍वरको वचनहरूलाई ध्यान दिइरहेको छैनस्: के तँ भोलिको दिन पर्खिरहेको छस्?

अघिल्लो: सत्यतालाई बुझिसकेपछि त्यसलाई अभ्यास गर्नुपर्छ

अर्को: एउटा योग्य गोठालो कुन कुराले सुसज्जित हुनुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्