231 बाइबललाई उचित व्यवहार गर
पद १
बाइबलले युगौँको इतिहास पछ्याउँछ।
मानवले यसलाई परमेश्वरझैँ व्यवहार गर्छन् कि:
आखिरी दिनहरूमा यसले उहाँको स्थान लिन्छ।
यो कुरा उहाँले घृणा गर्नुहुन्छ।
पूर्व कोरस १
खाली समयमा उहाँले, बाइबलको
कथा र स्रोत स्पष्ट पार्नुपर्थ्यो।
नत्र त्यसले मानव हृदयमा उहाँको स्थान लिन सक्थ्यो,
त्यसद्वारा तिनले उहाँको निन्दा र मापन गर्ने थिए।
कोरस
उहाँले भन्न खोज्नुभएको सत्यता यो हो
कि कुनै सिद्धान्त र तथ्यले
उहाँको आजको काम र वचनको स्थान लिन सक्तैन।
उहाँको स्थान केहीले लिन सक्तैन।
पद २
बाइबलको पासोलाई नहटाएसम्म
मानिस उहाँ सामु आउन सक्तैनन्।
हृदयलाई उहाँको स्थान लिन सक्ने सबथोकबाट सफा गर।
यसरी उहाँ सन्तुष्ट हुनुहुन्छ।
पूर्व कोरस २
यहाँ बाइबलको मात्र व्याख्या गर्नुभए पनि,
नबिर्स मानिसले गल्तीले पूजा गर्ने
अरु धेरै थोक छन्; उहाँबाट साँच्चै
आएका कुरा तिनीहरू आराधना गर्दैनन्।
कोरस
उहाँले भन्न खोज्नुभएको सत्यता यो हो
कि कुनै सिद्धान्त र तथ्यले
उहाँको आजको काम र वचनको स्थान लिन सक्तैन।
उहाँको स्थान केहीले लिन सक्तैन।
ब्रिज
बाइबल उहाँले प्रयोग गर्नुहुने उदाहरण हो,
उहाँमा विश्वास गर्दा र उहाँका वचन स्वीकार्दा,
गलत मार्ग नरोजोस् र फेरि अतिवाद
र भ्रममा नपरोस् भनी सम्झाउन।
कोरस
उहाँले भन्न खोज्नुभएको सत्यता यो हो
कि कुनै सिद्धान्त र तथ्यले
उहाँको आजको काम र वचनको स्थान लिन सक्तैन।
उहाँको स्थान केहीले लिन सक्तैन,
उहाँको स्थान केहीले लिन सक्तैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “मण्डलीहरूमा हिँड्ने क्रममा ख्रीष्टले दिनुभएका वचनहरू, परिचय” बाट परिमार्जित