किन परमेश्‍वर आखिरी दिनहरूमा आत्मिक रूपमा नभई देहधारण गरेर आउनहुन्छ?

13 नोभेम्बर 2021

मुक्तिदाता सर्वशक्तिमान परमेश्‍वरले आफ्ना आखिरी दिनहरूको न्यायको कार्य व्यक्त गर्नुभएकोले, धेरै मानिसहरूले साँचो मार्ग खोजी र अनुसन्धान गरेका छन्, र त्यसपछि मुक्तिदाताको पुनरागमनलाई स्वागत गरेका छन्। उनीहरूले सर्वशक्तिमान परमेश्‍वरका वचनहरू अत्यन्तै आधिकारिक र शक्तिशाली छन्, ती वास्तवमै सत्यता हुन् भनेर देखेका छन्, र यो पवित्र आत्माको आवाज हो यी वचनहरू सामान्य व्यक्तिले बोल्न सक्दैनन् भनेर पुष्टि गरेका छन्। परमेश्‍वरको आवाज सुनेर उनीहरूले सर्वशक्तिमान परमेश्‍वरलाई स्वीकारेका छन्, परमेश्‍वरको सिंहासनसामु उठाइएका छन् र थुमाको विवाह भोजमा उपस्थित भएका छन्। परमेश्‍वरका चुनिएका मानिसहरूले दिनहुँ परमेश्‍वरका वचनहरू खान्छन्, पिउँछन् र स्वाद लिन्छन्, जसद्वारा उनीहरूको हृदय झन् झन् चम्किलो हुन्छ। उनीहरूले परमेश्‍वरको उपस्थितिको आनन्द मात्रै लिँदैनन्, उहाँका वचनहरूबाट अन्तदृष्टि पनि प्राप्त गर्छन्, यसरी उनीहरू अत्यन्तै धेरै सत्यता सिक्छन् र कुराहरू बुझ्छन्। उनीहरूले बाइबलका निकै धेरै रहस्य पनि सिक्छन्, जुन अति खुसीको कुरा हो। उनीहरू विश्‍वासले भरिन्छन् र परमेश्‍वरप्रति उनीहरूको प्रेम गहिरिन्छ। परमेश्‍वरका चुनिएका धेरै मानिस चिनियाँ कम्युनिस्ट पार्टीको दमन, गिरफ्तारी र सतावटसामु निडर भई खडा छन्। उनीहरू परिवार र सांसारिक सम्बन्धहरू त्याग्छन्, परमेश्‍वरको गवाही दिने सुसमाचार सुनाउन कर्तव्यनिष्ठ छन्। उनीहरूले चिनियाँ कम्युनिस्ट पार्टीको क्रूर गिरफ्तारी र सतावट भोग्छन्, तैपनि साहसी र निडर भई निरन्तर परमेश्‍वरलाई पछ्याउँछन् र उहाँको साक्षी दिइरहन्छन्। उनीहरू हारेका छैनन् र निश्चयै मेटिएका छैनन्। उनीहरूले परमेश्‍वरबारे जोरदार साक्षी दिएका छन्। सर्वशक्तिमान परमेश्‍वरको राज्यको सुसमाचार अहिले पृथ्वीको हरेक देशमा फैलिएको छ, अनि धेरै देशमा सर्वशक्तिमान परमेश्‍वरको मण्डली स्थापित भएको छ। धेरैभन्दा धेरै मानिसले परमेश्‍वरका आवाज सुनेका छन् र सर्वशक्तिमान परमेश्‍वरतर्फ आइरहेका छन्। सर्वशक्तिमान परमेश्‍वरको कार्यलाई अनलाइन अनुसन्धान गर्नेहरूको सङ्ख्या बढिरहेको छ। यसले प्रभु येशूको यो अगमवाणी पूर्णतः पूरा गर्छ: “किनभने जसरी बिजुली पूर्वबाट चम्‍किन्‍छ र पश्‍चिमतिर पनि चम्‍किन्‍छ; मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ(मत्ती २४:२७)। सर्वशक्तिमान परमेश्‍वरका वचनहरूले यसो भन्छन्: “मैले सारा ब्रह्माण्डभरि मेरो काम गरिरहेको छु र पूर्वमा चट्याङहरू असीम रूपमा देखा पर्छन्, जसले सारा जाति र सम्प्रदायहरूलाई हल्लाइदिन्छन्। सारा मानिसहरूलाई वर्तमानमा ल्याउने मेरो आवाज नै हो। म सबै मानिसहरूलाई मेरो आवाजद्वारा जित्छु, यही प्रवाहमा पार्नेछु र मेरो सामु झुक्न लगाउनेछु, किनभने मैले मेरो महिमालाई उहिले नै सारा पृथ्वीबाट फिर्ता लिएको छु र यसलाई पूर्वमा नयाँ गरी जारी गरेको छु। कसले मलाई देख्ने उत्कट इच्छा गर्दैन? कसले मेरो आगमनलाई उत्सुकतापूर्वक प्रतीक्षा गर्दैन? मेरो देखापराइको तृष्णा गर्दैन? मेरो सुन्दरताको निम्ति कोचाहिँ लालायित हुँदैन? ज्योतिमा कोचाहिँ आउँदैन? कनानको सम्‍पन्‍नतालाई कसले हेर्दैन? उद्धारकको आगमनलाई कसले चाह गर्दैन? महाशक्ति भएकोलाई कसले प्रशंसा गर्दैन? मेरो आवाज पृथ्वीभरि फैलनेछ; म मेरा चुनिएका मानिसहरूलाई सामना गर्नेछु, र तिनीहरूसँग अझ धेरै वचनहरू बोल्नेछु। जसरी शक्तिशाली गर्जनहरूले पहाड़ र नदीहरू हल्लिन्छन्, त्यसरी नै म पनि मेरा वचनहरू सारा ब्रह्माण्ड र मानवजातिको निम्ति बताउँछु। यसकारण, मेरो मुखको वचन मानिसहरूको खजाना भएको छ र सबै मानिसहरूले मेरो वचनलाई मनमा लिन्छन्। मेरो ज्योति पूर्वदेखि पश्‍चिमसम्म नै चम्कन्छ। मेरा वचनहरू यस्ता छन् कि मानिस तिनलाई त्याग्न अनिच्छुक हुन्छन्, साथै ती वचन तिनीहरूलाई अथाह लाग्छ, तर तिनमा अझ धेरै आनन्दित हुन्छन्। मेरो आगमनको उत्सव मनाउँदै सबै मानिसहरू खुशी र आनन्दित हुन्‍छन्, मानौँ नाबालक भर्खरै जन्‍मेको छ। मेरो आवाजको माध्यमले म सबै मानिसहरूलाई मेरो सामु ल्याउनेछु। त्यसपछि, म मानिसहरूको जातिभित्र औपचारिक रूपमा प्रवेश गर्नेछु, यसरी तिनीहरू मेरो आराधना गर्न आउनेछन्। मैले जगमगाउने मेरो महिमा र मेरो मुखका वचनहरूसँगै, मैले यसलाई यस्तो बनाइदिनेछु कि सबै मानिसहरू मेरो सामु आउनेछन् र पूर्वबाट चम्किरहेको त्यो ज्योति देख्नेछन् र म पूर्वको जैतूनको डाँड़ामा ओर्लेको पनि देख्नेछन्। यहूदीको छोराको रूपमा होइन, तर पूर्वको ज्योतिको रूपमा म पृथ्वीमा लामो समयदेखि बसेको छु भन्‍ने तिनीहरूले देख्नेछन्। किनभने मेरो उहिले नै पुनरुत्थान भएको छ र म मानवजातिको माझबाट प्रस्थान गरेको छु, र मानिसहरू माझ मेरो महिमासँगै फेरि देखा परेको छु। कैयौँ युगहरू अघिदेखि आराधना गरिएको म नै हुँ र म पनि त कैयौँ वर्षअघि इस्राएलीहरूले त्यागिएको बालक हुँ। यसको अतिरिक्त, म हालको युगको महा-महिमित सर्वशक्तिमान परमेश्‍वर हुँ। सबै जना मेरो सिंहासन सामु आऊन् र तिनीहरूले मेरो महिमित मुहार देखून्, मेरो आवाज सुनून् र मेरा कामहरू हेरून्। मेरो समग्र इच्छा यही हो; यो नै मेरो योजनाको अन्त र उत्कर्ष हो, अनि हरेक जातिले मेरो आराधना गरोस्, हरेक जिब्रोले मलाई स्वीकार गरोस्, हरेक मानिसले आफ्नो विश्‍वासलाई ममा राखोस् र हरेक मानिस मेरो अधीनमा रहोस् भन्‍ने मेरो प्रबन्धको उद्देश्य हो!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सात मेघगर्जनको आवाज—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्‍ने अगमवाणी)

सर्वशक्तिमान परमेश्‍वरको बोली ठूलो ज्योतिझैं पूर्वदेखि पश्चिमसम्म फैलिसकेको छ। हरेक देशका परमेश्‍वरका चुनिएका मानिसहरू सुसमाचार प्रचार गर्छन्, उहाँको साक्षी दिन्छन्, र पहिल्यै शैतानलाई जितेर सबै महिमा प्राप्त गरिसक्नु भएकोमा आनन्दित भई परमेश्‍वरको प्रशंसा गर्छन्। मुक्तिदाता सर्वशक्तिमान परमेश्‍वर देखा पर्नुभयो र विपत्तिहरू आउनुअघि उहाँले काम गर्न थाल्नुभयो अनि विजयीहरूको एउटा दल बनाउनुभएको छ। उहाँको राज्यको सुसमाचार हरेक राष्ट्रमा फैलिएको छ, अनि सोहीअनुसार विपत्तिहरू आए। हामी देख्न सक्छौं, परमेश्‍वरको घरबाट सुरु गरिएको न्यायको काममा ठूलो सफलता हात लागिसक्यो, अनि त्यसपछि, परमेश्‍वरले यस संसारलाई न्याय गर्न र सजाय दिन सबै प्रकारका विपत्तिहरू प्रयोग गरिरहनुभएको छ। यी विपत्तिहरूले राज्यको सुसमाचार फैलाउन, पाप र शैतानका शक्तिहरूबाट अझ धेरै मानिसलाई मुक्ति दिन मदत गर्छन्। यसको अर्को पक्ष के हो भने, परमेश्‍वरले सजाय दिन र यो दुष्ट अन्धकार युगलाई अन्त्य गर्न, अनि परमेश्‍वरको विरोध गर्ने सबै दुष्ट शक्तिलाई मेटाउन विपत्तिहरू प्रयोग गर्नुहुन्छ। अखिरी दिनहरूमा परमेश्‍वरको न्यायको कामले दिने फल यही हो। मुक्तिदाता सर्वशक्तिमान परमेश्‍वरले निकै धेरै सत्यता व्यक्त गर्नुभएको छ, महान् कार्य गर्नुभएको छ र संसारलाई हल्लाउनुभएको छ। तर धार्मिक संसारका धेरै जना अझै पनि ठूलो रातो अजिङ्गर अर्थात् चिनियाँ कम्युनिस्ट पार्टीको बहकाउमा परेका छन्, र धर्मभित्रका ख्रीष्टविरोधी शक्तिहरूको पकडमा छन्। तिनीहरू प्रभु बादलमा आत्मिक रूपमा पक्कै आउनुहुन्छ, उहाँ सम्भवतः मानिसको पुत्रको रूपमा देहमा फर्किआउन सक्नुहुन्न भन्ने धारणा पालेर बसेका छन्। त्यसैकारण, बादलमा नआउने जोकोही झुटा हुन्, उहाँ मानिसको पुत्र हुनुहुन्छ भन्ने कुनै पनि गवाही झुटो हो, यो त केवल मानिसमा विश्‍वास गर्नु हो भनेर तिनीहरू निश्चित छन्। तिनीहरू मण्डलीहरूलाई दिइएका पवित्र आत्माका वचनहरू अनुसन्धान गर्न, वा परमेश्‍वरको आवाज खोज्न र सुन्न मात्र असफल भएका छैनन्, तिनीहरू धार्मिक ख्रीष्टविरोधीलाई पछ्याउने, सर्वशक्तिमान परमेश्‍वरको देखा पराइ र कामको निरन्तर आलोचना, खण्डन र निन्दा गर्ने पनि गर्छन्। त्यसैले, अझसम्म तिनीहरूले प्रभुलाई स्वागत गरेका छैनन्, बरु विपत्तिहरूमा परी रुने र दाह्रा किट्ने गरिरहेका छन्, र तिनीहरू बाँच्ने वा मर्ने हुन् कसैलाई थाहा छैन। धेरैको मनमा एउटा प्रश्न छ। प्रभु येशू पुनरूत्थान हुनुभएपछि चालिस दिनसम्म आत्मिक रूपमा देखा पर्नुभयो, त्यसैले, उहाँ पक्कै पनि आत्मिक रूपमा फर्किआउनुहुन्छ। किन सर्वशक्तिमान परमेश्‍वर आत्माको रूपमा नभई देहधारी मानिसको पुत्रको रूपमा देखा पर्नुहुनेथियो? धेरै मानिसहरूले यो प्रश्न सोध्ने गर्छन्, अनि धेरैले सर्वशक्तिमान परमेश्‍वरलाई स्वीकार्नेछैनन् किनभने उहाँ आत्मामा होइन देहमा हुनुहुन्छ। कस्तो लाजमर्दो! तिनीहरूले मुक्ति पाउने एकमात्र मौका गुमाइरहेका छन्, त्यसको लागि तिनीहरू सदाका लागि पछुताउनेछन्। अब म, आखिरी दिनहरूमा किन परमेश्‍वर आत्मामा नभई देहमा देखापर्नुहुन्छ भन्ने प्रश्नको समाधान गर्न केही सङ्गति गर्नेछु।

सर्वप्रथम, आखिरी दिनहरूमा प्रभु कसरी देखा पर्नुहुन्छ र काम गर्नहुन्छ भन्ने सन्दर्भमा भन्नुपर्दा, आखिरी दिनहरूमा प्रभु येशू आफ्नो काम गर्न मानिसको पुत्रको रूपमा देहधारण गरी संसारमा फर्कनुहुन्छ भनेर हामी पुष्टि गर्न सक्छौं। यो कुरा, मानिसले निर्धारित गरेको कुरामा नभई प्रभु येशू आफैले बोल्नुभएका अनेकौं अगमवाणीमा आधारित छ। वास्तवमा प्रभु आत्मामा वा मानिसको पुत्रको रूपमा देहधारण गरी फर्कनुहुन्छ भन्ने कुरा धेरै पहिले परमेश्‍वरद्वारा निर्धारित थियो, यसमा मानव छनौट छैन। मानवको रूपमा हामीले गर्न सक्ने भनेको समर्पित हुनु, आफ्नै धारणा र कल्पनाको आधारमा कामकुराको सीमा नतोक्नु हो। वास्वतवमा, परमेश्‍वरको पूर्वनिर्धारित देखा पराइको तरिका मानव धारणाहरूसित मेल खाँदैन भने पनि, यो सर्वोत्तम छ, अनि हाम्रो मुक्तिको लागि सबैभन्दा अर्थपूर्ण र लाभदायी छ। यो गलत हुन सक्दैन। हामी यसलाई आफूले गर्न सक्ने कल्पनाको आधारमा व्यवहार गर्न सक्दैनौं। हामी निर्बुद्धि कन्याहरू जस्तो होइन, बुद्धिमती कन्याहरू जस्तो हुनुपर्छ। प्रभुको आगमनलाई स्वागत गर्ने एकमात्र तरिका त्यही हो। मानिसले आफ्नै सीमांकनमा जोर दिंदै प्रभु बादलमा आउनुहुने कुराबाहेक अरू कुनै पनि कुरालाई अस्वीकार गर्न, देहधारी मानिसको पुत्रलाई इन्कार गर्न सक्छन्। यो मनोवृत्तिका परिणामहरू के हुन्? अवश्यै तिनीहरू विपत्तिमा पर्छन् र सजाय भोग्छन्, यसरी आफ्नो बर्बादी निम्त्याउँछन्। यदि हामी बुद्धिमती कन्याहरू हौं भने, हामीले प्रभुले चाहेअनुसार गर्नुपर्छ, प्रभुलाई स्वागत गर्न परमेश्‍वरको आवाज खोज्नु र सुन्नुपर्छ, उहाँले जस्तोसुकै रूप धारण गर्नुभए पनि खुसीसाथ उहाँलाई स्वीकार्नुपर्छ र उहाँप्रति समर्पित हुनुपर्छ, आफ्नै निम्ति छनौट गर्ने प्रयास गर्नुहुँदैन। नत्र भने, हामी निर्बुद्धि कन्याहरू हुनेछौं, विपत्तिमा पर्नेछौं, रुनेछौं र दाह्रा किट्नेछौं। त्यसोभए, आखिरी दिनीहरूमा वास्तवमा के हुन्छ? परमेश्‍वर आत्मिक रूपमा कि मानिसको पुत्रको रूपमा फर्कनुहुन्छ? पहिला, कुराकानी गर्नु परमेश्‍वरका आत्मासित सजिलो हुन्छ कि मानिसको पुत्रसित, त्यसबारे कुरा गरौं। उहाँलाई हामीसित कुरा गर्न आत्मा मार्फत कि देह मार्फत सजिलो हुन्छ? मानिसको पुत्रलाई त दुवै माध्यम सजिलो हुन्छ भनेर धेरैले जवाफ दिन्छन्। त्यो सही हो। त्यही कारण, अनुग्रहको युगमा परमेश्‍वर देखा पर्नुहुँदा र काम गर्नुहुँदा उहाँ देह हुनुभयो। प्रभु येशू मानिसको पुत्र हुनुहुन्थ्यो। उहाँ हामी मानवबीच रहनुभयो, हामीसँगै खानुभयो, पिउनुभयो र जिउनुभयो। धेरै मानिसहरूले प्रभुलाई पछ्याए, उहाँसित सङ्गति गरे, बोले र कुराकानी गरे। त्यो बिलकुलै स्वतन्त्र र सजिलो थियो, कुनै रोकावट र सीमितता थिएन। तिनीहरू सबैले प्रुभ येशूको प्यारोपनलाई देखे। प्रभुद्वारा पानी हालिएका, भरणपोषण गरिएका र मदत गरिएका, मानिसहरू निकै सत्यता सिक्न सक्षम भए। प्रभुले धेरै सत्यताहरू व्यक्त गर्नुभएपछि, उहाँलाई क्रूसमा कीला ठोकियो र उहाँ मानिसजातिको पापबलि हुनुभयो। जोकोहीले प्रभु येशूलाई केवल आफ्ना मुक्तिदाताको रूपमा स्वीकारेर, उहाँसामु आफ्नो पाप स्वीकार गरेर र पश्चात्ताप गरेर पापको क्षमा पाउन सक्थे। त्यसपछि तिनीहरूले आफ्नो पापहरू क्षमा भएकोमा र परमेश्‍वरको अनुग्रह पाएकोमा शान्ति र आनन्द प्राप्त गर्न सक्थे। प्रभु क्रूसमा टाङ्गिनुभयो, पुनरूत्थान हुनुभयो र स्वर्ग जानुभयो, त्यसपछि धेरैभन्दा धेरै मानिसहरूले उहाँको सुसमाचार बाँड्न सुरु गरे, येशू ख्रीष्ट परमेश्‍वरको रूप मुक्तिदाता हुनुहुन्छ भनेर साक्षी दिए। प्रभु येशूको सुसमाचार धेरैअघि नै संसारको प्रत्येक देशमा पुग्यो। त्यसले मानिसजातिलाई छुटकारा र मुक्ति दिन परमेश्‍वर मानिसको पुत्रको रूपमा देह हुनु सबैभन्दा प्रभावकारी हो भनेर प्रमाणित गर्छ। मानिसहरूले परमेश्‍वरका आत्मालाई देख्न वा छुन सक्दैनन्—तिनीहरूले उहाँसित त्यस्तो स्थितिमा कुरा गर्न सक्दैनन्। हामी परमेश्‍वरका आत्मासित कुराकानी गर्न सक्दैनौं। परमेश्‍वरका आत्मा बोल्नुहुँदा, सबै जना डरले काम्छन्। त्यस्तो स्थितिमा हामी कसरी कुराकानी गर्न सक्थ्यौं र? त्यसबाहेक, परमेश्‍वरका आत्मालाई क्रूसमा टाँग्न सकिंदैनथियो। मानिसहरूले देख्न वा छुन नसक्ने कुरालाई कसरी क्रूसमा टाँग्न सकिन्थ्यो र, होइन त? परमेश्‍वरले मानिसको पुत्रको रूपमा काम गर्नु सबैभन्दा उचित हो भन्ने कुरा यसले देखाउँछ। प्रभु येशूले मानिसजातिलाई छुटकारा दिने कार्य पूरा गर्नुभएपछि परमेश्‍वर महिमित हुनुभयो। यो सबैको दृष्टिमा स्पष्ट छ। प्रभु येशूको कार्यका तथ्यबाट हामी के कुरामा निश्चित हुन सक्छौं भने, मानिसजातिलाई मुक्ति दिने परमेश्‍वरको कार्यमा, चाहे त्यो छुटकाराको काम होस् वा आखिरी दिनहरूको न्यायको काम, मानिसको पुत्रको रूपमा देहधारण गर्नु सबैभन्दा उपयुक्त हो। त्यसले सबैभन्दा राम्रा परिणामहरू ल्याउँछ। साथै, आखिरी दिनहरूमा परमेश्‍वरले मानिसको पुत्रको रूपमा देहधारण गर्नुले, प्रभु येशूका यी अगमवाणीहरू शतप्रतिशत पूरा गर्छ: “मानिसको पुत्रको आगमन,” “मानिसको पुत्र … आउँछ,” र “मानिसको पुत्र पनि उनको दिनमा।” बाइबलको राम्रो ज्ञान भएकाहरूले प्रभुका वचनहरू पूरा भइसकेको देख्न सक्छन्। त्यसोभए, किन यत्तिका धेरै मानिसहरू मानिसको पुत्रको आगमन र कार्यसित सम्बन्धित धारणाहरू पालेर बस्छन्? किन अझै यत्तिका धेरै मानिसहरू प्रभु आत्मिक रूपमा बादलमा आउनुहुनेछ भनेर जोर दिन्छन्? यो त साह्रै मूर्खता र अज्ञानता हो। परमेश्‍वर मानिसको पुत्रको रूपमा देखा पर्नुहुन्छ र कार्य गर्नुहुन्छ, उहाँ नम्र र गुप्त हुनुहुन्छ, यो रूप सबैभन्दा प्रभावकारी भएकोले मात्र उहाँले यसो गर्नुभएको होइन, हामीले परमेश्‍वरको स्वभाव अनि उहाँको विनम्रता र गुप्तपन कत्ति प्यारो छ भनेर देख्न सकौं भनेर पनि हो। परमेश्‍वरले मानिसजातिसित मानिसको पुत्रको रूपमा प्रत्यक्ष सम्पर्क गर्नुहुन्छ, हामीसँग आमने-सामने भेट गर्नुहुन्छ, हामीसित खानुहुन्छ, पिउनुहुन्छ र जिउनुहुन्छ, हामीलाई पानी हाल्न, गोठालो गर्न र मुक्ति दिन सत्यताहरू व्यक्त गर्नुहुन्छ। यो त परमेश्‍वरको महान् प्रेम हो! किन मानिसहरूले यो कुरा बुझ्न सक्दैनन्? सर्वशक्तिमान परमेश्‍वरका वचनहरूले भने जस्तै: “परमेश्‍वरले मानिसलाई मुक्ति दिने काम सोझै आत्माको विधि र आत्माको पहिचानको माध्यमबाट गरिँदैन, किनकि उहाँको आत्मालाई मानिसले न त छुन सक्छ न त देख्न नै सक्छ, न त मानिस नजिक जान नै सक्दछ। यदि उहाँले मानिसलाई सीधा आत्माको दृष्टिकोण प्रयोग गरी मुक्ति दिन खोज्नुभयो भने, मानिस उहाँको मुक्ति प्राप्त गर्न असमर्थ बन्‍नेथियो। यदि परमेश्‍वरले सृष्टि गरिएको मानिसको बाहिरी रूप धारण गर्नुभएको थिएन भने, मानिसले यो मुक्ति पाउने कुनै उपाय हुनेथिएन। किनकि जसरी यहोवाको बादलको नजिक कोही पनि जान सकेन त्यसरी नै मानिस उहाँको नजिक आउने कुनै उपाय छैन। केवल एक सृष्टि गरिएको प्राणी बनेर अर्थात् उहाँको वचनलाई उहाँ बन्न लाग्नुभएको मासुको शरीरमा राखेर मात्र उहाँले आफ्नो पछि लाग्नेहरूमा व्यक्तिगत तवरले वचनअनुसार काम गर्न सक्नुहुन्छ। तब मात्र मानिसले व्यक्तिगत रूपमा उहाँको वचनलाई देख्न र सुन्न सक्दछ, र अझ भन्‍ने हो भने ऊ उहाँको वचनको प्राप्तिमा प्रवेश गर्न सक्दछ। र यसरी मात्र उसले पूर्ण रूपमा मुक्ति पाउन सक्छ। परमेश्‍वर देह नबन्नुभएको भए, मासु र रगत हुने कसैले पनि त्यस्तो ठूलो उद्धार प्राप्त गर्न सक्नेथिएन, न त एकै जना व्यक्तिले समेत मुक्ति पाउनेथियो। यदि परमेश्‍वरका आत्माले मानवजातिको माझ प्रत्यक्ष रूपमा काम गर्नुभएको भए, सम्पूर्ण मानवजाति नै नष्ट हुनेथियो, अन्यथा, परमेश्‍वरको सम्पर्कमा आउनै नसक्‍ने गरी तिनीहरू पूर्ण रूपले शैतानको कैदमा पर्नेथिए। … केवल मानिस बनेर मात्र परमेश्‍वर मानिससँग बस्न, संसारको दुःख अनुभव गर्न, र मानिसको सामान्य मासुको शरीरमा जिउन सक्नुहुन्छ। केवल यस तरिकाले मात्र उहाँले मानिसलाई सृष्टि गरिएका प्राणीहरूको रूपमा चाहिने कुराहरू व्यावहारिक तरिकाले प्रदान गर्न सक्नुहुन्छ। परमेश्‍वरको देहधारणद्वारा मानिसले परमेश्‍वरबाट पूर्ण मुक्ति पाउँछ, उसको प्रार्थनाको जबाफ स्वरूप सीधै स्वर्गबाट होइन। किनकि मानिस देह र रगतको भएकोले उसले परमेश्‍वरका आत्मालाई कुनै पनि तरिकाले देख्‍न सक्दैन, उहाँको आत्माको नजिक जाने कुरा त परै जाओस्। मानिस केवल परमेश्‍वरले देहधारण गर्नुभएको शरीरसित सम्पर्कमा आउन सक्छ, र केवल यस तरिकाले मात्र मानिसले सबै मार्गहरू र सबै सत्यताहरू बुझ्न सक्दछ, र पूर्ण मुक्ति प्राप्त गर्दछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४))। “भ्रष्ट मानिसको लागि सबैभन्दा मूल्यवान् काम भनेको त्यही हो जुन कामले सटीक शब्दहरू, पछ्याउनको लागि स्पष्ट लक्ष्यहरू प्रदान गर्न सक्छ, जसलाई देख्न र छुन सकिन्छ। मानिसको स्वादको लागि वास्तविक काम र समयअनुसारको अगुवाइ मात्रै उपयुक्त छन् र वास्तविक कार्यले मात्रै मानिसलाई उसको भ्रष्ट र पतित स्वभावबाट मुक्त गर्न सक्छ। यसलाई देहधारी परमेश्‍वरले मात्रै हासिल गर्न सक्नुहुन्छ; देहधारी परमेश्‍वरले मात्रै मानिसलाई उसको पहिलेको भ्रष्ट र पतित स्वभावबाट मुक्त गर्न सक्‍नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ)

सर्वशक्तिमान परमेश्‍वरका वचनहरू एकदमै स्पष्ट छन्। आफ्ना आखिरी दिनहरूको न्यायको कार्यका लागि देह हुनुभएर मात्रै परमेश्‍वरले मानिसजातिलाई पूर्णतया धुन र मुक्ति दिन अनि सुन्दर गन्तव्यतर्फ डोर्‍याउन सक्नुहुन्छ। हामीले व्यक्तिगत तवरमा सर्वशक्तिमान परमेश्‍वरलाई हामीमाझ देखेका छौं, उहाँ हामीसँगै जिउनुहुन्छ, सत्यतामा सङ्गति गर्न र व्यवहारिक समस्याहरू समाधान गर्न सधैं उपलब्ध हुनुहुन्छ। उहाँ मानिसजातिको भ्रष्टता देख्नुहुन्छ, आफ्ना वचनहरू लेख्नुहुन्छ र हामीलाई सत्यताहरू दिनुहुन्छ। हामी सच्चा रूपले परमेश्‍वरका वचनहरूको आनन्द उठाउँछौं र हाम्रा आत्माहरू स्वतन्त्र भएका छन्। परमेश्‍वरले हामीसित सत्यतामा सङ्गति गर्नुहुँदा, हामी उहाँलाई प्रश्नहरू सोध्छौं, र उहाँ धैर्यपूर्वक जवाफ दिनुहुन्छ। सर्वशक्तिमान परमेश्‍वर हामीमाझ बस्नुहुन्छ, हामीसित बोल्नुहुन्छ र सङ्गति गर्नुहुन्छ। हाम्रा प्रत्येक वचन, प्रत्येक इशारा र हाम्रो प्रत्येक सोचाइ समेत सबै परमेश्‍वर देख्नुहुन्छ, उहाँको ठीक आँखा अगाडि दिनझैं ती स्पष्ट छन्। उहाँ कुनै पनि समय वा स्थानमा सत्यताहरू व्यक्त गर्न सक्नुहुन्छ, हाम्रा शैतानी स्वभावहरू अनि उहाँबारे हाम्रा धारणाहरू र कल्पनाहरूलाई उज्यालोमा ल्याउनुहुन्छ, हाम्रो विश्‍वासमा भएका गल्तीहरू र लक्ष्यप्रतिको हाम्रा गलत धारणाहरू सुधार्नुहुन्छ। यसरी देहमा हुनुभएका परमेश्‍वरले हामीलाई व्यक्तिगत तवरमा पानी हाल्नुहुन्छ र गोठालो गर्नुहुन्छ, हामीलाई आमने-सामने शिक्षा दिनुहुन्छ र सहयोग गर्नुहुन्छ। यो हाम्रो लागि अद्भुत र मनछुने अनुभव हो। परमेश्‍वर असाध्यै प्रेममय र सहज हुनुहुन्छ। हामी परमेश्‍वरका अनगिन्ती सुन्दर पक्षहरू देख्छौं र उहाँलाई हृदयभित्रैदेखि प्रेम गर्छौं। ख्रीष्टले धेरै सत्यता प्रकट गर्नुहुन्छ र यस्तो महान् कार्य गरिरहनुभएको छ, तर उहाँ एकदमै नम्र र गुप्त हुनुहुन्छ, कहिल्यै आफूलाई परमेश्‍वरको रूपमा देखाउनुहुन्न वा झल्काउनुहुन्न। उहाँ हामीसँग कुरा गर्नुहुँदा एकदमै स्वाभाविक र न्यानो हुनुहुन्छ, कसैलाई पनि आफ्नो कुरा सुन्न कर गर्नुहुन्न। ख्रीष्टसित अहङ्कार वा अभिमानको सानो त्यान्द्रो पनि छैन। ख्रीष्टका वचनहरू भरपर्दा, झुटरहित, बहानारहित र छलरहित छन्। उहाँ हामीलाई परिवारका सदस्यहरूलाई जस्तै व्यवहार गर्नुहुन्छ, हामीसित इमानदारीसाथ बोल्नुहुन्छ, कुराकानी गर्नुहुन्छ। हाम्रो लागि यो साह्रै हृदयस्पर्शी हो। ख्रीष्टको मानवतामा कुनै भ्रष्टता नभएको हामी देख्न सक्छौं। उहाँसित सामान्य मानवता छ—दयालु र पवित्र मानवता। हामीलाई पोषित, सहयोग र मार्गदर्शन गर्न ख्रीष्टले कहीं पनि, कुनै पनि समय सत्यता व्यक्त गर्न सक्नुहुन्छ। ख्रीष्टसित सामान्य मानवता मात्र होइन ईश्‍वरीय सार पनि छ भनेर हामी अझ् धेरै निश्चित छौं। उहाँ वास्तवमै देहमा हुनुभएका व्यवहारिक परमेश्‍वरको रूप हुनुहुन्छ। अहिलेसम्म ख्रीष्टलाई पछ्याएर, हामीले ख्रीष्ट सत्यता, बाटो र जीवन हुनुहुन्छ भनेर थाहा पाएका छौं। ख्रीष्टबाहेक अरू कोही प्रसिद्ध वा महान् मानिसहरूले सत्यता व्यक्त गर्न र मानिसजातिलाई मुक्ति दिन सक्दैनन्। परमेश्‍वरको देहधारी रूपमा हामी उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ भन्नेबारे निकै धेरै कुरा देख्छौं। हामी ख्रीष्टको ईश्‍वरीय सार देख्छौं अनि परमेश्‍वरको स्वभाव पवित्र र धर्मी छ भनेर देख्छौं। परमेश्‍वर कति नम्र र गुप्त हुनुहुन्छ अनि उहाँ अति दयालु र सुन्दर हुनुहुन्छ भनेर पनि हामी देख्छौं। यसले हामीलाई परमेश्‍वरको नजिक ल्याउँछ र हामी उहाँप्रति समर्पित हुन्छौं र उहाँलाई प्रेम गर्छौं। मानिसजातिलाई मुक्ति दिन देहमा हुनुभएका परमेश्‍वरले गर्नुहुने काम अत्यन्तै अर्थपूर्ण छ। यसले परमेश्‍वर र मानिसबीचको खाडललाई पुर्ने मात्र होइन, हामीलाई व्यवहारिक ज्ञान र परमेश्‍वरबारे बुझाइ प्राप्त गर्न मदत पनि गर्छ। हामी परमेश्‍वरको व्यवहारिक कार्य मार्फत बिस्तारै सत्यता बुझ्छौं र वास्तविकतामा प्रवेश गर्छौं, आफूलाई अहङ्कार र छलकपट जस्ता धेरै भ्रष्ट स्वभावबाट मुक्त पार्छौं। हामी साँचो मानव स्वभावमा जिउँछौं र परमेश्‍वरको मुक्तिको अनुग्रह प्राप्त गर्छौं। सर्वशक्तिमान परमेश्‍वरका आखिरी दिनहरूको कार्य मार्फत हामी देहमा हुनुभएका परमेश्‍वरको कार्य कत्ति व्यवहारिक र सच्चा रहेछ भनेर निकै गहन महसुस गर्छौं! यदि परमेश्‍वरले देहधारण नगर्नुभएको भए, हामीले परमेश्‍वरबाट कहिल्यै यस्तो ठोस सिंचन र पोषण प्राप्त गर्न सक्नेथिएनौं, झन सत्यता बुझ्ने, प्राप्त गर्ने, पाप त्याग्ने र परमेश्‍वरबाट पूर्णतः मुक्ति पाउने त कुरै आउँदैनथियो। परमेश्‍वरले देहमा उहाँको न्यायको कार्य गरेर मात्र त्यो प्राप्त गर्न सकिन्थ्यो।

त्यसकारण, अहिले सबैले स्पष्टसित के बुझ्नुपर्छ भने, आखिरी दिनहरूमा परमेश्‍वर देह हुनुहुन्छ, मानिसजातिलाई धुन र मुक्ति दिनकै लागि सत्यता व्यक्त गर्नुहुन्छ र न्यायको कार्य गर्नुहुन्छ। यदि परमेश्‍वर आत्मामा देखा पर्नुभएको भए र काम गर्नुभएको भए, हामी भ्रष्ट मानिसहरूले सत्यता बुझ्ने र प्राप्त गर्ने मौका पाउनेथिएनौं, अनि कहिल्यै हाम्रो भ्रष्टता त्याग्न र परमेश्‍वरबाट मुक्ति पाउन सक्षम हुनेथिएनौं। त्यसमा रत्तिभर पनि शङ्का छैन। तर, धार्मिक संसारका धेरै जनाले सर्वशक्तिमान परमेश्‍वरले अत्यन्तै धेरै सत्यता व्यक्त गर्नुभएको छ भनेर देख्छन् र उहाँका वचनहरूमा अख्तियार र शक्ति छन् भनेर मानिलिन्छन्, तर उहाँ सरल र सामान्य रूपको मानिसको पुत्र हुनुभएकोले, तिनीहरूले उहाँ परमेश्‍वर होइन मानिस हो भन्दै सर्वशक्तिमान परमेश्‍वरको आलोचना र निन्दा गर्छन्। तिनीहरूले सर्वशक्तिमान परमेश्‍वरको रूप र कार्यको घोर विरोध, खण्डन र निन्दा समेत गर्छन्। हामी प्रभु येशू २,००० वर्षअघि काम गर्न आउनुभएको समयबारे नसोची रहन सक्दैनौं। प्रभु येशूको सामान्य रूप भएकोले, फरिसीहरूले उहाँलाई एक मामुली व्यक्तिको रूपमा व्यवहार गरे र यसो भन्दै न्याय गरे, “के यिनी नाजरी होइनन् र?” “के यिनी सिकर्मीका छोरा होइनन् र?” उहाँले जति नै धेरै सत्यता व्यक्त गर्नुभए पनि, जति नै ठूला चमत्कारहरू गर्नुभए पनि, फरिसीहरूले खोजी गरेनन् र उहाँलाई स्वीकारेनन्। त्यसको सट्टा, तिनीहरूले प्रभु येशूलाई आलोचना र निन्दा गरे, उहाँले भूतहरूको राजाको मदतद्वारा भूतहरू धपाइरहनुभएको छ भने, र अन्ततः उहाँलाई क्रूसमा टाँगे र सबैभन्दा जघन्य पाप गरे। तिनीहरूलाई परमेश्‍वरले श्रापित गर्नुभयो र सजाय दिनुभयो। अहिले परमेश्‍वर मानिसको पुत्रको रूपमा दुईपटक देहमा देखा पर्नुभएको छ र उहाँले काम गर्नुभएको छ। त्यसोभए, किन मानिसहरूले उहाँलाई चिन्दैनन्? किन ख्रीष्टलाई विरोध, निन्दा र इन्कार गर्छन्? तिनीहरूले कहाँ गल्ती गर्दैछन्? यसो हुनुको कारण, तिनीहरूले बाहिरी रूप मात्र हेर्छन्, ख्रीष्ट सामान्य व्यक्ति देखिनुहुन्छ र त्यसैलाई मात्र हेर्छन्। ख्रीष्टले व्यक्त गर्नुहुने सबै सत्यतालाई तिनीहरू अनुसन्धान गर्दैनन् र चिन्दैनन्। तिनीहरू ख्रीष्टको ईश्‍वरीय सारलाई देख्दैनन्, तर आफ्ना मानव धारणाका कारण केवल ख्रीष्टसित झगडा गर्छन् र उहाँको निन्दा गर्छन्। त्यसैले, यसका लागि तिनीहरूलाई सजाय दिइन्छ र श्रापित गरिन्छ। बाइबलले भन्छ, “पुत्रमा विश्‍वास गर्नेसँग अनन्त जीवन हुन्छ: र पुत्रलाई विश्‍वास नगर्नेले जीवन देख्‍नेछैन; तर परमेश्‍वरको क्रोध त्यसमाथि भइरहन्छ(यूहन्‍ना ३:३६)। सत्यता व्यक्त गर्नुहुने मानिसको पुत्रलाई निन्दा र विरोध गर्ने जोकोहीले पवित्र आत्माको निन्दा गर्ने पाप गरिरहेको हुन्छ र उसले यस संसार वा अर्को संसारमा क्षमा पाउन सक्दैन। बुद्धिमती कन्याहरूले सत्यता र परमेश्‍वरको आवाज खोजी गर्न सिक्नैपर्छ। आखिरी दिनहरूमा प्रभुको पुनरागमन मानिसको पुत्रको रूपमा बोल्नु र काम गर्नु हो। उहाँलाई स्वीकार गर्नेहरू सत्यतालाई प्रेम गर्नेहरू हुन्। मानिसको पुत्रलाई इन्कार, विरोध र निन्दा गर्नेहरू सबैले सत्यतालाई घृणा गर्छन्। तिनीहरू कस्ता हुन् भनेर परमेश्‍वरले मानिसको पुत्रको रूप र कार्यमार्फत प्रकट गर्नुहुन्छ। यो परमेश्‍वरको बुद्धि हो र यसले उहाँको सर्वशक्तिमान क्षमता प्रकट गर्छ।

अन्त्यमा, परमेश्‍वरका वचनहरूका केही खण्डहरू हेरौं।

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “यही समयतिर, परमेश्‍वर आत्मिक शरीरमा होइन तर अति साधारण शरीरमा काम गर्नको लागि आउनुहुन्छ। त्यसबाहेक यो, परमेश्‍वरको दोस्रो देहधारणको शरीर मात्र होइन, यो त्यो शरीर पनि हो जसबाट परमेश्‍वर देहमा फर्किनुहुन्छ। यो अति साधारण देह हो। तैँले उहाँलाई अरूबाट फरक बनाउने त्यस्तो कुनै कुरा पनि देख्न सक्दैनस्, तर तैँले उहाँबाट पहिले नसुनिएका सत्यताहरू पाउन सक्छस्। यी नगण्य देहले परमेश्‍वरबाट सत्यताका सबै वचनलाई मूर्तरूप दिनुहुन्छ, आखिरी दिनहरूमा परमेश्‍वरका कामको जिम्मा लिनुहुन्छ र मानिसको लागि बुझ्नको लागि परमेश्‍वरको स्वभावको सम्पूर्णता व्यक्त गर्नुहुन्छ। के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई देख्न बिछट्टै चाहना राख्दैनस्? के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई बुझ्न बिछट्टै चाहना राख्दैनस्? के तँ मानवजातिको गन्तव्य देख्न बिछट्टै चाहना राख्दैनस्? उहाँले तँलाई यी सबै रहस्य बताउनुहुनेछ—यस्ता रहस्यहरू जुन कुनै पनि मानिसले तँलाई बताउन सकेको छैन, र उहाँले तँलाई सत्यताहरू पनि बताउनुहुनेछ जुन सत्यता तैँले बुझ्दैनस्। उहाँ राज्यमा तेरो प्रवेशद्वार र नयाँ युगमा तेरो पथप्रदर्शक हुनुहुन्छ। यस्तो साधारण देहले बुझ्न नसकिने धेरै रहस्यहरू धारण गर्छ। उहाँका कार्यहरू तँलाई दुर्बोध लाग्न सक्छ, तर उहाँले गर्नुभएका कामको सम्पूर्ण लक्ष्य उहाँ मानिसहरूले विश्‍वास गरेजस्तो साधारण देह हुनुहुन्न भनेर तँलाई बुझ्न लगाउनु पर्याप्त छ। किनकि उहाँले परमेश्‍वरको इच्छा र आखिरी दिनहरूमा मानवजातिप्रति परमेश्‍वरले देखाउनुहुने हेरविचारको प्रतिनिधित्व गर्नुहुन्छ। तैँले उहाँका वचनहरूले स्वर्ग र पृथ्वी हल्लाएको नसुने पनि, तैँले उहाँका आँखाहरू बलिरहेका ज्वालाहरू जस्ता नदेखे पनि, र तैँले उहाँको फलामे डन्डाको अनुशासन प्राप्त गर्न नसके पनि, तँ उहाँका वचनहरूबाट सुन्न सक्छस् कि परमेश्‍वर क्रोधी हुनुहुन्छ र थाहा पाउन सक्छस् कि परमेश्‍वरले मानवजातिको लागि करुणा देखाइरहनुभएको छ; तैँले परमेश्‍वरको धर्मी स्वभाव र उहाँको बुद्धि देख्न सक्छस् र अझ, सबै मानवजातिको लागि परमेश्‍वरको व्यग्रता महसुस गर्न सक्छस्। आखिरी दिनहरूमा परमेश्‍वरको काम मानिसलाई पृथ्वीका मानिसहरूमाझ जिइरहनुभएको स्वर्गमा हुनुहुने परमेश्‍वरलाई हेर्न दिनु र उहाँलाई बुझ्न, उहाँको आज्ञा पालन गर्न, आदर गर्न र प्रेम गर्न सक्षम बनाउनु हो। यसैको लागि उहाँ दोस्रो पटक देहमा फर्किनुभएको छ। हुनत यो दिनमा मानिसले देख्ने परमेश्‍वर मानिसजस्तै हुनुहुन्छ, एउटा नाक र दुई आँखा भएका परमेश्‍वर, र साधारण परमेश्‍वर, अन्त्यमा परमेश्‍वरले तिमीहरूलाई देखाउनुहुनेछ कि यदि यी मानिस अस्तित्वमा नहुनु हो भने, स्वर्ग र पृथ्वीमा भयानक परिवर्तन भएर जानेथियो; यदि यी मानिस अस्तित्वमा नहुनु हो भने, स्वर्गहरू फिका हुनेथिए, यस पृथ्वी अस्तव्यस्ततामा जाकिनेथियो, र सबै मानवजाति भोकमरी र विपत्तिमाझ जिउनेथिए। तिमीहरूलाई उहाँले देखाउनुहुनेछ कि यदि आखिरी दिनहरूमा मुक्ति दिन देहधारी परमेश्‍वर नआउनुभएको भए, त्यसबेला परमेश्‍वरले सबै मानवजातिलाई धेरैअघि नै नरकमा विनाश गरिसक्नुभएको हुनेथियो; यदि यी देह अस्तित्वमा नरहनुभएको भए, तिमीहरू सधैँको लागि महापापी हुनेथियौ, र तिमीहरू सदैव लाश हुनेथियौ। तिमीहरूले थाहा पाउनुपर्छ, यदि यो देह अस्तित्वमा नरहेको भने, सबै मानवजातिले एक अपरिहार्य विपत्ति सामना गर्नुपर्ने थियो, र आखिरी दिनहरूमा मानवजातिलाई परमेश्‍वरले दिने त्योभन्दा कठोर दण्डबाट बच्न असम्भव हुनेथियो। यदि यी साधारण देह नजन्मिएको भए, तिमीहरू सबै त्यो स्थितिमा हुनेथियौ जहाँ बाँच्न नसकेर जीवनको भीख माग्नेथियौ र मर्न नसकेर मृत्यु माग्नेथियौ; यदि यी देह अस्तित्वमा नरहनुभएको भए, तिमीहरू सत्य प्राप्त गर्न र आज परमेश्‍वरको सिंहासनको सामुन्ने आउन सक्षम हुनेथिएनौ तर बरु, तेरा घोर पापहरूका कारणले परमेश्‍वरद्वारा तँ दण्डित हुनेथिइस्। के तिमीहरूलाई थाहा थियो, यदि परमेश्‍वरको पुनरागमन देहमा नभएको भए, कसैलाई पनि मुक्तिमा मौका हुनेथिएन; र यदि यीदेहको आगमन नभएको भए, परमेश्‍वरले धेरै अगाडि पुरानो युगलाई अन्त्य गरिसक्नुभएको हुनेथिएन? यो यसो हुने हुनाले, के तिमीहरू परमेश्‍वरको दोस्रो देहधारणलाई अझसम्म इन्कार गर्न सक्षम छौ? यी साधारण मानिसबाट तिमीहरूले यति धेरै फाइदा प्राप्त गर्न सक्ने भएकाले, किन तिमीहरूले उहाँलाई खुसीसाथ स्वीकार गर्दैनौ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँलाई थाहा थियो? परमेश्‍वरले मानिसहरूको बीचमा महान् कुरा गर्नुभएको छ)

आखिरी दिनहरूमा परमेश्‍वरका सबै काम यही साधारण मानिसद्वारा गरिन्छ। उहाँले सबै कुरा तँलाई प्रदान गर्नुहुनेछ, र त्योभन्दा बढी, तँसँग सम्बन्धित सबै कुराको निर्णय गर्न उहाँ सक्षम हुनुहुनेछ। के यस्ता व्यक्ति तिमीहरूले विश्‍वास गरे जस्तो उल्लेख गर्न नै अयोग्य हुने गरी साधारण हुन सक्छ? के उहाँको सत्यता तिमीहरूलाई पूर्णरूपमा विश्‍वस्त तुल्याउन पर्याप्त छैन? के उहाँका कामको साक्षी तिमीहरूलाई पूर्णरूपमा विश्‍वस्त तुल्याउन पर्याप्त छैन? अथवा के उहाँले तिमीहरूलाई ल्याउनुहुने त्यो बाटो तिमीहरूको लागि हिँड्न योग्य छैन? जब सबै कुरा भनिन्छ र गरिन्छ, तब कुन कुराले तिमीहरूलाई उहाँप्रति घृणा गर्न र उहाँलाई टाढा फाल्न र पर-परै गर्न लगाउँछ? यी नै मानिस हुनुहुन्छ जसले सत्य अभिव्यक्त गर्नुहुन्छ, यी नै मानिस हुनुहुन्छ जसले सत्यता प्रदान गर्नुहुन्छ र यी नै मानिस हुनुहुन्छ जसले तिमीहरूलाई पछ्याउने मार्ग दिनुहुन्छ। के तिमीहरू यी सत्यताभित्र परमेश्‍वरको कामका चिन्हहरू भेट्न अझसम्म असक्षम भएको हुन सक्छ? येशूको कामविना मानवजाति क्रूसबाट ओर्लन सक्ने थिएनन्, तर आजको देहधारणबिना, क्रूसबाट ओर्लिएकाहरूले कहिल्यै परमेश्‍वरको समर्थन प्राप्त गर्न वा नयाँ युगमा प्रवेश गर्न सक्नेथिएनन्। यी साधारण मानिसको आगमनविना तिमीहरूले परमेश्‍वरको सही रूप देख्ने अवसर कहिल्यै पाउनेथिएनौ, न त तिमीहरू त्यसको योग्य नै हुनेथियौ, किनकि तिमीहरू सबै धेरै पहिले नष्ट गरिसक्नुपर्ने पात्र हौ। परमेश्‍वरको दोस्रो देहधारणको आगमनको कारणले, तिमीहरूलाई परमेश्‍वरले क्षमा दिनुभएको छ र कृपा देखाउनुभएको छ। यसका बाबजुद, मैले तिमीहरूलाई अन्तिमतिर छोड्नैपर्ने वचनहरू अझै यी छन्ः यी साधारण मानिस, जो देहधारी परमेश्‍वर हुनुहुन्छ, तिमीहरूको लागि अति नै महत्त्वको हुनुहुन्छ। यो, परमेश्‍वरले मानिसहरूमाझ पहिले नै गरिसक्नुभएको महान् कुरा हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँलाई थाहा थियो? परमेश्‍वरले मानिसहरूको बीचमा महान् कुरा गर्नुभएको छ)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

विश्‍वासद्वारा पाइने मुक्तिले परमेश्‍वरको राज्यमा प्रवेश प्राप्त हुन्छ?

महामारी निरन्तर फैलिरहेको छ, र भूकम्प, बाढीपहिरो, कीराफट्याङ्ग्राको महामारी, अनिकालहरू पैदा हुन थालेका छन्। धेरै मानिसहरू निरन्तर चिन्ताको...

एउटै परमेश्‍वरले कामका तीन चरणहरूलाई कसरी पूरा गर्नुहुन्छ

आज, हाम्रो सङ्गतिको शीर्षक रहेको छ, “एउटै परमेश्‍वरले कामका तीन चरणहरूलाई कसरी पूरा गर्नुहुन्छ।” यो शीर्षक महत्त्वपूर्ण छ, र हाम्रो समाप्ति...

किन हामीले परमेश्‍वरको आवाज सुनेर मात्रै प्रभुलाई स्वागत गर्न सक्छौं?

अहिले, सबै विश्‍वासीहरू प्रभु येशू बादलमा आउनुहुन्छ भनेर उत्कट इच्‍छा गरिरहेका छन्, किनभने विपत्तिहरू झन्-झन् गम्‍भीर हुँदै गइरहेका छन् र...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्