संसार विपत्तिले घेरिएको छ: महासङ्कष्टअघि हामी कसरी उठाई लगिनेछौं?

3 जुलाई 2021

By Becky, U.S.

आज, विश्‍वभरि विपत्तिहरू झन-झनै कठोर हुँदै गइरहेका छन्। समाचार विपत्ति, भूकम्प, बाढी, र खडेरीको कथाहरूले भरिएको छ। के तपाईंले कहिल्यै आफैंमा सोच्नुभएको छ: प्रभुको पुनरागमनको भविष्यवाणी पूरा भएको छ, त्यसोभए हामीले किन प्रभुलाई स्वागत गरेका छैनौं? यदि यो जारी रहन्छ, जब महासङ्कष्ट आउँछ, के हामी पनि, प्रकोपमा डुबाइनेछैनौं? प्रभुले हामीलाई स्वर्गको राज्यमा कहिले लैजानुहुन्छ?

जब हामी उठाई लगिन्छौं, के हामी वास्तवमै आकाशमा उठ्नेछौं?

प्रभुका धेरै विश्वासीहरूले यी वचनहरू बाइबलमा पढेका छन्: “अनि हामी जिउँदा र बाँकी रहेकाहरू आकाशमा प्रभुलाई भेट्न एकसाथ बादलमा लगिनेछौं: अनि त्यसपछि सदासर्वदा प्रभुसँगै रहनेछौं” (१ थेसलोनिकी ४:१७)। तिनीहरू आकाशमा उठाइन चाहन्छन् र प्रभु आउँदा उहाँसँग भेट गर्दछन्। तर वास्तवमा, यी वचनहरू यथार्थमा प्रभु येशूद्वारा बोलेको थिएन, न त तिनीहरू प्रकाशको पुस्तकको भविष्यवाणी नै हो। ती केवल प्रेरित पावलका वचनहरू हुन्। प्रभुको आगमनलाई स्वागत गर्ने सम्बन्धमा के पावलका वचनहरूमा भर पर्नु ठीक हो? के पावलका वचनहरूले प्रभुको वचनलाई प्रतिनिधित्व गर्न सक्छ? आखिरी दिनहरूको प्रभु कसरी आइपुग्नुहुन्छ, र उहाँमाथि विश्वास गर्नेहरूलाई उहाँले राज्यमा कसरी लैजानुहुन्छ त्यो कुरा परमेश्‍वर स्वयमको काम हो। पावल केवल एक प्रेरित थिए जसले प्रभुको लागि सन्देश फैलाए; उसले त्यस्ता कुरा कसरी थाहा पाउनेथियो? प्रभुको आगमनलाई स्वागत गर्नु अत्यन्त महत्त्वपूर्ण कुरा हो, जसमा प्रभु येशूका वचनहरूमा भर पर्नु मात्र सही छ। प्रभु येशूले भन्नुभयो, “हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईंको नाउँ पवित्र होस्। तपाईंको राज्य आओस्, स्वर्गमा जस्तै यस पृथ्वीमा पनि तपाईंको इच्छा पूरा होस्(मत्ती ६:९-१०)। प्रकाशको पुस्तकले पनि निम्न भविष्यवाणीहरू समावेश गर्दछ: “अनि म यूहन्‍नाले पवित्र सहर, नयाँ येरूशलेम, आफ्नो दुलहाको निम्ति दुलहीझैँ सजिएर स्वर्गबाट तल आइरहेको देखेँ। अनि मैले स्वर्गबाट यसो भनिएको ठूलो आवाज सुनेँ, हेर, परमेश्‍वरको वासस्थान मानिससँग छ र उहाँ तिनीहरूसँग बस्‍नुहुनेछ, तिनीहरू उहाँका मानिसहरू हुनेछन् र परमेश्‍वर स्वयम् तिनीहरूसँग हुनुहुनेछ, र तिनीहरूका परमेश्‍वर हुनुहुनेछ(प्रकाश २१:२-३)। “यस संसारका राज्यहरू हाम्रा प्रभु र उहाँका ख्रीष्टको राज्य बनेको छ; र उहाँले सदा-सदा राज्य गर्नुहुनेछ(प्रकाश ११:१५)। यी भविष्यवाणीहरूमा, “स्वर्गबाट तल आइरहेको,” “परमेश्‍वरको वासस्थान मानिसहरूसँग छ,” र “यस संसारका राज्यहरू हाम्रा प्रभु र उहाँका ख्रीष्टको राज्य बनेको छ,” वचनहरूले देखाउँदछ कि परमेश्‍वरले पृथ्वीमा आफ्नो राज्य स्थापना गर्नुहुनेछ, र मानिसको लागि उहाँले व्यवस्था गर्नुभएको गन्तव्य पनि पृथ्वीमा छ। के स्वर्गमा उठाइने हाम्रो निरन्तर इच्छा हाम्रो आफ्नै धारणा र कल्पनाहरूबाट आएको होइन? र के यो परमेश्‍वरबाट फरक बाटोमा हिड्नु होइन र?

वास्तविकता यो हो कि परमेश्‍वरले कहिले पनि मानिसहरूलाई आकाशमा उठाउने बारेमा कुरा गर्नुभएन, र यो त्यस्तो चीज हो जुन हामीले परमेश्‍वरको कामका तथ्यहरूबाट पहिचान गर्न सक्दछौं। सुरूमा, परमेश्‍वरले मानिसलाई धूलोबाट बनाउनुभयो र उसलाई अदनको बगैंचामा राख्नुभयो, जहाँ उनी बसे र ठीकसँग परमेश्‍वरको उपासना गरे। नूहको समयमा, न त परमेश्‍वरले नूह र उनको परिवारलाई बाढीबाट उम्काउन आकाशमा उठाउनुभयो; बरू, उहाँले नूहलाई पृथ्वीमा जहाज बनाउने व्यावहारिक कदम चाल्न आज्ञा गर्नुभयो। व्यवस्थाको युगको अन्ततिर, मानिसहरूले परमेश्‍वरको नियम उल्लङ्घन गरेको कारण मृत्युदण्ड पाउने खतराको सामना गरे। पापको भेटीहरू लिन परमेश्‍वरले तिनीहरूलाई हावामा माथि उठाउनु भएन, बरू व्यक्तिगत रूपमा देह बन्नुभयो र पृथ्वीमा आउनुभयो, जहाँ उहाँ वास्तवमा मानिसजातिको लागि क्रूसमा टाँगिनुभयो र मानवजातिलाई पापबाट छुटकारा दिनुभयो। यसबाट हामी देख्न सक्छौं कि परमेश्‍वरले मानिसजातिको उद्धारको लागि पृथ्वीमा निरन्तर काम गरिरहनुभएको छ, मानिसजातिलाई जिउन र परमेश्‍वरको उपासना गर्न डोर्याउनुभएको छ। आकाशमा लगिने हाम्रो निरन्तर चाहना परमेश्‍वरको इच्छासँग स्पष्ट रूपमा बाझिएको छ!

महासङ्कष्ट हुनुभन्दा पहिले नै उठाई लगिनु भनेको के हो?

तपाईंहरूमध्ये कोही वास्तवमा “उठाई लगिनु” ले के कुरालाई सङ्केत गर्दछ भन्ने बारेमा अस्पष्ट हुन सक्नुहोला। यसलाई बुझ्नको लागि, पहिला हामी परमेश्‍वरका वचनहरूले के भन्छन् हेरौं। परमेश्‍वरले भन्नुभयो, “‘उठाइलगिनु’ भनेको मानिसहरूले कल्पना गरेका जस्तो तल्लो स्थानबाट माथिल्लो स्थानमा लगिनु होइन; त्यो एउटा ठूलो भ्रम हो। ‘उठाइलगिनु’ ले मैले गर्ने पूर्वनियुक्तिलाई र त्यसपछि छनौटलाई बुझाउँछ। यो मैले पूर्वनियुक्त र चुनाउ गरेको सबैमा निर्देशित हुन्छ। उठाइलगिने सबै जना ती मानिसहरू जसले ज्येष्ठ छोरा वा छोराहरूको दर्जा पाएका छन्, वा जो परमेश्‍वरका मानिसहरू हुन्। यो मानिसहरूको धारणासँग सबैभन्दा नमिल्‍ने कुरा हो। भविष्यमा मसँग मेरो घरमा बस्ने तिनीहरू नै हुन् जो मेरो सामने उठाइलगिएका छन्। यो पूर्ण, कहिल्यै परिवर्तन नहुने र खण्डन गर्न नसकिने सत्य हो। यो शैतानको विरूद्ध जबाफी हमला हो। मैले पूर्वनियुक्त गरेको जो कोही पनि मेरो अघि उठाइलगिनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १०४)। यी वचनहरूले हामीलाई भन्छन् कि उठाई लगिनु हामीले कल्पना गरेको जस्तो प्रभुलाई भेट्न आकाशमा लगिनु होइन; यसको सट्टा, यसको अर्थ परमेश्‍वरको आवाज सुनेपछि, थुमाको पाइला पछ्याएपछि, र उहाँ पृथ्वीमा आउनुहुँदा र काम गर्नुहुँदा परमेश्‍वरसामु आउनु भएपछि, उहाँको नयाँ कामलाई स्वीकार्न र ती पालन गर्न सक्षम हुनु हो भन्ने हुन्छ। केवल यो मात्र साँचो उठाई लगिने काम हो। प्रभु येशू छुटकाराको काम गर्न आउनुहुँदा यो भयो: पत्रुस, सामरी स्त्री, जेम्स र अरूहरूले उहाँको वचन सुन्दा, तिनीहरूले प्रभुको आवाज चिने र उनीहरूले उहाँ नै आउनेवाला मसीह हुनुहुन्छ भनेर निश्चय गरे। नतिजास्वरूप, तिनीहरूले प्रभुको मुक्ति प्राप्त गरे र सबै अनुग्रहको युगको दौडान प्रभुको सामने खडा भए। आखिरी दिनहरूमा प्रभुको पुनरागमनलाई स्वागत गर्ने र परमेश्‍वरको वर्तमान कार्यलाई स्वीकार्ने सबै थुमाको पाइला पछ्याउनेहरू, र प्रभुको सामुन्ने खडा भएकाहरू हुन्!

महासङ्कष्ट हुनुभन्दा अघि कसरी उठाई लगिने

त्यसोभए प्रभुलाई स्वागत गर्न र प्रकोप हुनुभन्दा अघि उठाई लगिन हामीले के गर्नुपर्छ? यसलाई बाइबलमा धेरै अघि अगमवाणी गरिएको थियो, जब प्रभु येशूले भन्नुभयो, “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ: किनभने उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन; तर उहाँले जे सुन्‍नुहुन्‍छ उहाँले त्यही बोल्‍नुहुनेछ: र उहाँले तिमीहरूले आउनेवाला कुराहरू देखाउनुहुनेछ(यूहन्‍ना १६:१२-१३)। प्रकाशको पुस्तकको अध्यायहरू २ र ३ ले धेरै पटक भविष्यवाणी गर्दछ: “आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्।” अध्याय ३, पद २० पनि छ: “हेर, म ढोकामा खडा हुन्छु र ढक्‍ढकाउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ।” परमेश्‍वरको वचनले भन्छ, “हामीहरू परमेश्‍वरका पाइलाहरूलाई खोजिरहेका भएकाले, यसले हामीलाई परमेश्‍वरको इच्छा, परमेश्‍वरको वचन, उहाँको वाणी खोज्न बाध्य बनाउँछ—किनकि जहाँ परमेश्‍वरद्वारा बोलिएका नयाँ वचनहरू हुन्छन्, त्यहाँ परमेश्‍वरको आवाज हुन्छ, र जहाँ परमेश्‍वरका पाइलाहरू हुन्छन्, त्यहाँ परमेश्‍वरका कामहरू हुन्छन्। जहाँ-जहाँ परमेश्‍वरको अभिव्यक्ति हुन्छ, त्यहाँ-त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, र परमेश्‍वर जहाँ-जहाँ देखा पर्नुहुन्छ, त्यहाँ-त्यहाँ सत्यता, मार्ग, र जीवन अस्तित्वमा हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ)। परमेश्‍वरका वचनहरूले हामीलाई भन्दछन् कि यदि हामी प्रभुलाई स्वागत गर्न चाहन्छौं भने, परमेश्‍वरको काम र वचनहरू खोज्नु महत्वपूर्ण हुन्छ। मण्डलीहरूका निम्ति पवित्र आत्माको बोलीहरू आज कहाँ छन् भन्ने कुरालाई खोज्नु बाहेक अरू केही महत्त्वपूर्ण छैन, र जहाँ आज परमेश्‍वरको देखा पर्ने घटना र काम छन्। यदि हामी आफैंमा परमेश्‍वरको पाइलाहरूको खोजी गर्न लाउँदैनौं, यदि हामी परमेश्‍वरको आवाज सुन्नलाई महत्त्व दिदैनौं, तर बरू निष्क्रिय रूपमा आकाशमा बादलहरूलाई हेर्छौं, प्रभु आउनुभएर हामीलाई हावामा लैजानुहोस् भनी सुस्त ढंगले प्रभुलाई पर्खिन्छौ भने, के यस्ता विचार काल्पनिक छैनन्? र त्यसोभए के हामी प्रभुलाई स्वागत गर्न सधैँ असमर्थ हुनेछैनौं, र यसरी अन्ततः उहाँबाट उठाई लगिने मौकालाई बेवास्ता गर्नेछैनौं र?

त्यसोभए, प्रभुको पाइलाहरू कहाँ छन्? अनि परमेश्‍वरले उहाँको वचन कहाँ बताउनुहुन्छ? आज, सर्वशक्तिमान परमेश्‍वरको मण्डलीले मात्र परमेश्‍वर अघि नै आइसक्नुभयो भनेर मानिसजातिलाई खुल्लमखुल्ला साक्षी दिन्छ: अर्थात्, आखिरी दिनहरूका परमेश्‍वर, सर्वशक्तिमान परमेश्‍वर। सर्वशक्तिमान्‌ परमेश्‍वरले लाखौं वचनहरू व्यक्त गर्नुभएको छ, मानिसलाई बचाउने उहाँको छ हजार बर्षे व्यवस्थापन योजनाको रहस्यहरू, र उहाँको नाम र देहधारणहरूको रहस्यहरूको पर्दाफास गर्नुहुन्छ, र मानिसलाई उहाँको तीन चरणको कामको उद्देश्य, र परमेश्‍वर काम र मानिसको कामबीचको भिन्नता, र त्यस्तै अरू कुरा बताउनुहुन्छ। उहाँले संसारको अन्धकार र दुष्टको जड, परमेश्‍वरलाई प्रतिरोध गर्ने मानिसको शैतानी प्रकृति र हाम्रो विभिन्न भ्रष्ट अवस्थाहरू प्रकट गर्नुहुन्छ, र उहाँले मानिसभित्रको भ्रष्ट स्वभावहरू जस्तै अहंकार, छल, दुष्टता र कठोरता उजागर गर्नुहुन्छ। उहाँले हामीलाई शुद्ध हुनको लागि बाटो र हामीले त्यस कुरामा प्रवेश गर्न अभ्यास गर्नुपर्ने सत्यहरू पनि देखाउनुहुन्छ, जस्तै कसरी इमान्दारी हुने, कसरी परमेश्‍वरको आज्ञा पालन गर्ने, परमेश्‍वरलाई प्रेम गर्ने, र परमेश्‍वरको श्रद्धा गर्ने, कसरी परमेश्‍वरको इच्छाअनुरूप सेवा गर्ने, कसरी हाम्रो भ्रष्ट स्वभाव, र अरू त्यस्तै कुरा त्याग्ने। परमेश्‍वरका वचनहरूको न्यायको माध्यमबाट, परमेश्‍वरका चुनिएका व्यक्तिहरूले केही सत्यताहरू बुझ्दछन्, तिनीहरूलाई शैतानले कसरी भ्रष्ट पारेका छन् भनेर देख्छन्, र परमेश्‍वरको धार्मिक स्वभाव र पवित्र सारलाई चिन्छन्। तब उनीहरूले परमेश्‍वरलाई श्रद्धा गर्न थाल्छन् र उहाँका वचनहरू अभ्यास गर्न थाल्छन् र उनीहरूको भ्रष्ट स्वभावलाई त्याग्छन्, र बिस्तारै उनीहरूको जीवनको स्वभाव परिवर्तन हुन्छ। सर्वशक्तिमान् परमेश्‍वरको कामले प्रभु येशूको भविष्यवाणी ठीकसँग पूरा गर्दछ, “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ” (यूहन्‍ना १६:१२-१३)

आज, सर्वशक्तिमान परमेश्‍वरको वचन मानिसजातिमाझ फैलिएको छ। साँचो विश्वास भएका र सत्यलाई साँचो प्रेम गर्ने विभिन्न ईसाई सम्प्रदायका धेरैले परमेश्‍वरको सोर सुनेका छन्, परमेश्‍वरका वचनहरूद्वारा व्यूँउझिएका छन्, र उहाँको सिंहासनको अगाडि फर्केका छन्। तिनीहरू उहाँको वचनको पानी र पोषणको आनन्द लिन्छन्, र यी वचनहरू कत्तिको आधिकारिक र शक्तिशाली हुन्छन् भनेर उनीहरूले महसुस गरेका छन्, सर्वशक्तिमान परमेश्‍वर प्रभु येशूको पुन: आगमन हुनुहुन्छ। तिनीहरू ती हुन् जो महासंकष्ट भन्दा पहिले उठाई लगिएका छन्! आउनुहोस्, सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूको केही अंश पढौं: “मेरो आवाज पृथ्वीभरि फैलिनेछ; मैले चुनिएकाहरूलाई सामना गरेर तिनीहरूलाई अझ धेरै वचनहरू बोल्ने इच्छा छ। जसरी शक्तिशाली गर्जनहरूले पहाड़ र नदीहरू हल्लिन्छन्, त्यसरी नै म पनि मेरा वचनहरू सारा ब्रह्माण्ड र मानवजातिको निम्ति बताउँछु। यसकारण, मेरो मुखको वचन मानिसहरूको खजाना भएको छ र सबै मानिसहरूले मेरो वचनलाई मनमा लिन्छन्। मेरो ज्योति पूर्वदेखि पश्‍चिमसम्म नै चम्किन्छ। मेरा वचनहरू यस्ता छन् कि मानिस त्याग्न अनिच्छुक हुन्छन्, र साथै तिनीहरूलाई अथाह पाउँछन्, तर तिनीहरूमा अझ धेरै आनन्दित हुन्छन्। नवजात शिशु जन्‍मेको झैँ गरी मेरो आगमनको उत्सव मनाउँदै सबै मानिसहरू खुशी र आनन्दित हुन्छन्। मेरो आवाजको माध्यमले म सबै मानिसहरूलाई मेरो सामु ल्याउनेछु। त्यसपछि, म मानिसहरूको जातिभित्र औपचारिक रूपमा प्रवेश गर्नेछु, त्यसैले तिनीहरू मेरो आराधना गर्न आउनेछन्। मैले जगमगाउने मेरो महिमा र मेरो मुखको वचनहरूसँगै, मैले यसलाई यस्तो बनाइदिनेछु कि सबै मानिसहरू मेरो सामु आउनेछन् र पूर्वबाट चम्किरहेको त्यो ज्योति देख्नेछन् र म पूर्वको जैतूनको डाँड़ामा ओर्लेको पनि देख्नेछन्। यहूदीको छोराको रूपमा होइन, तर पूर्वको ज्योतिको रूपमा म पृथ्वीमा लामो समयदेखि बसेको छु भन्ने तिनीहरूले देख्नेछन्। किनभने मेरो उहिले नै पुनरूत्थान भएको छ र म मानवजातिको माझबाट प्रस्थान गरेको छु, र मानिसहरू माझ मेरो महिमासँगै पुनःदेखा परेको छु। कैयौँ युगहरू अघिदेखि आराधना गरिएको म नै हुँ र म पनि त कयौँ वर्षअघि इस्राएलीहरूले त्यागिएको बालक हुँ। यसको अतिरिक्त, म हालको युगको सारा महिमित सर्वशक्तिमान परमेश्‍वर हुँ। सबै जना मेरो सिंहासन सामु आऊन् र मेरो महिमित मुहार देखून्, मेरो आवाज सुनून् र मेरा कामहरू हेरून्। मेरो समग्र इच्छा यही हो; यो नै अन्त र मेरो योजना साथै मेरो प्रबन्धको उद्देश्यको चरम उत्कर्ष हो। हरेक जातिले मेरो आराधना गरोस्, हरेक जिब्रोले मलाई स्वीकार गरोस्, हरेक मानिसले आफ्नो विश्‍वासलाई ममा राखोस् र हरेक मानिस मेरो अधीनमा रहोस्!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सात मेघगर्जनको आवाज—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्‍ने अगमवाणी)

परमेश्‍वरका वचनहरू पढ्दा तपाईंलाई कस्तो लाग्छ? के तपाईको हृदयभित्र उत्साह छैन? के तपाईंलाई लाग्छ कि ती सृष्टिकर्ताले सम्पूर्ण मानिसजातिसँग बोल्नुभएका कुरा हुन्? के तपाईंलाई लाग्छ कि परमेश्‍वर अब उहाँ फर्केर आउनुभएको छ भनेर हामीलाई गवाही दिनुहुन्छ? तपाईले जेसुकै महसुस गर्नुभए पनि, हाम्रो अगाडि एउटा जरूरी काम छ: हामी बुद्धिमती कन्याहरू हुनुपर्दछ, सर्वशक्तिमान् परमेश्‍वरले बोलेका वचनहरू सुन्नुपर्दछ, र आखिरी दिनहरूका कामहरू खुला दिमागले खोज्नुपर्दछ। महासङ्कष्ट हुनुअघि नै उठाई लगिने अरू कुनै मार्ग छैन!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

इसाई चिन्तन: के हामीले वास्तवमै उहाँ स्वयमलाई प्रकट गर्ने प्रतिक्षा गर्दै फर्केका प्रभुलाई ग्रहण गर्न सक्दछौं?

By Tian Yuan सम्पादकको नोट: प्रकाशको अध्याय २२ मा, यसलाई केही पटक भविष्यवाणी गरिएको छ, “म चाँडै आउँछु।” यो निश्चित छ कि प्रभुमा साँचो...

प्रभु येशूको पुनरागमनसम्‍बन्धी बाइबलका यी ६ अगमवाणी पूरा भइसकेका छन्

दुई हजार वर्षअघि, प्रभु येशुले हामीलाई प्रतिज्ञा गर्नुभयो: “अनि हेर, म चाँडै आउँछु” (प्रकाश २२:१२)। अब, उहाँको आगमनका सबै किसिमका चिन्हहरू...

इसाई भक्तिहरू: आखिरी दिनहरूमा फर्केर आउनुहुँदा प्रभु येशूलाई अझै पनि येशू नै भनिनेछ?

हान लेइ, चीन गत दुई सहस्‍त्राब्दीको अवधिमा, इसाईहरूले उहाँ हाम्रा एक मात्र मुक्तिदाता हुनुहुन्छ, हामीले येशूको नामद्वारा मात्रै मुक्ति...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्