महामारी आएको छ: परमेश्‍वरको सुरक्षा पाउन इसाईले के गर्नुपर्छ?

28 मार्च 2021

आजभोली, महामारी विश्‍वभरि फैलिएको छ। संसारभरि करोडौँ मानिसहरू मरिरहेका छन् र हाम्रो बीचमा ठूला-ठूला विपत्तिहरू आइरहेका छन् भन्‍ने अनुभूति गर्दै धेरै मानिसहरू निरन्तर आत्तिरहेका छन्। यो महामारी कति लामो समयसम्‍म रहनेछ वा यसले कति जना मानिसहरूको ज्यान लिनेछ भन्‍ने कसैलाई थाहा छैन। तैपनि, प्रभुमा विश्‍वास गर्ने मानिसहरूलाई आफ्‍नो हृदयमा के कुरा थाहा हुन्छ भने, सबै घटना परमेश्‍वरकै अनुमतिमा घट्छन्, र यो अनुमतिविना कुनै पनि घटना घट्दैन। त्यसकारण यी विपत्तिहरू हामीकहाँ आउन दिनुमा परमेश्‍वरको इच्‍छा के छ?

पुरानो करारमा लेखिएको विवरण अनुसार, सदोमका मानिसहरू दुष्ट, यौन रूपमा छाडा, र भ्रष्ट थिए, र सहरमा यतिसम्‍म रगतको खोलो बग्थ्यो र हत्या हुन्थ्यो कि, त्यहाँका मानिसहरूले स्वर्गदूतहरूलाई समेत मार्न चाहे। पश्‍चात्ताप गर्नुपर्छ भन्‍ने कुरा त तिनीहरूले कहिल्यै विचार समेत गरेका थिएनन्, त्यसकारण परमेश्‍वरले स्वर्गबाट तिनीहरूमाथि आगो वर्षाउनुभयो र तिनीहरू सबैलाई नष्ट गर्नुभयो। तैपनि, बाइबलको बारेमा राम्ररी ज्ञान भएका व्यक्तिहरूलाई के थाहा हुन्छ भने, त्यो सहर, सदोममा परमेश्‍वरले संकष्ट ल्याउनुभन्दा पहिले, सदोमको पक्षमा अब्राहामले परमेश्‍वरसँग बिन्ती गरेका थिए। बाइबलमा दिइएको यो विवरणको संक्षिप्त भाग यसप्रकार छ: “अनि यहोवाले भन्नुभयो, यदि मैले सदोममा सहरभित्र पचास जना धर्मी भेट्टाएँ भने, म तिनीहरूका खातिर त्यो सबै ठाउँलाई छोडिदिनेछु। … अनि तिनले भने, … केही गरी त्यहाँ दश जना पाइए भने। अनि उहाँले भन्‍नुभयो, दश जनाको खातिर म त्यसलाई नष्ट गर्नेछैन((उत्पत्ति १८: २६-३२)।) यी पदहरूले परमेश्‍वरको धर्मी स्वभावलाई मात्रै प्रकट गर्दैन, तर यसले हामीलाई परमेश्‍वरको महान् कृपा र कोमलताको अनुभूति पनि दिन्छ। यदि दश जना धर्मी मानिसहरू भेट्टाउन सकिएको भए पनि परमेश्‍वरले सदोमलाई बचाउनुहुनेथियो। मानिसहरू जति नै गहन रूपमा भ्रष्ट र दुष्ट भएको भए तापनि, तिनीहरूले पश्‍चात्ताप गर्लान् भन्‍ने आशा परमेश्‍वरले गर्नुभएको थियो। त्यस्तो ठूलो सहरमा दश जना धर्मी मानिसहरू पनि भेट्टाउन नसक्‍नु पीडादायक कुरा हो, त्यसकारण अन्त्यमा परमेश्‍वरसँग यसलाई नष्ट गर्ने बाहेक कुनै विकल्‍प थिएन।

अहिले परीक्षाहरूले व्याप्त रहेको यो संसारमा जिइरहेका मानिसहरू धेरै वर्ष पहिलेका सदोमका ती मानिसहरूभन्दा पनि खराब छन्। आजका मानिसहरूलाई शैतानले यति हदसम्‍म भ्रष्ट तुल्याएको छ: तिनीहरू दुष्टतालाई मन पराउँछन् र अधर्मलाई प्रेम गर्छन्; पृथ्वी हिंसा र व्यभिचारमा डुबेको छ, र तपाईंले मुख्य सडक र स-साना गल्‍लीहरूमा जताततै कराओके बार, मसाज पार्लर, होटेल, र डान्स बारहरू देख्‍न सक्‍नुहुन्छ। त्यस्ता स्थानहरू दुष्टता र छाडापनले भरिएका हुन्छन्। सबै जना खान, पिउन, रमाइलो गर्न, र शारीरिक सुख-चैनमा लुप्त हुनको लागि जिउँछन्, र चरम रूपमा भ्रष्ट भएका छन्। मानिसहरूको बीचमा कुनै प्रेम छैन, र हैसियत, ख्याति र सम्पत्तिको लागि हरेकले एक-अर्कालाई धोका दिन्छन्, एक-अर्कासँग लडाइँ गर्छन् र होडबाजी गर्छन्; तिनीहरूले एक-अर्काको विरुद्ध ठगी र षड्यन्त्र गर्छन्, र पैसा र नाफाको लागि एक-अर्कासँग झैझगडा समेत गर्छन्। सारा मानवजाति शैतानको राज्यक्षेत्रभित्र छ, र कसैसँग सकारात्मक कुराहरूप्रति कुनै प्रेम, वा ज्योतिप्रतिको कुनै तृष्णा छैन, वा परमेश्‍वरको मुक्तिको अनुग्रहलाई स्वीकार गर्न कोही पनि अघि आउँदैनन्। विश्‍वासीहरू समेत पाप गर्ने अनि त्यसलाई स्वीकार गर्ने चक्रमा जिइरहन्छन्, अनि तिनीहरूले प्रभुका शिक्षाहरूलाई पालन गर्न सक्दैनन्। तिनीहरू यति हदसम्‍म जान्छन् कि, तिनीहरू सांसारिक प्रचलनहरू र देहको सुख-चैनको खोजी गर्न पुग्छन्। तिनीहरू पापमा जिइरहेका छन् भन्‍ने थाहा हुँदा-हुँदै पनि, तिनीहरूले पापको बन्धनलाई तोड्न सक्दैनन्—तिनीहरूको हृदय परमेश्‍वरबाट निकै टाढा गइसकेको छ। यति हदसम्‍म भ्रष्ट भएको सारा मानवजाति धेरै पहिले नै नष्ट हुनुपर्ने अवस्थामा पुगेको थिएन र?

मानिसहरूले पश्‍चात्ताप गर्न सकून् भन्‍ने आशा परमेश्‍वरको छ

विपत्तिहरू एकपछि अर्को गर्दै देखा परिरहेका छन्, र हामी पश्‍चात्ताप गर्न उहाँकहाँ आउन सकौं भन्‍ने इच्‍छा परमेश्‍वरको छ। प्रत्येकले पश्‍चात्ताप गरून्, र कोही पनि नष्ट नहोस् भन्‍ने उहाँको चाहना छ। दुई हजार वर्ष पहिले, प्रभु येशूले भन्नुभयो, “पश्‍चात्ताप गर: किनभने स्वर्गको राज्य नजिकै छ(मत्ती ४:१७)। यस बेला, तपाईंहरूमध्ये कतिपयले यसो भन्‍नुहुन्छ होला, “अविश्‍वासीहरूले परमेश्‍वरमा विश्‍वास गर्दैनन्, त्यसकारण तिनीहरूले पश्‍चात्ताप गर्नु सम्‍भव छैन। तैपनि, प्रभुमा विश्‍वास गरिसकेपछि प्रार्थना गर्दा हामी प्रायजसो नराम्ररी बिलौना गर्छौं। हामी हाम्रो विगतको पापलाई स्वीकार गर्छौं, र हामी फेरि कहिल्यै नराम्रो काम गर्दैनौं। हामी अरूप्रति सहनशील र धैर्य बन्‍न सक्छौं। हामीले परोपकार कामको लागि दिन सक्छौं अनि अनुदानहरू दिन साथै अरूलाई सहायता गर्न सक्छौं, हामीले प्रभुको निम्ति कडा परिश्रम गर्दै र काम गर्दै हाम्रो सारा समय पनि खर्च गर्न सक्छौं, र हामीलाई पक्राउ गरियो र कैदमा राखियो भने पनि हामी प्रभुलाई धोका दिँदैनौं। के यो साँचो पश्‍चात्ताप होइन र? यदि हामीले यसरी स्थिर भई अभ्यास गर्‍यौं भने, प्रभुले हामीलाई सुरक्षित गर्नुहुनेछ र विपत्तिहरूमा परास्त भएर जानबाट बचाउनुहुनेछ।” तर के साँचो कुरा यही हो त? प्रभु येशूले एक पटक भन्‍नुभयो, “पाप गर्ने जो-कोही पापको दास हो। अनि दास घरमा सदासर्वदा बस्दैन: तर पुत्रचाहिँ सदासर्वदा बस्छ(यूहन्‍ना ८:३४-३५)। हामीले प्रभुमा विश्‍वास गरेपछि, हामी नम्र र धैर्य हुनसक्छौं, हामीले अरूलाई सहायता गर्न सक्छौं, र बलिदानहरू गर्न सक्छौं, आफैलाई समर्पित गर्न सक्छौं, सुसमाचार प्रचार गर्न सक्छौं, प्रभुको गवाही दिन सक्छौं, र हामीसँग केही बाहिरी असल गुणहरू हुन सक्छन्। तैपनि, हामीले के कुरालाई इन्कार गर्न सक्दैनौं भने, अहङ्कार, धोका, कठोरपन, दुष्टता, र रिसाहापन जस्ता हामीभित्रको भ्रष्ट स्वभाव हटेका हुँदैनन्, र हामी अझै पनि सधैँ पाप गर्न सक्‍ने अवस्थामा हुन्छौं। उदाहरणको लागि, प्रभुले हामीलाई इमानदार बन भनी भन्‍नुभएको छ भन्‍ने हामीलाई स्पष्टै थाहा छ, तर हाम्रो छली प्रकृतिद्वारा नियन्त्रित भएको कारण, जब कुनै कुराले हाम्रो व्यक्तिगत रुचिमा अतिक्रमण गर्छ, हामी झूट बोल्दै धोकेबाज काममा संलग्‍न नभई रहन सक्दैनौं; हाम्रो अहङ्कारी, अभिमानी प्रकृतिद्वारा नियन्त्रित भएर, हामी सधैँ अरूलाई हामीले भनेको कुरा गर्न लगाउँछौँ, चाहे त्यो जेसुकै कुरा होस्, र जब तिनीहरूले त्यसो गर्दैनन्, तब हामी क्रोधित बन्छौं र तिनीहरूलाई भाषण दिन्छौं; र जब विपत्ति र परीक्षाहरू आइपर्छन्, हामी गनगन गर्छौं र प्रभुलाई दोष लगाउँछौँ। यी त केही उदाहरणहरू मात्रै हुन्। हाम्रा पापहरू भनेका दूबो जस्ता हुन्—काट्ने बित्तिकै ती उम्री हाल्छन्। प्रार्थना गर्दै हाम्रो पापहरू स्वीकार गर्ने क्रममा हामी दैनिक रूपमा नराम्ररी बिलौना गर्छौं नै भने पनि, हामी परिवर्तन हुँदैनौं। के यो साँचो पश्‍चात्ताप हुनसक्छ? विपत्तिहरूको बीचमा परमेश्‍वरले त्यस्तो व्यक्तिलाई सुरक्षित गर्नुहुन्छ भनेर कसले सुनिश्‍चितता दिन सक्छ? साँचो पश्‍चात्ताप त त्यो बेला हुन्छ जब कसैको शैतानी भ्रष्ट स्वभावलाई पूर्ण रूपमा शुद्ध गरेर परिवर्तन गरिएको हुन्छ, जब तिनीहरूले दुष्ट कार्य गर्ने, पाप गर्ने, वा परमेश्‍वरको विरोध गर्ने काम गर्न छोड्छन्। तब मात्रै परमेश्‍वरप्रति साँचो रूपमा समर्पित भई तिनीहरूले परमेश्‍वरको आराधना गर्न सक्छन्। यस्ता मानिसहरू मात्रै परमेश्‍वरका प्रतिज्ञाहरू र आशिषहरू प्राप्त गर्न र स्वर्गको राज्यमा प्रवेश गर्न योग्य हुन्छन्। किनभने बाइबलमा यसो भनिएको छ: “त्यसकारण तिमीहरू पवित्र हुनुपर्छ, किनकि म पवित्र छु(लेवी ११:४५)। “उहाँका आज्ञाहरू अनुसार गर्नेहरू आशिषित् हुन्, तिनीहरूले जीवनको रुखको अधिकार पाउन सक्छन् र प्रवेशद्वार भएर सहरभित्र प्रवेश गर्न सक्छन्(प्रकाश २२:१४)

कसरी साँचो पश्‍चात्ताप हासिल गरी परमेश्‍वरको सुरक्षा प्राप्त गर्ने

त्यसो भए हामीले कसरी साँचो पश्‍चात्ताप हासिल गर्न सक्छौं? “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ: किनभने उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन; तर उहाँले जे सुन्‍नुहुन्‍छ उहाँले त्यही बोल्‍नुहुनेछ: र उहाँले तिमीहरूले आउनेवाला कुराहरू देखाउनुहुनेछ(यूहन्‍ना १६:१२-१३)। “किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरु हुने समय आएको छ(१ पत्रुस ४:१७)। “तपाईंको सत्यताद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस्: तपाईंको वचन सत्यता हो(यूहन्‍ना १७:१७)। उहाँ आखिरी दिनहरूमा फर्कनुहुनेछ, उहाँले अनुग्रहको युगमा भन्दा बढी र उच्‍च सत्यताहरू व्यक्त गर्नुहुनेछ, र मानिसलाई न्याय गर्न र शुद्ध पार्नको लागि उहाँले एउटा चरणको काम गर्नुहुनेछ भनेर प्रभुले अगमवाणी गर्नुभएको छ। हामी पापको बन्धनबाट एक पटक अनि सधैँको लागि मुक्त भई शुद्ध हुन सकौं र परिवर्तन हुन सकौं भनेर यसो गरिन्छ। अनुग्रहको युगमा प्रभु येशूले गर्नुभएको काम उद्धारको काम थियो, त्यसकारण मानिसहरूले उहाँमा विश्‍वास गरेर आफ्‍नो पापको क्षमा प्राप्त गर्न सक्थे। तैपनि, मानिसहरूलाई तिनीहरूको पापमय प्रकृतिबाट शुद्ध पारिँदैनथियो। प्रभुको आखिरी दिनहरूको न्यायको कामलाई स्वीकार गरेर, हाम्रो भ्रष्ट स्वभावलाई धोएर अनि परिवर्तन गरेर, अनि फेरि कहिल्यै दुष्ट काम गर्ने, पाप गर्ने, वा परमेश्‍वरको विरोध गर्ने काम नगरेर मात्रै, हामीले साँचो रूपमा पश्‍चात्ताप गरेका हुन्छौं भनेर भन्‍न सकिन्छ। त्यसपछि मात्रै हामी परमेश्‍वरको सुरक्षामा आउनेछौं र विपत्तिहरूबाट बच्‍नेछौं।

प्रभु येशू पहिले नै फर्केर आइसक्‍नुभएको छ। उहाँ देहधारी सर्वशक्तिमान् परमेश्‍वर हुनुहुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले, अर्थात् आखिरी दिनहरूका ख्रीष्‍ट, प्रभु येशूको छुटकाराको जगमा रही परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गर्दैहुनुहुन्छ। सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “आखिरी दिनहरूमा ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्दहरू र कार्यहरूलाई जाँच गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा …विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। … न्यायको आफ्नो कामलाई कार्यान्वयन गर्नुहुँदा परमेश्‍वरले थोरै वचनहरूद्वारा मानवको प्रकृतिलाई स्पष्ट मात्र पार्नुहुन्न; उहाँले प्रकट गर्नुहुन्छ, निराकरण गर्नुहुन्छ र लामो समयसम्म छिँवल्नुहुन्छ। प्रकट गर्ने, निराकरण गर्ने, र छिँवल्ने यी तरिकाहरू सामान्य वचनहरूसँग साट्न सकिँदैन, तर यसको सत्यताबाट मानव पूर्ण रूपमा वञ्चित भएको हुन्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस किसिमको न्यायद्वारा मात्र मानव नियन्त्रणमा रहन सक्छ र परमेश्‍वरमा समर्पित हुनका लागि पूर्ण रूपमा विश्‍वस्त हुन्छ, र यसका साथसाथै परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। न्यायको कामले मानवलाई परमेश्‍वरको इच्छा, परमेश्‍वरको कामको उद्देश्य, र उसले बुझ्नै नसक्ने रहस्यहरूको गहिरो बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सारतत्व, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा विश्‍वास राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ)

हाम्रो शैतानी स्वभावका बन्धनहरूबाट हामीलाई मुक्त गर्नको लागि, सर्वशक्तिमान्‌ परमेश्‍वरले हामीलाई शुद्ध पार्न र पूर्ण रूपमा मुक्ति दिन सक्‍ने सारा सत्यताहरू व्यक्त गर्नुभएको छ। उहाँले परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापनको कार्यका रहस्यहरूलाई प्रकट गर्नुहुन्छ; उहाँले संसारको दुष्टताको स्रोत, साथै शैतानले मानिसलाई गरेको भ्रष्टताको सार र सत्यता प्रकट गर्नुहुन्छ। परमेश्‍वरका वचनहरूको न्याय अनुभव गरिसकेपछि, हामीले हामी शैतानद्वारा कति भ्रष्ट तुल्याइएका रहेछौं भन्‍ने देख्‍नेछौं। अहङ्कार, छल, कठोरता, दुष्टता, रिसाहापन—हामीले जीवनमा जिउने यी कुनै पनि कुरामा मानवताको झलक छैन, यसले गर्दा हामीप्रति परमेश्‍वरको तिरस्कार र घृणा जाग्छ। यसको साथै, हामीले परमेश्‍वरको धर्मी स्वभावलाई बुझ्‍न पुग्छौं, जुन स्वभावले कुनै उल्‍लङ्घन सहँदैन। हामीलाई थाहा छ, हामी सधैँ हाम्रो शैतानी भ्रष्ट स्वभावहरूमा जिइरहेका छौं र यदि हामीले सत्यता अभ्यास गर्दैनौं भने, परमेश्‍वरले अवश्य नै हामीलाई घृणा गर्नुहुनेछ र इन्कार गर्नुहुनेछ। त्यसपछि मात्रै हामी परमेश्‍वरको अघि लम्पसार परी पश्‍चात्ताप गर्छौं। हामीले हाम्रा पापहरूलाई घृणा गर्छौं र परमेश्‍वरका वचनहरू अनुसार जिउने चाहना गर्छौं। हाम्रो देहलाई बारम्‍बार त्यागेर अनि सत्यताको अभ्यास गरेर, हाम्रो भ्रष्ट स्वभाव क्रमिक रूपमा शुद्ध र परिवर्तन हुँदै जान्छ। हामीले उप्रान्त परमेश्‍वरको विरुद्ध विद्रोह गर्ने वा उहाँको विरोध गर्ने गर्दैनौं, र हामी साँचो रूपमा परमेश्‍वरमा समर्पित हुन र उहाँको आदर गर्न थाल्छौं। यस्ता मानिसहरूले मात्रै साँचो पश्‍चात्ताप गरेका हुन्छन् र तिनीहरूलाई मात्रै परमेश्‍वरले सुरक्षित गर्नुहुनेछ र तिनीहरू विपत्तिमा बच्‍नेछन्।

सर्वशक्तिमान्‌ परमेश्‍वरले ३० वर्ष पहिले देखा परेर आफ्‍नो काम सुरु गर्नुभयो। सुसमाचारको काम पृथ्वीको हरेक कुना-कुनामा पुगेको छ, र सर्वशक्तिमान्‌ परमेश्‍वरले व्यक्त गर्नुभएका करोडौँ वचनहरू अनलाइनमा प्रकाशन गरिएको धेरै भइसकेको छ। यी वचनहरूलाई २० वटाभन्दा बढी भाषामा अनुवाद गरिएको छ; ती वचनहरूले गवाही दिन्छन् र ती सबै मानवजातिको लागि खुला रूपमा उपलब्‍ध छन्। यो सबैभन्दा अन्धकार र दुष्ट युगमा, आखिरी दिनहरूका ख्रीष्‍टले व्यक्त गर्नुभएका वचनहरू साँचो ज्योति जस्तो, अर्थात्, पूर्वदेखि पश्चिमसम्‍म चम्किने ज्योतिजस्तै देखिन्छन्। ती वचनहरूले सारा मानवजातिकहाँ यी कुराको गवाही दिन्छन्: परमेश्‍वर देखा पर्नुभएको छ र प्रभु येशू फर्केर आइसक्‍नुभएको छ। उहाँले मानिसलाई शुद्ध पार्न र मुक्ति दिनको लागि सत्यता व्यक्त गर्नुहुन्छ, र मानिसले पूर्ण मुक्ति पाउने एक मात्र तरिका भनेको सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गर्नु हो। तैपनि, मानवजातिलाई शैतानले अत्यन्तै गहन रूपमा भ्रष्ट तुल्याएको छ। कसैले पनि सत्यतालाई प्रेम गर्दैन। मानिसहरूले चाहना गर्ने एउटै मात्र कुरा भनेको पापको सुख-चैन हो। तिनीहरू आखिरी दिनहरूका सर्वशक्तिमान्‌ परमेश्‍वरको कामको अनुसन्धान गर्न, वा आखिरी दिनहरूको उहाँको न्याय र सजायलाई स्वीकार गर्न इच्‍छुक छैनन्। बरु, परमेश्‍वरको कार्यको बारेमा मानिसहरूसँग अत्यन्तै गहिरो रूपमा जरा गाडेका धारणाहरू छन्, र कतिपयले त आखिरी दिनहरूको परमेश्‍वरको कार्यलाई खुलेआम इन्कार गर्ने र निन्दा गर्ने समेत गर्छन्। सबै जना पश्‍चात्ताप गर्ने बारेमा विचार समेत नगरिकन पापमा जिउँछन्। त्यसकारण सत्यताको निम्ति भोकाउने वा ज्योतिको निम्ति तड्पिने थोरै मात्र छन्। आज हामीले देख्‍ने विपत्तिहरू मानवजातिको निम्ति परमेश्‍वरको अन्तिम स्मरण-आज्ञा, अन्तिम चेतावनी हुन्। त्योभन्दा पनि बढी, ती परमेश्‍वरले दिनुभएको मुक्ति हो। पश्‍चात्ताप गर्नको लागि परमेश्‍वरको अघि आएर मात्रै हामीले विपत्तिबाट परमेश्‍वरको सुरक्षा प्राप्त गर्न सक्छौं।

परमेश्‍वरका अर्तीहरू ध्यान दिएर सुन्‍नुहोस्

सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “सबै किसिमका प्रकोपहरू एकपछि अर्को गरी आइपर्नेछन्; सबै राष्‍ट्रहरू र ठाउँहरूले विपत्तिहरू अनुभव गर्नेछन्: विपत्ति, अनिकाल, बाढी, खडेरी, र भूकम्प सबैतिर हुनेछन्। यी प्रकोपहरू एक वा दुई ठाउँहरूमा मात्र घट्नेछैनन्, न त यो एक वा दुई दिनमा सकिनेछन्; बरु, यी प्रकोपहरू अझ ठूला ठूला ठाउँहरूमा फैलिनेछन्, र अझ बढी कठोर हुँदै जानेछन्। यस समयावधिमा, सबै किसिमका किटजन्य विपत्तिहरू एकपछि अर्को गरी बढ्दै जानेछन्, नरभक्षी घटना जताततै हुनेछ। सबै राष्‍ट्रहरू र मानिसहरूमाथि यो मेरो न्याय हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ६५)। “यदि मानवजातिले असल नियति भएको चाहना गर्छ भने, यदि कुनै देशले असल नियति चाहन्छ भने, मानवजातिले परमेश्‍वरको आराधनामा घुँडा टेक्‍नुपर्छ, परमेश्‍वरका सामु पश्‍चाताप गर्नुपर्छ र स्वीकार गर्नुपर्छ, अन्यथा मानवको नियति र गन्तव्य रोक्‍नै नसकिने गरी विनाश हुनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ)। “मेरो अन्तिम कार्य मानिसलाई दण्ड दिनका लागि मात्रै होइन्, तर मानिसका लागि गन्तव्यको व्यवस्था गर्नका लागि पनि हो। यसका अतिरिक्त, यो कार्य मानिसले मेरो व्यवहार र कार्यहरुप्रति कृतज्ञ रहुन् भन्नका लागि हो। मैले गरेका सबै कार्यहरु सही छ र मैले गरेका सबै कार्यहरु मेरो स्वभावको अभिव्यक्ति हो भनेर प्रत्येक व्यक्तिले देखुन् भन्ने मेरो चाहाना हो। यो मानिसका कार्यले होइन्, मानिसलाई अगाडि ल्याएको प्रकृतिले त झनै होइन, तर सृष्टिमा भएका सबै जिवित प्राणीको पालनहार म नै हुँ। मेरो अस्तित्वविना, मानवजाती नाश मात्रै हुँदै जानेछ र विपद्को अभिशाप भोग्नुपर्नेछ। कुनै पनि मानवजातीले सुन्दर सूर्य र चन्द्रमा, वा हराभरा संसार फेरि कहिल्यै देख्न पाउनेछैनन्; मानवजातीले कठ्याङ्ग्रिदो चिसो रात र मृत्युको छायाँको निर्मम उपत्यकाको सामना मात्र गर्नेछन्। म मानवजातीको एकमात्र मुक्ति हुँ। म मानवजातीको एकमात्र आशा हुँ र, अझै थप, ममा नै सबै मानवजातीको अस्तित्व निर्भर रहन्छ। मविना, मानवजाती तत्कालै अवरुद्ध हुनेछ। मविना, मानवजातीले प्रलय भोग्नेछ र सबै प्रकारका प्रेतात्माको पैँतालामुनि कुल्चिइनुपर्नेछ, तथापि मलाई कसैले ध्यान दिँदैनन्। कसैले पनि गर्न नसकेका कार्य मेले गरेको छु, र केही असल कार्यहरुमार्फत् मानिसले मेरो ऋण चुकाउनेछ भन्ने मात्र आशा गरेको छु(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्)

संसारभरि विपत्तिहरू झन्-झन् खराब हुँदैछन्, ती झन्-झन् ठूला क्षेत्रमा फैलिरहेका छन्। मरणोन्मुख भइसकेकाहरू उम्कन सक्दैनन्, र यस्तो लाग्छ कि संसारको अन्त्य चाँडै नै आउँदैछ। तैपनि, हाम्रो भाग्यमाथि परमेश्‍वरले नै हुकुम चलाउनुहुन्छ र सबै विपत्तिहरू उहाँकै हातमा छन् भन्‍ने हामी सबैलाई थाहा छ। पश्‍चात्ताप गर्न र आखिरी दिनहरूको उहाँको न्याय र सजायलाई स्वीकार गर्न हामी परमेश्‍वरकहाँ आयौं भने मात्रै, हामीले परमेश्‍वरद्वारा विपत्तिहरूमा सुरक्षित हुने र बच्‍ने मौका पाउनेछौं। संसार कतातिर गइरहेको छ सो हाम्रै अघि देखा परिरहेको छ। मुक्ति पाउन सक्‍नेहरू सबैलाई परमेश्‍वरले मुक्ति दिइसक्‍नुभएपछि, यो दुष्ट, अशुद्ध संसारलाई नष्ट गर्नको लागि उहाँले ठूला-ठूला विपत्तिहरूको प्रयोग गर्नुहुनेछ। जब त्यो समय आउँछ, परमेश्‍वरको अघि नआएका मानिसहरू विपत्तिहरूद्वारा परास्त हुनेछन्, त्यस क्रममा तिनीहरू बिलौना गर्नेछन् र दाह्रा किट्नेछन्।

सम्पादकको नोट: यो निबन्ध पढिसकेपछि, के तपाईंले अहिले विपत्तिहरू पठाउनुमा परमेश्‍वरको इच्‍छा के हो सो बुझ्नुभयो? र के विपत्तिहरूबाट बच्‍नको लागि परमेश्‍वरको सुरक्षा प्राप्त गर्ने तरिका तपाईंले भेट्टाउनुभयो? यदि तपाईंसँग कुनै थप प्रश्‍नहरू वा समस्याहरू छन् भने, हामीसँग सम्पर्क गर्न र कुराकानी गर्नको लागि हामीलाई हाम्रो वेबसाइटको च्याट र मेसेन्जरबाट सम्पर्क गर्नुहोस्, तपाईंलाई हार्दिक स्वागत छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

दैनिक अध्ययन: परमेश्‍वरको नजिक जानका लागि सहयोग गर्ने ४ तरिकाहरू

By Xiaomo, China हाम्रो दैनिक जीवनमा, केवल परमेश्‍वरसँग नजिक तानिएर र परमेश्‍वरसँग साँचो अन्तरक्रिया गरेर मात्र हामी परमेश्‍वरसँग सामान्य...

ख्रीष्टियानहरू नियमित तवरमा भेलाहरूमा उपस्थित हुनु महत्त्वपूर्ण छ

बाइबलमा लेखिएको छ, “कतिको यसो गर्ने बानी भए पनि हामी एकसाथ भेला हुने कार्यलाई नत्यागौँ, तर एक-अर्कालाई अर्ती देऔँ: किनकि दिन झन्-झन् नजिक...

परमेश्‍वरद्वारा सुनिनको लागि कसरी प्रार्थना गर्नुपर्छ: ३ विषयहरूको समाधान गर्नु महत्वपूर्ण छ

इसाईहरूको रूपमा, प्रार्थना हाम्रो दैनिक जीवनको एक अनिवार्य अंश, र परमेश्‍वरसँग नजिक हुने सबैभन्दा सीधा तरीका हो। हामी सबै आशा गर्छौं कि...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्