परमेश्‍वरले किन इसाईहरूलाई कष्ट भोग्न दिनुहुन्छ?

10 अप्रील 2021

धेरै इसाईहरू अलमल्ल महसुस गर्छन्: परमेश्‍वर प्रेम हुनुहुन्छ र उहाँ सर्वशक्तिमान् हुनुहुन्छ, त्यसो भए किन उहाँले हामीलाई कष्ट भोग्न दिनुहुन्छ? के उहाँले हामीलाई त्याग्नुभयो होला त? यो प्रश्नले सँधै मलाई जिल्ल पार्थ्यो, तर पछि प्रार्थना र खोजी कार्यबाट मैले केही अन्तर्दृष्टि र ज्योति पाएको छु। यसले मेरा परमेश्‍वरसम्बन्धी गलत बुझाइहरू समाधान गरेको छ, र मैले बुझेको छु, कष्ट भोग्नु भनेको परमेश्‍वरले हामीलाई त्याग्नुभएको होइन, बरू हामीलाई शुद्ध पार्न र उद्धार गर्नको लागि परमेश्‍वरले एकदमै होशियारीपूर्वक व्यवस्था गर्नुभएको हो। यी जाँच र शोधन हाम्रो लागि परमेश्‍वरको सबैभन्दा ठूलो अनुग्रह हो!

जाँच र शोधन परमेश्‍वरको सबैभन्दा ठूलो अनुग्रह हो

परमेश्‍वर भन्नुहुन्छ, “अनि तेस्रो भागलाई आगो भएर ल्याउनेछु र तिनीहरूलाई चाँदीलाई झैँ शोधन गर्नेछु, अनि सुनलाई जाँचेझैँ तिनीहरूलाई जाँच्‍नेछु: तिनीहरूले मेरो नाउँ पुकार्नेछन् र म तिनीहरूलाई सुन्‍नेछु: म भन्‍नेछु, यो मेरो प्रजा हो: अनि तिनीहरूले भन्‍नेछन्, यहोवा मेरो परमेश्‍वर हुनुहुन्छ” (जकरिया १३:९)। “हेर्, मैले तँलाई शोधन गरेको छु, तर चाँदीले होइन; मैले तँलाई पीडाको भट्टीमा छानेको छु” (यशैया ४८:१०)। अनि १ पत्रुस ५:१० मा, यसले भन्छ, “तर तिमीहरूले केही समयको निम्ति कष्ट भोगेपछि, ख्रीष्ट येशूद्वारा हामीलाई उहाँको अनन्‍त महिमामा बोलाउनुहुने सारा अनुग्रहका परमेश्‍वरले नै तिमीहरूलाई सिद्ध, स्थापित, बलियो र स्थिर पार्नुहुनेछ।”

परमेश्‍वरका वचनहरू र धर्मशास्त्रबाट हामी देख्न सक्छौं कि उहाँले हामीलाई कष्ट भोग्न दिनुमा परमेश्‍वरको इच्छा छ, र यो सम्पूर्ण रूपले हामीलाई शुद्ध गर्न र उद्धार गर्नको लागि हो; यो परमेश्‍वरले हामीलाई दिनुहुने अनमोल धन हो। जाँच र शोधनहरू हामीमा आउनुअघि हामी सबैले आफूलाई परमेश्‍वरको मार्ग पालना गर्ने मानिसहरू ठान्छौं, र हामीमध्ये कसै-कसैलाई लाग्छ कि परमेश्‍वरको लागि त्याग गरेर, समर्पण गरेर, श्रम गरेर र सेवा गरेर अनि कष्ट र मूल्य चुकाएर हामी परमेश्‍वरको इच्छाबारेमा पूर्ण रूपमा विचारशील भएका छौ, र हामी उहाँलाई औधी प्रेम गर्ने र उहाँप्रति सबैभन्दा बढी समर्पित मानिसहरू हौं। हामी विश्‍वास गर्छौं कि अरू कोही नकारात्मक वा कमजोर वा परमेश्‍वरलाई धोका दिने बने तापनि, हामी यस्तो कहिल्यै गर्न सक्दैनौं। तर वास्तविकता के हो भने जब हामी कुनै जागिर गुमाउने वा आर्थिक संकटजस्ता कठिनाइहरूको सामना गर्छौं, हामी परमेश्‍वरको विरूद्ध गुनासो गर्छौं, हाम्रो विश्‍वास गुमाउँछौं, र उहाँप्रति अबउप्रान्त समर्पित हुन इच्छुक पनि हुँदैनौं। जब दुर्भाग्यले हाम्रो परिवारलाई प्रहार गर्छ वा केही विपत्ति आउँछ, हामी अझै पनि परमेश्‍वरविरूद्ध गुनासो गर्न सक्छौं किनकि केही कुराले हाम्रो व्यक्तिगत चासोमा असर गर्छ। हामी हाम्रो मामलाको पक्षमा बहस गर्छौं र झगडा गर्छौं, र गम्भीर अवस्थाहरूमा, परमेश्‍वरलाई धोका दिन्छौं र हाम्रो विश्‍वासलाई त्याग्छौं। परमेश्‍वरले धेरै अवसरहरूमा भन्नुभएको छ कि उहाँले हामीलाई उहाँको मार्ग अनुसरण गरेको चाहनुहुन्छ, र यसरी आदेश गर्नुभएको छ, “तैँले परमप्रभु आफ्नो परमेश्‍वरलाई आफ्नो सम्पूर्ण हृदयले, आफ्नो सम्पूर्ण प्राणले, आफ्नो सम्पूर्ण मानले प्रेम गर्नू” (मत्ती २२:३७)। तैपनि, हामी सँधै हाम्रो शारीरिक अभिरुचिहरू पूरा गर्नको लागि हिसाब गर्छौं, र त्यसलाई परमेश्‍वरप्रतिको हाम्रो प्रेमभन्दा बढी मूल्यवान ठान्छौं। जब परमेश्‍वरले हाम्रो धारणाअनुसार कार्य गर्नुहुन्छ, हामी उहाँलाई धन्यवाद र प्रशंसा गर्छौं, तर जब उहाँले त्यसो गर्नुहुन्न, हामी परमेश्‍वरबारे गलत बुझाइ र गुनासोहरू विकास गर्छौं, वा उहाँलाई धोका समेत दिन्छौं। यसले शैतानले हामीलाई कत्ति गहिरो रूपले भ्रष्ट पारेको छ भनेर देखाउँछ। हामी सधैं हाम्रो विश्‍वासमा आशिष्‌हरूको पछि लाग्छौं, जुन वास्तवमा परमेश्‍वरसँगको लेनदेन हो—यसो गर्नु भनेको साच्चिकै स्वार्थी, घृणित र पूर्णतया तर्कविहीन हुनु हो! यस बिन्दुमा, हामीभित्र रहेको परमेश्‍वरविरूद्धको विद्रोह र विरोध गर्ने शैतानी स्वभावहरूबारेको केही बुझाइ, र हाम्रो विश्‍वासप्रतिको गलत मनसाय र धारणा सम्बन्धमा केही विवेक प्राप्त गर्न सक्छौं। हामी देख्न सक्छौं कि हामी जे-जसरी बाँचिरहेका छौं सो परमेश्‍वरले हामीबाट चाहनुभएको कुराभन्दा टाढाको कुरा हो र हामी परमेश्‍वरको आशिष् र अनुमोदन प्राप्त गर्न पूर्णतया अयोग्य छौं। त्यसै गरी, त्यस्ता जाँच र शोधनहरूमार्फत, हामी परमेश्‍वरको पवित्रता र धार्मिकताको अनुभव गर्न सक्छौं, र उहाँप्रतिको हाम्रो विश्‍वासमा कति मात्रामा व्यभिचार छ भनी महसूस गर्छौ। यदि हामीले आशिष् पाउने अभिप्रायका साथ उहाँमा विश्‍वास गरिरह्यौं भने, हामीले परमेश्‍वरलाई केवल हामीसँग विरक्त हुने र हामीलाई घृणा गर्ने तुल्याउनेछौं। एकचोटि जाँचहरूमार्फत उदाङ्गो पारिएपछि, हामी हाम्रो भ्रष्टता एकदमै ठूलो छ र हाम्रा कमजोरीहरू पनि धेरै छन् भन्ने कुरा देख्न सक्षम हुन्छौं, र यसरी हामी प्रार्थनामा परमेश्‍वरको अगाडि आउन सक्छौं, उहाँका वचनहरू पढ्न सक्छौं, र त्यसपछि परमेश्‍वरको इच्छाअनुरूप नभएका हामीभित्रका ठाउँहरूबारे मनन गर्न र जान्न सक्छौं। हामीले कसरी परमेश्‍वरलाई सन्तुष्ट गर्ने र उहाँको साक्षी दिने भनेर खोजी गर्न सक्छौं, र अचेतन रूपमै हामीले परमेश्‍वरसँग धेरै नजिकको सम्बन्ध विकास गर्न सक्छौं। यस्तो अनुभवपछि, हामीले आफैंबारेको बुझाइ र परमेश्‍वरको स्वभावबारेको केही बुझाइ मात्र प्राप्त गर्दैनौं, बरु हामी त अझ स्थिर र परिपक्व पनि हुन्छौं। हाम्रा आवेगपूर्ण, अहंकारी, स्वार्थी र छली स्वभावहरू केही हदसम्म परिवर्तन हुन्छन्, र त्यसपछि मात्र हामीले बुझ्न सक्छौं कि जाँचहरू र शोधनले केही शारीरिक पीडा निम्त्याए पनि, यसले हामीमा फलाउने फल मुक्ति र शुद्धीकरण हो, जुन हाम्रो जीवनको निम्ति एकदमै फाइदाजनक र लाभदायक हुन्छन्।

हामीले यो कुरा युगौंयुगका सन्तहरूको अनुभवबाट पनि देख्न सक्छौं। परमेश्‍वरले मोशालाई प्रयोग गर्नुभन्दा अघि, उहाँले पहिला मोशालाई ४० वर्षसम्म उजाडस्थानमा नम्र तुल्याउनुभयो। त्यस समयमा, मोशाले सबै किसिमका कठिनाइहरू सहे, उनीसँग बोल्ने कोही थिएन र उनले जङ्गली जनावर र कठोर मौसमको सामना गरे। उनको जीवन निरन्तर खतरामा थियो। यस्तो कठोर वातावरणमा उनले पक्कै ठूलो कष्ट भोग्नुपरेको थियो। केही व्यक्तिले सोध्न सक्छन्, "के परमेश्‍वरले सिधै मोशालाई उपयोग गर्न सक्नुहुन्नथ्यो? किन पहिला उनलाई ४० वर्षसम्म उजाडस्थानमा पठाउनुपर्‍यो?" यसमा हामी परमेश्‍वरको उदारता पाउँछौं। हामीलाई थाहा छ, मोशा न्यायको बुझाइ भएको, सोझो व्यक्ति थिए तर उनीसँग धार्मिकतासम्बन्धी उनको विचारबाट आवेगमा कार्य गर्ने प्रवृत्ति र झुकाव थियो। जब उनले एक मिश्री सिपाहीले एउटा इस्राएलीलाई कुटेको देखे तब उनले त्यस मिश्रीलाई टाउकोमा ढुङ्गाले हिर्काएर मारे। मोशाको जन्मजात प्रवृत्ति र वीरतापूर्ण जोश परमेश्‍वरको इच्छाअनुरूप थिएन, त्यसैले यदि परमेश्‍वरले उनलाई सीधै प्रयोग गर्नुभएको भए, उनी आफ्नो कार्यमा यी गुणहरूमा निरन्तर भर पर्न सक्थे र उनले आफूलाई सुम्पिइएको जिम्मेवारी अर्थात इस्राएलीलाई मिश्रबाहिर लैजाने कार्य कहिल्यै पूरा गर्न सक्ने थिएनन्। यसकारण परमेश्‍वरले मोशालाई ४० वर्षसम्म उजाडस्थानमा रहन लगाउनुभयो, ताकि उनी परमेश्‍वरको प्रयोगको लागि बढी योग्य हुन सकून्। त्यस्तो कठिन, प्रतिकूल वातावरणमा, मोशाले निरन्तर प्रार्थना गरेर परमेश्‍वरलाई पुकारिरहेका मात्र थिएनन्, बरु उनले त परमेश्‍वरको सर्वशक्तिमान्ता र प्रभुत्व देखे र आफ्नो निरन्तर अस्तित्वको लागि परमेश्‍वरमा भर परे। उनका आवेगपूर्ण, प्राकृतिक तत्त्वहरू हराइसकेका थिए र उनले परमेश्‍वरमा साँचो विश्‍वास र समर्पण विकास गरे। त्यसकारण, जब परमेश्‍वरले इस्राएलीहरूलाई मिश्रबाट बाहिर निकालेर ल्याउने उहाँको आज्ञा कार्यान्वयन गर्न मोशालाई आह्वान गर्नुभयो, मोशा कुनै पनि प्रतिरोधबिना सो आज्ञा स्वीकार र पालन गर्न सक्षम भए, र परमेश्‍वरको मार्गनिर्देशनमा, सजिलै परमेश्‍वरको उक्त कार्यभार पूरा गर्न सफल भए।

बाइबलमा अय्यूबको कथा पनि छ। अय्यूबले आफ्नो सम्पत्ति खोसिने, छोराछोरीहरू नाशिने, र आफ्नो शरीरभरि पिलो आउने जस्ता जाँचहरू भोगे। यद्यपि आफ्नो पीडाको बावजूद पनि उनले आफ्नो वचनहरूद्वारा पाप गरेनन्; उनले परमेश्‍वरबारे गुनासो गरेनन्, बरु उनले आफ्नो हृदयभित्रको परमेश्‍वरबाट सबै कुरा स्वीकार गरे। उनी परमेश्‍वरको इच्छा खोजी गर्न पनि सक्षम थिए, र अन्तमा उनले भने, “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। र “के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र खराबीचाहिँ ग्रहण नगर्ने?” उनले यी कुरा भन्नको लागि आफ्नो विश्‍वास, डर, र परमेश्‍वरप्रतिको समर्पणमा भर परे, र यसरी परमेश्‍वरको लागि साक्षी बने। अय्यूबले त्यस्ता ठूला जाँचहरूमा साक्षी दिन सक्षम हुनुको कारण के हो भने उनी परमेश्‍वरले सबै थोकमाथि शासन गर्नुहुन्छ, र आफ्ना सबै थोक र छोराछोरीहरू सबै उनलाई परमेश्‍वरद्वारा नै प्रदान गरिएको हुनाले ती सबै लैजानु परमेश्‍वरको अधिकार थियो भन्नेमा विश्‍वास गर्थे। सृष्टि गरिएको प्राणीको रूपमा, उनले स्वीकार गर्नु र समर्पित हुनुपर्थ्यो। सृष्टि गरिएको प्राणीको रूपमा खडा हुन र बिनाशर्त सृष्टिकर्ताको आज्ञा पालन गर्न सक्ने अय्यूबको क्षमता नै परमेश्‍वरको साक्षी थियो। पछि आँधीबेहरीमा परमेश्‍वर अय्यूबकहाँ देखा पर्नुभयो, र अय्यूबले परमेश्‍वर आफ्नै मुखले उनीसित बोल्नुभएको सुने; उनले परमेश्‍वरबारे साँचो बुझाइ हासिल गरे। अय्यूबले यस्तो इनाम पाए जुन उनले आरामदायी वातावरणमा कहिल्यै आर्जन गर्न सक्दैनथे र यो अय्यूबलाई जाँच र शोधनमार्फत प्रदान गरिएको सबैभन्दा ठूलो आशिष् थियो। ठ्याक्कै त्यस्तै, जस्तो अय्यूबले आफ्ना जाँचहरूपछि आफ्ना साथीहरूलाई भने, “जब उहाँले मलाई जाँच्‍नुहुन्छ, म सुनझैँ ठहरिनेछु” (अय्यूब २३:१०)।

यसले हामीलाई के देखाउँछ भने जाँच र शोधनहरू वास्तवमै हाम्रो लागि परमेश्‍वरको साँचो र वास्तविक प्रेम हो। केवल तिनीहरूमार्फत हामी परमेश्‍वरद्वारा शुद्ध पारिन र उद्धारित हुन सक्छौं, र यसरी मानिसहरू परमेश्‍वरको इच्छाअनुरूप हुन्छन्। यही कारणले गर्दा, परमेश्‍वरले यी कुराहरू हामीमाथि आइपर्न दिनुहुन्छ।

के भौतिक अनुग्रहले हामीलाई हाम्रो जीवनमा वृद्धि हुन मद्दत गर्न सक्छ?

प्रायः, हामीसँग परमेश्‍वरको असल अभिप्रायको बारेमा बुझाइको अभाव हुन्छ, र सबै थोक आफ्नो इच्छाअनुसार होऊन भन्ने आशा गर्छौ। हामी विशेष गरी जाँच र शोधन भोग्न चाहँदैनौं। यसको सट्टा, हामी हाम्रो जीवनमा वा हाम्रा प्रियजनहरूको जीवनमा कुनै महाविपत्तिबिनाको पूर्ण शान्तिमय जीवनको आशा गर्छौं। हामी सबै कुरा सजिलो गरी चलोस्, र परमेश्‍वरको आशिष् र अनुग्रहको आनन्द लिन पाइयोस् भन्ने चाहन्छौं। तर के हामी कहिल्यै आरामदायी वातावरणले हामीलाई हाम्रा भ्रष्ट स्वभावहरू त्याग्न दिन्छ कि दिँदैन भनेर विचार गर्छौं? के भौतिक आशिष्‌हरूले हामीलाई वास्तवमा परमेश्‍वरको स्वभाव र सारतत्व जान्न मद्दत गर्छ? यदि हामी केवल उहाँको दया र अनुग्रहको आनन्द लिन्छौं भने, के त्यसले उहाँमाथिको हाम्रो विश्‍वास बढाउन र हामीलाई परमेश्‍वरप्रतिको साँचो प्रेम विकास गर्न र समर्पित हुन दिन्छ? परमेश्‍वरका वचनहरूले भन्छन्, “यदि तैंले परमेश्‍वरको अनुग्रहको मात्र आनन्द लिन्छस्, शान्तिमय पारिवारिक जीवन वा भौतिक आशिषहरू मात्र प्राप्त गर्छस् भने तैंले परमेश्‍वरलाई प्राप्त गरेको छैनस्, र परमेश्‍वरमाथिको तेरो विश्‍वासलाई सफल मान्न सकिँदैन। परमेश्‍वरले पहिले नै अनुग्रहको कामको एक चरणलाई देहमा पूरा गरिसक्नुभएको छ, र मानिसलाई भौतिक आशिष्‌हरू प्रदान गरिसक्नुभएको छ, तर मानिस अनुग्रह, प्रेम र कृपाले मात्र सिद्ध हुन सक्दैन। मानिसको अनुभवमा उसले परमेश्‍वरका केही प्रेम अनुभव गर्छ र उसले परमेश्‍वरको प्रेम र दया देख्छ, तापनि केही समयसम्म उसले अनुभव गरेपछि परमेश्‍वरको अनुग्रह, र उहाँको प्रेम र कृपाले मानिसलाई सिद्ध बनाउन सक्दैन, मानिसभित्रको भ्रष्टता प्रकट गर्न सक्दैन र मानिसलाई उसको भ्रष्ट स्वभावबाट छुटकारा दिन वा उसको प्रेम र विश्‍वासलाई सिद्ध बनाउन सक्दैन भनी बुझ्छ। परमेश्‍वरको अनुग्रहको काम एक एउटा अवधिको काम थियो, र परमेश्‍वरलाई जान्नका लागि मानिस परमेश्‍वरको अनुग्रहको आनन्द लिने कुरामा भर पर्न सक्दैन” (वचन देहमा देखा पर्नुहुन्छको “कष्टपूर्ण जाँचहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्”)।

परमेश्‍वरका वचनहरू काँचजस्तै स्पष्ट छन्। यदि हामी केवल परमेश्‍वरको कृपा र अनुग्रहको आनन्द लिनमै केन्द्रित भयौं भने, हामी हाम्रो भ्रष्ट स्वभावबाट मुक्त हुन असक्षम मात्र हुनेछैनौं, बरु हामी त हाम्रो आत्मिक जीवनमा पनि वृद्धि हुनेछैनौं, न त हाम्रो विश्‍वास, प्रेम, र आज्ञाकारिता नै सिद्ध हुनेछ। बाइबल भन्छ, “मूर्खहरूको उन्‍न्तिले तिनीहरूलाई नष्ट गर्नेछ” (हितोपदेश १:३२)। यदि हामी कुनै आरामदायी वातावरणमा कुनै पनि जाँच वा शोधनबिना निरन्तर बस्छौं भने, हाम्रो हृदय बिस्तारै परमेश्‍वरबाट टाढा हुँदै जानेछ र हामी प्राणी सुखको लोभको परिणामस्वरूप पथभ्रष्ट हुने सम्भावना धेरै हुनेछ। हामी हाम्रो भ्रष्ट स्वभावका बीचमा बस्नेछौं, हाम्रो पेट भोजनले भरिएको र हाम्रो दिमाग चिन्तामुक्त हुनेछ, अन्ततः हामीले केही पनि हासिल गर्नेछैनौं, हामीले हाम्रो जीवनलाई मुर्ख्याइँ गरी खेर फाल्नेछौँ। यो आमाबाबु बन्नु जस्तै हो—यदि तिमी जहिले पनि आफ्नो बच्चालाई पुलपुल्याउछौं र उनीहरूले जे गरे पनि क्षमा दिन्छौ र सहिष्णु बन्छौ भने, त्यस्ता बच्चाहरू कुन विन्दुमा उनीहरूको नकारात्मक स्वभाव परिवर्तन गर्न र परिपक्व हुन सक्षम हुनेछन्? तसर्थ, आरामदायी वातावरण हाम्रो जीवनको वृद्धिको लागि विल्कुलै फाइदाजनक हुँदैन; यसको विपरित, यसले हामीलाई दैहिक आनन्दको लागि झन् झन् लोभी बनाउँछ र हामी केवल निरन्तर परमेश्‍वरको अनुग्रह र आशिषहरूको माग गर्छौ, अझ बढी स्वार्थी, लोभी, दुष्ट, र छली हुन्छौं। यदि हामी हाम्रो भ्रष्ट स्वभावबाट बच्न र परमेश्‍वरको इच्छाबमोजिमको मानिस बन्न चाहन्छौं भने हामी परमेश्‍वरको अनुग्रह र आशिष्‌मा सन्तुष्ट हुनु हुँदैन र एक आरामदायी वातावरणमा परमेश्‍वरमाथि विश्‍वास गर्नु हुँदैन, बरु हामीले थप जाँचहरू र शोधन भोग्नुपर्छ। हामीले आफ्ना भ्रष्ट स्वभावहरू हटाएर परमेश्‍वरबाट शुद्ध हुन सक्ने एउटै मात्र तरिका यही हो।

जाँच र शोधन कसरी सामना गर्दै जाने

परमेश्‍वरको वचनले भन्छ, “जब तँ दुःखको सामना गर्छस्, त्यसबेला तैँले देहका चिन्ताहरू एकातिर पन्साउन सक्नुपर्छ र परमेश्‍वरको विरुद्धमा गुनासो गर्नुहुँदैन। जब परमेश्‍वरले आफैलाई तँदेखि लुकाउनुहुन्छ, तँ उहाँको पछि लाग्‍न सक्‍ने, तेरो प्रेमलाई डगमगाउन र बिलाउन नदिई आफ्नो विश्‍वासलाई थामेर राख्न सक्ने हुनुपर्छ। परमेश्‍वरले जे गर्नुभए पनि तँ उहाँको योजनामा समर्पित हुनुपर्छ, अनि उहाँको विरुद्ध गुनासो गर्नुको साटो उहाँको योजनामा समर्पित हुन र तेरो आफ्नै शरीरलाई सराप्न तयार हुनुपर्छ। जब तैँले जाँचहरूको सामना गर्छस् तँ नराम्रो घतले रुनु पर्ने भए पनि वा कुनै प्रिय वस्तुसित अलग्गिन अनिच्छुक महसुस गर्नु पर्ने भए पनि तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्छ। यो मात्र साँचो प्रेम र विश्‍वास हो। तेरो वास्तविक कद जे-जस्तो भए पनि तँमा कठिनाइ सहने इच्छा र साँचो विश्‍वास, दुवै हुनुपर्छ, अनि तँमा देहलाई त्याग्ने इच्छा पनि हुनुपर्छ। परमेश्‍वरको इच्छा पूरा गर्न तँ व्यक्तिगत कठिनाइहरू सहन र तेरा व्यक्तिगत रुचिहरू गुमाउन तयार हुनुपर्छ। तँ आफ्नो हृदयमा आफ्नै बारेमा पछुतो गर्न सक्ने पनि हुनुपर्छ: विगतमा तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न असक्षम थिइस्, र अहिले तैँले आफै पछुतो गर्न सक्छस्। यी कुनै पनि कुरामा तँ पछि पर्नु हुँदैन—यिनै कुराहरूद्वारा परमेश्‍वरले तँलाई सिद्ध तुल्याउनुहुनेछ। यदि तँ यी मानदण्डहरू पूरा गर्न सक्दैनस् भने तँलाई सिद्ध तुल्याइन सकिँदैन” (“ती जो सिद्ध बनाइनुपर्छ तिनीहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ”)।

परमेश्‍वरका वचनहरूले हामीलाई अभ्यासको मार्ग दिन्छन्। जब हामी कठिनाइहरूको सामना गर्छौं, तब परमेश्‍वरको कामप्रतिको हाम्रो दृष्टिकोण महत्त्वपूर्ण हुन्छ र हामी परमेश्‍वरको लागि साक्षी दिन सक्षम हुनेछौं कि हुनेछैनौं, र उहाँबाट शुद्ध पारिएर र मुक्ति पाउन सक्छौं कि सक्देनौं भन्ने कुरासँग सीधै सम्बन्धित हुन्छ। यदि हामी भ्रष्ट शैतानी स्वभावमा भर पर्छौं र जाँचहरू र शोधनको माध्यमबाट आउने शारीरिक सुख-सुविधाको लागि लोभी हुन्छौं, सधैं आफ्नै फाइदाको लागि विचार गर्छौ र योजना बनाउँछौं भने, सम्भवतः हामी परमेश्‍वरबारे गुनासोहरू गर्न सक्नेछौं; हामी उहाँविरूद्ध लड्नेछौं र हामीले उहाँको विरोध गर्नेछौं, वा हामीले परमेश्‍वरविरुद्ध विद्रोह गर्न वा उहाँको विरोध गर्नका लागि केही गर्न सक्नेछौं। त्यसपछि हामी शैतानको लागि हाँसोको पात्र हुन्छौं र हामीले हाम्रो गवाही पूर्ण रूपमा गुमाउँछौं। तर यदि हामी कठिनाइको माध्यमबाट परमेश्‍वरका कार्यहरू स्वीकार्न र त्यसप्रति समर्पित हुन सक्षम छौं र तिनीहरूभित्र परमेश्‍वरको इच्छा र हामीले पूरा गर्नुपर्ने आवश्यक मापदण्डहरू खोजी गर्न सक्छौं भने, यदि हामीले देहलाई त्यागेर सत्यलाई व्यवहारमा उतार्न सक्छौं, देहमा दुःख भोग्न रूचाउँछौं र परमेश्‍वरको साक्षी दिन सक्छौं भने, यदि हामीले परमेश्‍वरप्रतिको प्रेम र उहाँलाई सन्तुष्ट गर्ने चाहनासहित यी वातावरणहरू अनुभव गर्न सक्दछौं भने, हामीले यी जाँचहरूमार्फत अझ बढी सत्यहरू बुझ्न सक्षम हुनेछौं, परमेश्‍वरले हाम्रा भ्रष्ट स्वभावहरू सफा गर्न सक्नुहुन्छ, र हामी परमेश्‍वरको इच्छाअनुरूपका मानिसहरू बन्न सक्छौं।

थोरै समय पहिले, मेरो परिवारमा केही समस्याहरू उत्पन्न भए—मेरो पतिले हाम्रो व्यवसायको आपूर्तिकर्ता गुमाउनुभयो, मेरो बच्चालाई काममा समस्या भइरहेको थियो र व्यापारमा निरन्तर समस्याहरू थिए। म वास्तवमै दु: खी र निराश थिएँ र मैले आफूलाई परमेश्‍वरसँग गनगनाउनबाट रोक्न सकिनँ। मलाई लाग्थ्यो कि मैले दिनहुँ परमेश्‍वरको निम्ति कडा परिश्रम गरेको छु, सुसमाचार बाँड्न सडकहरूमा हिडेको छु र आफैलाई उहाँमा समर्पित गरेको छु, तैपनि मेरो परिवारमा किन यस्तो हुँदैछ? कसरी परमेश्‍वरले मेरो परिवारको रक्षा नगर्नुभएको होला? त्यस समयावधिमा मैले पवित्र पुस्तक पढ्न कम समय खर्च गरें र म भेला हुने र काम गरिरहने क्रममा पनि मेरो मुटु सधैं तीतोपनाले भरिएको हुन्थ्यो र मेरो लागि त्यो वातावरणमा परमेश्‍वरको इच्छा के थियो भनेर मलाई केही थाहा हुन्नथ्यो।

त्यसपछि, मैले परमेश्‍वरलाई खोज्दै उहाँलाई प्रार्थना गरें, र उहाँका यी वचनहरू पढें: “मैले तिनीहरूलाई निको पारौं भनेर मात्र धेरैले मलाई विश्‍वास गर्छन्। मैले तिनीहरूको शरीरबाट अशुद्ध आत्माहरू निकाल्न मैले मेरो शक्ति प्रयोग गरौं भनेर र तिनीहरूले शान्ति र आनन्द प्राप्‍त गर्न सकून्‌ भनेर मात्र धेरैले ममा विश्‍वास गर्छन्। मबाट धेरै भौतिक सम्पत्ति माग गर्नलाई मात्र धेरैले ममा विश्‍वास गर्छन्। यस जीवनलाई शान्तिमा बिताउन र आउने संसारमा सुरक्षित र सकुशल हुनलाई मात्रै धेरैले ममा विश्‍वास गर्छन्। नरकको कष्टहरूबाट बच्न र स्वर्गका आशिष्‌हरू प्राप्‍त गर्नलाई धेरैले ममा विश्‍वास गर्छन्। धेरैले अस्थायी सान्त्वनाको निम्ति मात्र ममा विश्‍वास गर्छन्, तैपनि आउने संसारको कुनै पनि कुरा प्राप्‍त गर्न खोज्दैनन्। जब मैले मेरो क्रोध मानिसमाथि खन्याएँ र कुनै समयमा ऊसँग भएको सबै आनन्द र शान्ति खोसेँ, मानिस सशंकित भयो। मैले मानिसलाई नरकको कष्ट दिएर स्वर्गको आशिष्‌ फिर्ता गर्दा मानिसको शर्म रिसमा परिणत भयो। निको पार्नलाई मानिसले मलाई बिन्ती गर्दा मैले कुनै ध्यान दिइनँ र ऊप्रति घृणा महसुस गरेँ; बरु मानिस मबाट अलग भएर दुष्ट औषधि र टुनामुनाको मार्ग खोज्नतिर लाग्यो। जब मानिसले मबाट माग गरेको सबै थोक मैले खोसेँ, सबै जना कुनै निशानाविना नै गायब भए। यसैले, म अति धेरै अनुग्रह दिन्छु र प्राप्‍त गर्ने कुरा अति धेरै भएको हुनाले मानिसले ममा विश्‍वास गर्छ भनी म भन्छु” (“विश्‍वासबारे तँलाई के थाहा छ?”)।

मैले परमेश्‍वरका वचनहरू पढ्दा रूनबाहेक केही गर्न सक्दिनथेँ—मलाई निराशा र पीडा महसुस भएको थियो, साथसाथै म लज्जित पनि थिएँ। मैले देखें कि विश्‍वासप्रतिको मेरो दृष्टिकोण सबै गलत थियो, र यो केवल आशिष् र अनुग्रह खोज्नको लागि थियो। जब परमेश्‍वरले मलाई आशिष् दिनुभयो, म उत्साहका साथ बाहिर गएँ र सुसमाचार बाँडे र आफैलाई उहाँमा समर्पित गरें अनि मलाई कुनै कठिनाइ वा थकानको डर भएन। तर जब परिवारमा कठिनाइहरू उत्पन्न भए, म कमजोरी र नकारात्मकतामा बाँच्न थालेँ, परमेश्‍वरबारे गुनासोहरू गर्न र मेरो परिवारको सुरक्षा नगरेकोमा उहाँलाई दोष दिन थालेँ। मैले मेरो हृदयमा परमेश्‍वरको विरूद्ध पर्खाल लगाएँ। मैले आफैलाई सोध्दै, केही आत्म-खोज गर्नुपर्‍यो, “मेरो कडा परिश्रम भनेको परमेश्‍वरको प्रेमको ऋण तिर्नका लागि नभई केवल परमेश्‍वरको आशिष्‌को निम्ति हो—के त्यो परमेश्‍वरसँग लेनदेन गर्नु होइन र? गलत प्रेरणा र मिलावटले भरिएको त्यस्तो किसिमको विश्‍वासले कसरी परमेश्‍वरको स्वीकृति पाउन सक्छ र? म उहाँले सृष्टि गर्नुभएका सूर्य र वर्षाको आनन्द लिँदै, र उहाँले बनाउनुभएको पृथ्वीको सम्पदामा निर्भर रहँदै, निरन्तर परमेश्‍वरको सास भित्र लिँदै थिएँ, तर परमेश्‍वरलाई कुनै कुराको लागि पनि ऋण तिर्नेबारेमा मैले सोचिनँ। यसको सट्टा, मैले केवल परमेश्‍वरबाट लगातार माग गरें। के यो पूर्ण रूपमा तर्करहित छैन र?” तब मात्र मैले थाहा पाएँ कि परमेश्‍वरमाथिको त्यस्तो किसिमको विश्‍वास कत्तिको घृणित र तुच्छ छ—म परमेश्‍वरको आराधनाको सम्बन्धमा सृष्टि गरिएको प्राणीको स्थानमा पूरै उभिएकी थिइनँ। मैले यो पनि बुझें कि परमेश्‍वरप्रति आज्ञाकारी हुनको लागि मैले सबैभन्दा पहिले सृष्टि गरिएको प्राणीको स्थानमा खडा हुनुपर्छ र सृष्टिकर्ताले जेसुकै गरे पनि, उहाँले दिनु भए पनि वा लैजानु भए पनि, मैले कुनै पनि बहस नगरी आज्ञा पालन गर्नुपर्छ र समर्पित हुनुपर्छ। केवल त्यस्तो प्रकारको तर्क सृष्टि गरिएको प्राणीमा हुनुपर्दछ। यो कुरा बुझ्नासाथ मैले परमेश्‍वरसँग संकल्प गरेँ कि चाहे मेरो पतिको वा मेरो छोराको कार्यस्थलहरूको अवस्था जेसुकै होस्, म परमेश्‍वरको योजना र प्रबन्धहरूप्रति समर्पित हुन इच्छुक हुनेछु र परमेश्‍वरको बारेमा गुनासो गर्नेछैन। मैले यो सबै महसुस गरेपछि मलाई धेरै स्वतन्त्र भएको महसुस भयो र बिस्तारै मेरो नकारात्मक अवस्थाबाट बाहिर आएँ। त्यसपछि फेरि ती मामिलाहरूको कारण म कहिल्यै व्याकुल वा विवश भइनँ, बरु म त प्रभुको निम्ति शान्तपूर्वक काम गर्न र आफैंलाई समर्पण गर्न सक्षम भएँ।

यस अनुभवले वास्तवमै मलाई जीवनमा हाम्रो वृद्धिको लागि जाँचहरू र शोधन अविश्‍वसनीय रूपले कत्ति धेरै लाभदायक छन् भनेर देखायो। ती कुराहरूमार्फत, हामीले थोरै कष्ट भोग्नुपरे पनि, हामी जीवनका अनमोल खजानाहरू प्राप्त गर्छौं, र परमेश्‍वरप्रतिको हाम्रो विश्‍वास र प्रेम बढ्दै जान्छ। म पक्का छु कि परमेश्‍वरको स्वीकृति प्राप्त गर्न चाहने सबै दाजुभाइ दिदीबहिनीहरूले अब परमेश्‍वरको उदार मनसाय बुझ्छन् र अबउप्रान्त उहाँबारे गलत बुझाइहरू राख्दैनन्, र तिनीहरू निर्बाध रूपमा कुनै पनि कठिनाइ सामना गर्न सक्षम हुनेछन्। भविष्यमा हामीले जस्तोसुकै जाँच वा अनावश्यक परिस्थिति सामना गर्नुपर्दा हामी परमेश्‍वरसामु चुपचाप बस्न सकौं र उहाँको इच्छा र सत्यको खोजी गर्न सकौं। यस तरिकाले हामीले जाँचहरू र शोधनमार्फत परमेश्‍वरले हामीलाई ल्याइदिनुभएका आशिष्‌हरू अनुभव गर्न सक्छौं! परमेश्‍वरलाई धन्यवाद होस्!

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

प्रकोपका बीचमा कसरी साँचो पश्चाताप प्राप्त गर्ने

आज, जसै संसारका विपत्तिहरू झन् झन् गम्भिर हुँदै गइरहेका छन्, प्रभुको आगमनका भविष्यवाणीहरू पूरा भएका छन्। प्रभु येशूले भन्नुभयो, “पश्‍चात्ताप गर: किनभने स्वर्गको राज्य नजिकै छ” (मत्ती ४:१७)। साँचो पश्चाताप भनेको खास के हो? अनि हामी कसरी साँचो पश्चाताप प्राप्त गर्न सक्छौं? यो लेखले तपाईंलाई जवाफ दिनेछ।

हाम्रो बीचमा महामारी आएको छ: परमेश्‍वरको इच्‍छा के छ?

आजभोली, महामारी विश्‍वभरि फैलिएको छ। संसारभरि करोडौँ मानिसहरू मरिरहेका छन् र हाम्रो बीचमा ठूला-ठूला विपत्तिहरू आइरहेका छन् भन्‍ने अनुभूति...

अन्त्यको समयमा नोआको दिन नजिकिन्छ: हामीले परमेश्‍वर देखा पर्नुभएको घटनाको खोजी कसरी गर्नुपर्छ?

जब हामी नोआको समयका मानवजातिको बारेमा कुरा गर्छौं, सबैलाई थाहा छ कि हत्या र आगजनी, डकैती र चोरी, र व्यभिचार त्यस समयका मानिसहरूको दोस्रो...

अफवाहहरूलाई पत्याउनु भनेको आखिरी दिनहरूका परमेश्‍वरको मुक्ति गुमाउनु हो

धेरै दाजुभाइ-दिदीबहिनीहरू कसैले आखिरी दिनहरूका सर्वशक्तिमान् परमेश्‍वरको सुसमाचारको बारेमा कुरा गरिरहेको सुन्दा ध्यान दिन सक्दैनन्, र...

Leave a Reply