ख्रीष्टियानहरू नियमित तवरमा भेलाहरूमा उपस्थित हुनु महत्त्वपूर्ण छ

5 अप्रिल 2021

बाइबलमा लेखिएको छ, “कतिको यसो गर्ने बानी भए पनि हामी एकसाथ भेला हुने कार्यलाई नत्यागौँ, तर एक-अर्कालाई अर्ती देऔँ: किनकि दिन झन्-झन् नजिक आउँदैछ” (हिब्रू १०:२५)। भेलाहरूमा उपस्थित हुनु भनेको हामी ख्रीष्टियानहरूले पालन गर्नुपर्ने कुरा हो। तर अब, केही दाजुभाइ र दिदिबहिनीहरूले यो नियमित रूपमा गर्न सक्दैनन् किनकि तिनीहरू आफ्नो काम र पारिवारिक जीवनको बारेमा चिन्ता गर्छन्। तिनीहरूमध्ये कोहीले त भेलाहरूमा उपस्थित हुनुलाई एक अतिरिक्त बोझको रूपमा पनि लिन्छन्, र आफैंले घरमा परमेश्‍वरको केही वचनहरू पढ्नु मात्र पनि पर्याप्त छ भन्ने सोच्छन्।

वास्तवमा, हामीले भेलाहरूमा उपस्थित हुनुलाई बोझको रूपमा लिने र पारिवारिक जीवन र कामका लागि हाम्रा भेलाहरूलाई बलिदान गर्ने निर्णय गर्ने कारण भनेको हामीले भेलाहरूमा उपस्थित हुनुको अर्थ र भेलामा उपस्थित नहुँदाका परिणामहरूको बारेमा नबुझ्नु हो। आज, हामी यसको बारेमा सङ्गति गरौं।

भेलाहरूमा उपस्थित नहुने ती ख्रीष्टियानहरूलाई परमेश्‍वरले कसरी हेर्नुहुन्छ?

परमेश्‍वर भन्नुहुन्छ, “केही यस्ता मानिसहरू छन् जसको विश्‍वासलाई परमेश्‍वरको हृदयमा कहिल्यै पनि स्वीकार गरिएको छैन। अर्को शब्दमा भन्ने हो भने, परमेश्‍वरले तिनीहरूलाई उहाँलाई पछ्याउनेहरूको रूपमा पहिचान गर्नुहुन्न, किनभने उहाँले तिनीहरूका विश्‍वासको निम्ति तिनीहरूलाई स्याबासी दिनुहुन्न। यी मानिसहरूको सवालमा, तिनीहरूले परमेश्‍वरलाई जति नै धेरै वर्ष पछ्याएको भए तापनि, तिनीहरूका विचार र दृष्टिकोणहरू कहिल्यै परिवर्तन भएका हुँदैनन्; तिनीहरू अविश्‍वासीहरूका सिद्धान्तहरू र काम गर्ने तौरतरिकाहरूलाई अनि अविश्‍वासीहरूको अस्तित्व र विश्‍वाससम्बन्धी कानुनहरूलाई पालना गर्ने अविश्‍वासीहरू जस्ता हुन्। तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको वचनलाई आफ्‍नो जीवनको रूपमा लिएका छैनन्, कहिल्यै पनि परमेश्‍वरको वचनलाई सत्यताको रूपमा विश्‍वास गरेका छैनन्, कहिल्यै पनि परमेश्‍वरबाट मुक्ति स्वीकार गर्न चाहेका छैनन्, र कहिल्यै पनि परमेश्‍वरलाई तिनीहरूको परमेश्‍वरको रूपमा पहिचान गरेका छैनन्। तिनीहरूले उहाँलाई केवल आत्मिक जीवन-आधारको रूपमा लिँदै परमेश्‍वरमाथिको विश्‍वासलाई कुनै प्रकारको अव्यवसायी सोखको रूपमा हेर्छन्; त्यसैले तिनीहरूले परमेश्‍वरको स्वभाव वा सार बुझ्नु वा बुझ्ने प्रयास गर्नुलाई गर्न लायक कुरो नै सम्झँदैनन्। … त्यस्ता मानिसहरूलाई परमेश्‍वरले कसरी हेर्नुहुन्छ? उहाँले तिनीहरूलाई अविश्‍वासीहरूका रूपमा हेर्नुहुन्छ।

यसबाट हामी देख्न सक्छौं कि ख्रीष्टियानको रूपमा हामीले आफ्नो हृदयमा परमेश्‍वरको महिमा गाउनुपर्छ। चाहे हाम्रो जीवनमा होस् वा काममा, हामीले जहिले पनि परमेश्‍वरलाई पहिलो स्थानमा राख्नुपर्छ, र भेलाहरूमा उपस्थित हुने, परमेश्‍वरलाई प्रार्थना गर्ने, र परमेश्‍वरका वचनहरू पढ्ने कामलाई सबैभन्दा महत्त्वपूर्ण चीजहरूको रूपमा लिनुपर्छ। परमेश्‍वरमा विश्‍वास गर्नेले कम्तीमा पनि यति गर्नुपर्छ। यदि हामी केवल परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्नुमा मात्र सन्तुष्ट हुन्छौ तर भेलाहरूमा उपस्थित हुनुलाई मूल्यवान ठान्दैनौं र चाहे हामी भेलाहरूमा उपस्थित होऔं वा नहोऔं यसले केही फरक पार्दैन भन्दै यदि हामी आत्मिक पोषणको रूपमा मात्र परमेश्‍वरमा विश्‍वास गर्छौ र हरेक दिन पैसा कमाउने र सांसारिक मामिलाहरूमा चिन्तित हुन्छौ भने, त्यस्तो झारो टार्ने तरीकाले विश्‍वास गर्दा के हामी वास्तवमा अविश्‍वासीहरूजस्तै हुँदैनौं र? अविश्‍वासीहरूले सत्यलाई प्रेम गर्दैनन्, परमेश्‍वरबाट आउने जीवनको खोजी गर्दैनन्, र पैसा कमाउन र आफ्नै देहलाई सन्तुष्ट पार्न व्यस्त हुन्छन्। यदि हामी परमेश्‍वरका विश्‍वासीहरूले अविश्‍वासीहरूझैँ खोजीको उही लक्ष्य र जीवनको उही दिशा अपनाउँछौं भने, परमेश्‍वरले हाम्रो विश्‍वासको बारेमा के सोच्नुहुनेछ? परमेश्‍वरमाथिको विश्‍वासप्रति हाम्रो उदासीन र झारो टार्ने मनोवृत्तिअनुसार परमेश्‍वरले हामीलाई अविश्‍वासीहरूको रूपमा परिभाषित गर्नुहुनेछ। उहाँले हामीलाई उहाँको अनुयायी भनेर पहिचान गर्नुहुनेछैन, किनकि हामी उहाँमा विश्‍वास गर्छौं तर उहाँलाई साँचो रूपले कहिल्यै आराधना गर्दैनौं र हामी उहाँको मुक्तिलाई स्वीकार्न वा उहाँको आवश्यक मापदण्डहरूअनुरूप कार्य गर्न चाहँदैनौं। नतिजास्वरूप, हाम्रो अन्तिम परिणाम अविश्‍वासीहरूको जस्तै, अर्थात् परमेश्‍वरद्वारा दोषी ठहरिइने र दण्डित गरिइने हुनेछ। यसरी, हामी देख्न सक्छौं कि हामी भेलाहरूमा नियमित तवरमा उपस्थित हुन्छौं कि हुँदैनौं भन्ने कुराले हामीले साँच्चै परमेश्‍वरमा विश्‍वास गर्छौं कि गर्दैनौं र हामीले सत्यको खोजी गर्छौं कि गर्दैनौं भन्ने कुरालाई देखाउँछ। यदि हामी भेलाहरूमा उपस्थित हुनबाट जोगिन सधैं बहाना बनाउँछौं, र अझै पनि खोजीबारेको हाम्रो गलत धारणा बदल्दैनौं भने, हामीले सायद सत्य वा जीवन प्राप्त गर्न सक्दैनौं चाहे हामीले परमेश्‍वरमा विश्‍वास गरेको जति वर्ष नै किन नहोस्, र हामी अवश्य पनि समाप्त हुन पुग्नेछौं। त्यसकारण, हामीले हाम्रो आफ्नै धारणा र कल्पनाअनुसार परमेश्‍वरमा विश्‍वास गर्न सक्दैनौं, वा हामीले नचाहेको बेला ती भेलाहरूमा उपस्थित हुन बन्द गर्न सक्दैनौं किनकि यदि हामीले अन्तसम्म परमेश्‍वरलाई त्यस्तो सौखिन तरिकाले विश्‍वास गर्छौं भने, परमेश्‍वरले हामीलाई उहाँको विश्‍वासीहरूको रूपमा पहिचान गर्नुहुन्न।

जमघटमा हाम्रो बारम्बार अनुपस्थित हुनुको पछाडि शैतानको योजना हुन्छ

धेरै मानिसहरूले जमघटमा आफ्नो अनुपस्थितिको औचित्य पुष्टि गर्नको लागि पैसा कमाउन, समाजीकरण गर्न, वा आफ्नो परिवारको हेरचाह गर्न व्यस्त भएको बहाना प्रयोग गर्छन्। यी बहानाहरू धेरै व्यावहारिक लाग्न सक्छन्, तर अन्जानमा हामी शैतानको योजनाहरूद्वारा फसेका हुन्छौं। परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरले आफ्नो काम गर्नुहुन्छ, परमेश्‍वरले एक व्यक्तिलाई वास्ता गर्नुहुन्छ, यो व्यक्तिलाई हेरचाह गर्नुहुन्छ, र त्यसै समयमा शैतानले उहाँको हरेक पाइलामा समस्या खडा गर्छ। परमेश्‍वरले जसलाई कृपा गर्नुहुन्छ, शैतानले पनि त्यसलाई त्यसको पछि-पछि लागेर हेरिरहन्छ। यदि परमेश्‍वरले यो व्यक्तिलाई चाहनुहुन्छ भने शैतानले परमेश्‍वरलाई बाधा दिन आफ्नो शक्ति लगाउन सबै कार्य गर्छ, परीक्षा लिन, बाधा दिन र परमेश्‍वरले गर्नुहुने कामलाई बिगार्न विभिन्‍न दुष्‍ट चालहरू प्रयोग गर्छ, त्यसले आफ्नो गुप्‍त उद्देश्य हासिल गर्न यी सबै कार्य गर्छ। यो उद्देश्य के हो? परमेश्‍वरले कुनै पनि व्यक्तिलाई प्राप्‍त गर्नुभएको त्यसले चाहँदैन; परमेश्‍वरले चाहनुभएको सबैलाई त्यसले आफ्नो बनाउन चाहन्छ, त्यो तिनीहरूमा बास गर्न चाहन्छ, तिनीहरूलाई नियन्त्रण गर्न चाहन्छ, तिनीहरूलाई बसमा पार्न चाहन्छ, ताकि तिनीहरूले त्यसको आराधना गरून्, ताकि दुष्‍ट कार्य गर्नमा तिनीहरू पनि त्यससँग सहभागी होऊन्। के यो शैतानको दुष्‍ट चाल होइन र? … परमेश्‍वरसँग युद्ध गर्ने क्रममा, र उहाँको पछि लाग्‍ने क्रममा, शैतानको उद्देश्य भनेको परमेश्‍वरले गर्न चाहनुभएको सबै कामलाई विनाश गर्नु, परमेश्‍वरले आफ्नो बनाउन चाहनुभएका मानिसहरूलाई कब्‍जा गर्न र नियन्त्रण गर्न, परमेश्‍वरले प्राप्त गर्न चाहनुभएकाहरूलाई पूर्ण रूपमा नष्ट गर्नु हो। यदि तिनीहरूलाई नष्ट गरिएन भने तिनीहरू शैतानको अधीनमा हुन्छन्, शैतानद्वारा प्रयोग गरिन्छन्—त्यसको उद्देश्य यही हो।” “तर मानिसहरूका लागि त, यो संसार भव्य र सान्दार छ भन्‍ने देखिन्छ; यो झन्-झन् बढी त्यस्तै हुँदैछ, मानिसहरूका सारा हृदय यसप्रति तानिन्छ, र धेरै मानिसहरू यसमा फसिएका छन् र आफैलाई यसबाट मुक्त गर्न सक्दैनन्; धेरै सङ्ख्याका मानिसहरूलाई चलाकी र जादूगरमा संलग्‍न हुनेहरूले मोहित तुल्याउनेछन्। यदि तँ प्रगतिको लागि प्रयास गर्दैनस्, आदर्शहरू विहीन छस्, र आफैलाई साँचो मार्गमा बसालेको छैनस् भने, तँलाई पापको बढ्दो छालले बगाइदिनेछ।

परमेश्‍वरका वचनहरूबाट हामी देख्छौं कि परमेश्‍वरले हामीलाई उद्धार गर्न काम गर्दै हुनुहुन्छ, तर शैतान हामीलाई परमेश्‍वरद्वारा प्राप्त गरियोस् भन्ने चाहँदैन। त्यसैले, यसले हामीलाई परमेश्‍वरकहाँ आउनबाट रोक्नलाई हरसम्भव प्रयास गर्छ। पैसा, प्रसिद्धि र ओहदा, खाने, पिउने, र आनन्द लिने जस्ता चीजहरू सबै हाम्रो लागि प्रलोभनहरू हुन्। शैतानले पहिले मानिसजातिमा हरप्रकारका गलत दृष्टिकोणहरू छिराउँछ, जस्तै हामी प्राय भन्छौ, “पैसा सब थोक होइन, तर योविना तिमीले केही पनि गर्न सक्दैनौ,” “मानिस आफू जहाँ जहाँ बस्छ त्यहाँ त्यहाँ उसले आफ्नो नाम छोडी राख्छ, त्यसरी नै जसरी हाँसले आफू जहाँ जहाँ उड्छ त्यहाँ त्यहाँ क्वाँक क्वाँक आवाज निकाल्छ," "मोजमस्तीको लागि समयको फाइदा उठाऔं, किनकि जीवन छोटो छ।" यदि हामीसँग सत्यता छैन भने यी गलत दृष्टिकोणले हामीलाई सजिलै धोका दिनेछन्। जब हामीले यी विचारहरूलाई स्वीकार्छौं, तब हामी पैसा र ख्यातिको पछि लाग्ने र दैहिक भोगविलासमा रम्ने दुष्ट प्रवृत्तिको पासोमा पर्नेछौं, र हामी ख्याति र लाभको खातिर षड्यन्त्रमा संलग्न हुदैँ र विश्‍वासघाती व्यवहार गर्दै, पापको माझमा जिउने तर त्यसलाई पाप नठान्ने अविश्‍वासीहरू जस्तै हुनेछौं। विशेष गरी, जब हामीले अरूको जीवन हाम्रो भन्दा राम्रो पाउँछौं, तब हामी कसरी बढी पैसा कमाउने भनेर अझ बढी सोच्छौं। अझै कोही अरूहरू आफ्नो जटिल पारस्परिक सम्बन्ध कायम राख्नका लागि आफै खाने, पिउने र मोजमज्जा गर्ने पतित, भ्रष्ट जीवन बिताउँछन् र तिनीहरू भेलाहरूमा उपस्थित हुनुलाई बोझ ठान्छन्। एकपटक व्यक्ति यस्तो भुमरीमा फसेपछि तिनीहरू शैतानको शिकार हुन्छन्। तिनीहरू आत्मामा झन् झन् अँध्यारो हुने मात्र होइन, तिनीहरूको जीवन नै झन् झन् रित्तो हुनेछ। अन्ततः, परमेश्‍वरबाट टाढा रहँदै, परमेश्‍वरलाई विश्‍वासघात गर्दै, र संसारमा फर्कँदै, तिनीहरूले सत्य र मुक्ति प्राप्त गर्ने अवसर गुमाउनेछन्।

अहिले, धेरै ख्रीष्टियानहरूले संसारको चलनलाई पछ्याउनु कुनै ठुलो पाप होइन, र परमेश्‍वरमा विश्‍वास गर्ने र सत्यको पछि लाग्ने कार्यले रातारात प्रतिफल दिन सक्दैन भन्ने सोच राख्छन् र तिनीहरूले शैतानका युक्तिहरू देख्न सक्दैनन्। त्यसकारण, तिनीहरू प्रायः देहको अनुसरण गर्छन् र सत्यताको खोजीमा तिनीहरूसँग अत्यावश्यकताको कुनै भावना हुँदैन। वास्तवमा, शैतानले मानिसहरूलाई भ्रष्ट पार्नको लागि दुष्ट प्रवृत्तिहरूको प्रयोग गरिरहेको छ, र यसरी यसले तिनीहरूलाई परमेश्‍वरबाट झन् झन् टाढा मोड्दै लान्छ र अन्ततः तिनीहरूलाई पूर्ण रूपमा निल्छ। यदि हामीले कडा मेहनतसाथ सत्यको खोजी गर्दैनौं भने, हामीले शैतानका युक्तिहरूलाई बुझ्न सक्दैनौं। यो त शैतानले हव्वालाई पाप गर्न लोभ्याएको जस्तै हो, परमेश्‍वरलाई इन्कार गर्दा र धोका दिँदा परिणाम नराम्रो हुनेछ भनेर मानिसहरूलाई बताउनुको सट्टा, यसले मानिसहरूलाई फुस्ल्याउन केही मीठा कुरा गर्छ र ती कुराहरू शैतानले तिनीहरूको भलाइका लागि भन्छ भन्ने गलत महसुस गराउँछ, र अन्तमा तिनीहरूले परमेश्‍वरलाई धोका दिने कामहरू गर्छन्। आजकल, हामी हव्वा जस्तै छौँ जो परमेश्‍वरको वचनलाई विश्‍वास नगर्दा र हाम्रो सामु भएका भौतिक चीजहरूलाई अति महत्त्वपूर्ण ठान्दा धोकामा परिन्। हामी हाम्रो शारीरिक आनन्दलाई सन्तुष्ट पार्न आफ्नो सबै उर्जा र समय समर्पण गर्न हिचकिचाउँदैनौं। यदि यो कुरा यस्तै रहिरह्यो भने, के हामी शैतानको विनाशको पनि लक्ष्य हुनेछैनौं र? यद्यपि, यदि हामी परमेश्‍वरका वचनहरू अनुसरण गर्छौं, सामान्य रूपमा मण्डली जीवनमा भाग लिन्छौं र अधिक सत्यताहरू बुझ्छौं भने, हामी सत्यताको प्रयोग गरेर शैतानका युक्तिहरू पत्ता लगाउन सक्षम हुनेछौं, अनि हामीले शैतानबाट धोका खाने र कष्ट भोग्ने छैनौं।

भेलाहरूमा उपस्थित हुनु किन अति महत्त्वपूर्ण छ?

प्रभु येशूले भन्नुभयो, “किनभने जहाँ दुई वा तीन जना मेरो नाउँमा भेला हुन्छन्, म त्यहाँ तिनीहरूको बीचमा हुन्छु(मत्ती १८:२०)। परमेश्‍वर भन्नुहुन्छ, “पवित्र आत्माले परमेश्‍वरले प्रयोग गर्नुहुने केही निश्चित व्यक्तिहरूमाथि मात्र काम गर्नुहुन्न, बरु थप रूपमा उहाँले मण्डलीमा पनि काम गर्नुहुन्छ। उहाँले जोकोहीमाथि काम गरिरहनुभएको हुन सक्छ। उहाँले वर्तमान समयमा तँमाथि काम गर्न सक्नुहुन्छ र तैँले यो काम अनुभव गर्नेछस्। अर्को अवधिमा, उहाँले अर्को कोही व्यक्तिमा काम गर्न सक्नहुन्छ, त्यो अवस्थामा तैँले पछ्याउनको लागि हतारिनुपर्छ; तैंले वर्तमान ज्योतिलाई जति नजिकबाट पछ्याउँछस् तेरो जीवन त्यति नै वृद्धि हुन सक्छ। कुनै व्यक्ति जुनसुकै तौरतरिकाको भए तापनि, यदि पवित्र आत्माले तिनीहरूमाथि काम गर्नुहुन्छ भने, तैँले पछ्याउनैपर्छ। तिनीहरूका अनुभवहरूलाई आफ्ना अनुभवहरूको नजरबाट हेर्, अनि तैँले अझ उच्च कुराहरू प्राप्त गर्नेछस्। यसो गर्दा तँ अझ चाँडो अघि बढ्नेछस्। यो मान्छेको लागि सिद्धताको मार्ग अनि जीवन वृद्धि हुने माध्यम हो।

परमेश्‍वरका वचनहरूबाट हामी जान्दछौं कि मण्डली त्यो स्थान हो जहाँ पवित्र आत्माले काम गर्नुहुन्छ। जबसम्म दाजुभाइ र दिदिबहिनीहरू परमेश्‍वरको वचन पढ्न एकसाथ भेला हुन्छन्, तबसम्म पवित्र आत्माले काम गर्नुहुनेछ। त्यसकारण, मण्डली जीवन जीउनु भनेको हामीले पवित्र आत्माको काम प्राप्त गर्ने र हाम्रो आत्मिक जीवनमा वृद्धि हुने एक मार्ग हो। विभिन्न दाजुभाइ र दिदिबहिनीहरूसँग फरक क्षमता, अन्तरदृष्टि, र अनुभवहरू हुने हुनाले, र तिनीहरूले परमेश्‍वरको वचनबाट फरक ज्योति र ज्ञान प्राप्त गर्ने हुनाले, जब हामी एकसाथ सङ्गति गर्नको लागि भेला हुन्छौं, तब हामीले एक-अर्काको मजबूत बुँदाहरूबाट हाम्रा आफ्नै कमजोरीहरू हटाउन सिक्न सक्छौं ताकि हामीले अझ स्पष्टसँग सत्यलाई बुझ्न सकौं। जब हामीसँग कुनै कुराको गलत बुझाइ हुन्छ, दाजुभाइ र दिदिबहिनीहरूले यसलाई देख्नेछन् अनि हामीसँग समयमै कुराकानी गर्नेछन् र सत्यताअनुसार कसरी बुझ्ने भनेर हामीलाई बताउँनेछन्। यसबाहेक, सत्यताको पछि लाग्ने प्रत्येक दाजुभाइ र दिदिबहिनीसँग समयको हरेक अवधिमा सत्यताको नयाँ बुझाइ र अनुभव हुनेछ। तिनीहरूले आफ्नो जीवनमा कसरी परमेश्‍वरको कार्यको अनुभव गर्छन् भनेर तिनीहरूको कुरा सुन्दा, हामी आफैंलाई आपूर्ति प्राप्त हुन्छ। त्यसकारण, मण्डली जीवनले हामीलाई अझ बढी सत्यता बुझ्न र जीवनमा वृद्धि हुन मद्दत गर्छ। केही मानिसहरूले भन्न सक्छन्, "के म आफैँ घरमा परमेश्‍वरको वचन पढेर पवित्र आत्माको ज्ञान प्राप्त गर्न सक्दिन र?" यो साँचो हो, तर एक व्यक्तिले जे-जति बुझ्छ त्यो धेरै सीमित हुन्छ, र तिमीहरूको व्यक्तिगत ज्ञान र परमेश्‍वरबाट प्राप्त हुने ज्योति पनि सीमित हुन्छ। यस अवस्थामा, हामी बिस्तारै सत्यता बुझ्छौं। धेरैजसो समय हामीले केवल केही अक्षर र धर्मसिद्धान्तहरू बुझ्न सक्छौं, तर ती वचनहरू भन्नुमा परमेश्‍वरको मनसाय के हो र अभ्यासका सिद्धान्तहरू के हुन् भन्ने जस्ता विवरणहरूको स्पष्ट बुझाइ हुन सक्दैन। कहिलेकाँही हामीसँग गलत बुझाइ पनि हुन सक्छ किनकि हामी हाम्रो दिमागले परमेश्‍वरका वचनहरूलाई तिनीहरूको शाब्दिक अर्थअनुसार विश्लेषण गर्ने प्रयास गर्छौं, र यसरी हामीसँग परमेश्‍वरको बारेमा धारणा र गलत बुझाइहरू हुन्छ। फलस्वरूप, हाम्रो जीवन वृद्धि सुस्त हुनेछ, वा हामीले त्रुटिपूर्वक अभ्यास पनि गर्न सक्छौं, जसले हाम्रो जीवन वृद्धिलाई ढिलो गराउँछ।

यसको अतिरिक्त, वास्तविक जीवनमा हामीले सबै प्रकारका समस्याहरू सामना गर्नेछौं, जस्तै काममा उत्पन्न हुने कठिनाइहरू, सहकर्मीहरूको प्रतिस्पर्धी दबाब, बच्चाहरूलाई शिक्षा दिनुमा हुने कठिनाइ, र आफ्नो जीवनसाथीसँगको द्वन्द्व। हाम्रो कद सानो छ र हामीले सत्यतालाई बुझ्दैनौं र कुराहरू स्पष्टसँग देख्न सक्दैनौं, त्यसैले हामीलाई धेरै कठिनाइहरूको सामना कसरी गर्ने भनेर थाहा छैन। यदि हामीसँग उचित मण्डली जीवन छ भने, हामी भेलाहरूमा हाम्रा दाजुभाइ र दिदिबहिनीहरूसामु खुल्न सक्छौं, र तिनीहरूले परमेश्‍वरको वचन सञ्चार गर्नेछन् र आफ्ना व्यक्तिगत अनुभवहरू हामीसँग बाँड्नेछन्, र त्यसैले हामीसँग हाम्रा समस्याहरू समाधान गर्ने र कसरी अभ्यास गर्ने भनेर जान्ने मार्ग हुनेछ। यो जस्तै, जति धेरै हामीले सत्यको खोजी र समस्याहरूको समाधान गर्छौं, त्यत्ति नै बढी सत्यताहरू हामीले बुझ्नेछौं र त्यहाँ त्यत्ति नै कम कठिनाइ र समस्याहरू हुनेछन्, र हाम्रो हृदय मुक्त हुनेछ। त्यसकारण, भेलाहरूमा उपस्थित हुनु भनेको अतिरिक्त बोझ नहुने मात्र होइन, बरु यसले त हामीलाई अतिरिक्त लाभ दिनेछ। हाम्रो जीवन द्रुत गतिमा वृद्धि हुँदै जानेछ, र परमेश्‍वरसँगको हाम्रो सम्बन्ध झन् झन् सामान्य हुँदै जानेछ। मण्डली जीवन हाम्रो लागि ज्यादै लाभदायक छ!

हालसम्म, के तिमीहरूले भेलाहरूमा उपस्थित हुनुको महत्त्व बुझ्यौ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

प्रभु येशूको पुनरागमनसम्‍बन्धी बाइबलका यी ६ अगमवाणी पूरा भइसकेका छन्

दुई हजार वर्षअघि, प्रभु येशुले हामीलाई प्रतिज्ञा गर्नुभयो: “अनि हेर, म चाँडै आउँछु” (प्रकाश २२:१२)। अब, उहाँको आगमनका सबै किसिमका चिन्हहरू...

प्रभु ढोका ढकढक्याउँदै आउनुहुँदा हामीले उहाँलाई कसरी स्वागत गर्नुपर्छ?

जियाओ फेइ मैले प्रभुमा विश्‍वास गर्न थालेपछि, दाजुभाइ-दिदीबहिनीहरूलाई “हाम्रा प्रियले ढोका ढकढक्याइरहनुभएको छ” भन्‍ने भजन गाउन म पर्थ्यो, र...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्