के असल मित्रले गल्ती देखे नि नदेखेजस्तो गर्छ?

25 अप्रिल 2023

सिस्टर बार्बरा र मबीच चिनजान भएको दुई वर्ष भएको थियो, र हाम्रो सम्‍बन्ध निकै राम्रो थियो, र हामीले कुराकानी गर्दा हरेकपटक नै कुरा कहिल्यै सकिन्‍नजस्तो लाग्थ्यो। हामी प्राय आफ्‍ना अनुभवहरूबारे र ती अनुभवबाट हामीले के पायौँ भन्‍नेबारे कुरा गर्थ्यौँ। जब उनीमाथि केही आइपर्थ्यो, उनी मलाई भेट्न आउँथिन्, र जब मलाई समस्या हुन्थ्यो, म उनीसँग सङ्गति गर्न चाहन्थेँ। उनले सधैँ मसँग धैर्यसाथ सङ्गति गर्थिन् र हाम्रो घनिष्ठ सम्‍बन्धलाई म प्रिय ठान्थेँ। आफूलाई सहयोग र साथ दिने एक सिस्टर साथमा हुनु सौभाग्यको कुरा होजस्तो लाग्थ्यो।

गत वर्ष, मैले बार्बराले उनको सुसमाचार कार्यमा प्राप्त भइरहेका राम्रा परिणामहरूबारे उनले प्रचार गरेका कति मानिसहरू धार्मिक धारणाहरूले भरिएका थिए, र परमेश्‍वरसँग प्रार्थना र भरोसा गरी, धैर्यसाथ तिनीहरूसँग सङ्गति गर्दै परमेश्‍वरको वचन पढी सुनाएपछि तिनीहरूले तुरुन्तै परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्विकारे भन्‍नेबारे अरू सिस्टरहरूसँग कुरा गरिरहेको सुनेँ। यो सुनेर सिस्टरहरूले उनलाई आदरसाथ हेरिरहेको र हरप्रकारका प्रश्‍नहरू सोध्दै, अभ्यासको राम्रो मार्ग खोज्दै उनलाई घेरिरहेको देखेँ। मलाई अलिक चिन्ता लाग्यो र मैले सोचेँ, “उनको सुसमाचार कार्य राम्रो भइरहेको रहेछ, राम्रै भो, तर उनले आफ्ना परिणामहरू कति राम्रा भए भनेर मात्रै कुरा गरिन्, आफूले लिएको मार्गबारे कुरा गरिनन्, र परमेश्‍वरले त्यो बेला कसरी उनलाई अगुवाइ गर्नुभयो भनेर पनि गवाही दिइनन्। यस्तो कुरा गरेर के उनले धाक लाइरहेकी छैनन् र?” केही दिनपछि, सिस्टर फाएले मलाई भनिन्, “बार्बरा कति प्रतिभावान् छिन्, उनले सुसमाचार कार्यमा कति धेरै परिणाम हासिल गरिसकेकी छिन्! उनले भनेअनुसार एउटा भेलामा उनका अनुभवहरू सङ्गति गर्न अगुवाद्वारा उनलाई बोलाइएको पनि रहेछ।” यो सुनेपछि मेरो मुटु ढुकढुक भयो: किन बार्बराले यस्ता कुराहरू भनिरहेकी छिन्? अहिले फाए उनलाई धेरै आदर गर्छिन्, तर यो उनको लागि फाइदाजनक छैन। बार्बराले सधैँ आफ्‍नो कर्तव्यमा प्राप्त भएका असल परिणामहरूबारे धाक लाइरहेको महसुस भयो र मलाई अलिक अप्ठ्यारो लाग्यो। धाक लाउनु र आफूलाई उचाल्‍नु शैतानी स्वभावको प्रकटीकरण हो भनेर परमेश्‍वरले सङ्गति गर्नुभएको छ, त्यसैले यसरी अघि बढिरहनु निकै खतरनाक हुन्छ। मैले यस्तो हुन दिनु हुँदैनथ्यो। मैले यो कुरा बार्बरालाई औँल्याउने मौका खोज्‍नुपर्थ्यो। तर जबजब यो समस्या उनलाई औँल्याउनेबारे सोच्थेँ, म हिचकिचाउँथेँ। मैले एकदुई वर्षपहिलेका केही अनुभवहरू सम्झेँ। मेरी साझेदार जेनीले आफ्‍नो उच्‍च पदबाट हप्कीदप्की गर्दै प्राय धर्मसिद्धान्तहरू भट्याउँथिन्, तर उनले आफूलाई कहिल्यै विश्‍लेषण गरिनन् वा चिनिनन्। मैले उनलाई यो समस्या औँल्याइदिएँ, तर उनले यो कुरा अस्वीकार त गरिन् नै, साथमा मेरा पुराना विफलता र अपराधहरू कोट्याउँदै मलाई प्रहारसमेत गरिन्। त्यसपछि, उनले मलाई स्वीकार गर्नसमेत मानिनन्। यसले गर्दा मेरो परिस्थिति निकै अनौठो र पीडादायी बन्यो। अर्कोपटक, एक भेलामा सङ्गति दिँदा सिस्टर रोक्सान्‍ना विषयबाहिर गइन् र मैले यो कुरा उनलाई औँल्याइदिएँ। पछि, उनले मनको कुरा खोलिन् र मलाई के बताइन् भने, मैले उनको समस्या औल्याउँदा, उनलाई अत्यन्तै अपमानित महसुस भयो, प्रतिरोधी भावना जाग्यो, र मैले जानीजानी उनको लागि समस्या पैदा गर्न खोजिरहेजस्तो लाग्यो, यहाँसम्‍म कि पछिका भेलाहरूमा उनलाई सङ्गति गर्नसमेत मन लागेन। उनले खोजी, मनन र आफ्‍ना समस्याहरू पहिचान गरेकी भए पनि, उनले यसो भनेको सुन्दा मलाई निकै गाह्रो भयो। त्यसपछि, मलाई अरूका समस्या औँल्याउन निकै गाह्रो लाग्‍न थाल्यो। मैले बार्बरासँगको मेरो सम्‍बन्ध कति राम्रो थियो, सोबारे विचार गरेँ, र सोचेँ, मैले उनको समस्या औँल्याएँ भने, के उनले असहज स्थितिमा परेको अनुभव नगर्लिन् र? उनले मेरो कुरा मानिनन् र मप्रति पूर्वाग्रही भइन् भने, मैले उनका कमीकमजोरी खुलासा गरेर उनलाई समस्यामा पार्न खोजिरहेजस्तो उनलाई लाग्यो र उनले मलाई स्विकार्न मानिनन् भने के गर्ने? हामी दिनहुँ भेटिरहेका हुन्छौँ, त्यसकारण परिस्थिति असहज हुनेछ। उनले यसरी सधैँ धाक लाइरहेकी पनि त छैनन्। सायद परमेश्‍वरको वचन पढेर, उनले मनन गर्न र आफ्‍नो बारेमा यो कुरा महसुस गर्न सक्छिन्। आ, होस् है, बरु म चुप नै बस्छु।

एक दिन, बार्बराले मलाई केही ब्रदर-सिस्टरहरूले उनलाई केही सुझाव दिएका छन् भनेर भनिन्। तिनीहरूले उनले आफ्नो सङ्गतिमा राम्रो कुराको मात्रै धाक लाउँदै अरूलाई आफ्नो आदर गर्न लाउँछिन् भनी भनेका रहेछन्। यसले उनलाई निकै असहज पारेको थियो। उनको कुरा सुन्दा मलाई भित्री रूपमा खटपट भयो। वास्तवमा, मैले पनि उनले आजभोलि धाक लाएको देखेकी थिएँ, तर हाम्रो सम्‍बन्धमा चोट पुग्छ भन्‍ने डरले, मैले देखे पनि नदेखेजस्तो गर्दै उनलाई केही भनेकी थिइनँ। के यो उत्तम अवसर होइन र? के मैले पनि देखेका समस्याहरूबारे बोल्‍नु पर्दैन र? तर मैले उनको लागि अवस्था कठिन भइसकेको छ भन्‍ने सोचेँ। मैले पनि यो कुरा बताएँ भने, उनले यसलाई सहन सक्दिनन् र उनी नकारात्मक हुन्छिन् भन्‍ने लाग्यो। मलाई पनि उनमा देखेको समस्या बताउनुपर्छ भन्‍ने महसुस भयो, तर उनले मैले कठोर व्यवहार गरिरहेछु भन्लिन् र उनी मबाट टाढिएलिन् भन्‍ने चिन्ता लाग्यो, त्यसकारण मैले कस्तो शैलीले बोल्‍ने र अझ कुशलतापूर्वक आफ्‍नो कुरा कसरी राख्‍ने अनि उनलाई लज्जित नतुल्याउने भनेर ध्यानपूर्वक सोचेँ। त्यसकारण मैले म विगतमा कसरी आफूलाई उचाल्थेँ र धाक दिन्थेँ, अनि म कसरी मनन गरेर त्यसलाई बुझ्थेँ भनेर केही उदाहरणहरू बताएँ, र अन्तिममा मात्रै मैले उनको समस्याबारे थोरै कुरा गरेँ। मैले उनलाई लज्‍जित पर्छु कि भन्‍ने डर थियो, त्यसैले उनीसित केही सान्त्वानाका शब्दहरू बोलेँ, “हरेक व्यक्तिमा भ्रष्ट स्वभाव हुन्छ र यो प्रकट गर्नु सामान्य कुरा हो। म पनि भ्रष्टता प्रकट गर्छु। म सधैँ अहङ्कारी र घमण्डी थिएँ, र म प्रायजसो धाक दिने गर्छु। यसको कारण बाधित महसुस नगर्नोस्, आफूप्रति तपाईंमा सही मनोवृत्ति हुनुपर्छ।” यसको जबाफमा उनले केही भनिनन्। तर त्यसपछि, केही भयो, अनि मलाई फेरि खटपट भयो।

एउटा भेलामा, बार्बराले परमेश्‍वरको वचनसम्‍बन्धी आफ्‍नो बुझाइ सङ्गति गरिरहेकी थिइन्, र सुसमाचार प्रचार गर्दा उनले भर्खरै पाएको अनुभव बताउन थालिन्। उनले प्रभुमा वर्षौँदेखि विश्‍वास गरेका एक पाष्टरलाई प्रचार गर्दै आएको कुरा गरिन्। ती व्यक्ति धार्मिक धारणाहरूले भरिएका थिए र तिनले धेरै अफवाह सुनेका थिए। तिनलाई धेरैपटक सुसमाचार सुनाउँदा पनि तिनले त्यो ग्रहण गर्न मानेका थिएनन्। त्यसपछि उनी तिनीसँग सङ्गति र बहस गर्न गइन्, र परमेश्‍वरको वचनका सान्दर्भिक खण्डहरू खोजेर, एकएक गरी तिनका धारणाहरू खण्डन गरिन्, र अन्तिममा, तिनले बिस्तारै धारणाहरू त्यागेर परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकारे। उनले बोलिसकेपछि, सबैको ध्यान उनको सुसमाचारसम्‍बन्धी अनुभवतर्फ खिचिएको, र परमेश्‍वरको वचनबाट टाढिएको थियो। त्यो बेला, मलाई कताकता लाग्यो: के यो विषयबाहिर गइरहेको छैन र? उनले सुसमाचार सुनाएको अनुभवबारे सङ्गति दिइरहेकी भए पनि, उनले आफ्‍नो कुरा सक्दा, सबैले उनलाई आदर र सम्‍मान गर्न थालेका थिए। के यो उनले धाक लाइरहेको होइन र? म यो कुरा औँल्याएर उनलाई यस विषयमा कुरा गर्न छोड्न लाउन चाहन्थेँ, तर मैले मुखबाट एक शब्‍द निकाल्‍न सकिनँ: धेरै मानिसहरूसामु उनको कुरा मैले बीचमै रोक्दा, के उनलाई निकै लज्‍जा आइपर्नेछैन र? बार्बराले आफ्‍नो सुसमाचार कार्यमा केही परिणाम प्राप्त गरेको कुरा साँचो हो, त्यसैले मैले यो कुरा उनलाई भनेँ भने, के सबैले मलाई डाहा लागेर उनलाई समस्या दिइरहेकी छु भनेर भन्‍नेछैनन् र? सायद उनका अभिप्रायहरू असलै होला र उनले धाक दिन खोजेको नहोला! त्यसकारण मैले केही भनिनँ, तर मैले आफूलाई शान्त पारी परमेश्‍वरको वचन मनन गर्न सकिनँ, र मेरो सङ्गतिमा अन्तर्दृष्टि थिएन, मैले केवल एकदुई वटा नीरस शब्‍दहरू बोलेँ, अनि त्यसरी नै भेला समाप्त भयो।

त्यो साँझ, सुत्‍न नसकेर म ओछ्यानमा कोल्टे फेरिरहेँ। मैले भेलामा बार्बराले आफ्‍नो प्रदर्शन गर्न भनेका कुराहरू, र र सबैको अनुहारमा छाएको आदरको भावबारे मात्रै सोच्‍न सकेँ। उनले जे सङ्गति गरिन् त्यसले अरूलाई परमेश्‍वरको वचनबारे थप बुझाइ दिएको थिएन, उनले त सबैको ध्यान उनको सुसमाचार कार्यतर्फ तानेकी थिइन्, र भेलाबाट कुनै पनि असल कुरा हासिल भएको थिएन। उनलाई लज्‍जित पर्छु भन्‍ने डरले, मैले केही बोलिनँ र मण्डली जीवन रक्षा गर्न असफल भएँ। के म मान्छे खुशी पारिहिँड्ने र न्यायको बोध नभएको व्यक्ति थिइनँ र? मैले परमेश्‍वरको वचनको एउटा खण्ड याद गरेँ: “तँ सहि व्यक्ति होस् कि होइनस् सो देख्‍नको लागि तैँले आफैलाई होसियारीको साथ जाँच गर्नुपर्छ। के मलाई मनमा राखेर तेरा उद्देश्यहरू र अभिप्रायहरू बनाएका छस्? के तेरा हरेक वचन र कार्यहरू मेरो उपस्थितिमा भनिन्छन् र गरिन्छन्? म तेरा सारा सोचाइ र विचारहरूलाई जाँच्छु। के तँ दोषी अनुभूति गर्दैनस्? … के शैतानले यस पटक खोसेको खाने र पिउने कुरालाई तैँले अर्को पटक पूर्ति गर्न सक्‍नेछस् भन्‍ने तँलाई लाग्छ? तसर्थ, तँ अब यसलाई स्पष्ट रूपमा देख्छस्; के यो तैँले क्षतिपूर्ति दिन सक्‍ने कुरा हो? के तैँले खेर गएको समयलाई पूर्ति गर्न सक्छस्? विगत केही भेलाहरूमा किन खाने र पिउने काम भएन, र यो समस्या कसले पैदा गर्‍यो त्यसलाई देख्‍नको लागि तैँले आफैलाई लगनशीलताको साथ जाँच गर्नुपर्छ। जबसम्‍म यो स्पष्ट हुँदैन तबसम्‍म तैँले पालैपालो गरी सङगति गर्नुपर्छ। यदि यस्तो व्यक्तिलाई कडाइको साथ काबुमा राखिएन भने, तेरा दाजुभाइ र दिदीबहिनीहरूले बुझ्‍नेछैनन्, र फेरि यस्तै हुनेछ। तेरो आत्मिक आँखा बन्द छ; तिमीहरूमध्ये धेरै जना अन्धा छौ! यति मात्र होइन, देख्‍नेहरू पनि यसप्रति लापरवाह छन्। तिनीहरू खडा भएर बोल्दैनन्, अनि तिनीहरू पनि अन्धा नै छन्। देख्‍ने तर नबोल्‍नेहरू गूँगा हुन्। यहाँ धेरै जना अपाङ्गहरू छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १३)। परमेश्‍वरको वचनले मलाई एकदमै बेचैन तुल्यायो। बार्बराले कसरी आफ्नो सङ्गतिमा विषयबाहिर गई, सबैको समय बरबाद गरिन्, र भेलाको प्रभावकारितामा असर पुर्‍याइन्, र पनि मैले चुपचाप हेरिरहेँ भनेर विचार गरेँ। मैले मनमनै सोचिरहेँ, “बार्बरा विषयबाहिर गइरहेको मलाई स्पष्टै थाहा थियो, र पनि किन मैले मण्डली जीवन रक्षा गरिनँ? किन चुप बसेर मान्छे खुशी पारिहिँड्ने व्यक्ति बन्‍न रोजेँ?” पहिलो कुरा, बार्बराको व्यवहारले उनलाई उचाल्‍ने र उनको प्रदर्शन गर्ने गरिरहेको छ छैन भनेर म स्पष्ट थिइनँ। सुसमाचार सुनाउने कार्यमा उनले केही अनुभव बटुलेकी थिइन्, र यी अनुभवहरू सङ्गति गर्दा अरूलाई फाइदा हुन्छ भन्‍ने कुरा साँचो थियो, त्यसैले के उनले यसरी सङ्गति गर्दा आफ्‍नो प्रदर्शन गरेको मान्‍न सकिन्छ? दोस्रो कुरा, म यो कुरामा स्पष्ट छैनँ, मैले बोलेँ भने उनलाई अप्ठ्यारो हुनेछ, र मैले यी कुरा डाहाको कारण भनिरहेकी छु भनेर अरूले भन्लान् भन्‍ने चिन्ता लाग्यो।

भोलिपल्‍ट भेलामा, मैले मेरा चिन्ताहरू राखेँ र एकदुई सिस्टरहरूसित मदत मागेँ। हामीले परमेश्‍वरको वचनको एक खण्ड सँगै पढ्यौँ: “मानिसहरूले आफूलाई उच्‍च ठानून् भन्‍ने प्रयास गर्दै आफ्नै बढाइ गर्ने र गवाही दिने, तडकभडक देखाउने—भ्रष्ट मानवजाति यी कुराहरू गर्न सक्षम छ। जब मानिसहरू आफ्नो शैतानी प्रकृतिले शासित हुन्छन् तिनीहरूले यसरी स्वतः प्रतिक्रिया दिन्छन्, र यो सबै भ्रष्ट मानवजातिको निम्ति सामान्य हो। मानिसहरूले सामान्यतया कसरी आफ्नै बढाइ गर्छन् र गवाही दिन्छन्? तिनीहरूले यो लक्ष्य कसरी प्राप्त गर्छन्? तिनीहरूले कति धेरै काम गरेका छन्, तिनीहरूले कति कष्ट भोगेका छन्, तिनीहरूले आफैँलाई कति समर्पित गरेका छन्, र तिनीहरूले कति धेरै मूल्य चुकाएका छन् भनेर तिनीहरूले गवाही दिन्छन्। मानिसहरूका मनमा अझ उच्च, बलियो र अधिक सुरक्षित स्थान दिन्छ भनेर तिनीहरूले यी कुराहरूलाई आफैँलाई उच्‍च गराउने पुँजीको रूपमा प्रयोग गर्छन्, ताकि अधिक मानिसहरूले तिनीहरूलाई सम्मान, प्रशंसा र आदरका साथसाथै श्रद्धा, पूजा र अनुसरण समेत गरून्। यो लक्ष्य प्राप्त गर्न मानिसहरूले हेर्दाखेरि परमेश्‍वरको गवाही दिएजस्तो देखिने तर आधारभूत रूपमा आफैँलाई उच्‍च पार्ने र आफ्नै गवाही दिने धेरै कुराहरू गर्छन्। के यसरी व्यवहार गर्नु उचित हो त? तिनीहरू तर्कशक्तिको क्षेत्रबाहिर छन्। यी मानिसहरूमा शरम छैन: तिनीहरूले परमेश्‍वरको निम्ति के गरेका छन् र उहाँको निम्ति कति कष्ट भोगेका छन् भन्‍ने कुरा कुनै शरमविना तिनीहरूले गवाही दिन्छन्। तिनीहरूले आफूमा भएका वरदान, प्रतिभाहरू, अनुभव, विशेष सीपहरू, आफूलाई सञ्‍चालन गर्ने तिनीहरूका चतुर तौरतरिकाहरू, मानिसहरूसँग खेल्नको निम्ति तिनीहरूले प्रयोग गर्ने माध्यमहरू, आदि इत्यादिको तडकभडक पनि देखाउँछन्। आफैँलाई उच्च पार्ने र आफ्नै गवाही दिने तिनीहरूको तरिका भनेको तडकभडक देखाउनु र अरूलाई होच्याउनु हो। मानिसहरूले जहिले पनि तिनीहरूको विलक्षण प्रतिभा मात्र देखून् भनेर तिनीहरूले आफ्ना कमजोरी, कमीहरू र अपर्याप्तताहरू लुकाउँदै ढोंग गर्छन् र भेष बदल्छन्। तिनीहरूले नकारात्मक अनुभव गरेको कुरा अरू मानिसहरूलाई बताउने हिम्मत पनि गर्दैनन्; तिनीहरूसँग खुल्‍ने र संगति गर्ने हिम्मतको अभाव हुन्छ र तिनीहरूले गल्ती गर्दा त्यसलाई लुकाउने र छोप्‍ने अधिकतम प्रयास गर्छन्। तिनीहरूले आफ्नो कर्तव्य निभाउने दौरानमा मण्डलीको काममा पुर्‍याएको हानिलाई कहिले पनि उल्लेख गर्दैनन्। तर तिनीहरूले गरेको सानो योगदान वा प्राप्त गरेको केही साना सफलताहरू देखाउन छिटा हुन्छन्। तिनीहरू कति सक्षम छन्, तिनीहरूको क्षमता कति उच्च छ, तिनीहरू कति असाधरण छन् र तिनीहरू सामान्य मानिसहरूभन्दा कति असल छन् भन्‍ने कुरा सारा संसारलाई थाहा दिन कुनै प्रतीक्षा गर्दैनन्। के यो तिनीहरूको आफ्नै बढाइ गर्ने र आफ्नै गवाही दिने तरिका होइन र?(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु चार)। परमेश्‍वरको वचनको प्रकाशद्वारा मैले के बुझेँ भने ख्रीष्टविरोधीहरूले आफूलाई उचाल्‍नुको एउटा लक्षण भनेको तिनीहरूले आफ्‍नो वरदान, सबलता, योगदान, र उपलब्धिहरूबारे अरूका अघि धाक लाउनु हो, ताकि मान्छेले तिनीहरूलाई प्रतिभावान् र सक्षम ठानून्, र तिनीहरूबाट आदर र सम्‍मान प्राप्त होस्। सुसमाचार सुनाउनु र परमेश्‍वरको गवाही दिनु अवश्य नै सकारात्मक कुरा हुन्। सुसमाचार प्रचारकका रूपमा बार्बराले आफ्‍ना सबलताका साथै उनले भोगेका कठिनाइहरूबारे, उनले कसरी परमेश्‍वरमा भरोसा गरी उहाँको काम अनुभव गरिन्, यसबाट उनले के पाइन् र के सिकिन्, र उनले पत्ता लाएका अभ्यासका राम्रा मार्गहरूबारे सङ्गति गरेकी भए, त्यो सङ्गति ज्ञानवर्धक हुने थियो। तर बार्बराले उनले कति मानिसहरूलाई विश्‍वासमा ल्याइन्, उनले कति कष्ट भोगिन्, उनले कति मूल्य चुकाइन् भन्‍नेबारेमा मात्रै बताइन्, र उनका अनुभवहरूबारे सुन्‍ने कसैले पनि परमेश्‍वरको बारेमा अझ धेरै ज्ञान वा कसरी अभ्यास गर्ने वा विभिन्‍न समस्या कसरी हल गर्ने भन्‍नेबारे कुनै स्पष्टता प्राप्त गरेनन्। तिनीहरूले उनको बारेमा थप कुरा मात्रै सिके र उनमा सुसमाचार सुनाउने वरदान र क्षमता छ, र उनी अरूभन्दा उत्साही छिन् भन्‍ने मात्रै जाने। सबैले उनको तारिफ र डाहा गरे, र आफू एकदमै अपर्याप्त भएको अनुभव गरे। मैले आफ्‍नो प्रदर्शन र बढाइ गर्नु अनि परमेश्‍वरको गवाही दिनुको परिणाम उस्तै हुन्‍नन् भन्‍ने देखेँ। सङ्गतिपश्‍चात, मेरा पहिलेका दृष्टिकोणहरू पुष्टि भए, र मैले बार्बराले बताएका धेरैजसो कुराले परमेश्‍वरको गवाही दिँदैनन्, ती आफूलाई उचाल्‍न र आफ्‍नो प्रदर्शन गर्न बताइएका कुरा थिए भन्‍ने निर्धारित गरेँ। उनले ख्रीष्टविरोधी स्वभाव प्रकट गरिरहेकी थिइन्, जसले परमेश्‍वरको घृणा र इन्कार पैदा गर्थ्यो। सिस्टरहरूले मलाई के पनि सम्झाए भने बार्बरालाई आफूले प्रकट गरेको भ्रष्ट स्वभावको बारेमा थाहा नहुन सक्छ, र यस्तो बुझिसकेपछि, हामीले प्रेमपूर्वक उनलाई यो कुरा औँल्याइदिनुपर्छ। हामीले केवल आफ्नो सम्‍बन्ध जोगाउन मान्छे खुशी पारिहिँड्ने व्यवहार गर्नु हुँदैन। सिस्टरहरूको कुराले मलाई लाज लाग्यो, र मैले तुरुन्तै बार्बरासँग सङ्गति गर्ने निर्णय गरेँ।

भेला सकिएपछि, मैले आफूलाई शान्त पार्नै सकिनँ। मैले पहिल्यै बार्बराका समस्याहरू देखेकी थिएँ तर उनलाई त्यो औंल्याउने आँट गरिनँ, र मैले केही कुरा भन्दासमेत, समस्यालाई च्वास्स छोएजस्तो मात्रै गरेँ र केही उपलब्धि भएन, र बार्बराले साँचो मनन गर्ने वा आफ्‍नो समस्याबारे सचेत हुने कहिल्यै गरिनन्। यी कुराहरू सोच्दा मलाई अप्ठ्यारो र ग्‍लानि भयो र आफैलाई प्रश्‍न गर्न बाध्य भएँ, “म प्राय बार्बराको अगाडि कति उत्साहित र जीवन्त बन्छु र उनलाई सबै कुरा बताउँछु, र पनि मलाई किन उनका समस्याहरू औँल्याउन यति गाह्रो हुन्छ? म किन शब्‍दहरू निकाल्‍नै सक्दिनँ?” मैले खोजी र मनन गर्ने क्रममा, परमेश्‍वरको वचन पढेँ। “तिमीहरू सबै सुशिक्षित छौ। तिमीहरू सबैले आफ्नो बोलीमा परिष्कृत र सन्तुलित हुनमा र आफूले जुन तरिकामा बोल्ने हो सो तरिकामा ध्यान दिन्छौ: तँ चतुर छस्, र तैँले अरूको मर्यादा र स्बाभिमानमा हानि नपुर्‍याउन सिकेको छस्। तेरा वचन र कार्यहरूमा तँ मानिसहरूका निम्ति चलाकी गर्ने ठाउँ छोड्छस्। मानिसहरूलाई सजिलो अनुभूति गराउन तँ सबै कुरा गर्छस्। तँ उनीहरूका दाग वा कमजोरीहरू प्रकट गर्दैनस्, र तँ उनीहरूलाई दुःखी बनाउन वा लज्‍जित पार्ने कोसिस गर्दैनस्। धेरै मानिसहरूले व्यवहार गर्ने पारस्परिक सिद्धान्त यही हो। अनि, यो कस्तो सिद्धान्त हो? (यो मान्छेलाई खुसी पार्ने बन्‍नु हो; यो छल र धूर्तता हो।) यो षडयन्त्रकारी, धूर्त, विश्‍वासघाती र कुटिल चाल हो। मानिसहरूका हँसिला अनुहारहरूमा धेरै दुर्भावनापूर्ण, कुटिल र घृणित कुराहरू लुकेका हुन्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। “यता पनि उता पनि ठिक्‍क पार्नेहरू सबैभन्दा दुष्ट हुन्छन्। तिनीहरू कसैलाई दुःखी नबनाउने कोसिस गर्छन्, तिनीहरू मानिसहरूलाई खुसी तुल्याउनेहरू हुन्, तिनीहरू परिस्थितिहरूअनुसार चल्छन्, र कसैले पनि तिनीहरूको वास्तविकतालाई देख्‍न सक्दैन। त्यस्तो व्यक्ति एउटा जिउँदो शैतान जस्तो हो!(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता अभ्यास गरेर मात्रै भ्रष्ट स्वभावका बन्धनहरूलाई तोड्न सकिन्छ)। “जिउनेसम्‍बन्धी दर्शनको एउटा सिद्धान्त छ, ‘असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ।’ यसको अर्थ मित्रताको सम्बन्ध जोगाउनको लागि, व्यक्तिले आफ्‍नो मित्रमा भएका समस्याहरू स्पष्ट देखे पनि ऊ यसबारेमा मौन बस्‍नुपर्छ—उसले अर्को व्यक्तिको मर्यादामा आक्रमण नगर्ने वा उसका कमीकमजोरी खुलासा नगर्ने सिद्धान्तहरू पालना गर्नुपर्छ। तिनीहरूले एकअर्कालाई धोका दिनुपर्छ, एकअर्काबाट आफ्नो कुरा लुकाउनुपर्छ, एकअर्काको विरुद्ध षड्यन्त्र गर्नुपर्छ; र अर्को व्यक्ति कस्तो हो भन्‍ने कुरा स्पष्टै थाहा भएर पनि, तिनीहरूले त्यो कुरा सीधै भन्‍नु हुँदैन, बरु तिनीहरूको राम्रो मित्रता रक्षा गर्न धूर्त विधिहरू अपनाउनुपर्छ। किन व्यक्तिले यस्तो सम्‍बन्ध जोगाउन चाहन्छ? यसको अर्थ समाजमा, समूहमा शत्रु बनाउन नचाहनु हो, किनभने त्यसो गर्दा आफू खतरनाक परिस्थितिमा पर्न सकिन्छ। तैँले कुनै व्यक्तिका कमजोरी खुलासा गरेपछि वा उसलाई चोट पुर्‍याएपछि र ऊ तेरो शत्रु बनेपछि उसले तँलाई कसरी हानि गर्नेछ तँलाई थाहा हुँदैन, र तैँले आफूलाई यस्तो परिस्थितिमा राख्‍न चाहँदैनस्, त्यसकारण तैँले ‘मान्छेको मर्ममा कहिल्यै प्रहार नगर्नू, र कहिल्यै अरूको कमजोरी खुलासा नगर्नू’ जस्ता जिउनेसम्‍बन्धी दर्शनका सिद्धान्तहरू अपनाउँछस्। यो कुरालाई ध्यानमा राख्दा, यदि दुई व्यक्ति यस्तो सम्‍बन्धमा छन् भने, के तिनीहरूलाई साँचो मित्र भनेर भन्‍न सकिन्छ? (सकिँदैन।) तिनीहरू साँचो मित्र होइनन्, तिनीहरू एकअर्काका विश्‍वासपात्र हुनु त परको कुरा हो। त्यसो भए, यो वास्तवमा कस्तो सम्‍बन्ध हो? के यो आधारभूत सामाजिक सम्‍बन्ध होइन र? (हो।) त्यस्ता सामाजिक सम्‍बन्धहरूमा, मानिसहरूले आफूलाई लागेको कुरा भन्‍न सक्दैनन्, न त गहिरा कुराहरू गर्न, आफूलाई मन पर्ने कुरा, वा हृदयको कुरा भन्‍न, अर्को व्यक्तिमा देखेका समस्याहरू बताउन, वा अर्को व्यक्तिलाई फाइदा पुग्‍ने शब्‍दहरू बोल्‍न सक्छन्। बरु, अर्को व्यक्तिलाई चोट नपुर्‍याउनका लागि तिनीहरूले राम्रा सुनिने शब्‍दहरू बोल्छन्। तिनीहरूले शत्रु बनाउने इच्छा गर्दैनन्। यसको उद्देश्य आफ्‍नो वरपरका मानिसहरूलाई खतरा पैदा गर्न नदिनु हो। कसैले तिनीहरूलाई खतरामा नपार्दा, के तिनीहरू तुलनात्मक रूपमा सहज र शान्तिमा बाँचिरहेका हुँदैनन् र? ‘मान्छेको मर्ममा कहिल्यै प्रहार नगर्नू, र कहिल्यै अरूको कमजोरी खुलासा नगर्नू’ भन्‍ने वाक्यांशको प्रवर्धन गर्नुको पछाडि मानिसहरूको उद्देश्य यही हुँदैन र? (यही हुन्छ।) स्पष्टै छ, यो अस्तित्वमा रहने धूर्त र छली तरिका हो जसमा आत्मरक्षाको तत्व मिसिएको हुन्छ, र यसमा व्यक्तिको उद्देश्य भनेको आफ्‍नो सुरक्षा गर्नु हुन्छ। यसरी जिउने मानिसहरूको केही कुरा भन्‍न सकिने विश्‍वासपात्र र घनिष्ठ मित्र कोही हुँदैनन्। तिनीहरू एकअर्काप्रति रक्षात्मक, अनि षड्यन्त्रकारी, र रणनीतिक हुन्छन्, र दुवैले नै उक्त सम्‍बन्धबाट आफूलाई चाहेको कुरा लिन्छन्। के यो यस्तै हुँदैन र? ‘मान्छेको मर्ममा कहिल्यै प्रहार नगर्नू, र कहिल्यै अरूको कमजोरी खुलासा नगर्नू’ भन्‍ने वाक्यांशको मूल उद्देश्य भनेको अरूलाई रिस नउठाउनु र शत्रु नकमाउनु, अनि कसैलाई चोट नपुर्‍याएर आफ्‍नो रक्षा गर्नु हो। यो आफूलाई चोट लाग्‍न नदिनका लागि प्रयोग गरिने उपाय र विधि हो। सारका यी कैयौँ पक्षहरूलाई हेर्दा, ‘मान्छेको मर्ममा कहिल्यै प्रहार नगर्नू, र कहिल्यै अरूको कमजोरी खुलासा नगर्नू’ भन्‍ने मानव सद्गुणको मापदण्ड के महान् सिद्धान्त हो? के यो सकारात्मक कुरा हो? (होइन।) त्यसो भए, यसले मानिसहरूलाई के शिक्षा दिइरहेको छ? त्यो शिक्षा हो, हामीले कसैलाई दुःख दिनु वा चोट पुऱ्याउनु हुँदैन, नत्र तँलाई नै चोट पुग्‍नेछ; र साथै, तैँले कसैलाई भरोसा गर्नु हुँदैन। यदि तैँले आफ्ना असल मित्रहरूमध्ये कसैलाई चोट पुऱ्याइस् भने, त्यो मित्रता चालै नपाई उल्टो हुन थाल्छ; ऊ तेरो असल र घनिष्ठ मित्रबाट सडकमा भेटिने कोही अपरिचित व्यक्ति, वा तेरो शत्रु बन्‍नेछ। … त्यसो भए, मानिसहरूलाई यो वाक्यांशले जे शिक्षा दिन्छ त्यसले ल्याउने अन्तिम परिणाम के हो? यसले मानिसहरूलाई अझ इमानदार कि अझ छली बनाउँछ? यसले मानिसहरूलाई अझ छली बनाउँछ; मानिसका हृदयहरू झन्झन् टाढिन्छन्, मानिसहरूबीच दूरी बढ्छ, र मानिसका सम्बन्धहरू जटिल बन्छन्; यो मानिसका सामाजिक सम्बन्धहरू जटिल हुनुजत्तिकै हो। मानिसहरूको कुराकानी बिग्रन थाल्छ, र यसले एकअर्कादेखि आफूलाई जोगाउने मनस्थिति सृजना गर्छ। के यसरी मानिसका सम्बन्धहरू सामान्य हुन सक्छन्? के सामाजिक वातावरण सुध्रिन्छ? (सुध्रिँदैन।) त्यसैले, ‘मान्छेको मर्ममा कहिल्यै प्रहार नगर्नू, र कहिल्यै अरूको कमजोरी खुलासा नगर्नू’ भन्‍ने वाक्यांश प्रस्ट रूपमै गलत छ। यसरी मानिसहरूलाई शिक्षा दिँदा, यसले उनीहरूलाई सामान्य मानवतामा जिउने बनाउन सक्‍दैन; साथै यसले मानिसहरूलाई इमानदार, सोझो, वा खुल्ला मनका पनि बनाउन सक्दैन; यसबाट सकारात्मक परिणाम कदापि हासिल हुन सक्दैन(वचन, खण्ड ६। सत्यताको पछि लाग्‍नेबारे। सत्यता पछ्याउनु भनेको के हो (८))। परमेश्‍वरको वचन पढेर, मैले के देखेँ भने, बार्बरासँगको व्यवहारमा म जीवन जिउने शैतानी दर्शनहरूमा भर परिरहेकी रहेछु, जस्तै “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ,” “मान्छेको मर्ममा कहिल्यै प्रहार नगर्नू,” र “साथी बढे बाटो बढ्छ; शत्रु बढे बाधा बढ्छ।” त्यो बेलासम्‍म, मैले यी दर्शनहरूलाई मान्छेसँग व्यवहार गर्ने सिद्धान्तको रूपमा लिएकी थिएँ। यसरी व्यवहार गर्नु मात्रै पारस्परिक सम्‍बन्ध कायम राख्‍ने, अरूलाई नचिढ्याउने, र आफ्‍नो लागि समस्या पैदा नगर्ने एउटै उपाय हो भन्‍ने सोच्थेँ। परमेश्‍वरको वचनको प्रकाशद्वारा मैले बल्‍ल बुझेँ कि यी दर्शनहरू त जिउने कुटिल, छली, र धोकेबाज तरिका रैछन्, तिनले मान्छेलाई एकअर्काप्रति सतर्क पार्ने, इमान्दार व्यवहार गर्नबाट रोक्‍ने, र एकअर्कालाई प्रेम गर्ने अवसर पैदा हुन नदिने रैछन्। यस्तो व्यवहारले अरूलाई चिढ्याउन वा आफूलाई समस्यामा पर्न नदिए पनि, यसले हामीलाई साँचो मित्र हुनबाट रोक्छ, र मानिसहरूलाई अझै झूटो र धोकेबाज बन्‍ने मौका दिन्छ। मैले के पनि बुझेँ भने अरूसँग अन्तरक्रिया गर्दा हामी निष्कपट हुनुपर्छ, र हामीले कसैमा समस्या देख्यौँ भने, तिनीहरूलाई सहयोग गर्न सक्दो करुणामा भर पर्नुपर्छ। त्यस बेला, तिनीहरूले त्यो स्विकार्न नसके पनि र हामीलाई गलत बुझे पनि, हामीले ती सिद्धान्त पालना गर्नुपर्छ र तिनीहरूसँग कुरा गर्दा सही अभिप्राय राख्‍नुपर्छ। साँचो रूपमा सत्यता स्विकार्नेहरूका हकमा, जब तिनीहरूलाई निराकरण गरिन्छ, तिनीहरूले क्षणिक रूपमा लाज महसुस गर्ने र यस्तो कुरा नस्विकार्ने भए पनि, पछि तिनीहरूले सत्यता खोजी गरेर आत्मसमीक्षा गर्न सक्छन्। तिनीहरूले अरूसँग ईख राख्दैनन्, बरु आफूलाई सुधार्ने व्यक्तिप्रति कृतज्ञ हुन्छन्। मैले बार्बरासँगको मेरो व्यवहारबारे विचार गरेँ। धेरैपटक मैले उनले अरूको अघि आफ्‍नो प्रदर्शन गरिरहेको, र अरूले उनलाई निकै उच्‍च नजरले हेरेको देखेकी थिएँ, तर मैले उनको समस्या औँल्याएँ भने उनको अहम्‌मा चोट पुर्‍याउँछु, र उनले मलाई भविष्यमा बेवास्ता गर्नेछिन् भन्‍ने डर लाग्यो। त्यसैले, उनीसँगको सम्बन्ध राम्रो राख्‍नलाई, मैले उनले भ्रष्टता प्रकट गर्दा पनि केही नभनी वा सहयोग नगरी बसेँ, जसले गर्दा उनले मनन गर्न र आफ्‍नो समस्या जान्‍न पाइनन्, र पछि उनी पहिलेकै बाटोमा फर्किन्। यी शैतानी दर्शनहरूको आधारमा जिएर मैले हाम्रो सम्‍बन्ध मात्रै जोगाउन चाहन्थेँ, बार्बराले मलाई म बुज्झकी र समझदार व्यक्ति भनून् भन्‍ने मात्रै चाहन्थेँ। मैले उनको जीवन प्रवेशबारे विचार गरेकी थिइनँ। मैले यदि आफूले देखेका समस्याहरू उनलाई चाँडै औँल्याइदिएकी भए, सायद उनले आफ्‍नो भ्रष्ट स्वभावबारे केही बुझ्थिन् र भेलाहरूका बेला त्यस्ता अनुचित कुराहरू भन्दिनथिन् होला। म हाम्रो सम्‍बन्ध जोगाउन मान्छे खुशी पारिहिँड्ने व्यक्ति बनेकी थिएँ! यो साँच्‍चै हानिकारक व्यवहार थियो! त्यसपछि मलाई मैले कुराकानी गरेको अर्की सिस्टरको याद आयो। उनले आफ्‍नो कर्तव्यमा प्रायजसो झारा टार्ने गरेको, र अरूले उनका समस्याहरू औँल्याउँदा, उनी मुखमुखै लागेको तर गल्ती नस्विकारेको मैले देखेकी थिएँ। म उनलाई आत्मसमीक्षा गर्न मदत गर्नका लागि उनीसँग सङ्गति गर्न चाहन्थेँ, तर मलाई उनी निकै पाको छिन्, र मैले उनको समस्या औँल्याएँ भने, मैले उनको अहम्‌मा चोट पुर्‍याउनेछु र उनले मलाई अति रूखो ठान्लिन् जस्तो लाग्यो। त्यसैले मैले उनको समस्या देखे पनि नदेखेजस्तो गरेँ र उनीसँग बाहिरी रूपमा हँसिलो, फरासिलो, र मित्रवत्‌ रहेँ। उनी आफ्‍नो कर्तव्यमा लापरवाह भएर उनलाई बर्खास्त गरिएपछि मात्र उनलाई चाँडै सहयोग नगरेकोमा मलाई पछुतो भयो। उनी पदबाट निस्केपछि मात्रै मैले उनमा देखेका समस्याहरूबारे उनीसँग सङ्गति गरेँ। उनले आफ्‍नो समस्या पहिचान गरेकी भए पनि, उनले मलाई यो कुरा चाँडै नऔँल्याएकोमा निन्दा गरिन्, र उनले आफ्‍नो शैली पहिल्यै बदल्‍न सकेकी भए, सायद उनी बर्खास्त हुन्थिनन् होला भनेर भनिन्। यो सोचेपछि मैले बल्‍ल बुझेँ, यी शैतानी दर्शनअनुसार जिएर मान्छे खुशी पारिहिँड्ने व्यक्ति बन्‍नु साँचो रूपमा असल व्यक्ति बन्‍नुजस्तो होइन रैछ। यस्तो शैलीले अरूप्रति इमानदारिता वा दया पटक्‍कै देखाउँदैन, यो त स्वार्थी र छली शैली हो। मैले शैतानी स्वभावमा जिएर परमेश्‍वरमा मप्रति घिन जगाइरहेकी थिएँ। बार्बराले मसँग सधैँ सच्‍चा व्यवहार गर्थिन्, तर म यी शैतानी दर्शनहरूमा भर परेर उनीसँग व्यवहार गर्थेँ र सत्यता अभ्यास गर्दिनथेँ। म उनलाई कसरी नचिढ्याउने र उनीभित्र मेरो राम्रो छवि कसरी जोगाउने भनेर मात्रै सोच्थेँ, र उनले भ्रष्टता प्रकट गरिरहेको देख्दा मैले बेवास्ता गरेँ। के यस्तो व्यवहार गरेर मैले आफूलाई असल मित्र भन्‍न सुहाउँथ्यो? “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ” भन्‍ने भनाइ साँच्‍चै नै शैतानको झूट रैछ भन्‍ने थाहा पाएँ, र मलाई अब यसअनुसार जिउन मन भएन।

मनन गर्दा, मैले बार्बराको समस्या औँल्याउन आँट नगर्नुको अर्को पनि कारण रहेको थाहा पाएँ: मैले गलत दृष्टिकोण बोकेकी थिएँ। म सधैँ सोच्थेँ कि अरूको गल्ती औँल्याउनु भनेको तिनीहरूको त्रुटि खुलासा गर्नु हो, यसले तिनीहरूको अहम्‌मा चोट पुर्‍याउन र तिनीहरूलाई चिढ्याउन सक्छ, र यसबाट धन्यवाद कहिल्यै मिल्दैन। त्यसैले बार्बरासँग, म सधैँ मैले उनको समस्या औँल्याएँ भने उनी चिढिएलिन् र हाम्रो सम्‍बन्ध बिग्रेला भनेर डराउँथेँ, जसले गर्दा सत्यता अभ्यास गर्न गाह्रो भयो। त्यसैले मैले परमेश्‍वरलाई पुकारेँ, र मेरो यो समस्या हल गर्न मलाई अगुवाइ गर्नुहोस् भनेर अनुरोध गरेँ।

मैले खोजी गर्दा, परमेश्‍वरका यी वचनहरू पढेँ। “मानिसहरूले सत्य बोलून्, आफूले सोचेको कुरा बताऊन्, अनि छल्‍ने, गिल्‍ला गर्ने, बहकाउने, हाँसोमा उडाउने, अपमान गर्ने, दबाउने, चोट पुर्‍याउने, मानिसहरूका कमजोरीहरू खुलासा गर्ने वा निन्दा गर्ने गर्नु हुँदैन भन्‍ने परमेश्‍वर चाहनुहुन्छ। के यी बोलीवचनका सिद्धान्तहरू होइनन् र? मानिसका कमजोरीहरू खुलासा गर्नुहुँदैन भन्‍नुको अर्थ के हो? यसको अर्थ अरू मान्छेलाई दोष नलगाउनु भन्‍ने हो। तिनीहरूलाई आलोचना गर्न वा दोष दिन तिनीहरूको विगतका गल्ती वा कमीकमजोरीहरू कोट्याउनु हुँदैन। तैँले कम्तीमा पनि यति गर्नुपर्छ। सक्रिय पक्षलाई हेर्दा, सुधार गर्ने खालको बोलीवचन कसरी व्यक्त गरिन्छ? यो मुख्यतः प्रोत्साहन दिने, अभिमुखीकरण गर्ने, अगुवाइ गर्ने, सल्‍लाह दिने, बुझ्‍ने, र सान्त्वना दिने कार्य हो। यसको साथै, कतिपय विशेष अवस्थाहरूमा, अरू मानिसहरूको गल्तीलाई सीधै खुलासा गरेर तिनीहरूलाई काटछाँट गर्नुपर्ने आवश्यकता हुन्छ, ताकि तिनीहरूले सत्यताको ज्ञान र पश्‍चात्ताप गर्ने इच्‍छा प्राप्त गर्न सकून्। त्यसपछि मात्रै उचित प्रभाव हासिल हुन्छ। यस प्रकारको अभ्यासले मानिसहरूलाई ठूलो फाइदा दिन सक्छ। यो तिनीहरूको लागि वास्तविक सहयोग हो, र यसले तिनीहरूलाई सुधार गर्छ, होइन र? … अनि समग्रमा भन्दा, बोल्‍नुको पछाडि रहेको सिद्धान्त के हो? यो यस्तो हो: हृदयमा भएको कुरा भन्‍नु, र साँचो अनुभवको बारेमा अनि तैँले वास्तवमा के सोच्छस् त्यही कुरा बोल्‍नु। ती शब्‍दहरू नै मानिसहरूको लागि सबैभन्दा लाभदायी हुन्छन्, यिनले तिनीहरूलाई भरणपोषण गर्छन्, सहयोग गर्छन्, र ती सकारात्मक हुन्छन्। नक्‍कली शब्‍दहरू बोल्‍न, मानिसहरूलाई फाइदा नदिने वा शिक्षाप्रद नहुने शब्‍दहरू बोल्‍न इन्कार गर्; यसले तिनीहरूलाई हानि हुन वा पछारिन, नकारात्मकतामा डुब्‍न र नकारात्मक असर पर्नबाट बचाउँछ। तैँले सकारात्मक कुराहरू भन्‍नुपर्छ। तैँले मानिसहरूलाई सक्दो सहयोग गर्ने, तिनीहरूलाई फाइदा पुर्‍याउने, तिनीहरूको लागि भरणपोषण गर्ने, तिनीहरूमा परमेश्‍वरप्रति साँचो विश्‍वास पैदा गर्ने प्रयास गर्नुपर्छ; र परमेश्‍वरका वचनहरू सम्बन्धी तेरा अनुभवहरू र समस्या हल गर्ने तेरा तरिकाहरूबाट तैँले मानिसहरूलाई मदत लिन र धेरै कुरा सिक्‍न दिनुपर्छ, साथै परमेश्‍वरको कामको अनुभव गरेर सत्यताको वास्तविकतामा प्रवेश गर्ने मार्ग बुझ्‍न, र यसरी तिनीहरूलाई जीवनमा प्रवेश गर्न र आफ्‍नो जीवनमा वृद्धि ल्याउन सहयोग गर्नुपर्छ—तेरा शब्‍दहरू सिद्धान्तहरू अनुरूप हुनु, र मानिसहरूलाई सुधार्ने किसिमको हुनुको प्रभाव यही हो(वचन, खण्ड ६। सत्यताको पछि लाग्‍नेबारे। सत्यता पछ्याउनु भनेको के हो (३))। “यदि कुनै दाजुभाइ वा दिदीबहिनीसँग तेरो राम्रो सम्‍बन्ध छ, र तिनीहरूले आफूमा भएको गलत कुरालाई औँल्याउन तँलाई अनुरोध गर्छन् भने, तैँले कसरी यो काम गर्नुपर्छ? यो कुरा तैँले त्यस विषयलाई कसरी लिन्छस् भन्‍ने तरिकासँग सम्‍बन्धित छ। … त्यसो भए, सत्यताका सिद्धान्तअनुसार, तैँले यस विषयलाई कसरी लिनुपर्छ? कुन कार्य सत्यताअनुरूप हुन्छ? उपयुक्त सिद्धान्तहरू कति वटा छन्? पहिलो, कम्तीमा पनि, अरूलाई पछारिन नदे। तैँले सुरुमा अरूको कमजोरीको बारेमा र तिनीहरूसँग कुन तरिकाले बोल्दा तिनीहरूलाई पछारिन दिँदैन त्यसको बारेमा विचार गर्नुपर्छ। कम्तीमा पनि यो कुरालाई ध्यान दिनुपर्छ। दोस्रो, यदि तिनीहरू साँच्‍चै परमेश्‍वरमा विश्‍वास गर्ने र सत्यता स्विकार्न सक्‍ने व्यक्ति हुन् भनेर तँलाई थाहा छ भने, तैँले तिनीहरूमा समस्या रहेको देखेपछि, तिनीहरूलाई मदत गर्न अघि सर्नुपर्छ। यदि तैँले केही गर्दैनस् र तिनीहरूलाई हाँसोमा उडाउँछस् भने, यो तिनीहरूलाई चोट पुऱ्याउनु र हानि गर्नु हो। यसो गर्ने व्यक्तिमा विवेक वा समझ हुँदैन, र उसमा अरूप्रति प्रेम पनि हुँदैन। अलिकति भए पनि विवेक र समझ हुनेहरूले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई हाँसोको पात्र मात्र ठान्‍नु हुँदैन। तिनीहरूलाई आफ्नो समस्या समाधान गर्न मदत गर्न उनीहरूले विभिन्‍न तरिकाहरू विचार गर्नुपर्छ। त्यो व्यक्तिलाई उनीहरूले के भएको हो र कहाँ उसको गल्ती भएको छ भनेर बुझ्न मदत गर्नुपर्छ। तिनीहरूले पश्‍चात्ताप गर्न सक्‍ने वा नसक्‍ने कुरा तिनीहरूको आफ्नै मामिला हो; हामीले त आफ्नो जिम्मेवारी निभाइसकेका हुनेछौँ। तिनीहरूले अहिले पश्‍चात्ताप गरेनन् भने पनि, ढिलोचाँडो एक दिन तिनीहरूको होस खुल्नेछ, र तिनीहरूले तँलाई दोष वा आरोप लगाउनेछैनन्। कम्तीमा, तैँले दाजुभाइ-दिदीबहिनीहरूलाई व्यवहार गर्ने तरिका विवेक र समझका मापदण्डभन्दा तल हुनु हुँदैन। आफूलाई अरूको ऋणी नबना; तिनीहरूलाई सक्दो सहयोग गर्। मानिसहरूले गर्नुपर्ने यही हो। आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेमपूर्वक र सत्यतका सिद्धान्तअनुसार व्यवहार गर्न सक्‍ने मानिसहरू नै सर्वोत्तम प्रकारका मानिस हुन्। तिनीहरू सबैभन्दा दयालु हृदयका पनि हुन्छन्। निस्सन्देह नै, सत्यता स्विकार्न र अभ्यास गर्न सक्‍ने मानिसहरू नै साँचो दाजुभाइ-दिदीबहिनी हुन्। यदि कुनै व्यक्तिले आफ्नो पेट रोटीले भर्न वा आशिष्‌ प्राप्त गर्न मात्र परमेश्‍वरमा विश्‍वास गर्छ, तर सत्यता स्विकार्दैन भने, ऊ दाजुभाइ वा दिदीबहिनी होइन। तैँले साँचो दाजुभाइ-दिदीबहिनीलाई सत्यताका सिद्धान्तअनुसार व्यवहार गर्नुपर्छ। तिनीहरूले जसरी परमेश्‍वरमा विश्‍वास गरे पनि वा जुनै मार्ग अपनाए पनि, तैँले तिनीहरूलाई प्रेमभावले सहयोग गर्नुपर्छ। व्यक्तिले हासिल गर्नुपर्ने न्यूनतम प्रभाव के हो? पहिलो, तिनीहरूलाई पछारिन, र नकारात्मक बन्‍न नदिनु हो; दोस्रो, तिनीहरूलाई सहयोग गर्नु, र गलत मार्गबाट निस्कन लगाउनु हो; अनि तेस्रो, तिनीहरूलाई सत्यता बुझ्न र सही मार्ग लिन लगाउनु हो। यी तीन प्रकारका प्रभावहरू तिनीहरूलाई प्रेमभावले सहयोग गरेपछि मात्र हासिल गर्न सकिन्छ। यदि तँमा साँचो प्रेम छैन, तैँले यी तीन प्रकारका प्रभावहरू हासिल गर्न सक्दैनस्, र हदै भए एउटा वा दुइटा मात्र हासिल गर्न सक्छस्। यी तीन प्रकारका प्रभावहरू अरूलाई मदत गर्ने तीन सिद्धान्तहरू पनि हुन्। तँलाई यी तीन सिद्धान्तहरू थाहा छ र ती तैँले बुझेको पनि छस्, तर वास्तवमा ती कसरी लागू गरिन्छ? के तैँले अरूको कठिनाइलाई साँचो रूपमा बुझ्छस्? के यो अर्को समस्या होइन र? तैँले यो कुरा पनि सोच्‍नुपर्छ: ‘तिनीहरूको कठिनाइको स्रोत के हो? के म तिनीहरूलाई सहयोग गर्न सक्षम छु? यदि मेरो कद अत्यन्तै सानो छ र म तिनीहरूको समस्या हल गर्न सक्दिनँ, र लापरवाही रूपमा बोल्छु भने, मैले तिनीहरूलाई गलत बाटोमा डोर्‍याउन सक्छु। यसबाहेक, यी व्यक्तिहरू सत्यता बुझ्‍न कति सक्षम छन्, र तिनीहरूको क्षमता कस्तो छ? के तिनीहरू हठी छन्? के तिनीहरूले आत्मिक मामलाहरू बुझ्छन्? के तिनीहरूले सत्यता स्वीकार गर्न सक्छन्? के तिनीहरूले सत्यता खोजी गर्छन्? यदि तिनीहरूले म तिनीहरूभन्दा सक्षम रहेको देखे, अनि मैले तिनीहरूसँग सङ्गति गरेँ भने, के तिनीहरूमा डाहा वा नकारात्मकता पैदा हुनेछ?’ यी सबै प्रश्‍नहरूलाई ध्यान दिनुपर्छ। तैँले यी प्रश्‍नहरूलाई विचार गरिसकेपछि र यीबारे तँलाई स्पष्ट भइसकेपछि, गएर त्यो व्यक्तिसँग सङ्गति गर्, उसको समस्यामा लागू हुने परमेश्‍वरका वचनहरूका धेरै खण्डहरू पढ्, र उसलाई परमेश्‍वरका वचनहरूको सत्यता बुझ्न र अभ्यासको मार्ग भेट्टाउन सक्षम बना। त्यसपछि, त्यो समस्या समाधान हुन्छ, र ऊ कठिनाइबाट मुक्त हुनेछ। के यो सामान्य कुरा हो? यो सामान्य कुरा होइन। यदि तँ सत्यता बुझ्दैनस् भने, तैँले जति नै बोले पनि त्यो बेकार हुनेछ। यदि तँ सत्यता बुझ्छस् भने, उसलाई एकदुई वाक्यबाटै अन्तर्दृष्टि दिन र लाभ पुर्‍याउन सकिन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यताको पछि लागेर मात्रै परमेश्‍वरको बारेमा रहेका आफ्‍ना धारणाहरू र गलत बुझाइहरूलाई समाधान गर्न सकिन्छ)। परमेश्‍वरको वचनबाट मैले के बुझेँ भने यदि हामी कसैलाई आलोचना र दोषारोपण गर्न कमीकमजोरी खोतल्दै उसका दुर्बलताहरू खुलासा गर्छौँ भने, र यदि हाम्रो अभिप्राय उसलाई गिल्‍ला, निन्दा, र भर्त्सना गर्नु हो भने, यसलाई परमेश्‍वर घिनाउनुहुन्छ। तर हामीले व्यक्तिलाई सहयोग गर्ने अभिप्रायले उसका समस्या र कमीकमजोरी औँल्याउँछौँ भने, यसले सुधार ल्याउँछ, र यो अरूप्रतिको दया र उनीहरूको जीवनप्रतिको जिम्‍मेवारीबोधको अभिव्यक्ति हो। यदि व्यक्तिले सत्यता पछ्याउँछ भने, अरूको सहयोगद्वारा, उसले आफ्‍नो बारेमा मनन गरेर आफ्‍ना समस्याहरू हल गर्न सत्यता खोजी गर्न सक्छ, र उसले आफ्‍नो जीवन प्रवेशमा प्रगति गर्नेछ। तर, कतिपय मानिसहरू निराकरण गर्दा र तिनीहरूका समस्याहरू औँल्याउँदा प्रतिरोधी र प्रतिकूल हुन्छन्। यसले तिनीहरू सत्यता स्विकार्दैनन् र तिनीहरूको स्वभाव सत्यताप्रति दिक्‍क छ भन्‍ने देखाउँछ। मैले थाहा पाएँ, म पहिले अरूका समस्याहरू औँल्याउनु भनेको तिनीहरूका कमीकमजोरी देखाउनुसरह हो र यसबाट धन्यवाद मिल्दैन भन्‍ने विश्‍वास गर्थेँ। तर त्यो दृष्टिकोण पूरै गलत रहेछ। मैले के पनि बुझेँ भने अरूको समस्या औँल्याउने सिद्धान्तहरू छन्। यो असल अभिप्राय र उत्साह हुनु वा मानिसहरू जोसुकै भए पनि सीधै तिनीहरूको समस्या औँल्याउनुसँग मात्रै सम्‍बन्धित छैन। कहिलेकहीँ हामीले बुद्धि प्रयोग गर्दै सत्यताका सिद्धान्तहरू पालन गर्नुपर्छ। सबभन्दा महत्त्वपूर्ण कुरा, तपाईंले सान्दर्भिक सत्यताहरूबारे विचार गर्नु, अरूलाई तिनीहरूको समस्या औँल्याएर सत्यता र परमेश्‍वरको इच्‍छा बुझ्‍न मदत गर्नु र तिनीहरूलाई अभ्यासको मार्ग दिनु हो। यसो गरेर मात्रै तपाईंले मानिसहरूलाई साँचो सहयोग गरिरहनुभएको हुन्छ। यस बेला मलाई बल्‍ल महसुस भयो, मैले पहिले अरूका समस्याहरू औँल्याउँदा असल परिणामहरू नपाएको त मैले सत्यताका सिद्धान्तहरू खोजी नगरेकीले पो रहेछ। आफ्‍नो प्रतिष्ठाको चिन्ता गर्ने आडम्बरी रोक्सान्‍नाको घटना पनि यस्तै थियो र तिनलाई पहिले निराकरण गरिएको थिएन। उनी आफ्‍नो सङ्गतिमा विषयबाहिर गइरहेको देख्दा, मैले उनको समस्या औँल्याउनु त पर्थ्यो नै, साथमा, उनलाई अभ्यासको मार्ग भेट्टाउन मदत गर्न परमेश्‍वरको वचन सङ्गति गर्ने सिद्धान्तहरू पनि बताउनुपर्थ्यो। यसो गर्दा उनी अप्ठ्यारोमा पर्नेथिनन् र पछिका भेलाहरूमा उनले सिद्धान्तअनुसार सङ्गति गर्न सक्‍नेथिन्। जब मैले यो सिद्धान्त बुझेँ, मलाई बार्बराका समस्याहरू औँल्याउन डर लाग्‍न छोड्यो, र मैले उनलाई गलत मार्ग अपनाउनबाट रोक्‍नका लागि सिद्धान्तअनुसार र करुणाको साथ सहयोग गर्नुपर्छ भन्‍ने थाहा भयो। हृदयमा, मैले परमेश्‍वरलाई पुकारेँ र प्रार्थना गरेँ, “मैले बार्बरासँग कसरी प्रभावकारी सङ्गति गर्न, र उनलाई बाँधिएको महसुस हुन नदिन, र सत्यताको यो पक्ष बुझ्‍न, र आफ्नो समस्या चिन्‍न मदत गर्न सक्छु?”

जब समय हुन्थ्यो, म यो समस्याबारे मनन गर्थेँ, अनि आफ्‍नो प्रदर्शन र बढाइ गर्ने मानिसहरूलाई खुलासा गर्ने परमेश्‍वरका वचनहरू खोजेर तिनको बारेमा मनन गर्थेँ। मैले समय मिलाएर बार्बरासँग मन खोलेर सङ्गति गरेँ, अनि यस अवधिमा मैले उनमा देखेका समस्याहरू औँल्याएँ, साथै आफ्‍नो प्रदर्शन गर्नुका प्रकृति र परिणामहरू, र परमेश्‍वरले यस्तो व्यवहारलाई कस्तो मनोवृत्तिले हेर्नुहुन्छ भन्‍नेबारे सङ्गति दिएँ। मैले बार्बरासँग सङ्गति गरेपछि, उनले आफ्‍नो समस्याको गम्‍भीरता महसुस गरिन्, आफू हैसियतको नशाले नियन्त्रित भएको, आफूलाई मानिसहरूको हृदयमा ठाउँ लिन र उनीहरूबाट आफ्नो आदर गराउन मन लागेको, र यस्तो खोजप्रति परमेश्‍वर घिनाउनुहुन्छ भन्‍ने महसुस गरिन्। पछि उनले एउटा भेलामा यस व्यवहारबारे विश्‍लेषण गरिन् र खुलस्त बताइन्, र यसले सबैलाई यो कुरा चिन्‍न मदत गर्‍यो। बार्बराले मनन गरेर आफ्‍नो समस्या चिन्‍न र आफूलाई घृणा गर्न सकेको देख्दा, मलाई खुशी लाग्यो। तर मलाई ग्लानि पनि भयो। उनलाई सङ्गति दिन र यो कुरा औँल्याउन मलाई यति धेरै समय लागेकोमा पछुतो भयो। मैले उनको समस्या औँल्याएको र खुलासा गरेकोमा उनी मप्रति पूर्वाग्रही भइनन्, न त हाम्रो सम्‍बन्ध नै तोडियो, बरु हामी त पहिलेको भन्दा झन् नजिक भयौँ। परमेश्‍वरको वचनअनुसार जिएर अनि सिद्धान्तअनुसार मानिसहरूसँग व्यवहार गरेर मात्रै हामीले शान्ति अनुभूत गर्न सक्छौँ भन्‍ने कुरा मैले बुझेँ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मोआबका सन्तानहरूको परीक्षा

झुवान्वी, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “यस दिनमा गरिएका सबै काम मानिस शुद्ध र परिवर्तन हुन सकोस् भनेर हो; वचनको न्याय र सजाय,...

इमानदार व्यक्ति बनेर मैले के पाएँ

एक दिन, एक जना अगुवाले नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने म इन्‍चार्ज रहेको मण्डलीको काम कसरी अघि बढिरहेको छ भनेर सोधिन्। के भन्‍ने मलाई थाहा...

बिमारी मार्फत फसल काटियो

झाङ्ग ली, चीनवर्ष २००७ मेरो जीवनको ठूलो मोड थियो। त्यो वर्ष मेरा श्रीमान् कार दुर्घटनामा परेर थला पर्नुभयो। हाम्रा दुई बच्चाहरू अझै सानै...

कर्तव्य करियर होइन

चेङ्ग नुओ, फ्रान्स गत वर्ष म दुई वटा मण्डलीहरूको काममा नवआगन्तुकहरूको लागि जिम्मेवार थिएँ। कहिलेकाहीं, हाम्रा मण्डलीहरूबाट अन्य कतै...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्