प्रभु येशूको पुनरागमनसम्‍बन्धी बाइबलका यी ६ अगमवाणी पूरा भइसकेका छन्

7 अप्रिल 2021

दुई हजार वर्षअघि, प्रभु येशुले हामीलाई प्रतिज्ञा गर्नुभयो: “अनि हेर, म चाँडै आउँछु(प्रकाश २२:१२)। अब, उहाँको आगमनका सबै किसिमका चिन्हहरू देखा परेका छन्, अनि धेरै दाजुभाइ र दिदीबहिनीहरूले प्रभुको दिन एकदमै नजिक छ भनेर पूर्वबोध गरिसकेका छन्। के प्रभु पहिले नै आईसक्नु भएको छ? हामी हाम्रो प्रभुलाई स्वागत गर्न के गर्न सक्छौं? अब हामी बाइबलमा भएका अगमवाणीहरूको खोजी गर्दै यस विषयमा छलफल गरौँ।

प्रभुको आगमनको प्रथम चिन्ह: भुईँचालो, अनिकाल, रुढी अनि युद्धहरू
प्रभुको आगमनको दोस्रो चिन्ह: आकाशीय विसंगतिहरूको प्रकटीकरण
प्रभुको आगमनको तेस्रो चिन्ह: मण्डलीहरू उजाड हुन्छन् अनि विश्वासीहरूको प्रेम सेलाउँछ
प्रभुको आगमनको चौथो चिन्ह: झुटा ख्रीष्टहरूको प्रकटीकरण
आगमनको पाँचौ चिन्ह: इस्राएलको पुनर्स्थापना
प्रभुको आगमनको छैटौं चिन्ह: पृथ्वीको अन्तसम्म सुसमाचार पुग्नु
हामीले प्रभुको आगमनलाई कसरी स्वागत गर्नुपर्छ?

प्रभुको आगमनको प्रथम चिन्ह: भुईँचालो, अनिकाल, रुढी अनि युद्धहरू

मत्ती २४:६-८ ले भन्छ: “अनि तिमीहरूले लडाइँ र लडाइँका हल्लाहरू सुन्‍नेछौ: तिमीहरू व्याकुल नहोओ: किनकि यी सबै कुराहरू हुनैपर्छ, तर अन्त्य अझै आएको हुँदैन। किनकि जातिको विरुद्ध जाति र राज्यको विरुद्ध राज्य खडा हुनेछ: अनि विभिन्‍न ठाउँमा अनिकाल र महामारी अनि भुईँचालोहरू हुनेछन्। यी सबैचाहिँ दुःखका सुरुवात हुन्(मत्ती २४:६-८)। हालैका सालहरूमा घरीघरी लडाइँहरू भइरहेका छन्, जस्तै अफगानिस्तानमा तालिबान शासनको पतन, भारत र पाकिस्तानबीचको युद्ध, संयुक्त राज्यको इराकमाथि आक्रमण, अनि इस्राएल र प्यालेस्टाइनबीचको लगातारको उग्र लडाइँजस्ता घटनाहरू। महामारी, आगलागी, बाढी, अनि भुईँचालोहरू चारैतिर देखिन्छन। विशेष गरी याद गर्नुपर्नेचाहिँ “नोवेल कोरोना वाइरस” हो जुन २०१९ मा चीनको वुहानमा शुरु भयो र तबदेखि अहिलेसम्म विश्वभरि नै बढिरहेको छ। साथै २०१९ को सेप्टेम्बरमा अस्ट्रेलियाको जंगलमा डरलाग्दो डढेलो लागेको थियो भने विश्वको अर्को भाग, पूर्व अफ्रिकामा सलहको भयानक आक्रमण भएको थियो, जसको कारण अहिले पनि धेरै देशहरूले अनिकालको सामना गर्नुपरिरहेको छ। जनवरी २०२० मा इन्डोनेसियाले एउटा बाढी सहनुपर्यो, अनि क्यानाडाको निउफाउन्डल्याण्डमा शताब्दीमा एकपल्ट मात्र हुने भयानक हिमपात भएको थियो। टर्कीको एलाजिग, क्यारिबियनको दक्षिणी क्युबा, अनि अन्य ठाउँहरूमा भुईँचालो गएको छ। यी चिन्हहरूद्वारा, यो अगमवाणी पूरा भएको छ भनी देख्न सकिन्छ।

प्रभुको आगमनको दोस्रो चिन्ह: आकाशीय विसंगतिहरूको प्रकटीकरण

प्रकाश ६:१२ ले भन्छ: “अनि उहाँले छैटौँ मोहर खोल्‍नुभएको मैले देखेँ र धेरै ठूलो भुईँचालो गयो; अनि सूर्य कपालले बनेको भाङ्ग्राजस्तो कालो भयो र चन्द्रमा रगतजस्तो रातो भयो।” योएल २:३०-३१ ले भन्छ: “अनि म स्वर्ग र पृथ्वीमा उदेकका कामहरू गर्नेछु, अर्थात् रगत अनि आगो र धुँवाको खम्बाहरू। यहोवाको महान् र भयानक दिन आउनुभन्दा अगाडि सूर्य अन्धकारमा परिणत हुनेछ र चन्द्रमा रगतमा परिणत हुनेछ।” हालैका वर्षहरूमा जून रातो रंगमा परिवर्तन भएको थुप्रै घटनाहरू देखा परेका छन्। उदाहरणको निम्ति, २०१४-२०१५ को दुई वर्षको अवधिमा एकपछि अर्को गरी चार वटा “रक्त चन्द्रमाहरू” देखा परे; अनि ३१ जनवरी २०१८ मा एउटा “विशाल नीलो रक्त चन्द्रमा” देखा पर्यो, जुन १५० वर्षमा एकपल्ट प्रकट हुन्छ। त्यसपछि, जनवरी २०१९ मा एउटा “विशाल रक्त ब्वाँसो चन्द्रमा” देखा पर्यो। अगमवाणी गरिएको सूर्य अँध्यारो हुने घटना पनि देखा परेको छ, अनि साँच्चै नै थुप्रै नै खग्रास सूर्यग्रहणहरू पनि देखा परेका छन्, जस्तै २६ डिसेम्बर २०१९ मा सिंगापुर अनि त्यही सालको जुलाई २ मा चिलीमा देखिएका ग्रहणहरू। यी घटनाहरूमा यो अगमवाणी पूरा भएको प्रष्ट भएको छ।

प्रभुको आगमनको तेस्रो चिन्ह: मण्डलीहरू उजाड हुन्छन् अनि विश्वासीहरूको प्रेम सेलाउँछ

मत्ती २४:१२ ले भन्छ: “अनि अधर्म प्रशस्त हुने भएकोले, धेरैको प्रेम सेलाउनेछ। तर अन्त्यसम्म धैर्य रहने बचाइनेछ। र यो राज्यको सुसमाचार सबै जातिलाई गवाही दिनका निम्ति सारा संसारभरि प्रचार गरिनेछ; अनि त्यसपछि अन्त्य आउनेछ।” सम्पूर्ण धार्मिक विश्वमा नै खडेरी फैलिंदैछ। पाष्टर अनि एल्डरहरूका प्रचारहरू क्लान्त र निरस भएका छन्, र ती प्रचारहरू विश्वासीहरूको आवश्यकता पूरा गर्न असक्षम बन्दैछन्। आफ्नो प्रतिष्ठाको संघर्षमा कति पाष्टरहरूले दल बाँध्ने र मण्डलीहरूमा विभाजन ल्याउने काम गरिराखेका छन्, अनि कतिचाहिं विश्वासीहरूलाई सांसारिक मार्गमा लैजानको लागि कारखानाहरू निर्माण गर्दै व्यवसायतिर लागेका छन्; यसैबीच, विश्वासीहरूमाझ आत्मविश्वाससम्बन्धी आम दुर्बलता हुन्छ र संसारदेखि अलग हुने इच्छा हुँदैन अनि तिनीहरू यसको थकाइलाग्दा जञ्जालहरूमा जिउँछन्। कतिपय गिर्जाघरहरू बाहिरबाट खचाखच भरिएका र जीवन्त देखिन्छन, तर धेरै मानिसहरू चर्चलाई व्यापारिक स्थानको रूपमा प्रयोग गर्दै तिनीहरूको सञ्जाल बढाउन अनि तिनीहरूका सामानहरू बेच्न मात्र चर्च आउँछन्। आजको चर्च अनि व्यवस्थाको यूगको अन्त्यतिरको मन्दिरको बीचमा के भिन्नता छ र? यी सबै कुराहरूमा, प्रभुको आगमनको यस अगमवाणीको परिपूर्णता स्पष्ट छ।

प्रभुको आगमनको चौथो चिन्ह: झुटा ख्रीष्टहरूको प्रकटीकरण

मत्ती २४:४-५ ले भन्छ: “अनि येशूले जवाफ दिएर तिनीहरूलाई भन्‍नुभयो, ध्यान देओ कि कुनै मानिसले तिमीहरूलाई धोका नदेओस्। किनकि धेरै जना मेरा नाउँमा, म ख्रीष्ट हुँ, भन्दै आउनेछन्; र धेरैलाई धोका दिनेछन्।” प्रभुको अगमवाणीबाट हामीले के देख्न सक्छौं भने जब प्रभु आउनुहुनेछ, तब झुटा ख्रीष्टहरू प्रकट हुनेछन् अनि मानिसहरूलाई छल्नेछन्। हालैका वर्षहरूमा, चीन, दक्षिण कोरिया अनि जापानजस्ता देशहरूमा झुटा ख्रीष्टहरू प्रकट भएर मानिसहरूलाई ठगेका छन्। यी झुटा ख्रीष्टहरूमा ख्रीस्टको सारतत्व हुँदैन, न त तिनीहरूले सत्य घोषणा गर्न नै सक्छन, तापनि तिनीहरू आफैलाई ख्रीस्ट हो भन्ने दावा गर्छन, अनि केह़ी आश्चर्यकर्महरूद्वारा प्रभु येशुको अनुकरण गरी मानिसहरूलाई ठग्छन्। यसैले, यस अगमवाणी पूरा भएको कुरा प्रष्ट छ।

आगमनको पाँचौ चिन्ह: इस्राएलको पुनर्स्थापना

मत्ती २४:३२-३३ ले भन्छ: “अब अञ्‍जीरको रूखको दृष्टान्तबाट सिक; जब त्यसका हाँगा कलिला हुन्छन् र पातहरू निस्कन्छन्, ग्रीष्म ऋतु नजिक छ भनी तिमीहरूले थाहा पाउँछौ: त्यसकारण, यसरी नै तिमीहरूले पनि जब यी सबै कुराहरू देख्नेछौ, यो नजिकै छ, ढोकैमा समेत छ भनी जान।” प्रभुमा विश्वास गर्ने धेरै जनालाई थाहा छ कि अञ्‍जीरको रुखको कलिला हाँगा अनि पातहरूले इस्राएलको पुनर्स्थापनालाई दर्शाउँछ। जब इस्राएल पुनर्स्थापित हुन्छ, तब प्रभुको दिन नजिकै हुनेछ, र १४ मे १९४८ मा इस्राएलको पुनर्स्थापना भएको थियो। प्रष्टैसंग, प्रभुको आगमनको यो अगमवाणी पूर्ण रूपमा पूरा भएको छ।

प्रभुको आगमनको छैटौं चिन्ह: पृथ्वीको अन्तसम्म सुसमाचार पुग्नु

मत्ती २४: १४ ले भन्छ: “र यो राज्यको सुसमाचार सबै जातिलाई गवाही दिनका निम्ति सारा संसारभरि प्रचार गरिनेछ; अनि त्यसपछि अन्त्य आउनेछ।” मर्कूस१६:१५ मा, उहाँको पुनरुत्थानपश्चात प्रभु येशुले आफ्ना चेलाहरूलाई भन्नुभयो, “सारा संसारमा जाओ र हरेक प्राणीलाई सुसमाचार प्रचार गर।” येशु बौरी उठ्नु भएर स्वर्गारोहण हुनु भएपछि, पवित्र आत्माले उहाँलाई पछ्याउनेहरूलाई प्रभु येशुको साक्षी बन्नलाई अगुवाइ गर्न थाल्नुभयो। आज, इसाईहरू विश्वभरि नै फैलिएका छन् अनि धेरै लोकतान्त्रिक देशहरूले इसाईलाई उनीहरूका राष्ट्रिय धर्मको रुपमा ग्रहण गरेका छन्। यहाँसम्म कि नास्तिक पार्टी सत्तामा भएको चीनमा पनि लाखौँलाख मानिसहरूले प्रभु येशुको सुसमाचार ग्रहण गरेका छन्, यसैले प्रभु येशूद्वारा दिइने मानवजातिको उद्धारको सुसमाचार विश्वभरि नै फैलिएको कुरा देख्न सकिन्छ। यसमा, प्रभुको दोस्रो आगमनको अगमवाणी पूरा भएको कुरा स्पष्ट छ।

हामीले प्रभुको आगमनलाई कसरी स्वागत गर्नुपर्छ?

माथि उल्लेख गरिएको तथ्यबाट हामीले के देख्न सक्छौं भने प्रभुको आगमनका छ वटा चिन्हहरू यसअघि नै प्रकट भएका छन्। अबचाहिं प्रभुको आगमनलाई स्वागत गर्ने महत्वपूर्ण समय हो। प्रभुको आगमनलाई स्वागत गर्न सक्षम बन्नलाई हामीले गर्नुपर्ने कुराहरू के के हुन्? प्रभु येशुले धेरै अघि नै यो प्रश्नको उत्तर दिनुभयो।

यूहन्ना १६: १२,१३ मा प्रभु येशूले भन्नुभयो, “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ: किनभने उहाँ आफ्‍नोतर्फबाट बोल्‍नुहुनेछैन; तर उहाँले जे सुन्‍नुहुन्‍छ उहाँले त्यही बोल्‍नुहुनेछ: र उहाँले तिमीहरूलाई आउनेवाला कुराहरू देखाउनुहुनेछ।” प्रकाश ३:२० ले भन्छ, “हेर, म ढोकामा खडा हुन्छु र ढक्‍ढकाउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ।” प्रकाश पुस्तकको अध्याय २ र ३ मा पनि धेरै अगमवाणीहरू छन्: “आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्।” यी पदहरूबाट के देख्न सकिन्छ भने, प्रभु आउनुहुँदा, उहाँले वाणीहरू उच्चारण गर्नुहुनेछ अनि मण्डलीसित बोल्नुहुनेछ र यसरी हामीलाई पहिले हामीले बुझ्दै नबुझेका सत्यताहरू बताउनुहुनेछ। परमेश्वरको बोली सुन्ने अनि उहाँको आवाज चिन्ने, उहाँलाई ग्रहण गर्ने अनि उहाँमा समर्पण गर्ने जत्ति सबै प्रभुलाई स्वागत गर्न अनि थुमाको भोजमा सामेल हुन सक्षम हुनेछन्; अर्कोतिर, परमेश्वरको आवाज नचिन्नेहरू, परमेश्वरको भेडा बन्न सक्दैनन्, अनि परमेश्वरद्वारा तिनीहरूको खुलासा गरिनेछ र तिनीहरूलाई हटाइनेछ। यसमा के कुरा प्रष्ट छ भने जब हामी प्रभुको आगमनको प्रतीक्षा गर्छौं, तब हामीले मण्डलीहरूको निम्ति पवित्र आत्माका वचनहरू प्राप्त गर्नु अनि परमेश्वरको आवाज सुन्न सिक्नु अत्यन्तै आवश्यक हुन्छ। त्यसरी नै जसरी सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “किनकि हामीहरू परमेश्‍वरको पाइलाहरूलाई खोजिरहेका छौं, यसले हामीलाई परमेश्‍वरको इच्छा, परमेश्‍वरको वचन, उहाँको वाणी खोज्न बाध्य बनाउँछ—किनकि जहाँ परमेश्‍वरद्वारा बोलिएको नयाँ वचन हुन्छ, परमेश्‍वरको आवाज त्यहाँ हुन्छ, र जहाँ परमेश्‍वरको पाइलाहरू हुन्छन्, त्यहाँ परमेश्‍वरका कामहरू हुन्छन्। जहाँ-जहाँ परमेश्‍वरको अभिव्यक्ति हुन्छ, त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, र परमेश्‍वर जहाँ देखा पर्नुहुन्छ, त्यहाँ बाटो, सत्य र जीवन अस्तित्वमा हुन्छ। परमेश्‍वरका पाइलाहरू खोज्दा, तिमीहरूले ‘परमेश्‍वर बाटो, सत्य र जीवन हुनुहुन्छ’ भन्ने ‘वचनहरू’ लाई बेवास्ता गरेका छौ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ)

यो सुनेर, कति मानिसहरूले सोध्न सक्छन: “त्यसो भए परमेश्वरको आवाज भेट्टाउन हामी कहाँ जाने?” मत्ती २५: ६ मा, प्रभु येशूले भन्नुभयो, “अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ।” प्रभुले उहाँको बोली र आवाजले आफ्ना भेडाहरूलाई बोलाउनुहुने भएकाले, निश्चय नै कतिपय मानिसहरूले पहिले प्रभुको आवाज सुन्नेछन् र थुमाको पाइला पछ्याउनेछन्, अनि त्यसपछि चारैतिर कराउनेछन्, “दुलहा आउनुभयो,” जुन प्रभुको आगमनको खबर अनि प्रभुको दोस्रो आगमनको वचन फैलाउनको लागि हुनेछ, ताकि सबैले परमेश्वरको आवाज सुन्ने मौका पाउन सकून। यसकारण, भनिन्छ नि, हामीले थुमाको पाइला पछ्याउन सक्नुचाहिं हामीसित उहाँलाई खोज्ने हृदय छ कि छैन अनि हामीले परमेश्वरको आवाज चिन्न सक्छौं कि सक्दैनौं भन्ने कुरामाथि भर पर्छ। त्यसरी नै जसरी पहिले प्रभु येशु प्रकट हुनुभयो र काम गर्न शुरु गर्नु भयो, पत्रुस, मरियम अनि अरु कतिले उहाँको काम अनि बोलीबाट प्रभु येशुलाई मसिहाको रुपमा चिने, र उहाँलाई पछ्याए, अनि उहाँको सुसमाचारको साक्षी दिन थाले। प्रभु येशुका काम र वचनहरू सुन्ने अनि परमेश्वरको आवाज चिन्न सक्नेहरू बुद्धिमती कन्याहरू हुन्, जबकि सत्यतालाई प्रेम नगर्ने ती पूजाहारी, शास्त्री, अनि फरिसीहरूले प्रभुको वचनको अख्तियार अनि शक्ति त सुने, तापनि त्यसको खोजी चाहिं गरेनन्। बरु, “मसिहा नभनिने व्यक्ति परमेश्वर होइन” भनी सोच्दै अनि मसिहा तिनीहरूकहाँ प्रकट हुनुहुनेछ भनी पर्खिंदै तिनीहरूले ढीट भएर तिनीहरूको आफ्नै धारणा अनि कल्पनाहरू पछ्याए। यहाँसम्म कि तिनीहरूले प्रभु येशूको कार्यको पनि दोषारोपण अनि निन्दा गरे, अनि अन्तमा, तिनीहरूले परमेश्वरको मूक्ति गुमाए। त्यहाँ यहूदी विश्वासीहरू पनि छन् जसले फरिसीहरूलाई पछ्याए अनि प्रभु येशुको कार्य र वचनहरूमा परमेश्वरको आवाजलाई चिनेनन्, जसले पूजाहारी, शास्त्री, अनि फरिसीहरूको कुराहरू आँखा चिम्लेर सुने, अनि प्रभुको मूक्तिलाई इन्कार गरे। त्यस्ता मानिसहरू प्रभुद्वारा त्यागिने मूर्ख कन्याहरू बन्छन्। कति मानिसहरूले सोध्न सक्छन्: “त्यसो भए हामी कसरी परमेश्वरको आवाजलाई चिन्न सक्छौं त?” वास्तवमा, यो गाह्रो हुँदैन। परमेश्वरको बोली र आवाज मानिसहरूले बोल्न सक्दैनन्। यो अत्यन्तै अख्तियारपूर्ण अनि शक्तिशाली हुन्छ। यो स्वर्गको राज्यका रहस्यहरू प्रत्यक्ष गर्न अनि मान्छेको भ्रष्टता अनि यस्तै अन्य कुराहरू प्रकट गर्न सक्षम हुन्छ। यी सबै वचनहरू सत्य हुन्, अनि ती सबै नै मानिसको जीवन बन्न सक्छन्। हृदय अनि आत्मा हुने कसैले पनि परमेश्वरको वचन सुन्दा यसलाई आभास गर्नेछ, अनि हामी मानिसहरूसित सृष्टिकर्त्ता बोल्नुहुँदैछ अनि वचनहरू जारी गर्दैहुनुहुन्छ भनेर उसको हृदयमा एउटा निश्चयता हुनेछ। परमेश्वरका भेडाहरूले परमेश्वरको आवाज सुन्छन्। यदि हामीहरू यी वचनहरू परमेश्वरकै आवाज हो भनी निश्चित हुन्छौं भने, ती हाम्रा धारणाहरूसित जति थोरै मात्र नै किन नमिलून्, हामीले तिनलाई स्वीकार र पालन गर्नुपर्छﺍ यस प्रकारले मात्र हामी प्रभुको आगमनलाई स्वागत गर्नै सक्नेछौंﺍ

विश्वमा आज, सर्वशक्तिमान् परमेश्वरको मण्डलीले मात्र प्रभु अर्थात् देहधारी सर्वशक्तिमान परमेश्वर यसअघि नै आइसक्नुभएको छ भनेर साक्षी दिन्छﺍ सर्वशक्तिमान् परमेश्वरले पहिले नै लाखौँ वचनहरू बोलिसक्नुभएको छ, अनि सबै देश र पेशाका मानिसहरूको निम्ति हेर्नको लागि यी वचनहरू इन्टरनेटमा प्रकाशित गरिएका छन्ﺍ एक-एक गर्दै, सत्यताको चाहना राख्ने सबै देशका धेरै मानिसहरू परमेश्वरको आवाज सुन्ने र प्रभुलाई स्वागत गर्ने आशामा आउँदैछन्ﺍ त्यसरी नै जसरी बाइबलमा भनिएको छ, “हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ।” यदि हामी ती परमेश्वरका आवाज हुन् कि होइनन् भनेर छुट्याउनलाई सुन्दै सर्वशक्तिमान परमेश्वरद्वारा बोलिएका धेरैभन्दा धेरै वचनहरू पढछौं भने, प्रभु आउनुभएको छ कि छैन भनी हामी निर्क्योल गर्न सक्षम हुनेछौंﺍ त्यसरी नै जसरी प्रभु येशूले यूहन्ना १०: २७ मा भन्नुभयो: “मेरो भेडाले मेरो सोर सुन्छ, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्।” मलाई विश्वास छ, जबसम्म हामीसित विनम्रतासाथ् खोजी गर्ने हृदय हुन्छ, तबसम्म हामी परमेश्वरको आवाजलाई चिन्न सक्छौं अनि प्रभुको आगमनलाई स्वागत गर्न सक्छौंﺍ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

इसाई साक्षी: उनको छोराको क्यान्सर सामना गर्दा, उनले परमेश्‍वरमाथि भरोसा राख्छिन् र उहाँका कामहरूका साक्षी दिन्छिन्

By Xiaochun, China लिन जिन केही कामहरू गरेर घर फर्किदै थिइन् र सडकको दुवै छेउमा बढेको बाली घामको किरणमा हरियो सागर जस्तो देखिन्थ्यो। सडकको...

इसाईहरूले जान्न आवश्यक पर्दछ: मानवजातिले परमेश्‍वरको देहधारणको लिङ्गलाई सीमांकन गर्न सक्दैन

By Tian Yuan वर्तमानमा, विश्‍वभरि प्रकोपहरूको मात्रा बृद्धि भइरहेको छ र ठूला प्रकोपहरू आउनै लागेका छन् जस्तो देखिन्छ। धेरै विश्‍वासीहरू...

प्रभु ढोका ढकढक्याउँदै आउनुहुँदा हामीले उहाँलाई कसरी स्वागत गर्नुपर्छ?

जियाओ फेइ मैले प्रभुमा विश्‍वास गर्न थालेपछि, दाजुभाइ-दिदीबहिनीहरूलाई “हाम्रा प्रियले ढोका ढकढक्याइरहनुभएको छ” भन्‍ने भजन गाउन म पर्थ्यो, र...

इसाई भक्तिहरू: आखिरी दिनहरूमा फर्केर आउनुहुँदा प्रभु येशूलाई अझै पनि येशू नै भनिनेछ?

हान लेइ, चीन गत दुई सहस्‍त्राब्दीको अवधिमा, इसाईहरूले उहाँ हाम्रा एक मात्र मुक्तिदाता हुनुहुन्छ, हामीले येशूको नामद्वारा मात्रै मुक्ति...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्