आखिरी दिनहरूको चिन्‍ह: एक पुष्प रक्त चन्द्र ग्रहण सन २०२२ मा देखा पर्ने

12 मे 2021

सम्पादकको नोट: हालैका वर्षहरूमा, आकाशीय घटना “रक्ताम्मे चन्द्रमा” बारम्‍बार देखा परेको छ। महामारी, भूकम्प, र अनिकालजस्ता विभिन्‍न विपत्तिहरू झन्-झन् खराब हुँदै गइरहेका छन्। आखिरी दिनहरूका बारेमा बाइबलले गरेका भविष्यवाणीहरू पहिले नै पूरा भइसकेका छन्, र यहोवाको महान् र भयानक दिन नजिकै छ। अब हामीमाथि ठूला-ठूला विपत्तिहरू आइपरेका छन्, त्यसकारण हामीले प्रभुको पुनरागमनको स्वागत कसरी गर्नुपर्छ? यो लेखमा यसको उत्तर छ।

सम्‍बन्धित विशेषज्ञहरूले अनुमान गरेअनुसार, मे १६, २०२२ मा आकाशमा एक पुष्प रक्त चन्द्र ग्रहण देखिनेछ। वास्तवमा, रक्त चन्‍द्रमा र महाचन्द्रमा, महा रक्त चन्द्रमाजस्ता अचम्‍मका दृश्यहरू हालैका वर्षहरूमा निरन्तर देखा परिरहेका छन्, उदाहरणको लागि २०११ र २०१३मा देखा परेका रक्ताम्मे चन्‍द्रमा, २०१४ र २०१५ को अवधिमा श्रृंखलावद्ध रूपमा देखा परेका चार रक्ताम्मे चन्‍द्रमा, २०१८ को महा-निल चन्द्रमा, जुन १५२ वर्ष पहिले पनि देखा परेको थियो, र २०१९ को २१ जनवरीमा देखा परेको महा-रक्ताम्मे ब्‍वाँसो चन्द्रमा, जसले महा-चन्द्रमा, रक्ताम्मे चन्‍द्रमा र ब्‍वाँसो चन्द्रमाका तीन खगोलीय दृश्यहरूलाई पूर्ण रूपमा समावेश गरेको थियो, र यसलाई सबैभन्दा अचम्‍मको खगोलीय घटनाको रूपमा लिइएको थियो। यसअलावा, मे २६, २०२१ मा एक दुर्लभ दृश्य देखिएको थियो—त्यस समय एक खग्रास चन्द्र ग्रहणमा महा रक्त चन्द्रमा देखिएको थियो।

धेरै अगमवक्ताहरूले रक्ताम्मे चन्द्रमाहरू देखा परेका घटनाहरूले आउनेवाला असाधारण र महान् घटनाहरूको सङ्केत गर्छन् भनेर भविष्यवाणी गरेका छन्। रक्ताम्मे चन्‍द्रमा देखा पर्ने घटनाहरू योएलको पुस्तक २:२९-३१ को अगमवाणीको पूर्णता हुन् भनेर विश्‍वास गर्ने धेरै बाइबल विद्वानहरू पनि छन्: “अनि ती दिनहरूमा म सेवकहरू र सेविकाहरू दुवैमा मेरो आत्मा खन्याउनेछु। अनि म स्वर्ग र पृथ्वीमा उदेकका कामहरू गर्नेछु, अर्थात् रगत अनि आगो र धुँवाको खम्बाहरू। यहोवाको महान् र भयानक दिन आउनुभन्दा अगाडि सूर्य अन्धकारमा परिणत हुनेछ र चन्द्रमा रगतमा परिणत हुनेछ” साथै, प्रकाश ६:१२ मा यो उल्‍लेख गरिएको छ: “अनि उहाँले छैटौँ मोहर खोल्‍नुभएको मैले देखेँ र धेरै ठूलो भुईँचालो गयो; अनि सूर्य कपालले बनेको भाङ्ग्राजस्तो कालो भयो र चन्द्रमा रगतजस्तो रातो भयो” “महान् र भयानक दिन” योएलको पुस्तकको अगमवाणीमा ठूला-ठूला विपत्तिहरूका बारेमा उल्‍लेख गरिएको छ। हामीले विगत केही वर्षमा व्यापक रूपमा विपत्तिहरू वृद्धि भइरहेको देखेका छौं, अनि भूकम्प, अनिकाल, महामारी र बाढी-पहिरो जस्ता विपत्तिहरू यसरी बारम्‍बार देखा पर्दा हामी देख्‍नेहरूलाई यसले अत्यन्तै भयभीत बनाउँछ; संसारको अवस्था आतङ्कमा छ र यो निरन्तर परिवर्तन भइरहेको छ, बारम्‍बार युद्धहरू, हिंसात्‍मक घटना र आतङ्ककारी आक्रमणहरू देखा परिरहेका छन् र यसको अवस्था झन्-झन् खराब हुँदै गइरहेको छ; संसारको जलवायु झन्-झन् तातिँदैछ, र जुनसुकै बेला चरम मौसम र सबै किसिमका अचम्‍म-अचम्‍मका खगोलीय घटनाहरू घटिरहेका छन्। बाइबलमा भविष्यवाणी गरिएका चिन्‍हहरू एक-एक गरी देखा परेका छन्, र ठूला-ठूला विपत्तिहरू आएका छन्। त्यसकारण, हामीले कसरी प्रभुलाई स्वागत गर्न र उहाँको मुक्ति प्राप्त गर्न सक्छौं? प्रभु येशूले भन्नुभयो, “मेरो भेडाले मेरो सोर सुन्छ, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्(यूहन्‍ना १०:२७)। “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ(यूहन्‍ना १६:१२-१३)। प्रकाशको पुस्तकको अध्याय २ र ३ मा विभिन्‍न ठाउँमा यो भविष्यवाणी गरिएको छ: “आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्।” यी अगमवाणीहरूबाट, हामी के देख्छौं भने परमेश्‍वरले मानिसहरूलाई शुद्ध पार्न र मुक्ति दिनको लागि आखिरी दिनहरूमा वचनहरू बोल्‍नुहुनेछ र नयाँ चरणको काम गर्नुहुनेछ, र मानिसहरूलाई परमेश्‍वरको राज्यमा ल्याउनुहुनेछ। परमेश्‍वरको आवाजलाई सुनेर, अनि देखा पर्नुभएको परमेश्‍वर र आखिरी दिनहरूको कार्यको तृष्णा र खोजी गरेर मात्रै हामीले प्रभु येशूको पुनरागमनलाई स्वागत गर्न, परमेश्‍वरद्वारा मुक्ति पाउने र सिद्ध पारिने अवसर पाउन, र परमेश्‍वरसँगको सुन्दर गन्तव्यमा प्रवेश गर्न सक्छौं। अन्यथा, हामीले परमेश्‍वरको मुक्ति गुमाउनेछौं, हामी आखिरी दिनहरूका ठूला-ठूला विपत्तिहरूमा पर्नेछौं, र हटाइनेछौं र दण्डित हुनेछौं। त्यसको बारेमा परमेश्‍वरले यसो भन्‍नुहुन्छ:

हरप्रकारका प्रकोपहरू एकपछि अर्को गरी आइपर्नेछन्; सबै राष्‍ट्र र ठाउँहरूले विपत् भोग्‍नेछन्: महामारी, अनिकाल, बाढी, खडेरी र भूकम्प सबैतिर आउनेछन्। यी प्रकोपहरू एक वा दुई ठाउँहरूमा मात्र घट्नेछैनन्, न त यी एक वा दुई दिनमा नै सकिनेछन्; यी प्रकोपहरू त अझ ठूला-ठूला क्षेत्रहरूमा फैलँदै र झन्झन् गम्भीर बन्दै जानेछन्। यस अवधिमा, हरकिसिमका कीटजन्य महामारीहरू एकपछि अर्को गरी उत्पन्‍न हुँदै जानेछन् र नरभक्षणका घटनाहरू जताततै देखा पर्नेछन्। सबै राष्‍ट्र र मानिसहरूमाथि यो मेरो न्याय हो।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ६५

संसारको व्यापक फैलावटमा महासागरहरू भरिएर मैदानमा परिणत हुँदैछन्, जमिनहरू बगेर महासागरहरूमा परिवर्तन भइरहेका छन् र यो क्रम जारी नै रहन्छ। सबै थोकका बीचमा रहेका सबै कुरामाथि शासन गर्नुहुने बाहेक, अरू कोही पनि मानवजातिलाई अगुवाइ गर्न र मार्गनिर्देशित गर्न सक्षम छैन। मानवजातिको निम्ति काम गर्ने वा तयारी गर्न सक्ने शक्तिशाली व्यक्ति कोही पनि छैन, मानवजातिलाई ज्योतिको गन्तव्यतिर अगुवाइ गर्ने र संसारका अन्यायहरूबाट मुक्त गर्न सक्‍ने व्यक्ति अझै कम छन्। मानवजातिको भविष्यप्रति परमेश्‍वर विलाप गर्नुहुन्छ, उहाँ मानिसको पतनप्रति शोक गर्नुहुन्छ, अनि मानिस फर्कन नसक्‍ने विनाशको मार्गतिर क्रमिक रूपमा लागिरहेको कुराले उहाँलाई पीडा दिन्छ। परमेश्‍वरको हृदयलाई छियाछिया बनाउने र दुष्‍टलाई खोज्नको लागि उहाँलाई त्याग्‍ने त्यस्तो मानवजातिको दिशा कतातिर लागेको हुन सक्छ भन्ने कुराप्रति कसैले कहिल्यै विचार गरेको छैन। यसैकारणले गर्दा कसैले पनि परमेश्‍वरको क्रोध थाहा गर्दैन, कसैले परमेश्‍वरको मार्गलाई खोज्दैन वा परमेश्‍वरको नजिक जाने कोसिस गर्दैन, अझ भन्नुपर्दा, किन कसैले पनि परमेश्‍वरको शोक र पीडालाई बुझ्न खोज्दैन। परमेश्‍वरको आवाज सुनेपछि पनि परमेश्‍वरको अनुग्रह र वास्ताबाट तर्केर उहाँको सत्यतालाई त्यागेर मानिस आफ्नै मार्गमा हिँडिरहन्छ र परमेश्‍वरको शत्रु शैतानको हातमा आफूलाई बेच्न रुचाउँछ। के मानिस आफ्नो जिद्दीमा लागिरहनुपर्छ, अनि परमेश्‍वरलाई फर्केर नहेरिकन नै उहाँलाई छोड्ने मानवजातिप्रति परमेश्‍वरले कसरी काम गर्नुहुन्छ भन्‍ने कुरालाई कसैले विचार गरेको छ? परमेश्‍वरले यस अघि कहिल्यै नभएको विपत्ति उहाँको बाहुलीले तयार पार्नुभएको हुनाले उहाँले पटक-पटक याद दिलाउनुभएको र अर्ती दिनुभएको कसैले जान्दैनन्, जुन विपत्ति मानव देह र प्राणको निम्ति असह्‍य हुनेछ। यो विपत्ति देहको निम्ति मात्र दण्ड होइन, तर प्राणको निम्ति पनि हो। तैँले यो कुरा थाहा पाउनुपर्छ: जब परमेश्‍वरको योजना विफल हुन्छ, र उहाँका याद दिलाउने कुराहरू र अर्तीहरूको निम्ति कुनै प्रतिक्रिया दिँदैन, तब उहाँले कस्तो क्रोध पोखाउनुहुन्छ होला? यो कुनै पनि सृष्‍टि गरिएका प्राणीहरूले कहिल्यै नभोगेका र नसुनेका किसिमको हुनेछ। त्यसैले म भन्छु, यो विपत्ति पहिले कहिल्यै आएको थिएन र फेरि कहिल्यै आउने छैन। मानवजातिलाई सृष्‍टि गर्ने परमेश्‍वरको योजना यो एक पटकको लागि मात्रै हो र मानवजातिलाई मुक्ति दिने पनि यो एक पटकको लागि मात्रै हो। यो पहिलो पटक पनि र अन्तिम पनि हो। यसकारण, परमेश्‍वरले मानवजातिलाई मुक्ति दिन यस पटक गर्नुहुने कडा परिश्रम र जोशपूर्ण अपेक्षालाई कसैले बुझ्दैन।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ

परमेश्‍वरको काम शक्तिशाली छालजस्तै माथितिर बढ्छ। कसैले पनि उहाँलाई थुन्‍न सक्दैन, र उहाँको दौडलाई कसैले पनि रोक्‍न सक्दैन। उहाँका वचनहरूलाई ध्यानसँग सुन्‍नेहरू, र उहाँलाई खोज्ने र तिर्खाउनेहरूले मात्र उहाँका पाइलाहरू पछ्याउँछन् र उहाँको प्रतिज्ञा प्राप्‍त गर्छन्। जसले गर्दैनन् तिनीहरूले ठूलो विपत्ति भोग्‍नेछन् र तिनीहरूले पाउन लायकको दण्ड पाउनेछन्।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

इसाई साक्षी: उनको छोराको क्यान्सर सामना गर्दा, उनले परमेश्‍वरमाथि भरोसा राख्छिन् र उहाँका कामहरूका साक्षी दिन्छिन्

By Xiaochun, China लिन जिन केही कामहरू गरेर घर फर्किदै थिइन् र सडकको दुवै छेउमा बढेको बाली घामको किरणमा हरियो सागर जस्तो देखिन्थ्यो। सडकको...

परमेश्‍वरद्वारा सुनिनको लागि कसरी प्रार्थना गर्नुपर्छ: ३ विषयहरूको समाधान गर्नु महत्वपूर्ण छ

इसाईहरूको रूपमा, प्रार्थना हाम्रो दैनिक जीवनको एक अनिवार्य अंश, र परमेश्‍वरसँग नजिक हुने सबैभन्दा सीधा तरीका हो। हामी सबै आशा गर्छौं कि...

प्रभु येशूको पुनरागमनसम्‍बन्धी बाइबलका यी ६ अगमवाणी पूरा भइसकेका छन्

दुई हजार वर्षअघि, प्रभु येशुले हामीलाई प्रतिज्ञा गर्नुभयो: “अनि हेर, म चाँडै आउँछु” (प्रकाश २२:१२)। अब, उहाँको आगमनका सबै किसिमका चिन्हहरू...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्