एक दुःखी जीवन बिताउँदै छु, मैले के गर्नुपर्छ त?

3 जुलाई 2021

प्रिय ली रूई,

तपाईंलाई कस्तो छ? मलाई याद छ कि मैले एक पटक तपाईंलाई एउटा प्रश्न सोधेको थिएँ: आजको समाजमा, प्रतिस्पर्धा गर्न यति धेरै दबाब छ र धेरै मानिसहरूलाई जीवन एकदम थकाउने र कठिन छ जस्तो लाग्छ, त्यसोभए हामी कसरी आनन्दित जीवन बिताउनुपर्छ? तपाईंले परमेश्‍वरमाथिको विश्वासमा सामेल हुन भन्नुभएको थियो, र तपाईंले भन्नुभएको थियो कि, एक पटक तपाईंले परमेश्‍वरमा विश्वास गर्नुभयो भने, तपाईंले परमेश्‍वरका वचनहरूको मार्गदर्शन पाउन सक्नुहुन्छ, तपाईंले परमेश्‍वरबाट शान्ति र आनन्द पाउन सक्नुहुन्छ, र तपाईं सबै फिक्री र चिन्ताबाट स्वतन्त्र हुन सक्नुहुन्छ। तर त्यसबेला म पैसा कमाउनको लागि यति व्यस्त थिएँ कि मसँग परमेश्‍वरमा विश्वास गर्ने समय थिएन, र मैले तपाईंको सुझावलाई बारम्बार पल्टाइदिएँ। यी सबै बर्षहरूभरि म सबैसँग मेरो आफ्नै संघर्षमा निर्भर हुन चाहन्थे र मेरो कम्पनीमा सबैले चिनिने व्यक्ति हुन कोसिस गरिरहन्थे। तर म बिहानदेखि बेलुका साँझसम्म व्यस्त छु, र अझै पनि म झटका पछि झटका, पराजय पछि पराजय झेलिरहेको छु। म मेरा सहकर्मीहरू पदोन्नती भएको र भुक्तानी बढेको देख्छु, र म अझै पनि मैले सुरू गरेको ठाँउमा छु। म हराएको र पीडामा भएको महसुस गर्दछु। सिस्टर, तपाईंले परमेश्‍वरमा विश्वास गर्न थाल्नुभएदेखि तपाईं यति धेरै खुसी देखिनुहुन्छ र तपाईंको जीवन यति आरामदायी र स्वतन्त्र छ, जस्तो कि तपाईंलाई कुनै चिन्ता छैन र कुनै पीडा नै छैन। म तपाईको ईर्ष्या गर्छु, र म तपाईलाई सोध्न चाहन्छु: के परमेश्‍वरप्रतिको विश्वासले मलाई कष्टबाट मुक्त र खुशी हुने अनुमति दिन सक्छ? तपाईंको जवाफको प्रतिक्षा गर्दछु …

धेरै धेरै माया,

ली नान

मार्च ३०, २०१८

नमस्कार जिओनान,

मैले तपाईको इ-मेल पाएँ, र यो सुनेर म दु:खी छु कि तपाईको जीवन अहिले अति कठोर र थकित छ। तपाईंको लागि प्रार्थना बाहेक, मैले तपाईंलाई मद्दत गर्न सक्ने अरू केही छैन। तपाईंलाई तपाईंको दु:ख हटाउन मद्दत गर्न सक्नुहुने केवल एक मात्र जन परमेश्‍वर हुनुहुन्छ। प्रभु येशूले भन्नुभयो, “परिश्रम गर्ने र भारीले थिचिएकाहरू सबै म कहाँ आओ, अनि म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमा लेओ, र मेरो कुरा सिक; किनकि म कोमल र नम्र हृदयको छु: अनि तिमीहरूले आफ्‍ना प्राणको लागि विश्राम पाउनेछौ। किनकि मेरो जुवा सहज छ, र मेरो बोझ हल्‍का छ(मत्ती ११:२८-३०)। परमेश्‍वर हाम्रो अनन्त सहायता हुनुहुन्छ र उहाँ हाम्रो खाँचोमा मद्दत हुनुहुन्छ। जे भए पनि, हामी दु:खमा परेको वा चिन्तित किन नहोऔं, जबसम्म हामी परमेश्‍वरमा विश्वास गर्छौं र उहाँको मुक्तिलाई स्वीकार्छौं, परमेश्‍वरलाई प्रायजसो प्रार्थना गर्दछौं, परमेश्‍वरको वचनहरू पढ्छौं र सत्यलाई बुझ्छौं, तब हामी केही चीजहरूमार्फत देख्न सक्षम हुनेछौं। त्यसो भए हामीले यति धेरै दु:ख भोग्नेछैनौं र हाम्रो हृदय सहज हुनेछ र हामीसँग ढल्किनको निम्ति सहायता हुनेछ। यदि हामी सत्यलाई स्वीकार्न र परमेश्‍वरको वचनहरू व्यवहारमा उतार्न सक्षम हुन्छौं भने, तब हामी भ्रष्टतालाई हटाउन र मुक्ति पाउन सक्षम हुनेछौं।

जिओनान, यदि हामी खुशीपूर्वक र सहजताका साथ बाँच्न चाहन्छौं भने, हामीले सबैभन्दा पहिले हाम्रो कष्टको मूल कारण के हो बुझ्नुपर्दछ। परमेश्‍वरका वचनहरूका दुई अंशहरू छन् जसले भन्दछन्: “त्यसकारण, जबसम्‍म मानिसहरूले ख्याति र प्राप्तिको बारेमा मात्रै सोच्‍न सक्छन् तबसम्‍म मानिसको विचारहरूलाई नियन्त्रण गर्नको लागि शैतानले ख्याति र प्राप्तिको प्रयोग गर्छ। तिनीहरूले ख्याति र प्राप्तिको लागि संघर्ष गर्छन्, ख्याति र प्राप्तिको लागि कठिनाइहरू भोग्छन्, ख्याति र प्राप्तिको लागि अपमान सहन्छन्, ख्याति र प्राप्तिको लागि नै आफूसँग भएको सबै कुराको बलिदान गर्छन्, अनि तिनीहरूले ख्याति र प्राप्तिकै खातिर कुनै पनि मूल्याङ्कन वा निर्णय गर्नेछन्। यसरी, शैतानले मानिसहरूलाई अदृश्य बन्धनमा बाँध्छ, र तिनलाई हटाउनको लागि तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त साहस नै। तिनीहरूले अनजानमा यी बन्धनहरू बोकेर हिँड्छन् र ठूलो कठिनाइको साथ अगाडि घस्रिन्छन्। यही ख्याति र प्राप्तिको खातिर नै, मानिसहरूले परमेश्‍वरलाई त्याग्छन् र उहाँलाई धोका दिन्छन्, अनि झन्-झन् बढी दुष्ट बन्दै जान्छन्। त्यसकारण, यसरी शैतानको ख्याति र प्राप्तिको बीचमा एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। “मानिसहरूले परमेश्‍वरका योजनाबद्ध कार्यहरू र परमेश्‍वरको सार्वभौमिकतालाई पहिचान नगर्ने हुनाले, तिनीहरूले आफ्ना वर्तमान परिस्‍थितिहरू परिवर्तन गर्ने र आफ्‍नो नियति परिवर्तन गर्ने व्यर्थ आशा गर्दै, सधैँ अवज्ञाकारी र विद्रोही मनोवृत्तिले नियतिको सामना गर्छन्, अनि सधैं परमेश्‍वरको अख्तियार र सार्वभौमिकता र नियतिमा रहेका कुराहरूलाई पन्छाउन चाहन्छन्। तर तिनीहरू यसमा कहिल्यै सफल हुन सक्दैनन् र तिनीहरूले हरेक मोडमा ठक्‍कर खान्छन्। व्यक्तिले आफ्‍नो जीवन खेर फाल्‍ने क्रममा, उसको अन्तस्करणमा हुने यो संघर्षले यति भयानक पीडा दिन्छ कि त्यसले उसको हड्डी नै गलाउँछ। यो पीडाको कारण के हो त? के यो परमेश्‍वरको सार्वभौमिकताको कारण हो कि व्यक्ति अभागी भएर जन्‍मेकोले हो? अवश्य नै, दुवै सत्य होइन। आधारभूत रूपमा, मानिसहरूले लिने मार्गहरू, तिनीहरूले आफ्‍नो जीवन जिउन छनौट गर्ने शैलीहरूको कारण यस्तो हुन्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)

परमेश्‍वरका वचनहरूले हामीलाई मानवजातिको कष्टको जीवनको मूल कारण प्रकट गर्दछ। के तपाईंलाई थाहा थियो कि, सुरूमा, परमेश्‍वरले आदम र हव्वालाई बनाउनुभयो र उनीहरूले परमेश्‍वरको आज्ञा पालन गरे र उहाँका वचनहरूलाई ध्यान दिए? परमेश्‍वरले उनीहरूमाथि नजर राख्नुभयो र सुरक्षा दिनुभयो, तिनीहरू खुशीसँग अदनको बगैंचामा बाँचिरहे, र उनीहरूले कुनै कष्ट र कुनै शोक जान्दैनथे। तर जब आदम र हव्वा शैतानको बहकाउमा परे, र उनीहरूले परमेश्‍वरको वचनको विरोध गरे र असल र खराबको ज्ञानको रूखको फल खाए, तब तिनीहरूले परमेश्‍वरको आशीष् गुमाए र अदनको बगैंचाबाट निकालिए। त्यसपछि, मानवजाति शैतानको अधिकार-क्षेत्रको वशमा पर्‍यो र त्यसबेलादेखि कष्टमा बाँचिरहेको छ। धेरै हजार वर्षदेखि शैतानले नास्तिकता, भौतिकवाद र विकासवाद जस्ता त्यस्ता झूटा भ्रमहरू मानवजातिलाई धोका दिन र भ्रष्ट पार्नको लागि प्रयोग गर्दै आएको छ र मानवजातिलाई शैतानले झन् झन् भ्रष्ट बनाएको छ। अहंकारी, छली, र कठोर पारिनु जस्ता हाम्रा शैतानी भ्रष्ट स्वभावहरू हामीभित्र गहिरो जरा गाडिएका छन्। हामी परमेश्‍वरको अस्तित्वलाई अस्वीकार गर्दछौं, परमेश्‍वरले स्वर्ग र पृथ्वी र सबै थोक सृष्टि गर्नुभयो भनी अस्वीकार गर्दछौं, हामी अब परमेश्‍वरको उपासना गर्दैनौं र हामी उहाँबाट टाढा टाढा हुँदै जान्छौं। त्यति मात्र कहाँ हो र, शैतानले “अरूभन्दा असल बन र पुर्खाको नाम राख” “मानिसहरूले सधैं आफ्ना समकक्षीहरूभन्दा उत्तम हुने प्रयास गर्नुपर्छ” र “आफ्नो नियति आफ्नै हातमा हुन्छ।” जस्ता स्वयंसिद्ध तर्क र विद्वेषपूर्ण भ्रमहरू हामीमा सम्मिलित गर्न ती भूतप्रेतीय राजाहरू, ती ठूला र ती प्रख्यात व्यक्तिहरूलाई पनि प्रयोग गर्दछ। यी भनाई र कल्पनाहरूको प्रभावमा, हामी विश्वास गर्छौं कि पैसा र ओहोदा भएमा मात्र हामी अरूको सम्मान जित्न सक्छौं र बाँच्न योग्य जीवन पाउनेछौं। हामी यो पनि विश्वास गर्छौं कि सांसारिक जीवन जिउनु केही कुराको लागि असल हुँदैन र यो आकांक्षारहित हुनुपर्दछ, कि हामीलाई केवल अरूले हेलाको नजरले हेर्नेछन् र निम्न ठान्नेछन्, र हाम्रो जीवन दयनीय हुनेछ। यसैकारणले गर्दा धेरै मानिसहरू शीर्ष जीवन र धनी जीवन बिताउन खोज्छन्, र त्यसैले तिनीहरू हरेक दिन संघर्ष गर्दछन् र झगडा गर्छन्, तिनीहरू ओभरटाइम काम गर्छन्, उनीहरू अझै जवान छदाँ नै सबै प्रकारका बिमारीहरूले ग्रसित हुन्छन्, र यस खोजमा कतिले उनीहरूको जीवन गुमाउँछन्। केही व्यक्तिहरू छन् जसले उनीहरूका सहकर्मीहरूको विरूद्ध बेइमान साधनहरू र योजनाहरू प्रयोग गर्छन्, जो शीर्षमा पुग्नको लागि अरूलाई कुल्चन केही पनि बाँकी राख्दैनन्, जसले मानिसहरूलाई प्रयोग गर्दछन्, मानिसहरूलाई धोका दिन्छन्, र जो असहनीय पीडामा बाँचिरहेका हुन्छन्, केवल एउटा सफल करियरको लागि। धेरै व्यक्तिहरू छन् जसले आफ्ना सम्पूर्ण प्रयास खर्च गरिसकेपछि र भीडबाट बाहिर निस्किन असमर्थ भएको थाहा पाएपछि निराश र खिन्न महसुस गर्न थाल्छन् जसले उनीहरूको जीवनमा सबै गलत भएको महसुस गर्दछन्। तिनीहरू यस्तो हदसम्म महसुस गर्छन् कि तिनीहरू निराशावादी र निराशाजनक हुन्छन् जसले विश्‍व-थकितताको भावनालाई जन्म दिन्छ, र आफ्नो जीवनलाई अन्त्य गर्नका लागि तिनीहरू आफूलाई मार्ने छनौट गर्दछन्। यथार्थमा, हाम्रो कष्ट वास्तवमा शैतानद्वारा भ्रष्ट भएको कारणले भएको हो, किनकि हामीले शैतानको गलत धारणा स्वीकारेका छौं र किनकि हामी शैतानको दर्शनशास्त्र र सिद्धान्तहरूद्वारा बाँचिरहेका छौं।

जिओनान, परमेश्‍वर जान्नुहुन्छ कि शैतानले हामीलाई हानी पुर्याइरहेको छ र हामी कष्टमा बाँचिरहेका छौं, र त्यसकारण शैतानले हामीलाई भ्रष्ट पार्ने माध्यमको पर्दाफास गर्न उहाँले आफ्नो वचनहरू व्यक्त गर्नुहुन्छ ताकि हामी ती कुराहरू बारेको विवेक विकास गर्न सकौं। साथै, हामी आनन्दित भई बस्न सक्छौं भन्ने मार्ग पनि उहाँले हामीलाई देखाउनुहुन्छ। परमेश्‍वरका वचनहरूले भन्दछन्, “क्षमता, बौद्धिकता, र इच्‍छाशक्ति जे-जस्तो भए पनि, नियतिको अगाडि मानिसहरू सबै उस्तै हुन्, जसले ठूलो र सानो, उच र नीच, श्रेष्ठ र तुच्छबीच कुनै भेदभाव गर्दैन। व्यक्तिले कुन पेशा अपनाउँछ, उसले बाँच्‍नको लागि के गर्छ, र उसले जीवनमा कति सम्पत्ति जम्मा गर्छ भन्ने कुरालाई उसका बाबुआमा, उसको प्रतिभा, उसका प्रयासहरू वा उसका महत्वाकांक्षाहरूले निर्धारित गर्दैनन्, ती कुरा त सृष्टिकर्ताले नै पूर्वनिर्धारित गर्नुहुन्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। “किनभने जब व्यक्तिले नियतिलाई बुझ्दैन, जब व्यक्तिले परमेश्‍वरको सार्वभौमिकतालाई बुझ्दैन, जब व्यक्तिले कुहिरोभित्र लर्खराउँदै र ढलपलिँदै दृढताका साथ छामछुम गर्दै अघि बढ्छ, तब उसले त्यो यात्रा अत्यन्तै कठिन, अत्यन्तै हृदयविदारक हुन्छ भन्‍ने कुरा बुझ्छ। त्यसकारण, जब मानिसहरूले मानव नियतिमाथिको परमेश्‍वरको सार्वभौमिकतालाई पहिचान गर्छन्, तब चलाखहरूले यसलाई जान्‍ने र स्वीकार गर्ने, तिनीहरूले आफ्‍नै दुई हातले सुन्दर जीवन निर्माण गर्ने प्रयास गर्दाका पीडादायी दिनहरूलाई बिदा गर्ने, र नियतिको विरूद्धमा संघर्ष गर्न अनि आफ्ना तथाकथित ‘जीवन लक्ष्यहरू’ आफ्‍नै तरिकाले खोज्न छाड्ने निर्णय गर्छन्। जब कुनै व्यक्तिसँग परमेश्‍वर हुनुहुन्न, जब व्यक्तिले उहाँलाई देख्‍न सक्दैन, जब व्यक्तिले परमेश्‍वरको सार्वभौमिकतालाई स्पष्ट रूपमा पहिचान गर्न सक्दैन, तब हरेक दिन अर्थहीन, निरर्थक, दुःखदायी हुन्छ। व्यक्ति जहाँ भए पनि, व्यक्तिको जागिर जे भए पनि, उसको दिनचर्याका माध्यमहरू र लक्ष्यहरूको खोजी कार्यले उसलाई हृदयमा अटुट चोट र चैनविनाको कष्ट बाहेक केही पनि दिँदैन, यतिसम्‍म कि उसले आफ्‍नो विगतलाई फर्केर समेत हेर्न सक्दैन। व्यक्तिले सृष्टिकर्ताको सार्वभौमिकतालाई स्वीकार गरेपछि मात्रै, ऊ उहाँका योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूमा समर्पित भएपछि मात्रै, र उसले साँचो मानव जीवनको खोजी गरेपछि मात्रै, क्रमिक रूपमा ऊ सबै हृदयको चोट र कष्टबाट स्वतन्त्र हुन, अनि जीवनको रिक्तताबाट मुक्त हुन थाल्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)

परमेश्‍वरका वचनहरूले यसलाई स्पष्टसँग व्याख्या गर्दछन्। हामी सबैको भाग्यमाथि परमेश्‍वरले शासन र गर्नुहुन्छ, र परमेश्‍वरले धेरै पहिले हामी कुन परिवारमा जन्मिनेछौं, हामीले कस्तो सीप अपनाउनेछौं, कस्तो पेसा पाउनेछौं र हामी कति धनी हुनेछौं भनेर पूर्वनिर्धारण गरिएको थियो। सृष्टि गरिएको प्राणीको रूपमा, हामी आँखा चिम्लेर हाम्रा आफ्नै दुई हातको बलमा निर्भर भई संघर्ष गर्दै, त्यस्ता शैतानी सिद्धान्त र कल्पनाहरूद्वारा जिउनुहुँदैन जस्तै “अरूभन्दा असल बन र पुर्खाको नाम राख”, र “आफ्नो नियति आफ्नै हातमा हुन्छ”। यसको सट्टामा, हामी परमेश्‍वरका योजना र प्रबन्धहरूको अधीनमा बस्नुपर्दछ, सृष्टिकर्ताले हाम्रो लागि तयार गर्नुभएको कुरालाई स्वीकार्नुपर्दछ, निष्कपट र सादा रहनुपर्दछ, यथासक्दो गर्नुपर्दछ र सबै कुरामा परमेश्‍वरको इच्छाको आज्ञापालन गर्नुपर्दछ, केवल यो गरेर मात्र हाम्रो आत्मामा शान्ति र आनन्द हुन्छ, र हामी बेफिक्री र सहजै बाँच्न सक्षम हुनेछौं। उदाहरणका लागि, अय्यूबलाई लिनुहोस्, जसको कथा बाइबलमा अभिलेख राखिएको छ। उनले आफ्नो जीवनमा परमेश्‍वरको सार्वभौमिकताको कदर गर्न, अनुभव गर्न र पहिचान गर्नमा ध्यान केन्द्रित गरे, र उनले परमेश्‍वरसँग डराउने र खराबबाट अलग रहने मार्ग पछ्याउन खोजी गरे। यसैले परमेश्‍वरले उनलाई एक धर्मी मानिस भन्ने नाम दिनुभयो र उनलाई आशिष्‌ दिनुभयो ताकि ऊ पूर्वी मानिसहरूमाझ महान होस्। तथापि, शैतान विश्‍वस्त भएन र त्यसले अय्यूबमाथि आरोप लगायो। त्यसैले अय्यूबको उहाँप्रतिको विश्वासको जाँच गर्न, परमेश्‍वरले शैतानलाई अय्यूबलाई प्रलोभनमा पार्ने अनुमति दिनुभयो, र शैतानले अय्यूबका सबै पशुधनहरू चोर्न लुटेराहरू पठायो, उसले आफ्ना बच्चाहरू गुमाउनुपर्‍यो, र अय्यूबको सम्पूर्ण शरीरमा पीडादायी फोकाहरू फुटिगयो। यस परीक्षाको क्रममा, अय्यूबले परमेश्‍वरको इच्छा बुझ्न सकेनन्, तैपनि उनले आफ्नो लागि, आफ्ना बच्चाहरूको लागि वा उसको सम्पत्तीको लागि, परमेश्‍वरलाई केही मागेनन्, बरू उसले परमेश्‍वरको योजना र व्यवस्थापनहरूको अधिनतामा सुम्पे, र ऊ परमेश्‍वरको प्रशंसा गर्दै भुइँमा घोप्टो परे र यसो भने: “म मेरी आमाको गर्भबाट नाङ्गै आएँ र म नाङ्गै फर्कनेछु: यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। अय्यूबले शैतानलाई परमेश्‍वरप्रतिको आफ्नो आज्ञाकारिता र परमेश्‍वरप्रतिको श्रद्धाले पराजित गरे, ऊ दृढ भई उभियो र परमेश्‍वरको लागि गवाही दिने साहस गर्यो र उसले परमेश्‍वरबाट दोहोरो आशिष्‌ पायो। अय्यूबले आफ्नो जीवनमा खोजी गरेको कुरा कुनै प्रतिष्ठित ओहदा वा महान् सम्पत्ति थिएन, आफ्नै लागि उज्जवल भविष्य बनाउन उसले आफ्नै हातमा भर पर्ने कुरा त परै जाओस्, तर बरू उसले परमेश्‍वरलाई चिन्न, परमेश्‍वरको आज्ञा पालन गर्न, र परमेश्‍वरको डर राख्न र खराबी त्याग्न खोज्यो। त्यसकारण, अय्यूबले आफ्नो जीवनमा केवल आत्मिक शान्ति र आनन्द मात्र पाएनन् तर अझ महत्त्वपूर्ण कुरा, उनले परमेश्‍वरको प्रशंसा प्राप्त गरे र मूल्यवान् र अर्थपूर्ण जीवन बिताए।

जिओनान, तपाईलाई थाहा भएकै कुरा हो, मैले परमेश्‍वरमा विश्वास गर्नुअघि, मैले “आफ्नो नियति आफ्नै हातमा हुन्छ” र “अरूभन्दा असल बन र पुर्खाको नाम राख” जस्ता त्यस्ता तर्क र भ्रमहरूलाई पनि सत्य भनाई ठाने र म सधैं मेरो आफ्नै प्रयासहरूमार्फत धेरै पैसा कमाउन, शीर्ष जीवन बाँच्न र अरूले मलाई खोजोस् भन्ने चाहन्थें, र म विश्वास गरें कि मैले यी चीजहरू प्राप्त गरिसकेपछि हर्ष र खुसी प्राप्त गर्नेछु। मैले विवाह गरेपछि, मेरो श्रीमान्‌ र मैले एउटा व्यवसाय सुरू गर्न पैसा ऋण लिएका थियौं, तर हाम्रो आशाको विपरीत हामीले बारम्बार पैसा गुमायौं। म हार स्वीकार्न राजी भइनँ, त्यसैले मैले सफल व्यक्तिहरूद्वारा दिएका व्याख्यानहरू सुन्न सुरू गरें, र म प्रत्यक्ष बिक्रीमा लागें र मैले बीमा बिक्री गरें। मैले आशा गरें कि, कडा परिश्रम गरेर, म सफलहरूमध्ये एक गनिनेछु, तर अन्त्यमा, धेरै बर्षको उतार चढावपछि, यो अझै पनि असफलतामा समाप्त भयो। जब मैले यो मेरो सबै मेहनतको नतीजा हो भनेर देखें, मैले त्यस्तो चोट सहन सकिनँ र म कष्टमा बाँचिरहें। मैले जीवनमा सबै आशा गुमाएँ र मेरो जीवन समाप्त भएको छ भन्ने महसुस भयो। यदि म भीडबाट बाहिर निस्कन सकिनँ भने बाँच्नुको मतलब के थियो र? र यसैले, यो सबलाई अन्त्य गर्ने उपायको रूपमा मैले आत्महत्या गर्ने सोच गरें। जब मैले परमेश्‍वरमा विश्वास गर्न थालें र परमेश्‍वरको वचनहरू पढें, तब मात्र अन्ततः मलाई थाहा भयो कि मेरो सबै दुःखकष्ट मैले शैतानको गलत दृष्टिकोणले जीवन बिताइरहेको कारणले थियो, किनकि म सधैं आफ्नै प्रयासमार्फत आफ्नो भाग्य बदल्न प्रयास गर्दै थिएँ, र किनकि म निरन्तर परमेश्‍वरको सार्वभौमिकताको विरोधमा युद्ध गरिरहेको थिएँ। वास्तवमा, जब परमेश्‍वरले मानवजातिको सृष्टि गर्नुभयो, हामीले बाँच्नको लागि चाहिने सबै कुरा उहाँले तयार पार्नुभयो, र हाम्रो जीवन धान्नको लागि हामीले गर्नुपर्ने सबै थोक भनेको एक सामान्य परिमाणमा काम गर्नु हो। यस तरिकामा, हामीसँग परमेश्‍वरमा विश्वास गर्न र उहाँको उपासना गर्न अझ समय हुन्छ, र त्यसैले परमेश्‍वरसामु बाँच्छौं र उहाँको हेरचाह र सुरक्षा प्राप्त गर्छौ। मैले परमेश्‍वरको प्रेम बुझ्न सकिनँ, तैपनि, र मैले उहाँको राम्रो अभिप्रायलाई पनि बुझिनँ। मेरो जंगली महत्वाकांक्षा र चाहनाहरूबाट प्रभावित भई, म जहिले पनि मेरो भाग्यको विरूद्ध लड्न र शीर्ष जीवनको खोजी गर्न चाहन्थें, तर मैले पाउने सबै थोक भनेको पीडा नै हो। एकचोटि मैले यी चीजहरू बुझिसकेपछि, अन्तमा मैले थाहा पाएँ कि शैतानद्वारा म कत्तिको भ्रष्ट भएको थिएँ र मैले खोजिरहेको सबै कुरा परमेश्‍वरले मानिसलाई सृष्टि गर्नुहुँदाको उहाँको अभिप्रायहरूको विरूद्धमा दौड्यो। त्यही समयमा, मैले यो पनि बुझें कि केवल परमेश्‍वरमा विश्वास गरेर र परमेश्‍वरको योजना र प्रबन्धहरूको अधीनमा रहेर मात्र हामी मानवजातिले शैतानको साङ्ला र हानिबाट आफूलाई मुक्त गर्न सक्छौं र आरामदायी, खुशी जीवन बिताउन सक्छौं।

पछि, म प्रायः आफ्ना दाजूभाइ-दिदीबहिनीहरूसँग परमेश्‍वरको वचनहरू पढ्न र हाम्रा आफ्नै अनुभव र समझका बारे सङ्गति गर्न भेला हुने गर्थें। तब मैले सुसमाचार सक्रियतासाथ प्रचार गर्न, अझै कष्टमा बाँचिरहेका, पिडामा सङ्घर्ष गरिरहेका र उनीहरूको बाटो पत्ता लगाउन असमर्थ व्यक्तिहरूलाई परमेश्‍वरको मुक्ति फैलाउन शुरू गरें, ताकि उनीहरू पनि परमेश्‍वरसामु आउन सकून् र उहाँको मुक्तिलाई स्वीकार्न सकून्। अब, यद्यपि मसँग धेरै पैसा छैन र मसँग धेरै भौतिक सुखहरू छैनन्, किनकि परमेश्‍वरले मलाई उहाँ समक्ष आउन चुन्नुभएको छ र म हरेक दिन परमेश्‍वरका वचनहरूको आनन्द लिन्छु, किनकि जुनबेला म कुनै मुद्दा वा कठिनाई भेट्छु म सत्यको खोजतलास गर्न र परमेश्‍वरका वचनहरूमा अभ्यास गर्ने मार्ग खोजी गर्न सक्छु, र मेरा धेरैजसो समस्याहरू यसरी समाधान हुन्छन्, तब मेरो आत्माले शान्ति र आनन्दले भरिपूर्ण भएको महसुस गर्दछ। मेरो आत्माको गहिरा अन्तस्करणबाट आउने शान्ति र स्थिरताको यो चेतना कुनै पनि पैसाले किन्न सकिदैन। यी विगतका केही बर्षहरूमा परमेश्‍वरको कामको अनुभव पाएर, मैले केही सत्यहरू बुझें र म प्रसिद्धि, लाभ र ओहोदाको खालीपन स्पष्ट देख्छु। के ती उच्च अधिकारीहरू, धनी मानिसहरू र सेलिब्रेटीहरू जो प्रतिष्ठित प्रतिष्ठा राख्छन् र जसका लाखौंको सम्पति छन् वास्तवमै खुशी र आनन्दित जीवन बिताउँछन्? किन यति धेरै उच्च अधिकारीहरू, धनी मानिसहरू र सेलिब्रेटीहरूले आफ्नो जीवनको अन्त्य गर्नका लागि आफूलाई मार्ने छनौट गर्छन्? तथ्यहरू स्पष्ट छन्: हाम्रो ओहोदा जत्ति उच्च वा हामीसँग जति पैसा नै किन नहोस्, यी कुराहरूले हामीलाई केवल अस्थायी शारीरिक आनन्द दिन सक्छ, तर ती कुराहरूले कहिले पनि हाम्रो आत्माका शून्यता भर्न सक्दैनन्। केवल यी चीजहरूको साथ, हाम्रो जीवन पूर्णतया अर्थ वा मूल्यरहित हुनेछ, र हामी साँचो खुशी र आनन्द प्राप्त गर्न असमर्थ हुनेछौं। परमेश्‍वरको वचनहरूले भन्छन्, “जेसुकै भए तापनि, मानव भनेको मानव नै हो, अनि परमेश्‍वरको स्थान र जीवनलाई कुनै पनि मानिसले प्रतिस्थापन गर्न सक्दैन। मानवजातिलाई निष्पक्ष समाजले मात्र पुग्दैन जहाँ प्रत्येकलाई राम्रोसँग खुवाइन्छ, र ऊ समान र स्वतन्त्र हुन्छ; मानवजातिका लागि आवश्यक परेको कुराचाहिँ परमेश्‍वरको मुक्ति र तिनीहरूलाई उहाँको जीवनको बन्दोबस्त हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ)। केवल परमेश्‍वरमा विश्वास गरेर र परमेश्‍वरलाई पछ्याएर, उहाँको वचनहरूमार्फत सत्यलाई बुझेर र उहाँलाई जानेर, गलत विचारहरू बुझेर र अस्वीकार गरेर र परमेश्‍वरको सार्वभौमिकता र व्यवस्थापनहरूमा समर्पण गरेर हामीले साँचो शान्ति र हर्ष अनुभव गर्न र खुशी जीवन बिताउन सक्छौं। जबदेखि म परमेश्‍वरमा विश्वास गर्न थाल्छु, मलाई लाग्छ म हरेक दिन समृद्ध र अर्थपूर्ण जीवन बिताइरहेको छु, र मेरो हृदयले अझै बढी विमुक्त र स्वतन्त्र महसुस गर्छ!

जिओनान, यदि तपाईंले पनि परमेश्‍वरमा विश्वास गर्न, परमेश्‍वरसामु आउन र परमेश्‍वरको वचनहरूको मार्गदर्शन स्वीकार्न, परमेश्‍वरमा भर पर्न र परमेश्‍वरको आज्ञापालन गर्न सिक्नुहुन्छ, र उहाँको हेरचाह र सुरक्षामा जीवन बिताउन सक्नुहुन्छ भने, तब मलाई विश्वास छ कि तपाईंले पनि पक्कै तपाईंको आत्मामा शान्ति र हर्ष प्राप्त गर्नुहुनेछ। किनभने साँचो शान्ति र हर्ष परमेश्‍वरबाट आउँदछ, केवल परमेश्‍वरसामु आएर मात्र हामी हाम्रो आत्मामा शान्ति र स्थिरता पाउन सक्दछौं। सत्यको बारेमा मेरो बुझाइ अझै ज्यादै सीमित छ र मैले वर्णन गर्न नसक्ने धेरै कुरा छन्। केवल परमेश्‍वरमा आफैले विश्वास गरेर र आफ्नै अनुभवहरूद्वारा सिकेर तपाईंले साँचो खुशी, साँचो हर्ष र साँचो शान्ति के हो भनेर बुझ्न सक्नुहुनेछ। अन्तमा, म तपाईंलाई यो कुरा भन्न चाहन्छु: केवल परमेश्‍वरमा विश्वास गरेर, सत्यलाई बुझेर र परमेश्‍वरलाई चिनेपछि मात्र हामीले साँचो खुशी पाउन सक्दछौं!

धेरै धेरै माया,

ली रूई

अप्रिल १, २०१८

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

प्रभु ढोका ढकढक्याउँदै आउनुहुँदा हामीले उहाँलाई कसरी स्वागत गर्नुपर्छ?

जियाओ फेइ मैले प्रभुमा विश्‍वास गर्न थालेपछि, दाजुभाइ-दिदीबहिनीहरूलाई “हाम्रा प्रियले ढोका ढकढक्याइरहनुभएको छ” भन्‍ने भजन गाउन म पर्थ्यो, र...

इसाई चिन्तन: के हामीले वास्तवमै उहाँ स्वयमलाई प्रकट गर्ने प्रतिक्षा गर्दै फर्केका प्रभुलाई ग्रहण गर्न सक्दछौं?

By Tian Yuan सम्पादकको नोट: प्रकाशको अध्याय २२ मा, यसलाई केही पटक भविष्यवाणी गरिएको छ, “म चाँडै आउँछु।” यो निश्चित छ कि प्रभुमा साँचो...

संसार विपत्तिले घेरिएको छ: महासङ्कष्टअघि हामी कसरी उठाई लगिनेछौं?

By Becky, U.S. आज, विश्‍वभरि विपत्तिहरू झन-झनै कठोर हुँदै गइरहेका छन्। समाचार विपत्ति, भूकम्प, बाढी, र खडेरीको कथाहरूले भरिएको छ। के...

ख्रीष्टियानहरू नियमित तवरमा भेलाहरूमा उपस्थित हुनु महत्त्वपूर्ण छ

बाइबलमा लेखिएको छ, “कतिको यसो गर्ने बानी भए पनि हामी एकसाथ भेला हुने कार्यलाई नत्यागौँ, तर एक-अर्कालाई अर्ती देऔँ: किनकि दिन झन्-झन् नजिक...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्