जब मुक्तिदाता आउनुहुन्छ, के उहाँलाई अझै पनि येशू नै भनिनेछ?

13 नोभेम्बर 2021

आखिरी दिनहरूमा, मुक्तिदाता सर्वशक्तिमान् परमेश्‍वर पहिले नै पृथ्वीमा आएर सत्यता व्यक्त गरिरहनुभएको छ, यसरी मानवजातिलाई पूर्ण मुक्ति दिन देखा परेर काम गरिरहनुभएको छ। वचन देहमा देखा पर्नुहुन्छ भन्‍ने पुस्तकलाई संसारको लागि अनलाइन राखिएपछि, सबै ठाउँका मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सत्यता हुन् भन्‍ने देखेर परमेश्‍वरको आवाज सुनेका छन्। तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको अनुहार देखेका छैनन्, तैपनि उहाँका वचनहरू पवित्र आत्‍माका वचनहरू हुन्, यो परमेश्‍वरले मानवजातिसँग बोल्‍नुभएको वचन, र वचन शरीरमा देखा पर्नुभएको घटना हो भन्‍नेमा तिनीहरू निश्‍चित छन्। तिनीहरूले बल्‍ल मानिसको पुत्र देखा पर्नुभएको घटना र उहाँको कामलाई देखेका छन्, र परमेश्‍वरका पाइलाहरू पछ्याएका छन्। अत्यन्तै उत्साहित भएर, तिनीहरू सबै यो समाचार सुनाउन हतार-हतार सबैतिर जान्छन्, सर्वशक्तिमान्‌ परमेश्‍वरलाई खुशीसाथ स्वीकार गर्छन्, र परमेश्‍वरको सिंहासनको अघि आउँछन्। तिनीहरूले हरेक दिन परमेश्‍वरका वर्तमान वचनहरू खाने-पिउने गर्छन्, यसरी पढ्दै जाँदा तिनीहरूले अझ धेरै अन्तर्दृष्टि र, परमेश्‍वरका वचनहरूको सिंचन र भरण-पोषण प्राप्त गर्छन्। तिनीहरूले धेरै सत्यता सिक्छन् र तिनीहरूको विश्‍वासमा वृद्धि हुन्छ। तिनीहरू सर्वशक्तिमान्‌ परमेश्‍वरको नाम फैलाउन हतार गर्छन्, यसरी मुक्तिदाता मानिसलाई मुक्ति दिन संसारमा आउनुभएको छ भन्‍ने गवाही दिन्छन्। तिनीहरू विश्‍वास र सामर्थ्यले भरिएका छन् र सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूमा सान्त्वना प्राप्त गर्छन्। जीवनको खोजी र दिशामा तिनीहरूको सही उद्देश्य छ, र परमेश्‍वरमा सबै कुरा अर्पित गर्दै उहाँको गवाही दिन्छन्। संसारभरिका धेरैभन्दा धेरै मानिसहरूले साँचो मार्गको अनुसन्धान गरिरहेका छन्। अहिले सबै प्रकारका विपत्तिहरूको वर्षा भइरहेका हुनाले, सबै जना साँचो मार्ग, पवित्र आत्‍माका पाइलाहरू, र मुक्तिदाता देखा पर्नुभएको घटना र कामको बारेमा खोजी गर्न बाध्य भएका छन्। यो अपरिहार्य प्रचलन हो। संसारका हरेक धार्मिक समुदायमा, धेरै जनाले साँचो मार्गलाई स्वीकार गरिरहेका छन् र हरेक दिन सर्वशक्तिमान्‌ परमेश्‍वरमा फर्किरहेका छन्। धेरै वटा देशमा सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको स्थापना भइरहेको छ, यसरी यशैयाको यो पदलाई पूर्ण रूपमा पूरा गरिएको छ: “अनि आखिरी दिनहरूमा यस्तो हुनेछ, कि यहोवाको भवन भएको पर्वत पर्वतहरूको टुप्पोमा स्थापित गरिनेछ र पहाडहरूमाथि उठाइनेछ; र सबै जातिहरू यसतर्फ आउनेछन्(यशैया २:२)। धेरै जनाले तृष्णाको साथ साँचो मार्गको अनुसन्धान गरिरहेका छन् भने, कतिपयले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सत्यता हुन्, तिनीहरू अख्तियारपूर्ण र शक्तिशाली छन् भन्‍ने कुरालाई माने पनि, सर्वशक्तिमान्‌ परमेश्‍वर सामान्य व्यक्तिको रूपमा देखा पर्नुभएको छ, उहाँ प्रभु येशूको आत्मिक रूपमा देखा पर्नुभएको छैन, अनि उहाँले चिन्‍ह र अचम्‍मका कामहरू प्रदर्शन गर्नुभएको छैन भन्‍ने ठान्दै, तिनीहरू त्यसैमा अड्किरहन्छन् र उहाँलाई स्वीकार गर्न मान्दैनन्। र कतिपय मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सबै सत्यता हुन् भन्‍नेमा कुनै शङ्का छैन भन्‍ने देख्छन्, तर ती वचन बाइबलमा समावेश नगरिएका हुनाले सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने कुरामा निश्‍चित हुन सक्दैनन्। तिनीहरू यही कुरामा अड्किन्छन्, र उहाँलाई स्वीकार गर्दैनन्। अझै कतिपयले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सत्यता हुन् र ती परमेश्‍वरबाट आएका हुन् भन्‍ने स्वीकार गर्छन्, तर बाइबलले “येशू ख्रीष्ट हिजो, र आज, अनि सधैँ उस्तै हुनुहुन्छ” (हिब्रू १३:८), भनेको कुरालाई देखेर येशूको नाम कहिल्यै परिवर्तन हुँदैन भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूले सर्वशक्तिमान् परमेश्‍वरलाई येशू नाम दिइएको छैन, र बाइबलमा कहिल्यै पनि सर्वशक्तिमान्‌ परमेश्‍वरको बारेमा उल्‍लेख गरिएको छैन भन्‍ने सोच्छन्, त्यसकारण तिनीहरूले उहाँ आउनुभएका मुक्तिदाता हुनुहुन्छ भन्‍ने स्वीकार गर्दैनन्। तिनीहरूलाई सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गर्नु प्रभु येशूलाई धोका दिनु हो भन्‍ने लाग्छ, त्यसकारण तिनीहरू त्यही कुरामा अड्किरहन्छन्, र उहाँलाई स्वीकार गर्दैनन्। यी तीनवटै समस्याहरू एउटै आधारभूत समस्याबाट आएका हुन्: सर्वशक्तिमान्‌ परमेश्‍वर साधारण व्यक्ति जस्तो देखिनुहुन्छ, र उहाँले भन्‍नुहुने हरेक कुरा सत्यता हो, र उहाँ शक्तिशाली र अख्तियारपूर्ण हुनुहुन्छ, तर उहाँलाई येशू भनिएको छैन र उहाँ येशूको आत्मिक रूपमा देखा पर्नुभएको छैन, त्यसकारण तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भनेर स्वीकार गर्दैनन्। मानव धारणा र कल्‍पनाहरूलाई मात्रै ध्यान दिँदा यसो हुनु स्वभाविकै देखिन्छ, तर परमेश्‍वरको देखा पराइ र काममा महान् रहस्यहरू छन् जसलाई मानवले बुझ्‍न सक्दैन। सत्यताको खोजी नगरिकन, र परमेश्‍वरका वचन र उहाँको कामका तथ्यहरूका आधारमा यस्ता कुरालाई निर्धारित नगरिकन, सही उत्तर प्राप्त गर्न सकिँदैन। अन्धाधुन्ध बाइबलको शाब्दिक अक्षर र तिनमा समावेश धारणाहरूमा लागिरहनु, र सत्यता व्यक्त गर्नुहुने ख्रीष्‍टलाई स्वीकार गर्न नमान्‍नुले, अशोचनीय परिणामहरू ल्याउनेछन्। यो त प्रभु येशूको छुटकारालाई स्वीकार गर्न नमानेर दण्डाज्ञा पाउने यहूदी विश्‍वासका मानिसहरू जस्तै हो। यो पीडादायी पाठ लामो समयदेखि हाम्रै अघि रहेको छ। अब मुक्तिदाता आइसक्‍नुभएको हुनाले, सत्यताको खोजी गर्न असफल भएमा आउने परिणामहरू के हुनेछ, हामी त्यसको कल्‍पना गर्न सक्छौं। अँ, के मुक्तिदाता आउनुभएपछि उहाँलाई अझै पनि “येशू” नै भनिनेछ? म यस विषयमा मेरो आफ्‍नै बुझाइ थोरै बताउनेछु।

पहिलो कुरा, यो आउनुभएको मुक्तिदाता नै हुनुहुन्छ भनेर कसरी पुष्टि गर्ने सो हामीले बुझ्‍नुपर्छ। हामी उहाँको नाम प्रभु येशू हो कि होइन, उहाँ प्रभु येशू जस्तो देखिनुहुन्छ कि हुन्‍न भन्‍ने कुरामा नै लागिरहनु हुँदैन। मुख्य कुरा भनेको उहाँले सत्यता व्यक्त गर्न र परमेश्‍वरको काम गर्न सक्‍नुहुन्छ कि हुन्न, उहाँले मानवजातिलाई शुद्ध पार्न र मुक्ति दिन सक्‍नुहुन्छ कि हुन्न भन्‍ने हो। उहाँले सत्यता व्यक्त गर्न, परमेश्‍वरको आवाज व्यक्त गर्न र मानवजातिलाई मुक्ति दिने काम गर्न सक्‍नुहुन्छ भने, उहाँलाई जे भने पनि वा उहाँ जति साधारण देखिनुभए पनि त्यसले केही फरक पार्दैन। हामी उहाँ देहमा आउनुभएका परमेश्‍वर, फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने कुराप्रति निश्‍चित हुनसक्छौं। उहाँ पृथ्वीमा आउनुहुने मुक्तिदाता हुनुहुन्छ। यदि हामीले उहाँको नाम वा उहाँको बाहिरी रूपमा मात्रै ध्यान दियौं भने, हामी सहजै गलत हुन सक्छौं। हामी सबैलाई थाहा छ, व्यवस्थाको युगमा परमेश्‍वरको नाम यहोवा थियो, र अनुग्रहको युगमा उहाँको नाम येशू थियो। उहाँलाई यहोवा भनिन छाडियो, र येशूको नामले बोलाइयो, तर प्रभु येशू देहधारी यहोवा परमेश्‍वर नै हुनुहुन्थ्यो। उहाँ मानिसको पुत्रको रूपमा, देखा परेर काम गर्न मानवजातिकहाँ आउनुहुने, देहधारी यहोवा परमेश्‍वर हुनुहुन्थ्यो। प्रभु येशू र यहोवा परमेश्‍वरको एउटै आत्मा हुनुहुन्थ्यो, र एउटै परमेश्‍वर हुनुहुन्थ्यो। प्रभु येशूले प्रकट गर्नुभएको पश्‍चात्तापको मार्ग र राज्यका रहस्यहरू, साथै उहाँको छुटकाराको कामले उहाँ देहमा आउनुभएका परमेश्‍वर, देखा पर्नुभएका एक मात्र साँचो परमेश्‍वर, र मुक्तिदाता हुनुहुन्थ्यो भन्‍ने कुरालाई पूर्ण रूपमा प्रमाणित गर्‍यो। यहूदी धर्ममा हुनेहरूले यो कुरालाई त्योबेला देख्‍न सकेनन्। तिनीहरूमध्ये धेरैले प्रभु येशूको मार्ग शक्तिशाली र अख्तियारयुक्त छ भन्‍ने स्वीकार गरे पनि, उहाँलाई “मसीह” भनेर नबोलाइएको हुनाले र उहाँ साधारण व्यक्ति जस्तै हुनुभएको हुनाले उहाँलाई इन्कार गरे र विरोध गरे। प्रभु येशूको मार्ग जति नै उच्‍च भए पनि, तिनीहरूले यसलाई खोजी वा अनुसन्धान गरेनन्, तर उहाँलाई ईश्‍वर निन्दाको आरोप लगाए र उहाँलाई क्रूसमा समेत टाँगे। तिनीहरूलाई परमेश्‍वरले दण्डाज्ञा दिएर दण्ड दिनुभयो। तिनीहरूले कहाँ गल्ती गरे? तिनीहरूलाई देहधारण भनेको के हो थाहा थिएन, र तिनीहरूले देहधारी परमेश्‍वरको ईश्‍वरीयता सत्यताको अभिव्यक्तिबाट प्रकट गरिएको थियो भन्‍ने थाहा पाएका थिएनन् त्यसकारण मानिसको पुत्रले जति नै धेरै सत्यता व्यक्त गर्नुभए पनि वा उहाँले जति नै महान् काम गर्नुभए पनि, तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा स्वीकार गरेनन्। तिनीहरूले उहाँलाई मानवको रूपमा परिभाषित गरे; तिनीहरू यसप्रति पूर्ण रूपमा निश्‍चित थिए र विश्‍वास गर्न इन्कार गरे। परिणाम स्वरूप, तिनीहरूले परमेश्‍वरको मुक्ति गुमाए, अनि दण्डित र नष्ट भए। के त्यो मानव मूर्खता र अज्ञानता थिएन र? र अहिले, धार्मिक संसारका धेरै मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सत्यता हुन् र ती परमेश्‍वरबाट आउँछन् भन्‍ने स्वीकार गरे पनि, तिनीहरू अझै पनि धर्मशास्‍त्रका अक्षरहरूमा नै लागिरहन्छन्, यसरी आफ्‍ना धारणा र कल्‍पनाहरूको पछि लाग्दै परमेश्‍वरको नाम येशू हो र त्यो कहिल्यै परिवर्तन हुनेछैन, र उहाँको पुनरागमन हुँदा उहाँलाई त्यही नामले चिनिनेछ भन्‍ने जोड दिन्छन्। सर्वशक्तिमान् परमेश्‍वरलाई येशू नाम नदिइएको, र उहाँ येशूको रूपमा बादलमा नआउनुभएको हुनाले तिनीहरूले उहाँ फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने कुरालाई स्वीकार गर्न मान्दैनन्। के तिनीहरूले पनि यहूदी मानिसहरूले जस्तै गल्ती गरिरहेका छैनन् र? यसैले, तिनीहरूले अझै प्रभुलाई स्वागत गरेका छैनन्, त्यसकारण तिनीहरू सबै ठूला-ठूला विपत्तिहरूमा पर्नेछन्, आफ्‍नो छाती पिट्नेछन्, रुनेछन् र दाह्रा किट्नेछन्। प्रभुलाई स्वागत गर्ने र विपत्तिहरूभन्दा पहिले उठाइ लैजाने तिनीहरूको आशा पूरा हुनेछैन। के त्यो दुःखको कुरा होइन र? के परमेश्‍वरको येशू नाम कहिल्यै परिवर्तन हुँदैन भन्‍ने कुरा साँचो हो? के यसलाई बाइबल, परमेश्‍वरको वचनले समर्थन गर्छ? वास्तवमा, बाइबलले धेरै पहिले नै प्रभु नयाँ नाम लिएर आउनुहुनेछ भनेर अगमवाणी गरेको छ। यशैयाले स्पष्ट रूपमा नै यसो भनेर अगमवाणी गर्छ: “अनि अन्यजातिहरूले तेरो धार्मिकता देख्नेछन् र सबै राजाहरूले तेरो महिमा देख्नेछन्: र तँलाई यहोवाको मुखले दिनुहुने नयाँ नाउँद्वारा बोलाइनेछ(यशैया ६२:२)। अनि प्रकाशको पुस्तकले भन्छ: “जसले जित्छ उसलाई मैले मेरा परमेश्‍वरको मन्दिरको खम्बा बनाउनेछु र ऊ त्यसउप्रान्त बाहिर जानेछैन: र म उसमा मेरो परमेश्‍वरको नाउँ र मेरो परमेश्‍वरको सहरको नाउँ लेख्‍नेछु, जुन स्वर्गबाट मेरो परमेश्‍वरमार्फत तल ओर्लने नयाँ यरूशलेम हो: र म उसमा मेरो नयाँ नाउँ लेख्‍नेछु(प्रकाश ३:१२)। यी दुवै पदहरूले परमेश्‍वरको नयाँ नाम हुनेछ भनेर स्पष्‍ट रूपमा बताउँछन्। यो उहाँले पहिले कहिल्यै नलिनुभएको नयाँ नाम हुनाले, प्रभुको पुनरागमन हुँदा उहाँलाई येशू भनिनेछैन भन्‍ने कुरा निश्‍चित छ। त्यसो भए उहाँको नयाँ नाम के हो त? यो नाम सर्वशक्तिमान्‌ परमेश्‍वर हो। यो प्रकाशको पुस्तकको अगमवाणी अनुरूप नै छ: “म अल्फा र ओमेगा, सुरु र अन्त हुँ, जो छ, जो थियो र जो हुन आउनेछ, सर्वशक्तिमान् हुँ(प्रकाश १:८)। “हल्लेलूयाह: किनभने सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरले शासन गर्नुहुन्छ(प्रकाश १९:६)। र प्रकाश ४:८, ११:१७, र १६:७ जस्ता अरू धेरै पदहरूमा, “सर्वशक्तिमान्‌” भन्‍ने नाम उल्‍लेख गरिएको छ। स्पष्टै छ, जब आखिरी दिनहरूमा प्रभु फर्कनुहुनेछ, उहाँलाई सर्वशक्तिमान्‌, अर्थात् सर्वशक्तिमान्‌ परमेश्‍वर भनिनेछ। यसमा कुनै शङ्का छैन। परमेश्‍वरको येशू नाम कहिल्यै परिवर्तन हुँदैन, आखिरी दिनहरूको हाम्रो मुक्तिदातालाई येशू नै भनिनेछ भन्‍ने यो विश्‍वास पूर्ण रूपमा मानव धारणा हो, जुन सत्यता अनुरूप छँदै-छैन।

यस विन्दुमा, कतिले सोध्‍न सक्छन् परमेश्‍वरले किन आफ्‍नो नाम परिवर्तन गर्नुहुन्छ। यसको अर्थ के हो? सर्वशक्तिमान्‌ परमेश्‍वरले सत्यताका यी सबै रहस्यहरू प्रकट गर्नुभएको छ। यसलाई अझै बुझ्‍नको लागि हामी सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू हेरौं। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “केहीले भन्छन्, परमेश्‍वरको नाउँ परिवर्तन हुँदैन। त्यसो भए यहोवाको नाउँ किन येशू भयो त? मसीह आउनुहुनेछ भनी भविष्यवाणी गरिएको थियो, त्यसो भए किन येशू नाउँ गरिएको मानिस आउनुभयो त? परमेश्‍वरको नाउँ किन परिवर्तन भयो? के यस्ता काम धेरै पहिले कार्यान्वयन गरिएको थिएन र? के परमेश्‍वरले आज नयाँ काम गर्न सक्‍नुहुन्‍न? हिजो गरिएको कामलाई बदल्न सकिन्छ, र येशूको काम यहोवाको कामको निरन्तरता हुन सक्छ। त्यसो भए, के येशूको कामपछि अरू काम आउन सक्दैन र? यदि यहोवाको नाउँ येशूमा परिणत हुन्छ भने, येशूको नाउँ पनि परिवर्तन हुन सक्दैन र? यी कुनै पनि अनौठो कुरा होइनन्; यो के मात्रै हो भने मानिसहरू अत्यन्तै सरल विचार-धाराका छन्। परमेश्‍वर सदैव परमेश्‍वर नै हुनुहुनेछ। उहाँको काम जति परिवर्तन भए पनि, र उहाँको नाउँ जति परिवर्तन भए तापनि, उहाँको स्वभाव र बुद्धि कहिल्यै परिवर्तन हुँदैन। यदि तँ परमेश्‍वरलाई येशूको नाउँद्वारा मात्र पुकार्न सकिन्छ भनी विश्‍वास गर्छस् भने, तेरो ज्ञान अत्यन्त सीमित छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गर्नेले परमेश्‍वरको प्रकाश कसरी प्राप्‍त गर्न सक्छ?)

प्रत्येक युगमा, परमेश्‍वरले नयाँ काम गर्नुहुन्छ र उहाँलाई नयाँ नाउँले बोलाइनुहुन्छ; उहाँले कसरी विभिन्न युगहरूमा उही काम गर्न सक्नुहुन्छ? उहाँ कसरी पुरानोसँग टाँसिरहन सक्नुहुन्छ? येशूको नाउँलाई छुटकाराको कामका लागि लिइएको थियो, तब के आखिरी दिनहरूमा उहाँ फर्कनुहुँदा पनि उहाँलाई अझै त्यही नाउँले बोलाइन्छ? के उहाँले अझै पनि छुटकाराको काम गरिरहनुभएको हुनेछ? यहोवा र येशू एक हुनुभए पनि किन विभिन्न युगमा उहाँहरूलाई विभिन्न नाउँले बोलाइन्छ? के यो उहाँहरूका कामको युग फरक-फरक भएकोले होइन र? के एउटै नाउँले सारा अनन्तताभरि परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्छ? यस्तो भएकोले, परमेश्‍वरलाई विभिन्न युगमा भिन्नाभिन्नै नाउँले बोलाउनुपर्छ, र उहाँले युगलाई परिवर्तन गर्न र युगको प्रतिनिधित्व गर्न नाउँ प्रयोग गर्नुपर्दछ। किनकि कुनै पनि नाउँले पूर्ण रूपमा स्वयम् परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैन, र प्रत्येक नाउँले एक निश्चित युगमा परमेश्‍वरको स्वभावको अस्थायी पक्षको मात्र प्रतिनिधित्व गर्न सक्छ; त्यसले केवल उहाँको कामको प्रतिनिधित्व मात्रै गर्नुपर्छ। त्यसकारण, त्यो सम्पूर्ण युगमा प्रतिनिधित्व गर्न परमेश्‍वरले उहाँको स्वभाव सुहाउँदो नाउँ चुन्न सक्नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३))।

मैले इस्राएलमा मेरो काम गर्दा ‘यहोवा’ नाउँ धारण गरेँ र यसको अर्थ (परमेश्‍वरले चुन्नुभएको) इस्राएलीहरूको परमेश्‍वर भन्‍ने हुन्छ, जसले मानिसलाई टिठ्याउनुहुन्छ, मानिसलाई सराप दिनुहुन्छ, मानिसको जीवनको मार्गदर्शन गर्नुहुन्छ; त्यो परमेश्‍वर जसले महान्‌ शक्ति धारण गर्नुहुन्छ र जो बुद्धिले पूर्ण हुनुहुन्छ। ‘येशू’ इम्मानुएल हुनुहुन्छ, जसको अर्थ प्रेमले पूर्ण र करुणाले पूर्ण पाप बलि भन्‍ने हुन्छ र जसले मानिसलाई उद्धार गर्नुहुन्छ। उहाँले अनुग्रहको युगको काम गर्नुभयो, र उहाँले अनुग्रहको युग प्रतिनिधित्व गर्नुहुन्छ र उहाँले व्यवस्थापन योजनाको कामको एक हिस्साको मात्र प्रतिनिधित्व गर्न सक्नुहुन्छ। … येशू मात्र मानवजातिको उद्धारक हुनुहुन्छ, र उहाँ मानवजातिलाई पापबाट उद्धार गर्ने पापबलि हुनुहुन्छ। जसको तात्पर्य, येशूको नाउँ अनुग्रहको युगबाट आयो र अनुग्रहको युगमा उद्धारको कामको कारणले अस्तित्वमा आयो। येशूको नाउँ अनुग्रहको युगका मानिसहरूलाई नयाँ जन्म दिन र मुक्त गर्न अस्तित्वमा आयो, र यो समग्र मानवजातिको उद्धारको निम्ति एउटा विशेष नाउँ हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ)

यदि मानिसले अझै आखिरी दिनहरूको अवधिमा मुक्तिदाता येशूको आगमनको चाह गर्छ, र अझै उहाँले यहूदियामा बहन गर्नुभएको स्वरूपमा उहाँ आउनुभएको अपेक्षा गर्छ भने, सम्पूर्ण छ हजार वर्षको व्यवस्थापन योजना उद्धारको युगमा रोकिन्थ्यो, र अलिकता पनि अघि बढ्न सक्दैनथ्यो। यसको अलावा, आखिरी दिनहरू कहिल्यै आउने थिएन, र त्यो युगको अन्त कहिल्यै हुने थिएन। किनभने मुक्तिदाता येशू मानवजातिको उद्धार र मुक्तिको निम्ति मात्र हुनुहुन्छ। अनुग्रहको युगका सबै पापीहरूका खातिर मात्र मैले येशूको नाउँ धारण गरेँ, तर मैले समग्र मानवजातिलाई अन्तमा ल्याउने नाउँ यो होइन। यहोवा, येशू, र मसीह सबैले मेरो आत्माको प्रतिनिधित्व गर्ने भए पनि, यी नाउँहरूले मेरो व्यवस्थापन योजनाको विभिन्न युगहरूलाई सूचित गर्छन्, र समग्र रूपमा मेरो प्रतिनिधित्व गर्दैनन्। पृथ्वीका मानिसहरूले मलाई पुकार्ने नाउँहरूले मेरो समग्र स्वभाव र म जे छु सो सारा कुरालाई व्यक्त गर्न सक्दैनन्। तिनीहरू विभिन्न युगहरूको अवधिमा मलाई पुकारिने विभिन्न नाउँहरू मात्र हुन्। त्यसैले जब अन्तिम युग—आखिरी दिनहरूको युग—आउँछ, मेरो नाउँ फेरि बदलिनेछ। मसीह भन्नु त छोडिदिऊँ, मलाई यहोवा वा येशू पनि भनिनेछैन—मलाई शक्तिशाली सर्वशक्तिमान परमेश्‍वर स्वयम्‌ भनिनेछ, र म यही नाउँमा समग्र युगको अन्त ल्याउनेछु(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ)

अब मलाई लाग्छ, हामीलाई परमेश्‍वरले आफ्‍नो नाम परिवर्तन गर्नुको महत्त्व थाहा भयो। परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ, कहिल्यै पुरानो हुनुहुन्‍न, र उहाँको काम सधैँ अघि बढिरहेको हुन्छ। युग परिवर्तन हुने क्रममा, उहाँको काम परिवर्तन हुने क्रममा उहाँको नाम निरन्तर परिवर्तन हुन्छ। उहाँको कामको हरेक चरणसँगै, हरेक नयाँ युगसँगै, त्यस युगमा उहाँले गर्नुहुने काम र व्यक्त गर्नुहुने स्वभावको प्रतिनिधित्व गर्न परमेश्‍वरले निश्‍चित अर्थ सहितको नयाँ नाम लिनुहुन्छ। यो बुझेपछि, हामीले परमेश्‍वरलाई यहोवा र येशू दुई वटा मात्रै नाममा सीमित गर्नेछैनौं। हामीले परमेश्‍वरलाई हाम्रा धारणा र कल्‍पनामा सीमित गर्नेछैनौं। हामी सबैलाई थाहा छ, परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसले सबै कुरालाई समेट्छ। उहाँ पूर्ण रूपमा बुद्धिमानी र सर्वशक्तिमान् हुनुहुन्छ! कुनै पनि मानव भाषाले यसलाई व्यक्त गर्न सक्दैन, कसरी एक-दुई वटा नामले व्यक्त गर्न सक्छ र? जति नै धेरै नामले पनि परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई पूर्ण रूपमा प्रतिनिधित्व गर्न सक्दैन। यही कारणले गर्दा परमेश्‍वरले हरेक युगमा फरक-फरक नाम लिनुहुन्छ। व्यवस्थाको युगमा परमेश्‍वरलाई यहोवा भनिन्थ्यो, र उहाँले त्यही नाममा रहेर व्यवस्था र आज्ञाहरू जारी गर्नुभयो। उहाँले पृथ्वीमा मानिसको जीवनलाई अगुवाइ गर्नुभयो, तिनीहरूलाई पाप के हो भन्‍ने चिनाउनुभयो, तिनीहरू कसरी जिउनुपर्छ, तिनीहरूले कसरी यहोवा परमेश्‍वरको आराधना गर्नुपर्छ त्यो सिकाउनुभयो। यहोवा नाम व्यवस्थाको युगमा परमेश्‍वरले तय गर्नुभएको नाम थियो, र यसले त्यस युगको उहाँको कामलाई, र त्यो बेला उहाँले व्यक्त गर्नुभएको उहाँको कृपा, प्रतापको स्वभावलाई मात्रै प्रतिनिधित्व गर्थ्यो। व्यवस्थाको युगको अन्त्यमा, मानिसहरू शैतानद्वारा झन्-झन् बढी भ्रष्ट भए, झन्-झन् बढी पापी बने। कसैले पनि व्यवस्थालाई पछ्याउन सकेनन्। यदि त्यो जारी रहेको भए, व्यवस्था अन्तर्गत तिनीहरू सबैलाई दोषी ठहराएर मृत्युदण्ड दिइनेथियो। मानवजातिलाई छुटकारा दिन, परमेश्‍वर व्यक्तिगत रूपमा नै मानिसको पुत्रको रूपमा देहधारी हुनुभयो, यसरी येशू नाममा रही छुटकाराको काम गर्नुभयो। उहाँले अनुग्रहको युग सुरु गर्नुभयो र व्यवस्थाको युगको अन्त्य गर्नुभयो। प्रभु येशूले पश्‍चात्तापको मार्ग ल्याउनुभयो र हाम्रो पाप क्षमा गर्नुभयो, हामीलाई शान्ति र आनन्द, अनि अकल्पनीय अनुग्रह दिनुभयो। अन्तिममा, उहाँ सारा मानवजातिलाई छुटकारा दिँदै क्रूसमा टाँगिनुभयो। येशू अनुग्रहको युगमा तोकिएको परमेश्‍वरको नाम थियो, र यसले त्यस युगमा गरिएको उहाँको छुटकाराको कामलाई, साथै उहाँको प्रेम र कृपाको स्वभावलाई प्रतिनिधित्व गर्‍यो। परमेश्‍वरको कामका यी दुई चरणहरूबाट, हामी के देख्‍न सक्छौं भने, उहाँको हरेक नामको विशेष महत्त्व छ। तिनले परमेश्‍वरको काम र त्यस निश्‍चित युगको लागि उहाँको स्वभावलाई प्रतिनिधित्व गर्छन्। यसको बारेमा विचार गरौं। यदि प्रभु येशूले अनुग्रहको युगमा यहोवा नाम नै कायम राख्‍नुभएको भए, परमेश्‍वरको काम व्यवस्थाको युगमा नै समाप्त हुनेथियो। त्यसपछि भ्रष्ट मानवजातिले कहिल्यै पनि छुटकारा पाउनेथिएन, र व्यवस्थाको अधीनमा हामी सबै हाम्रो पापको लागि दोषी ठहरिनेथियौं र मृत्युदण्ड पाउनेथियौं। हामी आजको दिनसम्‍म बाँच्‍नेथिएनौं। आखिरी दिनहरूमा पनि यही कुरा लागू हुन्छ—यदि प्रभु येशू फेरि येशू नाम लिएर नै फर्कनुभयो भने, परमेश्‍वरको काम छुटकाराको चरणमा नै रहनेथियो, र मानिसहरूले प्रभु येशूको छुटकारा र पापक्षमा मात्रै पाउन सक्थे। हामी सबैमा भएको पापी प्रकृति समाधान हुन सक्‍नेथिएन। हामीसँग पापबाट उम्‍कने र धोइने कुनै उपाय हुनेथिएन, र हामी स्वर्गको राज्यको निम्ति कहिल्यै योग्यका हुनेथिएनौं। प्रभु येशूले आखिरी दिनहरूमा हुने आफ्‍नो पुनरागमनको बारेमा, मानवजातिलाई धुन, मानवजातिलाई पापबाट पूर्ण रूपमा मुक्त गर्न र हामीलाई परमेश्‍वरको राज्यमा लैजानको लागि सत्यता व्यक्त गर्नेछु र न्यायको काम गर्नेछु भनेर धेरै पटक अगमवाणी गर्नुभएको छ। यो प्रभु येशूले भन्‍नुभएको जस्तै हो, “अनि यदि कुनै मानिसले मेरो वचन सुन्छ र पनि विश्‍वास गर्दैन भने, म त्यसको न्याय गर्दिनँ: किनभने म संसारलाई न्याय गर्न होइन, तर बचाउन आएँ। मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले आखिरी दिनमा उसको न्याय गर्नेछ(यूहन्‍ना १२:४७-४८)। “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ(यूहन्‍ना १६:१२-१३)। त्यसकारण आखिरी दिनहरूमा जब परमेश्‍वरले नयाँ युग र आफ्‍नो नयाँ कामको सुरुवात गर्नुहुन्छ, के उहाँलाई साँच्‍चै अझै पनि येशू भनिनेछ? अवश्य नै भनिनेछैन। आखिरी दिनहरूमा प्रभु येशू काम गर्न सर्वशक्तिमान्‌ परमेश्‍वरको रूपमा फर्केर आइसक्‍नुभएको छ, यसरी उहाँले राज्यको युग सुरु गर्नुभएको छ र व्यवस्थाको युगको अन्त्य गर्नुभएको छ। उहाँले परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गर्न, मानवजातिलाई पाप र शैतानका शक्तिहरूबाट पूर्ण रूपमा मुक्ति दिन, विजेताहरूको समूहलाई पूर्णता दिन सत्यताहरू व्यक्त गर्नुहुन्छ। त्यसपछि, उहाँले दुष्टलाई दण्ड दिन र असललाई इनाम दिन ठूला विपत्तिहरू ल्याउनु हुनेछ र दुष्टले भरिएको पुरानो अन्धकार युगलाई अन्त्य गर्नुहुनेछ, त्यसपछि पृथ्वीमा ख्रीष्टको राज्य पूरा हुनेछ। यसले प्रकाशको पुस्तकको यो अगमवाणीलाई पूरा गर्छ: “म अल्फा र ओमेगा, सुरु र अन्त हुँ, जो छ, जो थियो र जो हुन आउनेछ, सर्वशक्तिमान् हुँ(प्रकाश १:८)। “हल्लेलूयाह: किनभने सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरले शासन गर्नुहुन्छ(प्रकाश १९:६)

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “म कुनै समय यहोवाको रूपमा चिनिन्थें। मलाई कुनै समय मसीह भनिन्थ्यो र मानिसहरूले प्रेम र आदरसाथ मलाई मुक्तिदाता येशू भनी पुकार्थे। यद्यपि, आज म यस उप्रान्त मानिसहरूले विगतको समयमा चिनेको यहोवा वा येशू होइन; म त आखिरी दिनहरूमा फर्केर आएको परमेश्‍वर, युगको अन्त ल्याउने परमेश्‍वर हुँ। म पृथ्वीको पल्लो छेउबाट उदय हुने, मेरो समग्र स्वभावले पूर्ण भएको, र अख्तियार, आदर र महिमाले भरिपूर्ण परमेश्‍वर स्वयम्‌ हुँ। मानिसहरू कहिल्यै पनि मसँग संलग्न भएका छैनन्, मलाई कहिल्यै चिनेका छैनन् र सदैव मेरो स्वभावप्रति अनभिज्ञ भएका छन्। संसारको सृष्टिदेखि अहिलेसम्म नै एक जनाले पनि मलाई देखेको छैन। आखिरी दिनहरूमा मानिसमा देखा पर्नुहुने र मानिसहरू माझ गुप्त परमेश्‍वर उहाँ नै हुनुहुन्छ। उहाँ मानिस माझ सत्य र वास्तविक रूपमा जलिरहेको सूर्य र प्रज्वलित ज्वालाजस्तै शक्ति र अधिकारले पूर्ण भएर बास गर्नुहुन्छ। मेरा वचनहरूद्वारा न्याय नगरिने एक जना व्यक्ति वा चीज छैन र प्रज्वलित आगोद्वारा शुद्ध नपारिने एक जना व्यक्ति वा चीज छैन। अन्तमा, मेरा वचनहरूको कारणले सबै जातिहरूलाई आशिष्‌ दिइनेछ, र मेरो वचनहरूको कारणले टुक्रा-टुक्रा पारिनेछ। यसरी, आखिरी दिनहरूको अवधिका सबै मानिसहरूले म फर्केर आएको मुक्तिदाता हुँ र म सारा मानवजातिमाथि विजय हासिल गर्ने सर्वशक्तिमान् परमेश्‍वर हुँ भनी देख्नेछन्। म कुनै समय मानिसको निम्ति पापबलि थिएँ, तर म आखिरी दिनहरूमा सबै थोकलाई भस्म गर्ने सूर्यको ज्वालाका साथसाथै सबै थोकलाई उदाङ्गो पार्ने धार्मिकताको सूर्य पनि भएको छु भनी सबैले देख्नेछन्। आखिरी दिनहरूका मेरो काम यही हो। मैले यो नाउँ धारण गरेँ र यो स्वभाव लिएँ ताकि म धर्मी परमेश्‍वर, उज्वल सूर्य, प्रज्वलित ज्वाला हुँ भन्‍ने सबै मानिसहरूले देखून्, र ताकि सबैले म, एक मात्र साँचो परमेश्‍वरको आराधना गरून्, र ताकि तिनीहरूले मेरो साँचो रूप देख्न सकून्: म इस्राएलीहरूको मात्र परमेश्‍वर होइन, र म उद्धारकर्ता मात्र होइन; म स्वर्गहरू, पृथ्वी र समुद्रभरिका सबै प्राणीहरूका परमेश्‍वर हुँ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ)

सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू अत्यन्तै स्पष्ट छन्। यहोवा, येशू, र सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍ने नामहरू एक मात्र साँचो परमेश्‍वरका नामहरू हुन्। उहाँले व्यवस्थाको युग, अनुग्रहको युग, र राज्यको युगको लागि फरक-फरक नाम लिनुहुन्छ। युगसँगै उहाँको काम र नाम परिवर्तन भए पनि, र उहाँ फरक तरिकाले देखा पर्नुभए पनि, उहाँको सार कहिल्यै परिवर्तन हुँदैन, र उहाँको स्वभाव, र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो कहिल्यै परिवर्तन हुँदैन। उहाँ अनन्त रूपमा एउटै परमेश्‍वर, एउटै आत्मा हुनुहुन्छ, र उहाँले मानवजातिलाई अगुवाइ गर्न, छुटकारा दिन, र पूर्ण मुक्ति दिन काम गरिरहनुभएको छ। आखिरी दिनहरूमा, उहाँ सर्वशक्तिमान् परमेश्‍वरको रूपमा देहधारी बन्‍नुहुन्छ, र उहाँलाई येशू नामले नबोलाइए पनि, र उहाँ साधारण व्यक्ति जस्तो देखिनुभए पनि, उहाँले मानवजातिलाई शुद्ध पार्ने र मुक्ति दिने सबै सत्यता व्यक्त गर्नुभएको छ, र उहाँले परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गर्दैहुनुहुन्छ। उहाँले हामीलाई शैतानद्वारा गरिएको गहन भ्रष्टता र हाम्रो शैतानी प्रकृति प्रकट गर्दै आफ्‍ना वचनहरूद्वारा मानिसहरूको न्याय र खुलासा गर्नुहुन्छ, र शुद्ध हुन र मुक्ति पाउनको लागि हामीलाई चाहिने सत्यताका सबै पक्षहरू उहाँले हामीलाई देखाउनुहुन्छ। उहाँका चुनिएका मानिसहरूले हरेक दिन उहाँका वचनहरू खाने र पिउने गर्छन्, उहाँका वचनहरूको न्याय, सजाय, निराकरण, जाँच, र शोधनलाई स्वीकार गर्छन्, र तिनीहरूको भ्रष्ट स्वभावलाई निरन्तर धोइन्छ र परिवर्तन गरिन्छ। तिनीहरू दुष्टता र शैतानका शक्तिहरूबाट बिस्तारै उम्कन्छन्, र परमेश्‍वरद्वारा पूर्ण मुक्ति पाउँछन्। सर्वशक्तिमान्‌ परमेश्‍वरले पहिले नै विपत्तिहरूभन्दा अघि विजेताहरूको समूह पूरा गरिसक्‍नुभएको छ, यसरी उहाँले परमेश्‍वरको बुद्धि र सर्वशक्तिमान्‌तालाई पूर्ण रूपमा देखाउनुभएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वरको कामको अवधिमा, कम्युनिस्ट पार्टीका शैतानी शक्तिहरूको निरन्तर निर्दयी सतावट र पक्राउ साथै धार्मिक संसारका ख्रीष्ट-विरोधी शक्तिहरूले पागलले झैँ गरेको दोषारोपण र ईश्‍वर निन्दाको बाबजुत पनि, सर्वशक्तिमान्‌ परमेश्‍वरको राज्यको सुसमाचार पूर्वदेखि पश्चिमसम्‍म, सम्पूर्ण विश्‍वमा फैलिएको छ। यसले परमेश्‍वरको महान् काम पूरा हुँदैछ, सर्वशक्तिमान् परमेश्‍वरले शैतानमाथि पूर्ण विजय र सबै महिमा प्राप्त गर्दैहुनुहुन्छ भन्‍ने देखाउँछ! ठूला-ठूला विपत्तिहरू पहिले नै सुरु भइसकेका छन् र धार्मिक संसार भताभुङ्ग अवस्थामा परेको छ, तर तिनीहरू धेरै जना अझै पनि जिद्दी भई प्रभु येशूको नाउँमा नै लागिरहेका छन्, उहाँ बादलको सवारीमा आउनुहुनेछ भनेर प्रतीक्षा गरिरहेका छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरले जति धेरै सत्यता व्यक्त गर्नुभएको भए पनि, उहाँको काम जति महान् भए पनि, तिनीहरूले यसलाई स्वीकार गर्न मान्दैनन्। तिनीहरूले पागलले झैँ उहाँ देखा पर्नुभएको घटना र कामलाई दोष दिने र विरोध गर्ने समेत गर्छन्। पागलले झैँ प्रभु येशूको विरोध गर्दै मसीहको नाममा लागिरहने फरिसीहरूभन्दा तिनीहरू कसरी फरक भए र? के तिनीहरू सबै आधारभूत रूपमा परमेश्‍वरलाई क्रूसमा टाँग्‍ने मानिसहरू नै होइनन् र? तिनीहरू व्यर्थैमा प्रभु येशूको नाममा लागिरहन्छन्, तर सर्वशक्तिमान्‌ परमेश्‍वरलाई पागलले झैँ विरोध गर्ने र दोष दिने गर्छन्। अन्त्यमा तिनीहरूलाई के कुराले पर्खिरहेको छ भन्‍ने तपाईंलाई लाग्छ?

अन्त्यमा हामी, सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको भिडियो हेरौं। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “के तिमीहरू फरिसीहरूले येशूको विरोध गर्नुको जड जान्‍न चाहन्छौ? के तिमीहरू फरिसीहरूको सार जान्‍न चाहन्छौ? तिनीहरू मसीहका बारेमा कल्पनाहरूले भरिएका थिए। यसअतिरिक्त, तिनीहरूले मसीह आउनुहुन्छ भनी विश्‍वास त गरे, तर जीवनको सत्यतालाई भने पछ्याएनन्। त्यसैले, तिनीहरू आज पनि अझै मसीहको प्रतीक्षा गर्छन्, किनभने तिनीहरूसित जीवनको मार्गको कुनै ज्ञान छैन र सत्यताको मार्ग के हो भन्‍ने कुरा तिनीहरूलाई थाहा छैन। यस्ता मूर्ख, हट्ठी र निर्बुद्धि मानिसहरूले परमेश्‍वरको आशिष्‌ प्राप्‍त गर्न सक्थे भनी कसरी तिमीहरू भन्छौ? तिनीहरूले मसीहलाई कसरी देख्‍न सक्थे? तिनीहरूले येशूको विरोध गरे, किनभने तिनीहरूले पवित्र आत्माको कार्यको दिशा थाहा पाएनन्, र येशूले बोल्नुभएको सत्यताको मार्गलाई चिनेनन्; यसका अतिरिक्त, तिनीहरूले मसीहलाई पनि बुझेनन्। तिनीहरूले मसीहलाई कहिल्यै नदेखेका, र तिनीहरू मसीहका साथमा कहिल्यै नरहेका हुनाले, तिनीहरूले मसीहको नाउँमा मात्रै अल्झिबस्‍ने तर मसीहको सारलाई हरसम्भव साधनहरूद्वारा विरोध गरिरहने गल्ती गरे। सारमा यी फरिसीहरू हट्ठी र अहङ्कारी थिए र तिनीहरूले सत्यताको पालन गर्दैनथे। परमेश्‍वरप्रति तिनीहरूको विश्‍वासको सिद्धान्त यस्तो थियोः तिम्रो प्रचार जति नै गहन भए पनि, तिम्रो अधिकार जति नै उच्‍च भए पनि, तिमीलाई मसीह नभनिएसम्म तिमी ख्रीष्ट होइनौ। के यो विश्‍वास उपहासपूर्ण र हास्यास्पद छैन र? म तिमीहरूलाई अझै अरू कुराहरू सोध्छु: तिमीहरूसित येशूको थोरै बुझाइ पनि नभएकाले, तिमीहरूले पनि प्राचीन फरिसीहरूको गल्ती गर्न अत्यन्त सजिलो छैन र? के तैँले सत्यताको मार्ग ठम्याउन सक्छस्? के तैँले म येशूको विरोध गर्नेछैनँ भनी साँच्‍चै कबुल गर्न सक्छस्? के तैँले पवित्र आत्माको कार्य अनुसरण गर्न सक्छस्? तैँले ख्रीष्टको विरोध गर्नेछस् कि छैनस् भन्‍ने तँलाई थाहा छैन भने, म त भन्छु, तँ पहिले नै मृत्युको खतरामा जिइरहेको छस्। मसीहलाई नचिन्‍नेहरू सबैले येशूको विरोध गर्न, येशूलाई इन्कार गर्न र उहाँको निन्दा गर्न सक्थे। येशूलाई नबुझ्ने मानिसहरूले उहाँलाई इन्कार गर्न सक्छन् र गालीगलौज गर्न सक्छन्। यसअतिरिक्त, तिनीहरूले येशूको पुनरागमनलाई शैतानको छलको रूपमा देख्‍न सक्छन् र अझ धेरै मानिसहरूले देहमा फर्कनुभएका येशूको निन्दा गर्नेछन्। के यी सबै कुराहरूले तिमीहरूलाई भयभीत तुल्याउँदैनन्? तिमीहरूले सामना गर्ने कुरा पवित्र आत्मा विरुद्धको ईश्‍वरनिन्दा, मण्डलीहरूका लागि पवित्र आत्माले बोल्नुभएका वचनहरूको विनाश र येशूले व्यक्त गर्नुभएका सबै कुराहरूको तिरस्कार हुनेछ। यदि तिमीहरू नै यति धेरै अन्योलमा छौ भने तिमीहरूले येशूबाट के प्राप्‍त गर्न सक्छौ? यदि तिमीहरू आफ्ना त्रुटिहरू महसुस गर्न हठपूर्वक इन्कार गर्छौ भने, सेतो बादलमा येशू देह भई फर्कनुहुँदा तिमीहरूले उहाँको काम कसरी बुझ्न सक्छौ? म तिमीहरूलाई भन्छुः सत्यता ग्रहण नगर्ने, तर सेतो बादलमा येशूको आगमनलाई अन्धाधुन्ध प्रतीक्षा गर्ने मानिसहरूले निश्‍चय नै पवित्र आत्माको निन्दा गर्नेछन् र तिनीहरू नष्ट पारिने श्रेणीका मानिसहरू हुन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्‍नुभएको हुनेछ)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

आखिरी दिनहरूका देहधारी परमेश्‍वर किन महिला हुनुहुन्छ?

आखिरी दिनहरूमा, देहधारी सर्वशक्तिमान्‌ परमेश्‍वर काम गर्न र धेरै सत्यताहरू व्यक्त गर्न देखा पर्नुभएको छ। यी सत्यताहरूलाई इन्टरनेटमा राखिएका...

विश्‍वासद्वारा पाइने मुक्तिले परमेश्‍वरको राज्यमा प्रवेश प्राप्त हुन्छ?

महामारी निरन्तर फैलिरहेको छ, र भूकम्प, बाढीपहिरो, कीराफट्याङ्ग्राको महामारी, अनिकालहरू पैदा हुन थालेका छन्। धेरै मानिसहरू निरन्तर चिन्ताको...

किन परमेश्‍वरले आखिरी दिनहरूको न्यायको काम गर्न देहधारण गर्नुहुन्छ?

हामीले आखिरी दिनहरूमा परमेश्‍वरको न्यायको कामबारे पहिले नै केही पटक कुराकानी गरिसकेका छौँ। आज हामी कसले यो न्यायको काम गर्नुहुन्छ भनेर...

प्रभु येशूले मानवजातिलाई छुटकारा दिनुभएको छ, त्यसोभए आखिरी दिनहरूमा आउनुहुँदा उहाँले किन न्यायको काम गर्नुहुन्छ?

२,००० वर्ष पहिले, देहधारी प्रभु येशू मानवजातिलाई पापबाट छुटकारा दिन क्रूसमा टाँगिनुभयो, र यसरी पापबलि बनेर आफ्‍नो छुटकाराको काम पूरा...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्