के धर्मगुरुहरूलाई पछ्याउनु परमेश्‍वरलाई पछ्याउनु हो?

2 डिसेम्बर 2021

२,००० वर्ष पहिले, हाम्रा प्रभु येशू छुटकाराको काम गर्न आउनुभयो र उहाँलाई यहूदी विश्‍वासका मुख्य पूजाहारीहरू, शास्‍त्रीहरू, र फरिसीहरूले पागलले झैँ निन्दा गरे। धेरैजसो यहूदीहरूले आफ्‍नो धर्मगुरुहरूलाई प्रिय ठान्‍ने भएकाले, प्रभु येशूलाई दोष दिने र इन्कार गर्ने क्रममा तिनीहरू पनि ख्रीष्ट-विरोधीहरूसँगै लागे, र अन्तिममा उहाँलाई क्रूसमा टाँग्‍न हात उठाए। यो अत्यन्तै गहन पाप थियो र यसले परमेश्‍वरको दण्डाज्ञा र दण्ड ल्यायो, र यसले इस्राएलको राज्यलाई २,००० वर्षसम्‍म बरबाद गर्यो। आखिरी दिनहरूमा प्रभु येशू सर्वशक्तिमान्‌ परमेश्‍वरको रूपमा फर्केर आइसक्‍नुभएको छ, मानवजातिलाई पूर्ण रूपमा धुन र मुक्ति दिन सत्यता व्यक्त र न्यायको काम गर्दैहुनुहुन्छ। उहाँले धार्मिक संसारले पागलले झैँ गरेको दोषारोपण र विरोध पनि सहनुहुन्छ। तिनीहरूले साँचो मार्गको खोजी गरिरहेका विश्‍वासीहरूको मार्गमा खडा हुँदै, सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सत्यता हुन्, ती शक्तिशाली, अख्तियारपूर्ण छन्, र परमेश्‍वरबाट आएका हुन् भन्‍ने स्पष्ट रूपमा देखे पनि धेरै मानिसहरूलाई यसबारे अनुसन्धान गर्न र यसलाई स्वीकार गर्न डराएको अवस्थामा पुर्याउँदै आफ्‍ना मण्डलीहरूलाई बन्धनभित्र राख्छन्। यसको परिणाम स्वरूप, धेरैले प्रभुलाई स्वागत गर्ने मौका गुमाइरहेका छन् र विपत्तिहरूमा परिरहेका छन्। प्रभुलाई स्वागत गर्ने कुरामा तिनीहरूले कहाँ गल्ती गरेका छन्? तिनीहरूले आफ्‍ना धर्मगुरुहरूलाई प्रिय ठान्‍ने भएकाले यस्तो भएको हो! तिनीहरूले के विश्‍वास गर्छन् भने धर्मगुरुहरूलाई परमेश्‍वरले त्यो स्थानमा राख्‍नुभएको हो र तिनीहरूलाई परमेश्‍वरले प्रयोग गर्नुहुन्छ, अनि तिनीहरूको आज्ञापालन गर्नु भनेको परमेश्‍वरको आज्ञापालन गर्नु हो, त्यसकारण ती विश्‍वासीहरू तिनीहरूकै पछि लाग्छन्, तिनीहरूका वचनहरू परमेश्‍वरबाट आएका झैँ गर्दै तिनमा समर्पित हुन्छन्। कतिले त के पनि सोच्छन् भने प्रभु येशू फर्कनुहुँदा उहाँले अवश्य नै पादरीवर्गलाई पहिले जानकारी दिनुहुन्छ, त्यसकारण यो कुरा तिनीहरूको मुखबाट नसुन्दा त्यसले उहाँ आउनुभएको छैन भन्‍ने प्रमाणित गर्छ। त्यसपछि तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको कामलाई अनुसन्धान गर्न समेत प्रयास गर्दैनन्, तर उहाँलाई दोष दिने कार्यमा धर्मगुरुहरूलाई नै पछ्याउँछन्। त्यसकारण तिनीहरूले उठाई लगिने मौका गुमाइरहेका छन्, र विपत्तिमा परिरहेका छन्। यो कसको गल्ती हो? यसको सरल उत्तर छैन। धेरै पहिले प्रभु येशूलाई विरोध गर्ने र दोषी ठहराउने फरिसीहरूलाई परमेश्‍वरले दण्डाज्ञा दिनुभयो, र आज धार्मिक संसारका धेरै मानिसहरूले तिनीहरूबाट त्यो पीडादायी पाठ सिकेका छैनन्। तिनीहरूले अन्धाधुन्ध आफ्‍ना पादरीवर्गको उपासना गर्ने हुनाले, फर्कनुभएका प्रभु येशूलाई दोष दिने कार्यमा तिनीहरूसँगै लागेर, परमेश्‍वरलाई फेरि क्रूसमा चढाइरहेका छन्। यो साँच्‍चै नै लाजको कुरा हो! त्यसो भए, के धर्मगुरुहरूलाई साँच्‍चै नै परमेश्‍वरले नै त्यो ठाउँमा राख्‍नुभएको हो त? के तिनीहरूमा समर्पित हुनु परमेश्‍वरलाई पछ्याउनु जस्तै हो? यस विषयमा स्पष्टता प्राप्त गर्नु निकै जटिल विषय हो।

धेरै जना विश्‍वासीहरूले धर्मगुरुहरू, पोप, बिशप, पाष्टर, र एल्डरहरू जस्ता पादरीवर्गहरूलाई प्रभु येशूले नै नियुक्त गरेर प्रयोग गर्नुभएको हो र तिनीहरूसँग विश्‍वासीहरूलाई अगुवाइ गर्ने अख्‍तियार छ, त्यसकारण तिनीहरूको आज्ञापालन गर्नु परमेश्‍वरको आज्ञापालन गर्नु सरह हो भन्‍ने सोच्छन्। यो विश्‍वासको आधार के हो? के प्रभु येशूले कहिल्यै सबै धर्मगुरुहरूलाई परमेश्‍वरले नै त्यो स्थानमा राख्‍नुभएको हुन्छ भनेर भन्‍नुभयो? उहाँले कहिल्यै त्यसो भन्‍नुभएको छैन। के तिनीहरूसँग पवित्र आत्‍माको गवाही, वा आत्माको कामको प्रमाण छ? छैन। यसले यो पूर्ण रूपमा मानव धारणा मात्रै हो भन्‍ने प्रमाणित गर्छ। यसको बारेमा विचार गरौं। सबै धर्मगुरुहरूलाई परमेश्‍वरले नै त्यो स्थानमा राख्‍नुभएको हो भन्‍ने मानव विचारको आधारमा हेर्दा प्रभु येशूलाई विरोध गर्ने र दोष दिने यहूदी मुख्य पूजाहारीहरू, शास्‍त्रीहरू, र फरिसीहरूको हकमा पनि यही कुरा सत्य हुन सक्छ त? के प्रभु येशूलाई क्रूसमा टाँग्‍ने कार्यमा तिनीहरूको पछि लाग्‍नु पनि परमेश्‍वरमा समर्पित हुनु नै थियो त? यो पादरीवर्गलाई व्यवहार गर्ने मूर्ख तरिका हो भन्‍ने कुरा स्पष्टै छ! हामीले बाइबलमा हेर्दा परमेश्‍वरको हरेक युगको काममा उहाँले आफ्‍नो काममा सहयोग गर्ने मानिसहरू नियुक्ति गर्नुहुन्छ भन्‍ने कुरा सत्य हो भन्‍ने देख्‍न सक्छौं। ती सबै मानिसहरूलाई परमेश्‍वरले नै व्यक्तिगत रूपमा बोलाउनुभएको र उहाँले गवाही दिनुभएको हुन्छ र यो कुरालाई परमेश्‍वरका वचनहरूले देखाउँछन्। तिनीहरूलाई कहिल्यै पनि अरू मानिसहरूले नियुक्त गर्दैनन्, र तिनीहरू मानवद्वारा कलङ्कित भएका हुँदैनन्। व्यवस्थाको युगको बारेमा विचार गरौं, जब परमेश्‍वरले इस्राएलीहरूलाई मिश्रबाट निकाल्‍नको लागि मोशालाई प्रयोग गर्नुभयो। यहोवा परमेश्‍वरका आफ्‍नै वचनहरूले यसको गवाही दियो। यहोवा परमेश्‍वरले मोशालाई भन्‍नुभयो, “अब यसैले, हेर्, इस्राएलका सन्तानको रोदन मकहाँ आएको छ: र मिश्रीहरूले तिनीहरूलाई गरेको थिचोमिचो पनि मैले देखेको छु। यसैले आइज र म तँलाई फारोकहाँ पठाउनेछु, ताकि तैँले मेरा मानिसहरू इस्राएलका सन्तानहरूलाई मिश्रबाट निकालेर ल्याउनेछस्” (प्रस्थान ३:९-१०)। अनुग्रहको युगमा, मण्डलीहरूको रेखदेख गर्नको लागि प्रभु येशूले पत्रुसलाई प्रयोग गर्नुभयो, र उहाँले पत्रुसलाई पनि गवाही दिनुभयो। प्रभु येशूले पत्रुसलाई भन्‍नुभयो, “यूहन्‍नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ? … मेरा भेडालाई खुवाऊ” (यूहन्‍ना २१:१७)। “र म तिमीलाई पनि भन्दछु, कि तिमी पत्रुस हौ र यस चट्टानमाथि म मेरो मण्डली निर्माण गर्नेछु; र नरकका ढोकहरूले यसलाई जित्‍नेछैनन्। अनि म तिमीलाई स्वर्ग राज्यका चाबीहरू दिनेछु: र तिमीले पृथ्वीमा जे बाँध्छौ, त्यो स्वर्गमा बाँधिनेछ: अनि तिमीले पृथ्वीमा जे फुकाउँछौ, त्यो स्वर्गमा फुकाइनेछ” (मत्ती १६:१८-१९)। परमेश्‍वरले हरेक युगमा प्रयोग गर्नुहुने मानिसहरूलाई व्यक्तिगत रूपमा नै तिनीहरूको स्थानमा राख्‍नुहुन्छ र गवाही दिनुहुन्छ, र यो कुरालाई पवित्र आत्‍माको कामले प्रमाणित गरेको हुन्छ। व्यवस्था र अनुग्रहको युगमा कहिलेकहीँ परमेश्‍वरले प्रयोग गर्नुभएका व्यक्तिहरूलाई उहाँले व्यक्तिगत रूपमा नै स्थापित गर्नुभयो र गवाही दिनुभयो। कहिलेकहीँ उहाँले अरू विधिहरूको प्रयोग गर्नुभयो। त्यसमा आफूले प्रत्यक्ष नियुक्ति नगरी उहाँले यो कुरा अगमवक्ताहरूद्वारा प्रकट गर्नुहुन्थ्यो, वा त्यहाँ पवित्र आत्‍माको कामको प्रमाण हुन्थ्यो। यो कुरा अकाट्य छ। आजको धार्मिक संसारमा, कसले पोप, बिशप, पाष्टर, र एल्डरहरूलाई तिनीहरूले लिएको पद दियो? के त्यहाँ परमेश्‍वरका वचनहरूको प्रमाण वा पवित्र आत्‍माको काम छ? के आत्माले तिनीहरूलाई गवाही दिनुभएको छ? अवश्य छैन! वास्तवमा, मण्डलीका सबै धर्मगुरुहरूमध्ये धेरैजसो मानिसहरू सेमिनारी र ईश्‍वरशास्‍त्रीय स्कूलहरूबाट दीक्षान्त गरेका हुन्छन्, र ईश्‍वरशास्‍त्रमा डिग्री हासिल गरेका हुन्छन्। हातमा डिप्‍लोमा बोकेर, तिनीहरूलाई विश्‍वासीहरूको अगुवाइ गर्नको लागि मण्डलीहरूमा खटाइएको हुन्छ। कति मानिसहरू वरदानप्राप्त र सिपालु हुन्छन्, र आफ्‍नो काम राम्ररी सिकेका हुन्छन्, त्यसकारण तिनीहरूलाई माथिल्‍लो तहका नेतृत्वले नियुक्त वा सिफारिश गरेका हुन्छन् र तिनीहरू आफ्‍नो पदबाट बढुवा भएका हुन्छन्। धार्मिक संसारका सबै पादरीवर्गले यसरी नै आफ्‍नो पद प्राप्त गरेका हुन्छन्, तर धेरैजसोमा पवित्र आत्‍माको कामको कमी हुन्छ। तिनीहरूमध्ये थोरैसँग पवित्र आत्माको थोरै काम हुन्छ, तर तिनीहरूसँग उहाँको गवाही हुँदैन। त्यसकारण हामी के कुरामा निश्‍चित हुनसक्छौं भने, तिनीहरू परमेश्‍वरले गवाही दिनुहुने वा प्रयोग गर्नुहुने मानिसहरू होइनन्। तिनीहरू स्पष्ट रूपमा नै अरू मानिसहरूले हुर्काएका र चुनेका मानिसहरू हुन्, त्यसकारण तिनीहरू आफूलाई परमेश्‍वरले नै त्यो स्थानमा राख्‍नुभएको हो भनेर किन जोड दिन्छन्? के त्यो तथ्यहरूको विपरीत जानु होइन र? के त्यो निर्धक्‍क साथ आफैसँग झूट बोल्‍नु र गवाही दिनु होइन र? यसका परिणामहरू के-के हुन्छन्? के त्यो विश्‍वासीहरूलाई छल गर्नु र हानि गर्नु होइन र? कतिपय धर्मगुरुहरूले त प्रभु येशूले पत्रुसलाई दिनुभएको बोलावटका वचनहरू प्रयोग गरेर प्रभु येशूले पत्रुसलाई दिनुभएको अख्‍तियार पोपलाई हस्तान्तरण गरियो, त्यसकारण पोपलाई परमेश्‍वरले अधिकार दिनुभएको छ र उसले प्रभु येशूको प्रतिनिधित्व गर्न सक्छ, र पादरीहरूले पोपलाई पछ्याउने हुनाले, तिनीहरूले पनि परमेश्‍वरबाट अख्तियार पाएका छन्, त्यसकारण तिनीहरूले पाप क्षमा गर्न सक्छन् भनेर पनि लाज विहीन रूपमा दाबी गर्छन्। के त्यो हास्यास्पद कुरा होइन र? के प्रभु येशूले कहिल्यै पत्रुसलाई दिइएको अख्‍तियार पादरीवर्गका पुस्ताहरूलाई हस्तान्तरण गर्नू भनी भन्‍नुभयो? प्रभु येशूले कहिल्यै पनि त्यसो भन्‍नुभएन! के पत्रुसले कहिल्यै त्यस्ता कुरा बताएका छन्? अवश्य नै छैनन्! बाइबलमा त्यस्तो कुनै कुरा लेखिएको छैन। त्यो बेला कुनै पोप थिएन, कुनै पादरी थिएन भन्‍ने कुरा पनि साँचो हो। त्यसकारण आफूलाई परमेश्‍वरले अख्तियार दिनुभएको हो र प्रभु येशूको प्रतिनिधित्व गर्न सक्छु भनी दाबी गर्ने धर्मगुरुहरूले परमेश्‍वर भएको बहाना गरिरहेका छन् र मानिसहरूलाई बहकाइरहेका छन्, होइन र? के तिनीहरूको आज्ञापालन गर्ने र तिनीहरूलाई ढोग्‍नेहरूले मूर्ति पूजा गरिरहेका छैनन् र? के त्यो परमेश्‍वरको विरुद्धमा काम गर्नु होइन र? धेरै मानिसहरूले यो कुरालाई बुझ्दैनन्, र तिनीहरूले आफ्‍ना धर्मगुरुहरूलाई अन्धाधुन्ध पुजिरहेका हुन्छन्, किनभने तिनीहरूलाई परमेश्‍वरले नै त्यो स्थानमा राख्‍नुभएको हो भन्‍ने तिनीहरू सोच्छन्। यो कति मूर्ख र अज्ञानी हो भन्‍ने तपाईं देख्‍न सक्‍नुहुन्छ? यो कसरी अविश्‍वासीहरूले मूर्तिहरू पुजेको भन्दा फरक भयो र? यदि तपाईं विश्‍वासी हुनुहुन्छ, तर परमेश्‍वरको वचन पालन गर्नुहुन्‍न भने, यदि तपाईं आफ्‍नो पाप स्वीकार गर्न अरू मानिसहरूको अघि तिनीहरू ईश्‍वर हुन् झैँ गरेर आराधना गर्नुहुन्छ र घुँडा टेक्‍नुहुन्छ भने, के तपाईंले परमेश्‍वरलाई अनादर र निन्दा गरिरहनुभएको हुँदैन र? मूर्ख तरिकाले यसो गर्ने मानिसहरूलाई परमेश्‍वरले मुक्ति दिन सक्‍नुहुन्छ? अवश्य सक्‍नुहुन्‍न। मूर्ख तरिकाले यसो गर्ने मानिसहरूलाई परमेश्‍वरले अनुमोदन गर्न सक्‍नुहुन्‍न।

हामी के कुरामा स्पष्ट हुनुपर्छ भने, परमेश्‍वरले कसैलाई नियुक्त गर्ने कार्य लापरवाही वा मनोमानी कुरा होइन। त्यसमा प्रमाण हुनुपर्छ। परमेश्‍वरले मोशालाई नियुक्त गर्नुभएको तथ्यको प्रमाण थियो, र कम्तीमा पनि इस्राएलीहरूलाई त्यो कुरा थाहा थियो। प्रभु येशूले पत्रुसलाई नियुक्त गर्नुभएको तथ्य पनि वास्तविक नै थियो, र यसको बारेमा प्रेरितहरूलाई थाहा थियो। त्यसकारण, परमेश्‍वरले कसैलाई उसको स्थानमा राख्‍नुभएको हो भन्‍ने दाबीको तथ्यगत आधार हुनुपर्छ। कुनै पनि मानिसले मनोमानी ढङ्गले यसको दाबी गर्न सक्दैन। हामीले के पनि देख्‍न सक्छौं भने परमेश्‍वरले नियुक्त गर्नुहुने जोसुकै व्यक्तिसँग पवित्र आत्‍माको अगुवाइ र पवित्र आत्‍माको प्रमाणीकरण हुनेछ। तिनीहरूको कार्यले परमेश्‍वरको इच्छालाई पूरा गर्नेछ र यसले अत्यन्तै स्पष्ट परिणामहरू हासिल गर्नेछन्। तिनीहरूले परमेश्‍वरको आज्ञालाई अघि बढाउन सक्छन्। हामी सर्वशक्तिमान्‌ परमेश्‍वरले यसको बारेमा के भन्‍नुभएको छ हेरौं। “उसको कामको सार र उसको प्रयोगको पृष्ठभूमिको हिसाबमा परमेश्‍वरद्वारा प्रयोग गरिएको मानिसलाई उहाँले नै खडा गर्नुहुन्छ, उसलाई परमेश्‍वरको कामका लागि परमेश्‍वरले नै तयार गर्नुहुन्छ, र उसले स्वयम् परमेश्‍वरको काममा सहकार्य गर्दछ। कुनै पनि व्यक्तिले कहिल्यै पनि उसको सट्टामा आफ्नो काम गर्न सक्दैन—ईश्‍वरीय कार्यको साथमा हुनुपर्ने अपरिहार्य मानवीय सहकार्य हो। यस बीचमा अन्य कामदारहरू वा प्रेरितहरूले गरेका कामहरू, प्रत्येक युगको अवधिमा मण्डलीहरूका लागि गरिएको बन्दोबस्तका विभिन्न पक्षहरूको साधन र कार्यान्वयन मात्र हो, वा मण्डलीको जीवनलाई कायम राख्ने जीवनका केही सामान्य प्रबन्धको काम मात्र हो। यी कामदारहरू र प्रेरितहरू परमेश्‍वरद्वारा नियुक्त गरिएका होइनन्, तिनीहरूलाई पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसहरू भनेर भन्‍न सकिने त कुरै नगरौं। तिनीहरू मण्डलीहरूको बीचबाट चुनिन्छन् र तिनीहरूलाई केही समयसम्म तालिम दिएर विकास गरिसकेपछि योग्य ठहरिएकाहरूलाई राखिन्छ, अनि अयोग्य ठहरिएकाहरूलाई तिनीहरू जहाँबाट आएका थिए त्यहीँ फर्काइन्छ। यी व्यक्तिहरूलाई मण्डलीहरूको बीचबाट चुनिने हुनाले अगुवा बनेपछि कसै-कसैले आफ्नो वास्तविक रङ्ग देखाउँछन्, अनि कसैले त धेरै खराब कामहरू गर्छन् र पदबाट हटाइन्छन्। अर्कोतिर, परमेश्‍वरद्वारा प्रयोग गरिएको मानिस त्यस्तो व्यक्ति हो जसलाई परमेश्‍वर आफैले तयार पार्नुभएको हुन्छ, र जसको कुनै निश्चित क्षमता हुन्छ, र जोसँग मानवता हुन्छ। ऊ अघिबाटै पवित्र आत्माद्वारा तयार पारिएको र सिद्ध बनाइएको हुन्छ, र ऊ पूर्ण रूपमा पवित्र आत्माद्वारा डोऱ्याइन्छ, अनि, विशेष गरी जब उसको कामको कुरा आउँछ, उसले पवित्र आत्माद्वारा निर्देशन र आज्ञा पाएको हुन्छ—यसको फलस्वरूप परमेश्‍वरले चुन्नुभएका मानिसहरूलाई डोऱ्याउनका लागि बाटोमा कुनै बाधा हुँदैन, किनकि परमेश्‍वरले निश्चय आफ्नै कामको जिम्मेवारी लिनुहुन्छ, र परमेश्‍वरले हरसमय उहाँको आफ्नो काम गर्नुहुन्छ” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरले मानिसलाई प्रयोग गर्नुहुने सम्बन्धमा”)।

सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले हामीलाई के देखाउँछन् भने परमेश्‍वरले आफ्‍नो कामको लागि नियुक्त गरेर प्रयोग गर्नुहुने मानिसहरूलाई अग्रिम रूपमा तयारी गर्नुहुन्छ, परमेश्‍वरले आफ्‍ना मानिसहरूलाई डोर्याउनको लागि खडा गर्नुहुने मानिसहरू तिनीहरू नै हुन्। तिनीहरूका काम र प्रवचनहरू पूर्ण रूपमा पवित्र आत्‍माका बन्दोबस्‍त र अगुवाइबाट आएका हुन्छन्, र परमेश्‍वरले व्यक्तिगत रूपमा नियुक्त नगर्नुभएको कुनै पनि व्यक्तिले तिनीहरूलाई कहिल्यै पनि प्रतिस्थापन गर्न सक्दैन। व्यवस्थाको युगमा मोशाले र अनुग्रहको युगमा पत्रुसले उहाँका चुनिएका मानिसहरूलाई अगुवाइ गर्ने परमेश्‍वरका वचनहरूलाई र उहाँका मागहरूलाई कट्टरताको साथ पालन गरे, र परमेश्‍वरले तिनीहरूलाई हरेक मोडमा सहायता गर्दै सधैँ तिनीहरूसँग रहनुभयो। परमेश्‍वरले कहिल्यै पनि गलत व्यक्तिलाई वा उहाँको विरुद्धमा काम गर्ने व्यक्तिलाई प्रयोग गर्नुहुन्‍न। उहाँ सधैँ आफ्‍नो कामको निम्ति जिम्‍मेवार हुनुहुन्छ। परमेश्‍वरले प्रयोग गर्नुभएका मानिसहरूले आफ्ना काम र वचनहरूमा पवित्र आत्‍माको निरन्तर अन्तर्दृष्टि पाउँछन् र तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई उहाँका वाणीहरू, उहाँको इच्‍छा, र उहाँका मागहरू बुझ्‍न सहयोग गर्नका लागि परमेश्‍वरका वचनहरूको विशुद्ध बुझाइ बाँड्न सक्छन्। तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्ने र विश्‍वासको सही मार्ग समात्ने कार्यमा आएका व्यवहारिक समस्याहरू समाधान गर्नको लागि सधैँ सत्यताको प्रयोग गर्न सक्छन्। जब परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरद्वारा प्रयोग भएका मानिसहरूको रेखदेखलाई स्वीकार गर्छन् र त्यसमा समर्पित हुन्छन्, तब तिनीहरूले आफ्‍नो जीवनको साँचो भरण-पोषण प्राप्त गर्छन्, यसरी क्रमिक रूपमा सत्यताको झन्-झन् बढी बुझाइ प्राप्त गर्छन्, परमेश्‍वरको काम र स्वभावलाई अझै राम्ररी बुझ्छन्, र परमेश्‍वरप्रतिको तिनीहरूको विश्‍वास र प्रेमलाई विस्तार गर्छन्। त्यही कारणले गर्दा तिनीहरूलाई परमेश्‍वरका चुनिएका मानिसहरूले समर्थन गर्छन्, जसले ती मानिसहरूलाई परमेश्‍वरले त्यो स्थानमा राख्‍नुभएको हो र तिनीहरू परमेश्‍वरको हृदयअनुसारका छन् भन्‍ने कुरा हृदयदेखि नै जानेका हुन्छन्। जब हामीले तिनीहरूको नेतृत्वलाई स्वीकार गर्छौं र त्यसमा समर्पित हुन्छौं, तब त्यो परमेश्‍वरलाई पछ्याउनु र उहाँमा समर्पित हुनु जस्तै हो र त्यो परमेश्‍वरको इच्‍छा अनुरूपको कार्य हो। परमेश्‍वरले प्रयोग गर्नुहुने मानिसहरूलाई उहाँको कामको अनुभव गर्ने र उहाँलाई पछ्याउने कार्यमा उहाँका चुनिएका मानिसहरूको अगुवाइ गर्न सकून् भनेर त्यो स्थानमा राखिएको हुन्छ, र तिनीहरूका काम र प्रवचनहरू पूर्ण रूपमा पवित्र आत्‍माको नेतृत्व र अन्तर्दृष्टिबाट आएका हुन्छन्। तिनीहरूको नेतृत्वलाई स्वीकार गर्नु र तिनीहरूमा समर्पित हुनु भनेको वास्तवमा परमेश्‍वरमा नै समर्पित हुनु हो। तिनीहरूको विरोध गर्नु भनेको परमेश्‍वरको विरोध गर्नु हो, र यसो गरेमा परमेश्‍वरद्वारा खुलासा गरिने र हटाइनेछ, वा सायद दण्डाज्ञा पाएर दण्डित भइनेछ। यो कुरा मोशाले इस्राएलीहरूलाई मिश्रबाट निकालेर लैजाँदा कोरह र दातानको समूहले तिनको विरुद्धमा लडाइँ गरेको कारण तिनीहरूलाई परमेश्‍वरले दण्ड दिनुभएको घटना जस्तै हो। त्यो स्पष्ट तथ्य हो।

हामी आजका धर्मगुरुहरूको रूपमा रहेका पोप, क्याथोलिक धर्मका बिशप र पूजाहारीहरू, र इसाई जगतका पाष्टर, एल्डर, र अरू पादरीवर्गहरूलाई हेरौं। के तिनीहरूलाई परमेश्‍वरले नै त्यो स्थानमा राख्‍नुभएको हो? के परमेश्‍वरले तिनीहरूको समर्थनमा बोल्‍नुभएको छ? के तिनीहरूसँग पवित्र आत्‍माको कामको प्रमाण छ? के तिनीहरूसँग तिनीहरूको कामको फलहरूको प्रमाण छ? तिनीहरूसँग यीमध्ये कुनै पनि कुरा छैन। यसले तिनीहरूलाई मानिसले चुनेका हुन्, परमेश्‍वरले नियुक्त गर्नुभएको होइन भन्‍ने प्रमाणित गर्छ। हामीले तिनीहरूलाई सेमिनारीहरूमा दीक्षित भएका र आधिकारिक धार्मिक संस्थाहरूले नियुक्त गरेका हुन्छन् भन्‍ने देखिसकेका हुनाले, हामी अत्यन्तै होशियार हुनुपर्छ भन्‍ने हामीलाई थाहा छ। तिनीहरूमध्ये धेरैजसोले सत्यतामा विश्‍वास गर्दैनन् वा तिनीहरूमा साँचो विश्‍वास हुँदैन। तिनीहरूले धर्मशास्त्रमा, तिनीहरूको स्थान र पदमा, तिनीहरूले यसबाट आर्जन गर्ने आम्दानीमा विश्‍वास गर्छन्। बाइबल सम्‍बन्धी तिनीहरूको ज्ञान जति नै उच्‍च भए पनि वा तिनीहरूको प्रवचन जति राम्रो भए पनि, तिनीहरूसँग पवित्र आत्‍माको काम र अगुवाइ, वा पवित्र आत्‍माको अन्तर्दृष्टि हुँदैन। यसले हामीलाई के देखाउँछ भने तिनीहरू झूटा गोठालाहरू, गैर-विश्‍वासीहरू हुन्, र परमेश्‍वरले तिनीहरूलाई स्वीकार गर्नुहुन्‍न। त्यसकारण के तिनीहरूको आराधना गर्नु र तिनीहरूलाई पछ्याउनु अत्यन्तै मूर्ख कार्य होइन र? तिनीहरूसँग परमेश्‍वरका वचनहरूको गवाही र पवित्र आत्‍माले दिनुभएको प्रमाण नहुने बाहेक, तिनीहरू को हुन् भन्‍ने कुरा देख्‍न हामीलाई सहयोग गर्ने एउटा महत्त्वपूर्ण प्रमाण छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ, यसरी उहाँले खुलेआम मानिसहरूको साँचो रङ्गहरू प्रकट गर्नुभएको छ, र तिनीहरूले सत्यतालाई प्रेम गर्छन् कि गर्दैनन्, तिनीहरूले सत्यतालाई स्वीकार गर्छन् कि गर्दैनन्, तिनीहरूले सत्यतालाई मान्छन् कि मान्दैनन्, र तिनीहरूले सत्यतालाई घृणा र इन्कार गर्छन् कि गर्दैनन्। यो सबै कुरालाई प्रकट गरिन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सत्यता हुन्, उहाँ देहमा आउनुभएका परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर्नेहरू सत्यतालाई प्रेम गर्नेहरू हुन् र तिनीहरूसँग परमेश्‍वरको अनुमोदन हुन्छ। तिनीहरू परमेश्‍वरको आवाज सुनेर उहाँको सिंहासन अघि उठाइलगिने बुद्धिमती कन्याहरू हुन्। यदि कसैले सर्वशक्तिमान्‌ परमेश्‍वरले धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ भनेर देखेको छ, तर परमेश्‍वरको देखा पराइ र कार्यलाई विरोध, निन्दा, र इन्कार गरिरहन्छ भने, यसको अर्थ तिनीहरूले सत्यतालाई घृणा गर्छन्, र तिनीहरू परमेश्‍वरलाई विरोध गर्ने र दोष दिने ख्रीष्ट-विरोधीहरू हुन् भन्‍ने हुन्छ। तिनीहरू पहिले नै विपत्तिहरूमा परिसकेका हुन्छन् र परमेश्‍वरको दण्डमा पर्ने निश्‍चित हुन्छ। यसमा क्याथोलिक र इसाई धर्मगुरु मात्रै होइन तर सबै सम्प्रदायका धर्मगुरुहरू र व्यक्तित्वहरू पनि पर्छन्, जसले सर्वशक्तिमान्‌ परमेश्‍वरको विरुद्धमा काम गरिरहेका छन्, र यसमा कुनै अपवाद छैन। धार्मिक संसार ख्रीष्ट-विरोधीहरूको यो समूहको पकडमा छ। यो कसैले पनि नकार्न नसक्‍ने तथ्य हो। त्यसकारण यदि हामीलाई यी बिशप, पूजाहारी, पाष्टर, र एल्डरहरू सर्वशक्तिमान्‌ परमेश्‍वरको कामलाई विरोध गर्ने र दोष दिने ख्रीष्ट-विरोधीहरूको समूहका सदस्यहरू हुन् भन्‍ने थाहा छ भने, हामीले त्यस कुरालाई कसरी लिने? हामीले तिनीहरूलाई इन्कार गर्नुपर्छ र सराप्‍नुपर्छ, र आफूलाई तिनीहरूको नियन्त्रणबाट मुक्त गर्नुपर्छ। त्यसो गर्नु, बुद्धिमानी बन्‍नु हो। यदि हामीले साँचो मार्गको लागि तिनीहरूकै मुख हेरिरहन्छौं, सही के हो वा गलत के हो भनेर तिनीहरूले हामीलाई बताउनेछन् भनेर अपेक्षा गरिरहन्छौं भने, त्यो ठूलो मूर्खता हो, र यो अन्धोपन र अज्ञानता हो! अन्धाले अन्धालाई डोर्याएमा बरबादीमा पुग्छ। यसले बाइबलका यी पदहरूलाई पूरा गर्छ: “मूर्खहरू बुद्धिको चाहनामा मर्छन्” (हितोपदेश १०:२१)। “ज्ञानको कमीको कारण मेरा मानिसहरू नष्ट पारिएका छन्” (होशे ४:६)।

स्पष्टै छ क्याथोलिक र इसाई धर्मगुरु, साथै अरू सबै सम्प्रदायका धर्मगुरुहरूले खुलेआम सर्वशक्तिमान् परमेश्‍वरको निन्दा गरिरहेका छन्। आफ्‍नो हैसियत र आम्दानीलाई रक्षा गर्नको लागि, तिनीहरूले विश्‍वासीहरूलाई दह्रिलो गरी आफ्‍नै पकडमा राखिरहेका छन्, तिनीहरूका पैसा लिइरहेका छन्, परजीवीले जस्तो, भूतहरूले लासहरू खाएजस्तो विश्‍वासीहरूलाई चुसिरहेका छन्। आफ्‍नो पद र रोजी-रोटीलाई कायम राख्‍नको लागि यी ख्रीष्ट-विरोधीहरूले अनेक किसिमका दुष्ट झूटहरू फैलाइरहेका छन्, अनि प्रभुको आगमन सम्‍बन्धी खबर झूटो हो, प्रभु येशू पक्‍कै पनि बादलमा आउनुहुन्छ, प्रभुको दोस्रो देहधारणलाई स्वीकार गर्नु भनेको झूटो ख्रीष्टलाई स्वीकार गर्नु हो भनेर भन्छन्। तिनीहरूले विश्‍वासीहरूलाई साँचो मार्गको अनुसन्धान गर्नबाट रोक्‍न आफूले सक्‍ने जति सबै गर्दै, मानिसहरूलाई भ्रममा पार्न झूटहरू बताउँछन्। राज्यको सुसमाचारलाई प्रचार गर्नेहरूलाई पक्राउ गर्न र सताउनको लागि तिनीहरू चिनियाँ कम्युनिस्ट पार्टीसँग मिल्छन्। यी धर्मगुरुहरू प्रभु येशूलाई उहाँको पालामा विरोध गर्ने फरिसीहरू भन्दा कसरी फरक भए र? के तिनीहरू सबै परमेश्‍वरलाई क्रूसमा टाँग्‍ने मानिसहरू होइनन् र? के तिनीहरू सबै मानिसहरूलाई बहकाउने र बरबाद पार्ने झूटा गोठालोहरू र ख्रीष्ट-विरोधीहरू होइनन् र? प्रभु येशूले फरिसीहरूलाई निन्दा गर्नुभएका वचनहरूलाई याद गरौं: “शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने तिमीहरूले मानिसहरूको विरुद्ध स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै जान्छौ, न भित्र जानलाई प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ” (मत्ती २३:१३)। “शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने एक जनालाई आफ्‍नो मतमा ल्याउनको लागि तिमीहरू समुद्र र भूमि चहार्छौ, अनि ऊ मतमा आएपछि उसलाई तिमीहरूभन्दा दुई गुणा बढी नरकको बालक बनाउँछौ” (मत्ती २३:१५)। आजका धेरैजसो धर्मगुरुहरू प्रभु येशूलाई पागलले झैँ विरोध गर्ने र विश्‍वासीहरूको मार्गमा खडा हुने फरिसीहरूभन्दा अलिकति पनि फरक छैनन् भन्‍ने कुरा हामी स्पष्टै देख्‍न सक्छौं तिनीहरू सबैले परमेश्‍वरलाई घृणा गर्छन् र उहाँको विरुद्धमा काम गर्छन्, र तिनीहरू आखिरी दिनहरूका ख्रीष्ट-विरोधी भूतहरू हुन्।

सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूका थप केही खण्डहरू यसप्रकार छन्। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “हरेक सम्प्रदायका अगुवाहरूलाई हेर—ती सबै अहङ्कारी र स्वधर्मी छन् र तिनीहरूले गर्ने बाइबलको व्याख्याहरूमा सन्दर्भको अभाव हुन्छ र ती तिनीहरूका आफ्नै कल्पनाहरूद्वारा निर्देशित हुन्छन्। तिनीहरू सबै आफ्ना काम गर्नको निम्ति वरदानहरू र विद्वत्तममा भर पर्छन्। यदि तिनीहरूले प्रचार गर्न नसक्‍ने हो भने, के मानिसहरूले तिनीहरूलाई पछ्याउलान्? जे भए पनि, तिनीहरूसँग केही ज्ञान छ र तिनीहरूले केही धर्मसिद्धान्तहरूको प्रचार गर्न सक्छन् वा अरूलाई कसरी जित्ने र केही जुक्तिहरूको प्रयोग कसरी गर्ने भन्‍ने तिनीहरूलाई थाहा छ। तिनीहरूले मानिसहरूलाई आफ्नो अगाडि ल्याउन र उनीहरूलाई छल्नको निम्ति यी कुराहरूको प्रयोग गर्छन्। यी मानिसहरूले परमेश्‍वरमा नाममात्रको विश्‍वास गर्छन्, तर वास्तवमा तिनीहरूले आफ्ना अगुवाहरूलाई पछ्याउँछन्। जब साँचो बाटोको प्रचार गर्दै गरेको कोहीसँग तिनीहरूको जम्काभेट हुन्छ, तिनीहरूमध्ये कसैले भन्छन्, ‘हाम्रो विश्‍वासको बारेमा हामीले हाम्रो अगुवासँग परामर्श लिनुपर्छ।’ परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको माध्यम एउटा मानव हो; के यो समस्या होइन र? त्यसो भए ती अगुवाहरू के बनेका छन् त? के तिनीहरू फरिसीहरू, झूटा गोठालाहरू, ख्रीष्ट विरोधीहरू र मानिसहरूले साँचो बाटो स्वीकार गर्ने कुरामा ठेस लाग्‍ने बाधाहरू बनेका छैनन् र?” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यताको खोजी गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्नु हो”)।

भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू पनि छन् तर तिनीहरूमध्ये एक जनाले पनि परमेश्‍वरको कार्यको उद्देश्य बुझेका हुँदैनन्। तिनीहरूमध्ये एक जना पनि परमेश्‍वरलाई जान्न सक्षम छैन, तिनीहरूमध्ये कोही परमेश्‍वरको इच्छामा एकचित्त हुने बारेमा त कुरै नगरौं। तिनीहरू सबै जना परमेश्‍वरलाई प्रवचन सुनाउन उचाइमा उभिएका व्यर्थका, दुष्ट मानिसहरू हुन्। तिनीहरूले परमेश्‍वरको ध्वजा बोके तापनि जानीबुझीकनै परमेश्‍वरको विरोध गर्छन्। परमेश्‍वरमा विश्‍वास भएको दाबी गर्दै तिनीहरूले मान्छेको मासु खान्छन् र रगत पिउँछन्। त्यस्ता सबै मानिसहरू मान्छेको आत्मा विनाश गर्ने दियाबलसहरूको मालिक हो, सही मार्गमा हिँड्ने प्रयास गरिरहेका व्यक्तिहरूको बाटोमा जानाजान आउने दुष्टात्माहरू हुन्, र परमेश्‍वरको खोजी गर्ने व्यक्तिहरूलाई अवरोध गर्ने बाधाअड्चनहरू हुन्। तिनीहरू ‘स्वस्थ विधान’ का जस्तो लाग्न सक्छन् तर तिनीहरू मानिसहरूलाई परमेश्‍वर विरुद्ध उभिन अगुवाइ गर्ने ख्रीष्ट विरोधीहरू बाहेक केही होइनन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्? तिनीहरू मानव आत्मा विनाश गर्नमा समर्पित जीवित शैतानहरू हुन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्?” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई नचिन्‍ने सबै मानिसहरू परमेश्‍वरको विरोध गर्ने मानिसहरू हुन्”)।

सबैभन्दा उग्र विद्रोहीहरू ती व्यक्तिहरू हुन् जसले जानी-जानी परमेश्‍वरको अवज्ञा र प्रतिरोध गर्छन्। तिनीहरू परमेश्‍वरका शत्रुहरू, ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूमा सधैँ परमेश्‍वरको नयाँ कामको विरुद्ध शत्रुवत आचरण हुन्छ; तिनीहरूमा समर्पित हुनेबारे त अलिकति पनि मनस्थिति हुँदैन, न त तिनीहरूले कहिल्यै खुशीसाथ आफूलाई समर्पित गरेका वा नम्र तुल्याएका नै हुन्छन्। तिनीहरूले अरूको अगाडि आफूलाई उचाल्छन् र कसैको अगाडि आफूलाई समर्पित गर्दैनन्। परमेश्‍वरको अगाडि, तिनीहरूले आफूलाई वचनहरू प्रचार गर्ने काममा सर्वश्रेष्ठ अनि अन्य व्यक्तिहरूमाथि काम गर्नको लागि सबैभन्दा सिपालु ठान्छन्। तिनीहरूले आफ्नो स्वामित्वमा रहेका ‘सम्पत्तिहरू’ लाई कहिल्यै पनि त्याग्दैनन्, बरु तिनलाई तिनीहरूले आराधना गर्ने, अन्य व्यक्तिहरूलाई उपदेश दिने पुर्ख्यौली सम्पत्ति हो भन्ने ठान्छन् र तिनीहरूलाई आदर्श ठान्ने मूर्खहरूलाई प्रवचन दिन तिनीहरूले तिनको प्रयोग गर्छन्। वास्तवमा मण्डलीभित्र केही निश्चित संख्यामा यस प्रकारका मानिसहरू हुन्छन्। यस्तो भन्न सकिन्छ कि तिनीहरू ‘अदम्य नायकहरू’ हुन्, जो पुस्तौँ पुस्तादेखि परमेश्‍वरको घरमा बसेका छन्। तिनीहरूले वचन (धर्मसिद्धान्त) प्रचार गर्नुलाई नै तिनीहरूको सबैभन्दा ठूलो कर्तव्यको रूपमा लिन्छन्। वर्षौंवर्ष, पुस्तौंपुस्ता तिनीहरू आफ्नो ‘पवित्र र अनुल्लंघनीय’ कर्तव्यलाई जोशका साथ लागू गरिरहन्छन्। तिनीहरूलाई कसैले पनि छुने आँट गर्दैन; एक जनाले पनि खुला रूपमा तिनीहरूको भर्त्सना गर्ने आँट गर्दैन। तिनीहरू परमेश्‍वरको घरमा ‘राजाहरू’ बन्छन् र युगौँ युगदेखि अरूहरूलाई निरङ्कुशताका साथ व्यवहार गर्दै तिनीहरू नियन्त्रण बाहिर जान्छन्। दुष्टहरूको यो झुण्डले आपसमा हात मिलाएर मेरो कामलाई ध्वस्त पार्न चाहन्छन्; मैले कसरी यी दियाबलसहरूलाई मेरो आँखाअगाडि अस्तित्वमा रहन दिन सक्छु र?” (वचन देहमा देखा पर्नुहुन्छको “सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ”)।

अब म के कुरामा पक्‍का छु भने, हामी सबैलाई धेरैजसो धर्मगुरुहरू ख्रीष्ट-विरोधीहरू हुन् जसले सत्यतालाई, अनि परमेश्‍वरलाई घृणा गर्छन्, र तिनीहरू मानिसहरूलाई बहकाउने दुष्ट सेवक र झूटा धर्मगुरु हुन् भन्‍ने कुरामा स्पष्ट भएका छौं। तिनीहरूको कुरा सुन्‍नु र तिनीहरूमा समर्पित हुनु भनेको परमेश्‍वरमा समर्पित हुनु होइन, र यो परमेश्‍वरलाई पछ्याउनु पनि होइन। यो त शैतानलाई पछ्याउनु र परमेश्‍वरको विरोध गर्नु हो, अनि शैतानको सहकर्मी बन्‍नु, परमेश्‍वरले घृणा गर्नुहुने र दण्डाज्ञा दिनुहुने व्यक्ति बन्‍नु हो। त्यसकारण, विश्‍वासीहरूका रूपमा हामी के कुरामा सचेत हुनुपर्छ भने, हामीले परमेश्‍वरकै बढाइ गर्नुपर्छ, उहाँकै डर मान्‍नुपर्छ, उहाँमा र सत्यतामा समर्पित हुनुपर्छ। हामीले कहिल्यै पनि मानिसको आराधना गर्ने वा तिनीहरूलाई पछ्याउने गर्नु हुँदैन। प्रभु येशूले भन्‍नुभयो, “तैँले परमप्रभु तेरा परमेश्‍वरको आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू” (मत्ती ४:१०)। यदि कुनै धर्मगुरु सत्यतालाई प्रेम गर्ने व्यक्ति हो, र तिनीहरूका वचनहरू प्रभुका वचनहरू अनुरूप छन् र तिनीहरूले हामीलाई परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग बस्‍न अगुवाइ गर्छन् भने, सत्यतासँग मिल्‍ने ती वचनहरूलाई पछ्याउनु र तिनलाई पालन गर्नु परमेश्‍वरमा समर्पित हुनु सरह हुन्छ। यदि तिनीहरूका वचनहरू सत्यतासँग मिल्दैनन्, र ती वचनहरू प्रभुका वचनहरूका विरुद्धमा छन् भने, हामीले तिनीहरूलाई इन्कार गर्नुपर्छ। यदि हामीले तिनीहरूलाई पछ्याइरह्यौं भने, हामीले व्यक्तिलाई, शैतानलाई पछ्याइरहेका हुन्छौं। यदि कुनै धर्मगुरुले सत्यतालाई इन्कार गर्छ र घृणा गर्छ, र अरूलाई साँचो मार्गको अनुसन्धान गर्नबाट रोक्छ भने, तिनीहरू ख्रीष्ट-विरोधी हुन् र हामी तिनीहरूको खुलासा गर्दै र तिनीहरूलाई इन्कार गर्दै परमेश्‍वरको पक्षमा उभिनुपर्छ, र तिनीहरूको नियन्त्रणबाट उम्कन, “हुँदैन” भन्‍ने आँट गर्नुपर्छ, साँचो मार्गको खोजी गरेर स्वीकार गर्नुपर्छ, र परमेश्‍वरका पाइलाहरूलाई पछ्याउनुपर्छ। साँचो विश्‍वास, परमेश्‍वरलाई साँचो रूपमा पछ्याउनु भनेको त्यही हो, र त्यो उहाँको इच्‍छा अनुरूप हुन्छ। यो कुरा मुख्य पूजाहारीहरू र फरिसीहरूको हातमा पर्दा पत्रुसले भनेका वचनहरू जस्तै छ: “हामीले मानिसको होइन परमेश्‍वरको आज्ञा मान्‍नुपर्छ” (प्रेरित ५:२९)।

हामी सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनको अर्को खण्ड पढौं। “परमेश्‍वरलाई पछ्याउनुको प्रमुख महत्त्व भनेको सबै कुरा परमेश्‍वरको आजको वचन अनुसार नै हुनुपर्छ भन्‍ने नै हो: चाहे तैँले जीवनमा प्रवेशको खोजी गरिरहेको होस् वा परमेश्‍वरको इच्‍छाको पूर्णता नै, सबै कुरा परमेश्‍वरको आजको वचन वरिपरि नै केन्द्रित हुनुपर्छ। यदि तेरो कुराकानी र खोजी परमेश्‍वरको आजको वचनहरू वरिपरि केन्द्रित छैनन् भने, तँ परमेश्‍वरको वचनको लागि अपरिचित छस्, र तँमा पवित्र आत्‍माको कार्यको पूर्ण अभाव छ। परमेश्‍वरले चाहनुभएको कुरा भनेको उहाँका पाइलाहरूलाई पछ्याउने मानिसहरू नै हुन्। तैँले पहिले बुझेको कुरा जति सुन्दर र शुद्ध भए तापनि, परमेश्‍वरले यो चाहनुहुन्‍न, र तैँले यस्ता कुराहरूलाई पन्छ्याउन सक्दैनस् भने, भविष्यमा तेरो प्रवेशमा निकै ठूलो वाधा हुनेछ। पवित्र आत्‍माको वर्तमान ज्योतिलाई पछ्याउन सक्‍नेहरू सबै आशिषित छन्। विगतका युगका मानिसहरूले पनि परमेश्‍वरका पाइलाहरूलाई पछ्याए, तैपनि तिनीहरूले आजको दिनसम्‍म पछ्याउन सकेनन्; आखिरी दिनहरूका मानिसहरूको आशिष्‌ यही नै हो। पवित्र आत्‍माको वर्तमान कार्यलाई पछ्याउन सक्‍ने, र उहाँले तिनीहरूलाई जता डोर्याउनुभए पनि परमेश्‍वरलाई नै पछ्याउने गरी परमेश्‍वरका पाइलाहरूलाई पछ्याउन सक्‍नेहरू—यिनीहरू परमेश्‍वरद्वारा आशिषित मानिसहरू हुन्। पवित्र आत्माको वर्तमान कार्यलाई नपछ्याउनेहरू, परमेश्‍वरका वचनहरूको कार्यमा प्रवेश गरेका हुँदैनन्, र तिनीहरूले जति नै धेरै काम गरे तापनि, वा तिनीहरूको कष्ट-भोग जति नै ठूलो भए तापनि, वा तिनीहरूले जति नै धेरै दौडधूप गरे पनि, यीमध्ये कुनै पनि कुरा परमेश्‍वरको लागि कुनै अर्थको हुँदैन, र उहाँले तिनीहरूलाई स्याबासी दिनुहुनेछैन। … ‘पवित्र आत्माको कार्यलाई पछ्याउनु’ को अर्थ आजको परमेश्‍वरको इच्‍छालाई बुझ्‍नु, परमेश्‍वरका वर्तमान मापदण्डहरू अनुसार काम गर्न सक्‍नु, आजको परमेश्‍वरको आज्ञापालन गर्न र उहाँलाई पछ्याउन, र परमेश्‍वरका सबैभन्दा नयाँ वाणीहरू अनुसार प्रवेश गर्न सक्‍नु भन्‍ने हुन्छ। पवित्र आत्‍माको कार्यलाई पछ्याउने र पवित्र आत्माको प्रवाहमा रहने व्यक्ति यही मात्रै हो। त्यस्ता मानिसहरूले परमेश्‍वरको प्रशंसा प्राप्त गर्न र परमेश्‍वरलाई देख्‍न सक्ने मात्रैहोइनन्, तर परमेश्‍वरको हालैको कामबाट परमेश्‍वरको स्वभावलाई जान्‍न सक्छन्, र उहाँको हालैको कामबाट मानिसका धारणाहरू र अनाज्ञाकारीतालाई, अनि मानिसको स्वभावर सारलाई जान्‍न सक्छन्; यसको साथै, तिनीहरूको सेवाको अवधिमा तिनीहरूले आफ्‍नो स्वभावमा क्रमिक रूपमा परिवर्तन हासिल गर्न सक्छन्। यस्ता मानिसहरू मात्रै परमेश्‍वरलाई प्राप्त गर्न सक्‍ने, र साँचो मार्गलाई यथार्थ रूपमा पाएका मानिसहरू हुन्” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ”)।

अब हामीलाई स्पष्ट रूपमा थाहा भयो होला, परमेश्‍वरमा विश्‍वास गर्नु र उहाँलाई पछ्याउनु भनेको सत्यतामा समर्पित हुनु र स्वीकार गर्नु, परमेश्‍वरका वर्तमान कार्य र वचनहरूलाई स्वीकार गर्नु र उहाँका पाइलाहरूलाई पछ्याउनु हो। परमेश्‍वरको कार्य मानिसहरूका धारणाहरूबाट जति टाढा भए पनि, वा जति धेरै मानिसहरूले यसको विरोध गर्ने र दोष दिने गरे पनि, यदि यो सत्यता हो र परमेश्‍वरको आवाज हो भने, हामीले यसलाई स्वीकार गर्नुपर्छ र यसमा समर्पित हुनुपर्छ। त्यो मात्रै परमेश्‍वरमा विश्‍वास गर्नु र उहाँलाई पछ्याउनु हो। किनभने प्रकाशको पुस्तकमा यसो भनिएको छ: “यिनीहरू थुमा जता-जता जानुहुन्छ उहाँलाई त्यता-त्यतै पछ्याउनेहरू हुन्” (प्रकाश १४:४)। आखिरी दिनहरूमा, सर्वशक्तिमान्‌ परमेश्‍वरले यहीँ काम गरिरहनुभएको छ र धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ। उहाँले मानवजातिलाई पूर्ण रूपमा धुन र मुक्ति दिनको लागि परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गर्नुहुन्छ, यसरी हामीलाई दुष्ट र शैतानका शक्तिहरूबाट मुक्त गर्नुहुन्छ। यो छुटाउनै नहुने अवसर हो र मुक्ति पाउने र परमेश्‍वरको राज्यमा प्रवेश गर्ने एउटै मात्र मार्ग हो। अहिले परमेश्‍वर देखा पर्ने घटनाको तृष्णा गर्ने संसारभरिका धेरैभन्दा धेरै मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको कामको बारेमा अनलाइन हेरिरहेका छन्। तिनीहरूले उहाँका वचनहरू सबै सत्यता हुन्, ती परमेश्‍वरको आवाज हुन् भन्‍ने देखेका छन्। तिनीहरूले आफूलाई धर्मगुरुहरूको बन्धनबाट मुक्त गरेर, मण्डलीका नियन्त्रणबाट निस्किरहेका छन्, र थुमाको विवाह-भोजमा सहभागी हुन परमेश्‍वरको सिंहासनको अघि आइरहेका छन्। तर धार्मिक संसारमा अझै त्यस्ता धेरै मानिसहरू छन् जसले अन्धाधुन्ध आफ्‍ना पादरीवर्गलाई पछ्याउँछन् र आराधना गर्छन्, जो ख्रीष्ट-विरोधी शक्तिहरूको बन्धन र बहकाउमा परेका छन्। तिनीहरू उजाड स्थानमा कडा नियन्त्रणमा बसेर प्रभु बादलको सवारीमा आउनुहुन्छ भनेर व्यर्थमा प्रतीक्षा गरिरहेका छन्, र तिनीहरूलाई धेरै पहिले नै परमेश्‍वरले इन्कार गर्नुभएको छ र हटाउनुभएको छ, अनि तिनीहरू विपत्तिमा रुन्छन् र दाह्रा किट्छन्। यसले प्रभु येशूका यी वचनहरूलाई पूरा गर्छ “र यदि अन्धोले अन्धोलाई डोर्‍यायो भने दुवै खाडलमा खस्‍नेछन्” (मत्ती १५:१४)। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छु भन्‍ने दाबी त गर्छन्, तर वास्तवमा तिनीहरू परमेश्‍वरको विरुद्धमा जान्छन् र मानिसहरूको पछि लाग्छन्। परमेश्‍वरले तिनीहरूलाई गैर-विश्‍वासीहरूका रूपमा हेर्नुहुन्छ। परमेश्‍वर पवित्र परमेश्‍वर हुनुहुन्छ जसले दुष्टलाई घृणा गर्नुहुन्छ र उहाँको धार्मिकता उल्‍लङ्घन गर्न नसकिने छ। मानिसहरूलाई प्रिय ठान्‍ने, परमेश्‍वरको विरोध गर्ने र निन्दा गर्ने कार्यमा ख्रीष्ट-विरोधीहरूलाई पछ्याउनेहरूलाई उहाँले कहिल्यै मुक्ति दिनुहुनेछैन। सत्यतालाई प्रेम वा स्वीकार नगर्ने, तर अन्धाधुन्ध बाइबलमा नै टाँसिइरहने कसैलाई पनि परमेश्‍वरले कहिल्यै पनि मुक्ति दिनुहुनेछैन। परमेश्‍वरको इच्‍छा भनेको मानिसहरूलाई धार्मिक बेबिलोनबाट मुक्त गर्नु हो, ताकि हामी उप्रान्त धार्मिक संसारका ख्रीष्ट-विरोधी शक्तिहरूको बन्धनहरूमा बन्धित नबनौं, र हामी धर्मबाट बाहिर निस्केर सत्यतालाई र परमेश्‍वरको कार्यलाई खोज्‍न सकौं, यसरी हामीले परमेश्‍वरको देखा-पराइ र कार्यलाई स्वागत गर्ने आशा पाउँछौं।

हामी सर्वशक्तिमान्‌ परमेश्‍वरका थप वचन पढौं। “तैंले सराहना गर्ने कुरा ख्रीष्टको विनम्रता होइन, बरु विख्यात दर्जा भएका झूटा गोठालाहरू हुन्। तैंले ख्रीष्टको प्रेमिलोपन वा बुद्धिलाई होइन बरु संसारका फोहोरमा लडीबडी गर्ने स्वेच्छाचारीहरूलाई श्रद्धा गर्छस्। तँ आफ्‍नो शिर राख्ने ठाउँ नभएका ख्रीष्टको पीडामा हाँस्छस्, तर तँ भेटीहरू खोजी गर्ने र व्यभिचारमा जिउने लासहरूको प्रशंसा गर्छस्। तँ ख्रीष्टसँगै कष्ट भोग्न इच्छुक छैनस्, तर तैंले लापरवाह, ख्रीष्ट विरोधीहरूका हातमा आफूलाई खुशीसाथ सुम्पन्छस्, जबकि तिनीहरूले तँलाई केवल देह, वचनहरू र नियन्त्रण प्रदान गर्छन्। अहिले पनि तेरो हृदय अझै तिनीहरूका ख्यातितर्फ, तिनीहरूका दर्जातर्फ, तिनीहरूका प्रभावतर्फ फर्किन्छ। अनि तँ अझै यस्तो मनोवृत्तिमा अल्झिरहन्छस्, जसले गर्दा तँलाई ख्रीष्टको कामलाई पत्याउन गाह्रो हुन्छ र तँ यसलाई स्वीकार गर्न अनिच्छुक हुन्छस्। यसकारण म भन्छु, ख्रीष्टलाई स्वीकार गर्नको लागि तँमा विश्‍वासको कमी छ। तैंले आजको दिनसम्म उहाँलाई पछ्याउनुको कारण तँसँग अन्य कुनै विकल्प नभएकोले गर्दा हो। गौरवपूर्ण तस्वीरहरूले सधैँ तेरो हृदयमा अग्लो स्तम्भ बनाइरहेको हुन्छ; तैंले तिनीहरूका कुनै पनि शब्द र कामलाई बिर्सन सक्दैनस्, न त तिनीहरूका प्रभावमय शब्द र हातहरूलाई नै बिर्सन सक्छस्। तेरो हृदयमा तिनीहरू सदा सर्वोच्च र सदा नायकहरू हुन्छन्। तर यो कुरा आजको ख्रीष्टको हकमा लागू हुँदैन। तेरो हृदयमा उहाँ सदा नै कम महत्त्वको हुनुहुन्छ, र सदा नै सम्मानको अयोग्य हुनुहुन्छ। किनकि उहाँ अत्यन्तै सामान्य हुनुहुन्छ, उहाँको प्रभाव अत्यन्तै कम छ र उहाँ भव्यताबाट टाढा हुनुहुन्छ।

कुनै पनि अवस्थामा पनि, म त भन्छु, सत्यलाई मूल्यवान् नठान्नेहरू सबै सत्यका लागि गैर-विश्‍वासी र विश्‍वासघातीहरू हुन्। यस्ता मानिसहरूले कहिल्यै ख्रीष्टको स्वीकृति प्राप्त गर्नेछैनन्। के अब तैंले तँभित्र कति धेरै अविश्‍वास छ र तँसँग ख्रीष्टप्रति कति धेरै धोका छ भनी पहिचान गरेको छस्? तसर्थ म तँलाई उत्साह प्रदान गर्छु: तैंले सत्यको मार्गलाई चुनेको हुनाले, तैंले आफूलाई सम्पूर्ण हृदयले समर्पण गर्नुपर्दछ; अस्पष्ट वा हतोत्साहित नबन्। तैंले यो बुझ्नुपर्छ कि परमेश्‍वर संसारको स्वामित्वमा हुनुहुन्न न त उहाँ कुनै व्यक्तिको स्वामित्वमा नै हुनुहुन्छ, बरु उहाँ त साँचो रूपले उहाँमा विश्‍वास गर्नेहरू सबै, उहाँको आराधना गर्नेहरू सबै, र उहाँतर्फ समर्पित र विश्‍वासयोग्य हुनेहरू सबैका हुनुहुन्छ” (वचन देहमा देखा पर्नुहुन्छको “के तँ परमेश्‍वरको साँचो विश्‍वासी होस्?”)।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मुक्तिदाता आउनुभएपछि उहाँले मानवजातिलाई कसरी मुक्ति दिनुहुन्छ?

जब हामी मुक्तिदाताको बारेमा कुरा गर्छौं, आखिरी दिनहरूमा उहाँ मानवजातिलाई मुक्ति दिन पृथ्वीमा अवश्य आउनुहुन्छ भन्‍ने कुरामा सबै विश्‍वासीहरू...

आखिरी दिनहरूका देहधारी परमेश्‍वर किन महिला हुनुहुन्छ?

आखिरी दिनहरूमा, देहधारी सर्वशक्तिमान्‌ परमेश्‍वर काम गर्न र धेरै सत्यताहरू व्यक्त गर्न देखा पर्नुभएको छ। यी सत्यताहरूलाई इन्टरनेटमा राखिएका...

के सर्वशक्तिमान्‌ परमेश्‍वरमाथिको विश्‍वास प्रभु येशूप्रतिको विश्‍वासघात हो?

सन् १९९१ मा आखिरी दिनहरूका ख्रीष्‍ट, सर्वशक्तिमान्‌ परमेश्‍वर देखा परेर काम गर्न र सत्यताहरू व्यक्त गर्न सुरु गर्नुभएको पूरै ३० वर्ष...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्