उठाइलगिनुको वास्तविक अर्थ के हो?

2 डिसेम्बर 2021

२,००० वर्ष पहिले, प्रभु येशूलाई क्रूसमा टाँगिएपछि र उहाँले आफ्‍नो छुटकाराको काम पूरा गर्नुभएपछि, उहाँले फेरि आउनेछु भनेर प्रतिज्ञा गर्नुभएको थियो। त्यहाँदेखि नै मुक्तिदाता तिनीहरूलाई उठाइलैजानको लागि बादलको सवारीमा आउनुहुनेछ भनेर सबै विश्‍वासीहरूले उत्कट इच्‍छा गर्दै आएका छन्। विश्‍वासीहरूले कुनै पनि क्षणमा उठाइलगिने आशा गर्छन्, तर तिनीहरूले आफ्‍नै अघि विपत्तिहरू देखा परिरहेका देखेका छन् र तिनीहरूले बादलको सवारीमा आउनुहुने प्रभुलाई स्वागत गर्न बाँकी नै छ। धेरै जना अत्यन्तै निरुत्साहित भइरहेका छन्। तिनीहरूले प्रभु पहिले नै वास्तवमा आइसक्‍नुभएको छ कि र कुनै विश्‍वासीहरू उठाई भइसकेका छन् कि भनेर विचार-विमर्श गरिरहेका छन् तर कसैले पनि त्यस्तो घटना देखेका छैनन्। तिनीहरूले विपत्तिहरू वृद्धि भइरहेका, महामारीहरू झन्-झन् गम्‍भीर हुँदै गइरहेका, र धेरैभन्दा धेरै मानिसहरू विपत्तिहरूमा मरिरहेका, कतिपय पाष्टर र एल्डरहरू समेत मरिरहेका मात्रै देखिरहेका छन्। मानिसहरूलाई डर लागिरहेको छ वा प्रभुले त्याग्‍नुभएको हो कि भन्‍ने समेत लागिरहेको छ, तिनीहरू कुनै पनि बेला विपत्तिहरूमा मर्न सक्छन् भन्‍ने तिनीहरूलाई लागिरहेको छ। अहिले विपत्तिहरू सुरु भइसकेपछि पनि प्रभु किन फर्केर आउनुभएको छैन र तिनीहरूलाई उठाइलग्नुभएको छैन भन्‍ने कुरा तिनीहरूले पत्ता लगाउन सक्दैनन्। पूर्वीय ज्योतिले प्रभु येशू पहिले नै देहधारी सर्वशक्तिमान्‌ परमेश्‍वरको रूपमा फर्केर आइसक्नुभएको छ, र सत्यता व्यक्त गर्दै आखिरी दिनहरूको न्यायको काम गरिरहनुभएको छ भनेर गवाही दिइरहेको देख्दा तिनीहरू छक्‍क पर्छन्। सत्यताको तृष्णा गर्ने धेरैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्छन्, परमेश्‍वरको आवाज चिन्छन्, र सर्वशक्तिमान्‌ परमेश्‍वरकहाँ फर्किन्छन्। तिनीहरूले हरेक दिन सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू खाइरहेका र पिइरहेका छन्, तीद्वारा भरणपोषण प्राप्त गरिरहेका छन्, अनि तिनीहरू थुमाको विवाह-भोजमा सहभागी भइरहेका छन्। प्रभुलाई स्वागत गर्ने र विपत्तिहरूभन्दा पहिले परमेश्‍वरको सिंहासनको अघि उठाइलगिनेहरू तिनीहरू नै हुन्। धर्मका धेरै जना मानिसहरू अन्योलमा छन्, र तिनीहरूले सोचिरहेका छन्, “प्रभु फर्केर आइसक्‍नुभएको छ र तिनीहरू उठाइलगिएका छन् भन्‍ने विषयमा पूर्वीय ज्योति गलत हुनुपर्छ किनभने बाइबलले यसो भनेको छ, ‘अनि हामी जिउँदा र बाँकी रहेकाहरू आकाशमा प्रभुलाई भेट्न एकसाथ बादलमा लगिनेछौं: अनि त्यसपछि सदासर्वदा प्रभुसँगै रहनेछौं’ (१ थेसलोनिकी ४:१७)। यदि प्रभु फर्केर आइसक्‍नुभएको हो भने, किन हाम्रो उठाई भएको छैन? के उहाँले मानिसहरूलाई आकाशमा उचालेर लैजानुपर्ने होइन र? पूर्वीय ज्योतिका विश्‍वासीहरू अझै पनि पृथ्वीमा नै छन्, त्यसकारण तिनीहरू कसरी उठाइलगिनेछन्?” तिनीहरूले यो कुरालाई बुझ्दै-बुझ्दैनन्। त्यसो भए, उठाइलगिनुको वास्तविक अर्थ के हो? धेरैजसो मानिसहरूले उठाइको साँचो अर्थ बुझ्दैनन् र यसको अर्थ आकाशमा उठाइलगिनु हो, त्यसकारण अझै पृथ्वीमा नै हुने व्यक्ति उठाइलगिएको हुँदैनन् भन्‍ने सोच्छन्। तिनीहरू अत्यन्तै भूलमा छन्।

प्रभु फर्केर आउनुहुनेछ र तिनीहरूलाई उठाइलैजानुहुनेछ भनेर आशा गर्नु पूर्ण रूपमा सही कुरा हो, किनभने प्रभु येशूले विश्‍वासीहरूलाई उहाँको स्वागत गर्नू भनी भन्‍नुभएको छ। तर पावलले यसो भनेका छन्, “आकाशमा प्रभुलाई भेट्न एकसाथ बादलमा लगिनेछौं।” के त्यो साँचो हो? के प्रभु येशूले कहिल्यै, उहाँ फर्कनुभएपछि, उहाँले विश्‍वासीहरूलाई उहाँसँग भेट्‍न आकाशमा लैजानुहुनेछ भनेर भन्‍नुभएको छ? भन्‍नुभएको छैन। के यसको बारेमा पवित्र आत्‍माले गवाही दिनुभएको छ? छैन। के पावलले यस विषयमा प्रभु येशूको प्रतिनिधित्व गरी बोल्‍न सक्थ्यो? के प्रभुले त्यो कुरालाई स्वीकार गर्नुभयो? गर्नुभएन। प्रभुले विश्‍वासीहरूलाई उठाइलैजानुहुने तरिका मिलाउने परमेश्‍वर नै हुनुहुन्छ। प्रभु येशूले भन्नुभयो, “तर त्यो दिन र त्यस समयको बारेमा कुनै मानिसलाई थाहा छैन, न त स्वर्गका स्वर्गदूतहरूले, न पुत्रले, तर पिताले(मर्कूस १३:३२)। पावल एउटा मानिस, एक प्रेरित मात्रै थिए, त्यसकारण प्रभुले विश्‍वासीहरूलाई कसरी उठाइलैजानुहुनेछ भन्‍ने कुरा तिनले कसरी जान्‍न सक्थे र? पावलले जे भने त्यो पूर्ण रूपमा तिनका आफ्‍नै कल्‍पनाहरूमा आधारित थियो र त्यसले प्रभुको प्रतिनिधित्व गर्दैनथियो। हामीले प्रभुलाई कसरी स्वागत गर्छौं भन्‍ने कुरालाई अवश्य नै यसमा आधारित गर्नु हुँदैन। प्रभु येशू आखिरी दिनहरूमा कसरी आउनुहुनेछ र उहाँले विश्‍वासीहरूलाई कसरी उठाइलैजानुहुनेछ भन्‍ने बारेमा उहाँकै वचनहरूलाई पछ्याउनुपर्छ, किनभने उहाँ नै ख्रीष्‍ट, राज्यका प्रभु हुनुहुन्छ, र उहाँका वचनहरू मात्रै सत्यता हुन् र तिनमा मात्रै अख्‍तियार हुन्छ। उहाँका वचनहरू अनुसार प्रभुलाई स्वागत गर्ने कार्य गलत हुन सक्दैन। प्रभु येशूले के भन्‍नुभएको छ, हेरौं। प्रभु येशूले भन्नुभयो, “किनभने जसरी बिजुली पूर्वबाट चम्‍किन्‍छ र पश्‍चिमतिर पनि चम्‍किन्‍छ; मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ(मत्ती २४:२७)। “यसकारण, तिमीहरू पनि तयार हौ: किनभने मानिसको पुत्र तिमीहरूले नसोचेको समयमा आउँछ(मत्ती २४:४४)। “अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ(मत्ती २५:६)। “हेर, म ढोकामा खडा हुन्छु र ढक्‍ढकाउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ(प्रकाश ३:२०)। “मेरो भेडाले मेरो सोर सुन्छ, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्(यूहन्‍ना १०:२७)। “आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्(प्रकाश अध्याय २, ३)। उहाँको पुनरागमन सम्‍बन्धी अगमवाणीहरूमा, प्रभुले सधैँ यस्ता शब्‍दहरू भन्नुभएको हामी देख्छौं, “मानिसको पुत्र” “मानिसको पुत्रको आगमन,” “मानिसको पुत्र … आउँछ,” “कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने,” र “मेरो भेडाले मेरो सोर सुन्छ।” यी मुख्य अभिव्यक्तिहरूले हामीलाई के बताइरहेका छन् भने प्रभु देहमा, मानिसको पुत्रको रूपमा आउनुहुनेछ, र उहाँ बोल्‍न, हाम्रो ढोका ढकढक्याउन पृथ्वीमा आउनुहुनेछ। प्रभुको आवाज सुनेर ढोका खोलिदिनेहरू प्रभुलाई स्वागत गर्ने र उहाँको भोजमा सहभागी हुने बुद्धिमती कन्याहरू हुन्। तिनीहरू प्रभुको अघि उठाइलगिन्छन्। उहाँ विश्‍वासीहरूलाई उहाँसँग भेट्‍न आकाशमा लैजान आउनुहुनेछ भनेर प्रभु येशूले कहिल्यै पनि भन्‍नुभएको छैन तर उहाँले मानिसहरूलाई उहाँलाई स्वागत गर्न, उहाँको अघि आउन, र उहाँको भोजमा सहभागी हुनको लागि उहाँको आवाज सुन्‍नू भनी भन्‍नुभयो। प्रभुलाई स्वागत गर्न र उहाँलाई भेट्नको लागि, हामीले उहाँका वचनहरू र उहाँको आवाज सुन्‍नुपर्छ। कसैले दुलहा आइपुग्‍नुभयो भनेको सुन्‍ने बित्तिकै, हामी उहाँलाई भेट्न जानुपर्छ, आकाशमा उठाइलगिनेछौं भनेर हाम्रा आफ्‍नै कल्‍पनाहरूको आधारमा मूर्ख तरिकाले प्रतीक्षा गर्ने होइन। यदि हामीले त्यसो गर्यौं भने, हामीले कहिल्यै पनि प्रभुको आवाज सुन्‍नेछैनौं र उहाँलाई स्वागत गर्नेछैनौं। प्रभु मानिसको पुत्रको रूपमा फर्कनुहुन्छ र हाम्रा निम्ति बोल्दै हाम्रो बीचमा आउनुहुन्छ, त्यसकारण यदि हामीले आकाशमा लगिने प्रतीक्षा मात्रै गरिरहन्छौं भने, हामी प्रभुको मार्गभन्दा फरक मार्गमा हुन्छौं। त्यसकारण, प्रभुलाई भेट्न आकाशमा उठाइलगिनेछौं भन्‍ने मानिसहरूको विश्‍वास तर्कसङ्गत छँदै छैन। यो पूर्ण रूपमा परमेश्‍वरका आफ्‍नै वचनहरूको विरुद्धमा जान्छ र यो मानव धारणा बाहेक केही पनि होइन। त्यसोभए, साँचो रूपमा उठाइलगिनु भनेको के हो? सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले यो कुरालाई स्पष्ट पारेका छन्। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “‘उठाइलगिनु’ भनेको मानिसहरूले कल्पना गरेका जस्तो तल्लो स्थानबाट माथिल्लो स्थानमा लगिनु होइन; त्यो एउटा ठूलो भ्रम हो। ‘उठाइलगिनु’ ले मैले गर्ने पूर्वनियुक्तिलाई र त्यसपछि छनौटलाई बुझाउँछ। यो मैले पूर्वनियुक्त र चुनाउ गरेको सबैमा निर्देशित हुन्छ। उठाइलगिने सबै जना ती मानिसहरू जसले ज्येष्ठ छोरा वा छोराहरूको दर्जा पाएका छन्, वा जो परमेश्‍वरका मानिसहरू हुन्। यो मानिसहरूको धारणासँग सबैभन्दा नमिल्‍ने कुरा हो। भविष्यमा मसँग मेरो घरमा बस्ने तिनीहरू नै हुन् जो मेरो सामने उठाइलगिएका छन्। यो पूर्ण, कहिल्यै परिवर्तन नहुने र खण्डन गर्न नसकिने सत्य हो। यो शैतानको विरुद्ध जबाफी हमला हो। मैले पूर्वनियुक्त गरेको जो कोही पनि मेरो अघि उठाइलगिनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १०४)। “हामीहरू परमेश्‍वरका पाइलाहरूलाई खोजिरहेका भएकाले, हामीले परमेश्‍वरको इच्छा, परमेश्‍वरको वचन, उहाँको वाणी खोज्नुपर्छ—किनकि जहाँ परमेश्‍वरद्वारा बोलिएका नयाँ वचनहरू हुन्छन्, त्यहाँ परमेश्‍वरको आवाज हुन्छ, र जहाँ परमेश्‍वरका पाइलाहरू हुन्छन्, त्यहाँ परमेश्‍वरका कार्यहरू हुन्छन्। जहाँ-जहाँ परमेश्‍वरको अभिव्यक्ति हुन्छ, त्यहाँ-त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, र परमेश्‍वर जहाँ-जहाँ देखा पर्नुहुन्छ, त्यहाँ-त्यहाँ सत्यता, मार्ग, र जीवन अस्तित्वमा हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ)। यसले गर्दा हामी सहजै बुझ्‍न सक्छौं, होइन त? “उठाइलगिनु” भनेको हामीले सोचे जस्तो, होचोबाट अल्गो स्थानमा लगिनु, पृथ्वीबाट आकाशमा लगिनु होइन। यो अस्पष्ट र अलौकिक छैन। “उठाइलगिने” कार्य तब हुन्छ, जब देहधारी परमेश्‍वर पृथ्वीमा बोल्‍न र काम गर्न मानिसको पुत्रको रूपमा आउनुहुन्छ, र हामीले उहाँका वाणीहरू सुन्छौं, यो सत्यता हो र परमेश्‍वरको आवाज हो भनेर पहिचान गर्छौं, त्यसपछि हामी परमेश्‍वरको कार्यमा समर्पित हुन्छौं र त्यसलाई स्वीकार गर्छौं। हामी परमेश्‍वरका वचनहरू खान्छौं र पिउँछौं, उहाँले हामीलाई व्यक्तिगत रूपमा नै मलजल र भरणपोषण गर्नुहुन्छ, र हामीले परमेश्‍वरको मुक्ति प्राप्त गर्छौं। परमेश्‍वरको अघि उठाइलगिनु भनेको यही हो। जब प्रभु येशू आफ्‍नो छुटकाराको काम गर्न आउनुभयो, उहाँका वचनहरूलाई परमेश्‍वरको आवाजको रूपमा पहिचान गरेर उहाँलाई स्वीकार गरी पछ्याउनेहरू, जस्तै पत्रुस, यूहन्‍ना, र अरू चेलाहरू, सबै परमेश्‍वरको अघि उठाइलगिए। आखिरी दिनहरूमा सर्वशक्तिमान्‌ परमेश्‍वर आउनुभएको छ, र उहाँले सत्यताहरू व्यक्त गरिरहनुभएको छ, र न्यायको काम गरिरहनुभएको छ। सत्यतालाई प्रेम गर्ने र परमेश्‍वरको देखा पराइको तृष्णा गर्ने सबै सम्प्रदायका मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सत्यता हुन् र ती परमेश्‍वरका आवाज हुन् भन्‍ने देखेर उहाँको न्यायको कामलाई स्वीकार गरेका छन्। तिनीहरूले हरेक दिन परमेश्‍वरका वचनहरू खाने र पिउने गर्छन्, ती वचनहरूको मलजल र भरणपोषण प्राप्त गर्छन्, र परमेश्‍वरको न्याय र शुद्धीकरणको अनुभव गर्छन्। तिनीहरू परमेश्‍वरको अघि उठाइलगिएका बुद्धिमती कन्याहरू हुन्, र तिनीहरूले थुमाको विवाह-भोजमा सहभागिता जनाइरहेका छन्, र यो कुराले प्रकाशको पुस्तकको यो अगमवाणीलाई पूर्ण रूपमा पूरा गर्छ: “हेर, म ढोकामा खडा हुन्छु र ढक्‍ढकाउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ(प्रकाश ३:२०)

अब मलाई लाग्छ उठाइलगिनु भनेको के हो भन्‍ने कुरामा हामी स्पष्ट भएका छौं। अहिले प्रभुलाई आकाशमा भेट्ने अवधारणाको बारेमा विचार गर्दा के यो अवास्तिक र मूर्ख देखिँदैन र? प्रभु येशूले धेरै पटक यसो भनेर अगमवाणी गर्नुभएको छ “मानिसको पुत्रको आगमन,” र यसद्वारा मानिसलाई उहाँको आवाज सुन्‍न बारम्‍बार चेतावनी दिनुभएको छ। त्यसकारण किन मानिसहरू उहाँलाई स्वागत गर्न उहाँका आफ्‍नै वचनहरूलाई होइन तर मानिसका वचनहरूलाई पछ्याउँछन्? किन तिनीहरू “आकाशमा प्रभुलाई भेट्न एकसाथ बादलमा लगिनेछौं” जस्ता हास्यास्पद अभिव्यक्तिमा लागिरहन्छन्? यो कस्तो किसिमको समस्या हो? के यसले आशिष्‌हरू पाउने अत्यन्तै उत्कट इच्‍छा गर्नुलाई जनाउँदैन र? के यो तिनीहरू सीधै परमेश्‍वरको राज्यमा उठाइलगिन, विपत्तिहरूबाट टाढा गएर, तिनीहरू आशिषहरूमा आनन्द लिन चाहने भएकोले होइन र? यसको बारेमा विचार गरौं। प्रभु आउनुहुँदा के पापक्षमा पाएकाहरू तर अझै पाप गरिरहनेहरू राज्यमा उठाइलगिन सक्छन्? के तिनीहरूसँग आशिषहरूको आनन्द लिने अधिकार हुन्छ? प्रभुले हामीलाई पापबाट छुटकारा दिनुभएको कुरा साँचो हो, तर हामी अझै पनि हाम्रो पापी प्रकृतिद्वारा नियन्त्रित हुन्छौं, र पाप र परमेश्‍वरलाई विरोध नगरी बस्‍न सक्दैनौं। हामीले पापको बन्धनबाट उम्किएर शुद्धता पाएका छैनौं। परमेश्‍वर पवित्र र धर्मी हुनुहुन्छ। “पवित्रताविना कुनै मानिसले प्रभुलाई देख्‍नेछैन(हिब्रू १२:१४)। त्यसकारण फोहोर र भ्रष्टताले भरिएका मानिसहरू उहाँको राज्यमा प्रवेश गर्न सक्छन्? के त्यो मानव कल्‍पना, र अवास्तविक कामना मात्रै होइन र? सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “तैँले येशू आखिरी दिनहरूको अवधिमा ओर्लनुहुनेछ भन्‍ने मात्रै जान्दछस्, तर उहाँ खास कसरी ओर्लनुहुनेछ? भर्खरै छुटकारा पाएको, र परमेश्‍वरद्वारा परिवर्तन भई नसकेको, वा सिद्ध भई नसकेको तिमीहरूजस्तो पापी, के तँ परमेश्‍वरको हृदय अनुसारको बन्‍न सक्छस्? अझै पनि तेरो पुरानो मनुष्यतामा रहेको तेरो विषयमा भन्दा, तँलाई येशूले मुक्ति दिनुभएको थियो, र परमेश्‍वरले दिनुभएको मुक्तिको कारण तँलाई पापीको रूपमा गन्ती गरिँदैन भन्‍ने कुरा साँचो हो, तर तँ पापी छैनस्, र तँ अशुद्ध छैनस् भन्‍ने कुरालाई यसले प्रमाणित गर्दैन। तँ परिवर्तन भएको छैनस् भने तँ कसरी सन्तमय बन्‍न सक्छस्? भित्री रूपमा, तँ अपवित्रता, स्वार्थ र छुद्रताले भरिएको छस्, तैपनि तँ अझै येशूसँग अवरोहण गर्न चाहन्छस्—तँ धेरै भाग्यमानी हुनुपर्छ! परमेश्‍वरमाथिको भरोसामा तैँले एउटा कदमलाई चुकाएको छस्: तँलाई छुटकारा मात्रै दिइएको छ, तर तँ परिवर्तन भएको छैनस्। तँ परमेश्‍वरको हृदय अनुसारको बन्‍नको लागि, परमेश्‍वरले तँलाई व्यक्तिगत रूपमै परिवर्तन गर्ने र धुने काम गर्नुपर्छ; यदि तँलाई छुटकारा मात्रै दिइएको हो भने, तैँले पवित्रता प्राप्त गर्न सक्‍नेछैनस्। यसरी तँ परमेश्‍वरको कार्यको असल आशिषहरूमा सहभागी हुन अयोग्य हुनेछस्, किनभने मानिसलाई व्यवस्थापन गर्ने परमेश्‍वरको कार्यको चरणलाई तैँले चुकाएको छस्, जुन परिवर्तन हुने र सिद्ध पारिने कार्यको मुख्य चरण हो। भर्खरै छुटकारा दिइएको पापी, तैँले प्रत्यक्ष रूपमा परमेश्‍वरको उत्तराधिकार प्राप्त गर्न सक्दैनस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पद र पहिचानको सम्‍बन्धमा)। “येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशूले पापको बलि बनेर मानिसका पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभएको छ, र सजाय अनि न्यायको काम सुरु गर्नुभएको छ। यो कामले मानिसलाई झन् उच्च क्षेत्रमा ल्याएको छ। उहाँको प्रभुत्वमा आउनेहरू सबैले अझ उच्च सत्यता प्राप्त गर्नेछन् र अझ ठूला आशिष्‌हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, बाटो र जीवन प्राप्त गर्नेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। प्रभु येशूले छुटकाराको काम गर्नुभयो, जुन मानिसहरूलाई छुटकारा दिने र हाम्रो पाप क्षमा गर्ने काम थियो, तर हाम्रो पापी प्रकृति कायमै रहन्छ। हामी परमेश्‍वरको विरुद्धमा विद्रोह गरिरहन्छौं र हामीले पूर्ण मुक्ति पाएका छैनौं। प्रभु येशूले हाम्रो पाप क्षमा गर्नु मात्रै पर्याप्त छैन। हामी अझै पनि प्रभुलाई स्वागत गरेर उहाँको अघि उठाइलगिनुपर्छ, उहाँको आखिरी दिनहरूको न्यायलाई स्वीकार गर्नुपर्छ, त्यसपछि हामी पापबाट मुक्त हुन्छौं र हामीले पूर्ण मुक्ति प्राप्त गर्छौं, अनि परमेश्‍वरमा समर्पित हुने र उहाँको डर मान्‍ने मानिसहरू बन्छौं। त्यसपछि हामी उहाँको राज्यमा प्रवेश गर्न सक्छौं। आखिरी दिनहरूमा सर्वशक्तिमान्‌ परमेश्‍वर प्रभु येशूको छुटकाराको कामको जगमा रही, सत्यताहरू व्यक्त गर्दै र न्यायको काम गर्दै आउनुहुन्छ। यो मानिसको पापी प्रकृति र भ्रष्ट स्वभावलाई पूर्ण रूपमा समाधान गर्नको लागि हो, ताकि हामी पाप र शैतानका शक्तिहरूबाट मुक्त हुन सकौं, र परमेश्‍वरको पूर्ण मुक्ति पाउन सकौं। सर्वशक्तिमान्‌ परमेश्‍वर देखा पर्नुभएको छ र उहाँले धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ, र शुद्ध हुन र पूर्ण मुक्ति पाउनको लागि भ्रष्ट मानिसहरूलाई चाहिने सबै कुरा हामीलाई बताउनुभएको छ। उहाँले परमेश्‍वरको व्यवस्थापन योजनाका रहस्यहरू प्रकट गर्नुभएको छ, जस्तै मानवजातिको व्यवस्थापन गर्नुको परमेश्‍वरको उद्देश्य, शैतानले कसरी मानवजातिलाई भ्रष्ट तुल्याउँछ, परमेश्‍वरका तीन चरणका कार्यले कसरी मानिसलाई मुक्ति दिन्छ, उहाँका आखिरी दिनहरूको न्यायको कामको अर्थ, देहधारण र परमेश्‍वरका नामहरूका रहस्यहरू, हरेक प्रकारको व्यक्तिको परिणाम र गन्तव्य, र राज्यको सुन्दरता। यी वचनहरू आँखा खोल्‍ने र विश्‍वस्त तुल्याउने किसिमका छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरले मानवजातिको पाप र परमेश्‍वरप्रतिको प्रतिरोध, अर्थात् हाम्रो शैतानी प्रकृति र स्वभावको न्याय र खुलासा गर्नुहुन्छ। हामी शैतानद्वारा कति गहन रूपमा भ्रष्ट तुल्याइएका छौं भन्‍ने कुरा पनि उहाँले खुलासा गर्नुहुन्छ, र हामीलाई भ्रष्टताबाट उम्कने र पूर्ण मुक्ति पाउने मार्ग देखाउनुहुन्छ। परमेश्‍वरका चुनिएका मानिसहरूले हरेक दिन परमेश्‍वरका वचनहरू खाने, पिउने, र त्यसमा आनन्द लिने गर्छन्। उहाँका वचनहरूले हामीलाई न्याय गर्छन्, सजाय दिन्छन्, निराकरण र काटछाँट गर्छन् र हामीले सबै प्रकारका परीक्षाहरूको अनुभव गर्छौं, धेरै सत्यताहरू सिक्छौं र हाम्रो शैतानी प्रकृतिलाई साँचो रूपमा चिन्छौं। हामी के देख्छौं भने, हामी सधैँ भ्रष्टतामा जिइरहेका हुन्छौं, परमेश्‍वरको विरुद्धमा विद्रोह गर्दै र उहाँप्रति तिरस्कृत हुँदै बसिरहेका हुन्छौं, र हामीले पश्‍चात्ताप गरेनौं र परिवर्तन भएनौं भने परमेश्‍वरले हामीलाई हटाउनुहुनेछ र दण्ड दिनुहुनेछ। हामीले परमेश्‍वरको धर्मी, उल्‍लङ्घन गर्न नसकिने स्वभावलाई अनुभव गर्छौं र उहाँप्रति आदरभावको विकास गर्छौं। क्रमिक रूपमा हाम्रो भ्रष्टता सफा हुन्छ र परिवर्तन हुन्छ, र हामी अन्तिममा पापको बन्धनबाट उम्कन्छौं र परमेश्‍वरको लागि सुन्दर गवाही दिन्छौं। परमेश्‍वरले पहिले नै विपत्तिहरूभन्दा अघि विजेताहरूको समूह निर्माण गरिसक्‍नुभएको छ, र विपत्तिहरू आइरहेका छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई इन्कार र विरोध गर्नेहरू, र शैतानको स्वामित्वमा हुनेहरू सबै विपत्तिहरूमा नष्ट हुनेछन्। परमेश्‍वरको न्यायको अनुभव गर्ने र शुद्ध पारिनेहरूले विपत्तिहरूका बीचमा परमेश्‍वरको सुरक्षा प्राप्त गर्नेछन्, उहाँको राज्यमा लगिनेछन्, र तिनीहरूले सुन्दर गन्तव्य प्राप्त गर्नेछन्। साँचो रूपमा परमेश्‍वरको राज्यमा उठाइलगिनु भनेको यही हो। परमेश्‍वरद्वारा मुक्त गरिने र पूर्ण तुल्याउने यी विजेताहरू नै पृथ्वीमा परमेश्‍वरका वचनहरू अभ्यास गर्नेहरू र उहाँको इच्‍छा पूरा गर्नेहरू हुन्। तिनीहरू परमेश्‍वरको राज्यका मानिसहरू हुन्। पृथ्वीमा ख्रीष्टको राज्य यसरी नै पूरा हुन्छ, र यसले प्रभु येशूको यो अगमवाणीलाई पूरा गर्छ: “हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईंको नाउँ पवित्र होस्। तपाईंको राज्य आओस्, स्वर्गमा जस्तै यस पृथ्वीमा पनि तपाईंको इच्छा पूरा होस्(मत्ती ६:९-१०)। “अनि म यूहन्‍नाले पवित्र सहर, नयाँ येरुशलेम, आफ्नो दुलहाको निम्ति दुलहीझैँ सजिएर स्वर्गबाट तल आइरहेको देखेँ। अनि मैले स्वर्गबाट यसो भनिएको ठूलो आवाज सुनेँ, हेर, परमेश्‍वरको वासस्थान मानिससँग छ र उहाँ तिनीहरूसँग बस्‍नुहुनेछ, तिनीहरू उहाँका मानिसहरू हुनेछन् र परमेश्‍वर स्वयम् तिनीहरूसँग हुनुहुनेछ, र तिनीहरूका परमेश्‍वर हुनुहुनेछ। अनि परमेश्‍वरले तिनीहरूका आँखाबाट सबै आँसुहरू पुछिदिनुहुनेछ; अनि त्यहाँ कुनै मृत्यु हुनेछैन, न शोक, न त रोदन नै हुनेछ, न त त्यहाँ कुनै पीडा नै हुनेछ: किनकि अगाडिका कुराहरू बितिगएका छन्(प्रकाश २१:२-४)। “यस संसारका राज्यहरू हाम्रा प्रभु र उहाँका ख्रीष्टको राज्य बनेको छ; र उहाँले सदा-सदा राज्य गर्नुहुनेछ(प्रकाश ११:१५)। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले भन्छन्, “जितको काम पूरा भएपछि, मानिसलाई एउटा सुन्दर देशमा ल्याइनेछ। यो जीवन अवश्य अझै यही पृथ्वीमा नै हुनेछ तर आजको मानिसको जीवनभन्दा पूरै विपरीत हुनेछ। यो जीवन सम्पूर्ण मानवजातिलाई जितिएपछि मानवजातिले पाउने जीवन हुनेछ, यो यस पृथ्वीमा मानिसको निम्ति एउटा नयाँ सुरुवात हुनेछ अनि मानिसको निम्ति यस्तो जीवन पाउनु मानवजाति एउटा नयाँ र सुन्दर राज्यभित्र प्रवेश गरेको छ भन्‍ने कुराको प्रमाण हुनेछ। यो पृथ्वीमा मानिस अनि परमेश्‍वरको जीवनको सुरुवात हुनेछ। यस्तो सुन्दर जीवनको आधार पक्कै पनि मानिस शुद्ध गरिएपछि र जितिएपछि, उसले आफूलाई सृष्टिकर्ताको सामु समर्पित गर्छ भन्‍ने हुनुपर्छ। यसैले जितको काम भनेको मानवजाति सुन्दर गन्तव्यमा प्रवेश गर्नुअघिको परमेश्‍वरको कामको अन्तिम चरण हो। त्यस्तो जीवन नै भविष्यमा मानिसले पाउने पृथ्वीको जीवन हो, अत्यन्तै सुन्दर जीवन, मानिसले तृष्णा गर्ने जीवन, संसारको इतिहासमा यसभन्दा पहिले मानिसले कहिल्यै हासिल नगरेको जीवन। ६,००० वर्षे व्यवस्थापन कार्यको अन्तिम परिणाम यही नै हो। मानिसले सबैभन्दा बढी तृष्णा गर्ने कुरा यही हो अनि मानिसको निम्ति परमेश्‍वरको प्रतिज्ञा पनि यही नै हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)

जब मानिसहरूलाई उनीहरूको मौलिक स्वरूपमा पुनर्स्थापना गरिएका हुनेछन्, र जब उनीहरूले आ-आफ्ना कर्तव्यहरू पूरा गर्न सक्छन्, उनीहरूलाई आ-आफ्नै उचित स्थानहरूमा राख्न सक्छन् र परमेश्‍वरको प्रबन्धहरूको अधीनमा बस्छन्, तब परमेश्‍वरले पृथ्वीमा उहाँको आराधना गर्ने मानिसहरूको एउटा समूह हासिल गर्नुभएको हुनेछ र उहाँले पृथ्वीमा उहाँको आराधना गर्ने उहाँको राज्य स्थापना गरिसकेको हुनुहुनेछ। उहाँले पृथ्वीमाथि अनन्त विजय हासिल गर्नुभएको हुनेछ र उहाँको विरोध गर्नेहरू सबै अनन्तताको निम्ति नष्ट हुनेछन्। यसले मानवजातिलाई सृष्टि गर्ने उहाँको मौलिक अभिप्राय पुनर्स्थापना गर्नेछ; यसले सबै थोक सृष्टि गर्ने उहाँको अभिप्राय पुनर्स्थापना गर्नेछ, यसले सबै थोक माझ र उहाँको शत्रुहरूमाझ पृथ्वीमा उहाँको अधिकार पनि पुनर्स्थापना गर्नेछ। यो उहाँको पूर्ण विजयको सङ्केतहरू हुनेछन्। त्यस पश्चात्, मानवजाति विश्राममा प्रवेश गर्नेछ र सही मार्गमा हुने जीवन सुरुवात गर्नेछ। परमेश्‍वर पनि मानवजातिसँगै अनन्त विश्राममा प्रवेश गर्नुहुनेछ अनि उहाँ आफै र मानव दुवैले साझेदारी गर्ने अनन्त जीवनको प्रारम्भ गर्नुहुनेछ। पृथ्वीमा अशुद्धता र अनाज्ञाकारिता हराइसकेको हुनेछ, सबै क्रन्दनहरू दूर भइसकेको हुनेछन्, र परमेश्‍वरको विरोध गर्ने यस संसारको सबै थोकको अस्तित्व नै मेटिसकेको हुनेछ। परमेश्‍वर र उहाँले मुक्ति दिनुभएका मानिसहरू मात्र रहनेछन्; उहाँको सृष्टि मात्र रहनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)

यस विन्दुमा, हामीले साँचो रूपमा उठाइलगिनु भनेको के हो भन्‍ने कुरालाई राम्ररी बुझेका छौं। उठाइलगिने कार्य मुख्य रूपमा परमेश्‍वरको आवाज सुन्‍ने, उहाँका पाइलाहरू पछ्याउने र सर्वशक्तिमान्‌ परमेश्‍वरकहाँ फर्किने, परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कार्यलाई स्वीकार गर्ने कामसँग सम्‍बन्धित छ। किन धार्मिक संसारले विपत्तिहरूभन्दा पहिले उठाइको अनुभव गरेका छैनन्? यसको मुख्य कारण तिनीहरूले सत्यताको खोजी गर्दैनन् वा परमेश्‍वरको आवाज सुन्‍दैनन्, तर आफ्नै धारणाहरू र बाइबलका शब्‍दहरूमा नै जोड दिइरहन्छन् भन्‍ने तथ्य नै हो। तिनीहरूले मानिसका वचनहरू मात्रै सुन्छन्, तर प्रभुलाई उहाँका वचनहरू अनुसार स्वागत गर्दैनन्। यही कारणले गर्दा तिनीहरू विपत्तिहरूमा परेका छन्। मानिसहरूले प्रभु बादलको सवारीमा आउनुहुन्छ भनेर प्रतीक्षा गर्न मात्र चाहन्छन्, र तुरुन्तै रूप परिवर्तन भएर उहाँलाई भेट्न आकाशमा लगिने चाहना गर्छन्, त्यसकारण आफैलाई तयार नगरिकन वा प्रभुको आवाज नसुनिकन तिनीहरूले निष्क्रिय भएर प्रतीक्षा गर्छन्। तिनीहरूको हृदय अचेत भएका छन्। तिनीहरूले यसरी कसरी प्रभुलाई स्वागत गर्न सक्छन्? तिनीहरू विपत्तिहरूमा पर्नेछन्, अनि रुनेछन् र दाह्रा किट्नेछन्। सर्वशक्तिमान्‌ परमेश्‍वरले तीन दशकदेखि आफ्‍नो न्यायको काम गर्दै आउनुभएको छ। उहाँले विपत्तिहरूभन्दा अघि विजेताहरूको समूह निर्माण गर्नुभएको छ, र अहिले विपत्तिहरू आइरहेका छन्। विपत्तिहरूमा परमेश्‍वरको आवाज सुन्‍ने र प्रभुलाई स्वागत गर्नेहरूले अझै पनि उठाइलगिने मौका पाउँछन्। विपत्तिहरूका बीचमा उठाइलगिनु भनेको यही हो, र तिनीहरूसँग कायम रहने आशा हुन्छ। प्रभु बादलमा आउनुहुनेछ भन्‍ने जोड दिँदै आफ्‍ना धारणाहरूमा लागिरहनेहरू विपत्तिहरूमा पर्नेछन् र तिनीहरूलाई मुक्ति दिन सकिँदैन। विपत्तिहरू समाप्त भएपछि, परमेश्‍वर सबै जाति र मानिसहरूकहाँ खुलेआम देखा पर्नुहुनेछ, र प्रकाश १:७ को यो अगमवाणी पूरा गर्नुहुनेछ, “हेर, उहाँ बादलहरूसहित आउनुहुन्छ; अनि हरेक आँखाले उहाँलाई देख्‍नेछन्, र तिनीहरूले पनि जुनले उहाँलाई घोचे: अनि उहाँको कारण पृथ्वीका सबै जातिले विलाप गर्नेछन्।” हामी सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूका केही खण्डहरूद्वारा समाप्त गर्छौं। “धेरै मानिसहरूले मैले भनेको कुराको वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक तथाकथित सन्तलाई म अझै भन्छु; जब तिमीहरूले येशू स्वर्गबाट सेतो बादलमा आउनुभएको आफ्नै आँखाले देख्छौ, त्यो धार्मिकताको सूर्य सार्वजनिक रूपमा देखा पर्ने क्षण हुनेछ। सायद त्यो क्षण तेरो निम्ति ठूलो उल्लासको समय हुन सक्छ, तर तैँले येशू स्वर्गबाट ओर्लनुभएको देख्‍ने समय तँ दण्ड भोग्‍नलाई नरक जाने बेला पनि हो भनी जान्‍नुपर्छ। त्यो परमेश्‍वरको व्यवस्थापन योजनाको अन्त्यको समय हुनेछ, र त्यो परमेश्‍वरले असललाई इनाम र दुष्टलाई दण्ड दिने समय हुनेछ। सत्यताको अभिव्यक्ति मात्र हुँदा मानिसले चिन्हहरू देख्‍नुअघि नै परमेश्‍वरको न्याय अन्त्य भइसकेको हुनेछ। सत्यता स्वीकार गर्नेहरू, चिन्हहरू नखोज्नेहरू र यसरी शुद्ध पारिएकाहरू परमेश्‍वरको सिंहासनसामु फर्केका र सृष्टिकर्ताको अंगालोमा प्रवेश गरेका हुनेछन्। ‘सेतो बादलमा सवार नहुने येशू झुटो ख्रीष्ट हो’ भन्‍ने विश्‍वासमा अड्डी कस्‍नेहरू अनन्त दण्डको भागीदार हुनेछन्, किनभने तिनीहरूले चिन्ह प्रदर्शन गर्नुहने येशूमा मात्र विश्‍वास गर्छन्, तर कठोर न्याय घोषणा गर्नुहुने र साँचो मार्ग र जीवनको निकास दिनुहुने येशूलाई स्वीकार गर्दैनन्। यसकारण, सेतो बादलमा येशूको खुल्लमखुल्ला पुनरागमन हुँदा मात्र उहाँले तिनीहरूलाई निराकरण गर्नुहुनेछ। तिनीहरू अति हट्ठी, आफैमा अति आत्मविश्‍वासी, अति अहङ्कारी छन्। यस्ता भ्रष्टहरूलाई येशूले कसरी इनाम दिन सक्‍नुहुन्छ? सत्यता स्वीकार गर्न सक्‍नेहरूका निम्ति येशूको पुनरागमन ठूलो मुक्ति हो, तर सत्यता स्वीकार गर्न नसक्‍नेहरूका निम्ति यो दण्डको चिन्ह हो। तिमीहरूले आफ्नै मार्ग चुन्‍नुपर्छ र पवित्र आत्माको निन्दा र सत्यतालाई इन्कार गर्नु हुँदैन। तँ अज्ञानी र अहङ्कारी व्यक्ति हुनुहुँदैन, बरु पवित्र आत्माको मार्गदर्शन पालन गर्ने, सत्यताको उत्कट इच्छा र खोजी गर्ने व्यक्ति हुनुपर्छ; तिमीहरू यसरी मात्र लाभान्वित हुनेछौ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्‍नुभएको हुनेछ)

आखिरी दिनहरूका ख्रीष्‍टले जीवन ल्याउनुहुन्छ, अनि सत्यको चिरस्थायी र अनन्‍त बाटो ल्याउनुहुन्छ। यही सत्य नै मानिसले जीवन प्राप्त गर्ने मार्ग हो, र यो एक मात्र मार्ग हो जसमार्फत मानिसले परमेश्‍वरलाई चिन्‍नेछ र परमेश्‍वरद्वारा ऊ स्वीकार हुनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्‍टले प्रदान गर्नुहुने जीवनको खोजी गर्दैनस् भने, तैँले कहिल्यै पनि येशूको स्वीकृति प्राप्त गर्नेछैनस्, र तँ स्वर्गको राज्यको प्रवेशद्वारभित्र छिर्न कहिल्यै योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। नियम र अक्षरहरूको नियन्त्रण र इतिहासको बन्धनमा हुनेहरूले कहिल्यै पनि जीवन प्राप्त गर्न सक्‍नेछैनन् न त तिनीहरूले जीवनको अनन्त बाटो नै पाउन सक्‍नेछन्। यस्तो किन हुन्छ भने तिनीहरूसँग सिंहासनबाट बग्‍ने जीवनको पानी नभई हजारौँ वर्षदेखि जमेर बसेको धमिलो पानी मात्रै छ। जीवनको पानीको आपूर्ति नपाएकाहरू सदासर्वदा नै लास, शैतानको खेलौना, र नरकको पुत्र भएर रहनेछन्। अनि, कसरी तिनीहरूले परमेश्‍वरलाई देख्‍न सक्छन्? यदि तँ विगतलाई मात्रै पक्रिराख्‍ने प्रयास गर्छस्, ठिङ्ग उभिएर परिस्थितिलाई जस्ताको तस्तै राख्‍ने मात्रै प्रयास गर्छस्, र यथास्थितिलाई परिवर्तन गर्ने र इतिहासलाई त्याग्‍ने प्रयास गर्दैनस् भने, के तँ सधैँ परमेश्‍वरको विरुद्धमा हुनेछैनस् र? परमेश्‍वरको कार्यका चरणहरू उर्लिरहने छालहरू र थर्किरहने चट्याङहरूजस्तै गहन र शक्तिशाली छन्—तैपनि तँ आफ्‍नो मूर्खतामा अल्झिँदै र केही पनि नगरी, विनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्छस्। यस तरिकाले, तँलाई थुमाका पाइलाहरू पछ्याउने व्यक्तिको रूपमा कसरी लिन सकिन्छ? तैँले पक्रेर बसेको परमेश्‍वर सँधै नयाँ र कहिल्यै पुरानो नहुने परमेश्‍वर हुनुहुन्छ भनेर तैँले कसरी पुष्टि गर्न सक्छस्? अनि तेरा पहेँलो भइसकेका पुस्तकका वचनहरूले तँलाई कसरी नयाँ युगमा लैजान सक्छन्? तिनले कसरी तँलाई परमेश्‍वरको कार्यका चरणहरूको खोजी गर्न अगुवाइ गर्न सक्छन्? अनि, तिनले कसरी तँलाई स्वर्ग लैजान सक्छन्? तैँले आफ्नो हातमा जे लिएको छस् ती तँलाई अस्थायी सान्त्वना दिने अक्षरहरू मात्र हुन्, जीवन दिन सक्‍ने सत्यताहरू होइनन्। तैँले पढ्ने धर्मशास्‍त्रका खण्डहरूले तेरो जिब्रोलाई मात्रै समृद्ध तुल्याउन सक्छन् तर ती मानव जीवनको बारेमा जान्‍न तँलाई सहयोग गर्न सक्‍ने दर्शनशास्‍त्रका शब्‍दहरू होइनन्, ती तँलाई सिद्धतामा लैजान सक्‍ने मार्गहरू हुने कुरा त परै जाओस्। के यो विसंगतिले तँलाई समीक्षा गर्ने ध्येय दिँदैन र? के यसले तँलाई आफैभित्र रहेका रहस्यहरूलाई महसुस गर्ने तुल्याउँदैन र? के तँ परमेश्‍वरलाई भेट्नको लागि आफूले आफैलाई स्वर्गमा सुम्पन सक्छस्? परमेश्‍वरको आगमनविना, के तँ परमेश्‍वरसँग पारिवारिक खुशीको आनन्द लिन आफैलाई स्वर्ग लैजान सक्छस्? के तँ अहिले पनि सपना देखिरहेको छस्? त्यसो भए, मेरो सुझाव छ, तँ सपना देख्‍न छोड्, अनि अहिले कसले काम गरिरहनुभएको छ हेर्—अहिले आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिने काम कसले गर्दै हुनुहुन्छ जाँचेर हेर्। यदि तँ त्यसो गर्दैनस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्, र कहिल्यै जीवन प्राप्त गर्नेछैनस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

किन परमेश्‍वर आखिरी दिनहरूमा आत्मिक रूपमा नभई देहधारण गरेर आउनहुन्छ?

मुक्तिदाता सर्वशक्तिमान परमेश्‍वरले आफ्ना आखिरी दिनहरूको न्यायको कार्य व्यक्त गर्नुभएकोले, धेरै मानिसहरूले साँचो मार्ग खोजी र अनुसन्धान...

मुक्तिदाता आउनुभएपछि उहाँले मानवजातिलाई कसरी मुक्ति दिनुहुन्छ?

जब हामी मुक्तिदाताको बारेमा कुरा गर्छौं, आखिरी दिनहरूमा उहाँ मानवजातिलाई मुक्ति दिन पृथ्वीमा अवश्य आउनुहुन्छ भन्‍ने कुरामा सबै विश्‍वासीहरू...

जब मुक्तिदाता आउनुहुन्छ, के उहाँलाई अझै पनि येशू नै भनिनेछ?

आखिरी दिनहरूमा, मुक्तिदाता सर्वशक्तिमान् परमेश्‍वर पहिले नै पृथ्वीमा आएर सत्यता व्यक्त गरिरहनुभएको छ, यसरी मानवजातिलाई पूर्ण मुक्ति दिन...

के परमेश्‍वरका सबै काम र वचनहरू बाइबलमा नै छन् भन्‍ने कुरा साँचो हो?

आखिरी दिनहरूमा मुक्तिदाता सर्वशक्तिमान्‌ परमेश्‍वर देखा पर्नुभएको छ र उहाँले काम गरिरहनुभएको छ, अनि उहाँले करोडौँ वचनहरू व्यक्त गर्नुभएको...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्