परमेश्‍वरको आखिरी दिनहरूको न्यायले मानवजातिलाई कसरी शुद्ध पार्छ र मुक्ति दिन्छ?

10 डिसेम्बर 2021

मानिसहरूले हामीमाथि ठूला-ठूला विपत्तिहरू आइरहेका छन् भन्‍ने महसुस गरेका छन् र प्रभु बादलको सवारीमा आउनुहुनेछ भनेर अपेक्षा गरिरहेकाहरूले उत्सुकताको साथ प्रतीक्षा गरिरहेका छन्। वर्षौंको प्रतीक्षापछि पनि, तिनीहरूले उहाँ आउनुभएको देख्‍नै बाँकी छ। बरु, तिनीहरूले पूर्वीय ज्योतिले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कार्यको गवाही दिइरहेको छ भन्‍ने देख्छन्। यो तिनीहरूको लागि ठूलो खिन्‍नता हो। तिनीहरूले सीधै उठाई लगिने र प्रभुसँग भेट्ने आशा गर्दै आइरहेका थिए, र उहाँले आफ्‍नो आगमनमा न्यायको काम गर्नुहुन्छ भन्‍ने कहिल्यै अपेक्षा गरेका थिएनन्। तिनीहरूले यो कुरालाई स्वीकार गर्न चाहँदैनन्। धेरै जना मानिसहरूले धार्मिक संसारका ख्रीष्ट-विरोधी शक्तिहरूलाई पछ्याएर परमेश्‍वरको देखा-पराइ र कार्यलाई आलोचना गर्ने र दोष दिने गरिरहेका छन्। तिनीहरू यस्तो विचार गर्छन्, “हाम्रो पाप क्षमा भएको छ र परमेश्‍वरले हामीलाई धर्मी ठान्‍नुहुन्छ, त्यसकारण हामीलाई परमेश्‍वरको न्यायको खाँचो छैन। प्रभुले हामीलाई सीधै आफ्‍नो राज्यमा लैजानुहुनेछ भनेर हामीले प्रतीक्षा गरिरहेका छौं, जहाँ हामीले उहाँका आशिषहरूको आनन्द लिनेछौं।” तिनीहरू साँचो मार्गको खोजी र अनुसन्धान गर्न अनिच्‍छुक हुँदै आफ्‍ना धारणाहरूमा टाँसिइरहन्छन्, त्यही कारणले गर्दा तिनीहरूले प्रभुलाई अझै स्वागत गरेका छैनन्, र विपत्तिहरूमा परेका छन्। यसले प्रभु येशूको यो वचनलाई पूर्ण रूपमा पूरा गर्छ: “किनकि जोसँग छ, उसैलाई दिइनेछ, र ऊसँग प्रशस्‍त हुनेछ: तर जोसँग छैन, ऊबाट ऊसँग भएको पनि खोसिनेछ। अनि तिमीहरू त्यो बेकारको नोकरलाई बाह्य अन्धकारमा फाल्देओ: त्यहाँ दाह्रा किटाइ र रुवाबासी हुनेछ” (मत्ती २५:२९-३० )। तर सत्यतालाई प्रेम गर्नेहरू धेरै छन् र जब तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढे, तिनीहरूले ती वचनहरूको शक्ति र अख्‍तियार देखे, ती सबै सत्यता हुन् भन्‍ने देखे। तिनीहरूले परमेश्‍वरको आवाज चिने र उप्रान्त आफ्‍नो धारणाहरूमा अड्किरहेनन्, बरु साँचो मार्गको अनुसन्धान गरिरहे। तिनीहरूका प्रथम प्रश्‍नहरू के थिए भने, तिनीहरूका पापहरू क्षमा गरिएका र परमेश्‍वरले धर्मी ठान्‍नुभएको अवस्थामा पनि परमेश्‍वरले किन अझै न्यायको काम गर्नु आवश्यक छ, र आखिरी दिनहरूमा परमेश्‍वरले कसरी मानवजातिलाई शुद्ध पार्नुहुन्छ र मुक्ति दिनुहुन्छ? यी दुई प्रश्‍नहरू साँचो मार्गको खोजी गरिरहेका प्रत्येकले बुझ्‍नैपर्ने अत्यन्तै महत्त्वपूर्ण र अन्योलमा पार्ने किसिमका प्रश्‍नहरू हुन्।

अब हामी परमेश्‍वरले किन आखिरी दिनहरूको न्यायको काम गर्नु आवश्यक छ भन्‍ने प्रश्‍नबाट सुरु गरौं। धर्ममा रहेका धेरै मानिसहरूको लागि यो अन्योलपूर्ण छ। तिनीहरूलाई यस्तो लाग्छ, “प्रभुले हाम्रो पाप क्षमा गरिसक्‍नुभएको छ, र परमेश्‍वरले हामीलाई पापीको रूपमा हेर्नुहुन्‍न, त्यसकारण हामीलाई सीधै स्वर्गको राज्यमा लगिनेछ, र हामीलाई परमेश्‍वरको न्यायको खाँचो छैन।” यो निकै ठूलो गल्ती हो। प्रभुले मानिसका पापहरू क्षमा गर्नुभएको छ भन्‍ने कुरा साँचो हो, तर के त्यो पापक्षमाको अर्थ हाम्रो शुद्धीकरण भएको छ भन्‍ने हुन्छ? के त्यसको अर्थ हामीले परमेश्‍वरप्रति साँचो समर्पणता हासिल गरेका छौं भन्‍ने हुन्छ? हुँदैन। हामी सबैले यो तथ्यलाई देखेका छौं: हाम्रा पापहरू क्षमा गरिएको भए तापनि, विश्‍वासीहरू दिउँसो पाप गर्ने अनि राती स्वीकार गर्ने गर्दै पाप गर्ने र स्वीकार गर्ने चक्रमा जिइरहेका छन्, यसरी तिनीहरूले प्रभु येशूका आज्ञाहरू पालन गर्ने प्रयास गरिरहेका र असफल भइरहेका प्रभुलाई प्रेम गर्न र उहाँमा समर्पित हुन प्रयास गरिरहेका र असफल भइरहेका, असल काम गर्ने सङ्कल्‍प गरे पनि अझैसम्म झूट बोलिरहेका र पाप गरिरहेका, आफूलाई सुधार गर्न जति नै कठिन परिश्रम गरे पनि असफल भइरहेका छन्। धेरैलाई देह अत्यन्तै भ्रष्ट छ र पापमा जिउनु अत्यन्तै पीडादायी छ भन्‍ने लाग्छ। त्यसकारण किन मानिसहरूले आफूलाई पापका बन्धनहरूबाट अलग गर्न सक्दैनन्? किन हामी पाप नगरिकन बस्‍न सक्दैनौं? यो मानिसको पापमय प्रकृति र शैतानी स्वभावहरूको कारणले गर्दा हो। यी पापका जड हुन्। पापको जडलाई नउखालिकन, हामी कहिल्यै पनि यसबाट मुक्त हुन सक्दैनौं, तर हामीले परमेश्‍वरलाई इन्कार गरिरहेका, दोष दिइरहेका, र उहाँप्रति शत्रुवत बनिरहेका हुनेछौं। फरिसीहरूका बारेमा विचार गर्नुहोस्, जसले पुस्तौंदेखि विश्‍वास गर्दै आएका थिए र नियमित रूपमा पापबलि चढाइरहेका थिए। जब यहोवा परमेश्‍वर प्रभु येशूको रूपमा देहधारी हुनुभयो र उहाँले धेरै सत्यताहरू व्यक्त गर्नुभयो, तब किन तिनीहरूले प्रभु येशूलाई यहोवा परमेश्‍वरको देखापराइको रूपमा पहिचान गरेनन्, बरु उहाँलाई दोष दिए र आलोचना गरे, अनि उहाँलाई क्रूसमा समेत टाँगे? समस्या के थियो? अहिले आखिरी दिनहरूमा, सर्वशक्तिमान् परमेश्‍वर आएर सत्यता व्यक्त गर्नुभएको छ र पनि किन धर्ममा रहेका धेरै मानिसहरूले यसलाई हेर्न समेत मान्दैनन्, तर पागलले झैँ उहाँलाई दोष दिन्छन् र निन्दा गर्छन्, अनि फेरि पनि परमेश्‍वरलाई क्रूसमा टाँग्‍ने अठोट गर्छन्? यो सबैको अर्थ के हो? यसले स्पष्ट रूपमा नै के देखाउँछ भने मानिसहरूका पापहरू क्षमा गरिएको भए पनि, तिनीहरू अझै पनि तिनीहरूको शैतानी प्रकृतिको नियन्त्रणमा छन् र तिनीहरूले कुनै पनि समयमा परमेश्‍वरलाई दोष दिने र विरोध गर्ने गर्न सक्छन्। मानवजातिको पापी प्रकृति पापकर्महरूसँग मात्रै सम्‍बन्धित छैन, तर यो यति गम्‍भीर छ कि तिनीहरूले सत्यता व्यक्त गर्नुहुने ख्रीष्‍टलाई क्रूसमा टाँगेर, तिनीहरू परमेश्‍वरको विरुद्धमा, सत्यताको विरुद्धमा खडा हुन, परमेश्‍वरको विरुद्धमा व्यवहार गर्न र काम गर्न अनि उहाँको शत्रु बन्‍न तयार हुन्छन्। परमेश्‍वरको विरुद्धमा रहेका त्यस्ता फोहोरी र भ्रष्ट मानिसहरू कसरी उहाँको राज्यको योग्य हुन सक्छन्? परमेश्‍वर धर्मी र पवित्र हुनुहुन्छ, र उहाँको स्वभाव उल्‍लङ्घन गर्न नसकिने छ। पापक्षमा पाएका मानिसहरूलाई न्यायको कामद्वारा धोइएन, तर पाप गरिरहे र परमेश्‍वरको विरोध गरिरहे भने, तिनीहरू कहिल्यै पनि परमेश्‍वरको राज्यको योग्य हुनेछैनन्—यसमा कुनै शङ्का छैन। यसले प्रभु येशूका यी वचनहरूलाई पूरा गर्छ: “मलाई प्रभु, प्रभु भन्ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्‍छालाई पूरा गर्छ जो स्वर्गमा हुनुहुन्छ” (मत्ती ७:२१ )। “साँचो-साँचो म तिमीलाई भन्छु, पाप गर्ने जो-कोही पापको दास हो। अनि दास घरमा सदासर्वदा बस्दैन: तर पुत्रचाहिँ सदासर्वदा बस्छ।” (यूहन्‍ना ८:३४-३५ )। हिब्रू १२:१४ मा पनि यसो भनिएको छ: “पवित्रताविना कुनै मानिसले प्रभुलाई देख्‍नेछैन।” त्यही कारणले गर्दा, आफ्‍नो छुटकाराको कामको बेला प्रभु येशूले फेरि आउनेछु भनी धेरै पटक भन्‍नुभयो। त्यसोभए, उहाँ किन आउनुभएको छ? उहाँ मानवजातिलाई पापबाट र शैतानका शक्तिहरूबाट पूर्ण रूपमा मुक्ति दिन सत्यताहरू व्यक्त गर्न र आफ्‍नो न्यायको काम गर्नको लागि आउनुभएको हो ताकि हामी पूर्ण रूपमा परमेश्‍वरकहाँ फर्केर आई परमेश्‍वरमा समर्पित हुने र उहाँको आराधना गर्ने मानिसहरू बन्‍न सकौं। त्यसपछि उहाँले हामीलाई सुन्दर गन्तव्यमा लैजानुहुनेछ। यो प्रभु येशूले अगमवाणी गर्नुभएजस्तै छ: “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ” (यूहन्‍ना १६:१२-१३)। “अनि यदि कुनै मानिसले मेरो वचन सुन्छ र पनि विश्‍वास गर्दैन भने, म त्यसको न्याय गर्दिनँ: किनभने म संसारलाई न्याय गर्न होइन, तर बचाउन आएँ। मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ” (यूहन्‍ना १२:४७-४८)। र, “किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ” (१ पत्रुस ४:१७ )। हामी देख्‍न सक्छौं, परमेश्‍वरले धेरै पहिले नै आखिरी दिनहरूमा न्यायको काम गर्ने योजना बनाउनुभयो, र पूर्ण मुक्ति पाउनको लागि भ्रष्ट मानवजातिलाई चाहिने कुरा ठीक यही हो। आखिरी दिनहरूमा, सर्वशक्तिमान्‌ परमेश्‍वरले सत्यताहरू व्यक्त गरिरहनुभएको छ र परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गरिरहनुभएको छ। उहाँ परमेश्‍वरका चुनिएका मानिसहरूलाई सबै सत्यतामा प्रवेश गराउनको लागि मानिसको बीचमा आउनुभएका सत्यताका आत्मा हुनुहुन्छ। यसले पूर्ण रूपमा प्रभु येशूका अगमवाणीहरूलाई पूरा गर्छ। आखिरी दिनहरूमा परमेश्‍वरले किन न्यायको काम गर्नुपर्छ भन्‍ने बारेमा थप स्पष्टताको लागि अब हामी सर्वशक्तिमान्‌ परमेश्‍वरका केही वचन पढौं।

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नु भएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशूले पापको बलि बनेर मानिसको पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभयो, र दण्ड अनि न्यायको काम सुरु गर्नुभयो। यो कामले मानिसलाई एक उच्च क्षेत्रमा पुर्‍यायो। उहाँको प्रभुत्वमुनि आउनेहरू सबैले अझ उच्च सत्यको आनन्द लिनेछन् र अझ ठूला आशिषहरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्य, बाटो र जीवन प्राप्त गर्नेछन्” (वचन देहमा देखा पर्नुहुन्छको प्रस्तावना)।

मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषयहरू ऊभित्रै रोपिएको हुन्छ, र हजारौं वर्षसम्म शैतानद्वारा भ्रष्ट पारिएपछि, ऊभित्र एउटा स्थापित प्रकृति हुन्छ जसले परमेश्‍वरको विरोध गर्छ। यसकारण जब मानिसलाई छुटकारा दिइएको हुन्छ, त्यो ठूलो मूल्य तिरेर मानिसलाई छुटाइएको घटनाभन्दा अरू केही हुँदैन, तर ऊभित्रको विषाक्त प्रकृति हटेको हुँदैन। अशुद्ध भएको मानिस परमेश्‍वरको सेवाको योग्य हुनुभन्दा अघि परिवर्तनको प्रक्रियाबाट भएर जानुपर्छ। न्याय र सजायको यस कार्यको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोर र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्‍नेछ, र ऊ पूर्णरूपमा परिवर्तन हुन र शुद्ध हुन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्‍वरको सिंहासनको अगि फर्केर आउनको योग्य हुन सक्छ। … किनकि मानिसलाई छुटकारा दिइएको र उसका पापहरू क्षमा गरिएको हुन सक्छ, तर त्यसलाई परमेश्‍वरले मानिसका अपराधहरू सम्‍झनुहुन्‍न र मानिससँग उसको अपराधअनुसार व्यवहार गर्नुहुन्‍न भनेर मात्र मान्न सकिन्छ। तापनि, जब मासुको शरीरमा जिउने मानिस पापबाट छुटाइएको हुँदैन, उसले पापै मात्र गरिरहन सक्छ, यसरी अटुट रूपमा आफ्नो भ्रष्ट शैतानिक स्वभाव प्रकट गर्छ। यो मानिसले जिउने जीवन हो, जहाँ पाप गर्ने र क्षमा गरिने चक्र निरन्तर चलिरहन्छ। अधिकांश मानवजातिले दिनमा पाप गर्छन् र साँझमा मात्र त्यो स्वीकार गर्छन्। यसरी, पापको बलि मानिसका लागि सदासर्वदा प्रभावकारी भए पनि त्यसले मानिसलाई पापबाट बचाउन सक्दैन। मुक्तिको काम आधा मात्र सम्पन्न भएको छ, किनकि मानिसमा अझै पनि भ्रष्ट स्वभाव छ। … आफ्ना पापहरू थाहा पाउनु मानिसको निम्ति सजिलो छैन, उसले गहिरो जरा गाडेको आफ्‍नो प्रकृतिलाई चिन्ने कुनै उपाय छैन, र यो नतिजा प्राप्त गर्न ऊ वचनद्वारा गरिने न्यायमा भर पर्नुपर्छ। तब मात्र मानिस बिस्तारै यस बिन्दुबाट परिवर्तन हुन सक्छ” (वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (४)”)।

अनुग्रहको युगमा, प्रभु येशू स्वयम्‌ क्रूसमा टाँगिनुभयो र मानवजातिको पापबलि बन्‍नुभयो र मानवजातिलाई पापबाट छुटकारा दिनुभयो। त्यहाँदेखि नै, मानिसका पापहरू क्षमा गरिएका छन् र परमेश्‍वरले हामीलाई पापीको रूपमा हेर्नुहुन्‍न, त्यसकारण हामीले सीधै परमेश्‍वरसँग प्रार्थना गर्न र उहाँको अघि आउन सक्छौं। तर परमेश्‍वरले मानिसलाई उप्रान्त पापी ठान्‍नुहुन्‍न भन्‍नुको अर्थ उहाँले हाम्रो पाप क्षमा गर्नुभएको छ भन्‍ने मात्रै हुन्छ, हामी पाप रहित छौं, हामी पूर्ण रूपमा पवित्र छौं भन्‍ने हुँदैन। हामीसँग अझै पनि पापी प्रकृति, र शैतानी स्वभाव छ. हामी परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कामबाट गुज्रिनुपर्छ ताकि हाम्रो भ्रष्टता धुन सकियोस् र हामीले पूर्ण मुक्ति प्राप्त गर्न सकौं। अनुग्रहको युगमा परमेश्‍वरले गर्नुभएको कामले आखिरी दिनहरूको न्यायको कामको लागि मार्ग तयार गर्‍यो। अर्थात्, उहाँको न्यायको काम प्रभु येशूको छुटकाराको कामको जगमा रही अघि बढाइन्छ। परमेश्‍वरको छुटकाराको कामले उहाँको मुक्तिको पूर्ण कामको आधा काम मात्रै पूरा गर्यो। मानवजातिलाई पूर्ण रूपमा शुद्ध गर्ने र मुक्ति दिने सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काम नै हो, र यो परमेश्‍वरको मुक्तिको कार्यको सबैभन्दा महत्त्वपूर्ण चरण हो। उहाँको राज्यको निम्ति योग्य हुन हामीले परमेश्‍वरको आखिरी दिनहरूको न्याय र शुद्धीकरणको कामलाई अनुभव गर्नुपर्छ, पापबाट पूर्ण मुक्त भएर धोइनुपर्छ, र साँचो रूपमा परमेश्‍वरमा समर्पित भएर परमेश्‍वरको इच्‍छा पूरा गर्नुपर्छ।

यस विन्दुमा मलाई लाग्छ, परमेश्‍वरले किन आखिरी दिनहरूमा उहाँको न्यायको काम गरिरहनुभएको छ भन्‍ने बारेमा हामीले अझै राम्ररी भुझ्यौं। कतिपय मानिसहरूले यो कार्यले कसरी मानवजातिलाई शुद्ध पार्छ र मुक्ति दिन्छ भन्ने बारेमा सोचिरहेका हुन सक्छन्। हामी सर्वशक्तिमान्‌ परमेश्‍वरले यसको बारेमा के भन्‍नुभएको छ त्यसलाई हेरौं। “आखिरी दिनहरूका ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्दहरू र कार्यहरूलाई जाँच गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानवको कर्तव्य, मानवले कसरी परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, मानव कसरी परमेश्‍वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको मूर्तरूप हो, र परमेश्‍वरका विरुद्धको शत्रुवत् दबाब हो भन्‍ने विषयमा बोलिएको हुन्छ। उहाँको न्यायको कामको अवधिमा, परमेश्‍वरले मानिसको प्रकृतिलाई एक-दुई वटा शब्‍दहरूले व्याख्या गर्नुहुन्‍न; उहाँले प्रकट गर्नुहुन्छ, निराकरण गर्नुहुन्छ र लामो समयसम्म काट-छाँट गर्नुहुन्छ। प्रकट गर्ने, निराकरण गर्ने, र छिँवल्ने यी सबै फरक-फरक तरिकाहरू सामान्य वचनहरूसँग साट्न सकिँदैन, तर यसको सत्यताबाट मानव पूर्ण रूपमा वञ्चित भएको हुन्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस किसिमको न्यायद्वारा मात्र मानव नियन्त्रणमा रहन सक्छ र परमेश्‍वरको बारेमा पूर्ण रूपमा विश्‍वस्त हुन्छ, र यसका साथसाथै परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। परमेश्‍वरको न्यायले मानवलाई परमेश्‍वरको इच्छा, र परमेश्‍वरको कार्यको उद्देश्य, उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा विश्‍वास राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो। यो काम परमेश्‍वरले गर्नुभएको न्यायको काम हो” (वचन देहमा देखा पर्नुहुन्छको “ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ”)।

मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका वचनहरूको न्याय र सजाय, र दुःखकष्ट अनि शोधनबाट भएर जानैपर्छ, वा उहाँका वचनहरूद्वारा निराकरण गरिनु, अनुशासित गरिनु र छिँवलिनु पर्छ। तब मात्र तिनीहरूले परमेश्‍वरप्रति आज्ञाकारीता र बफादारीता हासिल गर्न सक्दछन्, र उप्रान्त उहाँप्रति लापरवाही हुनेछैनन्। परमेश्‍वरका वचनहरूको शोधनमा पर्दा नै मानिसहरूको स्वभाव परिवर्तन हुँदछ। उहाँका वचनहरूको प्रकटीकरण, न्याय, अनुशासन, र निराकरणद्वारा मात्र तिनीहरू उप्रान्त सोचविचार नगरी काम गर्न छोड्छन् तर त्यसको साटो स्थिर र शान्त बन्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो, कि परमेश्‍वरका वर्तमान वचनहरू, र उहाँको काम मानिसहरूका विचारसँग मेल खाँदैनन् भने पनि तिनीहरू ती कुराको अधीनमा बस्न सक्छन्, तिनीहरू ती धारणाहरूलाई एकातिर पन्साएर स्वेच्छाले अधीनमा बस्न सक्छन्” (वचन देहमा देखा पर्नुहुन्छको “जुन मानिसहरूको स्वभाव परिवर्तन भएका छन् तिनीहरू परमेश्‍वरको वचनको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्”)।

परमेश्‍वरसित मानिसलाई सिद्ध तुल्याउने तरिकाहरू धेरै छन्। मानिसको भ्रष्ट स्वभावको निराकरण गर्न उहाँले हरप्रकारका वातावरणहरू प्रयोग गर्नुहुन्छ र मानिसलाई नाङ्गो पार्न विभिन्न कुराहरू प्रयोग गर्नुहुन्छ; एउटा सन्दर्भमा, उहाँले मानिसलाई निराकरण गर्नुहुन्छ, अर्कोमा उहाँले मानिसलाई नाङ्गो पार्नुहुन्छ, अनि अर्कोमा उहाँले मानिसको हृदयको गहिराइमा भएका ‘रहस्य’ खोतलेर देखाउँदै मानिसलाई प्रकट गर्नुहुन्छ, र मानिसलाई उसका धेरैवटा अवस्थाहरू प्रकट गर्दै उसको प्रकृति देखाउनुहुन्छ। परमेश्‍वर व्यावहारिक हुनुहुन्छ भनी मानिसले जानोस् भनी परमेश्‍वरले धेरै तरिकाहरूद्वारा—प्रकाशद्वारा, मानिसलाई निराकरणगरेर मानिसको शोधन गरेर अनि सजाय दिएर—मानिसलाई सिद्ध तुल्याउनुहुन्छ” (वचन देहमा देखा पर्नुहुन्छको “अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ”)।

यसले परमेश्‍वरले आफ्‍नो न्यायको काम कसरी गर्नुहुन्छ भन्‍ने बारेमा प्रकाश पार्न सहयोग गर्छ, होइन र? परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काममा, उहाँले मानिसको भ्रष्ट सार, हाम्रो शैतानी स्वभावहरूलाई न्याय गर्न र खुलासा गर्न मुख्य रूपमा सत्यताहरू व्यक्त गरिरहनुभएको छ, ताकि हामीले हाम्रो भ्रष्टताको सत्यतालाई देख्‍न सकौं, हृदयदेखि पछुतो गर्न सकौं, आफैलाई घृणा गर्न र आफैप्रति घिनाउन सकौं, देहलाई त्याग्‍न सकौं र परमेश्‍वरका वचनहरूलाई अभ्यास गर्न, र साँचो पश्‍चात्ताप र परिवर्तन हासिल गर्न सकौं। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले मानिसको भ्रष्ट स्वभावहरूको प्रकटीकरणलाई पूर्ण रूपमा खुलासा गर्छन्, जस्तै अहङ्कार, छल, र दुष्टता, साथै हाम्रो विश्‍वासको मनसाय र अपवित्रतालाई, अनि हाम्रो सबैभन्दा गहिरो, सबैभन्दा गुप्त विचार र भावनाहरूलाई पनि खुलासा गर्छन्। यी सबै कुरालाई तीक्ष्‍णताको साथ प्रकट गरिन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्दा, परमेश्‍वरले हाम्रो आमने-सामने बसेर हामीलाई न्याय गरिरहनुभएको छ भन्‍ने अनुभव हुन्छ। परमेश्‍वरले हाम्रो फोहोरी, भ्रष्ट, कुरूप अवस्थालाई पूर्ण रूपमा प्रकट गर्नुभएको हामी देख्छौं, र हामी लज्‍जित हुन्छौं, हाम्रो कुनै लुक्‍ने ठाउँ हुँदैन, र हामी परमेश्‍वरको अघि जिउन अयोग्य छौं भन्‍ने हामीलाई लाग्छ। मानिसलाई आफ्‍ना वचनहरूद्वारा न्याय गर्ने क्रममा, परमेश्‍वरले हामीलाई खुलासा गर्न वास्तविक परिस्थितिहरू पनि तयार गर्नुहुन्छ, त्यसपछि तथ्यहरूद्वारा हामीलाई काट-छाँट, निराकरण, र जाँच गरिन्छ, यसरी हामीले आफूलाई मनन गर्न र चिन्‍न सक्छौं। वास्तविकताद्वारा खुलासा गरिएर, त्यसपछि परमेश्‍वरका वचनहरूद्वारा थप खुलासा र न्याय गरिएपछि, हाम्रो शैतानी प्रकृतिद्वारा हामी जिउनुको कुरूपतालाई अझै स्पष्ट रूपमा देख्‍न सक्छौं। हामी पछुतोले भरिन्छौं र आफैलाई घृणा गर्छौं, र क्रमिक रूपमा साँचो पश्‍चात्ताप विकास गर्छौं। त्यसपछि हाम्रो भ्रष्ट स्वभावलाई धोइन्छ र परिवर्तन गरिन्छ। यसपछि, परमेश्‍वरले आफ्‍नो न्यायको कार्य कसरी गर्नुहुन्छ भन्‍ने बारेमा थप स्पष्टता प्राप्त गर्नको लागि हामी मानिसको भ्रष्ट स्वभावलाई प्रकट गर्ने परमेश्‍वरका थप वचनहरू सुनौं।

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मेरा कार्यहरू समुद्र किनारका बालुवाका कणहरूभन्दा धेरै छन् र मेरो बुद्धि सोलोमनका सबै छोराहरूभन्दा अधिक छ, तैपनि मानिसहरूले मलाई थोरै मात्र महत्त्व भएको वैद्यको रूपमा र मानिसको अज्ञात शिक्षकको रूपमा मात्र ठान्छन्। मैले तिनीहरूलाई निको पारेँ भनेर मात्र धेरैले मलाई विश्‍वास गर्छन्। मैले तिनीहरूको शरीरबाट अशुद्ध आत्माहरू निकाल्न मैले मेरो शक्ति प्रयोग गरौं भनेर र तिनीहरूले शान्ति र आनन्द प्राप्‍त गर्न सकून्‌ भनेर मात्र धेरैले ममा विश्‍वास गर्छन्। मबाट धेरै भौतिक सम्पत्ति माग गर्नलाई मात्र धेरैले ममा विश्‍वास गर्छन्। यस जीवनलाई शान्तिमा बिताउन र आउने संसारमा सुरक्षित र सकुशल हुनलाई मात्रै धेरैले ममा विश्‍वास गर्छन्। नरकको कष्टहरूबाट बच्न र स्वर्गका आशिष्‌हरू प्राप्‍त गर्नलाई धेरैले ममा विश्‍वास गर्छन्। धेरैले अस्थायी सान्त्वनाको निम्ति मात्र ममा विश्‍वास गर्छन्, तैपनि आउने संसारको कुनै पनि कुरा प्राप्‍त गर्न खोज्दैनन्। जब मैले मेरो क्रोध मानिसमाथि खन्याएँ र कुनै समयमा ऊसँग भएको सबै आनन्द र शान्ति खोसेँ, मानिस सशंकित भयो। मैले मानिसलाई नरकको कष्ट दिएर स्वर्गको आशिष्‌ फिर्ता गर्दा मानिसको शर्म रिसमा परिणत भयो। निको पार्नलाई मानिसले मलाई बिन्ती गर्दा मैले कुनै ध्यान दिइनँ र ऊप्रति घृणा महसुस गरेँ; बरु मानिस मबाट अलग भएर दुष्ट औषधि र टुनामुनाको मार्ग खोज्नतिर लाग्यो। जब मानिसले मबाट माग गरेको सबै थोक मैले खोसेँ, सबै जना कुनै निशानाविना नै गायब भए। यसैले, म अति धेरै अनुग्रह दिन्छु र प्राप्‍त गर्ने कुरा अति धेरै भएको हुनाले मानिसले ममा विश्‍वास गर्छ भनी म भन्छु” (वचन देहमा देखा पर्नुहुन्छको “विश्‍वासको बारेमा तँलाई के थाहा छ?”)।

परमेश्‍वरलाई पछ्याउने धेरै जनालाई कसरी आशिषहरू प्राप्त गर्ने वा विपत्ति टार्ने भन्‍नेको मात्रै चिन्ता छ। परमेश्‍वरको कार्य र व्यवस्थापनको बारेमा उल्‍लेख गर्ने बित्तिकै, तिनीहरू चुप बन्छन् र सबै चासो गुमाउँछन्। त्यस्तो सानातिना कुराहरूलाई बुझेर यसले तिनीहरूको जीवन वृद्धि गर्न वा कुनै पनि लाभ प्रदान गर्न सहयोग गर्नेछैन भन्‍ने तिनीहरू ठान्छन्। परिणामस्वरूप, तिनीहरूले परमेश्‍वरको व्यवस्थापनको बारेमा सुनेका भए तापनि, तिनीहरूले त्यति ध्यानै दिँदैनन्। यसलाई तिनीहरू स्वीकार गर्नुपर्ने कुनै बहुमूल्य कुराको रूपमा देख्दैनन्, यसलाई तिनीहरूको जीवनको भागको रूपमा ग्रहण गर्ने कुरा त परै जाओस्। त्यस्ता मानिसहरूसँग परमेश्‍वरलाई पछ्याउने एउटै मात्र सरल उद्देश्य हुन्छ, र त्यो उद्देश्य हो, आशिषहरू प्राप्त गर्नु। त्यस्ता मानिसहरूले यो उद्देश्यसँग प्रत्यक्ष रूपमा संलग्‍न नहुने अरू कुनै पनि कुरा सुन्‍ने झमेला लिन सक्दैनन्। तिनीहरूका लागि, आशिषहरू प्राप्त गर्न परमेश्‍वरमा विश्‍वास गर्नु जत्तिको न्यायसंगत अरू कुनै उद्देश्य हुन सक्दैन—तिनीहरूको विश्‍वासको मूल्य यही नै हो। यदि कुनै कुराले यो उद्देश्यमा योगदान दिँदैन भने, यसले तिनीहरूको हृदय छुन सक्दैन। आज परमेश्‍वरलाई विश्‍वास गर्ने धेरैजसो मानिसहरूको अवस्था यस्तै छ। तिनीहरूको उद्देश्य र अभिप्राय न्यायसंगत देखिन्छन्, किनभने तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा तिनीहरूले परमेश्‍वरको निम्ति खर्च पनि गर्छन्, आफैलाई परमेश्‍वरमा समर्पित पनि गर्छन्, र आफ्‍नो कर्तव्य पनि पूरा गर्छन्। तिनीहरूले आफ्‍नो जवानी त्याग्छन्, परिवार र भविष्यलाई त्याग्छन्, र आफैलाई व्यस्त राख्दै धेरै वर्षसम्‍म घरदेखि टाढा बिताउँछन्। तिनीहरूको आखिरी उद्देश्यको लागि, तिनीहरूले आफ्‍नै अभिरुचिहरू, जीवनप्रतिको तिनीहरूको दृष्टिकोण, र तिनीहरूले खोजी गर्ने दिशालाई समेत परिवर्तन गर्छन्; तैपनि परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको उद्देश्यलाई तिनीहरूले परिवर्तन गर्न सक्दैनन्। तिनीहरू आफ्‍नै आदर्शहरूको व्यवस्थापन गर्दै दौडधूप गर्छन्; बाटो जति टाढा भए पनि, र बाटोमा जति धेरै कठिनाइ र बाधाहरू भए पनि, तिनीहरू दृढ रहन्छन् र मृत्युको डर मान्दैनन्। आफैलाई निरन्तर रूपमा यस तरिकामा समर्पित गर्नको लागि कुन शक्तिले तिनीहरूलाई बाध्य तुल्याउँछ? के यो तिनीहरूको विवेक हो? के यो तिनीहरूको महान् र आदर्शमय चरित्र हो? के यो अन्त्यसम्‍मै दुष्टताका शक्तिहरूसँग युद्ध गर्ने तिनीहरूको संकल्प हो? के यो इनामको खोजी नगरिकन परमेश्‍वरको लागि गवाही दिने तिनीहरूको विश्‍वास हो? के यो परमेश्‍वरको इच्‍छा हासिल गर्नको लागि सबै कुरा त्याग्‍ने तिनीहरूको इच्‍छाको बफादारीता हो? अथवा के यो लालची व्यक्तिगत मागहरूलाई सँधै त्याग्‍ने तिनीहरूको भक्तिको आत्मा हो? परमेश्‍वरको व्यवस्थापनको कामलाई कहिल्यै नबुझेको कुनै व्यक्तिले त्यति धेरै त्याग गर्नु भनेको वास्तवमा आश्‍चर्यकर्म नै हो! अहिलेको लागि, यी मानिसहरूले कति दिएका छन् त्यसको बारेमा छलफल गरौं। तैपनि, तिनीहरूको आचरणलाई हामीले विश्‍लेषण गर्नु अत्यन्तै उचित छ। तिनीहरूसँग अति घनिष्ट रुपले सम्‍बन्धित रहेका लाभहरू बाहेक, परमेश्‍वरलाई कहिल्यै नबुझ्‍ने मानिसहरूले उहाँको लागि त्यति धेरै त्याग गर्नुका अरू कुनै कारणहरू हुन सक्छन्? यसमा, हामी पहिले पहिचान नगरिएको समस्या पत्ता लगाउँछौं: परमेश्‍वरसँगको मानिसको सम्‍बन्ध एउटा नाङ्गो स्वार्थ मात्रै हो। यो आशिषहरू प्राप्त गर्ने र दिने बीचको सम्‍बन्ध हो। यसलाई सरल रूपमा भन्दा, यो मालिक र कर्मचारी बीचको सम्‍बन्ध जस्तै हो। मालिकले दिने इनामहरूको लागि मात्रै कर्मचारीले काम गर्छ। त्यस्तो सम्‍बन्धमा कुनै आत्मीयता हुँदैन, लेनदेन मात्रै हुन्छ। प्रेम गर्ने वा प्रेम प्राप्त गर्ने कुनै कार्य हुँदैन, परोपकार र कृपा मात्रै हुन्छ। कुनै बुझाइ हुँदैन, दबाइएको आक्रोश र धोका मात्रै हुन्छ। कुनै घनिष्ठता हुँदैन, अप्रकमनीय दरार मात्रै हुन्छ। यी कुराहरू यस्तो बिन्दु सम्म आइपुगेकाले, अब यस्तो क्रमलाई कसले उल्ट्याउन सक्छ? अनि यो सम्‍बन्ध कति भयानक बनेको छ, त्यसलाई साँचो रूपमा बुझ्‍न सक्‍ने मानिसहरू कति छन्? मलाई विश्‍वास छ, जब मानिसहरूले आफैलाई आशिषित हुनुको आनन्दमा डुबाउँछन्, परमेश्‍वरसँगको त्यस्तो सम्‍बन्ध कति लाजमर्दो र कुरूप हुन्छ त्यसको बारेमा कसैले पनि कल्‍पना गर्न सक्दैन” (वचन देहमा देखा पर्नुहुन्छको “मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ”)।

आफैलाई चिन्‍ने सत्यतामा अझै धेरै प्रयास गर्नु नै तिमीहरूका लागि उत्तम हुनेथियो। किन तिमीहरूले परमेश्‍वरको निगाह पाएको छैनौ? किन तिमीहरूको स्वभाव उहाँको निम्ति घृणित छ? किन तिमीहरूको बोलीले उहाँको अप्रसन्नता जगाउँछ? तिमीहरूले थोरै भक्ति प्रदर्शन गर्ने बित्तिकै, तिमीहरूले तिमीहरूका आफ्नै प्रशंसा गाउँछौ, र एउटा सानो योगदानको लागि तिमीहरू इनामको माग गर्छौ; जब तिमीहरूले सानो आज्ञाकारीता पूरा गर्छौ तिमीहरूले अरूलाई तल हेर्छौ, र केही स-साना कार्य पूरा गरिसकेपछि परमेश्‍वरप्रति तिरस्कारपूर्ण बन्छौ। परमेश्‍वरलाई ग्रहण गर्नको लागि, तिमीहरू पैसा, उपहारहरू, र प्रशंसाहरू माग्छौ। एउटा या दुई वटा सिक्का दिनु परे यसले तिमीहरूको हृदय पोल्छ; जब तिमीहरूले दस सिक्‍का दिन्छौ, तिमीहरूले आशिषको कामना गर्छौ र विशिष्टताको साथ व्यवहार गरियोस् भन्‍ने चाहन्छौ। तिमीहरूको जस्तो मानवता भन्न या सुन्नको लागि अपमानजनक छ। के तिमीहरूका शब्दहरू र कार्यहरूमा कुनै कुरा प्रशंसा गर्न योग्यको छ? आफ्नो कर्तव्य निर्वाह गर्ने र नगर्नेहरू; अगुवाई गर्नेहरू र पछ्याउनेहरू; परमेश्‍वरलाई ग्रहण गर्नेहरू र नगर्नेहरू; दान दिनेहरू र नदिनेहरू; प्रचार गर्नेहरू र वचन प्राप्त गर्नेहरू, र त्यस्तै अरू: त्यस्ता सबै मानिसहरूले आफैलाई प्रशंसा गर्छन्। के तिमीहरूलाई यो हास्यास्पद लाग्दैन? परमेश्‍वरमा विश्‍वास गरेको पूर्ण रूपमा राम्ररी जान्दा जान्दै पनि तिमीहरू परमेश्‍वरको अनुरूप हुन सक्दैनौ। तिमीहरू योग्यता बिनाका छौ भन्ने पूर्ण रूपमा जान्दा जान्दै पनि तिमीहरू उही तरिकामा घमण्ड कायम राख्छौ। के तिमीहरू महसुस गर्दैनौ कि तिमीहरूका समझ त्यस बिन्दुसम्म भ्रष्ट भइसक्यो कि तिमीहरूमा आत्म-नियन्त्रण नै बाँकी छैन? यस्तो समझले, तिमीहरूले कसरी परमेश्‍वरसँग सम्‍बन्ध राख्न सक्छौ? के यस परिस्थितिमा तिमीहरू आफ्नै लागि डराउँदैनौ? तिमीहरूको स्वभाव यस बिन्दुसम्म खराब भइसकेको छ कि तिमीहरू परमेश्‍वर अनुरूप हुन सक्दैनौ। यसैले गर्दा, के तिमीहरूको विश्‍वास हास्यास्पद छैन र? के तेरो विश्‍वास निरर्थक छैन? तँ आफ्नो भविष्यको लागि कसरी अघि बढ्दैछस्? कुन बाटो लिने भनेर तैँले कसरी चयन गर्छस्?” (वचन देहमा देखा पर्नुहुन्छको “ख्रीष्ट अनुरूप नभएकाहरू निश्‍चय नै परमेश्‍वरका विरोधीहरू हुन्”)।

हजारौँ वर्षको भ्रष्‍टतापछि, मानिस सुन्‍न नसक्‍ने र सुस्त भएको छ; ऊ परमेश्‍वरको विरोध गर्ने भूत बनेको छ, यतिसम्म कि परमेश्‍वरप्रति मानिसको विद्रोह इतिहासका पुस्तकहरूमा उल्लेख गरिएका छन्, र मानिस स्वयम पनि आफ्नो विद्रोही आचरणको पूर्ण विवरण दिन असक्षम छ—किनकि मानिस शैतानद्वारा गहन रूपमा भ्रष्‍ट बनाइएको छ, र शैतानले उसलाई अन्यत्र डोर्‍याएको छ, जसले गर्दा आफू कतातिर जानुपर्ने हो भन्‍ने कुरा उसले बिर्सेको छ। आज पनि, मानिसले अझै परमेश्‍वरलाई धोका दिन्छ: जब मानिसले परमेश्‍वरलाई देख्छ, उसले उहाँलाई धोका दिन्छ, र जब उसले परमेश्‍वरलाई देख्दैन, तब पनि उसले उहाँलाई धोका दिन्छ। परमेश्‍वरको श्रापहरू र परमेश्‍वरको क्रोध अनुभव गरेर पनि अझै उहाँलाई धोखा दिनेहरू पनि छन्। त्यसैले म भन्छु कि मानिसको चेतनाले आफ्नो मौलिक कार्यगत गुण नै गुमाएको छ, र मानिसको विवेकले पनि, आफ्नो मौलिक कार्यगत गुण गुमाएको छ। मैले देखेको मानिस मानव भेषमा पशु हो, उ विषालु सर्प हो, र उसले मेरो नजरमा जतिसुकै दयनीय देखिने प्रयत्‍न गरे तापनि, म कहिल्यै पनि उप्रति दयालु बन्‍नेछैन, किनकि मानिससँग कालो र सेतो बीच फरक छुट्याउने, सत्य र असत्य बीच फरक छुट्याउने समझ पनि छैन। मानिसको चेतना सुस्त भएको छ, तैपनि अझै ऊ आशिष्‌हरू प्राप्‍त गर्न चाहन्छ; उसको मानवता यति अज्ञानी भएको छ, तैपनि अझै ऊ राजाको सार्वभौमिकता हासिल गर्न चाहन्छ। यस किसिमको चेतनासँग ऊ कसको राजा बन्‍न सक्छ? यस किसिमको मानवतासँग ऊ कसरी सिंहासनमा बस्‍न सक्छ? मानिससँग साँच्‍चिकै लाज नै छैन! ऊ अहङ्कारी नीच हो! तिमीहरूमध्ये आशिष्‌हरू प्राप्‍त गर्न चाहने व्यक्तिहरूलाई म सुझाव दिन्छु कि सबैभन्दा पहिला एउटा ऐना लिएर आफ्नो कुरूप अनुहार हेर—के तँसँग राजा हुनको निम्ति आवश्यक कुरा छ? के तँसँग आशिष्‌हरू प्राप्‍त गर्ने व्यक्तिको जस्तो अनुहार छ? तेरो स्वभावमा अलिकति पनि परिवर्तन आएको छैन र तैँले कुनै पनि सत्यतालाई अभ्यास गरेको छैनस्, तैपनि अझ तँ सुन्दर भोली, अर्थात् भविष्यको आशा गर्छस्। तैँले आफैलाई भ्रममा पार्दैछस्!” (वचन देहमा देखा पर्नुहुन्छको “अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो”)।

सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू साँच्‍चै व्यवहारिक छन् र हरेक वचन अत्यन्तै वास्तविक छन्, जसले हाम्रो विश्‍वासको अपवित्रता र खराब मनसायहरूलाई साथै परमेश्‍वरको विरोध गर्ने हाम्रो प्रकृतिलाई प्रकट गर्छन्। हामी सधैँ के सोच्‍ने गर्थ्यौं भने हामी परमेश्‍वरको लागि बलिदानहरू गर्न, कष्ट भोग्‍न, र मूल्य चुकाउन सक्‍ने छौं, जसको अर्थ हामी भक्त र आज्ञाकारी छौं, र हामीले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छौं। तर परमेश्‍वरका वचनहरूको न्यायद्वारा, हामीले आफैलाई मनन गरेर चिन्यौं, र हाम्रा बलिदानहरू सबै कलङ्कित थिए, र ती आशिष्‌हरू प्राप्त गर्नका लागि मात्रै थिए भन्‍ने देख्यौं। जब परमेश्‍वरले हामीलाई शान्तिपूर्ण जीवनको आशिष्‌ दिनुहुन्छ, हामी उहाँमा समर्पित हुन्छौं र उहाँको लागि काम गर्छौं, तर जब पीडा र विपत्तिले प्रहार गर्छ, तब हामी परमेश्‍वरलाई गलत रूपमा बुझ्छौं र हामीलाई रक्षा नगर्नुभएकोमा उहाँलाई दोष दिन्छौं, र उहाँको लागि काम गर्न समेत छोड्छौं। यसबाट हामी के देख्न सक्छौं भने हाम्रो विश्‍वास र बलिदानहरू त केवल परमेश्‍वरबाट अनुग्रह र आशिष्‌हरू प्राप्त गर्नको लागि गरिएका लेनदेनमा आधारित रहेका छन्। यो त परमेश्‍वरलाई धोका दिनु र प्रयोग गर्नु हो। यो अत्यन्तै स्वार्थी र धूर्त कार्य हो! हामीमा पूर्ण रूपमा विवेक र तर्क-शक्तिको कमी छ, हामी मानव भनिन समेत लायक छैनौं। यति फोहोरी र भ्रष्ट भएर पनि, हामी अझै पनि हामीले आशिषित हुने र परमेश्‍वरको राज्यमा प्रवेश गर्ने अधिकार पाएका छौं भन्‍ने सोच्छौं। यो लाजमर्दो र तर्क-शक्ति रहित कुरा हो। परमेश्‍वरको न्याय र प्रकाशका वचनहरूले हामीलाई उहाँको उल्‍लङ्घन गर्न नसकिने धर्मी, पवित्र स्वभाव र परमेश्‍वरले हाम्रो इमानदारीता र भक्ति चाहनुहुन्छ भन्‍ने देखाउँछन्। त्यस्तो मनसाय र अशुद्धताद्वारा विश्‍वास गर्नु र कर्तव्य पूरा गर्नु भनेको परमेश्‍वरलाई धोका दिनु र विरोध गर्नु हो, र यो उहाँको लागि घिनलाग्दो र अप्रिय छ। परमेश्‍वरले यस्तो विश्‍वासलाई स्वीकार गर्नुहुन्‍न। परमेश्‍वरका वचनहरूको न्याय र धेरै पटक निराकरण र जाँचको सामना गरेपछि, हामीले अन्तिममा हाम्रो भ्रष्टताको सत्यतालाई देख्‍न सक्छौं आफूलाई साँचो रूपमा घृणा गर्न र पछुतो गर्न सक्छौं, र परमेश्‍वरको अघि पश्‍चात्ताप गर्दै लम्पसार पर्छौं। हामीले परमेश्‍वरको धार्मिकतालाई र उहाँले साँचो रूपमा हाम्रो हृदय र मनलाई देख्‍नुहुन्छ, र हामीलाई भित्र-बाहिर चिन्‍नुहुन्छ भन्ने पनि बुझ्न सक्छौं। हामी पूर्ण रूपमा विश्‍वस्त हुन्छौं र परमेश्‍वरको आदर गर्ने हृदय विकास गर्छौं। विश्‍वास सम्‍बन्धी हाम्रो दृष्टिकोण परिवर्तन हुन्छ, हामी धेरै लालची इच्‍छाहरू नराखी, हाम्रो कर्तव्यलाई अझै शुद्ध रूपमा पूरा गर्छौं, र परमेश्‍वरले हामीलाई आशिष्‌हरू दिनुभए पनि नदिनुभए पनि, हामीले राज्यका आशिष्‌हरू पाए पनि नपाए पनि हामी खुशीसाथ परमेश्‍वरको बन्दोबस्तहरूमा समर्पित हुन्छौं र सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्छौं। हामी वास्तवमा कस्तो स्थितिमा छौं भन्‍ने कुरा देखेपछि, हामी पहिलेजस्तो अहङ्कारी हुँदैनौं। हामी वचन र कार्यमा तर्कसङ्गत हुन्छौं, हामी सत्यताको खोजी गर्छौं र त्यसमा समर्पित हुन्छौं। परमेश्‍वरको न्याय र सजाय यही हो जसले क्रमिक रूपमा हाम्रो भ्रष्टतालाई सफा गर्छ र परिवर्तन गर्छ। परमेश्‍वरको कामलाई अनुभव गर्दै आइरहेका हामीलाई उहाँको आखिरी दिनहरूको न्यायको काम कति व्यवहारिक छ, यसले साँचो रूपमा कसरी मानवजातिलाई शुद्ध पार्छ र मुक्ति दिन्छ भन्‍ने कुरा राम्ररी थाहा हुन्छ। यो न्याय र काट-छाँटविना, हामीले कहिल्यै पनि हाम्रो आफ्‍नै भ्रष्टतालाई देख्‍नेथिएनौं, तर अटुट रूपमा पाप गर्दै अनि स्वीकार गर्दै हाम्रो जीवनमा अड्किरहनेथियौं, र हाम्रा पापहरू क्षमा गरिएका हुनाले, हामीले परमेश्‍वरको अनुमोदन पाएका हुनाले हामी परमेश्‍वरको राज्यमा प्रवेश गर्न सक्छौं भनेर विचार गरिरहनेथियौं। त्यो अत्यन्तै मूर्ख र दयनीय कुरा हो! परमेश्‍वरको न्यायको कारण, हामीले साँचो रूपमा आफूलाई चिन्‍न सक्छौं, हामीले धेरै सत्यताहरूलाई सिक्छौं र हाम्रो भ्रष्ट स्वभावहरू धोइन्छन् र परिवर्तन हुन्छन्। यो पूर्ण रूपमा स्वतन्त्रता दिने किसिमको कुरा हो। परमेश्‍वरको न्याय र सजायले हामीलाई धेरै कुरा दिन्छन्। ती हामीप्रतिको परमेश्‍वरको सच्‍चा प्रेम, उहाँको सबैभन्दा महान् मुक्ति हुन्। सर्वशक्तिमान्‌ परमेश्‍वरले सत्यता व्यक्त गर्न र उहाँको न्यायको काम गर्न थाल्‍नुभएको ३० वर्ष पूरा भइसकेको छ, र उहाँले पहिले नै विपत्तिहरू आउनुभन्दा अघिका विजेताहरूको समूह, अर्थात् पहिलो फलहरूको निर्माण गरिसक्‍नुभएको छ। यसले पूर्ण रूपमा यो बाइबलीय अगमवाणीलाई पूरा गर्छ: “यिनीहरू थुमा जता-जता जानुहुन्छ उहाँलाई त्यता-त्यतै पछ्याउनेहरू हुन्। परमेश्‍वर र थुमाका निम्ति पहिलो फल भएका हुनाले यिनीहरूलाई मानिसहरूको बिचबाट मोल तिरेर छुटाइएको थियो” (प्रकाश १४:४)। परमेश्‍वरका चुनिएका मानिसहरूले उहाँको न्याय, सजाय, परीक्षा, र शोधन अनुभव गरेका छन्, तिनीहरूको भ्रष्ट स्वभाव धोइएको छ, र शैतानका शक्तिहरूबाट पूर्ण रूपमा मुक्त छन्। तिनीहरू परमेश्‍वरमा समर्पित हुन र उहाँको आराधना गर्न आएका छन्, र तिनीहरूले परमेश्‍वरको महान् मुक्ति प्राप्त गरेका छन्। तिनीहरूका अनुभव र गवाहीहरूलाई चलचित्र र भिडियोहरूमा उतारिएको छ, र ती सबैलाई अनलाइन राखिएको छ, र यी सामग्रीले परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कार्यको बारेमा सारा मानवजातिको लागि गवाही दिन्छन्, अनि हेर्नेहरूको हृदयमा कुनै शङ्का रहँदैन। सर्वशक्तिमान्‌ परमेश्‍वरको राज्यको सुसमाचार संसारको हरेक कुनासम्‍म फैलिएको छ, र परमेश्‍वरका चुनिएका सबै ठाउँका मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू फैलाइरहेका छन्। राज्यको सुसमाचार फैलाउने शोभायमान, अभूतपूर्व कार्य हाम्रै बीचमा भइरहेको छ। स्पष्टै छ, परमेश्‍वरको घरबाट सुरु भएको न्यायको कामले ठूलो सफलता पाइसकेको छ। परमेश्‍वरले शैतानलाई हराउनुभएको छ र सारा महिमा प्राप्त गर्नुभएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले भन्‍नुभएको छ, “मानिसले उहाँको ज्ञान प्राप्त गर्न सकोस्, अनि उहाँको गवाहीको खातिर परमेश्‍वरले न्याय र सजायको काम गर्नुहुन्छ। मानिसको भ्रष्ट स्वभावलाई उहाँले न्याय नगरिकन, मानिसले सम्भवतः उहाँको धर्मी स्वभावलाई जान्न सक्दैन, जसले कुनै अपराध सहन सक्दैन, न त मानिसले परमेश्‍वरको आफ्नो पुरानो ज्ञानलाई नयाँमा परिणत गर्न सक्छ। उहाँको गवाहीको खातिर, र उहाँको प्रबन्धको खातिर, उहाँले आफ्नो सम्पूर्णतालाई सार्वजनिक गर्नुहुन्छ, यस प्रकारले मानिसहरूलाई उहाँ सार्वजनिक रूपमा देखा परेर, परमेश्‍वरको ज्ञान प्राप्त गर्न, आफ्नो स्वभावमा रूपान्तरित हुन, र बेजोड गवाही दिन सक्षम बनाउनुहुन्छ। मानिसको स्वभावको रूपान्तरण परमेश्‍वरका विभिन्न प्रकारका कार्यहरूद्वारा प्राप्त हुन्छ; उसको स्वभावमा त्यस्तो परिवर्तनहरू विना, मान्छे परमेश्‍वरको गवाही दिन र परमेश्‍वरको हृदयअनुरूप हुन असमर्थ हुन्छ। मानिसको स्वभावको रूपान्तरणले मानिसले आफूलाई शैतानको बन्धन र अन्धकारको प्रभावबाट स्वतन्त्र बनाएको, र वास्तवमा परमेश्‍वरको कार्यको प्रारूप र नमूना भएको छ, परमेश्‍वरको साक्षी भएको छ, र परमेश्‍वरको हृदयअनुरूप भएको छ भन्ने सङ्केत गर्छ। आज, देहधारी परमेश्‍वर पृथ्वीमा आफ्नो कार्य गर्न आउनुभएको छ, र उहाँको माग मानिसले उहाँको ज्ञान हासिल गरोस्, उहाँप्रति आज्ञाकारी होस्, उहाँको गवाही दिओस्, उहाँको व्यावहारिक र सामान्य कार्य जानोस्, मानिसका धारणासँग नमिल्ने उहाँका सबै वचन र कार्यहरूको पालना गरोस्, र मानिसलाई बचाउनका साथै मानिसउपर विजय गर्नका लागि उहाँले समापन गर्ने सबै कार्यहरूको गवाही दिओस् भन्‍ने हो। परमेश्‍वरको गवाही दिनेहरूसँग परमेश्‍वरको ज्ञान हुनुपर्छ; यस प्रकारको गवाही मात्र सही र यथार्थ हुन्छ, र यस प्रकारको गवाहीले मात्र शैतानलाई लाजमा पार्न सक्छ” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई चिन्‍नेहरू मात्र परमेश्‍वरको गवाही बन्‍न सक्छन्”)। “आखिरी दिनहरूको अवधिमा परमेश्‍वरको न्याय र सजायको कामको अवधिमा—अर्थात्, शुद्धीकरणको अन्तिम कार्यको अवधिमा—दृढ रूपमा खडा रहन सक्‍नेहरू नै परमेश्‍वरसँगै अन्तिम विश्रामभित्र प्रवेश गर्नेहरू हुनेछन्; त्यस्तै, विश्राममा प्रवेश गर्नेहरू सबै शैतानको प्रभावलाई तोडेर मुक्त भएका र परमेश्‍वरको शुद्धीकरणको अन्तिम कार्य भएर गुज्रिएपछि परमेश्‍वरद्वारा हासिल गरिएकाहरू हुनेछन्। अन्तमा परमेश्‍वरद्वारा हासिल गरिने यी मानव अन्तिम विश्राममा प्रवेश गर्नेछन्। परमेश्‍वरको सजाय र न्यायको कामको मूलभूत उद्देश्य मानवजातिको शुद्धीकरण गर्नु र तिनीहरूलाई आफ्‍नो अन्तिम विश्रामको निम्ति तयारी गर्नु हो; यस्तो शुद्धीकरणविना, कुनै पनि मानवजाति किसिम बमोजिमका फरक वर्गहरूमा वर्गीकरण गर्न वा विश्राममा प्रवेश गर्न सक्दैन। यो काम विश्राममा प्रवेश गर्ने मानवजातिको एक मात्र मार्ग हो” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्”)।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

के परमेश्‍वरका सबै काम र वचनहरू बाइबलमा नै छन् भन्‍ने कुरा साँचो हो?

आखिरी दिनहरूमा मुक्तिदाता सर्वशक्तिमान्‌ परमेश्‍वर देखा पर्नुभएको छ र उहाँले काम गरिरहनुभएको छ, अनि उहाँले करोडौँ वचनहरू व्यक्त गर्नुभएको...

आखिरी दिनहरूका देहधारी परमेश्‍वर किन महिला हुनुहुन्छ?

आखिरी दिनहरूमा, देहधारी सर्वशक्तिमान्‌ परमेश्‍वर काम गर्न र धेरै सत्यताहरू व्यक्त गर्न देखा पर्नुभएको छ। यी सत्यताहरूलाई इन्टरनेटमा राखिएका...

जब मुक्तिदाता आउनुहुन्छ, के उहाँलाई अझै पनि येशू नै भनिनेछ?

आखिरी दिनहरूमा, मुक्तिदाता सर्वशक्तिमान् परमेश्‍वर पहिले नै पृथ्वीमा आएर सत्यता व्यक्त गरिरहनुभएको छ, यसरी मानवजातिलाई पूर्ण मुक्ति दिन...

देहधारण भनेको के हो

हामी सबैलाई थाहा छ दुई हजार वर्ष पहिले, परमेश्‍वर मानवजातिलाई छुटकारा दिन प्रभु येशूको रूपमा मानिसको संसारमा देहधारी भई आउनुभयो, र प्रचार...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्