झूटा ख्रीष्टहरूबाट साँचो ख्रीष्‍टलाई छुट्याउनु

25 डिसेम्बर 2021

आज म झूटा ख्रीष्टहरूबाट साँचो ख्रीष्‍टलाई कसरी छुट्याउने त्यसको बारेमा कुरा गर्न चाहन्छु। कतिले परमेश्‍वरमाथिको हाम्रो विश्‍वासमा त्यसको सम्‍बन्ध के छ भनेर सोध्‍न सक्छन्। निकै ठूलो सम्‍बन्ध छ। ख्रीष्‍ट को हुनुहुन्छ भन्‍ने के सबैलाई थाहा छ? यदि तपाईंलाई ख्रीष्‍ट पृथ्वीमा आउनुहुने मुक्तिदाता हुनुहुन्छ, अहिले विपत्तिहरू आइरहेका छन्, र हाम्रो बीचमा आखिरी दिनहरू आइसकेका छन् भन्‍ने थाहा छ भने, तपाईंलाई मुक्तिदाता चाहिन्छ भन्‍ने लाग्छ? यदि तपाईंलाई मुक्तिदाताको खाँचो छ भने, तपाईंलाई मुक्ति दिन कुन मुक्तिदाताको खाँचो छ, तपाईंलाई थाहा छ? मुक्तिदातालाई कसरी स्वागत गर्ने तपाईंलाई थाहा छ? के यो तपाईंको लागि महत्त्वपूर्ण र उपयुक्त छ भन्‍ने लाग्छ? उदाहरणको लागि, २,००० वर्ष पहिले, हाम्रा मुक्तिदाता येशू मानवजातिलाई छुटकारा दिन आउनुभयो, र धेरै सत्यताहरू व्यक्त गर्नुभयो। त्यो बेलाका यहूदीहरूलाई उहाँका वचनहरू अख्तियारपूर्ण, शक्तिशाली, र सबै सत्यता हुन् भन्‍ने थाहा थियो। तर उहाँको नाम मसीह नभएको हुनाले र तिनीहरूले कल्‍पना गरेजस्तो उहाँले तिनीहरूलाई रोमी शासनबाट मुक्त नगर्नुभएको हुनाले, तिनीहरूले प्रभु येशूलाई ख्रीष्‍टको रूपमा पहिचान गरेनन्। तिनीहरूले उहाँलाई मानिसहरूलाई बहकाएको भन्दै दोष दिए र निन्दा गरे, अनि अन्तिममा उहाँलाई जिउँदै क्रूसमा टाँगे। परिणाम के भयो? के यहूदीहरूले देहधारी परमेश्‍वरलाई क्रूसमा टाँग्‍नु सामान्य कुरा थियो? यसका लागि परमेश्‍वरले अवश्य नै दण्डाज्ञा दिनुभयो। हामीलाई थाहै छ, ६० वर्षपछि, इस्राएल राष्ट्रलाई रोमको तीतसले परास्त गरे। कति लामो समयसम्‍म इस्राएल एउटा विनाश राष्ट्रमा रह्यो? झण्डै २,००० वर्षसम्‍म! मुक्तिदातालाई क्रूसमा टाँगेका हुनाले, इस्राएलीहरूले निकै ठूलो मूल्य चुकाए। त्यसो भए, के मुक्तिदातालाई स्वागत गर्ने कार्य महत्त्वपूर्ण छ? पृथ्वीमा आउनुभएका मुक्तिदातालाई चिढ्याएमा त्यसको जिम्‍मा कसले लिन सक्छ र? यदि तपाईंले उहाँलाई चिन्‍नुभएको वा स्वीकार गर्नुभएको छैन, तर उहाँको विरोध र निन्‍दा गर्ने समेत गर्नुहुन्छ भने, तपाईं बरबाद हुनुभएको छ—पूर्ण रूपमा बरबाद, र तपाईं अवश्य नै नष्ट हुनुहुनेछ। यदि तपाईं मुक्ति पाएर विपत्तिहरूमा बाँच्‍न चाहनुहुन्छ भने, तपाईंले मुक्तिदातालाई स्वीकार गर्नैपर्छ! सर्वशक्तिमान्‌ परमेश्‍वर अहिले यहाँ आइसक्‍नुभएको छ, र उहाँ ओर्लनुभएका मुक्तिदाता हुनुहुन्छ, र मानवजातिलाई पाप र विपत्तिहरूबाट बचाउनको निम्ति उहाँले सत्यताहरू व्यक्त गरिरहनुभएको छ र आखिरी दिनहरूको न्यायको काम गरिरहनुभएको छ। तर के तपाईंले उहाँलाई पहिचान गर्नुहुन्छ? के उहाँलाई स्वीकार गर्नुहुन्छ? धेरैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू शक्तिशाली र अख्तियारपूर्ण छन् भनेर स्वीकार गरे पनि तिनीहरूले उहाँ बादलको सवारीमा आउनुभएन र उहाँलाई प्रभु येशू भनिँदैन भन्‍ने देखेपछि, तिनीहरूले जिद्दी भई सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गर्न मान्दैनन्? तिनीहरूले उहाँलाई दोष दिने र निन्दा गर्ने क्रममा धार्मिक संसारको पछि समेत लागेर देहधारीको रूपमा आउनुहुने प्रभु झूटो ख्रीष्ट, यो एउटा धोका हो भनेर भन्छन्। र धार्मिक ख्रीष्ट-विरोधी शक्तिहरू कम्युनिस्ट पार्टीका दुष्टहरू जस्तै छन्, जसले पागलले झैँ ख्रीष्‍टको खेदो गर्छन्, र उहाँलाई नष्ट गर्ने प्रयास गर्छन्। तिनीहरूले परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्नेहरूलाई सताउँछन् र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई नष्ट गर्न र परमेश्‍वरलाई मानवजातिको बीचबाट लखेट्न तिनीहरू मरिहत्ते गर्छन्। यो त परमेश्‍वरलाई फेरि क्रूसमा टाँग्‍ने भयानक पाप हो, र परमेश्‍वरले तिनीहरूलाई अवश्य नै नष्ट गर्नुहुन्छ र दण्ड दिनुहुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले भन्‍नुभएको छ, “परमेश्‍वरलाई क्रूसमा झुण्ड्याउने व्यक्तिहरूलाई धिक्‍कार होस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुष्‍टहरूलाई निश्‍चय नै दण्ड दिइनेछ)। “जहाँ-जहाँ देहधारण देखापर्नुहुन्छ, त्यहाँबाट शत्रुलाई नष्ट गरिन्छ। विनाश हुनेमा चीन पहिलो हुनेछ; परमेश्‍वरको हातद्वारा यसलाई निर्जन पारिनेछ। परमेश्‍वरले कुनै दया देखाउनुहुनेछैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय १०)। त्यसकारण, मुक्तिदाताप्रतिको मानिसहरूको आचरणले नै तिनीहरू बाँच्‍छन् कि परास्त हुन्छन् भन्‍ने कुरालाई निर्धारित गर्छ।

अब सबैलाई थाहा छ, मुक्तिदातालाई स्वागत गर्न सक्‍नु भनेको कसैको विश्‍वासको सफलता वा असफलतासँग र तिनीहरूको अन्तिम परिणाम र गन्तव्यसँग सम्‍बन्धित कुरा हो! त्यसकारण, अघि बढ्ने क्रममा, हामी मुक्तिदाता आखिरी दिनहरूमा कसरी फर्कनुहुनेछ भन्‍ने बारेमा कुरा गरौं। धार्मिक संसारले लिएको परम्‍परागत धारणाहरूका आधारमा त, प्रभु अवश्य नै बादलमा आएर उहाँसँग भेट्टाउनको लागि विश्‍वासीहरूलाई आकाशमा उठाइलैजानुहुनेछ। यो पूर्ण रूपमा गलत कुरा हो। यो मानव धारणा मात्रै हो र यो प्रभुका वचनहरू अनुरूप छँदैछैन। प्रभु येशूले व्यक्तिगत रूपमा नै “मानिसको पुत्रको आगमन,” “मानिसको पुत्र प्रकट हुन्छ,” “मानिसको पुत्र … आउँछ,” र “मानिसको पुत्र पनि उनको दिनमा।” उहाँले बारम्बार “मानिसको पुत्र” भनी जोड दिनुभएको छ जसले के देखाउँछ भने, जब प्रभु फेरि आउनुहुन्छ, उहाँ फेरि पनि मानिसका पुत्रको रूपमा देहधारी बन्‍नुहुनेछ, र मानवजातिकहाँ ख्रीष्ट यसरी नै देखा पर्नुहुन्छ। यसको बारेमा कुनै दुई तरिका छैन। कतिले सोध्‍न सक्छन्, “यदि उहाँ देहधारी मानिसको पुत्र हुनुहुन्छ भने, के उहाँ प्रभु येशू जस्तै हुनुहुन्‍न र? उहाँ साधारण व्यक्तिजस्तो देखिनुपर्छ। संसारभरि आफू फर्केर आएको ख्रीष्‍ट हुँ भनी भन्‍ने मानिसहरू धेरै छन्। कतिले एउटा व्यक्ति ख्रीष्‍ट हो भन्छन्, कतिले अर्को व्यक्ति ख्रीष्‍ट हो भन्छन्। त्यसो भए, कुनचाहिँ साँचो हो, र कुन चाहिँ झूटो हो? हामीले कसरी मुक्तिदातालाई स्वागत गर्न सक्छौं?” साँचो मार्गको खोजी गर्ने क्रममा धेरैजसो मानिसहरू यहीँ अलमलिन्छन्। वास्तवमा, यो कठिन प्रश्‍न होइन। हामीले प्रभु येशूका अगमवाणीहरूको बारेमा गम्‍भीरता पूर्वक मनन गर्यौं भने, हामीले मार्ग पत्ता लगाउनेछौं। प्रभु येशूले भन्नुभयो, “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ(यूहन्‍ना १६:१२-१३)। “अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ(मत्ती २५:६)। “मेरा भेडाले मेरो सोर सुन्छन्, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्(यूहन्‍ना १०:२७)। “हेर, म ढोकामा खडा हुन्छु र ढकढक्याउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ(प्रकाश ३:२०)। “अनि यदि कुनै मानिसले तिमीहरूलाई, हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ वा त्यहाँ हुनुहुन्छ भनी भन्छ भने विश्‍वास नगर्नू। झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू आउनेछन् र ठूलठूला चिन्हहरू र चमत्कारहरू देखाउनेछन्; ताकि सम्भव भए, तिनीहरूले चुनिएकाहरूलाई नै छल्न सकून्(मत्ती २४:२३-२४)। प्रभुले अत्यन्तै स्पष्ट रूपमा बोल्‍नुभएको छ। जब आखिरी दिनहरूमा प्रभु येशू फर्केर आउनुहुन्छ, तब उहाँले धेरैभन्दा धेरै वचनहरू बोल्‍नुहुनेछ र मानिसहरूलाई सबै सत्यताहरू बुझ्‍न र प्रवेश गर्न अगुवाइ गर्नुहुनेछ। त्यसकारण प्रभुलाई स्वागत गर्ने मुख्य मार्ग भनेको परमेश्‍वरको आवाज सुन्‍नु हो भनेर उहाँले बारम्‍बार मानिसहरूलाई स्मरण गराउनुभयो। र यदि कसैले “दुलहा आइपुग्यो” भनेर गवाही दिएको हामीले सुन्यौं भने हामी बुद्धिमती कन्याहरू बनेर परमेश्‍वरको आवाज खोज्‍नु र सुन्‍नुपर्छ। प्रभुलाई स्वागत गर्ने एउटै तरिका त्यही मात्रै हो। उहाँको पुनरागमनलाई स्वागत गर्ने एउटै मार्ग यही हो। आखिरी दिनहरूमा ख्रीष्‍ट आउनुभएको छ, त्यसकारण अवश्य नै उहाँले मानवजातिको मुक्तिको लागि धेरै सत्यता व्यक्त गरिरहनुभएको छ, तर झूटा ख्रीष्टहरू मानिसहरूलाई बहकाउन केही चिन्‍ह र अचम्‍मका कामहरूमा भर पर्छन्। प्रभु येशूले झूटा ख्रीष्टहरूबाट साँचो ख्रीष्‍टलाई छुट्याउने सम्‍बन्धी हामीलाई बताउनुभएको मुख्य सिद्धान्त यही हो। यो सिद्धान्त अनुसार, हामीले तिनीहरूले सत्यता व्यक्त गर्न सक्छन् कि सक्दैनन् भन्‍ने आधारमा तिनीहरू साँचो ख्रीष्ट हुन् कि झूटा ख्रीष्ट हुन् भनेर जान्‍न सक्छौं। यदि कसैले व्यक्त गर्न सक्छ भने, ऊ अवश्य नै साँचो ख्रीष्‍ट हो। सत्यता व्यक्त गर्न नसक्‍नेहरू अवश्य नै झूटा ख्रीष्टहरू हुन्। यदि कसैले आफू ख्रीष्‍ट भएको दाबी गर्छ तर कुनै सत्यता व्यक्त गर्न सक्दैन, बरु चिन्‍ह र अचम्‍मका कामहरूमा भर पर्छ भने, यो मानिसहरूलाई बहकाउन आएको दुष्ट आत्मा, झूटो ख्रीष्ट हो भन्‍नेमा कुनै शङ्का छैन। जब हामी झूटा ख्रीष्‍टहरूबाट साँचो ख्रीष्‍टलाई पत्ता लगाउन प्रभु येशूका वचनहरू अनुसार अघि बढ्छौं, यो अत्यन्तै सरल हुन्छ, होइन र? तर दुःखको कुरा, धर्मानुरागीहरूले प्रभुका वचनहरू अनुसार सत्यताको खोजी वा परमेश्‍वरको आवाजको खोजी गर्दैनन्। झूटो ख्रीष्टद्वारा भ्रममा पर्ने डरले, तिनीहरूले प्रभुको देखापराइ र कामलाई समेत खोजी गर्दैनन्। के यो अनुहारदेखि रिस उठ्दा नाक काट्नु, एक पैसाको लोभ गरेर लाख रुपैयाँ बरबाद गर्नु जस्तो होइन र? तिनीहरू प्रभु बादलमा आउनुहुन्छ भन्‍ने धर्मशास्‍त्रको खण्डमा अन्धाधुन्ध टाँसिरहन्छन्, र आखिरी दिनहरूका ख्रीष्‍टको कार्यलाई दोष दिन्छन् र इन्कार गर्छन्। परिणाम स्वरूप, तिनीहरूले मुक्तिदातालाई स्वागत गर्ने आफ्‍नो मौका गुमाउँछन् र विपत्तिहरूमा पर्छन्। के त्यो तिनीहरूको मूर्खता र अज्ञानताको परिणाम होइन र? यसले बाइबलका यी पदहरूलाई पूरा गर्छ: “मूर्खहरू बुद्धिको चाहनामा मर्छन्” (हितोपदेश १०:२१)। “ज्ञानको कमीको कारण मेरा मानिसहरू नष्ट पारिएका छन्(होशे ४:६)

जहाँसम्‍म झूटा ख्रीष्‍टहरूबाट साँचो ख्रीष्टलाई छुट्याउने कुरा छ, हामी यस विषयलाई सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू अनुसार अघि बढाऔं। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “देहधारी परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, र ख्रीष्ट परमेश्‍वरका आत्माले धारण गर्नुभएको देह हुनुहुन्छ। यो देह कुनै पनि देहको मानिसजस्तो छैन। यस भिन्‍नताको कारण के हो भने ख्रीष्‍ट देह र रगतले बन्‍नुभएको हुनुहुन्‍न; उहाँ आत्माको देहधारण हुनुहुन्छ। उहाँमा सामान्य मानवता र पूर्ण ईश्‍वरत्व दुवै छ। उहाँको ईश्‍वरत्व कुनै पनि मानिसमा छैन। उहाँको सामान्य मानवताले देहमा हुने उहाँका सबै सामान्य क्रियाकलापहरू वहन गर्छ, र उहाँको ईश्‍वरत्वले परमेश्‍वर स्वयम्‌को कार्यलाई अघि बढाउँछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्‍टको सार हो)

देहधारी हुनुभएका परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, त्यसकारण मानिसहरूलाई सत्यता दिन सक्‍नुहुने ख्रीष्‍टलाई परमेश्‍वर भनिन्छ। यसमा केही पनि अत्योक्ति छैन, किनभने उहाँमा परमेश्‍वरको सार र परमेश्‍वरको स्वभाव छ, र उहाँको काममा बुद्धि छ, जसलाई मानिसले प्राप्त गर्न सक्दैन। आफैलाई ख्रीष्‍ट भन्‍ने, तर परमेश्‍वरको काम गर्न नसक्‍नेहरू ठगहरू हुन्। ख्रीष्‍ट पृथ्वीमा परमेश्‍वरको प्रकटीकरण मात्रै हुनुहुन्‍न, उहाँ त मानिसको माझमा आफ्‍नो काम अघि बढाउने र त्यसलाई पूरा गर्ने क्रममा परमेश्‍वरले धारण गर्नुहुने खास देह पनि हुनुहुन्छ। यो कुनै पनि मानिसले प्रतिस्थापन गर्न सक्‍ने देह होइन, बरु यो त पृथ्वीमा परमेश्‍वरको कार्यलाई पर्याप्त रूपमा वहन गर्न सक्‍ने, र परमेश्‍वरको स्वभावलाई व्यक्त गर्न सक्‍ने, अनि परमेश्‍वरलाई राम्ररी प्रतिनिधित्व गर्न सक्‍ने, र मानिसलाई जीवन दिन सक्‍ने देह हो। ढिलो वा चाँडो, ख्रीष्‍टको नक्‍कल गर्नेहरू पतन हुनेछन्, किनभने तिनीहरूले आफूलाई ख्रीष्‍ट भनी दाबी गर्ने भए पनि, तिनीहरूमा ख्रीष्‍टको कुनै पनि सार छैन। त्यसैले म भन्छु, ख्रीष्‍टको आधिकारिकतालाई मानिसले परिभाषित गर्न सक्दैन, परमेश्‍वर स्वयम्‌ले मात्र यसको उत्तर दिन र निर्णय गर्न सक्‍नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ)

जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको सार हुनेछ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको अभिव्यक्ति हुनेछ। परमेश्‍वर देह बन्नुहुने हुनाले, उहाँले आफूले गर्न चाहेको कार्यलाई अगाडि बढाउनुहुनेछ, र परमेश्‍वर देह बन्नुभएको हुनाले, उहाँ जे हुनुहुन्छ त्यो प्रकट गर्नुहुनेछ, र सत्यतालाई मानिसकहाँ ल्याउन सक्नुहुनेछ, उसलाई जीवन दिनुहुनेछ, र उसका लागि बाटो देखाउनुहुनेछ। परमेश्‍वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्न चाहन्छ भने, उसले त्यसलाई उहाँले प्रकट गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट पुष्टि गर्नुपर्दछ। भन्नुको अर्थ के हो भने, यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन, वा यो सत्य बाटो हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारको आधारमा पहिचान गर्नुपर्छ। त्यसैले, यो देहधारी परमेश्‍वरको शरीर हो कि होइन भनी पहिचान गर्ने मुख्य कुरा बाहिरी स्वरूपभन्दा बरु, उहाँको सारमा लुकेको हुन्छ (उहाँको कार्य, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै कुराहरूमा)। यदि मानिसले उहाँको बाहिरी स्वरूपलाई मात्र जाँच्छ, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अनभिज्ञ छ भन्‍ने देखाउँछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)

केही व्यक्तिहरू हुन्छन्, जो दुष्टात्माले सताइएका हुन्छन् र डरलाग्दो आवाजमा कराउँदै भन्छन्, ‘म ईश्‍वर हुँ!’ तापनि, अन्त्यमा उनीहरू प्रकट हुन्छन्, किनकि उनीहरूले जसको प्रतिनिधित्व गर्छन् त्यसमा तिनीहरू गलत हुन्छन्। उनीहरूले शैतानको प्रतिनिधित्व गर्दछन् र पवित्र आत्माले तिनीहरूलाई सुन्नुहुन्न। तैँले आफूलाई जति नै उच्च पारे पनि वा तँ जति नै बल लगाएर कराए पनि तँ सृष्टि गरिएको एक प्राणी मात्र होस् र तँ शैतानको होस्। … तैँले नयाँ बाटोहरू बनाउन वा आत्माको प्रतिनिधित्व गर्न सक्दैनस्। तैँले आत्माको काम वा उहाँले बोल्नुहुने वचनहरूलाई व्यक्त गर्न सक्दैनस्। आफैले परमेश्‍वरको काम गर्न तँ असमर्थ छस्, र आत्माको काम गर्न पनि तँ असमर्थ नै छस्। परमेश्‍वरको बुद्धि, चमत्कार, अथाहपन र उहाँको स्वभावको सम्पूर्णता—जसबाट परमेश्‍वरले मानिसलाई सजाय दिनुहुन्छ—यी सबै तेरो व्यक्त गर्ने क्षमतादेखि बाहिर छन्। यसैले परमेश्‍वर हुँ भनेर दाबी गर्ने प्रयास गर्नु व्यर्थ हो; तँसँग केवल नाउँ मात्र हुनेछ र कुनै पनि सार हुँदैन। परमेश्‍वर स्वयम् आउनुभएको छ, तर कसैले उहाँलाई चिन्दैनन्, तापनि उहाँ आफ्नो काममा लागिरहनुहुन्छ र आत्माको प्रतिनिधित्व गर्दै त्यसो गर्नुहुन्छ। तैँले चाहे उहाँलाई मानिस भन् वा परमेश्‍वर, प्रभु भन् वा ख्रीष्ट, वा उहाँकी बहिनी भन्, त्यसले कुनै फरक पार्दैन। तर उहाँले गर्नुहुने काम आत्माको हो र यो कामले स्वयम् परमेश्‍वरको प्रतिनिधित्व गर्दछ। मानिसले उहाँलाई जसरी सम्बोधन गरे पनि उहाँले त्यो वास्ता गर्नुहुन्न। के नाउँले उहाँको काम निर्धारित गर्न सक्छ? तैँले उहाँलाई जसरी सम्बोधन गरे पनि, जहाँसम्म परमेश्‍वरको कुरा छ, उहाँ परमेश्‍वरका आत्माको देहधारी शरीर हुनुहुन्छ; उहाँले आत्माको प्रतिनिधित्व गर्नुहुन्छ र आत्माद्वारा स्वीकृत हुनुहुन्छ। यदि तैँले नयाँ युगको लागि बाटो बनाउन वा पुरानोलाई अन्त्य गर्न वा नयाँ युगमा प्रवेश गर्न, वा नयाँ काम गर्न सक्दैनस् भने, तँ परमेश्‍वर कहलिन सक्दैनस्!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (१))।

वर्तमान दिनका दौरान, यदि चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्न, भूतप्रेतहरू धपाउन, बिरामीहरू निको पार्न र धेरै आश्‍चर्यकर्महरू प्रस्तुत गर्न सक्‍ने कुनै व्यक्ति प्रकट हुन्छ भने, र यदि त्यस्तो व्यक्तिले फर्किआएको येशू मै हुँ भनी दाबी गर्छ भने, यो त येशूलाई नक्‍कल गर्ने दुष्ट आत्माहरूद्वारा पैदा गरिएको जालसाजी मात्र हुनेछ। यो कुरा याद गर! परमेश्‍वरले उही काम दोहोर्‍याउनुहुन्‍न। येशूको कामको चरण पहिले नै पूरा भइसकेको छ, र परमेश्‍वरले त्यो चरणको काम फेरि कहिल्यै गर्नुहुनेछैन। परमेश्‍वरको काम मानिसका धारणाहरूसँग परस्परविरोधी छ; उदाहरणको लागि, पुरानो करारले मसीहको आगमनको भविष्यवाणी गर्‍यो, र यो भविष्यवाणीको नतिजा येशूको आगमन थियो। यो पहिले नै भइसकेकाले, अर्का मसीह फेरि आउनु गलत हुनेथ्यो। येशू एकपटक पहिले नै आइसक्‍नुभएकोले, यदि येशू यो पटक फेरि आउनुभएको भए, यो गलत हुनेथ्यो। प्रत्येक युगको एउटा नाम छ, र हरेक नाममा उक्त युगको चरित्र चित्रण हुन्छ। मानिसका धारणाहरूअनुसार, परमेश्‍वरले सधैँ चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुपर्छ, सधैँ बिरामीहरू निको पार्नुपर्छ र भूतप्रेतहरू धपाउनुपर्छ, र सधैँ येशूजस्तै हुनुपर्छ। तर यसपटक, परमेश्‍वर यस्तो हुनुहुन्‍न। आखिरी दिनहरूमा, यदि अझै पनि परमेश्‍वरले चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुभएको भए, र अझै पनि भूतप्रेतहरू धपाउनुभएको भए र बिरामीहरू निको पार्नुभएको भए—यदि उहाँले येशूले गर्नुभएजस्तै ठ्याक्‍कै त्यही गर्नुभएको भए—परमेश्‍वरले उही काम दोहोर्‍याउनुभएको हुनेथ्यो, र येशूका कामको कुनै महत्त्व वा मूल्य रहँदैनथ्यो। त्यसैले, परमेश्‍वरले हरेक युगमा कामको एउटा चरण सम्पन्‍न गर्नुहुन्छ। उहाँका कामको हरेक चरण पूरा भएपछि, यसलाई चाँडै नै दुष्ट आत्माहरूले नक्‍कल गर्छन्, र शैतानले परमेश्‍वरका पाइलाहरू पछ्याउन थालेपछि, परमेश्‍वरले अलग तरिका अपनाउनुहुन्छ। परमेश्‍वरले उहाँका कामको एक चरण पूरा गर्नुभएपछि, दुष्ट आत्माहरूले यसको नक्‍कल गर्छन्। तिमीहरू यसबारे प्रस्ट हुनैपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आज परमेश्‍वरको कामलाई बुझ्‍नु)

यो पढेपछि, के हामी सबै ख्रीष्‍ट के हुनुहुन्छ, र झूटा ख्रीष्‍टहरूबाट साँचो ख्रीष्‍टलाई कसरी चिन्‍ने त्यस बारेमा अझै स्पष्ट हुँदैनौं र? ख्रीष्‍ट देहधारी परमेश्‍वर, मानिसको पुत्रको रूपमा देह धारण गर्नुभएका परमेश्‍वरका आत्मा हुनुहुन्छ। बाहिरबाट हेर्दा, ख्रीष्‍ट सामान्य, साधारण व्यक्ति मात्रै हुनुहुन्छ। तर उहाँको सार सामान्य व्यक्तिको भन्दा पूर्ण रूपमा फरक छ। ख्रीष्‍टभित्र परमेश्‍वरका आत्मा हुनुहुन्छ, उहाँ परमेश्‍वरको मूर्त रूप हुनुहुन्छ, उहाँमा ईश्‍वरीय सार छ। सारगत रूपमा, ख्रीष्‍ट एक मात्र साँचो परमेश्‍वर, सृष्टिका प्रभु हुनुहुन्छ! ख्रीष्‍टले सत्यतालाई, र परमेश्‍वरको स्वभाव अनि उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई जहाँसुकै, जुनसुकै समयमा व्यक्त गर्न सक्‍नुहुन्छ। उहाँले मानिसको छुटकाराको काम साथै मानिसको न्याय र शुद्धीकरणको काम गर्न सक्‍नुहुन्छ। ख्रीष्टभन्दा बाहिर, कुनै पनि सृष्टि गरिएको मानव, स्वर्गदूत, वा शैतानी दुष्ट आत्माले सत्यता व्यक्त गर्न सक्दैन, मानवजातिलाई मुक्ति दिने कुरा त परै जाओस्। यसमा कुनै शङ्का छैन। त्यसकारण, साँचो ख्रीष्‍टलाई झूटा ख्रीष्‍टहरूबाट छुट्याउने मुख्य कुरा भनेको तिनीहरूले सत्यता व्यक्त गर्न सक्छन् कि सक्दैनन्, तिनीहरूले मानिसलाई मुक्ति दिने काम गर्न सक्छन् कि सक्दैनन् भनेर हेर्नु हो। सबैभन्दा महत्त्वपूर्ण र आधारभूत सिद्धान्त यही हो। हामी सबैलाई थाहा छ, प्रभु येशूले धेरै सत्यताहरू व्यक्त गर्नुभयो र पश्‍चात्तापको मार्ग प्रचार गर्नुभयो, र उहाँले धेरै चिन्‍ह र अचम्‍मका कामहरू गर्नुभयो, यसरी उहाँले मानवजातिको छुटकाराको काम पूरा गर्नुभयो। उहाँले अनुग्रहको युग सुरु गर्नुभयो र व्यवस्थाको युगको अन्त्य गर्नुभयो। प्रभुका वचनहरूमा अत्यन्तै धेरै शक्ति र अख्‍तियार थियो र ती परमेश्‍वरको स्वभाव, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसद्वारा पूर्ण थिए। हामीलाई प्रभु येशू देहमा आउनुभएका ख्रीष्‍ट, देखा पर्नुभएका परमेश्‍वर हुनुहुन्थ्यो भन्‍ने थाहा छ। आखिरी दिनहरूमा सर्वशक्तिमान् परमेश्‍वर आउनुभएको छ, र उहाँले करोडौँ वचनहरू व्यक्त गर्नुभएको छ र परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गर्दैहुनुहुन्छ। उहाँका वचनहरूले बाइबलका रहस्यहरूलाई मात्रै होइन, परमेश्‍वरको ६,००० वर्षे व्यवस्थापन योजना पनि प्रकट गरेको छ। यसमा परमेश्‍वरको व्यवस्थापन योजनाका उद्देश्यहरू, उहाँको तीन चरणका कामहरूको भित्री सत्यता, शैतानले मानवजातिलाई कसरी भ्रष्ट पार्छ, परमेश्‍वरले मानवजातिलाई मुक्ति दिन कसरी चरणबद्ध रूपमा काम गर्नुहुन्छ, देहधारणका रहस्यहरू, र बाइबलको भित्री सत्यता, हरेक प्रकारको व्यक्तिको परिणाम, पृथ्वीमा ख्रीष्टको राज्य कसरी पूरा हुन्छ, र अरू धेरै कुरा समावेश हुन्छन्। यी सबै रहस्यहरू खुलासा भएका छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरले मानिसको पापी, परमेश्‍वर-विरोधी प्रकृति र भ्रष्ट स्वभावलाई पनि न्याय र खुलासा गर्नुहुन्छ। उहाँले भ्रष्टतालाई हटाएर धोइने मार्ग, अनि यस्तै इत्यादि कुरा प्रदान गर्नुहुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू अत्यन्तै सम्‍पन्‍न छन्, र ती सबै मानिसहरूले कहिल्यै नसुनेका रहस्य र सत्यताहरू हुन्। ती आँखा खोल्‍ने र पूर्ण तुल्याउने किसिमका छन्, र ती वचनहरू पढ्ने जोकोही व्यक्ति ती सत्यता हुन् भन्‍ने कुरामा विश्‍वस्त हुन्छ नै। परमेश्‍वरका चुनिएका मानिसहरू उहाँका वचनहरूको न्यायबाट गुज्रेर जान्छन् र धेरै वटा सत्यताहरूलाई बुझ्छन्; तिनीहरूलाई भ्रष्टताबाट क्रमिक रूपमा धोइन्छ, अनि तिनीहरूले पापलाई त्यागेको र शैतानमाथि विजय प्राप्त गरेको सानदार गवाही दिन्छन्। यसले प्रभु येशूको अगमवाणीलाई पूरा गर्छ: “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ: किनभने उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन; तर उहाँले जे सुन्‍नुहुन्‍छ उहाँले त्यही बोल्‍नुहुनेछ: र उहाँले तिमीहरूलाई आउनेवाला कुराहरू देखाउनुहुनेछ(यूहन्‍ना १६:१२-१३)। यसले सर्वशक्तिमान्‌ परमेश्‍वर “सत्यताका आत्मा” हुनुहुन्छ भन्‍ने प्रमाणित गर्छ। उहाँ आखिरी दिनहरूका ख्रीष्‍ट अर्थात् पृथ्वीमा आउनुहुनेवाला मुक्तिदाताको देखापराइ हुनुहुन्छ।

अब मलाई लाग्छ सबै जना सर्वशक्तिमान्‌ परमेश्‍वर नै ख्रीष्‍ट, मुक्तिदाता हुनुहुन्छ भन्‍ने कुरामा स्पष्ट हुनुभयो होला। यो ठट्टा मात्रै होइन, तर यो कुरा उहाँले व्यक्त गर्नुहुने सत्यताहरू र उहाँले गर्नुहुने कामहरूको आधारमा प्रमाणित हुन्छ। झूटा ख्रीष्टहरू बारेमा के भन्‍ने? तिनीहरू निरन्तर यसो भन्दै चिच्याइरहेका हुन्छन्, “म ख्रीष्‍ट हुँ।” तपाईंले तिनीहरूलाई यस्तो प्रश्‍न गर्न सक्‍नुहुन्छ, “के तपाईंले सत्यता व्यक्त गर्न सक्‍नुहुन्छ? के तपाईंले मानिसको भ्रष्टताको सत्यता प्रकट गर्न सक्‍नुहुन्छ? के तपाईंले मानवजातिलाई पापबाट मुक्ति दिन सक्‍नुहुन्छ?” तिनीहरूले यीमध्ये एउटै काम पनि गर्न सक्दैनन्। यी प्रश्‍नहरू सुन्दा तिनीहरू चकित हुन्छन्। झूटा ख्रीष्टहरू शैतान वा दुष्ट आत्‍माहरूका नक्‍कल बाहेक केही होइनन्, तिनीहरूमा परमेश्‍वरको जीवन र सारको पूर्ण कमी हुन्छ। त्यसकारण, तिनीहरूले कहिल्यै पनि सत्यता व्यक्त गर्न वा मानवजातिलाई धुने र मुक्ति दिने काम गर्न सक्दैनन्। मानिसहरूलाई मूर्ख बनाउनका लागि तिनीहरूले साँचो जस्तो देखिने झूटा सिद्धान्तहरू फैलाउन वा केही चिन्‍ह र अचम्‍मका कामहरू देखाउन मात्रै सक्छन्। कतिपय झूटा ख्रीष्टहरूसँग केही वरदान हुन सक्छ, र तिनीहरूले आफ्‍नै पुस्तक-पुस्तिका लेख्‍न, अनि गम्‍भीर बाइबलीय ज्ञानलाई व्याख्या गर्न सक्छन्। तर तिनीहरूले बाँड्ने सबै कुरा मानव विचार र सिद्धान्तहरू मात्रै हुन्छन्, र ती मानिसको लागि जति नै राम्रो सुनिए पनि, ती सत्यता होइनन्। तिनीहरूले मानव जीवनको लागि कहिल्यै पनि भरण-पोषण गर्न वा मानिसहरूलाई परमेश्‍वर र सत्यता चिन्‍न सहयोग गर्न सक्दैनन्, र तिनीहरूले विशेष रूपमा हामीलाई पापबाट मुक्त गर्न सक्दैनन्, ताकि हामी शुद्ध हुन सकौं। यो स्पष्ट तथ्य हो। झूटो ख्रीष्टसँग सत्यता हुँदै हुँदैन, र तिनीहरूमा प्रशस्तै महत्वाकांक्षा हुन्छ, र मानिसहरूले तिनीहरूलाई परमेश्‍वरलाई जस्तै आराधना गरेको चाहन्छन्। त्यसो भए तिनीहरूले के गर्छन्? तिनीहरूले परमेश्‍वरको विगतको कामको अनुकरण गर्छन्, ख्रीष्‍ट बनेको नाटक गर्दै केही चिन्‍ह र अचम्‍मका कामहरू देखाउँछन्, र अरूलाई सानातिना निगाह दिएर बहकाउँछन्। यदि विश्‍वासीले सत्यतालाई प्रेम गर्दैन, तर आफ्‍नो भागको खाएर केही अनुग्रहमा रमाउन चाहन्छ, र कुनै व्यक्ति ईश्‍वर हो कि होइन भनेर मूल्याङ्कन गर्ने उसको मापदण्ड चिन्‍ह र अचम्‍मका कामहरू गर्ने कार्य मात्रै हो भने, ऊ सहजै धोकामा पर्न सक्छ। वास्तवमा, झूटा ख्रीष्टहरूको चलाकीले मूर्ख र अज्ञानी मानिसहरूलाई मात्रै बहकाउन सक्छन्। परमेश्‍वरको भेडा, बुद्धिमती कन्याहरू कहिल्यै पनि ख्रीष्‍ट विरोधीको बहकाउमा पर्नेछैन, किनभने तिनीहरूले सत्यतालाई प्रेम गर्छन् र परमेश्‍वरको आवाज सुन्छन्। जब तिनीहरूले परमेश्‍वरको आवाज सुन्छन्, तिनीहरूले यसलाई स्वीकार गरेर पछ्याउँछन्। परमेश्‍वरले धेरै पहिले नै यो कुरा निर्धारित गर्नुभएको हो। प्रभु येशूले भन्‍नुभयो, “मेरा भेडाले मेरो सोर सुन्छन्, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्(यूहन्‍ना १०:२७)। “मेरा पिता, जसले मलाई तिनीहरू दिनुभयो, उहाँ सबैभन्दा महान् हुनुहुन्छ; अनि कुनै पनि मानिसले तिनीहरूलाई मेरा पिताको हातबाट खोसेर लान सक्दैन(यूहन्‍ना १०:२९)

मलाई लाग्छ अब हामी सबै नै झूटा ख्रीष्टहरूबाट साँचो ख्रीष्‍टलाई कसरी चिन्‍ने, त्यसबारे स्पष्ट छौं। ख्रीष्‍ट देहमा आउनुभएका परमेश्‍वर, सत्यता, बाटो, र जीवन हुनुहुन्छ। ख्रीष्टको ईश्‍वरीय सार मुख्य रूपमा सत्यता व्यक्त गर्ने र परमेश्‍वरको आफ्‍नै काम गर्ने उहाँको क्षमतामा प्रकट भएको हुन्छ। उहाँ जति नै साधारण देखिए पनि, र उहाँमा शक्ति र हैसियतको जति कमी भएको देखिए पनि, उहाँलाई मानिसहरूले अङ्गाले पनि वा इन्कारे पनि, उहाँले सत्यता, परमेश्‍वरको स्वभाव, र परमेश्‍वरसँग जे छ त्यो र उहाँ जे हुनुहुन्छ त्यो व्यक्त गर्न सक्‍नुहुन्छ भने, र उहाँले मुक्तिको काम गर्न सक्‍नुहुन्छ भने, उहाँ देखापर्नुभएका परमेश्‍वर हुनुहुन्छ। यसमा कुनै शङ्का छैन। सर्वशक्तिमान्‌ परमेश्‍वरले व्यक्त गर्नुभएका सत्यताहरू, मानवजातिलाई न्याय गर्ने र धुने उहाँको कामले उहाँ देहमा आउनुभएका परमेश्‍वर हुनुहुन्छ, उहाँ देखा पर्नुभएका ख्रीष्‍ट हुनुहुन्छ भनी प्रमाणित गर्छ। सत्यता प्राप्त गर्न, पूर्ण मुक्ति पाउन, र परमेश्‍वरको राज्यमा प्रवेश गर्न हामीले आखिरी दिनहरूका ख्रीष्ट, सर्वशक्तिमान् परमेश्‍वरलाई स्वीकार गर्नुपर्छ र पछ्याउनुपर्छ। तर अहिले धेरै मानिसहरूले धार्मिक पाष्टर र एल्डरहरू अनि कम्युनिस्ट पार्टीको शैतानी शासनले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई विरोध र दोष दिने काम गरिरहेका देख्छन्, त्यसकारण तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको काम साँचो मार्ग होइन भन्‍ने सोच्छन्। तिनीहरूको तर्क यस्तो हुन्छ: यदि यो परमेश्‍वरको काम हो भने, यो सबै सहजता पूर्वक अघि बढ्नेथियो, र सबै जना पूर्ण रूपमा विश्‍वस्त हुनेथिए। यसलाई यसरी हेर्नु अत्यन्तै मूर्खता हो! यो त मानिस परमेश्‍वरको शत्रु बन्‍ने र परमेश्‍वरको लागि कुनै ठाउँ नहुने हदसम्‍म भ्रष्ट भएको छ भन्‍ने कुरालाई देख्‍न नसक्‍नु हो। के प्रभु येशू आउनुभएपछि मानिसहरूले उहाँलाई स्वागत गरे? के यहूदी मानिसहरूले उहाँलाई क्रूसमा टाँग्‍न रोमी सरकारसँग मतो गरेनन् र? के तपाईं प्रभु येशूको काम साँचो मार्ग थिएन भनेर भन्‍नुहुन्छ? अनि अहिले आखिरी दिनहरूमा सर्वशक्तिमान्‌ परमेश्‍वर आउनुभएपछि मानिसहरूले कसरी उहाँलाई व्यवहार गरिरहेका छन्? उहाँलाई विरोध गर्न र दोष दिनको लागि धार्मिक संसारका ख्रीष्ट-विरोधी शक्तिहरूले सक्दो गरिरहेका छन्, चिनियाँ कम्युनिस्ट पार्टीको शैतानी शासनले पागलले झैँ उहाँको खेदो गरिरहेको छ, परमेश्‍वरको देखापराइ र कामलाई मेटाउन हरेक रणनीति अपनाइरहेको छ। यसले प्रभु येशूले भन्‍नुभएको यो अगमवाणीलाई पूरा गर्छ: “किनभने जसरी चट्याङ्गले आकाशमुनिको एउटा भागलाई उज्यालो बनाउँदा आकाशमुनिको अर्को भागलाई पनि चम्किलो बनाउँछ; मानिसको पुत्र पनि उनको दिनमा त्यस्तै हुनेछन्। तर सुरूमा उहाँले धेरै कुराहरूको कष्ट भोग्‍नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ(लूका १७:२४-२५)। यसको अर्थ के हो? साँचो मार्गलाई सधैँ दमन गरिएको छ! ख्रीष्‍टले मानवजातिलाई मुक्ति दिन सत्यताहरू व्यक्त गर्नुहुन्छ, त्यसकारण उहाँलाई शैतानका दुष्ट शक्तिहरूले विरोध गर्नु, दोष दिनु र खेदो गर्नु त अपरिहार्य नै हो। कसैले ख्रीष्‍ट हुँ भनी दाबी गर्छ, तर उसले सत्यता व्यक्त गर्दैन र उसलाई यो पुस्ताले इन्कार गर्दैन भने, र यदि उसलाई शैतानका शक्तिहरूले पागलले झैँ दोष दिने र आक्रमण गर्ने गर्दैन भने, त्यसले ऊ ख्रीष्‍ट होइन भन्‍ने प्रमाणित गर्छ। शैतानले अरू सबै कुरालाई भन्दा परमेश्‍वरको देखापराइ र कामलाई, अनि मुक्तिदाताको आगमनलाई घृणा गर्छ। जब मुक्तिदाता आउनुहुन्छ, तब मानिसहरूले मुक्ति पाउने, सत्यतालाई बुझ्‍ने र शैतानका चलाकीहरूलाई देख्‍ने मौका पाएका हुन्छन् भन्‍ने कुरा शैतानलाई थाहा हुन्छ। तिनीहरूले समझशक्ति पाउन, यसलाई इन्कार गर्न, परमेश्‍वरकहाँ पूर्ण रूपमा फर्कन र परमेश्‍वरद्वारा प्राप्त गरिन सक्छन्। त्यसपछि शैतान पूर्ण रूपमा हार्छ, र यसको अन्तिम दिन यसकै अगाडि हुन्छ। के तपाईंलाई शैतानले हरेस खान्छ जस्तो लाग्छ? यो कुरा नबुझ्‍ने, तर आफ्‍नै धारणाहरूमा टाँसिरहने अनि सर्वशक्तिमान्‌ परमेश्‍वरको कामको अनुसन्धान गर्न असफल हुने, वा सर्वशक्तिमान्‌ परमेश्‍वरलाई दोष दिने र विरोध गर्ने कार्यमा धार्मिक संसारका ख्रीष्ट-विरोधी शक्तिहरूको पछि लाग्‍नेसम्‍म गर्ने गर्दा, परिणामहरू भयानक हुनेछन्। सर्वशक्तिमान्‌ परमेश्‍वरले यसको बारेमा के भन्‍न चाहनुहुन्छ, हेरौं। “ख्रीष्‍टले बोल्‍नुभएको सत्यतामा भरोसा नगरीकन जीवन प्राप्त गर्न चाहनेहरू पृथ्वीका सबैभन्दा हास्यास्पद मानिसहरू हुन्, र ख्रीष्‍टले ल्याउनुभएको जीवनको बाटोलाई स्वीकार नगर्नेहरू कल्‍पनामा हराएका छन्। त्यसैले म भन्छु, आखिरी दिनहरूका ख्रीष्‍टलाई स्वीकार नगर्नेहरूलाई परमेश्‍वरले सदासर्वदा नै घिनाउनुहुनेछ। ख्रीष्‍ट नै आखिरी दिनहरूमा राज्यमा प्रवेश गर्ने मानिसको प्रवेशद्वार हुनुहुन्छ, र उहाँलाई छलेर घुमाउरो बाटोबाट कोही पनि भित्र जान सक्दैन। ख्रीष्‍टद्वारा बाहेक परमेश्‍वरले कसैलाई पनि सिद्ध पार्नुहुन्‍न। तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, र त्यसकारण तैँले उहाँका वचनहरू स्वीकार गरेर उहाँको बाटो पालन गर्नैपर्छ। सत्यता प्राप्त गर्न असक्षम हुँदाहुँदै र जीवनको प्रावधान स्वीकार गर्न असक्षम हुँदाहुँदै, तैँले आशिष्‌हरू प्राप्त गर्नेबारेमा मात्रै विचार गर्न सक्दैनस्। उहाँमा साँचो रूपमा विश्‍वास गर्नेहरू सबैले जीवन प्राप्त गरून् भनेर ख्रीष्‍ट आखिरी दिनहरूमा आउनुहुन्छ। उहाँको काम पुरानो युगलाई समाप्त गरेर नयाँ युगमा प्रवेश गर्नको खातिर हो, र उहाँको काम नयाँ युगमा प्रवेश गर्ने सबैले हिँड्नैपर्ने मार्ग हो। यदि तैँले उहाँलाई स्वीकार गर्न सक्दैनस्, बरु उहाँलाई दोष दिन्छस्, ईश्‍वरनिन्दा गर्छस्, वा उहाँको खेदोसमेत गर्छस् भने, तँ अवश्य नै अनन्तसम्‍म जल्‍नेछस् र परमेश्‍वरको राज्यमा कहिल्यै प्रवेश गर्नेछैनस्। यही ख्रीष्‍ट स्वयम् नै पवित्र आत्माको अभिव्यक्ति, परमेश्‍वरको अभिव्यक्ति, पृथ्वीमा आफ्‍नो काम गर्नको लागि परमेश्‍वरले जिम्‍मा दिनुभएको व्यक्ति हुनुहुन्छ। त्यसैले म भन्छु, यदि आखिरी दिनहरूका ख्रीष्‍टले गर्नुभएका सबै कुरा तैँले स्वीकार गर्न सक्दैनस् भने, तैँले पवित्र आत्‍माको ईशनिन्दा गर्छस्। पवित्र आत्माको ईशनिन्दा गर्नेहरूले पाउने दण्ड सबैको लागि प्रष्टै छन्। म तँलाई यो पनि भन्छु कि यदि तैँले आखिरी दिनहरूका ख्रीष्‍टको विरोध गरिस् भने, यदि तैँले आखिरी दिनहरूका ख्रीष्‍टको तिरस्कार गरिस् भने, तेरो सट्टामा परिणामहरू भोगिदिने अरू कोही पनि हुनेछैनन्। यसको साथै, यो दिनपश्‍चात तैँले परमेश्‍वरबाट स्वीकृति प्राप्त गर्ने अर्को मौका पाउनेछैनस्; यदि तैँले आफूलाई छुटकारा दिलाउने प्रयास गरिस् भने पनि, तैँले फेरि कहिल्यै पनि परमेश्‍वरको मुहारलाई देख्‍नेछैनस्। किनभने तैँले जसको विरोध गर्छस् त्यो मानिस होइन, तैँले जसलाई तिरस्कार गर्छस् त्यो कुनै तुच्छ अस्तित्व होइन, त्यो त ख्रीष्‍ट हुनुहुन्छ। यसका परिणामहरू के-के हुनेछन् के तँलाई थाहा छ? तैँले सानो गल्ती होइन, घृणित पाप गरेको हुनेछस्। त्यसैले म हरकोहीलाई सल्लाह दिन्छु: सत्यको अघि आफ्‍नो दारा नदेखाओ वा लापरवाही रूपमा आलोचना नगर, किनभने सत्यले मात्रै तँलाई जीवन दिनेछ, र सत्यबाहेक अरू केहीले पनि तँलाई पुनर्जन्‍म पाउने र परमेश्‍वरको मुहारलाई फेरि देख्‍ने तुल्याउन सक्दैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

के प्रभु साँच्‍चै नै बादलको सवारीमा फर्कनुहुन्छ?

हामीले एकपछि अर्को विपत्ति आएको देखिरहेका छौं, र महामारीहरू विश्‍वभरि फैलिरहेका छन्। विश्‍वासीहरूले प्रभु बादलको सवारीमा ओर्लनुहुनेछ अनि...

आखिरी दिनहरूका देहधारी परमेश्‍वर किन महिला हुनुहुन्छ?

आखिरी दिनहरूमा, देहधारी सर्वशक्तिमान्‌ परमेश्‍वर काम गर्न र धेरै सत्यताहरू व्यक्त गर्न देखा पर्नुभएको छ। यी सत्यताहरूलाई इन्टरनेटमा राखिएका...

देहधारण भनेको के हो

हामी सबैलाई थाहा छ दुई हजार वर्ष पहिले, परमेश्‍वर मानवजातिलाई छुटकारा दिन प्रभु येशूको रूपमा मानिसको संसारमा देहधारी भई आउनुभयो, र प्रचार...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्