किन परमेश्‍वरले आखिरी दिनहरूमा न्यायको काम गर्नुहुन्छ?

10 डिसेम्बर 2021

आजकल, महामारी विश्‍वभरि फैलिरहेको छ र विपत्तिहरू झन् झनै खराब हुँदै गइरहेका छन्। हामीले भूकम्प, अनिकाल र युद्धहरू देखेका छौं, र सबै विश्‍वासीहरूले मुक्तिदाता प्रभु येशू आउनुहुन्छ, आकाशमा उहाँसित भेट्न उठाइलगिनेछ र यी विपत्तिहरूबाट उम्कन पाइन्छ भनेर प्रतीक्षा गर्छन्। तर यत्तिका लामो समयसम्म पर्खिंदा पनि, तिनीहरूले अझै मुक्तिदाता प्रभु येशूलाई बादलमा ओर्लनुभएको देखेका छैनन्, र प्रभुलाई आकाशमा भेट्न अवश्यै कसैलाई पनि उठाइलगिएको छैन, जसले गर्दा धेरै जना निराश भएका छन्। मानिसहरूले प्रभु येशूको आगमनलाई स्वागत गर्नुको सट्टा प्रभु सर्वशक्तिमान् परमेश्‍वरको रूपमा फर्किसक्नुभएको छ जसले सत्यता व्यक्त गर्नुहुन्छ र न्यायको काम गर्नुहुन्छ भनेर पूर्वीय ज्योतिले बारम्बार गवाही दिएको देख्दा तीनछक्क पर्छन्। यो गवाही ध्यान खिच्ने खालको छ। तर, चिनियाँ कम्युनिष्ट पार्टीको दमनले, अनि धार्मिक संसारमा ख्रीष्टविरोधीहरूले गर्ने बदनामी र घोर ईश्‍वरनिन्दाले गर्दा, मानिसहरूले साँचो मार्गबारे अनुसन्धान गर्न इन्कार गरे। अप्रत्याशित रूपले, केही वर्षभित्रै अति तुच्छ ठानिनुभएका मानिसका पुत्रले यत्तिका धेरै सत्यता व्यक्त गर्नुभयो, धेरैभन्दा धेरै मानिसहरूले परमेश्‍वरको आवाज सुने, सबै जना सर्वशक्तिमान् परमेश्‍वरलाई पछ्याउन खडा भए। यसले धार्मिक संसारलाई मात्र होइन तर पुरै विश्‍वलाई हल्लाएको छ। वचन देहमा देखा पर्नुहुन्छ पूर्वदेखि पश्चिमसम्म साँचो ज्योतिझैं चम्कन्छ। यसले सारा संसारलाई उज्यालो पारेको छ, अनि सत्यतालाई प्रेम गर्ने र परमेश्‍वरको आगमनको तृष्णा गर्नेहरू यो ज्योतिमा आउँछन्, परमेश्‍वरको आवाज सुन्छन् र थुमाको भोजमा उपस्थित हुन्छन्। यी तथ्यहरूले सबैलाई चकित पारेका छन्: “उहाँ कस्तो प्रकारका व्यक्ति हुनुहुन्छ? उहाँ कहाँबाट आउनुभयो? उहाँले यस्तो शक्तिशाली कुरा कसरी गर्नुभयो?” धै मानिसहरूले सोधेका छन्: “के पूर्वीय ज्योति वास्वतवमै परमेश्‍वरको काम हो?” “के सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू सृष्टिकर्ताले मानिसजातिसित बोल्नुभएको आवाज हुन सक्छ?” तर तिनीहरू सोच्छन्, “प्रभु फर्कनुभएपछि, सबैभन्दा पहिला उहाँले विश्‍वासीहरूलाई उहाँसित आकाशमा भेट्न उठाई लैजानुहुनेछ। उहाँले कहिल्यै पनि आफ्ना विश्‍वासीहरूलाई विपत्तिमा पर्न दिनुहुनेछैन र न्यायको काम गर्न बोल्नुहुनेछैन। त्यो हुन सक्दैन।” अहिले, धेरै मानिसहरूले सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका चलचित्र, भजन र गवाही भिडियोहरू हेरिरहेका छन्, र सबैभन्दा महत्वपूर्ण कुरा, सर्वशक्तिमान् परमेश्‍वरको वचन पढिरहेका छन्। त्यहाँ विषयवस्तुको भण्डार छ, र कनानको जीवन वास्तवमै एकदमै राम्रो अनुभव हो। यस तथ्यले मानिसहरूलाई पवित्र आत्माको कामले मात्र यस्तो कुरा हासिल गर्न सक्छ भनेर मानिलिन बाध्य बनाउँछ। परमेश्‍वरको आगमन र कामबिना कसैले पनि यस्ता भव्य कुराहरू प्राप्त गर्न सक्दैन। यसले प्रभुमा विश्‍वास गर्ने धेरै जनालाई आश्चर्यचकित बनाउँछ: किन परमेश्‍वरले आखिरी दिनहरूमा न्यायको काम गर्नुहुन्छ? हाम्रा पापहरू क्षमा गरिएका छन् र परमेश्‍वरले हामीलाई न्याय गर्नुभएको छ। त्यसोभए, किन हामीले न्याय र सजाय अनुभव गर्नैपर्छ त? आखिरी दिनहरूमा परमेश्‍वरको न्याय त अविश्‍वासीहरूप्रति लक्षित हुनुपर्छ। त्यसैले, किन न्याय परमेश्‍वरको घरदेखि सुरु हुन्छ? यहाँ के भइरहेको छ? यो विषय आजको हाम्रो सङ्गतिमा केन्द्रित हुनेछ।

तर हाम्रो सङ्गति सुरु गर्नुअघि, पहिला स्पष्ट होऔं: आखिरी दिनहरूमा परमेश्‍वर देहधारण गरेर मानिसका पुत्रको रूपमा न्यायको काम गर्न आउनुहुने कुरा, परमेश्‍वरले धेरैअघि प्रबन्ध गर्नुभएको हो। मानिसहरूका धारणाहरू वा अन्य बिघ्नबाधाहरूको बाबजुद, आखिरी दिनहरूमा हुने परमेश्‍वरको न्यायलाई मानिसको इच्छाले परिवर्तन गर्न सक्दैन। र यसलाई कुनै देश वा शक्तिले रोक्न सक्दैन। त्यसैले, केही मानिसहरूले सोध्नेछन्, के परमेश्‍वरले गर्नुहुने न्यायको कामको कुनै बाइबलीय आधार छ? अवश्यै बाइबलीय आधार छ र यो निकै सशक्त छ। बाइबलभरि “न्याय” सित सम्बन्धित कम्तीमा पनि दुई सय वटा सन्दर्भहरू छन्, अनि प्रभु येशू स्वयंले पनि आखिरी दिनहरूमा सत्यता व्यक्त गर्न र न्यायको काम गर्न देहधारी मानिसको पुत्रको रूपमा उहाँको पुनरागमन हुने अगमवाणी गर्नुभयो। अब आउनुहोस्, प्रभु येशूका केही अगमवाणीहरूलाई हेरौं। “अनि यदि कुनै मानिसले मेरो वचन सुन्छ र पनि विश्‍वास गर्दैन भने, म त्यसको न्याय गर्दिनँ: किनभने म संसारलाई न्याय गर्न होइन, तर बचाउन आएँ। मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ” (यूहन्‍ना १२:४७-४८)। “किनभने पिताले कुनै मानिसको न्याय गर्नुहुन्न, तर पुत्रलाई नै सबै न्याय सुम्पनुभएको छ। … र न्याय गर्ने अधिकार पनि दिनुभएको छ, किनभने उहाँ मानिसको पुत्र हुनुहुन्छ” (यूहन्‍ना ५:२२, २७)। “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ” (यूहन्‍ना १६:१२-१३)। १ पत्रुस ४:१७ पनि छ, “किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ।” यी वचनहरू निश्चय नै निकै स्पष्ट छन्: “मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ,” “पुत्रलाई नै सबै न्याय सुम्पनुभएको छ,” “परमेश्‍वरको घरानाबाट न्याय सुरू हुने,” र “उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ।” यसले देखाउँछ कि, सत्यता व्यक्त गर्न र परमेश्‍वरको घरदेखि सुरु गरेर न्यायको काम गर्न प्रभु आखिरी दिनहरूमा देह हुनुहुनेछ। यो निर्विवाद छ। अहिले, सर्वशक्तिमान् परमेश्‍वरले निकै धेरै सत्यता व्यक्त गर्नुहुन्छ र परमेश्‍वरको घरदेखि सुरु गरेर न्यायको काम गर्नुहुन्छ, जुन परमेश्‍वरको सिंहसुनसामु आउनेहरूलाई न्याय गर्नु र शुद्ध पार्नु, अनि परमेश्‍वरका चुनिएका मानिसहरूलाई सबै सत्यतामा प्रवेश गर्न मार्गदर्शन गर्नु हो। अनि परमेश्‍वरले विपत्तिहरू आउनुअघि विजेताहरूको एउटा समूह बनाउनुभएको छ। यसले यी भविष्यवाणीहरू पूर्ण रूपले पूरा हुन्छन् र छुटकारा पाइन्छ भनेर देखाउँछ।

त्यसैले, केहीले सोध्नेछन्, “हामी विश्‍वासी हौं, त्यसैले हाम्रा पापहरू क्षमा भएका छन्, तब किन हामीले आखिरी दिनहरूमा अझै परमेश्‍वरको न्याय र सजाय स्वीकार गर्नुपर्छ र?” सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूले सत्यताको यस रहस्यलाई प्रकट गर्छन्, त्यसैले, सर्वशक्तिमान् परमेश्‍वरले के भन्नुभएको छ, सो हेरौं। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषयहरू ऊभित्रै रोपिएको हुन्छ, र हजारौं वर्षसम्म शैतानद्वारा भ्रष्ट पारिएपछि, ऊभित्र एउटा स्थापित प्रकृति हुन्छ जसले परमेश्‍वरको विरोध गर्छ। यसकारण जब मानिसलाई छुटकारा दिइएको हुन्छ, त्यो ठूलो मूल्य तिरेर मानिसलाई छुटाइएको घटनाभन्दा अरू केही हुँदैन, तर ऊभित्रको विषाक्त प्रकृति हटेको हुँदैन। अशुद्ध भएको मानिस परमेश्‍वरको सेवाको योग्य हुनुभन्दा अघि परिवर्तनको प्रक्रियाबाट भएर जानुपर्छ। न्याय र सजायको यस कार्यको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोर र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्‍नेछ, र ऊ पूर्णरूपमा परिवर्तन हुन र शुद्ध हुन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्‍वरको सिंहासनको अगि फर्केर आउनको योग्य हुन सक्छ। … किनकि मानिसलाई छुटकारा दिइएको र उसका पापहरू क्षमा गरिएको हुन सक्छ, तर त्यसलाई परमेश्‍वरले मानिसका अपराधहरू सम्‍झनुहुन्‍न र मानिससँग उसको अपराधअनुसार व्यवहार गर्नुहुन्‍न भनेर मात्र मान्न सकिन्छ। तापनि, जब मासुको शरीरमा जिउने मानिस पापबाट छुटाइएको हुँदैन, उसले पापै मात्र गरिरहन सक्छ, यसरी अटुट रूपमा आफ्नो भ्रष्ट शैतानिक स्वभाव प्रकट गर्छ। यो मानिसले जिउने जीवन हो, जहाँ पाप गर्ने र क्षमा गरिने चक्र निरन्तर चलिरहन्छ। अधिकांश मानवजातिले दिनमा पाप गर्छन् र साँझमा मात्र त्यो स्वीकार गर्छन्। यसरी, पापको बलि मानिसका लागि सदासर्वदा प्रभावकारी भए पनि त्यसले मानिसलाई पापबाट बचाउन सक्दैन। मुक्तिको काम आधा मात्र सम्पन्न भएको छ, किनकि मानिसमा अझै पनि भ्रष्ट स्वभाव छ। … आफ्ना पापहरू थाहा पाउनु मानिसको निम्ति सजिलो छैन, उसले गहिरो जरा गाडेको आफ्‍नो प्रकृतिलाई चिन्ने कुनै उपाय छैन, र यो नतिजा प्राप्त गर्न ऊ वचनद्वारा गरिने न्यायमा भर पर्नुपर्छ। तब मात्र मानिस बिस्तारै यस बिन्दुबाट परिवर्तन हुन सक्छ” (वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (४)”)। सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू एकदमै स्पष्ट छन्। प्रभु येशूले अनुग्रहको युगमा गर्नुभएको काम छुटकाराको काम थियो। यदि हामी प्रभुमा विश्‍वास गर्छौं, आफ्ना पापहरू स्वीकार्छौं र पश्चात्ताप गर्छौं भने, हाम्रा पापहरू क्षमा हुन्छन्। उप्रान्त हामी व्यवस्था उल्लङ्घन गरेकोमा दोषी हुँदैनौं र सजाय भोग्दैनौं, र प्रभुको प्रशस्त अनुग्रह पाउन सक्षम हुन्छौं। तर के पाप क्षमा हुँदैमा हामी पवित्र हुन्छौं? के पाप क्षमा हुनुको अर्थ हामी परमेश्‍वरप्रति साँचो रूपमा आज्ञाकारी हुन्छौं भन्ने हो? अहँ होइन। हामी स्पष्टसित के देख्छौं भने, विश्‍वासीहरूले दिउँसो पाप गर्छन् र त्यसपछि राति आफ्ना पापहरू स्वीकार गर्छन्। हामी यस चक्रको फन्दामा जिउँछौं; हामी अक्सर नचाहँदा नचाहँदै पाप गर्छौं, अनि त्यसपछि प्रभुलाई प्रार्थना गर्छौं: “म साह्रै पीडामा छु। किन म आफूलाई पापको बन्धनबाट मुक्त गर्न सक्दिनँ?” हामी सबै जना प्रभुका लागि सांसारिक उल्झनहरूबाट मुक्त हुन चाहन्छौं, हामी प्रभु र अरूलाई प्रेम गर्न चाहन्छौं, तर हामी जे गर्छौं, नचाहँदा नचाहँदै गर्छौं। अनि बारम्बार आइपर्ने समस्यालाई समाधान गर्न समेत सक्दैनौं। त्यसो किन? किनभने मानिससित भ्रष्ट स्वभाव र पापपूर्ण प्रकृति छन्। र पापको जड यही हो। यदि हामी पापको जडलाई समाधान गर्दैनौं भने, हामीले आफूलाई रोक्ने प्रयास गर्दा समेत, नचाहँदा नचाहँदै पाप गर्न पुग्छौं। केही मानिसहरूले प्रभुको खातिर इमानदारीपूर्वक समर्पित हुन, पीडा भोग्न र मूल्य चुकाउन र गुनासो नगरी सहन गर्न सके पनि, तर के तिनीहरूले भित्री हृदयदेखि परमेश्‍वरको आज्ञा पालन गर्न सक्छन्? के तिनीहरूले साँच्चै परमेश्‍वरलाई प्रेम गर्छन्? धेरैजसो मानिसहरूले यस कुरालाई स्पष्टसित बुझ्दैनन्। आशिष पाउन, स्वर्गको राज्यमा प्रवेश गर्न र इनाम पाउन, मानिसहरूले थुप्रै असल कुराहरू गर्न सक्छन्। तर यी असल कामहरूसित कस्ता दूषित कुराहरूको मिसावट हुन्छ? के ती गोप्य मनसायहरूले दूषित छन्? विपत्ति आएको बेला हामीलाई उठाइलगिनुको सट्टा त्यसैमा फालिंदा, के हामी परमेश्‍वरविरुद्ध गुनासो गर्नेछौं? के हामी परमेश्‍वरलाई दोष दिनेछौं र इन्कार समेत गर्नेछौं? परमेश्‍वरको काम मानव धारणाहरूअनुरूप हुँदा, हामी परमेश्‍वरलाई धन्यवाद दिन्छौं र प्रशंसा गर्छौं। तर यदि परमेश्‍वरका कामहरू हाम्रो धारणा र हाम्रो चाहनाअनुरूप छैनन् भने, के हामी परमेश्‍वरको आलोचना र निन्दा समेत गर्नेछौं? प्रभुले उहाँको नाउँमा प्रचार गर्ने र भूतहरू धपाउनेहरूलाई भन्नुहुन्छ, “दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२३)। के ती मानिसहरूले धारणाहरू विकास गर्छन् अनि प्रभुको विरोध र निन्दा गर्छन्? यदि प्रभु येशू मण्डलीहरूमा सत्यता व्यक्त गर्न अझै मानिसका यहूदी पुत्रको रूपमा आउनुभएको भए, धार्मिक संसारका कति धेरै मानिसहरूले उहाँलाई इन्कार गर्नेथिए र प्रभुबाट तर्केर जानेथिए? कति धेरै मानिसहरूले प्रभु येशूले व्यक्त गर्नुभएका सत्यता स्वीकार गर्नेथिए र उहाँ एकमात्र साँचो परमेश्‍वर हुनुहुन्छ भनेर भन्नेथिए? कति धेरै मानिसहरूले प्रभु येशूलाई परमेश्‍वर नठानी मानिसको रूपमा निन्दा गर्नेथिए? यी तथ्यहरू चिन्तन गर्न लायक छन्। यहूदीधर्मका फरिसीहरूले पुस्तौं पुस्तादेखि परमेश्‍वरमा विश्‍वास गरेका थिए, र परमेश्‍वरलाई पाप बलि चढाउँथे। जब यहोवा परमेश्‍वर देहधारण गरी प्रभु येशू हुनुभयो, तब किन फरिसीहरूले उहाँ यहोवा परमेश्‍वरको आगमन हुनुहुन्छ भनेर चिनेनन्? प्रभु येशूले सत्यता व्यक्त गर्नुहँदा किन तिनीहरूले उहाँको निन्दा गरे? किन प्रभु येशूलाई क्रूसमा कीला ठोकियो? यस समस्याको सार के हो? फरिसीहरूले परमेश्‍वरलाई पुस्तौं पुस्तादेखि विश्‍वास गरे तापनि किन उहाँलाई चिनेनन्? किन अझै पनि तिनीहरूले परमेश्‍वरको विरोध र निन्दा गरे? हामी आफैले के देखेका छौं भने, आखिरी दिनहरूमा परमेश्‍वर देह हुनुभएको छ र धेरै सत्यता व्यक्त गरिरहनुभएको छ। त्यसोभए, किन धार्मिक संसारको यत्तिका धेरै मानिसहरूले उत्तेजित भएर सर्वशक्तिमान् परमेश्‍वरको विरोध, निन्दा र बदनाम समेत गर्छन्? यदि प्रभु येशू अझै पनि मानिसका यहूदी पुत्रको रूपमा फर्कनुभएको भए, र उहाँले धार्मिक संसारमा सत्यता व्यक्त गर्नुभएको भए, के उहाँलाई मण्डलीबाट निकालिनेथियो वा दोषी ठहराएर मृत्युदण्ड दिइनेथियो? यसो हुनु सम्भव छ। सर्वशक्तिमान् परमेश्‍वरले प्रभु येशूकै तरिकामा सत्यता व्यक्त गर्नुहुन्छ, र दुवै जना सामान्य मानिसका पुत्र हुनुहुन्छ। धार्मिक संसारले सर्वशक्तिमान् परमेश्‍वरलाई अति नै विरोध गर्छ, त्यसोभए, के तिनीहरू मानिसका पुत्रको रूपमा चाहिं प्रभु येशूप्रति अलिक खुल्ला हुनेथिए? किन धार्मिक संसारले सर्वशक्तिमान् परमेश्‍वरको पछि लाग्ने मानिसहरूलाई परमेश्‍वरमा नभई व्यक्तिमा विश्‍वास गर्नेहरूको रूपमा अझै पनि न्याय गर्छन्? यदि यी मानिसहरू प्रभु येशूको समयमा जन्मिएका भए, के धार्मिक संसारले प्रभु येशूको पछि लाग्ने यी मानिसहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नेको रूपमा नभई व्यक्तिमा विश्‍वास गर्नेहरूको रूपमा न्याय गर्दैनन् थिए र? यस समस्याको वास्तविक सार के हो? मानिसजातिसँग शैतानी प्रकृति भएको र उनीहरू भ्रष्ट स्वभावअनुसार जिउने भएकोले यस्तो हुन्छ। त्यसैकारण, हामीले परमेश्‍वरको विरोध र निन्दा गर्नु कुनै अचम्म होइन। धेरै मानिसहरूले यस कुरालाई स्पष्टसित बुझ्दैनन्। तिनीहरू सोच्छन्, हाम्रा पापहरू क्षमा भइसकेपछि र परमेश्‍वरले हामीलाई दोषीको रूपमा नहेर्नुभएपछि, हामी पवित्र हुन्छौं। तिनीहरू सोच्छन्, हाम्रा पापहरू क्षमा भइसकेपछि, हामी असल कामहरू गरेर परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छौं। यी दृष्टिकोणहरू एकदमै गलत हुन्। तथ्य कुरा के हो भने, मानिसहरूसँग शैतानी प्रकृति र भ्रष्ट स्वभाव छन् भनेर स्पष्टसित बुझ्न, फरिसीहरूले प्रभु येशूलाई गरेको विरोध र निन्दालाई हेरे पुग्छ। त्यसैले, हामीले जति नै धेरै समयदेखि परमेश्‍वरमा विश्‍वास गरेको, जति नै बाइबल बुझेको वा हामी जुनै युगमा जन्मिएको भए पनि, हामी सबैले अझै सत्यतालाई घृणा गर्छौं, परमेश्‍वरको विरोध गर्छौं, निन्दा गर्छौं र परमेश्‍वरसित शत्रुता गर्छौं। यही कारणले गर्दा नै आखिरी दिनहरूमा परमेश्‍वरको न्यायको काम हुनु महत्वपूर्ण छ! शैतानी प्रकृतिले गर्दा मानिसजातिले परमेश्‍वरको न्याय र सजाय स्वीकार गर्नुपर्छ। यो न्याय र सजायबिना त हामी भ्रष्ट भएकोले सधैं पाप र परमेश्‍वरको विरोध गर्नेछौं। हामी कहिल्यै परमेश्‍वरसित मिल्ने वा उहाँप्रति आज्ञाकारी हुनेछैनौं, र परमेश्‍वरको राज्यमा कहिल्यै प्रवेश गर्न सक्दैनौं। हामी सबैले परमेश्‍वरको स्वभाव धर्मी छ भनेर चिन्ने र बुझ्ने भए तापनि, शैतानद्वारा भएको हाम्रो भित्री भ्रष्टताको भयावह स्थिति, हामीले कुन हदसम्म परमेश्‍वरको विरोध गर्न सक्छौं, वा सत्यता व्यक्त गर्न सक्नुहुने मानिसका पुत्रलाई हामी कत्ति घृणा गर्न सक्छौं, अर्थात्, हामीले कुन हदसम्म सत्यतालाई घृणा गर्न सक्छौं, यी कुराहरूलाई कसैले बुझ्न सक्दैन। मानिसहरूले यी कुराहरूलाई स्पष्टसित बुझ्न सक्दैनन्। तसर्थ, आखिरी दिनहरूमा हुने परमेश्‍वरको न्यायको कामबारे हामी सधैँ धेरै धारणाहरू राख्छौं र शङ्काहरू गर्छौं। हाम्रा पापहरू क्षमा भएपछि हामी पवित्र हुन्छौं भनेर सबैले सोच्छन्। यदि परमेश्‍वरले हामीलाई पापी ठान्नुहुन्न भने, हामी पवित्र हुन्छौं। परमेश्‍वरको मुक्तिको काम पूरा हुन्छ र उहाँले उप्रान्त न्यायको काम गर्नु आवश्यक पर्दैन। प्रभु येशू फर्कनुहुँदा, उहाँले हामीलाई स्वर्गको राज्यमा लैजानुहुनेछ, अनि स्वर्गमा पुगेपछि, हामीले सधैंभरि परमेश्‍वरको आज्ञा पालन गर्ने र उपासना गर्ने कुरा सुनिश्चित हुन्छ। तर के यो सरासर मूर्ख कुरा होइन र? मानिसहरूले पृथ्वीमा परमेश्‍वरलाई विश्‍वास गर्छन् र उहाँको अनुग्रह प्राप्त गर्छन्, तैपनि तिनीहरूले अझै परमेश्‍वरको आलोचना र निन्दा गर्छन्। त्यसैले, कसरी तिनीहरूले माथि स्वर्गमा परमेश्‍वरको आज्ञा पालन र भक्ति गर्न सक्छन्? यसो गर्नु असम्भव छ। परमेश्‍वरका वचनहरूले भन्छन्, “पवित्रता कायम राख, त्यो विना कुनै पनि मानिसले प्रभुलाई देख्‍नेछैन” (हिब्रू १२:१४)। यो वाक्य सत्यता हो, स्वर्गको नियम हो! अहिले हामीले किन परमेश्‍वरले आखिरी दिनहरूमा न्यायको काम गर्नुहुन्छ भनेर बुझ्नुपर्छ। परमेश्‍वर मानिसहरूलाई पूर्णतया मुक्ति दिन, शुद्ध पार्न र हाम्रा भ्रष्ट स्वभावहरू परिवर्तन गर्न, साथै हामीलाई पाप र शैतानको शक्तिबाट पूर्णतया उद्धार गर्न आउनुभएको छ। सर्वशक्तिमान् परमेश्‍वरले मानिसजातिलाई शुद्ध पार्न र मुक्ति दिन चाहिने सबै सत्यता व्यक्त गर्नुभएको छ, र परमेश्‍वरको घरदेखि सुरु गरेर न्यायको काम गरिरहनुभएको छ। परमेश्‍वरका चुनिएका धेरै मानिसहरूले उहाँको न्याय र शुद्धीकरण अनभव गरेका छन्, र अहिले हृदयबाटै उहाँको धार्मिकता र पवित्रताको प्रशंसा गर्छन्। शैतानले मानिसहरूलाई कति गहिरोसित भ्रष्ट पारेको छ, खासगरी तिनीहरूले कस्ता पापहरू गर्न सक्छन् र कतिसम्म परमेश्‍वरको विरोध गर्न सक्छन् भनेर तिनीहरूले बुझेका छन्। तिनीहरूले आफूबारे वास्तविक बुझाइ प्राप्त गरेका छन्, आफ्नो भ्रष्टताको कुरूपतालाई देखेका छन्, र यदि तिनीहरूले परमेश्‍वरको न्याय अनुभव गर्दैनन् तर भ्रष्ट स्वभावअनुसार जिउँछन्, परमेश्‍वरलाई विरोध गरिरहेका छन्, धोका दिइरहेका छन्, र प्रेतहरू जस्तै जिइरहेका छन् भने, तिनीहरू नरकमा फालिनेछन् र परमेश्‍वरबाट सजाय पाउँछन्, र परमेश्‍वरसामु जिउन अयोग्य हुन्छन् भनेर तिनीहरू महसुस गर्छन्। त्यसैले, तिनीहरूले भित्रैदेखि पछुतो गर्छन् र आफूलाई घृणा गर्छन्, अनि साँचो पश्चात्ताप र परिवर्तन गर्छन्। परमेश्‍वरको न्याय र सजाय अनुभव गरेर मात्र हामीलाई परमेश्‍वरको न्यायको काम मानिसजातिका लागि उहाँको महान् मुक्ति र अपार प्रेम हो भनेर थाहा हुन्छ।

धेरै मानिसहरूले आखिरी दिनहरूमा परमेश्‍वरको न्यायको कामको अर्थलाई बुझ्दैनन् र सोच्छन् कि प्रभु येशूले छुटकाराको काम पूरा गरिसक्नुभएपछि मानिसजातिले पूर्ण मुक्ति पायो र मानिसजातिलाई मुक्ति दिने परमेश्‍वरको काम पूरा भयो। तर यो ठूलो भूल हो! सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू एकदमै स्पष्ट छन्। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नु भएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशूले पापको बलि बनेर मानिसको पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभयो, र दण्ड अनि न्यायको काम सुरु गर्नुभयो। यो कामले मानिसलाई एक उच्च क्षेत्रमा पुर्‍यायो। उहाँको प्रभुत्वमुनि आउनेहरू सबैले अझ उच्च सत्यको आनन्द लिनेछन् र अझ ठूला आशिषहरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्य, बाटो र जीवन प्राप्त गर्नेछन्” (वचन देहमा देखा पर्नुहुन्छको प्रस्तावना)। “आखिरी दिनहरूका ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्दहरू र कार्यहरूलाई जाँच गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानवको कर्तव्य, मानवले कसरी परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, मानव कसरी परमेश्‍वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको मूर्तरूप हो, र परमेश्‍वरका विरुद्धको शत्रुवत् दबाब हो भन्‍ने विषयमा बोलिएको हुन्छ। उहाँको न्यायको कामको अवधिमा, परमेश्‍वरले मानिसको प्रकृतिलाई एक-दुई वटा शब्‍दहरूले व्याख्या गर्नुहुन्‍न; उहाँले प्रकट गर्नुहुन्छ, निराकरण गर्नुहुन्छ र लामो समयसम्म काट-छाँट गर्नुहुन्छ। प्रकट गर्ने, निराकरण गर्ने, र छिँवल्ने यी सबै फरक-फरक तरिकाहरू सामान्य वचनहरूसँग साट्न सकिँदैन, तर यसको सत्यताबाट मानव पूर्ण रूपमा वञ्चित भएको हुन्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस किसिमको न्यायद्वारा मात्र मानव नियन्त्रणमा रहन सक्छ र परमेश्‍वरको बारेमा पूर्ण रूपमा विश्‍वस्त हुन्छ, र यसका साथसाथै परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। परमेश्‍वरको न्यायले मानवलाई परमेश्‍वरको इच्छा, र परमेश्‍वरको कार्यको उद्देश्य, उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा विश्‍वास राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो। यो काम परमेश्‍वरले गर्नुभएको न्यायको काम हो” (वचन देहमा देखा पर्नुहुन्छको “ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ”)।

आखिरी दिनहरूमा परमेश्‍वरले गर्नुहुने न्यायको कामले अनुग्रहको युगलाई अन्त्य गर्‍यो। त्यही समयमा, यसले राज्यको युगको सुरुवात गर्‍यो। आखिरी दिनहरूमा हुने न्यायको एउटा पक्ष मानिसहरूलाई पूर्ण रूपले शुद्ध पार्नु र मुक्ति दिनु, पाप र शैतानको शक्तिबाट स्वतन्त्र पार्नु र परमेश्‍वरद्वारा पूर्णतया स्वीकार गरिनु हो। अर्को पक्ष हो, हर प्रकारका मानिसहरूलाई खुलासा गर्नु र तिनीहरूलाई तिनीहरूको प्रकारअनुसार छुट्याउनु, परमेश्‍वरको विरोध गर्ने सबै दुष्ट शक्तिहरूलाई नष्ट गर्नु, र यो अन्धकार र दुष्ट पुरानो युगलाई अन्त्य गर्नु। आखिरी दिनहरूमा परमेश्‍वरले गर्नुहुने न्यायको कामको महत्व यही हो। आउनहोस्, सर्वशक्तिमान् परमेश्‍वरबाटको अर्को खण्ड पढौं। “युगलाई समापन गर्ने आफ्‍नो अन्तिम काममा, परमेश्‍वरको स्वभाव सजाय र न्याय हो, जसमा उहाँले खुल्लमखुल्ला सबै मानिसहरू न्याय गर्न र साँचो हृदयले उहाँलाई प्रेम गर्नेहरूलाई सिद्ध बनाउनको लागि सबै अधर्मी कुरालाई प्रकट गर्नुहुन्छ। यस्तो स्वभावले मात्र युगलाई अन्त्यमा पुर्‍याउन सक्छ। आखिरी दिनहरू पहिले नै आइसकेका छन्। सृष्टिमा भएका सबै थोकहरूलाई तिनीहरूको प्रकारअनुसार अलग गरिन्छन्, र तिनीहरूका प्रकृतिको आधारमा विभिन्न वर्गमा विभाजित गरिन्छन्। परमेश्‍वरले मानवताको परिणाम र तिनीहरूको गन्तव्य प्रकट गर्नुहुने क्षण यही नै हो। यदि मानिसहरूले सजाय र न्याय भोग्दैनन् भने, तिनीहरूको अनाज्ञाकारिता र अधार्मिकता प्रकट गर्ने कुनै तरिका हुनेछैन। केवल सजाय र न्यायको माध्यमबाट मात्र सबै सृष्टिको परिणाम प्रकट गर्न सकिन्छ। जब मानिसलाई सजाय दिइन्छ र न्याय गरिन्छ, तब मात्र उसले आफ्नो वास्तविक रङ्ग देखाउँदछ। खराबलाई खराबको साथमा, असललाई असलको साथमा राखिनेछ, र सारा मानव जातिलाई तिनीहरूको आफ्नै प्रकारअनुसार अलग गरिनेछ। सजाय र न्यायद्वारा, सबै सृष्टिको परिणाम प्रकट गरिनेछ, यसरी दुष्टलाई दण्ड दिन र असललाई इनाम दिन सकिन्छ, र सबै मानिसहरू परमेश्‍वरको प्रभुत्वमा हुन्छन्। यी सबै काम धार्मिक सजाय र न्यायद्वारा हासिल गर्नुपर्दछ। मानिसको भ्रष्टता चरम सीमामा पुगेकोले, र उसको अनाज्ञाकारिता अत्यन्तै गम्भीर बनेकोले परमेश्‍वरको धार्मिक स्वभाव, अर्थात् विशेष गरी दण्ड र न्याय मिसिएको, र आखिरी दिनहरूमा प्रकट भएको स्वभावले मात्र मानिसलाई पूर्ण रूपमा परिवर्तन गर्न र पूर्ण बनाउन सक्छ। यो स्वभावले मात्र खराबीलाई प्रकट गर्न र त्यसरी सबै अधर्मीहरूलाई कडा दण्ड दिनु सक्छ। … आखिरी दिनहरूमा, केवल धार्मिक इन्साफले मात्र मानिसलाई उनीहरूको प्रकारअनुसार छुट्ट्याउन सक्छ र मानिसलाई एउटा नयाँ क्षेत्रमा ल्याउन सक्छ। यस तरिकाले, न्याय र सजायको परमेश्‍वरको धार्मिक स्वभावद्वारा सम्पूर्ण युगलाई समाप्त गरिन्छ” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको कामको दर्शन (३)”)। आखिरी दिनहरूमा, परमेश्‍वरले सत्यतासहित न्यायको काम गर्नुहुन्छ, जसले सत्यता र परमेश्‍वरप्रति हर प्रकारका मानिसहरूको मनोवृत्तिलाई प्रकट गर्छ। सत्यतालाई प्रेम गर्ने र परमेश्‍वरलाई प्रेम गर्न पछि लाग्नेहरूलाई परमेश्‍वरले मुक्ति दिनुहुन्छ र सिद्ध पार्नुहुन्छ। तिनीहरू परमेश्‍वरको आवाज सुन्छन्, उहाँको सिंहासनतर्फ फर्कन्छन्, परमेश्‍वरका वचनहरू खान्छन् र पिउँछन्, परमेश्‍वरको न्याय, परीक्षा र शोधन अनुभव गर्छन्, र अन्त्यमा पापको बन्धन र नियन्त्रबाट मुक्त हुन्छन्, आफ्ना भ्रष्ट स्वभाव परिवर्तन गर्छन्, र त्यसपछि परमेश्‍वरद्वारा सिद्ध पारिन्छन् र विजेताहरू अर्थात् पहिलो फल हुन्छन्। तर परमेश्‍वरलाई विरोध गर्नेहरूलाई उहाँले त्याग्नुहुन्छ र हटाउनुहुन्छ। तिनीहरू हठी भई बाइबलको शब्द पक्रेर बस्छन्, र केवल प्रभु बादलमा आउनुहुन्छ भनेर पर्खन्छन् र सर्वशक्तिमान् परमेश्‍वरको घोर विरोध गर्छन्। त्यसैले, तिनीहरूले स्वर्गमा उठाइलगिने मौका गुमाउँछन् विपत्ति र रुवाबासीमा पर्छन्। आशिषहरू मात्र खोज्ने र केवल विपत्तिहरूबाट जोगिन मन नलागी नलागी सर्वशक्तिमान् परमेश्‍वरलाई स्वीकार्ने मानिसहरू पनि छन्। तिनीहरू शब्दमा मात्र विश्‍वास गर्छन् र तिनीहरूका प्रकृतिहरू सत्यतालाई घृणा गर्ने हुन्छन्। तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्छन् तर कहिल्यै सत्यता अभ्यास गर्दैनन्, परमेश्‍वरको न्याय र सजाय स्वीकार्दैनन् वा पालन गर्दैनन्, र तिनीहरूको भ्रष्ट स्वभाव कहिल्यै परिवर्तन हुँदैन। यस्ता मानिसहरू परमेश्‍वरको घरभित्र सुटुक्क पस्ने अविश्‍वासी र दुष्कर्मीहरू हुन्, र ती सबै जनालाई खुलासा गरिनेछ र हटाइनेछ। यसले के देखाउँछ भने, आखिरी दिनहरूमा गरिने न्यायको कामले सबै प्रकारका व्यक्तिलाई प्रकट गरिसकेको छ। बुद्धिमती र निर्बुद्धि कन्याहरू, सत्यतालाई प्रेम गर्ने र नगर्नेहरू, गहुँ र सामा, भेडा र बाख्रा, यी सबैलाई वर्गहरूमा छुट्याइएका छन्। परमेश्‍वरले असललाई इनाम र दुष्टलाई सजाय दिनुहुन्छ, र यसरी प्रत्येक व्यक्तिलाई तिनीहरूको कामअनुसार साटो तिर्नुहुन्छ। यसले पूर्णरूपमा परमेश्‍वरको धर्मी स्वभावलाई प्रदर्शित गर्छ, र साथै प्रकाशको पुस्तकको अगमवाणीलाई पूरा गर्छ, “अन्यायी, अझै अन्यायी नै रहिरहोस्: अनि फोहोरी, अझै फोहोरी नै रहिरहोस्: र धर्मी, अझै धर्मी नै रहिरहोस्: अनि पवित्र, अझै पवित्र नै रहिरहोस्” (प्रकाश २२:११)। “अनि हेर, म चाँडै आउँछु; हरेक मानिसलाई उसको कामअनुसार दिन मेरो इनाम मसँगै छ” (प्रकाश २२:१२)।

सर्वशक्तिमान् परमेश्‍वरले विपत्ति आउनुअघि विजेताहरूको समूह बनाइसक्नुभएको छ, र परमेश्‍वरको घरदेख सुरु गरिएको न्यायको कामले ठूलो सफलता हासिल गरेको छ। सर्वशक्तिमान् परमेश्‍वरद्वारा व्यक्त गरिएका वचनहरू पृथ्वीको हरेक राष्ट्रमा फैलिएको छ र त्यसले संसारलाई हल्लाएको छ, परमेश्‍वरले शैतानलाई जित्नुभएको छ र विजय हासिल गर्नुभएको छ भनेर प्रमाणित गरेको छ। यसपछि, परमेश्‍वरले विपत्ति ल्याउनुहुनेछ र सबै राष्ट्र र मानिसहरूलाई न्याय गर्न थाल्नुहुनेछ। आउँदै गरेको विपत्ति यस दुष्ट युगमाथि परमेश्‍वरको न्याय हो र यसले मानिसजातिलाई मुक्ति दिलाउँछ। परमेश्‍वरले मानिसहरूलाई साँचो मार्गबारे खोजी र अनुसन्धान गर्न, मुक्तिदाताको काम भेट्टाउन, सर्वशक्तिमान परमेश्‍वरकहाँ आउन र उहाँको मुक्ति स्वीकार गर्न लगाउन विपत्ति चलाउनुहुन्छ। त्यही समयमा, उहाँले परमेश्‍वरको विरोध गर्ने सबै दुष्ट शक्तिहरू र दुष्टहरूलाई हटाउन अनि शैतानको राज चलेको यो दुष्ट युगको पूर्ण अन्त्य गर्न पनि विपत्ति चलाउनुहुन्छ। अन्त्यमा, परमेश्‍वरको न्याय अनुभव गरेका र शुद्ध पारिएका सबैलाई परमेश्‍वरले विपत्ति आउँदा रक्षा गर्नुहुनेछ र सुन्दर गन्तव्यमा लैजानुहुनेछ। यसरी आखिरी दिनहरूमा परमेश्‍वरको न्यायको काम पूरा हुनेछ। त्यसपछि नयाँ संसारमा, यस पृथ्वीमा ख्रीष्टको राज्य पूर्ण रूपले साकार हुनेछ।

अन्त्यमा, परमेश्‍वरका वचहरू वाचन गरिएको भिडियो हेरौं न। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “न्याय के हो र सत्यता के हो भनी के तँ अब बुझ्‍छस्? यदि बुझ्छस् भने, न्याय पाउनका लागि तैँले आज्ञाकारितासाथ आफैलाई समर्पण गर् भनी म तँलाई अर्ती दिन्छु, नत्रभने, तैँले परमेश्‍वरको प्रशंसा पाउने वा उहाँको राज्यभित्र उहाँले तँलाई ल्याउनुहुने कुराको अवसर कहिल्यै पाउनेछैनस्। जसले न्याय मात्र स्वीकार गर्छन् तर जो कहिल्यै पवित्र पारिँदैनन्, अर्थात्, जो न्यायको कामको बीचबाट भाग्छन्, त्यस्तालाई परमेश्‍वरले घृणा गर्नुहुन्छ र अस्वीकार गर्नुहुन्छ। तिनीहरूका पाप फरिसीहरूका भन्दा पनि धेरै, र अझै डरलाग्दा हुन्छन्, किनकि तिनीहरूले परमेश्‍वरलाई धोका दिएका छन् र परमेश्‍वरका विरुद्धमा विद्रोह गरेका छन्। सेवा गर्नका लागि पनि लायक नभएका यस्ता मानिसहरूले अझै कडा दण्ड पाउनेछन्, जुन दण्डचाहिँ अनन्तसम्म रहिरहन्छ। परमेश्‍वरले कुनै पनि विश्‍वासघातीलाई बाँकी राख्नुहुनेछैन जसले एकपल्ट बोलीवचनले निष्ठा देखाएका थिए तर त्यसपछि उहाँलाई धोका दिए। यस किसिमका मानिसहरूलाई आत्मा, प्राण, र शरीरका दण्डद्वारा बदला लिइनेछ। के परमेश्‍वरको धार्मिक स्वभावको प्रकाश ठीक यही नै होइन र? के मानवलाई न्याय गर्ने र उसलाई प्रकट गरिदिने परमेश्‍वरको उद्देश्य यही होइन र? न्यायको समयावधिमा सबै किसिमका दुष्ट कार्यहरू गर्नेहरूलाई परमेश्‍वरले दुष्ट आत्माहरूले भरिएको स्थानमा पठाउनुहुनेछ, र ती दुष्टात्माहरूले आफ्ना खुशी अनुसार तिनीहरूका मासुका शरीरहरूलाई विनाश गर्छन् र मानिसहरूका शरीरले लासहरूका दुर्गन्ध फैलाउँछन्। तिनीहरूले पाउनैपर्ने बदला यस्तो हुन्छ। निष्ठाहिन झूटा विश्‍वासीहरू, झूटा प्रेरितहरू, र झूटा कामदारहरूका प्रत्येक पापलाई परमेश्‍वरले तिनीहरूका विवरणका पुस्तकहरूमा लेख्नुहुनेछ, अनि ठीक समय आएपछि, उहाँले तिनीहरूलाई अशुद्ध आत्माहरूका बीचमा फालिदिनुहुनेछ, र यी अशुद्ध आत्माहरूले आफ्ना इच्छाअनुसार तिनीहरूका पूरै शरीरहरूलाई अशुद्ध पार्नेछन्, यसरी तिनीहरू कहिल्यै जीवनमा आउनेछैनन् र तिनीहरूले फेरि कहिल्यै उज्यालो देख्ने छैनन्। केही समयको निम्ति सेवा गर्ने तर अन्तसम्म निष्ठावान भएर रहन नसक्ने ढोंगीहरूलाई परमेश्‍वरले दुष्टहरू मध्येमा गणना गर्नुभएको छ, यसरी तिनीहरू दुष्टहरूसँग सामेल होऊन् र लठाबज्र समूहका भाग बनून्; अन्त्यमा, परमेश्‍वरले तिनीहरूलाई विनाश गर्नुहुनेछ। ख्रीष्टप्रति कहिल्यै निष्ठावान् नभएका वा आफ्ना सामर्थ्यका केही कुराहरूका पनि योगदान नदिएकाहरूलाई परमेश्‍वरले पाखा लगाइदिनुहुनेछ र तिनीहरूप्रति कुनै ध्यान दिनुहुनेछैन, र युगको परिवर्तनसँगै उहाँले तिनीहरू सबैलाई विनाश गर्नुहुनेछ। तिनीहरू पृथ्वीमा रहनेछैनन्, र परमेश्‍वरको राज्यभित्र प्रवेश गर्ने सम्भावनाको त कुरै नगरौं। परमेश्‍वरमा कहिल्यै इमानदार नभएकाहरू, तर उहाँसँग परिस्थिति अनुसार मन नलागी-नलागी व्यवहार गर्नेहरू, उहाँका मानिसहरूका निम्ति सेवा गर्नेहरूको गन्तीमा पर्छन्। यस्ता मानिसहरूका सानो समूह मात्र बच्नेछ, र मापदण्ड अनुसारको सेवा गर्न नसक्‍नेहरूसँग तिनीहरूमध्ये धेरैको विनाश हुनेछ। अन्त्यमा, परमेश्‍वर र परमेश्‍वरका पुत्रहरूका जस्तै मन भएका मानिसहरू, र पूजाहारीहरू हुनका लागि पूर्वनियुक्ति गरिएकाहरू सबैलाई परमेश्‍वरले उहाँको राज्यमा ल्याउनुहुनेछ। तिनीहरू परमेश्‍वरका कामको शुद्धीकरण हुनेछन्। परमेश्‍वरले निर्धारण गर्नुभएका कुनै पनि वर्गमा नपर्नेहरू अविश्‍वासीहरूमध्येमा गनिनेछन्—तिनीहरूका नतिजा के हुनेछ भन्ने बारेमा तिमीहरूले निश्चय पनि कल्पना गर्न सक्छौ। मैले तिमीहरूलाई भन्नुपर्ने सबै कुराहरू भनिसकेको छु; तिमीहरूले छान्नुपर्ने बाटो तिमीहरूको मात्र छनोट हो। तिमीहरूले बुझ्नैपर्ने कुरा यो हो: उहाँसँगको गतिमा अगाडि बढ्न नसक्नेका लागि परमेश्‍वरको कामले पर्खेर बस्दैन, र परमेश्‍वरको धार्मिक स्वभावले कसैलाई पनि दया देखाउँदैन” (वचन देहमा देखा पर्नुहुन्छको “ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ”)।

आखिरी दिनहरूको अवधिमा परमेश्‍वरको न्याय र सजायको कामको अवधिमा—अर्थात्, शुद्धीकरणको अन्तिम कार्यको अवधिमा—दृढ रूपमा खडा रहन सक्‍नेहरू नै परमेश्‍वरसँगै अन्तिम विश्रामभित्र प्रवेश गर्नेहरू हुनेछन्; त्यस्तै, विश्राममा प्रवेश गर्नेहरू सबै शैतानको प्रभावलाई तोडेर मुक्त भएका र परमेश्‍वरको शुद्धीकरणको अन्तिम कार्य भएर गुज्रिएपछि परमेश्‍वरद्वारा हासिल गरिएकाहरू हुनेछन्। अन्तमा परमेश्‍वरद्वारा हासिल गरिने यी मानव अन्तिम विश्राममा प्रवेश गर्नेछन्। परमेश्‍वरको सजाय र न्यायको कामको मूलभूत उद्देश्य मानवजातिको शुद्धीकरण गर्नु र तिनीहरूलाई आफ्‍नो अन्तिम विश्रामको निम्ति तयारी गर्नु हो; यस्तो शुद्धीकरणविना, कुनै पनि मानवजाति किसिम बमोजिमका फरक वर्गहरूमा वर्गीकरण गर्न वा विश्राममा प्रवेश गर्न सक्दैन। यो काम विश्राममा प्रवेश गर्ने मानवजातिको एक मात्र मार्ग हो। परमेश्‍वरको शुद्धीकरणको कार्यले मात्र मानवलाई उनीहरूको अधर्मबाट शुद्ध पार्नेछ, र उहाँको सजाय र न्यायको कार्यले मात्र मानवजातिका ती अनाज्ञाकारी तत्त्वहरूलाई ज्योतिमा ल्याउनेछ, त्यसैद्वारा मुक्त गर्न सकिनेलाई मुक्त गर्न नसकिनेबाट र टिक्नेहरूलाई नटिक्नेहरूबाट अलग गरिनेछ। जब यो काम समाप्‍त हुन्छ, तब ती टिक्न दिइएकाहरू सबैलाई शुद्ध पारिनेछ र तिनीहरू मानवजातिको अझ उच्च अवस्थामा प्रवेश गर्नेछन् जसमा तिनीहरूले पृथ्वीमा अझ आश्‍चर्यजनक दोस्रो मानव जीवनको आनन्द लिनेछन्; अर्को शब्दमा, तिनीहरूले मानव विश्रामको दिन सुरुवात गर्नेछन् र परमेश्‍वरसँगै रहनेछन्। त्यसपछि, ती टिक्न नदिइएकाहरूलाई सजाय दिइनेछ र न्याय गरिनेछ, तिनीहरूको साँचो रूप-रङ्ग पूर्ण रूपमा प्रकट गरिनेछ, त्यसपछि, तिनीहरू सबैलाई नष्ट पारिनेछ र शैतानलाई झैँ तिनीहरूलाई पनि पृथ्वीमा बाँच्न दिइनेछैन। भविष्यको मानवजातिमा यस्ता कुनै किसिमका मानिसहरू पर्नेछैनन्; यस्ता मानिसहरू चरम विश्रामको मुलुकमा प्रवेश गर्न योग्यका हुँदैनन्, न त तिनीहरू परमेश्‍वर र मानवजाति संलग्न हुने विश्रामको दिनमा नै सहभागी हुन योग्यका हुन्छन्, किनभने उनीहरू दण्डका निशानाहरू हुन् र दुष्ट र अधर्मी मानिसहरू हुन्। तिनीहरूलाई एक पटक छुटकारा गरिएको थियो, र तिनीहरूलाई सजाय दिइएको र न्याय गरिएको पनि छ; तिनीहरू कुनै बेला परमेश्‍वरको सेवा पनि गरेका थिए। तैपनि, जब अन्तिम दिन आउँछ, तिनीहरूका दुष्टताको कारण साथै मुक्त गरिनलाई तिनीहरूको अनाज्ञाकारीता र असक्षमताको परिणामस्वरूप तिनीहरूलाई अझ पनि हटाइनेछ र नष्ट पारिनेछ; तिनीहरू भविष्यको संसारमा फेरि कहिल्यै पनि अस्तित्वमा आउनेछैनन्, र तिनीहरू यस उप्रान्त भविष्यको मानवजाति माझ जिउनेछैनन्। … दुष्टलाई दण्ड दिने र असललाई इनाम दिने परमेश्‍वरको कामको समग्र उद्देश्य भनेको नै सबै मानवलाई पूर्ण रूपमा शुद्ध पार्नु हो, ताकि उहाँले अनन्त विश्राममा विशुद्ध रूपमा पवित्र मानवजातिलाई ल्याउन सक्नुभएको होस्। यस चरणको उहाँको काम सबैभन्दा महत्त्वपूर्ण छ; यो नै उहाँको समग्र व्यवस्थापन कार्यको अन्तिम चरण हो” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्”)।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरको न्याय शुद्धीकरण र मुक्तिको लागि हो कि, दण्ड-आज्ञा र विनाशको लागि हो?

सम्पूर्ण विश्‍वमा विपत्तिहरू फैलिरहेको अवस्थामा, प्रभुका विश्‍वासीहरू प्रभु येशू बादलको सवारीमा आउनुहुनेछ र तिनीहरूलाई आकाशमा उहाँलाई भेट्न...

प्रभु येशूले मानवजातिलाई छुटकारा दिनुभएको छ, त्यसोभए आखिरी दिनहरूमा आउनुहुँदा उहाँले किन न्यायको काम गर्नुहुन्छ?

२००० वर्ष पहिले, देहधारी प्रभु येशू मानवजातिलाई पापबाट छुटकारा दिन क्रूसमा टाँगिनुभयो, र यसरी पापबलि बनेर आफ्‍नो छुटकाराको काम पूरा...

के परमेश्‍वरका सबै काम र वचनहरू बाइबलमा नै छन् भन्‍ने कुरा साँचो हो?

आखिरी दिनहरूमा मुक्तिदाता सर्वशक्तिमान्‌ परमेश्‍वर देखा पर्नुभएको छ र उहाँले काम गरिरहनुभएको छ, अनि उहाँले करोडौँ वचनहरू व्यक्त गर्नुभएको...

मुक्तिदाता आउनुभएपछि उहाँले मानवजातिलाई कसरी मुक्ति दिनुहुन्छ?

जब हामी मुक्तिदाताको बारेमा कुरा गर्छौं, आखिरी दिनहरूमा उहाँ मानवजातिलाई मुक्ति दिन पृथ्वीमा अवश्य आउनुहुन्छ भन्‍ने कुरामा सबै विश्‍वासीहरू...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्