के सर्वशक्तिमान्‌ परमेश्‍वरमाथिको विश्‍वास प्रभु येशूप्रतिको विश्‍वासघात हो?

18 नोभेम्बर 2021

सन् १९९१ मा आखिरी दिनहरूका ख्रीष्‍ट, सर्वशक्तिमान्‌ परमेश्‍वर देखा परेर काम गर्न र सत्यताहरू व्यक्त गर्न सुरु गर्नुभएको पूरै ३० वर्ष भइसकेछ। उहाँले वचन देहमा देखा पर्नुहुन्छ, अर्थात् उहाँका करोडौँ वचनहरू व्यक्त गर्नुभएको छ, र ती सबै अनलाइन छन्, यसरी उहाँ ठूलो ज्योतिजस्तै पूर्वबाट पश्चिममा चम्केर उहाँले सम्पूर्ण विश्‍वलाई हल्‍लाउनुभएको छ। सत्यतालाई प्रेम गर्ने सबै सम्प्रदायका धेरै जना मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सत्यता हुन्, पवित्र आत्‍माले मण्डलीहरूसँग बोल्‍नुभएका वचनहरू हुन् भन्‍ने देखेका छन्। परमेश्‍वरको आवाज सुनेपछि, तिनीहरूले उत्सुकताको साथ सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गरेका छन्। तिनीहरूलाई परमेश्‍वरको सिंहासन अघि उठाइलगिएको छ र तिनीहरूले अहिले थुमाको विवाह-भोजमा सहभागिता जनाउँदै, दैनिक परमेश्‍वरका ताजा वचनहरू खाने र पिउने, जीवित पानीको भरणपोषण प्राप्त गर्ने गर्छन्। तिनीहरूको हृदयले झन्-झन् धेरै अन्तर्दृष्टि प्राप्त गर्छ र तिनीहरूले धेरै सत्यता जानेका छन्। तिनीहरूसँग परमेश्‍वरको व्यक्तिगत अगुवाइ र गोठालोपन छ। परमेश्‍वरको न्यायद्वारा तिनीहरूका स्वभावहरू धोइएका र परिवर्तन भएका छन् र तिनीहरूसँग सुन्दर गवाहीहरू छन्। परमेश्‍वरले तिनीहरूलाई विपत्तिहरूभन्दा पहिलेका विजेताहरू बनाउनुभएको हुनाले, तिनीहरू पहिलो फल बनेका छन्, अनि तिनीहरूले परमेश्‍वरको अनुमोदन र आशिष्‌हरू प्राप्त गरेका छन्। आज, सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली वसन्तको वर्षापछि निस्कने पालुवाहरू जस्तै संसारका सबै देशमा देखा परिरहेका छन्, र परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरको राज्यको सुसमाचार फैलाउन, सर्वशक्तिमान्‌ परमेश्‍वरको नामको गवाही दिन आफ्‍नो सर्वस्व सुम्पिरहेका छन्। सबै देशका, सबै धर्मका, र सबै सम्प्रदायका धेरैभन्दा धेरै मानिसहरूले परमेश्‍वरको आखिरी दिनहरूको कार्यलाई स्वीकार गरिरहेका छन्। राज्यको यो सुसमाचार रोक्‍न नसक्‍ने शक्ति र वेगमा फैलिरहेको र प्रचार-प्रसार भइरहेको छ, यसरी यी बाइबलीय अगमवाणीहरूलाई पूर्ण रूपमा पूरा गरिरहेका छन्: “अनि आखिरी दिनहरूमा यस्तो हुनेछ, कि यहोवाको भवन भएको पर्वत पर्वतहरूको टुप्पोमा स्थापित गरिनेछ र पहाडहरूमाथि उठाइनेछ; र सबै जातीहरू यसतर्फ आउनेछन्(यशैया २:२)। “किनभने जसरी बिजुली पूर्वबाट चम्‍किन्‍छ र पश्‍चिमतिर पनि चम्‍किन्‍छ; मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ(मत्ती २४:२७)। तैपनि, धेरै जना विश्‍वासीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेका र तिनीहरू विश्‍वस्त बनेका, र ती सबै सत्यता हुन् भन्‍ने कुरालाई स्वीकार गरेका भए पनि, सर्वशक्तिमान्‌ परमेश्‍वर साधारण व्यक्ति जस्तो देखिनुहुने भएकोले, र उहाँ बादलको सवारीमा आउनुभएका प्रभु येशू नहुनुभएकोले, तिनीहरूले उहाँलाई स्वीकार गर्ने आँट गर्दैनन्। कतिपय मानिसहरू बाइबलका ठेट अक्षरहरूमा नै टाँसिइरहन्छन्, बाइबलको यो पद “येशू ख्रीष्ट हिजो, र आज, अनि सधैँ उस्तै हुनुहुन्छ” (हिब्रू १३:८) लाई प्रभु येशूको नाम कहिल्यै परिवर्तन हुनेछैन भन्‍ने अर्थमा बुझ्छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई प्रभु येशू भनिँदैन, र बाइबलमा “सर्वशक्तिमान्‌ परमेश्‍वर” भन्‍ने नाम कहिल्यै पनि उल्‍लेख गरिएको छैन भन्‍ने देखेर, तिनीहरूले उहाँलाई स्वीकार गर्दैनन्। तिनीहरू भन्छन्, यदि तिनीहरूले उहाँलाई स्वीकार गरे, र बाइबल नपढी सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू मात्रै पढे, अनि येशूको नाममा प्रार्थना गर्न छोडे भने, त्यो प्रभु येशूप्रतिको स्पष्ट धोका हुनेछ। प्रभुमाथिको यतिका वर्षको विश्‍वास, उहाँका धेरै अनुग्रह प्राप्त गरेपछि, तिनीहरूले उहाँलाई धोका दिन सक्दैनन्। तिनीहरूको तर्क यस्तो हुन्छ, र तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई प्रभु येशूका धोकेबाजहरू, विश्‍वासत्याग गर्नेहरूका रूपमा दोष समेत दिन्छन्। यसले धेरैलाई साँचो मार्गको अनुसन्धान गर्नबाट रोकेको छ, र तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सत्यता र परमेश्‍वरको आवाज हुन् भनेर स्वीकार गरे पनि, तिनीहरूले उहाँलाई अझै स्वीकार गर्दैनन्। परिणाम स्वरूप, तिनीहरू आफ्‍नो जीवनमा विपत्तिहरूको सिकार बन्छन्। यो साँच्‍चै नै दुःखको कुरा, मूर्खता, र अज्ञानता हो। यसले बाइबलको अर्को कुरालाई पूरा गर्छ: “मूर्खहरू बुद्धिको चाहनामा मर्छन्” (हितोपदेश १०:२१)। “ज्ञानको कमीको कारण मेरा मानिसहरू नष्ट पारिएका छन्(होशे ४:६)। त्यसकारण सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गर्नु वास्तवमा प्रभु येशूलाई धोका दिनु हो कि होइन? यसको बारेमा थोरै सङ्गति गरौं।

धेरै मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गर्नु प्रभुप्रतिको विश्‍वास घात हो भन्‍ने ठान्छन्। यो समस्यालाई हल गर्ने सबैभन्दा राम्रो तरिका के हो? हामीले उहाँहरूको नाम फरक छ भन्‍ने कुरामा मात्र आधारित भई तर्क गर्नु हुँदैन, हामीले उहाँहरू एउटै आत्मा र काम गर्ने उही परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा पनि बुझ्नुपर्छ। व्यवस्थाको युगमा काम गर्नुहुने यहोवा परमेश्‍वर हुनुहुन्थ्यो, र अनुग्रहको युगमा प्रभु येशू। हामी देख्‍न सक्छौं, परमेश्‍वरको नाम परिवर्तन भएकै हो, उहाँलाई यहोवा भनिन छोडियो र येशू भनियो। तर के प्रभु येशू यहोवाभन्दा फरक परमेश्‍वर हुनुहुन्थ्यो भनेर भन्‍न सकिन्छ? के प्रभु येशूमा विश्‍वास गर्नु यहोवा परमेश्‍वरलाई धोका दिनु थियो भनेर भन्‍न सकिन्छ? अवश्य नै सकिँदैन। तर यहूदी धर्मका धेरैजसो मानिसहरूले प्रभु येशूलाई स्वीकार गर्न मानेनन्, किनभने तिनीहरूले त्यसो गर्नु यहोवालाई धोका दिनु हो भनी भने, र तिनीहरूले उहाँलाई क्रूसमा टाँग्‍न पनि सहयोग गरे। त्यसो किन भयो? किनभने तिनीहरूले प्रभु येशू देखा परेर देहमा काम गरिरहनुभएका यहोवा परमेश्‍वरका आत्मा हुनुहुन्थ्यो भन्‍ने चाल पाएका थिएनन्। उहाँको नाम फरक थियो, तर प्रभु येशू र यहोवा एउटै आत्मा, एउटै परमेश्‍वर हुनुहुन्थ्यो। बाइबलमा फिलिपले प्रभु येशूलाई यसो भनेको एउटा राम्रो कथा छ, “प्रभु, हामीलाई पिता देखाउनुहोस् र यो हाम्रो लागि पर्याप्त हुन्छ” (यूहन्‍ना १४:८)। येशूले भन्‍नुभयो, “फिलिप, म तिमीसँग लामो समयदेखि छु, तापनि तिमीले मलाई चिनेका रहनेछौ? जसले मलाई देखेको छ उसले पितालाई देखेको छ; अनि हामीलाई पिता देखाइदिनुहोस् भनेर तिमीले कसरी भन्‍न सक्छौ? के म पितामा छु र पिता ममा हुनुहुन्छ भन्‍ने तिमी विश्‍वास गर्दैनौ? मैले तिमीहरूलाई भनेका वचनहरू मेरा आफ्नै होइनन्: तर ममा वास गर्नुहुने पिताका हुन्, उहाँले नै काम गर्नुहुन्छ(यूहन्‍ना १४:९-१०)। प्रभु येशूका वचनहरू अत्यन्तै स्पष्ट थिए। उहाँ र यहोवा एउटै परमेश्‍वर हुनुहुन्थ्यो, र उहाँको आत्मा यहोवाकै आत्मा हुनुहुन्थ्यो। प्रभु येशू देखा पर्नुभएका यहोवा परमेश्‍वर, एक मात्र साँचो परमेश्‍वर हुनुहुन्थ्यो। त्यसकारण, प्रभु येशूमा विश्‍वास गर्नु यहोवा परमेश्‍वरलाई धोका दिनु थिएन, बरु यहोवामा समर्पित हुनु थियो। यो परमेश्‍वरको इच्‍छा अनुरूपको कार्य थियो। यदि तपाईं आफ्‍नो विश्‍वासमा एउटै नाम र बाइबलका ठेट अक्षरहरूमा नै टाँसिइरहनुहुन्छ, आत्मा र उहाँको कामलाई बुझ्‍नुहुन्‍न भने, तपाईंले बाटो बिराएर परमेश्‍वरलाई विरोध गर्ने सम्‍भावना हुन्छ। त्यसपछि तपाईं परमेश्‍वरलाई धोका दिने खतरामा पर्नुहुन्छ, जसका परिणामहरू अशोचनीय छन्। जब प्रभुले देखा परेर काम गर्नुभयो, तब यहूदी धर्मका मानिसहरूले उहाँलाई इन्कार गरे। के त्यो यहोवा परमेश्‍वरलाई धोका दिनु थिएन र? तिनीहरूको कामको सार भनेको धोका हो, त्यही कारणले गर्दा परमेश्‍वरले इस्राएलीहरूलाई श्राप दिनुभयो। यसको साथै, प्रभु येशू देखा पर्नुभएको घटना र उहाँको कामभन्दा धेरै पहिले, उहाँको बारेमा यसो भन्‍ने बाइबलीय अगमवाणी आएको थियो, “हेर, एक जना कन्याको गर्भमा बालक बस्‍नेछ, र तिनीहरूले तिनको नाम इम्‍मानुएल राखिदिनेछन्(मत्ती १:२३)। तर जब उहाँ आउनुभयो, उहाँलाई इम्‍मानुएल भनिएन—उहाँलाई येशू भनियो। यहूदी धर्मका फरिसीहरूले कठोरताको साथ धर्मशास्‍त्रलाई शाब्दिक रूपमा मान्थे, र परमेश्‍वरको नयाँ नाम नमिलेको हुनाले, प्रभुलाई इन्कार गर्न र दोष दिन तिनीहरूले सक्दो गरे। प्रभु येशूका शिक्षाहरूमा जति अख्‍तियार र शक्ति भए पनि, तिनीहरूले तिनलाई स्वीकार गर्न मानेनन्, र अन्तिममा तिनीहरूले उहाँलाई क्रूसमा टाँगे अनि जघन्य पाप गरे, र परमेश्‍वरद्वारा दण्डाज्ञा पाएर दण्डित भए। यो साँच्‍चै नै गहन पाठ हो! त्यसकारण प्रभुलाई स्वागत गर्ने सम्‍बन्धमा, के हामी कठोरताको साथ धर्मशास्‍त्रलाई शाब्दिक रूपमा मान्‍ने, र प्रभु येशूको नाममा मात्रै लागिरहने गर्नु हुन्छ? यसो गरेमा हामीले सहजै परमेश्‍वरलाई इन्कार गर्न र दोष दिन सक्छौं। यो धेरै विश्‍वासीहरूले बुझेका हुँदैनन्, त्यसकारण तिनीहरूले बाइबलका अक्षरहरू र येशूको नामलाई नै दह्रिलो गरी पक्रिरहन्छन्, र साँचो मार्गको अनुसन्धान गर्दा, यस्तो प्रश्‍न गरिरहन्छन्, “के सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍ने नामको बाइबलीय आधार छ? सर्वशक्तिमान्‌ परमेश्‍वरको नाम बाइबलमा छैन भने, म उहाँलाई स्वीकार गर्न सक्दिनँ।” यदि तपाईं सर्वशक्तिमान्‌ परमेश्‍वरको नाम बाइबलमा छैन भने उहाँलाई स्वीकार गर्दिनँ भनेर भन्‍नुहुन्छ भने, तपाईं किन प्रभु येशूमा विश्‍वास गर्नुहुन्छ, किनभने उहाँको नाम त पुरानो करारमा छैन? के त्यो विरोधाभासपूर्ण छैन र? स्पष्टै छ, धेरै मानिसहरूले बाइबललाई साँचो रूपमा बुझेका हुँदैनन्, तर अन्धाधुन्ध धर्मशास्‍त्रका शाब्दिक अर्थ र नियममा नै लागिरहन्छन्। तिनीहरूले प्रार्थना गर्दैनन्, परमेश्‍वरका वचनहरूमा सत्यता वा पवित्र आत्माको निश्‍चयताको खोजी गर्दैनन्, र यसले अन्त्यमा तिनीहरूलाई अलमल्याएर राख्छ। वास्तवमा, परमेश्‍वर आखिरी दिनहरूमा देखा पर्नुहुन्छ र काम गर्नुहुन्छ, जसको नाम सर्वशक्तिमान् परमेश्‍वर हुनेछ भनेर बाइबलमा अगमवाणीहरू दिइएका छन्। “अनि अन्यजातिहरूले तेरो धार्मिकता देख्नेछन् र सबै राजाहरूले तेरो महिमा देख्नेछन्: र तँलाई यहोवाको मुखले दिनुहुने नयाँ नाउँद्वारा बलाइनेछ(यशैया ६२:२)। “जसले जित्छ उसलाई मैले मेरा परमेश्‍वरको मन्दिरको खम्बा बनाउनेछु र ऊ त्यस उप्रान्त बाहिर जानेछैन: र म उसमा मेरो परमेश्‍वरको नाउँ र मेरो परमेश्‍वरको सहरको नाउँ लेख्नेछु, जुनचाहिँ स्वर्गका मेरो परमेश्‍वरबाट तल आउने नयाँ यरूशलेम हो: र म उसमा मेरो नयाँ नाउँ लेख्नेछु(प्रकाश ३:१२)। “म अल्फा र ओमेगा, सुरु र अन्त हुँ, जो छ, जो थियो र जो हुन आउनेछ, सर्वशक्तिमान् हुँ(प्रकाश १:८)। “हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर, जे छन्, र थिए, र आउनेछन्, हामी तपाईंलाई धन्यवाद दिन्छौं; किनभने तपाईंले आफ्‍नो महान् शक्ति लिनुभएको छ, र शासन गर्नुभएको छ(प्रकाश ११:१७)। “अनि मैले ठूलो भीडको जस्तो आवाज र धेरै पानीको जस्तो आवाज र शक्तिशाली गर्जनको जस्तो आवाज सुनेँ, जसले भनिरहेको थियो, हल्लेलूयाह: किनभने परमप्रभु सर्वशक्तिमान् परमेश्‍वरले शासन गर्नुहुन्छ(प्रकाश १९:६)। तपाईंले प्रकाश ४:८, र १६:७, र अरू पदहरू हेर्न सक्‍नुहुन्छ। धर्मशास्‍त्रका यी खण्डहरूले आखिरी दिनहरूमा परमेश्‍वरको नयाँ नाम “सर्वशक्तिमान्‌,” अर्थात् सर्वशक्तिमान्‌ परमेश्‍वर हुनेछ भनेर अगमवाणी गरेका छन्। हामी देख्‍न सक्छौं, आखिरी दिनहरूमा परमेश्‍वरले सर्वशक्तिमान्‌ परमेश्‍वरको नाममा देखा परेर काम गर्नुहुनेछ, र परमेश्‍वरले यो कुराको योजना धेरै पहिले बनाउनुभएको हो। सर्वशक्तिमान् परमेश्‍वरलाई स्वीकार गर्नेहरूले प्रभुको आवाज सुनेका छन् र सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भनेर चिनेका छन्। तिनीहरूले प्रभुलाई स्वागत गरेका छन्, उहाँको सिंहासनको अघि लगिएका छन्, र थुमाको विवाह-भोजमा सहभागिता जनाइरहेका छन्। तिनीहरू साँचो विश्‍वासी, उचित विश्‍वास भएका मानिसहरू हुन्। तिनीहरूले आखिरमा प्रभुलाई स्वागत गरेर प्राप्त गरेका छन्। प्रभुलाई स्वागत गर्न असफल हुनेहरूको विश्‍वास गुम्‍नेछ र हराउनेछ। तिनीहरूले प्रभुलाई गुमाउनेछन्। येशूको नाममा लागिरहनेहरूले प्रभु आउनुहुँदा उहाँको आवाज पहिचान गर्न सक्दैनन्। तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई देखा परेर काम गर्नुहुने प्रभु येशूका आत्माको रूपमा स्वीकार गर्दैनन्। फर्कनुभएका प्रभु येशूलाई स्वीकार नगरिकन, तिनीहरूले प्रभुलाई नचिनी उहाँमा विश्‍वास गर्छन्। त्यो प्रभुको विरोध गर्नु हो, र प्रभु येशूलाई साँच्‍चै धोका दिनेहरू तिनीहरू नै हुन्। प्रभुलाई धोका दिनु भनेको के हो? यो उहाँलाई पहिचान नगरिकन उहाँमा विश्‍वास गर्नु हो! यो सबै अझ स्पष्ट भयो, होइन त?

त्यसोभए किन परमेश्‍वरको नाम परिवर्तन भइरहन्छ? किन उहाँले हरेक युगमा नयाँ नाम लिनुहुन्छ? योभित्र सत्यताको एउटा रहस्य छ। यसलाई केही मात्रामा स्पष्ट पार्न हामी सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू हेरौं। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वर हरेक पल्ट पृथ्वीमा आउनुहुँदा उहाँले आफ्नो नाउँ, उहाँको लिङ्ग, उहाँको स्वरूप, र उहाँको काम बदल्नुहुन्छ; उहाँले आफ्नो काम दोहोऱ्याउनुहुन्न। उहाँ त्यो परमेश्‍वर हुनुहुन्छ जो सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न। जब उहाँ पहिले आउनुभयो, उहाँलाई येशू भनियो; उहाँ यस पटक फेरि आउनुहुँदा के उहाँलाई अझै येशू नै भन्न सकिन्छ? पहिले जब उहाँ आउनुभयो, उहाँ पुरुष हुनुहुन्थ्यो; के उहाँ यस पटक फेरि पुरुष हुन सक्नुहुन्छ? अनुग्रहको युगमा उहाँको काम क्रूसमा टाँगिनुथियो; जब उहाँ फेरि आउनुहुनेछ, के उहाँले अझै पनि मानव जातिलाई पापबाट छुटकारा दिन सक्नुहुन्छ? के उहाँलाई फेरि क्रूसमा टाँग्न सकिन्छ? के त्यो उहाँको कामलाई दोहोऱ्याउनुजस्तो हुँदैन र? के तँलाई थाहा छैन, परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न? केही मानिसहरू छन्, जसले परमेश्‍वर अपरिवर्तनीय हुनुहुन्छ भनी भन्छन्। यो सही हो, तर त्यसले परमेश्‍वरको स्वभाव र उहाँको सारको अपरिवर्तनीयतालाई बुझाउँछ। उहाँको नाउँ र काममा हुने परिवर्तनले उहाँको सार परिवर्तन भएको बुझाउँदैन; अर्को शब्दमा भन्नुपर्दा, परमेश्‍वर सधैँ नै परमेश्‍वर नै हुनुहुनेछ, र यो कहिल्यै परिवर्तन हुनेछैन। यदि तँ परमेश्‍वरको काम अपरिवर्तनीय छ भनी भन्छस् भने, के उहाँले आफ्नो छ हजार वर्षको प्रबन्ध योजना पूरा गर्न सक्नुहुन्छ? तँ परमेश्‍वर सदासर्वदा अपरिवर्तनीय हुनुहुन्छ भन्‍ने मात्र जान्दछस्, तर के तँ परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न भनी जान्दछस्? यदि परमेश्‍वरको काम अपरिवर्तनीय छ भने, के उहाँले मानव जातिलाई डोऱ्याएर आजको दिनसम्म ल्याउन सक्नुहुनेथियो? यदि परमेश्‍वर अपरिवर्तनीय हुनुहुन्छ भने, उहाँले किन पहिले नै दुई युगको काम गरिसक्नुभयो? … अनि यसैले ‘परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पुरानो हुनुहुन्न’ भन्‍ने शब्दहरूले उहाँको कामलाई बुझाउँछ, अनि ‘परमेश्‍वर अपरिवर्तनीय हुनुहुन्छ’ भन्‍ने शब्दहरूले परमेश्‍वरमा अन्तर्निहित रूपमा के छ र को हुनुहुन्छ भन्‍ने बुझाउँछ। जे सुकै होस्, तैँले छ हजार वर्षको कामलाई एक मात्र बिन्दुमा कब्जा गर्न सक्दैनस्, वा त्यसलाई मृत शब्दहरूमा सीमित गर्न सक्दैनस्। त्यसो गर्नु मानिसको मूर्खता हो। परमेश्‍वर मानिसले कल्पना गरेजस्तो सरल हुनुहुन्न, र उहाँको काम कुनै एक युगमा रहिरहन सक्दैन। उदाहरणका लागि, यहोवाले सधैँ परमेश्‍वरको नाउँलाई जनाउन सक्दैन; परमेश्‍वरले येशूको नाउँमा पनि आफ्नो काम गर्न सक्नुहुन्छ। यो परमेश्‍वरको काम सधैँ अगाडि दिशामा बढिरहेको छ भन्‍ने सङ्केत हो।

परमेश्‍वर सधैँ परमेश्‍वर नै हुनुहुन्छ, र उहाँ कहिल्यै पनि शैतान बन्नुहुन्न; शैतान सधैँ शैतान नै रहन्छ, र त्यो कहिल्यै परमेश्‍वर बन्नेछैन। परमेश्‍वरको बुद्धि, परमेश्‍वरको आश्‍चर्यता, परमेश्‍वरको धार्मिकता, र परमेश्‍वरको महिमा कहिल्यै परिवर्तन हुँदैन। उहाँको सार र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो कहिल्यै परिवर्तन हुँदैन। तर उहाँको कामको विषयमा भन्दा, यो सधैँ अगाडि बढिरहेको हुन्छ, सधैँ गहिरो हुँदै जान्छ, किनकि उहाँ सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न। हरेक युगमा परमेश्‍वरले नयाँ नाउँ धारण गर्नुहुन्छ, हरेक युगमा उहाँले नयाँ काम गर्नुहुन्छ, र प्रत्येक युगमा उहाँले आफ्ना सृष्टिहरूलाई उहाँको नयाँ इच्छा र नयाँ स्वभाव देखाउनुहुन्छ। यदि नयाँ युगमा, मानिसहरू परमेश्‍वरको नयाँ स्वभाव प्रकट भएको देख्न असफल हुन्छन् भने, के तिनीहरूले उहाँलाई सदाका लागि क्रूसमा टाँग्नेछैनन् र? र त्यसो गरेर, के तिनीहरूले परमेश्‍वरको परिभाषा दिँदैनन् र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३))।

मैले इस्राएलमा मेरो काम गर्दा ‘यहोवा’ नाउँ धारण गरेँ र यसको अर्थ (परमेश्‍वरले चुन्नुभएको) इस्राएलीहरूको परमेश्‍वर भन्ने हुन्छ, जसले मानिसलाई टिठ्याउनुहुन्छ, मानिसलाई सराप दिनुहुन्छ, मानिसको जीवनको मार्गदर्शन गर्नुहुन्छ; त्यो परमेश्‍वर जसले महान्‌ शक्ति धारण गर्नुहुन्छ र जो बुद्धिले पूर्ण हुनुहुन्छ। ‘येशू’ इम्मानुएल हुनुहुन्छ, जसको अर्थ प्रेमले पूर्ण र करुणाले पूर्ण पाप बलि भन्ने हुन्छ र जसले मानिसलाई उद्धार गर्नुहुन्छ। उहाँले अनुग्रहको युगको काम गर्नुभयो, र उहाँले अनुग्रहको युग प्रतिनिधित्व गर्नुहुन्छ र उहाँले व्यवस्थापन योजनाको कामको एक हिस्साको मात्र प्रतिनिधित्व गर्न सक्नुहुन्छ। … येशूको नाउँ अनुग्रहको युगका मानिसहरूलाई नयाँ जन्म दिन र मुक्त गर्न अस्तित्वमा आयो, र यो समग्र मानवजातिको उद्धारको निम्ति एउटा विशेष नाउँ हो। यसैले, येशूको नाउँले उद्धारको कामको प्रतिनिधित्व गर्छ, र अनुग्रहको युगलाई सूचित गर्छ। यहोवा नाउँ व्यवस्थाको अधीनमा बसेका इस्राएलका मानिसहरूको निम्ति विशेष नाउँ हो। कामको हरेक युग र हरेक चरणमा, मेरो नाउँ आधारहीन छैन, तर यसले प्रतिनिधिमूलक महत्त्व राख्छ: हरेक नाउँले एउटा युगको प्रतिनिधित्व गर्छ। ‘यहोवा’ ले व्यवस्थाको युगको प्रतिनिधित्व गर्नुहुन्छ, र यो इस्राएलको मानिसहरूले आराधना गर्ने परमेश्‍वरलाई बोलाउने आदरार्थी नाम हो। ‘येशू’ ले अनुग्रहको युगको प्रतिनिधित्व गर्नुहुन्छ, र यो अनुग्रहको युगको अवधिमा उद्धार पाएकाहरू सबैका परमेश्‍वरको नाउँ हो। यदि मानिसले अझै आखिरी दिनहरूको अवधिमा मुक्तिदाता येशूको आगमनको चाह गर्छ, र अझै उहाँले यहूदियामा बहन गर्नुभएको स्वरूपमा उहाँ आउनुभएको अपेक्षा गर्छ भने, सम्पूर्ण छ हजार वर्षको व्यवस्थापन योजना उद्धारको युगमा रोकिन्थ्यो, र अलिकता पनि अघि बढ्न सक्दैनथ्यो। यसको अलावा, आखिरी दिनहरू कहिल्यै आउने थिएन, र त्यो युगको अन्त कहिल्यै हुने थिएन। किनभने मुक्तिदाता येशू मानवजातिको उद्धार र मुक्तिको निम्ति मात्र हुनुहुन्छ। अनुग्रहको युगका सबै पापीहरूका खातिर मात्र मैले येशूको नाउँ धारण गरेँ, तर मैले समग्र मानवजातिलाई अन्तमा ल्याउने नाउँ यो होइन। यहोवा, येशू, र मसीह सबैले मेरो आत्माको प्रतिनिधित्व गर्ने भए पनि, यी नाउँहरूले मेरो व्यवस्थापन योजनाको विभिन्न युगहरूलाई सूचित गर्छन्, र समग्र रूपमा मेरो प्रतिनिधित्व गर्दैनन्। पृथ्वीका मानिसहरूले मलाई पुकार्ने नाउँहरूले मेरो समग्र स्वभाव र म जे छु सो सारा कुरालाई व्यक्त गर्न सक्दैनन्। तिनीहरू विभिन्न युगहरूको अवधिमा मलाई पुकारिने विभिन्न नाउँहरू मात्र हुन्। त्यसैले जब अन्तिम युग—आखिरी दिनहरूको युग—आउँछ, मेरो नाउँ फेरि बदलिनेछ। मसीह भन्नु त छोडिदिऊँ, मलाई यहोवा वा येशू पनि भनिनेछैन—मलाई शक्तिशाली सर्वशक्तिमान परमेश्‍वर स्वयम्‌ भनिनेछ, र म यही नाउँमा समग्र युगको अन्त ल्याउनेछु। म कुनै समय यहोवाको रूपमा चिनिन्थें। मलाई कुनै समय मसीह भनिन्थ्यो र मानिसहरूले प्रेम र आदरसाथ मलाई मुक्तिदाता येशू भनी पुकार्थे। यद्यपि, आज म यस उप्रान्त मानिसहरूले विगतको समयमा चिनेको यहोवा वा येशू होइन; म त आखिरी दिनहरूमा फर्केर आएको परमेश्‍वर, युगको अन्त ल्याउने परमेश्‍वर हुँ। म पृथ्वीको पल्लो छेउबाट उदय हुने, मेरो समग्र स्वभावले पूर्ण भएको, र अख्तियार, आदर र महिमाले भरिपूर्ण परमेश्‍वर स्वयम्‌ हुँ। मानिसहरू कहिल्यै पनि मसँग संलग्न भएका छैनन्, मलाई कहिल्यै चिनेका छैनन् र सदैव मेरो स्वभावप्रति अनभिज्ञ भएका छन्। संसारको सृष्टिदेखि अहिलेसम्म नै एक जनाले पनि मलाई देखेको छैन। आखिरी दिनहरूमा मानिसमा देखा पर्नुहुने र मानिसहरू माझ गुप्त परमेश्‍वर उहाँ नै हुनुहुन्छ। उहाँ मानिस माझ सत्य र वास्तविक रूपमा जलिरहेको सूर्य र प्रज्वलित ज्वालाजस्तै शक्ति र अधिकारले पूर्ण भएर बास गर्नुहुन्छ। मेरा वचनहरूद्वारा न्याय नगरिने एक जना व्यक्ति वा चीज छैन र प्रज्वलित आगोद्वारा शुद्ध नपारिने एक जना व्यक्ति वा चीज छैन। अन्तमा, मेरा वचनहरूको कारणले सबै जातिहरूलाई आशिष्‌ दिइनेछ, र मेरो वचनहरूको कारणले टुक्रा-टुक्रा पारिनेछ। यसरी, आखिरी दिनहरूको अवधिका सबै मानिसहरूले म फर्केर आएको मुक्तिदाता हुँ र म सारा मानवजातिमाथि विजय हासिल गर्ने सर्वशक्तिमान् परमेश्‍वर हुँ भनी देख्नेछन्। म कुनै समय मानिसको निम्ति पापबलि थिएँ, तर म आखिरी दिनहरूमा सबै थोकलाई भस्म गर्ने सूर्यको ज्वालाका साथसाथै सबै थोकलाई उदाङ्गो पार्ने धार्मिकताको सूर्य पनि भएको छु भनी सबैले देख्नेछन्। आखिरी दिनहरूका मेरो काम यही हो। मैले यो नाउँ धारण गरेँ र यो स्वभाव लिएँ ताकि म धर्मी परमेश्‍वर, उज्वल सूर्य, प्रज्वलित ज्वाला हुँ भन्‍ने सबै मानिसहरूले देखून्, र ताकि सबैले म, एक मात्र साँचो परमेश्‍वरको आराधना गरून्, र ताकि तिनीहरूले मेरो साँचो रूप देख्न सकून्: म इस्राएलीहरूको मात्र परमेश्‍वर होइन, र म उद्धारकर्ता मात्र होइन; म स्वर्गहरू, पृथ्वी र समुद्रभरिका सबै प्राणीहरूका परमेश्‍वर हुँ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ)

सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले स्पष्ट रूपमा नै परमेश्‍वरले हरेक युगको आफ्‍नो कामको निम्ति नाम प्रयोग गर्नुहुन्छ भन्‍ने कुरा, र उहाँका नामसँग सम्‍बन्धित सत्यताका रहस्यहरू व्याख्या गर्छन्। परमेश्‍वरको नाम युग र उहाँले गर्नुहुने कामसँगै परिवर्तन हुन्छ। उहाँको हरेक नामले उहाँले त्यस युगमा गर्नुहुने कामलाई प्रतिनिधित्व गर्छ। तर परमेश्‍वरको नाम वा काम जसरी परिवर्तन भए पनि, उहाँको सार कहिल्यै परिवर्तन हुँदैन—परमेश्‍वर सधैँ परमेश्‍वर नै हुनुहुन्छ। व्यवस्थाको युगमा परमेश्‍वरले यहोवाको नाममा काम गर्नुभयो, यसरी उहाँले व्यवस्था जारी गर्नुभयो र पृथ्वीमा मानवजातिको जीवन डोर्याउनुभयो, मानिसहरूलाई पाप के हो र यहोवा परमेश्‍वरको आराधना कसरी गर्ने सो सिकाउनुभयो। अनुग्रहको युगमा, परमेश्‍वरका आत्मा मानिसको पुत्रको रूपमा देहधारी हुनुभयो। उहाँले येशूको नाम लिएर सत्यताहरू व्यक्त गर्नुभयो र छुटकाराको काम गर्नुभयो। अन्तिममा, उहाँलाई क्रूसमा टाँगियो र उहाँ मानवजातिको पापबलि बन्‍नुभयो, अनि हामीलाई हाम्रो पापबाट छुटकारा दिनुभयो। अहिले, आखिरी दिनहरूमा, परमेश्‍वर फेरि देहधारी हुनुभएको छ, र उहाँले सर्वशक्तिमान्‌ परमेश्‍वरको नाम लिएर आखिरी दिनहरूको न्यायको काम गरिरहनुभएको छ, मानवजातिलाई न्याय गर्न र शुद्ध पार्न सत्यताहरू व्यक्त गर्दैहुनुहुन्छ, हामीलाई पापबाट, शैतानका शक्तिहरूबाट मुक्ति दिँदैहुनुहुन्छ र यो अन्धकार र दुष्ट पुरानो संसारलाई अन्त्य गर्दैहुनुहुन्छ। उहाँले मानिसलाई सुन्दर गन्तव्यमा लैजानुहुनेछ। यसरी मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको ६,००० वर्षे व्यवस्थापन योजना पूरा हुनेछ। परमेश्‍वरको कामका तथ्यहरूले हामीलाई के देखाउँछन् भने यहोवा, येशू, र सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍ने तीन वटा नामहरू प्रत्येकले मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको कामको फरक-फरक तीन चरणलाई प्रतिनिधित्व गर्छन्। बाहिरबाट हेर्दा, परमेश्‍वरको नाम र उहाँको काम परिवर्तन भइरहेका छन् भन्‍ने देखिन्छ, तर परमेश्‍वरको सार परिवर्तन हुँदैन। परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो कहिल्यै परिवर्तन हुँदैन। उहाँ मानवजातिलाई अगुवाइ गर्ने, छुटकारा दिने, र पूर्ण रूपमा धुने र मुक्ति दिने एकमात्र परमेश्‍वर नै रहिरहनुहुन्छ। जब हामी व्यवस्थाको युगको पुरानो करारमा दिइएका यहोवा परमेश्‍वरका वचनहरूलाई अनुग्रहको युगमा प्रभु येशूले बोल्‍नुभएका वचनहरूलाई, र अहिले राज्यको युगमा सर्वशक्तिमान्‌ परमेश्‍वरले बोल्‍नुभएका वचनहरूलाई हेर्छौं, हामी यी सत्यताहरू पूर्ण रूपमा एउटै आत्माबाट आएका हुन् र ती एउटै आत्माका वाणीहरू हुन् भन्‍ने देख्‍न सक्छौं, किनभने फरक-फरक युगमा दिइएका परमेश्‍वरका वाणीहरू सबैमा उहाँको प्रेम र उहाँको धर्मी स्वभाव समावेश हुन्छन्। तीभित्र परमेश्‍वरसँग जे छ त्यो र उहाँ जे हुनुहुन्छ त्यो समावेश हुन्छन्। परमेश्‍वरको प्रेम, परमेश्‍वरको स्वभाव, र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो सबैले एक मात्र साँचो परमेश्‍वरको सार, एक मात्र साँचो परमेश्‍वरका कुराहरू र अस्तित्वलाई निर्माण गर्छन्। अनुग्रहको युगमा, प्रभु येशू बोल्‍नुभएको सुन्‍नु यहोवा परमेश्‍वरको आवाज सुन्‍नु जस्तै थियो। जब हामी सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सुन्छौं, यो प्रभु येशूले हामीसँग व्यक्तिगत रूपमा बोलिरहनुभएको र यहोवा परमेश्‍वरले हामीसँग बलिरहनुभएको जस्तै हुन्छ। यसले परमेश्‍वरको कामका तीन चरणहरू एउटै परमेश्‍वरले अघि बढाउनुहुन्छ भन्‍ने कुरालाई पूर्ण रूपमा प्रमाणित गर्छ। परमेश्‍वरको नाम परिवर्तन हुन्छन्, तर उहाँको सार, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो, र उहाँले व्यक्त गर्नुहुने धर्मी स्वभाव उस्तै हुन्छन्, त्यसमा कुनै परिवर्तन हुँदैन। सर्वशक्तिमान्‌ परमेश्‍वरको आजका सबै काम प्रभु येशूकै कामबाट आएका हुन्। कामको यो चरण छुटकाराको कामको जगमा निर्मित अझै गहन र उच्‍च काम हो—मानवजातिलाई पूर्ण रूपमा धुने र मुक्ति दिने काम हो। सर्वशक्तिमान्‌ परमेश्‍वरले प्रशस्त मात्रामा सत्यताहरू व्यक्त गर्नुभएको छ, यसरी उहाँले बाइबलका रहस्यहरू मात्रै प्रकट गर्नुभएको छैन, तर मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको ६,००० वर्षे व्यवस्थापन योजनाका सबै रहस्यहरू पनि खुलासा गर्नुभएको छ, जस्तै आफ्‍नो व्यवस्थापनको कार्यमा रहेको परमेश्‍वरका उद्देश्यहरू, परमेश्‍वरले कसरी मानिसलाई मुक्ति दिन उहाँका कामका तीन चरणहरूको प्रयोग गर्नुहुन्छ, देहधारणका रहस्यहरू, परमेश्‍वरले कसरी मानवजातिलाई न्याय गर्ने, धुने र पूर्ण मुक्ति दिने काम गर्नुहुन्छ, हरेक प्रकारको व्यक्तिको परिणाम र गन्तव्यको निर्धारण कसरी गरिन्छ, पृथ्वीमा ख्रीष्टको राज्य कसरी पूरा हुन्छ, र अरू धेरै कुरा। परमेश्‍वरले शैतानद्वारा मानिसलाई गरेको भ्रष्टताको सत्यता पनि प्रकट गर्नुहुन्छ, उहाँले मानिसको शैतानी, परमेश्‍वर विरोधी प्रकृतिको न्याय र खुलासा पनि गर्नुहुन्छ। मानवजातिले अभ्यास गर्नुपर्ने सत्यताको हरेक पक्षहरूको बारेमा पनि उहाँले व्याख्या गर्नुहुन्छ, यसरी हामीलाई हाम्रो भ्रष्टता त्याग्‍ने र स्वभाव परिवर्तन गर्ने व्यावहारिक मार्ग दिनुहुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यताहरू शुद्ध हुन र पूर्ण मुक्ति प्राप्त गर्न मानिसलाई चाहिने सबै सत्यताहरू हुन्, र यिनले प्रभु येशूको यो अगमवाणीलाई पूरा गर्छन्: “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ(यूहन्‍ना १६:१२-१३)। सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कामले मानिसलाई पूर्ण रूपमा धुन्छ र मुक्ति दिन्छ र मुक्ति दिनको लागि परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएका सबै मानिसहरूलाई उहाँको अघि न्याय र सजायद्वारा शुद्ध पार्न ल्याउँछ। उहाँले विपत्तिहरूभन्दा अघिका विजेताहरूको समूह निर्माण गरिसक्‍नुभएको छ। अहिले ठूला-ठूला विपत्तिहरू सुरु भएको छ, र परमेश्‍वरले असललाई इनाम दिन र दुष्टलाई सजाय दिन सुरु गर्नुभएको छ। शैतानका मानिसहरू, परमेश्‍वरको विरोध गर्नेहरूलाई नष्ट गरिनेछ, परमेश्‍वरको न्यायद्वारा शुद्ध पारिएकाहरूलाई परमेश्‍वरले विपत्तिहरूको बीचमा रक्षा गर्नुहुनेछ र जीवित राख्‍नुहुनेछ। विपत्तिहरूपछि, पृथ्वीमा ख्रीष्टको राज्य देखा पर्नेछ, यसरी प्रकाशको पुस्तकका यी सबै अगमवाणीहरू पूरा हुनेछन्: “यस संसारका राज्यहरू हाम्रा प्रभु र उहाँका ख्रीष्टको राज्य बनेको छ; र उहाँले सदा-सदा राज्य गर्नुहुनेछ(प्रकाश ११:१५)। “हल्लेलूयाह: किनभने परमप्रभु सर्वशक्तिमान् परमेश्‍वरले शासन गर्नुहुन्छ(प्रकाश १९:६)। “हेर, परमेश्‍वरको वासस्थान मानिससँग छ र उहाँ तिनीहरूसँग बस्‍नुहुनेछ, तिनीहरू उहाँका मानिसहरू हुनेछन् र परमेश्‍वर स्वयम् तिनीहरूसँग हुनुहुनेछ, र तिनीहरूका परमेश्‍वर हुनुहुनेछ। अनि परमेश्‍वरले तिनीहरूका आँखाबाट सबै आँसुहरू पुछिदिनुहुनेछ; अनि त्यहाँ कुनै मृत्यु हुनेछैन, न शोक, न त रोदन नै हुनेछ, न त त्यहाँ कुनै पीडा नै हुनेछ: किनकि अगाडिका कुराहरू बितिगएका छन्(प्रकाश २१:३-४)। सर्वशक्तिमान्‌ परमेश्‍वरले धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ, र त्यति ठूलो महान् काम हासिल गर्नुभएको छ। यसले उहाँ मानिसको पुत्रको रूपमा काम गर्न देखा पर्नुभएको, परमेश्‍वरका देहधारी आत्मा हुनुहुन्छ भन्‍ने प्रमाणित गर्छ। उहाँलाई येशू भनिँदैन, र उहाँ यहूदी प्रभु येशूको रूपमा हुनुहुन्‍न, तर सर्वशक्तिमान्‌ परमेश्‍वरका आत्मा प्रभु येशूकै आत्मा हो—उहाँ फर्कनुभएका प्रभु येशू हुनुहुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वर, प्रभु येशू र यहोवा एउटै परमेश्‍वर हुनुहुन्छ। तपाईंले यो कुरा राम्ररी बुझ्‍नुभएपछि, सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्नु प्रभु येशूलाई धोका दिनु हो भनेर तपाईंले दाबी गर्न सक्‍नुहुन्‍न, किनभने सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वागत गर्नु प्रभुलाई स्वागत गर्नु, थुमाका पाइलाहरू पछ्याउनु, र परमेश्‍वरको अघि उठाई लगिनु हो! धार्मिक संसारका धेरै जना मानिसहरू अझै पनि धर्मशास्‍त्रको शाब्दिक अर्थमा, प्रभु येशूको नाममा नै टाँसिइरहेका छन्, उहाँ बादलको सवारीमा आउनुहुनेछ भनेर प्रतीक्षा गरिरहेका छन्, सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामको खोजी र अनुसन्धान गर्न चाहँदैनन्। उहाँले जति धेरै सत्यताहरू व्यक्त गर्नुभएको भए तापनि, तिनीहरूले यो परमेश्‍वरका आत्माबाट आएको हो, देखा परेर काम गर्नुहुने यो प्रभु येशूकै आत्मा हो भनी स्वीकार गर्दैनन्। तिनीहरूले हाम्रो निम्ति सत्यता ल्याउनुहुने सर्वशक्तिमान्‌ परमेश्‍वरलाई दोष दिने र इन्कार गर्ने समेत गर्छन्। के तिनीहरूले पनि फरिसीहरूले गरेकै गल्ती गरिरहेका छैनन् र? तिनीहरूलाई यो प्रभु येशूप्रतिको भक्ति हो भन्‍ने लाग्छ, तर प्रभुले तिनीहरूलाई दुष्कर्मीहरू भनेर दोष दिनुभएको छ। प्रभु येशूले भन्नुभयो, “त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौं र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौं र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौं र? अनि म तिनीहरूका निम्ती घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ(मत्ती ७:२२-२३)। त्यसकारण, प्रभुले तिनीहरूलाई हटाउनुहुनेछ।

हाम्रो कुरालाई बिट मार्दै सर्वशक्तिमान्‌ परमेश्‍वरका अरू वचनहरू हेरौं। “आखिरी दिनहरूका ख्रीष्‍टले जीवन ल्याउनुहुन्छ, अनि सत्यको चिरस्थायी र अनन्‍त बाटो ल्याउनुहुन्छ। यही सत्य नै मानिसले जीवन प्राप्त गर्ने मार्ग हो, र यो एक मात्र मार्ग हो जसमार्फत मानिसले परमेश्‍वरलाई चिन्‍नेछ र परमेश्‍वरद्वारा ऊ स्वीकार हुनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्‍टले प्रदान गर्नुहुने जीवनको खोजी गर्दैनस् भने, तैँले कहिल्यै पनि येशूको स्वीकृति प्राप्त गर्नेछैनस्, र तँ स्वर्गको राज्यको प्रवेशद्वारभित्र छिर्न कहिल्यै योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। नियम र अक्षरहरूको नियन्त्रण र इतिहासको बन्धनमा हुनेहरूले कहिल्यै पनि जीवन प्राप्त गर्न सक्‍नेछैनन् न त तिनीहरूले जीवनको अनन्त बाटो नै पाउन सक्‍नेछन्। यस्तो किन हुन्छ भने तिनीहरूसँग सिंहासनबाट बग्‍ने जीवनको पानी नभई हजारौँ वर्षदेखि जमेर बसेको धमिलो पानी मात्रै छ। जीवनको पानीको आपूर्ति नपाएकाहरू सदासर्वदा नै लास, शैतानको खेलौना, र नरकको पुत्र भएर रहनेछन्। अनि, कसरी तिनीहरूले परमेश्‍वरलाई देख्‍न सक्छन्? यदि तँ विगतलाई मात्रै पक्रिराख्‍ने प्रयास गर्छस्, ठिङ्ग उभिएर परिस्थितिलाई जस्ताको तस्तै राख्‍ने मात्रै प्रयास गर्छस्, र यथास्थितिलाई परिवर्तन गर्ने र इतिहासलाई त्याग्‍ने प्रयास गर्दैनस् भने, के तँ सधैँ परमेश्‍वरको विरुद्धमा हुनेछैनस् र? परमेश्‍वरको कार्यका चरणहरू उर्लिरहने छालहरू र थर्किरहने चट्याङहरूजस्तै गहन र शक्तिशाली छन्—तैपनि तँ आफ्‍नो मूर्खतामा अल्झिँदै र केही पनि नगरी, विनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्छस्। यस तरिकाले, तँलाई थुमाका पाइलाहरू पछ्याउने व्यक्तिको रूपमा कसरी लिन सकिन्छ? तैँले पक्रेर बसेको परमेश्‍वर सँधै नयाँ र कहिल्यै पुरानो नहुने परमेश्‍वर हुनुहुन्छ भनेर तैँले कसरी पुष्टि गर्न सक्छस्? अनि तेरा पहेँलो भइसकेका पुस्तकका वचनहरूले तँलाई कसरी नयाँ युगमा लैजान सक्छन्? तिनले कसरी तँलाई परमेश्‍वरको कार्यका चरणहरूको खोजी गर्न अगुवाइ गर्न सक्छन्? अनि, तिनले कसरी तँलाई स्वर्ग लैजान सक्छन्? तैँले आफ्नो हातमा जे लिएको छस् ती तँलाई अस्थायी सान्त्वना दिने अक्षरहरू मात्र हुन्, जीवन दिन सक्‍ने सत्यताहरू होइनन्। तैँले पढ्ने धर्मशास्‍त्रका खण्डहरूले तेरो जिब्रोलाई मात्रै समृद्ध तुल्याउन सक्छन् तर ती मानव जीवनको बारेमा जान्‍न तँलाई सहयोग गर्न सक्‍ने दर्शनशास्‍त्रका शब्‍दहरू होइनन्, ती तँलाई सिद्धतामा लैजान सक्‍ने मार्गहरू हुने कुरा त परै जाओस्। के यो विसंगतिले तँलाई समीक्षा गर्ने ध्येय दिँदैन र? के यसले तँलाई आफैभित्र रहेका रहस्यहरूलाई महसुस गर्ने तुल्याउँदैन र? के तँ परमेश्‍वरलाई भेट्नको लागि आफूले आफैलाई स्वर्गमा सुम्पन सक्छस्? परमेश्‍वरको आगमनविना, के तँ परमेश्‍वरसँग पारिवारिक खुशीको आनन्द लिन आफैलाई स्वर्ग लैजान सक्छस्? के तँ अहिले पनि सपना देखिरहेको छस्? त्यसो भए, मेरो सुझाव छ, तँ सपना देख्‍न छोड्, अनि अहिले कसले काम गरिरहनुभएको छ हेर्—अहिले आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिने काम कसले गर्दै हुनुहुन्छ जाँचेर हेर्। यदि तँ त्यसो गर्दैनस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्, र कहिल्यै जीवन प्राप्त गर्नेछैनस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

कसले मानिसजातिलाई मुक्ति दिन र हाम्रो नियतिमा आमूल परिवर्तन ल्याउन सक्छ?

नियतिबारे भन्नुपर्दा, अधिकांश मानिसहरूले यसलाई पैसा र हैसियत कमाउनु अनि असल नियतिसहित सफल हुनुसित जोड्छन् अनि गरिब मानिस, अप्रसिद्ध...

परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कामले कसरी मानवजातिलाई शुद्ध पार्छ र मुक्ति दिन्छ?

मानिसहरूले हामीमाथि ठूला-ठूला विपत्तिहरू आइरहेका छन् भन्‍ने महसुस गरेका छन् र प्रभु बादलको सवारीमा आउनुहुनेछ भनेर अपेक्षा गरिरहेकाहरूले...

मानिसलाई मुक्ति दिन परमेश्‍वरलाई किन कामका तीन चरणहरू आवश्यक छ?

हामी सबैलाई थाहै छ, २,००० वर्ष पहिले, प्रभु येशू मानवजातिलाई छुटकारा दिन यहूदियामा देखा पर्नुभयो र काम गर्नुभयो, र यसो भनेर प्रचार गर्नुभयो...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्