आखिरी दिनहरूका देहधारी परमेश्‍वर किन महिला हुनुहुन्छ?

28 सेप्टेम्बर 2021

आखिरी दिनहरूमा, देहधारी सर्वशक्तिमान्‌ परमेश्‍वर काम गर्न र धेरै सत्यताहरू व्यक्त गर्न देखा पर्नुभएको छ। यी सत्यताहरूलाई इन्टरनेटमा राखिएका छन् र यसले सारा संसारलाई नै हल्‍लाएको छ, धेरैभन्दा धेरै मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको देखा पराइ र कामको बारेमा अनुसन्धान गर्न थालेका छन्। के कुरा स्पष्ट छ भने, परमेश्‍वर देहधारी भएर सत्यता व्यक्त गर्दै आउनुभएको घटनाले परमेश्‍वरका वचनहरूको शक्ति र परमेश्‍वरको सर्वशक्तिलाई पूर्ण रूपमा प्रदर्शन गर्छ। साँचो मार्गको अनुसन्धान गर्ने क्रममा, धेरै मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरू अख्तियारयुक्त, शक्तिशाली छन्, ती सत्यता हुन्, ती परमेश्‍वरबाट आएका हुन् भन्‍ने कुरालाई देख्छन्, र तिनीहरू विश्‍वस्त हुन्छन् र तिनीहरूमा थप कुनै शङ्का हुँदैन। तैपनि जब तिनीहरूले आखिरी दिनहरूका ख्रीष्‍ट, सर्वशक्तिमान् परमेश्‍वर महिला हुनुहुन्छ भन्‍ने सुन्छन्, तिनीहरूले आफ्‍नो टाउको हल्‍लाउँछन् र उहाँलाई स्वीकार गर्न मान्दैनन्। तिनीहरूले के विचार गर्छन् भने, जब प्रभु येशू आउनुभयो, उहाँ पुरुष हुनुहुन्थ्यो त्यो बेला पवित्र आत्‍माले पनि प्रभु येशू “प्रिय पुत्र” हुनुहुन्छ भनी गवाही दिनुभयो, र बाइबलमा पनि त्यस्ता विवरणहरू छन्, त्यसकारण, जब प्रभुको पुनरागमन हुन्छ, उहाँ यहूदी प्रभु येशूको प्रतिरूपमा पुरुष हुनुहुनेछ। उहाँ पक्‍कै पनि महिला हुनुहुनेछैन। सर्वशक्तिमान्‌ परमेश्‍वरले जति नै धेरै सत्यता व्यक्त गर्नुभए पनि र उहाँले जति नै महान् काम गर्नुभए पनि, तिनीहरूले त्यसलाई स्वीकार गर्न मान्दैनन्, खोजी र अनुसन्धान गर्ने कुरा त परै जाओस्। तिनीहरूको तर्क यस्तो हुन्छ, “यदि सर्वशक्तिमान्‌ परमेश्‍वर पुरुष हुनुभएको भए, म विश्‍वास गर्थेँ, तर उहाँ महिला हुनुहुन्छ भने, तपाईंले जेसुकै भन्‍नुहोस्, म कहिल्यै पनि विश्‍वास गर्नेछैन, किनभने प्रभु येशू पुरुष हुनुहुन्थ्यो।” यस कारणले गर्दा, तिनीहरूले प्रभुको पुनरागमनलाई स्वागत गर्ने अवसर गुमाउँछन् र विपत्तिमा पर्छन्, जुन अलिक दयनीय कुरा हो। त्यसकारण, के यी धर्मानुरागी मानिसहरूका अभिव्यक्ति र दृष्टिकोणहरू सही छन्? के ती बाइबलीय अगमवाणी अनुरूप छन्? के तिनीहरूसँग परमेश्‍वरको वचनको आधार छ? छँदै छैन। किनभने प्रभु येशूले उहाँ फर्कनुहुँदा उहाँ पुरुष हुनुहुनेछ कि महिला हुनुहुनेछ भनेर तोक्‍नुभएन, र मानिसको पुत्र फर्कनुहुँदा उहाँ पुरुष हुनुहुनेछ कि महिला हुनुहुनेछ भन्ने कुरामा पवित्र आत्‍माले पनि गवाही दिनुभएन। आखिरी दिनहरूमा फर्केर आउनुहुँदा परमेश्‍वर पुरुष हुनुहुनेछ कि महिला हुनुहुनेछ त्यस बारेमा बाइबलले पनि अगमवाणी गर्दैन। यो कुरा मानव भनाइहरू र दृष्टिकोणहरूमा कुनै बाइबलीय आधार छैनन् र ती मानिसहरूका धारणा र कल्‍पनाहरू बाहेक अरू केही होइनन् भन्‍ने कुरालाई प्रमाणित गर्न पर्याप्त छ। धेरै मानिसहरूले सोध्‍छन्, “किन आखिरी दिनहरूका देहधारी परमेश्‍वर पुरुषको सट्टा महिला हुनुहुन्छ?” यहाँ म यस प्रश्‍न सम्‍बन्धी मेरा केही व्यक्तिगत बुझाइ बाँड्नेछु।

आखिरी दिनहरूमा परमेश्‍वर मानिसको पुत्रको रूपमा देहधारी भई आउनुहुनेछ भनेर बाइबलमा धेरै अगमवाणीहरू गरिएका छन्, तर आखिरी दिनहरूमा फर्केर आउनुहुँदा प्रभु पुरुष हुनुहुनेछ कि महिला हुनुहुनेछ त्यसलाई यसले तोकेर भनेको छैन। यसले यति मात्रै भन्छ “मानिसको पुत्रको आगमन,” “मानिसको पुत्र … आउँछ,” र “मानिसको पुत्र पनि उनको दिनमा।” आज सर्वशक्तिमान्‌ परमेश्‍वर आउनुभएको छ, उहाँले धेरै सत्यता व्यक्त गर्नुभएको छ, र आखिरी दिनहरूको न्यायको काम गर्नुहुन्छ, जुन कुराले यी अगमवाणीहरूलाई पूरा गर्छन्। तैपनि जब मानिसहरूले आखिरी दिनहरूका ख्रीष्‍ट महिला हुनुहुन्छ भन्‍ने पत्ता लगाउँछन्, तिनीहरू छक्‍क पर्छन्। यो कुरा हाम्रो धारणासँग मिल्दै मिल्दैन। यो परमेश्‍वर देखा पर्नुभएको घटना र उहाँको काम भएको हुनाले, मानिसहरूसँग यसका बारेमा धारणाहरू हुनु पूर्ण रूपमा सामान्य कुरा हो। प्रभु येशू आउनुहुँदा मानिसहरूसँग अझै ठूला-ठूला गलत बुझाइहरू थिए। तर मानिसहरूसँग कुनै कुराको बारेमा जति धेरै धारणाहरू हुन्छन्, त्यो कुरा त्यति नै रहस्यमय हुन्छ। यदि परमेश्‍वरले यी रहस्यहरू प्रकट गर्नुभएन भने, हामीले ती रहस्यहरूलाई कहिल्यै पनि बुझ्‍नेछैनौं। त्यसकारण, सर्वशक्तिमान्‌ परमेश्‍वरले के भन्‍नुहुन्छ त्यो हेरौं। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “यदि परमेश्‍वर केवल पुरुषको रूपमा देहमा आउनुभयो भने, मानिसहरूले उहाँलाई पुरुषहरूका परमेश्‍वर झैं पुरुषको रूपमा परिभाषित गर्नेथिए, र उहाँ महिलाहरूका पनि परमेश्‍वर हुनुहुन्छ भनी कहिल्यै विश्‍वास गर्नेथिएनन्। तब मानिसहरूले परमेश्‍वरलाई पुरुषकै लिङ्गको मान्नेथिए, परमेश्‍वरलाई पुरुषहरूका शिर मान्नेथिए—त्यसोभए महिलाको हकमा के हुन्छ? यो अनुचित छ; यो पक्षपातपूर्ण व्यवहार होइन र? यदि त्यसो हो भने परमेश्‍वरले मुक्ति दिनुभएकाहरू सबै उहाँजस्तै पुरुषहरू हुनेथिए, र एउटै पनि महिलाले मुक्ति पाउने थिएन। जब परमेश्‍वरले मानव जातिलाई सृष्टि गर्नुभयो, उहाँले आदमलाई सृष्टि गर्नुभयो र हव्वालाई सृष्टि गर्नुभयो। उहाँले आदमलाई सृष्टि मात्र गर्नुभएन, उहाँले नर र नारी दुवैलाई उहाँको आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्‍वर केवल पुरुषहरूका परमेश्‍वर मात्रै हुनुहुन्न, तर उहाँ महिलाहरूका परमेश्‍वर पनि हुनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३))। “परमेश्‍वरले गर्नुभएको कामको हरेक चरणको आफ्‍नै व्यवहारिक महत्त्व छ। त्यो बेला, येशू आउनुहुँदा, उहाँ पुरुषको स्वरूपमा हुनुहुन्थ्यो, र यसपटक परमेश्‍वर आउनुहुँदा, उहाँ महिलाको स्वरूपमा हुनुहुन्छ। यसबाट के देख्‍न सकिन्छ भने परमेश्‍वरले सृष्टि गर्नुभएको पुरुष र स्‍त्री दुवैलाई उहाँको काममा प्रयोग गर्न सकिन्छ, र उहाँको लागि लिङ्गको कुनै भिन्‍नता हुँदैन। जब उहाँको आत्मा आउनुहुन्छ, उहाँले आफूलाई मन लागेको कुनै पनि देह लिन सक्‍नुहुन्छ, र त्यो देहले उहाँलाई प्रतिनिधित्व गर्न सक्छ; चाहे यो पुरुष होस् या स्‍त्री, जबसम्म यो उहाँको देहधारी शरीर हो, तबसम्म यसले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्)। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूबाट हामी के देख्‍न सक्छौं भने, परमेश्‍वरको देहधारण पुरुष भए पनि महिला भए पनि, यो महत्त्वपूर्ण हुन्छ। त्यसमा खोजी गर्नुपर्ने सत्यता हुन्छ, र यसबाट हामीले परमेश्‍वरको इच्छालाई जान्‍नेछौं र परमेश्‍वरको स्वभावलाई जान्‍नेछौं। यदि देहधारी परमेश्‍वर सधैँ पुरुष नै हुनुभयो भने, परिणाम के हुनेथियो? मानिसहरूले परमेश्‍वरलाई सदैव पुरुषको रुपमा रहने तर कहिल्यै महिला नहुने भनी सीमाङ्कन गर्नेथिए, र महिलाहरूले भेदभावको सामना गर्नेथिए र तिनीहरू कहिल्यै पनि समाजका पूर्ण सदस्यका रूपमा जिउन सक्दैनथिए। के त्यो महिलाहरूको लागि निष्पक्ष कुरा हुनेथियो? परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ, र परमेश्‍वरले पुरुष र महिला दुवै बनाउनुभयो, त्यसकारण पहिलो देहधारणमा परमेश्‍वर पुरुष बन्‍नुभयो, र आखिरी दिनहरूमा, परमेश्‍वर महिलाको रूपमा देहधारी हुनुभयो। यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो, र सबै महिलाहरूले हर्ष र आनन्द मनाउनुपर्ने कुरा हो, र जसको बारेमा अब उप्रान्त कुनै धारणा बोक्‍नु हुँदैन। यदि कुनै महिलाले अझै पनि देहधारी महिला परमेश्‍वरलाई इन्कार गर्छिन् र पक्षपात गर्छिन् भने, त्यो महिला अत्यन्तै दयनीय हुन्छन्! सत्य कुरा के भने परमेश्‍वरको देहधारण पुरुष भए पनि महिला भए पनि त्यसले फरक पार्दैन। उहाँले सत्यता व्यक्त गर्न र मुक्तिको काम गर्न सक्‍नुहुन्छ भन्‍ने कुरा नै महत्त्वपूर्ण कुरा हो। देहधारी परमेश्‍वर पुरुष हुनुहुन्छ भने मात्रै उहाँले परमेश्‍वरको काम गर्न सक्‍नुहुन्छ, र उहाँ महिला हुनुहुन्छ भने उहाँले परमेश्‍वरको काम गर्न सक्‍नुहुन्‍न भनेर मानिसहरूले विचार गर्नु हुँदैन। यसरी विचार गर्नु पछौटे र अज्ञानी कुरा हो। आज, हामी सबैले पुरुषले गर्न सक्‍ने जुनसुकै काम महिलाले पनि गर्न सक्छन् भन्‍ने देखिसकेका छौं। उदाहरणको लागि: पुरुषहरूले हवाई जहाज उडाउन सक्छन् भने महिलाहरूले पनि सक्छन्। पुरुषहरू अन्तरिक्ष यात्री बन्‍न सक्छन् भने, महिलाहरू पनि बन्‍न सक्छन्। पुरुषहरू राष्ट्रपति बन्‍न सक्छन् भने, महिलाहरू पनि बन्‍न सक्छन्। पुरुषहरूले व्यापार-व्यवसाय चलाएर जीविकोपार्जन गर्न सक्छन्, र महिलाहरूले पनि व्यापार-व्यवसाय चलाएर जीविकोपार्जन गर्न सक्छन्। यी तथ्यहरूले महिलाहरू पुरुषहरूभन्दा कम सक्षम छैनन् भन्‍ने प्रमाणित गर्छन्। त्यसो भए किन देहधारी परमेश्‍वर पुरुष मात्रै हुन सक्‍नुहुन्छ, महिला हुन सक्‍नुहुन्‍न? सर्वशक्तिमान्‌ परमेश्‍वरलाई हेर्नुहोस्, जसले धेरै सत्यता व्यक्त गर्नुभएको छ र धेरै काम गर्नुभएको छ। के महिला भएको कारण परमेश्‍वरको काममा बाधा पुगेको छ र? सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काम प्रभु येशूले गर्नुभएको कामभन्दा निकै ठूलो छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले प्रभु येशूले व्यक्त गर्नुभएको सत्यताभन्दा धेरै र गहन सत्यता व्यक्त गर्नुभएको छ। तथ्यहरू सबैका लागि स्पष्ट छन्, तब किन मानिसहरूले तिनलाई पहिचान गर्न सक्दैनन्? आजको संसारमा कति जना महिलाहरू थिचोमिचोमा परेका छन्, पक्षपातको सिकार भएका छन्, र कष्ट भोगिरहेका छन्? तिनीहरूको पुरुषसरह हैसियत हुनुपर्छ र त्योभन्दा पनि बढी, तिनीहरूलाई मुक्ति र स्वतन्त्रता चाहिन्छ। हाम्रा महिला साथीहरूलाई कसले मुक्ति दिन सक्छ? आज, सर्वशक्तिमान् परमेश्‍वर आउनुभएको छ, र उहाँले यो संसार र गहन रूपमा भ्रष्ट भएको मानवजातिलाई न्याय गर्न सत्यता व्यक्त गर्नुभएको छ। धेरै महिलाहरूले देहधारी सर्वशक्तिमान्‌ परमेश्‍वर महिला हुनुहुन्छ उहाँले सत्यता व्यक्त गर्न सक्‍नुहुन्छ, र आखिरी दिनहरूको न्यायको काम गर्नुहुन्छ भन्‍ने देखेका छन्, त्यसकारण तिनीहरूले गौरवान्वित महसुस गर्छन्। तिनीहरूले आफ्‍नो शिर ठाडो पार्छन्, तिनीहरूले स्वतन्त्रता र विमोचनको बोध प्राप्त गरेका छन्, र तिनीहरू सबैले सर्वशक्तिमान्‌ परमेश्‍वरको हर्षोल्‍लास र प्रशंसा गर्छन्। परमेश्‍वर महिलाको रूपमा देहधारी भई आउनुभयो भन्‍ने कुराले परमेश्‍वरको धर्मी स्वभावलाई देखाउँछ। परमेश्‍वरले मात्रै साँचो रूपमा मानवजातिलाई प्रेम गर्नुहुन्छ, र परमेश्‍वरले मात्रै मानिसहरूलाई साँचो रूपमा निष्पक्ष व्यवहार गर्न सक्‍नुहुन्छ। परमेश्‍वर अत्यन्तै प्रेम गर्न योग्य हुनुहुन्छ! अब अर्को विषयलाई ध्यान दिऊँ। पुरुष प्रभु येशूले मानिसहरूको पाप बोक्‍न र क्रूसमा टाँगिएर छुटकाराको काम समाप्त गर्न सक्‍नुभयो। यदि प्रभु येशू महिलाको रूपमा आउनुभएको भए, के उहाँले क्रूसमा टाँगिएर छुटकाराको काम समाप्त गर्न सक्‍नुहुन्थ्यो? उहाँले सक्‍नुहुन्थ्यो भन्‍ने कुरामा कुनै शङ्‍का छैन। परमेश्‍वरको देहधारण हुनु भनेको परमेश्‍वरको आत्माले मानव स्वरूप धारण गर्नु हो, र यो स्वरूप पुरुष वा महिला जे भए पनि, उहाँ परमेश्‍वर स्‍वयम्‌ नै हुनुहुन्छ। उहाँले सत्यता व्यक्त गर्नुहुन्छ र काम गर्नुहुन्छ, जुन सबै परमेश्‍वरको आत्माले गर्नुहुन्छ र नियन्त्रण गर्नुहुन्छ। त्यसकारण, परमेश्‍वरको देहधारी शरीर पुरुष भए पनि महिला भए पनि, उहाँ परमेश्‍वरको पहिचानको प्रतिनिधित्व गर्न र परमेश्‍वर स्‍वयम्‌को काम गर्न योग्य हुनुहुन्छ, र अन्तमा, काम समाप्त हुनेछ र परमेश्‍वरले महिमा प्राप्त गर्नुहुनेछ। यो सर्वशक्तिमान्‌ परमेश्‍वरले भन्‍नुभएको जस्तै हो। “यदि उहाँ आउनुहुँदा येशू स्‍त्रीको रूपमा देखा पर्नुभएको भए, अर्को शब्‍दमा भन्दा, यदि पवित्र आत्‍माद्वारा शिशु बालक नभई शिशु बालिका गर्भमा बसेको भए, कामको त्यो चरण उही रूपमा पूरा हुनेथ्यो। यदि त्यस्तो भएको भए, कामको वर्तमान चरण पुरुषद्वारा पूरा गरिनुपर्थ्यो, तर कामचाहिँ उही रूपमा पूरा हुनेथ्यो। हरेक चरणमा गरिएको कामको उत्तिकै महत्त्व छ; कुनै पनि चरणको काम दोहोरिँदैन, न त यो अर्कोसँग बाझिने नै गर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्)। यसको अर्थ देहधारी शरीर पुरुष भए पनि महिला भए पनि त्यसले केही फरक पार्दैन भन्‍ने हुन्छ। यदि उहाँले सत्यता व्यक्त गर्न र परमेश्‍वरले पूरा गर्न चाहनुभएको काम पूरा गर्न सक्‍नुहुन्छ, साथै मानवजातिलाई शुद्ध पार्न र मुक्ति दिन सक्‍नुहुन्छ भने, उहाँ देहधारी परमेश्‍वर हुनुहुन्छ। यदि मानिसहरूले देहधारी परमेश्‍वर पुरुष मात्रै हुन सक्‍नुहुन्छ, महिला हुन सक्‍नुहुन्‍न भन्‍ने विचार गर्छन् भने, के यो मानिसहरूको नियम, धारणा, र कल्‍पनाको उपज मात्रै होइन र? के तिनीहरूलाई परमेश्‍वरले पुरुष बनाउनुभयो र महिला बनाउनुभएन भन्‍ने लाग्छ? देहधारी परमेश्‍वर महिला हुनुभएको हुनाले, उहाँले जति नै धेरै सत्यता व्यक्त गर्नुभए पनि वा उहाँले जति नै महान् काम गर्नुभए पनि, मानिसहरूले उहाँलाई पहिचान गर्दैनन् वा स्वीकार गर्दैनन्। के यो पूर्ण रूपमा मानिसहरूले महिलाहरूलाई इन्कार गर्ने र महिलाको विरुद्धमा विभेद गर्ने हुनाले भएको होइन र? के यो मानवजातिको एउटा भ्रष्ट स्वभाव मात्रै होइन र? परमेश्‍वर कसरी देखा पर्नुहुन्छ र उहाँले कसरी काम गर्नुहुन्छ भन्‍ने कुराको छनौट गर्ने अधिकार मानिसहरूसँग छैन। उहाँ परमेश्‍वरको देहधारण हुनुहुन्छ भने, र उहाँले सत्यता व्यक्त गर्नुहुन्छ र परमेश्‍वरको काम गर्नुहुन्छ भने, देह पुरुष भए पनि महिला भए पनि, मानिसहरूले उहाँलाई स्वीकार गरेर उहाँको आज्ञापालन गर्नुपर्छ। यो तर्कशील र बुद्धिमानी तरिका हो। परमेश्‍वर सर्वशक्तिमान् र सर्वज्ञानी हुनुहुन्छ, र परमेश्‍वरका विचारहरू मानव विचारभन्दा बाहिरका हुन्छन्। मानिसहरूले कसरी परमेश्‍वरको कामलाई बुझ्‍न सक्‍छन्? प्राचीन समयदेखि वर्तमानसम्‍म, परमेश्‍वरको कामको हरेक चरण मानव धारणाभन्दा बाहिर र त्यसको विरुद्धमा गएका छन्। जब प्रभु येशू देखा पर्नुभयो र उहाँले काम गर्न थाल्‍नुभयो, उहाँ देखा पर्नुभएको घटना, जन्‍म र परिवार सबै मानव धारणाभन्दा पूर्ण रूपमा बाहिरका कुरा थिए। यही कारणले गर्दा फरिसीहरूले उहाँ धर्मशास्‍त्रमा अगमवाणी गरिएका मसीह हुनुहुन्छ भनेर स्वीकार गरेनन् र अन्तिममा उहाँलाई क्रूसमा टाँगे, अनि जघन्य पाप गरे, जसको लागि तिनीहरूलाई परमेश्‍वरले दण्ड र श्राप दिनुभयो। यो रगतद्वारा तिरिएको विचारोत्तेजक पाठ थियो। त्यसकारण, परमेश्‍वर देखा पर्ने घटना र उहाँको कामसँग सम्‍बन्धित सबै कुरा नै मुख्य घटना र रहस्य हो। यदि मानिसहरूले सत्यताको खोजी गर्दैनन्, आफ्‍नै धारणाहरूमा लागिरहन्छन्, र यसको बारेमा हल्‍कासँग मूल्याङ्कन र निर्णय गर्ने गर्छन् भने, तिनीहरूले परमेश्‍वरको स्वभावलाई उल्‍लङ्घन गर्ने सम्‍भावना धेरै हुन्छ। यदि तपाईंलाई परमेश्‍वरले इन्कार गर्नुभयो र हटाउनुभयो, र तपाईंले उहाँको मुक्ति गुमाउनुभयो भने, तपाईंसँग त्योभन्दा ठूलो अरू कुनै पछुतो हुनेछैन।

आज, त्यस्ता मानिसहरू अझै धेरै छन् जसले उहाँ महिला हुनुभएकै कारणले, सर्वशक्तिमान्‌ परमेश्‍वर देखा पर्नुभएको घटना र आखिरी दिनहरूको उहाँको कामलाई स्वीकार गर्न मान्दैनन् र सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सत्यता हुन् भन्‍ने जानेर पनि, तिनीहरूले उहाँलाई स्वीकार गर्दैनन्। समस्या के हो त? किन यी मानिसहरूको धारणा यति बलियो छ? किन तिनीहरूले सत्यता र सत्यताको अभिव्यक्तिलाई सबैभन्दा बहुमूल्य ठान्दैनन्? सृष्टि गरिएका प्राणीहरू, अर्थात्, मानिसहरू, मानवजातिका सदस्यहरू भएको हैसियतले, हामीले परमेश्‍वर र उहाँको कामलाई उचित रूपमा लिनुपर्छ। यदि हामीलाई सर्वशक्तिमान्‌ परमेश्‍वर नै परमेश्‍वरको देहधारण हुनुहुन्छ भन्‍ने स्पष्ट थाहा छ अनि सर्वशक्तिमान्‌ परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरू सत्यता हुन् भन्‍ने स्पष्ट थाहा छ, तैपनि हामी हाम्रै धारणामा लागिरहन्छौं र उहाँ महिला हुनुभएको कारणले नै उहाँलाई स्वीकार गर्न मान्दैनौं भने, यो अत्यन्तै गम्‍भीर समस्या हो। यसो गर्नु भनेको परमेश्‍वरलाई इन्कार गर्नु र विरोध गर्नु हो। देहधारी परमेश्‍वर वा उहाँले व्यक्त गर्नुहुने सत्यतालाई पहिचान गर्न नमान्‍नु धारणा र कल्‍पनाको समस्याभन्दा बाहिरको कुरा हो। यसले तपाईंलाई ख्रीष्ट-विरोधी, परमेश्‍वरको शत्रु, र श्रापित हुनुपर्ने व्यक्ति बनाउँछ! धर्मशास्‍त्रमा उल्‍लेख गरिएकै छ: “किनकि धेरै छलीहरू संसारमा प्रवेश गरेका छन्, जसले येशू ख्रीष्ट देहमा आउनुभएको हो भन्‍ने स्वीकार गर्दैनन्। छली र ख्रीष्ट विरोधी यही हो” (२ यूहन्‍ना १:७)। “येशू ख्रीष्ट देहमा आउनुभएको हो भनेर स्वीकार नगर्ने हरेक आत्मा परमेश्‍वरबाटको होइन: र यो ख्रीष्ट विरोधीको आत्मा हो, जुन आउनुपर्छ भनेर तिमीहरूले सुनेका छौ; र यो अहिले पनि संसारमा आइसकेको छ” (१ यूहन्‍ना ४:३)। त्यसकारण, हामी के कुरामा निश्‍चित हुन सक्छौं भने मानिसको पुत्रको पुनरागमनलाई स्वीकार नगर्ने जोकोही र फर्केर आउनुभएका देहधारी परमेश्‍वरलाई पहिचान नगर्ने जोकोही व्यक्ति ख्रीष्ट विरोधी हो। के परमेश्‍वर फर्केर आउनुभएपछि उहाँले ख्रीष्ट-विरोधीहरूलाई मुक्ति दिनुहुनेछ भन्‍ने तपाईंलाई लाग्छ? अवश्य नै त्यसो हुनेछैन। त्यसोभए, ख्रीष्ट-विरोधीहरूको अन्त्य के हो त? ख्रीष्ट-विरोधीहरूले के गल्ती गर्छन्? तिनीहरूले व्यक्तिलाई मात्रै विरोध गरिरहेका हुँदैनन्, तिनीहरूले आखिरी दिनहरूका ख्रीष्‍ट, परमेश्‍वर स्‍वयम्‌लाई विरोध गरिरहेका हुन्छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई दोष दिनु र आलोचना गर्नुको सार के हो? यो पवित्र आत्‍मा विरुद्धको निन्दाको पाप हो। यो पापलाई कहिल्यै पनि क्षमा गरिनेछैन, न अहिले, न त भविष्यमा नै।

आज धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास त गर्छन्, तर परमेश्‍वरको कामलाई चिन्दैनन्, न त तिनीहरूलाई मानिसको पुत्र भनेको के हो, देहधारण भनेको के हो, वा एक मात्र साँचो परमेश्‍वर को हुनुहुन्छ भन्‍ने नै थाहा छ। यसरी, तिनीहरूले सजिलैसँग देहधारी परमेश्‍वरलाई विरोध गर्न पुग्छन्। त्यसकारण, हामीले परमेश्‍वरको कार्यलाई सीमाङ्कन गर्नको लागि कहिल्यै पनि हाम्रा धारणा र कल्‍पनाहरूको प्रयोग गर्नु हुँदैन। बरु, हामीले सत्यताको खोजी गर्नुपर्छ र हाम्रा धारणाहरूलाई हटाउनुपर्छ। यसरी मात्रै हामीले परमेश्‍वरका आशिष्‌हरू प्राप्त गर्न सक्छौं। परमेश्‍वरका दुई देहधारणहरूको अवधिमा गरिएको काम दूरगामी र गहन् छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले यही भन्‍नुभएको छ। “परमेश्‍वर पवित्र आत्मा अर्थात् सात गुणा तीव्र आत्मा वा सबै कुरालाई समेट्ने आत्मा मात्र हुनुहुन्‍न, तर एक साधारण अर्थात् अत्यन्तै साधारण मनुष्य पनि हुनुहुन्छ। उहाँ पुरुष मात्र नभएर स्त्री पनि हुनुहुन्छ। तिनीहरू उस्तै हुन् किनकि ती दुबै मानिसहरू हुन् र फरक यति मात्र हो कि एक जना पवित्र आत्माद्वारा गर्भमा आउनुभयो भने अर्कोचाहिँ मानिसद्वारा, तथापि उहाँ आत्माद्वारा सीधै आउनुभएको हो। दुबै जना उस्तै हुनुहुन्छ किनकि दुबैले परमेश्‍वर पिताको काम गर्ने देहधारी शरीरका परमेश्‍वर हुनुहुन्छ, उहाँहरू बीचको फरक यही हो कि एक जनाले छुटकाराको काम गर्नुभयो भने अर्कोले विजयको काम गर्नुहुन्छ। दुबैले परमेश्‍वर पिताको प्रतिनिधित्व गर्नुहुन्छ, तर एक प्रेम र दयाले भरिएको उद्धारक हुनुहुन्छ भने अर्कोचाहिँ क्रोध र न्यायले भरपूर धार्मिकताका परमेश्‍वर हुनुहुन्छ। एक छुटकाराको काम सुरुवात गर्ने सर्वोच्च सेनापति हुनुहुन्छ भने अर्को विजयको काम पूरा गर्ने धर्मी परमेश्‍वर हुनुहुन्छ। एक जना सुरु हुनुहुन्छ भने अर्को अन्त्य। एक जना पापरहितको शरीर हुनुहुन्छ भने अर्को छुटकाराको कामलाई पूरा गर्ने, कामलाई जारी राख्‍ने र कहिले पनि पाप नगर्ने शरीर हुनुहुन्छ। दुबै छुट्टाछुट्टै शरीरमा बास गर्ने, छुट्टै ठाउँमा जन्म लिनुभएका र हजारौँ वर्षको अन्तरमा आउनुभएका एउटै आत्मा हुनुहुन्छ। यद्यपि उहाँहरूको काम एक-अर्कामा परिपूरक छ, कुनै द्वन्द्व नभएको र एउटै सासमा भन्‍न सकिने किसिमको छ। दुवै मानिसहरू हुनुहुन्छ तर एउटाचाहिँ छोरा र अर्कोचाहिँ शिशु छोरी हुनुहुन्थ्यो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको बारेमा तेरो बुझाइ के छ?)। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूबाट हामी के देख्छौं भने, जब परमेश्‍वर देहधारी भएर मानवजातिलाई मुक्ति दिने काम गर्न आउनुहुन्छ, परमेश्‍वर पुरुष भए पनि, महिला भए पनि, उहाँ जुन परिवारमा जन्‍मनुभए पनि, वा उहाँ जस्तो देखिनुभए पनि त्यसले केही फरक पार्दैन। यीमध्ये कुनै पनि कुरा महत्त्वपूर्ण छैनन्। उहाँले परमेश्‍वरको काम गर्न, परमेश्‍वरको इच्‍छा पूरा गर्न, र परमेश्‍वरलाई महिमा दिन सक्‍नुहुन्छ भन्‍ने कुरा नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। दुई हजार वर्ष पहिले, प्रभु येशू यहूदाको अत्यन्तै साधारण परिवारमा डुँडमा जन्‍मनुभयो। यसको बारेमा मानिसहरूसँग धारणाहरू थिए। तिनीहरू सबैले प्रभु येशू नासरतको सिकर्मीको छोरा भनी आलोचना गर्थे र त्यसको आधारमा उहाँको कार्यलाई स्वीकार गर्न मानेनन्। यसको परिणाम के थियो भने, परमेश्‍वरले तिनीहरूलाई श्राप दिनुभयो र तिनीहरूले आफ्‍नो मुक्ति गुमाए। आखिरी दिनहरूमा, सर्वशक्तिमान् परमेश्‍वर आउनुभएको छ। उहाँ साधारण परिवारमा जन्‍मनुभएको छ र उहाँसँग एशियाली रूप छ। बाहिरी रूपमा, उहाँ साधारण व्यक्ति जस्तो देखिनुहुन्छ, तैपनि उहाँले धेरै सत्यता व्यक्त गर्नुहुन्छ, आखिरी दिनहरूको न्यायको काम गर्नुहुन्छ, मानिसहरूलाई जित्‍नुहुन्छ र विजेताहरूको समूह बनाउनुहुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले यति शक्तिशाली काम गर्नुभएको छ कि त्यसले सारा संसार हल्‍लाएको छ, र शैतानले हजारौं वर्षसम्‍म मानवजातिलाई भ्रष्ट तुल्याएको इतिहासलाई समाप्त गरेर नयाँ युगको सुरुवात गरेको छ। परमेश्‍वर महिलाको रूपमा देहधारी भई आउनुभएको कुराको बारेमा धारणाहरू राख्‍नको लागि मानिसहरूलाई केले योग्य तुल्याउँछ? त्यस्ता मानिसहरू अत्यन्तै अहङ्कारी र तर्कहीन छन्। आज, सर्वशक्तिमान्‌ परमेश्‍वरको राज्यको सुसमाचार सारा संसारभरि प्रचार गरिन्छ। परमेश्‍वरको कामका चरणहरू विशाल, शक्तिशाली, र रोक्‍न नसकिने किसिमका छन्, र परमेश्‍वरको कार्यले जेसुकै कुरा पूरा गर्नेछ। यसले परमेश्‍वरको धर्मी स्वभाव, सर्वशक्ति, र बुद्धिलाई पूर्ण रूपमा प्रकट गर्छ। यो सर्वशक्तिमान परमेश्‍वरले भन्नुभएको जस्तै छ: “आखिरी दिनहरूमा परमेश्‍वरका सबै काम यही साधारण मानिसद्वारा गरिन्छ। उहाँले सबै कुरा तँलाई प्रदान गर्नुहुनेछ, र त्योभन्दा बढी, तँसँग सम्बन्धित सबै कुराको निर्णय गर्न उहाँ सक्षम हुनुहुनेछ। के यस्ता व्यक्ति तिमीहरूले विश्‍वास गरे जस्तो उल्लेख गर्न नै अयोग्य हुने गरी साधारण हुन सक्छ? के उहाँको सत्यता तिमीहरूलाई पूर्णरूपमा विश्‍वस्त तुल्याउन पर्याप्त छैन? के उहाँका कामको साक्षी तिमीहरूलाई पूर्णरूपमा विश्‍वस्त तुल्याउन पर्याप्त छैन? अथवा के उहाँले तिमीहरूलाई ल्याउनुहुने त्यो बाटो तिमीहरूको लागि हिँड्न योग्य छैन? जब सबै कुरा भनिन्छ र गरिन्छ, तब कुन कुराले तिमीहरूलाई उहाँप्रति घृणा गर्न र उहाँलाई टाढा फाल्न र पर-परै गर्न लगाउँछ? यी नै मानिस हुनुहुन्छ जसले सत्य अभिव्यक्त गर्नुहुन्छ, यी नै मानिस हुनुहुन्छ जसले सत्यता प्रदान गर्नुहुन्छ र यी नै मानिस हुनुहुन्छ जसले तिमीहरूलाई पछ्याउने मार्ग दिनुहुन्छ। के तिमीहरू यी सत्यताभित्र परमेश्‍वरको कामका चिन्हहरू भेट्न अझसम्म असक्षम भएको हुन सक्छ? येशूको कामविना मानवजाति क्रूसबाट ओर्लन सक्ने थिएनन्, तर आजको देहधारणबिना, क्रूसबाट ओर्लिएकाहरूले कहिल्यै परमेश्‍वरको समर्थन प्राप्त गर्न वा नयाँ युगमा प्रवेश गर्न सक्नेथिएनन्। यी साधारण मानिसको आगमनविना तिमीहरूले परमेश्‍वरको सही रूप देख्ने अवसर कहिल्यै पाउनेथिएनौ, न त तिमीहरू त्यसको योग्य नै हुनेथियौ, किनकि तिमीहरू सबै धेरै पहिले नष्ट गरिसक्नुपर्ने पात्र हौ। परमेश्‍वरको दोस्रो देहधारणको आगमनको कारणले, तिमीहरूलाई परमेश्‍वरले क्षमा दिनुभएको छ र कृपा देखाउनुभएको छ। यसका बाबजुद, मैले तिमीहरूलाई अन्तिमतिर छोड्नैपर्ने वचनहरू अझै यी छन्ः यी साधारण मानिस, जो देहधारी परमेश्‍वर हुनुहुन्छ, तिमीहरूको लागि अति नै महत्त्वको हुनुहुन्छ। यो, परमेश्‍वरले मानिसहरूमाझ पहिले नै गरिसक्नुभएको महान् कुरा हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँलाई थाहा थियो? परमेश्‍वरले मानिसहरूको बीचमा महान् कुरा गर्नुभएको छ)

यो देहको कारणले तिमीहरू आजका दिनसम्म आइपुगेका छौ। परमेश्‍वर देहमा जिउनुहुने भएकाले तिमीहरूलाई जीवित रहने मौका छ। यो साधारण मानिसको कारणले यो सबै सौभाग्य प्राप्त भएको हो। यति मात्र होइन, तर अन्त्यमा, प्रत्येक राष्ट्रले यो साधारण मानिसलाई आराधना गर्नेछन्, साथै धन्यवाद दिनेछन् र यो महत्त्वहीन मानिसको आज्ञापालन गर्नेछन्, किनकि यो उहाँले ल्याउनुभएको सत्य, जीवन, र मार्ग हो जसले सबै मानवजातिलाई मुक्ति दिएको छ, परमेश्‍वर र मानिसबीचको द्वन्द्वलाई कम गरेको छ, उनीहरूबीचको दूरीलाई छोट्याएको छ र परमेश्‍वर र मानिसका विचारहरूबीचको सम्बन्ध खुला गरेको छ। यो उहाँ नै हुनुहुन्छ जसले परमेश्‍वरको लागि अझ महान् महिमा प्राप्त गर्नुभएको छ। के यस किसिमको साधारण मानिस तेरो विश्‍वास र आराधनाको लागि अयोग्य छ? के यस्तो साधारण देह ख्रीष्ट भनिन अनुपयुक्त छ? के यस किसिमको साधारण मानिस मानिसहरूमाझ परमेश्‍वरको अभिव्यक्ति बन्न सक्दैन? के यस प्रकारको मानिस जसले मानवजातिलाई विपत्तिबाट जोगाएको छ, तिमीहरूको प्रेम र तिम्रो चाहना उहाँमा राख्न योग्य छैन? यदि तिमीहरूले उहाँको मुखबाट अभिव्यक्त सत्यताहरू इन्कार गऱ्यौ र तिमीहरू माझ उहाँको अस्तित्व घृणा गऱ्यौ भने, त्यसपछि अन्त्यमा तिमीहरूलाई के हुनेछ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँलाई थाहा थियो? परमेश्‍वरले मानिसहरूको बीचमा महान् कुरा गर्नुभएको छ)

राज्यको युगमा, परमेश्‍वरले नयाँ युगको प्रारम्भ गर्न, आफूले गर्ने कामका साधनहरू परिवर्तन गर्न, र सम्पूर्ण युगको काम गर्न वचनहरू प्रयोग गर्नुहुन्छ। वचनको युगमा परमेश्‍वरले यही सिद्धान्तद्वारा काम गर्नुहुन्छ। फरक-फरक दृष्टिकोणहरूबाट बोल्न उहाँ देह बन्‍नुभयो, ता कि मानिसले देहमा वचनको रूपमा प्रकट हुनुभएको परमेश्‍वरलाई साँच्चिकै हेर्न सकून्, र उहाँको बुद्धि र आश्‍चर्यजनकता देख्न सकून्। यस्ता काम मानिसलाई जित्‍ने, मानिसलाई सिद्ध पार्ने, र मानिसलाई हटाउने लक्ष्यहरू अझै राम्ररी प्राप्त गर्नलाई गरिन्छ, जुन वचनको युगमा काम गर्न गरिने वचनको प्रयोगको सही अर्थ हो। यी वचनहरूद्वारा मानिसहरूले परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव, मानिसको सार, र मानिस जेमा प्रवेश गर्नु पर्ने हो त्यो थाहा पाउँछन्। वचनहरूद्वारा परमेश्‍वरले वचनको युगमा गर्ने चाहना गर्नुभएको कामलाई यसको पूर्णतामा साकार बनाइन्छ। यी वचनहरूद्वारा, मानिसहरूलाई पर्दाफास गरिन्छ, हटाइन्छ, र जाँचिन्छ। मानिसहरूले परमेश्‍वरका वचनहरू देखेका छन्, यी वचनहरू सुनेका छन्, र यी वचनहरूको अस्तित्व चिनेका छन्। परिणामस्वरूप, उनीहरूले परमेश्‍वरको अस्तित्वमा, परमेश्‍वरको सर्वव्यापकता र बुद्धिमा, साथै मानिसको लागि परमेश्‍वरको प्रेममा र मानिसलाई मुक्ति दिने उहाँको इच्‍छामा विश्‍वास गर्न थालेका छन्। ‘वचनहरू’ भन्‍ने शब्द सरल र सामान्य हुन सक्ला, तर देहधारी परमेश्‍वरका मुखबाट बोलिएका वचनहरूले ब्रह्माण्ड हल्लाउँछन्, तिनीहरूले मानिसहरूका हृदय बदलिदिन्छन्, उनीहरूका धारणाहरू र पुराना स्वभावहरू बदलिदिन्छन्, र सम्पूर्ण संसार प्रकट हुने तरिकालाई बदलिदिन्छन्। युगौँ-युगदेखि, आजका परमेश्‍वरले मात्र यस प्रकारले काम गर्नुभएको छ, र केवल उहाँ मात्रै यसप्रकारले बोल्नुहुन्छ र यसप्रकार मानिसलाई मुक्ति दिन आउनुहुन्छ। यो समयबाट अगाडि मानिस परमेश्‍वरका वचनहरूद्वारा निर्देशित र पोषित भएर उहाँका वचनहरूको मार्गदर्शनको अधीनमा जिउँछ। मानिसहरू परमेश्‍वरका वचनहरूको संसारमा, परमेश्‍वरका वचनहरूको श्रापहरू र आशीर्वादहरूको माझ जिउँछन्, र अझ धेरै मानिसहरू त उहाँका वचनहरूका न्याय र सजाय अन्तर्गत जिउन थालेका छन्। यी वचनहरू र यो काम पूर्ण रूपमा मानिसको छुटकाराको लागि, परमेश्‍वरको इच्छालाई पूरा गर्नको लागि, र पुरानो सृष्टिको संसारको मूल स्वरूप परिवर्तन गर्नको लागि हुन्। वचनहरू प्रयोग गरेर परमेश्‍वरले संसारको सृष्टि गर्नुभयो, वचनहरू प्रयोग गरेर नै उहाँले मानिसहरूलाई ब्रह्माण्डभरि अगुवाई गर्नुहुन्छ, र वचनहरू प्रयोग गरेर नै उहाँले उनीहरूलाई जित्‍नुहुन्छ र मुक्ति दिनुहुन्छ। अन्ततः, उहाँले पुरानो सम्पूर्ण संसारलाई अन्त्य गर्न वचनहरू प्रयोग गर्नुहुनेछ र उहाँको व्यवस्थापन योजनाको सम्पूर्णतालाई पूरा गर्नुहुनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो)

म कुनै समय यहोवाको रूपमा चिनिन्थें। मलाई कुनै समय मसीह भनिन्थ्यो र मानिसहरूले प्रेम र आदरसाथ मलाई मुक्तिदाता येशू भनी पुकार्थे। यद्यपि, आज म यस उप्रान्त मानिसहरूले विगतको समयमा चिनेको यहोवा वा येशू होइन; म त आखिरी दिनहरूमा फर्केर आएको परमेश्‍वर, युगको अन्त ल्याउने परमेश्‍वर हुँ। म पृथ्वीको पल्लो छेउबाट उदय हुने, मेरो समग्र स्वभावले पूर्ण भएको, र अख्तियार, आदर र महिमाले भरिपूर्ण परमेश्‍वर स्वयम्‌ हुँ। मानिसहरू कहिल्यै पनि मसँग संलग्न भएका छैनन्, मलाई कहिल्यै चिनेका छैनन् र सदैव मेरो स्वभावप्रति अनभिज्ञ भएका छन्। संसारको सृष्टिदेखि अहिलेसम्म नै एक जनाले पनि मलाई देखेको छैन। आखिरी दिनहरूमा मानिसमा देखा पर्नुहुने र मानिसहरू माझ गुप्त परमेश्‍वर उहाँ नै हुनुहुन्छ। उहाँ मानिस माझ सत्य र वास्तविक रूपमा जलिरहेको सूर्य र प्रज्वलित ज्वालाजस्तै शक्ति र अधिकारले पूर्ण भएर बास गर्नुहुन्छ। मेरा वचनहरूद्वारा न्याय नगरिने एक जना व्यक्ति वा चीज छैन र प्रज्वलित आगोद्वारा शुद्ध नपारिने एक जना व्यक्ति वा चीज छैन। अन्तमा, मेरा वचनहरूको कारणले सबै जातिहरूलाई आशिष्‌ दिइनेछ, र मेरो वचनहरूको कारणले टुक्रा-टुक्रा पारिनेछ। यसरी, आखिरी दिनहरूको अवधिका सबै मानिसहरूले म फर्केर आएको मुक्तिदाता हुँ र म सारा मानवजातिमाथि विजय हासिल गर्ने सर्वशक्तिमान् परमेश्‍वर हुँ भनी देख्नेछन्। म कुनै समय मानिसको निम्ति पापबलि थिएँ, तर म आखिरी दिनहरूमा सबै थोकलाई भस्म गर्ने सूर्यको ज्वालाका साथसाथै सबै थोकलाई उदाङ्गो पार्ने धार्मिकताको सूर्य पनि भएको छु भनी सबैले देख्नेछन्। आखिरी दिनहरूका मेरो काम यही हो। मैले यो नाउँ धारण गरेँ र यो स्वभाव लिएँ ताकि म धर्मी परमेश्‍वर, उज्वल सूर्य, प्रज्वलित ज्वाला हुँ भन्‍ने सबै मानिसहरूले देखून्, र ताकि सबैले म, एक मात्र साँचो परमेश्‍वरको आराधना गरून्, र ताकि तिनीहरूले मेरो साँचो रूप देख्न सकून्: म इस्राएलीहरूको मात्र परमेश्‍वर होइन, र म उद्धारकर्ता मात्र होइन; म स्वर्गहरू, पृथ्वी र समुद्रभरिका सबै प्राणीहरूका परमेश्‍वर हुँ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

जब मुक्तिदाता आउनुहुन्छ, के उहाँलाई अझै पनि येशू नै भनिनेछ?

आखिरी दिनहरूमा, मुक्तिदाता सर्वशक्तिमान् परमेश्‍वर पहिले नै पृथ्वीमा आएर सत्यता व्यक्त गरिरहनुभएको छ, यसरी मानवजातिलाई पूर्ण मुक्ति दिन...

कसले मानिसजातिलाई मुक्ति दिन र हाम्रो नियतिमा आमूल परिवर्तन ल्याउन सक्छ?

नियतिबारे भन्नुपर्दा, अधिकांश मानिसहरूले यसलाई पैसा र हैसियत कमाउनु अनि असल नियतिसहित सफल हुनुसित जोड्छन् अनि गरिब मानिस, अप्रसिद्ध...

प्रभु येशूले क्रूसमा “यो सकियो” भनी भन्‍नुहुँदा उहाँले वास्तवमा के भन्‍नुभएको हो?

इसाईहरूले के विश्‍वास गर्छन् भने प्रभु येशूले क्रूसमा “यो सकियो” भनी भन्‍नुहुँदा, उहाँले मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम समाप्त भयो...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्