ढ. परमेश्‍वरद्वारा प्रदान गरिने स्वभाव परिवर्तन र सिद्धताको खोजी सम्बन्धमा

५०४. मानिसको स्वभावको रूपान्तरण परमेश्‍वरका विभिन्न प्रकारका कार्यहरूद्वारा प्राप्त हुन्छ; उसको स्वभावमा त्यस्तो परिवर्तनहरू विना, मान्छे परमेश्‍वरको गवाही दिन र परमेश्‍वरको हृदयअनुरूप हुन असमर्थ हुन्छ। मानिसको स्वभावको रूपान्तरणले मानिसले आफूलाई शैतानको बन्धन र अन्धकारको प्रभावबाट स्वतन्त्र बनाएको, र वास्तवमा परमेश्‍वरको कार्यको प्रारूप र नमूना भएको छ, परमेश्‍वरको साक्षी भएको छ, र परमेश्‍वरको हृदयअनुरूप भएको छ भन्ने सङ्केत गर्छ। आज, देहधारी परमेश्‍वर पृथ्वीमा आफ्नो कार्य गर्न आउनुभएको छ, र उहाँको माग मानिसले उहाँको ज्ञान हासिल गरोस्, उहाँप्रति आज्ञाकारी होस्, उहाँको गवाही दिओस्, उहाँको व्यावहारिक र सामान्य कार्य जानोस्, मानिसका धारणासँग नमिल्ने उहाँका सबै वचन र कार्यहरूको पालना गरोस्, र मानिसलाई बचाउनका साथै मानिसउपर विजय गर्नका लागि उहाँले समापन गर्ने सबै कार्यहरूको गवाही दिओस् भन्‍ने हो। परमेश्‍वरको गवाही दिनेहरूसँग परमेश्‍वरको ज्ञान हुनुपर्छ; यस प्रकारको गवाही मात्र सही र यथार्थ हुन्छ, र यस प्रकारको गवाहीले मात्र शैतानलाई लाजमा पार्न सक्छ। उहाँको न्याय र सजाय, निराकरण र काँट-छाँट भोगेर उहाँलाई जानिसकेकाहरूलाई उहाँले उहाँको गवाही दिनका लागि प्रयोग गर्नुहुन्छ। शैतानले भ्रष्ट तुल्याएका मानिसहरूलाई उहाँले उहाँको गवाही दिन प्रयोग गर्नुहुन्छ, र त्यसैगरी जसको स्वभाव परिवर्तन भएको छ, र जसले उहाँको आशिषप्राप्त गरेको छ, यी सबैलाई पनि उहाँले गवाही दिन प्रयोग गर्नुहुन्छ। उहाँद्वारा मुक्ति नपाएको मानिसले आफ्नो मुखबाट उहाँको प्रशंसा गरिरहनु पर्दैन, न त उहाँलाई शैतानको दुष्ट्याइँको प्रशंसा र गवाहीको नै आवश्यकता छ। केवल उहाँलाई चिन्नेहरू मात्र उहाँको गवाही दिन योग्य छन्, र स्वभावमा परिवर्तन भएकाहरू मात्रै उहाँको गवाही दिन योग्य छन्। परमेश्‍वरले जानाजानी मानिसलाई उहाँको नामको बेइज्जत गर्न दिनुहुन्न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई चिन्‍नेहरू मात्र परमेश्‍वरको गवाही बन्‍न सक्छन्

५०५. मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका वचनहरूको न्याय र सजाय, र दुःखकष्ट अनि शोधनबाट भएर जानैपर्छ, वा उहाँका वचनहरूद्वारा निराकरण गरिनु, अनुशासित गरिनु र छिँवलिनु पर्छ। तब मात्र तिनीहरूले परमेश्‍वरप्रति आज्ञाकारीता र बफादारीता हासिल गर्न सक्दछन्, र उप्रान्त उहाँप्रति लापरवाही हुनेछैनन्। परमेश्‍वरका वचनहरूको शोधनमा पर्दा नै मानिसहरूको स्वभाव परिवर्तन हुँदछ। उहाँका वचनहरूको प्रकटीकरण, न्याय, अनुशासन, र निराकरणद्वारा मात्र तिनीहरू उप्रान्त सोचविचार नगरी काम गर्न छोड्छन् तर त्यसको साटो स्थिर र शान्त बन्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो, कि परमेश्‍वरका वर्तमान वचनहरू, र उहाँको काम मानिसहरूका विचारसँग मेल खाँदैनन् भने पनि तिनीहरू ती कुराको अधीनमा बस्न सक्छन्, तिनीहरू ती धारणाहरूलाई एकातिर पन्साएर स्वेच्छाले अधीनमा बस्न सक्छन्। विगतमा, स्वभाव परिवर्तनको कुराले मुख्य रूपमा आफैलाई त्याग्न सक्ने हुनु, देहलाई दुःख भोग्न दिनु, आफ्नो शरीरलाई अनुशासनमा राख्नु, र आफैलाई शारीरिक अभिलाषाहरूबाट मुक्त गर्नु भन्ने कुरालाई बुझाउथ्यो, जुन स्वभावमा आउने एक प्रकारको परिवर्तन हो। आज, स्वभाव परिवर्तनको साँचो अभिव्यक्ति परमेश्‍वरका वर्तमान वचनहरू पालन गर्नु र उहाँको नयाँ कामलाई साँचो रूपमा जान्‍नु हो। यस तरिकाले, मानिसहरूका आफ्‍नै धारणाहरूले रङ्गिएका तिनीहरूका परमेश्‍वरसम्‍बन्धी पहिलेको बुझाइलाई हटाउन सकिन्छ, र तिनीहरूले परमेश्‍वरको साँचो ज्ञान र उहाँप्रतिको आज्ञापालन प्राप्त गर्न सक्छन्—स्वभावमा परिवर्तनको सच्‍चा अभिव्यक्ति यही नै हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्

५०६. मानिसको स्वभाव परिवर्तन गर्ने कुरा उसको सारको ज्ञानबाट र उसको सोचविचार, प्रवृत्ति, र मानसिक दृष्टिकोणको परिवर्तन, अर्थात् आधारभूत परिवर्तनहरूबाट सुरु हुन्छ। यस किसिमले मात्र मानिसको स्वभावमा साँचो परिवर्तनहरू प्राप्‍त हुनेछन्। मानिसको भ्रष्‍ट स्वभाव उसलाई शैतानद्वारा दूषित बनाइएको र कुल्चीमिल्ची गरिएको कुराबाट, शैतानले उसको सोचविचार, नैतिकता, अन्तर्दृष्टि र चेतनामा चोट पुर्‍याएको असाधारण हानिबाट उत्पन्‍न हुन्छ। मानिसका आधारभूत कुराहरू शैतानद्वारा भ्रष्‍ट बनाइएको कारण यस्तो भएको हो, र तिनीहरू परमेश्‍वरले तिनीहरूलाई मौलिक रूपमा सृष्‍टि गर्नुभएको जस्तो अवस्थामा पटक्कै छैनन्, त्यसैले मानिसले परमेश्‍वरको विरोध गर्छ र सत्यता बुझ्दैन। यसैले, मानिसको स्वभावमा हुने परिवर्तनहरू उसको सोचविचार, अन्तर्दृष्टि, र चेतनामा आउने परिवर्तनबाट सुरु हुन्छ, जसले परमेश्‍वर सम्बन्धी उसको ज्ञान र सत्यता सम्बन्धी उसको ज्ञानलाई परिवर्तन गर्नेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो

५०७. आफ्‍नो जीवनमा, यदि मानिस शुद्ध पारिन चाहन्छ र आफ्‍नो स्वभावमा परिवर्तन प्राप्त गर्न चाहन्छ भने, यदि उ अर्थपूर्ण जीवन जिउन र प्राणीको रूपमा रहेको आफ्‍नो कर्तव्य पूरा गर्न चाहन्छ भने, उसले परमेश्‍वरको सजाय र न्यायलाई स्वीकार गर्नैपर्छ, र आफूबाट परमेश्‍वरको अनुशासन र परमेश्‍वरको प्रहारलाई टाढा जान दिनु हुँदैन, ताकि उसले आफैलाई शैतानको चालबाजी र प्रभावबाट स्वतन्त्र गर्न सकोस्, र ऊ परमेश्‍वरको ज्योतिमा जिउन सकोस्। परमेश्‍वरको सजाय र न्याय नै ज्योति, र मानिसको मुक्तिको ज्योति हो, र मानिसको लागि योभन्दा उत्तम आशिष, अनुग्रह वा सुरक्षा कुनै छैन भन्ने जान। मानिस शैतानको प्रभावमा जिउँछ, र शरीरमा अस्तित्वमा छ; यदि उसलाई शुद्ध पारिएको छैन र उसले परमेश्‍वरको सुरक्षालाई प्राप्त गर्दैन भने, मानिस अझै भ्रष्ट बन्‍नेछ। यदि उसले परमेश्‍वरलाई प्रेम गर्न चाहन्छ भने, उसलाई धोइन र मुक्त गरिनैपर्छ। पत्रुसले प्रार्थना गरे, “परमेश्‍वर, तपाईंले मसँग दयालु व्यवहार गर्नुहुँदा म प्रसन्‍न हुन्छु, र सान्त्वनाको महसुस गर्छु; जब तपाईंले मलाई सजाय दिनुहुन्छ, म अझै बढी सान्त्वना र आनन्दको महसुस गर्छु। म कमजोर भए पनि, र मैले असीमित कष्ट सामना गरे तापनि, त्यहाँ आँसु र दु:ख भएतापनि, यो दु:खको कारण मेरो अनाज्ञाकारीता, र मेरो कमजोरी नै हो भन्ने तपाईं जान्नुहुन्छ। म बिलौना गर्छु किनभने म तपाईंका इच्‍छाहरूलाई पूरा गर्न सक्दिनँ, म शोक र अपसोसको महसुस गर्छु किनभने तपाईंका मापदण्डहरूका लागि म अपर्याप्त छु, तर यो क्षेत्र प्राप्त गर्न म इच्‍छुक छु, तपाईंलाई सन्तुष्ट गर्नको लागि मैले सक्‍ने सबै गर्न म इच्‍छुक छु। तपाईंको सजायले मलाई सुरक्षा दिएको छ, र मलाई उत्तम मुक्ति दिएको छ; तपाईंको न्यायले तपाईंको सहनशीलता र धैर्यतालाई ढाकेको छ। तपाईंको सजाय र न्यायविना, म तपाईंको कृपा र दयामा रमाउने थिइनँ। आज, तपाईंको प्रेमले स्वर्गहरूलाई माथ गरेको छ र अरू सबै थोकहरूलाई उछिनेको म अझै बढी देख्‍छु। तपाईंको प्रेम त कृपा र दया मात्रै होइन; त्योभन्दा पनि बढी, यो सजाय र न्याय हो। तपाईंको सजाय र न्यायले मलाई धेरै कुरा दिएको छ। तपाईंको सजाय र न्यायविना, एक जना व्यक्तिलाई पनि शुद्ध पारिँदैनथ्यो, र एक जना व्यक्तिले पनि सृष्टिकर्ताको प्रेमलाई अनुभव गर्नेथिएन।”

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

५०८. यदि तँ सिद्ध पारिन चाहन्छस् भने, पहिले तैंले परमेश्‍वरद्वारा निगाह पाउनुपर्दछ, किनकि उहाँले जसलाई निगाह गर्नुहुन्छ र जो उहाँको हृदय अनुसारका छन् तिनीहरूलाई सिद्ध बनाउनुहुन्छ। यदि तँ परमेश्‍वरको हृदय अनुसारको बन्‍न चाहन्छस् भने, तँसँग त्यो हृदय हुनुपर्दछ जसले उहाँको कामको पालना गर्दछ, तैंले सत्यको पछि लाग्ने कोसिस गर्नुपर्दछ, र तैंले सबै कुरामा परमेश्‍वरको जाँच स्वीकार्नु पर्दछ। के तैँले गर्ने सबै कुरा परमेश्‍वरको जाँचबाट भएर गएका छन्? के तेरो अभिप्राय सही छ? यदि तेरो अभिप्राय सही छ भने, परमेश्‍वरले तँलाई स्याबासी दिनुहुनेछ; यदि तेरो अभिप्राय गलत छ भने, तेरो हृदयले परमेश्‍वरलाई प्रेम गर्दैन, तर शरीर र शैतानलाई प्रेम गर्दछ भन्‍ने त्यसले देखाउँछ। त्यसकारण, तैंले सबै कुरामा परमेश्‍वरको जाँचलाई स्वीकार गर्ने तरिकाको रूपमा प्रार्थनालाई प्रयोग गर्नुपर्छ। जब तैंले प्रार्थना गर्छस्, म त्यस बेला व्यक्तिगत रूपमा तेरो सामु खडा नभए पनि पवित्र आत्मा तेरो साथमा हुनुहुन्छ, र तैंले म र पवित्र आत्मा दुवैसँग नै प्रार्थना गरिरहेको हुन्छस्। तँ यो देहमा किन विश्‍वास गर्छस्? उहाँसित परमेश्‍वरका आत्मा हुनुहुन्छ त्यसकारण तँ विश्‍वास गर्छस्। यदि उहाँ परमेश्‍वरका आत्मा विहीन हुनुहुन्थ्यो भने के तँ यस व्यक्तिमा विश्‍वास गर्ने थिइस्? जब तँ यस व्यक्तिमा विश्‍वास गर्छस् तब तँ परमेश्‍वरका आत्मामा विश्‍वास गर्छस्। जब तँ यो व्यक्तिमा डर मान्छस्, तब तँ परमेश्‍वरका आत्मासँग डराउँछस्। परमेश्‍वरका आत्मामा विश्‍वास गर्नु भनेको यो व्यक्तिमा विश्‍वास गर्नु हो, र यस व्यक्तिमा विश्‍वास गर्नु भनेको परमेश्‍वरका आत्मामा विश्‍वास गर्नु हो। जब तँ प्रार्थना गर्छस्, तैँले परमेश्‍वरका आत्मा तेरो साथमा भएको र परमेश्‍वर तेरो सामु भएको महसुस गर्छस्, र यसैले तँ उहाँका आत्मालाई प्रार्थना गर्छस्। आज, प्रायः मानिसहरू आफ्ना कामहरू परमेश्‍वरको सामु ल्याउन डराउँछन्; तँ उहाँको शरीरलाई धोका दिन सक्छस्, तर तँ उहाँको आत्मालाई धोका दिन सक्दैनस्। कुनै पनि कुरा जुन परमेश्‍वरको जाँचको अघि टिक्दैन भने त्यो सत्यतासँग अमिल्दो हुन्छ, र त्यसलाई अलग गर्नुपर्दछ; त्यस बाहेकको कुरा गर्नु भनेको परमेश्‍वरको विरुद्धमा पाप हुन्छ। यसैले जब तँ प्रार्थना गर्छस्, जब तँ आफ्ना भाइबहिनीहरूसँग कुराकानी र सङ्गति गर्छस्, र जब तँ आफ्नो काम गर्छस् र तेरो व्यापारको काम गर्छस्, हरसमय तैंले परमेश्‍वरको सामु आफ्नो हृदय राख्नुपर्छ। जब तैँले आफ्नो कार्य पूरा गर्छस्, परमेश्‍वर तेरो साथमा हुनुहुन्छ र जबसम्म तेरो अभिप्राय सही हुन्छ र त्यो काम परमेश्‍वरको घरको कामका लागि हुन्छ, उहाँले तैंले गरेका सबै काम स्वीकार गर्नुहुनेछ; तैंले आफ्नो काम पूरा गर्न आफैलाई इमानदारीसाथ समर्पित गर्नुपर्छ। जब तँ प्रार्थना गर्छस्, यदि तेरो हृदयमा परमेश्‍वरका निम्ति प्रेम छ र परमेश्‍वरको वास्ता, सुरक्षा र जाँचको खोजी गर्छस् भने, यदि यी कुराहरू तेरो उद्देश्य हुन् भने, तेरा प्रार्थनाहरू प्रभावकारी हुनेछन्। उदाहरणका लागि, जब तँ सभाहरूमा प्रार्थना गर्छस्, यदि तैंले आफ्नो हृदय खोल्छस् र परमेश्‍वरसँग प्रार्थना गर्दै कुनै झूटो नबोली आफ्नो हृदयको कुरा उहाँलाई बताउँछस् भने तेरा प्रार्थनाहरू निश्चय प्रभावकारी हुनेछन्। यदि तैंले गम्भीर हृदयले परमेश्‍वरलाई प्रेम गर्छस् भने, परमेश्‍वरसँग यो शपथ खा: “हे परमेश्‍वर, जो स्वर्गमा, पृथ्वीमा र सबै थोकहरूमा हुनुहुन्छ, म तपाईंसँग शपथ खान्छु: तपाईंका आत्माले मैले गर्ने सबै कामको जाँच गरून् र हरसमय मलाई रक्षा र वास्ता गरून्, र मैले गर्ने सबै कुरा तपाईंको उपस्थितिमा खडा हुन सकोस्। यदि मेरो हृदयले तपाईंलाई प्रेम गर्न छोड्छ वा यसले तपाईंलाई धोका दिन्छ भने मलाई दण्ड दिनुहोस् र कठोर सराप दिनुहोस्। मलाई यस संसार वा अर्को संसारमा पनि क्षमा दिनुहोस्!” के तँ यस्तो शपथ खाने हिम्मत गर्छस्? यदि तँ हिम्मत गर्दैनस् भने त्यसले तँ कायर छस् र तँ अझै पनि आफैलाई प्रेम गर्छस् भन्ने देखाउँछ। के तिमीहरूमा यस्तो सङ्कल्‍प छ? यदि यो साँच्‍चै तेरो सङ्कल्‍प हो भने तैँले यो शपथ खानुपर्छ। यदि तँमा यस्तो शपथ खाने सङ्कल्प छ भने परमेश्‍वरले तेरो संकल्प पूरा गर्नुहुनेछ। जब तँ परमेश्‍वरसित शपथ खान्छस्, उहाँले त्यो सुन्नुहुन्छ। परमेश्‍वरले तेरो प्रार्थना र तेरो अभ्यासको मापनद्वारा नै तँ पापी होस् कि धर्मी होस् भन्ने निश्चित गर्नुहुन्छ। यो अहिले तिमीहरूलाई सिद्ध बनाउने प्रक्रिया हो र यदि आफू सिद्ध भएकोमा तँमा साँच्‍चै विश्‍वास छ भने तैंले गरेका सबै कुराहरू परमेश्‍वर सामु ल्याउनेछस् र उहाँको जाँच स्वीकार गर्नेछस्; यदि तँ अति नै विद्रोही बनेर केही गर्छस् भने वा यदि तँ परमेश्‍वरलाई धोका दिन्छस् भने, तब उहाँले तेरो शपथलाई फलदायी बनाउनुहुनेछ, र यसैले तेरो विनाश वा दण्ड जे नै भए पनि त्यो तेरो आफ्नै कामले गर्दा हुन्छ। तैंले शपथ खाइस्, त्यसैले तैँले त्यसलाई पूरा गर्नुपर्छ। यदि तँ शपथ खान्छस्, तर त्यसलाई पूरा गर्दैनस् भने, तैंले विनाश भोग्नुपर्नेछ। शपथ तैंले नै खाएको थिइस्, त्यसैले परमेश्‍वरले तेरो शपथलाई सफल तुल्याउनुहुनेछ। कोही-कोही प्रार्थना गरिसकेपछि डराउँछन्, र विलाप गर्छन्, “सबै खत्तम भयो! अनैतिक कार्य गर्ने मेरो सबै मौका गयो; दुष्कर्म गर्ने मेरो मौका गएको छ; सांसारिक लालसाहरूमा लिप्त हुने मेरो मौका सकियो!” यी मानिसहरूले अझै पनि सांसारिकता र पाप मन पराउँछन्, र तिनीहरूले विनाश भोग्ने निश्चित छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरले उहाँको हृदय अनुसारकाहरूलाई सिद्ध बनाउनुहुन्छ

५०९. परमेश्वरले मानिसहरूलाई सिद्ध तुल्याउने एउटा नियम छ, जुन यो हो कि उहाँले तेरो वाञ्छनीय पक्षलाई प्रयोग गरेर तँलाई ज्ञान दिनुहुन्छ ताकि तँसँग अभ्यास गर्ने मार्ग होस् र तैँले आफूलाई नकारात्मक अवस्थाहरूबाट अलग गर्न सक् र यसरी तैँले आफ्नो आत्मालाई छुटकारा पाउन सहायता गर्न सक् र तैँले आफूलाई परमेश्वरलाई अझ बढी प्रेम गर्न सक्षम तुल्याउन सक्। यस्तो प्रकारले तैँले शैतानको भ्रष्ट स्वभावलाई फाल्न सक्षम हुन्छस्। तँ निष्कपट र खुला छस्, आफैलाई चिन्न र सत्यतालाई व्यवहारमा अपनाउन इच्छुक छस्। परमेश्वरले निश्चय नै तँलाई आशिष दिनुहुनेछ, त्यसैले जब तँ कमजोर र नकारात्मक हुन्छस्, तब उहाँले तँलाई दोब्बर ज्ञान दिनुहुन्छ, तँलाई अझ बढी आफैलाई जान्न, आफ्नै निम्ति पश्चात्ताप गर्न अझ बढी इच्छुक बन्न र आफूले अभ्यास गर्नुपर्ने कुरा अभ्यास गर्न अझ बढी सक्षम हुन सहयोग गर्नुहुन्छ। केवल यस तरिकाले तेरो हृदय शान्त र सहज हुन सक्छ। साधारणतः परमेश्वरलाई चिन्ने कुरामा ध्यान लगाउने, आफैलाई चिन्ने कुरामा ध्यान लगाउने, अनि आफ्नै अभ्यासमा ध्यान दिने व्यक्ति बारम्बार परमेश्वरको काम, साथसाथै उहाँको मार्गदर्शन र ज्ञान प्राप्त गर्न सक्षम हुनेछन्। यदि त्यस्तो व्यक्ति नकारात्मक अवस्थामा छ भने पनि ऊ विवेकको कार्य वा परमेश्वरको वचनको ज्ञानको कारण परिस्थितिहरू तुरुन्तै बदल्न सक्षम हुन्छ। कुनै व्यक्तिको स्वभावको परिवर्तन सधैं तब हासिल हुन्छ जब उसले आफ्नो वास्तविक अवस्था अनि परमेश्वरको स्वभाव र कार्यको बारेमा जान्दछ। आफैलाई चिन्न र आफै खुल्न इच्छुक व्यक्ति सत्यतालाई अभ्यास गर्न सक्षम हुनेछन्। यस प्रकारको व्यक्ति त्यो व्यक्ति हो जो परमेश्वरप्रति बफादार छ अनि जुन व्यक्ति परमेश्वरप्रति बफादार हुन्छ ऊसित परमेश्वरप्रतिको बुझाइ हुन्छ, त्यो बुझाइ चाहे गहिरो होस् वा सतही, थोरै होस् वा प्रशस्त। यो परमेश्वरको धार्मिकता हो, र यो त्यस्तो कुरा हो जुन मानिसहरूले प्राप्त गर्छन्; यो उनीहरूको आफ्नै लाभ हो। जुन व्यक्तिमा परमेश्वरको ज्ञान हुन्छ ऊ त्यो व्यक्ति हो जोसँग आधार हुन्छ, जोसँग दर्शन हुन्छ। यस प्रकारको व्यक्ति परमेश्वरको देहको बारेमा निश्चित हुन्छ, र परमेश्वरको वचन र परमेश्वरको कामको बारेमा निश्चित हुन्छ। परमेश्वरले जसरी काम गर्नुभए पनि वा बोल्नुभए पनि, वा अरू मानिसहरूले जस्तै बाधा दिए पनि ऊ अडिग रहन सक्छ र उसले परमेश्वरको लागि साक्षी दिन सक्छ। कुनै व्यक्ति जति बढी यस प्रकारको हुन्छ उसले आफूले बुझेको सत्यलाई त्यत्ति नै बढी अघि बढाउन सक्छ। उसले सधैं परमेश्वरको वचनको अभ्यास गरिरहेको हुनाले उसले परमेश्वर सम्बन्धी अझ बढी बुझाइ प्राप्त गर्छ, अनि उसँग सदासर्वदा परमेश्वरको लागि साक्षी बनेर खडा हुने दृढ संकल्प हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ

५१०. परमेश्‍वरमा विश्‍वास गरेर, यदि मानिसहरू आफ्नो स्वभाव परिवर्तन गर्न चाहन्छन्, भने उनीहरूले आफैलाई वास्तविक जीवनबाट अलग गर्नुहुँदैन। वास्तविक जीवनमा तैँले आफैलाई चिन्नुपर्छ, आफैलाई त्याग्नुपर्छ, सत्यको अभ्यास गर्नुपर्छ, साथै बिस्तारै रूपान्तरण हासिल गर्नुभन्दा अघि तैँले सबै कुरामा आत्म-आचरणका सिद्धान्तहरू, सामान्य ज्ञान र नियमहरू सिक्नुपर्दछ। यदि तैँले सैद्धान्तिक ज्ञानमा मात्र ध्यान केन्द्रित गर्छस् र वास्तविकताको गहिराइमा नपसी, वास्तविक जीवनमा प्रवेश नगरी केवल धार्मिक विधिविधानहरूमा मात्र जिउँछस् भने तँ वास्तविकताभित्र कहिल्यै पनि प्रवेश गर्नेछैनस्, तैँले आफैलाई, सत्यतालाई वा परमेश्‍वरलाई कहिल्यै जान्नेछैनस्, र तँ सदासर्वदा अन्धो र अज्ञानी हुनेछस्। मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको कार्य तिनीहरूलाई थोरै समयपछि सामान्य मानवीय जीवन बिताउन दिनु होइन, न त उनीहरूका गलत धारणा र सिद्धान्तहरूलाई रूपान्तरण गर्नको लागि नै हो। बरु, उहाँको उद्देश्य मानिसहरूको पुरानो स्वभाव परिवर्तन गर्नु, उनीहरूको पुरानो जीवनशैलीलाई पूर्ण रूपमा बदल्नु, र तिनीहरूको पुरानो सोच र मानसिक दृष्टिकोणलाई बदल्नु हो। केवल मण्डलीको जीवनमा ध्यान केन्द्रित गरेर मात्रै मानिसहरूका पुरानो जीवनका बानीहरू परिवर्तन हुँदैनन् वा उनीहरू लामो समयदेखि बाँचेको पुरानो तरिकाहरू परिवर्तन हुँदैनन्। जे भए पनि, मानिसहरू वास्तविक जीवनबाट अलग हुनुहुँदैन। मानिसहरूले मण्डलीको जीवनमा मात्र होइन, तर वास्तविक जीवनमा समेत सामान्य मानव जीवन जिऊन् भनी परमेश्‍वरले आग्रह गर्नुहुन्छ; तिनीहरूले मण्डलीको जीवनमा मात्र होइन, तर वास्तविक जीवनमा समेत सत्यतामा बाँचून्, र तिनीहरूले मण्डलीको जीवनमा मात्र होइन, वास्तविक जीवनमा समेत आफ्ना कार्यहरू पूरा गरून्। वास्तविकतामा प्रवेश गर्नका लागि, व्यक्तिले सबै थोकलाई वास्तविक जीवनतर्फ मोड्नुपर्छ। यदि, परमेश्‍वरमा विश्‍वास गरेर, वास्तविक जीवनमा प्रवेश गरेपछि मानिसहरूले आफैलाई चिन्न सक्दैनन्, र यदि तिनीहरू वास्तविक जीवनको सामान्य मानवतामा जिउन सक्दैनन् भने तिनीहरू असफल बन्नेछन्। परमेश्‍वरको आज्ञा पालन नगर्नेहरू सबै ती मानिसहरू हुन् जो वास्तविक जीवनमा प्रवेश गर्न सक्दैनन्। तिनीहरू सबै ती मानिसहरू हुन् जसले मानवताको कुरा त गर्छन्, तर भूतात्माहरूको प्रकृति बोकेर जिउँछन्। तिनीहरू सबै त्यस्ता मानिसहरू हुन् जसले सत्यको कुरा गर्छन्, तर त्यसको साटो धर्मसिद्धान्तहरूमा जिउँछन्। वास्तविक जीवनमा सत्यताअनुसार जिउन नसक्नेहरू ती हुन् जसले परमेश्‍वरमा विश्‍वास त गर्छन्, तर तिनीहरूलाई उहाँले घृणा र अस्वीकार गर्नुहुन्छ। तैँले वास्तविक जीवनमा प्रवेश गर्ने अभ्यास गर्नुपर्छ, तेरा आफ्नै कमीहरू, अनाज्ञाकारिता, र अज्ञानतालाई जान्नुपर्छ, र तेरो असामान्य मानवता र कमजोरीहरूलाई जान्नुपर्छ। त्यसरी, तेरो ज्ञान तेरो वास्तविक अवस्था र कठिनाइहरूसँग जोडिनेछ। केवल यस प्रकारको ज्ञान मात्र वास्तविक हुन्छ र तँलाई वास्तविक रूपमा तेरो आफ्नो अवस्था बुझ्ने र स्वभाविक रूपान्तरण प्राप्त गर्ने तुल्याउन सक्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मण्डलीको जीवन र वास्तविक जीवनको बारेमा छलफल

५११. परमेश्वरका वचनहरू खानु र पिउनु, प्रार्थना अभ्यास गर्नु, परमेश्वरको बोझलाई स्वीकार गर्नु अनि उहाँले तँलाई सुम्पिनुभएका कामहरूलाई स्वीकार गर्नु—यो सबैको उद्देश्य तेरो सामु बाटो होस् भन्ने हो। परमेश्वरले तँलाई सुम्पिनुभएको बोझ तँ माथि जति बढी भारको रूपमा रहन्छ, उहाँद्वारा तँ सिद्ध हुने कुरा तेरो निम्ति त्यति नै सजिलो हुनेछ। अरूलाई बोलाइएको हुँदा पनि केही व्यक्तिहरू परमेश्वरको सेवामा अरूसित समन्वय गर्न अनिच्छुक हुन्छन्; यिनीहरू अल्छी मानिसहरू हुन् जो केवल आरामसित रमाइलो गर्न चाहन्छन्। तँलाई जति बढी अरूसँगको समन्वयमा सेवा गर्न भनिन्छ, तैँले त्यति नै बढी अनुभव हासिल गर्नेछस्। बोझहरू तथा अनुभवहरू धेरै हुँदा तैँले सिद्ध हुनका निम्ति बढी अवसरहरू पाउनेछस्। त्यसकारण, यदि इमान्दारिताका साथ तैँले परमेश्वरको सेवा गर्न सक्छस् भने तैँले परमेश्वरको बोझलाई पनि ध्यान दिनेछस्, त्यसो हुँदा, परमेश्वरद्वारा सिद्ध हुनका निम्ति तँसित धेरै अवसरहरू हुनेछन्। हाल केवल त्यस्ता समूहका मानिसहरू नै परमेश्वरद्वारा सिद्ध तुल्याँइदैछन्। तँलाई जति बढी पवित्र आत्माले छुनुहुन्छ, तैँले त्यति नै बढी समय परमेश्वरको बोझप्रति सचेत हुन अर्पित गर्नेछस्, तँलाई त्यति नै बढी परमेश्वरद्वारा सिद्ध तुल्याइनेछ—तबसम्म सिद्ध तुल्याइनेछ जबसम्म तँ अन्ततः परमेश्वरले प्रयोग गर्नुहुने व्यक्ति हुँदैनस्। हाल. केही व्यक्तिहरू यस्ता छन् जसले मण्डलीको निम्ति कुनै बोझहरू बोक्दैनन्। यी मानिसहरू सुस्त र लापरवाह छन् अनि यिनीहरूले केवल आफ्नै देहको मात्र वास्ता गर्छन्। त्यस्ता मानिसहरू अत्यन्तै स्वार्थी हुन्छन्, र तिनीहरू अन्धा पनि हुन्छन्। यदि तैँले यो कुरा स्पष्टसित देख्न सक्दैनस् भने तैँले कुनै पनि बोझ बोक्नेछैनस्। तँ जति बढी परमेश्वरको इच्छाप्रति सचेत हुन्छस्, त्यति नै बढी बोझ उहाँले तँलाई सुम्पिनुहुनेछ। स्वार्थीहरू त्यस्ता कुराहरूको कष्ट भोग्न अनिच्छुक हुन्छन्; तिनीहरू मूल्य चुकाउन अनिच्छुक हुन्छन्, र परिणामस्वरूप, तिनीहरूले परमेश्वरद्वारा सिद्ध तुल्याइने अवसरहरू गुमाउनेछन्। के तिनीहरूले आफैलाई हानि पुर्‍याइरहेको छैनन् र? यदि तँ परमेश्वरको इच्छाप्रति सचेत हुने व्यक्ति होस् भने तँमा मण्डलीको निम्ति साँचो बोझ विकसित हुनेछ। वास्तवमा, यसलाई मण्डलीको निम्ति तैँले बोक्ने बोझ भन्नुको सट्टामा यसलाई तैँले आफ्नै जीवनको खातिर बोक्ने बोझ भन्नु उत्तम हुनेछ किनकि मण्डलीको निम्ति तँमा विकसित यस बोझको उद्देश्य परमेश्वरद्वारा सिद्ध तुल्याइनको निम्ति तँलाई यस्ता अनुभवहरू प्रयोग गर्न दिनु हो। त्यसकारण, जो–जसले मण्डलीको निम्ति सबैभन्दा ठूलो बोझ बोक्छ, जो-जसले जीवनमा प्रवेश गर्नको निम्ति बोझ बोक्छ—तिनीहरू नै परमेश्वरद्वारा सिद्ध तुल्याइने व्यक्तिहरू हुनेछन्। के तैँले यसलाई स्पष्टसित देखेको छस्? यदि तँ जुन मण्डलीसित छस्, त्यो बालुवा जस्तै छरिएको छ, तर तँ न त चिन्तित हुन्छस्, न त बेचैन नै, अनि तेरा दाजुभाइहरू तथा दिदीबहिनीहरूले सामान्य रूपले परमेश्वरका वचनहरू खाइरहेका र पिइरहेका नहुँदा पनि तँले आँखा चिम्लिन्छस् भने तैँले कुनै बोझहरू बोकिरहेको हुँदैनस्। त्यस्ता मानिसहरू परमेश्वरले आनन्द लिने प्रकारका मानिसहरू होइनन्। जुन प्रकारका मानिसहरूमा परमेश्वरले आनन्द लिनुहुन्छ, तिनीहरू धार्मिकताको निम्ति भोकाउँछन् र तिर्खाउँछन् र परमेश्वरको इच्छाप्रति सचेत हुन्छन्। यसरी, तिमीहरू परमेश्वरको बोझप्रति अहिले नै सचेत हुनुपर्छ। तिमीहरूले आफूहरू परमेश्वरको बोझप्रति सचेत हुनुअघि परमेश्वरले सम्पूर्ण मानवजातिप्रति आफ्नो धार्मिक स्वभाव प्रकट गर्नुहुन्जेलसम्म पर्खिनुहुँदैन। के त्यतिबेलासम्म धेरै ढिलो हुनेछैन र? परमेश्वरद्वारा सिद्ध हुनका निम्ति राम्रो अवसर अहिले नै हो। यदि तैँले यस अवसरलाई आफ्नो हातबाट जान दिइस् भने मोशाले कनानको असल भूमिमा प्रवेश गर्न असक्षम हुँदा बाँकी जीवनभरि अफसोस गर्दै सोही खेदले मरेजस्तै तैँले तेरो बाँकी जीवनभरि अफसोस गर्नेछस्। जब परमेश्वरले सम्पूर्ण मानवजातिलाई आफ्नो धार्मिक स्वभाव प्रकट गर्नुभएको हुन्छ, तब तँ अफसोसले भरिनेछस्। परमेश्वरले तँलाई सजाय नदिनुभए तापनि अफसोसले भरिएर तैँले आफूलाई सजाय दिनेछस्। कोही-कोही यसद्वारा विश्वस्त हुँदैनन् तर यदि तैँले विश्वास गर्दैनस् भने, केवल पर्खेर हेर्। केही मानिसहरू यस्ता छन् जसको प्रमुख उद्देश्य यी वचनहरू पूरा गर्नु हो। के तँ यी वचनहरूको खातिर आफैलाई बलिदान गर्न तयार छस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्धता हासिल गर्न परमेश्‍वरको इच्छाप्रति सचेत होऊ

५१२. पवित्र आत्मासँग प्रत्येक व्यक्तिभित्र आउने मार्ग छ, र उहाँले प्रत्येक व्यक्तिलाई सिद्ध हुने मौका दिनुहुन्छ। तेरो नकारात्मकताद्वारा तँलाई आफ्नै भ्रष्टता चिन्न दिइन्छ, र त्यसपछि नकारात्मकता फाल्दा तैँले अभ्यास गर्ने बाटो पाउनेछस्; यी सबै ती तरिकाहरू हुन् जसबाट तँलाई सिद्ध तुल्याइन्छ। यसको अतिरिक्त, निरन्तर मार्गदर्शन र तँभित्रका केही सकारात्मक कुराहरूको ज्योतिमार्फत तैँले सक्रिय रूपमा आफ्नो काम पूरा गर्नेछस्, तेरो अन्तर्दृष्ट अभिवृद्धि हुनेछ र तैँले विवेक प्राप्त गर्नेछस्। जब तेरा अवस्थाहरू राम्रा हुन्छन्, तब तँ विशेष गरी परमेश्वरको वचन पढ्न इच्छुक हुन्छस्, र विशेष गरी परमेश्वरसँग प्रार्थना गर्न इच्छुक हुन्छस्, र तैँले सुनेका उपदेशहरूलाई आफ्नै अवस्थासँग जोड्न सक्छस्। यस्तो समयमा परमेश्वरले तँलाई सकारात्मक पक्षका केही कुराहरू महसुस गराउँदै तँभित्र अन्तर्दृष्टि र ज्योति दिनुहुन्छ। यसरी नै तँलाई सकारात्मक पक्षमा सिद्ध तुल्याइन्छ। नकारात्मक अवस्थाहरूमा, तँ कमजोर र निष्क्रिय हुन्छस्; तँलाई तेरो हृदयमा परमेश्वर नभएको महसुस हुन्छ, तैपनि परमेश्वरले तँलाई ज्योति प्रदान गर्नुभई अभ्यासको बाटो प्राप्त गर्न सहयोग गर्नुहुन्छ। यसबाट बाहिर आउनु भनेको नकारात्मक पक्षमा सिद्धता हासिल गर्नु हो। परमेश्वरले मानिसलाई सकारात्मक र नकारात्मक दुवै पक्षमा सिद्ध तुल्याउन सक्नुहुन्छ। यो कुरा तँ परमेश्वरद्वारा सिद्ध भएको अनुभव गर्न सक्षम छस् कि छैनस् अनि तैँले परमेश्वरद्वारा आफूलाई सिद्ध तुल्याउन खोज्छस् कि खोज्दैनस् भन्ने कुरामा निर्भर गर्दछ। यदि तैँले साँच्चै परमेश्वरद्वारा आफूलाई सिद्ध तुल्याउन खोज्छस् भने, नकारात्मकताले तेरो हानि गर्न सक्दैन, बरु त्यसले तँमा ती कुराहरू ल्याउन सक्छ जुन अझ बढी वास्तविक छन्, र तँमा जुन कुराको कमी छ त्यो कुरा जान्न, तेरो वास्तविक अवस्थालाई बुझ्न, अनि मानिससँग केही छैन, र मानिस केही पनि होइन भन्ने कुरा बुझ्न तँलाई अझ बढी सक्षम बनाउँछ; यदि तैँले परीक्षाहरूको अनुभव गर्दैनस् भने, तँलाई ज्ञान नै हुँदैन, र तैँले जहिले पनि आफूलाई अरूभन्दा माथि र सबैभन्दा उत्तम महसुस गर्नेछस्। यी सबै कुराहरूबाट तैँले पहिले आएका सबै कुरा परमेश्वरद्वारा गरिएका अनि परमेश्वरद्वारा संरक्षित थिए भनी बुझ्नेछस्। परीक्षाहरूमा प्रवेश गर्दा तँ प्रेम वा विश्वासरहित अवस्थामा छोडिन्छस्, तँमा प्रार्थनाको कमी हुन्छ अनि तँ भजन गाउन असमर्थ हुन्छस्, र यसैबीच तैँले महसुसै नगरी आफैलाई जान्न थालिसकेको हुन्छ। परमेश्वरसित मानिसलाई सिद्ध तुल्याउने तरिकाहरू धेरै छन्। मानिसको भ्रष्ट स्वभावको निराकरण गर्न उहाँले हरप्रकारका वातावरणहरू प्रयोग गर्नुहुन्छ र मानिसलाई नाङ्गो पार्न विभिन्न कुराहरू प्रयोग गर्नुहुन्छ; एउटा सन्दर्भमा, उहाँले मानिसलाई निराकरण गर्नुहुन्छ, अर्कोमा उहाँले मानिसलाई नाङ्गो पार्नुहुन्छ, अनि अर्कोमा उहाँले मानिसको हृदयको गहिराइमा भएका “रहस्य” खोतलेर देखाउँदै मानिसलाई प्रकट गर्नुहुन्छ, र मानिसलाई उसका धेरैवटा अवस्थाहरू प्रकट गर्दै उसको प्रकृति देखाउनुहुन्छ। परमेश्वर व्यावहारिक हुनुहुन्छ भनी मानिसले जानोस् भनी परमेश्वरले धेरै तरिकाहरूद्वारा—प्रकाशद्वारा, मानिसलाई निराकरणगरेर मानिसको शोधन गरेर अनि सजाय दिएर—मानिसलाई सिद्ध तुल्याउनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ

५१३. हाल, तैँले मुख्यतया खोज्नु पर्ने कुराचाहिँ सबै कुरामा परमेश्‍वरले तँलाई सिद्ध पार्नु र तैँले सामना गर्ने सबै मानिसहरू, वस्तुहरू र थोकहरूद्वारा परमेश्‍वरले तँलाई सिद्ध पार्नु हो, ताकि परमेश्‍वर जे हुनुहुन्छ सो तँभित्र बनियोस्। तैँले पहिले पृथ्वीमा परमेश्‍वरको उत्तराधिकार प्राप्‍त गर्नुपर्छ; अनि मात्र तैँले परमेश्‍वरबाट आउने अझ धेरै र ठूलो आशिष्‌हरू प्राप्‍त गर्न योग्यको ठहरिनेछस्। तैँले खोजी गर्नुपर्ने सारा कुराहरू र सबै थोकभन्दा अघि बुझ्नुपर्ने कुराहरू यी नै हुन्। जति धेरै तँ आफूलाई परमेश्‍वरद्वारा सिद्ध पारिन सबै कुराहरूमा खोजी गर्छस्, उति नै धेरै सबै थोकमा परमेश्‍वरको बाहुली देख्न सक्छस्, जसको परिणाममा, तँ विविध दृष्टिकोणहरू र विभिन्न कुराहरूद्वारा परमेश्‍वरको वचनको अस्तित्वभित्र प्रवेश गर्न र उहाँको वचनको वास्तविकताभित्र प्रवेश गर्न सक्रिय पूर्वक खोजी गर्नेछस्। पापहरू मात्र नगर्ने, वा कुनै रायहरू नै नभएको, जिउनको लागी कुनै दर्शनशास्‍त्रविनाको र कुनै मानव इच्छाविनाको हुने गरी तँ यस्तो निष्क्रियताको अवस्थामा सन्तुष्ट हुन सक्दैनस्। परमेश्‍वरले मानिसलाई कयौं तरिकाले सिद्ध पार्नुहुन्छ; सबै कुरामा सिद्ध पार्ने सम्भावना हुन्छ, अनि उहाँले तँलाई अझ धेरै प्रशस्त हासिल गर्ने पारिन उहाँले तँलाई सकारात्मक ढाँचामा मात्र होइन नकारात्मक ढाँचामा पनि सिद्ध पारिन सक्नुहुन्छ। हरेक दिन सिद्ध पार्ने अवसरहरू र परमेश्‍वरद्वारा हासिल गर्न सक्ने समयहरू हुन्छन्। केही समयको निम्ति यस्ता कुरा भोगेपछि, तँमा ठूलो परिवर्तन आउनेछ र यसअघि अज्ञात रहेको धेरै कुराहरू तैँले स्वभाविक रूपमा बुझ्नेछस्। अरूबाटको शिक्षा आवश्यक पर्दैन; तँलाई थाहा नभइकन नै, परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ, ताकि तैँले सबै कुराहरूमा अन्तर्दृष्टि प्राप्‍त गर्न सकेको होस् र तँ आफ्नो सबै अनुभवभित्र विस्तृत रूपमा प्रवेश गर्न सकेको होस्। परमेश्‍वरले निश्‍चय नै मार्गदर्शन गर्नुहुनेछ, ताकि तँ दायाँ वा बायाँतिर मोडिनेछैनस् र यसरी, तैँले उहाँद्वारा सिद्ध तुल्याइने मार्गमा कदम राख्नुहुनेछ।

… यदि तिमीहरू परमेश्वरद्वारा सिद्ध पारिन चाहन्छौ भने, तिमीहरूले सबै विषयमा कसरी अनुभव प्राप्त गर्ने भन्ने सिक्नै पर्दछ, र तिमीहरूलाई आइपर्ने हरेक कुरामा अन्तर्दृष्टि प्राप्त गर्न सक्षम हुनुपर्दछ। यो राम्रो होस वा नराम्रो, यसले तँलाई फाइदा पुर्याउनुपर्छ, र तँलाई नकारात्मक बनाउनु हुँदैन। जेसुकै होस, तँ परमेश्वरको पक्षमा उभिएर मामिलाहरू विचार गर्न सक्षम हुनुपर्दछ, र तिनीहरूको विश्लेषण वा अध्ययन मानिसको परिप्रेक्ष्यबाट गर्नुहुँदैन (यो तेरो अनुभवमा एउटा विचलन हुने थियो)। यदि तैँले यस्तो अनुभव गरिस् भने तेरो हृदय तेरो जीवनको बोझले भरिनेछ; तँ तेरो अभ्यासलाई सजिलै विचलित हुन नदिई सधैँ परमेश्वरको अनुहारको ज्योतीमा बस्‍नेछस्। त्यस्तो मानिसको अगाडि उज्वल भविष्य हुन्छ। परमेश्वरद्वारा सिद्ध हुन एकदम धेरै अवसरहरू छन्। यी सबै कुरा तिमीहरू साँचो रूपमा परमेश्वरलाई प्रेम गर्ने व्यक्ति हौ कि र तिमीहरूसँग परमेश्वरद्वारा सिद्ध पारिन, परमेश्वरद्वारा हासिल गरिन र उहाँको आशिष र उत्तराधिकार प्राप्त गर्न दृढ संकल्प छ कि भन्ने कुरामा भर पर्छ। दृढ संकल्प मात्र पर्याप्त छैन; तिमीहरूसँग धेरै ज्ञान हुनुपर्दछ, अन्यथा तिमीहरू सधैँ आफ्नो अभ्यासमा विचलित भइरहेका हुनेछौ। परमेश्वर तिमीहरू प्रत्येक र हरेकलाई सिद्ध गर्न इच्छुक हुनुहुन्छ। यथार्थमा भन्ने हो भने, धेरै जसो मानिसले लामो समयदेखि परमेश्वरको कामलाई स्वीकार गरिसके तापनि, उनीहरूले आफूलाई केवल परमेश्वरको अनुग्रहमा आनन्दित तुल्याउन सीमित गरेका छन् र उनीहरू परमेश्वरबाट थोरै देहको आनन्द प्राप्त गर्न मात्र राजी छन्, अझै धेरै र अझ उच्च प्रकाशहरू प्राप्त गर्न तयार छैनन्। यसले मानिसको हृदय अझै पनि सँधै झैँ बाहिर छ भन्ने देखाउँछ। यद्यपि मानिसको काम, उसको सेवा र परमेश्वरलाई प्रेम गर्ने उसको हृदयमा थोरै अशुद्धता छन्, जहाँसम्म उसको भित्री सार र पिछडिएको सोचाइको सवाल छ, मानिस निरन्तर देहको शान्ति र आनन्दको खोजी गर्दछ, र के अवस्था र कुन उदेश्यले परमेश्वरले मानिसलाई सिद्ध पार्न खोज्नुभएको छ भन्ने कुनै ख्याल राख्दैन। र तसर्थ, धेरैजसो मानिसको जीवन अझै असभ्य र पतित छ। तिनीहरूको जीवन थोरै परिवर्तन समेत भएको छैन; तिनीहरू परमेश्‍वरप्रतिको विश्वासलाई महत्वपूर्ण मामिलाका रूपमा हेर्दैनन्, यस्तो लाग्छ कि उनीहरूको विश्वास अरूको भलाइका लागि हो, चालमा चलिरहेको छ बेपर्बाहसँग, व्यर्थ उद्देश्य विहीन अस्तित्वमा व्यस्त भएर। थोरै मानिस मात्र अझ धेरै र मूल्यवान् चीजहरू प्राप्त गर्दै, सबै चीजमा परमेश्वरको वचनमा प्रवेश गर्न सक्षम भएका छन्, आज उनीहरू परमेश्वरको घरमा अझ धेरै मूल्यवान् मानिस बनेका छन् र परमेश्वरबाट धेरै आशिष पाइरहेका छन्। यदि तँ सबै कुरामा परमेश्वरबाट सिद्ध पारिन खोज्छस् र पृथ्वीमा परमेश्वरले जे प्रतिज्ञा गर्नुभएको थियो त्यो कुरा प्राप्त गर्न सक्षम छस् भने, यदि तँ सबै कुरामा परमेश्वरद्वारा अन्तर्दृष्टि पाउन खोज्छस् र वर्षहरू निष्क्रिय रूपमा बित्न दिँदैनस् भने, यो सक्रिय भएर प्रवेश गर्ने आदर्श मार्ग हो। केवल यसरी तँ परमेश्वरबाट सिद्ध पारिन योग्य र उपयुक्त हुनेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिएकाहरूका निम्ति दिइएका प्रतिज्ञाहरू

५१४. पवित्र आत्माले परमेश्‍वरले प्रयोग गर्नुहुने केही निश्चित व्यक्तिहरूमाथि मात्र काम गर्नुहुन्न, बरु थप रूपमा उहाँले मण्डलीमा पनि काम गर्नुहुन्छ। उहाँले जोकोहीमाथि काम गरिरहनुभएको हुनसक्छ। उहाँले वर्तमान समयमा तँमाथि काम गर्न सक्नुहुन्छ र तैँले यो काम अनुभव गर्नेछस्। अर्को अवधिमा, उहाँले अर्को कोही व्यक्तिमा काम गर्न सक्नहुन्छ, त्यो अवस्थामा तैँले पछ्याउनको लागि हतारिनुपर्छ; तैंले वर्तमान ज्योतिलाई जति नजिकबाट पछ्याउँछस् तेरो जीवन त्यति नै वृद्धि हुन सक्छ। कुनै व्यक्ति जुनसुकै तौरतरिकाको भए तापनि, यदि पवित्र आत्माले तिनीहरूमाथि काम गर्नुहुन्छ भने, तैँले पछ्याउनैपर्छ। तिनीहरूका अनुभवहरूलाई आफ्ना अनुभवहरूको नजरबाट हेर्, अनि तैँले अझ उच्च कुराहरू प्राप्त गर्नेछस्। यसो गर्दा तँ अझ चाँडो अघि बढ्नेछस्। यो मान्छेको लागि सिद्धताको मार्ग अनि जीवन वृद्धि हुने माध्यम हो। पवित्र आत्माको कामप्रतिको तेरो आज्ञापालन मार्फत सिद्ध तुल्याइने मार्गमा पुगिन्छ। परमेश्‍वरले तँलाई सिद्ध तुल्याउन कस्तो प्रकारको व्यक्तिमार्फत काम गर्नुहुन्छ भन्ने कुरा तँलाई थाहा हुँदैन, न त कस्तो प्रकारको व्यक्ति, घटना, वा वस्तुमार्फत उहाँले तँलाई वस्तुहरू प्राप्त गर्न वा हेर्न दिनुहुन्छ भन्ने कुरा नै तँलाई थाहा हुन्छ। यदि तैँले यो सही मार्गमा पाइला टेक्न सकिस् भने, परमेश्‍वरद्वारा तँलाई सिद्ध पारिने ठूलो आशा छ भन्ने कुरा यसले देखाउँछ। यदि तैँले सक्दैनस् भने, यसले तेरो भविष्य धमिलो, ज्योति विहीन छ भन्ने देखाउँछ। तैँले सही मार्गमा हिँड्न थालेपछि, तैँले सबै कुराहरूमा प्रकाश प्राप्त गर्नेछस्। पवित्र आत्माले अरूलाई जेसुकै प्रकाश गर्नुभए पनि, यदि तँ तिनीहरूको ज्ञानको आधारमा आफै अनुभव लिन अघि बढ्छस् भने, त्यो अनुभव तेरो जीवनको एक हिस्सा बन्नेछ र तैँले त्यो अनुभवको आधारमा अन्य व्यक्तिहरूलाई आपूर्ति गर्न सक्नेछस्। सुगारटाइ गरेर अन्य व्यक्तिहरूलाई वचन आपूर्ति गर्नेहरू त्यस्ता व्यक्तिहरू हुन जोसँग अनुभवहरू पटक्कै हुँदैन; तैँले तेरो आफ्नो वास्तविक अनुभव र ज्ञानको बारेमा बोल्न सुरु गर्नुअघि, अन्य व्यक्तिहरूको अन्तर्ज्ञान र ज्योतिमार्फत तैँले अभ्यासको तरिका पत्ता लगाउन सिक्नुपर्छ। यो तेरो आफ्नै जीवनको लागि ठूलो फाइदाको कुरो हुनेछ। तैँले परमेश्‍वरबाट आउने सबै कुराको आज्ञापालन गर्दै यसरी अनुभव गर्नुपर्छ। तैँले तेरो जीवन वृद्धि हुन सकोस् भनेर सबै कुराहरूमा परमेश्‍वरको इच्छा प्राप्त गर्ने प्रयास गर्नुपर्छ र सबै कुराहरूमा पाठ सिक्नुपर्छ। त्यस्तो अभ्यासले सबैभन्दा चाँडो प्रगति हासिल हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

५१५. के तँ सिद्ध तुल्याइन साँच्चै नै इच्छुक छस्? यदि तँ साँच्चै नै परमेश्‍वरद्वारा सिद्ध तुल्याइन इच्छुक छस् भने तँमा आफ्नो देहलाई पन्छ्याउने साहस हुनेछ, तँ परमेश्‍वरका वचनहरू कार्यान्वयन गर्न सक्षम हुनेछस्, र तँ निष्क्रिय वा कमजोर हुनेछैनस्। तैँले परमेश्‍वरबाट आउने सबै कुराहरूको आज्ञापालन गर्न सक्नेछस् र सार्वजनिक वा निजी जुनसुकै रूपमा गरिएको भए तापनि तेरा सबै कार्यहरू परमेश्‍वरसमक्ष प्रस्तुतयोग्य हुनेछन्। यदि तँ इमान्दार व्यक्ति होस् अनि तैँले सबै कुराहरूमा सत्यताको अभ्यास गर्छस् भने तँलाई सिद्ध तुल्याइनेछ। मानिसहरूको अगाडि एक किसिमले कुरा गर्ने अनि तिनीहरूको पिठ्यूँपछाडि अर्कै किसिमले कुरा गर्ने कपटी व्यक्तिहरू सिद्ध तुल्याइन इच्छुक हुँदैनन्। तिनीहरू सबै बरबादी र विनाशका छोराहरू हुन्; तिनीहरू परमेश्‍वरको स्वामित्वमा होइन, तर शैतानको स्वामित्वमा हुन्छन्। तिनीहरू परमेश्‍वरद्वारा चुनिएका मानिसहरू होइनन्! यदि तेरा कार्यहरू र व्यवहारलाई परमेश्‍वरसमक्ष प्रस्तुत गर्न सकिँदैन वा परमेश्‍वरको आत्माले हेर्न सक्दैन भने यो तँमा केही खराबी छ भन्ने कुराको प्रमाण हो। यदि तैँले परमेश्‍वरको न्याय र सजायलाई स्वीकार गर्छस् भने र तेरो स्वभावको रूपान्तरणको बारेमा ध्यान दिन्छस् भने मात्र तैँले सिद्ध तुल्याइने बाटोमा पाइला चाल्‍न सक्नेछस्। यदि तँ साँच्चै नै परमेश्‍वरद्वारा सिद्ध तुल्याइन र परमेश्‍वरको इच्छा पूरा गर्न इच्छुक छस् भने, तैँले एक वचन पनि गुनासो नगरिकनै, परमेश्‍वरको कामको मूल्याङ्कन वा जाँच गर्ने विचार नगरिकन परमेश्‍वरका सबै कामको आज्ञापालन गर्नुपर्छ। परमेश्‍वरद्वारा सिद्ध तुल्याइनको लागि न्यूनतम आवश्यकताहरू यिनै हुन्। परमेश्‍वरद्वारा सिद्ध तुल्याइन चाहने व्यक्तिहरूको लागि आवश्यक मापदण्ड यही हो: परमेश्‍वरलाई प्रेम गर्ने हृदयले सबै कुराहरूमा कार्य गर्नु। परमेश्‍वरलाई प्रेम गर्ने हृदयले कार्य गर्नु भनेको के हो? यसको अर्थ तेरा सबै कार्यहरू र व्यवहार परमेश्‍वरसमक्ष प्रस्तुत गर्न सकिन्छ भन्ने हो। अनि तेरा कार्यहरू सही वा गलत जे भए तापनि तँसँग सही आशयहरू भएकोले गर्दा, तैँले तिनलाई परमेश्‍वरसमक्ष वा तेरा दाजुभाइ र दिदीबहिनीहरूसमक्ष देखाउन डराउँदैनस्, र तैँले परमेश्‍वरसमक्ष शपथ लिने साहस गर्छस्। तैँले तेरा हरेक आशय, सोच र विचारलाई उहाँको अनुसन्धानको लागि परमेश्‍वरसमक्ष प्रस्तुत गर्नुपर्छ; यदि तैँले यस्तो तरिकाले अभ्यास र प्रवेश गर्छस् भने, तेरो जीवनको प्रगति छिटोछरितो रूपमा हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

५१६. यदि तँ परमेश्‍वरद्वारा प्रयोग हुन र सिद्ध पारिन चाहन्छस् भने, तँमा सबै थोक हुनुपर्छ: दुःख भोग्ने इच्छा, विश्‍वास, धैर्य, आज्ञापालन, र परमेश्‍वरको काम अनुभव गर्ने क्षमता, उहाँको इच्छा बुझ्नु, उहाँको दुःखलाई विचार गर्नु र यस्तै अरू कुराहरू। व्यक्तिलाई सिद्ध बनाउनु सजिलो हुँदैन, र तैँले अनुभव गर्ने प्रत्येक शोधनको निम्ति तेरो विश्‍वास र प्रेम चाहिन्छ। यदि तँ परमेश्‍वरद्वारा सिद्ध पारिन चाहन्छस् भने बाटोमा हतार-हतार अगि बढ्नु मात्र पर्याप्त हुँदैन, न ता तैँले आफैलाई परमेश्‍वरका निम्ति खर्चनु नै पर्याप्त हुन्छ। परमेश्‍वरद्वारा सिद्ध पारिएको व्यक्ति हुनका निम्ति तँमा धेरै वटा कुराहरू हुनुपर्छ। जब तँ दुःखको सामना गर्छस्, त्यसबेला तैँले देहका चिन्ताहरू एकातिर पन्साउन सक्नुपर्छ र परमेश्‍वरको विरुद्धमा गुनासो गर्नुहुँदैन। जब परमेश्‍वरले आफैलाई तँदेखि लुकाउनुहुन्छ, तँ उहाँको पछि लाग्‍न सक्‍ने, तेरो प्रेमलाई डगमगाउन र बिलाउन नदिई आफ्नो विश्‍वासलाई थामेर राख्न सक्ने हुनुपर्छ। परमेश्‍वरले जे गर्नुभए पनि तँ उहाँको योजनामा समर्पित हुनुपर्छ, अनि उहाँको विरुद्ध गुनासो गर्नुको साटो उहाँको योजनामा समर्पित हुन र तेरो आफ्नै शरीरलाई सराप्न तयार हुनुपर्छ। जब तैँले जाँचहरूको सामना गर्छस् तँ नराम्रो घतले रुनु पर्ने भए पनि वा कुनै प्रिय वस्तुसित अलग्गिन अनिच्छुक महसुस गर्नु पर्ने भए पनि तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्छ। यो मात्र साँचो प्रेम र विश्‍वास हो। तेरो वास्तविक कद जे-जस्तो भए पनि तँमा कठिनाइ सहने इच्छा र साँचो विश्‍वास, दुवै हुनुपर्छ, अनि तँमा देहलाई त्याग्ने इच्छा पनि हुनुपर्छ। परमेश्‍वरको इच्छा पूरा गर्न तँ व्यक्तिगत कठिनाइहरू सहन र तेरा व्यक्तिगत रुचिहरू गुमाउन तयार हुनुपर्छ। तँ आफ्नो हृदयमा आफ्नै बारेमा पछुतो गर्न सक्ने पनि हुनुपर्छ: विगतमा तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न असक्षम थिइस्, र अहिले तैँले आफै पछुतो गर्न सक्छस्। यी कुनै पनि कुरामा तँ पछि पर्नु हुँदैन—यिनै कुराहरूद्वारा परमेश्‍वरले तँलाई सिद्ध तुल्याउनुहुनेछ। यदि तँ यी मानदण्डहरू पूरा गर्न सक्दैनस् भने तँलाई सिद्ध तुल्याइन सकिँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ

५१७. स्वभावमा हुने रूपान्तरणले व्यक्तिको प्रकृतिको रूपान्तरणलाई जनाउँछ। व्यक्तिको प्रकृतिका कुराहरू बाहिरी व्यवहारबाट देख्न सकिँदैन; ती सीधै उसको अस्तित्वको मूल्य र महत्त्वसँग सम्बन्धित हुन्छन्। अर्थात्, ती कुराहरूमा सीधै व्यक्तिको जीवन सम्‍बन्धी दृष्टिकोण र उसका मूल्य-मान्यताहरू, उसका प्राणका गहिराइहरूमा रहेका कुराहरू, र उसको सार समावेश हुन्छन्। यदि व्यक्तिले सत्यलाई स्वीकार गर्न सक्दैन भने, उसका यी पक्षहरू कहिल्यै रूपान्तरण हुनेछैनन्। परमेश्‍वरको कार्य अनुभव गरेर, सत्यमा पूर्ण रूपमा प्रवेश गरेर, अस्तित्व र जीवन सम्‍बन्धी आफ्‍ना मान्यताहरू र दृष्टिकोणहरूलाई परिवर्तन गरेर, आफ्‍नो दृष्टिकोणलाई परमेश्‍वरको दृष्टिकोणसँग मिल्‍दो तुल्याएर, अनि पूर्ण रूपमा परमेश्‍वरको अधीनमा बसेर र समर्पित भएर मात्र, उसको स्वभाव रूपान्तरण भएको छ भनेर भन्‍न सकिन्छ। तैँले केही प्रयास गरेकोजस्तो देखिन सक्छ, कठिनाइको बेला तँ लचकदार हुनसक्छस्, तैँले माथिबाट प्राप्त कामका प्रबन्धहरूलाई अगि बढाउन सक्छस्, वा तँलाई जहाँ जान भनिए पनि तँ त्यहाँ जान सक्छस्, तर यी त व्यवहारमा आएका स-साना रूपान्तरण मात्र हुन् र तेरो स्वभावमा रूपान्तरण आएको छ भनी मान्‍नको लागि ती पर्याप्त हुँदैनन्। तँ धेरै बाटाहरूमा दगुर्न सक्छस्, धेरै कठिनाइ भोग्‍न सक्छस्, र ठूलो अपमान सहन सक्छस्; तैँले परमेश्‍वरको अत्यन्तै नजिक भएको महसुस गर्न सक्छस् र पवित्र आत्माले तँमा केही काम गर्न सक्‍नुहुन्छ। तापनि, जब परमेश्‍वरले तेरा धारणाहरूसँग नमिल्ने केही गर्न लगाउनुहुन्छ, तँ अझै पनि समर्पित हुन सक्दैनस्; बरु, परमेश्‍वरको विरुद्धमा विद्रोह गर्दै र उहाँको विरोध गर्दै, तैँले बहानाहरू खोज्छस्, यहाँसम्म कि तँ उहाँको आलोचना गर्ने र विरोध गर्ने गर्छस्। यो एउटा गम्भीर समस्या हुनेछ! यसले तँमा अझै पनि परमेश्‍वरको विरोध गर्ने प्रकृति छ, र तँ कुनै पनि प्रकारको रूपान्तरणबाट भएर गएको छैनस् भन्ने देखाउँछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कसैको स्वभाव रूपान्तरण गर्नेबारेमा के थाहा हुनुपर्छ

५१८. व्यक्तिको स्वभावमा रूपान्तरण हासिल गर्नु साधारण कुरा होइन; यसको अर्थ व्यवहारमा केही परिवर्तनहरू हुनु, सत्यको केही ज्ञान प्राप्त गर्नु, सत्यको प्रत्येक पक्षसँगको आफ्नो अनुभव अलि-अलि बताउन सक्नु वा अनुशासनमा परेपछि केही परिवर्तन गर्नु वा केही आज्ञाकारी हुनु मात्र होइन। यी कुराहरूले व्यक्तिको जीवन स्वभावको रूपान्तरणलाई जनाउँदैन। म यो किन भन्छु? तैँले केही थोकलाई पन्छ्याउन सके पनि, तैँले जे अभ्यास गरिरहेको हुन्छस् त्यो सत्यलाई साँच्चै अभ्यास गर्ने स्तरसम्म पुगेको हुँदैन। वा, सायद तँ केही समयका निम्ति उपयुक्त वातावरण र अनुकूल अवस्थामा भएकोले, वा तेरो वर्तमान अवस्थाले तँलाई बाध्य तुल्याएकोले, तँ यस प्रकारले व्यवहार गर्छस्। यसबाहेक, जब तेरो मनस्थिति स्थिर हुन्छ र पवित्र आत्माले काम गर्नुहुन्छ, तैँले अभ्यास गर्न सक्छस्। यदि तँ परीक्षाहरूबाट भएर जाँदै थिइस् र तीद्वारा अय्यूब वा पत्रुस, जसलाई परमेश्‍वरले मर् भनी भन्‍नुभयो, तिनीहरूले झैं दुःख भोगिरहेको थिइस् भने के तँ यसो भन्न सक्छस्, “यदि तपाईंलाई चिनेपछि म मरेँ भने पनि, त्यो ठीकै हुन्छ”? स्वभावको परिवर्तन रातारात हुँदैन, र तैँले सत्यतालाई बुझेपछि त्यसलाई तैँले हरेक वातावरणमा अभ्यास गर्न सक्छस् नै भन्ने छैन। यसमा मानिसको प्रकृति समावेश हुन्छ। कहिलेकहीँ तैँले सत्यको अभ्यास गरिरहेको छस् भन्‍ने जस्तो लाग्छ, तर वास्तविकतामा, तेरा कार्यहरूको प्रकृतिले तैँले त्यसो गरिरहेको छस् भन्‍ने देखाउँदैन। धेरै मानिसहरूमा निश्‍चित बाहिरी आचरण हुन्छन्, जस्तै आफ्नो परिवार र पेसालाई पन्साएर आफ्ना कर्तव्यहरू पूरा गर्न सक्नु, र यसरी तिनीहरू आफूले सत्य अभ्यास गरिरहेका छौं भन्‍ने विश्‍वास गर्छन्। तापनि, तिनीहरूले सत्यको अभ्यास गरिरहेका छन् भनी परमेश्‍वरले पहिचान गर्नुहुन्न। यदि तैँले गर्ने सबै कुराको पछि कुनै व्यक्तिगत उद्देश्य र मिश्रण छ भने, तैँले सत्यको अभ्यास गरिरहेको हुँदैनस्; तैँले केवल सतही आचरण देखाइरहेको हुन्छस्। निश्‍चित रूपमा भन्नुपर्दा, परमेश्‍वरले सायद तेरो चरित्रलाई दोषी ठहराउनुहुनेछ; उहाँले त्यसको प्रशंसा वा सम्झना गर्नुहुनेछैन। यसलाई अझ विश्‍लेषण गर्दै जाँदा, तैँले खराबी गरिरहेको हुन्छस् र तेरो चरित्र परमेश्‍वरको विरोधमा हुन्छ। बाहिरबाट, तैँले कुनै कुरालाई रोकावट वा बाधा दिइरहेको हुँदैनस् र तैँले वास्तविक क्षति गरेको वा कुनै सत्यलाई उल्लङ्घन गरेको हुँदैनस्। यो तर्कसंगत र उचित देखिन्छ, तर तेरो कार्यको सार खराबी गर्ने र परमेश्‍वरको विरोध गर्ने कार्यसित सम्बन्धित हुन्छ। त्यसकारण, तेरो स्वभावमा परिवर्तन आएको छ वा छैन र परमेश्‍वरको वचनको आधारमा तेरा कामहरूको पछि रहेका हेतुहरूलाई ध्यान दिँदै तैँले सत्यको अभ्यास गरेको छस् कि छैनस् सो तैँले निर्धारण गर्नुपर्छ। तेरा कार्यहरू मानवीय कल्पना र मानवीय अभिप्रायहरू अनुरूप छन् वा छैनन्, वा ती तेरा स्वाद सुहाउँदो छन् कि छैनन् भन्ने कुरा मानवीय दृष्टिकोणमा निर्भर हुँदैन; त्यस्ता कुराहरू महत्त्वपूर्ण हुँदैनन्। बरु, यो त तँ परमेश्‍वरको इच्छाअनुसार चलेको छस् कि छैनस्, तेरा कार्यहरूमा साँचो वास्तविकता छन् वा छैनन्, र तिनले उहाँका मागहरू र मापदण्डहरू पूरा गर्छन् कि गर्दैनन् भन्ने विषयमा उहाँले भन्नुहुने कुरामा निर्भर हुन्छ। परमेश्‍वरका मागहरूको तुलनामा आफैलाई नाप्नु मात्रै सटीक हुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कसैको स्वभाव रूपान्तरण गर्नेबारेमा के थाहा हुनुपर्छ

५१९. मानिसहरूले राम्रो व्यवहार गर्न सक्छन्, तर त्यसको अर्थ तिनीहरूसँग सत्य छ नै भन्ने हुँदैन। उत्साहले मात्र तिनीहरू सिद्धान्तमा रहन्छन् र नियमहरू पालन गर्छन्; सत्यता विहीन मानिसहरूसँग नितान्त समस्याहरू समाधान गर्ने कुनै उपाय हुँदैन, न त सिद्धान्तले सत्यताको ठाउँ लिन नै सक्छ। जुन मानिसहरूले आफ्नो स्वभावमा परिवर्तन अनुभव गरेका हुन्छन् तिनीहरू भिन्नै हुन्छन्; तिनीहरूले सत्यतालाई बुझेका हुन्छन्, तिनीहरू सबै विषयहरूमा विवेकी हुन्छन्, तिनीहरूलाई परमेश्‍वरको इच्छाबमोजिम कसरी काम गर्ने, सत्यको सिद्धान्तअनुसार कसरी व्यवहार गर्ने, र परमेश्‍वरलाई सन्तुष्ट पार्न कसरी कार्य गर्ने भनी जानेका हुन्छन्, र आफूले प्रदर्शन गर्ने भ्रष्टताको प्रकृति तिनीहरूले बुझेका हुन्छन्। जब तिनीहरूका आफ्नै विचारहरू र धारणाहरू प्रकट हुन्छन्, तिनीहरू विवेकी हुन्छन् र देहलाई त्याग्‍ने बन्‍न सक्छन्। स्वभावमा भएको परिवर्तनलाई यसरी नै व्यक्त गरिन्छ। स्वभावको परिवर्तनबाट भएर जाने मानिसहरूको मुख्य कुरा भनेको तिनीहरूले सत्यतालाई स्पष्टसँग बुझेका हुन्छन् र कार्यहरू पूरा गर्दा तिनीहरूले सत्यतालाई तुलनात्मक रूपमा सटीक रूपले अभ्यास गर्छन् र तिनीहरूले बारम्बार भ्रष्टता प्रकट गर्दैनन्। सामान्यतया, जसको स्वभाव रूपान्तरण भएको हुन्छ तिनीहरू विशेष रूपमा व्यावहारिक र समझदार देखिन्छन्, र तिनीहरूमा सत्यको ज्ञान भएकोले, तिनीहरूले त्यति धेरै स्व-धार्मिकता वा अहङ्कार प्रकट गर्दैनन्। तिनीहरूमा प्रकट हुने धेरैजसो भ्रष्टता तिनीहरूले देख्न र बुझ्न सक्छन्, त्यसैले तिनीहरू अहङ्कार गर्दैनन्। मानिसको स्थान के हो, कसरी उचित तरिकाले व्यवहार गर्ने, कसरी कर्तव्यपरायण हुने, के भन्ने र के नभन्ने, कुन मानिसहरूलाई के भन्ने र के गर्ने सो तिनीहरूले निश्चित हदसम्म बुझ्न सक्छन्। यसैले यस्ता मानिसहरू तुलनात्मक रूपमा विवेकशील हुन्छन् भनेर भन्‍न सकिन्छ। आफ्ना स्वभावहरूमा परिवर्तनको प्रक्रियाबाट भएर जानेहरू साँच्चै मानिसको समानतामा जिउँछन्, र तिनीहरूसँग सत्यता हुन्छ। तिनीहरूले सधैँ सत्यताअनुसार बोल्न र स्थितिहरूलाई हेर्न सक्छन्, र आफूले गर्ने सबै कुरामा तिनीहरू सिद्धान्तअनुसार काम गर्छन्; तिनीहरू कुनै पनि व्यक्ति, वस्तु वा थोकको प्रभावमा परेका हुँदैनन्, र तिनीहरू सबैका आ-आफ्नै विचारहरू हुन्छन् र सत्यको सिद्धान्तलाई पक्रिराख्‍न सक्छन्। तिनीहरूका स्वभाव तुलनात्मक रूपमा स्थिर हुन्छ, तिनीहरू घरी तातो र घरी चिसो हुँदैनन्, र तिनीहरूका परिस्थितिहरू जस्तोसुकै भए पनि आफ्ना कर्तव्यहरू कसरी उचित रूपले पूरा गर्ने र परमेश्‍वरलाई सन्तुष्ट पार्ने किसिमको व्यवहार कसरी गर्ने भन्‍ने तिनीहरूलाई थाहा हुन्छ। जस-जसका स्वभाव साँच्चै परिवर्तन भएको हुन्छ तिनीहरूले आफैलाई बाहिरी रूपमा राम्रो देखाउन के गर्नुपर्छ भन्ने कुरामा ध्यान लाउँदैनन्; तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न के गर्नुपर्छ सो आन्तरिक रूपमा स्पष्ट बुझेका हुन्छन्। त्यसकारण, बाहिरबाट हेर्दा, तिनीहरू त्यत्ति उत्साहित वा तिनीहरूले कुनै ठूलो काम गरेको जस्तो नदेखिन सक्छ, तर तिनीहरूले गर्ने सबै कुरा अर्थपूर्ण, मूल्यवान् हुन्छन्, र तिनले व्यावहारिक परिणामहरू ल्याउँछन्। जस-जसका स्वभावहरू परिवर्तन भएका छन् तिनीहरूमा निश्चित रूपमा धेरै सत्यता हुन्छ, र यसलाई विभिन्न कुराहरूप्रति तिनीहरूका दृष्टिकोण र सिद्धान्तमा आधारित कार्यहरूद्वारा पुष्टि गर्न सकिन्छ। जोसँग सत्यता छैन तिनीहरूले निश्चित रूपमा स्वभावमा कुनै परिवर्तन हासिल गरेका हुँदैनन्। स्वभाव परिवर्तन हुनु भनेको परिपक्व र अनुभवी मानिस हुनु होइन; यसले मुख्य रूपमा ती घटनाहरूलाई बुझाउँछ, जसमा परमेश्‍वरको ज्ञान र सत्यको बुझाई प्राप्त गरेको परिणामस्वरूप कुनै व्यक्तिको स्वभावभित्र रहेका केही शैतानी विषहरूमा परिवर्तन हुन्छ। भन्नुको अर्थ, ती शैतानी विषहरू पखालिन्छन्, र परमेश्‍वरले प्रकट गर्नुभएको सत्यले त्यस्ता व्यक्तिहरूमा जरा हाल्छ, त्यो तिनीहरूको जीवन बन्छ र तिनीहरूको अस्तित्वको आधार बन्छ। तब मात्र तिनीहरू नयाँ मानिसहरू बन्छन्, अनि त्यसरी, स्वभावको रूपान्तरणको अनुभव गर्दछन्। स्वभावमा रूपान्तरण हुनुको अर्थ मानिसका बाहिरी स्वभाव पहिलेको भन्दा अझ नम्र हुन्छ भन्ने होइन, पहिले तिनीहरू अहङ्कारी थिए, तर अब विवेकी भएर कुराकानी गर्न सक्दछन् भन्ने होइन, वा पहिले तिनीहरूले कसैको कुरा सुन्दैनथे, तर अब अरूका कुरा सुन्न सक्छन् भन्ने होइन; त्यस्ता बाहिरी परिवर्तनलाई स्वभावको रूपान्तरण भनी भन्न सकिँदैन। अवश्य, स्वभावमा हुने रूपान्तरणमा त्यस्ता अवस्थाहरू र अभिव्यक्तिहरू पनि पर्छन्, तर सबैभन्दा महत्त्वपूर्ण भाग भनेको आन्तरिक रूपमा, तिनीहरूका जीवन परिवर्तन भएको हुन्छ। परमेश्‍वरले प्रकट गर्नुभएको सत्यता नै तिनीहरूको जीवन बन्छ, तिनीहरू भित्रको शैतानी विषहरूलाई हटाइएका हुन्छन्, र तिनीहरूको दृष्टिकोण पूर्ण रूपमा परिवर्तन भएको हुन्छ—र तीमध्ये कुनै पनि संसारको जस्तो हुँदैन। यी मानिसहरूले ठूलो रातो अजिङ्गरका योजनाहरू र विषहरू के हुन् भन्‍ने स्पष्ट रूपमा बुझ्न सक्छन्; तिनीहरूले जीवनको साँचो सारलाई बुझेका हुन्छन्। यसैले, तिनीहरूको जीवनको मूल्य परिवर्तन भएको हुन्छ, र यो अति नै आधारभूत किसिमको रूपान्तरण हो, साथै स्वभाव परिवर्तनको सार हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

५२०. यदि तँ आफूलाई भ्रष्टताबाट शुद्धीकरण गर्न र तेरो जीवन स्वभाव बदल्न चाहन्छस् भने, तँमा सत्यताप्रति प्रेम अनि सत्यता स्वीकार गर्ने क्षमता हुनुपर्छ। सत्यतालाई स्वीकार गर्नु भनेको के हो? सत्यता स्वीकार गर्नु भनेको तँसँग जे-जस्तो भ्रष्ट स्वभाव भए तापनि, वा रातो अजिङ्गरको जुनसुकै विषहरू तेरो प्रकृतिमा भए तापनि, परमेश्‍वरका वचनहरूले त्यसलाई प्रकाश पार्दा तैँले त्यसलाई स्वीकार गर्छस् र तँ ती वचनहरूमा समर्पित हुन्छस् भन्ने हो; तैँले तिनलाई विनासर्त, कुनै बहानाहरू नबनाईकन वा कुनै कुरा टिप्ने र छान्ने नगरिकनै स्वीकार गर्छस्, र तैँले उहाँले जे भन्नुहुन्छ सोको आधारमा आफैलाई चिन्छस्। परमेश्‍वरका वचनहरूलाई स्वीकार गर्नु भनेको यही हो। उहाँले जेसुकै भन्नुभए तापनि, उहाँका वाणीले जति धेरै तेरो हृदयलाई छेदन गरे तापनि, अनि उहाँले जुनसुकै वचनहरू प्रयोग गर्नुभए तापनि, उहाँले भन्नुभएका कुराहरू सत्य हुन् भने तैँले तिनलाई स्वीकार गर्न सक्छस् र ती वास्तविकतासँग मेल खान्छन् भने तैँले तिनलाई सकार्न सक्छस्। तैँले परमेश्‍वरका वचनहरूलाई जति गहन रूपमा बुझे पनि तँ ती वचनहरूमा समर्पित हुन सक्छस्, र तँ पवित्र आत्माद्वारा प्रकट गरिएको अनि तेरा दाजुभाइ-दिदीबहिनीहरूले सङ्गति गरेको ज्योतिलाई स्वीकार गर्न र त्यसमा समर्पित हुन सक्छस्। जब त्यस्तो व्यक्तिले केही हदसम्म सत्यको खोजी गरेको हुन्छ तब उसले सत्य प्राप्त गर्न सक्छ र उसले आफ्नो स्वभावको रूपान्तरण हासिल गर्न सक्छ। सत्यलाई प्रेम नगर्ने व्यक्तिहरू शालीन मानवताकै भए तापनि, जब सत्यको कुरा आउँछ, तिनीहरू भ्रमित हुन्छन् र तिनीहरूले यसलाई गम्भीरताका साथ लिँदैनन्। तिनीहरूले केही सुकर्म गर्न सक्‍ने भए पनि, र तिनीहरूले परमेश्‍वरको लागि आफैलाई समर्पित गर्न सक्‍ने भए तापनि, अनि तिनीहरू त्याग गर्न सक्षम भए तापनि, तिनीहरूले स्वभावमा परिवर्तन हासिल गर्न सक्दैनन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने

५२१. प्रकृतिमा परिवर्तन हासिल गर्ने मुख्य कुञ्जी भनेको आफ्नै प्रकृतिलाई जान्नु हो, र यो परमेश्‍वरबाट आउने प्रकाशहरू अनुरूप हुनुपर्दछ। परमेश्‍वरको वचनमा मात्र व्यक्तिले उसको आफ्नो घिनलाग्दो प्रकृतिलाई जान्न सक्छ, आफ्नै प्रकृतिमा रहेको शैतानका विभिन्न विषहरू पहिचान गर्नसक्छ, आफू मूर्ख र अज्ञानी छ भनी थाहा पाउनसक्छ, र आफ्नो प्रकृतिमा रहेका कमजोर र नकारात्मक तत्वहरूलाई चिन्न सक्छ। यी कुराहरू पूर्ण रूपमा जानेपछि, र तैँले आफैलाई साँचो रूपमा घृणा गर्न र शरीरलाई त्याग्न सकेपछि, निरन्तर परमेश्‍वरको वचन पूरा गरेपछि, र पवित्र आत्मा र परमेश्‍वरको वचनमा पूर्ण रूपमा समर्पित हुने इच्छा गरेपछि मात्र तँ पत्रुसको बाटोमा हिँड्न थालेको हुनेछस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

५२२. यदि आफ्नै बारेमा मानिसहरूको ज्ञान अत्यन्तै कम छ भने, तिनीहरूले समस्याहरू समाधान गर्न असम्भव पाउनेछन्, र तिनीहरूको जीवनका स्वभावहरू पूर्ण रूपले परिवर्तन हुनेछैनन्। आफैलाई एक गहन स्तरमा जान्नु जरुरी हुन्छ, जसको अर्थ आफ्नो वास्तविक प्रकृति जान्नु हो: त्यो प्रकृतिमा कुन-कुन तत्वहरू समावेश हुन्छन्, ती कुराहरू कसरी उत्पन्न भए, र ती कहाँबाट आए। यसबाहेक, के तँ साँच्चै ती कुराहरूलाई घृणा गर्न सक्छस्? के तैँले आफ्नै घिनलाग्दो प्राण र तेरो दुष्ट प्रकृतिलाई देखेको छस्? यदि तैँले आफ्नै बारेमा रहेको सत्यतालाई देख्न सक्छस् भने, तैँले आफैलाई घृणा गर्न थाल्‍नेछस्। जब तैँले आफैलाई घृणा गर्छस् र परमेश्‍वरको वचनलाई अभ्यास गर्छस्, तब तैँले देहलाई त्याग्न र कुनै कठिनाइविना सत्यलाई अघि बढाउने सामर्थ्य पाउनेछस्। किन धेरै मानिसहरू आफ्ना देहगत रुचिहरूका पछि लाग्छन्? किनकि तिनीहरूले आफैलाई अति असल ठान्छन्, तिनीहरूका कार्यहरू सही र उचित छन्, तिनीहरूमा कुनै दोष छैन र तिनीहरू पूर्ण रूपमा सही समेत छन् भन्ने महसुस गर्छन्, त्यसैले तिनीहरूले न्याय तिनीहरूकै पक्षमा छ भन्ने मान्यतासहित काम गर्न सक्छन्। जब व्यक्तिले आफ्नो वास्तविक प्रकृति के हो—कति घिनलाग्दो, कति तुच्छ र कति दयनीय छ भनी बुझ्दछ—तब ऊ आफैप्रति धेरै घमण्ड गर्दैन, अति अहङ्कारी हुँदैन, र पहिलेको जस्तै आफूसँग त्यति प्रसन्न हुँदैन। यस्तो व्यक्तिले यस्तो महसुस गर्छ, “म गम्भीर र व्यावहारिक हुनुपर्छ, र परमेश्‍वरका केही वचनहरू अभ्यास गर्नुपर्छ। यदि होइन भने, म मानिस बन्‍नुको मापदण्डको स्तरसम्म पुग्दिन, र परमेश्‍वरको उपस्थितिमा जिउन लज्जित हुनेछु।” तब मात्र व्यक्तिले आफैलाई तुच्छ, साँच्चै महत्त्वहीन देख्दछ। यस बेला, सत्य पालन गर्न व्यक्तिलाई सजिलो हुन्छ, र मानिस जस्तो हुनुपर्छ ऊ त्यस्तै देखिन थाल्‍नेछ। मानिसहरूले आफैलाई साँच्चै घृणा गरे भने मात्र तिनीहरूले देहलाई त्याग्न सक्छन्। यदि तिनीहरूले आफैलाई घृणा गर्दैनन् भने, तिनीहरूले देहलाई त्याग्न सक्‍नेछैनन्। आफैलाई साँच्चै घृणा गर्ने कार्यमा केही कुराहरू समावेश हुन्छन्: पहिलो, आफ्नै प्रकृतिलाई जान्नु; र दोस्रो, आफूलाई अभावग्रस्त र दयनीय अवस्थाको देख्‍नु, आफैलाई अत्यन्तै सानो र नगण्य रूपमा देख्नु, र आफ्नै दयनीय र फोहोर प्राणलाई देख्नु। जब व्यक्तिले वास्तवमा ऊ के हो भनेर पूर्ण रूपमा बुझ्दछ, र यो नतिजा हासिल हुन्छ, तब उसले आफ्नै बारेमा साँचो ज्ञान प्राप्त गर्दछ, र व्यक्तिले आफैलाई पूर्ण रूपमा चिनेको छ भनी भन्न सकिन्छ। तब मात्र व्यक्तिले आफैलाई घृणा गर्न सक्दछ यहाँसम्म कि उसले आफैलाई सराप्छ, र शैतानले उसलाई गम्भीर रूपमा भ्रष्ट पारेकोले ऊ मानिस जस्तो समेत देखिँदैन भन्‍ने उसले महसुस गर्छ। अनि एक दिन, जब मृत्युको खतरा देखा पर्दछ, त्यस्तो व्यक्तिले सोच्‍नेछ, “यो परमेश्‍वरको धर्मी दण्ड हो। परमेश्‍वर साँच्चै धर्मी हुनुहुन्छ; म साँच्चै मर्नुपर्छ!” यस्तो अवस्थामा उसले कुनै गुनासो गर्नेछैन, परमेश्‍वरलाई दोष लगाउने त परै जाओस्, अनि उसले आफू अभावग्रस्त र दयनीय, अति फोहोर र भ्रष्ट भएकोले परमेश्‍वरले उसलाई नाश पार्नुपर्छ, किनकि उसको जस्तो प्राण पृथ्वीमा जिउने योग्यको छैन भन्ने मात्र महसुस गर्छ। यस्तो बेला, यस व्यक्तिले परमेश्‍वरको विरोध गर्नेछैन, उहाँको विश्‍वासघात गर्ने कुरा त परै जाओस्। यदि व्यक्तिले आफैलाई चिन्दैन र पनि अझै आफूलाई धेरै असल नै ठान्दछ भने, जब मृत्यु ढोका ढकढक्याउँदै आउँछ, तब यस व्यक्तिले सोच्‍नेछ, “मैले आफ्नो विश्‍वासमा धेरै राम्रो गरेको छु। मैले कति धेरै कठिनतासाथ खोजेको छु! मैले धेरै कुरा दिएको छु, मैले धेरै दु:ख भोगेको छु, तापनि अन्त्यमा, अब परमेश्‍वरले मलाई मर्नु भनिरहनुभएको छ। परमेश्‍वरको धार्मिकता कहाँ छ मलाई थाहा छैन। उहाँले मलाई किन मर्नु भनिरहनुभएको छ? यदि मजस्तो व्यक्ति समेत मर्नुपर्छ भने कोचाहिँ बच्न सक्‍नेछ? के मानवजाति समाप्त हुनेछैन र?” सबैभन्दा पहिले, यस व्यक्तिमा परमेश्‍वरको विषयमा धारणाहरू हुन्छ। दोस्रो, यो व्यक्तिले गुनासो गरिरहेको छ, र कुनै पनि किसिमको समर्पणता देखाइरहेको छैन। यो पावललाई भएको जस्तै हो: जब तिनी मर्न लागेका थिए, तिनले आफैलाई चिनेका थिएनन् र परमेश्‍वरको दण्ड नजिक आइसकेपछि, पश्चात्ताप गर्न धेरै ढीला भइसकेको थियो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

५२३. जब मानिसहरूले सिद्धताको बाटोमा पाइला टेक्छन्, तिनीहरूका पुरानो स्वभाव परिवर्तन गर्न सम्भव हुन्छ। यसबाहेक, तिनीहरूका जीवनहरू बढ्दैजान्छ, र तिनीहरू बिस्तारै सत्यतामा गहिरो रूपमा प्रवेश गर्छन्। तिनीहरू संसारलाई र सत्यताको पछि नलाग्ने सबैलाई घृणा गर्न सक्छन्। तिनीहरूले विशेष गरी आफैलाई घृणा गर्छन्, तर त्योभन्दा बढी तिनीहरूले आफैलाई स्पष्ट रूपमा चिन्छन्। तिनीहरू सत्यमा जिउन इच्छुक बन्छन् र सत्यताको खोजी गर्ने कार्यलाई आफ्नो लक्ष्य बनाउँछन्। तिनीहरू आफ्नै दिमागले उब्जाएका विचारहरू भित्र बस्न अनिच्छुक हुन्छन्, र तिनीहरूले मानिसको स्व-धार्मिकता, हठीपन, र आत्म-सन्तुष्टिप्रति घृणा महसुस गर्दछन्। तिनीहरू मर्यादाको कडा भावनाका साथ बोल्छन्, चेतना र बुद्धिले चीजहरू चलाउँछन्, र परमेश्‍वरप्रति बफादार र आज्ञाकारी हुन्छन्। यदि तिनीहरूले सजाय र न्यायको अनुभव गरे भने, तिनीहरू केवल निष्क्रिय वा कमजोर हुँदैनन्, तर तिनीहरूले परमेश्‍वरबाट पाएको त्यस सजाय र न्यायका लागि कृतज्ञ बन्छन्। तिनीहरू परमेश्‍वरको सजाय र न्यायविना रहन सक्दैनन्, र त्यसले तिनीहरूको सुरक्षा गर्दछ भनी विश्‍वास गर्छन्। तिनीहरू शान्ति र आनन्द खोज्ने विश्‍वासको र भोक मेटाउन रोटीको पछि लाग्दैनन्। न त तिनीहरू क्षणिक शारीरिक सुखविलासको पछि लाग्दछन्। सिद्ध पारिएकाहरूमा यही हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (४)

५२४. यदि व्यक्तिले आफ्नो कर्तव्य पूरा गर्दै परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छ भने, ऊ आफ्ना शब्दहरू र कार्यहरूमा सिद्धान्त केन्द्रित छ भने, र ऊ सत्य वास्तविकताका सबै पक्षहरूमा प्रवेश गर्न सक्छ भने, ऊ त्यस्तो व्यक्ति हो जसलाई परमेश्‍वरले सिद्ध तुल्याउनुहुन्छ। यो भन्न सकिन्छ कि परमेश्‍वरका काम र वचनहरू त्यस्ता व्यक्तिहरूका लागि पूर्ण रूपले प्रभावकारी भएका छन्, र परमेश्‍वरका वचनहरू तिनीहरूका जीवन बनेका छन्, तिनीहरूले सत्यता हासिल गरेका छन्, र तिनीहरू परमेश्‍वरका वचनहरू अनुरूप जिउन सक्षम छन्। यसपछि, तिनीहरूको देहको प्रकृति—अर्थात, तिनीहरूको मौलिक अस्तित्वको आधार—थर्किँदै भत्कनेछ र एकाएक ढल्नेछ। मानिसहरूले परमेश्‍वरका वचनहरूलाई तिनीहरूका जीवनको रूपमा धारण गरेपछि, तिनीहरू नयाँ मानिसहरू बन्‍नेछन्। यदि परमेश्‍वरका वचनहरू तिनीहरूको जीवन बन्छ भने, यदि परमेश्‍वरको कामको दर्शन, मानवजातिको लागि उहाँका आवश्यक मापदण्डहरू, मानिसहरूलाई उहाँले दिनुभएका प्रकाशहरू परमेश्‍वरले मानिसले पूरा गर्नैपर्ने भनी तोक्‍नुभएको सच्चा जीवनका मापदण्डहरू तिनीहरूको जीवन बन्छ भने, यदि तिनीहरू यी वचनहरू र सत्यताहरू अनुरूप जिउँछन् भने तिनीहरू परमेश्‍वरद्वारा सिद्ध तुल्याइन्छन्। त्यस्ता मानिसहरूले पुनर्जन्म पाउँछन् र तिनीहरू परमेश्‍वरका वचनहरूमार्फत नयाँ मानिसहरू बनेका हुन्छन्। पत्रुसले जुन मार्गद्वारा सत्यताको खोजी गरे त्यो मार्ग यही हो; यो मार्ग सिद्ध तुल्याइने मार्ग थियो, परमेश्‍वरका वचनहरूद्वारा सिद्ध तुल्याइने अनि परमेश्‍वरका वचनहरूबाट जीवन प्राप्त गर्ने मार्ग थियो। परमेश्‍वरले व्यक्त गर्नुभएका सत्यताहरू तिनको जीवन बन्यो, अनि त्यसपछि मात्र तिनी सत्यता प्राप्त गर्ने व्यक्ति बने।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने

५२५. यदि मानिसहरूसँग परमेश्‍वरको स्वभावको बारेमा यथार्थ बुझाइ छ भने र तिनीहरूले उहाँको पवित्रता र धार्मिकताको बारेमा हृदयस्पर्शी प्रशंसा गर्न सक्छन् भने यसको अर्थ तिनीहरूले उहाँलाई चिन्छन् र तिनीहरूमा सत्यता छ भन्ने हुन्छ; त्यसपछि मात्र तिनीहरू ज्योतिमा जिउँछन्। संसार र जीवनप्रतिको व्यक्तिको विचारमा परिवर्तन आएपछि मात्र उसमा आधारभूत रूपान्तरण आउँछ। जब व्यक्तिसँग जीवन लक्ष्य हुन्छ र उसले आफैलाई सत्यता अनुरूप व्यवहार गर्छ, जब ऊ परमेश्‍वरमा पूर्ण रूपले समर्पित हुन्छ र उहाँका वचनहरूद्वारा जिउँछ, जब व्यक्तिले उसको प्राणको गहिराइ भित्रसम्म शान्ति र ज्योति पाएको महसुस गर्छ, जब व्यक्तिको हृदय अन्धकारबाट स्वतन्त्र हुन्छ, र जब व्यक्ति परमेश्‍वरको उपस्थितिमा सम्पूर्ण रूपले स्वतन्त्र र बाधारहित भएर जिउन सक्छ, तब मात्र उसले सच्‍चा मानव जीवन पाउन सक्छ, र तब मात्र ऊ सत्यता भएको व्यक्ति बनेको हुन्छ। यसको साथै, तेरो स्वामित्वमा रहेका सबै सत्यताहरू परमेश्‍वरका वचनहरू र परमेश्‍वर स्वयम्‌बाट आएका हुन्। सम्पूर्ण ब्रह्माण्ड अनि सबै थोकका शासकले—सर्वोच्च परमेश्‍वरले—तँलाई सच्चा मानव जीवन जिउँदै गरेको वास्तविक व्यक्ति भनेर स्वीकार गर्नुहुन्छ। परमेश्‍वरको स्वीकृति भन्दा अर्थपूर्ण अरू के हुन सक्छ र? सत्यतालाई धारण गरेको भन्नुको अर्थ नै यही हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने

५२६. परमेश्‍वरमाथिको मानिसको विश्‍वासमा, यदि ऊ जीवनका मामलाहरूप्रति गम्‍भीर छैन, उसले सत्यतामा प्रवेश गर्ने कार्यको खोजी गर्दैन, आफ्‍नो स्वभावमा परिवर्तन ल्याउने कार्यको खोजी गर्दैन, परमेश्‍वरको कार्यको ज्ञानको खोजी त झन् गर्दै गर्दैन भने, उसलाई सिद्ध पारिन सकिँदैन। यदि तँ सिद्ध पारिन चाहन्छस् भने, तैँले परमेश्‍वरको कार्यलाई बुझ्‍नैपर्छ। निश्‍चित रूपमा भन्दा, उहाँको सजाय र न्यायको महत्त्वलाई र किन मानिसमा यो कार्य गरिन्छ भन्‍ने कुरालाई तैँले बुझ्‍नैपर्छ। के तँ स्वीकार गर्न सक्छौ? यस प्रकारको सजायको बेला, के तँ पत्रुसको जस्तै अनुभवहरू र ज्ञान प्राप्त गर्न सक्षम हुन्छस्? यदि तैँले परमेश्‍वरको ज्ञान र पवित्र आत्माको कार्यको खोजी गर्छस् भने, र यदि तैँले आफ्‍नो स्वभावलाई परिवर्तनको खोजी गर्छस् भने, तँसँग सिद्ध पारिने मौका छ।

सिद्ध पारिनुपर्नेहरूका लागि, विजय गरिने कार्यको यो चरण अपरिहार्य छ; मानिसलाई एक पटक मात्र विजय गरिएपछि उसले सिद्ध पारिने कार्यलाई अनुभव गर्न सक्छ। विजय गरिएको भूमिकालाई निर्वाह गर्नुमा मात्रै कुनै ठूलो महत्त्व छैन, जसले तपाईंलाई परमेश्‍वरद्वारा प्रयोग गरिनको लागि योग्य तुल्याउनेछैन। सुसमाचार फैलाउने कार्यमा तैँले आफ्‍नो भूमिका निर्वाह गर्ने कुनै माध्यमहरू तँसँग हुनेछैन, किनभने तैँले जीवनको खोजी गर्दैनस्, र आफूमा परिवर्तन र नवीकरणको खोजी गर्दैनस्, त्यसैले तँसँग जीवन सम्‍बन्धी कुनै खास अनुभव छैन। एकपछि अर्को गरिने यो चरणबद्ध कार्यमा, तैँले एक पटक सेवाकर्ताको रूपमा र प्रतिभारको रूपमा काम गरिस्, तर अन्तिममा पत्रुसजस्तै बन्‍ने प्रयास गर्दैनस् भने, र जुन तरिकाद्वारा पत्रुस सिद्ध पारिए तेरो प्रयास त्यस अनुसार छैन भने, स्वाभाविक रूपमा नै, तैँले आफ्‍नो स्वभावमा परिवर्तनहरूको अनुभव गर्नेछैनस्। यदि तँ सिद्ध पारिने प्रयासमा लागेको व्यक्ति होस् भने, तैँले साक्षी दिनेछस्, र तैँले यसो भन्‍नेछस्: “परमेश्‍वरको यो चरणबद्ध कार्यमा, मैले परमेश्‍वरको सजाय र न्यायलाई स्वीकार गरेको छ, र मैले ठूलो कष्ट भोगेको भए तापनि, परमेश्‍वरले मानिसलाई कसरी सिद्ध पार्नुहुन्छ सो कुरा मैले जानेको छु, परमेश्‍वरले गर्नुभएको काम मैले प्राप्त गरेको छु, मैले परमेश्‍वरको धार्मिकताको ज्ञान पाएको छु, र उहाँको सजायले मलाई मुक्त गरेको छ। उहाँको धर्मी स्वभाव ममा आएको छ र मलाई आशिष्‌हरू र अनुग्रह ल्याएको छ; उहाँको न्याय र सजायले नै मलाई सुरक्षा दिएको छ र शुद्ध पारेको छ। यदि परमेश्‍वरद्वारा मलाई दण्ड दिइएको थिएन र न्याय गरिएको थिएन, र परमेश्‍वरको कठोर वचन मकहाँ नआएको भए, मैले परमेश्‍वरलाई चिन्‍ने थिइन, न त मैले मुक्ति नै पाउन सक्‍नेथिएँ। आज म देख्‍छु: एक प्राणीको रूपमा, उसले परमेश्‍वरद्वारा सृष्टि गरिएका सबै कुराहरूको आनन्द लिने मात्रै होइन, तर, अझै महत्त्वपूर्ण कुरा त, सम्पूर्ण प्राणीहरूले परमेश्‍वरको धर्मी स्वभाव र उहाँको धर्मी न्यायमा आनन्द लिनुपर्छ, किनभने परमेश्‍वरको स्वभाव मानिसको आनन्दको योग्य छ। शैतानद्वारा भ्रष्ट तुल्याइएको एक प्राणीको रूपमा, उसले परमेश्‍वरको धर्मी न्यायमा आनन्द लिनुपर्छ। उहाँको धर्मी स्वभावमा सजाय र न्याय छ, र, त्यति मात्र होइन, त्यहाँ महान् प्रेम छ। आज परमेश्‍वरको प्रेम पूर्ण रूपमा प्राप्त गर्न म असक्षम भए तापनि, यसलाई हेर्ने असल मौका मैले प्राप्त गरेको छु, र यसमा मैले आशिष् पाएको छु।” सिद्ध पारिएको अनुभव गर्नेहरूले हिँड्ने बाटो यही नै हो, र तिनीहरूले बताउने ज्ञान यही नै हो। त्यस्ता मानिसहरू पत्रुसजस्तै हुन्; तिनीहरूमा पत्रुसको जस्तै अनुभवहरू छन्। त्यस्ता मानिसहरू जीवन प्राप्त गरेका, जससँग सत्यता छ। जब तिनीहरूले अन्त्यसम्‍मै अनुभव गर्छन्, परमेश्‍वरको न्यायको अवधिमा तिनीहरूले आफैलाई शैतानको प्रभावबाट मुक्त गर्नेछन्, र तिनीहरू परमेश्‍वरद्वारा प्राप्त गरिनेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

५२७. म पत्रुसजस्ता मानिसहरू, सिद्ध तुल्याइन खोज्ने मानिसहरू चाहन्छु। आजको सत्यता तिनीहरूलाई नै दिइन्छ जो यसको लागि उत्कट इच्छा गर्छन् र यसको खोजी गर्छन्। परमेश्‍वरबाट मुक्ति पाउन इच्छा गर्नेहरूलाई नै यो मुक्ति दिइन्छ, र यो तिमीहरूले मात्रै प्राप्त गर्नुपर्छ भन्‍ने छैन। यसको उद्देश्यचाहिँ तिमीहरूलाई परमेश्‍वरले प्राप्त गर्नुभएको होस् भन्ने हो; तिमीहरूलाई परमेश्‍वरले प्राप्त गर्न सक्‍नुभएको होस् भनेर तिमीहरूले परमेश्‍वरलाई प्राप्त गर्छौ। आज मैले यी वचनहरू तिमीहरूलाई बताएको छु, र तिमीहरूले ती सुनेका छौ, र तिमीहरूले यी वचनहरू अनुसार अभ्यास गर्नुपर्छ। अन्त्यमा, तिमीहरूले यी वचनहरूलाई अभ्यास गर्ने समय नै मैले यी वचनहरूद्वारा तिमीहरूलाई प्राप्त गरेको क्षण हुनेछ; यसको साथै, तिमीहरूले यी वचनहरूलाई पनि प्राप्त गरेका हुनेछौ, अर्थात्, तिमीहरूले यो सर्वोच्‍च मुक्तिलाई प्राप्त गरेका हुनेछौ। तिमीहरूलाई एक पटक शुद्ध पारिएपछि, तिमीहरू वास्तविक मानव बनेका हुनेछौ। यदि तँ सत्यतामा जिउन, वा सिद्ध पारिएकोजस्तो गरी जिउन सक्दैनस् भने, तँ मानिस होइनस्, तर एउटा जिउँदो लास, पशु होस्, किनभने तँ सत्यविहीन छस्, जसको अर्थ के हो भने तँ यहोवाको सासविहीन छस्, त्यसैले तँ आत्मा नभएको मृतक मानिस होस् भनी भन्‍न सकिन्छ! विजय गरिएपछि साक्षी दिनु सम्‍भव भए तापनि, तैँले थोरै मुक्ति बाहेक केही पनि प्राप्त गर्दैनस्, र तँ आत्मा भएको जीवित प्राणी बनेको छैनस्। तैँले सजाय र न्यायको अनुभव गरेको भए तापनि, यसको परिणामस्वरूप तेरो स्वभाव नवीकरण वा परिवर्तन भएको छैन; तँ अझै पनि तेरो पुरानो मनुष्यत्व होस्, तँ अझै पनि शैतानको स्वामित्वमा छस्, र तँ शुद्ध पारिएको मानिस होइनस्। सिद्ध बनाइएकाहरू मात्रै मूल्यवान् छन्, र यस्ता मानिसहरूले मात्रै साँचो जीवन प्राप्त गरेका छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

५२८. तिमीहरूको भविष्यको सेवाको मार्गमा, तिमीहरूले कसरी परमेश्‍वरको इच्छा पूरा गर्न सक्छौ? एउटा महत्त्वपूर्ण बुँदा भनेको जीवनमा प्रवेश गर्नु, स्वभाव परिवर्तन गर्नु र सत्यमा गहिरो रूपले प्रवेश गर्न खोजी गर्नु हो—सिद्धता प्राप्त गर्ने र परमेश्‍वरद्वारा प्राप्त हुने मार्ग यही हो। तिमीहरू सबै परमेश्‍वरको आज्ञा प्राप्त गर्नेहरू हौ, तर कस्तो प्रकारको आज्ञा? यो कामको अर्को चरणसँग सम्बन्धित छ; कार्यको अर्को चरण सम्पूर्ण ब्रह्माण्डमा गरिने अझ ठूलो कार्य हुनेछ, त्यसैले आज, तिमीहरूले आफ्नो जीवन स्वभाव परिवर्तन गर्न खोज्‍नुपर्छ, यसैले कि भविष्यमा तिमीहरू साँच्चै परमेश्‍वरले उहाँको कामद्वारा महिमा प्राप्त गर्ने प्रमाण बन्नेछौ, जसले तिमीहरूलाई उहाँको भविष्यको कामको उदाहरण बनाउँछ। आजको खोजी पूर्ण रूपमा भविष्यको कामका लागि जग बसाल्नका निम्ति नै हो, यसैले कि तिमीहरू परमेश्‍वरद्वारा प्रयोग हुन सक र उहाँको साक्षी दिन सक। यदि तिमीहरूले यसलाई आफ्नो खोजीको लक्ष्य बनाउँछौ भने, तिमीहरू पवित्र आत्माको उपस्थिति प्राप्त गर्न सक्षम हुनेछौ। तैँले आफ्नो खोजको लक्ष्य जति उच्च राख्छस्, तँ त्यति नै बढी सिद्ध पारिन सक्छस्। तँ सत्यको पछि जति धेरै लाग्छस्, पवित्र आत्माले त्यति नै धेरै काम गर्नुहुन्छ। तैँले आफ्नो खोजमा जति धेरै ऊर्जा लगाउँछस्, तैँले त्यत्ति नै बढी प्राप्त गर्नेछस्। पवित्र आत्माले मानिसहरूलाई तिनीहरूको भित्री अवस्थाअनुसार सिद्ध पार्नुहुन्छ। केही मानिसहरू तिनीहरू परमेश्‍वरद्वारा प्रयोग हुनु वा उहाँद्वारा सिद्ध हुनु इच्छुक छैनन्, तिनीहरू आफ्नो देह सुरक्षित होस् र कुनै किसिमको दुर्भाग्य भोग्नु नपरोस् मात्र भन्छन्। केही मानिसहरू राज्यमा प्रवेश गर्न अनिच्छुक हुन्छन् तापनि अतल कुण्डमा खसालिन तयार हुन्छन्। त्यस्तो अवस्थामा, परमेश्‍वरले तेरो त्यो इच्छा पनि पूरा गरिदिनुहुनेछ। तँ जुन कुराको पछि लाग्छौ परमेश्‍वरले त्यो पूरा गराइदिनुहुनेछ। त्यसैले अहिले तँ कुन कुराको पछि लाग्दैछस्? के यो सिद्ध पारिनु हो? के तेरा वर्तमान कार्य र व्यवहारहरू परमेश्‍वरद्वारा सिद्ध हुन र उहाँद्वारा प्राप्त गरिनका लागि हुन्? तैँले यसरी नै दिनहुँ निरन्तर आफैलाई मापन गर्नुपर्छ। यदि तँ आफ्नो सम्पूर्ण हृदयले एउटै लक्ष्यको पछि लाग्छस् भने, परमेश्‍वरले निश्चित रूपमा तँलाई सिद्ध बनाउनुहुनेछ। पवित्र आत्माको बाटो यस्तै हुन्छ। पवित्र आत्माले मानिसहरूलाई जुन बाटोमा डोऱ्याउनुहुन्छ त्यो तिनीहरूको खोजको माध्यमबाट प्राप्त हुन्छ। परमेश्‍वरद्वारा सिद्ध हुन र प्राप्त गरिनको लागि तैँले जति धेरै तृष्णा गर्छस्, पवित्र आत्माले तँभित्र त्यत्ति नै बढी काम गर्नुहुनेछ। तँ खोजी गर्न जति असफल हुन्छस्, र तँ जति धेरै नकारात्मक र पतनतर्फ बढ्छस्, तैँले पवित्र आत्मालाई काम गर्ने अवसरहरूबाट त्यति नै वञ्चित गर्छस्; समय बित्दैजाँदा, पवित्र आत्माले तँलाई त्याग्नुहुनेछ। के तँ परमेश्‍वरद्वारा सिद्ध हुने इच्छा गर्छस्? के तँ परमेश्‍वरद्वारा प्राप्त गरिने इच्छा गर्छस्? के तँ परमेश्‍वरद्वारा प्रयोग गरिने इच्छा गर्छस्? परमेश्‍वरद्वारा सिद्ध पारिन, प्राप्त गरिन, र प्रयोग गरिनका निम्ति तिमीहरूले सबै कुरा गर्दै पछि लाग्नुपर्छ, यसैले कि ब्रह्माण्डमा भएका सबै थोकहरूले तिमीहरूमा परमेश्‍वरका कार्यहरू प्रकट भएका देखून्। सबै थोकको बीचमा तिमीहरू मालिक हौ, र अस्तित्वमा भएका सबै कुराको बीचमा तिमीहरूले आफूद्वारा परमेश्‍वरलाई गवाही र महिमाको आनन्द लिन दिनेछौ—तिमीहरू सबै पुस्ताहरूमा सबैभन्दा धन्यका हौ भन्ने कुराको प्रमाण यही हो!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्

अघिल्लो: ड. शैतानको प्रभावलाई कसरी त्याग्ने र मुक्ति हासिल गर्ने सो सम्बन्धमा

अर्को: ११. परमेश्‍वरलाई चिन्‍नुसँग सम्बन्धित वचनहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्