760 दागबिनाको शुद्ध प्रेम
पद १
प्रेम एउटा दागबिनाको, शुद्ध भावना हो।
प्रेम, महसुस र हेरचाह गर्न
आफ्नो हृदय प्रयोग गर।
प्रेमले सर्त, अवरोध वा दूरी तय गर्दैन।
प्रेम, महसुस र हेरचाह गर्न आफ्नो हृदय प्रयोग गर।
कोरस
यदि प्रेम गर्छौ भने धोका दिने,
गनगन गर्ने, पिठ्युँ फर्काऊने,
बदलामा केही पाउन खोज्नेछैनौ।
यदि प्रेम गर्छौ भने बलिदान गर्नेछौ, कठिनाइ स्वीकार्नेछौ
र परमेश्वरसँग मिल्नेछौ।
पद २
प्रेममा कुनै शङ्का, धूर्तता, छल हुँदैन।
प्रेम, महसुस र हेरचाह
गर्न आफ्नो हृदय प्रयोग गर।
प्रेममा कुनै लेनदेन वा केही अशुद्ध कुरा हुँदैन।
प्रेम, महसुस र हेरचाह गर्न आफ्नो हृदय प्रयोग गर।
कोरस
यदि प्रेम गर्छौ भने धोका दिने,
गनगन गर्ने, पिठ्युँ फर्काऊने,
बदलामा केही पाउन खोज्नेछैनौ।
यदि प्रेम गर्छौ भने बलिदान गर्नेछौ, कठिनाइ स्वीकार्नेछौ
र परमेश्वरसँग मिल्नेछौ।
ब्रिज
उहाँको निम्ति आफ्नो परिवार, यौवन,
भविष्य र विवाह त्याग्नेछौ;
उहाँको निम्ति सबै त्याग्नेछौ।
नत्र तिम्रो प्रेम,
प्रेम नै होईन, बरू छल, उहाँप्रति धोका हो।
कोरस
यदि प्रेम गर्छौ भने धोका दिने,
गनगन गर्ने, पिठ्युँ फर्काऊने,
बदलामा केही पाउन खोज्नेछैनौ।
यदि प्रेम गर्छौ भने बलिदान गर्नेछौ, कठिनाइ स्वीकार्नेछौ
र परमेश्वरसँग मिल्नेछौ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ” बाट परिमार्जित