761 के तिमीसँग परमेश्‍वरको निम्ति साँचो प्रेम छ?

पद १

शारीरिक सुख-चैनको लागि परमेश्‍वरलाई प्रेम गर्छौ भने,

तिम्रो प्रेम चरममा, केहि नमाग्ने स्थानमा पुगेपनि,

उहाँलाई मन नपर्ने, कलङ्कित प्रेम पछ्याउँछौ।

निरस मन भर्न मात्र उहाँलाई प्रेम गर्नेहरू

सजिलो जीवनका लालच गर्ने हुन्,

उहाँलाई साँचो प्रेम गर्ने होइनन्।

मन खुशी पार्न खोज्ने, बलजफती प्रेम हो यो।

उहाँलाई यो चाहिँदैन।


कोरस १

कस्तो छ तिम्रो प्रेम? किन उहाँलाई प्रेम गर्छौ?

उहाँप्रति साँचो प्रेम तिमीभित्र कति छ?


पद २

तिमीहरू प्रायसँग त्यो प्रेम छ जुन उहाँले इन्कार्नुहुन्छ,

यस्तो प्रेम टिक्न सक्तैन, न जरा लिन सक्छ,

एक फूलझैं जो फुल्छ र फल नफलाई मर्छ।

उहाँलाई यसरी प्रेम गरेका छौ र अगाडि बाटोमा

डोर्‍याउने कोही छैन भने, तिमी पतन हुनेछौ।

उहाँलाई अहिले प्रेम गर्छौ,

तर जीवनको स्वभाव फेर्दैनौ भने,

शैतानबाट मुक्त हुन सक्तैनौ।


कोरस २

यस्ता कोही पनि उहाँद्वारा लिइन सकिँदैनन्;

निश्चय शरीर, प्राण र आत्मामा शैतानको हुनेछन्।


पद ३

उहाँद्वारा लिइन नसकिनेहरू, जहाँबाट

आए त्यहीँ फर्कनेछन्,

आगोको कुण्डमा उहाँको दण्ड स्वीकार गर्न।

उहाँद्वारा प्राप्त हुनेहरू

शैतानलाई त्याग्नेहरू हुन्।

ती राज्यका मानिसहरूको बीचमा थपिनेछन्।


कोरस ३

राज्यका मानिसहरू यसरी बनाइन्छन्।

के तिमी यस्तो व्यक्ति हुन इच्छुक छौ?


अन्त्य

के उहाँद्वारा प्राप्त हुन, शैतानबाट

उम्कन र उहाँकहाँ फर्कन इच्छुक छौ?

के तिमी शैतानको हौ, कि राज्यका

मानिसहरू मध्येका एक हौ?


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “विश्‍वासीहरूले कस्तो दृष्टिकोण राख्‍नुपर्छ” बाट परिमार्जित

अघिल्लो: 760 दागबिनाको शुद्ध प्रेम

अर्को: 762 तिमीहरू परमेश्‍वरलाई साँच्चै प्रेम गर्दैनौ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्