759 तिमीले परमेश्‍वरलाई साँचो प्रेम गर्न खोज्नुपर्छ

शुरुवात

आज व्यावहारिक परमेश्‍वरमा विश्‍वास गर्न, तिमी सही मार्गमा हिँड्नैपर्छ।

उहाँमा विश्‍वास गर्छौ भने, आशिष मात्र नखोजी, उहाँलाई प्रेम गर्न र जान्न खोज्नुपर्छ।

उहाँको अन्तर्दृष्टि र आफ्नै खोजीद्वारा,

उहाँको वचन खान र पिउन, उहाँबारे वास्तविक बुझाइ विकास गर्न,

र भित्री हृदयदेखि उहाँलाई साँचो प्रेम गर्न सक्छौ।


पद १

जब उहाँप्रतिको तिम्रो प्रेम सबभन्दा साँचो हुन्छ

र कसैले तिम्रो उहाँप्रतिको प्रेमलाई नष्ट गर्न सक्तैन,

यो समयमा तिमी उहाँप्रतिको विश्‍वासको सही मार्गमा हुन्छौ।

यसले तिमी उहाँको मानिस भएको पुष्टि गर्छ,

कारण तिम्रो हृदय पहिल्यै उहाँको स्वामित्वमा छ

र अरू कुनै कुराले तिमीलाई कब्जा गर्न सक्तैन।


कोरस १

उहाँको अन्तर्दृष्टि र आफ्नै खोजीद्वारा,

उहाँको वचन खान र पिउन, उहाँबारे वास्तविक बुझाइ विकास गर्न,

र भित्री हृदयदेखि उहाँलाई साँचो प्रेम गर्न सक्छौ।


पद २

तिम्रो अनुभव, तिमीले चुकाएको मूल्य र उहाँको कामद्वारा,

तिमी उहाँको लागि स्वेच्छिक प्रेम विकास गर्न सक्छौ—

त्यसो गर्दा, शैतानको प्रभावबाट मुक्त हुनेछौ

र उहाँको वचनको प्रकाशमा जिउनेछौ। अन्धकारबाट मुक्त

भएपछि मात्र उहाँलाई पाएका छौ भनी भन्न सकिन्छ।

तिम्रो परमेश्‍वरको विश्‍वासमा, तिमीले यो लक्ष्य खोज्ने प्रयास गर्नैपर्छ।

यो तिमीहरू हरेकको कर्तव्य हो।


कोरस १

उहाँको अन्तर्दृष्टि र आफ्नै खोजीद्वारा,

उहाँको वचन खान र पिउन, उहाँबारे वास्तविक बुझाइ विकास गर्न,

र भित्री हृदयदेखि उहाँलाई साँचो प्रेम गर्न सक्छौ।


ब्रिज

तिमीहरू कोही पनि हालको अवस्थामा सन्तुष्ट हुनु हुँदैन।

उहाँको कामप्रति दुइचित्ते हुन मिल्दैन, न त त्यसलाई

हल्का रूपमा लिन सक्छौ।


कोरस २

हर स्थानमा, हर समयमा उहाँबारे सोच्नुपर्छ र उहाँकै लागि सबथोक गर्नुपर्छ।

जब बोल्छौ र काम गर्छौ, उहाँको घरको हितलाई पहिलो स्थानमा राख्नुपर्छ।

यसरी मात्र उहाँको हृदयअनुसारको हुन सक्छौ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले तँ सत्यताको निम्ति जिउनुपर्छ” बाट परिमार्जित

अघिल्लो: 758 परमेश्‍वरलाई प्रेम गर्नेहरू आशिषित हुन्

अर्को: 760 दागबिनाको शुद्ध प्रेम

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्