सत्यताको अभ्यासमा मात्र जीवन प्रवेश हुन्छ

व्यक्तिले जीवन प्रवेशतर्फ पहिलो कदम चाल्दा कहाँबाट सुरू गर्नुपर्छ? जीवन प्रवेश हासिल गर्न व्यक्तिलाई के चाहिन्छ? सत्यता वास्तविकताहरूभित्र प्रवेश गर्न व्यक्तिले पछ्याउनु र हासिल गर्नुपर्ने सबैभन्दा अनिवार्य र महत्त्वपूर्ण कुराहरू के हुन्? के तिमीहरूले कहिल्यै यी प्रश्‍नहरूबारे विचार गरेका छौ? जीवन प्रवेश भनेको के हो? जीवन प्रवेश भनेको व्यक्तिको दैनिकीमा, तिनीहरूका कार्यहरूमा, तिनीहरूका जीवनको दिशामा, र तिनीहरूको खोजको लक्ष्यमा परिवर्तन हुनु हो। विगतमा मूर्ख र अज्ञानी भएकोले, र सधैँ देहका विचारहरू, धारणाहरू, र कल्पनाहरू अनुसार काम गरेकोले, अब व्यक्ति, परमेश्‍वरका प्रकाशहरू, पानी हाल्ने काम, र प्रबन्धद्वारा, परमेश्‍वरको वचनअनुसार काम गर्नुपर्छ भनी बुझ्न सक्ने भएको हुन्छ। यसबाहेक, यो व्यक्ति परमेश्‍वरका वचनहरूको परिणामस्वरूप दैनिक जीवनमा तिनीहरूका विचारहरू र आफ्‍नो चालचलनको तरिकामा, र जीवनमा तिनीहरूका दिशा र लक्ष्यको सम्बन्धमा रूपान्तरण भएको हुन्छ। यही नै जीवन प्रवेश हो। जीवन प्रवेशको आधार के हो? (परमेश्‍वरका वचनहरू।) सही हो। जीवन प्रवेशलाई परमेश्‍वरका वचनहरूबाट अलग गर्न सकिँदैन; यो सत्यताबाट अलग हुन सक्दैन; परमेश्‍वरले बोल्नुहुने हरेक वचन सत्यता हो। जीवन प्रवेश हासिल गरेका मानिसहरूमा के प्रकट भएको देखिन्छ? (तिनीहरू जिउन परमेश्‍वरका वचनहरूमा भर पर्न सक्छन्।) सही हो। तिनीहरू जिउन परमेश्‍वरको वचनमा भर पर्न सक्छन्। तिनीहरूका कार्यहरू, बोलीवचनहरू, समस्याहरूका बारेमा विचारहरू, दृष्टिहरू, धारणाहरू, र दृष्टिकोणहरू सबै परमेश्‍वरका वचनहरूमा र सत्यतामा निर्भर हुन्छन्। यी जीवन प्रवेश प्राप्त गरेका प्रकटीकरणहरू हुन्। त्यसोभए, जीवन प्रवेश मुख्यत: केसँग जोडिएको हुन्छ त? (परमेश्‍वरका वचनहरूसँग।) जीवन प्रवेश परमेश्‍वरका वचनहरू र सत्यतासँग जोडिएको हुन्छ। त्यसोभए, के अब जीवन प्रवेश भएको व्यक्तिलाई सत्यता पछ्याउने व्यक्ति, अनि साँच्चै सत्यता पछ्याउने व्यक्तिलाई जीवन प्रवेश भएको व्यक्ति भन्न मिल्छ त? (मिल्छ।) अनि, यी कुराहरूलाई यसरी परिभाषित गर्नुको लक्ष्य के हो? हामीले हाम्रो सङ्गति कुन दिशातर्फ लक्षित गर्नुपर्छ? (सत्यता पछ्याउनतर्फ।) सत्यता पछ्याउनु नै आज मलाई सङ्गति गर्न मन लागेको मुख्य विषय हो। वर्तमान समयमा, तिमीहरू जीवन प्रवेश र सत्यताबीचको सम्बन्धबारे त्यति स्पष्ट छैनौ—यो तिमीहरूलाई खासै प्रस्ट छैन। म सधैँ जीवन प्रवेश, मानिसहरूको स्वभाव रूपान्तरण, अनि पावलको मार्ग चिरफार गर्नेबारे सङ्गति गरिरहेको हुन्छु। यो सबैको सङ्गम हुने मुख्य विषय के हो? त्यो सत्यता पछ्याउनु हो। मैले पावलले पछ्याएको मार्गबारे चिरफार गरे पनि, वा पत्रुसले पछ्याएको सिद्धताको मार्गबारे कुरा गरे पनि—मैले जेबारे कुरा गरे पनि, अन्तत: मेरो लक्ष्य सबैले कुन मार्ग पछ्याऊन् भन्ने हो? (सत्यता पछ्याउने मार्ग।) जब मानिसहरू सत्यता पछ्याउन, सत्यता वास्तविकतामा प्रवेश गर्न, परमेश्‍वरका वचनहरूअनुसार जिउन, परमेश्‍वरको इच्छा बुझ्न, र परमेश्‍वरका वचनहरूको सिद्धान्तअनुसार कामकुरा गर्न सक्छन्, तब के तिनीहरूले पछ्याउने लक्ष्य र मार्गहरू स्पष्ट हुँदैनन् र? (हुन्छन्।) मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्दा, आफ्नो स्वभाव रूपान्तरण गर्न खोज्दा, अनि मुक्ति पछ्याउँदा, सत्यता पछ्याउने विषयबाट अलग हुन असम्भव हुन्छ। सत्यता पछ्याउनेहरू मात्र साँचो विश्‍वासी हुन्, र तिनीहरूले मात्र मुक्ति पाउन सक्छन्। केही मानिसहरूमा जोस हुन्छ अनि परमेश्‍वरको लागि आफूलाई अर्पित गर्न इच्छुक हुन्छन्, तर तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन्छन् भन्‍ने जरुरी हुँदैन। सत्यता पछ्याउन त सबैजना इच्छुक हुन्छन्, तर केही मानिसहरूको क्षमता कम हुन्छ, तिनीहरूमा बोध क्षमताको कमी हुन्छ, र तिनीहरू सत्यता बुझ्न सक्दैनन्। केही मानिसहरू आत्मिक मामलाहरू बुझ्दैनन्; तिनीहरूले जे-जसरी प्रवचन सुने पनि कहिल्यै बुझ्दैनन्, न त परमेश्‍वरका वचनहरू पढ्दा नै बुझ्छन्। तिनीहरू सधैँ विभिन्‍न कुराहरूको टेढोमेढो अर्थ लगाउँछन्, अनि नियमहरू लागू गर्न प्रयास गर्छन्। यी मानिसहरू आत्मिक मामलाहरू नबुझ्ने मानिसहरू हुन्। मण्डलीमा आत्मिक मामलाहरू बुझ्ने मानिसहरू पनि हुन्छन्, र आत्मिक मामलाहरू नबुझ्ने मानिसहरू पनि हुन्छन्; बोध क्षमताको कमी रहेका कमजोर क्षमताका पनि हुन्छन्, अनि क्षमता राम्रो भएका र परमेश्‍वरका वचनहरूको शुद्ध बुझाइ भएकाहरू पनि हुन्छन्; सत्यता पछ्याउनेहरू पनि हुन्छन्, र सत्यता नपछ्याउनेहरू पनि हुन्छन्। यी सबै विभिन्न किसिमका मानिसहरूको आ-आफ्नै विभिन्न स्थिति र प्रकटीकरण हुन्छन्, अनि तैँले तिनीहरूबीचको भिन्नता स्पष्टसँग खुट्याउन सक्नैपर्छ।

अब हामी सबैभन्दा पहिलो किसिमको व्यक्ति, अर्थात् आत्मिक मामलाहरू नबुझ्ने मानिहरूबारे छलफल गरेर आरम्भ गरौँ। उदाहरणको लागि, हामी सत्यताको कुनै पक्षबारे सङ्गति गर्छौँ, तर सत्यताको यस पक्ष अनि मानिसहरूको स्थिति, मनोवृत्ति, अभिप्राय, र प्रकटीकरणहरूबारे सङ्गति गरिसकेपछि पनि, त्यहाँ केही यस्ता मानिसहरू हुन्छन्, जो के भनिएको थियो, केबारे सङ्गति गरिएको थियो भन्ने नै बुझ्दैनन्, र तिनीहरू आफूलाई त्यो कुरासँग तुलना गर्नै सक्दैनन्, अनि सङ्गति गरिएको सत्यतासँग तिनीहरूको व्यवहार र प्रकटीकरण, तिनीहरूको भ्रष्ट स्वभाव, अनि तिनीहरूको प्रकृति सारको के सम्बन्ध हुन्छ भन्ने कुरै बुझ्दैनन्। तिनीहरूलाई आफूले आफ्नो जीवनमा पछ्याउने कुराहरूसँग त्यसको के सम्बन्ध हुन्छ वा त्यो प्रवचन किन सुनाइयो भन्ने पनि थाहा हुँदैन—तिनीहरूले त्यसबाट धर्मसिद्धान्त मात्र बुझ्छन्, अनि त्यसभित्र नियमहरू भेट्टाउँछन्। कसैले तिनीहरूलाई के बुझ्यौ भनी सोध्दा, तिनीहरू यसो भन्छन्, “आज धेरै विषयहरूमा सङ्गति गरियो, तर मुख्य बुँदा उही थियो: केही भइहाल्यो भने, अझ धेरै प्रार्थना गर्नू।” अरूले चाहिँ यस्तो भन्छन्, “म बुझ्छु। परमेश्‍वरले मानिसहरूलाई असल बन्न, खराब कुराहरू नगर्न, अनि धेरै असल कार्यहरू गर्न लगाउनुहुन्छ। परमेश्‍वरलाई यो मनपर्छ।” अझै यस्तो भन्नेहरू पनि हुन्छन्, “परमेश्‍वरले मानिसहरूलाई उहाँप्रति अर्पित हुनैपर्छ, अनि आफ्नो धेरै दिनुपर्छ भन्दै हुनुहुन्छ।” के तिनीहरूले परमेश्‍वरका वचनहरू बुझेका हुन्छन् त? (हुँदैनन्।) यी सबै मानिसहरूले उहाँका वचनहरू बुझेका छौँ भन्ठान्छन्, तर खासमा तिनीहरू अध्याँरोमा लडबडाइरहेका हुन्छन्, उहाँका वचनहरूको एउटा वाक्यमा टाँसिइरहेका हुन्छन्। तिनीहरूको बुझाइ एकदमै एकतर्फी हुन्छ, र तिनीहरूले परमेश्‍वरले भन्न खोज्नुभएको कुरा बुझ्दै-बुझ्दैनन्। परमेश्‍वरले जति नै बोल्नुभए पनि, परमेश्‍वरका वचनहरू नबुझ्ने मानिसहरूले केवल नियम, धर्मसिद्धान्त, एक किसिमको सिद्धान्त, एक किसिमको दृष्टिकोण, वा एक किसिमको भनाइ मात्र देख्छन्। अनि, जब अभ्यास गर्ने कुरा आउँछ, तिनीहरूले त्यो कसरी अभ्यास गर्छन्? उदाहरणको लागि, जब हामीले परमेश्‍वरप्रति समर्पित हुने सत्यताबारे कुरा गर्छौँ, त्यो सुनिसकेपछि तिनीहरू यसो भन्छन्, “परमेश्‍वरले मलाई जे गर् भन्नुहुन्छ, म त्यही गर्नेछु। उहाँका वचनहरू सुन्नु अनि उहाँप्रति समर्पित हुनु भनेको यही हो।” के यो अति सरल भएन र? तिनीहरूले बुझ्न सक्ने भनेको यति मात्र हो। तिनीहरू परमेश्‍वरका वचनहरूको अभ्यास गर्ने कुन तरिका उहाँप्रतिको साँचो समर्पण हो, अनि कसरी परमेश्‍वरको इच्छा खोज्‍नुपर्ने हो, कसरी उहाँप्रतिको समर्पण हासिल गर्नुपर्ने हो, कसरी पवित्र आत्माको अगुवाइप्रति समर्पित हुनुपर्ने हो, अनि कसरी परमेश्‍वरका वचनहरूअनुसार सत्यता अभ्यास गर्नुपर्ने हो, त्यो बुझ्दैनन्, झन् परमेश्‍वरको पक्षमा कसरी उभिनुपर्ने हो र मण्डलीको कामको सुरक्षा कसरी गर्नुपर्ने हो भनेर तिनीहरूले बुझ्ने त कुरै नगरौँ। परमेश्‍वरप्रति समर्पित हुनमा महत्त्वपूर्ण हुने सत्यतासँग कुनै कुरा जति धेरै सम्बन्धित हुन्छ, त्यति नै तिनीहरू त्यो बुझ्न असक्षम हुन्छन्। तिनीहरूलाई आउने भनेको त नियम पालन गर्न मात्र हो। आत्मिक मामलाहरू नबुझ्नु भनेकै यही हो। नियम पालन गर्ने र आफ्नै विचारको दलदलमा भासिनेबाहेक, आत्मिक मामलाहरू नबुझ्ने मानिसहरू अबुझ पनि हुन्छन्। आत्मिक मामलाहरू नबुझ्ने मानिसहरूको मुख्य अभिव्यक्ति के हुन्छ? (नियमहरू पालन गर्ने।) नियमहरू पालन गर्ने हुन्छ। तिनीहरूले प्रायजसो एउटा वाक्य वा एउटा घटना लिन्छन् र त्यसलाई पछ्याउनु पर्ने नियम वा एउटा तरिकाको रूपमा उल्लेख गर्छन्। त्यसोभए के यी मानिसहरूले सत्यतालाई पनि त्यसरी नै लिन्छन्? (लिन्छन्।) आत्मिक मामलाहरू नबुझ्नेहरूले तैँले आज सङ्गति गरेको सत्यताको प्रकटीकरणको एउटा पक्ष याद राख्छन्; तिनीहरूले ती वचनहरू र व्यवहारहरूलाई अभ्यास गर्नुपर्ने र एउटै पनि नबिर्सी प्रत्येक कुरा याद राख्नुपर्ने नियमहरूको रूपमा मानिलिन्छन्। त्यसपछि, अर्कोचोटि एउटा फरक परिस्थिति सामना गर्नुपर्दा, र कसैले पनि सङ्गति नगरेमा, तिनीहरूले ती पूर्व विधिहरू र नियमहरू अन्धाधुन्ध लागू गर्छन्, र तिनलाई अभ्यास गर्छन्। यो आत्मिक मामलाहरू नबुझ्ने व्यक्तिहरूको एउटा ठोस अभिव्यक्ति हो। त्यस्ता मानिसहरूले ती नियमहरूको पालन गरिरहँदा कस्तो महसुस गर्छन्? (थकित।) तिनीहरूले थकित महसुस गर्दैनन्; यदि त्यसो हो भने, तिनीहरू रोकिनेथिए। तिनीहरूलाई आफूले सत्यताको अभ्यास गरिरहेका छौं भन्‍ने लाग्छ; तिनीहरू आफूले केही नियमहरू पालन गरिरहेको छु भनी महसुस गर्दैनन्, न त तिनीहरूले आत्मिक मामलाहरू बुझ्दैनन् भन्ने नै महसुस गर्छन्। तिनीहरूले सत्यता बुझेका छैनन्, वा सत्यता सिद्धान्तहरू के हुन् भनी बुझेका छैनन् भन्ने त झनै कम महसुस गर्छन्। यसको विपरीत, तिनीहरूले सत्यताको व्यावहारिक पक्ष, साथसाथै सत्यताको त्यस पक्षका सिद्धान्तहरू बुझेका छन् भनी सोच्छन्; त्यसको साथै, तिनीहरूले परमेश्‍वरको इच्छा बुझेका छन्, र यदि तिनीहरूले आफ्ना नियमहरू अनुसार कार्य गर्न सके भने तिनीहरू सत्यता वास्तविकताको पक्षमा प्रवेश गरेका, परमेश्‍वरको इच्छा पूरा गरेका, र सत्यता अभ्यास गरेका हुन्छन् भनी सोच्छन्। आत्मिक मामलाहरू नबुझ्ने मानिसहरूले सोच्‍ने कुरो यही होइन र? (हो, यही हो।) के यस्तो सोच्ने तरिका परमेश्‍वरको मापदण्डहरूअनुरूप हुन्छ त? के नियमहरू पालन गरेर अभ्यास गर्नु वास्तवमा सत्यता पछ्यउने कार्यको प्रकटीकरण हो त? (होइन।) किन होइन? (किनकि केही आइपर्दा तिनीहरू सत्यता खोज्दैनन्, र सो मामलामाथि मनन गर्ने प्रयास गर्दैनन्; तिनीहरू जिद्दी भएर आफ्नै सधैँझैँको काम गर्ने तरिकामै अल्झिरहन्छन्।) आत्मिक मामलाहरू नबुझ्ने खालका मानिसहरूले यसरी नै कार्य गर्छन्—तिनीहरू जिद्दी भएर पुरानै तरिकाहरूमा अल्झिरहन्छन्, अल्छी बन्छन्, केही आइपर्दा सत्यता खोज्दैनन्, अनि यस्ता कुराहरूबारे सोच्ने वा अनुसन्धान गर्ने गर्दैनन्। अनि, तिनीहरूले अनुसन्धान गरे नै भने पनि, के तिनीहरूले त्यसको अर्थ बुझ्न सक्छन् त? (सक्दैनन्।) तिनीहरूले किन बुझ्दैनन् त? (किनकि तिनीहरू आत्मिक मामलाहरू बुझ्दैनन्।) ठिक भन्यौ। आखिरमा कुरा यो हो कि, यस्ता खालका मानिसहरूले आत्मिक मामलाहरू बुझ्दैनन्, अनि तिनीहरूले कहिल्यै सत्यता बुझ्नेछैनन्।

वास्तवमा, आत्मिक मामलाहरू नबुझ्ने मानिसहरू हृदयमा सत्यता पछ्याउन इच्छुक हुन्छन्, तर तिनीहरू गलत रूपले सत्यता पछ्याउने प्रयास गर्छन्। ठ्याक्कै भन्नुपर्दा, तिनीहरू मुख्यत: नियमहरू पालन गर्न, सीमाहरूभित्र रहन, अनि धर्मसिद्धान्तको पालन गर्न वा अरूको काम गर्ने तरिका लागू गर्न, र अरूका वचनहरू नक्कल गर्नमा भर पर्छन्। अनि, यस्तो खालको व्यक्तिको सार के हुन्छ? किन तिनीहरू नियमहरू पालन गर्नुलाई सत्यता अभ्यास मान्छन्, अनि किन यसरी अभ्यास गर्नु सत्यता पछ्याउनु हो भन्‍ने सोच्छन्? यो समस्या किन पैदा हुन्छ? यसको एउटा मूलजड छ—के तिमीहरू त्यो देख्न सक्छौ? (तिनीहरू आफ्ना विचार, धारणा, र कल्पनाहरूलाई सत्यता मान्छन्। तिनीहरू परमेश्‍वरको वचन बुझ्दैनन्, र तिनीहरूले साँचो रूपमा परमेश्‍वरको इच्छा बुझेका हुँदैनन्।) यो त्यसको एउटा अंश हो। अरू के छ? (तिनीहरू अहङ्कारी अनि आत्मधर्मी हुन्छन्, अनि केही आइपर्दा सत्यता खोज्दैनन्। तिनीहरू आफूले सही ठान्‍ने कुराहरूलाई सत्यता मान्छन्।) आत्मिक मामलाहरू नबुझ्ने केही मानिसहरू यस्तै हुन्छन्, तर यो समस्याको मूलजड होइन। यस्ता मानिसहरूलाई के कुराले यस्तो शैलीमा आफ्नो प्रकटीकरण गर्ने तुल्यायो? आत्मिक मामलाहरू नबुझ्ने र नियमहरू पालन गर्न मन पराउने मानिसहरू एकदमै गम्भीरतासाथ प्रवचन सुन्छन्, र विशेषगरी यो तिनीहरूको अभ्याससँग सम्बन्धित हुँदा तिनीहरूले त्यसरी सुन्छन्। जस्तै, कर्तव्य कसरी निर्वाह गर्ने, आफूले गर्नुपर्ने काम कसरी राम्रोसँग गर्नेजस्ता विषयहरू। तिनीहरू राम्रोसित ध्यान दिन्छन्, तर मुख्‍य समस्या के हुन्छ भने, तिनीहरूले आफ्नो स्थिति र प्रवचनमा सुनेका कुराहरूबीच रहेका समानताहरू पहिचान गर्नै सक्दैनन्। उदाहरणको लागि, यदि प्रवचनमा मानिसहरूको विद्रोहीपनबारे बताइएको छ भने, त्यो कुरा सुनिसकेपछि, तिनीहरूले यस्तो सोच्छन्, “विद्रोहीपन? ममा त छैन! यदि मानिसहरूलाई विद्रोही हुने अनुमति छैन भने, यदि मैले भविष्यमा यस्तो खाले परिस्थिति सामना गरेँ भने, मैले आवाज उठाउनु हुँदैन। मैले बस सहनुपर्छ, अनि मानिसहरूको बोली र हाउभाउ बुझ्नुपर्छ। म मेरा वरपरका मानिसहरूले के भन्छन्, कसरी काम गर्छन्, त्यो हेर्नेछु र त्यही पछ्याउनेछु। त्यसपछि, म विद्रोही हुनेछैन, होइन र?” प्रवचन सुनेपछि, तिनीहरूले निकाल्ने निर्क्यौलमा, तिनीहरूका आफ्नै केही तर्क र अभ्यासका तरिकाहरू हुन्छन्। प्रवचनमा खुलासा गरिएका कुनै पनि स्थितिहरूप्रति तिनीहरूको कुनै प्रतिक्रिया हुँदैन, अनि तिनलाई आफूसँग भएका कुनै पनि समानताहरूसित तुलना गर्न सक्दैनन्। तिनीहरूको मन अलमलिएको हुन्छ। यहाँ मैले “अलमलिएको” भनेर के भन्न खोजेको हुँ? तिनीहरूलाई प्रवचनले वास्तवमा के भनिरहेको छ भन्ने नै थाहा हुँदैन। भित्रभित्रै, तिनीहरूले यस्तो सोच्छन्, “सङ्गति केबारे भइरहेको छ? किन यो सरल भाषामा नगरिएको हो? आज यो कुराबारे सङ्गति गरिँदै छ, र भोलि केही अर्कै कुराबारे हुनेछ।” तिनीहरूको दृष्टिकोणबाट, सत्यता अभ्यास गर्न सजिलो छ: खालि आफूलाई जे अह्राइएको छ त्यही गर्नू। अनि जहाँसम्म प्रवचनमा खुलासा गरिएका सबै स्थिति र भ्रष्ट स्वभावको कुरा छ, तिनीहरूले तिनलाई आफूसँग तुलना गर्नै सक्दैनन्। तिनीहरू जीवन प्रवेशको प्रक्रिया दौरान, हरेक परिस्थितिमा मानिसहरूले कस्ता सोच, कस्ता विचार, र विविध भ्रष्ट स्वभावहरू प्रकट गर्छन् भन्नेबारे अस्पष्ट र जवाफहीन हुन्छन्। तिनीहरू न त विभिन्‍न विवरणहरूबीच भिन्नता छुट्याउन सक्छन्, न त समानताहरू नै पहिचान गर्न सक्छन्। आफूसित तुलनै गर्न नसक्ने मानिसहरूले सत्यता सुनिसकेपछि कस्तो महसुस गर्छन्? (तिनीहरू त्यसमा अरू मानिसहरूको कुरा गरिँदै छ, अनि आफूसँग त्यसको कुनै लिनुदिनु छैन भन्ने सोच्छन्।) कुरो त्यही हो। यो मुख्य विशेषता हो; तिनीहरू आफूसित कुनै तुलना गर्न सक्दैनन्। जब तिनीहरू मानिसहरूको भ्रष्ट स्थितिहरू खुलासा गर्ने वचनहरू देख्छन्, तिनीहरू त्यो अरू नै मानिसहरूको कुरा गरिएको हो भन्ठान्छन्। तिनीहरू मानिसहरूमा हुने औसत वा सामान्य समस्याहरू खुलासा हुँदा स्विकार्न सक्छन्, तर भ्रष्ट स्वभाव वा मानिसहरूको सारसम्बन्धी वचनहरू आउँदा, तिनीहरूले ठाडै अस्वीकार गर्छन्; तिनीहरूले कुनै पनि परिस्थितिमा त्यो स्विकार्नेछैनन्—तिनीहरू त्यो स्विकार्नुको अर्थ आफू निन्दित हुनु हो भन्‍नेजस्तो गर्छन्। आत्मिक मामलाहरू नबुझ्ने सबै मानिसहरूमा हुने साझा समस्या यही हो। जब तिनीहरूले मानिसहरूमा हुने हरप्रकारको स्थिति र प्रकटीकरणबारे, अनि तिनीहरूको प्रकृति सारको हरतरिकाको प्रकटीकरणबारे परमेश्‍वरले गर्नुहुने खुलासा सामना गर्छन्, तिनीहरू ती कुनै पनि कुरा स्विकार्दैनन्, न त तिनलाई आफूसँग तुलना नै गर्छन्, न त तीबारे कुनै चिन्तन नै गर्छन्। यसको साटो, तिनीहरूले ती वचन र समस्याहरू टिपेर अरू मानिसहरूमाथि थोपर्छन्, र ती कुराको आफूसँग कुनै सम्बन्ध नै छैन भन्ठान्छन्। यस्ता खाले मानिसहरूले सत्यता नस्विकार्ने मात्र होइन, तिनीहरूको सोच्ने तरिका पनि सामान्य हुँदैन, तिनीहरूका शब्दहरू पनि छली अनि गोलमोल हुन्छन्, र तिनीहरूले दिने जवाफ पनि तैँले सोधेको प्रश्‍नको जवाफ हुँदैन। जस्तै, यदि तैँले तिनीहरूलाई खाना खाइसकेको हो कि भनेर सोधिस् भने, पानी त नखाने भन्छन्; यदि निन्द्रा लागिरहेको छ कि भनेर सोधिस् भने, तिर्खा लागेको छैन भन्छन्। तिनीहरू प्राय: यस्तै अलमलिएको स्थिति, र अस्तव्यस्त मनस्थितिमा हुन्छन्। आत्मिक मामलाहरू नबुझ्ने मानिसहरूले आफूलाई प्रकट गर्ने तरिका यस्तै हुन्छ। हरेक मण्डलीमा आत्मिक मामलाहरू नबुझ्ने मानिसहरू हुन्छन्। तर तिनीहरूमा एकअर्काका जस्तै साझा समस्याहरू भए पनि, केही सूक्ष्म भिन्नताहरू पनि हुन्छन्। अनि, के आत्मिक मामलाहरूको बुझाइ नै नभएका मानिसहरू पनि हुन्छन्? (हुन्छन्।) परमेश्‍वरमा विश्‍वास गरेको तीन वर्षभन्दा कम भएका मानिसहरू परमेश्‍वरमाथिको विश्‍वास, जीवन प्रवेश, सत्यता पछ्याउने, स्वभावगत रूपान्तरण पछ्याउने, र सिद्ध पारिनेजस्ता मामिलाहरूमा अस्पष्ट हुन्छन्। तिनीहरू कर्तव्य निभाउन र परमेश्‍वरको लागि यताउता गर्न आफ्नो जोसमा भर पर्छन्, र तिनीहरू मेहनत र सेवा गर्ने चरणमा हुन्छन्। तिनीहरू जीवन प्रवेशसँग सम्बन्धित मामिलहरू बुझ्दैनन्, र तिनीहरूलाई जीवन प्रवेश र सत्यता पछ्याउनेबारे तातोभुत्लो केही थाहा हुँदैन। तिनीहरू बाहिर देखिने काम मात्र गर्न मन पराउँछन्, अनि सो गर्न आफ्नो जोसको आड लिन्छन्। यी आत्मिक मामलाहरूको बुझाइ अलिकति पनि नभएका मानिसहरू हुन्। के यो चरणमा अलिकति पनि आत्मिक बुझाइ नहुने व्यक्तिलाई सत्यता नपछ्याउने व्यक्तिको संज्ञा दिन मिल्छ? (मिल्दैन।) तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको धेरै समय नभएकोले तिनीहरूलाई सो संज्ञा दिइहाल्न मिल्दैन। तिनीहरू अझै पनि जोसकै चरणमा भएकाले, तिनीहरूले परमेश्‍वरको व्यवस्थापन योजनाको उद्देश्य, मानिसहरूको मुक्तिको मार्ग, वा हरेक व्यक्तिले पछ्याउने फरकफरक मार्गहरूबारे केही बुझेका हुँदैनन्, त्यसैले तिनीहरूको बुझाइको कमी क्षमायोग्य नै हुन्छ; यो सामान्य कुरा हो। तर जीवन प्रवेश भनेको के हो भन्ने बुझिसकेका, अनि जीवन प्रवेश र स्वभाव रूपान्तरणसँग सम्बन्धित सबै सत्यतासँग परिचित हुन थालिसकेकाहरूको कुरा आउँदा, के तिनीहरूमाझ आत्मिक मामलाहरू केही पनि नबुझ्ने मानिसहरू हुन्छन्? (हुन्छ्न्।) अझै पनि त्यस्ता मानिसहरू हुन्छन्। यदि आत्मिक मामलाहरू केही पनि नबुझ्ने व्यक्ति आफ्नो हृदयमा सत्यता पछ्याउन इच्छुक छ नै भने पनि, उसले त्यो कुरा हासिल गर्न सक्दैन, त्यसैले निश्‍चित रूपमा यो भन्न सकिन्छ कि आत्मिक मामलाहरू केही पनि नबुझ्ने मानिसहरू सत्यता पछ्याउने मानिसहरू हुनै सक्दैनन्, र तिनीहरूको प्रकटीकरण सत्यता पछ्याउने व्यक्तिको जस्तो हुन बिल्कुलै सक्दैन।

आत्मिक मामलाहरू बुझ्ने अनि आत्मिक मामलाहरू नबुझ्ने मानिसहरूले आफूलाई प्रकट गर्ने भिन्नभिन्नै तरिकाहरू के-के हुन्छन्? आत्मिक मामलाहरू नबुझ्ने मानिसहरू परमेश्‍वरले सङ्गति गर्नुभएका सत्यताहरू, साथै उहाँका वचनहरूका स्थिति, सन्दर्भ, र सङ्केतहरूबारे आधारभूत रूपमै अचेत र अनजान हुन्छन्, अनि तीसँग तिनीहरूले आफूलाई तुलना गर्न सक्दैनन्। आत्मिक मामलाहरू बुझ्ने मानिसहरू ठ्याक्कै उल्टो हुन्छन्। उदाहरणको लागि, यदि म मानिसहरूको विद्रोहीपनबारे, अनि त्यो विद्रोहीपनभित्र हठीपन, स्वार्थ, र जिद्दी बेवकुफीका साथै परमेश्‍वरबारेको गलतफहमी, अनि उहाँप्रतिको प्रतिरोध र विरोध हुन्छन् भनी सङ्गति गर्छु, जब यो विषयसँग सम्बन्धित स्थितिहरूबारे बताउँछु, मैले उदाहरण दिए पनि निदए पनि, सत्यताको कुनै पक्षबारे बताए पनि नबताए पनि, वा हृदयमा भएको स्थितिको कुरा निकाले पनि ननिकाले पनि, वा सत्यता सिद्धान्तहरूसम्बन्धी विषयहरू सङ्गति गरे पनि नगरे पनि, यदि तैँले आफूले सुनेको वचन साँच्चै नै बुझ्छस् भने, तँ आत्मिक मामलाहरू बुझ्ने व्यक्ति होस्। यदि तैँले आफूले सुनेको वचन बुझ्छस् र त्यो अभ्यास गर्न सक्छस् भने, तँ सत्यता अभ्यास गर्ने व्यक्ति होस्। जब आत्मिक मामलाहरू बुझ्ने मानिसहरूले परमेश्‍वरका वचनहरू सुन्छन्, तिनीहरूमा शुद्ध रूपमा बोध गर्ने क्षमता हुन्छ, र तिनीहरूले सत्यतासमेत बुझ्न सक्छन्। परमेश्‍वरले जेसुकैबारे बताउनुभए पनि, तिनीहरूले बुझ्न सक्छन्, अनि आफ्नो स्थिति र परमेश्‍वरका वचनहरूबीच तुलना गर्न, र अभ्यास गर्ने बाटो खोज्‍न सक्छन्। यो आत्मिक बुझाइ हुनुको प्रकटीकरण हो। आत्मिक मामलाहरू बुझ्ने मानिसहरूले परमेश्‍वरका वचनहरू पढिसकेपछि, तिनीहरूको हृदय प्रज्वलित हुन्छ, अनि तिनीहरूले त्यसबाट केही प्राप्त गर्छन्। तिनीहरूको आत्मा विशेष स्वतन्त्र हुन्छ, अनि तिनीहरूलाई आफूले पछ्याउन सक्ने मार्ग छ भन्ने महसुस हुन्छ। तसर्थ, तिनीहरूले हरेकपटक प्रवचन सुन्दा, त्यसबाट केही न केही प्राप्त गर्छन्, अनि हरेकपटक परमेश्‍वरका वचनहरू पढ्दा, तिनीहरू अझ सम्पन्न बन्छन्। आत्मिक बुझाइको प्रकटीकरण हुने यसरी नै हो। परमेश्‍वरले जेसुकैबारे सङ्गति गर्नुभए पनि, आत्मिक मामलाहरू बुझ्नेहरूले त्यो सुनेपछि, तिनीहरूको मस्तिष्कमा चित्रहरू प्रकट हुन्छन्, अनि परमेश्‍वरले मानिसहरूको स्थिति खुलासा गर्नुहुँदा, तिनीहरूले तुलनाहरू गर्न सक्छन्। जब उहाँले परमेश्‍वरबारेका गलतफहमीहरूबारे बताउनुहुन्छ, तिनीहरूले त्यसलाई आफ्नो स्थितिमा लागू गर्छन् र “मेरो यो माग, अनि मेरा यी कल्पनाहरू वास्तवमा परमेश्‍वरबारेका गलतफहमीहरू रहेछन्” भन्‍ने बोध गर्छन्। तिनीहरूले तीबीच रहेको सम्बन्ध पत्ता लगाएका हुन्छन्। जब उहाँले परमेश्‍वरप्रतिको प्रतिरोध र विरोधबारे बताउनुहुन्छ, यदि तिनीहरूमा त्यही संवेगहरू छन्, तिनीहरू त्यही स्थितिमा जिउँछन्, अनि तिनीहरूभित्र ती स्वभाव र सारहरू छन् भने, तिनीहरूले ती कुराहरूबीच तुलना गर्न सक्छन्। अनि, तिनीहरूले यस्तो तुलना गर्न के-कस्ता कुराहरू प्रयोग गर्न सक्छन्? आफ्ना सोच र विचारहरू वा आफूले प्रदर्शन गर्ने कार्य र व्यवहारहरू; यी सबै कुरा यस्तो तुलना गर्न प्रयोग गर्न सकिन्छ। जब मानिसहरूले परमेश्‍वर के भन्नुहुँदै छ, र ठ्याक्कै केबारे बताउँदै हुनुहुन्छ भन्ने बुझ्न, र परमेश्‍वरले खुलासा गर्नुभएको, अनि प्रवचनमा बताउनुभएको स्थितिहरूसँग आफ्नो कुन व्यवहार, खुलासा, प्रकटीकरण, स्थिति, र सार मिल्दोजुल्दो छन् भनी जान्न सक्छन्, तब तिनीहरूले आत्मिक बुझाइको प्रकटीकरण गरेका हुन्छन्। के तिमीहरू आत्मिक मामलाहरू बुझ्छौ कि बुझ्दैनौ भनेर बताउन सक्छौ? (म कहिलेकाहीँ बुझ्छु, र कहिलेकाहीँ बुझ्दिनँ।) यसलाई समाधान गर्न सकिन्छ, तर यदि तैँले बुझ्दै बुझ्दैनस् भनेचाहिँ, यो समस्याजनक हुन्छ। यदि तँलाई प्राय: परमेश्‍वरका वचनहरूले केबारे कुरा गरिरहेका छन् भन्ने थाहा हुन्छ भने, तैँले ती र आफूबीच तुलना गर्न नसके पनि, तँलाई आफूमा यस्तो खाले स्थितिहरू छन् भन्ने थाहा छ, वा तैँले ती स्थिति अरू व्यक्तिमा याद गरेको छस्, र तँलाई सत्यताको यो पक्ष, र कसरी प्रवेश गर्ने भन्ने कुरा थाहा छ भने, त्यसलाई आत्मिक मामलाहरू बुझेको मान्न सकिन्छ। तर के यस्तो व्यक्तिले हरेकपटक प्रवचन सुन्दा आत्मिक बुझाइको प्रकटीकरण गर्न सक्छ त? सक्दैन, उसले कहिलेकाहीँ बुझ्छ, र कहिलेकाहीँ बुझ्दैन, किनकि जीवन प्रवेशले सत्यताको धेरै पक्षहरू छुन्छ। कुनै सत्यताहरू तैँले बुझेका हुन्छन् र तँ तिनमा प्रवेश गरेको हुन्छस्, अनि कति अरू सत्यताहरू तैँले नबुझेका हुन्छन् र तिनमा अहिलेसम्म तँ प्रवेश गरेको हुँदैनस्। कतिपय सत्यताहरू तैँले सामना पनि नगरेका, र नसुनेका समेत हुन्छन्। अहिले तैँले सुनेको त छस्, तर तैँले त्यो बुझ्न सक्छस् कि सक्दैनस् भन्ने कुरा ठम्याउन गाह्रो छ, अनि तँमा त्यसबारे धारणा वा गलतफहमीसमेत हुन सक्छ। तर यो सामान्य कुरा हो। यदि तैँले सत्यताका केही पक्षहरू बुझ्छस् भने, ती तँमा आत्मिक बुझाइ भएका पक्षहरू हुन्; यदि तैँले सत्यताका केही पक्षहरू बुझ्दैनस् भने, ती तँमा आत्मिक बुझाइ नभएका पक्षहरू हुन्; यदि तैँले सत्यताका केही पक्षहरूबारे सुनेको पनि छैनस्, अनि तँलाई ती निकै अपरिचित लाग्छन्, वा तँमा तीबारे धारणाहरूसमेत छन् भने, ती तँमा अझै बढी आत्मिक बुझाइ नभएका पक्षहरू हुन्। ती पक्षहरूबारे आत्मिक बुझाइ प्राप्त गर्नुपहिले, तैँले त्यो सत्यता बुझुन्जेल एउटा अनुभवको अवधिबाट गुज्रनुपर्छ। उदाहरणको लागि, केही मानिसहरूमा परमेश्‍वरबारे गलतफहमीहरू हुन्छन्, तर तिनीहरू अझै यस्तो सोच्छन्, “मैले परमेश्‍वरलाई गलत बुझेको छैन्; मैले कहिल्यै परमेश्‍वरलाई गलत बुझेको छैन। म परमेश्‍वरलाई अति प्रेम गर्छु! त्यसैले कसरी म उहाँलाई गलत बुझ्न सक्छु र?” यी त आत्मिक मामलाहरू नबुझ्ने मानिसहरूले बोल्ने शब्दहरू हुन्। यदि तँ यसो भन्छस् रे, “मानिसहरूले प्राय: परमेश्‍वरलाई गलत बुझ्छन्, तर त्यो तिनीहरूको वशमै हुँदैन; गलतफहमीहरू कुनै पनि समय र स्थानमा उत्पन्न हुन सक्छन्। तर यो समयमा, मैले कुनै पक्षमा परमेश्‍वरलाई गलत बुझेको वा म उहाँविपरीत भएको मैले थाहा पाएको छैनँ। मलाई त काइँयोले कोरेझैँ विभिन्‍न कुराहरू केलाउनुपर्छ, अनुभवहरू हासिल गर्नुपर्छ, र मलाई यी कुराहरू खुलासा गरिदिने परिस्थितिहरू योजनाबद्ध गर्न परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ।” यदि यसो भन्छस् भने, यो उत्तम कुरा हो। तेरो मनमा हुनुपर्ने चाहना यही हो—तैँले सुधार गर्ने प्रयास गरिरहनैपर्छ। यदि “मैले कहिल्यै परमेश्‍वरलाई गलत बुझेको छैन। यसले अरू मानिसहरूबारे बताइरहेको छ” भनेर कसैले भन्छ भने, तिनीहरूले यतिको अनौठो कुरा भन्न सक्छन् भन्ने कुराले नै तिनीहरूले आत्मिक मामलाहरू बुझ्दैनन् भन्ने देखाउँछ। अनि, आत्मिक मामलाहरू नबुझ्ने मानिसहरूले मुख्यत: कुन स्वभाव प्रकट गर्छन्? अहङ्कार र जिद्दी बेवकुफी। यो जिद्दी बेवकुफी भनेको के हो? यो भनेको तँ जिद्दी र बेवकुफ दुवै होस्। यो ठोस रूपमा कसरी प्रकटीकरण हुन्छ? (तिनीहरू अरू सबैले देख्न सक्ने भ्रष्ट स्वभावहरूबारे अनभिज्ञ हुन्छन्, अनि तिनीहरू आफूमा ती स्वभावहरू छैनन् भन्ठान्छन्। तिनीहरू विशेष रूपमा आत्मधर्मी हुन्छन्, अनि आफू पूर्णत: सही छु भन्ठान्छन्।) तिनीहरूले आफूमा यो भ्रष्टता नभएको ठान्ने मात्र नभई, आफूले राम्रो गरिरहेको छु भन्ने पनि ठान्छन्। तिनीहरू भित्रैबाट अहङ्कारी स्वभावबाट नियन्त्रित हुन्छन्, अनि आफूले कहिल्यै त्यस्तो गर्दिनथेँ भन्‍ने सोच्छन्। अरू मानिसहरूले जेसुकै भने पनि, तिनीहरूले आफैले केही कुरा बोध नगरे, नदेखे वा अनुभव नगरेसम्म, त्यसलाई चिन्तन गर्नुपर्ने, बुझ्नुपर्ने वा स्विकार्नुपर्ने आवश्यकता छैन भन्ठान्छन्। जिद्दी बेवकुफी भनेको यही हो। जिद्दी बेवकुफीलाई अरू कसरी वर्णन गर्न सकिन्छ? यो तब हुन्छ जब तँ अबुझ बन्छस्। के अरू कुनै शब्द छ? (मूर्खता।) हो, जिद्दी बेवकुफी मुख्य रूपमा मूर्खतासँग जोडिएको हुन्छ—तिनीहरू मूर्ख र जिद्दी दुवै हुन्छन्। उदाहरणको लागि, अरू मानिसहरू भन्छन्, “तँ होसियार हुनुपर्छ। सधैँ चिसो पानी पिउनाले पाचन ढिलो हुन सक्छ र तेरो पेट दुख्‍न सक्छ।” अनि तिनीहरू जवाफ दिन्छन्, “मेरो शरीर एकदमै स्वस्थ छ। मलाई केही भएको छैन। तँ यतिकै चिन्ता गरिरहेको छस्।” के यो जिद्दी बेवकुफी होइन र? (हो।) तिनीहरूले केही पनि अनुभव गरेका हुँदैनन्, तैपनि एकदमै आत्मधर्मी हुन्छन्, त्यसैले तिनीहरू निकै जिद्दी र बेवकुफ देखिन्छन्। म तिनीहरू जिद्दी र बेवकुफ हुन्छन् भनी किन भन्छु त? किनकि तिनीहरूसँग कुनै अनुभव नै हुँदैन, तैपनि तिनीहरू अनुभव भएको व्यक्तिले भनेको कुरा काट्ने दुस्साहस गर्छन्। तिनीहरू ती वचनहरू सही छन् छैनन् भनी पुष्टि गर्ने वा तीबाट पाठ सिक्‍ने गर्दैनन्; त्यसको सट्टा, आफू अत्यन्तै सही छु भन्ने सोच्छन्, अनि अरू मानिसहरूले भनेका कुरा स्विकार्दैनन्। यो जिद्दी र बेवकुफ, साथै अहङ्कारी र आत्मधर्मी हुनु हो। पत्रुस आफ्नो जीवन प्रवेशमा अरूको असफलताबाट सिक्न सक्षम थियो। यसबारे, परमेश्‍वरका वचनहरूले के भन्छन्? (परमेश्‍वर भन्नुहुन्छ, पत्रुसले “विगतको समयका असल कुराहरूलाई आत्मसाथ गर्‍यो, अनि खराब कुरालाई इन्कार गर्‍यो” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। वास्तविकता कसरी थाहा पाउने)।) जिद्दी र बेवकुफ मानिसहरू आफ्नै आँखाअगाडि हुने कुराहरूसमेत स्विकार्न सक्दैनन्, र तिनीहरूले ती कुराहरूबाट केही सिक्दैनन्। मानिसहरू यसलाई मूर्ख भएको रूपमा लिन्छन्, तर वास्तवमा यो तिनीहरूको स्वभावको समस्या हो—यो अहङ्कारी स्वभावको कारणले भएको हुन्छ।

हामी अब आत्मिक मामलाहरू बुझ्ने मानिसहरूले, अनि आत्मिक मामलाहरू नबुझ्ने मानिसहरूले आफूलाई कसरी प्रकट गर्छन् भन्ने विषयतर्फ फर्किऔँ। मैले भर्खरै आत्मिक मामलाहरू बुझ्नेहरूले आफूलाई प्रकट गर्ने मुख्य तरिका के हो भनेँ? मलाई भन त। (आत्मिक मामलाहरू बुझ्नेहरू परमेश्‍वरका वचनहरूले कुन मानव स्थितिहरू खुलासा गरिरहेका छन् भनेर बुझ्न र तिनलाई दैनिक जीवनमा देखिने आफ्ना सोच, विचार, कार्य र व्यवहारसँग तुलना गर्न सक्छन्। तिनीहरू परमेश्‍वरले के भन्दै हुनुहुन्छ भनेर बुझ्न सक्छन्।) तैँले धेरैजसो मुख्य बुँदाहरू छोइस्। आत्मिक मामलाहरू बुझ्ने मानिसहरूले परमेश्‍वरको खुलासात्मक वचनहरू पढ्दा, ती वचनहरूसित आफूलाई तुलना गर्न सक्छन्, अनि परमेश्‍वरका वचनहरूले कुन सत्यताबारे बताइरहेका छन्, मानिसहरू केमा प्रवेश गर्नुपर्छ, उहाँका वचनहरूले कुन मानव स्वभाव, स्थिति र प्रकटीकरणहरू खुलासा गरिरहेका छन् भनेर थाहा पाउँछन्। तिनीहरू आफूलाई ती कुराहरूसँग तुलना गरेर हेर्न सक्छन्, अनि तीबारे सचेत हुन सक्छन्। आत्मिक बुझाइ आफै यसरी नै प्रकट हुन्छ। केही अघि, मैले आत्मिक मामलाहरू बुझ्ने मानिसहरूले आफूलाई कसरी प्रकट गर्छन् भन्नेबारे सङ्गति गरिरहँदा, हामीले आत्मिक मामलाहरू बुझ्ने मानिसहरूमा सबै मामिलाहरूप्रतिको आत्मिक बुझाइ हुन्छ कि हुँदैन भन्ने प्रश्‍न उठाएका थियौँ। के तिनीहरूमा त्यस्तो बुझाइ हुन्छ त? (हुँदैन। केही मामलाहरूमा, तिनीहरू परमेश्‍वरका वचनहरूले खुलासा गर्ने स्थितिहरूसँग आफूलाई तुलना गर्न सक्छन्, र त्यसैले तिनीहरू आत्मिक बुझाइ प्रकटीकरण गर्छन्; तर तिनीहरूले अनुभव नगरेका मामलाहरूमा तिनीहरू आफूसँग त्यस्तो तुलना गर्न सक्दैनन्, त्यसैले तिनीहरूमा आत्मिक बुझाइ हुँदैन।) यदि तिनीहरूले केही कुरा अनुभव गरेका छैनन् र आफूसँग तुलना पनि गर्न सक्दैनन् भने, तिनीहरूमा आत्मिक बुझाइ हुँदैन। के तर तिनीहरूले अनुभव गरेर पनि तीभित्रका सत्यताहरू बुझ्दैनन्, र तिनलाई स्विकार्दैनन्, वा सत्यता भनी मान्दैनन् भने—त्यसलाई आत्मिक बुझाइ भएको मान्न मिल्छ त? (मिल्दैन।) त्यो पनि आत्मिक बुझाइ हुनु होइन। अनि तिनीहरू आफूले सुनेका कुराहरू सत्यता हुन् भन्ने बुझ्दैनन भने—के यसलाई चाहिँ आत्मिक बुझाइ भएको भन्न मिल्छ त? (मिल्दैन।) के तिमीहरूमध्ये कसैले आफूलाई त्यसरी प्रकट गर्छौ? उदाहरणको लागि, जब आज्ञाकारिताको सत्यताबारे कुरा आउँछ, केही मानिसहरू यसो भन्छन्, “हामी यो मामलामा आज्ञाकारी हुनैपर्छ। मानिसहरूले फूर्ती लाउनुपर्ने केही कुरा छैन, आज्ञाकारी हुनु त तिनीहरूको कर्तव्य र दायित्व नै हो।” यो सुनेपछि, तँ आफैसँग सोच्छस्, “यो के खालको सत्यता हो? यो मामलामा पनि आज्ञाकारी हुनुपर्ने? मैले हेर्दा त, यहाँ आज्ञाकारी हुनुपर्ने कुनै आवश्यकता नै छैन!” के यो मामलाबारे तँमा आत्मिक बुझाइको कमी भएको होइन र? (हो।) वास्तवमा, तेरो अनुभव कतिको गहन वा सतही छ भन्‍ने कुरासँग यसको कुनै सम्बन्धै छैन; यो त केवल तँमा आत्मिक बुझाइ छ कि छैन भन्ने सवाल मात्र हो। म एउटा उदाहरण दिन्छु। अय्यूबको परीक्षा लिँइदा, उसले के भन्यो? (“यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)।) उसले यसो भनेको सुनेपछि, के मानिसहरूले त्यसभित्रको सत्यता बुझ्न सक्छन्? (सक्दैनन्।) त्यसोभए मानिसहरूमा यस मामलाबारे आत्मिक बुझाइ हुन्छ त? (हुँदैन।) अहँ, तिनीहरूमा त्यस्तो बुझाइ हुँदैन। हरेक व्यक्तिमा परमेश्‍वरले दिनुहुने र लैजानुहुने यी दुई मामलाहरू अनुभव गर्ने क्षमता हुन्छ, होइन र? (हो।) तैँले यी दुवै कुराहरू अनुभव गरिसकिस्, तर तैँले त्यसभित्रको सत्यता बुझ्दैनस्, त्यसोभए के तँमा यी मामलाहरूबारे आत्मिक बुझाइ हुन्छ त? (हुँदैन।) अहँ, तँभित्र त्यस्तो बुझाइ हुँदैन। अय्यूबले बोलेका वचनहरूभित्र कुन सत्यता छ? (यो कि, परमेश्‍वर सार्वभौम हुनुहुन्छ र उहाँले सबैमाथि शासन गर्नुहुन्छ।) त्यो यो हो कि, परमेश्‍वर सबै मामला र सबैथोकमाथि सार्वभौम हुनुहुन्छ, अनि दिने वा लैजाने निर्णय पनि उहाँकै हुन्छ। त्यसोभए, मानिसहरूले के अभ्यास गर्नुपर्छ? (आज्ञाकारीता।) ठिक भनिस्। तिनीहरूले परमेश्‍वरको सार्वभौमिकताको पालन, स्वीकार, र प्रशंसा गर्नुपर्छ। जब मानिसले यी वचनहरू र यी वचनहरूभित्रका सत्यता बुझ्छन्, तब तिनीहरूमा यो मामलाको आत्मिक बुझाइ हुन्छ। यदि मानिसहरूले यी वचनहरूभित्र भएका सत्यता बुझ्दैनन् भने, तिनीहरूमा यो मामलाको आत्मिक बुझाइ हुँदैन। यो समयमा, के तिमीहरूमा अय्यूबका वचनहरूको आत्मिक बुझाइ छ त? (छैन।) यदि तैँले बुझेको कुरा धर्मसिद्धान्त हो भने, तँ यसो भन्छस्, “अय्यूबको अनुभव राम्रो थियो। परमेश्‍वरले अय्यूब धर्मी व्यक्ति थिए भनेर भन्नुभयो, त्यसैले पक्कै पनि उनले गरेका सबै कार्यहरू सत्यताअनुरूप, र परमेश्‍वरको इच्छा पूरा गर्ने खालकै रहेको हुनुपर्छ।” तँ धर्मसिद्धान्त बुझ्छस्। त्यसोभए, यो धर्मसिद्धान्त कहिले तेरो सत्यता वास्तविकता बन्नेछ? (जब परमेश्‍वरले साँच्चै नै मबाट विभिन्‍न कुराहरू लैजाने परिस्थितिहरू योजनाबद्ध गर्नुहुन्छ, र जब म परमेश्‍वरलाई धन्यवाद र प्रशंसा दिन, गुनासो नगरी परमेश्‍वरको आज्ञापालन गर्न, र जब यसरी सत्यताको यो पक्ष अभ्यास गर्न सक्छु।) तँ अभ्यास त गर्न सक्छस्, तर तेरो यो अभ्यास केवल नियमहरू पालन गर्ने र अरूको नक्कल गर्ने अभ्यास हो कि तेरो हृदयको गहिराइभित्र हुने परमेश्‍वरको सार्वभौमिकताको साँचो बुझाइ हो? यी दुईबीच फरक हुन्छ, होइन र? यीमध्ये कुनचाहिँ सत्यता वास्तविकतामा प्रवेश गर्नु हो? अहिले अय्यूबको उदाहरण देखेर, धेरै मानिसहरूले अय्यूबले भनेकै कुराहरू भन्न सक्छन्, तर जब तिनीहरूले यी कुराहरू भन्छन्, के तिनीहरूले उसको नक्कल मात्र गरिरहेका हुन्, कि तिनीहरूका वचनहरू अय्यूबको झैँ, कैयौँ दशकको अनुभवपछि, परमेश्‍वर मानवजातिमाथि सार्वभौम हुनुहुन्छ भन्ने सत्यता र तथ्य बोध भएपछि बोलिएका हुन्? यीमध्ये कुनचाहिँ सत्यता वास्तविकता हो? (अनुभवबाट आएको चाहिँ वास्तविकता हो।) तैँले अनुभवद्वारा महसुस गर्ने र बुझ्ने कुराहरू मात्र सत्यता वास्तविकता हुन्; अरूले भनेको कुरा नक्कल गर्नु वास्तविकता होइन। अय्यूबले बोलेको वाक्यांशमा वास्तविकताको पक्ष थियो, तर त्यही वाक्यांश उसको वचनहरूको नक्कल गर्ने मानिसहरूद्वारा बोलिँदा, त्यो बस एउटा नारा बन्छ जुन तिनीहरूले आफूलाई आत्मिक मानिसजस्तो रूप धारण गर्न र भेष बदल्न प्रयोग गर्छन्। यी मानिसहरू धार्मिक ठगहरू हुन्। मण्डलीमा अगुवाको पदमा छानिएका अनि जिम्मेवारी र हैसियत भएका केही मानिसहरू प्राय: दाजुभाइ-दिदीबहिनीहरूसँग अय्यूबले बोलेका ती वचनहरूबारे सङ्गति गर्छन्: “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्।” यो सुन्ने मानिसहरूले कस्तो महसुस गर्छन्? तिनीहरूले यस्तो महसुस गर्छन्, “यी वचनहरू परमेश्‍वरबाट आएका हुन्। यी वचनहरू पवित्र आत्माको अन्तर्दृष्टि र परमेश्‍वरको अगुवाइद्वारा अघि ल्याइएका थिए। यी एकदमै वास्तविक छन्।” अनि, एक वर्ष पनि नपुग्दै, ती अगुवाहरूलाई साँचो काम नगरेको, परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा, र मण्डलीको कामको प्रगितमा ढिलाइ गराएको कारणले बरखास्त गरिन्छ, र त्यसपछि तिनीहरू नकारात्मक बन्छन् र गुनासो गर्छन्। यस्ता मानिसहरू अय्यूबले बोलेकै वचनहरू बोल्छन्, तर तिनीहरूले अय्यूबले अनुभव गरेका कुराहरू अनुभव गरेका हुँदैनन्, तिनीहरूसित ती वचनहरूबारे गहन बुझाइ, अनुभव वा समझ हुँदैन। तसर्थ, जब तिनीहरू बोल्छन्, तब के तिनीहरू नक्कल गरिरहेका हुन्छन् कि इमानदारीसाथ बोलिरहेका हुन्छन्? (तिनीहरू नक्कल गरिरहेका हुन्छन्।) जब तिनीहरूले भित्रैबाट के सोच्छन् भन्ने कुरा आउँछ, तिनीहरूले बोल्दा तिनीहरूका वचनहरूमा तिनीहरूका व्यक्तिगत भावनाहरू हुन्छन्, अनि ती वचनहरू इमानदारीसाथ बोलिएका हुन्छन्। तिनीहरूमा के चाहना हुन्छ भने, परमेश्‍वरले तिनीहरूलाई केही दिनुहुँदा, तिनीहरू सधैँ उहाँले तिनीहरूलाई प्रदान गर्नुभएका आशिष् र इनामहरूको लागि उहाँलाई प्रशंसा र धन्यवाद दिन सकून्, अनि परमेश्‍वरले केही लैजानुहुँदा, कुनै गुनासो नगरून्, बरू अय्यूबले झैँ परमेश्‍वरको प्रशंसा गर्न, अनि उहाँको अगुवाइ र सार्वभौमिकताको लागि धन्यवाद दिन सकून्। तर यो चाहना मात्र हुन्छ, र तिनीहरूले अनुभव गरिसकेको कुरा हुँदैन। जब तिनीहरूले ओहदा र पदवी गुमाउँछन्, र सामन्य विश्‍वासी बन्छन्, के तिनीहरूले आफूले बोलेअनुसार व्यवहार गर्छन् त? (गर्दैनन्।) म तिनीहरूले बोलेअनुसार व्यवहार गर्दै गर्दैनन् भन्न सक्दिनँ; त्यो तिनीहरू कस्तो किसिमका व्यक्ति हुन् भन्नेमा भर पर्छ। सत्यता पछ्याउने मानिसहरूले ती वचनहरूलाई आफ्नो व्यवहार मूल्याङ्कन गर्न प्रयोग गर्छन्, र तिनलाई आफ्नो अनुभवको मार्गनिर्देशनको रूपमा उपयोग गर्छन्, अनि तिनीहरू आफूलाई ती वचनहरूसँग तुलना गर्न र तिनमा अभ्यासको मार्ग पत्ता लगाउन सक्षम हुन्छन्। तिनीहरू अति निराश वा नकारात्मक हुँदैनन्, बरु आफ्नो कर्तव्य सामान्य रूपमै निर्वाह गर्न सक्षम हुन्छन्। तर त्यसको विपरीत, सत्यता नपछ्याउने र नारा मात्र भट्याउने मानिसहरू समस्यामा हुन्छन्; तिनीहरू आफूलाई भिन्नै रूपमा प्रकट गर्छन्। तिमीहरूले देखेका यस्ता खालका मानिसहरूले आफूलाई प्रकट गर्ने सबैभन्दा प्रत्यक्ष तरिकाहरू के-के हुन्? (आफ्नो पदबाट हटाइएपछि, केही अगुवाहरू आफूलाई जान्ने प्रयास पनि गर्दैनन्, र समर्पित पनि हुँदैनन्। तिनीहरू आफूलाई हटाइनु अन्यायपूर्ण थियो भन्ठान्छन् अनि नकारात्मक भएर गुनासो गर्छन्। अर्कोपटक चुनाव हुँदा तिनीहरूले फेरि शक्ति पाउन सङ्घर्ष गर्छन्, अनि अन्तत: तिनीहरू ख्रीष्टविरोधी बन्छन् र निष्कासित हुन्छन्।) यो सबैभन्दा गम्भीर उदाहरण हो। अरू के-कस्ता प्रकटीकरणहरू छन्? (केही मानिसहरू आफ्नो पदबाट हटाइएपछि सामान्य जागिर गर्छन्, तर कर्तव्य निभाउँदैनन्।) तिनीहरू कस्ता खालका व्यक्तिहरू हुन्? तिनीहरू पहिलेचाहिँ किन धाक र नारा लगाउँथे? तिनीहरू अरूले सुनून् भनी विभिन्‍न कुराहरू सुनाउँथे, अनि यी नारा, धर्मसिद्धान्त, अनि मिठो सुनिने शब्दहरू आफूलाई सुशोभित पार्न, अरूलाई आफ्नो पक्षमा ल्याउन, अनि मानिसहरूले तिनीहरूको आदर गरून् भनी प्रयोग गर्थे। तिनीहरूको लक्ष्य त्यही हुन्थ्यो। अरू के-कस्ता प्रकटीकरणहरू छन्? (पदबाट हटाइनुभन्दा अघि, केही अगुवा र सेवकहरू बाहिरबाट हेर्दा एकदमै खोजी गरिरहेजस्ता देखिन्छन्, अनि तिनीहरू भन्छन्, “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ,” तर हटाइएपछि, तिनीहरू नकारात्मक बन्छन् र आफूलाई उठाउनै सक्दैनन्, मानिसहरूसँग झोक्किने र रिसाउनेसमेत गर्छन्, र परमेश्‍वरको घर तिनीहरूप्रति ऋणी भएझैँ गरी आफूलाई पहिले अर्पण र त्याग गरेको सबै व्यर्थ भयो भन्ठान्छन्।) यस्तो भन्ने र यसरी कार्य गर्ने मानिसहरूमा गम्भीर समस्या हुन्छ। त्यसैले, सबभन्दा पहिले तिनीहरूले यी कुराहरू भन्नुको प्रकृति खुट्याउनुपर्छ। तिनीहरू सत्यता खोजी गर्दैनन्; तिनीहरू अय्यूबका वचनहरू नक्कल गर्छन्; तिनीहरू मानिसहरूलाई रवाफ देखाउन र झुक्‍याउन आफ्नो शिरमा एउटा मनगढन्ते सुन्दर ताज ओढाउँछन्, र आफूलाई आत्मिक मानिसको रूपमा स्वीकार्य बनाउँछन्। के यो सत्यतासँग खेलाँची गरेको, र परमेश्‍वरविरुद्ध निन्दा गरेको प्रकटीकरण होइन र? मलाई भन् त, कस्तो खालका मानिसहरू आफ्नो इज्जत, स्वार्थ, अनि हैसियत गुमाएपछि, एकदमै ठूलो रूपमा होहल्ला गर्छन्, नकारात्मकतामा हामफाल्छन्, आफ्नो कर्तव्य गर्न बन्द गर्छन्, आफ्नो कुनै आशा नरहेको मान्दै खराब परिस्थितिलाई अझ खराब बनाउँछन्, र विश्‍वास गर्नसमेत बन्द गर्छन्? (खराब मानवता भएका, र दुष्ट मानिसहरू।) ठिक भनिस्। खराब मानवता भएका अनि दुष्ट मानिसहरू निश्‍चय नै सत्यता खोजी गर्ने मानिसहरू होइनन्, तर यदि असल मानवता भएका मानिसहरूले पनि सत्यता खोजी गर्दैनन् भने, के तिनीहरूले पनि यसरी नै आफूलाई प्रकट गर्नेछन् त? पक्कै पनि गर्नेछन्। दुष्ट मानिसहरूले आफूलाई यसरी प्रकट गर्नेबाहेक, अर्को एउटा परिस्थिति पनि छ, जुन मानिसहरूले के खोजी गर्छन् र कुन मार्ग हिँड्छन् भन्ने कुरासँग सिधै जोडिएको हुन्छ। सतही रूपमा, सत्यतालाई प्रेम नगर्ने मानिसहरूमा केही मानवता भएजस्तो देखिन्छ, तर त्यसबाट कुनै राम्रो कुरा आउँदैन, अनि तिनीहरू सबैमा दुष्ट सार हुन्छ, र तिनीहरूले सत्यता उल्लङ्घन गर्न र परमेश्‍वरको प्रतिरोध गर्न सक्छन्, अनि तिनीहरूसँग हैसियत छ भने त, तिनीहरूले दुष्टता नै गर्न सक्छन्। अर्को सबैभन्दा गम्भीर समस्या पनि छ, र त्यो के हो भने, यस्ता खालका मानिसहरू हैसियत पछ्याउन विशेष इच्छुक हुन्छन्। यदि तिनीहरूलाई हैसियत प्राप्त गर्न, वा अगुवा बन्न दिइएन भने, तिनीहरूको जीवन नै खोसेजस्तो हुन्छ। के तिनीहरूले यो स्विकार्न सक्छन् त? जब तिनीहरूसँग हैसियत हुन्छ, तिनीहरूले जतिसुकै कष्ट भोगे पनि वा जतिसुकै दुर्व्यवहार सहे पनि, तिनीहरू इच्छुक नै रहन्छन्। तर तिनीहरू इच्छुक रहन्छन्, वा कष्ट सहन्छन् र मूल्य चुकाउँछन् भन्दैमा, तिनीहरूलाई सत्यता पछ्याउने मानिसहरू भन्न मिल्दैन। त्यसो भन्नु गलत हुन्छ। तिनीहरूले पछ्याउने भनेको त इज्जत, स्वार्थ, अनि हैसियत हो; तिनीहरूले पछ्याउने कुराहरू हैसियतका लाभहरू हुन्। अनि, यो कुन तरिकाले पावलसँग मेल खान्छ? (उनले मुकुट पछ्याए।) ठिक भनिस्। उसले मुकुट पछ्यायो, र त्यो धार्मिकताको मुकुट थियो। पावलजस्ता मानिसहरूले पछ्याउने कुरा नै यही हो—तिनीहरू मुकुट पछ्याउने कार्यलाई उचित पछ्याइ, र सत्यता पछ्याइको रूपमा लिन्छन्। अब यसपछि, के तिमीहरू यस्ता खाले मानिसहरूलाई खुट्ट्याउन सक्नेछौ? (सक्नेछौँ।) मानौँ, कुनै व्यक्ति बरखास्त भएपछि र आफ्नो हैसियत गुमाएपछि झोक्किन्छ र रिसाउँछ रे, उसले दाजुभाइ-दिदीबहिनीहरूलाई देख्दा ध्यान दिँदैन वा बोल्दैन रे, अनि सुसमाचार फैलाउन लगाउँदा, यसो भन्छ रे, “म सुसमाचार फैलाउनेछैन। म तेरो सेवा गर्नेछैन! म चाहिँदा तँ मलाई सम्झन्छस्, तर नचाहिँदा मलाई छेऊ लगाउँछस् अनि हटाउँछस्। म त्यति मूर्ख छैन!” यी कस्ता खालका वचनहरू हुन्? के त्यसको भित्री रूप खुट्ट्याउन सजिलो छ? त्यो कसरी विश्‍वासी हो? त्यो कुनै पनि किसिमको विश्‍वासी, वा कुनै खालको असल व्यक्ति होइन। बरखास्त भएपछि सबैभन्दा धेरै होहल्ला गर्ने मानिसहरू कस्ता खालका हुन्? (इज्जत, स्वार्थ, र हैसियत पछ्याउने मानिसहरू।) भर्खरै, तिमीहरूले यस्ता खालका मानिसहरूमा खराब मानवता हुन्छ, र तिनीहरू सत्यता वा जीवन प्रवेश पछ्याउँदैनन् भनेर भन्यौ। के त्यो यो समस्याको सारसँग सम्बन्धित छ त? (छैन।) तिमीहरूले भनेको कुरा अर्थपूर्ण रहेजस्तो लाग्छ, तर यो समस्याको सारसँग त्यसको कुनै सम्बन्ध छैन। यो समस्याको सार त्यो होइन। भर्खरै, तिमीहरूले केही मानिसहरूले बरखास्त भएपछि गुनासो गर्ने र आफू सक्‍किएको ठान्‍ने कारण तिनीहरूमा खराब मानवता भएर हो भन्यौ। यो धर्मसिद्धान्त हो भनेर म किन भन्छु? किनकि केही मानिसहरूमा ठिकठाकै असल मानवता हुन्छ, र तिनीहरू इमानदारीपूर्वक आफूलाई त्याग र अर्पण गर्छन्, खालि कुरा के हो भने, तिनीहरू सत्यता पछ्याउँदैनन्, बरु सधैँ इज्जत र हैसियत पछयाउँछन्। परिणामस्वरूप, अन्तत: तिनीहरूलाई पदबाट हटाइँदा, तिनीहरूले ठूलै होहल्ला गर्छन्। यसले के देखाउँछ भने, तिनीहरूको आफूलाई प्रकट गर्ने शैली केवल खराब मानवताको समस्या मात्र होइन, यो त तिनीहरूको स्वभावसँगको समस्या हो—तिनीहरूको स्वभाव एकदमै गम्भीर रूपमा भ्रष्ट हुन्छ! केही मानिसहरूले यसलाई एउटै वाक्यांशमा समेट्दै यसो भन्छन्, “यस व्यक्तिले सत्यता पछ्याउँदैन, कारण त्यही हो।” यो भनाइ अति अस्पष्ट छ। सत्यता नपछ्याउने कार्य धेरै किसिमले प्रकट हुन सक्छ: गुनासो गर्नु, कर्तव्य निर्वाह गर्न समर्पित नहुनु, आदि सबै उदाहरणहरू हुन्। हरेक समस्यालाई “तिनीहरूले सत्यता पछ्याउँदैनन्” भन्ने एउटै वाक्यांशले व्याख्या गर्न सकिँदैन। यो अति अस्पष्ट हुन्छ र ठोस हुँदैन। यो त धर्मसिद्धान्तको आधारमा गरिएको व्याख्या हो।

अब म आत्मिक बुझाइको कमी आफै कसरी प्रकट हुन्छ भन्नेबारे सङ्गति गर्नेछु। ती आत्मिक मामलाहरू नबुझ्ने मानिसहरूमा सत्यताप्रति कस्तो मनोवृत्ति हुन्छ? तिनीहरूले आफ्नो स्थिति, प्रकटीकरण, अनि आफूले प्रकट गर्ने भ्रष्टतालाई कसरी लिन्छन्? के तिनीहरूमा सत्यता पछ्याउने व्यक्तिको प्रकटीकरणहरू हुन सक्छ? (सक्दैन।) यहाँ सबैभन्दा ठूलो समस्या के हो? (तिनीहरू परमेश्‍वरका वचनहरूले कुन मानव स्थिति र प्रकटीकरणहरू खुलासा गरिरहेका छन् भनी जान्न, र आफ्नो तुलना गर्न ती कुराहरू प्रयोग गर्न सक्दैनन्।) मुख्य कुरा भनेकै तिनीहरू ती कुराहरूसँग आफूलाई तुलना गर्न सक्दैनन्। अनि, यदि तिनीहरूले ती कुराहरूसँग आफूलाई तुलना गर्न सक्दैनन् भने, के तिनीहरूले सत्यता बुझ्छन् भनेर भन्न सकिन्छ त? (सकिँदैन।) तँ एउटा कुराबारे बोलिरहेको हुन्छस्, तर तिनीहरू सधैँ त्यसको ठ्याक्कै उल्टो कुराबारे बोल्ने गर्छन्; तिनीहरू र तँमा सधैँ मतान्तर हुन्छ अनि तिनीहरू सधैँ तँसँग विवाद गर्छन्। तिमीहरूले विवाद गरिरहेको मुद्दाको केन्द्र उही हुँदैन, र त्यो मामला पनि उही हुँदैन, तर तिनीहरू अझै पनि एकदमै सही छु भन्ने ठान्छन्। आत्मिक मामिलाहरू नबुझ्‍ने मानिसहरूले यसरी नै आफूलाई प्रकट गर्छन्। आत्मिक मामिलाहरू नबुझ्‍ने यस्ता मानिसहरूले सत्यता बुझ्न सक्दैनन्। अनि के तिनीहरू सत्यता पछ्याउनचाहिँ सक्षम हुन्छन् त? (हुँदैनन्।) यो समस्याजनक कुरा हो। यदि तिनीहरू सत्यता पछ्याउन सक्दैन्नन् भने, के तिनीहरूसँग जीवन प्रवेश हुन सक्छ त? (सक्दैन।) सत्यता नपछ्याउनेहरूसँग जीवन प्रवेश हुन सम्भवै हुँदैन; यो ध्रुवसत्य कुरा हो। यदि कुनै व्यक्तिले परमेश्‍वरमा विश्‍वास गरेको केही वर्ष भइसक्यो तर उसले सत्यता बुझ्दै-बुझ्दैन भने, के ऊ सत्यता पछ्याउने व्यक्ति हो त? पक्कै पनि होइन। केही मानिसहरू यसो भन्छन्, “सधैँ त्यस्तै हुन्छ भन्ने हुँदैन। केही मानिसहरूले सत्यता बुझ्दैनन्, तैपनि तिनीहरू एकदमै जोसिला हुन्छन्, र तिनीहरूले परमेश्‍वरमा आफूलाई अर्पित गर्न सबथोक त्याग्छन्। तिनीहरू सत्यता नपछ्याउने व्यक्ति कसरी हुन सक्छन् र?” के यो दृष्टिकोण सही हो त? कुनै व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन भनी मूल्याङ्कन गर्दा, तिनीहरूले आफूलाई परमेश्‍वरमा अर्पित गर्न सबथोक त्याग्छन् कि त्याग्दैनन् भन्ने कुरा मात्र हेर्न मिल्दैन। हेर्नैपर्ने मुख्य कुरा भनेको त तिनीहरूको हृदयले केलाई महत्त्व दिन्छ भन्ने हो। यदि तिनीहरूको हृदयले सत्यता अभ्यास गर्न, सत्यतामा प्रवेश गर्न, र सत्यता हासिल गर्नमा महत्त्व दिन्छ, अनि तिनीहरू प्रभावकारी रूपमा जीवन प्रवेश गर्छन् भने तिनीहरू सत्यता पछ्याउने व्यक्तिहरू हुन्। यदि तिनीहरूले मुकुट वा इनाम पाउन आफूलाई त्याग्छन् र अर्पित गर्छन्, अनि तिनीहरूले धेरै वर्षसम्म आफूलाई त्यागेका र अर्पित गरेका र धेरै कष्ट सहेका छन्, तर पनि सत्यता बुझ्न वा सत्यता वास्तविकतामा प्रवेश गर्न, अनि परमेश्‍वरलाई बुझ्न सकेका छैनन् भने, के तिनीहरूको त्याग र अर्पण वास्तवमै सत्यता पछ्याउने कार्य हो त? यो प्रस्टै छ कि तिनीहरू सत्यता पछ्याउने व्यक्ति होइनन्, किनकि तिनीहरूको त्याग र अर्पणको परिणामस्वरूप तिनीहरूले सत्यता बुझेका वा सत्यता वास्तविकतामा प्रवेश गरेका छैनन्। तसर्थ, तिनीहरू आफूलाई त्याग्छन् र अर्पित गर्छन् भन्दैमा, तिनीहरूले सत्यता पछ्याउँछन् भनेर भन्न मिल्दैन। यस्ता मानिसहरू पावलजस्तै हुन्छन्। पावलले आफ्नो आधा जीवन प्रचार गरेर र परमेश्‍वरको लागि काम गरेर बितायो, तर उसले न त सत्यता प्राप्त गर्‍यो, न त प्रभुलाई नै प्राप्त गर्‍यो। त्यसैले, के तैँले पावललाई सत्यता पछ्याउने व्यक्ति भन्न मिल्छ त? जब कुनै व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन भन्ने कुरा आउँछ, तब उसले पछ्याइरहेको लक्ष्य र उसको अभिप्रायले सत्यता प्राप्त गर्नमा महत्त्व दिन्छ कि दिँदैन भनी हेर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। यदि उसले वास्तवमै सत्यताप्रति मेहनत लगाउनमा महत्त्व दिन्छ, र ऊ सत्यता अभ्यास र वास्तविकतामा प्रवेश गर्नेजस्ता कुराहरूमा प्रभावकारी भइरहेको छ भने मात्र, ऊ सत्यता पछ्याउने व्यक्ति हुन्छ। साँच्चै सत्यता पछ्याउने हरेक जना सत्यता अभ्यास गर्न सक्ने व्यक्ति हुन्छ, र सत्यता अभ्यास गर्नेहरू मात्रै जीवन प्रवेश भएका व्यक्तिहरू हुन्छन्। यदि कसैले आफू सत्यता पछ्याउने व्यक्ति हुँ भन्छ, तर ऊ सत्यता अभ्यास गर्दैन भने, के तिमीहरू ऊसँग जीवन प्रवेश छ भन्छौ त? ऊसँग जीवन प्रवेश निश्‍चय नै हुँदैन। सत्यता अभ्यास नगर्ने व्यक्तिसँग कसरी जीवन प्रवेश हुन सक्छ र? त्यो पूर्णत: असम्भव छ। यदि उसले आफूलाई सत्यता पछ्याउने व्यक्ति भएको, र आफूसँग जीवन प्रवेश रहेको ठान्छ भने, तैँले उसलाई “तेरो जीवन प्रवेशको प्रमाण के हो?” भनेर सोध्नुपर्छ। तिनीहरूको गफ सुन्नु मात्र काफी हुँदैन। यदि कुनै प्रमाण छैन भने, तिनीहरूले बोलेको कुराको कुनै वजन हुँदैन। यदि तँ सत्यता पछ्याउने व्यक्ति हुँ भनेर भन्छस् भने, तैँले कतिवटा सत्यता बुझ्छस्? तैँले कतिवटा सत्यता अभ्यास गरेको छस्? तैँले सत्यता वास्तविकताको कुन पक्षहरूमा प्रवेश गरेको छस्? के तँ आफ्नो अनुभवात्मक गवाहीबारे बताउन सक्छस्? यदि तँ आफ्नो अनुभवात्मक गवाहीबारे बताउन सक्दैनस् भने, तैँले सत्यता पछ्याउने व्यक्ति हुँ भनेर मानिसहरूलाई झुक्याइरहेको र ठगिरहेको हुन्छस्। अनि, म किन पावल सत्यता पछ्याउने व्यक्ति थिएन भन्छु त? किनकि पावलले लेखेका पत्रहरूमा जीवन अनुभवका कुनै पनि गवाहीहरू थिएनन्; ऊ परमेश्वरसम्बन्धी साँचो बुझाइबारे बताउन सक्षम नै थिएन, झन् प्रभु येशूप्रतिको प्रेम र आज्ञापालनबारे बताउन ऊ सक्षम हुने त कुरै नगरौँ। उसले आफ्नो भ्रष्ट स्वभावसमेत बुझेको थिएन। उसले आफू सबैभन्दा खराब पापी हुँ भनेर मात्र भन्थ्यो। उसले यो कुरा प्रभु येशूको प्रतिरोध गरेर सजाय पाएको आधारमा भनेको थियो। यसरी आफू सबैभन्दा खराब पापी हुँ भनेर, उसले आफूले उन्मत्त रूपमा प्रभु येशूको प्रतिरोध गर्दै पाप गरेँ भनेर मात्र स्विकारिरहेको थियो। के यसको अर्थ उसले आफ्नो भ्रष्ट स्वभाव र सार साँच्चै चिनेको थियो त? (थिएन।) त्यसैले त म भन्छु, केलाई सत्यता पछ्याएको मान्ने र कस्तो खालको व्यक्तिसँग जीवन प्रवेश हुन्छ भन्ने कुरा आउँदा, यो कुरालाई व्यक्ति आफैले भन्ने कुराको आधारमा नभई, उसले सत्यता बुझ्छ बुझ्दैन र सत्यता अभ्यास गर्छ गर्दैन भन्ने कुराको आधारमा निर्धारण गर्नुपर्छ। के तिमीहरूले अब मैले भनेको कुरा बुझ्यौ? हामी किन यति विस्तृत भएर सङ्गति गरिरहेका छौँ? के यो आवश्यक छ त? (छ।) किन आवश्यक छ? मैले तिमीहरूको गलत दृष्टिकोण चिरफार गर्न, तिमीहरूले गलत रूपमा सही ठान्ने कुराहरू सच्याउन, तिमीहरूलाई त्यसबाट बाहिर निस्कने बाटो खोज्‍न मदत गर्न, र तिमीहरूलाई आफूले गलत रूपमा सही ठानेका कुराहरू त्याग्न, र साँचो रूपमा सत्यता पछ्याउने मार्ग प्रवेश गर्न मदत गर्न यसरी सङ्गति गरिरहेको छु। त्यसपछि मानिसहरूसँग साँच्चै नै जीवन प्रवेश हुनेछ, र तिनीहरूले सत्यताको साँचो पछ्याइ हासिल गर्न सक्नेछन्। आत्मिक मामलाहरू नबुझ्ने मानिसहरूले जीवन प्रवेश वा स्वभाव रूपान्तरणका मामलाहरू बुझ्दैनन्। तिनीहरूले आफ्ना धेरै पक्षहरूमा आफूले रूपान्तरण ल्याइसकेको र जीवन प्रवेश हासिल गरिसकेको छु भन्‍ने सोच्छन्। उदाहरणको लागि, तिनीहरूले केही खराब बानी परिवर्तन गरेका हुन्छन्: तिनीहरू अति धेरै खाने र सुत्ने गर्दैनन्, अल्छी बन्दैनन्, र पहिलेभन्दा धेरै मेहनती बन्छन्, त्यसैले तिनीहरूले यसलाई नै आफूले जीवन प्रवेश पाएको ठान्छन्। यस्तै अरू मानिसहरू पनि छन्, जो पहिले सधैँ अरूलाई हप्काउने गर्थे, तर अहिले त्यसो गर्दैनन्; तिनीहरू अहिले मानिसहरूलाई राम्रा र रचनात्मक कुराहरू भन्न सक्छन्, र कहिलेकाहीँ मानिसहरूलाई मदत पनि गर्न सक्छन्। आफू यी कुराहरू गर्न सक्ने भएकोले, तिनीहरू पहिलेदेखि नै आफूले सत्यता अभ्यास गरिरहेको र आफू रूपान्तरणबाट गुज्रिएको भन्‍ने ठान्छन्। केही मानिसहरू आफूले इज्ज्त, स्वार्थ, हैसियत, अनि भौतिक आनन्दहरूको खोज त्याग्न सकेकोले आफूसँग जीवन प्रवेश भएको ठान्छन्। यो सबै मानिसहरूमा हुने साझा समस्या हो। तिनीहरूले आफूले बुझेका अनि आफ्ना धारणाहरूअनुसार सही र असल लाग्ने कुराहरू अभ्यास गरेका हुन्छन्, अनि तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको र सत्यता पछ्याएको भन्दै, देहका कैयौँ खराब बानी र समस्याजनक गुणहरू पन्छाइसकेका, वा जीवनशैलीको रहनसहन बदलिसकेका हुन्छन्। त्यो सँगसँगै, तिनीहरूले कैयौँ दैहिक लाभहरू, आफ्नो परिवार र काम, वैवाहिक जीवन र बाह्य संसार त्यागेका हुन्छन्। तिनीहरू आफूलाई रूपान्तरण र मुक्ति प्राप्त भएको ठान्छन्, र यसो भन्छन्, “यदि मैले परमेश्‍वरमा विश्‍वास नगरेको भए यी सबै त्याग्न सक्थेँ र? ममा यति ठूलो रूपान्तरण हुनेथ्यो र?” के यो विश्‍वासीहरूमा हुने सबैभन्दा ठूलो गलतफहमी होइन र? (हो।) मानिसहरूमा आत्मिक मामलाहरूको बुझाइ भए वा नभए पनि, तिनीहरू सबैमा यो गलतफहमी हुन्छ। म किन यो गलतफहमी हो भन्दै छु? म किन यहाँ गम्भीर समस्या छ भन्दै छु? यसको मुख्य कारण के हो भने, मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्छन्, तर उहाँको इच्छा बुझ्दैनन्, यसको अर्थ तिनीहरू परमेश्‍वरले मानिसहरूलाई ठ्याक्कै के मापदण्ड दिनुहुन्छ भन्‍ने कुरा नै बुझ्दैनन्। त्यसको सट्टा, तिनीहरू मानव धारणा र कल्पनाहरूअनुसार सोच्छन्, अनि आफ्नो परिवार, काम, भावना, बाह्य संसार, देहका उल्झनहरू, अनि आफ्नो सम्पत्तिसमेत त्याग्न सक्नु भनेको तिनीहरूसँग जीवन प्रवेश हुनु हो भन्ने विश्‍वास गर्छन्। यो गलतफहमी हो। वास्तवमा, परमेश्‍वरको इच्छा भनेको त मानिसहरूले परमेश्‍वरमा विश्वास गर्दा आफ्नो भ्रष्ट स्वभाव सही पारून्, परमेश्‍वरको प्रतिरोध गर्ने तिनीहरूको समस्या सुल्झाऊन्, अनि तिनीहरूले गर्ने पापको मूलजड समाधान गरून् भन्‍ने हो। यसो गर्न, मानिसहरूले सत्यता अनि परमेश्‍वरको स्वभाव बुझ्नैपर्छ अनि मात्र तिनीहरूले आफ्नो भ्रष्ट स्वभाव त्याग्न र परमेश्‍वरप्रति साँचो आज्ञाकारिता हासिल गर्न सक्छन्। परमेश्‍वरले मानिसहरूलाई दिनुहुने मापदण्ड यही हो, र यही नै परमेश्‍वरले गर्नुहुने मानिसहरूलाई मुक्ति दिने काम हो। मानिसहरूलाई परमेश्‍वरको कामबारे केही पनि थाहा हुँदैन; तिनीहरू उहाँले आफ्नो कामद्वारा हासिल गर्न खोज्नुभएको लक्ष्य र प्रभाव देख्दैनन्, त्यसैले तिनीहरू सत्यताको ठाउँमा मानव धारणा र कल्पनाहरूलाई राख्छन्, अनि मानिसहरूको पछ्याइ अनि तिनीहरूले हासिल गर्न सक्ने कुराहरूलाई नै परमेश्‍वरको इच्छा र उहाँले मानिसहरूलाई दिनुभएको मापदण्डको रूपमा लिन्छन्। यो त मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्दा तिनीहरूमा हुने गलतफहमी हो। तिनीहरूले हासिल गर्न सक्ने यी कुराहरूले तिनीहरूको जोस मात्र देखाउँछ, अनि तिनीहरूले विभिन्‍न कुराहरू त्याग्दा, वास्तवमा परमेश्‍वरसँग लेनदेन गर्न खोजिरहेका हुन्छन्—त्यो त्याग मुकुट र इनामको बदलामा गरिएको हुन्छ। तिनीहरू यस्ता लेनदेनहरू साँच्चै मूल्यवान् रहेको र आफूलाई राम्रो सौदा मिलेको ठान्छन्। विविध कुराहरू त्याग्दैमा तिनीहरूसँग सत्यता वस्तविकता हुन्छ वा तिनीहरूले परमेश्‍वरको आज्ञापालन गर्न सक्छन् भन्ने हुँदैन। तिनीहरूले त्याग र अर्पण गरिरहँदा, के तिनीहरूले साँच्चै सत्यता बुझ्छन् त? (बुझ्दैनन्।) यदि तिनीहरू सत्यता बुझ्दैनन् भने, के तिनीहरूको त्याग र अर्पण कलङ्कित हुँदैन र? पक्कै हुन्छ। त्यसोभए, तिनीहरूले यसरी आफूलाई अर्पित गरेर र कष्ट सहेर के पछ्याइरहेका हुन्छन् त? यस्ता किसिमका मानिसहरूले सत्यता के हो, वा परमेश्‍वरका मापदण्डहरू के हुन् भनी कहिल्यै मतलब गरेका हुँदैनन्; तिनीहरू सधैँ यी कुराहरूको आफूसँग केही सम्बन्ध छैन भन्ठान्छन्। तिनीहरूले आफ्नो हृदयमा जे ठिक हो, जे असल हो, र जे जीवन प्रवेश हो भन्‍ने सोच्छन्, तिनीहरू त्यही अभ्यास गर्छन्, अनि अभ्यास गरेपछि, तिनीहरू परमेश्‍वरले त्यसको कदर गर्नुभएको छ भन्‍ने सोच्छन्। तिनीहरू यी कुराहरूलाई लेनदेन गर्ने वस्तु र पुँजीको रूपमा लिन्छन्। के यी कुराहरू सत्यता पछ्याउनुका प्रकटीकरणहरू हुन् त? (होइनन्।) यो सत्यता नपछ्याउने मानिसहरूले सिर्जना गर्ने गलतफहमी हो। यो जीवन प्रवेशलाई गलत बुझ्ने मानिसहरूले विभिन्‍न कुराहरू अर्थ्याउने तरिकाहरूमध्येको एक हो। त्यसोभए, कुनै व्यक्तिले यी कुराहरू आफूले सत्यता पछ्याएको प्रकटीकरणहरू होइनन्, र आफूसँग जीवन प्रवेश छैन भनी कसरी मूल्याङ्कन र पुष्टि गर्न सक्छ? उसले बोल्ने कुराहरू गलत हुन् भनेर जाँच्न कुन तथ्यहरू प्रयोग गर्न सकिन्छ? (उसले सत्यता सिद्धान्तहरूविना कार्य गर्छ।) त्यो एउटा अंश हो। ऊ आफ्नो कल्पनाको आधारमा कार्य गर्छ। बाहिरबाट ऊ साँचो विश्‍वासीजस्तो देखिन्छ; ऊ विभिन्‍न कुराहरू त्याग्न र आफूलाई अर्पित गर्न सक्छ, तर ऊ आफ्नो कार्यमा असैद्धान्तिक हुन्छ। अनि, ऊ किन असैद्धान्तिक हुन्छ? किनकि ऊ सत्यता पछ्याउँदैन। उसले अझै पनि विभिन्‍न कुराहरूलाई आफ्नो सुरुको उही धारणा र कल्पनाहरूकै दृष्टिकोणबाट हेरिरहेको हुन्छ। यस्ता मानिसहरूमा सबैभन्दा ठूलो एउटा समस्या हुन्छ: के तिनीहरू परमेश्‍वरले बन्दोबस्त गर्नुभएको वातावरणप्रति समर्पित हुन्छन् त? के तिनीहरूले यी वातावरणहरू परमेश्वरले किन बन्दोबस्त गर्नुभएको भनी बुझ्छन् त? (बुझ्दैनन्।) के तिनीहरूसँग जीवन प्रवेश छैन भनी पुष्टि गर्न यो काफी हुन्‍न र? (हुन्छ।) तिनीहरूले आफ्ना खराब बानी र समस्याजनक गुणहरूमा परिवर्तन ल्याएका हुन्छन्, र धेरै त्याग गरेका हुन्छन्। अन्तत: तिनीहरूको परीक्षा लिइँदा, तिनीहरू परमेश्‍वरको इच्छा नबुझ्ने मात्र होइन, अझै गुनासो गर्ने र समर्पित हुन नसक्‍ने हुन्छन्। यो के समस्या हो? यो तिनीहरूसँग जीवन प्रवेश नै नभएको समस्या हो। जीवन प्रवेश नहुने मानिसहरूसँग सत्यता वास्तविकता हुँदैन, होइन र? (हो।) जब केही आइपर्छ, तिनीहरू पूर्णत: आफ्नै धारणा, कल्पना, र प्राकृतिक प्राथमिकताहरूमै भर पर्छन्। जब तँ तिनीहरूसँग साँच्चै गम्भीर भएर तिनीहरूलाई आज्ञापालन गर्न लगाउँछस्, तब तिनीहरू आज्ञाकारी हुँदै हुँदैनन्; तिनीहरू केवल मानव समझ, बहाना, र कल्पनाहरूमा भर पर्छन्, अनि आफ्नो प्रतिरक्षा गर्न र परमेश्‍वरको अवज्ञा गर्ने र परमेश्‍वरको काम इन्कार्ने आफ्नो लक्ष्य पूरा गर्न हरउपाय खोज्छन्। कति मानिसहरू यति गम्भीर हुन्छन् कि तिनीहरू आज्ञापालन गर्न नसक्ने मात्र होइन, तिनीहरूले त अझै पनि आफ्नै धारणा र कल्पनाहरू सही छन्, अनि आफूले सोचेका तरिका र मार्ग ठिक छन्, अनि परमेश्‍वरको कार्य र बन्दोबस्तहरू सही नहुन पनि सक्छन् भन्ने पुष्टि गर्ने हरउपाय सोच्ने प्रयास गर्छन्। यसले तिनीहरूसँग कुनै जीवन प्रवेश छैन भन्ने खुलासा गर्छ; तिनीहरूले गर्ने सबैकुरा अनि तिनीहरूले गर्ने आफ्नो त्याग र परिवर्तनहरू जीवन प्रवेश होइनन्, यो त बस तिनीहरूका दुष्ट बानीहरू अहिले हराएको अवस्था मात्र हो। तिनीहरूका व्यक्तिगत बानीहरू, दिनचर्या, अनि जीवन जिउने तरिका हल्का परिवर्तन भएका हुन्छन्, अनि केही मानिसहरूको चाहिँ रिसाउने बानी पनि परिवर्तन भएको हुन सक्छ; तिनीहरू अलिक नरम र अलिक सुशील तरिकाले बोल्‍न थालेका हुन्छन्, र तिनीहरूको बाहिरी व्यवहार स्तरीय भएको हुन सक्छ, तर तिनीहरूले काम गर्दा तिनीहरूमा कुनै सत्यता वास्तविकता हुँदैन, र तिनीहरू कहिल्यै परमेश्‍वरका वचनहरू वा सत्यताअनुसार काम गर्दैनन्; सबै कुरा तिनीहरूका आफ्नै व्यक्तिगत कल्पना र चाहनाहरूअनुसार हुन्छ। तिनीहरूमा परमेश्‍वरबारे कुनै वास्तविक बुझाइ हुँदैन; तिनीहरूलाई खालि अलिअलि आत्मिक सिद्धान्तबारे बोल्न मात्र आउँछ, र तिनीहरू मानव धारणा, कल्पना र भावनाहरूमा अल्झेका हुन्छन्। तिमीहरूलाई के लाग्छ, के यी मानिसहरू दयनीय होइनन् र (हुन्।) के धेरै मानिसहरू यस्ता हुन्छन्? (हुन्छन्।) तिमीहरूलाई धेरै हुन्छन् भनेर कसरी थाहा भयो? (किनकि म पनि तिनीहरूमध्येकै एक हुँ।) यो तँसित मिल्यो, होइन त? त्यसोभए यसबारे तिमीहरूका अनुभवहरू बताओ त। (म एउटा अनुभव सुनाउँछु। एउटा दाजुले अरू धेरै दाजुभाइ-दिदीबहिनीहरूसामु मेरो कमजोरी औँल्याए, अनि त्यसबेला मलाई अपमानित महसुस भयो। मेरो आत्मगौरव पुनः जगाउन, मैले प्रतिरक्षा गर्ने र सफाइ दिने प्रयास गरेँ। मैले उनको टिप्पणी स्विकारिनँ।) तँलाई तेरो आत्मगौरवले प्रभावित पाऱ्यो। किन मानिसहरू सधैँ आत्मगौरवद्वारा प्रभावित हुन्छन्? आत्मगौरव भएका सबै मानिसहरू अति संवेदनशील हुन्छन्, त्यही कारण हो त? (होइन।) वास्तवमा, मानिसहरू यसो गर्नुको कारण के हो भने, तिनीहरू अरूको आँखामा आफ्नो आदर्श चित्र कायम गर्न चाहन्छन्। तिनीहरू आफ्नो हैसियतबारे चिन्ता गर्छन्, अनि आफूलाई विशेष आदर्श तरिकामा, र दोषरहित रूपमा प्रस्तुत गर्न चाहन्छन्। तिनीहरू मानिसहरूको मनमा आदर्श छाप छोड्न चाहन्छन्, र आफू वास्तवमा कस्तो छु भन्ने सत्यता अरूलाई देख्‍न दिन चाहँदैनन्। यो अहङ्कारी स्वभावको परिणाम हो। के यो समस्या अब समाधान भइसक्यो? (अझै भएको छैन। म अझै पनि प्राय: त्यो प्रकट गरिरहेकै हुन्छु।) यदि व्यक्तिले आफैबारे चिन्तन गर्न र आफ्नो भ्रष्ट स्वभाव चिन्न सक्छ भने, बदलिन सजिलो हुनेछ। यदि उसले आफूबारे चिन्तन गर्दैन, आफ्नो भ्रष्ट स्वभाव चिन्न सक्दैन, अनि आफ्ना समस्याहरूबारे बोधो छ र सचेत छैन भने, बदलिन कठिन हुनेछ। यदि ऊ सचेत भइसकेको छ, र उसलाई उसको अहङ्कारी स्वभाव गम्भीर छ, उसको पछ्याइ टेढोमेढो छ, र ऊ सत्यता पछ्याउनबाट अझै पनि टाढै छ भन्ने महसुस हुन्छ, तर काँटछाँट गरिँदा, ऊ केही दिनसम्म नकारात्मक बन्छ, र हरेक परिस्थितिमा सधैँ आफ्नो आत्मगौरव फिर्ता पाउने उपाय खोज्छ भने, के यस्तो व्यक्ति बदलिन सक्छ? उसलाई बदलिन गाह्रो हुन्छ। त्यसैले, उसले यो समस्या कसरी समाधान गर्नुपर्छ? सत्यता स्विकारेर अनि आफैबारे चिन्तन गरेर मात्र पनि, उसले समस्या समाधान गर्न सक्ने आशा हुन्छ। यदि उसले सत्यता स्विकार्न सक्दैन भने, ऊसँग त्यो समस्या समाधान गर्ने कुनै उपाय हुँदैन। मुख्य कुरा त मानिसहरूमा सत्यता पछ्याउने सङ्कल्प र चाहना हुनैपर्छ। जब तिनीहरूमा सत्यताको लागि एकदमै तिर्खाउने हृदय हुन्छ, तिनीहरूले सत्यतालाई प्रेम र स्वीकार गर्न सक्नेछन्, अनि तिनीहरूमा सत्यता अभ्यास गर्ने र दैहिकता त्याग्ने शक्ति हुनेछ। सत्यता स्विकारेर मात्र मानिसहरूले भ्रष्ट स्वभावको समस्या पूरै सुल्झाउन सक्छन्, अनि तिनीहरूको भ्रष्ट स्वभाव सुल्झिएपछि, तिनीहरूले सत्यता अभ्यास गर्न सक्नेछन्, र त्यसपछि तिनीहरूको जीवन प्रवेश हुनेछ।

आत्मिक मामलाहरू नबुझ्ने अनि सत्यता र जीवन प्रवेशको सधैँ गलत अर्थ लगाउने मानिसहरू सत्यता पछ्याउन सजिलो हुन्छ भन्‍ने सोच्छन्, तिनीहरू यो भनेको केही खराब बानीहरू वा समस्याजनक गुणहरू बदल्नु वा बेलाबेलामा आफ्नो हितका कुराहरू त्याग्नु हो भन्ठान्छन्, अनि दुष्टता नगरेसम्‍म, र अन्त्यसम्म आफ्नो विश्‍वासमा डटिरहेसम्‍म, तिनीहरूले जीवन प्राप्त गरेकै हुन्छन्, र यी कुराहरू तिनीहरूले परमेश्‍वरका इनाम र आशिष्‌सित साट्न सक्छन् भन्‍ने सोच्छन्। के परमेश्‍वरमाथिको आफ्नो विश्‍वासलाई यस्तो खाले दृष्टिकोणमा आधारित गर्ने मानिसहरू सत्यता पछ्याउने मानिसहरू हुन् त? (होइनन्।) के सत्यता नपछ्याउने मानिसहरूसँग जीवन प्रवेश हुन सक्छ त? (सक्दैन।) धेरै मानिसहरू जीवन प्रवेश ठ्याक्कै के हो भन्नेबारे प्रस्ट हुँदैनन्। तिनीहरू सोच्छन्, व्यक्तिले अलिकति मेहनत गर्दैमा, आफ्नो कर्तव्य निर्वाह गर्दैमा, केही खराब बानी र समस्याजनक गुणहरू बदल्दैमा, अह्राएको मान्दैमा, र अलिअलि आज्ञापालन गर्दैमा ऊसँग जीवन प्रवेश हुन्छ। तिनीहरू जीवन प्रवेशलाई अति नै सरल तरिकाले हेर्छन्। परमेश्‍वरमा यसरी विश्‍वास गरेर, के तिनीहरूले आफ्नो स्वभाव रूपान्तरित गर्नेछन् त? (गर्नेछैनन्, तिनीहरूले आफूलाई बाहिर मात्र परिवर्तन गरिरहेका हुन्छन्, तर तिनीहरूको सार परिवर्तन भएको हुँदैन।) तिमीहरू अहिले धेरै परिवर्तन भएका छौ, तर तिमीहरूको बाहिरी व्यवहारमा परिवर्तन आएका छन् कि—कि तिमीहरूको जीवन स्वभावमा पनि केही परिवर्तन आएका छन्? के तिमीहरूले जीवन प्रवेशबारे आफ्नो गलत दृष्टिकोणबाट बाहिर निस्कने बाटो भेट्टाएका, र जीवन प्रवेश पाउन थालेका छौ? के तिमीहरू आफ्ना कुन पाटाहरू बदलिएका छन्, र कुन छैनन् भनी मूल्याङ्कन गर्न सक्छौ? यदि तँलाई कुनै कर्तव्य निर्वाह गर्न दिइयो, र त्यसमा तँ पहिले आज्ञापालन नै गर्न सक्दैनथिस् भने, अहिले तँ कुन हदसम्म आज्ञापालन गर्न सक्छस्? उदाहरणको लागि, तँ एक ब्रदर होस्, र तँलाई अरू दाजुभाइ-दिदीबहिनीहरूको लागि हरदिन खाना बनाउन र भाँडा माझ्न लगाइयो भने, के तँ आज्ञापालन गर्थिस्? (गर्थेँ जस्तो लाग्छ।) सायद केही समयको लागि गर्न सक्थिस् होला, तर दीर्घकालीन रूपमा यो कर्तव्य गर्न लगाइयो भने, के तँ आज्ञापालन गर्थिस् त? (कहिलेकाहीँ भए आज्ञापालन गर्न सक्थेँ होला, तर समय हुँदै गएपछि गर्न सक्दिनथेँ होला।) यसको अर्थ तैँले आज्ञापालन गरेको हुँदैनस्। मानिसहरूलाई केले आज्ञापालन नगर्ने तुल्याइरहेको हुन्छ? (मानिसहरूको हृदयमा परम्परागत धारणाहरू हुन्छन्। उनीहरूले सोच्छन्, पुरुषहरूले घरबाहिर काम गर्नुपर्छ, अनि महिलाले चाहिँ घरगृहस्थी सम्हाल्नुपर्छ, र खाना बनाउने महिलाको काम हो र पुरुषले खाना बनाउँदा उसको इज्जत जान्छ। त्यसैले तिनीहरूलाई आज्ञापालन गर्न सजिलो हुँदैन।) ठिक भनिस्। श्रम-विभाजनको कुरामा लैङ्गिक विभेद हुन्छ। पुरुषहरू यस्तो सोच्छन्, “हामी पुरुषहरूले बाहिर गएर कमाउनुपर्छ। खाना पकाउने र सफाइ गर्नेजस्ता काम महिलाहरूले गर्नुपर्छ। हामीलाई यस्तो काम गराइनुहुँदैन।” तर यी विशेष परिस्थितिहरू हुन्, अनि तँलाई त्यही काम गर्न लगाइँदै छ भने, तँ के गर्छस्? तैँले आज्ञापालन गर्नुअघि कुन मनस्थिति पार लाउनुपर्छ? यो मामिलाको चुरो कुरो नै यही हो। तैँले तेरो लैङ्गिक विभेद पार लाउनुपर्छ। कुनै पनि काम पुरुषले गर्नुपर्ने, वा महिलाले गर्नुपर्ने भन्ने हुँदैन। श्रमलाई यसरी विभाजन नगर्। मानिसहरूले निर्वाह गर्ने कर्तव्य तिनीहरूको लिङ्गको आधारमा निर्धारण गर्नुहुँदैन। तैँले आफ्नो घरमा र दैनिक जीवनमा यसरी श्रम विभाजन गर्न सक्छस्, तर अब यो तेरो कर्तव्यसँग सम्बन्धित भएपछि, तैँले यसलाई कसरी बुझ्नुपर्छ? तैँले परमेश्‍वरबाट आएको यो कर्तव्य लिनु र स्विकार्नुपर्छ, अनि आफूभित्रका गलत दृष्टिकोण बदल्नुपर्छ। तैँले यसो भन्नुपर्छ, “म पुरुष हो भन्ने साँचो हो, तर म परमेश्‍वरको नजरमा मण्डलीको सदस्य र एक सृष्टि गरिएको प्राणी हुँ। मलाई मण्डलीले जेसुकै काम लगाइए पनि म गर्नेछु; कामकुराहरू लिङ्गका आधारमा विभाजन हुँदैनन्।” सर्वप्रथम त, तैँले आफ्ना गलत दृष्टिकोणहरू त्याग्नुपर्छ, र त्यसपछि आफ्नो कर्तव्य स्विकार्नुपर्छ। के आफ्नो कर्तव्य स्विकार्नु साँचो आज्ञाकारिता हो त? (होइन।) त्यसपछिका दिनहरूमा, कसैले तेरो खाना बेसी नुनिलो छ, वा मसला पुगेको छैन, वा तैँले केही खानेकुरा राम्रोसँग बनाइनस् अनि तिनीहरूलाई त्यो खान मन भएन भने, वा तँलाई केही नयाँ बनाउन लगाइयो भने, के तँ त्यो स्विकार्न सक्नेछस्? त्यो बेला, तँलाई अप्ठेरो लाग्नेछ अनि तँ यस्तो सोच्नेछस्, “म आत्मसम्मान भएको पुरुष हुँ, म यहाँसम्म झुकेर यी सब दाजुभाइ-दिदीबहिनीहरूको लागि खाना पकाइरहेको छु, तैपनि तिनीहरू यी सब गल्ती औँल्याउँछन्। अब त मेरो आत्मसम्मान नै बाँकी रहेन।” त्यो बेला, तँ आज्ञापालन गर्न चाहँदैनस्, चाहन्छस् त? (चाहँदिनँ।) यो कठिनाइ हो। जबजब तैँले आज्ञापालन गर्न सक्दैनस्, त्यो कुनै भ्रष्ट स्वभाव प्रकट भएको कारणले हुन्छ, जसले समस्या पैदा गर्छ, र तँलाई सत्यता अभ्यास गर्न र परमेश्‍वरको आज्ञापालन गर्न नसक्ने बनाउँछ। त्यो बेला, तेरो हृदय दोधारमा हुनेछ—तेरा सोचहरूले तँलाई नियन्त्रण गरेर तेरो नाक काटियो भन्ने सोच्ने तुल्याइरहेका हुन्छन्, अनि तँ भित्रभित्रै बेखुस हुन्छस्। त्यस्तो बेला तैँले के गर्नुपर्छ? (सत्यता खोज्नुपर्छ।) अनि, सत्यता कसरी खोज्छस्? तैँले प्रार्थना गर्नुपर्छ, “परमेश्‍वर, अरू मानिसहरूले मलाई जे अह्राए पनि, म त्यसलाई आफ्नो कर्तव्यजसरी लिनेछु। मैले बाहिरी रूपमा जोसुकैको सेवा गरे पनि वा जोसुकैको लागि काम गरे पनि, म त्यो सबै परमेश्‍वरबाट आएको भनी स्विकार्नेछु। यो मेरो कर्तव्य हो र मैले आज्ञापालन गर्नुपर्छ; मलाई मेरो आत्मसम्मान चाहिँदैन। परमेश्‍वरको घरमा, कर्तव्य उच्च-तहको र तल्लो-तहको, उच्च-हैसियतको र तल्लो-हैसियतको, पुरुषको, महिलाको, वृद्धवृद्धाको र युवाको भनेर छुट्ट्याइँदैन। यहाँ त केवल राम्रोसँग पूरा गरिएका र राम्रोसँग नगरिएका कर्तव्य हुन्छन्, र भक्तिसाथ गरिएका अनि भक्तिविना गरिएका कर्तव्य हुन्छन्।” अनि, तैँले आफ्नो आत्मसम्मन, हैसियत, पद र गरिमा त्यागेपछि, के आफूलाई पनि पूर्णत: त्यागेको हुन्छस्? (हुँदिनँ।) तँसित अझै पनि प्रतिक्रियाहरू हुनेछन्। कहिलेकाहीँ, मानिसहरूले तँलाई अनादर गर्नेछन्, तँलाई मूर्ख ठान्नेछन्, तँलाई नीचजसरी व्यवहार गर्नेछन् र यसो भन्नेछन्, “खाना पकाउनै यति खुसी हुने पुरूष केहीमा सफल हुनेछैन! म त कहिल्यै त्यो गर्दिनथेँ।” तिनीहरूले तँलाई गलत दिशामा लैजानेछन्, तँभित्र गलत विचार र धारणाहरू बसाउनेछन्, अनि तेरो अभ्यासलाई प्रभावित पार्नेछन्। तैँले जीवन प्रवेशलाई दिएको महत्त्व, तँ सामान्य व्यक्ति भएको, र तँ आफ्नो कर्तव्यमा समर्पित भएको जस्ता सकारात्मक कुराहरूलाई तिनीहरूले अपमानको रूपमा हेर्नेछन्, र तसर्थ तँलाई नीचजसरी व्यवहार गर्दै तेरो आलोचना गर्नेछन्। यदि तैँले सहन सकिनस् भने, तँ तुरुन्तै नकारत्मकतामा डुब्नेछस् र यो कर्तव्यले सधैँ अरूसामु तेरो नाक काट्ने, अनि मानिसहरूलाई तँलाई नीचजसरी व्यवहार गर्ने र तँमाथि हुकुम चलाउने तुल्याउँछ भन्‍ने सोच्‍नेछस्। त्यसपछि तँ फेरि आज्ञापालन गर्नेछैनस्, होइन र? कसैले पनि तँलाई नीचजसरी व्यवहार वा आलोचना नगर्दा, तँ आफू आज्ञापालन गर्न सक्ने भइसकेको, र तँसँग जीवन प्रवेश, केही सत्यता अनि केही कद भइसकेको ठान्छस्। के यसरी सोच्नु सही हुन्छ र? अनि, कसैले तेरो आलोचना गर्दा र तेरो कदमाथि चुनौती आउँदा, तँ किन नकारात्म्क हुन्छस् र यस्तो सोच्छस्, “अझै कति समय खाना पकाएपछि यो बन्द हुने हो? यो व्यक्तिले सधैँ मलाई हेप्छ। उसले मलाई हेप्नु ठिक होइन, यो म स्विकार्न सक्दिनँ!”? फेरि समस्या उत्पन्न भएको छ। जब तँ स्विकार्न सक्दैनस्, के तँ त्यही बेला गुनासो गर्दै यसो पनि भन्छस्, “अगुवाले यस्तो खाले कर्तव्य कसरी मलाई दिन सके? उनले अरूको सट्टा मलाई किन छाने? के म सजिलै हेपिनेजस्तो देखिन्छु? मानिसहरू मलाई हेप्छन्, अगुवा मलाई राम्रो नजरले हेर्दैनन्, र परमेश्‍वर मेरो सुरक्षा गर्नुहुन्न”? तेरो विद्रोही स्वभावले फेरि टाउको उठाएको छ। यहाँ समस्या के हो? के तेरो कद अति सानो भएको हो? तँ यति जाबो अपमान पनि सहन सक्दैनस्, र यति जाबो कुराले तँलाई गुनासो गर्ने र नकारात्मक हुने तुल्याउँछ। सत्यता वास्तविकताहरू हुनु भनेको यस्तै हो त? तँसँग कुनै सत्यता वास्तविकता छैन। यो समस्या समाधान गर्ने एकदमै सरल तरिका छ: तैँले हृदयमा यस्तो सोच्‍नुपर्छ, “मलाई जसलेसुकै हेपे पनि वा उपेक्षासाथ हेर पनि, मैले आफ्नो कर्तव्य गर्नुपर्छ। म परमेश्‍वरको आज्ञा त्याग्‍न सक्दिनँ। मैले यो कर्तव्य अरू मानिसहरूको लागि गरिरहेको छैन, न त अरूले मेरो बारे केही सोचून् भनेर नै गरिरहेको छु—अरूले मेरो बारे केही सोचेर के नै फाइदा हुन्छ र? मैले परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य पूरा गर्नैपर्छ।” तैँले हृदयमा यसरी नै सोच्नुपर्छ। अब तैँले खाना बनाउँदा, के तँलाई ढुक्क महसुस हुँदैन र? के त्यसोभए अब समस्या समाधान भयो त? वास्तवमा, यो पूर्ण रूपमा समाधान भएको छैन। अन्तत: तँ निरन्तर तनावको स्थितिमा रहन्छस्, निरन्तर कमजोरी र नकारात्मकतामा डुब्‍ने र त्यसपछि आफूलाई माथि तान्‍ने गरिरहन्छस्; तँ निरन्तर समायोजित भइरहन्छस्। तैँले हरेक स्थिति जाँचेको हुन्छस्, र तँ सधैँ यति कष्टदायी तरिकाले जिउन अनिच्छुक हुन्छस्। तँ यी कठिनाइले आफूलाई सधैँ सताऊन्, बाधा पुऱ्याऊन्, वा नियन्त्रण गरून् भन्ने चाहँदैनस्। तँ आफ्नो कर्तव्य सजिलै र सरल रूपमा पूरा गर्न चाहन्छस्। तर तैँले यो अवस्था कसरी हासिल गर्छस्? तैँले निरन्तर सत्यता खोज्‍नुपर्छ, निरन्तर आफ्नो दृढ विश्‍वासमा अडिग रहुनुपर्छ, र परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्नु सधैँ नै सही हुन्छ। तैँले यसो भन्‍नुपर्छ, “मलाई कसैले बाधा पुऱ्याउन सक्दैन। यो मेरो कर्तव्य हो; यो मलाई परमेश्‍वरले दिनुभएको आज्ञा हो; यो मेरो जिम्मेवारी र दायित्व हो। मलाई जोसुकैले गिज्याए, झुक्काए, वा परीक्षा लिए पनि, त्यो काम लाग्दैन। मैले आफ्नो कर्तव्य निर्वाह गर्न पाउनु गौरवको कुरा हो, अनि यदि मैले यो सम्हाल्न सकेँ भने, सबै महिमा परमेश्‍वरलाई जान्छ। यदि मैले सम्हाल्न सकिनँ भने, मैले आफूलाई लज्जित बनाएको हुन्छु। यो कर्तव्यमा मेरो मजाक बनाउने र मलाई होच्याउने कोही पनि सत्यता पछ्याउने व्यक्ति होइन।” के यो तथ्य होइन र? (हो।) यो तथ्य हो। अय्यूबको परीक्षा हुँदा, शैतानले उसलाई बाधा र प्रलोभनमा पार्‍यो, तर के अय्यूबले शङ्का गर्‍यो त? (गरेन।) किनकि उसको हृदयमा सत्यता, परमेश्‍वरका वचनहरू र परमेश्‍वरको मार्ग थियो। परिस्थिति र परीक्षाहरू सामना गर्दा, तैँले सत्यता अनि परमेश्‍वरले दिनुभएको आज्ञा परिपालन गर्न सक्छस् सक्दैनस् भन्ने कुरा तँ कुन हदसम्म सत्यता जान्दछस्, बुझ्दछस् र स्विकार्छस् भन्नेमा भर पर्छ। केही मानिसहरू सधैँ सत्यताबारे शङ्कालु हुन्छन्, र त्यसबारे निश्‍चयताको स्थानमा पुग्नै सक्दैनन्, वा आफ्नो कर्तव्यको सन्दर्भमा, तिनीहरू कुनै कुरा कसरी गर्नुपर्छ, वा तिनीहरूले गरिरहेको तरिका ठिक छ छैन भन्नेमा कहिल्यै निश्‍चित हुँदैनन्। तिनीहरू कहिल्यै सही कुराहरूमा अडिन सक्दैनन्; तिनीहरू सधैँ केही मानिस, घटना, वा कुराहरूको बाधामा पर्छन्, अनि जब खराब र दुष्ट मानिसहरू, भूतपिशाच वा शैतानहरू थाहै नभई तिनीहरूतिर आउँछन् र तिनीहरूलाई परीक्षा लिने वा बाधा पुऱ्याउने कुराहरू भन्छन्, तिनीहरू कमजोर बन्छन् र छलमा पर्छन्। के यसको मतलब तिनीहरू सानो कदका छैनन् र? (छन्।) के सानो कद सही पार्न सजिलो हुन्छ? सैद्धान्तिक रूपमा, सजिलै हुन्छ। यो तँ हिँडिरहेको मार्ग परमेश्‍वरद्वारा डोऱ्याइएको मार्ग हो भन्नेमा निश्‍चित हुन सक्छस् सक्दैनस् भन्नेमा भर पर्छ। तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा, सत्यता अभ्यास गर्नुपर्छ र परमेश्‍वरको आज्ञा स्विकार्नुपर्छ। यो महत्त्वपूर्ण हुन्छ। डराउनुपर्ने कुरा त के हो भने, तेरो हृदयमा तेरो कर्तव्यबारे पक्षपाती दृष्टिकोण छ, र तँ तेरो कर्तव्यले तेरो नाक कटाउँछ र तँलाई केहीमा पनि सफल नहुने बनाउँछ भन्ने सोच्छस्। तँमा पक्षपाती दृष्टिकोण भएपछि, र त्यसमाथि तँलाई अरूले बाधा पुऱ्याए भने, यो अझै बढी समस्याजनक बन्छ। तेरो हृदय अस्तव्यस्त छ भने, तैँले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्दैनस्। अय्यूबको परीक्षा लिइँदा, उसको वरपर उसलाई बाधा पुऱ्याउने धेरै मानिसहरू थिए। उसकी पत्नीले के भनेकी थिई रे? (“परमेश्‍वरलाई सराप्‍नुहोस् र मर्नुहोस्” (अय्यूब २:१०)।) उसकी पत्नीको आशय यस्तो थियो, “विश्‍वास नगर्नुहोस्। यदि तपाईँले विश्‍वास गर्नुभएको वास्तवमै परमेश्‍वर हुनुहुन्थ्यो भने, यी कुराहरू तपाईँलाई किन हुन्थे र?” अनि, अय्यूबले के भन्यो? (“तिमी मूर्ख स्‍त्रीले जस्तै कुरा गर्छौ” (अय्यूब २:१०)।) अय्यूबले उसी पत्नीको निन्दा गर्‍यो, किनकि परमेश्‍वर नै साँचो परमेश्‍वर हुनुहुन्छ, यो परमेश्‍वरले नै गर्नुभएको हो, यो उहाँकै अख्तियार हो, अनि यो उहाँको हातकै काम हो भन्नेमा ऊ निश्‍चित थियो। अय्यूब त त्यति निश्‍चित थियो, तर आज सत्यता बुझेपछि, मानिसहरू किन साँचो मार्गमा अडिग रहन र आफ्नो गवाहीमा दृढ भई खडा हुन सक्दैनन्? किनकि मानिसहरूको हृदय एकदमै दूषित हुन्छ; तिनीहरू सत्यता त बुझ्दैनन् नै, तिनीहरू सत्यतालाई प्रेम गर्ने वा सत्यता पछ्याउने मानिसहरू पनि होइनन्। तसर्थ, तिनीहरूले जति नै वचन वा धर्मसिद्धान्तहरूबारे बोल्न सके पनि वा जति नै धेरै गुञ्जायमान नारा लगाउन सके पनि, अन्तत: तिनीहरू दृढ भई खडा रहनै सक्दैनन्। मण्डलीमा कसैले थोरै फरक कुरा बोल्‍नेबित्तिकै, वा कसैले केही बाधक वा छली कुराहरू, वा निन्दा र बेइज्जतीका कुराहरू बोल्‍नेबित्तिकै, तिनीहरूले आफू गिल्ला र अपमानमा परेजस्तो सोच्छन्, र तिनीहरू पूरै टुट्छन्। यदि मानिसहरूले आफूलाई यसरी नै प्रकट गर्छन् भने, र यसरी नै भित्रभित्रै निरन्तर सङ्घर्षरत हुन्छन्, र निरन्तर आफ्नो दृष्टिकोण बदल्छन्, तर सँगसँगै, निरन्तर परमेश्‍वरको अख्तियार र बन्दोबस्तहरू स्विकार्छन्, सत्यता बुझ्न जारी राख्‍छन्, बिस्तारै सत्यताका विभिन्न पाटाहरूमा प्रवेश गर्छन्, र सबै सत्यतामा प्रवेश गर्छन्, अनि अन्तत: कुनै पनि खालको व्यक्ति, घटना वा कुराबाट बाधित, प्रभावित वा नियन्त्रित हुनबाट जोगिन सक्छन्, र आफूले अभ्यास गर्ने सत्यता सिद्धान्तहरू सही छन् भनी दृढ विश्‍वास गर्न सक्छन् भने, तिनीहरूले आफ्नो स्वभाव रूपान्तरित गरेका हुन्छन्।

वर्तमान समयमा, तिमीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा, के तिमीहरू अझै पनि हरेक खालको व्यक्ति, घटना वा कुराद्वारा नियन्त्रित हुने सम्भावना हुन्छ? के तिमीहरू सत्यतामा दृढ रहन र सिद्धान्तअनुरूप कामकुराहरू गर्न सक्छौ? (सक्दैनौँ।) त्यसोभए, तिमीहरूलाई प्राय: हुने कठिनाइहरू के-के हुन्? (कहिलेकाहीँ, जब म अरू मानिसहरूले परमेश्‍वरको घरको हितमा हानि हुने कार्यहरू गरेको देख्छु, म त्यो औँल्याउँछु, तर तिनीहरूले त्यो नस्विकारेको, वा तिनीहरूको मनोवृत्ति खराब भएको देख्दा, म विवाद सुरू गर्न डराउँछु, त्यसैले म सम्झौता गर्छु।) सम्झौता गर्नु सही हो कि गलत हो? (गलत हो, तर मलाई यदि मैले अझै जोर लगाएँ भने विवाद सुरू हुन्छ र शान्ति खलबलिन्छ, र मानिसहरूमा मेरो छाप राम्रो हुनेछैन भन्ने डर लाग्छ।) यदि तँ तर्कवितर्कबाट बच्न चाहन्छस् भने, के त्यसको उपाय सम्झौता गर्नु मात्रै हो त? तँ कस्ता परिस्थितिहरूमा सम्झौता गर्न सक्छस्? यदि यो तेरो आफ्नै हित वा आत्मसम्मानजस्तो सानातिनो कुरा हो भने, त्यसबारे तर्कवितर्क गर्नु आवश्यक छैन। त्यसमा तैँले सहने वा सम्झौता गर्ने विकल्प रोज्न सक्छस्। तर मण्डलीको काममा असर गर्न सक्‍ने र परमेश्‍वरको घरका हितहरूमा हानि गर्न सक्‍ने कुरामा चाहिँ, तँ सिद्धान्तहरूमा अडिग हुनुपर्छ। यदि तैँले यो सिद्धान्त पालन गरिनस् भने, तँ परमेश्‍वरप्रति बफादार भइरहेको हुँदैनस्। यदि तैँले आफ्नो इज्‍जत बचाउन वा पारस्परिक सम्बन्ध जोगाउन सम्झौता गर्दै सत्यता सिद्धान्तहरू त्याग्‍ने निर्णय गरिस् भने, के यो तेरो स्वार्थीपन र नीचता होइन र? के यो तँ आफ्नो कर्तव्यमा गैरजिम्मेवार र परमेश्‍वरप्रति बेइमान बनेको सङ्केत होइन र? (हो।) तसर्थ, तैँले कर्तव्य निर्वाह गर्ने क्रममा सबै जना असहमत हुने समय आयो भने, तैँले कसरी अभ्यास गर्नुपर्छ? के तैँले यसबारे सक्दो तर्कवितर्क गरेर यो समस्या हल हुन्छ? (हुँदैन।) त्यसो भए, तैँले कसरी यो समस्या समाधान गर्नुपर्छ त? यस स्थितिमा, समस्या हल गर्न सत्यता बुझ्ने व्यक्ति अघि सर्नुपर्छ, र पहिला सबैसामु समस्या पेश गर्नुपर्छ र दुवै पक्षलाई आ-आफ्नो राय राख्‍न दिनुपर्छ। त्यसपछि, सबैले सँगै मिलेर सत्यता खोजी गर्नुपर्छ, र परमेश्‍वरलाई प्रार्थना गरेपछि, सङ्गति गर्नको लागि परमेश्‍वरका वचनहरूमा भएका सान्दर्भिक सत्यता अघि सार्नुपर्छ। सत्यता सिद्धान्तहरूबारे सङ्गति गरेर दुवै पक्ष स्पष्ट भइसकेपछि, तिनीहरू समर्पित हुन सक्‍नेछन्। तिनीहरूले सत्यताप्रति समर्पित हुन सिक्नैपर्छ। यदि अधिकांश मानिसहरू सत्यताप्रति समर्पित हुन सक्छन्, तर केही मानिसहरू सत्यताप्रति समर्पित हुँदैनन्, वा तिनीहरूलाई कुरा बुझाउन सकिँदैन भने, तिनीहरू सत्यता नस्विकार्ने मानिसहरू हुन्, र तिनीहरूको प्रकृति दुष्ट मानिसहरूको जस्तो हुन्छ, अनि परमेश्‍वरका चुनिएका मनिसहरूले तिनीहरूको वास्तविकता सजिलै खुट्ट्याउन सक्नेछन्। मण्डलीमा हुने विवादको समस्या हल गर्ने सबैभन्दा राम्रो उपाय यही हो। समस्याहरू हल गर्न सत्यता प्रयोग गर्नु एक महत्त्वपूर्ण सिद्धान्त हो, र व्यक्तिले सिद्धान्तहीन सम्झौताहरू गर्नु हुँदैन। यदि आफ्नो व्यक्तिगत सम्बन्ध, घमण्ड, अनि स्वार्थको लागि तँ परमेश्‍वरको घरको हित बलि चढाउँछस् भने, तँ शैतानसँग सम्झौता गरिरहेको हुन्छस्। यो सिद्धान्तहीन, र परमेश्‍वरप्रति बेइमानी हुन्छ। यदि हरेक व्यक्तिले आफ्नै इज्जत बचाउन लड्छ र आफ्नै तर्कहरूमा जोर दिन्छ भने, के यो मनोवृत्ति सत्यता पछ्याउने मनोवृत्ति हो त? के कर्तव्य निभाउँदा व्यक्तिमा हुनुपर्ने मनोवृत्ति यही हो त? (होइन।) कर्तव्यमा भक्ति हासिल गर्न, व्यक्तिले इज्जत वा स्वार्थको लागि लड्नु हुँदैन, उसले परमेश्‍वरलाई अख्तियार धारण गर्न दिनुपर्छ, र सत्यतालाई आफ्नो मालिक बनाउनुपर्छ; परमेश्‍वरको घरको हित र प्रभावकारी काम नै सबैभन्दा अगाडि आउँछ। के यो सिद्धान्त सही होइन र? (हो।) यदि तिमीहरूले सबै यो सिद्धान्त पालन गर्न सक्छौ भने, मानिसहरूसँग विवाद गर्नमा के कुरा नै बाँकी हुन्छ र? विवाद नै हुनेछैन। आफ्नो हित मात्र सुरक्षा गर्ने अनि सत्यता अभ्यास गर्दै नगर्नेहरू असल मान्छे होइनन्, अनि सधैँ अरूको समर्थन पाउन परमेश्‍वरको घरको हित बेच्‍नेहरू त झन् त्योभन्दा पनि खराब हुन्छन्। यी सबै गैरविश्‍वासीहरू, र परमेश्‍वरलाई धोका दिने मानिसहरू हुन्। यदि कुनै व्यक्तिले परमेश्‍वरको घरका हितहरू र मण्डलीको कामको प्रभावकारिता जोगाउन अरूसँग वादविवाद र तर्कवितर्क गर्छ र उसको मनोवृत्ति अलिक अरट्ठो छ भने, के तिमीहरू त्यसलाई समस्या भन्छौ? (अहँ, भन्दैनौ।) किनभने उसको नियत सही छ; यो परमेश्‍वरको घरका हितहरूको रक्षा गर्नको लागि हो। यो व्यक्ति परमेश्‍वरको पक्षमा खडा हुने र सत्यता सिद्धान्तहरूमा अडिग रहने व्यक्ति हो जससँग परमेश्‍वर प्रसन्‍न हुनुहुन्छ। परमेश्‍वरको घरका हितहरू रक्षा गर्दा दह्रिलो र दृढ मनोवृत्ति राख्‍नु भनेको दृढ अडान र सिद्धान्तहरूमा अडिग रहेको सङ्केत हो, र यसलाई परमेश्‍वर अनुमोदन गर्नुहुन्छ। मानिसहरूले यो मनोवृत्तिमा समस्या छ भन्‍ने ठान्लान्, तर यो ठूलो कुरा होइन; भ्रष्ट स्वभावको खुलासासँग यसको कुनै सम्बन्ध छैन। याद रहोस्, सत्यता सिद्धान्तहरूमा दृढ रहनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो।

जीवन प्रवेश सबैभन्दा महत्त्वपूर्ण कुरा हो। जीवन प्रवेश मुख्यत: केसँग सम्बन्धित हुन्छ? (सत्यता पछ्याउने कार्यसँग।) ठिक भनिस्। यो मुख्यत: सत्यता पछ्याउने कार्यसँग सम्बन्धित हुन्छ। सत्यता पछ्याउनेहरूसँग मात्र जीवन प्रवेश हुन्छ। यदि मानिसहरू जीवन प्रवेश पाउन चाहन्छन् भने, त्यसमा सत्यता अभ्यास गर्ने कार्य संलग्‍न हुन्छ। व्यक्तिले सत्यता पछ्याउँछ पछ्याउँदैन भन्ने कुरा कसरी खुट्ट्याउन सकिन्छ? कस्तो किसिमको व्यक्तिले सत्यता पछ्याउँदैन? के तिमीहरूलाई थाहा छ? मैले बताएको पहिलो किसिमका मानिसहरू आत्मिक मामलाहरू नबुझ्ने मानिसहरू थिए। आत्मिक मामलाहरू नबुझ्ने मानिसहरूको सार कस्तो हुन्छ? (मानिसहरूको भ्रष्ट स्वभाव खुलासा गर्ने परमेश्‍वरका वचनहरू पढेपछि, तिनीहरू परमेश्‍वरका वचनहरू र आफ्ना स्थिति र प्रकटीकरणहरूबीच सम्बन्ध कोर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरले अरू नै मानिसहरूबारे बताउँदै हुनुहुन्छ भन्‍ने सोच्छन्।) मूलतः तिनीहरू परमेश्‍वरका वचनहरूसँग आफूलाई तुलना गर्न सक्दैनन्, तर के तिनीहरूलाई यो थाहा हुन्छ त? (हुँदैन।) आत्मिक मामलाहरू नबुझ्ने मानिसहरू यी कुराहरू बोध गर्नै सक्दैनन्। तिनीहरूको हृदय अझै अनजानै हुन्छ; तिनीहरू परमेश्‍वरका वचनहरूमध्ये धेरै बुझ्छु भन्ने ठान्छन्, तर वास्तवमा, तिनीहरू हरेक वचनलाई केवल एउटा नियम ठान्छन्। तिनीहरू यस्तो सोच्छन्, “यदि परमेश्‍वरले मलाई केही गर्न लगाउनुहुन्छ भने, म त्यो गर्नेछु। यदि उहाँले मलाई केही त्याग्न लगाउनुहुन्छ भने, म त्यो त्याग्नेछु; यदि उहाँले मलाई आफैलाई अर्पित गर्न लगाउनुहुन्छ भने, म त्यही गर्नेछु। यसरी परमेश्‍वरको आज्ञापालन गरेर मैले मुक्ति पाउनेछु।” यसरी केही वर्ष विश्‍वास गरेपछि, तिनीहरू पावलले भनेजस्तै आफूसँग पुँजी छ भन्ठान्छन्, “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले विश्‍वासलाई कायम राखेको छु: अबदेखि मेरो लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। तैँले जसरी व्यक्त गरे पनि, पावलमा आत्मिक बुझाइको कमी नै थियो। यो एकदमै दयनीय कुरा हो। उसले आत्मिक मामलाहरू नबुझ्नु नै समस्याजनक थियो, तर त्यसमाथि, उसले सत्यात पछ्याउने कामसमेत गरेन। उसले आफ्ना सबै धर्मसिद्धान्त, नारा, कल्पना, धारणा, ज्ञान, र दर्शनहरूलाई सत्यताजसरी लियो, अनि तिनलाई आफ्नो खोज विस्तार गर्ने आधारको रूपमा प्रयोग गर्‍यो। परिणामस्वरूप, उसले जेसुकै गरे पनि, ऊ सत्यता वास्तविकतामा जिइरहेका थिएन, र त्यो परमेश्‍वरको इच्छाअनुरूप थिएन। उसको समस्या गम्भीर थियो! आत्मिक बुझाइको कमी हुने कुरा आउँदा, पावल सबैभन्दा पहिलो स्थानमै पर्छ, होइन र? (हो।) के आत्मिक मामलाहरू नबुझ्ने मानिसहरूले सत्यतालाई प्रेम गर्छन् त? बिल्कुलै गर्दैनन्, किनकि आत्मिक मामलाहरू नबुझ्ने मानिसहरूले सत्यता बुझ्नै सक्दैनन्, अनि तिनीहरूले सत्यता बुझ्नै सक्दैनन् भने, तिनीहरूले सत्यतालाई प्रेम गर्न सक्ने त झन् कुरै आउँदैन। अनि, आत्मिक मामलाहरू नबुझ्ने मानिसहरूले आफूलाई कसरी प्रकट गर्छन्? मुख्य प्रकटीकरण भनेको मानिसहरूले तिनीहरूसँग परमेश्‍वरका वचनहरूबारे जसरीसुकै सङ्गति गरे पनि, तिनीहरू अझै पनि बुझ्दैनन्, अनि तिनीहरूसँग जति नै स्पष्ट रूपमा सत्यता सङ्गति गरे पनि, तिनीहरू त्यो बुझ्नै सक्दैनन्। यो अति कम क्षमता हुनुसँग सम्बन्धित हुन्छ। अनि, के आत्मिक मामलाहरू नबुझ्ने मानिसहरूले सत्यता पछ्याउन सक्छन् त? तिनीहरूले चाहेर पनि त्यसो गर्न सक्दैनन्‌। आत्मिक मामलाहरू नबुझ्ने मानिसहरूले परमेश्‍वरले केबारे कुरा गर्दै हुनुहुन्छ, उहाँले कुन स्थितिहरू खुलासा गर्दै हुनुहुन्छ भन्ने बुझ्न सक्दैनन्, अनि आफूसँग ती स्थितिहरू तुलना गर्न सक्दैनन्। तिनीहरूले परमेश्‍वरका सबै वचनहरूलाई नियम, वाक्यांश, नारा र धर्मसिद्धान्तजसरी लिन्छन्, अनि परमेश्‍वरका वचनहरू सत्यता हुन् भनी कहिल्यै जान्दैनन्। यहाँ समस्या के हो? समस्या तिनीहरूको क्षमता एकदमै कम हुनु, तिनीहरूमा बुझ्ने क्षमता नै नहुनु, अनि तिनीहरूमा आत्मिक बुझाइको कमी प्रकट हुनु हो।

दोश्रो किसिमकाहरू चाहिँ आत्मिक मामलाहरू बुझ्ने मानिसहरू हुन्। आत्मिक मामलाहरू बुझ्न सक्ने मानिसहरूले सत्यता बुझ्न, परमेश्‍वरका वचनहरू खाँदा-पिउँदा आफूसँग तुलना गर्न, अनि परमेश्‍वरका वचनहरूले के खुलासा गरिरहेका छन्, तिनमा कुन सत्यताहरू छन्, अनि परमेश्‍वरले के मापदण्ड तोक्‍नुहुन्छ भनेर बुझ्न सक्छन्। अनि, बुझ्न सक्ने क्षमता हुनु भनेको प्रवेश हुनुसरह हो त? (होइन।) त्यसोभए, जब म तिनीहरूले बुझ्न सक्छन् भन्छु, त्यसले केलाई जनाइरहेको हुन्छ? त्यसले केलाई सम्बोधन गरिरहेको हुन्छ? (यो कि, तिनीहरूले परमेश्‍वरका वचनहरू र आफूबीच तुलना गर्न सक्छन्।) आफूसँग तुलना गर्ने क्षमता त्यसको एउटा भाग हो। तिनीहरूले मान्छेका भ्रष्ट स्वभावहरू र परमेश्‍वरले खुलासा गर्नुहुने हरखाले स्थिति स्विकार्छन्। त्यसोभए, के तिनीहरू परमेश्‍वरको मापदण्ड के हो भनेर जान्न सक्षम हुन्छन् त? तिनीहरूलाई केही हदसम्म त थाहा हुनुपर्छ—परमेश्‍वरका मापदण्डहरू के हुन्, परमेश्‍वरका वचनहरूमा कुन सिद्धान्तहरूबारे बताइन्छ, अनि उहाँको इच्छा के हो भनेर थाहा हुनुपर्छ। तिनीहरू यी कुराहरूमा स्पष्ट हुन्छन् र यी कुरा बुझ्छन्; त्यसैले त तिनीहरूलाई आत्मिक मामलाहरू बुझ्ने मानिसहरू भनिन्छ। परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा, आत्मिक मामलाहरू बुझ्ने मानिसहरूले ती वचनहरूसित आफूलाई तुलना गर्न र परमेश्‍वरका वचनहरूले के जनाइरहेका छन् अनि उहाँका मापदण्डहरू के हुन् भनी जान्न सक्छन्। यसले यस्तो किसिमका व्यक्तिमा सत्यता बुझ्ने क्षमता र खूबी हुन्छ भन्‍ने देखाउँछ। तर यो क्षमता र खूबी हुँदैमा, के तिनीहरूसँग जीवन प्रवेश हुन्छ नै भन्न मिल्छ त? (मिल्दैन।) यसका धेरैवटा फरक परिदृश्यहरू हुन्छन्। केही मानिसहरूले परमेश्‍वरका वचनहरू बुझ्न सक्छन्, अनि तिनीहरूमा उहाँका वचनहरू बुझ्ने क्षमता र खूबी हुन्छ, तर तिनीहरूले कहिल्यै ती वचनहरूसँग आफूलाई तुलना गरेका हुँदैनन्। तिनीहरू केवल परमेश्‍वरका वचनहरू र अरू मानिसहरूबीच तुलना गर्छन्, अरू मानिसहरूमा खोट खोज्छन्, आफ्नो कमजोरी अरूको टाउकोमा तेर्साउँछन्, अरूका स्थितिहरू कोट्याइरहन्छन्, र आफू डिटेक्टर नै होजसरी अरूको मन पढ्ने कोसिस गर्छन्। तिनीहरू अरू काम केही नहुँदा, अरू मानिसहरूले के सोच्छन् होला भनेर ध्यानमग्‍न हुन्छन्, र मानिसहरूले हृदयमा के सोचिरहेका छन्, तिनीहरूको हृदयमा के सोच र विचारहरू छन्, तिनीहरूको अभिप्राय, लक्ष्य र प्रेरणा के हो, तिनीहरूले के आशा गर्छन्, अनि तिनीहरूले कामकुराहरू गर्दा कुन भ्रष्ट स्वभाव प्रकट गर्छन् भन्ने कुरा पत्ता लगाउन खोज्छन्। अनि, तिनीहरूले यी कुराहरू पत्ता लगाउन खोज्‍नुको लक्ष्य के हो? परमेश्‍वरका वचनहरू र अरू मानिसहरूबीच तुलना गर्नु, र त्यसपछि तिनीहरूको समस्या समाधान गर्नु हो। उदाहरणको लागि, “फलानो” बसोबास गर्ने वातावरण कुन हो, उसको परिवारको पृष्ठभूमि कस्तो छ, उसले परमेश्‍वरमा विश्‍वास गरेको कति वर्ष भयो, उसलाई सामन्यत: कस्ता समस्याहरू हुन्छन्, स्वभाव रूपान्तरण गर्ने लक्ष्य पछ्याउँदा उसमा के-कस्ता कमजोरीहरू हुन्छन्, केही आइपर्दा उसलाई प्राय: कस्ता कठिनाइहरू हुन्छन्, ऊ कुन अवस्थाहरूमा सजिलै नकारात्मक हुन्छ, उसले आफ्नो कर्तव्य कति राम्रोसँग निर्वाह गर्छ, उसले परमेश्‍वरका वचनहरूलाई कसरी लिन्छ, र उसको आत्मिक जीवन सामान्य छ कि छैन—तिनीहरूले यी सब कुराहरूमा प्रस्टता हासिल गर्छन्। तिनीहरू एकदमै चतुर हुन्छन्, तर दुर्भाग्यवश तिनीहरूले आफ्नो चातुर्य सही ठाउँमा लगाउँदैनन्। तिनीहरूले अरू मानिसहरूको समस्या हल गर्छन्, तर आफैले चाहिँ सत्यता अभ्यास गर्दैनन्। यस्ता मानिसहरू प्राय: अगुवा वा सेवक हुन्छन्, वा केही जिम्मेवारी भएका व्यक्ति हुन्छन्। के यस्ता खाले व्यक्तिहरूमा हुने यो पछ्याइ विधि समस्याजनक छैन र? (छ।) यो विधि समस्याजनक छ, र यो अत्यन्तै गम्भीर रूपको छ। तर कति गम्भीर रूपको? हामीले यसबारे सङ्गति गर्नुपर्छ। यस्तो किसिमको व्यक्तिले आत्मिक मामलाहरू बुझ्छ, र परमेश्‍वरका वचनहरूसँग मान्छेको तुलना गर्न जान्दछ, तर उसले कहिल्यै परमेश्‍वरका वचनहरू र आफूबीच तुलना गरेको हुँदैन; त्यसको सट्टा, उसले परमेश्‍वरका वचनहरू र अरू मानिसहरूबीच मात्र तुलना गर्छ। अनि, अरू मानिसहरूसँग यस्तो तुलना गर्नुको उसको लक्ष्य के हो? (आफ्नो प्रदर्शन गर्नु हो।) ठिक भनिस्। तिनीहरू आफ्ना चाहना र उद्देश्यहरू पूरा गर्न, आफ्नो हैसियत अझै मजबुत बनाउन, अनि आफूलाई मानिसहरूको मन अझै धेरै जित्न सक्ने बनाउन आफ्नो प्रदर्शन गर्छन्। तिनीहरूले यसो गर्न सक्नु तिनीहरूको प्रकृतिसँग जोडिएको कुरा हो, र त्यो परमेश्‍वरमा विश्‍वास गर्दा तिनीहरू केको पछि लागिरहेका हुन्छन् भन्ने कुरासँग सिधै जोडिएको हुन्छ। यदि कसैले तिनीहरू कामकुराहरूमा पूरै हृदय लगाउँछन् र पूर्ण हदसम्‍मै काम गर्छन्, र तिनीहरू अरू मानिसहरूमा हुने विभिन्न स्थितिहरू मज्‍जाले बुझ्न सक्छन् भन्ने आधारमा तिनीहरूको मूल्याङ्कन गर्दै, तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन् भन्छ भने, त्यो मिल्छ त? मिल्छ नै भन्ने हुँदैन। त्यसोभए, कुनै व्यक्ति सत्यता पछ्याउने व्यक्ति हो होइन भनेर कसरी भन्न सकिन्छ? यदि ऊ दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशको कुरा आउँदा विशेष रूपमा जिम्मेवार हुन्छ, कामकुराहरूमा धेरै मन र मेहनत लगाउँछ, आफ्नो काम एकदमै राम्रोसँग गर्छ, दाजुभाइ-दिदीबहिनीहरूमा भएका हरेक स्थितिहरूको लागि प्राय: सत्यता खोजी गर्छ र त्यसपछि समस्याहरू समाधान गर्छ भने, के यसरी आफ्नो कर्तव्य निर्वाह गर्न सक्दा, ऊ योग्य अगुवा हुन्छ त? उसका यी प्रकटीकरण र खुलासाहरूबाट, के ऊ सत्यता पछ्याउने व्यक्ति नै हो भन्नेमा निश्‍चित हुन सकिन्छ त? (सकिन्छ नै भन्ने हुँदैन।) किन? (तिनीहरूले अरू मानिसहरूका समस्या त समाधान गर्न सक्छन्, तर कहिल्यै परमेश्‍वरका वचनहरू र आफूबीच तुलना गरेका हुँदैनन्।) अनि, यदि तिनीहरूले आफ्ना समस्याहरू कहिल्यै समाधान गरेका छैनन् भने, अरूका समस्याहरूचाहिँ कसरी समाधान गर्छन् त? (तिनीहरूले ती समस्या समाधान गर्न वचन र धर्मसिद्धान्तहरूको सहारा लिन्छन्।) तिनीहरूले केही वचन र धर्मसिद्धान्तहरू बुझ्छन्, तिनीहरूमा केही बुद्धि हुन्छ, तिनीहरूको स्मरणशक्ति राम्रो हुन्छ, तिनीहरू विभिन्‍न कुराहरूप्रति चाँडै प्रतिक्रिया दिन्छन्, र प्रवचन सुनिसक्नेबित्तिकै अरूसामु गएर आफ्नो प्रदर्शन गर्न सक्छन्। यी कुराहरूबाट मूल्याङ्कन गर्दा, के तिनीहरूसँग प्रवेश हुन्छ त? (हुँदैन।) अरू मानिसहरूका कठिनाइहरू समाधान गर्नु तर आफ्ना कठिनाइहरू कहिल्यै समाधान नगर्नु सत्यता पछ्याउनुको प्रकटीकरण होइन। तिनीहरू केवल अरू मानिसहरूलाई मनाउन र विश्‍वास दिलाउन धर्मसिद्धान्त र परमेश्‍वरका वचनहरू, वा हरप्रकारका तौरतरिका प्रयोग गर्छन्; तिनीहरू मानिसहरूलाई कठिनाइबाट निक्लन मदत गर्न आफूले बुझेका वचन र धर्मसिद्धान्त प्रयोग गर्ने वा जीवन अनुभवका वचनहरू नक्कल र देखासिकी गर्ने गर्छन्। मानिसहरूका कठिनाइहरू समाधान गर्न तिनीहरू यिनै तरिकाहरू प्रयोग गर्छन्, तर आफू व्यक्तिगत रूपमा गुज्रेको र आफ्ना वास्तविक अनुभवहरू प्रयोग गर्दैनन्। यसले ती व्यक्तिहरू सत्यता पछ्याउने व्यक्ति होइनन् भन्ने पुष्टि हुन्छ। तिनीहरूले अरू मानिसहरूलाई प्रदान गर्ने कुराचाहिँ के हो त? (धर्मसिद्धान्त।) हामी किन त्यो धर्मसिद्धान्त हो भन्छौँ त? किनकि त्यो तिनीहरूको आफ्नै अनुभवहरूबाट आएको हुँदैन, तिनीहरू आफै त्यसबाट गुज्रेका हुँदैनन्, अनि त्यो तिनीहरूको साँचो बुझाइ हुँदैन। तिनीहरूले अरूलाई केले सिञ्चन गरिरहेका हुन्छन्? मानिसहरूलाई विश्‍वास र सान्त्वाना दिलाउने धर्मसिद्धान्त, वाक्यांश, र वचनहरूले। तिनीहरू मानव विधि, युक्ति र चातुर्य पनि प्रयोग गर्छन्, अनि जेसुकै भए पनि, मान्छेका प्रश्‍नहरूको उत्तर दिनु भनेकै समस्याहरू समाधान गर्नु हो, र काम गर्नु भनेकै यही हो भन्ने ठान्छन्। तिनीहरूका प्रकटीकरणहरू, तिनीहरूले अरूलाई प्रदान गर्ने कुराहरू, तिनीहरूले काम गर्ने तरिका, र तिनीहरूले पछ्याउने मार्गबाट मूल्याङ्कन गर्दा, के त्यस्ता व्यक्तिहरू सत्यता पछ्याउने व्यक्तिहरू हुन् त? (होइनन्।) तिनीहरू सत्यता पछ्याउने व्यक्तिहरू होइनन्। आफूसँग प्रवेश नहुँदा पनि समस्या समाधान गर्न सत्यता प्रयोग गर्नु अलिक धूर्तता होइन र? (हो।) यो धूर्तता नै हो; यो पाखण्ड हो, र यसले अरूलाई छल्छ। त्यसोभए, के यस्ता किसिमका मानिसहरूले राम्रोसँग कर्तव्य निर्वाह गर्न सक्छन् त? (सक्दैनन्।) किन सक्दैनन्? किनकि तिनीहरूले सत्यता पछ्याउँदैनन्, अनि राम्रोसँग कर्तव्य निर्वाह गर्नु र सत्यता बुझ्नुबीच प्रत्यक्ष सम्बन्ध हुन्छ। उदाहरणको लागि, मण्डलीमा सिञ्चन गर्न व्यक्तिले सत्यता बुझ्नैपर्छ; समस्याहरू समाधान गर्न व्यक्तिले सत्यता बुझ्नैर्छ; समस्याहरू सम्हाल्न पनि व्यक्तिले सत्यता बुझ्नैपर्छ; मानिसहरूको भित्री रूप खुट्ट्याउन त झन् सत्यता बुझ्नु अझै बढी महत्त्वपूर्ण हुन्छ। मण्डलीको कामको हरेक पाटो सत्यतासँग सम्बन्धित हुन्छ; यदि व्यक्तिले सत्यता बुझ्दैन भने, उसले मण्डलीका महत्त्वपूर्ण कामहरू राम्रोसँग गर्नेछैन, र सामान्य कामहरू पनि ठिकठाक मात्र गर्नेछ। तसर्थ, यदि अगुवाले सत्यता पछ्याउँदैन भने, ऊ जति नै व्यस्त भए पनि, उसले जति नै भागदौड गरे पनि, वा जति नै कष्ट सहे पनि, उसले राम्रो काम गर्नेछैन, अनि काम र जिम्मेवारीहरूको पूरा हदसम्म गएर उसले आफ्नो कर्तव्य पूरा गर्न सक्नेछैन। जब तिनीहरू काम गर्छन्, तिनीहरू विनाकारण एक ठाउँदेखि अर्को ठाउँ दौडन्छन्, अनि समस्याहरू कहाँ छन् भनी हर्दै तिनलाई सामान्य तरिकाले समाधान गर्छन्। कसैलाई कुनै किसिमको कठिनाइ हुँदा, तिनीहरू अलिअलि धर्मसिद्धान्त सङ्गति गर्छन्, अनि कोही नकारात्मक र कमजोर हुँदा, तिनीहरू ती मानिसहरूलाई उत्प्रेरणा र अर्ती दिन्छन्; तिनीहरूले गर्ने कुराहरू यिनै हुन्। तिनीहरूले सोच्छन्, यदि तिनीहरूले अगुवाइ गर्ने मानिसहरूमाथि नजर राखे भने, र सबैजना व्यस्त छन् र खाली बसेका छैनन् भने, तिनीहरूले आफ्नो काम राम्रोसँग गरिरहेका छन्, अनि यदि तिनीहरूलाई कसैले रिपोर्ट वा खुलासा नगरी, सबथोक अवरोधविना मज्‍जाले अघि बढ्यो, र तिनीहरूले सबैतिर गएर कामको निरीक्षण र निर्देशन गर्न, प्रचार गर्न र बोल्न पाए भने, तिनीहरूले आफ्ना जिम्मेवारी र कर्तव्य पूरा गरेका छन्। यो त हैसियतको स्थानबाट काम गर्नु हो, व्यवहारिक रूपमा सत्यता प्रयोग गरेर समस्या समाधान गर्नु होइन। तिनीहरू काम गर्नुलाई महत्त्व दिन्छन्, अनि काम गर्नमा महत्त्व दिँदै गर्दा, तिनीहरूले आफ्नो हैसियतको लागि केही नगर्न पनि सक्छन्—तिनीहरू यो व्यक्तिलाई अर्ती दिन वा त्यो व्यक्तिलाई उत्प्रेरणा दिन एकोहोरो रूपमा धर्मसिद्धान्त र नाराहरू मात्र प्रयोग गर्छन्, र तिनीहरू एकोहोरो रूपमा आफूलाई त्यही कामले व्यस्त राख्छन्। तिनीहरू आफू खाली नबसेसम्म सबै ठिक छ भन्ने सोच्छन्। पहिलो कुरा त तिनीहरूले अल्छी गर्नैहुँदैन, दोश्रो कुरा तिनीहरू परिश्रमी हुनैपर्छ, अनि तेस्रो कुरा तिनीहरूले कष्ट सहन सक्नैपर्छ। तिनीहरू दिनभर यताउता गरिरहन्छन्—यदि कतै केही समस्या छ भने, सकेसम्म चाँडो त्यसलाई समाधान गर्नैपर्छ, अनि कसैलाई केही समस्या छ कि भनी सोधिरहनैपर्छ। तिनीहरू यसो गर्नु नै सत्यता पछ्याउनु हो भन्ठान्छन्। वास्तवमा, के यी प्रकटीकरणहरू हुनु भनेको तिनीहरूले सत्यता पछ्याउँछन् भन्ने हुन्छ त? के यो भनेको तिनीहरूसँग जीवन प्रवेश छ भन्ने हो त? यो अझै पनि प्रश्‍नकै कुरा हो। यो आत्मिक मामलाहरू बुझ्ने तर सत्यता नपछ्याउने मानिसहरूको पहिलो प्रकटीकरण हो।

आत्मिक मामलाहरू बुझ्ने तर सत्यता नपछ्यउने मानिसहरूको दोश्रो प्रकटीकरण भनेको परमेश्‍वरका वचनहरू बुझ्‍न सक्‍नु, उहाँका वचनहरूले भन्न खोजेको कुराको व्यावहारिक पाटो बुझ्न सक्नु, अनि ती वचनहरू र आफूबीच तुलना गर्न सक्नु, तर त्यो कहिल्यै अभ्यास नगर्नु हो। यस्तो किसिमको व्यक्तिले परमेश्‍वरका वचनहरू वा सत्यता सिद्धान्तहरूअनुसार काम गर्दैन, न त आफूलाई नियन्त्रित नै गर्छ। केही आइपर्दा, ऊ केवल मानिसहरूलाई ऊप्रति समर्पित र उसको कुरा सुन्ने बनाउन चाहन्छ, तर आफू भने सत्यताप्रति समर्पित हुन चाहँदैन। उसले सत्यता अभ्यास र सत्यताप्रतिको समर्पणलाई अरू मानिसहरूको जिम्मेवारी, दायित्व, र कर्तव्य, र अरूले गर्नुपर्ने कुराको रूपमा लिन्छ। ऊ आफूलाई विशेष ठान्छ। उसले जतिसुकै बुझे पनि, वा जति धेरै परमेश्‍वरका वचनहरू आफूसँग जोड्न सके पनि, परमेश्‍वरले भन्नुहुने सबथोक अरू मानिसहरूतर्फ लक्षित छ र आफूसँग त्यसको कुनै सम्बन्ध छैन भन्ने ठान्छ। त्यसोभए, उसले गर्छ चाहिँ के त? ऊ एकदम व्यस्त पनि हुन्छ। ऊ मण्डली जान्छ अनि कोसँग ऊप्रति गुनासो छ भनी हेर्छ, अनि त्यसको टिपोट गर्छ। त्यसपछि, ऊ त्यसलाई “ठिक पार्ने” तरिकाहरू सोच्न दिमाग खियाउँछ। ऊ यसो भन्छ, “हामी खुलस्त होऔँ अनि सङ्गति गरौँ। तपाईंले भित्र जेजति सोच्‍नुहुन्छ, तँपाईंसँग मप्रति जेजति गुनासोहरू छन्, बस मलाई भन्‍नुहोस्, अनि म परिवर्तन हुन र फरक तरिकाले काम गर्ने सक्दो प्रयास गर्नेछु।” यसरी ऊ परिवर्तन हुनु चाहनुको लक्ष्य के हो? अरू मानिसहरूलाई आफूलाई मन पराउने तुल्याउनु। यसबाहेक, उसले आफूप्रति कोसँग गुनासो छ, र को ऊप्रति समर्पित छैन भनी हेर्छ, अनि त्यो अवस्था “ठिक पार्न” परमेश्‍वरका वचनहरूका सान्दर्भिक पाठ्यांशहरू खोज्छ। ऊ यसो भन्छ, “परमेश्‍वरको घरले अगुवा र सेवकहरू चुन्दा, परमेश्‍वर मालिक हुनुहुन्छ। परमेश्‍वरको घरमा, सत्यता नै अख्तियार हो। दाजुभाइ-दिदीबहिनीहरूले जसलाई अगुवाको रूपमा छान्छन्, त्यो परमेश्‍वरको चाहना हो, अनि तिमीहरू त्यस छनौटप्रति समर्पित हुनुपर्छ। तिमी मप्रति समर्पित भइरहेको हुँदैनौ, पवित्र आत्माको अगुवाइ, र सत्यताप्रति समर्पित भइरहेका हुन्छौ। यदि तिमी समर्पित भएनौ भने, सजाय पाउनेछौ!” यो सुनेपछि केही मानिसहरूलाई अगुवाले परमेश्‍वरका वचनहरू गलत अर्थ्याइरहेको छ, र मानिसहरूलाई झुक्काउन तथ्यहरू बङ्गाइरहेको छ भन्‍ने थाहा हुन्छ, अनि तिनीहरू अगुवाको कुरा सुन्दैनन्। जब अगुवाले ती मानिसहरू ऊप्रति समर्पित नभएको देख्छ, उसले यस्तो सोच्छ, “तँ मप्रति समर्पित हुन इन्कार गरिरहेको छस्, होइन त? तँलाई निराकरण गर्ने मसँग अरू तरिकाहरू छन्। म अब नम्र भएर पेश आउनेवाला छैनँ।” अगुवाप्रति समर्पित नहुने मानिसहरूलाई ऊ यसो भन्छ, “के तिमीले मैले दिएको काम सक्कायौ?” अनि जवाफ यस्तो हुन्छ, “सक्‍किनै लाग्यो, थोरै मात्र बाँकी छ। यसको कारण कुनै ढिलाइ हुनेछैन।” अगुवाले भन्छ, “अलिकति बाँकी हुनु कसरी ढिलाइ नहुनु हो? परमेश्‍वरको नजरमा, अलिकति भनेको धेरै हुन्छ। यो बेइमानीको प्रकटीकरण हो। तिमी यसलाई आफ्नो कर्तव्य गरेको भन्छौ?” वास्तवमा, अगुवालाई साँच्चै यही भन्न मन लागेको हो त? उसको हृदयमा के लक्ष्य हुन्छ? ऊ अरू मानिसहरूलाई समर्पित गराउन, हराउन, अनि अपामानित गर्न चाहन्छ, तर सिधै त्यो भन्न सक्दैन। यदि उसले त्यसो गर्थ्यो भने, दाजुभाइ-दिदीबहिनीहरूले उसको भित्री रूप छर्लङ्ग देख्नेथिए अनि उसको खुलासा गर्नेथिए, त्यसैले उसले केही गर्न उचित कारण र बहाना खोज्‍नुपर्छ; उसले मानिसहरूलाई “आदरपूर्वक र समझदार” रूपमा दबाउनुपर्छ, ताकि उसले मानिसहरूलाई दबाइसकेपछि त्यो कुरा अरूलाई थाहा नहोस्, अनि उसले दबाएका मानिसहरूलाई समर्पि हुन सकोस्, अनि उसको हैसियत शशक्त र मजबुत बनाउने लक्ष्य हासिल होस्। यो कुन स्वभाव हो त? (धूर्त र षडयन्त्रकारी।) ऊ धूर्त, षडयन्त्रकारी, विषालु हुन्छ र उसले हैसियतको लागि काम गर्छ। उसको हैसियतसँग सम्बन्धित नहुने कुराहरू ऊ वास्तै गर्दैन, र ती कुरामा कत्ति पनि मन लगाउँदैन, तर उसको हैसियत, इज्जत, स्वार्थ, गर्व, र मण्डलीमा रहेको उसको पदमा असर पार्ने कुराहरू आउँदा, ऊ ती कुराहरूमै लागिपर्छ र ती कुरालाई छाड्दै छाड्दैन, र गम्भीर हुन थाल्छ। प्रायजसो भइरहने भेलाहरूमा सत्यताबारे सङ्गति गर्दा, ऊ कहिलेकाहीँ आफूलाई चिन्छ, परमेश्‍वरका वचनहरू र आफूबीच तुलनाताहरू गर्छ, अनि आफ्ना भ्रष्ट स्वभाव खुलासा गर्छ, तर यसपछाडि एउटा उद्देश्य, र अभिप्राय हुन्छ, र त्यो हो: सबैलाई उसको आदर गर्ने, डाहा गर्ने, र श्रद्धा गर्ने बनाउने अनि आफ्नो हैसियत मजबुत पार्ने। उसमा आकाङ्क्षा र उद्देश्य हुन्छन्। आफ्नो हैसियतको लागि होइन भने, ऊ एक वचन पनि बोल्दैन; आफ्नो हैसियत सुरक्षित राख्नको लागि होइन भने, ऊ केही पनि गर्दैन—उसले गर्ने सबथोक आफ्नो हैसियतको लागि हुन्छ। ऊ आफ्नो हैसियतको लागि मरिमेटी गर्नेछ, तर मण्डलीको कामको लागि हो भने, उसले समस्या पत्ता लगाउँदा पनि समाधान गर्नेछैन, अरू मानिसले समस्याहरू रिपोर्ट गर्दा पनि उसले तिनलाई सम्बोधन गर्नेछैन, र कुनै कुरा रेखदेख गर्न औँला पनि उठाउनेछैन; उसले अरू मानिसहरू आफ्नो कर्तव्य निर्वाह गर्नमा व्यस्त भएको देख्छ, तर आफू भने केही पनि गर्दैन। यो कस्तो खालको व्यक्ति हो? (नीच र घटिया व्यक्ति जो इज्जत, स्वार्थ, अनि हैसियतको लागि मात्र जिउँछ।) हैसियतको लागि मात्र जिउने व्यक्ति सत्यता पछ्याउने व्यक्ति हुन्छ त? के त्यस्तो व्यक्तिले सत्यता पछ्याउन सक्छ त? (सक्दैन।) भन्न गाह्रो छ। यदि तिनीहरूमा अलिकति विवेवको बोध, लाज, आत्मसम्मान र इमानदारीता छ, अनि तिनीहरूले केही निन्दा र न्याय, काँटछाँट र निराकरण अनुभव गरेपछि, वा परीक्षा र शोधन भोगेपछि, सत्यता स्विकार्न सक्छन् भने, यो सम्भव छ कि तिनीहरू परिवर्तन हुन सक्छन्। तर यदि तिनीहरू बोधो, मन्दबुद्धिवाल, र कट्टर छन्, र सत्यता स्विकार्दै स्विकार्दैनन् भने, तिनीहरूले जतिसुकै बुझे पनि, के त्यो केही काम लाग्छ र? (लाग्दैन।) तिनीहरूले जतिसुकै बुझे पनि, त्यसले तिनीहरूको हृदय उत्प्रेरित गर्न सक्नेछैन। तिनीहरू बाहिरबाट जति नै व्यस्त देखिए पनि, तिनीहरूले जति नै समय बाटोमा दौडिँदै बिताए पनि, र तिनीहरूले जति नै बलिदान, त्याग, र अर्पण गरे पनि, के हैसियतको लागि मात्र बोल्ने र काम गर्ने खालका मानिसहरूलाई सत्यता पछ्याउने मानिसहरू भन्न मिल्छ त? बिल्कुलै मिल्दैन। हैसियतको लागि, तिनीहरू कुनै पनि मूल्य चुकाउनेछन्। हैसियतको लागि, तिनीहरू कुनै पनि कठिनाइ सहनेछन्। हैसियतको लागि, तिनीहरू कहीँकतै रोकिनेछैनन्। तिनीहरूले अरू मानिसहरूमा खोट पत्ता लगाउने, तिनीहरूलाई दोष दिने, वा तिनीहरूको लागि कठिनाइ खडा गर्ने कोसिस गर्छन्, र यसरी अरू मानिसहरूलाई पैतालामुनि कुल्चिन्छन्। तिनीहरू सजाय र प्रतिशोधको डरसमेत मान्दैनन्; तिनीहरू परिणामबारे केही नसोची हैसियतको लागि काम गर्छन्। यस्ता खाले मानिसहरू केमा लागिपर्छन्? (हैसियतमा।) यो कहाँनेर पावलसँग समान छ? (मुकुटमा लागिपर्ने कुरामा।) तिनीहरू धार्मिकताको मुकुटमा लागिपर्छन्, र तिनीहरू हैसियत, इज्जत, स्वार्थ पछ्याउँछन्, अनि सत्यता पछ्याउनुको सट्टा त्यस्तो पछ्याइलाई नै जायज पछ्याइ मान्छन्। अनि, यस्ता मानिसहरूको सबैभन्दा पहिलो विशेषता के हो? त्यो के हो भने, तिनीहरू हरेक पक्षमा, हैसियत, इज्जत, र स्वार्थको लागि कार्य गर्छन्। हैसियत, इज्जत, र स्वार्थको लागि कार्य गर्ने यस्तो खालको व्यक्ति अरूलाई झुक्काउनमा सबैभन्दा सिपालु हुन्छ। जब तँ पहिला यस्तो व्यक्तिलाई भेट्छस्, तँ उसको भित्री रूप छर्लङ्ग देख्न सक्दैनस्। तैँले जे देख्न सक्छस् त्यसअनुसार, उसले बोल्ने धर्मसिद्धान्त राम्रो सुनिन्छ, उसले भन्ने कुरा व्यावहारिक लाग्छ, उसले बन्दोबस्त गरेको काम मिलेको हुन्छ, र उसमा केही क्षमता भएजस्तो देखिन्छ, अनि तँ उसको निकै सराहना गर्छस्। यस्तो खालको व्यक्ति आफ्नो कर्तव्य निर्वाह गर्दा मूल्य चुकाउन पनि इच्छुक हुन्छ। ऊ हरेक दिन मेहनत गर्छ तर कहिल्यै थाकेको गुनासो गर्दैन। उसमा एक रत्ती पनि कमजोरी हुँदैन। अरू मानिसहरू कमजोर हुँदा, ऊ कमजोर हुँदैन। ऊ देहको आनन्दपछाडि मोहित हुँदैन, र खानामा पनि गनगने हुँदैन। उसको आतिथेय परिवारले उसलाई केही विशेष बनाइदिँदा, ऊ त्यो इन्कार गर्छ र खाँदैन। ऊ सामान्य खानेकुरा मात्र खान्छ। यस्ता खालका मानिसहरूलाई जसले देख्दा पनि सराहना गर्छन्। त्यसैले, तिनीहरूले हैसियतको लागि कार्य गरिरहेका छन् छैनन् भनेर कसरी खुट्टयाउन सकिन्छ? सर्वप्रथम, तिनीहरू सत्यता पछ्याउने व्यक्ति हुन् होइनन् भनेर हेर्नुपर्छ। यो कहाँनेर प्रस्ट हुन्छ? (कामकुराहरू गर्दा तिनीहरूको अभिप्राय र प्रारम्भ विन्दुमा।) त्यो एउटा अंश हो। यो मुख्यत: तिनीहरूले पछ्याइरहेका लक्ष्यमा प्रस्ट हुन्छ। यदि त्यो सत्यता पाउनको लागि हो भने, तिनीहरूले प्राय: परमेश्‍वरका वचनहरू पढ्न, सत्यता बुझ्न अनि परमेश्‍वरका वचनहरूमार्फत आफूलाई चिन्नमा महत्त्व दिनेछन्। यदि तिनीहरूले प्राय: आफूलाई चिन्नेबारे सङ्गति गर्छन् भने, तिनीहरूले आफूमा अति धेरै कुराहरूको कमी भएको, र आफूमा सत्यता नभएको देख्न सक्नेछन्, अनि स्वत: सत्यता पछ्याउनमा लागिपर्नेछन्। मानिसहरूले जति धेरै आफूलाई चिन्छन्, त्यति नै धेरै सत्यता पछ्याउन सक्छन्। सधैँ हैसियतको लागि बोल्ने र काम गर्नेहरू सत्यता पछ्याउने मानिसहरू हुँदै होइनन्। जब तिनीहरूको काँटछाँट र निराकरण हुन्छ, तिनीहरू त्यो स्विकार्दैनन्—तिनीहरू आफ्नो इज्जत खराब हुन्छ भनी एकदमै डराउँछन्। त्यसोभए, के तिनीहरू परमेश्‍वरको न्याय र सजायका वचन स्विकार्न र आफूबारे चिन्तन गर्न सक्छन् त? के तिनीहरूले आफ्नो अनुभवमा भएका विचलनहरू साँच्चै बुझ्न सक्छन् त? यदि तिनीहरूमा यीमध्ये कुनै पनि प्रकटीकरण हुँदैन भने, तिनीहरू सत्यता पछ्याउने व्यक्ति होइनन् भनेर निश्‍चित हुन सकिन्छ। मलाई भन् त, सत्यतालाई प्रेम नगर्ने र हैसियत पछ्याउने मानिसहरूमा हुने अरू प्रकटीकरणहरू के-के हुन्? (अरूले तिनीहरूको आलोचना गर्दा, त्यो तिनीहरू स्विकार्दैनन्, अनि त्यसको सट्टा आफ्नो बचाउ गर्न थाल्छन्, र आफूलाई उचित साबित गर्न खोज्दै त्यसका कारणहरू प्रस्तुत गर्छन्। तिनीहरू आत्मगौरव कायम गर्न र आफ्नो हैसियत बचाउन बोल्‍ने गर्छन्। यदि कसैले तिनीहरूको समर्थन गरेन भने, तिनीहरू उसलाई आक्रमण र आलोचना गर्छन्।) जब मानिसहरू अरूलाई आक्रमण र आलोचना गर्छन्, अनि जब आत्मगौरव र हैसियतको लागि बोल्छन् र आफ्नो बचाउ गर्छन्, तब तिनीहरूका कार्यहरूपछाडिको अभिप्राय र लक्ष्य स्पष्ट रूपमै गलत हुन्छ, र तिनीहरू हैसियतको लागि मात्र जिइरहेका हुन्छन्। के आफ्नो हैसियतको लागि सबथोक भन्ने र गर्ने यस्ता खाले मानिसहरूले परमेश्‍वरको इच्छाको ख्याल गर्न सक्छन् त? के तिनीहरूले सत्यता स्विकार्न सक्छन् त? बिल्कुलै सक्दैनन्। तिनीहरू आफूले परमेश्‍वरको इच्छाको ख्याल गरे, सत्यता अभ्यास गर्नैपर्छ, अनि सत्यता अभ्यास गरे, कष्ट सहनैपर्छ र मूल्य चुकाउनैपर्छ भन्ने सोच्छन्। त्यसपछि, तिनीहरूलाई लाग्छ कि तिनीहरूले हैसियतसँग आउने आनन्द गुमाउनेछन्, र हैसियतको लाभ उपभोग गर्न पाउनेछैनन्। तसर्थ, तिनीहरू इज्जत, स्वार्थ र हैसियत पछ्याउन नै छनौट गर्छन् अनि इनाम पाउनमा लागिपर्छन्। अनि, हैसियत पछ्याउने मानिसहरूले अरू कुन-कुन तरिकाहरूमा आफूलाई प्रकट गर्छन्? (यदि तिनीहरूले आफ्नो वरपर सत्यता पछ्यउन बढी प्रयास लगाउने, जगेर्ना गरिन योग्य, र दाजुभाइ-दिदीबहिनीहरूले बढी समर्थन गर्ने प्रतिभावान् केही व्यक्तिहरू देखे भने, ती प्रतिभावान् व्यक्तिहरूले माथि उठेर आफ्नो पद खोस्लान् र आफ्नो हैसियतमाथि चुनौती देलान भन्ने डरले, तिनीहरू ती व्यक्तिहरूलाई दबाउने तरिकाहरू सोच्छन्, र तिनीहरूलाई होच्याउन हरप्रकारका कारण र बहानाहरू बनाउँछन्। सबैभन्दा धेरै प्रयोग हुने तरिकाचाहिँ तिनीहरूलाई अति अहङ्कारी, आत्मधर्मी, अनि अरूलाई सधैँ बाँध्ने व्यक्ति भनेर ठप्पा लगाइदिने, अनि मानिसहरूलाई यी कुराहरू साँचो हुन् भनी विश्‍वास दिलाउने, र परमेश्‍वरको घरलाई ती व्यक्तिहरूलाई प्रवर्धन वा जगेर्ना गर्न नदिने हो।) यो सबैभन्दा आम प्रकटीकरण हो। अरू केही थप्न मन छ? (तिनीहरू सधैँ आफ्नै गवाही दिन र आफ्नै प्रदर्शन गर्न मन पराउँछन्। तिनीहरू सधैँ आफ्ना केही अद्भुत कुराहरू सुनाउँछन्; तिनीहरू कहिल्यै आफ्नो कुरूप पाटोबारे कुरा गर्दैनन्, अनि तिनीहरूले केही खराब कार्य गरे भने, आफ्ना कार्यहरूबारे चिन्तन वा चिरफार गर्ने गर्दैनन्।) तिनीहरू सधैँ आफूले कसरी कष्ट सहन्छु र मूल्य चुकाउँछु, अनि आफूलाई परमेश्‍वरले कसरी मार्गदर्शन दिनुहुन्छ भनेर बताउँछन्, र आफूले गरेका कार्यहरू देखाउँछन्। यो हैसियत सुरक्षित र मजबुत पार्ने व्यवहार प्रकट हुने एउटा तरिका पनि हो। हैसियत पछ्याउने र हैसियतको लागि काम गर्ने मानिसहरूमा हुने अर्को सबैभन्दा खास विशेषता भनेको, चाहे जेसुकै भए पनि, आखिरमा आफैले निर्णय लिनु हो। तिनीहरू हैसियत पछ्याउँछन् किनकि तिनीहरू आखिरमा आफै निर्णय लिन चाहन्छन्। तिनीहरू निर्णय लिने र आख्तियार भएको एकमात्र व्यक्ति हुन चाहन्छन्। परिस्थिति चाहे जस्तोसुकै होस्, तिनीहरूले बोल्दा सबैले सुन्नैपर्छ, र चाहे जोसुकैलाई समस्या होस्, उसले तिनीहरूसामु आएर निर्देशन खोज्‍ने र माग्‍ने गर्नैपर्छ। तिनीहरूले चाहने हैसियतका यिनै लाभहरू हुन्। परिस्थिति जस्तोसुकै भए पनि, तिनीहरूलाई अन्तिम निर्णय आफै लिनैपर्छ। तिनीहरूले भनेको कुरा सही वा गलत जे भए पनि, वा त्यो गलत नै भए पनि, तिनीहरूलाई अझै पनि अन्तिम निर्णय त आफैले नै लिनैपर्छ, र अरूलाई आफ्नो कुरा सुन्ने र आफूप्रति समर्पित हुने तुल्याउनैपर्छ। यो एकदमै गम्भीर समस्या हो। परिस्थिति जस्तोसुकै भए पनि, तिनीहरूलाई अन्तिम निर्णय आफै लिनैपर्छ; त्यो परिस्थिति बुझे पनि नबुझे पनि, तिनीहरूलाई त्यसमा टाङ अडाउनैपर्छ र अन्तिम निर्णय आफ्नै हुनैपर्छ। अगुवा र सेवकहरूले जुनसुकै समस्याबारे सङ्गति गरिरहेका भए पनि, निर्णय तिनीहरूले नै लिनैपर्छ, र अरूलाई बोल्ने स्वतन्त्रता हुनै हुँदैन। तिनीहरूले जे-जस्तो समाधान सुझाए पनि, तिनीहरूलाई सबैलाई त्यो स्विकार्न लगाउनैपर्छ, अनि यदि अरूले त्यो स्विकारेनन् भने त, तिनीहरू क्रोधित भइहाल्छन् र नसुन्नेहरूलाई निराकरण गरिहाल्छन्। यदि कसैले आलोचना वा विचार व्यक्त गर्छ भने, त्यो सही र सत्यताअनुरूप भए पनि, तिनीहरू त्यसलाई नकार्ने हरउपाय सोच्छन्। तिनीहरू शब्दजालमा विशेष माहिर हुन्छन्, अनि अर्को व्यक्तिलाई चिप्ला वचनले फकाउँछन्, र अन्तत: तिनीहरूकै तरिकामा उसलाई काम गर्न लगाउँछन्। तिनीहरूलाई सबथोकमा अन्तिम निर्णय आफ्नै हुनुपर्छ। तिनीहरू कहिल्यै आफ्ना सहकर्मी वा साझेदाहरूसँग संवाद गर्दैनन्; तिनीहरू प्रजातानन्त्रिक हुँदैनन्। तिनीहरू अति अहङ्कारी र आत्मधर्मी हुन्छन्, कत्ति पनि सत्यता स्विकार्न सक्दैनन्, अनि सत्यताप्रति समर्पित हुँदै हुँदैनन् भन्ने पुष्टि गर्न यो काफी छ। तर यदि केही ठूलै वा केही अति महत्त्वपूर्ण कुरा आइपर्छ, अनि तिनीहरू सबैलाई मूल्याङ्कन गर्न र विचार राख्न दिन्छन्, अनि अन्तत: बहुमतको विचारअनुसार अभ्यास विधि रोजिन्छ, अनि त्यसले परमेश्‍वरको घरको काममा हानि नपुग्‍ने, र समग्रमा काममा लाभ हुने सुनिश्‍चित पारिन्छ भने—यदि तिनीहरूको मनोवृत्ति यस्तो हुन्छ भने, तिनीहरू परमेश्‍वरको घरको काम रक्षा गर्ने र सत्यता स्विकार्न सक्ने व्यक्ति हुन्छन् किनकि यसरी काम गर्नुको पछाडि सिद्धान्तहरू हुन्छन्। तर के हैसियत पछ्याउने मानिसहरूले यसरी काम गर्छन् त? (गर्दैनन्।) त्यसोभए, तिनीहरूले कसरी काम गर्छन् त? यदि केही आइपऱ्यो भने, तिनीहरू अरू मानिसहरूको सुझावको वास्ता गर्दैनन्। मानिसहरूले सुझाव दिनुभन्दा धेरै पहिले नै, तिनीहरूले मनमै समाधान वा निर्णय रोजिसकेका हुन्छन्। आफ्नो हृदयमा, तिनीहरूले यही गर्नेछु भनी पहिल्यै निर्णय गरिसकेका हुन्छन्। यस बिन्दुमा, अरूले जेसुकै भने पनि, तिनीहरू त्यसलाई कुनै वास्ता गर्नेछैनन्। कसैले तिनीहरूलाई झपारे पनि, तिनीहरू मतलबै गर्दैनन्। तिनीहरू सत्यता सिद्धान्तहरूबारे सोचविचार नै गर्दैनन्, चाहे त्यसबाट मण्डलीको काममा फाइदा होस् वा नहोस्, वा दाजुभाइ-दिदीबहिनीहरूले त्यो स्विकार्न सकून् वा नसकून्। यी कुराहरू तिनीहरूले सोचविचार गर्ने कुराहरूको क्षेत्रमै पर्दैनन्। अनि, तिनीहरूले केचाहिँ सोचविचार गर्छन् त? तिनीहरूलाई अन्तिम निर्णय आफैले लिनैपर्छ; तिनीहरू यो मामलामा निर्णयकर्ता हुन चाहन्छन्; यो मामला तिनीहरूकै तरिकाबाट गरिनुपर्छ; तिनीहरूले यो मामला तिनीहरूको हैसियतको लागि लाभदायक हुन्छ हुँदैन भनी हेर्नैपर्छ। तिनीहरूले मामलाहरूलाई यही दृष्टिकोणले हेर्छन्। के यस्तो व्यक्ति सत्यता पछ्याउने व्यक्ति हो त? (होइन।) सत्यता नपछ्याउने मानिसहरूले काम गर्दा, तिनीहरू सधैँ आफ्नो हैसियत, इज्जत, र स्वार्थबारे सोचिवार गर्छन्; तिनीहरू त्यसले आफूलाई कसरी फाइदा हुन्छ भनी सोचविचार गर्छन्। तिनीहरूको काम गर्ने प्रारम्भ विन्दु नै यही हो।

केही मानिसहरू आत्मिक मामलाहरू बुझ्छन् तर सत्यता खोजी गर्दैनन्। यस्ता केही मान्छेहरू वास्तवमै हुन्छन्। अनि तिनीहरूको प्रकटीकरणको कुरा गर्नुपर्दा, पहिलो प्रकार भनेको झारा टार्न मात्र काम गर्नु हो; तिनीहरू काम गर्न मन पराउँछन् र नचली बस्नै सक्दैनन्। केही काम गर्दै व्यस्त रहेसम्‍म, तिनीहरू खुसी हुन्छन्, उपलब्धि बोध गर्छन्, र वास्तविक महसुस गर्छन्। दोश्रो प्रकारको प्रकटीकरण भनेको हैसियतको लागि काम गर्नु हो। यस्ता खालका मानिसहरूमा अत्यन्तै प्रबल लक्ष्य र चाहनाहरू हुन्छन्। तिनीहरू सधैँ मानिसहरूलाई नियन्त्रण गर्न र जित्न, अनि परमेश्‍वरको स्थान लिन चाहन्छन्। परमेश्‍वरको स्थान लिन चाहनु—यो पावलका पछ्याइहरूमध्ये कुनसँग सम्बन्धित छ? (उनको ख्रीष्ट बन्ने पछ्याइसँग।) तिनीहरूले हैसियत पछ्याउनुको लक्ष्य केवल अरूभन्दा पृथक बन्‍ने, अरूले श्रद्धा गर्ने हैसियत भएको व्यक्ति बन्‍ने मात्र हुँदैन। तिनीहरूको अन्तिम लक्ष्य त मानिसहरूलाई जित्नु र नियन्त्रण गर्नु, अरूलाई आफ्नो श्रद्धा गर्ने र परमेश्‍वरलाई जस्तै व्यवहार गर्ने तुल्याउनु, अनि सबैलाई आफूलाई पछ्याउने, आफूप्रति समर्पित हुने, अनि आफूमा विश्‍वास गर्ने बनाउनु हुन्छ। अनि, यसको अर्थ के हो? यसको अर्थ तिनीहरू मानिसहरूको हृदयमा परमेश्‍वर बन्नेछन् भन्ने हो। यो सत्यता पछ्याउने कार्य होइन, बरु शैतान पछ्याउने कार्य हो। हैसियत पछ्याउनु सत्यता पछ्याउनु हुँदै-होइन, न त काम वा इज्जत पछ्याउनु नै सत्यता पछ्याउनु हो। अनि अरू प्रकटीकरणहरू के-के छन्? (तिनीहरू आशिष्‌को पछि लाग्छन्।) ठिक भनिस्। तिनीहरू मूल्य चुकाउँछन्, आफूलाई अर्पित गर्छन्, कष्ट सहन्छन्, अनि हरमामलामा आफ्नो स्वार्थ त्याग्न सक्छन् तर तिनीहरू आशिष् पाउन यसो गर्छन्। तिनीहरू आशिष् पाउन र राम्रो गन्तव्यमा पुग्न मात्रै आफूलाई त्यसरी प्रकट गर्छन्। यो पनि सत्यता पछ्याउनु होइन। आत्मिक मामलाहरू बुझ्ने तर सत्यता नपछ्याउने मानिसहरूले आफूलाई प्रकट गर्ने यो तेश्रो तरिका हो। पावलजस्तै, तिनीहरू आशिष् पाउन अनि आफ्नो गन्तव्यको खातिर काम गर्छन् र कष्ट सहन्छन्, र त्यसको लागि जस्तोसुकै मूल्य चुकाउँछन्। कामकुराहरू गर्ने तिनीहरूको लक्ष्य प्रस्ट छ: आशिष् पाउन जे सबैभन्दा महत्त्वपूर्ण र आवश्यक हुन्छ, तिनीहरू केवल त्यसैमा ध्यान दिन्छन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूको अनुमोदन पाउन्जेल सब ठिक हुन्छ। तिनीहरू सबैले आफूलाई कसरी हेर्छन्, माथिकाले आफूलाई कसरी हेर्छन्, अनि आफू परमेश्‍वरको हृदयमा छु कि छैन भन्नेमा मात्र ध्यान दिन्छन्। तिनीहरूले आशिष् र इनाम पाउने निश्‍चित भइन्जेल सब ठिक हुन्छ। तर तिनीहरू आफूले गरेका कार्यहरूको मूल्याङ्कन गर्न सत्यता कहिल्यै प्रयोग गर्दैनन्, अनि आशिषित हुने चाहना कहिल्यै त्याग्दैनन्; तिनीहरू परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुँदैनन्। यदि तिनीहरूले गरेको कुनै कुरा खराब भयो र तिनीहरूको निराकरण गरियो भने, र यदि माथिकाहरू तिनीहरूसँग खुसी छैनन्, र तिनीहरूले आशिष् र राम्रो गन्तव्य पाउने आशा देखेनन् भने, तिनीहरू नकारात्मक हुनेछन् र हार मान्नेछन्, र कर्तव्य निभाउन चाहनेछैनन्। कोही यस्ता पनि हुन्छन् जो विश्‍वासै गर्नै चाहँदैनन्; तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्नु व्यर्थ छ भन्ठान्छन्। यी माथि उल्लेखित पछ्याइका तीन तरिकाहरू सबै सत्यता नपछ्याउने मानिसहरूले पछ्याउने मार्गहरू हुन्। यस्ता खालका मानिसहरू हरेक मण्डलीमा राम्रै सङ्ख्यामा हुन्छन्, र तिनीहरू सबै सत्यताप्रति प्रेम नगर्ने मानिसहरू हुन्। तिनीहरूले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, तिनीहरू सधैँ त्यसलाई आफ्नो स्वार्थसँग, र आशिष्, इनाम पाउनुसँग जोड्छन्, तर कहिल्यै आफ्नो जीवन प्रवेश, सत्यताको बुझाइ, वा आफ्नो स्वभाव रूपान्तरणसँग जोड्दैनन्। तिनीहरूले जति नै वर्ष परमेश्‍वरमा विश्‍वास गरेका, वा आफ्नो कर्तव्य निर्वाह गरेका भए पनि, तिनीहरूले कहिल्यै आत्मज्ञान, जीवन प्रवेश, र परमेश्‍वरलाई प्रेम गर्ने वा उहाँप्रति समर्पित हुने कार्य पछ्याएका हुँदैनन्। तिनीहरूले जेसुकै गरिरहेका भए पनि, सत्यता पछ्याउँदैनन्। तिनीहरूले जुनसुकै भ्रष्टता प्रकट गरे पनि, त्यसमा र परमेश्‍वरका वचनहरूमा भएका सत्यताबीचको सम्बन्ध पहिचान गर्दैनन्। तिनीहरूले जेसुकै गरिरहेका भए पनि, तिनीहरूका अभिप्राय स्वार्थी र घटिया हुन्छन्, ती सबै आशिष् र व्यक्तिगत लाभ पाउनतर्फ लक्षित हुन्छन्। तिनीहरूलाई जसरीसुकै निराकरण गरिए पनि, तिनीहरू आफूबारे चिन्तन गर्दैनन्, अनि आफूलाई सही नै ठानिरहन्छन्। यस्ता खालका मानिसहरू विरलै नकारात्मक हुन्छन्। तिनीहरू आशिष् पाउन र राज्य प्रवेश गर्न जति नै कष्ट सहनुपरे पनि डराउँदैनन्। तिनीहरूमा वास्तवमै दृढता हुन्छ, तर तिनीहरूलाई सत्यता स्विकार्न निकै कठिन हुन्छ। तिनीहरू आत्मचिन्तन र आफूबारे ज्ञान प्राप्त गर्नुभन्दा मर्न बेस हुन्छ भन्ठान्छन्, अनि आफूले राम्रै गरिरहेको सोच्छन्। आत्मिक मामलाहरू बुझ्ने तर सत्यता नपछ्याउने मानिसहरूमा अर्को प्रकटीकरण पनि हुन्छ: केही मानिसहरूले धेरै प्रवचनहरू सुनेका हुन्छन्, तर परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यतामा र मानिसहरूका विभिन्न स्थितिहरू खुलासा गर्ने उहाँका वचनहरूमा रुचि राख्दैनन्। तिनीहरूले यी कुराहरू बुझे पनि, रुचि राख्दैनन्। त्यसोभए, रुचि नहुँदा पनि, तिनीहरू किन अझै परमेश्‍वरमा विश्‍वास गर्छन् त? तिनीहरूको हृदयमा पक्कै पनि अस्पष्ट र अवास्तविक खाले सोच हुन्छ। तिनीहरू यसो भन्छन्, “पृथ्वीका परमेश्‍वरले के गर्न सक्नुहुन्छ भन्ने मलाई थाहा छैन। म भन्न सक्दिनँ। उहाँ मुख्यत: सत्यता सङ्गति गर्न सक्नुहुन्छ जस्तो देखिन्छ। म यी कथित सत्यताहरू खासै बुझ्दिनँ, तर जे भए होस्, उहाँले भन्‍नुहुने कुराहरू एकदम राम्रा हुन्छन्, र तिनले मानिसहरूलाई सही मार्ग पछ्याउने तुल्याउँछन्। तर उहाँ वास्तवमै परमेश्‍वर हो कि होइन भन्नचाहिँ म सक्दिनँ।” तिनीहरूले परमेश्‍वरलाई यति शङ्का गर्छन् भने, किन परमेश्‍वरको घर नछोडी त्यहीँ बसेको? किनकि तिनीहरूको हृदयमा अस्पष्ट खाले विचार र कल्पना हुन्छ। तिनीहरू यस्तो सोच्छन्, “मैले यहीँ समय बिताइरहेँ भने, अन्तत: मृत्युबाट उम्किन, अनि स्वर्ग प्रवेश गर्न र महान् आशिष्‌हरू पाउन सक्छु।” त्यसैले, अरूले स्वभाव परिवर्तन गर्न खोजिरहँदा र निराकरण र काँटछाँट स्विकारिरहँदा, तिनीहरू स्वर्गका परमेश्‍वरलाई प्रार्थना गर्छन् र यसो भन्छन्, “हे परमेश्‍वर, मलाई यी कठिनाइहरूबाट पार लगाउनुहोस्, अनि निराकरण र काँटछाँट स्विकार्न सक्ने बनाउनुहोस्। म तपाईँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन इच्छुक छु।” तैँले सुन्दा तिनीहरूका प्रार्थनाका वचनहरू गलत नभएझैँ लाग्छ, तर तिनीहरू कहिल्यै आफूमा भ्रष्ट स्वभाव छ वा आफू गलत छु भनी स्विकार्दैनन्। आफ्नो हृदयमा तिनीहरू स्वर्गका परमेश्‍वरलाई मात्र स्विकार्छन्। पृथ्वीका परमेश्‍वर—अर्थात् देहधारी परमेश्‍वर—र परमेश्‍वरका न्यायका वचनहरूलाई चाहिँ, तिनीहरू केही वास्ता गर्दैनन, मानौँ यी कुराहरूको तिनीहरूसँग कुनै सम्बन्ध नै छैन। परमेश्‍वरमा तिनीहरूको विश्‍वास यति सरल र खोक्रो हुन्छ। अरूले मान्छेहरूको भ्रष्ट स्वभावबारे कुरा गर्दै स्वभाव परिवर्तन पछ्याउनु जरुरी छ भनेर जसरीसुकै बताए पनि, तिनीहरूले यस्तो सोच्छन्, “तिमीहरू सबै यति भ्रष्ट छौ त, म कसरी नहुँला र?” तिनीहरू आफू सिद्ध र दोषरहित छु, र आफूमा भ्रष्ट स्वभाव छैन भन्ने सोच्छन्। कहिलेकाहीँ, तिनीहरू पूर्वाग्रही हुने वा अरूलाई नगण्य ठान्‍ने गर्छन्, तर तिनीहरू यो सामान्य हो, केवल खराब सोच मात्र हो र त्यो सोच दबाउँदा हराइहाल्छ भन्ठान्छन्। अथवा, अरू मानिसहरूले परमेश्‍वरविरुद्ध विद्रोह गरिरहेको देख्दा, तिनीहरू यस्तो सोच्छन्, “मैले कहिल्यै परमेश्‍वरविरुद्ध विद्रोह गरेको छैन। उहाँप्रति मेरो हृदयमा भएको प्रेम कहिल्यै डगमगाएको छैन।” तिनीहरू केवल यिनै दुईचार वाक्य बोल्छन्, तर आफूमाथि चिन्तन गर्दैनन र सिद्धान्तहरूअनुसार कसरी कार्य गर्ने भन्ने नै जान्दैनन्। के यस्ता मानिसहरू सत्यता पछ्याउने व्यक्ति हुन् त? (होइनन्।) त्यसोभए तिनीहरू अझै पनि आफूलाई किन यति असल ठान्छन्, र परमेश्‍वरमा यसरी विश्‍वास गर्नु खराब होइन भन्‍ने सोच्छन्? यहाँ के हुँदै छ? यसले तिनीहरू सत्यतालाई प्रेम गर्दैनन् भन्ने देखाउँछ। मानिसहरूको धारणाअनुसार, तिनीहरू कस्ता मानिसहरू हुन्? तिनीहरू आफूलाई कसरी प्रकट गर्छन्? तिनीहरू बोल्न सिपालु, चतुर, छिट्टै सिक्ने, र कुराहरू बुझ्‍ने राम्रो क्षमता भएका हुन्छन्। तिनीहरू तेरो मुखबाट कुनै वचन निस्कनेबित्तिकै तैँले के भन्दै छस् भनेर बुझ्न सक्छन्, र विशेषगरी तिनीहरू धर्मसिद्धान्त छिट्टै बुझ्न सक्छन्। तर जे-जति कुरा बुझे पनि, तिनीहरूले आशिष् पाउन पछ्याउने दिशा र लक्ष्य भने उही रहन्छ। अझ भन्‍ने हो भने, तिनीहरू आफूले बुझेका सत्यताहरूलाई धर्मशास्‍त्रीय सिद्धान्त, वा कट्टरपन्थ वा शिक्षणहरूजसरी लिन्छन्। तिनीहरू ती सत्यता हुन् भन्ने सोच्दैनन्, र तसर्थ तिनलाई आफ्नो जीवनमा लागू गर्न त परै जाओस्, तिनलाई अभ्यास वा अनुभव पनि गर्दैनन्। तिनीहरू आफ्ना धारणा र कल्पनाहरूअनुरूप भएका आफूलाई मनपर्ने धर्मसिद्धान्त मात्र स्वीकार र प्रचार गर्छन्, र केही पाइरहेको छु भन्ठान्छन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेर पाउने सबैभन्दा ठूलो कुरा भनेकै धर्मसिद्धान्त प्रचार गर्न र धेरै मानिसहरूमा आफ्नो छाप छोड्न सक्नु हो। जहाँसम्‍म तिनीहरू सत्यता अभ्यास गर्छन् गर्दैनन् वा तिनीहरूमा आत्‍मज्ञान छ छैन भन्ने कुरा छ, तिनीहरू यी कुराहरू खासै महत्त्व नभएका मामुली मामलाहरू हुन्, बरु आत्मिक धर्मसिद्धान्त प्रचार गर्न, प्रश्‍नहरूको उत्तर दिन, र अरू मानिसहरूलाई आफ्नो आदर गर्ने बनाउन सक्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो र त्यसले तिनीहरूलाई हैसियतका लाभ उपभोग गर्न योग्य बनाउँछ भन्ठान्छन्। तसर्थ, तिनीहरू सत्यता अभ्यास गर्न ध्यानै दिँदैनन्, आफूमाथि चिन्तन गर्दैनन्, र उच्च प्रवचनहरू प्रचार गर्न सक्नमै सन्तुष्ट हुन्छन्। यो समस्या निकै गम्भीर हुन्छ, आत्मिक मामलाहरू नबुझ्नेहरूमा हुने समस्याभन्दा पनि गम्भीर हुन्छ, किनकि तिनीहरू यो सत्यता हो भन्ने जान्दछन् तर त्यसलाई अभ्यास वा अनुभव गर्दैनन। यस्ताहरू सत्यतासँग आजित भएका र सत्यतासँग खेलाँची गर्ने व्यक्ति हुन्। के यो समस्याको प्रकृति एकदमै गम्भीर छैन र?

अब, तिमीहरू आत्मिक मामलाहरू बुझ्ने तर सत्यता नपछ्याउने मानिसहरू खुट्ट्याउन सक्छौ, होइन त? के तिमीहरू पनि आफूलाई केही गरी यस्तो व्यक्तिजसरी प्रकट गर्छौ? (गर्छु, मुख्यत: म हैसियतको लागि काम गर्दा आफूलाई यसरी प्रकट गर्छु।) हैसियतको लागि बोल्‍ने अनि हैसियतकै लागि काम गर्ने—सबथोक हैसियतको वरिपरि घुम्छ; यो कुरा समस्याजनक हुन्छ। के यसरी सत्यता पछ्याउन सम्भव हुन्छ त? हैसियतको लागि काम गर्नुका प्रकटीकरणहरू के-के हुन्छन्? मुख्यतः, यसमा आफ्नो इज्‍जत, छवि र मानमर्यादा, अनि अरूको हृदयमा हुने आफ्नो हैसियत, अर्थात् अरूले आफूलाई उच्‍च नजरले हेर्छन् हेर्दैनन् र आफूलाई श्रद्धा गर्छन् गर्दैनन् भन्नेमा ध्यान दिने कुरा समावेश हुन्छ। जेसुकै गर्दा पनि, तिनीहरू यिनै कुरामा मात्र ध्यान दिन्छन्, र कहिल्यै परमेश्‍वरको प्रशंसा गर्ने वा उहाँको गवाही दिने गर्दैनन्। उदाहरणको लागि, सत्यता नपछ्याउने व्यक्तिले नयाँ विश्‍वासीलाई भेट्दा, उसले यस्तो सोच्छ, “तैँले परमेश्‍वरमा विश्‍वास गरेको केही वर्ष मात्र भएको छ, तँ केही पनि बुझ्दैनस्,” र उसलाई हेयको दृष्टिले हेर्छ। यदि त्यो नयाँ विश्‍वासी सत्यता पछ्याउन चाहन्छ भने, सत्यता नपछ्याउने व्यक्तिले सर्वप्रथम त्यो नयाँ विश्‍वासीको रूप, उसको बोल्ने शैली, र आफूलाई ऊ मन पर्‍यो परेन भन्ने कुरा विचार गर्छ। यदि त्यो नयाँ विश्‍वासीमा कम क्षमता छ भने, त्यो व्यक्ति ऊसँग सत्यता सङ्गति गर्न इच्छुक हुनेछैन; उसले हौसलाका केही वचनहरू बोल्नेछ र कुरो त्यहीँ सक्‍काउनेछ। यहाँ समस्या के हो त? (ऊ विश्‍वासी भएको धेरै वर्ष भएकोले ऊसँग पुँजी छ भन्ठान्छ, त्यसैले आफ्नो वरिष्ठता प्रयोग गरिरहन्छ।) यो पुँजी नै तिनीहरूले हैसियत देखाउनुको प्रकटीकरण हो। आफूमा त्यो पुँजी भएकोले, तिनीहरू हैसियतको स्थानबाट बोल्न पाउनुपर्छ भन्ने विश्‍वास गर्छन्—जुन हैसियत तिनीहरूलाई अरू कसैले होइन, बरु आफूले आफैलाई दिएका हुन्छन्। के यसरी काम गर्ने र बोल्ने मानिसहरू सत्यता पछ्याउने व्यक्तिहरू हुन् त? (होइनन्।) के तिमीहरू आफूलाई यसरी प्रकटीकरण गर्छौ त? तिमीहरू यसो भन्छौ, “मैले परमेश्‍वरमा विश्‍वास गरेको दस वर्ष भयो। के दुई वर्ष मात्र विश्‍वास गरेको व्यक्तिलाई मेरो साझेदार सहकर्मी बनाउनु मेरो अपमान होइन र? म तिनीहरूसँग बोल्न पनि चाहन्‍नँ। म एकै वचनमा थाक्नेछु। तिनीहरू केही बुझ्दैनन्!” अहङ्कारी स्वभाव हाबी भएको कारण यस्तो हुन्छ। यदि तँमा हैसियतलाई महत्त्व दिने हृदय नभएको भए, यदि तैँले मानिसहरूलाई अनुभव वा वरिष्ठताको आधारमा श्रेणीकरण नगर्ने भए, र यदि तैँले आफूसँग पुँजी छ भनेर नसोच्ने भए, के तैँले कसैलाई यसरी व्यवहार गर्नेथिस् त? स्पष्टत:, तँभित्र भ्रष्ट स्वभाव भएकोले, अरूसँग व्यवहार गर्ने तेरो शैलीका प्रकटीकरणहरूले अरूलाई लाभ पुऱ्याउँदैनन्, बरु तेरो भ्रष्ट स्वभाव, तेरा पछ्याइहरू, र तेरो हृदयको गहिराइमा भएका कुराहरू खुलासा गर्छन्। हैसियतको लागि कार्य गर्नुको अर्को पनि प्रकटीकरण हुन्छ। उदाहरणको लागि, केही मानिसहरूले व्यवसायिक ज्ञान हासिल गरेका हुन्छन् वा तिनीहरू कुनै निश्‍चित क्षेत्रमा विज्ञ हुन्छन्। तर यस क्षेत्रबारे छलफल गर्दा, अरूले पहिला बोले भने, तिनीहरूले यस्तो सोच्छन्, “तिमीहरू विनासमझ कसरी बोल्न सक्छौ? तिमीहरूले त महान्‌ता आफ्नै अगाडि भए पनि थाहा पाउनेथेनौ!” तिनीहरूले यसो भन्छन्, “विश्‍वविद्यालयमा मेरो मुख्य विषय यही थियो र मैले यिनै मुद्दाहरूमा मेरा सबै शोध-अध्ययन गरेँ। पढाइ सकेपछि, मैले यही क्षेत्रमा केही वर्ष काम गरेँ। दस वर्षअघिदेखि परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि मैले यो पेशा त्यागेको छु, तर म आँखा चिम्लेरै यसबारे सबथोक सम्झन सक्छु। मलाई यसबारे बोल्‍न मन पर्दैन किनकि मैले आफ्नो प्रदर्शन गरिरहेजस्तो देखिन्छ।” तिमीहरूलाई यी वचनहरू कस्ता लाग्छन्? यी वचनहरू सांसारिक अध्येताका वचनहरू हुन्, र यी शैतानी दर्शनहरूका आधारमा बोलिन्छन्, र यी वचनहरूमार्फत तिनीहरू ज्ञानीजस्ता देखिन्छन् र सबको अनुमोदन पाउँछन्। तिनीहरूले आफ्नो प्रदर्शन गर्न चाहन्‍नँ भन्ने दावा त गरेका छन्, तर अलिक कुशल तरिकाले ठ्याक्कै त्यही गरिरहेका छन्। तिनीहरूले आफूले यो पेशा अध्ययन गरेको वर्ष सङ्ख्या अनि आफूले के पाएँ भन्‍नेजस्ता कुरा बताएर आफूसँग भएको पुँजी उल्लेख गरेका छन्, र यो तरिका प्रयोग गरेर आफू यो क्षेत्रमा विज्ञ हुँ भन्ने जानकारी गराएका छन्। के कुनै क्षेत्रमा विज्ञ हुँदैमा तैँले त्यो क्षेत्र बुझ्छस् नै भन्ने हुन्छ त? यदि तँ परमेश्‍वरको घरमा काम गरिरहेको विज्ञ होस् भने, तैँले यो तरिका अपनाउनैपर्छ त? (पर्दैन।) त्यसोभए तैँले के गर्नुपर्छ त? (सत्यता खोज्नुपर्छ; दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर छलफल र खोजी गर्नुपर्छ।) सबैले सँगै मिलेर खोजी गर्नुपर्छ। तैँले यसो भन्‍नुपर्छ, “म इमानदार हुनुपर्छ। मैले केही वर्ष यो पेशामा काम गरेको थिएँ, तर मलाई परमेश्‍वरको घरले यो पेशा प्रयोग गर्नुपछाडि कुन सिद्धान्तहरू हुन्छन् भन्ने थाहा छैन। मसँग भएको ज्ञान परमेश्‍वरको घरको लागि उपयोगी हुन्छ हुँदैन भन्ने मलाई थाहा छैन—हामी सँगै बसेर छलफल गर्न सक्छौँ। म तिमीहरूलाई यो क्षेत्रका आधारभूत कुराहरू बताउनेछु।” यो तर्कसङ्गत बोल्ने शैली हो। ऊ यो पेशाबारे जानकार भए पनि, ऊ विनम्र हुन्छ र घमण्डी हुँदैन। ऊ देखावटी गरिरहेको हुँदैन; ऊ साँच्चै राम्रो कार्य गर्न चाहन्छ, र आफूले सिकेको र जानेको कुरा केही नलुकाई सबैसँग बाँड्न चाहन्छ। उसलाई अरूले जसरी हेरे पनि वा जसरी व्यवहार गरे पनि, ऊ पूर्णत: आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नलाई नै यो गरिरहेको हुन्छ। ऊ पूर्णत: परमेश्‍वरलाई सन्तुष्ट पार्न, र सत्यता पाउन र मानव रूपमा जिउनलाई नै कर्तव्य निर्वाह गरिरहेको हुन्छ। तसर्थ, उसको कर्तव्य निर्वाहको हरेक पक्षमा, उसले परमेश्‍वरको घरको हितबारे विचार गर्छ र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशको ख्याल गर्छ। उसले जेसुकै गरे पनि, पहिला सबैसँग सङ्गति गर्छ, अनि सहमतिमा पुग्न सामूहिक रूपमा छलफल गर्छ, र सबै एकजुट भएर राम्रोसँग कार्य पूरा गर्न दाजुभाइ-दिदीबहिनीहरूलाई विचार र मेहनत योगदान गर्न दिन्छ। तिमीहरूलाई यो तरिका कस्तो लाग्छ? सत्यता पछ्याउने मानिसहरूले मात्र यसरी कार्य गर्छन्। परमेश्‍वरमा उस्तै गरी विश्‍वास गर्ने भए पनि, सत्यता पछ्याउने र नपछ्याउनेहरूले आफूलाई भिन्नाभिन्नै तरिकाले प्रकट गर्छन्। अनि, कुन खालको व्यक्तिचाहिँ घिनलाग्दो हुन्छ त? (सत्यताको नपछ्याउने व्यक्तिहरू घिनलाग्दा हुन्छन्।) तँलाई कुनै पेशाबारे थोरै थाहा छ भन्दैमा आफ्नो प्रदर्शन गर्नुपर्ने र अरूलाई होच्याउनुपर्ने वा विवश पार्नुपर्ने कुनै जरुरी छैन। केही मानिसहरू अगुवा वा सेवक भएपछि आफूलाई उच्च ठान्छन्, देखावटी पारामा हिँड्छन्-बोल्छन्, र अधिकारी नै हुँ जस्तो गर्छन्। यसरी काम गर्नु अझ बढी घिनलाग्दो हुन्छ। तँसँग केही हैसियत छ भने पनि तैँले त्यसको सान देखाउनुपर्ने वा घमण्ड गर्नुपर्ने कुनै जरुरी छैन। तैँले दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नमा डोर्‍याउन जिम्मेवारीपूर्वक कार्य गर्नुपर्छ। यो तेरो जिम्मेवारी अनि तैँले पूरा गर्नुपर्ने कुरा हो। त्यसबाहेक, यदि तँमा मानवता छ र तँ निष्ठावान् छस् भने, तैँले कामकुराहरू गर्दा जिम्मेवारी लिनैपर्छ। अनि तैँले जिम्मेवारी कसरी लिनुपर्छ? मानिसहरूले नबुझ्ने क्षेत्रहरूबारे, तिनीहरूले गल्ती गर्ने वा तिनीहरू छलमा पर्ने सम्भावना भएका क्षेत्रहरूबारे सङ्गति गरेर, अनि पैदा हुने हरेक गल्ती र विचलनहरू सच्याएर, तैँले सबैजनाले सही तरिका प्रयोग गरेर काम गर्ने सुनिश्‍चित पार्नुपर्छ, ताकि तिनीहरूले अबउप्रान्त गल्तीहरू नगरून् वा अरूद्वारा बाधित नहोऊन्। यसो गर्दा तैँले आफ्नो जिम्मेवारी पूरा गरेको हुनेछस्। आफ्नो कर्तव्यमा जिम्मेवार र निष्ठावान् हुनु भनेकै यही हो। एकपटक तैँले यो अवस्था हासिल गरिसकेपछि, के अरूले अझै पनि तँ हैसियत पछ्याउँछस् भनेर भन्न सक्‍नेछन् र? अहँ, सक्नेछैनन्। तैँले अभ्यास गर्ने सिद्धान्तका साथै तेरो मार्ग पनि पहिल्यै सही भइसकेका हुन्छन्। सत्यता पछ्याउनेहरूका प्रकटीकरणहरू यिनै हुन्; सत्यता पछ्याउनेहरूले अभ्यास गर्नुपर्ने यसरी नै हो। यसविपरीत गरिने कुराहरू अनगिन्ती लज्जास्पद व्यवहार मात्र हुन्। धाकरवाफ देखाउन र उच्च रूपमा सम्मानित हुन चाहनु, र त्यो सँगसँगै आफूलाई थाहा भएको कुरा अरूले जाने भने आफूले आफ्नो प्रदर्शन गर्न पाउनेछैन वा आफूलाई उच्च रूपमा सम्मानित गरिनेछैन भनी ती कुरा नभनी लुकाउनसमेत चाहनु—त्यो एकदमै विद्रोही कुरा हो! तिनीहरू परमेश्‍वरको घरको हितबारे वास्तै गर्दैनन्, बरु छेऊ लाग्‍ने र केही नगरी हेर्ने मात्र गर्छन्, र आफैसँग यसो भन्दै खिस्‍स हाँस्छन्, “मैले बोलिनँ भने, कसैले यो मामला प्रस्टाउन सक्छ सक्दैन हेरौँ न त! मैले केही भनिहालेँ भने पनि, सबथोक भन्नेवाला छैन। म आज अलिकति, भोलि अलिकति खुलाउनेछु, अनि तिमीहरूलाई अझै पनि सत्यता बताउनेछैन। म तिमीहरूलाई आफै मनन गर्न दिनेछु। मबाट केही निकाल्न त्यति सजिलो छैन! मैले आफूले जानेको सब बताएर तिमीहरूलाई बुझ्ने बनाएँ भने, मसँग केही पनि बाँकी हुनेछैन, अनि तिमीहरू मभन्दा राम्रो हुनेछौ। त्यसपछि तिमीहरूले मलाई कसरी हेर्नेछौ?” कस्तो खाले प्राणीले यसरी सोच्ला त? यस्तो व्यक्ति विषालु हुन्छ! ऊ केही कामको हुँदैन। के ऊ इमानदार व्यक्ति हो त? (होइन।) के तिमीहरूमध्ये कसैले यस्तो गरेका छौ? (मैले गरेको छु। विशेषगरी मैले लामो अवधिसम्‍म सुसमाचार फैलाएर केही नतिजा पाइसकेपछि, मलाई आफूसँग केही सम्पत्ति र पुँजी छ जस्तो लाग्यो। अरूले मलाई केही राम्रो तरिका वा अनुभव बाँड्न आग्रह गर्दा, मैले इन्कार गरेँ। मैले शैतानको दर्शनअनुसार जिउँदै यसो भनेँ, “गुरुको सबै भेद चेलाले थाहा पाएपछि, गुरुले आफ्‍नो रोजीरोटी गुमाउँछ।” मलाई अरू मभन्दा अघि बढ्छन्, अनि मैले आफ्नो हैसियत गुमाउँछु भन्ने डर थियो।) अरूले आफ्नो श्रेय खोस्छन् भन्ने डरलाई जित्न त्यति सजिलो हुँदैन। मानिसहरूले आफ्नो पूरै जीवन इज्जत र स्वार्थको लक्ष्यहेतु लडेर बिताउँछन्, तर ती लक्ष्य तेरो हृदयका दुई खन्जर पनि हुन्—तिनले तेरो ज्यानै लिनेछन्!

मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीलाई लाभ हुने काम गरेका केही मानिसहरू आफूले योगदान गरेको छु र मण्डलीभित्र आफ्नो केही हैसियत छ भन्ठान्छन्। हरेकपटक तिनीहरू अरूसामु आफूले गरेका ती असल कामहरू उल्लेख गर्छन् ताकि सबैले तिनीहरूलाई पूर्णत: नयाँ रूपमा हेरून् र बुझून्—तिनीहरूको पुँजी र हैसियत, अनि मण्डलीभित्रको तिनीहरूको इज्जत र स्थान बुझून्। तिनीहरू किन यसो गर्छन्? (आफ्नो प्रदर्शन गर्न र सान देखाउन।) अनि त्यसको सान किन देखाउनुपरेको? आफूलाई स्थापित गर्न। अनि तिनीहरूले आफूलाई स्थापित गरेर के गर्न सक्छन्? (अरू मानिसहरूलाई तिनीहरूको आदर गर्ने बनाउन सक्छन्।) तिनीहरूले अरू मानिसहरूलाई तिनीहरूको आदर, गुनगान, र श्रद्धा गर्ने बनाउन सक्छन्। यी कुराहरू हासिल गरेपछि, तिनीहरूले भित्र कस्तो महसुस गर्छन्? (तिनीहरूले त्यसमा आनन्द मान्छन्।) तिनीहरूले हैसियतका लाभहरूको आनन्द उठाउँछन्। के तिमीहरू पनि यी कुराहरू पछ्याउँछौ? मानिसहरूमा हुने यी सोच, विचार र सोच्ने तरिकाहरूको कारण के हो? तिनलाई केले उत्पन्न गराउँछ? तिनको मूल स्रोत के हो? तिनको मूलस्रोत मानिसको भ्रष्ट स्वभाव हो। मानिसहरूलाई यसरी प्रकट हुने तुल्याउने, र यस्ता खालका पछ्याइहरू पैदा गराउने कुरा मान्छेको भ्रष्ट स्वभाव हो। केही मानिसहरू परमेश्‍वरको घरमा आफूलाई उच्च ठान्छन्। तर के-कसरी यस्तो हुन्छ? तिनीहरूलाई केले यसरी आफूलाई उच्च ठान्‍ने तुल्याउँछ? उदाहरणको लागि, केही मानिसहरूलाई कुनै विदेशी भाषा बोल्न आउँछ, अनि तिनीहरू यो भनेको आफूसँग प्रतिभा र क्षमता भएको कुरा हो, र परमेश्‍वरको घरमा तिनीहरू नहुने हो भने, परमेश्‍वरको घरको काम विस्तार गर्न एकदमै कठिन हुनेथ्यो भन्ठान्छन्। यसले गर्दा, तिनीहरू जहाँ गए पनि मानिसहरूलाई आफ्नो आदर गर्ने बनाउन चाहन्छन्। यस्ता मानिसहरूले अरूलाई भेट्दा कस्तो शैली अपनाउँछन्? आफ्नो हृदयमा तिनीहरूले परमेश्‍वरको घरमा भिन्नभिन्नै कर्तव्य गर्ने मानिसहरूलाई भिन्नभिन्नै दर्जा दिन्छन्। अगुवाहरू शिखरमा हुन्छन्, विशेष प्रतिभा भएका मानिसहरू दोश्रोमा हुन्छन्, त्यसपछि औसत प्रतिभा भएका मानिसहरू आउँछन्, अनि सबैभन्दा तल विभिन्न सहायक कर्तव्य निभाउने व्यक्तिहरू हुन्छन्। केही मानिसहरू महत्त्वपूर्ण र विशेष कर्तव्यहरू निभाउने क्षमतालाई पुँजी मान्छन्, अनि त्यसलाई सत्यता वास्तविकता हुनु भन्‍ठान्छन्। यहाँ समस्या के हो? के यो बेतुकको छैन र? केही विशेष कर्तव्यहरू निर्वाह गरेको कारण तिनीहरू अहङ्कारी र घमण्डी हुन्छन्, अनि सबैलाई हेयको दृष्टिले हेर्छन्। कसैलाई भेट्दा, तिनीहरू सधैँ सुरूमै कुन कर्तव्य गर्नुहुन्छ भनी सोध्छन्। यदि त्यो व्यक्तिले औसत कर्तव्य गर्छ भने, तिनीहरू उसलाई नगण्य ठान्छन्, अनि ऊ वास्तालायक छैन भन्ने सोच्छन्। त्यो व्यक्तिले तिनीहरूसँग सङ्गति गर्न चाहँदा, तिनीहरू बाह्य रूपमा त सहमत हुन्छन्, तर भित्रभित्रै यस्तो सोच्छन्, “तैँले मसँग सङ्गति गर्न चाहने? तँ कोही पनि होइनस्। तैँले निर्वाह गर्ने कर्तव्यहरू हेर्—तँ मसँग बोल्न कसरी योग्य छस्?” यदि त्यो व्यक्तिले निर्वाह गर्ने कर्तव्य तिनीहरूको भन्दा महत्त्वपूर्ण छ भने, तिनीहरू उसको प्रशंसा र ईर्ष्या गर्छन्। के तिनीहरू मानिसहरूसँग व्यवहार गर्दा सिद्धान्तपरक हुन्छन् त? (हुँदैनन्। तिनीहरू मानिसहरूलाई कर्तव्यको आधारमा, र तिनीहरू आफैले तोकेको दर्जाअनुसार व्यवहार गर्छन्।) तिनीहरू मानिसहरूलाई अनुभव र वरिष्ठता, र कुशलता र प्रतिभाअनुसार दर्जाकरण गर्छन्। यस तरिकाले मानिसहरूको दर्जाकरण गरेबाट के तथ्य खुलासा हुन्छ? यसले व्यक्तिको पछ्याइ, जीवन प्रवेश, प्रकृति सार, र उसको मानवताको स्तर खुलासा गर्छ। केही मानिसहरू कुनै वरिष्ठ अगुवा देख्दा शिर तल गर्दै हल्का झुक्छन्, र नम्र हुन्छन्। जब तिनीहरूले केही क्षमता भएको, प्रतिभा भएको, बोल्न सिपालु, परमेश्‍वरको घरमा महत्त्वपूर्ण कर्तव्य निभाउँदै आएको, वा माथिकाहरूले बढुवा गरेको र महत्त्वपूर्ण मानेको व्यक्ति देख्छन्, तिनीहरू विशेष विनम्रतासाथ बोल्छन्। जब तिनीहरूले कम क्षमता भएको वा औसत कर्तव्य निर्वाह गर्ने व्यक्ति देख्छन्, तिनीहरू उसलाई हेयको दृष्टिले हेर्छन् र उसलाई अदृश्यझैँ व्यवहार गर्छन्—ऊप्रति व्यवहार गर्ने तिनीहरूको तरिकै फरक हुन्छ। अनि, तिनीहरूले भित्रभित्रै के सोचिरहेका हुन्छन्? “तैँले परमेश्‍वरमा विश्‍वास गरे पनि तँ तल्लो तहको होस्, तैपनि तँ मसँग बराबर भएजसरी बोल्न, र जीवन प्रवेश र इमानदार व्यक्ति बन्नेबारे सङ्गति गर्न चाहन्छस्। तँ त्यसो गर्न योग्य छैनस्!” यो के स्वभाव हो? अहङ्कार, क्रूरता, र दुष्टता। के मण्डलीमा यस्ता खालका मानिसहरू धेरै हुन्छन्? (हुन्छन्।) के तिमीहरू यस्तो खालको व्यक्ति हौ? (हौँ।) मानिसहरूलाई तिनीहरू को हुन् भन्ने आधारमा फरकफरक व्यवहार गर्नु—यी कुनै पनि कुराहरू सत्यता पछ्याउने मानिसहरूका प्रकटीकरणहरू होइनन्। अनि, तिनीहरू के पछ्याइरहेका हुन्छन् त? (तिनीहरू हैसियत पछ्याइरहेका हुन्छन्।) मानिसहरूका व्यवहार, खुलासा, र नियमित प्रकटीकरणहरूले तिनीहरूका सबै सोच, विचार, अभिप्राय र पछ्याइका साथसाथै तिनीहरू हिँडिरहेको मार्ग देखाउन सक्छन्। तैँले जे खुलासा गर्छस्, र निरन्तर जे प्रकट गर्छस्, तैँले त्यही कुरा पछ्याउँछस्—र तेरो पछ्याइको खुलासा हुन्छ। यस्ता खालका मानिसहरूले आत्मिक मामलाहरू बुझ्छन्, र तिनिहरू परमेश्‍वरका वचनहरू बुझ्न, उहाँका वचनहरूसँगका सम्बन्ध पहिचान गर्न, र उहाँका वचनहरूलाई आफ्ना स्थितिहरूसँग तुलना गर्न सक्छन्, तर जेसुकै आइपरे पनि तिनीहरू सत्यता खोजी गर्दैनन्, र परमेश्‍वरका वचनहरूको सत्यतालाई आफ्नो सिद्धान्त मानेर अघि बढ्दैनन्। त्यसको सट्टा, तिनीहरू आफ्नै धारणा, कल्पना, अभिप्राय, उद्देश्य, चाहना र प्राथमकिताहरूअनुसार अघि बढ्छन् र कार्य गर्छन्। के यस्ता खालका मानिसहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन् त? (सक्दैनन्।) तिनीहरूको हृदयमा अझै पनि अविश्‍वासी मानिसहरूले दुनियाँसित व्यवहार गर्न प्रयोग गर्ने सिद्धान्त र तरिकाहरू हुन्छन्; तिनीहरू अझै पनि मानिसहरूलाई अनुभव र वरिष्ठताअनुसार दर्जाकरण गर्छन्, अनि परमेश्‍वरको घरका मानिसहरूलाई हरप्रकारका भिन्नभिन्नै दर्जाहरू दिन्छन्। तिनीहरू मानिसहरूको मूल्याङ्कन गर्न सत्यता होइन, विश्‍वास नगर्नेहरूको विचार र मापदण्ड प्रयोग गर्छन्। के यो सत्यताको पछ्याइ हो त? (होइन।) बोल्दा र प्रचार गर्दा, तिनीहरू सत्यता बुझ्ने व्यक्तिजस्ता देखिए पनि, के तिनीहरूको कर्तव्य गराइमा थोरै पनि सत्यता वास्तविकता देख्न सकिन्छ त? (सकिँदैन।) त्यसोभए, के ती मानिसहरू जीवन प्रवेश भएका मानिसहरू हुन् त? (होइनन्।) तिनीहरूभित्र अन्त्यन्तै धेरै भ्रष्ट कुराहरू हुन्छन्, र तिनीहरू मुक्तिको लागि चाहिने मापदण्ड पूरा गर्नबाट निकै पर हुन्छन्। यदि तिनीहरूले सधैँ यी कुराहरूलाई पुँजीको रूपमा लिए भने, आफूले बुझ्ने परमेश्‍वरका वचनहरूमध्ये तिनीहरूले कतिवटा अभ्यास गर्न सक्छन्? के तिनीहरूको हृदयमा साँच्चै सत्यता वा परमेश्‍वरका वचनहरू हुन्छन्? तिनीहरूको लागि, जीवन प्रवेश र स्वभाव रूपान्तरणको वजन कति हुन्छ? तिनीहरूको हृदयमा ठ्याक्कै केले जरा गाडेको हुन्छ? त्यसमा निश्‍चय नै पूराका पूरा शैतानी दर्शन र मान्छेबाट प्राकृतिक रूपमा आएका कुराहरू, साथै परमेश्‍वरप्रतिको विश्‍वासबारे तिनीहरूका धारणा र कल्पनाहरू हुन्छन्। यदि यी कुराहरूले मानिसहरूको हृदयको गहिराइमै जरा गाडेका हुन्छन् भने, तिनीहरूलाई सत्यता स्विकार्न एकदमै कठिन हुन्छ। तिनीहरू सधैँ माथिकाहरूले तिनीहरूलाई कसरी हेर्छन्, माथिकाहरूले तिनीहरूको सराहना गर्छन् गर्दैनन्, तिनीहरू परमेश्‍वरको हृदयमा छन् छैनन्, अनि परमेश्‍वरले तिनीहरूलाई चिन्नुहुन्छ चिन्नुहुन्‍न भन्ने कुरा वास्ता गर्छन्। तिनीहरू अरू मानिसहरूलाई पनि त्यही तरिकाले हेर्छन्: तिनीहरू माथिकाहरूले ती मानिसहरूको सराहना गर्छन् गर्दैनन्, अनि परमेश्‍वर ती मानिसहरूसँग खुसी हुनुहुन्छ हुनुहुन्‍न भन्ने कुरा हेर्छन्—तिनीहरू मानिसहरूलाई को हुन् भन्ने आधारमा भिन्नभिन्नै व्यवहार गर्छन्। तिनीहरूको हृदयले सधैँ यिनै कुराहरूलाई महत्त्व दिँदा, सत्यताले तिनीहरूमा कति नै प्रभाव पार्न सक्छ र? सधैँ यिनै स्थितिहरू र दुनियाँसित व्यवहार गर्ने दर्शनहरूमा जिउने मानिसहरूले खासमा के पछ्याइरहेका हुन्छन्? के तिनीहरू सत्यता वास्तविकतमा प्रवेश गर्न सक्छन्? (सक्दैनन्।) त्यसोभए तिनीहरू आफ्नो जीवन केअनुसार जिउँछन् त? (तिनीहरू दुनियाँसित व्यवहार गर्ने शैतानी दर्शनहरूअनुसार जिउँछन्।) तिनीहरू शैतानी दर्शनहरूअनुसार जिउँछन्, तैपनि तिनीहरू आफूसँग ज्ञान छ, आफू शिक्षित र विवेकी छु भन्ठान्छन्, अनि भित्रभित्रै निकै आनन्द महसुस गर्छन्। तिनीहरू परमेश्‍वरको घरलाई के ठान्छन्? (समाज।) तिनीहरू त्यसलाई समाज ठान्छन्। तिनीहरूले अझै पनि यो विचार त्यागेका छैनन्। त्यसोभए, तिनीहरूले यी समस्याहरू कसरी सुल्झाउने त? यो केवल परमेश्‍वरका वचनहरू पढ्ने र परमेश्‍वरले खुलासा गर्नुभएका तथ्यहरू स्विकार्ने मामला होइन। तिनीहरूले काँटछाँट पनि अनुभव गर्नैपर्छ, र परीक्षा र शोधनबाट पनि गुज्रनैपर्छ। तिनीहरूले आफ्नो प्रकृति सार, पुँजी, प्रतिभा, ज्ञान र योग्यताको सार स्पष्ट रूपमा बुझेर, अनि यी कुरालाई त्यागेर, परमेश्‍वरका वचनहरूमा हुने सत्यतालाई स्विकार्नु र सत्यताअनुसार जिउनु पनि पर्छ। त्यसपछि मात्र भ्रष्ट स्वभावको समस्या समाधान गर्न सकिन्छ।

सत्यता पछ्याउनु सजिलो कुरा होइन। मानिसहरूले कामकुराहरू परमेश्‍वरका वचनहरूअनुसार हेर्न सिक्नैपर्छ। विगतमा, मानिसहरूमा धेरै गलत विचार थिए। यदि तिनीहरूले सत्यताको खोजी गरेनन् भने, तिनीहरूलाई त्यसको बोध नै हुनेछैन, र तिनीहरू अझै पनि पहिलेजस्तै गरी आफूलाई सही ठान्दै, अहङ्कारी र आत्मधर्मी हुँदै अघि बढिरहनेछन्, र त्यो बेला तैँले तिनीहरूको काँटछाँट गरिस् भने पनि, तिनीहरूले आफ्नो गल्ती स्विकार्नेछैनन्। सत्यता नपछ्याउने मानिसहरूले जुन दृष्टिकोणले कामकुराहरू हेर्ने गर्छन्, त्यो परिवर्तन गर्न निकै गाह्रो हुन्छ। उदाहरणको लागि, तिनीहरूले मण्डलीमा पहिले कुनै कम्पनी हाँकेको मान्छे देखे भने, तिनीहरूको हृदयमा आदर र सह्रनीका भावनाहरू पैदा हुन्छन्। तिनीहरू यस्ता मानिसहरूको इर्ष्या, सराहना, आदर र श्रद्धासमेत गर्छन्। यस्तो व्यक्तिको हृदयमा हैसियत हुन्छ। यस्तो अवस्थामा के गर्नुपर्छ? तैँले त्यो व्यक्तिको भित्री रूप खुट्टयाउनुपर्छ, र उसलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्नुपर्छ, र ऊ सत्यतालाई प्रेम गर्ने र पछ्याउने, अनि आदरयोग्य व्यक्ति व्यक्ति हो होइन भनी हेर्नुपर्छ। यदि, ऊसँग अन्तरक्रिया गरेर उसको भित्री रूप खुट्टयाइसकेपछि, तैँले ऊ यसखालको व्यक्ति होइन भन्ने पत्ता लगाइस् भने, तैँले आफ्नो हृदयमा उसको आदर गर्नुहुँदैन, र उसलाई उच्च सम्मान दिनुहुँदैन। तैँले उसलाई सामान्य रूपमा व्यवहार गर्नुपर्छ र ऊसँग सामान्य तवरमै अन्तरक्रिया गर्नुपर्छ। अनि, उसलाई सामान्य रूपमा व्यवहार गर्नु भनेको के हो? त्यो भनेको उसलाई सही तरिकाले व्यवहार गर्न सक्नु हो। मानिसहरूको हृदय तिनीहरूको आफ्नै प्राथमिकता, चाहना, र पछ्याइहरूले भरिएको हुन्छ र तिनीहरूको मूल्यमान्यता कैयौँ सूक्ष्म व्यवहारहरूमा देखिन्छन्। यदि तिनीहरूले श्रद्धा गर्ने कोही व्यक्ति छ भने, तिनीहरूले उनीहरूबारे कुरा गर्दा, तिनीहरूका शब्दहरू विशेष शिष्ट र विनम्र हुनेछन्, अनि तिनीहरूले उनीहरूलाई विशेष आदरपूर्वक सम्बोधन गर्नेछन्। यसले के सङ्केत गर्छ? यसले त्यो व्यक्तिको हृदयमा हैसियत छ, र उसले त्यो व्यक्तिलाई आदर गर्छ भन्ने देखाउँछ। यसबाहेक, तिनीहरूले अरू कुरा पनि भन्छन्। तिनीहरू प्राय: यसो भन्छन्, “यो व्यक्ति त पहिले अधिकारी थियो। यदि ऊ परमेश्‍वरको घरमा आयो र उसलाई सामान्य व्यक्तिझैँ गरी व्यवहार गरियो भने, त्यो उचित हुनेछैन।” तिनीहरूलाई मनमा लाग्छ कि परमेश्‍वरको घरले प्रतिभावान् व्यक्तिहरूलाई महत्त्व दिँदैन। यस्तो विशिष्ट व्यक्तित्त्वले आफूलाई विनम्र बनाएर परमेश्‍वरको घर आउन, विश्‍वासी बन्न र कर्तव्य निभाउन सक्यो, तैपनि कसैले उसको आदर वा बढुवा गरेन, र माथिकाहरूले उसलाई दाजुभाइ-दिदीबहिनीहरूसँग परिचय गराउन विशेष ध्यान पनि दिएनन्। तैँले तिनीहरूलाई त्यो व्यक्तिको कर्तव्य कस्तो हुँदै छ भनी सोध्दा तिनीहरू यसो भन्छन्, “यी व्यक्तिको आफ्नै कम्पनी थियो, अनि यिनको मातहतमा हजारौँ मानिसहरू थिए। यति थोरै काम गर्नु यिनको लागि केही पनि होइन। परमेश्‍वरको घरमा यिनीभन्दा उच्च क्षमता भएको कोही पनि छैन। यिनी विशिष्ट व्यक्ति हुन्। परमेश्‍वरको घरमा यस्तो विशिष्ट त कोही पनि छैन।” यो कस्तो गफ हो? तिनीहरूलाई लाग्छ कि सांसारिक दुनियाँमा विशिष्ट व्यक्ति हुन्छन्, तर परमेश्‍वरको घरमा हुँदैनन्। परमेश्‍वरको घरका मानिसहरूसँग सत्यता हुन्छ—तर के सांसारिक दुनियाँका मानिसहरूसँग सत्यता हुन्छ त? तँ सांसारिक दुनियाँमा विशिष्ट व्यक्तिहरू हुन्छन् भन्छस्, त्यसोभए तँ किन तिनीहरूमै विश्‍वास गर्दैनस्? तँ यहाँ परमेश्‍वरमा विश्‍वास गर्न किन आएको? तँमा परमेश्‍वरबारे धारणाहरू छन्, र तँ तुरुन्तै सांसारिक दुनियाँमा फिर्ता गइहाल्नुपर्छ। तिनीहरूले यस्ता कुराहरू बोल्न सक्नु भनेको शैतानको आवाज होइन र? यो शैतानकै आवाज हो। तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्छन् र परमेश्‍वरको घर आउँछन् तर शैतानको प्रशंसा गर्छन्। तिनीहरूले करिबकरिब यसो भनिसकेका छन्, “यदि कुनै प्रसिद्ध व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्छ भने, ऊ सबैभन्दा उच्च क्षमता भएको व्यक्ति हुनेछ। यदि उसलाई सिद्ध पार्न सकिँदैन भने, हाम्रो कुनै आशा हुँदैन। तिनीहरूको नजरमा त हामी केही पनि होइनौँ।” तिनीहरूको हृदय र नजरमा, परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू सांसारिक दुनियाँका प्रसिद्ध मानिसहरू, व्यवसायी र अधिकारीजति असल हुँदैनन्। केवल ती मानिसहरू मात्रै विशिष्ट हुन्छन्, र तिनीहरूको मात्रै वजन हुन्छ। तिनीहरूले भनेका कुराहरूको अर्थ बुझीहेर्दा, के तिनीहरू सत्यता पछ्याउने व्यक्ति हुन् त? (होइनन्।) तिनीहरूले जति नै धेरै प्रवचन सुने पनि, तिनीहरूका विचार र सोचहरू, संसारबारे तिनीहरूका रायहरू, र प्रसिद्ध मानिस र विशिष्ट व्यक्तिहरूबारे तिनीहरूका राय र विचारहरू परिवर्तन हुँदैनन्। के तिनीहरूले सत्यता पाएका हुन्छन् त? के तिनीहरूसँग जीवन प्रवेश हुन्छ त? (हुँदैन।) ती कस्ता व्यक्ति हुन् त? (गैरविश्‍वासी।) तिनीहरू गैरविश्‍वासी हुन्। तिनीहरू यहूदा र गद्दार हुन्! तिनीहरूको मनमा, परमेश्‍वर सर्वोच्‍च हुनुहुन्‍न र सत्यता पनि सर्वोच्‍च हुँदैन। बरू, सांसारिक शक्ति, इज्जत, प्रतिष्ठा र स्वार्थ सर्वोच्‍च हुन्छन्। तिनीहरू गद्दार हुन्। यी यहूदाका सोच र विचारहरू हुन्। यी मानिसहरूले सत्यता बुझ्ने सके पनि, तिनीहरूका सोच र विचारहरू परिवर्तन हुनेछैनन्। तिनीहरू प्रतिष्ठा, हैसियत र शक्ति पछ्याउँछन्। जब तँ यस्तो व्यक्तिको छेउछाउ हुन्छस्, उसले तँसँग बोल्दा गर्ने हाउभाउ सही हुँदैन, अनि त्यसले तँलाई यस्तो महसुस गराउँछ: यो व्यक्तिसँग नजिकिन गाह्रो छ, र उसको लागि औसत व्यक्ति अदृश्य हुन्छ। त्यसैले, तिनीहरू परमेश्‍वरबारे यति धेरै धारणाहरू राख्न सक्छन्। परमेश्‍वरले जति नै धेरै सत्यता व्यक्त गर्न सक्‍नुभए पनि, तिनीहरूको हृदयमा परमेश्‍वर र तिनीहरूबीच सधैँ छेकबार हुन्छ। तिनीहरू देहधारी परमेश्‍वरको सामान्य मानवता मामूली छ, र त्यति विशाल वा शक्तिमान्‌ छैन भन्ठान्छन्। त्यसैले तिनीहरू ज्ञान र प्रतिभाको श्रद्धा गर्न र महान् व्यक्तित्त्वहरूको पूजा गर्न सक्छन्। जब शैतानी स्वभावले भरिएका यस्ता अहङ्कारी, अहम्बाज, र अभिमानी मानिसहरूले सामान्य मानवतावाला र सत्यताले भरिपूर्ण ख्रीष्टलाई देख्छन्, तिनीहरूले कसरी पो उहाँसामु शिर झुकाउन र उहाँको आरधना गर्न सक्छन् र? भित्रभित्रै तिनीहरूले यस्तो सोच्छन्, “तपाईँ परमेश्‍वर हुनुहुन्छ। तपाईँसँग सत्यता मात्र छ, ज्ञान छैन। मसँग प्रतिभाहरू छन्; मेरो ज्ञान तपाईँको भन्दा विकसित छ; कामकुराहरू सम्हाल्ने मेरो क्षमता तपाईँको भन्दा राम्रो छ, र म बाहिरी संसारसँग तपाईँभन्दा राम्रोसँग बोल्न सक्छु।” जब तिनीहरूले मण्डलीमा केही काम गर्छन्, जब तिनीहरूसँग पुँजी हुन्छ, वा जब तिनीहरूले केही योगदान गर्छन्, तिनीहरू परमेश्‍वरलाई झन् कम ठान्छन्। के यी व्यक्तिहरू सत्यता पछ्याउने व्यक्ति हुन् त? (होइनन्।) सत्यता नपछ्याउने मानिसहरूले विभिन्न किसिमका घिनलाग्दा व्यवहार प्रदर्शन गर्छन्, र तिनीहरूमा थोरै पनि समझ हुँदैन। त्यसैले तिनीहरू प्राय: मानिस, घटना, र वस्तुका बाह्य दृश्यमा अल्झिन्छन्—तिनीहरू एकैछिनमा परमेश्‍वरलाई सही ठान्छन्, एकैछिनमा गलत ठान्छन्; एकैछिनमा परमेश्‍वर हुनुहुन्छ भन्ठान्छन्, एकैछिनमा परमेश्‍वर नै हुनुहुन्न भन्ठान्छन्; एकैछिनमा स्वर्ग र पृथ्वी र सबथोकमाथि अख्तियार हुने परमेश्‍वर नै हुनुहुन्छ भन्ठान्छन्, एकैछिनमा स्वर्ग र पृथ्वी र सबथोकमाथि परमेश्‍वरको अख्तियार हुन्छ भन्ने कुरामा शङ्का गर्छन्। तिनीहरूको हृदय सधैँ दोधार र सङ्घर्षरत हुन्छ। दोश्रो किसिमका यी व्यक्तिहरूले आत्मिक मामलाहरू र सत्यता एकदमै सतही रूपमा बुझ्छन्—जुन आफैमा केवल शब्द र धर्मसिद्धान्त हो, र यो अझै पनि थोरबहुत बोध क्षमता भएको कुरा हो—तिनीहरूले यसरी केही सत्यता बुझ्छन्, तर तिनको अभ्यास कहिल्यै गर्दैनन्। अनि, तिनीहरूका प्रकटीकरणहरू कस्ता हुन्छन्? कामको पछ्याइ, आशिष् पाउने पछ्याइ, आफ्नो अस्पष्ट विश्‍वास र आत्मिक भरणपोषण पूरा गर्ने पछ्याइ, र प्रतिष्ठा र हैसियतको पछ्याइ। दोश्रो किसिमका व्यक्तिहरू यिनै हुन्।

तेश्रो किसिमका मानिसहरू भनेका आत्मिक मामलाहरू बुझ्ने र सत्यता पछ्याउने मानिसहरू हुन्। आत्मिक मामलाहरू बुझ्ने मानिसहरूले परमेश्‍वरका वचनहरूले के भनिरहेका छन् भन्‍ने कुरा बुझ्न, परमेश्‍वरका वचनहरूमा खुलासा भएका विभिन्न स्थितिहरू लिएर आफूसँग तुलना गर्न र आफ्नो स्थितिमा समस्याजनक कुरा के छ भनी पहिचान गर्न सक्छन्। तर आफूसँग तुलना गर्न सक्ने हुँदैमा, तँ सत्यता पछ्याउने व्यक्ति हुन्छस् भन्ने हुँदैन। यदि तैँले आफूसँगका तुलना गरिसकेपछि, सत्यता अभ्यास गर्छस् र त्यसभित्र प्रवेश गर्छस् भने मात्र, तँ सत्यता पछ्याउने व्यक्ति हुन्छस्। यदि मानिसहरूले परमेश्‍वरका वचनहरू बुझ्न सक्छन्, र आफूले बुझेका परमेश्‍वरका वचनहरूका सिद्धान्तहरूलाई सत्यतामा प्रवेश गर्ने आधारको रूपमा प्रयोग गर्न सक्छन् भने, यस्ता मानिसहरूले सत्यता पछ्याउने सन्दर्भमा आफूलाई कसरी प्रकट गर्छन्? एउटा कुरा त, तिनीहरू परमेश्‍वरको आदेश स्विकार्न र आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्छन्। अर्को कुरा, तिनीहरू परमेश्‍वरले बन्दोबस्त गर्नुभएका परिस्थितिहरू सामना गर्दा सत्यता खोजी गर्न र आज्ञाकारीता हासिल गर्न सक्छन्। अर्को पक्ष भनेको तिनीहरूले आफ्नो दैनिक जीवनका स्थिति र प्रकटीकरणका हरेक पक्ष जाँच्नमा महत्त्व दिन्छन्, अनि त्यसपछि परमेश्‍वरका वचनहरूअनुसार आफूसँग तुलना गर्न र समस्याहरू सुल्झाउन सक्छन्, अनि हरेक मामला सम्हाल्ने तरिकामा सिद्धान्तपरक हुने, र हरेक मामलामा अभ्यासको मार्ग हुने विन्दुसम्म पुग्न सक्छन्। उदाहरणको लागि, अघिल्लोपल्ट मैले पावलका सात मुख्य पापहरू सङ्गति र चिरफार गरेँ, र तिमीहरू त्यसलाई आफूसँग तुलना गर्न, त्यसलाई साँच्चै बुझ्न, त्यसलाई अभ्यास गर्न र त्यसमा प्रवेश गर्न सक्‍ने भएको हुनुपर्छ। आफूसँग तुलना गर्ने कार्य र जीवन प्रवेश एकअर्कासँग घनिष्ट रूपमा गाँसिएका हुन्छन्। आफूसँग तुलना गर्न सक्नु भनेको जीवन प्रवेशको द्वार हो। तैँले त्यो द्वार पार गरेपछि कसरी प्रवेश गर्नेछस् भन्ने कुरा तैँले सत्यताको यो पक्ष बुझ्छस् बुझ्दैनस् भन्नेमा भर पर्छ। यदि तँ सत्यताको एउटा पक्ष बुझ्न सक्छस् भने, तँ वास्तविकताको एउटा पक्षमा प्रवेश गर्न सक्छस्, र जब तैँले सत्यताको दुइटा पक्ष बुझ्न सक्छस्, तँ वास्तविकताको दुइटा पक्षमा प्रवेश गर्न सक्छस्। यदि तैँले धर्मसिद्धान्त मात्र बुझ्छस् तर तँसँग प्रवेशका सिद्धान्तहरू छैनन् भने, तँ वास्तविकतामा प्रवेश गर्न सक्नेछैनस्। तसर्थ, तैँले पहिला धेरै सत्यताहरू बुझ्नु महत्त्वपूर्ण हुन्छ। अनि, तैँले ती सत्यताहरू कसरी बुझ्न सक्छस्? तैँले परमेश्‍वरका धेरै वचनहरू पढ्‍नुपर्छ, उहाँका वचनहरू मनन गर्नुपर्छ, ती र तेरो वास्तविक जीवन र तैँले निर्वाह गर्ने कर्तव्यहरूको सम्बन्ध पहिचान गर्नुपर्छ, अनि अभ्यासका सिद्धान्तहरू र अभ्यासको मार्ग भेट्टाउनुपर्छ। त्यसपछि, वास्तविकतामा प्रवेश गर्न सजिलो हुनेछ। यदि कुनै वास्तविक समस्याहरू छन् भने, तैँले तिनलाई परमेश्‍वरका वचनहरूको सान्दर्भिक पाठ्यांशसँग तुलना गरेर समाधान गर्नुपर्छ। यदि तँमा परमेश्‍वरबारे धारणा वा गलतफहमीहरू छन् भने, परमेश्‍वरका वचनहरूसँग तुलना गर्न, र ती धारणा वा गलतफहमीहरू कुन तरिकामा गलत छन्, र ती कुन प्रकृतिका समस्याहरू हुन् भनी खुट्ट्याउन सक्‍नु झनै बढी आवश्यक छ। तैँले यी समस्याहरू चिरफार गर्न, र त्यसपछि तिनलाई हल गर्न सम्बन्धित सत्यता खोजी गर्न सक्‍नुपर्छ। जीवन प्रवेशको मार्ग यही हो। पावलले कति धेरै काम काम गरे, तर के ऊसँग जीवन प्रवेशको मार्ग थियो त? बिल्कुलै थिएन। अनि, पावलका सात मुख्य पापहरूमध्ये पहिलो पाप के थियो? उसले मुकुटको पछ्याइ र आशिष्‌को पछ्याइलाई उचित उद्देश्य मान्यो। आशिष्‌को पछ्याइलाई उद्देश्य मान्नु कुन तरिकाले गलत हुन्छ? यो पूर्णत: सत्यताविरुद्ध जान्छ, र यो मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको इच्छाअनुरूप छैन। आशिषित हुनु मानिसहरूले पछ्याउने उचित उद्देश्य होइन, त्यसैले उचित उद्देश्यचाहिँ के हो त? सत्यता पछ्याउनु, स्वभाव परिवर्तनको खोजी गर्नु, र परमेश्‍वरका सबै योजनाबद्ध कार्य र बन्दोबस्तहरूलाई पालना गर्न सक्षम हुनु: मानिसहरूले खोजी गर्नुपर्ने उद्देश्यहरू यिनै हुन्। उदाहरणको लागि, मानौँ तँलाई काटछाँट गरिन्छ, अनि तँमा धारणा र गलतफहमीहरू पैदा हुन्छन्, र तँ आज्ञापालन गर्न असमर्थ बन्छस्। यसमा, तैँले किन आज्ञापालन गर्न सक्दैनस्? किनभने तँलाई तेरो गन्तव्य वा आशिषित हुने तेरो सपनामा चुनौती खडा भएको छ भन्‍ने लाग्छ। तँ नकारात्मक र व्याकुल बन्छस्, र आफ्‍नो कर्तव्यबाट उम्‍कने चेष्टा गर्छस्। यसको कारण के हो? तेरो खोजीमा एउटा समस्या छ। अनि, यसलाई कसरी समाधान गर्नुपर्छ? तैँले यी गलत विचारहरूलाई तुरुन्तै त्याग्‍नु जरुरी छ, र तेरो भ्रष्ट स्वभावको समस्या समाधान गर्न तुरुन्तै सत्यता खोजी गर्नु अनिवार्य छ। तैँले आफूलाई यसो भन्‍नुपर्छ, “मैले हरेस खानु हुँदैन, मैले अझै पनि परमेश्‍वरको सृष्टिले गर्नुपर्ने कर्तव्य पूरा गर्नुपर्छ, र आशिषित हुने मेरो इच्‍छालाई पन्छ्याउनुपर्छ।” जब तैँले आशिषित हुने इच्‍छा त्याग्छस्, र सत्यता पछ्याउने मार्ग हिँड्छस्, तेरो काँधबाट बोझ हट्छ। अनि के तँ अझै पनि नकारात्मकतामा रहन सक्नेछस् त? कहिलेकहीँ तँ अझै पनि नकारात्मक हुने भए पनि, तँ यसबाट बाधित हुँदैनस्, र आफ्‍नो हृदयमा, तँ प्रार्थना गरिरहन्छस् र लडिरहन्छस्, आशिषित हुने र गन्तव्य पाउने तेरो खोजीको उद्देश्यलाई सत्यताको खोजीमा परिणत गर्छस्, र तैँले मनमनै सोच्छस्, “सत्यताको खोजी गर्नु सृष्टि गरिएको प्राणीको कर्तव्य हो। आज निश्‍चित सत्यताहरू बुझ्‍नुजत्तिको महान् फसल अरू हुँदैन, यो नै सबैभन्दा ठूलो आशिष हो। यदि परमेश्‍वरले मलाई चाहनुहुन्‍न, र मैले राम्रो गन्तव्य पाउँदिनँ, अनि आशिषित हुने मेरो आशा चकनाचूर हुन्छ भने पनि, मैले अझै आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ, यसो गर्नु मेरो दायित्व हो। कारण जेसुकै भए पनि, यसले मेरो कर्तव्यपालनमा असर गर्नेछैन, यसले परमेश्‍वरको आज्ञा पूरा गर्नमा मलाई असर गर्नेछैन; म यही सिद्धान्तअनुसार व्यवहार गर्छु।” अनि के यसरी, तैँले देहका बन्धनहरूलाई पार गरेको हुँदैनस् र? कतिपयले भन्लान्, “म अझै नकारात्मक छु भने के गर्ने?” त्यसो भए, यसलाई हटाउन फेरि सत्यता खोजी गर्। तँ जति धेरैपटक नकारात्मक बने पनि, यदि तँ यसलाई हटाउन सत्यता खोजी गरिरहन्छस्, र सत्यताको खातिर परिश्रम गरिरहन्छस् भने, तँ बिस्तारै तेरो नकारात्मक अवस्थाबाट बाहिर आउनेछस्। अनि एक दिन, तँमा आशिष्‌हरू पाउने चाहना हुनेछैन र तँ तेरो गन्तव्य र परिणामद्वारा बाधित हुँदैनस्, अनि यी कुराबिना नै तैँले अझ सहज र स्वतन्त्र जीवन जिइरहेको अनुभूति गर्नेछस्। हरदिन आशिष्‌हरू र आफ्नो गन्तव्य प्राप्त गर्ने उद्देश्यले जिउने तेरो पहिलाको जीवन तँलाई थकाइलाग्दो लाग्‍नेछ। हरदिन आशिष्‌ पाउनका लागि बोल्नु, काम गर्नु र दिमाग खियाउनु—यसबाट अन्त्यमा तैँले के नै पाउनेथिस् र? यस्तो जीवनको के मूल्य छ? तैँले सत्यता पछ्याइनस्, बरु आफ्ना सबै सर्वोत्कृष्ट दिनहरू महत्त्वहीन कुराहरूमा खेर फालिस्। अन्त्यमा, तैँले कुनै सत्यता प्राप्त गरिनस्, र अनुभवको कुनै गवाहीबारे बताउन सकिनस्। तैँले आफूलाई मूर्ख बनाइस्, पूर्णतया बदनाम र असफल भइस्। अनि वास्तवमा यसको कारण के हो त? आशिष्‌हरू प्राप्त गर्ने तेरो नियत असाध्यै बलियो हुनु, तेरो परिणाम र गन्तव्यको सोचले तेरो हृदय ओगट्नु र तँलाई एकदमै बलियोसँग जकड्नु नै यसको कारण हो। तर जब तँ तेरा सम्भाव्यताहरू र नियतिको बन्धनबाट बाहिर आउने समय आउँछ, तैँले सबै थोकलाई पछि छोडेर परमेश्‍वरलाई पछ्याउन सक्‍नेछस्। तैँले कहिले ती कुरालाई पूरै त्याग्‍न सक्‍नेछस्? तेरो जीवन प्रवेश निरन्तर गहिरिँदै जाँदा, तैँले आफ्नो स्वभावमा परिवर्तन ल्याउनेछस्, र त्यही बेला तँ ती कुरा पूरै त्याग्‍न सक्षम हुनेछस्। कतिपयले भन्छन्, “म आफूले चाहेको बेला ती कुरा त्याग्‍न सक्छु।” के यो प्राकृतिक नियमसँग मेल खान्छ? (खाँदैन।) अरूले भन्छन्, “मैले यो सब रातारात पत्ता लगाएँ। म सामान्य व्यक्ति हुँ, बाँकी तिमीहरूजस्तो जटिल वा नाजुक छुइनँ। तिमीहरू असाध्यै महत्त्वाकाङ्क्षी छौ, जसबाट तिमीहरू मभन्दा गहन रूपमा भ्रष्ट छौ भन्‍ने देखिन्छ।” के परिस्थिति यही हो त? होइन। सबै मानवजातिसित एउटै भ्रष्ट प्रकृति छ, यसको गहनतामा कुनै अन्तर छैन। अन्तर भनेको तिनीहरूमा मानवता छ कि छैन, र तिनीहरू कस्ता प्रकारका व्यक्ति हुन् भन्‍ने मात्र हो। सत्यतालाई प्रेम गर्ने र स्विकार्नेहरू तुलनात्मक रूपमा आफ्नो भ्रष्ट स्वभावबारे गहिरो र स्पष्ट ज्ञान प्राप्त गर्न सक्षम हुन्छन्, अनि अरूले चाहिँ भूलवश यस्ता मानिसहरूलाई गहन रूपमा भ्रष्ट ठान्छन्। सत्यतालाई प्रेम नगर्ने वा नस्विकार्नेहरूले सधैँ आफू भ्रष्ट छैन, र अलिकति असल व्यवहार देखाएर आफूलाई पवित्र मानिस ठानिरहेका हुन्छन्। यो दृष्टिकोण अवश्य नै अमान्य छ—वास्तवमा, यो होइन कि तिनीहरूको भ्रष्टता सतही छ, बरु तिनीहरू सत्यता बुझ्दैनन् अनि तिनीहरूमा आफ्नो भ्रष्टताको सार र सत्यताबारे स्पष्ट ज्ञान छैन। सङ्क्षेपमा भन्‍नुपर्दा, परमेश्‍वरमा विश्‍वास गर्नका लागि सत्यता स्वीकार गर्नुपर्छ, अनि सत्यता अभ्यास गरेर वास्तविकतामा प्रवेश गर्नुपर्छ, र आफ्नो खोजीको गलत दिशा र मार्गलाई बदल्न सक्‍नुअघि, अनि आशिष्‌हरूको पछि लाग्‍ने र ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्ने समस्यालाई पूर्ण रूपमा समाधान गर्न सक्‍नुअघि, आफ्नो जीवन स्वभावमा परिवर्तनहरू हासिल गर्नुपर्छ। यसरी परमेश्‍वरबाट मुक्ति पाइन्छ र सिद्ध होइन्छ। मानिसलाई न्याय गर्न र शुद्ध पार्न परमेश्‍वरले व्यक्त गर्नुहुने सबै सत्यताले यही उद्देश्य लिएर काम गर्छन्।

अहिले, के तिमीहरूमध्ये कसैलाई अझै पनि परमेश्‍वर बन्ने चाहना छ? (छैन।) के यो चाहना नहुनुको कारण तैँले त्यस्तो दुस्साहस गर्नै नसकेर हो कि तँसँग आशा वा उचित पृष्ठभूमि र वातावरण नभएर हो? यो भन्न गाह्रो छ। सर्वप्रथम, यहाँ कसैले पनि परमेश्‍वर बन्ने इच्छालाई सक्रिय रूपमा पछ्याएको छैन भन्ने निश्‍चित भयो। तर विशेष परिस्थितिमा, यदि तेरो श्रद्धा, प्रशंसा र वाहवाही गर्ने र तँलाई स्याबासी दिने मानिसहरू हुन्थे, र तिनीहरूका नजरमा तेरो अहोदा हुन्थ्यो, र तिनीहरूले थाहै नपाई तँलाई सिद्ध र महान् छविको रूपमा स्थापित गर्थे भने—तिनीहरूले तँ परमेश्‍वर होस् भनी गवाही नदिए पनि, अनि तिनीहरूलाई तँ मानव नै होस् भन्ने थाहा भए पनि, तिनीहरू अझै पनि तेरो श्रद्धा गर्थे, तेरो आज्ञापालन गर्थे, अनि तँलाई परमेश्‍वरलाई झैँ व्यवहार गर्थे भने—तँलाई भित्र कस्तो महसुस हुनेथ्यो? के तैँले अत्यधिक आनन्द र सन्तुष्टि महसुस गर्नेथिनस् र? (गर्नेथेँ।) तँमा अझै पनि यो चाहना छ भन्ने पुष्टि गर्न यही नै काफी हुन्छ। भ्रष्ट स्वभाव हुने हरकसैमा परमेश्‍वर बन्ने चाहना हुन्छ। कुरा के मात्र हो भने, कसैले तँलाई परमेश्‍वरजसरी व्यवहार नगर्दा, तैँले योग्य महसुस गर्दैनस्। तर जब तैँले योग्य महसुस गर्छस्, र जब तँलाई वातावरण सही छ, र अवस्थाहरू उचित छन् भन्‍ने लाग्छ, तैँले आफूलाई त्यस स्थानमा उठाइहाल्नेछस्। अथवा, तैँले आफूलाई त्यसरी नउठाउन सक्छस्, तर जब अरू मानिसहरूले एकाग्र भई तँलाई माथि उठाउँछन्, के तँ अझै पनि नम्रै रहनेछस् त? तैँले त्यो उठाइ “विनासङ्कोच” स्विकार्नेछस्। यहाँ के भइरहेको छ? शैतानको प्रकृति मानिसहरूभित्र गहिरो रूपमा गडिसकेको छ, र यो समाधान भएको छैन—मानिसहरू कहिल्यै मानिस हुन चाहँदैनन्, तिनीहरू सधैँ परमेश्‍वर हुन चाहन्छन्। के व्यक्तिले चाहेरै ऊ परमेश्‍वर बन्न सक्छ त? शैतान सधैँ परमेश्‍वर बन्न चाहन्थ्यो, अनि त्यसलाई के भयो? त्यसलाई स्वर्गबाट धर्तीमा झारियो। परमेश्‍वर बन्‍न चाहेको कारण शैतानको नियति त्यस्तो भयो। मलाई भन त, म आफ्नो पहिचान, हैसियत र सारबारे कस्तो महसुस गर्छु? तिमीहरूलाई पक्कै थाहा छैन। म केही पनि महसुस गर्दिनँ; सबथोक एकदम सामान्य छ। देहधारी परमेश्‍वर विशेष वास्तविक र सामान्य हुनुहुन्छ। उहाँमा केही अलौकिक कुरा छैन, उहाँमा कुनै खास भावना छैन। तँलाई थाहा छ तैँले के सोच्छस्, र तँलाई थाहा छ तँलाई के मनपर्छ, तँ कुन परिवारमा जन्मिस्, तेरो उमेर कति भयो, तैँले कति शिक्षा पाइस्, र तँ कस्तो देखिन्छस्। तर के आफ्नो भित्री सार के हो त्यो थाहा हुनु सामान्य हो, कि त्यो थाहा नहुनुचाहिँ सामान्य हो? (त्यो थाहा नहुनु सामान्य हो।) यसबारे कुनै भावना नहुनु सामान्य हो। यसबारे भावना हुनु अलौकिक हुन्थ्यो। यो देहको कुरा हुन्थेन, र यो सामान्य मानवता हुन्थेन। अलौकिकता असामान्य हो। सधैँ असामान्य तरिकाले व्यवहार गर्ने र असामान्य भावना हुनेहरू दुष्टात्मा हुन्, नश्‍वर प्राणी होइनन्। केही मानिसहरू मलाई म को हुँ, थाहा छ छैन भनी सोध्छन्। मलाई भन त, के मलाई त्यो थाहा हुन्छ? के मैले त्यो थाहा पाउनुपर्छ? मसँग तर्क छ, अनि सामान्य मानवताका सोच्ने तरिकाहरू छन्। मलाई सामान्य सोचहरू आउँछन्, र मेरो देहको सामान्य दिनचर्या छ। ममा सामान्य मानवताको विवेक, तर्कसङ्गतता र समझ छ, अनि सामान्य मानवताको आत्मआचरण अँगाल्ने, मामलाहरू सम्हाल्ने र अरूसँग अन्तरक्रिया गर्ने सिद्धान्तहरू छन्। यी कुराहरू सब प्रस्ट छन्। अनि, कामकुराहरू कसरी गर्ने, फरकफरक मानिसहरूसित कसरी व्यवहार गर्ने, मानिसहरूलाई कसरी सहयोग गर्ने, र कुन मानिसहरूलाई सहयोग गर्ने भन्ने सन्दर्भमा, मसँग यी सबै सिद्धान्तहरू छन्। सामान्य मानवतामा जिउनु अनि आफूले गर्नुपर्ने कुराहरू गर्नु सामान्य मानवता हो। यसमा अलौकिक केही छैन। परमेश्‍वर अलौकिक कार्यहरू गर्नुहुन्न। मलाई थाहा नहुनु सामान्य हो। मलाई थाहा भएको भए, त्यसले समस्या पैदा हुनेथ्यो। अनि, किन समस्या पैदा हुनेथ्यो? यदि मलाई थाहा हुन्थ्यो भने, ममाथि बोझ हुनेथ्यो; धेरै मामलाहरू अल्झिएका हुन्थे, र ती एकअर्कासँग बेमेलको स्थितिमा हुन्थे। थाहा हुने त्यो पाटो देहको वा भौतिक संसारको होइन; त्यो अलौकिक कुरा हो, र त्यो यस संसारका मामलाहरूसँग मिल्दैन। त्यो त केही मानिसहरूले आत्मिक क्षेत्रमा हुने कुराहरू देख्न सकेजस्तै हो। तिनीहरू देहमा र भौतिक संसारमा जिउँछन्, तैपनि अमानव र अभौतिक संसार देख्छन्। तिनीहरू दुईवटा दुनियाँ देख्न सक्छन्, अनि केही आश्‍चर्यजनक कुराहरू बोल्न सक्छन्। यो सामान्य होइन। यसले अरू मानिसहरूको सोच र काममा असर पार्छ। तर परमेश्‍वरमा विश्‍वास गर्ने र सत्यता पछ्याउने मानिसहरूको हकमा कुरा गर्नुपर्दा, तिनीहरूले आत्मिक क्षेत्रका मामलाहरूबारे थोरबहुत जान्नु अझै पनि आवश्यक नै हुन्छ। मानिसहरूले थाहा पाउन सक्दै नसक्ने धेरै कुराहरू हुन्छन्, तर थाहा नहुनु वास्तवमा क्षतिचाहिँ होइन; थाहा हुनु वा नहुनु दुवै ठिकै हो। परमेश्‍वरले पहिले नै नश्‍वर प्राणीहरूले बुझ्न, थाहा पाउन र महसुस गर्न सक्ने कुराहरूको सीमा तोक्नुभएको छ। परमेश्‍वरले तैँले थाहा पाउनुपर्नेभन्दा एक वाक्य पनि कम बोल्नुहुन्न—उहाँले तँलाई सबथोक बताउनुहुन्छ, र तेरो ज्ञानमा कमी हुन दिनुहुन्न। तर उहाँले तैँले थाहा पाउन आवश्यक नभएका कुराहरूलाई पूर्ण रूपमा बन्द गरेर राख्‍नुहुन्छ। ती कुरा तँलाई बताएर, उहाँले तेरो मनमस्तिष्क खलबलाउनुहुनेछैन। अर्को पक्ष के हो भने, नश्‍वर प्राणीहरूको लागि, आत्मिक क्षेत्रका मामलाहरू रहस्यजस्तो, अनौठो घटनाजस्तो, वा छुट्टै संसारका मामलाहरूजस्तो हुन्छन्। मानिसहरूको हृदयमा त्यसबारे थोरै जान्ने चाह हुन्छ, तर यो ज्ञानले तैँले के नै गर्न सक्छस् र? के तँ यसलाई जाँच्न सक्छस् र? के तँ यसको एउटा अंश बन्न सक्छस्? आत्मिक क्षेत्रका कैयौँ मामलाहरू गोप्य हुन्छन् र समय आउनुअघि तिनको खुलासा गर्न मिल्दैन। यसमा कसैले पनि भाग लिन सक्दैन—थोरै जान्नु नै काफी हुन्छ। परमेश्‍वर यो संसार र मानवजातिमाथि सार्वभौम हुनुहुन्छ, र यहाँ धेरै रहस्यहरू छन्। हामीले परमेश्‍वरका वचन र सत्यताहरू, र उहाँको इच्छा बुझ्नुपर्छ; हामी सत्यता वास्तविकतामा प्रवेश गर्नुपर्छ, मानिसहरूको पहुँच हुने परमेश्‍वरको सबै सार्वभौमिकताप्रति समर्पित हुनुपर्छ, र त्यसलाई बुझ्नु र चिन्नुपर्छ, र त्यसपछि परमेश्‍वरको डर मान्ने बन्न र उहाँलाई तेरो सृष्टिकर्ता मान्‍न, र परमेश्‍वर सबथोकमाथि सार्वभौम हुनुहुन्छ भनी स्विकार्न सक्नुपर्छ, र अन्त्यमा, अय्यूबले बोलेका यी वचनहरू बोल्न सक्ने बन्‍नुपर्छ: “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। मानिसहरूले यस्तो नतिजा हासल गर्न के अनुभव गर्नैपर्छ? तिनीहरूले न्याय र सजाय, काँटछाँट, परीक्षा र शोधन अनुभव गर्नैपर्छ, अनि परमेश्‍वरले तयार गर्नुहुने हरेक खालको परिस्थिति अनुभव गर्नैपर्छ, र् त्यसबाट तिनीहरूले परमेश्‍वरका कार्यहरू र उहाँको स्वभाव चिन्‍नुपर्छ, र सृष्टिकर्ताको सार बुझ्‍नुपर्छ, अनि तिनीहरू आफू र आफूले पढेका परमेश्‍वरका वचन वा सुनेका प्रवचनहरूसँग तुलना गर्न सक्षम बन्‍नुपर्छ। अनि अन्त्यमा, परमेश्‍वरले तिनीहरूलाई जेजसरी व्यवहार गर्नुभए पनि, उहाँले लैजानुभए पनि वा दिनुभए पनि, तिनीहरूले परमेश्‍वरका कार्यहरूबारे उचित र सही बुझाइ पाउनेछन्, र सृष्टि गरिएका प्राणीहरूको तर्कसङ्गततासँग मिल्दो रूपमा ती कार्यहरूप्रति समर्पित हुन्छन् र तिनलाई स्वीकार गर्छन्। परमेश्‍वरको लक्ष्य यही पूरा गर्नु हो।

अब हामी हाम्रो आजको सङ्गतिको विषयतिर फर्कौँ। सत्यता पछ्याउने र सत्यता नपछ्याउने मानिसहरूका प्रकटीकरणहरू आधारभूत रूपमा यी तीन किसिमका हुन्छन्। मैले यी तीन किसिमका मानिसहरूबारे विस्तृत भिन्नता बताइसकेको छु: पहिलो किसिमका मानिसहरू आत्मिक बुझाइ नभएकाहरू हुन्; दोश्रो किसिमका मानिसहरू आत्मिक बुझाइ भएका तर सत्यता नपछ्याउनेहरू हुन्; अनि तेस्रो किसिमका मानिसहरू आत्मिक बुझाइ भएका र सत्यता पछ्याउनेहरू हुन्। यी तीन किसिमका मानिसहरूमध्ये, कुनचाहिँको सत्यता वास्तविकतामा प्रवेश गर्ने र मुक्ति पाउने आशा हुन्छ? (तेस्रो किसिमका मानिसहरूको।) कुन किसिमको व्यक्ति सत्यता वास्तविकतामा प्रवेश गर्ने, अर्थात् ऊ विकसित भएर सत्यता वास्तविकता भएको व्यक्तिमा परिणत हुने आशा हुन्छ? (दोश्रो किसिमको व्यक्ति।) के त्यसोभए पहिलो किसिमको व्यक्तिले वास्तवमै मृत्युदण्ड पाएको हो त? के आत्मिक बुझाइ नभएका मानिसहरू आत्मिक बुझाइ भएका वा आधा बुझाइ भएका मानिसहरूमा रूपान्तरित हुन सक्छन् त? आत्मिक बुझाइ नभएकाहरू आधा बुझाइ भएका मानिसहरू बन्न सक्ने अलिअलि आशा हुन्छ; यो आत्मिक बुझाइ हुँदै नहुनुभन्दा केही राम्रो हो। यी तीनै किसिमका मानिसहरूमध्ये, कसले मुक्ति पाउने सबैभन्दा धेरै आशा हुन्छ? (तेस्रो किसिमका मानिसहरूले।) अनि, दोश्रो किसिमका मानिसहरूले नि? (त्यो तिनीहरूको व्यक्तिगत पछ्याइमा भर पर्छ। यदि तिनीहरूले साँच्चै परिस्थिति बदल्‍न र पश्‍चात्ताप गर्न अनि सत्यता पछ्याउन सके भने, तिनीहरूले मुक्ति पाउने आशा हुन सक्छ।) म तिमीहरूसित प्रष्ट कुरा गर्न चाहन्छु। तिमीहरूले अझै पनि दोश्रो किसिमका व्यक्तिहरूबारे स्पष्टसित बुझेका छैनौ। दोश्रो किसिमका मानिसहरूमा आत्मिक बुझाइ हुनेभए पनि, तिनीहरू सबै सत्यता नपछ्याउने मानिसहरू हुन्, र यो महत्त्वपूर्ण कुरा हो। तिनीहरूमा आत्मिक बुझाइ भए पनि वा नभए पनि, जबसम्‍म तिनीहरूले सत्यता पछ्याउँदैनन्, तबसम्‍म कुनै हालतमा पनि तिनीहरूले मुक्ति पाउन सक्दैनन्। यहाँ म आत्मिक बुझाइ नभएका पहिलो किसिमका मानिसहरूबारे जोड दिन चाहन्छु। मानौँ कि तिनीहरूमा आत्मिक बुझाइ छैन, तर असल मानवता छ, र तिनीहरू परमेश्‍वरमा समर्पित हुन् इच्छुक छन्, परमेश्‍वरले भन्नुहुने हरेक कुरामा ध्यान दिन्छन्, अनि तिनीहरूको हृदय समर्पित हुने खालको छ—कुरा के मात्र हो भने सत्यताको कुरा आउँदा तिनीहरूमा बोध क्षमता नै हुँदैन—तर तिनीहरू परमेश्‍वरका केही वचनहरू बुझ्न सक्छन् र ती वचनहरूसँग आफूलाई तुलना गरेर ती अभ्यास र तिनमा प्रवेश गर्न सक्छन्। त्यस्ता मानिसहरूले मुक्ति पाउने आशा हुन्छ। केही समयसम्म त्यस्ता अनुभवहरू हुँदै गएपछि तिनीहरूले बिस्तारै आत्मिक बुझाइ प्राप्त गर्न थाल्छन्। तिनीहरू जति धेरै ध्यान लाएर परमेश्‍वरका वचनहरू पढ्छन्, पवित्र आत्माले तिनीहरूलाई उति नै बढी अन्तर्दृष्टि दिनुहुन्छ; तिनीहरूले परमेश्‍वरका वचनहरूबाट आफूले जे बुझ्छन् तिनलाई आफ्नै अवस्थासँग तुलना गर्न सक्छन्, परमेश्‍वरको काँटछाँट, न्याय, सजाय, परीक्षा र शोधन स्विकार्न, यसको लागि मूल्य चुकाउन र अन्त्यमा, आफ्नो स्वभावमा सोहीअनुसारको परिवर्तन हासिल गर्न सक्छन्। त्यस्तो व्यक्तिलाई पनि सत्यता पछ्याउने व्यक्ति मानिन्छ। तिनीहरू सत्यता पछ्याउने व्यक्ति मानिने भएकाले, के तिनीहरूसित मुक्ति पाउने आशा हुन्छ? (हुन्छ।) तिनीहरूसित आशा हुन्छ; यसैले, त्यस्ता व्यक्तिहरूलाई “मृत्यु” तर्फ पठाउन सकिँदैन। यसविपरीत, सत्यता बुझ्न सक्ने र आफैलाई त्यससँग तुलना गर्न सक्ने तर कहिल्यै त्यसमा प्रवेश नगरेकाहरूको नतिजा के हुनेछ त्यो भन्न गाह्रो छ। यो समस्याको जड के हो? (सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति।) यो सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति हो, जुन अनादर र तिरस्कार गर्ने किसिमको हुन्छ। “तिरस्कार” को अर्थ के हो? यसको अर्थ सत्यता स्वीकार नगर्नु हो; यसको अर्थ सत्यतालाई तुच्छ दृष्टिले हेर्नु हो। यसको अर्थ परमेश्‍वरका वचनहरूलाई सत्यताको रूपमा नस्विकार्नु, र तिनलाई गम्भीरतापूर्वक नलिनु हो। तिनीहरूले आफूले सुनेका कुरा जति नै धेरै बुझेका भए पनि, सत्यता अभ्यास गर्दैनन्; र, तिनीहरूले जुनै हदसम्म आफैलाई तीसँग तुलना गरे पनि र आफू कस्तो प्रकारको मानिस हुँ भनी जाने पनि, अझै पश्‍चात्ताप गर्दैनन्। तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नुको सबैभन्दा महत्त्वपूर्ण पक्ष सत्यता अभ्यास हो भन्ने थाहा भए पनि, तिनीहरूलाई “अभ्यास” भन्ने शब्द नै व्यर्थ हुन्छ। त्यस्ता मानिसहरूले मुक्ति पाउन सहज छैन।

अब, हामीले सत्यता पछ्याउनुलाई कसरी परिभाषित गर्नुपर्छ? सत्यता पछ्याउनु भनेको ठ्याक्कै के हो? मलाई कसले बताउन सक्छ? (परमेश्‍वरका वचनहरू स्विकार्न सक्नु, ती वचनहरू प्रयोग गरेर आफूमाथि चिन्तन गर्न र आफूसँग तुलना गर्न सक्नु, अनि जीवन प्रवेश पनि प्राप्त गरेको हुनु। यसलाई मात्र सत्यता पछ्याएको मान्न सकिन्छ।) सही हो। सत्यता स्विकार्न र अभ्यास गर्न सक्षम भएर मात्र सत्यता पछ्याउने व्यक्ति भइन्छ। यदि व्यक्तिले परमेश्‍वरका वचनहरू स्विकार्न र आफूमाथि चिन्तन गर्न सक्दैन भने, ऊसँग जीवन प्रवेश हुनेछैन, र ऊ सत्यता पछ्याउने व्यक्ति हुँदैन। तसर्थ, सत्यता पछ्याउनु र जीवन प्रवेशबीच प्रत्यक्ष सम्बन्ध हुन्छ। यदि व्यक्तिले धेरै वचन र धर्मसिद्धान्त बोल्न सक्छ, तर उसले कहिल्यै सत्यता पछ्याएको छैन, र ऊ परमेश्‍वरमा साँचो विश्‍वास राख्दैन भने, अनि यदि उसलाई केही कुरा परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्त हो, र त्यो परमेश्‍वरबाट आउँछ भन्ने स्पष्ट रूपमा थाहा भए पनि, ऊ समर्पित हुँदैन, बरु प्रतिरोध, आलोचना, र विद्रोह गरिरहन्छ, र अझै शैतानी दर्शनहरूअनुसार जिउँछ, र आफ्नै प्राथमिकताअनुसार काम गर्छ भने, ऊ सत्यता पछ्याउने व्यक्ति होइन। कतिपय मानिसहरूमा आत्मिक बुझाइ हुन्छ र तिनीहरू परमेश्‍वरका वचनहरू बुझ्न सक्छन्, तर सत्यतालाई प्रेम गर्दैनन्, र त्यसैले तिनीहरू सत्यता अभ्यास गर्दैनन्—त्यस्ता मानिसहरू सत्यता पछ्याउनेहरू होइनन्। केही मानिसहरू सत्यता पछ्याउन इच्छुक हुन्छन्, तर तिनीहरूको क्षमता अति नै कम हुन्छ, र तिनीहरू सत्यताको स्तरसम्म पुग्नै सक्दैनन्। फलस्वरूप, तिनीहरू परमेश्‍वरमा धेरै वर्षसम्म विश्‍वास गर्छन् तर सत्यता बुझ्नै सक्दैनन्। के यस्ता मानिसहरू सत्यता पछ्याउने मानिसहरू हुन् त? होइनन्। सत्यता नपछ्याउने मानिसहरूका मुख्य प्रकटीकरणहरू के हुन्छन्? सबैभन्दा सुरूको प्रकटीकरण के हो भने, तिनीहरू परमेश्‍वरका वचनहरू पढ्दैनन्, र तिनीहरू परमेश्‍वरलाई प्रार्थना गर्न इच्छुक हुँदैनन्, सङ्गति गर्नमा इच्छुक हुने त के कुरा गर्नु, तिनीहरू भेलामा सहभागी हुन वा प्रवचनहरू सुन्नसमेत इच्छुक हुँदैनन्। तिनीहरूले प्रवचन सुन्दा, हरेक वचन आफूप्रति लक्षित रहेको, र आफ्नो पर्दाफास गरिरहेको महसुस गर्छन्, र त्यसले तिनीहरूलाई फसेको र असहज भएको महसुस गराउँछ। त्यसैले, प्रवचन सुन्ने बेला हुँदा, सदैव तिनीहरू सुत्न वा बेकारको गफ गर्न चाहन्छन्। यस्ता मानिसहरू राम्रै सङ्ख्यामा हुन्छन्। तिनीहरू सत्यता स्विकार्न र प्राप्त गर्न, आफ्नो भ्रष्टता फाल्न, मानव स्वरूपमा जिउन, वा परमेश्‍वरबाट मुक्ति पाउन होइन, आशिषित हुन मात्र परमेश्‍वरमा विश्‍वास गर्छन्। समस्याको मूलजड के हो भने, तिनीहरू सत्यतालाई प्रेम गर्दैनन् र सत्यताप्रति चासो राख्दैनन्। तिनीहरू आशिष् पाउन मात्र परमेश्‍वरमा विश्‍वास गर्छन्। तिनीहरूको तृष्णाको मुख्य लक्ष्य नै त्यही हुन्छ। आशिष् पाउन तिनीहरू सेवा दिन र त्यागहरू गर्न सक्छन्, तर सत्यता स्विकार्न सक्दैनन् र सत्यताप्रति चासो राख्दैनन्। तिनीहरू सोच्छन्, धर्मसिद्धान्त बुझ्नु नै काफी छ, र अलि कम दुष्कर्म गरेको हुनु नै तिनीहरू बदलिएका हुनु हो, र त्यसअलावा तिनीहरूले सेवा दिएका, त्यागहरू गरेका र कष्ट सहेका हुनाले तिनीहरू आशिषित हुन योग्य छन्। परमेश्‍वरप्रतिको विश्‍वासबारे यही नै तिनीहरूको दृष्टिकोण हुन्छ। तसर्थ, तिनीहरूले जति धेरै वर्ष विश्‍वास गरे पनि, जति धेरै धर्मसिद्धान्त बुझेर प्रचार गर्न सके पनि, अनि तिनीहरूको मुखबाट सत्यताअनुरूपका जति धेरै वचनहरू निस्किए पनि, तिनीहरू सत्यता अभ्यास गर्न कहिल्यै सक्दैनन्, तिनीहरूले प्रकट गर्ने स्वभाव हठी, पक्षपाती र अनियन्त्रित नै रहन्छ, तिनीहरू हरमोडमा आफ्नै गौरव र हित रक्षा गर्छन्, तिनीहरू विशेष स्वार्थी र नीच हुन्छन्, अनि तिनीहरूले गाली खाँदा वा काँटछाँट भोग्दा पनि त्यो स्विकार्नै सक्दैनन्, र तिनीहरूमा रत्तीभर पनि समर्पण हुँदैन। त्यस्ता मानिसहरू मनपरी गर्छन्; तिनीहरू कुनै कार्य गर्नुअघि अरूसँग छलफल गर्दैनन्, र छलफल गरिहाले भने पनि, अरू कुनै विकल्प नहुँदा र औपचारिकताको लागि मात्र त्यसो गर्छन्—तिनीहरू घुमाउरो कुरा गर्छन्, सिधै बताउँदैनन्, र अन्त्यमा अरूलाई आफूले भनेकैअनुसार काम गराउँछन्। यस्तो कार्यशैलीमा कुन स्वभाव प्रकट हुन्छ? (छलीपन।) यो केवल छलीपन मात्र होइन; यसमा केही अझै बढी गम्भीर कुरा पनि हुन्छ। तिनीहरूले अरूलाई सुझाव दिँदा, र यी कुरा त परमेश्‍वरको घरका बन्दोबस्त हुन् भनी सम्झाउँदा र अरूलाई समर्पित हुन लगाउँदा, तिनीहरूका कुरा जति नै मिठो सुनिए पनि, तिनीहरू आफैचाहिँ यसरी कर्तव्य निर्वाह गर्दैनन्। त्यसको सट्टा, तिनीहरू हठी र विद्रोही हुन्छन्, र समर्पित हुँदैनन्, र तिनीहरू परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुनै सक्दैनन्। यसबाहेक, तिनीहरू अरूसँग अन्तरक्रिया गर्दा कसरी प्रकट हुन्छन्? तिनीहरू हरमोडमा फाइदा खोज्दै र आफ्नो व्यक्तिगत सम्बन्धहरू रक्षा गर्दै, दुनियाँसित व्यवहार गर्ने सांसारिक दर्शनहरूअनुसार कार्य गर्छन्। यस्ता मानिसहरूमा विशेष कपटी स्वभाव हुन्छ। यो कपट अन्त्यमा केमा पुग्छ? यो दुष्टतामा पुग्छ। सामान्यत: मानिसहरूले दुष्ट स्वभाव सजिलै चिन्दैनन्। दुष्ट स्वभाव भएका मानिसहरूले अरूसँग बोल्दा, सधैँ प्रलोभनमा पार्न र केही जान्न खोजिरहेका हुन्छन्। तिनीहरूले कुराहरू सिधै भन्दैनन्, र तिनीहरूले आफ्नो कुरा खुलाइहाले भने पनि, तिनीहरूको लक्ष्य तँलाई तेरो मन खोल्‍न लगाउने हुन्छ—तिनीहरू कहिल्यै आफ्नो वास्तविक कुरा खुलाउँदैनन्। कतिपय मानिसहरू भन्छन्, “तिनीहरू कहिल्यै आफ्नो वास्तविक कुरा खुलाउँदैनन् भनेर कसरी भन्न सक्नुहुन्छ? तिनीहरू सधैँ मानिसहरूसँग आफूले प्रकट गर्ने भ्रष्ट स्वभावबारे सङ्गति गरिरहेका हुन्छन्।” त्यो थोरै सङ्गतिको के अर्थ हुन्छ र? तिनीहरूले भित्रभित्रै साँच्‍चिकै के सोच्छन्, त्यो कसैलाई बताउँदैनन्। त्यसमाथि, तिनीहरू आफूलाई ढाकछोप गर्न र आफ्नो रूप बदल्न हरप्रकारका युक्ति र तरिकाहरू प्रयोग गर्छन् र मानिसहरूसामु आफ्नो झूठो छवि प्रस्तुत गर्छन्। यदि कसैले तिनीहरू साँच्चै कस्ता हुन् भन्‍ने कुरा, र तिनीहरूले गरेका खराब कुराहरूबारे थाहा पाए भने, तिनीहरूले नाटक गर्छन् र पश्‍चात्तापका केही वचनहरू बोल्छन्, र मानिसहरूलाई तिनीहरूले पश्‍चात्ताप गरिसके र आफूलाई बदलिसके भन्‍ने विश्‍वास दिलाउन भ्रामक तरिकाहरू अपनाउँछन्। यदि तिनीहरूले फेरि केही खराबी गरे र तिनीहरूका खराब कार्यहरू पर्दाफास भयो, र मानिसहरूले तिनीहरू वास्तवमै दुष्ट रहेको देखे भने, तिनीहरूले आफ्नो दिमाग खियाउँछन् र यो कुरा ढाकछोप गर्न र मानिसहरूलाई अझै पनि तिनीहरूलाई ब्रदर-सिस्टरजसरी नै व्यवहार गरिरहने बनाउन हरतरिका सोच्छन्। यो कस्तो स्वभाव हो? यो दुष्ट स्वभाव हो। यस्तो खालको दुष्ट स्वभाव भएका मानिसहरूले कुनै पनि तरिकामा सत्यता नस्विकार्ने मात्र होइन, तिनीहरू त नाटक गर्न पनि सिपालु हुन्छन्, र तिनीहरूले सधैँ आफ्नो बचाउ गर्ने वा आफूलाई सही ठहराउने चलाख तरिका अपनाउँछन्। तिनीहरू ढोँगी फरिसीहरू हुन्। यस्तो किसिमको व्यक्तिले सबैभन्दा डर मान्ने कुरा भनेकै मानिसहरूले सत्यता सङ्गति गर्नु, आफूलाई चिन्न र चिरफार गर्न हृदय खोल्नु, वा कुनै मामलाको सत्य तथ्य खुलासा गर्नु र त्यसबाट आफ्नो पर्दाफास गर्नु हो। जब कसैले सत्यता सङ्गति गर्छ, तिनीहरू विशेष झर्को मान्छन् र सुन्न चाहँदैनन्; तिनीहरूको हृदयले प्रतिरोध गर्छ र मुड अफ हुन्छ। यसले तिनीहरू सत्यताप्रति प्रतिकूल रहेको भद्दा पक्षको पूर्ण खुलासा गर्छ। सत्यता बुझ्ने तर अभ्यास नगर्नेबाहेक, यस किसिमको व्यक्तिमा अर्को समस्या पनि हुन्छ, र त्यो के हो भने, तिनीहरूमा सकारात्मक कुरा र सही दृष्टिकोणहरूप्रति, र विशेषगरी सत्यताअनुरूपका वचनहरूप्रति प्रतिरोध र उपेक्षाको मनोवृत्ति हुन्छ। कुनै पनि सकारात्मक कुरा वा सत्यताअनुरूपका कुनै पनि वचनहरूको कुरा आउँदा, त्यो तिनीहरूले असल मान्ने कुरा होइन भने वा त्यो तिनीहरूले नभई अरू कसैले बोलेको हो भने, तिनीहरू त्यसलाई स्विकार्दैनन्। यो कस्तो स्वभाव हो? बेवकुफी, हठीपन, र मूर्खता। कुनै व्यक्ति सत्यताको पछि लाग्छ कि लाग्दैन भनेर तैँले कसर मूल्याङ्कन गर्नुपर्छ? मुख्य कुरा, तिनीहरूले सामान्यत: कर्तव्यपालन र कार्यहरू गर्दा के प्रकट र प्रदर्शन गर्छन् त्यो हेर्नुपर्छ। यसबाट, तैँले व्यक्तिको स्वभाव देख्‍न सक्छस्। तैँले उसको स्वभावबाट उसले आफूलाई बदलेको छ कि छैन वा कुनै जीवन प्रवेश हासिल गरेको छ कि छैन भनेर देख्‍न सक्छस्। यदि कसैले काम गर्दा भ्रष्ट स्वभाव मात्र प्रकट गरिरहन्छ र ऊसँग कुनै पनि सत्यता वास्तविकताहरू छैनन् भने, ऊ निश्‍चय नै सत्यता पछ्याउने व्यक्ति होइन। के सत्यताको पछि नलाग्‍ने व्यक्तिहरूले जीवन प्रवेश प्राप्त गर्छन्? अहँ, पक्कै पनि गर्दैनन्। तिनीहरूले जेसुकै नै गरे पनि, तिनीहरूले दिनहुँ गर्ने कामकुराहरू, तिनीहरूको दौडधुप, खर्चाइ, कष्ट, तिनीहरूले चुकाउने मूल्य, ती सबै सेवा दिनलाई हुन्, र तिनीहरू सेवाकर्ता हुन्। कुनै व्यक्तिले जति नै धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको भए पनि, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको उसले सत्यतालाई प्रेम गर्छ कि गर्दैन भन्‍ने हो। कुनै व्यक्तिले कुन कुरालाई प्रेम गर्छ र ऊ केको पछि लाग्छ भन्‍ने कुरा उसलाई सबैभन्दा बढी के गर्न मन पर्छ त्यसबाट देख्‍न सकिन्छ। यदि कुनै व्यक्तिले गर्ने धेरैजसो कामकुरा सत्यता सिद्धान्त र परमेश्‍वरका मापदण्डअनुरूप छन् भने, यो व्यक्ति सत्यतालाई प्रेम गर्ने र पछ्याउने व्यक्ति हो। यदि उसले सत्यता अभ्यास गर्न सक्छ, र उसले दैनिक गर्ने कामकुरा उसको कर्तव्य पालनमा पर्छन् भने, ऊसँग जीवन प्रवेश र सत्यता वास्तविकता छन्। केही निश्‍चित मामिलामा उसका कार्यहरू उचित नहोलान्, वा उसले सत्यता सिद्धान्तहरू सही तरिकाले नबुझ्ला, वा उसमा यसबारे जिद्दी पूर्वाग्रह होला, वा कहिलेकाहीँ ऊ अहङ्कारी र आत्मधर्मी बन्ला, आफ्नै तरिकामा जोड देला, र सत्यता स्वीकार गर्न चुक्ला, तर पछि ऊ पश्‍चात्ताप गर्न र सत्यता अभ्यास गर्न सक्षम हुन्छ भने, यसले निस्सन्देह ऊसँग जीवन प्रवेश छ र ऊ सत्यता पछ्याउँछ भन्‍ने प्रमाणित गर्छ। यदि कसैले कर्तव्य निर्वाह गर्ने क्रममा केवल भ्रष्टता, झूटले भरिएको मुख, अभिमान, आसक्ति, र अति घमण्ड प्रकट गर्छ, आफूलाई जे मन लाग्यो त्यही, आदि इत्यादि गर्छ भने, र उसले परमेश्‍वरमा विश्‍वास गरेको जति नै वर्ष भए पनि वा जति नै धेरै प्रवचन सुने पनि, यदि अन्त्यमा यी भ्रष्ट स्वभावहरू अलिकति पनि परिवर्तन हुँदैनन् भने, यो अवश्यै सत्यता पछ्याउने व्यक्ति होइन। परमेश्‍वरमा वर्षौँदेखि विश्‍वास गर्ने मानिसहरू धेरै छन्, जो बाहिरबाट हेर्दा दुष्कर्मी लाग्दैनन्, र जसमा केही असल व्यवहारसमेत हुन्छन्। तिनीहरू निकै उत्कटतासाथ परमेश्‍वरमा विश्‍वास गर्छन्, तर तिनीहरूको जीवन स्वभाव फिटिक्‍कै परिवर्तन हुँदैन, र तिनीहरूसँग बाँड्नको लागि अलिकति अनुभवात्मक गवाहीसमेत हुँदैन। के यस्ता मानिसहरू दयनीय होइनन् र? परमेश्‍वरमा यत्तिका वर्ष विश्‍वास गरेपछि पनि तिनीहरूसँग अलिकति अनुभवात्मक गवाहीसमेत हुँदैन। तिनीहरू अवश्यै सेवाकर्ता हुन्। तिनीहरू साँच्‍चै दयनीय छन्! छोटकरीमा, कुनै व्यक्तिले सत्यता पछ्याउँछ पछ्याउँदैन र ऊसँग जीवन प्रवेश छ छैन भनी मूल्याङ्कन गर्न, तैँले तिनीहरूले प्रकट गर्ने र अभिव्यक्त गर्ने स्वभाव र सारलाई, र तिनीहरूको स्वभावमा केही बदलाव आएको छ कि भनी हेर्नुपर्छ। सधैँ शब्द र सिद्धान्तहरू बोल्ने, र ढाकछोप र धूर्ततामा संलग्न हुने कुरा धेरै समयसम्म टिक्दैन। तिनीहरूले अरूलाई झुक्याउने नभई, आफूलाई हानि मात्र पुऱ्याउँछन्। सत्यता नस्विकार्ने र सत्यता नपछ्याउनेहरूको ढिलोचाँडो खुलासा हुनेछ र तिनीहरूलाई हटाइनेछ। सत्यता स्विकार्ने र अभ्यास गर्नेहरूले मात्र जीवन प्रवेश पाउन र स्वभाव परिवर्तन गर्न सक्‍नेछन्।

मैले जीवन प्रवेश भनेको के हो, सत्यता पछ्याउनु भनेको के हो भन्‍नेबारे, र सत्यता पछ्याउने व्यक्तिहरूका विभिन्न प्रकटीकरणहरूबारे सङ्गति गरिसकेको छु। मानिसहरूले यी कुरालाई आफूसँग तुलना गर्न प्रयोग गर्नुपर्छ, अनि तिनीहरूले सत्यता बुझेपछि त्यसलाई अभ्यास गर्नुपर्छ। परमेश्‍वरमा विश्‍वास गर्ने अधिकांश मानिसहरूको सबैभन्दा ठूलो कठिनाइ के हो? त्यो के हो भने, तिनीहरू सत्यता बुझ्छन् तर अभ्यास गर्दैनन्। तिनीहरूले परमेश्‍वरका वचनहरू पढेपछि तिनलाई आफूसँग तुलना गर्न र आफूबारे केही ज्ञान पाउन सक्छन्, तैपनि किन तिनीहरू सत्यता अभ्यास गर्न सक्दैनन्? अधिकांश मानिसहरूले त कारण नै भेट्टाउन सक्दैनन्। उदाहरणको लागि, सबै मानिसहरूमा अहङ्कारी स्वभाव हुन्छ—तिनीहरू सबै विशेष अहङ्कारी र आत्मधर्मी हुन्छन्। अधिकांश मानिसहरू यो चिन्न सक्‍ने हुन्छन्, तर के तिनीहरू आफ्नो अहङ्कार प्रकट नगर्न सक्छन् त? यस्तो उपलब्धि गर्नु सजिलो छैन। तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्दा, तिनलाई आफूसँग तुलना गर्न, आफूमा भ्रष्ट स्वभाव छ, र आफूसँग अभ्यासको मार्ग छ भनी स्विकारे पनि, गाह्रो कुरा के हो भने, तिनीहरूले प्राय: जे गर्दा पनि तिनीहरूका आफ्नै प्राथमिकता, अभिप्राय, र लक्ष्य हुन्छन्, र यी सब तिनीहरूका भ्रष्ट स्वभावसँग जोडिएका हुन्छन् भनी देख्न सक्दैनन्। तिनीहरूले यी कुराहरू खुट्ट्याउन सिक्नुपर्छ, र सत्यता बुझ्‍नुपर्छ, समाधान गर्नुपर्ने कुरा समाधान गर्नुपर्छ, र त्याग्नुपर्ने कुरा त्याग्नुपर्छ। त्यो भन्नाले, तिनीहरूले अबउप्रान्त आफ्ना अभिप्राय, चाहना, गौरव, हैसियत, र स्वार्थको खातिर काम गर्नु हुँदैन। तिनीहरूले आफ्नो दुष्कर्मको क्रम रोक्नुपर्छ, र आफ्नो स्वार्थको खातिर अर्को एउटा वाक्य पनि बोल्नु र अर्को एउटा कार्य पनि गर्नु हुँदैन। तैँले यसो गरिस् भने, पश्‍चात्तापको हृदय पाइसकेको हुनेछस्, र आफ्नो नकारात्मक पक्ष रूपान्तरित गर्न थालिसकेको हुनेछस्। यदि तैँले थप पहल गरिस् भने, र आफ्नो खातिर नबोल्नेबाहेक, तैँले आफ्नो चिरफार गर्दै दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो अहङ्कारी स्वभावको प्रकटीकरण देख्‍न दिन सकिस्, र तिनीहरूले त्यसबाट केही सिक्न, केही शिक्षा लिन, केही लाभ पाउन, र अभ्यासको मार्ग भेट्टाउन सके भने, त्यो अझै राम्रो हुनेछ। यसमा गाह्रो कुरा के हो? यो कि, आफ्ना सबै अभिप्राय, लक्ष्य, अभिलाषा, चाहना र स्वार्थहरू त्याग्न, आफ्नो खातिर कामकुराहरू नगर्न, र आफ्नो खातिर आफूलाई व्यस्त नबनाउन वा भागदौड नगर्न गाह्रो हुन्छ। पावलले आफ्नो दौड पूरा गरिसकेँ भनेको थियो। ऊ यो दौड कसको लागि दौडिरहेको थियो? (ऊ आशिष् र मुकुट प्राप्त गर्न त्यो दौड दौडेको थियो।) तर पावलले कुरो बुझेको थिएन। उसले पक्कै अझै पनि आफ्नो खातिर नभई परमेश्‍वरकै खातिर र परमेश्‍वरकै आज्ञा पूरा गर्न त्यो दौड दौडिरहेको छु भन्‍ने सोचिरहेको थियो। त्यसैले उसले त्यस्तो घमण्डी र निर्लज्ज भई आफ्नै प्रदर्शन गर्न र आफ्नै गवाही दिने दुस्साहस गऱ्यो। उसले स्पष्ट रूपमा आफ्नै बचाउ र आफ्नै स्पष्टीकरण गरिरहेको थियो। यो कुरा उसले उसको लागि त जिउनु भनेकै ख्रीष्ट हो भन्ने गवाही दिइरहेको थियो भन्ने सर्वोत्तम प्रमाण हो। ऊ खुल्लमखुल्ला आफ्नै गवाही दिइरहेको थियो र सत्यताको प्रतिरोध गरिरहेको थियो; उसले सत्यताको निन्दा गरिरहेको थियो। अहिले पावललाई श्रद्धा गर्ने, र अभिलाषा र चाहनाहरूले हृदय भरिएका धेरै मानिसहरू छन्, जो आफ्नै लागि गवाही दिन चाहन्छन्: “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले विश्‍वासलाई कायम राखेको छु: अबदेखि मेरो लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। यसो गरेर, के तिनीहरूले आफ्ना चाहना र अभिलाषाहरूलाई खुला छोडेका छैनन् र, अनि तिनलाई निरन्तर फुल्‍लिन दिँदै हरेक परिस्थितिमा तिनलाई प्रकट गरेर तिनलाई पूरा हुन दिएका छैनन् र? यदि तँ आफ्ना चाहनाहरूबाट पार पाउन सक्दैनस् भने, तेरा लागि सब सिद्धिसक्यो; तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्नेछैनस्। यो समस्याको चाबी के हो? (हामीले आफ्नो अभिप्रायविरुद्ध विद्रोह गर्नुपर्छ।) आफ्नो अभिप्रायविरुद्ध विद्रोह गर्नु भनेको अभ्यास गर्ने नकारात्मक तरिका हो। तैँले अरू मानिसहरूको खुलासा गरेजस्तै सक्रिय रूपमा तिनको खुलासा गर्न सक्‍नुपर्छ। यदि तैँले यस्तो केही भनिस् रे, “म तिमीहरूलाई मेरो बारे सत्यता बताउँछु: ममा अत्यधिक अभिलाषाहरू छन्, र म तिमीहरूलाई जित्न चाहन्छु। अहिले म तिमीहरूसामु हृदय खोलिरहेको छु। म देहविरुद्ध विद्रोह गर्न इच्छुक छु; म शैतानको मतियार बन्‍नेछैनँ। मैले यसरी आफ्नो खुलासा गर्नुको लक्ष्य भनेको तिमीहरूले मेरो श्रद्धा नगर भनी तिमीहरूलाई मेरो साँचो रूप प्रस्टसित देखाउनु हो।” यदि तैँले यसो भनिस् भने—यस्तो अभ्यासको तरिकाको नतिजा के हुन्छ? सबैले पक्कै तेरो सराहना गर्नेछन्। के हरकिसिमका नीच रणनीति प्रयोग गरेर पाएको श्रद्धा र उच्च सम्मानभन्दा यो धेरै राम्रो हुन्थेन र? (हुन्थ्यो।) कमसेकम यो सकारात्मक छ। तर सबैले तेरो केही सराहना गरे पनि, तिनीहरूले तँलाई नजर उठाएर पनि हेर्ने हून् कि? केहीले हेर्न सक्छन्, तर तैँले तिनीहरूलाई त्यस्तो व्यवहार त्यागाउने तरिकाहरू पत्ता लगाउनुपर्छ। तैँले सधैँ यसो भन्दै आफ्नो खुलासा गर्, “म पनि विद्रोही छु, र मेरो विद्रोहीपन तिमीहरूको भन्दा गम्भीर छ। म छली र दुष्ट पनि छु। त्यो बेला मैले बोल्दा, मेरो मनमा एउटा लक्ष्य थियो, र त्यो तिमीहरूलाई मेरो आदर गराउने र मलाई तुच्छ नठान्ने बनाउने भन्‍ने थियो।” यो सुनेपछि तिनीहरू सबैले हृदयमा तँलाई तुच्छ नठान्ने मात्र होइन, तेरो झन् बढी सम्मान पनि गर्नेछन्। यो अभ्यास गर्ने निष्कपट तरिका हो। सत्यतालाई प्रेम गर्ने मानिसहरूले मात्र यस्तो गर्छन्; सत्यतालाई प्रेम नगर्ने मानिसहरू जेसुकै भए पनि यस्तो गर्न सक्दैनन्। यदि, तँ आफ्नो हृदयमा यसो गर्नु एकदमै असल र ठूलो सौभाग्य हो, र यसले परमेश्‍वरलाई प्रसन्न पार्छ भन्ने सोच्छस्, र यसरी कार्य गर्ने आकाङ्क्षा राख्छस् भने; यदि तेरो हृदयमा यसो गर्नुपर्छ र यस्तो खालको व्यक्ति बन्नुपर्छ भन्ने प्रबल चाहना छ भने—एक यस्तो व्यक्ति जो निष्कपट र इमानदार छ अनि उसले भनेको कुरामा कुनै झुट पाउन सकिन्न, एक यस्तो व्यक्ति जो पूर्ण रूपमा आफ्नो भ्रष्ट स्वभावविरुद्ध विद्रोह गर्छ र शैतानलाई त्याग्छ—त्यस्तो व्यक्ति बन्‍ने प्रबल चाहना छ भने, त्यसपछि मात्र तँ ज्योतिमा जिउने व्यक्ति बन्नेछस्। अनि, यदि तँ यस्तो खालको व्यक्ति बन्नतर्फ तानिन्छस् र त्यस्तो बन्‍न मन पराउँछस् भने, तैँले सत्यतालाई प्रेम गर्न, सत्यतामा प्रवेश गर्न र शैतानका कुराहरू त्याग्न सक्नेछस्। तर यदि तँ अझै आफ्नो अभिप्राय, लक्ष्य, अभिलाषा, चाहना, र स्वार्थहरूमै रूचि राख्छस्, र तँमा ज्ञान, ख्याति, नाफा, र हैसियत पछ्याउने लगाव अझै बाँकी छ भने, यी कुराहरूको लागि तेरो हृदयमा अझै ठाउँ छ। अनि, तँ भन्छस्, “मेरो उचित हैसियत नहुन्जेल आराम गर्न देऊ, अनि त्यसपछि हेरौँला।” यो भनेको आफूलाई तृप्त पार्नु र आफूविरुद्ध पूर्ण रूपमा विद्रोह गर्न नसक्नु हो। आफूलाई यसरी तृप्त पार्दा, तेरो जीवन प्रवेश सुस्त बन्छ, अनि देहका आनन्द र हैसियतका लाभहरू चाहने तेरा समस्याहरू नसुल्झिबसेका हुने मात्र नभई, ती झन् बढ्दो रूपमा ढीठ भइबसेका समेत हुन्छन्। त्यसोभए, के तेरा हृदयमा भएका शैतानका कुराहरू पूर्ण रूपमा पखाल्न सकिन्छ त? के तेरो जीवन अनुभव अझै गहिरिन, र तेरो जीवन अझै वृद्धि भइरहन सक्छ त? के तँ अझै पनि परमेश्‍वरद्वारा सिद्ध पारिन सक्छस् त? तँ पहिले नै देहका आनन्दहरूमा डुबिसकेको छस्, र हैसियतका लाभहरूले तँलाई कसेर बाँधिसकेका छन्—यस्तोमा के तँ अझै पनि ती कुराबाट मुक्त हुन सक्छस् त? तँ ती कुराबाट मुक्त हुन चाहँदैनस्; अनि, क्रमिक रूपमा तँ मानिसहरूलाई झुक्काउने व्यक्ति बन्छस्। त्यो समस्याजनक हुनेछ, र तेरो पाप गम्भीर बन्‍नेछ। पावललाई अन्त्यमा भएका कुराहरू किन भए? किनकि उसले सत्यता पछ्याउँदै पछ्याएन। उसले सधैँ आफ्नो आदर्श र तृष्णा पछ्यायो, अनि परमेश्‍वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्न चाह्यो, ताकि तिनीहरू सबैले उसलाई पछ्याउन्, र उसले चाहेजस्तै गरून्। उसले कडा परिश्रम र मूल्य चुकाउने कार्य प्रयोग गरी परमेश्‍वरसँग सौदा गर्न अनि इनाम र मुकुट पाउन चाह्यो। अन्तत: उसले परमेश्‍वरबाट सजाय पायो। यदि कसैले ठ्याक्कै पावलकै मार्ग पछ्याउँछ भने, उसलाई मद्दत गर्न सकिँदैन र ऊ पूर्ण रूपमा सक्‍किसकेको हुन्छ। ठ्याक्कै पावलजस्तै रहेको हरेक व्यक्ति ख्रीष्टविरोधी हुन्छ, जसले जेसुकै भए पनि पश्‍चात्ताप गर्दैन। यदि तँमा पावलमा भएका केही अवस्थाहरू मात्र छन्, तर तैँले पछ्याउने लक्ष्य पावलको भन्दा अलि फरक छ भने, तैँले तुरुन्तै पश्‍चात्ताप गर्नुपर्छ, अनि सायद तँ बेलैमा बच्‍न सक्छस्। यदि तँ पावलले गरेजस्तै कार्य गर्छस्, पावलको श्रद्धा गर्छस्, अनि तँ ठ्याक्कै पावलजस्तै छस् भने, तँ गैरविश्‍वासी मात्र होइनस्, तँ त परमेश्‍वर र ख्रीष्टसमेत बन्न चाहन्छस्। के यो परमेश्‍वरको बराबर बन्न चाहनु होइन र? तँ तेरो हृदयमा स्वर्गको अस्पष्ट परमेश्‍वरलाई पूज्छस्; तँ ख्रीष्टको बराबर बन्न चाहन्छस्, अनि आफ्ना प्रतिभा र ज्ञानलाई जीवन मान्छस्, र अनुचित पछ्याइहरूलाई उचित ठान्छस्। तैँले पछ्याउने लक्ष्यहरू, र तैँले पछ्याउने तौरतरिका झन्झन् पावलको झैँ हुँदै छन्, र पावलका पछ्याइहरूसँग झन्झन् बढी मिल्दैछन्। यसले तेरो लागि समस्या निम्त्याउँछ; तँ पूर्णतया आशाहीन छस् र तैँले मुक्ति पाउन सक्दैनस्। तैँले पत्रुसले गरेझैँ गर्नुपर्छ र सत्यता पछ्याउने मार्ग पछ्याउनुपर्छ, देहविरुद्ध पूर्ण रूपमा विद्रोह गर्नुपर्छ, र शैतानका कुराहरूविरुद्ध विद्रोह गर्नुपर्छ, र त्यसपछि मात्रै तैँले मुक्ति पाउने आशा हुनेछ। के अब तिमीहरूसँग मुक्ति पाउने मार्ग छ त? (निरन्तर आफ्नो खुलासा गरिरहने र आफूलाई त्याग गर्ने।) सर्वप्रथम, तैँले आफ्ना व्यक्तिगत अभिप्राय, लक्ष्य, अभिलाषा, र चाहनाहरू त्याग्‍नुपर्छ। तैँले सक्रिय रूपमा पछ्याए पनि, वा नकारात्मक र निष्क्रिय रूपमा पछ्याए पनि, यी कुराहरू त्याग्‍नुपर्छ र समर्पित हुन सिक्‍नुपर्छ। यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। आफूलाई केही आइपर्दा, यदि तैँले कुनै निश्‍चित तरिकाले कार्य गर्ने निर्णय गरिस् भने, सुरुमा तैँले आफूले केको लागि यो तरिकाले कार्य गर्दै छु भनेर मूल्याङ्कन गर्नुपर्छ। यदि त्यो गौरव र हैसियतको लागि हो भने, त्यहीँ रोक्‍की, अनि त्यो कार्यतर्फ बढिरहेको तेरो कदम सुस्त पार्। अनि, तैँले प्रार्थना गर्नुपर्छ: “परमेश्‍वर, म यो गर्न इच्छुक छैनँ। म यसविरुद्ध विद्रोह गर्न चाहन्छु, तर ममा तागत छैन। कृपया मलाई तागत दिनुहोस्, मेरो रक्षा गर्नुहोस् र मेरो दुष्कर्मलाई तुरुन्तै त्यहीँ रोकिदिनुहोस्।” त्यसपछि, थाहै नपाई, तँसँग तागत हुनेछ। कहिलेकाहीँ पापमाथि जित हासिल गर्ने, देहविरुद्ध विद्रोह गर्ने, र आफ्नो भ्रष्ट स्वभावविरुद्ध विद्रोह गर्ने मानिसहरूको क्षमता तिनीहरूको चाहना र इच्छा, र सत्यतालाई प्रेम गर्ने तिनीहरूको आकाङ्क्षाबाट आउँछ। कहिलेकाहीँ, यसको लागि परमेश्‍वरको काम, र परमेश्‍वरमाथिको भरपराइ आवश्यक पर्छ—मानिसहरूले परमेश्‍वरलाई छोड्‍नु हुँदैन। कहिलेकाहीँ तैँले सत्यता बुझ्छस्, तँसँग पछ्याउने मार्ग हुन्छ, अनि सोच्छस् कि तँ स्वतन्त्र भएर जिउन सक्छस्, तर जब तेरो सामना नयाँ परिस्थितिहरूसँग हुन्छ, तँलाई कसरी अभ्यास गर्ने भन्ने थाहै हुँदैन—तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र उहाँमा भर पर्नुपर्छ। मानिसहरूको जीवन उतारचढावले भरिएको हुन्छ। यो भन्न सकिन्छ कि मानिसहरू परमेश्‍वरविना हुन कहिल्यै सक्दैनन्। तिनीहरूले जति नै धेरै सत्यता बुझे पनि, उहाँलाई छोड्न सक्दैनन्। तिनीहरूमा जति नै धेरै नकारात्मकता वा निष्क्रियताका क्षणहरू आए पनि, अन्तत: तिनीहरूले परमेश्‍वरको नेतृत्त्व र अगुवाइ छोड्न सक्दैनन्। तँ जति धेरैपटक परमेश्‍वरमा समर्पित हुन्छस्, त्यति नै धेरै तेरा सत्यता वास्तविकताहरू बढ्नेछन्। तेरा सत्यता वास्तविकताहरू बढ्दै जानुले तेरो जीवन प्रवेश झन्झन् गहिरिँदै गएको सङ्केत गर्छ। तेरो जीवन प्रवेश अझ गहिरिनु भनेको तेरो स्वभाव झन्झन् परिवर्तन हुनु हो। जब तेरो स्वभाव धेरै परिवर्तन भएको हुन्छ, यसको अर्थ तैँले कद पाएको हुन्छस्। तेरो कदले तेरो जीवन प्रवेश प्रतिनिधित्व गर्छ। तँसँग कद भएपछि, तैँले भ्रष्ट स्वभावको तँमाथिको नियन्त्रण र बन्धनमाथि जित हासिल गर्न सक्छस्, अनि पापमाथि जित हासिल गर्ने तेरो क्षमता बढ्नेछ, र तेरो हृदयमा तागत हुनेछ। तँमा केवल भावात्मक चाहना, आशा र आकाङ्क्षा मात्र हुनेछैन; तँ यो तहमा अल्झिरहनेछैनस्। बरू, तँ माथि उठ्नेछस्, र परिपक्व बन्नेछस्, र सत्यता र मानवता भएको व्यक्ति बन्नेछस्। यो सत्यता पछ्याउने मार्ग हो, र यो सत्यता पछ्याउनुको नतिजा पनि हो। के तिमीहरूले यो दिशा देख्न सक्छौ त? के तिमीहरूले आशा देख्न सक्छौ? (सक्छौँ।) त्यो राम्रो कुरा हो।

जीवन प्रवेश कहिल्यै नटुङ्गिने प्रक्रिया हो। तैँले जीवन प्रवेशबाट लाभ पाउन र परिवर्तित हुन जीवनभर अनुभव गर्नुपर्छ। यदि तँ अझै पनि देहका आनन्द र हैसियतका लाभहरूको तृष्णा गर्छस् भने, तँ सत्यता पछ्याउने मार्ग हिँडिस् नै भने पनि, तँ त्यसैगरी लरबराउने र असफल हुनेछस्। अहिले तेरो मार्ग सही छ, र तैँले आफ्नो दिशा भेट्टाएको छस्। तैँले गलत, निष्क्रिय, विपरीत र नकारात्मक कुराहरूलाई स्पष्टसित खुट्ट्याइसकेको छस्। यी कुराहरू र तेरो बीच सीमा छ। जहाँसम्‍म सकारात्मक कुराहरूको कुरा छ, तैँले ती कुराहरू पनि बुझेको छस्, र ती कुराबाट धेरै प्राप्ति गरेको छस्, र तँ ती कुराहरू धेरै बुझ्न र स्विकार्न सक्ने भइसकेको छस्। गलत, दुष्ट र नकारात्मक कुरा र कार्यहरूलाई खुट्टाइसकेपछि, अब गर्न बाँकी रहने भनेको ती कुराहरूलाई आफ्नो हृदयबाट पूर्ण रूपमा निकालेर फाल्न, तिनलाई पूर्ण रूपमा त्याग्न र तीविरुद्ध विद्रोह गर्न, र त्यसपछि सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्न मात्र हो। यस तरिकाले, तँसँग जीवन प्रवेश हुनेछ। जीवन प्रवेश वास्तवमा त्यति गाह्रो हुँदैन; यो त बस तैँले सत्यतालाई साँच्चै प्रेम गर्छस् गर्दैनस् भन्नेमा मात्र भर पर्छ। यदि तँ साँच्चै सत्यतालाई प्रेम गर्छस् भने, यी नकारात्मक कुराहरूले तँलाई पराजित गर्न सक्नेछैनन्। तँ केही समय निष्क्रिय र कमजोर होलास्, तर अझै पनि तँ अघि बढिरहन सक्नेछस्। यदि तँ सत्यतालाई प्रेम गर्दैनस्, वा सत्यतालाई त्यति प्रबल रूपम प्रेम गर्दैनस्, र बाहिरी औपचारिकता पूरा गर्न, आफूलाई थोरै अर्पित गर्न र आफ्नो अलिकति दिन, र कर्तव्य निभाउन छिटो उठ्न र ढिलो सुत्न सक्षम हुन मात्र ध्यान दिन्छस् भने; यदि तँ सेवा प्रदान गर्ने चरणमै झुलिरहन्छस्, सत्यताको बुझाइ प्राप्त गर्न वा वास्तविकतामा प्रवेश गर्न चाहँदैनस्, र बस परमेश्‍वरको लागि आफूलाई अर्पित गर्न र थप ठूला अपराध नगर्नमै सन्तुष्ट हुन्छस्, र तँ गतिहीन बन्छस् र अघि बढ्दैनस् भने, यो सबको परिणाम के हुनेछ? तैँले परमेश्‍वरको अनुमोदन किमार्थ पाउनेछैनस्। यदि तँ तेरो सत्यता पछ्याइलाई सफल बनाउन चाहन्छस्, अनि साँच्चै जीवन प्राप्त गर्न चाहन्छस् भने, यो सरल कुरा होइन। तैँले आफ्नो स्वार्थ त्याग्‍नुपर्छ र ख्याति, लाभ, हैसियत, आशिष्, मुकुट वा इनाम पछ्याउनेजस्ता तेरा सब अनुचित पछ्याइहरू त्याग्‍नुपर्छ। यी सब कुराहरू त्याग्‍नैपर्छ। यदि तँ साँच्चै सत्यतालाई प्रेम गर्छस् र परमेश्‍वरका वचनहरू मनन गर्नमा आनन्द लिन्छस् भने, तेरो निम्ति जीवन प्रवेश कठिन कुरा हुनेछैन। जबसम्म तैँले सत्यता बुझ्छस्, तबसम्‍म तँसँग स्वत: मार्ग हुनेछ, र तँलाई त्यति धेरै कठिनाइ हुनेछैन।

जून २१, २०१८

अघिल्लो: पावलको प्रकृति सार कसरी पहिचान गर्ने

अर्को: आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्‍वरमा विश्‍वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (१)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्