अभ्यास (४)

आज मैले कुरा गरेको शान्ति र आनन्द तैंले विश्‍वास गरेको र बुझेको जस्तो शान्ति होइन। तँ शान्ति र आनन्द भनेको दिनभरि खुसी रहनु, तेरो परिवारमा रोग वा विपत्ति नहुनु हो, तेरो हृदयमा अलिकति पनि शोक नभई सधैँ खुसी रहनु र तेरो जीवन जुन हदसम्‍म विकास भएको भए पनि आनन्दको अवर्णनीय अनुभूति हुनु हो भनी सोच्छस्। त्यो तेरो छोरालाई हुर्काउनु र उसलाई विश्‍वविद्यालयमा भर्ना गर्नु बाहेकको कुरा हो। यी कुरालाई मनमा राखेर, तैँले परमेश्‍वरसित प्रार्थना गरिस् र परमेश्‍वरको अनुग्रह कति महान् छ भनी देखेर तँ कानदेखि कानमा ङिच्च परेर हाँस्दै अति आनन्दित भइस्, र परमेश्‍वरलाई धन्यवाद दिन रोकिँदैनस्। यस्तो शान्ति र आनन्द पवित्र आत्माको उपस्थितिबाट आउने साँचो शान्ति र आनन्द होइन। बरु, यो देहको सन्तुष्टिबाट प्राप्त हुने शान्ति र आनन्द हो। आज कुन युग हो त्यो तैंले बुझ्नुपर्छ; यो अनुग्रहको युग होइन, र अब यो तैँले रोटीले आफ्‍नो पेट भर्न प्रयास गर्ने समय होइन। तँ धेरै आनन्दित होलास्, किनकि तेरो परिवारको निम्ति सबै कुरा राम्रो भइरहेको हुन्छ, तर तेरो जीवनले अन्तिम सास फेर्दैछ—र यसरी तेरो आनन्द जति नै ठूलो भए पनि, पवित्र आत्मा तँसँग हुनुहुन्न। पवित्र आत्माको उपस्थिति प्राप्त गर्नु सरल कुरा हो: तैंले जे गर्नुपर्छ त्यो ठीकसँगले गर्, मानवको कर्तव्य र कार्य राम्रोसँग पूरा गर्, र तेरा कमी-कमजोरीहरू सुधार गर्न आफैलाई आवश्यक कुराहरूले सुसज्जित पार्। यदि तँमा सधैँ आफ्नो जीवनको लागि बोझ छ र परमेश्‍वरको सत्यता बुझेको वा परमेश्‍वरको वर्तमान कामलाई बुझेकोमा खुसी छस् भने त्यो साँच्चै पवित्र आत्माको उपस्थिति प्राप्त गर्नु हो। वा, यदि तैंले कसरी सामना गर्नुपर्छ भनी नजानेको समस्या सामना गर्नु पर्दा, वा तैंले सङ्गति गरेको सत्यता नबुझेकोले कहिलेकहीँ तँ चिन्ताले ग्रस्त हुन्छस् भने त्यसले पवित्र आत्मा तेरो साथमा हुनुहुन्छ भन्ने प्रमाण दिन्छ। यी जीवनको अनुभवका सामान्य अवस्थाहरू हुन्। तैंले पवित्र आत्माको उपस्थिति र अभाव बीचको भिन्नतालाई बुझ्नुपर्छ, र यसको बारेमा रहेको तेरो दृष्टिकोणमा अत्याधिक सरल हुनु हुँदैन।

आफ्नो गवाहीमा दृढ भएर खडा हुनु भनेको के हो? केही व्यक्तिहरूले अहिले गरिरहे जस्तै पछ्याउँछौं र उनीहरू जीवन प्राप्त गर्न सक्षम छन् कि छैनन् भन्ने वास्ता गर्दैनन् भनी भन्छन्; तिनीहरू जीवनको खोजी गर्दैनन्, तर तिनीहरू पछि पनि हट्दैनन्। तिनीहरू कामको यो चरण मात्र परमेश्‍वरले नै गर्नुहुन्छ भन्‍ने कुरालाई स्वीकार गर्छन्। के यो तिनीहरूको गवाहीमा असफल हुनु होइन र? त्यस्ता मानिसहरूले आफूलाई विजय गरिएको गवाही पनि दिँदैनन्। जितिएका मानिसहरूले अरू सबै कुराहरूको बाबजुत पनि पछ्याउँछन् र जीवनको खोजी गर्न सक्छन्। तिनीहरूले व्यावहारिक परमेश्‍वरमा विश्‍वास मात्र गर्दैनन्, तर परमेश्‍वरका सबै प्रबन्धहरू पछ्याउन पनि जान्दछन्। गवाही दिनेहरू त्यस्तै व्यक्तिहरू हुन्। गवाही नदिनेहरू कहिल्यै पनि जीवनको पछि लागेका हुँदैनन् र अझै पनि अस्तव्यस्त भएर पछ्याइरहेका हुन्छन्। तैँले पछ्याउँछस् होला, तर त्यसको अर्थ तँ जितिएको छस् भन्ने हुँदैन, किनकि तँलाई परमेश्‍वरको आजको कामको कुनै ज्ञान छैन। विजय गरिनको लागि केही सर्तहरू पूरा गर्नुपर्दछ। पछ्याउनेहरू सबै जितिन सक्दैनन्, किनकि आजका परमेश्‍वरलाई किन पछ्याउनुपर्छ भन्‍ने बारेमा तैँले आफ्नो हृदयमा केही पनि बुझ्दैनस्, न त तँलाई आजको दिनसम्म तँ कसरी आइपुगिस्, कसले तँलाई आजको दिनसम्‍म सहायता गर्‍यो सो कुरा नै जान्दछस्। केही व्यक्तिहरूको परमेश्‍वरमाथिको विश्‍वासको अभ्यास सधैँ अन्धाधुन्ध र अलमल्ल किसिमको हुन्छ; त्यसैले पछ्याउनुको अर्थ तँसित गवाही छ भन्ने हुँदैन। वास्तवमा, साँचो गवाही भनेको के हो? यहाँ कुरा गरिएको गवाहीका दुई भाग छन्: एउटा जितिएको गवाही हो, र अर्कोचाहिँ सिद्ध पारिएको गवाही हो (जुन स्वाभाविक रूपमा भविष्यको ठूला परीक्षाहरू र महासंकष्ट पछि हुनेछ)। अर्को शब्दमा, यदि तँ महासंकष्ट र परीक्षाहरूमा दृढ भएर खडा हुन सकिस् भने, तैंले गवाहीको दोस्रो चरण धारण गरेको हुनेछस्। आजको लागि महत्त्वपूर्ण भनेको गवाहीको पहिलो चरण नै हो: हरेक सजाय र न्यायको परीक्षाको अवधिमा दृढ भई खडा हुन सक्षम हुनु। विजय गरिनुको गवाही यही हो। किनकि विजयको समय अहिले नै हो। (पृथ्वीमा परमेश्‍वरले काम गर्नुहुने समय अहिले नै हो भन्‍ने कुरालाई तैँले याद गर्नुपर्छ; पृथ्वीमा देहधारी परमेश्‍वरको मुख्य काम भनेको मानिसहरूको यो समूहलाई जित्नु हो जसले न्याय र सजायबाट भएर जाँदा उहाँलाई पछ्याउँछ।) तैँले गवाही दिन सक्छस् कि सक्दैनस् भन्ने कुरा तैँले अन्त्यसम्म पछ्याउन सक्छस् कि सक्दैनस् भन्ने कुरामा मात्र निर्भर नभएर, त्योभन्दा अझ महत्त्वपूर्ण कुरा, तैँले परमेश्‍वरको कामको प्रत्येक चरण अनुभव गर्ने क्रममा, तैँले परमेश्‍वरको सजाय र न्यायलाई साँचो रूपमा बुझ्‍न सक्छस् कि सक्दैनस्, र तैंले यो सारा कामलाई साँचो रूपमा बुझ्छस् कि बुझ्दैनस् भन्ने कुरामा निर्भर हुन्छ। तँ अन्त्यसम्म पछ्याएर मात्र उम्कन सक्दैनस्। तँ प्रत्येक सजाय र न्यायको अवधिमा स्वेच्छाले समर्पित हुन सक्नुपर्छ, तैंले अनुभव गर्ने कामको प्रत्येक चरणलाई साँच्चै राम्ररी बुझ्न सक्नुपर्छ, अनि परमेश्‍वरको स्वभावको ज्ञान र आज्ञापालन प्राप्त गर्न सक्नुपर्छ। विजय गरिनुको अन्तिम गवाही यही हो, जुन गवाही तैँले दिनुपर्छ। विजय गरिनुको गवाहीले मुख्य रूपमा देहधारी परमेश्‍वर सम्बन्धी तेरो ज्ञानलाई सङ्केत गर्दछ। अत्यन्त महत्त्वपूर्ण कुरा, गवाहीको यो चरण परमेश्‍वरको देहधारणको निम्ति हो। तैंले संसारका मानिसहरू वा अधिकार प्रयोग गर्ने व्यक्तिहरूका अगाडि के गर्छस् वा के भन्छस् भन्ने कुराको महत्त्व हुँदैन; सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, तैँले परमेश्‍वरका मुखबाट निस्केका सबै वचनहरू र उहाँका सबै कामहरूलाई पालन गर्न सक्छस् कि सक्दैनस्। त्यसकारण, गवाहीको यो चरण शैतान र परमेश्‍वरका सबै शत्रुहरूप्रति निर्देशित हुन्छ—परमेश्‍वर दोस्रो पटक देह बन्नुहुनेछ र अझ महान् काम गर्न आउनुहुनेछ भनी विश्‍वास नगर्ने, यसबाहेक, परमेश्‍वर देहमा आउनुभएको तथ्यलाई पनि विश्‍वास नगर्ने भूतात्माहरू र शत्रुहरूप्रति निर्देशित हुन्छ। अर्को शब्दमा भन्दा, यो सम्पूर्ण ख्रीष्ट-विरोधीहरूमा निर्देशित हुन्छ—परमेश्‍वरको देहधारणमा विश्‍वास नगर्ने सबै शत्रुहरूप्रति। कतिपय मानिसहरू पवित्र आत्माले तिनीहरूमा सधैँ काम गरिरहनुभएको छ भनी भन्छन्। यो असम्भव छ। यदि तिनीहरूले पवित्र आत्मा सधैँ उनीहरूको साथमा हुनुहुन्छ भनी भन्छन् भने त्यो यथार्थ परक हुनेथियो। यदि तिनीहरूले आफ्‍ना सोचविचार र चेतना सधैँ सामान्य छन् भनी भन्छन् भने त्यो पनि यथार्थ परक हुनेछ र त्यसले पवित्र आत्मा तिनीहरूसँग हुनुहुन्छ भनी देखाउनेथियो। यदि पवित्र आत्माले तिनीहरूमा सधैँ काम गरिरहनुभएको छ, तिनीहरूले परमेश्‍वरबाट अन्तर्दृष्टि पाएका छन् र प्रत्येक क्षण पवित्र आत्माद्वारा छोइएका छन् र हरसमय नयाँ ज्ञान प्राप्त गर्दछन् भनी भन्छन् भने, त्यो कुनै पनि हालतमा सामान्य कुरा होइन! यो पूर्ण रूपमा अलौकिक हो! त्यस्ता मानिसहरू दुष्टात्माहरू हुन् भन्‍नेमा कुनै शङ्का छैन! परमेश्‍वरका आत्मा देहमा आउनुहुँदा समेत, कहिलेकहीँ उहाँले खानु र विश्राम गर्नुपर्दछ भने—मानिसको बारेमा त झन् केही नभने हुन्छ। दुष्ट आत्माहरूद्वारा ग्रस्त मानिसहरूमा देहको कुनै कमजोरी नभएको जस्तो देखिन्छ। तिनीहरूले सबै थोक छोड्न र त्याग्न सक्छन्, तिनीहरू भावनाबाट मुक्त हुन्छन्, यातना सहन सक्ने हुन्छन् र अलिकति पनि थकान महसुस गर्दैनन्, मानौं तिनीहरूले शरीरलाई पार गरिसकेका छन्। के यो अत्यन्त अलौकिक होइन र? दुष्टात्माहरूको काम अलौकिक हुन्छ—कुनै पनि मानिसले त्यस्तो कुरा हासिल गर्न सक्दैन! विवेकको कमी हुनेहरू त्यस्ता मानिसहरूलाई देख्दा ईर्ष्यालु हुन्छन्: परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा तिनीहरूसित जोश छ, ठूलो विश्‍वास छ भनी तिनीहरू भन्छन्, र कमजोरीको सानोभन्दा सानो चिन्‍ह समेत कहिल्यै देखाउँदैनन्! वास्तवमा ती सबै दुष्ट आत्माको कामका प्रकटीकरणहरू हुन्। किनकि, सामान्य मानिसहरूसित अपरिहार्य रूपमा नै मानवीय कमजोरीहरू हुन्छन्; जोसँग पवित्र आत्माको उपस्थिति हुन्छ तिनीहरूमा हुने सामान्य अवस्था यही नै हो।

आफ्नो गवाहीमा दृढ भएर खडा हुनु भनेको के हो? केही व्यक्तिहरूले अहिले गरिरहे जस्तै पछ्याउँछौं र उनीहरू जीवन प्राप्त गर्न सक्षम छन् कि छैनन् भन्ने वास्ता गर्दैनन् भनी भन्छन्; तिनीहरू जीवनको खोजी गर्दैनन्, तर तिनीहरू पछि पनि हट्दैनन्। तिनीहरू कामको यो चरण मात्र परमेश्‍वरले नै गर्नुहुन्छ भन्‍ने कुरालाई स्वीकार गर्छन्। के यो तिनीहरूको गवाहीमा असफल हुनु होइन र? त्यस्ता मानिसहरूले आफूलाई विजय गरिएको गवाही पनि दिँदैनन्। जितिएका मानिसहरूले अरू सबै कुराहरूको बाबजुत पनि पछ्याउँछन् र जीवनको खोजी गर्न सक्छन्। तिनीहरूले व्यावहारिक परमेश्‍वरमा विश्‍वास मात्र गर्दैनन्, तर परमेश्‍वरका सबै प्रबन्धहरू पछ्याउन पनि जान्दछन्। गवाही दिनेहरू त्यस्तै व्यक्तिहरू हुन्। गवाही नदिनेहरू कहिल्यै पनि जीवनको पछि लागेका हुँदैनन् र अझै पनि अस्तव्यस्त भएर पछ्याइरहेका हुन्छन्। तैँले पछ्याउँछस् होला, तर त्यसको अर्थ तँ जितिएको छस् भन्ने हुँदैन, किनकि तँलाई परमेश्‍वरको आजको कामको कुनै ज्ञान छैन। विजय गरिनको लागि केही सर्तहरू पूरा गर्नुपर्दछ। पछ्याउनेहरू सबै जितिन सक्दैनन्, किनकि आजका परमेश्‍वरलाई किन पछ्याउनुपर्छ भन्‍ने बारेमा तैँले आफ्नो हृदयमा केही पनि बुझ्दैनस्, न त तँलाई आजको दिनसम्म तँ कसरी आइपुगिस्, कसले तँलाई आजको दिनसम्‍म सहायता गर्‍यो सो कुरा नै जान्दछस्। केही व्यक्तिहरूको परमेश्‍वरमाथिको विश्‍वासको अभ्यास सधैँ अन्धाधुन्ध र अलमल्ल किसिमको हुन्छ; त्यसैले पछ्याउनुको अर्थ तँसित गवाही छ भन्ने हुँदैन। वास्तवमा, साँचो गवाही भनेको के हो? यहाँ कुरा गरिएको गवाहीका दुई भाग छन्: एउटा जितिएको गवाही हो, र अर्कोचाहिँ सिद्ध पारिएको गवाही हो (जुन स्वाभाविक रूपमा भविष्यको ठूला परीक्षाहरू र महासंकष्ट पछि हुनेछ)। अर्को शब्दमा, यदि तँ महासंकष्ट र परीक्षाहरूमा दृढ भएर खडा हुन सकिस् भने, तैंले गवाहीको दोस्रो चरण धारण गरेको हुनेछस्। आजको लागि महत्त्वपूर्ण भनेको गवाहीको पहिलो चरण नै हो: हरेक सजाय र न्यायको परीक्षाको अवधिमा दृढ भई खडा हुन सक्षम हुनु। विजय गरिनुको गवाही यही हो। किनकि विजयको समय अहिले नै हो। (पृथ्वीमा परमेश्‍वरले काम गर्नुहुने समय अहिले नै हो भन्‍ने कुरालाई तैँले याद गर्नुपर्छ; पृथ्वीमा देहधारी परमेश्‍वरको मुख्य काम भनेको मानिसहरूको यो समूहलाई जित्नु हो जसले न्याय र सजायबाट भएर जाँदा उहाँलाई पछ्याउँछ।) तैँले गवाही दिन सक्छस् कि सक्दैनस् भन्ने कुरा तैँले अन्त्यसम्म पछ्याउन सक्छस् कि सक्दैनस् भन्ने कुरामा मात्र निर्भर नभएर, त्योभन्दा अझ महत्त्वपूर्ण कुरा, तैँले परमेश्‍वरको कामको प्रत्येक चरण अनुभव गर्ने क्रममा, तैँले परमेश्‍वरको सजाय र न्यायलाई साँचो रूपमा बुझ्‍न सक्छस् कि सक्दैनस्, र तैंले यो सारा कामलाई साँचो रूपमा बुझ्छस् कि बुझ्दैनस् भन्ने कुरामा निर्भर हुन्छ। तँ अन्त्यसम्म पछ्याएर मात्र उम्कन सक्दैनस्। तँ प्रत्येक सजाय र न्यायको अवधिमा स्वेच्छाले समर्पित हुन सक्नुपर्छ, तैंले अनुभव गर्ने कामको प्रत्येक चरणलाई साँच्चै राम्ररी बुझ्न सक्नुपर्छ, अनि परमेश्‍वरको स्वभावको ज्ञान र आज्ञापालन प्राप्त गर्न सक्नुपर्छ। विजय गरिनुको अन्तिम गवाही यही हो, जुन गवाही तैँले दिनुपर्छ। विजय गरिनुको गवाहीले मुख्य रूपमा देहधारी परमेश्‍वर सम्बन्धी तेरो ज्ञानलाई सङ्केत गर्दछ। अत्यन्त महत्त्वपूर्ण कुरा, गवाहीको यो चरण परमेश्‍वरको देहधारणको निम्ति हो। तैंले संसारका मानिसहरू वा अधिकार प्रयोग गर्ने व्यक्तिहरूका अगाडि के गर्छस् वा के भन्छस् भन्ने कुराको महत्त्व हुँदैन; सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, तैँले परमेश्‍वरका मुखबाट निस्केका सबै वचनहरू र उहाँका सबै कामहरूलाई पालन गर्न सक्छस् कि सक्दैनस्। त्यसकारण, गवाहीको यो चरण शैतान र परमेश्‍वरका सबै शत्रुहरूप्रति निर्देशित हुन्छ—परमेश्‍वर दोस्रो पटक देह बन्नुहुनेछ र अझ महान् काम गर्न आउनुहुनेछ भनी विश्‍वास नगर्ने, यसबाहेक, परमेश्‍वर देहमा आउनुभएको तथ्यलाई पनि विश्‍वास नगर्ने भूतात्माहरू र शत्रुहरूप्रति निर्देशित हुन्छ। अर्को शब्दमा भन्दा, यो सम्पूर्ण ख्रीष्ट-विरोधीहरूमा निर्देशित हुन्छ—परमेश्‍वरको देहधारणमा विश्‍वास नगर्ने सबै शत्रुहरूप्रति।

परमेश्‍वरको बारेमा सोच्नु र परमेश्‍वरको तिर्सना गर्नुले तँ परमेश्‍वरद्वारा जितिएको छस् भन्‍ने प्रमाणित गर्दैन; यो तैंले उहाँ देह बन्नुभएका वचन हुनुहुन्छ भनी विश्‍वास गर्छस् कि गर्दैनस्, वचन देहधारी हुनुभएको छ भनी विश्‍वास गर्छस् कि गर्दैनस्, र परमेश्‍वरका आत्मा वचन बन्नुभएको छ भन्‍ने कुरामा विश्‍वास गर्छस् कि गर्दैनस्, र वचन देहमा प्रकट हुनुभएको छ भनी विश्‍वास गर्छस् कि गर्दैनस् भन्ने कुरामा निर्भर हुन्छ। मुख्य गवाही यही हो। तैँले कसरी पछ्याउँछस् त्यो महत्त्वपूर्ण छैन, न त तैँले आफैलाई कसरी समर्पित गर्छ त्यो नै महत्त्वपूर्ण हुन्छ; महत्त्वपूर्ण कुरा भनेको तैँले यस सामान्य मानवताबाट वचन देह बन्नुभएको छ र सत्यका आत्मा शरीरमा प्रकट हुनुभएको छ—सत्य, बाटो र जीवन सबै देहमा आएका छन्, परमेश्‍वरका आत्मा साँच्चै पृथ्वीमा आउनुभएको छ र आत्मा देहमा आउनुभएको छ भन्‍ने कुरालाई पत्ता लगाउन सक्छस् कि सक्दैनस् भन्‍ने हो। बाहिरबाट हेर्दा, यो पवित्र आत्माको धारणभन्दा फरक देखिने भए पनि, यस काममा तैंले आत्मा पहिले नै देह बन्‍नुभएको छ, यसबाहेक, वचन देहधारी बन्नुभएको छ र वचन देहमा देखा पर्नुभएको छ भन्‍ने कुरालाई स्पष्ट रूपमा देख्‍न सक्छस्। तैँले यी वचनहरूको सही अर्थ बुझ्न सक्छस्: “प्रारम्‍भमा वचन हुनुहुन्थ्यो, र वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो, र वचन नै परमेश्‍वर हुनुहुन्थ्यो।” यसबाहेक, तैंले आजको वचन परमेश्‍वर हुनुहुन्छ भन्‍ने बुझ्‍नुपर्छ, र वचन देहधारी बन्नुहुन्छ भन्‍ने कुरालाई देख्‍नुपर्छ। तैंले दिन सक्ने सर्वोत्तम गवाही यही हो। परमेश्‍वर देहधारी बन्नुभएको छ भन्‍ने बारेमा तँसँग सही ज्ञान छ भन्ने यसैले प्रमाणित गर्दछ—तँ उहाँलाई चिन्न मात्र सक्दैनस् तर आज तँ हिँडिरहेको बाटो जीवनको बाटो हो र सत्यको बाटो हो भनेर पनि जान्दछस्। येशूले गर्नुभएको कामको चरणले “वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो” भन्ने सार मात्र पूरा गर्‍यो: परमेश्‍वरको सत्यता परमेश्‍वरसँग थियो, र परमेश्‍वरका आत्मा देहसँग हुनुहुन्थ्यो र त्यो देहबाट अलग गर्न नसकिने थियो। अर्थात्, देहधारी परमेश्‍वरको देह परमेश्‍वरका आत्माको साथमा हुनुहुन्थ्यो, जुन देहधारण गर्नुहुने येशू नै परमेश्‍वरको पहिलो देहधारण हुनुहुन्थ्यो भन्ने कुराको अझ ठूलो प्रमाण हो। कामको यो चरणले “वचन देह बन्नुहुन्छ” भन्ने वाक्यांशको सटीक रूपमा भित्री अर्थ पूरा गर्दछ, “वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो, र वचन परमेश्‍वर हुनुहुन्थ्यो” भन्ने वाक्यांशमा गहिरो अर्थ थप्दछ र तँलाई “आदिमा वचन थियो” भन्ने वचनमा ठोस रूपमा विश्‍वास गर्ने तुल्याउँछ बनाउँछ। भन्नुको अर्थ के हो भने, सृष्टिको समयमा परमेश्‍वरसँग वचनहरू थिए, उहाँका वचनहरू उहाँसँगै थिए र उहाँबाट अलग हुन सक्दैनथे, अनि अन्तिम युगमा, उहाँले आफ्‍ना वचनहरूको शक्ति र अख्तियारलाई अझ स्पष्ट पार्नुहुन्छ र मानिसलाई उहाँका सबै मार्गहरू देख्ने—उहाँका सबै वचनहरू सुन्ने अनुमति दिनुहुन्छ। अन्तिम युगको काम यस्तै हो। तैँले यी कुराहरू सम्पूर्ण रूपमा बुझ्नुपर्छ। यो देहलाई जान्‍नुको सवाल होइन, तर तैँले देह र वचनलाई कसरी बुझ्छस् भन्ने कुराको सवाल हो। यो तैँले धारण गर्नुपर्ने, सबैले जान्‍नुपर्ने गवाही हो। यो दोस्रो देहधारणको काम हो—र परमेश्‍वर देह बन्नुहुने अन्तिम पटक हो—त्यसैले यसले देहधारणको महत्त्वलाई पूर्ण रूपमा पूरा गर्दछ, र देहमा परमेश्‍वरका सम्पूर्ण कामहरूलाई पूरा र प्रस्तुत गर्दछ, परमेश्‍वर देहमा हुनुहुने युगलाई समाप्त गर्दछ। यसैले, तैंले देहधारणको अर्थ जान्नुपर्छ। तँ कति धेरै दगुरिहिंड्छस्, वा तैंले अरू बाहिरी कुराहरू कति राम्ररी गर्छस् भन्ने कुराले फरक पार्दैन; तर तँ देहधारी परमेश्‍वरको सामु साँच्चै समर्पित हुन र तेरो सम्पूर्ण अस्तित्व परमेश्‍वरमा समर्पण गर्न, र उहाँको मुखबाट निस्कने सबै वचनहरू पालन गर्न सक्छस् कि सक्दैनस् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। तैंले यही नै गर्नुपर्दछ, र तैँले यसैलाई पालन गर्नुपर्छ।

गवाहीको अन्तिम चरण भनेको तँ सिद्ध बनाइने योग्यको छस् कि छैनस् भन्ने कुराको गवाही हो—भन्नुको अर्थ, देहधारी परमेश्‍वरको मुखबाट बोलिएका सबै वचनहरू बुझिसकेपछि तँमा परमेश्‍वरको बारेमा ज्ञान हुन्छ र तँ उहाँको बारेमा निश्चित हुन्छस्, र तँ परमेश्‍वरको मुखबाट निस्केका सबै वचनअनुसार जिउँछस्, र परमेश्‍वरले तँबाट माग्नुभएका सर्तहरू हासिल गर्छस्—पत्रुसको शैली र अय्यूबको विश्‍वास—यहाँसम्‍म कि तँ मृत्युसम्म आज्ञा पालन गर्न सक्छस्, आफूलाई पूर्णरूपमा उहाँमा समर्पित गर्न सक्छस्, र अन्त्यमा एक यस्तो व्यक्तिको स्वरूप प्राप्त गर्न सक्छस् जुन मापदण्ड अनुसारको हुन्छ, अर्थात् यस्तो व्यक्तिको स्वरूप जो परमेश्‍वरको न्याय र सजाय अनुभव गरेपछि विजय गरिएको र सिद्ध पारिएको हुन्छ। अन्तिम गवाही यही हो—सिद्ध बनाइएको व्यक्तिले अन्त्यमा दिनुपर्ने गवाही यही हो। तैंले दिनुपर्ने गवाहीका दुई चरण यी नै हुन्, ती अन्तर-सम्बन्धित र अपरिहार्य छन्। तर तैंले जान्‍नैपर्ने एउटा कुरा छ: आज मैले तँबाट चाहेको गवाही संसारका मानिसहरूप्रति निर्देशित छैन, न त कुनै एकल व्यक्तिप्रति नै छ, तर मैले तँलाई गर्न भनी भनेको कुरामा निर्देशित छ। तैँले मलाई सन्तुष्ट पार्न सक्छस् कि सक्दैनस्, साथै मैले तिमीहरू प्रत्येकबाट माग गरेका सर्तहरूको मापदण्ड तैँले पूर्ण रूपमा पूरा गर्न सक्छस् कि सक्दैनस् भन्ने कुराद्वारा यसको मापन गरिन्छ। तैंले बुझ्नुपर्ने कुरा यही नै हो।

अघिल्लो: बाइबल सम्बन्धमा (१)

अर्को: अभ्यास (६)

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

तीन अर्तीहरू

परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिको रूपमा तैँले सबै कुरामा उहाँ बाहेक अरू कसैप्रति बफादार रहनु हुँदैन र हरेक कुरामा उहाँको इच्छाअनुसार...

आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ

जीवनको बाटो जोसुकैले पाउने कुरा होइन, न त यो कसैले सहजै प्राप्त गर्न सक्‍ने कुरा नै हो। यो यसैले हो किनभने जीवन परमेश्‍वरबाट मात्रै आउन...

विजयको कामको भित्री सत्यता (४)

सिद्ध बनाइनु भनेको के हो? जितिनु भनेको के हो? मानिसहरूलाई जित्नका निम्ति कुन मापदण्डहरू पूरा हुनुपर्दछ? र तिनीहरूलाई सिद्ध बनाउनका निम्ति...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्